<?xml version="1.0" encoding="UTF-8"?>
<bible translation="Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)" status="Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012" link="https://www.bible.com/bible/1483/MAT.13.NNRV">
	<testament name="Old">
		<book number="1">
			<chapter number="1">
				<verse number="1">आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।</verse>
				<verse number="2">पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।</verse>
				<verse number="3">अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।</verse>
				<verse number="4">र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।</verse>
				<verse number="5">परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।</verse>
				<verse number="6">अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”</verse>
				<verse number="7">परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।</verse>
				<verse number="8">परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।</verse>
				<verse number="9">अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।</verse>
				<verse number="10">परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।</verse>
				<verse number="11">अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।</verse>
				<verse number="12">भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।</verse>
				<verse number="13">साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।</verse>
				<verse number="14">अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।</verse>
				<verse number="15">र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।</verse>
				<verse number="16">अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।</verse>
				<verse number="17">अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,</verse>
				<verse number="18">दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।</verse>
				<verse number="19">साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।</verse>
				<verse number="20">अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”</verse>
				<verse number="21">यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।</verse>
				<verse number="22">अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”</verse>
				<verse number="23">अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।</verse>
				<verse number="24">अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।</verse>
				<verse number="25">परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।</verse>
				<verse number="26">अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”</verse>
				<verse number="27">	यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।</verse>
				<verse number="28">परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”</verse>
				<verse number="29">अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।</verse>
				<verse number="30">अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।</verse>
				<verse number="31">आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">यसरी आकाशमण्डल र पृथ्‍वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए।</verse>
				<verse number="2">आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।</verse>
				<verse number="3">अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।</verse>
				<verse number="4">आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो। परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन</verse>
				<verse number="5">भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।</verse>
				<verse number="6">तर पृथ्‍वीबाट खोलाहरू निस्‍की उठेर समस्‍त भूमिलाई भिजाउने गर्थे।</verse>
				<verse number="7">तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।</verse>
				<verse number="8">परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्‍यहीँ राख्‍नुभयो।</verse>
				<verse number="9">अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।</verse>
				<verse number="10">बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो।</verse>
				<verse number="11">पहिलो नदीको नाउँ पीशोन हो। यो त्‍यही नदी हो, जुन हवीलाको समस्‍त मुलुकमा बग्छ, जहाँ सुन पाइन्‍छ।</verse>
				<verse number="12">त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌।</verse>
				<verse number="13">दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्‍त देशमा बग्ने नदी यही हो।</verse>
				<verse number="14">तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्‍शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो।</verse>
				<verse number="15">परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्‍यसको गोड़गाड़ र हेरचाह गर्न राख्‍नुभयो।</verse>
				<verse number="16">अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्‍छ,</verse>
				<verse number="17">तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।</verse>
				<verse number="18">फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”</verse>
				<verse number="19">परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो।</verse>
				<verse number="20">यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन।</verse>
				<verse number="21">यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो।</verse>
				<verse number="22">जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।</verse>
				<verse number="23">मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”</verse>
				<verse number="24">यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।</verse>
				<verse number="25">मानिस र तिनकी पत्‍नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?”</verse>
				<verse number="2">स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं,</verse>
				<verse number="3">तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”</verse>
				<verse number="4">सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ।</verse>
				<verse number="5">किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”</verse>
				<verse number="6">जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।</verse>
				<verse number="7">अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए।</verse>
				<verse number="8">अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।</verse>
				<verse number="9">तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?”</verse>
				<verse number="10">उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”</verse>
				<verse number="11">उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”</verse>
				<verse number="12">मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।”</verse>
				<verse number="13">अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”</verse>
				<verse number="14">तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌।</verse>
				<verse number="15">	तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”</verse>
				<verse number="16">स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”</verse>
				<verse number="17">त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌।</verse>
				<verse number="18">त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्‌।</verse>
				<verse number="19">माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।”</verse>
				<verse number="20">आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।</verse>
				<verse number="21">परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।</verse>
				<verse number="22">तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”</verse>
				<verse number="23">यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।</verse>
				<verse number="24">उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।”</verse>
				<verse number="2">फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।</verse>
				<verse number="3">केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए।</verse>
				<verse number="4">तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,</verse>
				<verse number="5">तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो।</verse>
				<verse number="6">तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ?</verse>
				<verse number="7">यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।”</verse>
				<verse number="8">कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।</verse>
				<verse number="9">तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”</verse>
				<verse number="10">परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।</verse>
				<verse number="11">तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो।</verse>
				<verse number="12">तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।”</verse>
				<verse number="13">कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो।</verse>
				<verse number="14">हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”</verse>
				<verse number="15">तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो।</verse>
				<verse number="16">तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्‍न लागे।</verse>
				<verse number="17">आफ्‍नी पत्‍नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्‍माइन्‌। कयिनले एउटा सहर बनाएर आफ्‍नो छोराकै नाउँमा त्‍यस सहरको नाउँ पनि हनोक राखे।</verse>
				<verse number="18">हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो।</verse>
				<verse number="19">लेमेखले दुई जना पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो।</verse>
				<verse number="20">आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए।</verse>
				<verse number="21">उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।</verse>
				<verse number="22">सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।</verse>
				<verse number="23">लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला, मेरा कुरा सुन, ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई।</verse>
				<verse number="24">	यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”</verse>
				<verse number="25">फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।”</verse>
				<verse number="26">शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">आदमको लिखित वंश-विवरण यही हो। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले उनलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभयो।</verse>
				<verse number="2">उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो। तिनीहरूको सृष्‍टि भएको दिन उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र “मानिस” नाउँ दिनुभयो।</verse>
				<verse number="3">आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्‍नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे।</verse>
				<verse number="4">शेतको जन्‍म भएपछि आदम आठ सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="5">आदमको जम्‍मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे।</verse>
				<verse number="6">शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो।</verse>
				<verse number="7">एनोश जन्‍मेपछि शेत आठ सय सात वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="8">शेतको जम्‍मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="9">एनोशको उमेर नब्‍बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो।</verse>
				<verse number="10">केनान जन्‍मेपछि एनोश आठ सय पन्‍ध्र वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="11">एनोशको जम्‍मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="12">केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो।</verse>
				<verse number="13">महलालेल जन्‍मेपछि केनान आठ सय चालीस वर्षसम्‍म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="14">केनानको जम्‍मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="15">महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो।</verse>
				<verse number="16">येरेद जन्‍मेपछि महलालेल आठ सय तीस वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="17">महलालेलको जम्‍मा उमेर आठ सय पञ्‍चानब्‍बे वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="18">येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो।</verse>
				<verse number="19">हनोक जन्‍मेपछि येरेद आठ सय वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="20">येरेदको जम्‍मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="21">हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो।</verse>
				<verse number="22">मतूशेलह जन्‍मेपछि हनोक तीन सय वर्षसम्‍म परमेश्‍वरको साथसाथ हिँड्‌दैरहे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="23">हनोकको जम्‍मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो।</verse>
				<verse number="24">हनोक परमेश्‍वरको साथसाथ हिँड्‌थे। अनि उनी अलप भए, किनभने परमेश्‍वरले उनलाई उठाइलानुभयो।</verse>
				<verse number="25">मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो।</verse>
				<verse number="26">लेमेक जन्‍मेपछि मतूशेलह सात सय बयासी वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="27">मतूशेलहको जम्‍मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="28">लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो।</verse>
				<verse number="29">उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्‍ति दिनेछ।”</verse>
				<verse number="30">नोआ जन्‍मेपछि लेमेक पाँच सय पञ्‍चानब्‍बे वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="31">लेमेकको जम्‍मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे।</verse>
				<verse number="32">नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">जब मानिसहरूको संख्‍या पृथ्‍वीमा बढ्‌दैगयो र तिनीहरूका छोरीहरू जन्‍मे,</verse>
				<verse number="2">तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आ-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए।</verse>
				<verse number="3">तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”</verse>
				<verse number="4">त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।</verse>
				<verse number="5">पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।</verse>
				<verse number="6">पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।</verse>
				<verse number="7">त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्‍तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”</verse>
				<verse number="8">तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।</verse>
				<verse number="9">नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे।</verse>
				<verse number="10">नोआका तीन जना छोराहरू जन्‍मे— शेम, हाम र येपेत।</verse>
				<verse number="11">परमेश्‍वरको दृष्‍टिमा पृथ्‍वी भ्रष्‍ट भएको र उपद्रवले भरिएको थियो।</verse>
				<verse number="12">जब परमेश्‍वरले पृथ्‍वीमाथि दृष्‍टि गर्नुभयो तब त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो, किनकि पृथ्‍वीमा भएका सबै मानिसहरूले आफ्‍ना चालचलन भ्रष्‍ट पारिसकेका थिए।</verse>
				<verse number="13">यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “सबै मानिसहरूको अन्‍त्‍य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्‍वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्‍वीसमेत नाश गर्नेछु।</verse>
				<verse number="14">तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्‍यसलाई भित्र-बाहिर अलकत्राले लिप्‍नू।</verse>
				<verse number="15">तैंले त्‍यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्‌।</verse>
				<verse number="16">जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू।</verse>
				<verse number="17">जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु, र पृथ्‍वीमा भएको हरेक प्राणी मर्नेछ।</verse>
				<verse number="18">तर तँसँगचाहिँ म आफ्‍नो करार स्‍थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्‍नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्‌।</verse>
				<verse number="19">सबै जीवित प्राणीमध्‍ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्‌।</verse>
				<verse number="20">पक्षीहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्‍ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्‌।</verse>
				<verse number="21">हरेक किसिमका आहारा पनि तैंले आफ्‍नो साथमा जम्‍मा गरेर राख्‍नू। ती तेरो र तिनीहरूका निम्‍ति आहार हुनेछन्‌।”</verse>
				<verse number="22">परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्‍तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु।</verse>
				<verse number="2">सबै जातका शुद्ध पशुहरूमध्‍येका सात जोड़ी, अर्थात्‌ भाले र पोथी, र जुन-जुन शुद्ध छैनन्‌ तिनीहरूमध्‍येका दुई, अर्थात्‌ भाले र पोथी,</verse>
				<verse number="3">र पक्षीहरूमध्‍येका पनि सात जोड़ी, अर्थात्‌ भाले र पोथी समस्‍त पृथ्‍वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्‍न तिनीहरूलाई तैंले ल्‍याउनू।</verse>
				<verse number="4">अबको सात दिनमा म पृथ्‍वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्‍वीबाट नाश गर्नेछु।”</verse>
				<verse number="5">तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे।</verse>
				<verse number="6">नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो।</verse>
				<verse number="7">नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्‍नलाई जहाजमा गए।</verse>
				<verse number="8">शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी</verse>
				<verse number="9">परमेश्‍वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात्‌ भाले र पोथी नोआकहाँ जहाजमा आए।</verse>
				<verse number="10">अनि ठीक सात दिनपछि पृथ्‍वीमा जलप्रलयको पानी पर्न लाग्‍यो।</verse>
				<verse number="11">नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले।</verse>
				<verse number="12">अनि चालीस दिन र रातसम्‍म पृथ्‍वीमा पानी परिरह्यो।</verse>
				<verse number="13">ठीक त्‍यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्‍नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे।</verse>
				<verse number="14">तिनीहरू र आ-आफ्‍नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्‍नो जातका सबै थरीका पक्षीहरू पसे।</verse>
				<verse number="15">जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए।</verse>
				<verse number="16">परमेश्‍वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्‍यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।</verse>
				<verse number="17">पृथ्‍वीमा चालीस दिनसम्‍म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्‍न लाग्‍यो र त्‍यो जमिनबाट माथि जान लाग्‍यो।</verse>
				<verse number="18">पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्‍वीमा भरिन लाग्‍यो, र जहाज पानी माथि-माथि उत्रन लाग्‍यो।</verse>
				<verse number="19">पानी पृथ्‍वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्‍मै अल्‍गा-अल्‍गा पर्वतहरू ढाकिए।</verse>
				<verse number="20">पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्‍म डुबाइदियो।</verse>
				<verse number="21">पृथ्‍वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे।</verse>
				<verse number="22">ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे।</verse>
				<verse number="23">अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्‍तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्‍वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।</verse>
				<verse number="24">अनि पृथ्‍वीमा पानी एक सय पचास दिनसम्‍म रहिरह्यो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">तर परमेश्‍वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्‍झनुभयो, अनि उहाँले पृथ्‍वीमा बतास चलाइदिनुभयो, र पानी घट्‌न लाग्‍यो।</verse>
				<verse number="2">अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्‍द गरियो।</verse>
				<verse number="3">अनि पानी पृथ्‍वीमा लगातार घट्‌दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो।</verse>
				<verse number="4">सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो।</verse>
				<verse number="5">दशौँ महिनासम्‍म पानी लगातार घट्‌दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे।</verse>
				<verse number="6">चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले,</verse>
				<verse number="7">र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्‍जेल त्‍यो काग यताउता उड़िरह्यो।</verse>
				<verse number="8">तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए।</verse>
				<verse number="9">त्‍यस ढुकुरले आफ्‍ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्‍यो तिनीकहाँ नै जहाजमा फर्क्‍यो, किनभने पृथ्‍वीमा अझै पानी थियो। तब तिनले आफ्‍नो हात पसारेर त्‍यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्‍याए।</verse>
				<verse number="10">अरू सात दिन पर्खेर तिनले फेरि त्‍यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए।</verse>
				<verse number="11">त्‍यो ढुकुर साँझमा तिनीकहाँ फर्क्‍यो। त्‍यसको चुच्‍चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्‍ने नोआले थाहा पाए।</verse>
				<verse number="12">तब तिनले अरू सात दिन पर्खेर त्‍यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्‍यो तिनीकहाँ फर्केर आएन।</verse>
				<verse number="13">नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्‍वीबाट पानी सुक्‍यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्‍खा थियो।</verse>
				<verse number="14">अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्‍यो।</verse>
				<verse number="15">तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो,</verse>
				<verse number="16">“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्‍की।</verse>
				<verse number="17">तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्‍तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्‍वीमा प्रशस्‍त गरी बढून्, र तिनीहरू पृथ्‍वीमा फैलिँदै र संख्‍यामा वृद्धि हुँदैजाऊन्‌।”</verse>
				<verse number="18">तब नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा बुहारीहरू जहाजबाट निस्‍केर आए।</verse>
				<verse number="19">र सबै पशु, घस्रने जन्‍तु, पक्षी र पृथ्‍वीमा हिँड्‌डुल गर्ने सबै जीवजन्‍तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्‍केर आए।</verse>
				<verse number="20">अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।</verse>
				<verse number="21">त्‍यसको मीठो बास्‍ना लिनुभएपछि परमप्रभुले आफ्‍नो मनमा भन्‍नुभयो, अब म फेरि कहिल्‍यै मानिसको खातिर पृथ्‍वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्‍छन्‌। अहिले मैले गरेजस्‍तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।</verse>
				<verse number="22">“पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष्‌ दिएर भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र पृथ्‍वीमा भरिँदैजाओ।</verse>
				<verse number="2">पृथ्‍वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्‍पिएका हुन्‍छन्‌।</verse>
				<verse number="3">जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु।</verse>
				<verse number="4">“तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ।</verse>
				<verse number="5">र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु।</verse>
				<verse number="6">	जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो।</verse>
				<verse number="7">तिमीहरूचाहिँ फल्‍दै-फुल्‍दै जाओ। पृथ्‍वीमा प्रशस्‍तसँग बालकहरू जन्मून्, र संख्‍यामा तिनीहरूको वृद्धि हुँदैजाओस्‌।”</verse>
				<verse number="8">तब परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="9">“तिमीहरू र तिमीहरूका भावी सन्‍तानसित,</verse>
				<verse number="10">तथा जहाजबाट तिमीहरूसित निस्‍केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्‍वीका सबै जीव-जन्‍तुहरूसित म मेरो करार स्‍थापित गर्दछु।</verse>
				<verse number="11">म तिमीहरूसित मेरो यो करार स्‍थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्‍यै प्रलयको पानीले नष्‍ट हुनेछैनन्, अनि पृथ्‍वीलाई सर्वनाश गर्न फेरि कहिल्‍यै जलप्रलय हुनेछैन।”</verse>
				<verse number="12">अनि परमेश्‍वरले भन्‍नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्‍तौँसम्‍मको निम्‍ति म ठहराउँदैछु, त्‍यसको चिन्‍ह यही हुन्‍छ।</verse>
				<verse number="13">म बादलमा मेरो इन्‍द्रेनी राख्‍तछु, र मेरो र पृथ्‍वीको बीचमा त्‍यो एउटा करारको चिन्‍ह हुनेछ।</verse>
				<verse number="14">जहिले-जहिले म पृथ्‍वीमा बादल फिँजाउँछु र बादलमा इन्‍द्रेनी देखा पर्छ,</verse>
				<verse number="15">मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्‍झनेछु। पानीले फेरि कहिल्‍यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्‍याउनेछैन।</verse>
				<verse number="16">जुन बेला बादलमा इन्‍द्रेनी देखा पर्छ, म त्‍यो हेरेर यो सधैँको करारलाई सम्‍झनेछु, जो परमेश्‍वर र पृथ्‍वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”</verse>
				<verse number="17">यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले पृथ्‍वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्‍ह यही हो।”</verse>
				<verse number="18">जहाजबाट बाहिर निस्‍किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्‌। हामचाहिँ कनानका पिता थिए।</verse>
				<verse number="19">नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्‍त पृथ्‍वी भरियो।</verse>
				<verse number="20">माटोमा काम गर्ने नोआले दाखबारी लगाए।</verse>
				<verse number="21">जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्‍नो पालभित्र नाङ्गै सुतिबसे।</verse>
				<verse number="22">कनानका पिता हामले आफ्‍ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्‍ना दुवै दाजुहरूलाई बताइदिए।</verse>
				<verse number="23">तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्‍ना काँधमा हाले र पछिल्‍तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्‍ना पिताको नग्‍नता ढाकिदिए। तिनीहरूका मुख पछिल्‍तिर फर्केको हुनाले तिनीहरूले आफ्‍ना पिताको नाङ्गोपन देखेनन्‌।</verse>
				<verse number="24">जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्‍छा छोराले गरेको कुरा तिनले थाहा पाए,</verse>
				<verse number="25">तब तिनले भने, “श्रापित होस्, कनान, त्‍यो आफ्‍ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”</verse>
				<verse number="26">तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्‍यका होऊन्, कनान त्‍यसको दास होस्‌।</verse>
				<verse number="27">परमेश्‍वरले येपेतको वृद्धि गरून्, र त्‍यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्‌।”</verse>
				<verse number="28">जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्‍म बाँचिरहे।</verse>
				<verse number="29">नोआको जम्‍मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्‍त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्‍मे।</verse>
				<verse number="2">येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।</verse>
				<verse number="3">गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा।</verse>
				<verse number="4">यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।</verse>
				<verse number="5">यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए।</verse>
				<verse number="6">हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान।</verse>
				<verse number="7">कूशका छोराहरू: सेबा, हवीला, सब्‍ता, रामाह, र सब्‍तका। रामाहका छोराहरू: शेबा र ददान।</verse>
				<verse number="8">कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए।</verse>
				<verse number="9">यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्‍तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्‍ने आहान चलेको छ।</verse>
				<verse number="10">उनको राज्यको सुरु बाबेल, एरेक, अक्‍कद र कल्‍नेहबाट भयो, जुन शिनार देशमा छन्‌।</verse>
				<verse number="11">त्‍यही देशबाट उनी अश्‍शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू,</verse>
				<verse number="12">अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान्‌ सहर हो।</verse>
				<verse number="13">मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्‍तूही</verse>
				<verse number="14">पत्रुसी, कस्‍लूही (जसबाट पलिश्‍तीहरू निस्‍के) र कप्‍तोरीहरूका पुर्खा थिए।</verse>
				<verse number="15">कनान आफ्‍ना जेठा छोरा सीदोन र हेतका पिता भए।</verse>
				<verse number="16">कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी,</verse>
				<verse number="17">हिव्‍वी, अरकी, सिनी,</verse>
				<verse number="18">अर्वादी, सेमारी र हमातीहरू उत्‍पन्‍न भए। त्‍यसपछि कनानका वंशहरू जताततै फिँजिए।</verse>
				<verse number="19">कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्‍म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्‍म थियो।</verse>
				<verse number="20">हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्‌।</verse>
				<verse number="21">येपेतका भाइ शेमका पनि छोराहरू जन्‍मे। शेम एबेरका सबै सन्‍तानका पुर्खा थिए।</verse>
				<verse number="22">शेमका छोराहरू: एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए।</verse>
				<verse number="23">अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक थिए।</verse>
				<verse number="24">अर्पक्षद शेलहका पिता भए। शेलह एबेरका पिता भए।</verse>
				<verse number="25">एबेरका दुई जना छोराहरू जन्‍मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्‍वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।</verse>
				<verse number="26">योक्तान अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,</verse>
				<verse number="27">हदोरम, ऊजाल, दिक्‍ला,</verse>
				<verse number="28">ओबाल, अबमाएल, शेबा,</verse>
				<verse number="29">ओपीर, हवीला र योबाबका पिता भए। यी सबै योक्तानका छोराहरू थिए।</verse>
				<verse number="30">उनको वासस्‍थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्‍म थियो।</verse>
				<verse number="31">शेमका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्‌।</verse>
				<verse number="32">नोआका छोराहरूका वंशहरू आ-आफ्‍ना जातिअनुसार यी नै हुन्‌। यीबाट जलप्रलयपछि पृथ्‍वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">त्‍यस बेला जम्‍मै पृथ्‍वीमा एउटै भाषा र एकै खालको बोली थिए।</verse>
				<verse number="2">मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्‍यहीँ बसोबास गरे।</verse>
				<verse number="3">तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।</verse>
				<verse number="4">तब तिनीहरूले भने, “लौ, हामी आफ्‍नो निम्‍ति एउटा सहर र स्‍वर्गैसम्‍म पुग्‍ने एउटा धरहरा बनाऔं, अनि आफ्‍नो नाउँ राखौं र हामी पृथ्‍वीभरि जताततै नछरिऔं।”</verse>
				<verse number="5">मानिसहरूका सन्‍तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो।</verse>
				<verse number="6">अनि परमप्रभुले भन्‍नुभयो, “यदि एउटै भाषा बोल्‍ने एउटै जातिको स्‍थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्‍भव हुनेछैन।</verse>
				<verse number="7">आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्‌।”</verse>
				<verse number="8">तब परमप्रभुले त्‍यहीँबाट तिनीहरूलाई जम्‍मै पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्‍यो सहर बनाउन छोड़िदिए।</verse>
				<verse number="9">यसकारण त्‍यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्‍यहीँ नै सारा पृथ्‍वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्‍यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो।</verse>
				<verse number="10">शेमको वृत्तान्‍त यही हो। जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेम अर्पक्षदको पिता भए।</verse>
				<verse number="11">अर्पक्षद जन्‍मेपछि शेम पाँच सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="12">अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए।</verse>
				<verse number="13">शेलह जन्‍मेपछि अर्पक्षद चार सय तीन वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="14">शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए।</verse>
				<verse number="15">एबेर जन्‍मेपछि शेलह चार सय तीन वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="16">एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए।</verse>
				<verse number="17">पेलेग जन्‍मेपछि एबेर चार सय तीस वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="18">पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए।</verse>
				<verse number="19">रऊ जन्‍मेपछि पेलेग दुई सय नौ वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="20">रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए।</verse>
				<verse number="21">सरूग जन्‍मेपछि रऊ दुई सय सात वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="22">सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए।</verse>
				<verse number="23">नाहोर जन्‍मेपछि सरूग दुई सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="24">नाहोरको उमेर उनन्‍तीस वर्षको हुँदा उनी तेरहका पिता भए।</verse>
				<verse number="25">तेरह जन्‍मेपछि नाहोर एक सय उन्‍नाईस वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।</verse>
				<verse number="26">तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए।</verse>
				<verse number="27">तेरहको वृत्तान्‍त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए।</verse>
				<verse number="28">हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्‍नो जन्‍म देश कल्‍दीहरूको ऊरमा मरे।</verse>
				<verse number="29">अब्राम र नाहोरले विवाह गरेर पत्‍नी ल्‍याए। अब्रामकी पत्‍नीको नाउँ साराई र नाहोरकी पत्‍नीको नाउँ मिल्‍का थियो। तिनी हारानकी छोरी थिइन्‌। हारानचाहिँ मिल्‍का र यिस्‍काका पिता थिए।</verse>
				<verse number="30">साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्‌।</verse>
				<verse number="31">तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे।</verse>
				<verse number="32">तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।</verse>
				<verse number="2">“म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष्‌ दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस्‌।</verse>
				<verse number="3">	तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।”</verse>
				<verse number="4">यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्‍केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।</verse>
				<verse number="5">अब्राम, तिनकी पत्‍नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्‍मा गरेका सबै धन-सम्‍पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्‍के, अनि त्‍यहाँ पुगे।</verse>
				<verse number="6">अब्राम त्‍यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्‍म पुगे। त्‍यस बेला त्‍यस ठाउँमा कनानीहरू बस्‍थे।</verse>
				<verse number="7">परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म तेरा सन्‍तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्‍ति तिनले त्‍यहाँ एउटा वेदी बनाए।</verse>
				<verse number="8">त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।</verse>
				<verse number="9">अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।</verse>
				<verse number="10">अनि त्‍यस देशमा अनिकाल पर्‍यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए।</verse>
				<verse number="11">तिनी मिश्रमा पस्‍नै लाग्‍दा तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्‍दरी छ्यौ भन्‍ने मलाई थाहा छ।</verse>
				<verse number="12">जब मिश्रीहरूले तिमीलाई देख्‍छन्, ‘यो त त्‍यसकी पत्‍नी रहिछ’ भन्‍नेछन्‌। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्‍नेछन्‌।</verse>
				<verse number="13">‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ।”</verse>
				<verse number="14">जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्‍यस स्‍त्रीलाई अत्‍यन्‍त सुन्‍दरी रहिछन्‌ भनी देखे।</verse>
				<verse number="15">अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे।</verse>
				<verse number="16">तिनको खातिर फारोले अब्रामसँग राम्रो व्‍यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्‍तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।</verse>
				<verse number="17">तर परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।</verse>
				<verse number="18">यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्‍यौ? तिनी तिम्री पत्‍नी हुन्‌ भनेर तिमीले मलाई किन भनेनौ?</verse>
				<verse number="19">‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्‍यौ? यसैले मैले तिनलाई मेरी पत्‍नी तुल्‍याउन लगेको हुँ। अब हेर, तिम्री पत्‍नी यहीँ छिन्‌। तिनलाई लिएर जाऊ।”</verse>
				<verse number="20">अनि फारोले आफ्‍ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्‍लेर नेगेवमा आए।</verse>
				<verse number="2">पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए।</verse>
				<verse number="3">तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्‍यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो,</verse>
				<verse number="4">र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्‍यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।</verse>
				<verse number="5">अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्‍तुहरूका बथान र पालहरू थिए।</verse>
				<verse number="6">त्‍यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्‍थामा धान्‍न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्‍तुहरूको सम्‍पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्‍ने भए।</verse>
				<verse number="7">अब्राम र लोतका गाईबस्‍तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्‍यस बेला त्‍यस देशमा कनानी र परिज्‍जीहरू पनि बस्‍थे।</verse>
				<verse number="8">यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं।</verse>
				<verse number="9">सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”</verse>
				<verse number="10">लोतले आफ्‍ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्‍तै, अथवा सोअरतिरको मिश्रदेशजस्‍तै चारैतिर प्रशस्‍त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।)</verse>
				<verse number="11">यसैकारण लोतले यर्दनको जम्‍मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए।</verse>
				<verse number="12">अब्रामचाहिँ कनान देशमा नै बस्‍न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्‍नो पाल सदोमसम्‍म सारे।</verse>
				<verse number="13">सदोमका मानिसहरू दुष्‍ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।</verse>
				<verse number="14">लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्‍चिमतिर हेर्‌।</verse>
				<verse number="15">तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्‍तानलाई सधैँको निम्‍ति दिनेछु।</verse>
				<verse number="16">म तेरा सन्‍तानलाई पृथ्‍वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्‍म कि कसैले धूलो गन्‍न सक्‍छ भने तेरा सन्‍तान पनि गन्‍न सक्‍नेछ।</verse>
				<verse number="17">उठ्, देशको चारैतिर जा, किनकि म त्‍यो तँलाई दिनेछु।”</verse>
				<verse number="18">तब अब्रामले आफ्‍ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्‍यहाँ आएर तिनी त्‍यहीँ बसोबास गर्न लागे। त्‍यहाँ परमप्रभुको निम्‍ति तिनले एउटा वेदी बनाए।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">यसै समयमा शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले</verse>
				<verse number="2">सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात्‌ सोअरका) राजाका विरुद्धमा युद्ध गरे।</verse>
				<verse number="3">तिनीहरू सबै सिद्दीम, अर्थात्‌ खारा समुद्रको बेँसीमा जम्‍मा भए।</verse>
				<verse number="4">बाह्र वर्षसम्‍म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।</verse>
				<verse number="5">चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्‍तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,</verse>
				<verse number="6">तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्‍म अधीन गराए।</verse>
				<verse number="7">त्‍यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात्‌ कादेशमा) आएर अमालेकीहरूको जम्‍मै देशलाई र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पनि अधीन गराए।</verse>
				<verse number="8">तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात्‌ सोअरका) राजाहरू निस्‍केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्‍मा भए।</verse>
				<verse number="9">एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।</verse>
				<verse number="10">सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्‍दाभाग्‍दै तिनीहरूका कोही मानिसहरू त्‍यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।</verse>
				<verse number="11">ती चार राजाहरूले सदोम र गमोराका जम्‍मै मालसामान र खानेकुरा लिएर आफ्‍नो बाटो लागे।</verse>
				<verse number="12">उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।</verse>
				<verse number="13">उम्‍केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्‍कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।</verse>
				<verse number="14">अब्रामले आफ्‍ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्‍नो घरमा जन्‍मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्‍मै खेदेर गए।</verse>
				<verse number="15">तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्‍ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्‍त गरे, र दमस्‍कसको उत्तरतर्फको होबासम्‍मै उनीहरूलाई खेदे।</verse>
				<verse number="16">तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्‍पत्ति, स्‍त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्‍याए।</verse>
				<verse number="17">कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्‍यका, अर्थात्‌ राजाको उपत्‍यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।</verse>
				<verse number="18">अनि शालेमका राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए।</verse>
				<verse number="19">उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष्‌ मिलोस्‌।</verse>
				<verse number="20">सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।</verse>
				<verse number="21">तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्‍नू।”</verse>
				<verse number="22">तर अब्रामले सदोमका राजालाई भने, “स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, सर्वोच्‍च परमेश्‍वरमा मैले यसरी शपथ खाएको छु,</verse>
				<verse number="23">कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्‍याएँ’ भनेर तपाईंले भन्‍नुहुनेछ।</verse>
				<verse number="24">मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्‍सा लिनेछैनँ। आनेर, एश्‍कोल र मम्रेले चाहिँ आफ्‍ना भागहरू लिऊन्‌।”</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">त्‍यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्‍यन्‍त ठूलो हुनेछ।”</verse>
				<verse number="2">तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्‍छ र? किनभने म सन्‍तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्‍कसको एलीएजर हुनेछ।”</verse>
				<verse number="3">फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्‍तान दिनुभएन, र मेरो घरमा जन्‍मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।”</verse>
				<verse number="4">तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्‍नै छोरा हुन्‍छ त्‍यही नै तेरो उत्तराधिकारी हुनेछ।”</verse>
				<verse number="5">अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस्‌ कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन्‌।”</verse>
				<verse number="6">अनि तिनले परमप्रभुमाथि विश्‍वास गरे, र यो तिनको निम्‍ति धार्मिकता गनियो।</verse>
				<verse number="7">फेरि उहाँले तिनलाई भन्‍नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्‍दीहरूको ऊरबाट तँलाई ल्‍याउने परमप्रभु म नै हुँ।”</verse>
				<verse number="8">तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?”</verse>
				<verse number="9">उहाँले तिनलाई भन्‍नुभयो, “मेरो निम्‍ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”</verse>
				<verse number="10">तिनले ती सबै उहाँकहाँ ल्‍याए, र माझमा दुई-दुई फ्‍याक पारेर हरेक फ्‍याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्‍याक पारेनन्‌।</verse>
				<verse number="11">अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्‍टँदा अब्रामले तिनीहरूलाई धपाए।</verse>
				<verse number="12">सूर्य अस्‍ताउँदा अब्राम मस्‍त निद्रामा परे, अनि डरलाग्‍दो र घोर अन्‍धकारले तिनलाई छोप्‍यो।</verse>
				<verse number="13">तब परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “यो निश्‍चय जानिराख्, कि तेरा सन्‍तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्‍यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्‍म तिनीहरू थिचोमिचोमा पर्नेछन्‌।</verse>
				<verse number="14">तर तिनीहरू जुन जातिका दास बन्‍नेछन्, उनीहरूको पनि म इन्‍साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्‍पत्ति लिएर निस्‍किआउनेछन्‌।</verse>
				<verse number="15">तँचाहिँ आफ्‍ना पितृहरूकहाँ शान्‍तिसित जानेछस्‌। तेरो पूरो बुढ़ेसकालमा तँ गाड़िनेछस्‌।</verse>
				<verse number="16">चौथो पुस्‍तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्‍म पूरा भएको छैन।”</verse>
				<verse number="17">सूर्य अस्‍ताएपछि जब अँध्‍यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो।</verse>
				<verse number="18">त्‍यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्‍नुभयो, “तेरा सन्‍तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्‍मको यो देश मैले दिएको छु—</verse>
				<verse number="19">केनी, कनज्‍जी, कदमोनी,</verse>
				<verse number="20">हित्ती, परिज्‍जी, रपाई,</verse>
				<verse number="21">एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">आफ्‍नी पत्‍नी साराईबाट अब्रामको कोही सन्‍तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई।</verse>
				<verse number="2">साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्‍द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्‌। शायद त्‍यसबाट मेरो निम्‍ति सन्‍तान हुन सक्‍छ।” अब्रामले साराईको कुरा माने।</verse>
				<verse number="3">अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।</verse>
				<verse number="4">अनि तिनी हागारकहाँ गए, र त्‍यो गर्भवती भई। जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी मालिक्‍नीलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी।</verse>
				<verse number="5">साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्‍याय तपाईंकै शिरमाथि परोस्‌। मैले आफ्‍नी कमारी तपाईंकै काखमा दिएँ, र त्‍यो गर्भवती हुने बित्तिकै मलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्‍साफ गरिदेऊन्।”</verse>
				<verse number="6">तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्‍यसलाई जे गर्न मन लाग्‍छ त्‍यही गर।” तब साराईले त्‍यससित कठोर व्‍यवहार गर्न लागिन्, र त्‍यो तिनको सामुन्‍नेबाट भागेर गई।</verse>
				<verse number="7">परमप्रभुका दूतले त्‍यसलाई उजाड़-स्‍थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए।</verse>
				<verse number="8">र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस्‌ र कता जाँदैछेस्‌?” त्‍यसले भनी, “मेरी मालिक्‍नी साराईको सामुन्‍नेबाट भाग्‍दैछु।”</verse>
				<verse number="9">परमप्रभुका दूतले त्‍यसलाई भने, “तेरी मालिक्‍नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।”</verse>
				<verse number="10">परमप्रभुका दूतले फेरि त्‍यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्‍यो धेरै भएकोले गन्‍न सकिनेछैन।”</verse>
				<verse number="11">परमप्रभुका दूतले त्‍यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌। तैंले त्‍यसको नाउँ इश्‍माएल राख्‍नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।</verse>
				<verse number="12">मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ। त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ, र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌। आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।”</verse>
				<verse number="13">हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्‍तो नाउँ दिई, “मलाई देख्‍नुहुने परमेश्‍वर तपाईं हुनुहुन्‍छ।” किनभने त्‍यसले भनी, “मैले साँच्‍ची नै परमेश्‍वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”</verse>
				<verse number="14">यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।</verse>
				<verse number="15">अनि हागारले अब्रामको एक जना छोरो जन्‍माई। हागारले जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्रामले इश्‍माएल राखे।</verse>
				<verse number="16">हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">जब अब्राम उनान्‍सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। मेरो सामु हिँड्‌, र निर्दोष भएर बस्‌।</verse>
				<verse number="2">मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।”</verse>
				<verse number="3">तब अब्राम घोप्‍टो परे, र परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="4">“हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌।</verse>
				<verse number="5">अब उप्रान्‍त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्‍य जाति-समूहको पिता तुल्‍याएको छु।</verse>
				<verse number="6">म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌।</verse>
				<verse number="7">तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु।</verse>
				<verse number="8">तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।”</verse>
				<verse number="9">अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्‍तानहरूले तिनका पुस्‍तौँसम्‍म।</verse>
				<verse number="10">मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुषको खतना हुनुपर्छ।</verse>
				<verse number="11">तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ।</verse>
				<verse number="12">तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌।</verse>
				<verse number="13">चाहे तेरो घरमा जन्‍मेको होस्‌ वा दाम हालेर किनेको होस्‌ जसको खलड़ीको खतना भएको छैन, त्‍यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्‍तुसम्‍म हुनेछ।</verse>
				<verse number="14">खतना नगरिएको जुनसुकै पुरुष जसको खलड़ीको खतना भएको छैन, त्‍यो मानिस आफ्‍नो जातिबाट बहिष्‍कार गरिनेछ। त्‍यसले मेरो करार भङ्ग गर्छ।”</verse>
				<verse number="15">फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ सारा हुनेछ।</verse>
				<verse number="16">म त्‍यसलाई आशिष्‌ दिनेछु, र निश्‍चय नै त्‍यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्‍यसलाई आशिष्‌ दिनेछु, र त्‍यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्‍यसबाट उत्‍पन्‍न हुनेछन्‌।”</verse>
				<verse number="17">तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्‍तान होला? नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?”</verse>
				<verse number="18">अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्‍माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्‍छ।”</verse>
				<verse number="19">तब परमेश्‍वरले भन्‍नुभयो, “हो, तर तेरी पत्‍नी साराले नै तेरो लागि एक जना छोरा जन्‍माउनेछे, र तैंले त्‍यसको नाउँ इसहाक राख्‍नेछस्‌। म त्‍यससित र त्‍यसपछि हुने त्‍यसका सन्‍तानसित आफ्‍नो करार स्‍थापित गर्नेछु।</verse>
				<verse number="20">अनि इश्‍माएलको विषयमा चाहिँ मैले तेरो बिन्‍ती सुनें। हेर्, म त्‍यसलाई आशिष्‌ दिनेछु, र म त्‍यसलाई फल्‍दो-फुल्‍दो तुल्‍याएर प्रशस्‍त गरी त्‍यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्‍यो पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु।</verse>
				<verse number="21">तर मेरो करार त म इसहाकसँगै स्‍थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्‍माउनेछे।”</verse>
				<verse number="22">तिनीसित कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामकहाँबाट जानुभयो।</verse>
				<verse number="23">अब्राहामले आफ्‍नो छोरो इश्‍माएल र आफ्‍नो घरमा जन्‍मेका र दाम हालेर किनेका आफ्‍ना सबै कमारा, आफ्‍नो घरका पुरुष सबैलाई लिएर तिनलाई परमेश्‍वरले भन्‍नुभएबमोजिम त्‍यसै दिन तिनीहरूका खलड़ीको खतना गरे।</verse>
				<verse number="24">आफ्‍नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्‍सय वर्ष पुगेका थिए,</verse>
				<verse number="25">र तिनको छोरो इश्‍माएलचाहिँ आफ्‍नो खलड़ीको खतना गर्दा तेह्र वर्षका थिए।</verse>
				<verse number="26">अब्राहाम र तिनको छोरो इश्‍माएलको खतना एकै दिनमा भएको थियो।</verse>
				<verse number="27">तिनको घरमा जन्‍मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्‍नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो।</verse>
				<verse number="2">तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे।</verse>
				<verse number="3">तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्‍छ भने कृपा गरी आफ्‍नो दासकहाँबाट त्‍यसै नजानुहोस्‌।</verse>
				<verse number="4">म केही पानी ल्‍याउनेछु, र तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्‌।</verse>
				<verse number="5">म गएर केही रोटी ल्‍याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्‍यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्‍ति तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको होला।” उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”</verse>
				<verse number="6">तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्‍तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”</verse>
				<verse number="7">अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्‍नो नोकरलाई दिए, र त्‍यसले तुरुन्‍तै त्‍यो पकायो।</verse>
				<verse number="8">तब तिनले दही, दूध र त्‍यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्‍जेल तिनी उनीहरूकै नजिक उभिरहे।</verse>
				<verse number="9">अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्‍नी सारा कहाँ छिन्‌?” तिनले भने, “तिनी त पालमा छिन्‌।”</verse>
				<verse number="10">तब परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माएकी हुन्‍छे।” साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्‍तिर सुनिरहेकी थिइन्‌।</verse>
				<verse number="11">अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्‍किसकेको थियो। साराको रजस्‍वला पनि बन्‍द भइसकेको थियो।</verse>
				<verse number="12">यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्‍नुभएको छ, र के मलाई यो सुख हुन्‍छ र?”</verse>
				<verse number="13">तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी?</verse>
				<verse number="14">परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।”</verse>
				<verse number="15">तर साराले यसो भन्‍दै इन्‍कार गरिन्, “म हाँस्‍दै हाँसिनँ।” किनभने तिनी डराइन्‌। तर उहाँले भन्‍नुभयो, “तँ हाँसेकै होस्‌।”</verse>
				<verse number="16">तब ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्‍म बाटो देखाउन गए।</verse>
				<verse number="17">परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?</verse>
				<verse number="18">अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌</verse>
				<verse number="19">किनभने त्‍यसले आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर मैले त्‍यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”</verse>
				<verse number="20">तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्‍यादा भएका छन्‌।</verse>
				<verse number="21">अब त्‍यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”</verse>
				<verse number="22">यसकारण ती पुरुषहरू त्‍यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे।</verse>
				<verse number="23">तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्‍टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?</verse>
				<verse number="24">त्‍यस सहरमा पचास धर्मी जन रहेछन्‌ भने, के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?</verse>
				<verse number="25">दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्‍यै नहोस्‌। धर्मीको दशा पनि दुष्‍टको जस्‍तै हुनु त तपाईंबाट पर रहोस्‌। सारा पृथ्‍वीका न्‍यायकर्ताले उचित न्‍याय गर्नुहुन्‍न र?</verse>
				<verse number="26">परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्‍मैलाई छोड़िदिनेछु।”</verse>
				<verse number="27">अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु।</verse>
				<verse number="28">पाँच कम पचास जना धर्मी जन त्‍यहाँ रहेछन्‌ भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्‍यहाँ चालीस रहेछन्‌ भने?”</verse>
				<verse number="29">उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”</verse>
				<verse number="30">तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्‍नेछु। यदि त्‍यहाँ तीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तीसै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ।”</verse>
				<verse number="31">तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”</verse>
				<verse number="32">अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब एक पल्‍ट मात्र बोल्‍नेछु। यदि त्‍यहाँ दश जना पाइए भने?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिरमा पनि म त्‍यो नाश गर्नेछैनँ।”</verse>
				<verse number="33">अब्राहामसित कुरा गरिसक्‍नुभएपछि परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो ठाउँमा फर्के।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">साँझमा ती दुई स्‍वर्गदूतहरू सदोममा आए। त्‍यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरी भने,</verse>
				<verse number="2">“हजूर, कृपा गरी आफ्‍नो दासको घरमा पाल्‍नुहोस्, र त्‍यहीँ रात बिताउनुहोस्‌। तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्‌ र बिहान सबेरै उठेर जानुहोस्‌।” उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्‍नेछौं।”</verse>
				<verse number="3">तिनले उनीहरूलाई ज्‍यादै ढिपी लाएर बिन्‍ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्‍ने राखिदिए, र उनीहरूले खाए।</verse>
				<verse number="4">उनीहरू सुत्‍न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्‍मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे।</verse>
				<verse number="5">तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्‌? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्‍याऊ, र हामी उनीहरूसँग भोग गरौं।”</verse>
				<verse number="6">लोत ढोकाबाहिर तिनीहरूकहाँ गएर ढोकाचाहिँ आफ्‍नो पछिल्‍तिर थुनिदिए,</verse>
				<verse number="7">र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्‍तो दुष्‍ट काम नगर्नुहोस्‌।</verse>
				<verse number="8">कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्‌। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्‍याइदिनेछु। तपाईंहरूको इच्‍छाअनुसार तिनीहरूसित व्‍यवहार गर्नुहोस्‌। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्‌।”</verse>
				<verse number="9">तर तिनीहरूले भने, “पछि हट्‌।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्‍यायकर्ता हुन खोज्‍दोरहेछ। अब उनीहरूलाई भन्‍दा तँलाई हामी नराम्रो व्‍यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।</verse>
				<verse number="10">तर भित्रका ती दुई मानिसहरूले आफ्‍ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए,</verse>
				<verse number="11">र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्‍मै मानिसहरूलाई अन्‍धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्‌।</verse>
				<verse number="12">ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्‌? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्‍केर जाऊ,</verse>
				<verse number="13">किनभने हामी यस ठाउँलाई नष्‍ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”</verse>
				<verse number="14">यसैकारण आफ्‍ना छोरीहरूलाई विवाह गर्न माग्‍ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्‍ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्‍तो लाग्‍यो।</verse>
				<verse number="15">उज्‍यालो हुन लाग्‍दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्‍नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्‍म हुनेछौ।”</verse>
				<verse number="16">जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्‍नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्‍याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो।</verse>
				<verse number="17">तिनीहरूलाई बाहिर ल्‍याएपछि उनीहरूमा एक जनाले भने, “आफ्‍नो ज्‍यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्‍म हुनेछौ।”</verse>
				<verse number="18">तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्‍यसो नहोस्‌।</verse>
				<verse number="19">हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्‍न सक्‍दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु।</verse>
				<verse number="20">हेर्नुहोस्, ऊ त्‍यो सहर भाग्‍नलाई नजिकै छ, र त्‍यो सानो पनि छ। मलाई त्‍यहीँ नै भाग्‍न दिनुहोस्‌— त्‍यो साह्रै सानो छैन र? त्‍यहाँ गए मेरो प्राण बाँच्‍ला।”</verse>
				<verse number="21">उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्‍ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्‍म गर्नेछैनँ।</verse>
				<verse number="22">चाँड़ो गरेर त्‍यहीँ नै भागिजा, किनकि तँ त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” (यसैले त्‍यस सहरको नाउँ सोअर राखियो।)</verse>
				<verse number="23">लोत सोअरमा पुग्‍दा सूर्य उदाइसकेको थियो।</verse>
				<verse number="24">तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्‍धक बर्साउनुभयो।</verse>
				<verse number="25">यसरी उहाँले ती सहरहरू र जम्‍मै बेँसी र सहरहरूका सबै बासिन्‍दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो।</verse>
				<verse number="26">तर लोतकी पत्‍नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्‌।</verse>
				<verse number="27">अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए।</verse>
				<verse number="28">तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्‍गातिर हेरे। र त्‍यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्‍तै मास्‍तिर उठिरहेको तिनले देखे।</verse>
				<verse number="29">यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्‍वरले अब्राहामलाई सम्‍झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्‍ट पार्नुहुँदा त्‍यस सर्वनाशको बीचबाट लोतलाई निकाल्‍नुभयो।</verse>
				<verse number="30">लोत सोअरबाट निस्‍केर आफ्‍ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्‍न लागे, किनभने सोअरमा बस्‍न तिनी डराए। तिनी आफ्‍ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्‍न लागे।</verse>
				<verse number="31">एक दिन जेठीले कान्‍छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्‍वीमा कुनै मानिस छैन।</verse>
				<verse number="32">यसैले अब हामी आफ्‍ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्‍ना पिताबाट सन्‍तान खड़ा गरौं।”</verse>
				<verse number="33">त्‍यसै रात तिनीहरूले आफ्‍ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्‍ना पिताकहाँ गएर सुती। त्‍यो सुत्‍न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।</verse>
				<verse number="34">भोलिपल्‍ट जेठीले कान्‍छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्‌, र हामी आफ्‍ना पिताबाट सन्‍तान खड़ा गरौं।”</verse>
				<verse number="35">यसरी तिनीहरूले त्‍यस रात पनि आफ्‍ना पितालाई दाखमद्य खुवाए, र कान्‍छीचाहिँ गएर उहाँसित सुती। त्‍यो सुत्‍न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।</verse>
				<verse number="36">यसरी लोतका दुवै छोरीहरू आफ्‍ना पिताबाट गर्भवती भए।</verse>
				<verse number="37">तब जेठीले एक जना छोरो जन्‍माई र उसले त्‍यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्‌।</verse>
				<verse number="38">कान्‍छीले पनि एक जना छोरो जन्‍माई, र उसले त्‍यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्‍मोनीहरूका पुर्खा यिनी हुन्‌।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">त्‍यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्‍न लागे। तिनी गरार देशमा बसोबास गरे।</verse>
				<verse number="2">त्‍यहाँ अब्राहामले आफ्‍नी पत्‍नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्‌।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे।</verse>
				<verse number="3">तर राती सपनामा अबीमेलेककहाँ आएर परमेश्‍वरले भन्‍नुभयो, “हेर्, त्‍यस स्‍त्रीलाई झिकाएर ल्‍याएको हुनाले तँ मरेको जस्‍तै छस्, किनभने त्‍यो अर्काकी पत्‍नी हो।”</verse>
				<verse number="4">अबीमेलेक अहिलेसम्‍म साराको नजिक गएका थिएनन्‌। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्‍छ?</verse>
				<verse number="5">‘तिनी मेरी बहिनी हुन्‌’ भनी त्‍यस मानिस आफैले मलाई भनेको थिएन र? र त्‍यस स्‍त्रीले पनि ‘तिनी मेरा दाजु हुन्‌’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्‍नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।”</verse>
				<verse number="6">तब परमेश्‍वरले उनलाई सपनामा भन्‍नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्‌। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्‍यसलाई छुन दिइनँ।</verse>
				<verse number="7">अब त्‍यस मानिसकी पत्‍नी फर्काइदे, किनभने त्‍यो एक अगमवक्ता हो। त्‍यसले तेरो निम्‍ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्‍नेछस्‌। तर त्‍यसलाई फर्काइदिइनस्‌ भने यो कुरो याद राख्, कि तँ र तँसँग भएका सबै निश्‍चय नै मर्नेछन्‌।”</verse>
				<verse number="8">अबीमेलेक सबेरै उठेर आफ्‍ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए। र ती मानिसहरू साह्रै डराए।</verse>
				<verse number="9">तब अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेको थिएँ, र तपाईंले म र मेरो राज्‍यमा यति ठूलो दोष ल्‍याउनुभयो? तपाईंले मसित गर्नु नहुने काम गर्नुभयो।”</verse>
				<verse number="10">अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्‍झेर तपाईंले मसित यस्‍तो काम गर्नुभयो?”</verse>
				<verse number="11">अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्‍वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्‍नीको कारण मार्नेछन्‌।</verse>
				<verse number="12">यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌।</verse>
				<verse number="13">अनि जब परमेश्‍वरले मलाई आफ्‍ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्‌ने तुल्‍याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्‌” भन्‍नू है’।”</verse>
				<verse number="14">तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्‍याएर अब्राहामलाई दिए, र तिनकी पत्‍नी सारालाई पनि फिर्ता गरिदिए।</verse>
				<verse number="15">अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्‍ने छ। तपाईंलाई जहाँ मन लाग्‍छ त्‍यहीँ बस्‍नुहोस्‌।”</verse>
				<verse number="16">उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका एक हजार सिक्‍का दिएको छु। मैले त्‍यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्‍यायसङ्गत व्‍यवहार गरिएको छ।”</verse>
				<verse number="17">तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे, र परमेश्‍वरले अबीमेलेक र तिनकी पत्‍नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्‍माउन सकून्‌।</verse>
				<verse number="18">किनभने अब्राहामकी पत्‍नी साराको कारणले गर्दा परमेश्‍वरले अबीमेलेकको घरका जम्‍मैको कोख बन्‍द गरिदिनुभएको थियो।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">आफूले भन्‍नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्‍नो प्रतिज्ञाबमोजिम गर्नुभयो।</verse>
				<verse number="2">सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्‍थामा, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको समयमा तिनले एक जना छोरा जन्‍माइन्‌।</verse>
				<verse number="3">साराले तिनीबाट जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्राहामले इसहाक राखे।</verse>
				<verse number="4">अब्राहामको आफ्‍नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्‍वरको आज्ञाअनुसार त्‍यसको खतना गरे।</verse>
				<verse number="5">तिनको छोरा इसहाक जन्‍मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए।</verse>
				<verse number="6">साराले भनिन्, “परमेश्‍वरले मलाई एउटा हाँस्‍ने कारण दिनुभयो। यो सुन्‍ने जति सबै मसँगै हाँस्‍नेछन्‌।”</verse>
				<verse number="7">तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्‍नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्‍माएँ।”</verse>
				<verse number="8">बालक बढ्‌दैगयो, र त्‍यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए।</verse>
				<verse number="9">तर मिश्री हागारले अब्राहामबाट जन्‍माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्‌।</verse>
				<verse number="10">यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्‍यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।”</verse>
				<verse number="11">आफ्‍नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्‍यो।</verse>
				<verse number="12">तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्‍यो बालक र तेरी कमारीको निम्‍ति तैंले चिन्‍ता नगरी साराले तँलाई जसो भन्‍छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ।</verse>
				<verse number="13">म त्‍यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्‍यो पनि तेरै सन्‍तान हो।”</verse>
				<verse number="14">अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी।</verse>
				<verse number="15">जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर</verse>
				<verse number="16">आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्‌” भनी त्‍यसले मनमा सोची। अनि हागार त्‍यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।</verse>
				<verse number="17">परमेश्‍वरले बालकको सोर सुन्‍नुभयो। अनि परमेश्‍वरका दूतले स्‍वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्‍यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्‍यसको सोर परमेश्‍वरले सुन्‍नुभएको छ।</verse>
				<verse number="18">उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”</verse>
				<verse number="19">तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।</verse>
				<verse number="20">परमेश्‍वर त्‍यस बालकको साथ रहनुभयो। त्‍यो बढ्‌दैगयो, र उजाड़-स्‍थानमा बसेर एक धनुर्धारी बन्‍यो।</verse>
				<verse number="21">त्‍यो पारानको मरुभूमिमा बस्‍थ्‍यो, र त्‍यसकी आमाले त्‍यसको लागि मिश्रबाट एउटी पत्‍नी ल्‍याइदिई।</verse>
				<verse number="22">त्‍यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ।</verse>
				<verse number="23">यसकारण यहाँ मसित परमेश्‍वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्‍यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्‍नुभएको देशसँग व्‍यवहार गर्नुहोला।”</verse>
				<verse number="24">अब्राहामले भने, “हुन्‍छ, म शपथ खान्छु।”</verse>
				<verse number="25">तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्‍तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए।</verse>
				<verse number="26">तर अबीमेलेकले भने, “यस्‍तो काम कसले गर्‍यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्‍नुभएन। आज मात्र मैले यो कुरा सुनें।”</verse>
				<verse number="27">त्‍यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्‍याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे।</verse>
				<verse number="28">अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे।</verse>
				<verse number="29">अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?”</verse>
				<verse number="30">अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्‍ने गवाहीको निम्‍ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्‌।”</verse>
				<verse number="31">यसैकारण त्‍यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्‍यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए।</verse>
				<verse number="32">यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्‍तीहरूको देशमा फर्के।</verse>
				<verse number="33">अब्राहामले बेर्शेबामा एउटा झ्‍याउको बोट रोपे, र त्‍यहाँ अनन्‍तका परमेश्‍वरको नाउँको पुकारा गरे।</verse>
				<verse number="34">त्‍यसपछि अब्राहाम पलिश्‍तीहरूको देशमा धेरै दिनसम्‍म बसोबास गरे।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">केही समयपछि परमेश्‍वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।”</verse>
				<verse number="2">उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।”</verse>
				<verse number="3">अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्‍ना कमाराहरूमध्‍येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्‍ति दाउरा चिरेर परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्‍यस ठाउँमा हिँड़े।</verse>
				<verse number="4">तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्‍यो ठाउँ देखे।</verse>
				<verse number="5">तब अब्राहामले आफ्‍ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्‍म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”</verse>
				<verse number="6">अब्राहामले होमबलिको दाउरा उठाएर आफ्‍नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्‍नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए।</verse>
				<verse number="7">इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्‍यसले भन्‍यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”</verse>
				<verse number="8">अब्राहामले भने, “छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।</verse>
				<verse number="9">परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे।</verse>
				<verse number="10">तब अब्राहामले आफ्‍नो छोरालाई बलि गर्न छुरी उठाए।</verse>
				<verse number="11">तर परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।”</verse>
				<verse number="12">उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”</verse>
				<verse number="13">अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्‍झेर फसेको देखे। अब्राहामले गएर त्‍यस भेड़ालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि गरे।</verse>
				<verse number="14">यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्‍छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्‍त भनिन्‍छ।</verse>
				<verse number="15">परमप्रभुका दूतले दोस्रो पल्‍ट स्‍वर्गबाट अब्राहामलाई कराएर भने,</verse>
				<verse number="16">परमप्रभु भन्‍नुहुन्‍छ, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु।</verse>
				<verse number="17">तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्‍याउनेछु। तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका सहरहरू कब्‍जा गर्नेछन्‌।</verse>
				<verse number="18">तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।”</verse>
				<verse number="19">त्‍यसपछि अब्राहाम आफ्‍ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्‍म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।</verse>
				<verse number="20">केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने:</verse>
				<verse number="21">जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,</verse>
				<verse number="22">र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल।</verse>
				<verse number="23">बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्‍माइन्‌।</verse>
				<verse number="24">यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">सारा एक सय सत्ताईस वर्षसम्‍म बाँचिन्‌।</verse>
				<verse number="2">सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌। अब्राहाम साराको निम्‍ति शोक र विलाप गर्न त्‍यहाँ गए।</verse>
				<verse number="3">अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने,</verse>
				<verse number="4">“तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्‌न चिहानको लागि कुनै जमिन मलाई बेच्‍नुहोस्‌।”</verse>
				<verse number="5">हित्तीहरूले अब्राहामलाई भने,</verse>
				<verse number="6">“हे प्रभु, सुन्‍नुहोस्, तपाईं हामीहरूमध्‍ये एक शक्तिशाली शासक हुनुहुन्‍छ। हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌। हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान लाश गाड्‌नलाई तपाईंलाई दिन इन्‍कार गर्नेछैन।”</verse>
				<verse number="7">तब अब्राहाम उठेर हित्तीहरूका अगि निहुरेर दण्‍डवत्‌ गरे।</verse>
				<verse number="8">तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्‌ने तपाईंहरूको मन्‍जूरी छ भने मेरो कुरो सुन्‍नुहोस्, र सोहोरका छोरा एप्रोनसित मेरो निम्‍ति यो बिन्‍ती गरिदिनुहोस्,</verse>
				<verse number="9">कि उनले आफ्‍नो निजी मक्‍पेलाको ओड़ार मलाई बेचून्‌। त्‍यो उनका खेतको छेवैमा छ। त्‍यसको पूरा दाममा तपाईंहरूकै बीचमा एउटा गाड्‌ने ठाउँको निम्‍ति उनले त्‍यो जग्‍गा मेरो अधिकारमा देऊन्।”</verse>
				<verse number="10">त्‍यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,</verse>
				<verse number="11">“होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌। म तपाईंलाई त्‍यो खेत र त्‍यसमा भएको ओड़ार पनि दिन्‍छु। मेरा मानिसहरूकै सामुन्‍ने त्‍यो म तपाईंलाई दिन्‍छु। तपाईं आफ्‍नो मरेकी स्‍त्रीलाई त्‍यहीँ गाड्‌नुहोस्‌।”</verse>
				<verse number="12">अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="13">अनि तिनले त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी एप्रोनलाई भने, “तपाईंको मन्‍जूरी भए सुन्‍नुहोस्, म त्‍यस जग्‍गाको दाम दिनेछु। त्‍यो तपाईंले स्‍वीकार गर्नुहोस्, र त्‍यहाँ म यो लाश गाड्‌न पाऊँ।”</verse>
				<verse number="14">एप्रोनले अब्राहामलाई भने,</verse>
				<verse number="15">“हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌। जग्‍गाको दाम त चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र? लाशलाई तपाईं गाड्‌नुहोस्‌।”</verse>
				<verse number="16">अब्राहामले एप्रोनको कुरा मन्‍जूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुन्‍ने उनले भनेबमोजिम, व्‍यापारीहरूमा जुन तौल प्रचलित थियो, त्‍यहीअनुसार चाँदीका चार सय सिक्‍का जोखी-जोखीकन उनलाई दिए।</verse>
				<verse number="17">यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओड़ार र रूखहरूसमेत</verse>
				<verse number="18">एप्रोनले त्‍यस सहरका ढोकाको अगाड़ि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहामको अधिकारमा दिए।</verse>
				<verse number="19">त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाका खेतको ओड़ारमा गाड़े।</verse>
				<verse number="20">यसरी त्‍यो खेत र त्‍यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्‍कासँग दर्ता भयो।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">अब्राहाम दिन धेरै खाएर बूढ़ा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष्‌ दिनुभएको थियो।</verse>
				<verse number="2">अब्राहामले आफ्‍नो घरका सबै कुरामा अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌।</verse>
				<verse number="3">म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई विवाह गर्न नल्‍याइदिनू,</verse>
				<verse number="4">तर मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनू।”</verse>
				<verse number="5">तब त्‍यस नोकरले अब्राहामलाई भने, “यदि त्‍यो स्‍त्री यस देशमा मेरो पछि लागेर आउन इच्‍छा गरिन भनेता के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”</verse>
				<verse number="6">अब्राहामले त्‍यसलाई भने, “तैंले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू।</verse>
				<verse number="7">मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘म तेरै सन्‍तानलाई यो देश दिनेछु।’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउन सक।</verse>
				<verse number="8">त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँलाई मेरो यो शपथ लाग्‍नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू।”</verse>
				<verse number="9">तब त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो।</verse>
				<verse number="10">त्‍यसपछि त्‍यो नोकर आफ्‍ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो।</verse>
				<verse number="11">साँझपख स्‍त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्‍यसले ऊँटहरूलाई राख्‍यो।</verse>
				<verse number="12">अनि त्‍यसले मनमनै प्रार्थना गर्‍यो, “हे मेरा मालिकका परमप्रभु परमेश्‍वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस्‌ र मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌।</verse>
				<verse number="13">हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्‌।</verse>
				<verse number="14">यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु।”</verse>
				<verse number="15">त्‍यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्‌।</verse>
				<verse number="16">कन्‍या अत्‍यन्‍त सुन्‍दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्‌। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌।</verse>
				<verse number="17">तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।”</verse>
				<verse number="18">तिनले “हजूर, खानुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी खुवाइदिइन्‌।</verse>
				<verse number="19">त्‍यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु।”</verse>
				<verse number="20">तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डूँड़मा खन्‍याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌।</verse>
				<verse number="21">त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।</verse>
				<verse number="22">ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्‍थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्‍यो,</verse>
				<verse number="23">“तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्‍ने ठाउँ छ?”</verse>
				<verse number="24">तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ।”</verse>
				<verse number="25">तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्, डेरा गर्नलाई कोठा पनि छन्‌।”</verse>
				<verse number="26">तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गरेर भन्‍यो,</verse>
				<verse number="27">“परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ, जसले मेरा मालिकप्रतिको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको छ।”</verse>
				<verse number="28">तब ती कन्‍या गइन्, र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌।</verse>
				<verse number="29">रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए। लाबान निस्‍केर इनारनेर त्‍यस मानिस भएको ठाउँतिर दगुरेर गए।</verse>
				<verse number="30">जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए।</verse>
				<verse number="31">अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्‍यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्‌। किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।”</verse>
				<verse number="32">तब त्‍यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिए।</verse>
				<verse number="33">तब त्‍यसको सामु खानेकुरा पनि राखिदिए। तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ।” उनले भने, “ल, भन्‍नुहोस्‌।”</verse>
				<verse number="34">तब त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष्‌ दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्‌।</verse>
				<verse number="35">उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ।</verse>
				<verse number="36">मेरा मालिककी पत्‍नी साराले बुढ़ेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना जे-जति छन्‌ सबै दिएका छन्‌।</verse>
				<verse number="37">मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैंले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू,</verse>
				<verse number="38">तर मेरो कुटुम्‍बकहाँ र मेरो पिताको घरमा गएर तैंले मेरो छोराको निम्‍ति एउटी पत्‍नी खोजेर ल्‍याइदिनू।’</verse>
				<verse number="39">“मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित्‌ त्‍यो स्‍त्री मेरो साथमा आउन मानिन भने नि त?”</verse>
				<verse number="40">तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌डुल गर्छु, उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, र तैंले मेरो कुटुम्‍ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्‌।</verse>
				<verse number="41">जब तँ मेरो कुटुम्‍बकहाँ पुग्‍नेछस्‌ तब मेरो यस शपथबाट छुट्‌नेछस्‌। अनि तिनीहरूले केटी दिएनन्‌ भने पनि मेरो यस शपथबाट तँ छुट्‌नेछस्‌।’</verse>
				<verse number="42">आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्‍छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्‌।</verse>
				<verse number="43">हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्‍त्री पानी भर्नलाई आउलिन्‌ र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्‍दा</verse>
				<verse number="44">तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्‍नेछिन्, त्‍यही स्‍त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्‌।</verse>
				<verse number="45">“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’</verse>
				<verse number="46">“तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्‌। म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्‌।</verse>
				<verse number="47">“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ।</verse>
				<verse number="48">अनि आफ्‍नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गरें, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनें, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति दिन मलाई ठीक बाटोमा डोर्‍याउनुभएको थियो।</verse>
				<verse number="49">अब तपाईंहरू मेरा मालिकसँग दया र सत्‍यको व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌। होइन भने पनि मलाई भन्‍नुहोस्, र म दाहिने-देब्रे जता हुन्‍छ लागुँला।”</verse>
				<verse number="50">तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौं।</verse>
				<verse number="51">हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे। त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌।”</verse>
				<verse number="52">अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो।</verse>
				<verse number="53">तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो। त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ थोकहरू उपहारको रूपमा दियो।</verse>
				<verse number="54">तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्‍यो रात त्‍यहीँ बिताए। बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌।”</verse>
				<verse number="55">तर रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि तिनी गए हुन्‍छ।”</verse>
				<verse number="56">तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “मलाई नअलमल्‍याउनुहोस्‌। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”</verse>
				<verse number="57">तब तिनीहरूले भने, “हामी कन्‍यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।”</verse>
				<verse number="58">अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु।”</verse>
				<verse number="59">यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए।</verse>
				<verse number="60">तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरहरू कब्‍जा गरून्‌।”</verse>
				<verse number="61">तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्‍यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो।</verse>
				<verse number="62">अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्‍यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए।</verse>
				<verse number="63">इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे।</verse>
				<verse number="64">रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लेर त्‍यस नोकरलाई सोधिन्,</verse>
				<verse number="65">“हामीलाई भेट्‌न बाहिर हिँड्‌दैआउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌।</verse>
				<verse number="66">त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो।</verse>
				<verse number="67">इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे। तिनको नाउँ कतूरा थियो।</verse>
				<verse number="2">तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌।</verse>
				<verse number="3">योक्षान शेबा र ददानका पिता भए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू थिए।</verse>
				<verse number="4">मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए। यी सबै कतूराका सन्‍तान हुन्‌।</verse>
				<verse number="5">अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए।</verse>
				<verse number="6">तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्ट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए।</verse>
				<verse number="7">अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे।</verse>
				<verse number="8">अब्राहाम दीर्घायु भई पूरा बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए।</verse>
				<verse number="9">उनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्‍पेलाको ओड़ारमा गाड़े।</verse>
				<verse number="10">त्‍यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्‍यहीँ नै अब्राहाम आफ्‍नी पत्‍नी सारासित गाड़िए।</verse>
				<verse number="11">अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो। त्‍यस बेला इसहाक बेअर-लहै-रोइनेर बसोबास गरे।</verse>
				<verse number="12">साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलको वृत्तान्‍त यही हो।</verse>
				<verse number="13">जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै हुन्‌: इश्‍माएलको जेठो छोरो नबायोत, र केदार, अदबेल, मिब्‍साम,</verse>
				<verse number="14">मिश्‍मा, दुमा, मस्‍सा,</verse>
				<verse number="15">हदद, तेमा, यतूर, नापीश र केदमा।</verse>
				<verse number="16">इश्‍माएलका छोराहरू यी नै हुन्‌। तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै हुन्‌।</verse>
				<verse number="17">इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतीस वर्ष थियो, तब तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए।</verse>
				<verse number="18">मिश्रको सिमानानेर, अश्‍शूर देशतर्फ हवीलादेखि शूरसम्‍म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्‍ना दाजुभाइको शत्रुतामा बस्‍थे।</verse>
				<verse number="19">अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो। अब्राहाम इसहाकका पिता भए।</verse>
				<verse number="20">इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे।</verse>
				<verse number="21">तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्‍नुभयो, र रिबेका गर्भवती भइन्‌।</verse>
				<verse number="22">गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्‍त गर्न लागे। “किन मलाई यस्‍तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्‍न लागिन्‌।</verse>
				<verse number="23">परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्‍मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्‍मनेछन्‌। एक जना अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ।”</verse>
				<verse number="24">तिनको सुत्‍केरी हुने बेला आयो, र तिनको कोखमा जुम्‍ल्‍याहा रहेछन्‌।</verse>
				<verse number="25">जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्‍तै जन्‍म्‍यो। यसकारण त्‍यसको नाउँ एसाव राखियो।</verse>
				<verse number="26">त्‍यसपछि त्‍यसको भाइचाहिँ एसावको कुर्कुच्‍चा हातले समातेर निस्‍क्‍यो। यसैकारण त्‍यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्‍माउँदा इसहाक साठी वर्ष पुगेका थिए।</verse>
				<verse number="27">यिनीहरू बढ़ेपछि एसावचाहिँ सिपालु शिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए।</verse>
				<verse number="28">इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌।</verse>
				<verse number="29">एक पल्‍ट याकूबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्‍न छुटेको थियो।</verse>
				<verse number="30">एसावले याकूबलाई भने, “मलाई त्‍यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्‍न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्‍थ्‍यो।)</verse>
				<verse number="31">याकूबले भने, “पहिले मलाई तपाईंको ज्‍येष्‍ठ-अधिकार बेच्‍नुहोस्‌।”</verse>
				<verse number="32">एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”</verse>
				<verse number="33">याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्‍नुहोस्‌।” तब उनले शपथ खाए, र आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे।</verse>
				<verse number="34">त्‍यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">अब्राहामको समयमा परेको अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो। तब इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए।</verse>
				<verse number="2">परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्‌।</verse>
				<verse number="3">त्‍यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्‍तानलाई यी नै देशहरू दिनेछु।</verse>
				<verse number="4">तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्‍तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष्‌ पाउनेछन्,</verse>
				<verse number="5">किनभने अब्राहामले मेरो वचन पालन गर्‍यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्‍यो।”</verse>
				<verse number="6">यसैकारण इसहाक गरारमा नै बसे।</verse>
				<verse number="7">त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने। किनभने “रिबेकाको खातिर त्‍यस ठाउँका मानिसहरूले मलाई मारिहाल्‍लान्‌” भनी रिबेकालाई आफ्‍नी पत्‍नी भन्‍न तिनी डराए। किनकि रिबेका अत्‍यन्‍तै सुन्‍दरी थिइन्‌।</verse>
				<verse number="8">इसहाक त्‍यहाँ धेरै दिन बसेपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्दा इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे।</verse>
				<verse number="9">यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्‍चै तिम्री पत्‍नी रहिछन्‌। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान्‌ भन्‍ने मैले सोचें।”</verse>
				<verse number="10">अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्‍याउनेथियौ।”</verse>
				<verse number="11">यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ।”</verse>
				<verse number="12">इसहाकले बालीनाली लगाए, र त्‍यही साल तिनले सय गुणा कटनी गरे।</verse>
				<verse number="13">परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो, र तिनी धनी भए, र झन्‌-झन्‌ बढ़ेर तिनी अत्‍यन्‍तै धनाढ्य भए।</verse>
				<verse number="14">तिनका प्रशस्‍त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्‍तीहरूले तिनलाई डाह गर्न लागे।</verse>
				<verse number="15">तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्‍तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए।</verse>
				<verse number="16">त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्‍ति ज्‍यादै शक्तिशाली भएका छौ।”</verse>
				<verse number="17">तब त्‍यहाँबाट निस्‍केर इसहाकले गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गर्न लागे।</verse>
				<verse number="18">तिनले आफ्‍ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्‍न लाए। किनभने अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती पुरिदिएका थिए। अनि तिनले ती इनारहरूका नाउँ आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए।</verse>
				<verse number="19">बेँसीमा खन्‍दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए।</verse>
				<verse number="20">तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्‍यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए।</verse>
				<verse number="21">तब तिनीहरूले अर्को इनार खने, र त्‍यसमा पनि झगड़ा भयो। यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे।</verse>
				<verse number="22">तिनी त्‍यहाँबाट अन्‍यत्र गए, र तिनले अर्को इनार खने। त्‍यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्‍यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौं।”</verse>
				<verse number="23">त्‍यहाँदेखि तिनी बेर्शेबामा सरे।</verse>
				<verse number="24">परमप्रभु त्‍यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्‍नुभयो, “म तेरो पिता अब्राहामका परमेश्‍वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष्‌ दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्‍तानको वृद्धि गराउनेछु।”</verse>
				<verse number="25">तब इसहाकले त्‍यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्‍नो पाल त्‍यहीँ नै टाँगे। त्‍यहाँ तिनका नोकरहरूले एउटा इनार खने।</verse>
				<verse number="26">एक दिन अबीमेलेक आफ्‍ना सल्‍लाहकार अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट इसहाककहाँ आए।</verse>
				<verse number="27">इसहाकले तिनीहरूलाई भने, “दुश्‍मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्‍नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”</verse>
				<verse number="28">तिनीहरूले भने, “हामीले प्रष्‍टै देख्‍यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्‍थ्‍यो। यसैले हामी यही भन्‍न चाहन्‍छौं कि हाम्रा बीचमा, अर्थात्‌ तपाईं र हाम्रा बीचमा एउटा सम्‍झौता होस्‌। तपाईंसँग हामी शपथसहितको एउटा सन्‍धि गरौं,</verse>
				<verse number="29">जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्‍तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्‍वरका आशिष्‌का पात्र हुनुहुन्‍छ।”</verse>
				<verse number="30">तब इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए।</verse>
				<verse number="31">बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्‍तिसाथ छुट्टिएर गए।</verse>
				<verse number="32">त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।”</verse>
				<verse number="33">तब तिनले त्‍यसको नाउँ शिबा राखे। यसकारण त्‍यस सहरको नाउँ आजसम्‍म बेर्शेबा भनिन्‍छ।</verse>
				<verse number="34">एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए।</verse>
				<verse number="35">ती स्‍त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए, तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।” उनले तिनलाई जवाफ दिए, “हजूर।”</verse>
				<verse number="2">तिनले भने, “हेर्, म वृद्ध भएँ। मेरो मर्ने दिन कहिले आउँछ म भन्‍न सक्‍दिनँ।</verse>
				<verse number="3">अब तेरा हतियारहरू, अर्थात्‌ तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्‍ति शिकार मारेर,</verse>
				<verse number="4">स्‍वादिष्‍ठ तरकारी बनाई मकहाँ ले, र खाएर मेरो मृत्‍युअघि म तँलाई आशिष्‌ दिऊँ।”</verse>
				<verse number="5">इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्‌। जब एसाव मैदानमा शिकार मारेर ल्‍याउन गए,</verse>
				<verse number="6">तब रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुनें,</verse>
				<verse number="7">‘शिकार मारेर मकहाँ ले, र मेरो निम्‍ति स्‍वादिष्‍ठ तरकारी तयार गर्, र त्‍यो खाएर मेरो मृत्‍युअघि परमप्रभुको सामुन्‍ने म तँलाई आशिष्‌ दिनेछु।’</verse>
				<verse number="8">यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्‌।</verse>
				<verse number="9">बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्‍वादिष्‍ठ तरकारी म बनाइदिऊँ।</verse>
				<verse number="10">अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्‍नो मृत्‍युअघि तँलाई नै आशिष्‌ देऊन्।”</verse>
				<verse number="11">याकूबले आफ्‍नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्‌। मचाहिँ रौँ नभएको छु।</verse>
				<verse number="12">शायद मेरा पिताले मलाई छाम्‍नुहुन्‍छ, र उहाँको सामु म छली देखिनेछु। र आशिष्‌ त होइन, तर ममाथि सराप आइपर्ला।”</verse>
				<verse number="13">तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथि नै परोस्‌। केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले।”</verse>
				<verse number="14">तब तिनी गएर ती पाठा ल्‍याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌।</verse>
				<verse number="15">तब घरमा भएका आफ्‍ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्‍याइन्, र कान्‍छा छोरा याकूबलाई लगाइदिइन्‌।</verse>
				<verse number="16">बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्,</verse>
				<verse number="17">अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌।</verse>
				<verse number="18">याकूबले आफ्‍ना पिताकहाँ गएर भने, “बुबा।” इसहाकले भने, “हँ, तँ को होस्‌?”</verse>
				<verse number="19">याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌।”</verse>
				<verse number="20">इसहाकले आफ्‍ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्‍वरले मलाई सफल गराउनुभयो।”</verse>
				<verse number="21">तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म यसो हेरूँ।”</verse>
				<verse number="22">याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌।”</verse>
				<verse number="23">तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌। तब इसहाकले याकूबलाई आशिष्‌ दिए।</verse>
				<verse number="24">इसहाकले तिनलाई सोधे, “के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस्‌ त?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ।”</verse>
				<verse number="25">तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष्‌ दिऊँ।” तब याकूबले त्‍यो आफ्‍ना पिताकहाँ ल्‍याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए।</verse>
				<verse number="26">तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्‍वाइँ खा, मेरो छोरो।”</verse>
				<verse number="27">याकूब नजिक गएर आफ्‍ना पितालाई म्‍वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ।</verse>
				<verse number="28">परमेश्‍वरले तँलाई आकाशको शीतबाट र पृथ्‍वीको प्रचुरताबाट धेरै दाखमद्य र अन्‍न देऊन्।</verse>
				<verse number="29">	जाति-जातिले तेरो सेवा गरून्‌। र मानिसहरूले तँलाई दण्‍डवत्‌ गरून्‌। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्‍व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌। तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌।”</verse>
				<verse number="30">इसहाकले आशिष्‌ दिइसक्ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे।</verse>
				<verse number="31">उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍नो पिताकहाँ ल्‍याए। र उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको शिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌।”</verse>
				<verse number="32">उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।”</verse>
				<verse number="33">इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्‍यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्‍यायो, र तँ आउन अघि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकें? हो, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”</verse>
				<verse number="34">जब एसावले आफ्‍ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌।”</verse>
				<verse number="35">तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लगिहाल्‍यो।”</verse>
				<verse number="36">एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठगिसक्‍यो। त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”</verse>
				<verse number="37">इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकें। र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ। अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु। अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”</verse>
				<verse number="38">एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष्‌ छ र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌।” अनि एसाव डाँको छोड़ेर रोए।</verse>
				<verse number="39">तब उनका पिता इसहाकले भने, “हेर्, तेरो बसोबास पृथ्‍वीको प्रशस्‍तपनाबाट बाहिरै हुनेछ, र आकाशको शीतबाट बाहिर।</verse>
				<verse number="40">	तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस्, र तैंले तेरो भाइको सेवा गर्नेछस्‌। तर तँ व्‍याकुल भएपछि तैंले त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌।”</verse>
				<verse number="41">आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनीसँग दुश्‍मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।”</verse>
				<verse number="42">तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्‍यो। यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ।</verse>
				<verse number="43">यसकारण ए छोरो, मैले भनेको कुरा मान्‌। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा,</verse>
				<verse number="44">र तेरो दाजुको रीस नमरुञ्‍जेल केही दिन त्‍यहाँ उनीसँग बस्‌।</verse>
				<verse number="45">तैंले तेरो दाजुमाथि गरेको काम त्‍यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”</verse>
				<verse number="46">तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्‍त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्‍यो। याकूबले यस देशका केटीहरूमध्‍ये यस्‍तै एउटी केटीलाई विवाह गर्‍यो भने म बाँचेर के फाइदा हुन्‍छ?”</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्‍त्रीहरूमध्‍ये कसैलाई विवाह नगर्नू।</verse>
				<verse number="2">पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌।</verse>
				<verse number="3">सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्, र तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्‌।</verse>
				<verse number="4">परमेश्‍वरले तँलाई र तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्‍वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्‌।”</verse>
				<verse number="5">यसरी इसहाकले याकूबलाई पठाए। तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए।</verse>
				<verse number="6">अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएछन्, र तिनलाई आशीर्वाद दिएर, “तैंले कनानी स्‍त्रीहरूमध्‍ये कसैलाई विवाह नगर्नू” भन्‍ने कुरा एसावले थाहा पाए।</verse>
				<verse number="7">र याकूब बाबु-आमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएछ भन्‍ने पनि एसावले थाहा पाए।</verse>
				<verse number="8">कनानी स्‍त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्‍ने जब एसावले पत्ता लगाए,</verse>
				<verse number="9">तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नी तुल्‍याएर ल्‍याए।</verse>
				<verse number="10">बेर्शेबा छोड़ेर याकूब हारानतिर लागे।</verse>
				<verse number="11">कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ वास बसे। त्‍यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्‍नो सिरान बनाएर सुत्‍नलाई त्‍यहीँ पल्‍टे।</verse>
				<verse number="12">तिनले यस्‍तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्‍याङ रहेछ, र त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दारहेछन्‌।</verse>
				<verse number="13">परमप्रभु त्‍यसमाथि उभिनुभयो, र याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ। जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु।</verse>
				<verse number="14">तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌। पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्‌। तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्‌।</verse>
				<verse number="15">हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ।”</verse>
				<verse number="16">तब याकूब निद्राबाट ब्‍यूँझेर भने, “निश्‍चय नै यस ठाउँमा परमेश्‍वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।”</verse>
				<verse number="17">तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ। यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्‍वर्गको ढोका पो रहेछ।”</verse>
				<verse number="18">याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्‍तै गरी खड़ा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए।</verse>
				<verse number="19">तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्‍यस ठाउँको नाउँ लूज थियो।</verse>
				<verse number="20">तब याकूबले यसो भन्‍ने भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो,</verse>
				<verse number="21">अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ।</verse>
				<verse number="22">र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्‍य चढ़ाउनेछु।”</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">तब याकूब उठेर आफ्‍नो बाटो लागे, र पूर्ववासीहरूको देशमा पुगे।</verse>
				<verse number="2">त्‍यहाँ तिनले मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्‍यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्‍ने एउटा ठूलो ढुङ्गा थियो।</verse>
				<verse number="3">जब सबै बगालहरू त्‍यहाँ जम्‍मा हुन्‍थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुड़ाएर भेड़ाहरूलाई पानी खान दिन्‍थे। त्‍यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्‍यो ढुङ्गा राखिदिन्‍थे।</verse>
				<verse number="4">याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानमा बस्‍ने हौं।”</verse>
				<verse number="5">तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्‍छौ?” तिनीहरूले भने, “तिनलाई हामी चिन्‍छौं।”</verse>
				<verse number="6">याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेड़ाहरू लिएर आउँदैछिन्‌।”</verse>
				<verse number="7">तिनले भने, हेर, साँझ परेको छैन। भेड़ाबाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन। भेड़ाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ।</verse>
				<verse number="8">तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्‍यसो गर्न सक्‍दैनौं। त्‍यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”</verse>
				<verse number="9">याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्‍ना बुबाका भेड़ाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्‌।</verse>
				<verse number="10">जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र आफ्‍ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्‍ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए।</verse>
				<verse number="11">तब याकूबले राहेललाई म्‍वाइँ खाए, र रुन लागे।</verse>
				<verse number="12">याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइदिइन्‌।</verse>
				<verse number="13">आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई कुदेर आए, र तिनलाई अँगालो हालेर म्‍वाइँ खाए, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए।</verse>
				<verse number="14">अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड़ र मासु हौ।” याकूब उनीसँग एक महिना बसेपछि</verse>
				<verse number="15">लाबानले तिनलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्ने? ज्‍याला कति हुनुपर्छ मलाई भन।”</verse>
				<verse number="16">लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो।</verse>
				<verse number="17">लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्‍दरी थिइन्‌। याकूबले राहेललाई प्रेम गरे।</verse>
				<verse number="18">तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति सात वर्षसम्‍म म तपाईंको सेवा गर्नेछु।”</verse>
				<verse number="19">लाबानले भने, “त्‍यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्‍दा त तिमीलाई दिनु नै असल हो। हुन्‍छ, मसँगै बस।”</verse>
				<verse number="20">यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो।</verse>
				<verse number="21">त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्‍नी हुनलाई राहेल मलाई दिनुहोस्‌। म तिनीसँग सहवास गर्न चाहन्‍छु।”</verse>
				<verse number="22">तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए।</verse>
				<verse number="23">तर साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे।</verse>
				<verse number="24">लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए।</verse>
				<verse number="25">याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्‍तो गर्नुभयो? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?”</verse>
				<verse number="26">लाबानले भने, “हाम्रो देशमा जेठीको भन्‍दा कान्‍छीको विवाह अघिबाट गर्नुहुँदैन।</verse>
				<verse number="27">लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्‍छी पनि दिइहाल्‍छु।”</verse>
				<verse number="28">याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पूरा गरे। तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए।</verse>
				<verse number="29">लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे।</verse>
				<verse number="30">तिनले लेआलाई भन्‍दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।</verse>
				<verse number="31">लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्‌।</verse>
				<verse number="32">लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्‍छ।”</verse>
				<verse number="33">तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्‍माइन्‌। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌।</verse>
				<verse number="34">तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्‍यसको नाउँ लेवी राखियो।</verse>
				<verse number="35">तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्‍यसको नाउँ यहूदा राखियो। त्‍यसपछि तिनले जन्‍माउन छोड़िन्‌।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">याकूबबाट आफ्‍नो केही सन्‍तान नभएको देखेर राहेलले आफ्‍नी दिदीसित डाह गर्न लागिन्‌। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्‍तान दिनुहोस्, नत्र म मर्नेछु।”</verse>
				<verse number="2">याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्‍वरको स्‍थानमा छु र?”</verse>
				<verse number="3">तब तिनले भनिन्, “मेरी कमारी बिल्‍हा यहीँ छे। त्‍यससँग सहवास गर्नुहोस्‌ र त्‍यसले मेरो निम्‍ति बच्‍चा जन्‍माओस्‌ र त्‍यसद्वारा मलाई पनि सन्‍तान मिलोस्‌।”</verse>
				<verse number="4">यसकारण राहेलले आफ्‍नी कमारी बिल्‍हालाई याकूबकी पत्‍नीको रूपमा दिइन्, र याकूब त्‍यसकहाँ गए।</verse>
				<verse number="5">बिल्‍हाले गर्भवती भएर याकूबबाट एक जना छोरो जन्‍माई।</verse>
				<verse number="6">तब राहेलले भनिन्, “परमेश्‍वरले मलाई ठीक ठहराउनुभयो, र मेरो बिन्‍ती पनि सुनेर मलाई एक जना छोरो दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ दान राखिन्‌।</verse>
				<verse number="7">राहेलकी कमारी बिल्‍हा फेरि गर्भवती भई, र त्‍यसले याकूबबाट अर्को एक जना छोरो जन्‍माई।</verse>
				<verse number="8">तब राहेलले भनिन्, “ज्‍यादै लड़न्‍त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्‍यसको नाउँ नप्‍ताली राखिन्‌।</verse>
				<verse number="9">आफूले जन्‍माउन छोड़ेको देखेर लेआले आफ्‍नी कमारी जिल्‍पालाई लगेर याकूबलाई पत्‍नीको रूपमा दिइन्‌।</verse>
				<verse number="10">लेआकी कमारी जिल्‍पाले याकूबबाट एक जना छोरो जन्‍माई,</verse>
				<verse number="11">र लेआले भनिन्, “भाग्‍यमानी।” यसैकारण तिनले त्‍यसको नाउँ गाद राखिन्‌।</verse>
				<verse number="12">लेआकी कमारी जिल्‍पाले याकूबबाट अर्को एक जना छोरो जन्‍माई।</verse>
				<verse number="13">अनि लेआले भनिन्, “म सुखी रहिछु। स्‍त्री जातिहरूले मलाई सुखी भन्‍नेछन्‌।” यसैले तिनले त्‍यसको नाउँ आशेर राखिन्‌।</verse>
				<verse number="14">गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्‍नी आमा लेआकहाँ ल्‍याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्‍याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।”</verse>
				<verse number="15">तर लेआले तिनलाई भनिन्, “के मेरो पति मबाट खोस्‍नु सानो कुरो हो र, अब तिमी मेरो छोराको विशाखमूल पनि लिन खोज्‍छ्यौ?” राहेलले भनिन्, “त्‍यसो भए तपाईंको छोराको विशाखमूलको निम्‍ति आज राती उहाँ तपाईंसित सुत्‍नुहुन्‍छ।”</verse>
				<verse number="16">साँझमा याकूब खेतबाट आउँदा लेआ तिनलाई भेट गर्न गइन्, र भनिन्, “तपाईं मकहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाखमूलहरूसँग तपाईंलाई भाड़ामा लिएकी छु।” यसकारण याकूब त्‍यस रात तिनीसित सुते।</verse>
				<verse number="17">परमेश्‍वरले लेआको बिन्‍ती सुन्‍नुभयो, र तिनी गर्भवती भइन्, र याकूबबाट तिनले आफ्‍नो पाँचौँ छोरो जन्‍माइन्‌।</verse>
				<verse number="18">तब लेआले भनिन्, “मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्‍वरले मलाई मेरो इनाम दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ इस्‍साखार राखिन्‌।</verse>
				<verse number="19">लेआ फेरि गर्भवती भइन्, र याकूबबाट आफ्‍नो छैटौँ छोरो जन्‍माइन्‌।</verse>
				<verse number="20">तब लेआले भनिन्, “परमेश्‍वरले मलाई अमूल्‍य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्‍ति छ जना छोराहरू जन्‍माइसकें।” यसैकारण तिनले त्‍यसको नाउँ जबूलून राखिन्‌।</verse>
				<verse number="21">केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्‍यसको नाउँ दीना राखिन्‌।</verse>
				<verse number="22">तब परमेश्‍वरले राहेललाई सम्‍झनुभयो, र तिनको बिन्‍ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो।</verse>
				<verse number="23">तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्‍वरले ममाथि परेको निन्‍दा हटाइदिनुभयो।”</verse>
				<verse number="24">तिनले त्‍यसको नाउँ योसेफ राखिन्‌। अनि तिनले भनिन्, “परमेश्‍वरले मलाई अर्को छोरो पनि देऊन्‌।”</verse>
				<verse number="25">राहेलले योसेफलाई जन्‍माएपछि याकूबले लाबानलाई भने, “आफ्‍नो देश र घरमा जान मलाई बिदा दिनुहोस्‌।</verse>
				<verse number="26">मलाई मेरा पत्‍नीहरू र छोराछोरीहरू लैजान दिनुहोस्, जसका निम्‍ति मैले तपाईंको चाकरी गरेको छु। मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईंलाई थाहै छ।”</verse>
				<verse number="27">तर लाबानले तिनलाई भने, “ममाथि तिम्रो निगाह भए, बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष्‌ दिनुभएको छ।</verse>
				<verse number="28">ज्‍याला कति लिन्‍छौ मलाई भन, र म तिमीलाई त्‍यति दिउँला।”</verse>
				<verse number="29">याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्‍तो सेवा गरेको छु, र तपाईंका गाईबस्‍तु मसित कसरी सप्रेका छन्‌ सो तपाईं आफै जान्‍नुहुन्‍छ।</verse>
				<verse number="30">म आउनुभन्‍दा अघि तपाईंसँग थोरै थिए र अहिले प्रशस्‍त भएको छ। मैले जहाँ हात लगाए पनि परमप्रभुले तपाईंलाई आशिष्‌ दिनुभएको छ। तर अब मेरो आफ्‍नै घरबारको निम्‍तिचाहिँ मैले कहिले व्‍यवस्‍था गर्ने?”</verse>
				<verse number="31">उनले भने, “म तिमीलाई के दिऊँ त?” याकूबले भने, “तपाईं मलाई केही नदिनुहोस्‌। तर यदि तपाईंले मेरो निम्‍ति यति एउटा कुरा गर्नुहुन्‍छ भने, म तपाईंका बगालहरूको हेरचाह गरी चराउँदैरहनेछु।</verse>
				<verse number="32">आज तपाईंका सबै बगालबाट थोप्‍ले र पेटारे भेड़ा र कालो थुमा, र बाख्राहरूमध्‍येबाट पनि थोप्‍ले र पेटारे जति छुट्ट्याउँदैजान दिनुहोस्‌। मेरो ज्‍याला तिनीहरू नै होऊन्‌।</verse>
				<verse number="33">अनि तपाईं पछि यसअनुसार मेरो ज्‍यालाको हिसाब गर्नुहुँदा मेरो ईमानदारीले नै मेरो निम्‍ति जवाफ दिनेछ। बाख्राहरूमध्‍येका थोप्‍ले र पेटारे नभए जत्ति र थुमाहरूमध्‍ये काला नभए जत्ति मसँग फेला पर्‍यो भने मैले ती चोरेको ठहरिनेछ।”</verse>
				<verse number="34">लाबानले भने, “हुन्‍छ, तिमीले भनेजस्‍तै होस्‌।”</verse>
				<verse number="35">त्‍यस दिन पेटारे र थोप्‍ले बोकाहरू र पेटारे र थोप्‍ले बाख्रीहरू (जसका सेता दाग थिए) र हरेक काला थुमा लाबानले छुट्ट्याएर आफ्‍ना छोराहरूको जिम्‍मामा लगाइदिए।</verse>
				<verse number="36">तब याकूब र उनको बीचमा लाबानले तीन दिनको बाटो जति अन्‍तर राखे। अनि याकूबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे।</verse>
				<verse number="37">तब याकूबले लहरे-पीपल, हाड़े-बदाम र चिनारका रूखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता-सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे।</verse>
				<verse number="38">अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्‍ने तिनीहरूका पानी खाने डूँड़मा राखे। तिनीहरू पानी खान आउँदा त्‍यहीँ मिसिन्‍थे।</verse>
				<verse number="39">ती बगालहरू ती हाँगाहरूका सामुन्‍ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्‍यस्‍तै छिर्केमिर्के, पेटारे र थोप्‍ले बियाए।</verse>
				<verse number="40">याकूबले ती पाठाहरू छुट्ट्याएर बाँकी बगालचाहिँ लाबानका बगालका छिर्केमिर्के र काला-कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्‍ना बगालचाहिँ लाबानका बगालसित नमिसाएर अलग्‍गै राखे।</verse>
				<verse number="41">ती हाँगाहरूका सामु मिसिऊन्‌ भनेर बलिया-बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकूबले डूँड़मा ती बगालका आँखाकै सामु ती हाँगाहरू राखिदिन्‍थे।</verse>
				<verse number="42">तर निर्धा बगालहरूका निम्‍तिचाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जत्ति लाबानका भए, र बलिया जत्तिचाहिँ याकूबका भए।</verse>
				<verse number="43">यसरी याकूब अत्‍यन्‍तै धनी भए, र तिनका ठूला-ठूला बगाल, नोकर-चाकर, ऊँट र गधाहरू पनि भए।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">लाबानका छोराहरूले यसो भनिरहेका याकूबले सुने, “हाम्रा बुबाका सबै थोक याकूबले लिइसके, र हाम्रा बुबाकै सम्‍पत्तिबाट तिनले यत्ति धेरै पाएका छन्‌।”</verse>
				<verse number="2">र याकूबले लाबानको व्‍यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्‍तै नभएको देखे।</verse>
				<verse number="3">तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पिता-पुर्खा र तेरो कुटुम्‍बकहाँ फर्केर जा, र म तँसँग हुनेछु।”</verse>
				<verse number="4">यसकारण याकूबले राहेल र लेआलाई आफ्‍ना बगाल भएको खर्कमा बोलाइपठाए,</verse>
				<verse number="5">र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्‍तै नभएको म देख्‍दैछु। तर मेरा पिताका परमेश्‍वर मसँग हुनुभएको छ।</verse>
				<verse number="6">मेरो बलले भ्‍याएसम्‍म मैले तिमीहरूका बुबाको सेवा गरेको तिमीहरूलाई थाहै छ।</verse>
				<verse number="7">तापनि तिमीहरूका बुबाले मलाई ठग्‍नुभएको छ, र मेरो ज्‍याला दश पल्‍ट बदल्‍नुभएको छ। तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएन।</verse>
				<verse number="8">उनले थोप्‍ले जत्ति तिम्रो ज्‍याला होस्‌ भन्‍दा सबै बगालले थोप्‍ले नै बियाए। अनि उनले पेटारे जत्ति तिम्रो ज्‍याला होस्‌ भन्‍दा सबै बगालले पेटारे नै बियाए।</verse>
				<verse number="9">यसरी परमेश्‍वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो।</verse>
				<verse number="10">“बगाल मिसिने बेलामा बगालमाथि चढ्‌ने बोकाहरू पेटारे, थोप्‍ले र छिर्केमिर्के भएका सपनामा मैले देखें।</verse>
				<verse number="11">त्‍यस बेला परमेश्‍वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्‍नुभयो। मैले भनें ‘हजूर।’</verse>
				<verse number="12">र उहाँले भन्‍नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्‌ने सबै बोकाहरूलाई हेर्‌। ती पेटारे, थोप्‍ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु।</verse>
				<verse number="13">तैंले खामामा तेल खन्‍याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्‍वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्‍मभूमिमा जा’।”</verse>
				<verse number="14">तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्‍ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्‍तै सम्‍झनुभएको छैन र?</verse>
				<verse number="15">उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्‍ति दिइएको पैसा पनि आफैले चलाइसक्‍नुभएको छ।</verse>
				<verse number="16">हाम्रा बुबाबाट परमेश्‍वरले लानुभएको सबै सम्‍पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्‍वरले तपाईंलाई जे-जसो गर्नू भन्‍नुभयो त्‍यसै गर्नुहोस्‌।”</verse>
				<verse number="17">तब याकूब उठेर आफ्‍ना छोराहरू र पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे।</verse>
				<verse number="18">अनि तिनले आफ्‍ना सबै गाईबस्‍तुलाई अगि धपाई पद्दन-आराममा रहँदा आफूले प्राप्‍त गरेका जम्‍मै सम्‍पत्ति लिएर आफ्‍ना पिता इसहाककहाँ कनान देशमा जानलाई तिनी निस्‍के।</verse>
				<verse number="19">त्‍यस बेला जब लाबानचाहिँ आफ्‍ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्‍ना बुबाका घर-देवताहरू चोरेर लगिन्‌।</verse>
				<verse number="20">त्‍यसबाहेक अरामी लाबानलाई याकूबले झुक्‍क्‍याए, कारण तिनको भाग्‍ने मति छ भनेर तिनले उनलाई बताएनन्‌।</verse>
				<verse number="21">यसरी आफूसँग भएका सबै कुरा लिएर याकूब भागेर महानदी यूफ्रेटिस तरे, र गिलादको पहाड़ी देशतर्फ लागे।</verse>
				<verse number="22">तेस्रो दिनमा याकूब भागेको खबर लाबानले सुने,</verse>
				<verse number="23">अनि उनले आफ्‍ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनसम्‍म तिनलाई लखेटे, र गिलादको पहाड़ी देशमा तिनलाई भेट्टाए।</verse>
				<verse number="24">तब अरामी लाबानकहाँ राती सपनामा परमेश्‍वर देखा पर्नुभयो, र उनलाई भन्‍नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्‌।”</verse>
				<verse number="25">लाबानले याकूबलाई भेट्टाउँदा याकूबले आफ्‍नो पाल गिलादको पहाड़ी देशमा टाँगेका थिए, र लाबानले पनि आफ्‍ना दाजुभाइहरूका साथमा त्‍यहीँ पाल टाँगे।</verse>
				<verse number="26">लाबानले याकूबलाई भने, “तिमीले मलाई झुक्‍क्‍याएर मेरा छोरीहरूलाई लड़ाइँका कैदीहरूलाई झैँ लगेर यो के गरेको?</verse>
				<verse number="27">तिमी किन मलाई नभनीकन सुटुक्‍क भागेर मलाई धोका दियौ? म वीणा र खैँजड़ीको खुशीयालीमा तिमीलाई पठाउनेथिएँ।</verse>
				<verse number="28">मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्‍वाइँ खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्‍यौ।</verse>
				<verse number="29">तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्‍वरले हिजो राती मलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="30">‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्‌।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्‍यादै इच्‍छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्‍यौ?”</verse>
				<verse number="31">याकूबले लाबानलाई जवाफ दिए, “तपाईंले आफ्‍ना छोरीहरूलाई मबाट जबरजस्‍तसाथ खोस्‍नुहुन्‍छ कि भन्‍ने मलाई डर लाग्‍यो।</verse>
				<verse number="32">तर तपाईंका देवताहरू जससँग भेट्टाउनुहुन्‍छ त्‍यो जीवित रहनेछैन। मसँग भएको तपाईंको कुन चीज छ सो हाम्रा कुटुम्‍बका सामुन्‍ने चिन्‍नुहोस्, र लिनुहोस्‌।” राहेलले ती चोरेकी याकूबलाई थाहै थिएन।</verse>
				<verse number="33">तब लाबान याकूबको पालभित्र, त्‍यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्‌। उनी लेआको पालबाट निस्‍केर राहेलको पालभित्र पसे।</verse>
				<verse number="34">तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्‍नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन्‌। लाबानले पालमा जताततै धुँइधुँइती खोजे तर ती पाउनै सकेनन्‌।</verse>
				<verse number="35">राहेलले आफ्‍ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्‌नु भएन।” यसरी उनले खोज्‍न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्‌।</verse>
				<verse number="36">याकूब झोकिए, र लाबानलाई हप्‍काएर भने,</verse>
				<verse number="37">“मेरो अपराध के छ र तपाईंले मलाई यसरी लखेट्‌नुभयो? अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो। तपाईंका घरेलु मालहरूमध्‍ये के भेट्टाउनुभयो खै? ती तपाईंका र मेरा कुटुम्‍बहरूका अगाड़ि राखिदिनुहोस्‌। यिनीहरूले हामी दुईका बीचमा इन्‍साफ गरिदिनेछन्‌।”</verse>
				<verse number="38">“यी बीस वर्षदेखि म तपाईंसँग छु। त्‍यतिञ्‍जेल तपाईंका भेड़ीहरू र बाख्रीहरूका गर्भ कहिल्‍यै तुहेनन्‌। मैले तपाईंका बगालका भेड़ाहरू खाइनँ।</verse>
				<verse number="39">जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईंकहाँ मैले ल्‍याउँदिनथें। बरु क्षतिपूर्ति मैले गर्थें। दिनमा होस्‌ वा रातमा होस्‌ चोरी भएकाहरूको मोल पनि तपाईंले मबाटै लिनुहुन्‍थ्‍यो।</verse>
				<verse number="40">दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्‍तै थियो। मेरा आँखामा पटक्‍कै निद्रा लाग्‍दैनथ्‍यो।</verse>
				<verse number="41">यी बीस वर्ष म यसरी तपाईंको घरमा रहें। तपाईंका दुई छोरीहरूका निम्‍ति मैले चौध वर्ष सेवा गरें, र छ वर्षसम्‍म तपाईंका बगालको हेरचाह गरें। र तपाईंले मेरो ज्‍याला दश चोटि बदल्‍नुभयो।</verse>
				<verse number="42">मेरा बुबाका परमेश्‍वर, जो अब्राहामका परमेश्‍वर, जो इसहाकको “भय” हुनुहुन्‍छ, यदि उहाँ मसँग नहुनुभए निश्‍चय नै अहिले तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथियो। तर परमेश्‍वरले मेरो कष्‍ट र मेरो हातको मेहनत देख्‍नुभयो, र तपाईंलाई गत रात हप्‍काउनुभएको हो।”</verse>
				<verse number="43">लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्‌। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्‌। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्‍छौ सबै मेरै हुन्‌। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्‍माएका छोराछोरीहरूलाई म के गर्न सक्‍छु र?</verse>
				<verse number="44">अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौं, र तिम्रो र मेरो बीचमा त्‍यही नै साक्षी होस्‌।”</verse>
				<verse number="45">तब याकूबले एउटा ढुङ्गो ल्‍याएर खामोजस्‍तै खड़ा गरे।</verse>
				<verse number="46">अनि याकूबले आफ्‍ना दाजुभाइहरूलाई भने, “तपाईंहरू पनि ढुङ्गाहरू ल्‍याउनुहोस्‌।” तिनीहरूले ढुङ्गा ल्‍याएर एक थुप्रो लगाए, र तिनीहरूले त्‍यही ढुङ्गाको थुप्रोनेर खानपान गरे।</verse>
				<verse number="47">लाबानले त्‍यस ढुङ्गाको थुप्रोको नाउँ यगर-सहदूता राखे, र याकूबले त्‍यसलाई गलेद भने।</verse>
				<verse number="48">लाबानले भने, “आज यो ढुङ्गाको थुप्रो तिम्रो र मेरो बीचमा साक्षीको रूपमा खड़ा छ।”</verse>
				<verse number="49">यसैकारण त्‍यसको नाउँ गलेद राखियो। त्‍यसको नाउँ मिस्‍पा पनि थियो, किनभने उनले भने, “हामी एक-अर्काबाट अलग हुँदा पनि तिम्रो र मेरो बीचमा परमप्रभुले हेरचाह गरून्‌।</verse>
				<verse number="50">तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्‍यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्‍नीहरू ल्‍यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्‍छ।</verse>
				<verse number="51">लाबानले याकूबलाई फेरि भने, “मैले तिम्रो र मेरो बीचमा खड़ा गरेर राखेको यो ढुङ्गाको थुप्रो र खामो हेर।</verse>
				<verse number="52">यो थुप्रो र यो खामो साक्षी रहून्‌ कि यो थुप्रो नाघेर म तिमीकहाँ हानि गर्न पारि आउनेछैनँ, अनि यो थुप्रो र खामो नाघेर तिमी पनि मकहाँ हानि गर्नलाई वारि नआऊ।</verse>
				<verse number="53">अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर र उनीहरूका पिताका परमेश्‍वरले हाम्रा बीचमा इन्‍साफ गरून्‌।” यसकारण याकूबले आफ्‍ना पिता इसहाकको “भय” साक्षीको रूपमा राखेर शपथ खाए।</verse>
				<verse number="54">याकूबले त्‍यस पहाड़ी देशमा बलिदान चढ़ाए, र आफ्‍ना कुटुम्‍बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्‍यो रात त्‍यही ठाउँमा बिताए।</verse>
				<verse number="55">लाबान बिहान सबेरै उठे, आफ्‍ना नाति-नातिनाहरू र छोरीहरूलाई म्‍वाइँ खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्‍यसपछि उनी बिदा भएर घर फर्के।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">याकूब पनि आफ्‍नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसँग भेट गरे।</verse>
				<verse number="2">याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्‍वरको छाउनी हो।” यसकारण तिनले त्‍यस ठाउँको नाउँ महनोम राखे।</verse>
				<verse number="3">याकूबले एदोमका देशको सेइरमा आफ्‍ना दाजु एसावकहाँ आफ्‍नो अगि दूतहरू पठाए।</verse>
				<verse number="4">याकूबले तिनीहरूलाई यसो भन्‍ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू, ‘तपाईंको दास याकूब यसो भन्‍छ, म लाबानसँग बसोबास गरी अहिलेसम्‍म त्‍यहीँ रहें।</verse>
				<verse number="5">मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्‍ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्‍ती गर्न पठाएको हुँ’।”</verse>
				<verse number="6">ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्‍छ।”</verse>
				<verse number="7">तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे।</verse>
				<verse number="8">“यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्‍कन सक्‍ला” भनी तिनले सोचे।</verse>
				<verse number="9">तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्‍वर, र मेरो बुबा इसहाकका परमेश्‍वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्‍बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्‍नुभएको थियो।</verse>
				<verse number="10">तपाईंले आफ्‍नो दासलाई जत्ति करुणा र विश्‍वासयोग्‍यता देखाउनुभएको छ त्‍यसको म कत्ति पनि योग्‍य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्‌।</verse>
				<verse number="11">म बिन्‍ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्‍छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्‍मैलाई आक्रमण गर्लान्‌।</verse>
				<verse number="12">तर तपाईंले भन्‍नुभएको छ, ‘साँच्‍ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्‍तानहरू समुद्रका बालुवासरह तुल्‍याउनेछु, जो गन्‍न सकिने छैन’।”</verse>
				<verse number="13">तिनी त्‍यस रात त्‍यहीँ वास बसे, र आफूसँग भएको सम्‍पत्तिबाट तिनले दाजु एसावको निम्‍ति सौगात छुट्ट्याए:</verse>
				<verse number="14">अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा,</verse>
				<verse number="15">तीस दुहुना ऊँट र तिनका बच्‍चा, चालीस गाई र दश साँढ़े, बीस गधैनी र दश गधा।</verse>
				<verse number="16">यी सबैका लागि तिनले बथान गरी आफ्‍ना कमारीहरूलाई जिम्‍मा लगाए, र तिनीहरूलाई भने, “मभन्‍दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।”</verse>
				<verse number="17">तिनले सबैभन्‍दा अगिल्‍लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्‌?’ भनेर सोध्‍नुभयो भने,</verse>
				<verse number="18">तैंले यसो भन्‍नू: ‘ती त तपाईंका दास याकूबका हुन्‌। यी जम्‍मै मेरा प्रभु एसावको निम्‍ति सौगातको रूपमा पठाएका हुन्‌। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्‌’।”</verse>
				<verse number="19">तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्‍ने जम्‍मैलाई आज्ञा दिए: “एसावलाई भेट्‌दा तिमीहरूले उही किसिमले भन्‍नू। विशेष गरी तिमीहरूले यसो भन्‍नू,</verse>
				<verse number="20">‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रा पछिपछि आउँदैछन्‌’।” किनभने तिनले यस्‍तो विचार गरे, “मेरो अगिअगि गएको सौगातले म उनको रीस साम्‍य गर्न सक्‍छु होला। त्‍यसपछि म उनको सामु पर्दा शायद उनले मलाई ग्रहण गर्नेछन्‌।”</verse>
				<verse number="21">यसैकारण ती सौगात तिनीभन्‍दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्‍यस रात आफ्‍नै पालमा बसी बिताए।</verse>
				<verse number="22">त्‍यस रात याकूब उठे, र तिनका दुई पत्‍नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्‍बोक नदी तरे।</verse>
				<verse number="23">तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्‍यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए।</verse>
				<verse number="24">यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्‍यक्ति उज्‍यालो नहोउञ्‍जेल तिनीसित कुश्‍ती लड़े।</verse>
				<verse number="25">यी व्‍यक्तिले याकूबलाई जित्‍न नसकेका देखेर याकूबका कम्‍मरको खोक्रो भाग छोए, र उनीसित कुश्‍ती लड्‌दालड्‌दै याकूबको कम्‍मरको गेड़ी फुस्‍क्‍यो।</verse>
				<verse number="26">तब ती व्‍यक्तिले भने, “उज्‍यालो हुन लाग्‍यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्‍जेल म तपाईंलाई जान दिन्‍नँ।”</verse>
				<verse number="27">उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।”</verse>
				<verse number="28">त्‍यस व्‍यक्तिले भने, “अब उप्रान्‍त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्‍वर र मानिसहरूसँग लड़न्‍त गर्‍यौ, अनि विजयी भयौ।”</verse>
				<verse number="29">तब याकूबले उनलाई सोधे, “बिन्‍ती छ, मलाई भन्‍नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्‍छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए।</verse>
				<verse number="30">यसकारण याकूबले त्‍यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्‍वरको सम्‍मुखै परे तापनि मेरो ज्‍यान बाँच्‍यो” भनी तिनले भने।</verse>
				<verse number="31">तिनको कम्‍मरले गर्दा तिनी खोच्‍याई-खोच्‍याई हिँड़ेर पनीएल नाघिसक्‍दा सूर्योदय भयो।</verse>
				<verse number="32">तिनका कम्‍मरको नसो छोइएको हुनाले आजसम्‍म इस्राएलीहरू कम्‍मरको नसो खाँदैनन्‌।</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">याकूबले आफ्‍ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्‍ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्‍मामा विभक्त गरिदिए।</verse>
				<verse number="2">तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्‍दा अगाड़ि, त्‍यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्‍दा पछि राखे।</verse>
				<verse number="3">तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्‍ना दाजुको नजिक नपुगुञ्‍जेल सात चोटि भूइँमा ढोग्‍दैगए।</verse>
				<verse number="4">तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्‍वाइँ खाए, र तिनीहरू दुवै खूब रोए।</verse>
				<verse number="5">तब एसावले यसो हेर्दा ती स्‍त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्‌?” याकूबले भने, “परमेश्‍वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्‍चा हुन्‌।”</verse>
				<verse number="6">तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे।</verse>
				<verse number="7">त्‍यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्‍दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।</verse>
				<verse number="8">एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?” याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।”</verse>
				<verse number="9">तर एसावले भने, “भाइ, मसँग प्रशस्‍तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्‌।”</verse>
				<verse number="10">याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्‌। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्‍वागत गर्नुभयो कि साँच्‍ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्‍वरकै दर्शन पाएझैँ लाग्‍यो।</verse>
				<verse number="11">अब बिन्‍ती छ, तपाईंलाई नै भनेर ल्‍याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्‍वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्‍तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।</verse>
				<verse number="12">तब एसावले भने, “अब हामी अगि बढ़ौं। म तिमीलाई साथ दिनेछु।”</verse>
				<verse number="13">तर याकूबले उनलाई भने, “हजूरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन्, र दुहुना बथानहरूको मलाई फिक्री लाग्‍छ। तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालान्‌।</verse>
				<verse number="14">यसकारण म हजूरलाई बिन्‍ती गर्दछु, कि तपाईं नै मभन्‍दा अगि जानुहोस्‌। मचाहिँ मभन्‍दा अगाड़ि गएका गाईबस्‍तुहरू र यी बालबच्‍चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्‍जेल बिस्‍तार हिँड़ेर आउनेछु।”</verse>
				<verse number="15">एसावले भने, “मसँग भएका केही मानिसहरू तिमीसित छोड़िदिनेछु।” तर याकूबले भने, “यसको दरकार होला र? हजूरको निगाह मात्र ममाथि रहोस्‌।”</verse>
				<verse number="16">यसैले एसाव त्‍यही दिन सेइरमा फर्के।</verse>
				<verse number="17">तर याकूबचाहिँ सुक्‍कोततिर लागे, र आफ्‍नो लागि एउटा डेरा र गाईबस्‍तुलाई छाप्राहरू बनाए। यसैकारण त्‍यस ठाउँको नाउँ सुक्‍कोत राखियो।</verse>
				<verse number="18">याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्‍ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्‍यस सहरको अगि आफ्‍नो पाल टाँगेर वास गरे।</verse>
				<verse number="19">आफूले पाल टाँगेको जग्‍गा शकेमका बाबु हमोरका छोराहरूबाट तिनले एक सय चाँदीका टुक्रा दाम हालेर किने।</verse>
				<verse number="20">त्‍यहाँ तिनले एउटा वेदी बनाएर त्‍यसको नाउँ एल-एलोह-इस्राएल राखे।</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">याकूबबाट लेआले जन्‍माएकी छोरी दीना त्‍यस ठाउँका स्‍त्रीहरूसँग भेट गर्न गइन्‌।</verse>
				<verse number="2">त्‍यस ठाउँका रजौटा हिव्‍वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे।</verse>
				<verse number="3">उनको मन याकूबकी छोरी दीनातर्फ बस्‍यो। उनले ती कन्‍यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे।</verse>
				<verse number="4">तब शकेमले आफ्‍ना बुबा हमोरलाई यसो भने, “मेरी पत्‍नी तुल्‍याउनलाई त्‍यो कन्‍या मलाई ल्‍याइदिनुहोस्‌।”</verse>
				<verse number="5">शकेमले आफ्‍नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्‍तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्‍जेल तिनी चूपै लागिबसे।</verse>
				<verse number="6">तब शकेमका बुबा हमोरचाहिँ कुरा गर्न याकूबकहाँ आए।</verse>
				<verse number="7">भएका घटनाहरू सुनेर याकूबका छोराहरू चरनबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकूबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्‍जत गरिदिएका थिए। यस्‍तो काम गर्नु उचित थिएन।</verse>
				<verse number="8">तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्‍त भएको छ। कृपा गरी त्‍यसलाई दीनासँग विवाह गर्न दिनुहोस्‌।</verse>
				<verse number="9">तपाईंहरू हामीसँग बिहाबारी गर्नुहोस्‌। तपाईंका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरू लिनुहोस्‌।</verse>
				<verse number="10">तपाईंहरू हामीसँगै बस्‍नुहोस्, र यो ठाउँ तपाईंहरूका निम्‍ति खुला रहनेछ। यहीँ बसोबास गर्नुहोस्, व्‍यापार गर्नुहोस्‌ र सम्‍पत्ति जोड्‌नुहोस्‌।”</verse>
				<verse number="11">शकेमले पनि ती कन्‍याका बाबु र दाजुभाइहरूलाई भने, “ममाथि तपाईंहरूको निगाह रहोस्‌। तपाईंहरू मसँग जे भन्‍नुहुन्‍छ म दिनेछु।</verse>
				<verse number="12">दाइजो र विवाहको उपहार जत्तिसुकै भन्‍नुहुन्‍छ माग्‍नुहोस्, र तपाईंहरूले भन्‍नुभएबमोजिम म दिनेछु। केवल त्‍यो कन्‍यासँग मलाई विवाह गर्न दिनुहोस्‌।”</verse>
				<verse number="13">शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए।</verse>
				<verse number="14">तिनीहरूले उनीहरूलाई भने, “खतना नभएकोलाई हाम्री बहिनी दिने काम हामीबाट हुनै सक्‍दैन। किनभने त्‍यसो गर्‍यौं भने हाम्रो बेइज्‍जत हुन्‍छ।</verse>
				<verse number="15">यही शर्तमा मात्र हामी तपाईंले भन्‍नुभएको कुरा मान्‍नेछौं, कि तपाईंहरू पनि हामीजस्‍तै हुनुहोस्, अर्थात्‌ प्रत्‍येक पुरुषको खतना गरिओस्‌। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं,</verse>
				<verse number="16">र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं।</verse>
				<verse number="17">तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्‍नुहुन्‍न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्‍नेछौं।”</verse>
				<verse number="18">हमोर र उनका छोरा शकेमलाई तिनीहरूको कुरा मन पर्‍यो।</verse>
				<verse number="19">ती युवकले यो काम गर्नु कति पनि ढिलाएनन्, किनभने याकूबकी छोरीसित उनी मोहित भएका थिए। उनी आफ्‍ना बुबाको घरानाका सबैभन्‍दा बढ़ी आदरणीय थिए।</verse>
				<verse number="20">यसकारण हमोर र उनका छोरा शकेम सहरको मूल ढोकामा आएर सहरवासीहरू सबैलाई यसो भने,</verse>
				<verse number="21">“यी मानिसहरू शान्‍तिप्रिय छन्‌। तिनीहरू यस देशमा बसेर व्‍यापार गरून्‌। तिनीहरूका निम्‍ति जमिन पनि प्रशस्‍तै छ।</verse>
				<verse number="22">हाम्रा र तिनीहरूका बीचमा बिहाबारी पनि चलोस्‌। तिनीहरू हामीसित बसोबास गरेर एउटै जाति बन्‍न यही शर्तमा मन्‍जूर गर्छन्‌ कि तिनीहरूको खतना भएझैँ हामीहरूको हरेक पुरुषको खतना हुनुपर्छ।</verse>
				<verse number="23">के तिनीहरूका गाईबस्‍तु र धन-सम्‍पत्ति र सबै वस्‍तुहरू हाम्रै हुनेछैनन्‌ र? केवल हामी तिनीहरूको कुरा मन्‍जूर गरौं, र तिनीहरू हामीसित बस्‍नेछन्‌।”</verse>
				<verse number="24">सहरको मूल ढोकाबाट निस्‍कने सबैले हमोर र उनका छोरा शकेमको कुरा माने, र ती सबैको खतना भयो।</verse>
				<verse number="25">तेस्रो दिन जब उनीहरू साह्रै पीडित अवस्‍थामा थिए, तब याकूबका दुई छोराहरू, दीनाका दाजुहरू शिमियोन र लेवी आ-आफ्‍नो तरवार लिएर गुप्‍त रूपले सहरमा पसे, र सबै पुरुषहरूलाई मारे।</verse>
				<verse number="26">तिनीहरूले हमोर र उनका छोरा शकेमलाई पनि तरवारले काटेर मारे, र शकेमको घरबाट दीनालाई लिएर गए।</verse>
				<verse number="27">अनि याकूबका छोराहरूले तिनीहरूकी बहिनीलाई उनीहरूले बिगारिदिएका हुनाले ती मारिएकाहरूकहाँ आएर त्‍यस सहरलाई लुटे।</verse>
				<verse number="28">तिनीहरूले उनीहरूका बगाल र बथानहरू, गधाहरू, र त्‍यस सहरमा र खेतमा भएका सबै कुरा पनि लगे।</verse>
				<verse number="29">उनीहरूका सबै धन-सम्‍पत्ति, सबै बालबच्‍चा, र उनीहरूका पत्‍नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे।</verse>
				<verse number="30">तब याकूबले शिमियोन र लेवीलाई भने, “कनानी र परिज्‍जीहरूको यस देशका बासिन्‍दाहरूमा तिमीहरूले मलाई अप्रिय तुल्‍याएर सङ्कष्‍टमा पारिदिएका छौ। मेरा मानिसहरू थोरै छन्‌। यदि उनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने मलाई र मेरो घरका सबैलाई खतम पार्नेछन्‌।”</verse>
				<verse number="31">तर तिनीहरूले उत्तर दिए, “के त्‍यसले हाम्री बहिनीलाई वेश्‍याजस्‍तै तुल्‍याउनु हुन्‍छ त?”</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">त्‍यसपछि परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्‍यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्‍दाखेरि तँकहाँ देखा पर्ने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी बना।”</verse>
				<verse number="2">यसकारण याकूबले आफ्‍नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्‍काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर।</verse>
				<verse number="3">तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्‍नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी म बनाउनेछु।”</verse>
				<verse number="4">यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्‍ना कानमा भएका कुण्‍डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए।</verse>
				<verse number="5">जब तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे तब परमेश्‍वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन।</verse>
				<verse number="6">याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात्‌ बेथेलमा आइपुगे।</verse>
				<verse number="7">त्‍यहाँ तिनले एउटा वेदी बनाए। त्‍यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्‍वरले आफैलाई त्‍यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो।</verse>
				<verse number="8">त्‍यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्‍यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्‍यसैले त्‍यस ठाउँको नाउँ अल्‍लोन-बकुत राखे।</verse>
				<verse number="9">याकूब पद्दन-आरामबाट आएपछि परमेश्‍वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष्‌ दिनुभयो।</verse>
				<verse number="10">परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्‍त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो।</verse>
				<verse number="11">परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। फल्‍दै-फुल्‍दैजा, र संख्‍यामा तेरो वृद्धि होस्‌। एउटा जाति र जातिहरूको समूह तँबाट उत्‍पन्‍न हुनेछन्, र राजाहरू पनि तँबाट उत्‍पन्‍न हुनेछन्‌।</verse>
				<verse number="12">अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्‍यो देश तँपछि हुने तेरा सन्‍तानलाई दिनेछु।”</verse>
				<verse number="13">तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्‍वर उक्‍लिहाल्‍नुभयो।</verse>
				<verse number="14">परमेश्‍वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्‍यसमा अर्घ-बलि चढ़ाएर तेल खन्‍याए।</verse>
				<verse number="15">परमेश्‍वरले तिनीसँग कुरा गर्नुभएको त्‍यस ठाउँको नाउँ याकूबले बेथेल राखे।</verse>
				<verse number="16">तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्‍न अझ केही बाँकी छँदै राहेललाई सुत्‍केरी बेथा लाग्‍यो, र तिनलाई ज्‍यादै पीडा भयो।</verse>
				<verse number="17">तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।”</verse>
				<verse number="18">तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्‌) तिनले त्‍यस बालकको नाउँ बेन-ओनी राखिन्‌। तर त्‍यसका बुबाले बालकको नाउँ बेन्‍यामीन राखे।</verse>
				<verse number="19">यसरी राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े।</verse>
				<verse number="20">याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्‍म पनि छँदैछ।</verse>
				<verse number="21">इस्राएल अगि बढ़े, र तिनले मिग्‍दल-एदेरबाट पारिपट्टि आफ्‍नो पाल टाँगे।</verse>
				<verse number="22">इस्राएल त्‍यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्‍हासँग सुते, र इस्राएलले यो कुरा सुने।</verse>
				<verse number="23">याकूबका बाह्रजना छोराहरू थिए: लेआतर्फका छोराहरू: जेठा रूबेन, त्‍यसपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून।</verse>
				<verse number="24">राहेलतर्फका छोराहरू: योसेफ र बेन्‍यामीन।</verse>
				<verse number="25">राहेलकी कमारी बिल्‍हातर्फका छोराहरू: दान र नप्‍ताली।</verse>
				<verse number="26">लेआकी कमारी जिल्‍पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्‍मेका याकूबका छोराहरू यी नै हुन्‌।</verse>
				<verse number="27">याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात्‌ किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए।</verse>
				<verse number="28">इसहाकको जम्‍मा उमेर एक सय असी वर्ष भएको थियो।</verse>
				<verse number="29">तब इसहाकको मृत्‍यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">एसाव, अर्थात्‌ एदोमको वृत्तान्‍त यही हो।</verse>
				<verse number="2">एसावले कनानी स्‍त्रीहरूमध्‍येबाट पत्‍नी ल्‍याए: अर्थात्‌ हित्ती एलोनकी छोरी आदा र हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,</verse>
				<verse number="3">तथा इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत।</verse>
				<verse number="4">एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्,</verse>
				<verse number="5">अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माइन्‌। कनान देशमा जन्‍मेका एसावका छोराहरू यी नै हुन्‌।</verse>
				<verse number="6">आफ्‍ना पत्‍नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्‍तुहरू, र तिनका अरू जम्‍मै पशुहरू र कनान देशमा प्राप्‍त गरेका सबै सम्‍पत्तिहरू लिएर एसाव आफ्‍नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए।</verse>
				<verse number="7">धेरै धन-सम्‍पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्‍न सकेनन्‌। तिनीहरूका गाईबस्‍तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन।</verse>
				<verse number="8">यसकारण एसावले (अर्थात्‌ एदोमले) सेइरको देशमा बसोबास गरे।</verse>
				<verse number="9">सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्‍त यही हो।</verse>
				<verse number="10">एसावका छोराहरूका नाउँ यी नै हुन्‌: एसावकी पत्‍नी आदाका छोरा एलीपज, र एसावकी पत्‍नी बासमतका छोरा रूएल।</verse>
				<verse number="11">एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज।</verse>
				<verse number="12">एसावका छोरा एलीपजकी तीम्‍न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्‍यसले अमालेकलाई जन्‍माई। एसावकी पत्‍नी आदाका नातिहरू यी नै हुन्‌।</verse>
				<verse number="13">रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌।</verse>
				<verse number="14">एसावकी पत्‍नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।</verse>
				<verse number="15">एसावका सन्‍तानहरूमध्‍ये मुख्‍य-मुख्‍य यी नै हुन्‌: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज,</verse>
				<verse number="16">कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्‌। यिनीहरू आदाका नातिहरू हुन्‌।</verse>
				<verse number="17">एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्‍मा र मिज्‍जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्‌। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌।</verse>
				<verse number="18">एसावकी पत्‍नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाले जन्‍माएका मुखियाहरू यी नै हुन्‌।</verse>
				<verse number="19">एसाव, अर्थात्‌ एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्‌।</verse>
				<verse number="20">त्‍यस देशका बासिन्‍दा होरी सेइरका छोराहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना,</verse>
				<verse number="21">दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्‌।</verse>
				<verse number="22">लोतानका छोराहरू: होरी र हेमान। तीम्‍न लोतानकी बहिनी थिइन्‌।</verse>
				<verse number="23">शोबालका छोराहरू: अल्‍बान, मानहत, एबाल, शपो र ओनाम।</verse>
				<verse number="24">सिबोनका छोराहरू: अय्‍या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्‌।</verse>
				<verse number="25">अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।</verse>
				<verse number="26">दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान।</verse>
				<verse number="27">एसेरका छोराहरू: बिल्‍हान, जावान र अकान।</verse>
				<verse number="28">दीशानका छोराहरू: ऊज र आरान।</verse>
				<verse number="29">होरीहरूका मुखियाहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना,</verse>
				<verse number="30">दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्‌।</verse>
				<verse number="31">इस्राएलका कुनै राजाले राज्‍य गर्नुभन्‍दा अगि एदोम देशमा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌:</verse>
				<verse number="32">बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्‍हावा थियो।</verse>
				<verse number="33">बेलाको मृत्‍युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्‍य गरे।</verse>
				<verse number="34">योबाबको मृत्‍युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्‍य गरे।</verse>
				<verse number="35">हूशामको मृत्‍युपछि मोआब देशमा मिद्यानलाई जित्‍ने बददका छोरा हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ अवीत थियो।</verse>
				<verse number="36">हददको मृत्‍युपछि मास्रेकामा बस्‍ने सम्‍लाले उनको सट्टामा राज्‍य गरे।</verse>
				<verse number="37">सम्‍लाको मृत्‍युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्‍य गरे।</verse>
				<verse number="38">शौलको मृत्‍युपछि अक्‍बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्‍य गरे।</verse>
				<verse number="39">अक्‍बोरका छोरा बाल-हानानको मृत्‍युपछि हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्‌।</verse>
				<verse number="40">एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्‌: तीम्‍न, अल्‍वा, यतेत,</verse>
				<verse number="41">ओहोलीबामा, एलाह, पीनोन,</verse>
				<verse number="42">कनज, तेमान, मिब्‍सार</verse>
				<verse number="43">मग्‍दीएल र ईराम। तिनीहरूले कब्‍जा गरेको देशमा तिनीहरूका वासस्‍थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्‌। एदोमीहरूका पुर्खा एसावको वृत्तान्‍त यही हो।</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">याकूब आफ्‍ना बाबुले बसोबास गरेको कनान देशमा बस्‍थे।</verse>
				<verse number="2">याकूबको वृत्तान्‍त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्‍ना पिताका पत्‍नीहरू बिल्‍हा र जिल्‍पाका छोराहरूको खराब व्‍यवहारको कुरा आफ्‍ना बुबाकहाँ ल्‍याए।</verse>
				<verse number="3">आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए।</verse>
				<verse number="4">तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।</verse>
				<verse number="5">एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे।</verse>
				<verse number="6">तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्‌। हामीहरू खेतमा अन्‍नका बिटा बाँधिरहेका थियौं।</verse>
				<verse number="7">मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।”</verse>
				<verse number="8">तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्‍य गर्ने भइस्‌? के तेरो प्रभुत्‍व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन्‌ दुश्‍मनी राखे।</verse>
				<verse number="9">तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्‍नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्‍द्र र एघार वटा ताराले मलाई दण्‍डवत्‌ गरिरहेका थिए।”</verse>
				<verse number="10">जब तिनले आफ्‍ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्‍काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्‍ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्‍मै झुकेर तँलाई ढोग्नुपर्ने?”</verse>
				<verse number="11">तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।</verse>
				<verse number="12">एक पल्‍ट तिनका दाजुहरू आफ्‍ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए।</verse>
				<verse number="13">र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्‌। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” योसेफले भने, “म तयार छु।”</verse>
				<verse number="14">इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन्‌ कि छैनन्‌। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए। योसेफ त्‍यहाँ आइपुगेपछि</verse>
				<verse number="15">एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्‍यस मानिसले तिनलाई सोध्‍यो, “तिमी कसलाई खोज्‍दैछौ?”</verse>
				<verse number="16">तिनले भने, “म मेरा दाजुहरूलाई खोज्‍दैछु। दया गरी मलाई भन्‍नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्‌?”</verse>
				<verse number="17">त्‍यस मानिसले भन्‍यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।” यसैले आफ्‍ना दाजुहरूलाई खोज्‍दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए।</verse>
				<verse number="18">उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्‍नुभन्‍दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, “त्‍यो स्‍वप्‍न-दर्शी आउँदैछ।</verse>
				<verse number="19">लौ, अब हामी त्‍यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं।</verse>
				<verse number="20">‘जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे’ भनी हामी भनौं, र त्‍यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”</verse>
				<verse number="21">यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्‍यसको ज्‍यानै त लिनुहुँदैन।”</verse>
				<verse number="22">रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्‍डोमा त्‍यसलाई फालिदिऔं। तर त्‍यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्‍ना बुबाकहाँ पुर्‍याइदिने हेतुले रूबेनले यसो भनेका थिए।</verse>
				<verse number="23">यसैले जब योसेफ आफ्‍ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्‍यो लामो लबेदा उनीहरूले फुकालेर खोसे।</verse>
				<verse number="24">अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्‍डोमा फालिदिए। त्‍यो पानी नभएको सुक्‍खा खाल्‍डो थियो।</verse>
				<verse number="25">जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्‍तिर हेरे र मिश्रतिर सुगन्‍धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्‍माएली यात्री दललाई देखे।</verse>
				<verse number="26">तब यहूदाले आफ्‍ना दाजुभाइहरूलाई भने, “हामीले आफ्‍नो भाइलाई मारेर त्‍यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्‍छ र?</verse>
				<verse number="27">आओ, अब त्‍यसलाई इश्‍माएलीहरूका हातमा बेचिदिऔं। हामी त्‍यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्‍यो हाम्रै भाइ, हाम्रै जीउजस्‍तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।</verse>
				<verse number="28">यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।</verse>
				<verse number="29">जब रूबेन खाल्‍डोमा फर्के तब योसेफलाई त्‍यस खाल्‍डोमा नदेख्‍दा उनले आफ्‍ना लुगा च्‍याते,</verse>
				<verse number="30">र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?”</verse>
				<verse number="31">तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्‍यस रगतमा चोपे।</verse>
				<verse number="32">अनि त्‍यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्‍ना बुबाकहाँ ल्‍याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस्‌ त, यो तपाईंको छोराको हो कि होइन?”</verse>
				<verse number="33">इस्राएलले त्‍यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे! नि‍स्सन्‍देह योसेफलाई धुजाधुजा पार्‍यो होला।”</verse>
				<verse number="34">तब याकूबले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे।</verse>
				<verse number="35">तिनका सबै छोराछोरीहरूले तिनलाई सान्‍त्‍वना दिने प्रयत्‍न गरे, तर तिनलाई शान्‍ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्‍ति बिलौना गरे।</verse>
				<verse number="36">यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">त्‍यस बेला यहूदाचाहिँ आफ्‍ना दाजुभाइहरूलाई छोड़ेर तलतिर हीरा नाउँ भएको कुनै एक अदुल्‍लामवासीकहाँ गए।</verse>
				<verse number="2">त्‍यहाँ यहूदाले शूआ नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए।</verse>
				<verse number="3">तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र त्‍यसको नाउँ एर्‌ राखियो।</verse>
				<verse number="4">तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्‍माइन्‌। तिनले त्‍यसको नाउँ ओनान राखिन्‌।</verse>
				<verse number="5">फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ शेलह राखिन्‌। तिनले त्‍यसलाई जन्‍माउँदा यहूदाचाहिँ कजीबमा बस्‍दैथिए।</verse>
				<verse number="6">यहूदाले उनको जेठो छोरो एर्‌को निम्‍ति एउटी पत्‍नी ल्‍याइदिए। तिनको नाउँ तामार थियो।</verse>
				<verse number="7">तर यहूदाको जेठो छोरो एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट थियो, र परमप्रभुले त्‍यसको प्राण लिनुभयो।</verse>
				<verse number="8">तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्‍य गर्, र तेरा दाजुको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्‌।”</verse>
				<verse number="9">तर सन्‍तान आफ्‍नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्‍तान नहोस्‌ भन्‍ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्‍यो।</verse>
				<verse number="10">त्‍यसले गरेको यो काम परमप्रभुको दृष्‍टिमा खराब ठहरियो, र उहाँले त्‍यसको पनि प्राण लिनुभयो।</verse>
				<verse number="11">तब यहूदाले आफ्‍नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठूलो नहोउञ्‍जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस।” किनभने शेलह त्‍यसका दाजुहरूजस्‍तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्‍नो माइतमा बसिन्‌।</verse>
				<verse number="12">रहँदा-बस्‍दा एक दिन शूआकी छोरी यहूदाकी पत्‍नी मरिन्‌। शोक गर्ने समय बितिसकेपछि यहूदा उनका मित्र अदुल्‍लामवासी हीरालाई साथमा लिएर तिम्‍नामा उनका भेड़ा कत्रनेहरूकहाँ गए।</verse>
				<verse number="13">ससुरा भेड़ा कत्रनलाई तिम्‍नामा जाँदैछन्‌ भन्‍ने खबर तामारले पाएर</verse>
				<verse number="14">विधवाको लुगा फुकाली घुम्‍टो हालेर भेष परिवर्तन गरी तिम्‍नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्‌। किनकि शेलह ठूलो भइसकेर पनि त्‍यसकी पत्‍नी हुन नपाएकी तिनले देखिन्‌।</verse>
				<verse number="15">तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर वेश्‍या भनी ठाने।</verse>
				<verse number="16">सड़कको किनारमा गएर उनले तिनलाई भने, “लौ, मलाई तिमीकहाँ आउन देऊ।” किनभने आफ्‍नै बुहारी हो भनी उनलाई थाहा थिएन। तिनले भनिन्, “तपाईं मकहाँ आउनुहुन्‍छ भने मलाई के दिनुहुन्‍छ?”</verse>
				<verse number="17">उनले जवाफ दिए, “बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु।” तिनले भनिन्, “तपाईंले त्‍यो नपठाउञ्‍जेल मसँग केही चीज बन्‍धकी राख्‍नुहुन्‍छ कि?”</verse>
				<verse number="18">यहूदाले भने, “म के बन्‍धकी राखूँ?” तिनले भनिन्, “तपाईंको छाप र त्‍यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्‍छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्‌।</verse>
				<verse number="19">तब तिनी उठेर गइहालिन्, र घुम्‍टो फुकालेर फेरि विधवाको लुगा लगाइन्‌।</verse>
				<verse number="20">यहूदाले आफ्‍ना बन्‍धकीका चीजहरू ती स्‍त्रीबाट निखन्‍नलाई आफ्‍ना मित्र अदुल्‍लामवासीको हातमा एउटा पाठो पठाइदिए। तर उनले तिनलाई भेट्टाएनन्‌।</verse>
				<verse number="21">“एनैममा बाटोको छेउमा बस्‍ने वेश्‍या कहाँ छ?” भनेर उनले त्‍यस ठाउँका मानिसहरूलाई सोधे। तिनीहरूले “यहाँ कुनै वेश्‍या छैन” भने।</verse>
				<verse number="22">तब उनी यहूदाकहाँ फर्केर आई भने, “मैले त त्‍यसलाई भेट्टाइनँ। त्‍यस ठाउँका मानिसहरूले पनि ‘यहाँ कुनै वेश्‍या छैन’ भने।”</verse>
				<verse number="23">यहूदाले भने, “ती चीजहरू त्‍यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्‍यसलाई भेट्टाएनौं।”</verse>
				<verse number="24">प्राय: तीन महिनापछि तिम्री बुहारी तामार वेश्‍याकी चालमा चलेकी छे, र बेश्‍यापनबाट गर्भवती पनि भएकी छे भन्‍ने खबर यहूदालाई सुनाइयो। तब यहूदाले भने, “त्‍यसलाई यहाँ ल्‍याएर जलाइदेओ।”</verse>
				<verse number="25">तिनलाई त्‍यहाँ ल्‍याउँदाल्‍याउँदै तिनले आफ्‍ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्‌?”</verse>
				<verse number="26">तब यहूदाले ती चीजहरू आफ्‍ना हुन्‌ भनी स्‍वीकार गरेर भने, “त्‍यो त मभन्‍दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्‍यसका पति हुनलाई दिइनँ।” त्‍यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्‌।</verse>
				<verse number="27">सुत्‍केरी हुने बेलामा तिनको गर्भमा जुम्‍ल्‍याहा रहेछन्‌ भन्‍ने थाहा भयो।</verse>
				<verse number="28">तिनलाई सुत्‍केरी व्‍यथा लाग्‍दा एउटाचाहिँले हात बाहिर निकाल्‍यो, र सुँड़ेनीले त्‍यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्‍मेको यही हो।”</verse>
				<verse number="29">तर त्‍यसले आफ्‍नो हात फेरि भित्र लगेपछि त्‍यसको भाइचाहिँ पो जन्‍म्‍यो। र त्‍यसले भनी, “ए तैंले यस्‍तो बलजफत गर्ने!” यसकारण त्‍यसको नाउँ फारेस राखियो।</verse>
				<verse number="30">पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्‍म्‍यो। त्‍यसको नाउँचाहिँ जेरह राखियो।</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्‍तान पोतीफर भन्‍ने एक जना मिश्रीले तिनलाई त्‍यहाँ ल्‍याउने इश्‍माएलीहरूका हातबाट किने।</verse>
				<verse number="2">परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र त्‍यहाँ तिनको उन्‍नति भयो। तिनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे।</verse>
				<verse number="3">तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे।</verse>
				<verse number="4">यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए।</verse>
				<verse number="5">उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो। परमप्रभुको आशिष्‌ उनको घरबार, अन्‍न-खेत र सबै कुरामाथि थियो।</verse>
				<verse number="6">यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए।</verse>
				<verse number="7">केही समयपछि तिनका मालिककी पत्‍नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्‌।”</verse>
				<verse number="8">तर तिनले अस्‍वीकार गरेर आफ्‍ना मालिककी पत्‍नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्‍मामा दिनुभएको छ।</verse>
				<verse number="9">यस घरमा मभन्‍दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्‍छ। तब कसरी यस्‍तो घोर दुष्‍ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”</verse>
				<verse number="10">अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्‍न अथवा तिनीसित बस्‍न योसेफ मानेनन्‌।</verse>
				<verse number="11">एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन।</verse>
				<verse number="12">तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्‌। तर आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्‍के।</verse>
				<verse number="13">योसेफले आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्‍केका देखेर</verse>
				<verse number="14">तिनले आफ्‍ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्‍वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्‍जत गर्न ल्‍याउनुभएको रहेछ। त्‍यो मसित सुत्‍नलाई यहाँभित्र आयो, र म चिच्‍च्‍याएर कराएँ।</verse>
				<verse number="15">म चिच्‍च्‍याएर कराएकी सुनी त्‍यसले आफ्‍नो लुगा मसँग छोड़ेर भाग्‍यो, र घरबाट बाहिर निस्‍क्‍यो।”</verse>
				<verse number="16">तिनका पति घर नआउञ्‍जेल तिनले त्‍यो लुगा आफ्‍नै साथमा राखिन्,</verse>
				<verse number="17">र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, “हामीकहाँ तपाईंले ल्‍याउनुभएको त्‍यो हिब्रू नोकर मेरो बेइज्‍जत गर्नलाई यहाँ भित्र आयो।</verse>
				<verse number="18">तर म चिच्‍च्‍याएर कराउने बित्तिकै त्‍यसले आफ्‍नो यो लुगा मकहाँ छोड़ी भागेर घरबाट निस्‍क्‍यो।”</verse>
				<verse number="19">“तपाईंको नोकरले मसँग यस्‍तो व्‍यवहार गर्‍यो” भन्‍ने कुरा जब योसेफका मालिकले आफ्‍नी पत्‍नीको मुखबाट सुने तब उनी रीसले राँकिए।</verse>
				<verse number="20">उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्‍यालखानमा लगेर हालिदिए। योसेफ त्‍यसरी झ्‍यालखानमा परे।</verse>
				<verse number="21">तर परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्‍यालखानका हाकिमको निगाहपात्र बनाउनुभयो।</verse>
				<verse number="22">यसकारण झ्‍यालखानका हाकिमले त्‍यस झ्‍यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्‍मामा राखिदिए। त्‍यहाँ जे-जे काम हुन्‍थ्‍यो ती सबै योसेफकै खटनमा हुन्‍थ्‍यो।</verse>
				<verse number="23">योसेफको जिम्‍मामा राखिएको कुनै कुरामा पनि झ्‍यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्‍यसमा सफल गराउनुहुन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">केही समयपछि मिश्रका राजाका मुख्‍य पियाउने र मुख्‍य पकाउनेले आफ्‍ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे।</verse>
				<verse number="2">फारो आफ्‍ना यी दुई अधिकृतहरू, अर्थात्‌ मुख्‍य पियाउने र मुख्‍य पकाउनेसँग क्रोधित भए।</verse>
				<verse number="3">उनले उनीहरूलाई अङ्गरक्षकका कप्‍तानको घर, अर्थात्‌ झ्‍यालखानको पहरामा हालिदिए। योसेफ पनि त्‍यहीँ नै थुनामा थिए।</verse>
				<verse number="4">अङ्गरक्षकका कप्‍तानले उनीहरूलाई योसेफको जिम्‍मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्‍म उनीहरू पहरामा नै बसे।</verse>
				<verse number="5">एक पल्‍ट एकै रात झ्‍यालखानमा परेका मिश्रका राजाका मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवैले आ-आफ्‍नो अर्थ भएका सपना देखे।</verse>
				<verse number="6">बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे।</verse>
				<verse number="7">यसकारण तिनले आफ्‍ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?”</verse>
				<verse number="8">उनीहरूले तिनलाई भने, “हामीले सपना देख्‍यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।” योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्‌।”</verse>
				<verse number="9">तब मुख्‍य पियाउनेले चाहिँ आफ्‍नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्‍ने एउटा दाखको बोट थियो।</verse>
				<verse number="10">दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्‍यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्‍क लागे, र दाखका झुप्‍पाहरू लटरम्‍म भएर पाके।</verse>
				<verse number="11">फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्‍यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।”</verse>
				<verse number="12">योसेफले उनलाई भने, “यसको अर्थ यही हो; तीन हाँगाहरू भनेको तीन दिन हो।</verse>
				<verse number="13">तीन दिनभित्रै फारोले तपाईंको शिर ठाड़ो पारिदिनुहुनेछ, र फेरि तपाईंको आफ्‍नो काम दिनुहुनेछ, र तपाईं अघि उहाँका मुख्‍य पियाउने हुनुहुँदाजस्‍तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ।</verse>
				<verse number="14">तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्‍झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्‍यालखानबाट निकालिदिनुहोला,</verse>
				<verse number="15">किनकि मलाई वास्‍तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्‍याएको हो, र यहाँ पनि झ्‍यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।”</verse>
				<verse number="16">सपनाको अर्थ असल भएको देखेर मुख्‍य पकाउनेले पनि योसेफलाई भने, “मैले पनि यस्‍तो एउटा सपना देखें। मेरो टाउकोमा रोटीका तीन वटा टोकरी थिए।</verse>
				<verse number="17">माथिल्‍लो टोकरीमा फारोको निम्‍ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।”</verse>
				<verse number="18">योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो।</verse>
				<verse number="19">तीन दिनभित्रै फारोले तपाईंको शिर उड़ाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्‍ड्याइदिनुहुनेछ। र चराहरूले तपाईंको मासु ठुँगी-ठुँगी खानेछन्‌।”</verse>
				<verse number="20">तेस्रो दिन फारोको जन्‍मदिन थियो। त्‍यस दिन उनले आफ्‍ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्‍याएर उनले मुख्‍य पियाउने र मुख्‍य पकाउनेलाई खड़ा गरे।</verse>
				<verse number="21">उनले मुख्‍य पियाउनेलाई चाहिँ आफ्‍नै काममा फेरि नियुक्त गरे, र यिनले फारोलाई कचौरा टक्र्याउने गरे।</verse>
				<verse number="22">तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्‍य पकाउनेलाई चाहिँ फारोले झुण्‍ड्याइदिए।</verse>
				<verse number="23">तापनि मुख्‍य पियाउनेले योसेफलाई सम्‍झेनन्, तर तिनलाई बिर्सिहाले।</verse>
			</chapter>
			<chapter number="41">
				<verse number="1">यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए।</verse>
				<verse number="2">नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्‍केर आए, र काँसको घारीमा चर्न लागे।</verse>
				<verse number="3">त्‍यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्‍के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए।</verse>
				<verse number="4">ती हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्‍यूँझे।</verse>
				<verse number="5">त्‍यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए।</verse>
				<verse number="6">त्‍यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्‍नका बालाहरू पसाए।</verse>
				<verse number="7">अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्‍यूँझे। त्‍यो सपना रहेछ भनी उनलाई थाहा भयो।</verse>
				<verse number="8">बिहान उनको हृदयमा ठूलो चिन्‍ता पर्‍यो, अनि उनले मिश्रका सबै जादूगर र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्‍ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्‍यहाँ कोही भएन।</verse>
				<verse number="9">तब ती मुख्‍य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो।</verse>
				<verse number="10">फारोले आफ्‍ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्‍य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुहुँदा</verse>
				<verse number="11">एउटै रात उनले र मैले आ-आफ्‍नै अर्थ भएका सपना देखेका थियौं।</verse>
				<verse number="12">त्‍यहाँ अङ्गरक्षकका कप्‍तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्‍यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्‍नो सपनाअनुसार सपनाको अर्थ त्‍यसले हामीलाई खोलिदियो।</verse>
				<verse number="13">त्‍यसले हामीलाई जस्‍तो अर्थ खोलेको थियो, त्‍यस्‍तै हुनआयो। म आफ्‍नो काममा फेरि नियुक्त भएँ, तर त्‍यो मुख्‍य पकाउनेचाहिँ झुण्‍ड्याइयो।”</verse>
				<verse number="14">यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्‍यालखानबाट निकालेर ल्‍याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्‍ने हाजिर भए।</verse>
				<verse number="15">फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्‍यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्‍न सक्‍छस्‌ रे।”</verse>
				<verse number="16">योसेफले फारोलाई भने, “यस्‍तो ज्ञान त ममा छैन। तर परमेश्‍वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्‍छ।”</verse>
				<verse number="17">तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ।</verse>
				<verse number="18">अनि सात वटा खूब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्‍केर काँसको घारीमा चर्न लागे।</verse>
				<verse number="19">त्‍यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला, मैले मिश्रमा कहिल्‍यै नदेखेका गाईहरू तिनका पछि लागे।</verse>
				<verse number="20">ती हड्डी र छाला मात्र भएका दुब्‍ला गाईहरूले पहिलेका सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले।</verse>
				<verse number="21">तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्‍न सक्‍दैनथियो, किनभने तिनीहरू अझै पनि पहिलेजस्‍तै दुब्‍लै थिए। तब म ब्‍यूँझेँ।</verse>
				<verse number="22">“मैले मेरो दोस्रो सपनामा यो पनि देखें— एउटा डाँठमा सात वटा भरिला र असल बाला पसाए।</verse>
				<verse number="23">फेरि ओइलाएका, सेप्रा र पूर्वीय बतासले हानेका सात वटा बालाहरू त्‍यसपछि पसाए।</verse>
				<verse number="24">ती सेप्रा बालाहरूले ती सात वटा असल बालाहरूलाई निलिहाले। मैले जादूगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन।”</verse>
				<verse number="25">तब योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हो। परमेश्‍वरले जे गर्न लाग्‍नुभएको छ सो फारोलाई प्रकट गर्नुभएको छ।</verse>
				<verse number="26">ती सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू सात वर्ष, र ती सात वटा असल बालाहरू पनि सात वर्ष नै हुन्‌। सपना एउटै हो।</verse>
				<verse number="27">तिनका पछिपछि आउने हड्डी र छाला मात्र भएका दुब्‍ला गाईहरू सात वर्ष हुन्‌। र ती सात वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका सात वर्ष हुन्‌।”</verse>
				<verse number="28">“यो मैले फारोलाई निवेदन गरेजस्‍तै हो— आफूले गर्न लाग्‍नुभएको कार्य फारोलाई परमेश्‍वरले देखाउनुभएको हो।</verse>
				<verse number="29">मिश्रदेशभरि जताततै सात वर्षसम्‍म ठूलो सहकाल हुनेछ,</verse>
				<verse number="30">तर त्‍यसपछि अनिकालका सात वर्ष आउनेछन्, र मिश्रभरि त्‍यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्‍वाहा पार्नेछ।</verse>
				<verse number="31">पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्‍यो अनिकाल अति भयानक हुनेछ।</verse>
				<verse number="32">फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्‍वरले निर्णय गरिसक्‍नुभएको छ, र परमेश्‍वरले चाँड़ै नै पूरा गर्नुहुनेछ।</verse>
				<verse number="33">“यसकारण अब फारोले एक जना चतुर र बुद्धिमान्‌ मानिस छानेर सारा मिश्रदेशमा अधिकार चलाउन नियुक्त गर्नुहोस्‌।</verse>
				<verse number="34">फारोबाट सहकालका सात वर्षसम्‍म मिश्रदेशका उब्‍जनीको पाँचौँ हिस्‍सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन्‌।</verse>
				<verse number="35">तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्‍मा गरून्, अनि सहर-सहरमा खानका निम्‍ति फारोको अख्‍तियारमा अनाजहरू थुपारून्‌ र ती सञ्‍चय गरून्‌।</verse>
				<verse number="36">अनिकालले देश विनाश हुन नपाओस्‌ भनी मिश्रदेशमा परिआउने ती सात वर्षको अनिकालको निम्‍ति देशको लागि ती अनाजहरू सुरक्षित राखिऊन्‌।”</verse>
				<verse number="37">यो सुझाव फारो र उनका सारा अधिकारीहरूलाई मन पर्‍यो।</verse>
				<verse number="38">अनि फारोले उनीहरूलाई भने, “यिनीजस्‍तो परमेश्‍वरका आत्‍मा भएको अन्‍य कुन मानिस हामी पाउन सक्‍छौं?”</verse>
				<verse number="39">तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्‍तो चतुर र बुद्धिमान्‌ मानिस अरू छैन।</verse>
				<verse number="40">यसकारण मेरो महलको अख्‍तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्‍त प्रजा चल्‍नेछ। केवल सिंहासनको सम्‍बन्‍धमा मात्र म तिमीभन्‍दा माथि हुनेछु।”</verse>
				<verse number="41">अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।”</verse>
				<verse number="42">तब फारोले आफ्‍नो छाप-औँठी आफ्‍नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए।</verse>
				<verse number="43">तिनलाई फारोले आफ्‍नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिए।</verse>
				<verse number="44">फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्‍दछु कि तिम्रो इच्‍छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।”</verse>
				<verse number="45">फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्‍यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे।</verse>
				<verse number="46">मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्‍मुखबाट निस्‍केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे।</verse>
				<verse number="47">सहकालका सात वर्षसम्‍म जमिनले प्रशस्‍त उब्‍जनी दियो।</verse>
				<verse number="48">तिनले सहकालका सात वर्षसम्‍म मिश्रका सबै अन्‍न जम्‍मा गरे, र सहर-सहरमा अनाजहरू थन्‍क्‍याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्‍क्‍याएर राखे।</verse>
				<verse number="49">योसेफले समुद्रका बालुवासरी प्रशस्‍त मात्रामा अनाजहरू सञ्‍चय गरे, यहाँसम्‍म कि ती अघोर प्रशस्‍त भएको कारणले तिनले हिसाब राख्‍न पनि छोड़िदिए।</verse>
				<verse number="50">अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्‍मिसकेका थिए।</verse>
				<verse number="51">जेठाको नाउँ योसेफले मनश्‍शे राखे, र तिनले भने, “परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरा बुबाका घरको सम्‍झना मलाई बिर्साउनुभएको छ।”</verse>
				<verse number="52">अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”</verse>
				<verse number="53">मिश्रको सात वर्षको ठूलो सहकालको अन्‍त भयो।</verse>
				<verse number="54">तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्‍यो। सबै देश-देशमा अनिकाल पर्‍यो, तर सारा मिश्रमा चाहिँ अन्‍न थियो।</verse>
				<verse number="55">जब सारा मिश्र अनिकालले पीडित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्‍ति बिन्‍ती चढ़ाए। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्‍छन्‌ त्‍यही गर।”</verse>
				<verse number="56">जब सारा देशभरि अनिकाल पर्‍यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्‍न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो।</verse>
				<verse number="57">यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्‍न आए। किनभने पृथ्‍वीभरि नै भयङ्कर अनिकाल परेको थियो।</verse>
			</chapter>
			<chapter number="42">
				<verse number="1">मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकूबले आफ्‍ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्काको मुख हेराहेर गर्दै बस्‍छौ?</verse>
				<verse number="2">मिश्रमा अनाज छ रे भन्‍ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्‍यहाँ गएर हाम्रा निम्‍ति अनाज किनेर ल्‍याओ।”</verse>
				<verse number="3">यसकारण योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्‍न गए।</verse>
				<verse number="4">तर याकूबले योसेफका भाइ बेन्‍यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्‌। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे।</verse>
				<verse number="5">यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्‍न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो।</verse>
				<verse number="6">त्‍यस बेला योसेफ मिश्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्‍ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भूइँसम्‍म निहुरेर तिनलाई ढोग गरे।</verse>
				<verse number="7">योसेफले आफ्‍ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्‍तै गरी कड़ासँग उनीहरूलाई सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले भने, “कनान देशबाट अनाज किन्‍न आएका हौं।”</verse>
				<verse number="8">योसेफले आफ्‍ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्‌।</verse>
				<verse number="9">तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्‍झे, र तिनले उनीहरूलाई भने, “तिमीहरू जासूस हौ। यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ।”</verse>
				<verse number="10">उनीहरूले योसेफलाई भने, “हे प्रभु, त्‍यसो होइन। हामी तपाईंका दासहरू अनाज किन्‍न आएका हौं। हामी सबै एउटै मानिसका छोराहरू हौं।</verse>
				<verse number="11">हामी सोझा मानिसहरू हौं, हामी हजूरका दासहरू हौं, जासूस होइनौं।”</verse>
				<verse number="12">तिनले उनीहरूलाई भने, “होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ।”</verse>
				<verse number="13">तब उनीहरूले भने, “हामी हजूरका दास बाह्र जना दाजुभाइहरू थियौं। कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्‍छोचाहिँ यस बेला हाम्रा बुबाका साथमा छ, र एउटाचाहिँ अब छैन।”</verse>
				<verse number="14">योसेफले उनीहरूलाई भने, “मैले भनेजस्‍तै तिमीहरू जासूस नै रहेछौ।</verse>
				<verse number="15">अब तिमीहरूको जाँच यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्‍दछु कि तिमीहरूको कान्‍छो भाइ नआएसम्‍म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ।</verse>
				<verse number="16">तिमीहरूमध्‍ये एक जनालाई तिमीहरूको भाइलाई ल्‍याउन पठाओ। त्‍यतिञ्‍जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्‍य हो कि होइन जाँचिनेछ। नत्रता फारोको जीवनको शपथ खाएर म भन्‍दछु कि तिमीहरू जासूसै हौ।”</verse>
				<verse number="17">अनि योसेफले उनीहरूलाई एकसाथ तीन दिन थुनामा राखे।</verse>
				<verse number="18">तेस्रो दिन योसेफले उनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्‍नेछौ, किनकि म परमेश्‍वरसँग डराउँछु।</verse>
				<verse number="19">यदि तिमीहरू ईमानदार हौ भने तिमीहरू दाजुभाइहरूमध्‍ये एक जना यहाँ थुनामा बस, र बाँकीचाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ।</verse>
				<verse number="20">तर तिमीहरूको कान्‍छो भाइलाई यहाँ मकहाँ ल्‍याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ, र तिमीहरू मर्नेछैनौ।” उनीहरूले त्‍यसै गरे।</verse>
				<verse number="21">उनीहरू एकले अर्कालाई भने, “साँच्‍ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्‍यसले हामीसित बिन्‍ती गर्दा हामीले त्‍यसको मनको व्‍याकुलता देखेर पनि त्‍यसको कुरा सुनेनौं। यसकारण यो सङ्कष्‍ट हामीमाथि पर्न आएको हो।”</verse>
				<verse number="22">रूबेनले उनीहरूलाई जवाफ दिए, “त्‍यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन? तर तिमीहरूले सुन्‍दै सुनेनौ। अब त्‍यसका रगतको बदला हामीले भोग्‍नुपर्छ।”</verse>
				<verse number="23">योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभासे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्‍छन्‌ भनी उनीहरूलाई थाहा भएन।</verse>
				<verse number="24">योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्‍ने उनलाई बाँधे।</verse>
				<verse number="25">योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनू र उनीहरूका आ-आफ्‍ना चाँदीका सिक्‍काहरू धोक्रामै हालिदिनू र उनीहरूको बाटोको निम्‍ति उनीहरूलाई सामलतुमल दिनू भनी हुकुम गरे। तिनीहरूका निम्‍ति त्‍यसै गरियो।</verse>
				<verse number="26">तब आफ्‍ना गधाहरूमा अनाज लादेर उनीहरू त्‍यहाँबाट हिँड़े।</verse>
				<verse number="27">वास बस्‍ने ठाउँमा उनीहरूमध्‍ये एक जनाले आफ्‍नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्‍नो चाँदी धोक्रोको मुखमै देखे।</verse>
				<verse number="28">उनले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो चाँदी त फर्काइदिएछन्‌ क्‍यारे! हेर, त्‍यो यहाँ मेरो धोक्रोको मुखैमा छ।” यसमा उनीहरूको हंसले ठाउँ छोड्‌यो, र उनीहरू थरथर काम्‍दै र एक-अर्कालाई हेराहेर गर्दै भन्‍न लागे, “परमेश्‍वरले हामीलाई यो के गर्न लाग्‍नुभयो?”</verse>
				<verse number="29">जब उनीहरू कनान देशमा आफ्‍ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए,</verse>
				<verse number="30">“त्‍यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्‍यस देशमा जासूसजस्‍तै तुल्‍याए।</verse>
				<verse number="31">तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं।</verse>
				<verse number="32">हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्‍छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्‍यौं।</verse>
				<verse number="33">“त्‍यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्‍ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्‍नो बाटो लाग।</verse>
				<verse number="34">तर तिमीहरूको कान्‍छो भाइलाई यहाँ मकहाँ ल्‍याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्‍ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्‍पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।”</verse>
				<verse number="35">उनीहरूले आफ्‍ना धोक्राहरू खन्‍याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्‍नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए।</verse>
				<verse number="36">उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्‍याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्‍यामीनलाई पनि लैजान खोज्‍छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।”</verse>
				<verse number="37">तब रूबेनले आफ्‍ना बाबुलाई भने, “यदि मैले बेन्‍यामीनलाई तपाईंकहाँ ल्‍याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्‌। बेन्‍यामीनलाई मेरो जिम्‍मामा दिनुहोस्‌। त्‍यसलाई म तपाईंकहाँ फर्काएर ल्‍याउनेछु।”</verse>
				<verse number="38">तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्‍यसको दाजु मरिहाल्‍यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्‍यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौ।”</verse>
			</chapter>
			<chapter number="43">
				<verse number="1">त्‍यस देशमा अझ भयङ्कर अनिकाल थियो।</verse>
				<verse number="2">जब मिश्रबाट ल्‍याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, “हाम्रा निम्‍ति अलिकता अनाज किन्‍न फेरि जाओ।”</verse>
				<verse number="3">तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्‍याउञ्‍जेल मेरो सम्‍मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्‌।</verse>
				<verse number="4">तपाईंले भाइलाई हाम्रो साथमा पठाउनुहुन्‍छ भने मात्र हामी गएर तपाईंको निम्‍ति अनाज किनेर ल्‍याउनेछौं।</verse>
				<verse number="5">तर त्‍यसलाई पठाउनुहुन्‍न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन्‌ कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्‍जेल तिमीहरू मेरो सम्‍मुख आउन पाउनेछैनौ’।”</verse>
				<verse number="6">इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्‍तो संकष्ट ल्‍यायौ?”</verse>
				<verse number="7">उनीहरूले जवाफ दिए, “ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्‍बका विषयमा केरकार गरी सोधपूछ गरे, ‘के तिमीहरूका बुबा अझै जीवितै छन्‌? के तिमीहरूको अरू भाइ पनि छ?’ हामीले त यी नै प्रश्‍नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई ‘तिमीहरूको भाइलाई यहाँ ल्‍याओ’ भन्‍लान्‌ भनी हामीले कसरी जान्‍नु?”</verse>
				<verse number="8">तब यहूदाले आफ्‍ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्‍नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्‍चासमेत नमरौं तर जीवितै रहौं।</verse>
				<verse number="9">यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्‍याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्‍ति दोषी ठहरिनेछु।</verse>
				<verse number="10">हामीले ढिलो नगरेको भए हामी दुई पल्‍टसम्‍म ओहोरदोहोर गर्न सक्‍नेथियौं।”</verse>
				<verse number="11">तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्‍जनीहरू, अलिक सुगन्‍धित लेप, अलिकता मह, सुगन्‍धित मसला, मूर्र, पेस्‍ता र हाड़े-बदाम ती मानिसको निम्‍ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ।</verse>
				<verse number="12">तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्‍यो फिर्ता गर्नुपर्छ। शायद त्‍यो भूलले भएको होला।</verse>
				<verse number="13">आफ्‍नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ।</verse>
				<verse number="14">तिमीहरूको अर्को भाइ र बेन्‍यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्‍ने सर्वशक्तिमान्‌ परमेश्‍वरले तिमीहरूमाथि कृपा गरून्‌। म निर्वंश हुनैपर्छ भने होस्‌।”</verse>
				<verse number="15">तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्‍यामीनलाई पनि आफ्‍ना साथमा लिई मिश्रतिर गए, र योसेफको सामुन्‍ने हाजिर भए।</verse>
				<verse number="16">जब योसेफले उनीहरूका साथमा बेन्‍यामीनलाई देखे तब तिनले आफ्‍नो घरको भण्‍डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्‌।”</verse>
				<verse number="17">योसेफले हुकुम गरेबमोजिम त्‍यस मानिसले गर्‍यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्‍यायो।</verse>
				<verse number="18">तर योसेफको घरमा ल्‍याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, “पहिलो पल्‍ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्‍याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा निहुँ पाएर हामीलाई कमारा तुल्‍याउँछन्‌ र हाम्रा गधाहरू जफत गरेर लिन्‍छन्‌ होला।”</verse>
				<verse number="19">यसैकारण योसेफका घरको हर्ताकर्ताकहाँ गएर घरको ढोकैमा त्‍यसलाई उनीहरूले भने,</verse>
				<verse number="20">“हजूर, पहिलो पल्‍ट हामी अनाज किन्‍न आएका थियौं।</verse>
				<verse number="21">वासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्‍येकले धोक्राका मुख-मुखमा हाम्रै चाँदी फेला पार्‍यौं— हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्‍ना साथमै ल्‍याएका छौं।</verse>
				<verse number="22">अनाज किन्‍नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्‍याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।”</verse>
				<verse number="23">त्‍यसले जवाफ दियो, “धन्‍दा नमान, नडराओ। तिमीहरूका परमेश्‍वर, तिमीहरूका बुबाका परमेश्‍वरले नै अवश्‍य तिमीहरूका धोक्राहरूमा धन हालिदिनुभएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएकै थिएँ।” तब त्‍यसले शिमियोनलाई निकालेर उनीहरूकहाँ ल्‍यायो।</verse>
				<verse number="24">त्‍यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्‍यो, र उनीहरूलाई आ-आफ्‍ना खुट्टा धुनलाई पानी दियो, र उनीहरूका गधाहरूलाई दानापानी पनि दियो।</verse>
				<verse number="25">मध्‍यदिनमा योसेफलाई भेट्‌ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्‍यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो।</verse>
				<verse number="26">जब योसेफ घरमा आए तब उनीहरूले आफ्‍ना साथमा ल्‍याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्‍याए, र तिनलाई साष्‍टाङ्ग प्रणाम गरे।</verse>
				<verse number="27">तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपूछ गरेर भने, “तिमीहरूका बुबा, ती वृद्ध मानिस कुशलै छन्‌? अनि के तिनी जीवितै छन्‌?”</verse>
				<verse number="28">उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्‍छ, र आजसम्‍म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्‍म निहुरेर तिनलाई ढोग गरे।</verse>
				<verse number="29">योसेफले यसो हेरेर आफ्‍नो भाइ, आफ्‍नै आमाको छोरो, बेन्‍यामीनलाई देखेर भने, “तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्‍छो भाइ यही हो?” अनि योसेफले भने, “ए मेरो छोरा, परमेश्‍वरको अनुग्रह तँमाथि रहोस्‌।”</verse>
				<verse number="30">तिनका भाइको खातिर तिनको हृदय स्‍नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्‍नो कोठाभित्र पसेर तिनी रोए।</verse>
				<verse number="31">तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्‍याओ।”</verse>
				<verse number="32">त्यसपछि तिनीहरूले योसेफको निम्‍ति छुट्टै र तिनका दाजुभाइका निम्‍ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्‍ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्‍यो। त्‍यसो गर्नु मिश्रीहरूका निम्‍ति घृणित कुरो थियो।</verse>
				<verse number="33">जेठादेखि कान्‍छासम्‍म आ-आफ्‍नो उमेरअनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्‍क परेर एउटाले अर्कालाई हेर्न लागे।</verse>
				<verse number="34">उनीहरूका भाग योसेफको टेबिलबाट झिकेर लगिएका थिए। तर बेन्‍यामीनको भागचाहिँ उनीहरू प्रत्‍येकको भन्‍दा पाँच गुणा बढ़ी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्‍द गरे।</verse>
			</chapter>
			<chapter number="44">
				<verse number="1">तब योसेफले आफ्‍नो घरको भण्‍डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्‍नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्‍नो धोक्रोको मुखमा राखिदेऊ।</verse>
				<verse number="2">अनि मेरो कचौरा, अर्थात्‌ मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्‍यस कान्‍छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्‍यसले योसेफले भनेबमोजिम गर्‍यो।</verse>
				<verse number="3">बिहान उज्‍यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए।</verse>
				<verse number="4">उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्‍नो भण्‍डारेलाई भने, “झट्टै ती मानिसहरूका पछिपछि जाऊ, र उनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, ‘तिमीहरूले किन भलोको बदला खराबी गर्‍यौ?</verse>
				<verse number="5">यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्‍छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्‍छ? यो त तिमीहरूले खराब काम गर्‍यौ’।”</verse>
				<verse number="6">त्‍यसले उनीहरूलाई भेट्टाएपछि उनीहरूसँग त्‍यही कुरा गरे।</verse>
				<verse number="7">उनीहरूले त्‍यसलाई भने, “हजूर, किन यस्‍तो कुरा गर्नुहुन्‍छ? यस्‍तो काम हजूरका दासहरूबाट दूर रहोस्‌!</verse>
				<verse number="8">हेर्नुहोस्, हाम्रा धोक्राका मुखमा हामीले भेट्टाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्‍यायौं भने कसरी हामीले हजूरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र?</verse>
				<verse number="9">हजूरका दासहरूमध्‍ये जससँग त्‍यो फेला पर्छ, त्‍यो मारिओस्‌। र हामी पनि हजूरका कमारा हुनेछौं।”</verse>
				<verse number="10">त्‍यसले भन्‍यो, “तिमीहरूले भनेजस्‍तै होस्‌ त! जससँग त्‍यो फेला पर्ला त्‍यो मेरो कमारा हुनेछ। बाँकीचाहिँ निर्दोष ठहरिनेछन्‌।”</verse>
				<verse number="11">तब हरेकले हतपत गरी आ-आफ्‍नो धोक्रो भूइँमा झारेर फुकाले।</verse>
				<verse number="12">अनि भण्‍डारेले जेठादेखि लिएर कान्‍छासम्‍मको तलाशी लियो, र त्‍यो कचौरा बेन्‍यामीनको धोक्रोमा फेला पर्‍यो।</verse>
				<verse number="13">तब उनीहरूले आफ्‍ना लुगा च्‍याते, र गधा लदाएर सहरतिर फर्के।</verse>
				<verse number="14">यहूदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्‍दा तिनी त्‍यहीँ थिए, र उनीहरूले तिनको सामु लम्‍पसार परेर प्रणाम गरे।</verse>
				<verse number="15">योसेफले उनीहरूलाई भने, “तिमीहरूले यस्‍तो के काम गर्‍यौ? मजस्‍तो मानिससँग अन्‍तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन?”</verse>
				<verse number="16">यहूदाले भने, “हामी हजूरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्‍नो सफाइ दिन सक्‍छौं र? हजूरका दासहरूको अपराध परमेश्‍वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजूरका कमारा भयौं। हामी र त्‍यो पनि जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो।”</verse>
				<verse number="17">तर योसेफले भने, “मबाट यस्‍तो कहिल्‍यै हुनेछैन। जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो त्‍यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरूचाहिँ आफ्‍ना बुबाकहाँ शान्‍तिपूर्वक जाओ।”</verse>
				<verse number="18">तब यहूदाले तिनको सामुन्‍ने गएर भने, “हे मेरा प्रभु, बिन्‍ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्‌। हजूर राजासमान हुनुभए तापनि आफ्‍नो दासप्रति रिसानी माफ रहोस्‌।</verse>
				<verse number="19">हजूरले आफ्‍ना दासहरूलाई यसो भनेर सोध्‍नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’</verse>
				<verse number="20">र हामीले हजूरलाई भन्‍यौं, हाम्रा बुबा एक वृद्ध मानिस हुनुहुन्‍छ, र उहाँको वृद्धावस्‍थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्‍यसका दाजु मरिसके, र आफ्‍नी आमापट्टिको अब त्‍यो मात्र छ, र त्‍यसका बुबाले त्‍यसलाई खूबै माया गर्नुहुन्‍छ।</verse>
				<verse number="21">“तब हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ, र म त्‍यसलाई हेर्छु।’</verse>
				<verse number="22">हामीले हजूरलाई भन्‍यौं, ‘त्‍यस केटाले आफ्‍ना बुबालाई छोड्‌न सक्‍दैन। किनकि यदि त्‍यसले आफ्‍ना बुबालाई छोड्‌नुपर्‍यो भने त्‍यसका बुबाचाहिँ मरिजानुहुन्‍छ।’</verse>
				<verse number="23">तर हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘तिमीहरूको कान्‍छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’</verse>
				<verse number="24">तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं।</verse>
				<verse number="25">“जब हाम्रा बुबाले ‘फेरि गएर अलिक अनाज किन’ भन्‍नुभयो,</verse>
				<verse number="26">तब हामीले उहाँलाई भन्‍यौं, ‘हामी जान सक्‍दैनौं। यदि हाम्रो कान्‍छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्‍छौं। किनकि हाम्रो कान्‍छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’</verse>
				<verse number="27">“तब हजूरका दास मेरा बुबाले हामीलाई भन्‍नुभयो, ‘मेरी पत्‍नीतर्फबाट दुई जना छोराहरू भएका तिमीहरूलाई थाहै छ।</verse>
				<verse number="28">एउटाले मलाई छोड़िहाल्‍यो। निश्‍चय नै त्‍यसलाई धुजाधुजा पार्‍यो होला भनी मैले भनें। त्‍यहाँदेखि मैले त्‍यसलाई देखेको छैनँ।</verse>
				<verse number="29">यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्‍यसमाथि आइपर्‍यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौ।’</verse>
				<verse number="30">“यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्‍दा त्‍यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्‍यही केटाको प्राणसँग गाँसिएको हुनाले,</verse>
				<verse number="31">हाम्रा साथमा त्‍यो नभएको देख्‍ने बित्तिकै उहाँको मृत्‍यु हुनेछ। हामी हजूरका दासहरूले हाम्रा बुबाको फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौं।</verse>
				<verse number="32">हजूरको दास, म आफै यस केटाको निम्‍ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्‍यसलाई फर्काएर तपाईंकहाँ ल्‍याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’</verse>
				<verse number="33">“यसकारण अब बिन्‍ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्‍नो कमारा तुल्‍याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्‌।</verse>
				<verse number="34">किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्‍दिनँ।”</verse>
			</chapter>
			<chapter number="45">
				<verse number="1">तब आफ्‍ना वरिपरि उभिने सबै सेवकका सामुन्‍ने आफूलाई सम्‍हाल्‍न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्‍ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्‍यहाँ अरू कोही थिएन।</verse>
				<verse number="2">अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए।</verse>
				<verse number="3">योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्‍छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्‍ने उनीहरू डराएका थिए।</verse>
				<verse number="4">तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ।</verse>
				<verse number="5">तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो।</verse>
				<verse number="6">देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन।</verse>
				<verse number="7">अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो।</verse>
				<verse number="8">“यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई फारोका बुबातुल्‍य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्‍याउनुभएको छ।</verse>
				<verse number="9">अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्‍छ: परमेश्‍वरले मलाई सारा मिश्रका मालिक तुल्‍याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्‌।</verse>
				<verse number="10">तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्‍चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्‌।</verse>
				<verse number="11">त्‍यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्‌।’</verse>
				<verse number="12">“अब तिमीहरूसँग बोल्‍ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्‍नै आँखाले र मेरो भाइ बेन्‍यामीनले पनि देखेका छौ।</verse>
				<verse number="13">मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्‍य भन्‍नू, र झट्टै मेरा बुबालाई यहाँ ल्‍याउनू।”</verse>
				<verse number="14">तब आफ्‍नो भाइ बेन्‍यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्‍यामीन पनि तिनको गलामा टाँसिएर रोए।</verse>
				<verse number="15">अनि तिनले आफ्‍ना सबै दाजुहरूलाई म्‍वाइँ खाए, र उनीहरूसित रोए। त्‍यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।</verse>
				<verse number="16">योसेफका दाजुभाइहरू आएका छन्‌ भन्‍ने खबर जब फारोको घरमा पुग्‍यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए।</verse>
				<verse number="17">फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्‍ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ,</verse>
				<verse number="18">र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्‍दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्‍जनी खानेछौ।’</verse>
				<verse number="19">“तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्‍चा र तिम्रा पत्‍नीहरूका निम्‍ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ।</verse>
				<verse number="20">तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्‌।”</verse>
				<verse number="21">इस्राएलका छोराहरूले त्‍यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्‍ति सामलतुमल दिए।</verse>
				<verse number="22">उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्‍यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्‍का र पाँच जोर लुगा दिए।</verse>
				<verse number="23">आफ्‍ना बुबाको निम्‍ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी।</verse>
				<verse number="24">अनि तिनले आफ्‍ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”</verse>
				<verse number="25">यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्‍ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्‌।”</verse>
				<verse number="26">यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्‍याएनन्‌।</verse>
				<verse number="27">तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्‍याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्‍यो।</verse>
				<verse number="28">र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”</verse>
			</chapter>
			<chapter number="46">
				<verse number="1">तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाए।</verse>
				<verse number="2">अनि राती दर्शनमा परमेश्‍वरले इस्राएलसँग बोल्‍नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु।”</verse>
				<verse number="3">उहाँले भन्‍नुभयो, “म परमेश्‍वर, तेरा बुबाका परमेश्‍वर हुँ। मिश्रमा जान नडरा, किनकि त्‍यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु।</verse>
				<verse number="4">म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्‍चय नै फेरि फर्काइल्‍याउनेछु, अनि तेरो मृत्‍यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्‍नो हात तेरो आँखामाथि राख्‍नेछ।</verse>
				<verse number="5">त्‍यसपछि याकूब बेर्शेबाबाट हिँड़े। इस्राएलका छोराहरूले आफ्‍ना बुबा याकूब, आफ्‍ना बालबच्‍चा र आफ्‍ना परिवारहरूलाई फारोले तिनलाई ल्‍याउन पठाएका गाड़ाहरूमा चढ़ाएर लगे।</verse>
				<verse number="6">आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरू लिएर याकूब र तिनका जम्‍मै परिवार मिश्रमा गए।</verse>
				<verse number="7">याकूबले आफ्‍नो साथमा आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई मिश्रमा लगे।</verse>
				<verse number="8">मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै हुन्‌: याकूबका जेठा छोरा रूबेन।</verse>
				<verse number="9">रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।</verse>
				<verse number="10">शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल।</verse>
				<verse number="11">लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।</verse>
				<verse number="12">यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए।</verse>
				<verse number="13">इस्‍साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन।</verse>
				<verse number="14">जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।</verse>
				<verse number="15">यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌। लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तीस जना थिए।</verse>
				<verse number="16">गादका छोराहरू: सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली।</verse>
				<verse number="17">आशेरका छोराहरू: यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्‌। बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए।</verse>
				<verse number="18">लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै हुन्‌। यिनीहरू जम्‍मा सोह्र जना थिए।</verse>
				<verse number="19">याकूबकी पत्‍नी राहेलका छोराहरू: योसेफ र बेन्‍यामीन।</verse>
				<verse number="20">	ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए।</verse>
				<verse number="21">बेन्‍यामीनका छोराहरू: बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द।</verse>
				<verse number="22">राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै हुन्‌। यिनीहरू जम्‍मा चौध जना थिए।</verse>
				<verse number="23">दानका छोरा: हुशीम।</verse>
				<verse number="24">नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर, र शिल्‍लेम।</verse>
				<verse number="25">लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका छोराहरू यी नै हुन्‌। यिनीहरू जम्‍मा सात जना थिए।</verse>
				<verse number="26">याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना निज सन्‍तान जम्‍मा छयसट्ठी जना थिए।</verse>
				<verse number="27">मिश्रमा जन्‍मेका योसेफका छोराहरूचाहिँ दुई जना थिए। मिश्रमा आउने याकूबका घरका सबै जम्‍मा सत्तरी जना थिए।</verse>
				<verse number="28">गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए।</verse>
				<verse number="29">योसेफले आफ्‍नो रथ तयार गर्न लगाए र गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्‍ना बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए।</verse>
				<verse number="30">इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्‍न पाएकोले अब म सन्‍तोषसित मर्छु।”</verse>
				<verse number="31">योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई खबर दिन्‍छु र उनलाई भन्‍नेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌।</verse>
				<verse number="32">उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌। उनीहरूले आफ्‍ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌।’</verse>
				<verse number="33">जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्‍दा के हो?’ भनी सोध्‍छन्,</verse>
				<verse number="34">तब तपाईंहरूले भन्‍नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्‍यावस्‍थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्‌।”</verse>
			</chapter>
			<chapter number="47">
				<verse number="1">तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्‍तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ र अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌।”</verse>
				<verse number="2">तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोकहाँ हाजिर गराए।</verse>
				<verse number="3">फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।”</verse>
				<verse number="4">उनीहरूले फारोलाई अझै भने, “हामी यस देशमा बसोबास गर्न आएका छौं, किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजूरका दासहरूलाई भेड़ाबाख्रा चराउने ठाउँ भएन। अब बिन्‍ती छ, कि हामी हजूरका दासहरूले गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऔं।”</verse>
				<verse number="5">फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएछन्‌।</verse>
				<verse number="6">मिश्रदेश तिम्रै अगि छ। देशको सबैभन्‍दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍न देऊ। उनीहरूलाई गोशेन प्रदेशमा नै बस्‍न देऊ। उनीहरूमध्‍ये कति लायकका मानिसहरू छन्‌ भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्‍तुहरू पनि उनीहरूकै जिम्‍मामा लगाइदेऊ।”</verse>
				<verse number="7">तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए।</verse>
				<verse number="8">फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”</verse>
				<verse number="9">याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्‍यति त अहिले मेरो पुगेकै छैन।”</verse>
				<verse number="10">अनि याकूबले फेरि फारोलाई आशीर्वाद दिए, र फारोको उपस्‍थितिबाट निस्‍केर गए।</verse>
				<verse number="11">तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकामा उनीहरूका अधिकारमा जग्‍गाजमिन दिए।</verse>
				<verse number="12">योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्‍चाको संख्‍याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे।</verse>
				<verse number="13">घोर अनिकालले देश ग्रस्‍त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए।</verse>
				<verse number="14">मिश्र र कनान देशका मानिसहरूले अन्‍न किनेका सबै रुपियाँ योसेफले जम्‍मा गरेर फारोकै महलमा राखे।</verse>
				<verse number="15">जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्‍ना रुपियाँपैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, “हामीलाई अन्‍न दिनुहोस्‌। तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौं? हामीसित भएका रुपियाँपैसा सबै सिद्धिए।”</verse>
				<verse number="16">योसेफले तिनीहरूलाई भने, “तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ। तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिउँला।”</verse>
				<verse number="17">यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए, र योसेफले तिनीहरूका घोड़ा, भेड़ा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न दिए।</verse>
				<verse number="18">त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हाम्रा रुपियाँपैसा सबै सकिएको कुरा त हजूरलाई थाहै छ। गाईबस्‍तुका बथान पनि सबै हजूरकै भइसकेका छन्‌। अब हजूरको लागि हामीसँग हाम्रै जीउ र जग्‍गाजमिनबाहेक अरू केही छैन।</verse>
				<verse number="19">हामी हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने— हामी र हाम्रा जमिन पनि? हामीलाई अन्‍न दिएर हाम्रा जमिनसमेत हामीलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौं। हामीलाई बीउ दिनुहोस्, र हामी जीवित रहनेछौं र हाम्रा जग्‍गाजमिन पनि उजाड़ हुनेछैन।”</verse>
				<verse number="20">यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने। त्‍यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्‍ना जग्‍गाजमिन बेचे। यसरी जग्‍गाजमिन फारोको भयो।</verse>
				<verse number="21">मिश्रको एक छेउदेखि अर्को छेउसम्‍मका सबै मानिसहरूलाई तिनले कमारा बनाए।</verse>
				<verse number="22">तर पूजाहारीहरूका जग्‍गाजमिन तिनले किनेनन्, किनभने पूजाहारीहरूलाई फारोबाट अन्‍नको हिस्‍सा तोकिएको थियो, र फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे। त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेच्‍नुपरेन।</verse>
				<verse number="23">योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्‍ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर।</verse>
				<verse number="24">तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई टक्र्याउनुपर्छ। चार हिस्‍साचाहिँ खेतीलाई बीउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाले खानका निम्‍ति तिमीहरूका आफ्‍नै हुनेछ।”</verse>
				<verse number="25">तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ। हजूरको निगाह हामीमाथि रहोस्‌। हामी फारोका कमारा हुनेछौं।”</verse>
				<verse number="26">यसैले मिश्र देशमा जग्‍गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्‍म प्रचलित छ, कि उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ। पूजाहारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन।</verse>
				<verse number="27">अब मिश्रको गोशेनमा इस्राएलीहरूले बसोबास गरे, र तिनीहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए। अनि त्‍यहाँ तिनको फलिफाप भएर संख्‍यामा ज्‍यादै वृद्धि हुँदैगयो।</verse>
				<verse number="28">याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्‍मा उमेर एक सय सतचालीस वर्ष भयो।</verse>
				<verse number="29">इस्राएलको मर्ने बेला आइपुग्‍दा तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस्‌ भने दया गरी तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर्‌। तैंले मलाई मिश्रदेशमा नगाड्‌,</verse>
				<verse number="30">तर जब म मेरा पिता-पुर्खाहरूसँग सुतिजाउँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाड़िदे।” तिनले भने, “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु।”</verse>
				<verse number="31">फेरि याकूबले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे।</verse>
			</chapter>
			<chapter number="48">
				<verse number="1">केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा लिएर तिनी याकूबकहाँ गए।</verse>
				<verse number="2">अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे।</verse>
				<verse number="3">याकूबले योसेफलाई भने, सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्‍नुभयो,</verse>
				<verse number="4">हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र संख्‍यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु, र तँपछि तेरा सन्‍तानलाई यो देश अनन्‍तसम्‍म अधिकार गर्न दिनेछु।</verse>
				<verse number="5">“अब म मिश्रमा आउन अगि मिश्रमा जन्‍मेका तेरा यी दुई छोराहरू मेरै हुन्‌। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌।</verse>
				<verse number="6">तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्‍शेका नाउँमा यिनीहरू बोलाइनेछन्‌।</verse>
				<verse number="7">किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।”</verse>
				<verse number="8">योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”</verse>
				<verse number="9">योसेफले आफ्‍ना बुबालाई भने, “परमेश्‍वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्‌।” तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्‍याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”</verse>
				<verse number="10">त्‍यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्‍न सक्‍दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले।</verse>
				<verse number="11">इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्‍तान पनि परमेश्‍वरले देख्‍न दिनुभयो।”</verse>
				<verse number="12">तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्‍टेर साष्‍टाङ्ग प्रणाम गरे।</verse>
				<verse number="13">योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए।</verse>
				<verse number="14">तर इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा राखे, र मनश्‍शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्‍नो देब्रे हात राखे।</verse>
				<verse number="15">तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँड्‌थे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मलाई डोर्‍याउनुभएको छ,</verse>
				<verse number="16">ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्। यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्‌। र पृथ्‍वीमा यिनीहरू अनगन्‍ती भई संख्‍यामा बढून्‌।</verse>
				<verse number="17">तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात हटाउनलाई उठाए।</verse>
				<verse number="18">तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌।”</verse>
				<verse number="19">तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, छोरा, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि ठूलो हुनेछ। त्‍यसो भए तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जातिहरूको एक समूह हुनेछ।”</verse>
				<verse number="20">इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलले तेरो नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछ: परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाड़ि राखे।</verse>
				<verse number="21">तब इस्राएलले योसेफलाई भने, “अब म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा लैजानुहुनेछ।</verse>
				<verse number="22">त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”</verse>
			</chapter>
			<chapter number="49">
				<verse number="1">तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्‍मा होओ, र पछिल्‍ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनूँला।</verse>
				<verse number="2">हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलले भनेका सुन।</verse>
				<verse number="3">रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख।</verse>
				<verse number="4">पानीजस्‍तो चञ्‍चल तँ, तेरो प्रतिष्‍ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्‍यो अशुद्ध पारिस्‌— तँ मेरो ओछ्यानमा चढ़िस्‌!</verse>
				<verse number="5">शिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्,</verse>
				<verse number="6">ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्‍नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्‌।</verse>
				<verse number="7">तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्‍यो निष्‍ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्‍न-भिन्‍न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।</verse>
				<verse number="8">ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌।</verse>
				<verse number="9">	यहूदा सिंहको डमरु हो। ए मेरो छोरो, शिकारबाट तँ आएको छस्, त्‍यो निहुरिन्‍छ, र सिंहझैँ लेटिरहन्‍छ, अँ, सिंहनीझैँ— कसले त्‍यसलाई उठाउने आँट गर्छ?</verse>
				<verse number="10">यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बीचबाट हट्‌नेछैन, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌। र जातिहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।</verse>
				<verse number="11">त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँध्‍नेछ। त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गूरको रसमा धुनेछन्‌।</verse>
				<verse number="12">त्‍यसका आँखा दाखमद्यभन्‍दा गाढ़ा, र त्‍यसका दाँत दूधभन्‍दा सेता हुनेछन्‌।</verse>
				<verse number="13">जबूलूनको वास समुद्रको किनारमा हुनेछ, जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ, र त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ।</verse>
				<verse number="14">इस्‍साखार बलियो गधा हो, जो दुई भारीहरूका बीचमा लेटिरहन्‍छ।</verse>
				<verse number="15">आफ्‍नो विश्रामको ठाउँ असल रहेछ, र त्‍यसको देश रमाइलो रहेछ भन्‍ने त्‍यसले देखेपछि, त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र बेगारीको काम गर्न मान्‍नेछ।</verse>
				<verse number="16">इस्राएलका कुलमध्‍येको एक भएर दानले आफ्‍ना मानिसहरूका निम्‍ति न्‍याय गर्नेछ।</verse>
				<verse number="17">दानचाहिँ बाटोमा भएको एउटा सर्प, र गोरेटोमा भएको विषालु साँप हुनेछ, जसले घोड़ाका कुर्कुच्‍चा डस्‍छ, र त्‍यसको घोड़चढ़ीचाहिँ पछिल्‍तिर लोट्‌छ।</verse>
				<verse number="18">“हे प्रभु, मैले तपाईंको उद्धारको प्रतीक्षा गर्दैआएको छु।</verse>
				<verse number="19">“गादमाथि एक दलले आक्रमण त गर्नेछ, तर त्‍यसले तिनीहरूलाई उल्‍टा खेद्‌दै हमला गर्नेछ।</verse>
				<verse number="20">“आशेरबाट उत्‍पन्‍न हुने अनाजहरू उत्तम हुनेछन्, र त्‍यसले राजकीय खाना बाँड़िदिनेछ।</verse>
				<verse number="21">नप्‍ताली फुकाइएकी मुडुली-मृग हो, जसले सुन्‍दर-सुन्‍दर पाठा-पाठी बियाउँछे।</verse>
				<verse number="22">योसेफ फलले लटरम्‍म भएको एउटा लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खाल माथि-माथि फैलिन्‍छन्‌।</verse>
				<verse number="23">धनुर्धारीहरूले त्‍यसलाई ज्‍यादै दु:ख दिए, त्‍यसमाथि काँड़ चलाए, र त्‍यसको खेदो गरे।</verse>
				<verse number="24">तैपनि त्‍यसको धनु दह्रो नै रह्यो, र त्‍यसका पाखुराहरू फूर्तिलै रहे, याकूबका परमशक्तिशालीको हातद्वारा, ती गोठाला, इस्राएलको चट्टानद्वारा,</verse>
				<verse number="25">अर्थात्‌ तेरा बुबाका परमेश्‍वर, जसले तँलाई सहायता गर्नुहुन्‍छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष्‌ दिनुहुन्‍छ— माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, स्‍तन र गर्भका आशिष्‌हरू।</verse>
				<verse number="26">तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्‍दा र अनन्‍त डाँड़ाहरूका आशिष्‌भन्‍दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरैमा।</verse>
				<verse number="27">“बेन्‍यामीन त एउटा फहराउने ब्‍वाँसो हो, बिहानचाहिँ ल्‍याएको शिकार त्‍यसले खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लूट बाँड्‌छ।”</verse>
				<verse number="28">यी सबै इस्राएलका बाह्र कुल हुन्‌। आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको कुरा यही हो। प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए।</verse>
				<verse number="29">तब तिनले तिनीहरूलाई यो आज्ञा दिए: “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़,</verse>
				<verse number="30">अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए।</verse>
				<verse number="31">त्‍यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई गाड़ेका थिए। र त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाड़ेका थिए। त्‍यहीँ नै मैले लेआलाई गाडें।</verse>
				<verse number="32">त्‍यो खेत र त्‍यहाँ भएको ओड़ार हित्तीहरूको हातबाट किनेको हो।”</verse>
				<verse number="33">छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए।</verse>
			</chapter>
			<chapter number="50">
				<verse number="1">योसेफ आफ्‍ना बुबामाथि घोप्‍टो परेर रोए, र तिनलाई म्‍वाइँ खाए।</verse>
				<verse number="2">तब योसेफले आफ्‍नो सेवामा हुने वैद्यहरूलाई आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप मल्‍न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्‍धित लेप मले।</verse>
				<verse number="3">यसको निम्‍ति चालीस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लाउन यति नै दिन लाग्‍थ्‍यो। तिनको निम्‍ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए।</verse>
				<verse number="4">तिनको निम्‍ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदेओ।</verse>
				<verse number="5">मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्‍यहीँ गाड़ेर फर्किआउन पाऊँ।”</verse>
				<verse number="6">फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड़।”</verse>
				<verse number="7">यसैले आफ्‍ना बुबालाई गाड्‌न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू,</verse>
				<verse number="8">साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे।</verse>
				<verse number="9">तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्‍यो एउटा ठूलो मलामीको समूह थियो।</verse>
				<verse number="10">जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति विलाप गरे।</verse>
				<verse number="11">त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको विलाप देखेर भने, “यो त मिश्रीहरूको ठूलो विलाप रहेछ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्‍यो यर्दन पारिपट्टि छ।</verse>
				<verse number="12">यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे।</verse>
				<verse number="13">तिनका छोराहरूले तिनलाई कनानसम्‍मै पुर्‍याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात्‌ मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े।</verse>
				<verse number="14">आफ्‍ना बुबालाई गाड़िसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के।</verse>
				<verse number="15">बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।”</verse>
				<verse number="16">यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अघि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो:</verse>
				<verse number="17">‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूका अपराध क्षमा गर्नुहोस्‌।” उनीहरूको यस्‍तो कुरा सुनेपछि योसेफ रोए।</verse>
				<verse number="18">तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।”</verse>
				<verse number="19">तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्‍वरको स्‍थानमा छु र?</verse>
				<verse number="20">तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्‍यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्‌।</verse>
				<verse number="21">यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्‍चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्‍त्‍वना दिए।</verse>
				<verse number="22">योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्‍म बाँचे।</verse>
				<verse number="23">योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे। मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि योसेफकै घुँड़ामा राखिए।</verse>
				<verse number="24">तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वरले निश्‍चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।”</verse>
				<verse number="25">अनि योसेफले इस्राएलका सन्‍तानलाई शपथ खान लाएर भने, “परमेश्‍वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू।”</verse>
				<verse number="26">यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।</verse>
			</chapter>
		</book>
		<book number="2">
			<chapter number="1">
				<verse number="1">आ-आफ्‍नो परिवार लिएर याकूबसित मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्‌:</verse>
				<verse number="2">रूबेन, शिमियोन, लेवी र यहूदा,</verse>
				<verse number="3">इस्‍साखार, जबूलून, र बेन्‍यामीन,</verse>
				<verse number="4">दान, नप्‍ताली, गाद र आशेर।</verse>
				<verse number="5">याकूबका सन्‍तानमा जम्‍मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए।</verse>
				<verse number="6">योसेफ र तिनका सबै दाजुभाइहरू र त्‍यस पुस्‍ताका सबै जना मरे।</verse>
				<verse number="7">तर इस्राएलका सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो।</verse>
				<verse number="8">तब मिश्रमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले।</verse>
				<verse number="9">उनले आफ्‍ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्‍यामा हामीभन्‍दा अति धेरै र अति शक्तिशाली भएका छन्‌।</verse>
				<verse number="10">अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्‍यामा अझ बढ्‌दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन्‌ र देश छाड़ेर जानेछन्‌।”</verse>
				<verse number="11">यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए।</verse>
				<verse number="12">तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे।</verse>
				<verse number="13">यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए,</verse>
				<verse number="14">अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।</verse>
				<verse number="15">तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने,</verse>
				<verse number="16">“जब हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउँछन्‌ र उनीहरूलाई जन्‍माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्‍यसलाई मार। तर छोरी रहिछ भने त्‍यसलाई जिउँदै राख।”</verse>
				<verse number="17">तर सुँड़ेनीहरू परमेश्‍वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे।</verse>
				<verse number="18">यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्‍यौ?”</verse>
				<verse number="19">सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्‌। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्‍नुभन्‍दा अघि नै बच्‍चा जन्‍माइसकेका हुन्‍छन्‌।”</verse>
				<verse number="20">अनि परमेश्‍वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्‍यामा झन्‌ बढ्‌दैगए र शक्तिशाली भए।</verse>
				<verse number="21">सुँड़ेनीहरूले परमेश्‍वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्‍तान दिनुभयो।</verse>
				<verse number="22">तब फारोले आफ्‍ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्‍मन्‍छन्‌ तिनीहरू सबैलाई नील नदीमा फालिदिनू, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्‍नू।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे।</verse>
				<verse number="2">अनि ती स्‍त्री गर्भवती भइन् र एक जना छोरो जन्‍माइन्‌। त्‍यस बालकलाई सुन्‍दर देखेर तिनले त्‍यसलाई तीन महिनासम्‍म लुकाइराखिन्‌।</verse>
				<verse number="3">जब तिनले त्‍यसलाई अझ लुकाउन सकिनन्, तब त्‍यसको निम्‍ति कुशको एउटा टोकरी ल्‍याइन्, र त्‍यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्‍यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्‌।</verse>
				<verse number="4">अनि बालककी दिदीचाहिँ त्‍यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही।</verse>
				<verse number="5">यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्‌। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्‍न लागे। तिनले झाड़ीको बीचमा त्‍यो टोकरी देखिन्, र आफ्‍नी दासीलाई त्‍यो लिन पठाइन्‌।</verse>
				<verse number="6">तिनले त्‍यो खोल्‍दा बालकलाई देखिन्‌। त्‍यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्‍यसलाई हेरिन्‌ र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।”</verse>
				<verse number="7">तब त्‍यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्‍त्रीहरूमध्‍ये कोही धाईलाई हजूरको निम्‍ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्‍याऊँ?”</verse>
				<verse number="8">तब फारोकी छोरीले त्‍यसलाई भनिन्, “हुन्‍छ, जा।” अनि त्‍यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्‍याई।</verse>
				<verse number="9">तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्‍ति दूध खुवाउने गर्, र म तेरो ज्‍याला दिनेछु।” यसैले ती स्‍त्रीले बालकलाई लगिन्, र त्‍यसलाई दूध खुवाउने गरिन्‌।</verse>
				<verse number="10">बालक ठूलो भएपछि तिनले त्‍यसलाई फारोकी छोरीकहाँ ल्‍याइन्, र त्‍यो तिनको छोरो भयो। तिनले त्‍यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्‍थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।”</verse>
				<verse number="11">जब मोशा ठूला भए तब तिनी आफ्‍ना भाइबन्‍धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्‍ना भाइबन्‍धुहरूमध्‍ये एक जनालाई, अर्थात्‌ एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे।</verse>
				<verse number="12">तब तिनले यताउता हेरे, र कोही पनि नदेख्‍दा त्‍यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।</verse>
				<verse number="13">भोलिपल्‍ट त्‍यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्‍याय गर्नेचाहिँलाई भने, “तिमी आफ्‍नै हिब्रू मान्‍छेलाई किन हिर्काउँछौ?”</verse>
				<verse number="14">त्‍यसले भन्‍यो, “कसले तिमीलाई हाम्रो शासक र न्‍यायकर्ता तुल्‍यायो? त्‍यस मिश्रीलाई मारेजस्‍तो मलाई पनि मार्न चाहन्‍छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्‍य यो कुरो फिँजिन लागेछ।”</verse>
				<verse number="15">फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्‍यहाँ एउटा कूवानेर बसे।</verse>
				<verse number="16">मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्‍यहाँ पानी भर्नलाई आए, र आफ्‍ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे।</verse>
				<verse number="17">यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए।</verse>
				<verse number="18">जब तिनीहरू आफ्‍ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?”</verse>
				<verse number="19">तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्‍यसबाहेक तिनले हाम्रा निम्‍ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।”</verse>
				<verse number="20">तब उनले आफ्‍ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्‌? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्‍याओ।”</verse>
				<verse number="21">तब मोशा ती मानिससित बस्‍न राजी भए। उनले आफ्‍नी छोरी सिप्‍पोराचाहिँ मोशालाई विवाहमा दिए।</verse>
				<verse number="22">सिप्‍पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्‍यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।”</verse>
				<verse number="23">धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्‍वको कारण सुस्‍केरा हालेर पुकारा गर्न लागे। दासत्‍वको बन्‍धनमा तिनीहरूले गरेको पुकारा परमेश्‍वरकहाँ पुग्‍यो।</verse>
				<verse number="24">परमेश्‍वरले तिनीहरूको सुस्‍केरा सुन्‍नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्‍नो करार सम्‍झनुभयो।</verse>
				<verse number="25">यसैले परमेश्‍वरले इस्राएलीहरूमाथि नजर राख्‍नुभयो, र उहाँ तिनीहरूको अवस्‍थामा चिन्‍तित हुनुभयो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्‍थानको पारितिर परमेश्‍वरको पर्वत, अर्थात्‌ होरेबसम्‍मै लगे।</verse>
				<verse number="2">त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्‍यो पोथ्रा जलिरहेको थियो— तापनि भस्‍म हुँदैनथ्‍यो।</verse>
				<verse number="3">मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्‍यलाई हेर्नेछु। त्‍यो पोथ्रा किन भस्‍म हुँदोरहेनछ?”</verse>
				<verse number="4">जब हेर्नलाई तिनी त्‍यतातिर लागेका परमप्रभुले देख्‍नुभयो, तब परमेश्‍वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।”</verse>
				<verse number="5">तब परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।”</verse>
				<verse number="6">उहाँले अझै भन्‍नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्‍वर हुँ। अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।” तब मोशाले आफ्‍नो मुख ढाके, किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।</verse>
				<verse number="7">तब परमप्रभुले भन्‍नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्‍याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ।</verse>
				<verse number="8">यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्‍यस देशबाट एक असल र ठूलो देश, अर्थात्‌ दूध र मह बग्‍ने देश— कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका देशमा ल्‍याउनलाई म ओर्लिएको छु।</verse>
				<verse number="9">अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्‍याचार मैले देखेको छु।</verse>
				<verse number="10">यसकारण अब जा, मेरा प्रजा, अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”</verse>
				<verse number="11">तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्‍याउन सक्‍ने म को हुँ र?”</verse>
				<verse number="12">अनि परमेश्‍वरले भन्‍नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्‍ने कुराको चिन्‍ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”</verse>
				<verse number="13">मोशाले परमेश्‍वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्‍नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्‍ने?”</verse>
				<verse number="14">तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्‍नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ” भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।</verse>
				<verse number="15">परमेश्‍वरले मोशालाई यो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्‍तासम्‍म मेरो नाउँको सम्‍झना यही हुनेछ।</verse>
				<verse number="16">“जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्‍मा गरेर तिनीहरूलाई भन्‌: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर मकहाँ प्रकट भएर भन्‍नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्‍दैछौ सो मैले देखेको छु।</verse>
				<verse number="17">मैले तिमीहरूलाई मिश्रको कष्‍टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्‍ने देशमा लैजाने निश्‍चय गरेको छु’।”</verse>
				<verse number="18">“इस्राएलका धर्म-गुरुहरूले तेरो कुरा सुन्‍नेछन्‌। तब तँ र इस्राएलका ती धर्म-गुरुहरू मिश्रका राजाकहाँ जानेछौ, र तिमीहरूले त्‍यसलाई भन्‍नेछौ, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभएको छ, र अब हामी बिन्‍ती गर्दछौं, कि परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई उजाड़-स्‍थानमा हामीलाई तीन दिनको यात्रामा जाने अनुमति दिनुहोस्‌।’</verse>
				<verse number="19">तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ।</verse>
				<verse number="20">यसकारण म मेरो हात उठाएर त्‍यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्‍चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्‍यसपछि उनले तिमीहरूलाई जान दिनेछन्‌।</verse>
				<verse number="21">“म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ।</verse>
				<verse number="22">हरेक स्‍त्रीले आफ्‍नो छिमेकी र त्‍यसको घरमा बस्‍ने स्‍त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्‍नेछ, र तिमीहरूले ती आ-आफ्‍ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">मोशाले भने, “यदि तिनीहरूले मलाई पत्‍याएनन्‌ र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?”</verse>
				<verse number="2">तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।”</verse>
				<verse number="3">परमप्रभुले भन्‍नुभयो, “त्‍यो भूइँमा फाल्‌।” मोशाले त्‍यो भूइँमा फालिदिए, र त्‍यो एउटा सर्प भयो, र मोशा त्‍यसदेखि डराएर भागे।</verse>
				<verse number="4">तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “तेरो हात लम्‍काएर त्‍यसको पुच्‍छरमा समात्‌।” अनि मोशाले हात लम्‍काएर समाते, र त्‍यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्‍यो।</verse>
				<verse number="5">परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्‍याऊन्‌।”</verse>
				<verse number="6">तब परमप्रभुले तिनलाई अझै यसो भन्‍नुभयो, “तेरो हात आफ्‍नो खास्‍टोभित्र हाल्‌।” तिनले आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब तिनले त्‍यो बाहिर निकाले, तब त्‍यो कुष्ठरोग लागेर हिउँजस्‍तै सेतो भएको रहेछ।</verse>
				<verse number="7">उहाँले तिनलाई भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्‌।” तिनले फेरि आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब फेरि निकाले, तब त्‍यो आफ्‍नो शरीरको अरू मासुजस्‍तै भइहाल्‍यो।</verse>
				<verse number="8">तब परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरूले तेरा कुरा पत्‍याएनन्‌ र त्‍यो पहिलो चिन्‍हलाई वास्‍ता गरेनन्‌ भने, शायद तिनीहरूले पछिल्‍लो चिन्‍हलाई पत्‍याउनेछन्‌।</verse>
				<verse number="9">तर तिनीहरूले यी दुवै चिन्‍हहरू पनि पत्‍याएनन्‌ र तेरा कुरा पनि सुनेनन्‌ भने, नील नदीका केही पानी लिएर सुक्‍खा जमिनमा खन्‍याइदे। तैंले नील नदीबाट लिएको त्‍यो पानी जमिनमा रगत हुनेछ।”</verse>
				<verse number="10">त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।”</verse>
				<verse number="11">परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्‍ने वा अन्‍धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?</verse>
				<verse number="12">अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।”</verse>
				<verse number="13">तर मोशाले भने, “हे प्रभु, बिन्‍ती छ, अरू कसैलाई नै पठाउनुहोस्‌।”</verse>
				<verse number="14">तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्‍नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्‍यो राम्ररी बोल्‍न सक्‍छ। त्‍यो तँलाई भेट्‌न आउँदैछ, र तँलाई देखेर त्‍यो खुशी हुनेछ।</verse>
				<verse number="15">त्‍यसैसँग कुरा गर्‌ र त्‍यसले भन्‍नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु।</verse>
				<verse number="16">त्‍योचाहिँ तेरो निम्‍ति मानिसहरूसित बोल्‍नेछ, र तेरो मुखझैँ हुनेछ, र तँचाहिँ त्‍यसको निम्‍ति ईश्‍वरतुल्‍य हुनेछस्‌।</verse>
				<verse number="17">तर यो लट्ठी तेरो हातैमा लैजा। त्‍यसद्वारा तैंले यी आश्‍चर्यपूर्ण चिन्‍हहरू गर्नेछस्‌।”</verse>
				<verse number="18">त्‍यसपछि मोशा फर्केर आफ्‍ना ससुरा यित्रोकहाँ आएर तिनलाई भने, “बिन्‍ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन्‌ कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्‌।” यित्रोले मोशालाई भने, “हुन्‍छ, कुशलसित जाऊ।”</verse>
				<verse number="19">परमप्रभुले मिद्यान देशमा मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्‍यान लिन खोज्‍नेहरू सबै मरिसके।”</verse>
				<verse number="20">यसकारण आफ्‍नी पत्‍नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्‍वरको लट्ठी हातैमा लिएर गए।</verse>
				<verse number="21">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जब तँ मिश्रमा फर्कन्‍छस्‌ तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्‍ने गर्‌। तर म त्‍यसको हृदय कठोर गरिदिनेछु, र त्‍यसले मानिसहरूलाई जान दिनेछैन।</verse>
				<verse number="22">तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ: इस्राएल मेरो जेठो छोरो हो।</verse>
				<verse number="23">मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्‍यसले मेरो सेवा गरोस्‌।” तर तैंले चाहिँ त्‍यसलाई जान दिन इन्‍कार गरिस्‌। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।”</verse>
				<verse number="24">अनि बाटोमा वास बस्‍ने ठाउँमा परमप्रभुले मोशालाई भेट्‌नुभयो, र तिनलाई मार्ने इच्‍छा गर्नुभयो।</verse>
				<verse number="25">तर सिप्‍पोराले एउटा चकमकको कर्द लिएर आफ्‍नो छोराको खलड़ी च्‍वाट्टै काटेर मोशाको खुट्टामा छुवाइन्, अनि तिनले भनिन्, “तपाईं मेरो निम्‍ति रगतको दुलहा हुनुहुन्‍छ।”</verse>
				<verse number="26">यसैले परमप्रभुले तिनलाई छोड़िदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, “तपाईं रगतको दुलहा हुनुहुन्‍छ।”</verse>
				<verse number="27">परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्‍थानतिर जा।” तब उनी परमेश्‍वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्‍वाइँ खाए।</verse>
				<verse number="28">अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्‍चर्यपूर्ण चिन्‍हहरूका विषयमा मोशाले हारूनलाई बताए।</verse>
				<verse number="29">तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्‍मै धर्म-गुरुहरूलाई जम्‍मा गरे।</verse>
				<verse number="30">अनि परमेश्‍वरले मोशालाई भन्‍नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्‍ने ती चिन्‍हहरू देखाए,</verse>
				<verse number="31">र मानिसहरूले पत्‍याए। परमप्रभु इस्राएलीहरूको चिन्‍ता लिनुहुन्‍छ र तिनीहरूको कष्‍ट पनि देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्‍ना शिर निहुराएर दण्‍डवत्‌ गरी आराधना गरे।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">त्‍यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘उजाड़-स्‍थानमा मेरो निम्‍ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।”</verse>
				<verse number="2">फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्‍दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्‍नँ।”</verse>
				<verse number="3">तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट गर्नुभएको छ। बिन्‍ती छ, उजाड़-स्‍थानमा तीन दिनको बाटो गएर हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउन हामीलाई जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढ़ी वा तरवारले प्रहार गर्नुहुनेछ।”</verse>
				<verse number="4">तब मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्‍ना काममा लाग।”</verse>
				<verse number="5">फारोले फेरि भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरूचाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्‍न चाहन्‍छौ!”</verse>
				<verse number="6">त्‍यही दिन फारोले कामदारहरू र तिनका नाइकेहरूलाई यस्‍तो हुकुम दिए:</verse>
				<verse number="7">“इँट बनाउनलाई अहिलेसम्‍म दिने गरेको पराल अब तिनीहरूलाई नदिनू। तिनीहरू आफै गएर आफ्‍ना निम्‍ति पराल बटुलून्‌।</verse>
				<verse number="8">तर इँट भने तिनीहरूले अझसम्‍म जति बनाउँदैआएका छन्‌ तिमीहरूले त्‍यति नै बनाउन लगाओ। तिनको संख्‍या कत्ति पनि नघटाओ, किनकि तिनीहरू अल्‍छे भएका छन्‌। यसैले त तिनीहरू ‘हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई जान दिनुहोस्‌’ भन्‍दै कराउँछन्‌।</verse>
				<verse number="9">यी मानिसहरूमाथि अझ चर्को काम हालिदेओ, र तिनीहरूले त्‍यसमा परिश्रम गरून्, र झूटा कुरातिर ध्‍यान नदेऊन्।”</verse>
				<verse number="10">तब कामदारहरू र नाइकेहरूले गएर मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्‍छ: ‘म तिमीहरूलाई पराल दिन्‍नँ।</verse>
				<verse number="11">तिमीहरू आफै गएर जहाँ पाउँछौ त्‍यहीँबाट पराल खोजेर ल्‍याओ। तर तिमीहरूको कामचाहिँ अलिकता पनि घटाइनेछैन’।”</verse>
				<verse number="12">यसैले मानिसहरू मिश्रभरि परालका टुक्राटाक्रीहरू बटुल्‍नलाई तितरबितर भएर फिँजिए।</verse>
				<verse number="13">ती कामदारहरूले तिनीहरूलाई यसो भन्‍दै आतुरी लाए, “पराल दिँदा दिनमा जति काम गर्थ्‍यौ त्‍यति नै पूरा गर।”</verse>
				<verse number="14">इस्राएलीहरूमाथि नियुक्त भएका इस्राएली नाइकेहरूलाई फारोका कामदारहरूले पिटे, र तिनीहरूलाई यसो भनेर सोधे, “अघिझैँ इँट नबनाएर हिजो र आज आफ्‍नो काम किन पूरा गरेनौ?”</verse>
				<verse number="15">तब इस्राएली नाइकेहरूले फारोकहाँ गएर बिन्‍ती चढ़ाए, “हजूरका दासहरूप्रति हजूरले किन यस्‍तो व्‍यवहार गर्नुहुन्‍छ?</verse>
				<verse number="16">तिनीहरूले हजूरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई ‘इँट बनाओ’ पनि भन्‍छन्‌। हामी हजूरका दासहरू कुटाइ खाँदैछौं, तर कसूर त हजूरकै मानिसहरूको छ।”</verse>
				<verse number="17">तर फारोले भने, “तिमीहरू अल्‍छे छौ, अल्‍छे! यसैकारण तिमीहरू भन्‍छौ, ‘हामीलाई परमप्रभुको निम्‍ति बलि चढ़ाउन जान दिनुहोस्‌।’</verse>
				<verse number="18">अब गएर काम गर। परालचाहिँ तिमीहरूलाई दिइनेछैन, तापनि इँटको तोकेको संख्‍या तिमीहरूले दिनैपर्छ।”</verse>
				<verse number="19">“दिनहुँ दिनुपर्ने इँटको संख्‍या कम हुनु हुँदैन” भनेको सुनेर इस्राएली नाइकेहरूले सङ्कष्‍टमा परेका थाहा पाए।</verse>
				<verse number="20">जब तिनीहरू फारोकहाँबाट निस्‍के तब तिनीहरूले मोशा र हारूनलाई बाटैमा पर्खिरहेका भेट्टाए।</verse>
				<verse number="21">तिनीहरूले भने, “परमप्रभुले तपाईंहरूको इन्‍साफ गरून्, किनभने तपाईंहरूले फारो र उनका चाकरहरूको दृष्‍टिमा हामीलाई तिरस्‍कृत तुल्‍याउनुभएको छ, र हामीलाई काट्‌न उनीहरूका हातमा तरवारै दिनुभएको छ।”</verse>
				<verse number="22">तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्‍ट ल्‍याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो?</verse>
				<verse number="23">म तपाईंको नाउँमा बोल्‍नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्‌। तर तपाईंले आफ्‍ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म फारोलाई के गर्नेछु, अब तैंले देख्‍नेछस्‌। त्‍यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्‍नो देशबाट त्‍यसले धपाउनेछ।”</verse>
				<verse number="2">अनि परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म परमप्रभु हुँ”।</verse>
				<verse number="3">अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्‍ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ।</verse>
				<verse number="4">तिनीहरू प्रवास गरेको देश, अर्थात्‌ कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु।</verse>
				<verse number="5">यसबाहेक मिश्रीहरूले दासत्‍वमा राखेका इस्राएलीहरूका कष्‍टको सुस्‍केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्‍झना भएको छ।</verse>
				<verse number="6">“यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्‍नेछु, र तिनीहरूको दासत्‍वबाट छुटकारा दिनेछु। आफ्‍नो हात उठाएर तिनीहरूलाई ठूलो दण्‍ड दिएर म तिमीहरूको उद्धार गर्नेछु।</verse>
				<verse number="7">म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्‍वबाट निकाल्‍नुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ।</verse>
				<verse number="8">अनि म तिमीहरूलाई त्‍यस देशमा ल्‍याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्‍यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।”</verse>
				<verse number="9">तब मोशाले इस्राएलीहरूलाई त्‍यसै भनेर सुनाए, तर कठोर दासत्‍व र नैराश्‍यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्‌।</verse>
				<verse number="10">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="11">“जा, मिश्रको राजा फारोलाई त्‍यसले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भन्‌।”</verse>
				<verse number="12">तर मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले मेरो कुरा सुनेनन्‌ भने, म बोल्‍नै नजान्‍ने मानिसको कुरा फारोले झन्‌ कसरी सुन्‍लान्‌ र?”</verse>
				<verse number="13">तब इस्राएलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोशा र हारूनसित बोल्‍नुभयो, र इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउने आज्ञा तिनीहरूलाई दिनुभयो।</verse>
				<verse number="14">तिनीहरूका परिवारका मुख्‍य-मुख्‍य मानिसहरू यी नै हुन्‌: इस्राएलका पहिले जन्‍मेका रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="15">शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए। शिमियोनका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="16">लेवीका छोराहरूका नाउँ तिनका पुस्‍ताअनुसार यी नै हुन्‌: गेर्शोन, कहात र मरारी। लेवी एक सय वर्षसम्‍म बाँचे।</verse>
				<verse number="17">गेर्शोनका छोराहरू तिनका वंशअनुसार लिब्‍नी र शिमी थिए।</verse>
				<verse number="18">कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्‍म बाँचे।</verse>
				<verse number="19">मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनका पुस्‍ताअनुसार यी नै हुन्‌।</verse>
				<verse number="20">अम्रामले आफ्‍नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्‍माइन्‌। अम्राम एक सय सैँतीस वर्षसम्‍म बाँचे।</verse>
				<verse number="21">यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए।</verse>
				<verse number="22">उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए।</verse>
				<verse number="23">हारूनले अम्‍मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्‌।</verse>
				<verse number="24">कोरहका छोराहरू अस्‍सीर, एल्‍काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="25">हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्‍ये एउटीलाई विवाह गरे, र तिनले उनीबाट पीनहासलाई जन्‍माइन्‌। लेवीहरूका परिवारका मुख्‍य-मुख्‍य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।</verse>
				<verse number="26">यी तिनै हारून र मोशा हुन्, जसलाई परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका दल-दलअनुसार मिश्रबाट निकालेर ल्‍याउनू भनी भन्‍नुभएको थियो।</verse>
				<verse number="27">यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्‍याउनलाई कुरा गरेका थिए। ती मोशा र हारून यी नै हुन्‌।</verse>
				<verse number="28">जुन दिन परमप्रभुले मिश्रमा मोशासित कुरा गर्नुभयो,</verse>
				<verse number="29">त्‍यसै दिन यसो भन्‍नुभयो, “म परमप्रभु हुँ। मैले तँलाई जे-जे कुरा भन्‍न लागेको छु, ती सबै मिश्रको राजा फारोलाई भन,”</verse>
				<verse number="30">तर मोशाले परमप्रभुलाई भने, “म बोल्‍न जान्‍दिनँ। फारोले कसरी मेरो कुरा खालान्‌ र?”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्‍ति ईश्‍वरतुल्‍य बनाएको छु, र तेरो दाजु हारून तेरो प्रवक्ता हुनेछ।</verse>
				<verse number="2">म जे तँलाई हुकुम गर्नेछु तैंले त्‍यही बता, र तेरो दाजु हारूनले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भनी फारोलाई भन्‍नेछ।</verse>
				<verse number="3">तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्‍हहरू र आश्‍चर्यकर्महरूको संख्‍या मिश्रमा बढ़ाउनेछु।</verse>
				<verse number="4">तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्‍नेछैन। तब म आफ्‍नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्‍साफ गरीकन म मेरा दलहरू, अर्थात्‌ मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछु।</verse>
				<verse number="5">जब म मिश्रमाथि आफ्‍नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्‍याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन्‌ कि म परमप्रभु रहेछु।”</verse>
				<verse number="6">मोशा र हारूनले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएबमोजिम तिनीहरूले गरे।</verse>
				<verse number="7">फारोसित कुरा गर्दा मोशा असी वर्षका र हारूनचाहिँ त्रियासी वर्षका थिए।</verse>
				<verse number="8">तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="9">“फारोले तिमीहरूलाई ‘कुनै आश्‍चर्यकर्म देखाओ’ भन्‍दा, तैंले चाहिँ हारूनलाई भन्‍नू, ‘तपाईंको लहुरो लिएर फारोको सामु फ्‍याँकिदिनुहोस्, र त्‍यो साँप बन्‍नेछ।”</verse>
				<verse number="10">तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्‍नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्‍ने फालिदिए, र त्‍यो साँप बन्‍यो।</verse>
				<verse number="11">तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्‍नो गोप्‍य सीपले त्‍यसै गरे:</verse>
				<verse number="12">हरेकले आ-आफ्‍नो लहुरो फाल्‍यो, र त्‍यो साँप बन्‍यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्‍यो।</verse>
				<verse number="13">तर फारोको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएअनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्‌।</verse>
				<verse number="14">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, फारोको हृदय कठोर भएको छ। त्‍यसले मानिसहरूलाई जान दिँदैन।</verse>
				<verse number="15">तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्‍यसकहाँ जा। नील नदीको किनारमा त्‍यसलाई भेट्‌न उभिरहनू, र त्‍यो साँप बनेको लहुरो पनि हातमा लैजा।</verse>
				<verse number="16">त्‍यसलाई यसो भन्‍नू, “परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्‍थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्‍म मानिनस्‌।</verse>
				<verse number="17">यसकारण परमप्रभु भन्‍नुहुन्‍छ: म परमप्रभु हुँ भन्‍ने कुरा तैंले यसरी थाहा पाउनेछस्‌। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्‍यो रगत बन्‍नेछ।</verse>
				<verse number="18">अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्‍हाएको कारण मिश्रीहरूले त्‍यसको पानी खान सक्‍नेछैनन्‌’।”</verse>
				<verse number="19">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात्‌ खोला, कुला र पोखरीका पानी रगत भइजाऊन्‌ भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्‌।’ अनि तिनीहरू रगत हुनेछन्‌। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।”</verse>
				<verse number="20">तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो।</verse>
				<verse number="21">नील नदीका माछाहरू मरे, र नदी गन्‍हाउन लाग्‍यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो।</verse>
				<verse number="22">तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।</verse>
				<verse number="23">तब फारो फर्केर आफ्‍नो महल गए, अनि उनले यस कुराको ख्‍यालै पनि राखेनन्‌।</verse>
				<verse number="24">सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्‍न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्‍यो।</verse>
				<verse number="25">परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे।</verse>
				<verse number="2">तैंले तिनीहरूलाई जान दिइनस्‌ भने म तेरो सारा देशलाई भ्‍यागुताहरू पठाएर सताउनेछु।</verse>
				<verse number="3">अनि नील नदी भ्‍यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्‍ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्‌ने आह्रीहरूमा आउनेछन्‌।</verse>
				<verse number="4">ती भ्‍यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्‌’।”</verse>
				<verse number="5">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्‍नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्‍यागुताहरू आऊन्‌’।”</verse>
				<verse number="6">यसैले हारूनले आफ्‍नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्‍यागुताहरू निस्‍केर मिश्रदेशै ढाके।</verse>
				<verse number="7">तर जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे, र मिश्रमा भ्‍यागुताहरू निकाले।</verse>
				<verse number="8">तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्‍ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्‍यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्‍ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।”</verse>
				<verse number="9">मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्‍ति बिन्‍ती गरूँ, र भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्‍ट भएर जाऊन्‌ र नील नदीमा मात्रै रहून्‌?”</verse>
				<verse number="10">उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्‍नुहोला कि परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अरू कोही छैन।</verse>
				<verse number="11">भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्‌।”</verse>
				<verse number="12">तब मोशा र हारून फारोकहाँबाट निस्‍केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्‍यागुताहरूका बारेमा मोशाले पुकारा गरे।</verse>
				<verse number="13">अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्‍यागुताहरू घर, आँगन र मैदानमा मरे।</verse>
				<verse number="14">मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्‍हाउन लाग्‍यो।</verse>
				<verse number="15">तर जब फारोले सबै शान्‍त भएका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्‌।</verse>
				<verse number="16">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्‌’।”</verse>
				<verse number="17">तिनीहरूले त्‍यसै गरे। जब हारूनले लहुरो लिएर आफ्‍नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो।</verse>
				<verse number="18">ती जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा भुसुना ल्‍याउन खोजे, तर सकेनन्‌। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे।</verse>
				<verse number="19">तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्‍वरकै हात छ।” तर परमप्रभुले भन्‍नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।</verse>
				<verse number="20">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्‍यसको सामु हाजिर हो। त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे।</verse>
				<verse number="21">मेरा प्रजालाई जान दिइनस्‌ भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्‌।</verse>
				<verse number="22">“‘तर त्‍यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्‍यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्‍नेछस्‌ कि म, परमप्रभु यस देशमा छु।</verse>
				<verse number="23">यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्‍नता ल्‍याउनेछु। यो आश्‍चर्यपूर्ण चिन्‍ह भोलि हुनेछ’।”</verse>
				<verse number="24">अनि परमप्रभुले त्‍यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।</verse>
				<verse number="25">तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्‍ना परमेश्‍वरको निम्‍ति बलि चढ़ाओ।”</verse>
				<verse number="26">तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्‍छन्‌। मिश्रीहरूकै आँखाका सामुन्‍ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्‍लान्‌?</verse>
				<verse number="27">हामी तीन दिनको बाटो गएर उजाड़-स्‍थानमा परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्‍ति हामीले बलि चढ़ाउनुपर्छ।”</verse>
				<verse number="28">फारोले भने, “म तिमीहरूलाई उजाड़-स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्‍ति बिन्‍ती चढ़ाइदेओ।”</verse>
				<verse number="29">मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून्‌ भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्‍ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।”</verse>
				<verse number="30">तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्‍ती गरे।</verse>
				<verse number="31">अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे।</verse>
				<verse number="32">तर यस पल्‍ट पनि फारोले आफ्‍नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्‍यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे।</verse>
				<verse number="2">तैंले तिनीहरूलाई जान दिन अस्‍वीकार गरिस्‌ र अझै रोकेर राखिस्‌ भने,</verse>
				<verse number="3">खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्‍यहाँ भयानक रूढ़ी आउनेछ।</verse>
				<verse number="4">तर परमप्रभुले इस्राएलका गाईबस्‍तु र मिश्रका गाईबस्‍तुमा भेद राख्‍नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”</verse>
				<verse number="5">परमप्रभुले यसो भनेर एक निश्‍चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्‍छ।”</verse>
				<verse number="6">अनि भोलिपल्‍ट परमप्रभुले त्‍यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्‍तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्‍तु मरेन।</verse>
				<verse number="7">फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्‍तुहरूमध्‍येको एउटै पनि मरेको उनीहरूले देखेनन्‌। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्‌।</verse>
				<verse number="8">फेरि परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्‍ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्‌।</verse>
				<verse number="9">त्‍यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्‍नेछन्‌।”</verse>
				<verse number="10">तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्‍ने खड़ा भए, र मोशाले हावामा त्‍यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्‍किआए।</verse>
				<verse number="11">जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्‍ने टिक्‍नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्‍केका थिए।</verse>
				<verse number="12">तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्‌।</verse>
				<verse number="13">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने हाजिर हो, र त्‍यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे।</verse>
				<verse number="14">नत्रभने यस पल्‍ट तँमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरा सबै विपत्तिहरू म पठाउनेछु, ताकि सारा पृथ्‍वीमा मजस्‍तो कोही रहेनछ भनी तँलाई थाहा होस्‌।</verse>
				<verse number="15">किनकि यदि मैले आफ्‍नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढ़ीले प्रहार गरेको भएदेखि तँ पृथ्‍वीबाट मेटिनेथिइस्‌।</verse>
				<verse number="16">तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।</verse>
				<verse number="17">अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्‍छस्‌।</verse>
				<verse number="18">यसकारण भोलि यसै बेला म यस्‍तो घोर असिना बर्साउनेछु जो मिश्र स्‍थापित भएको दिनदेखि अहिलेसम्‍म बर्सिएको छैन।</verse>
				<verse number="19">अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्‍तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्‌।”</verse>
				<verse number="20">फारोका अधिकारीहरूमध्‍ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरूलाई घरभित्र हुले।</verse>
				<verse number="21">तर परमप्रभुका वचनको वास्‍ता नगर्नेचाहिँले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरू मैदानमा नै रहन दिए।</verse>
				<verse number="22">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्‌— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्‌।”</verse>
				<verse number="23">तब मोशाले आफ्‍नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्‍वीसम्‍म बिजुली चम्‍क्‍यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो।</verse>
				<verse number="24">असिना पर्‍यो र बिजुली चम्‍क्‍यो। यस्‍तो त मिश्र राष्‍ट्रको प्रारम्‍भदेखि भएको थिएन।</verse>
				<verse number="25">असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्‍यो।</verse>
				<verse number="26">केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन।</verse>
				<verse number="27">तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्‍ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्‍छ, म र मेरा प्रजा गलत रहेछौं।</verse>
				<verse number="28">परमप्रभुलाई बिन्‍ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्‍नुपर्दैन।”</verse>
				<verse number="29">मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्‍कने बित्तिकै म परमप्रभुतिर आफ्‍नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्‍नुहोला कि पृथ्‍वी परमप्रभुकै हो।</verse>
				<verse number="30">तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्‍वरको डर अझसम्‍म मान्‍नुभएको छैन।”</verse>
				<verse number="31">(सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए।</verse>
				<verse number="32">तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्‍छन्‌।)</verse>
				<verse number="33">अनि मोशा फारोबाट सहरदेखि निस्‍केर गए, र परमप्रभुतिर आफ्‍ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन।</verse>
				<verse number="34">तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्‌ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्‍ना हृदय कठोर गरे।</verse>
				<verse number="35">यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्‍नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्‌।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्‍हहरू देखाऊँ भनेर नै मैले त्‍यो र त्‍यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ,</verse>
				<verse number="2">ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्‍ता-कस्‍ता चिन्‍हहरू देखाएँ सो तैंले आफ्‍ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्‌।”</verse>
				<verse number="3">तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘कहिलेसम्‍म तँ मेरो अगि नम्र हुन अस्‍वीकार गर्छस्‌? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्‌।</verse>
				<verse number="4">तैंले मेरा प्रजालाई जान दिन अस्‍वीकार गरिस्‌ भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्‍याउनेछु।</verse>
				<verse number="5">तिनीहरूले जमिनको सतह यस्‍तो गरी ढाक्‍नेछन्‌ कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्‌। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्‌।</verse>
				<verse number="6">तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्‌। त्‍यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्‍म कहिल्‍यै देखेका थिएनन्‌’।” तब मोशा फर्केर फारोबाट निस्‍केर गए।</verse>
				<verse number="7">फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्‍म यो मानिस हाम्रा लागि पासो बन्‍ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्नलाई जान दिनुहोस्‌। मिश्रदेश नष्‍ट भइसक्‍यो भन्‍ने के हजूरलाई थाहा छैन?”</verse>
				<verse number="8">अनि मोशा र हारून फारोकहाँ ल्‍याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्‌?”</verse>
				<verse number="9">मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्‍तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्‍ति चाड़ मान्‍नुपर्छ।”</verse>
				<verse number="10">फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्‌। मैले तिमीहरूलाई आफ्‍ना आइमाई र बालबच्‍चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्‍ट अभिप्राय छ।</verse>
				<verse number="11">अँहँ, त्‍यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्‍यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्‍नेबाट लघारिए।</verse>
				<verse number="12">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्रमा आऊन्‌ भनी आफ्‍नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्‍मै सागपातहरू खाइदेऊन्।”</verse>
				<verse number="13">अनि मोशाले आफ्‍नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्‍यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्‍याएको थियो।</verse>
				<verse number="14">अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्‍यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्‌।</verse>
				<verse number="15">तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्‍म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।</verse>
				<verse number="16">तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें।</verse>
				<verse number="17">यसकारण अब म बिन्‍ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्‍ना परमेश्‍वरसँग बिन्‍ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।”</verse>
				<verse number="18">तब मोशा फारोकहाँबाट निस्‍केर गए, र परमप्रभुलाई बिन्‍ती गरे।</verse>
				<verse number="19">अनि परमप्रभुले अति ठूलो पश्‍चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्‍यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।</verse>
				<verse number="20">तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्‌।</verse>
				<verse number="21">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्‍यारो भइजाओस्‌। छाम्‍दा थाहा पाउनेजस्‍तो अन्‍धकार होस्‌।”</verse>
				<verse number="22">अनि मोशाले आफ्‍नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्‍म निस्‍पट्ट अन्‍धकार भयो।</verse>
				<verse number="23">तीन दिनसम्‍म न त कसैले कसैलाई देख्‍न सक्‍यो, न कोही आफ्‍नो ठाउँबाट उठ्‌न सक्‍यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्‍यालै रह्यो।</verse>
				<verse number="24">तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्‍ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्‍तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्‍चाहरू पनि तिमीहरूसँगै जाऊन्‌।”</verse>
				<verse number="25">तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ।</verse>
				<verse number="26">हाम्रा गाईबस्‍तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्‍न। तिनीहरूमध्‍येकै कुनै-कुनै हामीले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुज्‍नलाई चढ़ाउनुपर्नेछ। जबसम्‍म हामी त्‍यहाँ पुग्‍दैनौं तबसम्‍म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्‍नुपर्छ।”</verse>
				<verse number="27">तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्‌।</verse>
				<verse number="28">तब फारोले मोशालाई भने, “मेरो सामुन्‍नेबाट गइहाल्‌। होशियार बस्, मेरो सामुन्‍ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास्‌ त्‍यो दिन तँ मर्नेछस्‌।”</verse>
				<verse number="29">मोशाले भने, “तपाईंले भन्‍नुभएजस्‍तै होस्, म फेरि कहिल्‍यै तपाईंको मुख हेर्नेछैनँ।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्‍याउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्‍यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ।</verse>
				<verse number="2">अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्‍त्रीले आ-आफ्‍ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्‌।”</verse>
				<verse number="3">(अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्‍यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्‍टिमा महान्‌ ठानिए।)</verse>
				<verse number="4">यसैले मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मध्‍यराततिर म मिश्रको बीचबाट भएर जानेछु।</verse>
				<verse number="5">सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्‍ने कमारीको जेठो छोरासम्‍म, गाईबस्‍तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌।</verse>
				<verse number="6">सारा मिश्रभरि अघि कहिल्‍यै नसुनिएको क्रन्‍दन सुनिनेछ, जो फेरि सुनिनेछैन।</verse>
				<verse number="7">तर पशुको विरुद्धमा होस्‌ वा मान्‍छेको विरुद्धमा होस्‌ इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्‍नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्‍नुहुन्‍छ।</verse>
				<verse number="8">अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्‍डवत्‌ गरेर भन्‍नेछन्, ‘तपाईंका पछि लाग्‍ने सारा मानिसहरूसमेत तपाईं निस्‍किजानुहोस्‌।’ त्‍यसपछि म निस्‍किजानेछु।” तब मोशा अत्‍यन्‍त क्रोधित भएर फारोकहाँबाट गइहाले।</verse>
				<verse number="9">परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा मेरा आश्‍चर्यका कामहरू अझ बढ्‌दैजाऊन्‌ भनेर फारोले तेरो कुरा सुन्‍नेछैन।”</verse>
				<verse number="10">मोशा र हारूनले यी सबै आश्‍चर्यका कामहरू फारोको सामु गरे। तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो, र उनले इस्राएलीहरूलाई आफ्‍नो देशबाट जान दिएनन्‌।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“यो महिनाचाहिँ तिमीहरूका निम्‍ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ।</verse>
				<verse number="3">इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको दशौँ दिनमा तिनीहरू हरेकले आ-आफ्‍नो परिवारको निम्‍ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्‍याएर राखोस्‌।</verse>
				<verse number="4">कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्‍यसले आफ्‍नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्‍तीअनुसार मिलोस्‌। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्‍ती गर्नू।</verse>
				<verse number="5">तिमीहरूको पाठो खोटरहित होस्‌— एक वर्षको पाठो। तिमीहरूले त्‍यो भेड़ा अथवा बाख्राबाट लिनू।</verse>
				<verse number="6">त्‍यो तिमीहरूले त्‍यस महिनाको चौधौँ दिनसम्‍म राख्‍नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्‌।</verse>
				<verse number="7">तब तिनीहरूले त्‍यसको रगत लिएर जुन-जुन घरमा त्‍यो खाइन्‍छ, त्‍यसको ढोकाको चौकोसका दुईपट्टिका खम्‍बाहरू र माथिल्‍लो भागमा लाऊन्‌।</verse>
				<verse number="8">तिनीहरूले त्‍यही रात त्‍यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्‌। तीतो सागसित तिनीहरूले त्‍यो खाऊन्‌।</verse>
				<verse number="9">त्‍यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्‍यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ।</verse>
				<verse number="10">त्‍यसबाट केही पनि बिहानसम्‍म नउबार्नू, तर केही बिहानसम्‍म रह्यो भने त्‍यो आगोमा जलाइदिनू।</verse>
				<verse number="11">पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्‍यो खानू। यो परमप्रभुको निस्‍तार-चाड़ हो।</verse>
				<verse number="12">“त्‍यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्‍मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्‍साफ गर्नेछु। म परमप्रभु हुँ।</verse>
				<verse number="13">तिमीहरू बसेका घरहरूमा त्‍यो रगत तिमीहरूका निम्‍ति चिन्‍ह हुनेछ। जब म त्‍यो रगत देख्‍नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन।</verse>
				<verse number="14">“त्‍यो दिन तिमीहरूका निम्‍ति एउटा स्‍मरणीय दिन हुनेछ, र तिमीहरूले त्‍यो दिन परमप्रभुको निम्‍ति चाड़ मनाउनेछौ। तिमीहरूले यो पुस्‍तौँसम्‍म एउटा रहिरहने विधि स्‍वरूप मान्‍नू।</verse>
				<verse number="15">सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्‍नो घरबाट खमिर निकाल्‍नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्‍म खमिर हालेको रोटी खाला त्‍यो मानिस इस्राएलबाट बहिष्‍कृत हुनेछ।</verse>
				<verse number="16">पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्‍ति जति गर्नुपर्छ त्‍यति मात्र गर्नू।</verse>
				<verse number="17">“तिमीहरूले अखमिरी रोटीको चाड़ मान्‍नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्‍याएको हुँ। यसकारण त्‍यो दिन तिमीहरूले पुस्‍तौँसम्‍म एउटा रहिरहने विधि स्‍वरूप मान्‍नू।</verse>
				<verse number="18">पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्‍काईसौँ दिनको बेलुकासम्‍म खमिर नहालेको रोटी खानू।</verse>
				<verse number="19">सात दिनसम्‍म तिमीहरूका घरमा केही खमिर नहोस्‌। कसैले खमिर भएको केही खायो भने त्‍यो चाहे प्रवासी होस्, चाहे स्‍वदेशी होस्, त्‍यो इस्राएलको समुदायबाट बहिष्‍कृत हुनेछ।</verse>
				<verse number="20">तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।”</verse>
				<verse number="21">तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्‍नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्‍तार-चाड़का बलिको निम्‍ति मार।</verse>
				<verse number="22">हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू।</verse>
				<verse number="23">जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न।</verse>
				<verse number="24">“तिमीहरूले यी कुरा सदाको निम्‍ति एक रहिरहने विधि स्‍वरूप आफू र आफ्‍ना भावी सन्‍तानका लागि मान्‍नू।</verse>
				<verse number="25">जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्‍नेछौ, तब तिमीहरूले यो चाड़ मान्‍नू।</verse>
				<verse number="26">जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्‍छन्,</verse>
				<verse number="27">तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्‍तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्‌नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।</verse>
				<verse number="28">अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे।</verse>
				<verse number="29">मध्‍यरातमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर झ्‍यालखानमा हुने कैदीको जेठो छोरासम्‍म, सबै गाईबस्‍तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्‍मेकाहरू परमप्रभुले मार्नुभयो।</verse>
				<verse number="30">फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन।</verse>
				<verse number="31">फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्‍लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर।</verse>
				<verse number="32">तिमीहरूले भनेबमोजिम आ-आफ्‍ना भेड़ाबाख्रा र गाईबस्‍तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।”</verse>
				<verse number="33">मिश्रीहरूले इस्राएलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौं।”</verse>
				<verse number="34">यसैले इस्राएलीहरूले आ-आफ्‍नो मुछेको पीठो खमिर हाल्‍न अघि नै उठाए, र तिनीहरूले आ-आफ्‍नो मुछ्‌ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले।</verse>
				<verse number="35">मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे।</verse>
				<verse number="36">परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूप्रति कृपालु बनाइदिनुभएको थियो, र मिश्रीहरूले तिनीहरूलाई मागेअनुसार सबै दिए। यसरी तिनीहरूले मिश्रीहरूलाई लुटे।</verse>
				<verse number="37">इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्‍कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्‌ने मानिसहरू थिए।</verse>
				<verse number="38">तिनीहरूका साथमा अरू मानिसहरू र थुप्रै भेड़ाबाख्रा र गाईबस्‍तु पनि लगे।</verse>
				<verse number="39">तिनीहरूले आफूसाथ मिश्रबाट ल्‍याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्‍यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्‍ना निम्‍ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्‌।</verse>
				<verse number="40">इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो।</verse>
				<verse number="41">चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्‍पूर्ण दलहरू मिश्रबाट निस्‍के।</verse>
				<verse number="42">तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउन त्‍यस रात परमप्रभु जागरण बस्‍नुभएकोले, इस्राएलीहरूले पनि त्‍यही रात जागरण बसी पुस्‍तौँसम्‍म परमप्रभुलाई आदर गरून्‌।</verse>
				<verse number="43">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “निस्‍तार-चाड़का विधिहरू यी नै हुन्‌: “कोही विदेशीले त्‍यसबाट नखाओस्‌।</verse>
				<verse number="44">तर किनिएको हरेक कमाराले खतना गरेपछि मात्र खाओस्,</verse>
				<verse number="45">तर परदेशी र ज्‍यालादारी नोकरले त्‍यो नखाओस्‌।</verse>
				<verse number="46">“त्‍यो एउटै घरमा खाइनेछ। त्‍यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, न त त्‍यसका कुनै हाड़ भाँच्‍नू।</verse>
				<verse number="47">इस्राएलको सारा समुदायले त्‍यो पालन गरोस्‌।</verse>
				<verse number="48">“तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्‍तार-चाड़ मनाउन त्‍यसले इच्‍छा गर्छ भने, त्‍यसको घरका सबै पुरुषको खतना होस्‌। तब त्‍यसले त्‍यो देशमै जन्‍मेको जस्‍तो गरी सो चाड़मा भाग लिन सक्‍छ। खतना नभएको कुनै मानिसले त्‍यो नखाओस्‌।</verse>
				<verse number="49">स्‍वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्‍ति समान नियम हुनेछ।”</verse>
				<verse number="50">परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार सारा इस्राएलीहरूले गरे।</verse>
				<verse number="51">ठीक त्‍यही दिन इस्राएलीहरूलाई तिनीहरूका दल-दल गरी परमप्रभुले मिश्रबाट निकालेर ल्‍याउनुभयो।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूमध्‍येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात्‌ पहिले जन्‍मेका सबै नरहरूलाई मेरो निम्‍ति अर्पण गर्‌। ती मेरा हुन्‌।”</verse>
				<verse number="3">तब मोशाले मानिसहरूलाई भने, “दासत्‍वको देश, मिश्रबाट निस्‍केर आएको यस दिनको तिमीहरूले सम्‍झना राख, किनकि परमप्रभुले आफ्‍नो बाहुलीको शक्तिले तिमीहरूलाई त्‍यस ठाउँबाट निकालेर ल्‍याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्‌।</verse>
				<verse number="4">आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्‍केर जाँदैछौ।</verse>
				<verse number="5">जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्‍वी र यबूसीहरूको देश, अर्थात्‌ दूध र मह बग्‍ने देशमा ल्‍याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्‍छु’ भन्‍ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्‍नू।</verse>
				<verse number="6">सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्‍ति एउटा चाड़ मनाउनू।</verse>
				<verse number="7">ती सात दिनसम्‍म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन।</verse>
				<verse number="8">त्‍यस दिन तिमीहरूले आफ्‍नो छोरालाई यसो भन्‍नू, ‘जब म मिश्रबाट निस्‍केर आएँ, तब परमप्रभुले मेरो निम्‍ति जे गर्नुभयो, यो त्‍यसैको निम्‍ति गरिएको हो’।</verse>
				<verse number="9">परमप्रभुको व्‍यवस्‍था तिमीहरूका मुखमा रहोस्‌ भनेर यो तिमीहरूका निम्‍ति हातमा एउटा चिन्‍ह र निधार अगि तिमीहरूलाई सम्‍झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्‍नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।</verse>
				<verse number="10">यो विधि वर्षेनी ठहराइएको समयमा मान्‍ने गर्नू।</verse>
				<verse number="11">“जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्‍याएर त्‍यो देश तिमीहरूलाई दिनुहुनेछ,</verse>
				<verse number="12">तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्‍ति हुनेछन्‌।</verse>
				<verse number="13">पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्‍यो छुटाएनौ भने त्‍यसको घाँटी भाँचिदिनू। आफ्‍ना छोराहरूमध्‍ये जेठालाई छुटाउनू।</verse>
				<verse number="14">“जब भविष्‍यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्‍नेछ, तब तिमीहरूले त्‍यसलाई भन्‍नू, परमप्रभुले हामीलाई दासत्‍वको देश, मिश्रबाट आफ्‍नो शक्तिशाली बाहुलीले निकालेर ल्‍याउनुभयो।</verse>
				<verse number="15">जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्‍मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्‍ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्‍येका जेठालाई चाहिँ छुटाउँछु।</verse>
				<verse number="16">यो परमप्रभुले हामीलाई आफ्‍नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्‍याउनुभएको हो भनी तिमीहरूका निम्‍ति हातमा भएको एउटा चिन्‍ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”</verse>
				<verse number="17">जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्‍तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्‍वरले तिनीहरूलाई त्‍यो बाटो भएर ल्‍याउनुभएन। किनकि परमेश्‍वरले भन्‍नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान्‌ र मिश्रमा नै फर्की जालान्‌।”</verse>
				<verse number="18">यसकारण परमेश्‍वरले तिनीहरूलाई घुमाएर उजाड़-स्‍थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इस्राएलीहरू सशस्‍त्र भई मिश्रबाट हिँड़े।</verse>
				<verse number="19">मोशाले योसेफका अस्‍थिहरू साथमा लगे, किनकि तिनले इस्राएलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लाएका थिए, “परमेश्‍वरले अवश्‍य तिमीहरूको हेर-विचार गर्नुहुनेछ। त्‍यस बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू।”</verse>
				<verse number="20">तिनीहरू सुक्‍कोतबाट गएपछि, उजाड़-स्‍थानको नजिकै एथाममा डेरा बनाएर वास बसे।</verse>
				<verse number="21">अनि तिनीहरू रातदिन हिँड्‌न सकून्‌ भनेर तिनीहरूलाई बाटो देखाउनका निम्‍ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्‍थ्‍यो।</verse>
				<verse number="22">दिनमा बादलको खामो र राती आगोको खामो मानिसहरूका अगिअगि जान कहिल्‍यै छोड़ेन।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्‍दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्‌। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्‌।</verse>
				<verse number="3">फारोले इस्राएलीहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू त अलमल्‍ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्‍थानले तिनीहरूलाई थुनिदिएछ’।</verse>
				<verse number="4">अनि म फारोको हृदय कठोर पार्नेछु र त्‍यसले इस्राएलीहरूलाई खेद्‌नेछ। तर फारो र त्‍यसको सारा सेनाद्वारा म आफ्‍नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्‌।” तब इस्राएलीहरूले त्‍यसै गरे।</verse>
				<verse number="5">जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्‍यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्‌लियो। उनीहरूले भने, “यो हामीले के गर्‍यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!”</verse>
				<verse number="6">अनि उनले आफ्‍नो रथ तयार गरेर आफ्‍नो सेनालाई साथमा लिए।</verse>
				<verse number="7">उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए।</verse>
				<verse number="8">अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र उनले साहससँग हिँड़िरहेका इस्राएलीहरूलाई खेदे।</verse>
				<verse number="9">तब मिश्रीहरू, अर्थात्‌ फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।</verse>
				<verse number="10">जब फारो बढ़ेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे। इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे।</verse>
				<verse number="11">तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्‍थानमा मर्नलाई ल्‍याउनुभयो? हामीलाई मिश्रबाट ल्‍याएर यो के गर्नुभयो?</verse>
				<verse number="12">के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्‌’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्‍थानमा मर्नुभन्‍दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”</verse>
				<verse number="13">मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ।</verse>
				<verse number="14">परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस।”</verse>
				<verse number="15">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ किन मेरो पुकारा गर्छस्‌? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे।</verse>
				<verse number="16">तैंले चाहिँ आफ्‍नो लहुरो उठाएर आफ्‍नो हात समुद्रतिर पसारेर त्‍यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्‌।</verse>
				<verse number="17">म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्‍नेछन्‌। अनि फारो र त्‍यसका सारा सेना, त्‍यसका रथहरू र त्‍यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ।</verse>
				<verse number="18">जब फारो, त्‍यसका रथहरू र त्‍यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्‍ने कुरा थाहा पाउनेछन्‌।”</verse>
				<verse number="19">तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो।</verse>
				<verse number="20">त्‍यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्‍यारो पार्‍यो र अर्कोतिर उज्‍यालो पार्‍यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्‌।</verse>
				<verse number="21">तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो।</verse>
				<verse number="22">इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्‍ति पर्खाल भयो।</verse>
				<verse number="23">मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे।</verse>
				<verse number="24">अनि रातको पछिल्‍लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्‍बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्‍ल गराइदिनुभयो।</verse>
				<verse number="25">उहाँले उनीहरूका रथका पाङ्‌ग्राहरू फुस्‍काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्‍न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्‌दैहुनुहुन्‍छ।”</verse>
				<verse number="26">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्‍यो पानी फेरि बढ़ेर आओस्‌।”</verse>
				<verse number="27">मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र बिहान उज्‍यालो हुँदा समुद्र फेरि फर्केर आफ्‍नो ठाउँमा आयो। मिश्रीहरू त्‍यसको विपरीत दिशातिर भाग्‍न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्‍याँकिदिनुभयो।</verse>
				<verse number="28">पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात्‌ इस्राएलका पछिपछि आएका फारोका जम्‍मै सेनालाई छोप्‍यो; र उनीहरूमध्‍ये एउटै पनि बाँचेन।</verse>
				<verse number="29">तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो।</verse>
				<verse number="30">त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे।</verse>
				<verse number="31">परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्‍यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्‍वास गरे।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्‍तुति गाए: “म परमप्रभुको स्‍तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।</verse>
				<verse number="2">	परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।</verse>
				<verse number="3">परमप्रभु नै योद्धा हुनुहुन्‍छ, उहाँको नाउँ परमप्रभु हो।</verse>
				<verse number="4">फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्‍ठ अधिकृतहरू लाल समुद्रमा डुबे।</verse>
				<verse number="5">गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे।</verse>
				<verse number="6">हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्‍यो।</verse>
				<verse number="7">तपाईंका विरुद्धमा उठ्‌नेहरूलाई तपाईंका गौरवको उच्‍चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्‍नो जल्‍दो क्रोध प्रकट गर्नुभयो, र त्‍यसले उनीहरूलाई ठोसाझैँ भस्‍म पार्‍यो।</verse>
				<verse number="8">तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।</verse>
				<verse number="9">“शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्‌नेछु। तिनीहरूमा म टन्‍न भोज गर्नेछु। म मेरो तरवार थुत्‍नेछु, र मेरो हातले तिनीहरूलाई नष्‍ट पार्नेछु।’</verse>
				<verse number="10">तर तपाईंले आफ्‍नो सास फुक्‍नुभयो, र समुद्रले उनीहरूलाई छोप्‍यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे।</verse>
				<verse number="11">हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्‍य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?</verse>
				<verse number="12">तपाईंले आफ्‍नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्‍वीले उनीहरूलाई निलिहाल्‍यो।</verse>
				<verse number="13">“तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्‍नो नचुक्‍ने प्रेममा डोर्‍याउनुहुनेछ। तपाईंले आफ्‍नो शक्तिद्वारै तिनीहरूलाई आफ्‍नो पवित्र वासस्‍थानमा अगुवाइ गर्नुहुनेछ।</verse>
				<verse number="14">जातिहरूले सुन्‍नेछन्‌ र काम्‍नेछन्‌। पलिश्‍त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।</verse>
				<verse number="15">एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्‍पले पक्रनेछ। कनानका सारा बासिन्‍दाहरू पग्‍लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ।</verse>
				<verse number="16">हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्‍जेल, तपाईंले किन्‍नुभएका प्रजा पार नहोउञ्‍जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्‍थरझैँ अचल रहनेछन्‌।</verse>
				<verse number="17">तपाईंले तिनीहरूलाई ल्‍याएर तपाईंको आफ्‍नो उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ— त्‍यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्‍नो वासको निम्‍ति बनाउनुभयो, त्‍यही पवित्रस्‍थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्‍थापना गरे।</verse>
				<verse number="18">परमप्रभुले सदासर्वदै राज्‍य गर्नुहुनेछ।”</verse>
				<verse number="19">जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।</verse>
				<verse number="20">तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्‍त्रीहरू पनि खैँजड़ी लिएर नाच्‍दै तिनका पछिपछि निस्‍के।</verse>
				<verse number="21">मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”</verse>
				<verse number="22">तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्‍थानतिर लागे। उजाड़-स्‍थानमा हिँड्‌दा तीन दिनसम्‍म तिनीहरूले पानी पाएनन्‌।</verse>
				<verse number="23">अनि मारा भन्‍ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्‍यो तीतो थियो। (यसैले त्‍यसको नाउँ मारा भयो।)</verse>
				<verse number="24">यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।</verse>
				<verse number="25">तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो। त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।</verse>
				<verse number="26">र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”</verse>
				<verse number="27">अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्‍यही पानीनेर पाल टाँगे।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्‍केको दोस्रो महिनाको पन्‍ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्‍थानमा आइपुगे।</verse>
				<verse number="2">तब सारा समुदाय त्‍यहाँ मोशा र हारूनसित गनगनाउन लागे।</verse>
				<verse number="3">अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्‍जेल खाना खान्‍थ्‍यौं। त्‍यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्‍मै समुदायलाई भोकले मार्न उजाड़-स्‍थानमा ल्‍याउनुभएको छ।”</verse>
				<verse number="4">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्‍ति स्‍वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्‍सा बटुलून्‌। यसरी तिनीहरू मेरा आदेशमा हिँड्‌छन्‌ कि हिँड्‌दैनन्‌ सो म जाँच गर्न सकूँला।</verse>
				<verse number="5">छैटौँ दिन तिनीहरूले जति बटुल्‍छन्‌ त्‍यो तयारी पारिराखून्, र त्‍यो अरू दिनभन्‍दा दोबर होस्‌।”</verse>
				<verse number="6">यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “बेलुकी तिमीहरूले थाहा पाउनेछौ, कि परमप्रभुले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।</verse>
				<verse number="7">अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?”</verse>
				<verse number="8">फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्‍जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्‍नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।”</verse>
				<verse number="9">तब मोशाले हारूनलाई भने, “इस्राएलीका सारा समुदायलाई भन्‍नुहोस्, ‘परमप्रभुको सामु आओ, किनभने उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ’।”</verse>
				<verse number="10">अनि इस्राएलका सारा समुदायसित हारून बोल्‍दा, तिनीहरूले उजाड़-स्‍थानतिर हेरे। त्‍यहाँ परमप्रभुको महिमा बादलमा देखियो।</verse>
				<verse number="11">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="12">“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने तिमीहरूले थाहा पाउनेछौ’।”</verse>
				<verse number="13">तब बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाके, र बिहानचाहिँ छाउनीका चारैतिर शीत परिरह्यो।</verse>
				<verse number="14">जब त्‍यो शीत सुक्‍यो तब जमिनमा परेको तुसारोझैँ ससाना डल्‍ला उजाड़-स्‍थानभरि रहेछन्‌।</verse>
				<verse number="15">इस्राएलीहरूले त्‍यो देखेर आपसमा भन्‍न लागे, “यो के हो?” किनकि तिनीहरूले त्‍यो के हो भनी जान्‍दैनथे। मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनुभएको रोटी हो।</verse>
				<verse number="16">परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘यसबाट हरेकले आफूले खाने जति बटुल। तिमीहरूका आ-आफ्‍नो पालमा हुने हरेकको निम्‍ति एक-एक ओमेर बटुल’।”</verse>
				<verse number="17">इस्राएलीहरूले त्‍यसै गरे, कसैले धेरै, कसैले थोरै बटुले।</verse>
				<verse number="18">जब तिनीहरूले त्‍यो ओमेरले नापे, तब धेरै बटुल्‍नेको ज्‍यादा भएन र थोरै बटुल्‍नेको कम भएन। तिनीहरू हरेकले आफूले खाने जति नै बटुले।</verse>
				<verse number="19">तब मोशाले तिनीहरूलाई भने, “कसैले पनि त्‍यसबाट केही पनि बिहानसम्‍म नराखोस्‌।”</verse>
				<verse number="20">तर तिनीहरूमध्‍ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्‍यसबाट केही भाग बिहानसम्‍मै राखे। तर त्‍यसमा कीरा लागेर गन्‍हाउन लाग्‍यो। मोशा तिनीहरूसित क्रोधित भए।</verse>
				<verse number="21">यसरी बिहान-बिहान तिनीहरू हरेक मानिसले आफूले खाने जति बटुल्‍थे, र घाम छिप्‍पिएपछि त्‍यो बिलाइहाल्‍थ्‍यो।</verse>
				<verse number="22">छैटौँ दिनचाहिँ तिनीहरूले दोबर, अर्थात्‌ हरेकको निम्‍ति दुई-दुई ओमेर बटुले, अनि समुदायका सबै नाइकेहरू आएर मोशालाई त्‍यो कुरा बताए।</verse>
				<verse number="23">तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्‍ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्‍नु छ, सो उमाल। जति उब्रिन्‍छ त्‍यो आफ्‍नो निम्‍ति बिहानसम्‍मलाई राख’।”</verse>
				<verse number="24">मोशाले आज्ञा गरेझैँ त्‍यो तिनीहरूले बिहानसम्‍मै छोड़िराखे। त्‍यो गन्‍हाएन र त्‍यसमा कुनै कीरा पनि लागेन।</verse>
				<verse number="25">तब मोशाले भने, “त्‍यो आज खाओ, किनकि आज परमप्रभुको निम्‍ति शबाथ हो। आज त्‍यो तिमीहरूले भूमिमा पाउनेछैनौ।</verse>
				<verse number="26">छ दिनसम्‍म तिमीहरूले त्‍यो बटुल, तर सातौँ दिन शबाथ हो, र त्‍यसमा केही हुनेछैन।”</verse>
				<verse number="27">तरै पनि सातौँ दिनमा मानिसहरूमध्‍ये कति जना त्‍यो बटुल्‍न गए, तर केही पाएनन्‌।</verse>
				<verse number="28">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्‍म तिमीहरू मेरा आज्ञा र मेरा आदेशहरू मान्‍न अस्‍वीकार गर्नेछौ?</verse>
				<verse number="29">याद राख, कि परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ। यसैकारण परमप्रभुले तिमीहरूका निम्‍ति छैटौँ दिनमा दुई दिनको भोजन दिनुहुन्‍छ। सातौँ दिनमा तिमीहरू हरेक जहाँ छौ त्‍यहीँ नै बसिरहनू, कुनै पनि मानिस आफ्‍नो डेराबाट बाहिर नजाओस्‌।”</verse>
				<verse number="30">यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।</verse>
				<verse number="31">इस्राएलीहरूले त्‍यस रोटीको नाउँ “मन्‍न” राखे। त्‍यो धनियाँजस्‍तो सेतो थियो। त्‍यसको स्‍वादचाहिँ महमा बनाएको बाबरजस्‍तो थियो।</verse>
				<verse number="32">मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउँदा उजाड़-स्‍थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्‍ताहरूले त्‍यो देखून्‌ भनेर त्‍यसबाट एक ओमेर पुस्‍तौँ-पुस्‍तौँसम्‍म राख’।”</verse>
				<verse number="33">अनि मोशाले हारूनलाई भने, “एउटा भाँड़ो लिएर त्‍यसमा एक ओमेर मन्‍न हाल्‍नुहोस्, र आउने पुस्‍ताहरूका निम्‍ति परमप्रभुको अगाड़ि राख्‍नुहोस्‌।”</verse>
				<verse number="34">तब परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम हारूनले गवाही-पाटीको सामु रहिरहोस्‌ भनेर मन्‍न राखे।</verse>
				<verse number="35">इस्राएलीहरूले मानिसले बसोबास गरेको जमिनसम्‍म नपुगुञ्‍जेल चालीस वर्षसम्‍म मन्‍न खाइरहे। कनान देशको सिमानामा नपुगुञ्‍जेल तिनीहरूले त्‍यो मन्‍न खाइरहे।</verse>
				<verse number="36">(एक ओमेर आधा पाथी हो।)</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्‍थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्‍यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्‍ति खाने पानी थिएन।</verse>
				<verse number="2">यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्‌।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ?”</verse>
				<verse number="3">तर मानिसहरूलाई पानीको तिर्खा लाग्‍यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्‍चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्‍याउनुभयो?”</verse>
				<verse number="4">तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्‍नै आँटेका छन्‌।”</verse>
				<verse number="5">परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्‍ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्‍नो हातमा लिएर जा।</verse>
				<verse number="6">म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्‍यहाँबाट पानी निस्‍कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्‍ने त्‍यसै गरे।</verse>
				<verse number="7">“परमप्रभु हाम्रा बीचमा हुनुहुन्‍छ कि हुनुहुन्‍न” भन्‍ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्‍यस ठाउँको नाउँ तिनले मस्‍साह र मेरीबा राखे।</verse>
				<verse number="8">तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।</verse>
				<verse number="9">अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्‍ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।”</verse>
				<verse number="10">तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्‌न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए।</verse>
				<verse number="11">मोशाले आफ्‍ना हात माथि उचालिराख्‍दा इस्राएलीहरू विजयी हुन्‍थे। तर तिनले आफ्‍ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्‍थे।</verse>
				<verse number="12">जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्‍याएर तिनीमुनि राखिदिए, र तिनी त्‍यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्‍त नहोउञ्‍जेल तिनका हात स्‍थिर रहे।</verse>
				<verse number="13">अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।</verse>
				<verse number="14">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरो सम्‍झनाको निम्‍ति एउटा पुस्‍तकमा लेख्, र त्‍यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्‍मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।”</verse>
				<verse number="15">मोशाले त्‍यहाँ एउटा वेदी बनाएर त्‍यसको नाउँ “परमप्रभु मेरो झन्‍डा” राखे।</verse>
				<verse number="16">अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्‍तौँ-पुस्‍तौँसम्‍म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">परमेश्‍वरले मोशा र आफ्‍नो प्रजा इस्राएलका निम्‍ति गर्नुभएका सारा कुरा, कसरी परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको थियो, सो मिद्यानका पूजाहारी, मोशाका ससुरा यित्रोले सुने।</verse>
				<verse number="2">मोशाले आफ्‍नी पत्‍नी सिप्‍पोरालाई माइत पठाएपछि, तिनका ससुरा यित्रोले सिप्‍पोरा</verse>
				<verse number="3">र तिनका दुई छोराहरूलाई लिए। ती छोराहरूमध्‍ये एक जनाको नाउँ गेर्शोम थियो, किनभने मोशाले भने, “म परदेशमा रहने प्रवासी भएको छु।”</verse>
				<verse number="4">अर्काको नाउँचाहिँ एलीएजर थियो, किनभने तिनले भने, “मेरा पिताका परमेश्‍वर मेरा सहायक भएर मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो।”</verse>
				<verse number="5">मोशाका छोराहरू र पत्‍नी लिएर मोशाका ससुरा यित्रो परमेश्‍वरको पर्वत नजिक मोशा पाल टाँगेर बसेको उजाड़-स्‍थानमा आए।</verse>
				<verse number="6">यित्रोले मोशालाई यसो भनेर खबर पठाएका थिए, “म तिम्रा ससुरा यित्रो, तिम्री पत्‍नी र तिम्रा दुवै छोराहरूलाई लिएर तिमीकहाँ आउँदैछु।”</verse>
				<verse number="7">मोशा आफ्‍ना ससुरालाई भेट्‌न निस्‍के, र भेटेर तिनलाई ढोगेर म्‍वाइँ खाए। तिनीहरूले एक-अर्काको हालखबर सोधपूछ गरे, र पालभित्र पसे।</verse>
				<verse number="8">परमप्रभुले इस्राएलीहरूका खातिर फारो र मिश्रीहरूलाई के-कसो गर्नुभयो, र बाटोमा तिनीहरूलाई के-के कष्‍ट भयो, र परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो सो वृत्तान्‍त मोशाले आफ्‍ना ससुरालाई सुनाए।</verse>
				<verse number="9">तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर ल्‍याउनुहुँदा इस्राएलीहरूका निम्‍ति परमप्रभुले गर्नुभएका सबै कल्‍याणको कारण यित्रो खुशी भए।</verse>
				<verse number="10">यित्रोले भने, “तिमीहरूलाई मिश्रीहरू र फारोका हातबाट छुटाउनुहुने परमप्रभुको प्रशंसा होस्‌।</verse>
				<verse number="11">अब मलाई थाहा भयो कि परमप्रभु सारा देवताहरूभन्‍दा महान्‌ हुनुहुँदोरहेछ, किनकि जब मिश्रीहरूले इस्राएलीहरूमाथि अभिमानी व्‍यवहार गरे तब उहाँले उनीहरूलाई त्‍यसो गर्नुभयो।”</verse>
				<verse number="12">त्‍यसपछि मोशाका ससुरा यित्रोले परमेश्‍वरको निम्‍ति होमबलि र अरू बलिदानहरू चढ़ाए। अनि हारून र इस्राएलका सबै धर्म-गुरुहरू मोशाका ससुरा यित्रोसँग परमेश्‍वरको उपस्‍थितिमा रोटी खान आए।</verse>
				<verse number="13">भोलिपल्‍ट मोशा मानिसहरूका निम्‍ति न्‍याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म मोशाको वरिपरि आए।</verse>
				<verse number="14">मोशाले मानिसहरूका निम्‍ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्‍ति गरेको के काम हो? किन तिमी मात्र न्‍याय गर्न एकलै बसिरहन्‍छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म तिम्रो वरिपरि उभिरहन्‍छन्‌?”</verse>
				<verse number="15">मोशाले आफ्‍ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्‍वरको इच्‍छा बुझ्‍न आउँछन्‌।</verse>
				<verse number="16">तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्‍यसको भाइबन्‍धुको बीचमा म न्‍याय गरिदिन्‍छु, अनि म तिनीहरूलाई परमेश्‍वरका विधिविधानहरू बताइदिन्‍छु।”</verse>
				<verse number="17">मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन।</verse>
				<verse number="18">तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्‍ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्‍नेछैनौ।</verse>
				<verse number="19">मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू।</verse>
				<verse number="20">तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू।</verse>
				<verse number="21">तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर।</verse>
				<verse number="22">तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌।</verse>
				<verse number="23">तिमीले यो उपाय गर्‍यौ भने र परमेश्‍वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्‍न सक्‍नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्‍नो घरमा चित्त बुझाएर जानेछन्‌।”</verse>
				<verse number="24">मोशाले आफ्‍ना ससुराले भनेका कुरा माने, र तिनले भनेबमोजिम सबै गरे।</verse>
				<verse number="25">मोशाले सारा इस्राएलबाटका योग्‍य-योग्‍य मानिसहरूलाई छाने, र तिनीहरूलाई मानिसहरूमाथि नायक बनाए, अर्थात्‌ हजार-हजारका नायक, सय-सयका नायक, पचास-पचासका नायक र दश-दशका नायक।</verse>
				<verse number="26">तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ताका रूपमा सेवा गर्थे। गाह्रा-गाह्रा विषयहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्‍याउँथे, तर हरेक मामुली कुरा तिनीहरू आफैले इन्‍साफ गर्थे।</verse>
				<verse number="27">तब मोशाले आफ्‍ना ससुरालाई बिदा गरे, र यित्रो आफ्‍नो देशको बाटो लागे।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">इस्राएलीहरू मिश्रबाट निक्‍लेका तीन महिना भएपछि— त्‍यही दिनमा तिनीहरू सीनैको उजाड़-स्‍थानमा आइपुगे।</verse>
				<verse number="2">जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्‍थानमा आए, त्‍यही पर्वतकै सामुन्‍ने इस्राएलीहरूले छाउनी बनाए।</verse>
				<verse number="3">तब मोशा परमेश्‍वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्‍नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्‍नू:</verse>
				<verse number="4">‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ।</verse>
				<verse number="5">अब यदि तिमीहरूले मेरा कुरा साँच्‍चै नै सुन्‍यौ र मेरो करार पालन गर्‍यौ भने, सबै जातिहरूमध्‍ये तिमीहरूचाहिँ मेरो बहुमूल्‍य निज धन हुनेछौ। सारा पृथ्‍वी मेरै भए तापनि</verse>
				<verse number="6">तिमीहरू मेरो निम्‍ति पूजाहारीहरूको एक राज्‍य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्‍नुपर्ने कुरा यी नै हुन्‌।”</verse>
				<verse number="7">अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्‍नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए।</verse>
				<verse number="8">सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए।</verse>
				<verse number="9">परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून्‌ र तँलाई सधैँ विश्‍वास पनि गरून्‌ भनेर म तँकहाँ बाक्‍लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए।</verse>
				<verse number="10">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्‌। तिनीहरूले आ-आफ्‍ना लुगा धोऊन्,</verse>
				<verse number="11">र तेस्रो दिनको निम्‍ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्‍ने परमप्रभु आउनुहुनेछ।</verse>
				<verse number="12">तैंले चाहिँ मानिसहरूका निम्‍ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्‍यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्‍छ त्‍यो निश्‍चय नै मारिनेछ।</verse>
				<verse number="13">कसैले पनि त्‍यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्‍यसलाई मार्नू। पशु होस्‌ अथवा मानिस, त्‍यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्‍दा तिनीहरू पर्वतसम्‍म आऊन्‌।”</verse>
				<verse number="14">मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्‍ना लुगा धोए।</verse>
				<verse number="15">तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्‍ति तयार होओ। यौनक्रिया नगर।”</verse>
				<verse number="16">तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्‌याङगुडुङ भयो र बिजुली चम्‍क्‍यो र बाक्‍लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे।</verse>
				<verse number="17">तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्‍वरसँग भेट गर्न ल्‍याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए।</verse>
				<verse number="18">परमप्रभु आगोमा ओर्लेर त्‍यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्‍क्‍यो र सारा पर्वत जोडसित काँप्‍न लाग्‍यो,</verse>
				<verse number="19">र तुरहीको आवाज अझ चर्को गरी बज्‍न लाग्‍यो। तब मोशा बोल्‍न लागे, र परमेश्‍वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो।</verse>
				<verse number="20">अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्‍लेर गए।</verse>
				<verse number="21">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान्‌ र तिनीहरूमध्‍ये धेरै नष्‍ट होलान्‌।</verse>
				<verse number="22">परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्‍कालै नाश गर्नुहुन्‍छ।”</verse>
				<verse number="23">मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्‍लेर आउन सक्‍दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।”</verse>
				<verse number="24">अनि परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्‍लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्‍ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्‍कालै नाश गर्नुहुनेछ।”</verse>
				<verse number="25">यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो:</verse>
				<verse number="2">“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।</verse>
				<verse number="3">“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।</verse>
				<verse number="4">	“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।</verse>
				<verse number="5">	तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,</verse>
				<verse number="6">तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।</verse>
				<verse number="7">	“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।</verse>
				<verse number="8">	“शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।</verse>
				<verse number="9">	छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,</verse>
				<verse number="10">तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।</verse>
				<verse number="11">	किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।</verse>
				<verse number="12">	“आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।</verse>
				<verse number="13">	“हत्‍या नगर्नू।</verse>
				<verse number="14">	“व्‍यभिचार नगर्नू।</verse>
				<verse number="15">	“चोरी नगर्नू।</verse>
				<verse number="16">	“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।</verse>
				<verse number="17">	“आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”</verse>
				<verse number="18">जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।</verse>
				<verse number="19">तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”</verse>
				<verse number="20">मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”</verse>
				<verse number="21">मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।</verse>
				<verse number="22">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।</verse>
				<verse number="23">मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।</verse>
				<verse number="24">“मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु।</verse>
				<verse number="25">तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ।</verse>
				<verse number="26">र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">“अब मैले तिमीहरूको सामु राख्‍ने विधानहरू यी नै हुन्‌।</verse>
				<verse number="2">“तिमीहरूले हिब्रू कमारा किन्‍यौ भने त्‍यसले छ वर्षसम्‍म सेवा गरोस्‌। तर सातौँ वर्षमा केही नतिरी त्‍यो स्‍वतन्‍त्र भएर जाओस्‌।</verse>
				<verse number="3">त्‍यो एकलै आएको भए एकलै जाओस्‌। त्‍यसले विवाह गरेर आएको भए त्‍यसकी पत्‍नी पनि त्‍यसैसँग जाओस्‌।</verse>
				<verse number="4">यदि त्‍यसका मालिकले त्‍यसलाई पत्‍नी दिएका भए, र त्‍यसले छोराछोरीहरू जन्‍माई भने, पत्‍नी र छोराछोरीहरू त्‍यसका मालिकका हुनेछन्, र त्‍यो मात्र स्‍वतन्‍त्र भएर जाओस्‌।</verse>
				<verse number="5">“तर यदि त्‍यस कमाराले स्पष्टसँग, मलाई मेरा पत्‍नी र छोराछोरीहरूको माया लाग्‍छ, म स्‍वतन्‍त्र हुन चाहन्‍नँ भन्‍यो भने,</verse>
				<verse number="6">त्‍यसको मालिकले त्‍यसलाई न्‍यायकर्ताहरूकहाँ ल्‍याओस्, र त्‍यसलाई ढोका कि ढोकाको सँघारमा ल्‍याएर त्‍यसको कान सुतारोले छेड़ोस्‌। त्‍यसपछि त्‍यो आजीवन मालिकको नोकर हुनेछ।</verse>
				<verse number="7">“यदि कुनै मानिसले आफ्‍नी छोरी कमारी हुनलाई बेचेको छ भने, त्‍योचाहिँ कमाराझैँ स्‍वतन्‍त्र भएर नजाओस्‌।</verse>
				<verse number="8">त्‍यसलाई ल्‍याएर पनि त्‍यसको मालिकलाई त्‍यो असल लागेन भने मोल तिरेर त्‍यो छुटोस्‌। मालिकले त्‍यससँग कुव्‍यवहार गरेको कारण त्‍यसलाई विदेशीको हातमा बेच्‍ने त्‍यसलाई अधिकार हुनेछैन।</verse>
				<verse number="9">यदि मालिकले त्‍यसलाई आफ्‍नो छोरालाई दिएको भए, त्‍यससित छोरीलाईझैँ व्‍यवहार गरोस्‌।</verse>
				<verse number="10">त्‍यसले अर्की पत्‍नी ल्‍यायो भने, पहिलीलाई खानेकुरा र लुगाफाटा दिन र दाम्‍पत्‍य कर्तव्‍य पूरा गर्न त्‍यसले नछोड़ोस्‌।</verse>
				<verse number="11">यदि मालिकले त्‍यससित यी तीनै वटा काम गरेन भने, त्‍यो केही नतिरी विनामोल स्‍वतन्‍त्र होस्‌।</verse>
				<verse number="12">“कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्‍यो पनि मारिनैपर्छ।</verse>
				<verse number="13">तर यदि कुनै मानिसले सो जानाजानी गरेको थिएन तर परमेश्‍वरले त्‍यसो हुन दिनुभएको हो भने, त्‍यो भाग्‍नलाई म एउटा स्‍थान तोकिदिनेछु।</verse>
				<verse number="14">तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले मार्‍यो भने, त्‍यसलाई मेरो वेदीबाटै भएपनि मार्नका निम्‍ति लैजानू।</verse>
				<verse number="15">“जसले आफ्‍नो बुबा वा आमालाई हिर्काउँछ, त्‍यो मारिनैपर्छ।</verse>
				<verse number="16">जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्‍छ अथवा पक्रिँदा त्‍यो त्‍यसकै हातमा फेला पर्छ, त्‍यो मारिनैपर्छ।</verse>
				<verse number="17">“जसले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ, त्‍यो मारिनैपर्छ।</verse>
				<verse number="18">“यदि मानिसहरू झगड़ा गरेर एउटाले अर्कालाई ढुङ्गाले अथवा मुक्‍काले हिर्कायो, र त्‍यो मर्न त मरेन तर ओछ्यानमा पर्‍यो,</verse>
				<verse number="19">र त्‍यो फेरि उठेर लाठीको भरले यताउता हिँड्‌डुल गर्ने भयो भने, त्‍यसलाई हिर्काउने मानिस निर्दोष ठहरिनेछ। तर त्‍यो पस्रिरहेको समयको खर्च हिर्काउने मानिसले देओस्, र त्‍यो पूरा निको नभएसम्‍म त्‍यसले त्‍यसको उपचार गरोस्‌।”</verse>
				<verse number="20">“यदि कुनै मानिसले आफ्‍नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्‍यसको हातले त्‍यो मर्‍यो भने, त्‍यसको दण्‍ड हुनैपर्छ।</verse>
				<verse number="21">तर त्‍यो एक-दुई दिनपछि उठ्यो भने मालिकलाई दण्‍ड नमिलोस्, किनकि त्‍यो उसको धन हो।</verse>
				<verse number="22">“यदि मानिसहरू आपसमा लड़न्‍त गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो, र महिना नपुगीकनै त्‍यसले बच्‍चा जन्‍माई तर स्‍त्रीलाई चाहिँ केही नोक्‍सानी भएन भने स्‍त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्‍ड चोट लगाउने मानिसले देओस्‌।</verse>
				<verse number="23">तर स्‍त्रीको केही नोक्‍सानी भयो भने, प्राणको सट्टा प्राण,</verse>
				<verse number="24">आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,</verse>
				<verse number="25">डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्‍यस मानिसलाई मिलोस्‌।”</verse>
				<verse number="26">“यदि कुनै मानिसले आफ्‍नो कमारो अथवा कमारीको आँखामा हिर्काएर त्‍यो बिगारिदियो भने, त्‍यसको आँखाको कारण त्‍यसलाई स्‍वतन्‍त्र गरिदेओस्‌।</verse>
				<verse number="27">यदि त्‍यसले कमारो अथवा कमारीको दाँत झारिदियो भने, त्‍यसलाई त्‍यसको दाँतको कारण स्‍वतन्‍त्र गरिदेओस्‌।</verse>
				<verse number="28">“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।</verse>
				<verse number="29">तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।</verse>
				<verse number="30">तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल देओस्‌।</verse>
				<verse number="31">गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।</verse>
				<verse number="32">यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का देओस्, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू।</verse>
				<verse number="33">“यदि कुनै मानिसले कूवा उदाङ्गै राख्‍यो वा कूवा खनेर त्‍यो छोपेन र त्‍यसमा गोरु कि गधा खस्‍यो भने,</verse>
				<verse number="34">त्‍यो कूवाको मालिकले त्‍यसको क्षतिपूर्ति गरोस्‌। त्‍यसले गोरु कि गधाको मालिकलाई रुपियाँ दिओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसकै होस्‌।</verse>
				<verse number="35">“यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर मार्‍यो भने, तिनीहरूले जिउँदो गोरुलाई बेचेर त्‍यसको दाम र त्‍यो मरेको गोरु पनि बराबर बाँड़ेर लैजाऊन्‌।</verse>
				<verse number="36">तर त्‍यस गोरुको अघिदेखि नै हान्‍ने बानी छ भनेर थाहा भएर पनि त्‍यसको मालिकले त्‍यसलाई बाँधेर राखेको थिएन भने, त्‍यसले गोरुको सट्टामा गोरु देओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसको नै होस्‌।”</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्‍यसलाई मार्‍यो कि बेच्‍यो भने, त्‍यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्‌।</verse>
				<verse number="2">“यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।</verse>
				<verse number="3">तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”</verse>
				<verse number="4">“यदि चोरीको माल त्‍यससँग जीवित पाइयो भने— त्‍यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्‍यसको निम्‍ति दुई गुणा तिर्नुपर्छ।”</verse>
				<verse number="5">“कसैले आफ्‍नो पशुलाई चराउँदा छोड़िदियो र त्‍यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्‍यसले आफ्‍नो खेत र दाखबारीको सबैभन्‍दा असल उब्‍जनी त्‍यसको सट्टा देओस्‌।”</verse>
				<verse number="6">“यदि झाड़ीमा आगलागी भएर अन्‍नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्‍म गर्‍यो भने, त्‍यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”</verse>
				<verse number="7">“कसैले आफ्‍नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्‍नलाई दियो, र त्‍यो त्‍यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्‍यो भने, त्‍यस चोरले दोबर तिरोस्‌।</verse>
				<verse number="8">तर चोरचाहिँ पक्राउ परेन भने, त्‍यस घरको मालिकले आफ्‍नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्‍यायकर्ताहरूकहाँ त्‍यो आओस्‌।</verse>
				<verse number="9">जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्‍तु देखाएर कसैले त्‍यो मेरो हो भन्‍यो भने, दुवै जना न्‍यायकर्ताहरूका अगि आऊन्‌। न्‍यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्‍यसले नै आफ्‍नो छिमेकीलाई दोबर देओस्‌।”</verse>
				<verse number="10">“यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,</verse>
				<verse number="11">ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।</verse>
				<verse number="12">तर त्‍यो छिमेकीबाट चोरिएको हो भनेता, त्‍यसको मालिकलाई भर्ना दिनुपर्नेछ।</verse>
				<verse number="13">त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”</verse>
				<verse number="14">“यदि कसैले आफ्‍नो छिमेकीबाट पशुको पैँचो लियो, र त्‍यसको मालिक साथमा नहुँदा त्‍यसलाई चोट लाग्‍यो कि मर्‍यो भने, त्‍यसले त्‍यसको भर्ना देओस्‌।</verse>
				<verse number="15">तर त्‍यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्‍यसको भर्ना दिनुपर्नेछैन। त्‍यो पशु ज्‍यालाको हो भने, ज्‍यालाको लागि तिरेको रकमले सो नोक्‍सानी बेहोर्छ।”</verse>
				<verse number="16">“यदि कसैले मगनी नभएकी कन्‍ये-केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने, त्‍यस मानिसले दुलहीको दाम दिएर त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्‌।</verse>
				<verse number="17">तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।</verse>
				<verse number="18">“जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।</verse>
				<verse number="19">जसले पशुसित यौन सम्‍बन्‍ध राख्‍छ, त्‍यो मारिनैपर्छ।</verse>
				<verse number="20">जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्‍यो बिलकुलै नष्‍ट पारिओस्‌।</verse>
				<verse number="21">परदेशीलाई नसताओ, त्‍यसलाई अत्‍याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।</verse>
				<verse number="22">“विधवा अथवा टुहुराबाट फाइदा नलेओ।</verse>
				<verse number="23">फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु।</verse>
				<verse number="24">मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।</verse>
				<verse number="25">तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।</verse>
				<verse number="26">तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,</verse>
				<verse number="27">किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।</verse>
				<verse number="28">“परमेश्‍वरको विरुद्धमा निन्‍दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।</verse>
				<verse number="29">“आफ्‍नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्‍ब नगर। “तिमीहरूका छोराहरूमध्‍ये जेठोचाहिँ मेरो निम्‍ति देओ।</verse>
				<verse number="30">त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।”</verse>
				<verse number="31">“तिमीहरू मेरो निम्‍ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्‍यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">झूटा गवाही नदेओ। दुष्‍टको साथ लागेर त्‍यसको निम्‍ति ईर्ष्‍यापूर्ण गवाह नबन।</verse>
				<verse number="2">खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्‍साफ नबिगार।</verse>
				<verse number="3">गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर।</verse>
				<verse number="4">यदि तिमीहरूले आफ्‍नो शत्रुको गोरु वा गधा बिच्‍केर जाँदैगरेको देख्‍यौ भने, त्‍यसलाई फर्काएर फेरि त्‍यसकहाँ ल्‍याइदेओ।</verse>
				<verse number="5">तिमीहरूसित रीस-इबी गर्नेको गधा भारीले थिचिएको देख्‍यौ भने, त्‍यसलाई त्‍यतिकै नछोड़, तर त्‍यसलाई उठाओ।</verse>
				<verse number="6">मुद्दामा गरीब मानिसको न्‍याय नखोस।</verse>
				<verse number="7">झूटा कुराबाट दूर बस। निरपराध र ईमानदारलाई प्राणदण्‍ड नदेओ, किनकि दोषीलाई म कहिल्‍यै निर्दोष ठहराउनेछैनँ।</verse>
				<verse number="8">“घूस नखाओ, किनकि घूसले मानिसलाई अन्‍धा तुल्‍याउँछ, र धार्मिकताको कुरालाई उल्‍टाइदिन्‍छ।”</verse>
				<verse number="9">“प्रवासीलाई अत्‍याचार नगर। तिमीहरू मिश्रमा परदेशी रहेको कारण तिमीहरूले प्रवासीको मनलाई जान्‍दछौ।”</verse>
				<verse number="10">“छ वर्षसम्‍म आफ्‍नो जमिनमा बीउ छरेर त्‍यसको उब्‍जनी बटुल,</verse>
				<verse number="11">तर सातौँ वर्षमा चाहिँ त्‍यसलाई नजोती बाँझै छोड़िदेओ, र त्‍यसबाट तिमीहरूमध्‍येका गरीबहरूले खाऊन्‌। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्‌। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्‍यसै गर।”</verse>
				<verse number="12">छ दिनसम्‍म आफ्‍नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्‍मेको दास, र विदेशी पनि ताजा होऊन्‌।</verse>
				<verse number="13">मैले भनेका सबै कुरामा तिमीहरूले ध्‍यान देओ। अरू देवताहरूको नाउँ नै पनि नलेओ। ती तिमीहरूको मुखबाट उच्‍चारण नै नहोस्‌।</verse>
				<verse number="14">“वर्षमा तीन पल्‍ट तिमीहरूले मेरो निम्‍ति चाड़ मनाओ।</verse>
				<verse number="15">तिमीहरूले अखमिरी रोटीको चाड़ मान। तिमीहरूलाई आज्ञा गरेबमोजिम आबीब महिनाको ठहराएको समयमा सात दिनसम्‍म अखमिरी रोटी खानू, किनकि त्‍यही महिनामा तिमीहरू मिश्रबाट निस्‍केर आएका हौ। “कोही पनि मेरो सामुन्‍ने रित्तो हात लिएर देखा नपरोस्‌।”</verse>
				<verse number="16">“तिमीहरूले खेतमा छरेको अन्‍नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्‍तमा जब तिमीहरू आफ्‍नो खेतबाट आफ्‍नो मेहनतको फल बटुल्‍छौ, त्‍यस बेला अन्‍न भित्र्याउने चाड़ मनाओ।</verse>
				<verse number="17">“वर्षमा तीन पल्‍ट तिमीहरूका सबै पुरुषहरू परमप्रभुको सामु देखा परून्‌।</verse>
				<verse number="18">“मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्‍ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्‍म रहन नदेओ।</verse>
				<verse number="19">“तिमीहरूको जमिनका अगौटे फलमध्‍येका सबभन्‍दा असल फलचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरको घरमा ल्‍याउनू। “बाख्राको पाठो त्‍यसको माउको दूधमा नपकाओ।</verse>
				<verse number="20">“हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्‍याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु।</verse>
				<verse number="21">ध्‍यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ।</verse>
				<verse number="22">यदि तिमीहरूले तिनको कुरा सुन्‍यौ, र मैले भनेको सबै गर्‍यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु।</verse>
				<verse number="23">मेरा दूत तिमीहरूका अगिअगि जानेछन्, र एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्‍वी र यबूसीहरूको देशमा तिमीहरूलाई पुर्‍याउनेछन्, र म उनीहरूको नाउँनिशान मेटिदिनेछु।</verse>
				<verse number="24">उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार।</verse>
				<verse number="25">तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्‍नपानीमा आशिष्‌ दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु।</verse>
				<verse number="26">तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”</verse>
				<verse number="27">“म आफ्‍नो आतङ्क तिमीहरूका अगिअगि फैलाउनेछु, र तिमीहरू जुन जातिकहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्‍याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्‍नेबाट भगाउनेछु।</verse>
				<verse number="28">म तिमीहरूका अगिअगि अरिङ्गाल पठाउनेछु, र त्‍यसले हिव्‍वी, कनानी र हित्तीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछ।</verse>
				<verse number="29">तर म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट एकै वर्षमा धपाउनेछैनँ, नत्रता देश उजाड़ भएर जानेछ, र जङ्गलका जन्‍तुहरू तिमीहरूका लागि संख्‍यामा धेरै हुनेछन्‌।</verse>
				<verse number="30">तिमीहरू बढ़ेर त्‍यो देश आफ्‍नो अधिकारमा नपारुञ्‍जेल अलि-अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछु।”</verse>
				<verse number="31">“म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्‍तीहरूको समुद्रसम्‍म, र उजाड़-स्‍थानदेखि यसो यूफ्रेटिससम्‍मै तोकिदिनेछु। म त्‍यस देशका बासिन्‍दाहरूलाई तिमीहरूका हातमा सुम्‍पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ।</verse>
				<verse number="32">तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्‍नू।</verse>
				<verse number="33">तिमीहरूको देशमा उनीहरूलाई बस्‍न नदिनू, नत्रता उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउँछन्, किनकि तिमीहरूले उनीहरूका देवताको पूजा गर्‍यौ भने तिमीहरू निश्‍चय नै उनीहरूका फन्‍दामा पर्नेछौ।”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">फेरि उहाँले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्‍ये सत्तरी जना परमप्रभुकहाँ माथि उक्‍लेर आओ, र टाढ़ैबाट आफ्‍नो भक्ति चढ़ाओ।</verse>
				<verse number="2">तर मोशा मात्र परमप्रभुकहाँ आओस्, अरूहरूचाहिँ नजिक नआऊन्‌। मानिसहरू पनि त्‍योसित माथि उक्‍लेर नआऊन्‌।”</verse>
				<verse number="3">जब मोशाले गएर परमप्रभुका सबै कुरा र विधिविधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै सोर गरी भने, “परमप्रभुले भन्‍नुभएका सबै वचनहरू हामी पालन गर्नेछौं।”</verse>
				<verse number="4">तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे। बिहान सबेरै उठेर मोशाले पर्वतको पल्‍लो छेउमा एउटा वेदी बनाएर इस्राएलका बाह्र कुलअनुसार बाह्र वटा ढुङ्गाका खम्‍बा उभ्‍याए।</verse>
				<verse number="5">तब तिनले इस्राएलका जवानहरूलाई पठाए, र तिनीहरूले परमप्रभुको निम्‍ति होमबलि र साँढ़ेहरूको मेलबलि चढ़ाए।</verse>
				<verse number="6">मोशाले आधा रगत लिएर कचौरामा हाले, र आधा रगतचाहिँ वेदीमा छर्के।</verse>
				<verse number="7">त्‍यसपछि तिनले करारको पुस्‍तक लिएर मानिसहरूका सामुन्‍ने पढ़े। तिनीहरूले जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”</verse>
				<verse number="8">तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “हेर, यो त्‍यस करारको रगत हो, जो परमप्रभुले आफ्‍ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्‍नुभएको छ।”</verse>
				<verse number="9">त्‍यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्‍ये सत्तरी जना माथि उक्‍ले,</verse>
				<verse number="10">र इस्राएलका परमेश्‍वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्‍तै सफा भएको पेटीजस्‍तो थियो।</verse>
				<verse number="11">तर उहाँले इस्राएलीहरूका नाइकेहरूका विरुद्धमा आफ्‍नो हात उठाउनुभएन, र तिनीहरूले परमेश्‍वरलाई देखे र खानपान गरे।</verse>
				<verse number="12">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्‌। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्‍यवस्‍था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”</verse>
				<verse number="13">तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्‍वरको पर्वतमा गए।</verse>
				<verse number="14">मोशाले धर्म-गुरुहरूलाई भने, “हामी तिमीहरूकहाँ नआउञ्‍जेल तिमीहरू यहीँ हामीहरूलाई पर्ख। हारून र हूर तिमीहरूसँग छन्‌। कसैको केही विवाद भए तिनीहरूकहाँ जाऊन्‌।”</verse>
				<verse number="15">तब मोशा पर्वतमा उक्‍ले र बादलले पर्वतलाई ढाकिराख्‍यो।</verse>
				<verse number="16">परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्‍म पर्वतलाई ढाकिराख्‍यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो।</verse>
				<verse number="17">इस्राएलीहरूका दृष्‍टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरामा भस्‍म पार्ने आगोजस्‍तै थियो।</verse>
				<verse number="18">तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्‍ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्‍ति भेटी ल्‍याऊन्‌। हरेकले आफ्‍नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्‍ति ग्रहण गर्‌।</verse>
				<verse number="3">तिनीहरूबाट लिने भेटीचाहिँ यी नै हुन्‍छन्‌: सुन, चाँदी, काँसो,</verse>
				<verse number="4">नीलो, बैजनी, रातो धागो र मलमलको कपड़ा, बाख्राका भुत्‍ला,</verse>
				<verse number="5">रातो रङ्गले रङ्गाएका भेड़ाका छालाहरू, सीलका छालाहरू, बबुलका काठ,</verse>
				<verse number="6">बत्तीको निम्‍ति भद्राक्षको तेल, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला,</verse>
				<verse number="7">एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू किसिमका रत्‍नहरू।</verse>
				<verse number="8">म तिनीहरूका मध्‍यमा बस्‍नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्‍थान बनाऊन्‌।</verse>
				<verse number="9">मैले तँलाई देखाउने नमूनाबमोजिम पवित्र वासस्‍थान र त्‍यसका सबै सामानहरू तैंले बनाउनू।</verse>
				<verse number="10">“तिनीहरूले बबुल काठको एउटा सन्‍दूक बनाऊन्‌। त्‍यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको होस्‌।</verse>
				<verse number="11">तैंले त्‍यसलाई निखुर सुनले मोहोर्नू। भित्र, बाहिर तैंले त्‍यसलाई मोहोर्नू। त्‍यसको चारैतिर सुनको बिट बनाउनू।</verse>
				<verse number="12">त्‍यसको निम्‍ति सुनका चार वटा मुन्‍द्रा ढालेर त्‍यसका चार खुट्टामा लगाउनू— दुई वटा मुन्‍द्रा एकापट्टि र दुई वटा मुन्‍द्रा अर्कोपट्टि होऊन्‌।</verse>
				<verse number="13">तब तैंले बबुल काठका डन्‍डाहरू बनाएर ती सुनले मोहोर्नू।</verse>
				<verse number="14">ती डन्‍डाहरू सन्‍दूकका दुवैतिर भएका मुन्‍द्राहरूमा सन्‍दूक बोक्‍नलाई हाल्‍नू।</verse>
				<verse number="15">ती डन्‍डाहरू सन्‍दूकका मुन्‍द्राहरूमै रहनुपर्छ, ती त्‍यहाँबाट ननिकाल्‍नू।</verse>
				<verse number="16">तब त्‍यस सन्‍दूकभित्र गवाही-पाटी राख्‍नू, जो म तँलाई दिनेछु।</verse>
				<verse number="17">“अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्‍यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्‌।</verse>
				<verse number="18">पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्‌—</verse>
				<verse number="19">एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्‍यसका दुई किनारमा बनाउनू।</verse>
				<verse number="20">ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।</verse>
				<verse number="21">त्‍यो कृपा-आसनलाई सन्‍दूकको माथि राख्‍नू, अनि सन्‍दूकभित्र गवाही-पाटी राख्‍नू, जो म तँलाई दिनेछु।</verse>
				<verse number="22">त्‍यहीँ म तँसित भेट गर्नेछु, अनि कृपा-आसनमाथि, गवाही-पाटीको सन्‍दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्‍ति सबै आज्ञाहरू म तँलाई दिनेछु।”</verse>
				<verse number="23">“तैंले बबुल काठको एउटा टेबिल बनाउनू। त्‍यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको होस्‌।</verse>
				<verse number="24">त्‍यसलाई निखुर सुनले मोहोर्नू, र त्‍यसका चारैतिर सुनको बिट लगाउनू।</verse>
				<verse number="25">त्‍यसका चारैतिर चार अङ्‌गुल चौड़ा भएको एउटा घेरो बनाउनू, र घेरोका चारैतिर सुनको बिट लगाउनू।</verse>
				<verse number="26">टेबिलका निम्‍ति सुनका चार वटा मुन्‍द्रा बनाउनू, र ती मुन्‍द्राहरू त्‍यसका चार खुट्टा भएका चारै कुनामा लगाउनू।</verse>
				<verse number="27">टेबिल बोक्‍ने डन्‍डाहरूका निम्‍ति ठाउँ हुनलाई ती मुन्‍द्राहरू घेरोको छेवैमा होऊन्‌।</verse>
				<verse number="28">ती डन्‍डाहरू बबुल काठका होऊन्‌। तिनलाई सुनले मोहोर्नू, र तिनैले टेबिल बोकिओस्‌।</verse>
				<verse number="29">तैंले टेबिलका निम्‍ति निखुर सुनका थालहरू, धूपदानहरू, र अर्घ खन्‍याउनका निम्‍ति करुवा र कचौराहरू बनाउनू।</verse>
				<verse number="30">टेबिलमा मेरो अगि सधैँ उपस्‍थितिको रोटी राख्‍नू।</verse>
				<verse number="31">“तैंले निखुर सुनको एउटा सामदान पिटेर बनाउनू। त्‍यसका आधार, डन्‍डा, फूलजस्‍ता कचौरा, कोपिला र फूलहरू सबै त्‍यही एउटै टुक्राबाट बनाउनू।</verse>
				<verse number="32">त्‍यसका छ वटा हाँगा बाहिरतिर निस्‍केका होऊन्‌— तीन वटा हाँगा सामदानको एकापट्टि र तीन वटा हाँगा अर्कोपट्टि।</verse>
				<verse number="33">एउटा हाँगामा हाड़े-बदामका फूलजस्‍ता तीन कचौरा, र साथै कोपिला र फूलहरू होऊन्‌। अर्को हाँगामा पनि तीन वटा। सामदानबाट निस्‍केका ती छ वटै हाँगामा यस्‍तै होऊन्‌।</verse>
				<verse number="34">साथै, सामदानमा हाड़े-बदामका फूलजस्‍ता चार वटा कचौरा, आ-आफ्‍नै कोपिला र फूलसमेत होऊन्‌।</verse>
				<verse number="35">सामदानबाट निस्‍केको पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ीमुनि दोस्रो कोपिलो, तेस्रो जोड़ीमुनि तेस्रो— छ वटै हाँगाहरूमध्‍येका दुई-दुई वटा हाँगामुनि एक-एक वटा कोपिला होस्‌।</verse>
				<verse number="36">सामदान, त्‍यसका कोपिला र हाँगाहरू एउटै टुक्रा पिटेको निखुर सुनको होस्‌।</verse>
				<verse number="37">त्‍यसका सात वटा दियाहरू बनाउनू। ती दियाहरू सामदानको अगाड़ि उज्‍यालो पार्नलाई बालिराख्‍नू।</verse>
				<verse number="38">त्‍यसका सलेदाका चिम्‍टा र त्‍यसका मोसोदानी निखुर सुनका होऊन्‌।</verse>
				<verse number="39">सामदान र यी सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनिऊन्‌।</verse>
				<verse number="40">पर्वतमा तँलाई देखाएको नमूनाबमोजिम तैंले होश गरी ती बनाउनू।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">“तैंले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्‌। तिनमा सिपालु शिल्‍पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू।</verse>
				<verse number="2">हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको होस्‌। सबै पर्दा एकै नापका होऊन्‌।</verse>
				<verse number="3">पाँच वटा पर्दा एक-अर्कोसित गाँस्‍नू, र अर्का पाँच वटा पनि एक-अर्कोसित गाँस्‍नू।</verse>
				<verse number="4">पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा नीलो सुर्काउनी बनाउनू। दोस्रो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि त्‍यस्‍तै बनाउनू।</verse>
				<verse number="5">एउटा पर्दामा पचास वटा सुर्काउनी बनाउनू, अनि दोस्रो गाँसिएको भागको पल्‍लो पर्दामा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमनेसामने होऊन्‌।</verse>
				<verse number="6">तब सुनका पचास वटा अङ्‌कुसे बनाएर पर्दाहरू एक-अर्कोसित ती अङ्‌कुसेहरूले जोड्‌नू, र यसरी पवित्र वासस्‍थान एउटै हुनेछ।</verse>
				<verse number="7">“पवित्र वासस्‍थानमाथिका पालको निम्‍ति बाख्राको भुत्‍लाका पर्दाहरू बनाउनू। तैंले एघार वटा पर्दा बनाउनू।</verse>
				<verse number="8">प्रत्‍येक पर्दाको लमाइ तीस हात र चौड़ाइ चार हातको होस्‌। एघारै पर्दाको नाप एउटै हुनुपर्छ।</verse>
				<verse number="9">पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड्‌नू। छैटौँ पर्दालाई चाहिँ पालको अगिल्‍तिर दोबर पार्नू।</verse>
				<verse number="10">पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पचास वटा सुर्काउनी बनाउनू, र अर्को गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि पचास वटा सुर्काउनी बनाउनू।</verse>
				<verse number="11">पाल जोड़ेर एउटै बनाउनलाई तैंले काँसाका पचास वटा अङ्‌कुसे बनाउनू, र ती अङ्‌कुसे सुर्काउनीहरूमा लगाउनू।</verse>
				<verse number="12">पालका पर्दाहरूका बाँकी रहेको भाग, अर्थात्‌ आधा पर्दाचाहिँ पवित्र वासस्‍थानको पछिल्‍तिर झुण्‍डिरहोस्‌।</verse>
				<verse number="13">पालका पर्दाहरूको बाँकी रहेको एक हात यतातिर र एक हात उतातिर पवित्र वासस्‍थान ढाक्‍नलाई त्‍यसका दुवै छेउ-छेउमा झुण्‍डिरहून्‌।</verse>
				<verse number="14">रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्‍नलाई बनाउनू, र त्‍यसको माथि ढाक्‍नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”</verse>
				<verse number="15">“पवित्र वासस्‍थानको निम्‍ति बबुल काठका फल्‍याकहरू ठाड़ो-ठाड़ो बनाउनू।</verse>
				<verse number="16">हरेक फल्‍याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको होस्‌।</verse>
				<verse number="17">हरेक फल्‍याकमा दुई-दुई वटा चोसाहरू एकअर्कोको सामुन्‍ने राखिएका होऊन्‌। पवित्र वासस्‍थानका सबै फल्‍याकहरू तैंले यसरी नै बनाउनू।</verse>
				<verse number="18">पवित्र वासस्‍थानको दक्षिण भागको निम्‍ति बीस वटा फल्‍याक बनाउनू।</verse>
				<verse number="19">ती बीसै वटा फल्‍याकहरूका मुन्‍तिर चाँदीका चालीस वटा आधार बनाउनू— दुई आधारहरू एक फल्‍याकको मुन्‍तिर र हरेक चोसोमुनि एउटा।</verse>
				<verse number="20">पवित्र वासस्‍थानको अर्कोपट्टि, अर्थात्‌ उत्तरपट्टिको निम्‍ति बीस वटा फल्‍याक,</verse>
				<verse number="21">र तिनका चालीस चाँदीका आधारहरू बनाउनू— एउटा फल्‍याकको मुन्‍तिर दुई वटा आधार।</verse>
				<verse number="22">पवित्र वासस्‍थानको टाढ़ाको भाग, अर्थात्‌ पश्‍चिमी भागको निम्‍ति छ वटा फल्‍याक बनाउनू।</verse>
				<verse number="23">टाढ़ाको भागका कुनाहरूका निम्‍ति तैंले दुई वटा फल्‍याक बनाउनू।</verse>
				<verse number="24">ती तलदेखि माथिसम्‍म दोबर खप्‍टाइएका होऊन्, र यसरी ती एउटै मुन्‍द्रामा जोड़िऊन्‌। ती दुवै फल्‍याक यस्‍तै होऊन्‌।</verse>
				<verse number="25">त्‍यहाँ आठ वटा फल्‍याक होऊन्, र तिनका निम्‍ति चाँदीका सोह्र वटा आधार होऊन्‌। एउटा फल्‍याकको मुन्‍तिर दुई वटा आधार होऊन्‌।”</verse>
				<verse number="26">“तैंले बबुल काठका बारहरू बनाउनू— पवित्र वासस्‍थानका एकातिरका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार,</verse>
				<verse number="27">र अर्कोतिरका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार, र पश्‍चिमतिर टाढ़ाको भागका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार।</verse>
				<verse number="28">फल्‍याकहरूका बीचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्‍म पुगोस्‌।</verse>
				<verse number="29">फल्‍याकहरू सुनले मोहोर्नू। बारहरू पक्रनका निम्‍ति सुनका मुन्‍द्राहरू बनाउनू। बारहरू पनि सुनले मोहोर्नू।”</verse>
				<verse number="30">“तँलाई पर्वतमा देखाएको नमूनाअनुसार पवित्र वासस्‍थान खड़ा गर्नू।”</verse>
				<verse number="31">“अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाउनू, र त्‍यसमा सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका होस्‌।</verse>
				<verse number="32">सुनले मोहोरिएका बबुल काठका चार वटा खम्‍बामा सुनका अङ्‌कुसेहरूले त्‍यो टाँग्‍नू। ती खम्‍बाहरू चार वटा चाँदीका आधारमाथि होऊन्‌।</verse>
				<verse number="33">तैंले त्‍यो छेक्‍ने पर्दा अङ्‌कुसेहरूबाट झुण्‍ड्याउनू र त्‍यसको पछाड़ि गवाहीको सन्‍दूक राख्‍नू। त्‍यस पर्दाले तिमीहरूका निम्‍ति पवित्रस्‍थानलाई महा-पवित्रस्‍थानबाट अलग गर्नेछ।</verse>
				<verse number="34">महा-पवित्रस्‍थानमा गवाहीको सन्‍दूकमाथि कृपा-आसन राख्‍नू।</verse>
				<verse number="35">छेक्‍ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र वासस्‍थानको उत्तरतिर टेबिल राख्‍नू, र पवित्र वासस्‍थानको दक्षिणतिर टेबिलको सामुन्‍ने सामदान राख्‍नू।”</verse>
				<verse number="36">“पालको ढोकाको निम्‍ति तैंले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाउनू।</verse>
				<verse number="37">त्‍यस पर्दाको निम्‍ति बबुल काठका पाँच वटा खम्‍बा बनाउनू, र तिनलाई सुनले मोहोर्नू। तिनका अङ्‌कुसे सुनका होऊन्, र तिनका निम्‍ति काँसाका पाँच वटा आधार बनाउनू।”</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">“तैंले बबुल काठको पाँच हात लामो र पाँच हात चौड़ा भएको एउटा वर्गाकार वेदी बनाउनू। त्‍यसको उचाइ तीन हातको होस्‌।</verse>
				<verse number="2">त्‍यसका चारै कुनामा एउटा-एउटा सीङ बनाउनू। वेदी र त्‍यसका सीङ त्‍यही एउटै टुक्राले बनाइएका होऊन्‌। वेदीलाई काँसाले मोहोर्नू।</verse>
				<verse number="3">त्‍यसका खरानी उठाउनका निम्‍ति भाँड़ाहरू, र बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू बनाउनू— त्‍यसका सबै पात्रहरू काँसाका होऊन्‌।</verse>
				<verse number="4">त्‍यसको निम्‍ति काँसाका जालीको एउटा झिँजा बनाउनू, र जालीमाथि त्‍यसका चारै कुनामा काँसाका चार वटा मुन्‍द्रा लगाउनू।</verse>
				<verse number="5">तैंले योचाहिँ वेदीको मुन्‍तिर चारैपट्टिको बिटमुनि राख्‍नू, र जाली वेदीको बीचसम्‍म पुगोस्‌।</verse>
				<verse number="6">वेदीको निम्‍ति बबुल काठका डन्‍डाहरू बनाउनू। ती काँसाले मोहोर्नू।</verse>
				<verse number="7">त्‍यसका डन्‍डाहरू मुन्‍द्रामा हाल्‍नू, र त्‍यो उठाउँदा ती डन्‍डा वेदीका दुवैतिर होऊन्‌।</verse>
				<verse number="8">वेदी तैंले फल्‍याकसितै खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाएबमोजिम त्‍यो बनाइओस्‌।”</verse>
				<verse number="9">“तैंले पवित्र वासस्‍थानको निम्‍ति चोक बनाउनू। त्‍यसको दक्षिण भागको लमाइ एक सय हातको होस्, र त्‍यसको निम्‍ति मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू बनाउनू।</verse>
				<verse number="10">तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका होऊन्‌। खम्‍बाका अङ्‌कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका होऊन्‌।</verse>
				<verse number="11">त्‍यसै गरी उत्तरका भागको निम्‍ति पनि सय हात लामा पर्दाहरू होऊन्, र तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै होऊन्, सबै काँसाका। तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरूचाहिँ चाँदीका होऊन्‌।”</verse>
				<verse number="12">“चोकका पश्‍चिमतिरको चौड़ाइको निम्‍ति पचास हातका पर्दाहरू होऊन्‌। तिनका खम्‍बाहरू दश वटा र आधारहरू दश वटै होऊन्‌।</verse>
				<verse number="13">चोकको सूर्योदय हुने वा पूर्वतिरको चौड़ाइ पचास हातको होस्‌।</verse>
				<verse number="14">मूल ढोकाको एकतर्फको निम्‍ति पन्‍ध्र हातका पर्दाहरू होऊन्‌। तिनका खम्‍बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्‌।</verse>
				<verse number="15">अर्को तर्फको निम्‍ति पन्‍ध्र हातका पर्दाहरू होऊन्‌। तिनका खम्‍बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्‌।”</verse>
				<verse number="16">“चोकको ढोकाको निम्‍ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बीस हातको पर्दा होस्‌। त्‍यसमा बुट्टा हाल्‍नेको काम होस्‌। त्‍यसका खम्‍बाहरू चार वटा र आधारहरू पनि चार वटै होऊन्‌।</verse>
				<verse number="17">चोकका चारैतिरका सबै खम्‍बाहरूका फित्ता र अङ्‌कुसेहरू चाँदीका होऊन्‌। तिनका आधारहरूचाहिँ काँसाका होऊन्‌।</verse>
				<verse number="18">चोकको लमाइ एक सय हातको र त्‍यसको चौड़ाइ पचास हातको होस्‌। त्‍यसका पर्दाहरूको उचाइ पाँच हातको होस्‌। ती मसिनो गरी बाटेको सूती कपड़ाका होऊन्, र तिनका आधारहरूचाहिँ काँसाका होऊन्‌।</verse>
				<verse number="19">पवित्र वासस्‍थानका सबै सेवाका सारा सामानहरू र त्‍यसका र चोकका सबै कीलाहरू काँसाका होऊन्‌।”</verse>
				<verse number="20">“तैंले इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले प्रकाशको निम्‍ति कुटेका भद्राक्षको शुद्ध तेल ल्‍याऊन्, र दियाहरू निरन्‍तर बलिरहून्‌।</verse>
				<verse number="21">भेट हुने पालमा गवाही-पाटीको सामु भएको पर्दाबाहिर हारून र त्‍यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्‍म परमप्रभुको सामुन्‍ने बालिरहने गरून्‌। इस्राएलीहरूका निम्‍ति तिनका पुस्‍तौँसम्‍मलाई यो अनन्‍तको विधि होस्‌।”</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्‍यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्‍ति पूजाहारीको काममा सेवा गरून्‌— हारून र त्‍यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार।</verse>
				<verse number="2">गौरव र शोभाको निम्‍ति तैंले तेरो दाजु हारूनको निम्‍ति पवित्र पोशाकहरू बनाउनू।</verse>
				<verse number="3">जति शिल्‍पकारहरू छन्, जसलाई यस्‍ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्‍नू, कि तिनीहरूले हारूनका पोशाक त्‍यसलाई यो कामको निम्‍ति नियुक्त गर्नलाई बनाऊन्, र त्‍यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्‌।</verse>
				<verse number="4">तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्‌: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्‍यसका छोराहरूका निम्‍ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्‍त्र बनाऊन्‌।</verse>
				<verse number="5">तिनीहरूले सुन, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ा प्रयोग गरून्‌।</verse>
				<verse number="6">तिनीहरूले एपोदचाहिँ सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ाले निपुणताका साथ बनाऊन्‌।</verse>
				<verse number="7">त्‍यो गाँस्‍नलाई त्‍यसका दुवै छेउमा गाँसेका दुई काँधे-बन्‍धन होऊन्‌।</verse>
				<verse number="8">त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्‍यही टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।</verse>
				<verse number="9">“तैंले दुई वटा आनिक्‍स लिएर त्‍यसमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू।</verse>
				<verse number="10">तिनीहरूका जन्‍मअनुसार तिनीहरूमध्‍ये छ जनाका नाउँ एउटा पत्‍थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्‍थरमा खोप्‍नू।</verse>
				<verse number="11">पत्‍थर खोप्‍ने शिल्‍पकारले जसरी छाप खोप्‍छ, त्‍यसरी नै ती दुवै पत्‍थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू। तब तैंले ती पत्‍थर सुनका रत्‍न जड़िने मणिघरमा जड्‌न लगाउनू।</verse>
				<verse number="12">ती दुवै पत्‍थर एपोदका काँधे-बन्‍धनमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको पत्‍थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्‍ना दुवै काँधमा सम्‍झनाको निम्‍ति बोक्‍ने गरोस्‌।</verse>
				<verse number="13">अनि तैंले सुनका मणिघर बनाउनू।</verse>
				<verse number="14">डोरीजस्‍ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”</verse>
				<verse number="15">“न्‍याय गर्नलाई छाती-पाता सिपालु शिल्‍पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्‍तै त्‍यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।</verse>
				<verse number="16">त्‍यो वर्गाकार र दोबर पट्ट्याइएको होस्‌। त्‍यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्‌।</verse>
				<verse number="17">तब तैंले त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड्‌नू— पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको होस्‌।</verse>
				<verse number="18">दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको,</verse>
				<verse number="19">तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको,</verse>
				<verse number="20">चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको होस्‌। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्‌।</verse>
				<verse number="21">ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्‌। हरेकमा छापमा खोपेजस्‍तै बाह्रै कुलमध्‍ये एउटाको नाउँ होऊन्‌।”</verse>
				<verse number="22">“छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू।</verse>
				<verse number="23">तैंले त्‍यसको निम्‍ति सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका दुवै कुनामा लगाउनू।</verse>
				<verse number="24">सुनका दुई वटा सिक्री छाती-पाताको छेउ-छेउमा भएका ती दुई मुन्‍द्रीमा लगाउनू।</verse>
				<verse number="25">दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जड़ेर एपोदका काँधे-बन्‍धनमा अगाड़िपट्टि लगाउनू।</verse>
				<verse number="26">फेरि सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाउनू।</verse>
				<verse number="27">सुनका अझ दुई वटा मुन्‍द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्‍धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाउनू।</verse>
				<verse number="28">छाती-पाताचाहिँ त्‍यसका मुन्‍द्रीहरूद्वारा एपोदका मुन्‍द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँध्‍नू, कि त्‍यो एपोददेखि सर्न नपाओस्‌।”</verse>
				<verse number="29">“जब हारून पवित्रस्‍थानमा प्रवेश गर्नेछ, तब त्‍यसले आफ्‍नो हृदयमाथि न्‍यायको छाती-पातामा परमप्रभुको सामु निरन्‍तर सम्‍झनाको निम्‍ति इस्राएलका छोराहरूको नाउँ बोकोस्‌।</verse>
				<verse number="30">तैंले न्‍यायको छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राख्‍नू, ताकि जहिले-जहिले हारून परमप्रभुको सामुन्‍ने जान्‍छ तहिले-तहिले ती त्‍यसको हृदयमा होऊन्‌। यसरी हारूनले इस्राएलीहरूका निम्‍ति न्‍याय गर्ने साधनहरू आफ्‍नो हृदयमा परमप्रभुको सामुन्‍ने निरन्‍तर बोकोस्‌।</verse>
				<verse number="31">तैंले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बनाउनू।</verse>
				<verse number="32">त्‍यसको बीचमा टाउको छिराउन प्‍वाल बनाउनू, र नच्‍यातिनलाई कठालोको प्‍वालजस्‍तै बुनेको बिट होस्‌।</verse>
				<verse number="33">त्‍यसको तलको फेरोमा नीलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू र बीच-बीचमा सुनका घण्‍टीहरू लगाउनू,</verse>
				<verse number="34">एउटा सुनको घण्‍टी र फेरि एउटा दारिम पर्ने गरी अलखाको वरिपरि होस्‌।</verse>
				<verse number="35">हारूनले सेवा गर्दा त्‍यो लगाओस्‌। पवित्रस्‍थानभित्र परमप्रभुको सामुन्‍ने प्रवेश गर्दा र बाहिर निस्‍कँदा, त्‍यसको आवाज सुनिओस्‌ र हारून नमरोस्‌।</verse>
				<verse number="36">“तैंले निखुर सुनको एउटा पाता बनाएर त्‍यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्‍नू, ‘परमप्रभुको निम्‍ति पवित्र’।</verse>
				<verse number="37">त्‍यो नीलो फित्ताले फेटामा बाँध्‍नू, र त्‍यो फेटा अगाड़ि होस्‌।</verse>
				<verse number="38">हारूनको निधारमा त्‍यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्‌। त्‍यो निरन्‍तर त्‍यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्‌।”</verse>
				<verse number="39">“लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्‍नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्‍नेद्वारा पटुका पनि बनाइओस्‌।</verse>
				<verse number="40">तैंले हारूनका छोराहरूका निम्‍ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्‍ति बनाउनू।</verse>
				<verse number="41">ती तैंले आफ्‍नो दाजु हारून र त्‍यसका छोराहरूलाई पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूलाई पवित्र पार्नू, र तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्‌।”</verse>
				<verse number="42">“तैंले तिनीहरूका शरीर ढाक्‍नलाई सूती कपड़ाका भित्री वस्‍त्र बनाउनू। ती कम्‍मरदेखि जाँघसम्‍म पुगून्‌।</verse>
				<verse number="43">हारून र त्‍यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्‍थानमा सेवाको निम्‍ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन्‌ र नमरून्‌।” “योचाहिँ हारून र त्‍यसका सन्‍तानका निम्‍ति अनन्‍तको विधि होस्‌।”</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्‌ भनेर तिनीहरूलाई पवित्र गर्न तैंले तिनीहरूका निम्‍ति गर्नुपर्ने काम यही हो: एउटा बाछा र दुई वटा निष्‍खोट भेड़ा लिएर आइज,</verse>
				<verse number="2">र रोटी, र तेलमा मुछेको फुरौला र तेल दलेका पातलो बाबर— ती सबै अखमिरी मसिनो गहूँको पीठाको बनाउनू।</verse>
				<verse number="3">अनि ती डालोमा हालेर त्‍यो टोकरी, बाछा र ती दुवै भेड़ा ल्‍याउनू।</verse>
				<verse number="4">त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्‍याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू।</verse>
				<verse number="5">ती पोशाकहरू ल्‍याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अलखा, एपोद र छाती-पाता पहिराएर निपुणताका साथ बुनेको कमरपेटी त्‍यसमाथि बाँधिदिनू।</verse>
				<verse number="6">त्‍यसको शिरमा त्‍यो फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट लगाइदिनू।</verse>
				<verse number="7">त्‍यसपछि अभिषेक गर्ने तेल लिएर त्‍यसको शिरमा खन्‍याई त्‍यसलाई अभिषेक गर्नू।</verse>
				<verse number="8">अनि त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराइदिनू,</verse>
				<verse number="9">र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्‍यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्‌। यसरी तैंले हारून र त्‍यसका छोराहरूलाई नियुक्त गर्नू।</verse>
				<verse number="10">“त्‍यो बाछा भेट हुने पालको सामुन्‍ने ल्‍याउनू, र हारून र त्‍यसका छोराहरूले बाछाको शिरमा आफ्‍ना हात राखून्‌।</verse>
				<verse number="11">त्‍यस बाछालाई परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकाको अगाड़ि बलि गर्नू।</verse>
				<verse number="12">तेरो औँलाले बाछाको रगतबाट केही लिएर वेदीका सीङहरूमा लगाउनू, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिनू।</verse>
				<verse number="13">अनि तैंले आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू।</verse>
				<verse number="14">तर बाछाको मासु र त्‍यसको छाला र त्‍यसको गोबरचाहिँ छाउनीदेखि बाहिर आगोमा जलाउनू। त्‍यो पापबलि हो।”</verse>
				<verse number="15">“फेरि एउटा भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमा आ-आफ्‍ना हात राखून्‌।</verse>
				<verse number="16">भेड़ालाई बलि गरी त्‍यसको रगत लिएर वेदीमा वरिपरि छर्कनू।</verse>
				<verse number="17">त्‍यस भेड़ालाई टुक्रा-टुक्रा पारेर त्‍यसका आन्‍द्रा र खुट्टाहरू धोएर त्‍यसका टुक्राहरू र शिरसँगै राखिदिनू।</verse>
				<verse number="18">त्‍यो सिङ्गै भेड़ा वेदीमा जलाउनू। त्‍योचाहिँ परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको होमबलि हो।”</verse>
				<verse number="19">“तैंले अर्को भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमाथि आ-आफ्‍ना हात राखून्‌।</verse>
				<verse number="20">तब भेड़ालाई बलि गरेर त्‍यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको र त्‍यसका छोराहरूका दाहिने कानका लोतीमा, र तिनीहरूका दाहिने-दाहिने हातका बूढ़ी औँला र दाहिने-दाहिने खुट्टाका बूढ़ी औँलामा लगाउनू। त्‍यसपछि रगत वेदीमा वरिपरि छर्कनू।</verse>
				<verse number="21">अनि वेदीमा भएको रगत र अभिषेक गर्ने तेलबाट अलि-अलि लिएर हारून र त्‍यसका पोशाकहरू र त्‍यसका छोराहरूमाथि र छोराहरूका पोशाकहरूमाथि छर्कनू। यसरी त्‍यो, त्‍यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्‌।”</verse>
				<verse number="22">“तैंले त्‍यस भेड़ाको बोसो र बोसेपुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्‍योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)</verse>
				<verse number="23">परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट एउटा रोटी र तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिएर</verse>
				<verse number="24">ती सबै हारून र त्‍यसका छोराहरूका हातमा राख्‍नू। ती परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू।</verse>
				<verse number="25">तब तिनीहरूका हातबाट ती लिएर परमप्रभुलाई मन पर्ने बास्‍नाको निम्‍ति होमबलिका साथ वेदीमा जलाइदिनू। यो परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको बलि हो।</verse>
				<verse number="26">अनि हारूनका अर्पणको भेड़ाको ह्याकुलो लिएर परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू। त्‍योचाहिँ तेरो भाग हुनेछ।”</verse>
				<verse number="27">“अर्पणको भेड़ाबाट हारून र त्‍यसका छोराहरूका निम्‍ति हुने डोलाएको ह्याकुला र चढ़ाइएको साँप्रो पवित्र गर्नू।</verse>
				<verse number="28">हारून र त्‍यसका छोराहरूका निम्‍ति इस्राएलीहरूले सधैँ दिनुपर्ने भाग यही होस्, किनभने इस्राएलीहरूले आफ्‍नो मेलबलिहरूबाट परमप्रभुलाई चढ़ाउनुपर्ने भाग त्‍यही हो।”</verse>
				<verse number="29">“हारूनका पवित्र पोशाकहरू त्‍यसका सन्‍तानहरूका निम्‍ति होऊन्, र तिनीहरू ती पहिरेर अभिषेक भई नियुक्त गरिऊन्‌।</verse>
				<verse number="30">त्‍यसको सट्टामा पूजाहारी हुने छोरो भेट हुने पालमा पवित्रस्‍थानभित्र सेवा गर्नलाई आउँदा, सात दिनसम्‍म त्‍यसले ती पहिरोस्‌।</verse>
				<verse number="31">नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा लिएर त्‍यसको मासु एक पवित्र ठाउँमा पकाउनू।</verse>
				<verse number="32">त्‍यसपछि हारून र त्‍यसका छोराहरूले त्‍यस भेड़ाको मासु र डालोमा भएको रोटी भेट हुने पालको ढोकानेर खाऊन्‌।</verse>
				<verse number="33">तिनीहरूलाई नियुक्त र पवित्र गर्नलाई जुन-जुन थोकद्वारा प्रायश्‍चित गरिएको थियो, ती तिनीहरूले खाऊन्‌। तर कुनै अन्‍य मानिसहरूले चाहिँ नखाऊन्, किनभने ती पवित्र हुन्‌।</verse>
				<verse number="34">अर्पणको भेड़ाको मासु अथवा रोटीमध्‍येको केही बिहानसम्‍म उब्‍र्यो भने त्‍यो उब्रेको भाग आगोमा जलाइदिनू। त्‍यो नखानू, किनभने त्‍यो पवित्र हो।</verse>
				<verse number="35">“तँलाई मैले दिएका सबै आज्ञाबमोजिम हारून र त्‍यसका छोराहरूलाई गर्नू। सात दिन लगाएर तिनीहरूलाई नियुक्त गर्नू।</verse>
				<verse number="36">प्रायश्‍चितको निम्‍ति पापबलिको साँढ़े दिनहुँ तैंले चढ़ाउनू। जब वेदीको लागि प्रायश्‍चित गर्लास्, तब पवित्र गर्नका निम्‍ति त्‍यसलाई अभिषेक गर्नू।</verse>
				<verse number="37">सात दिनसम्‍म तैंले वेदीको निम्‍ति प्रायश्‍चित गर्दैरहनू, र त्‍यसलाई पवित्र पार्नू। यसरी वेदी महा पवित्र हुनेछ। जे-जेले त्‍यो वेदी छोला त्‍यो पवित्र हुनेछ।”</verse>
				<verse number="38">“अब वेदीमा दिनहुँ तैंले निरन्‍तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा।</verse>
				<verse number="39">एउटा थुमा बिहान चढ़ाउनू र अर्को बेलुकी।</verse>
				<verse number="40">पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घ-बलिको निम्‍ति चाहिँ एक लिटर दाखमद्य चढ़ाउनू।</verse>
				<verse number="41">अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्‍यससँग बिहानको जस्‍तै अन्‍नबलि र अर्घबलि होस्‌। परमप्रभुको निम्‍ति मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्‍यो होस्‌।”</verse>
				<verse number="42">“तिमीहरूका पुस्‍ता-पुस्‍ताका निम्‍ति परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकानेर त्‍यो निरन्‍तरको होमबलि होस्‌। त्‍यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु।</verse>
				<verse number="43">इस्राएलीहरूसित म त्‍यहीँ नै भेट गर्नेछु, र त्‍यो पाल मेरो महिमाले पवित्र हुनेछ।</verse>
				<verse number="44">“म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्‍यसका छोराहरूलाई पनि मेरो निम्‍ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु।</verse>
				<verse number="45">म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्‍वर हुनेछु।</verse>
				<verse number="46">तिनीहरूका मध्‍यमा बस्‍न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्‌। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।”</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">“तैंले धूप बाल्‍नका निम्‍ति एउटा वेदी बबुल काठको बनाउनू।</verse>
				<verse number="2">त्‍यसको लमाइ एक हात र त्‍यसको चौड़ाइ एक हातको होस्‌। त्‍यो वर्गाकार होस्, र त्‍यसको उचाइ दुई हातको होस्‌। त्‍यसका सीङहरू त्‍यही एउटै टुक्रा काठकै होऊन्‌।</verse>
				<verse number="3">त्‍यसका माथिल्‍लो र चारैतिरका पाटाहरू त्‍यसका सीङहरूसमेत निखुर सुनले मोहोर्नू, र त्‍यसको निम्‍ति वरिपरि सुनको एउटा बिट बनाउनू।</verse>
				<verse number="4">त्‍यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्‍द्रा बनाएर त्‍यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्‍डाहरूको लागि ती मुन्‍द्राचाहिँ घर होऊन्‌।</verse>
				<verse number="5">डन्‍डाहरू बबुल काठका बनाएर सुनले मोहोर्नू।</verse>
				<verse number="6">त्‍यो वेदी गवाहीको सन्‍दूक अगाड़ि भएको पर्दाको सामुन्‍ने राख्‍नू, अर्थात्‌ गवाही-पाटीमाथि भएको कृपा-आसनको सामुन्‍ने, जहाँ म तँसित भेट गर्नेछु।”</verse>
				<verse number="7">“वेदीमा हारूनले सुगन्‍धित मसलाको धूप प्रत्‍येक बिहान बत्तीहरू सच्‍याउँदा जलाओस्‌।</verse>
				<verse number="8">फेरि बेलुकी हारूनले बत्ती बाल्‍दा त्‍यो जलाओस्‌। यसरी आउने पुस्‍ता-पुस्‍तासम्‍म परमप्रभुको सामुन्‍ने त्‍यो निरन्‍तर बल्‍ने धूप हुनेछ।</verse>
				<verse number="9">त्‍यस वेदीमा तैंले अरू किसिमको धूप, होमबलि, अन्‍नबलि नचढ़ाउनू, र अर्घ-बलि पनि नचढ़ाउनू।</verse>
				<verse number="10">हारूनले वर्षमा एक पल्‍ट त्‍यसका सीङहरूमा प्रायश्‍चित गरोस्‌ अर्थात्‌ तिमीहरूका पुस्‍ता-पुस्‍तासम्‍म वर्षमा एक पल्‍ट प्रायश्‍चितको पापबलिको रगतले त्‍यसमा प्रायश्‍चित गरोस्‌। त्‍यो परमप्रभुको निम्‍ति अति पवित्र हो।”</verse>
				<verse number="11">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="12">“तैंले इस्राएलीहरूको जनगणना गर्दा तिनीहरूमध्‍येको हरेक जनले आ-आफ्‍नो प्राणको छुटकाराको निम्‍ति परमप्रभुलाई यसरी मोल तिरोस्, र गणना गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।</verse>
				<verse number="13">जति जना गनिन्‍छन्‌ तिनीहरूले पवित्रस्‍थानको शेकेलको हिसाबले आधा-शेकेल दिनुपर्नेछ। एक शेकेल बीस गेराको हुन्‍छ। यसरी परमप्रभुको भेटी आधा-शेकेलको होस्‌।</verse>
				<verse number="14">जति जना बीस वर्ष र त्‍यसभन्‍दा माथिका गनिन्‍छन्, उतिले परमप्रभुको भेटी देऊन्।</verse>
				<verse number="15">जब तिमीहरूका प्राणका प्रायश्‍चितको निम्‍ति परमप्रभुको भेटी दिइन्‍छ, तब धनीले आधा-शेकेलभन्‍दा बढ़ी र गरीबले त्‍यसभन्‍दा कम नदेओस्‌।</verse>
				<verse number="16">इस्राएलीहरूबाट प्रायश्‍चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्‍ति प्रयोग गर्नू, र त्‍यो तिमीहरूका प्राणको प्रायश्‍चित गर्नलाई परमप्रभुको सामुन्‍ने इस्राएलीहरूका निम्‍ति सम्‍झना होस्‌।”</verse>
				<verse number="17">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="18">“धुनलाई काँसाको बाटा बना। त्‍यसको खुट्टा पनि काँसाको होस्‌। त्‍यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्‍यसमा पानी हाल्‍नू।</verse>
				<verse number="19">त्‍यस पानीले हारून र त्‍यसका छोराहरूले आ-आफ्‍ना हातगोड़ा धोऊन्‌।</verse>
				<verse number="20">जब तिनीहरू भेट हुने पालमा पस्‍छन्, कि वेदीनेर सेवा गर्नलाई परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलि जलाउनलाई आउँछन्,</verse>
				<verse number="21">तब तिनीहरूले यही पानीले हात-गोड़ा धोऊन्‌ र तिनीहरू नमरून्‌। यो हारून र त्‍यसका सन्‍तानका निम्‍ति तिनीहरूका पुस्‍ताभरि अनन्‍तको विधि होस्‌।”</verse>
				<verse number="22">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="23">“तैंले असल-असल मसला, अर्थात्‌ ५०० शेकेल तरल मूर्र र त्‍यसको आधा, अर्थात्‌ २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो,</verse>
				<verse number="24">र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्‍थानको शेकेलको हिसाबले होस्‌— र एक हीन भद्राक्षको तेल लिएर</verse>
				<verse number="25">अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात्‌ बास्‍ना दिने सुगन्‍धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्‍यो पवित्र तेल होस्‌।</verse>
				<verse number="26">भेट हुने पाल र गवाहीको सन्‍दूक,</verse>
				<verse number="27">र टेबिल, त्‍यसका सबै सामानसमेत, र सामदान, त्‍यसका सबै सामानसमेत, र धूपको वेदी,</verse>
				<verse number="28">होमबलिको वेदी, त्‍यसका सबै सामानहरू, र धुने बाटा, त्‍यसका खुट्टाहरूसमेत, त्‍यसैले अभिषेक गर्नू।</verse>
				<verse number="29">यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्‌। जुन चीजले तिनीहरूलाई छुन्‍छ त्‍यो पवित्र हुनेछ।”</verse>
				<verse number="30">“हारून र त्‍यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्‌।</verse>
				<verse number="31">इस्राएलीहरूलाई यसो भन्‍नू, ‘त्‍यो तिमीहरूका पुस्‍तौँभरि मेरो निम्‍ति पवित्र अभिषेक-तेल होस्‌।’</verse>
				<verse number="32">त्‍यो कोही मानिसको शरीरमा नखन्‍याऊन्, र त्‍यही पदार्थहरू मिसाएर त्‍योजस्‍तै अरू तेल नबनाउनू। त्‍योचाहिँ पवित्र हो, र तिमीहरू त्‍यसलाई पवित्र ठान।</verse>
				<verse number="33">जसले मिसाएर त्‍योजस्‍तै अत्तर बनाउला, र त्‍यसबाट पूजाहारीबाहेक कोही अन्‍य मानिसको शरीरमा लगाउला, त्‍यो आफ्‍नो मानिसहरूबाट बहिष्‍कृत हुनेछ।”</verse>
				<verse number="34">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “सुगन्‍धित मसला— खोटो, सेखलेट र हिङजस्‍तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर</verse>
				<verse number="35">त्‍यसको सुगन्‍धित, मिश्रित धूप अत्तर बनाउनेले जस्‍तै गरी बनाउनू। त्‍यो नून मिसिएको शुद्ध र पवित्र होस्‌।</verse>
				<verse number="36">त्‍यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्‍थानमा गवाही-पाटीको सामुन्‍ने राख्‍नू। त्‍यो तिमीहरूका निम्‍ति अति पवित्र होस्‌।</verse>
				<verse number="37">त्‍यसको मिसावटअनुसार त्‍यो धूप तिमीहरूले आफ्‍नै निम्‍ति नबनाउनू। त्‍यो तेरो नजरमा परमप्रभुको निम्‍ति पवित्र होस्‌।</verse>
				<verse number="38">कसैले बास्‍ना मन पराएर त्‍यो जस्‍तै केही धूप बनायो भने त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌।”</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु।</verse>
				<verse number="3">मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु।</verse>
				<verse number="4">त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने,</verse>
				<verse number="5">र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो।</verse>
				<verse number="6">दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्‍यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु:</verse>
				<verse number="7">अर्थात्, भेट हुने पाल, गवाहीको सन्‍दूक र त्‍यसमाथि हुने कृपा-आसन, र पालका अरू सबै सामानहरू—</verse>
				<verse number="8">टेबिल र त्‍यसका सामानहरू, शुद्ध सुनको सामदान र त्‍यसका सबै सामान, र धूपको वेदी,</verse>
				<verse number="9">होमबलिको वेदी र त्‍यसका सबै सामानहरू, धुने बाटा र त्‍यसका खुट्टाहरू—</verse>
				<verse number="10">बुनेका पोशाकहरू, हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र त्‍यसका छोराहरूका पूजाहारी पदमा सेवा गर्ने पोशाकहरू,</verse>
				<verse number="11">र पवित्रस्‍थानको निम्‍ति अभिषेक गर्ने तेल र सुगन्‍धित धूप तिनीहरूले बनाऊन्‌। मैले तँलाई दिएका सबै आज्ञाअनुसार तिनीहरूले गरून्‌।”</verse>
				<verse number="12">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="13">“तैंले इस्राएलीहरूलाई यसो पनि भन्‍नू: तिमीहरूले निश्‍चय मेरा शबाथहरू मान्‍नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्‍ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।”</verse>
				<verse number="14">“‘तिमीहरूले शबाथ मान्‍नू, किनभने तिमीहरूका निम्‍ति त्‍यो पवित्र हो। त्‍यो अपवित्र गर्ने निश्‍चय नै मारिओस्‌। जस-जसले त्‍यस दिन केही कामकाज गर्ला त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत हुनेछ।</verse>
				<verse number="15">छ दिनसम्‍म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्‍ति पवित्र हो। जस-जसले शबाथमा केही कामकाज गर्ला त्‍यो मारिनैपर्छ।</verse>
				<verse number="16">इस्राएलीहरूले शबाथ मानून्, र त्‍यो दिन आफ्‍ना सारा पुस्‍ताभरि अविराम करारको रूपमा मान्‍ने गरून्‌।</verse>
				<verse number="17">म र इस्राएलीहरूका बीचमा त्‍यो सदाको निम्‍ति एउटा चिन्‍ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्‍वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।”</verse>
				<verse number="18">परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्‍नुभएपछि, उहाँका आफ्‍ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्‍न लागे, “उठ्‌नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्‍याउने मोशालाई के भयो हामी जान्‍दैनौं”</verse>
				<verse number="2">हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्‍डलहरू फुकाली यहाँ मकहाँ ल्‍याओ।”</verse>
				<verse number="3">तब सबै मानिसहरूले आ-आफ्‍ना कानमा भएका सुनका कुण्‍डलहरू फुकालेर हारूनकहाँ ल्‍याए।</verse>
				<verse number="4">तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌।”</verse>
				<verse number="5">यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए, र तिनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्‍ति एउटा चाड़ हुनेछ।”</verse>
				<verse number="6">भोलिपल्‍ट मानिसहरू बिहानै उठेर होमबलि चढ़ाए, र मेलबलि पनि ल्‍याए। तब तिनीहरू खानपान गर्नलाई बसे, अनि त्‍यसपछि मोजमा डुब्‍न उठे।</verse>
				<verse number="7">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्ली, किनकि तैंले मिश्रबाट निकालेर ल्‍याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन्‌।</verse>
				<verse number="8">तिनीहरूलाई जुन मार्गमा हिँड्‌ने आज्ञा मैले दिएको थिएँ, त्‍यसबाट तिनीहरू यति चाँड़ै अर्कोतिर लागेका छन्‌। तिनीहरूले आफ्‍ना निम्‍ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्‍यसैलाई पुजेका छन्, र त्‍यसैको निम्‍ति बलि चढ़ाएर भनेका छन्, ‘हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌’।”</verse>
				<verse number="9">परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यी मानिसहरूलाई देखें। यिनीहरू त हठी मानिसहरू रहेछन्‌।</verse>
				<verse number="10">अब मलाई नरोक्‌, र मेरो क्रोध यिनीहरूमाथि दन्‍किओस्‌। म यिनीहरूलाई भस्‍म पार्नेछु। अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु।”</verse>
				<verse number="11">तर मोशाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आग्रहपूर्वक भने, “हे परमप्रभु, तपाईंले आफ्‍नो ठूलो सामर्थ्‍य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्‍याउनुभएका आफ्‍ना मानिसहरूमाथि तपाईंको क्रोध किन यति साह्रै जलेको छ?</verse>
				<verse number="12">मिश्रीहरूले किन यसो भन्‍ने मौका पाऊन्‌? ‘कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न, र तिनीहरूलाई पृथ्‍वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्‍याउनुभयो’। तपाईं आफ्‍नो भयङ्कर क्रोधलाई शान्‍त गर्नुहोस्, र आफ्‍ना मानिसहरूलाई हानी गर्नदेखि आफ्‍नो मन बद्‌लनुहोस्‌।</verse>
				<verse number="13">आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्, जुनहरूसित तपाईंले आफ्‍नै नाउँमा शपथ खाएर यसो भन्‍नुभएको थियो, ‘म तिमीहरूका सन्‍तानलाई आकाशका ताराहरूजस्‍तै बढ़ाउनेछु। मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्‍तानलाई दिनेछु, र तिनीहरू सधैँको निम्ति त्‍यसको अधिकारी हुनेछन्‌’।”</verse>
				<verse number="14">तब आफ्‍ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्‍नो मन बद्‌लनुभयो।</verse>
				<verse number="15">अनि मोशा फर्केर आफ्‍ना हातमा गवाहीका दुवै शिला-पाटी लिएर पर्वतबाट ओर्ले। ती पाटीहरूमा अगाड़ि र पछाड़ि दुवैपट्टि लेखिएका थिए।</verse>
				<verse number="16">ती पाटीहरू परमेश्‍वरका काम थिए। तिनका लेखोट परमेश्‍वरद्वारा खोपेर लेखिएका थिए।</verse>
				<verse number="17">यहोशूले मानिसहरू चिच्‍च्‍याएका सुनेर मोशालाई भने, “छाउनीमा त लड़ाइँको सोरजस्‍तो पो सुनिँदैछ।”</verse>
				<verse number="18">मोशाले भने, “यो सोर न त जित्‍नेहरूको न हार्नेहरूको हो, तर म त गाउनेहरूको सोर सुन्‍दैछु।”</verse>
				<verse number="19">छाउनीनेर आउँदाआउँदै मोशाले बाछो र नाच देखे। मोशालाई साह्रै रीस उठ्यो, र तिनले ती पाटीहरू आफ्‍ना हातले पर्वतको फेदीमा फ्‍याँकेर फुटाइदिए।</verse>
				<verse number="20">तब तिनीहरूले बनाएको त्‍यो बाछो लिएर तिनले आगोमा जलाइदिए, र त्‍यसलाई धूलोपीठो पारेर पानीमा छरिदिए। अनि तिनले इस्राएलीहरूलाई त्‍यो पिउन लाए।</verse>
				<verse number="21">त्‍यसपछि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले यिनीहरूलाई यस्‍तो ठूलो पापमा लानुभयो?”</verse>
				<verse number="22">हारूनले जवाफ दिए, “हजूरको रीस ममाथि नउठोस्‌। तपाईं त यी मानिसहरूलाई जान्‍नु नै हुन्‍छ। यिनीहरू कति खराबीतिर लागेका छन्‌।</verse>
				<verse number="23">तिनीहरूले मलाई भने, ‘हाम्रा निम्‍ति हाम्रा अगिअगि जानलाई देवताहरू बनाऊ, किनकि हामीलाई मिश्रबाट निकालेर ल्‍याउने मोशालाई के भयो हामी जान्‍दैनौं’।</verse>
				<verse number="24">तब मैले तिनीहरूलाई भनें, ‘जस-जसकहाँ सुनका गहनाहरू छन्, ती फुकालेर ल्‍याओ’। अनि तिनीहरूले मलाई सुन दिए। मैले आगोमा हालिदिएँ, र यो बाछो निस्‍क्‍यो।”</verse>
				<verse number="25">मोशाले देखे कि मानिसहरू त छाड़ा भइसकेका थिए, किनकि हारूनले तिनीहरूलाई छाड़ा हुन दिएका थिए, यतिसम्‍म कि तिनीहरू आफ्‍ना वैरीका सामुन्‍ने हाँसोको कारण बनेका थिए।</verse>
				<verse number="26">तब मोशाले छाउनीको ढोकानेर उभिएर भने, “जो-जो परमप्रभुतर्फ छन्, तिनीहरू मकहाँ यता आऊन्‌।” अनि लेवीका सारा सन्‍तानचाहिँ तिनीकहाँ आएर भेला भए।</verse>
				<verse number="27">मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरू हरेकले आ-आफ्‍नो तरवार भिरेर छाउनीको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म ढोका-ढोकामा गएर हरेकले आफ्‍नो भाइ र आफ्‍नो मित्र र आफ्‍नो छिमेकीलाई मार’।”</verse>
				<verse number="28">तब लेवीका सन्‍तानहरूले मोशाले भनेअनुसार गरे। त्‍यस दिन मानिसहरूमध्‍ये तीन हजार जति पुरुष मारिए।</verse>
				<verse number="29">तब मोशाले भने, “आज तिमीहरू आ-आफ्‍ना छोरा र आ-आफ्‍ना भाइलाई नाश गरी परमप्रभुको निम्‍ति अलग गरिएका छौ। आज उहाँले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।”</verse>
				<verse number="30">भोलिपल्‍ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म परमप्रभुकहाँ उक्‍लेर जानेछु। शायद तिमीहरूको यो पापको निम्‍ति म प्रायश्‍चित गर्न सक्‍छु होला।”</verse>
				<verse number="31">अनि मोशाले परमप्रभुकहाँ फर्किगएर यसो भने, “हाय! यी मानिसहरूले कस्‍तो ठूलो पाप गरेका छन्‌! तिनीहरूले आफ्‍ना निम्‍ति सुनका देवताहरू बनाएका छन्‌।</verse>
				<verse number="32">तापनि तपाईंले तिनीहरूको पाप क्षमा गर्नुहुन्‍छ होला— हुन्‍न भनेता, तपाईंले लेख्‍नुभएको पुस्‍तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस्‌।”</verse>
				<verse number="33">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्‍यसलाई नै म आफ्‍नो पुस्‍तकबाट मेटिदिनेछु।</verse>
				<verse number="34">अब जा, मैले तँलाई भनेको स्‍थानमा मानिसहरूलाई अगुवाइ गरेर लैजा, र मेरा दूत तेरो अगिअगि जानेछन्, तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्‍ड दिनेछु।”</verse>
				<verse number="35">अनि हारूनले बनाएको बाछोप्रति तिनीहरूले जे गरे त्‍यसैको निम्‍ति परमप्रभुले मानिसहरूलाई रूढ़ीले मार्नुभयो।</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्रबाट ल्‍याएका यी मानिसहरूसँग त्‍यस देशमा जा, जसको विषयमा ‘तेरा सन्‍तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ।</verse>
				<verse number="2">म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु।</verse>
				<verse number="3">दूध र मह बग्‍ने त्‍यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्‌नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।”</verse>
				<verse number="4">जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्‍ना गहनाहरू लगाएन।</verse>
				<verse number="5">किनकि परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्‍ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्‍म पार्नेछु। अब तिमीहरूले आफ्‍ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।”</verse>
				<verse number="6">यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्‍ना गहनाहरू फुकाले।</verse>
				<verse number="7">मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्‍ने गर्थे। तिनले त्‍यसलाई “भेट हुने पाल” भन्‍थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्‍येक व्‍यक्ति छाउनीको बाहिर भएको त्‍यही भेट हुने पालमा जान्‍थ्‍यो।</verse>
				<verse number="8">जब मोशा निस्‍केर भेट हुने पालमा जान्‍थे, तब सबै मानिसहरू उठेर आफ्‍नो पालको ढोकामा खड़ा भई मोशा त्‍यस पालभित्र नपसुञ्‍जेलसम्‍म तिनीतिर नै हेरिरहन्‍थे।</verse>
				<verse number="9">जब मोशा त्‍यस पालभित्र पस्‍थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्‍थ्‍यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्‍थ्‍यो।</verse>
				<verse number="10">जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्‍तथे, तब तिनीहरू उठेर आ-आफ्‍नो पालको ढोकामा आराधना गर्थे।</verse>
				<verse number="11">परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्‍थ्‍यो, जसरी कोही आफ्‍ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्‍यस पालबाट निस्‍कँदैनथे।</verse>
				<verse number="12">अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्‍नुहुन्‍छ, तर मसित को-को पठाउनुहुन्‍छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्‍छु: र तँमाथि मेरो निगाह भएको छ’।</verse>
				<verse number="13">यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्‍झनुहोस्‌।”</verse>
				<verse number="14">अनि परमप्रभुले भन्‍नुभयो, “मेरो उपस्‍थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।”</verse>
				<verse number="15">तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्‍थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्‌।</verse>
				<verse number="16">तपाईं हामीसितै नगएसम्‍म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्‍ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्‍वीका सारा मानिसहरूदेखि भिन्‍नै हुन्‍छौं?”</verse>
				<verse number="17">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।”</verse>
				<verse number="18">तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्‌।”</verse>
				<verse number="19">उहाँले भन्‍नुभयो, “म तेरै सामुन्‍ने मेरो सारा श्रेष्‍ठता देखाउनेछु, र तेरै सामुन्‍ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्‍छु त्‍यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्‍छु, त्‍यसलाई म कृपा देखाउनेछु।”</verse>
				<verse number="20">अनि उहाँले भन्‍नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्‍दैन।”</verse>
				<verse number="21">तब परमप्रभुले भन्‍नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ एउटा चट्टानमा खड़ा हो।</verse>
				<verse number="22">मेरो महिमा त्‍यहाँबाट भएर जाँदा तँलाई म त्‍यस चट्टानको धाँदोमा राख्‍नेछु, र म त्‍यहाँबाट भएर नजाउञ्‍जेल तँलाई मेरै हातले छोपिराख्‍नेछु।</verse>
				<verse number="23">त्‍यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काटेर ले। म ती पाटीमा त्‍यही कुरा लेख्‍नेछु, जो तैंले फुटाएको पहिलेका पाटीमा लेखिएका थिए।</verse>
				<verse number="2">बिहानै तयार भएर सीनै पर्वतको टाकुरामा उक्‍लेर तँ मेरो सामुन्‍ने हाजिर हो।</verse>
				<verse number="3">कोही मानिस तँसँग नआओस्, न त पर्वतको कुनै भागमा देखा परोस्‌। कुनै भेड़ाबाख्रा वा गाईबस्‍तु त्‍यस पर्वतको अगाड़ि नचरोस्‌।”</verse>
				<verse number="4">तब मोशाले पहिलेकै जस्‍तो ढुङ्गाका दुई वटा पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभएझैँ बिहान सबेरै उठी सीनै पर्वतमा उक्‍ले। तिनले आफ्‍ना हातमा ती दुई वटा शिला-पाटी पनि लगे।</verse>
				<verse number="5">अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्‍यहाँ खड़ा भएर उहाँले आफ्‍नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो।</verse>
				<verse number="6">त्‍यसपछि परमप्रभु तिनको सामुन्‍नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ।</verse>
				<verse number="7">उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्‍छ, र दुष्‍टता, विद्रोह र पाप क्षमा गर्नुहुन्‍छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्‍छ। पिता-पुर्खाका दुष्‍टताको दण्‍ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्‍तासम्‍म दिनुहुन्‍छ।”</verse>
				<verse number="8">तब मोशाले हत्तपत्त भूइँतिर आफ्‍नो शिर निहुराएर आराधना गरे।</verse>
				<verse number="9">तिनले भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, हे परमप्रभु, बिन्‍ती छ, परमप्रभु नै हाम्रा साथमा हिँड्‌नुहोला। यिनीहरू हठी मानिस भए तापनि हाम्रा दुष्‍टता र पाप क्षमा गरेर हामीलाई आफ्‍नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्‌।”</verse>
				<verse number="10">तब परमप्रभुले भन्‍नुभयो, “हेर्, तँसँग म एउटा करार बाँध्‍छु। तेरा सारा मानिसहरूकै सामु म यस्‍ता आश्‍चर्यका कामहरू गर्नेछु, जो सारा पृथ्‍वीमा कुनै जातिमा कहिल्‍यै गरिएका छैनन्‌। यी मानिसहरू, जसका बीचमा तँ छस्, तिनीहरूले देख्‍नेछन्‌ कि म, परमप्रभु, तेरो लागि एउटा आश्‍चर्यपूर्ण काम गर्नेछु।</verse>
				<verse number="11">जुन आज्ञा आज म तँलाई दिँदैछु, त्‍यो तैंले पालन गर्‌। हेर्, म तेरो सामुन्‍नेबाट एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्‍वी, र यबूसीहरूलाई धपाउनेछु।</verse>
				<verse number="12">होशियार बस्‌! जुन देशमा तँ जान्‍छस्, त्‍यहाँका बासिन्‍दाहरूसँग तैंले सन्‍धि नगर्नू, नत्रता उनीहरू तिमीहरूका निम्‍ति पासो बन्‍नेछन्‌।</verse>
				<verse number="13">उनीहरूका वेदीहरू भत्‍काइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र उनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू।</verse>
				<verse number="14">तिमीहरूले अन्‍य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ।</verse>
				<verse number="15">“होशियार, त्‍यस देशका बासिन्‍दाहरूसित तिमीहरूले सन्‍धि नगर्नू, नत्र उनीहरू आफ्‍ना देवताहरूका पछि लागेर आत्‍मिक व्‍यभिचारझैँ गर्दा र आफ्‍ना देवताहरूका लागि बलि गर्दा, उनीहरूले तिमीहरूलाई बोलाउनेछन्‌ र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ।</verse>
				<verse number="16">जब उनीहरूका छोरीहरूमध्‍येका कुनैलाई तिमीहरूले आफ्‍ना छोराहरूका निम्‍ति ल्‍याऔला, र ती छोरीहरू आफ्‍ना देवताहरूपछि आत्‍मिक व्‍यभिचारझैँ गर्लान्, तब तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि त्‍यही गर्न लाउनेछन्‌।</verse>
				<verse number="17">“तिमीहरूले आफ्‍ना निम्‍ति ढलौटे मूर्तिहरू नबनाउनू।</verse>
				<verse number="18">“अखमिरी रोटीको चाड़ मान्‍नू। मेरो आज्ञाबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्‍म अखमिरी रोटी खाँदैरहनू। किनभने आबीब महिनामा तिमीहरू मिश्रदेशबाट निक्‍लेर आएका हौ।</verse>
				<verse number="19">“गर्भ खोल्‍ने सबै मेरा हुन्‌। तिमीहरूका पशुका सबै भाले, गाईबस्‍तुका र भेड़ाबाख्राका पहिले बियाएका मेरै हुन्‌।</verse>
				<verse number="20">गधैनीको पहिलो बियाएको बछेड़ालाई पाठो दिएर छुटाउनू। त्‍यसलाई छुटाएनौ भने त्‍यसको घाँटी भाँचिदिनू। आफ्‍ना सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू।” “मेरो सामुन्‍ने कोही पनि रित्तै देखा नपरोस्‌।</verse>
				<verse number="21">“छ दिनसम्‍म आफ्‍ना कामकाज गर्दैरहनू, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।</verse>
				<verse number="22">“तिमीहरूले साताहरूको चाड़ पहिले उब्‍जिएको गहूँसाथ मान्‍नू, र वर्षको आखिरमा अन्‍न भित्र्याउने चाड़ पनि मान्‍नू।</verse>
				<verse number="23">वर्षमा तीन पल्‍ट तिमीहरूका सबै पुरुषहरू इस्राएलका परमप्रभु परमेश्‍वरको सामु देखा परून्‌।</verse>
				<verse number="24">म जाति-जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनेछु, र तिमीहरूको सिमाना बढ़ाइदिनेछु। जब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु वर्षमा तीन पल्‍ट देखा परौला, तब कसैले तिमीहरूका जमिनको लोभ गर्नेछैन।</verse>
				<verse number="25">“मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्‍तार-चाड़को बलिमध्‍येको केही पनि बिहानसम्‍म नछोड्‌नू।</verse>
				<verse number="26">“तिमीहरूको जमिनका अगौटे फलमध्‍येका सबभन्‍दा असल फलचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरको घरमा ल्‍याउनू।” “बाख्राको पाठो त्‍यसको माउको दूधमा नपकाओ।”</verse>
				<verse number="27">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।”</verse>
				<verse number="28">मोशा त्‍यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्‍यस करारका वचन, अर्थात्‌ ती दश आज्ञाहरू लेखे।</verse>
				<verse number="29">जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्‍ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्‍वर तिनीसित कुरा गर्नुभएकोले आफ्‍नो अनुहार चम्‍कँदैछ भन्‍ने कुरो मोशालाई थाहा थिएन।</verse>
				<verse number="30">जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे, तब तिनको अनुहार चम्‍केको तिनीहरूले देखे, र तिनको नजिक आउन तिनीहरू डराए।</verse>
				<verse number="31">तर मोशाले तिनीहरूलाई बोलाए, र समुदायका सारा नाइकेहरूसमेत हारून तिनीकहाँ फर्केर आए, अनि मोशाले तिनीहरूसित कुरा गरे।</verse>
				<verse number="32">त्‍यसपछि सारा इस्राएलीहरू पनि नजिक आए, अनि जे परमप्रभुले तिनलाई सीनै पर्वतमा भन्‍नुभएको थियो, ती सबै तिनले तिनीहरूलाई आज्ञाको रूपमा सुनाए।</verse>
				<verse number="33">जब मोशाले तिनीहरूसित कुरा गरिसके, तब तिनले आफ्‍नो अनुहारमा एउटा घुम्‍टो हाले।</verse>
				<verse number="34">तर जब मोशा परमप्रभुको सामुन्‍ने उहाँसित कुरा गर्न जान्‍थे, तब बाहिर ननिस्‍कुञ्‍जेल त्‍यो घुम्‍टो उतार्थे। जे आज्ञा तिनले पाउँथे, त्‍यो तिनले बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे।</verse>
				<verse number="35">इस्राएलीहरूले मोशाको अनुहार चम्‍केको देख्‍तथे। तब मोशाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपसुञ्‍जेल त्‍यो घुम्‍टो आफ्‍नो अनुहारमा फेरि लगाउँथे।</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्‌:</verse>
				<verse number="2">छ दिनसम्‍म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्‍ति पवित्र हो। त्‍यो परमप्रभुको निम्‍ति शबाथ हो। कसैले त्‍यस दिन काम गर्‍यो भने त्‍यो मारिओस्‌।</verse>
				<verse number="3">तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्‍नू।”</verse>
				<verse number="4">मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो:</verse>
				<verse number="5">आफ्‍ना बीचबाट परमप्रभुको निम्‍ति भेटी ल्‍याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्‍याओस्‌: सुन, चाँदी र काँसा,</verse>
				<verse number="6">नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्‍ला,</verse>
				<verse number="7">रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ,</verse>
				<verse number="8">प्रकाशको निम्‍ति तेल, र अभिषेक गर्ने तेलको निम्‍ति र सुगन्‍धित धूपको निम्‍ति मसला,</verse>
				<verse number="9">एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू।</verse>
				<verse number="10">“तिमीहरूमध्‍येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्‌:</verse>
				<verse number="11">पवित्र वासस्‍थान र त्‍यसको पाल, पालका छत, अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू र आधारहरू,</verse>
				<verse number="12">सन्‍दूक र त्‍यसका डन्‍डाहरू, कृपा-आसन र छेक्‍ने पर्दा,</verse>
				<verse number="13">टेबिल र त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै पात्रहरू र उपस्‍थितिको रोटी,</verse>
				<verse number="14">बत्तीको निम्‍ति सामदान र त्‍यसका दियाहरू, र बत्तीको निम्‍ति तेल,</verse>
				<verse number="15">धूपको वेदी र त्‍यसका डन्‍डाहरू, अभिषेक गर्ने तेल, सुगन्‍धित धूप, पवित्र वासस्‍थानको ढोकाका पर्दा,</verse>
				<verse number="16">होमबलिको वेदी र त्‍यसका काँसाको जाली, त्‍यसका डन्‍डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्‍यसका खुट्टासमेत,</verse>
				<verse number="17">चोकका पर्दाहरू र त्‍यसका खम्‍बाहरू र त्‍यसका आधारहरू, चोकको मूल ढोकाको निम्‍ति पर्दा,</verse>
				<verse number="18">पवित्र वासस्‍थान र चोकका कीलाहरू र तिनका डोरीहरू,</verse>
				<verse number="19">पवित्रस्‍थानमा सेवा गर्नका निम्‍ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”</verse>
				<verse number="20">तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए।</verse>
				<verse number="21">जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्‍छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्‍यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्‍ति परमप्रभुको लागि भेटी ल्‍याए।</verse>
				<verse number="22">राजीखुशी मन भएका पुरुष र स्‍त्री दुवैले सबै किसिमका सुनका गहना ल्‍याए: पीन, कुण्‍डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्‍ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।</verse>
				<verse number="23">जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्‍ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्‍याए।</verse>
				<verse number="24">चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्‍ति भेटीको रूपमा ल्‍याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्‍ति बबुल काठ थियो, त्‍यो तिनीहरूले ल्‍याए।</verse>
				<verse number="25">आफ्‍ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्‍त्रीहरूले ती ल्‍याए।</verse>
				<verse number="26">राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्‍त्रीहरूले बाख्राका भुत्‍ला काते।</verse>
				<verse number="27">नायकहरूले एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू ल्‍याए।</verse>
				<verse number="28">बत्ती, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला र तेल ल्‍याए।</verse>
				<verse number="29">परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्‍ति मनमा इच्‍छुक भएका इस्राएलीहरूका हरेक स्‍त्री र पुरुषले राजीखुशीका भेटी ल्‍याए।</verse>
				<verse number="30">तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ।</verse>
				<verse number="31">उहाँले तिनलाई परमेश्‍वरका आत्‍माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ।</verse>
				<verse number="32">तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने,</verse>
				<verse number="33">र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरून्‌ भन्‍ने ध्‍येयले हो।</verse>
				<verse number="34">तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन्‌ भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ।</verse>
				<verse number="35">तिनीहरूले सबै किसिमका शिल्‍पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्‍ने काममा, सबै किसिमका शिल्‍पकारी र कलाकारका निपुण काम गरून्‌ भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">“यसैले बजलेल, ओहोलीआब र प्रत्‍येक निपुण मानिस जसलाई यो पवित्रस्‍थान बनाउने काम गर्न परमप्रभुले ज्ञान र दक्षता दिनुभएको छ, तिनीहरू सबैले परमप्रभुले आज्ञा गर्नुभएअनुसार काम गरून्‌।”</verse>
				<verse number="2">तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए।</verse>
				<verse number="3">इस्राएलीहरूले पवित्रस्‍थानको निर्माण कार्यको निम्‍ति जे-जे ल्‍याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्‍छे स्‍वेच्‍छाले अरू पनि भेटी ल्‍याउँथे।</verse>
				<verse number="4">पवित्रस्‍थानका काम गर्ने सबै निपुण मानिसहरू आ-आफ्‍नो काम छोड़ेर मोशाकहाँ आए,</verse>
				<verse number="5">र तिनीहरूले मोशालाई भने, “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको कामको निम्‍ति चाहिएको भन्‍दा पनि औधी ज्‍यादा सामानहरू मानिसहरूले ल्‍याउँदैछन्‌।”</verse>
				<verse number="6">तब मोशाले आज्ञा गरे, र तिनीहरूले छाउनीभरि यो घोषणा गर्न लागे, “पवित्रस्‍थानका भेटीको निम्‍ति अब कुनै पुरुष वा स्‍त्रीले अरू केही थोक नबनाओस्‌।” यसरी मानिसहरूलाई अझै सामान ल्‍याउन मनाही गरियो,</verse>
				<verse number="7">किनकि निर्माण कार्यको निम्‍ति तिनीहरूकहाँ चाहिएको भन्‍दा ज्‍यादा सामान थियो।</verse>
				<verse number="8">काम गर्नेहरूमा जति जना निपुण थिए, तिनीहरूले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाए। ती पर्दा मसिनो गरी बाटेका सूती कपड़ाका र नीलो, बैजनी र रातो धागोका, सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका थिए।</verse>
				<verse number="9">हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको थियो। सबै पर्दाको नाप एकै थियो।</verse>
				<verse number="10">तिनीहरूले पाँच पर्दा एक-अर्कोसित गाँसे, अर्का पाँच वटा पर्दा पनि एक-अर्कोसित गाँसे।</verse>
				<verse number="11">पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा तिनीहरूले नीलो सुर्काउनी बनाए। दोस्रो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि त्‍यसै गरे।</verse>
				<verse number="12">एउटा पर्दामा तिनीहरूले पचास वटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्‍लो पर्दामा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-दोस्रोका सामुन्‍ने थिए।</verse>
				<verse number="13">तिनीहरूले सुनका पचास वटा अङ्‌कुसे बनाएर पर्दाका दुई भाग एक-अर्कासँग जोड़े। यसरी पवित्र वासस्‍थान एउटै भयो।</verse>
				<verse number="14">पवित्र वासस्‍थानमाथिका पालको निम्‍ति तिनीहरूले बाख्राको भुत्‍लाका एघार वटा पर्दाहरू बनाए।</verse>
				<verse number="15">हरेक पर्दाको लमाइ तीस र चौड़ाइ चार हातको थियो। ती एघारै वटा पर्दा एउटै नापका थिए।</verse>
				<verse number="16">तिनीहरूले पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड़े।</verse>
				<verse number="17">पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा तिनीहरूले पचास वटा सुर्काउनी बनाए। अर्को गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए।</verse>
				<verse number="18">फेरि तिनीहरूले त्‍यो पाल जोड़ेर एउटै पार्नका निम्‍ति काँसाका पचास वटा अङ्‌कुसे बनाए।</verse>
				<verse number="19">पालको निम्‍ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्‍यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए।</verse>
				<verse number="20">तिनले पवित्र वासस्‍थानको निम्‍ति बबुल काठका फल्‍याकहरू ठाड़ो-ठाड़ो बनाए।</verse>
				<verse number="21">हरेक फल्‍याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको थियो।</verse>
				<verse number="22">हरेक फल्‍याकमा दुई-दुई वटा चोसा एक-अर्कोको सामुन्‍ने राखिएका थिए। यस्‍तै किसिमले तिनीहरूले पवित्र वासस्‍थानका सबै फल्‍याकहरू बनाए।</verse>
				<verse number="23">तिनीहरूले पवित्र वासस्‍थानको दक्षिण भागको निम्‍ति बीस वटा फल्‍याक,</verse>
				<verse number="24">र बीसै वटा फल्‍याकका मुन्‍तिर चाँदीका चालीस वटा आधार बनाए— एक फल्‍याकको मुन्‍तिर दुई आधार, र हरेक चोसोमुनि एउटा आधार।</verse>
				<verse number="25">अर्कोतिर, अर्थात्‌ पवित्र वासस्‍थानको उत्तरपट्टि तिनीहरूले बीस वटा फल्‍याक,</verse>
				<verse number="26">र तिनका निम्‍ति चाँदीका चालीस वटा आधार बनाए— हरेक फल्‍याकको मुन्‍तिर दुई वटा आधार।</verse>
				<verse number="27">पवित्र वासस्‍थानको पश्‍चिमतिर टाढ़ाका भागको निम्‍ति तिनीहरूले छ वटा फल्‍याक बनाए।</verse>
				<verse number="28">पवित्रस्‍थानका टाढ़ाका कुनाहरूको निम्‍ति तिनले दुई वटा फल्‍याक बनाए।</verse>
				<verse number="29">ती दुई कुनाका फल्‍याकहरू तलदेखि माथिसम्‍म दोबर खप्‍टिएका थिए। यसरी ती एउटै मुन्‍द्रामा जोड़िएका थिए। यसै गरी तिनीहरूले ती दुई एकनास बनाए।</verse>
				<verse number="30">जम्‍मा आठ वटा फल्‍याक भए, र तिनका निम्‍ति चाँदीका सोह्र वटा आधार बनाइए। एक-एक फल्‍याकको मुन्‍तिर दुई-दुई वटा आधार थिए।</verse>
				<verse number="31">तिनीहरूले बबुल काठका बारहरू बनाए— पवित्र वासस्‍थानको एकापट्टिका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार,</verse>
				<verse number="32">र अर्कोपट्टिका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार, र पश्‍चिमतिर टाढ़ाको भागका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार।</verse>
				<verse number="33">तिनीहरूले फल्‍याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्‍म पुग्‍ने बनाए।</verse>
				<verse number="34">तिनीहरूले ती फल्‍याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका निम्‍ति सुनका मुन्‍द्राहरू बनाए। ती बारहरू पनि तिनीहरूले सुनले मोहोरे।</verse>
				<verse number="35">तिनीहरूले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाए। त्‍यो निपुण शिल्‍पकारको काम भएका करूबहरू भएको थियो।</verse>
				<verse number="36">तिनीहरूले त्‍यसको निम्‍ति बबुल काठका चार वटा खम्‍बाहरू बनाएर सुनले मोहोरे। तिनका अङ्‌कुसेहरू सुनका थिए। तिनीहरूले तिनका निम्‍ति चाँदीका चार वटा आधारहरू बनाए।</verse>
				<verse number="37">तिनीहरूले पालको ढोकाको निम्‍ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाए।</verse>
				<verse number="38">तिनीहरूले त्‍यसका पाँच वटा खम्‍बा तिनका अङ्‌कुसेहरूसमेत बनाए। तिनीहरूले खम्‍बाका टुप्‍पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए।</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">बजलेलले बबुल काठको सन्‍दूक बनाए। त्‍यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको थियो।</verse>
				<verse number="2">तिनले त्‍यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्‍यसको वरिपरि सुनको बिट बनाए।</verse>
				<verse number="3">तिनले त्‍यसको निम्‍ति सुनका चार वटा मुन्‍द्रा ढाले, र ती त्‍यसका चार खुट्टामा लगाए— दुई वटा मुन्‍द्रा एकातिर र दुई वटा मुन्‍द्रा अर्कोतिर।</verse>
				<verse number="4">तब तिनले बबुल काठका डन्‍डाहरू बनाएर ती सुनले मोहोरे।</verse>
				<verse number="5">तिनले ती डन्‍डाहरू सन्‍दूकका दुवैतिर भएका मुन्‍द्राहरूमा त्‍यो बोक्‍नका निम्‍ति हाले।</verse>
				<verse number="6">तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्‍यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो।</verse>
				<verse number="7">पिटेको सुनका दुई वटा करूबहरू तिनले बनाए। ती तिनले कृपा-आसनका दुवै किनारमा बनाए—</verse>
				<verse number="8">एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्‍यसका दुवै किनारमा बनाए।</verse>
				<verse number="9">ती करूबहरूले आ-आफ्‍ना पखेटा माथितिर फिँजाएर पखेटाले कृपा-आसनमाथि छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ आमनेसामने कृपा-आसनतिर फर्केका थिए।</verse>
				<verse number="10">तिनले बबुल काठको टेबिल बनाए। त्‍यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो।</verse>
				<verse number="11">तिनले त्‍यो निखुर सुनले मोहोरे, र त्‍यसका चारैतिर सुनको बिट लगाए।</verse>
				<verse number="12">तिनले त्‍यसका चारैतिर चार अङ्‌गुल चौड़ा भएको एउटा घेरो बनाए, र घेरोका चारैतिर सुनको बिट लगाए।</verse>
				<verse number="13">टेबिलको निम्‍ति तिनले सुनका चार वटा मुन्‍द्रा ढालेर बनाए, र ती मुन्‍द्राहरू त्‍यसका चार खुट्टा भएका चारै कुनामा लगाए।</verse>
				<verse number="14">ती मुन्‍द्राहरू टेबिल बोक्‍ने डन्‍डाहरूका निम्‍ति ठाउँ हुनलाई घेरेको छेवैमा थिए।</verse>
				<verse number="15">तिनले टेबिल बोक्‍नलाई ती डन्‍डाहरू बबुल काठका बनाएर तिनलाई सुनले मोहोरे।</verse>
				<verse number="16">तिनले टेबिलका सामानहरू, अर्थात्‌ थालहरू, धूपदानहरू, कचौराहरू र अर्घ खन्‍याउनका निम्‍ति करुवाहरू सबै निखुर सुनका बनाए।</verse>
				<verse number="17">तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्‍यसका आधार, डन्‍डा, फूलजस्‍ता कचौरा, कोपिला र फूलहरू सबै त्‍यही एउटै टुक्राबाट थिए।</verse>
				<verse number="18">त्‍यसका छ वटा हाँगा बाहिरतिर निस्‍केका थिए— तीन वटा हाँगा सामदानको एकातिर र तीन वटा हाँगा अर्कोतिर।</verse>
				<verse number="19">एउटा हाँगामा हाड़े-बदामका फूलजस्‍ता तीन कचौरा, र साथै कोपिला र फूलहरू थिए। अर्को हाँगामा पनि तीन वटा कचौराहरू थिए। सामदानबाट निस्‍केका ती छ वटा हाँगा एउटै किसिमका थिए।</verse>
				<verse number="20">सामदानमा हाड़े-बदामका फूलजस्‍ता चार वटा कचौरा, आफ्‍ना-आफ्‍नै कोपिला र फूलसमेत थिए।</verse>
				<verse number="21">सामदानबाट निस्‍केका छ वटा हाँगामध्‍ये पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ी हाँगामुनि दोस्रो कोपिलो, र तेस्रो जोड़ी हाँगामुनि तेस्रो कोपिलो थिए।</verse>
				<verse number="22">सामदान, त्‍यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए।</verse>
				<verse number="23">तिनले त्‍यसका सात वटा दियाहरू र त्‍यसका सलेदोका चिम्‍टा र त्‍यसका मोसोदानी निखुर सुनका बनाए।</verse>
				<verse number="24">तिनले सामदान र त्‍यसका सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनाए।</verse>
				<verse number="25">तिनले बबुल काठको धूप-वेदी बनाए। त्‍यसको लमाइ एक हात र चौड़ाइ एक हातको थियो। त्‍यो वर्गाकार थियो, र त्‍यसको उचाइ दुई हातको थियो। त्‍यसका सीङहरू त्‍यही एउटै टुक्रा काठकै थिए।</verse>
				<verse number="26">तिनले त्‍यसका माथिल्‍लो र चारैतिरका पाटाहरू त्‍यसका सीङहरूसमेत निखुर सुनले मोहोरे, र त्‍यसको निम्‍ति वरिपरि सुनको एउटा बिट बनाए।</verse>
				<verse number="27">त्‍यो बोक्‍ने डन्‍डाहरूका निम्‍ति घर हुनलाई तिनले त्‍यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्‍द्रा बनाएर त्‍यसका दुईतिर लगाए।</verse>
				<verse number="28">डन्‍डाहरू बबुल काठका बनाएर ती तिनले सुनले मोहोरे।</verse>
				<verse number="29">तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्‍तै सुगन्‍धित शुद्ध धूप बनाए।</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">तिनले बबुल काठको होम-वेदी बनाए। त्‍यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्‍यसको उचाइ तीन हातको थियो।</verse>
				<verse number="2">त्‍यसका चारै कुनामा तिनले सीङहरू बनाए। ती सीङ र वेदी त्‍यही एउटै टुक्राका थिए, र तिनले त्‍यो काँसाले मोहोरे।</verse>
				<verse number="3">तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू— काँसाका बनाए।</verse>
				<verse number="4">वेदीको निम्‍ति त्‍यसको मुन्‍तिर चारैतिर बिटमुनि त्‍यसको बीचसम्‍मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा तिनले बनाए।</verse>
				<verse number="5">त्‍यस काँसाको झिँजाका चार कुनाका निम्‍ति डन्‍डाहरूको घर हुनलाई तिनले चार वटा मुन्‍द्रा ढाले।</verse>
				<verse number="6">डण्‍डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे।</verse>
				<verse number="7">ती डन्‍डाहरू वेदीका किनाराका मुन्‍द्राहरूमा त्‍यो बोक्‍नलाई हाले। तिनले ती फल्‍याकबाट त्‍यो खोक्रो बनाए।</verse>
				<verse number="8">तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्‍त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्‍यसका खुट्टा बनाए।</verse>
				<verse number="9">तब तिनले चोक बनाए। त्‍यसको दक्षिण भागको लमाइ एक सय हातको थियो, र त्‍यसको मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू थिए।</verse>
				<verse number="10">तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका थिए। खम्‍बाका अङ्‌कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए।</verse>
				<verse number="11">उत्तरका भागको निम्‍ति पनि सय हातका पर्दाहरू, र तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै थिए, सबै काँसाका। तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए।</verse>
				<verse number="12">पश्‍चिमतर्फको निम्‍ति पचास हातका पर्दाहरू थिए। तिनका खम्‍बाहरू दश वटा र आधारहरू दश वटै थिए, तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरू चाँदीका थिए।</verse>
				<verse number="13">पूर्व वा सूर्योदयतर्फको चौड़ाइ पचास हातको थियो।</verse>
				<verse number="14">मूल ढोकाको एकातर्फको निम्‍ति पन्‍ध्र हातका पर्दाहरू थिए। तिनका खम्‍बाहरू तीन वटा र आधारहरू पनि तीन वटै थिए।</verse>
				<verse number="15">अर्को तर्फको निम्‍ति यस्‍तै थियो। चोकको ढोकाको दायाँ र बायाँ पन्‍ध्र-पन्‍ध्र हातका पर्दाहरू थिए। तिनका खम्‍बाहरू तीन वटा र तिनका आधारहरू तीन वटै थिए।</verse>
				<verse number="16">चोकका चारैपट्टि सबै पर्दाहरू मसिनो गरी बाटेका सूती कपड़ाका थिए।</verse>
				<verse number="17">खम्‍बाका आधारहरू काँसाका थिए, तर खम्‍बाका अङ्‌कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। तिनका टुप्‍पाहरू चाँदीले मोहोरिएका थिए। चोकका सबै खम्‍बाहरूका फित्ताहरू चाँदीका थिए।</verse>
				<verse number="18">चोकको मूल ढोकाको पर्दा बुट्टा हाल्‍नेको काम भएको नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनिएको थियो। त्‍यसको लमाइ बीस हात र उचाइ चोकका पर्दाको बराबर पाँच हातको थियो।</verse>
				<verse number="19">तिनका खम्‍बाहरू चार वटा र तिनका काँसाका आधारहरू चार वटै थिए। तिनका अङ्‌कुसे र फित्ताहरू चाँदीका थिए, र तिनका टुप्‍पाहरू पनि चाँदीले मोहोरिएका थिए।</verse>
				<verse number="20">पवित्र वासस्‍थान र त्‍यसको वरिपरिको चोकका सबै कीलाहरू काँसाका थिए।</verse>
				<verse number="21">पवित्र वासस्‍थान, अर्थात्‌ गवाहीका मण्‍डपको निम्‍ति चलाइएका सामानको जुन गन्‍ती मोशाको आज्ञाबमोजिम हारून पूजाहारीका छोरा ईतामारद्वारा लेवीहरूले गरेका थिए, त्‍यसको वर्णन यही हो।</verse>
				<verse number="22">(परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले सबै थोक बनाए।</verse>
				<verse number="23">तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्‍पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।)</verse>
				<verse number="24">पवित्रस्‍थानका सबै कामका निम्‍ति डोलाउने बलिको जम्‍मै सुन, पवित्रस्‍थानको शेकेलको हिसाबअनुसार २९ तोड़ा र ७३० शेकेलको थियो।</verse>
				<verse number="25">समुदायमा गन्‍ती भएका मानिसहरूका चाँदी पवित्रस्‍थानको शेकेलको हिसाबअनुसार एक सय तोड़ा र सत्र सय पचहत्तर शेकेलको थियो—</verse>
				<verse number="26">जति जना बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका मानिसहरूमा गनिएका थिए, ती छ लाख तीन हजार पाँच सय पचास मानिसहरू हरेकबाट एक-एक बेका, अर्थात्‌ पवित्रस्‍थानको शेकेलको हिसाबले आधा शेकेल थियो।</verse>
				<verse number="27">एक सय तोड़ाचाहिँ पवित्रस्‍थान र पर्दाका आधारहरू ढाल्‍नका निम्‍ति थियो। सब आधारहरूमा सय तोड़ा थियो— एक आधारको निम्‍ति एक तोड़ा।</verse>
				<verse number="28">ती सत्र सय पचहत्तर शेकेलबाट तिनीहरूले टुप्‍पाहरूका निम्‍ति अङ्‌कुसे बनाए, तिनका टुप्‍पाहरू मोहोरे र तिनका निम्‍ति फित्ताहरू बनाए।</verse>
				<verse number="29">डोलाइने बलिको काँसो सत्तरी तोड़ा र दुई हजार चार सय शेकेलको थियो।</verse>
				<verse number="30">तिनैबाट तिनीहरूले भेट हुने पालको ढोकाको निम्‍ति आधारहरू, काँसाको वेदी र त्‍यसका काँसाको झिँजा र वेदीका सबै सामान,</verse>
				<verse number="31">र चारैतर्फको चोकका आधारहरू र चोकको मूल ढोकाका आधारहरू, र पवित्र वासस्‍थानका सबै कीलाहरू र चोकका चारैतर्फका सबै कीलाहरू बनाए।</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">पवित्रस्‍थानका सेवाको निम्‍ति तिनीहरूले नीलो, बैजनी, रातो रङ्गको धागोबाट बुनेका कपड़ाहरू, र हारूनको निम्‍ति परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम पवित्र पोशाकहरू बनाए।</verse>
				<verse number="2">एपोदचाहिँ तिनीहरूले सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनाए।</verse>
				<verse number="3">तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्‍पकारको काम भएको थियो।</verse>
				<verse number="4">एपोदको निम्‍ति तिनीहरूले त्‍यसका दुई छेउमा गाँसेका दुई काँधे-बन्‍धनहरू बनाए।</verse>
				<verse number="5">त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="6">तिनीहरूले सुनका मणिघरहरूमा आनिक्‍सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्‍यसमा लेखे।</verse>
				<verse number="7">परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले एपोदका काँधे-बन्‍धनहरूमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको मणि हुनलाई ती लगाए।</verse>
				<verse number="8">तिनीहरूले एपोदको कामजस्‍तै सिपालु शिल्‍पकारको कामको छाती-पाता सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको कपड़ाको बनाए।</verse>
				<verse number="9">त्‍यो वर्गाकार र दोबर पट्ट्याइएको थियो। त्‍यो एक बित्ता लामो र एकै बित्ता चौड़ा थियो।</verse>
				<verse number="10">त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको थियो।</verse>
				<verse number="11">दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो।</verse>
				<verse number="12">तेस्रो लहर लालमणि, हाकिक र कटेलाको थियो।</verse>
				<verse number="13">अनि चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए।</verse>
				<verse number="14">ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्‍ये एउटाको नाउँ थियो।</verse>
				<verse number="15">तिनीहरूले छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए,</verse>
				<verse number="16">सुनका दुई मणिघरहरू र सुनका दुई वटा मुन्‍द्रीहरू बनाएर दुवै मुन्‍द्री छाती-पाताका दुवै कुनामा लगाए।</verse>
				<verse number="17">सुनका दुई वटा सिक्री छाती-पाताका छेउ-छेउमा भएका ती दुई मुन्‍द्रीमा लगाए।</verse>
				<verse number="18">दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जोड़ेर एपोदका काँधे-बन्‍धनमा अगाड़िपट्टि लगाए।</verse>
				<verse number="19">तिनीहरूले सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाए।</verse>
				<verse number="20">तिनीहरूले सुनका अझ दुई वटा मुन्‍द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्‍धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाए।</verse>
				<verse number="21">छाती-पाताचाहिँ त्‍यसका मुन्‍द्रीहरूद्वारा एपोदका मुन्‍द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँधे, कि त्‍यो एपोददेखि सर्न नपाओस्, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="22">अनि तिनीहरूले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बुनेको कपड़ाको बनाए।</verse>
				<verse number="23">त्‍यसको बीचमा कठालोको प्‍वालजस्‍तो अलखाको प्‍वाल बनाए, र त्‍यो नच्‍यातिनका निम्‍ति प्‍वालको वरिपरि बिट बुनिदिए।</verse>
				<verse number="24">त्‍यसको तलको फेरोमा चाहिँ नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाका दारिमहरू बनाए।</verse>
				<verse number="25">निखुर सुनका घण्‍टीहरू बनाएर ती तलको फेरोमा, वरिपरि दारिमका बीच-बीचमा तिनीहरूले लगाए।</verse>
				<verse number="26">सेवा गर्दा लगाउने अलखाको तलको फेरोमा एउटा घण्‍टी र फेरि एउटा दारिम पर्ने गरी वरिपरि लगाए, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="27">हारून र तिनका छोराहरूका निम्‍ति बुनेका मसिनो सूती कपड़ाका लबेदाहरू,</verse>
				<verse number="28">र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्‍त्र तिनीहरूले बनाए।</verse>
				<verse number="29">अनि तिनीहरूले मसिनो गरी बाटेका सूती कपड़ाको, र नीलो, बैजनी, रातो धागोको, बुट्टा भर्नेको काम भएको पटुका बनाए, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="30">तिनीहरूले पाता, अर्थात्‌ पवित्र मुकुट निखुर सुनको बनाए, र त्‍यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्‍ति पवित्र।”</verse>
				<verse number="31">तिनीहरूले त्‍यो नीलो फित्ताले फेटामा लगाउनलाई बाँधे, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="32">यसरी भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानका सबै काम समाप्‍त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे।</verse>
				<verse number="33">तब तिनीहरूले मोशाकहाँ पवित्र वासस्‍थान ल्‍याए, पाल र त्‍यसका सारा सामानहरूसमेत: त्‍यसका अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू, आधारहरू,</verse>
				<verse number="34">रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको छत, सीलका छालाहरूको छत, छेक्‍ने पर्दा,</verse>
				<verse number="35">गवाहीको सन्‍दूक र त्‍यसका डन्‍डाहरू र कृपा-आसन,</verse>
				<verse number="36">टेबिल र त्‍यसका सबै सामानहरू र उपस्‍थितिको रोटी,</verse>
				<verse number="37">निखुर सुनको सामदान र त्‍यसका दियाहरू र त्‍यसका सबै सामानहरू र प्रकाशको निम्‍ति तेल,</verse>
				<verse number="38">सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्‍धित धूप, पालको ढोकाको निम्‍ति पर्दा,</verse>
				<verse number="39">काँसाको वेदी, त्‍यसको काँसाको झिँजा, त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै सामानहरू, पानीको बाटा र त्‍यसका खुट्टा,</verse>
				<verse number="40">चोकका पर्दाहरू, त्‍यसका खम्‍बाहरू र आधारहरू, चोकको ढोकाको पर्दा, त्‍यसका डोरीहरू र कीलाहरू, र भेट हुने पाल, पवित्र वासस्‍थानको निम्‍ति सेवाका सबै सामान,</verse>
				<verse number="41">पवित्रस्‍थानमा सेवाका कामको निम्‍ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्‍ति तिनका छोराहरूका पोशाकहरू।</verse>
				<verse number="42">परमप्रभुले मोशालाई दिनुभएको आज्ञाबमोजिम सबै काम इस्राएलीहरूले गरे।</verse>
				<verse number="43">तब मोशाले ती कामहरू हेरे, र जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो तिनीहरूले त्‍यस्‍तै नै गरेका थिए। अनि मोशाले ती सबैलाई आशीर्वाद दिए।</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थान खड़ा गर्नू।</verse>
				<verse number="3">त्‍यसमा गवाहीको सन्‍दूक राखेर त्‍यसलाई पर्दाले छेक्‍नू।</verse>
				<verse number="4">टेबिल भित्र ल्‍याएर त्‍यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्‍याएर त्‍यसमा दियाहरू मिलाउनू।</verse>
				<verse number="5">गवाहीको सन्‍दूकको सामुन्‍ने सुनको धूप-वेदी राख्‍नू, र पवित्र वासस्‍थानको ढोकाको पर्दा लाउनू।</verse>
				<verse number="6">“भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानको ढोकाको सामु होमबलिको वेदी राख्‍नू।</verse>
				<verse number="7">त्‍यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्‍यसमा पानी हाल्‍नू।</verse>
				<verse number="8">अनि चोकको घेरा वरिपरि खड़ा गर्नू, र चोकको ढोकाको पर्दा टाँग्‍नू।</verse>
				<verse number="9">“अभिषेक गर्ने तेल लिएर पवित्र वासस्‍थान र त्‍यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्‍यसलाई र त्‍यसका सबै सामान पवित्र गर्नू, अनि त्‍यो पवित्र हुनेछ।</verse>
				<verse number="10">तब होमबलिको वेदी त्‍यसको सबै सामानसमेत अभिषेक गरेर त्‍यसलाई पवित्र गर्नू, र त्‍यो अति पवित्र हुनेछ।</verse>
				<verse number="11">बाटा र त्‍यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू।</verse>
				<verse number="12">“त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्‍याएर तिनीहरूलाई पानीले नुहाउनू।</verse>
				<verse number="13">अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्‍यसलाई अभिषेक गर्नू, र त्‍यसले पूजाहारी पदमा मेरो सेवा गरोस्‌ भनेर त्‍यसलाई पवित्र गर्नू।</verse>
				<verse number="14">त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराउनू।</verse>
				<verse number="15">तैंले तिनीहरूको बुबालाई अभिषेक गरेझैँ तिनीहरूलाई पनि अभिषेक गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्‌। तिनीहरूको अभिषेकचाहिँ एक अनन्‍त पूजाहारीगिरीको रूपमा तिनीहरूका सम्‍पूर्ण पुस्‍ताभरि हुनेछ।”</verse>
				<verse number="16">तब मोशाले त्‍यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।</verse>
				<verse number="17">यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्‍थान खड़ा गरियो।</verse>
				<verse number="18">मोशाले पवित्र वासस्‍थान खड़ा गरे, र त्‍यसका आधारहरू राखेर त्‍यसका फल्‍याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्‍यसका खम्‍बाहरू खड़ा गरे।</verse>
				<verse number="19">त्‍यसपछि तिनले पवित्र वासस्‍थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="20">अनि तिनले गवाही-पाटी ल्‍याई सन्‍दूकभित्र राखेर डन्‍डाहरू सन्‍दूकमा हाले, र कृपा-आसन सन्‍दूकमाथि राखे।</verse>
				<verse number="21">तब तिनले सन्‍दूक पवित्र वासस्‍थानभित्र ल्‍याए, र छेक्‍ने पर्दा टाँगेर गवाहीको सन्‍दूक छेके, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="22">अनि मोशाले भेट हुने पालमा पवित्र वासस्‍थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे।</verse>
				<verse number="23">त्‍यसपछि तिनले त्‍यसमाथि परमप्रभुको सामुन्‍ने रोटी सजाएर राखे, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="24">तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्‍थानको दक्षिणतिर सामदान राखे।</verse>
				<verse number="25">तिनले परमप्रभुको सामुन्‍ने दियाहरू मिलाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="26">मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे।</verse>
				<verse number="27">तिनले त्‍यसमा सुगन्‍धित धूप बाले, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="28">अनि तिनले पवित्र वासस्‍थानको ढोकामा पर्दा टाँगे।</verse>
				<verse number="29">तब तिनले भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानको ढोकामा होमबलिको वेदी राखेर त्‍यसमा होमबलि र अन्‍नबलि चढ़ाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="30">तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले।</verse>
				<verse number="31">मोशा, हारून र तिनका छोराहरूले त्‍यसमा आ-आफ्‍ना हात-खुट्टा धोए।</verse>
				<verse number="32">तिनीहरू भेट हुने पालमा पस्‍दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="33">तब मोशाले पवित्र वासस्‍थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्‍त गरे।</verse>
				<verse number="34">तब भेट हुने पाल बादलले छोप्‍यो, र परमप्रभुको महिमाले पवित्र वासस्‍थान भरियो।</verse>
				<verse number="35">अनि मोशा भेट हुने पालमा पस्‍न सकेनन्, किनकि त्‍यो बादल त्‍यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्‍थान भरियो।</verse>
				<verse number="36">आफ्‍ना सबै यात्राहरूमा, जब त्‍यो बादल पवित्र वासस्‍थानबाट माथि उठ्‌थ्‍यो, तब इस्राएलीहरू अगि बढ्‌थे।</verse>
				<verse number="37">तर त्‍यो बादल माथि उठेन भने, जुन दिनसम्‍म त्‍यो माथि उठ्‌दैनथ्‍यो तिनीहरू हिँड्‌दैनथे।</verse>
				<verse number="38">तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्‍थानमा हुन्‍थ्‍यो, र रातीचाहिँ बादलमा आगो हुन्‍थ्‍यो।</verse>
			</chapter>
		</book>
		<book number="3">
			<chapter number="1">
				<verse number="1">परमप्रभुले मोशालाई भेट हुने पालभित्रबाट बोलाएर भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूमध्‍ये कुनै पनि मानिसले परमप्रभुको निम्‍ति बलि चढ़ाउँदा तिमीहरूको पशु-बलि गाई-गोरुको बथान अथवा भेड़ाबाख्राका बगालबाट त्‍यसले चढ़ाओस्‌।</verse>
				<verse number="3">“‘यदि त्‍यसको बलि गाई-गोरुको होमबलि हो भने, त्‍यसले निष्‍खोट बाछोचाहिँ चढ़ाओस्‌। भेट हुने पालको ढोकामा त्‍यसले त्‍यो चढ़ाओस्, र परमप्रभुको सामुन्‍ने त्‍यो ग्रहणयोग्‍य हुनेछ।</verse>
				<verse number="4">त्‍यसले होमबलिको टाउकोमाथि आफ्‍नो हात राखोस्, र त्‍यो त्‍यसको प्रायश्‍चितको लागि ग्रहणयोग्‍य हुनेछ।</verse>
				<verse number="5">त्‍यसले त्‍यस बाछालाई परमप्रभुको सामु काटेर मारोस्‌। अनि हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले रगत नजिक लगेर भेट हुने पालका ढोकाका सामुन्‍नेको वेदीमा वरिपरि छर्कून्‌।</verse>
				<verse number="6">त्‍यसपछि त्‍यसले होमबलिको छाला काढ़ेर त्‍यसलाई टुक्रा-टुक्रा गरी काटोस्‌।</verse>
				<verse number="7">पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्‌।</verse>
				<verse number="8">हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्‌।</verse>
				<verse number="9">त्‍यसले त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले धोओस्, र ती जम्‍मैलाई पूजाहारीले वेदीमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।</verse>
				<verse number="10">“‘यदि त्‍यसको बलि बगालबाट भेड़ा वा बाख्राको होमबलि हो भने, त्‍यसले निष्‍खोट थुमा वा पाठोचाहिँ चढ़ाओस्‌।</verse>
				<verse number="11">त्‍यसले परमप्रभुको सामु वेदीको उत्तरपट्टि त्‍यो काटेर मारोस्‌ र हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।</verse>
				<verse number="12">त्‍यसले त्‍यो टाउको र बोसोसमेत टुक्रा-टुक्रा गरी काटोस्, र वेदीमा भएको आगोमाथिका दाउरामा पूजाहारीले ती सजाएर राखून्‌।</verse>
				<verse number="13">त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले पखालेर ती जम्‍मै पूजाहारीले वेदीमा डढ़ाएर जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।</verse>
				<verse number="14">“‘यदि परमप्रभुको निम्‍ति त्‍यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्‍नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्‍यसले चढ़ाओस्‌।</verse>
				<verse number="15">पूजाहारीले वेदीनेर त्‍यो ल्‍याएर त्‍यसको टाउको निमोठेर चुँड़ाऊन्, र त्‍यसलाई वेदीमा जलाऊन्, अनि रगतचाहिँ वेदीको छेउमा निथारिओस्‌।</verse>
				<verse number="16">त्‍यसले त्‍यसका मलसमेतका घुस्‍यौटी झिकेर वेदीको पूर्वपट्टि खरानी रहने ठाउँमा फ्‍याँकोस्‌।</verse>
				<verse number="17">त्‍यसले त्‍यसलाई नटुक्र्याईकन पखेटाको बीचबाट फारोस्‌। पूजाहारीले वेदीमा भएको आगोमाथिका दाउरामा त्‍यो जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो’।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">“‘कसैले परमप्रभुको निम्‍ति अन्‍नबलिको भेटी चढ़ाउँछ भने त्‍यसको भेटी मसिनो पीठोको होस्‌। त्‍यसले त्‍यसमाथि तेल खन्‍याएर धूप हालोस्‌।</verse>
				<verse number="2">तब त्‍यसले हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूकहाँ त्‍यो ल्‍याओस्‌। त्‍यसबाट पूजाहारीले आफ्‍नो मुट्ठीभरिको मसिनो पीठो र तेल जम्‍मै धूपसमेत झिकून्‌। अनि पूजाहारीले त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, सम्‍झना स्‍वरूप वेदीमा जलाऊन्‌।</verse>
				<verse number="3">अन्‍नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।</verse>
				<verse number="4">“‘चुलोमा पकाइएको अन्‍नबलिको भेटी चढ़ाउने इच्‍छा भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुरौला वा तेल दलेको अखमिरी बाबर होस्‌।</verse>
				<verse number="5">तिमीहरूको बलि ताउमा पकाइएको अन्‍नबलि भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्‌।</verse>
				<verse number="6">त्‍यो टुक्रा-टुक्रा पारेर त्‍यसमा तेल खन्‍याऊ। त्‍यो अन्‍नबलि हो।</verse>
				<verse number="7">तिनीहरूको बलि ताई-ताप्‍केमा पकाइएको अन्‍नबलि भए, त्‍योचाहिँ तेलमा फुराएको मसिनो पीठोको होस्‌।</verse>
				<verse number="8">यी चीजहरूले बनेको अन्‍नबलि परमप्रभुकहाँ लैजानू। त्‍यो पूजाहारीकहाँ ल्‍याएपछि पूजाहारीले त्‍यो वेदीमा ल्‍याऊन्‌।</verse>
				<verse number="9">अनि पूजाहारीले अन्‍नबलिबाट सम्‍झना स्‍वरूप भाग झिकेर त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप वेदीमा जलाऊन्‌।</verse>
				<verse number="10">अन्‍नबलिबाट उब्रेको भाग हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।</verse>
				<verse number="11">“‘तिमीहरूले परमप्रभुको निम्‍ति चढ़ाउने कुनै पनि अन्‍नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू।</verse>
				<verse number="12">तीचाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्‍ति चढ़ाए हुन्‍छ, तर मीठो बास्‍नाको लागि भने ती वेदीमा नचढ़ाउनू।</verse>
				<verse number="13">आफ्‍ना सबै अन्‍नबलिका भेटी तिमीहरूले नूनले नुनिलो बनाउनू, र आफ्‍ना परमेश्‍वरका करारको नूनरहित आफ्‍नो कुनै पनि अन्‍नबलि हुन नपाओस्‌। आफ्‍ना सबै बलिमा नून पनि चढ़ाउनू।</verse>
				<verse number="14">“‘परमप्रभुको निम्‍ति अगौटे फलहरूको अन्‍नबलि चढ़ाउने इच्‍छा भए, आफ्‍नो अगौटे फलहरूका अन्‍नबलिको निम्‍ति पिँधेका र आगोमा पिर्खलेका ताजा अन्‍नका बालाहरू चढ़ाउनू।</verse>
				<verse number="15">तिनमा तेल हाल्‍नू र धूप राख्‍नू। त्‍यो अन्‍नबलि हो।</verse>
				<verse number="16">अनि पूजाहारीले जम्‍मै धूपसँग तेल र पिँधेको अन्‍नबाट केही भाग लिएर त्‍यो सम्‍झना स्‍वरूप भाग जलाऊन्‌। त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होम हो’।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">“‘कसैको भेटी मेलबलि भए, र त्‍यसले गाई-गोरुमध्‍येको एउटा चढ़ाउँछ भने, त्‍यसले त्‍यो परमप्रभुको सामुन्‍ने निष्‍खोट साँढ़े कि गाई चढ़ाओस्‌।</verse>
				<verse number="2">त्‍यसले आफ्‍नो हात आफ्‍नो बलिको टाउकोमा राखेर त्‍यसलाई भेट हुने पालको ढोकामा काटेर मारोस्‌। तब हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।</verse>
				<verse number="3">मेलबलिबाट त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा बलिदान चढ़ाओस्‌: अर्थात्, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको बोसो सबै,</verse>
				<verse number="4">दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।</verse>
				<verse number="5">तब हारूनका छोराहरूले त्‍यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।</verse>
				<verse number="6">“‘यदि त्‍यसले परमप्रभुको निम्‍ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्‍येबाट एउटा चढ़ाउँछ भने, त्‍यसले निष्‍खोट भाले कि पोथी चढ़ाओस्‌।</verse>
				<verse number="7">यदि त्‍यसले आफ्‍नो बलिको लागि भेड़ाका पाठा चढ़ाउने भए त्‍यो परमप्रभुको सामु चढ़ाओस्‌।</verse>
				<verse number="8">त्‍यसले आफ्‍नो बलिको टाउकोमा आफ्‍नो हात राखोस्, र भेट हुने पालको सामुन्‍नेमा त्‍यसलाई मारोस्‌। हारूनका छोराहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।</verse>
				<verse number="9">त्‍यसले मेलबलिबाट परमप्रभुको निम्‍ति आगोद्वारा बलिदान चढ़ाओस्‌: अर्थात्, त्‍यसको बोसो र जम्‍मै बोसे-पुच्‍छर डँड़ाल्‍नुदेखि त्‍यसले छुट्ट्याओस्, अनि आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको जम्‍मै बोसो,</verse>
				<verse number="10">दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजो ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।</verse>
				<verse number="11">पूजाहारीले ती परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌।</verse>
				<verse number="12">“‘यदि त्‍यसको बलि बाख्रा हो भने, त्‍यसले त्‍यो परमप्रभुको सामु चढ़ाओस्‌।</verse>
				<verse number="13">त्‍यसले आफ्‍नो हात त्‍यसको टाउकोमा राखोस्, र भेट हुने पालको सामुन्‍ने त्‍यसलाई मारोस्‌। अनि हारूनका छोराहरूले वेदीमा वरिपरि त्‍यसको रगत छर्कून्‌।</verse>
				<verse number="14">त्‍यसले त्‍यसबाट आफ्‍नो भेटी परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाओस्‌: आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको सबै बोसो,</verse>
				<verse number="15">दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।</verse>
				<verse number="16">पूजाहारीले ती मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌। बोसोजति सबै परमप्रभुको हो।</verse>
				<verse number="17">“‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति तिमीहरू जहीँ बसे तापनि अनन्‍तको विधि होस्‌’।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई यसो भन्‌: ‘जब परमप्रभुले मनाही गर्नुभएका कुनै कुरामा कसैले अजानमा पाप गर्छ—</verse>
				<verse number="3">“‘यदि कुनै अभिषेक भएका पूजाहारीले पाप गरेर मानिसहरूमा दोष ल्‍याए भने तिनले गरेको त्‍यस पापको निम्‍ति एउटा निष्‍खोट साँढ़े परमप्रभुअगि पापबलि चढ़ाऊन्‌।</verse>
				<verse number="4">तिनले त्‍यस साँढ़ेलाई भेट हुने पालको ढोकानेर परमप्रभुकहाँ ल्‍याएर त्‍यसको टाउकोमा आफ्‍नो हात राखी त्‍यसलाई परमप्रभुको सामु मारून्‌।</verse>
				<verse number="5">अनि अभिषेक भएका पूजाहारीले साँढ़ेको रगत लिएर भेट हुने पालमा ल्‍याऊन्‌।</verse>
				<verse number="6">पूजाहारीले आफ्‍नो औँला रगतमा चोपेर त्‍यस रगतबाट केही पवित्रस्‍थानको पर्दाको अगिल्‍तिर परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।</verse>
				<verse number="7">त्‍यसपछि पूजाहारीले भेट हुने पालभित्र रहेको सुगन्‍धित धूपको वेदीका सीङहरूमा परमप्रभुको सामु त्‍यस रगतबाट केही लगाऊन्, र साँढ़ेको बाँकी रगत भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्‍याऊन्‌।</verse>
				<verse number="8">पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्‍यसबाट झिकून्, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको बोसो,</verse>
				<verse number="9">दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु तिनले झिकून्‌।</verse>
				<verse number="10">मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्,</verse>
				<verse number="11">तर साँढ़ेको छाला, त्‍यसका जम्‍मै मासु, त्‍यसका टाउको, खुट्टा र आन्‍द्रा-भुँड़ी गोबरसमेत,</verse>
				<verse number="12">अर्थात्‌ सिङ्गै साँढ़े छाउनीदेखि बाहिर फ्‍याँक्‍ने चोखो ठाउँमा लगेर दाउरामाथि राखेर आगोमा जलाऊन्‌— जहाँ खरानी फ्‍याँकिन्‍छ, त्‍यहीँ नै त्‍यो जलाऊन्‌।</verse>
				<verse number="13">“‘यदि इस्राएलको जम्‍मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाही गर्नुभएको कुनै कुरा गरेको छ भने, त्‍यो कुरोचाहिँ त्‍यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्‍छन्‌।</verse>
				<verse number="14">यिनीहरूले गरेको त्‍यो पाप प्रकट हुँदा समुदायले पापबलि स्‍वरूप साँढ़े ल्‍याई भेट हुने पालको अगि चढ़ाउनुपर्छ।</verse>
				<verse number="15">समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्‍ना हात परमप्रभुको सामु राखून्‌। त्‍यो साँढ़े परमप्रभुको सामु मारिओस्‌।</verse>
				<verse number="16">त्‍यसपछि अभिषेक भएका पूजाहारीले त्‍यस साँढ़ेको रगतबाट केही लिएर भेट हुने पालमा ल्‍याऊन्‌।</verse>
				<verse number="17">पूजाहारीले आफ्‍नो औँला रगतमा चोपेर त्‍यस रगत पर्दाको अगिल्‍तिर परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।</verse>
				<verse number="18">त्‍यसपछि भेट हुने पालभित्र रहेको वेदीका सीङहरूमा तिनले परमप्रभुको सामु त्‍यस रगतबाट केही लगाऊन्, र सबै बाँकी रगतचाहिँ भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्‍याऊन्‌।</verse>
				<verse number="19">त्‍यसको जम्‍मै बोसो तिनले त्‍यसबाट झिकेर वेदीमा जलाऊन्‌।</verse>
				<verse number="20">पापबलिको साँढ़ेलाई तिनले जसो गरेका थिए यस साँढ़ेलाई पनि त्‍यसै गरून्‌। यसरी पूजाहारीले तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नेछन्, र तिनीहरूलाई क्षमा हुनेछ।</verse>
				<verse number="21">तिनले त्‍यस साँढ़ेलाई छाउनीबाहिर लगेर पहिलालाई जलाएझैँ जलाऊन्‌। यो समुदायको निम्‍ति पापबलि हो।</verse>
				<verse number="22">“‘जब कुनै नायकले अजानमा पाप गर्छन्‌ र परमप्रभु तिनका परमेश्‍वरले मनाही गर्नुभएका कुरामध्‍ये कुनै कुरो गर्छन्, तब तिनी दोषी हुन्‍छन्‌।</verse>
				<verse number="23">तिनले गरेको पाप तिनलाई प्रकट हुँदा, तिनले एउटा निष्‍खोट बोका आफ्‍नो भेटीको निम्‍ति ल्‍याउनुपर्छ।</verse>
				<verse number="24">तिनले बोकाको टाउकोमा आफ्‍नो हात राखून्, र जहाँ परमप्रभुको सामु होमबलिको पशु मारिन्‍छ, त्‍यहीँ नै त्‍यसलाई मारून्‌। योचाहिँ पापबलि हो।</verse>
				<verse number="25">त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, अनि बाँकी रगत वेदीको आधारमा खन्‍याऊन्‌।</verse>
				<verse number="26">त्‍यसको सबै बोसो पनि मेलबलिको बोसोझैँ वेदीमा तिनले जलाऊन्‌। यसरी पूजाहारीले ती मानिसको पापको लागि प्रायश्‍चित गर्नेछन्, र तिनलाई क्षमा हुनेछ।</verse>
				<verse number="27">“‘यदि समुदायका मानिसहरूमध्‍ये कसैले अजानमा पाप गर्छ र परमप्रभुले मनाही गर्नुभएका कुराहरूमध्‍ये कुनै कुरो गर्छ भने, त्‍यो दोषी हुन्‍छ।</verse>
				<verse number="28">त्‍यसले गरेको त्‍यो पाप त्‍यसलाई प्रकट हुँदा, आफूले गरेको पापको निम्‍ति आफ्‍नो भेटी स्‍वरूप निष्‍खोट बाख्री त्‍यसले ल्‍याउनुपर्छ।</verse>
				<verse number="29">त्‍यसले पापबलिको टाउकोमा आफ्‍नो हात राखोस्, र होमबलिको ठाउँमा त्‍यो पापबलि मारोस्‌।</verse>
				<verse number="30">त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्‍यसको बाँकी रगत वेदीको आधारमा खन्‍याऊन्‌।</verse>
				<verse number="31">त्‍यसको सबै बोसो मेलबलिका बलिदानको बोसोझैँ त्‍यसले झिकोस्, अनि पूजाहारीले परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई त्‍यो वेदीमा जलाऊन्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।</verse>
				<verse number="32">“‘यदि त्‍यसले पापबलिको निम्‍ति भेड़ाका पाठा आफ्‍नो भेटी स्‍वरूप ल्‍यायो भने निष्‍खोट पाठी ल्‍याओस्‌।</verse>
				<verse number="33">त्‍यसले पापबलिको टाउकोमा आफ्‍नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्‍छ, त्‍यहीँ नै पापबलिको निम्‍ति त्‍यसलाई मारोस्‌।</verse>
				<verse number="34">त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याऊन्‌।</verse>
				<verse number="35">त्‍यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्‍यसले झिकोस्, र पूजाहारीले त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होममाथि वेदीमा जलाऊन्‌। यसरी त्‍यसले गरेको पापको निम्‍ति पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ’।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">“‘यदि कोही मानिसले यस्‍तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन जनसाधारणअगि बोल्‍नुपर्दा पनि आफूले देखेको र जानेको कुरो त्‍यसले बोल्‍दैन भने, त्‍यो त्‍यसको लागि दोषी हुनेछ।</verse>
				<verse number="2">“‘कसैले कुनै अशुद्ध कुरो, अर्थात्‌ अशुद्ध वन-पशु कि पाल्‍तु-पशु कि अशुद्ध घस्रने जन्‍तुको सिनु छोयो भने, त्‍यो कुरो त्‍यसलाई थाहा नभए तापनि त्‍यो अशुद्ध भएको हुन्‍छ, र दोषी ठहरिनेछ।</verse>
				<verse number="3">“‘त्‍यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने, त्‍यो कुरो त्‍यसलाई थाहा नभए तापनि त्‍यो दोषी ठहरिनेछ।</verse>
				<verse number="4">“‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्‍यसबाट त्‍यो कुरो छिपे तापनि त्‍यसले त्‍यो थाहा पाएपछि त्‍यस्‍तो कुरामा त्‍यो दोषी ठहरिनेछ।</verse>
				<verse number="5">“‘जब कुनै मानिस त्‍यस्‍ता कुरामध्‍ये एउटामा दोषी ठहरिन्‍छ, तब आफूले गरेको पाप त्‍यसले स्‍वीकार गर्नुपर्छ।</verse>
				<verse number="6">त्‍यसले गरेको त्‍यस पापको दण्‍डको निम्‍ति परमप्रभुको सामु बगालबाट भेड़ा अथवा बाख्राकी पाठी पापबलि स्‍वरूप त्‍यसले ल्‍याउनुपर्छ। पूजाहारीले त्‍यसको पापको लागि प्रायश्‍चित गर्नेछन्‌।</verse>
				<verse number="7">“‘पाठी ल्‍याउने त्‍यसको औकात पुग्‍दैन भने, त्‍यसले आफूले गरेको त्‍यस पापको दण्‍डको निम्‍ति दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा परमप्रभुकहाँ ल्‍याओस्‌— एउटा पापबलि र अर्को होमबलिको निम्‍ति।</verse>
				<verse number="8">त्‍यसले पूजाहारीकहाँ ती ल्‍याओस्‌। तिनले एउटाचाहिँ पापबलिको निम्‍ति पहिले चढ़ाउनेछन्‌। त्‍यसले त्‍यसको घाँटीमा समातेर टाउको निमोठोस्, तर त्‍यसलाई चुँड़ाइ नहालोस्‌।</verse>
				<verse number="9">अनि वेदीको पाटामा पापबलिको रगतबाट पूजाहारीले केही छर्कून्, र बाँकी रगतचाहिँ वेदीको आधारमा निथारिओस्‌। यो पापबलि हो।</verse>
				<verse number="10">त्‍यसपछि पूजाहारीले अर्कोचाहिँ होमबलिको निम्‍ति विधिपूर्वक चढ़ाउनेछन्‌। त्‍यसले गरेको पापको निम्‍ति यसरी पूजाहारीले प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।</verse>
				<verse number="11">“‘तर दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा ल्‍याउने पनि त्‍यसको औकात पुग्‍दैन भने, त्‍यसले जे कुरामा पाप गरेको हो, त्‍यसको निम्‍ति आफ्‍नो भेटी स्‍वरूप आधा पाथी मसिनो पीठो पापबलिको लागि ल्‍याओस्‌। त्‍यसले त्‍यसमा तेल वा धूप राख्‍नुहुँदैन, किनभने यो पापबलि हो।</verse>
				<verse number="12">त्‍यसले त्‍यो पूजाहारीकहाँ ल्‍याओस्‌। अनि पूजाहारीले त्‍यसबाट सम्‍झना स्‍वरूप एक मुट्ठी लिएर परमप्रभुको निम्‍ति अग्‍निहोममाथि वेदीमा जलाऊन्‌। यो पापबलि हो।</verse>
				<verse number="13">त्‍यसले ती कुरामध्‍ये जुनसुकै पनि विषयमा पाप गरेको छ, पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटीचाहिँ अन्‍नबलिझैँ पूजाहारीको हुनेछ’।”</verse>
				<verse number="14">फेरि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,</verse>
				<verse number="15">“जब कसैले अपराध गरेर परमप्रभुका पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ, तब त्‍यसले परमप्रभुकहाँ पवित्रस्‍थानको शेकेलको हिसाबले चाँदीको ठीक दाममा बगालबाट निष्‍खोट भेड़ा आफ्‍नो दण्‍डको निम्‍ति ल्‍याओस्‌। यो दोषबलि हो।</verse>
				<verse number="16">त्‍यसले पवित्र कुरामा जे चुकेको छ त्‍यसको भर्ना दिनुपर्छ, र त्‍यसको पाँचौँ भाग अझै थप्‍नुपर्छ, र पूजाहारीलाई त्‍यो सबै दिनुपर्छ। पूजाहारीले दोषबलिको भेड़ाद्वारा त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।</verse>
				<verse number="17">“कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्‍यो भने, त्‍यसलाई सो थाहा नभए तापनि त्‍यो दोषी हुन्‍छ, र त्‍यो त्‍यसको लागि दोषी हुनेछ।</verse>
				<verse number="18">ठीक मोलबमोजिम त्‍यसको बगालबाट एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति पूजाहारीकहाँ ल्‍याओस्‌। त्‍यसले थाहा नपाई अजानमा गरेको त्‍यसको अपराधको लागि यसरी पूजाहारीले प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।</verse>
				<verse number="19">यो दोषबलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेकोले त्‍यो दोषी छ।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्‍वासघात गर्‍यो भने, जस्‍तो कि— कसैले राख्‍न दिएको कुरा, बन्‍धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्‍यो भने,</verse>
				<verse number="3">अथवा छिमेकीबाट केही हरण गर्‍यो वा हराएको कुरा पाएर पनि झूट बोल्‍यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्‍ता पापहरूमध्‍ये कुनै एउटा पाप गर्‍यो भने—</verse>
				<verse number="4">जब त्‍यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्‍यसले चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक,</verse>
				<verse number="5">अथवा जुनसुकै कुरा जसको बारेमा त्‍यसले झूटा शपथ खाएको छ, त्‍यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्‍सा थपेर पूरा फर्काइदिनुपर्छ। त्‍यसले दोषबलि चढ़ाउने दिनैमा त्‍यो माल जसको हो, उसैलाई त्‍यसले दिनुपर्छ।</verse>
				<verse number="6">अनि त्‍यसले पूजाहारीकहाँ, अर्थात्‌ परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति ल्‍याओस्‌।</verse>
				<verse number="7">यसरी पूजाहारीले त्‍यसको निम्‍ति परमप्रभुको सामु प्रायश्‍चित गर्नेछन्, र जुन कुराको कारणले त्‍यो दोषी ठहरिएको हो, त्‍यो त्‍यसलाई क्षमा हुनेछ।”</verse>
				<verse number="8">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="9">“हारून र त्‍यसका छोराहरूलाई यस्‍तो आज्ञा दे: ‘होमबलिका विधि यी नै हुन्‌: होमबलि दाउरामाथि रातभरि बिहानसम्‍मै वेदीमा रहोस्, र वेदीको आगो त्‍यसमा जली नै रहोस्‌।</verse>
				<verse number="10">पूजाहारीले आफ्‍ना सूती कपड़ाका लुगा, सूती कपड़ाको भित्री वस्‍त्रसमेत आफ्‍नो शरीरमा लगाउनेछन्, र आगोले भस्‍म पारेको होमबलिको खरानीचाहिँ तिनले झिकेर वेदीनेर राख्‍नेछन्‌।</verse>
				<verse number="11">तब तिनले यी वस्‍त्र फुकालेर अर्को वस्‍त्र लगाई छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्‍यो खरानी बोकेर लैजाऊन्‌।</verse>
				<verse number="12">वेदीको आगो जली नै रहोस्‌ र त्‍यो निभ्‍न नपाओस्‌। हरेक बिहान पूजाहारीले त्‍यसमा दाउरा थपून्, र होमबलि आगोमा मिलाएर त्‍यसमाथि मेलबलिको बोसो जलाऊन्‌।</verse>
				<verse number="13">वेदीमा आगो निरन्‍तर जली नै रहोस्, त्‍यो कहिल्‍यै निभ्‍न नपाओस्‌।</verse>
				<verse number="14">“‘अन्‍नबलिका विधि यी नै हुन्‌: हारूनका छोराहरूले परमप्रभुको सामु वेदीको अगिल्‍तिर त्‍यो ल्‍याऊन्‌।</verse>
				<verse number="15">पूजाहारीले मुट्ठीभरि मसिनो पीठो र तेल र अन्‍नबलिको जम्‍मै धूप लिएर सम्‍झना स्‍वरूप भाग परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई वेदीमा जलाऊन्‌।</verse>
				<verse number="16">बाँकी रहेको चाहिँ हारून र तिनका छोराहरूले खाऊन्‌। तर एउटा पवित्र ठाउँमा खमिरविना त्‍यो खाइओस्‌। भेट हुने पालको चोकमा तिनीहरूले त्‍यो खाऊन्‌।</verse>
				<verse number="17">त्‍यो खमिरसित पकाउनुहुँदैन। आगोद्वारा चढ़ाइएका मेरा बलिहरूबाट तिनीहरूका भागको रूपमा मैले त्‍यो तिनीहरूलाई दिएको छु। पापबलि र दोषबलिझैँ त्‍यो पनि अति पवित्र हो।</verse>
				<verse number="18">हारूनका सन्‍तानमा कुनै पनि पुरुषले त्‍यो खान सक्‍छ। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूबाट तिनीहरूका सारा पुस्‍ताभरि यो तिनीहरूको हिस्‍सा होस्‌। त्‍यसलाई छोएको सबै थोक पवित्र हुन्‍छ’।”</verse>
				<verse number="19">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="20">“हारून अभिषेक भएको दिनमा तिनले र तिनका छोराहरूले परमप्रभुमा चढ़ाउनुपर्ने बलि यही हो, अर्थात्‌ निरन्‍तर अन्‍नबलिको निम्‍ति आधा पाथी मसिनो पीठो, बिहान आधा, बेलुका आधा।</verse>
				<verse number="21">ताउमा तेलसित त्‍यो बनिओस्, र राम्ररी मिसाएर परमप्रभुको निम्‍ति मीठो बास्‍नाको रूपमा टुक्रा-टुक्रा पारी अन्‍नबलि चढ़ाउनू।</verse>
				<verse number="22">तिनका छोराहरूमध्‍ये जो तिनको ठाउँमा पूजाहारी अभिषेक हुन्‍छ, त्‍यसैले यो चढ़ाओस्‌। यो परमप्रभुको सधैँको भाग हो, र यो जम्‍मै जलाइओस्‌।</verse>
				<verse number="23">पूजाहारीको हरेक अन्‍नबलि जम्‍मै जलाइओस्‌। यो खानुहुँदैन।”</verse>
				<verse number="24">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="25">“हारून र त्‍यसका छोराहरूलाई यसो भन्‌: ‘पापबलिका विधि यी नै हुन्‌: जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यसै ठाउँमा परमप्रभुको सामुन्‍ने पापबलि मारिओस्‌। यो अति पवित्र हो।</verse>
				<verse number="26">यो चढ़ाउने पूजाहारीले यो खाऊन्‌। चोखो ठाउँमा, भेट हुने पालको चोकमा यो खाइओस्‌।</verse>
				<verse number="27">जुन चीजले त्‍यो मासु छुन्‍छ, त्‍यो पवित्र हुनेछ। त्‍यसको रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्‍यो छिर्का परेको लुगा कहीँ चोखो ठाउँमा धुनुपर्छ।</verse>
				<verse number="28">जुन माटोको भाँड़ामा यो उसिनिन्‍छ, त्‍यो फुटाइनुपर्छ। यदि यो काँसाको भाँड़ामा उसिनिएको छ भने, त्‍यो माझेर पानीले पखालिओस्‌।</verse>
				<verse number="29">पूजाहारीका घरानाको कुनै पनि पुरुषले यो खान सक्‍छ। यो अति पवित्र छ।</verse>
				<verse number="30">तर जुन पापबलि, जसको रगत पवित्रस्‍थानमा प्रायश्‍चित गर्नका निम्‍ति भेट हुने पालभित्र ल्‍याइन्‍छ, त्‍योचाहिँ खानुहुँदैन। यो आगोमा जलाइनैपर्छ।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">“‘दोषबलिका विधि यी नै हुन्‌: यो अति पवित्र छ।</verse>
				<verse number="2">जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यही ठाउँमा दोषबलि पनि मारिओस्‌। त्‍यसको रगत वेदीमा वरिपरि छर्किओस्‌।</verse>
				<verse number="3">त्‍यसको सबै बोसो, अर्थात्‌ बोसे-पुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो,</verse>
				<verse number="4">दुवै मिर्गौला र तीमाथिको र कम्‍मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु झिकेर चढ़ाइऊन्‌।</verse>
				<verse number="5">पूजाहारीले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्‌। यो दोषबलि हो।</verse>
				<verse number="6">पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्‍यो खान सक्‍छ। तर यो चोखो ठाउँमा खाइओस्‌। यो अति पवित्र छ।</verse>
				<verse number="7">“‘पापबलि जस्‍तो हो, दोषबलि पनि त्‍यस्‍तै हो। तिनका निम्‍ति एउटै व्‍यवस्‍था छ। जुन पूजाहारीले त्‍यो चढ़ाएर प्रायश्‍चित गर्छन्, त्‍यो तिनैको होस्‌।</verse>
				<verse number="8">जुन पूजाहारीले कुनै मानिसले ल्‍याएको होमबलि चढ़ाउँछन्, त्‍यस होमबलिको छाला ती नै पूजाहारीको होस्‌।</verse>
				<verse number="9">चुलोमा पकाइएका, र ताई-ताप्‍के र ताउमा बनाइएका सबै अन्‍नबलि ती चढ़ाउने पूजाहारीका होऊन्‌।</verse>
				<verse number="10">अनि तेलमा मुछेका वा फुका सबै अन्‍नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्‌।</verse>
				<verse number="11">“‘परमप्रभुको निम्‍ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्‌:</verse>
				<verse number="12">“‘यदि त्‍यो धन्‍यवाद दिनका निम्‍ति कसैले चढ़ायो भने, त्‍यसले धन्‍यवादबलिसित तेलमा मुछेको खमिर नहालेको फुरौला, तेल दलेको खमिर नहालेको बाबर र तेलमा भिजाएको मसिनो पीठोको फुरौला चढ़ाओस्‌।</verse>
				<verse number="13">त्‍यसले आफ्‍नो धन्‍यवादको मेलबलिसित खमिर हालेको रोटी पनि चढ़ाओस्‌।</verse>
				<verse number="14">तीबाट एउटा-एउटा गरी परमप्रभुको निम्‍ति बलिको लागि त्‍यसले चढ़ाओस्‌। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्‍छन्‌ त्‍यो तिनैको होस्‌।</verse>
				<verse number="15">धन्‍यवादका मेलबलिको मासु त्‍यो चढ़ाएकै दिनमा खाइओस्, बिहानसम्‍म त्‍यसले केही नराखोस्‌।</verse>
				<verse number="16">“‘तर चढ़ाइने बलिदान भाकलको अथवा राजीखुशीको बलिदान भए त्‍यसले बलिदान चढ़ाएकै दिन त्‍यो खाओस्, र बाँकी रहेको चाहिँ भोलिपल्‍ट खाइओस्‌।</verse>
				<verse number="17">पर्सिपल्‍टसम्‍म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्‌।</verse>
				<verse number="18">मेलबलिको मासुबाट पर्सिपल्‍ट कसैले खायो भने त्‍यो मासु ग्रहणयोग्‍य हुनेछैन, न त त्‍यो चढ़ाउनेको निम्‍ति चढ़ाइएको गनिनेछ, तर त्‍यो अशुद्ध ठहरिनेछ, र त्‍यो खाने व्‍यक्ति आफू दोषी बन्‍नेछ।</verse>
				<verse number="19">“‘कुनै अशुद्ध कुराले छोएको मासु नखानू। त्‍यो आगोमा जलाइओस्‌। अरू मासुचाहिँ, जति जना शुद्ध छन्‌ तिनीहरूले त्‍यो खान सक्‍छन्‌।</verse>
				<verse number="20">तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।</verse>
				<verse number="21">कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्‍य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌’।”</verse>
				<verse number="22">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="23">“इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू।</verse>
				<verse number="24">आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्‍तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्‍छ, तर कुनै रीतिले पनि तिमीहरूले त्‍यो नखानू।</verse>
				<verse number="25">परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिको पशुको बोसो जुन मानिसले खाला त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।</verse>
				<verse number="26">तिमीहरूले बसोबास गर्ने कुनै पनि ठाउँमा कुनै पक्षी वा पशुको रगत नखानू।</verse>
				<verse number="27">रगत खाने जोसुकै भए पनि त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गर्नू’।”</verse>
				<verse number="28">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="29">“इस्राएलीहरूलाई भन्‌: ‘परमप्रभुको निम्‍ति मेलबलि चढ़ाउनेले मेलबलिको एक भाग बलिदानको रूपमा परमप्रभुकहाँ ल्‍याओस्‌।</verse>
				<verse number="30">त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाउने बलि आफ्‍नो हातले ल्‍याओस्‌। त्‍यसले बोसो, ह्याकुलोसमेत ल्‍याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्‍ति डोलाओस्‌।</verse>
				<verse number="31">पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ।</verse>
				<verse number="32">दाहिने फिलाचाहिँ तिमीहरूले आफ्‍नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू।</verse>
				<verse number="33">हारूनका छोराहरूमध्‍ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्‍यसको भाग हुनेछ।</verse>
				<verse number="34">किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्‍वरूप दिएको छु’।”</verse>
				<verse number="35">हारून र तिनका छोराहरू जुन दिन पूजाहारी पदमा परमप्रभुका सेवाको निम्‍ति हाजिर गरिएका थिए, त्‍यसै दिन परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिनीहरूको भाग ठहराइएको हो।</verse>
				<verse number="36">जुन दिन उहाँले तिनीहरूलाई अभिषेक गर्नुभयो त्‍यही दिन तिनीहरूका निम्‍ति इस्राएलीहरूबाट यो भाग तिनीहरूले पाउने परमप्रभुले आज्ञा दिनुभयो। तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो सदाको भाग हुनेछ।</verse>
				<verse number="37">यी नै होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्,</verse>
				<verse number="38">जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्‍याउने आज्ञा गर्नुभएको थियो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“तैंले हारूनलाई, त्‍यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर</verse>
				<verse number="3">जम्‍मै समुदायलाई भेट हुने पालको ढोकामा भेला गरा।”</verse>
				<verse number="4">तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो।</verse>
				<verse number="5">मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनी आज्ञा दिनुभएको काम यही हो।”</verse>
				<verse number="6">मोशाले हारून र उनका छोराहरूलाई ल्‍याएर पानीले नुहाइदिए।</verse>
				<verse number="7">तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अलखा पहिराएर उनीमाथि एपोद लगाइदिए, र निपुणतासाथ बुट्टा बनाइएको पटुकाले एपोद बाँधिदिए।</verse>
				<verse number="8">त्‍यसपछि तिनले हारूनलाई छाती-पाता लगाइदिएर छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राखे।</verse>
				<verse number="9">तब उनको शिरमा तिनले फेटा लगाइदिए, र फेटामाथि अगिल्‍तिर सुनको पाता, अर्थात्‌ पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="10">त्‍यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्‍थान र त्‍यसमा भएका यावत्‌ थोकलाई अभिषेक गरेर चोख्‍याए।</verse>
				<verse number="11">त्‍यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्‍ट छर्के, र वेदी र त्‍यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्‍यसको बैठकसमेत चोख्‍याउनलाई अभिषेक गरे।</verse>
				<verse number="12">फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्‍याई उनलाई चोख्‍याउनलाई अभिषेक गरे।</verse>
				<verse number="13">त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="14">त्‍यसपछि तिनले पापबलिको साँढ़े ल्‍याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्‍ना हात राखे।</verse>
				<verse number="15">तब तिनले त्‍यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्‍नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्‍याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्‍याए। त्‍यसको निम्‍ति प्रायश्‍चित गर्न तिनले यसरी वेदी चोख्‍याए।</verse>
				<verse number="16">मोशाले आन्‍द्रा-भुँड़ीहरू ढाक्‍ने जम्‍मै बोसो र कलेजो ढाक्‍ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए।</verse>
				<verse number="17">तर साँढ़ेचाहिँ त्‍यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="18">त्‍यसपछि तिनले होमबलिको भेड़ा प्रस्‍तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्‍ना हात भेड़ाको टाउकोमा राखे।</verse>
				<verse number="19">तब तिनले त्‍यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के,</verse>
				<verse number="20">र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए।</verse>
				<verse number="21">मोशाले आन्‍द्रा-भुँड़ी र खुट्टाहरू पानीले पखाले, र त्‍यो परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको होमबलि स्‍वरूप तिनले सिङ्गै भेड़ा वेदीमा जलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="22">त्‍यसपछि तिनले अर्को भेड़ा, अर्थात्‌ अर्पणको भेड़ा प्रस्‍तुत गरे। अनि हारून र उनका छोराहरूले आ-आफ्‍ना हात त्‍यस भेड़ाको टाउकोमा राखे।</verse>
				<verse number="23">तब मोशाले त्‍यसलाई मारे, र तिनले त्‍यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बूढ़ी-औँलामा र उनको दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदिए।</verse>
				<verse number="24">त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याए, र तिनले उनीहरूका दाहिने-दाहिने कानका लोतीमा, दाहिने-दाहिने हातका बूढ़ी-औँलामा र दाहिने-दाहिने खुट्टाका बूढ़ी-औँलामा रगत लगाइदिए, अनि रगत वेदीको वरिपरि छर्के।</verse>
				<verse number="25">तब तिनले बोसो, बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो, कलेजो ढाक्‍ने मासु, बोसोसमेतका दुवै मिर्गौला र दाहिने साँप्रो लिए।</verse>
				<verse number="26">अनि परमप्रभुको सामुन्‍ने भएको अखमिरी रोटीको डालोबाट तिनले एउटा फुरौला, तेलमा मुछिएको एउटा रोटी र एउटा बाबर लिएर ती बोसो र दाहिने साँप्रोमाथि राखे।</verse>
				<verse number="27">ती जम्‍मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए।</verse>
				<verse number="28">त्‍यसपछि मोशाले उनीहरूका हातबाट ती लिएर परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको अर्पणबलिको रूपमा होमबलिमाथि वेदीमा जलाए।</verse>
				<verse number="29">मोशाले ह्याकुला पनि लिएर डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्‍ने डोलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्‍योचाहिँ अर्पणको भेड़ाबाट मोशाको भाग भयो।</verse>
				<verse number="30">तब मोशाले अभिषेकको केही तेल र वेदीमाथि भएको रगतबाट केही लिएर हारून र उनका लुगाहरूमा अनि उनका छोराहरू र उनका छोराहरूका लुगासमेतमा छर्के। यसरी तिनले हारूनलाई उनका लुगासमेत र उनका छोराहरूलाई उनीहरूका लुगासमेत पवित्र गरे।</verse>
				<verse number="31">तब मोशाले हारून र उनका छोराहरूलाई भने, “मैले हारून र उनका छोराहरूले खानू भनी आज्ञा गरेझैँ मासु भेट हुने पालको ढोकामा पकाओ र अर्पणबलिको डालोमा भएको रोटीसमेत त्‍यहीँ खाओ।</verse>
				<verse number="32">उब्रेका मासु र रोटीचाहिँ जलाइदेओ।</verse>
				<verse number="33">तिमीहरूका अर्पणका दिन पूरा नहोउञ्‍जेल सात दिनसम्‍म तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजानू, किनकि तिमीहरूको अर्पण सात दिनसम्‍म रहनेछ।</verse>
				<verse number="34">आज जे-जस्‍तो भएको छ परमप्रभुले तिमीहरूका प्रायश्‍चितको निम्‍ति त्‍यस्‍तै आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="35">तिमीहरू सात दिनसम्‍म दिनरात भेट हुने पालको ढोकामा बसेर परमप्रभुले दिनुभएको दायित्‍व पूरा गर, नत्रता मरौला, किनकि मलाई यही आज्ञा भएको छ।”</verse>
				<verse number="36">अनि परमप्रभुले मोशाद्वारा दिनुभएका सबै आज्ञा हारून र उनका छोराहरूले पालन गरे।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">आठौँ दिनमा मोशाले हारून, उनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए।</verse>
				<verse number="2">अनि तिनले हारूनलाई भने, “आफ्‍नो निम्‍ति पापबलिको लागि एउटा निष्‍खोट बाछा र होमबलिको लागि एउटा निष्‍खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ।</verse>
				<verse number="3">अनि इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरूले पापबलिको लागि एउटा बोका र होमबलिको लागि एक वर्षे एउटा निष्‍खोट बाछो र निष्‍खोट थुमा ल्‍याओ।</verse>
				<verse number="4">परमप्रभुको सामु बलिदान गर्नलाई मेलबलिको लागि एउटा साँढ़े र एउटा भेड़ा, र तेलमा मुछेको एउटा अन्‍नबलि पनि ल्‍याओ। किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ’।”</verse>
				<verse number="5">मोशाले आज्ञा गरेबमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुन्‍ने ल्‍याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभियो।</verse>
				<verse number="6">अनि मोशाले भने, “परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो, र यसरी परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।”</verse>
				<verse number="7">मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्‍नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्‍नो निम्‍ति र मानिसहरूका निम्‍ति प्रायश्‍चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्‍याएका बलि चढ़ाएर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर।”</verse>
				<verse number="8">तब वेदीको नजिक आएर हारूनले आफ्‍नै निम्‍ति पापबलिको बाछा मारे।</verse>
				<verse number="9">हारूनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए। उनले आफ्‍नो औँला रगतमा चोपेर वेदीका सीङहरूमा लगाए, र बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिए।</verse>
				<verse number="10">पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्‍ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="11">तर मासु र छालाचाहिँ उनले छाउनीबाहिर आगोमा जलाइदिए।</verse>
				<verse number="12">तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए, र उनले वेदीको वरिपरि त्‍यो छर्के।</verse>
				<verse number="13">तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्‍याइदिए, र उनले त्‍यो वेदीमा जलाइदिए।</verse>
				<verse number="14">उनले आन्‍द्रा-भुँड़ी र खुट्टा पखालेर वेदीको होमबलिमा जलाइदिए।</verse>
				<verse number="15">त्‍यसपछि मानिसहरूका निम्‍ति बलि ल्‍याएर तिनीहरूका पापबलिको बोका हारूनले मारे, र पहिलेको जस्‍तै पापबलिको लागि त्‍यो चढ़ाए।</verse>
				<verse number="16">त्‍यसपछि उनले होमबलि लिएर विधिपूर्वक त्‍यो चढ़ाए।</verse>
				<verse number="17">अनि अन्‍नबलि लिएर त्‍यसबाट मुट्ठीभरि वेदीमा बिहानको होमबलिबाहेक त्‍यो पनि चढ़ाए।</verse>
				<verse number="18">मानिसहरूका निम्‍ति मेलबलिको साँढ़े र भेड़ा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए, अनि उनले त्‍यो वेदीको वरिपरि छर्के।</verse>
				<verse number="19">तर साँढ़े र भेड़ाको बोसो— बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो, मिर्गौलाहरू र कलेजो ढाक्‍ने मासु—</verse>
				<verse number="20">तिनीहरूले ह्याकुलाहरूमाथि राखे, अनि उनले बोसोचाहिँ वेदीमा जलाए।</verse>
				<verse number="21">ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए।</verse>
				<verse number="22">तब हारूनले आफ्‍ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले।</verse>
				<verse number="23">तब मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे, अनि निस्‍केर मानिसहरूलाई आशीर्वाद दिए। अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्‍यो।</verse>
				<verse number="24">परमप्रभुको सामुन्‍नेबाट आगो निस्‍केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्‍म पार्‍यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्‍टो परेर लोटे।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा आगो भरे, र त्‍यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए।</verse>
				<verse number="2">यसकारण त्‍यतिखेर परमप्रभुबाट आगो निस्‍केर उनीहरूलाई भस्‍म पार्‍यो, र उनीहरू परमप्रभुको सामु मरे।</verse>
				<verse number="3">तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्‍नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे।</verse>
				<verse number="4">मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “आएर तिमीहरूका भाइहरूलाई पवित्रस्‍थानको अघिबाट बोकेर छाउनीबाट लैजाओ।”</verse>
				<verse number="5">यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोशाले भनेबमोजिम छाउनीबाहिर उनीहरूलाई बोकेर लगे।</verse>
				<verse number="6">तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्‍ना लुगा नच्‍यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्‍निले नष्‍ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्‍छ।</verse>
				<verse number="7">तिमीहरूचाहिँ भेट हुने पालको ढोकाबाट बाहिर नजानू, नत्रता तिमीहरू मरौला, किनभने परमप्रभुका अभिषेकको तेल तिमीहरूमाथि छ।” यसर्थ उनीहरूले मोशाको वचनअनुसार गरे।</verse>
				<verse number="8">त्‍यसपछि परमप्रभुले हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="9">“तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाखमद्य अथवा अरू मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” यो तिमीहरूका आउँदा पुस्‍ताहरूमा अन्‍नबलिको विधि होस्‌।</verse>
				<verse number="10">पवित्र र साधारण, अनि शुद्ध र अशुद्धमा तिमीहरूले भेद राख्‍नुपर्छ।</verse>
				<verse number="11">परमप्रभुले मोशाद्वारा दिनुभएको विधि सबै इस्राएलीहरूलाई तिमीहरूले सिकाउनुपर्छ।”</verse>
				<verse number="12">मोशाले हारून र उनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई भने, “परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट बाँकी रहेको अन्‍नबलि लिएर वेदीनेर खमिरविना खाओ, किनभने त्‍यो अति पवित्र छ।</verse>
				<verse number="13">तिमीहरूले त्‍यो कुनै चोखो ठाउँमा खाओ, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिम्रो र तिम्रा छोराहरूको भाग हो, किनकि मलाई यस्‍तै आज्ञा भएको छ।</verse>
				<verse number="14">तर डोलाइएको ह्याकुला र प्रस्‍तुत गरिएको साँप्राचाहिँ तिमी र तिम्रा छोराछोरीहरूले चोखो ठाउँमा खानू, किनकि तीचाहिँ इस्राएलीहरूका मेलबलिबाट तिमी र तिम्रा छोराछोरीहरूको भाग दिइएका हुन्‌।</verse>
				<verse number="15">आगोद्वारा चढ़ाइएका बलिहरूको बोसोसहित, प्रस्‍तुत गरिएको साँप्रो र डोलाइएको ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्‍ति तिनीहरूले ल्‍याऊन्, र परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिमी र तिम्रा छोराछोरीहरूका निम्‍ति ती सदाको हक हुनेछ।”</verse>
				<verse number="16">जब मोशाले पापबलिका बोकाको विषयमा सोधे, र त्‍यो जलाइसकेको भेट्टाए, तिनले हारूनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई रिसाएर भने,</verse>
				<verse number="17">“तिमीहरूले किन पापबलि पवित्रस्‍थानमा तोकिएको ठाउँमा खाएनौ? किनभने त्‍यो अति पवित्र थोक हो। समुदायको लागि प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउन भनी त्‍यो तिमीहरूलाई दिइएको हो।</verse>
				<verse number="18">त्‍यसको रगत पवित्रस्‍थानभित्र नल्‍याइएकोले तिमीहरूले निश्‍चय नै मैले अह्राएबमोजिम त्‍यो बोका पवित्रस्‍थानभित्र खानुपर्नेथियो।”</verse>
				<verse number="19">तब हारूनले मोशालाई भने, “आजै तिनीहरूले आफ्‍ना पापबलि र होमबलि परमप्रभुको सामु चढ़ाएका छन्, तापनि ममाथि आज यस्‍ता कुरा परिआएका छन्‌। मैले आज पापबलि खाएको भएदेखि के त्‍यो परमप्रभुको दृष्‍टिमा असल ठहरिनेथियो र?”</verse>
				<verse number="20">जब मोशाले यो कुरा सुने, तब तिनको चित्त बुझ्‍यो।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई यसो भन्‌: पृथ्‍वीमा भएका सारा जीवित पशु-पक्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्‍छ।</verse>
				<verse number="3">पशुहरूमध्‍ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्‍छ।</verse>
				<verse number="4">“‘तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात्‌ ऊँट, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।</verse>
				<verse number="5">अनि शापन, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।</verse>
				<verse number="6">अनि खरायो, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।</verse>
				<verse number="7">अनि सुँगुर, किनभने त्‍यसको खुर पूरै चिरिएको त हुन्‍छ, तर उग्राउँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।</verse>
				<verse number="8">तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌।</verse>
				<verse number="9">“‘जल-जन्‍तुहरूमध्‍ये यो तिमीहरूले खानु हुन्‍छ, अर्थात्‌ सागर र नदीहरूमा भएका पखेटा र कत्‍ला हुने जति तिमीहरूले खानु हुन्‍छ।</verse>
				<verse number="10">तर पानीमा चलहल गर्ने सबै जन्‍तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन्‌ र जसमा पखेटा र कत्‍ला छैनन्, ती सब तिमीहरूका निम्‍ति घृणित हुन्‌।</verse>
				<verse number="11">ती तिमीहरूका निम्‍ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।</verse>
				<verse number="12">पानीमा हुने तर पखेटा र कत्‍ला नहुने जति तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।</verse>
				<verse number="13">“‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्‍ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्‌— गरुड, गिद्ध, कालो गिद्ध।</verse>
				<verse number="14">रातो चील र सबै थरीका कालो चील,</verse>
				<verse number="15">सबै थरीका काग,</verse>
				<verse number="16">ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुन्द्री चरो, सबै थरीका बाज,</verse>
				<verse number="17">सानो लाटोकोसेरो, जल कौवा, भुल्‍का,</verse>
				<verse number="18">सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, माछा खाने चील,</verse>
				<verse number="19">सारस, सबै थरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।</verse>
				<verse number="20">“‘पखेटा भएका चारै खुट्टाले हिँड्‌ने जीवातहरू सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।</verse>
				<verse number="21">तर पखेटा भएका चार खुट्टाले हिँड्‌नेहरूमध्‍ये भूइँमा उफ्रनलाई खुट्टामा जोर्नी भएकाहरूचाहिँ तिमीहरूले खानु हुन्‍छ।</verse>
				<verse number="22">तीमध्‍ये यी तिमीहरूले खानु हुन्‍छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्‌ग्रो।</verse>
				<verse number="23">चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।</verse>
				<verse number="24">“‘यिनीहरूबाट तिमीहरू अशुद्ध हुनेछौ। जसले यिनीहरूका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।</verse>
				<verse number="25">जसले यिनीहरूमध्‍ये कुनैको सिनु बोक्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="26">“‘हरेक पशु जसको खुर पूरै चिरिएको हुँदैन, र जसले उगेरा गर्दैन, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो। ती छुने हरेक अशुद्ध हुन्‍छ।</verse>
				<verse number="27">चार खुट्टाले हिँड्‌ने सबै पशुहरू जो पन्‍जाले टेकेर हिँड्‌छन्, ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌। तिनको सिनु छुने सबै साँझसम्‍म अशुद्ध हुनेछन्‌।</verse>
				<verse number="28">तिनीहरूको सिनु बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ। ती तिमीहरूका निम्‍ति अशुद्ध हुनेछन्‌।</verse>
				<verse number="29">“‘भूइँमा घस्रने जीवमध्‍ये यीचाहिँ तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌— अर्थात्‌ न्‍याउरीमूसो, मूसो, सबै थरीका छेपारो,</verse>
				<verse number="30">माउसुली, गोहोरो, भालेमुङ्‌ग्रो, बालुवाको छेपारो र रङ्ग बद्‌लने छेपारो।</verse>
				<verse number="31">घस्रनेहरूमा अशुद्ध यी नै हुन्‌। यिनीहरूको सिनु जसले छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="32">यीमध्‍ये मरेको कुनै एउटा केही कुरामा पर्‍यो भने, त्‍यो थोक अशुद्ध हुन्‍छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्‌ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्‌। त्‍यो पानीमा चोपल्‍नुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध हुनेछ, त्‍यसपछि मात्रै त्‍यो चोखो हुन्‍छ।</verse>
				<verse number="33">कुनै माटोको भाड़ामा यी प्राणीहरूमध्‍ये कुनै एउटा पर्‍यो भने त्‍यो भाँड़ामा भएका सबै थोक अशुद्ध हुनेछन्‌। त्‍यो भाँड़ा तिमीहरूले फोरिदिनू।</verse>
				<verse number="34">त्‍यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्‍छ, र त्‍यस्‍तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्‍छ।</verse>
				<verse number="35">कुनै कुरामा, चाहे चुलो होस्‌ वा पकाउने भाँड़ो होस्, त्‍यसमा तिनीहरूको सिनु खस्‍यो भने त्‍यो अशुद्ध हुन्‍छ। त्‍यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्, र तिमीहरूका लागि अशुद्धै हुन्‍छन्‌।</verse>
				<verse number="36">तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्‍छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्‍छ।</verse>
				<verse number="37">छरिने बीउमा तिनीहरूको सिनु पर्‍यो भने पनि त्‍यो शुद्धै हुन्‍छ।</verse>
				<verse number="38">तर त्‍यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्‍यसमाथि पर्‍यो भने, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हुन्‍छ।</verse>
				<verse number="39">“‘तिमीहरूले खाने कुनै पनि पशु मर्‍यो भने त्‍यसको सिनु छुने साँझसम्‍म अशुद्ध हुन्‍छ।</verse>
				<verse number="40">सिनु खाने वा बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="41">“‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्, ती नखानू।</verse>
				<verse number="42">पेटले सुल्‍कने, कि चार खुट्टाले घस्रने, कि धेरै खुट्टाले भूइँमा घस्रने प्राणीहरू तिमीहरूले नखानू, किनभने ती घृणित हुन्‌।</verse>
				<verse number="43">कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू।</verse>
				<verse number="44">म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।</verse>
				<verse number="45">किनकि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।</verse>
				<verse number="46">“‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्‌।</verse>
				<verse number="47">शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्‍नुपर्छ’।”</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘गर्भवती भएर छोरो जन्‍माउने स्‍त्री सात दिनसम्‍म अशुद्ध रहनेछे। रजस्‍वलाको दिनमा झैँ त्‍यो अशुद्धै रहनेछे।</verse>
				<verse number="3">आठौँ दिनमा छोराका खलड़ीको खतना होस्‌।</verse>
				<verse number="4">त्‍यसपछि त्‍यो स्‍त्री आफ्‍नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्‍ति तेत्तीस दिनसम्‍म पर्खनुपर्छ, र शुद्ध हुने दिन पूरा नहोउञ्‍जेल त्‍यसले कुनै पवित्र कुरा छुनुहुँदैन, अनि पवित्रस्‍थानभित्र पनि जानुहुँदैन।</verse>
				<verse number="5">तर त्‍यसले छोरी जन्‍माई भने रजस्‍वलाको दिनमा झैँ दुई हप्‍तासम्‍म त्‍यो अशुद्ध हुनेछे, र आफ्‍नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्‍ति त्‍यो छयसट्ठी दिनसम्‍म पर्खनुपर्छ।</verse>
				<verse number="6">“‘त्‍यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्‍ति होस्‌ वा छोरीको निम्‍ति होस्, त्‍यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।</verse>
				<verse number="7">पूजाहारीले परमप्रभुको सामुन्‍ने ती चढ़ाएर त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्‌। अनि त्‍यो आफ्‍नो रगत-प्रवाहबाट शुद्ध ठहरिनेछे। “‘स्‍त्रीले छोरा वा छोरी जन्‍माएपछि त्‍यसको लागि विधिहरू यी नै हुन्‌।</verse>
				<verse number="8">थुमा ल्‍याउने त्‍यसको औकात छैन भने त्‍यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्‍ति र अर्को पापबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यो शुद्ध ठहरिनेछे’।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“कुनै मानिसको छाला फुल्‍यो कि बिमिरा कि उज्‍ज्‍वल दाग निस्क्यो, र त्‍यसको छालामा सरुवा रोग लाग्‍यो भने, त्‍यसलाई पूजाहारी हारून अथवा तिनका पूजाहारी छोराहरूमध्‍ये एक जना कहाँ ल्‍याइओस्‌।</verse>
				<verse number="3">त्‍यसको छालामा लागेको त्‍यो घाउ पूजाहारीले हेरून्, अनि त्‍यसको रोग लागेको ठाउँमा उम्रेको रौँ सेतो भएको छ र त्‍यो घाउ छालाभन्‍दा गहिरो देखा पर्‍यो भने, त्‍यो सरुवा रोग हो। पूजाहारीले त्‍यसलाई जाँचेपछि त्‍यसलाई अशुद्ध ठहराऊन्‌।</verse>
				<verse number="4">तर त्‍यो दाग छालामा सेतो भए, र हेर्दा त्‍यो छालाभित्रसम्‍म देखिएन भने, र त्‍यसमा उम्रेको रौँ पनि सेतो भएको रहेनछ भने, पूजाहारीले त्‍यस रोगीलाई सात दिनसम्‍म अलग्‍गै राखून्‌।</verse>
				<verse number="5">सातौँ दिनमा पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो घाउ जस्‍ताको तस्‍तै रहेछ, र छालामा त्‍यो घाउ फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यसलाई अरू सात दिनसम्‍म अलग्‍ग राखून्‌।</verse>
				<verse number="6">सातौँ दिनमा पूजाहारीले त्‍यसलाई फेरि जाँच गर्दा रोग मत्‍थर भएको छ र छालामा फैलिएको छैन भने, पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌। त्‍यो खटिरो मात्र हो। त्‍यसले आफ्‍ना लुगा धोएर त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="7">तर शुद्ध ठहरिनलाई पूजाहारीकहाँ देखाइसकेपछि पनि त्‍यो खटिरो छालामा फैलिएर आयो भने, त्‍यसले फेरि पूजाहारीकहाँ गएर आफैलाई देखाउनुपर्छ।</verse>
				<verse number="8">अनि पूजाहारीले जाँच गर्दा छालामा खटिरा फैलिएकै रहेछ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, त्‍यो सरुवा रोग हो।</verse>
				<verse number="9">“कुनै मानिसलाई छालाको सरुवा रोग लागेको छ भने, त्‍यो पूजाहारीकहाँ ल्‍याइओस्‌।</verse>
				<verse number="10">अनि पूजाहारीले जाँच गर्दा छाला सेतो भएर फुलिएको रहेछ भने र त्‍यसको रौँ सेतो परेको र सुनिएको ठाउँमा आलो घाउ रहेछ भने,</verse>
				<verse number="11">यो धेरै समयसम्‍म रहने छालाको रोग हो, र पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। तिनले त्‍यसलाई चाहिँ अलग्‍ग नराखून्, किनभने त्‍यो अशुद्ध भइसकेको छ।</verse>
				<verse number="12">“रोग छालामा फैलिँदैगयो, र त्‍यो पूजाहारीले हेर्दा रोगीको शिरदेखि खुट्टासम्‍मै छालामा फैलिएको रहेछ भने,</verse>
				<verse number="13">र पूजाहारीले त्‍यसलाई जाँच गर्दा रोग सारा शरीरमा ढाकिएको छ भने, तिनले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। त्‍यो जम्‍मै सेतै भइसकेको कारणले त्‍यो मान्‍छे शुद्ध हो।</verse>
				<verse number="14">तर त्‍यसमा आलो मासु देखा पर्‍यो भने त्‍यो अशुद्ध हुनेछ।</verse>
				<verse number="15">पूजाहारीले त्‍यसको आलो मासु हेर्दा तिनले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो आलो मासु अशुद्ध हो, त्‍यो सरुवा रोग हो।</verse>
				<verse number="16">तर त्‍यो आलो मासु फेरि सेतो भएर आयो भने त्‍यो मानिस पूजाहारीकहाँ जाओस्,</verse>
				<verse number="17">अनि पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो रोग सेतो भएको छ भने पूजाहारीले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। तब त्‍यो मान्‍छे शुद्ध हुनेछ।</verse>
				<verse number="18">“कसैको छालामा पिलो निस्‍केर निको भयो,</verse>
				<verse number="19">र त्‍यो पिलो भएको ठाउँ सेतो भएर फुल्‍यो अथवा रातो परेको सेतो दाग त्‍यहाँ निस्क्यो भने, त्‍यसले पूजाहारीकहाँ गएर आफैलाई देखाओस्‌।</verse>
				<verse number="20">पूजाहारीले जाँच गर्दा त्‍यो दाग छालाभन्‍दा गहिरो देखियो र रौँ पनि सेतो भएको छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो सरुवा रोग हो। त्‍यो पिलोबाट निस्‍केको हो।</verse>
				<verse number="21">तर पूजाहारीले जाँच गर्दा त्‍यसमा कुनै सेतो रौँ रहेनछ, अनि त्‍यो छालाभन्‍दा गहिरो छैन तर सुकेर हराउँदैगयो भने, पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।</verse>
				<verse number="22">त्‍यो छालामा फैलिएको छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, त्‍यो सरुवा हो।</verse>
				<verse number="23">तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ भने त्‍यो पिलोको खत हो। पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌।</verse>
				<verse number="24">“कसैको छालामा पोलेको घाउ भयो र त्‍यो पोलेको घाउको आलो मासुमा रातो-रातो परेको सेतो अथवा सेतो दाग देखा पर्‍यो भने,</verse>
				<verse number="25">पूजाहारीले त्‍यो दाग जाँच गरून्, र त्‍यो दागमा उम्रेको रौँ सेतो र हेर्दा छालाभन्‍दा गहिरो देखियो भने, त्‍यो सरुवा रोग हो। त्‍यो पोलेको घाउमा फुटेर निस्‍केको हो। पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्, यो छालाको सरुवा रोग हो।</verse>
				<verse number="26">तर पूजाहारीले जाँच गर्दा त्‍यस दागमा सेतो रौँ रहेनछ, र छालाभन्‍दा गहिरो पनि रहेनछ तर सुक्‍दैगएको रहेछ भने, पूजाहारीले त्‍यसलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।</verse>
				<verse number="27">पूजाहारीले त्‍यसलाई सातौँ दिनमा जाँच गरून्‌। त्‍यो छालामा फैलिएको रहेछ भने पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो छालाको सरुवा रोग हो।</verse>
				<verse number="28">तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदैगयो भने, त्‍यो पोलेको घाउबाट सुनिएको हो। तब पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्, किनभने त्‍यो पोलेको घाउको खत मात्र हो।</verse>
				<verse number="29">“कुनै पुरुष वा स्‍त्रीको कपाल अथवा चिउँड़ोमा घाउ रहेछ भने,</verse>
				<verse number="30">पूजाहारीले त्‍यो घाउ जाँच गरून्, र त्‍यो छालाभन्‍दा गहिरो देखियो र त्‍यसमा भएको रौँ मसिनो र पहेँलो छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍योचाहिँ चिलाउने व्‍यथा, अर्थात्‌ कपाल वा चिउँड़ोको सरुवा रोग हो।</verse>
				<verse number="31">तर पूजाहारीले त्‍यो चिलाउने व्‍यथा जाँच गर्दा त्‍यो छालाभन्‍दा गहिरो देखिँदैन र त्‍यसमा कालो रौँ पनि छैन भने, पूजाहारीले त्‍यस रोगीलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।</verse>
				<verse number="32">सातौँ दिनमा पूजाहारीले त्‍यस घाउलाई जाँच गरून्, र त्‍यो चिलाउने व्‍यथा फैलिएको छैन र त्‍यसमा रौँ पहेँलो भएको छैन अनि त्‍यो छालाभन्‍दा गहिरो छैन भने,</verse>
				<verse number="33">त्‍यसले घाउचाहिँ छोड़ेर आफ्‍नो कपाल र दाह्री खौरोस्‌। पूजाहारीले त्‍यस रोगीलाई अझै सात दिनसम्‍म अलग्‍ग राखून्‌।</verse>
				<verse number="34">सातौँ दिनमा पूजाहारीले त्‍यसको चिलाउने व्‍यथा जाँच गरून्‌। त्‍यो व्‍यथा नफैलिएर छालाभन्‍दा गहिरो देखिएन भने पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌। अनि त्‍यसले आफ्‍ना लुगा धोएर त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="35">तर त्‍यो शुद्ध ठहरिएपछि पनि त्‍यो चिलाउने व्‍यथा छालामा फैलिन थाल्‍यो भने,</verse>
				<verse number="36">पूजाहारीले त्‍यो जाँच गरून्‌। त्‍यो छालामा फैलियो भने, पूजाहारीले पहेँलो रौँ छ कि छैन भनेर हेर्नुपर्दैन। त्‍यो अशुद्ध हो।</verse>
				<verse number="37">तर पूजाहारीले जाँच गर्दा त्‍यो चिलाउने व्‍यथा जस्‍ताको त्‍यस्‍तै रहेछ र त्‍यसमा कालो रौँ उम्रेछ भने, त्‍यो व्‍यथा निको भएको हो। त्‍यो शुद्ध छ, र पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌।</verse>
				<verse number="38">“कुनै पुरुष अथवा स्‍त्रीको छालामा सेता दागहरू रहेछन्‌ भने,</verse>
				<verse number="39">पूजाहारीले ती जाँच गरून्, र त्‍यसको छालामा ती दागहरू फिक्‍का सेता रहेछन्‌ भने त्‍यो चर्मरोग मात्र हो, जो छालामा निस्‍केको छ। त्‍यो मानिस शुद्धै हो।</verse>
				<verse number="40">“कसैको केश झरेको रहेछ भने त्‍यो तालुखुइलेको हो, तर त्‍यो शुद्धै हो।</verse>
				<verse number="41">त्‍यसको केश त्‍यसका टाउकोको अगिल्‍तिर खुइलेको छ भने त्‍यो निधार खुइलेको हो, तर त्‍यो शुद्धै हो।</verse>
				<verse number="42">तर त्‍यसको तालु अथवा निधार खुइलेकोमा रातो-रातो परेको सेतो खटिरा भए त्‍यो तालु अथवा निधारबाट फुटेर निस्‍केको सरुवा रोग हो।</verse>
				<verse number="43">पूजाहारीले त्‍यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्‍तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो-रातो परेको सेतो खटिरा देखियो भने,</verse>
				<verse number="44">त्‍यो मानिस रोगी र अशुद्ध हो। त्‍यसको टाउकोमा भएको खटिराको कारणले, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराउनेछन्‌।</verse>
				<verse number="45">“सरुवा रोग भएको मानिसले च्‍यातिएका लुगा लगाउनुपर्छ, र त्‍यसको शिरको केश अस्‍तव्‍यस्‍त रहनुपर्छ। त्‍यसले आफ्‍नो मुखको पल्‍लो भाग ढाकेर ‘अशुद्ध, अशुद्ध’ भनेर कराओस्‌।</verse>
				<verse number="46">जहिलेसम्‍म त्‍यो रोगग्रस्‍त रहन्‍छ, त्‍यो अशुद्धै रहनेछ। त्‍यो एकलै रहनुपर्छ। छाउनीबाहिर त्‍यसको डेरा होस्‌।</verse>
				<verse number="47">“जुन लुगामा ढुसीको दाग छ, चाहे ऊनी होस्‌ अथवा सूती,</verse>
				<verse number="48">ताना होस्‌ अथवा बाना, सूती कि ऊनी जेसुकै होस्, छाला अथवा छालाले बनेको होस्‌—</verse>
				<verse number="49">ढुसी हरियो अथवा रातो परेको, लुगा, छाला, ताना, बाना अथवा छालाको कुनै वस्‍तुमा भए त्‍यो फैलिने ढुसी हो, र पूजाहारीलाई देखाउनुपर्छ।</verse>
				<verse number="50">पूजाहारीले त्‍यसको दागलाई जाँच गरून्, र त्‍यो दाग लागेको वस्‍तुलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।</verse>
				<verse number="51">पूजाहारीले त्‍यो दागलाई सातौँ दिनमा जाँच गरून्‌। लुगा, ताना, बाना अथवा जुनसुकै काममा लाउने छालामा त्‍यो ढुसी फैलिएको रहेछ भने त्‍यो खतरनाक ढुसी हो। त्‍यो वस्‍तु अशुद्ध हो।</verse>
				<verse number="52">तब त्‍यो ढुसी लागेको लुगा, ताना, ऊनी, सूती अथवा छालाको कुनै वस्‍तु भए पनि पूजाहारीले त्‍यो जलाइदेऊन्, किनभने त्‍यो कुहाउने ढुसी हो। त्‍यो आगोमा जलाइओस्‌।</verse>
				<verse number="53">“तर पूजाहारीले जाँच गर्दा त्‍यो ढुसी लुगा, ताना, बाना, अथवा छालाको कुनै वस्‍तुमा फैलिएको छैन भने,</verse>
				<verse number="54">त्‍यो ढुसी लागेको वस्‍तु तिनीहरूले धुनू भनी पूजाहारीले आज्ञा देऊन्। तब तिनले अझै सात दिनसम्‍म त्‍यसलाई अलग्‍ग राखून्‌।</verse>
				<verse number="55">त्‍यो वस्‍तु धोएपछि पूजाहारीले जाँच गरून्, र ढुसी फैलिएको नभए तापनि आफ्‍नो रङ्ग बद्‌लेको छैन भने त्‍यो अशुद्ध हो। त्‍यो ढुसी भित्रपट्टि होस्‌ वा बाहिरपट्टि होस्, त्‍यसलाई आगोमा जलाइदिनू।</verse>
				<verse number="56">त्‍यो वस्‍तु धोएपछि पूजाहारीले जाँच गर्दा ढुसी हराउँदैगएको रहेछ भने त्‍यो लुगा, ताना वा बाना वा छालाबाट त्‍यो ढुसी लागेको भाग मात्र पूजाहारीले च्‍यातून्‌।</verse>
				<verse number="57">तर त्‍यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्‍तुमा फेरि देखियो भने, त्‍यो फैलिँदैगएको हो। त्‍यो ढुसी भएको वस्‍तु आगोमा जलाइनुपर्छ।</verse>
				<verse number="58">जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्‍तु भए पनि धुँदा त्‍यसबाट ढुसी गयो भने, त्‍यो दोस्रो पल्‍ट धोइओस्, र त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="59">ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्‍तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्‌’।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालन गर्नू। त्‍यस दिन त्‍यसलाई पूजाहारीकहाँ ल्‍याइओस्‌।</verse>
				<verse number="3">पूजाहारीले त्‍यसलाई छाउनीबाहिर लगेर त्‍यसको जाँच गरून्‌। छालाको त्‍यो सरुवा रोग निको भएछ भने,</verse>
				<verse number="4">त्‍यसको निम्‍ति दुई वटा जिउँदो शुद्ध पक्षी, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याउनू भनी पूजाहारीले आज्ञा देऊन्।</verse>
				<verse number="5">तब पूजाहारीले ती पक्षीहरूमध्‍ये एउटालाई माटोको भाँड़ामा भएको ताजा पानीमाथि मार्ने आज्ञा देऊन्।</verse>
				<verse number="6">त्‍यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्‍दूरे रङ्गको धागो र हिसपसमेत लिई त्‍यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्‌।</verse>
				<verse number="7">सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्‍ट छर्केर तिनले त्‍यसलाई शुद्ध ठहराऊन्‌। तब तिनले त्‍यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्।</verse>
				<verse number="8">“त्‍यो शुद्ध हुनुपर्नेचाहिँले आफ्‍ना लुगा धोओस्, र आफ्‍ना सबै केश खौरेर नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यो छाउनीभित्र आओस्, तर सात दिनसम्‍म आफ्‍नो पालबाहिर नै त्‍यो बस्‍नुपर्छ।</verse>
				<verse number="9">सातौँ दिनमा त्‍यसले आफ्‍ना सबै केश, दाह्री र आँखीभुइँ, अर्थात्‌ आफ्‍ना सबै रौँ खौरोस्‌। त्‍यसले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर पानीले नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="10">“आठौँ दिनमा त्‍यसले दुई वटा निष्‍खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्‍खोट पाठी, र अन्‍नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्‍याओस्‌।</verse>
				<verse number="11">त्‍यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरूसमेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने शुद्ध ठहराउने पूजाहारीले प्रस्‍तुत गर्नेछन्‌।</verse>
				<verse number="12">“तब पूजाहारीले त्‍यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्‍ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्‍ति ती परमप्रभुको सामु डोलाऊन्‌।</verse>
				<verse number="13">अनि त्‍यसले पापबलि र होमबलि मारिने पवित्र ठाउँमा त्‍यो पाठो मारोस्, किनकि पापबलि पूजाहारीको भएझैँ दोषबलि पनि त्‍यसैको हुन्‍छ। त्‍यो अति पवित्र हो।</verse>
				<verse number="14">तब पूजाहारीले दोषबलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।</verse>
				<verse number="15">फेरि पूजाहारीले आधा माना तेल लिएर आफ्‍नो देब्रे हातको हत्‍केलामा केही खन्‍याऊन्‌।</verse>
				<verse number="16">पूजाहारीले आफ्‍नो दाहिने हातको औँलो देब्रे हातमा रहेको तेलमा चोपलेर त्‍यसबाट केही लिएर आफ्‍नो औँलाले परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।</verse>
				<verse number="17">अनि पूजाहारीले आफ्‍नो हातमा रहेको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, त्‍यसको दाहिने हातको बूढ़ी-औँलो र त्‍यसको दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगतमाथि लगाइदेऊन्।</verse>
				<verse number="18">पूजाहारीले आफ्‍नो हातमा रहेको बाँकी तेल त्‍यस शुद्ध हुनुपर्नेको टाउकोमा लगाइदेऊन्, अनि तिनले परमप्रभुको सामु त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्‌।</verse>
				<verse number="19">“तब त्‍यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पूजाहारीले पापबलि चढ़ाएर त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्‌। त्‍यसपछि तिनले होमबलि मारून्‌।</verse>
				<verse number="20">पूजाहारीले होमबलि र अन्‍नबलि वेदीमा चढ़ाऊन्, र त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्, र त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="21">“तर त्‍यो दरिद्र छ र त्‍यति पनि पाउन सक्‍दैन भने, त्‍यसले आफ्‍नो प्रायश्‍चितको निम्‍ति दोषबलिको लागि डोलाउनलाई भेड़ाको एउटा पाठो, र अन्‍नबलिको लागि तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र आधा माना तेल,</verse>
				<verse number="22">र आफूले जस्‍तो पाउन सक्‍छ, दुई वटा ढुकुर कि दुई वटा परेवाका बचेरा, एउटा पापबलिको लागि र अर्को होमबलिको लागि ल्‍याओस्‌।</verse>
				<verse number="23">“आठौँ दिनमा आफू शुद्ध हुनलाई त्‍यसले भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने पूजाहारीकहाँ ती ल्‍याओस्‌।</verse>
				<verse number="24">तब पूजाहारीले दोषबलिको पाठो र आधा माना तेल लिएर डोलाइने बलिको निम्‍ति परमप्रभुको सामु ती डोलाऊन्‌।</verse>
				<verse number="25">दोषबलिको पाठो मारेर पूजाहारीले बलिको रगतबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।</verse>
				<verse number="26">पूजाहारीले त्‍यस तेलबाट आफ्‍नो देब्रे हातको हत्‍केलामा केही खन्‍याऊन्,</verse>
				<verse number="27">र आफ्‍नो दाहिने हातको औँलाले आफ्‍नो देब्रे हातमा भएको केही तेल परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।</verse>
				<verse number="28">अनि पूजाहारीले आफ्‍नो हातमा भएको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगत लगाएकै ठाउँमा लगाइदेऊन्।</verse>
				<verse number="29">अनि पूजाहारीले आफ्‍नो हातमा रहेको बाँकी तेल त्‍यस शुद्ध हुनुपर्नेका प्रायश्‍चितको निम्‍ति परमप्रभुको सामु त्‍यसको टाउकोमा लगाइदेऊन्।</verse>
				<verse number="30">त्‍यसपछि ढुकुर अथवा परेवाका बचेरा जे त्‍यसले पाउन सक्‍छ,</verse>
				<verse number="31">एउटा पापबलिको निम्‍ति, अर्को होमबलिको निम्‍ति पूजाहारीले अन्‍नबलिको साथमा चढ़ाऊन्‌। यसरी पूजाहारीले त्‍यस शुद्ध हुनुपर्नेको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।”</verse>
				<verse number="32">छालाको सरुवा रोग लागेर शुद्ध हुनलाई औकात नपुग्‍ने मानिसको निम्‍ति विधिहरू यी नै हुन्‌।</verse>
				<verse number="33">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="34">“जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुगौला, र तिमीहरूले अधिकारमा पाएको देशको कुनै घरमा फैलिने ढुसी मैले उत्‍पन्‍न गराएँ भने,</verse>
				<verse number="35">त्‍यस घरको धनी गएर ‘मेरो घरमा ढुसी परेजस्‍तो लाग्‍छ’ भनी पूजाहारीलाई भनोस्‌।</verse>
				<verse number="36">ढुसी जाँच गर्नुभन्‍दा अघि चीजबीज अशुद्ध नठहराऊन्‌ भनेर घर रित्तो पार्ने आदेश पूजाहारीले देऊन्। त्‍यसपछि पूजाहारी घर जाँच गर्न भित्र जाऊन्‌।</verse>
				<verse number="37">अनि तिनले त्‍यो ढुसी जाँच गरून्‌। त्‍यो ढुसी घरका भित्तामा हरियो कि रातो रङ्गको गहिराइजस्‍तो रहेछ भने, र भित्ता गड़ेको देखा पर्दोरहेछ भने,</verse>
				<verse number="38">घरदेखि ढोका भएर बाहिर निस्‍केर पूजाहारीले सात दिनसम्‍म त्‍यस घरलाई बन्‍द गरून्‌।</verse>
				<verse number="39">फेरि सातौँ दिनमा आएर पूजाहारीले त्‍यो हेरून्, र त्‍यो घरका भित्ताहरूमा ढुसी फैलिएको रहेछ भने,</verse>
				<verse number="40">पूजाहारीले ती ढुसी परेका ढुङ्गाहरू निकालेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फाल्‍ने आज्ञा देऊन्।</verse>
				<verse number="41">तिनले घरको भित्रपट्टि चारैतिर खुर्किन लगाऊन्, र खुर्किएको लिउनको माटो तिनीहरूले सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालून्‌।</verse>
				<verse number="42">त्‍यसपछि तिनीहरूले अरू ढुङ्गा ल्‍याएर ती ढुङ्गाहरूका ठाउँमा लगाइदेऊन्, अनि अर्को लिउन ल्‍याएर घर पोतिदेऊन्।</verse>
				<verse number="43">“ढुङ्गाहरू निकाली घर खुर्केर पोतिसकेपछि पनि त्‍यो ढुसी त्‍यस घरमा फेरि देखा पर्‍यो भने,</verse>
				<verse number="44">पूजाहारी गएर हेरून्‌। त्‍यो ढुसी घरमा फैलिएको रहेछ भने, त्‍यो खतरनाक ढुसी हो। त्‍यो घर अशुद्ध ठहर्नेछ।</verse>
				<verse number="45">त्‍यो घर भत्‍काइओस्, त्‍यसका ढुङ्गाहरू, काठपातहरू र सबै लिउनहरू लगेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालिओस्‌।</verse>
				<verse number="46">“त्‍यस उप्रान्‍त त्‍यो घर बन्‍द रहुञ्‍जेल कोही त्‍यसभित्र पस्‍यो भने त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।</verse>
				<verse number="47">अनि त्‍यस घरमा सुत्‍ने वा खानेले पनि आफ्‍ना लुगा धुनुपर्छ।</verse>
				<verse number="48">“तर पूजाहारीले त्‍यस घरभित्र पसेर जाँच गर्दा घर पोतिएपछि ढुसी फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यस घरलाई शुद्ध ठहराऊन्, किनभने ढुसी हटेको छ।</verse>
				<verse number="49">अनि घर शुद्ध पार्नलाई तिनले दुई वटा चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याऊन्‌।</verse>
				<verse number="50">अनि तिनले माटोको भाँड़ामा भएको ताजा पानीमाथि चराहरूमध्‍ये एउटालाई मारून्‌।</verse>
				<verse number="51">त्‍यसपछि देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्‍यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्‍यस घरमा सात पल्‍ट छर्कून्‌।</verse>
				<verse number="52">तिनले चराको रगत, ताजा पानी, जिउँदो चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागोले घरलाई शुद्ध पारून्‌।</verse>
				<verse number="53">तब तिनले जिउँदो चरालाई चाहिँ सहरबाहिर खुला मैदानमा छोड़िदेऊन्। यसरी तिनले त्‍यस घरको निम्‍ति प्रायश्‍चित गर्नेछन्, अनि त्‍यो शुद्ध हुनेछ।”</verse>
				<verse number="54">छालाका सबै किसिमका सरुवा रोग, र चिलाउने व्‍यथा,</verse>
				<verse number="55">लुगाको र घरको ढुसी,</verse>
				<verse number="56">सूज र बिमिरा र उज्‍ज्‍वल दागको निम्‍ति शुद्ध वा अशुद्ध ठहराउने विधि यी नै हुन्‌।</verse>
				<verse number="57">छालाका सरुवा रोगहरू र ढुसीको निम्‍ति विधिहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: कुनै पुरुषलाई धातुको रोग भयो भने, त्‍यो धातु अशुद्ध हुन्‍छ।</verse>
				<verse number="3">त्‍यसको शरीरबाट धातु बगे अथवा थामिए पनि त्‍यसले मानिसलाई अशुद्धै पार्छ। यसरी त्‍यस धातुले मानिसमा अशुद्धि ल्‍याउँछ:</verse>
				<verse number="4">“‘धातुको रोग लागेको त्‍यो मानिस बसेको हरेक कुरो अशुद्ध हुनेछ।</verse>
				<verse number="5">जसले त्‍यसको ओछ्यान छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="6">धातुको रोग लागेको मानिस बसेको कुनै कुरामा जो बस्‍छ त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="7">“‘जसले धातुको रोग लागेको मानिसलाई छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="8">“‘त्‍यस रोगी मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="9">“‘जुन काठीमा त्‍यो रोगी मानिस चढ्‌छ, त्‍यो अशुद्ध हुनेछ।</verse>
				<verse number="10">जसले त्‍यसको मुनि कुनै कुरा छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="11">“‘त्‍यस रोगी मानिसले आफ्‍ना हात पानीमा नपखालीकन कसैलाई छोयो भने, त्‍यस व्‍यक्तिले आफ्‍ना लुगा धुनुपर्छ, र पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="12">“‘त्‍यस रोगी मानिसले कुनै माटोको भाँड़ा छोयो भने त्‍यो फोरिओस्, तर काठको हरेक भाँड़ा पानीले माझिओस्‌।</verse>
				<verse number="13">“‘त्‍यो मानिस जब आफ्‍नो रोगबाट निको हुन्‍छ, तब त्‍यसले आफ्‍नो शुद्धिको लागि सात दिन गनोस्, र आफ्‍ना लुगा धोएर आफ्‍नो जीउ ताजा पानीले नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="14">आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्‍याओस्, र पूजाहारीलाई ती देओस्‌।</verse>
				<verse number="15">तब पूजाहारीले तीमध्‍ये एउटा पापबलि र अर्को होमबलिको लागि चढ़ाऊन्‌। यसरी पूजाहारीले परमप्रभुको सामुन्‍ने त्‍यसका धातुको रोगको निम्‍ति प्रायश्‍चित गर्नेछन्‌।</verse>
				<verse number="16">“‘फेरि कुनै पुरुषको वीर्य त्‍यसबाट त्‍यसै निस्‍क्‍यो भने, त्‍यसले आफ्‍नो जम्‍मै जीउ नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="17">जुन लुगा वा छालामा त्‍यो वीर्य पर्ला त्‍यो पानीले धोइओस्, र साँझसम्‍म अशुद्ध होस्‌।</verse>
				<verse number="18">कुनै पुरुषले स्‍त्रीसँग सहवास गर्दा वीर्य पर्‍यो भने, ती दुवैले नुहाउनुपर्छ, र साँझसम्‍म ती अशुद्ध रहनेछन्‌।</verse>
				<verse number="19">“‘कुनै स्‍त्रीको रगत निस्‍कन लाग्‍यो र त्‍यो रजस्‍वला हो भने, उनका रजस्‍वलाको अशुद्धि सात दिनसम्‍म रहन्‍छ। जसले उनलाई छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="20">“‘त्‍यसको रजस्‍वलाका दिनसम्‍म जे-जे कुरामा त्‍यो सुत्‍छे, ती अशुद्ध हुनेछन्‌। अनि जे-जे कुरामा त्‍यो बस्‍छे, ती पनि अशुद्ध हुनेछन्‌।</verse>
				<verse number="21">जसले त्‍यसको ओछ्यान छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="22">जसले त्‍यो बसेको कुनै कुरा छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।</verse>
				<verse number="23">चाहे ओछ्यान होस्‌ वा त्‍यो बसेको कुनै कुरा होस्‌ कसैले छोयो भने, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="24">“‘कुनै पुरुष उनीसँग सुत्‍यो र उनको अशुद्ध कुरो त्‍यसलाई लाग्‍यो भने, त्‍यो सात दिनसम्‍म अशुद्ध रहनेछ, र त्‍यो सुतेको कुनै पनि ओछ्यान अशुद्ध हुनेछ।</verse>
				<verse number="25">“‘कुनै स्‍त्रीका रजस्‍वलाको समयमा बाहेक धेरै दिनसम्‍म रगत बग्‍यो अथवा आफ्‍नो रजस्‍वलाको समयभन्‍दा बढ़ी दिन रगत बग्‍यो भने, रगत बगुञ्‍जेल तिनी अशुद्ध रहनेछे। रजस्‍वलाका दिनहरूमा जस्‍तै तिनी अशुद्ध हुन्‍छे।</verse>
				<verse number="26">तिनको रगत बगेका सबै दिन तिनी सुतेको कुनै ओछ्यान रजस्‍वलाका बेलाको ओछ्यानजस्‍तै ठहरिओस्‌। जुन-जुन कुरामा तिनी बस्‍छे, ती पनि रजस्‍वलाकै दिनजस्‍तै अशुद्ध रहून्‌।</verse>
				<verse number="27">ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्‍ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्‍मै तिनी अशुद्ध रहनेछिन्।</verse>
				<verse number="28">“‘तिनको रजस्‍वला बन्‍द भएपछि तिनले सात दिन गनोस्, र त्‍यसपछि तिनी शुद्ध हुनेछ।</verse>
				<verse number="29">आठौँ दिनमा तिनले आफूसँग दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।</verse>
				<verse number="30">तब पूजाहारीले एउटाचाहिँ पापबलिको निम्‍ति र अर्कोचाहिँ होमबलिको निम्‍ति चढ़ाऊन्‌। यसरी पूजाहारीले तिनको बगेको रगतको अशुद्धिको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।’</verse>
				<verse number="31">“यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध पार्ने कुराबाट अलग्‍गै राख, नत्रता तिनीहरूका बीचमा रहेको मेरो वासस्‍थान तिनीहरूले दूषित पार्दा तिनीहरू आफ्‍नो अशुद्धिमा मर्लान्‌।”</verse>
				<verse number="32">जसलाई धातुको रोग छ, र जसको वीर्य पतन हुन्‍छ र त्‍यसदेखि अशुद्ध भएको छ,</verse>
				<verse number="33">अनि रजस्‍वला हुने स्‍त्री, धातुको रोग लागेको पुरुष वा स्‍त्री, अनि अशुद्ध भएकीसँग सहवास गर्ने पुरुष ती सबै विषयका विधिहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो।</verse>
				<verse number="2">परमप्रभुले मोशालाई भन्‍नुभयो, तेरो दाजु हारूनलाई सन्‍दूकमाथि भएको कृपा-आसनको सामुन्‍ने पर्दाभित्र महा-पवित्रस्‍थानमा मनपरी नआओस्‌ भन्‌। नत्रता त्‍यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु।</verse>
				<verse number="3">“हारून पवित्रस्‍थानमा यसरी बस्‍नुपर्छ: त्‍यो पापबलिको निम्‍ति एउटा साँढ़े र होमबलिको निम्‍ति एउटा भेड़ा लिएर आओस्‌।</verse>
				<verse number="4">सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्‍त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्‌। ती पवित्र लुगा हुन्‌। यसकारण त्‍यसले पानीमा नुहाएर मात्र ती लगाओस्‌।</verse>
				<verse number="5">त्‍यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्‍ति दुई वटा बोका र होमबलिको निम्‍ति एउटा भेड़ा ल्‍याओस्‌।</verse>
				<verse number="6">“त्‍यसपछि हारूनले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े चढ़ाओस्, र आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌।</verse>
				<verse number="7">तब त्‍यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्‌।</verse>
				<verse number="8">त्‍यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्‍ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्‍ति।</verse>
				<verse number="9">चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्‍याएर पापबलिको निम्‍ति त्‍यो चढ़ाओस्‌।</verse>
				<verse number="10">तर चिट्ठामा छाड़ा छोड्‌ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्‍ने ल्‍याइओस्, र त्‍यसपछि त्‍यो प्रायश्‍चित गर्नलाई छाड़ा हुन उजाड़-स्‍थानमा पठाइओस्‌।</verse>
				<verse number="11">“हारूनले आफ्‍नो पापबलिको साँढ़े ल्‍याओस्, अनि आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌। त्‍यसले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े मारोस्‌।</verse>
				<verse number="12">त्‍यसले परमप्रभुको सामुन्‍नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्‍धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्‍याओस्‌।</verse>
				<verse number="13">त्‍यसले परमप्रभुको सामुन्‍नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्‍दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्‍यो मर्नेछ।</verse>
				<verse number="14">त्‍यसपछि त्‍यसले साँढ़ेको रगतबाट केही लिएर आफ्‍नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्‍ने आफ्‍नो औँलाले त्‍यो रगत सात पल्‍ट छर्कोस्‌।</verse>
				<verse number="15">“तब त्‍यसले मानिसहरूका निम्‍ति पापबलिको बोका मारोस्, र त्‍यसको रगत पर्दाभित्र ल्‍याएर साँढ़ेको रगतजस्‍तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्‍ने छर्कोस्‌।</verse>
				<verse number="16">यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्‍मै पापको कारणले महा-पवित्रस्‍थानका निम्‍ति त्‍यसले प्रायश्‍चित गरोस्‌। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्‍ति पनि त्‍यसले त्‍यसै गरोस्‌।</verse>
				<verse number="17">जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌।</verse>
				<verse number="18">“तब त्‍यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्‌।</verse>
				<verse number="19">रगतबाट आफ्‍नो औँलाले सात पल्‍ट त्‍यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्‌।</verse>
				<verse number="20">“जब हारूनले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरिसकेको छ, तब त्‍यसले जिउँदो बोकाचाहिँ ल्‍याओस्‌।</verse>
				<verse number="21">अनि हारूनले आफ्‍ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्‌। त्‍यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्‍यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्‍थानमा पठाइदेओस्‌।</verse>
				<verse number="22">यसरी त्‍यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्‍यस मानिसले त्‍यस बोकालाई उजाड़-स्‍थानमा छोड़िदेओस्‌।</verse>
				<verse number="23">“त्‍यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्‍थानमा जाँदा त्‍यसले लाएका सूती लुगाहरू फुकालेर त्‍यहीँ छोड़ोस्‌।</verse>
				<verse number="24">त्‍यसले आफ्‍नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्‍ना निज लुगाहरू लाएर आओस्‌। अनि आफ्‍नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्‍चित गरोस्‌।</verse>
				<verse number="25">पापबलिको बोसो पनि त्‍यसले वेदीमा जलाओस्‌।</verse>
				<verse number="26">“छाड़ा हुने बोकालाई छोड्‌न जानेले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌।</verse>
				<verse number="27">रगतद्वारा प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा ल्‍याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू।</verse>
				<verse number="28">ती जलाउनेले आफ्‍नो लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌।</verse>
				<verse number="29">“तिमीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू चाहे घरमा जन्‍मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू,</verse>
				<verse number="30">किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ। तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ।</verse>
				<verse number="31">यो तिमीहरूका निम्‍ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। यो सदाको लागि एउटा आदेश हो।</verse>
				<verse number="32">अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्‍यसैले प्रायश्‍चित गरोस्, र त्‍यसले पवित्र सूती लुगाहरू लगाओस्‌।</verse>
				<verse number="33">त्‍यसले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि त्‍यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्‍ति पनि प्रायश्‍चित गरोस्‌।</verse>
				<verse number="34">“यो तिनीहरूका निम्‍ति अनन्‍तको विधि होस्‌: वर्षको एक पल्‍ट इस्राएलीहरूका सारा पापका निम्‍ति प्रायश्‍चित गरिओस्‌।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्‍यसरी नै गरियो।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“हारून, त्‍यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्‌: ‘परमप्रभुले आज्ञा गर्नुभएको यही हो:</verse>
				<verse number="3">इस्राएलीहरूमा जसले छाउनीभित्र वा बाहिर साँढ़े, भेड़ाका पाठा कि बाख्रा जे मार्ला,</verse>
				<verse number="4">र भेट हुने पालको ढोकामा परमप्रभुका पवित्र वासस्‍थानको सामुन्‍ने बलि चढ़ाउनलाई ल्‍याउँदैन, त्‍यस मानिसलाई रगतको दोष लागोस्‌। त्‍यसले रगत बगाएको छ। त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌।</verse>
				<verse number="5">यो आज्ञा यस हेतुले दिइएको हो, कि इस्राएलीहरूले आफ्‍ना बलि बाहिर मैदान हुँदो नचढ़ाऊन्‌। तिनीहरूले पूजाहारीकहाँ भेट हुने पालमै ल्‍याएर ती परमप्रभुकहाँ मेलबलिको रूपमा चढ़ाउनुपर्छ।</verse>
				<verse number="6">पूजाहारीले त्‍यो रगतचाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कून्, र बोसोचाहिँ परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई जलाऊन्‌।</verse>
				<verse number="7">तिनीहरूले अब बाख्रारूपी मूर्तिहरूलाई पुजेर आफ्‍ना बलिदानले आफैलाई वेश्‍या नबनाऊन्‌। तिनीहरू र तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।’</verse>
				<verse number="8">“तैंले तिनीहरूलाई भन्‌: ‘इस्राएलीहरू अथवा तिनीहरूसँग वास गर्ने परदेशीहरूले होमबलि वा बलिदान चढ़ाउँदा</verse>
				<verse number="9">जसले त्‍यो परमप्रभुको निम्‍ति चढ़ाउन भेट हुने पालको ढोकामा ल्‍याउँदैन, त्‍यो मानिस आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।</verse>
				<verse number="10">“‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्‍यो रगत खानेको म विरोध गर्नेछु, र त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु,</verse>
				<verse number="11">किनकि जीवधारीको प्राण त्‍यसको रगतमा हुन्‍छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्‍ति प्रायश्‍चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्‍ति प्रायश्‍चित गरिन्‍छ।</verse>
				<verse number="12">यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।</verse>
				<verse number="13">“‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्‍ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्‍छ, त्‍यसले त्‍यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्‌।</verse>
				<verse number="14">किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्‍छ। यसैकारण मैले इस्राएलीहरूलाई भनेको छु: “कुनै जीवधारीको रगत तिमीहरूले नखानू, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्‍छ। त्‍यो खाने जोसुकै पनि बहिष्‍कार गरिनेछ।”</verse>
				<verse number="15">“‘स्‍वदेशी होस्‌ वा परदेशी होस्‌ जसले आफै मरेको वा जङ्गली जनावरले फहराएको पशुको मासु खान्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ र आफै पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ। त्‍यसपछि त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="16">तर त्‍यसले लुगा धोएन र आफै पनि नुहाएन भने त्‍यसको लागि त्‍यो आफै उत्तरदायी हुनेछ’।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="3">तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्‍नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्‍यहाँका रीतिथिति र विधिहरू पनि नमान्‍नू।</verse>
				<verse number="4">तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्‍यसअनुसार चल्‍नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="5">तिमीहरूले मेरा यी विधिविधानहरू पालन गर्नू, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ।</verse>
				<verse number="6">“‘तिमीहरूमध्‍ये कसैले पनि आफ्‍नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्‌। म परमप्रभु हुँ।</verse>
				<verse number="7">“‘तेरी आमासित सहवास गरेर आफ्‍ना बुबालाई शर्ममा नपार्‌। त्‍यो तेरी आमा हो। त्‍यससित तैंले सहवास नगर्‌।</verse>
				<verse number="8">“‘तैंले आफ्‍ना बुबाकी पत्‍नीसित सहवास नगर्‌। त्‍यसो गर्नाले तैंले आफ्‍ना बुबाको अपमान गर्छस्‌।</verse>
				<verse number="9">“‘तैंले आफ्‍नी साक्‍खै दिदी-बहिनी अथवा आफ्‍ना आमा वा बुबापट्टिकी झट्‌केली छोरीसित सहवास नगर्‌— त्‍यो आफ्‍नै घरमा होस्‌ कि बाहिर जन्‍मेर बढ़ेकी होस्‌।</verse>
				<verse number="10">“‘आफ्‍नो छोरापट्टिकी होस्‌ कि छोरीपट्टिकी होस्, तैंले आफ्‍नी नातिनीसित सहवास नगर्‌। त्‍यसबाट तैंले आफ्‍नै अपमान गर्नेछस्‌।</verse>
				<verse number="11">“‘तैंले आफ्‍नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्‌। त्‍यो तेरी बहिनी हो।</verse>
				<verse number="12">“‘तैंले आफ्‍नी फुपूसित सहवास नगर्‌। त्‍यो तेरा बुबाकी नजिककी नातेदार हो।</verse>
				<verse number="13">“‘तैंले आफ्‍नी आमाकी दिदीबहिनीसित सहवास नगर्‌। त्‍यो तेरी आमाकी नजिककी नातेदार हो।</verse>
				<verse number="14">“‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्‍ना बुबाका दाजुभाइको अपमान नगर्‌। त्‍यो तेरी बड़ी-आमा अथवा काकी हो।</verse>
				<verse number="15">“‘तैंले आफ्‍नी बुहारीसित सहवास नगर्‌। त्‍यो तेरो छोराकी पत्‍नी हो। तैंले त्‍यससित सहवास नगर्‌।</verse>
				<verse number="16">“‘तैंले आफ्‍नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्‍नो दाजुभाइको अपमान नगर्‌।</verse>
				<verse number="17">“‘कुनै स्‍त्री र त्‍यसकी छोरी दुवैसित तैंले सहवास नगर्‌। अनि त्‍यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्‌। तिनीहरू नजिकका नातेदार हुन्‌। त्‍यसो गर्नु दुष्‍टता हो।</verse>
				<verse number="18">“‘तैंले आफ्‍नी पत्‍नीकै जीवनकालमा त्‍यसकी दिदी वा बहिनीलाई सौता ल्‍याएर सहवास नगर्‌।</verse>
				<verse number="19">“‘कुनै स्‍त्रीका रजस्‍वलाको समयमा त्‍यससित सहवास नगर्‌।</verse>
				<verse number="20">“‘तैंले परस्‍त्रीसित सहवास नगर्‌। त्‍यसरी तैंले आफूलाई अशुद्ध नपार्‌।</verse>
				<verse number="21">“‘आफ्‍ना छोराछोरी मोलोखको निम्‍ति आगोमा चढ़ाएर आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र नपार्‌। म नै परमप्रभु हुँ।</verse>
				<verse number="22">“‘स्‍त्रीहरूसँगझैँ पुरुषसँग सम्‍भोग नगर्‌। त्‍यो घृणित कार्य हो।</verse>
				<verse number="23">“‘कुनै पशु-प्राणीसित सम्‍भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्‌। स्‍त्री पनि सम्‍भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्‌। त्‍यो अस्‍वाभाविक दुराचरण हो।</verse>
				<verse number="24">“‘यस्‍ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्‍नेबाट जुन जातिहरूलाई निकाल्‍दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन्‌।</verse>
				<verse number="25">त्‍यसरी नै त्‍यो देश अशुद्ध भएको हो। अनि मैले त्‍यसमाथि त्‍यसका अधर्मको दण्‍ड उठाएँ, र देशले आफ्‍ना बासिन्‍दाहरूलाई उकेलेर फ्‍याँकिदियो।</verse>
				<verse number="26">तर चाहे स्‍वदेशी होस्, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्‍ता घिनलाग्‍दा कामहरू नगर्नू।</verse>
				<verse number="27">किनभने यस्‍तै सबै घिनलाग्‍दा कामहरू त्‍यस देशका पूर्वबासिन्‍दाहरूले गरे, र त्‍यो देश अशुद्ध भयो।</verse>
				<verse number="28">मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्‍यस देशलाई अशुद्ध पार्‍यो भने त्‍यसका पूर्वबासिन्‍दालाई झैँ तिमीहरूलाई पनि त्‍यसले उकेलेर फ्‍याँकिदिनेछ।</verse>
				<verse number="29">“‘कसैले यीमध्‍ये कुनै घृणित काम गर्‍यो भने त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।</verse>
				<verse number="30">यसकारण अघि-अघिकाहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नू र आफैलाई अशुद्ध नगर्नू भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“सबै इस्राएली समुदायलाई भन्‌: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर, पवित्र छु।</verse>
				<verse number="3">“‘तिमीहरू हरेकले आफ्‍ना आमा-बुबाको सम्‍मान गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="4">“‘मूर्तिहरू पुज्‍नतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौटे देवताहरू पनि नबनाओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="5">“‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्‍य हुने गरी चढ़ाओ।</verse>
				<verse number="6">तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्‍टसम्‍म त्‍यो खाइओस्‌। तर पर्सिपल्‍ट केही उब्‍र्यो भने त्‍यो आगोमा जलाइओस्‌।</verse>
				<verse number="7">पर्सिपल्‍टसम्‍म त त्‍यो खाइएको भए त्‍यो अशुद्ध हुन्‍छ। त्‍यो ग्रहणयोग्‍य हुनेछैन।</verse>
				<verse number="8">त्‍यो खाने हरेक आफ्‍नो अधर्मको लागि आफै जिम्‍मेवार हुनेछ, किनभने त्‍यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्‍यो। अनि त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।</verse>
				<verse number="9">“‘जब तिमीहरू आफ्‍नो बाली काट्‌छौ, तब तिमीहरूले खेतको छेउसम्‍मै नकाट्‌नू। कटनीको शिला-बाला नबटुल्‍नू।</verse>
				<verse number="10">तिमीहरूले आफ्‍नो दाखबारीका फल निखारीकन नटिप्‍नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्‍नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्‍ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="11">“‘तिमीहरूले चोरी नगर्नू। “‘छल नगर्नू।” “‘एक-अर्कासित झूट नबोल्‍नू।</verse>
				<verse number="12">“‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्‍यसो गर्नाले तिमीहरूले आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ।</verse>
				<verse number="13">“‘तिमीहरूले आफ्‍नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्‍यसलाई नलुट्‌नू। “‘ज्‍यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्‌।</verse>
				<verse number="14">“‘बहिरालाई नसराप। अन्‍धाको अगाड़ि ठोकर लाग्‍ने कुरो नराख, तर आफ्‍ना परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।</verse>
				<verse number="15">“‘तिमीहरूले अन्‍याय नगर। ठूलो होस्‌ वा सानो होस्, मान्‍छे हेरेर होइन, तर सबै मान्‍छेको उचित न्‍याय गर।</verse>
				<verse number="16">“‘मानिसहरूका बीचमा निन्‍दा नफैलाओ। “‘तिमीहरूले आफ्‍नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।</verse>
				<verse number="17">“‘आफ्‍नो भाइबन्‍धुसित दुश्‍मनी नराख। आफ्‍नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्‍काओ, नत्रता तँ पनि त्‍यसको अपराधमा साझेदारी होलास्‌।</verse>
				<verse number="18">“‘आफ्‍ना आफन्‍तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।</verse>
				<verse number="19">“‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्‍न-भिन्‍न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्‍नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।</verse>
				<verse number="20">“‘मगनी भएकी तर छुटकारा नपाएकी तथा स्‍वतन्‍त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने, त्‍यसबारे जाँचपड़ताल गरिओस्‌। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन, किनभने त्‍यो फुक्‍का थिइन।</verse>
				<verse number="21">तर त्‍यस पुरुषले भेट हुने पालको ढोकामा आफ्‍नो दोषबलिको निम्‍ति एउटा भेड़ा परमप्रभुलाई चढ़ाउन ल्‍याओस्‌।</verse>
				<verse number="22">अनि त्‍यस पापको निम्‍ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्‍चित गरून्, र त्‍यसको पाप त्‍यसलाई क्षमा गरिनेछ।</verse>
				<verse number="23">“‘तिमीहरूले त्‍यस देशमा पुगेर कुनै प्रकारको खानु हुने फलको बिरुवा लगाएपछि तीन वर्षसम्‍म त्‍यसको फल खानु निषेध छ।</verse>
				<verse number="24">चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्‌।</verse>
				<verse number="25">तर पाँचौँ वर्षमा त्‍यसको फल तिमीहरूले खानु हुन्‍छ, र त्‍यसको उत्‍पादन बढ़ेर जानेछ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="26">“‘तिमीहरूले कुनै पशु-पक्षी त्‍यसको रगतैसमेत नखानू। “‘तिमीहरूले शकून-अपशकून नमान्‍नू र टुनामुना नगर्नू।</verse>
				<verse number="27">“‘तिमीहरूले आफ्‍नो कन्‍चटको कपाल नकाट्‌नू, अनि आफ्‍नो दाह्रीका कुना-कुना नछाँट्‌नू।</verse>
				<verse number="28">“‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।</verse>
				<verse number="29">“‘तिमीहरूका छोरीहरूलाई वेश्‍या तुल्‍याएर अशुद्ध नपार्नू, नत्रता देश वेश्‍यागमनतिर लाग्‍ला, र देश दुष्‍टताले भरिएला।</verse>
				<verse number="30">“‘तिमीहरूले मेरो शबाथ पालन गर्नू र मेरो पवित्रस्‍थानको आदर गर्नू। म परमप्रभु हुँ।</verse>
				<verse number="31">“‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="32">“‘बुढापाकाका सम्‍मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।</verse>
				<verse number="33">“‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्‍यवहार नगर्नू।</verse>
				<verse number="34">तिमीहरूले त्‍यसलाई आफ्‍नै देशमा जन्‍मेको जस्‍तै ठान्‍नू। तिमीहरूले त्‍यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="35">“‘तिमीहरूले नाप्‍दा, जोख्‍दा र भर्दा छल नगर्नू।</verse>
				<verse number="36">तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्‍नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="37">“‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर। म परमप्रभु हुँ’।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘इस्राएलीहरू अथवा तिनीहरूसित वास गर्ने परदेशीहरू जसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँछ त्‍यो मारिनैपर्छ। समुदायका मानिसहरूले त्‍यसलाई ढुङ्गाले हानून्‌।</verse>
				<verse number="3">त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्‍थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु।</verse>
				<verse number="4">त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्‍यस मानिसलाई नमारेर नदेखेका जस्‍तो गरे भने,</verse>
				<verse number="5">म त्‍यस मानिस र त्‍यसको परिवारको विरोध गर्नेछु, र त्‍यसलाई र त्‍यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्‍यासमान बनाउने सबैलाई आफ्‍ना मानिसहरूबाट म बहिष्‍कार गरिदिनेछु।</verse>
				<verse number="6">“‘जुन मानिस झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर लागेर मलाई विश्‍वासघात गर्छ, त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गर्नेछु।</verse>
				<verse number="7">“‘आफैलाई ममा अर्पण गरेर पवित्र होओ। किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="8">तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।</verse>
				<verse number="9">“‘जसले आफ्‍ना आमा-बुबालाई सराप्‍छ त्‍यो मारिनैपर्छ। आफ्‍ना आमा-बुबालाई सरापेको कारण त्‍यसको अपराध त्‍यसकै शिरमाथि परोस्‌।</verse>
				<verse number="10">“‘यदि कसैले अर्काकी पत्‍नीसित व्‍यभिचार गर्‍यो भने व्‍यभिचारी र व्‍यभिचारिणी दुवै मारिनैपर्छ।</verse>
				<verse number="11">“‘आफ्‍ना बुबाकी पत्‍नीसित सहवास गर्नेले आफ्‍ना बुबाको अनादर गरेको हो। ती दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।</verse>
				<verse number="12">“‘कुनै मान्‍छेले आफ्‍नी बुहारीसित सहवास गर्‍यो भने ती दुवै मारिनैपर्छ। त्‍यो दुराचरण हो। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।</verse>
				<verse number="13">“‘कुनै मान्‍छेले स्‍त्रीसँग सम्‍भोग गरेझैँ पुरुषसित गर्‍यो भने त्‍यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।</verse>
				<verse number="14">“‘कुनै मान्‍छेले आमा र छोरी दुवैलाई राख्‍यो भने त्‍यो दुष्‍कर्म हो। त्‍यो ती दुवैसँग जलाइनुपर्छ, र तिमीहरूका बीचमा यस्‍तो दुष्‍कर्म नहोस्‌।</verse>
				<verse number="15">“‘कसैले पशुसित सम्‍भोग गर्‍यो भने त्‍यो मानिस मारिनैपर्छ, र त्‍यस पशुलाई पनि मारिदिनू।</verse>
				<verse number="16">“‘यदि कुनै स्‍त्री पशु-सम्‍भोगमा फेला परी भने त्‍यो स्‍त्री र पशु दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।</verse>
				<verse number="17">“‘कसैले आफ्‍नी बहिनी, अर्थात्‌ आफ्‍ना बुबा वा आमापट्टिकी छोरी विवाह गरेर तिनीहरूले यौन सम्‍बन्‍ध राखे भने त्‍यो लाजमर्दो कुरा हो। ती दुवै आफ्‍ना मानिसहरूका बीचबाट बहिष्‍कार गरिऊन्‌। त्‍यसले आफ्‍नै बहिनीको अनादर गरेको छ। त्‍यो आफ्‍नो अपराधको निम्‍ति उत्तरदायी हुनेछ।</verse>
				<verse number="18">“‘रजस्‍वलाको समयमा कुनै मानिसले स्‍त्रीसित सहवास गर्‍यो भने ती दुवै आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिऊन्, किनभने त्‍यस पुरुषले स्‍त्रीका रगतको मूल देखायो र स्‍त्रीले चाहिँ आफ्‍नो रगतको मूल देखाई।</verse>
				<verse number="19">“‘तैंले आफ्‍ना बुबा वा आमाकी दिदी-बहिनीसित सहवास नगर्‌। कारण यसबाट नजिकका साइनोको अनादर हुन्‍छ। तिनीहरू आफ्‍नो अपराधको निम्‍ति उत्तरदायी हुनेछन्‌।</verse>
				<verse number="20">“‘कसैले आफ्‍ना काका वा ठूलो-बुबाकी पत्‍नीसित सहवास गर्‍यो भने त्‍यसले आफ्‍ना काका वा ठूलो-बुबाको अनादर गरेको हो। तिनीहरू आफ्‍नो पापको निम्‍ति उत्तरदायी हुनेछन्‌। तिनीहरू निस्‍सन्‍तानै मर्नेछन्‌।</verse>
				<verse number="21">“‘कसैले पनि आफ्‍नी भाइ-बुहारी वा भाउज्‍यूलाई विवाह गर्नु अशुद्धता हो। त्‍यसले आफ्‍ना दाजुभाइको अनादर गरेको हो। तिनीहरू निस्‍सन्‍तानै हुनेछन्‌।</verse>
				<verse number="22">“‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर्नू। नत्रता जुन देशमा म तिमीहरूलाई लैजानेछु त्‍यसले तिमीहरूलाई उकेलेर फ्‍याँकिदिनेछ।</verse>
				<verse number="23">तिमीहरूका सामुन्‍ने मैले निकाल्‍न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्‌नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्‍यसैकारण मैले तिनीहरूलाई घृणा गरें।</verse>
				<verse number="24">तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ, अनि दूध र मह बग्‍ने एक देश म तिमीहरूलाई दिनेछु।” तिमीहरूलाई अरू जातिहरूबाट अलग गर्ने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="25">“‘यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु-पक्षीहरूको भेद राख्‍नू। मैले अशुद्ध ठहराएका पशु-पक्षी वा भूइँमा घस्रने प्राणीबाट तिमीहरूले आफैलाई अशुद्ध नबनाओ।</verse>
				<verse number="26">तिमीहरू मेरो निम्‍ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ।</verse>
				<verse number="27">“‘तिमीहरूमध्‍ये कुनै पुरुष वा स्‍त्रीले झाँक्री, बोक्‍सी वा जादू-मन्‍त्रको काम गर्‍यो भने त्‍यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्‌’।”</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनका छोराहरू, पूजाहारीहरूलाई यसो भन्‌: ‘तिमीहरूका आफन्‍त कोही मर्दा तिमीहरू कसैले मुर्दा छोएर आफूलाई अशुद्ध नपार्नू,</verse>
				<verse number="2">केवल आफ्‍नो साक्‍खै पर्नेहरू, अर्थात्‌ आफ्‍नी आमा, बुबा, छोराछोरी, दाजुभाइ,</verse>
				<verse number="3">अथवा आफ्‍नी साक्‍खै कन्‍या दिदी-बहिनीको निम्‍ति मात्र त्‍यसले आफूलाई अशुद्ध तुल्‍याओस्‌।</verse>
				<verse number="4">विवाहद्वारा नाता जोड़िएका कसैको निम्‍ति पनि त्‍यसले आफैलाई अशुद्ध गरेर अपवित्र नपार्नू।</verse>
				<verse number="5">“‘पूजाहारीहरूले शोकमा आफ्‍नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून्‌ र आफ्‍नो शरीरमा कुनै चोट नपारून्‌।</verse>
				<verse number="6">आफ्‍ना परमेश्‍वरको निम्‍ति तिनीहरू पवित्र रहून्, अनि आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र नगरून्, किनकि तिनीहरूले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलि, अर्थात्‌ परमेश्‍वरको भोजन चढ़ाउने गर्दछन्‌। यसकारण तिनीहरू पवित्रै रहून्‌।</verse>
				<verse number="7">“‘तिनीहरूले कुनै वेश्‍या वा बिग्रेकी स्‍त्री अथवा पतिले त्‍यागेकी स्‍त्रीलाई नल्‍याऊन्, किनभने पूजाहारीहरू आफ्‍ना परमेश्‍वरको निम्‍ति पवित्र छन्‌।</verse>
				<verse number="8">तिमीहरूले पूजाहारीहरूलाई पवित्र मान, किनकि तिनीहरूले आफ्‍ना परमेश्‍वरको भोजन चढ़ाउने गर्दछन्‌। तिनीहरू तिमीहरूका निम्‍ति पवित्र होऊन्, किनकि तिमीहरूलाई पवित्र बनाउने म, परमप्रभु, पवित्र छु।</verse>
				<verse number="9">“‘कुनै पूजाहारीकी छोरीले वेश्‍या काम गरेर आफूलाई अशुद्ध गरी भने, त्‍यसले आफ्‍ना बुबाको अपमान गर्छे। त्‍यो आगोमा जलाइओस्‌।</verse>
				<verse number="10">“‘जो आफ्‍ना दाजुभाइमा प्रधान पूजाहारी भएको छ, र जसको शिरमा अभिषेकको तेल खन्‍याइसकेको छ, अनि जो पूजाहारी पदको वस्‍त्र लगाउनलाई अलग गरिएको छ, त्‍यसले आफ्‍नो शिरको कपाल शोकमा नफुकाओस्, अनि आफ्‍नो लुगा नच्‍यातोस्‌।</verse>
				<verse number="11">कुनै लाश भएको ठाउँ गएर त्‍यसले आफैलाई अशुद्ध नपारोस्‌— चाहे त्‍यो आफ्‍नै बुबा वा आमाको लाश होस्‌।</verse>
				<verse number="12">त्‍यो पवित्रस्‍थानबाट बाहिर ननिस्‍किओस्, र त्‍यसले आफ्‍ना परमेश्‍वरको पवित्रस्‍थान अपवित्र नपारोस्, किनभने परमेश्‍वरका अभिषेकको तेलले त्‍यसलाई चोख्‍याएको छ। म परमप्रभु हुँ।</verse>
				<verse number="13">“‘त्‍यसले कन्‍ये-केटीलाई विवाह गरोस्‌।</verse>
				<verse number="14">त्‍यसले विधवा, विवाहविच्‍छेद भएकी स्‍त्री, बिग्रेकी स्‍त्री वा वेश्‍यालाई नल्‍याओस्, तर आफ्‍नो कुलकै कन्‍ये-केटीलाई त्‍यसले विवाह गरोस्,</verse>
				<verse number="15">र त्‍यसले आफ्‍ना मानिसहरूका बीचमा आफ्‍नो वंशलाई अशुद्ध नतुल्‍याओस्‌। त्‍यसलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”</verse>
				<verse number="16">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="17">“हारूनलाई भन्‌: ‘तेरो कुलका सबै पुस्‍तामा खोट हुने जोसुकै होस्, आफ्‍ना परमेश्‍वरको भोजन चढ़ाउनलाई त्‍यो नजिक नआओस्‌।</verse>
				<verse number="18">खोट भएको जुनसुकै मानिस होस्, अन्‍धा वा लङ्गड़ा, रूप वा अङ्ग बिग्रेको,</verse>
				<verse number="19">खुट्टा कि हात बाङ्गिएको,</verse>
				<verse number="20">कुप्रे, बाउन्‍ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्‍डमा चोट लागेको कोही पनि नजिक नआओस्‌।</verse>
				<verse number="21">हारून पूजाहारीका वंशमध्‍येको खोट भएको कोही पनि परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनलाई नजिक नआओस्‌। त्‍यसमा खोट छ। त्‍यो आफ्‍ना परमेश्‍वरको भोजन चढ़ाउनलाई नजिक आउनुहुँदैन।</verse>
				<verse number="22">आफ्‍ना परमेश्‍वरको पवित्र र महापवित्र भोजन त्‍यसले खान सक्‍छ।</verse>
				<verse number="23">तर त्‍यसमा खोट भएकोले त्‍यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्‍थान अपवित्र नपारोस्‌। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”</verse>
				<verse number="24">तब मोशाले हारून, उनका छोराहरू र सारा इस्राएलीहरूलाई यी कुरा सुनाए।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“हारून र त्‍यसका छोराहरूलाई भन्‌: ‘इस्राएलीहरूले मेरो निम्‍ति चढ़ाएका पवित्र थोकहरूका बारेमा तिमीहरू होशियार रहो, र मेरो नाउँ अपवित्र नगर्नू। म परमप्रभु हुँ’।</verse>
				<verse number="3">“तिनीहरूलाई भन्‌: ‘तिमीहरूको कुनै पुस्‍तामा पनि यदि कोही अशुद्ध मान्‍छे इस्राएलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गयो भने, त्‍यस मान्‍छे मेरो सामुन्‍नेबाट बहिष्‍कृत हुनेछ। म परमप्रभु हुँ।</verse>
				<verse number="4">“‘हारूनका सन्‍तानमध्‍ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्‍यो शुद्ध नहोउञ्‍जेल पवित्र थोकहरूबाट त्‍यसले केही नखाओस्‌। लाश छुने, धातु रोगीलाई छुने,</verse>
				<verse number="5">घस्रने जीवजन्‍तुलाई छुने र कुनै पनि अशुद्धता भएको मान्‍छेलाई छुने</verse>
				<verse number="6">मानिस साँझसम्‍म अशुद्ध रहोस्‌। त्‍यसले आफ्‍नो शरीर नधोउञ्‍जेल पवित्र थोकहरूबाट नखाओस्‌।</verse>
				<verse number="7">सूर्य अस्‍ताएपछि मात्र त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यसले पवित्र थोकहरूबाट खान सक्‍छ, किनभने त्‍यो त्‍यसको भोजन हो।</verse>
				<verse number="8">आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्‍तु खाएर त्‍यसले आफूलाई अशुद्ध नपारोस्‌। म परमप्रभु हुँ।</verse>
				<verse number="9">“‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।</verse>
				<verse number="10">“‘पूजाहारीको परिवारबाहेक जुनसुकै मान्‍छेले पवित्र थोक नखाओस्, न त पूजाहारीको पाहुना वा ज्‍यालादारी नोकरले पवित्र थोक खाओस्‌।</verse>
				<verse number="11">तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्‍मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्‍छ।</verse>
				<verse number="12">पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्‍यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्‌।</verse>
				<verse number="13">तर कुनै पूजाहारीकी छोरी विधवा वा त्‍यागिएकी छे र त्‍यसका छोराछोरी नभई आफ्‍ना बुबाको घरमा बसेकी छे भने, त्‍यसको बाल्‍यावस्‍थामा झैँ त्‍यसले बुबाको भोजनबाट खाओस्‌। तर अरू कुलको जोसुकैले त्‍यसबाट नखाओस्‌।</verse>
				<verse number="14">“‘कुनै मानिसले थाहा नपाई पवित्र थोकबाट केही खायो भने, त्‍यसको पाँचौँ भाग थपेर त्‍यस पवित्र थोकको भर्ना पूजाहारीलाई देओस्‌।</verse>
				<verse number="15">इस्राएलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पूजाहारीले अपवित्र नपारून्‌।</verse>
				<verse number="16">पूजाहारीले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्रता तिनीहरूले आफ्‍नो अधर्मको दोष र दण्‍ड भोग्‍नेछन्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”</verse>
				<verse number="17">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="18">“हारून, त्‍यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्‌: ‘इस्राएली अथवा इस्राएलमा वास गर्ने परदेशीले भाकल वा राजीखुशीको होमबलि परमप्रभुलाई चढ़ाउँदा,</verse>
				<verse number="19">त्‍यो ग्रहणयोग्‍य हुनलाई साँढ़े, भेड़ा वा बोकाहरूबाट निष्‍खोट नरचाहिँ चढ़ाओस्‌।</verse>
				<verse number="20">खोट भएको जे छ त्‍यो तिमीहरूले नचढ़ाउनू, किनकि त्‍यो ग्रहणयोग्‍य हुनेछैन।</verse>
				<verse number="21">मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्‍नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्‍य हुनलाई त्‍यो सिद्ध र निष्‍खोट हुनुपर्छ।</verse>
				<verse number="22">अन्‍धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, यस्‍तालाई तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होमको रूपमा वेदीमा नचढ़ाउनू।</verse>
				<verse number="23">तर अङ्गभङ्ग भएको साँढ़े वा भेड़ाचाहिँ तिमीहरूले राजीखुशीको बलिमा चढ़ाए हुन्‍छ। तर भाकलको बलिमा चाहिँ त्‍यो ग्रहण हुनेछैन।</verse>
				<verse number="24">जुन पशुका अण्‍ड कुच्‍च्‍याइएका वा चूर पारिएका, फोरिएका वा चिरिएका हुन्‍छन्, त्‍यो परमप्रभुको निम्‍ति नचढ़ाउनू। तिमीहरूको देशभरि नै त्‍यसो गर्नु निषेध छ।</verse>
				<verse number="25">कुनै परदेशीबाट लिएर पनि यस्‍तो कुनै पशु परमेश्‍वरको भोजन स्‍वरूप नचढ़ाउनू। तिनीहरूमा भएका अङ्गभङ्ग र खोटले गर्दा, ती तिमीहरूका निम्‍ति ग्रहणयोग्‍य हुनेछैन’।”</verse>
				<verse number="26">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="27">“बाछा वा भेड़ाबाख्राका पाठा बियाएको सात दिनसम्‍म त्‍यसकै माउसँग बसोस्‌। आठौँ दिनदेखि त्‍यसलाई आगोद्वारा बलि गरे त्‍यो परमप्रभुमा ग्रहणयोग्‍य हुनेछ।</verse>
				<verse number="28">गाई अथवा भेड़ीलाई त्‍यसको पाठासमेत एकै दिनमा नमार्नू।</verse>
				<verse number="29">“तिमीहरूले परमप्रभुको निम्‍ति धन्‍यवाद बलि चढ़ाउँदा त्‍यो ग्रहणयोग्‍य हुने गरी चढ़ाओ।</verse>
				<verse number="30">त्‍यही दिन त्‍यो खाइओस्‌। त्‍यसमा उब्रेको केही पनि बिहानसम्‍म नछोड़िओस्‌। म परमप्रभु हुँ।</verse>
				<verse number="31">“तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू। म परमप्रभु हुँ।</verse>
				<verse number="32">मेरो पवित्र नाउँ तिमीहरूले अपवित्र नगर्नू। इस्राएलीहरूले म पवित्र छु भनी स्‍वीकार गरून्‌। तिमीहरूलाई पवित्र गराउने,</verse>
				<verse number="33">र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने परमप्रभु मै हुँ। म परमप्रभु हुँ।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌।</verse>
				<verse number="3">“‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्‍यो परमप्रभुको शबाथ हो।</verse>
				<verse number="4">“‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात्‌ पवित्र सभाहरू यी नै हुन्‌:</verse>
				<verse number="5">पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्‍तार सुरु हुन्‍छ।</verse>
				<verse number="6">त्‍यसै महिनाको पन्‍ध्रौँ दिनमा परमप्रभुको निम्‍ति अखमिरी रोटीको चाड़ सुरु हुन्‍छ। सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू।</verse>
				<verse number="7">पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू।</verse>
				<verse number="8">सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। अनि सातौँ दिनमा पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू’।”</verse>
				<verse number="9">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="10">“इस्राएलीहरूलाई भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्‍यहाँको बाली काटौला, तब तिमीहरूले आफ्‍नो बालीको पहिलो उब्‍जनीको एक बिटा पूजाहारीकहाँ ल्‍याउनू।</verse>
				<verse number="11">त्‍यो ग्रहण हुनलाई तिनले त्‍यो बिटा परमप्रभुको सामुन्‍ने डोलाऊन्‌। शबाथको भोलिपल्‍ट पूजाहारीले त्‍यो डोलाऊन्‌।</verse>
				<verse number="12">त्‍यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्‍ति होमबलिको लागि एउटा एक वर्षे निष्‍खोट थुमा तिमीहरूले चढ़ाउनू।</verse>
				<verse number="13">त्‍यससँगको अन्‍नबलिचाहिँ परमप्रभुको निम्‍ति एक मीठो बास्‍ना, आगोद्वारा चढ़ाइने बलि स्‍वरूप तेलमा मुछेको एक पाथी मसिनो पीठो होस्‌। अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस्‌।</verse>
				<verse number="14">तिमीहरू यो बलि आफ्‍ना परमेश्‍वरको निम्‍ति जुन दिनसम्‍म ल्‍याउँदैनौ त्‍यस दिनसम्‍म रोटी, भुटेको अन्‍न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।</verse>
				<verse number="15">“‘शबाथको भोलिपल्‍टदेखि, अर्थात्‌ तिमीहरूले डोलाइने बलिको बिटा ल्‍याएको दिनदेखि सात हप्‍ता तिमीहरूले गन्‍नू,</verse>
				<verse number="16">अर्थात्‌ सातौँ शबाथको भोलिपल्‍टसम्‍म पचास दिन गन्‍नू। त्‍यही दिन तिमीहरूले परमप्रभुको निम्‍ति नयाँ अन्‍नको बलि चढ़ाउनू।</verse>
				<verse number="17">तिमीहरूले आफ्‍नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्‍ति अगौटे फलको बलि स्‍वरूप ल्‍याउनू।</verse>
				<verse number="18">ती रोटीसित एक वर्षे सात वटा निष्‍खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्‍नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने मीठो बास्‍नाको होमबलि होस्‌।</verse>
				<verse number="19">त्‍यसपछि तिमीहरूले पापबलिको निम्‍ति एउटा बोका र मेलबलिको निम्‍ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू।</verse>
				<verse number="20">पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्‍ति दुई वटा थुमा डोलाऊन्‌। पूजाहारीको हिस्‍सा हुनलाई त्‍यो परमप्रभुको निम्‍ति पवित्र बलि होस्‌।</verse>
				<verse number="21">त्‍यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।</verse>
				<verse number="22">“‘तिमीहरूले आफ्‍नो देशमा खेतको बाली काट्‌दा खेतका छेउ-छेउसम्‍म निखारेर नकाट्‌नू। तिमीहरूले आफ्‍नो बालीको शिला-बाला नबटुल्‍नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्‍ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”</verse>
				<verse number="23">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="24">“इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्‍ति विशेष विश्रामको दिन होस्‌। त्‍यस दिन सम्‍झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्‌।</verse>
				<verse number="25">तिमीहरूले त्‍यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू’।”</verse>
				<verse number="26">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="27">“सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्‍चितको दिन होस्‌। त्‍यस दिन तिमीहरूले पवित्र सभा राख्‍नू। तिमीहरूले आफैलाई इन्‍कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू।</verse>
				<verse number="28">त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्‍ने तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिने यो प्रायश्‍चितको दिन हो।</verse>
				<verse number="29">त्‍यस दिन जसले आफूलाई इन्‍कार गर्दैन, त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।</verse>
				<verse number="30">त्‍यस दिन कुनै किसिमको काम गर्ने मान्‍छेलाई त्‍यसका मानिसहरूमध्‍येबाट म नाश गर्नेछु।</verse>
				<verse number="31">तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।</verse>
				<verse number="32">तिमीहरूका निम्‍ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। त्‍यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्‍ट साँझसम्‍म तिमीहरूले आफ्‍नो शबाथ पालन गर्नू।”</verse>
				<verse number="33">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="34">“इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाकै पन्‍ध्रौँ दिनदेखि सात दिनसम्‍म परमप्रभुको छाप्रो-वासको चाड़ होस्‌।</verse>
				<verse number="35">त्‍यसको पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले दैनिक काम नगर्नू।</verse>
				<verse number="36">सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्‍नू, र तिमीहरूले परमप्रभुको निम्‍ति एउटा अग्‍नि-होम चढ़ाउनू। यो समाप्‍त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू।</verse>
				<verse number="37">(“ ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌। यी चाड़मा परमप्रभुको निम्‍ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्‍नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू।</verse>
				<verse number="38">परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्‍वेच्‍छा भेटीहरूबाहेक यी हुनुपर्छ।)</verse>
				<verse number="39">“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा आफ्‍नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्‌।</verse>
				<verse number="40">पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने सात दिनसम्‍म खुशी मनाउनू।</verse>
				<verse number="41">तिमीहरूले वर्षमा सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌। यो तिमीहरूले सातौँ महिनामा मनाउनू।</verse>
				<verse number="42">सात दिनसम्‍म तिमीहरू झुप्राहरूमा बस्‍नू। सबै स्‍वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्,</verse>
				<verse number="43">र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”</verse>
				<verse number="44">यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई आज्ञा दे: ‘बत्ती निरन्‍तर बलिरहनलाई तिमीहरूले प्रकाशको लागि कुटेको भद्राक्षको चोखो तेल ल्‍याउनू’।</verse>
				<verse number="3">भेट हुने पालमा गवाहीको पर्दादेखि बाहिर परमप्रभुको सामु साँझदेखि बिहानसम्‍म हारूनले ती बत्तीहरू निरन्‍तर रेखदेख गरोस्‌। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका लागि अनन्‍तको विधि होस्‌।</verse>
				<verse number="4">त्‍यसले परमप्रभुको सामुन्‍ने निरन्‍तर निखुर सुनको पानसमा भएका बत्तीहरू रेखदेख गरोस्‌।</verse>
				<verse number="5">“मसिनो पीठो लिएर तैंले बाह्र वटा रोटी पकाउनू। प्रत्‍येक रोटीमा एक पाथी पीठो होस्‌।</verse>
				<verse number="6">छ-छ वटाको लहर गरी दुई ताँती परमप्रभुको सामु निखुर सुनको टेबिलमा राख्‍नू।</verse>
				<verse number="7">एक-एक ताँतीमा चोखो धूप राख्‍नू, र त्‍यो रोटीको सम्‍झना स्‍वरूप आगोद्वारा परमप्रभुलाई चढ़ाइएको भेटी होस्‌।</verse>
				<verse number="8">हरेक शबाथ परमप्रभुको सामुन्‍ने त्‍यो रोटी बारम्‍बार राखिओस्‌। इस्राएलीहरूका निम्‍ति यो अनन्‍तको करार होस्‌।</verse>
				<verse number="9">हारून र त्‍यसका छोराहरूका निम्‍ति त्‍यो हो, र तिनीहरूले पवित्र ठाउँमा त्‍यो खाऊन्, किनकि परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूमध्‍ये यो तिनीहरूका सदाको भाग अति पवित्र हो।”</verse>
				<verse number="10">एक जना मिश्री बुबा र इस्राएली आमाको छोरो इस्राएलीहरूका माझमा गएको थियो। त्‍यस इस्राएली स्‍त्रीको छोरो र एक जना इस्राएली पुरुष छाउनीभित्र आपसमा झगड़ा गरे।</verse>
				<verse number="11">त्‍यस इस्राएली स्‍त्रीको छोराले पवित्र नाउँको निन्‍दा गरेर सराप्‍न लाग्‍यो, र मानिसहरूले त्‍यसलाई मोशाकहाँ ल्‍याए। त्‍यसकी आमाको नाउँ शलोमीत थियो। त्‍यो दानका कुलको दिब्रीकी छोरी थिई।</verse>
				<verse number="12">परमप्रभुको इच्‍छा तिनीहरूले थाहा नपाएसम्‍म त्‍यसलाई थुनामा राखे।</verse>
				<verse number="13">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="14">“त्‍यस सराप बक्‍नेलाई छाउनीदेखि बाहिर लैजा, र त्‍यसले भनेका कुरा सुन्‍नेहरू सबैले आ-आफ्‍ना हात त्‍यसको टाउकोमा राखून्‌। त्‍यसपछि जम्‍मै समुदायले त्‍यसलाई ढुङ्गा हानेर मारून्‌।</verse>
				<verse number="15">तैंले इस्राएलीहरूलाई यसो भन्‌: ‘जसले आफ्‍ना परमेश्‍वरलाई सराप्‍छ, यसको निम्‍ति त्‍यो उत्तरदायी हुनेछ।</verse>
				<verse number="16">परमप्रभुका नाउँको निन्‍दा गर्नेलाई सारा समुदायले ढुङ्गा हानेर मार्नुपर्छ। स्‍वदेशी अथवा परदेशी जोसुकै होस्, त्‍यसले परमप्रभुका नाउँको निन्‍दा गर्‍यो भने त्‍यसलाई मार्नैपर्छ।</verse>
				<verse number="17">“‘कसैलाई मर्ने गरी हिर्काउनेलाई मार्नैपर्छ।</verse>
				<verse number="18">पशुलाई मर्ने गरी हिर्काउनेले त्‍यसको भर्ना देओस्‌— पशुको साटो पशु।</verse>
				<verse number="19">कुनै मानिसले आफ्‍नो छिमेकीको कुनै अङ्गको नोक्‍सान गरिदियो भने, त्‍यसले जसो गरेको छ त्‍यसलाई त्‍यसै गरिओस्‌।</verse>
				<verse number="20">चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत, जसरी त्‍यसले कसैको अङ्गको नोक्‍सान गरिदियो त्‍यसलाई पनि त्‍यसरी नै गर्नू।</verse>
				<verse number="21">पशु मार्नेले त्‍यसको भर्ना गरोस्‌। तर ज्‍यानमाराचाहिँ मारिनैपर्छ।</verse>
				<verse number="22">स्‍वदेशीको निम्‍ति र परदेशीको निम्‍ति एउटै किसिमको ऐन होस्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”</verse>
				<verse number="23">मोशाले इस्राएलीहरूलाई यो कुरा बताएपछि तिनीहरूले त्‍यस सराप्‍नेलाई छाउनीबाहिर लगेर ढुङ्गाले हानेर मारे। यसरी परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम इस्राएलीहरूले गरे।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई यसो भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्‍ति एउटा शबाथ मनाओस्‌।</verse>
				<verse number="3">छ वर्ष आफ्‍नो खेत रोप्‍नू। छ वर्ष आफ्‍ना दाखबारीहरू छिँवल्‍नू, र तिनका फलहरू बटुल्‍नू।</verse>
				<verse number="4">तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्‌— परमप्रभुको निम्‍ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्‍नू, दाखबारी नछिँवल्‍नू,</verse>
				<verse number="5">तिमीहरूको फसलमा आफै उम्रेको उब्‍जनी नकाट्‌नू, नछिँवलेको बोटका दाखहरू जम्‍मा नगर्नू। भूमिलाई त्‍यो विशेष विश्रामको वर्ष होस्‌।</verse>
				<verse number="6">त्‍यस भूमिले विश्रामको वर्षमा दिएको उब्‍जनी नै तिमीहरूका निम्‍ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी,</verse>
				<verse number="7">तिमीहरूका गाईबस्‍तु, र देशका पशुपक्षीका लागि खाना हुनेछ। त्‍यस वर्षमा देशको सबै उब्‍जनी खाए पनि हुन्‍छ।</verse>
				<verse number="8">“‘तिमीहरूले आफ्‍नो लागि सात शबाथका वर्षहरू, अर्थात्‌ सात गुणा सात वर्ष गन्‍नू। तब सात शबाथका वर्ष, अर्थात्‌ उनन्‍चास वर्ष हुनेछ।</verse>
				<verse number="9">अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्‍ने तुरही बजाउन लगाउनू। प्रायश्‍चितको दिनमा तिमीहरूको देशभरि त्‍यो तुरही बजाउन लगाउनू।</verse>
				<verse number="10">पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌।</verse>
				<verse number="11">त्‍यो पचासौँ वर्ष तिमीहरूको निम्‍ति पुनर्स्‍थापनको वर्ष हुनेछ। त्‍यो वर्ष तिमीहरूले केही नरोप्‍नू, अनि आफै उम्रेका अन्‍न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्‍मा नगर्नू।</verse>
				<verse number="12">किनभने यो पुनर्स्‍थापनको वर्ष हो। त्‍यो तिमीहरूका लागि पवित्र होस्‌। खेतमा आफै उम्रेको उब्‍जनी तिमीहरूले त्‍यस वर्ष खानेछौ।</verse>
				<verse number="13">“‘त्‍यस पुनर्स्‍थापनको वर्षमा हरेक मानिस आफ्‍नो जग्‍गाजमिनमा फर्कोस्‌।</verse>
				<verse number="14">“‘आफ्‍नो छिमेकीसित जमिनको किनबेच गर्दा एक-अर्कालाई अन्‍याय नगर्नू।</verse>
				<verse number="15">पुनर्स्‍थापनको वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले छिमेकीसित किन्‍नू, र बाँकी वर्षका उब्‍जनीको हिसाब गरेर त्‍यसले तिमीहरूलाई बेचोस्‌।</verse>
				<verse number="16">जति धेरै वर्ष बाँकी रहन्‍छ त्‍यति दाम तिमीहरूले बढ़ाउनू, र जति थोरै वर्ष बाँकी रहन्‍छ त्‍यति नै तिमीहरूले घटाउनू, किनभने उब्‍जनीको हिसाबअनुसार त्‍यो जमिन त्‍यसले तिमीहरूलाई बेचेको हो।</verse>
				<verse number="17">तिमीहरूले एक-अर्काबाट फाइदा नउठाउनु। तर तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="18">“‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्‍यस देशमा सुरक्षित रहनेछौ।</verse>
				<verse number="19">भूमिले आफ्‍नो उब्‍जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्‍क बस्‍न पाउनेछौ।</verse>
				<verse number="20">“बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्‍छौ भने,</verse>
				<verse number="21">छैटौँ वर्षमा म आफ्‍नो आशिष्‌ तिमीहरूलाई दिनेछु, र भूमिले तीन वर्षको फसल उब्‍जाउनेछ।</verse>
				<verse number="22">तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्‍जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्‍म तिमीहरूले त्‍यो पुरानै अन्‍न खाँदैरहनू।</verse>
				<verse number="23">“‘जमिन सधैँको निम्‍ति नबेच्‍नू। किनभने जमिनचाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसेका छौ।</verse>
				<verse number="24">तिमीहरूको अधिकारमा आएको जग्‍गाजमिन फेरि निखन्‍न दिनू।</verse>
				<verse number="25">“‘यदि गरीबीले गर्दा छिमेकीहरूमध्‍ये कसैले आफ्‍नो जग्‍गाजमिनको कुनै हिस्‍सा बेच्‍नुपर्‍यो भने, त्‍यसको नजिकको आफन्‍त आएर त्‍यो निखनोस्‌।</verse>
				<verse number="26">तर कसैको यसरी निखनिदिने कोही छैन र त्‍यो आफै पछि धनी भएर निखन्‍न सक्‍छ भने,</verse>
				<verse number="27">त्‍यसले त्‍यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्‍यस बाँकी वर्षका उब्‍जनीको दाम फर्काइदेओस्‌। अनि त्‍यो आफ्‍नो जमिनमा फर्कोस्‌।</verse>
				<verse number="28">तर आफैले उकास्‍ने त्‍यसको औकात पुगेन भने पुनर्स्‍थापनको वर्षसम्‍म किन्‍नेकै हातमा त्‍यो जमिन रहनेछ। अनि पुनर्स्‍थापनको वर्षमा त्‍यो फिर्ता गरिओस्‌। त्‍यसपछि त्‍यो मानिसचाहिँ आफ्‍नो जग्‍गाजमिनमा जान सक्‍छ।</verse>
				<verse number="29">कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्‍नो घर बेच्‍यो भने, बेचेको एक वर्षभित्र त्‍यो निखन्‍न पाउनेछ। त्‍यसलाई यो अधिकार एक वर्षसम्‍म हुन्‍छ।</verse>
				<verse number="30">तर एक वर्षभित्रमा त्‍यो निखन्‍न सकेन भने किन्‍ने र त्‍यसका भावी सन्‍तानका निम्‍ति त्‍यो घर स्‍थायी सम्‍पत्ति बनोस्‌। पुनर्स्‍थापनको वर्षमा पनि त्‍यो फिर्ता हुनेछैन।</verse>
				<verse number="31">तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ देशका अन्‍य जग्‍गाजमिनजस्‍तै ठान्‍नू। तीचाहिँ निखन्‍न सकिन्‍छ, अनि पुनर्स्‍थापनको वर्षमा फिर्ता गर्न सकिन्‍छ।</verse>
				<verse number="32">“‘लेवी कुलको अधिकारका आफ्‍नै सहरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनै बेला पनि निखन्‍न सक्‍छन्‌।</verse>
				<verse number="33">लेवी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेवीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्‍थापनको वर्षमा त्‍यो त्‍यसलाई फिर्ता गरिओस्, किनभने लेवीका सहरमा भएका घरहरूचाहिँ इस्राएलमा तिनीहरूको पैतृक-सम्‍पत्ति हुन्।</verse>
				<verse number="34">तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्‍न पाइँदैन, किनभने ती तिनीहरूका स्‍थायी सम्‍पत्ति हुन्‌।</verse>
				<verse number="35">“‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्‍ये कोही अति गरीब भएर आफ्‍नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्‍तै गरी त्‍यसलाई सहायता दिनू, कि त्‍यो तिमीहरूसित बसिरहन सकोस्‌।</verse>
				<verse number="36">त्‍यसलाई ऋण दिँदा ब्‍याज वा नाफा नलिनू। तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्‌।</verse>
				<verse number="37">त्‍यसलाई तिमीहरूले ब्‍याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्‍यसलाई नाफा नगरी दिनू।</verse>
				<verse number="38">तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="39">“‘यदि तिमीहरूको कोही इस्राएली दाजुभाइले अति गरीब भएको कारण आफैलाई तिमीहरूको हातमा बेच्‍यो भने कमारालाई जस्‍तो त्‍यसलाई काममा नलगाउनू।</verse>
				<verse number="40">त्‍यो तिमीहरूसँग नोकर कि परदेशी पाहुनाजस्‍तै भएर बसोस्, र पुनर्स्‍थापनको वर्षसम्‍म तिमीहरूसँग बसी त्‍यसले तिमीहरूको चाकरी गरोस्‌।</verse>
				<verse number="41">त्‍यसपछि त्‍यो र त्‍यसका बालबच्‍चा तिमीहरूबाट छुटेर आफ्‍नो परिवार र जायजेथामा फर्कोस्‌।</verse>
				<verse number="42">किनकि मैले मिश्रबाट निकालेर ल्‍याएका ती मेरै दास-दासीहरू हुन्‌। तिनीहरू कमारा-कमारीहरूजस्‍तै नबेचिऊन्‌।</verse>
				<verse number="43">तिमीहरूले तिनीहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको भय मान्‍नू।</verse>
				<verse number="44">“‘तिमीहरूका कमारा-कमारीचाहिँ वरिपरिका जातिहरूबाटै किनेर ल्‍याउनू।</verse>
				<verse number="45">तिमीहरूसँग बस्‍ने परदेशी र तिमीहरूको देशमा जन्‍मेका तिनीहरूका सन्‍तानहरूलाई पनि तिमीहरूले किनेर आफ्‍नो बनाउन सक्‍छौ।</verse>
				<verse number="46">आफ्‍ना भावी सन्‍तानको अधिकार र निज धन तुल्‍याउनलाई पनि तिनीहरूबाटै कमारा-कमारीहरू ल्‍याए हुन्‍छ, तर इस्राएली दाजुभाइहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू।</verse>
				<verse number="47">“तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा वास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्‍यसको परिवारको हातमा आफैलाई बेच्‍यो भने,</verse>
				<verse number="48">त्‍यो बेचिएपछि निखन्‍न सकिन्‍छ। त्‍यसकै दाजुभाइमध्‍येको कसैले त्‍यसलाई निखन्‍न सक्‍छ।</verse>
				<verse number="49">त्‍यसकै काका, दाजुभाइ, अर्थात्‌ कोही नजिकको साइनो पर्ने कसैले त्‍यसलाई निखनोस्‌। अथवा पछि त्‍यसको औकात पुग्‍यो भने त्‍यसले आफैलाई निखनोस्‌।</verse>
				<verse number="50">त्‍यस मानिस मालिककहाँ बेचिएको वर्षदेखि पुनर्स्‍थापनको वर्षसम्‍म जोड़ेर त्‍यति सालसम्‍मको ज्‍यालादारको मोलअनुसार त्‍यसले तिरोस्‌ र आफ्‍नो मालिकसँग आफैलाई निखनोस्‌।</verse>
				<verse number="51">पुनर्स्‍थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने, आफू किनिएको जम्‍मा मोलबाट हिसाब गरेर त्‍यसले छुटकाराको निम्‍ति बढ्‌ता दाम फर्काइदेओस्‌।</verse>
				<verse number="52">यदि पुनर्स्‍थापनको वर्ष आउनलाई थोरै मात्र बाँकी छ भने, त्‍यसले त्‍यसअनुसार हिसाब गरेर आफ्‍नो छुटकाराको दाम फिर्ता देओस्‌।</verse>
				<verse number="53">ज्‍यालादारी नोकरजस्‍तै भएर प्रवासी मालिकसँग त्‍यो बसोस्, र उसले त्‍यसमाथि कठोर व्‍यवहारले शासन नगरोस्‌ भनी तिमीहरूले ख्‍याल राख्‍नू।</verse>
				<verse number="54">“‘यी उपायहरूबाट पनि त्‍यसको छुटकारा भएन भने, त्‍यो त्‍यसका छोराछोरीहरूसँगै पुनर्स्‍थापनको वर्षमा निस्‍केर जाऊन्‌।</verse>
				<verse number="55">किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्‌। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्‍याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">“‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="2">“‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्‍थानको आदर गर। म परमप्रभु हुँ।</verse>
				<verse number="3">“‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने</verse>
				<verse number="4">म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्‍जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्‍नेछन्‌।</verse>
				<verse number="5">दाख बटुल्‍ने समयसम्‍मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्‍मै दाख बटुल्‍नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्‍क हुनेछौ।</verse>
				<verse number="6">“‘म देशमा शान्‍ति दिनेछु। तिमीहरू ढल्‍केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन।</verse>
				<verse number="7">तिमीहरूले आफ्‍ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ।</verse>
				<verse number="8">तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्‌नेछन्‌। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्‌।</verse>
				<verse number="9">“‘म तिमीहरूमाथि निगाह राख्‍नेछु, र तिमीहरूलाई फल्‍दो-फुल्‍दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्‍थिर गर्नेछु।</verse>
				<verse number="10">तिमीहरूले सञ्‍चय गरेर राखेको पुरानै फसलको अन्‍न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्‍नचाहिँ हटाउनुपर्नेछ।</verse>
				<verse number="11">तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु।</verse>
				<verse number="12">म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।</verse>
				<verse number="13">म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्‌ने तुल्‍याएको छु।</verse>
				<verse number="14">“‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ,</verse>
				<verse number="15">र मेरा विधिहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ भने, अनि मेरा सम्‍पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्‍यौ भने,</verse>
				<verse number="16">म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्‍ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्‌।</verse>
				<verse number="17">म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्‍त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्‍व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्‍नेछौ।</verse>
				<verse number="18">“‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु।</verse>
				<verse number="19">म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरूमाथिको आकाश फलामजस्‍तै र तिमीहरूमुनिको जमिन काँसोझैँ म तुल्‍याउनेछु।</verse>
				<verse number="20">तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्‍जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्‌।</verse>
				<verse number="21">“‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्‍याउनेछु।</verse>
				<verse number="22">म तिमीहरूका बीचमा जङ्गली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन्, र तिमीहरूका गाईबस्‍तुहरूलाई नाश गर्नेछन्, अनि तिमीहरूको संख्‍या यति थोरै बनाउनेछन्‌ कि तिमीहरूका बाटो सूनसान हुनेछन्‌।</verse>
				<verse number="23">“‘यी सब भएर पनि तिमीहरू मतर्फ फर्केनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,</verse>
				<verse number="24">म पनि तिमीहरूका विरुद्धमा हुनेछु, र तिमीहरूका पापका लागि म सात गुणा तिमीहरूलाई प्रहार गर्नेछु।</verse>
				<verse number="25">म तिमीहरूमाथि युद्धहरू ल्‍याउनेछु, र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आ-आफ्‍नो सहरमा जम्‍मा हुनेछौ, म त्‍यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्‍ना शत्रुहरूका हातमा पर्नेछौ।</verse>
				<verse number="26">म तिमीहरूको अन्‍न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्‍नेछैन।</verse>
				<verse number="27">“‘यी सब भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,</verse>
				<verse number="28">मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु, र तिमीहरूका पापको लागि म तिमीहरूलाई सात गुणा दण्‍ड दिनेछु।</verse>
				<verse number="29">तिमीहरूले आफ्‍नै छोराछोरीहरूको मासु खानुपर्नेछ।</verse>
				<verse number="30">म तिमीहरूका डाँड़ाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्‍काउनेछु, र तिमीहरूका लाशहरू आफ्‍ना मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्‍कार गर्नेछु।</verse>
				<verse number="31">म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्‍थलहरू शून्‍य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्‍ना ग्रहण गर्नेछैनँ।</verse>
				<verse number="32">म देशलाई नष्‍ट पार्नेछु। यी सब देखेर त्‍यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू अवाक्‌ हुनेछन्‌।</verse>
				<verse number="33">मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्‌नेछु। तिमीहरूको देश सूनसान र तिमीहरूका सहरहरू उजाड़ हुनेछन्‌।</verse>
				<verse number="34">सूनसान हुँदा देशले आफ्‍ना शबाथहरू भोग गर्न पाउनेछ र तिमीहरूचाहिँ आफ्‍ना शत्रुहरूका देशमा हुनेछौ, तब त्‍यसै समय देशले विश्राम लिएर आफ्‍ना शबाथहरू मनाउनेछ।</verse>
				<verse number="35">जति दिन त्‍यो सूनसान रहन्‍छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्‍यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्‍यसले पाउनेछ।</verse>
				<verse number="36">“‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्‍दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्‍नेछन्‌ र विनाकारण लोट्‌नेछन्‌।</verse>
				<verse number="37">कसैले नखेद्‌दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्‍नेछन्‌ र एक-अर्कामाथि ठक्‍कर खाँदै लोट्‌नेछन्‌। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्‍ने खड़ा हुन सक्‍नेछैनौ।</verse>
				<verse number="38">तिमीहरू अन्‍यजातिहरूका बीचमा नष्‍ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्‍नेछ।</verse>
				<verse number="39">बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्‍नै र आफ्‍ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।</verse>
				<verse number="40">“‘तर यदि तिनीहरूले आफ्‍नै र आफ्‍ना पिता-पुर्खाका पाप, र मेरो विरुद्धमा तिनीहरूले विश्‍वासघात गरेको अधर्म र मप्रति देखाएको शत्रुता स्‍वीकार गरे भने—</verse>
				<verse number="41">जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्‍ना दुष्‍ट हृदय नम्र तुल्‍याई आफ्‍ना पापका लागि सजाय भोगे भने,</verse>
				<verse number="42">याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्‍यो देशलाई पनि म सम्‍झनेछु।</verse>
				<verse number="43">त्‍यो देश तिनीहरूले त्‍याग्‍नेछन्, र तिनीहरूविना उजाड़ रहँदा देशले आफ्‍ना शबाथहरू भोग गर्नेछ। अनि तिनीहरूले आफ्‍नो अधर्मको सजाय भोग्‍नेछन्, जुन सजाय मेरो विधान लत्त्याउँदा र मेरा विधिलाई तिरस्‍कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ।</verse>
				<verse number="44">यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्‍छन्‌ तब म मेरो तिरस्‍कार र घृणामा तिनीहरूलाई सखापै त पार्नेछैनँ, र मेरो करार पनि तोड्‌नेछैनँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="45">तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्‍झनेछु। मैले तिनीहरूका परमेश्‍वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्‍यजातिहरूकै सामुन्‍ने मिश्रबाट निकालेर ल्‍याएको थिएँ। म परमप्रभु हुँ’।”</verse>
				<verse number="46">सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘कुनै मानिसले भाकल गर्दा मान्‍छेको भाकल परमप्रभुलाई चढ़ायो भने, तिमीहरूको मूल्‍याङ्कनअनुसार</verse>
				<verse number="3">बीसदेखि साठी वर्षसम्‍मको पुरुषलाई पवित्रस्‍थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल तोकिदिनू।</verse>
				<verse number="4">अनि स्‍त्रीलाई चाहिँ चाँदीका तीस शेकेल तोकिदिनू।</verse>
				<verse number="5">पाँचदेखि बीस वर्षसम्‍मको पुरुषलाई चाँदीका बीस र स्‍त्रीलाई दश शेकेल तोकिदिनू।</verse>
				<verse number="6">महिना दिनदेखि पाँच वर्षसम्‍मको केटालाई चाँदीका पाँच र केटीलाई तीन शेकेल तोकिदिनू।</verse>
				<verse number="7">साठी वर्षभन्‍दा माथिको पुरुषलाई चाँदीका पन्‍ध्र र स्‍त्रीलाई दश शेकेल तोकिदिनू।</verse>
				<verse number="8">तोकेको मोल तिर्न नसक्‍ने कोही गरीब छ भने त्‍यसले उसलाई पूजाहारीकहाँ ल्‍याउनू, र पूजाहारीले नै भाकल गर्ने मानिसको औकातअनुसार उसको मोल ठहराऊन्‌।</verse>
				<verse number="9">“‘यदि परमप्रभुको निम्‍ति चढ़ाइने बलि ग्रहणयोग्‍य पशु छ भने बलिको पशु पवित्र हुन्‍छ।</verse>
				<verse number="10">त्‍यसले असलको निम्‍ति कमसल पशु वा कमसलको निम्‍ति असल साट्‌नुहुँदैन। त्‍यसले पशुको सट्टा पशु नै साट्‌छ भने साटेका दुवै पशु पवित्र हुन्‍छन्‌।</verse>
				<verse number="11">त्‍यो बलि नचढ़ाइने अशुद्ध पशु हो भने त्‍यसले त्‍यस पशुलाई पूजाहारीको सामुन्‍ने ल्‍याओस्‌।</verse>
				<verse number="12">असल भए पनि कमसल भए पनि पूजाहारीले त्‍यसको मोल तोकून्‌। अनि पूजाहारीले जे दाम तोक्‍छन्‌ त्‍यहीबमोजिम हुनेछ।</verse>
				<verse number="13">त्‍यस मानिसले मोल तिरेर पशुलाई छुटाउने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर देओस्‌।</verse>
				<verse number="14">“‘कसैले परमप्रभुलाई आफ्‍नो घर अर्पण गर्छ भने पूजाहारीले त्‍यो घर राम्रो कि नराम्रो छ सो हेरेर त्‍यसको मोल तोकिदेऊन्। पूजाहारीले जति तोक्‍छन्‌ त्‍यसको मोल त्‍यति नै होस्‌।</verse>
				<verse number="15">तर अर्पण गर्नेले मोल तिरेर त्‍यो छुटाउने इच्‍छा गर्छ भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यसले देओस्, र त्‍यो घर त्‍यही मानिसको हुनेछ।</verse>
				<verse number="16">“‘कसैले आफ्‍नो खेतको कुनै भाग परमप्रभुको निम्‍ति अर्पण गर्छ भने त्‍यसमा जाने बीउको अड़कल गरेर तिमीहरूले मोल तोक्‍नू। एक मुरीका बीस शेकेल चाँदीको दरले खेतमा कति मुरी जौको बीउ जान्‍छ त्‍यसले मोल तोकोस्‌।</verse>
				<verse number="17">पुनर्स्‍थापनको वर्षदेखि त्‍यसले आफ्‍नो खेत अर्पण गर्ने हो भने त्‍यसको दाम तोकिएबमोजिम होस्‌।</verse>
				<verse number="18">तर त्‍यसले आफ्‍नो जमिन पुनर्स्‍थापनको वर्षपछि अर्पण गर्ने हो भने, पुनर्स्‍थापनको वर्ष आउनलाई कति बाँकी छ पूजाहारीले हिसाब गरून्, र तोकेको मोल त्‍यसबाट घटाएर त्‍यसले देओस्‌।</verse>
				<verse number="19">त्‍यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यसले देओस्, र त्‍यो त्‍यसकै हुनेछ।</verse>
				<verse number="20">तर त्‍यसले त्‍यो जमिन मोल तिरेर छुटाउँदैन भने वा त्‍यसले अर्को मानिसलाई त्‍यो खेत बेचेको छ भने, त्‍यसले दाम तिरेर त्‍यो कहिले पनि छुटाउन सक्‍नेछैन।</verse>
				<verse number="21">त्‍यो खेत पुनर्स्‍थापनको वर्षमा छुट्‌दा, अर्पण गरेको खेतझैँ त्‍यो परमप्रभुको निम्‍ति पवित्र हुनेछ, र त्‍यसको अधिकार पूजाहारीको हुनेछ।</verse>
				<verse number="22">“‘यदि कुनै मानिसले हकले पाएको होइन तर किनेको खेत परमप्रभुलाई अर्पण गर्छ भने,</verse>
				<verse number="23">पूजाहारीले पुनर्स्‍थापनका वर्षको हिसाब गरेर त्‍यसको जति मोल तोक्‍छन्‌ त्‍यसले परमप्रभुको निम्‍ति पवित्र ठानेर त्‍यसै दिन देओस्‌।</verse>
				<verse number="24">पुनर्स्‍थापनको वर्षमा त्‍यो खेत जसबाट किनेको हो, अर्थात्‌ जसको अधिकारमा त्‍यो खेत थियो, त्‍यसलाई नै फिर्ता गरिओस्‌।</verse>
				<verse number="25">तोकिने मोल सबै पवित्रस्‍थानका चाँदीका शेकेलबमोजिम होस्‌— बीस गेराको एक शेकेल हो।</verse>
				<verse number="26">“‘पशुहरूले बियाएको पहिलो बच्‍चा, साँढ़ेको होस्‌ वा भेड़ाको होस्, ती अघिदेखि परमप्रभुकै हुन्‌— त्‍यसलाई चाहिँ अर्पण नगर्नू।</verse>
				<verse number="27">यदि त्‍यो अशुद्ध पशुको हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यो छुटाइओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्‍यो बेचिओस्‌।</verse>
				<verse number="28">“‘तर परमप्रभुको निम्‍ति अर्पण गरेको मानिस, पशु वा आफ्‍नो जग्‍गाजमिन बिक्री गर्न सकिँदैन र छुटाउन पनि सकिँदैन। अर्पण गरिएको हरेक कुरो परमप्रभुको निम्‍ति अति पवित्र हो।</verse>
				<verse number="29">“‘मानिसहरूमध्‍ये जो नाशको निम्‍ति अर्पण गरिएको छ, त्‍यसलाई मोल तिरेर नछुटाओस्‌। त्‍यसलाई मार्नैपर्छ।</verse>
				<verse number="30">“‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्‍जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्‍ति पवित्र हुन्‌।</verse>
				<verse number="31">कसैले आफ्‍नो दशांश मोल तिरेर छुटाउँछ भने, त्‍यसमा पाँचौँ भाग थपेर त्‍यसले देओस्‌।</verse>
				<verse number="32">गन्‍ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्‍तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्‍ति पवित्र हुनेछ।</verse>
				<verse number="33">असल वा कमसल पशु त्‍यसले नछुटाओस्‌ र नसाटोस्‌। साट्‌ने नै हो भने, साटेको दुवै पशु पवित्र हुनेछन्, र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्‍नेछैन’।”</verse>
				<verse number="34">परमप्रभुले इस्राएलीहरूका निम्‍ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्‌।</verse>
			</chapter>
		</book>
		<book number="4">
			<chapter number="1">
				<verse number="1">इस्राएलीहरू मिश्रबाट आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासित बोल्‍नुभयो।</verse>
				<verse number="2">उहाँले भन्‍नुभयो, “समस्‍त इस्राएली समुदायमा पुरुषहरूको गणना तिनीहरूका वंश-वंश र परिवार-परिवारअनुसार हरेकको नाउँ लेखेर गर्‌।</verse>
				<verse number="3">इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्‍ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्‍ती गर्‌।</verse>
				<verse number="4">सबै कुलहरूबाट एक-एक व्‍यक्ति, प्रत्‍येक आफ्‍नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्‌।</verse>
				<verse number="5">तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्‌: रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर,</verse>
				<verse number="6">शिमियोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल।</verse>
				<verse number="7">यहूदाको कुलबाट अम्‍मीनादाबको छोरो नहशोन,</verse>
				<verse number="8">इस्‍साखारको कुलबाट सूआरको छोरो नतनेल,</verse>
				<verse number="9">जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब,</verse>
				<verse number="10">योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्‍मीहूदको छोरो एलीशामा, मनश्‍शेको कुलबाट पदासूरको छोरो गमलिएल,</verse>
				<verse number="11">बेन्‍यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान,</verse>
				<verse number="12">दानको कुलबाट अम्‍मीशद्दैको छोरो अहीएजेर,</verse>
				<verse number="13">आशेरको कुलबाट ओक्रानको छोरो पगीएल,</verse>
				<verse number="14">गादको कुलबाट दूएलको छोरो एल्‍यासाप,</verse>
				<verse number="15">नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा।”</verse>
				<verse number="16">इस्राएलको समुदायबाट छानिएका आ-आफ्‍नो पैतृक कुलका नायकहरू यी नै हुन्‌।</verse>
				<verse number="17">माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए,</verse>
				<verse number="18">अनि दोस्रो महिनाको पहिलो दिनमा जम्‍मै समुदायलाई तिनीहरूले एकसाथ भेला गरे। मानिसहरूले आ-आफ्‍ना पुर्खाको कुल र परिवार जनाए, र बीस वर्ष र त्‍यसभन्‍दा उँभोको हरेकको नाउँ दर्ता गरे।</verse>
				<verse number="19">परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले सीनैको उजाड़-स्‍थानमा तिनीहरूको गणना गरे।</verse>
				<verse number="20">इस्राएलका जेठा छोरा रूबेनका सन्‍तानबाट: बीस वर्ष र त्‍यसभन्‍दा उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="21">रूबेनको कुलबाटको संख्‍या ४६,५०० थियो।</verse>
				<verse number="22">शिमियोनको सन्‍तानबाट: बीस वर्ष र त्‍यसभन्‍दा उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="23">शिमियोनको कुलबाटको संख्‍या ५९,३०० थियो।</verse>
				<verse number="24">गादका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="25">गादको कुलबाटको संख्‍या ४५,६५० थियो।</verse>
				<verse number="26">यहूदाका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="27">यहूदाको कुलबाटको संख्‍या ७४,६०० थियो।</verse>
				<verse number="28">इस्‍साखारको सन्‍तानबाट: बीस वर्ष र त्‍यसभन्‍दा उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="29">इस्‍साखारको कुलबाटको संख्‍या ५४,४०० थियो।</verse>
				<verse number="30">जबूलूनका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="31">जबूलूनको कुलबाटको संख्‍या ५७,४०० थियो।</verse>
				<verse number="32">योसेफका छोराहरूबाट: एफ्राइमका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="33">एफ्राइमको कुलबाटको संख्‍या ४०,५०० थियो।</verse>
				<verse number="34">मनश्‍शेका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="35">मनश्‍शेको कुलबाटको संख्‍या ३२,२०० थियो।</verse>
				<verse number="36">बेन्‍यामीनका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="37">बेन्‍यामीनको कुलबाटको संख्‍या ३५,४०० थियो।</verse>
				<verse number="38">दानका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="39">दानको कुलबाटको संख्‍या ६२,७०० थियो।</verse>
				<verse number="40">आशेरका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="41">आशेरको कुलबाटको संख्‍या ४१,५०० थियो।</verse>
				<verse number="42">नप्‍तालीका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।</verse>
				<verse number="43">नप्‍तालीको सन्‍तानबाटको संख्‍या ५३,४०० थियो।</verse>
				<verse number="44">आ-आफ्‍नो परिवारका इस्राएलका बाह्र कुलनायकहरू तथा मोशा र हारूनले गन्‍ती गरेका समस्‍त मानिसहरूका जनसंख्‍या यही हो।</verse>
				<verse number="45">बीस वर्ष र त्‍यसभन्‍दा उँभोका लड़ाइँमा जान सक्‍ने सबै पुरुषहरू आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गरियो।</verse>
				<verse number="46">तिनीहरूको संख्‍या जम्‍मा ६,०३,५५० थियो।</verse>
				<verse number="47">लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्‌।</verse>
				<verse number="48">किनभने परमप्रभुले मोशालाई भन्‍नुभएको थियो,</verse>
				<verse number="49">“लेवीको कुलचाहिँ तैंले नगन्‍नू, र इस्राएलीहरूसँगसँगै तिनीहरूको जनसंख्‍या नलिनू।</verse>
				<verse number="50">तर तैंले लेवीहरूलाई गवाहीको मण्‍डप र त्‍यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्‍डप त्‍यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्‌। तिनीहरूले त्‍यसको रेखदेख गरून्‌। तिनीहरूले आफ्‍नो पाल मण्‍डपकै वरिपरि लगाऊन्‌।</verse>
				<verse number="51">मण्‍डप अगि लाँदा लेवीहरूले त्‍यो उखेलून्, र मण्‍डप खड़ा गर्ने बेलामा लेवीहरूले नै त्‍यो खड़ा गरून्‌। मण्‍डपको नजिक आउने अन्‍य मानिस मारिओस्‌।</verse>
				<verse number="52">इस्राएलीहरूले आ-आफ्‍नो दलको समूहभित्र र आफ्‍नै झन्‍डाको छेउछाउमा आफ्‍नो शिविर लगाऊन्‌।</verse>
				<verse number="53">तर लेवीहरूले चाहिँ गवाहीको मण्‍डपको वरिपरि आफ्‍नो शिविर लगाऊन्, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्‌। लेवीहरूले नै गवाहीको मण्‍डपको सेवा-टहलको जिम्‍मा लिऊन्‌।”</verse>
				<verse number="54">परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरू प्रत्‍येकले आफ्‍नो परिवारको ध्‍वजाको साथमा आ-आफ्‍नो झन्‍डाको मुन्‍तिर पाल टाँगोस्‌। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्‍नो पाल टाँगून्‌।”</verse>
				<verse number="3">पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌।</verse>
				<verse number="4">गन्‍तीअनुसार तिनको दल ७४,६०० छन्‌।</verse>
				<verse number="5">तिनको नजिकै इस्‍साखारको कुलले पाल ठड़्याओस्‌। इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्‌।</verse>
				<verse number="6">गन्‍तीअनुसार तिनको दल ५४,००० छन्‌।</verse>
				<verse number="7">त्‍यसपछि जबूलूनको कुल होस्‌। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्‌।</verse>
				<verse number="8">गन्‍तीअनुसार तिनको दल ५७,४०० छन्‌।</verse>
				<verse number="9">यहूदाको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्‌।</verse>
				<verse number="10">दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।</verse>
				<verse number="11">रूबेनका मानिसहरूको कुलनायक शदेऊरका छोरा एलीसूर होऊन्‌। गन्‍तीअनुसार तिनको दल ४६,५०० छन्‌।</verse>
				<verse number="12">तिनको नजिकै शिमियोनको कुलले पाल ठड़्याओस्‌। शिमियोनका मानिसहरूका कुलनायक सूरीशद्दैका छोरा शलूमीएल होऊन्‌।</verse>
				<verse number="13">गन्‍तीअनुसार तिनको दल ५९,३०० छन्‌।</verse>
				<verse number="14">त्‍यसपछि गादको कुल होस्‌। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्‍यासाप होऊन्‌।</verse>
				<verse number="15">गन्‍तीअनुसार तिनको दल ४५,६५० छन्‌।</verse>
				<verse number="16">रूबेनको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,५१,४५० छ। यिनीहरू दोस्रो लश्‍करमा हिँड्‌नेछन्‌।</verse>
				<verse number="17">तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्‌। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्‍नो झन्‍डामुनि हरेक मानिस आ-आफ्‍नो ठाउँमा हिँड़ोस्‌।</verse>
				<verse number="18">पश्‍चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।</verse>
				<verse number="19">एफ्राइमका मानिसहरूका कुलको कुलनायक अम्‍मीहूदका छोरा एलीशामा होऊन्‌। गन्‍तीअनुसार तिनको दल ४०,५०० छन्‌।</verse>
				<verse number="20">तिनको नजिक मनश्‍शेको कुल होस्‌। मनश्‍शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्‌।</verse>
				<verse number="21">गन्‍तीअनुसार तिनको दल ३२,२०० छन्‌।</verse>
				<verse number="22">त्‍यसपछि बेन्‍यामीनको कुल होस्‌। बेन्‍यामीनका मानिसहरूका कुलनायक गिदेओनीका छोरा अबीदान होऊन्‌।</verse>
				<verse number="23">गन्‍तीअनुसार तिनको दल ३५,४०० छन्‌।</verse>
				<verse number="24">एफ्राइमको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,०८,१०० छ। यिनीहरू तेस्रो लश्‍करमा हिँड्‌नेछन्‌।</verse>
				<verse number="25">उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌। दानका मानिसहरूका कुलनायक अम्‍मीशद्दैका छोरा अहीएजेर होऊन्‌।</verse>
				<verse number="26">गन्‍तीअनुसार तिनको दल ६२,७०० छन्‌।</verse>
				<verse number="27">तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्‌। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्‌।</verse>
				<verse number="28">गन्‍तीअनुसार तिनको दल ४१,५०० छन्‌।</verse>
				<verse number="29">त्‍यसपछि नप्‍तालीको कुल होस्‌। नप्‍तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्‌।</verse>
				<verse number="30">गन्‍तीअनुसार तिनको दल ५३,४०० छन्‌।</verse>
				<verse number="31">दानको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्‍नो झन्‍डामुनि सबैभन्‍दा पछाड़ि हिँड्‌नेछन्‌।</verse>
				<verse number="32">इस्राएलीहरूका आ-आफ्‍ना परिवारअनुसार गनिएका यी नै हुन्‌। आ-आफ्‍ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्‍मा ६,०३,५५० छन्‌।</verse>
				<verse number="33">तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्‌।</verse>
				<verse number="34">परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले आ-आफ्‍नो झन्‍डाको नजिक पाल टाँग्‍ने गरे। त्‍यसै गरी आ-आफ्‍ना वंश र परिवारअनुसार तिनीहरू हिँड्‌ने गरे।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।</verse>
				<verse number="2">हारूनका छोराहरूका नाउँ यी नै हुन्‌: जेठा नादाब, अबीहू, एलाजार र ईतामार।</verse>
				<verse number="3">हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्‌।</verse>
				<verse number="4">तर नादाब र अबीहू सीनैको उजाड़-स्‍थानमा परमप्रभुको सामुन्‍ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्‍ने मरे, अनि तिनीहरूका सन्‍तान थिएन। त्‍यसैले एलाजार र ईतामार मात्र आफ्‍ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।</verse>
				<verse number="5">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="6">“लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्‍यसलाई सहायता गरून्‌।</verse>
				<verse number="7">पवित्र वासस्‍थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्‍ति भेट हुने पालमा कामकाज गर्नेछन्‌।</verse>
				<verse number="8">भेट हुने पालको सबै सामानको जिम्‍मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्‍थानको काम गरेर इस्राएलीहरूको दायित्‍व पूरा गर्नेछन्‌।</verse>
				<verse number="9">इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्‍यसका छोराहरूलाई दिइहाल्‍नू।</verse>
				<verse number="10">तैंले हारून र त्‍यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्‌। तिनीहरूबाहेक अन्‍य कोही पवित्रस्‍थानको नजिक आए त्‍यो मानिस मारिओस्‌।”</verse>
				<verse number="11">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="12">“इस्राएलीहरूमा पहिले जन्‍मेर गर्भ खोल्‍ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,</verse>
				<verse number="13">किनकि सबै पहिले जन्‍मने मेरा हुन्‌। मिश्रका पहिले जन्‍मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्‍छे र पशु दुवैका पहिले जन्‍मेका र बियाएकाहरूलाई मेरै निम्‍ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्‌। म परमप्रभु हुँ।”</verse>
				<verse number="14">सीनैको उजाड़-स्‍थानमा परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="15">“लेवीहरूलाई आ-आफ्‍ना परिवार र वंश गरी गन्‍ती गर्‌। एक महिना र त्‍यसदेखि बढ़ी उमेरको हरेक पुरुष तैंले गन्‍नू।”</verse>
				<verse number="16">यसरी आफूले आज्ञा पाएझैँ परमप्रभुको वचनअनुसार मोशाले तिनीहरूको गन्‍ती गरे।</verse>
				<verse number="17">लेवीका छोराहरूका नाउँ यी नै हुन्‌: गेर्शोन, कहात र मरारी।</verse>
				<verse number="18">गेर्शोनका वंशहरूका नाउँ यी नै हुन्‌: लिब्‍नी र शिमी।</verse>
				<verse number="19">कहातका वंशहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल।</verse>
				<verse number="20">मरारीका वंशहरू: महली र मूशी। लेवीका वंशहरू आ-आफ्‍ना परिवारअनुसार यी नै हुन्‌।</verse>
				<verse number="21">गेर्शोनबाट लिब्‍नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="22">एक महिना र उँभोका पुरुषहरूको गन्‍तीअनुसार ती ७,५०० थिए।</verse>
				<verse number="23">गेर्शोनका वंशहरूले आफ्‍ना पाल पवित्र वासस्‍थानको पछि पश्‍चिमपट्टि टाँग्‍नुपर्थ्‍यो।</verse>
				<verse number="24">गेर्शोनीहरूका परिवारहरूका मुखिया लाएलका छोरा एल्‍यासाप थिए।</verse>
				<verse number="25">भेट हुने पालमा गेर्शोनीहरूलाई पवित्र वासस्‍थान, पाल, त्‍यसको छत, भेट हुने पालको ढोकामा भएको पर्दा,</verse>
				<verse number="26">चोकका पर्दाहरू पवित्र वासस्‍थान र वेदीको वरिपरि भएको चोकको ढोकाको पर्दा, डोरीहरू, र यिनीहरूको प्रयोगसम्‍बन्‍धी सबै कुराहरूको जिम्‍मा थियो।</verse>
				<verse number="27">कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्‍जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="28">एक महिना र उँभोका पुरुषहरूको गन्‍तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्‍थानको जिम्‍मा थियो।</verse>
				<verse number="29">कहातका वंशहरूले पवित्र वासस्‍थानको दक्षिणपट्टि पाल टाँग्‍नुपर्थ्‍यो।</verse>
				<verse number="30">कहातीहरूका परिवारहरूका मुखिया उज्‍जीएलका छोरा एलीजापान थिए।</verse>
				<verse number="31">सन्‍दूक, टेबिल, सामदान, वेदीहरू र तिनीहरूले सेवा गर्दा पवित्रस्‍थानका चाहिने सामानहरू, पर्दा, अनि यिनीहरूको प्रयोगसम्‍बन्‍धी सबै सरसामानहरू तिनीहरूको जिम्‍मामा थिए।</verse>
				<verse number="32">हारून पूजाहारीका छोरा एलाजारचाहिँ लेवी कुलका प्रधान नायक थिए। पवित्रस्‍थानको रेखदेख गर्ने सबै जनामाथि अधिकार गर्न तिनी नियुक्त भए।</verse>
				<verse number="33">मरारीबाट महली र मूशीहरूका वंश भए। मरारीका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="34">एक महिना र त्‍यसभन्‍दा उँभोका पुरुषहरूको गन्‍तीअनुसार ती ६,२०० थिए।</verse>
				<verse number="35">मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्‍थानको उत्तरपट्टि पाल टाँग्‍नुपर्थ्‍यो।</verse>
				<verse number="36">मरारीहरूलाई पवित्र वासस्‍थानका फल्‍याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्‍यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्‍बन्‍धी सबै कुराहरू,</verse>
				<verse number="37">चारैतिरका चोकका खामाहरू तिनका आधारहरू, कीलाहरू र डोरीहरूको जिम्‍मा थियो।</verse>
				<verse number="38">पवित्र वासस्‍थानको पूर्वतिर, भेट हुने पालको अगि घाम झुल्‍कनेपट्टि मोशा, हारून र तिनका छोराहरूले पाल टाँग्‍नुपर्थ्‍यो। तिनीहरूलाई इस्राएलीहरूका निम्‍ति पवित्रस्‍थानको जिम्‍मा थियो। त्‍यसको नजिक आउने अन्‍य मानिस मारिओस्‌।</verse>
				<verse number="39">मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गनेका एक महिना र उँभोका उमेरका लेवीहरूको जम्‍मै संख्‍या २२,००० थियो।</verse>
				<verse number="40">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “एक महिना र उँभोका इस्राएलीहरूका सबै जेठो-जेठो छोराहरूलाई तिनीहरूका नाउँसमेत गन्‍ती गर्‌।</verse>
				<verse number="41">इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्‍तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्‍तु ले। म परमप्रभु हुँ।”</verse>
				<verse number="42">यसकारण परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले इस्राएलीहरूका जेठा-जेठाहरूको गन्‍ती गरे।</verse>
				<verse number="43">एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्‍मै संख्‍या २२,२७३ थियो।</verse>
				<verse number="44">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="45">“इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्‍तुहरूका सट्टा लेवीहरूका गाईबस्‍तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्‌। म परमप्रभु हुँ।</verse>
				<verse number="46">अनि लेवीहरूको गन्‍तीबाट बेसी भएका इस्राएलीहरूका दुई सय त्रिहत्तर जना जेठा छोराहरूका छुटकाराको निम्‍ति,</verse>
				<verse number="47">पवित्रस्‍थानको शेकेलबमोजिम तैंले प्रत्‍येकको निम्‍ति पाँच शेकेल ले। एक शेकेल बीस गेराको हुन्‍छ।</verse>
				<verse number="48">अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको दामचाहिँ तैंले हारून र त्‍यसका छोराहरूलाई दिनू।”</verse>
				<verse number="49">यसरी लेवीहरूद्वारा छुटकारा दिइएकाहरूका उब्रेका जनहरूबाट मोशाले छुटकाराको पैसा लिए।</verse>
				<verse number="50">तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्‍मा गरे, जो पवित्रस्‍थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल थिए।</verse>
				<verse number="51">परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्‍यो छुटकाराको पैसा तिनले हारून र तिनका छोराहरूलाई दिए।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“लेवीहरूमध्‍येबाट कहातीहरूलाई आ-आफ्‍नो वंश र परिवारअनुसार गन्‍ती गर्‌।</verse>
				<verse number="3">ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई गन्‍ती गर्‌।</verse>
				<verse number="4">“भेट हुने पालमा अति पवित्र कुराहरूको जिम्‍मा लिने कहातीहरूको काम हो।</verse>
				<verse number="5">छाउनी प्रस्‍थान गर्दा हारून र त्‍यसका छोराहरू भित्र गएर छेक्‍ने पर्दा उतारी गवाहीको सन्‍दूक त्‍यसैले ढाकिदेऊन्।</verse>
				<verse number="6">तिनीहरूले त्‍यसमाथि सीलको छाला हालिदेऊन्, अनि त्‍यसमाथि पूरै नीलो रङ्गको कपड़ाले ढाकिदेऊन्।</verse>
				<verse number="7">“तिनीहरूले उपस्‍थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्‍यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्‍यहीँ रहने रोटी त्‍यसमाथि रहोस्‌।</verse>
				<verse number="8">तिनीहरूले तीमाथि रातो रङ्गको कपड़ा ओछ्याई त्‍यसमाथि सीलका छाला हालिदेऊन्, र टेबिलका डन्‍डीहरू लगाइदेऊन्।</verse>
				<verse number="9">“तिनीहरूले नीलो कपड़ा लिएर बत्तीको सामदान, त्‍यसका बत्तीहरू र त्‍यसका सलेदाका चिम्‍टा, मोसोदानी र सबै तेलका भाँड़ाहरू ढाकिदेऊन्।</verse>
				<verse number="10">त्‍यसपछि तिनीहरूले सामदानलाई त्‍यसका सबै सरसामानहरूसमेत सीलको छालाले बेह्रेर डाँड़ीमाथि राखिदेऊन्।</verse>
				<verse number="11">“तिनीहरूले सुनको वेदीमाथि नीलो कपड़ा ओछ्याएर सीलको छालाले ढाकिदेऊन्, र त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा हालिदेऊन्।</verse>
				<verse number="12">“पवित्रस्‍थानमा तिनीहरूले प्रयोग गर्ने सबै सेवाका सामानहरू लिएर तिनलाई नीलो कपड़ामा राखी सीलको छालाले ढाकेर तिनलाई डाँड़ीमाथि राखिदेऊन्।</verse>
				<verse number="13">“तिनीहरूले काँसाको वेदीबाट खरानी झिकेर त्‍यसमाथि बैजनी रङ्गको कपड़ा ओछ्याऊन्‌।</verse>
				<verse number="14">त्‍यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात्‌ आगो राख्‍ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्‍यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा राखून्‌।</verse>
				<verse number="15">“छाउनी प्रस्‍थान हुने बेलामा हारून र त्‍यसका छोराहरूले पवित्रस्‍थानका सबै पवित्र सरसामानहरू ढाकेपछि कहातीहरूले ती बोक्‍न आऊन्‌। तर तिनीहरूले पवित्र कुराहरू नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्‌। भेट हुने पालका सबै कुराहरू कहातीहरूले बोकून्‌।</verse>
				<verse number="16">“हारून पूजाहारीको छोरो एलाजारको जिम्‍मामा सुम्‍पिएका कुराहरू यी नै हुन्‌: बत्तीको लागि तेल, सुगन्‍धित धूप, नियमितको अन्‍नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्‍थान र त्‍यसमा भएका सबै सरसामानहरू।”</verse>
				<verse number="17">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="18">“लेवीहरूबाट कहातीका वंशहरू बहिष्‍कृत हुन नदेओ।</verse>
				<verse number="19">तिनीहरू अति पवित्र कुराहरूको नजिक आउँदा नमरून्‌ भनेर यो तिनीहरूका लागि गर्‌: हारून र त्‍यसका छोराहरू पवित्रस्‍थानभित्र गएर तिनीहरू हरेकलाई आ-आफ्‍नो काम र के-के बोक्‍ने खटाइदेऊन्।</verse>
				<verse number="20">तर कहातीहरू पवित्र कुराहरू हेर्न एक छिनको निम्‍ति पनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्‌।”</verse>
				<verse number="21">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="22">“गेर्शोनीहरूलाई पनि आ-आफ्‍ना परिवार र वंशअनुसार गन्‍ती गर्‌।</verse>
				<verse number="23">भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई तैंले गन्‍ती गर्‌।</verse>
				<verse number="24">“भारी बोक्‍न र सेवा गर्नलाई गेर्शोनी वंशहरूको काम यही हो:</verse>
				<verse number="25">पवित्र वासस्‍थानका पर्दाहरू, भेट हुने पाल, त्‍यसको छत, र त्‍यसमाथि रहने सीलका छालाको छत, र भेट हुने पालको ढोकाको पर्दा,</verse>
				<verse number="26">पवित्र वासस्‍थान र वेदीका चारैतिरको चोकका पर्दाहरू, त्‍यसको ढोकाको पर्दा, डोरीहरू, र तिनको सेवामा प्रयोग गरिने सबै सरसामानहरू तिनीहरूले बोकून्‌। यी सबै कुराबाट जे-जे काम हुन्‍छन्, ती पनि गेर्शोनीहरूले नै गरून्‌।</verse>
				<verse number="27">तिनीहरूका सबै सेवाहरू, वा भारी उठाउने काम होस्‌ वा अन्‍य काम होस्, ती सबै हारून र त्‍यसका छोराहरूले आज्ञा गरेबमोजिम गेर्शोनीहरूले गरून्‌। तिनीहरूको सबै अभिभारा तिमीहरूले नै खटाइदेओ।</verse>
				<verse number="28">भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्‍मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्‌।</verse>
				<verse number="29">“मरारीहरूलाई आ-आफ्‍ना वंश र परिवारअनुसार तैंले गन्‍ती गर्‌।</verse>
				<verse number="30">भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई तैंले गन्‍ती गर्‌।</verse>
				<verse number="31">भेट हुने पालमा तिनीहरूले गर्नुपर्ने कर्तव्‍यहरू यी नै हुन्‌: पवित्र वासस्‍थानका फल्‍याकहरू, त्‍यसका बारहरू, डन्‍डीहरू, खामाहरू र आधारहरू,</verse>
				<verse number="32">साथै चारैतिरको चोकका खामाहरू, र तिनका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सरसामान, र यिनीहरूको प्रयोगसम्‍बन्‍धी सब कुराहरू तिनीहरूले बोकून्‌। तिनीहरूमध्‍ये प्रत्‍येकलाई आफैले बोक्‍ने निश्‍चित सरसामानहरू खटाउनू।</verse>
				<verse number="33">भेट हुने पालमा मरारी वंशहरूले हारून पूजाहारीको छोरो ईतामारको निर्देशनमा गर्नुपर्ने सेवा यही हो।”</verse>
				<verse number="34">मोशा, हारून र समुदायका नायकहरूले कहातीहरूलाई आ-आफ्‍ना वंश र परिवारअनुसार गन्‍ती गरे।</verse>
				<verse number="35">तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,</verse>
				<verse number="36">ती वंश-वंश गरी गनिएकाहरू जम्‍मा २,७५० थिए।</verse>
				<verse number="37">मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने सबै कहातीहरूको जम्‍मै संख्‍या यही थियो।</verse>
				<verse number="38">गेर्शोनीहरू आ-आफ्‍ना वंश र परिवारअनुसार गनिएका थिए।</verse>
				<verse number="39">तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,</verse>
				<verse number="40">ती वंश-वंश र परिवार-परिवार गरी गनिएकाहरू जम्‍मा २,६३० थिए।</verse>
				<verse number="41">परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने गेर्शोनीहरूको जम्‍मै संख्‍या यही थियो।</verse>
				<verse number="42">मरारीहरू आ-आफ्‍ना वंश र परिवारअनुसार गनिएका थिए।</verse>
				<verse number="43">तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,</verse>
				<verse number="44">ती वंश-वंश गरी गनिएकाहरू जम्‍मा ३,२०० थिए।</verse>
				<verse number="45">मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका मरारीहरूको जम्‍मै संख्‍या यही थियो।</verse>
				<verse number="46">यसरी मोशा, हारून र इस्राएलका नायकहरूले सबै लेवीहरूलाई आ-आफ्‍ना वंश र परिवारअनुसार गन्‍ती गरे।</verse>
				<verse number="47">तीसदेखि लिएर पचास वर्षसम्‍मको उमेरका सबै जो भेट हुने पालमा सेवा गर्ने र भारी बोक्‍ने काममा नियुक्त भएका थिए,</verse>
				<verse number="48">ती गनिएकाहरू जम्‍मा ८,५८० थिए।</verse>
				<verse number="49">आ-आफ्‍नो सेवा र भारी बोक्‍ने कामअनुसार मोशाद्वारा परमप्रभुको आज्ञाबमोजिम तिनीहरू नियुक्त भएका थिए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले तिनीहरूलाई गने।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई छालाको सरुवा रोग भएका, धातुको रोग भएका, र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राख्‍नू भनी आज्ञा गर्‌।</verse>
				<verse number="3">पुरुष र स्‍त्री दुवैलाई बाहिर राख्‍नू। तिनीहरूका बीचमा म रहने छाउनी तिनीहरूले अशुद्ध नपारून्‌।”</verse>
				<verse number="4">इस्राएलीहरूले त्‍यसै गरे, तिनीहरूलाई छाउनीदेखि बाहिर राखे। परमप्रभुले मोशालाई भन्‍नुभएझैँ इस्राएलीहरूले गरे।</verse>
				<verse number="5">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="6">“इस्राएलीहरूलाई भन्‌: ‘जब कुनै पुरुष वा स्‍त्रीले परमप्रभुसँगको विश्‍वास तोड़ेर अरू मानिसप्रति कुनै प्रकारले अपराध गर्छ, तब त्‍यो व्‍यक्ति दोषी ठहरिनेछ,</verse>
				<verse number="7">र उसले आफ्‍नो पापको स्‍वीकार गर्नुपर्छ। जसलाई उसले बिराएको छ, त्‍यसलाई उसले आफ्‍नो दोषको पूरा हर्जाना र त्‍यसका अझै पाँचौँ हिस्‍सा देओस्‌।</verse>
				<verse number="8">तर यदि दोषको हर्जाना पाउन त्‍यस व्‍यक्तिको कोही आफन्‍त छैन भने, हर्जानाचाहिँ परमप्रभुको हुनेछ। हर्जाना र दोषीको प्रायश्‍चितको निम्‍ति एउटा थुमा पूजाहारीलाई देऊन्।</verse>
				<verse number="9">इस्राएलीहरूले चढ़ाएका पवित्र थोक, जो तिनीहरूले पूजाहारीकहाँ हाजिर गराउँछन्, ती तिनैका होऊन्‌।</verse>
				<verse number="10">हरेक मानिसका पवित्र उपहारहरू त्‍यसकै होऊन्, तर मानिसले पूजाहारीलाई दिएका कुनै कुरा पूजाहारीकै होस्‌’।”</verse>
				<verse number="11">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="12">“इस्राएलीहरूलाई भन्‌: कसैकी पत्‍नी बरालिएर त्‍यसले आफ्‍नो पतिप्रति विश्‍वासघात गरेर</verse>
				<verse number="13">अन्‍य मानिससित सहवास गरी, र त्‍यो कुरा त्‍यसको पतिबाट गुप्‍त रहेको छ भने, र त्‍यो बिग्रिए तापनि त्‍यसको विरुद्ध कोही साक्षी नपाएकोले त्‍यो फेला पनि परेकी छैन भने,</verse>
				<verse number="14">अनि आफ्‍नो बिग्रिएकी पत्‍नीप्रति यस पतिको मनमा डाह जाग्‍यो, र त्‍यसलाई आँखा लाउन थाल्‍यो, अथवा त्‍यसकी पत्‍नी नबिग्रिएकी भए तापनि डाह जागेर त्‍यसले आँखा लाउँछ भने,</verse>
				<verse number="15">त्‍यस मानिसले आफ्‍नी पत्‍नीलाई पूजाहारीकहाँ ल्‍याओस्, र उसले त्‍यसको निम्‍ति आधा पाथी जौको पीठो बलि चढ़ाओस्‌। उसले त्‍यसमा तेल अथवा धूप नराखोस्, किनकि दोषको सम्‍झना गराउने यो अन्‍नबलि, अर्थात्‌ डाहको अन्‍नबलि हो।</verse>
				<verse number="16">“‘अनि पूजाहारीले त्‍यस स्‍त्रीलाई नजिक ल्‍याएर परमप्रभुको सामुन्‍ने उभ्‍याऊन्‌।</verse>
				<verse number="17">त्‍यसपछि पूजाहारीले माटोको भाँड़ामा शुद्ध पानी ल्‍याऊन्, र पवित्र वासस्‍थानको भूइँको अलिकता धूलो लिएर त्‍यस पानीमा हालिदेऊन्।</verse>
				<verse number="18">अनि पूजाहारीले त्‍यस स्‍त्रीलाई परमप्रभुको सामुन्‍ने खड़ा गराएर त्‍यसको केश फुकाइदेऊन् र त्‍यसका हातमा सम्‍झना-बलि, अर्थात्‌ डाहको अन्‍नबलि राखिदेऊन्, अनि श्राप ल्‍याउने तीतो पानी पूजाहारीले आफ्‍ना हातमा लेऊन्‌।</verse>
				<verse number="19">तब पूजाहारीले त्‍यस स्‍त्रीलाई शपथ खान लगाएर यसो भनून्, “यदि कुनै मानिस तँसित सुतेको छैन, र आफ्‍नो पतिको अधीनमा हुँदा भ्रष्‍ट चालमा हिँड़ेर तँ अशुद्ध भएकी छैनस्‌ भने, श्राप ल्‍याउने यो तीतो पानीबाट तँलाई केही हानि नहोस्‌।</verse>
				<verse number="20">तर तेरो पतिको अधीनमा हुँदाहुँदै पनि तँ बरालिएर गएकी छस्, अनि तेरो पतिबाहेक अन्‍य मानिससित तँ सुतेर बिग्रिएको छस्‌ भने”—</verse>
				<verse number="21">यहाँ पूजाहारीले त्‍यस स्‍त्रीलाई श्रापको शपथ खुवाऊन्‌— “परमप्रभुले तेरो जाँघ सुक्‍ने र तेरो पेट सुनिने तुल्‍याउनुहुँदा, उहाँले तँलाई तेरा मानिसहरूका बीचमा श्राप र धिक्‍कारको कारण तुल्‍याऊन्‌।</verse>
				<verse number="22">यो श्राप ल्‍याउने पानीले तेरो भुँड़ीभित्र पसेर तेरो पेट सुनिने र तेरो जाँघ सुक्‍ने तुल्‍याऊन्‌।” “‘तब त्‍यस स्‍त्रीले “आमेन, यस्‍तै होस्,” भनोस्‌।</verse>
				<verse number="23">“‘अनि पूजाहारीले ती श्रापहरू मुट्ठोमा लेखेर त्‍यो तीतो पानीले पखालेर मेटिदेऊन्,</verse>
				<verse number="24">र तिनले त्‍यस स्‍त्रीलाई त्‍यो श्राप ल्‍याउने तीतो पानी पिउन लगाऊन्, र त्‍यो श्राप ल्‍याउने पानी त्‍यसभित्र पसेर त्‍यसलाई साह्रो वेदना हुनेछ।</verse>
				<verse number="25">तब पूजाहारीले डाहको अन्‍नबलि त्‍यस स्‍त्रीका हातबाट लिएर परमप्रभुको सामु त्‍यो अन्‍नबलि डोलाऊन्, र वेदीमा ल्‍याऊन्‌।</verse>
				<verse number="26">पूजाहारीले अन्‍नबलिबाट एक मुट्ठी झिकेर सम्‍झना-बलि स्‍वरूप वेदीमा त्‍यो जलाऊन्, र पछिबाट त्‍यस स्‍त्रीलाई त्‍यो पानी खान लगाऊन्‌।</verse>
				<verse number="27">जब तिनले त्‍यस स्‍त्रीलाई पानी खान लगाउँछन्, त्‍यो बिग्रिएकी छ र त्‍यसले आफ्‍नो पतिको विरुद्धमा अपराध गरेकी छ भने, त्‍यो श्राप ल्‍याउने पानी त्‍यसको पेटभित्र पसेर कटु पीडा ल्‍याउँछ। त्‍यसको पेट सुनिनेछ र त्‍यसका जाँघ सुकिजानेछन्, र त्‍यो स्‍त्री आफ्‍ना मानिसहरूका बीचमा श्रापित हुनेछे।</verse>
				<verse number="28">तर त्‍यो स्‍त्री नबिग्रिएकी र साध्वी नै छे भने, त्‍यो निर्दोषी ठहरिएर गर्भवती हुन सक्‍नेछे।</verse>
				<verse number="29">“‘पतिको अधीनमा रहेकी पत्‍नी बरालिएर दूषित भएकीलाई,</verse>
				<verse number="30">अथवा मनमा डाह जागेर आफ्‍नी पत्‍नीमाथि आँखा लाउने पुरुषलाई डाहको नियम यही हो। पूजाहारीले त्‍यस स्‍त्रीलाई परमप्रभुको सामुन्‍ने उभ्‍याऊन्, र यस नियमको पूरै कारवाही गरून्‌।</verse>
				<verse number="31">तब त्‍यो पुरुष कुनै अधर्मबाट निर्दोष ठहरिन्‍छ, तर त्‍यो स्‍त्रीले चाहिँ आफ्‍नो अधर्मको दण्‍ड बोक्‍नेछे।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्‌: ‘कुनै पुरुष वा स्‍त्रीले विशेष भाकल, अर्थात्‌ परमप्रभुको निम्‍ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्‍छा गर्छ भने,</verse>
				<verse number="3">त्‍यो दाखमद्य र अरू मद्यबाट अलग बसोस्‌। त्‍यसले दाखमद्य वा अरू मद्यको सिर्का नपिओस्, अनि दाखको रस वा ताजा वा सुकाएको दाखहरू नखाओस्‌।</verse>
				<verse number="4">जति दिनसम्‍म त्‍यो नाजिरी भएर अलग बस्‍छ, त्‍यसले दाखका बीउदेखि लिएर बोक्रासम्‍म केही नखाओस्‌।</verse>
				<verse number="5">“त्‍यो अलग हुने भाकल राखेका सम्‍पूर्ण दिनसम्‍म त्‍यसको शिरमा छुरा नलाओस्‌। जहिलेसम्‍म परमप्रभुको निम्‍ति आफूलाई अलग राख्‍छ, त्‍यो समय पूरा नहोउञ्‍जेल त्‍यो शुद्ध बसोस्‌। त्‍यसले आफ्‍नो कपाल लामो हुन देओस्‌।</verse>
				<verse number="6">जति दिनसम्‍म त्‍यसले आफूलाई परमप्रभुको निम्‍ति अलग राख्‍छ, त्‍यति दिनसम्‍म त्‍यो कुनै मुर्दाको नजिक नजाओस्‌।</verse>
				<verse number="7">त्‍यसका बुबा वा आमा, कि दाजुभाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्‍ति त्‍यसले आफूलाई अशुद्ध नतुल्‍याओस्, किनभने आफ्‍ना परमेश्‍वरको निम्‍ति अलग भएको चिन्‍ह त्‍यसको शिरमा छ।</verse>
				<verse number="8">त्‍यसका अलग बस्‍ने सम्‍पूर्ण दिनसम्‍म त्‍यो परमप्रभुको निम्‍ति पवित्र छ।</verse>
				<verse number="9">“‘अचानक कुनै मानिस त्‍यसको नजिकै मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्‍यो भने, शुद्धि हुने सातौँ दिनमा त्‍यसले आफ्‍नो कपाल खौरोस्‌।</verse>
				<verse number="10">अनि आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।</verse>
				<verse number="11">मुर्दाको नजिक भएर त्‍यसले पाप गरेको हुनाले पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पापबलि, अर्कोचाहिँ होमबलि गरी चढ़ाऊन्‌। अनि त्‍यही दिन त्‍यसले आफ्‍नो शिर चोख्‍याओस्‌।</verse>
				<verse number="12">आफू अलग रहने समय होउञ्‍जेल त्‍यसले परमप्रभुको लागि आफैलाई अर्पण गरोस्, र दोषबलिको निम्‍ति एक वर्षे थुमा ल्‍याओस्‌। त्‍यसको अलग रहेको समय अशुद्ध भएको हुनाले, ती अघिका दिनहरूको गन्‍ती हुनेछैन।</verse>
				<verse number="13">“‘आफ्‍नो अलग रहने समय पूरा भएपछि नाजिरीलाई नियम यही हो। त्‍यसलाई भेट हुने पालको ढोकामा ल्‍याउनू।</verse>
				<verse number="14">त्‍यसले परमप्रभुको निम्‍ति त्‍यहाँ यी बलिहरू चढ़ाउनुपर्नेछ: होमबलिको निम्‍ति एउटा एक वर्षे निष्‍खोट थुमा, पापबलिको निम्‍ति एउटी एक वर्षे निष्‍खोट पाठी, र मेलबलिको निम्‍ति एउटा निष्‍खोट भेड़ा,</verse>
				<verse number="15">एक डालो अखमिरी रोटी— तेलले मुछेको मसिनो पीठोका फुरौला र तेल दलेका अखमिरी बाबरहरू— र तिनीहरूका अन्‍नबलि र अर्घ-बलि।</verse>
				<verse number="16">“‘तब पूजाहारीले परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति पापबलि र मेलबलि चढ़ाऊन्‌।</verse>
				<verse number="17">तिनले परमप्रभुको निम्‍ति मेलबलिको रूपमा डालोमा भएको अखमिरी रोटी र भेड़ा, र साथै त्‍यसको अन्‍नबलि र अर्घ-बलि चढ़ाऊन्‌।</verse>
				<verse number="18">“‘तब त्‍यस नाजिरीले भेट हुने पालको ढोकामा आफूले अर्पण गरेको कपाल खौरोस्, र त्‍यो कपाल लिई मेलबलिको मुन्‍तिर रहेको आगोमा हालिदेओस्‌।</verse>
				<verse number="19">“‘त्‍यसले आफ्‍नो अर्पणको कपाल खौरिसकेपछि पूजाहारीले भेड़ाको उसिनेको कुम, डालोका एउटा अखमिरी फुरौला र अखमिरी बाबर लिएर त्‍यस नाजिरीको हातमा राखिदेऊन्।</verse>
				<verse number="20">अनि पूजाहारीले तिनलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामु डोलाऊन्‌। यी र डोलाइएको ह्याकुलो र चढ़ाइएको साँप्रो पूजाहारीको निम्‍ति पवित्र भाग हुनेछ। त्‍यसपछि त्‍यस नाजिरीले दाखमद्य पिए हुन्‍छ।</verse>
				<verse number="21">“‘नाजिरीले गर्ने भाकलको नियम यही हो। त्‍यसले आफूलाई अर्पण गरेबमोजिम परमप्रभुलाई चढ़ाउने भेटी यी नै हुन्‌। आफूले गरेको भाकल नाजिरीको नियमअनुसार सम्‍पूर्ण रूपले त्‍यसले पालन गर्नुपर्छ’।”</verse>
				<verse number="22">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="23">“हारून र त्‍यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्‍नू:</verse>
				<verse number="24">परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।</verse>
				<verse number="25">परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌।</verse>
				<verse number="26">परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’</verse>
				<verse number="27">“यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्‍नेछन्, र म तिनीहरूलाई आशिष्‌ दिनेछु।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">मोशाले पवित्र वासस्‍थान खड़ा गरिसकेपछि, त्‍यसलाई र त्‍यसका सबै सरसामानहरू, र साथै वेदी र त्‍यसका सबै भाँड़ाकुँड़ाहरू अभिषेक गरी अर्पण गरे।</verse>
				<verse number="2">तब इस्राएलका गणना भएका नेताहरू, अर्थात्‌ कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्‍नो बलि चढ़ाए।</verse>
				<verse number="3">तिनीहरूले परमप्रभुको सामुन्‍ने छ वटा छोपिएका गाड़ाहरू र बाह्र वटा गोरु, दुई-दुई कुलनायकका निम्‍ति एक-एक गाड़ा र नायकैपिच्‍छे एक-एक गोरुको आ-आफ्‍नो बलि ल्‍याएर पवित्र वासस्‍थानको सामुन्‍ने प्रस्‍तुत गरे।</verse>
				<verse number="4">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="5">“तिनीहरूबाट ती ग्रहण गर्, र भेट हुने पालको काममा ती प्रयोग गरिऊन्‌। लेवीहरूलाई आ-आफ्‍नो कामअनुसार ती तैंले दिनू।”</verse>
				<verse number="6">तब मोशाले ती गाड़ाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।</verse>
				<verse number="7">दुई वटा गाड़ा र चार वटा गोरु तिनले तिनीहरूको कामअनुसार गेर्शोनीहरूलाई दिए।</verse>
				<verse number="8">चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए।</verse>
				<verse number="9">तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्‍ना काँधमा पवित्र वस्‍तुहरू बोक्‍ने जिम्‍मेवारी तिनीहरूको थियो।</verse>
				<verse number="10">वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्‍यसको अर्पण-कार्यमा आफ्‍ना भेटीहरू ल्‍याएर वेदीको सामु प्रस्‍तुत गरे।</verse>
				<verse number="11">किनकि परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्‍ति हरेक दिन कुलनायकमा एक जनाले आफ्‍नो भेटी चढ़ाओस्‌।”</verse>
				<verse number="12">पहिलो दिन भेटी चढ़ाउनेमा यहूदाको कुलका अम्‍मीनादाबका छोरा नहशोन थिए।</verse>
				<verse number="13">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="14">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="15">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="16">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="17">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्‍मीनादाबका छोरा नहशोनको भेटी यही थियो।</verse>
				<verse number="18">दोस्रो दिन इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेलले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="19">तिनले ल्‍याएको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="20">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="21">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="22">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="23">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूआरका छोरा नतनेलको भेटी यही थियो।</verse>
				<verse number="24">तेस्रो दिन जबूलूनका कुलनायक हेलोनका छोरा एलीआबले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="25">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="26">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="27">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="28">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="29">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। हेलोनका छोरा एलीआबको भेटी यही थियो।</verse>
				<verse number="30">चौथो दिन रूबेनका कुलनायक शदेऊरका छोरा एलीसूरले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="31">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="32">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="33">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="34">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="35">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। शदेऊरका छोरा एलीसूरको भेटी यही थियो।</verse>
				<verse number="36">पाँचौँ दिन शिमियोनका कुलनायक सूरीशद्दैका छोरा शलूमीएलले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="37">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="38">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="39">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="40">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="41">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूरीशद्दैका छोरा शलूमीएलको भेटी यही थियो।</verse>
				<verse number="42">छैटौँ दिन गादका कुलनायक दूएलका छोरा एल्‍यासापले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="43">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="44">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="45">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="46">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="47">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। दूएलका छोरा एल्‍यासापको भेटी यही थियो।</verse>
				<verse number="48">सातौँ दिन एफ्राइमका कुलनायक अम्‍मीहूदका छोरा एलीशामाले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="49">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="50">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="51">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="52">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="53">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्‍मीहूदका छोरा एलीशामाको भेटी यही थियो।</verse>
				<verse number="54">आठौँ दिन मनश्‍शेका कुलनायक पदासूरका छोरा गमलिएलले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="55">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="56">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="57">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="58">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="59">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।</verse>
				<verse number="60">नवौँ दिन बेन्‍यामीनका कुलनायक गिदेओनीका छोरा अबीदानले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="61">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="62">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="63">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="64">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="65">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। गिदेओनीका छोरा अबीदानको भेटी यही थियो।</verse>
				<verse number="66">दशौँ दिन दानका कुलनायक अम्‍मीशद्दैका छोरा अहीएजेरले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="67">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="68">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="69">र होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="70">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="71">मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्‍मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।</verse>
				<verse number="72">एघारौँ दिन आशेरका कुलनायक ओक्रानका छोरा पगीएलले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="73">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="74">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="75">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="76">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="77">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।</verse>
				<verse number="78">बाह्रौँ दिन नप्‍तालीका कुलनायक एनानका छोरा अहीराले आफ्‍नो भेटी ल्‍याए।</verse>
				<verse number="79">तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—</verse>
				<verse number="80">धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,</verse>
				<verse number="81">होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,</verse>
				<verse number="82">पापबलिको निम्‍ति एउटा बोका,</verse>
				<verse number="83">र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो।</verse>
				<verse number="84">वेदीका अभिषेकको दिन त्‍यसको अर्पण-कार्यमा इस्राएलका कुलनायकहरूले चढ़ाएका भेटी यी नै थिए: बाह्र वटा चाँदीका थाल, बाह्र वटा चाँदीका छर्कने बाटा, र बाह्र वटा सुनका धुपौरा।</verse>
				<verse number="85">प्रत्‍येक चाँदीको थाल एक सय तीस शेकेल तौलको र प्रत्‍येक चाँदीको छर्कने बाटा सत्तरी शेकेल तौलको थियो। भाँड़ाकुँड़ाहरूको जम्‍मै चाँदीको तौल पवित्रस्‍थानको शेकेलबमोजिम दुई हजार चार सय शेकेल थियो।</verse>
				<verse number="86">धूपले भरिएका सुनका बाह्र वटा धुपौरा, पवित्रस्‍थानबमोजिम प्रत्‍येक दश-दश शेकेलको सबै धुपौराको सुन १२० शेकेल तौलको थियो।</verse>
				<verse number="87">होमबलिको निम्‍ति, तिनका अन्‍नबलिसमेत, बाह्र वटा साँढ़े, बाह्र वटा भेड़ा र बाह्र वटा एक वर्षे थुमा थिए र पापबलिको निम्‍ति बाह्र वटा बोका थिए।</verse>
				<verse number="88">अनि मेल-बलिको निम्‍ति चाहिँ सबै पशुहरू गरी जम्‍मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्‍यसको अर्पण-कार्यको भेटी यही थियो।</verse>
				<verse number="89">जब मोशा भेट हुने पालमा परमप्रभुसित कुरा गर्न भित्र गए, तब गवाहीको सन्‍दूकमा रहेको कृपा-आसनमाथिका दुई करूबहरूका बीचबाट तिनले आफूसँग बोलिरहनु भएको वाणी सुने। अनि परमप्रभु तिनीसित बोल्‍नुभयो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“हारूनलाई भन्‌: ‘तैंले सात बत्तीहरू स्‍थापना गर्दा तिनले सामदानका अगिल्‍तिरको क्षेत्रलाई प्रकाश देऊन्’।”</verse>
				<verse number="3">अनि हारूनले त्‍यसै गरे। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सामदानको अगिल्‍तिर प्रकाश दिने गरी तिनले बत्ती बाले।</verse>
				<verse number="4">सामदान पिटेको सुनको थियो— त्‍यसको आधारदेखि त्‍यसका फूलहरूसम्‍म। परमप्रभुले मोशालाई नमूना देखाउनुभएबमोजिम त्‍यो सामदान बनाइयो।</verse>
				<verse number="5">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="6">“इस्राएलीहरूमध्‍ये लेवीहरूलाई लिएर तिनीहरूलाई विधिवत्‌ रूपमा शुद्ध पार्‌।</verse>
				<verse number="7">तिनीहरूलाई शुद्ध पार्नलाई तैंले यसो गर्‌: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्किदे, र तिनीहरूले आफ्‍नो शरीरका जम्‍मै रौँ काटेर आ-आफ्‍ना लुगा धोई आफूलाई शुद्ध तुल्‍याऊन्‌।</verse>
				<verse number="8">तिनीहरूले एउटा बाछो र तेलसँग मुछेको मसिनो पीठोको अन्‍नबलि ल्‍याऊन्, र पापबलिको निम्‍ति चाहिँ तैंले अर्को एउटा बाछो ल्‍याउनू।</verse>
				<verse number="9">तैंले लेवीहरूलाई भेट हुने पालको सामुन्‍ने ल्‍याएर इस्राएलीहरूका सारा समुदायलाई भेला गर्।</verse>
				<verse number="10">तैंले लेवीहरूलाई परमप्रभुको सामु हाजिर गर्, र इस्राएलीहरूले आ-आफ्‍ना हात लेवीहरूमाथि राखून्‌।</verse>
				<verse number="11">परमप्रभुको सेवा गर्न लेवीहरू तयार होऊन्‌ भनेर इस्राएलीहरूबाट डोलाइने बलि स्‍वरूप लेवीहरूलाई परमप्रभुको सामु हारूनले चढ़ाओस्‌।</verse>
				<verse number="12">“अनि लेवीहरूले साँढ़ेहरूका शिरमा आ-आफ्‍ना हात राखून्‌। लेवीहरूका निम्‍ति प्रायश्‍चित गर्न एउटा साँढ़े पापबलि र अर्कोचाहिँ होमबलिको रूपमा तैंले परमप्रभुलाई चढ़ा।</verse>
				<verse number="13">तैंले लेवीहरूलाई हारून र त्‍यसका छोराहरूका सामुन्‍ने खड़ा गराएर परमप्रभुको निम्‍ति डोलाइने बलिको रूपमा तिनीहरूलाई अर्पण गर्‌।</verse>
				<verse number="14">यसरी तैंले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग गर्, र लेवीहरू मेरा हुनेछन्‌।</verse>
				<verse number="15">“तैंले लेवीहरूलाई शुद्ध पारेर डोलाइने बलिको निम्‍ति तिनीहरूलाई अर्पण गरेपछि भेट हुने पालमा सेवा गर्न लेवीहरू भित्र जाऊन्‌।</verse>
				<verse number="16">इस्राएलीहरूमध्‍येबाट तिनीहरू बिलकुलै मलाई अर्पण गरिएका हुन्‌। गर्भको प्रथम फल, अर्थात्‌ इस्राएलीहरूका जेठा-जेठाको सट्टामा मैले तिनीहरूलाई नै लिएको छु।</verse>
				<verse number="17">इस्राएलमा, चाहे मानिस होस्, चाहे पशु होस्, पहिले जन्‍मेका सबै मेरै हुन्‌। मिश्रीहरूका सबै जेठा-जेठालाई मैले मारेको दिन यिनीहरूलाई मेरो निम्‍ति अलग गरें।</verse>
				<verse number="18">अनि इस्राएलीहरूका जेठा-जेठा जम्‍मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु।</verse>
				<verse number="19">भेट हुने पालमा इस्राएलीहरूका निम्‍ति सेवा गर्न र इस्राएलीहरू पवित्रस्‍थानको नजिक आउँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्‌ भनी तिनीहरूको प्रायश्‍चित गर्नलाई मैले लेवीहरूलाई दानको रूपमा हारून र त्‍यसका छोराहरूलाई दिएको छु।”</verse>
				<verse number="20">लेवीहरूका विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम मोशा, हारून र इस्राएलका जम्‍मै समुदायले तिनीहरूलाई त्‍यसै गरे।</verse>
				<verse number="21">लेवीहरूले आ-आफूलाई शुद्ध गरेर आफ्‍ना लुगा धोए। तब हारूनले तिनीहरूलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्‍ने अर्पण गरे, र तिनले तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्‍ति प्रायश्‍चित गरे।</verse>
				<verse number="22">त्‍यसपछि भेट हुने पालमा हारून र तिनका छोराहरूको अधीनमा आ-आफ्‍नो काम गर्नलाई लेवीहरू भित्र गए। लेवीहरूका विषयमा परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे।</verse>
				<verse number="23">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="24">“लेवीहरूका कामबारे नियम यही हो: पच्‍चीस वर्ष र त्‍यसभन्‍दा माथिकाहरू भेट हुने पालमा काम गर्नलाई प्रवेश गरून्‌।</verse>
				<verse number="25">तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून्, र कामबाट अवकाश पाऊन्, र फेरि काम नगरून्‌।</verse>
				<verse number="26">तर कामकाज कायम राख्‍नलाई आफ्‍ना दाजुभाइलाई भेट हुने पालमा सहायता गर्दैरहून्, तर कामचाहिँ नगरून्‌। लेवीहरूका कामको जिम्‍माको विषयमा तैंले यसै गर्नू।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">इस्राएलीहरू मिश्रबाट निस्‍किआएका दोस्रो वर्षको पहिलो महिनामा सीनैको उजाड़-स्‍थानमा परमप्रभुले मोशासित यसो भनेर बोल्‍नुभयो:</verse>
				<verse number="2">“इस्राएलीहरूले तोकिएको समयमा निस्‍तार-चाड़ मानून्‌।</verse>
				<verse number="3">यसै महिनाको चौधौँ दिनमा साँझमा तोकिएको समयमा तिमीहरूले यो मान्‍नू। त्‍यसका सबै नियम र विधिबमोजिम तिमीहरूले मान्‍नू।”</verse>
				<verse number="4">तब तिनीहरूले निस्‍तार-चाड़ मान्‍नुपर्छ भनेर मोशाले इस्राएलीहरूलाई बताइदिए।</verse>
				<verse number="5">तिनीहरूले सीनैको उजाड़-स्‍थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्‍तार-चाड़ माने। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम इस्राएलीहरूले गरे।</verse>
				<verse number="6">तर मान्‍छेको लाश छोएर अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्‍यस दिन निस्‍तार-चाड़ मान्‍न सकेका थिएनन्‌। तिनीहरू त्‍यसै दिन मोशा र हारूनको सामुन्‍ने आए।</verse>
				<verse number="7">ती मानिसहरूले तिनलाई भने, “मान्‍छेको लाश छोएर हामी अशुद्ध भएका छौं। तोकिएको समयमा हामीले इस्राएलीहरूका साथसाथै परमप्रभुमा आफ्‍ना बलि किन चढ़ाउन नपाउने?”</verse>
				<verse number="8">मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूका विषयमा के आज्ञा गर्नुहुन्‍छ, म थाहा पाऊँ।”</verse>
				<verse number="9">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="10">“इस्राएलीहरूलाई यसो भन्‌: ‘तिमीहरूका परिवारमा मुर्दा छोएर कोही अशुद्ध भएको छ, अथवा टाढ़ा-टाढ़ा परदेश गएको छ भने पनि त्‍यसले परमप्रभुको निस्‍तार-चाड़ मानोस्‌।</verse>
				<verse number="11">दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्‌। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्‌।</verse>
				<verse number="12">तिनीहरूले भोलिपल्‍ट बिहानसम्‍म त्‍यसबाट केही पनि बाँकी नराखून्‌। त्‍यसको कुनै हाड़ पनि नभाँचून्‌। निस्‍तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्‌।</verse>
				<verse number="13">तर जो मान्‍छे शुद्ध छ, र यात्रामा पनि छैन, त्‍यसले निस्‍तार-चाड़ मानेन भने त्‍यस्‍तो व्‍यक्ति आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्, किनभने त्‍यसले तोकिएको समयमा परमप्रभुको निम्‍ति आफ्‍नो बलि चढ़ाएन। त्‍यस मानिसले आफ्‍नो पापको दण्‍ड भोगोस्‌।</verse>
				<verse number="14">“‘यदि तिमीहरूका बीचमा कुनै विदेशीले प्रवास गरेको छ, र त्‍यसले परमप्रभुको निम्‍ति निस्‍तार-चाड़ मान्‍न खोज्‍छ भने, त्‍यसले निस्‍तार-चाड़का नियम र विधिअनुसार त्‍यो मनाओस्‌। विदेशी र स्‍वदेशीको निम्‍ति तिमीहरूको एउटै नियम होस्‌’।”</verse>
				<verse number="15">पवित्र वासस्‍थान, गवाही-पाटीको पाल खड़ा गरेको दिन बादलले त्‍यसलाई ढाक्‍यो। पवित्र वासस्‍थानमाथिको त्‍यो बादल साँझ परेदेखि बिहानसम्‍मै आगोको जस्‍तै रूप देखा पर्‍यो।</verse>
				<verse number="16">यो सधैँ यस्‍तै हुन्‍थ्‍यो— दिनमा बादलले ढाक्‍थ्‍यो, र राती आगोजस्‍तो देखा पर्थ्‍यो।</verse>
				<verse number="17">जब-जब पालमाथिबाट बादल हट्‌थ्‍यो, तब-तब इस्राएलीहरू प्रस्‍थान गर्थे, र जुन ठाउँमा बादल अड़िन्‍थ्‍यो, त्‍यहीँ नै इस्राएलीहरूले पाल टाँग्‍थे।</verse>
				<verse number="18">परमप्रभुको आज्ञामा इस्राएलीहरू प्रस्‍थान गर्थे, र परमप्रभुकै आज्ञामा तिनीहरूले पाल टाँग्‍थे। पवित्र वासस्‍थानमाथि बादल रहुञ्‍जेल तिनीहरू छाउनीमा नै वास बस्‍थे।</verse>
				<verse number="19">धेरै दिनसम्‍म बादल पवित्र वासस्‍थानमाथि रहिरह्यो भने, इस्राएलीहरू परमप्रभुको आज्ञा मानेर प्रस्‍थान गर्दैनथे।</verse>
				<verse number="20">कहिलेकहीँ पवित्र वासस्‍थानमाथि थोरै दिनसम्‍म मात्र बादल रहन्‍थ्‍यो। परमप्रभुको आज्ञाअनुसार तिनीहरू वास बस्‍थे, र परमप्रभुको आज्ञाअनुसार तिनीहरू प्रस्‍थान गर्थे।</verse>
				<verse number="21">अनि कहिलेकहीँ साँझदेखि बिहानसम्‍मै मात्र बादल रहन्‍थ्‍यो, र बिहान बादल हटेपछि तिनीहरू प्रस्‍थान गर्थे। दिन होस्‌ वा रात होस्, बादल उठ्‌ने बित्तिकै तिनीहरू प्रस्‍थान गर्थे।</verse>
				<verse number="22">दुई दिन वा एक महिना अथवा एक वर्ष भए पनि पवित्र वासस्‍थानमाथि बादल रहुञ्‍जेल इस्राएलीहरू प्रस्‍थान गर्दैनथे, तर बादल हट्‌ने बित्तिकै तिनीहरू प्रस्‍थान गर्थे।</verse>
				<verse number="23">परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्‍थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्‍थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्‍तो आज्ञा गर्नुभयो, तिनीहरूले त्‍यही पालन गर्थे।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्‌। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्‍थान गर्दा ती प्रयोग गर्नू।</verse>
				<verse number="3">ती दुवै फुक्‍दा सारा समुदाय भेट हुने पालको ढोकामा तँकहाँ भेला होऊन्‌।</verse>
				<verse number="4">तर एउटा मात्र फुक्‍दा नेताहरू, अर्थात्‌ इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्‌।</verse>
				<verse number="5">जब जनाउ-ध्‍वनि बजाइन्‍छ, तब पूर्वपट्टि भएका शिविरकाहरू प्रस्‍थान गरून्‌।</verse>
				<verse number="6">जब दोस्रो पल्‍ट जनाउ-ध्‍वनि बजाइन्‍छ, तब दक्षिणपट्टि भएका शिविरकाहरू प्रस्‍थान गरून्‌। जनाउ-ध्‍वनि प्रस्‍थानको लागि सङ्केत हुनेछ।</verse>
				<verse number="7">समुदाय भेला गर्ने समयमा पनि फुक्‍नू, तर जनाउ-ध्‍वनि उस्‍तै नहोस्‌।</verse>
				<verse number="8">“हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्‍ने गरून्‌। यो तिमीहरू र तिमीहरूका भावी पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌।</verse>
				<verse number="9">आफ्‍नै देशमा तिमीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरुद्धमा तिमीहरू लड़ाइँ गर्न जाँदा तिमीहरूले तुरहीद्वारा जनाउ-ध्‍वनि फुक्‍नू। तब परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूको सम्‍झना हुनेछ, र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ।</verse>
				<verse number="10">तिमीहरूका हर्षका दिनमा— तिमीहरूका तोकिएका चाड़हरू र औंसीका चाड़हरूमा— आफ्‍ना होमबलि र मेलबलिहरू चढ़ाउँदा तिमीहरूले तुरही बजाउनू, र आफ्‍ना परमेश्‍वरको सामुन्‍ने ती तिमीहरूका सम्‍झनाको निम्‍ति होऊन्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”</verse>
				<verse number="11">दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा गवाहीको मण्‍डपमाथिबाट बादल हट्यो।</verse>
				<verse number="12">सीनैको उजाड़-स्‍थानबाट प्रस्‍थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो।</verse>
				<verse number="13">पहिलो पटक मोशाद्वारा परमप्रभुले दिनुभएको आज्ञाअनुसार तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे।</verse>
				<verse number="14">पहिले यहूदाका शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्‍व गरे।</verse>
				<verse number="15">इस्‍साखारका कुलको दलअगि सूआरका छोरा नतनेल थिए।</verse>
				<verse number="16">जबूलूनका कुलको दलअगि हेलोनका छोरा एलीआब थिए।</verse>
				<verse number="17">तब पवित्र वासस्‍थान उठाइयो, र त्‍यो बोकेर गेर्शोनीहरू र मरारीहरू अगि बढ़े।</verse>
				<verse number="18">त्‍यसपछि रूबेनको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। शदेऊरका छोरा एलीसूरले दलहरूको नेतृत्‍व गरे।</verse>
				<verse number="19">शिमियोनका कुलको दलअगि सूरीशद्दैका छोरा शलूमीएल थिए,</verse>
				<verse number="20">अनि गादका कुलको दलअगि दूएलका छोरा एल्‍यासाप थिए।</verse>
				<verse number="21">तब कहातीहरू पवित्र कुरा बोकेर अगि लागे। तिनीहरू आइपुग्‍नुभन्‍दा पहिले पवित्र वासस्‍थान उभ्‍याइसकेको हुनुपर्थ्‍यो।</verse>
				<verse number="22">त्‍यसपछि एफ्राइमको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीहूदका छोरा एलीशामाले दलहरूको नेतृत्‍व गरे।</verse>
				<verse number="23">मनश्‍शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए,</verse>
				<verse number="24">अनि बेन्‍यामीनका कुलको दलअगि गिदेओनीका छोरा अबीदान थिए।</verse>
				<verse number="25">त्‍यसपछि सबैभन्‍दा पछाड़ि रहेको दानको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीशद्दैका छोरा अहीएजेरले दलहरूको नेतृत्‍व गरे।</verse>
				<verse number="26">आशेरका कुलको दलअगि ओक्रानका छोरा पगीएल थिए,</verse>
				<verse number="27">अनि नप्‍तालीका कुलको दलअगि एनानका छोरा अहीरा थिए।</verse>
				<verse number="28">आ-आफ्‍ना दलबलअनुसार इस्राएलीहरू यसरी प्रस्‍थान गरे।</verse>
				<verse number="29">अनि मोशाले आफ्‍ना ससुरा मिद्यानी रूएलका छोरा होबाबलाई भने, “परमप्रभुले हामीलाई दिनेछु भन्‍नुभएको ठाउँमा हामी जाँदैछौं। तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्नेछौं, किनभने परमप्रभुले इस्राएलको बारेमा शुभ प्रतिज्ञा गर्नुभएको छ।”</verse>
				<verse number="30">तर उनले तिनलाई भने, “म जान्‍नँ। म आफ्‍नै देश र आफ्‍नै कुटुम्‍बकहाँ फर्कनेछु।”</verse>
				<verse number="31">तर मोशाले भने, “बिन्‍ती छ, हामीलाई नछोड्‌नुहोस्‌। तपाईंलाई हामीले उजाड़-स्‍थानमा कहाँ-कहाँ छाउनी हाल्‍नुपर्छ सो थाहा छ, अनि तपाईं हाम्रा निम्‍ति आँखा हुन सक्‍नुहुनेछ।</verse>
				<verse number="32">तपाईं हामीसँग आउनुभयो भने परमप्रभुले हामीलाई जे दिनुहुन्‍छ हामी तपाईंसित बाँड्‌नेछौं।”</verse>
				<verse number="33">अनि परमप्रभुको डाँड़ाबाट तिनीहरूले तीन दिनसम्‍म यात्रा गरे। अनि परमप्रभुका करारको सन्‍दूक बोक्‍नेहरू तिनीहरूका निम्‍ति वास बस्‍ने ठाउँ खोज्‍न ती तीन दिनसम्‍म अगिअगि गए।</verse>
				<verse number="34">तिनीहरू छाउनीबाट हिँड्‌दा परमप्रभुको बादल दिउँसो तिनीहरूमाथि रहन्‍थ्‍यो।</verse>
				<verse number="35">जब सन्‍दूक अगि लगिन्‍थ्‍यो, तब मोशाले यसो भन्‍थे, “हे परमप्रभु, उठ्‌नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्‌। तपाईंलाई तिरस्‍कार गर्नेहरू तपाईंका अगिअगि भागून्‌।”</verse>
				<verse number="36">अनि सन्‍दूकले विश्राम गर्दा तिनले यसो भन्‍थे, “हे परमप्रभु, इस्राएलका हजारौँ हजारकहाँ फर्केर आउनुहोस्‌।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">यतिखेर परमप्रभुको कानमा पुग्‍ने गरी ती मानिसहरू आफ्‍ना कष्‍टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्‍क्‍यो, र परमप्रभुको अग्‍नि सल्‍केर छाउनीको पल्‍लो भाग भस्‍म पारिदियो।</verse>
				<verse number="2">अनि मानिसहरू मोशाकहाँ आएर विलाप गरे। तब मोशाले परमप्रभुलाई प्रार्थना गरे, र आगो निभ्‍यो।</verse>
				<verse number="3">यसकारण त्‍यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूका बीचमा दन्‍केको थियो।</verse>
				<verse number="4">अनि तिनीहरूसँग भएको एक हुल्‍याहा समूह साह्रै लालची भयो, र इस्राएलीहरूले फेरि रोएर भन्‍न लागे, “हामीले मासु खान पाए त हुन्‍थ्‍यो!</verse>
				<verse number="5">हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्‍झन्‍छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्‍याज र लसुन पनि।</verse>
				<verse number="6">तर अब त हाम्रो रुचि हराएको छ। यो मन्‍न छोड़ी अरू केही कुरा देखिँदैन।”</verse>
				<verse number="7">मन्‍नचाहिँ धनियाँजस्‍तो थियो, र हेर्दा खोटोजस्‍तै देखिन्‍थ्‍यो।</verse>
				<verse number="8">मानिसहरू गएर त्‍यो जम्‍मा गर्थे, जाँतोमा पिँध्‍थे वा ओखलीमा कुट्‌थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्‍यसको स्‍वाद भद्राक्षको तेलले पकाएको कुरोजस्‍तो थियो।</verse>
				<verse number="9">छाउनीमा राती शीत झर्दा मन्‍न पनि सँगै झर्थ्‍यो।</verse>
				<verse number="10">आ-आफ्‍नो पालको ढोकामा उभिएर हरेक परिवारका मानिसहरू रोइरहेका मोशाले सुने। परमप्रभु ज्‍यादै क्रोधित हुनुभयो, र मोशा दु:खित भए।</verse>
				<verse number="11">मोशाले परमप्रभुलाई भने, “तपाईंले किन आफ्‍नो दासलाई यो दु:ख दिनुभएको छ? अनि किन मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छैनँ, र तपाईं मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्‍छ?</verse>
				<verse number="12">के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्‍माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दूधे-बालकलाई धाईले बोकेझैँ यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्‍छ?</verse>
				<verse number="13">यी सब मानिसले खाने मासु म कहाँ पाऊँ? ‘हामीलाई मासु खान देऊ’ भनी तिनीहरू मकहाँ आएर रुन्‍छन्‌।</verse>
				<verse number="14">म एकलै यी मानिसहरूको भार सहन सक्‍दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ।</verse>
				<verse number="15">तपाईं मसित यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्‍ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्‍नो विनाश आफै हेर्नु नपरोस्‌।”</verse>
				<verse number="16">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्‍मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन्‌ भन्‍ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्‍यहाँ तेरो साथमा उभिऊन्‌।</verse>
				<verse number="17">म तल आएर त्‍यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्‍माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्‍नेछन्, र तैंले एकलै बोक्‍नु नपरोस्‌।</verse>
				<verse number="18">“तैंले मानिसहरूलाई भन्‌: ‘भोलिको निम्‍ति तिमीहरूले आफूलाई चोख्‍याउनू, जब तिमीहरूले मासु खानेछौ। तिमीहरूले परमप्रभुको कानमा यसो भनेर रोएका छौ, “हामीले मासु खान पाए त हुन्‍थ्‍यो! हामीलाई मिश्रदेश नै असल थियो।” अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्‍छ, र तिमीहरूले त्‍यो खानेछौ।</verse>
				<verse number="19">दुई-चार या दश-बीस दिन मात्र होइन,</verse>
				<verse number="20">तर नाकबाट निस्‍केर वाक्‍क लागेसम्‍म तिमीहरूले महिनाभरि त्‍यो खानेछौ। किनभने तिमीहरूले आफ्‍ना बीचमा हुनुहुने परमप्रभुलाई अस्‍वीकार गरेर उहाँकै सामुन्‍ने “हामी किन मिश्रबाट निस्‍केर आयौं नि?” भनी रोएका छौ’।”</verse>
				<verse number="21">तर मोशाले भने, “मसँग यस यात्रामा पैदल हिँड्‌ने छ लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईं भन्‍नुहुन्‍छ।</verse>
				<verse number="22">के यी सबै भेड़ाबाख्राका बगालहरू र गाईबस्‍तुका बथानहरू मारेर यतिका मान्‍छेलाई पुग्‍छ र? अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्‍छ र?”</verse>
				<verse number="23">परमप्रभुले मोशालाई भन्‍नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्‍यो तैंले देख्‍नेछस्‌।”</verse>
				<verse number="24">यसकारण मोशाले बाहिर गएर परमप्रभुले भन्‍नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म-गुरुहरूबाट सत्तरी जनालाई पालको वरिपरि उभ्‍याए।</verse>
				<verse number="25">तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्‍माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्‍मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्‍यसो गरेनन्‌।</verse>
				<verse number="26">तर त्‍यहाँ छाउनीमा एल्‍दाद र मेदाद नाउँ भएका दुई जना मानिस थिए। तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्‌। तर आत्‍मा तिनीहरूमाथि पनि आए, र तिनीहरूले छाउनीमा नै अगमवाणी गरे।</verse>
				<verse number="27">तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्‍दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्‌।”</verse>
				<verse number="28">युवावस्‍थादेखि मोशाका सहायक, नूनका छोरा यहोशूले मोशालाई भने, “हजूर, तिनीहरूलाई रोक्‍नुहोस्‌।”</verse>
				<verse number="29">तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्‍ना आत्‍मा आफ्‍ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।”</verse>
				<verse number="30">तब मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्के।</verse>
				<verse number="31">अनि परमप्रभुले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू ल्‍यायो, र छाउनीको वरिपरि एक-एक दिनको बाटोभरि जमिनमा दुई हात बाक्‍लो हुने गरी ती बसे।</verse>
				<verse number="32">मानिसहरूले त्‍यस दिनभरि, रातभरि र भोलिपल्‍ट दिनभरि पनि ती समाते। थोरैभन्‍दा थोरै बटुल्‍नेले पनि पच्‍चीस मुरी बटुले। तिनीहरूले आफ्‍ना निम्‍ति छाउनीका चारैतिर ती फिँजाए।</verse>
				<verse number="33">तर मासु तिनीहरूका दाँतैमा हुँदा र त्‍यसलाई चपाउनै नपाउँदा, परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्‍क्‍यो, र उहाँले ती मानिसहरूलाई भयङ्कर विपत्तिले प्रहार गर्नुभयो।</verse>
				<verse number="34">यसकारण त्‍यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्‍यहीँ नै तिनीहरूले गाड़ेका थिए।</verse>
				<verse number="35">किब्रोथ-हत्तावाबाट हिँड़ेर मानिसहरू हसेरोततिर लागे, र तिनीहरू त्‍यहाँ वास बसे।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">मोशाकी कूशी पत्‍नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्‍न लागे, किनभने तिनले कूशी पत्‍नी ल्‍याएका थिए।</verse>
				<verse number="2">तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्‍नभयो।</verse>
				<verse number="3">मोशाचाहिँ पृथ्‍वीभरिमा सबैभन्‍दा विनम्र व्‍यक्ति थिए।</verse>
				<verse number="4">परमप्रभुले तुरुन्‍तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए।</verse>
				<verse number="5">तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए,</verse>
				<verse number="6">तब उहाँले भन्‍नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्‍यससँग सपनामा कुरा गर्छु।</verse>
				<verse number="7">	तर मेरो दास मोशासित त म त्‍यसो गर्दिनँ। त्‍यो त मेरा सबै घरानामा विश्‍वासी छ।</verse>
				<verse number="8">त्‍यससँग म गुप्‍त रीतिले होइन, तर आमनेसामने प्रष्‍टसँग कुरा गर्छु, र मेरो स्‍वरूप त्‍यसले हेर्छ। यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्‍न तिमीहरूलाई किन डर लागेन?”</verse>
				<verse number="9">अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्‍क्‍यो, र उहाँ त्‍यहाँबाट गइहाल्‍नुभयो।</verse>
				<verse number="10">पालमाथिबाट बादल हट्‌दा मिरियम कुष्ठरोग लागेर हिउँजस्‍तै सेती भइसकेकी थिइन्‌। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे।</verse>
				<verse number="11">हारूनले मोशालाई भने, “मेरा प्रभु, बिन्‍ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्‍ड हामीले भोग्‍नु नपरोस्‌।</verse>
				<verse number="12">आमाको गर्भबाट निस्‍कँदै आधा कुहेर मरिसकेको जस्‍तो यसलाई हुन नदिनुहोस्‌।”</verse>
				<verse number="13">तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्‍वर, म आग्रहपूर्वक बिन्‍ती गर्दछु, त्‍यसलाई निको पारिदिनुहोस्‌।”</verse>
				<verse number="14">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यसको बुबाले त्‍यसको मुखमा थुकिदिएको भए, के त्‍यो सात दिनसम्‍म शर्ममा पर्ने थिइन र? त्‍यसलाई सात दिनसम्‍म छाउनीबाहिरै थुनिराख्, त्‍यसपछि मात्र त्‍यसलाई भित्र ल्‍याउनू।”</verse>
				<verse number="15">तब मिरियम सात दिनसम्‍म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्‍याउञ्‍जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्‌।</verse>
				<verse number="16">त्‍यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“कनान देशभित्र गुप्‍तचरहरू पठा। त्‍यो देश म इस्राएलीहरूलाई दिनेछु। आ-आफ्‍नो पुर्खाको कुलबाट एक-एक जना नायक पठा।”</verse>
				<verse number="3">यसकारण परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको मरुभूमिबाट तिनीहरूलाई पठाए। ती सब इस्राएलीहरूका नायकहरू थिए।</verse>
				<verse number="4">तिनीहरूका नाउँ यी नै हुन्‌: रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्‍मूअ,</verse>
				<verse number="5">शिमियोनको कुलबाट होरीका छोरा शाफात,</verse>
				<verse number="6">यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब,</verse>
				<verse number="7">इस्‍साखारको कुलबाट योसेफका छोरा यिगाल,</verse>
				<verse number="8">	एफ्राइमको कुलबाट नूनका छोरा होशिया,</verse>
				<verse number="9">बेन्‍यामीनको कुलबाट रफूका छोरा पलती,</verse>
				<verse number="10">जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल,</verse>
				<verse number="11">योसेफको कुलबाट, अर्थात्‌ मनश्‍शेको कुलबाट सूसीका छोरा गेद्दी,</verse>
				<verse number="12">दानको कुलबाट गमल्‍लीका छोरा अम्‍मीएल,</verse>
				<verse number="13">आशेरको कुलबाट मिखाएलका छोरा सतूर,</verse>
				<verse number="14">नप्‍तालीको कुलबाट वोफ्‍सीका छोरा नहबी,</verse>
				<verse number="15">गादको कुलबाट माकीका छोरा गूएल।</verse>
				<verse number="16">मोशाले देशको भेद लिन पठाएका मानिसहरूका नाउँ यी नै हुन्‌। नूनका छोरा होशियाको नाउँ मोशाले यहोशू राखे।</verse>
				<verse number="17">मोशाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, “यहाँबाट लागेर नेगेव भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ,</verse>
				<verse number="18">र देश कस्‍तो छ, त्‍यहाँ बस्‍ने मानिसहरू बलिया छन्‌ कि निर्धा छन्, धेरै छन्‌ कि थोरै छन्‌ सो पत्ता लगाओ।</verse>
				<verse number="19">उनीहरू बसेको देश असल कि खराब, कस्‍तो छ, र उनीहरू छाउनीमा कि किल्‍लामा, कस्‍ता सहरमा बस्‍दारहेछन्‌?</verse>
				<verse number="20">जमिन कस्‍तो छ, मलिलो कि रूखो, त्‍यहाँ जङ्गल छ कि छैन सो हेर। साहस गर, र त्‍यहाँको केही फलफूल ल्‍याओ।” त्‍यस बेला प्रथम दाख पाक्‍ने ऋतु थियो।</verse>
				<verse number="21">यसैले तिनीहरू उक्‍लेर गई जीनको उजाड़-स्‍थानबाट लेबो-हमाततिरको रहोबसम्‍म त्‍यस देशको भेद लिए।</verse>
				<verse number="22">तिनीहरू नेगेवतिरबाट उक्‍लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्‍तान अहीमन, शेशै र तल्‍मै बस्‍थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो।</verse>
				<verse number="23">त्‍यसपछि तिनीहरू एश्‍कोलको बेँसीमा गए, र त्‍यहाँबाट दाखका हाँगाको एक झुप्‍पा काटेर एउटा घोचोमा हाली दुई जनाले बोकेर ल्‍याए। तिनीहरूले अनार र नेभारा पनि ल्‍याए।</verse>
				<verse number="24">इस्राएलीहरूले त्‍यहाँबाट त्‍यो झुप्‍पा काटेको हुनाले त्‍यस ठाउँको नाउँ एश्‍कोलको बेँसी राखिएको हो।</verse>
				<verse number="25">चालीस दिनको अन्‍तमा त्‍यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के।</verse>
				<verse number="26">तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्‍पूर्ण वृत्तान्‍त बताइदिए, र तिनीहरूलाई त्‍यस देशका फलफूल देखाए।</verse>
				<verse number="27">तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्‍यौं। साँच्‍ची नै त्‍यहाँ दूध र मह बग्‍दारहेछन्, अनि त्‍यसको फलफूल यही हो।</verse>
				<verse number="28">तर त्‍यहाँ बस्‍ने मानिसहरू बलिया रहेछन्‌ र सहरहरू पर्खालले घेरिएका र ज्‍यादै ठूला-ठूला रहेछन्‌। त्‍यसबाहेक हामीले त्‍यहाँ अनाकका सन्‍तानहरू पनि देख्‍यौं।</verse>
				<verse number="29">नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्‍दारहेछन्‌।”</verse>
				<verse number="30">तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्‍त गराएर भने, “हामी तुरुन्‍त त्‍यहाँ गएर त्‍यो देश कब्‍जा गरौं, किनभने त्‍यो हामी अवश्‍य जित्‍न सक्‍छौं।”</verse>
				<verse number="31">तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्‍नेछैनौं, किनकि ती हामीभन्‍दा बलिया छन्‌।”</verse>
				<verse number="32">भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्‍नै बासिन्‍दाहरूलाई निलिहाल्‍दोरहेछ, र हामीले त्‍यहाँ देखेका मानिसहरू दैत्‍यजस्‍ता रहेछन्‌।</verse>
				<verse number="33">त्‍यहाँ हामीले नेफिलीमहरू देख्‍यौं, जसबाट अनाकका सन्‍तान आएका छन्‌। उनीहरूका सामु त हामी आफैलाई फटेङ्‌ग्राजस्‍तै लाग्‍यो। तिनीहरूका नजरमा हामीहरू त्‍यस्‍तै देखिन्‍थ्‍यौं।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">त्‍यस रात सारा समुदाय कराई-कराई रोए।</verse>
				<verse number="2">सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्‍थानमा मरेका भए पनि हुन्‍थ्‍यो।</verse>
				<verse number="3">किन परमेश्‍वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्‍याउनुहुँदैछ? हाम्रा जहान र बालबच्‍चा लूट स्‍वरूप पक्रिनेछन्‌। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?”</verse>
				<verse number="4">अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।”</verse>
				<verse number="5">तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्‍ने घोप्‍टो परे।</verse>
				<verse number="6">देशको भेद लिन गएकाहरूमध्‍येका नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आ-आफ्‍ना लुगा च्‍याते,</verse>
				<verse number="7">र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्‍यन्‍तै असल देश छ।</verse>
				<verse number="8">यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुभयो भने, उहाँले हामीलाई त्‍यस देशमा ल्‍याउनुहुनेछ, र त्‍यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ।</verse>
				<verse number="9">केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्‍यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्‌। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्‍छ। उनीहरूसित नडराओ।”</verse>
				<verse number="10">तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍नुपर्छ भनी मतो गरे। त्‍यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।</verse>
				<verse number="11">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कतिसम्‍म तिरस्‍कार गरिरहनेछन्‌? यिनीहरूका बीचमा मैले गरेका चिन्‍हहरू देखेर पनि यिनीहरूले कतिसम्‍म ममाथि अविश्‍वास गर्नेछन्‌?</verse>
				<verse number="12">यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्‍दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।”</verse>
				<verse number="13">मोशाले परमप्रभुलाई भने, “मिश्रीहरूले यो सुने भने के भन्‍लान्‌? उनीहरूका बीचबाट आफ्‍नो शक्ति देखाएर तपाईंले नै यिनीहरूलाई ल्‍याउनुभएको हो।</verse>
				<verse number="14">यस देशका बासिन्‍दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्‌। तपाईं परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्‍छ भन्‍ने कुरो उनीहरूले सुनिसकेका छन्, तपाईं आमनेसामने नै देखा पर्नुभएको छ, र तपाईंको बादल यिनीहरूमाथि खड़ा हुन्‍छ र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईं यिनीहरूका अगिअगि जानुहुन्‍छ।</verse>
				<verse number="15">अब तपाईंले यस जातिलाई एकै पटकमा मार्नुभयो भने त तपाईंको कीर्ति सुन्‍ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्,</verse>
				<verse number="16">‘परमप्रभुले ती मानिसहरूलाई दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन सक्‍नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्‍थानमा मारिदिनुभयो’।</verse>
				<verse number="17">“यसैले परमप्रभु, आफ्‍नो महामहिमा प्रकट गर्नुहोस्, जसरी तपाईंले भन्‍नुभएको छ:</verse>
				<verse number="18">‘परमप्रभु रीस गर्नमा धैर्यवान्‌ र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म पनि दिने हुनुहुन्‍छ।’</verse>
				<verse number="19">बिन्‍ती छ, तपाईंको महान्‌ करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्‍म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्‌।”</verse>
				<verse number="20">तब परमप्रभुले भन्‍नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु।</verse>
				<verse number="21">तापनि, जस्‍तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्‍वी भरिएको छ,</verse>
				<verse number="22">मिश्र र उजाड़-स्‍थानमा मेरा महिमा र आश्‍चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्‍ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले</verse>
				<verse number="23">तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्‍नेछैन। मलाई तिरस्‍कार गर्नेले त्‍यो कहिल्‍यै देख्‍नेछैन।</verse>
				<verse number="24">तर मेरो दास कालेबमा अर्कै आत्‍मा छ, र त्‍यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्‍यो पसेर आएको देशमा म त्‍यसलाई लैजानेछु र त्‍यसका सन्‍तानले त्‍यो अधिकार गर्नेछन्‌।</verse>
				<verse number="25">अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्‍थानतिर जाओ।”</verse>
				<verse number="26">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="27">“मेरो विरुद्धमा यस दुष्‍ट समुदायले कतिसम्‍म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु।</verse>
				<verse number="28">तिनीहरूलाई भनिदेओ, ‘जस्‍तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्‍छ, मैले सुन्‍ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्‍यही नै गर्नेछु।</verse>
				<verse number="29">तिमीहरूका लाश यही उजाड़-स्‍थानमा छोड़िनेछन्,</verse>
				<verse number="30">अनि यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्‍ति दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन।</verse>
				<verse number="31">लूट स्‍वरूप पक्रिनेछन्‌ भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्‍यहाँ पुर्‍याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्‍त गर्नेछन्‌।</verse>
				<verse number="32">तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्‍थानमा छोड़िनेछन्‌।</verse>
				<verse number="33">तिमीहरूमध्‍येको अन्‍तिम मानिसको मृत्‍यु नभएसम्‍म तिमीहरूको अविश्‍वासको कारण आफ्‍ना छोराछोरीहरू चालीस वर्षसम्‍म गोठाला भएर उजाड़-स्‍थानमा डुल्‍नेछन्‌।</verse>
				<verse number="34">तिमीहरूले त्‍यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍नो अधर्मको फल भोग्‍दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’।</verse>
				<verse number="35">यो बोल्‍ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्‍ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्‍थानमा तिनीहरू मरेर मेटिजानेछन्‌।”</verse>
				<verse number="36">मोशाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुन्‍ने रूढ़ीले मरे,</verse>
				<verse number="37">किनभने तिनीहरूले अशुभ खबर ल्‍याएर जम्‍मै समुदायलाई मोशाको विरुद्धमा बोल्‍न लाएका थिए।</verse>
				<verse number="38">देशको भेद लिन जाने मानिसहरूमध्‍ये खालि नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे।</verse>
				<verse number="39">जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्‍यादै बिलौना गर्न लागे।</verse>
				<verse number="40">तिनीहरू बिहान सबेरै उठेर यसो भन्‍दै पहाड़ी क्षेत्रतिर उक्‍लन लागे, “हेर, हामीहरू यहाँबाट अब परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्‍लिजाऔं, किनकि हामीले त पाप गरेछौं।”</verse>
				<verse number="41">तर मोशाले भने, “तिमीहरू किन परमप्रभुको आज्ञा उल्‍लङ्घन गर्छौ? यो सफल हुनेछैन।</verse>
				<verse number="42">नउक्‍ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्‍न।</verse>
				<verse number="43">त्‍यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूलाई सामना गर्नेछन्, र उनीहरूद्वारा तिमीहरू परास्‍त हुनेछौ। तिमीहरू परमप्रभुको पछि लाग्‍न छोड़्यौ। यसकारण परमप्रभु तिमीहरूका साथमा हुनुहुनेछैन, तर तिमीहरू तरवारद्वारा मर्नेछौ।”</verse>
				<verse number="44">तापनि कुरै नसुनी तिनीहरू पहाड़ी क्षेत्रतिर अगि बढ़े। तर परमप्रभुका करारको सन्‍दूक र मोशाचाहिँ छाउनीबाट निस्‍केनन्‌।</verse>
				<verse number="45">तब त्‍यस पहाड़मा बस्‍ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मासम्‍मै मार्दै र खेद्‌दै ल्‍याए।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई यसो भन्‌: ‘मैले तिमीहरूलाई वासको निम्‍ति दिने देशमा जब तिमीहरू पुग्‍छौ,</verse>
				<verse number="3">र परमप्रभुलाई गाईबस्‍तु कि भेड़ाबाख्राबाट तिमीहरूले आगोद्वारा होमबलि वा बाख्रा बलिदान, भाकलको बलि वा राजीखुशीको बलि, अथवा तोकिएको चाड़को बलि परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना स्‍वरूप चढ़ाउँछौ,</verse>
				<verse number="4">तब बलि चढ़ाउनेले एक लिटर तेलमा मुछेको आधा पाथी मसिनो पीठोको अन्‍नबलि परमप्रभुलाई चढ़ाओस्‌।</verse>
				<verse number="5">बलिदान वा होमबलिको प्रत्‍येक थुमाको साथमा अर्घ-बलिको निम्‍ति एक लिटर दाखमद्य पनि तैंले तयार गर्नू।</verse>
				<verse number="6">“‘भेड़ासँग चाहिँ अन्‍नबलिको निम्‍ति डेढ़ लिटर तेलमा मुछेको आधा पाथी मसिनो पीठो,</verse>
				<verse number="7">र अर्घ-बलिको निम्‍ति डेढ़ लिटर दाखमद्य तैंले तयार गर्नू। त्‍यो परमप्रभुको निम्‍ति मीठो बास्‍ना स्‍वरूप तैंले चढ़ाउनू।</verse>
				<verse number="8">“‘भाकल पूरा गर्न अथवा मेलबलिको लागि तैंले होमबलि वा बलिदानको साँढ़े तयार पार्दा,</verse>
				<verse number="9">त्‍यस साँढ़ेको साथ दुई लिटर तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्‍नबलि स्‍वरूप पनि चढ़ाउनू।</verse>
				<verse number="10">अनि अर्घ-बलिको निम्‍ति दुई लिटर दाखमद्य ल्‍याउनू। त्‍यो परमप्रभुको निम्‍ति मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हुनेछ।</verse>
				<verse number="11">हरेक साँढ़े वा बोका, थुमा अथवा पाठाको निम्‍ति पनि तैंले यसै गर्नू।</verse>
				<verse number="12">जति वटा तिमीहरूले चढ़ाउँछौ, प्रत्‍येकलाई त्‍यसै गर्नू।</verse>
				<verse number="13">“‘स्‍वदेशीहरूले परमप्रभुको निम्‍ति मीठो बास्‍ना आउने बलि आगोद्वारा चढ़ाउँदा सबैले यही रीतिबमोजिम गरून्‌।</verse>
				<verse number="14">तिमीहरूसित प्रवास गर्ने परदेशी अथवा आउने पुस्‍तामा तिमीहरूसँग बस्‍ने कुनै मानिसले परमप्रभुको निम्‍ति मीठो बास्‍ना आउने बलि आगोद्वारा चढ़ाउँदा त्‍यसले पनि तिमीहरूले जस्‍तै गरोस्‌।</verse>
				<verse number="15">तिमीहरूका निम्‍ति र तिमीहरूसित प्रवास गर्ने परदेशीको निम्‍ति समुदायको एउटै नियम होस्‌। यो तिमीहरूका आउने पुस्‍तौँ-पुस्‍तौँसम्‍म अनन्‍तको विधि होस्‌। परदेशी पनि परमप्रभुको सामु तिमीहरूजस्‍तै होस्‌।</verse>
				<verse number="16">तिमीहरू र तिमीहरूसँग प्रवास गर्ने परदेशीको निम्‍ति एउटै नियम र एउटै विधि होस्‌’।”</verse>
				<verse number="17">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="18">“इस्राएलीहरूलाई भन्‌: ‘जब तिमीहरू मैले तिमीहरूलाई लैजाने देशमा पुग्‍छौ,</verse>
				<verse number="19">तब तिमीहरूले त्‍यस देशको अन्‍न खाँदा परमप्रभुको निम्‍ति बलि चढ़ाउनू।</verse>
				<verse number="20">आफ्‍नो पहिलो पीठोको फुरौला तिमीहरूले खलाबाट ल्‍याएको बलिजस्‍तो चढ़ाउनू।</verse>
				<verse number="21">तिमीहरूका आउने पुस्‍तौँसम्‍म तिमीहरूले पहिलो पीठोबाट परमप्रभुको निम्‍ति बलि चढ़ाउनू।</verse>
				<verse number="22">“‘तिमीहरूले भूल गरेर परमप्रभुले मोशालाई दिनुभएका यी सबै आज्ञाहरूमध्‍ये कुनै आज्ञा पालन गरेनौ,</verse>
				<verse number="23">अर्थात्‌ तिमीहरूका सारा पुस्‍तौँसम्‍म प्रथम दिनदेखि अहिलेसम्‍म परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरूमध्‍ये कुनै आज्ञा पालन गरेनौ भने,</verse>
				<verse number="24">र समुदायले थाहा नपाई त्‍यो काम अजानमा गरेको रहेछ भने, सारा समुदायले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना स्‍वरूप होमबलिको निम्‍ति एउटा बाछो, त्‍यसको अन्‍नबलि र अर्घ-बलिको साथमा विधिअनुसार चढ़ाओस्, र साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाओस्‌।</verse>
				<verse number="25">पूजाहारीले इस्राएलीहरूका जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरून्, र तिनीहरूलाई क्षमा हुनेछ, किनभने त्‍यो अजानमा गरिएको थियो, र तिनीहरूले आफ्‍नो अधर्मको निम्‍ति परमप्रभुलाई आगोद्वारा चढ़ाइएको बलि र पापबलि परमप्रभुको सामुन्‍ने ल्‍याएका छन्‌।</verse>
				<verse number="26">यसरी इस्राएलीहरूका सारा समुदाय र तिनीहरूका बीचमा बस्‍ने प्रवासीलाई पनि क्षमा गरिनेछ, किनभने सबै मानिसहरू अजानमा नै यस अधर्ममा परेका थिए।</verse>
				<verse number="27">“‘यदि कुनै एक जना मानिसले अजानमा पाप गर्‍यो भने, त्‍यसले एउटा एक वर्षे बाख्राकी पाठी चढ़ाओस्‌।</verse>
				<verse number="28">अजानमा पाप गर्ने त्‍यस व्‍यक्तिको प्रायश्‍चितको निम्‍ति पूजाहारीले परमप्रभुको सामु प्रायश्‍चित गरून्, र त्‍यसलाई क्षमा हुनेछ।</verse>
				<verse number="29">अजानमा पाप गर्ने इस्राएली वा तिमीहरूसँग बस्‍ने प्रवासीको एउटै नियम होस्‌।</verse>
				<verse number="30">“‘तर स्‍वदेशी वा परदेशी कुनै व्‍यक्तिले अटेरीसाथ पाप गर्‍यो भने, त्‍यसले निन्‍दा गर्छ, र त्‍यो व्‍यक्ति आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌।</verse>
				<verse number="31">किनभने त्‍यसले परमप्रभुको वचनलाई तिरस्‍कार गरेको छ, र उहाँका आज्ञा भङ्ग गरेको छ। त्‍यो व्‍यक्ति बिलकुलै बहिष्‍कार गरिओस्‌। त्‍यसले आफ्‍नो अधर्मको फल भोगोस्‌’।”</verse>
				<verse number="32">इस्राएलीहरू उजाड़-स्‍थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे।</verse>
				<verse number="33">दाउरा बटुल्‍नेलाई तिनीहरूले मोशा, हारून र सारा समुदायकहाँ ल्‍याए।</verse>
				<verse number="34">त्‍यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे।</verse>
				<verse number="35">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यो मानिस मारिनैपर्छ। सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्‌।”</verse>
				<verse number="36">अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ल्‍याए, र त्‍यसलाई मारे।</verse>
				<verse number="37">फेरि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,</verse>
				<verse number="38">“इस्राएलीहरूलाई भन्‌: ‘तिनीहरूले आफ्‍ना सबै पुस्‍तौँभरि लुगाको किनारमा नीलो फित्ता लगाएको झुम्‍का हालून्‌।</verse>
				<verse number="39">त्‍यस झुम्‍कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्‍झना होस्‌ कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्‍ना मन र आँखाका लालसामा लागेर पथभ्रष्‍ट नहोओ।</verse>
				<verse number="40">तब तिमीहरूले मेरा सबै आज्ञा मान्‍न सम्‍झना राखेर आफ्‍ना परमेश्‍वरको निम्‍ति पवित्र हुनेछौ।</verse>
				<verse number="41">तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु तिमीहरूका परमेश्‍वर मै हुँ। परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ’।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए।</verse>
				<verse number="2">अनि उनीहरू इस्राएलीहरूका केही मानिसहरू, अर्थात्‌ सभामा बोलाइएका, समुदायमा नाउँ चलेका दुई सय पचास नेताहरूसित मोशाको विरुद्धमा खड़ा भए।</verse>
				<verse number="3">उनीहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भई तिनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्‍छ। तपाईंहरू किन आफूलाई सबैभन्‍दा उच्‍च तुल्‍याउनुहुन्‍छ?”</verse>
				<verse number="4">यो कुरा सुन्‍ने बित्तिकै मोशा घोप्‍टो परे।</verse>
				<verse number="5">अनि तिनले कोरह र उनका सब दललाई यसो भने, “भोलि बिहान को उहाँको हो, को पवित्र छ, र कसलाई उहाँले आफ्‍नो नजिक आउन दिनुहुन्‍छ सो परमप्रभुले नै देखाइदिनुहुन्‍छ। जसलाई उहाँले चुन्‍नुहुन्‍छ, त्‍यसलाई आफ्‍नो नजिक आउन दिनुहुन्‍छ।</verse>
				<verse number="6">ए कोरह, यसो गर, तिमी र तिम्रा सबै दलले धुपौराहरू लेओ।</verse>
				<verse number="7">भोलि परमप्रभुको सामुन्‍ने तिनमा आगो र धूप राखून्‌। जसलाई परमप्रभुले चुन्‍नुहुन्‍छ, त्‍यही पवित्र हुनेछ। हे लेवीहरू हो, तिमीहरू बढ्‌ता भयौ!”</verse>
				<verse number="8">तब मोशाले कोरहलाई भने, “ए लेवीहरू हो, सुन।</verse>
				<verse number="9">इस्राएलका परमेश्‍वरले आफ्‍नो पवित्र वासस्‍थानमा काम गर्न र समुदायको अगि सेवा गर्न तिमीहरूलाई उहाँको नजिकै ल्‍याउनुभएर इस्राएलको समुदायबाट तिमीहरूलाई नै चुन्‍नुभएको के तिमीहरूले ठट्टा सम्‍झेका छौ?</verse>
				<verse number="10">उहाँले तिमीसँगै तिम्रा दाजुभाइ लेवीहरूलाई नजिक ल्‍याउनुभएको छ। अब के तिमीहरूले पूजाहारीपद पनि खोज्‍छौ?</verse>
				<verse number="11">तिम्रा सबै साथीहरूसहित तिमी परमप्रभुको विरुद्धमा भेला भएका छौ? हारूनचाहिँ को हो, र तिमीहरू तिनको विरुद्धमा गनगनाउँछौ?”</verse>
				<verse number="12">तब मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर उनीहरूले भने, “हामी आउँदैनौं।</verse>
				<verse number="13">हामीहरूलाई दूध र मह बग्‍ने देशबाट उजाड़-स्‍थानमा मर्न ल्‍याउनुभएको के तपाईंलाई पुगेन र? फेरि तपाईं हामीमाथि प्रभुत्‍व पनि गर्न खोज्‍नुहुन्‍छ?</verse>
				<verse number="14">तपाईंले हामीलाई न त दूध र मह बग्‍ने देशमै ल्‍याउनुभयो, न हामीलाई खेत र दाखबारीहरूको अधिकार दिनुभयो। के तपाईं यी मानिसहरूका आँखा निकाल्‍न चाहनुहुन्‍छ? हामी पटक्‍कै आउँदैनौं।”</verse>
				<verse number="15">तब मोशाले ज्‍यादै रिसाएर परमप्रभुलाई भने, “उनीहरूको बलि ग्रहण नगर्नुहोस्‌। मैले उनीहरूको एउटा गधासम्‍म पनि लिएको छैनँ। उनीहरू कसैको हानि पनि गरेको छैनँ।”</verse>
				<verse number="16">मोशाले कोरहलाई भने, “तिमी र तिम्रा सबै दल र हारून पनि भोलि परमप्रभुको सामुन्‍ने आओ।</verse>
				<verse number="17">तिमीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा धूप हाल, र हरेकले आ-आफ्‍नो धुपौरो, अर्थात्‌ दुई सय पचास धुपौरा परमप्रभुको सामु ल्‍याओ। हारून र तिमीले पनि आ-आफ्‍नो धुपौरो ल्‍याउनू।”</verse>
				<verse number="18">यसैकारण उनीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर तिनमा आगो सल्‍काएर धूप हाले। अनि उनीहरू मोशा र हारूनका साथमा भेट हुने पालको ढोकामा खड़ा भए।</verse>
				<verse number="19">जब कोरहले आफ्‍ना सबै दल तिनीहरूका विरुद्धमा भेट हुने पालको ढोकामा जम्‍मा गरे, तब परमप्रभुको महिमा सिङ्गै समुदायकहाँ देखा पर्‍यो।</verse>
				<verse number="20">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="21">“यस समुदायबाट तिमीहरू अलग होओ, र म एक पलमा यिनीहरूलाई भस्‍म पार्नेछु।”</verse>
				<verse number="22">तब घोप्‍टो परेर मोशा र हारूनले भने, “हे परमेश्‍वर, सारा मानव-जातिका आत्‍माका परमेश्‍वर, एक जना मानिसले पाप गरेकोमा के तपाईं सारा समुदायसित क्रोधित हुनुहुन्‍छ?”</verse>
				<verse number="23">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="24">“यस समुदायलाई यसो भन्, ‘कोरह, दातान र अबीरामका पालका छेउछाउबाट पर हट’।”</verse>
				<verse number="25">मोशा उठेर दातान र अबीरामकहाँ गए, र इस्राएलका धर्म-गुरुहरू पनि तिनको पछि लागे।</verse>
				<verse number="26">समुदायलाई तिनले सावधान गराए, “यी दुष्‍ट मानिसहरूका पालबाट दूर हट, र यिनीहरूका केही कुरा पनि नछोओ, नत्रता यिनीहरूका सब पापले गर्दा तिमीहरू पनि भस्‍म हुनेछौ।”</verse>
				<verse number="27">यसैले कोरह, दातान र अबीरामका पालका छेउछाउबाट तिनीहरू निस्‍के। दातान र अबीराम उनीहरूका जहान र बालबच्‍चाका साथमा आ-आफ्‍नो पालका ढोकामा उभिए।</verse>
				<verse number="28">तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्‍नै राजीखुशीले गरेको होइनँ।</verse>
				<verse number="29">यदि यी मानिसहरू पनि सबै अन्‍य मानिसझैँ स्‍वाभाविक मृत्‍युले मर्छन्‌ भने, परमप्रभुले मलाई पठाउनुभएको होइन।</verse>
				<verse number="30">तर यदि परमप्रभुले अनौठो काम गर्नुहुन्‍छ र धरती फाटेर यिनीहरूका सबै थोकसमेत यिनीहरू जिउँदै चिहानमा पुरिन्‍छन्‌ भने, यी मानिसहरूले परमप्रभुलाई तुच्‍छ ठानेका नै रहेछन्‌ भनी तिमीहरूले थाहा पाउनेछौ।”</verse>
				<verse number="31">तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरूमुनिको धरती फाट्यो।</verse>
				<verse number="32">अनि धरतीले आफ्‍नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू— कोरहतर्फका सबै मानिसहरू— उनीहरूका मालतालसमेतलाई निलिहाल्‍यो।</verse>
				<verse number="33">आफ्‍ना सबै कुरासमेत उनीहरू जिउँदै चिहानमा पुरिए। धरती उनीहरूमाथि बन्‍द भयो, र समुदायको बीचबाट उनीहरू नष्‍ट भए।</verse>
				<verse number="34">उनीहरू चिच्‍च्‍याएका सुनेर वरिपरिका सबै इस्राएलीहरूले भाग्‍दै यसो भन्‍न लागे, “हामीलाई पनि धरतीले अब निल्‍छ होला।”</verse>
				<verse number="35">अनि परमप्रभुकहाँबाट आगो निस्‍केर धूप चढ़ाउने ती दुई सय पचास जनालाई भस्‍म पार्‍यो।</verse>
				<verse number="36">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="37">“हारून पूजाहारीको छोरा एलाजारलाई जलिरहेको ज्‍वालाबाट धुपौराहरू निकाल्‍न र फिलिङ्गा निकै टाढ़ा लगेर छरिदिनलाई अह्रा। किनभने ती धुपौराहरू पवित्र छन्‌—</verse>
				<verse number="38">ती आफ्‍नै प्राणको हानि गरुञ्‍जेल पाप गर्नेहरूका धुपौराहरू। ती धुपौराहरूबाट वेदी मोहोर्ने पाताहरू पिटेर बनाउनू, किनभने ती परमप्रभुको सामु चढ़ाएका हुनाले पवित्र छन्‌। ती पाताहरूचाहिँ इस्राएलीहरूका निम्‍ति चिन्‍ह होऊन्‌।”</verse>
				<verse number="39">तब एलाजार पूजाहारीले ती भस्‍म हुनेहरूले चढ़ाएका काँसाका धुपौराहरू लिए, र पिटेर वेदी मोहोर्ने पाता बनाए,</verse>
				<verse number="40">जस्‍तो परमप्रभुले एलाजारलाई मोशाद्वारा भन्‍नुभएको थियो। हारूनका सन्‍तानबाहेक कोही अन्‍य मानिस धूप बाल्‍न नजिक नआओस्‌ भनी होशियार गराउन इस्राएलीहरूलाई यो सब भएको थियो, नत्रता त्‍यो पनि कोरह र उनको दलजस्‍तै हुनेछ।</verse>
				<verse number="41">भोलिपल्‍ट इस्राएलीहरूका जम्‍मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।”</verse>
				<verse number="42">तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्‍यसलाई ढाक्‍यो, र परमप्रभुको महिमा देखा पर्‍यो।</verse>
				<verse number="43">मोशा र हारून भेट हुने पालको अगि गए,</verse>
				<verse number="44">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="45">“तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्‍म पार्नेछु।” तब तिनीहरू घोप्‍टो परे।</verse>
				<verse number="46">अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्‍यसमा वेदीबाट आगो राखेर धूप हाल्‍नुहोस्, र तुरुन्‍तै त्‍यस समुदायकहाँ लगेर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्‍किसकेको छ— विपत्ति सुरु भएको छ।”</verse>
				<verse number="47">तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्‍ति प्रायश्‍चित गरे।</verse>
				<verse number="48">तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो।</verse>
				<verse number="49">कोरहको घटनामा मरेकाबाहेक त्‍यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए।</verse>
				<verse number="50">विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्‍नो लहुरोमा लेख्‌।</verse>
				<verse number="3">लेवीका कुलको लहुरोमा तैंले हारूनको नाउँ लेख्, किनकि हरेक कुलको प्रमुख मानिसको निम्‍ति एउटा लहुरो हुनुपर्छ।</verse>
				<verse number="4">भेट हुने पालमा गवाही-पाटीको सामुन्‍ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे।</verse>
				<verse number="5">जुन मानिसलाई म रोज्‍छु, त्‍यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्‍द गरिदिनेछु।”</verse>
				<verse number="6">तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्‍ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्‍ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो।</verse>
				<verse number="7">मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्‍ने राखिदिए।</verse>
				<verse number="8">भोलिपल्‍ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्‍ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ।</verse>
				<verse number="9">तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्‍नेबाट इस्राएलीहरूकहाँ ल्‍याए र हेरेर हरेकले आ-आफ्‍नो लहुरो लिए।</verse>
				<verse number="10">परमप्रभुले मोशालाई भन्‍नुभयो, “विद्रोही पुस्‍ताको विरुद्धमा चिन्‍हको निम्‍ति हारूनको लहुरोलाई गवाही-पाटीको सामु फेरि लगेर राख्, र मेरो विरुद्ध तिनीहरूको गनगन तैंले अन्‍त गरिदे, नत्रता तिनीहरू मर्लान्‌।”</verse>
				<verse number="11">परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै गरे।</verse>
				<verse number="12">इस्राएलीहरूले मोशालाई भने, “हेर्नुहोस्, हामी नष्‍ट भयौं, बरबाद भयौं, हामी सबै खतम भयौं</verse>
				<verse number="13">परमप्रभुको पवित्र स्‍थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्‍ट हुने?”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">तब परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा बुबाका परिवारले पवित्रस्‍थानको विरुद्धमा गरिएका अपराधहरूको दायित्‍व बोक्‍नेछौ, र तँ र तेरा छोराहरू मात्र पूजाहारीपदसम्‍बन्‍धी अपराधहरूको उत्तरदायी हुनेछौ।</verse>
				<verse number="2">जब तँ र तेरा छोराहरू गवाही-पाटीका पालको सामु सेवा गर्छौ, तब तेरा पुर्खाका लेवी कुलका तेरा दाजुभाइहरूलाई पनि तँसितै लिएर आइज, र तिनीहरू तँसित मिलेर तँलाई सघाऊन्‌।</verse>
				<verse number="3">तिनीहरू तँप्रति उत्तरदायी होऊन्, र पालका सारा कामकाजको जिम्‍मा लेऊन्‌। केवल तिनीहरू पवित्रस्‍थानका सर्दामहरू र वेदीको नजिक नआऊन्, नत्रता तिमीहरू पनि तिनीहरूसितै मर्नेछौ।</verse>
				<verse number="4">तिनीहरूले तिमीहरूसँगै मिलेर पालका सबै कामकाजमा भेट हुने पालको जिम्‍मा लेऊन्‌। कुनै अन्‍य मानिस तिमीहरूको नजिक आउन नपाओस्‌।</verse>
				<verse number="5">“तैंले नै पवित्रस्‍थान र वेदीको जिम्‍मा लिनू, र इस्राएलीहरूमाथि फेरि क्रोध नपरोस्‌।</verse>
				<verse number="6">मैले नै इस्राएलीहरूका बीचबाट तेरा दाजुभाइ लेवीहरूलाई लिएको छु। भेट हुने पालको सेवा गर्न तँलाई दिएको, परमप्रभुमा अर्पण गरिएको यो एक दान हो।</verse>
				<verse number="7">तर तँ र तेरा छोराहरूले मात्र वेदी र पर्दाभित्रका सबै कुरासम्‍बन्‍धी पूजाहारीपदको जिम्‍मा लिएर सेवा गर्नू। यो पूजाहारीपद म तिमीहरूलाई वरदान स्‍वरूप दिँदैछु। कुनै अन्‍य मानिस त्‍यहाँ आयो भने त्‍यो मारिओस्‌।”</verse>
				<verse number="8">फेरि परमप्रभुले हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरूले मलाई चढ़ाएका सबै पवित्र बलिहरू मैले तेरो जिम्‍मामा दिएको छु। मैले तेरो पूजाहारीपदको कारण ती तँलाई र तेरा छोराहरूलाई निरन्‍तरको अंश स्‍वरूप छुट्ट्याइदिएको छु।</verse>
				<verse number="9">आगोबाट जोगाएर राखेको अति पवित्र बलिहरूको भाग तेरै होस्‌। हरेक अन्‍नबलि, पापबलि, र दोषबलि जो मानिसहरूले मलाई चढ़ाउँछन्, ती अति पवित्र बलिहरूबाट त्‍यही भाग तँ र तेरा छोराहरूका निम्‍ति हुनेछ।</verse>
				<verse number="10">अति पवित्र थोक मानेर तैंले त्‍यो खानू। हरेक पुरुषले त्‍यो खाओस्‌। यसलाई तैंले पवित्र मान्‍नुपर्छ।</verse>
				<verse number="11">“यो पनि तेरै होस्‌: इस्राएलीहरूका डोलाउने बलिका लागि छुट्ट्याइएका सबै दानहरू मैले तँ र तेरा छोराछोरीहरूलाई निरन्‍तरको अंश स्‍वरूप दिएको छु। तेरो घरमा शुद्ध भएको हरेकले त्‍यो खान सक्‍छ।</verse>
				<verse number="12">“तिनीहरूले परमप्रभुलाई दिएका सबै असल भद्राक्षको तेल, असल दाखको रस, अन्‍न र तिनका प्रथम उब्‍जनी तँलाई नै मैले दिएको छु।</verse>
				<verse number="13">तिनीहरूले परमप्रभुलाई चढ़ाउन ल्‍याउने आफ्‍नो उब्‍जनीका अगौटे फलहरू तेरै होऊन्‌। तेरो घरमा शुद्ध भएको हरेकले त्‍यो खान सक्‍छ।</verse>
				<verse number="14">“इस्राएलमा अर्पण गरिएका सबै चीज तेरै हुन्‌।</verse>
				<verse number="15">मानिस वा पशुबाट परमप्रभुलाई चढ़ाइएको पहिले जन्‍मेको हरेक नवजात बच्‍चाहरू तेरै होस्‌। यसो भए तापनि मानिस र अशुद्ध पशुको पहिले जन्‍मेकालाई तैंले मोल तिरेर छुटाउनुपर्छ।</verse>
				<verse number="16">एक महिनाको उमेरमा पवित्रस्‍थानको शेकेलबमोजिम तैंले तोकेर पाँच शेकेल मोल तिरेर त्‍यसलाई छुटाउनुपर्छ। एक शेकेल बीस गेराको हुन्‍छ।</verse>
				<verse number="17">“तर साँढ़े, भेड़ा वा बाख्राको पहिले बियाएको पाठा-पाठी छुटाउनुपर्दैन। ती पवित्र हुन्‌। तिनीहरूको रगत तैंले वेदीमा छर्कनू, र परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप तिनीहरूको बोसो जलाउनू।</verse>
				<verse number="18">तर डोलाइने बलिको ह्याकुला र दाहिने साँप्राजस्‍तै तिनको मासु पनि तेरै होस्‌।</verse>
				<verse number="19">इस्राएलीहरूले चढ़ाउने पवित्र बलिहरूबाट अलग गरिएका सबै भाग मैले तँलाई र तेरा छोराछोरीहरूलाई निरन्‍तरको अंश स्‍वरूप दिएको छु। परमप्रभुको सामुन्‍ने तँ र तेरा सन्‍तानका निम्‍ति यो सदासर्वदाका नूनको करार हो।”</verse>
				<verse number="20">परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तिनीहरूका देशको जग्‍गाजमिनमा तेरो अंश-अधिकार हुनेछैन। तिनीहरूसँगसँगै तेरो कुनै हिस्‍सा हुनेछैन। इस्राएलीहरूका माझमा तेरो हिस्‍सा र तेरो अंश म नै हुँ।</verse>
				<verse number="21">“लेवीहरूलाई चाहिँ भेट हुने पालमा सेवा गर्नका निम्‍ति तिनीहरूको अंश स्‍वरूप मैले इस्राएलीहरूका सबै दशांश दिएको छु।</verse>
				<verse number="22">अब उप्रान्‍त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्, नत्रता आफ्‍ना पापहरूको कारण तिनीहरू मर्नेछन्‌।</verse>
				<verse number="23">तर भेट हुने पालको सेवाचाहिँ लेवीहरूले गरून्, र तिनीहरू नै त्‍यसको विरुद्धमा गरिएका अपराधहरूको उत्तरदायी हुनेछन्‌। त्‍यो तिमीहरूका पुस्‍तौँसम्‍म अनन्‍तको विधि होस्‌। इस्राएलीहरूका बीचमा चाहिँ यिनीहरूको कुनै अंश-अधिकार हुनेछैन।</verse>
				<verse number="24">किनकि इस्राएलीहरूले बलिको निम्‍ति परमप्रभुलाई चढ़ाएका दशांश नै मैले लेवीहरूलाई अंश-अधिकार स्‍वरूप दिएको छु। यसैले ‘इस्राएलीहरूसँग यिनीहरूको कुनै अंश-अधिकार हुँदैन’ भनी मैले यिनीहरूका विषयमा भनेको छु।”</verse>
				<verse number="25">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="26">“लेवीहरूलाई भन्‌: ‘मैले तिमीहरूका अंश-अधिकारको निम्‍ति दिएका इस्राएलीहरूका दशांश जब तिमीहरू लिनेछौ, तब त्‍यसबाट तिमीहरूले परमप्रभुलाई त्‍यसको पनि दशांश भेटी लिएर बलि चढ़ाउनू।</verse>
				<verse number="27">तिमीहरूको बलि खलाका अन्‍न र कोलबाट निस्‍केको दाखरसझैँ गनिनेछ।</verse>
				<verse number="28">यसरी इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि परमप्रभुलाई बलि चढ़ाउने गर्नू, र त्‍यसबाट परमप्रभुलाई चढ़ाइएको बलि पूजाहारी हारूनलाई दिनू।</verse>
				<verse number="29">तिमीहरूले पाएकाबाट सबैभन्‍दा असल र पवित्र भागचाहिँ बलि स्‍वरूप परमप्रभुलाई चढ़ाउनू’।</verse>
				<verse number="30">“तैंले लेवीहरूलाई भन्‍नू: ‘जब तिमीहरूले सबैभन्‍दा असल भाग चढ़ाउँछौ, तब त्‍यो तिमीहरूका निम्‍ति खलाको अन्‍न र कोलको दाखरसजस्‍तै गनिनेछ।</verse>
				<verse number="31">अनि तिमीहरू र तिमीहरूका घरानाले कुनै पनि ठाउँमा यसलाई खान सक्‍छौ, किनकि भेट हुने पालमा तिमीहरूले गरेको कामको निम्‍ति यो तिमीहरूको ज्‍याला हो।</verse>
				<verse number="32">तिमीहरूले उत्तम भाग चढ़ाएका हुनाले तिमीहरूलाई दोष लाग्‍नेछैन, अनि इस्राएलीहरूका पवित्र बलिहरूलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ, न त तिमीहरू मर्नेछौ’।”</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“परमप्रभुले दिनुभएको व्‍यवस्‍थाको एउटा विधि यही हो: निष्‍खोट र निष्‍कलङ्क, कहिल्‍यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्‍याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्‍याऊन्‌।</verse>
				<verse number="3">तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्‍यसलाई छाउनीबाहिर ल्‍याइओस्, र उसको सामुन्‍ने त्‍यो मारिओस्‌।</verse>
				<verse number="4">त्‍यसपछि एलाजार पूजाहारीले आफ्‍नो औँलाले त्‍यसको रगत लिएर भेट हुने पालको अगिल्‍तिर सात चोटि छर्कोस्‌।</verse>
				<verse number="5">उसका नजरको सामु त्‍यो कोरली, त्‍यसको छाला, मासु, रगत र गोबरसमेत जलाइओस्‌।</verse>
				<verse number="6">तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्‌।</verse>
				<verse number="7">त्‍यसपछि पूजाहारीले आफ्‍ना लुगा धोओस्‌ र पानीले नुहाएर छाउनीमा फर्कोस्‌। तर त्‍यो पूजाहारी साँझसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="8">त्‍यसलाई जलाउनेले पनि आफ्‍ना लुगा धोओस्‌ र पानीले नुहाओस्‌। साँझसम्‍मै ऊ पनि अशुद्ध रहनेछ।</verse>
				<verse number="9">“कुनै एक जना शुद्ध मानिसले त्‍यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धीकरणका पानीको निम्‍ति इस्राएली समुदायले त्‍यो राखिओस्‌। त्‍यो पाप-शुद्धिको निम्‍ति हो।</verse>
				<verse number="10">कोरलीको खरानी बटुल्‍नेले आफ्‍ना लुगा धोओस्, र साँझसम्‍मै ऊ पनि अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीका निम्‍ति पनि यो अनन्‍तको विधि होस्‌।</verse>
				<verse number="11">“मान्‍छेको लाश छुने व्‍यक्ति सात दिनसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="12">त्‍यसले आफूलाई त्‍यस पानीले तेस्रो र सातौँ दिनमा चोख्‍याओस्, अनि त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ दिनमा आफूलाई चोख्‍याएन भनेता त्‍यो शुद्ध हुँदैन।</verse>
				<verse number="13">जसले कसैको लाश छोएर आफूलाई चोख्‍याउँदैन, त्‍यसले परमप्रभुको पवित्र वासस्‍थान अशुद्ध पार्छ। त्‍यो मानिस इस्राएलीहरूबाट बहिष्‍कार गरिओस्‌। शुद्धीकरणको पानी त्‍यसमाथि छर्किएन, यसैकारण त्‍यो अशुद्धै छ। त्‍यसको अशुद्धि त्‍यसमाथि रहिरहनेछ।</verse>
				<verse number="14">“कुनै मानिस पालमा मर्‍यो भने त्‍यसको बारे नियम यही हो: त्‍यस पालमा आउने र पालभित्र हुने हरेक मानिस सात दिनसम्‍म अशुद्ध हुन्‍छ।</verse>
				<verse number="15">ढकनी नलगाएको हरेक खुला भाँड़ा अशुद्ध हुन्‍छ।</verse>
				<verse number="16">“बाहिरतिर तरवारले मारिएको वा आफै मरेको लाश अथवा मानिसको हड्डी अथवा चिहान जसले छुन्‍छ, त्‍यो सात दिनसम्‍म अशुद्ध हुन्‍छ।</verse>
				<verse number="17">“त्‍यस अशुद्ध मानिसको निम्‍ति पापबलिको जलाइएको खरानी लिएर भाँड़ामा हाली बगुवा पानी पनि त्‍यसमा हाल्‍नू।</verse>
				<verse number="18">तब कुनै शुद्ध मानिसले हिसप लिई त्‍यस पानीमा चोपेर पाल र त्‍यसमा भएका भाँड़ाकुँड़ामाथि र त्‍यहाँ भएका मानिसहरूमाथि, अनि हड्डी, मारिएको वा आफै मरेको लाश, वा चिहान छुनेमाथि छर्कोस्‌।</verse>
				<verse number="19">शुद्ध मानिसले अशुद्ध भएकोमाथि तेस्रो र सातौँ दिनमा त्‍यो पानी छर्कोस्‌। सातौँ दिनमा चाहिँ उसले त्‍यसलाई चोख्‍याओस्, र त्‍यसले आफ्‍ना लुगा धोई नुहाओस्, अनि साँझमा त्‍यो शुद्ध हुनेछ।</verse>
				<verse number="20">तर अशुद्ध हुने मानिसले आफूलाई चोख्‍याएन भनेता त्‍यो व्‍यक्ति समुदायबाट बहिष्‍कार गरिओस्, किनभने त्‍यसले परमप्रभुको पवित्रस्‍थान अशुद्ध पार्‍यो। त्‍यसमाथि शुद्धीकरणको पानी छर्किएन, यसैकारण त्‍यो अशुद्धै रहन्‍छ।</verse>
				<verse number="21">तिनीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। “शुद्धीकरणको पानी छर्कनेले पनि आफ्‍ना लुगा धोओस्‌। त्‍यो शुद्धीकरणको पानी छुने पनि साँझसम्‍म अशुद्ध रहनेछ।</verse>
				<verse number="22">अशुद्ध मानिसले जेसुकै छोए पनि त्‍यो अशुद्ध हुन्‍छ, र त्‍यो छुने पनि साँझसम्‍म अशुद्ध हुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्‍थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्‍यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्‍यहीँ नै गाड़े।</verse>
				<verse number="2">समुदायको निम्‍ति त्‍यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भए।</verse>
				<verse number="3">तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो,</verse>
				<verse number="4">किनभने अब हाम्रा गाईबस्‍तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्‍थानमा ल्‍याउनुभयो?</verse>
				<verse number="5">मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्‍याउनुभयो? यस ठाउँमा अन्‍न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्‌। यहाँ पिउने पानी पनि छैन।”</verse>
				<verse number="6">तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्‍टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्‍यो।</verse>
				<verse number="7">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="8">“यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्‍मा गर। तिनीहरूका आँखाकै सामुन्‍ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्‍ति पानी निकाल्‍नेछस्‌। यसरी तैंले समुदाय र तिनका गाईबस्‍तुहरूलाई पानी दिनेछस्‌।”</verse>
				<verse number="9">तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्‍नेबाट गए,</verse>
				<verse number="10">अनि मोशा र हारूनले चट्टानको सामुन्‍ने समुदायलाई जम्‍मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्‍ति पानी निकालिदिऔँ?”</verse>
				<verse number="11">अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।</verse>
				<verse number="12">तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।”</verse>
				<verse number="13">यसैलाई मेरीबाका पानी भनिन्‍छ। यहीँ नै इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे, र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो।</verse>
				<verse number="14">मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्‍छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ।</verse>
				<verse number="15">हाम्रा पुर्खाहरू मिश्रदेशमा गएका थिए, र हामी धेरै समयसम्‍म मिश्रदेशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्‍यवहार गरे।</verse>
				<verse number="16">जब हामीले परमप्रभुमा पुकारा गर्‍यौं, तब उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो, र एउटा स्‍वर्गदूत पठाउनु भएर हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभयो। “अहिले तपाईंका देशको सिमानानेरको कादेश सहरमा हामी छौं।</verse>
				<verse number="17">बिन्‍ती छ, हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्‌। हामी खेत अथवा दाखबारी भएर जानेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी खानेछैनौं। हामी मूलबाटो भएर जानेछौं। तपाईंको सिमाना नकाटेसम्‍म हामी दाहिने-देब्रे लाग्‍नेछैनौं।”</verse>
				<verse number="18">तर एदोमले तिनीहरूलाई भने, “यस देश भएर तिमीहरू जान पाउँदैनौ, नत्रता तरवार लिएर हामी तिमीहरूमाथि आक्रमण गर्नेछौं।”</verse>
				<verse number="19">इस्राएलीहरूले उत्तर दिए, “हामी मूलबाटै भएर जानेछौं। हामी र हाम्रा गाईबस्‍तुले तपाईंको पानी पियौं भने त्‍यसको मोल हामी तिर्नेछौं। केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्‌।”</verse>
				<verse number="20">फेरि एदोमले भने, “तिमीहरू जान पाउँदैनौ” तब एदोम तिनीहरूका विरुद्धमा ठूलो सेना लिएर आए।</verse>
				<verse number="21">यसरी इस्राएलीहरूलाई आफ्‍नो सिमाना छिचलेर जान दिन एदोमले इन्‍कार गरे। यसकारण इस्राएलीहरू त्‍यहाँबाट फर्के।</verse>
				<verse number="22">सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे।</verse>
				<verse number="23">परमप्रभुले एदोम देशको सिमानानेर होर पर्वतमा मोशा र हारूनलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="24">“हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्‍यो पस्‍न पाउनेछैन।</verse>
				<verse number="25">हारून र त्‍यसको छोरा एलाजारलाई होर पर्वतमा लिएर जा।</verse>
				<verse number="26">हारूनका पोशाक फुकालेर त्‍यसको छोरा एलाजारलाई लगाइदे। त्‍यसपछि हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ, र त्‍यहीँ मर्नेछ।”</verse>
				<verse number="27">परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्‍ले।</verse>
				<verse number="28">मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्‍यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्‍त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले।</verse>
				<verse number="29">जब समुदायलाई हारूनको मृत्‍यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्‍म शोक मनाए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदैछन्‌ भन्‍ने जब खबर पाए, तब उनले इस्राएलीहरूसँग लड़ाइँ गरे, र तिनीहरूका कति जनालाई कैद गरेर ल्‍याए।</verse>
				<verse number="2">तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।”</verse>
				<verse number="3">परमप्रभुले इस्राएलीहरूको बिन्‍ती सुन्‍नुभयो, र कनानीहरूलाई तिनीहरूका हातमा सुम्‍पिदिनुभयो। इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई पनि बिलकुलै नष्‍ट गरिदिए। यसकारण त्‍यस ठाउँको नाउँ होर्मा राखियो।</verse>
				<verse number="4">तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने।</verse>
				<verse number="5">तब तिनीहरूले परमेश्‍वर र मोशाको विरुद्धमा यसो भन्‍न लागे, “यस उजाड़-स्‍थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्‍याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्‍छ खानेकुरादेखि त हामीलाई वाक्‍कै लागिसक्‍यो।”</verse>
				<verse number="6">तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे।</verse>
				<verse number="7">अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्‌।” तब मोशाले ती मानिसहरूका निम्‍ति प्रार्थना गरे।</verse>
				<verse number="8">परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्‍यसलाई एउटा खामामा झुण्‍ड्या। सर्पले डसेकाहरूले त्‍यसलाई हेरेपछि तिनीहरू बाँच्‍नेछन्‌।”</verse>
				<verse number="9">तब मोशाले एउटा काँसाको सर्प बनाएर त्‍यसलाई एउटा खामामा झुण्‍ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।</verse>
				<verse number="10">इस्राएलीहरूले यात्रा गरेर ओबोतमा पाल टाँगे।</verse>
				<verse number="11">अनि ओबोतबाट यात्रा गरेर मोआबको सामुन्‍ने पूर्वतिर इये-अबारीमको उजाड़-स्‍थानमा तिनीहरूले पाल टाँगे।</verse>
				<verse number="12">त्‍यहाँबाट तिनीहरू यात्रा गरेर जेरेदको बेँसीमा पाल टाँगे।</verse>
				<verse number="13">त्‍यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्‍कने उजाड़-स्‍थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ।</verse>
				<verse number="14">यसकारण परमप्रभुका युद्धको पुस्‍तकमा यस्‍तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला,</verse>
				<verse number="15">र बेँसीका ओह्रालाहरू, जो आर सहरतिर लागेर मोआबको सिमानासम्‍म गएको छ।”</verse>
				<verse number="16">त्‍यहाँबाट तिनीहरू बेओरमा गए। परमप्रभुले मोशालाई “मानिसहरू जम्‍मा गर्, र म तिनीहरूलाई पानी दिनेछु” भन्‍नुभएको कूवा त्‍यहीँ थियो।</verse>
				<verse number="17">तब इस्राएलीहरूले यो स्‍तुतिगान गरे, “ए कूवा, फुटेर निस्‍की, त्‍यसको गीत गाओ,</verse>
				<verse number="18">जुन कूवा राजकुमारीहरूले खनेका थिए, अनि मानिसहरूका भारदारहरूले राजदण्‍ड र लहुराले खनेका थिए।” तब उजाड़-स्‍थानबाट निस्‍केर तिनीहरू मत्तानामा यात्रा गरे,</verse>
				<verse number="19">र मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बमोतमा,</verse>
				<verse number="20">अनि बमोतबाट मोआबको मैदान भएको बेँसीसम्‍म, अर्थात्‌ उजाड़-स्‍थान देखिने पिसगाको फेदीसम्‍म यात्रा गरे।</verse>
				<verse number="21">इस्राएलीहरूले एमोरीहरूका राजा सीहोनकहाँ यसो भनेर दूतहरू पठाए,</verse>
				<verse number="22">“हामीलाई तपाईंको देश भएर जान दिनुहोस्‌। हामी खेत कि दाखबारीतिर लाग्‍नेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी पिउनेछैनौं। तपाईंका सिमाना नकाटेसम्‍म हामी मूलबाटो भएर मात्र जानेछौं।”</verse>
				<verse number="23">तर सीहोनले इस्राएलीहरूलाई आफ्‍नो सिमाना नाघेर जान दिएनन्‌। उनले आफ्‍ना सेना जम्‍मा गरे, र उजाड़-स्‍थानको यहसासम्‍म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे।</verse>
				<verse number="24">तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्‍बोक नदीसम्‍म उनको देश कब्‍जा गरे। तर अम्‍मोनीहरूको सिमानासम्‍म मात्र तिनीहरूले कब्‍जा गरे, किनकि अम्‍मोनीहरूको सिमाना बलियो थियो।</verse>
				<verse number="25">इस्राएलीहरूले यी सबै सहरहरू लिए, र तिनीहरू एमोरीहरूका समस्‍त सहरहरूमा, हेश्‍बोन र त्‍यसका वरिपरिका सबै बस्‍तीहरूमा समेत वास गरे।</verse>
				<verse number="26">हेश्‍बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्‍मै उनको अधिकारबाट खोसेका थिए।</verse>
				<verse number="27">यसैकारण कविहरूले यसो भनेर गाएका छन्, “तिमीहरू हेश्‍बोनमा आओ र त्‍यो फेरि बनाइओस्‌। सीहोनको सहर पुनर्स्‍थापित होस्‌।</verse>
				<verse number="28">	 “हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्‍वाला निस्‍केर मोआबको आर सहरलाई र अर्नोनका उच्‍च स्‍थानका मानिसहरूलाई भस्‍म पारेको छ।</verse>
				<verse number="29">ए मोआब, तँलाई धिक्‍कार छ! ए कमोशको प्रजा, तँ नष्‍ट भइस्‌! त्‍यसले आफ्‍ना छोराहरूलाई भगुवाझैँ र आफ्‍ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ।</verse>
				<verse number="30">“तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्‍बोनचाहिँ दीबोनसम्‍मै नष्‍ट भयो, र हामीले मेदबासम्‍म पुग्‍ने नोपालाई नाश गरेका छौं।”</verse>
				<verse number="31">यसरी इस्राएलीहरू एमोरीहरूको देशमा वास गर्न लागे।</verse>
				<verse number="32">मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्‍यसका वरिपरिका बस्‍तीहरू कब्‍जा गरेर त्‍यहाँका एमोरीहरूलाई धपाए।</verse>
				<verse number="33">त्‍यसपछि तिनीहरू घुमेर बाशानको बाटो भएर उक्‍ले। बाशानका राजा ओग र उनका मानिसहरू तिनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई एद्रईमा निस्‍केर आए।</verse>
				<verse number="34">परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यससँग नडरा, किनकि त्‍यो, त्‍यसका सबै मानिसहरू र त्‍यसको देशसमेत मैले तेरो हातमा सुम्‍पेको छु। तैंले हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेझैँ यसलाई पनि गर्नू।”</verse>
				<verse number="35">यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्‍जा गरे।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">तब इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा गए र यरीहोदेखि पारि यर्दनको किनारमा पाल टाँगे।</verse>
				<verse number="2">इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्‍पोरका छोरा बालाकले देखे,</verse>
				<verse number="3">र मोआब इस्राएलीहरूसँग साह्रै डराए, किनभने तिनीहरू धेरै थिए। इस्राएलीहरूको कारणले उनीहरू व्‍याकुल भए।</verse>
				<verse number="4">मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्‍वाहा पारेझैँ पार्नेछ।” त्‍यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए।</verse>
				<verse number="5">उनले यूफ्रेटिसनेर भएका, आफ्‍ना जात-भाइको मुलुक पतोरमा बओरका छोरा बालामकहाँ यसो भनेर खबर पठाए, “मिश्रबाट एउटा जाति आएर समस्‍त देश नै ढाकिसक्‍यो। तिनीहरू मेरै सिमानामा आएर बसेका छन्‌।</verse>
				<verse number="6">अब आएर मेरो निम्‍ति यस जातिलाई सराप दिनुहोस्, किनकि तिनीहरू मभन्‍दा ज्‍यादै शक्तिशाली छन्‌। त्‍यसो गर्नुभएमा शायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकूँला। किनभने मलाई थाहा छ, तपाईंले जसलाई आशिष्‌ दिनुहुन्‍छ त्‍यसलाई आशिष्‌ लाग्‍छ, र जसलाई सराप दिनुहुन्‍छ त्‍यसलाई सराप लाग्‍छ।”</verse>
				<verse number="7">मोआब र मिद्यानका बुढापाकाहरूले जोखनाको दक्षिणा लिए, र बालामकहाँ आएर बालाकको समाचार दिए।</verse>
				<verse number="8">बालामले उनीहरूलाई भने, “आज राती यहीँ बस्‍नुहोस्, र परमप्रभुले जस्‍तो मसँग बोल्‍नुहुन्‍छ, म त्‍यही तपाईंहरूलाई बताइदिनेछु।” यसैले मोआबका मुख्‍य व्‍यक्तिहरू बालामकहाँ वास बसे।</verse>
				<verse number="9">परमेश्‍वर बालामकहाँ आएर भन्‍नुभयो, “तँसँग बसेका यी मानिसहरू को हुन्‌?”</verse>
				<verse number="10">बालामले परमेश्‍वरलाई भने, “मोआबका राजा सिप्‍पोरका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्,</verse>
				<verse number="11">‘मिश्रबाट निस्‍किआएको एउटा जातिले समस्‍त देश ढाकेको छ। अब आएर मेरो निम्‍ति तिनीहरूलाई सराप दिनुहोस्‌। यसो गर्नुभएमा शायद मैले तिनीहरूसँग लड़ाइँ गरेर तिनीहरूलाई धपाउन सकूँला’।”</verse>
				<verse number="12">तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ यिनीहरूसँग नजा। तैंले त्‍यो जातिलाई सराप्‍नुहुँदैन, किनकि तिनीहरू आशिषित छन्‌।”</verse>
				<verse number="13">तब बालाम बिहान सबेरै उठे, र बालाकका मुख्‍य व्‍यक्तिहरूलाई भने, “तपाईंहरू आफ्‍नो देशमा जानुहोस्, किनकि मलाई तपाईंहरूका साथमा जान दिन परमप्रभुले इन्‍कार गर्नुभयो।”</verse>
				<verse number="14">अनि मोआबका मुख्‍य व्‍यक्तिहरू बालाककहाँ गएर भने, “बालाम हामीसित आउन राजी भएनन्‌।”</verse>
				<verse number="15">तब बालाकले फेरि पनि धेरै र तीभन्‍दा ठूला दर्जाका व्‍यक्तिहरू पठाए।</verse>
				<verse number="16">उनीहरू बालामकहाँ आएर भने, “सिप्‍पोरका छोरा बालाक यसो भन्‍नुहुन्‍छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्‌।</verse>
				<verse number="17">तपाईंलाई ठूलो इज्‍जत दिएर सम्‍मानित तुल्‍याउनेछु। जे तपाईं भन्‍नुहुन्‍छ त्‍यही म गर्नेछु। यसकारण कृपा गरी आउनुहोस्, र त्‍यस जातिलाई सराप दिनुहोस्‌।”</verse>
				<verse number="18">तर बालामले बालाकका दूतहरूलाई यसो भनेर जवाफ दिए, “बालाकले सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि परमप्रभु मेरा परमेश्‍वरको वचन सानो या ठूलो कुरामा म भङ्ग गर्न सक्‍दिनँ।</verse>
				<verse number="19">अब अरूहरूले गरेझैँ तपाईंहरू पनि आज राती यहीँ बस्‍नुहोस्, र परमप्रभुले मलाई अझ अरू के भन्‍नुहुन्‍छ, म थाहा पाउनेछु।”</verse>
				<verse number="20">परमेश्‍वर त्‍यस राती बालामकहाँ आएर तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुन्‌। यसकारण यिनीहरूका साथमा जा, तर म तँलाई जे-जे कुरा भन्‍छु, त्‍यही मात्र तैंले गर्‌।”</verse>
				<verse number="21">बालाम बिहानै उठे, र आफ्‍नो गधामा काठी कसेर मोआबका मुख्‍य व्‍यक्तिहरूका साथमा गए।</verse>
				<verse number="22">तर तिनी गएका हुनाले परमेश्‍वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्‍नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए।</verse>
				<verse number="23">परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्‍यस गधाले देख्‍यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्‍यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे।</verse>
				<verse number="24">दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए।</verse>
				<verse number="25">परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्‍यो र बालामको खुट्टा त्‍यसले पर्खालमा चेप्‍ट्याइदियो। तिनले त्‍यसलाई फेरि पिटे।</verse>
				<verse number="26">फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्‍ने साँघुरो ठाउँमा उभिए।</verse>
				<verse number="27">गधा परमप्रभुका दूतलाई देखेर थचक्‍क बस्‍यो। तब बालामलाई रीस उठ्यो, र आफ्‍नो लहुरोले गधालाई पिट्‌न लाग्‍यो।</verse>
				<verse number="28">तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्‍यसले बालामलाई भन्‍यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्‍ट पिट्‌नुभयो?”</verse>
				<verse number="29">बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्‍याइस्‌। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्‍नेथिएँ।”</verse>
				<verse number="30">गधाले बालामलाई भन्‍यो, “तपाईंले आफ्‍नो जीवनभरि आजको दिनसम्‍म चढ्‌नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्‍यै तपाईंसित यस्‍तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्‌।”</verse>
				<verse number="31">तब परमप्रभुले बालामका आँखा खोलिदिनुभयो, र थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका परमप्रभुको दूतलाई तिनले देखे। अनि शिर निहुराएर तिनी घोप्‍टो परे।</verse>
				<verse number="32">तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्‍नो गधालाई तीन पल्‍ट हिर्काइस्‌? हेर्, म तेरो बाटो छेक्‍न आएको छु, किनभने मेरो सामुन्‍ने तँ आफ्‍नै जिद्दीमा हिँड्‌दैछस्‌।</verse>
				<verse number="33">त्‍यस गधाले मलाई देखेर अहिलेसम्‍म तीन पल्‍ट मेरो सामुबाट तर्क्‍यो। मबाट त्‍यो नतर्केको भए अहिलेसम्‍म म तँलाई मारिसक्‍नेथिएँ, तर त्‍यसलाई चाहिँ जीवितै छोड्‌नेथिएँ।”</verse>
				<verse number="34">बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।”</verse>
				<verse number="35">परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्‍छु, त्‍यही मात्र तैंले बोल्‌।” यसकारण बालाम बालाकका मुख्‍य व्‍यक्तिहरूका साथमा गए।</verse>
				<verse number="36">बालाकले बालाम आएका कुरा सुनेर आफ्‍नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्‍मै तिनलाई भेट्‌न गए।</verse>
				<verse number="37">बालाकले बालामलाई भने, “तपाईंलाई मैले डाक्‍न मान्‍छे पठाएँ, तर तपाईं किन मकहाँ आउनुभएन? तपाईंको इज्‍जत म बढ़ाउन सक्‍नेथिइनँ र?”</verse>
				<verse number="38">तब बालामले बालाकलाई भने, “हेर्नुहोस्, अब म तपाईंकहाँ आएकै छु। केही पनि कुरा बोल्‍ने शक्ति अहिले मसँग छैन। परमेश्‍वरले मलाई जे आज्ञा गर्नुहुन्‍छ त्‍यही मात्र मैले बोल्‍नुपर्छ।”</verse>
				<verse number="39">तब बालाम बालाकसित गए, र तिनीहरू किर्यत-हुसोतमा आए।</verse>
				<verse number="40">बालाकले साँढ़े र भेड़ा बलि गरेर बालाम र उनीसित आएका मुख्‍य व्‍यक्तिहरूलाई दिए।</verse>
				<verse number="41">भोलिपल्‍ट बिहान बालाकले बालामलाई लिएर बमोत-बालमा उक्‍लेर गए। त्‍यहाँबाट बालामले मानिसहरूको केही भागसम्‍म देखे।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">बालामले बालाकलाई भने, “मेरो निम्‍ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्‌।”</verse>
				<verse number="2">बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।</verse>
				<verse number="3">बालामले बालाकलाई भने, “आफ्‍नो बलिनेर उभिनुहोस्‌। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्‍छ होला। उहाँले मलाई जे-जस्‍तो देखाउनुहुन्‍छ, त्‍यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्‍थानतिर गए।</verse>
				<verse number="4">परमेश्‍वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।”</verse>
				<verse number="5">परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्‍नुपर्ने कुरा यही हो।”</verse>
				<verse number="6">अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्‍य व्‍यक्तिहरूका साथ उनका बलिको सामुन्‍ने उभिरहेका थिए।</verse>
				<verse number="7">तब बालामले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “‘आउनुहोस्, मेरो निम्‍ति याकूबलाई सराप्‍नुहोस्‌। आउनुहोस्, ‘इस्राएललाई धम्‍की दिनुहोस्‌’ भनी मोआबका राजा बालाकले मलाई अरामबाट पूर्वका डाँड़ाहरूदेखि ल्‍याए।</verse>
				<verse number="8">परमेश्‍वरले नै नसराप्‍नुभएकालाई मैले कसरी सराप्‍नु? परमप्रभुले नै धम्‍की नदिनुभएकालाई मैले कसरी धम्‍की दिनु?</verse>
				<verse number="9">चट्टानहरूका टुप्‍पाबाट म तिनीहरूलाई देख्‍तछु, र डाँड़ाहरूबाट म तिनीहरूलाई हेर्दछु। हेर्, त्‍यो त एकलै बस्‍ने जाति हो, जसले अरू जातिहरूका बीचमा आफैलाई गन्‍दैन।</verse>
				<verse number="10">याकूबको धूलो कसले गन्‍न सक्‍छ? अथवा इस्राएलको चौथो हिस्‍साका गन्‍ती पनि कसले गर्न सक्‍ने? मेरो मृत्‍यु धर्मात्‍माको जस्‍तो होस्, र मेरो अन्‍त तिनैको जस्‍तो होस्‌।”</verse>
				<verse number="11">तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्‍याएँ, तर तपाईंले त तिनीहरूलाई उल्‍टा आशिष्‌ पो दिनुभयो।”</verse>
				<verse number="12">तिनले जवाफमा भने, “परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्‍नुपर्दैन र?”</verse>
				<verse number="13">तब बालाकले तिनलाई भने, “कृपा गरी मसित अर्को ठाउँमा आउनुहोस्‌। त्‍यहाँदेखि तपाईंले तिनीहरूलाई देख्‍नुहुनेछ। तपाईं तिनीहरूको केही भाग मात्र देख्‍नुहुन्‍छ, तर तिनीहरू सबैलाई देख्‍नुहुन्‍न। तिनीहरूलाई त्‍यहीँबाट मेरो निम्‍ति सराप दिनुहोस्‌।”</verse>
				<verse number="14">तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।</verse>
				<verse number="15">बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्‍ना बलिनेर उभिरहनुहोस्‌।”</verse>
				<verse number="16">परमप्रभुले बालामलाई भेट गर्नुभयो, र तिनको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्केर तैंले भन्‍नुपर्ने कुरा यही हो।”</verse>
				<verse number="17">तब तिनी बालाककहाँ गए। बालाक र उनीसँग भएका मोआबका मुख्‍य व्‍यक्तिहरू उनका बलिको नजिक उभिरहेका थिए। बालाकले तिनलाई सोधे, “परमप्रभुले के भन्‍नुभयो?”</verse>
				<verse number="18">तब बालामले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “ए बालाक, उठेर सुन्, ए सिप्‍पोरको छोरो, मेरो कुरामा कान थाप्‌।</verse>
				<verse number="19">परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?</verse>
				<verse number="20">हेर्, मैले त आशिष्‌ दिने आज्ञा पाएको छु। उहाँले आशिष्‌ दिनुभएको छ, र म त्‍यसलाई उल्‍टाउन सक्‍दिनँ।</verse>
				<verse number="21">“याकूबमा दुर्भाग्‍य देखिएको छैन। इस्राएलमा विपद्‌ देखिएको छैन। परमप्रभु, तिनीहरूका परमेश्‍वर तिनीहरूका साथ हुनुहुन्‍छ, र राजाको जय-ध्‍वनि तिनीहरूका बीचमा छ।</verse>
				<verse number="22">परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको छ। तिनीहरूको बल जङ्गली साँढ़ेको जस्‍तो छ।</verse>
				<verse number="23">निश्‍चय नै याकूबलाई लाग्‍ने कुनै टुनामुना छँदैछैन, इस्राएलको विरुद्धमा कुनै जोखना छैन। ‘परमेश्‍वरले कस्‍तो विचित्रको कार्य गर्नुभएको छ’ भनी याकूब र इस्राएलको विषयमा अब भनिनेछ।</verse>
				<verse number="24">हेर, त्‍यो जाति सिंहनीझैँ उठ्‌छ, झम्‍टन लागेको सिंहजस्‍तै त्‍यो जुरुक्‍क उठ्‌छ, जसले शिकार नखाउञ्‍जेल र शिकारको रगत नपिउञ्‍जेल आराम गर्नेछैन।”</verse>
				<verse number="25">तब बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप पनि नदिनुहोस्, र आशिष्‌ पनि नदिनुहोस्‌।”</verse>
				<verse number="26">तर बालामले बालाकलाई भने, “परमप्रभु जे भन्‍नुहुन्‍छ त्‍यो मैले अवश्‍य गर्नुपर्छ भनेर मैले तपाईंलाई अघि नै भनेको थिइनँ?”</verse>
				<verse number="27">तब बालाकले बालामलाई भने, “आउनुहोस्, अब म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। शायद त्‍यहाँबाट मेरो निम्‍ति तपाईंले तिनीहरूलाई सराप दिने परमेश्‍वरको इच्‍छा हुन्‍छ कि?”</verse>
				<verse number="28">अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्‍थान देखियो।</verse>
				<verse number="29">तब बालामले बालाकलाई भने, “मेरो निम्‍ति यहाँ सात वटा वेदी बनाएर सात वटा साँढ़े र सात वटा भेड़ाहरू तयार गरिदिनुहोस्‌।”</verse>
				<verse number="30">बालामले भनेझैँ बालाकले गरे, र प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा उनले चढ़ाए।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">इस्राएलीहरूलाई आशिष्‌ दिने परमप्रभुको इच्‍छा छ भन्‍ने जब बालामले देखे, तब तिनी अरू बेलाजस्‍तै टुनामुना गर्न गएनन्, तर तिनले आफ्‍नो मुख उजाड़-स्‍थानतिर फर्काए।</verse>
				<verse number="2">जब बालामले आफ्‍ना आँखा उचालेर हेरे, र इस्राएलीहरूलाई आफ्‍नो कुल-कुल गरी बसेका तिनले देखे, तब परमेश्‍वरका आत्‍मा तिनीमाथि आउनुभयो।</verse>
				<verse number="3">अनि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालामले भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।</verse>
				<verse number="4">परमेश्‍वरका वचन सुन्‍नेले यसो भन्‍छ, जसले सर्वशक्तिमान्‌बाट दर्शन पाउँछ, जसले साष्‍टाङ्ग दण्‍डवत्‌ गर्दछ, र जसका आँखा खोलिएका छन्‌।</verse>
				<verse number="5">“हे याकूब, तिम्रा पालहरू, हे इस्राएल, तिम्रा वासस्‍थानहरू कति राम्रा!</verse>
				<verse number="6">“ती उपत्‍यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएका एलवाहरूजस्‍ता, पानीनेरका देवदारुहरूजस्‍ता फैलिएका छन्‌।</verse>
				<verse number="7">तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्‍दा पनि महान्‌ हुनेछन्, अनि तिनीहरूको राज्‍य समृद्ध बनाइनेछ।</verse>
				<verse number="8">“परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्‍तै छ। तिनीहरूले आफ्‍ना विरोधी जातिहरूलाई निल्‍नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्‍ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्‌।</verse>
				<verse number="9">	तिनीहरू सिंहझैँ लेटिरहन्‍छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष्‌ दिने हरेक आशिषित होस्‌। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्‌।”</verse>
				<verse number="10">तब बालाकलाई बालामसित रीस उठ्यो। उनले जोडले आफ्‍ना हात ठटाएर बालामलाई भने, “मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई डाकेथें, तर हेर्नुहोस्, तपाईंले तीन पल्‍ट तिनीहरूलाई आशिष्‌ दिनुभयो।</verse>
				<verse number="11">यसकारण अब तपाईं आफ्‍नो ठाउँमा फर्किहाल्‍नुहोस्‌। तपाईंलाई ठूलो सम्‍मान दिने मैले विचार गरेको थिएँ, तर परमप्रभुले तपाईंलाई सम्‍मान प्राप्‍त गर्नदेखि रोक्‍नुभएको छ।”</verse>
				<verse number="12">बालामले बालाकलाई भने, “तपाईंले मकहाँ पठाउनुभएका दूतहरूलाई मैले भनेकै थिइनँ र?</verse>
				<verse number="13">‘बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्‍नो महल दिए पनि परमप्रभुको वचन नाघेर मेरो आफ्‍नो खुशीले असल वा खराब गर्न सक्‍दिनँ। परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही म बोल्‍नेछु’।</verse>
				<verse number="14">अब म आफ्‍ना मानिसहरूकहाँ जान्‍छु, तर इस्राएलीहरूले तपाईंका मानिसहरूलाई पछि के गर्नेछन्, त्‍यो म तपाईंलाई बताउँछु।”</verse>
				<verse number="15">तब तिनले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालाम भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।</verse>
				<verse number="16">परमेश्‍वरका वचन सुन्‍नेले यसो भन्‍छ, जसले सर्वोच्‍चको ज्ञान जान्‍नेको, जसले सर्वशक्तिमान्‌बाट दर्शन पाउँछ, जसले साष्‍टाङ्ग दण्‍डवत्‌ गर्दछ, र जसका आँखा खोलिएका छन्‌।</verse>
				<verse number="17">“म उहाँलाई देख्‍छु, तर अहिले त होइन। म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्‍ड उदय हुनेछ। उहाँले मोआबका टाउको किच्‍च्‍याउनुहुनेछ, अनि शेथका सन्‍तानलाई ध्‍वंस पार्नुहुनेछ।</verse>
				<verse number="18">एदोम पराजित हुनेछ, र त्‍यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इस्राएलचाहिँ बलियो हुनेछ।</verse>
				<verse number="19">याकूबबाट एउटा शासक उत्‍पन्‍न हुनेछन्, र सहरका बाँचेकाहरूलाई नाश गर्नेछन्‌।”</verse>
				<verse number="20">तब तिनले अमालेकीहरूतिर हेरेर आफ्‍नो ईश्‍वरवाणी दिए: “सबै जातिहरूमा अमालेक पहिलो थियो, तर विनाश नै त्‍यसको अन्‍त हुनेछ।”</verse>
				<verse number="21">अनि तिनले केनीहरूलाई हेरेर आफ्‍नो ईश्‍वरवाणी दिए: “तिमीहरूको बस्‍ने ठाउँ सुरक्षित छ, र तिमीहरूको गुँड़ चट्टानमा बसालिएको छ।</verse>
				<verse number="22">तर तिमी केनीहरू ध्‍वंस पारिनेछौ, जब अश्‍शूरले तिमीहरूलाई कैद गरेर लैजानेछ।”</verse>
				<verse number="23">फेरि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को बाँच्‍न सक्‍छ?</verse>
				<verse number="24">कित्तीमको किनारबाट जहाजहरू आउनेछन्, र उनीहरूले अश्‍शूर र एबेरलाई कष्‍ट दिनेछन्, तर तिनीहरू पनि नष्‍ट हुनेछन्‌।”</verse>
				<verse number="25">तब बालाम उठेर आफ्‍नो घरमा फर्के, र बालाक पनि आफ्‍नो बाटो लागे।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">इस्राएलीहरू शित्तीममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्‍यभिचार गर्न लागे।</verse>
				<verse number="2">तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्‍तो दिए, र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="3">यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्‍न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो।</verse>
				<verse number="4">परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै नायकहरूलाई लिएर मार्‌ र परमप्रभुकै सामुन्‍ने चर्को घाममा राखिदे, कि परमप्रभुको भयानक क्रोध इस्राएलीहरूबाट हटोस्‌।”</verse>
				<verse number="5">मोशाले इस्राएलका न्‍यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले पोरको बाल देवतालाई पुज्‍ने सबै मानिसहरूलाई मार्नुपर्छ।”</verse>
				<verse number="6">इस्राएलीहरू भेट हुने पालको ढोकामा रोइरहेका थिए। त्‍यस बेला एक-जना इस्राएलीले मोशा र इस्राएली समुदायकै सामुन्‍ने आफ्‍नो परिवारमा एउटी मिद्यानी आइमाईलाई ल्‍यायो।</verse>
				<verse number="7">जब एलाजारको छोरा, हारूनका नाति पीनहासले त्‍यो देखे, तब तिनले समुदायको मध्‍यबाट उठेर आफ्‍नो हातमा एउटा भाला लिएर</verse>
				<verse number="8">त्‍यस इस्राएलीको पछिपछि पालभित्र गएर त्‍यस इस्राएली र त्‍यस आइमाई दुवैलाई वारपार रोपिदिए। त्‍यसपछि इस्राएलीहरूबाट त्‍यो विपत्ति हट्यो।</verse>
				<verse number="9">तर विपत्तिमा मर्नेहरू चौबीस हजार थिए।</verse>
				<verse number="10">तब परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="11">“एलाजारको छोरो, पूजाहारी हारूनको नाति पीनहासले इस्राएलीहरूका बीचमा मेरो खातिर राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्‍म पारिनँ।</verse>
				<verse number="12">यसकारण यसो भन्, ‘हेर्, म त्‍यससँग मेरो शान्‍तिको करार बाँध्‍छु।</verse>
				<verse number="13">त्‍यसलाई र त्‍यसको वंशलाई पनि सधैँको लागि पूजाहारीपदमा स्‍थिर गरिनेछन्, किनभने त्‍यो आफ्‍ना परमेश्‍वरको निम्‍ति जोशिलो थियो। त्‍यसले इस्राएलीहरूका निम्‍ति प्रायश्‍चित गर्‍यो’।”</verse>
				<verse number="14">त्‍यस मिद्यानी आइमाईको साथमा मारिने इस्राएलीको नाउँ जिम्री थियो, जो शिमियोनको कुलको एक परिवारका मुखिया सालूको छोरो थियो।</verse>
				<verse number="15">त्‍यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई।</verse>
				<verse number="16">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="17">“मिद्यानीहरूलाई सताएर मार्,</verse>
				<verse number="18">किनभने उनीहरूले पनि तिमीहरूलाई सताए, र पोरमा छल गरी पूजाआजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।”</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">विपत्तिपछि परमप्रभुले मोशा र हारून पूजाहारीका छोरा एलाजारलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्‍छन्, तिनीहरूलाई आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गर्‌।”</verse>
				<verse number="3">तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने,</verse>
				<verse number="4">“परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएबमोजिम बीस वर्ष र उँभोका मानिसहरूको गन्‍ती गर्‌।” मिश्रबाट निस्‍केर आएका इस्राएलीहरू यी नै हुन्‌:</verse>
				<verse number="5">इस्राएलका जेठा छोरा रूबेनका सन्‍तान: हानोकबाट हानोकीहरूको वंश, पल्‍लुबाट पल्‍लुईहरूको वंश,</verse>
				<verse number="6">हेस्रोनबाट हेस्रोनीहरूको वंश, कर्मीबाट कर्मीहरूको वंश भए।</verse>
				<verse number="7">रूबेनीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४३,७५० थियो।</verse>
				<verse number="8">पल्‍लुका छोरा एलीआब थिए।</verse>
				<verse number="9">एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यिनीहरू तिनै दातान र अबीराम, समुदायका पदाधिकारी हुन्, जो कोरहको दलमा मिसिएर मोशा र हारूनसँग झगड़ा गरेर परमप्रभुको विरुद्धमा उठेका थिए।</verse>
				<verse number="10">तब धरतीले मुख बाएर तिनीहरूलाई कोरहसँगै निलेको थियो, जुन बेला दुई सय पचास जना आगोले भस्‍म भएका थिए। तिनीहरू एक दृष्‍टान्‍त बनेका थिए।</verse>
				<verse number="11">तर कोरहका छोराहरूचाहिँ मरेका थिएनन्‌।</verse>
				<verse number="12">शिमियोनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: नमूएलबाट नमूएलीको वंश, यामीनबाट यामीनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,</verse>
				<verse number="13">जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश,</verse>
				<verse number="14">शिमियोनीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या २२,२०० थियो।</verse>
				<verse number="15">गादका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: सेफोनबाट सेफोनीहरूको वंश, हाग्‍यीबाट हाग्‍यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश,</verse>
				<verse number="16">ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,</verse>
				<verse number="17">अरोदीबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए।</verse>
				<verse number="18">गादीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४०,५०० थियो।</verse>
				<verse number="19">एर्‌ र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनान देशमा मरे।</verse>
				<verse number="20">यहूदाका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेरहातीहरूको वंश भए।</verse>
				<verse number="21">फारेसका सन्‍तान: हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए।</verse>
				<verse number="22">यहूदाको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ७६,५०० थियो।</verse>
				<verse number="23">इस्‍साखारका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,</verse>
				<verse number="24">याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रोनीहरूको वंश भए।</verse>
				<verse number="25">इस्‍साखारको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ६४,३०० थियो।</verse>
				<verse number="26">जबूलूनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीहरूको वंश भए।</verse>
				<verse number="27">जबूलूनीहरूका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ६०,५०० थियो।</verse>
				<verse number="28">योसेफका सन्‍तान मनश्‍शे र एफ्राइमबाट तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌:</verse>
				<verse number="29">मनश्‍शेका सन्‍तान: माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।),</verse>
				<verse number="30">गिलादबाट गिलादीहरूको वंश भए। गिलादका सन्‍तान: ईएजेरबाट ईएजेरीहरूको वंश, हेलेकबाट हेलेकीहरूको वंश,</verse>
				<verse number="31">अस्रीएलबाट अस्रीएलीहरूको वंश, शकेमबाट शकेमीहरूको वंश,</verse>
				<verse number="32">शमीदाबाट शमीदीहरूको वंश, हेपेरबाट हेपेरीहरूको वंश भए। (हेपेरका छोरा सलोफादको कोही छोरा थिएन, तर छोरीहरू मात्र थिए।</verse>
				<verse number="33">सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।)</verse>
				<verse number="34">मनश्‍शेको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ५२,७०० थियो।</verse>
				<verse number="35">एफ्राइमका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: शूतेलहबाट शूतेलहीहरूको वंश, बेकेरबाट बेकेरीहरूको वंश, तहनबाट तहनीहरूको वंश भए।</verse>
				<verse number="36">शूतेलहका सन्‍तान: एरानबाट एरानीहरूको वंश भयो।</verse>
				<verse number="37">एफ्राइमको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ३२,५०० थियो। योसेफका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।</verse>
				<verse number="38">बेन्‍यामीनका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्‍बेलबाट अश्‍बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश,</verse>
				<verse number="39">शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूको वंश भए।</verse>
				<verse number="40">आर्द र नामानबाट बेलाका सन्‍तान: आर्दबाट आर्दीहरूको वंश, नामानबाट नामानीहरूको वंश भए।</verse>
				<verse number="41">बेन्‍यामीनको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४५,६०० थियो।</verse>
				<verse number="42">दानका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: शूहामबाट शूहामीहरूको वंश भयो। दानको कुलका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="43">यी सबै शूहामीहरूका वंशहरू भए। तिनीहरूको संख्‍या ६४,४०० थियो।</verse>
				<verse number="44">आशेरका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: यिम्‍नाबाट यिम्‍नीहरूको वंश, यिश्‍वीबाट यिश्‍वीहरूको वंश, बरीआबाट बरीअतीहरूको वंश भए,</verse>
				<verse number="45">अनि बरीआका सन्‍तानबाट: हेबेरबाट हेबेरीहरूको वंश, मल्‍कीएलबाट मल्‍कीएलीहरूको वंश भए।</verse>
				<verse number="46">(आशेरकी छोरीको नाउँ सेरह थियो।)</verse>
				<verse number="47">आशेरको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ५३,४०० थियो।</verse>
				<verse number="48">नप्‍तालीका सन्‍तान तिनीहरूको वंश-वंशअनुसार: यहसीलबाट यहसीलीहरूको वंश, गुनीबाट गुनीहरूको वंश,</verse>
				<verse number="49">येसेरबाट येसेरीहरूको वंश, शिल्‍लेमबाट शिल्‍लेमीहरूको वंश भए।</verse>
				<verse number="50">नप्‍तालीको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४५,४०० थियो।</verse>
				<verse number="51">इस्राएलीहरूका पुरुषहरूको जम्‍मा संख्‍या ६,०१,७३० थियो।</verse>
				<verse number="52">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="53">“तिनीहरूका नाउँको संख्‍याअनुसार देश तिनीहरूका अधिकारको निम्‍ति बाँड़िओस्‌।</verse>
				<verse number="54">ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्‍यसका मानिसको संख्‍याअनुसार अधिकार दिइओस्‌।</verse>
				<verse number="55">तापनि त्‍यो देश चिट्ठा हालेरै बाँड़िओस्‌। तिनीहरूका आ-आफ्‍ना पुर्खाका कुलको नाउँअनुसार तिनीहरूले अधिकार गरून्‌।</verse>
				<verse number="56">ठूला र सानाका बीचमा अधिकार चिट्ठा हालेर नै बाँड़िओस्‌।”</verse>
				<verse number="57">तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्‌: गेर्शोनबाट गेर्शोनीहरूको वंश, कहातबाट कहातीहरूको वंश, मरारीबाट मरारीहरूको वंश भए।</verse>
				<verse number="58">लेवीको कुलका वंशहरू यी पनि हुन्‌: लिब्‍नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश, (कहात अम्रामका पुर्खा थिए।</verse>
				<verse number="59">अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्‍माइएकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्‍माइन्‌।</verse>
				<verse number="60">नादाब, अबीहू, एलाजार र ईतामार हारूनका छोराहरू थिए।</verse>
				<verse number="61">तर नादाब र अबीहूचाहिँ परमप्रभुको सामु अन्‍य अग्‍निद्वारा बलि चढ़ाउँदा मरेका थिए।)</verse>
				<verse number="62">एक महिना र त्‍यसभन्‍दा माथिका लेवी पुरुषहरूको संख्‍या २३,००० थियो। तिनीहरू अरू इस्राएलीहरूका साथमा गनिएका थिएनन्, किनभने इस्राएलीहरूका बीचमा तिनीहरूलाई कुनै अधिकार दिइएको थिएन।</verse>
				<verse number="63">मोशा र एलाजार पूजाहारीबाट गनिएका सबै यिनीहरू नै थिए। तिनीहरूले इस्राएलीहरूलाई यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा गनेका थिए।</verse>
				<verse number="64">तर यिनीहरूमध्‍ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्‍थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन,</verse>
				<verse number="65">किनभने “तिनीहरू उजाड़-स्‍थानमा नै मर्नेछन्‌” भनी परमप्रभुले भन्‍नुभएको थियो। यपुन्‍नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्‍येको एउटै मानिस पनि जीवित थिएन।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">योसेफका छोरा मनश्‍शेका वंशहरूमा भएका मनश्‍शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।</verse>
				<verse number="2">तिनीहरू भेट हुने पालको ढोकामा मोशा, एलाजार पूजाहारी, नायकहरू र सबै समुदायको सामुन्‍ने उभिएर यसो भन्‍न लागे,</verse>
				<verse number="3">“हाम्रा बुबा उजाड़-स्‍थानमा मरे, तर तिनी परमप्रभुको विरुद्धमा उठ्‌ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्‍नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्‌।</verse>
				<verse number="4">छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्‍नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्‍पत्ति दिनुहोस्‌।”</verse>
				<verse number="5">मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्‍याए।</verse>
				<verse number="6">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="7">“सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू।</verse>
				<verse number="8">“तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्‍यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।</verse>
				<verse number="9">त्‍यसकी छोरी पनि छैन भने त्‍यसको अधिकार त्‍यसका दाजुभाइहरूलाई जाओस्‌।</verse>
				<verse number="10">त्‍यसको दाजुभाइ पनि छैन भने त्‍यसको बाबुका दाजुभाइहरूलाई जाओस्‌।</verse>
				<verse number="11">त्‍यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्‍दा नजिकको साइनो पर्नेलाई त्‍यसको उत्तराधिकारी बनाइदिनू, र त्‍यसले त्‍यो आफ्‍नो हकमा लेओस्‌। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्‍ति धर्म-विधान होस्‌’।”</verse>
				<verse number="12">तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ यो अबीराम पहाड़मा उक्‍ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्‌।</verse>
				<verse number="13">तैंले त्‍यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्‍ना मानिसहरूसँग मिल्‍न जानेछस्‌।</verse>
				<verse number="14">किनभने जब सीनको उजाड़-स्‍थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्‍थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।)</verse>
				<verse number="15">मोशाले परमप्रभुलाई भने,</verse>
				<verse number="16">“सारा मानव-जातिका आत्‍माका परमप्रभु परमेश्‍वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्,</verse>
				<verse number="17">जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्‍याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्‌।”</verse>
				<verse number="18">परमप्रभुले मोशालाई भन्‍नुभयो, “आत्‍मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्‍यसमाथि तेरो हात राख्,</verse>
				<verse number="19">र त्‍यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्‍ने खड़ा गर्‌। तिनीहरूको नजरकै सामु त्‍यसलाई यो दायित्‍व सुम्‍पिदे।</verse>
				<verse number="20">तैंले त्‍यसलाई तेरो अख्‍तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्‍यसको हुकुम पालन गरोस्‌।</verse>
				<verse number="21">त्‍यो एलाजार पूजाहारीकहाँ आउने गरोस्, र एलाजारले चाहिँ परमप्रभुको सामु “ऊरीम” द्वारा फैसला लिएर त्‍यसलाई बताउने गरोस्‌। यहोशूकै हुकुमबमोजिम सारा इस्राएलीहरू त्‍यससँगै आउने र जाने गरून्‌।”</verse>
				<verse number="22">तब परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार मोशाले गरे। तिनले यहोशूलाई लिएर एलाजार पूजाहारी र सारा समुदायको सामुन्‍ने खड़ा गराए।</verse>
				<verse number="23">परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएझैँ तिनले आफ्‍नो हात उनीमाथि राखे र उनलाई आफ्‍नो कामको दायित्‍व सुम्‍पे।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई यसो भनेर आज्ञा गर्‌: ‘आगोद्वारा चढ़ाइने मलाई मन पर्ने मीठो बास्‍ना हुने मेरा बलिहरूको भोजन तोकिएको समयमा चढ़ाउन तिमीहरूले याद राख्‍नू’।</verse>
				<verse number="3">तैंले तिनीहरूलाई यसो भन्‌: ‘तिमीहरूले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाउने बलि यही हो: दुई वटा एक वर्षे निष्‍खोट थुमाहरू नित्‍यको होमबलिको निम्‍ति दिनहुँ चढ़ाउनू,</verse>
				<verse number="4">एउटा बिहान र अर्को बेलुकी।</verse>
				<verse number="5">अन्‍नबलिको निम्‍ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू।</verse>
				<verse number="6">यो निरन्‍तरको होमबलि आगोद्वारा चढ़ाइएको परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई सीनै पर्वतमा ठहराइएको थियो।</verse>
				<verse number="7">त्‍यसको अर्घ-बलिचाहिँ एउटा थुमाको निम्‍ति एक लिटर मद्य होस्‌। त्‍यो अर्घ-बलि पवित्रस्‍थानमा परमप्रभुको निम्‍ति चढ़ाउनू।</verse>
				<verse number="8">दोस्रो थुमा बेलुकी चढ़ाउनू। बिहानजस्‍तो गरी अन्‍नबलि र त्‍यसको अर्घ-बलि चढ़ाउनू। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।</verse>
				<verse number="9">“‘शबाथमा दुई वटा एक वर्षे निष्‍खोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति र त्‍यसको अर्घ-बलिसमेत चढ़ाउनू।</verse>
				<verse number="10">नित्‍यको होमबलि र त्‍यसको अर्घ-बलिबाहेक हरेक शबाथको होमबलि यही हो।</verse>
				<verse number="11">“‘हरेक महिनाको पहिलो दिनमा तिमीहरूले परमप्रभुको निम्‍ति होमबलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ।</verse>
				<verse number="12">हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति, भेड़ासित तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति,</verse>
				<verse number="13">र हरेक थुमासित अन्‍नबलिको निम्‍ति तेलमा मुछेको आधा पाथी मसिनो पीठो चढ़ाउनू। यो परमप्रभुको निम्‍ति मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलिको लागि हो।</verse>
				<verse number="14">तिनका अर्घ-बलि, एउटा बाछाको निम्‍ति दुई लिटर दाखमद्य, भेड़ाको निम्‍ति डेढ़ लिटर दाखमद्य, र हरेक थुमाको निम्‍ति एक लिटर दाखमद्य होस्‌। वर्षभरिका सबै महिनाहरूमा हरेक औंसीमा चढ़ाउने होमबलि यही हो।</verse>
				<verse number="15">पापबलिको लागि परमप्रभुको निम्‍ति एउटा बोकाचाहिँ नित्‍यको होमबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="16">“‘पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्‍तार-चाड़ मनाउनुपर्छ।</verse>
				<verse number="17">त्‍यस महिनाको पन्‍ध्रौँ दिनमा एउटा उत्‍सव होस्‌। त्‍यस उत्‍सवमा सात दिनसम्‍म अखमिरी रोटी खानुपर्छ।</verse>
				<verse number="18">पहिलो दिनचाहिँ पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले कुनै दैनिक काम नगर्नू।</verse>
				<verse number="19">परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा होमबलिको रूपमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ।</verse>
				<verse number="20">तिनका अन्‍नबलिको निम्‍ति हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी,</verse>
				<verse number="21">र सात वटा थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू।</verse>
				<verse number="22">साथै तिमीहरूको प्रायश्‍चित गर्नलाई पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू।</verse>
				<verse number="23">योचाहिँ बिहानको नित्‍यको होमबलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="24">यही किसिमले तिमीहरूले सात दिनसम्‍मै परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने बलिहरूको भोजन प्रतिदिन चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="25">सातौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्, र तिमीहरूले त्‍यस दिन कुनै दैनिक काम नगर्नू।</verse>
				<verse number="26">“‘अगौटे फलको दिनमा तिमीहरूले परमप्रभुको निम्‍ति साताहरूको चाड़मा नयाँ अन्‍नको बलि चढ़ाउँदा तिमीहरूको एउटा पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू।</verse>
				<verse number="27">तिमीहरूले परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा</verse>
				<verse number="28">तिनका अन्‍नबलिको निम्‍ति हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी,</verse>
				<verse number="29">र सात वटा थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू।</verse>
				<verse number="30">साथै तिमीहरूको प्रायश्‍चित गर्नलाई एउटा बोका पनि चढ़ाउनू।</verse>
				<verse number="31">नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्‍खोट हुनुपर्छ’।”</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">“‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। त्‍यो तिमीहरूका निम्‍ति तुरही बजाउने दिन हो।</verse>
				<verse number="2">तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ।</verse>
				<verse number="3">तिनका अन्‍नबलिको निम्‍ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी,</verse>
				<verse number="4">र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू।</verse>
				<verse number="5">साथै तिमीहरूको प्रायश्‍चित गर्नलाई पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू।</verse>
				<verse number="6">यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्‍नबलि र अर्घ-बलिहरूबाहेक होऊन्‌। यी परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्‌।</verse>
				<verse number="7">“‘त्‍यही सातौँ महिनाको दशौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू, र तिमीहरूले कुनै किसिमको काम नगर्नू।</verse>
				<verse number="8">तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="9">अनि तिनका अन्‍नबलिको निम्‍ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी,</verse>
				<verse number="10">र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू।</verse>
				<verse number="11">पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्‍चितको पापबलि र नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।</verse>
				<verse number="12">“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्‍यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्‍ति सात दिनसम्‍म चाड़ मान्‍नू।</verse>
				<verse number="13">तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्‍ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="14">तिनका अन्‍नबलिको निम्‍ति तेह्रै वटा बाछामा हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, दुई वटा भेड़ामा हरेक भेड़ासित एक पाथी,</verse>
				<verse number="15">र चौधै थुमासित आधा पाथी चढ़ाउनू।</verse>
				<verse number="16">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="17">“‘दोस्रो दिन तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="18">तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।</verse>
				<verse number="19">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।</verse>
				<verse number="20">“‘तेस्रो दिन तिमीहरूले एघार वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="21">तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।</verse>
				<verse number="22">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="23">“‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="24">तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू,</verse>
				<verse number="25">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="26">“‘पाँचौँ दिन तिमीहरूले नौ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="27">तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।</verse>
				<verse number="28">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="29">“‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="30">तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।</verse>
				<verse number="31">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="32">“‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="33">तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।</verse>
				<verse number="34">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="35">“‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू।</verse>
				<verse number="36">तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्‍खोट होऊन्‌।</verse>
				<verse number="37">तिनका अन्‍नबलि र अर्घ-बलि बाछा, भेड़ा र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।</verse>
				<verse number="38">साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।</verse>
				<verse number="39">“‘तिमीहरूका भाकल र राजीखुशीका बलिबाहेक तिमीहरूले होमबलि, अन्‍नबलि, अर्घ-बलि र मेलबलिहरू तिमीहरूका तोकिएका चाड़हरूमा परमप्रभुलाई चढ़ाउनू’।”</verse>
				<verse number="40">परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुरा मोशाले इस्राएलीहरूलाई बताइदिए।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:</verse>
				<verse number="2">कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।</verse>
				<verse number="3">“आफ्‍ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्‍ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,</verse>
				<verse number="4">र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसका बुबा चूप लागी बस्‍छन्, तब त्‍यो शपथ वा वाचाबन्‍धन कायम रहनेछ।</verse>
				<verse number="5">तर बुबाले त्‍यो सुनेको दिन त्‍यसको विरोध गर्‍यो भने, त्‍यसको शपथ अथवा वाचाबन्‍धन रद्द हुनेछ। त्‍यसका बुबाले नै विरोध जनाएका हुनाले परमप्रभुले त्‍यसलाई क्षमा गर्नुहुनेछ।</verse>
				<verse number="6">“त्‍यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्‍यसको विवाह भयो,</verse>
				<verse number="7">अनि त्‍यसको पतिले त्‍यो चाल पाएको दिनमा चूप लागी बस्‍यो भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।</verse>
				<verse number="8">तर त्‍यसको पतिले त्‍यो चाल पाएको दिन आफ्‍नो विरोध जाहेर गर्‍यो भने, त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द हुनेछ, अनि परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।</verse>
				<verse number="9">“विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।</verse>
				<verse number="10">“कुनै स्‍त्रीले आफ्‍नो पतिको घरमा आइसकेर कुनै भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,</verse>
				<verse number="11">र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।</verse>
				<verse number="12">तर त्‍यसको पतिले त्‍यो सुनेको दिनमा त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द गर्छ भने, त्‍यसको मुखबाट निस्‍केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।</verse>
				<verse number="13">पत्‍नीले आफैलाई इन्‍कार गर्न कुनै भाकल वा वाचाबन्‍धनलाई त्‍यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्‍छ।</verse>
				<verse number="14">तर यदि त्‍यसको पतिले आफ्‍नी पत्‍नीको भाकल वा वाचाबन्‍धनको बारेमा दिनदिनै चूपै रहन्‍छ भने, उसले त्‍यो पक्‍का गर्छ। सुनेपछि पनि ऊ चूप लागेको हुनाले त्‍यो स्‍वीकृति दिएको बराबर हो।</verse>
				<verse number="15">तर सुनेको अलिक समयपछि त्‍यो कुरा उसले रद्द गर्‍यो भने, त्‍यस स्‍त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”</verse>
				<verse number="16">पति, पत्‍नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूका निम्‍ति तैंले मिद्यानीहरूसँग बदला ले। त्‍यसपछि तँ आफ्‍ना मानिसहरूसँग मिल्‍न जानेछस्‌।”</verse>
				<verse number="3">तब मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्‍ना मानिसहरूमा कतिपयलाई तयार पार।</verse>
				<verse number="4">इस्राएलको हरेक कुलबाट एक-एक हजार मानिस तिमीहरूले युद्धमा पठाउनू।”</verse>
				<verse number="5">यसकारण इस्राएलीहरूको हरेक कुलबाट युद्धको निम्‍ति एक-एक हजार गरी बाह्र हजार सैन्‍य खटिए।</verse>
				<verse number="6">मोशाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए, अनि तिनीहरूका साथमा एलाजार पूजाहारीका छोरा पीनहासलाई पनि पवित्रस्‍थानका पात्रहरू र रण-ध्‍वनिका तुरहीहरूको जिम्‍मा लाएर पठाए।</verse>
				<verse number="7">परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानसँग लड़ाइँ गरे, र उनीहरूका पुरुषहरू जतिलाई मारे।</verse>
				<verse number="8">मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे।</verse>
				<verse number="9">इस्राएलीहरूले मिद्यानी स्‍त्रीहरू र बाल-बालिकाहरूलाई कैद गरे, र उनीहरूका सबै गाई-गोरु, भेड़ाबाख्रा र धन-सम्‍पत्तिहरू लगे।</verse>
				<verse number="10">उनीहरू बसेका जम्‍मै सहरहरू र छाउनीहरूसमेत तिनीहरूले जलाइदिए।</verse>
				<verse number="11">तिनीहरूले कब्‍जा गरेका मान्‍छे, पशु-प्राणी र धनमालचाहिँ लिएर गए,</verse>
				<verse number="12">र यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबका मैदानको छाउनीमा मोशा, एलाजार पूजाहारी र इस्राएली समुदायका सामु ती कैदीहरू, पशु-प्राणी र धनमाल ल्‍याए।</verse>
				<verse number="13">मोशा, एलाजार पूजाहारी र समुदायका सब नायकहरू तिनीहरूलाई भेट्‌न छाउनीबाहिर आए।</verse>
				<verse number="14">युद्धबाट फर्केका सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्‍तानहरूसँग मोशा रिसाए।</verse>
				<verse number="15">मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले सबै स्‍त्रीहरूलाई जिउँदै राख्‍यौ?</verse>
				<verse number="16">हेर, यिनीहरूले नै बालामको युक्तिद्वारा इस्राएलीहरूलाई पोरमा परमप्रभुको विरुद्धमा अपराध गर्न लाएका थिए। यसैले समुदायको बीचमा विपत्ति पनि आएको थियो।</verse>
				<verse number="17">यसैकारण सबै नाबालिगहरूमध्‍ये केटा जतिलाई र पुरुषसँग सहवास गरेका स्‍त्रीहरूलाई मार।</verse>
				<verse number="18">तर सबै कन्‍ये-केटीहरूलाई चाहिँ तिमीहरूले आफ्‍ना निम्‍ति जिउँदै राख।</verse>
				<verse number="19">“तिमीहरूमा जस-जसले कुनै मानिसलाई मारेको छ वा लाश छोएको छ, ती सबै छाउनीबाहिर सात दिनसम्‍म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैलाई, आफ्‍ना कैदीहरूलाई समेत चोख्‍याउनू।</verse>
				<verse number="20">सबै लुगा र छाला, बाख्राका रौँ र काठका सबै मालसामानहरू तिमीहरूले चोख्‍याउनुपर्छ।”</verse>
				<verse number="21">तब एलाजार पूजाहारीले लड़ाइँमा गएका योद्धाहरू सबैलाई भने, “परमप्रभुले मोशालाई यसो भनी आज्ञा गर्नुभएको छ:</verse>
				<verse number="22">सुन, चाँदी, काँसो, फलाम, जस्‍ता र सीसा,</verse>
				<verse number="23">अनि आगोले भस्‍म नपार्ने हरेक चीज आगोमा हालेर शुद्ध गर्नू। त्‍यसबाहेक ती सबै शुद्धीकरणको पानीमा चोख्‍याउनुपर्छ। अनि आगोमा भस्‍म हुने चीजहरूचाहिँ त्‍यही पानीमा हालेर शुद्ध गर्नू।</verse>
				<verse number="24">सातौँ दिनमा तिमीहरूले आफ्‍ना लुगा धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्‍यसपछि तिमीहरू छाउनीमा आए हुन्‍छ।”</verse>
				<verse number="25">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="26">“तँ, एलाजार पूजाहारी र समुदायका परिवारका मुखियाहरूले कैद गरेर ल्‍याएका मानिसहरू र पशु-प्राणीहरू गन्‍ती गर।</verse>
				<verse number="27">लड़ाइँमा गएका योद्धाहरू र बाँकी सबै समुदायका बीच ती मालसामानहरू दुई भाग गरी बाँड़।</verse>
				<verse number="28">लड़ाइँमा गएका योद्धाहरूबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रामध्‍येबाट प्रत्‍येक पाँच सयमा एउटा परमप्रभुको निम्‍ति कर देओ।</verse>
				<verse number="29">तिनीहरूको आधा हिस्‍साबाट यति लिएर परमप्रभुको निम्‍ति भेटीको रूपमा एलाजार पूजाहारीलाई देओ।</verse>
				<verse number="30">इस्राएलीहरूको आधा हिस्‍साबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रा वा अरू पशु-प्राणीबाट प्रत्‍येक पचासमा एउटा लिएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई देओ।”</verse>
				<verse number="31">अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ मोशा र एलाजार पूजाहारीले गरे।</verse>
				<verse number="32">योद्धाहरूले हात पारेका धनमालको बाँकी सम्‍पत्ति यी थिए: भेड़ा ६,७५,०००,</verse>
				<verse number="33">गाई-गोरु ७२,०००,</verse>
				<verse number="34">गधा ६१,०००,</verse>
				<verse number="35">र पुरुषसँग सहवास नगरेका स्‍त्रीहरू जम्‍मा ३२,०००।</verse>
				<verse number="36">त्‍यसबाट लड़ाइँमा गएकाहरूको भागमा परेको आधा हिस्‍सा यी थिए: ३,३७,५०० भेड़ाहरू,</verse>
				<verse number="37">जसबाट परमप्रभुको निम्‍ति कर ६७५ भेड़ा थिए,</verse>
				<verse number="38">३६,००० गाई-गोरुहरू, जसबाट परमप्रभुको निम्‍ति कर ७२ थिए,</verse>
				<verse number="39">३०,५०० गधाहरू, जसबाट परमप्रभुको निम्‍ति कर ६१ थिए,</verse>
				<verse number="40">१६,००० स्‍त्रीहरू, जसबाट परमप्रभुको निम्‍ति कर ३२ जना थिए।</verse>
				<verse number="41">परमप्रभुले मोशालाई गर्नुभएझैँ परमप्रभुका भेटीको कर मोशाले एलाजार पूजाहारीलाई दिए।</verse>
				<verse number="42">मोशाले लड़ाइँमा गएका मानिसहरूदेखि भाग लगाएका इस्राएलीहरूको आधा हिस्‍साचाहिँ यी थिए:</verse>
				<verse number="43">३,३७,५०० भेड़ा,</verse>
				<verse number="44">३६,००० गाई-गोरु,</verse>
				<verse number="45">३०,५०० गधा,</verse>
				<verse number="46">र १६,००० स्‍त्रीहरू।</verse>
				<verse number="47">इस्राएलीहरूको आधा हिस्‍साबाट मोशाले परमप्रभुको आज्ञाबमोजिम मानिस र पशुहरूबाट प्रत्‍येक पचासमा एउटा गरी ल्‍याएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई दिए।</verse>
				<verse number="48">तब सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्‍तानहरू र सयौँको कप्‍तानहरू मोशाकहाँ आए।</verse>
				<verse number="49">अनि तिनीहरूले मोशालाई भने, “हाम्रा अधीनका योद्धाहरूको गन्‍ती हामीले लिएका छौं। हाम्रो एउटै मान्‍छे पनि कम्‍ती छैन।</verse>
				<verse number="50">यसकारण हामी प्रत्‍येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्‍डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्‍चित गर्न हामीले ल्‍याएका छौं।”</verse>
				<verse number="51">मोशा र एलाजार पूजाहारीले तिनीहरूबाट ती सबै सुनका गहनाहरू लिए।</verse>
				<verse number="52">हजारौँका सेनानीहरू र सयौँका कप्‍तानबाट लिएर तिनीहरूले परमप्रभुलाई चढ़ाएका सुनको ओजन एक सय नब्‍बे किलोग्राम थियो।</verse>
				<verse number="53">लड़ाइँमा गएका मानिसहरू हरेकले लूटका धनमाल आफै-आफैले नै लगेका थिए।</verse>
				<verse number="54">तब मोशा र एलाजार पूजाहारीले हजारौँ र सयौँका सेनानी र कप्‍तानहरूले ल्‍याएका सुन लिएर परमप्रभुको सामुन्‍ने इस्राएलीहरूका निम्‍ति सम्‍झना हुनलाई भेट हुने पालभित्र ल्‍याए।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">रूबेन र गादका सन्‍तानका बथानका बथान गाईबस्‍तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन्‌ भनी देखे।</verse>
				<verse number="2">यसैले गाद र रूबेनका सन्‍तान मोशा, एलाजार पूजाहारी र समुदायका नायकहरूकहाँ आएर यसो भने,</verse>
				<verse number="3">“अतारोत, दीबोन, याजेर, निम्रा, हेश्‍बोन, एलाले, सबाम, नेबो र बओन—</verse>
				<verse number="4">जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्‍ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्‌। हामीसँग गाईबस्‍तु पनि छन्‌।</verse>
				<verse number="5">यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्‌। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्‌।”</verse>
				<verse number="6">मोशाले गाद र रूबेनका सन्‍तानलाई भने, “तिमीहरूका दाजुभाइ उता लड़ाइँमा जाँदा तिमीहरूचाहिँ यता ढुक्‍कै बस्‍छौ?</verse>
				<verse number="7">परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इस्राएलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्‍छौ?</verse>
				<verse number="8">कादेश-बर्नेबाट मैले तिमीहरूका बुबाहरूलाई यो देशको चेवा गर्न पठाउँदा तिमीहरूका बुबाहरूले यसै गरेका थिए।</verse>
				<verse number="9">जब तिनीहरू एश्‍कोलको बेँसीमा गएर यो देश देखे, तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाऊन्‌ भनी तिनीहरूले इस्राएलीहरूका चित्त खलबल पारिदिएका थिए।</verse>
				<verse number="10">त्‍यस दिन परमप्रभु क्रोधित हुनुभयो, र यसो भनेर शपथ खानुभएको थियो:</verse>
				<verse number="11">‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्‍न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्‌।</verse>
				<verse number="12">कनज्‍जी यपुन्‍नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्‍न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्‍पूर्ण रूपले परमप्रभुलाई पछ्याए’।</verse>
				<verse number="13">इस्राएलीहरूसँग परमप्रभु क्रोधित हुनुभयो, र परमप्रभुको दृष्‍टिमा दुष्‍टता गर्ने पुस्‍ताका जम्‍मै नष्‍ट नहोउञ्‍जेल चालीस वर्षसम्‍म उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा यताउता डुलाउनुभयो।</verse>
				<verse number="14">“ए पापिष्‍ठका सन्‍तान! इस्राएलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ।</verse>
				<verse number="15">तिमीहरूले उहाँलाई पछ्याउन इन्‍कार गर्‍यौ भने, उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड़-स्‍थानमै त्‍याग्‍नुहुनेछ र तिनीहरूका विनाशको कारण तिमीहरू बन्‍नेछौ।”</verse>
				<verse number="16">तब तिनीहरू मोशाको नजिक आएर भने, “हामी आफ्‍ना भेड़ाहरूका निम्‍ति खोर अनि आफ्‍ना स्‍त्री र बालबच्‍चाका निम्‍ति सहरहरू यहाँ बनाउन चाहन्‍छौं,</verse>
				<verse number="17">तर हामी आफैचाहिँ इस्राएलीहरूलाई तिनीहरूका ठाउँमा नपुर्‍याउञ्‍जेल तिनीहरूका अगि लागेर सशस्‍त्र जान तयार छौं। यसै बीचमा हाम्रा स्‍त्री र बालबच्‍चाहरूचाहिँ यस मुलुकका मानिसहरूबाट ती सहरहरूका पर्खालभित्र सुरक्षित रहनेछन्‌।</verse>
				<verse number="18">इस्राएलको हरेक मानिसले आफ्‍नो अधिकारको हिस्‍सा नपाउञ्‍जेल हामी घर फर्कनेछैनौं।</verse>
				<verse number="19">यर्दन पारिपट्टि र त्‍यसदेखि उता तिनीहरूसित हामीहरू हिस्‍सा लिनेछैनौं, किनकि हाम्रो अधिकारको हिस्‍सा यर्दन वारि पूर्वपट्टि नै परेको छ।”</verse>
				<verse number="20">तब मोशाले तिनीहरूलाई भने, “ठीकै छ। यदि परमप्रभुको सामुन्‍ने तिमीहरू सशस्‍त्र लड़ाइँमा जान्‍छौ,</verse>
				<verse number="21">अनि यदि परमप्रभुले आफ्‍ना शत्रुहरूलाई धपाएर देश परास्‍त नगरुञ्‍जेल तिमीहरू परमप्रभुको अगि सशस्‍त्र यर्दन पारि गयौ भने,</verse>
				<verse number="22">जब परमप्रभुको सामुन्‍ने त्‍यो देश वशमा हुन्‍छ, तब तिमीहरू फर्कन सक्‍छौ। अनि परमप्रभु र इस्राएलतर्फ तिमीहरूको कर्तव्‍यबाट तिमीहरू मुक्त हुनेछौ। तब यो मुलुक परमप्रभुको सामु तिमीहरूको अधिकारमा आउनेछ।</verse>
				<verse number="23">“तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्‍य तिमीहरूलाई फेला पार्नेछ।</verse>
				<verse number="24">तिमीहरूका स्‍त्री र बालबच्‍चाका निम्‍ति सहरहरू र भेड़ाबाख्राका निम्‍ति खोरहरू बनाओ, तर तिमीहरूले गरेका प्रतिज्ञा पनि पूरा गर।”</verse>
				<verse number="25">तब गाद र रूबेनका सन्‍तानले मोशालाई भने, “हजूरले आज्ञा गर्नुभएअनुसार हामीहरू गर्नेछौं।</verse>
				<verse number="26">हाम्रा बालकहरू, पत्‍नीहरू, भेड़ाबाख्रा र गाई-गोरु सबै यहीँ गिलादका सहरहरूमा रहनेछन्‌।</verse>
				<verse number="27">तर हजूरका दासहरू तपाईंको आज्ञाअनुसार परमप्रभुको सामु लड़ाइँ गर्न सशस्‍त्र पारि जानेछौं।”</verse>
				<verse number="28">तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए।</verse>
				<verse number="29">मोशाले तिनीहरूलाई यसो भने, “गाद र रूबेनका सन्‍तान तिमीहरूका साथमा परमप्रभुको सामु लड़ाइँमा सशस्‍त्र यर्दन पारि गए भने, जब देश तिमीहरूको कब्जामा आउनेछ तब तिमीहरूले गिलाद देश तिनीहरूको अधिकारमा दिनू।</verse>
				<verse number="30">तर तिनीहरू अस्‍त्र उठाएर तिमीहरूका साथमा पारि जान मानेनन्‌ भने, तिनीहरूले तिमीहरूसँग कनान देशमै अधिकारको हिस्‍सा पाउनेछन्‌।”</verse>
				<verse number="31">गाद र रूबेनका सन्‍तानले यसो भने, “परमप्रभुले हामीलाई जे भन्‍नुभएको छ हामी गर्नेछौं।</verse>
				<verse number="32">हामीहरू हातहतियार भिरेर परमप्रभुको सामु पारि कनान देशमा जानेछौं, तर हाम्रो अधिकारको भाग हामीलाई यर्दन वारि नै होस्‌।”</verse>
				<verse number="33">तब मोशाले गाद र रूबेनका सन्‍तान र योसेफका छोरा मनश्‍शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्‍य र बाशानका राजा ओगको राज्‍य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्‍पूर्ण देश दिए।</verse>
				<verse number="34">तब गादका सन्‍तानले दीबोन, अतारोत, अरोएर,</verse>
				<verse number="35">अत्रोत-शोपान, याजेर योगबहा,</verse>
				<verse number="36">बेथ-निम्रा, बेथ-हारान— यी पर्खालले घेरेका सहरहरू बनाए, र भेड़ाबाख्राका निम्‍ति खोरहरू बनाए।</verse>
				<verse number="37">रूबेनका सन्‍तानले हेश्‍बोन, एलाले र किर्यातैम,</verse>
				<verse number="38">नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्‌लिएका छन्‌), र सिब्‍मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।</verse>
				<verse number="39">मनश्‍शेका छोरा माकीरका सन्‍तान गिलादमा गए, र त्‍यो कब्‍जा गरेर त्‍यहाँ भएका एमोरीहरूलाई निकालिदिए।</verse>
				<verse number="40">यसकारण मोशाले मनश्‍शेका छोरा माकीरका सन्‍तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्‍यहीँ नै बसोबास गरे।</verse>
				<verse number="41">मनश्‍शेका सन्‍तान याईर गएर त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबको नाउँ हब्‍बात-याईर राखे।</verse>
				<verse number="42">अनि नोबहचाहिँ गएर केनात र त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबलाई आफ्‍नै नाउँ नोबह दिए।</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">मोशा र हारूनको नेतृत्‍वमा रहेर मिश्रबाट इस्राएलीहरू दल-दल गरी आउँदा तिनीहरूका यात्राको विवरण यही हो।</verse>
				<verse number="2">यात्राका विभिन्‍न भागमा परमप्रभुको आज्ञाअनुसार मोशाले यात्रा प्रारम्‍भ गर्ने ठाउँहरूका नाउँ लेखे। तिनीहरूका यात्राको विवरण यस प्रकार छ:</verse>
				<verse number="3">पहिलो महिनाको पन्‍ध्रौँ दिनमा तिनीहरू रामसेसबाट यात्रा गरे। निस्‍तार-चाड़को भोलिपल्‍ट इस्राएलीहरू सारा मिश्रीहरूका आँखा अगि धूमधामसँग निस्‍के।</verse>
				<verse number="4">त्‍यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्‍ना जेठा-जेठा सन्‍तानहरू गाड्‌न लागेका थिए। किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्‍याय गर्नुभएको थियो।</verse>
				<verse number="5">इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्‍कोतमा पुगी वास बसे।</verse>
				<verse number="6">तिनीहरू सुक्‍कोतबाट हिँड़ेर उजाड़-स्‍थानको किनारको एथाममा वास बसे।</verse>
				<verse number="7">एथामबाट हिँड़ेर बाल-सेफोनका पूर्वपट्टिको पी-हहीरोतमा फर्के, र मिग्‍दोलको नजिकै वास बसे।</verse>
				<verse number="8">तिनीहरू पी-हहीरोतबाट निस्‍केर समुद्रको बीचबाट भएर उजाड़-स्‍थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्‍थानमा हिँड़ेर मारामा वास बसे।</verse>
				<verse number="9">माराबाट हिँड़ेर एलीममा गए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए। तिनीहरू त्‍यहीँ वास बसे।</verse>
				<verse number="10">तिनीहरू एलीमबाट हिँड़ेर लाल समुद्रनेर वास बसे।</verse>
				<verse number="11">तिनीहरू लाल समुद्रबाट हिँड़ेर सीनको उजाड़-स्‍थानमा वास बसे।</verse>
				<verse number="12">तिनीहरू सीनको उजाड़-स्‍थानबाट हिँड़ेर दोफकामा वास बसे।</verse>
				<verse number="13">तिनीहरू दोफकाबाट हिँड़ेर आलूशमा वास बसे।</verse>
				<verse number="14">तिनीहरू आलूशबाट हिँड़ेर रपीदीममा वास बसे, जहाँ मानिसहरूका निम्‍ति पिउने पानी थिएन।</verse>
				<verse number="15">तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्‍थानमा वास बसे।</verse>
				<verse number="16">तिनीहरू सीनैको उजाड़-स्‍थानबाट हिँड़ेर किब्रोथ-हत्तावामा वास बसे।</verse>
				<verse number="17">तिनीहरू किब्रोथ-हत्तावाबाट हिँड़ेर हसेरोतमा वास बसे।</verse>
				<verse number="18">तिनीहरू हसेरोतबाट हिँड़ेर रित्‍मामा वास बसे।</verse>
				<verse number="19">तिनीहरू रित्‍माबाट हिँड़ेर रिम्‍मोन-फारेसमा वास बसे।</verse>
				<verse number="20">तिनीहरू रिम्‍मोन-फारेसबाट हिँड़ेर लिब्‍नामा वास बसे।</verse>
				<verse number="21">लिब्‍नाबाट हिँड़ेर रिस्‍सामा वास बसे।</verse>
				<verse number="22">तिनीहरू रिस्‍साबाट हिँड़ेर केहेलातामा वास बसे।</verse>
				<verse number="23">तिनीहरू केहेलाताबाट हिँड़ेर शेपेर डाँड़ामा वास बसे।</verse>
				<verse number="24">तिनीहरू शेपेर डाँड़ाबाट हिँड़ेर हरादामा वास बसे।</verse>
				<verse number="25">तिनीहरू हरादाबाट हिँड़ेर मखेलोतमा वास बसे।</verse>
				<verse number="26">मखेलोतबाट हिँड़ेर तहतमा वास बसे।</verse>
				<verse number="27">तिनीहरू तहतबाट हिँड़ेर तेरहमा वास बसे।</verse>
				<verse number="28">तिनीहरू तेरहबाट हिँड़ेर मित्‍कामा वास बसे।</verse>
				<verse number="29">तिनीहरू मित्‍काबाट हिँड़ेर हशमोनामा वास बसे।</verse>
				<verse number="30">तिनीहरू हशमोनाबाट हिँड़ेर मसेरोतमा वास बसे।</verse>
				<verse number="31">तिनीहरू मसेरोतबाट हिँड़ेर बने-याकानमा वास बसे।</verse>
				<verse number="32">तिनीहरू बने-याकानबाट हिँड़ेर होर-हगिदगादमा वास बसे।</verse>
				<verse number="33">तिनीहरू होर-हगिदगादबाट हिँड़ेर योतबातामा वास बसे।</verse>
				<verse number="34">तिनीहरू योतबाताबाट हिँड़ेर अब्रोनामा वास बसे।</verse>
				<verse number="35">तिनीहरू अब्रोनाबाट हिँड़ेर एस्‍योन-गेबेरमा वास बसे।</verse>
				<verse number="36">तिनीहरू एस्‍योन-गेबेरबाट हिँड़ेर जीनको उजाड़-स्‍थानमा भएको कादेशमा वास बसे।</verse>
				<verse number="37">तिनीहरू कादेशबाट हिँड़ेर एदोम देशको सिमानामा भएको होर पर्वतमा वास बसे।</verse>
				<verse number="38">त्‍यहाँ हारून पूजाहारी परमप्रभुको आज्ञा पाएर होर पर्वतमा उक्‍लेर गए, र इस्राएलीहरू मिश्रदेशबाट निस्‍केका चालीस वर्षपछि पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्‍यु भयो।</verse>
				<verse number="39">होर पर्वतमा तिनको मृत्‍यु हुँदा हारून एक सय तेईस वर्ष पुगेका थिए।</verse>
				<verse number="40">कनानको नेगेव भनिने देशमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू आउँदैछन्‌ भन्‍ने कुरा सुने।</verse>
				<verse number="41">तिनीहरू होर पर्वतबाट हिँड़ेर सलमोनामा वास बसे।</verse>
				<verse number="42">तिनीहरू सलमोनाबाट हिँड़ेर पूनोनमा वास बसे।</verse>
				<verse number="43">तिनीहरू पूनोनबाट हिँड़ेर ओबोतमा वास बसे।</verse>
				<verse number="44">तिनीहरू ओबोतबाट हिँड़ेर मोआबको सिमानामा भएको इयेअबारीममा वास बसे।</verse>
				<verse number="45">तिनीहरू इयीमबाट हिँड़ेर दीबोनगादमा वास बसे।</verse>
				<verse number="46">तिनीहरू दीबोन-गादबाट हिँड़ेर अल्‍मोन-दिब्‍लातैममा वास बसे।</verse>
				<verse number="47">तिनीहरू अल्‍मोन-दिब्‍लातैमबाट हिँड़ेर नेबोनेरका अबारीमका पहाड़हरूमा वास बसे।</verse>
				<verse number="48">तिनीहरू अबारीमका पहाड़हरूबाट हिँड़ेर यर्दन नदीको किनारमा यरीहोदेखि पारि मोआबको मैदानमा वास बसे।</verse>
				<verse number="49">यर्दन नदीको किनारनेर मोआबको मैदानमा बेथ-यशीमोतदेखि लिएर हाबिल-शित्तिमसम्‍मै तिनीहरू वास बसे।</verse>
				<verse number="50">तब यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="51">“इस्राएलीहरूलाई भन्‌: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्‍छौ,</verse>
				<verse number="52">तब तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरू सबैलाई त्‍यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्‍काइदिनू।</verse>
				<verse number="53">त्‍यो देश कब्‍जा गरेर तिमीहरू त्‍यहीँ बसोबास गर्नू, किनभने त्‍यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु।</verse>
				<verse number="54">तिमीहरूले आ-आफ्‍ना वंशअनुसार त्‍यस देशमा चिट्ठा हालेर हिस्‍सा बाँड्‌नू। धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनू, र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनू। जसको चिट्ठा जहाँ पर्छ त्‍यो त्‍यसकै होस्‌। तिमीहरूका पुर्खाका कुलअनुसार तिमीहरूले हिस्‍सा बाँड्‌नू।</verse>
				<verse number="55">“‘तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्‍का र जीउमा बिझेका काँढ़ाजस्‍तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्‌।</verse>
				<verse number="56">अनि मैले उनीहरूलाई जे गरुँला भनी ठानेको थिएँ, त्‍यो म तिमीहरूलाई गर्नेछु’।”</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भन्, ‘जब तिमीहरू कनान देश प्रवेश गर्छौ, तिमीहरूलाई सम्‍पत्तिको रूपमा दिएको भूमिको सिमाना यस प्रकार हुनेछ:</verse>
				<verse number="3">“‘तिमीहरूको दक्षिण प्रान्‍तमा एदोमनेरका सीनको उजाड़-स्‍थानको केही भाग होस्‌। तिमीहरूको दक्षिण सिमाना पूर्वतिर खारा समुद्रको टुङ्गोदेखि लागेर</verse>
				<verse number="4">अक्रब्‍बीमको उकालोको दक्षिणतिर निस्‍केर जीनसम्‍म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्‌। त्‍यहाँबाट हसर-अद्दर भएर अज्‍मोनसम्‍म पुगोस्‌।</verse>
				<verse number="5">तब सिमाना अज्‍मोनबाट घुमेर मिश्रका खोलासम्‍म पुगी महासमुद्रमा टुँगिओस्‌।</verse>
				<verse number="6">“‘फेरि पश्‍चिमी सिमानाचाहिँ महासमुद्र र त्‍यसको किनारै-किनार होस्‌। तिमीहरूको पश्‍चिमी सिमाना यही होस्‌।</verse>
				<verse number="7">“‘तिमीहरूको उत्तरको सिमाना यो होस्‌: महासमुद्रबाट होर पर्वतसम्‍म तिमीहरूले सिमाना बाँध्‍नू,</verse>
				<verse number="8">र होर पर्वतबाट लेबो-हमातसम्‍म सिमाना बाँध्‍नू। तब त्‍यस सिमाना सदाद भएर</verse>
				<verse number="9">सिप्रोनसम्‍म पुगोस्‌। त्‍यसको टुङ्गोचाहिँ हसर-एनान होस्‌। तिमीहरूको उत्तरको सिमाना यही होस्‌।</verse>
				<verse number="10">“‘तिमीहरूले आफ्‍नो पूर्वीय सिमानाचाहिँ हसर-एनानदेखि सपामसम्‍म बाँध्‍नू,</verse>
				<verse number="11">र त्‍यो सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वपट्टिको रिब्‍लासम्‍म पुगोस्‌। त्‍यो सिमाना फेरि तल झरेर किन्‍नरेत झीलको किनारसम्‍म पुगोस्‌।</verse>
				<verse number="12">तब त्‍यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्‍कोस्‌। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।”</verse>
				<verse number="13">मोशाले इस्राएलीहरूलाई यसो भनेर आज्ञा गरे, “परमप्रभुको आज्ञाबमोजिम चिट्ठा हालेर साढ़े नौ कुलले अधिकार गर्ने देश यही हो,</verse>
				<verse number="14">किनकि रूबेन र गादका कुलहरू र मनश्‍शेको आधा कुलका परिवारहरूले आफ्‍ना हिस्‍सा पाइसकेका छन्‌।</verse>
				<verse number="15">ती अढ़ाइ कुलले यरीहोका नजिकको यर्दन नदीको पूर्वपट्टि आ-आफ्‍नो अधिकार पाइसकेका छन्‌।”</verse>
				<verse number="16">परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="17">“तिमीहरूलाई अधिकारको निम्‍ति देश बाँड़िदिने मानिसहरूका नाउँ यी नै हुन्‌: एलाजार पूजाहारी र नूनको छोरो यहोशू।</verse>
				<verse number="18">अधिकारको निम्‍ति देश बाँड्‌नलाई तिमीहरूका कुलैपिच्‍छे एक-एक वटा नायक छुट्ट्याउनू।</verse>
				<verse number="19">तिनीहरूका नाउँ यस प्रकार छन्‌: यहूदाको कुलका, यपुन्‍नेको छोरो कालेब</verse>
				<verse number="20">शिमियोनको कुलका, अम्‍मीहूदको छोरो शेमुएल</verse>
				<verse number="21">बेन्‍यामीनको कुलका किसलोनको छोरो एलीदाद,</verse>
				<verse number="22">दानको कुलका नायक योगलीको छोरो बुक्‍की,</verse>
				<verse number="23">योसेफको छोरो मनश्‍शेको कुलका नायक एपोदको छोरो हन्‍नीएल,</verse>
				<verse number="24">योसेफको छोरो एफ्राइमको कुलका नायक शिप्‍तानको छोरो कमूएल,</verse>
				<verse number="25">जबूलूनको कुलका नायक पर्नाकको छोरो एलीजापान,</verse>
				<verse number="26">इस्‍साखारको कुलका नायक अजानको छोरो पल्‍तिएल,</verse>
				<verse number="27">आशेरको कुलका नायक शलोमीको छोरो अहीहूद,</verse>
				<verse number="28">नप्‍तालीको कुलका नायक अम्‍मीहूदको छोरा पदहेल।”</verse>
				<verse number="29">कनान देशमा इस्राएलीहरूका बीच तिनीहरूका हिस्‍सा बाँड़िदिनलाई परमप्रभुले नियुक्त गर्नुभएका मानिसहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">परमप्रभुले यरीहोदेखि पारि यर्दनको किनारनेर मोआबको मैदानमा मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="2">“आफ्‍नो अधिकारमा परेको हिस्‍साबाट लेवीहरू बस्‍नलाई सहरहरू दिनू भनी इस्राएलीहरूलाई आदेश दे। अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्‍गा दे।</verse>
				<verse number="3">सहरहरूमा चाहिँ तिनीहरू बसून्‌। खर्कचाहिँ तिनीहरूका गाई-गोरु, भेड़ाबाख्रा र तिनीहरूका अरू सबै बस्‍तुहरूका निम्‍ति होस्‌।</verse>
				<verse number="4">“सहरहरूका जुन-जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्‍छौ, ती सहरका पर्खालदेखि एक हजार हात बाहिरपट्टिका वरिपरि होऊन्‌।</verse>
				<verse number="5">तिमीहरूले सहरको बाहिरपट्टि पूर्वतिर दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि र उत्तरपट्टि दुई-दुई हजार हात सहरचाहिँ बीचमा पर्ने गरी नाप्‍नू। तिनीहरूका सहरको खर्क यही हो।</verse>
				<verse number="6">“तिमीहरूले लेवीहरूलाई दिएका सहरहरूबाट छ वटा चाहिँ शरणनगरहरू हुनेछन्‌। ज्‍यानमारा त्‍यहाँ भागेर बस्‍न सक्‍छ। यीबाहेक तिमीहरूले लेवीहरूलाई बयालीस वटा सहरहरू दिनू।</verse>
				<verse number="7">लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्‍मा अठचालीस वटा हुनुपर्छ।</verse>
				<verse number="8">इस्राएलीहरूमा धेरै उत्तराधिकार हुनेबाट धेरै र थोरै उत्तराधिकार हुनेबाट थोरै सहर लिनू। जस-जसका जति सहरहरू छन्, त्‍यही अन्‍दाज गरी लेवीहरूलाई सहरहरू दिनू।”</verse>
				<verse number="9">फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,</verse>
				<verse number="10">“इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुगेपछि,</verse>
				<verse number="11">त्‍यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्‍छे मार्‍यो भने ज्‍यानमारा त्‍यहाँ भागोस्‌।</verse>
				<verse number="12">ती सहरहरू बदला लिन खोज्‍नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्‍यो ज्‍यानमारा समुदायको सामु न्‍यायको लागि खड़ा नहोउञ्‍जेल नमारिओस्‌।</verse>
				<verse number="13">तिमीहरूले दिने शरण-नगरहरूको संख्‍या छ वटा होस्‌।</verse>
				<verse number="14">यर्दन वारि पूर्वपट्टि तीन वटा सहर, कनान देशमा तीन वटा सहर शरण-नगरको निम्‍ति छुट्ट्याउनू।</verse>
				<verse number="15">इस्राएलीहरू, परदेशीहरू र तिनीहरूका बीचमा अरू प्रवास गर्नेहरूका निम्‍ति ती सहर छ वटा शरण-नगरहरू हुनेछन्‌। यसरी अजानमा कसैको ज्‍यान लिने व्‍यक्ति त्‍यहाँ भागेर जान सक्‍छ।</verse>
				<verse number="16">“‘कसैले फलामको कुनै हतियारले हानेर कोही मर्‍यो भने त्‍यो हत्‍यारै हो। त्‍यस हत्‍यारालाई प्राणदण्‍ड दिनैपर्छ।</verse>
				<verse number="17">यदि कुनै मानिसले कसैलाई ढुङ्गाले हिर्काएर त्‍यो मर्‍यो भने त्‍यो हत्‍यारै हो। त्‍यस हत्‍यारालाई प्राणदण्‍ड दिनैपर्छ।</verse>
				<verse number="18">अथवा कुनै मानिसले काठको घातक हतियार लिएर कसैलाई हिर्काएर त्‍यो मर्‍यो भने त्‍यो हत्‍यारै ठहर्छ। त्‍यो हत्‍यारालाई प्राणदण्‍ड दिनैपर्छ।</verse>
				<verse number="19">रगतको साटो फेर्न चाहने व्‍यक्तिले त्‍यस हत्‍यारालाई मारोस्‌। त्‍यसलाई भेट्‌ने बित्तिकै उसले हत्‍यारालाई मारोस्‌।</verse>
				<verse number="20">रीसमा विचार गरेर कसैले कसैलाई घचेटेर मार्‍यो वा ढुकेर झटारो हानी मार्‍यो भने,</verse>
				<verse number="21">अथवा हातले प्रहार गरेर कसैले कसैलाई मार्‍यो भने, प्रहार गर्ने व्‍यक्ति मारिनैपर्छ। त्‍यो हत्‍यारा हो। रगतको साटो लिने व्‍यक्तिले त्‍यसलाई जहाँ फेला पार्छ त्‍यहीँ मारोस्‌।</verse>
				<verse number="22">“‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्‍यो, अथवा केही कुरा हान्दा लागेर त्‍यो मर्‍यो भने,</verse>
				<verse number="23">वा दुश्‍मनी नभएको र खति गर्न नचाहने व्‍यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने,</verse>
				<verse number="24">समुदायले ज्‍यानमारा र रगतको साटो फेर्ने व्‍यक्तिको बीचमा यी विधिअनुसार न्‍याय गर्नुपर्छ।</verse>
				<verse number="25">समुदायले त्‍यस ज्‍यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्‍यसलाई पठाइदेओस्‌। अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्‍यु नहोउञ्‍जेल त्‍यो त्‍यहीँ रहोस्‌।</verse>
				<verse number="26">“‘तर त्‍यो ज्‍यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो,</verse>
				<verse number="27">र रगतको साटो फेर्न चाहनेले त्‍यसलाई यसरी बाहिर फेला पारेर ज्‍यानमारालाई मार्‍यो भने, त्‍यो रगतको दोषी हुनेछैन।</verse>
				<verse number="28">किनभने प्रधान पूजाहारीको मृत्‍यु नहोउञ्‍जेल त्‍यो सहरभित्र रहनुपर्नेथियो। प्रधान पूजाहारीको मृत्‍युपछि मात्र त्‍यो आफ्‍नै अधिकारको जग्‍गामा फर्कोस्‌।</verse>
				<verse number="29">“‘तिमीहरू जहीँ बसे तापनि तिमीहरू र तिमीहरूका आउँदो सारा पुस्‍ताहरूमा यो विधिविधान कायम रहनेछ।</verse>
				<verse number="30">“‘कसैले कसैको हत्‍या गर्‍यो भने त्‍यस हत्‍यारालाई साक्षीहरूले दिएको सबूतको आधारमा मात्रै प्राणदण्‍ड मिलोस्‌। तर एउटा मात्र साक्षीको गवाहीमा चाहिँ कसैलाई प्राणदण्‍ड नदिनू।</verse>
				<verse number="31">“‘प्राणदण्‍ड पाउने योग्‍यको हत्‍यारालाई बचाउन तिमीहरूले छुटकाराको मोल नलिनू। त्‍यसलाई प्राणदण्‍ड दिनैपर्छ।</verse>
				<verse number="32">“‘शरण-नगरमा भागेर गएको व्‍यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनू, र प्रधान पूजाहारी नमरुञ्‍जेल त्‍यो आफ्‍नो जग्‍गामा फर्किन नपाओस्‌।</verse>
				<verse number="33">“‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्‍यहाँ रगत बगाएको देशको निम्‍ति प्रायश्‍चित गर्न सकिँदैन।</verse>
				<verse number="34">आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नू, जहाँ म पनि वास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा वास गर्छु’।”</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">योसेफका पनाति, मनश्‍शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरू‍ले मोशा र इस्राएली नायकहरूका सामुन्‍ने आएर भने,</verse>
				<verse number="2">“परमप्रभुले इस्राएलीहरूलाई चिट्ठा हालेर देश अधिकारमा दिन हजूरलाई आज्ञा गर्नुभएको थियो, अनि हाम्रा भाइ सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनी परमप्रभुबाट हजूरलाई आज्ञा भएको थियो।</verse>
				<verse number="3">अब यदि तिनीहरूले इस्राएलीहरूका अरू कुलका पुरुषहरूसित विवाह गरे भने, तिनीहरूको अधिकार पुरुषहरूको अधिकारमा थपिनेछ। यसरी हाम्रो पैतृक-सम्‍पत्ति हराएर जानेछ।</verse>
				<verse number="4">इस्राएलीहरूका पुनर्स्‍थापनाको वर्ष आउँदा ती स्‍त्रीहरूको पैतृक-सम्‍पत्ति पनि विवाह गरेर गएको कुलकै सम्‍पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्‍पत्ति हामी गुमाउनेछौं।”</verse>
				<verse number="5">तब परमप्रभुको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई यसो भनेर आदेश दिए: “योसेफका छोराहरूको कुलले भनेको कुरा ठीकै हो।</verse>
				<verse number="6">सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्‍नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्‍छ त्‍यससँग मात्र तिनीहरूले विवाह गरून्‌।</verse>
				<verse number="7">यसो गर्नाले इस्राएलीहरूको कुनै उत्तराधिकार एक कुलबाट अर्को कुलमा जान पाउनेछैन। हरेक इस्राएली आफ्‍नै पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।</verse>
				<verse number="8">इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्‍सा पाउने युवतीले त्‍यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्‍नै पैतृक-सम्‍पत्तिको हिस्‍सा पाओस्‌।</verse>
				<verse number="9">कुनै पनि पैतृकसम्‍पत्ति एउटा कुलबाट अर्को कुलमा नसारिओस्, तर हरेक इस्राएली आफ्‍नै पुर्खाका कुलको पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।”</verse>
				<verse number="10">परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे।</verse>
				<verse number="11">सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले आफ्‍ना बुबाका दाजुभाइका छोराहरूसित विवाह गरे।</verse>
				<verse number="12">तिनीहरूको विवाह योसेफका छोरा मनश्‍शेका सन्‍तानका वंशहरूमा नै भए। यसरी तिनीहरूको पैतृक-सम्‍पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्यो।</verse>
				<verse number="13">यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्‌।</verse>
			</chapter>
		</book>
		<book number="5">
			<chapter number="1">
				<verse number="1">सूपको सामुन्‍नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्‍थानमा समस्‍त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्‌।</verse>
				<verse number="2">(सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)</verse>
				<verse number="3">चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा जे-जे आज्ञा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्‍ति दिनुभएको थियो, ती सबै कुरा तिनीहरूलाई मोशाले भने।</verse>
				<verse number="4">हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्‍तारोतमा राज्‍य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो।</verse>
				<verse number="5">यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्‍यवस्‍थाको विवरण गर्न लागे:</verse>
				<verse number="6">होरेबमा परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई यसो भन्‍नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्‍यो।</verse>
				<verse number="7">अब तिमीहरूले शिविर तोड़ेर आफ्‍नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्‍यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्‍चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्‍म, लेबनानसम्‍म र महानदी यूफ्रेटिससम्‍मै जाओ।</verse>
				<verse number="8">हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्‍यहाँ प्रवेश गरेर त्‍यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्‍तानलाई ‘म दिन्‍छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।”</verse>
				<verse number="9">त्‍यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्‍दिनँ।</verse>
				<verse number="10">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्‍य भएका छौ।</verse>
				<verse number="11">परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून्‌ र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष्‌ देऊन्!</verse>
				<verse number="12">तर म कसरी तिमीहरूका समस्‍याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्‍न सक्‍छु र?</verse>
				<verse number="13">तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।”</verse>
				<verse number="14">तिमीहरूले मलाई भन्‍यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।”</verse>
				<verse number="15">यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्‍य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्‍ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्‍ति कुलनायकहरू पनि नियुक्त गरें।</verse>
				<verse number="16">त्‍यस बेला मैले तिमीहरूका न्‍यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्‍याय गर, चाहे त्‍यो झगड़ा इस्राएली भाइहरूको होस्‌ अथवा तिनीहरूमध्‍ये एक जना र एक जना विदेशीको बीचमा होस्‌।</verse>
				<verse number="17">न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।”</verse>
				<verse number="18">त्‍यस बेला तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले तिमीहरूलाई आज्ञा गरें।</verse>
				<verse number="19">त्‍यसपछि हामीहरू होरेबबाट हिँड़ेर परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञाबमोजिम त्‍यो तिमीले देखेको विशाल र महाभयङ्कर उजाड़-स्‍थानबाट भएर एमोरीहरू बस्‍ने पहाड़ी देशतिर लाग्‍यौं। त्‍यसपछि हामी कादेश-बर्नेमा आइपुग्‍यौं।</verse>
				<verse number="20">अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ।</verse>
				<verse number="21">हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो देश तिमीहरूलाई सुम्‍पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले भन्‍नुभएझैँ गएर त्‍यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।”</verse>
				<verse number="22">अनि तिमीहरू सबैले मकहाँ आएर भन्‍यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्‍यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्‍नेछौं भन्‍ने खबर तिनीहरूले हामीकहाँ ल्‍याउनेछन्‌।”</verse>
				<verse number="23">यो कुरो मलाई बेस लाग्‍यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें।</verse>
				<verse number="24">तिनीहरू पहाड़तर्फ लागे र एश्‍कोलको बेँसीमा पुगेर त्‍यसको पूरा भ्रमण गरे।</verse>
				<verse number="25">तिनीहरूले त्‍यस देशका कतिपय फलफूल ल्‍याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरले दिनुहुने त्‍यो देश उत्तम रहेछ” भन्‍ने खबर तिनीहरूले दिए।</verse>
				<verse number="26">तर तिमीहरू त्‍यहाँ जान मानेनौ। परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा तिमीहरू गयौ।</verse>
				<verse number="27">आफ्‍ना पालहरूमा गनगनाएर तिमीहरूले भन्‍यौ, “परमप्रभुले हामीलाई तिरस्‍कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्‍पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।</verse>
				<verse number="28">हामी कता जान सक्‍छौं? हाम्रा भाइहरूले हामीलाई निराश बनाएका छन्‌। तिनीहरू भन्‍छन्, ‘ती मानिसहरू हामीभन्‍दा ठूला र अल्‍गा छन्‌। उनीहरूका सहरहरू ठूला छन्‌ र आकाशसम्‍मै पर्खाल लाएका छन्‌। हामीहरूले त्‍यहाँ अनाकीहरूलाई पनि देख्‍यौं’।”</verse>
				<verse number="29">तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ।</verse>
				<verse number="30">तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।</verse>
				<verse number="31">उजाड़-स्‍थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्‍नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू यहाँ आई नपुगुञ्‍जेलसम्‍म कसरी तिमीहरूलाई बोकेर ल्‍याउनुभएको थियो, सो तिमीहरूले त्‍यहाँ देखेका थियौ।”</verse>
				<verse number="32">त्‍यसो भए तापनि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा राखेनौ,</verse>
				<verse number="33">जो तिमीहरूका निम्‍ति डेरा हाल्‍ने ठाउँ खोज्‍न र तिमीहरू जानुपर्ने बाटो देखाउन राती आगो र दिउँसो बादलमा यात्राभरि अगिअगि जानुभयो।</verse>
				<verse number="34">तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो,</verse>
				<verse number="35">“यस दूषित पुस्‍ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्‍छु भनी प्रतिज्ञा गरेको त्‍यो असल देश देख्‍नेछैन।</verse>
				<verse number="36">यपुन्‍नेको छोरो कालेबले मात्र त्‍यो देश देख्‍न पाउनेछ। त्‍यसले टेकेको भूमि म त्‍यसलाई र त्‍यसका सन्‍तानलाई दिनेछु, किनकि त्‍यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”</verse>
				<verse number="37">तिमीहरूले गर्दा परमप्रभु मसित पनि रिसाएर भन्‍नुभयो, “तँ पनि त्‍यहाँ प्रवेश गर्न पाउनेछैनस्‌।</verse>
				<verse number="38">तर तेरो सहायक नूनको छोरो यहोशू त्‍यहाँ प्रवेश गर्नेछ। तैंले त्‍यसलाई उत्‍साह दिनू, किनकि त्‍यसले त्‍यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ।</verse>
				<verse number="39">तिमीहरूका बालबच्‍चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्‍यौ, बरु ती असल र खराब नजान्‍ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्‍यहाँ प्रवेश गर्नेछन्‌। म त्‍यो देश तिनीहरूलाई दिनेछु र त्‍यो तिनीहरूले अधिकार गर्नेछन्‌।</verse>
				<verse number="40">तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिरै जाओ।”</verse>
				<verse number="41">तब तिमीहरूले मलाई भन्‍यौ, “हामीले परमप्रभुको विरुद्ध पाप गरेका छौं। परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार हामी गएर लड्‌नेछौं।” यस पहाड़ी देशमा उक्‍लनु सहज कुरो ठानेर तिमीहरू प्रत्‍येकले आ-आफ्‍ना हतियार भिर्‍यौ।</verse>
				<verse number="42">तर परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूलाई भन्, ‘उक्‍लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।”</verse>
				<verse number="43">यो कुरो मैले तिमीहरूलाई भनें, तर तिमीहरूले सुन्‍दै सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ, र ढीट भएर पहाड़ी देशमा उक्‍ल्‍यौ।</verse>
				<verse number="44">अनि पहाड़मा बस्‍ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्‍म उनीहरूले तिमीहरूलाई परास्‍त गरे।</verse>
				<verse number="45">अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्‍ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्‍नुभएन, ध्‍यान पनि दिनुभएन।</verse>
				<verse number="46">यसकारण तिमीहरूले त्‍यहाँ कादेशमा धेरै दिन बिताउनुपर्‍यो।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तब परमप्रभुले मलाई भन्‍नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिर लाग्‍यौं, र धेरै दिनसम्‍म सेइरको पहाड़ी देशको फेरो लगायौं।</verse>
				<verse number="2">अनि परमप्रभुले मलाई भन्‍नुभयो,</verse>
				<verse number="3">“तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग।</verse>
				<verse number="4">तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्‍तान, आफ्‍नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू।</verse>
				<verse number="5">उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु।</verse>
				<verse number="6">खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।”</verse>
				<verse number="7">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ दिनुभएको छ। यस ठूलो उजाड़-स्‍थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।</verse>
				<verse number="8">यसैकारण सेइरमा बस्‍ने एसावका सन्‍तान, हाम्रा दाजुभाइहरूका मध्‍येबाट हामी गयौं। एलात र एस्‍योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्‍थानको बाटो लाग्‍यौं।</verse>
				<verse number="9">तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोआबलाई दु:ख-कष्‍ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्‍नँ, किनभने मैले आर सहर लोतका सन्‍तानको अधिकारमा दिएको छु।”</verse>
				<verse number="10">(एक समय त्‍यहाँ एमीहरू बस्‍थे, जो असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए।</verse>
				<verse number="11">अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्‍थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्‍थे।</verse>
				<verse number="12">उहिले नै होरीहरू पनि सेइरमा बस्‍थे, तर एसावका सन्‍तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)</verse>
				<verse number="13">अनि परमप्रभुले भन्‍नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं।</verse>
				<verse number="14">परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट नहोउञ्‍जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्‍म आइपुग्‍न हामीलाई अठतीस वर्ष लाग्‍यो।</verse>
				<verse number="15">छाउनीबाट ती सबै नष्‍ट नहोउञ्‍जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो।</verse>
				<verse number="16">जनसमुदायका माझबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट भइसकेपछि</verse>
				<verse number="17">परमप्रभुले मलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="18">“आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ।</verse>
				<verse number="19">जब तिमीहरू अम्‍मोनीहरूको सिमानामा पुग्‍छौ, तब उनीहरूलाई दु:ख-कष्‍ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ, किनकि अम्‍मोनीहरूको देशबाट अधिकारको निम्‍ति म कुनै अंश पनि तिमीहरूलाई दिन्‍नँ। मैले त्‍यो लोतका सन्‍तानको अधिकारमा दिएको छु।”</verse>
				<verse number="20">(त्‍यो पनि रपाईहरूको देश गनिन्‍थ्‍यो। उहिले नै त्‍यहाँ रपाईहरू बस्‍थे, तर अम्‍मोनीहरूले यिनीहरूलाई जमजुम्‍मीहरू भन्‍दथे।</verse>
				<verse number="21">यिनीहरू असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्‍मोनीहरूका सामुन्‍ने नाश गरिदिनुभयो, र जमजुम्‍मीहरूपछि अम्‍मोनीहरू आएर यिनीहरूका सट्टामा बसे।</verse>
				<verse number="22">उहाँले सेइरमा बस्‍ने एसावका सन्‍तानका निम्‍ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्‍ने होरीहरूलाई नष्‍ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्‍म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्‌।</verse>
				<verse number="23">अनि गाजासम्‍म बसोबास गर्ने अव्‍वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।)</verse>
				<verse number="24">“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्‍बोनको राजा एमोरी सीहोन र त्‍यसको देश तिमीहरूका हातमा दिएको छु। त्‍यो अधिकार गर्न सुरु गर र त्‍यससित युद्ध गर।</verse>
				<verse number="25">आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्‍नेछन्, र विचलित हुनेछन्‌।”</verse>
				<verse number="26">कदेमोतको उजाड़-स्‍थानबाट हेश्‍बोनका राजा सीहोनकहाँ शान्‍तिको प्रस्‍तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ,</verse>
				<verse number="27">“हामीलाई तपाईंको राज्‍यबाट भएर जान दिनुहोस्‌। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्‍नेछैनौं।</verse>
				<verse number="28">खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्‍नुहोस्‌। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्‌—</verse>
				<verse number="29">जसरी सेइरमा बस्‍ने एसावका सन्‍तान र आरमा बस्‍ने मोआबीहरूले हाम्रा निम्‍ति गरेथे— जबसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा पुग्‍नलाई हामी यर्दन पार गर्दैनौं।”</verse>
				<verse number="30">तर हेश्‍बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्‍म त्‍यो तिमीहरूकै हातमा छ।</verse>
				<verse number="31">अनि परमप्रभुले मलाई भन्‍नुभयो, “सीहोन र त्‍यसको देश अब म तिमीहरूलाई दिनेछु। त्‍यसको देश अधिकार र कब्‍जा गर्न सुरु गर।”</verse>
				<verse number="32">जब सीहोन उनका सबै फौजसमेत यहसा भन्‍ने ठाउँमा हामीसँग लड्‌न आए,</verse>
				<verse number="33">तब परमप्रभु हाम्रा परमेश्‍वरले उनलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्‍यौं।</verse>
				<verse number="34">त्‍यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्‍त्रीहरू र बालबच्‍चाहरूलाई समेत मानिसहरू बसेको प्रत्‍येक सहरलाई पूर्ण रूपले नाश पार्‍यौं। हामीले कसैलाई पनि छोड़ेनौं।</verse>
				<verse number="35">हामीले कब्‍जा गरेका सहरहरूका धनमाल र गाईबस्‍तु मात्र हामीले आफ्‍नो निम्‍ति जीतका माल स्‍वरूप लियौं।</verse>
				<verse number="36">अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्‍म हामीले लिन नसक्‍ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्‍वरले सबै हाम्रा हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="37">केवल अम्‍मोनीहरूका सन्‍तानका देशको छेउमा, यब्‍बोक नदीका सबै किनारहरूका जग्‍गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">त्‍यसपछि हामीहरू बाशानतिर लाग्‍यौं। एद्रईमा बाशानका राजा ओग आफ्‍ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए।</verse>
				<verse number="2">परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यससँग नडराओ, किनकि त्‍यसलाई, त्‍यसका सबै फौज र त्‍यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्‍पिदिएको छु। तिमीहरूले हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्‍यौ त्‍यसलाई पनि त्‍यसै गर।”</verse>
				<verse number="3">अनि परमप्रभु हाम्रा परमेश्‍वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्‍यौं।</verse>
				<verse number="4">त्‍यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्‍जा गर्‍यौं, बाशानमा ओगको राज्‍य अर्गोबको सम्‍पूर्ण इलाकासमेत।</verse>
				<verse number="5">यी सबै सहरहरू अग्‍ला-अग्‍ला पर्खालले घेरिएका, आग्‍लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।</verse>
				<verse number="6">अनि हेश्‍बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्‍त्री र बालकहरूलाई सम्‍पूर्ण रूपले हामीले नाश गर्‍यौं।</verse>
				<verse number="7">तर सबै गाईबस्‍तु र सहरका धनमालहरू हामीले जीतका सम्‍पत्ति स्‍वरूप आफ्‍नै निम्‍ति लग्‍यौं।</verse>
				<verse number="8">हामीले त्‍यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्‍म यर्दनको पूर्वपट्टिको देश लियौं।</verse>
				<verse number="9">(हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्‍दछन्‌।)</verse>
				<verse number="10">तराईका जम्‍मै सहर र सबै गिलाद र सम्‍पूर्ण बाशान, बाशानमा भएका ओगका राज्‍यका सलका र एद्रई सहरहरूसम्‍मै हामीले लियौं।</verse>
				<verse number="11">(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)</verse>
				<verse number="12">त्‍यस बेला हामीले त्‍यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्‍यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ।</verse>
				<verse number="13">गिलादको बाँकी भाग र ओगका राज्‍यको सम्‍पूर्ण बाशान मैले मनश्‍शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्‍थ्‍यो।)</verse>
				<verse number="14">मनश्‍शेका सन्‍तान याईरले गशूरी र माकातीहरूको सिमानासम्‍म अर्गोबको सबै इलाका लिए र त्‍यसलाई आफ्‍नै नाउँ दिए। यसैले आजसम्‍म पनि बाशानलाई हब्‍बात-याईर भनिन्‍छ।</verse>
				<verse number="15">अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ।</verse>
				<verse number="16">तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्‍म (खोलाको मध्‍यभाग त्‍यसको सिमाना थियो), र अम्‍मोनीहरूको सिमाना, यब्‍बोक नदीसम्‍म दिएँ।</verse>
				<verse number="17">त्‍यसको पश्‍चिमी सिमाना अराबाको यर्दन, किन्‍नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म थियो।</verse>
				<verse number="18">त्‍यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरें: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ। तापनि तिमीहरूमध्‍ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूका अगि जानुपर्छ।</verse>
				<verse number="19">तर तिमीहरूका पत्‍नीहरू, बालबच्‍चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्‌। (तिमीहरूका धेरै पशुहरू छन्‌ भनी मलाई थाहा छ।)</verse>
				<verse number="20">परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्‍म, र तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले यर्दन पारि तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्‍म, तिमीहरूले यसो गर्नू। त्‍यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्‍छ।”</verse>
				<verse number="21">मैले त्‍यस बेला यहोशूलाई यस्‍तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्‍ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्‍यहरूलाई पनि परमप्रभुले त्‍यसै गर्नुहुनेछ।</verse>
				<verse number="22">उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।”</verse>
				<verse number="23">अनि त्‍यस बेला मैले परमप्रभुलाई यसरी बिन्‍ती चढ़ाएँ:</verse>
				<verse number="24">“हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई आफ्‍नो महानता र आफ्‍नो पराक्रम देखाउन लाग्‍नुभएको छ, किनभने स्‍वर्ग र पृथ्‍वीमा कुन ईश्‍वर छ, जसले तपाईंका जस्‍तै काम र प्रतापी कार्य गर्न सक्‍छ?</verse>
				<verse number="25">मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्‍यो असल भूमि, त्‍यो सुन्‍दर पहाड़ी देश र लेबनान म देख्‍न पाऊँ।”</verse>
				<verse number="26">तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्‍नुभएन। परमप्रभुले मलाई भन्‍नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्‌!</verse>
				<verse number="27">पिसगाको टाकुरामा उक्‍ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्‍चिम चारैतिर हेर्‌! आफ्‍ना आँखाले त्‍यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्‌।</verse>
				<verse number="28">तर यहोशूलाई आज्ञा दे, र त्‍यसलाई प्रोत्‍साहन दिएर साहसिलो बना, किनकि त्‍यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्‍न लागेको त्‍यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।”</verse>
				<verse number="29">यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्‍यौं।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्‍यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ।</verse>
				<verse number="2">मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।</verse>
				<verse number="3">बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्‍यो तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्‍ने सबै मानिसहरूलाई परमप्रभु परमेश्‍वरले तिमीहरूका मध्‍येबाट नाश गर्नुभयो।</verse>
				<verse number="4">तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित लागिरहने तिमीहरूमध्‍येको प्रत्‍येक आजसम्‍म जीवित छ।</verse>
				<verse number="5">हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु।</verse>
				<verse number="6">तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्‍नेछन्, “अवश्‍य यस महान्‌ जातिका मानिसहरू खूबै बुद्धिमान्‌ र समझदार रहेछन्‌”</verse>
				<verse number="7">हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्‍वर यति नजिक भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ?</verse>
				<verse number="8">मैले तिमीहरूलाई आज दिने यो व्‍यवस्‍थाजस्‍तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ?</verse>
				<verse number="9">तर होशियार बस र आफ्‍नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्‌। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ।</verse>
				<verse number="10">होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने उभिएको दिनको सम्‍झना गर, जब उहाँले मलाई भन्‍नुभयो, “मेरा वचन सुन्‍नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्‍यस देशमा बाँचुञ्‍जेल तिनीहरूले मेरो डर मान्‍न सिकून्‌ अनि ती वचन आफ्‍ना छोराछोरीहरूलाई पनि सिकाऊन्‌।”</verse>
				<verse number="11">पर्वतमा आगो दन्‍केर आकाशसम्‍मै पुग्‍यो, र बाक्‍लो बादल आएर त्‍यहाँ घोर अन्‍धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ।</verse>
				<verse number="12">तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्‍नुभयो। त्‍यस बेला तिमीहरूले शब्‍दको आवाज मात्र सुन्‍यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्‍यौ।</verse>
				<verse number="13">उहाँले आफ्‍नो करार, आफ्‍ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।</verse>
				<verse number="14">यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्‍ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्‍यस बेला मलाई दिनुभयो।</verse>
				<verse number="15">होरेबमा अग्‍निको माझदेखि परमप्रभु बोल्‍नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ।</verse>
				<verse number="16">सावधान बस! नत्रता तिमीहरूले आफ्‍ना निम्‍ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा,</verse>
				<verse number="17">अथवा पृथ्‍वीको कुनै पशुको वा आकाशमा उड्‌ने कुनै पक्षीको,</verse>
				<verse number="18">जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्‍ट हुनेछौ।</verse>
				<verse number="19">आकाशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्‍दा तीप्रति आकृष्‍ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर।</verse>
				<verse number="20">तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्‍तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्‍नो निज उत्तराधिकारी बनाउन निकाली ल्‍याउनुभयो।</verse>
				<verse number="21">तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो, अनि मलाई यर्दन पारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार दिनुहुने त्‍यस असल देशमा पस्‍न नपाउने भनी कठोर प्रण गर्नुभयो।</verse>
				<verse number="22">मलाई यसै देशमा मर्नुपर्नेछ। म यर्दन पारि जान पाउनेछैनँ, तर तिमीहरू पारि गएर त्‍यो असल देश अधिकार गर्न आँटेका छौ।</verse>
				<verse number="23">सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ।</verse>
				<verse number="24">किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्‍म पार्ने आगो र डाह गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="25">तिमीहरूले छोराछोरी र नातिनातिना जन्‍माइसकेर त्‍यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्‍ट भएर कुनै वस्‍तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्‍यायौ भने,</verse>
				<verse number="26">म आजको दिन स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्‍तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्‍यस देशदेखि तिमीहरू चाँड़ै सम्‍पूर्ण नष्‍ट हुनेछौ, र धेरै दिन बस्‍न पाउनेछैनौ तर बिलकुलै नष्‍ट हुनेछौ।</verse>
				<verse number="27">परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्‍यजातिहरूका माझमा तिमीहरू अल्‍पसंख्‍यक हुनेछौ।</verse>
				<verse number="28">त्‍यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने, खान नसक्‍ने, सुँघ्न नसक्‍ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ।</verse>
				<verse number="29">तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।</verse>
				<verse number="30">पछिल्‍ला दिनहरूमा जब तिमीहरू सङ्कष्‍टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ।</verse>
				<verse number="31">उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्‍नुभएको शपथद्वारा पक्‍का गर्नुभएको करार उहाँले भुल्‍नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्‍छ।</verse>
				<verse number="32">यस्‍तो महान्‌ घटना अघि कहिल्‍यै घटेको वा सुनिएको थियो? पृथ्‍वीमा परमेश्‍वरले मान्‍छे सृष्‍टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म पनि यही कुराको निधो गर।</verse>
				<verse number="33">के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्‍नुहुने परमेश्‍वरको वाणी सुनेको छ र जीवित रहेको छ?</verse>
				<verse number="34">परमप्रभुले मिश्रमा तिमीहरूका आँखाका अगि जाँच गरेर उदेकका चिन्‍हहरू र आश्‍चर्यकर्महरू देखाई युद्ध लड़ेर, आफ्‍नै बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर, भयानक आतङ्कद्वारा अर्को जातिबाट आफ्‍नो निम्‍ति एक जाति निर्माण गर्नुभएझैँ अर्को कुन ईश्‍वरले यस्‍तै गर्न प्रयत्‍न गर्नुभएको छ?</verse>
				<verse number="35">परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्‌।</verse>
				<verse number="36">तिमीहरूलाई अनुशासनमा राख्‍न उहाँले आकाशदेखि आफ्‍नो सोर सुनाउनुभयो, र पृथ्‍वीमा आफ्‍नो ठूलो अग्‍नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्‍निबाट उहाँका शब्‍दहरू सुन्‍यौ।</verse>
				<verse number="37">उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्‍नुभएकोले, उहाँले आफ्‍नो उपस्‍थितिद्वारा र आफ्‍नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्‍नुभयो।</verse>
				<verse number="38">तिमीहरूले आफूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।</verse>
				<verse number="39">परमप्रभु नै माथि स्‍वर्गमा र तल पृथ्‍वीमाथि परमेश्‍वर हुनुहुन्‍छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख।</verse>
				<verse number="40">आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।</verse>
				<verse number="41">तब मोशाले यर्दनको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।</verse>
				<verse number="42">त्‍यहाँ दुश्‍मनी नभएका र अजान अवस्‍थामा कसैलाई मार्ने ज्‍यानमाराले ती सहरहरूमध्‍ये एउटामा भागेर आफ्‍नो ज्‍यान बचाउन सक्‍थ्‍यो।</verse>
				<verse number="43">ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्‍शेका सन्‍तानका लागि बाशानको गोलान।</verse>
				<verse number="44">मोशाले इस्राएलीहरूलाई दिएको व्‍यवस्‍था यही हो।</verse>
				<verse number="45">मिश्रबाट निस्‍केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्‌।</verse>
				<verse number="46">यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्‍नेको बेँसी हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्‍केर आउँदैगर्दा हराए।</verse>
				<verse number="47">इस्राएलीहरूले उनको देश, बाशानका राजा ओगको देश, र यर्दनको पूर्वपट्टि रहेको दुई एमोरी राजाहरूको देशमा अधिकार जमाए।</verse>
				<verse number="48">अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात्‌ हेर्मोन) डाँड़ासम्‍म,</verse>
				<verse number="49">र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्‍म इस्राएलीहरू सबै अराबाका अधिकारी भए।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।</verse>
				<verse number="2">परमप्रभु हाम्रा परमेश्‍वरले हामीसित होरेबमा करार बाँध्‍नुभयो।</verse>
				<verse number="3">परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्‍म यहाँ जीवित छौं, यो बाँध्‍नुभएको हो।</verse>
				<verse number="4">परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्‍निबाट आमनेसामने कुरा गर्नुभयो।</verse>
				<verse number="5">(त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो:</verse>
				<verse number="6">“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।</verse>
				<verse number="7">“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू।</verse>
				<verse number="8">	“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।</verse>
				<verse number="9">	तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,</verse>
				<verse number="10">तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।</verse>
				<verse number="11">	“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।</verse>
				<verse number="12">	“परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू।</verse>
				<verse number="13">	छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,</verse>
				<verse number="14">तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌।</verse>
				<verse number="15">तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।</verse>
				<verse number="16">	परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌।</verse>
				<verse number="17">	“हत्‍या नगर्नू।</verse>
				<verse number="18">	“व्‍यभिचार नगर्नू।</verse>
				<verse number="19">	“चोरी नगर्नू।</verse>
				<verse number="20">	“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।</verse>
				<verse number="21">	“आफ्‍नो छिमेकीका पत्‍नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्‍तुको लालच नगर्नू।”</verse>
				<verse number="22">यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।</verse>
				<verse number="23">जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।</verse>
				<verse number="24">अनि तिमीहरूले भन्‍यौ, “परमप्रभु हाम्रा परमेश्‍वरले आफ्‍नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्‍निबाट सुन्‍यौ। परमेश्‍वर मानिससँग बोल्‍नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्‍यौं।</verse>
				<verse number="25">अब यति ठूलो अग्‍निमा भस्‍म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्‍वरको सोर हामीले अझै सुन्‍यौं भनेता हामी मर्नेछौं!</verse>
				<verse number="26">अग्‍निबाट जीवित परमेश्‍वर बोल्‍नुभएको सुनेर हामीझैँ बाँच्‍ने कुनचाहिँ मरणशील मानिस होला?</verse>
				<verse number="27">तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस्‌ र हामी सुनेर पालन गर्नेछौं।”</verse>
				<verse number="28">तिमीहरू मसित बोलेका परमप्रभुले सुन्‍नुभयो, र उहाँले मलाई भन्‍नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्‌।</verse>
				<verse number="29">मेरो डर मान्‍ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानको भलो सधैँभरि होस्‌।</verse>
				<verse number="30">“‘तिमीहरू आ-आफ्‍नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्‌।</verse>
				<verse number="31">तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्‌।”</verse>
				<verse number="32">यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग।</verse>
				<verse number="33">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्‌न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्‌।</verse>
				<verse number="2">सम्‍पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्‌।</verse>
				<verse number="3">हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्‌।</verse>
				<verse number="4">हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।</verse>
				<verse number="5">तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।</verse>
				<verse number="6">मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख।</verse>
				<verse number="7">ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर।</verse>
				<verse number="8">ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख।</verse>
				<verse number="9">ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।</verse>
				<verse number="10">जब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्‍याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा,</verse>
				<verse number="11">जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्‌— जब तिमीहरूले खाएर अघाउनेछौ,</verse>
				<verse number="12">तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू।</verse>
				<verse number="13">तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।</verse>
				<verse number="14">तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू,</verse>
				<verse number="15">किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्‍छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई पृथ्‍वीबाट नाश गर्नुहुनेछ।</verse>
				<verse number="16">मस्‍साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर।</verse>
				<verse number="17">परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान।</verse>
				<verse number="18">परमप्रभुको दृष्‍टिमा जुन-जुन कुरा ठीक र असल छन्‌ त्‍यही गर, ताकि तिमीहरूको कल्‍याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्‍यो असल देश तिमीहरूले कब्‍जा गर,</verse>
				<verse number="19">र परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले आफ्‍ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाओ।</verse>
				<verse number="20">भविष्‍यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्‍वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्‍ला,</verse>
				<verse number="21">तब तिमीहरूले त्‍यसलाई भन्‍नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्‍नो बाहुबलले निकाली ल्‍याउनुभयो।</verse>
				<verse number="22">परमप्रभुले हाम्रा आँखाकै सामुन्‍ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्‍यन्‍तै भयानक अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरू देखाउनुभयो।</verse>
				<verse number="23">हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन उहाँले हामीलाई त्‍यहाँबाट निकाल्‍नुभयो।</verse>
				<verse number="24">परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्‍तर हित होस्, र आज पर्यन्‍तझैँ हाम्रो जीवनको पनि रक्षा होस्‌।</verse>
				<verse number="25">उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ,</verse>
				<verse number="2">अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू।</verse>
				<verse number="3">उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्‍ति नलिनू,</verse>
				<verse number="4">किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्‍य देवताको पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई तत्‍कालै नष्‍ट पार्नुहुनेछ।</verse>
				<verse number="5">तिमीहरूले उनीहरूसित यस्‍तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्‍काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्‍बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।</verse>
				<verse number="6">किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ।</verse>
				<verse number="7">तिमीहरू संख्‍यामा अरू जातिहरूभन्‍दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्‍नुभएको होइन, किनकि तिमीहरू त संख्‍यामा सबै जातिहरूभन्‍दा कम थियौ।</verse>
				<verse number="8">तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो।</verse>
				<verse number="9">यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ।</verse>
				<verse number="10">तर उहाँलाई तिरस्‍कार गर्नेहरूलाई उहाँले अवश्‍य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्‍ब गर्नुहुनेछैन।</verse>
				<verse number="11">यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर।</verse>
				<verse number="12">तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्‍तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।</verse>
				<verse number="13">उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष्‌ दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्‍छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्‍न, नयाँ दाखमद्य, तेल— गाईबस्‍तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष्‌ दिनुहुनेछ।</verse>
				<verse number="14">तिमीहरू अरू मानिसहरूभन्‍दा ज्‍यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्‍त्रीहरूमध्‍ये कोही पनि निस्‍सन्‍तान हुनेछैन न त पशुहरूमध्‍ये कुनै पनि बैला हुनेछ।</verse>
				<verse number="15">अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्‍वतन्‍त्र राख्‍नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्‍नेहरूमाथि ती ल्‍याउनुहुनेछ।</verse>
				<verse number="16">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्‍यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।</verse>
				<verse number="17">“यी जाति हामीभन्‍दा बलिया छन्‌। हामी कसरी यिनीहरूलाई निकाल्‍न सकौंला?” भनी तिमीहरूले आफ्‍नो मनमा सम्‍झौला।</verse>
				<verse number="18">तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्‍यसको स्‍मरण गर।</verse>
				<verse number="19">ठूला-ठूला सङ्कष्‍टहरू, अचम्‍मका चिन्‍हहरू, आश्‍चर्यकर्म, र आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर तिमीहरूलाई निकाली ल्‍याउनुभएको त्‍यहाँ तिमीहरू आफैले देखेका थियौ— त्‍यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू अहिले डराएका ती सबै जातिसँग पनि गर्नुहुनेछ।</verse>
				<verse number="20">यसबाहेक परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्‍नेहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ।</verse>
				<verse number="21">उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुहुन्‍छ। उहाँ महान्‌ र भययोग्‍य परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="22">अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई बिस्‍तार-बिस्‍तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकै चोटि नाश गर्न पाउनेछैनौ, नत्रता तिमीहरू वरिपरिका जङ्गली जनावरहरू धेरै संख्‍यामा बढ़िजानेछन्‌।</verse>
				<verse number="23">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ, र उनीहरू नष्‍ट नहोउञ्‍जेल उनीहरूमा ज्‍यादै गोलमाल ल्‍याइदिनुहुनेछ।</verse>
				<verse number="24">अनि उहाँले उनीहरूका राजाहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिनुहुनेछ, र तिमीहरूले आकाशमुनिबाट उनीहरूका नाउँनिशानै मेटिदिनेछौ। कोही पनि मानिस तिमीहरूका सामुन्‍ने खड़ा रहन सक्‍नेछैन। तिमीहरूले उनीहरूलाई नाश गर्नेछौ।</verse>
				<verse number="25">उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्‍नो निम्‍ति नलिनू, किनकि त्‍यही नै तिमीहरूका निम्‍ति फन्‍दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति यो घृणित कुरो हो।</verse>
				<verse number="26">तिमीहरूले कुनै घृणित कुरो आफ्‍नो घरमा नल्‍याउनू, नत्रता तिमीहरू पनि त्‍योजस्‍तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्‍यसलाई एकदमै तिरस्‍कार र घृणा गर्नू, किनकि त्‍यो नाशको लागि अलग गरिएको हो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक।</verse>
				<verse number="2">तिमीहरूलाई दीन तुल्‍याउन, जाँच गर्न र उहाँका आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको उजाड़-स्‍थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर।</verse>
				<verse number="3">उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।</verse>
				<verse number="4">ती चालीस वर्षसम्‍म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌।</verse>
				<verse number="5">तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ।</verse>
				<verse number="6">परमप्रभु तिमीहरूका परमेश्‍वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर।</verse>
				<verse number="7">किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌।</verse>
				<verse number="8">त्‍यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।</verse>
				<verse number="9">त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।</verse>
				<verse number="10">जब तिमीहरू तृप्‍त होउञ्‍जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्‍ति तिमीहरूले आफ्‍ना परमेश्‍वरको प्रशंसा गर।</verse>
				<verse number="11">सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्‍लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल।</verse>
				<verse number="12">नत्रता जब तिमीहरू खाएर तृप्‍त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्‍नेछौ,</verse>
				<verse number="13">जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्‍त हुनेछन्,</verse>
				<verse number="14">तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ।</verse>
				<verse number="15">उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो।</verse>
				<verse number="16">अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो।</verse>
				<verse number="17">“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्‍पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला।</verse>
				<verse number="18">तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।</verse>
				<verse number="19">म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्स्‍यौ र अन्‍य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्‍यौ भने, तिमीहरू अवश्‍य नष्‍ट हुनेछौ।</verse>
				<verse number="20">परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">हे इस्राएली हो, सुन, तिमीहरूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ।</verse>
				<verse number="2">त्‍यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्‍दछौ। उनीहरू बलिया र अल्‍गा-अल्‍गा छन्‌। “अनाकीहरूका सामु को खड़ा हुन सक्‍छ?” भन्‍ने उक्ति तिमीहरूले सुनेका छौ।</verse>
				<verse number="3">तर आज यो कुरा निश्‍चय नै जानी राख, कि भस्‍म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले उनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्‍याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्‍ट पार्नेछौ।</verse>
				<verse number="4">परमप्रभुले तिमीहरूका सामुन्‍नेबाट उनीहरूलाई निकालिसक्‍नुभएपछि तिमीहरूले आफ्‍नो मनमा यसो नभन्‍नू, “हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्‍याउनुभएको हो।” बरु यी जातिहरूको दुष्‍टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुन्‍छ।</verse>
				<verse number="5">तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्‍टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्‍नुहुनेछ।</verse>
				<verse number="6">यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ।</verse>
				<verse number="7">उजाड़-स्‍थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरलाई रीस उठायौ, यो कुराको सम्‍झना गर, र कहिल्‍यै नबिर्स। मिश्रबाट निक्‍लेको दिनदेखि यस ठाउँमा आइपुगुञ्‍जेल तिमीहरूले परमप्रभुको विरोध गरी नै रहेका छौ।</verse>
				<verse number="8">होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्‍म परमप्रभु क्रुद्ध हुनुभएको थियो।</verse>
				<verse number="9">परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्‍लेको थिएँ, तब म त्‍यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ।</verse>
				<verse number="10">अनि परमप्रभुले परमेश्‍वरका हातले लेख्‍नुभएका दुई वटा शिला-पाटी मलाई सुम्‍पनुभयो। पर्वतमाथि अग्‍निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।</verse>
				<verse number="11">परमप्रभुले चालीस दिन र चालीस रातको अन्‍तमा करारका ती दुई शिला-पाटी मलाई दिनुभयो।</verse>
				<verse number="12">त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, झट्टै यहाँबाट ओर्लिहाल्, किनभने तैंले मिश्रबाट ल्‍याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्‌। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ, त्‍यसबाट तिनीहरू चाँड़ै तर्किगएर आफ्‍ना निम्‍ति ढलौटे मूर्ति बनाएका छन्‌।”</verse>
				<verse number="13">फेरि परमप्रभुले मलाई भन्‍नुभयो, “मैले यी मानिसहरूलाई हेरें, र यिनीहरू त हठी मानिसहरू रहेछन्‌।</verse>
				<verse number="14">अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्‍वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्‍दा शक्तिशाली र बढ़ी संख्‍याको जाति बनाउनेछु।”</verse>
				<verse number="15">तब म पर्वतबाट तल ओर्लें। त्‍यस बेला पर्वत अग्‍निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए।</verse>
				<verse number="16">अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्‍ना निम्‍ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्‍यौ।</verse>
				<verse number="17">यसकारण मैले ती दुवै पाटी लिएर हातबाट फ्‍याँकी तिमीहरूका आँखाकै सामु फुटाइदिएँ।</verse>
				<verse number="18">परमप्रभुको दृष्‍टिमा कुकर्म गरी तिमीहरूले आफ्‍ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्‍याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्‍म परमप्रभुको अगि लम्‍पसार परिरहें। मैले रोटी वा पानी खाइनँ।</verse>
				<verse number="19">परमप्रभुको रीस र क्रोधदेखि मलाई डर लाग्‍यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनुभएको थियो। तर यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो।</verse>
				<verse number="20">हारूनलाई पनि नाश पार्नेसम्‍म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्‍यस बेला हारूनको निम्‍ति पनि प्रार्थना गरें।</verse>
				<verse number="21">त्‍यसपछि मैले तिमीहरूको त्‍यो पापमय वस्‍तु, तिमीहरूले बनाएको त्‍यो बाछो लिएर आगोमा जलाइदिएँ र त्‍यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्‍यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ।</verse>
				<verse number="22">तिमीहरूले तबेरा, मस्‍साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्‍यायौ।</verse>
				<verse number="23">अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गर्‍यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ।</verse>
				<verse number="24">मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ।</verse>
				<verse number="25">परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्‍नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें।</verse>
				<verse number="26">मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्‍याउनुभएको आफ्‍नो प्रजा र आफ्‍नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्‌।</verse>
				<verse number="27">आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्‌। यी मानिसहरूका हठ, दुष्‍टता र पापतिर नहेर्नुहोस्,</verse>
				<verse number="28">नत्रता हामीलाई जुन देशबाट तपाईंले निकालेर ल्‍याउनुभयो त्‍यसले भन्‍ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा मार्न लैजानुभयो।”</verse>
				<verse number="29">तर आफ्‍नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्‍याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्‌।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">त्‍यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काट्‌, र पर्वतमा उक्‍लेर मकहाँ आइज। अनि एउटा काठको सन्‍दूक पनि बना।</verse>
				<verse number="2">तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्‍दूकमा राख्‍नुपर्छ।”</verse>
				<verse number="3">मैले बबुल काठको सन्‍दूक बनाएँ, अनि पहिलेका जस्‍तै दुई वटा शिला-पाटी काटें, र आफ्‍ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्‍लें।</verse>
				<verse number="4">अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्‍निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो।</verse>
				<verse number="5">त्‍यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्‍दूकमा ती पाटीहरू राखें, र ती अहिले त्‍यसमा छन्‌।</verse>
				<verse number="6">(इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्‍यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्‍थानमा पूजाहारीको काम गर्न लागे।</verse>
				<verse number="7">त्‍यहाँबाट इस्राएलीहरू गुदगुदासम्‍म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए।</verse>
				<verse number="8">आजसम्‍म चलिआएझैँ परमप्रभुका करारको सन्‍दूक बोक्‍न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष्‌ दिन त्‍यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो।</verse>
				<verse number="9">यसैकारण लेवीहरूलाई आफ्‍ना दाजुभाइहरूसँग कुनै हिस्‍सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्‍छ।)</verse>
				<verse number="10">पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन।</verse>
				<verse number="11">अनि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्‍व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्‍छु भनेको देशमा पसी तिनीहरूले त्‍यो अधिकार गरून्‌।”</verse>
				<verse number="12">यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर,</verse>
				<verse number="13">र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।</verse>
				<verse number="14">आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌।</verse>
				<verse number="15">तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो।</verse>
				<verse number="16">यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ।</verse>
				<verse number="17">किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न।</verse>
				<verse number="18">उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ।</verse>
				<verse number="19">यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ।</verse>
				<verse number="20">परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ।</verse>
				<verse number="21">उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्‍छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ, जसले तिमीहरूका निम्‍ति तिमीहरूका आफ्‍नै आँखाले देखेका ती महान्‌ र आश्‍चर्यपूर्ण कार्यहरू गर्नुभयो।</verse>
				<verse number="22">तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती पार्नुभएको छ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर।</verse>
				<verse number="2">आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ।</verse>
				<verse number="3">मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्‍ह र कार्यहरू तिमीहरूलाई थाहै छ।</verse>
				<verse number="4">मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ।</verse>
				<verse number="5">यस ठाउँमा आई नपुगुञ्‍जेल उजाड़-स्‍थानमा उहाँले के-के गर्नुभयो सो देख्‍ने तिमीहरूका छोराछोरी होइनन्‌।</verse>
				<verse number="6">कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्‍नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्‍तुसमेत सारा इस्राएलकै सामुन्‍ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ।</verse>
				<verse number="7">तिमीहरूले आफ्‍नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान्‌ कार्यहरू देखेका छौ।</verse>
				<verse number="8">यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्‍नो बनाउन सक।</verse>
				<verse number="9">अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्‍त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्‌।</verse>
				<verse number="10">तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्‍यो देश तिमीहरू निस्‍केर आएको मिश्रजस्‍तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्‍नुपर्थ्‍यो।</verse>
				<verse number="11">तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ।</verse>
				<verse number="12">त्‍यस देशको रेखदेख परमप्रभु परमेश्‍वरले नै गर्नुहुन्‍छ। सालको सुरुदेखि सालको अन्‍तसम्‍मै परमप्रभु तिमीहरूका परमेश्‍वरको नजर त्‍यसमाथि रहिरहन्‍छ।</verse>
				<verse number="13">यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्‍वासयोग्‍यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ भने र आफ्‍नो सारा हृदय र प्राणले उहाँको सेवा गर्‍यौ भने,</verse>
				<verse number="14">म ऋतुअनुसार शरद्‌ र बसन्‍तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र तेल बटुल्‍न सक।</verse>
				<verse number="15">म तिमीहरूका गाईबस्‍तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्‍तुष्‍ट हुनेछौ।</verse>
				<verse number="16">यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला,</verse>
				<verse number="17">अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्‍कनेछ, र वर्षा नहोस्‌ र जमिनले आफ्‍नो उब्‍जनी नदेओस्‌ भनी उहाँले आकाशको झरी नै बन्‍द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्‍यो असल देशदेखि तिमीहरू छिट्टै नष्‍ट भइहाल्‍नेछौ।</verse>
				<verse number="18">तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध।</verse>
				<verse number="19">आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ।</verse>
				<verse number="20">आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख,</verse>
				<verse number="21">ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।</verse>
				<verse number="22">परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने,</verse>
				<verse number="23">परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्‍दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ।</verse>
				<verse number="24">तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै तिमीहरूको सिमाना हुनेछ।</verse>
				<verse number="25">तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।</verse>
				<verse number="26">हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु।</verse>
				<verse number="27">मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ।</verse>
				<verse number="28">र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ।</verse>
				<verse number="29">जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।</verse>
				<verse number="30">तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌।</verse>
				<verse number="31">तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ,</verse>
				<verse number="32">तब मैले आज तिमीहरूका सामुन्‍ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्‍याल राख।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्‍जेल तिमीहरूले ख्‍याल राखेर मान्‍नुपर्ने विधिविधान यी नै हुन्‌।</verse>
				<verse number="2">जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्‍ना देवताहरू पूजा गर्ने उनीहरूका अल्‍गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्‍थानहरू तिमीहरूले सम्‍पूर्ण तवरले नाश गर्नू।</verse>
				<verse number="3">उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्‍बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू।</verse>
				<verse number="4">तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना उनीहरूको पाराले नगर्नू।</verse>
				<verse number="5">जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍न र स्‍वयम्‌ वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्‍नुहुन्‍छ, त्‍यही ठाउँ तिमीहरूले खोज्‍नू। त्‍यही ठाउँमा तिमीहरू जाने गर्नू।</verse>
				<verse number="6">त्‍यहीँ नै तिमीहरूले आफ्‍ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्‍वेच्‍छा बलि, र गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्‍याउने गर्नू।</verse>
				<verse number="7">त्‍यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्‍द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।</verse>
				<verse number="8">आज हामी प्रत्‍येकले आफ्‍नो दृष्‍टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू,</verse>
				<verse number="9">किनकि जुन विश्रामस्‍थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको छ, त्‍यहाँ तिमीहरू अझ आइपुगेका छैनौ।</verse>
				<verse number="10">तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर त्‍यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ।</verse>
				<verse number="11">तब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँमा मैले तिमीहरूलाई आदेश दिएका तिमीहरूका होमबलि, बलिदानहरू, तिमीहरूका दशांश, विशेष भेटीहरू र तिमीहरूले आफ्‍ना परमप्रभुको निम्‍ति भाकल गरेका असल-असल थोकहरू ल्‍याउनू।</verse>
				<verse number="12">अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्‍नो निजी हिस्‍सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्‍द मनाउनू।</verse>
				<verse number="13">होशियार बस। तिमीहरूले आफ्‍नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू।</verse>
				<verse number="14">तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुभएको ठाउँमा मात्रै चढ़ाउनू, र मैले आदेश दिएका सबै काम पनि त्‍यहीँ गर्नू।</verse>
				<verse number="15">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार तिमीहरूको कुनै पनि सहरभित्र आफूले चाहेजति पशु मारेर खान सक्‍छौ— हरिण र मृगको मासु खाएझैँ, विधिपूर्वक शुद्ध र अशुद्ध व्‍यक्ति कसैले पनि सो खान सक्‍छ।</verse>
				<verse number="16">केवल रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू।</verse>
				<verse number="17">आफ्‍नो सहरभित्र अन्‍न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्‍तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्‍वेच्‍छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू।</verse>
				<verse number="18">बरु परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको ठाउँमा उहाँको सामुन्‍ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्‍ना सबै काममा परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू।</verse>
				<verse number="19">होशियार बस, र आफ्‍नो देशमा रहुञ्‍जेल लेवीहरूको बेवास्‍ता नगर्नू।</verse>
				<verse number="20">जब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्‍णा हुनेछ र “म मासु खान्‍छु” भन्‍नेछौ, तब आफूले चाहेजति मासु खाओ।</verse>
				<verse number="21">परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँ टाढ़ा छ भने, परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुभएका गाईबस्‍तु र भेड़ाबाख्रा मारेर, मैले आदेश दिएझैँ आफ्‍नै सहरभित्र चाहेजति खाओ।</verse>
				<verse number="22">हरिण वा मृग खाएझैँ ती पनि खानू— विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्ति कसैले पनि ती खान सक्‍छ।</verse>
				<verse number="23">केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन।</verse>
				<verse number="24">तिमीहरूले त्‍यो रगत खानुहुँदैन। पानीझैँ त्‍यो भूइँमा पोखाइदिनू।</verse>
				<verse number="25">तिमीहरूले त्‍यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठीक छ त्‍यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।</verse>
				<verse number="26">तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जानू।</verse>
				<verse number="27">तिमीहरूले आफ्‍ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको छेउमा खन्‍याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्‍छौ।</verse>
				<verse number="28">मैले तिमीहरूलाई दिएका विधिहरू मान्‍नलाई ध्‍यान देओ, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।</verse>
				<verse number="29">जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका सामुन्‍ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ,</verse>
				<verse number="30">तब होशियार बस, र उनीहरू नष्‍ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्‍नू, र “यी जातिहरूले आफ्‍ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्‍यसै गर्छौं” भन्‍दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू।</verse>
				<verse number="31">तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ। उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌।</verse>
				<verse number="32">जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्‍वप्‍न-दर्शी चमत्‍कारी चिन्‍ह वा आश्‍चर्यकर्म देखाउन तत्‍पर हुन्‍छ,</verse>
				<verse number="2">र त्‍यसले भनेको चिन्‍ह वा चमत्‍कार घटेपछि तिमीले नचिनेका “अन्‍य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्‍यसले भन्‍यो भने,</verse>
				<verse number="3">तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।</verse>
				<verse number="4">तिमीहरूचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरका मार्गमा हिँड्‌नू, उहाँको डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्‍नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू।</verse>
				<verse number="5">तर त्‍यो अगमवक्ता वा स्‍वप्‍न-दर्शी मारिनुपर्छ, किनकि दासत्‍वको देश मिश्रबाट मुक्त गरेर ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्‍यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।</verse>
				<verse number="6">तिमीहरूका आफ्‍नै दाजुभाइ, छोराछोरी, तिम्री प्‍यारी पत्‍नी वा घनिष्‍ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्‍क फकाए भने—</verse>
				<verse number="7">चाहे तिमीहरूका वरिपरि बस्‍ने मानिसहरूका नजिकका देवता होऊन्‌ वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन्‌ वा अर्को छेउका—</verse>
				<verse number="8">त्‍यो फुस्‍लाउनेको कुरा नसुन्‍नू, त्‍यसलाई नमान्‍नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई</verse>
				<verse number="9">तिमीहरूले त्‍यसलाई निश्‍चय नै मारिहाल्‍नुपर्छ। त्‍यो कुरा सुन्‍ने मानिसले नै त्‍यसलाई मार्न पहिले हात उठाओस्, त्‍यसपछि सबै मानिसहरूले हात उठाऊन्‌।</verse>
				<verse number="10">तिमीहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हान्‍नू, किनकि दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु परमेश्‍वरदेखि तिमीहरूलाई त्‍यसले बहकाउन खोज्‍यो।</verse>
				<verse number="11">यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्‍तो खराबी फेरि कसैले गर्नेछैन।</verse>
				<verse number="12">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै सहरमा</verse>
				<verse number="13">कतिपय दुष्‍ट मानिसहरू खड़ा भएर त्‍यहाँका बासिन्‍दाहरूलाई कहिल्‍यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्‍यौ भने,</verse>
				<verse number="14">सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्‍यस्‍तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्‍यो भने,</verse>
				<verse number="15">तिमीहरूले त्‍यस सहरका बासिन्‍दाहरूलाई अवश्‍य तरवारले काटेर मार्नू र त्‍यस सहरलाई सम्‍पूर्ण तवरले नाश गर्नू, र त्‍यहाँ भएका गाईबस्‍तुसमेत सबैलाई तरवारले मार्नू।</verse>
				<verse number="16">त्‍यहाँका सबै मालमत्तासमेत सहरको मध्‍ये भागमा बटुलेर त्‍यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति त्‍यो होमबलिझैँ हुनेछ। त्‍यो सधैँभरि ध्‍वस्‍त रहोस्, र त्‍यसको पुनर्निर्माण नगर्नू।</verse>
				<verse number="17">निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्‍त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ,</verse>
				<verse number="18">किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्‍टिमा उचित काम गर्छौ।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्‍नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।</verse>
				<verse number="2">किनकि तिमीहरू त परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्‍वीमा भएका समस्‍त मानिसजातिबाट तिमीहरूलाई नै आफ्‍नो अमूल्‍य सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।</verse>
				<verse number="3">तिमीहरूले कुनै घृणित थोक नखानू।</verse>
				<verse number="4">तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्‌: गोरु, भेड़ा, बोका,</verse>
				<verse number="5">मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा।</verse>
				<verse number="6">पशुहरूमध्‍ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्‍छ।</verse>
				<verse number="7">तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्‍छन्‌ तर यिनीहरूका खुर चिरिएका हुँदैनन्‌। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्‌।</verse>
				<verse number="8">सुँगुर पनि अशुद्ध हुन्‍छ, किनकि त्‍यसको खुर चिरिएको त हुन्‍छ तर त्‍यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।</verse>
				<verse number="9">पानीमा हुनेमध्‍ये पखेटा र कत्‍ला भएका तिमीहरूले खानु हुन्‍छ।</verse>
				<verse number="10">तर पखेटा र कत्‍ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्‌।</verse>
				<verse number="11">तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्‍छ।</verse>
				<verse number="12">तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध,</verse>
				<verse number="13">सबै थरीका रातो चील, र कालो चील,</verse>
				<verse number="14">सबै थरीका काग,</verse>
				<verse number="15">ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज,</verse>
				<verse number="16">सानो लाटोकोसेरो, भुल्‍का, सेतो लाटोकोसेरो,</verse>
				<verse number="17">मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा,</verse>
				<verse number="18">सारस, हरथरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।</verse>
				<verse number="19">बथान-बथानमा उड्‌ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्‌। ती नखानू।</verse>
				<verse number="20">तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्‍छ।</verse>
				<verse number="21">जे मरिसकेको भेट्टाउँछौ, त्‍यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्‍ने परदेशीलाई त्‍यो दिन सक्‍छौ, र त्‍यसले त्‍यो खाए हुन्‍छ, अथवा त्‍यो तिमीहरूले कुनै विदेशीलाई बेच्‍न सक्‍छौ। तर तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू।</verse>
				<verse number="22">हरेक साल खेतमा उम्रने उब्‍जनीबाट तिमीहरूले दशांश अलग राख्‍न नभुल्‍नू।</verse>
				<verse number="23">जुन स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुन्‍छ, त्‍यहीँ आफ्‍ना अन्‍न, दाखमद्य र तेलको दशांश र आफ्‍ना गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका बच्‍चा उहाँको सामुन्‍ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको भय सधैँ मान्‍न सिक्‍नेछौ।</verse>
				<verse number="24">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ, र तिमीहरूले आफ्‍नो दशांश बोकेर लैजान सक्‍दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्‍नुभएको आफ्‍नो नाउँको वासस्‍थान साह्रै टाढ़ा छ भने,</verse>
				<verse number="25">आफ्‍नो दशांश बेची पैसा आफ्‍नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको स्‍थानमा जानू।</verse>
				<verse number="26">आफ्‍नो इच्‍छाअनुसार गाईबस्‍तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्‍यही पैसाले किनेर आफ्‍नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाएर आनन्‍द मनाउनू।</verse>
				<verse number="27">तिमीहरूका सहरमा बस्‍ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्‍ना केही हिस्‍सा वा अंश हुँदैन।</verse>
				<verse number="28">प्रत्‍येक तीन वर्षको अन्‍तमा वर्ष-वर्षको उब्‍जनीको सबै दशांश सहरको ढुकुटीमा थन्‍क्‍याउनू,</verse>
				<verse number="29">के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">प्रत्‍येक सात वर्षको अन्‍तमा कर्जा-माफीको समय राख्‍नुपर्छ।</verse>
				<verse number="2">त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ।</verse>
				<verse number="3">परदेशीलाई चाहिँ कर गरेर माग्‍न सक्‍छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ।</verse>
				<verse number="4">मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन,</verse>
				<verse number="5">किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ।</verse>
				<verse number="6">आफ्‍नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्‌।</verse>
				<verse number="7">यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।</verse>
				<verse number="8">बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू।</verse>
				<verse number="9">होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ।</verse>
				<verse number="10">तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।</verse>
				<verse number="11">देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।</verse>
				<verse number="12">यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू।</verse>
				<verse number="13">त्‍यो मुक्त भएर जाँदा त्‍यसलाई रित्तै हात नपठाउनू,</verse>
				<verse number="14">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू।</verse>
				<verse number="15">मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।</verse>
				<verse number="16">तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्‍नँ” भन्‍यो भने,</verse>
				<verse number="17">एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू।</verse>
				<verse number="18">त्‍यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्‍नू, किनकि ज्‍यालादारी नोकरले लिने ज्‍यालाको दोबर मूल्‍यको काम त्‍यसले छ वर्षमा गर्‍यो। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबै काममा आशिष्‌ दिनुहुनेछ।</verse>
				<verse number="19">तिमीहरूका गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति अलग गर्नू। आफ्‍ना गाईबस्‍तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्‍ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू।</verse>
				<verse number="20">जुन स्‍थान परमप्रभुले चुन्‍नुहुन्‍छ त्‍यहाँ तिमीहरूले आफ्‍ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने त्‍यो खानू।</verse>
				<verse number="21">कुनै पशु लङ्गड़ा वा अन्‍धो भए, अथवा अरू कुनै प्रकारको खोट त्‍यसमा भए त्‍यसलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि बलि नगर्नू।</verse>
				<verse number="22">आफ्‍नो सहरमै त्‍यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्तिले त्‍यो खान सक्‍छ।</verse>
				<verse number="23">केवल त्‍यसको रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">आबीब महिनाको सम्‍झना राखेर परमप्रभु आफ्‍ना परमेश्‍वरको निस्‍तार-चाड़ मान्‍नू, किनभने आबीब महिनामै उहाँले तिमीहरूलाई राती मिश्रबाट निकाली ल्‍याउनुभयो।</verse>
				<verse number="2">जुन ठाउँ परमप्रभुले आफ्‍नो नाउँको निम्‍ति वासस्‍थान बनाउन छान्‍नुहुन्‍छ, त्‍यहीँ नै परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति भेड़ाबाख्रा र गाईबस्‍तुबाट निस्‍तार-चाड़को बलि चढ़ाउनू।</verse>
				<verse number="3">खमिर हालेको रोटीसँग त्‍यो नखानू। सात दिनसम्‍म अखमिरी रोटी खानू। यो कष्‍टको रोटी हो, किनभने मिश्रबाट तिमीहरू हतार-हतार गरी आयौ। मिश्रबाट निक्‍लेर आएको तिमीहरूले जीवनभरि सम्‍झना राख्‍नलाई यो खानुपरेको हो।</verse>
				<verse number="4">सात दिनसम्‍म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमिर नभेटिओस्‌। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढ़ाएको पशुको मासु रातभरि राखेर बिहानसम्‍म नरहोस्‌।</verse>
				<verse number="5">परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा निस्‍तार-चाड़को बलि नचढ़ाउनू।</verse>
				<verse number="6">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुने ठाउँमा नै सूर्यास्‍तको समयमा तिमीहरू मिश्रबाट प्रस्‍थान गरेको बेलामा निस्‍तार-चाड़को बलि चढ़ाउनू।</verse>
				<verse number="7">परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्‍यो पोलेर खानू, र बिहान फर्केर आ-आफ्‍नो पालमा जानू।</verse>
				<verse number="8">छ दिनसम्‍म अखमिरी रोटी खानू, अनि सातौँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति एउटा सभा राख्‍नू। त्‍यस दिन केही काम नगर्नू।</verse>
				<verse number="9">पाकेको बाली काट्‌न सुरु गर्ने समयदेखि सात साता गन्‍नू।</verse>
				<verse number="10">तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति साताहरूका चाड़ मान्‍नू।</verse>
				<verse number="11">परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थान बनाउन छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी, र तिमीहरूका माझमा बस्‍ने विधवाहरू सबैले आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू।</verse>
				<verse number="12">याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर।</verse>
				<verse number="13">आफ्‍नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्‍म छाप्रो-वासको चाड़ मान्‍नू।</verse>
				<verse number="14">तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्‍ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्‍द मनाउनू।</verse>
				<verse number="15">परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा सात दिनसम्‍म उहाँको निम्‍ति चाड़ मान्‍नू, किनभने उहाँले नै तिमीहरूका उब्‍जनी र कामकाजमा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ र तिमीहरूको आनन्‍द पूरा हुनेछ।</verse>
				<verse number="16">जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुनेछ, त्‍यहाँ वर्षमा तीन पल्‍ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्‍ने देखा परून्‌: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्‌।</verse>
				<verse number="17">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार हरेकले आफ्‍नो भेटी चढ़ाओस्‌।</verse>
				<verse number="18">परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्‍नो कुलअनुसार न्‍यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्‍पक्ष इन्‍साफ गर्नेछन्‌।</verse>
				<verse number="19">न्‍याय भ्रष्‍ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्‍द गरिदिन्‍छ र धर्मी जनको वचन बङ्‌ग्‍याइदिन्‍छ।</verse>
				<verse number="20">न्‍यायलाई पछ्याओ, न्‍यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।</verse>
				<verse number="21">तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्‍बा खड़ा नगर्नू।</verse>
				<verse number="22">तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्‍ति त्‍यो घृणित हो।</verse>
				<verse number="2">परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्‍ने कोही स्‍त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरको करार भङ्ग गरी</verse>
				<verse number="3">उहाँको नजरमा दुष्‍ट काम गरेको तिमीहरूले चाल पायौ भने,</verse>
				<verse number="4">तिमीहरूले त्‍यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्‍य रहेछ र यस्‍तो घृणित काम इस्राएलमा भएकै रहेछ भने,</verse>
				<verse number="5">यस्‍तो दुष्‍ट काम गर्ने पुरुष वा स्‍त्रीलाई सहरको मूल ढोकामा ल्‍याई ढुङ्गाले हानेर मार्नू।</verse>
				<verse number="6">मारिने व्‍यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू।</verse>
				<verse number="7">त्‍यसलाई मार्न साक्षीहरूले नै सबैभन्‍दा पहिले हात उठाऊन्‌। त्‍यसपछि अरू मानिसहरूले हात उठाऊन्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टतालाई खतम गर्नुपर्छ।</verse>
				<verse number="8">कुनै हत्‍याकाण्‍ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्‍यो भने, परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जानू।</verse>
				<verse number="9">पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्‍नू, अनि तत्‍कालीन न्‍यायकर्ताकहाँ गएर परामर्श लिनू।</verse>
				<verse number="10">परमप्रभुले छान्‍नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्‍यान दिनू।</verse>
				<verse number="11">तिनीहरूले सिकाएको व्‍यवस्‍था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्‍नू।</verse>
				<verse number="12">शेखी गरेर त्‍यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवामा उपस्‍थित रहने पूजाहारी वा न्‍यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ।</verse>
				<verse number="13">सबै मानिसहरूले यो सुन्‍नेछन्‌ र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्‌।</verse>
				<verse number="14">परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने,</verse>
				<verse number="15">परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको व्‍यक्तिलाई नै तिमीहरूले निश्‍चय गरेर आफ्‍ना राजा मान्‍नू। तिनी तिमीहरूका दाजुभाइमध्‍येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन।</verse>
				<verse number="16">ती राजाले असंख्‍य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्‍याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्‍यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ।</verse>
				<verse number="17">तिनले आफ्‍नो लागि धेरै पत्‍नीहरू जम्‍मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्‍ना निम्‍ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्‌।</verse>
				<verse number="18">जब तिनी आफ्‍नो राजसिंहासनमा बस्‍छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्‍यवस्‍थाको एक प्रति नकल एउटा पुस्‍तकमा तिनले उतारून्‌।</verse>
				<verse number="19">त्‍यस व्‍यवस्‍थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्‍तक तिनीसँग रहोस्‌ र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको डर मान्‍न सिकून्‌।</verse>
				<verse number="20">तिनले आफैलाई आफ्‍ना दाजुभाइहरूभन्‍दा श्रेष्‍ठ नठानून्, र व्‍यवस्‍थाबाट तर्केर दाहिने वा देब्रे नलागून्‌। यसरी तिनी र तिनका सन्‍तानले लामो समयसम्‍म इस्राएलमा तिनको राज्‍यमाथि शासन गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">पूजाहारीहरू, जो लेवी हुन्‌— वास्‍तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्‍यही हो।</verse>
				<verse number="2">तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्‍छ।</verse>
				<verse number="3">गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्‍द्रा-भुँड़ी।</verse>
				<verse number="4">अन्‍न, नयाँ दाखमद्य र तेलको प्रथम उब्‍जनी र भेड़ाको पहिलो ऊन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ।</verse>
				<verse number="5">किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै कुलहरूमध्‍येबाट लेवी कुललाई नै छान्‍नुभएको छ।</verse>
				<verse number="6">इस्राएलको कुनै सहरमा बसेका एक जना लेवी निक्‍लेर परमप्रभुले छान्‍नुहुने ठाउँमा उत्‍सुकतापूर्वक आए भने,</verse>
				<verse number="7">त्‍यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँमा सेवा गरून्‌।</verse>
				<verse number="8">आफ्‍नो परिवारका सम्‍पत्तिको बिक्रीबाट पैसा पाए पनि तिनले तिनीहरूसँग बराबर उपहार पाउनेछन्‌।</verse>
				<verse number="9">परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।</verse>
				<verse number="10">आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,</verse>
				<verse number="11">टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।</verse>
				<verse number="12">यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।</verse>
				<verse number="13">परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने तिमीहरू निर्दोष हुनुपर्छ।</verse>
				<verse number="14">तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्‍छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।</verse>
				<verse number="15">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका आफ्‍नै दाजुभाइमध्‍येबाट मजस्‍तै एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू।</verse>
				<verse number="16">किनकि “अब उप्रान्‍त परमप्रभु हाम्रा परमेश्‍वरको सोर सुन्‍नु नपरोस्‌ र यो डरलाग्‍दो अग्‍नि कहिल्‍यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरसँग तिमीहरूले यही बिन्‍ती गरेका थियौ।</verse>
				<verse number="17">परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले ठीकै भनेका छन्‌।</verse>
				<verse number="18">तिनीहरूका निम्‍ति तिनीहरूका दाजुभाइमध्‍येबाट तँजस्‍तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्‍नेछन्‌।</verse>
				<verse number="19">ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्‍नेको लेखा म लिनेछु।</verse>
				<verse number="20">तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।”</verse>
				<verse number="21">तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्‍ने?”</verse>
				<verse number="22">कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो। तिमीहरू त्‍यसदेखि नडराउनू।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,</verse>
				<verse number="2">तब परमप्रभु परमेश्‍वरले अधिकारमा दिन लाग्‍नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू।</verse>
				<verse number="3">परमप्रभु परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्‍यानमारा त्‍यहाँ भागेर जान सकोस्‌।</verse>
				<verse number="4">कसैलाई मारेर आफ्‍नो ज्‍यान बचाउनलाई त्‍यहाँ भाग्‍ने मानिसको विषयमा नियम यो हो— जसले आफ्‍नो छिमेकीलाई दुश्‍मनी नभई नचाहेरै मार्दछ।</verse>
				<verse number="5">जस्‍तै, एक जना मान्‍छे वनमा आफ्‍नो छिमेकीसँग दाउरा काट्‌न जाँदा रूख ढाल्‍नलाई बन्‍चरो चलाउँदा बन्‍चरो बीँड़बाट फुस्‍केर त्‍यस छिमेकीलाई लाग्‍छ, र त्‍यो मर्छ। त्‍यो मानिस यी सहरहरूमध्‍ये एउटामा भाग्‍न सक्‍छ र त्‍यसले आफ्‍नो ज्‍यान बचाउन सक्‍छ।</verse>
				<verse number="6">नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्‍यसलाई खेदेर बाटैमा फेला पारेर त्‍यसलाई मार्न सक्‍छ। वास्‍तवमा त त्‍यो मारिने योग्‍यको थिएन, किनकि रीस-रागविना नै त्‍यसले छिमेकीलाई त्‍यसो गरेको थियो।</verse>
				<verse number="7">यसैकारण आफ्‍ना निम्‍ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु।</verse>
				<verse number="8">परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले</verse>
				<verse number="9">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्‍पूर्ण देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्‍नुपर्छ।</verse>
				<verse number="10">यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्‍नेछ, र त्‍यसको दोष तिमीहरूलाई नै लाग्‍नेछ।</verse>
				<verse number="11">तर कुनै मानिसले रीस-रागै राखी आफ्‍नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्‍यो ती सहरहरूमध्‍ये एउटामा भाग्‍यो भने,</verse>
				<verse number="12">त्‍यसकै नगरका धर्म-गुरुहरूले मान्‍छे पठाई त्‍यसलाई त्‍यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्‍पिदेऊन्।</verse>
				<verse number="13">त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।</verse>
				<verse number="14">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू।</verse>
				<verse number="15">कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्‍ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्‍छ।</verse>
				<verse number="16">कसैमाथि दोषारोपण गर्न कोही दुष्‍ट मानिस खड़ा भयो भने,</verse>
				<verse number="17">वादी र प्रतिवादी दुवै तत्‍कालीन पूजाहारी र न्‍यायकर्ताहरूका सामुन्‍ने परमप्रभुको अगि आउनुपर्छ।</verse>
				<verse number="18">तब न्‍यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्‍नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने,</verse>
				<verse number="19">त्‍यसले आफ्‍नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्‍यसलाई त्‍यसै गर्नू। तिमीहरूले आफ्‍नो मध्‍येबाट खराबीलाई हटाउनुपर्छ।</verse>
				<verse number="20">यो सुनेर अरूहरू डराउनेछन्‌। त्‍यसपछि तिमीहरूका बीचमा यस्‍तो खराबी कहिले हुनेछैन।</verse>
				<verse number="21">तिमीहरूले नटिठ्याउनू। ज्‍यानको साटो ज्‍यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्‍दा असंख्‍य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।</verse>
				<verse number="2">युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्‍नुपर्छ,</verse>
				<verse number="3">“हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्‍ने भयभीत नहोओ।</verse>
				<verse number="4">किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्‍ति लड़ेर तिमीहरूलाई विजयी तुल्‍याउन साथसाथै जानुहुन्‍छ।”</verse>
				<verse number="5">तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो आफ्‍नो घरमा फर्केर जाओस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यसको घर अर्पण गर्नेछ।</verse>
				<verse number="6">दाखबारी लगाएर त्‍यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो घर फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यो उपभोग गर्नेछ।</verse>
				<verse number="7">कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्‍यो आफ्‍नो घरमा फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने अर्को मान्‍छेले त्‍यसलाई लैजाला।”</verse>
				<verse number="8">अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्‍यो आफ्‍नो घर फर्कोस्‌। किनभने त्‍यसको कारणले त्‍यसका दाजुभाइहरूले हरेस खानेछन्‌।”</verse>
				<verse number="9">अधिकृतहरूले मानिसहरूलाई सम्‍बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्‌।</verse>
				<verse number="10">लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्‍यसका मानिसहरूका अगि शान्‍तिको प्रस्‍तावना राख्‍नू।</verse>
				<verse number="11">यदि उनीहरूले शान्‍ति प्रस्‍तावना स्‍वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्‍यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्‍ति काम गर्नुपर्छ।</verse>
				<verse number="12">तर उनीहरूले तिमीहरूसित शान्‍तिसम्‍बन्‍ध नराखेर लड़ाइँ गर्ने नै इच्‍छा गर्छन्‌ भने, त्‍यस सहरलाई घेर।</verse>
				<verse number="13">परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो सहर तिमीहरूलाई सुम्‍पिदिनुभएपछि त्‍यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार।</verse>
				<verse number="14">तर स्‍त्री, केटाकेटी, गाईबस्‍तु र त्‍यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्‍वरूप लिन सक्‍छौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्‍छौ।</verse>
				<verse number="15">तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्‍यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।</verse>
				<verse number="16">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उत्तराधिकार स्‍वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्‌नू।</verse>
				<verse number="17">तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू।</verse>
				<verse number="18">नत्रता उनीहरूले आफ्‍ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।</verse>
				<verse number="19">जब तिमीहरू कुनै सहर लिन त्‍यसको विरुद्धमा लड़ाइँ गरेर त्‍यस सहरलाई धेरै दिनसम्‍म घेरिराख्‍छौ, तब तिमीहरूले त्‍यसका रूखहरू नकाट्‌नू, किनकि तिमीहरूले तिनका फल खान सक्‍नेछौ। यसकारण ती काटेर नढाल्‍नू। के जङ्गलका रूखहरू मानिसहरू हुन्‌ र तिमीहरू ती घेरेर नष्‍ट गर्छौ?</verse>
				<verse number="20">तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्‍न सक्‍छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्‍त नभएसम्‍म घेरा हाल्‍ने काममा ती प्रयोग गर्न सक्‍छौ।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्‍यो र हत्‍याराको निधो भएन भने,</verse>
				<verse number="2">धर्म-गुरुहरू र न्‍यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्‍यो पत्ता लगाऊन्‌।</verse>
				<verse number="3">उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर</verse>
				<verse number="4">त्‍यसलाई नजोतिएको र बीउ नछरेको उपत्‍यकामा कुनै खोलानेर लगेर त्‍यसको घाँटी भाँचिदिनुपर्छ।</verse>
				<verse number="5">तब परमप्रभु परमेश्‍वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्‍ति उहाँले छान्‍नुभएको हुनाले लेवीका सन्‍तानका पूजाहारीहरू त्‍यहाँ आऊन्‌।</verse>
				<verse number="6">त्‍यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्‍ना हात धोऊन्‌।</verse>
				<verse number="7">तिनीहरूले यसो भनून्, “यो हत्‍या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्‍यो हुँदैगरेको देखे।</verse>
				<verse number="8">हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्‍ति यो प्रायश्‍चित ग्रहण गर्नुहोस्, र आफ्‍नो प्रजा इस्राएललाई यो निर्दोषका हत्‍याको दोष नलागोस्‌।” अनि यो हत्‍याको प्रायश्‍चित पूरा हुनेछ।</verse>
				<verse number="9">यसरी परमप्रभुको दृष्‍टिमा तिमीहरूले उचित काम गरेकाले आफ्‍ना बीचबाट त्‍यो निर्दोषका हत्‍याको दोष हटाउनेछौ।</verse>
				<verse number="10">तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका हातमा शत्रुहरू सुम्‍पेर उनीहरूलाई युद्धबन्‍दी बनाइ ल्‍याउँदा,</verse>
				<verse number="11">कैदीहरूमध्‍ये कुनै एउटी सुन्‍दरी स्‍त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्‍यसलाई पत्‍नी बनाउन सक्‍छौ।</verse>
				<verse number="12">त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ र त्‍यसलाई आफ्‍नो कपाल खौरन र नङ काट्‌न लगाऊ,</verse>
				<verse number="13">र कैदमा पर्दा त्‍यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्‍म त्‍यसले आफ्‍ना बुबा-आमाको निम्‍ति विलाप गरेपछि तिमी त्‍यसकहाँ जान सक्‍छौ र त्‍यसको पति बन्‍न सक्‍छौ, र त्‍यो तिम्री पत्‍नी हुन्‍छे।</verse>
				<verse number="14">पछि त्‍यो स्‍त्री तिमीलाई मन परेन भने, त्‍यसलाई जहाँ इच्‍छा लाग्‍छ जान देऊ। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तो गरी व्‍यवहार गर्नुहुँदैन, किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।</verse>
				<verse number="15">यदि कुनै मान्‍छेका दुई पत्‍नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्‍माई भने,</verse>
				<verse number="16">अंशबन्‍डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्‍छालाई अधिकार दिन पाउनेछैन।</verse>
				<verse number="17">तर त्‍यसले मन नपर्नेको छोरालाई नै आफ्‍ना सबै धन-सम्‍पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्‍यता देओस्, किनभने त्‍योचाहिँ त्‍यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्‍यसको नै हुनेछ।</verse>
				<verse number="18">आफ्‍ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्‍दैन भने,</verse>
				<verse number="19">त्‍यसका आमा-बुबाले त्‍यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्‌।</verse>
				<verse number="20">तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्‍यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।”</verse>
				<verse number="21">तब त्‍यस सहरका सबै पुरुषहरूले त्‍यसलाई मरुञ्‍जेल ढुङ्गाले हानून्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्‌।</verse>
				<verse number="22">कुनै मानिसले प्राणदण्‍ड पाउने पाप गर्दा तिमीहरूले त्‍यसलाई मारेर त्‍यसको शरीर रूखमा झुण्‍ड्यायौ भने,</verse>
				<verse number="23">त्‍यसको लाश रातभरि रूखमा झुण्‍ड्याएर नराख्‍नू, तर त्‍यही दिन त्‍यसलाई गाड़िहाल्‍नू, किनभने जो झुण्‍ड्याइन्‍छ त्‍यो परमेश्‍वरबाट श्रापित हुन्‍छ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">आफ्‍नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्‍तै नगर। त्‍यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ।</verse>
				<verse number="2">तर त्‍यो भाइ नजिक बस्‍दैन वा तिमीले त्‍यसलाई चिनेका छैनौ भने, त्‍यसको पशुलाई त्‍यो खोज्‍न नआएसम्‍म सो आफ्‍नो घरमा ल्‍याएर राख। त्‍यसपछि त्यो पशु भाइलाई फर्काई देऊ।</verse>
				<verse number="3">आफ्‍नो दाजुभाइको गधा वा लुगा वा त्‍यसले हराएको जेसुकै पायौ भने त्‍यसै गर्नू र चूप लागेर नबस्‍नू।</verse>
				<verse number="4">आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।</verse>
				<verse number="5">पुरुषले लाउने लुगा स्‍त्रीले लाउनुहुँदैन, र स्‍त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="6">बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ।</verse>
				<verse number="7">माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्‍छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।</verse>
				<verse number="8">नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्‍यहाँबाट कोही मान्‍छे लोट्यो भने मृत्‍युको दोष तिमीहरूको घरलाई लाग्‍नेछैन।</verse>
				<verse number="9">दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्‍जनीसमेत दुवै अशुद्ध हुनेछन्‌।</verse>
				<verse number="10">गोरु र गधा सँगै नारेर जोत्‍नुहुँदैन।</verse>
				<verse number="11">ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।</verse>
				<verse number="12">तिमीहरूले लाउने लुगाको चारै कुनामा झुम्‍का लगाओ।</verse>
				<verse number="13">कसैले विवाह गरेर पत्‍नीकहाँ जाँदा त्‍यसलाई ठीक लागेन,</verse>
				<verse number="14">र बदनाम गराउने नियतले स्‍त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्‍याएकी पत्‍नीसँग सुत्‍दा त्‍यसमा कन्‍ये-केटीको गुण पाइनँ” भनेछ भने,</verse>
				<verse number="15">त्‍यस कन्‍याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्‍वको प्रमाण ल्‍याऊन्‌।</verse>
				<verse number="16">तब त्‍यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्‍यसले यसलाई तिरस्‍कार गर्छ।</verse>
				<verse number="17">‘मैले तिम्री छोरीमा कुमारीत्‍वको प्रमाण पाइनँ’ भनेर यस मान्‍छेले अभियोग लगाउँदैछ, तर यसको कुमारीत्‍वको प्रमाण यहाँ छ।’ तब केटीका बुबाले धर्म-गुरुहरूका सामुन्‍ने त्‍यो लुगा फिँजाओस्‌।</verse>
				<verse number="18">अनि सहरकै धर्म-गुरुहरूले त्‍यसलाई लगेर सजाय देऊन्,</verse>
				<verse number="19">र इस्राएलको एक कन्‍यामाथि कलङ्क लगाएकोले त्‍यसले केटीको बुबालाई चाँदीका एक सय सिक्‍का जरिमाना तिरोस्, र केटीचाहिँ त्‍यसकी पत्‍नी भइरहोस्‌। त्‍यो बाँचुञ्‍जेल त्‍यसले त्‍यस केटीलाई त्‍याग्‍न पाउनेछैन।</verse>
				<verse number="20">तर यदि दोष सत्‍य ठहरियो र त्‍यस केटीमा कुमारीत्‍वको सबूत पाइएन भने,</verse>
				<verse number="21">बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।</verse>
				<verse number="22">कोही पुरुष अर्काकी पत्‍नीसँग सम्‍भोग गरिरहेको फेला पर्‍यो भने, त्‍यससँग सुत्‍ने त्‍यो पुरुष र त्‍यो स्‍त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्‍तो खराबी हटाउनुपर्छ।</verse>
				<verse number="23">मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्‍यससँग सम्‍भोग गरेको फेला पर्‍यो भने,</verse>
				<verse number="24">ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्‍च्‍याएकीले त्‍यस स्‍त्रीलाई मार्नू, र आफ्‍नो दाजुभाइकी पत्‍नीको सतीत्‍व नष्‍ट पारेकोले त्‍यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्‍ना बीचबाट यस्‍तो खराबी हटाउनुपर्छ।</verse>
				<verse number="25">तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्‍थानमा भेटाएर बलात्‍कार गर्‍यो भने त्‍यस पुरुषलाई मात्र मार्नू।</verse>
				<verse number="26">तर त्‍यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्‍यको कुनै पाप त्‍यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्‍नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्‍तै हो।</verse>
				<verse number="27">किनभने त्‍यस मगनी भएकी केटीले चिच्‍च्‍याउँदा पनि निर्जन स्‍थानमा बलात्‍कार हुँदा त्‍यसलाई बचाउने त्‍यहाँ कोही थिएन।</verse>
				<verse number="28">कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्‍कार गरेको फेला पर्‍यो भने,</verse>
				<verse number="29">त्‍यस पुरुषले त्‍यस केटीको बुबालाई चाँदीका पचास सिक्‍का दिनुपर्छ। त्‍यस पुरुषले त्‍यस केटीलाई बलात्‍कार गरेको हुनाले त्‍यसलाई आफ्‍नो पत्‍नी बनाउनुपर्छ, र त्‍यसलाई जीवनभरि त्‍याग्‍न पाउनेछैन।</verse>
				<verse number="30">कुनै मानिसले आफ्‍नो बुबाकी पत्‍नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्‌।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्‍नु निषेध छ।</verse>
				<verse number="2">निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।</verse>
				<verse number="3">अम्‍मोनी वा मोआबी परमप्रभुको सभामा पस्‍न पाउनेछैन। दश पुस्‍तासम्‍म उनीहरूको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।</verse>
				<verse number="4">किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्‍वागत गरेनन्‌। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्‍ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्‍न भनी पैसा दिएर बोलाए।</verse>
				<verse number="5">तापनि परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन, तर उहाँले त्‍यो सरापलाई आशिष्‌मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्‍छ।</verse>
				<verse number="6">तिमीहरूले बाँचुञ्‍जेल अम्‍मोनी र मोआबीहरूसँग मित्रताको सन्‍धि नबनाउनू।</verse>
				<verse number="7">कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्‌। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्‍कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ।</verse>
				<verse number="8">उनीहरूबाट जन्‍मेका तेस्रो पुस्‍ताका सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछन्‌।</verse>
				<verse number="9">तिमीहरू आफ्‍ना शत्रुहरूसँग लड्‌न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस।</verse>
				<verse number="10">कुनै पुरुष स्‍वप्‍न-दोषले अशुद्ध भएको छ भने, त्‍यो छाउनीबाट बाहिर जाओस्‌ र त्‍यहीँ बसोस्‌।</verse>
				<verse number="11">साँझ हुँदैजाँदा नुहाएर सूर्यास्‍त भएपछि त्‍यो छाउनीभित्र आउन सक्‍छ।</verse>
				<verse number="12">दिसा गर्ने ठाउँ छाउनीको बाहिर तोक।</verse>
				<verse number="13">तिमीहरूका हतियारसँग खन्‍ने थोक पनि राख, र दिसा बसिसकेपछि त्‍यसैले खाल्‍डो खनेर दिसा पुरिदिनू।</verse>
				<verse number="14">किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्‌डुल गर्नुहुन्‍छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्‍नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्‍छ।</verse>
				<verse number="15">कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्‍यसलाई त्‍यसको मालिककहाँ नसुम्‍प।</verse>
				<verse number="16">त्‍यसले मन पराएको सहरको कुनै भागमा त्‍यसलाई तिमीहरूका माझमा बस्‍न दिनू। तिमीहरूले त्‍यसमाथि अत्‍याचार नगर्नू।</verse>
				<verse number="17">कुनै इस्राएली पुरुष वा स्‍त्रीले मन्‍दिरका वेश्‍याको काम नगरोस्‌।</verse>
				<verse number="18">कुनै भाकल पूरा गर्न वेश्‍यागमन अथवा पुरुषगमनबाट कमाएर ल्‍याएको कुनै पैसा परमेश्‍वरको भवनमा नल्‍याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले दुवैलाई घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="19">ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू।</verse>
				<verse number="20">विदेशीबाट त तिमीहरू ब्‍याज लिन सक्‍छौ, तर आफ्‍ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्।</verse>
				<verse number="21">तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै भाकल गरेपछि त्‍यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्‍यो पूरा भएको हेर्न चाहनुहुन्‍छ। नत्रता तिमीहरूलाई पाप लाग्‍नेछ।</verse>
				<verse number="22">तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्‍नेछैन।</verse>
				<verse number="23">जे कुरा तिमीहरूको मुखबाट निस्‍कन्‍छ त्‍यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले त्‍यो स्‍वेच्‍छापूर्वक आफ्‍नै मुखले भाकल गरेको हो।</verse>
				<verse number="24">तिम्रो छिमेकीको दाखबारीमा पस्‍यौ भने खान मन लागेको जति दाख खान सक्‍छौ, तर आफ्‍नो डालोमा केही नहाल।</verse>
				<verse number="25">तिम्रो छिमेकीको खेतबारीमा पस्‍यौ भने अन्‍नका बाला हातले टिप्‍न सक्‍छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">आफ्‍नो विवाह गरेकी स्‍त्रीमा केही खोट पाएर त्‍यससँग असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर कसैले आफ्‍नो घरबाट निकालिदियो भने,</verse>
				<verse number="2">र यदि घर छोड़ेपछि त्‍यो अर्को मानिसकी पत्‍नी भई</verse>
				<verse number="3">र दोस्रो पति पनि असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्‍यो भने,</verse>
				<verse number="4">त्‍यो अशुद्ध भएकी हुनाले त्‍यसलाई त्‍याग्‍ने पहिलो पतिले फेरि त्‍यसलाई आफ्‍नो पत्‍नी तुल्‍याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्‍याउनू।</verse>
				<verse number="5">नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्‍य कुनै कामको अभिभारा त्‍यसलाई नदिनू। एक वर्षसम्‍म त्‍यो घरमा ढुक्‍कै बसोस्‌ र आफूले ल्‍याएकी पत्‍नीलाई आनन्‍द देओस्‌।</verse>
				<verse number="6">ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्‍लो ढुङ्गा पनि नलिनू, किनभने त्‍यो मानिसको जीविका नै बन्‍धकमा लिएको जस्‍तो हुन्‍छ।</verse>
				<verse number="7">कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्‍यसलाई कमारो तुल्‍यायो अथवा बेच्‍यो भने, त्‍यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टता हटाउनुपर्छ।</verse>
				<verse number="8">कुष्‍ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ।</verse>
				<verse number="9">तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई गर्नुभएको कुरो याद राख!</verse>
				<verse number="10">आफ्‍नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्‍यसको धरौटी लिन तिमीहरू घरभित्र नपस।</verse>
				<verse number="11">तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्‍याइदेओस्‌।</verse>
				<verse number="12">त्‍यो मानिस गरीब छ भने त्‍यसको बन्‍धक राखेर तिमीहरू नसुत।</verse>
				<verse number="13">सूर्यास्‍तसम्‍ममा तिमीहरूले त्‍यो बन्‍धक फर्काइदिनू, र त्‍यो आफ्‍नो ओढ्‌नेमा सुतेर त्‍यसले तिमीहरूलाई आशीर्वाद देओस्‌। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको नजरमा यो तिमीहरूका निम्‍ति धार्मिकता ठहरिनेछ।</verse>
				<verse number="14">तिमीहरूको इस्राएली भाइ होस्‌ वा तिमीहरूका सहरहरूमध्‍ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्‍यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ।</verse>
				<verse number="15">सूर्यास्‍तअघि नै प्रतिदिन त्‍यसको ज्‍याला दिइहाल्‍नू, किनकि त्‍यो एक गरीब हो र त्‍यो आफ्‍नो ज्‍यालामा नै भर परेको हुन्‍छ। नत्रता त्‍यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्‍यो भने, तिमीहरूलाई पाप लाग्‍नेछ।</verse>
				<verse number="16">बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधको लागि मरोस्‌।</verse>
				<verse number="17">परदेशी र टुहुरा-टुहुरीको न्‍याय दमन नगर। कुनै विधवाको ओढ्‌ने धितोमा नलेओ।</verse>
				<verse number="18">तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्‍झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।</verse>
				<verse number="19">खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌।</verse>
				<verse number="20">भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्‍यसका फल झारेपछि फेरि दोस्रो पल्‍ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका चाहिँ छोड़िदिनू।</verse>
				<verse number="21">आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू।</verse>
				<verse number="22">मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्‍झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">जब मानिसहरूका बीचमा झगड़ा हुन्‍छ, तिनीहरूले त्‍यो अड्डामा लैजाऊन्‌ र न्‍यायकर्ताहरूले फैसला गरून्‌— निर्दोषलाई छोड़िदेऊन्‌ र अपराधीलाई दोषी ठहराऊन्‌।</verse>
				<verse number="2">दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्‍यायकर्ताले त्‍यसलाई लम्‍पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्,</verse>
				<verse number="3">तर चालीस कोर्राभन्‍दा बढ़ी हान्‍न नलगाऊन्‌। त्‍यसभन्‍दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्‍टिमा तिमीहरूको भाइको अपमान हुनेछ।</verse>
				<verse number="4">दाइँ गर्दा गोरुलाई महला नलगाओ।</verse>
				<verse number="5">सँगै बसेका दाजुभाइमध्‍येको कोही छोरा नभई मर्‍यो भने, त्‍यसकी पत्‍नीले बाहिरको कुलमा विवाह नगरोस्‌। मर्नेकै दाजु वा भाइले त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्‍य पूरा गरोस्‌।</verse>
				<verse number="6">त्‍यसले जन्‍माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्‍यसको नाउँ इस्राएलमा नमेटिओस्‌।</verse>
				<verse number="7">तर देवरले आफ्‍नी भाउजूलाई राख्‍न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्‍नो दाजुको नाउँ इस्राएलमा कायम राख्‍न मान्‍दैन। त्‍यसले मसित देवरले गर्नुपर्ने कर्तव्‍य पालन गर्दैन।”</verse>
				<verse number="8">तब त्‍यसको सहरका धर्म-गुरुहरूले त्‍यसलाई बोलाएर सम्‍झाऊन्‌। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्‍यो आफ्‍नो कुरामा अड़िएर बस्‍यो भने,</verse>
				<verse number="9">भाउजूले धर्म-गुरुहरूकै सामु त्‍यसकहाँ गएर त्‍यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्‍यसको मुखमा थुकिदेओस्, र यसो भनोस्, “जसले आफ्‍नो दाजुभाइको परिवार वृद्धि गर्न मान्‍दैन, त्‍यसलाई यसै गरिनेछ।”</verse>
				<verse number="10">अनि इस्राएलमा त्‍यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ।</verse>
				<verse number="11">आपसमा लड्‌ने दुई पुरुषमध्‍ये एक जनाकी पत्‍नी आएर आफ्‍नो पतिलाई बचाउन विरोधीको गुप्‍त अङ्ग अँठ्याई भने,</verse>
				<verse number="12">तिमीहरूले त्‍यसको हात काटिदिनू, त्‍यसलाई टिठ्याउँदै नटिठ्याउनू।</verse>
				<verse number="13">तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्‍यादा ओजन भएका ढकहरू नराख्‍नू।</verse>
				<verse number="14">तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्‍नू।</verse>
				<verse number="15">तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्‌।</verse>
				<verse number="16">किनकि यस्‍ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="17">मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्‍यवहार नभुल।</verse>
				<verse number="18">तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्‍वरको डर मानेनन्‌।</verse>
				<verse number="19">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्‍वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्‍यै नभुल्‍नू।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्‍यसलाई अधिकार गरी त्‍यसमा बसोबास गरेपछि</verse>
				<verse number="2">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्‍जने सबै किसिमका उब्‍जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुहुने ठाउँमा लैजाओ,</verse>
				<verse number="3">र त्‍यस बेला तत्‍कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्‍छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्‍वरको अगि म स्‍वीकार गर्छु।”</verse>
				<verse number="4">तब पूजाहारीले तिमीहरूका हातबाट त्‍यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको अगि तिनले राखिदिनेछन्‌।</verse>
				<verse number="5">तब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने यसो भन्‍नू: “मेरा पुर्खा फिरन्‍ते अरामी थिए। उनी आफ्‍नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्‍यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्‍य जाति उत्‍पन्‍न भयो।</verse>
				<verse number="6">तर मिश्रीहरूले निष्‍ठुर व्‍यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्‍वमा राखे।</verse>
				<verse number="7">तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकारा गर्‍यौं, र उहाँले हाम्रो सोर सुन्‍नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्‍याचारलाई देख्‍नुभयो।</verse>
				<verse number="8">यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो।</verse>
				<verse number="9">उहाँले हामीलाई यस ठाउँमा ल्‍याएर यो दूध र मह बग्ने देश दिनुभयो।</verse>
				<verse number="10">अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू।</verse>
				<verse number="11">तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्‍ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्‍ने परदेशीहरूले पनि आनन्‍द मनाऊन्‌।</verse>
				<verse number="12">दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्‍ना सबै उब्‍जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्‍यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्‍यो खाऊन्‌ र तृप्‍त होऊन्‌।</verse>
				<verse number="13">त्‍यसपछि परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसो भन्‍नू: “मैले आफ्‍नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्‍लङ्घन गरेको छैनँ, न त तीमध्‍ये कुनै बिर्सेको छु।</verse>
				<verse number="14">शोक गर्ने बेलामा त्‍यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्‍यसबाट केही निकालेको छु, न त त्‍यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्‍वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु।</verse>
				<verse number="15">आफ्‍नो पवित्र वासस्‍थान स्‍वर्गबाट हेरेर आफ्‍नो प्रजा इस्राएललाई आशिष्‌ दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष्‌ दिनुहोस्‌।”</verse>
				<verse number="16">यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्‍छ। तिमीहरूले ती आफ्‍नो सारा हृदय र सारा प्राणले ध्‍यानसित पालन गर।</verse>
				<verse number="17">“परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामी उहाँका मार्गमा हिँड्‌नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्‍नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्‍चय गरेका छौ।</verse>
				<verse number="18">आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्‍नै प्रजा र उहाँको अमूल्‍य सम्‍पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ।</verse>
				<verse number="19">तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्‍दा बढ़ी प्रशंसा, सम्‍मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्‍तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर।</verse>
				<verse number="2">जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्‍नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्‍नू।</verse>
				<verse number="3">तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्‍यवस्‍थाका सबै वचनहरू त्‍यसमा लेख्‍नू।</verse>
				<verse number="4">यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्‍थापना गरेर कमेरोले पोत्‍नू।</verse>
				<verse number="5">त्‍यहीँ तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति ढुङ्गाको वेदी बनाउनू। त्‍यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू।</verse>
				<verse number="6">तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्‍यहाँ परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाउनू।</verse>
				<verse number="7">तिमीहरूले मेलबलि चढ़ाएर त्‍यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने आनन्‍द मनाउनू।</verse>
				<verse number="8">तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्‍यवस्‍थाका सबै आदेश स्‍पष्‍टसँग लेख्‍नू।”</verse>
				<verse number="9">तब मोशा र लेवी पूजाहारीहरूले जम्‍मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका प्रजा भएका छौ।</verse>
				<verse number="10">आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।”</verse>
				<verse number="11">त्‍यही दिन मोशाले मानिसहरूलाई यस्‍तो आदेश दिए:</verse>
				<verse number="12">तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार, योसेफ र बेन्‍यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्‍जीम डाँड़ामा खड़ा होऊन्‌।</verse>
				<verse number="13">रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीचाहिँ श्राप दिनका निम्‍ति एबाल डाँड़ामा खड़ा होऊन्‌।</verse>
				<verse number="14">अनि लेवीहरूले इस्राएलका सबै मानिसलाई उच्‍च सोरले यसो भनेर घोषणा गरून्‌:</verse>
				<verse number="15">“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="16">“आफ्‍ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="17">“आफ्‍ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="18">“अन्‍धालाई उल्‍टो बाटो देखाइदिने मान्‍छे श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="19">“परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्‍याय नदिने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="20">“आफ्‍ना बुबाकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्‍यसले आफ्‍ना बुबाको ओछ्यानको अपमान गर्दछ।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="21">“पशुसँग सम्‍भोग गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="22">“आफ्‍ना बुबा वा आमाकी छोरी, अर्थात्‌ आफ्‍नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="23">“आफ्‍नी सासूसित सहवास गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="24">“गोप्‍य रीतिले छिमेकीलाई मार्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="25">“निर्दोष मान्‍छेको हत्‍या गर्नलाई घूस लिने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
				<verse number="26">“यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।</verse>
				<verse number="2">परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:</verse>
				<verse number="3">तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।</verse>
				<verse number="4">तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।</verse>
				<verse number="5">तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।</verse>
				<verse number="6">भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।</verse>
				<verse number="7">तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।</verse>
				<verse number="8">परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।</verse>
				<verse number="9">परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।</verse>
				<verse number="10">तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।</verse>
				<verse number="11">तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।</verse>
				<verse number="12">परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।</verse>
				<verse number="13">मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।</verse>
				<verse number="14">मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।</verse>
				<verse number="15">तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌:</verse>
				<verse number="16">तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।</verse>
				<verse number="17">तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।</verse>
				<verse number="18">तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।</verse>
				<verse number="19">भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।</verse>
				<verse number="20">उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ।</verse>
				<verse number="21">तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।</verse>
				<verse number="22">क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।</verse>
				<verse number="23">अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="24">परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।</verse>
				<verse number="25">परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।</verse>
				<verse number="26">तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।</verse>
				<verse number="27">निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।</verse>
				<verse number="28">परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।</verse>
				<verse number="29">अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।</verse>
				<verse number="30">तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ।</verse>
				<verse number="31">तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।</verse>
				<verse number="32">तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन।</verse>
				<verse number="33">तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।</verse>
				<verse number="34">तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।</verse>
				<verse number="35">परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।</verse>
				<verse number="36">तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।</verse>
				<verse number="37">परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।</verse>
				<verse number="38">तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।</verse>
				<verse number="39">तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌।</verse>
				<verse number="40">तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌।</verse>
				<verse number="41">तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌।</verse>
				<verse number="42">तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।</verse>
				<verse number="43">तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।</verse>
				<verse number="44">त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।</verse>
				<verse number="45">परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌।</verse>
				<verse number="46">तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌।</verse>
				<verse number="47">तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।</verse>
				<verse number="48">यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।</verse>
				<verse number="49">परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ,</verse>
				<verse number="50">एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।</verse>
				<verse number="51">अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।</verse>
				<verse number="52">तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।</verse>
				<verse number="53">घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।</verse>
				<verse number="54">तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन,</verse>
				<verse number="55">यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।</verse>
				<verse number="56">तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई</verse>
				<verse number="57">त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे।</verse>
				<verse number="58">यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,</verse>
				<verse number="59">परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ।</verse>
				<verse number="60">मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌।</verse>
				<verse number="61">यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ।</verse>
				<verse number="62">तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ।</verse>
				<verse number="63">जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।</verse>
				<verse number="64">तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।</verse>
				<verse number="65">ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।</verse>
				<verse number="66">तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।</verse>
				<verse number="67">तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!”</verse>
				<verse number="68">अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्‌।</verse>
				<verse number="2">मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने: परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्‍ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ।</verse>
				<verse number="3">ठूला-ठूला कष्‍टहरू, आश्‍चर्य चिन्‍हहरू र ती महान्‌ अचम्‍मका कामहरू आफ्‍ना आँखाले देख्‍यौ।</verse>
				<verse number="4">तर आजसम्‍म परमप्रभुले तिमीहरूलाई बुझ्‍ने मन, देख्‍ने आँखा र सुन्‍ने कान दिनुभएको छैन।</verse>
				<verse number="5">मैले चालीस वर्षसम्‍म तिमीहरूलाई उजाड़-स्‍थानमा डोर्‍याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्‌।</verse>
				<verse number="6">तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले बुझ्‍न सक भनेर मैले यसो गरें।</verse>
				<verse number="7">तिमीहरू यस ठाउँमा आइपुग्‍दा हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्‌नलाई निस्‍केर आए, र हामीले उनीहरूलाई परास्‍त गर्‍यौं।</verse>
				<verse number="8">अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्‍शेका आधा कुललाई त्‍यो अंशको रूपमा दियौं।</verse>
				<verse number="9">यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ।</verse>
				<verse number="10">आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू,</verse>
				<verse number="11">तिमीहरूका बालबच्‍चा र पत्‍नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत।</verse>
				<verse number="12">परमप्रभु तिमीहरूका परमेश्‍वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्‍दैहुनुहुन्‍छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्‍छ।</verse>
				<verse number="13">जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्‍यसरी नै उहाँ तिमीहरूका परमेश्‍वर बन्‍नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्‍नै प्रजा हुनलाई परमप्रभुले पक्‍का गर्दैहुनुहुन्‍छ।</verse>
				<verse number="14">म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्‍वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्‍दिनँ,</verse>
				<verse number="15">तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्‍दछु।</verse>
				<verse number="16">हामी कसरी मिश्रदेशमा बस्‍यौं, र यहाँ आइपुग्‍न हामी अरू देशहरूबाट भएर कसरी पार गर्‍यौं सो तिमीहरू जान्‍दछौ।</verse>
				<verse number="17">उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्‍यौ।</verse>
				<verse number="18">होशियार! तिमीहरूमध्‍येका कोही पुरुष वा स्‍त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्‍वरदेखि बरालिएर नजाओस्‌। होश गर, तिमीहरूका बीचमा यस्‍तो तीतो विष उत्‍पन्‍न गर्ने कुनै जरो नहोस्‌।</verse>
				<verse number="19">जब त्‍यस्‍तो मानिसले यस शपथका वचनहरू सुन्‍छ, तब त्‍यसले आफैलाई आशिष्‌ दिन्‍छ र सोच्‍छ, “म आफ्‍नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्‍खा जमिनमाथि पनि विपत्ति ल्‍याउँछ।</verse>
				<verse number="20">त्‍यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्‍यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्‍वाला त्‍यस मानिसमाथि पर्नेछ। यस पुस्‍तकमा लेखिएका सबै सराप त्‍यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्‍यसको नाउँ आकाशमुनिबाट मेट्‌नुहुनेछ।</verse>
				<verse number="21">व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्‍यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्‍ति छुट्ट्याउनुहुनेछ।</verse>
				<verse number="22">तिमीहरूका पछि आउने सन्‍तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्‍यसमाथि ल्‍याउनुभएका रोगहरू देख्‍नेछन्‌।</verse>
				<verse number="23">परमप्रभुले आफ्‍नो डरलाग्‍दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्‍वंस गर्नुभएको जस्‍तै समस्‍त देशमा गन्‍धक र नून जलेको खाक मात्र हुनेछ। त्‍यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्‍म पनि नउम्रने बाँझो हुनेछ।</verse>
				<verse number="24">सबै जातिहरूले सोध्‍नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्‍किने क्रोध किन?”</verse>
				<verse number="25">तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्‍याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्‍वरले तिनीहरूसँग बाँध्‍नुभएको करार तिनीहरूले त्‍यागेकाले हो।</verse>
				<verse number="26">तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्‍डवत्‌ गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्‍दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन।</verse>
				<verse number="27">यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्‍कियो, र यस पुस्‍तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्‍याउनुभयो।</verse>
				<verse number="28">परमप्रभुले डरलाग्‍दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्‍नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्‍तो आज भएको छ।”</verse>
				<verse number="29">प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्‌। तर हामीले यस व्‍यवस्‍थाका सम्‍पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्‍तानका लागि सदाको निम्‍ति हुन्‌।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">परमप्रभु परमेश्‍वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष्‌ र श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिनको स्‍मरण गरेर</verse>
				<verse number="2">तिमीहरू र तिमीहरूका सन्‍तान परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्‍नो पूरा हृदय र आफ्‍नो पूरा प्राणले मान्‍नेछौ,</verse>
				<verse number="3">तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ।</verse>
				<verse number="4">तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ।</verse>
				<verse number="5">तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ।</verse>
				<verse number="6">परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले आफ्‍नो सारा हृदय र आफ्‍नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्‍तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।</verse>
				<verse number="7">परमप्रभु तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्‍याउनुहुनेछ।</verse>
				<verse number="8">तिमीहरूले फेरि परमप्रभुको वचन मान्‍नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ।</verse>
				<verse number="9">तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ।</verse>
				<verse number="10">व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्‍यौ भने र आफ्‍नो पूरा हृदयले र आफ्‍नो पूरा प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरतिर तिमीहरू फर्क्‍यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्‍न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।</verse>
				<verse number="11">आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्‍ति साह्रै गाह्रो वा टाढ़ो छैन।</verse>
				<verse number="12">“हाम्रा निम्‍ति स्‍वर्गमा उक्‍लेर कसले त्‍यो ल्‍याइदिएर हामीलाई बताइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो स्‍वर्गमा छैन।</verse>
				<verse number="13">“कसले सागर पारि गएर हामीलाई त्‍यो ल्‍याइदिएर हामीलाई सुनाइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो सागरको पल्‍लो छेउमा पनि छैन।</verse>
				<verse number="14">तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।</verse>
				<verse number="15">हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्‍यु र नाश राखेको छु।</verse>
				<verse number="16">परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।</verse>
				<verse number="17">तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्‍य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्‍न र सेवा गर्न लाग्‍यौ भने,</verse>
				<verse number="18">तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्‍नेछैनौ।</verse>
				<verse number="19">आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक,</verse>
				<verse number="20">र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए:</verse>
				<verse number="2">“आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ।</verse>
				<verse number="3">परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्‍नेबाट यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्‌नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्‌।</verse>
				<verse number="4">एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ।</verse>
				<verse number="5">परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्‍पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर।</verse>
				<verse number="6">बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”</verse>
				<verse number="7">तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्‍ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्‍छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्‍यो तिनीहरूलाई तिनीहरूका अंशको निम्‍ति तिमीले बाँड़िदिनुपर्छ।</verse>
				<verse number="8">परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ। नडराऊ, निरुत्‍साह नहोऊ।”</verse>
				<verse number="9">अनि मोशाले व्‍यवस्‍था लेखेर परमप्रभुका करारको सन्‍दूक बोक्‍ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए।</verse>
				<verse number="10">तब मोशाले तिनीहरूलाई यस्‍तो आदेश दिए: “प्रत्‍येक सात वर्षको अन्‍तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा,</verse>
				<verse number="11">उहाँले छान्‍नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्‍ने गरी तिमीहरूले यो व्‍यवस्‍था पढ्‌नू।</verse>
				<verse number="12">पुरुष र स्‍त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌।</verse>
				<verse number="13">यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्‍जेल यो व्‍यवस्‍था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिक्‍नुपर्नेछ।</verse>
				<verse number="14">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तेरो मृत्‍युको दिन नजिक आइपुग्‍यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्‍यहाँ म त्‍यसलाई कार्यभार सुम्‍पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।</verse>
				<verse number="15">तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्‍यो बादल पालको ढोकामाथि स्‍थिर भयो।</verse>
				<verse number="16">अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा पिता-पुर्खाहरूजस्‍तै तँ मर्न लागेको छस्‌। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्‍मिक व्‍यभिचारझैँ गर्नेछन्‌। मलाई त्‍यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्‌नेछन्‌।</verse>
				<verse number="17">त्‍यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्‍कनेछ र म तिनीहरूलाई त्‍याग्‍नेछु, र आफ्‍नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्‍ट हुनेछन्‌। धेरै आपत्‌विपद्‌हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्‌। तब त्‍यस दिन तिनीहरूले भन्‍नेछन्, ‘हाम्रा परमेश्‍वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्‍ता विपत्तिहरू आएका होइनन्‌ र?’</verse>
				<verse number="18">अन्‍य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्‍यस दिन म निश्‍चय नै आफ्‍नो मुख लुकाउनेछु।</verse>
				<verse number="19">“यसकारण अब तिमीहरूले आफ्‍नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्‍ति एउटा गवाही होस्‌।</verse>
				<verse number="20">तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्‍ने देशमा मैले तिनीहरूलाई पुर्‍याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्‍य देवताहरूतिर लाग्‍नेछन्‌ र यिनीहरूलाई पुज्‍नेछन्, अनि मलाई तिरस्‍कार गरेर मेरो करार उल्‍लङ्घन गर्नेछन्‌।</verse>
				<verse number="21">धेरै आपत्‌-विपत्‌ र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्‍यो तिनीहरूका सन्‍तानहरूले कहिल्‍यै बिर्सनेछैनन्‌। तिनीहरूलाई प्रतिज्ञामा दिन्‍छु भनेको देशमा पुर्‍याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।”</verse>
				<verse number="22">तब मोशाले त्‍यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए।</verse>
				<verse number="23">परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्‍याउनेछस्, र म आफै तँसँग हुनेछु।”</verse>
				<verse number="24">मोशाले यस व्‍यवस्‍थाका वचनहरू सुरुदेखि अन्‍त्‍यसम्‍म लेखिसिद्ध्याएपछि</verse>
				<verse number="25">परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई यो आज्ञा गरे:</verse>
				<verse number="26">“व्‍यवस्‍थाको यो पुस्‍तक परमप्रभु तिमीहरूका परमेश्‍वरका करारको सन्‍दूकको छेउमा राख, र त्‍यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्‍यहाँ रहोस्‌।</verse>
				<verse number="27">किनकि म तिमीहरूको विद्रोह र हठ जान्‍दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्‍युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ!</verse>
				<verse number="28">तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्‍नेछु।</verse>
				<verse number="29">किनकि मलाई थाहा छ कि मेरो मृत्‍युपछि तिमीहरू निश्‍चय नै अति भ्रष्‍ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।”</verse>
				<verse number="30">अनि मोशाले यस भजनका शब्‍दहरू सुरुदेखि अन्‍त्‍यसम्‍म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">हे आकाश, सुन, म बोल्‍दछु, हे पृथ्‍वी, कान थाप, मेरा मुखका वचनहरूप्रति।</verse>
				<verse number="2">मेरा शिक्षा झरीझैँ बर्सन देओ, मेरो वचन शीतझैँ झर्न देओ, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, झारपातमाथि दर्कने पानीझैँ।</verse>
				<verse number="3">म परमप्रभुका नाउँको घोषणा गर्नेछु। परमेश्‍वरका महानताको प्रशंसा गर!</verse>
				<verse number="4">उहाँ नै चट्टान हुनुहुन्‍छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्‍यायोचित छन्‌। एउटा विश्‍वासयोग्‍य परमेश्‍वर जसले भूल गर्नुहुन्‍न, न्‍यायी र सत्‍य उहाँ हुनुहुन्‍छ।</verse>
				<verse number="5">तिनीहरूले उहाँसँग भ्रष्‍ट व्‍यवहार गरे। लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्‍तान होइनन्‌। तिनीहरू बाङ्गो र टेढ़ो पुस्‍ताका मानिसहरू हुन्‌।</verse>
				<verse number="6">के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञता देखाउँछौ, हे मूर्ख र बुद्धि नभएका मानिसहरू तिमीहरूलाई सृष्‍टि गर्ने र बनाउने उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्‍टिकर्ता हुनुहुन्‍न र?</verse>
				<verse number="7">उहिले-उहिलेका दिनको स्‍मरण गर, युग-युगअघिका पुस्‍ताका बारेमा सोच। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई बताउनेछन्, तिमीहरूका बुढापाकालाई सोध, र तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।</verse>
				<verse number="8">	जब सर्वोच्‍चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलीहरूका सन्‍तानको संख्‍याअनुसार जाति-जातिका सिमाना ठहराइदिनुभयो।</verse>
				<verse number="9">परमप्रभुको निज हिस्‍सा उहाँका मानिसहरू हुन्, याकूब उहाँका अंशको भाग हुन्‌।</verse>
				<verse number="10">उहाँले तिनलाई निर्जन स्‍थानमा भेट्टाउनुभयो, गर्जने आवाजले भरिएको उजाड़ ठाउँमा। उहाँले तिनलाई जोगाउनुभयो र तिनको वास्‍ता गर्नुभयो, उहाँले तिनलाई आफ्‍नो आँखाको नानीझैँ रक्षा गर्नुभयो—</verse>
				<verse number="11">गुँड़लाई हल्‍लाएर आफ्‍ना बचेराहरूमाथि हावामा उड़िरहने, पखेटा फैलाई बचेराहरूलाई थाम्‍ने, र आफ्‍ना प्‍वाँखमाथि ती बोक्‍ने गरुडले झैँ।</verse>
				<verse number="12">परमप्रभु एक्‍लैले तिनलाई अगुवाइ गर्नुभयो, उहाँसँग विदेशी देवता थिएन।</verse>
				<verse number="13">उहाँले तिनलाई पृथ्‍वीका अग्‍ला ठाउँहरूमाथि सवार गराउनुभयो, अनि तिनलाई खेतको उब्‍जनी खुवाउनुभयो। उहाँले तिनलाई पहराको मह र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।</verse>
				<verse number="14">गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही, अनि पोस्‍याइएका थुमा र बाख्राहरू, बाशानका छानिएका भेड़ाहरू, र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फीँज उठेको दाखरस पियौ।</verse>
				<verse number="15">	तर यशूरूनले मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्‍ला भए। तब तिनले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्‍यागे, र आफ्‍ना उद्धारकर्ता चट्टानलाई तुच्‍छ ठाने।</verse>
				<verse number="16">तिनीहरूले आफ्‍ना अन्‍य देवताहरूको कारण उहाँलाई डाही तुल्‍याए, र आफ्‍ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रीस उठाए।</verse>
				<verse number="17">तिनीहरूले भूतहरूका निम्‍ति बलि चढ़ाए, जो ईश्‍वर होइनन्, तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।</verse>
				<verse number="18">तिमीहरूलाई जन्‍माउने चट्टानलाई तिमीहरूले त्‍याग्‍यौ, तिमीहरूलाई जन्‍म दिनुहुने परमेश्‍वरलाई तिमीहरूले बिर्स्‍यौ।</verse>
				<verse number="19">त्‍यो देखेर परमप्रभुले तिनीहरूलाई तिरस्‍कार गर्नुभयो, किनभने उहाँका छोराछोरीहरूको कारण उहाँलाई रीस उठ्यो।</verse>
				<verse number="20">तब उहाँले भन्‍नुभयो, “म तिनीहरूबाट आफ्‍नो मुख लुकाउनेछु” अनि तिनीहरूको अन्‍त के हुनेछ, म हेर्नेछु। किनकि तिनीहरू उल्‍टा पुस्‍ताका हुन्, विश्‍वासघाती सन्‍तानहरू हुन्‌।</verse>
				<verse number="21">जो ईश्‍वर होइन, त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु, समझै नभएको एउटा जातिद्वारा तिनीहरूको रीस उठाउनेछु।</verse>
				<verse number="22">किनकि मेरो रीसले एउटा आगो सल्‍काएको छ, जसले तल मृत्‍युको राज्‍यसम्‍मै जलाउँछ। त्‍यसले पृथ्‍वी र त्‍यसको उब्‍जनीलाई भस्‍म पार्नेछ, र पहाड़हरूका जगमा आगो लाउनेछ।</verse>
				<verse number="23">“म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु, म आफ्‍ना काँड़ तिनीहरूमाथि चलाउनेछु।</verse>
				<verse number="24">म तिनीहरूका विरुद्धमा नाश गर्ने अनिकाल पठाउनेछु, क्षय गर्ने महामारी र भयङ्कर रूढ़ी। तिनीहरूका विरुद्ध जङ्गली जनावरका दाह्रा पठाउनेछु, र भूइँमा घस्रने विषालु सर्पहरू।</verse>
				<verse number="25">गल्‍ली-गल्‍लीमा तरवारले तिनीहरूलाई निस्‍सन्‍तान बनाउनेछ, तिनीहरूका घर-घरमा आतङ्कले राज्‍य गर्नेछ। युवक-युवतीहरू दुवै नष्‍ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि।</verse>
				<verse number="26">मैले भनें, ‘म तिनीहरूलाई टाढ़ा-टाढ़ासम्‍म तितरबितर पार्नेछु, र मानव-जातिको बीचबाट तिनीहरूको सम्‍झना मेटिदिनेछु’।</verse>
				<verse number="27">तर मलाई शत्रुको खिसी मन परेन, कहीँ विरोधीले गल्‍ती सम्‍झेर भन्‍ला, ‘हाम्रो हातले विजय पायो, परमप्रभुले यो सब गर्नुभएको होइन’।”</verse>
				<verse number="28">तिनीहरू समझ नभएको जाति हुन्, र तिनीहरूमा केही अन्‍तर्दृष्‍टि नै छैन।</verse>
				<verse number="29">तिनीहरू बुद्धिमान्‌ भएर यो कुरो बुझ्‍न सक्‍ने भएको भए, र तिनीहरूको अन्‍त के हुन्‍छ सो देखेको भए!</verse>
				<verse number="30">तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए, परमप्रभुले तिनीहरूलाई त्‍यागी नसक्‍नुभएको भए, कसरी एक जनाले एक हजारलाई खेद्‌न सक्‍थ्‍यो, वा दुई जनाले दश हजारलाई?</verse>
				<verse number="31">किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्‍तो होइन, हाम्रा शत्रुहरू आफैले पनि यो स्‍वीकार गर्छन्‌।</verse>
				<verse number="32">उनीहरूको लहरा सदोमको लहराबाट र गमोराका बारीहरूबाट आएको हो। उनीहरूका दाख विषले भरिएका छन्‌ र उनीहरूका दाखका झुप्‍पाहरू तीतोपनले।</verse>
				<verse number="33">उनीहरूको दाखमद्य सर्पहरूको विष, गोमनको कड़ा विष हो।</verse>
				<verse number="34">“के यो मैले साँचेर राखेको छैनँ, र मेरा भण्‍डारमा छाप मारेर राखेको छैनँ?</verse>
				<verse number="35">	बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। ठीक समयमा उनीहरूको खुट्टा चिप्‍लनेछ, उनीहरूको पतनको दिन नजिक आएको छ। उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”</verse>
				<verse number="36">	जब तिनीहरूको बल घटेको र बँधुवा वा फुक्‍का केही नरहेको उहाँले देख्‍नुहुन्‍छ। तब परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ, र आफ्‍ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।</verse>
				<verse number="37">उहाँले भन्‍नुहुनेछ, “उनीहरूका देवताहरू कहाँ छन्, उनीहरूले शरण लिएको चट्टान?</verse>
				<verse number="38">यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्‍थे, र उनीहरूका अर्घको दाखमद्य पिउँथे? यिनीहरू उठेर तिमीहरूको सहायता गरून्‌! यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!</verse>
				<verse number="39">“अब हेर, म उही हुँ, मबाहेक अरू कोही ईश्‍वर छैन। म नै मार्दछु, र म नै जीवित पार्दछु। म नै चोट लाउँछु, र म नै निको पार्छु, र कसैले मेरो हातबाट छुटाउन सक्‍दैन।</verse>
				<verse number="40">म आफ्‍नो हात स्‍वर्गतिर उठाएर घोषणा गर्छु: म सधैँको लागि जिएझैँ</verse>
				<verse number="41">जब म आफ्‍नो चम्‍कने तरवारमा शान लगाउँछु, र मेरो हातले इन्‍साफमा त्‍यो पक्रन्‍छ, तब म मेरा विरोधीहरूमाथि बदला लिनेछु, र मलाई तिरस्‍कार गर्नेहरूलाई साटो फेर्नेछु।</verse>
				<verse number="42">म मेरा काँड़हरूलाई रगतले मत्‍याउनेछु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर!”</verse>
				<verse number="43">	हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, किनकि उहाँले आफ्‍ना दासहरूका रगतको बदला लिनुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूमाथि साटो लिनुहुनेछ, र आफ्‍नो देश र आफ्‍नो प्रजाको लागि प्रायश्‍चित गर्नुहुनेछ।</verse>
				<verse number="44">मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्‍दहरू सुनाए।</verse>
				<verse number="45">जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू भनिसिद्ध्याए,</verse>
				<verse number="46">तब तिनले तिनीहरूलाई भने, “आज मैले तिमीहरूलाई गम्‍भीरतापूर्वक दिएका सबै वचनहरू आफ्‍नो मनमा राख, ताकि आफ्‍ना छोराछोरीहरूलाई पनि यस व्‍यवस्‍थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा दिन सक।</verse>
				<verse number="47">यी तिमीहरूका लागि व्‍यर्थका शब्‍द होइनन्‌। यी तिमीहरूका लागि जीवन हुन्‌। यीद्वारा नै यर्दन पारि अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”</verse>
				<verse number="48">परमप्रभुले त्‍यही दिन मोशालाई यसो भन्‍नुभयो,</verse>
				<verse number="49">“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्‍लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्‌।</verse>
				<verse number="50">अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्‍यो अनि मरिगएका आफन्‍तहरूकहाँ गयो, त्‍यसरी तँ उक्‍लेर जाने त्‍यस पर्वतमा मर्नेछस्‌ र मरिगएका तेरा आफन्‍तहरूकहाँ जानेछस्‌।</verse>
				<verse number="51">किनभने तिमीहरू दुवैले जीनको उजाड़-स्‍थानको मेरीबा-कादेशका पानीमा इस्राएलीहरूका बीचमा मलाई विश्‍वासघात गर्‍यौ, किनकि तिमीहरूले इस्राएलीहरूका बीचमा मेरो पवित्रताको कदर गरेनौ।</verse>
				<verse number="52">त्‍यसैकारण मैले इस्राएलीहरूलाई दिने त्‍यस देशलाई तैंले टाढ़ैबाट मात्र देख्‍नेछस्, तर त्‍यहाँ तँ जान पाउनेछैनस्‌।”</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">परमेश्‍वरका मानिस मोशाले आफ्‍नो मृत्‍युभन्‍दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो।</verse>
				<verse number="2">तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।</verse>
				<verse number="3">निश्‍चय नै तपाईं मानिसहरूलाई प्‍यारो गर्ने हुनुहुन्‍छ, सबै पवित्र जनहरू तपाईंकै हातमा छन्‌। तिनीहरू सबै तपाईंका पाउमा दण्‍डवत्‌ गर्छन्, र तपाईंबाट अर्ती लिन्‍छन्‌—</verse>
				<verse number="4">मोशाले दिएको व्‍यवस्‍था, याकूबका समुदायको सम्‍पत्ति।</verse>
				<verse number="5">उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए।</verse>
				<verse number="6">“रूबेन बाँचिरहून्, र नमरून्, र तिनका मानिसहरू थोरै नहोऊन्‌।”</verse>
				<verse number="7">यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌। आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।”</verse>
				<verse number="8">लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्‍मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्‍साहमा जाँच्‍नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।</verse>
				<verse number="9">तिनले आफ्‍ना पिता र आफ्‍नी माताको विषयमा भने, ‘म उनीहरूको आदर गर्दिनँ’। तिनले आफ्‍ना दाजुभाइहरूलाई इन्‍कार गरे, आफ्‍नै बालबच्‍चालाई स्‍वीकार गरेनन्‌। तर तिनले तपाईंका वचनको रखवाली गरे, र तपाईंका करारको रक्षा गरे।</verse>
				<verse number="10">तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्‌, र इस्राएललाई तपाईंको व्‍यवस्‍था सिकाउँछन्‌। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्‍पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्‌।</verse>
				<verse number="11">हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष्‌ दिनुहोस्, र तिनका हातका काम ग्रहण गर्नुहोस्‌। तिनको विरुद्धमा उठ्‌ने सबैको कम्‍मरमा हिर्काउनुहोस्, फेरि उठ्‌न नसक्‍ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्‌।”</verse>
				<verse number="12">बेन्‍यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्‍नुहुन्‍छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्‍छन्‌।</verse>
				<verse number="13">योसेफको विषयमा तिनले भने: माथि आकाशबाट आउने अमूल्‍य शीतले र तलका गहिराइका पानीले सिँचेर, परमप्रभुले तिनको देशलाई आशिष्‌ देऊन्‌—</verse>
				<verse number="14">घामले उब्‍जाउने सबभन्‍दा उत्तम कुरा, र जूनले दिन सक्‍ने सबभन्‍दा असल कुरा,</verse>
				<verse number="15">प्राचीन पर्वतहरूका सबभन्‍दा मनपर्दा उपहारहरू, र अनन्‍तका डाँड़ाहरूका प्रचुरता,</verse>
				<verse number="16">पृथ्‍वी र त्‍यसको परिपूर्णताका उत्तम उपहारहरू, र बलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाह— यी सबै योसेफको शिरमाथि रहून्, आफ्‍ना दाजुभाइहरूमध्‍येका राजकुमारको आँखीभुइँमाथि।</verse>
				<verse number="17">प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्‌। यीद्वारा तिनले जातिहरूलाई, पृथ्‍वीको पल्‍लो छेउकाहरूलाई पनि हान्‍नेछन्‌। एफ्राइमका लाखौँ यस्‍तै हुन्‍छन्, मनश्‍शेका हजारौँ यस्‍तै हुन्‍छन्‌।”</verse>
				<verse number="18">जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्‍साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।</verse>
				<verse number="19">तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्‍यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्‌। तिनीहरूले समुद्रको प्रचुर सम्‍पत्ति र बालुवामा भएका गुप्‍त धन उपभोग गर्नेछन्‌।”</verse>
				<verse number="20">गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्‍यको हो, गाद त्‍यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्‍छन्‌।</verse>
				<verse number="21">तिनले आफ्‍नो निम्‍ति सबभन्‍दा उत्तम जग्‍गा छाने, नायकको हिस्‍सा तिनको निम्‍ति छुट्ट्याइएको थियो। जब मानिसहरूका नेताहरू भेला भएका थिए, तिनले परमप्रभुको धार्मिक इच्‍छा र इस्राएलको सम्‍बन्‍धमा उहाँका इन्‍साफहरू पूरा गरे।</verse>
				<verse number="22">दानको विषयमा तिनले भने: “बाशानबाट हामफाल्‍दैआउने दान सिंहको डमरु हुन्‌।”</verse>
				<verse number="23">नप्‍तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।”</verse>
				<verse number="24">आशेरको विषयमा तिनले भने: “छोराहरूमध्‍ये सबैभन्‍दा आशिष्‌ पाउने आशेर हुन्‌। तिनी आफ्‍ना दाजुभाइहरूको अति प्रिय होऊन्, अनि तिनको आफ्‍ना खुट्टा तेलले धोऊन्‌।</verse>
				<verse number="25">तिम्रा ढोकाका आग्‍ला फलाम र काँसाका हुनेछन्, जस्‍तो तिम्रा दिन त्‍यस्‍तै तिम्रो शक्ति हुनेछ।</verse>
				<verse number="26">“यशूरूनका परमेश्‍वरजस्‍तो अरू कोही छैन, जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्‍छ, र आफ्‍नो प्रतापमा बादलमाथि।</verse>
				<verse number="27">अनन्‍तका परमेश्‍वर तिमीहरूको वासस्‍थान हुनुहुन्‍छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्‌। ‘त्‍यसलाई नाश गर’ भन्‍दै उहाँले तिमीहरूका सामुन्‍नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।</verse>
				<verse number="28">अन्‍न र नयाँ दाखमद्यको देशमा, जहाँ आकाशले शीत झार्छ, इस्राएल एकलै सुरक्षामा रहनेछ, याकूबको मूल सुरक्षित छ।</verse>
				<verse number="29">ए इस्राएल, तिमी धन्‍यका हौ, परमप्रभुद्वारा मुक्ति पाएको जाति, तिमीजस्‍तो को छ र? उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्‍छ, र तिम्रो महिमित तरवार। तिम्रा शत्रुहरू तिम्रा अगि लुरूक्‍क परेर आउनेछन्, र तिमीले उनीहरूका अल्‍गा ठाउँहरूमा टेक्‍नेछौ।”</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म,</verse>
				<verse number="2">समस्‍त नप्‍ताली, एफ्राइम र मनश्‍शेको देश, पश्‍चिमको समुद्रसम्‍मको यहूदाको समस्‍त देश,</verse>
				<verse number="3">नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म।</verse>
				<verse number="4">तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “‘तेरा भावी सन्‍तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्‍यहाँ जान पाउनेछैनस्‌।”</verse>
				<verse number="5">तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे।</verse>
				<verse number="6">मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन।</verse>
				<verse number="7">मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन।</verse>
				<verse number="8">मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्‍म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।</verse>
				<verse number="9">अब नूनका छोरा यहोशू बुद्धिको आत्‍माले परिपूर्ण थिए, किनकि मोशाले आफ्‍ना हात तिनीमाथि राखेका थिए। तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।</verse>
				<verse number="10">त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्‍थ्‍यो।</verse>
				<verse number="11">तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्‍त देशमा आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो।</verse>
				<verse number="12">किनकि समस्‍त इस्राएलीहरूको दृष्‍टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्‍यै देखाएको छैन।</verse>
			</chapter>
		</book>
		<book number="6">
			<chapter number="1">
				<verse number="1">परमप्रभुका दास मोशाको मृत्‍युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्‍नुभयो,</verse>
				<verse number="2">“मेरो दास मोशा मर्‍यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।</verse>
				<verse number="3">मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्‍चिने सबै जग्‍गा म तँलाई दिनेछु।</verse>
				<verse number="4">मरुभूमिदेखि लेबनानसम्‍म लिएर महानदी, अर्थात्‌ यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्‍मै देश— पश्‍चिमतिर महासागरसम्‍मै तिमीहरूको सिमाना हुनेछ।</verse>
				<verse number="5">तेरो जीवनभरि तेरो सामुन्‍ने कोही मानिस खड़ा हुन सक्‍नेछैन। जसरी म मोशासँग रहें, त्‍यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्‌ने, अनि तँलाई त्‍याग्‍नेछैनँ।</verse>
				<verse number="6">“बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्‌।</verse>
				<verse number="7">बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्‍यवस्‍था पालन गर्‌। त्‍यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्‌।</verse>
				<verse number="8">व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।</verse>
				<verse number="9">तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”</verse>
				<verse number="10">तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे,</verse>
				<verse number="11">“छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आ-आफ्‍ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’।”</verse>
				<verse number="12">तर यहोशूले रूबेनी, गादी र मनश्‍शेको आधा कुललाई भने,</verse>
				<verse number="13">“परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात्‌ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्‍ने वचन सम्‍झ।</verse>
				<verse number="14">तिमीहरूका स्‍त्रीहरू, बालबच्‍चाहरू र गाईबस्‍तुहरू मोशाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्‍नेछन्‌। तर तिमीहरूका सबै योद्धाहरू हतियार भिरी आ-आफ्‍ना दाजुभाइहरूका अगिअगि पारि जानुपर्छ।</verse>
				<verse number="15">अनि जबसम्‍म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्‍न र परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश उनीहरूले जबसम्‍म अधिकार गर्नेछैनन्‌ तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्छ। त्‍यसपछि परमप्रभुका दास मोशाले यर्दन वारि पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्‍यसको अधिकार गर्न सक्‍नेछौ।”</verse>
				<verse number="16">अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्‍छ त्‍यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्‍छ, हामी त्‍यहाँ जानेछौं।</verse>
				<verse number="17">जसरी हामीले मोशाका सबै कुरा मान्‍थ्‍यौं त्‍यसरी हामी तपाईंलाई पनि मान्‍नेछौं। परमप्रभु तपाईंका परमेश्‍वर जसरी मोशाका साथमा हुनुहुन्‍थ्‍यो, त्‍यसरी तपाईंका साथमा पनि रहून्‌।</verse>
				<verse number="18">तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्‍यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्‌।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्‍य तवरले पठाएर भने, “त्‍यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्‍याको घरमा आइपुगे, र त्‍यहीँ वास बसे।</verse>
				<verse number="2">अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्‌।”</verse>
				<verse number="3">यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्‍ने मान्‍छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्‌।”</verse>
				<verse number="4">तर त्‍यस स्‍त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्‍यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन्‌ मलाई थाहा भएन।</verse>
				<verse number="5">साँझपख सहरको मूल ढोका बन्‍द गरिने बेलामा तिनीहरू निस्‍केर गए। ती मानिसहरू कता गए, मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ।”</verse>
				<verse number="6">(तर त्‍यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई, र कौसीमा त्‍यसले मिलाएर राखेकी सनका डाँठहरूमुनि तिनीहरूलाई लुकाइराखेकी थिई।)</verse>
				<verse number="7">खेद्‌ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्‌दै यर्दनका जँघारहरू पुग्‍ने बाटोतिर लागे। तिनीहरूलाई खेद्‌नेहरू बाहिर निस्‍कने बित्तिकै सहरको मूल ढोका बन्‍द भयो।</verse>
				<verse number="8">ती जासूसहरू सुत्‍न अघि माथि कौसीमा त्‍यो स्‍त्री उक्‍लेर आई,</verse>
				<verse number="9">र त्‍यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्‍दाहरू तपाईंहरूको भयले काम्‍न थालेका छन्‌।</verse>
				<verse number="10">तपाईंहरू मिश्रदेशबाट निस्‍केर आउनुहुँदा तपाईंहरूका सामुन्‍ने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।</verse>
				<verse number="11">यो सुन्‍ने बित्तिकै हामी ब्याकुल बन्‍यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्‍वर्गमा र तल पृथ्‍वीमा परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="12">यसकारण अब म तपाईंहरूलाई बिन्‍ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्‌। मलाई एउटा निश्‍चित चिन्‍ह दिनुहोस्,</verse>
				<verse number="13">कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्‍युबाट बचाउनुहुनेछ।”</verse>
				<verse number="14">ती मानिसहरूले त्‍यसलाई आश्‍वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्‍वासपूर्वक व्‍यवहार गर्नेछौं।”</verse>
				<verse number="15">तब त्‍यसले तिनीहरूलाई झ्‍यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्‍यो बसेकी घर सहरको पर्खालमै थियो।</verse>
				<verse number="16">त्‍यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्‌नेहरूले भेट्टाउलान्‌। खेद्‌नेहरू नफर्कुञ्‍जेल तीन दिन त्‍यहीँ लुक्‍नुहोस्, अनि त्‍यसपछि तपाईंहरू आफ्‍नो बाटो लाग्‍नुहोला।”</verse>
				<verse number="17">ती मानिसहरूले त्‍यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन।</verse>
				<verse number="18">हामी यस देशमा आउँदा जुन झ्‍यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्‍यही झ्‍यालमा यो रातो डोरी बाँधिराख्‍नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्‍नुपर्छ।</verse>
				<verse number="19">जो तिम्रो घरबाट बाहिर सड़कमा निस्‍कन्‍छ त्‍यसको रगत त्‍यसैको शिरमा पर्नेछ, र हामी निर्दोष रहनेछौं। अनि जो तिमीसँग यस घरमा रहनेछ त्‍यसमाथि कसैको हात पर्‍यो भने त्‍यसको रगत हाम्रो शिरमा पर्नेछ।</verse>
				<verse number="20">तर तिमीले हाम्रो यो कुरा प्रकट गर्‍यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्‍वतन्‍त्र हुनेछौं।”</verse>
				<verse number="21">त्‍यसले भनी, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस्‌।” अनि त्‍यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्‍यसले त्‍यो रातो डोरी झ्‍यालमा बाँधी।</verse>
				<verse number="22">तिनीहरू गए, र डाँड़ामा पुगे, र खेद्‌नेहरू नफर्कुञ्‍जेल तीन दिनसम्‍म त्‍यहीँ बसे। खेद्‌न आउनेहरूले सम्‍पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्‌।</verse>
				<verse number="23">तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्‍तार सुनाए।</verse>
				<verse number="24">तिनीहरूले यहोशूलाई भने, “साँच्‍ची नै परमप्रभुले त्‍यो सम्‍पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्‍यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यहोशू बिहान सखारै उठे, र तिनी र सबै इस्राएलीहरू शित्तीम छोड़ेर यर्दनमा आए, जहाँ पारि तर्नभन्‍दा पहिले तिनीहरू वास बसे।</verse>
				<verse number="2">तीन दिनपछि अधिकृतहरू छाउनीका बीच-बीचमा गए,</verse>
				<verse number="3">र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारको सन्‍दूक, र त्‍यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्‍छौ, तब तिमीहरू आ-आफ्‍नो ठाउँ छोड़ेर त्‍यसको पछि लाग।</verse>
				<verse number="4">यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्‍यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्‍यसको बीचमा करीब एक हजार मिटरको अन्‍तर राख। त्‍यसको नजिक नआओ।”</verse>
				<verse number="5">यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”</verse>
				<verse number="6">यहोशूले पूजाहारीहरूलाई यसो भने, “करारको सन्‍दूक उठाएर मानिसहरूका अगिअगि हिँड़।” तब तिनीहरूले करारको सन्‍दूक उठाए र मानिसहरूका अगिअगि हिँड़े।</verse>
				<verse number="7">अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्‍यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु।</verse>
				<verse number="8">करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूलाई तैंले यस्‍तो आज्ञा गर्नू, ‘तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्‍नासाथ यर्दनमा खड़ा रहनू’।”</verse>
				<verse number="9">यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरका वचन सुन।</verse>
				<verse number="10">“जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्‍छ र उहाँले निश्‍चय नै तिमीहरूका सामुन्‍नेबाट कनानी, हित्ती, हिव्‍वी, परिज्‍जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्‍ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ।</verse>
				<verse number="11">हेर, सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ।</verse>
				<verse number="12">अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्‍छे एक-एक पुरुष गरी छान।</verse>
				<verse number="13">जब सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्‍यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।”</verse>
				<verse number="14">यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्‍ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्‍दूक बोकेर मानिसहरूका अगि लागे।</verse>
				<verse number="15">कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्‍छ। तापनि सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै</verse>
				<verse number="16">माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्‍यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे।</verse>
				<verse number="17">सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्‍यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्‍जेलसम्‍म परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्‍थिर भई खड़ा रहे।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“मानिसहरूबाट बाह्र जना पुरुष, कुलैपिच्‍छे एक-एक पुरुष गरी लिएर</verse>
				<verse number="3">तिनीहरूलाई यसो भन्‍ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्‍याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्‍छौ त्‍यहीँ राखिदेओ’।”</verse>
				<verse number="4">यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्‍छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए।</verse>
				<verse number="5">यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्‍तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्‍नो काँधमा राखेर ल्‍याओ।</verse>
				<verse number="6">तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्‍यमा तिमीहरूका छोराछोरीहरूले, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोध्‍दा</verse>
				<verse number="7">तिमीहरूले तिनीहरूलाई यसो भन्‍नू, ‘परमप्रभुका करारका सन्‍दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्‍ति सदाका स्‍मारकको रूपमा रहनेछन्‌।”</verse>
				<verse number="8">परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यहोशूको आदेश पालन गरेर इस्राएलका कुलको संख्‍याअनुसार इस्राएलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्‍याए र तिनीहरू बसेका ठाउँमा राखे।</verse>
				<verse number="9">करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँ, अर्थात्‌ यर्दनको बीचबाट ल्‍याइएका बाह्र वटा ढुङ्गा यहोशूले उभ्‍याए। ती आजको दिनसम्‍म त्‍यहीँ छन्‌।</verse>
				<verse number="10">मोशाले यहोशूलाई अह्राएअनुसार, मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पूरा नहोउञ्‍जेल सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनको बीचमै उभिरहे, र मानिसहरू चाँड़ो-चाँड़ो गरेर पार तरे।</verse>
				<verse number="11">अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्‍दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्‍ने पार तरे।</verse>
				<verse number="12">मोशाले तिनीहरूलाई भनेबमोजिम रूबेनका सन्‍तान, गादका सन्‍तान र मनश्‍शेको आधा कुल पनि इस्राएलीहरूका सामुन्‍ने हातहतियार भिरेर तरे।</verse>
				<verse number="13">करीब चालीस हजार जति लड़ाइँको लागि हातहतियार भिरेका पुरुषहरू लड़ाइँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे।</verse>
				<verse number="14">त्‍यस दिन सबै इस्राएलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्‍नुभयो र तिनीहरूले तिनको जीवनभरि मोशालाई झैँ यहोशूलाई आदर गरे।</verse>
				<verse number="15">तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो,</verse>
				<verse number="16">“गवाहीको सन्‍दूक बोक्‍ने पूजाहारीहरूलाई यर्दनबाट उक्‍लिआउनू भनी हुकुम गर्‌।”</verse>
				<verse number="17">यसकारण यहोशूले पूजाहारीहरूलाई, “तिमीहरू यर्दनबाट उक्‍लेर आओ,” भन्‍ने हुकुम गरे।</verse>
				<verse number="18">परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनको बीचबाट उक्‍लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूइँमा टेक्‍ने बित्तिकै यर्दनको पानी आफ्‍नो बाटोमा फर्केर आयो र अघिझैँ किनार ढाकेर बग्‍न थाल्‍यो।</verse>
				<verse number="19">पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्‍लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्‍ने ठाउँमा आफ्‍नो छाउनी बनाए।</verse>
				<verse number="20">तिनीहरूले यर्दन नदीबाट निकालेर ल्‍याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे।</verse>
				<verse number="21">अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्‍चाले आफ्‍ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने,</verse>
				<verse number="22">तिमीहरूले आफ्‍ना बालबच्‍चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्‍खा जमिनमा टेकेर तरेका थिए’।</verse>
				<verse number="23">जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई हामीले पार नगरुञ्‍जेल हाम्रा सामुन्‍ने सुकाउनुभएको थियो, त्‍यसरी नै तिमीहरूका सामुन्‍ने तिमीहरू पार नगरुञ्‍जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो।</verse>
				<verse number="24">पृथ्‍वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्‍य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मान भन्‍ने ध्‍येयले यो सब भएको हो।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">यर्दन वारि पश्‍चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्‍ति तिनीहरू पार नतरुञ्‍जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्‍ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्‍न लाग्‍यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन।</verse>
				<verse number="2">त्‍यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “पत्‍थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्‍ट इस्राएलीहरूलाई खतना गर्‌।”</verse>
				<verse number="3">तब यहोशूले पत्‍थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे।</verse>
				<verse number="4">यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात्‌ योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा मरिसकेका थिए।</verse>
				<verse number="5">मिश्रदेशबाट जति निस्‍केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा जन्‍मेका जति कसैको पनि खतना भएको थिएन।</verse>
				<verse number="6">इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्‍केर आएका सारा मानिसहरू, अर्थात्‌ योद्धाहरू नष्‍ट नभएसम्‍म तिनीहरू उजाड़-स्‍थानमा चालीस वर्ष हिँड्‌दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्‍न दिन्‍नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो।</verse>
				<verse number="7">यसकारण तिनीहरूको स्‍थानमा उहाँले फेरि उत्‍पन्‍न गराउनुभएको सन्‍तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए।</verse>
				<verse number="8">अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहोउञ्‍जेल छाउनीमा आ-आफ्‍ना ठाउँमा बसे।</verse>
				<verse number="9">अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मिश्रको निन्‍दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म गिलगाल भनिन्‍छ।</verse>
				<verse number="10">जब इस्राएलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे, तब तिनीहरूले चौधौँ दिनको साँझमा यरीहोको मैदानमा नै निस्‍तार-चाड़ मनाए।</verse>
				<verse number="11">निस्‍तार-चाड़को भोलिपल्‍ट, त्‍यही दिन तिनीहरूले त्‍यस देशको उब्‍जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए।</verse>
				<verse number="12">तिनीहरूले त्‍यस देशको उब्‍जनीको अन्‍न खाएको भोलिपल्‍टदेखि नै मन्‍न थामियो, र त्‍यसपछि इस्राएलीहरूलाई मन्‍न कहिल्‍यै पनि मिलेन। तर त्‍यस साल तिनीहरूले कनान देशको अन्‍न खाए।</verse>
				<verse number="13">यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामुन्‍ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्‌। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्‍छ कि हाम्रा शत्रु हुनुहुन्‍छ?” भनेर सोधे।</verse>
				<verse number="14">अनि उनले भने, “होइन, तर परमप्रभुको फौजको कप्‍तान भएर म यहाँ आएको हुँ।” तब यहोशूले जमिनमा घोप्‍टो परेर दण्‍डवत्‌ गरे, र उनलाई भने, “मेरा प्रभु, आफ्‍नो दासलाई के भन्‍नुहुन्‍छ?”</verse>
				<verse number="15">अनि परमप्रभुका फौजका कप्‍तानले यहोशूलाई भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्, किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्‍यसै गरे।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">त्‍यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्‍यो।</verse>
				<verse number="2">तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।</verse>
				<verse number="3">सबै सशस्‍त्र लड़ाकाहरू त्‍यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्‍म तिमीहरूले यसै गर्नू।</verse>
				<verse number="4">सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्‍दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्‍यो सहर सात चोटि घुम्‍नू, र पूजाहारीहरूले तुरही फुकून्‌।</verse>
				<verse number="5">अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्‍म फुक्‍लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्‌। अनि सहरको पर्खाल फेदसम्‍मै ढल्‍नेछ, र हरेक मानिस आफ्‍नो अगि सीधै बढ़ेर जाऊन्‌।”</verse>
				<verse number="6">यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्‍दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्‍दूकको अगाड़ि हिँडून्‌।”</verse>
				<verse number="7">अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्‍नेहरूचाहिँ परमप्रभुको सन्‍दूक अगिअगि हिँडून्‌।”</verse>
				<verse number="8">यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे। परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो।</verse>
				<verse number="9">हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्‍दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्‍दै हिँड़े।</verse>
				<verse number="10">तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू। मैले कराउनू भनेपछि मात्र कराउनू।”</verse>
				<verse number="11">यसरी तिनले परमप्रभुको सन्‍दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्‍यहीँ वास बसे।</verse>
				<verse number="12">यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्‍दूक उठाए।</verse>
				<verse number="13">ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्‍दूकको अगिअगि तुरही बजाउँदै हिँड्‌दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्‌नेहरू परमप्रभुका सन्‍दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्‍दै हिँड़े।</verse>
				<verse number="14">यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्‍म तिनीहरूले यसै गरे।</verse>
				<verse number="15">सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्‍यही रीतिले सहर घुमे, केवल त्‍यस दिन तिनीहरूले सात चोटि सहर घुमे।</verse>
				<verse number="16">सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।</verse>
				<verse number="17">यो सहर र यसमा भएका सबै थोक नाशको निम्‍ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्‍या र त्‍यसका घरमा त्‍यससँग भएका मात्र बाँच्‍नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्‍यसले लुकाएकी थिई।</verse>
				<verse number="18">तर नाशको निम्‍ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्‍यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्‍याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्‍याउनेछौ र यसलाई सङ्कष्‍टमा पार्नेछौ।</verse>
				<verse number="19">तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्‍ति पवित्र छन्‌। तिनीहरू परमप्रभुको भण्‍डारमा जानुपर्नेछ।”</verse>
				<verse number="20">जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्‍यो पर्खाल फेदैसम्‍म घर्लम्‍म ढल्‍यो, अनि हरेक मानिस आफ्‍नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्‍यो कब्‍जा गरे।</verse>
				<verse number="21">अनि तिनीहरूले त्‍यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्‍त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे।</verse>
				<verse number="22">अनि यहोशूले त्‍यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्‍यस वेश्‍याको घरमा जाओ, र तिमीहरूले त्‍यससित शपथ खाएअनुसार त्‍यस स्‍त्री र त्‍यससँग भएका सबैलाई त्‍यहाँबाट निकाल।”</verse>
				<verse number="23">तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्‍यसका बुबा, आमा, दाजुभाइ र त्‍यससँग भएका सबै जना, त्‍यसका सबै नातेदारलाई बाहिर ल्‍याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे।</verse>
				<verse number="24">तब तिनीहरूले त्‍यो सहर र त्‍यहाँभित्र भएका यावत्‌ थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्‍डारमा राखे।</verse>
				<verse number="25">तर राहाब वेश्‍या, त्‍यसका बुबाका परिवार र त्‍यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्‍यसले लुकाएकी थिई। अनि आजसम्‍म इस्राएलीहरूका बीचमा नै त्‍यो रहेकी छे।</verse>
				<verse number="26">त्‍यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्‍छ त्‍यो परमप्रभुको अगि श्रापित होस्‌। “यसको जग बसाल्‍दा त्‍यसको जेठो छोरो मर्नेछ, आफ्‍नो कान्‍छो छोराको मूल्‍यमा यसको मूल ढोका बसालिनेछ।”</verse>
				<verse number="27">यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्‍यस देशभरि फैलियो।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तर नाशको निम्‍ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्‍ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो।</verse>
				<verse number="2">तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्‍यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए।</verse>
				<verse number="3">अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्‍छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्‌। सबै जनालाई त्‍यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्‍यहाँकाहरू थोरै मात्र छन्‌।”</verse>
				<verse number="4">यसैले तिनीहरूमध्‍ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्‍त गरे।</verse>
				<verse number="5">करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्‍म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्‍तै भयो।</verse>
				<verse number="6">तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्‍ना लुगा च्‍यातेर शिरमा धूलो हाली परमप्रभुका सन्‍दूकको अगाड़ि भूइँमा घोप्‍टो परेर साँझसम्‍मै बसिरहे।</verse>
				<verse number="7">अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्‍वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्‍जामा हाली हामीलाई नाश गर्न किन ल्‍याउनुभयो? बरु हामी सन्‍तोष गरेर यर्दन पारि नै रहनेथियौं।</verse>
				<verse number="8">हे परमप्रभु, इस्राएलीहरूले आफ्‍ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ?</verse>
				<verse number="9">किनकि कनानीहरू र देशका सबै बासिन्‍दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्‍वीबाट हाम्रो नाउँ मेटिदिनेछन्‌। त्‍यसपछि तपाईंको महान्‌ नाउँको खातिरमा तपाईं के गर्नुहुन्‍छ?”</verse>
				<verse number="10">परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्, तँ किन यसरी घोप्‍टो पर्छस्‌?</verse>
				<verse number="11">इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्‌। नाशको निम्‍ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्‌। तिनीहरूले चोरी गरेका छन्‌ र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्‍नै मालतालसँग राखेका छन्‌।</verse>
				<verse number="12">यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुको सामु अब खड़ा हुन सक्‍दैनन्‌। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्‍ना शत्रुहरूका सामुन्‍ने पीठ फर्काउनेछन्‌। तिमीहरूले आफ्‍ना बीचबाट सो नाशको निम्‍ति अलग गरिएका माललाई नष्‍ट नपारुञ्‍जेल म अब उप्रान्‍त तिमीहरूसँग रहनेछैन।</verse>
				<verse number="13">“उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्‍ति आफैलाई शुद्ध राख्‍नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्‍यो अर्पित माल नफ्‍याँकुञ्‍जेल तिमीहरूका शत्रुहरूका सामुन्‍ने तिमीहरू खड़ा हुन सक्‍दैनौ।</verse>
				<verse number="14">“‘यसकारण बिहान तिमीहरू आ-आफ्‍नो कुलअनुसार नजिकै आउनू र जुन कुललाई परमप्रभुले पक्रनुहुन्‍छ, त्‍यो सन्‍तान-सन्‍तान गरी नजिक आओस्, र जुन सन्‍तानलाई परमप्रभु पक्रनुहुन्‍छ, सो परिवार-परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्‍छ, त्‍यसबाट एक-एक मानिस गरी नजिक आओस्‌।</verse>
				<verse number="15">अनि जो मानिस अर्पित मालसमेत पक्राउ पर्छ, त्‍यो र त्‍यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्‍यसले परमप्रभुको करार भङ्ग गरेको छ, र त्‍यसले इस्राएलमा घृणास्‍पद काम गरेको छ’।”</verse>
				<verse number="16">यहोशूले बिहान सबेरै उठेर इस्राएलीहरूलाई कुल-कुल गरेर नजिक ल्‍याए, र यहूदाको कुल पक्राउ पर्‍यो।</verse>
				<verse number="17">अनि तिनले यहूदाका सन्‍तान-सन्‍तान गरेर नजिक ल्‍याए, र जेरहको सन्‍तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्‍तानका परिवार-परिवार गरी नजिक ल्‍याए, र जब्‍दीको परिवार पक्राउ पर्‍यो।</verse>
				<verse number="18">अनि तिनले त्‍यसको घरका मानिस-मानिस गरी नजिक ल्‍याए, र आकान, जो यहूदाका कुलका जेरहको छोरो जब्‍दी, त्‍यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्‍यो।</verse>
				<verse number="19">तब यहोशूले आकानलाई भने, “हे मेरो छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरलाई नै महिमा दे, र उहाँको सामु साबिती गरी तैंले के गरेको छस्‌ सो मलाई भन्‌। मबाट त्‍यो कुरो नलुका।”</verse>
				<verse number="20">आकानले यहोशूलाई भन्‍यो, “साँचो हो, मैले परमप्रभु इस्राएलका परमेश्‍वरको विरुद्धमा पाप गरेको छु, र मेरो अपराध यो हो।</verse>
				<verse number="21">जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्‌ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्‍डा देखें, तब मलाई लोभ लाग्‍यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्‍दा मुनि चाँदी छ।”</verse>
				<verse number="22">तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्‍यस पालमा गए, र ती त्‍यसको पालमा गाड़िराखेका रहेछन्‌ र चाँदीचाहिँ सबैभन्‍दा मुनि रहेछ।</verse>
				<verse number="23">अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्‍याए, र परमप्रभुको सामु राखिदिए।</verse>
				<verse number="24">तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्‌ने, र सुनको डण्‍डा, अनि त्‍यसका छोराछोरीहरू, र त्‍यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्‍यसको पाल, र त्‍यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे।</verse>
				<verse number="25">यहोशूले भने, “तैंले हामीमाथि किन यस्‍तो सङ्कष्‍ट ल्‍याइस्‌? आज तँमाथि परमप्रभुले सङ्कष्‍ट ल्‍याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए।</verse>
				<verse number="26">तिनीहरूले आकानमाथि ढुङ्गाको ठूलो थुप्रो लगाए, जो आजको दिनसम्‍म छँदैछ। तब परमप्रभु आफ्‍ना जल्‍दो क्रोधदेखि शान्‍त हुनुभयो। यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म आकोरको बेँसी रहेको छ।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “नडरा, निराश नहो। सारा योद्धालाई साथमा लैजा। उठ्, ऐमाथि लडाइँ गर्‌। हेर्, ऐको राजालाई, त्‍यसको प्रजालाई, त्‍यसको सहर, र त्‍यसको देशलाई मैले तेरो हातमा सुम्‍पेको छु।</verse>
				<verse number="2">तैंले यरीहो र त्‍यसको राजालाई जे-जसो गरेको थिइस्, ऐ र त्‍यसको राजालाई पनि त्‍यसै गर्नेछस्, केवल त्‍यहाँको धनमाल र त्‍यहाँका पशुहरू तिमीहरूले आफ्‍नो निम्‍ति लिन सक्‍छौ। त्‍यस सहरको पछाड़ितिर ढुकेर बस्‍नू।”</verse>
				<verse number="3">यसकारण यहोशू सबै योद्धाहरूका साथमा ऐमाथि आक्रमण गर्न जानलाई उठे। यहोशूले तीस हजार सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राती नै पठाए।</verse>
				<verse number="4">तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “हेर, तिमीहरू त्‍यस सहरको पछिल्‍तिर ढुकिरहनू। सहरबाट धेरै टाढ़ा नजानू, र चनाखो रहनू।</verse>
				<verse number="5">मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्‌नेछु, र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघिजस्‍तै उनीहरूले खेद्‌दा भाग्‍नेछौं।</verse>
				<verse number="6">उनीहरूले हामीलाई खेद्‌नेछन्‌ र हामी उनीहरूलाई सहरबाट निकै टाढ़ा निकाली ल्‍याउनेछौं, अनि उनीहरूले भन्‍नेछन्, ‘पहिलेझैँ इस्राएलीहरू हाम्रा सामुन्‍नेबाट भाग्‍दैछन्‌।’ यसैले जब हामी उनीहरूका सामुन्‍नेबाट भाग्‍नेछौं,</verse>
				<verse number="7">तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्‍यो सहर कब्‍जा गर्नू, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा त्‍यो सुम्‍पनुहुनेछ।</verse>
				<verse number="8">जब सहर कब्‍जा गर्नेछौ, तब तिमीहरूले त्‍यसमा आगो लगाइदिनू। परमप्रभुको वचनअनुसार तिमीहरूले गर्नू। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु।”</verse>
				<verse number="9">यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्‍चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्‍यो रात मानिसहरूका साथमा रहे।</verse>
				<verse number="10">यहोशू बिहान सखारै उठे, र मानिसहरूलाई भेला गराएर इस्राएलीहरूका अगुवाहरूसमेत तिनीहरूका अगिअगि ऐतिर गए।</verse>
				<verse number="11">तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्‍ने नजिकै आए, र ऐको उत्तरतिर पाल टाँगे। तिनीहरूका र ऐको बीचमा एउटा बेँसी थियो।</verse>
				<verse number="12">यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्‍चिमतिर, बेथेल र ऐको बीचमा मानिसहरूलाई ढुक्‍न राखे।</verse>
				<verse number="13">तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्‍नेहरूलाई चाहिँ सहरको पश्‍चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए।</verse>
				<verse number="14">जब ऐका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्‍के। तर सहरको पछिल्‍तिर आफ्‍नो विरुद्धमा ढुकेर बसेका छन्‌ भन्‍ने उनलाई थाहा थिएन।</verse>
				<verse number="15">तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्‍ने हारेका भान पारेर उजाड़-स्‍थानको बाटो भागे।</verse>
				<verse number="16">यिनीहरूलाई खेद्‌नलाई त्‍यस सहरमा भएका सारा मानिसहरू बोलाइए, र उनीहरू यहोशूको पछिपछि खेद्‌दैगए, र सहरदेखि धेरै टाढ़ा निक्‍लिआए।</verse>
				<verse number="17">इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे।</verse>
				<verse number="18">तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्, किनकि म त्‍यो तेरो हातमा दिनेछु।” तब यहोशूले आफ्‍नो हातमा भएको भाला सहरतिर पसारे।</verse>
				<verse number="19">तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्‍ने मानिसहरू झट्टै आ-आफ्‍नो ठाउँबाट उठे, र दौड़ेर सहरभित्र पसेर त्‍यो कब्‍जा गरे, र तुरुन्‍तै त्‍यसमा आगो लगाए।</verse>
				<verse number="20">जब ऐका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धूवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे, तर उनीहरूका लागि यताउता भाग्‍ने मौका नै रहेन, किनभने उजाड़-स्‍थानतिर भाग्‍ने इस्राएलीहरू खेद्‌नेहरूतिर फर्केर जाइलागे।</verse>
				<verse number="21">किनकि जब यहोशू र सारा इस्राएलीहरूले ती ढुकेर बस्‍नेहरूले सहर कब्‍जा गरेका र सहरको धूवाँ मास्‍तिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।</verse>
				<verse number="22">उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्‍केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्‍कन र बाँच्‍न नदिई मारे।</verse>
				<verse number="23">तर ऐका राजालाई तिनीहरूले जीवितै समातेर यहोशूकहाँ ल्‍याए।</verse>
				<verse number="24">इस्राएलीहरूले ऐका सबै बासिन्‍दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड़-स्‍थानमा खतम गरे, र उनीहरू सबैलाई तरवारले निमिट्यान्‍न पारे। तब सबै इस्राएलीहरू ऐमा फर्केर त्‍यसमा भएकाहरूलाई पनि नाश गरे।</verse>
				<verse number="25">त्‍यस दिन मारिएका पुरुष र स्‍त्री दुवै गरी जम्‍मा बाह्र हजार थिए, ऐका सब मानिसहरू त्‍यत्ति नै थिए।</verse>
				<verse number="26">किनकि यहोशूले ऐका सारा बासिन्‍दाहरू नाश नभएसम्‍म आफूले भाला समातेर पसारेको हात बिसाएनन्‌।</verse>
				<verse number="27">तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्‍नै निम्‍ति लिए।</verse>
				<verse number="28">यसरी यहोशूले ऐलाई जलाएर ध्‍वंसको रास बनाइदिए, जो आजसम्‍म छँदैछ।</verse>
				<verse number="29">अनि तिनले ऐका राजालाई साँझसम्‍म एउटा रूखमा झुण्‍ड्याइराखे र सूर्यास्‍त हुँदा यहोशूको आज्ञाबमोजिम तिनीहरूले त्‍यसको लाश रूखबाट तल झारेर सहरको ढोकाभित्र पस्‍ने ठाउँमा फालिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए, जो आजसम्‍मै छ।</verse>
				<verse number="30">यहोशूले परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एबाल डाँड़ामा</verse>
				<verse number="31">परमप्रभुका दास मोशाले इस्राएलीहरूलाई आज्ञा गरेबमोजिम र मोशाले दिएको व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएअनुसार, नकाटेको, अर्थात्‌ फलामले नछोएका ढुङ्गाहरूको एउटा वेदी बनाए, र त्‍यसमा तिनीहरूले परमप्रभुको निम्‍ति होमबलि चढ़ाए, र मेलबलि पनि चढ़ाए।</verse>
				<verse number="32">यहोशूले इस्राएलीहरूका सामुन्‍ने मोशाले लेखेको व्‍यवस्‍थाको नकल पत्‍थरहरूमा खोपे।</verse>
				<verse number="33">इस्राएलीहरूलाई आशीर्वाद दिनुपर्छ भनी परमप्रभुका दास मोशाले पहिले नै आज्ञा दिएबमोजिम, परदेशी, स्‍वदेशी, सारा इस्राएली, तिनीहरूका धर्म-गुरुहरू, अधिकारीहरू, न्‍यायकर्ताहरूसमेत परमप्रभुका, करारको सन्‍दूक बोक्‍ने लेवी पूजाहारीहरूका सामुन्‍ने सन्‍दूकको दुईतिर आधा एबाल डाँड़ाको सामु र अर्को आधा गीरीज्‍जीम डाँड़ाको सामु खड़ा भए।</verse>
				<verse number="34">पछिबाट आशिष्‌ र सरापको विषयमा व्‍यवस्‍थाका सबै वचन, जो व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका छन्, सो यहोशूले पढ़ेर सुनाए।</verse>
				<verse number="35">जति कुराको मोशाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इस्राएलका सारा समाज अन्‍तर्गत स्‍त्रीहरू, केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामुन्‍ने नपढ़ेको कुरा कुनै पनि रहेन।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्‍म महासमुद्रको किनारमा बस्‍ने हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका राजाहरूले यो सब सुने,</verse>
				<verse number="2">तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्‍मा भए।</verse>
				<verse number="3">तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने,</verse>
				<verse number="4">तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्‌ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्‍ना गधामा लदाए।</verse>
				<verse number="5">अनि पुरुषहरूले आफ्‍ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए।</verse>
				<verse number="6">तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्‍धि गर्नुहोस्‌।”</verse>
				<verse number="7">अनि इस्राएली पुरुषहरूले ती हिव्‍वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्‍धि गर्न सक्‍छौं?”</verse>
				<verse number="8">उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।” तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?”</verse>
				<verse number="9">उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्‍त सुनेका छौं,</verse>
				<verse number="10">यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्‍बोनका राजा सीहोनलाई र अस्‍तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं।</verse>
				<verse number="11">यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्‍दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्‍नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्‌न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्‍धि गर्नुहोस्‌” भन’।</verse>
				<verse number="12">तपाईंहरूकहाँ निस्‍केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्‍ति यो हाम्रो रोटी तातै लिएर आएका थियौं, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ।</verse>
				<verse number="13">हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्‌।”</verse>
				<verse number="14">ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे।</verse>
				<verse number="15">अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्‍झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे।</verse>
				<verse number="16">गिबोनीहरूसँग सम्‍झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्‍नै छिमेकी रहेछन्, र आफ्‍ना बीचमै रहनेहरू रहेछन्‌ भन्‍ने कुरा इस्राएलीहरूले सुने।</verse>
				<verse number="17">यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्‌।</verse>
				<verse number="18">इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे।</verse>
				<verse number="19">तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्‍दैनौं।</verse>
				<verse number="20">हामीले यसै गर्नुपर्छ: हामी उनीहरूलाई जीवितै रहन दिनेछौं, नत्रता हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ।”</verse>
				<verse number="21">अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्‍ति उनीहरू दाउरे र पनेरे भए।</verse>
				<verse number="22">अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्‍तवमा तिमीहरू त हामीहरूमध्‍ये बस्‍नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ?</verse>
				<verse number="23">यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्‍नुपर्नेछ।”</verse>
				<verse number="24">उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले आफ्‍नो दास मोशालाई यो देश जम्‍मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्‍दाहरूलाई नष्‍ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्‍ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्‍नो ज्‍यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं।</verse>
				<verse number="25">अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्‍छ, हामीसित गर्नुहोस्‌।”</verse>
				<verse number="26">यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्‌।</verse>
				<verse number="27">त्‍यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्‍ति र परमप्रभुले छान्‍नुभएको ठाउँमा उहाँका वेदीको निम्‍ति दाउरे र पनेरे तुल्‍याए। उनीहरू आजको दिनसम्‍म त्‍यस्‍तै छन्‌।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">यहोशूले ऐ सहर कब्‍जा गरेर ध्‍वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्‍यहाँका राजालाई जस्‍तै गरे र गिबोनका बासिन्‍दाहरूले इस्राएलीहरूसँग सन्‍धि गरेर बसेका छन्‌ भन्‍ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए।</verse>
				<verse number="2">उनी र उनका मानिसहरू ज्‍यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्‍यो ऐभन्‍दा पनि ठूलो थियो र त्‍यहाँका सबै निवासीहरू शूरवीर थिए।</verse>
				<verse number="3">यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरलाई आह्वान गरे,</verse>
				<verse number="4">“मकहाँ आउनुहोस्‌ र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्‍यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।”</verse>
				<verse number="5">तब एमोरीहरूका पाँच राजा, अर्थात्‌ यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्‍लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्‍ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्‍यसको विरुद्ध लड़ाइँ गरे।</verse>
				<verse number="6">यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्‌। आफ्‍ना दासहरूलाई नत्‍याग्‍नुहोस्, किनकि पहाड़ी देशमा बस्‍ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्‌।”</verse>
				<verse number="7">त्‍यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए।</verse>
				<verse number="8">अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्‍पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्‍ने टिक्‍न सक्‍नेछैन।”</verse>
				<verse number="9">यहोशू रातारात गिलगालबाट हिँड़ेर अचानक उनीहरूमाथि जाइलागे।</verse>
				<verse number="10">परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्‍ने अस्‍तव्‍यस्‍त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्‍केदासम्‍म मार्दैगए।</verse>
				<verse number="11">इस्राएलीहरूका सामुन्‍नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्‍मै ओह्रालोमा भाग्‍दैथिए, परमप्रभुले स्‍वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्‍ये इस्राएलीहरूले तरवारले मारेका भन्‍दा धेरै जना असिनाले मरे।</verse>
				<verse number="12">परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्‍पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्‍थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँचाहिँ अय्‍यालोनको बेँसीमाथि अड़िरह।”</verse>
				<verse number="13">जाति शत्रुमाथि प्रतिशोध नलिउञ्‍जेल सूर्य र चन्‍द्र थामिए। यो कुरोको उल्‍लेख याशारको पुस्‍तकमा पनि छ। सूर्य आकाशमण्‍डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्‍ताउनलाई आतुरी गरेन।</verse>
				<verse number="14">परमप्रभुले मानिसको कुरा सुन्‍नुभयो। त्‍यो दिनजस्‍तो उहिले र पछि कहिले भएन। अवश्‍य इस्राएलीहरूका निम्‍ति परमप्रभुले युद्ध गर्नुभयो।</verse>
				<verse number="15">तब यहोशू र तिनका साथमा सारा इस्राएलीहरू गिलगालको छाउनीमा फर्के।</verse>
				<verse number="16">अब ती पाँच राजाहरू भागेर मक्‍केदाको गुफामा लुकेका थिए।</verse>
				<verse number="17">ती पाँचै राजा मक्‍केदाको गुफामा लुकेका फेला परे भन्‍ने समाचार यहोशूकहाँ पुग्‍यो।</verse>
				<verse number="18">यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्‍यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्‍नलाई मानिसहरू नजिकै राख।</verse>
				<verse number="19">तर तिमीहरूचाहिँ नपर्ख, आफ्‍ना शत्रुलाई पछिपछि खेद, उनीहरूलाई पछिल्‍तिरबाट आक्रमण गर। उनीहरूलाई उनका सहरहरूमा प्रवेश गर्न नदेओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पनुभएको छ।”</verse>
				<verse number="20">जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्‍यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे,</verse>
				<verse number="21">तब सबै मानिस मक्‍केदाको छाउनीमा यहोशूकहाँ कुशलसाथ फर्के। इस्राएलीहरूका विरुद्धमा कसैको वाक्‍य फुटेन।</verse>
				<verse number="22">यहोशूले भने, “गुफाको मुख खोलेर ती पाँच राजालाई गुफाबाट निकालेर मकहाँ ल्‍याओ।”</verse>
				<verse number="23">तिनीहरूले त्‍यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्‍लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्‍याए।</verse>
				<verse number="24">तिनीहरूले ती राजालाई यहोशूकहाँ ल्‍याएपछि यहोशूले इस्राएलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाइँका सेनापतिहरूलाई बोलाएर भने, “यता आओ, र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक।” अनि तिनीहरू आएर आ-आफ्‍ना खुट्टाले यिनीहरूका गर्दनमा टेके।</verse>
				<verse number="25">यहोशूले तिनीहरूलाई भने, “नडराओ, हरेस नखाओ। हिम्मत गरेर बलिया होओ, किनकि तिमीहरूले लड्‌नुपर्ने तिमीहरूका वैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ।”</verse>
				<verse number="26">तब यहोशूले उनीहरूलाई हिर्काएर मारे, र उनीहरूलाई पाँच वटा रूखमा झुण्‍ड्याइदिए, अनि तिनीहरू साँझसम्‍मै रूखमा झुण्‍डिरहे।</verse>
				<verse number="27">सूर्यास्‍तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्‍यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्‍म छँदैछ।</verse>
				<verse number="28">अनि त्‍यही दिन यहोशूले मक्‍केदा कब्‍जा गरे, र त्‍यसलाई र त्‍यसका राजालाई समेत तरवारले नाश गरे। तिनले त्‍यसमा भएका सबै मानिसहरूलाई नाश गरे, र कसैलाई पनि बाँकी राखेनन्‌। तिनले यरीहोका राजालाई गरेजस्‍तै मक्‍केदाका राजालाई पनि गरे।</verse>
				<verse number="29">त्‍यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा मक्‍केदाबाट हिँड़ेर लिब्‍ना गए, र त्‍यसलाई आक्रमण गरे।</verse>
				<verse number="30">परमप्रभुले त्‍यो र त्‍यसका राजालाई इस्राएलीहरूको हातमा सुम्‍पिदिनुभयो, र तिनलाई र त्‍यहाँ भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनले त्‍यहाँ कसैलाई पनि बाँकी राखेनन्‌। यरीहोका राजालाई तिनले जसो गरेका थिए त्‍यहाँका राजालाई पनि तिनले त्‍यसै गरे।</verse>
				<verse number="31">तब यहोशू सबै इस्राएलीहरूका साथमा लिब्‍नाबाट हिँड़ेर लाकीशमा गए, र घेरा हालेर त्‍यसलाई आक्रमण गरे।</verse>
				<verse number="32">परमप्रभुले लाकीशलाई इस्राएलीहरूका हातमा सुम्‍पिदिनुभयो, र दोस्रो दिन तिनीहरूले त्‍यो कब्‍जा गरे, अनि त्‍यसलाई र त्‍यसमा भएका सबै मानिसहरूलाई तिनले लिब्‍नालाई गरेबमोजिम गरे, तरवारले उनीहरूलाई नाश गरे।</verse>
				<verse number="33">त्‍यसै बेला गेजेरका राजा होराम लाकीशलाई मदत गर्नलाई आए। तर यहोशूले कसैलाई पनि जीवित नराखी उनलाई र उनका सेनाहरूलाई पराजित गरे।</verse>
				<verse number="34">त्‍यसपछि यहोशू सारा इस्राएलीहरूका साथमा लाकीशबाट हिँड़ेर एग्‍लोनमा गए, र तिनीहरूले घेरा हालेर त्‍यसमाथि आक्रमण गरे।</verse>
				<verse number="35">तिनीहरूले त्‍यही दिन त्‍यसलाई कब्‍जा गरेर तरवारले नाश गरे। तिनीहरूले लाकीशलाई झैँ त्‍यहाँका सबै प्राणीलाई तरवारले खतम गरे।</verse>
				<verse number="36">तब यहोशू सारा इस्राएलीहरूका साथमा एग्‍लोनबाट उक्‍लेर हेब्रोनमा गए, र तिनीहरूले त्‍यसमाथि आक्रमण गरे।</verse>
				<verse number="37">तिनीहरूले त्‍यो सहर कब्‍जा गरे, र त्‍यसलाई र त्‍यसका राजालाई, र त्‍यसका सबै गाउँहरू र तिनमा भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनीहरूले कसैलाई पनि बाँकी राखेनन्‌। एग्‍लोनमा झैँ तिनीहरूले त्‍यसलाई र त्‍यसमा भएका सबैलाई पूर्ण रूपले ध्‍वस्‍त पारे।</verse>
				<verse number="38">तब यहोशू सारा इस्राएलीहरूका साथमा फर्केर दबीरमा गए, र त्‍यसलाई आक्रमण गरे।</verse>
				<verse number="39">तिनीहरूले त्‍यसलाई, त्‍यसका राजालाई र त्‍यसका सारा गाउँहरूलाई कब्‍जा गरे, र तिनीहरूले उनीहरूलाई तरवारले नाश गरे। त्‍यसमा भएका सबै मानिसलाई नाश पारे। तिनले कसैलाई पनि बाँकी राखेनन्‌। तिनीहरूले हेब्रोन र लिब्‍ना तथा त्‍यहाँका राजालाई गरेझैँ, दबीर र त्‍यसका राजालाई पनि गरे।</verse>
				<verse number="40">यसरी यहोशूले सबै देश, अर्थात्‌ पहाड़ी क्षेत्र, नेगेव भनिने दक्षिण देश, तराई र पहाड़ र त्‍यहाँका सबै राजाहरूलाई समेत परास्‍त गरे। तिनले एउटालाई पनि बाँकी राखेनन्‌। परमप्रभु इस्राएलका परमेश्‍वरको आज्ञाबमोजिम सास फेर्ने जति सबैलाई तिनले नाश पारे।</verse>
				<verse number="41">यहोशूले कादेश-बर्नेदेखि लिएर गाजासम्‍म र गोशेनदेखि गिबोनसम्‍मको सबै क्षेत्रलाई परास्‍त गरे।</verse>
				<verse number="42">यी सब राजाहरूलाई उनीहरूका देशहरूसमेत यहोशूले एउटै धावामा जिते, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरले नै इस्राएलीहरूका निम्‍ति युद्ध गर्नुभएको थियो।</verse>
				<verse number="43">त्‍यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा गिलगालको छाउनीमा फर्के।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">यो सुनेर हासोरका राजा याबीनले मादोनका राजा योबाब, शिम्रोनका राजा, अक्षापको राजा,</verse>
				<verse number="2">उत्तरतिर पहाड़ी देशका राजाहरूलाई, र किन्‍नरेतका दक्षिणतिरको अराबाका, र तराईका र पश्‍चिमतिर डोरको लेकका राजाहरूलाई,</verse>
				<verse number="3">पूर्व र पश्‍चिम दुवैतिर बस्‍ने कनानी, पहाड़ी देशका एमोरी, हित्ती, परिज्‍जीहरू, यबूसीहरू र मिस्‍पा देशको हेर्मोन पहाड़मुनि बस्‍ने हिव्‍वीहरूलाई बोलाइपठाए।</verse>
				<verse number="4">उनीहरू र उनीहरूका सारा सेनासमेत, समुद्रका किनारका बालुवाजत्तिकै प्रशस्‍त घोड़ाहरू र रथहरूका साथमा खचाखच भएर निस्‍केर आए।</verse>
				<verse number="5">यी सब राजाहरू जम्‍मा भए, र उनीहरूले आएर इस्राएलीहरूसँग लड़ाइँ गर्न मेरोम नाउँका तालको नजिक सँगै छाउनी लगाए।</verse>
				<verse number="6">परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इस्राएलीहरूका हातमा सुम्‍पिदिनेछु। तैंले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटिदिनू, र उनीहरूका रथहरू आगोले जलाइदिनू।”</verse>
				<verse number="7">तब यहोशू सबै योद्धाका साथमा मेरोम नाउँको तालमा अचानक आएर उनीहरूमाथि जाइलागे।</verse>
				<verse number="8">अनि परमप्रभुले उनीहरूलाई इस्राएलीहरूका हातमा सुम्‍पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई पराजय गरे, र उनीहरूलाई ठूलो सीदोनसम्‍म, र मिस्रपोत-मैमसम्‍मै, र पूर्वतिर मिस्‍पाको मैदानसम्‍म खेदे, र एउटा पनि जीवित नराखी तिनीहरूले उनीहरूलाई मारे।</verse>
				<verse number="9">परमप्रभुले आज्ञा गर्नुभएबमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटे, र उनीहरूका रथहरू आगोमा जलाइदिए।</verse>
				<verse number="10">त्‍यस बेला यहोशूले फर्केर हासोर कब्‍जा गरे, र त्‍यहाँका राजालाई तरवारले काटे, किनकि अघि हासोर ती सबै राज्‍यमा नाइके थियो।</verse>
				<verse number="11">अनि त्‍यहाँ भएका सबैलाई तरवारले मारे। तिनीहरूले त्‍यहाँका सास फेर्ने जति एउटैलाई नछोड़ी पूर्ण रूपले नाश गरे। अनि तिनले हासोरमा आगो लगाइदिए।</verse>
				<verse number="12">ती राजकीय सहरहरू र तिनका सबै राजाहरूलाई समेत यहोशूले लिए, र परमप्रभुका दास मोशाले आज्ञा गरेबमोजिम सबैलाई तरवारले काटेर नाश पारे।</verse>
				<verse number="13">तर यहोशूले जलाएको हासोरबाहेक डाँड़ाहरूमा भएका अरू कुनै सहरलाई पनि इस्राएलीहरूले जलाएनन्‌।</verse>
				<verse number="14">यी सहरहरूका सबै पशुहरू र धनमाल जति इस्राएलीहरूले आफ्‍नै निम्‍ति लिए। तर मानिसहरू जति सबैलाई तिनीहरूले तरवारले काटेर नाश पारे, सास फेर्ने कुनै प्राणी बाँकी राखेनन्‌।</verse>
				<verse number="15">जसरी परमप्रभुले आफ्‍ना दास मोशालाई आज्ञा गर्नुभएको थियो, त्‍यसरी मोशाले यहोशूलाई अह्राएका थिए, र यहोशूले सबै पालन गरे। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाहरूमा कुनै पनि आज्ञा यहोशूले अपूरो राखेनन्‌।</verse>
				<verse number="16">यसरी यहोशूले ती सारा भूमि, अर्थात्‌ पहाड़ी क्षेत्र, सारा नेगेव भनिने दक्षिण देश, र गोशेनको जम्‍मै देश, तराई, अराबा, इस्राएलको पहाड़ी मुलुक र त्‍यसैको तराई,</verse>
				<verse number="17">सेइरको उकालोमा भएको हालाक नाउँको डाँड़ादेखि लिएर हेर्मोन डाँड़ामुनिको लेबनानको बेँसीमा बाल-गादसम्‍म जितेर लिए, र त्‍यहाँका सबै राजाहरूलाई पक्रेर मारे।</verse>
				<verse number="18">ती सबै राजाहरूसँग यहोशूले धेरै दिनसम्‍म लड़ाइँ गरे।</verse>
				<verse number="19">इस्राएलीहरूसँग मेल गर्ने गिबोन-निवासी हिव्‍वीहरूबाहेक अरू कुनै सहरले तिनीहरूसँग सम्‍झौता गरेनन्, सबै सहर तिनीहरूले युद्धद्वारा लिए।</verse>
				<verse number="20">परमप्रभुको उद्देश्‍य थियो, उनीहरू सबै इस्राएलको विरुद्धमा लड्‌न आऊन्‌ र सबै दयाविना नाश भई मरून्, जस्‍तो परमप्रभुले मोशालाई आदेश गर्नुभएको थियो।</verse>
				<verse number="21">त्‍यस बखत यहोशूले पहाड़ी देशमा आएर हेब्रोन, दबीर, अनाब, र यहूदा र इस्राएलका सारा पहाड़ी देशमा रहने अनाकीहरूलाई बिलकुलै नाश गरिदिए— यहोशूले उनीहरूका सहरहरूसमेत उनीहरूलाई पूर्ण रूपले नाश पारिदिए।</verse>
				<verse number="22">इस्राएलीहरूको देशमा अनाकीहरूको एक जना पनि बाँकी रहेन, केवल गाजा, गात र अश्‍दोदमा केही बाँकी रहे।</verse>
				<verse number="23">यसरी परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार नै यहोशूले सबै देश जितेर लिए, र तिनीहरूका कुलअनुसार भाग-भाग गरी त्‍यो देश इस्राएलीहरूलाई अधिकारको निम्‍ति बाँड़ेर दिए। अनि देशले लड़ाइँबाट विश्राम पायो।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">इस्राएलीहरूले यर्दन पारि पूर्वमा अर्नोन बेँसीदेखि हेर्मोन डाँड़ासम्‍म, र अराबाको पूर्वपट्टिको जम्‍मै क्षेत्र जितेर कब्‍जा गरेका देश, र तिनीहरूले मारेका ती देशका राजाहरू यी नै हुन्‌:</verse>
				<verse number="2">हेश्‍बोनवासी एमोरीहरूका राजा सीहोन, जसले अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि, बेँसीको माझदेखि आधा गिलाद र अम्‍मोनीहरूका सिमानाको यब्‍बोक नदीसम्‍मै,</verse>
				<verse number="3">र पूर्वीय अराबा, किन्‍नरेत झीलदेखि अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म, र बेथ-यशीमोतको पूर्वतिर जाने बाटोसम्‍म, र दक्षिणतिर चाहिँ पिसगाको भिरालो ठाउँमुनिका देशहरूसम्‍म राज्‍य गर्दथे।</verse>
				<verse number="4">अस्‍तारोत र एद्रईमा बस्‍ने रपाईहरूको बचेका बाशानका राजा ओग,</verse>
				<verse number="5">जसले हेर्मोन डाँड़ा, सलका र सारा बाशानमा गशूरीहरू र माकातीहरूको सिमानासम्‍म र हेश्‍बोनका राजा सीहोनको सिमानासम्‍म र आधा गिलादमा राज्‍य गर्दथे।</verse>
				<verse number="6">परमप्रभुका दास मोशा र इस्राएलीहरूले उनीहरूलाई जिते। परमप्रभुका दास मोशाले रूबेनीहरूलाई, गादीहरूलाई र मनश्‍शेको आधा कुललाई अधिकारको निम्‍ति त्‍यो दिएका थिए।</verse>
				<verse number="7">पश्‍चिम यर्दन वारि लेबनानका बेँसीको बाल-गाददेखि सेइरको उकालोमा भएको हालाक डाँड़ासम्‍मको देशका जुन-जुन राजाहरूलाई यहोशू र इस्राएलीहरूले जितेका थिए, र यहोशूले जुन-जुन देश इस्राएलका कुललाई तिनीहरूका भाग-भागअनुसार अधिकारको निम्‍ति दिएका थिए, ती यी नै हुन्‌—</verse>
				<verse number="8">पहाड़ी देश, तराई, अराबा, पहाड़, उजाड़-स्‍थान र नेगेव भनिने दक्षिण देश, अर्थात्‌ हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू रहने देशहरू:</verse>
				<verse number="9">यरीहोका राजा, एक, बेथेलका नजिकको ऐका राजा, एक,</verse>
				<verse number="10">यरूशलेमका राजा, एक, हेब्रोनका राजा एक,</verse>
				<verse number="11">यर्मूतका राजा, एक, लाकीशका राजा, एक,</verse>
				<verse number="12">एग्‍लोनका राजा, एक, गेजेरका राजा, एक,</verse>
				<verse number="13">दबीरका राजा, एक, गेदेरका राजा, एक,</verse>
				<verse number="14">होर्माका राजा, एक, आरादका राजा, एक,</verse>
				<verse number="15">लिब्‍नाका राजा, एक, अदुल्‍लामका राजा, एक,</verse>
				<verse number="16">मक्‍केदाका राजा, एक, बेथेलका राजा, एक,</verse>
				<verse number="17">तप्‍पूहका राजा, एक, हेपेरका राजा, एक,</verse>
				<verse number="18">अपेकका राजा, एक, लश्‍शारोनका राजा, एक,</verse>
				<verse number="19">मादोनका राजा, एक, हासोरका राजा, एक,</verse>
				<verse number="20">शिम्रोन-मोरनका राजा, एक, अक्षापका राजा, एक,</verse>
				<verse number="21">तानाकका राजा, एक, मगिद्दोका राजा, एक,</verse>
				<verse number="22">कादेशका राजा, एक, कर्मेलको योक्‍नाम राजा, एक,</verse>
				<verse number="23">डोरको डाँड़ाका राजा, एक, गिलगालको गयीमका राजा, एक,</verse>
				<verse number="24">र तिर्साका राजा, एक, यी सबै गरेर एकतीस राजाहरू थिए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ वृद्ध भइस्‌ अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्‍याउन बाँकी छन्‌।</verse>
				<verse number="2">“अझै बाँकी रहेका देश यी नै हुन्‌: पलिश्‍तीहरूका सारा प्रान्‍त र गशूरीहरू,</verse>
				<verse number="3">मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्‍म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्‍तीहरूका पाँच प्रान्‍त, गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्‍वीहरूका पनि),</verse>
				<verse number="4">दक्षिणतिर कनानीहरूका सारा देश, सीदोनीहरूको आरा नाउँ भएको देशदेखि अपेक र एमोरीहरूको सिमानासम्‍म,</verse>
				<verse number="5">फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्‍म सारा लेबनान।</verse>
				<verse number="6">“अनि लेबनानदेखि मिस्रपोतमैमसम्‍मका पहाड़ी देशका सबै बासिन्‍दा, अर्थात्‌ सीदोनीहरू, यिनीहरू सबैलाई इस्राएलीहरूका सामुन्‍नेबाट म निकालिदिनेछु। तैंले यो देश इस्राएलीहरूलाई मैले अह्राएबमोजिम अधिकारको निम्‍ति बाँड़िदे।</verse>
				<verse number="7">अब यो देश नौ कुलहरूलाई र मनश्‍शेको आधा कुललाई अधिकारको निम्‍ति बाँड़िदे।”</verse>
				<verse number="8">परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएबमोजिम रूबेनीहरू र गादीहरू र मनश्‍शेको आधा कुलले पूर्व यर्दन पार मोशाले तिनीहरूलाई दिएका अधिकार पाए।</verse>
				<verse number="9">तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्‍यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्‍मै,</verse>
				<verse number="10">र हेश्‍बोनमा राज्‍य गर्न एमोरीहरूका राजा सीहोनका सबै सहरहरू अम्‍मोनीहरूको सिमानासम्‍मै,</verse>
				<verse number="11">गिलाद देश र गशूरी र माकातीका सिमानासम्‍मै, र सारा हेर्मोन डाँड़ा, र सलकासम्‍म सारा बाशान—</verse>
				<verse number="12">अर्थात्‌ अस्‍तारोत र एद्रईमा राज्‍य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्‍येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्‍यसम्‍मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए।</verse>
				<verse number="13">तर इस्राएलीहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म इस्राएलीहरूका बीचमा गशूरीहरू र माकातीहरू रहेकै छन्‌।</verse>
				<verse number="14">तर लेवीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन्, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति चढ़ाइएको अग्‍नि-होमचाहिँ उहाँकै वचनअनुसार तिनीहरूका अधिकारको भाग हो।</verse>
				<verse number="15">मोशाले रूबेनको कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:</verse>
				<verse number="16">तिनीहरूको सिमाना थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्‍यही बेँसीका बीचको सहर, र मेदबाका सारा टारदेखि लिएर</verse>
				<verse number="17">हेश्‍बोन र त्‍यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन,</verse>
				<verse number="18">यहसा, कदेमोत, मेपात,</verse>
				<verse number="19">किर्यातैम, सिब्‍मा र बेँसीको डाँड़ामा बसेको सेरेथशेहार,</verse>
				<verse number="20">बेथ-पोर, पिसगाको भिरालो ठाउँ, र बेथ-यशीमोतसम्‍मै—</verse>
				<verse number="21">टारका सबै सहरहरू र हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनको सबै राज्‍य, जसलाई मोशाले मिद्यानका सरदारहरू, अर्थात्‌ सीहोनसँग सन्‍धि गरेका त्‍यस देशमा बस्‍ने एवी, रेकेम, सूर, हूर र रेबाका साथसाथै मारेका थिए।</verse>
				<verse number="22">लड़ाइँमा मारिएकाहरूबाहेक बओरका छोरा, ईश्‍वरवाणी गर्ने बालामलाई पनि इस्राएलीहरूले तरवारले मारे।</verse>
				<verse number="23">रूबेनीहरूको सिमाना यर्दनको किनार भएको थियो। रूबेनीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार सहरहरू र गाउँहरू यी नै हुन्‌।</verse>
				<verse number="24">फेरि मोशाले गादका कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:</verse>
				<verse number="25">तिनीहरूको सिमाना थियो: याजेर र गिलादका सबै सहरहरू र अम्‍मोनीहरूको आधा देश, रब्‍बाका नजिकको अरोएरसम्‍म,</verse>
				<verse number="26">र हेश्‍बोनदेखि रामतमस्‍पा र बेतोनीमसम्‍म, र महनोमदेखि दबीरको सिमानासम्‍मै,</verse>
				<verse number="27">र बेँसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत, सापोन र हेश्‍बोनका राजा सीहोनका राज्‍यका बाँकी रहेजति (यर्दनको पूर्वतिरको किन्‍नरेत झीलको पल्‍लो छेउसम्‍म)।</verse>
				<verse number="28">गादीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार, सहरहरू र गाउँहरू यी नै हुन्‌।</verse>
				<verse number="29">फेरि मोशाले मनश्‍शेको आधा कुललाई, अर्थात्‌ मनश्‍शेका आधा सन्‍तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:</verse>
				<verse number="30">तिनीहरूको सिमाना थियो: महनोमदेखि बाशानसम्‍म, बाशानका राजा ओगको सम्‍पूर्ण राज्‍य— बाशानमा भएको याईरका सबै बस्‍तीहरू, जम्‍मै साठी सहर,</verse>
				<verse number="31">र गिलादको आधा भाग, अस्‍तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्‍शेका छोरा माकीरका सन्‍तानका निम्‍ति, अर्थात्‌ माकीरका आधा सन्‍तानका निम्‍ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।</verse>
				<verse number="32">यरीहोको पूर्वपट्टि, यर्दन पारि मोआबको मैदानमा मोशाले अधिकारको निम्‍ति बाँड़ेका भागहरू यी नै हुन्‌।</verse>
				<verse number="33">तर लेवीको कुललाई मोशाले कुनै अधिकारको भाग दिएनन्‌। इस्राएलका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँ नै तिनीहरूका अधिकारको भाग हुनुभयो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले तिनीहरूलाई बाँड़िदिएअनुसार इस्राएलीहरूले कनान देशमा अधिकार गरेका यी नै ठाउँहरू हुन्‌।</verse>
				<verse number="2">परमप्रभुले मोशाद्वारा ती साढ़े नौ कुलका निम्‍ति आज्ञा गर्नुभएबमोजिम चिट्ठा हालेर तिनीहरूका भाग बाँड़ियो।</verse>
				<verse number="3">अढ़ाइ कुलहरूलाई त यर्दन पारि मोशाले अधिकार दिएकै थिए, तर लेवीहरूलाई चाहिँ तिनीहरूमध्‍ये कुनै हिस्‍सा उनले दिएका थिएनन्,</verse>
				<verse number="4">किनभने योसेफका छोराहरू नै, मनश्‍शे र एफ्राइमका दुई कुल थिए। लेवीहरूलाई बस्‍नलाई सहरहरू र तिनीहरूका बस्‍तुहरूलाई खर्कको निम्‍ति र मालसामानको निम्‍ति आसपासका जमिनबाहेक देशमा कुनै भाग दिइएको थिएन।</verse>
				<verse number="5">परमप्रभुले मोशालाई जसो आज्ञा गर्नुभएको थियो, इस्राएलीहरूले त्‍यसै गरे र देश बन्‍डा गरे।</verse>
				<verse number="6">तब यहूदाका मानिसहरू गिलगालमा यहोशूकहाँ आए, र कनज्‍जी यपुन्‍नेका छोरा कालेबले तिनलाई भने, “परमप्रभुले कादेश-बर्नेमा मेरो र तपाईंको बारेमा परमेश्‍वरका मानिस मोशालाई भन्‍नुभएको कुरा त तपाईंलाई थाहै छ।</verse>
				<verse number="7">परमप्रभुका दास मोशाले कादेश-बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म चालीस वर्षको थिएँ, र मैले आफूले बुझेअनुसारको समाचार तिनलाई ल्‍याइदिएँ।</verse>
				<verse number="8">तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए, तापनि म त पूर्णरूपले परमप्रभु आफ्‍ना परमेश्‍वरको पछि लागें।</verse>
				<verse number="9">यसर्थ त्‍यसै दिन मोशाले शपथ खाएर मलाई यसो भने, ‘तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्‍यो नि:सन्‍देह तिम्रो र तिम्रा सन्‍तानको अधिकारमा सदाको निम्‍ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्‍वरको पछि लागेका छौ’।</verse>
				<verse number="10">“अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्‍थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्‍नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्‍यो, र आफ्‍नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्‍नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु।</verse>
				<verse number="11">तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्‍ति बाहिर जानलाई मेरो ताकत त्‍यस बेला जति थियो, अहिले पनि त्‍यत्ति नै छ।</verse>
				<verse number="12">यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्‍यस दिन भन्‍नुभएको थियो। त्‍यहाँ अनाकीहरू रहन्‍छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन्‌ भन्‍ने तपाईंले त्‍यस बेला सुन्‍नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।”</verse>
				<verse number="13">तब यहोशूले यपुन्‍नेका छोरा कालेबलाई आशिष्‌ दिए, र तिनको अधिकारमा हेब्रोन दिए।</verse>
				<verse number="14">यसकारण कनज्‍जी यपुन्‍नेका छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्‍म भएको छ, किनभने तिनी पूर्ण रूपले इस्राएलका परमेश्‍वरको पछि लागेका थिए।</verse>
				<verse number="15">हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्‍ये सबैभन्‍दा महान्‌ पुरुष थिए। तब त्‍यस देशलाई लड़ाइँबाट विश्राम मिल्‍यो।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">यहूदाका कुलको भाग तिनीहरूका वंश-वंशअनुसार एदोमको सिमानासम्‍म, र दक्षिणतर्फ जीनको उजाड़-स्‍थानसम्‍म थियो।</verse>
				<verse number="2">तिनीहरूका दक्षिणको सिमाना खारा समुद्रको पल्‍लो छेउ, दक्षिणतर्फको खाड़ीदेखि सुरु भएको थियो।</verse>
				<verse number="3">त्‍यो अक्रब्‍बीमको उकालोको दक्षिणतर्फदेखि भएर जीनलाई छिचलेर कादेश-बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हेस्रोनलाई छिचलेर अद्दारसम्‍म उकालो लागेर, कर्कामा घुमेर फिरेको थियो।</verse>
				<verse number="4">त्‍यहाँबाट त्‍यो सिमाना अज्‍मोन छिचलेर मिश्रको खोलामा निस्‍केको थियो। त्‍यस सिमानाको अन्‍त समुद्रमा भएको थियो। तिनीहरूको दक्षिण सिमाना यही हो।</verse>
				<verse number="5">पूर्वी सिमाना खारा समुद्र यर्दनको अन्‍तसम्‍मै थियो। उत्तरको सिमाना यर्दनको अन्‍तमा झीलको खाड़ीबाट सुरु भएर</verse>
				<verse number="6">बेथहोग्‍लामा चढ़ाउ भई बेथ-अराबाबाट उत्तर छिचलेको थियो, र त्‍यो सिमाना रूबेन वंशी बोहनको ढुङ्गासम्‍म चढ़ेको थियो।</verse>
				<verse number="7">त्‍यो सिमाना आकोरको बेँसीबाट दबीरसम्‍म चढ़ेर गएको थियो, अनि यसरी उत्तरतिर, खोलाको दक्षिणपट्टि भएको अदुम्‍मीमका उकालोको सोझै गिलगालतिर लागेको थियो। अनि त्‍यो सिमाना एन-शेमेश नाउँका तलाउको छेउ-छेउ लागेर एन-रोगेलमा निस्‍केको थियो।</verse>
				<verse number="8">फेरि त्‍यही सिमाना बेनहिन्‍नोमको बेँसी भएर यबूसी, अर्थात्‌ यरूशलेमको दक्षिणपट्टि उकालो लागेको थियो। अनि त्‍यो सिमाना हिन्‍नोमका बेँसीको पश्‍चिमतिर भएका र रपाईहरूका बेँसीको पल्‍लोपट्टि उत्तरतिरका डाँड़ाको थाप्‍लोसम्‍मै पुगेको थियो।</verse>
				<verse number="9">त्‍यही सिमाना डाँड़ाको थाप्‍लोबाट नेप्‍तोह नाउँ भएको पानीको मुहान पुगेर एप्रोन पहाड़का सहरहरूसम्‍म गएको थियो। फेरि त्‍यो सिमाना बाला, अर्थात्‌ किर्यत-यारीमसम्‍म पुगेको थियो।</verse>
				<verse number="10">बालाबाट त्‍यो सिमाना सेइर पहाड़सम्‍म पश्‍चिमतिर मोड़िएर, यारीम डाँड़ाको (जसलाई कसालोन पनि भनिन्‍छ) उत्तर किनार भई बेथ-शेमेशसम्‍म झरेर तिम्‍नामा निस्‍केको थियो।</verse>
				<verse number="11">त्‍यो सिमाना फेरि एक्रोनको उत्तरतिर पुगेको थियो, र फेरि शिक्‍करोनमा पुगेर बाला डाँड़ा छिचलेर यब्‍नेलमा निस्‍की सो सिमाना समुद्रको किनारसम्‍म पुगेको थियो।</verse>
				<verse number="12">पश्‍चिमी सिमानाचाहिँ महासमुद्रको किनार भइहाल्‍यो। यहूदाका सन्‍तानका तिनीहरूका वंशअनुसार चारैतिरको सिमाना यही हो।</verse>
				<verse number="13">यहोशूलाई परमप्रभुको आज्ञा भएअनुसार तिनले यपुन्‍नेका छोरा कालेबलाई यहूदामा यो भाग दिए, अर्थात्‌ अनाकका पुर्खा अर्बाको सहर, किर्यत-अर्बा, जसलाई हेब्रोन पनि भन्‍दछन्‌।</verse>
				<verse number="14">कालेबले त्‍यहाँबाट तीन जना अनाकी, शेशै, अहीमन र तल्‍मै अनाक वंशीहरूलाई निकालिदिए।</verse>
				<verse number="15">त्‍यहाँबाट तिनी दबीरका बासिन्‍दाहरूका विरुद्धमा गए। पहिले त दबीरको नाउँ किर्यत-सेपेर थियो।</verse>
				<verse number="16">कालेबले भने, “जसले किर्यत-सेपेरलाई जितेर त्‍यसलाई कब्‍जा गर्छ त्‍यसैलाई म मेरी छोरी अक्‍सा विवाह गरिदिनेछु।”</verse>
				<verse number="17">तब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले त्‍यो कब्‍जा गरे र कालेबले आफ्‍नी छोरी अक्‍सालाई उनीसित विवाह गरिदिए।</verse>
				<verse number="18">एक दिन अक्‍सा ओत्‍निएलकहाँ गएको समयमा तिनले आफ्‍ना बुबासँग एउटा जग्‍गा माग्‍नलाई उनलाई सुर्‍याइन्‌। जब अक्‍सा आफ्‍नो गधाबाट ओर्लिन्‌ तब कालेबले तिनलाई भने, “तँलाई के चाहियो?”</verse>
				<verse number="19">तिनले भनिन्, “मलाई एक उपहार दिनुहोस्‌। तपाईंले मलाई नेगेवमा जग्‍गा दिनुभएको कारणले मलाई अब पानीका मुहानहरू पनि दिनुहोस्‌।” तब उनले तिनलाई माथिल्‍लो र तल्‍लो दुवै मुहानहरू दिए।</verse>
				<verse number="20">यहूदाका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो:</verse>
				<verse number="21">नेगेवमा सुदूर दक्षिण दिशा एदोमको सिमानातिर यहूदाका कुलको पल्‍लो छेउका सहरहरू यी नै थिए: कब्‍सेल, एदेर, यागूर,</verse>
				<verse number="22">कीना, दीमोना, अदादा,</verse>
				<verse number="23">केदेश, हासोर, यित्‍नान,</verse>
				<verse number="24">जीप, तेलेम, बालोत,</verse>
				<verse number="25">हासोरहादत्ता, किर्योत-हेस्रोन (जो हासोर हो),</verse>
				<verse number="26">अमाम, शेमा, मोलादा,</verse>
				<verse number="27">हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,</verse>
				<verse number="28">हसर-शूआल, बेर्शेबा, बिज्‍योत्‍या,</verse>
				<verse number="29">बाला, ईम, एसेम,</verse>
				<verse number="30">एल्‍तोलद, कसील, होर्मा,</verse>
				<verse number="31">सिक्‍लग, मद्‌मन्‍ना, सन्‍सन्‍ना,</verse>
				<verse number="32">लबाओत, शिल्‍हीम, ऐन र रिम्‍मोन। तिनीहरूका बस्‍तीहरूसमेत जम्‍मा उनन्‍तीस सहरहरू हुन्‌।</verse>
				<verse number="33">फेरि तराईमा चाहिँ: एश्‍तोल, सोरा, अश्‍ना,</verse>
				<verse number="34">जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,</verse>
				<verse number="35">यर्मूत, अदुल्‍लाम, सोको, आजेका,</verse>
				<verse number="36">शारैम, अदीतैम, गदेरा र गदेरोतेम। तिनीहरूका बस्‍तीहरूसमेत चौध सहरहरू हुन्‌।</verse>
				<verse number="37">सनान, हदाशा, मिग्‍दलाद,</verse>
				<verse number="38">दिलान, मिस्‍पा, योक्‍तेल,</verse>
				<verse number="39">लाकीश, बोस्‍कत, एग्‍लोन,</verse>
				<verse number="40">कोब्‍बन, लहमास, कितलीश,</verse>
				<verse number="41">गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदा। तिनीहरूका बस्‍तीसमेत सोह्र सहरहरू हुन्‌।</verse>
				<verse number="42">लिब्‍ना, एतेर, आशान,</verse>
				<verse number="43">यिप्‍ताह, अश्‍ना, नसीब,</verse>
				<verse number="44">कीलाह, अक्‍जीब र मारेशा। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।</verse>
				<verse number="45">त्‍यसका सहरहरू र बस्‍तीहरूसमेत एक्रोन,</verse>
				<verse number="46">एक्रोनदेखि पश्‍चिमतिर अश्‍दोदका नजिकका सबै सहरहरू, तिनीहरूका बस्‍तीहरूसमेत,</verse>
				<verse number="47">अश्‍दोद, त्‍यसका सहरहरू र बस्‍तीहरूसमेत, गाजा, त्‍यसका सहरहरू र बस्‍तीहरूसमेत, मिश्रको खोला र महासमुद्रको किनारसम्‍मै।</verse>
				<verse number="48">फेरि पहाड़ी देशमा चाहिँ: शामीर, यत्तीर, सोको,</verse>
				<verse number="49">दन्‍ना, किर्यत-सन्‍ना (जो दबीर हो),</verse>
				<verse number="50">अनाब, एश्‍तमोह, अनीम,</verse>
				<verse number="51">गोशेन, होलोन र गीलोह। तिनीहरूका बस्‍तीहरूसमेत एघार सहरहरू हुन्‌।</verse>
				<verse number="52">अरब, दुमा, एशान,</verse>
				<verse number="53">यानूम, बेथ-तप्‍पूह, अपेका,</verse>
				<verse number="54">हुम्‍ता, किर्यत-अर्बा (जो हेब्रोन हो) र सीओर। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।</verse>
				<verse number="55">माओन, कर्मेल, जीप, युत्ता,</verse>
				<verse number="56">यिजरेल, योक्‍दाम, जानोह,</verse>
				<verse number="57">कैन, गिबा र तिम्‍ना। तिनीहरूका बस्‍तीहरूसमेत दश सहरहरू हुन्‌।</verse>
				<verse number="58">हल्‍हूल, बेथ-सर, गदोर,</verse>
				<verse number="59">मारात, बेथ-अनोत र एल्‍तकोन। तिनीहरूका बस्‍तीहरूसमेत छ सहरहरू हुन्‌।</verse>
				<verse number="60">किर्यत-बाल (जो किर्यत-यारीम हो) र रब्‍बा। तिनीहरूका बस्‍तीहरूसमेत दुई सहरहरू हुन्‌।</verse>
				<verse number="61">फेरि उजाड़-स्‍थानमा चाहिँ: बेथ-अराबा, मिद्दीन र सकाका,</verse>
				<verse number="62">निब्‍शान, नूनको सहर र एन-गदी। तिनीहरूका बस्‍तीहरूसमेत छ सहरहरू हुन्‌।</verse>
				<verse number="63">यरूशलेमका बासिन्‍दा यबूसीहरूलाई त यहूदाका सन्‍तानले धपाउन सकेनन्‌। ती यबूसीहरू आजको दिनसम्‍म यरूशलेमका यहूदाका सन्‍तानसँगै रहेका छन्‌।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">योसेफका सन्‍तानको भाग यही हो: त्‍यसको सिमाना यरीहोको पूर्वतिरका पानी, अर्थात्‌ यरीहोका नजिकको यर्दनदेखि लिएर उकालो बाटो जाने उजाड़-स्‍थान भएर बेथेलको पहाड़ी देशसम्‍म पुगेको थियो।</verse>
				<verse number="2">फेरि बेथेलदेखि लूजमा छिचलेर अरकीका सिमानाको अतारोतसम्‍मै पुगेको थियो।</verse>
				<verse number="3">तब त्‍यो पश्‍चिमतिर ओर्लेर यल्‍पेतीको सिमाना भई तल्‍लो बेथ-होरोनको किनार भएर गेजेरसम्‍मै पुगेर समुद्रमा गएर टुङ्गिएको छ।</verse>
				<verse number="4">यसरी मनश्‍शे र एफ्राइम, योसेफका दुई सन्‍तानले आफ्‍ना अधिकार लिए।</verse>
				<verse number="5">एफ्राइमका सन्‍तानको सिमाना तिनीहरूका वंश-वंशअनुसार यही हो: तिनीहरूका भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारदेखि उपल्‍लो बेथ-होरोन भएर</verse>
				<verse number="6">समुद्रसम्‍म थियो। त्‍यो सिमाना उत्तरतिरको मिक्‍मतात भएर पूर्वतिर फर्केर तानत-शीलो पुगी यसको किनार-किनार भएर यानोहसम्‍म छिचलेको छ।</verse>
				<verse number="7">अनि त्‍यो यानोहदेखि अतारोत र नारासम्‍म झरेर यरीहो पुगी यर्दनमा निस्‍केको थियो।</verse>
				<verse number="8">त्‍यो सिमाना तप्‍पूहबाट पश्‍चिमतिर लागेर कनाको खोल्‍सासम्‍म झरी समुद्रमा टुङ्गिएको थियो। एफ्राइमका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।</verse>
				<verse number="9">यसदेखि बाहेक, मनश्‍शेका सन्‍तानको अधिकारमध्‍येबाट एफ्राइमका सन्‍तानका निम्‍ति छुट्ट्याएर राखेका सबै सहरहरू र तिनका बस्‍तीहरूसमेत थिए।</verse>
				<verse number="10">तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म कनानीहरू एफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्‌।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">योसेफका जेठा छोरा मनश्‍शेको कुलमा परेको भाग, अर्थात्‌ मनश्‍शेका जेठा छोरा माकीरको भाग यही हो। गिलादीहरूका बुबा माकीरले गिलाद र बाशान पाए, किनभने तिनी लड़ाका थिए।</verse>
				<verse number="2">यसकारण मनश्‍शेका बाँकी सन्‍तानले, अर्थात्‌ अबीएजेरका सन्‍तान, हेलेकका सन्‍तान, अस्रीएलका सन्‍तान, शकेमका सन्‍तान, हेपेरका सन्‍तान, शमीदाका सन्‍तानहरूले तिनीहरूका वंश-वंशअनुसार भाग पाए। तिनीहरूका वंशअनुसार, योसेफका छोरा मनश्‍शेका पुरुष सन्‍तानहरू यी नै हुन्‌।</verse>
				<verse number="3">तर मनश्‍शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा सलोफादका छोरीहरूबाहेक छोराहरू थिएनन्‌। तिनका छोरीहरूका नाउँ यी नै हुन्‌: महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा।</verse>
				<verse number="4">तिनीहरूले पूजाहारी एलाजार, नूनका छोरा यहोशू र नायकहरूका सामुन्‍ने आएर यसो भने, “हामीलाई हाम्रा दाजुभाइहरूका बीचमै अधिकार दिनू भनेर परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो।” परमप्रभुको आज्ञाअनुसार यिनले तिनीहरूलाई तिनका काकाहरूका बीचमा भाग दिए।</verse>
				<verse number="5">तब मनश्‍शेलाई यर्दन पारिका गिलाद देश र बाशान देशबाहेक दश भाग मिल्‍यो,</verse>
				<verse number="6">किनभने मनश्‍शेका छोरीहरूले पनि तिनका छोराहरूकै बीचमा भाग पाएका थिए। गिलाद देशचाहिँ मनश्‍शेका बाँकी सन्‍तानहरूको भागमा पर्‍यो।</verse>
				<verse number="7">अब मनश्‍शेका भागको सिमाना आशेरदेखि शकेमका सामुन्‍नेको मिक्‍मतातसम्‍म थियो। त्‍यो सिमाना दक्षिणतिर लागेर एन-तप्‍पूहका बासिन्‍दाहरू भएका ठाउँसम्‍म पुगेको थियो।</verse>
				<verse number="8">तप्‍पूहीहरूको देश मनश्‍शेको भागमा पर्‍यो, तर मनश्‍शेको सिमानामा भएको तप्‍पूहचाहिँ एफ्राइमका सन्‍तानको भागमा पर्‍यो।</verse>
				<verse number="9">अनि त्‍यो सिमाना दक्षिणतिर कनाको खोल्‍सासम्‍म गएको थियो। मनश्‍शेका कति सहरहरू एफ्राइमको भागमा पर्‍यो, तर मनश्‍शेको सिमानाचाहिँ खोल्‍साको उत्तरतिर थियो, र त्‍यो समुद्रमा गएर टुङ्गिएको थियो।</verse>
				<verse number="10">दक्षिणतिर एफ्राइमको र उत्तरतिर मनश्‍शेको भाग थियो। मनश्‍शेको सिमानाचाहिँ समुद्रमा गएको थियो, र त्‍यो उत्तरतिर आशेर र पूर्वतिर इस्‍साखारसम्‍म पुगेको थियो।</verse>
				<verse number="11">इस्‍साखार र आशेरमा मनश्‍शेलाई यति पर्‍यो: बेथ-शान र त्‍यसका बस्‍तीहरू, यिबलाम र त्‍यसका बस्‍तीहरू र डोरका, एन्‍दोरका, तानाकका र मगिद्दोका बासिन्‍दाहरू र तिनीहरूका बस्‍तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।</verse>
				<verse number="12">तैपनि मनश्‍शेका सन्‍तानले ती सहरहरूका बासिन्‍दाहरूलाई धपाउन सकेनन्, किनभने ती कनानीहरू त्‍यस देशमा बस्‍न मन गरेका थिए।</verse>
				<verse number="13">तर रहँदा-बस्‍दा इस्राएलीहरू सामर्थी भएपछि, तिनीहरूले उनीहरूलाई बेगारी काममा लाउन थाले, तर पूर्ण रूपले उनीहरूलाई धपाएनन्‌।</verse>
				<verse number="14">योसेफका सन्‍तानले यहोशूलाई यसो भने, “परमप्रभुले हामीलाई अहिलेसम्‍म प्रशस्‍त आशिष्‌ दिनुभएको हुनाले हामी गन्‍तीमा बढ्‌ता नै छौं भन्‍ने जानेर पनि हाम्रो अधिकारको निम्‍ति किन एउटै भाग मात्र तपाईंले दिनुभयो?”</verse>
				<verse number="15">तब यहोशूले तिनीहरूलाई भने, “तिमीहरू गन्‍तीमा धेरै छौ, र एफ्राइमको पहाड़ी देश तिमीहरूलाई साँघुरो हुन्‍छ भने परिज्‍जी र रपाईहरूका देशको जङ्गलमा गएर तिमीहरूका निम्‍ति जङ्गल फाँड़।”</verse>
				<verse number="16">योसेफका सन्‍तानले भने, “पहाड़ी देशमा हामी अटाउँदैनौं। अनि बेथ-शान र त्‍यसका बस्‍तीहरूमा बस्‍नेहरूसँग र यिजरेलको बेँसीमा बस्‍ने सबै कनानीहरूसँग फलामका रथहरू छन्‌।”</verse>
				<verse number="17">तब यहोशूले योसेफका घराना, अर्थात्‌ एफ्राइम र मनश्‍शेलाई यसो भने, “तिमीहरू धेरै जना छौ र बलिया पनि छौ। तिमीहरूलाई एक भाग मात्र हुनेछैन,</verse>
				<verse number="18">तर पहाड़ी देशको जङ्गल पनि तिमीहरूकै हुन्‍छ। त्‍यसका रूखहरू फाँड़, र त्‍यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ। ती कनानीहरूसँग फलामका रथहरू छन्‌ र तिनीहरू सामर्थी छन्‌ तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्‍नेछौ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">अनि इस्राएलीहरूका सारा समुदाय शीलोमा जम्‍मा भयो, र त्‍यहाँ भेट हुने पाल टाँग्‍यो। त्‍यो देश तिनीहरूका अधीनमा भइसकेको थियो,</verse>
				<verse number="2">तर इस्राएलीहरूमा आ-आफ्‍नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए।</verse>
				<verse number="3">यसकारण यहोशूले इस्राएलीहरूलाई भने, “तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ?</verse>
				<verse number="4">अब कुलैपिच्‍छे तीन-तीन जना मानिसहरू तिमीहरूका निम्‍ति नियुक्त गर। म तिनीहरूलाई पठाउनेछु, र तिनीहरू गएर देशमा घुमेर आ-आफ्‍ना अधिकारको निम्‍ति भाग लेखेर मकहाँ फर्केर आउनेछन्‌।</verse>
				<verse number="5">तिमीहरूले सात भागमा बन्‍डा गर। यहूदा दक्षिणमा आफ्‍नै सिमानाभित्र र योसेफको घरानाचाहिँ उत्तरतिर तिनीहरूकै सिमानामा रहनुपर्नेछ।</verse>
				<verse number="6">तिमीहरूले त्‍यो देशको सात भागको विवरण लेखिसकेपछि मकहाँ ल्‍याओ। अनि परमप्रभु हाम्रा परमेश्‍वरको सामु तिमीहरूका निम्‍ति म चिट्ठा हालिदिनेछु।</verse>
				<verse number="7">तर लेवीहरूलाई तिमीहरूमध्‍ये केही भाग हुनेछैन, किनकि परमप्रभुको पूजाहारी पद नै तिनीहरूको अधिकार हो। गाद, रूबेन र मनश्‍शेको आधा कुलले पूर्वपट्टि यर्दन पारि, परमप्रभुका दास मोशाले दिएका तिनीहरूका आ-आफ्‍नो अधिकार पाएकै छन्‌।”</verse>
				<verse number="8">तब ती मानिस उठेर गए। अनि यहोशूले सो देशको नक्‍शा बनाएर ल्‍याउन जानेहरूलाई यसो भनेर आज्ञा दिए, “जाओ, सो देशभरि घुम, र त्‍यसको वर्णन लेखेर मकहाँ फर्केर आओ, र यहाँ शीलोमै परमप्रभुको सामु तिमीहरूका निम्‍ति म चिट्ठा हालिदिऊँला।”</verse>
				<verse number="9">तब ती मानिसहरू गएर त्‍यस देशभरि घुमे, र सहर-सहर देखाएर सात भाग गरी प्रत्‍येकको विषयमा वर्णन गरे, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्के।</verse>
				<verse number="10">अनि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्‍ति चिट्ठा हाले, र त्‍यहीँ नै यहोशूले तिनीहरूका भाग-भागअनुसार इस्राएलीहरूलाई सो देश बन्‍डा गरिदिए।</verse>
				<verse number="11">बेन्‍यामीनको कुलका वंश-वंशअनुसार चिट्ठा यसरी निस्‍क्‍यो। तिनीहरूका भागको सिमाना यहूदा र योसेफका कुलहरूका बीचमा पर्‍यो।</verse>
				<verse number="12">तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्‍चिमतिरको पहाड़ी देशमा उक्‍लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो।</verse>
				<verse number="13">त्‍यो सिमाना त्‍यहाँबाट लूजसम्‍म (यसलाई बेथेल भन्‍दछ) त्‍यसको दक्षिणतिर पुगेर तल्‍लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्‍म झरेको थियो।</verse>
				<verse number="14">अनि त्‍यहाँबाट सो सिमाना पश्‍चिमतिर लागेर दक्षिणपट्टि घुमी बेथ-होरोनका सामुन्‍नेका दक्षिणतिरको डाँड़ाबाट यहूदाका सन्‍तानहरूको किर्यत-बालसम्‍म (यसैलाई किर्यत-यारीम भनिन्‍छ) पुगेको थियो। पश्‍चिम सिमाना यही हो।</verse>
				<verse number="15">दक्षिणको सिमानाचाहिँ किर्यत-यारीमको छेउदेखि पश्‍चिमतिर लागेर नेप्‍तोहको मुहानमा निस्‍केको थियो।</verse>
				<verse number="16">त्‍यो सिमाना बेन-हिन्‍नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्‍लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्‍नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो।</verse>
				<verse number="17">त्‍यो उत्तरतिर तानिएर एन-शेमेशतिर लागी अदुम्‍मीमका उकालोका सामुन्‍नेको गलीलोतमा निस्‍की रूबेन वंशी बोहनको ढुङ्गामा झरेको थियो।</verse>
				<verse number="18">त्‍यहाँबाट त्‍यो बेथ-अराबाको सीधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो।</verse>
				<verse number="19">त्‍यो सिमाना फेरि बेथ-होग्‍लाका उत्तरको किनार छिचलेर यर्दनको दक्षिणपट्टि भएको खारा समुद्रको उत्तरीय खाड़ीमा टुङ्गिएको थियो। दक्षिण सिमाना यही हो।</verse>
				<verse number="20">त्‍यसका पूर्वपट्टिको सिमानाचाहिँ यर्दन भइहाल्‍यो। बेन्‍यामीनका वंशहरूको अधिकार चारैतिरको सिमानाबमोजिम यही हो।</verse>
				<verse number="21">बेन्‍यामीनको कुललाई तिनीहरूका वंश-वंशअनुसार मिलेका सहरहरू यी नै हुन्‌: यरीहो, बेथ-होग्‍ला, एमेक-कसीस,</verse>
				<verse number="22">बेथ-अराबा, समारैम, बेथेल,</verse>
				<verse number="23">अब्‍बीम, पारा, ओप्रा,</verse>
				<verse number="24">कपरअमोनी, ओप्‍नी, गेबा। तिनीहरूका बस्‍तीहरूसमेत बाह्र सहरहरू हुन्‌।</verse>
				<verse number="25">गिबोन, रामा, बेरोत,</verse>
				<verse number="26">मिस्‍पा, कपीरा, मोशा,</verse>
				<verse number="27">रेकेम, यिर्पल, तरला,</verse>
				<verse number="28">सेलाह, एलेप, यबूसी सहर (अर्थात्‌ यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्‍तीहरूसमेत चौध सहरहरू हुन्‌। बेन्‍यामीनका सन्‍तानको अधिकार तिनीहरूका वंशका निम्‍ति यही हो।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">दोस्रो चिट्ठा शिमियोनका, अर्थात्‌ शिमियोनका कुलको नाउँमा तिनीहरूका वंश-वंशअनुसार निस्‍क्‍यो। तिनीहरूको अधिकारचाहिँ यहूदाका कुलका अधिकारको बीचमा पर्‍यो।</verse>
				<verse number="2">तिनीहरूको अधिकारमा परेका यी नै हुन्‌: बेर्शेबा (अर्थात्‌ शेबा), मोलादा,</verse>
				<verse number="3">हसर-शूआल, बाला, एसेम,</verse>
				<verse number="4">एल्‍तोलद, बतूल, होर्मा,</verse>
				<verse number="5">सिक्‍लग, बेथ-मर्काबोत, हसर-सूसा,</verse>
				<verse number="6">बेथ-लबाओत, र शारूहेन। तिनीहरूका बस्‍तीहरूसमेत तेह्र सहरहरू हुन्‌।</verse>
				<verse number="7">ऐन, रिम्‍मोन, एतेर र आशान— तिनीहरूका बस्‍तीहरूसमेत चार सहरहरू हुन्‌—</verse>
				<verse number="8">र ती सहरहरूका वरिपरिका सबै बस्‍तीहरू बालात-बेअर, अर्थात्‌ नेगेव भनिने अर्थात्‌ दक्षिण देशको रामासम्‍मै। शिमियोनका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।</verse>
				<verse number="9">शिमियोनका सन्‍तानहरूले यहूदाका सन्‍तानहरूको हिस्‍साबाटै अधिकार पाएका थिए, किनकि यहूदाका सन्‍तानहरूलाई तिनीहरूलाई चाहिएकोभन्‍दा बढ्‌ता भाग परेको थियो। यसकारण शिमियोनका सन्‍तानहरूले यहूदाका भागको सिमानाभित्रै नै अधिकार पाएका थिए।</verse>
				<verse number="10">तेस्रो चिट्ठा जबूलूनका सन्‍तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो: तिनीहरूका अधिकारको सिमाना सारीदसम्‍म भयो।</verse>
				<verse number="11">अनि तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्‍म बढ़ेर दब्‍बेशेतसम्‍म पुगी योक्‍नामका अगाड़िको खोल्‍सासम्‍म पुगेको थियो।</verse>
				<verse number="12">त्‍यो सिमाना सारीदबाट फेरि पूर्वपट्टि किस्‍लोथतबोरको सिमानासम्‍म पूर्वतिर मोड़िएको थियो। त्‍यो दाबरतमा निस्‍केर यापीसम्‍म चढ़ेर गएको थियो।</verse>
				<verse number="13">त्‍यहाँबाट त्‍यो पूर्वतिर लागेर गात-हेपेर र इथ-कासीनसम्‍म छिचली रिम्‍मोनसम्‍म पुगेर नेआतिर गएको थियो।</verse>
				<verse number="14">अनि त्‍यो सिमाना हन्‍नतोनतिर उत्तर मोड़िएर यिप्‍ताहएलको बेँसीमा पुगेको थियो।</verse>
				<verse number="15">त्‍यस सिमानाभित्र काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम पनि थिए। तिनीहरूका बस्‍तीहरूसमेत बाह्र सहरहरू हुन्‌।</verse>
				<verse number="16">तिनीहरूका वंश-वंशअनुसार जबूलूनका कुलका अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।</verse>
				<verse number="17">चौथो चिट्ठा इस्‍साखारका सन्‍तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो:</verse>
				<verse number="18">तिनीहरूको सिमाना यिजरेल, कसुल्‍लोत, शूनेम,</verse>
				<verse number="19">हपरैम, शीओन, अनाहारत,</verse>
				<verse number="20">रब्‍बीत, किश्‍योन, एबेस,</verse>
				<verse number="21">रेमेत, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस भएर</verse>
				<verse number="22">सो सिमाना तबोर, शहसूमा र बेथ-शेमेशसम्‍म पुगेर यर्दनमा टुङ्गिएको थियो। तिनीहरूका बस्‍तीहरूसमेत सोह्र सहरहरू हुन्‌।</verse>
				<verse number="23">तिनीहरूका वंश-वंशअनुसार इस्‍साखारका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।</verse>
				<verse number="24">पाँचौँ चिट्ठा आशेरका कुलको निम्‍ति तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो:</verse>
				<verse number="25">तिनीहरूको सिमाना हेल्‍कत, हली, बेतेन, अक्षाप,</verse>
				<verse number="26">अल्‍लम्‍मेलेक, अमाद, मिशाल, र पश्‍चिम कर्मेलतिर शीहोरलिब्‍नातसम्‍म पुगेको थियो।</verse>
				<verse number="27">अनि त्‍यो पूर्वतिर मोड़िएर बेथ-दागोनतिर लागी जबूलून र यिप्‍ताह-एलको बेँसीसम्‍म पुगेको थियो, र बेथ-एमेक र नीएलको उत्तरतिर गएर त्‍यो बायाँ हातपट्टि काबूलमा निस्‍केको थियो।</verse>
				<verse number="28">त्‍यो सिमाना एब्रोन, रहोब, हम्‍मोन र कना भएर महा-सीदोनसम्‍म पुगेको थियो।</verse>
				<verse number="29">अनि त्‍यो सिमाना रामा र पर्खाल भएको टुरोस सहरतिर मोड़िएको थियो। त्‍यो सिमाना फेरि होसातिर मोड़िएर अक्‍जीब, उम्‍मा, अपेक र रहोबका नजिकको समुद्रमा टुङ्गिएको थियो।</verse>
				<verse number="30">तिनीहरूका बस्‍तीहरूसमेत बाईस सहरहरू हुन्‌।</verse>
				<verse number="31">तिनीहरूका वंश-वंशअनुसार आशेरका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।</verse>
				<verse number="32">छैटौँ चिट्ठा नप्‍तालीका कुलको निम्‍ति तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो:</verse>
				<verse number="33">तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको ठूलो रूखदेखि, अदामी-नेकेब र यब्‍नेल छिचली लक्‍कूमसम्‍म भएर यर्दनमा टुङ्गिएको थियो।</verse>
				<verse number="34">अनि सो सिमाना पश्‍चिमतिर अज्‍नोथ-तबोरपट्टि मोड़िएर, त्‍यहाँबाट हुक्‍कोकमा निक्‍लेको थियो, र त्‍यो दक्षिणतिर जबूलूनसम्‍म, पश्‍चिमतिर आशेरसम्‍म र पूर्वतिर यर्दनसम्‍म पुगेको थियो।</verse>
				<verse number="35">पर्खाल भएका सहरहरूचाहिँ सिद्दीम, सेर, हम्‍मत, रक्‍कत, किन्‍नरेत,</verse>
				<verse number="36">अदामा, रामा, हासोर,</verse>
				<verse number="37">केदेश, एद्रई, एन-हासोर,</verse>
				<verse number="38">यिरोन, मिग्‍दलएल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। तिनीहरूका बस्‍तीहरूसमेत उन्‍नाईस सहरहरू हुन्‌।</verse>
				<verse number="39">तिनीहरूका वंश-वंशअनुसार नप्‍तालीका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।</verse>
				<verse number="40">सातौँ चिट्ठा दानका कुलको निम्‍ति</verse>
				<verse number="41">तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो: तिनीहरूका अधिकारको सिमाना सोरा, एश्‍तोल, इर-शेमेश,</verse>
				<verse number="42">शालवीन, अय्‍यालोन, इत्‍ला,</verse>
				<verse number="43">एलोन, तिम्‍ना, एक्रोन,</verse>
				<verse number="44">एल्‍तके, गिब्‍बतोन, बालात,</verse>
				<verse number="45">यहूद, बने-बरक, गात-रिम्‍मोन,</verse>
				<verse number="46">मे-यरकोन र रक्‍कोन, साथै योप्‍पाको सिमानासम्‍म थियो।</verse>
				<verse number="47">तर दानका खलकहरूलाई आफ्‍नो भूभागमाथि अधिकार जमाउन गाह्रो भएको थियो, यसर्थ दानका खलकहरू लेशेममा गएर त्‍यससँग युद्ध गरेर त्‍यसलाई तरवारले नाश गरी कब्‍जा गरे, र त्‍यहाँ बसेर लेशेमलाई आफ्‍ना पुर्खा दानको नाउँअनुसार दान नाउँ राखे।</verse>
				<verse number="48">तिनीहरूका वंश-वंशअनुसार दानका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।</verse>
				<verse number="49">यसरी तिनीहरूले अधिकारको निम्‍ति सिमाना-सिमाना छुट्ट्याई देश बन्‍डा गरी सिद्ध्याए। अनि इस्राएलीहरूले नूनका छोरा यहोशूलाई परमप्रभुको आज्ञाअनुसार तिनीहरूका बीचमा अधिकारको एक भाग दिए।</verse>
				<verse number="50">तिनीहरूले तिनलाई तिनले मागेकै, एफ्राइमको पहाड़ी देशको तिम्‍नथ-सेरह जग्‍गा दिए, अनि तिनले सहर बसालेर त्‍यहाँ बसे।</verse>
				<verse number="51">पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले परमप्रभुको सामुन्‍ने शीलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बन्‍डा गरेका अधिकारका सिमाना यी नै हुन्‌। यसरी तिनीहरूले देश बन्‍डा दिने काम सिद्धयाए।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">तब परमप्रभुले यहोशूलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="2">“इस्राएलीहरूलाई भनिदे, ‘मोशाद्वारा मैले तिमीहरूलाई भनेबमोजिम तिमीहरूले शरण-नगरहरू नियुक्त गर।</verse>
				<verse number="3">भूलले वा अजानमा कसैले कसैलाई मार्‍यो भने सो ज्‍यानमारा भागेर त्‍यहाँ जाओस्, र ती सहरहरू हत्‍याको बदला लिनेहरूबाट शरणस्‍थान हुनेछन्‌।</verse>
				<verse number="4">ती सहरहरूमध्‍ये एउटामा त्‍यो भागेर जाओस्‌ र त्‍यस सहरभित्र पस्‍ने ढोकामा उभिओस्, र त्‍यस सहरका धर्म-गुरुहरूलाई आफ्‍नो कुरा सुनाओस्‌। अनि तिनीहरूले सहरभित्र आफूहरूकहाँ लगी त्‍यसलाई ठाउँ देऊन् र त्‍यो तिनीहरूका साथमा बसोस्‌।</verse>
				<verse number="5">यदि हत्‍याको बदला लिनेले त्‍यसलाई खेद्‌यो भने तिनीहरूले त्‍यस ज्‍यानमारालाई त्‍यसको हातमा नसुम्‍पून्, किनभने त्‍यसले आफ्‍नो छिमेकीलाई अजानमा मारेको हो, र उसित त्‍यसको केही दुश्‍मनी थिएन।</verse>
				<verse number="6">अनि न्‍यायको निम्‍ति समुदायको सामु खड़ा नभएसम्‍म, र त्‍यस समयको प्रधान पूजाहारीको मृत्‍यु नभएसम्‍म त्‍यो त्‍यही सहरमा बसिरहोस्‌। त्‍यसपछि त्‍यो ज्‍यानमारा आफ्‍नो घरमा आफ्‍नै सहरमा, जसबाट त्‍यो भागेको थियो, त्‍यही सहरमा जाओस्‌।”</verse>
				<verse number="7">तब तिनीहरूले गालीलमा नप्‍तालीको पहाड़ी देशमा केदेश, एफ्राइमको पहाड़ी देशमा शकेम र यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) अर्पण गरे।</verse>
				<verse number="8">यरीहोका यर्दनको पूर्वपट्टि, रूबेनका कुलको उजाड़-स्‍थानमा भएको बेँसीमा बेसेरलाई, गादका कुलको गिलादमा रामोतलाई, मनश्‍शेका कुलको बाशानमा भएको गोलानलाई तिनीहरूले ठहराए।</verse>
				<verse number="9">कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्‍यसको न्‍याय नभएसम्‍म हत्‍याको बदला लिनेको हातबाट मर्न नपरोस्‌ भनेर त्‍यो भागेर जानलाई, सारा इस्राएलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूका निम्‍ति ठहरिएका सहरहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">यसपछि लेवीहरूका मुखियाहरूले एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका परिवार-परिवारका मुखियाहरूका नजिक आएर</verse>
				<verse number="2">कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्‍नका निम्‍ति सहरहरू र हाम्रा बस्‍तुहरूलाई खर्कका निम्‍ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।”</verse>
				<verse number="3">यसर्थ परमप्रभुको हुकुमअनुसार इस्राएलीहरूले लेवीहरूलाई आफ्‍ना अधिकारबाट यी सहरहरू र चरनहरू दिए।</verse>
				<verse number="4">अनि कहातीका वंश-वंशका नाउँमा पहिलो चिट्ठा निस्‍क्‍यो। लेवीहरूमध्‍येका हारून पूजाहारीका सन्‍तानले यहूदाको कुल, शिमियोनको कुल, र बेन्‍यामीनको कुलबाट तेह्र सहरहरू पाए।</verse>
				<verse number="5">कहातका बाँकी सन्‍तानले एफ्राइमको कुल, दानको कुल र मनश्‍शेको आधा कुलका वंशहरूबाट दश सहरहरू पाए।</verse>
				<verse number="6">गेर्शोनका सन्‍तानहरूले इस्‍साखारको कुल, आशेरको कुल, नप्‍तालीको कुल र बाशानमा मनश्‍शेको आधा कुलका वंशहरूबाट तेह्र सहरहरू पाए।</verse>
				<verse number="7">मरारीका सन्‍तानले तिनीहरूका वंश-वंशअनुसार रूबेनको, गादको र जबूलूनको कुलबाट बाह्र सहरहरू पाए।</verse>
				<verse number="8">परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएबमोजिम इस्राएलीहरूले लेवीहरूलाई चरनहरूसमेत ती सहरहरू दिए।</verse>
				<verse number="9">तिनीहरूले यहूदाको कुल र शिमियोनको कुलबाट तल नाउँ लेखिएका यी सहरहरू दिए।</verse>
				<verse number="10">यी सहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्‍तानका निम्‍ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्‍केको थियो:</verse>
				<verse number="11">अनि तिनीहरूले उनीहरूलाई यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) नाउँको सहर र यसका वरिपरिको चरन दिए। (अनाकका पुर्खा अर्बा थिए।)</verse>
				<verse number="12">तर त्‍यस सहरका खेतहरू र त्‍यसका बस्‍तीहरूचाहिँ तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई अधिकारको निम्‍ति दिएका थिए।</verse>
				<verse number="13">हारून पूजाहारीका सन्‍तानलाई, ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको हेब्रोन, त्‍यसका चरनसमेत, र लिब्‍ना,</verse>
				<verse number="14">यत्तीर, एश्‍तमो,</verse>
				<verse number="15">होलोन, दबीर,</verse>
				<verse number="16">ऐन, युत्ता, र बेथ-शेमेश, तिनका चरनहरूसमेत— ती दुई कुलबाट नौ वटा सहरहरू तिनीहरूले दिए।</verse>
				<verse number="17">अनि बेन्‍यामीनको कुलबाट गिबोन, गेबा,</verse>
				<verse number="18">अनातोत, अल्‍मोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए।</verse>
				<verse number="19">हारून पूजाहारीका सन्‍तानका जम्‍मा तेह्र सहरहरू तिनका चरनहरूसमेत थिए।</verse>
				<verse number="20">लेवीका कुलका कहातीका बाँकी वंशहरूले चाहिँ एफ्राइमका कुलको भागबाट यी सहरहरू पाए:</verse>
				<verse number="21">तिनीहरूले उनीहरूलाई, एफ्राइमको पहाड़ी देशमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको शकेम, त्‍यसका चरनसमेत, र गेजेर,</verse>
				<verse number="22">किब्‍सैम, बेथ-होरोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए।</verse>
				<verse number="23">दानको कुलबाट तिनीहरूले एल्‍तके, गिब्‍बतोन,</verse>
				<verse number="24">अय्‍यालोन, गात-रिम्‍मोन, तिनका चरनहरूसमेत चार सहरहरू पाए।</verse>
				<verse number="25">मनश्‍शेको आधा कुलबाट तिनीहरूले तानाक र गात-रिम्‍मोन, तिनका चरनहरूसमेत— दुई सहरहरू पाए।</verse>
				<verse number="26">कहातीका बाँकी वंशका जम्‍मा दश सहरहरू तिनका चरनहरूसमेत थिए।</verse>
				<verse number="27">गेर्शोनीका लेवीका वंशहरूलाई: मनश्‍शेको आधा कुलबाट बाशानमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको गोलान, त्‍यसका चरनसमेत, र बे-एश्‍तरा, त्‍यसका चरनसमेत— दुई सहरहरू दिइयो।</verse>
				<verse number="28">इस्‍साखारको कुलबाट किश्‍योन, दाबरत,</verse>
				<verse number="29">यर्मूत र एन-गन्‍नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।</verse>
				<verse number="30">आशेरको कुलबाट मिशाल, अब्‍दोन,</verse>
				<verse number="31">हेल्‍कत र रहोब, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।</verse>
				<verse number="32">नप्‍तालीको कुलबाट गालीलमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको केदेश, त्‍यसका चरनसमेत, र हम्‍मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो।</verse>
				<verse number="33">तिनीहरूका वंशअनुसार गेर्शोनीहरूका जम्‍मा तेह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।</verse>
				<verse number="34">लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ: जबूलूनको कुलबाट योक्‍नाम, कर्तह,</verse>
				<verse number="35">दिम्‍ना र नहलल, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।</verse>
				<verse number="36">रूबेनको कुलबाट बेसेर, यहसा,</verse>
				<verse number="37">कदेमोत र मेपात, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।</verse>
				<verse number="38">गादको कुलबाट गिलादमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको रामोत, त्‍यसका चरनसमेत, र महनोम,</verse>
				<verse number="39">हेश्‍बोन र याजेर, तिनका चरनहरूसमेत— जम्‍मा चार सहरहरू दिइयो।</verse>
				<verse number="40">तिनीहरूका वंशअनुसार लेवीका बाँकी मरारीका जम्‍मा बाह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।</verse>
				<verse number="41">इस्राएली अधिकारमा रहेको भूभागभित्र लेवीहरूका चरनसहित जम्‍मा अठचालीस वटा सहरहरू थिए।</verse>
				<verse number="42">यी सहरहरूका आ-आफ्‍ना वरिपरि चरनहरू थिए। सबै सहरहरू यही किसिमका थिए।</verse>
				<verse number="43">यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्‍छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्‍यो आफ्‍नो अधिकारमा लिएर त्‍यसमा बसे।</verse>
				<verse number="44">अनि परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएबमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूका सबै शत्रुहरूमध्‍ये एक जना पनि तिनीहरूका सामुन्‍ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="45">परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">तब यहोशूले रूबेनी, गादी, र मनश्‍शेको आधा कुललाई बोलाए,</verse>
				<verse number="2">र तिनीहरूलाई भने, “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ, र मैले अह्राएका सबै कुरामा मेरो वचन मानेका छौ।</verse>
				<verse number="3">धेरै समयदेखि तिमीहरूले आजसम्‍म आफ्‍ना दाजुभाइहरूलाई छोड़ेका छैनौ, तर परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको काम पूरा गरेका छौ।</verse>
				<verse number="4">अब परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएबमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मोशाले यर्दन पारि तिमीहरूका अधिकारको निम्‍ति तिमीहरूलाई दिएका देशमा आ-आफ्‍ना डेरामा जाओ।</verse>
				<verse number="5">परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्‍नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्‍यवस्‍था पूरा ध्‍यान दिएर पालन गर।”</verse>
				<verse number="6">तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर बिदा गरे, र तिनीहरू आ-आफ्‍नो डेरामा गए।</verse>
				<verse number="7">(मनश्‍शेको आधा कुललाई त मोशाले बाशानमा अधिकार दिएका थिए, तर अर्को आधालाई यहोशूले यर्दन वारि पश्‍चिमपट्टि तिनीहरूका दाजुभाइहरूका बीचमा दिए।) तिनीहरूलाई आ-आफ्‍ना डेराहरूमा जान बिदा दिँदा यहोशूले तिनीहरूलाई आशीर्वाद पनि दिए,</verse>
				<verse number="8">र तिनीहरूलाई यसो भने, “धेरै धन-सम्‍पत्ति, र प्रशस्‍त बस्‍तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आ-आफ्‍ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्‍ना भाइहरूमा भागबन्‍डा गर।”</verse>
				<verse number="9">तब रूबेनी, गादी र मनश्‍शेको आधा कुल, परमप्रभुको आज्ञामुताबिक मोशाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इस्राएलीहरूसँग बिदा भएर कनान देशको शीलोबाट फर्के।</verse>
				<verse number="10">जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलीलोतमा पुगे, रूबेनी, गादी र मनश्‍शेको आधा कुलले त्‍यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए।</verse>
				<verse number="11">अनि इस्राएलीहरूले रूबेनी, गादी र मनश्‍शेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै, इस्राएलीहरूका भागपट्टि वेदी बनाए भन्‍ने कुरा सुने।</verse>
				<verse number="12">तब उनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई इस्राएलका सारा समुदाय शीलोमा जम्‍मा भए।</verse>
				<verse number="13">तब इस्राएलीहरूले गिलादको देशमा रूबेनी, गादी र मनश्‍शेको आधा कुलकहाँ पूजाहारी एलाजारका छोरा पीनहासलाई पठाए,</verse>
				<verse number="14">र तिनको साथमा इस्राएलका मुख्‍य मानिसहरूमध्‍ये दश जना मानिसलाई हरेक कुलबाट एक-एक गरेर पठाए। तिनीहरू इस्राएलका वंशहरूमा एक-एक परिवारका मुखिया थिए।</verse>
				<verse number="15">अनि तिनीहरू रूबेनी, गादी र मनश्‍शेको आधा कुलकहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने,</verse>
				<verse number="16">“परमप्रभुको सारा समुदाय यसो भन्‍दछ, ‘तिमीहरूले इस्राएलका परमेश्‍वरको विरुद्धमा कसरी यस्‍तो विश्‍वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरुद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोड़ेर आफ्‍ना निम्‍ति यो वेदी बनाएका छौ?</verse>
				<verse number="17">के पोरको अधर्मले हामीलाई पुगेन र? त्‍यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्‍म आफूलाई त्‍यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौं।</verse>
				<verse number="18">के आज फेरि तिमीहरू परमप्रभुदेखि टाढ़ा जाँदैछौ? “‘आज तिमीहरू परमप्रभुको विरुद्धमा बागी भयौ भने, भोलि इस्राएलको सारा समुदायसित उहाँ रिसाउनुहुनेछ।</verse>
				<verse number="19">तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्‍थान छ, त्‍यहाँ आओ, र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्‍वरको वेदी छोड़ेर तिमीहरूका निम्‍ति अर्को वेदी बनाएर परमप्रभुको विरुद्ध बागी नहोओ।</verse>
				<verse number="20">जेरहको छोरा आकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन? अनि क्रोध इस्राएलको सारा समुदायमाथि परेको थियो। त्‍यो मानिस मात्र आफ्‍नो अपराधको कारणले मरेको थिएन’।”</verse>
				<verse number="21">तब रूबेनी, गादी र मनश्‍शेको आधा कुलले इस्राएलका वंशहरूका कुलनायकहरूलाई भने,</verse>
				<verse number="22">“सर्वशक्तिमान्‌ परमेश्‍वर, हो, परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, उहाँ नै जान्‍नुहुन्‍छ, र इस्राएलले जानून्‌। यदि हामीले बागी भएर परमप्रभुको विरुद्धमा अपराध गरेका रहेछौं भने, आज हामीलाई जीवित नराख।</verse>
				<verse number="23">परमप्रभुलाई पछ्याउन छोड़ेर हामीले आफ्‍ना निम्‍ति वेदी बनाएका रहेछौं, अथवा त्‍यसमा होमबलि वा अन्‍नबलि अथवा मेलबलि चढ़ाउन बनाएका रहेछौं भने, परमप्रभु आफैले त्‍यसको लेखा लिऊन्‌।</verse>
				<verse number="24">“होइन, हामीले यस अर्थले बनाएका हौं, कि कुनै बखत भविष्‍यमा तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई यसो भन्‍लान्‌: ‘परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?</verse>
				<verse number="25">किनकि तिमीहरू रूबेन र गादका सन्‍तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनुभएको छ। परमप्रभुमा तिमीहरूको केही पनि हिस्‍सा छैन’। यसो भनेर तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई परमप्रभुप्रतिको श्रद्धापूर्ण भय टुटाइदेलान्‌।</verse>
				<verse number="26">“यसकारण हामीले यसो भन्‍यौं, ‘होमबलि अथवा बलिदानको निम्‍ति नभए पनि, एउटा वेदी त हामीले बनाउनुपर्छ’।</verse>
				<verse number="27">तर हामीहरू र तिमीहरूका बीचमा र हाम्रा पछिका पुस्‍ताहरूका बीचमा यो साक्षीको रूपमा रहोस्, कि हामीहरूले होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुको सेवा उहाँको सम्‍मुखै गर्नेछौं। अनि तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई भविष्‍यमा, ‘परमप्रभुमा तिमीहरूको केही हिस्‍सा छैन’ भनी भन्‍न नपाऊन्‌।</verse>
				<verse number="28">“अनि हामीले विचार गर्‍यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रा सन्‍तानलाई भविष्‍यमा त्‍यसो भनिहालेमा हामी भन्‍नेछौं, ‘हेर, परमप्रभुका वेदीको प्रतिरूप, जो हाम्रा पिता-पुर्खाहरूले होमबलि वा बलिदानको निम्‍ति होइन, तर हाम्रा र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाए’।</verse>
				<verse number="29">“हामीले परमप्रभुको विरुद्धमा बागी भएर उहाँको पवित्र वासस्‍थानको सामुन्‍ने भएको परमप्रभु हाम्रा परमेश्‍वरको वेदी छोड़ेर, होमबलि, अन्‍नबलि, र बलिदान चढ़ाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्‌ने दिन त कहिल्‍यै नआओस्‌।”</verse>
				<verse number="30">जब पीनहास पूजाहारीले र तिनीसँग भएका इस्राएलीका कुलनायकहरूले रूबेनका, गादका र मनश्‍शेका सन्‍तानले भनेका कुरा सुने, तब तिनीहरू प्रसन्‍न भए।</verse>
				<verse number="31">अनि एलाजार पूजाहारीका छोरा पीनहासले रूबेनका, गादका र मनश्‍शेका सन्‍तानलाई यसो भने, “परमप्रभु हाम्रा साथमा हुनुहुँदोरहेछ भन्‍ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा यो विश्‍वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ।”</verse>
				<verse number="32">तब एलाजार पूजाहारीका छोरा पीनहास र ती कुलनायकहरू गिलाद देशका रूबेनी र गादीहरूबाट कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूलाई सारा वृत्तान्‍त सुनाए।</verse>
				<verse number="33">त्‍यो कुरा इस्राएलीहरूलाई मन पर्‍यो, र तिनीहरूले परमेश्‍वरलाई धन्‍यका भने। फेरि उनीहरूका विरुद्धमा लड़ाइँ गर्न, र रूबेनी र गादी बसेको देश नष्‍ट पार्न जाने कुरा तिनीहरूले गरेनन्‌।</verse>
				<verse number="34">अनि रूबेनी र गादीहरूले त्‍यस वेदीको यो नाउँ राखे: परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ भन्‍ने हाम्रा बीचमा साक्षी।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">अब धेरै दिनपछि, जब परमप्रभुले इस्राएलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो, र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए,</verse>
				<verse number="2">यहोशूले सबै इस्राएलीहरूलाई, तिनीहरूका धर्म-गुरुहरू, कुलनायकहरू, न्‍यायकर्ताहरू, र अधिकारीहरूलाई बोलाएर भने, “म वृद्ध भएँ अनि निकै उमेर खाइसकें।</verse>
				<verse number="3">परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्‍ति यी सारा जातिहरूलाई के-के गर्नुभयो, सो सबै तिमीहरूले देखेकै छौ। तिमीहरूका निम्‍ति लड़ाइँ गर्ने उहाँ नै, परमप्रभु तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="4">स्‍मरण गर, यर्दनदेखि पश्‍चिमतिर महासमुद्रसम्‍म यी बाँकी रहेका जातिहरूलाई, अर्थात्‌ मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँड़िदिएको छु।</verse>
				<verse number="5">परमप्रभु तिमीहरूका परमेश्‍वर आफैले नै तिमीहरूका सामुन्‍नेबाट उनीहरूलाई निकालिदिनुहुनेछ, र तिमीहरूका नजरको अगि धपाइदिनुहुनेछ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ।</verse>
				<verse number="6">“यसकारण मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्‍यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।</verse>
				<verse number="7">तिमीहरूका बीचमा रहेका जातिहरूसँग नमिसिनु, उनीहरूका देवताहरूका नाउँ नलेओ, तिनका नाउँमा शपथ नखानू। तिनीहरूको सेवा नगर्नू र तिनीहरूलाई दण्‍डवत्‌ नगर्नू।</verse>
				<verse number="8">तर तिमीहरूले आजको दिनसम्‍म गरेजस्‍तै परमप्रभु तिमीहरूका परमेश्‍वरमै लीन भइरहनू।</verse>
				<verse number="9">“परमप्रभुले तिमीहरूका सामुन्‍नेबाट महान्‌ शक्तिशाली जातिहरूलाई धपाउनुभएको छ। तर तिमीहरूका सामुन्‍ने आजसम्‍म कोही पनि अड्‌न सकेको छैन।</verse>
				<verse number="10">तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्‍छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्‍ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्‍छ।</verse>
				<verse number="11">यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न पूरा होशियार गर।</verse>
				<verse number="12">“तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात्‌ तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्‍यौ, र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयौ भनेता,</verse>
				<verse number="13">यो निश्‍चय जान, कि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका दृष्‍टिबाट फेरि धपाउनुहुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्‍ट नभएसम्‍म उनीहरू तिमीहरूका निम्‍ति पासो र जाल, र तिमीहरूका पीठमा कोर्रा, र तिमीहरूका आँखामा काँढ़ा हुनेछन्‌।</verse>
				<verse number="14">“अब म सबै मानव-जातिले जानुपर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्‍ति सबै पूरा भएको छ, र एउटा पनि त्‍यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्‍नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ।</verse>
				<verse number="15">जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएका सबै असल कुराहरू तिमीहरूमाथि हुन आएका छन्, त्‍यसरी नै परमप्रभुले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरूलाई नष्‍ट नपारुञ्‍जेल, परमप्रभुले तिमीहरूमाथि सबै खराब कुराहरू पनि ल्‍याउनुहुनेछ।</verse>
				<verse number="16">यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको करारबाट तर्केर अरू देवतालाई पुज्‍न गयौ र तिनीहरूलाई दण्‍डवत्‌ गर्‍यौ भने, तब परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू तुरुन्‍तै नाश भएर जानेछौ।”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">तब यहोशूले इस्राएलीहरूका सबै कुललाई शकेममा जम्‍मा गरेर इस्राएलका धर्म-गुरुहरू, कुलनायकहरू, न्‍यायकर्ताहरू र अधिकारीहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु हाजिर गराए।</verse>
				<verse number="2">यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्‍थे, र तिनीहरूले अरू देवताहरू पुज्‍दथे।</verse>
				<verse number="3">तर मैले तिमीहरूका पुर्खा अब्राहामलाई यूफ्रेटिस नदी पारिबाट ल्‍याएँ, र त्‍यसलाई कनान देशका चारै दिशामा डोर्‍याएँ र त्‍यसका सन्‍तान वृद्धि गरें। मैले त्‍यसलाई इसहाक दिएँ।</verse>
				<verse number="4">फेरि मैले इसहाकलाई याकूब र एसाव दिएँ। अनि मैले एसावलाई त्‍यसका अधिकारको निम्‍ति सेइरको पहाड़ी देश दिएँ। तर याकूब र त्‍यसका छोराहरूचाहिँ मिश्रदेशतिर गए।</verse>
				<verse number="5">“‘तब मैले मोशा र हारूनलाई पठाएर त्‍यहाँ मैले गरेको कामद्वारा मिश्रदेशमा विपत्ति पठाएँ, र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्‍याएँ।</verse>
				<verse number="6">जब मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएँ, तिमीहरू समुद्रसम्‍म आइपुग्‍यौ, र मिश्रीहरूले तिमीहरूका पिता-पुर्खालाई रथ र घोड़चढ़ीहरूसहित लाल समुद्रसम्‍म खेदेर आए।</verse>
				<verse number="7">तर तिनीहरूले परमप्रभुलाई पुकारा गरे, अनि उहाँले तिमीहरू र मिश्रदेश वासीहरूका बीचमा अन्‍धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनुभयो। मैले मिश्रदेशमा के गरें, सो तिमीहरूले आफ्‍ना आँखाले देख्‍यौ। तब तिमीहरू धेरै दिनसम्‍म उजाड़-स्‍थानमा रह्यौ।</verse>
				<verse number="8">“‘मैले तिमीहरूलाई यर्दनको पूर्वपट्टि बस्‍ने एमोरीहरूको देशमा ल्‍याएँ। उनीहरूले तिमीहरूसित लड़ाइँ गरे, र मैले उनीहरूलाई तिमीहरूका हातमा पारिदिएँ, र तिमीहरूले उनीहरूको देश अधिकार गर्‍यौ। मैले उनीहरूलाई तिमीहरूका सामुन्‍ने नष्‍ट पारें।</verse>
				<verse number="9">तब मोआबको राजा सिप्‍पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्‍यो। अनि तिमीहरूलाई सराप दिनलाई त्‍यसले बओरको छोरा बालामलाई डाकिपठायो।</verse>
				<verse number="10">तर बालामको प्रार्थना मैले सुनिनँ। त्‍यसैकारण त्‍यसले त बारम्‍बार तिमीहरूलाई आशिष्‌ पो दियो। यसरी मैले तिमीहरूलाई त्‍यसको हातबाट बचाएँ।</verse>
				<verse number="11">“‘त्‍यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्‍जी, कनानी, हित्ती, गिर्गाशी, हिव्‍वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिएँ।</verse>
				<verse number="12">मैले तिमीहरूका अगिअगि एउटा अरिङ्गाल पठाइदिएँ, जसले उनीहरूलाई, एमोरीहरूका दुई राजाहरूलाई समेत तिमीहरूका सामुन्‍नेबाट धपायो। त्‍यो तिमीहरूले आफ्‍ना तरवार र धनुले गरेनौ।</verse>
				<verse number="13">यसरी तिमीहरूले मेहनतै नगरेको देश, र तिमीहरू आफैले नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। तिमीहरू तिनमा बस्‍दैछौ, र आफैले नरोपेका दाखबारी र भद्राक्षबारीका फल तिमीहरू खाँदैछौ’।</verse>
				<verse number="14">“यसकारण अब परमप्रभुको भय मान, र सारा विश्‍वस्‍ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्‍याँक, र परमप्रभुको सेवा गर।</verse>
				<verse number="15">तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”</verse>
				<verse number="16">तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्‍यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्‌।</verse>
				<verse number="17">किनभने परमप्रभु हाम्रा परमेश्‍वरले नै हामीलाई र हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेश, दासत्‍वको घरबाट मुक्त गराएर ल्‍याउनुभएको हो, र हाम्रा आँखाकै सामु त्‍यस्‍ता ठूला आश्‍चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि, जुन जातिहरूका बीचबाट हामी आए तापनि उहाँले हामीलाई रक्षा गर्नुभयो।</verse>
				<verse number="18">परमप्रभुले हाम्रा सामुन्‍नेबाट सबै जातिहरू, यस देशमा बस्‍ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="19">यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र परमेश्‍वर हुनुहुन्‍छ। उहाँ डाह गर्ने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले तिमीहरूका अपराध र तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।</verse>
				<verse number="20">तिमीहरूले परमप्रभुलाई त्‍यागेर पराई देवताहरूको पूजा गर्‍यौ भनेता अहिलेसम्‍म उहाँले तिमीहरूको हित गर्नुभए तापनि तिमीहरूको अहित गर्न उहाँ फर्कनुहुनेछ, र तिमीहरूलाई भस्‍म पार्नुहुनेछ।”</verse>
				<verse number="21">तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुकै सेवा गर्नेछौं।”</verse>
				<verse number="22">तब यहोशूले तिनीहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्ने निर्णय गरेर तिमीहरू आफ्‍ना लागि आफै साक्षी भएका छौ।” तिनीहरूले भने, “हामी साक्षी छौं।”</verse>
				<verse number="23">यहोशूले भने, “यसकारण अब तिमीहरूसँग भएका पराई देवताहरूलाई मिल्‍काइदेओ, र तिमीहरूका मन परमप्रभु इस्राएलका परमेश्‍वरतिर लगाओ।”</verse>
				<verse number="24">अनि मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेश्‍वरको सेवा हामी गर्नेछौं र उहाँकै वचन सुन्‍नेछौं।”</verse>
				<verse number="25">यहोशूले त्‍यही दिन मानिसहरूसँग करार बाँधे, र शकेममा तिनीहरूका निम्‍ति विधि र विधान बनाए।</verse>
				<verse number="26">यी सबै कुराहरू यहोशूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तकमा लेखे। अनि तिनले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुका पवित्रस्‍थाननेरका रूखमुनि स्‍थापना गरे।</verse>
				<verse number="27">यहोशूले सबै मानिसहरूलाई भने, “हेर, यो ढुङ्गा हाम्रा विरुद्धमा साक्षी हुनेछ, किनकि परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्‍ना परमेश्‍वरप्रति अविश्‍वासी भयौ भने त्‍यो तिमीहरूका विरुद्धमा साक्षी हुनेछ।”</verse>
				<verse number="28">यसरी यहोशूले तिनीहरूलाई तिनीहरूका आ-आफ्‍ना अधिकारको जग्‍गामा पठाइदिए।</verse>
				<verse number="29">यी कुरापछि परमप्रभुका दास, नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे।</verse>
				<verse number="30">अनि तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशको तिम्‍नथ-सेरह तिनको आफ्‍नै अधिकारको साँधभित्र गाड़े।</verse>
				<verse number="31">यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इस्राएलको निम्‍ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्म-गुरुहरूका जीवनभरि पनि इस्राएलीहरूले परमप्रभुकै सेवा गरे।</verse>
				<verse number="32">इस्राएलीहरूले मिश्रदेशबाट ल्‍याएका योसेफका अस्‍थि शकेमका बुबा हमोरका छोराहरूसित याकूबले एक सय चाँदीका टुक्रामा शकेममा किनेको एक टुक्रा जग्‍गामा गाड़े। त्‍यो ठाउँ योसेफका सन्‍तानको अधिकारमा पर्‍यो।</verse>
				<verse number="33">अनि हारूनका छोरा एलाजार पनि मरे, र तिनका छोरा पीनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिबामा तिनीहरूले तिनलाई गाड़े।</verse>
			</chapter>
		</book>
		<book number="7">
			<chapter number="1">
				<verse number="1">यहोशूको मृत्‍युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इस्राएलीहरूले परमप्रभुसित सोधपूछ गरे।</verse>
				<verse number="2">परमप्रभुले जवाफ दिनुभयो, “यहूदाले आक्रमण गरोस्‌। मैले त्‍यो देश तिनीहरूका हातमा सुम्‍पिदिएको छु।”</verse>
				<verse number="3">यहूदाका मानिसहरूले आफ्‍ना दाजुभाइ शिमियोनीहरूलाई भने, “हाम्रो भागमा परेको जग्‍गामा हामीसँग आओ, र हामी कनानीहरूसँग लड़ाइँ गरौं। अनि हामी पनि तिमीहरूको भागमा परेको जग्‍गामा तिमीहरूसँग जानेछौं।” यसैले शिमियोन तिनीहरूसँग गए।</verse>
				<verse number="4">तब यहूदा आक्रमण गर्नलाई अगि बढ़े, र परमप्रभुले कनानीहरू र परिज्‍जीहरूलाई तिनीहरूका हातमा सुम्‍पिदिनुभयो। तिनीहरूले उनीहरूका दश हजारलाई बेजेकमा मारे।</verse>
				<verse number="5">त्‍यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाए र तिनीहरूले लड़ाइँ गरे, र कनानीहरू र परिज्‍जीहरूलाई तिनीहरूले परास्‍त गरे।</verse>
				<verse number="6">अदोनी-बेजेकचाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे, र उनका हात र खुट्टाका बूढ़ी-औँला काटिदिए।</verse>
				<verse number="7">अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्‍ने गर्थे। मैले उनीहरूलाई जस्‍तो गरेको थिएँ परमेश्‍वरले मलाई त्‍यस्‍तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्‍याए र उनी त्‍यहीँ मरे।</verse>
				<verse number="8">यहूदाका मानिसहरूले यरूशलेममाथि चढ़ाइ गरेर त्‍यसलाई कब्‍जा गरे। तिनीहरूले त्‍यसका मानिसहरूलाई तरवारले मारे, र त्‍यस सहरमा आगो लगाइदिए।</verse>
				<verse number="9">त्‍यसपछि यहूदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा, नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाइँ गर्नलाई उँधोतिर झरे।</verse>
				<verse number="10">तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्‍मैलाई परास्‍त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।)</verse>
				<verse number="11">त्‍यहाँबाट तिनीहरू दबीरका बासिन्‍दाहरूका विरुद्धमा जाइलागे। (दबीरको पहिलेको नाउँ किर्यत-सेपेर थियो।)</verse>
				<verse number="12">अनि कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गरेर त्‍यो लिन्‍छ, त्‍यससँग म मेरी छोरी अक्‍सालाई विवाह गरिदिनेछु।”</verse>
				<verse number="13">तब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले त्‍यो लिए। र कालेबले आफ्‍नी छोरी अक्‍सालाई उनीसँग विवाह गरिदिए।</verse>
				<verse number="14">एक दिन जब अक्‍सा ओत्‍निएलकहाँ आइन्‌ तब उनले तिनलाई आफ्‍ना पितासित एक टुक्रा जमिन माग्‍नलाई सुर्‍याए। जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्‌ तब कालेबले तिनलाई सोधे, “तँलाई के चाहियो?”</verse>
				<verse number="15">तिनले भनिन्, “मलाई एउटा दाइजो दिनुहोस्‌। तपाईंले मलाई नेगेवमा जग्‍गा दिनुभएको कारणले, अब मलाई पानीका मूलहरू पनि दिनुहोस्‌।” यसैले कालेबले तिनलाई माथिल्‍लो र तल्‍लो दुवै पानीका मूलहरू दिए।</verse>
				<verse number="16">मोशाका ससुराका सन्‍तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्‍यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।</verse>
				<verse number="17">त्‍यसपछि यहूदाका मानिसहरूले आफ्‍ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्‍ने कनानीहरूलाई आक्रमण गरेर त्‍यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्‍यस सहरको नाउँ होर्मा राखियो।</verse>
				<verse number="18">यहूदाले गाजा, अश्‍कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्‍गाहरू पनि लिए।</verse>
				<verse number="19">परमप्रभु यहूदासँग हुनुहुन्‍थ्‍यो, र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे। तर बेँसीका बासिन्‍दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए।</verse>
				<verse number="20">तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए।</verse>
				<verse number="21">तर बेन्‍यामीनीहरूले यरूशलेमका यबूसीहरूलाई धपाएनन्‌। यसैले यबूसीहरू आजको दिनसम्‍म बेन्‍यामीनीहरूसँग यरूशलेममा बसेका छन्‌।</verse>
				<verse number="22">योसेफका कुलले बेथेल आक्रमण गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="23">तिनीहरूले बेथेलमा गुप्‍तचरहरू पठाए। (पहिले बेथेलको नाउँ लूज थियो।)</verse>
				<verse number="24">यी गुप्‍तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्‍यसलाई भने, “सहरभित्र कसरी पस्‍ने हो हामीलाई बताइदेऊ, र हामी तिम्रो केही नोक्‍सानी हुन दिनेछैनौं।”</verse>
				<verse number="25">यसैले त्‍यसले तिनीहरूलाई सहरमा कसरी पस्‍ने हो सो बताइदियो, र तिनीहरूले सहरका मानिसलाई तरवारले मारे, तर त्‍यस मानिस र त्‍यसका सारा परिवारलाई छोड़िदिए।</verse>
				<verse number="26">त्‍यो मानिस हित्तीहरूको देशमा गयो, र त्‍यसले त्‍यहाँ एउटा सहर बनायो, र त्‍यसको नाउँ लूज राख्‍यो। त्‍यस सहरको नाउँ आजसम्‍म यही छ।</verse>
				<verse number="27">तर मनश्‍शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्‍तीहरूका बासिन्‍दाहरूलाई धपाएनन्‌। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे।</verse>
				<verse number="28">पछि जब इस्राएलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिल्‍यै जम्‍मैलाई धपाएनन्‌।</verse>
				<verse number="29">न त एफ्राइमले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे।</verse>
				<verse number="30">जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्‍याए।</verse>
				<verse number="31">आशेरले अक्‍को, सीदोन, अहलाब, अक्‍जीब, हेलवा, अपेक र रहोबका बासिन्‍दाहरूलाई धपाएनन्‌।</verse>
				<verse number="32">यसरी आशेरीहरू कनानी बासिन्‍दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्‌।</verse>
				<verse number="33">नप्‍तालीले बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरूलाई धपाएनन्, तर त्‍यहाँका कनानीहरूसँग बसे, र बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए।</verse>
				<verse number="34">एमोरीहरूले दानका सन्‍तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेँसीमा आउन दिएनन्‌।</verse>
				<verse number="35">एमोरीहरूले हेरेस डाँड़ा, अय्‍यालोन र शाल्‍बीममा डटेर बस्‍ने दृढ़ता गरे, तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए।</verse>
				<verse number="36">एमोरीहरूको सिमाना अक्रब्‍बीमको उकालोदेखि सेलासम्‍म पर्थ्‍यो।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्‍लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी शपथ खाएको यस देशमा ल्‍याइपुर्‍याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्‍यो कहिल्‍यै भङ्ग गर्नेछैनँ।</verse>
				<verse number="2">तिमीहरूले पनि यस देशका बासिन्‍दाहरूसँग करार नबाँध्‍नू। तिमीहरूले उनीहरूका वेदीहरू भत्‍काइदिनू’। तर तिमीहरूले मेरो आज्ञापालन गरेनौ। हेर, तिमीहरूले के गर्‍यौ?</verse>
				<verse number="3">यसैले म भन्‍दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्‍ति पासो बन्‍नेछन्‌’।”</verse>
				<verse number="4">जब परमप्रभुका दूतले यी कुरा इस्राएलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे।</verse>
				<verse number="5">यसैले त्‍यस ठाउँको नाउँ बोकीम राखियो। त्‍यहाँ तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए।</verse>
				<verse number="6">यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि तिनीहरू हरेक त्‍यस देशमा आ-आफ्‍नो भागमा परेको जग्‍गा ओगट्‌नलाई गए।</verse>
				<verse number="7">यहोशू जीवित रहुञ्‍जेल र तिनका पछिका धर्म-गुरुहरू बाँचुञ्‍जेल, जसले परमप्रभुले इस्राएलको निम्‍ति गर्नुभएका जम्‍मै ठूला-ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे।</verse>
				<verse number="8">नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे,</verse>
				<verse number="9">र तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्‍नथ-हेरेसमा तिनकै निज अधिकारका भागको सिमानाभित्रै गाड़े।</verse>
				<verse number="10">त्‍यस जम्‍मै पुस्‍ताका सबै जना आफ्‍ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्‍ता आयो जसले परमप्रभुलाई चिन्‍दैनथ्‍यो न त उहाँले इस्राएलको निम्‍ति गर्नुभएको कामलाई पनि जान्‍दथ्‍यो।</verse>
				<verse number="11">जे परमप्रभुको दृष्‍टिमा खराब थियो, इस्राएलीहरूले त्‍यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे।</verse>
				<verse number="12">तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई त्‍यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्‍ना वरिपरि बस्‍ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्‍ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्‍याए।</verse>
				<verse number="13">तिनीहरूले परमप्रभुलाई त्‍यागेर बाल र अश्‍तोरेत देवताहरूलाई पुजे।</verse>
				<verse number="14">परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्‌नेहरूका शिकार तुल्‍याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने टिक्‍न सकेनन्‌।</verse>
				<verse number="15">हरेक पल्‍ट तिनीहरू लड़ाइँ गर्न निस्‍कँदा परमप्रभुले आफ्‍नो गम्‍भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्‍टमा परे।</verse>
				<verse number="16">त्‍यसपछि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए।</verse>
				<verse number="17">तर तिनीहरूले यी न्‍यायकर्ताहरूका कुरा पनि सुनेनन्‌। तिनीहरू व्‍यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरू हिँडेका परमेश्‍वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए।</verse>
				<verse number="18">जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्‍यो न्‍यायकर्तासँग हुनुहुन्‍थ्‍यो, र तिनी बाँचुञ्‍जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्‍नुहुन्‍थ्‍यो। किनकि दुर्व्‍यवहार र अत्‍याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्‍केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्‍थ्‍यो।</verse>
				<verse number="19">तर ती न्‍यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्‍ना पुर्खाहरूभन्‍दा पनि अझ बढ्‌ता भ्रष्‍टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्‍दै र उनीहरूका सामु निहुरिँदै आफ्‍नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्‍ना दुष्‍ट व्‍यवहार र हठी चाललाई छोड्‌न अस्‍वीकार गरे।</verse>
				<verse number="20">यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्‍नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले,</verse>
				<verse number="21">अब यहोशूले आफ्‍नो मृत्‍युको समयमा छोड़ेका यी सबै जातिहरूमध्‍येको एउटै जातिलाई पनि इस्राएलीहरूका लागि जग्‍गा बनाउनलाई म धपाउनेछैनँ।</verse>
				<verse number="22">तिनीहरूका पिता-पुर्खाहरूले गरेझैँ तिनीहरू परमप्रभुको मार्गमा ठीकसित हिँड्‌छन्‌ कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इस्राएललाई जाँच्‍नेछु।”</verse>
				<verse number="23">परमप्रभुले ती जातिहरूलाई त्‍यसै छोड़िदिनुभएको थियो, र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनुभएको थिएन।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यी तिनै जातिहरू हुन्‌ जसलाई परमेश्‍वरले ती इस्राएलीहरूलाई जाँच्‍नलाई छोड्‌नुभएको थियो, जसले कनानका लड़ाइँहरूको अनुभव पाएका थिएनन्‌।</verse>
				<verse number="2">इस्राएलका आउने पुस्‍ताहरूलाई, अर्थात्‌ जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो।</verse>
				<verse number="3">ती जातिहरू यी नै हुन्‌: पलिश्‍तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्‍म बस्‍ने हिव्‍वीहरू।</verse>
				<verse number="4">उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन्‌ कि गर्दैनन्‌ भनेर जाँच्‍नलाई थियो।</verse>
				<verse number="5">यसरी इस्राएलीहरू कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूसँग रहन लागे।</verse>
				<verse number="6">तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे, र आफ्‍नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए। र तिनीहरूले उनीहरूका देवताहरूलाई पनि पूजा गर्न लागे।</verse>
				<verse number="7">जुन कुरा परमप्रभुको दृष्‍टिमा खराब थियो इस्राएलीहरूले त्‍यही गरे। तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्‍न लागे।</verse>
				<verse number="8">इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्‍म आफ्‍नो अधीनमा राखे।</verse>
				<verse number="9">तर जब इस्राएलीहरूले सहायताको निम्‍ति परमेश्‍वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्‍निएललाई खड़ा गर्नुभयो, र तिनले तिनीहरूलाई मुक्त गरे।</verse>
				<verse number="10">परमप्रभुका आत्‍मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलमाथि न्‍यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्‍के, र परमप्रभुले अरामका राजा कूशन-रिशातैमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ओत्‍निएल उनीमाथि विजयी भए।</verse>
				<verse number="11">यसरी कनजका छोरा ओत्‍निएलको मृत्‍यु नहोउञ्‍जेल देशमा चालीस वर्षसम्‍म शान्‍ति भयो।</verse>
				<verse number="12">फेरि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो त्‍यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्‍लोनलाई इस्राएलमाथि अधिकार दिनुभयो।</verse>
				<verse number="13">एग्‍लोनले अम्‍मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्‍ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि अधिकार गरे।</verse>
				<verse number="14">इस्राएलीहरू अठार वर्षसम्‍म मोआबका राजा एग्‍लोनको अधीनमा रहे।</verse>
				<verse number="15">फेरि तिनीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात्‌ बेन्‍यामीनी गेराका छोरा, देब्रे हात चल्‍ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्‍लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए।</verse>
				<verse number="16">एहूदले आफ्‍नो निम्‍ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे।</verse>
				<verse number="17">त्‍यसपछि तिनी मोआबका राजा एग्‍लोनकहाँ कर लिएर गए। एग्‍लोन साह्रै मोटा मानिस थिए।</verse>
				<verse number="18">एहूदले कर टक्र्याइसकेपछि तिनले करको सौगात बोकेर ल्‍याउने मानिसहरूलाई पठाइदिए।</verse>
				<verse number="19">तिनी आफूचाहिँ गिलगालमा भएको, मूर्तिहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, “हे महाराज, मैले हजूरलाई गुप्‍तिमा केही भन्‍नु छ।” तब एग्‍लोनले चूप लाग्‍ने आदेश दिएर आफ्‍ना सबै सेवकहरूलाई बाहिर पठाए।</verse>
				<verse number="20">जब उनी आफ्‍नो महलको कौसीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर एहूदले भने, “परमेश्‍वरबाट हजूरलाई मैले एउटा कुरो भन्‍नु छ।”</verse>
				<verse number="21">तब एग्‍लोन आफ्‍नो आसनबाट उठे, र एहूदले आफ्‍नो देब्रे हातले दाहिनेतिर भएको चुपी निकालेर, उनको भुँड़ीमा रोपिदिए।</verse>
				<verse number="22">चुपी बीँड़समेत पस्‍यो, र उनको ढाड़बाट निस्‍कियो। बोसोले चुपीलाई छोप्‍यो। तिनले चुपी निकालेनन्, तर त्‍यत्तिकै अवस्‍थामा छोड़िराखे।</verse>
				<verse number="23">तब एहूद दलानमा निस्‍के र एग्‍लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्‍चा लगाइदिए।</verse>
				<verse number="24">जब तिनी निस्‍किसकेका थिए तब एग्‍लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्‍चा लगाइएको देखेर तिनीहरूले भने, “राजा आफ्‍नो महलको शीतल कोठामा दिसा बसिरहनुभएको होला।”</verse>
				<verse number="25">धेरै बेरसम्‍म पर्खंदा-पर्खंदा तिनीहरूलाई लाज पनि लाग्‍यो, तापनि एग्‍लोनले कौसीको कोठाका ढोकाहरू खोलेनन्‌। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले, र आफ्‍ना मालिकलाई भूइँमा मरेर लड़िरहेका भेट्टाए।</verse>
				<verse number="26">तिनीहरू पर्खिरहँदा एहूद उम्‍केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरिगएर सीरा भन्‍ने ठाउँमा पुगे।</verse>
				<verse number="27">अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्‍यहाँ तिनले तुरही फुके, र इस्राएलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अगि लाए।</verse>
				<verse number="28">एहूदले तिनीहरूलाई भने, “मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ।” यसकारण तिनीहरू तिनका पछिपछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको यर्दनका जँघारहरू लिए, र कसैलाई पनि त्‍यहाँबाट पारि जान दिएनन्‌।</verse>
				<verse number="29">तिनीहरूले त्‍यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया-बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्‍कन पाएन।</verse>
				<verse number="30">यसरी त्‍यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा असी वर्षसम्‍म शान्‍ति भइरह्यो।</verse>
				<verse number="31">एहूदपछि अनातका छोरा शमगर खड़ा भए। तिनले छ सय पलिश्‍तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इस्राएलको उद्धार गरे।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">एहूदको मृत्‍युपछि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो फेरि त्‍यही गरे।</verse>
				<verse number="2">यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्‍गोयिममा बस्‍थे।</verse>
				<verse number="3">इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्‍म क्रूरतापूर्वक सताए।</verse>
				<verse number="4">त्‍यस बेला लप्‍पीदोतकी पत्‍नी दबोरा न्यायकर्ता थिइन्‌। तिनी एक अगमवादिनी थिइन्‌।</verse>
				<verse number="5">तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्‍ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्‍साफको निम्‍ति आउँथे।</verse>
				<verse number="6">तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वरको आज्ञा यो हो: ‘गएर नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्‍याऊ’।</verse>
				<verse number="7">म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्‍यसका रथहरू र त्‍यसका सबै फौजसमेत निकाली ल्‍याएर उनीहरूलाई तिम्रो हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="8">बाराकले जवाफ दिए, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भनेता म पनि जानेछैनँ।”</verse>
				<verse number="9">दबोराले भनिन्, “निश्‍चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा सुम्‍पिदिनुहुनेछ।” तब दबोरा उठिन्‌ र बाराकसँग केदेशमा गइन्‌।</verse>
				<verse number="10">बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्‌।</verse>
				<verse number="11">अब केनी हेबेरले केनीहरू, अर्थात्‌ मोशाका साला होबाबका सन्‍तानहरूदेखि अलग भएर केदेशनेर सानन्‍नीममा भएको ठूलो रूख नजिक आफ्‍नो पाल टाँगेका थिए।</verse>
				<verse number="12">अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन्‌ भन्‍ने खबर सीसराकहाँ पुर्‍याइयो।</verse>
				<verse number="13">तब उनले आफ्‍ना नौ सय फलामका रथहरू र आफ्‍ना फौजहरूलाई हरोशेत हग्‍गोयिमबाट कीशोन खोलामा भेला गराए।</verse>
				<verse number="14">तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे।</verse>
				<verse number="15">परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्‍नो रथबाट ओर्लेर पैदलै भागे।</verse>
				<verse number="16">बाराकले रथहरू र फौजलाई हरोशेत हग्‍गोयिमसम्‍मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन।</verse>
				<verse number="17">यता सीसराचाहिँ पैदलै भाग्‍दै केनी हेबेरका पत्‍नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।</verse>
				<verse number="18">याएल सीसरालाई भेट गर्नलाई निस्‍किन्, र उनलाई भनिन्, “हजूर, भित्रै आउनुहोस्, भित्रै आउनुहोस्‌। नडराउनुहोस्‌।” यसैले सीसरा पालभित्र पसे, र तिनले उनलाई एउटा कम्‍बल ओढ़ाइदिइन्‌।</verse>
				<verse number="19">सीसराले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ। मलाई साह्रै तिर्खा लागेको छ।” तब तिनले दूधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिइन्, र फेरि उनलाई कम्‍बल ओढ़ाइदिइन्‌।</verse>
				<verse number="20">सीसराले तिनलाई भने, “पालको ढोकामै उभिरह, र कसैले आएर ‘यहाँ कोही छ कि?’ भनेर सोध्‍यो भने ‘छैन’ भनिदेऊ।”</verse>
				<verse number="21">तर हेबेरकी पत्‍नी याएलले पालको एउटा कीला र मुङ्‌ग्रो लिएर सीसरा थकित भई मस्‍त निदाएको बेलामा उनको छेउमा गइन्‌। याएलले सीसराको कन्‍चट छिचोलेर भूइँ भेट्‌ने गरी कीला ठोकिदिइन्‌ र उनी मरे।</verse>
				<verse number="22">बाराक सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्‍नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्‍चटमा कीला गाड़िएर मरिरहेका भेटाए।</verse>
				<verse number="23">त्‍यस दिन परमेश्‍वरले कनानका राजा याबीनमाथि इस्राएलीहरूलाई विजयी बनाइदिनुभयो।</verse>
				<verse number="24">उनलाई खतम नपारुञ्‍जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्‌दैगयो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">त्‍यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:</verse>
				<verse number="2">“जब इस्राएलका अगुवाहरू नेतृत्‍व गर्छन्, जब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्‌— परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="3">“हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्‍तुति गर्नेछु, म परमप्रभु, इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा भजन गाउनेछु।</verse>
				<verse number="4">“हे परमप्रभु, जब तपाईं सेइरबाट अगि बढ्‌नुभयो, जब तपाईं एदोमको देशबाट बढ्‌दैजानुभयो, तब पृथ्‍वी काम्‍यो, आकाशले खन्‍यायो, बादलले झरी बर्सायो।</verse>
				<verse number="5">परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्‍वरको सामु पहाड़हरू डरले थरथराए।</verse>
				<verse number="6">“अनातका छोरा शमगरको पालोमा, याएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्‌न लागे।</verse>
				<verse number="7">इस्राएलका गाउँले जीवन समाप्‍त भयो, जबसम्‍म म, दबोरा, खड़ा भइनँ। इस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ।</verse>
				<verse number="8">जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्‍यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए।</verse>
				<verse number="9">मेरो हृदय इस्राएलका अगुवाहरूसित छ, मानिसहरूमध्‍येका इच्‍छुक स्‍वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="10">“तिमीहरू, सेता गधाहरूमाथि सवार हुनेहरू, जो जीनको गलैंचामाथि बस्‍छौ, र तिमीहरू, जो पैदल बाटो लाग्‍दछौ,</verse>
				<verse number="11">यस कुरालाई राम्ररी विचार गर, गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्‍त्रीहरू पानी भर्नलाई आउँछन्‌। त्‍यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका धार्मिक कार्यहरूको स्‍मरण गर्छन्, इस्राएलमा शूरवीरहरूका धार्मिक कार्यहरू। त्‍यसपछि परमप्रभुका जनहरू तल सहरका मूल ढोकाहरूमा गए।</verse>
				<verse number="12">‘ए दबोरा! उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ, धेरैलाई कैदी बनाऊ।’</verse>
				<verse number="13">त्‍यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरूकहाँ आए। परमप्रभुका मानिसहरू मकहाँ शक्तिवान्‌हरूसित आए।</verse>
				<verse number="14">केही एफ्राइमबाट आए, जसको मूल अमालेकमा छ, बेन्‍यामीन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकीरबाट कप्‍तानहरू आए, जबूलूनबाट सेनाका नेताको लहुरो बोक्‍ने मानिसहरू आए।</verse>
				<verse number="15">इस्‍साखारका प्रधानहरू दबोरासित थिए, हो, इस्‍साखार बाराकसित थिए। तिनीहरू तिनको पछि तल बेँसीमा कुदेर गए। रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्‍ने धेरै काम भयो।</verse>
				<verse number="16">गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई तिमीहरू शिविरका अग्‍निहरूमा किन अलमली बस्‍यौ? रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्‍ने धेरै काम भयो।</verse>
				<verse number="17">गिलाद यर्दन पारि नै बसे। र दान, किन जहाजहरूका छेउमा पर्खिबसे? आशेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे।</verse>
				<verse number="18">जबूलूनका मानिसहरूले आफ्‍नो ज्‍यान नै खतरामा हाले, त्‍यसै गरी नप्‍तालीले पनि रणभूमिको मुखैमा।</verse>
				<verse number="19">“राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाइँ गरे। तर तिनीहरूले कुनै चाँदी, कुनै लूटका माल लगेनन्‌।</verse>
				<verse number="20">ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे, ताराहरूले आ-आफ्‍ना चक्रबाट सीसरासँग लड़ाइँ गरे।</verse>
				<verse number="21">कीशोन खोलाले तिनीहरूलाई बगाएर लग्‍यो, पुरानो खोला, कीशोन खोला। हे मेरो प्राण, छाती फुकाएर हिँड्‌।</verse>
				<verse number="22">तब घोड़ाहरूले टाप बजाए, त्‍यसका बलिष्‍ठ घोड़ाहरू वेगसाथ कुदे।</verse>
				<verse number="23">‘मेरोजलाई सराप,’ परमप्रभुका दूतले भने, ‘सराप, त्‍यसका बासिन्‍दाहरूमाथि सराप, किनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्, परमप्रभुलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्‌।’</verse>
				<verse number="24">“केनी हेबेरकी पत्‍नी याएल सबै स्‍त्रीहरूभन्‍दा आशिषित होऊन्, पालमा बस्‍ने स्‍त्रीहरूमध्‍ये सबैभन्‍दा आशिषित।</verse>
				<verse number="25">सीसराले पानी माग्‍यो, तर तिनले दूध दिइन्, मालिकको निम्‍ति योग्‍यको बटुकोमा तिनले त्‍यसलाई दही टक्र्याइन्‌।</verse>
				<verse number="26">तिनले आफ्‍नो हात पालको कीलातिर बढ़ाइन्, तिनले आफ्‍नो दाहिने हातमा मुङ्‌ग्रो उठाइन्‌। तिनले मुङ्‌ग्रोले सीसरालाई हानिन्, त्‍यसको टाउको किचिन्, तिनले त्‍यसको कन्‍चट छेड़ी चूरचूर पारिन्‌।</verse>
				<verse number="27">तिनकै खुट्टामा त्‍यो लोट्यो, त्‍यो पड़िरह्यो, तिनकै खुट्टामा त्‍यो घोप्‍टियो र लोट्‌यो। जहाँ त्‍यो घोप्‍ट्यो त्‍यहीँ त्‍यो लोट्यो र मर्‍यो।</verse>
				<verse number="28">“सीसराकी आमाले आँखी-झ्‍यालबाट चियाएर हेरिन्, झ्‍यालबाट चियाइन्, र चिच्‍च्‍याएर भनिन्, ‘त्‍यसको रथ आउनलाई किन यति ढिलो गरेको? त्‍यसका रथहरूको खटखट आवाज किन यति बियाँलो भयो?’</verse>
				<verse number="29">तिनका महिलाहरूमध्‍येका सबभन्‍दा ज्ञानीले यस्‍तो जवाफ दिन्‍छिन्, साँच्‍चै तिनी पनि आफैसित यसो भन्‍छिन्,</verse>
				<verse number="30">‘तिनीहरू लूटका मालहरू खोज्‍दैहोलान्, भाग लाउँदैहोलान्, हरेक मानिसको निम्‍ति एउटी केटी, शायद दुई केटी, सीसराको निम्‍ति रङ्गाएका थोकहरू, रङ्गाएका थोकहरूको लूट, पूर्ण रूपले बुट्टा भरेका, मेरो गलाको लागि— यी सबै लूटसरह?’</verse>
				<verse number="31">“हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्‍ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्‍नो प्रतापमा झल्‍केको सूर्यझैँ होऊन्‌।” तब चालीस वर्षसम्‍म देशमा शान्‍ति भयो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">फेरि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो त्‍यही गरे, र उहाँले तिनीहरूलाई मिद्यानीका हातमा सात वर्षसम्‍म सुम्‍पिदिनुभयो।</verse>
				<verse number="2">मिद्यानीहरूको शक्ति यति अत्‍याचारी थियो कि इस्राएलीहरूलाई पहाड़का ओड़ार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्‍न करै लाग्‍यो।</verse>
				<verse number="3">जब-जब इस्राएलीहरूले बीउ छर्दथे। मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इस्राएलमाथि आक्रमण गर्दथे।</verse>
				<verse number="4">उनीहरू देशमा छाउनी बनाएर बसे, र गाजाको छेउसम्‍मैका बालीहरूलाई नाश गरे, यहाँसम्‍म कि इस्राएलीहरूका निम्‍ति भेड़ा, गोरु, र अरू कुनै जीवित थोक पनि छोड़ेनन्‌।</verse>
				<verse number="5">उनीहरू आफ्‍ना गाई-गोरुका बथान र तम्‍बूहरू लिएर सलहको हूलझैँ आए। मानिस र तिनीहरूका ऊँटहरू अनगिन्‍ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे।</verse>
				<verse number="6">यसरी नै मिद्यानीहरूले इस्राएलीहरूलाई निर्धन बनाइदिए, र सहायताको निम्‍ति तिनीहरूले परमप्रभुलाई पुकारे।</verse>
				<verse number="7">मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा,</verse>
				<verse number="8">उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकालेर ल्‍याएँ।</verse>
				<verse number="9">मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्‍नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ।</verse>
				<verse number="10">मैले तिमीहरूलाई भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू बसोबास गरिरहेको, एमोरीहरूको देशका देवताहरूको सेवा नगर’। तर तिमीहरूले मेरो कुरा सुनेनौ।”</verse>
				<verse number="11">अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्‌दैथिए।</verse>
				<verse number="12">तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्‍छ।”</verse>
				<verse number="13">गिदोनले तिनलाई भने, “हजूर, सुन्‍नुहोस्, परमप्रभु साँच्‍ची नै हामीसँग हुनुहुन्‍छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्‍चर्य कामहरू के भए, जो हामीले आफ्‍ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्‍थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्‍पिदिनुभएको छ।”</verse>
				<verse number="14">तब तिनीतिर फर्केर परमप्रभुले भन्‍नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्‌। तँलाई पठाउने म नै हुँ।”</verse>
				<verse number="15">गिदोनले उत्तर दिए, “हजूर, सुन्‍नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्‍छु? मेरो गोत्रलाई हेर्नुहोस्‌ त्‍यो त मनश्‍शेमा सबैभन्‍दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्‍दा सानो छु।”</verse>
				<verse number="16">परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्‌।”</verse>
				<verse number="17">तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्‍नुभएको हो भन्‍ने मलाई एउटा चिन्‍ह दिनुहोस्‌।</verse>
				<verse number="18">बिन्‍ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढ़ाउञ्‍जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्‍नुभयो, “तँ नआउञ्‍जेल म यहीँ बस्‍नेछु।”</verse>
				<verse number="19">तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए।</verse>
				<verse number="20">परमेश्‍वरका दूतले तिनलाई भने, “त्‍यो मासु र अखमिरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे, र झोलचाहिँ खन्‍याइदे।” अनि तिनले त्‍यसै गरे।</verse>
				<verse number="21">तब परमप्रभुका दूतले आफ्‍नो हातमा भएको लहुरो पसारेर त्‍यसको टुप्‍पाले त्‍यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्‍केर त्‍यो मासु र रोटीलाई भस्‍म पार्‍यो। अनि परमप्रभुका दूत अलप भए।</verse>
				<verse number="22">तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन्‌ भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।”</verse>
				<verse number="23">तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “शान्‍ति! नडरा, तँ मर्नेछैनस्‌।”</verse>
				<verse number="24">गिदोनले परमप्रभुको निम्‍ति त्‍यहाँ एउटा वेदी बनाए, र त्‍यसको नाउँ “परमप्रभु शान्‍ति हुनुहुन्‍छ” राखे। त्‍यो आजको दिनसम्‍म पनि अबीएजेरीको ओप्रामा छ।</verse>
				<verse number="25">त्‍यसै रात परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “तेरा बुबाको बगालबाट सात वर्षे दोस्रो साँढ़े ले, तेरा बुबाको बाल देवताको वेदी भत्‍काइदे, र त्‍यसको छेउमा भएको अशेरा देवीको मूर्ति ढालिदे।</verse>
				<verse number="26">तब यही अल्‍गो स्‍थानमा परमप्रभु तेरा परमेश्‍वरको निम्‍ति ठीक ढाँचाको एउटा वेदी बना, र त्‍यो दोस्रोचाहिँ साँढ़े लिएर तैंले ढालेको अशेराको मूर्तिको काठले होमबलि चढ़ा।”</verse>
				<verse number="27">तब गिदोनले आफ्‍ना नोकरहरूमध्‍येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्‍नुभएबमोजिम गरे। तर तिनी आफ्‍ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे।</verse>
				<verse number="28">जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्‍काइएको र त्‍यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्‍यो दोस्रोचाहिँ साँढ़े होमबलि चढ़ाइएको देखे।</verse>
				<verse number="29">उनीहरूले एक-अर्कालाई “यो कसले गरेको होला?” भनी सोधपूछ गर्न लागे, र धेरै सोधपूछ गर्दा योआशका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए।</verse>
				<verse number="30">तब सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्‍याऊ। त्‍यसले बालको वेदी भत्‍काइदिएछ, र त्‍यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिदिएछ। त्‍यो मारिनैपर्छ।”</verse>
				<verse number="31">तर योआशले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, “तपाईंहरू बाल देवताको पक्षमा कराउनुभएको? बाललाई बचाउने हामीहरूको काम हो भनी तपाईंहरू सम्‍झनुहुन्‍छ? त्‍यसको पक्षमा कराउने बिहानसम्‍ममा मारिनेछ। यदि बालचाहिँ देवता नै हो रहेछ र त्‍यसको वेदी कसैले भत्‍काइदिएको हो भने, त्‍यो आफ्‍नो लागि आफै बोलोस्‌।”</verse>
				<verse number="32">त्‍यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्‍यसको वेदी यसैले भत्‍काइदिएको छ।”</verse>
				<verse number="33">त्‍यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे, र यर्दन नदी तरेर यिजरेलको बेँसीमा छाउनी हाले।</verse>
				<verse number="34">तब परमप्रभुका आत्‍मा गिदोनमाथि आउनुभयो। तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्‍नलाई बोलाए।</verse>
				<verse number="35">तिनले मनश्‍शेभरि समाचार लाने दूतहरूलाई पठाए, र तिनीहरू पनि तिनको पछि लाग्‍नलाई बोलाइए। तिनले आशेर, जबूलून र नप्‍तालीकहाँ पनि समाचार दिने दूतहरूलाई पठाए, र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए।</verse>
				<verse number="36">गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार यदि तपाईंले इस्राएललाई मद्वारा बचाउनुहुन्‍छ भनेदेखि,</verse>
				<verse number="37">अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्‍नेछु। यदि ऊनमा मात्रै शीत परेर त्‍यसको चारैतिरको जमिनचाहिँ सुक्‍खै रह्यो भने, मलाई यो कुरो निश्‍चय थाहा हुनेछ कि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मेरै हातद्वारा तपाईंले इस्राएललाई छुटाउनुहुनेछ।”</verse>
				<verse number="38">र त्‍यसै नै भयो। तिनी भोलि बिहानै उठे, र त्‍यो ऊनलाई निचोरे, र शीतबाट एक बटुको पानी निस्‍क्‍यो।</verse>
				<verse number="39">तब गिदोनले परमेश्‍वरलाई भने, “मसँग नरिसाउनुहोस्, तर मलाई अझै एक कुरा बोल्‍न दिनुहोस्‌। बिन्‍ती छ, मलाई फेरि एक पल्‍ट यस ऊनको जाँच गर्न दिनुहोस्‌। यस पल्‍टचाहिँ त्‍यो ऊन मात्र सुक्‍खा रहोस्, र सबै जमिनचाहिँ शीतले भिजोस्‌।”</verse>
				<verse number="40">परमेश्‍वरले त्‍यस रात पनि त्‍यसै गर्नुभयो। ऊन मात्र सुक्‍खा रह्यो, र त्‍यसका चारैतिरको जमिनमा शीत परेको थियो।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँड़ाको उत्तरपट्टिको बेँसीमा छाउनी हाले।</verse>
				<verse number="2">परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्‍दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्‍ड गर्नेछन्, र तिनीहरूको आफ्‍नै शक्तिले यो विजय प्राप्‍त गरेको हो भनी तिनीहरूले भन्‍नेछन्‌।</verse>
				<verse number="3">अब सबै मानिसहरूले सुन्‍ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्‍नेहरू छन्‌ भने ती गिलाद डाँड़ादेखि नै तुरुन्‍तै आफ्‍ना घरमा गइहालून्‌। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे।</verse>
				<verse number="4">तर परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “अझै पनि मानिसहरू धेरै छन्‌। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्‍ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्‍छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्‍यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्‍नेछु तब त्‍यो जानेछैन।”</verse>
				<verse number="5">यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्‍याए, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्‍यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्‌।”</verse>
				<verse number="6">पानी चाटेर पिउनेको संख्‍या तीन सय भयो, र बाँकीले आफ्‍नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए।</verse>
				<verse number="7">परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु। बाँकी सबै आ-आफ्‍नो ठाउँमा जाऊन्‌।”</verse>
				<verse number="8">यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ-आफ्‍नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेँसीमा थियो।</verse>
				<verse number="9">त्‍यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्‍यो तेरो हातमा सुम्‍पिदिएको छु।</verse>
				<verse number="10">यदि त्‍यसो गर्न तँलाई डर लाग्‍छ भने पहिले तेरो नोकर पूराहसँग तल छाउनीमा जा,</verse>
				<verse number="11">र तिनीहरू के भनिरहेका छन्‌ सुन्‌। त्‍यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्‍साहित हुनेछस्‌।” यसकारण तिनी र तिनको नोकर पूराह छाउनीको त्‍यस भागमा गए जहाँ लड़ाइँ गर्ने मानिसहरू बसेका थिए।</verse>
				<verse number="12">अब मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्‍तै बाक्‍लै बेँसीमा बसेका थिए। ऊँटहरूको त गन्‍ती नै थिएन। तिनीहरू संख्‍यामा समुद्रका बालुवाका कणसरह थिए।</verse>
				<verse number="13">जब गिदोन नजिक आए, एक जना मानिसले आफ्‍नो साथीलाई सपना सुनाइरहेको थियो। त्‍यसले भन्‍यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्‌दै-गुड्‌दै आएको देखें। त्‍यो रोटी पालमा आएर त्‍यसमा यति जोडसित बजारियो कि त्‍यसले पाललाई पल्‍टाइदियो र पाल ढल्‍यो।”</verse>
				<verse number="14">त्‍यसको साथीले जवाफ दियो, “साँच्‍ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्‍वरले मिद्यान र समस्‍त सेनालाई तिनको हातमा सुम्‍पिदिनुभएको छ।”</verse>
				<verse number="15">जब गिदोनले सपनाको कथा र त्‍यसको अर्थ सुने, तब तिनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्‍डवत्‌ गरे। त्‍यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ।”</verse>
				<verse number="16">तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए।</verse>
				<verse number="17">तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्‍छु, तब म जसो गर्छु तिमीहरू पनि त्‍यसै गर।</verse>
				<verse number="18">जब म र मेरा मानिसहरूले आफ्‍ना तुरही फुक्‍छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति’!”</verse>
				<verse number="19">गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्‍ना तुरही फुके र आफ्‍ना हातमा भएका गाग्रा फुटाए।</verse>
				<verse number="20">ती तीनै दल सबैले आ-आफ्‍नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार!”</verse>
				<verse number="21">हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्‍च्‍याउँदै भागे।</verse>
				<verse number="22">ती तीन सय जनाले आ-आफ्‍नो तुरही फुक्‍दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्‍बातका छेउको हाबिलमहोलाको सिमानासम्‍म भागे।</verse>
				<verse number="23">नप्‍ताली, आशेर र सबै मनश्‍शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे।</verse>
				<verse number="24">गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्‍म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्‍जा गर।” यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्‍म यर्दन नदीका घाटहरू तिनीहरूले लिए।</verse>
				<verse number="25">तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्‍याए।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले किन हामीसँग यस्‍तो व्‍यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए।</verse>
				<verse number="2">तर गिदोनले तिनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला-बाला अबीएजेरको जम्‍मै दाखको फसलभन्‍दा असल छैन र?</verse>
				<verse number="3">परमेश्‍वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ। तिमीहरूले गरेझैँ मैले के गरेको छु?” तिनका यी कुराले तिनीहरूको रीस शान्‍त भयो।</verse>
				<verse number="4">गिदोन यर्दनमा आए, अनि तिनी र तिनका तीन सय मानिसहरू थकित भए तापनि यर्दन पारि तरेर खेदिरहे।</verse>
				<verse number="5">तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्‍छ कि? किनभने तिनीहरू थाकेका छन्, र म मिद्यानका शासक जेबह र सल्‍मुन्‍नालाई खेद्‌दैछु।”</verse>
				<verse number="6">तर सुक्‍कोतका अधिकारीहरूले जवाफ दिए, “के जेबह र सल्‍मुन्‍ना तिम्रो हातमा आइसकेका छन्‌? तिम्रो सेनालाई हामीले किन रोटी दिने?”</verse>
				<verse number="7">गिदोनले भने, “त्‍यसो भए जब परमप्रभुले जेबह र सल्‍मुन्‍नालाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ तब म मरुभूमिका काँढ़ा र घोच्‍ने बुटाले तिमीहरूको छाला उतार्नेछु।”</verse>
				<verse number="8">तिनी त्‍यहाँबाट पनीएलमा गए, र त्‍यही बिन्‍ती गरे। पनीएलका मानिसहरूले पनि सुक्‍कोतका मानिसहरूले झैँ जवाफ दिए।</verse>
				<verse number="9">तिनले पनीएलका मानिहरूलाई भने, “म कुशलसित फर्केपछि तिमीहरूको यो किल्‍ला भत्‍काइदिनेछु।”</verse>
				<verse number="10">जेबह र सल्‍मुन्‍ना पन्‍ध्र हजार सेनाको साथमा कर्कोरमा थिए। पूर्वका जातिहरूका जम्‍मै दलबाट बाँकी रहेका सबै यति नै थिए। एक लाख बीस हजार सशस्‍त्र मानिसहरू लड़ाइँमा मारिएका थिए।</verse>
				<verse number="11">नोबह र योगबहाको पूर्वतिर पालमा बस्‍नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अगि बढ़ेर गए, र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे।</verse>
				<verse number="12">जेबह र सल्‍मुन्‍नाचाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे, र ती दुवैलाई पक्रे, र उनीहरूको जम्‍मै सेना परास्‍त भए।</verse>
				<verse number="13">जब योआशका छोरा गिदोन युद्धबाट हेरेसको घाटी भएर फर्के,</verse>
				<verse number="14">तब तिनले सुक्‍कोतको एक जना जवान मानिसलाई समाते। तिनले त्‍यसलाई सोधे, र त्‍यसले सुक्‍कोतका सतहत्तर अधिकारी, सहरका बूढ़ा-प्रधानका नाउँ लेखिदिए।</verse>
				<verse number="15">त्‍यसपछि गिदोन सुक्‍कोतका मानिसहरूकहाँ आएर भने, “जेबह र सल्‍मुन्‍ना यहाँ छन्, जसका विषयमा तिमीहरूले यसो भनेर मेरो ठट्टा गरेका थियौ, ‘के जेबह र सल्‍मुन्‍ना तिम्रो हातमा परिसकेका छन्, र हामीले तिम्रा थाकेका मानिसहरूलाई रोटी दिने’?”</verse>
				<verse number="16">तब तिनले सहरका ती बूढ़ा-प्रधानहरूलाई लिए, र ती सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढ़ा र घोच्‍ने बुटाले दण्‍ड दिए।</verse>
				<verse number="17">तिनले पनीएलको किल्‍ला भत्‍काइदिए र त्‍यस सहरका मानिसहरूलाई मारे।</verse>
				<verse number="18">तब तिनले जेबह र सल्‍मुन्‍नालाई भने, “तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्‍ता थिए?” उनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्‍तै थिए, हरेकको अनुहार राजाका छोराजस्‍तै थियो।”</verse>
				<verse number="19">तिनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए— मेरै आमाका छोराहरू। परमप्रभुको शपथ खाएर म भन्‍दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोड़िदिएका भए त म तिमीहरूलाई मार्नेथिइनँ।”</verse>
				<verse number="20">तब तिनले आफ्‍नो जेठो छोरो येतेरलाई भने, “उठेर उनीहरूलाई मार्‌।” तर त्‍यो त्‍यस बेला सानै केटा थियो, र त्‍यसले आफ्‍नो तरवार थुतेन, किनभने त्‍यो डरायो।</verse>
				<verse number="21">यसैले जेबह र सल्‍मुन्‍नाले भने, “तपाईं आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईंमा पुरुषको बल छ।” तब गिदोन उठेर दुवैलाई मारे, र उनीहरूका ऊँटका घाँटीमा भएका चन्‍द्रहारहरू फुकालेर लगे।</verse>
				<verse number="22">इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।”</verse>
				<verse number="23">तर गिदोनले जवाफ दिए, “म वा मेरो छोराले होइन तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”</verse>
				<verse number="24">अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्‍छु। तिमीहरू हरेकले आफ्‍नो लूटको मालबाट एउटा कुण्‍डल मलाई देओ।” ती शत्रु इश्‍माएलीहरूका बीचमा सुनका कुण्‍डल लगाउने चलन थियो।</verse>
				<verse number="25">तिनीहरूले भने, “अवश्‍यै, हामी ती तपाईंलाई दिनेछौं।” तब एउटा लुगा ओछ्याइयो, र हरेकले त्‍यसमा आफ्‍नो लूटको मालबाट सुनको एउटा कुण्‍डल राखिदियो।</verse>
				<verse number="26">तिनले मागेका सुनका कुण्‍डलको ओजन बीस किलो जति भयो। योचाहिँ चन्‍द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लाउने बैजनी वस्‍त्रबाहेक थियो। उनीहरूका ऊँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्‍ती नै भएन।</verse>
				<verse number="27">ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्‍नै सहर ओप्रामा त्‍यो राखे। सबै इस्राएलीहरूले त्‍यसको पूजा गरी आफैलाई वेश्‍यासमान बनाए, र त्‍यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्‍दा भयो।</verse>
				<verse number="28">यसरी मिद्यानीहरू इस्राएलीहरूको अधीनमा भए। उनीहरूले आफ्‍ना शिर फेरि ठाड़ो गर्न सकेनन्‌। गिदोनको जीवनपर्यन्‍त चालीस वर्षसम्‍म देशमा शान्‍ति भयो।</verse>
				<verse number="29">त्‍यसपछि योआशका छोरा यरूब-बाल आफ्‍नै घरमा गएर बस्‍न लागे।</verse>
				<verse number="30">तिनका सत्तरी जना छोराहरू थिए, किनभने तिनका धेरै पत्‍नीहरू थिए।</verse>
				<verse number="31">तिनकी एउटी भित्रिनी थिइन्, जो शकेममा बस्‍थी। त्‍यसले पनि तिनको एक जना छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ अबीमेलेक राखे।</verse>
				<verse number="32">अनि योआशका छोरा गिदोन पूरा बुढ़ेसकालमा मरे, र आफ्‍ना बुबाको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाड़िए।</verse>
				<verse number="33">तिनको मृत्‍यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्‍यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्‍नो देवता तुल्‍याए।</verse>
				<verse number="34">तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से।</verse>
				<verse number="35">यरूब-बाल, अर्थात्‌ गिदोनले इस्राएलको निम्‍ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनुपर्ने दया देखाएनन्‌।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">यरूब-बालका छोरा अबीमेलेक शकेममा आफ्‍नी आमाका दाजुभाइहरूकहाँ गए, र आफ्‍नो मावली घरानाका सबैलाई तिनले भने,</verse>
				<verse number="2">“कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्‍नुहोस्‌: ‘यरूब-बालका सत्तरी छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकै जनाले मात्र?’ म तपाईंहरूकै हाड़ र मासु हुँ भन्‍ने कुरो सम्‍झना राख्‍नुहोस्‌।”</verse>
				<verse number="3">जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबीमेलेकपट्टि लाग्‍नलाई सुरिए, किनभने “तिनी हाम्रा आफ्‍नै भाइ हुन्‌”? भनी तिनीहरूले भने।</verse>
				<verse number="4">तिनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरी सिक्‍का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे।</verse>
				<verse number="5">त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे।</verse>
				<verse number="6">तब शकेमका सबै नगरवासीहरू र बेथ-मिल्‍लोका सबै जना भेला भएर शकेममा भएको ठूलो रूखका छेउको खम्‍बामा अबीमेलेकलाई राजा बनाए।</verse>
				<verse number="7">जब यो कुरो योतामलाई सुनाइयो तब तिनी गएर गीरीज्‍जीम डाँड़ाको टाकुरामा खड़ा भए, र यसो भनेर उच्‍च सोरले कराए, “हे शकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्‍वरले तिमीहरूको कुरा सुनून्‌।”</verse>
				<verse number="8">एक पल्‍ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए, र तिनीहरूले भद्राक्षको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’</verse>
				<verse number="9">“तर भद्राक्षको रूखले जवाफ दियो, ‘देवताहरू र मानिसहरूलाई मान दिने आफ्‍नो बहुमूल्‍य तेललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’</verse>
				<verse number="10">“तब रूखहरूले नेभाराको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’</verse>
				<verse number="11">“तर नेभाराको रूखले भन्‍यो, ‘आफ्‍नो असल र मीठो फललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’</verse>
				<verse number="12">“तब रूखहरूले अंगूरको बोटलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’</verse>
				<verse number="13">“अंगूरको बोटले जवाफ दियो, ‘देवता र मानिसलाई खुशी तुल्‍याउने मेरो दाखमद्यलाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’</verse>
				<verse number="14">“अन्‍त्‍यमा सबै रूखहरूले काँढ़ाको पोथ्रालाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’</verse>
				<verse number="15">“काँढ़ाको पोथ्राले रूखहरूलाई भन्‍यो, ‘यदि तिमीहरू साँच्‍ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्‍छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्‍केर लेबनानका देवदारुहरूलाई स्‍वाहा पारोस्‌।’</verse>
				<verse number="16">त्‍यसपछि योतामले भने, “यसकारण अब हेर, यदि अबीमेलेकलाई राजा तुल्‍याएर तिमीहरूले सत्‍य र ईमानदार काम गरेका छौ भने, र तिमीहरूले यरूब-बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनीप्रति हुनुपर्ने व्‍यवहार गरेका छौ भनेदेखि—</verse>
				<verse number="17">मेरा पिताले तिमीहरूको निम्‍ति लड़ाइँ गरे र आफ्‍नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूका हातबाट बचाए,</verse>
				<verse number="18">तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ, र तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ, र तिनकी कमारीको छोरो अबीमेलेकलाई तिमीहरूको आफ्‍नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्‍याएका छौ—</verse>
				<verse number="19">यदि तिमीहरूले आज यरूब-बाल र तिनका घरानासँग सत्‍य र ईमानदार व्‍यवहार गरेका छौ भने, तिमीहरू अबीमेलेकसँग खुशी होओ र त्‍यो तिमीहरूसँग खुशी होस्‌!</verse>
				<verse number="20">यदि होइन भने, अबीमेलेकबाट अग्‍नि निस्‍कोस्‌ र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्‍लोलाई भस्‍म पारोस्‌। शकेमका नगरवासीहरू र बेथ-मिल्‍लोका सबैबाट पनि अग्‍नि निस्‍केर अबीमेलेकलाई भस्‍म पारोस्‌!”</verse>
				<verse number="21">त्‍यसपछि योताम सुटुक्‍क भागे। तिनी बेअर भन्‍ने ठाउँमा पुगे, र त्‍यहीँ नै बसोबास गर्न लागे, किनकि तिनी आफ्‍ना दाजु अबीमेलेकसँग डराउँथे।</verse>
				<verse number="22">अबीमेलेक इस्राएलमाथि तीन वर्षसम्‍म शासक भएपछि</verse>
				<verse number="23">परमेश्‍वरले अबीमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्‍टात्‍मा पठाउनुभयो, र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए।</verse>
				<verse number="24">यरूब-बालका सत्तरी जना छोराहरूलाई अत्‍याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्‍या गर्ने आफ्‍ना भाइ अबीमेलेकसित र तिनलाई सुर्‍याउने शकेमका नगरवासीहरूसित लिइओस्‌ भन्‍ने अभिप्रायले यो परमेश्‍वरले गर्नुभएको थियो।</verse>
				<verse number="25">तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्‍पातिर बाटो हिँड्‌ने प्रत्‍येकलाई ढुक्‍न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्‍याइयो।</verse>
				<verse number="26">अब एबेदका छोरा गाल आफ्‍ना भाइबन्‍धुहरूसँग शकेममा आए, र शकेमका नगरवासीहरूले आफ्‍नो राजभक्ति अब उनीतिर लगाए।</verse>
				<verse number="27">तिनीहरू आफ्‍ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्‍यसपछि तिनीहरू आफ्‍नो देवताको मन्‍दिरमा चाड़ मनाउन गए। त्‍यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे।</verse>
				<verse number="28">तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्‍यसको प्रजा हुने? के त्‍यो यरूब-बालको छोरो होइन? र त्‍यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?</verse>
				<verse number="29">यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भएता अबीमेलेकलाई मैले पन्‍साउनेथिएँ। म त्‍यसलाई भन्‍नेथिएँ, ‘तेरा सबै सेनालाई बोला, र लड़ाइँ गर्‌’।”</verse>
				<verse number="30">जब सहरका राज्‍यपाल जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने तब तिनी साह्रै रिसाए।</verse>
				<verse number="31">तिनले गुप्‍तमा अबीमेलेककहाँ यसो भनेर दूतहरू पठाए, “एबेदको छोरो गाल र त्‍यसका भाइबन्‍धुहरू शकेममा आएर सहरका मानिसहरूलाई तपाईंको विरुद्धमा सुर्‍याउँदैछन्‌।</verse>
				<verse number="32">यसकारण राती नै उठेर तपाईं र तपाईंसँग भएका मानिसहरू सहरबाहिर ढुकिबस्‍नुहोस्‌।</verse>
				<verse number="33">त्‍यसपछि बिहान घाम झुल्‍कने बित्तिकै सहरलाई आक्रमण गर्नुहोस्, र जब त्‍यो र त्‍यसका मानिसहरू बाहिर आउँछन्‌ तब के गर्नुपर्छ सो गर्नुहोस्‌।”</verse>
				<verse number="34">यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे।</verse>
				<verse number="35">अब एबेदका छोरा गाल बाहिर गएर सहरको मूल ढोकाको पस्‍ने ठाउँमा उभिरहेका थिए, जत्ति खेर अबीमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए।</verse>
				<verse number="36">गालले तिनीहरूलाई देखे, र जबूललाई भने, “मानिसहरू डाँड़ाका टाकुराहरूबाट तल झर्दैछन्‌।” जबूलले जवाफ दिए, “तिमीले देखेका त डाँड़ाहरूका छाया हुन्, जो मानिसहरूजस्‍तै देखिँदैछन्‌।”</verse>
				<verse number="37">तर फेरि गालले भने, “डाँड़ाहरूका बीचको जग्‍गाबाट मानिसहरू तल झरिरहेका छन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”</verse>
				<verse number="38">तब जबूलले उनलाई भने, “अब खोइ तिम्रा साहसी कुराहरू? तिमी भन्‍थ्‍यौ, ‘अबीमेलेक को हो र हामी त्‍यसको प्रजा हुने?’ के यी तिनै मानिसहरू होइनन्, जुनलाई तिमी तुच्‍छ ठान्‍थ्‍यौ? जाऊ, गएर तिनीसँग लड़ाइँ गर।”</verse>
				<verse number="39">यसकारण गालले शकेमका नगरवासीहरूलाई लिएर अबीमेलेकमाथि आक्रमण गर्‍यो,</verse>
				<verse number="40">तर अबीमेलेकले उनलाई परास्‍त गरे, र उनी भागे। मूल ढोकाको पस्‍ने ठाउँसम्‍मै बाटैभरि लाशहरू छरिएका थिए।</verse>
				<verse number="41">अबीमेलेक गएर अरूमाह भन्‍ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्‍यसका भाइबन्‍धुहरूलाई शकेमबाट धपाए।</verse>
				<verse number="42">भोलिपल्‍ट शकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए, र यो कुरो अबीमेलेकलाई सुनाइयो।</verse>
				<verse number="43">यसैले तिनले चाहिँ आफ्‍ना मानिसहरूलाई ल्‍याएर तिनीहरूका तीन दल बनाए, र सहरबाहिर खुला ठाउँमा ढुकिबसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्‍कँदैआएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे।</verse>
				<verse number="44">अबीमेलेक र तिनीसँग भएको दल चाँड़ो गरी अगाड़ि बढ़े र सहरको मूल ढोकाको पस्‍ने ठाउँमा लड्‌नलाई तयारी भए। तब अरू दुई दलचाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइलागे, र तिनीहरूलाई मारे।</verse>
				<verse number="45">अबीमेलेकले दिनभरि त्‍यस सहरमाथि आक्रमण गरे, र त्‍यसलाई कब्‍जा गरे। तिनले त्‍यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्‍यस ठाउँमा नून छरिदिए।</verse>
				<verse number="46">जब शकेमको किल्‍लामा बस्‍नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरीतका मन्‍दिरको तहखानामा गए।</verse>
				<verse number="47">तिनीहरू त्‍यहाँ एकसाथ भेला भएका छन्‌ भन्‍ने कुरा अबीमेलेकलाई सुनाइयो।</verse>
				<verse number="48">यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्‍मोन डाँड़ामा उक्‍ले। तिनले बन्‍चरो लिएर हाँगा काटे, र आफ्‍नो काँधमाथि ती हाले। तिनले आफ्‍ना मानिसहरूलाई भने, “म के गरिरहेछु हेर, र चाँड़ो गरेर तिमीहरू पनि त्‍यसै गर।”</verse>
				<verse number="49">यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अबीमेलेकलाई पछ्याए, र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि शकेमको किल्‍लाका सबै मानिसहरू मरे, जो प्राय: एक हजार पुरुष र स्‍त्रीहरू थिए।</verse>
				<verse number="50">त्‍यसपछि अबीमेलेक तेबेसमा गए, र त्‍यसलाई घेरेर कब्‍जा गरे।</verse>
				<verse number="51">त्‍यस सहरको बीचमा एउटा बलियो किल्‍ला थियो, र सबै नगरवासीहरू, पुरुष र स्‍त्रीहरू, त्‍यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्‍ला बन्‍द गरेर त्‍यसको छतमा गएका थिए।</verse>
				<verse number="52">अबीमेलेक किल्‍लामा गएर त्‍यसलाई आक्रमण गरे। जब त्‍यस किल्‍लामा आगो लगाइदिन भनी त्‍यसको ढोकामा तिनी आइपुगेका थिए,</verse>
				<verse number="53">तब एउटी स्‍त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्‍पर फोरिदिई।</verse>
				<verse number="54">अबीमेलेकले तुरुन्‍तै आफ्‍नो हतियार बोक्‍ने जवानलाई बोलाएर भने, “झट्टै आफ्‍नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्‍त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्‍लान्‌।” यसैले त्‍यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे।</verse>
				<verse number="55">जब इस्राएलीहरूले अबीमेलेक मरेका देखे, तब तिनीहरू सबै आ-आफ्‍नो घरमा फर्के।</verse>
				<verse number="56">यसरी नै अबीमेलेकले आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्‍ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो,</verse>
				<verse number="57">र शकेमका मानिसहरूले गरेका सबै दुष्‍टता तिनीहरूकै शिरमाथि खन्‍याइदिनुभयो। यरूब-बालका छोरा योतामको सराप तिनीहरूमाथि साँच्‍ची नै पर्‍यो।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">अबीमेलेकको पालोपछि इस्‍साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्‍ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए।</verse>
				<verse number="2">तिनी तेईस वर्षसम्‍म इस्राएलका अगुवा भए, अनि जब तिनी मरे तब शामीरमा गाड़िए।</verse>
				<verse number="3">तिनीपछि गिलादी याईर आए। तिनी बाईस वर्षसम्‍म इस्राएलका अगुवा भए।</verse>
				<verse number="4">तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामा सवार हुन्‍थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए, जो आजको दिनसम्‍म पनि हब्‍बात-याईर कहलाइन्‍छ।</verse>
				<verse number="5">याईर मरेपछि तिनी कामोनमा गाड़िए।</verse>
				<verse number="6">फेरि इस्राएलीहरूले अराम, सीदोन र मोआबका अम्‍मोनीहरू र पलिश्‍तीहरूका देवता-देवीहरू तथा बाल र अश्‍तोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो त्‍यही गरे। तिनीहरूले परमप्रभुलाई त्‍यागे, र उहाँको सेवा गरेनन्‌।</verse>
				<verse number="7">यसैकारण परमप्रभु इस्राएलसँग क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्‍तीहरू र अम्‍मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्‍यस वर्ष तिनीहरूलाई चकनाचूर पारे र दबाए।</verse>
				<verse number="8">उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात्‌ गिलादमा बस्‍ने सबै इस्राएलीहरूलाई अठार वर्षसम्‍म सताउँदै र अत्‍याचार गर्दैरहे।</verse>
				<verse number="9">तब यहूदा, बेन्‍यामीन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्‍मोनीहरू यर्दन पारि तरे, र इस्राएल साह्रै सङ्कष्‍टमा पर्‍यो।</verse>
				<verse number="10">अनि इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुको पुकारा गरेर भने, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। हामीले आफ्‍ना परमेश्‍वरलाई त्‍यागेर बाल देवताहरूलाई पुजेका छौं।”</verse>
				<verse number="11">परमप्रभुले इस्राएलीहरूलाई भन्‍नुभयो, “जब मिश्री, एमोरी, अम्‍मोनी, पलिश्‍ती,</verse>
				<verse number="12">सीदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्‍याचार गरे, र तिमीहरूले सहायताको निम्‍ति मेरो पुकारा गर्‍यौ, तब मैले तिमीहरूलाई उनीहरूका हातबाट छुटाइनँ र?</verse>
				<verse number="13">तर तिमीहरूले मलाई त्‍याग्‍यौ र अरू देवताहरूलाई पुज्‍यौ। यसैले अब म तिमीहरूलाई फेरि छुटाउनेछैनँ।</verse>
				<verse number="14">गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्‍ति पुकार, र तिनीहरूले नै तिमीहरूका दु:खको समयमा बचाऊन्‌।”</verse>
				<verse number="15">तर इस्राएलीहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। हामीलाई तपाईं जे चाहनुहुन्‍छ त्‍यही गर्नुहोस्‌। तर हामी तपाईंलाई बिन्‍ती गर्दछौं कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्‌।”</verse>
				<verse number="16">तब तिनीहरूले पराई देवताहरूलाई त्‍यागे र परमप्रभुको आराधना गरे। अनि उहाँले इस्राएलको दुर्गतिलाई अरू बढ्‌ता हेर्न सक्‍नुभएन।</verse>
				<verse number="17">तब अम्‍मोनीहरू युद्धको निम्‍ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे, र इस्राएलीहरूचाहिँ भेला भएर मिस्‍पामा छाउनी हाले।</verse>
				<verse number="18">तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, “जुन मानिसले अम्‍मोनीहरूलाई पहिले आक्रमण गर्ला त्‍यही नै गिलादका बासिन्‍दाहरूका शासक हुनेछ।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनी एक वेश्‍यातर्फका गिलादका छोरा थियो।</verse>
				<verse number="2">तर गिलादकी पत्‍नीले पनि तिनका धेरै छोराहरू जन्‍माइन्‌। अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले यिप्‍तालाई धपाए। तिनीहरूले तिनलाई भने, “हाम्रा पिताको घरमा तेरो केही हक छैन। तँ त अर्की स्‍त्रीको छोरो होस्‌।”</verse>
				<verse number="3">यसैले आफ्‍ना दाजुभाइहरूदेखि बच्‍नलाई यिप्‍ता भागेर तोब देशमा बस्‍न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए, र उनीहरू तिनका पछि लागे।</verse>
				<verse number="4">केही समयपछि अम्‍मोनीहरूले इस्राएलसित लड़ाइँ गरे।</verse>
				<verse number="5">जब लड़ाइँ सुरु भयो तब गिलादका बुढा-पाकाहरू तोब देशबाट यिप्‍तालाई ल्‍याउन गए।</verse>
				<verse number="6">तिनीहरूले तिनलाई भने, “आएर हाम्रा सेनापति हुनुहोस्, र हामी अम्‍मोनीहरूसित लड़ाइँ गर्न सक्‍नेछौं।”</verse>
				<verse number="7">तर यिप्‍ताले गिलादका बुढा-पाकाहरूलाई भने, “तिरस्‍कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दु:ख पाउँदा अब किन तिमीहरू मकहाँ आउँछौ?”</verse>
				<verse number="8">तिनीहरूले जवाफ दिए, “तथापि अब हामी तपाईंतिर लागेका छौं। हामीहरूसित आएर अम्‍मोनीहरूसँग लड़ाइँ गर्नुहोस्, र तपाईं गिलादका सारा बासिन्‍दाहरूका शासक हुनुहुनेछ।”</verse>
				<verse number="9">यिप्‍ताले तिनीहरूलाई भने, “यदि तिमीहरूले मलाई अम्‍मोनीहरूसित लड़ाइँ गर्न फकाएर लग्‍यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने, के साँच्‍चै म तिमीहरूका शासक हुनेछु?”</verse>
				<verse number="10">गिलादका बुढा-पाकाहरूले फेरि यिप्‍तालाई भने, “परमप्रभु हामीहरूका बीचमा साक्षी हुनुहुन्‍छ। उहाँको शपथ खाएर भन्‍दछौं कि हामी तपाईंले भन्‍नुभएझैँ गर्नेछौं।”</verse>
				<verse number="11">तब यिप्‍ता गिलादका बुढा-पाकाहरूका साथमा गए, र मानिसहरूले तिनलाई आफ्‍ना शासक र सेनापति तुल्‍याए। र मिस्‍पामा परमप्रभुको उपस्‍थितिमा यिप्‍ताले आफ्‍ना सबै कुरा दोहोर्‍याए।</verse>
				<verse number="12">यिप्‍ताले अम्‍मोनका राजाकहाँ उनको तिनीहरूसित के झगड़ा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्‍नलाई दूतहरू पठाए।</verse>
				<verse number="13">अम्‍मोनी राजाले यिप्‍ताका मानिसहरूलाई यो जवाफ दिए, “जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरूले अर्नोनदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रो देश लिए। यो देश शान्‍तिसित हामीलाई फर्काइदेऊ।”</verse>
				<verse number="14">यिप्‍ताले अम्‍मोनका राजाकहाँ दोस्रो पल्‍ट यसो भनेर दूतहरू पठाए:</verse>
				<verse number="15">“यिप्‍ता यसो भन्‍नुहुन्‍छ: इस्राएलले न त मोआबीहरूको देश न अम्‍मोनीहरूको देश लिए।</verse>
				<verse number="16">तर जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरू उजाड़-स्‍थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे।</verse>
				<verse number="17">तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्‍न भनी एदोमका राजाकहाँ दूतहरू पठाए, तर एदोमका राजाले सुन्‍दैसुनेनन्‌। तिनीहरूले मोआबका राजाकहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्‌। यसैले इस्राएल कादेशमा नै रहे।</verse>
				<verse number="18">“त्‍यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्‍थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो।</verse>
				<verse number="19">“त्‍यसपछि इस्राएलले उनको देशबाट छिरेर आफ्‍नो ठाउँमा जान पाऔं भनी हेश्‍बोनमा शासन गर्ने, एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए।</verse>
				<verse number="20">तर सीहोनले इस्राएललाई उनको देशबाट जानलाई विश्‍वास गरेनन्‌। उनले आफ्‍ना सबै मानिसहरूलाई भेला गरे, र यहसामा छाउनी हालेर इस्राएलसँग लड़ाइँ गरे।</verse>
				<verse number="21">“तब परमप्रभु इस्राएलका परमेश्‍वरले सीहोन र उनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई जितेर त्‍यस प्रान्‍तमा भएका एमोरीहरूका जम्‍मै इलाका अधिकार गरे।</verse>
				<verse number="22">तिनीहरूले अर्नोनदेखि यब्‍बोकसम्‍म र उजाड़-स्‍थानदेखि यर्दन नदीसम्‍मै एमोरीहरूका सबै इलाकाहरू लिए।</verse>
				<verse number="23">“परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजा इस्राएलका भलाइको निम्‍ति एमोरीहरूलाई धपाउनुभयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ?</verse>
				<verse number="24">तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्‍छ त्‍यही लिन्‍छौ, होइन? त्‍यसरी नै परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई जे दिनुहुन्‍छ त्‍यही लिन्‍छौं।</verse>
				<verse number="25">अब के तिमी मोआबका राजा सिप्‍पोरका छोरा बालाकभन्‍दा असल छौ र? के उसले कहिले इस्राएलसित झगड़ा गरेर आक्रमण गर्‍यो र?</verse>
				<verse number="26">तीन सय वर्षसम्‍म इस्राएलीहरू हेश्‍बोन, अरोएर, र तिनका चारैतिरका बस्‍तीहरूमा, र अर्नोनका किनारका सबै सहरहरूमा बसे। त्‍यस बेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ?</verse>
				<verse number="27">हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौं, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु, जो न्‍यायकर्ता हुनुहुन्‍छ, उहाँले नै इस्राएलीहरू र अम्‍मोनीहरूका बीचमा आजको दिन न्‍याय गरून्‌।”</verse>
				<verse number="28">तर यिप्‍ताले पठाएको समाचारलाई अम्‍मोनीहरूका राजाले केही वास्‍ता गरेनन्‌।</verse>
				<verse number="29">तब परमप्रभुका आत्‍मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्‍शेबाट भई गिलादको मिस्‍पाबाट छिरेर अम्‍मोनीहरूका विरुद्ध अगि बढ़े।</verse>
				<verse number="30">यिप्‍ताले परमप्रभुलाई यो भाकल गरेर भने, “यदि तपाईंले अम्‍मोनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने,</verse>
				<verse number="31">जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्‍यसलाई होमबलि गरी चढ़ाउनेछु।”</verse>
				<verse number="32">तब यिप्‍ता अम्‍मोनीहरूलाई आक्रमण गर्नलाई पारि तरेर गए, र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="33">तिनले अरोएरदेखि मिन्‍नीत र हाबिल-करमीमसम्‍म बीस सहरहरू ध्‍वस्‍त पारे। यसरी इस्राएलले अम्‍मोनलाई आफ्‍नो अधीनमा पारे।</verse>
				<verse number="34">जब यिप्‍ता मिस्‍पामा आफ्‍नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजड़ी बजाउँदै र नाच्‍दै तिनकी छोरी आइन्‌। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्‌।</verse>
				<verse number="35">जब तिनले यिनलाई देखे तब तिनले आफ्‍नो लुगा च्‍यातेर भने, “हाय मेरी छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ, तिमीले कस्‍तो कष्‍ट ममाथि ल्‍याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु, र म त्‍यो टार्न सक्‍दिनँ।”</verse>
				<verse number="36">यिनले जवाफ दिइन्, “बुबा, तपाईंले परमप्रभुमा गम्‍भीर भाकल गर्नुभएको छ। तपाईंले त्‍यहीअनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्‍मोनीहरूसँग बदला लिनुभएको छ।</verse>
				<verse number="37">तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्‌— दुई महिनासम्‍म मलाई छोड़िदिनुहोस्, र म आफ्‍ना सहेलीहरूसित यी डाँड़ाहरूमा घुमफिर गर्न पाऊँ, र म आफ्‍नो कुमारी अवस्‍थाको मृत्‍युमाथि शोक गर्न सकूँ।”</verse>
				<verse number="38">तिनले भने, “जाऊ।” र तिनले यिनलाई दुई महिनाको निम्‍ति बिदा गरे। तिनी आफ्‍ना सहेलीहरूसित गइन्, र डाँड़ाहरूमा आफ्‍नो कुमारीत्‍वको निम्‍ति रोइन्‌।</verse>
				<verse number="39">दुई महिनाको अन्‍तमा तिनी आफ्‍ना पिताकहाँ फर्केर आइन्, र यिप्‍ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्‌।</verse>
				<verse number="40">यसैबाट इस्राएलका छोरीहरू प्रत्‍येक वर्ष चार दिनसम्‍म गिलादी यिप्‍ताकी छोरीको स्‍मृतिमा बाहिर जाने एउटा परम्‍परा भयो।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">एफ्राइमीहरूले आफ्‍ना फौज भेला गरे, र पारि तरेर सापोनमा गए। तिनीहरूले यिप्‍तालाई भने, “अम्‍मोनीहरूसँग लड़ाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन? हामी तपाईंलाई तपाईंको घरसमेत जलाइदिनेछौं।”</verse>
				<verse number="2">यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरूको अम्‍मोनीहरूसँग झगड़ा थियो, र मैले तिमीहरूलाई सहायताको निम्‍ति बिन्‍ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ।</verse>
				<verse number="3">जब मैले यो देखें कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौं, तब आफ्‍नो प्राण जोखिममा हालेर अम्‍मोनीहरूका विरुद्धमा हिँड़ें, र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ?”</verse>
				<verse number="4">तब यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लड़ाइँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, “तिमी गिलादीहरू एफ्राइम र मनश्‍शेबाट बागी भएर गएका हौ।”</verse>
				<verse number="5">गिलादीहरूले यर्दनका जँघारहरू लिए, र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारि जानलाई बिन्‍ती गर्थ्‍यो, तब गिलादका मानिसहरूले त्‍यसलाई सोध्‍दथे, “के तँ एफ्राइमी होस्‌?” र त्‍यसले “होइन” भन्‍यो भनेदेखि</verse>
				<verse number="6">तिनीहरूले भन्‍थे, “त्‍यसो भए, ‘शिब्‍बोलेत’ भन्‌।” त्‍यसले त्‍यो शब्‍द ठीकसित उच्‍चारण गर्न नसकेर “सिब्‍बोलेत” भन्‍यो भने, तिनीहरूले त्‍यसलाई यर्दनका जँघारहरूमा पक्रेर मार्दथे। त्‍यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।</verse>
				<verse number="7">यिप्‍ता छ वर्षसम्‍म इस्राएलका अगुवा भए। तब गिलादी यिप्‍ता मरे, अनि तिनी गिलादको एउटा सहरमा गाड़िए।</verse>
				<verse number="8">यिप्‍तापछि बेथलेहेमका इब्‍सान इस्राएलका अगुवा भए।</verse>
				<verse number="9">तिनका तीस जना छोरा र तीस छोरी थिए। तिनले ती तीस छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए, र आफ्‍ना छोराहरूका निम्‍ति तीस जना बुहारीहरूलाई अरू वंशबाट ल्‍याए। तिनी सात वर्षसम्‍म इस्राएलका अगुवा भए।</verse>
				<verse number="10">तब तिनी मरे, र बेथलेहेममा गाड़िए।</verse>
				<verse number="11">तिनीपछि जबूलूनी एलोन दश वर्षसम्‍म इस्राएलका अगुवा भए।</verse>
				<verse number="12">तब तिनी मरे, र जबूलूनका देशको अय्‍यालोनमा गाड़िए।</verse>
				<verse number="13">त्‍यसपछि पिरातोनी हिल्‍लेलका छोरा अब्‍दोन इस्राएलका अगुवा भए।</verse>
				<verse number="14">तिनका चालीस छोरा र तीस नाति थिए, र हरेक आ-आफ्‍नो गधामा सवार हुन्‍थ्‍यो। तिनी आठ वर्षसम्‍म इस्राएलका अगुवा भए।</verse>
				<verse number="15">त्‍यसपछि तिनी मरे, र अमालेकीहरूको पहाड़ी देशका एफ्राइमको पिरातोनमा गाड़िए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">फेरि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो त्‍यही गरे, र उहाँले तिनीहरूलाई चालीस वर्षसम्‍म पलिश्‍तीहरूका हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="2">दानको कुलका सोरामा बस्‍ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्‍नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन।</verse>
				<verse number="3">परमप्रभुका दूत ती स्‍त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्‍माउनेछौ।</verse>
				<verse number="4">अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू,</verse>
				<verse number="5">किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। त्‍यसको कपालमा छुरा नलागोस्, किनभने त्‍यो बालक जन्‍मेको दिनदेखि नै परमेश्‍वरको निम्‍ति अलग गरिएको एक नाजिरी हुनेछ। त्‍यसले नै इस्राएललाई पलिश्‍तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”</verse>
				<verse number="6">ती स्‍त्री गएर आफ्‍ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्‍वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्‍य थियो। तिनी कहाँबाट आएका हुन्‌ भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्‍नो नाउँ बताएनन्‌।</verse>
				<verse number="7">तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्‍यो केटो जन्‍मेको दिनदेखि मर्ने दिनसम्‍मै परमेश्‍वरको निम्‍ति अलग गरिएको नाजिरी हुनेछ’।”</verse>
				<verse number="8">तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, बिन्‍ती छ, तपाईंले पठाउनुभएका, परमेश्‍वरका ती मानिस फेरि एक पल्‍ट आऊन्‌ र त्‍यो जन्‍मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्।”</verse>
				<verse number="9">परमेश्‍वरले मानोहको प्रार्थना सुन्‍नुभयो, र परमेश्‍वरका दूत बारीमा बसिरहेकी ती स्‍त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्‌।</verse>
				<verse number="10">स्‍त्री झट्टै दगुरेर गई मानोहलाई भनिन्, “त्‍यस दिन आएका ती मानिस फेरि मकहाँ आएका छन्‌।”</verse>
				<verse number="11">मानोह झट्टै तिनीसँग गए र त्‍यस व्‍यक्तिलाई भेटेर भने, “के मेरी पत्‍नीसँग कुरा गर्ने तपाईं नै हुनुहुन्‍छ?” तिनले भने, “हो, म नै हुँ।”</verse>
				<verse number="12">मानोहले भने, “जब तपाईंको वचन पूरा हुनेछ, तब त्‍यो केटाको जीवन र कामको नियम कस्‍तो हुनेछ?”</verse>
				<verse number="13">परमप्रभुका दूतले जवाफ दिएर भने, “मैले जे भनेको छु सो कुरा तिम्री पत्‍नीले होशियारसँग पालन गर्नुपर्छ।</verse>
				<verse number="14">दाखको बोटबाट निस्‍केको केही पनि तिनले चाख्‍नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्‍यो सबै तिनले गर्नुपर्छ।”</verse>
				<verse number="15">मानोहले परमप्रभुका दूतलाई भने, “कृपा गरी पर्खनुहोस्, र हामी तपाईंको निम्‍ति एउटा पाठो तयार गर्नेछौं।”</verse>
				<verse number="16">परमप्रभुका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोक्‍यौ भने पनि म तिमीहरूले चढ़ाएको भोजन खान्‍नँ। तर तिमीहरूको इच्‍छा छ भने होमबलि तयार गर र त्‍यो परमप्रभुमा चढ़ाओ।” मानोहले तिनलाई परमप्रभुका दूत हुन्‌ भनी चिनेनन्‌।</verse>
				<verse number="17">तब मानोहले तिनलाई भने, “तपाईंको नाउँ के हो? किनकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंको आदर गर्न चाहन्‍छौं।”</verse>
				<verse number="18">परमप्रभुका दूतले तिनलाई भने, “तिमी किन मेरो नाउँ सोध्‍ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ।”</verse>
				<verse number="19">तब मानोहले पाठो र उचित अन्‍नबलि लिएर ती चट्टानमाथि परमप्रभुकहाँ चढ़ाए। अनि मानोह र तिनकी पत्‍नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्‍चर्यमय काम गर्नुभयो।</verse>
				<verse number="20">जब त्‍यस वेदीबाट स्‍वर्गतिर एउटा ज्‍वाला उठ्यो, तब ज्‍वालासँगै परमप्रभुका दूत मास्‍तिर गए। यो देखेर मानोह र तिनकी पत्‍नी घोप्‍टो परे।</verse>
				<verse number="21">त्‍यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्‍नीकहाँ फेरि देखा परेनन्, र मानोहले ती त परमप्रभुका दूत रहेछन्‌ भनी थाहा पाए।</verse>
				<verse number="22">तर तिनले आफ्‍नी पत्‍नीलाई भने, “हामी त निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं।”</verse>
				<verse number="23">तर तिनकी पत्‍नीले जवाफ दिइन्, “परमप्रभुले हामीलाई मार्ने नै इच्‍छा गर्नुभएको भए उहाँले हाम्रा हातका होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुनेथिएन र यी सबै कुरा देखाउनुहुनेथिएन वा भन्‍नुहुनेथिएन।”</verse>
				<verse number="24">ती स्‍त्रीले एउटा छोरो जन्‍माइन्‌ र तिनको नाउँ शिमशोन राखिन्‌। त्‍यो बालक बढ्‌न लाग्‍यो, र परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभयो।</verse>
				<verse number="25">अनि त्‍यो सोरा र एश्‍तोलको बीचमा भएको महनेह-दानमा हुँदा, परमप्रभुका आत्‍माले त्‍यसलाई प्रेरणा दिन लाग्‍नुभयो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">शिमशोन तिम्‍नामा झरे, र त्‍यहाँ तिनले एउटी पलिश्‍ती स्‍त्रीलाई देखे।</verse>
				<verse number="2">जब तिनी फर्केर आए तब तिनले आफ्‍ना बुबा र आमालाई भने, “मैले तिम्‍नामा एउटी पलिश्‍ती स्‍त्री देखेको छु, र मलाई तिनीसँग विवाह गरिदिनुहोस्‌।”</verse>
				<verse number="3">तिनका आमा-बुबाले तिनलाई भने, “के हाम्रो आफ्‍नै कुटुम्‍बमा अथवा हाम्रै आफ्‍नो जातिमा कोही स्‍त्री छैन, र खतना नभएका पलिश्‍तीहरूकी स्‍त्रीलाई तैंले विवाह गर्नुपर्छ?” तर शिमशोनले आफ्‍ना बुबालाई भने, “ती स्‍त्री नै मेरो निम्‍ति ल्‍याइदिनुहोस्‌। तिनी नै मेरो निम्‍ति ठीक छिन्‌।”</verse>
				<verse number="4">पलिश्‍तीहरू, जो त्‍यस बेला इस्राएलका शासक थिए, उनीहरूका विरुद्धमा परमप्रभुले मौका हेर्दैहुनुहुन्‍छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा-बुबालाई थाहा थिएन।</verse>
				<verse number="5">शिमशोन आफ्‍ना आमा-बुबासँग तिम्‍नामा झरे, र जब तिनीहरू त्‍यहाँका दाखबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जंदै शिमशोनलाई झम्‍ट्यो।</verse>
				<verse number="6">तब परमप्रभुका आत्‍मा झट्टै शिमशोनमा आउनुभयो, र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्‍यस सिंहलाई एउटा पाठालाई झैँ च्‍यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्‍ना आमा-बुबालाई भनेनन्‌।</verse>
				<verse number="7">त्‍यसपछि तिनी तल झरेर त्‍यस स्‍त्रीसँग बातचीत गरे, र त्‍यस स्‍त्रीले तिनलाई रिझाई।</verse>
				<verse number="8">केही समयपछि त्‍यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्‍यस सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर लागे, र त्‍यसमा मौरीसमेतको चाका देखे।</verse>
				<verse number="9">तिनले मह काढ़ेर हात चाट्‌दै गए। जब तिनी आफ्‍ना आमा-बुबाकहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए, र तिनीहरूले पनि खाए। तर आफूले त्‍यो मह सिंहको सिनुबाट काढ़ेको कुरो तिनले तिनीहरूलाई बताएनन्‌।</verse>
				<verse number="10">तिनका बुबा त्‍यो स्‍त्री हेर्नलाई गए, र दुलहाहरूको दस्‍तूरअनुसार शिमशोनले त्‍यहाँ एउटा भोज दिए।</verse>
				<verse number="11">जब तिनी त्‍यहाँका मानिसहरूका सामु देखा परे, तब उनीहरूले तीस जना मानिसहरूलाई तिनका साथ जानलाई ल्‍याए।</verse>
				<verse number="12">शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्‌को थाप्‍छु। यी सात दिनको भोजको समयमा तिमीहरूले त्‍यो अड्‌को फुकाउन सक्‍यौ भने म तिमीहरूलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनेछु।</verse>
				<verse number="13">तर तिमीहरूले त्‍यो अड्‌को फुकाउन सकेनौ भने तिमीहरूले मलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनुपर्छ।” तिनीहरूले भने, “अड्‌को हामी सुनौं त?”</verse>
				<verse number="14">तब तिनले तिनीहरूलाई भने, “खानेबाट खानेकुरो निस्‍क्‍यो, बलियोबाट गुलियो कुरो निस्‍क्‍यो।” तीन दिनको अन्‍तरमा पनि तिनीहरू त्‍यो अड्‌को फुकाउन सफल भएनन्‌।</verse>
				<verse number="15">चौथो दिन तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रा पतिलाई फकाऊ र तिनले तिमीलाई त्‍यो अड्‌को फुकाइदेऊन्, नत्रता हामी तिमीलाई र तिम्रा बाबाको घरलाई आगो लगाइदिनेछौं। के तिमीले हामीलाई कङ्गाली तुल्‍याउनलाई निम्‍तो दियौ?”</verse>
				<verse number="16">तब शिमशोनकी पत्‍नीले तिनको सामु रोई-रोईकन भनी, “तपाईं मलाई घृणा गर्नुहुन्‍छ। तपाईं मलाई प्रेम गर्नुहुन्‍न। तपाईंले मेरा भाइबन्‍धुहरूलाई एउटा अड्‌को थाप्‍नुभएको छ, तर त्‍यो मलाई बताउनुभएको छैन।” तिनले त्‍यसलाई भने, “मैले त त्‍यो मेरा माता-पितालाई पनि भनेको छैनँ, र के त्‍यो तिमीलाई भन्‍नु?”</verse>
				<verse number="17">तर भोजको सात दिन समाप्‍त नहोउञ्‍जेल त्‍यो तिनको सामुन्‍ने रोइबसी। यसैले सातौँ दिनमा त्‍यसले साह्रै जिद्दी गरेकी हुनाले तिनले त्‍यसलाई बताइदिए, र त्‍यसले त्‍यो अड्‌को आफ्‍ना भाइबन्‍धुहरूलाई बताइदिई।</verse>
				<verse number="18">त्‍यसै दिन सूर्य अस्‍ताउन अघि सहरका मानिसहरूले शिमशोनलाई भने, “महभन्‍दा गुलियो के हुन्‍छ र? सिंहभन्‍दा बलियो के हुन्‍छ र?” शिमशोनले भने, “मेरो कोरलीलाई नजोतेका भए तिमीहरूले यो अड्‌को फुकाउन सक्‍नेथिएनौ।”</verse>
				<verse number="19">तब परमप्रभुका आत्‍मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्‍कलोनमा गए, र त्‍यहाँ तिनले तीस जना मान्‍छे मारे, र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्‌को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रीस उठ्यो, र तिनी आफ्‍ना बुबाको घरमा गइहाले।</verse>
				<verse number="20">शिमशोनकी पत्‍नी लोकन्‍त हुने मानिसलाई दिइयो।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">केही समयपछि गहूँका फसलको बेलामा एउटा पाठो लिएर शिमशोन आफ्‍नी पत्‍नीलाई भेट्‌न गए। तिनले भने, “मेरी पत्‍नीको कोठामा म जान चाहन्‍छु।” तर त्‍यसका बुबाले तिनलाई जान दिएनन्‌।</verse>
				<verse number="2">त्‍यसका बुबाले भने, “तिमीले त्‍यसलाई घृणा गर्‍यौ भन्‍ने कुरा मलाई निश्‍चय भएको हुनाले मैले त त्‍यसलाई तिम्रो लोकन्‍तलाई दिएँ। त्‍यसकी बहिनी त्‍योभन्‍दा राम्री छे— अब त्‍यसलाई नै लैजाऊ।”</verse>
				<verse number="3">तर शिमशोनले भने, “यस पल्‍ट पलिश्‍तीहरूसित साटो लिने मेरो हक छ। म साँच्‍ची नै उनीहरूको केही नोक्‍सानी गर्नेछु।”</verse>
				<verse number="4">तब तिनले गएर तीन सय स्‍यालहरू पक्रे। तिनले दुई-दुई वटा स्‍यालका पुच्‍छर-पुच्‍छर बाँधे र हरेक जोड़ीको बीचमा एउटा-एउटा राँको बाँधिदिए।</verse>
				<verse number="5">त्‍यसपछि तिनले ती राँकाहरू जलाए र ती स्‍यालहरूलाई पलिश्‍तीहरूका पाकिरहेका अन्‍नका बारीहरूमा छोड़िदिए। तिनले पाकिरहेका अन्‍न र बिटासमेत दाखबारी र भद्राक्षका बगैँचाहरू पनि डढ़ाइदिए।</verse>
				<verse number="6">तब पलिश्‍तीहरूले सोधे, “यो कसले गरेको हो?” तिम्‍नाका तिनका ससुरोले शिमशोनकी पत्‍नी तिनको लोकन्‍तलाई दिएकोले शिमशोनले यो सब गरेको हो भनी उनीहरूले सुने। तब पलिश्‍तीहरू गएर त्‍यसलाई र त्‍यसका बुबालाई जलाइदिए।</verse>
				<verse number="7">शिमशोनले उनीहरूलाई भने, “किनकि तिमीहरूले यस्‍ता कार्यहरू गर्‍यौ, म यो शपथ खाएर भन्‍दछु कि म तिमीहरूलाई यसको बदला नलिउञ्‍जेल म थामिन्‍नँ।”</verse>
				<verse number="8">तब तिनले उनीहरूलाई हिर्काउनसम्‍म हिर्काएर धेरै जनालाई मारे। त्‍यसपछि तिनी एतामका पहरोको ओड़ारमा गएर बस्‍न लागे।</verse>
				<verse number="9">पलिश्‍तीहरू उक्‍लेर आए, र यहूदामा छाउनी हाले, र लहीको छेउमा छरिएर बसे।</verse>
				<verse number="10">यहूदाका मानिसहरूले भने, “तिमीहरूले किन हामीमाथि चढ़ाइ गर्‍यौ?” उनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई पक्रन आएका छौं। त्‍यसले हामीलाई गरेझैँ हामी त्‍यससँग गर्नेछौं।”</verse>
				<verse number="11">तब यहूदाबाट तीन हजार मानिसहरू एतामका पहरोको ओड़ारमा झरे। तिनीहरूले शिमशोनलाई भने, “पलिश्‍तीहरू त हाम्रा शासक हुन्‌ भन्‍ने कुरो तपाईंलाई थाहै छ। अब हेर्नुहोस्, तपाईंले हामीमाथि के गर्नुभयो?” तिनले भने, “मैले त उनीहरूले जस्‍तो मसँग गरे त्‍यस्‍तै मात्र गरेको छु।”</verse>
				<verse number="12">तिनीहरूले तिनलाई भने, “हामी त तपाईंलाई बाँधेर पलिश्‍तीहरूका हातमा दिन आएका छौं।” तिनले भने, “त्‍यसो भए, तिमीहरू आफैले मलाई मार्नेछैनौं भनी मसँग शपथ खाओ।”</verse>
				<verse number="13">तिनीहरूले जवाफ दिए, “ठीक छ, हामी त तपाईंलाई बाँधेर पलिश्‍तीहरूका हातमा मात्र दिनेछौं। हामी तपाईंलाई मार्नेछैनौं।” तिनीहरूले तिनलाई दुई वटा नयाँ डोरीले बाँधे, र पहरोको ओड़ारबाट माथि ल्‍याए।</verse>
				<verse number="14">तिनी लहीमा पुग्‍न लाग्‍दा पलिश्‍तीहरूले तिनीतिर चिच्‍च्‍याउँदै आए। तब परमप्रभुका आत्‍मा झट्टै तिनीमा आउनुभयो, र तिनका पाखुरामा भएका डोरीहरू डढ़ेका सनपाटझैँ भए, र तिनका बन्‍धनहरू चुँड़िए।</verse>
				<verse number="15">तिनले गधाको एउटा आलो बङ्गारो भेट्टाएर उठाए, अनि एक हजार मान्‍छे मारे।</verse>
				<verse number="16">तिनले भने, “गधाको बङ्गारोले मैले उनीहरूलाई नाश गरें, रास लगाएँ, गधाको बङ्गारोले मैले एक हजार मान्‍छे मारें।”</verse>
				<verse number="17">यति भनिसकेर तिनले त्‍यो बङ्गारो फ्‍याँकिदिए। यसैले त्‍यस ठाउँको नाउँ रामत-लही राखियो।</verse>
				<verse number="18">त्‍यसपछि तिनलाई साह्रो तिर्खा लाग्‍यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, “तपाईंले आफ्‍नो दासलाई यो ठूलो विजय दिनुभयो, र अब के म तिर्खाले मर्नु? यी बेखतनाका हातमा पर्नु?”</verse>
				<verse number="19">तब परमप्रभुले लहीमा भएको खाल्‍डोलाई चिरेर फुटाइदिनुभयो, र त्‍यहाँबाट पानी फुटेर निस्‍क्‍यो। शिमशोनले त्‍यो पानी पिए, र तिनको ताकत फर्क्‍यो र तिनी फेरि ताजा भए। यसैकारण लहीको मूललाई आजको दिनसम्‍म पनि एन-हक्‍कोरे भन्‍दछन्‌।</verse>
				<verse number="20">पलिश्‍तीहरूको समयमा शिमशोन बीस वर्षसम्‍म इस्राएलका अगुवा भए।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">एक दिन शिमशोन गाजामा गए, र त्‍यहाँ तिनले एउटी वेश्‍यालाई देखे, र रात बिताउनलाई त्‍यसकहाँ गए।</verse>
				<verse number="2">शिमशोन आएको खबर गाजाका मानिसहरूले पाए, र उनीहरूले तिनलाई घेरे, र त्‍यस रातभरि सहरको मूल ढोकामा तिनलाई ढुकिबसे। राती उनीहरूले केही गरेनन्, किनभने उनीहरूले आपसमा भने, “बिहान हामी तिनलाई मारौं।”</verse>
				<verse number="3">तर शिमशोन आधारातसम्‍म मात्र ओछ्यानमा पल्‍टिरहे। तब तिनी आधारातमा उठेर सहरको मूल ढोकाका दैला र दुवै खम्‍बा, बार र सबै थोक तिनले उखेले, र ती आफ्‍नो काँधमा हालेर हेब्रोनका सामुन्‍नेको डाँड़ाको टाकुरामा बोकेर लगे।</verse>
				<verse number="4">केही समयपछि शिमशोन सोरेकको बेँसीमा बस्‍ने दलीला नाउँ भएकी एउटी स्‍त्रीसँग प्रेममा फसे।</verse>
				<verse number="5">पलिश्‍तीहरूका मुखियाहरू त्‍यस स्‍त्रीलाई भेट गर्नलाई गए र त्‍यसलाई भने, “तिनलाई फकाएर सोध कि केले तिनलाई त्‍यो ठूलो बल दिन्‍छ, र कसरी हामी तिनलाई काबूमा पारेर बाँधी तिनलाई कैद गर्न सक्‍छौं। हामी हरेकबाट तिमीले चाँदीका एघार-एघार सय सिक्‍का पाउनेछ्यौ।”</verse>
				<verse number="6">यसैले दलीलाले शिमशोनलाई भनी, “मलाई भन्‍नुहोस्, तपाईंको महाबल केमा छ, र तपाईंलाई कसरी बाँधेर कैद गर्न सकिन्‍छ?”</verse>
				<verse number="7">शिमशोनले जवाफ दिए, “यदि मलाई कसैले धनुका सात वटा नसुकेका ताजा ताँदाले बाँध्‍यो भने म अरू मानिसजस्‍तै निर्बल भइहाल्‍नेछु।”</verse>
				<verse number="8">तब पलिश्‍तीहरूका मुखियाहरूले धनुका सात वटा नसुकेका ताजा ताँदा त्‍यसलाई ल्‍याइदिए, र दलीलाले तिनलाई बाँधी।</verse>
				<verse number="9">त्‍यसले आफ्‍नो भित्री कोठामा मानिसहरू लुकाइराखेकी थिई, र त्‍यसले कराएर तिनलाई भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले ताँदाहरू आगोमा परेका सनपाटका धागाहरूजस्‍तै छिनाइदिए, र तिनका बलको भेद जानिएन।</verse>
				<verse number="10">तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले त मलाई बेवकूफ तुल्‍याउनुभयो र मलाई झूट बोल्‍नुभयो। यस पल्‍ट भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्‍न सकिन्‍छ?”</verse>
				<verse number="11">तिनले त्‍यसलाई भने, “यदि कसैले मलाई कहिल्‍यै नचलाएका नयाँ डोरीहरूले कसेर बाँध्‍यो भने म अरू मानिसजस्‍तै निर्बल भइहाल्‍नेछु।”</verse>
				<verse number="12">यसैले दलीलाले नयाँ डोरीहरू ल्‍याएर तिनलाई बाँधी। त्‍यस बेला पनि मानिसहरू भित्री कोठामा लुकिबसेका थिए। तब त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले आफ्‍ना पाखुराका डोरीहरू धागोजस्‍तै चुँड़ाइदिए।</verse>
				<verse number="13">फेरि दलीलाले तिनलाई भनी, “तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ र मलाई झूट बोल्‍दैहुनुहुन्‍छ। भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्‍न सकिन्‍छ?” तिनले भने, “मेरा कपालका सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राख्‍यौ भने म अरू मानिसजस्‍तै निर्बल भइहाल्‍नेछु।”</verse>
				<verse number="14">यसैले तिनी सुत्‍दा त्‍यसले तिनको कपालका ती सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राखी। अनि फेरि त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तिनी निद्राबाट जागे, र तानसमेत कीला उखेलिदिए।</verse>
				<verse number="15">तब त्‍यसले तिनलाई भनी, “तपाईं मलाई प्रेम गर्नुहुन्‍छ भनी कसरी भन्‍नुहुन्‍छ, जब कि तपाईं मलाई आफ्‍नो कुरा बताउनुहुन्‍न? यो तेस्रो पल्‍ट पनि तपाईंले मलाई बेवकूफ तुल्‍याउनुभयो र तपाईंको महाबल केले दिन्‍छ भनी अझ बताउनुभएको छैन।”</verse>
				<verse number="16">यसरी त्‍यसले तिनलाई यी कुराले दिनहुँ पिरोली र हैरान पारी।</verse>
				<verse number="17">यसकारण आफ्‍नो गुप्‍त कुरा तिनले त्‍यसलाई भनिदिए। तिनले भने, “मेरो कपालमा कहिल्‍यै छुरा लागेको छैन, किनभने जन्‍मैदेखि परमेश्‍वरको निम्‍ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्‍नेछ, र म अरू मानिसजस्‍तै निर्बल हुनेछु।”</verse>
				<verse number="18">तिनले सबै गुप्‍त कुरा बताएका हुन्‌ भनेर जब दलीलाले थाहा पाई, तब त्‍यसले पलिश्‍तीहरूका मुखियाहरूलाई डाकिपठाई, र भनी, “झट्टै आउनुहोस्, तिनले मलाई आफ्‍ना गुप्‍त कुरा बताएका छन्‌।” यसैले पलिश्‍तीहरूका मुखियाहरू आए, र आफ्‍ना साथमा चाँदी पनि ल्‍याए।</verse>
				<verse number="19">त्‍यसले शिमशोनलाई आफ्‍नो काखमा सुताई, र एक जना मान्‍छेलाई बोलाएर सातै वटा लट्टा खौरिन लगाई। यसरी दलीलाले शिमशोनलाई काबूमा पार्न लागी अनि तिनको बल हट्‌यो।</verse>
				<verse number="20">तब त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तिनी आफ्‍नो निद्राबाट जागे, र भने, “म सधैँझैँ आफैलाई मुक्त गर्नेछु।” तर परमेश्‍वरले तिनलाई छोड़िसक्‍नुभएको छ भनी तिनलाई थाहा थिएन।</verse>
				<verse number="21">तब पलिश्‍तीहरूले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्‍याए। त्‍यहाँ उनीहरूले तिनलाई काँसाका साङ्‌लाहरूले बाँधे, र झ्‍यालखानमा जाँतो पिँध्‍न लाए।</verse>
				<verse number="22">तर तिनको कपाल खौरिएपछि फेरि बढ्‌न लाग्‍यो।</verse>
				<verse number="23">पलिश्‍तीहरूका मुखियाहरू आफ्‍नो देवता दागोनको निम्‍ति एउटा ठूलो बलिदान चढ़ाउनलाई र त्‍यसको अगि खुशी मनाउन भेला भए। उनीहरूले भने, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो।”</verse>
				<verse number="24">मानिसहरूले जब शिमशोनलाई देखे तब कराउँदै आफ्‍नो देवताको स्‍तुति यसरी गर्न लागे, “हाम्रा देवताले हाम्रो शत्रु, हाम्रो देशको अभिशाप, लाशले हाम्रो देश भर्नेलाई हाम्रा हातमा सुम्‍पिदिनुभएको छ।”</verse>
				<verse number="25">जब उनीहरू साह्रै आनन्‍दित भए तब उनीहरूले भने, “शिमशोनलाई झिकाओ, र त्‍यसले हामीलाई तमाशा देखाओस्‌।” तब उनीहरूले शिमशोनलाई झ्‍यालखानबाट झिकाए, र तिनले सबैका सामुन्‍ने तमाशा देखाए। उनीहरूले तिनलाई मूल खम्‍बाहरूका बीचमा उभ्‍याए,</verse>
				<verse number="26">र शिमशोनले तिनको हात समात्‍ने ठिटालाई भने, “मन्‍दिरलाई अड़ाउने मूल खम्‍बाहरू मलाई छाम्‍न दे, र म त्‍यहाँ अड़ेस लाग्‍नेछु।”</verse>
				<verse number="27">अब मन्‍दिर पुरुष र स्‍त्रीहरूले खचाखच थियो, र पलिश्‍तीहरूका सबै मुखियाहरू पनि त्‍यहाँ थिए, र तीन हजार जति पुरुष र स्‍त्रीहरू छतमा बसेर शिमशोनको तमाशा हेरिरहेका थिए।</verse>
				<verse number="28">तब शिमशोनले परमप्रभुलाई पुकारेर भने, “हे परमप्रभु परमेश्‍वर, मलाई याद गर्नुहोस्‌! हे परमेश्‍वर, मलाई अझै एक पल्‍ट मात्र शक्ति दिनुहोस्, र म मेरा दुई आँखाका निम्‍ति यी पलिश्‍तीहरूमाथि एकै चोटि बदला लिन सकूँ।”</verse>
				<verse number="29">तिनले आफ्‍ना हात मन्‍दिरलाई थामेका ती दुई बीचका मूल खम्‍बामा लगाए, अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर,</verse>
				<verse number="30">तिनले भने, “मलाई पलिश्‍तीहरूसँगै मर्न दिनुहोस्‌।” तब शिमशोनले आफ्‍नो सम्‍पूर्ण शक्ति लगाएर ठेले, र मुखियाहरू र त्‍यसमा भएका सबै मानिसहरूमाथि मन्‍दिर ढल्‍यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्‍दा धेरै मानिसहरूलाई मारे।</verse>
				<verse number="31">तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्‍तोलको बीचमा तिनलाई गाड़े। पलिश्‍तीहरूको समयमा शिमशोन बीस वर्षसम्‍म इस्राएलका अगुवा भए।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">एफ्राइमका पहाड़ी देशमा मीका नाउँ भएका एक जना मानिस थिए।</verse>
				<verse number="2">तिनले आफ्‍नी आमालाई भने, “तपाईंबाट चोरिएका ती एघार सय चाँदीका सिक्‍का, जसका विषयमा मैले सुन्‍ने गरी तपाईंले ती चोर्नेलाई सराप्‍नुभएको थियो, ती चाँदीका सिक्‍का मसँग छन्‌। मैले ती लगेको थिएँ, र अब म ती तपाईंलाई फर्काइदिँदैछु।” तिनकी आमाले भनिन्, “हे मेरो छोरो, परमप्रभुले तँलाई आशिष्‌ देऊन्‌।”</verse>
				<verse number="3">तिनले ती एघार सय चाँदीका सिक्‍का आफ्‍नी आमालाई फर्काइदिएपछि, तिनले भनिन्, “अब म यो मेरो चाँदी मेरो छोराको भलाइको निम्‍ति एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति बनाउनलाई परमप्रभुमा समर्पण गर्छु।”</verse>
				<verse number="4">यसरी तिनले ती चाँदी आफ्‍नी आमालाई फर्काइदिए। अनि तिनले दुई सय चाँदीका सिक्‍का लिएर एउटा चाँदीको शिल्‍पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखिए।</verse>
				<verse number="5">यी मीका भन्‍ने मानिसको एउटा देवता-थान थियो। तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र आफ्‍ना छोराहरूमध्‍येको एक जनालाई आफ्‍नो पुरोहित नियुक्त गरे।</verse>
				<verse number="6">त्‍यस बेला इस्राएलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्‍नो दृष्‍टिमा जे ठीक लाग्‍थ्‍यो त्‍यही गर्थ्‍यो।</verse>
				<verse number="7">अब यहूदाको बेथलेहेमबाट आएका यहूदाका गोत्रको बीचमा बस्‍ने एक जना जवान लेवी थिए।</verse>
				<verse number="8">तिनी बेथलेहेम सहर छोड़ेर अन्‍त कतै बस्‍नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मीकाको घरमा आइपुगे।</verse>
				<verse number="9">मीकाले तिनलाई सोधे, “तिमीकहाँबाट आएका हौ?” तिनले जवाफ दिए, “म यहूदाका बेथलेहेमको एक जना लेवी हुँ, र म एउटा बस्‍ने ठाउँ खोज्‍दैछु।”</verse>
				<verse number="10">मीकाले तिनलाई भने, “मसँग बस, र मेरा बुबा र पुरोहित होऊ। म तिमीलाई बर्षै पिच्‍छे दश चाँदीका सिक्‍का दिनेछु, र तिमीलाई खान-लाउन पनि दिनेछु।”</verse>
				<verse number="11">यसकारण ती लेवी मीकासँग बस्‍न राजी भए, र मीकाले तिनलाई आफ्‍ना छोराहरूमध्‍ये एक जनाजस्‍तै गर्थे।</verse>
				<verse number="12">मीकाले ती लेवीलाई काममा नियुक्त गरे, र ती जवान मानिस तिनका पुरोहित भए, र तिनको घरमा बसे।</verse>
				<verse number="13">मीकाले भने, “अब म जान्‍दछु कि परमप्रभुले मेरो उन्‍नति गर्नुहुनेछ, किनभने एक लेवी मेरा पुरोहित भएका छन्‌।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">त्‍यस बेला इस्राएलमा कुनै राजा थिएनन्‌। दानवंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दैथिए, किनभने इस्राएलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्‌।</verse>
				<verse number="2">यसकारण दानवंशीहरूले पाँच जना योद्धाहरूलाई सोरा र एश्‍तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्‍व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, “जाओ, देशको पत्ता लाओ।” तिनीहरू एफ्राइमको पहाड़ी देशमा मीकाको घरमा आइपुगे, र त्‍यो रात त्‍यहीँ बिताए।</verse>
				<verse number="3">जब तिनीहरू त्‍यहाँ मीकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेवीको बोली चिने। तिनीहरूले तिनीतिर फर्केर भने, “तिमीलाई कसले यहाँ ल्‍यायो? तिमी यहाँ के गरिरहेछौ? यहाँ तिम्रो के काम छ?”</verse>
				<verse number="4">तिनले भने, “यो त सबै मीकाको काम हो। तिनले मलाई ज्‍यालामा राखेका छन्, र म तिनका पुरोहित भएको छु।”</verse>
				<verse number="5">तिनीहरूले तिनलाई भने, “त्‍यसो भए, हाम्रो निम्‍ति परमेश्‍वरसँग हाम्रो कार्य सफल हुन्‍छ कि हुन्‍न सोधपूछ गर।”</verse>
				<verse number="6">पुरोहितले जवाफ दिए, “कुशलसित जाओ। तिमीहरूको यात्रालाई परमप्रभुको स्‍वीकृति छ।”</verse>
				<verse number="7">ती पाँच जना आफ्‍नो बाटो लागे, र लेशमा आइपुगे। तिनीहरूले त्‍यहाँका बासिन्‍दाहरूलाई सीदोनीहरूझैँ शान्‍त र निष्‍फिक्रीसित आफ्‍ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन। यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सीदोनीहरूदेखि धेरै टाढ़ा थिए, र अरू कोहीसित उनीहरूको सम्‍पर्क थिएन।</verse>
				<verse number="8">ती पाँच जना मानिसहरू सोरा र एश्‍तोलमा फर्केर आएपछि तिनीहरूका भाइबन्‍धुहरूले तिनीहरूलाई सोधे, “तिमीहरूको खबर कस्‍तो छ?”</verse>
				<verse number="9">तिनीहरूले भने, “जाऔं त, उनीहरूमाथि चढ़ाइ गरौं! हामीले देखेको त्‍यो देश खूबै सुन्‍दर छ। के तिमीहरू यस विषयमा केही नगरी बियाँलो गरिरहन्‍छौ? अहिले नै हिँड्‌, र त्‍यस देशलाई अधिकार गर।</verse>
				<verse number="10">जब तिमीहरू त्‍यहाँ पुग्‍नेछौ, तब तिमीहरूले एउटा विस्‍तृत र खुला देशमा निष्‍फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्‍नेछौ। परमेश्‍वरले त्‍यो जग्‍गा तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ— त्‍यो जग्‍गा जहाँ पृथ्‍वीमा पाइने कुनै पनि थोकको अभाव छैन।”</verse>
				<verse number="11">यसकारण सोरा र एश्‍तोलबाट दानको कुलका हतियार भिरेका छ सय मानिसहरू निस्‍के।</verse>
				<verse number="12">तिनीहरू उक्‍लेर यहूदाको किर्यत-यारीमको पश्‍चिमतिर छाउनी हाले। यसैकारण त्‍यस ठाउँको नाउँ आजसम्‍म महनेह-दान भनिन्‍छ।</verse>
				<verse number="13">त्‍यहाँबाट तिनीहरू एफ्राइमका पहाड़ी देशतिर लागेर मीकाको घरमा आए।</verse>
				<verse number="14">तब ती पाँच जना मानिसहरू, जो लेशको वरिपरिका देशको भेद लिन गएका थिए, तिनीहरूले आफ्‍ना भाइबन्‍धुसँग यसो भनेर कुरा गरे, “के यी घरहरूमध्‍ये एउटामा एपोद र घर-देवताहरू, एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति छन्‌ भनी तिमीहरूलाई थाहा छ? अब कसो गर्नु तिमीलाई थाहा छ।”</verse>
				<verse number="15">यसैले तिनीहरू मीकाको घरनेर ती जवान लेवीको डेरातिर लागे, र तिनलाई अभिवादन गरे।</verse>
				<verse number="16">हतियार भिरेका ती छ सय दानवंशीहरू मूल ढोकाको मुखैमा खड़ा भए।</verse>
				<verse number="17">देशको भेद लिन गएका ती पाँच जना मानिस घरभित्र पसे, अनि प्रतिमा र मूर्ति, एपोद र अरू घर-देवताहरू लिए। त्‍यसै बेला ती पुरोहित ती छ सय मानिसहरूसँग मूल ढोकाको मुखैमा खड़ा भइरहेका थिए।</verse>
				<verse number="18">ती पाँच जना मानिसहरू मीकाको घरमा पसेर प्रतिमा, मूर्ति, एपोद र अरू घर-देवताहरूलाई लग्‍दा, ती पुरोहितले “के गर्दैछौ?” भनी तिनीहरूलाई सोधे।</verse>
				<verse number="19">तर तिनीहरूले तिनलाई भने, “चूप लाग, एक शब्‍द पनि नबोल। आएर हाम्रा पुरोहित र बुबा होऊ। एक जना मानिसको घरमा पुरोहित हुनु कि इस्राएलमा एउटा कुल र वंशका पुरोहित हुनु असल हो?”</verse>
				<verse number="20">यस कुराले ती पुरोहित खुशी भए। तिनले ती एपोद, खोपिएको प्रतिमा र अरू घर-देवताहरू लगे, र त्‍यस दलमा सामेल भए।</verse>
				<verse number="21">तिनीहरू फर्केर गइहाले, र बालबच्‍चा, गाईबस्‍तुहरू र दामी-दामी सामानहरू अगि लगाएर हिँड़े।</verse>
				<verse number="22">ती दानवंशीहरू मीकाको घरबाट केही टाढ़ा मात्र पुगेका थिए कि मीकाले आफ्‍ना छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई खेदेर भेट्टाए।</verse>
				<verse number="23">उनीहरूले दानवंशीहरूलाई हपारे, र तिनीहरूले फर्केर मीकालाई भने, “तिमीलाई के भयो? हामीसित लड़ाइँ गर्न किन तिमीले मानिसहरूलाई बोलायौ?”</verse>
				<verse number="24">मीकाले भने, “मैले आफ्‍नो निम्‍ति बनाएका मेरा देवताहरू तिमीहरूले लग्‍यौ। तिमीहरूले मेरा पुरोहितलाई पनि लिएर हिँड्‌यौ। मेरो निम्‍ति केही छोड़ेनौ, र ‘तिमीलाई के भयो?’ भनी कसरी सोध्‍न सक्‍छौ?”</verse>
				<verse number="25">दानवंशीहरूले तिनलाई भने, “तिम्रो सोर हामीलाई नसुनाऊ। नत्रता केही रिसाहा मानिसहरूले तिमीहरूमाथि आक्रमण गर्नेछन्‌ र तिमी र तिम्रा परिवार खतम हुनेछौ।”</verse>
				<verse number="26">यति भनेर दानवंशीहरू आफ्‍नो बाटो लागे, अनि मीकाले तिनीहरू आफूभन्‍दा ज्‍यादै बलिया देखेर आफ्‍नो घरतिर लागे।</verse>
				<verse number="27">यसरी ती पुरोहित र मीकाले आफ्‍नो निम्‍ति बनाएका थोकहरू लिएर तिनीहरू गए, र लेशमाथि चढ़ाइ गरे, जहाँका मानिसहरू शान्‍त थिए, र निष्‍फिक्रीसित बस्‍थे। तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे, र उनीहरूको सहरमा आगो लगाइदिए।</verse>
				<verse number="28">उनीहरूलाई बचाउने कोही थिएन, किनभने त्‍यो सहर सीदोनदेखि टाढ़ामा थियो, र कसैसित उनीहरूको सम्‍पर्क थिएन। त्‍यो सहर बेथ-रहोबका नजिकको उपत्‍यकामा थियो। दानवंशीहरूले त्‍यस सहरलाई फेरि बनाए, र त्‍यसमा बसोबास गर्न लागे।</verse>
				<verse number="29">त्‍यसलाई इस्राएलका छोरा तिनीहरूका पुर्खाको नाउँमा दान राखे। त्‍यसको नाउँ पहिले त लेश थियो।</verse>
				<verse number="30">दानवंशीहरूले ती मूर्तिहरूलाई स्‍थापन गरे, र इस्राएल जाति कैदमा नलगिएसम्‍म मोशाका छोरा गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पूजाहारी भए।</verse>
				<verse number="31">अनि शीलोमा परमेश्‍वरको भवन रहुञ्‍जेल तिनीहरूले मीकाले बनाएका मूर्तिहरूको पूजा गरे।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">त्‍यस बेला इस्राएलमा कुनै राजा थिएनन्‌। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्‍थे, जसले यहूदाको बेथलेहेमबाट एउटी उपपत्‍नी आफ्‍नो निम्‍ति ल्‍याएका थिए।</verse>
				<verse number="2">तर त्‍यो आफ्‍ना पतिप्रति अविश्‍वासी भई, र तिनलाई छोड़ेर त्‍यो आफ्‍ना बुबाको घर यहूदाको बेथलेहेममा गएकी थिई। जब त्‍यो त्‍यहाँ बसेकी चार महिना भइसकेको थियो,</verse>
				<verse number="3">तब त्‍यसका पति आफ्‍ना नोकर र दुई वटा गधा लिएर त्‍यसलाई मनाएर फर्काइल्‍याउन हिँड़े। त्‍यस केटीले तिनलाई आफ्‍ना बुबाको घरमा ल्‍याई, र त्‍यसका बुबाचाहिँले तिनलाई देख्‍दा स्‍वागत गरे।</verse>
				<verse number="4">त्‍यस केटीका बुबा, तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्‍यहाँ तीन दिन बसे। तिनी बसेको बेलामा तिनको खूबै राम्रो सत्‍कार भयो।</verse>
				<verse number="5">चौथो दिन तिनीहरू सखारै उठे, र बिदा हुनलाई तयार भए, तर केटीका बुबाले आफ्‍नो जुवाइँलाई भने, “जानुभन्‍दा पहिले केही खाऊ।”</verse>
				<verse number="6">यसैले तिनीहरू दुवै बसे र एकैसाथ खानपान गरे। तब केटीका बुबाले भने, “एक रात अझै बसेर रमाइलो गर।”</verse>
				<verse number="7">जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्‍ने आग्रह गरे, र तिनी अझै एक रात बसे।</verse>
				<verse number="8">पाँचौँ दिन तिनी बिदा हुनलाई बिहानै उठे। तर केटीका बुबाले भने, “पहिले केही खाऊ।” यसैले तिनीहरू दिउँसो अबेरसम्‍मै एकसाथ खाँदै र पिउँदै अल्‍मलिरहे।</verse>
				<verse number="9">तब ती मानिस आफ्‍नी उपपत्‍नी र नोकरसँग जानलाई उठे। तर तिनका ससुराले भने, “हेर त, साँझ हुनै लाग्‍यो। आजको रात यहीँ बिताएर दिल खुश पार, र भोलि बिहानै उठेर घरतिर लाग।”</verse>
				<verse number="10">तर ती मानिस त्‍यो रात बस्‍न मानेनन्‌। तिनी उठेर हिँड़िहाले, र आफ्‍ना भारी लादेका दुई गधा र आफ्‍नी उपपत्‍नीसँग यबूस, अर्थात्‌ यरूशलेमतिर गए।</verse>
				<verse number="11">जब तिनीहरू यबूसको नजिकै आइपुगे तब दिन धेरै ढल्‍किसकेको थियो, र नोकरले आफ्‍ना मालिकलाई भन्‍यो, “अब गएर यबूसीहरूको यस सहरमा रात बिताऔं।”</verse>
				<verse number="12">तर त्‍यसका मालिकले त्‍यसलाई भने, “होइन, इस्राएलीहरू नभएको यस परदेशी ठाउँमा नजाऔं। बरु हामी गिबामा जाऔं।”</verse>
				<verse number="13">तिनले फेरि भने, “आओ, गिबा वा रामासम्‍म पुग्‍न प्रयत्‍न गरौं, र त्‍यहाँ रात बिताऔं।”</verse>
				<verse number="14">यसरी तिनीहरू अगि बढ़े, र झमक्‍क रात परिहाल्‍यो। त्‍यस बेला तिनीहरू बेन्‍यामीनका गिबाको नजिकै थिए।</verse>
				<verse number="15">तिनीहरू त्‍यहीँ रात बिताउनलाई पसे, र गएर सहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई वास दिनलाई आफ्‍नो घरमा लगेनन्‌।</verse>
				<verse number="16">यसै बीचमा एक जना बूढ़ा मानिस आफ्‍नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी एफ्राइमको पहाड़ी देशका थिए, तर गिबामा बस्‍थे, जहाँका मानिसहरू बेन्‍यामीनी थिए।</verse>
				<verse number="17">उनले यसो मास्‍तिर हेरे, र सहरको चोकमा ती यात्रीलाई देखे, र तिनलाई कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे।</verse>
				<verse number="18">तिनले जवाफ दिए, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौं। म त्‍यहीँकै हुँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र प्रभुको घरमा फर्किरहेछु। तर कसैले मलाई आफ्‍नो घरमा लगेको छैन।</verse>
				<verse number="19">मसित गधाका निम्‍ति पराल र दाना छन्‌। तपाईंका सेवकहरू, अर्थात्‌ मेरो आफ्‍नो र यस केटी र यस नोकरको निम्‍ति खानेकुरा र दाखमद्य छन्‌। हामीलाई चाहिने कुरा हामीसितै छन्, महाशय।”</verse>
				<verse number="20">ती बूढ़ा मानिसले भने, “मेरो घरमा आउनुहोस्, तपाईंहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईंहरूले चोकमा रात बिताउनुपर्दैन।”</verse>
				<verse number="21">तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना-पानी दिए। तिनीहरूले आफ्‍ना खुट्टा धोए र खानपान गरे।</verse>
				<verse number="22">जब तिनीहरू यसरी खुशी मनाइरहेका थिए, तब त्‍यस सहरका कतिपय बदमाशहरूले त्‍यो घर घेरे, र घरको ढोकामा धक्‍का दिँदै र त्‍यस घरका धनीलाई कराउँदै यसो भने, “तेरो घरमा पसेको त्‍यस मानिसलाई बाहिर निकाल्‌। हामी त्‍यससँग सहवास गर्न चाहन्‍छौं।”</verse>
				<verse number="23">त्‍यस घरका धनीले बाहिर उनीहरूकहाँ निस्‍केर भने, “होइन, मेरा मित्र हो, यस्‍तो दुष्‍ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्, यस्‍तो अत्‍याचार नगर।</verse>
				<verse number="24">यहाँ मेरी कन्‍ये-छोरी र यी मानिसकी उपपत्‍नी छन्‌। म तिनीहरूलाई तिमीहरूकहाँ ल्‍याउनेछु। तिनीहरूमाथि बलात्‍कार गर, र तिमीहरूलाई जे मन लाग्‍छ गर। तर यी मानिसमाथि यस्‍तो अत्‍याचार नगर।”</verse>
				<verse number="25">तर ती मानिसहरूले उनको कुरा सुन्‍दैसुनेनन्‌। यसैले ती यात्रीले आफ्‍नी उपपत्‍नीलाई लिएर उनीहरूकहाँ पठाइदिए। उनीहरूले त्‍यससँग त्‍यस रातभरि बिहान नहोउञ्‍जेलसम्‍म सहवास गरे, र त्‍यसलाई अत्‍याचार गरे, अनि बिहान भएपछि उनीहरूले त्‍यसलाई जान दिए।</verse>
				<verse number="26">त्‍यो केटी मिरमिरे उज्‍यालोमा आई र आफ्‍ना स्‍वामी भएको घरको ढोकामा लड़ी, र उज्‍यालो नभएसम्‍म त्‍यहीँ लड़िरही।</verse>
				<verse number="27">त्‍यस स्‍त्रीका पति बिहानै उठे, र आफ्‍नो यात्रामा जानलाई घरको ढोका खोले। र तिनले आफ्‍नी उपपत्‍नीलाई सङ्घारमा आफ्‍ना हात पसारेर लड़िरहेकी देखे।</verse>
				<verse number="28">तिनले त्‍यसलाई भने, “उठ, हामी जाऔं।” तर तिनले केही जवाफ पाएनन्‌। तिनले त्‍यसलाई उठाएर गधामाथि राखे र घरतिर लागे।</verse>
				<verse number="29">जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्‍नी उपपत्‍नीलाई टुक्रा-टुक्रा पारेर बाह्र टुक्रा काटे, अनि इस्राएलका चारैतिर पठाइदिए।</verse>
				<verse number="30">यो देख्‍ने प्रत्‍येकले भने, “इस्राएलीहरू मिश्रदेशबाट आएको बेलादेखि आजको दिनसम्‍म यस्‍तो कहिल्‍यै भएको छैन। त्‍यो आफै विचार गर, के गर्नुपर्छ हामीलाई भन।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">तब सबै इस्राएलीहरू, दानदेखि बेर्शेबासम्‍मका जम्‍मै समुदाय, र गिलादबाट पनि एउटै मानिसजस्‍तै गरी आ-आफ्‍नो घरबाट निस्‍के र मिस्‍पामा परमप्रभुको सामुन्‍ने भेला भए।</verse>
				<verse number="2">इस्राएलका कुलहरूका सबै मानिसका अगुवाहरू, तरवार भिरेका चार लाख योद्धाहरू, परमेश्‍वरका मानिसहरूको सभामा हाजिर भए।</verse>
				<verse number="3">बेन्‍यामीनीहरूले इस्राएलीहरू मिस्‍पामा गएका छन्‌ भन्‍ने कुरा सुने। “यस्‍तो दुष्‍ट कुरो कसरी भयो” भनी इस्राएलीहरूले सोधे।</verse>
				<verse number="4">यसकारण त्‍यस मारिएकी स्‍त्रीका पति, ती लेवीले भने, “म र मेरी उपपत्‍नी रात बिताउनलाई बेन्‍यामीनको गिबामा आएका थियौं।</verse>
				<verse number="5">त्‍यस रात गिबाका नगरवासीहरू मेरो विरुद्धमा खड़ा भए, र मलाई मार्ने विचारले म बसेको घर घेरे, र उनीहरूले मेरी उपपत्‍नीमाथि बलात्‍कार गरे, र त्‍यो मरी।</verse>
				<verse number="6">मैले त्‍यसको लाश लगेर टुक्रा-टुक्रा पारी काटें, र ती मैले इस्राएलका चारैतिर पठाइदिएँ, किनभने उनीहरूले इस्राएलमा यस्‍तो व्‍यभिचारी र अपमानजनक काम गरेका थिए।</verse>
				<verse number="7">अब तपाईं सबै इस्राएलीहरू बोल्‍नुहोस्‌ र आफ्‍नो फैसला दिनुहोस्‌।”</verse>
				<verse number="8">तब सबै मानिसहरू एउटै मानिसझैँ खड़ा भएर भने, “हामीमध्‍येको एक जना पनि आफ्‍नो घरमा फर्केर जानेछैन, एउटै पनि आफ्‍नो घरमा फर्केर जानेछैन।</verse>
				<verse number="9">अब गिबालाई हामी यसो गर्नेछौं— गोला हालेअनुसार हामी चढ़ाइ गर्नलाई जानेछौं।</verse>
				<verse number="10">हामी इस्राएलका जम्‍मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्‍तो अत्‍याचार गर्ने बेन्‍यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्‍ति मानिसहरूबाट खानेकुरा जम्‍मा गर्नलाई लिनेछौं।”</verse>
				<verse number="11">यसरी सबै इस्राएली भेला भए र एउटै मानिसजस्‍तै त्‍यस सहरको विरुद्धमा एकै मनका भए।</verse>
				<verse number="12">इस्राएलका कुलहरूका मानिसहरूले बेन्‍यामीनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, “तिमीहरूका बीचमा यस्‍तो खराब काम भएको यो के हो?</verse>
				<verse number="13">गिबाका ती दुष्‍ट मानिसहरूलाई हाम्रा हातमा सुम्‍पिदेओ, र हामी उनीहरूलाई मारेर इस्राएलमा भएको यस दुष्‍कर्मलाई फाल्‍नेछौं।” तर बेन्‍यामीनीहरूले आफ्‍ना दाजुभाइ इस्राएलीहरूको कुरा सुनेनन्‌।</verse>
				<verse number="14">उनीहरू आ-आफ्‍ना सहरहरूबाट इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई गिबामा जम्‍मा भए।</verse>
				<verse number="15">ती बेन्‍यामीनीहरूले तुरुन्‍तै आ-आफ्‍ना सहरहरूबाट तरवार भिरेका छब्‍बीस हजार मानिसहरू लड़ाइँको निम्‍ति जम्‍मा गरे।</verse>
				<verse number="16">यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू पनि थिए। यी सबैमध्‍ये देब्रे हाते अरू सात सय चुनिएका मानिसहरू पनि थिए, जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाउँदैनथे।</verse>
				<verse number="17">बेन्‍यामीनको कुल छोड़ेर इस्राएलले चाहिँ तरवार भिरेका चार लाख मानिसहरू जम्‍मा गरे, जो सबै योद्धा थिए।</verse>
				<verse number="18">इस्राएलीहरू तुरुन्‍तै बेथेलतिर लागे, र त्‍यहाँ तिनीहरूले परमेश्‍वरलाई यसो भनेर सोधे, “हामीमध्‍येको कुनचाहिँ कुलले पहिले बेन्‍यामीनलाई आक्रमण गर्ने?” परमप्रभुले भन्‍नुभयो, “पहिले यहूदाले आक्रमण गरोस्‌।”</verse>
				<verse number="19">यसैले इस्राएलीहरू बिहान सखारै गिबाको सामु गएर छाउनी हाले।</verse>
				<verse number="20">तिनीहरूले बेन्‍यामीनीहरूसँग लड़ाइँ गर्नलाई आफ्‍नो फौजलाई सहरको सामुन्‍ने तयार राखे।</verse>
				<verse number="21">त्‍यस दिन बेन्‍यामीनीहरूले गिबाबाट आक्रमण गरेर बाईस हजार इस्राएलीहरूलाई रणभूमिमा मारे।</verse>
				<verse number="22">तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए, र पहिलो दिनकै स्‍थानमा फेरि अड़ेर बसे।</verse>
				<verse number="23">तब इस्राएलीहरू उक्‍लेर गए, र परमप्रभुको सामु बेलुकीसम्‍मै विलाप गरे, र तिनीहरूले परमप्रभुसँग आफ्‍ना दाजुभाइ बेन्‍यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे। परमप्रभुले भन्‍नुभयो, “उनीहरूका विरुद्धमा माथि उक्‍लेर जाओ।”</verse>
				<verse number="24">दोस्रो दिन पनि तिनीहरू बेन्‍यामीनीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े।</verse>
				<verse number="25">बेन्‍यामीनीहरू पनि तिनीहरूसँग लड़ाइँ गर्नलाई गिबाबाट निस्‍के, र तरवार भिरेका अरू अठार हजार मानिसहरूलाई उनीहरूले मारे।</verse>
				<verse number="26">तब जम्‍मै इस्राएलीहरू फर्केर बेथेलमा गए, र त्‍यहाँ तिनीहरू साँझसम्‍मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्‍ने बसे। तिनीहरूले परमप्रभुको सामु होमबलि र मेलबलि चढ़ाए।</verse>
				<verse number="27">त्‍यस बेला परमेश्‍वरका करारको सन्‍दूक त्‍यहीँ थियो,</verse>
				<verse number="28">र हारूनका छोरा एलाजारका छोरा पीनहासले त्‍यसको सामु सेवा गर्दथे। अनि इस्राएलीहरूले परमप्रभुसँग सोधे, “के हामी हाम्रा भाइ बेन्‍यामीनको विरुद्धमा लड़ाइँ गर्नलाई फेरि जाऔं कि नजाऔं?” परमप्रभुले जवाफ दिनुभयो, “त्‍यसलाई आक्रमण गर। भोलि म त्‍यसलाई तिमीहरूका हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="29">तब इस्राएलले गिबाको चारैतिर ढुकिबस्‍नलाई मानिसहरू राखे।</verse>
				<verse number="30">तेस्रो दिन इस्राएलीहरू बेन्‍यामीनीहरूका विरुद्धमा अगि बढ़े, र अघिझैँ गिबाको विरुद्धमा स्‍थान लिए।</verse>
				<verse number="31">अनि बेन्‍यामीनीहरूचाहिँ त्‍यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्‍के, र उनीहरू सहरबाट अलि टाढ़ा पुगे, अनि खुला जग्गामा र बेथेल र गिबामा जाने मूलबाटाहरूमा केही इस्राएलीहरू, अर्थात्‌ तीस जनालाई मारे।</verse>
				<verse number="32">“हामी तिनीहरूलाई फेरि पनि जित्‍दैछौं” भनी उनीहरूले सम्‍झे। तर इस्राएलीहरूले उनीहरूलाई सहरबाट बाहिर मूलबाटाहरूमा तानेर निकाल्‍नलाई हारेर भागेझैँ गर्ने उपाय गरेका थिए।</verse>
				<verse number="33">इस्राएलीका जम्‍मै मानिसहरूले आ-आफ्‍नो स्‍थान छोड़ेर बालतामारमा युद्धको निम्‍ति टोली बाँधे, अनि ढुकुवामा बस्‍नेहरू गिबाको पश्‍चिमको स्‍थानबाट झट्टै निस्‍केर आए। तब इस्राएलका दश हजार चुनिएका योद्धाहरूले अगाड़िबाट गिबालाई आक्रमण गरे।</verse>
				<verse number="34">चाँड़ै घमासान युद्ध भयो। बेन्‍यामीनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शङ्का गरेनन्‌।</verse>
				<verse number="35">यसरी परमप्रभुले बेन्‍यामीनीहरूलाई इस्राएलको सामुन्‍ने परास्‍त गर्नुभयो, र त्‍यस दिन इस्राएलीहरूले तरवार भिरेका पच्‍चीस हजार एक सय बेन्‍यामीनीहरूलाई मारे।</verse>
				<verse number="36">“अब हामीहरू त हारेछौं” भनी बेन्‍यामीनीहरूले थाहा पाए। किनकि सबै इस्राएलीहरू गिबाको नजिक राखेका ढुकुवाहरूमाथि भर परेर आफूचाहिँ हारेका जस्‍तै देखाएका थिए।</verse>
				<verse number="37">ती ढुकुवा बसेका मानिसहरूले एक्‍कासि चढ़ाइ गरेर गिबाभित्र पसे, र चारैतिर त्‍यहाँका सबै बासिन्‍दाहरूलाई तरवारले मारे।</verse>
				<verse number="38">इस्राएलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्‍लाह गरेको चिन्‍ह यो थियो कि तिनीहरूले सहरबाट धूवाँको मुस्‍लो आकाशतिर पठाउनुपर्ने।</verse>
				<verse number="39">तब इस्राएलीहरूचाहिँ लड़ाइँमा फर्कनेथिए। “पहिलेको लड़ाइँमा गरेझैँ हामी इस्राएलीहरूलाई जित्‍दैछौं” भन्‍ने विश्‍वासमा बेन्‍यामीनीहरूले इस्राएलीहरूलाई मार्न लागेका थिए, र करीब तीस जनालाई मारे।</verse>
				<verse number="40">तर जब सहरबाट धूवाँको मुस्‍लो माथितिर जान लाग्‍यो तब बेन्‍यामीनीहरूले पछिल्‍तिर फर्केर हेरे, र सारा सहरमा आगलागी भइरहेको देखे।</verse>
				<verse number="41">तब इस्राएलीहरू फनक्‍क फर्केर बेन्‍यामीनीहरूमाथि जाइलागे। बेन्‍यामीनीहरूले आफ्‍नो नाश आएको देखे र डरले आत्तिए।</verse>
				<verse number="42">यसकारण उनीहरू फर्के, र इस्राएलको सामुबाट उजाड़-स्‍थानतिर भागे, तर लड़ाइँ उनीहरूसम्‍मै पुग्‍यो, र सहरहरूबाट आएका इस्राएलीहरूले उनीहरूलाई बीचमा पारी काटेर मार्न लागे।</verse>
				<verse number="43">तिनीहरूले बेन्‍यामीनीहरूलाई रिङ्गै खेदे, र नबिसाईकन खेदे, र गिबाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते।</verse>
				<verse number="44">अठार हजार बेन्‍यामीनीहरू मारिए। उनीहरू जम्‍मै योद्धा थिए।</verse>
				<verse number="45">बाँचेकाहरूचाहिँ फर्केर उजाड़-स्‍थानमा भएको रिम्‍मोनको चट्टानतिर भागे। इस्राएलीहरूले बाटाहरूमा उनीहरूका पाँच हजार जति यताउता छोड़िएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्‍यामीनीहरूलाई गीदोमसम्‍म खेदे, र अझै दुई हजार जनालाई मारे।</verse>
				<verse number="46">त्‍यस दिन बेन्‍यामीनीहरूका हतियार भिरेका पच्‍चीस हजार योद्धाहरू लड़ाइँमा मारिए।</verse>
				<verse number="47">तर बाँचेका छ सय जनाचाहिँ फर्केर उजाड़-स्‍थानमा भएको रिम्‍मोनको चट्टानमा भागे र त्‍यहाँ चार महिनासम्‍म बसे।</verse>
				<verse number="48">इस्राएलीहरू बेन्‍यामीनतिर फर्के, र सहरहरूमा भएका मानिसहरू र गाईबस्‍तुहरूलाई र भेट्टाएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेट्टाएको हरेक सहरलाई पनि आगो लगाइदिए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">इस्राएलीहरूले “आफ्‍नी छोरी कुनै बेन्‍यामीनीलाई विवाहमा दिनेछैनँ” भनी मिस्‍पामा शपथ खाएका थिए।</verse>
				<verse number="2">अनि मानिसहरू बेथेलमा गए, र साँझसम्‍मै त्‍यहाँ परमेश्‍वरको उपस्‍थितिमा रहे, र साह्रै ठूलो विलाप गरे।</verse>
				<verse number="3">तिनीहरूले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, इस्राएललाई किन यस्‍तो भएको छ? किन आजको दिन इस्राएलको एउटा कुलचाहिँ हराएर गयो?”</verse>
				<verse number="4">भोलिपल्‍ट मानिसहरू बिहानै उठे, र त्‍यहाँ एउटा वेदी बनाएर होमबलि र मेलबलि चढ़ाए।</verse>
				<verse number="5">तब इस्राएलका सबै कुलमध्‍येको कुनै कुल परमप्रभुको उपस्‍थितिमा आएन कि भनी इस्राएलीहरूले आपसमा सोधपूछ गरे, किनभने तिनीहरूले यो महाशपथ खाएका थिए कि मिस्‍पामा परमप्रभुकहाँ नजानेचाहिँ मारिनुपर्छ।</verse>
				<verse number="6">अब इस्राएलीहरूले आफ्‍ना दाजुभाइ बेन्‍यामीनीहरूका निम्‍ति बिलौना गरे, किनभने तिनीहरूले भने, “आजको दिन इस्राएलमा एउटा कुल नै मेटियो।”</verse>
				<verse number="7">तिनीहरूले सोधे, “बाँकी रहेकाहरूका निम्‍ति पत्‍नीहरू खोजिदिनलाई हामी के गरौं? हामीले परमप्रभुको सामुन्‍ने उनीहरूलाई हाम्रा छोरीहरू विवाहमा नदिने भनेर शपथ खाएका छौं।”</verse>
				<verse number="8">तब तिनीहरूले सोधे, “इस्राएलका सबै कुलहरूमध्‍ये परमप्रभुकहाँ मिस्‍पामा नजाने कोही छ?” अनि याबेश-गिलादबाट कोही पनि सभाको लागि छाउनीमा आएको रहेनछ भनी तिनीहरूले पत्ता लगाए।</verse>
				<verse number="9">किनकि जब तिनीहरूले मानिसहरूको गन्‍ती लिए तब याबेश-गिलादको कोही पनि उपस्‍थित भएको भेट्टाएनन्‌।</verse>
				<verse number="10">यसैले त्‍यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादका पुरुष, स्‍त्री र बालकहरूलाई तरवारले मार्न भनी हुकुम दिएर पठाए।</verse>
				<verse number="11">तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्‍त्रीलाई मार्नू, तर कन्‍ये-केटीहरूलाई चाहिँ छोड़िदिनू।”</verse>
				<verse number="12">तिनीहरूले त्‍यसै नै गरे। याबेश-गिलादका बासिन्‍दाहरूमध्‍ये चार सय जवान स्‍त्रीहरू भेट्टाए, जसको कुनै पुरुषसँग सहवास भएको थिएन। अनि तिनीहरूले यिनीहरूलाई कनानका शीलोको छाउनीमा ल्‍याए।</verse>
				<verse number="13">तब जम्‍मै सभाले रिम्‍मोनको चट्टानमा भएका बेन्‍यामीनीहरूलाई शान्‍तिको प्रस्‍ताव गर्न डाकिपठाए।</verse>
				<verse number="14">यसकारण बेन्‍यामीनीहरू फर्केर आए, र उनीहरूलाई याबेश-गिलादका ती स्‍त्रीहरू दिइए, जो बचाइएका थिए, तर उनीहरूका निम्‍ति ती यथेष्‍ट भएनन्‌।</verse>
				<verse number="15">मानिसहरू अझै पनि बेन्‍यामीनको निम्‍ति बिलौना गरिरहे, किनभने इस्राएलका कुलहरूमा परमप्रभुले यो फाटो गरिदिनुभएको थियो।</verse>
				<verse number="16">अनि सभामा धर्म-गुरुहरूले भने, “बाँकी रहेकाहरूका निम्‍ति पत्‍नीहरू खोजिदिनलाई के गरौं? बेन्‍यामीनका सबै स्‍त्रीहरू त मारिए।”</verse>
				<verse number="17">तिनीहरूले भने, “भागेर बाँचेका बेन्‍यामीनीहरूका उत्तराधिकार हुनैपर्छ, नत्रता इस्राएलीहरूमध्‍येको एउटा कुल मेटिएर जानेछ।</verse>
				<verse number="18">हामी आफ्‍ना छोरीहरू उनीहरूलाई विवाह गरिदिन सक्‍दैनौं, किनभने कुनै बेन्‍यामीनीलाई आफ्‍नी छोरी दिने मानिसमाथि सराप आउनेछ भनी हामीले शपथ खाएका छौं।”</verse>
				<verse number="19">तब बेथेलको उत्तरतिर, बेथेलदेखि शकेम जाने मूलबाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको शीलोमा परमप्रभुको निम्‍ति प्रतिवर्ष हुने चाड़को तिनीहरूलाई याद आयो।</verse>
				<verse number="20">यसैले तिनीहरूले बेन्‍यामीनीहरूलाई भने, “गएर दाखबारीहरूमा लुकी बस।</verse>
				<verse number="21">जब शीलोका केटीहरू नाच्‍नलाई आउँछन्‌ तब दाखबारीहरूबाट झट्टै निस्‍केर तिमीहरू हरेकले आ-आफ्‍ना पत्‍नी तुल्‍याउनलाई एउटी-एउटीलाई पक्र। तब आफ्‍नो घर बेन्‍यामीनको देशतिर जाओ।</verse>
				<verse number="22">त्‍यसपछि यदि तिनीहरूका बुबा वा दाजुभाइहरू आएर हामीलाई उजूर गरे भने, हामी भन्‍नेछौं, “उनीहरूमाथि दया गरी हामीलाई सहायता गर्नुहोस्, किनकि लड़ाइँमा उनीहरूका निम्‍ति हामीले पत्‍नी ल्‍याईदिन सकेनौं। तपाईं निर्दोष हुनुहुन्‍छ, कारण तपाईंहरूले आफ्‍ना छोरीहरू दिनुभएन।”</verse>
				<verse number="23">ती बेन्‍यामीनीहरूले यी सबै गरे। तिनीहरू नाचिरहेको बेलामा उनीहरू हरेकले आ-आफ्‍ना पत्‍नी तुल्‍याउन एउटी-एउटी केटीलाई पक्रेर लग्‍यो। तब उनीहरू आफ्‍नो बाटो लागे, र उनीहरूको पैतृक-सम्‍पत्ति भएको ठाउँमा फर्केर आफ्‍ना सहरहरूलाई फेरि बनाए, र तिनमा बसोबास गरे।</verse>
				<verse number="24">त्‍यस बेला इस्राएलीहरू पनि आ-आफ्‍ना कुल-कुल र घराना गरी छुट्टिए, र हरेक आ-आफ्‍नो पैतृक-सम्‍पत्ति भएको ठाउँमा गए।</verse>
				<verse number="25">ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्‍नो दृष्‍टिमा जे ठीक लाग्‍यो त्‍यही गर्दथ्‍यो।</verse>
			</chapter>
		</book>
		<book number="8">
			<chapter number="1">
				<verse number="1">उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए।</verse>
				<verse number="2">ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्‍नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्‍योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्‍यहीँ बस्‍न लागे।</verse>
				<verse number="3">नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌।</verse>
				<verse number="4">यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि</verse>
				<verse number="5">दुवै महलोन र किल्‍योन पनि मरे। यसरी ती स्‍त्री आफ्‍ना दुई छोराहरू र आफ्‍ना पतिबाट पनि बिछोड़ भइन्‌।</verse>
				<verse number="6">परमप्रभुले आफ्‍ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्‍ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्‍यहाँबाट घर फर्कन तयार गर्न लागे।</verse>
				<verse number="7">तब आफ्‍ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्‍नो घर यहूदाको बाटो लागिन्‌।</verse>
				<verse number="8">तब नाओमीले आफ्‍ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्‍नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्‍यवहार गरून्,</verse>
				<verse number="9">अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्‍ना भविष्‍यका पतिका घरमा सुरक्षित राखून्‌।” तब तिनले उनीहरूलाई चुम्‍बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए।</verse>
				<verse number="10">त्‍यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।”</verse>
				<verse number="11">तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्‍माउन सक्‍छु र?</verse>
				<verse number="12">फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि</verse>
				<verse number="13">तिनीहरू बढुञ्‍जेल तिमीहरू पर्खन्‍छौ र? के तिमीहरू विवाह नगरी बस्‍छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्‍था तिमीहरूको भन्‍दा खोटो छ।”</verse>
				<verse number="14">तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्‍यसपछि ओर्पाले आफ्‍नी सासूलाई चुम्‍बन गरेर आफ्‍ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्‌।</verse>
				<verse number="15">तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्‍ना मानिसहरू र आफ्‍ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।”</verse>
				<verse number="16">रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्‍छ म पनि त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म पनि त्‍यहीँ नै बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।</verse>
				<verse number="17">तपाईं जहाँ मर्नुहुन्‍छ म पनि त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।”</verse>
				<verse number="18">रूथले आफूसँग जाने दृढ़ सङ्कल्‍प गरेकी देखेर नाओमीले अरू केही भनिनन्‌।</verse>
				<verse number="19">अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्‍मै सहरमा हलचल मच्‍चियो। आइमाईहरूले भन्‍न लागे, “के यिनी नाओमी नै हुन्‌?”</verse>
				<verse number="20">तिनले भनिन्, “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने सर्वशक्तिमान्‌ले मेरो जीवन तीतो बनाइदिनुभएको छ।</verse>
				<verse number="21">म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्‍याउनुभएको छ। मलाई किन नाओमी भन्‍छौ? परमप्रभु मेरो विरुद्धमा उठ्‌नुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि विपत्ति ल्‍याउनुभएको छ।”</verse>
				<verse number="22">यसरी नाओमीकी बुहारी मोआबी रूथ तिनीसँग मोआब देशबाट आइन्‌। तिनीहरू बेथलेहेममा आइपुग्‍दा जौको कटनी हुँदैथियो।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">नाओमीका पतितर्फका एलीमेलेकका परिवारका एक जना हुने-खाने कुटुम्‍ब थिए। तिनको नाउँ बोअज थियो।</verse>
				<verse number="2">मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्‍यसको पछि शिला-बाला खोज्‍नलाई जाऊँ?” नाओमीले भनिन्, “हुन्‍छ, मेरी छोरी, जाऊ।”</verse>
				<verse number="3">यसैले कटनी गर्नेहरूका पछिपछि खेतमा शिला-बाला खोज्‍न रूथ गइन्‌। अनि तिनी खेतको त्‍यस भागमा पुगिन्‌ जो एलीमेलेकका परिवारका बोअजकै खेत थियो।</verse>
				<verse number="4">अनि त्‍यहाँ बोअज पनि बेथलेहेमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, “परमप्रभु तिमीहरूसँग होऊन्‌।” अनि तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष्‌ देऊन्।”</verse>
				<verse number="5">तब तिनले कटनी गर्नेहरूमाथि खटाइएको नोकरलाई सोधे, “यो युवती कसकी हो?”</verse>
				<verse number="6">नोकरले जवाफ दियो, “भर्खरै मोआब देशबाट नाओमीसँग आएकी मोआबी ठिटी हो।</verse>
				<verse number="7">त्‍यसले मलाई कटनी गर्नेहरूका पछिपछि बिटाहरूका बीचमा शिला-बाला जम्‍मा गर्न पाऊँ भनेर बिन्‍ती गरी। त्‍यो आएर बिहान सबेरैदेखि अहिलेसम्‍म छोटो समयको विश्रामबाहेक काममा व्‍यस्‍त छे।”</verse>
				<verse number="8">तब बोअजले रूथलाई भने, “ए मेरी छोरी, सुन त, अरू खेतमा गएर शिला-बाला नखोज, टाढ़ा पनि नजाऊ, तर मेरा ठिटीहरूसँग यतै खोज।</verse>
				<verse number="9">मानिसहरूले फसल काटेका ठाउँमा हेर, र शिला-बाला बटुल्‍नेहरूका पछिपछि लाग। तिमीलाई नछुनू भनी मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्‍यो भने गएर मानिसहरूले भरिराखेका गाग्राहरूको पानी खाऊ।”</verse>
				<verse number="10">तब रूथ तिनको सामुन्‍ने झुकिन्, र तिनलाई दण्‍डवत्‌ गरेर भनिन्, “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्‍छ?”</verse>
				<verse number="11">बोअजले भने, “आफ्‍नो पतिको मृत्‍युपछि तिमीले आफ्‍नी सासूप्रति गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्‌। तिमी आफ्‍ना आमा-बुबा र आफ्‍नो जन्‍मभूमि छोड़ेर अपरिचित जातिकहाँ आयौ।</verse>
				<verse number="12">परमप्रभुले तिम्रो कामको पुरस्‍कार तिमीलाई देऊन्। जसको छत्रछायामुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्‍वरले प्रशस्‍त उपहार देऊन्।”</verse>
				<verse number="13">तिनले भनिन्, “म हजूरकी कमारी नभए तापनि हजूरले साँच्‍ची नै मलाई शान्‍ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजूरको निगाह पाइरहूँ।”</verse>
				<verse number="14">जब खाने बेला भयो तब बोअजले तिनलाई भने, “यहाँ आएर केही खाऊ, र तिम्रो रोटी सिर्कामा चोप।” तब तिनी कटनी गर्नेहरूसँगै बसिन्, र बोअजले तिनलाई केही भुटेको अन्‍न दिए। तिनले पेटभरि खाइन्‌ र केही उबारेर राखिन्‌।</verse>
				<verse number="15">अनि जब तिनी शिला-बाला बटुल्‍नलाई उठिन्‌ तब बोअजले आफ्‍ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, “त्‍यसलाई बिटाहरूका बीच-बीचमा पनि शिला-बाला बटुल्‍न देओ। त्‍यसलाई नहप्‍काओ,</verse>
				<verse number="16">बरु अन्‍न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्‍यसलाई नहप्‍काईकन टिप्‍न देओ।”</verse>
				<verse number="17">यसैले रूथ साँझसम्‍मै खेतमा शिला-बाला बटुल्‍दैरहिन्, अनि जब तिनले बटुलेका शिला-बाला माड़िन्‌ तब पाँच पाथी जति भयो।</verse>
				<verse number="18">अनि त्‍यो बोकेर तिनी सहरमा आइन्, अनि तिनकी सासूले तिनले बटुलेर ल्‍याएकी धेरै शिला-बाला देखिन्‌। त्‍यसपछि रूथले आफूले खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्‌।</verse>
				<verse number="19">तिनकी सासूले तिनलाई सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्‍यौ? तिमीले कहाँ काम गर्‍यौ? ती मानिस धन्‍यका होऊन्‌ जसले कृपा गरी तिम्रो हेरचाह गरे।” यसैकारण तिनले आफ्‍नी सासूलाई आफू कसकहाँ काम गरिन्‌ भनी बताइदिइन्‌। तिनले भनिन्, “मैले साथै काम गरेका मानिसको नाउँ बोअज रहेछ।”</verse>
				<verse number="20">तब नाओमीले भनिन्, “परमप्रभुले तिनलाई आशिष्‌ देऊन्, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्‌नुभएको छैन। किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्‍ब, मोल तिरी छुटाउने हुन्‌।”</verse>
				<verse number="21">तब मोआबी रूथले भनिन्, “त्‍यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्‍जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्‍नुभयो।”</verse>
				<verse number="22">नाओमीले भनिन्, “हे मेरी छोरी, तिनका ठिटीहरूसँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला।”</verse>
				<verse number="23">यसकारण तिनी बोअजका ठिटीहरूसाथसाथै जौ र गहूँका कटनी खतम नहोउञ्‍जेल शिला-बाला बटुल्‍नमा लागिरहिन्‌। तर तिनी आफ्‍नी सासूकै साथमा बस्‍थिन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्‍नै घरबार र राम्रो बन्‍दोबस्‍त भएर बसेको मैले हेर्न नपाउनू?</verse>
				<verse number="2">बोअज त हाम्रा आफ्‍नै नातेदार हुन्, जसका ठिटीहरूसँग तिमी थियौ। आज राती तिनले आफ्‍नो खलामा जौ बत्ताउनेछन्‌।</verse>
				<verse number="3">यसकारण स्‍नान गरेर तेल हाल र तिम्रा सबभन्‍दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुञ्‍जेल तिमी ती मानिसकहाँ देखा नपर।</verse>
				<verse number="4">तिनी सुत्‍न जाँदा तिमीले तिनको सुत्‍ने ठाउँ हेरिराख। त्‍यसपछि गएर तिनको खुट्टापट्टिको ओढ्‌ने उठाएर त्‍यहीँ ढल्‍क। तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्‍नेछन्‌।”</verse>
				<verse number="5">रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्‍छ म गर्नेछु।”</verse>
				<verse number="6">तब तिनी तल खलामा गइन्, र तिनकी सासूले भनेझैँ गरिन्‌।</verse>
				<verse number="7">जब बोअजले खानपान गरिसके तब तिनको मन खुशी भयो, र अन्‍न थुपारेको एकातिर सुत्‍नलाई गए। तब रूथ चूपचापसित आइन्, र बोअजको खुट्टामा भएको ओढ्‌ने उठाएर ढल्‍किन्‌।</verse>
				<verse number="8">आधारातमा केही कुराले ती मानिसको निद्रा भङ्ग भयो, र एउटी स्‍त्रीलाई आफ्‍ना खुट्टामा ढल्‍किरहेकी तिनले देखे।</verse>
				<verse number="9">तिनले सोधे, “तिमी को हौ?” रूथले भनिन्, “म तपाईंकी दासी रूथ हुँ। अब तपाईंको लुगा आफ्‍नी दासीलाई ओढ़ाइदिनुहोस्, किनभने तपाईं मेरा नजिकका छुटकारा दिने नातेदार हुनुहुन्‍छ।”</verse>
				<verse number="10">तिनले भने, “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष्‌ देऊन्। तिमीले देखाएको यो आखिरी भक्ति पहिलाको भन्‍दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ।</verse>
				<verse number="11">अनि अब हे मेरी छोरी, ढुक्‍क भएर बस। तिमी जे चाहन्‍छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान्‌ छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।</verse>
				<verse number="12">म तिम्रो नजिकको नातेदार हुँ, सत्‍य हो; तापनि मभन्‍दा पनि अझै नजिकको एक जना मोल तिरेर छुटकारा दिने नातेदार छन्‌।</verse>
				<verse number="13">आजको रात यहीँ बिताऊ, र भोलि बिहान यदि तिनले तिम्रो नजिकको नातेदारले गर्नुपर्ने कर्तव्‍य गर्छन्‌ भने ठीकै छ, तर तिनी राजी भएनन्‌ भने म गर्नेछु। परमप्रभुको शपथ खाएर म यो भन्‍दछु। अब बिहानसम्‍म ढल्‍किरह।”</verse>
				<verse number="14">तब रूथ तिनका खुट्टानेर बिहान नहोउञ्‍जेल ढल्‍किरहिन्, तर मानिस ठम्‍याउन नसक्‍ने उज्‍यालोमा नै तिनी उठिन्‌। अनि बोअजले भने, “खलामा एउटी स्‍त्री थिइन्‌ भनी कसैले थाहा नपाओस्‌ है।”</verse>
				<verse number="15">तब बोअजले भने, “तिमीले ओढ़ेको खास्‍टो थाप।” तिनले थापिन्, र बोअजले छ पाथी जति जौ भरेर तिनलाई बोकाइदिए। अनि तिनी सहरमा फर्के।</verse>
				<verse number="16">रूथ आफ्‍नी सासूकहाँ आइन्, र नाओमीले सोधिन्, “हे मेरी छोरी, के भयो?”</verse>
				<verse number="17">तब ती मानिसले तिनीप्रति गरेका सबै कुरा रूथले बताइदिइन्‌। तिनले भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिनुभयो। उहाँले मलाई मेरी सासूकहाँ रित्तो हात जान दिनुभएन।”</verse>
				<verse number="18">नाओमीले भनिन्, “हे छोरी, यसको नतीजा के हुँदोरहेछ सो थाहा नपाउञ्‍जेल शान्‍त बस। आजै यस कुराको फैसला नगरुञ्‍जेल तिनलाई चैन हुनेछैन।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्‍यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्‍नुहोस्‌।” तिनी आएर बसे।</verse>
				<verse number="2">तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्‍ने बिन्‍ती गरे। अनि तिनीहरू त्‍यहाँ बसे।</verse>
				<verse number="3">तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्‍यो बेच्‍न तिनी चाहन्‍छिन्‌।</verse>
				<verse number="4">यी मेरा जातिका धर्म-गुरुहरूका समक्षमा तपाईंले त्‍यो लिनुहोस्‌ भनी तपाईंसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्‍य तपाईं गर्नुहुन्‍छ भने गर्नुहोस्, तर गर्नुहुन्‍न भने मलाई भन्‍नुहोस्, र मलाई थाहा लाग्‍नेछ। किनभने तपाईंपछिको नजिकको नातेदार म हुँ।” तिनले भने, “नजिकको नातेदारको काम म गर्नेछु।”</verse>
				<verse number="5">तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्‍यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई ती मरेका मानिसकी पत्‍नी पनि तपाईंले प्राप्‍त गर्नुहुनेछ।”</verse>
				<verse number="6">यो सुनेर ती नजिकको नातेदारले भने, “म आफै यो काम गर्न सक्‍दिनँ, किनभने मेरो आफ्‍नै पैतृक-सम्‍पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्‍दिनँ।”</verse>
				<verse number="7">प्राचीन समयमा जग्‍गाजमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा, दिने मानिसले आफ्‍नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इस्राएलमा पक्‍का गर्ने रीति यस्‍तै थियो।</verse>
				<verse number="8">यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्‍नै निम्‍ति त्‍यो किन्‍नुहोस्‌।” अनि तिनले आफ्‍नो जुत्ता फुकाले।</verse>
				<verse number="9">तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्‍योनका जे-जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्‍त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्‍छ।</verse>
				<verse number="10">यसबाहेक महलोनकी पत्‍नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई तिनका नातेदारहरूका बीचबाट र सहरको खाताबाट तिनको नाउँ नमेटिओस्‌ भनेर मैले आफ्‍नी पत्‍नी हुनलाई प्राप्‍त गरेको छु। तपाईंहरू आजको दिन साक्षी हुनुहुन्‍छ।”</verse>
				<verse number="11">तब धर्म-गुरुहरू र मूल ढोकामा हुने सबैले भने, “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्‍त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्‍तै तुल्‍याऊन्‌। एप्रातामा तपाईंको कदर होस्, र बेथलेहेममा तपाईंको नाउँ प्रसिद्ध रहोस्‌।</verse>
				<verse number="12">अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्‍तानको घराना तामारले यहूदाबाट जन्‍माएका छोरा फारेसको घरानाजस्‍तै होस्‌।”</verse>
				<verse number="13">यसरी बोअजले रूथलाई लगे, र तिनलाई आफ्‍नी पत्‍नी तुल्‍याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्‍माइन्‌।</verse>
				<verse number="14">तब स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्‍यका हुनुहुन्‍छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्‌नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्‌।</verse>
				<verse number="15">यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्‍दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्‍माएकी हुन्‌।”</verse>
				<verse number="16">नाओमीले त्‍यस बालकलाई लिएर आफ्‍नो काखमा राखिन्‌ र तिनी त्‍यसकी धाई पनि भइन्‌।</verse>
				<verse number="17">तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्‍यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए।</verse>
				<verse number="18">फारेसको वंशावली यही हो: फारेस हेस्रोनका पिता भए।</verse>
				<verse number="19">हेस्रोन आरामका पिता भए। आराम अम्‍मीनादाबका पिता भए।</verse>
				<verse number="20">अम्‍मीनादाब नहशोनका पिता भए। नहशोन सल्‍मोनका पिता भए।</verse>
				<verse number="21">सल्‍मोन बोअजका पिता भए। बोअज ओबेदका पिता भए।</verse>
				<verse number="22">ओबेद यिशैका पिता भए। यिशै दाऊदका पिता भए।</verse>
			</chapter>
		</book>
		<book number="9">
			<chapter number="1">
				<verse number="1">रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्‍काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए।</verse>
				<verse number="2">हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌।</verse>
				<verse number="3">एल्‍काना वर्षेनी शीलोमा सर्वशक्तिमान्‌ परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्‍नो सहरबाट उक्‍लेर जाने गर्थे। त्‍यहाँ एलीका दुई छोरा, होप्‍नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।</verse>
				<verse number="4">बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे,</verse>
				<verse number="5">तर हन्‍नाहलाई दोबर भाग दिन्‍थे, किनभने एल्‍कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्‍नुभएको थियो।</verse>
				<verse number="6">तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्‌।</verse>
				<verse number="7">साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌।</verse>
				<verse number="8">तिनका पति एल्‍कानाले तिनलाई भन्‍थे, “हन्‍नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्‍ति दश जना छोराहरूभन्‍दा पनि बढ्‌ता छैनँ र?”</verse>
				<verse number="9">एक पल्‍ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्‍नाह उठिन्‌। त्‍यस बेला पूजाहारी एली परमप्रभुका मन्‍दिरको ढोकाको छेउमा आफ्‍नो आसनमा बसिरहेका थिए।</verse>
				<verse number="10">हन्‍नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्‌।</verse>
				<verse number="11">हन्‍नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान्‌ परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्‍टि गर्नुभयो र मलाई सम्‍झनुभयो, अनि यदि तपाईंले मलाई भुल्‍नुभएन, र एउटा बालक दिनुभयो भने, म त्‍यस बालकलाई त्‍यसको जीवनपर्यन्‍त परमप्रभुमा समर्पण गर्नेछु, र त्‍यसको कपालमा कहिल्‍यै छुरा लाग्‍नेछैन।”</verse>
				<verse number="12">तिनले धेरै बेरसम्‍म परमप्रभुको सामु प्रार्थना गरिन्‌। एलीले तिनका ओठ चलेका देखे।</verse>
				<verse number="13">हन्‍नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्‍यो। एलीले तिनी मातेकी स्‍त्री हो भनी ठाने।</verse>
				<verse number="14">अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्‍म यस नशामा रहन्‍छ्यौ? मद्य त्‍यागिदेऊ।”</verse>
				<verse number="15">तिनले जवाफ दिइन्, “यस्‍तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्‍त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु।</verse>
				<verse number="16">हजूर, मलाई यस्‍तो नीच नठान्‍नुहोला। मेरो दु:ख र कष्‍ट ज्‍यादा भएको कारण म प्रार्थना गरिरहिछु।”</verse>
				<verse number="17">एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।”</verse>
				<verse number="18">हन्‍नाहले भनिन्, “म तपाईंको दयाको योग्‍य हुन सकूँ।” त्‍यसपछि तिनी गइन्‌ र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्‌।</verse>
				<verse number="19">भोलिपल्‍ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्‍डवत्‌ गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, र परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो।</verse>
				<verse number="20">हन्‍नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्‍माइन्‌। तिनले त्‍यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्‍यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्‍थिन्‌।</verse>
				<verse number="21">जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्‍काना आफ्‍ना जम्‍मै परिवारसँग माथि उक्‍लेर गए,</verse>
				<verse number="22">हन्‍नाह तिनीहरूसँग गइनन्‌। तिनले आफ्‍नो पतिलाई भनिन्, “जब बालकले दूध खान छोड्‌छ तब त्‍यसलाई लिएर परमप्रभुको उपस्‍थितिमा त्‍यसलाई हाजिर गराउनलाई म जानेछु, र त्‍यो सधैँभरि नै त्‍यहीँ रहनेछ।”</verse>
				<verse number="23">तिनकी पति एल्‍कानाले तिनलाई भने, “तिमीलाई जे असल लाग्‍छ त्‍यही गर।” “त्‍यसले दूध नछोड़ेसम्‍म घरमै बस। केवल परमप्रभुले आफ्‍नो वचन पूरा गरून्‌।” यसैले ती स्‍त्री घरैमा बसिन्, र दूध नछोड़ेसम्‍म त्‍यस बालकलाई हुर्काइन्‌।</verse>
				<verse number="24">जब तिनले दूध छोड़ाइन्‌ तब तिनले त्‍यसलाई आफूसित लगिन्‌। तिनले आफ्‍नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्‍यो बालक सानै भए तापनि त्‍यसलाई शीलोमा परमप्रभुको भवनमा ल्‍याइन्‌।</verse>
				<verse number="25">उनीहरूले त्‍यस साँढ़ेलाई मारेर त्‍यस ठिटालाई एलीकहाँ ल्‍याए।</verse>
				<verse number="26">हन्‍नाहले उनलाई भनिन्, “हजूर, तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु कि म त्‍यही स्‍त्री हुँ, जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईंको छेउमा यहाँ उभिएकी थिई।</verse>
				<verse number="27">यही बालकको निम्‍ति मैले प्रार्थना गरेकी थिएँ, अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो।</verse>
				<verse number="28">अब यसलाई परमप्रभुकहाँ नै म अर्पण गर्दछु। त्‍यसको जीवनभरि नै त्‍यो परमप्रभुमा अर्पण गरिएको हुनेछ।” अनि तिनीहरूले त्‍यहाँ परमप्रभुको आराधना गरे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तब हन्‍नाहले यो प्रार्थना चढ़ाइन्‌: “मेरो हृदयले परमप्रभुमा आनन्‍द गर्दछ, परमप्रभुमा म मेरो सीङ उच्‍च पार्दछु। मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ, तपाईंले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएकी छु।</verse>
				<verse number="2">“परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्‍तै अरू कोही छैन, हाम्रा परमेश्‍वरजस्‍तै अरू कुनै चट्टान छैन।</verse>
				<verse number="3">“तेरो घमण्‍ड बन्‍द गर्, अहङ्कारको वचन तेरो मुखबाट ननिकाल्‌। किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्‍छ। उहाँद्वारा सबै काम जोखिन्‍छ।</verse>
				<verse number="4">“शूरवीरहरूका धनु भाँचिएका छन्, तर ठेस खाएर लड़ेकाहरूले बल प्राप्‍त गरेका छन्,</verse>
				<verse number="5">भरिपूर्ण हुनेहरू भोजनको निम्‍ति आफैलाई बेच्‍छन्, तर भोकाएकाहरू फेरि भोकाउनेछैनन्‌। बाँझी स्‍त्रीले सात जना बच्‍चाहरू जन्‍माएकी छे, तर धेरै छोराहरूकी आमा शिथिल हुन्‍छे।</verse>
				<verse number="6">“परमप्रभुले मृत्‍यु ल्‍याउनुहुन्‍छ र जीवन दिनुहुन्‍छ, उहाँले नै चिहानमा पठाउनुहुन्‍छ र मरेकालाई जीवित पार्नुहुन्‍छ।</verse>
				<verse number="7">परमप्रभुले दरिद्रता र धन-सम्‍पत्ति पठाउनुहुन्‍छ। उहाँले नम्र तुल्‍याउनुहुन्‍छ, र उहाँले उच्‍च पार्नुहुन्‍छ।</verse>
				<verse number="8">राजकुमारहरूसित बसाल्‍नलाई तथा सम्‍मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धूलोबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्‍छ। “किनभने पृथ्‍वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्‍नुभएको हो।</verse>
				<verse number="9">उहाँले आफ्‍ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ, तर दुष्‍टहरू अन्‍धकारमा मौन गराइएका हुनेछन्‌।” “केवल बलले मात्र मानिस प्रबल हुन सक्‍दैन।</verse>
				<verse number="10">परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्‌। उहाँ स्‍वर्गबाट तिनीहरूको विरुद्धमा गर्जनुहुनेछ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मै परमप्रभुले न्‍याय गर्नुहुनेछ। “उहाँले आफ्‍ना राजालाई शक्ति दिनुहुनेछ, र आफ्‍नो अभिषिक्त जनको सीङ उच्‍च पार्नुहुनेछ।”</verse>
				<verse number="11">तब एल्‍काना रामामा आफ्‍नो घरमा फर्के, तर त्‍यो बालकचाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्‍यहीँ नै बस्‍यो।</verse>
				<verse number="12">एलीका छोराहरू दुष्‍ट थिए, परमप्रभुको निम्‍ति तिनीहरूमा श्रद्धा थिएन।</verse>
				<verse number="13">मानिसहरूप्रति पूजाहारीहरूले गर्नुपर्ने व्‍यवहारको रीति यस्‍तो थियो: जब कुनै मानिसले बलिदान चढ़ाउँथ्‍यो तब मासु उम्‍लिरहँदा पूजाहारीको सेवक त्रिशूल लिएर आउँथ्‍यो,</verse>
				<verse number="14">र त्रिशूलले कराही वा ताप्‍के वा तसला वा खड्‌कुँलोमा भएको मासु घोच्‍थ्‍यो, र त्‍यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्‍यस्‍तै व्‍यवहार गर्थे।</verse>
				<verse number="15">बोसो जलाउन अघि नै पूजाहारीको सेवक आएर बलिदान चढ़ाउने मानिसलाई भन्‍थ्‍यो, “पूजाहारीको लागि पकाउनलाई मलाई मासु देऊ। अघिबाटै उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्‍छन्‌।”</verse>
				<verse number="16">“पहिले बोसो जलाउन देऊ, र तिमीले मागेको जति लैजाऊ” भनी यदि कुनै मानिसले जवाफ दियो भने त्‍यस सेवकले यसो भन्‍थ्‍यो, “होइन, त्‍यो मलाई अहिले नै देऊ, नत्रता म जबरजस्‍ती खोसेर लैजानेछु।”</verse>
				<verse number="17">ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्‍टिमा साह्रै बढ्‌ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे।</verse>
				<verse number="18">तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्‍तर लागिरहे।</verse>
				<verse number="19">हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन्, र तिनका पतिसँग वार्षिक बलिदान चढ़ाउन जाँदा शमूएलको निम्‍ति त्‍यो लगिदिन्‍थिन्‌।</verse>
				<verse number="20">एलीले एल्‍काना र उनकी पत्‍नीलाई आशीर्वाद दिएर भन्‍थे, “तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई यस स्‍त्रीबाट छोराछोरीहरू देऊन्।” त्‍यसपछि तिनीहरू आफ्‍नो घर फर्कन्‍थे।</verse>
				<verse number="21">परमप्रभुले हन्‍नाहमाथि अनुग्रह गर्नुभयो, र तिनी गर्भवती भएर तीन छोरा र दुई छोरी जन्‍माइन्‌। उता बालक शमूएल परमप्रभुको सामुन्‍ने बढ्‌न लाग्‍यो।</verse>
				<verse number="22">एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्‍तो व्‍यवहार गर्दछन्‌ भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्‍त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने।</verse>
				<verse number="23">यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्‍तो काम गर्दछौ? तिमीहरू दुष्‍ट व्‍यवहार गर्दैछौ भन्‍ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्‍दैछु।</verse>
				<verse number="24">होइन, मेरा छोरा हो, जे म सुन्‍दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्‍तो कुरो असल छैन।</verse>
				<verse number="25">यदि मानिसले मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले हस्तक्षेप गर्नुहोला। तर यदि मानिसले परमेश्‍वरको विरुद्धमा पाप गर्‍यो भने त्‍यसको पक्षमा कसले बोलिदिने?” यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्‍ना पिताका कुरामा ध्‍यान दिएनन्, किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्‍छा थियो।</verse>
				<verse number="26">अनि बालक शमूएल कदमा तथा परमप्रभु र मानिसहरूका निगाहमा बढ्‌दैगए।</verse>
				<verse number="27">अब परमेश्‍वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्‍वमा हुँदा प्रकट गरेको थिइनँ?</verse>
				<verse number="28">मैले इस्राएलका सबै कुलहरूमध्‍ये तेरा पितालाई मेरो पूजाहारी हुन, मेरो वेदीका खुट्‌किलामा उक्‍लन धूप बाल्‍न र मेरो सामु एपोद लगाउन छानें। इस्राएलका सबै अन्‍न-बलि तेरा पिताका घरानाको निम्‍ति अलग पनि गरिदिएँ।</verse>
				<verse number="29">किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्‍थानको निम्‍ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ? तैंले मेरो प्रजा इस्राएलले चढ़ाएका सबै बलिदानको असल भागलाई आफ्‍नो निम्‍ति राखी किन तँ तेरा छोराहरूलाई मलाई भन्‍दा बढ़ी सम्‍मान गर्छस्‌?’</verse>
				<verse number="30">“त्‍यसकारण परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्‍ने सेवा गर्नेछन्‌ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘अब यस्‍तो हुनेछैन। मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्‍कार गर्नेहरू तुच्‍छ ठानिनेछन्‌।</verse>
				<verse number="31">समय आउँदैछ, जब तेरो र तेरा परिवारको बल यसरी घटाइदिनेछु कि तेरा वंशमा कोही वृद्ध मानिस हुनेछैन।</verse>
				<verse number="32">मेरो वासस्‍थानमा तैँले सङ्कष्‍ट देख्‍नेछस्‌। इस्राएलको निम्‍ति भलो गरिनेछ, तापनि तेरो परिवारमा अब उप्रान्‍त कहिल्‍यै कुनै वृद्ध मानिस हुनेछैन।</verse>
				<verse number="33">मेरो वेदीको सेवाबाट मैले कसैलाई छोड्‌छु भने तेरा आँखामा आँसु र हृदयमा शोक पार्नलाई मात्र बचाएर राख्‍नेछु, र तेरा सबै सन्‍तानहरू जीवनको चरम अवस्‍थामा मर्नेछन्‌।</verse>
				<verse number="34">“‘तेरा दुई छोराहरूका दुर्दशा तेरो निम्‍ति एउटा चिन्‍ह हुनेछ। होप्‍नी र पीनहास दुवै एकै दिनमा मर्नेछन्‌।</verse>
				<verse number="35">म मेरो निम्‍ति एउटा विश्‍वास योग्य पूजाहारी नियुक्त गर्नेछु, जसले मेरो मनमा र हृदयमा भएको कुराअनुसार गर्नेछ। म त्‍यसको परिवारलाई स्‍थिर गराउनेछु, र त्‍यसले मेरो अभिषिक्त मानिसको सामु पुस्‍तौँसम्‍म सेवा गर्नेछ।</verse>
				<verse number="36">तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्‍नेछ र बिन्‍ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस्‌ र मसित खानलाई भोजन होस्‌।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्‍यस बेला परमप्रभुको वचन विरलै सुनिन्‍थ्‍यो, अनि दर्शन पनि उस्‍तो दिइँदैनथ्‍यो।</verse>
				<verse number="2">एक रात एली आफ्‍नो नियमित ठाउँमा पल्‍टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए, र तिनले राम्ररी देख्‍न सक्‍दैनथे।</verse>
				<verse number="3">शमूएलचाहिँ परमेश्‍वरको सन्‍दूक भएको परमप्रभुको मन्‍दिरमा सुतिरहेको थियो। परमेश्‍वरको बत्ती निभेको थिएन।</verse>
				<verse number="4">तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।”</verse>
				<verse number="5">अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्‌।” तब तिनी गएर सुते।</verse>
				<verse number="6">परमप्रभुले फेरि शमूएललाई बोलाउनुभयो। अनि तिनी उठेर एलीकहाँ गए र तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभयो।” एलीले भने, “मेरो छोरो, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्‌।”</verse>
				<verse number="7">अब शमूएलले अझसम्‍म परमप्रभुलाई चिनेका थिएनन्‌। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन।</verse>
				<verse number="8">परमप्रभुले तिनलाई तेस्रो पल्‍ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।” तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे।</verse>
				<verse number="9">उनले शमूएललाई भने, “ढल्‍किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्‍नू, ‘परमप्रभु, भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ’।” तब शमूएल गएर आफ्‍नो ठाउँमा ढल्‍किए।</verse>
				<verse number="10">तब परमप्रभु त्‍यहाँ आएर उभिनुभयो, र अघिजस्‍तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ।”</verse>
				<verse number="11">अनि परमप्रभुले शमूएललाई भन्‍नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्‍यसले गर्दा सुन्‍नेहरू सबैका कान झन्‍किनेछन्‌।</verse>
				<verse number="12">जब त्‍यो दिन आउनेछ तब मैले एली र त्‍यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्‍मै म पूरा गर्नेछु।</verse>
				<verse number="13">मैले त्‍यसलाई भनेको थिएँ, कि म त्‍यसका परिवारको सधैँ इन्‍साफ गर्नेछु, किनभने परमेश्‍वरको विरुद्धमा त्‍यसका छोराहरूले आफूलाई घृणास्‍पद बनाएका जानेर पनि त्‍यसले तिनीहरूलाई रोकेन।</verse>
				<verse number="14">यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।”</verse>
				<verse number="15">शमूएल बिहानसम्‍मै सुतिरहे। त्‍यसपछि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले। त्‍यस दर्शनको विषयमा एलीलाई भन्‍न तिनी डराए,</verse>
				<verse number="16">तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।” तिनले भने, “म यहाँ छु।”</verse>
				<verse number="17">एलीले सोधे, “परमप्रभुले तँलाई के भन्‍नुभयो? मलाई त्‍यो नलुकाई भन्‌। उहाँले तँलाई भन्‍नुभएका सबै कुरामा एउटै कुरा लुकाइस्‌ भने पनि परमेश्‍वरले तँसित कठोरतासाथ व्‍यवहार गरून्‌।”</verse>
				<verse number="18">यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्‌। एलीले भने, “उहाँ परमेश्‍वर हुनुहुन्‍छ, उहाँको दृष्‍टिमा जे कुरो ठीक छ, सो गरून्‌।”</verse>
				<verse number="19">जसै शमूएल बढ्‌न लागे, परमप्रभु तिनीसँग हुनुभयो, र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन।</verse>
				<verse number="20">अनि दानदेखि बेर्शेबासम्‍मका सारा इस्राएलले शमूएल परमप्रभुका अगमवक्ता भएछन्‌ भनी मान्‍यता दिए।</verse>
				<verse number="21">परमप्रभु शीलोमा देखा पर्दैरहनुभयो, र त्‍यहाँ उहाँले आफ्‍नो वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">अनि शमूएलको वचन इस्राएलभरि नै आयो। यतिखेर इस्राएलीहरू पलिश्‍तीहरूसित युद्ध गर्नलाई अगि बढ़े। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्‍तीहरूले अपेकमा छाउनी हाले।</verse>
				<verse number="2">पलिश्‍तीहरूले इस्राएलको सामुन्‍ने आफ्‍ना पङ्‌क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्‍तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए।</verse>
				<verse number="3">सेना छाउनीमा फर्केर आएपछि इस्राएलका धर्म-गुरुहरूले सोधे, “आज परमप्रभुले हामीलाई किन पलिश्‍तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाऊन्‌ र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराऊन्‌ भनेर हामी परमप्रभुका करारको सन्‍दूक शीलोबाट ल्‍याऔं।”</verse>
				<verse number="4">यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान्‌ परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, उहाँका करारको सन्‍दूक तिनीहरूले ल्‍याए। एलीका दुई छोरा, होप्‍नी र पीनहास, त्‍यहाँ सन्‍दूकको साथमा थिए।</verse>
				<verse number="5">जब सन्‍दूक छाउनीमा ल्‍याइयो तब सारा इस्राएलीहरूले यति ठूलो सोरले कराए कि पृथ्‍वी नै काम्‍यो।</verse>
				<verse number="6">पलिश्‍तीहरूले त्‍यो सोर सुने, र सोधे, “हिब्रूहरूको छाउनीमा भएको त्‍यो ठूलो हल्‍ला के हो?” परमप्रभुको सन्‍दूक छाउनीमा आयो भनी जब पलिश्‍तीहरूले थाहा पाए,</verse>
				<verse number="7">तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्‌।</verse>
				<verse number="8">हाम्रो त सर्वनाश भयो! यस्‍तो त पहिले कहिल्‍यै भएको थिएन। हामीमाथि हाय, यस्‍ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्‍नेछ? यी ती नै देवताहरू हुन्‌ जसले मिश्रीहरूलाई विभिन्‍न महामारीद्वारा उजाड़-स्‍थानमा ध्‍वंस बनाए।</verse>
				<verse number="9">हे पलिश्‍ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्‍तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।”</verse>
				<verse number="10">यसर्थ पलिश्‍तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर आ-आफ्‍नो पालमा भागे। त्‍यो ठूलो हार थियो, र तीस हजार इस्राएली पैदल-सिपाहीहरू नष्‍ट भए।</verse>
				<verse number="11">परमेश्‍वरको सन्‍दूक कब्‍जा गरियो, अनि एलीका दुवै छोरा, होप्‍नी र पीनहास मरे।</verse>
				<verse number="12">त्‍यसै दिन रणभूमिबाट आफ्‍नो लुगा च्‍यातिएको एउटा बेन्‍यामीनी टाउकोभरि धूलैधूलो लिएर शीलोमा दौड़ेर पुग्‍यो।</verse>
				<verse number="13">त्‍यो आइपुग्‍दा एली बाटोको छेउमा आफ्‍नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्‍वरका सन्‍दूकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्‍यो मानिस सहरभित्र पस्‍यो, र जब त्‍यसले जे भएको थियो सबै भन्‍यो तब पूर्ण सहरले नै चीत्‍कार गरे।</verse>
				<verse number="14">जब एलीले त्‍यो सुने तब उनले भने, “यो केको हल्‍लाखल्‍ला हो?” त्‍यो मानिस हतार-हतार एलीकहाँ गयो।</verse>
				<verse number="15">एली त्‍यस बेला अन्‍ठान्‍नब्‍बे वर्ष पुगेका थिए, र आँखा देख्‍दैनथे।</verse>
				<verse number="16">तब त्‍यस मानिसले उनलाई भन्‍यो, “म लड़ाइँबाट भर्खरै आएको हुँ। आजै म रणभूमिबाट भागेर आएको छु।” एलीले सोधे, “हे मेरो छोरो, के भयो?”</verse>
				<verse number="17">त्‍यो समाचार ल्‍याउने मानिसले जवाफ दियो, “इस्राएलीहरू पलिश्‍तीहरूको सामुबाट भागे। सेनामा ठूलो विनाश भएको छ। तपाईंका दुवै छोरा, होप्‍नी र पीनहास मारिए, र परमेश्‍वरको सन्‍दूक पनि खोसियो।”</verse>
				<verse number="18">परमेश्‍वरका सन्‍दूकको विषयमा सुन्‍ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्‍तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्‍म इस्राएलका अगुवा भएका थिए।</verse>
				<verse number="19">उनकी बुहारी, पीनहासकी पत्‍नी गर्भवती थिई, र बालक जन्‍मने समय भइसकेको थियो। जब त्‍यसले परमेश्‍वरको सन्‍दूक कब्‍जा गरेर लगेको र आफ्‍ना ससुरा र पति मरेका थाहा पाई तब त्‍यति नै बेला थुचुक्‍क बसेर त्‍यसले बालक जन्‍माई। तर त्‍यसको प्रसववेदनाले गर्दा त्‍यो ग्रस्‍त भई।</verse>
				<verse number="20">जब त्‍यो मर्नै लागेकी थिई तब त्‍यसलाई स्‍याहार्ने स्‍त्रीहरूले भने, “हरेस नखाऊ, तिम्रो एक जना छोरो भयो।” तर तिनीहरूले भनेको कुराको त्‍यसले जवाफ दिइन, त्‍यसले ध्‍यानै दिइन।</verse>
				<verse number="21">त्‍यसले यसो भनेर बालकको नाउँ ईकाबोद राखी, “इस्राएलबाट महिमा हरायो,” कारण परमेश्‍वरका करारको सन्‍दूक कब्‍जा गरिएको तथा त्‍यसका ससुरा र पतिको मृत्‍यु भएको थियो।</verse>
				<verse number="22">“इस्राएलबाट महिमा हरायो, किनभने परमेश्‍वरको सन्‍दूक खोसिएको छ,” त्‍यसले भनी।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">पलिश्‍तीहरूले परमेश्‍वरका करारको सन्‍दूक कब्‍जा गरेर लगेपछि उनीहरूले त्‍यो एबेन-एजेरबाट अश्‍दोदमा ल्‍याए।</verse>
				<verse number="2">अनि उनीहरूले त्‍यो बोकेर दागोनको मन्‍दिरमा ल्‍याए, र दागोनकै छेउमा राखे।</verse>
				<verse number="3">भोलिपल्‍ट जब अश्‍दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्‍दूकको अगि घोप्‍टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्‍यसकै स्‍थानमा राखिदिए।</verse>
				<verse number="4">तर भोलिपल्‍ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्‍दूकको अगि घोप्‍टो परेर लड़िरहेको देखे, अनि त्‍यसको टाउको र दुई हातचाहिँ छिन्‍नभिन्‍न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्‍यहाँ रहेको थियो।</verse>
				<verse number="5">यसैकारण त्‍यस दिनदेखि यसो अश्‍दोदमा दागोनका पूजाहारीहरू र दागोनको मन्‍दिरमा पस्‍नेहरू सबै दागोनको सँघारमा खुट्टाले टेक्‍दैनन्‌।</verse>
				<verse number="6">तब परमप्रभुका हातको प्रकोप अश्‍दोदका र त्‍यसको वरिपरि बस्‍ने मानिसहरूमाथि पर्‍यो। उहाँले उनीहरूलाई दिनसम्‍म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्‍के। उनीहरूका सहरहरूभरि नै मृत्‍यु र विनाश छायो।</verse>
				<verse number="7">जब अश्‍दोदका मानिसहरूले यो देखे उनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई यहाँ हामीसँग राख्‍नुहुँदैन, किनभने उहाँका हातको प्रकोप हामीमाथि र हाम्रो देवता दागोनमाथि परेको छ।”</verse>
				<verse number="8">यसैले सन्‍दूकलाई के गर्नुपर्छ भनी सोध्‍नलाई उनीहरूले पलिश्‍तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्‍दूक पारि गातमा पुर्‍याइओस्‌।”</verse>
				<verse number="9">उनीहरूले त्‍यो त्‍यहाँ लगे। तर त्‍यो त्‍यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्‍यो सहर ठूलो त्रासले भरियो। त्‍यहाँका ठूला-साना सबैलाई उहाँले गिर्खाको रूढ़ीले सताउनुभयो।</verse>
				<verse number="10">यसर्थ उनीहरूले परमेश्‍वरको सन्‍दूक एक्रोनमा पठाइदिए। सन्‍दूक एक्रोनमा प्रवेश गर्दा एक्रोनवासीहरू यसो भनेर कराए, “उनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नका निम्‍ति इस्राएलका परमेश्‍वरको सन्‍दूक हामीकहाँ ल्‍याएछन्‌।”</verse>
				<verse number="11">यसैले उनीहरूले पलिश्‍तीहरूका सबै शासकहरूलाई भेला हुनलाई बोलाए, र तिनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्‍दूक फर्काइदिनुहोस्‌। त्‍यसलाई आफ्‍नै ठाउँमा पुर्‍याइदिनुहोस्, नत्रता त्‍यसले गर्दा हामी सबैको मृत्‍यु हुनेछ।” मृत्‍युको कारणले जम्‍मै सहरमा त्रास फैलिएको थियो, किनभने परमेश्‍वरका हातको प्रकोप त्‍यहाँ परेको थियो।</verse>
				<verse number="12">जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्‍यस सहरको विलाप स्‍वर्गसम्‍मै पुग्‍यो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">जब परमेश्‍वरको सन्‍दूक उनीहरूका इलाकामा रहेको सात महिना भइसकेको थियो,</verse>
				<verse number="2">पलिश्‍तीहरूले पूजाहारीहरू र ज्‍योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, “परमप्रभुको सन्‍दूकलाई अब के गर्ने? त्‍यसको निज स्‍थानमा हामीले त्‍यो कसरी पठाउने? हामीलाई भन्‍नुहोस्‌।”</verse>
				<verse number="3">तिनीहरूले जवाफ दिए, “यदि तपाईंले इस्राएलका परमेश्‍वरको सन्‍दूक पठाउनुहुन्‍छ भने सौगातविना त्‍यो नपठाउनुहोस्‌। तर उहाँको निम्‍ति दोषबलि अवश्‍य पठाउनुहोस्‌। तब तपाईंहरू निको हुनुहुनेछ, र उहाँले आफ्‍नो हात तपाईंहरूबाट किन हटाउनुभएन जान्‍नुहुनेछ।”</verse>
				<verse number="4">“उहाँलाई हामीले कस्‍तो दोषबलि पठाउने?” पलिश्‍तीहरूले सोधे। तिनीहरूले यस्‍तो जवाफ दिए, “तपाईंहरू सबै र तपाईंहरूका शासकहरूलाई सताउने त्‍यही रूढ़ीको नमूनाका पाँच वटा सुनका गिर्खा र पाँच वटा सुनका मूसा पलिश्‍तीका शासकहरूको संख्‍याअनुसार पठाउनुहोस्‌।</verse>
				<verse number="5">तपाईंहरूका गिर्खा र देशलाई विध्‍वंस गर्ने मूसाहरूका नमूना बनाउनुहोस्, र इस्राएलका परमेश्‍वरलाई महिमा दिनुहोस्‌। शायद उहाँले तपाईंहरू, तपाईंहरूका देवताहरू र तपाईंहरूको देशबाट आफ्‍नो हात हटाउनुहुनेछ।</verse>
				<verse number="6">तपाईंहरू किन फारो र मिश्रीहरूजस्‍तै हठी हुने? उहाँले उनीहरूप्रति कठोर व्‍यवहार गर्नुभएपछि उनीहरूले इस्राएलीहरूलाई आफ्‍नो बाटो जान दिएका होइनन्‌?”</verse>
				<verse number="7">“अब कहिल्‍यै नजोतिएको दुई वटा दुहुना गाई र एउटा नयाँ गाड़ा तयार गर्नुहोस्, र ती गाईहरूलाई त्‍यस गाड़ामा नारेर तिनीहरूका बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्‌।</verse>
				<verse number="8">त्‍यसपछि परमप्रभुको सन्‍दूक लगेर त्‍यस गाड़ामा राख्‍नुहोस्, अनि त्‍यसकै छेउमा एउटा कन्‍तुरमा तपाईंहरूले उहाँलाई पठाउने सुनको दोषबलि हाल्‍नुहोस्, र त्‍यो गाड़ालाई आफ्‍नो बाटोमा जान दिनुहोस्‌।</verse>
				<verse number="9">तर त्‍यसलाई हेरिरहनुहोस्‌। यदि त्‍यो गाड़ा बेथ-शेमेशतिर आफ्‍नै इलाकामा माथितिर लाग्‍यो भने, परमप्रभुले नै त्‍यो ठूलो हानि हामीमाथि गर्नुभएको रहेछ। होइन भने, उहाँको हातले हामीलाई छोएको रहेनछ, तर त्‍यो संयोगले भएको रहेछ भनी हामी जान्‍नेछौं।”</verse>
				<verse number="10">ती मानिसहरूले त्‍यसै गरे। उनीहरूले दुई वटा गाई ल्‍याएर एउटा गाड़ामा नारे र तिनका बाछाहरूलाई चाहिँ गोठमा थुनिराखे।</verse>
				<verse number="11">तब उनीहरूले कन्‍तुरमा भएका सुनका मूसा र गिर्खाका नमूनाहरूका साथमा परमप्रभुको सन्‍दूक गाड़ामा राखे।</verse>
				<verse number="12">तब ती गाईहरू बाटोभरि कराउँदै सीधै बेथ-शेमेशको दिशातिर लागे। अनि पलिश्‍तीहरूका शासकहरूचाहिँ बेथ-शेमेशको इलाकासम्‍मै तिनीहरूका पछिपछि गए।</verse>
				<verse number="13">अब बेथ-शेमेशका मानिसहरू बेँसीमा गहूँको फसल काटिरहेका थिए, अनि जब तिनीहरूले यसो माथि हेरेर सन्‍दूक देखे तब तिनीहरू रमाए।</verse>
				<verse number="14">त्‍यो गाड़ा बेथ-शेमेशको यहोशूको खेतमा आएर अड़ियो। त्‍यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाड़ाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्‍ति होमबलि चढ़ाए।</verse>
				<verse number="15">तब लेवीहरूले परमप्रभुको सन्‍दूक र सुनका भेटी भएको कन्‍तुर उठाएर त्‍यस ठूलो ढुङ्गामाथि राखे। त्‍यस दिन बेथ-शेमेशका मानिसहरूले परमप्रभुको निम्‍ति होमबलि र बलिदानहरू चढ़ाए।</verse>
				<verse number="16">पलिश्‍तीहरूका ती पाँचै जना शासकहरूले यी सबै हेरिरहे, र त्‍यही दिन एक्रोनमा फर्के।</verse>
				<verse number="17">ती सुनका गिर्खाहरू, जुनचाहिँ पलिश्‍तीहरूले दोषबलिको निम्‍ति पठाएका थिए, ती अश्‍दोद, गाजा, अश्‍कलोन, गात र एक्रोन हरेकको निम्‍ति एउटा-एउटा थियो।</verse>
				<verse number="18">सुनका मूसाहरूचाहिँ पर्खाल भएका सहर र तिनका बस्‍तीहरू, जहाँ ती पाँच शासकहरूले शासन गर्थे, ती सबै सहरहरूको संख्‍याअनुसार थिए। त्‍यो ठूलो ढुङ्गा, जसमा तिनीहरूले परमप्रभुको सन्‍दूक राखे, त्‍यो बेथ-शेमेशका यहोशूको खेतमा आजको दिनसम्‍मै साक्षीको रूपमा छ।</verse>
				<verse number="19">तर परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूमध्‍ये सत्तरी जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्‍दूकभित्र हेरेका थिए। परमप्रभुले यस्‍तो ठूलो विनाश ल्‍याउनुभएकोले मानिसहरूले विलाप गरे,</verse>
				<verse number="20">र बेथ-शेमेशका मानिसहरूले सोधे, “परमप्रभु, यी पवित्र परमेश्‍वरको उपस्‍थितिमा को उभिन सक्‍छ? यहाँबाट यो सन्‍दूक कसकहाँ जानेछ?”</verse>
				<verse number="21">तब तिनीहरूले किर्यत-यारीम बासिन्‍दाहरूलाई यो समाचार पठाए, “पलिश्‍तीहरूले परमप्रभुको सन्‍दूक फर्काइदिएका छन्‌। तल आएर त्‍यो तपाईंहरूको ठाउँमा लानुहोस्‌।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तब किर्यत-यारीमका मानिसहरू आएर परमप्रभुको सन्‍दूक लगे। तिनीहरूले डाँड़ामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए, र तिनका छोरा एलाजारलाई त्‍यसको हेरचाह गर्ने काममा अर्पण गरे</verse>
				<verse number="2">यसरी धेरै समयसम्‍म, अर्थात्‌ कुल बीस वर्षसम्‍म सन्‍दूक किर्यत-यारीममा रह्यो, र इस्राएलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे।</verse>
				<verse number="3">अनि शमूएलले समस्‍त इस्राएल जातिलाई यसो भने, “यदि तिमीहरू आफ्‍ना पूरा मनले परमप्रभुतिर फर्कंदछौ भने तिमीहरूका माझबाट पराई देवताहरू र अश्‍तोरेत देवताहरूलाई निकालिदेओ, आफ्‍ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क, र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिश्‍तीहरूका हातबाट मुक्त गर्नुहुनेछ।”</verse>
				<verse number="4">यसरी इस्राएलीहरूले बाल देवताहरू र अश्‍तोरेत देवताहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे।</verse>
				<verse number="5">तब शमूएलले भने, “सबै इस्राएलीहरूलाई मिस्‍पामा भेला गराओ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु।”</verse>
				<verse number="6">जब तिनीहरू त्‍यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्‍ने खन्‍याए। त्‍यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्‍यौं” भनी स्‍वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्‍पामा इस्राएलका अगुवा भए।</verse>
				<verse number="7">इस्राएलीहरू मिस्‍पामा भेला भएका छन्‌ भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरूका शासकहरू इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई निस्‍के। पलिश्‍तीहरू अगि बढ्‌दैआएको कुरा सुनेर इस्राएलीहरू डराए।</verse>
				<verse number="8">तिनीहरूले शमूएललाई भने, “पलिश्‍तीहरूका हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रा परमेश्‍वरसित प्रार्थना गर्न नछोड्‌नुहोस्‌।”</verse>
				<verse number="9">तब शमूएलले भेड़ाका एउटा दूधे बच्‍चा लिएर होमबलि चढ़ाए, र इस्राएलको निम्‍ति परमप्रभुसँग कराएर प्रार्थना गरे। अनि परमप्रभुले तिनका प्रार्थनाको उत्तर दिनुभयो।</verse>
				<verse number="10">तब शमूएलले होमबलि चढ़ाइरहँदा, पलिश्‍तीहरू इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। तर त्‍यस दिन परमप्रभु पलिश्‍तीहरूका विरुद्धमा ठूलो सोरले गर्जनुभयो र पलिश्‍तीहरूका बीचमा खलबली पार्नुभयो। आतङ्कले भरिएर उनीहरू इस्राएलको सामुबाट भागे।</verse>
				<verse number="11">इस्राएलीहरू मिस्‍पाबाट पलिश्‍तीहरूलाई खेद्‌दै निस्‍के, र बेथ-करको मुन्‍तिरसम्‍म उनीहरूलाई मार्दैरहे।</verse>
				<verse number="12">त्‍यही नै मिस्‍पा र शेनको बीचमा शमूएलले स्‍मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे। त्‍यसलाई एबेन-एजेर भन्‍ने नाउँ राखे। तिनले भने, “परमप्रभुले यहाँसम्‍म हामीलाई सहायता गर्नुभएको हो।”</verse>
				<verse number="13">यसरी पलिश्‍तीहरू वशमा पारिए, र इस्राएलको इलाकाभित्र फेरि पसेनन्‌। शमूएलको जीवनभरि नै परमप्रभुको हात पलिश्‍तीहरूका विरुद्धमा रह्यो।</verse>
				<verse number="14">उनीहरूले लिएका एक्रोनदेखि गातसम्‍मका सहरहरू फेरि इस्राएललाई फर्काइदिए, र इस्राएलीहरूले छिमेकका इलाकाहरूलाई पलिश्‍तीहरूको शक्तिदेखि छुटाए। अनि इस्राएल र एमोरीहरूका बीचमा मिलाप भयो।</verse>
				<verse number="15">आफ्‍नो जीवनभरि नै शमूएल इस्राएलका न्‍यायकर्ता रहे।</verse>
				<verse number="16">तिनले प्रतिवर्ष बेथेल, गिलगाल र मिस्‍पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्‍याय गर्थे,</verse>
				<verse number="17">तर सधैँ रामामा नै फर्कन्‍थे। तिनको घर त्‍यहीँ नै थियो, र त्‍यहीँ पनि तिनले इस्राएलको न्‍याय गर्थे। तिनले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">जब शमूएल वृद्ध भए तब तिनले आफ्‍ना छोराहरूलाई इस्राएलका न्‍यायकर्ता नियुक्त गरे।</verse>
				<verse number="2">तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।</verse>
				<verse number="3">तर तिनका छोराहरू आफ्‍ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्‍नै लाभको मात्र विचार गरी घूस लिएर न्‍याय भ्रष्‍ट गर्थे।</verse>
				<verse number="4">यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए।</verse>
				<verse number="5">तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्‌दैनन्‌। यसकारण अरू जातिहरूजस्‍तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्‌।”</verse>
				<verse number="6">तर शासनको निम्‍ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे।</verse>
				<verse number="7">तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌।</verse>
				<verse number="8">मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌।</verse>
				<verse number="9">तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।”</verse>
				<verse number="10">राजाको माग राख्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।</verse>
				<verse number="11">तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्‍ता किसिमका हुनेछन्‌: उनले तिमीहरूका छोराहरूलाई आफ्‍ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्‍ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्‌।</verse>
				<verse number="12">कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्‌। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन्‌ र फसल काट्‌नेछन्‌। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्‍त्रशस्‍त्र बनाउनेछन्‌।</verse>
				<verse number="13">उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्‍ति लानेछन्‌।</verse>
				<verse number="14">उनले तिमीहरूका सबैभन्‍दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्‍ना नोकर-चाकरहरूलाई दिनेछन्‌।</verse>
				<verse number="15">आफ्‍ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्‍ति उनले तिमीहरूका अन्‍नको र दाखको फसलको दशौँ अंश लानेछन्‌।</verse>
				<verse number="16">उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्‍दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्‍नै काममा चलाउनेछन्‌।</verse>
				<verse number="17">उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ।</verse>
				<verse number="18">त्‍यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्‍ति तिमीहरू कराउनेछौ, तर त्‍यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”</verse>
				<verse number="19">तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्‍कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ।</verse>
				<verse number="20">तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्‍तै हुनेछौं।”</verse>
				<verse number="21">मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्‍याए।</verse>
				<verse number="22">अनि उहाँले यस्‍तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्‍ति एक जना राजा नियुक्त गर्‌।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्‍नो घरमा पठाइदिए।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">बेन्‍यामीनको कुलका एक जना मान्‍य मानिस थिए, जसको नाउँ कीश थियो। तिनी अबीएलका छोरा, जरोरका नाति, बकोरतका पनाति र आपीहका जनाति थिए।</verse>
				<verse number="2">जवान अवस्‍थामा पुगेका आकर्षक शाऊल नाउँ भएका तिनका एक जना छोरा थिए। त्‍यस बेला इस्राएलमा उनको बराबरीको कोही थिएन। उनी सबैभन्‍दा एक टाउको जति अग्‍ला थिए।</verse>
				<verse number="3">एक दिन शाऊलका पिता कीशका केही गधाहरू हराए। यसकारण तिनले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना नोकरलाई लिएर गधाहरू खोज्‍न जाऊ।”</verse>
				<verse number="4">उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर शलीशाको जिल्‍ला भएर गए, तर ती भेट्टाउन सकेनन्‌। उनीहरू शालीमको जिल्‍ला भएर गए, तर त्‍यहाँ पनि गधाहरू थिएनन्‌। उनीहरू बेन्‍यामीनको इलाकाबाट भएर गए, तरै पनि गधाहरू भेट्टाउन सकेनन्‌।</verse>
				<verse number="5">जब उनीहरू सूपको जिल्‍लामा पुगे, शाऊलले आफूसँग गएको त्‍यस नोकरलाई भने, “आइज, हामी फर्कौं। नत्रता बुबाले गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो सुर्ता गर्न लाग्‍नुहुनेछ।”</verse>
				<verse number="6">तर त्‍यस नोकरले भन्‍यो, “यस सहरमा परमेश्‍वरका खूब नाम चलेका एक जना मानिस छन्‌। तिनले भनेका सबै कुरा पूरा हुन्‍छ। हामी त्‍यहाँ जाऔं। शायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्‍छन्‌ कि?”</verse>
				<verse number="7">शाऊलले भने, “हामी गयौं भने हामी तिनलाई के दिन सक्‍छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। परमेश्‍वरका जनको निम्‍ति केही सौगात पनि छैन। हामीसित के छ र?”</verse>
				<verse number="8">त्‍यस नोकरले फेरि भन्‍यो, “हेर्नुहोस्, मसित यहाँ चाँदीको एक चौथाइ शेकेल छ। हामी कता जानुपर्छ सो बताइदिएबापत म ती मानिसलाई यो दिनेछु।”</verse>
				<verse number="9">(पहिले-पहिले कुनै मानिसले परमेश्‍वरसित सल्‍लाह माग्‍न इच्‍छा गर्दा इस्राएलमा यसो भन्‍ने चलन थियो: “हामी दर्शीकहाँ जाऔं।” किनभने हिजोआजको अगमवक्तालाई त्‍यस बेला दर्शी भन्‍दथे।)</verse>
				<verse number="10">शाऊलले भने, “बेस, अब हामी तिनीकहाँ जाऔं।” तब उनीहरू परमेश्‍वरका ती मानिस भएको सहरमा गए।</verse>
				<verse number="11">उनीहरू सहर जाने डाँड़ाको उकालोमा उक्‍लँदैगर्दा उनीहरूले पानी भर्न आउने केही ठिटीहरूलाई भेटे, र तिनीहरूलाई सोधे, “के दर्शी घरै हुनुहुन्‍छ?”</verse>
				<verse number="12">तिनीहरूले भने, “हो, हुनुहुन्‍छ। उहाँ तपाईंहरूभन्‍दा अगि जाँदैहुनुहुन्‍छ। छिटो गर्नुहोस्‌। उहाँ भर्खरै सहरमा आइपुग्‍नुभएको छ, किनभने आज डाँड़ाको थानमा मानिसहरूले बलिदान चढ़ाउनेछन्‌।</verse>
				<verse number="13">डाँड़ाको थानमा उहाँ भोज खान जान अघि नै तपाईंहरूले उहाँलाई सहरमा पस्‍दापस्‍दै भेट्टाउनुहुनेछ। उहाँ नआइपुगुञ्‍जेल मानिसहरूले भोज खानेछैनन्, किनभने जन-समूहले खान अघि उहाँले बलिदानमाथि आशीर्वाद दिनुपर्छ। अब जानुहोस्, र तपाईंहरूले उहाँलाई झट्टै भेट्टाउनुहुनेछ।”</verse>
				<verse number="14">उनीहरू सहरतिर लागे, अनि उनीहरू सहरमा पस्‍दैगर्दा शमूएल उनीहरूतिर डाँड़ाको थानमा जानलाई आउँदैथिए।</verse>
				<verse number="15">अब शाऊल आउनुभन्‍दा एक दिन अघि परमप्रभुले यी वचनद्वारा शमूएललाई आफ्‍नो अभिप्राय प्रकट गर्नुभएको थियो:</verse>
				<verse number="16">“भोलि यसै समय बेन्‍यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु। त्‍यसलाई मेरो प्रजा इस्राएलको राजा अभिषेक गर्‌। त्‍यसले मेरो प्रजालाई पलिश्‍तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दु:ख देखेको छु, किनकि यिनीहरूको क्रन्‍दन मेरा कानमा आइपुगेको छ।”</verse>
				<verse number="17">जसै शाऊल देखा परे तब परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो। यही मानिसले मेरो प्रजामाथि शासन गर्नेछ।”</verse>
				<verse number="18">शाऊलले मूल ढोकामा शमूएलकहाँ आएर भने, “दर्शी कहाँ बस्‍नुहुन्‍छ? कृपा गरी बताइदिनुहोस्‌।”</verse>
				<verse number="19">शमूएलले जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगिअगि डाँड़ाको थानमा जाऊ, र तिमी आज मसित खानेछौ। भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई बिदा गर्नेछु।</verse>
				<verse number="20">तीन दिनअघि हराएका गधाहरूका विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्‌। तर सारा इस्राएलले के मागिरहेका छन्‌? त्‍यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता-पुर्खाको घरानातिर हेरिरहेका छन्‌।”</verse>
				<verse number="21">शाऊलले भने, “तर म त इस्राएलको सबैभन्‍दा सानो कुलको एक बेन्‍यामीनी हुँ। र बेन्‍यामीनको कुलका वंशहरूमध्‍ये मेरो वंश सबैभन्‍दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्‍नुहुन्‍छ?”</verse>
				<verse number="22">तब शमूएलले शाऊल र उनको नोकरलाई खाने कोठामा ल्‍याए, र आमन्‍त्रित मानिसहरूमध्‍ये मुख्‍य स्‍थानमा बसाए। तिनीहरू प्राय: तीस जना थिए।</verse>
				<verse number="23">तब शमूएलले भान्‍सेलाई भने, “मैले तँलाई अलग्‍गै राख्‍नू भनी दिएको भाग यहाँ ले।”</verse>
				<verse number="24">तब त्‍यस भान्‍सेले जम्‍मै खुट्टासमेतको फिला ल्‍याएर शाऊलको अगि राखिदियो। तब शमूएलले भने, “तिम्रो निम्‍ति राखेको मासुको भाग यही हो। खाऊ किनकि ‘मैले पाहुनाहरूलाई निम्‍त्‍याएको छु’ भनी भनेको यस अवसरको निम्‍ति यसलाई अलग्‍गै राखिएको थियो।” यसकारण शाऊलले त्‍यस दिन शमूएलसँगै भोजन गरे।</verse>
				<verse number="25">जब डाँड़ाको थानबाट तिनीहरू सहरमा ओर्ले तब शमूएलले शाऊलसँग आफ्‍नो घरको कौसीमा कुरा गरे।</verse>
				<verse number="26">मिरमिरे उज्‍यालोमा शमूएलले शाऊललाई कौसीमा बोलाएर भने, “उठ, म अब तिमीलाई बिदा दिन्‍छु।” शाऊल उठेपछि उनी र शमूएल दुवै साथसाथ सड़कमा गए।</verse>
				<verse number="27">तिनीहरू सहरको छेउमा आइपुग्‍दा शमूएलले शाऊललाई भने, “यस नोकरलाई अगि जानू भन।” अनि त्‍यो अगि गयो। तब शमूएलले शाऊललाई भने, “तिमीचाहिँ एक छिन यहीँ पर्ख, र म तिमीलाई परमेश्‍वरको वचन भन्‍न सकूँ।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">शमूएलले एक ढुँग्रो तेल लिएर शाऊलको शिरमा खन्‍याइदिए, अनि उनलाई चुम्‍बन गरेर भने, “परमप्रभुले तपाईंलाई आफ्‍नो प्रजा इस्राएलमाथि राजा अभिषेक गर्नुभएको छ।</verse>
				<verse number="2">आज जब तपाईं मसित बिदा भएर जानुहुन्‍छ, तब तपाईंले बेन्‍यामीनको सिमानामा भएको राहेलको चिहाननेर सेल्‍सहमा दुई जना मानिस भेट्टाउनुहुनेछ। तिनीहरूले तपाईंलाई यसो भन्‍नेछन्, ‘तपाईंले खोजिरहनुभएका गधाहरू फेला परे। अनि तपाईंका पिताले तिनका निम्‍ति फिक्री गर्न छोड़ेर तपाईंको निम्‍ति सुर्ता गरी “अब मेरो छोराको लागि म के गरूँ?” भनी बारम्‍बार भन्‍दैहुनुहुन्‍छ’।</verse>
				<verse number="3">“त्‍यहाँबाट तबोरको ठूलो रूखसम्‍म पुग्‍दा त्‍यहाँ बेथेलमा परमेश्‍वरको आराधना गर्न गइरहेका तीन जना मानिसले तपाईंलाई भेट्टाउनेछन्‌। तीमध्‍येको पहिलाले तीन वटा पाठा, दोस्राले तीन वटा रोटी र तेस्राले एक मशक दाखमद्य बोकेर लगिरहेका हुनेछन्‌।</verse>
				<verse number="4">तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन्‌ र दुई वटा रोटी दिनेछन्‌। ती तपाईंले लिनुहुनेछ।</verse>
				<verse number="5">“यसपछि तपाईं परमेश्‍वरको गिबा जानुहुनेछ, जहाँ पलिश्‍तीहरूको चौकी छ। जसै तपाईं सहरको नजिक पुग्‍नु हुनेछ, तपाईंले डाँड़ाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अगिअगि खैँजड़ी, बाँसुरी र वीणा बजाउँदैआइरहेको भेट्टाउनुहुनेछ, अनि तिनीहरूले अगमवाणी बोलीरहेका हुनेछन्‌।</verse>
				<verse number="6">तब परमप्रभुका आत्‍मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्‍नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्‌लिनुहुनेछ।</verse>
				<verse number="7">जब यी चिन्‍हहरू पूरा हुनेछन्‌ तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुनेछ।</verse>
				<verse number="8">“तपाईं मेरो अगि गिलगालमा झर्नुहोस्, र म होमबलि र मेलबलि चढ़ाउनलाई तपाईंकहाँ आउनेछु। तर म तपाईंकहाँ नआउञ्‍जेल तपाईं सात दिनसम्‍म पर्खनुपर्नेछ। तब म आएर तपाईंले के गर्नुपर्नेछ सो बताइदिनेछु।”</verse>
				<verse number="9">जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्‍वरले उनको मन नयाँ तुल्‍याइदिनुभयो। त्‍यही दिन यी सबै चिन्‍ह पूरा भए।</verse>
				<verse number="10">जब उनीहरू गिबामा पुगे तब अगमवक्ताहरूको एक दल उनलाई भेट्‌नलाई आइरहेको थियो, अनि परमेश्‍वरका आत्‍मा तुरुन्‍तै उनमा शक्तिसित आउनुभयो, र उनी पनि तिनीहरूको अगमवाणीमा सरिक भए।</verse>
				<verse number="11">जब उनलाई अघि चिन्‍ने मानिसहरूले उनलाई अगमवक्ताहरूजस्‍तै अगमवाणी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्‍न लागे, “कीशका छोरालाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताकै दलमा छन्‌?”</verse>
				<verse number="12">त्‍यस ठाउँको एक जना मानिसले भन्‍यो, “तिनीहरूका पिता को हुन्‌?” यसैकारण यो उखान चल्‍न लाग्‍यो: “के शाऊल पनि अगमवक्ताकै दलका हुन्‌?”</verse>
				<verse number="13">शाऊलले अगमवाणी बोल्‍न छोड़ेपछि उनी डाँड़ाको थानमा गए।</verse>
				<verse number="14">शाऊलका काकाले उनलाई र त्‍यस नोकरलाई भने, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले जवाफ दिए, “गधाहरू खोज्‍न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं तब हामी शमूएलकहाँ गयौं।”</verse>
				<verse number="15">उनका काकाले भने, “शमूएलले के भने? मलाई बताऊ।”</verse>
				<verse number="16">शाऊलले भने, “गधाहरू फेला परे भन्‍ने कुरा तिनले हामीलाई बताए।” तर उनी राजा भएका छन्‌ भनी शमूएलले भनेका कुरा उनले बताएनन्‌।</verse>
				<verse number="17">यसै बीचमा शमूएलले इस्राएलीहरूलाई मिस्‍पामा परमप्रभुकहाँ भेला हुनलाई बोलाए,</verse>
				<verse number="18">र तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। तिमीहरूलाई सताउने मिश्रीहरू र सबै राज्‍यहरूबाट मैले तिमीहरूलाई मुक्त गरें।</verse>
				<verse number="19">तर तिमीहरूका सबै दु:ख र कष्‍टदेखि बचाउनुहुने आफ्‍ना परमेश्‍वरलाई तिमीहरूले आजको दिन इन्‍कार गर्‍यौ। तिमीहरूले यसो भन्‍यौ, ‘होइन, हामीमाथि एक जना राजा नियुक्त गर्नुहोस्‌।’ यसकारण अब परमप्रभुको सामुन्‍ने कुल-कुल र वंश-वंश गरी आ-आफ्‍नै स्‍थानमा जम्‍मा होओ।”</verse>
				<verse number="20">तब शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाल्‍दा बेन्‍यामीनको कुल चुनियो।</verse>
				<verse number="21">तब तिनले बेन्‍यामीनको कुलका वंश-वंश गरी हाजिर गराए, अनि मत्रीको वंश चुनियो। अन्‍त्‍यमा कीशका छोरा शाऊल चुनिए। तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन्‌।</verse>
				<verse number="22">फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्‍यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्‍यो त्‍यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।”</verse>
				<verse number="23">तिनीहरू दौड़ेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्‍दा होचा थिए।</verse>
				<verse number="24">शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले चुन्‍नुभएको मानिसलाई हेर। यस जम्‍मै जातिमा उनीजस्‍तै अरू कोही छैन।” तब ती मानिसहरूले नारा लगाएर कराए, “राजा दीर्घायु होऊन्‌।”</verse>
				<verse number="25">तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्‍यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्‍ने राखिदिए। त्‍यसपछि तिनले मानिसहरूलाई आ-आफ्‍नो घर जान बिदा गरे।</verse>
				<verse number="26">शाऊल पनि गिबामा आफ्‍नो घरमा गए, अनि केही योद्धाहरू जसले परमेश्‍वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए।</verse>
				<verse number="27">तर त्‍यहाँ कति जना बदमाशहरू पनि थिए, जसले भने, “यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्‍ला र?” उनीहरूले शाऊलको केही वास्‍ता गरेनन्, र उनको निम्‍ति केही सौगात पनि ल्‍याएनन्‌। तर शाऊलले केही भनेनन्‌।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">अम्‍मोनी नाहाशले याबेश-गिलादलाई आक्रमण गरेर त्‍यसलाई घेरे। याबेशका मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्‍धि गर्नुहोस्, र हामी तपाईंका प्रजा हुनेछौं।”</verse>
				<verse number="2">तर नाहाशले तिनीहरूलाई जवाफ दिए, “एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्‍धि गर्नेछु। म तिमीहरूमध्‍ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु, र त्‍यसले इस्राएलको बेइज्‍जत हुनेछ।”</verse>
				<verse number="3">तब याबेश-गिलादका धर्म-गुरुहरूले भने, “इस्राएलभरि समाचार पठाउनलाई हामीलाई सात दिनको म्‍याद दिनुहोस्, अनि त्‍यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन्‌ भने हामी तपाईंकहाँ आत्‍मसमर्पण गर्नेछौं।”</verse>
				<verse number="4">जब समाचार ल्‍याउनेहरू शाऊलको गिबामा आएर आफ्‍नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे।</verse>
				<verse number="5">त्‍यसै बेला शाऊल खेतबाट गोरु धपाउँदै आइरहेका थिए, र “मानिसहरूलाई के भयो? किन विलाप गरिरहेका छन्‌?” भनी उनले सोधे। अनि याबेश-गिलादका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोर्‍याएर उनलाई भनिदिए।</verse>
				<verse number="6">शाऊलले यो कुरा सुन्‍दा, परमप्रभुका आत्‍मा शक्तिसित उनीमाथि आउनुभयो, र उनी रीसले जले।</verse>
				<verse number="7">तब उनले एक जोड़ा गोरु लिएर ती टुक्रा-टुक्रा गरी काटे, र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इस्राएलका सबैतिर यसो भनी पठाए, “जो मानिस युद्धको निम्‍ति शाऊल र शमूएलको पछि आउँदैन त्‍यसका गोरुहरूको पनि यही दशा हुनेछ।” तब मानिसहरूमा परमप्रभुको भय छायो, र तिनीहरू एउटै मानिसजस्‍ता भई निस्‍केर आए।</verse>
				<verse number="8">शाऊलले तिनीहरूलाई लड़ाइँको निम्‍ति बेजेकमा भेला गरे। त्‍यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका तीस हजार थिए।</verse>
				<verse number="9">तिनीहरूले समाचार ल्‍याउने मानिसहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई यसो भन, ‘भोलि मध्‍याह्नभित्रै तिमीहरूको उद्धार हुनेछ’।” याबेश-गिलादका मानिसहरूले जब समाचार ल्‍याउनेहरूको खबर सुने तब साहस गरे।</verse>
				<verse number="10">तिनीहरूले अम्‍मोनीलाई भने, “भोलि हामी तपाईंकहाँ आत्‍मसमर्पण गर्नेछौं, र तपाईंलाई जे ठीक लाग्‍छ हामीसँग गर्नुहोस्‌।”</verse>
				<verse number="11">भोलिपल्‍ट शाऊलले आफ्‍ना मानिसहरूका तीन दल बनाए। बिहानीपख तिनीहरू अम्‍मोनीहरूको छाउनीभित्र पसे र मध्‍याह्नसम्‍म उनीहरूको संहार गरे। त्‍यसपछि बाँचेकाहरू दुई जना एकसाथ नहुने गरी तितरबितर भए।</verse>
				<verse number="12">तब मानिसहरूले शमूएललाई भने, “शाऊलले हामीमाथि राज्‍य नगरोस्‌ भन्‍ने को हो? उनीहरूलाई मार्नलाई हाम्रा हातमा सुम्‍पिदिनुहोस्‌।”</verse>
				<verse number="13">तर शाऊलले भने, “होइन, परमप्रभुले इस्राएलमा यस्‍तो विजय गराउनुभएको दिनमा कोही पनि मारिनेछैन।”</verse>
				<verse number="14">तब शमूएलले मानिसहरूलाई भने, “हामी गिलगालमा गएर त्‍यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्‍वीकार गरौं।”</verse>
				<verse number="15">यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्‍थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्‍यो उत्‍सव मनाए।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">तब शमूएलले भेला भएका इस्राएलीहरूलाई यसो भने, “मैले तिमीहरूले भनेका सबै कुरा सुनें, र तिमीहरूमाथि राज्‍य गर्नलाई राजा नियुक्त गरें।</verse>
				<verse number="2">अब यिनै राजा तिमीहरूका अगुवा भएका छन्‌। मचाहिँ वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्‌। म त मेरो बालककालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु।</verse>
				<verse number="3">म यहीँ छु। मेरो विरुद्धमा तिमीहरूको केही भन्‍नु छ भने यहाँ परमप्रभु र उहाँका अभिषिक्त जनको उपस्‍थितिमा उजूर गर। कसको गोरु मैले लिएको छु? कसको गधा मैले लिएको छु? मैले कसलाई ठगेको छु? मैले कसमाथि अत्‍याचार गरें? मैले कसको कसूर लुकाउनलाई घूस लिएँ? मलाई भन, र म त्‍यसको क्षतिपूर्ति गरिदिनेछु।”</verse>
				<verse number="4">तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्‍नुभएको छैन। तपाईंले हामीमाथि केही अत्‍याचार गर्नुभएको छैन। तपाईंले कुनै मानिसबाट केही लिनुभएको छैन।”</verse>
				<verse number="5">तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्‍छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्‌।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्‍छ।”</verse>
				<verse number="6">शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले नै तिमीहरूलाई मोशा र हारून दिनुभयो, र तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभयो।</verse>
				<verse number="7">अब यहाँ खड़ा होओ, किनकि परमप्रभुको उपस्‍थितिमा तिमीहरूका अगि म तर्क पेश गर्नेछु, र तिमीहरूका निम्‍ति र तिमीहरूका पिता-पुर्खाहरूका निम्‍ति उहाँले गर्नुभएका सबै धार्मिक कार्यहरू म सुनाउनेछु।</verse>
				<verse number="8">“याकूब मिश्रदेशमा प्रवेश गरेपछि तिनले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, अनि उहाँले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याए, र यस ठाउँमा बसाए।</verse>
				<verse number="9">“तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से, र उहाँले तिनीहरूलाई त्‍यागेर हासोरका सेनापति सीसरा तथा पलिश्‍तीहरू र मोआबका राजाका हातमा सुम्‍पिदिनुभयो, जसले तिनीहरूका विरुद्धमा लड़ाइँ गरे।</verse>
				<verse number="10">तिमीहरूका पिता-पुर्खाहरूले सहायताको निम्‍ति यसो भनेर परमप्रभुलाई पुकारे, ‘हामीले पाप गर्‍यौं। हामीले परमप्रभुलाई त्‍याग्‍यौं, अनि बाल देवता र अश्‍तोरेत देवताहरूलाई पुज्‍यौं। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं’।</verse>
				<verse number="11">तब परमप्रभुले यरूब-बाल र बाराक, यिप्‍ता र शमूएललाई तिमीहरूका चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्‍ति र कुशलसित बस्‍न लाग्‍यौ।</verse>
				<verse number="12">“तर त्‍यसपछि जब अम्‍मोनीहरूका राजा नाहाशलाई तिमीहरूका विरुद्धमा आइरहेका तिमीहरूले देख्‍यौ, तब परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुभए तापनि तिमीहरूले मलाई भन्‍यौ, ‘होइन, हामीमाथि शासन गर्नलाई हामीलाई राजा चाहिन्‍छ’।</verse>
				<verse number="13">अब, तिमीहरूले मागेका राजा यहाँ छन्‌। तिमीहरूले उनलाई चुन्‍यौ, र परमप्रभुले एक जना राजा तिमीहरूमाथि नियुक्त गर्नुभयो।</verse>
				<verse number="14">यदि तिमीहरूले परमप्रभुलाई श्रद्धा गर्‍यौ र भक्तिसित उहाँको सेवा गर्‍यौ भने, र यदि तिमीहरू उहाँका आज्ञाको विरुद्धमा बागी भएनौ भने, अनि यदि तिमीहरू र तिमीहरूका राजा परमप्रभु परमेश्‍वरप्रति विश्‍वासी भयौ भने बेसै हो।</verse>
				<verse number="15">तर यदि तिमीहरूले परमप्रभुको आज्ञापालन गरेनौ र तिमीहरू उहाँका आज्ञाप्रति बागी भयौ भने, उहाँ तिमीहरूका विरुद्धमा खड़ा हुनुहुनेछ, जसरी उहाँ तिमीहरूका पुर्खाहरूका विरुद्धमा हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="16">“अब चूपचाप खड़ा होओ, र परमप्रभुले तिमीहरूकै नजरको सामुन्‍ने गर्नुहुने बड़ो अचम्‍मको कामलाई हेर।</verse>
				<verse number="17">अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्‍टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्‍नेछौ र जान्‍नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्‍टिमा कस्‍तो खराबी गरेका रहेछौ।”</verse>
				<verse number="18">तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्‍यसै दिन गर्जन र वृष्‍टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए।</verse>
				<verse number="19">तिनीहरूले शमूएललाई भने, “मृत्‍युदेखि बाँचौं भनेर परमप्रभु तपाईंका परमेश्‍वरसँग हामी तपाईंका सेवकहरूका निम्‍ति प्रार्थना गरिदिनुहोस्‌। किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं।”</verse>
				<verse number="20">शमूएलले मानिसहरूलाई भने, “नडराओ। तिमीहरू यस्‍ता दुष्‍ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड़, तर आफ्‍नो पूरा हृदयले उहाँको सेवा गर।</verse>
				<verse number="21">व्‍यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्‍छन्‌ न बचाउन सक्‍छन्, किनभने तिनीहरू व्‍यर्थ हुन्‌।</verse>
				<verse number="22">आफ्‍नो महान्‌ नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्‍नै निज प्रजा तुल्‍याउने निश्‍चय गर्नुभएको छ।</verse>
				<verse number="23">तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्‌। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु।</verse>
				<verse number="24">तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर।</verse>
				<verse number="25">तर तिमीहरूले खराबी नै गरिरह्यौ भने, तिमीहरू र तिमीहरूका राजा नष्‍ट हुनेछौ।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">शाऊल राजा हुँदा तीस वर्षका थिए। उनले इस्राएलमा बयालीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="2">शाऊलले इस्राएलका तीन हजार मानिसहरूलाई चुने— दुई हजार उनीसँग मिकमाशमा र बेथेलको पहाड़ी देशमा थिए, र एक हजार जोनाथनसँग बेन्‍यामीनको गिबामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए।</verse>
				<verse number="3">जोनाथनले गिबामा भएको पलिश्‍ती चौकीमाथि आक्रमण गरे, र त्‍यसको खबर पलिश्‍तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्‌” भनेर देशको चारैतिर तुरही फुक्‍न लगाए।</verse>
				<verse number="4">यसैले “शाऊलले पलिश्‍ती चौकीमाथि आक्रमण गरेछन्, र अब पलिश्‍तीहरूले इस्राएललाई घृणा गर्छन्‌” भनी सारा इस्राएलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा शाऊलकहाँ भेला भए।</verse>
				<verse number="5">पलिश्‍तीहरू इस्राएललाई आक्रमण गर्न जम्‍मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्‍ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्‍लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले।</verse>
				<verse number="6">इस्राएलीहरू घोर सङ्कष्‍टमा परे, किनभने तिनीहरू साह्रै पेलिए। यसैले तिनीहरू ओड़ार र झाड़ीहरूमा, चट्टानका बीच-बीचमा, र खाड़लहरू र इनारहरूमा लुके।</verse>
				<verse number="7">कोही हिब्रूहरू यर्दन नदी पार गरेर गाद र गिलादका जिल्‍लाहरूमा पनि भागे। तर शाऊलचाहिँ गिलगालमा नै बसिरहे र उनका पछि लागेका सबै मानिसहरू डरले काँप्‍न लागे।</verse>
				<verse number="8">शमूएलले ठहराएअनुसार शाऊल सात दिनसम्‍म पर्खिरहे, तर शमूएल गिलगालमा आएनन्‌। मानिसहरू शाऊलदेखि हट्‌न लागे।</verse>
				<verse number="9">यसकारण उनले भने, “होमबलि र मेलबलिहरू यहाँ मकहाँ ल्‍याऊ।” तब उनले नै होमबलि चढ़ाए।</verse>
				<verse number="10">शाऊलले बलिदान चढ़ाइसकेका मात्र थिए, तब शमूएल आइपुगे। शाऊल तिनलाई भेट गर्नलाई गए।</verse>
				<verse number="11">शमूएलले भने, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, र तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, र पलिश्‍तीहरू मिकमाशमा जम्‍मा हुँदैथिए,</verse>
				<verse number="12">अनि मैले यही विचार गरें कि पलिश्‍तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्‍ति बिन्‍ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्‍य भएको अनुभव गरें।”</verse>
				<verse number="13">शमूएलले शाऊललाई भने, “तपाईंले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन। यदि तपाईंले पालन गर्नुभएको भए त उहाँले तपाईंको राज्‍य इस्राएलमाथि सधैँको निम्‍ति स्‍थिर गराउनुहुनेथियो।</verse>
				<verse number="14">तर अब तपाईंको राज्‍य निरन्‍तर रहनेछैन। परमप्रभुले आफैले रुचाउनुभएको एक जना मानिस खोज्‍नुभएको छ, र तिनलाई नै आफ्‍ना प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।”</verse>
				<verse number="15">तब शमूएल उठे, र गिलगाल छोड़ेर बेन्‍यामीनको गिबातिर गए। अनि शाऊलले आफूसित भएका मानिसहरूको गन्‍ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।</verse>
				<verse number="16">शाऊल, उनका छोरा जोनाथन र उनीहरूसँग भएका मानिसहरू बेन्‍यामीनको गिबामा रहे। पलिश्‍तीहरूचाहिँ मिकमाशमा डेरा हालेर बसे।</verse>
				<verse number="17">पलिश्‍तीहरूको छाउनीबाट लुट्‌नेहरूका तीन दल आए। एक दल शूआलको जिल्‍लामा भएको ओप्रातिर लाग्‍यो।</verse>
				<verse number="18">अर्को दल बेथ-होरोनतिर लाग्‍यो। अनि तेस्रो दलचाहिँ सबोईमको बेँसी र उजाड़-स्‍थानको सामुका डाँड़ाहरूको श्रेणीतिर लाग्‍यो।</verse>
				<verse number="19">त्‍यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्‍यो, किनभने पलिश्‍तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्‍चय गरेका थिए।</verse>
				<verse number="20">आ-आफ्‍नो फाली, कोदालो, बन्‍चरो र हँसिया पनि इस्राएलीहरूले पलिश्‍तीहरूकहाँ उध्‍याउन जानुपर्थ्‍यो।</verse>
				<verse number="21">एउटा फाली वा कोदालो उध्‍याउने दाम शेकेलको दुई-तिहाइ, र गोरु धपाउने अंकुसे मिलाउन र बन्‍चरो उध्‍याउनलाई शेकेलको एक-तिहाइ लाग्‍थ्‍यो।</verse>
				<verse number="22">यसैले जब युद्ध सुरु भयो तब शाऊल र जोनाथनको पछि लाग्‍ने कुनै मानिसको पनि तरवार वा भाला थिएन। केवल शाऊल र जोनाथनसित मात्र हतियार थिए।</verse>
				<verse number="23">त्‍यस बेला मिकमाशको घाटी रोक्‍नलाई पलिश्‍तीहरूको एक दल सिपाही निस्‍केर गएको थियो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">एक दिन शाऊलका छोरा जोनाथनले आफ्‍ना हतियार बोक्‍ने जवान मानिसलाई भने, “आऊ, हामी त्‍यो डाँड़ाको पल्‍लोपट्टि भएको पलिश्‍तीहरूको चौकीतिर जाऔं।” तर तिनले यो कुरा आफ्‍ना पितालाई भनेनन्‌।</verse>
				<verse number="2">त्‍यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्‍नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए।</verse>
				<verse number="3">तीमध्‍ये अहीतूबका छोरा शीलोमा परमप्रभुका पूजाहारी एलीका छोरा पीनहासका छोरा ईकाबोदको भाइ अहियाह पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन।</verse>
				<verse number="4">घाटीको दुवैतिर, जहाँबाट जोनाथन पलिश्‍तीहरूको चौकीमा जान चाहेका थिए, त्‍यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाड़ा पहरा थिए।</verse>
				<verse number="5">तीमध्‍ये एउटा मिकमाशतिर उत्तरमा र अर्कोचाहिँ गेबातिर दक्षिणमा थियो।</verse>
				<verse number="6">जोनाथनले आफ्‍ना हतियार बोक्‍नेलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाऔं। शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ। हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्‍न सक्‍दैन, चाहे हामी धेरै होऔं चाहे थोरै।”</verse>
				<verse number="7">तिनका हतियार बोक्‍ने मानिसले जवाफ दियो, “तपाईंलाई जे ठीक लाग्‍छ, गर्नुहोस्‌। अगि बढ्‌नुहोस्‌। तपाईं जे गर्नुहुन्‍छ म तनमनले तपाईंलाई साथ दिन्‍छु।”</verse>
				<verse number="8">जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्‌।</verse>
				<verse number="9">यदि ‘हामी नआउञ्‍जेल तिमीहरू त्‍यहीँ बसिरह’ भनी उनीहरूले भन्‍छन्‌ भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं।</verse>
				<verse number="10">तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्‍लेर आओ’ भनेर भन्‍छन्‌ भने, हामी उक्‍लेर जाऔं, किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्‍पिदिनुभएको रहेछ भन्‍ने त्‍यो हाम्रा लागि एउटा चिन्‍ह हुनेछ।”</verse>
				<verse number="11">यसैकारण तिनीहरू पलिश्‍तीहरूकहाँ देखा परे। अनि पलिश्‍तीहरूले भने, “हेर त, हिब्रूहरू आफू लुकेका प्‍वालहरूबाट निस्‍कँदैछन्‌।”</verse>
				<verse number="12">उनीहरूले जोनाथन र तिनका हतियार बोक्‍ने मानिसलाई भने, “यहाँ हामीकहाँ उक्‍लेर आओ। हामी तिमीहरूलाई पाठ सिकाउनेछौं।” जोनाथनले आफ्‍ना हतियार बोक्‍नेलाई भने, “मेरो पछि उक्‍लेर आऊ। परमप्रभुले उनीहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुभएको रहेछ।”</verse>
				<verse number="13">तब जोनाथन चार हात-खुट्टा टेक्‍दै माथि चढ़े, अनि तिनका हतियार बोक्‍ने मानिस पनि तिनका पछिपछि लागे। ती पलिश्‍तीहरू जोनाथनको प्रहारमा ढले, र तिनको पछि आउने हतियार बोक्‍नेले उनीहरूलाई खतम पार्‍यो।</verse>
				<verse number="14">पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्‍नेले उनीहरूका प्राय: बीस जनालाई मारे।</verse>
				<verse number="15">तब छाउनी र रणभूमिमा भएको जम्‍मै सेनामा आतङ्क छायो। चौकीमा र लुट्‌नेहरूका दलमा भएका मानिसहरू पनि भयभीत भए। जमिनै काँप्‍यो, र उनीहरूमा आतङ्क बढ़्यो।</verse>
				<verse number="16">बेन्‍यामीनको गिबाको पहरामा बस्‍ने शाऊलका मानिसहरूले पलिश्‍तीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे।</verse>
				<verse number="17">तब शाऊलले को-को छैनन्‌ भनी जान्‍नलाई गन्‍ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्‍नेलाई हाजिर नभएका भेट्टाए।</verse>
				<verse number="18">शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्‍दूक यहाँ ल्‍याऊ।” (त्‍यस बेला त्‍यो इस्राएलसँगै थियो।)</verse>
				<verse number="19">शाऊल पूजाहारीहरूसँग बोल्‍दैथिए पलिश्‍तीहरूका छाउनीको खैलाबैला झन्‌-झन्‌ बढ्‌न लाग्‍यो, र उनले पूजाहारीलाई “तिम्रो हात झिक” भने।</verse>
				<verse number="20">तब शाऊल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिश्‍तीहरू तितरबितर भएर आफू-आफूमै लड़ाइँ गरिरहेका तिनीहरूले देखे।</verse>
				<verse number="21">ती हिब्रूहरू, जो त्‍यति बेलासम्‍म पलिश्‍तीहरूका अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिश्‍तीहरूलाई छोड़ेर शाऊल र जोनाथनको साथमा भएका इस्राएलीहरूसँग मिल्‍न आए।</verse>
				<verse number="22">जब एफ्राइमको पहाड़ी देशमा लुकेका सबै इस्राएलीहरूले पलिश्‍तीहरू भागेका खबर सुने, तब तिनीहरू पनि मिलेर पलिश्‍तीहरूलाई खूब खेद्‌न लागे।</verse>
				<verse number="23">त्‍यस दिन परमप्रभुले इस्राएललाई छुटकारा दिनुभयो, र युद्ध बेथ-आवनको पारिसम्‍मै फिँजियो।</verse>
				<verse number="24">त्‍यस दिन इस्राएलीहरू साह्रै थाकेका थिए, किनकि शाऊलले मानिसहरूलाई यी शब्‍दहरूद्वारा शपथ खान लाएका थिए: “मैले मेरा शत्रुहरूलाई बदला लिई नसकुञ्‍जेल जसले साँझअघि केही खानेकुरो खाला त्‍यो मानिस श्रापित होस्‌।” यसैले कसैले पनि केही खाएन।</verse>
				<verse number="25">जम्‍मै मानिसहरू वनमा पुगे र त्‍यहाँ भूइँमा मह भेटाए।</verse>
				<verse number="26">तर मानिसहरूले त्‍यहाँ मह चाकाबाट चुहिरहेको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदैछोएन।</verse>
				<verse number="27">तर आफ्‍ना पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेका जोनाथनले सुनेकै थिएनन्‌। तिनले आफ्‍नो हातमा भएको लट्ठी पसारेर त्‍यसको टुप्‍पाले चाकामा घोचे। तिनले आफ्‍नो मुखमा हात उठाए, र तिनमा स्‍फूर्ति आयो।</verse>
				<verse number="28">तर मानिसहरूमध्‍येको एक जनाले तिनलाई भन्‍यो, “तपाईंका पिताले यसो गर्नलाई एकदम मनाही गर्नुभएको छ। उहाँले भन्‍नुभएको छ, ‘आजको दिन खानेकुरो खाने मान्‍छे श्रापित होस्‌।’ यसैले मानिसहरूचाहिँ भोकले छटपटिसकेका छन्‌।”</verse>
				<verse number="29">जोनाथनले भने, “मेरा पिताले देशको लागि हानि गर्नुभएको छ। हेर त, म यो मह चाखेर मात्र पनि कस्‍तो फूर्तिलो भएको छु।</verse>
				<verse number="30">शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन्‌ कति राम्रो हुनेथियो। अवश्‍य पलिश्‍तीहरूको पनि झन्‌ ठूलो संहार हुनेथियो।”</verse>
				<verse number="31">त्‍यस दिन तिनीहरूले पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्‍यालोनसम्‍मै प्रहार गरे। अनि मानिसहरू भोकले साह्रो शिथिल भए।</verse>
				<verse number="32">तिनीहरू लुट्‌नपट्टि लागे, र भेड़ा र गाईबस्‍तुहरू पक्रे, अनि भूइँमा नै मारेर रगतसमेत मासु खाए।</verse>
				<verse number="33">“मानिसहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप गर्दैछन्‌” भनी कसैले शाऊललाई भनिदियो। शाऊलले कराएर भने, “तिमीहरूले आफ्‍नो विश्‍वास तोड़्यौ। एउटा ठूलो ढुङ्गा पल्‍टाएर तुरुन्‍तै यहाँ ल्‍याओ।”</verse>
				<verse number="34">उनले फेरि भने, “मानिसहरूका माझमा गएर भन, तिमीहरूले आफ्‍ना गाईबस्‍तु र भेड़ा यहाँ ल्‍याओ र मारेर खाओ, र यसरी तिमीहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप नगर।” यसकारण रात परेपछि हरेक मानिस आ-आफ्‍नो गोरु धपाउँदै आयो, र त्‍यो त्‍यहीँ नै मार्‍यो।</verse>
				<verse number="35">तब शाऊलले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। त्‍योचाहिँ परमप्रभुको निम्‍ति शाऊलले बनाएको पहिलो वेदी थियो।</verse>
				<verse number="36">तब शाऊलले भने, “हामीहरू तल गएर पलिश्‍तीहरूमाथि राती आक्रमण गरौं र मिरमिरे उज्‍यालोसम्‍मै उनीहरूलाई लुटौं। उनीहरूको एकै जना मानिसलाई पनि हामी बाँकी नराखौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबैभन्‍दा असल लाग्‍छ त्‍यही गर्नुहोस्‌।” तर पूजाहारीले भने, “हामी पहिले परमेश्‍वरसँग सल्‍लाह लिऔं।”</verse>
				<verse number="37">यसकारण शाऊलले परमप्रभुलाई सोधे, “के म पलिश्‍तीहरूलाई खेदौं? के तपाईंले उनीहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुहुनेछ?” तर त्‍यस दिन परमेश्‍वरले उनलाई केही जवाफ दिनुभएन।</verse>
				<verse number="38">यसकारण उनले भने, “सेनाका सबै नेताहरू अगाड़ि आओ, र आज के पाप भएको छ भनी पत्ता लगाऔं।</verse>
				<verse number="39">इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्‍दछु, कि मेरा छोरा जोनाथनमा नै त्‍यो लुकेको भए पनि तिनी मारिनेछन्‌।” तर कसैले पनि उनलाई केही भनेनन्‌।</verse>
				<verse number="40">तब शाऊलले इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकातिर बस, अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्‍नेछौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबभन्‍दा असल लाग्‍छ त्‍यही गर्नुहोस्‌।”</verse>
				<verse number="41">तब शाऊलले परमप्रभु इस्राएलका परमेश्‍वरलाई यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्‍नो दासलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर, चिट्ठामा त्‍यसको भाग ‘ऊरीम’ परोस्‌। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्‍यसलाई ‘तुम्‍मीम’ परोस्‌।” जोनाथन र शाऊललाई चिट्ठाले अलग गर्‍यो, र मानिसहरूचाहिँ छुट्टिए।</verse>
				<verse number="42">तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको बीचमा चिट्ठा हाल।” अनि जोनाथन छानिए।</verse>
				<verse number="43">तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गर्‍यौ? मलाई भन।” जोनाथनले भने, “मैले मेरो लट्ठीको टुप्‍पाले अलिकता मह चाखेको मात्र हुँ। के अब म मर्नुपर्छ?”</verse>
				<verse number="44">शाऊलले भने, “जोनाथन, तिमी मारिएनौ भने परमेश्‍वरले मसित योभन्‍दा कठोर व्‍यवहार गरून्‌।”</verse>
				<verse number="45">तर मानिसहरूले शाऊललाई भने, “के जोनाथन मारिने? ती नै जोनाथन, जसले इस्राएलको निम्‍ति यस्‍तो ठूलो विजय प्राप्‍त गरेका छन्‌? यस्‍तो नहोस्‌। जीवित परमप्रभुको नाउँमा हामी भन्‍दछौं कि तिनको एउटा केश पनि भूइँमा खस्‍न पाउनेछैन, किनभने तिनले आज परमेश्‍वरको सहायताले काम गरेका छन्‌।” यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए, र तिनी मारिएनन्‌।</verse>
				<verse number="46">यद्यपि शाऊलले पलिश्‍तीहरूलाई खेद्‌न छोड़िदिए, र उनीहरू आफ्‍नो देशमा गए।</verse>
				<verse number="47">जब शाऊलले इस्राएलमा आफ्‍नो सिंहासन स्‍थिर पारिसके, तब उनले मोआबीहरू, अम्‍मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्‍तीहरू आफ्‍ना चारैतिरका शत्रुहरूसित लड़ाइँ गरे। जहाँ-जहाँ उनी गए, त्‍यहाँ-त्‍यहाँ उनले उनीहरूलाई सास्‍ती दिए।</verse>
				<verse number="48">अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए।</verse>
				<verse number="49">शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्‍कीशूअ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्‍छीको नाउँ मीकल थियो।</verse>
				<verse number="50">उनकी पत्‍नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्‌। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।</verse>
				<verse number="51">शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहिँ अबीएलका छोराहरू थिए।</verse>
				<verse number="52">शाऊलको जीवनपर्यन्‍त पलिश्‍तीहरूसित घमासान भइरह्यो। उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्‍नो काममा नियुक्त गरिहाल्‍थे।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">शमूएलले शाऊललाई भने, “परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनुभयो। अब परमप्रभुको वचन ध्‍यान दिएर सुन्‍नुहोस्‌।</verse>
				<verse number="2">सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ: ‘मिश्रदेशबाट इस्राएल उक्‍लेर आउँदा अमालेकीहरूले इस्राएललाई आक्रमण गरे। यसकारण त्‍यसको निम्‍ति अमालेकीहरूलाई दण्‍ड दिने निश्‍चय मैले गरेको छु’।</verse>
				<verse number="3">अब अमालेकीहरूमाथि जाइलागेर उनीहरूलाई नाश गर्, र उनीहरूका सबै धन-सम्‍पत्ति नाश गर्, एउटै थोक पनि नछोड्‌, र सबैलाई खतम पार्‌। उनीहरूका पुरुष, स्‍त्री, केटाकेटीहरू, दूध खाने बालकहरू, गाई-गोरु, भेड़ाबाख्रा, ऊँट र गधा सबैलाई नाश गर्‌।”</verse>
				<verse number="4">यसकारण शाऊलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्‍यहाँ दुई लाख पैदल-सिपाही र यहूदाका दश हजार मानिसहरू थिए।</verse>
				<verse number="5">शाऊल अमालेकको सहरमा गए, र त्‍यहाँ साँघुरो खोँचमा केही समयसम्‍म बसे।</verse>
				<verse number="6">तब उनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोड़ेर जाओ, कि तिमीहरू पनि उनीहरूसँगै नष्‍ट नहोओ। किनभने इस्राएल मिश्रदेशबाट उक्‍लेर आउँदा तिमीहरूले मित्रताको व्‍यवहार देखाएका थियौ।” यसैकारण केनीहरूले अमालेकीहरूलाई छोड़े।</verse>
				<verse number="7">तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्‍मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे।</verse>
				<verse number="8">उनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे, र अगागका सबै मानिसहरूलाई तरवारले मारे।</verse>
				<verse number="9">तर शाऊल र उनका सेनाले अगाग र असल-असल भेड़ा र गाई-गोरु, मोटा-मोटा बाछा र पाठा, र राख्‍ने योग्‍यका सबै चीजहरू बचाइराखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्‍छा गरेनन्‌। तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे।</verse>
				<verse number="10">तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो,</verse>
				<verse number="11">“शाऊललाई राजा तुल्‍याएकोमा मलाई पछितो लागेको छ, किनभने त्‍यसले आफ्‍नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्‍यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे।</verse>
				<verse number="12">भोलिपल्‍ट बिहान सबेरै तिनी शाऊललाई भेट गर्न हिँड़े। तर “शाऊल त कर्मेलमा गएर त्‍यहाँ आफ्‍नो सम्‍झनाको निम्‍ति एउटा स्‍मारक खड़ा गरेका छन्, र त्‍यसपछि फर्केर गिलगालमा झरिसकेका छन्‌” भनी तिनलाई सुनाइयो।</verse>
				<verse number="13">त्‍यहीँ नै तिनले शाऊललाई भेट्टाए, र शाऊलले तिनलाई यसो भनेर अभिवादन गरे, “परमप्रभुको आशिष्‌ तपाईंमा रहोस्‌। मैले परमप्रभुको आज्ञा पालन गरें।”</verse>
				<verse number="14">तर शमूएलले भने, “मेरो कानमा परेका भेड़ाको आवाजचाहिँ के हो? गाई-गोरुका आवाज म किन सुन्‍दैछु?”</verse>
				<verse number="15">शाऊलले जवाफ दिए, “सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्‌। तिनीहरूले असल-असल भेड़ा र गाई-गोरु परमप्रभु तपाईंका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाउनलाई जोगाइराखेका हुन्‌। बाँकीलाई त हामीले बिलकुलै नाश गर्‍यौं।”</verse>
				<verse number="16">शमूएलले शाऊललाई भने, “बस, भयो! गत रात परमप्रभुले मलाई के भन्‍नुभयो सो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्‌।”</verse>
				<verse number="17">शमूएलले भने, “यस्‍तो समय थियो जब तपाईं आफूले आफैलाई तुच्‍छ सम्‍झनुहुन्‍थ्‍यो, तर अब तपाईं इस्राएलका कुलहरूका शिर हुनुहुन्‍छ। परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।</verse>
				<verse number="18">अनि उहाँले तपाईंलाई ‘त्‍यस दुष्‍ट जाति, ती अमालेकीहरूलाई बिलकुलै नाश गर्नू’ भनी कड़ा आज्ञा दिएर पठाउनुभएको थियो। उनीहरूलाई निमिट्यान्‍न नपारुञ्‍जेल तपाईंले उनीहरूका विरुद्धमा लड़ाइँ गरिरहनुपर्नेथियो।</verse>
				<verse number="19">तपाईंले किन परमप्रभुको आज्ञापालन गर्नुभएन? तपाईंले किन लूटका माल लिनुभयो, र परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गर्नुभयो?”</verse>
				<verse number="20">शाऊलले शमूएललाई उत्तर दिए, “तर मैले त परमप्रभुको आज्ञापालन गरें। परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्‍याएँ। उनीहरूमध्‍येका बाँकीलाई चाहिँ मैले नष्‍ट पारिदिएँ।</verse>
				<verse number="21">लूटका मालबाट सिपाहीहरूले भेड़ा र गाई-गोरु, अनि सबभन्‍दा असल-असल चीजचाहिँ गिलगालमा परमप्रभु तपाईंका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाउनलाई राखेका छन्‌।”</verse>
				<verse number="22">तर शमूएलले भने, “होमबलि र बलिदानभन्‍दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्‍न र? आज्ञापालन बलिदानभन्‍दा उत्तम हो, र उहाँको वचन मान्‍नु भेड़ाको बोसोभन्‍दा असल हो।</verse>
				<verse number="23">उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्‍याग्‍नुभएको छ।”</verse>
				<verse number="24">शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा र तपाईंका हुकुमको वास्‍ता गरिनँ। म मानिसहरूसँग डराएँ, र तिनीहरूको कुरा मैले मानें।</verse>
				<verse number="25">म अब आग्रह गर्दछु, कि मेरो पाप क्षमा गर्नुहोस्, मसँग आउनुहोस्, र म परमप्रभुको सामु दण्‍डवत्‌ गरूँ।”</verse>
				<verse number="26">तर शमूएलले जवाफ दिए, “म तपाईंको साथ दिनेछैनँ। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, र तपाईंलाई पनि परमप्रभुले इस्राएलमाथि राजाको पददेखि त्‍याग्‍नुभएको छ।”</verse>
				<verse number="27">तिनी जानलाई फर्के, तर शाऊलले तिनको खास्‍टोको किनार समाते, र त्‍यो च्‍यातियो।</verse>
				<verse number="28">शमूएलले उनलाई भने, “आज परमप्रभुले इस्राएलको राज्‍य तपाईंको हातदेखि च्‍यातेर तपाईंका छिमेकीलाई दिनुभएको छ, जो तपाईंभन्‍दा असल हुनुहुन्‍छ।</verse>
				<verse number="29">परमप्रभु, जो इस्राएलका गौरव हुनुहुन्‍छ, उहाँ छल गर्नुहुन्‍न, आफ्‍नो मन पनि बद्‌लनुहुन्‍न। आफ्‍नो मन बद्‌लने उहाँ मानिस हुनुहुन्‍न।”</verse>
				<verse number="30">शाऊलले भने, “मैले पाप गरें। तापनि कृपा गरी मेरो प्रजाका धर्म-गुरुहरू र इस्राएलको सामुन्‍ने एक पल्‍ट मात्र मेरो इज्‍जत गरिदिनुहोस्, र मसँग आउनुहोस्, कि म परमप्रभु तपाईंका परमेश्‍वरको सामु दण्‍डवत्‌ गरूँ।”</verse>
				<verse number="31">यसैले शमूएल शाऊलसँग फर्केर गए, र शाऊलले परमप्रभुको सामु दण्‍डवत्‌ गरे।</verse>
				<verse number="32">तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्‍याऊ।” अगाग निर्भयसाथ सोच्‍दै आए, “निश्‍चय नै मृत्‍युको भय गयो।”</verse>
				<verse number="33">तर शमूएलले भने, “तेरो तरवारले स्‍त्रीहरूलाई निर्वश तुल्‍याएको छ। यसकारण तेरै आमा पनि सबै स्‍त्रीहरूका बीचमा निर्वश हुनेछे।” अनि शमूएलले अगागलाई परमप्रभुको सामुन्‍ने गिलगालमा मारे।</verse>
				<verse number="34">तब शमूएलचाहिँ रामामा गए, तर शाऊल गिबामा आफ्‍नै घरमा गए।</verse>
				<verse number="35">शमूएल आफ्‍नो मृत्‍युको दिनसम्‍मै फेरि कहिल्‍यै शाऊललाई भेट्‌न गएनन्, तर तिनी शाऊलको निम्‍ति शोक गरिरहे। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्‍याउनुभएकोमा परमप्रभुले पछितो गर्नुभयो।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्‍कार गरेकोमा तँ त्‍यसको निम्‍ति कहिलेसम्‍म विलाप गरिरहन्‍छस्‌? तँसित भएको त्‍यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्‍यसका छोराहरूमध्‍येको एक जनालाई राजा चुनेको छु।”</verse>
				<verse number="2">तर शमूएलले भने, “म कसरी जान सक्‍छु र? शाऊलले यो कुरा सुनेर मलाई मार्नेछन्‌।” परमप्रभुले भन्‍नुभयो, “एउटा कोरली तँसँग लैजा। ‘परमप्रभुको निम्‍ति बलिदान चढ़ाउनलाई आएको हुँ’ भन्‌।</verse>
				<verse number="3">यिशैलाई पनि त्‍यस बलिदानमा निम्‍तो दे, र तैंले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैंले त्‍यसलाई अभिषेक गर्नू।”</verse>
				<verse number="4">तिनलाई परमप्रभुले गर्नू भन्‍नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्‌दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्‍तिसाथ आउनुभयो?”</verse>
				<verse number="5">शमूएलले भने, “शान्‍तिसाथ। म परमप्रभुको निम्‍ति बलिदान चढ़ाउनलाई आएको हुँ। तिमीहरू आफू-आफूलाई शुद्ध गरेर बलिदानको निम्‍ति आओ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्‍ति तिनीहरूलाई बोलाए।</verse>
				<verse number="6">जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्‌।”</verse>
				<verse number="7">तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”</verse>
				<verse number="8">तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्‍ने हिँड्‌न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।”</verse>
				<verse number="9">तब यिशैले शम्‍मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।”</verse>
				<verse number="10">यिशैले आफ्‍ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्‍नुभएको छैन।”</verse>
				<verse number="11">तब शमूएलले सोधे, “के सबै यति नै हुन्‌?” यिशैले जवाफ दिए, “अझै कान्‍छो पनि छ, तर त्‍यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्‍यसलाई बोलाऊ। ऊ नआउञ्‍जेल हामी बस्‍नेछैनौं।”</verse>
				<verse number="12">यसकारण यिशैले तिनलाई ल्‍याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्‍किला आँखा भएका सुन्‍दर युवक थिए। परमप्रभुले भन्‍नुभयो, “उठेर त्‍यसलाई अभिषेक गर्‌। व्‍यक्ति यही हो।”</verse>
				<verse number="13">शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्‍मा दाऊदमाथि आउनुभयो, र त्‍यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्‍यसपछि शमूएल रामाको बाटो लागे।</verse>
				<verse number="14">परमप्रभुका आत्‍माले शाऊललाई त्‍याग्‍नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्‍माले उनलाई बेला बेलामा पक्रन्‍थ्‍यो।</verse>
				<verse number="15">शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्‍माले तपाईंलाई पक्रन्‍छ।</verse>
				<verse number="16">हजूरका सामुन्‍ने भएका सेवकहरूलाई गएर वीणा बजाउन सक्‍ने कुनै मानिसलाई खोजेर ल्‍याउने हुकुम दिनुहोस्‌ अनि जब परमप्रभुबाट त्‍यो हानिकारक आत्‍मा हजूरकहाँ आउँछ, त्‍यस बेला त्‍यस मानिसले बजाउँछ र हजूर निको हुनुहुनेछ।”</verse>
				<verse number="17">यसकारण शाऊलले आफ्‍ना सेवकहरूलाई भने, “राम्रोसँग बीणा बजाउने कुनै एक जना मानिसलाई खोज, र त्‍यसलाई मकहाँ ल्‍याओ।”</verse>
				<verse number="18">उनका सेवकहरूमध्‍ये एक जनाले भन्‍यो, “बेथलेहेमका यिशैका छोराहरूमध्‍ये एक जनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन्, र असल योद्धा, बोल्‍नमा ज्ञानी, र सुन्‍दर पनि छन्‌। अनि परमप्रभु तिनीसँग हुनुहुन्‍छ।”</verse>
				<verse number="19">यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, र भेड़ा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे।</verse>
				<verse number="20">यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्‍नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए।</verse>
				<verse number="21">दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्‍ने भए।</verse>
				<verse number="22">यसैले शाऊलले यिशैकहाँ यो समाचार पठाए, “दाऊद मेरो सेवामा नै रहोस्, किनभने म त्‍यससित प्रसन्‍न छु।”</verse>
				<verse number="23">जब-जब परमप्रभुबाट त्‍यो आत्‍मा शाऊलमा आउँथ्‍यो, दाऊदले आफ्‍नो वीणा लिएर त्‍यो बजाइदिन्‍थे, र शाऊलले शान्‍ति पाउँथे। उनी निको हुन्‍थे, र त्‍यस हानिकारक आत्‍माले उनलाई छोड़ेर गइहाल्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">पलिश्‍तीहरूले युद्धको निम्‍ति आफ्‍नो फौज जम्‍मा गरे, र यहूदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस-दम्‍मीममा छाउनी हाले।</verse>
				<verse number="2">शाऊल र इस्राएलीहरू पनि भेला भएर एलाहको बेँसीमा छाउनी हाले। तिनीहरूले पलिश्‍तीहरूका सामु पङ्‌क्ति बाँधे।</verse>
				<verse number="3">पलिश्‍तीहरू एउटा डाँड़ामा र इस्राएलीहरू अर्को डाँड़ामा ठाउँ ओगटेर बसे, तिनीहरूका बीचमा एउटा बेँसी थियो।</verse>
				<verse number="4">पलिश्‍तीहरूको छाउनीबाट गातको गोल्‍यत नाउँको एक जना वीर निस्‍केर आयो। त्‍यो तीन मिटरभन्‍दा अल्‍गो थियो।</verse>
				<verse number="5">त्‍यसको शिरमा काँसाको टोप थियो, र साठी किलो ओजन भएको काँसाको झिलम त्‍यसले लगाएको थियो।</verse>
				<verse number="6">त्‍यसका खुट्टामा काँसाका झिलम थिए, र त्‍यसका हतियारहरूमध्‍ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्‍यसले बोक्‍यो।</verse>
				<verse number="7">त्‍यसको भालाको लट्ठी कपड़ा बुन्‍ने जुलाहाको डन्‍डाजत्रो थियो, र भालाको टुप्‍पा, जो फलामको थियो, त्‍यसको ओजन सात किलो थियो। त्‍यसको ढाल बोक्‍ने त्‍यसको अगिअगि हिँड्‌थ्‍यो।</verse>
				<verse number="8">गोल्‍यत खड़ा भयो र इस्राएलको फौजलाई भन्‍यो, “तिमीहरू किन लड़ाइँ गर्नलाई आउँछौ? म पलिश्‍ती हुँ। के तिमीहरू शाऊलका सेवक होइनौ? मसँग लड्‌नलाई तिमीहरूको मानिस चुन।</verse>
				<verse number="9">यदि एकलै लड़ेर त्‍यसले मलाई मार्न सक्‍यो भने हामी तिमीहरूका कमारा हुनेछौं। तर यदि मैले त्‍यसलाई जितेर मारें भने तिमीहरूले हाम्रा कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ।</verse>
				<verse number="10">तब त्‍यस पलिश्‍तीले भन्‍यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्‍छ गन्‍छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।”</verse>
				<verse number="11">जब शाऊल र इस्राएलीहरूले त्‍यस पलिश्‍तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्‍न भए।</verse>
				<verse number="12">अब दाऊद यिशै भन्‍ने एप्रातीका छोरा थिए, जो यहूदाको बेथलेहेमका थिए। यिशैका आठ भाइ छोराहरू थिए। शाऊलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए।</verse>
				<verse number="13">तिनका जेठा, माहिला र साहिँला छोराहरूचाहिँ युद्धमा शाऊलको पछि लागेका थिए। जेठा एलीआब, माहिला अबीनादाब र साहिँला शम्‍मा थिए।</verse>
				<verse number="14">दाऊदचाहिँ कान्‍छा थिए। ती पहिला तीन युवकहरू शाऊलको पछि लागेका थिए,</verse>
				<verse number="15">तर त्‍यस बेला दाऊद शाऊलको छाउनी र बेथलेहेममा आफ्‍ना पिताका भेड़ाको हेरचाह गर्नलाई आउने-जाने गर्थे।</verse>
				<verse number="16">त्‍यो पलिश्‍ती बिहान र बेलुकी चालीस दिनसम्‍म अगि आएर आफ्‍नो नियत स्‍थानमा खड़ा हुन्‍थ्‍यो।</verse>
				<verse number="17">एक दिन यिशैले आफ्‍ना छोरा दाऊदलाई भने, “तिम्रा दाजुहरूका लागि यो पाँच पाथी चिउरा र यी दश वटा रोटी लिएर चाँड़ो तिनीहरूको छाउनीमा जाऊ।</verse>
				<verse number="18">यी दश वटा पनीरचाहिँ तिमीले सहस्रपतिको निम्‍ति लैजाऊ। तिम्रा दाजुहरू कुशलै छन्‌ कि छैनन्‌ हेर, र तिनीहरूबाट केही आश्‍वासन लिएर आऊ।</verse>
				<verse number="19">तिनीहरू शाऊल र इस्राएलका सबै मानिसहरूसित एलाहको बेँसीमा पलिश्‍तीहरूका विरुद्धमा युद्ध गर्दैछन्‌।”</verse>
				<verse number="20">भोलिपल्‍ट बिहानै दाऊदले भेड़ाहरू कसैको हेरचाहमा छोड़ेर यिशैले अह्राएअनुसार आफ्‍नो काममा हिँड़े। सेना युद्ध-ध्‍वनि लगाउँदै आ-आफ्‍नो स्‍थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे।</verse>
				<verse number="21">इस्राएलीहरू र पलिश्‍तीहरूले एक-अर्काको सामुन्‍ने पङ्‌क्ति बाँधिरहेका थिए।</verse>
				<verse number="22">सामान राख्‍नेको जिम्‍मामा आफ्‍नो सामान दिएर पङ्‌क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे।</verse>
				<verse number="23">जब दाऊद तिनीहरूसँग कुरा गरिरहेका थिए, तब गातको त्‍यो पलिश्‍ती वीर गोल्‍यत आफ्‍नो फौजदेखि बाहिर निस्‍केर अघिझैँ हाँक दिन लाग्‍यो। अनि त्‍यसले भनेको कुरा दाऊदले सुने।</verse>
				<verse number="24">जब इस्राएलीहरूले त्‍यस मानिसलाई देखे, तब तिनीहरू ठूलो डरले भागे।</verse>
				<verse number="25">तिनीहरूले भने, “हेर त, यो मानिस दिनैपिच्‍छे आएर इस्राएललाई धम्‍की दिन्छ। त्‍यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्‍नी छोरी पनि त्‍यससँग विवाह गरिदिनुहुनेछ अनि त्‍यसको घरानालाई इस्राएलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ।”</verse>
				<verse number="26">दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्‍तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ भन्‍ने त्‍यो खतना नभएको पलिश्‍तीचाहिँ को हो र?”</verse>
				<verse number="27">त्‍यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्‍याएर बताए।</verse>
				<verse number="28">मानिसहरूसँग दाऊद कुरा गरिरहेका तिनका जेठा दाजु एलीआबले सुने, र उनी रीसले चूर भए। उनले दाऊदलाई यसो भनेर सोधे, “तँ यहाँ के गरिरहेछस्‌? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैंले कसलाई जिम्‍मा दिएर आइस्‌? म तँलाई चिन्‍दछु, घमण्‍डी र दुष्‍ट हृदय भएको। तँ लड़ाइँ हेर्नलाई मात्र आएको होस्‌!”</verse>
				<verse number="29">दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्‍नु पनि नहुने?”</verse>
				<verse number="30">उनीबाट एकातिर लागेर तिनी मानिसहरूकहाँ गए, र त्‍यही प्रश्‍न दोहोर्‍याए, र सबैले तिनलाई त्‍यही जवाफ दिए।</verse>
				<verse number="31">दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्‍यो, र त्‍यो कुरा शाऊलकहाँ पुर्‍याइयो, अनि उनले तिनलाई बोलाए।</verse>
				<verse number="32">दाऊदले शाऊललाई भने, “त्‍यस पलिश्‍तीको कारण कोही पनि हताश नहोऊन्‌। म गएर त्‍यस पलिश्‍तीसँग लड्‌नेछु।”</verse>
				<verse number="33">शाऊलले जवाफ दिए, “तिमी गएर त्‍यस पलिश्‍तीसँग लड्‌न सक्‍नेछैनौ। तिमी त ठिटा मात्र छौ, र त्‍योचाहिँ जीवनभरि नै लड़ाइँ गर्दैआएको छ।”</verse>
				<verse number="34">तर दाऊदले शाऊललाई भने, “हजूर, म मेरा पिताका भेड़ाहरूको हेरचाह गर्दैआएको छु। जब सिंह अथवा भालूले आएर बगालबाट भेड़ा बोकेर लैजान्‍थ्‍यो,</verse>
				<verse number="35">तब म त्‍यसको पछि गई त्‍यसलाई आक्रमण गरेर त्‍यसको मुखबाट त्‍यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्‍यो फर्क्‍यो भने म त्‍यसको रौँ समातेर कुटी-कुटी त्‍यसलाई मार्थें।</verse>
				<verse number="36">मैले सिंह र भालू दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्‍तीको दशा तिनीहरूकोभन्‍दा असल हुनेछैन, किनकि त्‍यसले जीवित परमेश्‍वरको सेनालाई विरोध गरेको छ।</verse>
				<verse number="37">सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्‍यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्‌।”</verse>
				<verse number="38">तब शाऊलले दाऊदलाई आफ्‍नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए।</verse>
				<verse number="39">त्‍यसपछि दाऊदले आफ्‍नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्‍दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले।</verse>
				<verse number="40">त्‍यसपछि तिनले आफ्‍नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गा छाने, र ती आफ्‍नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्‍नो घुयेँत्रो लिएर त्‍यस पलिश्‍तीसँग लड्‌नलाई गए।</verse>
				<verse number="41">आफ्‍ना हतियार बोक्‍नेलाई अगि लगाएर त्‍यो पलिश्‍ती दाऊद भएतिर बढ़्यो।</verse>
				<verse number="42">त्‍यसले दाऊदलाई नियालेर हेर्‍यो, र राता-राता गाला भएका सुन्‍दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्‍यो।</verse>
				<verse number="43">त्‍यसले दाऊदलाई भन्‍यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्‌न आउँछस्‌?” त्‍यसले आफ्‍ना देवताहरूका नाउँमा दाऊदलाई सराप्‍न लाग्‍यो।</verse>
				<verse number="44">त्‍यसले भन्‍यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।”</verse>
				<verse number="45">दाऊदले जवाफ दिए, “तँ त मसँग लड्‌न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्‌न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा आएको छु।</verse>
				<verse number="46">आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्‌नेछु। आज पलिश्‍तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्‍वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ।</verse>
				<verse number="47">यहाँ भेला भएका सबैले जान्‍नेछन्‌ कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्‍छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्‍पिदिनुहुनेछ।”</verse>
				<verse number="48">जब त्‍यो पलिश्‍ती तिनी भएतिर बढ्‌न लाग्‍यो तब दाऊदले त्‍यससँग लड्‌नलाई तुरुन्‍तै अगि कुदेर गए।</verse>
				<verse number="49">तिनले आफ्‍नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले, र घुयेँत्रोमा राखेर त्‍यस पलिश्‍तीको निधारमा हाने। त्‍यो ढुङ्गा निधारैमा गाड़ियो र त्‍यो घोप्‍टो परेर भूइँमा लोट्यो।</verse>
				<verse number="50">यसरी दाऊद आफ्‍नो घुयेँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोल्‍यतलाई हिर्काएर लड़ाए, र मारे।</verse>
				<verse number="51">तिनी कुदेर त्‍यस पलिश्‍ती लड़ेको ठाउँमा गए, र छेउमा खड़ा भए। अनि तिनले त्‍यसैको तरवार म्‍यानबाट थुतेर त्‍यसलाई खतम गरेर त्‍यसको टाउको काटिदिए। जब पलिश्‍तीहरूले आफ्‍नो वीर पुरुष मारिएको देखे, तब उनीहरू फर्केर भागे।</verse>
				<verse number="52">इस्राएल र यहूदाका मानिसहरूले तुरुन्‍तै युद्ध-ध्‍वनि उठाए, र गात र एक्रोनका मूल ढोकाहरूसम्‍मै उनीहरूलाई खूब खेदेर लगे। शारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूका लाश जताततै छरिए।</verse>
				<verse number="53">पलिश्‍तीहरूलाई खेदेर फर्कंदा इस्राएलीहरूले उनीहरूको छाउनी लुटे।</verse>
				<verse number="54">दाऊदले गोल्‍यतको टाउको बोकेर यरूशलेममा ल्‍याए, र त्‍यसका हतियारचाहिँ आफ्‍नै पालमा राखे।</verse>
				<verse number="55">शाऊलले दाऊदलाई त्‍यस पलिश्‍तीको विरुद्धमा गइरहेका देख्‍दा, उनले आफ्‍ना सेनापति अबनेरलाई सोधे, “अबनेर, त्‍यो ठिटो कसको छोरो हो?” अबनेरले भने, “हजूरका जीवनको शपथ खाएर म भन्‍दछु कि मलाई थाहा छैन।”</verse>
				<verse number="56">राजाले अबनेरलाई भने, “त्‍यो ठिटो कसको छोरो रहेछ, निधो गर।”</verse>
				<verse number="57">जब दाऊद त्‍यस पलिश्‍तीलाई मारेर फर्के, तब अबनेरले तिनलाई लगेर शाऊलको सामुन्‍ने हाजिर गराए। दाऊदले त्‍यस पलिश्‍तीको टाउको आफ्‍नो हातमा बोकिरहेकै थिए।</verse>
				<verse number="58">शाऊलले तिनलाई सोधे, “हे जवान युवक, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म हजूरको दास बेथलेहेमका यिशैको छोरो हुँ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्‍मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे।</verse>
				<verse number="2">त्‍यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्‍ना बुबाको घरमा फेरि फर्किजान दिएनन्‌।</verse>
				<verse number="3">जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे।</verse>
				<verse number="4">तब जोनाथनले आफूले लाएका खास्‍टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्‍नो तरवार, धनु र पेटीसमेत दिए।</verse>
				<verse number="5">शाऊलले पठाएको जुनसुकै काममा पनि दाऊद यति सफल भए कि शाऊलले तिनलाई आफ्‍नो सेनाको उच्‍च पदमा नियुक्त गरे। यसरी दर्जा बढ़ेकामा साधारण मानिसहरू र शाऊलका अधिकृतहरू पनि प्रसन्‍न भए।</verse>
				<verse number="6">जब दाऊदले पलिश्‍तीहरूलाई ध्‍वंस गरेर मानिसहरू फर्किरहेका थिए, तब स्‍त्रीहरू इस्राएलका सबै सहरबाट निस्‍के, अनि तिनीहरू सितार र खैँजड़ी बजाउँदै, गाउँदै र नाच्‍दै शाऊल राजालाई भेट्‌न आए।</verse>
				<verse number="7">स्‍त्रीहरू आनन्‍दित भएर यसो भनेर गाउँदथे: “शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे।”</verse>
				<verse number="8">शाऊल साह्रै रिसाए, र ती शब्‍दहरूले उनलाई चोट लाग्‍यो। उनले भने, “दाऊदको निम्‍ति तिनीहरूले लाखौँ लाख ठहराए, तर मलाई चाहिँ हजारौँ मात्र। अब तिनलाई राजा तुल्‍याउनु मात्र त बाँकी रह्यो।”</verse>
				<verse number="9">त्‍यस दिनदेखि उसो शाऊलले दाऊदलाई डाहको दृष्‍टिले हेर्न लागे।</verse>
				<verse number="10">भोलिपल्‍ट परमेश्‍वर तर्फको एउटा हानिकारक आत्‍माले शाऊललाई पक्र्यो। उनी घरैमा अगमवाणी बोलिरहेका थिए। दाऊदले अघिझैँ शाऊलको निम्‍ति वीणा बजाउँदैथिए। शाऊलको हातमा आफ्‍नो भाला थियो।</verse>
				<verse number="11">“दाऊदलाई भित्तैमा उनिदिन्‍छु” मनमनै भन्‍दै त्‍यो हाने, तर दाऊद दुवै पल्‍ट तर्के।</verse>
				<verse number="12">शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊललाई उहाँले छोड़िसक्‍नुभएको थियो।</verse>
				<verse number="13">यसैकारण उनले दाऊदलाई आफ्‍नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्‍ना मानिसहरूलाई धावामा लगे,</verse>
				<verse number="14">र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्‍मा लिएका सबै काममा तिनी सफल भए।</verse>
				<verse number="15">जब शाऊलले तिनलाई यसरी सफल भएका देखे तब उनी दाऊदसँग डराए।</verse>
				<verse number="16">सबै इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने तिनी रणभूमिमा तिनीहरूका अगुवा भएर जान्‍थे।</verse>
				<verse number="17">शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबलाई तिमीसँग विवाह गरिदिनेछु, तर त्‍यसको सट्टामा तिमीले वीरतापूर्वक मेरो सेवा गर, र परमप्रभुको निम्‍ति लड़ाइँ गर।” किनभने शाऊलले आफ्‍नै हातबाट होइन, तर पलिश्‍तीहरूका हातबाट दाऊदलाई मार्ने विचार गरेका थिए।</verse>
				<verse number="18">तर दाऊदले उत्तर दिए, “म को हुँ, र मेरा बुबाको परिवार, मेरा आफन्‍तहरू इस्राएलमा को हुन्, र म राजाको जुवाइँ हुन सक्‍छु?”</verse>
				<verse number="19">यसकारण जब शाऊलकी छोरी मेराबको दाऊदसँग विवाह गर्ने बेला आयो, तब बरु महोलाको अद्रीएलसँग मेराबको विवाह भयो।</verse>
				<verse number="20">तर शाऊलकी अर्की छोरी मीकल दाऊदसँग प्रेममा फसिन्‌। जब यो कुरो शाऊलको कानमा पुग्‍यो तब शाऊल प्रसन्‍न भए।</verse>
				<verse number="21">उनले आफ्‍नो मनमनै भने, “म त्‍यसलाई नै दाऊदसँग विवाह गरिदिनेछु, कि पलिश्‍तीहरूका हातबाट मारिनलाई तिनको निम्‍ति त्‍यो एउटा फन्‍दा होस्, र पलिश्‍तीहरूले तिनको विरोध गरून्‌।” यसैले शाऊलले दाऊदलाई आफ्‍ना जुवाइँ बनाउनलाई दोस्रो पल्‍ट प्रस्‍ताव राखे।</verse>
				<verse number="22">दाऊदलाई सुटुक्‍क यसो भन्‍नू भनी शाऊलले आफ्‍ना भारदारहरूलाई हुकुम गरे, “राजा तपाईंसँग अत्‍यन्‍तै खुशी हुनुहुन्‍छ, अनि तपाईं हामी सबैका प्रिय हुनुहुन्‍छ। अब राजाका जुवाइँ हुनुहोस्‌।”</verse>
				<verse number="23">जब शाऊलका मानिसहरूले दाऊदसँग यसरी कुरा गरे, तिनले उनीहरूलाई भने, “राजाका छोरीलाई विवाह गर्न तपाईंहरू सानो कुरा सम्‍झनुहुन्‍छ? म केही नभएको गरीब मानिस मात्र हुँ।”</verse>
				<verse number="24">दाऊदले भनेका कुरा शाऊलका भारदारहरूले उनलाई सुनाइदिए।</verse>
				<verse number="25">उनले भने, “दाऊदलाई यसो भन: शत्रुहरूलाई बदला लिनका निम्‍ति राजाले दुलहीको दामको रूपमा एक सय पलिश्‍तीहरूका खलड़ी मात्र माग्‍नुहुन्‍छ।” पलिश्‍तीहरूका हातबाट दाऊद मरून्‌ भन्‍ने शाऊलको इच्‍छा थियो।</verse>
				<verse number="26">शाऊलले भनेका कुरा भारदारहरूले दाऊदलाई सुनाइदिए। यो शर्तमा राजाका छोरीसँग विवाह गर्न तिनी राजी भए। तोकिएको समयअघि दाऊद आफ्‍ना मानिसहरूसँग गए,</verse>
				<verse number="27">र दुई सय पलिश्‍तीहरूलाई मारे। तिनले उनीहरूका खलड़ी लगेर आफूलाई जुवाइँ स्‍वीकार गरिओस्‌ भनी राजाको सामु ती गनिदिए। यसैले शाऊलले आफ्‍नी छोरी मीकललाई दाऊदसँग विवाह गरिदिए।</verse>
				<verse number="28">परमप्रभु दाऊदसँग हुनुहुँदोरहेछ भनी शाऊलले देखे, अनि आफ्‍नी छोरी मीकलले तिनलाई प्रेम गर्दीरहिछ भनेर पनि उनलाई थाहा भयो।</verse>
				<verse number="29">यसकारण उनी दाऊदसँग झन्‌ डराउन लागे, र आफ्‍नो बाँकी जीवनभरि नै उनी दाऊदका शत्रु भए।</verse>
				<verse number="30">पलिश्‍तीहरूका सैनिक अधिकृतहरू लड्‌नलाई आइरहन्‍थे। जब उनीहरू यसरी आउँथे तब शाऊलका अन्‍य मानिसहरूभन्‍दा दाऊद तिनीहरूउपर ज्‍यादा सफल भए, अनि तिनले ठूलो नाउँ कमाए।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">दाऊदलाई मार्नू भनी शाऊलले आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै भारदारहरूलाई भने। तर जोनाथनचाहिँ दाऊदलाई मन पराउँथे।</verse>
				<verse number="2">आफ्‍ना पिता शाऊलले तिनलाई मार्ने मौका हेर्दैछन्‌ भनी जोनाथनले दाऊदलाई बताइदिए। उनले भने, “भोलि बिहान होशियार बस्‍नुहोस्‌ र लुकेर रहनुहोस्‌।</verse>
				<verse number="3">म बाहिर निस्‍केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्‍यो भने म तपाईंलाई बताइदिनेछु।”</verse>
				<verse number="4">जोनाथनले आफ्‍ना पिता शाऊललाई यसो भने, “हजूर, आफ्‍ना दास दाऊदलाई अनर्थ नगर्नुहोस्‌। तिनले तपाईंको विरुद्धमा केही खराबी गरेका छैनन्‌। तिनले गरेका कामबाट तपाईंलाई फाइदा भएको छ।</verse>
				<verse number="5">त्‍यस पलिश्‍तीलाई मार्दाखेरि तिनले आफ्‍नो ज्‍यान खतरामा हालेका थिए। परमप्रभुले इस्राएललाई ठूलो विजय दिनुभयो, र त्‍यो त तपाईंले नै देख्‍नुभयो, र त्‍यस रमाहटमा तपाईं पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईं किन खराबी गर्नुहुन्‍छ, किन केही कारणविना दाऊदलाई मार्नुहुन्‍छ?”</verse>
				<verse number="6">शाऊलले जोनाथनको कुरा सुने, र यो शपथ खाएर भने, “परमप्रभु जीवित हुनुभएझैँ, दाऊद मारिनेछैन।”</verse>
				<verse number="7">यसैले जोनाथनले दाऊदलाई बोलाए, र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्‍याए, र तिनी अघिझैँ राजाको सेवामा लागे।</verse>
				<verse number="8">लड़ाइँ फेरि सुरु भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरेर यस्‍तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे।</verse>
				<verse number="9">तर जब शाऊल आफ्‍नो हातमा भाला लिएर आफ्‍नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्‍माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए।</verse>
				<verse number="10">शाऊलले दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्‍यस भालाको प्रहारलाई छले अनि त्‍यो भाला भित्तामा गाड़ियो। त्‍यही रात दाऊद सुरक्षासाथ भागे।</verse>
				<verse number="11">तिनलाई बिहान मार्ने विचारले शाऊलले आफ्‍ना सेवकहरूलाई दाऊदको घरमा चेवामा राखे। तर दाऊदकी पत्‍नी मीकलले चेताउनी दिएर तिनलाई भनिन्, “तपाईं राती नै भागिजानुभएन भने भोलि तपाईं मारिनुहुनेछ।”</verse>
				<verse number="12">तिनले दाऊदलाई एउटा झ्‍यालबाट तल ओह्रालिदिइन्, र तिनी सुटुक्‍कै भागे।</verse>
				<verse number="13">तब मीकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन्, र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढ़ाइदिइन्‌।</verse>
				<verse number="14">जब मानिसहरू दाऊदलाई पक्रन आए तब “तिनी त बिरामी छन्‌” भनी मीकलले भनिन्‌।</verse>
				<verse number="15">शाऊलले तिनीहरूलाई फेरि भने, “त्‍यसलाई खाटैसमेत यहाँ मकहाँ ल्‍याओ, र म त्‍यसलाई मार्नेछु।”</verse>
				<verse number="16">जब तिनीहरू आए तब तिनीहरूले ओछ्यानमा मूर्ति र सिरानमा बाख्राको रौँ भेट्टाए।</verse>
				<verse number="17">शाऊलले मीकललाई भने, “तैंले किन मलाई यसरी छल गरिस्‌? मेरो शत्रुलाई किन कुशलसित भाग्‍न दिइस्‌?” मीकलले जवाफ दिइन्, “तिनले मलाई ‘भाग्‍न मदत गरिनस्‌ भने तँलाई मार्छु’ भने।”</verse>
				<verse number="18">दाऊद रामामा शमूएलकहाँ भागेर आए, र शाऊलले तिनीप्रति गरेका सबै व्‍यवहारको विषयमा शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल गएर नैयोतमा बस्‍न लागे।</verse>
				<verse number="19">“दाऊद रामाको नैयोतमा छन्‌” भनी कसैले शाऊललाई सुनाइदियो।</verse>
				<verse number="20">दाऊदलाई पक्रन भनी शाऊलले एक दल मानिस पठाए। जब तिनीहरूले शमूएलको नेतृत्‍वमा अगमवक्ताहरूको दल जोशमा मग्‍न भएको देखे, तब तिनीहरूमाथि परमेश्‍वरका आत्‍मा आउनुभयो, र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्‍न भए।</verse>
				<verse number="21">जब यो कुरा शाऊलले सुने तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्‍न भए। शाऊलले तेस्रो पल्‍ट मानिसहरूलाई पठाए, र तिनीहरूले पनि त्‍यसै गरे।</verse>
				<verse number="22">तब शाऊल आफै रामामा गए, र सेकूमा भएको ठूलो कूवामा आइपुगे। उनले “शमूएल र दाऊद कहाँ छन्‌” भनी सोधखोज गरे। तब “तिनीहरू त रामाको नैयोतमा छन्‌” भनी तिनीहरूले भने।</verse>
				<verse number="23">उनी त्‍यहाँको बाटोमा जाँदाजाँदै परमप्रभुका आत्‍मा उनीमाथि पनि आउनुभयो, र रामाको नैयोतसम्‍मै उनी जोशमा मग्‍न भएर पुगे।</verse>
				<verse number="24">त्‍यहाँ उनले आफ्‍ना वस्‍त्र उतारे, र शमूएलको सामु जोशले मग्‍न भएर त्‍यस दिनभरि र रातभरि पनि नाङ्गै बसे। त्‍यसैकारण मानिसहरू भन्‍छन्, “के शाऊल पनि अगमवक्ताकै दलमा छन्‌?”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">तब दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ आए। तिनले जोनाथनलाई भने, “मैले के गरेको छु? मेरो दोष के छ? तपाईंका बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्‍यान लिन चाहनुहुन्‍छ?”</verse>
				<verse number="2">जोनाथनले जवाफ दिए, “यस्‍तो नहोस्‌। तपाईं मर्नुहुन्‍न। मलाई यो पक्‍का थाहा छ कि मलाई नभनीकन मेरा बुबाले केही पनि गर्नुहुन्‍न। मेरा बुबाले यस्‍तो कुरा मबाट किन लुकाउनुहुन्‍थ्‍यो र? यो कुरा सत्‍य होइन।”</verse>
				<verse number="3">तर दाऊदले शपथ खाएर भने, “तपाईंका बुबाले आफ्‍नो मनमा भन्‍नुभएको छ, ‘जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्रता त्‍यो दु:खित हुनेछ’। किनभने उहाँलाई थाहा छ कि मप्रति तपाईंको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईंका जीवनको पनि शपथ खाएर म भन्‍दछु कि अब त मेरो मृत्‍यु नजिकै छ।”</verse>
				<verse number="4">जोनाथनले दाऊदलाई भने, “तपाईं जे इच्‍छा गर्नुहुन्‍छ, म तपाईंको निम्‍ति त्‍यही गर्छु।”</verse>
				<verse number="5">दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्‍म खेतमा गएर लुकिरहनेछु।</verse>
				<verse number="6">तपाईंका बुबाले मेरो अनुपस्‍थिति ख्‍याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, “बेथलेहेममा आफ्‍नो घरमा झट्टै जानुपर्ने हुनाले दाऊदले मसित बिदा मागे, किनभने त्‍यहाँ तिनको जम्‍मै परिवारको वर्षेनी बलिदान चढ़ाउनुपर्ने रहेछ।”</verse>
				<verse number="7">यदि उहाँले ‘ठीकै छ’। भन्‍नुभयो भने त्‍यो मेरो निम्‍ति एउटा असल लक्षण हुनेछ, तर रीसले चूर हुनुभयो भने उहाँले मेरा अहित गर्न नै चिताउनुभएको रहेछ भनी तपाईंलाई थाहा हुनेछ।</verse>
				<verse number="8">हजूर, मप्रति दया देखाउनुहोस्, किनकि तपाईं र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौं। म दोषी छु भने तपाईंले नै मलाई मार्नुहोस्‌। मलाई तपाईंका बुबाको हातमा किन पर्न दिनुहुन्‍छ?”</verse>
				<verse number="9">जोनाथनले भने, “यस्‍तो नहोस्‌। यदि मेरा बुबाले तपाईंको अहित नै गर्न चिताउनुभएको रहेछ भन्‍ने मैले थाहा पाएको भए मैले तपाईंलाई बताउनेथिइन र?”</verse>
				<verse number="10">दाऊदले जोनाथनलाई भने “उहाँले तपाईंलाई रूखो जवाफ दिनुभएको तपाईंले मलाई कसरी थाहा दिनुहुन्‍छ?”</verse>
				<verse number="11">जोनाथनले भने, “मसँग खेतमा आउनुहोस्‌।” तब तिनीहरू दुवै खेतमा गए।</verse>
				<verse number="12">जोनाथनले दाऊदलाई भने, “दाऊद, परमप्रभु इस्राएलका परमेश्‍वरको दृष्‍टिमा म यो प्रतिज्ञा गर्दछु, कि पर्सि यही बेला म मेरा बुबाको मन छाम्‍नेछु। यदि उहाँको मन तपाईंप्रति राम्रै रहेछ भने म तपाईंलाई थाहा दिन्‍नँ र?</verse>
				<verse number="13">तर यदि मेरा बुबाले खराबी नै सोच्‍नुभएको रहेछ भने, अनि मैले तपाईंलाई थाहा दिइनँ र तपाईंलाई कुशलसित भगाइनँ भने परमप्रभुले मलाई त्‍यसभन्‍दा पनि बढ़ी गरून्‌। परमप्रभु मेरा बुबासँग हुनुभएझैँ तपाईंसँग पनि होऊन्‌।</verse>
				<verse number="14">तर म बाँचुञ्‍जेल परमप्रभुले झैँ तपाईं ममाथि कृपा देखाउनुहोस्, र मलाई नमारिओस्‌।</verse>
				<verse number="15">तपाईं मेरो घरानाप्रति दया गर्न कहिल्‍यै नछोड्‌नुहोस्‌। परमप्रभुले पृथ्‍वीबाट दाऊदका सबै शत्रुहरूलाई पन्‍साइसक्‍नुभए तापनि यो दया नछुटोस्‌।”</verse>
				<verse number="16">यसरी जोनाथनले दाऊदको परिवारसँग यसो भनी वाचा बाँधे, “परमप्रभुले दाऊदका सबै शत्रुहरूको लेखा लिऊन्‌।”</verse>
				<verse number="17">अनि जोनाथनले दाऊदलाई जोनाथनप्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्‍टि गर्न लगाए, किनभने तिनले जोनाथनलाई आफैलाई झैँ प्रेम गर्थे।</verse>
				<verse number="18">तब जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड़ हो। तपाईंको स्‍थान खाली देखेर तपाईं हुनुहुन्‍न रहेछ भनी थाहा हुनेछ।</verse>
				<verse number="19">पर्सि साँझतिर यो समस्‍या सुरु हुँदा तपाईं जहाँ लुक्‍नुभएको थियो त्‍यहीँ लुक्‍नुहोस्, र एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्‌।</verse>
				<verse number="20">कुनै निशानामा ताकेर हानेको जस्‍तै गरी म तीन वटा काँड़ हान्‍नेछु।</verse>
				<verse number="21">तब म मेरो केटालाई ती काँड़हरू खोज्‍न पठाउनेछु। यदि मैले त्‍यसलाई, ‘हेर्, काँड़हरू तेरो यतापट्टि छन्, ती टिपेर ले,’ भनें भने तपाईं आफू लुक्‍नुभएको ठाउँदेखि निस्‍केर आउन सक्‍नुहुन्‍छ। म शपथ खाएर भन्‍दछु, तपाईं कुशल रहनुहुनेछ, किनभने तपाईंलाई कुनै हानि हुनेछैन।</verse>
				<verse number="22">तर यदि मैले त्‍यस केटालाई ‘हेर्, काँड़हरू तेरो पल्‍लोपट्टि छन्,’ भनें भनेदेखि परमप्रभुले तपाईंलाई जानु नै भन्‍नुभएको रहेछ।</verse>
				<verse number="23">हामी दुईका बीचमा गरिएको वाचाबन्‍धन सदासर्वदै कायम रहून्‌ भन्‍ने कुरामा परमप्रभु साक्षी हुनुहुनेछ।”</verse>
				<verse number="24">यसकारण दाऊद खेतमा लुकिरहे। चाड़ आयो। भोज तयार गरियो अनि राजा खानलाई बसे।</verse>
				<verse number="25">शाऊल भित्तापट्टिको आफ्‍नो नियत स्‍थानमा बसे, र अबनेर उनको छेउमा बसे। जोनाथन पनि उपस्‍थित थिए, तर दाऊदको ठाउँ खाली थियो।</verse>
				<verse number="26">त्‍यस दिन शाऊलले केही भनेनन्‌। “शायद तिनी धर्म-विधिअनुसार अशुद्ध भएका होलान्, यसैकारण तिनी अनुपस्‍थित भए” भनी उनले ठाने।</verse>
				<verse number="27">तर भोलिपल्‍ट, महिनाको दोस्रो दिन, दाऊदको ठाउँ अझै पनि खाली नै थियो। शाऊलले आफ्‍ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैका छोरा किन भोजमा आएनन्‌?”</verse>
				<verse number="28">जोनाथनले शाऊललाई भने, “दाऊदले बेथलेहेम जानलाई मसित यसो भनेर अनुमति मागेका थिए,</verse>
				<verse number="29">‘हाम्रो परिवारले सहरमा बलिदान चढ़ाइरहेको छ, र मेरा दाजु आफैले मलाई त्‍यहाँ आउनलाई आज्ञा गरेका छन्‌। यसैले तपाईंको दृष्‍टिमा मैले निगाह पाएको छु भने मेरा दाजुहरूलाई भेट्‌न मलाई बिदा दिनुहोस्‌।’ यसैकारण तिनी राजासित खानलाई आउन सकेनन्‌।”</verse>
				<verse number="30">तब शाऊलले जोनाथनसित झोकिएर भने, “तँ बदमाश र बागी स्‍त्रीको छोरो। मलाई थाहा छ कि तैंले यिशैको छोराको पक्ष लिएको छस्, यसैले आफूमाथि र तँलाई जन्‍माएकी तेरी आमामाथि अनादर ल्‍याएको छस्‌।</verse>
				<verse number="31">यिशैको छोरो पृथ्‍वीमा बाँचुञ्‍जेल न त तँ न तेरो राज्‍य सुरक्षित रहनेछ। त्‍यसलाई झट्टै बोलाएर यहाँ ले, किनभने त्‍यो मारिनैपर्छ।”</verse>
				<verse number="32">जोनाथनले आफ्‍ना पितालाई उत्तरमा भने, “तिनी मारिने योग्‍यका छन्‌? किन? तिनले के गरेका छन्‌?”</verse>
				<verse number="33">तर यस कुराले गर्दा शाऊलले आफ्‍नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्‍ना बुबाले दाऊदलाई मार्न खोजेका नै रहेछन्‌ भनी जोनाथनलाई पक्‍का भयो।</verse>
				<verse number="34">जोनाथन रीसले टेबिलबाट उठेर गइहाले, र त्‍यस महिनाको दोस्रो दिन उनले केही खाएनन्, किनभने दाऊदको खातिर उनी साह्रै दु:खी भए, किनकि उनका पिताले दाऊदलाई अपमान गरेका थिए।</verse>
				<verse number="35">भोलिपल्‍ट बिहान तोकिएको समयमा जोनाथन दाऊदसँग भेट गर्न एक जना जवान ठिटालाई लिएर खेतमा निस्‍के।</verse>
				<verse number="36">उनले त्‍यस ठिटालाई भने, “म काँड़ हान्‍नेछु, तँ गएर खोज्‌।” त्‍यो ठिटो गयो, र उनले त्‍यसको टाउको माथि एउटा काँड़ हाने।</verse>
				<verse number="37">जब त्‍यो ठिटा जोनाथनले काँड़ हानेको ठाउँमा पुग्‍यो, तब त्‍यो जाँदाजाँदै जोनाथनले कराएर भने, “हेर, काँड़ तेरो पल्‍लोपट्टि छ।</verse>
				<verse number="38">चाँड़ो गर्‌। समय खेर नफाल्‌। छिटो गर्‌।” त्‍यस ठिटाले काँड़ टिप्‍यो, र आफ्‍ना मालिककहाँ फर्क्‍यो।</verse>
				<verse number="39">तर त्‍यसको अर्थचाहिँ जोनाथन र दाऊदले मात्र जानेका थिए। त्‍यस ठिटाले केही थाहा पाएको थिएन।</verse>
				<verse number="40">तब जोनाथनले आफ्‍ना हतियारहरू त्‍यस ठिटालाई दिए, र ती सहरमा लैजान भनी अह्राए।</verse>
				<verse number="41">त्‍यो ठिटा गइसकेपछि दाऊद ढुङ्गाको दक्षिणतिरबाट निस्‍केर नम्रतापूर्वक तीन पल्‍ट निहुरेर ढोग गरे। अनि तिनीहरू एकले अर्कालाई चुम्‍बन गरे, र दुवै रोए। अनि दाऊदको अफसोस जोनाथनको भन्‍दा ज्‍यादा भयो।</verse>
				<verse number="42">तब जोनाथनले दाऊदलाई भने, “शान्‍तिसाथ जानुहोस्‌। तपाईं र म, तपाईंका सन्‍तान र मेरा सन्‍तानका बीचमा सदासर्वदै साक्षी हुनुहुने परमप्रभुको नाउँमा हामी एउटाले अर्कोसित वाचाबन्‍धन बाँधेका छौं।” तब दाऊद तुरुन्‍तै गइहाले, र जोनाथनचाहिँ सहरमा फर्के।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">दाऊद नोबमा अहीमेलेक पूजाहारीकहाँ गए। तिनलाई भेट्‌दा अहीमेलेक कामे र भने, “तपाईं किन एकलै आउनुभयो? किन तपाईंसँग कोही छैन?”</verse>
				<verse number="2">दाऊदले अहीमेलेकलाई भने, “म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनुभएको कामको बारेमा अथवा यी हुकुम के हुन्‌ भनी मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भएँ तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्‌नू भनी भने।</verse>
				<verse number="3">अब तपाईंसित के छ? मलाई पाँच वटा रोटी अथवा जति पाउन सक्‍नुहुन्‍छ दिनुहोस्‌।”</verse>
				<verse number="4">तर पूजाहारीले दाऊदलाई भने, “मसित साधारण रोटी त छैन। चढ़ाइएको पवित्र रोटी मात्र छ। तर के ती जवानहरू स्‍त्रीबाट अलग बसेका छन्‌?”</verse>
				<verse number="5">दाऊदले पूजाहारीलाई जवाफ दिए, “अहिलेसम्‍म धावामा जाँदा, हामीहरू स्‍त्रीहरूबाट अलग बसेका छौं। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्‍तुहरू चोखा छन्‌। आजको दिन तिनीहरूका वस्‍तुहरू झन्‌ कति बढ़ी चोखा छन्‌!”</verse>
				<verse number="6">त्‍यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पूजाहारीले तिनलाई त्‍यो चढ़ाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो।</verse>
				<verse number="7">शाऊलका सेवकहरूमध्‍ये एक जना पनि त्‍यस दिन त्‍यहीँ परमप्रभुको सामु रोकिएर बसेको थियो। त्‍यसको नाउँ एदोमी दोएग थियो, र त्‍यो शाऊलका गोठालाहरूका सबैभन्‍दा मुख्‍य थियो।</verse>
				<verse number="8">दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसँग कुनै भाला वा तरवार छ? किनभने राजाको काम साह्रै जरूरी भएको हुनाले मैले तरवार वा अरू हतियार ल्‍याउन पाइनँ।”</verse>
				<verse number="9">पूजाहारीले जवाफ दिए, “एलाहको बेँसीमा तपाईंले मार्नुभएको पलिश्‍ती गोल्‍यतको तरवार यहाँ छ। त्‍यो एपोदको पछाड़ि लुगामा बेहेरेर राखिएको छ। त्‍यो लैजाने इच्‍छा भए लैजानुहोस्‌। यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्‍यो जस्‍तो अरू तरवारै छैन। मलाई त्‍यही दिनुहोस्‌।”</verse>
				<verse number="10">त्‍यस दिन शाऊलबाट भागेर दाऊद आफ्‍नो बाटो लागे, र गातका राजा आकीशकहाँ गए।</verse>
				<verse number="11">तर आकीशका सेवकहरूले उनलाई भने, “देशका राजा दाऊद यिनी नै हुन्, जसको विषयमा नाच्‍दै तिनीहरूले यसो भनेर गाएका छन्‌: “‘शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे’।”</verse>
				<verse number="12">यी कुरा दाऊदले मनमा राखिछोड़े, र तिनी गातका राजा आकीशसित साह्रै डराए।</verse>
				<verse number="13">त्‍यसैकारण तिनले उनीहरूका सामुन्‍ने पागलपनको अभिनय गरे। उनीहरू सबैका सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दाह्रीमा राल चुहाउँदै तिनी बौलाहाजस्‍तो भए।</verse>
				<verse number="14">आकीशले आफ्‍ना सेवकहरूलाई भने, “यो मानिस त बौलाहा पो रहेछ। त्‍यसलाई किन मकहाँ ल्‍याउँदछौ?</verse>
				<verse number="15">के मकहाँ बौलाहाहरूको अभाव छ, र तिमीहरू यसलाई मलाई सताउन ल्‍याउँदछौ? के यस्‍तालाई मैले मेरो घरमा राख्‍नु?”</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">दाऊद गातबाट भागेर अदुल्‍लामको ओड़ारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने तब तिनीहरू तिनीकहाँ आए।</verse>
				<verse number="2">कष्‍टमा परेका, ऋणमा परेका र असन्‍तुष्‍ट भएका मानिसहरू प्राय: चार सय जना तिनीकहाँ जम्‍मा भए, र तिनी तिनीहरूका अगुवा भए।</verse>
				<verse number="3">त्‍यहाँबाट दाऊद मोआबको मिस्‍पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरो निम्‍ति के गर्नुहुन्‍छ सो नजानुञ्‍जेल कृपा गरी मेरा माता-पितालाई तपाईंकहाँ शरण दिनुहोस्‌।”</verse>
				<verse number="4">तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोड़िराखे, र दाऊद आफ्‍नो गढ़ीमा रहुञ्‍जेल तिनीहरू त्‍यहीँ नै बसे।</verse>
				<verse number="5">तर अगमवक्ता गादले दाऊदलाई भने, “तपाईं गढ़ीमा नबस्‍नुहोस्‌। यहूदामा गइहाल्‍नुहोस्‌।” यसर्थ दाऊद हारेतको वनमा गए।</verse>
				<verse number="6">दाऊद र तिनका मानिसहरू देखा परेका खबर शाऊलले सुने। शाऊल गिबामा डाँड़ाको टाकुरामा भएको झ्‍याउको बोटमुनि हातमा भाला लिएर बसेका थिए। तिनका सबै अधिकारीहरू उनको चारैतिर उभिरहेका थिए।</verse>
				<verse number="7">शाऊलले आफ्‍ना मानिसहरूलाई भने, “हे बेन्‍यामीनी हो, मेरो कुरा ध्‍यान दिएर सुन। के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्‍छ, अथवा तिमीहरू सबैलाई हजार र सयका फौजका सेनापति बनाइदिन्‍छ भनी तिमीहरू आशा गर्दछौ?</verse>
				<verse number="8">के त्‍यसैकारण तिमीहरू सबैले मेरो विरुद्धमा षड्‌यन्‍त्र रचेका छौ? मेरो छोराले यिशैको छोरोसित मेल गरेको तिमीहरू कसैले मलाई बताएनौ! तिमीहरूमध्‍येको कसैले पनि मेरो ख्‍यालै गरेन, मेरै छोराले मेरो आफ्‍नै सेवकलाई मेरो विरुद्धमा सुर्‍याएर आज मेरो विरुद्ध ढुक्‍न लायो सो तिमीहरूले मलाई बताएनौ।”</verse>
				<verse number="9">तर शाऊलका अधिकारीहरूसँग उभिरहने एदोमी दोएगले भन्‍यो, “मैले यिशैका छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आइरहेका देखें।</verse>
				<verse number="10">अहीमेलेकले दाऊदको पक्षमा परमप्रभुसित सल्‍लाह मागे। त्‍यसपछि तिनले खानेकुरा र पलिश्‍ती गोल्‍यतको तरवार पनि दाऊदलाई दिए।”</verse>
				<verse number="11">तब शाऊलले नोबका पूजाहारी अहीमेलेक र नोबमा पूजाहारीका काम गर्ने तिनका सबै परिवारलाई बोलाउन लाए, र तिनीहरू सबै राजाका सामुन्‍ने आए।</verse>
				<verse number="12">शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तब तिनले उत्तर दिए, “हजूर, मेरा प्रभु।”</verse>
				<verse number="13">तब शाऊलले तिनलाई भने, “तिमी र यिशैको छोराले मेरो विरुद्धमा किन षड्‌यन्‍त्र रच्‍यौ? तिमीले त्‍यसलाई खानेकुरा र तरवार पनि दियौ, त्‍यसको पक्षमा परमेश्‍वरसित सल्‍लाह पनि माग्‍यौ। यसैले त्‍यो मेरो विरुद्धमा खड़ा भएको छ, र अहिले यस बेला मलाई ढुकिबसेको छ।”</verse>
				<verse number="14">अहीमेलेकले उत्तर दिए, “हजूरका सबै सेवकहरूमध्‍ये दाऊदजस्‍तै भरोसा गर्न योग्‍यका मानिस, राजाकै जुवाइँ, अङ्गरक्षकहरूका कप्‍तान, हजूरका घरानामा एक आदरणीय स्‍थान पाएका दाऊदजस्‍ता अरू को छन्‌ र?</verse>
				<verse number="15">यस्‍तो अवसरमा तिनको पक्षमा परमेश्‍वरसित सल्‍लाह मैले लिएको के यो पहिलो पटक हो? यस्‍तो कुरा मबाट टाढ़ा रहोस्‌। मेरो आशा छ कि महाराजाले मलाई अथवा मेरा परिवारलाई दोष लाउनुहुनेछैन। किनभने मैले यो मामिला केही पनि बुझेको छैनँ।”</verse>
				<verse number="16">तर राजाले भने, “अहीमेलेक, तिमी मारिनैपर्छ। तिमी र तिम्रा सबै परिवार।”</verse>
				<verse number="17">तब शाऊलले आफ्‍नै छेउमा उभिरहने रक्षकहरूतिर फर्केर भने, “गएर परमप्रभुका पूजाहारीहरूलाई मार। किनभने तिनीहरूले दाऊदसित मतियारी गरेका छन्‌। त्‍यो एउटा भगुवा हो भनी जानेर पनि तिनीहरूले मलाई थाहा दिएनन्‌।” तर राजाका सेवकहरू परमप्रभुका पूजाहारीहरूमाथि हात उठाउन राजी भएनन्‌।</verse>
				<verse number="18">यसैले राजाले एदोमी दोएगलाई भने, “ए दोएग, गएर पूजाहारीहरूलाई मार्‌।” तब एदोमी दोएगले गएर पूजाहारीहरूलाई मार्‍यो, र त्‍यस दिन त्‍यसले पचासी जना एपोद लाउने मानिसहरूलाई आफ्नै हातले मार्‍यो।</verse>
				<verse number="19">अनि त्‍यसले पूजाहारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्‍यो— पुरुष, स्‍त्री, केटाकेटी, दूध खाने बालक, गाई-गोरु, गधा, र भेड़ाबाख्रा सबै मार्‍यो।</verse>
				<verse number="20">अहीमेलेकका अबियाथार नाउँ भएका एक जना छोराचाहिँ भागेर दाऊदकहाँ गए।</verse>
				<verse number="21">शाऊलले कसरी परमप्रभुका पूजाहारीहरूलाई मारे सो कुरा तिनले दाऊदलाई बताइदिए।</verse>
				<verse number="22">तब दाऊदले तिनलाई भने, “त्‍यस दिन एदोमी दोएग त्‍यहाँ थियो, र त्‍यसले शाऊललाई भन्‍ला भन्‍ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्‍युको कारण मै भएँ।</verse>
				<verse number="23">तिमी यहाँ मसँग बस, नडराऊ। तिम्रो प्राण लिन खोज्‍नेले मेरो पनि प्राण लिन खोजेको छ। तिमी मसँग सुरक्षित रहनेछौ।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">पलिश्‍तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्‍नका खला लुटिरहेका थिए।</verse>
				<verse number="2">जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्‍लाह मागे, “म गएर ती पलिश्‍तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “गएर उनीहरूलाई आक्रमण गर्, र कीलाहलाई मुक्त गर्‌।”</verse>
				<verse number="3">तर दाऊदका मानिसहरूले तिनलाई भने, “यसै त यहाँ हामीलाई यहूदामा डर छ, झन्‌ कीलाहमा पलिश्‍ती फौजहरूका विरुद्धमा चढ़ाई गर्‍यौं भने हाम्रो के गति हुन्‍छ?”</verse>
				<verse number="4">दाऊदले फेरि एक पल्‍ट परमप्रभुको सल्‍लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="5">यसैकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए, र पलिश्‍तीहरूसँग लड़ाइँ गरे। तिनीहरूले उनीहरूका गाई-गोरुहरू लगे, उनीहरूको ठूलो संहार गरे, र कीलाहका बासिन्‍दाहरूलाई मुक्त गरे।</verse>
				<verse number="6">(अहीमेलेकका छोरा अबियाथार कीलाहमा दाऊदकहाँ भागेको बेलामा एपोद आफ्‍नो साथ लिएर आएका थिए।)</verse>
				<verse number="7">दाऊद कीलाहमा गएका छन्‌ भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्‍वरले त्‍यसलाई मेरो हातमा सुम्‍पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्‍यसले आफूलाई बन्‍दी बनाएको छ।”</verse>
				<verse number="8">अनि शाऊलले आफ्‍ना सबै सैन्‍य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे।</verse>
				<verse number="9">तिनको विरुद्धमा गर्न लागेको षड्‌यन्‍त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्‍याउन अह्राए।</verse>
				<verse number="10">तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, शाऊल कीलाहमा आएर मेरो कारण त्‍यस सहरलाई नाश गर्ने विचार गर्दैछन्‌ भन्‍ने समाचार तपाईंको दासले सुनेको छ।</verse>
				<verse number="11">के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्‍पिदिनेछन्‌? मैले सुनेझैँ, के शाऊल आउनेछन्‌? परमप्रभु इस्राएलका परमेश्‍वर, बिन्‍ती छ, आफ्‍नो दासलाई बताइदिनुहोस्‌।” परमप्रभुले जवाफ दिनुभयो, “अवश्‍य, त्‍यो आउनेछ।”</verse>
				<verse number="12">फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्‍पिदिनेछन्‌?” परमप्रभुले जवाफ दिनुभयो, “अवश्‍य, तिनीहरूले त्‍यसै गर्नेछन्‌।”</verse>
				<verse number="13">यसकारण दाऊदले आफ्‍ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्‍न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्‍यो तब उनी त्‍यहाँ अगि बढ़ेनन्‌।</verse>
				<verse number="14">दाऊद उजाड़-स्‍थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्‍दथे। तर परमेश्‍वरले दाऊदलाई उनको हातमा सुम्‍पिदिनुभएन।</verse>
				<verse number="15">जब दाऊद जीपको मरुभूमिको होरेशमा थिए, शाऊलले तिनको प्राण लिन निस्‍केर आएका छन्‌ भनी तिनले थाहा पाए।</verse>
				<verse number="16">तब शाऊलका छोरा जोनाथन त्‍यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्‍वरमा बल पाउन उत्‍साह दिए।</verse>
				<verse number="17">उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।”</verse>
				<verse number="18">ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्‍यसपछि जोनाथनचाहिँ आफ्‍नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे।</verse>
				<verse number="19">जब शाऊल गिबामा थिए, तब जीपीहरूले यो समाचार उनीकहाँ ल्याए, “हामी सुन्‍दछौं कि दाऊद यशीमोनको दक्षिणतिरका हकीलाको पहाड़मा भएको होरेशका गढ़ीहरूमा लुकिरहेका छन्‌।</verse>
				<verse number="20">अब हजूरलाई जहिले इच्‍छा लाग्‍छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्‍पिदिने जिम्‍मा हाम्रो हुनेछ।”</verse>
				<verse number="21">शाऊलले भने, “परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, किनभने तिमीहरूलाई मेरो चासो छ।</verse>
				<verse number="22">अब गएर अरू तयारी गर, र त्‍यो कहाँ छ र कसले त्‍यसलाई देख्‍यो सो ठीक पत्ता लगाओ। त्‍यो धूर्त छ अरे।</verse>
				<verse number="23">त्‍यो कुनचाहिँ लुक्‍ने ठाउँमा छ सो पत्ता लगाओ, र निश्‍चित खबर लिएर मकहाँ आओ। तब म तिमीहरूसँग जानेछु। त्‍यो यस देशमा रहुञ्‍जेल यहूदाको खलकहरूको एक-एककहाँ जानुपरेता पनि म त्‍यसलाई खोजेर निकाल्‍नेछु।”</verse>
				<verse number="24">उनीहरू ढिलो नगरी शाऊलभन्‍दा अगि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरका अराबाको माओनको मरुभूमिमा थिए।</verse>
				<verse number="25">शाऊल र उनका मानिसहरूले खोज्‍न थाले, र जब दाऊदले यो कुरो थाहा पाए तब पहरातिर गए र यशीमोनको दक्षिणपट्टि माओनको मरुभूमिमा रहन लागे। जब शाऊलले यो थाहा पाए, उनी दाऊदको खोजीमा माओनको उजाड़ ठाउँतिर लागे।</verse>
				<verse number="26">शाऊल डाँड़ाको उतापट्टि अनि दाऊद र तिनका मानिसहरू यतापट्टि भए। दाऊद र तिनका मानिसहरू भाग्‍नलाई भरसक कोशिश गरिरहेका थिए। जब शाऊल र उनका पछि लागेकाहरूचाहिँ तिनलाई पक्रनलाई नजिक-नजिक आए,</verse>
				<verse number="27">तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्‍यायो, “झट्टै आउनुहोस्‌। किनकि पलिश्‍तीहरूले देशलाई लूटपीट गर्दैछन्‌।”</verse>
				<verse number="28">यसैले शाऊल दाऊदलाई खेद्‌न छोड़ेर पलिश्‍तीहरूको सामना गर्नलाई फर्के। यसैकारण त्‍यस ठाउँलाई सेलाहामालेकोथ भन्‍दछन्‌।</verse>
				<verse number="29">त्‍यहाँबाट दाऊद उक्‍लेर एन-गदीका गढ़ीहरूमा बस्‍न लागे।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">जब शाऊल पलिश्‍तीहरूलाई खेदेर फर्के, तब दाऊद एन-गदीको मरुभूमिमा छन्‌ भनी उनले थाहा पाए।</verse>
				<verse number="2">यसकारण उनी जम्‍मै इस्राएलबाट चुनिएका तीन हजार मानिस लिएर दाऊद र तिनका मानिसहरूलाई खोज्‍न घोरल-पहराको नजिक हिँड़े।</verse>
				<verse number="3">त्‍यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्‍यसैको पल्‍लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्‍यस गुफामा आएर दिसा बस्‍नलाई भित्र पसे।</verse>
				<verse number="4">दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्‍पिदिनुहुन्छ, र हजूरलाई जे इच्‍छा लाग्‍छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्‍तार गएर शाऊलको खास्‍टोको एक छेउ काटे।</verse>
				<verse number="5">तर तिनले उनका खास्‍टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो।</verse>
				<verse number="6">दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “मैले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ।”</verse>
				<verse number="7">यसैले दाऊदले आफ्‍ना मानिसहरूलाई हप्‍काए, र राजामाथि केही हानि गर्न दिएनन्‌। शाऊल उठेर गुफा छोड़ी आफ्‍नो बाटो लागे।</verse>
				<verse number="8">तब दाऊद गुफाबाट बाहिर निस्‍के, र शाऊललाई भने, “हे मेरा प्रभु महाराजा।” जब शाऊलले पछि फर्केर हेरे, तब भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर</verse>
				<verse number="9">दाऊदले भने, “दाऊदले हजूरको हानि गर्न चाहन्‍छ भनी मानिसहरूले भन्‍दा हजूर किन उनीहरूको कुरा सुन्‍नुहुन्‍छ?</verse>
				<verse number="10">आज हजूरले नै देख्‍नुभयो कि गुफाभित्र परमप्रभुले हजूरलाई मेरो हातमा सुम्‍पिदिनुभएको थियो। कतिले हजूरलाई मार्न दबाउ दिएका थिए, तर मैले हजूरलाई छोड़िदिएँ, र भने, ‘म मेरो हात मेरा मालिकको विरुद्धमा उठाउन सक्‍दिनँ, किनभने उहाँ त परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ’।</verse>
				<verse number="11">हेर्नुहोस्, मेरा पिता, मेरो हातमा भएको यो तपाईंका लुगाको टुक्रा हेर्नुहोस्‌! मैले त्‍यो काटें, तर हजूरलाई मारिनँ। यसबाट थाहा होस्‌ कि हजूरको विरुद्ध उपद्रव गर्न अथवा धोखाबाजी गर्न मैले चिताएको छैनँ। मैले हजूरको केही खराबी गरेको छैनँ, तापनि हजूरले त मेरो प्राण लिन मलाई खेद्‌नुहुन्‍छ।</verse>
				<verse number="12">परमप्रभुले हाम्रा बीचमा न्‍याय गरिदेऊन्। उहाँले मेरो खातिर हजूरसँग बदला लिऊन्‌। तर म त हजूरको विरुद्धमा मेरो हात कहिल्‍यै उठाउनेछैनँ।</verse>
				<verse number="13">उहिलेको आहानै छ, ‘खराबीले खराबी जन्‍माउँछ’। यसकारण म मेरो हात हजूरको विरुद्धमा कहिल्‍यै उठाउनेछैनँ।</verse>
				<verse number="14">“इस्राएलका राजा कसको विरुद्धमा निस्‍केर आउनुभएको छ? हजूर कसलाई खेद्‌दैहुनुहुन्‍छ? एउटा मरेको कुकुर, केवल एउटा उपियाँलाई होइन र?</verse>
				<verse number="15">परमप्रभु नै हाम्रा न्‍यायकर्ता हुनुहुन्‍छ, र उहाँले हाम्रा बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु, परमप्रभुले हेर-विचार गरिदेऊन्। मेरो निम्‍ति परमप्रभुले नै इन्‍साफ गरेर तपाईंको हातबाट मलाई मुक्त गरिदेऊन्।”</verse>
				<verse number="16">जब दाऊद बोलिसके, तब शाऊलले भने, “के त्‍यो तिमी नै हौ, मेरा छोरा दाऊद?” अनि उनी रोए।</verse>
				<verse number="17">तब उनले भने, “तिमी मभन्‍दा धर्मी मानिस रहेछौ। तिमीले मप्रति असल व्‍यवहार देखायौ, तर मैले चाहिँ तिमीप्रति खराब व्‍यवहार देखाएको छु।</verse>
				<verse number="18">तिमीले भर्खरै मप्रति गरेको भलाइको विषयमा भन्‍यौ। परमप्रभुले मलाई तिम्रो हातमा सुम्‍पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।</verse>
				<verse number="19">कुनै मानिसले आफ्‍नो शत्रुलाई फेला पारेर त्‍यसलाई कुशलसाथ जान दिन्‍छ र? यसैकारण आजको दिन तिमीले ममाथि गरेको काममा परमप्रभुले तिमीलाई असल इनाम देऊन्।</verse>
				<verse number="20">अब मलाई यो थाहा भयो कि तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलका राज्‍यले तिम्रो शासनमा उन्‍नति गर्नेछ।</verse>
				<verse number="21">यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्‍तानलाई तिमी खतम गर्नेछैनौ, र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिनेछैनौ।”</verse>
				<verse number="22">दाऊदले शाऊलसँग शपथ खाए, र शाऊल आफ्‍नो घर फर्के। दाऊद र तिनका मानिसहरूचाहिँ आफ्‍नो गढ़ीमा गए।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">शमूएलको मृत्‍यु भयो, र सारा इस्राएल तिनको निम्‍ति विलाप गर्नलाई आए, अनि तिनी रामामा आफ्‍नै घरमा गाड़िए। त्‍यसपछि दाऊद माओनको मरुभूमिमा झरे।</verse>
				<verse number="2">माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्‍पत्ति थियो। त्‍यो निकै धनी थियो। त्‍यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्‍यसले कर्मेलमा आफ्‍ना भेड़ाको ऊन कत्रँदैथियो।</verse>
				<verse number="3">त्‍यसको नाउँ नाबाल थियो, र त्‍यसकी पत्‍नीको नाउँ अबीगेल थियो। अबीगेल सुन्‍दरी र बुद्धिमती स्‍त्री थिइन्‌। तर तिनको पतिचाहिँ कालेबका वंशको एक खस्रो र नीच स्‍वभाव भएको मानिस थियो।</verse>
				<verse number="4">नाबालले आफ्‍ना भेड़ाहरूको ऊन कत्रँदैछ भन्‍ने कुरो दाऊदले मरुभूमिमा सुने।</verse>
				<verse number="5">तिनले आफ्‍ना दश जना मानिसहरूलाई यसो भनेर पठाए, “कर्मेलमा जाओ, र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देओ।</verse>
				<verse number="6">तिमीहरूले उनलाई भन, “तपाईं, तपाईंका परिवारलाई र तपाईंसँग भएका सबैसित शान्‍ति होस्‌। तपाईं आफ्‍ना भेड़ाहरूको ऊन कत्रँदैहुनुहुन्‍छ भन्‍ने कुरा मैले सुनें।</verse>
				<verse number="7">“‘तपाईंका गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौं। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन।</verse>
				<verse number="8">तपाईंका आफ्‍ना मानिसहरूलाई सोध्‍नुहोस्, र उनीहरूले तपाईंलाई सबै कुरा भन्‍नेछन्‌। कृपया मेरा मानिसहरूलाई दयापूर्वक ग्रहण गर्नुहोस्, किनभने आजको दिन शुभ दिन छ, र तपाईंका दासहरू र तपाईंको छोरा दाऊदलाई जे दिन सक्‍नुहुन्‍छ दिनुहोस्‌’।”</verse>
				<verse number="9">दाऊदका जवानहरू आएर दाऊदको नाउँमा नाबाललाई यो समाचार दिए। त्‍यसपछि तिनीहरूले पर्खे।</verse>
				<verse number="10">नाबालले दाऊदका जवानहरूलाई यो उत्तर दियो, “दाऊद को हो? यो यिशैको छोरो को हो? हिजोआज धेरै कमाराहरू आफ्‍ना मालिकदेखि भागेर जान्‍छन्‌।</verse>
				<verse number="11">मेरो खानेकुरा, मेरो दाखमद्य र मेरा ऊन कत्रनेहरूका लागि जुटाएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु?”</verse>
				<verse number="12">दाऊदका मानिसहरू फर्केर आफ्‍नो बाटो लागे, र दाऊदलाई यी सब कुरा बताइदिए।</verse>
				<verse number="13">दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “सबैले आ-आफ्‍नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्‍नो तरवार भिरे, र दाऊदले पनि आफ्‍नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे।</verse>
				<verse number="14">नाबालको कुनै एक जना सेवकले नाबालकी पत्‍नी अबीगेललाई भन्‍यो, “दाऊदले मरुभूमिबाट हाम्रा मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो।</verse>
				<verse number="15">तर ती मानिसहरूले हामीलाई राम्रो व्‍यवहार देखाएका थिए, र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चीज हराएनौं।</verse>
				<verse number="16">जब हामी आफ्‍ना भेड़ाहरू चराउन जान्‍थ्‍यौं, तब तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्‍तै थिए।</verse>
				<verse number="17">अब तपाईंले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रा मालिक र उहाँका सबै परिवारमाथि निश्‍चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्‍ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन।”</verse>
				<verse number="18">यसैले झट्टै दुई सय रोटी, दुई मशक दाखमद्य, काटकुट पारी बनाएका पाँच वटा भेड़ा, आठ पाथी चिउरा, एक सय झुप्‍पा किशमिश, र सुकाएका नेभाराका दुई सय डल्‍ला अबीगेलले लिएर गधाहरूमा ती लदाइन्‌।</verse>
				<verse number="19">तब तिनले आफ्‍ना नोकरहरूलाई भनिन्, “तिमीहरू अगिअगि जाओ, म तिमीहरूका पछि आउनेछु।” तर आफ्‍ना पतिलाई तिनले यस विषयमा केही भनिनन्‌।</verse>
				<verse number="20">जब तिनी गधामा चढ़ेर डाँड़ा बीचको बाटो भएर गइरहेकी थिइन्, तब दाऊद र उनका मानिसहरू तिनीतर्फ तलतिर झर्दैथिए, र अबीगेलले तिनीहरूलाई भेटिन्‌।</verse>
				<verse number="21">दाऊदले भर्खरै भनेका थिए, “मरुभूमिमा केही पनि नहराउने गरी यति राम्रोसँग यस मानिसका धन-सम्‍पत्तिको रक्षा गरिदिनु त व्‍यर्थ भयो। त्‍यसले भलाइको साटो मलाई खराबी गर्‍यो।</verse>
				<verse number="22">भोलि बिहानसम्‍ममा त्‍यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने, परमेश्‍वरले मलाई त्‍यसै गरून्‌ अथवा त्‍यसभन्‍दा पनि बढ़ी गरून्‌।”</verse>
				<verse number="23">जब अबीगेलले दाऊदलाई देखिन्‌ तब तिनी हतार-हतार आफ्‍नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्‍ने घोप्‍टो परी भूइँसम्‍मै निहुरेर</verse>
				<verse number="24">तिनको खुट्टामा दण्‍डवत्‌ गरी भनिन्, “हे मेरा प्रभु, दोष मैमाथि नै परोस्‌। हजूरको विनम्र दासीलाई बोल्‍ने अनुमति दिनुहोस्‌। मेरा प्रभुले मेरा कुरा सुन्‍नुहोस्‌।</verse>
				<verse number="25">हजूरले त्‍यस दुष्‍ट मानिसको ख्‍याल नगर्नुहोस्‌। जस्‍तो त्‍यसको नाउँ नाबाल छ, त्‍यो त्‍यस्‍तै छ। त्‍यसको नाउँ ‘मूर्ख’ हो, र त्‍यसको बेहोरा पनि मूर्खको जस्‍तो छ। हजूरले पठाउनुभएका मानिसहरूलाई मैले देखिनँ, हजूर।</verse>
				<verse number="26">“अब रक्तपात गर्नु र बदला लिनुबाट हजूरलाई परमप्रभुले रोक्‍नुभएको छ। जीवित परमप्रभुको नाउँमा र हजूरका जीवनको शपथ खाएर म भन्‍दछु, हजूरका शत्रुहरू र हजूरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्‍तो होस्‌।</verse>
				<verse number="27">म हजूरकी विनम्र दासीले ल्‍याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्‍यो दिनुहोस्‌।</verse>
				<verse number="28">हे मेरा मालिक, धृष्‍टता गरेकोमा हजूरकी दासीलाई क्षमा गर्नुहोला। परमप्रभुले हजूरको वंशलाई सदासर्वदै स्‍थिर गर्नुहुनेछ, किनभने हजूरले परमेश्‍वरकै युद्धहरू गर्नुहुन्‍छ। हजूरको जीवनकालभरि हजूरमा कुनै किसिमको खराबी नपाइओस्‌।</verse>
				<verse number="29">यदि कुनै मानिसले हजूरलाई खेद्‌न र हजूरको प्राण लिन खोज्‍यो भने परमप्रभु हजूरका परमेश्‍वरले हजूरको प्राणलाई सुरक्षित राखेर जीवितहरूमध्‍ये राख्‍नुहुनेछ। तर हजूरका शत्रुहरूका प्राणलाई चाहिँ उहाँले घुयेँत्रोमा राखेर हानेको ढुङ्गाजस्‍तै फ्‍याँक्‍नुहुनेछ।</verse>
				<verse number="30">जब परमप्रभुले हजूरलाई दिनुभएका सबै प्रतिज्ञा पूरा गरीकन इस्राएलका शासक बनाउनुहुनेछ,</verse>
				<verse number="31">तब हजूरले निर्दोष रगत बगाउनुभएको र आफ्‍नो बदला लिनुभएको कारण हजूरको निम्‍ति पछितो लाग्‍ने अथवा गह्रौँ बोझ हुने केही कारण हुनेछैन। त्‍यस बेला जब परमप्रभुले हजूरको उन्‍नति गर्नुहुनेछ, तब म, हजूरकी दासीलाई पनि सम्‍झनुहोला।”</verse>
				<verse number="32">तब दाऊदले अबीगेललाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो।</verse>
				<verse number="33">तिम्रो बुद्धि धन्‍यको हो, तिमी धन्‍यकी हौ, किनभने आज तिमीले मलाई हत्‍या र प्रतिशोधको दोषदेखि जोगायौ।</verse>
				<verse number="34">किनकि तिम्रो हानि गर्नदेखि जोगाउनुहुने परमप्रभु इस्राएलका परमेश्‍वरकै नाउँको शपथ खाएर म भन्‍दछु कि यदि तिमी मलाई भेट्‌न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्‍म जीवित रहनेथिएन।”</verse>
				<verse number="35">तब दाऊदले अबीगेलले तिनको निम्‍ति ल्‍याएका कोसेली ग्रहण गरे, र भने, “शान्‍तिसित घर फर्क। मैले तिम्रो कुरा सुनें, र तिम्रो बिन्‍ती मन्‍जूर गरें।”</verse>
				<verse number="36">अबीगेल फर्केर आएपछि तिनले नाबालले आफ्‍नो घरमा राजाले दिने योग्‍यको ठूलो भोज आयोजना गरेको देखिन्‌। नाबाल खुशी भएर मद्यले खूब लट्ठ भएको थियो। त्‍यो यति साह्रो लट्ठ थियो कि त्‍यसकी पत्‍नीले त्‍यसलाई बिहानसम्‍म केही पनि सुनाइनन्‌।</verse>
				<verse number="37">बिहानै मद्यको नशाले छोड़ेपछि तिनले त्‍यसलाई सबै कुरा बताइन्, अनि झट्टै त्‍यसको हृदयले काम गर्न छाड्यो, र त्‍यो पत्‍थरझैँ भयो।</verse>
				<verse number="38">दश दिनपछि परमप्रभुले त्‍यसलाई प्रहार गर्नुभयो, र त्‍यो मर्‍यो।</verse>
				<verse number="39">जब दाऊदले नाबाल मरेको कुरा सुने, तिनले भने, “त्‍यसले गरेको बेइज्‍जतको निम्‍ति नाबाललाई दण्‍ड दिनुहुने र उहाँको दास, मलाई खराबी गर्नदेखि जोगाउनुहुने परमप्रभुको प्रशंसा होस्‌। नाबालले गरेको खराबी त्‍यसको आफ्‍नै टाउकोमा परमप्रभुले खन्‍याउनुभएको छ।” तब दाऊदले अबीगेललाई तिनकी पत्‍नी हुनलाई प्रस्‍ताव पठाए।</verse>
				<verse number="40">दाऊदका सेवकहरू कर्मेलमा अबीगेलकहाँ गएर तिनलाई भने, “तपाईंलाई आफ्‍नी पत्‍नी तुल्‍याउनलाई दाऊदले हामीलाई लिएर आउनू भनी पठाउनुभएको छ।”</verse>
				<verse number="41">तिनी उठिन्, र भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर भनिन्, “म उहाँको आज्ञापालन गर्ने र मेरा हजूरका सेवकहरूका खुट्टा धुने उहाँकी दासी हुँ।”</verse>
				<verse number="42">तब अबीगेल हतार-हतार तयार भइन्, र आफ्‍ना पाँच जना सहेलीहरूसँग गधामा चढ़ेर समाचार ल्‍याउने दाऊदका मानिसहरूका साथमा गइन्, र दाऊदकी पत्‍नी भइन्‌।</verse>
				<verse number="43">दाऊदले यिजरेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्‍त्रीहरू तिनका पत्‍नी भए।</verse>
				<verse number="44">यसै बीचमा शाऊलले आफ्‍नी छोरी दाऊदकी पत्‍नी मीकललाई चाहिँ गल्‍लीमका लेशको छोरा पल्‍तिएललाई दिइहालेका थिए।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">जीपीहरू गिबामा शाऊलकहाँ गएर यशीमोनतिर फर्केको हकीलाको पहाड़मा दाऊद लुकेका छन्‌ भनी सुनाइदिए।</verse>
				<verse number="2">यसकारण दाऊदलाई त्‍यहाँ खोज्‍न भनी शाऊल तीन हजार चुनेका मानिसहरू आफ्‍नो साथमा लिएर झट्टै जीपको मरुभूमिमा झरे।</verse>
				<verse number="3">यशीमोनतिर फर्केको हकीलाको पहाड़का छेउको बाटैमा उनले आफ्‍नो छाउनी हाले। तर दाऊदचाहिँ मरुभूमिमा नै बसे। शाऊल तिनलाई मरुभूमिमा खेद्‌नलाई आएका छन्‌ भनी सुन्‍ने बित्तिकै,</verse>
				<verse number="4">दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन्‌ भनी पत्ता लगाए।</verse>
				<verse number="5">कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्‍नो फौजका चारैतिरको छाउनी बनाएर पङ्‌क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए।</verse>
				<verse number="6">दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्‍छ?” अबीशैले जवाफ दिए “म जानेछु।”</verse>
				<verse number="7">दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्‌क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए।</verse>
				<verse number="8">अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्‍पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्‌। मैले दुई खेप हिर्काउनैपर्दैन।”</verse>
				<verse number="9">तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्‍छ?”</verse>
				<verse number="10">दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन्‌ अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्‌।</verse>
				<verse number="11">तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्‌। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।”</verse>
				<verse number="12">तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्‍यूँझेन। परमप्रभुबाट पठाइएको मस्‍त निद्रामा उनीहरू सुतिरहेका थिए।</verse>
				<verse number="13">तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो।</verse>
				<verse number="14">दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”</verse>
				<verse number="15">दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्‍तै अरू कोही छन्‌? तिमीले किन आफ्‍ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो।</verse>
				<verse number="16">यो त ठीक भएन। जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ, किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको रक्षा गरेनौ। हेर त, उहाँको सिरानका छेउको भाला र पानीको सुराही खोइ?”</verse>
				<verse number="17">शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?” दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।”</verse>
				<verse number="18">मेरा प्रभुले उहाँको दासको खेदो किन गर्नुहुन्‍छ? मैले के गरेको छु र? कुन खराबीको म दोषी भएको छु र?</verse>
				<verse number="19">हे मेरा प्रभु महाराजा, मैले जे भन्‍नु छ सो ध्‍यान दिएर सुन्‍नुहोस्‌। यदि परमप्रभुले नै हजूरलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको हो भनेता एउटा भेटी उहाँलाई ग्रहणयोग्‍य होस्‌। तर यदि मानिसहरूले गरेको हो भने परमप्रभुको सामुन्‍ने तिनीहरूमाथि सराप परोस्‌। किनभने आज ‘त्‍यसले अरू देवताहरूको सेवा गरोस्‌’ भनी तिनीहरूले परमप्रभुका अधिकारको भागबाट मलाई निकालिदिएका छन्, र</verse>
				<verse number="20">परमप्रभुको सामुन्‍नेबाट टाढ़ामा मेरो रगत बग्‍न नदिनुहोस्‌। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्‍न निस्‍केर आउनुभएको छ।”</verse>
				<verse number="21">तब शाऊलले जवाफ दिए, “मैले पाप गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्‍य ठान्‍यौ, अब फेरि कहिल्‍यै म तिम्रो हानि गर्नेछैनँ। म मूर्ख भएँ, मैले साह्रै ठूलो भूल गरें।”</verse>
				<verse number="22">दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्‍यो लैजाओस्‌।</verse>
				<verse number="23">परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें।</verse>
				<verse number="24">जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्‍य सम्‍झें, त्‍यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्‍य सम्‍झून्, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्‌।”</verse>
				<verse number="25">तब शाऊलले दाऊदलाई भने, “हे मेरा छोरा दाऊद, आशिष्‌ तिमीमाथि परोस्‌। तिमीले ठूला-ठूला कामहरू गर्नेछौ, र तिमी विजयी हुनेछौ।” तब दाऊद आफ्‍नो बाटो लागे, र शाऊलचाहिँ घर फर्के।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">दाऊदले यस्‍तो विचार गरे, “एक न एक दिन त शाऊलले मलाई मार्नेछन्‌। यसकारण पलिश्‍तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला। तब इस्राएलको कुनै पनि ठाउँमा खोज्‍न शाऊलले छोड्‌नेछन्, र म उनको पन्‍जाबाट उम्‍कनेछु।”</verse>
				<verse number="2">यसैले दाऊद र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए।</verse>
				<verse number="3">दाऊदले आफूसँग आफ्‍ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्‍नी, अर्थात्‌ यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्‍न लागे।</verse>
				<verse number="4">दाऊद गातमा भागेर गएका छन्‌ भनी जब शाऊललाई सुनाइयो, उनले दाऊदलाई खोज्‍न छोड़िदिए।</verse>
				<verse number="5">दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्‌। म किन तपाईं महाराजासित राजधानीमा बस्‍नू?”</verse>
				<verse number="6">यसकारण आकीशले त्‍यस दिन तिनलाई सिक्‍लग दिए, त्‍यो अझै पनि यहूदाका राजाहरूको भएको छ।</verse>
				<verse number="7">दाऊद पलिश्‍तीहरूको देशमा एक वर्ष चार महिनासम्‍म बसे।</verse>
				<verse number="8">दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्‍कन्‍थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्‍मैका बासिन्‍दा भएर बसेका थिए।)</verse>
				<verse number="9">जब दाऊदले कुनै देश लूटपीट गर्थे तब तिनले पुरुष अथवा स्‍त्री कसैलाई पनि जीवित राख्‍दैनथे। तिनले भेड़ाबाख्रा र गाई-गोरुका बथान, गधा र ऊँट र लुगाफाटाहरू पनि लगेर फेरि आकीशकहाँ फर्केर आउँथे।</verse>
				<verse number="10">आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपीट गर्‍यौ?” भनी सोध्‍थे। तिनी भन्‍थे, “यहूदाको नेगेव देशमा” अथवा “यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।”</verse>
				<verse number="11">दाऊदले कुनै पुरुष वा स्‍त्रीलाई जिउँदै गातमा ल्‍याउँदैनथे, किनभने तिनले यस्‍तो विचार गर्थे कि उनीहरूले “दाऊदले यस्‍तो गरेका छन्‌” भनी खबर दिन्‍छन्‌ होला। पलिश्‍तीहरूसँग बसुञ्‍जेल तिनको चाल यस्‍तै थियो।</verse>
				<verse number="12">“आफ्‍ना जाति इस्राएलीहरूमा खराब नाउँ कमाएकोले दाऊद आफ्‍नो जीवनभरि नै मेरो सेवक भएर बस्‍नेछ” भनी आकीशले दाऊदमाथि विश्‍वास गरेका थिए।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">त्‍यस बेला पलिश्‍तीहरूले इस्राएलमाथि हमला गर्नलाई आफ्‍नो सेना भेला गरे। आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँग रणभूमिमा जानुपर्छ भन्‍ने तिमीलाई थाहै होला।”</verse>
				<verse number="2">दाऊदले आकीशलाई उत्तर दिए, “बेस, तपाईंको दासले के गर्न सक्‍छ तपाईंले जान्‍नुहुनेछ।” तब आकीशले दाऊदलाई भने, “म तिमीलाई जीवनभरि नै मेरो अङ्गरक्षक तुल्‍याउनेछु।”</verse>
				<verse number="3">अब शमूएल मरिसकेका थिए, र सब इस्राएलले तिनको निम्‍ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाड़ेका थिए। शाऊलले भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिसकेका थिए।</verse>
				<verse number="4">पलिश्‍तीहरूले आफ्‍नो सेना युद्धको निम्‍ति भेला गरेर शूनेममा छाउनी हालेका थिए। शाऊलले सारा इस्राएलीहरूलाई जम्‍मा गरेर गिल्‍बोमा छाउनी हालेका थिए।</verse>
				<verse number="5">जब शाऊलले पलिश्‍तीको फौजलाई देखे, तब उनी साह्रै भयभीत भए।</verse>
				<verse number="6">उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाई जवाफ दिनुभयो।</verse>
				<verse number="7">यसैले उनले आफ्‍ना सेवकहरूलाई भने, “मेरो निम्‍ति कुनै एउटी मन्‍त्रतन्‍त्र गर्ने स्‍त्रीलाई खोजिदेओ, र म त्‍यसकहाँ गएर सोधपूछ गर्नेछु।” एन्‍दोरमा त्‍यस्‍ती स्‍त्री छे भनी उनका सेवकहरूले उनलाई बताइदिए।</verse>
				<verse number="8">तब शाऊलले भिन्‍दै लुगा लाएर आफ्‍ना दुई जना मानिसहरूसँग गुप्‍त भेषमा राती त्‍यसकहाँ गए, र त्‍यसलाई भने, “प्रेत आत्‍मासित सोधेर मेरो भाग्‍य बताइदेऊ, र म जुन मानिसको नाउँ बताउँछु त्‍यसलाई बोलाइदेऊ।”</verse>
				<verse number="9">तर त्‍यस स्‍त्रीले जवाफ दिई, “शाऊलले के गर्नुभएको छ त्‍यो निश्‍चय तपाईंलाई थाहै होला। उहाँले भूतप्रेत खेलाउनेहरूलाई देशबाट हटाइदिनुभएको छ। जुन कुराले मेरो मृत्‍यु ल्‍याउनेछ त्‍यो गर्नलाई तपाईं मलाई किन कर लाउनुहुन्‍छ?”</verse>
				<verse number="10">शाऊलले शपथ खाएर त्‍यसलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपद्‌ आइपर्नेछैन।”</verse>
				<verse number="11">तब त्‍यस स्‍त्रीले सोधी, “कसलाई बोलाऊँ त?” शाऊलले जवाफ दिए, “शमूएललाई।”</verse>
				<verse number="12">जब शमूएल निस्‍केका त्‍यस स्‍त्रीले देखी तब त्‍यसले चिच्‍च्‍याएर शाऊललाई भनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नै हुनुहुँदोरहेछ।”</verse>
				<verse number="13">राजाले त्‍यसलाई भने, “नडराऊ। तिमी के देख्‍दैछ्यौ?” त्‍यस स्‍त्रीले जवाफ दिई, “जमिनबाट निस्‍केर आइरहेको एउटा प्रेत म देख्‍दैछु।”</verse>
				<verse number="14">उनले सोधे, “त्‍यो कस्‍तो छ?” त्‍यसले भनी, “खास्‍टो ओढ़ेको एउटा वृद्ध मानिस माथि निस्‍कँदैछ।” तब तिनी शमूएल नै हुन्‌ भनी शाऊललाई थाहा भयो। अनि उनले घोप्‍टो परेर साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।</verse>
				<verse number="15">शमूएलले शाऊललाई भने, “मेरो शान्‍तिलाई तिमीले किन भङ्ग गरेर मलाई माथि ल्‍यायौ?” शाऊलले जवाफ दिए, “म ठूलो सङ्कष्‍टमा परेको छु। पलिश्‍तीहरूले मलाई पेलिरहेका छन्, र परमेश्‍वरले मलाई त्‍याग्‍नुभएको छ। उहाँले न त अगमवक्ताद्वारा न दर्शनद्वारा मलाई जवाफ दिनुहुन्‍छ। के गर्नुपर्ने सो मलाई बताइदिनुहोस्‌ भनी मैले तपाईंलाई बोलाएको हुँ।”</verse>
				<verse number="16">शमूएलले भने, “परमप्रभुले तिमीलाई त्‍याग्‍नुभएको छ र उहाँ तिम्रो विरोधी हुनुभएको छ भने, तिमी किन मलाई सोधपूछ गर्छौ?</verse>
				<verse number="17">मद्वारा पहिले नै भन्‍नुभएको कुरा परमप्रभुले गर्नुभएको छ। उहाँले तिम्रो हातबाट राज्‍य खोसेर अर्को तिम्रो एउटा छिमेकी दाऊदलाई दिनुभएको छ।</verse>
				<verse number="18">तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्‍साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो।</verse>
				<verse number="19">त्‍यही कारण तिमी र तिम्रो प्रजा इस्राएललाई परमप्रभुले पलिश्‍तीहरूका हातमा पर्न दिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ। हो, साँच्‍ची नै परमप्रभुले इस्राएली सेनालाई पलिश्‍तीहरूका हातमा सुम्‍पिदिनुहुनेछ।”</verse>
				<verse number="20">शाऊल विचलित भए, र शमूएलका वचनले गर्दा उनी डरले भूइँमा लम्‍पसार परेर लोटे। दिनभरि र रातभरि पनि उनले केही नखाएकाले उनी शक्तिहीन भए।</verse>
				<verse number="21">तब त्‍यो स्‍त्री शाऊलकहाँ गई, र उनलाई साह्रै विचलित भएका देखेर त्‍यसले उनलाई भनी, “तपाईंले भन्‍नुभएको कुरा मैले मानें, र मैले मेरो प्राण तपाईंको निम्‍ति खतरामा हालें।</verse>
				<verse number="22">अब मेरो कुरा सुन्‍नुहोस्‌। तपाईंका यात्राको निम्‍ति तपाईं बल पाउनलाई म केही खानेकुरा टक्र्याउनेछु।”</verse>
				<verse number="23">तर शाऊलले खान इन्‍कार गरे। जब उनका सेवकहरूले पनि त्‍यस स्‍त्रीले भनेको कुरामा जोड़ गरे तब उनी सहमत भए, र भूइँबाट उठेर पलङ्गमा बसे।</verse>
				<verse number="24">त्‍यस स्‍त्रीको घरमा पालेको बाछा थियो। त्‍यसले त्‍यो झट्टै काटेर बनाई। त्‍यसले केही पीठो लिएर मुछी, र खमिर नहाली रोटी पकाई।</verse>
				<verse number="25">ती त्‍यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्‍यो खानेकुरो खाए, र त्‍यही रात उनीहरू बिदा भए।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">पलिश्‍तीहरूले अपेकमा आफ्‍ना सबै फौजहरू युद्धको निम्‍ति भेला गरे, र इस्राएलीहरूचाहिँ यिजरेलमा भएको पानीको मूलनेर छाउनी हाले।</verse>
				<verse number="2">पलिश्‍ती शासकहरूले सय-सय र हजार-हजारका पङ्‌क्तिमा आफ्‍ना फौजलाई अगि बढ़ाइरहेका थिए, अनि दाऊद र तिनका मानिसहरू आकीशसँग पछिल्‍लो पङ्‌क्तिमा थिए।</verse>
				<verse number="3">तब पलिश्‍तीका सेनापतिहरूले सोधे, “यी हिब्रूहरू किन आएका छन्‌?” आकीशले जवाफ दिए, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद हुन्, जो मसँग एक वर्षभन्‍दा ज्‍यादै रहेका छन्‌। तिनी मतर्फ लागेदेखि यसो मैले कुनै किसिमको दोष तिनमा भेट्टाएको छैनँ।”</verse>
				<verse number="4">तर पलिश्‍ती सेनापतिहरू क्रोधित भए, र आकीशलाई भने, “त्‍यस मानिसलाई तपाईंले दिनुभएको ठाउँमा पठाइदिनुहोस्‌। त्‍यसले हाम्रा साथ दिएर लड़ाइँ नगरोस्, नत्रता लड़ाइँमा त्‍यसले हामीलाई विश्‍वासघात गर्ला। हाम्रो प्राण लिएर आफ्‍नो मालिकको निगाह प्राप्‍त गर्न त्‍यसलाई यसभन्‍दा राम्रो मौका अरू के होला र?</verse>
				<verse number="5">के यो त त्‍यही दाऊद होइन र, जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए, शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे।</verse>
				<verse number="6">तब आकीशले दाऊदलाई बोलाइपठाए, र तिनलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि तिमी सोझा मानिस हौ, र मेरो सेनामा तिम्रो सेवाले म सन्‍तुष्‍ट छु। तिमी मसँग आएकादेखि यसो मैले तिमीमा कुनै दोष भेट्टाएको छैनँ, तर अरू शासकहरू तिमीलाई लिन राजी छैनन्‌।</verse>
				<verse number="7">यसकारण शान्‍तिसँग घर जाऊ, र तिनीहरूले खराब सम्‍झेको कुनै कुरा तिमीबाट नहोस्‌।”</verse>
				<verse number="8">दाऊदले भने, “मैले के गरेको छु? म तपाईंको सेवामा लागेको दिनदेखि आजसम्‍म तपाईंले ममा के खोट भेट्टाउनुभएको छ, र मैले मेरा प्रभु महाराजाका शत्रुहरूका विरुद्धमा लड़ाइँ गर्न नपाउने?”</verse>
				<verse number="9">आकीशले दाऊदलाई जवाफ दिए, “म यो कुरा मान्‍छु कि तिमी मप्रति परमेश्‍वरका दूतजस्‍तै सच्‍चा भएका छौ, तर तिमी तिनीहरूका साथमा लागेर लड़ाइँ गर्न जानुहुँदैन भनी पलिश्‍तीहरूका सेनापतिहरू जिद्दी गर्छन्‌।</verse>
				<verse number="10">यसकारण भोलि उज्‍यालो हुने बित्तिकै उठेर तिम्रो साथमा आएका तिम्रा मालिकका मानिसहरूसँग गइहाल।”</verse>
				<verse number="11">यसैले दाऊद र तिनका मानिसहरू पलिश्‍तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्‍तीहरू यिजरेलको बाटो लागे।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्‍लगमा पुगे। त्‍यस बेला अमालेकीहरूले नेगेव र सिक्‍लग लूटपीट गरेका थिए। सिक्‍लगमा आक्रमण गरेर उनीहरूले त्‍यसलाई आगो लगाइदिएका थिए।</verse>
				<verse number="2">उनीहरूले स्‍त्रीहरू र त्‍यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए।</verse>
				<verse number="3">जब दाऊद र तिनका मानिसहरू सिक्‍लगमा आइपुगे, तब तिनीहरूले सहरलाई आगोले भस्‍म पारेको र तिनीरूहका पत्‍नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे।</verse>
				<verse number="4">यसर्थ दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।</verse>
				<verse number="5">दाऊदका दुवै पत्‍नी, यिजरेल अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेल पनि कैदमा लगिएकाहरूमध्‍ये थिए।</verse>
				<verse number="6">आ-आफ्‍ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्‍ने धम्‍की दिन लागे। दाऊद अन्‍योलमा परे। तब दाऊदले परमप्रभु आफ्‍ना परमेश्‍वरबाट बल पाए।</verse>
				<verse number="7">तब दाऊदले अहीमेलेकका छोरा पूजाहारी अबियाथारलाई एपोद ल्‍याउने हुकुम गरे, र अबियाथारले त्‍यो ल्‍याए।</verse>
				<verse number="8">तब दाऊदले परमप्रभुलाई सोधे, “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ? के म उनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “उनीहरूलाई खेद्‌। तैंले उनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्‌।”</verse>
				<verse number="9">तब दाऊद र तिनका छ सय जना मानिसहरू हिँड़े, र बसोरको खोल्‍सोसम्‍म पुगे।</verse>
				<verse number="10">तिनीहरूमध्‍येका दुई सय जना, जो खोल्‍सा पार गर्नलाई साह्रै थाकेका थिए, पछि नै बसे। दाऊद चार सय जनालाई लिएर खेद्‌न लागे।</verse>
				<verse number="11">मैदानमा तिनीहरूले एक जना मिश्रीलाई भेट्टाए, र त्‍यसलाई दाऊदकहाँ ल्‍याए। तिनीहरूले त्‍यसलाई खानेकुरा र पानी दिए—</verse>
				<verse number="12">एक डल्‍लो नेभारा र दुई झुप्‍पा किशमिश। यी खाइसकेपछि त्‍यसको शक्ति आयो, किनभने त्‍यसले तीन दिन तीन रात केही खाएको-पिएको थिएन।</verse>
				<verse number="13">दाऊदले त्‍यसलाई सोधे, “तँ कसको होस्‌? तँ कहाँबाट आएको होस्‌?” त्‍यसले जवाफ दियो, “म एक मिश्री हुँ, एक जना अमालेकीको दास। तर म तीन दिन अघि बिरामी भएकोले मेरा मालिकले मलाई छोड़ेर गए।</verse>
				<verse number="14">हामीले यहूदाको केही भाग, कालेबको नेगेव र करेतीहरूको नेगेव लूटपीट गर्‍यौं, अनि सिक्‍लगलाई आगो लगाइदियौं।”</verse>
				<verse number="15">दाऊदले भने, “के तँ मलाई त्‍यस दलकहाँ बाटो देखाउन सक्‍छस्‌?” त्‍यसले जवाफ दियो, “तपाईं मलाई मार्नुहुन्‍न, अथवा मेरा मालिकको हातमा सुम्‍पिदिनुहुन्‍न भनी परमेश्‍वरको सामु शपथ खाएर मलाई भन्‍नुहोस्, र म तपाईंलाई बाटो देखाएर उनीहरूकहाँ पुर्‍याइदिनेछु।”</verse>
				<verse number="16">तब त्‍यसले बाटो देखाउँदै दाऊदलाई तल लग्‍यो। त्‍यहाँ अमालेकीहरू चारैतिर तितरबितर भएर खाँदै, पिउँदै र पलिश्‍ती र यहूदाका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए।</verse>
				<verse number="17">दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्‍म लड़ाइँ गरे। उनीहरूमध्‍ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे।</verse>
				<verse number="18">अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्‍नीहरूसमेत दाऊदले छुटाए।</verse>
				<verse number="19">साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्‍नै निम्‍ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्‍त गरे।</verse>
				<verse number="20">तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।”</verse>
				<verse number="21">तब दाऊद बसोरको खोल्‍सोमा बिसाउने ती दुई सय अघि थाकिसकेका मानिसहरूकहाँ आए। तिनीहरू तिनलाई र तिनका मानिसहरूलाई भेट्‌न आए। दाऊदले तिनीहरू सबैलाई अभिवादन गरे।</verse>
				<verse number="22">तर दाऊदसँग भएका कति जना दुष्‍ट र गोलमाल मच्‍चाउने मानिसहरूले बीचैमा कुरा काटी तिनलाई भने, “यी मानिसहरू हामीसँग गएनन्‌। हामीले फिर्ता ल्‍याएका लूटका मालबाट हामी तिनीहरूलाई केही पनि भाग लाउनेछैनौं, केवल तिनीहरूले आ-आफ्‍ना पत्‍नी र छोराछोरी लैजाऊन्‌।”</verse>
				<verse number="23">दाऊदले भने, “परमेश्‍वरले हामीलाई रक्षा गर्नुभयो, यी सब दिनुभयो, र दुश्‍मनहरूलाई हाम्रा हातमा दिनुभयो। अब उहाँले दिनुभएका चीजहरूसँग त्‍यसो गर्नेछैनौं।</verse>
				<verse number="24">तिनीहरूले गरेको प्रस्‍तावमा को सहमत हुन्‍छ? मालसामान हेर्न बसेकाहरूले लड़ाइँमा जानेहरूकै बराबर हिस्‍सा पाउनेछन्‌। सबैले बराबर हिस्‍सा पाउनेछन्‌।”</verse>
				<verse number="25">त्‍यस बेलादेखि उसो आजको दिनसम्‍म दाऊदले दिएको यही नियम इस्राएलमा चलिआएको छ।</verse>
				<verse number="26">जब दाऊद सिक्‍लगमा आइपुगे, तब तिनले लूटका केही माल आफ्‍ना मित्रहरू, यहूदाका धर्म-गुरुहरूलाई यसो भनेर पठाए, “परमप्रभुका शत्रुहरूबाट लिएका लूटका मालदेखि यी तपाईंहरूका निम्‍ति सौगात हुन्‌।”</verse>
				<verse number="27">तिनले बेथेलमा, रामोत-नेगेवमा, यत्तीरमा,</verse>
				<verse number="28">अरोएरमा, सिपमोतमा, एश्‍तमोमा,</verse>
				<verse number="29">राकालमा भएकाहरूलाई, यरहमेली र केनीका सहरहरूमा भएकाहरूलाई,</verse>
				<verse number="30">होर्मामा, बोर-आशानमा, अत्ताकमा,</verse>
				<verse number="31">हेब्रोनमा भएकाहरूलाई, र ती अरू सबै ठाउँहरूमा पठाए, जहाँ दाऊद र तिनका मानिसहरूले धेरैजसो चढ़ाइ गरेका थिए।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्‍बो डाँड़ामा आफ्‍ना लाशहरूलाई छोड़ेर भागे।</verse>
				<verse number="2">पलिश्‍तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।</verse>
				<verse number="3">शाऊलका चारैतिर लड़ाइँ मच्‍चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्‍त घायल बनाए।</verse>
				<verse number="4">तब शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्‌, र यी खतना नभएका दुष्‍टहरूले निन्‍दा गरेर मेरो तमाशा नदेखाऊन्‌।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँट गरेन। यसकारण शाऊलले आफ्‍नो तरवार थुते, र त्‍यसैमा उनिएर मरे।</verse>
				<verse number="5">जब त्‍यस हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब त्‍यसले पनि आफ्‍नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्‍यो।</verse>
				<verse number="6">यसरी उनीहरू सबै त्‍यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्‍ने र उनका मानिसहरू पनि।</verse>
				<verse number="7">बेँसीमा भएका र यर्दन पारिका सबै इस्राएलीहरूले अरू इस्राएलीहरूलाई भागेका तथा शाऊल र उनका छोराहरू खतम भएका जब देखे, तब तिनीहरू आ-आफ्‍ना सहरहरू छोड़ेर भागे, र पलिश्‍तीहरू त्‍यहाँ गएर ती सहरहरूलाई कब्‍जा गरे।</verse>
				<verse number="8">अर्को दिन जब पलिश्‍तीहरू मरेकाहरूका लूट बटुल्‍नलाई आए तब उनीहरूले गिल्‍बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए।</verse>
				<verse number="9">उनीहरूले शाऊलको टाउको काटे, र उनका हतियारहरू लगे। त्‍यसपछि उनीहरूले आफ्‍नो देशको चारैतिर यो शुभ समाचार देवताहरूको मन्‍दिरमा र मानिसहरू सबैलाई सुनाउन भनी समाचारवाचकहरू पठाए।</verse>
				<verse number="10">उनीहरूले शाऊलका हतियारहरू अश्‍तोरेत देवीहरूका मन्‍दिरमा राखे, र उनका मृत-शरीर बेथ-शानको पर्खालमा कीला ठोकेर झुण्‍ड्याए।</verse>
				<verse number="11">पलिश्‍तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्‍यो जब याबेश-गिलादका मानिसहरूले सुने,</verse>
				<verse number="12">तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए।</verse>
				<verse number="13">त्‍यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्‍याउको बोटमुनि गाड़े, र सात दिनसम्‍म तिनीहरू उपवास बसे।</verse>
			</chapter>
		</book>
		<book number="10">
			<chapter number="1">
				<verse number="1">अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्‍लगमा बिताए।</verse>
				<verse number="2">शाऊलका मृत्‍युको तेस्रो दिन आफ्‍नो लुगा च्‍यातेको र टाउकोमा धूलो हालेको एक जना मान्‍छे शाऊलको शिविरबाट आयो। जब त्‍यो दाऊदको सामु आइपुग्‍यो, त्‍यसले भूइँमा घोप्‍टो परेर दाऊदलाई दण्‍डवत्‌ गर्‍यो।</verse>
				<verse number="3">दाऊदले त्‍यसलाई सोधे, “तँ कहाँबाट आएको होस्‌?” त्‍यसले भन्‍यो, “म इस्राएलको शिविरबाट उम्‍केर आएको हुँ।”</verse>
				<verse number="4">अनि दाऊदले त्‍यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्‌।” त्‍यसले भन्‍यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।”</verse>
				<verse number="5">दाऊदले समाचार ल्‍याउने त्‍यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्‌?”</verse>
				<verse number="6">त्‍यस मानिसले भन्‍यो, “म गिल्‍बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्‍नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए।</verse>
				<verse number="7">पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’</verse>
				<verse number="8">“उनले मलाई ‘तँ को होस्‌?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें।</verse>
				<verse number="9">“तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्‌। म जिउँदै छु, तरै पनि मृत्‍युको मुखैमा पुगिसकेको छु’।</verse>
				<verse number="10">“यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्‍दैनन्‌ भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्‍याएको छु।”</verse>
				<verse number="11">यो कुरा सुनेर दाऊदले आफ्‍नो लुगा च्‍याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्‍यसै गरे।</verse>
				<verse number="12">अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्‍मै उपवास बसे।</verse>
				<verse number="13">तब दाऊदले समाचार ल्‍याउने त्‍यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्‌?” त्‍यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।”</verse>
				<verse number="14">दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”</verse>
				<verse number="15">तब तिनले आफ्‍ना मानिसहरूमध्‍येको एक जनालाई त्‍यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्‍यस मानिसले त्‍यसलाई हिर्काएर मार्‍यो।</verse>
				<verse number="16">किनकि दाऊदले त्‍यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्‌। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्‍नै मुखले तैंले आफैलाई दोषी ठहराइस्‌।”</verse>
				<verse number="17">त्‍यसपछि शाऊल र उनका छोरा जोनाथनका निम्‍ति दाऊदले यसरी विलाप गरे,</verse>
				<verse number="18">अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्‍तकमा यो गीत लेखिएको छ:</verse>
				<verse number="19">“हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ। महावीरहरू कसरी ढले!</verse>
				<verse number="20">“गातमा यो कुरा नसुनाऊ, अश्‍कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्‍तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्‌।</verse>
				<verse number="21">“हे गिल्‍बोका डाँड़ाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, न त तिमीहरूमा अन्‍न दिने खेत नै होऊन्‌। किनभने योद्धाको ढाल त्‍यहाँ अशुद्ध भयो, शाऊलको ढाल तेलविनै निस्‍तेज भयो।</verse>
				<verse number="22">शत्रुको छातीबाट, मारिएकाहरूको रगतबाट जोनाथनको धनु कहिल्‍यै पछि फर्केन। शाऊलको तरवार म्‍यानमा कहिल्‍यै रित्तै फर्केन।</verse>
				<verse number="23">“शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए। मृत्‍युमा पनि उनीहरू अलग भएनन्‌। उनीहरू गरुडहरूभन्‍दा पनि तीव्र थिए, सिंहहरूभन्‍दा पनि बलिया थिए।</verse>
				<verse number="24">“हे इस्राएलका छोरी हो, शाऊलको निम्‍ति रोओ। जसले तिमीहरूलाई राता-राता दामी बुट्टादार लुगाहरूले पहिराउँथे, जसले तिमीहरूका लुगाहरू सुनका गहनाहरूले चहकिला पार्थे।</verse>
				<verse number="25">“महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्‌।</verse>
				<verse number="26">हे जोनाथन, मेरा भाइ, तिम्रो निम्‍ति म विलाप गर्दछु। तिमी मेरो निम्‍ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्‍मको थियो, स्‍त्रीको प्रेमलाई जित्‍ने।</verse>
				<verse number="27">“महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्‍ट भए।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">त्‍यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “उक्‍लिजाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा?” अनि यस्‍तो जवाफ आयो, “हेब्रोनमा।”</verse>
				<verse number="2">यसैले दाऊद आफ्‍ना दुई पत्‍नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्‍यहाँ गए।</verse>
				<verse number="3">आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्‍याए, र तिनीहरू हेब्रोन र त्‍यसका सहरहरूमा बसोबास गरे।</verse>
				<verse number="4">अनि यहूदाका मानिसहरू आएर दाऊदलाई त्‍यहाँ यहूदाका घरानामाथि राजा अभिषेक गरे। याबेश-गिलादका मानिसहरूले शाऊललाई गाड़ेका थिए भनेर दाऊदलाई सुनाइयो।</verse>
				<verse number="5">तब तिनले तिनीहरूलाई यो समाचार पठाए, “तिमीहरूले आफ्‍ना स्‍वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकामा परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्।</verse>
				<verse number="6">यसको निम्‍ति परमप्रभुले तिमीहरूप्रति आफ्‍नो दृढ़ प्रेम र विश्‍वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्‍नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्‍नेछु।</verse>
				<verse number="7">बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्‍वामी शाऊलको मृत्‍यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन्‌।”</verse>
				<verse number="8">यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई यर्दनवारि महनोममा ल्‍याए,</verse>
				<verse number="9">अनि गिलाद, अशुरी, यिजरेल, एफ्राइम र बेन्‍यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्‍याए।</verse>
				<verse number="10">इस्राएलका राजा हुँदा ईश्‍बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्‍म राज्‍य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्‍यो।</verse>
				<verse number="11">हेब्रोनमा यहूदाको घरानामाथि दाऊदले साढ़े सात वर्षसम्‍म राज्‍य गरे।</verse>
				<verse number="12">नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे।</verse>
				<verse number="13">अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे।</verse>
				<verse number="14">अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्‍येका कोही आएर हाम्रो सामुन्‍ने एक-एक जना गरी लडून्‌।” योआबले जवाफ दिए, “हुन्‍छ, तिनीहरूले त्‍यसै गरून्‌।”</verse>
				<verse number="15">यसैकारण तिनीहरू आए, र बेन्‍यामीन र शाऊलका छोरा ईश्‍बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्‍नो स्‍थानमा खड़ा भए।</verse>
				<verse number="16">तब तिनीहरू हरेकले आ-आफ्‍नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसैकारण गिबोनको त्‍यस ठाउँलाई हेल्‍कत-हज्‍जुरीम भनियो।</verse>
				<verse number="17">त्‍यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे।</verse>
				<verse number="18">सरूयाहका तीनै भाइ छोराहरू, योआब, अबीशै र असाहेल त्‍यहाँ थिए। असाहेल मैदानमा कुद्‌ने हरिण जत्तिकै छिटा थिए,</verse>
				<verse number="19">र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्‌दैगए।</verse>
				<verse number="20">तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?” “हो” भनी तिनले जवाफ दिए।</verse>
				<verse number="21">अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्‍येका एक जनालाई पक्रेर त्‍यसलाई लुट।” तर असाहेलले उनलाई खेद्‌न छोड़ेनन्‌।</verse>
				<verse number="22">अबनेरले फेरि “मलाई खेद्‌न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?”</verse>
				<verse number="23">तर जब असाहेल अन्‍यत्र लाग्‍न मानेनन्, तब अबनेरले आफ्‍नो भाला पछिल्‍तिर हानेर तिनको भुँड़ीमा रोपिदिए, र भाला तिनको पछिल्‍तिर निस्‍क्‍यो, र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्‍ने सबै जना त्‍यहीँ नै अड़िए।</verse>
				<verse number="24">तर सूर्य अस्‍ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्‍मा डाँड़ामा नआइपुगुञ्‍जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे।</verse>
				<verse number="25">बेन्‍यामीनीहरू अबनेरतर्फ जम्‍मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए।</verse>
				<verse number="26">अबनेरले कराएर योआबलाई भने, “के मारकाट गरिरहने? त्‍यसको परिणाम आखिरमा तीतो हुन्‍छ भनी तिमी देख्‍न सक्‍दैनौ? आफ्‍ना भाइबन्‍धुहरूलाई खेद्‌न छोड़िदिनू भनी के तिमी आफ्‍ना मानिसहरूलाई फर्काउँदैनौ?”</verse>
				<verse number="27">योआबले जवाफ दिए, “जीवित परमेश्‍वरको नाउँमा म भन्‍दछु, कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्‍म पनि आफ्‍ना भाइबन्‍धुहरूलाई खेद्‌न छोड्‌नेथिएनन्‌।”</verse>
				<verse number="28">तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्‌न छोड़िदिए, अनि युद्ध थामियो।</verse>
				<verse number="29">अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे।</verse>
				<verse number="30">जब योआब अबनेरलाई खेद्‌न छोड़ेर आए, तब तिनले आफ्‍नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्‍नाईस जना मानिसहरू कम भेट्टाइए।</verse>
				<verse number="31">तर दाऊदका फौजले अबनेरका पछि लाग्‍ने बेन्‍यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए।</verse>
				<verse number="32">तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्‍यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्‍यालोमा हेब्रोनमा पुगे।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्‍म चलिरह्यो। दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।</verse>
				<verse number="2">अनि हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे: तिनका जेठा छोरा अमनोन थिए, जसकी आमा यिजरेली अहीनोम थिइन्‌;</verse>
				<verse number="3">तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्‌; तिनका साहिँला छोरा अब्‍शालोम थिए, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्‌;</verse>
				<verse number="4">काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्‍गीत थिइन्‌; ठाहिँला शपत्‍याह थिए, जसकी आमा अबीतल थिइन्‌;</verse>
				<verse number="5">अनि कान्‍छाचाहिँ यित्राम थिए, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌। यिनीहरू सबै हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू थिए।</verse>
				<verse number="6">जब शाऊल र दाऊदका घरानाको बीचमा युद्ध हुँदैगयो, तब अबनेरले बिस्‍तार-बिस्‍तार शाऊलको घरानामा आफूलाई प्रबल तुल्‍याउँदैथिए।</verse>
				<verse number="7">अब अय्‍याकी छोरी रिश्‍पा नाउँ भएकी शाऊलकी उपपत्‍नी थिइन्‌। ईश्‍बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्‍नीसँग किन सुत्‍यौ?”</verse>
				<verse number="8">यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्‍म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्‍वासघात गरेको छैनँ। तापनि यस स्‍त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्‍छ!</verse>
				<verse number="9">अब यदि दाऊदको निम्‍ति परमप्रभुले शपथ खाएर ‘गर्छु’ भन्‍नुभएको कुरालाई पूरा गर्न म सकेसम्‍म गर्दिनँ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌।</verse>
				<verse number="10">म शाऊलको घरानालाई खसाल्‍न र दाऊदलाई दानदेखि बेर्शेबासम्‍मै इस्राएल र यहूदामाथि सिंहासनमा बसाल्‍ने काम गर्नेछु।”</verse>
				<verse number="11">तिनी अबनेरसँग साह्रै डराएका हुनाले ईश्‍बोशेतले अरू केही पनि भन्‍न सकेनन्‌।</verse>
				<verse number="12">त्‍यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्‍याउनलाई सकेसम्‍म कोशिश गर्नेछु।”</verse>
				<verse number="13">तब दाऊदले यस्‍तो जवाफ पठाए, “बेस्, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा, कि शाऊलकी छोरी मीकललाई मकहाँ ल्‍याएपछि मात्र तिमी मेरो सामु आऊ।”</verse>
				<verse number="14">दाऊदले शाऊलका छोरा ईश्‍बोशेतकहाँ पनि यसो भनेर दूतहरू पठाए, “मैले एक सय पलिश्‍तीका खलड़ीको दाम तिरेर मगनी गरेको मेरी पत्‍नी मीकल मलाई सुम्‍पिदेऊ।”</verse>
				<verse number="15">यसकारण ईश्‍बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्‍ना पति लेशका छोरा पल्‍तिएलकहाँबाट झिकाए।</verse>
				<verse number="16">अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्‍जेल पल्‍तिएल रुँदै-रुँदै बहूरीमसम्‍म मीकलको पछिपछि आए।</verse>
				<verse number="17">अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा तुल्‍याउन खोज्‍नुभएको हो।</verse>
				<verse number="18">अब त्‍यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्‍तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।”</verse>
				<verse number="19">अबनेरले बेन्‍यामीनीहरूसँग पनि कुरा गरे र त्‍यसपछि इस्राएलीहरू र बेन्‍यामीनीहरू सहमत भएको कुरा सुनाउनलाई अबनेर हेब्रोनमा दाऊदकहाँ गए।</verse>
				<verse number="20">जब अबनेर दाऊदको सामुन्‍ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्‍ति भोज दिए।</verse>
				<verse number="21">तब अबनेरले दाऊदलाई भने, “अब म गएर हजूरको सामुन्‍ने सारा इस्राएलीहरूलाई ल्‍याउनेछु, र तिनीहरूले हजूरसँग एउटा करार बाँधून्‌। त्‍यसपछि हजूर आफूले इच्‍छा गर्नुभएजति माथि तपाईंले राज्‍य गर्नुहोस्‌।” तब दाऊदले अबनेरलाई बिदा दिए, र उनी शान्‍तिसँग गए।</verse>
				<verse number="22">दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्‍यस बेला अबनेरचाहिँ शान्‍तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्‌।</verse>
				<verse number="23">यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्‍तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने।</verse>
				<verse number="24">राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्‍यसै जान दिनुभयो? उनी त त्‍यसै उम्‍केर गइहाले।</verse>
				<verse number="25">हजूरले नेरका छोरा अबनेरलाई चिन्‍नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्‍न र हजूर के गर्दैहुनुहुन्‍छ सो जान्‍नलाई आएका थिए।”</verse>
				<verse number="26">जब योआब दाऊदको सामुन्‍नेबाट निस्‍के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्‍याए। तर दाऊदलाई यो सब थाहा थिएन।</verse>
				<verse number="27">अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्‍तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्‍ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे।</verse>
				<verse number="28">तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्‍याको विषयमा म र मेरो राज्‍य परमप्रभुको दृष्‍टिमा सधैँको लागि निर्दोष छौं।</verse>
				<verse number="29">योआब र तिनका पिताका सबै घरानाको शिरमा त्‍यो दोष परोस्‌। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्‍ने व्‍यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्‌ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्‌ने सन्‍तानको अभाव नहोस्‌।”</verse>
				<verse number="30">यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे।</verse>
				<verse number="31">तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्‍नो लुगा च्‍यात्‍न, भाङ्‌ग्रा ओड्‌ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्‌न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े।</verse>
				<verse number="32">तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए।</verse>
				<verse number="33">राजाले अबनेरको निम्‍ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्‍यो?</verse>
				<verse number="34">तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्‌ला लागेका थिएनन्, तिमी त दुष्‍टहरूका हातमा परेझैँ ढल्‍यौ।” अनि मानिसहरू तिनको निम्‍ति फेरि रोए।</verse>
				<verse number="35">तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन्‌ भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्‍तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌।”</verse>
				<verse number="36">मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्‍न भए।</verse>
				<verse number="37">त्‍यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्‍यामा राजाको केही हात थिएन भनी थाहा पाए।</verse>
				<verse number="38">राजाले आफ्‍ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान्‌ पुरुष मरे भनी तिमीहरू जान्‍दैनौ?</verse>
				<verse number="39">म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्‍ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्‍ति अति नै बलिया भए। परमप्रभुले दुष्‍ट काम गर्नेलाई त्‍यसका योग्‍यको प्रतिफल देऊन्।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेर मारिएको कुरा सुने, तब तिनको हात-खुट्टै गल्‍यो र सारा इस्राएलीहरू घबराए।</verse>
				<verse number="2">ईश्‍बोशेतका दुई जना मानिसहरू थिए, जो लूटपीट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानाह र रेकाब थिए। उनीहरू बेन्‍यामीन कुलका बेरोती रिम्‍मोनका छोराहरू थिए। बेरोत पनि बेन्‍यामीनसँगै गनिएको छ,</verse>
				<verse number="3">किनभने बेरोतीहरू गित्तैममा भागेर गएका थिए, र त्‍यस बेलादेखि अहिलेसम्म त्‍यहीँ नै बसोबास गरेका छन्‌।</verse>
				<verse number="4">(शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्‍युको समाचार आउँदा त्‍यो पाँच वर्षको थियो। त्‍यसकी धाईले त्‍यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्‍यो लड्‌यो, र लङ्गड़ो भयो। त्‍यसको नाउँ मपीबोशेत थियो।)</verse>
				<verse number="5">बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह, मध्‍यदिनमा ईश्‍बोशेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए, र भित्र पसे।</verse>
				<verse number="6">उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्‍तो गरी गए र त्‍यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्‍यसपछि रेकाब र बानाह सुटुक्‍क निस्‍के।</verse>
				<verse number="7">ईश्‍बोशेत आफ्‍नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्‍यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए।</verse>
				<verse number="8">उनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्‍याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्‍ने, हजूरको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्‍ति साटो फेर्नुभयो।”</verse>
				<verse number="9">दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र त्‍यसका भाइ बानाहलाई जवाफ दिए, “परमप्रभु, जसले मलाई मेरा सबै कष्‍टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्‍दछु,</verse>
				<verse number="10">शाऊल मरेको खबर राम्रो हो भनी ठानेर मकहाँ समाचार ल्‍याउने मानिसलाई मैले पक्रे, र मैले त्‍यसलाई सिक्‍लगमा मारें। मैले त्‍यसका समाचारको निम्‍ति त्‍यसलाई त्‍यही प्रतिफल दिएँ।</verse>
				<verse number="11">तर दुष्‍ट मानिसहरूले एक जना निर्दोष मानिसलाई त्‍यसकै घरमा त्‍यसको पलङ्गमा मार्छन्‌ भने झन्‌ कति बढ़ी प्रतिफल दिनुपर्ला! के मैले अब तिमीहरूले गरेको हत्‍याको बदला लिएर तिमीहरूलाई संसारदेखि खतम नगर्नु र?”</verse>
				<verse number="12">तब दाऊदले आफ्‍ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्‍ड्याइदिए। तर ईश्‍बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।”</verse>
				<verse number="2">अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्‍याउने गर्नुहुन्‍थ्‍यो। अनि परमप्रभुले तपाईंलाई भन्‍नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्‌। तँ तिनीहरूको राजा हुनेछस्‌’।”</verse>
				<verse number="3">तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्‍यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्‍ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।</verse>
				<verse number="4">दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्‍म राज्‍य गरे।</verse>
				<verse number="5">तिनले हेब्रोनमा यहूदामाथि साढ़े सात वर्ष अनि यहूदा र इस्राएल दुवैमाथि यरूशलेममा तेत्तीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="6">त्‍यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्‍नुहुन्‍न, अन्‍धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्‍नेछन्‌।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्‍यै भित्र आउन सक्‍नेछैनन्‌।</verse>
				<verse number="7">तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।</verse>
				<verse number="8">त्‍यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्‍छ, त्‍यसले दाऊदका शत्रु ‘अन्‍धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्‍यसैकारण तिनीहरू भन्‍छन्, “कुनै ‘अन्‍धा र लङ्गड़ा’ महलमा आउनेछैनन्‌।”</verse>
				<verse number="9">दाऊद त्‍यही गढ़ीमा बस्‍न लागे, र त्‍यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए।</verse>
				<verse number="10">अनि दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="11">टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्‍ति एउटा महल बनाए।</verse>
				<verse number="12">परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्‍थिर गर्नुभयो, अनि तिनको राज्‍य आफ्‍नो प्रजा इस्राएलको निम्‍ति उच्‍च पार्नुभयो भनी दाऊदले अब थाहा पाए।</verse>
				<verse number="13">हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्‍नीहरू र पत्‍नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्‍मे।</verse>
				<verse number="14">यरूशलेममा जन्‍मेका तिनका सन्‍तानहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,</verse>
				<verse number="15">यिभार, एलीशूअ, नेपेग, यापी,</verse>
				<verse number="16">एलीशामा, एल्‍यादा र एलीपेलेत।</verse>
				<verse number="17">दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्‍न निस्‍के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए।</verse>
				<verse number="18">पलिश्‍तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।</verse>
				<verse number="19">तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="20">तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम राखियो।</verse>
				<verse number="21">पलिश्‍तीहरूले आफ्‍ना मूर्तिहरू त्‍यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे।</verse>
				<verse number="22">पलिश्‍तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।</verse>
				<verse number="23">दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्‍नुभयो, “यस पल्‍ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्‍ने पछिल्‍तिरबाट उनीहरूलाई आक्रमण गर्‌।</verse>
				<verse number="24">लहरे-पीपलहरूका टुप्‍पामा हुरुरुरु आवाज सुन्‍ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्‍यस बेला परमप्रभु पलिश्‍तीहरूको सेनालाई परास्‍त गर्न तेरो अगिअगि जानुहुनेछ।”</verse>
				<verse number="25">दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्‍तीहरूलाई गिबोनदेखि गेजेरसम्‍म खेदेर धपाए।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">त्‍यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए,</verse>
				<verse number="2">र यी सबै मानिसहरूका साथमा परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई यहूदाको बालाबाट दाऊद निस्‍केर गए, त्‍यो सन्‍दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान्‌ परमप्रभुको नाउँद्वारा डाकिएको थियो।</verse>
				<verse number="3">तिनीहरूले परमेश्‍वरको सन्‍दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्‍याए, र अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाड़ालाई हाँक्‍दै लगे।</verse>
				<verse number="4">तिनीहरूले परमेश्‍वरको सन्‍दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्‍यसको अगिअगि हिँड़े।</verse>
				<verse number="5">दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्‍दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्‍यालीको सुरमा रमाहट गर्दैथिए।</verse>
				<verse number="6">जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले आफ्‍नो हात बढ़ाएर परमेश्‍वरको सन्‍दूकलाई थामे।</verse>
				<verse number="7">तर परमप्रभु उज्‍जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्‍तो लापरवाहीको निम्‍ति उहाँले तिनलाई त्‍यहाँ मार्नुभयो। यसरी तिनी परमेश्‍वरका सन्‍दूकको छेउमा मरे।</verse>
				<verse number="8">परमप्रभु यसरी उज्‍जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्‍यस ठाउँको नाउँ फारेस-उज्‍जाह राखे। त्‍यसको नाउँ आजसम्‍म त्‍यही छ।</verse>
				<verse number="9">त्‍यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्‍दूक म आफूसँग कसरी राख्‍न सकुँला?”</verse>
				<verse number="10">परमप्रभुको सन्‍दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्‌। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्‍दूक पुर्‍याए।</verse>
				<verse number="11">यसरी परमप्रभुको सन्‍दूक ओबेद-एदोमको घरमा तीन महिनासम्‍म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष्‌ दिनुभयो।</verse>
				<verse number="12">परमप्रभुका सन्‍दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष्‌ दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्‍दूक धूमधाम आनन्‍दको साथ दाऊदको सहरमा ल्‍याए।</verse>
				<verse number="13">परमप्रभुको सन्‍दूक बोक्‍ने मानिस छ कदम पुगेपछि तिनले एउटा साँढ़े र एउटा मोटो बाछो बलिदान गरे।</verse>
				<verse number="14">दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे।</verse>
				<verse number="15">तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्‍दूक ल्‍याए।</verse>
				<verse number="16">जब परमप्रभुको सन्‍दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्‍ने उफ्रँदै र नाच्‍दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्‌।</verse>
				<verse number="17">तिनीहरूले परमप्रभुको सन्‍दूक भित्र ल्‍याए, र दाऊदले सन्‍दूकको लागि टाँगेको पालभित्र राख्‍नका निम्‍ति तोकिएको स्‍थानमा त्‍यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्‍ने होमबलि र मेलबलि चढ़ाए।</verse>
				<verse number="18">दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।</verse>
				<verse number="19">अनि तिनले सबै मानिसहरूलाई, अर्थात्‌ इस्राएलीहरूका जम्‍मै जमघटको हरेक पुरुष र स्‍त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्‍लो र किसमिसको एक-एक झुप्‍पो दिए। तब सबै मानिसहरू घर गए।</verse>
				<verse number="20">दाऊद आफ्‍ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्‌न बाहिर निस्‍केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्‍ति आज कस्‍तो गौरवको दिन! तिनले आफ्‍ना दासीहरूका दृष्‍टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्‍तै बनाए।”</verse>
				<verse number="21">दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्‍नुहुने परमप्रभुको सामुन्‍ने त्‍यो गरिएको थियो। परमप्रभुको सामुन्‍ने म उत्‍सव मनाउनेछु।</verse>
				<verse number="22">म आफ्‍नो दृष्‍टिमा अझै बढ़ी अपमानित बन्‍नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्‍यौ, तिनीहरूले यसको निम्‍ति मलाई मान गर्नेछन्‌।”</verse>
				<verse number="23">शाऊलकी छोरी मीकलको मर्ने दिनसम्‍मै छोराछोरी भएनन्‌।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">दाऊदले आफैलाई आफ्‍नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि,</verse>
				<verse number="2">तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्‍दैछु, तर परमप्रभुको सन्‍दूक भने पालमा राखिएको छ।”</verse>
				<verse number="3">नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्‍छ।”</verse>
				<verse number="4">त्‍यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो:</verse>
				<verse number="5">“गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ: के मेरो निम्‍ति तैंले नै एउटा घर बनाउनेछस्‌ र?</verse>
				<verse number="6">इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि आजको दिनसम्‍म म कहिल्‍यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्‍दैआएको छु।</verse>
				<verse number="7">म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्‍ये कुनै शासकलाई “मेरो निम्‍ति देवदारुको घर किन बनाइनस्‌?” भनेर सोधें र?’</verse>
				<verse number="8">“यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्‍नबाट बोलाएँ।</verse>
				<verse number="9">जहाँ-जहाँ तँ गइस्‌ म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्‍वीका प्रतिष्‍ठित व्‍यक्तिहरूका बीचमा म तेरो नाउँ महान्‌ बनाउनेछु।</verse>
				<verse number="10">म मेरो प्रजा इस्राएलको निम्‍ति एउटा स्‍थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्‍नै एउटा वासस्‍थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्‍यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,</verse>
				<verse number="11">	अनि मेरो प्रजा इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्‍ट मानिसहरूले अत्‍याचार गर्नेछैनन्‌। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्‍थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्‍नुभएको छ।</verse>
				<verse number="12">जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्‍ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्‍तानमध्‍येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्‍यसको राज्‍य स्‍थिर गराउनेछु।</verse>
				<verse number="13">त्‍यसले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ, र म त्‍यसको राजकीय सिंहासन सधैँको निम्‍ति स्‍थिर गर्नेछु।</verse>
				<verse number="14">म त्‍यसका पिता हुनेछु, र त्‍यो मेरो छोरो हुनेछ। त्‍यसले अधर्म गर्‍यो भने, मानिसको लट्ठीले म त्‍यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्‍यसलाई कोर्राबाजीको प्रहार गर्नेछु।</verse>
				<verse number="15">तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्‍छाएँ, म मेरो प्रेम त्‍यसदेखि कहिल्‍यै हटाउनेछैनँ।</verse>
				<verse number="16">तेरो घराना र तेरो राज्‍य मेरो सामुन्‍ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्‍थिर हुनेछ’।”</verse>
				<verse number="17">आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाऊदलाई सुनाइदिए।</verse>
				<verse number="18">तब दाऊद राजा परमप्रभुको उपस्‍थितिमा हाजिर भए, र त्‍यहाँ बसेर भने: “हे परमप्रभु परमेश्‍वर, म को हुँ, मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभयो?</verse>
				<verse number="19">यो सबैचाहिँ तपाईंको दृष्‍टिमा एउटा सानो विषयजस्‍तो ठानेर तपाईंले त आफ्‍नो दासलाई त्‍यसको घरानाको भविष्‍य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्‍वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्‍यवहार हो र?</verse>
				<verse number="20">“अनि अब दाऊद अरू बढ्‌ता के भन्‍न सक्‍छ र? किनभने तपाईंले आफ्‍नो दासलाई राम्ररी चिन्‍नुहुन्‍छ, हे परमप्रभु परमेश्‍वर!</verse>
				<verse number="21">तपाईंका वचनको खातिर र आफ्‍नो इच्‍छाअनुसार नै तपाईंले यो महान्‌ काम गर्नुभएको छ र आफ्‍नो दासलाई यो बताउनुभएको छ।</verse>
				<verse number="22">“हे परमप्रभु परमेश्‍वर, तपाईं साँच्‍चै महान्‌ हुनुहुन्‍छ। तपाईंजस्‍तै अरू कसैको विषयमा हामीले कहिल्‍यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्‍वर छैन।</verse>
				<verse number="23">अनि तपाईंको आफ्‍नै जाति इस्राएलजस्‍तो अरू को छ? पृथ्‍वीको एउटा त्‍यस जातिलाई परमेश्‍वरले नै आफ्‍नो निम्‍ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्‍नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्‍नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान्‌ डरलाग्‍दा र उदेकका कार्यहरू गर्नुभयो।</verse>
				<verse number="24">तपाईंले आफ्‍नै प्रजा इस्राएललाई सदासर्वदाको निम्‍ति आफ्‍नै तुल्‍याउनलाई स्‍थिर गर्नुभएको छ, अनि हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।</verse>
				<verse number="25">अब हे परमप्रभु परमेश्‍वर, आफ्‍नो दास र त्‍यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्‌। तपाईंले भन्‍नुभएजस्‍तै गर्नुहोस्,</verse>
				<verse number="26">ताकि तपाईंको ख्‍याति सदासर्वदै महान्‌ होस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान्‌ परमप्रभु इस्राएलमाथि परमेश्‍वर हुनुहुन्‍छ।’ अनि आफ्‍नो दास दाऊदको घराना तपाईंको सामु स्‍थिर भइरहनेछ।</verse>
				<verse number="27">“हे सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई, मलाई, यसो भनेर आफ्‍नो अभिप्राय देखाउनुभयो, ‘म तेरो निम्‍ति एउटा घरानाको निर्माण गर्नेछु’। यसैकारण साहससँग म तपाईंकहाँ यो प्रार्थना चढ़ाइरहेछु।</verse>
				<verse number="28">हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका वचन विश्‍वासयोग्‍य छन्, अनि तपाईंले आफ्‍नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ।</verse>
				<verse number="29">यसैले अब आफ्‍नो दासको घरानालाई आशिष्‌ दिनुहोस्, र त्‍यो तपाईंको नजर अगि रहिरहोस्‌। किनकि हे परमप्रभु परमेश्‍वर, तपाईंले बोल्‍नुभएको छ, र तपाईंका आशिष्‌द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष्‌ पाउनेछ।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">त्‍यसपछि दाऊदले पलिश्‍तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्‍जा गरे।</verse>
				<verse number="2">दाऊदले मोआबीहरूलाई पनि परास्‍त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्‍न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे।</verse>
				<verse number="3">यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधीन फेरि राख्‍नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते।</verse>
				<verse number="4">दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्‍नो निम्‍ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।</verse>
				<verse number="5">जब दमस्‍कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे।</verse>
				<verse number="6">अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्‍याउनुभयो।</verse>
				<verse number="7">हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्‍याए।</verse>
				<verse number="8">तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्‍याए।</verse>
				<verse number="9">जब दाऊदले हददेजेरका सारा सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,</verse>
				<verse number="10">तब उनले आफ्‍ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्‍दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्‍त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्‍याए।</verse>
				<verse number="11">ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्‍त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे।</verse>
				<verse number="12">ती हुन्‌: एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।</verse>
				<verse number="13">नूनको उपत्‍यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए।</verse>
				<verse number="14">अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्‍यहाँ-त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।</verse>
				<verse number="15">दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै प्रजाका निम्‍ति जे-जति ठीक थियो, त्‍यही गरे।</verse>
				<verse number="16">सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।</verse>
				<verse number="17">अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।</verse>
				<verse number="18">यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्‍लाहकार थिए।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्‍छु?”</verse>
				<verse number="2">शाऊलको घरानामा सीबा नाउँ भएको एक जना नोकर थियो। त्‍यसलाई दाऊदले बोलाइपठाए। राजाले सोधे, “के तँ सीबा होस्‌?” त्‍यसले जवाफ दियो, “हजूरको दास सीबा म नै हुँ।”</verse>
				<verse number="3">तब राजाले भने, “के शाऊलका घरानाको कोही जीवित छ, जसप्रति परमेश्‍वरको दया म देखाउन सक्‍छु?” सीबाले भन्‍यो, “हजूर, जोनाथनका एक जना छोरा जीवित छन्‌। उनी दुवै खुट्टाका लङ्गड़ा छन्‌।”</verse>
				<verse number="4">राजाले सोधे, “उनी कहाँ छन्‌?” अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्‍मीएलका छोरा माकीरका घरमा छन्‌।”</verse>
				<verse number="5">तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्‍मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।</verse>
				<verse number="6">जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्‍टो परेर राजालाई दण्‍डवत्‌ गरे। दाऊदले उनलाई भने, “मपीबोशेत!” उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।”</verse>
				<verse number="7">दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्‍छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्‍गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”</verse>
				<verse number="8">मपीबोशेतले फेरि घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्‍याल गर्नुहुन्‍छ?”</verse>
				<verse number="9">तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्‍यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्‍पत्ति दिँदैछु।</verse>
				<verse number="10">तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्‍गाजमिनमा खेतीपाती गरेर त्‍यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्‌।” (सीबाका पन्‍ध्र छोरा र बीस चाकरहरू थिए।)</verse>
				<verse number="11">तब सीबाले राजालाई भन्‍यो, “हजूरले हुकुम गर्नुभएबमोजिम म सबै गर्नेछु।” यसैले राजाका छोराहरूमध्‍ये एक जना भएझैँ मपीबोशेतले दाऊदको टेबिलमा खान लागे।</verse>
				<verse number="12">मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए।</verse>
				<verse number="13">अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्‍न लागे, र राजाकै टेबिलमा नित्‍य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">केही समयपछि अम्‍मोनीहरूका राजा मरे, र उनका छोरा हानूनले राज्‍य गर्न लागे।</verse>
				<verse number="2">दाऊदले विचार गरे, “नाहाशले मप्रति देखाएझैँ मैले पनि उनका छोरा हानूनप्रति दृढ़ मित्रताको भाव देखाउनुपर्छ।” यसैले तिनले उनका पिताको मृत्‍युमा संवेदना प्रकट गर्नलाई दूतहरूका हातमा समाचार पठाए। तर जब दाऊदका दूतहरू अम्‍मोनीहरूको देशमा पसे,</verse>
				<verse number="3">तब अम्‍मोनी भारदारहरूले आफ्‍ना स्‍वामी हानूनलाई भने, “दाऊदको आफ्‍नो संवेदनाको समाचार पठाएर तपाईंका पितालाई सम्‍मान गरेका हुन्‌ र? यी मानिसहरू त जासूसहरू हुन्, जसलाई तपाईंको सहर कसरी जित्‍ने हो भनी हेर्नलाई तिनले पठाएका छन्‌।”</verse>
				<verse number="4">यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्‍म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्‍यहाँबाट पठाइदिए।</verse>
				<verse number="5">जब तिनीहरूमाथि गरिएको यो व्‍यवहार दाऊदले सुने, तब तिनीहरूलाई भेट्‌न दाऊदले मानिसहरू पठाए, किनभने ती मानिसहरू साह्रै अपमानित भएका थिए। तिनीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस्‍नु भनी दाऊदले हुकुम गरे।</verse>
				<verse number="6">दाऊदसँग उनीहरूको व्‍यवहार नराम्रो भएको जब अम्‍मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्‍नो सहायताको निम्‍ति ज्‍यालामा ल्‍याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्‍यालामा ल्‍याए।</verse>
				<verse number="7">दाऊदले यो कुरा सुनेर योआब र सबै योद्धाहरूलाई पठाए।</verse>
				<verse number="8">अम्‍मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्‍ति मोर्चा बाँधे।</verse>
				<verse number="9">तिनको अगि र पछि दुवैतिर युद्धको निम्‍ति मोर्चा बाँधेको योआबले देखे। यसैले तिनले इस्राएलका सर्वश्रेष्‍ठ फौजहरूलाई खटाएर अरामीहरूका सामुन्‍ने राखे।</verse>
				<verse number="10">बाँकी फौजलाई चाहिँ तिनले आफ्‍ना भाइ अबीशैको जिम्‍मामा दिए, जसले अम्‍मोनीहरूका सामुन्‍ने मोर्चा बाँधे।</verse>
				<verse number="11">योआबले तिनलाई भने, “यदि अरामीहरूले मलाई जित्‍दै ल्‍याए भने तिमीले मलाई सहायता गर्नू। तर यदि अम्‍मोनीहरूले तिमीलाई जित्‍दै ल्‍याए भने म तिमीलाई सहायता गर्नलाई आउनेछु।</verse>
				<verse number="12">साहस गर! हामी आफ्‍ना मानिसहरू र आफ्‍ना परमेश्‍वरका सहरहरूका निम्‍ति साहससित युद्ध गरौं। परमेश्‍वरको नजरमा जे ठीक छ उहाँले त्‍यही गर्नुहुनेछ।”</verse>
				<verse number="13">योआब र तिनका फौज अरामीहरूसित भिड़िन अगि बढ़े र तिनको अगि उनीहरू भाग्‍न लागे।</verse>
				<verse number="14">जब अम्‍मोनीहरूले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि अबीशैको सामुन्‍नेबाट भागेर सहरभित्र पसे। तब योआब अम्‍मोनीहरूसित लड़ाइँ गर्न छोड़ेर यरूशलेममा आए।</verse>
				<verse number="15">अरामीहरूले आफू इस्राएलीहरूसित हारेका देखेर आफ्‍नो फौजलाई फेरि जम्‍मा गरे।</verse>
				<verse number="16">हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरू अरामीहरूलाई बोलाउन भनी मानिसहरू पठाए, र उनीहरू हददेजेरका सेनापति शोबाकको नेतृत्‍वमा हेलाममा अगि बढ़े।</verse>
				<verse number="17">जब यो कुरा दाऊदले सुने, तब तिनले झट्टै इस्राएलका जम्‍मै फौजलाई जम्‍मा गरेर यर्दन पार गरे, अनि हेलामतिर बढ़े। त्‍यहीँ अरामीहरूले दाऊदको सामुन्‍ने मोर्चा बाँधे, र लड़ाइँ गरे,</verse>
				<verse number="18">तर इस्राएलले उनीहरूलाई भगाए। त्‍यहाँ दाऊदले सात सय अरामी सारथिहरू र चालीस हजार पैदल-सिपाहीहरूलाई मारे। तिनले शोबाकलाई पनि प्रहार गरे र उनी रणभूमिमा नै मरे।</verse>
				<verse number="19">जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्‍त भएका छौं भनी देखे, तब उनीहरूले सन्‍धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्‍वीकार गरे। त्‍यसपछि अरामीहरूले अम्‍मोनीहरूलाई फेरि कहिल्‍यै सहायता दिने आँट गरेनन्‌।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">बसन्‍त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्‍कन्‍छन्, दाऊदले योआब र आफ्‍ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्‍मोनीहरूलाई ध्‍वंस पारे, र रब्‍बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे।</verse>
				<verse number="2">एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्‍दरी थिइन्‌।</verse>
				<verse number="3">तिनी को हुन्‌ भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्‍तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन्‌ र?”</verse>
				<verse number="4">दाऊदले तिनलाई ल्‍याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्‍नो रजस्‍वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्‌।) त्‍यसपछि तिनी आफ्‍नो घरमा गइन्‌।</verse>
				<verse number="5">तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्‌।</verse>
				<verse number="6">दाऊदले “हित्ती उरियाहलाई मकहाँ पठाइदिनू” भनेर योआबलाई हुकुम गरे। तब योआबले त्‍यसलाई दाऊदकहाँ पठाइदिए।</verse>
				<verse number="7">अनि जब उरियाह आइपुग्‍यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्‍तो चलिरहेको छ भनी सोधे।</verse>
				<verse number="8">त्‍यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्‍ना खुट्टा धोऊ।” त्‍यो महलबाट निस्‍केपछि राजाले त्‍यसको पछिपछि उपहार पठाइदिए।</verse>
				<verse number="9">तर उरियाह आफ्‍नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्‍यो।</verse>
				<verse number="10">“उरियाह त आफ्‍नो घरमा गएको छैन” भनी दाऊदले सुनेपछि त्‍यसलाई भने, “तिमी त लामो यात्राबाट आएका होइनौ र? तिमी किन आफ्‍नो घरमा गएनौ?”</verse>
				<verse number="11">उरियाहले उत्तर दियो, “इस्राएल र यहूदा र सन्‍दूक पनि पालमा छन्, अनि मेरा स्‍वामी योआब र हजूरका अधिकृतहरू खुला मैदानमा पालमा छन्‌। म त कसरी खान र पिउन र मेरी पत्‍नीसित सुत्‍नलाई घरमा जाऊँ? हजूरको जीवनको शपथ खाएर भन्‍दछु, कि म त्‍यसो गर्न सक्‍दिनँ।”</verse>
				<verse number="12">तब दाऊदले उरियाहलाई भने, “त्‍यसो भए अरू एक दिन यहीँ बस र भोलि म तिमीलाई जान दिनेछु।” यसैले उरियाह त्‍यस दिन र भोलिपल्‍ट यरूशलेममा नै बस्‍यो।</verse>
				<verse number="13">दाऊदले त्‍यसलाई खानपान गर्नलाई निम्‍तो दिए, र त्‍यसलाई मत्त्याए। तर बेलुकी त्‍यो बाहिर गयो र राजाका दासहरूसितै आफ्‍नो ओछ्यानमा त्‍यसले रात बितायो, र घरमा गएन।</verse>
				<verse number="14">भोलिपल्‍ट बिहान दाऊदले योआबलाई एउटा चिट्ठी लेखेर उरियाहको हातमा पठाए।</verse>
				<verse number="15">तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्‍चिएको छ, त्‍यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्‍यो मरोस्‌।”</verse>
				<verse number="16">यसैकारण जब योआबले सहरलाई घेरा हालेका थिए, तब तिनले उरियाहलाई यस्‍तो ठाउँमा खटाइदिए, जुन ठाउँमा कड़ा मुकाबिला हुनेछ भनी तिनलाई थाहा थियो।</verse>
				<verse number="17">सहरका मानिसहरूले एक्‍कासि निस्‍केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो।</verse>
				<verse number="18">तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए।</verse>
				<verse number="19">त्‍यो समाचार लाने मानिसलाई योआबले यस्‍तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि,</verse>
				<verse number="20">राजाले रिसाएर यसो भन्‍नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्‍यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्‍नेछ भनेर तिमीहरूले जान्‍नुपर्नेथियो।</verse>
				<verse number="21">यरूबबेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? तिनलाई एउटी स्‍त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन्‌ र? अनि तिनी तेबेसमा मरे, होइन र? तिमीहरू पर्खालको त्‍यति नजिक किन गयौ?’— उहाँले यसरी सोध्‍नुभयो भने उहाँलाई यसो भन्‍नू, ‘हजूरको दास हित्ती उरियाह पनि मर्‍यो’।”</verse>
				<verse number="22">त्‍यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो।</verse>
				<verse number="23">त्‍यसले दाऊदलाई भन्‍यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्‍मा भए, र हामीलाई मिच्‍न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्‍मै ठेल्‍दै लग्‍यौं?</verse>
				<verse number="24">त्‍यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।”</verse>
				<verse number="25">दाऊदले त्‍यस मानिसलाई भने, “योआबलाई यो समाचार लैजा, ‘तिमी नघबराऊ, तरवारले जसरी एक जनालाई मार्छ, अर्कालाई पनि मार्छ। सहरलाई आक्रमण जारी राख, र त्‍यस सहरलाई ध्‍वंस-विध्‍वंस गरिदेऊ’। योआबलाई साहस होस्‌ भनी यो कुरा भन्‌।”</verse>
				<verse number="26">जब उरियाहकी पत्‍नीले आफ्‍ना पति मरेको समाचार सुनिन्, तब त्‍यसको निम्‍ति तिनले शोक गरिन्‌।</verse>
				<verse number="27">अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्‍नो घरमा ल्‍याए। तिनी दाऊदकी पत्‍नी भइन्, र एक जना छोरो जन्‍माइन्‌। तर जे दाऊदले गरेका थिए त्‍यसमा परमप्रभु अप्रसन्‍न हुनुहुन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्‍थितिमा हाजिर भएर तिनले भने, “एक पल्‍ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब।</verse>
				<verse number="2">धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए,</verse>
				<verse number="3">तर त्‍यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्‍नो भन्‍ने केही थिएन। उसले त्‍यसलाई आफैले पालनपोषण गर्‍यो, र आफ्‍नै घरमा आफ्‍नै छोराछोरीसँग त्‍यो हुर्क्‍यो। त्‍यसले उसकै थालमा खान्‍थ्‍यो, र उसकै कचौरामा पिउँथ्‍यो, र उसकै काखमा सुत्‍दथ्‍यो। त्‍यसलाई उसले आफ्‍नो छोरीलाई जस्‍तै गर्थ्‍यो।</verse>
				<verse number="4">“एक दिन एउटा परदेशी त्‍यस धनी मानिसको घरमा आयो, अनि त्‍यस धनी मानिसले पाहुनालाई आफ्‍नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्‍यस गरीब मानिसको पाठी ल्‍याएर त्‍यस पाहुनाको निम्‍ति भोजन तयार गर्‍यो।”</verse>
				<verse number="5">दाऊदलाई त्‍यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु, कि यस्‍तो काम गर्ने मानिस मृत्‍युको योग्‍य छ!</verse>
				<verse number="6">त्‍यसले दयामाया नगरेर यस्‍तो काम गरेबापत त्‍यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”</verse>
				<verse number="7">तब नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ।</verse>
				<verse number="8">मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ।</verse>
				<verse number="9">तर तैंले उहाँको दृष्‍टिमा जे खराब थियो त्‍यो गरेर किन परमप्रभुको वचनलाई तुच्‍छ ठानिस्‌? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्‍यसकी पत्‍नीलाई आफ्‍नी बनाउन लगिस्‌। तैंले त्‍यस मानिसलाई अम्‍मोनीहरूको तरवारले मर्न दिइस्‌।</verse>
				<verse number="10">तैंले मलाई तुच्‍छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्‍नीलाई तैंले आफ्‍नी पत्‍नी तुल्‍याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्‍यै तरवारबाट विश्राम पाउनेछैन’।</verse>
				<verse number="11">“परमप्रभु भन्‍नुहुन्‍छ: ‘म तेरो आफ्‍नै घरानाभित्रबाट तँमाथि विपद्‌ ल्‍याउनेछु। म तेरा पत्‍नीहरूलाई लिएर तेरै आँखाको सामुन्‍ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्‍यो दिउँसै तिनीहरूसित सुत्‍नेछ।</verse>
				<verse number="12">तैंले जे गरिस्‌ त्‍यो गुप्‍तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्‍ने गरी दिनको उज्‍यालोमा गर्नेछु’।”</verse>
				<verse number="13">तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।</verse>
				<verse number="14">तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्‍मेको छोरोचाहिँ मर्नेछ।”</verse>
				<verse number="15">नातान आफ्‍नो घरमा गएपछि उरियाहकी पत्‍नीले दाऊदबाट जन्‍माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्‍यो बिरामी पर्‍यो।</verse>
				<verse number="16">दाऊदले त्‍यस बालकको निम्‍ति परमप्रभुसित बिन्‍ती गरे। तिनी उपवास बसे, र आफ्‍नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए।</verse>
				<verse number="17">घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्‍टा गरे, तर तिनले इन्‍कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्‌।</verse>
				<verse number="18">सातौँ दिनमा बालक मर्‍यो। दाऊदका नोकरहरूले तिनलाई बालक मरेको कुरा बताउन डराए। तिनीहरूले भने, “बालक जिउँदो हुँदा हामीले उहाँलाई भन्‍यौं, अनि उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब हामी उहाँलाई कसरी बालक मरेको खबर दिनु? उहाँले आफ्‍नो केही हानि गर्नुहुन्‍छ होला।”</verse>
				<verse number="19">तर आफ्‍ना नोकरहरूले साउती गरिरहेका दाऊदले देखे, र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, “बालक मर्‍यो?” अनि तिनीहरूले जवाफ दिए, “हो, तिनी मरे।”</verse>
				<verse number="20">तब दाऊद भूइँबाट उठे, स्‍नान गरेर तेल लाए, वस्‍त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्‍टो परेर दण्‍डवत्‌ गरे। त्‍यसपछि तिनी घर गए, भोजन ल्‍याउने हुकुम गरे र त्‍यो तयार भएपछि तिनले खाए।</verse>
				<verse number="21">तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्‍ति हजूर उपवास बस्‍नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्‍छ।”</verse>
				<verse number="22">तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्‍छ र बालक बाँच्‍छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ।</verse>
				<verse number="23">तर अब त्‍यो मरिहाल्‍यो, त मैले किन उपवास बस्‍ने? के म त्‍यसलाई फेरि फर्काई ल्‍याउन सक्‍छु र? म त्‍यसकहाँ जानेछु, तर त्‍यो मकहाँ फर्की आउनेछैन।”</verse>
				<verse number="24">तब दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्‍त्‍वना दिए। दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्‍यसको नाउँ सोलोमन राखियो। परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो,</verse>
				<verse number="25">अनि परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभएको हुनाले त्‍यसको नाउँ यददीयाह राखिओस्‌ भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।</verse>
				<verse number="26">त्‍यसपछि योआबले अम्‍मोनीहरूको सहर रब्‍बालाई चढ़ाइ गरेर राजाको किल्‍ला कब्‍जा गरे।</verse>
				<verse number="27">तिनले यस्‍तो खबर दिएर मानिसहरू दाऊदकहाँ पठाए, “मैले रब्‍बालाई चढ़ाइ गरेर त्‍यसको जलस्रोत लिएँ।</verse>
				<verse number="28">तपाईंले बाँकी सेनालाई जम्‍मा गरेर आफैले सहरलाई घेरा हालेर त्‍यो लिनुहोस्‌। नत्रता म त्‍यस सहरलाई लिनेछु, र मेरै नाउँले त्‍यो कहलाइनेछ।”</verse>
				<verse number="29">त्‍यसैकारण दाऊदले सारा सेना जम्‍मा गरे, र रब्‍बा सहरमा गए, अनि त्‍यसलाई आक्रमण गरेर लिए।</verse>
				<verse number="30">तिनले उनीहरूका राजाको शिरबाट शिरपेच उतारे। त्‍यो एउटा बहुमूल्‍य रत्‍न जड़ेको सुनको थियो, र त्‍यसको ओजन एक तोड़ा थियो, अनि त्‍यो दाऊदको शिरमा राखियो। तिनले सहरबाट औधी धेरै लूटका माल ल्‍याए।</verse>
				<verse number="31">तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्‍चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरहरूमा यस्‍ता काम गर्न लगाए। त्‍यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">दाऊदका छोरा अब्‍शालोमकी तामार नाउँ भएकी एउटी सुन्‍दरी बहिनी थिइन्‌। अनि दाऊदका अर्का छोरा अमनोन तिनीसँग प्रेममा फसे।</verse>
				<verse number="2">अमनोन आफ्‍नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्‍याकुल भए कि उनी रोगाउँदैगए। किनभने तिनी कन्‍ये-केटी भएकी हुनाले तिनीसँग केही गर्न अमनोनलाई असम्‍भव थियो।</verse>
				<verse number="3">तर दाऊदका दाजु शिमाहका छोरा योनादाब नाउँ भएका अमनोनका एक मित्र थिए, जो अत्‍यन्‍तै चतुर थिए।</verse>
				<verse number="4">तिनले अमनोनलाई भने, “हे राजकुमार, तिमी यसरी दिनदिनै हताश हुँदैजाँदैछौ, मलाई किन कारण भन्‍दैनौ?” तब अमनोनले उनलाई भने, “म मेरा भाइ अब्‍शालोमकी बहिनी तामारसँग प्रेममा फसेको छु।”</verse>
				<verse number="5">योनादाबले तिनलाई भने, “बिरामी छु भन्‍ने बहाना गरेर ओछ्यानमा सुतिरह। जब तिम्रा पिता तिमीलाई हेर्न आउँछन्‌ तब तिनलाई भन, ‘कृपा गरी मेरी बहिनी तामार आएर मलाई मेरो खानेकुरा देओस्‌। त्‍यसले मेरै सामुन्‍ने त्‍यो पकाओस्, र म त्‍यसले बनाएकी हेर्छु, र त्‍यसकै हातबाट खानेछु’।”</verse>
				<verse number="6">यसैले अमनोन बिरामी परेको बहाना गरेर ओछ्यानमा सुतिरहे। जब राजा उनलाई हेर्न आए तब उनले भने, “हजूर, मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी बनाइदेओस्, र म त्‍यसको हातबाट खान पाऊँ।”</verse>
				<verse number="7">दाऊदले महलमा तामारकहाँ यसो भनेर समाचार पठाए, “तिम्रो दाजु अमनोनको कोठामा गएर त्‍यसको निम्‍ति खानेकुरा पकाइदेऊ।”</verse>
				<verse number="8">तामार तिनका दाजुकहाँ आइन्, र उनलाई सुतिरहेका भेट्टाइन्‌। तिनले केही पीठो मुछेर उनको सामुन्‍ने रोटी पकाइदिइन्‌।</verse>
				<verse number="9">तब तिनले तावा लगेर अमनोनको सामुन्‍ने रोटी हालिदिइन्, तर अमनोनले खान मानेनन्‌। तब अमनोनले सबैलाई आफ्‍नो कोठाबाट जाने हुकुम गरे।</verse>
				<verse number="10">जब तिनीहरू सबै गए, तब उनले तामारलाई भने, “खानेकुरा मेरो भित्री कोठामा ल्‍याऊ, र म त्‍यहाँ तिम्रो हातबाट खानेछु।” आफूले बनाएका रोटीहरू तामारले अमनोनकहाँ भित्री कोठामा लगिन्‌।</verse>
				<verse number="11">तर जब तिनले अमनोनलाई ती दिइन्‌ तब उनले तिनलाई समातेर भने, “हे मेरी बहिनी, आऊ, मसित सुत।”</verse>
				<verse number="12">तर तिनले जवाफ दिइन्, “होइन मेरो दाज्‍यै, मेरो बेइज्‍जत नगर्नुहोस्‌। यस्‍तो काम इस्राएलमा गर्नुहुँदैन। यस्‍तो नीच काम नगर्नुहोस्‌।</verse>
				<verse number="13">मैले मेरो अनुहार कहाँ गएर देखाउनु? अनि तपाईं पनि इस्राएलमा एक दुष्‍ट, मूर्ख बन्‍नुहुनेछ। मेरो निम्‍ति राजासित कुरा गर्नुहोस्, अनि मसित विवाह गर्नलाई उहाँले तपाईंलाई इन्‍कार गर्नुहुनेछैन।”</verse>
				<verse number="14">तर उनले तामारको कुरा ट्याक्‍कै सुनेनन्, र तिनलाई जबरजस्‍ती गरेर समाते, र तिनको बेइज्‍जत गरी तिनीसँग सुते।</verse>
				<verse number="15">त्‍यसपछि अमनोनले तिनलाई अत्‍यन्‍त घृणा गर्न लागे। अमनोनको अघिको प्रेमभन्‍दा अहिलेको घृणा धेरै थियो। अमनोनले तिनलाई भने, “उठेर गइहाल्‌।”</verse>
				<verse number="16">तिनले जवाफ दिएर भनिन्, “अँहँ, मलाई यसरी निकाल्‍नु त साह्रै दुष्‍ट कुरा हो। तपाईंले मसित गर्नुभएको कामभन्‍दा यो झन्‌ असहाय छ।” उनले तिनको कुरा सुन्‍दैसुनेनन्,</verse>
				<verse number="17">र आफ्‍नो चाकरी गर्ने केटालाई बोलाएर भने, “यस आइमाईलाई निकालिदे। यसलाई बाहिर निकालेर ढोकामा आग्‍लो लगाइदे।”</verse>
				<verse number="18">चाकरी गर्ने त्‍यस ठिटाले तिनलाई बाहिर निकालिदियो, र ढोकामा आग्‍लो लगाइदियो। तामारले विवाह नगरेकी राजकुमारीले लाउने लामो बाहुला भएको लुगा लगाएकी थिइन्‌।</verse>
				<verse number="19">तामारले आफ्‍नो कपालमा खरानी हालिन्, आफूले लगाएको लामो बाहुलाको लुगा च्‍यातिन्, र कपालमा हात राख्‍दै रुँदैगइन्‌।</verse>
				<verse number="20">तिनका दाजु अब्‍शालोमले तिनलाई सोधे, “के तेरा दाजु अमनोन तँसित थिए? अब चूप लागी बस्‌। उनी तेरा दाजु हुन्, यस विषयमा साह्रै चिन्‍ता नगर्‌।” अनि तामार आफ्‍ना दाजु अब्‍शालोमको घरमा एक त्‍यागिएकी स्‍त्रीझैँ बसिन्‌।</verse>
				<verse number="21">जब दाऊद राजाले यी सब सुने तब तिनी साह्रै रिसाए।</verse>
				<verse number="22">अब्‍शालोमले अमनोनलाई असल वा खराब केही भनेनन्‌। आफ्‍नी बहिनी तामारलाई बेइज्‍जत गरेको कारण अब्‍शालोमले अमनोनलाई घृणा गर्न लागे।</verse>
				<verse number="23">दुई वर्षपछि अब्‍शालोमले सबै राजकुमारहरूलाई एफ्राइमको नजिक बाल-हासोरमा ऊन कत्रने उत्‍सवमा निम्‍तो दिए।</verse>
				<verse number="24">अब्‍शालोमले राजाकहाँ आएर भने, “हजूर, म ऊन कत्रने उत्‍सव मनाइरहेछु। के राजा र उहाँका सेवकहरू पाल्‍नुहुन्‍छ कि?”</verse>
				<verse number="25">राजाले जवाफ दिए, “अँहँ, मेरा छोरा, हामी सबै आएर तिमीलाई भार हुन चाहन्‍नौं।” अब्‍शालोमले ढिपी गरे, तर दाऊद जानलाई राजी भएनन्, र आफ्‍नो आशीर्वाद दिएर तिनलाई बिदा गरे।</verse>
				<verse number="26">तब अब्‍शालोमले भने, “हजूर आउन सक्‍नुहुन्‍न भने मेरा दाजु अमनोनलाई हामीसँग आउन दिनुहुन्‍छ कि?” राजाले सोधे, “त्‍यो किन तिमीसँग जाने र?”</verse>
				<verse number="27">तर अब्‍शालोमले फेरि जिद्दी गरे। यसैले दाऊदले अमनोन र अरू सबै राजकुमारहरूलाई तिनीसित जान दिए।</verse>
				<verse number="28">अब्‍शालोमले आफ्‍ना मानिसहरूलाई यस्‍तो आज्ञा दिए, “मौका हेरिबस, अनि जब अमनोन मातेर मस्‍त भएका हुन्‍छन्‌ र म ‘अमनोनलाई मार्‌!’ भन्‍नेछु, तब तिमीहरूले उनलाई मार्नू। डराउने केही काम छैन। यो मेरो हुकुम हो। हिम्मत गरी दृढ़ बस।”</verse>
				<verse number="29">अनि अब्‍शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्‍नो खच्‍चरमा चढ़ेर घरतिर लागे।</verse>
				<verse number="30">तिनीहरू बाटैमा हुँदा राजाकहाँ यस्‍तो हल्‍ला पुग्‍यो, “अब्‍शालोमले सबै राजकुमारलाई मारे, अनि कोही पनि जीवित छैन।”</verse>
				<verse number="31">तब राजा उठेर आफ्‍ना लुगा च्‍याते, र भूइँमा पस्रिए। तिनका वरिपरि उभिएका नोकरहरूले पनि आ-आफ्‍ना लुगा च्‍याते।</verse>
				<verse number="32">तर दाऊदका दाजु शिमाहका छोरा योनादाबले भने, “तिनीहरूले सबै जवान राजकुमारहरूलाई मारे भनी हजूरले नसम्‍झनुहोला। अमनोन मात्र मारिएको छ। तिनकी बहिनी तामारलाई अमनोनले बलात्‍कार गरेको दिनदेखि यसो अब्‍शालोमको त्‍यो नियत जाहेर थियो।</verse>
				<verse number="33">सबै राजकुमारहरू मरे भन्‍ने झूटो हल्‍लामा हजूरले ध्‍यान नदिनुहोला। अमनोन मात्र मारिएको छ।”</verse>
				<verse number="34">त्‍यसै बीचमा अब्‍शालोम भागेर गए। तब पहरादारले यसो मास्‍तिर हेर्दा मानिसहरूको एउटा भीड़ होरोनैमदेखि डाँड़ै-डाँड़ा तलतिर झरिरहेको देख्‍यो। त्‍यसले आएर राजालाई यसो भनेर खबर दियो, “होरोनैमदेखि डाँड़ै-डाँड़ा मानिसहरू आइरहेका मैले देखें।”</verse>
				<verse number="35">योनादाबले राजालाई भने, “हेर्नुहोस्, तिनीहरू आउँछन्‌ भनी मैले भनेझैँ राजकुमारहरू आइरहेका छन्‌।”</verse>
				<verse number="36">तिनले बोलिसक्‍ने बित्तिकै राजकुमारहरू भित्र आए, अनि डाँको छोड़ी विलाप गर्न लागे। राजा र तिनका सबै नोकरहरू पनि धुरुधुरु रोए।</verse>
				<verse number="37">अब्‍शालोम गशूरका राजा अम्‍मीहूदका छोरा तल्‍मैकहाँ गएर शरण लिए। तर राजाले दिनदिनै आफ्‍नो छोरा अमनोनको निम्‍ति विलाप गरे।</verse>
				<verse number="38">गशूरमा भागेपछि अब्‍शालोम तीन वर्षसम्‍म त्‍यहाँ बसे।</verse>
				<verse number="39">अनि अमनोनको मृत्‍युबारे तिनको हृदयले शान्‍ति पाएपछि दाऊदलाई फेरि अब्‍शालोमकहाँ जान मन लाग्‍यो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">जब राजाको मन अब्‍शालोमतिर फर्केछ भनी सरूयाहका छोरा योआबले थाहा पाए,</verse>
				<verse number="2">तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्‍त्रीलाई बोलाइपठाए। तिनले त्‍यसलाई भने, “शोक गर्ने स्‍त्रीझैँ बहाना गर, शोकको लुगा लाऊ, केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्‍त्रीझैँ बन।</verse>
				<verse number="3">त्‍यसपछि राजाकहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन।” तब के भन्‍नुपर्ने हो सो योआबले त्‍यसलाई भने।</verse>
				<verse number="4">जब तकोकी स्‍त्री राजाको सामुन्‍ने हाजिर भई, तब त्‍यो भूइँसम्‍मै घोप्‍टो परी, र राजालाई दण्‍डवत्‌ गरी रुँदै भनी, “दुहाई, महाराजा!”</verse>
				<verse number="5">राजाले त्‍यसलाई सोधे, “तिमीलाई के दु:ख छ?” त्‍यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे।</verse>
				<verse number="6">मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगड़ा गरे। त्‍यहाँ तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। र एउटाले अर्कालाई हिर्काएर मार्‍यो।</verse>
				<verse number="7">अब हेर्नुहोस्, मेरा सबै आफन्‍तहरू मेरो विरुद्धमा उठेर यसो भन्‍छन्, ‘आफ्‍नो भाइ मार्नेलाई हामीकहाँ सुम्‍पिदेऊ र त्‍यसले आफ्‍नै भाइको हत्‍या गरेको हुनाले हामी त्‍यसलाई मार्नेछौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिनेछौं’। यदि तिनीहरूले त्‍यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्‌ग्रो पनि निभाइदिनेछन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्‍तान बाँकी रहनेछैन।”</verse>
				<verse number="8">राजाले त्‍यस स्‍त्रीलाई भने, “जाऊ, म तिम्रो इन्‍साफ गरिदिनेछु।”</verse>
				<verse number="9">तर तकोकी त्‍यस स्‍त्रीले अझै भन्‍न लागी, “हजूर, यसको दोष म र मेरा पिताको घरमाथि परोस्‌। महाराजा र उहाँको सिंहासनचाहिँ निर्दोष रहून्‌।”</verse>
				<verse number="10">राजाले भने, “यदि कसैले तिमीलाई अझै केही भन्‍यो भने, त्‍यसलाई मकहाँ ल्‍याऊ, र त्‍यसले तिमीलाई फेरि कहिल्‍यै दु:ख दिनेछैन।”</verse>
				<verse number="11">तब त्‍यस स्‍त्रीले फेरि भनी “प्रतिशोधीहरूलाई खराबी गर्न नदिन र मेरो छोरालाई पनि खतम गर्न नदिनलाई हजूरले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुकारा गरिदिनुहोस्‌।” राजाले यसो भनेर शपथ खाए, “तिम्रो छोराको एउटा केश पनि भूइँमा खस्‍न पाउनेछैन भनी जीवित परमप्रभुको नाउँमा म भन्‍दछु।”</verse>
				<verse number="12">तब त्‍यस स्‍त्रीले भनी, “हजूर, म अझै एउटा कुरा भन्‍न पाउँछु कि?” राजाले भने, “भन।”</verse>
				<verse number="13">त्‍यसले भनी, “परमेश्‍वरको जनप्रति यस्‍तै किसिमको खराबी गर्न हजूरको मनमा यस्‍तो कुरा कसरी पस्‍न सक्‍यो? जब राजाले यसो भन्‍नुहुन्‍छ, के उहाँले आफैलाई पनि दोषी ठहराउनुहुन्‍न र? किनकि देश निकालावास गर्नुभएको मानिसलाई हजूरले फेरि फर्काएर ल्‍याउनलाई इन्‍कार गर्नुभएको छ।</verse>
				<verse number="14">भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ, तर परमेश्‍वरले प्राण लिइहाल्‍नुहुन्‍न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस्‌ भनी उहाँले उपाय पो गरिदिनुहुन्‍छ।</verse>
				<verse number="15">“म यो कुरा हजूरलाई भन्‍न आएकी हुँ, किनभने मानिसहरूले मलाई धम्‍की दिएका छन्‌। मैले विचार गरें, यदि मैले राजासँग कुरा गर्न पाए शायद उहाँले म उहाँकी दासीले भनेकी कुरा गरिदिनुहुनेछ,</verse>
				<verse number="16">र मलाई र मेरो छोरालाई परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट वञ्‍चित गराउन खोज्‍ने मानिसबाट बचाउनुहुनेछ।</verse>
				<verse number="17">“अब हजूरकी दासी यो भन्‍छे, ‘मेरा हजूर राजाका वचनले मलाई विश्राम देऊन्, किनभने खराब र असल छुट्ट्याउनमा हजूर त परमेश्‍वरका एक स्‍वर्गदूतजस्‍तै हुनुहुन्‍छ। परमप्रभु हजूरका परमेश्‍वर हजूरसँग रहून्‌’।”</verse>
				<verse number="18">तब राजाले त्‍यस स्‍त्रीलाई भने, “मलाई केही कुरा नलुकाऊ। म तिमीलाई एउटा प्रश्‍न सोध्‍छु।” त्‍यसले भनी, “हुकुम होस्, हजूर।”</verse>
				<verse number="19">तब राजाले त्‍यसलाई सोधे, “के यी सबैमा योआबको हात छ?” त्‍यसले जवाफ दिई, “हजूरका जीवनको शपथ खाएर म भन्‍दछु, जब हजूरले कुनै प्रश्‍न सोध्‍नुहुन्‍छ, तब बोल्‍नेको दाहिने-देब्रे फर्कने बाटै हुँदैन। ज्‍यू, हजूरका दास योआबले मलाई यो कुरो सिकाएका हुन्, र तिनैले मेरो मुखमा यी सब वचन हालिदिएका हुन्‌।</verse>
				<verse number="20">अहिलेको स्‍थितिलाई अर्कोतिर ढल्‍काउनलाई हजूरका दास योआबले यो गरेका हुन्‌। हजूर परमेश्‍वरका दूतझैँ बुद्धिमान्‌ हुनुहुन्‍छ, अनि देशमा के भइरहेछ सबै जान्‍नुहुन्‍छ।”</verse>
				<verse number="21">राजाले योआबलाई भने, “यस कुरामा मैले तिमीलाई मेरो सम्‍मति दिएँ। गएर त्‍यस जवान मानिस अब्‍शालोमलाई फर्काएर ल्‍याऊ।”</verse>
				<verse number="22">तब योआबले नम्रसित साष्‍टाङ्ग-दण्‍डवत्‌ गरे, अनि राजालाई आदर प्रकट गरेर बिदा हुँदै भने, “मेरो विनम्र बिन्‍ती हजूरले स्‍वीकार गर्नुभएको कारण मैले हजूरको निगाह प्राप्‍त गरें भनी मलाई थाहा भयो।”</verse>
				<verse number="23">तब योआब झट्टै गशूरमा गएर अब्‍शालोमलाई यरूशलेममा फर्काएर ल्‍याए।</verse>
				<verse number="24">तर राजाले भने, “त्‍यो आफ्‍नै घरमा बसोस्‌। त्‍यो मेरो उपस्‍थितिमा नआओस्‌।” यसैले अब्‍शालोम आफ्‍नै घरमा गए, र राजाको सामुन्‍ने देखा परेनन्‌।</verse>
				<verse number="25">सुन्‍दरतामा सारा इस्राएलमा अब्‍शालोम जत्तिकै प्रशंसाको योग्‍य कोही थिएन। शिरदेखि पैतालासम्‍म तिनमा कुनै खोट थिएन।</verse>
				<verse number="26">जब तिनले आफ्‍नो कपाल काट्‌थे (किनभने गह्रौँ भएकोले समय-समयमा तिनले आफ्‍नो कपाल काट्‌थे), तब राजकीय तौलबमोजिम तिनको केश दुई सय शेकेल हुन्‍थ्‍यो।</verse>
				<verse number="27">अब्‍शालोमका तीन छोरा र तामार नाउँ भएकी एउटी छोरी जन्‍मेका थिए। तामार एक अत्‍यन्‍त सुन्‍दरी स्‍त्री बनिन्‌।</verse>
				<verse number="28">अब्‍शालोम पूरा दुई वर्ष यरूशलेममा राजाको सामुन्‍ने देखा नपरी बसे।</verse>
				<verse number="29">तब तिनले राजाकहाँ समाचार पठाइदिन योआबलाई बोलाइपठाए, तर योआब आउन मानेनन्‌। अब्‍शालोमले तिनलाई दोस्रो पल्‍ट पनि बोलाइपठाए, तर तिनी अझै पनि आउन मानेनन्‌।</verse>
				<verse number="30">तब अब्‍शालोमले आफ्‍ना नोकरहरूलाई भने, “योआबको एउटा बारी मेरै बारीको छेउमा छ, अनि त्‍यसमा जौ उम्रिरहेको छ भनी तिमीहरूलाई थाहै छ। जाओ, गएर त्‍यसमा आगो लगाइदेओ।” यसैले अब्‍शालोमका नोकरहरूले त्‍यसमा आगो लगाइदिए।</verse>
				<verse number="31">त्‍यसपछि योआब अब्‍शालोमको घरमा गएर तिनलाई भने, “तपाईंका नोकरहरूले किन मेरो बारीमा आगो लगाइदिए?”</verse>
				<verse number="32">अब्‍शालोमले भने, “मैले तिमीद्वारा राजालाई यो समाचार दिन सक्‍छु कि भनेर तिमीलाई यहाँ आउन भनी बोलाइपठाएँ, ‘मलाई किन गशूरबाट आउनुपर्‍यो? म त त्‍यहीँ नै बसिरहेको भए असल हुनेथियो’। यसकारण म राजाको सामुन्‍ने हाजिर हुन पाऊँ। अनि मैले केही दोष गरेको भए उहाँले मलाई मारून्‌।”</verse>
				<verse number="33">यसैले योआब राजाकहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अब्‍शालोमलाई बोलाइपठाए। तिनी आए, र राजालाई नम्रतापूर्वक साष्‍टाङ्ग-दण्‍डवत्‌ गरे। अनि राजाले अब्‍शालोमलाई म्‍वाइँ खाए।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">त्‍यसपछि अब्‍शालोमले आफ्‍नो निम्‍ति एउटा रथ, घोड़ाहरू र आफ्‍नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए।</verse>
				<verse number="2">तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्‍साफ माग्‍न आउँदा अब्‍शालोमले त्‍यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्‍थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे,</verse>
				<verse number="3">तब अब्‍शालोमले त्‍यसलाई भन्‍थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्‍ने राजाको कुनै प्रतिनिधि नै छैन।”</verse>
				<verse number="4">अनि अब्‍शालोमले अझै यसो पनि भन्‍थे, “यदि म यस देशमा न्‍यायाधीश नियुक्त भएको भए यस्‍तो मुद्दा ल्‍याउने हरेक मानिसको ठीक इन्‍साफ गरिदिने मेरो कर्तव्‍य हुनेथियो।”</verse>
				<verse number="5">जब कुनै मानिस तिनलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गर्नलाई आउँथ्‍यो, तब अब्‍शालोमले आफ्‍नो हात पसारेर त्‍यसलाई समाती अँगालो हालेर म्‍वाइँ खान्थे।</verse>
				<verse number="6">राजाकहाँ इन्‍साफ माग्‍ने हरेकसँग यस्‍तै व्‍यवहार गरेर अब्‍शालोमले इस्राएलीहरूको प्‍यार आफूतिर खिँचे।</verse>
				<verse number="7">चार वर्षपछि अब्‍शालोमले राजालाई भने, “परमप्रभुको निम्‍ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्‍छु।</verse>
				<verse number="8">किनभने म अरामको गशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ: ‘यदि परमप्रभुले मलाई यरूशलेममा ल्‍याउनुभयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु’।”</verse>
				<verse number="9">राजाले जवाफ दिए, “शान्‍तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए।</verse>
				<verse number="10">तब अब्‍शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्‍त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्‍ने बित्तिकै तिमीहरूले भन, ‘अब्‍शालोम हेब्रोनमा राजा हुनुभयो’!”</verse>
				<verse number="11">दुई सय जना मानिसहरू यरूशलेमबाट अब्‍शालोमका साथ गएका थिए। तिनीहरूले निम्‍तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए।</verse>
				<verse number="12">अब्‍शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्‌यन्‍त्र खूब प्रबल हुँदैगयो, र अब्‍शालोमतर्फ लागेका मानिसहरूको संख्‍या पनि बढ्‌दैगयो।</verse>
				<verse number="13">एक जना सन्‍देशवाहक आएर दाऊदलाई भन्‍यो, “इस्राएलका मानिसहरूको मन त अब्‍शालोमतिर छ।”</verse>
				<verse number="14">तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्‍नुपर्छ, नत्रता हामी कोही पनि अब्‍शालोमको हातबाट उम्‍कन पाउनेछैनौं। हामी तुरुन्‍तै भाग्‍नुपर्छ, नत्रता त्‍यो हामीमाथि आइलाग्‍नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्‍यसले हामीमाथि विपत्ति ल्‍याउनेछ।”</verse>
				<verse number="15">राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्‍झनुहुन्‍छ त्‍यसो गर्नलाई हामी तयार छौं।”</verse>
				<verse number="16">तब राजा निस्‍केर गए, र महलको हेरचाह गर्ने दश जना उपपत्‍नीहरूबाहेक तिनको घरानाका सबै मानिसहरू पनि तिनकै पछिपछि लागे।</verse>
				<verse number="17">तिनीहरू केही टाढ़ासम्‍म गएर अड़िए।</verse>
				<verse number="18">गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँड़ेर गए।</verse>
				<verse number="19">तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्‍शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्‍नो देशबाट निकालिएका पनि हौ।</verse>
				<verse number="20">तिमी त हिजोअस्‍ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनू? म कहाँ जानेछु म आफै जान्‍दिनँ। घर जाऊ, र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्‍वास तिमीसित रहून्‌।”</verse>
				<verse number="21">तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्‍दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।”</verse>
				<verse number="22">दाऊदले इत्तैलाई भने, “हुन्‍छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्‍नो जम्‍मै दल र तिनीसँग भएका सबै लावालश्‍करसाथ हिँड़े।</verse>
				<verse number="23">यसरी तिनीहरू सबै जना निस्‍केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्‍सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्‌न लागे।</verse>
				<verse number="24">सादोक पनि सबै लेवीहरूका साथमा त्‍यहाँ थिए। तिनीहरूले परमेश्‍वरका करारको सन्‍दूक बोकेर लगिरहेका थिए। त्‍योचाहिँ तिनीहरूले अड़ाएर राखे र सबै मानिसहरू सहरबाट निस्‍केर नजाउञ्‍जेल अबियाथारले बलिदानहरू चढ़ाउन लागे।</verse>
				<verse number="25">तब राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्‍दूक सहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्‍याउनुहुनेछ, र म सन्‍दूकलाई र उहाँको वासस्‍थानलाई फेरि देख्‍न पाउनेछु।</verse>
				<verse number="26">यदि उहाँले मसँग प्रसन्‍न हुनुहुन्‍न भनी भन्‍नुभयो भने म यहीँ छु। उहाँले मलाई जे गर्न चाहनुहुन्‍छ सो मसँग गरून्‌।”</verse>
				<verse number="27">राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्‍य देख्‍न सक्‍छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्‍तिसँग सहरमा फर्केर जाओ।</verse>
				<verse number="28">म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्‍जेल पर्खिबस्‍नेछु।”</verse>
				<verse number="29">तब सादोक र अबियाथारले परमेश्‍वरको सन्‍दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्‍यहीँ नै बसे।</verse>
				<verse number="30">जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े।</verse>
				<verse number="31">षड्‌यन्‍त्रकारीहरूमध्‍ये अहीतोपेल अब्‍शालोमसँग छन्‌ भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्‍लाहलाई व्‍यर्थ तुल्‍याइदिनुहोस्‌।”</verse>
				<verse number="32">जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्‍वरलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गरिन्‍थ्‍यो, तब अरकी हूशै आफ्‍ना लुगा च्‍यातीकन आफ्‍नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए।</verse>
				<verse number="33">दाऊदले तिनलाई भने, “तिमी मसँग आयौ भने मलाई भार मात्र हुनेछ,</verse>
				<verse number="34">तर यदि तिमी सहरमा फर्किगएर अब्‍शालोमलाई ‘म हजूरको दास हुनेछु, अहिलेसम्‍म त म हजूरका पिताको दास थिएँ, तर अब म हजूरको दास हुनेछु’ भनी भन्‍यौ भने, अहीतोपेलको सल्‍लाह खतम गर्नमा तिमीले मलाई सहायता गर्न सक्‍नेछौ।</verse>
				<verse number="35">तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्‌। राजाको महलमा जे-जे कुरा तिमी सुन्‍नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ।</verse>
				<verse number="36">तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्‌। तिमी जे सुन्‍छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।”</verse>
				<verse number="37">यसैले अब्‍शालोम यरूशलेममा पस्‍दापस्‍दै दाऊदका मित्र हूशै सहरमा आए।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">दाऊद डाँड़ाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपीबोशेतको नोकर सीबासँग तिनको भेट भयो। त्‍यसले आफूसँग दुई सय रोटी, एक सय झुप्‍पा किसमिस, नेभाराका एक सय डल्‍लो र एक मशक दाखमद्य जीन-लगाम कसेका एक हूल गधामा बोकाएर ल्‍याएको थियो।</verse>
				<verse number="2">राजाले सीबालाई भने, “तिमीले यी सबै किन ल्‍यायौ?” सीबाले जवाफ दियो, “यी गधाहरूचाहिँ राजाका परिवारका सवारीको निम्‍ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानका निम्‍ति र दाखमद्यचाहिँ मरुभूमिमा थाक्‍नेहरूका निम्‍ति हो।”</verse>
				<verse number="3">राजाले सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्‌?” सीबाले भन्‍यो, “उनी त यरूशलेममा नै छन्, किनभने इस्राएलको घरानाले उनलाई आफ्‍ना बाजेको सिंहासन फिर्ता गरिदिनेछ भनी उनले सम्‍झेका छन्‌।”</verse>
				<verse number="4">राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” सीबाले भन्‍यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्‍टिमा निगाह पाऊँ।”</verse>
				<verse number="5">जब दाऊद राजा बहूरीममा आइपुगे तब त्‍यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्‍केर दाऊदलाई सराप्‍दैआयो।</verse>
				<verse number="6">त्‍यसले दाऊद र तिनका सबै अधिकारीहरूलाई जथाभाबी ढुङ्गाले हान्‍न लाग्‍यो। दाऊदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अङ्गरक्षकहरू थिए।</verse>
				<verse number="7">शिमीले यसो भनेर दाऊदलाई सराप दियो, “जा, जा, ए बदमाश! ए हत्‍यारा!</verse>
				<verse number="8">शाऊलको घरानामा रगत बगाएर उनको स्‍थानमा राज्‍य गर्न खोज्‍ने तँमाथि आज परमप्रभुले बदला लिनुभएको चाहिँ हो, र त्‍यो राज्‍य अब परमप्रभुले तेरो छोरो अब्‍शालोमलाई दिनुभयो। तँ आज बरबाद भइस्, किनभने तँ हत्‍यारा होस्‌!”</verse>
				<verse number="9">तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्‍ने? म पारि गएर त्‍यसको टाउको उड़ाइदिनेछु।”</verse>
				<verse number="10">तर राजाले भने, “ए सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाऊदलाई त्‍यसले सरापोस्‌ भनी भन्‍नुभएको छ भने कसले त्‍यसलाई रोक्‍न सक्‍छ?”</verse>
				<verse number="11">दाऊदले अबीशै र आफ्‍ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्‍नै छोराले मलाई मार्न खोज्‍छ भने यस बेन्‍यामीनी त के कुरा गर्नु? त्‍यसलाई छोड़िदेओ। त्‍यसले सरापोस्‌। किनभने परमप्रभुले नै त्‍यसलाई त्‍यसो गर्नू भनी भन्‍नुभएको होला।</verse>
				<verse number="12">शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्‍ट हेर्नुहुनेछ र मलाई आशिष्‌ दिनुहुनेछ।”</verse>
				<verse number="13">यसैले दाऊद र तिनका मानिसहरू आफ्‍नो बाटो लागे, र शिमीचाहिँ दाऊदको बाटोमा परेको पारिपट्टिको डाँड़ै-डाँड़ा गयो, र जाँदा दाऊदतिर सराप्‍दै र ढुङ्गा हान्‍दै र धूलो फ्‍याँक्‍दैगयो।</verse>
				<verse number="14">राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्‍नो गन्‍तव्‍यमा लखतरान भई पुगे। अनि त्‍यहाँ तिनले आफूलाई ताजा बनाए।</verse>
				<verse number="15">यसै बीचमा अब्‍शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यरूशलेममा पुगे, अनि अहीतोपेल पनि तिनीसँग थिए।</verse>
				<verse number="16">तब दाऊदका मित्र अरकी हूशैले अब्‍शालोमलाई भेटे, र तिनलाई भने, “राजा दीर्घायु होऊन्‌! राजा दीर्घायु होऊन्‌!”</verse>
				<verse number="17">तर अब्‍शालोमले जवाफ दिए, “तिम्रा मित्रलाई देखाएको प्रेम यही हो? तिमी उहाँसँग किन गएनौ?”</verse>
				<verse number="18">हूशैले अब्‍शालोमलाई जवाफ दिए, “परमेश्‍वरले चुन्‍नुभएका मानिस, जनता र इस्राएलका सारा मानिसहरूले चुनेका व्‍यक्तिसँग लाग्‍ने विचार मैले गरेको छु। अनि म तिनीसँगै बस्‍नेछु।</verse>
				<verse number="19">फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नुपर्दैन र? जस्‍तो मैले तपाईंका पिताको सेवा गरें, त्‍यस्‍तै म तपाईंको सेवा गर्नेछु।”</verse>
				<verse number="20">अब्‍शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्‍लाह दिनुहोस्‌। हामीले कसरी काम गर्नुपर्ने हो?”</verse>
				<verse number="21">अहीतोपेलले जवाफ दिए, “तपाईंका पिताले महलको जिम्‍मेवारीमा छोड़िगएका तपाईंका पिताका उपपत्‍नीहरूसित सहवास गर्नुहोस्‌। तब तपाईंले आफ्‍ना पिताको नाक काटिदिएको काम सबै इस्राएलले सुन्‍नेछन्, र तपाईंको पछि लाग्‍नेहरूको हात अझै बलियो हुनेछ।”</verse>
				<verse number="22">यसैले तिनीहरूले कौसीमा अब्‍शालोमको निम्‍ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्‍ने गरी तिनी आफ्‍ना बुबाका उपपत्‍नीहरूसित सुते।</verse>
				<verse number="23">ती दिनहरूमा अहीतोपेलको सल्‍लाहचाहिँ परमेश्‍वरसँग सोधपूछ गर्नेको जस्‍तै नै मानिन्‍थ्‍यो। दाऊद र अब्‍शालोमले अहीतोपेलका सल्‍लाहलाई त्‍यतिसम्‍म कदर गर्थे।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">अहीतोपेलले अब्‍शालोमलाई भने, “बाह्र हजार मानिस छान्‍नुहोस्, र आज राती दाऊदलाई खेद्‌नुहोस्‌ भन्‍ने मेरो सल्‍लाह छ।</verse>
				<verse number="2">तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्‌। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्‌। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्‌।</verse>
				<verse number="3">सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्‍याउनुहोस्‌। तिनको मृत्‍युले नै सबै जनालाई फर्काइल्‍याउन सक्‍छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।”</verse>
				<verse number="4">अब्‍शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्‍लाह स्‍वीकार गरे।</verse>
				<verse number="5">तर अब्‍शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्‍दारहेछन्‌ सो हामी सुनौं।”</verse>
				<verse number="6">हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्‍शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्‍तो सल्‍लाह दिएका छन्‌। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।”</verse>
				<verse number="7">हूशैले अब्‍शालोमलाई भने, “यस पल्‍ट अहीतोपेलले दिएका सल्‍लाह ठीक छैन।”</verse>
				<verse number="8">हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्‍चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्‍ता छन्‌। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्‍छ, अनि उहाँ राती सेनासँग बस्‍नुहुनेछैन।</verse>
				<verse number="9">अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्‍यस्‍तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्‍यो भने सुन्‍नेले भन्‍नेछन्‌ ‘अब्‍शालोमका पछि लाग्‍ने फौजहरू त नष्‍ट भएका छन्‌।’</verse>
				<verse number="10">त्‍यसो हुँदा कस्‍तै सूरो र सिंहजस्‍तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्‍दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्‍छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्‌।</verse>
				<verse number="11">यसैले मेरो सल्‍लाह यही छ: दानदेखि बेर्शेबासम्‍मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्‍तै तपाईंकहाँ जम्‍मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्‌।</verse>
				<verse number="12">तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्‍नेहरू कुनै पनि जीवित छोड़िनेछैन।</verse>
				<verse number="13">उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्‍यस सहरलाई लठारा ल्‍याएर एउटै ढुङ्गा पनि त्‍यसको जगमा नपाइने गरी हामी घिस्‍स्‍याएर बेँसीमा पुर्‍याउनेछौं।”</verse>
				<verse number="14">अब्‍शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्‍दा राम्रो सल्‍लाह दिएका छन्‌।” यो त अहीतोपेलको राम्रो सल्‍लाह विफल बनाउने, अनि यसरी अब्‍शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो।</verse>
				<verse number="15">हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई अहीतोपेलले अब्‍शालोम र इस्राएलका धर्म-गुरुहरूलाई दिएको सल्‍लाह, अनि आफूले दिएको सल्‍लाह पनि बताइदिए।</verse>
				<verse number="16">हूशैले भने, “यसैले अब चाँड़ो दाऊदकहाँ मानिस पठाओ, र उहाँलाई यसो भन, ‘मरुभूमिका जँघारहरूमा वास नबस्‍नू तर पारि गइहाल्‍नू, नत्रता राजा र उहाँका मानिसहरू खतम पारिनेछन्‌’।”</verse>
				<verse number="17">जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्‍थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्‍थे। किनभने सहरभित्र कसैले देख्‍ने खतरामा पर्न तिनीहरू चाहँदैनथे।</verse>
				<verse number="18">तर यस पल्‍ट त एक जना केटाले तिनीहरूलाई देख्‍यो, र त्‍यसले अब्‍शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्‍यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्‍यसभित्र पसे।</verse>
				<verse number="19">त्‍यस मानिसकी पत्‍नीले एउटा ढक्‍कन ल्‍याएर त्‍यस इनारको मुखमा फिँजाइदिई, र त्‍यसमाथि अन्‍नको बिस्‍कुन राखिदिई, अनि कसैलाई त्‍यसको केही थाहा भएन।</verse>
				<verse number="20">अब्‍शालोमका मानिसहरू आएर त्‍यस स्‍त्रीलाई सोधे, “अहीमास र जोनाथन कहाँ छन्‌?” त्‍यसले भनी “तिनीहरू त खोला पारि गए।” ती मानिसहरूले यताउता खोजे, तर कसैलाई भेट्टाएनन्‌। यसैले उनीहरू यरूशलेममा फर्के।</verse>
				<verse number="21">जब उनीहरू गइसके तब ती दुई मानिसहरू इनारबाट उक्‍लेर निस्‍के, र दाऊद राजाकहाँ गएर सबै कुरा बताइदिए। तिनीहरूले भने, “उठ्‌नुहोस्, र झट्टै खोला तर्नुहोस्‌।” अनि राजाको विरुद्धमा अहीतोपेलले गरेको युक्ति तिनीहरूले सुनाइदिए।</verse>
				<verse number="22">यसैले दाऊद र तिनका सबै दल तुरुन्‍त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्‍यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।</verse>
				<verse number="23">जब आफूले दिएको सल्‍लाह नमानेको अहीतोपेलले बुझे, तब तिनले आफ्‍नो गधामा जीन-लगाम कसेर आफ्‍नो सहरपट्टि आफ्‍नो घरतिर गए। त्‍यहाँ तिनले आफ्‍नो घरलाई ठीकठाक गरी आफैलाई झुण्‍ड्याएर आत्‍महत्‍या गरे। तिनी यसरी मरे, र आफ्‍नो बुबाको चिहानमा गाड़िए।</verse>
				<verse number="24">अब्‍शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए।</verse>
				<verse number="25">अब्‍शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।</verse>
				<verse number="26">इस्राएलीहरू र अब्‍शालोमले गिलादको जिल्‍लामा छाउनी हाले।</verse>
				<verse number="27">जब दाऊद महनोममा आइपुगे, तब अम्‍मोनीहरूको रब्‍बामा बस्‍ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्‍ने अम्‍मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले</verse>
				<verse number="28">ओढ्‌ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्‍याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल,</verse>
				<verse number="29">मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्‍ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन्‌ भनी तिनीहरूले सम्‍झे।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">दाऊदले आफूसँग भएका मानिसहरूलाई लड़ाइँको लागि जम्‍मा गरे, अनि हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।</verse>
				<verse number="2">त्‍यसपछि तिनले आफ्‍नो सेनालाई तीन भागमा विभक्त गरे— एक तिहाइ योआबको अधीनमा, एक तिहाइ सरूयाहका छोरा अबीशै, योआबका भाइको अधीनमा र एक तिहाइ गित्ती इत्तैको अधीनमा। राजाले सेनालाई भने, “म पनि तिमीहरूसँगै लड़ाइँमा जानेछु।”</verse>
				<verse number="3">तर मानिसहरूले भने, “होइन, हजूरचाहिँ नआउनुहोला। यदि हामीले फर्केर भाग्‍नुपर्‍यो भने कसैले हामीलाई केही वास्‍ता गर्नेछैन। हामी आधै मर्‍यौं भने पनि उनीहरूले वास्‍ता गर्नेछैनन्‌। तर हजूर त हामी दश हजार बराबर हुनुहुन्‍छ। यसैले हजूर सहरमा बसेर हाम्रो सहायता गर्नुभए असल हुनेछ।”</verse>
				<verse number="4">राजाले जवाफ दिए, “त्‍यसो भए तिमीहरूलाई जस्‍तो ठीक लाग्‍छ म त्‍यही गर्नेछु।” यसैले राजा मूल ढोकाको छेउमा उभिरहे, अनि सेनाचाहिँ हजार-हजार र सय-सयका पङ्‌क्तिमा तिनकै नजिकबाट हिँड़ेर गयो।</verse>
				<verse number="5">राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्‍यस जवान अब्‍शालोमसित नरम व्‍यवहार गर्नू।” अब्‍शालोमलाई जोगाइदिनू भनी राजाले आफ्‍ना प्रत्‍येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने।</verse>
				<verse number="6">तब सेना इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न गयो, अनि लड़ाइँ एफ्राइमको वनमा भयो।</verse>
				<verse number="7">त्‍यहाँ दाऊदका मानिसहरूका सामुन्‍ने इस्राएलीहरू परास्‍त भए। अनि यति ठूलो संहार भयो कि बीस हजार मानिसहरू त्‍यस दिन मारिए।</verse>
				<verse number="8">लड़ाइँ चारैतिर फैलियो, अनि वनमा नष्‍ट भएकाहरू तरवारले मर्ने मानिसहरूभन्‍दा धेरै थिए।</verse>
				<verse number="9">अब दाऊदका कतिपय मानिसहरूले अब्‍शालोमलाई देखे। तिनी एउटा खच्‍चरमा चढ़िरहेका थिए, तर जब त्‍यो खच्‍चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्‍शालोमको कपाल हाँगामा अल्‍झ्‍यो, तिनी झुण्‍डिए, अनि खच्‍चरचाहिँ त्‍यस हाँगामुनिबाट छिरिगयो।</verse>
				<verse number="10">ती मानिसहरूमध्‍येको एक जनाले त्‍यो देखेर योआबलाई यसो भन्‍यो, “मैले अब्‍शालोमलाई एउटा फलाँटको रूखमा झुण्‍डिएका देखें।”</verse>
				<verse number="11">यो कुरा भन्‍ने मानिसलाई योआबले भने, “तैंले त्‍यसलाई देखिस्‌? तैंले त्‍यसलाई त्‍यत्ति नै बेला किन प्रहार गरिनस्‌? म तँलाई दश चाँदीका सिक्‍का र एउटा बहादुरीको पटुका दिनेथिएँ।”</verse>
				<verse number="12">तर त्‍यस मानिसले उत्तर दियो, “तपाईंले मलाई एक हजार चाँदीका सिक्‍का दिनुभएको भए तापनि म राजपुत्रको विरुद्धमा हात उठाउनेथिइनँ। किनभने ‘जसले त्‍यस जवान अब्‍शालोमलाई फेला पार्ला त्‍यसले उसलाई मेरो खातिर जोगाइदिनू भनी राजाले तपाईं, अबीशै र इत्तैलाई हुकुम गर्नुभएको हामी सबैले सुनेका थियौं।</verse>
				<verse number="13">अनि मैले मेरो प्राण जोखिममा हाली धोखाबाजी गरेर तिनलाई मारेको भए राजाले तुरुन्‍तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्‍गै बस्‍नुहुनेथियो।”</verse>
				<verse number="14">योआबले भने, “तँसित मेरो समय फाल्‍न म चाहन्‍नँ।” तब योआबले तीन वटा बर्छा लिए, र अब्‍शालोम रूखमा त्‍यसरी जिउँदै झुण्‍डिरहेको बेलामा तिनको छातीमा रोपिदिए।</verse>
				<verse number="15">तब योआबका हतियार बोक्‍ने दश जना मानिसहरूले अब्‍शालोमलाई घेरे, र तिनलाई प्रहार गरे, र मारे।</verse>
				<verse number="16">तब योआबले तुरही बजाए, र सेना इस्राएललाई खेद्‌न छोड़ेर फर्के, किनभने योआबले सेनालाई रोके।</verse>
				<verse number="17">तिनीहरूले अब्‍शालोमको लाश लगेर वनको एउटा ठूलो खाड़लमा फ्‍याँकिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इस्राएलीहरू सबै आ-आफ्‍नो घरमा भागेर गए।</verse>
				<verse number="18">आफू जिउँदो हुँदा अब्‍शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्‍थे, “मेरो नाउँ राख्‍नलाई मेरो छोरो छैन।” तिनले त्‍यस खामोलाई आफ्‍नै नाउँ दिए, अनि आजको दिनसम्‍म त्‍यस खामोलाई अब्‍शालोमको स्‍मारक भनिन्‍छ।</verse>
				<verse number="19">सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई आफ्‍ना शत्रुहरूका हातबाट छुटाउनुभयो भन्‍ने समाचार राजालाई दिन भनी मलाई दगुरी जान अनुमति दिनुहोस्‌।”</verse>
				<verse number="20">तर योआबले जवाफ दिए, “आजको दिन तिमीले समाचार लाने होइन। अर्को दिन तिमीले समाचार लगे हुन्‍छ, तर आज होइन। किनभने राजाको छोरो आज मरेको छ।”</verse>
				<verse number="21">तब योआबले एउटा कूशीलाई भने, “तैंले देखेको कुरा गएर राजालाई सुनाइदे।” तब त्‍यस कूशीले निहुरेर योआबलाई दण्‍डवत्‌ गर्‍यो, र दगुरेर गयो।</verse>
				<verse number="22">सादोकका छोरा अहीमासले फेरि योआबलाई बिन्‍ती गरे। तिनले भने, “जे भए तापनि मलाई कूशीको पछिपछि दगुरेर जान दिनुहोस्‌।” योआबले सोधे, “ए मेरा छोरा, तिमी किन जाने? तिम्रो समाचारको निम्‍ति तिमीले केही इनाम पाउनेछैनौ।”</verse>
				<verse number="23">अहीमासले भने, “जेसुकै होस्‌। म कुदेर जानेछु।” योआबले भने, “त्‍यसो भए जाऊ।” तब अहीमास यर्दनको मैदानको बाटो भएर कुदे, र त्‍यस कूशीलाई उछिने।</verse>
				<verse number="24">त्‍यस बेला दाऊद बाहिरी र भित्री मूल ढोकाहरूका बीचमा बसिरहेका थिए। अनि जब पहरादारले पर्खालको मूल ढोकाको छानुमा गएर हेर्न लाग्‍यो, तब त्‍यसले एक जना मानिसलाई एकलै दगुर्दै आइरहेको देख्‍यो।</verse>
				<verse number="25">त्‍यस पहरादारले कराएर राजालाई यो कुरा बताइदियो। राजाले भने, “त्‍यो एकलै छ भने त्‍यसले केही राम्रो समाचार ल्‍याएको होला।” त्‍यो मानिस झन्‌ नजिक आइपुग्‍यो।</verse>
				<verse number="26">तब त्‍यस पहरादारले अर्को एक जना मानिसलाई पनि कुद्‌दै आइरहेको देख्‍यो। त्‍यसले तल बसेको ढोकेलाई भन्‍यो, “हेर त, अर्को एक जना मानिस पनि एकलै कुद्‌दै आउँदैछ।” राजाले भने, “त्‍यसले पनि राम्रो समाचार ल्‍याउँदै होला।”</verse>
				<verse number="27">त्‍यस पहरादारले भन्‍यो, “त्‍यो अगिल्‍लोको दौड़ त सादोकका छोरा अहीमासको जस्‍तै छ।” राजाले भने, “तिनी एक असल मानिस हुन्, र शुभ समाचार लिएर आउँदैछन्‌।”</verse>
				<verse number="28">तब अहीमासले कराएर राजालाई भने, “सब ठीक छ।” राजाको सामुन्‍ने घोप्‍टो परेर तिनले भने, “परमप्रभु हजूरका परमेश्‍वरको प्रशंसा होस्, जसले हजूरको विरुद्धमा उठ्‌ने मानिसहरूलाई हजूरको हातमा सुम्‍पिदिनुभएको छ।”</verse>
				<verse number="29">राजाले सोधे, “के जवान अब्‍शालोम कुशलै छ?” अहीमासले जवाफ दिए, “हजूरका दास योआबले म तपाईंको दासलाई पठाउनुभएको हो। मैले त ठूलो खैलाबैला भएको देखें, तर के भएको थियो मलाई थाहा भएन।”</verse>
				<verse number="30">राजाले तिनलाई एकातिर उभिने आज्ञा गरे। तिनी एकातिर गएर उभिए।</verse>
				<verse number="31">तब त्‍यस कूशीले आएर भन्‍यो, “हजूर, समाचार असल छ! हजूरको विरुद्धमा उठ्‌ने सबैबाट परमप्रभुले आज तपाईंलाई उद्धार गर्नुभएको छ।”</verse>
				<verse number="32">राजाले त्‍यस कूशीलाई सोधे, “के त्‍यो जवान मानिस अब्‍शालोम कुशलै छ?” कूशीले जवाफ दियो, “राजाका सबै शत्रुहरू र सबै बागीहरू, जसले हजूरको हानि गर्न खोज्‍छन्‌ उनीहरूको दशा पनि त्‍यही जवान मानिसको जस्‍तै होस्‌।”</verse>
				<verse number="33">तब राजा शोकाकुल भएर मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्‌दैजाँदा तिनी यसो भन्‍दै रोए, “हाय मेरो छोरो! मेरो छोरो अब्‍शालोम, मेरो छोरो अब्‍शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्‍शालोम, मेरो छोरो, मेरो छोरो!”</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">अब्‍शालोमको निम्‍ति राजा रुँदै र विलाप गर्दैहुनुहुन्‍छ भनी योआबले सुने।</verse>
				<verse number="2">अनि त्‍यस दिनको विजय जम्‍मै सेनाको निम्‍ति शोकमा परिणत भयो, किनभने तिनीहरूले सुने कि राजा आफ्‍नो छोराको निम्‍ति शोकित हुनुभएको छ।</verse>
				<verse number="3">लड़ाइँबाट भाग्‍दा आफ्‍ना अनुहार देखाउन लाज मानेका मानिसहरूझैँ तिनीहरू चूपचाप सहरभित्र पसे।</verse>
				<verse number="4">राजाले आफ्‍नो अनुहार ढाकेर ठूलो सोरले रुँदै भने, “मेरो छोरो अब्‍शालोम! हे अब्‍शालोम, मेरो छोरो, मेरो छोरो!”</verse>
				<verse number="5">तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्‍नीहरू र उपपत्‍नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्‍जित तुल्‍याउनुभयो।</verse>
				<verse number="6">हजूरलाई घृणा गर्नेहरूलाई हजूर प्रेम गर्नुहुन्‍छ, अनि हजूरलाई प्रेम गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ। हजूरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजूरको दृष्‍टिमा केही होइनौं भनी देखाउनुभयो। यो स्‍पष्‍ट देखियो कि आज अब्‍शालोम बाँचेर हामी सबै मरेका भए हजूर खुशी हुनुहुनेथियो।</verse>
				<verse number="7">अब झट्टै गएर आफ्‍ना मानिसहरूलाई उत्‍साह दिनुहोस्‌। यदि हजूरले इन्‍कार गर्नुभयो भने, परमप्रभुको शपथ खाएर म भन्‍दछु, कि आज राति एउटै मानिस पनि हजूरसँग हुनेछैन। हजूरले आफ्‍नो जवान अवस्‍थादेखि भोग्‍नुभएका सबै सङ्कष्‍टभन्‍दा पनि यो सङ्कष्‍टचाहिँ सबैभन्‍दा खराब हुनेछ।”</verse>
				<verse number="8">तब राजा उठे र मूल ढोकामा बसे। अनि जब राजा मूल ढोकामा बसिरहनुभएको छ भनी मानिसहरूलाई सुनाइयो तब तिनीहरू सबै राजाको सामुन्‍ने देखा परे। त्‍यस बेलासम्‍ममा इस्राएलीहरूचाहिँ आ-आफ्‍नो घरमा भागिसकेका थिए।</verse>
				<verse number="9">इस्राएलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्‍दैथिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो, र पलिश्‍तीहरूको शक्तिबाट छुटाउनुभयो, अनि अब अब्‍शालोमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ।</verse>
				<verse number="10">तर हामीले राजा अभिषेक गरेका अब्‍शालोम लड़ाइँमा मारिएका छन्‌। यसकारण अब राजालाई फर्काएर ल्‍याउने युक्ति हामीले किन नगर्ने?”</verse>
				<verse number="11">तब दाऊद राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भनिपठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध: ‘राजालाई तिनका महलमा ल्‍याउनलाई किन तिमीहरू सबैभन्‍दा पछि हुने, किनभने जुन कुरा सारा इस्राएलमा गरिँदैछ त्‍यो कुरा राजाको घरमा पुगिसकेको छ।</verse>
				<verse number="12">तिमीहरू मेरा दाजुभाइ हौ, मेरै हाड़ र मासु। राजालाई ल्‍याउनलाई तिमीहरू किन सबैभन्‍दा पछिल्‍ला हुने?’</verse>
				<verse number="13">अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌’।”</verse>
				<verse number="14">दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्‍छेको मनजस्‍तै गरी जित्‍यो। अनि तिनीहरूले राजालाई आफ्‍ना सबै मानिसहरूका साथ फर्कनुहोस्‌ भनी आग्रह गरी पठाए।</verse>
				<verse number="15">यसैले राजा फर्के र यर्दनमा आए। मानिसहरू अब राजालाई भेट्‌न र नदी पारि लैजानलाई यहूदाका गिलगालमा आएका थिए।</verse>
				<verse number="16">बहूरीमका बेन्‍यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्‌नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए।</verse>
				<verse number="17">उनीसँग शाऊलको घरानाका भण्‍डारे सीबा पनि, आफ्‍ना पन्‍ध्र भाइ छोरा र बीस जना चाकरसमेत, र एक हजार बेन्‍यामीनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए, जहाँ राजा थिए।</verse>
				<verse number="18">जँघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे, र तिनको हुकुमअनुसार गर्ने उत्‍साह देखाए। गेराका छोरा शिमी यर्दन पार गरेपछि राजाको सामुन्‍ने घोप्‍टो परे,</verse>
				<verse number="19">र राजालाई भने, “हजूरले मलाई दोषी ठहराउनुभयो होला। हजूरले यरूशलेम छोड्‌नुहुँदा हजूरको दासले कस्‍तो निर्लज्‍ज व्‍यवहार गरेको थियो, ती सबै हजूरले नसम्‍झनुहोला भन्‍ने मेरो बिन्‍ती छ। त्‍यो कुरा राजाले मनमै नराख्‍नुहोला।</verse>
				<verse number="20">किनभने मैले खराब काम गरें भनी म स्‍वीकार गर्दछु, तर आज हजूरलाई यहाँ भेट्‌न योसेफको सारा घरानाको प्रथम मानिस म नै हुँ।”</verse>
				<verse number="21">तब सरूयाहका छोरा अबीशैले भने, “परमप्रभुका अभिषिक्त राजालाई सरापेको हुनाले शिमी मारिनुपर्दैन र?”</verse>
				<verse number="22">दाऊदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? तिमीहरू आज मेरा विरोधीहरू बनेका छौ। आजको दिन इस्राएलमा किन कुनै मानिस मारिने? आज म इस्राएलका राजा भएँ भन्‍ने कुरा मलाई थाहा छैन र?”</verse>
				<verse number="23">तब राजाले शिमीलाई भने, “तँ मारिनेछैनस्‌।” अनि राजाले शपथ खाएर यो कुरालाई पक्‍का गरे।</verse>
				<verse number="24">शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्‌न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्‍म उनले न त आफ्‍ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्‍ना लुगाहरू धोएका थिए।</verse>
				<verse number="25">जब उनी यरूशलेमबाट राजालाई भेट्‌न आए, तब दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी किन मसित आएनौ?”</verse>
				<verse number="26">उनले जवाफ दिए, “हजूर, मेरो नोकर सीबाले मलाई धोका दियो। म त गधामा जीन-लगाम कसेर राजाको साथमा जानलाई इच्‍छा गरेको थिएँ, किनभने म लङ्गड़ा छु।</verse>
				<verse number="27">त्‍यसले हजूर राजाको सामु मेरो विरुद्धमा कुरा लगाएको छ। हजूर त परमेश्‍वरका दूतजस्‍तै हुनुहुन्‍छ। हजूरलाई जे ठीक लाग्‍छ सो गर्नुहोस्‌।</verse>
				<verse number="28">मेरा बाजेका सबै घराना, सबका सब, हजूरको हातबाट मारिने योग्‍यका थिए, तर हजूरको दास, मलाई हजूरले हजूरसँगै खान दिनुभयो। यसभन्‍दा बढ़ी निगाह मैले अरू के आशा गर्नु र?”</verse>
				<verse number="29">राजाले जवाफ दिए, “बस, भयो। मैले यो निश्‍चय गरिसकेको छु— तिमी र सीबाले जग्‍गाजमिन बाँड़ेर लानू।”</verse>
				<verse number="30">मपीबोशेतले भने, “त्‍यसले नै सबै लैजाओस्, किनभने हजूर कुशलसित घर आइपुग्‍नुभयो।”</verse>
				<verse number="31">गिलादी बर्जिल्‍लै पनि रोगलीमबाट तल झरे, र राजालाई यर्दन पारि पुर्‍याउनलाई राजाकहाँ यर्दनमा आए।</verse>
				<verse number="32">बर्जिल्‍लै चाहिँ असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनोममा बस्‍दा तिनले नै राजालाई खानेकुरा जुटाइदिएका थिए, किनभने तिनी खूबै धनाढ्य मानिस थिए।</verse>
				<verse number="33">राजाले बर्जिल्‍लैलाई भने, “मसँग पार तरेर जाऊँ, म तिम्रो निम्‍ति यरूशलेममा मेरो घरानासँग तिम्रो बस्‍ने-खाने प्रबन्‍ध गरिदिनेछु।”</verse>
				<verse number="34">बर्जिल्‍लैले राजालाई उत्तर दिए, “हजूरको दास हजूरसँग यरूशलेममा जानलाई साह्रै वृद्ध भएको छ।</verse>
				<verse number="35">म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्‍वाद हुँदैन। पुरुष र स्‍त्रीले गाएको सोर म सुन्‍न सक्‍दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने?</verse>
				<verse number="36">हजूरको दास यर्दन पारि अलिक परसम्‍म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्‍तो असल इनाम दिनुहुन्‍छ?</verse>
				<verse number="37">मलाई फर्कनलाई अनुमति दिनुहोस्‌ र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्‍यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्‍छ, त्‍यसको निम्‍ति गर्नुहोस्‌।”</verse>
				<verse number="38">राजाले जवाफ दिए, “त्‍यसो भए, किमहाम मसँग पारि जाओस्, र तिमीलाई जे असल लाग्‍छ सो त्‍यसको निम्‍ति म गरिदिनेछु। अनि तिमी जे माग्‍छौ सो म तिम्रो निम्‍ति गर्नेछु।”</verse>
				<verse number="39">तब सबै मानिसहरू यर्दन पारि तरे, र त्‍यसपछि राजा तरे। तब राजाले बर्जिल्‍लैलाई चुम्‍बन गरे, र तिनलाई आफ्‍नो आशीर्वाद दिए, अनि बर्जिल्‍लै आफ्‍नो घरमा फर्किगए।</verse>
				<verse number="40">राजा पारि तरेर गिलगालमा आए, अनि किमहाम तिनीसँग थिए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा मानिसहरूले राजालाई नदी पारि पुर्‍याए।</verse>
				<verse number="41">त्‍यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्‍मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्‍याए?”</verse>
				<verse number="42">यहूदाका मानिसहरूले जवाफ दिए, “किनभने महाराजा त हाम्रा नजिकका नातादार हुनुहुन्‍छ। यसमा तपाईं किन रिसाउनुहुन्‍छ? के हामीले राजाको धन खाएका छौं? के हामीले केही उपहार आफ्‍नै लागि लिएका छौं?”</verse>
				<verse number="43">इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्, अनि त्‍यसबाहेक दाऊदमाथि तपाईंहरूको भन्‍दा हाम्रो बढ़ी हक छ। तपाईंहरू हामीलाई किन तुच्‍छ सम्‍झनुहुन्‍छ? राजालाई फर्काइल्‍याउने कुरा के हामीले पहिले निकालेका थिएनौं र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्‍दा झन्‌ कड़ा कुरा गरे।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">शेबा नाउँ भएको एउटा दुष्‍ट मानिस त्‍यहाँ पनि थियो, जो बेन्‍यामीनी बिक्रीको छोरो थियो। त्‍यसले तुरही फुक्‍यो, र कराएर भन्‍यो, दाऊदमा हाम्रो के भाग छ? यिशैको छोरामा हाम्रो केही अधिकार छैन। हे इस्राएल, तिमीहरू आ-आफ्‍ना पालमा जाओ!</verse>
				<verse number="2">यसैले बिक्रीको छोरो शेबाको पछि लाग्‍नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्‍म तिनको पछि लागे।</verse>
				<verse number="3">जब दाऊद यरूशलेममा आफ्‍नो महलमा आए, तब तिनले आफ्‍नो महलको हेरचाह गर्नलाई राखेका ती दश उपपत्‍नीहरूलाई लिएर नजरबन्‍दी गरे। तिनले तिनीहरूका भोजनको प्रबन्‍ध गरिदिए, तर तिनीहरूसित सहवास गरेनन्‌। यसरी तिनीहरूका मृत्‍युको दिनसम्‍मै तिनीहरू नजरबन्‍द नै रहे, र तिनीहरू विधवासरह बसे।</verse>
				<verse number="4">तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।”</verse>
				<verse number="5">तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्‍दा ज्‍यादै समय तिनलाई लाग्‍यो।</verse>
				<verse number="6">दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरो शेबाले त हामीलाई अब्‍शालोमले भन्‍दा पनि ज्‍यादा दु:ख दिनेछ। तिम्रा मालिकका मानिसहरूलाई लगेर त्‍यसलाई पछिपछि खेद, नत्रता त्‍यसले कुनै पर्खाल भएको सहरलाई पायो भनेता त्‍यो हाम्रो हातबाट उम्‍केला।”</verse>
				<verse number="7">यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्‌न यरूशलेमबाट हिँड़े।</verse>
				<verse number="8">जब तिनीहरू गिबोनको ठूलो चट्टान नजिक आइपुगे तब अमासा तिनीहरूलाई भेट्‌न आए। त्‍यस बेला योआबले चाहिँ जङ्गी-पोशाक लगाएका थिए, र त्‍यसमाथि एउटा पटुका थियो, अनि त्‍यसमा म्‍यानसमेतको एउटा छुरी भिरिराखेका थिए। जब तिनी अगि बढ़े तब त्‍यो त्‍यसको म्‍यानबाट खस्‍यो।</verse>
				<verse number="9">योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्‍बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते।</verse>
				<verse number="10">अमासाले योआबको हातमा भएको छुरीको ख्‍यालै गरेनन्‌। अनि योआबले तिनको भुँड़ीमा त्‍यो रोपिदिए, र तिनको आन्‍द्रा-भुँड़ी भूइँमा झर्‍यो। तिनले दोस्रो पल्‍ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्‌दैगए।</verse>
				<verse number="11">योआबका मानिसहरूमध्‍येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्‍यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्‌।”</verse>
				<verse number="12">अमासाको लाश रगतमा लटपटिएर मूलबाटोको बीचमा पड़िरहेको थियो, अनि त्‍यस मानिसले सबै फौज त्‍यहाँ अड़िएका देख्‍यो। जब त्‍यसले देख्‍यो कि अमासा भएको ठाउँमा आउने जति त्‍यहाँ अड़िन्‍थे, तब त्‍यसले अमासाको लाशलाई बाटोदेखि परतिर खेतमा घिस्‍स्‍याउँदै लगेर त्‍यहाँ फ्‍याँकिदियो, र त्‍यसलाई एउटा लुगाले ढाकिदियो।</verse>
				<verse number="13">लाशलाई मूलबाटोदेखि घिस्‍स्‍याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्‌न योआबको पछि लागे।</verse>
				<verse number="14">हाबिल-बेथ-माकामा आई नपुगुञ्‍जेल शेबा इस्राएलका सबै कुलहरूबाट र बरीहरूको सारा देशबाट भएर गयो। ती बरीहरू भेला भए, र त्‍यसको पछिपछि लागे।</verse>
				<verse number="15">योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्‍यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्‍नलाई तिनीहरूले त्‍यसमाथि प्रहार गर्न लागे।</verse>
				<verse number="16">तब एउटी बुद्धिमती स्‍त्री बाहिरको पर्खालमा खड़ा भइन्, र सहरबाट कराएर भनिन्, “सुन्‍नुहोस्‌! सुन्‍नुहोस्‌! योआबलाई आउनू भनिदिनुहोस्, र म उहाँसित कुरा गर्नेछु।”</verse>
				<verse number="17">तब योआब अगि आए, र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्‍छ?” तिनले जवाफ दिए, “अँ, म नै हुँ।” तिनले भनिन्, “म तपाईंकी दासीले के कुरा भनिरहेछु सो राम्ररी सुन्‍नुहोस्‌।” तिनले भने, “म सुन्‍दैछु।”</verse>
				<verse number="18">तिनले भनिन्, “उहिले त यस्‍तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्‍यसरी नै कुराको फैसला हुन्‍थ्‍यो।</verse>
				<verse number="19">हाम्रो सहर इस्राएलका सहरहरूमध्‍ये एक शान्‍तिप्रिय र राजभक्त सहर गनिन्‍छ। त्‍यो त इस्राएलमा एउटी आमाजस्‍तै छ, अनि तपाईंचाहिँ त्‍यसलाई नाश गर्न खोज्‍नुहुन्‍छ। तपाईं किन परमप्रभुको सम्‍पत्ति नष्‍ट गर्न चाहनुहुन्‍छ?”</verse>
				<verse number="20">योआबले जवाफ दिए, “नष्‍ट गर्नुचाहिँ मबाट परै रहोस्‌।</verse>
				<verse number="21">त्‍यो हाम्रो विचार होइन। तर एफ्राइमको पहाड़ी देशको एक जना मानिस, बिक्रीको छोरो शेबा दाऊद राजाको विरुद्धमा विद्रोह गर्नलाई खड़ा भएको छ। त्‍यही एक जना मानिसलाई हामीकहाँ सुम्‍पिदेऊ, र हामी सहरबाट हटिजानेछौं।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्‍यसको शिर पर्खालबाट तपाईंकहाँ फ्‍याँकिनेछ।”</verse>
				<verse number="22">तब ती स्‍त्री गइन्, र भेला भएका सबै मानिसलाई त्‍यसको बुद्धिपूर्ण सल्‍लाह सुनाइन्‌। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्‍याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्‍नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।</verse>
				<verse number="23">योआब सम्‍पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए।</verse>
				<verse number="24">बेगार काममा लाउनेहरूको जिम्‍मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।</verse>
				<verse number="25">शेभाचाहिँ सचिव थिए, अनि सादोक र अबियाथार पूजाहारीहरू थिए।</verse>
				<verse number="26">याईरी ईराचाहिँ दाऊदका पुरोहित थिए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">दाऊदको राजकालमा तीन वर्षसम्‍म लगालग अनिकाल पर्‍यो। तब दाऊदले परमप्रभुको खोजी गरे। अनि परमप्रभुले भन्‍नुभयो, “शाऊल र त्‍यसको घरानामाथि रगतको दोष परेको छ, किनभने त्‍यसले गिबोनीहरूलाई मार्‍यो।” यसैकारण अनिकाल परेको छ।</verse>
				<verse number="2">(गिबोनीहरू इस्राएलका कुलका थिएनन्‌। उनीहरू एमोरी वंशका बचेकाहरू थिए, जसलाई इस्राएलीहरूले बचाइराख्‍ने शपथ खाएका थिए। तापनि शाऊलले इस्राएल र यहूदाका निम्‍ति आफ्‍नो जोशमा तिनीहरूलाई खतम गर्ने कोशिश गरेका थिए।) यसैकारण दाऊद राजाले गिबोनीहरूलाई बोलाएर भने,</verse>
				<verse number="3">“म तिमीहरूका निम्‍ति के गरूँ? परमप्रभुका आफ्‍नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्‍चित गर्न सक्‍छु?”</verse>
				<verse number="4">गिबोनीहरूले जवाफ दिए, “शाऊल र उनको घरानासँगको हाम्रो झगड़ा सुन र चाँदीले मिलाउने हाम्रो अधिकार छैन, अनि इस्राएलमा कसैको मृत्‍युको माग गर्ने पनि हामीलाई अधिकार छैन।” तब दाऊदले सोधे, “त्‍यसो भए मैले तिमीहरूका निम्‍ति के गर्ने त?”</verse>
				<verse number="5">उनीहरूले राजालाई जवाफ दिए, “जुन मानिसले हाम्रो बरबादी गर्‍यो र हाम्रो विरुद्ध षड्‌यन्‍त्र गर्‍यो, यहाँसम्‍म कि हामी खतम भयौं र इस्राएलमा हाम्रो एउटै ठाउँ पनि रहेन,</verse>
				<verse number="6">त्‍यस मानिसका सात जना छोराहरूलाई हामीकहाँ सुम्‍पिदिनुहोस्, र परमप्रभुका चुनिएका राजा शाऊलको गिबामा परमप्रभुकै सामुन्‍ने हामी तिनीहरूलाई मारेर खुलस्‍त गराउनेछौं।” राजाले भने, “म तिमीहरूलाई त्‍यो दिनेछु।”</verse>
				<verse number="7">दाऊदले परमप्रभुको सामु शाऊलका छोरा जोनाथनको खातिर शपथ खाएका हुनाले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।</verse>
				<verse number="8">तर राजाले अय्‍याकी छोरी रिश्‍पाले शाऊलबाट जन्‍माएका दुई छोरा आरमोनी र मपीबोशेत, र शाऊलकी छोरी मेराबले महोलाती बर्जिल्‍लैका छोरा अद्रीएलबाट जन्‍माएका पाँच जना छोराहरूलाई लिए।</verse>
				<verse number="9">दाऊदले तिनीहरूलाई गिबोनीहरूका हातमा सुम्‍पिदिए, र उनीहरूले तिनीहरूलाई परमप्रभुको सामुन्‍ने पहाड़मा मारेर खुलस्‍त गराइदिए। ती सातै जना एकसाथ तल खसे। तिनीहरू जौका कटनीको सुरुमा फसलको पहिलो दिनमा मारिए।</verse>
				<verse number="10">अय्‍याकी छोरी रिश्‍पाले भाङ्‌ग्रा लिएर कटनीको सुरुदेखि जबसम्‍म आकाशबाट पानी तिनीहरूका मृत-शरीरमा परेन, तबसम्‍म आफ्‍नो निम्‍ति त्‍यस चट्टानमा ओछ्यानजस्‍तै बनाई। त्‍यसले दिनमा आकाशका पक्षीहरूलाई र राती जङ्गलका पशुहरूलाई ती लाशहरू खान दिइन।</verse>
				<verse number="11">जब शाऊलकी उपपत्‍नी अय्‍याकी छोरी रिश्‍पाले गरेको कुरा दाऊदलाई सुनाइयो,</verse>
				<verse number="12">तब तिनी गएर शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट ल्‍याए। (यी मानिसहरूले ती हड्डीहरू पलिश्‍तीहरूले शाऊललाई गिल्‍बोमा जितेको दिन झुण्‍ड्याएको ठाउँ, अर्थात्‌ बेथ-शानको चोकबाट चोरेर लगेका थिए।)</verse>
				<verse number="13">तिनले त्‍यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू ल्‍याए, अनि मारेर खसालिदिएका मानिसहरूका हड्डीहरू जम्‍मा गर्न लगाए।</verse>
				<verse number="14">तिनीहरूले शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू बेन्‍यामीनको देशमा सला भन्‍ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाड़े। राजाले तिनीहरूलाई जे-जे गर्नू भनी हुकुम गरेका थिए, ती सबै तिनीहरूले गरे। त्‍यसपछि देशको निम्‍ति चढ़ाएको प्रार्थना ग्रहण गर्नलाई परमप्रभु राजी हुनुभयो।</verse>
				<verse number="15">फेरि पलिश्‍ती र इस्राएलीहरूका बीचमा लड़ाइँ चम्‍कियो। दाऊद र तिनका मानिसहरू लड़ाइँ गर्नलाई झरे, तर जब तिनी पलिश्‍तीहरूसँग लड़ाइँ गरिरहेका थिए, तब तिनी साह्रै थाके।</verse>
				<verse number="16">तब रफाका सन्‍तानहरूमध्‍येको एक जना, इश्‍बी-बनोबले, जसको काँसाका भालाको ओजन साँढ़े तीन किलोग्राम थियो, र जसले नयाँ तरवार भिरेको थियो, त्‍यसले दाऊदलाई मार्छु भनेको थियो।</verse>
				<verse number="17">यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्‍यस पलिश्‍तीलाई हिर्काएर मारे। तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्‍नेछ भन्‍ने डरले दाऊद तिनीहरूसँग लड़ाइँमा अब कहिल्‍यै जानेछैनन्‌ भनी तिनको सामु शपथ खाए।</verse>
				<verse number="18">केही समयपछि फेरि गोबमा पलिश्‍तीहरूसँग लड़ाइँ चम्‍कियो। त्‍यस बेला हूशाती सिब्‍बकैले रफाको सन्‍तान सफ भन्‍नेलाई मारे।</verse>
				<verse number="19">गोबमा पलिश्‍तीहरूसँगको अर्को लड़ाइँमा बेथलेहेमका यारे-ओरगिमका छोरा एल्‍हानानले गित्ती गोल्‍यतलाई मारे, जसको भालाका बिँड़ जुलाहाको लुगा बनाउने डन्‍डाजत्रो ठूलो थियो।</verse>
				<verse number="20">गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्‍मा चौबीस औँला भएको एउटा दैत्‍यजत्रो मानिस देखा पर्‍यो। त्‍यो पनि रफाकै सन्‍तान थियो।</verse>
				<verse number="21">जब त्‍यसले इस्राएललाई धम्‍की दियो तब दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्‍यसलाई मारे।</verse>
				<verse number="22">गातमा बस्‍ने यी चार जना मानिसहरू रफाका सन्‍तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">जुन दिन परमप्रभुले दाऊदलाई तिनका सबै शत्रुहरू र शाऊलको हातबाट छुटाउनुभयो, त्‍यस दिन तिनले गाएको भजनका शब्‍दहरू यी नै हुन्‌:</verse>
				<verse number="2">परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ।</verse>
				<verse number="3">मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्‍थान र मेरा उद्धारकर्ता हुनुहुन्‍छ। तपाईं मलाई हिंसात्‍मक मान्‍छेबाट बचाउनुहुन्‍छ।</verse>
				<verse number="4">म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।</verse>
				<verse number="5">“मृत्‍युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।</verse>
				<verse number="6">पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।</verse>
				<verse number="7">मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्‍यो।</verse>
				<verse number="8">पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, आकाशका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।</verse>
				<verse number="9">उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो।</verse>
				<verse number="10">स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोड़ामुनि थियो।</verse>
				<verse number="11">उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।</verse>
				<verse number="12">अन्‍धकारलाई उहाँले आफ्‍नो ओढ्‌ने तुल्‍याउनुभयो, पानीले काला भइसकेका बाक्‍ला बादललाई उहाँले आफ्‍नो मण्‍डप तुल्‍याउनुभयो।</verse>
				<verse number="13">उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट बिजुली निस्‍किगए। असिना र आगोको भुङ्‌ग्रो।</verse>
				<verse number="14">परमप्रभु स्‍वर्गबाट गर्जनुभयो, र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो।</verse>
				<verse number="15">उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो। अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए।</verse>
				<verse number="16">परमप्रभुको हप्‍कीमा उहाँको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए।</verse>
				<verse number="17">“उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो।</verse>
				<verse number="18">उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए।</verse>
				<verse number="19">मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।</verse>
				<verse number="20">उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो।</verse>
				<verse number="21">“मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।</verse>
				<verse number="22">किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।</verse>
				<verse number="23">उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्, र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ।</verse>
				<verse number="24">उहाँको दृष्‍टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्‍ग राखें।</verse>
				<verse number="25">परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरो शुद्धताको अनुरूप मलाई प्रतिफल दिनुभएको छ।</verse>
				<verse number="26">वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ।</verse>
				<verse number="27">शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ।</verse>
				<verse number="28">दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारीहरूलाई झुकाउनका निम्‍ति तपाईंको नजर तिनीहरूमाथि पर्छ।</verse>
				<verse number="29">हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्‍छ, परमप्रभुले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ।</verse>
				<verse number="30">तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्न सक्‍छु।</verse>
				<verse number="31">“परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्‍ति उहाँ ढाल हुनुहुन्‍छ।</verse>
				<verse number="32">किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?</verse>
				<verse number="33">उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="34">	उहाँले मेरा खुट्टाहरू मृगका खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ।</verse>
				<verse number="35">उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।</verse>
				<verse number="36">तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, स्‍वयम्‌ तपाईं मलाई महान्‌ बनाउन झुक्‍नुहुन्‍छ।</verse>
				<verse number="37">मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोड़ा चिप्‍लनेछैनन्‌।</verse>
				<verse number="38">“मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।</verse>
				<verse number="39">मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्‌न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे।</verse>
				<verse number="40">तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।</verse>
				<verse number="41">तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो, र मेरा वैरीहरूलाई मैले संहार पारें।</verse>
				<verse number="42">मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।</verse>
				<verse number="43">भूइँको धूलोजस्‍तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्‍चें।</verse>
				<verse number="44">“मेरा मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुट्ट्याउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता हुनलाई जोगाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।</verse>
				<verse number="45">विदेशीहरू दण्डवत् गर्दै मकहाँ आउँछन्, मेरो आदेश सुन्‍ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्‌।</verse>
				<verse number="46">विदेशीहरू डरले शिथिल हुन्‍छन्, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌।</verse>
				<verse number="47">“परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌! परमेश्‍वर मेरा चट्टान, मेरा उद्धारक उच्‍च होऊन्‌।</verse>
				<verse number="48">उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्‍छ,</verse>
				<verse number="49">उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्‍छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्‍च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।</verse>
				<verse number="50">यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।</verse>
				<verse number="51">उहाँले आफ्‍ना राजाहरूलाई महान्‌ विजय दिनुहुन्‍छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">दाऊदका आखिरी वचन यी नै हुन्‌: यिशैका छोरा दाऊदको वाणी यही हो, ती मानिसको वाणी, जसलाई परमेश्‍वरले उच्‍च पार्नुभयो, याकूबका परमेश्‍वरद्वारा अभिषिक्त राजा, र इस्राएलका भजनहरू गाउनेको वाणी:</verse>
				<verse number="2">“परमप्रभुका आत्‍मा मद्वारा बोल्‍नुभयो, र उहाँको वचन मेरो मुखमा थियो।</verse>
				<verse number="3">इस्राएलका परमेश्‍वर बोल्‍नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो: ‘जसले न्‍यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्‍वरको भय राखीकन शासन गर्छ,</verse>
				<verse number="4">त्‍यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्‍योतिजस्‍तै छ, त्‍योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्‍यालोजस्‍तै छ’।</verse>
				<verse number="5">“के मेरो घराना परमेश्‍वरसँग ठीक छैन र? के उहाँले मसँग सबै भागमा सुरक्षित र व्‍यवस्‍थित भएको एउटा अनन्‍त करार बाँध्‍नुभएको छैन र? के उहाँले मेरो उद्धारलाई फलवन्‍त बनाउनुहुनेछैन र? अनि मेरो प्रत्‍येक इच्‍छा पूरा गर्नुहुनेछैन र?</verse>
				<verse number="6">तर दुष्‍ट मानिसहरू सबैलाई काँढ़ाजस्‍तै गरी कतै फालिनुपर्छ, जसलाई हातले जम्‍मा पनि गरिँदैन।</verse>
				<verse number="7">फलाम वा काठको हतियारले बाहेक काँढ़ालाई कसैले छुँदैन। काँढ़ाहरू जहाँ थुपारिन्‍छन्‌ त्‍यहीँ जलाइन्‍छन्‌।”</verse>
				<verse number="8">दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्‌। पहिलो तहकमोनीबाटका योशब-बश्‍शेबेत थिए— तीन जना वीरमध्‍येका मुख्‍य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे।</verse>
				<verse number="9">ती तीन जना वीरमध्‍ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्‍मीममा थिए, जहाँ पलिश्‍तीहरू युद्धको निम्‍ति जम्‍मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर</verse>
				<verse number="10">नथाकुञ्‍जेल तिनले पलिश्‍तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्‍म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्‍यस दिन ठूलो विजय दिनुभयो। त्‍यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्‌न मात्र एलाजारकहाँ फर्केर आए।</verse>
				<verse number="11">तिनीपछि हरारी आगीका छोरा शम्‍मा थिए। पलिश्‍तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्‍तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए,</verse>
				<verse number="12">तब शम्‍मा त्‍यस खेतमा अड़िएर बसे, र त्‍यस खेतको रक्षा गरे, अनि ती पलिश्‍तीहरूलाई परास्‍त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो।</verse>
				<verse number="13">कटनीको सुरुतिर तीस जना मुख्‍य मानिसहरूमध्‍येका ती तीन जना वीरहरू अदुल्‍लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्‍तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए।</verse>
				<verse number="14">त्‍यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्‍तीको फौज बेथलेहेममा थियो।</verse>
				<verse number="15">एक दिन दाऊदलाई साह्रो तिर्खा लाग्‍यो, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकानेरको पानी खान पाए त हुनेथियो।”</verse>
				<verse number="16">यसैले ती तीन जना वीरहरू पलिश्‍तीहरूका पङ्‌क्तिका बीचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्‍याएर दाऊदलाई दिए। तर दाऊदले त्‍यो पानी पिउनलाई इन्‍कार गरे। तिनले त्‍यो पानी परमप्रभुको सामुन्‍ने खन्‍याइदिए,</verse>
				<verse number="17">र भने, “हे परमप्रभु, मैले यो पानी पिउनु नपरोस्‌। के म यी मानिसहरूको रगत पिऊँ, जसले यसको निम्‍ति आफ्‍नो प्राण खतरामा हाले?” यसैले तिनले त्‍यो पानी पिएनन्‌। ती तीन जनाका वीरताको काम यस्‍तै थियो।</verse>
				<verse number="18">सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्‍नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्‍तै तिनी प्रसिद्ध भए।</verse>
				<verse number="19">के तिनलाई ती तीन जनालाई भन्‍दा ठूलो आदरले हेरिँदैनथ्‍यो र? तिनी तिनीहरूका कप्‍तान भए, तर ती तीन जनामध्‍ये तिनी गनिएनन्‌।</verse>
				<verse number="20">यहोयादाका छोरा कब्‍सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए।</verse>
				<verse number="21">तिनले नै एक जना ठूलो आकारको एक जना मिश्रीलाई मारे, जसको हातमा एउटा भाला थियो। बनायाह एउटा लाठो लिएर त्‍यसकहाँ गए, र त्‍यस मिश्रीको हातबाट भाला खोसेर त्‍यसकै भालाले त्‍यसलाई मारे।</verse>
				<verse number="22">यहोयादाका छोरा बनायाहका वीरताका काम यस्‍तै थिए। ती तीन जना वीरहरूजस्‍तै तिनी प्रसिद्ध थिए।</verse>
				<verse number="23">तिनी ती तीस जनाभन्‍दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्‌। दाऊदले तिनलाई आफ्‍नो अङ्गरक्षकको जिम्‍मा दिए।</verse>
				<verse number="24">योआबका भाइ असाहेल, ती तीस जनामध्‍येका यी नै हुन्‌: बेथलेहेमका दोदैका छोरा एल्‍हानान,</verse>
				<verse number="25">हरोदी शम्‍मा, हरोदी एलीका,</verse>
				<verse number="26">पल्‍ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,</verse>
				<verse number="27">अनातोतका अबीएजेर, हूशाती मबुन्‍ने,</verse>
				<verse number="28">अहोही सल्‍मोन, नतोपाती महरै,</verse>
				<verse number="29">नतोपाती बानाहका छोरा हेलेद, र बेन्‍यामीनको गिबाका रीबैका छोरा ईथै,</verse>
				<verse number="30">पिरातोनी बनायाह, गाशका खोल्‍साहरूका हिद्दै,</verse>
				<verse number="31">अर्बाती अब्‍बी-अल्‍बोन, बरहूमी अज्‍मावेत,</verse>
				<verse number="32">शाल्‍बोनी एल्‍याहबा, याशेनका छोराहरू,</verse>
				<verse number="33">हरारी शम्‍माका छोरा जोनाथन, हरारी शरारका छोरा अहीआम,</verse>
				<verse number="34">माकाती आहसबैका छोरा एलीपेलेत, गीलोनी अहीतोपेलका छोरा एलीआम,</verse>
				<verse number="35">कर्मेलका हेस्रो, अर्बी पारै,</verse>
				<verse number="36">सोबाका नातानका छोरा यिगाल, हग्रीका छोरा,</verse>
				<verse number="37">अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,</verse>
				<verse number="38">यित्री ईरा, यित्री गारेब,</verse>
				<verse number="39">र हित्ती उरियाह। सबै जम्‍मा सैँतीस जना थिए।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">फेरि परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो, अनि उहाँले दाऊदलाई तिनीहरूका विरुद्धमा सुर्‍याउनुभयो, र तिनलाई इस्राएल र यहूदाको गणना गर्नू भनी हुकुम गर्नुभयो।</verse>
				<verse number="2">यसैकारण दाऊदले योआब र तिनीसँग भएका सेनापतिहरूलाई दानदेखि बेर्शेबासम्‍म इस्राएलका सबै कुलहरूका चारैतिर गएर लड़ाकू मानिसहरूको गणना गरेर तिनीहरूको संख्‍या तिनीकहाँ ल्‍याउन भनी हुकुम गरे।</verse>
				<verse number="3">तर योआबले राजालाई भने, “परमप्रभु हजूरका परमेश्‍वरले मानिसहरूलाई सय गुणा वृद्धि गरिदेऊन्, र हजूर मेरा मालिकका आँखाले ती सबै कुरा देख्‍न पाऊन्‌। तर मेरा मालिक राजाले यस्‍तो काम किन गर्न चाहनुहुन्‍छ?”</verse>
				<verse number="4">तर राजाको आज्ञा योआब र सेनापतिहरूमाथि प्रबल भयो, र इस्राएलका लड़ाकू मानिसहरूको गन्‍ती गर्नलाई तिनीहरू राजाका सामुबाट निस्‍के।</verse>
				<verse number="5">तिनीहरूले यर्दन पार गरे, र अरोएरनेरका दक्षिणपट्टिको खोलामा पाल टाँगे, गाद भएर याजेरसम्‍म अगि बढ़े।</verse>
				<verse number="6">तब तिनीहरू गिलाद र तातीम-होदशी अनि दान-यानमा र सीदोनको फेरो मारे।</verse>
				<verse number="7">तिनीहरू टुरोसको गढ़ीसम्‍म गए, र हिव्‍वी र कनानीहरूका सबै सहरहरूमा गए। त्‍यसपछि यहूदाको नेगेव भनिने दक्षिण देशको बेर्शेबामा गए।</verse>
				<verse number="8">तिनीहरूले जम्‍मै देश छिचले, अनि नौ महिना बीस दिनपछि यरूशलेममा फर्किआए।</verse>
				<verse number="9">तब योआबले मानिसहरूको जम्‍मा संख्‍या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्‍ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए।</verse>
				<verse number="10">मानिसहरूको जनगणना गरिसकेपछि दाऊदको विवेकले तिनलाई सतायो, र तिनले परमप्रभुलाई भने, “मैले साह्रै दुष्‍ट काम गरेको छु! हे परमप्रभु, बिन्‍ती छ, आफ्‍नो दासको अपराधलाई दूर गर्नुहोस्‌। म साह्रै मूर्ख भएँ।”</verse>
				<verse number="11">तिनी भोलिपल्‍ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाऊदका अगमवक्ता गादकहाँ आइसकेको थियो:</verse>
				<verse number="12">“गएर दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो अगि तीन वटा कुरा दिँदैछु। तीमध्‍ये एउटा चुन्, र त्‍यही नै म तँमाथि ल्‍याउनेछु’।”</verse>
				<verse number="13">तब गाद आएर त्‍यही कुरा दोहोर्‍याएर दाऊदलाई भने, “हजूरको देशमा तीन वर्षसम्‍म अनिकाल परोस्, अथवा तीन महिनासम्‍म हजूरलाई खेद्‌ने शत्रुहरूबाट भागिरहने हजूरको अवस्‍था होस्, वा हजूरको देशमा तीन दिनसम्‍म रूढ़ी चलोस्‌? अब विचार गर्नुहोस्, र मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्छ सो भन्‍नुहोस्‌।”</verse>
				<verse number="14">तब दाऊदले गादलाई भने, “म त साह्रै सङ्कष्‍टमा परेको छु। हामीलाई परमप्रभुको हातमा पर्नु नै बेस होला, किनभने उहाँको करुणा महान्‌ छ। तर मलाई मानिसहरूका हातमा पर्नु नपरोस्‌।”</verse>
				<verse number="15">यसैकारण बिहानदेखि तोकेको समयसम्‍म इस्राएलभरि परमप्रभुले रूढ़ी पठाइदिनुभयो, र दानदेखि बेर्शेबासम्‍म सत्तरी हजार मानिसहरू मरे।</verse>
				<verse number="16">जब स्‍वर्गदूतले यरूशलेम नष्‍ट पार्नलाई त्‍यसतिर आफ्‍नो हात पसारे, तब त्‍यस्‍तो सत्‍यानाश गर्नदेखि परमप्रभुको मन बदल्‍यो, र मानिसहरूलाई नाश गर्ने ती स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्‍यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।</verse>
				<verse number="17">जब दाऊदले मानिसहरूलाई मार्दैगर्ने ती स्‍वर्गदूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेड़ाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्‌।”</verse>
				<verse number="18">त्‍यही दिन गाद दाऊदकहाँ आएर तिनलाई भने, “गएर यबूसी अरौनाको खलामा प्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस्‌।”</verse>
				<verse number="19">गादद्वारा परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदमाथि उक्‍लेर गए।</verse>
				<verse number="20">जब अरौनाले राजा र तिनका मानिसहरूलाई आफू भएतिर आइरहेका देखे, तब तिनी गएर राजाको सामुन्‍ने घोप्‍टो परी दण्‍डवत्‌ गरेर भने, “हजूर किन हजूरको दासलाई भेट गर्नलाई आउनुभयो?”</verse>
				<verse number="21">दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्‍द होस्‌ भनी परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्‍न भनी म आएको हुँ।”</verse>
				<verse number="22">अरौनाले दाऊदलाई भने, “बिन्‍ती छ, हजूर, त्‍यो लानुहोस्, र जस्‍तो योग्‍य सम्‍झनुहुन्‍छ, त्‍यस्‍तो बलिदान चढ़ाउनुहोस्‌। होमबलिको निम्‍ति मकहाँ गोरुहरू र दाउराको निम्‍ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्‌।”</verse>
				<verse number="23">अरौनाले यो सबै राजालाई तिनका कामको निम्‍ति दिएर भने, “परमप्रभु हजूरका परमेश्‍वरले हजूरलाई ग्रहण गरून्‌।”</verse>
				<verse number="24">तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्‍नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्‍वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्‍यो खला र गोरुहरू चाँदीका पचास सिक्‍कामा किने।</verse>
				<verse number="25">त्‍यहाँ तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्‍ति तिनले गरेको प्रार्थना परमप्रभुले स्‍वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।</verse>
			</chapter>
		</book>
		<book number="11">
			<chapter number="1">
				<verse number="1">जब दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्‍किसकेको थियो, तिनलाई लुगा ओढ़ाइदिँदा पनि तिनी तातिँदैनथे।</verse>
				<verse number="2">यसैकारण तिनका सेवकहरूले तिनलाई भने, “हजूरको सेवा-टहल र हजूरको हेरचाह गर्नलाई कुनै एउटी कन्‍ये-केटी हामी खोज्‍छौं। त्‍यसले हाम्रा महाराजालाई न्‍यानो पार्न त्‍यो हजूरसँगै सुतोस्‌।”</verse>
				<verse number="3">तब तिनीहरूले सारा इस्राएल देशभरि खोज्‍दा एउटी सुन्‍दरी कुमारी शूनम्‍मी अबीशगलाई भेट्टाए, र त्‍यसलाई राजाकहाँ ल्‍याए।</verse>
				<verse number="4">त्‍यो अत्‍यन्‍त सुन्‍दरी थिई। त्‍यसले राजाको सेवा-टहल र हेरचाह गर्न लागी। तर राजाले त्‍यससँग सहवास गरेनन्‌।</verse>
				<verse number="5">तब हग्‍गीतका छोरा अदोनियाहले “म नै राजा हुनेछु” भनी आफैलाई अगि सार्न लागे। यसैले उनले पचास जना मानिसहरू, घोड़चढ़ीहरू र रथहरूसमेत आफ्‍नो अगिअगि दगुर्न तयार गरे।</verse>
				<verse number="6">उनका पिताले उनलाई “तँ किन यस्‍तो व्‍यवहार गर्छस्‌?” भनेर सम्‍झाएनन्‌। अदोनियाह पनि एक अत्‍यन्‍तै सुन्‍दर मानिस थिए र उमेरमा अब्‍शालोमभन्‍दा पछि जन्‍मेका थिए।</verse>
				<verse number="7">अदोनियाहले सरूयाहका छोरा योआब र अबियाथार पूजाहारीसँग सल्‍लाह लिए र उनीहरूले उनलाई सहायता दिए।</verse>
				<verse number="8">तर सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका विशेष अङ्गरक्षकहरूचाहिँ अदोनियाहतर्फ लागेनन्‌।</verse>
				<verse number="9">तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्‍ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्‍ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्‍तो दिए,</verse>
				<verse number="10">तर उनले नातान अगमवक्ता, बनायाह, विशेष अङ्गरक्षकहरू र आफ्‍ना भाइ सोलोमनलाई निम्‍तो दिएनन्‌।</verse>
				<verse number="11">तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के तपाईंले सुन्‍नुभएको छैन, कि हाम्रा मालिक दाऊदले थाहा नपाईकनै हग्‍गीतका छोरा अदोनियाह राजा भएछन्‌।</verse>
				<verse number="12">अब सुन्‍नुहोस्, तपाईंको आफ्‍नै र तपाईंका छोरा सोलोमनको ज्‍यान कसरी बचाउन सकिन्‍छ सो म तपाईंलाई सल्‍लाह दिनेछु।</verse>
				<verse number="13">गएर दाऊद राजासँग भेटेर उहाँलाई यसो भन्‍नुहोस्, ‘हे प्रभु मेरा महाराजा, के हजूरले आफ्‍नी दासीसँग यसो भनेर शपथ खानुभएको थिएन, “निश्‍चय नै तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ र त्‍यो नै मेरो सिंहासनमा बस्‍नेछ? तब किन अदोनियाह राजा भयो त?”</verse>
				<verse number="14">जब तपाईं राजासँग कुरा गरिरहनुभएको हुन्‍छ त्‍यसै बेलामा म भित्र आउनेछु, र तपाईंले भन्‍नुभएको कुराको पुष्‍टि गरिदिनेछु।”</verse>
				<verse number="15">तब बतशेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन्, जहाँ शूनम्‍मी अबीशगले तिनको स्‍याहारसुसार गर्दैथिई।</verse>
				<verse number="16">बतशेबा निहुरेर राजाको सामु घुँड़ा टेकिन्‌। राजाले भने, “तिमीलाई के चाहियो?”</verse>
				<verse number="17">तिनले राजालाई भनिन्, “हे मेरा प्रभु, हजूरले आफ्‍नी दासीसँग परमप्रभु हजूरका परमेश्‍वरको नाउँमा यस्‍तो शपथ खानुभएको थियो, ‘मपछि तिम्रो छोरो सोलोमन राजा हुनेछ, र त्‍यो मेरो सिंहासनमा बस्‍नेछ’।</verse>
				<verse number="18">तर अहिले अदोनियाह पो राजा भइसकेछ। यो कुरा प्रभु मेरा महाराजालाई थाहै छैन।</verse>
				<verse number="19">त्‍यसले धेरै संख्‍यामा गाईबस्‍तुहरू र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएको छ, र सबै राजकुमारहरू अबियाथार पूजाहारी र सेनापति योआबलाई निम्‍तो दिएछ, तर हजूरको दास सोलोमनलाई चाहिँ निम्‍तो दिएनछ।</verse>
				<verse number="20">अब हे मेरा प्रभु महाराजा, हजूरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजूरबाट जान्‍नलाई सारा इस्राएलले हजूरलाई हेरिरहेका छन्‌।</verse>
				<verse number="21">नत्रता जब हजूर आफ्‍ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्‍यवहार गरिनेछ।”</verse>
				<verse number="22">तिनी राजासँग कुरा गरिरहेकै बेलामा नातान अगमवक्ता आइपुगे।</verse>
				<verse number="23">“नातान आएका छन्‌” भनी तिनीहरूले राजालाई सुनाइदिए। तब नातान आएर भूइँसम्‍मै निहुरेर राजालाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="24">नातानले भने, “हे मेरा प्रभु महाराजा, के अदोनियाह हजूरपछि राजा हुनेछन्, र हजूरको सिंहासनमा उनी नै बस्‍नेछन्‌ भनी हजूरले घोषणा गर्नुभएको हो?</verse>
				<verse number="25">उनले आज तल गएर धेरै गाई-गोरु र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएका छन्‌। उनले सबै राजकुमारहरू, सेनापतिहरू र अबियाथार पूजाहारीलाई भोजमा निम्‍तो दिएका छन्‌। अनि अहिले यसै बेला उनीहरू उनीसँगै खाँदै, पिउँदै र यसो भनिरहेका छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्‌।’</verse>
				<verse number="26">तर उनले हजूरको दास मलाई र सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह र हजूरको दास सोलोमनलाई निम्‍तो दिएनन्‌।</verse>
				<verse number="27">के यो हजूरको आज्ञाद्वारा भएको हो? अनि हामी हजूरका दासहरूलाई चाहिँ हजूरपछि सिंहासनमा को बस्‍ने हो भनी हजूरले थाहा नै दिनुभएको छैन?”</verse>
				<verse number="28">तब दाऊद राजाले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसैले तिनी राजाको सामुन्‍ने आएर उभिन्‌।</verse>
				<verse number="29">तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्‍दछु:</verse>
				<verse number="30">परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा मैले शपथ खाएर तिमीलाई भनेको थिएँ, ‘तिम्रो छोरो सोलोमन नै मपछि राजा हुनेछ, र मेरो सिंहासनमा मेरो सट्टामा बस्‍नेछ’। आजको दिन म यो शपथलाई पूरा गर्नेछु।”</verse>
				<verse number="31">तब बतशेबाले राजाको सामुन्‍ने घुँड़ा टेकेर निहुरेर भूइँमा घोप्‍टो परी भनिन्, “मेरा प्रभु महाराजा दाऊद दीर्घायु होऊन्‌।”</verse>
				<verse number="32">दाऊद राजाले भने, “सादोक पूजाहारी, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु हाजिर भए,</verse>
				<verse number="33">राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्‍चरमा सवार गराएर गीहोनसम्‍म साथै लैजाओ।</verse>
				<verse number="34">त्‍यहाँ सादोक पूजाहारी र नातान अगमवक्ताले त्‍यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्‌। तुरही बजाओ र यसो भनेर कराओ, “राजा सोलोमन अमर रहोस्‌।”</verse>
				<verse number="35">तब तिमीहरू त्‍योसँग उक्‍लेर आओ, र त्‍यो भित्र पसेर मेरो सिंहासनमा बसोस्, र मेरो सट्टामा त्‍यसले राज्‍य गरोस्‌। इस्राएल र यहूदामाथि शासन गर्नलाई मैले त्‍यसलाई नियुक्त गरेको हो।”</verse>
				<verse number="36">यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! परमप्रभु मेरा मालिक महाराजाका परमेश्‍वरले यस्‍तै घोषणा गरून्‌।</verse>
				<verse number="37">जसरी मेरा महाराजासँग परमप्रभु हुनुहुन्‍थ्‍यो, त्‍यसरी नै उहाँ सोलोमनसँग पनि होऊन्, र तिनको सिंहासन मेरा प्रभु महाराजा दाऊदको सिंहासनभन्‍दा पनि उच्‍च बनाऊन्‌।”</verse>
				<verse number="38">तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्‍चरमा सवार गराए, र तिनलाई गीहोनसम्‍म साथ दिए।</verse>
				<verse number="39">सादोक पूजाहारीले पवित्र पालबाट तेल राख्‍ने सीङ लिएर सोलोमनलाई तेलले अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले कराएर भने, “राजा सोलोमन अमर रहून्‌।”</verse>
				<verse number="40">अनि सबै मानिसहरू अत्‍यन्‍त हर्ष मनाउँदै, बाँसुरी बजाउँदै तिनको पछिपछि माथि उक्‍ले। तिनीहरूको हल्‍लाले जमिनै थर्क्‍यो।</verse>
				<verse number="41">अदोनियाह र उनका अतिथिहरूले खाइसकेका मात्र थिए, तब उनीहरूले त्‍यो हल्‍ला सुने। तुरहीको आवाज सुनेर योआबले सोधे, “सहरमा यो केको हल्‍ला हो?”</verse>
				<verse number="42">जब उनी यसो भनेर बोल्‍दैथिए, अबियाथार पूजाहारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्‍ता योग्‍य मानिसले असल समाचार ल्‍याएको हुनुपर्छ।”</verse>
				<verse number="43">जोनाथनले जवाफ दिए, “अँहँ, होइन। साँच्‍चै, हाम्रा प्रभु राजा दाऊदले सोलोमनलाई राजा तुल्‍याउनुभएको छ।</verse>
				<verse number="44">तिनका साथमा सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ, र तिनीहरूले तिनलाई राजाको खच्‍चरमा सवार गराए,</verse>
				<verse number="45">अनि सादोक पूजाहारी र नातान अगमवक्ताले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्‌। त्‍यहाँबाट तिनीहरूले तिनलाई अहिले धूमधामसाथ आनन्‍द मनाउँदै माथि पुर्‍याएका छन्, र सहरमा हल्‍ला भइरहेछ। त्‍यही आवाज तपाईंहरूले सुन्‍नुभएको हो।</verse>
				<verse number="46">त्‍यसभन्‍दा अझ बढ़ी के भयो भने, राजाको सिंहासनमा सोलोमन विराजमान भएका छन्‌।</verse>
				<verse number="47">अनि राजकीय अधिकारीहरू पनि हाम्रा प्रभु दाऊद महाराजालाई यसो भनेर अभिवादन गर्नलाई गएका छन्, ‘हजूरका परमेश्‍वरले हजूरका छोरा सोलोमनको नाउँ हजूरको भन्‍दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्‍दा पनि अझ प्रतापी बनाऊन्‌।’ अनि राजाले आफ्‍नो पलङ्गमा बसेर नै दण्‍डवत्‌ गरेर भने,</verse>
				<verse number="48">‘परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मलाई मेरा आँखाले आज मेरो सिंहासनमा एउटा उत्तराधिकारीलाई हेर्न दिनुभयो’।”</verse>
				<verse number="49">यसैले अदोनियाहका अतिथि सबै तर्सेर जर्‍याकजुरुक उठेर तितरबितर भए।</verse>
				<verse number="50">तर अदोनियाह आफैचाहिँ सोलोमनदेखि डराएर उठे, र गएर वेदीका सीङहरू समाते।</verse>
				<verse number="51">तब कसैले गएर यो समाचार सोलोमनलाई सुनाए, “अदोनियाह सोलोमन राजादेखि डराएका छन्, र उनले वेदीका सीङहरू समातिराखेका छन्‌। उनी भन्‍छन्, ‘राजा सोलोमनले आफ्‍नो दासलाई “म तरवारले मार्नेछैनँ,” भनी आज शपथ खाएर मलाई भनून्‌’।”</verse>
				<verse number="52">सोलोमनले जवाफ दिए, “यदि उनले आफूलाई एक योग्‍य मानिस हुन्‌ भनी प्रमाण दिन सके भने उनको कपालको एउटा केश पनि भूइँमा खस्‍नेछैन। तर उनमा दुष्‍टता पाइयो भनेता उनी निश्‍चय नै मारिनेछन्‌।”</verse>
				<verse number="53">तब सोलोमन राजाले मानिसहरू पठाएर उनलाई वेदीबाट तल ल्‍याए। अनि अदोनियाह आएर राजा सोलोमनलाई दण्‍डवत्‌ गरे। सोलोमनले भने, “तिमी आफ्‍नो घरमा जाऊ।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई यो आखिरी जिम्‍मा दिए।</verse>
				<verse number="2">“संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ,</verse>
				<verse number="3">र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्,</verse>
				<verse number="4">र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्‌: ‘यदि तेरा सन्‍तानले आफू कसरी रहनुपर्छ भनी ध्‍यान गरे र यदि तिनीहरू आफ्‍ना पूरा हृदय र प्राणले मेरो दृष्‍टिमा विश्‍वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्‍यै अभाव हुनेछैन’।</verse>
				<verse number="5">“सरूयाहको छोरो योआबले मलाई के गर्‍यो— इस्राएलका दुई सेनापतिहरू नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई त्‍यसले के गर्‍यो यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाइँको समयमा झैँ शान्‍तिकै अवस्‍थामा छँदा पनि त्‍यसले तिनीहरू दुवैलाई मार्‍यो। त्‍यही रगतले आफ्‍ना पटुका र खुट्टाका जुत्तालाई कलङ्कित पार्‍यो।</verse>
				<verse number="6">तिम्रो बुद्धिले जे-जस्‍तो बताउँछ, त्‍यहीअनुसार त्‍यससित व्‍यवहार गर, तर त्‍यसको फुलेको कपाल शान्‍तिसित चिहानमा नजाओस्‌।</verse>
				<verse number="7">“तर गिलादका बर्जिल्‍लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्‍ये होऊन्‌। तिम्रो दाजु अब्‍शालोमबाट म भागी हिँड्‌दा तिनीहरू मसितै रहिरहे।</verse>
				<verse number="8">“अनि तिमीसँग भएको बहूरीमको बेन्‍यामीनी गेराको छोरो शिमीलाई याद राख्‍नू। म महनोममा गएको दिन त्‍यसले मलाई खूबै सरापेको थियो। जब त्‍यो यर्दन नदीमा मलाई भेट्‌न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ।</verse>
				<verse number="9">तर अब त्‍यसलाई तिमीले निर्दोष नसम्‍झ। तिमी बुद्धिमान्‌ मानिस छौ र त्‍यसलाई कस्‍तो व्‍यवहार गर्नुपर्छ सो तिमीले जान्‍नेछौ। त्‍यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्‌।”</verse>
				<verse number="10">तब दाऊद आफ्‍ना पित्रहरूसित सुत्‍न गए, र दाऊदको सहरमा गाड़िए।</verse>
				<verse number="11">तिनले इस्राएलमा चालीस वर्षसम्‍म राज्‍य गरे— सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा।</verse>
				<verse number="12">अनि सोलोमन आफ्‍ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्‍थापित भयो।</verse>
				<verse number="13">अब हग्‍गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्‍तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।”</verse>
				<verse number="14">तब उनले अझै भने, “मैले तपाईंलाई केही भन्‍नु छ।” तिनले भनिन्, “भन।”</verse>
				<verse number="15">अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्‍य त मेरै थियो। सबै इस्राएलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए। तर सबै थोक उल्‍टियो। राज्‍य मेरा भाइको भयो। किनकि परमप्रभुको इच्‍छाअनुसार त्‍यो तिनको नै थियो।</verse>
				<verse number="16">अब मैले तपाईंलाई एउटा बिन्‍ती चढ़ाउनुपरेको छ। त्‍यो इन्‍कार नगर्नुहोला।” तिनले भनिन्, “त्‍यो के हो?”</verse>
				<verse number="17">उनले भने, “मैले शूनम्‍मी अबीशगलाई विवाह गर्न पाऊँ भनी सोलोमन राजालाई बिन्‍ती गरिदिनुहोस्‌।”</verse>
				<verse number="18">बतशेबाले जवाफ दिइन्, “हुन्‍छ, तिम्रो निम्‍ति म राजासँग कुरा गरिदिनेछु।”</verse>
				<verse number="19">जब अदोनियाहको निम्‍ति कुरा गरिदिनलाई बतशेबा राजाकहाँ गइन्, तब राजा तिनलाई स्‍वागत गर्नलाई उठे र तिनलाई दण्‍डवत्‌ गरे अनि सिंहासनमा बसे। राजाकी आमाको निम्‍ति सोलोमनले एउटा सिंहासन ल्‍याउने हुकुम दिए, र तिनी राजाको दाहिनेपट्टि बसिन्‌।</verse>
				<verse number="20">तिनले भनिन्, “मैले एउटा सानो बिन्‍ती तिमीसँग गर्नुपरेको छ। त्‍यो मलाई इन्‍कार नगर।” राजाले जवाफ दिए, “के भन्‍नु छ, आमा? म तपाईंलाई त्‍यो इन्‍कार गर्नेछैनँ।”</verse>
				<verse number="21">तिनले भनिन्, “शूनम्‍मी अबीशगको विवाह तिम्रा दाजु अदोनियाहसँग गरिदेऊ।”</verse>
				<verse number="22">राजा सोलोमनले आफ्‍नी आमालाई जवाफ दिए, “शूनम्‍मी अबीशगलाई अदोनियाहसँग विवाह गरिदिनलाई तपाईं किन बिन्‍ती गर्नुहुन्‍छ? तपाईंले राज्‍य नै माग्‍नुभए पनि हुन्‍थ्‍यो, किनभने उनी मेरा दाज्‍यै हुन्‌— हो, अबियाथार पूजाहारी र सरूयाहका छोरा योआबका निम्‍ति पनि।”</verse>
				<verse number="23">तब सोलोमन राजाले परमप्रभुको नाउँमा शपथ खाएर भने, “यस बिन्‍तीको निम्‍ति अदोनियाहले आफ्‍नो ज्‍यान गुमाएनन्‌ भने परमेश्‍वरले मसँग कठोरभन्‍दा कठोर व्‍यवहार गरून्‌।</verse>
				<verse number="24">अब मलाई मेरा पिता दाऊदको सिंहासनमा नियुक्त गर्नुहुने र आफ्‍नो प्रतिज्ञाअनुसार मेरो वंश खड़ा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्‍छु, कि आज नै अदोनियाह मारिनेछ!”</verse>
				<verse number="25">तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे।</verse>
				<verse number="26">अबियाथार पूजाहारीलाई राजाले भने, “अनातोतमा तिम्रो आफ्‍नै जग्‍गाजमिनमा जाऊ। तिमी त मारिन योग्‍यका छौ, तर म अहिले तिमीलाई मार्नेछैनँ, किनभने तिमीले मेरा पिता दाऊदको सामुन्‍ने परमप्रभुको सन्‍दूक बोक्‍ने गर्थ्‍यौ, र उहाँले सहनुभएका सबै दु:खमा तिमी सहभागी भएका थियौ।”</verse>
				<verse number="27">यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो।</verse>
				<verse number="28">जब यो समाचार योआबकहाँ पुग्‍यो, जसले अब्‍शालोमसँग होइन, तर अदोनियाहसँग षड्‌यन्‍त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए, र वेदीका सीङहरू समातेर बसे।</verse>
				<verse number="29">योआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन्‌ भन्‍ने कुरा जब राजा सोलोमनले सुने, तब तिनले यहोयादाका छोरा बनायाहलाई योआबलाई हिर्काएर मार्ने हुकुम दिएर पठाए।</verse>
				<verse number="30">यसैले बनायाह परमप्रभुको पालमा पसे र योआबलाई भने, “राजा भन्‍नुहुन्‍छ, ‘बाहिर आऊ’।” तर योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्छु।” बनायाहले राजालाई योआबको कुरा सुनाए।</verse>
				<verse number="31">तब राजाले बनायाहलाई हुकुम गरे, “त्‍यसले भनेअनुसार नै गर। त्‍यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ।</verse>
				<verse number="32">त्‍यसले बगाएको रगतको सट्टा परमप्रभुले त्‍यसलाई नै लिनुहुनेछ, किनभने मेरा पिता दाऊदले थाहै नपाई त्‍यसले आफूभन्‍दा अझ असल र सोझा दुई जना निर्दोष मानिसहरूलाई— इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासालाई— आक्रमण गरेर तरवारले मारेका थिए।</verse>
				<verse number="33">तिनीहरूका रगतको दोष योआब र त्‍यसका सन्‍तानमाथि सधैँभरि रहोस्‌। तर दाऊद र उहाँका सन्‍तान, उहाँका घराना र उहाँको सिंहासनमाथि परमप्रभुबाटको शान्‍ति सदासर्वदा रहोस्‌।”</verse>
				<verse number="34">यसैले यहोयादाका छोरा बनायाह वेदीमा उक्‍लेर गए, र योआबलाई हिर्काएर मारे, र मरुभूमिमा भएको उनको जमिनमा उनलाई गाड़े।</verse>
				<verse number="35">राजाले यहोयादाका छोरा बनायाहलाई योआबको सट्टामा सेनापति नियुक्त गरे, र अबियाथारको सट्टामा सादोकलाई पूजाहारी नियुक्त गरे।</verse>
				<verse number="36">त्‍यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्‍नो निम्‍ति एउटा घर बनाएर त्‍यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू।</verse>
				<verse number="37">सहर छोड़ेर किद्रोन खोल्‍सा पार गर्‍यौ भने तिमी मर्नेछौ। त्‍यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।”</verse>
				<verse number="38">शिमीले राजालाई जवाफ दिए, “हजूरले जे भन्‍नुहुन्‍छ, त्‍यो असलै छ। मेरा प्रभु महाराजाले आफ्‍नो सेवकलाई भन्‍नुभएझैँ म गर्नेछु।” अनि धेरै समयसम्‍म शिमी यरूशलेममा बसे।</verse>
				<verse number="39">तर तीन वर्षपछि उनका दुई जना दासहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए।</verse>
				<verse number="40">जब शिमीले “तिम्रा दासहरू गातमा छन्‌” भनी सुने, तब उनी आफ्‍नो गधामा जीनकाठी कसेर आफ्‍ना दासहरूलाई खोज्‍न गातमा आकीशकहाँ गए। यसरी शिमी गएर गातबाट आफ्‍ना दासहरूलाई ल्‍याए,</verse>
				<verse number="41">जब सोलोमन राजालाई शिमी यरूशलेमबाट गातमा गएर फर्केका समाचार सुनाइयो,</verse>
				<verse number="42">तब तिनले शिमीलाई बोलाइपठाए, र भने, “के मैले तिमीलाई परमप्रभुको नाउँमा शपथ खान लगाई यसो भनेर चेताउनी दिएको थिइनँ: ‘जुन दिन अन्‍त कहीँ जानलाई यो ठाउँ छोड़्यौ भने तिमी निश्‍चय नै मर्नेछौ’? त्‍यस बेला तिमीले मलाई भन्‍यौ, ‘हजूरले जे भन्‍नुभयो त्‍यो असलै छ। म हजूरको हुकुम पालन गर्नेछु’।</verse>
				<verse number="43">परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ?”</verse>
				<verse number="44">तब राजाले शिमीलाई यसो पनि भने, “मेरा पिता दाऊदलाई गरेका सबै दुष्‍ट्याइँ तिमीलाई आफ्‍नो हृदयमा थाहै छ। अब परमप्रभुले त्‍यस दुष्‍ट्याइँको साटो लिनुहुन्‍छ।</verse>
				<verse number="45">तर सोलोमन राजा आशिषित हुनेछन्, र परमप्रभुको सामुन्‍ने दाऊदको सिंहासन सदासर्वदै सुरक्षित रहनेछ।”</verse>
				<verse number="46">तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए, र तिनी बाहिर गए, र शिमीलाई हिर्काएर मारे। यसरी अब सोलोमन राजाको राज्‍य सुदृढ़साथ स्‍थापित भयो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">सोलोमनले मिश्रदेशका राजा फारोसँग मित्रताको सम्‍बन्‍ध बाँधे, र उनकी छोरीसँग विवाह गरे। आफ्‍नो महल, परमप्रभुको मन्‍दिर र यरूशलेमको चारैपट्टि पर्खाल बनाई नसकुञ्‍जेल सोलोमन राजाले तिनलाई दाऊदको सहरमा ल्‍याएर राखे।</verse>
				<verse number="2">मानिसहरूले चाहिँ अझसम्‍म डाँड़ाका थानहरूमा बलिदान चढ़ाउने गर्थे, किनभने त्‍यस बेलासम्‍म परमप्रभुका नाउँको निम्‍ति कुनै मन्‍दिर निर्माण गरिएको थिएन।</verse>
				<verse number="3">सोलोमन आफैले चाहिँ आफ्‍ना पिता दाऊदले बनाएका धार्मिक-विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम देखाए। तर तिनले डाँड़ाका थानहरूमा बलि चढ़ाएर धूप बाले।</verse>
				<verse number="4">सोलोमन राजा गिबोनमा बलिदान चढ़ाउनलाई गए, किनकि डाँड़ाका थानहरूमा सबैभन्‍दा मुख्‍य स्‍थान यही थियो। त्‍यहाँ वेदीमा तिनले एक हजार होमबलि चढ़ाए।</verse>
				<verse number="5">गिबोनमा परमप्रभु परमेश्‍वर राती सपनामा देखा परेर तिनलाई भन्‍नुभयो, “तिमी मसित जे माग्‍छौ, त्‍यो दिनेछु।”</verse>
				<verse number="6">सोलोमनले जवाफ दिए, “तपाईंले आफ्‍नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्‍वासयोग्‍य हुनुहुन्‍थ्‍यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्‍थ्‍यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्‍नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ।</verse>
				<verse number="7">“अब हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्‍याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्‍य म जान्‍दिनँ।</verse>
				<verse number="8">म तपाईंको दास, यहाँ तपाईंले चुन्‍नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्‍य र अनगिन्‍ती छ।</verse>
				<verse number="9">यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्‍ने मन आफ्‍नो दासलाई दिनुहोस्, र त्‍यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्‌। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्‍छ र?”</verse>
				<verse number="10">सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्‍न हुनुभयो।</verse>
				<verse number="11">यसकारण परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्‍नो निम्‍ति लामो आयु अथवा धन-सम्‍पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्‍यायको निधो गर्नलाई बुद्धि मागेको कारणले,</verse>
				<verse number="12">तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान्‌ र निधो गर्न सक्‍ने मन दिनेछु, कि तेरो अघि तँजस्‍तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्‍यै अरू कोही हुनेछ।</verse>
				<verse number="13">यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात्‌ धन-सम्‍पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्‍म कि तेरो जीवनकालमा राजाहरूमध्‍ये कुनै पनि तेरो बराबरी हुनेछैन।</verse>
				<verse number="14">अनि तेरो पिता दाऊदले गरेझैँ यदि तँ मेरा मार्गमा हिँड़िस्‌ र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस्‌ भने, म तँलाई दीर्घायु तुल्‍याउनेछु।”</verse>
				<verse number="15">तब सोलोमन ब्‍यूँझे, र यो त सपना रहेछ भनी तिनले थाहा पाए। त्‍यसपछि तिनी यरूशलेममा फर्के, र परमप्रभुका करारको सन्‍दूकको सामु खड़ा भए, र होमबलि र मेलबलि चढ़ाए। तब तिनले आफ्‍ना सबै भारदारहरूलाई भोज दिए।</verse>
				<verse number="16">त्‍यसपछि दुई जना वेश्‍याहरू राजाको सामुन्‍ने आएर उभिए।</verse>
				<verse number="17">तीमध्‍ये एक जनाले भनी, “हे मेरा प्रभु, यो आइमाई र म एउटै घरमा बस्‍छौं। र त्‍यहाँ त्‍यो मसँग हुँदा मैले एक जना बालक जन्‍माएँ।</verse>
				<verse number="18">मेरो बालक जन्‍मेको तीन दिनपछि त्‍यसले पनि बालक जन्‍माई। त्‍यहाँ हामी मात्र थियौं। त्‍यस घरमा हामी दुईबाहेक अरू कोही थिएन।</verse>
				<verse number="19">“राती यस आइमाईले आफ्‍नो छोरालाई थिचेर मारिछ।</verse>
				<verse number="20">मध्‍यरातमा त्‍यो उठेर म, हजूरकी दासी निदाएको बेलामा मेरो छेउबाट मेरो छोरा लगेर आफ्‍नो काखमा राखिछ, र आफ्‍नो मरेको छोरालाई चाहिँ मेरो काखमा राखिदिइछ।</verse>
				<verse number="21">भोलिपल्‍ट बिहानै छोरालाई दूध खुवाउन उठ्‌दा त मैले मेरो छोरालाई मरेको भेट्टाएँ। तर मैले त्‍यसलाई बिहानको उज्‍यालोमा राम्ररी हेर्दा त त्‍यो मैले जन्‍माएको मेरो छोरो होइन रहेछ।”</verse>
				<verse number="22">त्‍यो अर्की आइमाईले भनी, “होइन, जिउँदोचाहिँ मेरै छोरो हो, तेरो चाहिँ मरेको हो।” तर पहिलीले जिद्दी गरेर भनी, “होइन, मरेको चाहिँ तेरो हो, जिउँदो मेरो हो।” यसरी तिनीहरू राजाको सामुन्‍ने बहस गर्न लागे।</verse>
				<verse number="23">राजाले भने, “यसले भन्‍छे, ‘जिउँदो छोरो मेरो हो। मरेको तेरो हो’। अनि अर्कीले भन्‍छे, ‘होइन, तेरो छोरोचाहिँ मरेको हो, जिउँदोचाहिँ मेरै हो’।”</verse>
				<verse number="24">तब राजाले भने, “मलाई एउटा तरवार ल्‍याइदेऊ।” अनि तिनीहरूले राजाको निम्‍ति एउटा तरवार ल्‍याइदिए।</verse>
				<verse number="25">तब तिनले यस्‍तो हुकुम दिए, “त्‍यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट, र आधा एउटीलाई र आधा अर्कीलाई देऊ।”</verse>
				<verse number="26">तब आफ्‍नो छोराको मायाले भरिएर त्‍यस जिउँदो बालककी आमाले राजालाई भनी, “हे प्रभु, त्‍यो जिउँदो बालक त्‍यसलाई नै दिनुहोस्‌। त्‍यसलाई नमार्नुहोस्‌।” तर अर्कीले भनी, “न त मैले न त्‍यसले लैजान पाओस्‌। त्‍यसलाई दुई टुक्रा गरी काट्‌नुहोस्‌।”</verse>
				<verse number="27">तब राजाले आफ्‍नो न्‍यायको फैसला यसरी सुनाइदिए, “त्‍यो जिउँदो बालक पहिलो आइमाईलाई दिइहाल। त्‍यसलाई नमार। त्‍यसकी आमा त्‍यही हो।”</verse>
				<verse number="28">जब राजाले दिएको फैसला सारा इस्राएलले सुने, तब राजाप्रति भयको भावना उत्‍पन्‍न भयो, किनभने न्‍याय गरिदिनलाई तिनीसँग परमेश्‍वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसरी सोलोमन राजाले सारा इस्राएलमाथि राज्‍य गरे।</verse>
				<verse number="2">तिनका मुख्‍य-मुख्‍य अधिकारीहरू यी नै हुन्‌: सादोकका छोरा अजर्याह— पूजाहारी,</verse>
				<verse number="3">शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,</verse>
				<verse number="4">यहोयादाका छोरा बनायाह— मुख्‍य सेनापति, सादोक र अबियाथार— पूजाहारीहरू,</verse>
				<verse number="5">नातानका छोरा अजर्याह— जिल्‍ला-जिल्‍लाका अधिकृतहरूमाथिका जिम्‍मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्‍यक्तिगत सल्‍लाहकार,</verse>
				<verse number="6">अहीशार— राजमहलका जिम्‍मावाल, अब्‍दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्‍मावाल।</verse>
				<verse number="7">सारा इस्राएलमाथि सोलोमनका बाह्र जना जिल्‍ला-जिल्‍लाका जिल्‍लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्‍येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्‍यो।</verse>
				<verse number="8">तिनीहरूका नाउँ यी नै हुन्‌: एफ्राइमका पहाड़ी देशमा— बेन-हूर।</verse>
				<verse number="9">माकाज, शाल्‍बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा— बेन-देकेर,</verse>
				<verse number="10">अरूब्‍बोतमा— बेन-हेसेद (तिनको जिम्‍मामा सोको र हेपेरको सबै देश थिए।),</verse>
				<verse number="11">डोरको लेकमा— बेन-अबीनादाब, (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए),</verse>
				<verse number="12">तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्‍मामसम्‍ममा— अहीलूदका छोरा बाना,</verse>
				<verse number="13">रामोत-गिलादमा— बेन-गेबेर (जसको जिम्‍मामा गिलादमा भएका मनश्‍शेका छोरा याईरका बस्‍तीहरू र बाशानमा भएको अर्गोबको जिल्‍ला अनि मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरेका साठी वटा ठूला-ठूला सहरहरू पनि थिए),</verse>
				<verse number="14">महनोममा— इद्दोका छोरा अहीनादाब।</verse>
				<verse number="15">नप्‍तालीमा— अहीमास। (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए),</verse>
				<verse number="16">आशेर र आलोतमा— हूशैका छोरा बाना,</verse>
				<verse number="17">इस्‍साखारमा— पारूहका छोरा यहोशापात,</verse>
				<verse number="18">बेन्‍यामीनमा— एलाका छोरा शिमी,</verse>
				<verse number="19">गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्‍यस जिल्‍लाका एक जना मात्र जिल्‍लापाल थिए।</verse>
				<verse number="20">यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्‍य थिए। तिनीहरू खान्‍थे, पिउँथे र सुखसित रहन्‍थे।</verse>
				<verse number="21">यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूको देश र मिश्रको सिमानासम्‍मैका सबै राज्‍यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे।</verse>
				<verse number="22">सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्‍न,</verse>
				<verse number="23">गोठमा पालेका दश वटा गाई-गोरुहरू, खर्कमा पालेका बीस वटा गाई-गोरुहरू, एक सय भेड़ा र बाख्रा, अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।</verse>
				<verse number="24">किनकि तिनले यूफ्रेटिस नदीको पश्‍चिमपट्टिका सबै देश, अर्थात्‌ तिफसादेखि गाजासम्‍म राज्‍य गर्थे।</verse>
				<verse number="25">सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्‍मै यहूदा र इस्राएल शान्‍तिसित रहन्‍थे, हरेक मानिस आ-आफ्‍नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्‍थ्‍यो।</verse>
				<verse number="26">सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।</verse>
				<verse number="27">जिल्‍ला-जिल्‍लाका अधिकृतहरूले हरेक महिना पालैपालो सोलोमन र तिनका टेबिलमा बसेर खानेहरू सबैका निम्‍ति खानेकुरा जुटाउँथे। यसरी ल्‍याउँदा केही कुराको घटी नहोस्‌ भनी तिनीहरूले हेर-विचार गर्थे।</verse>
				<verse number="28">रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्‍ति पनि तिनीहरूले तोकिएका आ-आफ्‍ना जौ र परालका हिस्‍सा ल्‍याउँथे।</verse>
				<verse number="29">परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति अन्‍तर्दृष्‍टि र समुद्रको बालुवाजत्तिकै अनगिन्‍ती समझशक्ति दिनुभयो।</verse>
				<verse number="30">सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्‍दा ज्‍यादै बढ़ी थियो।</verse>
				<verse number="31">तिनी अरू सबै मानिसहरूभन्‍दा बुद्धिमान्‌ थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्‍दा पनि तिनी बढ़ी बुद्धिमान्‌ थिए। अनि तिनको ख्‍याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो।</verse>
				<verse number="32">तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्‍या एक हजार पाँच वटा थियो।</verse>
				<verse number="33">तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्‍मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्‍तुहरू र माछाहरूका विषयमा पनि सिकाए।</verse>
				<verse number="34">सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्‍न तिनीकहाँ आउँथे।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">सोलोमन आफ्‍ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन्‌ भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए।</verse>
				<verse number="2">सोलोमनले हीरामकहाँ यो खबर पठाए:</verse>
				<verse number="3">“तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्‍जेल परमप्रभु उहाँका परमेश्‍वरका नाउँको निम्‍ति उहाँले एउटा मन्‍दिर बनाउन सक्‍नुभएन।</verse>
				<verse number="4">तर अब परमप्रभु मेरा परमेश्‍वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन।</verse>
				<verse number="5">यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्‍नुभएबमोजिम परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मैले निश्‍चय गरेको छु। परमेश्‍वरले दाऊदलाई यसो भन्‍नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्‍नेछु, त्‍यसैले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ।”</verse>
				<verse number="6">“यसकारण मेरो निम्‍ति लेबनानबाट देवदारुका रूख काट्‌ने हुकुम दिनुहोस्‌। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्‍याला तोक्‍नुहुन्‍छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्‍नुहुन्‍छ, सीदोनीहरूजस्‍तै रूखहरू ढाल्‍ने सिपालु हाम्रा कुनै मानिस छैन।”</verse>
				<verse number="7">जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्‍यन्‍तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ।”</verse>
				<verse number="8">उनले सोलोमनलाई यो समाचार पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। देवदारु र सल्‍लाका काठको विषयमा तपाईंले माग्‍नुभएबमोजिम म सबै जुटाइदिनेछु।</verse>
				<verse number="9">मेरा मानिसहरूले लेबनानबाट समुद्रसम्‍म मूढ़ाहरू झार्नेछन्, र ती बाँधेर तपाईंले तोक्‍नुभएको ठाउँमा बगाएर पठाउन लाउनेछु। म त्‍यहाँ ती खोल्‍न लाउनेछु, र तपाईंले ती लैजान सक्‍नुहुनेछ। अनि मेरा राजकीय घरानाको निम्‍ति तपाईंले खानेकुरा जुटाइदिएर तपाईंले मेरो इच्‍छा पूरा गरिदिनुहोस्‌।”</verse>
				<verse number="10">यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका मूढ़ाहरू हीरामले पठाइदिए,</verse>
				<verse number="11">र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्‍ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्‍छे हीरामलाई पठाइदिए।</verse>
				<verse number="12">आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्‍तिको सम्‍बन्‍ध थियो, र ती दुवैले सन्‍धि बाँधे।</verse>
				<verse number="13">सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्‍मा गरे।</verse>
				<verse number="14">तिनले तिनीहरूलाई प्रत्‍येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्‍थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्‍मावाल अदोनीराम थिए।</verse>
				<verse number="15">सोलोमनका सत्तरी हजार भरियाहरू र पहाड़मा असी हजार ढुङ्गा काट्‌ने मानिसहरू थिए।</verse>
				<verse number="16">मजदूरहरूका काम हेर्न र रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइकेहरू थिए।</verse>
				<verse number="17">राजाको हुकुमअनुसार तिनीहरूले परमप्रभुको मन्‍दिरको निम्‍ति काटेका ढुङ्गाको जग बसाल्‍नलाई विशेष किसिमका ढुङ्गाहरू फोरेर निकाले।</verse>
				<verse number="18">सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्‍दिर बनाउनका निम्‍ति काठ र ढुङ्गाहरू काटेर तयार गरे।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">इस्राएलीहरू मिश्रदेशबाट निस्‍केर आएका चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलीमाथि राज्‍य गरेका चौथो वर्षको जीभ, अर्थात्‌ दोस्रो महिनामा तिनले परमप्रभुको मन्‍दिर बनाउन सुरु गरे।</verse>
				<verse number="2">परमप्रभुको निम्‍ति सोलोमन राजाले बनाएको मन्‍दिरको लमाइ साठी हात, चौड़ाइ बीस हात र उचाइ तीस हात थियो।</verse>
				<verse number="3">मन्‍दिरको मुख्‍य सभाकक्षको सामुको दलान मन्‍दिरको चौड़ाइभरि फैलिएको थियो, अर्थात्‌ बीस हात चौड़ा थियो। मन्‍दिरको अघिल्‍तिर त्‍यो दश हातसम्‍म निस्‍केको थियो।</verse>
				<verse number="4">तिनले मन्‍दिरको छानामुनिका साँघुरा झ्‍यालहरू बनाए।</verse>
				<verse number="5">मुख्‍य सभाकक्ष र भित्री पवित्रस्‍थानको विपरीत तिनको भवनका चारैपट्टि भित्तासँगै गाँसेका कोठाहरू बनाए।</verse>
				<verse number="6">सबैभन्‍दा मुनिका तलाको चौड़ाइ पाँच हात थियो। बीचका तलाको चौड़ाइ छ हात र तेस्रो तलाको चाहिँ सात हात थियो। तिनले मन्‍दिरका चारैपट्टि बाहिरतिर मन्‍दिरको भित्तामा केही नघुसाऊन्‌ भनी पालीहरू बनाए।</verse>
				<verse number="7">मन्‍दिर बनाउँदा ढुङ्गाको खानिमै तयार गरिएका टुक्राहरू मात्र प्रयोग गरिए। घन वा छिनु वा कुनै किसिमका फलामका औजारको आवाज पनि मन्‍दिर निर्माण गर्ने ठाउँमा सुनिएन।</verse>
				<verse number="8">सबैभन्‍दा तल्‍लो तलाको द्वार मन्‍दिरको दक्षिणपट्टि थियो। त्‍यहाँबाट बीचको र माथिल्‍लो तलामा जानलाई सिँढ़ी थियो।</verse>
				<verse number="9">यसरी दलिन र देवदारुका फल्‍याकहरूबाट त्‍यसको छाना बनाएर तिनले मन्‍दिर सिद्ध्याए।</verse>
				<verse number="10">तिनले मन्‍दिरका चारैतिर ससाना कोठाहरू बनाए। प्रत्‍येक कोठा पाँच हात अग्‍लो थियो, र मन्‍दिरसँगै देवदारुका काठका सत्तरीले जोड़िएका थिए।</verse>
				<verse number="11">तब परमप्रभुको यो वचन सोलोमनकहाँ आयो:</verse>
				<verse number="12">“तैंले बनाइरहेको यस मन्‍दिरको विषयमा चाहिँ यसो हुन्‍छ, यदि तैंले मेरा उर्दीहरू पालन गरिस्‌ र मेरा विधिहरूबमोजिम गरिस्‌ भने, र मेरा सबै आज्ञाहरू पालन गरिस्‌ भने, मेरो त्‍यो प्रतिज्ञा तँद्वारा म पूरा गर्नेछु, जो मैले तेरो पिता दाऊदसँग गरेको थिएँ।</verse>
				<verse number="13">र म इस्राएलको बीचमा रहनेछु, र मेरो प्रजा इस्राएललाई म त्‍याग्‍नेछैनँ।”</verse>
				<verse number="14">यसरी सोलोमनले परमप्रभुको मन्‍दिर बनाएर सिद्ध्याए।</verse>
				<verse number="15">तिनले मन्‍दिरको भूइँदेखि दलिनसम्‍म भित्रपट्टिका भित्ता देवदारुका फलेकहरूले मिलाएर भरिदिए।</verse>
				<verse number="16">मन्‍दिरभित्र पछाड़िपट्टि तिनले भूइँदेखि दलिनसम्‍म देवदारुका फलेकहरू मिलाएर बीस हात लामो भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थान बनाए।</verse>
				<verse number="17">त्‍यसको अगिल्‍तिरको मुख्‍य सभाकक्ष चालीस हात लामो थियो।</verse>
				<verse number="18">मन्‍दिरका भित्रपट्टिको देवदारुको काठमा चाहिँ फक्रेका फूल र लौकाका बुट्टा कुँदिएका थिए। ती सबै देवदारुका थिए। ढुङ्गा एउटै पनि देखिँदैनथ्‍यो।</verse>
				<verse number="19">मन्‍दिरको भित्रपट्टि परमप्रभुका करारको सन्‍दूक राख्‍नलाई तिनले त्‍यो भित्री पवित्रस्‍थान तयार पारे।</verse>
				<verse number="20">यो भित्री पवित्रस्‍थान बीस हात लामो, बीस हात चौड़ा र बीस हात अल्‍गो थियो। तिनले त्‍यसलाई कञ्‍चन सुनले मोहोरे र देवदारुको वेदी पनि मोहोरे।</verse>
				<verse number="21">सोलोमनले मन्‍दिरको भित्री भाग कञ्‍चन सुनले ढाके, र सुनले मोहोरिएको भित्री पवित्रस्‍थानको सामुन्‍ने तिनले सुनका सिक्रीहरू झुण्‍ड्याएर बढ़ाए।</verse>
				<verse number="22">यसरी तिनले भित्री भाग जम्‍मै सुनले मोहोरे। भित्री पवित्रस्‍थानमा भएको वेदी पनि तिनले सुनले मोहोरे।</verse>
				<verse number="23">भित्री पवित्रस्‍थानमा तिनले भद्राक्षको काठबाट दुई वटा करूब बनाए। प्रत्‍येक करूब दश हात अल्‍गो थियो।</verse>
				<verse number="24">पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो र अर्को पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्‍पादेखि अर्को पखेटाको टुप्‍पासम्‍म दश हात थियो।</verse>
				<verse number="25">दोस्रो करूबको नाप पनि दश हात थियो, किनकि ती दुई करूबहरू कद र आकारमा एकै थिए।</verse>
				<verse number="26">प्रत्‍येक करूबको उचाइ दश हात थियो।</verse>
				<verse number="27">तिनले ती करूबहरूलाई मन्‍दिरको भित्री कोठामा राखे। तिनीहरूका पखेटाचाहिँ बाहिरतिर फैलिएका थिए। एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्‍थे, र तिनीहरूका अर्का पखेटाहरूचाहिँ कोठाको बीचमा छुन्‍थे।</verse>
				<verse number="28">तिनले ती करूबहरूलाई सुनले मोहोरे।</verse>
				<verse number="29">मन्‍दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्ताहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए।</verse>
				<verse number="30">तिनले मन्‍दिरका भित्री र बाहिरी दुवै कोठाहरूका भूइँ पनि सुनले मोहोरे।</verse>
				<verse number="31">भित्री पवित्रस्‍थानको द्वारको निम्‍ति तिनले पाँच पट्टिका थाम भएका भद्राक्षको काठका ढोकाहरू बनाए।</verse>
				<verse number="32">अनि ढोकाहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र करूबहरू र खजूरका बोटहरूचाहिँ पिटेका सुनले मोहोरे।</verse>
				<verse number="33">त्‍यस्‍तै गरी तिनले मन्‍दिरको मुख्‍य सभाकक्षका द्वारको निम्‍ति भद्राक्षको काठका चार पट्टिका थामहरू बनाए।</verse>
				<verse number="34">तिनले खोपिल्‍टामा घुम्‍ने दुई खापा भएका सल्‍लाका दुई वटा ढोका बनाए।</verse>
				<verse number="35">तिनले तिनमा करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र ती बुट्टा सुनले बराबर मोहोरे।</verse>
				<verse number="36">अनि तिनले भित्री चोक काटेका ढुङ्गाका तीन लहर गरी र देवदारुका काठका सत्तरीको एक लहर गरी बनाए।</verse>
				<verse number="37">चौथो वर्षका जीभ महिनामा परमप्रभुका मन्‍दिरको जग बसालियो।</verse>
				<verse number="38">एघारौँ वर्षको बूल महिना, अर्थात्‌ आठौँ महिनामा त्‍यसको निर्देशअनुसार सबै विवरणबमोजिम मन्‍दिर बनाइसिद्ध्याइयो। त्‍यो निर्माण गर्न तिनलाई सात वर्ष लाग्‍यो।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तर सोलोमनलाई आफ्‍नो महल निर्माण गर्न तेह्र वर्ष लाग्‍यो।</verse>
				<verse number="2">तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्‍गो, चार लहर देवदारुका स्‍तम्‍भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए।</verse>
				<verse number="3">स्‍तम्‍भमा अड़िएका ती सत्तरीहरूमाथि देवदारुको छत लगाइयो— प्रत्‍येक लहरमा पन्‍ध्र वटा सत्तरी गरी जम्‍मै पैँतालीस वटा सत्तरी थिए।</verse>
				<verse number="4">त्‍यसका झ्‍यालका तीन लहरहरूमा अल्‍गा गरी राखिएका थिए, ती आमनेसामने फर्केका थिए।</verse>
				<verse number="5">सबै ढोकाका आयतकार चौकोसहरू थिए। ती अगाड़िपट्टि तीन-तीन वटाका पङ्‌क्तिमा एक-अर्कोतिर फर्केका थिए।</verse>
				<verse number="6">तिनले पचास हात लामो र तीस हात चौड़ा स्‍तम्‍भहरूले घेरिएको चोक बनाए। त्‍यसको अगि एउटा दलान थियो, र त्‍यसको सामु खम्‍बाहरू र एउटा बाहिर निस्‍केको छत थियो।</verse>
				<verse number="7">तिनले न्‍याय भवन, अर्थात्‌ सिंहासन भवन बनाए। त्‍यहीँ नै तिनले न्‍याय गर्थे। तिनले भूइँदेखि दलिनसम्‍म त्‍यसलाई देवदारुले छोपे।</verse>
				<verse number="8">तिनले आफ्‍नै बस्‍ने महल त्‍यसको पछिल्‍तिर न्‍यायको भवनजस्‍तै बनाए। तिनले विवाह गरेर ल्‍याएकी फारोकी छोरीको निम्‍ति पनि त्‍यहीजस्‍तो महल बनाए।</verse>
				<verse number="9">यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्‍म र जगदेखि छतसम्‍म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्‍च स्‍तरीय ढुङ्गाहरूले बनाइएका थिए।</verse>
				<verse number="10">जगमा असल किसिमका ठूला ढुङ्गाहरू नापमा कोहीचाहिँ दश हात र कोहीचाहिँ आठ हातका थिए।</verse>
				<verse number="11">तिनको माथि उच्‍च स्‍तरीय ढुङ्गाहरू ठीक नापमा काटेर मिलाइएका र देवदारुका सत्तरी थिए।</verse>
				<verse number="12">ठूलो चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारुका सत्तरीहरूको एक लहर थियो। परमप्रभुका मन्‍दिरको भित्री चोक र त्‍यसको दलान पनि त्‍यस्‍तै थिए।</verse>
				<verse number="13">सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाइपठाए,</verse>
				<verse number="14">जसकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्‌ र जसका पिताचाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्‍यन्‍तै निपुण र अनुभवी मानिस थिए। तिनी सोलोमन राजाकहाँ आए र तिनलाई सुम्‍पिएका सबै कामहरू गरे।</verse>
				<verse number="15">तिनले दुई वटा काँसाका स्‍तम्‍भहरू ढाले, नापमा प्रत्‍येकको अल्‍गाइ अठाह्र हात र फेरोचाहिँ बाह्र हातको थियो।</verse>
				<verse number="16">तिनले स्‍तम्‍भहरूमाथि शिर राख्‍नलाई ढालेका काँसाका दुई वटा स्‍तम्‍भ-शिर पनि बनाए। प्रत्‍येक स्‍तम्‍भ-शिर पाँच हात अल्‍गो थियो।</verse>
				<verse number="17">तिनले हरेक स्‍तम्‍भमाथि भएको स्‍तम्‍भ-शिरको निम्‍ति जाली स्‍वरूप सात वटा झुण्‍डिएका सिक्री बनाए।</verse>
				<verse number="18">स्‍तम्‍भहरूका स्‍तम्‍भ-शिर सिँगार्नलाई हरेक सिक्रीको जालीका चारैपट्टि तिनले दुई लहर बुट्टादार दारिमहरू बनाए। तिनले हरेक स्‍तम्‍भ-शिरमा पनि त्‍यस्‍तै गरे।</verse>
				<verse number="19">दलानभित्रका स्‍तम्‍भका स्‍तम्‍भ-शिरहरू लिली फूलको आकारका चार हात अल्‍गा थिए।</verse>
				<verse number="20">दुवै स्‍तम्‍भका स्‍तम्‍भ-शिरमा, जालीनेरको कचौराको आकार भएको भागमा, स्‍तम्‍भ-शिरका वरिपरि लहर-लहर गरी दुई सय बुट्टादार दारिम बनाइएका थिए।</verse>
				<verse number="21">तिनले मन्‍दिरका दलानका अगाड़ि ती दुई स्‍तम्‍भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ याकीन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे।</verse>
				<verse number="22">तिनका स्‍तम्‍भ-शिर लिली फूलका आकारका थिए। यसरी स्‍तम्‍भहरूको काम सिद्धियो।</verse>
				<verse number="23">तिनले साँचोमा ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो बनाए। त्‍यसको बिट एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो, र त्‍यो पाँच हात अल्‍गो थियो। त्‍यसको वरिपरि फेरो नाप्‍नलाई तीस हातको नाप्‍ने फित्ता चाहिन्‍थ्‍यो।</verse>
				<verse number="24">त्‍यस विशाल खड्‌कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि लौका, एक हातमा दश वटा, दुई लहरका थिए। खड्‌कुँलो र लौका एउटै टुक्रा धातुबाट बनिएका थिए।</verse>
				<verse number="25">त्‍यो खड्‌कुँलो बाह्र वटा साँढ़ेहरूमाथि राखिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनका पछिल्‍ला भाग भित्रपट्टि फर्केका थिए। त्‍यो खड्‌कुँलोचाहिँ तिनीहरू माथि थियो।</verse>
				<verse number="26">त्‍यसको चौड़ाइ चार अङ्‌गुल थियो, र त्‍यसको बिटचाहिँ कचौराको बिटजस्‍तै फक्रेको लिली फूलजस्‍तै थियो। त्‍यसमा प्राय: चवालीस हजार लिटर पानी अटाउँथ्‍यो।</verse>
				<verse number="27">तिनले काँसाका दश वटा आधारहरू पनि बनाए। प्रत्‍येक चार हात लामो, चार हात चौड़ा र तीन हात अल्‍गो थियो।</verse>
				<verse number="28">ती गुड्‌ने आधारहरू यसरी बनाइएका थिए: तिनका वरिपरिका पाटाहरू ठाड़ा फ्रेममा जोड़िएका थिए।</verse>
				<verse number="29">ती पाटाहरू र फ्रेमहरूमा पनि सिंहहरू, साँढ़ेहरू र करूबहरू थिए— फ्रेममाथि पनि।</verse>
				<verse number="30">प्रत्‍येक गुड्‌ने टेकामा काँसाका धुरा भएका चार वटा काँसाका चक्‍काहरू थिए। हरेकमा चार टेकामा अड़ेको एक बाटा थियो, जसका वरिपरि ढलौटे मालाहरू थिए।</verse>
				<verse number="31">गुड्‌ने आधारभित्र खुला भाग थियो, जसको गोलाकार एक हात गहिरो गोला फ्रेम थियो। यसको खुला भाग गोलाकार थियो, र यसको तल्‍लो भागसमेत डेढ़ हात चौड़ा थियो। त्‍यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गुड्‌ने आधारका पाटाहरू गोला होइन तर वर्गाकार थिए।</verse>
				<verse number="32">ती चारै वटा चक्‍काहरू पाटाहरूका मुन्‍तिर थिए। चक्‍काहरूका धुराहरू गुड्‌ने आधारसँगै गाँसिएका थिए। हरेक चक्‍काको उचाइ डेढ़ हात थियो।</verse>
				<verse number="33">चक्‍काहरू रथका चक्‍काजस्‍तै बनाइएका थिए। तिनका धुरा, बिट, सुइरा र नाभिहरू सबै ढालेर बनाइएका धातुका थिए।</verse>
				<verse number="34">प्रत्‍येक गुड्‌ने आधारका चार वटा समात्‍ने बीँड़हरूचाहिँ एक-एक कुनामा थिए। ती गुड्‌ने आधारबाट बाहिर निस्‍केका थिए।</verse>
				<verse number="35">हरेक गुड्‌ने आधारका वरिपरि टुप्‍पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो। गुड्‌ने आधारका टेकाहरू र पाटाहरू त्‍यसकै टुप्‍पासँग गाँसिएका थिए।</verse>
				<verse number="36">पाटाहरूमा जहाँ-जहाँ खाली ठाउँ थिए, त्‍यहाँ-त्‍यहाँ तिनले करूबहरू, सिंहहरू र खजूरका बोटहरू र त्‍यसका वरिपरि मालाहरू कुँदेर बनाए।</verse>
				<verse number="37">यसरी नै तिनले ती दश वटा गुड्‌ने आधारहरू बनाए। ती सबै एउटै नाप र एउटै आकार भएका साँचोमा ढालेर बनाइएका थिए।</verse>
				<verse number="38">त्‍यसपछि तिनले काँसाका दश वटा बाटाहरू बनाए। प्रत्‍येक आठ सय असी लिटर पानी अटाउने र नापमा चार हात बराबर थियो। ती दशै वटा गुड्‌ने आधारका निम्‍ति एउटा-एउटा बाटा थियो।</verse>
				<verse number="39">तिनले पाँच वटा गुड्‌ने आधारहरू मन्‍दिरको दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। अनि पानीको खड्‌कुँलोचाहिँ मन्‍दिरको दक्षिणतिर, दक्षिण-पूर्वको कुनामा राखे।</verse>
				<verse number="40">तिनले बाटा र बेल्‍चाहरू र अरू विशेष छर्कने बाटाहरू बनाए। यसरी हुरामले परमप्रभुको मन्‍दिरमा सोलोमन राजाको लागि आफ्‍नो जिम्‍मामा लिएका सबै काम सिद्ध्याए:</verse>
				<verse number="41">दुई स्‍तम्‍भहरू, स्‍तम्‍भका टुप्‍पामा कचौराको आकारका दुई स्‍तम्‍भ-शिर स्‍तम्‍भमाथिका स्‍तम्‍भ-शिरहरू सजाउने दुई बुट्टादार जालीहरू,</verse>
				<verse number="42">दुई जालीहरूका निम्‍ति चार सय दारिमहरू (दुई स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरलाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति दुई लहर दारिमहरू),</verse>
				<verse number="43">दश वटा गुड्‌ने आधारहरू, तिनका दश वटा बाटाहरूसमेत,</verse>
				<verse number="44">एउटा विशाल खड्‌कुँलो र त्‍यसको मुन्‍तिर बाह्र वटा साँढ़ेहरू,</verse>
				<verse number="45">भाँड़ाहरू, बेल्‍चाहरू र छर्कने बाटाहरू। यी सबै चीजहरू, जो हुरामले परमप्रभुका मन्‍दिरको निम्‍ति सोलोमन राजाको लागि बनाएका थिए, टल्‍काइएका काँसाका थिए।</verse>
				<verse number="46">राजाले ती यर्दनको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।</verse>
				<verse number="47">सोलोमनले यति धेरै चीजहरू बनाए कि ती नजोखी नै राखे। ती बनाउनलाई प्रयोग गरिएका काँसाको ओजन निधो गरिएन।</verse>
				<verse number="48">सोलोमनले परमप्रभुको मन्‍दिरका जम्‍मै सजाउने सामानहरू पनि बनाए: सुनको वेदी, उपस्‍थितिको रोटी राखिने सुनको टेबिल,</verse>
				<verse number="49">	कञ्‍चन सुनका सामदान भित्री पवित्रस्‍थानको सामु दाहिनेपट्टि पाँच वटा र देब्रेपट्टि पाँच वटा, फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्‍टाहरू,</verse>
				<verse number="50">कञ्‍चन सुनका भाँड़ाहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्‍दा भित्री कोठा, अर्थात्‌ महा-पवित्रस्‍थानका ढोकाहरूका लागि र मन्‍दिरको मुख्‍य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्‍टाहरू।</verse>
				<verse number="51">जब सोलोमन राजाले परमप्रभुका मन्‍दिरको निम्‍ति सबै काम गरेर सके, तब तिनले आफ्‍ना पिता दाऊदले समर्पण गरेका थोकहरू, अर्थात्‌ चाँदी, सुन र सजाउने सामानहरू ल्‍याएर परमप्रभुका मन्‍दिरको भण्‍डारमा राखे।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्‍य-मुख्‍य व्‍यक्तिहरूलाई दाऊदको सहर, अर्थात्‌ सियोनबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई यरूशलेममा जम्‍मा हुनलाई बोलाए।</verse>
				<verse number="2">एतानीम महिना, अर्थात्‌ सातौँ महिनामा भएको चाड़को समयमा इस्राएलका सबै मानिसहरू सोलोमन राजाकहाँ भेला भए।</verse>
				<verse number="3">जब इस्राएलका सबै धर्म-गुरुहरू आइसके, तब पूजाहारीहरूले परमप्रभुको सन्‍दूक उठाए।</verse>
				<verse number="4">अनि तिनीहरूले परमप्रभुको सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै पवित्र सामानहरू बोकेर माथि लगे। पूजाहारीहरू र लेवीहरूले ती बोकेर माथि लगे,</verse>
				<verse number="5">अनि सोलोमन राजा र इस्राएलका जम्‍मै समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगिन्‍ती भेड़ाहरू र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्‍दूकको सामुन्‍ने थिए।</verse>
				<verse number="6">तब पूजाहारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे।</verse>
				<verse number="7">सन्‍दूक राखिएको ठाउँको माथि करूबहरूका पखेटा फैलिएका थिए, र सन्‍दूक र त्‍यसका डन्‍डाहरूमाथि करूबहरूका पखेटाले छाया पारेका थिए।</verse>
				<verse number="8">यी डन्‍डाहरू यति लामा थिए, कि तिनीहरूका टुप्‍पाहरू भित्री पवित्रस्‍थानको सामुको पवित्रस्‍थानबाट देखिन सकिन्‍थे, तर पवित्रस्‍थानको बाहिरबाट देखिँदैनथे, र ती आजसम्‍मै त्‍यहाँ छन्‌।</verse>
				<verse number="9">त्‍यस सन्‍दूकभित्र अरू केही थिएन, केवल दुई वटा शिला-पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्‍दूकमा राखेका थिए, जहाँ इस्राएलीहरू मिश्रदेश छोड़ेर आउँदा परमप्रभुले तिनीहरूसँग करार बाँध्‍नुभएको थियो।</verse>
				<verse number="10">जब पूजाहारीहरू पवित्रस्‍थानबाट बाहिर आए, तब परमप्रभुको मन्‍दिर बादलले भरियो।</verse>
				<verse number="11">अनि पूजाहारीहरूले त्‍यहाँ बादल भएको हुनाले सेवा गर्न सकेनन्, किनभने परमप्रभुको महिमाले मन्‍दिर भरिएको थियो।</verse>
				<verse number="12">तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ कि उहाँ अँध्‍यारो बादलमा बस्‍नुहुन्‍छ।</verse>
				<verse number="13">तपाईं सदासर्वदै रहनलाई मैले तपाईंको निम्‍ति एउटा शोभनीय मन्‍दिर निर्माण गरेको छु।”</verse>
				<verse number="14">जब इस्राएलका जम्‍मै समुदाय त्‍यहाँ उभिरहेका थिए, तब राजाले फर्केर तिनीहरूलाई आशीर्वाद दिए,</verse>
				<verse number="15">र भने: “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्‍नै मुखले बोल्‍नुभएको प्रतिज्ञा आफ्‍नो हातले पूरा गर्नुभएको छ। किनकि उहाँले यसो भन्‍नुभयो,</verse>
				<verse number="16">‘मेरो प्रजा इस्राएललाई मिश्रदेशबाट निकालेर ल्‍याएको दिनदेखि यसो इस्राएलीहरूका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ रहनलाई एउटा मन्‍दिर बनाउन भनी मैले रोजेको छैनँ, तर मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले दाऊदलाई छानेको छु’।</verse>
				<verse number="17">“परमप्रभुका नाउँको निम्‍ति, इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा पिता दाऊदको हृदयमा थियो।</verse>
				<verse number="18">तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ।</verse>
				<verse number="19">तापनि तैंले त्‍यो मन्‍दिर बनाउनेछैनस्, तर तेरो छोराले, जो तेरो आफ्‍नै मासु र रगतको हो, त्‍यसले नै त्‍यो मेरो नाउँको निम्‍ति बनाउनेछ’।</verse>
				<verse number="20">“परमप्रभुले गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पिता दाऊदको म उत्तराधिकारी भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँको सट्टामा इस्राएलको सिंहासनमा म बसेको छु, र परमप्रभुका नाउँको निम्‍ति, इस्राएलका परमेश्‍वरको निम्‍ति मैले यो मन्‍दिर निर्माण गरेको छु।</verse>
				<verse number="21">मैले त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको लागि एउटा ठाउँ अलग्‍गै राखेको छु, जुन करार हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुँदा उहाँले तिनीहरूसँग बाँध्‍नुभएको थियो।”</verse>
				<verse number="22">तब जम्‍मै इस्राएलका समुदायको सामुन्‍ने परमप्रभुका वेदीको अगि उभिएर सोलोमनले आफ्‍ना हात स्‍वर्गतिर उचाले,</verse>
				<verse number="23">र भने: “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, माथि स्‍वर्गमा र तल पृथ्‍वीमा तपाईंजस्‍तै अरू कुनै ईश्‍वर छैन— तपाईं, जसले आफ्‍नो प्रेमको करार आफ्‍ना ती दासहरूसँग बाँध्‍नुहुन्‍छ, जो तपाईंको मार्गमा सम्‍पूर्ण हृदयले निरन्‍तर लागिरहन्‍छन्‌।</verse>
				<verse number="24">तपाईंले आफ्‍ना दास मेरा पिता दाऊदसँग गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ।</verse>
				<verse number="25">“यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास दाऊद मेरा पितासँग गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, यदि तँ हिँड़ेझैँ तेरा छोराहरू आफ्‍ना चालहरूमा होशियारीसित मेरो सामुन्‍ने हिँड़े भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिले पनि मानिसको अभाव हुनेछैन।</verse>
				<verse number="26">अनि अब हे इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍ना दास मेरा पिता दाऊदलाई भन्‍नुभएको वचन पूरा होस्‌।</verse>
				<verse number="27">“तर के परमेश्‍वर निश्‍चय नै पृथ्‍वीमा वास गर्नुहुन्‍छ र? स्‍वर्गहरू, स्‍वर्गभन्‍दा पनि उच्‍च स्‍वर्गमा तपाईं अटाउनुहुन्‍न भने, मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कसरी अटाउनुहुन्‍छ!</verse>
				<verse number="28">तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र दयाको निम्‍ति उसको पुकारमा ध्‍यान दिनुहोस्‌। आजको दिन तपाईंकै उपस्‍थितिमा तपाईंको दासले गरेको पुकारा र प्रार्थना सुन्‍नुहोस्‌।</verse>
				<verse number="29">तपाईंको नजर यस मन्‍दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘मेरो नाउँ त्‍यहाँ रहनेछ,’ ताकि तपाईंको दासले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तपाईंले सुन्‍नुहोस्‌।</verse>
				<verse number="30">आफ्‍नो दास र आफ्‍नो प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्‍नुहोस्‌। आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्, र जब तपाईंले सुन्‍नुहुन्‍छ, तब क्षमा गर्नुहोस्‌।</verse>
				<verse number="31">“यदि कुनै मानिसले आफ्‍नो छिमेकीको खराबी गरेर शपथ खान लगाइयो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खायो भने,</verse>
				<verse number="32">तब तपाईंले स्‍वर्गबाट सुनेर कार्य गर्नुहोस्‌। दोषीलाई दोषी ठहराउँदै र त्‍यसका कामहरूको प्रतिफल त्‍यसकै शिरमा ल्‍याउँदै आफ्‍ना दासहरूका बीचमा न्‍याय गर्नुहोस्‌। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्‍यसको निर्दोषतालाई स्‍थिर गराउनुहोस्‌।</verse>
				<verse number="33">“जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेर तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित भएका छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्‍दिरमा प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन्,</verse>
				<verse number="34">तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काई ल्‍याउनुहोस्‌।</verse>
				<verse number="35">“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागेर त्‍यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,</verse>
				<verse number="36">तब स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना दासहरू, आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्‌। तिनीहरू हिँड्‌नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्‍ना प्रजालाई तिनीहरूको उत्तराधिकारीको निम्‍ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्‌।”</verse>
				<verse number="37">“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्‍पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्‍छ, कि सलहहरू र फटेङ्‌ग्राहरू आउँछन्, अथवा शत्रुहरूले तिनीहरूको कुनै सहरमा घेरा हाल्‍छन्‌— जुन आपत्‌ वा महामारी आए पनि—</verse>
				<verse number="38">अनि जब तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्‌ र हरेकले आफ्‍नो हृदयको दु:ख सम्‍झेर आफ्‍नो हात यस मन्‍दिरतिर उचाल्‍छ, तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्‌। क्षमा गर्नुहोस्‌ र काम गर्नुहोस्‌।</verse>
				<verse number="39">तपाईंले हरेक मानिसको हृदय जान्‍नुभएको हुनाले त्‍यसलाई त्‍यसका कामअनुसारको प्रतिफल दिनुहोस्‌ (किनकि तपाईंले मात्र सबै मानिसहरूको हृदयलाई जान्‍नुहुन्‍छ।),</verse>
				<verse number="40">ताकि तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून्‌।</verse>
				<verse number="41">“तपाईंका प्रजा इस्राएलभन्‍दा बाहिरको कुनै विदेशी तपाईंको नाउँ सुनेर टाढ़ा देशबाट आएको छ भने—</verse>
				<verse number="42">किनभने मानिसहरूले तपाईंको महान्‌ नाउँ र तपाईंको शक्तिशाली बाहुली र पसारेको पाखुराको विषयमा सुन्‍नेछन्‌— जब त्‍यो आएर यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ,</verse>
				<verse number="43">तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्, र त्‍यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्‍वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून्‌ र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंको नाउँ राखिएको छ भनी जानून्‌।</verse>
				<verse number="44">“तपाईंले जहाँ पठाउनुहुन्‍छ, त्‍यहाँ तपाईंका प्रजा आफ्‍ना कुनै शत्रुहरूका विरुद्ध युद्ध गर्न जाँदा तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्,</verse>
				<verse number="45">तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्‌ र तिनीहरूको कारणलाई समर्थन गर्नुहोस्‌।</verse>
				<verse number="46">“जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने मानिस कोही पनि छैन— र तपाईं तिनीहरूसित रिसाएर तिनीहरूलाई शत्रुको हातमा दिनुहुन्‍छ र त्‍यसले तिनीहरूलाई टाढ़ा वा नजिक आफ्‍नो देशमा कैद गरेर लग्‍छ,</verse>
				<verse number="47">र यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकोले गर्दा मन बद्‌लेर त्‍यस देशमा पश्‍चात्ताप गरी तपाईंलाई अर्ज-बिन्‍ती गरी यसो भने भनेदेखि, ‘हामीले पाप गर्‍यौं, हामीले भूल गर्‍यौं, र हामीले खराब काम गर्‍यौं,’</verse>
				<verse number="48">र यदि तिनीहरूलाई कैद गरेर लाने तिनीहरूका शत्रुहरूको देशमा तिनीहरू फेरि आफ्‍ना सारा हृदय र प्राणले तपाईंतिर फर्केर तिनीहरूका पिता-पुर्खाहरूलाई तपाईंले दिनुभएको देश र तपाईंले चुन्‍नुभएको यो सहर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तपाईंमा प्रार्थना गरे भने,</verse>
				<verse number="49">तब आफ्‍नो वासस्‍थान स्‍वर्गबाट तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती सुन्‍नुहोस्‌ र तिनीहरूको कारणलाई समर्थन गरिदिनुहोस्‌।</verse>
				<verse number="50">अनि तपाईंको विरुद्धमा पाप गरेका तपाईंका प्रजालाई माफ दिनुहोस्, र तिनीहरूका सबै अपराधहरू क्षमा गर्नुहोस्, र तिनीहरूका विजयीहरूलाई तिनीहरूमाथि कृपा देखाउन लगाउनुहोस्‌।</verse>
				<verse number="51">किनकि तिनीहरू तपाईंकै उत्तराधिकार, तपाईंकै प्रजा हुन्, जसलाई तपाईंले मिश्रदेश, अर्थात्‌ फलाम गाल्‍ने भट्टीबाट निकालेर ल्‍याउनुभयो।</verse>
				<verse number="52">“तपाईंको नजर आफ्‍नो दासको अर्ज-बिन्‍ती, र तपाईंको प्रजा इस्राएलको अर्ज-बिन्‍तीको लागि खुला रहोस्, र तिनीहरूले तपाईंमा पुकारा गर्दा तपाईंले ध्‍यानसित सुन्‍नुहोस्‌।</verse>
				<verse number="53">किनकि तपाईंले तिनीहरूलाई आफ्‍नो उत्तराधिकार हुनलाई संसारका सबै जाति-जातिहरूका बीचबाट अलग गर्नुभयो, जसरी हाम्रा पिता-पुर्खाहरूलाई, हे परमप्रभु परमेश्‍वर मिश्रदेशबाट निकालेर ल्‍याउनुहुँदा आफ्‍ना दास मोशाद्वारा घोषणा गर्नुभएको थियो।”</verse>
				<verse number="54">जब सोलोमनले परमप्रभुमा यी प्रार्थना र नम्र-निवेदन गरिसिद्ध्याए, तब तिनी परमप्रभुका वेदीको अगिबाट उठे, जहाँ तिनी स्‍वर्गतिर आफ्‍ना हात उठाएर घुँड़ा टेकेका थिए।</verse>
				<verse number="55">तिनी खड़ा भए र ठूलो सोरले यसो भन्‍दै इस्राएलका सबै समुदायलाई आशीर्वाद दिए:</verse>
				<verse number="56">“आफ्‍नो प्रजा इस्राएललाई आफूले प्रतिज्ञा गर्नुभएबमोजिम विश्राम दिनुहुने परमप्रभुलाई प्रशंसा होस्‌। आफ्‍ना दास मोशाद्वारा गर्नुभएका सबै असल प्रतिज्ञाहरूमध्‍ये एउटै पनि विफल भएको छैन।</verse>
				<verse number="57">हाम्रा पुर्खाहरूका साथमा हुनुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वर हामीसँग होऊन्‌। उहाँले हामीलाई कहिल्‍यै नछोडून्, न त त्‍यागून्‌।</verse>
				<verse number="58">उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू, आदेशहरू र विधिहरू पालन गर्दै उहाँका सबै मार्गहरूमा हिँड्‌नलाई उहाँले हाम्रा हृदय आफूतिर फर्काऊन्‌।</verse>
				<verse number="59">अनि मेरा यी वचनहरू जो मैले परमप्रभुको सामुन्‍ने प्रार्थना गरेको छु, रातदिन परमप्रभु हाम्रा परमेश्‍वरकहाँ रहून्, कि दिन प्रतिदिनको खाँचोअनुसार आफ्‍नो दासको र आफ्‍नो प्रजा इस्राएलको कारण समर्थन गरिदेऊन्,</verse>
				<verse number="60">ताकि पृथ्‍वीका सबै मानिसहरूले जानून्‌ कि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही पनि ईश्‍वर छैन।</verse>
				<verse number="61">तर आजको समयझैँ उहाँका उर्दीहरूद्वारा बाँच्‍न र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीहरूका हृदय परमप्रभु हाम्रा परमेश्‍वरमा सम्‍पूर्ण रूपले सुम्‍पिनैपर्छ।”</verse>
				<verse number="62">तब राजा र तिनीसँग भएका सबै इस्राएलले परमप्रभुको सामुन्‍ने बलिदानहरू चढ़ाए।</verse>
				<verse number="63">सोलोमनले बाईस हजार गाईबस्‍तु र एक लाख बीस हजार भेड़ाबाख्राहरू परमप्रभुमा मेलबलिको निम्‍ति चढ़ाए। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको मन्‍दिरलाई समर्पण गरे।</verse>
				<verse number="64">त्‍यसै दिन राजाले परमप्रभुका मन्‍दिरको सामु चोकका बीचको भागलाई पनि अर्पण गरे, र तिनले त्‍यहाँ होमबलि, अन्‍नबलि र मेलबलिको बोसो चढ़ाए, किनभने होमबलि, अन्‍नबलि र मेलबलिको बोसो अटाउनलाई परमप्रभुको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।</verse>
				<verse number="65">अनि सोलोमन र तिनीसँग भएका सबै इस्राएलले, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको पूरा देशबाट एक ठूलो समुदायले त्‍यसै बेला चाड़ मनाए। तिनीहरूले सात दिनसम्‍म र अझै सात दिन गरी जम्‍मा चौध दिनसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरको सामुन्‍ने चाड़ मान्‍दैरहे।</verse>
				<verse number="66">त्‍यसको भोलिपल्‍ट तिनले मानिसहरूलाई बिदा दिए। तिनीहरूले राजालाई आशीर्वाद दिए, र परमप्रभुले आफ्‍ना दास दाऊद र आफ्‍नो प्रजा इस्राएलको निम्‍ति गर्नुभएका सबै असल कार्यको कारणले हृदय हर्षित र आनन्‍दित हुँदै तिनीहरू आ-आफ्‍नो घर लागे।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">जब सोलोमनले परमप्रभुको मन्‍दिर र राजमहलको निर्माण गरिसिद्ध्याए, र आफ्‍नो मनले इच्‍छा गरेका सबै पूरा गरी सिद्ध्याए,</verse>
				<verse number="2">तब गिबोनमा तिनीकहाँ देखा पर्नुभएझैँ परमप्रभु तिनीकहाँ दोस्रो पल्‍ट देखा पर्नुभयो।</verse>
				<verse number="3">परमप्रभुले तिनलाई भन्‍नुभयो: “तैंले मेरो सामुन्‍ने चढ़ाएको प्रार्थना र अर्ज-बिन्‍ती मैले सुनें। तैंले निर्माण गरेको यस मन्‍दिरलाई मैले पवित्र पारेको छु, र सदाको निम्‍ति मैले मेरो नाउँ त्‍यहाँ राखेको छु। मेरो नजर र मेरो हृदय त्‍यहाँ सधैँभरि रहनेछ।</verse>
				<verse number="4">“तँचाहिँ हृदयको ईमानदारी र सोझोपनमा तेरो पिता दाऊदझैँ मेरो सामुन्‍ने हिँड़िस्‌ भने, र मैले आज्ञा गरेका सबै कुरा मान्‍दै मेरा विधिविधानहरू पालन गरिस्‌ भने,</verse>
				<verse number="5">जसरी मैले तेरो पिता दाऊदसँग प्रतिज्ञा गरेर यसो भनें, ‘इस्राएलको सिंहासनमा बस्‍नलाई मानिसको कहिले पनि अभाव हुनेछैन,’ तेरो राजकीय सिंहासन इस्राएलमाथि सदासर्वदा स्‍थापित राख्‍नेछु।</verse>
				<verse number="6">“तर तँ अथवा तेरा छोराहरूले मलाई पछ्याउन छोड़ेर मैले तिमीहरूलाई दिएका मेरा आज्ञा र विधिहरू पालन गरेनौ, र गएर अरू देवताहरूको सेवा गर्न गयौ, र तिनीहरूलाई पुज्‍यौ भने,</verse>
				<verse number="7">तब मैले तिनीहरूलाई दिएको देशबाट म इस्राएललाई बहिष्‍कार गर्नेछु, र मैले मेरो नाउँको निम्‍ति पवित्र गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु। तब इस्राएलचाहिँ सबै मानिसहरूका बीचमा एउटा निन्‍दा र गिल्‍लाको पात्र बनिनेछ।</verse>
				<verse number="8">यद्यपि यो मन्‍दिर अहिले प्रभावशाली छ, त्‍यसबाट जाने सबै मानिस अवाक्‌ भएर गिल्‍ला गर्दै यसो भन्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो काम गर्नुभयो?’</verse>
				<verse number="9">मानिसहरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका छन्, जसले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको थियो, र तिनीहरूले अरू देवताहरूको सेवा गर्दै र यिनीहरूलाई पुज्‍दै आलिङ्गन गरेका छन्‌। यसैकारणले हो कि परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो’।”</verse>
				<verse number="10">यी दुई भवनहरू, परमप्रभुको मन्‍दिर र राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्‍यो।</verse>
				<verse number="11">सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका काठहरू र सुन हीरामले जुटाइदिएका थिए। यसैकारण सोलोमन राजाले हीरामलाई गालीलमा बीस वटा सहरहरू दिए।</verse>
				<verse number="12">तर जब सोलोमनले उनलाई दिएका ती सहरहरू हेर्न हीराम टुरोसबाट गए, तब उनलाई यी मन परेन,</verse>
				<verse number="13">र उनले सोधे, “हे मेरा भाइ, तपाईंले मलाई दिएका यी सहरहरू त कस्‍ता किसिमका रहेछन्‌?” अनि उनले ती सहरहरूलाई काबूल देश भन्‍ने नाउँ दिए। तिनीहरूको यो नाउँ अहिलेसम्‍म छ।</verse>
				<verse number="14">हीरामले राजालाई चार टन सुन पठाएका थिए।</verse>
				<verse number="15">सोलोमन राजाले परमप्रभुको मन्‍दिर, आफ्‍नो निजी महल, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा मजदूरहरू लगाएको विवरण यही हो।</verse>
				<verse number="16">(गेजेरलाई मिश्रदेशका राजा फारोले चढ़ाइ गरेर कब्‍जा गरेका थिए। उनले त्‍यसलाई जलाएर भस्‍म गरे। त्‍यहाँका कनानी बासिन्‍दाहरूलाई उनले मारे, अनि त्‍यस सहरलाई आफ्‍नी छोरी सोलोमनकी पत्‍नीलाई विवाहको दाइजो दिए।</verse>
				<verse number="17">अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले तल्‍लो बेथ-होरोन,</verse>
				<verse number="18">बालात, र मरुभूमिमा आफ्‍नै देशभित्र भएको तदमोर,</verse>
				<verse number="19">अनि आफ्‍ना सबै भण्‍डार राख्‍ने सहरहरूसमेत आफ्‍ना रथहरू र घोड़ाहरू राख्‍नका निम्‍ति नगरहरू पनि बनाए। यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका सबै इलाकाहरूमा तिनले बनाउनलाई इच्‍छा गरेका सबै कामहरू पूरा गरे।</verse>
				<verse number="20">बाँकी रहेका सबै एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, हिव्‍वीहरू र यबूसीहरू (यी मानिसहरू इस्राएलीहरू थिएनन्‌।),</verse>
				<verse number="21">अर्थात्‌ उनीहरूका सन्‍तानहरू, जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले बिलकुलै नाश गर्न सकेका थिएनन्‌— उनीहरूलाई नै सोलोमनले बेगार काममा लगाए, जस्‍तो उनीहरू आजको दिनसम्‍म छन्‌।</verse>
				<verse number="22">तर सोलोमनले इस्राएलीहरू कसैलाई पनि कमारा-कमारी बनाएनन्‌। तिनीहरूचाहिँ तिनका सिपाहीहरू, सरकारी अधिकृतहरू, अधिकृतहरू, कप्‍तानहरू, अनि रथ र सारथिहरूका सेनापतिहरू थिए।</verse>
				<verse number="23">तिनीहरू सोलोमनका कार्यहरूका मुख्‍य अधिकारीहरू पनि थिए। काम गर्ने मानिसहरूको रेखदेख गर्ने जम्‍मै पाँच सय पचास थिए।</verse>
				<verse number="24">फारोकी छोरीलाई दाऊदको सहरबाट सोलोमनले तिनको निम्‍ति बनाएको तिनको निज राजमहलमा आएपछि सोलोमनले टेवा दिने गाराहरू बनाए।</verse>
				<verse number="25">आफूले परमप्रभुको निम्‍ति बनाएको वेदीमा सोलोमनले वर्षमा तीन पल्‍ट परमप्रभुको सामु धूप बाल्‍दै होमबलि र मेलबलि चढ़ाउँथे। यसरी तिनले मन्‍दिरप्रति आफ्‍ना कर्तव्‍यहरू पूरा गरे।</verse>
				<verse number="26">राजा सोलोमनले लाल समुद्रको किनारमा भएको एदोमको एलातनेरको एस्‍योन-गेबेरमा जहाजहरू पनि बनाए।</verse>
				<verse number="27">हीरामले आफ्‍ना मानिसहरू— समुद्रका विषयमा जान्‍ने नाविकहरू— सोलोमनका मानिसहरूसित काम गर्न जहाजको बेड़ामा पठाए।</verse>
				<verse number="28">तिनीहरू जहाजबाट ओपीरमा गए, र त्‍यहाँबाट साढ़े चौध टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">जब शेबाकी रानीले सोलोमनको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्‍बन्‍धबारे सुनिन्, गाह्रो-गाह्रो प्रश्‍नहरू लिएर सोलोमनको जाँच गर्नलाई तिनी आइन्‌।</verse>
				<verse number="2">तिनी एक साह्रै ठूलो लावालश्‍करसाथ यरूशलेममा आइन्‌— मसलाहरू, धेरै सुन र बहुमूल्‍य रत्‍नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्‍नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्‌।</verse>
				<verse number="3">सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। ती व्‍याख्‍या गर्न राजालाई केही पनि गाह्रो भएन।</verse>
				<verse number="4">जब शेबाकी रानीले सोलोमनको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल</verse>
				<verse number="5">तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्‍ने अधिकारीहरू, आफ्‍ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्‍दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक्‌ भइन्‌।</verse>
				<verse number="6">तिनले राजालाई भनिन्, “तपाईंका उपलब्‍धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ।</verse>
				<verse number="7">तर आएर आफ्‍नै आँखाले नदेखुञ्‍जेल मैले पत्‍याएकी थिइनँ। साँच्‍चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्‍पत्ति मैले सुनेको कुराभन्‍दा त धेरै ज्‍यादा रहेछन्‌।</verse>
				<verse number="8">तपाईंका मानिसहरू कति खुशी होलान्‌! तपाईंको सामुन्‍ने निरन्‍तर उभिने र तपाईंको बुद्धि सुन्‍न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्‌!</verse>
				<verse number="9">तपाईंसित प्रसन्‍न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्‍वरलाई प्रशंसा होस्‌। इस्राएलको निम्‍ति उहाँको अनन्‍त प्रेम भएको हुनाले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई राजा तुल्‍याउनुभएको छ।”</verse>
				<verse number="10">त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्‍यै ल्‍याइएन।</verse>
				<verse number="11">हीरामका जहाजहरूले ओपीरबाट सुन ल्‍याउँथे। त्‍यहाँबाट तिनीहरूले चन्‍दनको काठ र बहुमूल्‍य पत्‍थरहरू जहाजमा पनि ल्‍याउँथे।</verse>
				<verse number="12">राजाले यी चन्‍दनका काठहरूबाट परमप्रभुको मन्‍दिर र तिनका राजमहलको निम्‍ति अड़्याउने खम्‍बाहरू बनाए, अनि गाउनेहरूका निम्‍ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्‍दनको काठ कहिल्‍यै पैठारी गरिएका थिएनन्, र त्‍यस बेलादेखि यसो देखिएको पनि छैन।</verse>
				<verse number="13">सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्‍नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्‍छा गरेर मागेका सबै कुरा दिए। त्‍यसपछि तिनी लावालश्‍करसाथ आफ्‍नो देशमा फर्किन्‌।</verse>
				<verse number="14">सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।</verse>
				<verse number="15">त्‍यसबाहेक पैकारीहरू र व्‍यवसायीहरू र अरब देशका सबै राजाहरू र प्रादेशिक राज्‍यपालहरूबाट महसूलहरू आउँथे।</verse>
				<verse number="16">सोलोमन राजाले पिटेको सुनका दुई सय ठूला-ठूला ढालहरू बनाए। हरेक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।</verse>
				<verse number="17">तिनले पिटेको सुनका तीन सय ससाना ढालहरू पनि बनाए। प्रत्‍येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।</verse>
				<verse number="18">तब राजाले हस्‍ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाए, र त्‍यसलाई कञ्‍चन सुनले मोहोरे।</verse>
				<verse number="19">सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए। त्‍यसको पछिल्‍तिर गोलाकार टुप्‍पो थियो। बस्‍ने आसनका दुवैपट्टि हात अड़्याउने बाहु थिए। छेउ-छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।</verse>
				<verse number="20">छ वटै खुट्‌किलाको एकएकपट्टि एउटा-एउटा सिंह उभिरहेको थियो। कुनै पनि राज्‍यको निम्‍ति यस्‍तो किसिमको सिंहासन कहिल्‍यै बनाइएको थिएन।</verse>
				<verse number="21">सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू कञ्‍चन सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्‍य थोरै थियो।</verse>
				<verse number="22">हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्‍यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्‍यापारीहरूले सुन, चाँदी, हस्‍ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे।</verse>
				<verse number="23">सोलोमन राजा धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजाहरूभन्‍दा श्रेष्‍ठ थिए।</verse>
				<verse number="24">परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍नलाई सारा संसारका मानिसहरू सोलोमनकहाँ दर्शन गर्न आउने गर्थे।</verse>
				<verse number="25">त्‍यसरी आउने हरेकले प्रतिवर्ष आफ्‍नो कोसेली, चाँदी, सुनका चीजहरू, लुगाहरू, हातहतियारहरू, मसलाहरू, घोड़ा र खच्‍चरहरू ल्‍याउँथे।</verse>
				<verse number="26">सोलोमनले रथहरू र घोड़ाहरू जम्‍मा गरे। तिनका चौध सय रथहरू र बाह्र हजार घोड़ाहरू थिए, जो तिनले रथहरू राख्‍ने सहरहरूमा र आफूसित यरूशलेममा पनि राखे।</verse>
				<verse number="27">राजाले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुचाहिँ पहाड़का जङ्गली अञ्‍जीरका बोटहरूसरह धेरै तुल्‍याए।</verse>
				<verse number="28">सोलोमनका घोड़ाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी गरिएका हुन्‍थे। राजाका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे।</verse>
				<verse number="29">तिनीहरूले मिश्रदेशबाट चाँदीका छ सय सिक्‍का दामको एउटा रथ र चाँदीको डेढ़ सय सिक्‍का दामको एउटा घोड़ा पैठारी गर्थे। तिनीहरूले हित्तीहरूका र अरामीहरूका सबै राजाहरूकहाँ ती निकासी गर्थे।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्‍त्रीहरू, मोआबी, अम्‍मोनी, एदोमी, सीदोनी र हित्ती स्‍त्रीहरूसित प्रेम गरे।</verse>
				<verse number="2">तिनीहरू ती जाति-जातिहरूका थिए, जसका विषयमा परमप्रभुले इस्राएलीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले तिनीहरूसित पारस्‍परिक विवाह गर्नुहुँदैन, किनभने तिनीहरूले निश्‍चय नै तिमीहरूका हृदय तिनीहरूकै देवताहरूतिर बहकाउनेछन्‌।” तर पनि सोलोमन तिनीहरूप्रति प्रेममा ज्‍यादै मोहित भए।</verse>
				<verse number="3">तिनका सात सय राजकुमारी पत्‍नी र तीन सय उपपत्‍नीहरू थिए, र तिनीहरूले तिनको हृदयलाई बहकाइदिए।</verse>
				<verse number="4">सोलोमन वृद्ध हुँदा तिनका पत्‍नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए, र तिनका आफ्‍ना पिता दाऊदझैँ सम्‍पूर्ण रूपले परमप्रभु आफ्‍ना परमेश्‍वरका भक्त भएनन्‌।</verse>
				<verse number="5">तिनी सीदोनीहरूकी अश्‍तोरेत देवी र अम्‍मोनीहरूको घिनलाग्‍दो देवता मोलोखको पछि लागे।</verse>
				<verse number="6">यसरी सोलोमनले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही गरे, र आफ्‍ना पिता दाऊदले गरेझैँ तिनी परमप्रभुको पछि पूरा रूपमा लागेनन्‌।</verse>
				<verse number="7">सोलोमनले मोआबको घृणित देवता कमोश र अम्‍मोनीहरूको घिनलाग्‍दो देवता मोलोखको निम्‍ति यरूशलेमका पूर्वपट्टिको एउटा डाँड़ामा पूजा गर्ने अल्‍गो थान बनाए।</verse>
				<verse number="8">यसरी नै तिनले आफ्‍ना विदेशी पत्‍नीहरूका निम्‍ति ती देवताहरूका पूजा पनि गरे, र तिनीहरूले आ-आफ्‍ना देवताहरूलाई होमबलि चढ़ाउँथे र धूप बाल्‍थे।</verse>
				<verse number="9">परमप्रभु सोलोमनसँग रिसाउनुभयो, किनभने तिनीकहाँ दुई पल्‍ट देखा पर्नुहुने परमप्रभु इस्राएलका परमेश्‍वरदेखि तिनको हृदय तर्केर गएको थियो।</verse>
				<verse number="10">यद्यपि उहाँले सोलोमनलाई अरू देवताहरूका पछि लाग्‍नदेखि मनाही गर्नुभएको थियो, तथापि सोलोमनले परमप्रभुको आज्ञापालन गरेनन्‌।</verse>
				<verse number="11">यसकारण परमप्रभुले सोलोमनलाई भन्‍नुभयो, “तेरो मन यस्‍तै भएको हुनाले र मेरो करार र मेरा विधिहरू, जो मैले तँलाई आज्ञा गरेको थिए, ती पालन नगरेको कारण म निश्‍चय नै यो राज्‍य तँबाट खोसेर तल्‍लो दर्जाको एक जनालाई दिनेछु।</verse>
				<verse number="12">तापनि तेरो पिता दाऊदको खातिर यो तेरै जीवनकालमा चाहिँ म गर्नेछैनँ। म यो राज्‍य तेरो छोराको हातबाट खोस्‍नेछु।</verse>
				<verse number="13">तापनि त्‍यसबाट सबै राज्‍य त खोसिनेछैन, तर मेरो दास दाऊदको र मैले छानेको सहर यरूशलेमको खातिर म एउटा कुल त्‍यसलाई दिनेछु।”</verse>
				<verse number="14">तब परमप्रभुले एउटा विरोधी, एदोमको राजकीय घरानाका एदोमी हददलाई सोलोमनको विरुद्धमा खड़ा गर्नुभयो।</verse>
				<verse number="15">सुरुमा दाऊदले एदोमीहरूसित लड़ाइँ गरिरहेको बेलामा तिनका सेनापति योआबले त्‍यहाँ मारिएकाहरूलाई गाड्‌न जाँदा त्‍यस देशका सबै पुरुषहरूलाई नाश गरेका थिए।</verse>
				<verse number="16">एदोमका सबै पुरुषहरूलाई सर्वनाश गरी नसकुञ्‍जेल योआब र सबै इस्राएलीहरू त्‍यहाँ छ महिनासम्‍म बसे।</verse>
				<verse number="17">तर हदद त्‍यस बेला सानै केटा थिए, र आफ्‍ना पिताको सेवा गर्ने कुनै-कुनै एदोमी अधिकारीहरूका साथ मिश्रदेशमा भागे।</verse>
				<verse number="18">उनीहरू मिद्यानबाट निस्‍केर पारानमा गए। पारानबाट केही मानिसहरू साथमा लिएर उनीहरू मिश्रदेशका राजा फारोकहाँ आए। उनले हददलाई एउटा घर र जग्‍गाजमिन अनि खाने-पिउने बन्‍दोबस्‍त जुटाइदिए।</verse>
				<verse number="19">हददसित फारो यति प्रसन्‍न भए कि उनले आफ्‍नी पत्‍नी तहपेनस रानीकी एउटी बहिनीलाई हददसँग विवाह गरिदिए।</verse>
				<verse number="20">तहपेनसकी बहिनीले हददबाट गनूबत नामक छोरो जन्माइन्, जसलाई तहपेनसले फारोको राजमहलमा हुर्काइन्‌। गनूबत त्‍यहाँ फारोका आफ्‍नै नानीहरूसँगै बढ़्यो।</verse>
				<verse number="21">मिश्रदेशमा छँदा हददले दाऊद आफ्‍ना पित्रहरूसँग सुतिसकेका र तिनका सेनापति योआब पनि मरेका खबर सुने। तब हददले फारोलाई भने, “मलाई आफ्‍नो देशमा फर्कने अनुमति दिनुहोस्‌।”</verse>
				<verse number="22">फारोले सोधे, “मेरो देशमा तिमीलाई केको अभाव भयो र तिमी आफ्‍नो देशमा फर्किजान चाहन्‍छौ?” हददले जवाफ दिए, “केही कुराको अभाव त छैन, तर बिन्‍ती छ, मलाई जान दिनुहोस्‌!”</verse>
				<verse number="23">अनि परमेश्‍वरले सोलोमनको विरुद्धमा अर्को एक जना विरोधी खड़ा गर्नुभयो, अर्थात्‌ एल्‍यादाका छोरा रेसोन, जो आफ्‍ना मालिक सोबाका राजा हददेजेरबाट भागेर गएका थिए।</verse>
				<verse number="24">जब दाऊदले सोबाको दललाई नष्‍ट गरे, तब उनले आफूतर्फ मानिसहरू भेला गरे, र उनी विद्रोहीहरूको दलका अगुवा भए। यी विद्रोहीहरू दमस्‍कसमा गए, जहाँ उनीहरू बसोबास गरे र त्‍यसलाई आफ्‍नो वशमा पारे।</verse>
				<verse number="25">सोलोमन बाँचुञ्‍जेल रेसोन इस्राएलका विरोधी भइरहे, र हददले गरेको हानिमा उनले हानि थपिदिए। अनि रेसोनले अराममा राज्‍य गरे, र उनले इस्राएलको विरोध गरिरहे।</verse>
				<verse number="26">नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एक एफ्राइमी थिए। तिनकी विधवा आमा सेरूआ थिइन्‌।</verse>
				<verse number="27">तिनी राजाको विरुद्धमा कसरी बागी भए त्‍यसको विवरण यहाँ दिइन्‍छ। सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्‍ना पिता दाऊदको सहरका पर्खालको चिरो बन्‍द गरिदिएका थिए।</verse>
				<verse number="28">यारोबामचाहिँ एक होनहार मानिस थिए, र ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफका घरानाको सारा बेगार काम गर्नेहरूका नाइके खटाइदिए।</verse>
				<verse number="29">त्‍यसै बेला यारोबाम यरूशलेमबाट बाहिर गइरहेका थिए, र बेलामा शीलोका अगमवक्ता अहियाहले तिनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्‍टो ओढ़ेका थिए। बाटोमा तिनी दुई मात्र थिए।</verse>
				<verse number="30">आफूले ओढ़ेको नयाँ खास्‍टो फुकालेर अहियाहले त्‍यो च्‍यातेर बाह्र टुक्रा पारे।</verse>
				<verse number="31">तब उनले यारोबामलाई भने, “यसबाट दश टुक्रा तिम्रो निम्‍ति लेऊ, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर, म सोलोमनको हातबाट राज्‍य खोस्‍नेछु, र तँलाई दश कुल दिनेछु।</verse>
				<verse number="32">तर मेरो दास दाऊदको खातिर र इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर एउटा कुलचाहिँ त्‍यसको हुनेछ।</verse>
				<verse number="33">म यो गर्नेछु, किनभने तिनीहरूले मलाई त्‍यागेका छन्, र सीदोनीहरूकी अश्‍तोरेत देवी, मोआबको देवता कमोश र अम्‍मोनीहरूको देवता मोलोखलाई पुजेका छन्, र मेरा मार्गमा तिनीहरू हिँड़ेका छैनन्‌ न त मेरो दृष्‍टिमा जे ठीक छ त्‍यो गरेका छन्, न सोलोमनको पिता दाऊदले गरेझैँ मेरा धार्मिक विधिविधानहरू मानेका छन्‌।</verse>
				<verse number="34">“‘तर सोलोमनको हातबाट म जम्‍मै राज्‍य त लिनेछैनँ। मेरा आज्ञाहरू र धार्मिक-विधानहरू पालन गर्ने मैले चुनेको दास दाऊदको खातिर सोलोमन बाँचुञ्‍जेल त्‍यसलाई शासक बनाएको छु।</verse>
				<verse number="35">त्‍यसको छोराको हातबाट लिएर दश कुलको राज्‍यचाहिँ तँलाई दिनेछु।</verse>
				<verse number="36">मेरो नाउँ राख्‍नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्‍ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस्‌ भनेर एउटा कुलचाहिँ म त्‍यसको छोरालाई दिनेछु।</verse>
				<verse number="37">तैपनि तँलाई चाहिँ म लिनेछु, र तेरो हृदयले इच्‍छा गरेका सबैमाथि तैंले शासन गर्नेछस्‌। तँ इस्राएलको राजा हुनेछस्‌।</verse>
				<verse number="38">यदि मेरो दास दाऊदले गरेझैँ तैंले मेरा सबै आज्ञाहरू गरिस्‌ र मेरा मार्गमा हिँड़िस्‌ र मेरा धार्मिक-विधान र आज्ञाहरू पालन गरेर मेरो दृष्‍टिमा जे ठीक छ त्‍यो गरिस्‌ भने, म तँसित हुनेछु। दाऊदको निम्‍ति निर्माण गरेझैँ म तेरो वंशलाई स्‍थायी बनाउनेछु, र इस्राएलचाहिँ म तँलाई दिनेछु।</verse>
				<verse number="39">यसैको कारण म दाऊदका सन्‍तानहरूलाई विनम्र तुल्‍याउनेछु, तर सधैँसम्‍म त होइन’।”</verse>
				<verse number="40">त्‍यसपछि सोलोमनले यारोबामलाई मार्न कोशिश गरे, तर यारोबाम मिश्रदेशमा शीशक राजाकहाँ भागेर गए र सोलोमनको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ नै रहे।</verse>
				<verse number="41">सोलोमनको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र तिनले प्रदर्शन गरेका सबै बुद्धि के ती कुरा सोलोमनका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="42">सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="43">त्‍यसपछि तिनी आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍ना पिता दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा रहबाम राजा भए।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा बनाउन त्‍यहाँ गएका थिए।</verse>
				<verse number="2">जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी अहिलेसम्‍म मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।</verse>
				<verse number="3">यसकारण मानिसहरूले यारोबामलाई बोलाइपठाए, र तिनी र इस्राएलका जम्‍मै समुदाय रहबामकहाँ गएर तिनलाई भने,</verse>
				<verse number="4">“तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लगाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवालाई तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।”</verse>
				<verse number="5">रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय देओ, र फेरि आओ।” यसैले मानिसहरू गइहाले।</verse>
				<verse number="6">तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित सल्‍लाह मागे। तिनले सोधे, “यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिनुपर्ने हो?”</verse>
				<verse number="7">तिनीहरूले भने, “यदि आज हजूर यी मानिसहरूका सेवक भएर तिनीहरूको सेवा गर्नुहुन्‍छ र अहिले तिनीहरूले चाहेको जवाफ हजूरले तिनीहरूलाई दिनुहुन्‍छ भने, तिनीहरू सधैँ हजूरका सेवकहरू हुनेछन्‌।</verse>
				<verse number="8">तर ती धर्म-गुरुहरूले दिएको सल्‍लाह तिनले इन्‍कार गरे, र तिनले आफूसँग बढ़ेका र तिनको सेवा गर्ने जवान मानिसहरूको सल्‍लाह लिए।</verse>
				<verse number="9">तिनले तिनीहरूलाई सोधे, “तिमीहरूको सल्‍लाह के छ? ‘तपाईंका पिताले हामीहरूमाथि बोकाउनुभएको जुवा हलुङ्गो गरिदिनुहोस्‌’ भन्‍ने यी मानिसहरूले बिन्‍ती गरेकामा म कस्‍तो जवाफ दिऊँ?”</verse>
				<verse number="10">तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “‘हजूरका पिताले हामीमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, र त्‍यो हलुङ्गो पारिदिनुहोस्‌’ भनी हजूरलाई भन्‍ने यी मानिसहरूलाई भन्‍नुहोस्, ‘मेरो कान्‍छी औँली मेरा पिताको कम्‍मरभन्‍दा मोटो छ।</verse>
				<verse number="11">मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु’।”</verse>
				<verse number="12">“तीन दिनपछि मकहाँ आओ” भनी राजाले भनेझैँ यारोबाम र ती सबै मानिसहरू रहबामकहाँ फर्केर आए।</verse>
				<verse number="13">राजाले ती मानिसहरूलाई कड़ा जवाफ दिए। धर्म-गुरुहरूले दिएका सल्‍लाह तिनले इन्‍कार गर्दै</verse>
				<verse number="14">ती जवानहरूले दिएको सल्‍लाह मानेर भने, “मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ पारिदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु।”</verse>
				<verse number="15">यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्‍नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्‍तो स्‍थिति ल्‍याउनुभएको थियो।</verse>
				<verse number="16">जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिमी आफ्‍नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्‍नो घर लागे,</verse>
				<verse number="17">तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलीहरूमाथि रहबामले अझै शासन गरे।</verse>
				<verse number="18">राजा रहबामले बेगार काममा लगाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई पठाए, तर सबै इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए।</verse>
				<verse number="19">अनि आजको दिनसम्‍म दाऊदका घरानाको विरुद्धमा इस्राएल बागी भएको छ।</verse>
				<verse number="20">जब यारोबाम फर्केर आएका छन्‌ भनी सबै इस्राएलीहरूले सुने, तब तिनीहरूले मानिसहरू पठाएर तिनलाई सभामा बोलाए, र सारा इस्राएलमाथि तिनलाई राजा तुल्‍याए। यहूदाको कुल मात्र दाऊदका घरानाको राजभक्त भइरहे।</verse>
				<verse number="21">जब रहबाम यरूशलेममा आइपुगे, तब सोलोमनका छोरा रहबामको निम्‍ति राज्‍य फिर्ता लिन इस्राएलका घरानाको विरुद्धमा लड़ाइँ गर्न यहूदा र बेन्‍यामीनका कुलका एक लाख असी हजार योद्धाहरूलाई तिनले भेला गराए।</verse>
				<verse number="22">तर परमेश्‍वरका जन शमायाहकहाँ परमेश्‍वरको यो वचन आयो:</verse>
				<verse number="23">“सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनका सारा घराना र बाँकी मानिसहरूलाई भन्,</verse>
				<verse number="24">‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना दाजुभाइ इस्राएलको विरुद्धमा युद्ध गर्न उक्‍लेर नजाओ। तिमीहरू हरेक आ-आफ्‍नो घर फर्केर जाओ, किनकि यो काम मैले गरेको हो’।” यसैले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएझैँ तिनीहरूले परमप्रभुको वचन पालन गरेर तिनीहरू आ-आफ्‍नो घर गए।</verse>
				<verse number="25">त्‍यसपछि यारोबामले एफ्राइमको पहाड़ी देशमा भएको शकेमलाई किल्‍ला बनाएर सुरक्षित पारे, र त्‍यहीँ नै बसोबास गरे। त्‍यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।</verse>
				<verse number="26">यारोबामले आफ्‍नो मनमा यस्‍तो विचार गरे, “यो राज्‍य दाऊदको घरानातिरै फर्किजान्‍छ होला।</verse>
				<verse number="27">यदि यी मानिसहरू यरूशलेममा परमप्रभुको मन्‍दिरमा बलिदान चढ़ाउन गए भने, तिनीहरूका मन आफ्‍ना प्रभु यहूदाका राजा रहबामतिर राजभक्त हुनेछन्‌। तिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्किजानेछन्‌।”</verse>
				<verse number="28">तब सरसल्‍लाह लिएर राजाले सुनका दुई वटा बाछा बनाए। तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेममा जान अति कष्‍ट हुन्‍छ। हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएका तिमीहरूका देवताहरू त यहाँ पो छन्‌।”</verse>
				<verse number="29">तिनले एउटा बेथेलमा र अर्कोचाहिँ दानमा स्‍थापना गरे।</verse>
				<verse number="30">अनि यही कुरा इस्राएलमा पाप भयो। मानिसहरू दानसम्‍मै त्‍यहाँ भएको देवतालाई पूजा गर्न जान्‍थे।</verse>
				<verse number="31">यारोबामले डाँड़ाका पूजा गर्ने थानहरू पनि बनाए, र ती लेवीको कुलका नभए तापनि सब थरीका मानिसहरूबाट पूजाहारीहरू नियुक्त गरे।</verse>
				<verse number="32">तिनले आठौँ महिनाको पन्‍ध्रौँ दिनमा यहूदामा भएको चाड़जस्‍तै एउटा चाड़ ठहराए, र वेदीमा बलिदानहरू चढ़ाए। बेथेलमा आफूले बनाएका बाछाहरूका निम्‍ति तिनले बलिदान चढ़ाए। बेथेलमा आफूले बनाएका डाँड़ा-डाँड़ाका पूजा गर्ने थानहरूका पूजाहारीहरू पनि नियुक्त गरे।</verse>
				<verse number="33">आठौँ महिनाको पन्‍ध्रौँ दिनमा, तिनी आफैले तोकेको महिनामा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढ़ाए। यसरी इस्राएलीहरूका निम्‍ति तिनले चाड़ ठहराए, र बलिदान चढ़ाउनलाई आफै वेदीमा उक्‍लेर गए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">जसै यारोबाम वेदीको नजिक बलिदान चढ़ाउनलाई उभिरहेका थिए, तब परमेश्‍वरका एक जन परमप्रभुको वचन लिएर यहूदाबाट बेथेलमा आए।</verse>
				<verse number="2">उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको घरानामा योशियाह नाउँ भएको एक जना छोरो जन्‍मनेछ। त्‍यसले यहाँ बलिदान चढ़ाउने डाँड़ा-डाँड़ाका थानका पूजाहारीहरूलाई तँमाथि नै बलिदान चढ़ाउनेछ, र तँमाथि मानिसका हड्डी जलाइनेछन्‌’।”</verse>
				<verse number="3">त्‍यही दिन परमेश्‍वरका जनले एउटा यस्‍तो चिन्‍ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्‍हचाहिँ यही हो: वेदी दुई फ्‍याक गरी भत्‍कनेछ, र त्‍यसमाथि भएको खरानीचाहिँ बाहिर खन्‍याइनेछ।”</verse>
				<verse number="4">जब परमेश्‍वरका जनले बेथेलका वेदीको विरुद्धमा कराएर भनेको कुरा राजा यारोबामले सुने, तब तिनले वेदीबाट आफ्‍नो हात पसारेर भने, “त्‍यसलाई पक्र!” तर उनीतिर पसारेको यारोबामको हात झट्टै सुकिहाल्‍यो, र तिनले त्‍यो फेरि आफूतिर ल्‍याउन सकेनन्‌।</verse>
				<verse number="5">परमप्रभुको वचनद्वारा परमेश्‍वरका जनले दिएको चिन्‍हअनुसार वेदी पनि दुई फ्‍याक गरी भत्‍कियो र खरानी बाहिर खन्‍याइयो।</verse>
				<verse number="6">तब राजाले परमेश्‍वरका जनलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरलाई मेरो हात फेरि ज्‍यूँका त्‍यूँ पारिदिन अन्‍तर्बिन्‍ती गरिदिनुहोस्‌।” यसैले तिनले चाहेझैँ परमेश्‍वरका जनले परमप्रभुलाई अन्‍तर्बिन्‍ती चढ़ाए, र राजाको हात अघिजस्‍तै ज्‍यूँका त्‍यूँ भयो।</verse>
				<verse number="7">राजाले परमेश्‍वरका जनलाई भने, “मसँग मेरो घरमा आउनुहोस्, र केही खानुहोस्, र म तपाईंलाई केही कोसेली टक्र्याउनेछु।”</verse>
				<verse number="8">तर परमेश्‍वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्‍नो आधै सम्‍पत्ति दिनुभए तापनि म तपाईंसित जानेछैनँ, न त यहाँ रोटी खानेछु वा पानी पिउनेछु।</verse>
				<verse number="9">किनभने परमप्रभुको वचनले मलाई यो आज्ञा गरेको छ, “तैंले त्‍यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो फर्केर नजानू।”</verse>
				<verse number="10">यसकारण उनी अर्कै बाटो भएर गए, र उनी बेथेलमा आएको बाटो भएर फर्केनन्‌।</verse>
				<verse number="11">त्‍यस बेला बेथेलमा एक जना वृद्ध अगमवक्ता थिए। तिनका छोराहरू आएर बेथेलमा त्‍यस दिन परमेश्‍वरका जनले गरेका सबै कुरा तिनलाई सुनाइदिए। उनले राजालाई भनेका कुरा पनि तिनीहरूले आफ्‍ना बुबालाई सुनाइदिए।</verse>
				<verse number="12">तिनीहरूका बुबाले तिनीहरूलाई सोधे, “उनी कुन बाटो लागे?” तिनका छोराहरूले यहूदाबाट आएका ती परमेश्‍वरका जन गएको बाटो तिनलाई देखाइदिए।</verse>
				<verse number="13">यसैले तिनले आफ्‍ना छोराहरूलाई भने, “मेरो निम्‍ति गधामा जीन-लगाम कसिदेओ।” जब तिनीहरूले गधामा जीनकाठी कसिदिए, तब तिनी त्‍यसमा चढ़ेर</verse>
				<verse number="14">ती परमेश्‍वरका जनलाई पहिल्‍याउन गए। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेका भेट्टाए, र तिनले भने, “यहूदाबाट आएका परमेश्‍वरका जन तपाईं नै हुनुहुन्‍छ?” उनले भने, “ज्‍यू, म नै हुँ।”</verse>
				<verse number="15">यसैले ती अगमवक्ताले उनलाई भने, “मसँग आएर केही खानपान गर्नुहोस्‌।”</verse>
				<verse number="16">परमेश्‍वरका जनले भने, “म तपाईंसँग फर्केर जान सक्‍दिनँ, न त म यस ठाउँमा तपाईंसँग रोटी अथवा पानी नै खान सक्‍छु।</verse>
				<verse number="17">परमप्रभुको वचनले मलाई भनेको छ, ‘तैंले त्‍यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो नफर्कनू’।”</verse>
				<verse number="18">ती वृद्ध अगमवक्ताले जवाफ दिए, “म पनि तपाईंजस्‍तै एक जना अगमवक्ता हुँ। परमप्रभुको वचनद्वारा मसँग खान र पिउन तपाईंलाई मेरो घरमा ल्‍याउनू भनी एउटा स्‍वर्गदूतले मलाई भन्‍नुभएको हो।” (तर तिनले त उनलाई भनेको यो कुरा झूटो थियो।)</verse>
				<verse number="19">यसकारण परमेश्‍वरका ती जन फर्केर तिनीसँग गए, र तिनको घरमा खानपान गरे।</verse>
				<verse number="20">जब तिनीहरू टेबिलमा खानपान गर्दैथिए, तब उनलाई फर्काएर ल्‍याउने ती वृद्ध अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।</verse>
				<verse number="21">तिनले यहूदाबाट आएका ती परमेश्‍वरका जनलाई कराएर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तैंले आफ्‍ना परमप्रभुको वचनलाई तुच्‍छ ठानेको छस्, र परमप्रभु तेरा परमेश्‍वरले तँलाई दिनुभएको आज्ञालाई मानेको छैनस्‌।</verse>
				<verse number="22">उहाँले मनाही गर्नुभएको ठाउँमा रोटी खान र पानी पिउन तँ फर्केर आइस्‌। यसकारण तेरो मृत-शरीर तेरा पिता-पुर्खाहरूको चिहानमा गाड़िनेछैन’।”</verse>
				<verse number="23">जब ती परमेश्‍वरका जनले खानपान गरिसके, तब उनलाई फर्काएर ल्‍याएका ती अगमवक्ताले उनको निम्‍ति आफ्‍नो गधामा जीनकाठी कसिदिए।</verse>
				<verse number="24">जब उनी गइरहेका थिए तब एउटा सिंहले उनलाई बाटोमा भेट्टाएर मार्‍यो, र उनको लाश बाटैमा पड़िरह्यो। गधा र सिंहचाहिँ दुवै छेउमा उभिरहेका थिए।</verse>
				<verse number="25">त्‍यही बाटो भएर जाने कोही मानिसहरूले त्‍यो लाश बाटैमा फ्‍याँकिएको र त्‍यस सिंहलाई लाशकै छेउमा उभिरहेको देखे, र गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्‍यो समाचार सुनाइदिए।</verse>
				<verse number="26">जब उनलाई यात्राबाट फर्काएर ल्‍याएका ती अगमवक्ताले त्‍यो कुरा सुने, तब तिनले भने, “उनी त त्‍यही परमेश्‍वरका जन हुन्, जसले परमप्रभुको वचनलाई टेरेका थिएनन्‌। परमप्रभुले उनलाई सिंहको मुखमा पर्न दिनुभएछ, र परमप्रभुको वचनले चेताउनी दिएझैँ त्‍यस सिंहले उनलाई फहराएर मारेछ।”</verse>
				<verse number="27">ती अगमवक्ताले आफ्‍ना छोराहरूलाई भने, “मेरो निम्‍ति गधामा जीनकाठी कसिदेओ।” तब तिनीहरूले कसिदिए।</verse>
				<verse number="28">अनि तिनी गएर त्‍यस लाशलाई बाटोमै पड़िरहेको र गधा र सिंह छेउमा नै उभिरहेका भेट्टाए। त्‍यस सिंहले त्‍यस लाशलाई खाएको थिएन, र गधालाई पनि फहराएको थिएन।</verse>
				<verse number="29">यसैले ती अगमवक्ताले परमेश्‍वरका जनको लाशलाई उठाएर गधामा राखे, र उनको निम्‍ति शोक गर्न र उनलाई गाड्‌न आफ्‍नो सहरमा ल्‍याए।</verse>
				<verse number="30">तब तिनले त्‍यस लाशलाई आफ्‍नै चिहानमा गाड़े, र तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”</verse>
				<verse number="31">उनलाई गाड़िसकेपछि तिनले आफ्‍ना छोराहरूलाई भने, “म मरेपछि मलाई पनि यी परमेश्‍वरका मानिस गाड़िएकै चिहानमा गाड़िदिनू है। मेरा हड्डीहरू उनकै छेउमा रहून्‌।</verse>
				<verse number="32">किनकि बेथेलमा भएको वेदी र सबै सामरियाका नगरहरूका डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरूका विरुद्धमा परमेश्‍वरको वचनद्वारा उनले घोषणा गरेको समाचार निश्‍चय नै पूरा हुनेछ।”</verse>
				<verse number="33">त्‍यसपछि पनि यारोबामले आफ्‍ना दुष्‍ट चालहरू त्‍यागेनन्, तर डाँड़ा-डाँड़ाहरूमा भएका पूजा गर्ने थानहरूका निम्‍ति तिनले सबै थरीका मानिसहरूबाट पूजाहारीहरू नियुक्त गरे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई डाँड़ाका थानहरूका निम्‍ति तिनले नियुक्त गर्थे।</verse>
				<verse number="34">यारोबामको घरानाको पाप यही थियो, जसले गर्दा त्‍यसको पतन भयो, र पृथ्‍वीबाट त्‍यसको सर्वनाश भयो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">त्‍यस बेला यारोबामको छोरो अबिया बिरामी भयो,</verse>
				<verse number="2">र यारोबामले आफ्‍नी पत्‍नीलाई भने, “तिमी यारोबामकी पत्‍नी हो भनी मानिसहरूले नचिन्‍नलाई तिम्रो भेष बदली गर। तब शीलोमा जाऊ। मलाई ‘यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्‍ने अहियाह अगमवक्ता त्‍यहाँ छन्‌।</verse>
				<verse number="3">तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक सानो घैँटो मह लिएर तिनीकहाँ जाऊ। बालकलाई के हुन्‍छ सो तिनले तिमीलाई बताइदिनेछन्‌।”</verse>
				<verse number="4">यसैले यारोबामकी पत्‍नीले तिनले भनेझैँ गरिन्, र तिनी शीलोमा अहियाहको घरमा गइन्‌। त्‍यस बेला अहियाहले देख्‍न सक्‍दैनथिए, किनभने वृद्धावस्‍थाले गर्दा तिनका आँखा धमिलिएका थिए।</verse>
				<verse number="5">तर परमप्रभुले तिनलाई भन्‍नुभएको थियो, “यारोबामकी पत्‍नी आफ्‍नो छोराको विषयमा तँसित सोध्‍न आउँदैछे, किनकि त्‍यो बिरामी छ, अनि तैंले यस्‍तो जवाफ दिनू।</verse>
				<verse number="6">जब त्‍यो आइपुग्‍छे तब अरू कोही हुँ भनी त्‍यसले बहाना गर्नेछे। जब अहियाहले ढोकामा तिनका खुट्टाको आवाज सुने, तब तिनले भने, “ए यारोबामकी पत्‍नी, भित्र आऊ। किन यो बहाना गरेकी? खराब समाचार लिन म तिमीकहाँ पठाइएको छु।</verse>
				<verse number="7">गएर यारोबामलाई भन, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “मैले तँलाई मानिसहरूबाट खड़ा गरें, र मेरा प्रजा इस्राएलमाथि एउटा अगुवा तुल्‍याएँ।</verse>
				<verse number="8">मैले दाऊदको घरानादेखि राज्‍य खोसेर तँलाई दिएँ। तर तँचाहिँ मेरो दास दाऊदजस्‍तै भएको छैनस्, जसले मेरो दृष्‍टिमा जे असल छ त्‍यही मात्रै गर्दै मेरा आज्ञा पालन गर्‍यो र आफ्‍नो सारा हृदयले मलाई पछ्यायो।</verse>
				<verse number="9">तँभन्‍दा अघि बाँचेकाहरू सबैभन्‍दा अझ बढ़ी तैंले दुष्‍ट काम गरेको छस्‌। तैंले आफ्‍नो निम्‍ति अरू देवताहरू, ढालेर बनाएका धातुका मूर्तिहरू बनाएर तैंले मलाई रीस उठाएको छस्‌ र मलाई तेरो पीठपछि राखेको छस्‌।</verse>
				<verse number="10">“‘यसैकारण म यारोबामको घरानामाथि सर्वनाश ल्‍याउनेछु। म इस्राएलमा भएको यारोबामका घरानाको हरेक पुरुष, कमारा वा फुक्‍का दुवैलाई खतम पारिदिनेछु। त्‍यो खतम नहोउञ्‍जेल यारोबामको घरानालाई गोबर जलाएझैँ म जलाइदिनेछु।</verse>
				<verse number="11">यारोबामको घरानाका सहरमा मर्नेहरूलाईचाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई चाहिँ आकाशका पक्षीहरूले खानेछन्‌। परमप्रभुले भन्‍नुभएको छ!”</verse>
				<verse number="12">“तिमीचाहिँ अब घर फर्केर जाऊ। जब तिमीले आफ्‍नो सहरमा पाइला हाल्‍नेछौ, तब त्‍यो बालक मर्नेछ।</verse>
				<verse number="13">त्‍यसको निम्‍ति सबै इस्राएलले विलाप गरेर त्‍यसलाई गाड्‌नेछन्, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसमा मात्रै केही असल कुरो भेट्टाउनुभएकोले यारोबामको घरानामा त्‍यो मात्र गाड़िनेछ।</verse>
				<verse number="14">परमप्रभुले इस्राएलमाथि एक जना राजा खड़ा गर्नुहुनेछ, जसले यारोबामको घरानालाई बहिष्‍कृत पार्नेछ। त्‍यो दिन आजै हो! हो, अहिले नै हो।</verse>
				<verse number="15">पानीमा निगालो यताउता हल्‍लेझैँ परमप्रभुले इस्राएललाई त्‍यस्‍तै हल्‍लने गरी हिर्काउनुहुनेछ। तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उहाँले इस्राएललाई जरैसमेत उखेल्‍नुहुनेछ, र तिनीहरूलाई यूफ्रेटिस नदी पारि तितरबितर पार्नुहुनेछ, किनभने तिनीहरूले अशेराका मूर्तिहरू बनाएर परमप्रभुलाई रीस उठाए।</verse>
				<verse number="16">अनि यारोबामले गरेका र इस्राएललाई गर्न लाएका पापहरूको कारण उहाँले इस्राएललाई त्‍याग्‍नुहुनेछ।”</verse>
				<verse number="17">तब यारोबामकी पत्‍नी उठिन्‌ र तिर्सामा गइन्‌। तिनी आफ्‍नो घरको सँघार नाघ्ने बित्तिकै त्‍यो केटो मर्‍यो।</verse>
				<verse number="18">परमप्रभुले आफ्‍ना दास अहियाह अगमवक्ताद्वारा भन्‍नुभएझैँ तिनीहरूले त्‍यसलाई गाड़े र सारा इस्राएलले त्‍यसको निम्‍ति विलाप गरे।</verse>
				<verse number="19">यारोबामको राजकालका अरू घटनाहरू र तिनका युद्धहरू र तिनले कसरी राज्‍य गरे ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="20">तिनले बाईस वर्ष राज्‍य गरे, र त्‍यसपछि तिनी आफ्‍ना पित्रहरूसित सुते। अनि तिनीपछि तिनका छोरा नादाब राजा भए।</verse>
				<verse number="21">सोलोमनका छोरा रहबामले यहूदामा राज्‍य गरे। तिनी एकचालीस वर्षको उमेरमा राजा भए। इस्राएलका सबै कुलबाट आफ्‍नो नाउँ राख्‍नलाई परमप्रभुले चुन्‍नुभएको सहर, यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्‍मोनी थिइन्‌।</verse>
				<verse number="22">परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, त्‍यही यहूदाले गरे। तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापहरूभन्‍दा बढ़ी पाप गरेर तिनीहरूले उहाँलाई क्रोधित तुल्‍याए।</verse>
				<verse number="23">तिनीहरूले आफ्‍ना निम्‍ति पूजा गर्नलाई डाँड़ाका थानहरू, चोखा ढुङ्गाहरू र अशेरा देवीका मूर्तिहरू हरेक अल्‍गो डाँड़ामा र झ्‍याम्‍म परेको हरेक रूखमुनि खड़ा गरे।</verse>
				<verse number="24">देशमा पुरुष वेश्‍याहरू पनि थिए। परमप्रभुले इस्राएलकै सामुबाट निकाल्‍नुभएका जाति-जातिहरूका घिनलाग्‍दा कार्यहरू मानिसहरूले गर्न लागे।</verse>
				<verse number="25">रहबामका राजकालको पाँचौँ वर्षमा मिश्रदेशका राजा शीशकले यरूशलेममा आक्रमण गरे।</verse>
				<verse number="26">उनले परमप्रभुको मन्‍दिर र राजाको राजमहलका दामी-दामी चीजहरू लुटेर लगे। उनले सोलोमनले बनाएका सुनका ढालहरूसमेत जम्‍मै कुरा लगे।</verse>
				<verse number="27">यसैले राजा रहबामले तिनका सट्टामा काँसाका ढालहरू बनाएर राजमहलको मूल ढोका रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूका जिम्‍मामा दिए।</verse>
				<verse number="28">जहिले-जहिले राजा परमप्रभुको मन्‍दिरमा पस्‍थे, तहिले-तहिले ती रक्षकहरूले ती ढालहरू बोक्‍थे, र त्‍यसपछि तिनीहरूले रक्षक बस्‍ने कोठामा ती फेरि राख्‍थे।</verse>
				<verse number="29">रहबामका राजकालका अरू घटनाहरू र तिनका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="30">रहबाम र यारोबामका बीचमा निरन्‍तर युद्ध भइरह्यो।</verse>
				<verse number="31">रहबाम आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूसित तिनी दाऊदको सहरमा गाड़िए। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्‍मोनी थिइन्‌। तिनीपछि तिनका छोरा अबिया राजा भए।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">नबातका छोरा यारोबामका शासनकालको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए,</verse>
				<verse number="2">र तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ माका थियो। तिनी अबीशालोमकी छोरी थिइन्‌।</verse>
				<verse number="3">तिनले पनि तिनीअघिका तिनका पिताले गरेका सबै पाप गरे। तिनको हृदय आफ्‍ना पिता-पुर्खा दाऊदको हृदयझैँ परमप्रभु आफ्‍ना परमेश्‍वरप्रति सम्‍पूर्ण रूपले भक्त भएन।</verse>
				<verse number="4">तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खड़ा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्‍वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो।</verse>
				<verse number="5">किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्‍टिमा जे कुरा ठीक थियो त्‍यही गरेका थिए, र आफ्‍नो जीवन पर्यन्‍त उहाँको कुनै पनि आज्ञा उल्‍लङ्घन गरेका थिएनन्‌।</verse>
				<verse number="6">अबियाको जीवनकालभरि नै रहबाम र यारोबामका बीचमा युद्ध भइरह्यो।</verse>
				<verse number="7">अबियाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो।</verse>
				<verse number="8">अनि अबिया आफ्‍ना पित्रहरूसित सुते, र तिनी दाऊदको सहरमा गाड़िए। अनि तिनका छोरा आसा तिनीपछि राजा भए।</verse>
				<verse number="9">इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए,</verse>
				<verse number="10">र तिनले यरूशलेममा एकचालीस वर्ष राज्‍य गरे। तिनकी हजूरआमा अबीशालोमकी छोरी माका थिइन्‌।</verse>
				<verse number="11">आसाले आफ्‍ना पुर्खा दाऊदले गरेझैँ जे कुरा परमप्रभुको दृष्‍टिमा असल थियो त्‍यही गरे।</verse>
				<verse number="12">तिनले देवता-थानमा बस्‍ने पुरुष वेश्‍याहरूलाई देशबाट निकालिदिए, र तिनले आफ्‍ना पिता-पुर्खाहरूले बनाएका सबै मूर्तिहरूलाई हटाइदिए।</verse>
				<verse number="13">तिनले आफ्‍नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्‍दो मूर्ति बनाएकी थिइन्‌। आसाले त्‍यो काटेर ढालिदिए, र किद्रोन खोल्‍सामा त्‍यो जलाइदिए।</verse>
				<verse number="14">तिनले डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरू नहटाए तापनि आसाको हृदय आफ्‍नो सारा जीवनभरि नै परमप्रभुमा सम्‍पूर्ण रूपले सुम्‍पेका थिए।</verse>
				<verse number="15">तिनले परमप्रभुको मन्‍दिरमा आफू र आफ्‍ना पिताले समर्पण गरेका सुन र चाँदी र सामानहरू ल्‍याए।</verse>
				<verse number="16">तिनीहरूका राजकालभरि नै आसा र इस्राएलका राजा बाशाका बीचमा युद्ध भइरह्यो।</verse>
				<verse number="17">इस्राएलका राजा बाशाले यहूदाको विरुद्धमा गएर आक्रमण गरे, र कसैलाई यहूदाका राजा आसाको इलाकाबाट छोड्‌न र भित्र पस्‍न नदिनलाई रामामा किल्‍ला बनाए।</verse>
				<verse number="18">तब आसाले परमप्रभुको मन्‍दिर र आफ्‍नै राजमहलका भण्‍डारहरूमा छोड़िएका सबै सुन र चाँदी लिए। तिनले आफ्‍ना अधिकारीहरूका हातमा सुम्‍पेर तब्रिमोनका छोरा, हेज्‍योनका नाति अरामका राजा बेन-हददकहाँ पठाए, जसले दमस्‍कसमा राज्‍य गर्दथे।</verse>
				<verse number="19">“मेरा पिता र तपाईंका पिताका बीचमा सन्‍धि भएझैँ म र तपाईंका बीचमा सन्‍धि होस्‌। हेर्नुहोस्, म सुन र चाँदीको यो कोसेली पठाउँदैछु। अब इस्राएलका राजा बाशासितका तपाईंको सन्‍धि तोड्‌नुहोस्, र तिनी मबाट फर्केर जाऊन्‌।”</verse>
				<verse number="20">आसासित बेन-हदद सहमत भए, र उनले आफ्‍ना फौजका सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा पठाए। उनले इयोन, दान, हाबिल-बेथ-माका र नप्‍तालीसमेत सबै किन्‍नरेत विजय गरे।</verse>
				<verse number="21">जब बाशाले यो कुरा सुने, तब तिनले रामालाई निर्माण गर्न छोड़िदिए, र तिर्सामा फर्केर गए।</verse>
				<verse number="22">तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्‍यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्‍यामीनको गेबा र मिस्‍पालाई पनि निर्माण गरे।</verse>
				<verse number="23">आसाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्‍धिहरू, र तिनले गरेका सबै कार्यहरू र निर्माण गरेका सहरहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? तापनि तिनको वृद्धावस्‍थामा बिरामीले गर्दा तिनका खुट्टा कूँजा भए।</verse>
				<verse number="24">तब आसा आफ्‍ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसँग तिनी गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोशापात राजा भए।</verse>
				<verse number="25">यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। तिनले इस्राएलमा दुई वर्ष राज्‍य गरे।</verse>
				<verse number="26">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही गरे, र इस्राएललाई तिनका पिताले गर्न लाएका पापमा चलेर तिनकै चालमा तिनी हिँड़े।</verse>
				<verse number="27">इस्‍साखारको घरानाका अहियाहका छोरा बाशाले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र नादाब र सबै इस्राएलले घेरिराखेको पलिश्‍तीहरूको सहर गिब्‍बतोनमा तिनलाई हिर्काएर मारे।</verse>
				<verse number="28">यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि राजा भए।</verse>
				<verse number="29">तिनी राजा हुने बित्तिकै तिनले यारोबामका जम्‍मै परिवारलाई मारे। यारोबामको कुनै जीवित प्राणीलाई तिनले छोड़ेनन्, तर तिनीहरू जम्‍मैलाई सर्वनाश गरे। यसरी आफ्‍ना दास शीलोका अहियाहद्वारा भन्‍नुभएको परमप्रभुको वचन पूरा भयो।</verse>
				<verse number="30">यारोबामले गरेका पापहरू र तिनले इस्राएललाई गर्न लाएका पापहरूको कारण, र तिनले परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाएको कारण यो भएको थियो।</verse>
				<verse number="31">नादाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="32">आफ्‍ना सारा राजकालभरि नै आसा र इस्राएलका राजा बाशाका बीचमा युद्ध भइरह्यो।</verse>
				<verse number="33">यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशा तिर्सामा सारा इस्राएलका राजा भए, र तिनले चौबीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="34">यारोबामकै चालहरूमा चलेर, र तिनले इस्राएलीहरूलाई गर्न लाएका पापहरू गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थिए ती गरे।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">त्‍यसपछि बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको यो वचन आयो:</verse>
				<verse number="2">“मैले तँलाई धूलोबाट उठाएर मेरो प्रजा इस्राएलको अगुवा तुल्‍याएँ, तर यारोबामका चालमा हिँड़ेर तैंले मेरो प्रजा इस्राएललाई पाप गर्न लगाइस्, र तिनीहरूका पापहरूद्वारा मलाई रीस उठाइस्‌।</verse>
				<verse number="3">यसैले मैले बाशा र त्‍यसको घरानालाई भस्‍म पार्न आँटेको छु, र म तेरो घरानालाई नबातको छोरो यारोबामको घरानाजस्‍तै तुल्‍याउनेछु।</verse>
				<verse number="4">बाशाको घरानाका सहरमा मर्नेहरूलाई चाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई चाहिँ आकाशका पक्षीहरूले खानेछन्‌।”</verse>
				<verse number="5">बाशाको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र उपलब्‍धिहरू के इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="6">बाशा आफ्‍ना पित्रहरूसित सुते, र तिर्सामा गाड़िए। अनि तिनका छोरा एलाह तिनीपछि राजा भए।</verse>
				<verse number="7">त्‍यसबाहेक परमप्रभुको दृष्‍टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रीस उठाइएको र यारोबामको घरानाजस्‍तै भएको कारणले— अनि तिनले त्‍यसलाई नाश गरेको कारणले पनि— बाशा र तिनको घरानाकहाँ परमप्रभुको यो वचन हनानीका छोरा येहू अगमवक्ताद्वारा आयो।</verse>
				<verse number="8">यहूदाका राजा आसाको छब्‍बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए, र तिनले तिर्सामा दुई वर्ष राज्‍य गरे।</verse>
				<verse number="9">तिनका अधिकारीहरूमध्‍येका एक जना आधा रथ-सेनाका सेनापति जिम्रीले तिनको विरुद्धमा षड्‌यन्‍त्र गरे। त्‍यस बेला एलाहले तिर्सामा आफ्‍नो राजमहलको जिम्‍मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए।</verse>
				<verse number="10">यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले भित्र पसेर तिनलाई हिर्काएर मारे। ती नै जिम्री तिनीपछि राजा भए।</verse>
				<verse number="11">जिम्री राजा भएर राज सुरु गर्ने बित्तिकै तिनले बाशाका परिवारका जम्‍मैलाई मारे। तिनले बाशाका कुटुम्‍ब र मित्रमध्‍येको एउटै पुरुषलाई पनि जिउँदो छोड़ेनन्‌।</verse>
				<verse number="12">परमप्रभुले येहू अगमवक्ताद्वारा बाशाको विरुद्धमा भन्‍नुभएअनुसार यसरी जिम्रीले बाशाका जम्‍मै परिवारलाई नाश गरे।</verse>
				<verse number="13">बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लाएका सबै पापहरूको कारण, र तिनीहरूले आफ्‍ना बेकामका मूर्तिहरूले गर्दा परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाएको कारण यो भएको थियो।</verse>
				<verse number="14">एलाहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="15">यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले सात दिनसम्‍म तिर्सामा राज्‍य गरे। त्‍यस बेला सेनाचाहिँ पलिश्‍तीहरूको सहर गिब्‍बतोन नजिकको छाउनीमा थिए।</verse>
				<verse number="16">छाउनीमा भएका इस्राएलीहरूले जिम्रीले षड्‌यन्‍त्र गरेर राजाको हत्‍या गरेका जब सुने, तब त्‍यही दिन छाउनीमा नै तिनीहरूले आफ्‍ना सेनापति ओम्रीलाई इस्राएलका राजा घोषणा गरे।</verse>
				<verse number="17">तब ओम्री र तिनीसँग भएका जम्‍मै इस्राएलीहरू गिब्‍बतोनबाट हटेर तिर्सालाई घेरे।</verse>
				<verse number="18">सहर लिएको देख्‍ने बित्तिकै जिम्री राजमहलको किल्‍लाभित्र पसे, र तिनले राजमहलमा आगो लगाइदिए। यसरी तिनी जलेर मरे।</verse>
				<verse number="19">तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही गरेर अनि यारोबामका चालमा र उनले गरेका पाप र उनले इस्राएललाई गर्न लाएका पापमा हिँड़ेर ती पापहरू गरेको कारण यो भएको थियो।</verse>
				<verse number="20">जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेको विद्रोह के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="21">त्‍यसपछि इस्राएलका मानिसहरू दुई दलमा विभक्त भए। मानिसहरूमध्‍ये आधाले गीनतका छोरा तिब्‍नीलाई राजा बनाउनलाई सहयोग गरे र आधाले चाहिँ ओम्रीलाई सहयोग गरे।</verse>
				<verse number="22">तर ओम्रीको पछि लाग्‍नेहरू गीनतका छोरा तिब्‍नीको पछि लाग्‍नेहरूभन्‍दा अझ शक्तिशाली थिए। यसैले तिब्‍नी मरे, र ओम्री राजा भए।</verse>
				<verse number="23">यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलका राजा भए, र तिनले जम्‍मा बाह्र वर्ष राज्‍य गरे। तीमध्‍ये छ वर्षचाहिँ तिनले तिर्सामा राज्‍य गरे।</verse>
				<verse number="24">तिनले चाँदीका दुई तोड़ामा शेमेरको हातबाट सामरियाको डाँड़ा किनेर डाँड़ामा एउटा सहर बनाए, र त्‍यस डाँड़ाको पहिलो मालिक शेमेरको नाउँमा त्‍यसको नाउँ सामरिया राखे।</verse>
				<verse number="25">तर ओम्रीले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे र तिनले आफूभन्‍दा अघिका सबै राजाहरूभन्‍दा अझ बढ़ी पाप गरे।</verse>
				<verse number="26">तिनी नबातका छोरा यारोबामका सारा चाल र उनको पापमा चले, जुन पाप उनले इस्राएललाई गर्न लाएका थिए, र जसले गर्दा तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरूद्वारा परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाएका थिए।</verse>
				<verse number="27">ओम्रीको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र तिनका उपलब्‍धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="28">ओम्री आफ्‍ना पित्रहरूसित सुते, र सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाब राजा भए।</verse>
				<verse number="29">यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्‍य गरे।</verse>
				<verse number="30">ओम्रीका छोरा आहाबले आफ्‍ना अघिका सबै राजाहरूभन्‍दा परमप्रभुको दृष्‍टिमा अझ बढ़ी दुष्‍ट्याइँ गरे।</verse>
				<verse number="31">नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे।</verse>
				<verse number="32">सामरियामा तिनले बनाएको बालको मन्‍दिरमा बालको निम्‍ति एउटा वेदी बनाए।</verse>
				<verse number="33">आहाबले अशेरा देवीको मूर्ति पनि खड़ा गरे, र तिनले आफ्‍ना अघिका इस्राएलका सबै राजाहरूभन्‍दा बढ़ी परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाउने काम गरे।</verse>
				<verse number="34">आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। त्‍यसको जग बसाल्‍दा तिनको जेठो छोरो अबीरामको मृत्‍यु भयो, र त्‍यसका मूल ढोकाहरू बनाउँदा तिनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो। यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा भन्‍नुभएको वचन पूरा भयो।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।”</verse>
				<verse number="2">तब परमप्रभुको यो वचन एलियाकहाँ आयो:</verse>
				<verse number="3">“यो ठाउँ छोड़ेर पूर्वतिर लाग्, र यर्दनको पूर्वतिर भएको करीतको खोल्‍सामा गएर लुकिबस्‌।</verse>
				<verse number="4">तैंले खोलाको पानी पिउनू, र तँलाई त्‍यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”</verse>
				<verse number="5">यसैले परमप्रभुले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्‍सामा गएर बसे।</verse>
				<verse number="6">त्‍यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्‍याइदिए, र तिनले खोलाको पानी पिए।</verse>
				<verse number="7">केही समयपछि देशमा पानी नपरेकोले त्‍यो खोलाको पानी सुक्‍यो।</verse>
				<verse number="8">तब परमप्रभुको यो वचन तिनीकहाँ आयो:</verse>
				<verse number="9">“अब झट्टै सीदोनका सारपतमा गएर त्‍यहाँ बस्‌। तँलाई खुवाउन मैले त्‍यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।”</verse>
				<verse number="10">यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्‍यसलाई भने, “कृपा गरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्‍याइदेऊ।”</verse>
				<verse number="11">त्‍यो विधवा पानी ल्‍याउनलाई जाँदाजाँदै तिनले फेरि हपारेर त्‍यसलाई भने, “कृपा गरी एक टुक्रा रोटी मलाई ल्‍याइदेऊ।”</verse>
				<verse number="12">त्‍यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा शपथ खाएर म भन्‍छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्‌ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्‍ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्‍दैछु।”</verse>
				<verse number="13">एलियाले त्‍यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्‍यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्‍याऊ, र त्‍यसपछि तिमी र तिम्रो छोराको निम्‍ति केही बनाऊ।</verse>
				<verse number="14">किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्‍जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्‌ग्रोको तेल रित्तिनेछैन’।”</verse>
				<verse number="15">त्‍यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्‍ति र त्‍यो र त्‍यसका परिवारको निम्‍ति दिनहुँ खानेकुरा भयो।</verse>
				<verse number="16">किनकि एलियाद्वारा परमप्रभुले भन्‍नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्‌ग्रोको तेल पनि रित्तिएन।</verse>
				<verse number="17">केही समयपछि त्‍यो स्‍त्री, त्‍यस घरकी मालिक्‍नीको छोरो बिरामी पर्‍यो, र त्‍यो झन्‌-झन्‌ सिकिस्‍त हुँदैगयो, अनि आखिरमा त्‍यसले सास फेर्न पनि छोड़्यो।</verse>
				<verse number="18">तब त्‍यस स्‍त्रीले एलियालाई भनी, “हे परमेश्‍वरका जन, तपाईंको मेरो विरुद्धमा के छ? के तपाईं यहाँ मेरो पाप सम्‍झाएर मेरो छोरालाई मार्न आउनुभएको हो?”</verse>
				<verse number="19">एलियाले जवाफ दिए, “तिम्रो छोरो यहाँ मलाई देऊ।” एलियाले त्‍यसलाई त्‍यस स्‍त्रीका हातबाट लिएर आफू बसेको माथिल्‍लो कोठामा लगे, र त्‍यसलाई आफ्‍नो ओछ्यानमा राखे।</verse>
				<verse number="20">त्‍यसपछि तिनले परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, के म जसकहाँ बसेको छु त्‍यसको छोरालाई मारेर त्‍यस विधवामाथि यो विपत्ति तपाईंले ल्‍याउनुभएको हो?”</verse>
				<verse number="21">तब तिनी तीन पल्‍ट त्‍यस बालकमाथि लमतन्‍न पस्रे, र परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्‌।”</verse>
				<verse number="22">परमप्रभुले एलियाको पुकारा सुन्‍नुभयो, र त्‍यसमा जीवन फर्क्‍यो र त्‍यो बाँच्‍यो।</verse>
				<verse number="23">एलियाले बालकलाई उठाएर कोठाबाट तल घरमा लगे। त्‍यसकी आमालाई तिनले दिएर यसो भने, “हेर त, तिम्रो छोरो जिउँदैछ।”</verse>
				<verse number="24">तब त्‍यस विधवाले एलियालाई भनी, “अब मलाई यो थाहा भयो, कि तपाईं परमेश्‍वरका जन हुनुहुँदोरहेछ, र तपाईंको मुखबाट निस्‍केको परमप्रभुको वचन सत्‍य रहेछ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">धेरै समयपछि तेस्रो वर्षमा परमप्रभुको यो वचन एलियाकहाँ आयो: “गएर आहाबकहाँ तँ आफै उपस्‍थित हो, र म देशमा वृष्‍टि पठाउनेछु।”</verse>
				<verse number="2">यसैले एलिया आहाबकहाँ आफै उपस्‍थित हुनलाई गए। त्‍यस बेला सामरियामा घोर अनिकाल परेको थियो,</verse>
				<verse number="3">र आहाबले आफ्‍नो राजमहलका जिम्‍मावाल ओबदियालाई बोलाइपठाए। (ओबदिया परमप्रभुका एक भक्त विश्‍वासी थिए।</verse>
				<verse number="4">जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्‍या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्‍नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)</verse>
				<verse number="5">आहाबले ओबदियालाई भनेका थिए, “देशका चारैतिर सबै खोलानाला र बेँसीहरूतिर जाऊ। शायद हामीले घोड़ाहरू र खच्‍चरहरूलाई जीवित राख्‍न केही घाँस पाउन सक्‍छौं होला, र हामीले हाम्रा पशुहरूलाई मार्नुपर्नेछैन।”</verse>
				<verse number="6">यसैले तिनीहरू निरीक्षण गर्नलाई आपसमा देश बाँड़े, र आहाब एकलै एकातिर र ओबदिया अर्कोतिर लागे।</verse>
				<verse number="7">जब ओबदिया बाटोमा हिँड़िरहेका थिए, तब एलियाले उनलाई भेटे। ओबदियाले तिनलाई चिनेर भूइँसम्‍मै घोप्‍टो परेर भने, “हे मेरा प्रभु, के तपाईं साँच्‍चै एलिया नै हुनुहुन्‍छ कि?”</verse>
				<verse number="8">तिनले जवाफ दिए, “म नै हुँ। ‘एलिया यहाँ छ’ भनी गएर तिम्रा मालिकलाई भन।”</verse>
				<verse number="9">ओबदियाले सोधे, “मैले के गल्‍ती गरें” र “तपाईं आफ्‍नो दासलाई मार्न भनी आहाबको हातमा सुम्‍पँदैहुनुहुन्‍छ?</verse>
				<verse number="10">जीवित परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा शपथ खाएर म भन्‍छु, कि मेरा मालिकले तपाईंलाई खोज्‍न भनी कसैलाई नपठाउनुभएको कुनै जाति अथवा राज्‍य बाँकी छैन। अनि जब कुनै जाति वा राज्‍यले तपाईं त्‍यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले ‘हामी त्‍यसलाई पाउन सकेनौं’ भनी उनीहरूलाई शपथ खान लाए।</verse>
				<verse number="11">तर अब तपाईं मलाई भन्‍नुहुन्‍छ, ‘गएर तिम्रा मालिकलाई एलिया यहाँ रहेछ भनी भन’।</verse>
				<verse number="12">मैले तपाईंलाई छोड्‌ने बित्तिकै परमप्रभुका आत्‍माले तपाईंलाई कहाँ लगिहाल्‍नुहोला? यदि मैले गएर आहाबलाई भनें र तिनले तपाईंलाई भेट्टाएनन्‌ भने, मलाई नै मार्नेछन्‌। तापनि म तपाईंको दासले त मेरो बाल्‍यावस्‍थादेखि नै परमप्रभुको आराधना गर्दैआएको छु।</verse>
				<verse number="13">हे मेरा प्रभु, जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दैथिइन्, तब मैले के गरें भनी तपाईंले सुन्‍नुभएको छैन र? मैले पचास-पचास गरी तिनीहरूमध्‍येका एक सय जनालाई ओड़ारमा लुकाइराखें र तिनीहरूलाई अन्‍नपानी जुटाइदिएँ।</verse>
				<verse number="14">अनि अब तपाईं मलाई भन्‍नुहुन्‍छ, ‘गएर तिम्रा मालिकलाई एलिया यहाँ रहेछ भनी भन’। तिनले त मलाई मारिहाल्‍नेछन्‌।</verse>
				<verse number="15">एलियाले भने, “सर्वशक्तिमान्‌ परमप्रभु जसको सेवा म गर्दछु, उहाँको जीवनमा शपथ खाएर म भन्‍दछु, म आज निश्‍चय नै आहाबकहाँ स्‍वयम्‌ उपस्‍थित हुनेछु।”</verse>
				<verse number="16">तब ओबदिया आहाबलाई भेट्‌न गए, र तिनलाई भनिदिए, र आहाब एलियालाई भेट गर्न गए।</verse>
				<verse number="17">जब आहाबले एलियालाई देखे, तब तिनले एलियालाई भने, “इस्राएललाई कष्‍ट दिने तिमी नै हौ?”</verse>
				<verse number="18">एलियाले जवाफ दिए, “इस्राएललाई कष्‍ट मैले दिएको होइनँ, तर तपाईं र तपाईंका पिताका परिवारले पो हो। तपाईं परमप्रभुका आज्ञा त्‍यागी बाल देवताहरूको पछि लाग्‍नुभएको छ।</verse>
				<verse number="19">अब तपाईंले मलाई कर्मेल डाँड़ामा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्‌। अनि बालका ती चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्ता, जसले ईजेबेलको टेबिलमा बसेर खाने गर्दछन्, ती पनि ल्‍याएर आउनुहोस्‌।”</verse>
				<verse number="20">यसैले आहाबले समस्‍त इस्राएलीहरूमा समाचार पठाए, र सबै अगमवक्ताहरूलाई कर्मेल डाँड़ामा भेला गराए।</verse>
				<verse number="21">एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्‌।</verse>
				<verse number="22">तब एलियाले तिनीहरूलाई भने, “परमप्रभुका अगमवक्ताहरूमा त केवल म मात्र बाँकी रहेको छु, तर बालका त चार सय पचास अगमवक्ताहरू छन्‌।</verse>
				<verse number="23">अब हाम्रा निम्‍ति दुई वटा साँढ़े ल्‍याओ। उनीहरूले आफ्‍ना निम्‍ति एउटा छानेर टुक्रा-टुक्रा गरी काटेर आगो नलगाईकन दाउरामाथि राखून्‌। अनि मचाहिँ त्‍यो अर्कोलाई तयार गरेर आगो नलाईकन दाउरामाथि राख्‍नेछु।</verse>
				<verse number="24">तब तिमीहरू आफ्‍नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्‍यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्‍छ, त्‍यही नै परमेश्‍वर हुनुहुन्‍छ।” तब सबै मानिसहरूले भने, “तपाईंले भन्‍नुभएको कुरा असल हो।”</verse>
				<verse number="25">एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढ़े छान, र त्‍यसलाई पहिले तयार गर, किनभने तिमीहरू यति धेरै छौ। आफ्‍नो देवताको नाउँ पुकार, तर आगोचाहिँ नलगाओ।”</verse>
				<verse number="26">यसैले आफूहरूलाई दिएको साँढ़े उनीहरूले लिएर तयार गरे। तब बालको नाउँ लिएर उनीहरूले बिहानदेखि मध्‍यान्‍हसम्‍म यसो भनेर पुकारे, “हे बाल, हामीलाई जवाफ दिनुहोस्‌।” तर केही प्रत्‍युत्तर आएन। अनि आफूहरूले बनाएको वेदीको वरिपरि उनीहरू खूब उफ्रँदै नाचे।</verse>
				<verse number="27">मध्‍यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्‍चय नै त्‍यो त देवता हो! शायद ऊ घोर ध्‍यानमा मग्‍न होला, अथवा काममा व्‍यस्‍त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”</verse>
				<verse number="28">यसैले उनीहरू अझै जोडसित कराए, र उनीहरूको दस्‍तूरअनुसार तरवार र भालाले रगत नबगुञ्‍जेल आफैलाई चोट पारे।</verse>
				<verse number="29">मध्‍यदिन बित्‍यो, र साँझको बलिदान चढ़ाउने बेलासम्‍म उनीहरूले बरबराउँदै अगमवाणी कहँदैरहे। तर कुनै प्रत्‍युत्तर आएन, कसैले जवाफ दिएन, न कसैले ध्‍यान नै दिए।</verse>
				<verse number="30">तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू तिनीकहाँ आए। त्‍यसपछि परमप्रभुको भत्‍केको वेदीलाई तिनले मरम्‍मत गरे।</verse>
				<verse number="31">एलियाले बाह्र वटा ढुङ्गा लिए, प्रत्‍येक ढुङ्गा याकूबबाट आएको एक-एक कुलको निम्‍ति, जसकहाँ परमप्रभुको यसो भन्‍ने वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुनेछ।”</verse>
				<verse number="32">ती ढुङ्गाहरू लिएर तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए। तिनले त्‍यस वेदीको वरिपरि पन्‍ध्र लिटर जति बीउ जाने ठूलो खाड़ल खने।</verse>
				<verse number="33">तिनले दाउरा मिलाए र त्‍यस साँढ़ेलाई टुक्रा-टुक्रा काटेर दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्‍याइदेओ।”</verse>
				<verse number="34">तिनले भने, “फेरि त्‍यसै गर।” अनि तिनीहरूले फेरि त्‍यसै गरे। तिनले हुकुम गरे, “तेस्रो खेप पनि त्‍यसै गर।” तिनीहरूले तेस्रो खेप त्‍यसै गरे।</verse>
				<verse number="35">पानी वेदीका चारैतिर पोखिएर खाड़ल पनि भरियो।</verse>
				<verse number="36">बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, इस्राएलमा तपाईं परमेश्‍वर हुनुहुन्‍छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्‌।</verse>
				<verse number="37">मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून्, कि तपाईं परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र तपाईंले नै तिनीहरूका मन फर्काउँदैहुनुहुन्‍छ।”</verse>
				<verse number="38">तब परमप्रभुको आगो बर्स्‍यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्‍म पार्‍यो, र खाड़लको पानी पनि सुकाइदियो।</verse>
				<verse number="39">जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भूइँमा घोप्‍टो परी कराएर भने, “परमप्रभु उहाँ नै परमेश्‍वर हुनुहुँदोरहेछ! परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुँदोरहेछ!”</verse>
				<verse number="40">तब एलियाले तिनीहरूलाई हुकुम गरे, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि उम्‍कन नपाओस्‌।” तिनीहरूले उनीहरूलाई पक्रे, र एलियाले उनीहरूलाई तल कीशोन खोलामा ल्‍याउन लगाएर उनीहरूलाई मारे।</verse>
				<verse number="41">अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्‍दैछु।”</verse>
				<verse number="42">तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्‍यहाँ तिनले भूइँमा निहुरेर आफ्‍नो टाउको घुँड़ाहरूका बीचमा राखे।</verse>
				<verse number="43">तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” त्‍यसले गएर हेर्‍यो। त्‍यसले भन्‍यो, “त्‍यहाँ केही छैन।” एलियाले सात पल्‍ट त्‍यसलाई “गएर हेर्‌” भने।</verse>
				<verse number="44">सातौँ पल्‍टमा चाकरले भन्‍यो, “मान्‍छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्‌दैछ।” तब एलियाले त्‍यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्‍नो रथ तयार गरेर तल गइहाल्‍नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्‍नेछ’।”</verse>
				<verse number="45">यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्‍यो र ठूलो पानी पर्न लाग्‍यो, र आहाब आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए।</verse>
				<verse number="46">परमप्रभुको शक्ति एलियामाथि पर्‍यो, र आफ्‍नो खास्‍टो पटुकामा लपेटेर तिनी यिजरेलसम्‍मै आहाबको अगिअगि बाटोमा कुदे।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">अब एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले ईजेबेललाई सुनाइदिए।</verse>
				<verse number="2">यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर एउटा समाचारवाहक पठाइन्, “जसरी तैंले उनीहरूको प्राण लिइस्, त्‍यसरी नै भोलि यही बेलासम्‍म तेरो प्राण पनि मैले लिइनँ भने, देवताहरूले मलाई त्‍यस्‍तै वा त्‍योभन्‍दा बढ़ी व्‍यवहार गरून्‌।”</verse>
				<verse number="3">एलिया डराए, र आफ्‍नो प्राण बचाउनलाई भागे। जब तिनी यहूदाको बेर्शेबामा पुगे, तब तिनले आफ्‍नो चाकरलाई त्‍यहीँ छाड़े,</verse>
				<verse number="4">र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ!”</verse>
				<verse number="5">तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए। तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”</verse>
				<verse number="6">तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के।</verse>
				<verse number="7">परमप्रभुका स्‍वर्गदूत फेरि आएर दोस्रो पल्‍ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।”</verse>
				<verse number="8">यसैले तिनी उठेर खानपान गरे। त्‍यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्‍वरको पर्वत होरेबमा पुगे।</verse>
				<verse number="9">तिनी त्‍यहाँ एउटा ओड़ारभित्र पसे र त्‍यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्‌?”</verse>
				<verse number="10">तिनले भने, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।”</verse>
				<verse number="11">परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो।</verse>
				<verse number="12">भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो।</verse>
				<verse number="13">जब एलियाले त्‍यो सुने तब तिनले आफ्‍नो खास्‍टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्‍यो, “एलिया, तँ यहाँ के गर्दैछस्‌?”</verse>
				<verse number="14">तिनले जवाफ दिए, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्र बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।”</verse>
				<verse number="15">परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ जुन बाटो आएको छस्, त्‍यही बाटो फर्किगएर दमस्‍कसको मरुभूमिमा जा। जब तँ त्‍यहाँ पुग्‍छस्‌ तब हजाएललाई अरामको राजा अभिषेक गर्‌।</verse>
				<verse number="16">तब निम्‍शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्‌।</verse>
				<verse number="17">हजाएलको तरवारबाट उम्‍कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्‍कनेलाई एलीशाले मार्नेछ।</verse>
				<verse number="18">तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्‍छु— ती सबै जसले बालको सामुन्‍ने आफ्‍ना घुँड़ा टेकेका छैनन्‌ र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्‌।”</verse>
				<verse number="19">यसैले एलिया त्‍यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्‍ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्‍नो खास्‍टो तिनीमाथि ओढ़ाइदिए।</verse>
				<verse number="20">तब एलीशाले आफ्‍ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्‍ना बुबा र आमालाई चुम्‍बन गरेर बिदा हुन दिनुहोस्‌। त्‍यसपछि म तपाईंको पछि लाग्‍नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?”</verse>
				<verse number="21">तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्‍नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्‍यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">अब अरामका राजा बेन-हददले आफ्‍ना सबै फौज जम्‍मा गरे। उनले बत्तीस राजाहरू, उनीहरूका घोड़ाहरू र रथहरूसमेत साथमा लिएर माथि सामरियामा घेरा हालेर त्‍यसलाई आक्रमण गरे।</verse>
				<verse number="2">उनले सहरमा इस्राएलका राजा आहाबकहाँ यसो भनेर समाचारवाहकहरू पठाए, “बेन-हदद यसो भन्‍नुहुन्‍छ:</verse>
				<verse number="3">‘तिम्रा सुन र चाँदी मेरा हुन्, र तिम्रा राम्रा-राम्रा पत्‍नीहरू र छोराछोरीहरू मेरै हुन्‌’।”</verse>
				<verse number="4">इस्राएलका राजाले जवाफ दिए, “हे मेरा प्रभु महाराजा, तपाईंले भन्‍नुभएझैँ, म र मसँग भएका जति सबै तपाईंकै हुन्‌।”</verse>
				<verse number="5">ती समाचारवाहकहरूले फेरि आएर भने, “बेन-हदद यसो भन्‍नुहुन्‍छ: ‘तिम्रा सुन र चाँदी, तिम्रा पत्‍नीहरू र छोराछोरीहरू मकहाँ सुम्‍पिदिनलाई मैले मानिसहरू पठाएँ।</verse>
				<verse number="6">तर भोलि यही बेला म मेरा अधिकारीहरूलाई तिम्रो राजमहल र तिम्रा अधिकृतहरूका घरहरू तलाशी गर्न पठाउनेछु। उनीहरूले तिमीले मूल्‍यवान्‌ सम्‍झेका सबै चीज खोसेर लैजानेछन्‌।”</verse>
				<verse number="7">इस्राएलका राजाले देशका सबै धर्म-गुरुहरूलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “तपाईंहरू देख्‍नुहुन्‍छ कि यो मानिसले त झगड़ाको निहुँ मात्र खोज्‍दैछ! त्‍यसले मेरा पत्‍नीहरू, मेरा छोराछोरीहरू र मेरा सुनचाँदीहरू दाबी गर्दा मैले इन्‍कार गरिनँ।”</verse>
				<verse number="8">सबै धर्म-गुरुहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्‍नुहोस्‌। तिनले मागेका कुरामा तपाईं सहमत नहुनुहोस्‌।”</verse>
				<verse number="9">यसैकारण तिनले बेन-हददका समाचारवाहकहरूलाई यो जवाफ दिए, “मेरा प्रभु महाराजालाई यसो भन, ‘महाराजाका पहिलो पल्‍टका मागहरू म सबै दिनेछु। तर यो माग म पूरा गर्न सक्‍दिनँ।” तिनीहरू गए, र बेन-हददलाई यो जवाफ दिए।</verse>
				<verse number="10">तब बेन-हददले आहाबलाई अर्को समाचार पठाए: “ध्‍वंस गरेको सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पनि पुग्‍यो भने, देवताहरूले मलाई त्‍यस्‍तै व्‍यवहार अथवा त्‍योभन्‍दा पनि कठोर व्‍यवहार गरून्‌।”</verse>
				<verse number="11">इस्राएलका राजाले जवाफ दिए, “तिनलाई भन्‌: ‘कवच भिर्ने मानिसले त्‍यो फुकाल्‍ने मानिसले झैँ घमण्‍ड गर्नुहुँदैन है’।”</verse>
				<verse number="12">बेन-हदद र अरू राजाहरू आफ्‍ना पालहरूमा मद्य पिइरहेका थिए तब त्‍यो समाचार उनले सुने, र उनले आफ्‍ना मानिसहरूलाई “आक्रमण गर्नलाई तयार बस” भनी हुकुम दिए। अनि उनीहरूले त्‍यो सहर आक्रमण गर्न तयार गरे।</verse>
				<verse number="13">यसै बीचमा एक जना अगमवक्ता इस्राएलका राजा आहाबकहाँ आएर घोषणा गरे, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘के तैंले यो विशाल सेनालाई देख्‍दैछस्‌? आजै म त्‍यो तेरो हातमा सुम्‍पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌’।”</verse>
				<verse number="14">आहाबले सोधे, “तर त्‍यो कसले गर्छ त?” अगमवक्ताले जवाफ दिए, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: प्रान्‍तका सेनापतिहरूका अधिकृतहरूले त्‍यो गर्नेछन्‌।” तिनले सोधे, “लड़ाइँ कसले सुरु गर्नेछ?” अगमवक्ताले जवाफ दिए, “तपाईंले।”</verse>
				<verse number="15">यसैकारण आहाबले ती प्रान्‍तका सेनापतिहरूका दुई सय बत्तीस जवान अधिकृतहरूलाई बोलाइपठाए। तब तिनले बाँकी इस्राएलीहरूलाई भेला गरे, सबै जम्‍मा सात हजार थिए।</verse>
				<verse number="16">मध्‍यदिनमा बेन-हदद र उनका मित्र-राष्‍ट्रका बत्तीस जना राजाहरू आ-आफ्‍नो पालमा मद्य पिएर मात्तिएका बेलामा यिनीहरू निस्‍के।</verse>
				<verse number="17">प्रान्‍तका सेनापतिहरूका ती जवान अधिकृतहरू पहिले निस्‍के। अब बेन-हददले चेवा गर्नेहरू पठाएका थिए, जसले आएर भने, “मानिसहरू सामरियाबाट अगि बढ़िरहेका छन्‌।”</verse>
				<verse number="18">उनले भने, “यदि तिनीहरू शान्‍तिको निम्‍ति आएका हुन्‌ भने, तिनीहरूलाई जिउँदै पक्र। यदि युद्ध गर्न आएका रहेछन्‌ भने पनि तिनीहरूलाई जिउँदै पक्र।”</verse>
				<verse number="19">प्रान्‍तका सेनापतिहरूका ती जवान अधिकृतहरू तिनीहरूका पछिपछि लाग्‍ने सेनासँग सहरबाट बाहिर निस्‍के,</verse>
				<verse number="20">र हरेकले आ-आफ्‍नो विरोधीलाई मारे। त्‍यसो हुँदा अरामीहरू भागे र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोड़ामा चढ़ेर आफ्‍नो केही घोड़चढ़ीहरूका साथमा उम्‍के।</verse>
				<verse number="21">इस्राएलका राजा अगि बढ़े, र घोड़ाहरू र रथहरूलाई जिते, र अरामीहरूको ठूलो नाश गरे।</verse>
				<verse number="22">त्‍यसपछि ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “तपाईंको स्‍थान सुदृढ़ पारिराख्‍नुहोस्, र के गर्नुपर्छ सो विचार गर्नुहोस्, किनभने आउँदो बसन्‍त ऋतुमा अरामका राजाले तपाईंलाई फेरि आक्रमण गर्नेछन्‌।”</verse>
				<verse number="23">यसै बीचमा अरामका राजाका अधिकारीहरूले उनलाई यो सल्‍लाह दिए, “तिनीहरूका ईश्‍वरहरू त पहाड़हरूका ईश्‍वरहरू हुन्‌। यसैकारण तिनीहरू हामीहरूका निम्‍ति साह्रै शक्तिशाली थिए। तर यदि हामीले तिनीहरूसित मैदानमा लड़ाइँ गर्‍यौं भने, हामी तिनीहरूभन्‍दा अझ शक्तिशाली हुनेछौं।</verse>
				<verse number="24">तपाईंले यसो गर्नुहोस्‌: सबै राजाहरूलाई सेनाका नायकका पदबाट हटाइदिनुहोस्, र उनीहरूका सट्टामा अरू अधिकृतहरू नियुक्त गर्नुहोस्‌।</verse>
				<verse number="25">अघि हारेको सेनाजस्‍तै अर्को एउटा सेना खड़ा गर्नुहोस्‌— घोड़ाको लागि घोड़ा र रथको लागि रथ— र इस्राएलीहरूसित हामी मैदानमा यसरी लड्‌न सकौं। तब हामी निश्‍चय नै तिनीहरूभन्‍दा शक्तिशाली हुनेछौं।” उनी उनीहरूसित सहमत भए र त्‍यसैबमोजिम गरे।</verse>
				<verse number="26">आउँदो बसन्‍त ऋतुमा बेन-हददले अरामीहरूलाई लड़ाइँको निम्‍ति भेला गरे, र इस्राएलीहरूसँग लड्‌न अपेकतर्फ लागे।</verse>
				<verse number="27">इस्राएलीहरू पनि भेला भए, र तिनीहरूलाई खाने सामग्री आदि दिइएपछि तिनीहरू दल-दल गरी उनीहरूसित भिड्‌नलाई निस्‍के। इस्राएलीहरूले उनीहरूको विपरीत छाउनी बनाए। इस्राएलीहरू बाख्राका दुई ससाना बगालजस्‍तै थिए, तर अरामीहरूचाहिँ मैदानका चारैतिर फैलिएर बसे।</verse>
				<verse number="28">परमेश्‍वरका जन इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘अरामीहरूले परमप्रभु त डाँड़ाहरूका ईश्‍वर हुन्, बेँसीका ईश्‍वर होइनन्‌ भनी सम्‍झन्‍छन्‌। यसकारण म यस विशाल सेनालाई तेरो हातमा सुम्‍पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌’।”</verse>
				<verse number="29">तिनीहरू एक-अर्काको विपरीत सात दिनसम्‍म छाउनीमा नै बसिरहे। सातौँ दिनमा लड़ाइँ सुरु भयो। इस्राएलीहरूले एक दिनमा अरामी पैदल सेनाका एक लाखलाई घाइते बनाए।</verse>
				<verse number="30">उनीहरूमध्‍येका बाँचेकाहरू अपेक सहरमा भागे, जहाँ सहरको पर्खाल भत्‍केर सत्ताईस हजारमाथि ढल्‍यो। अनि बेन-हददचाहिँ सहरमा भागे, र भित्री कोठामा गएर लुके।</verse>
				<verse number="31">उनका अधिकारीहरूले उनलाई भने, “सुन्‍नुहोस्, इस्राएलको घरानाका राजाहरू त कृपालु मानिसहरू छन्‌ भन्‍ने हामीले सुनेका छौं। यसकारण हामी आ-आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लगाऔं, र टाउकोमा डोरी बाँधेर इस्राएलका राजाकहाँ जाऔं। शायद तिनले तपाईंको प्राण जोगाइदिनेछन्‌।”</verse>
				<verse number="32">यसैकारण आफ्‍ना कम्‍मरमा भाङ्‌ग्रा ओढ़ेर र टाउकोमा डोरी बाँधेर उनीहरूले इस्राएलका राजाकहाँ गएर भने, “हजूरका दास बेन-हदद भन्‍दछन्‌: ‘कृपा गरी मलाई बाँच्‍न दिनुहोस्‌’।” राजाले जवाफ दिए, “के उनी अझै जीवित छन्‌? उनी त मेरा दाज्‍यै हुन्‌।”</verse>
				<verse number="33">ती मानिसहरूले राजाको यस कुरालाई शुभ लक्षण सम्‍झेर झट्टै त्‍यही कुरा साँचो ठानेर भने, “ज्‍यू, हजूरको दाइ बेन-हदद।” राजाले भने, “गएर उनलाई ल्‍याओ।” जब बेन-हदद बाहिर निस्‍केर आए, तब आहाबले उनलाई आफ्‍नो रथमा चढ़ाए।</verse>
				<verse number="34">बेन-हददले तिनलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म तपाईंलाई फिर्ता गरिदिनेछु। अनि मेरा पिताले सामरियामा गरेझैँ तपाईंले पनि दमस्‍कसमा व्‍यापारका बजारहरू स्‍थापित गर्न सक्‍नुहुन्‍छ।” आहाबले भने, “सन्‍धि गरेर ती शर्तहरूमा म तिमीलाई छोड़िदिनेछु।” यसैले तिनले बेन-हददसँग एउटा सन्‍धि गरे र उनलाई छोड़िदिए।</verse>
				<verse number="35">परमप्रभुको वचनद्वारा अगमवक्ताका छोराहरूमध्‍येका एक जनाले आफ्‍नो कुनै एउटा साथीलाई भने, “मलाई तिम्रो हतियारले हिर्काऊ।” तर त्‍यस मानिसले इन्‍कार गर्‍यो।</verse>
				<verse number="36">तब ती अगमवक्ताले भने, “तिमीले परमप्रभुको आज्ञा नमानेका हुनाले, मलाई छोड़ेर जाने बित्तिकै तिमीलाई एउटा सिंहले मार्नेछ।” अनि जब त्‍यो मानिस गइहाल्‍यो, तब एउटा सिंहले भेटेर त्‍यसलाई मार्‍यो।</verse>
				<verse number="37">ती अगमवक्ताले अर्को एक जना मानिसलाई भेटे, र भने, “कृपा गरी मलाई हिर्काउनुहोस्‌।” यसकारण त्‍यसले तिनलाई हिर्काएर घाइते बनायो।</verse>
				<verse number="38">तब ती अगमवक्ता गएर बाटोमा राजालाई पर्खिबसे। तिनले आफ्‍ना आँखामा फेटा बाँधेर गुप्‍त भेष बनाए।</verse>
				<verse number="39">जसै राजा छेउबाट गए, तब ती अगमवक्ताले बोलाएर भने, “हजूर, म तपाईंको दास लड़ाइँको मुखैमा परेको थिएँ, र कसैले कोही एक जना कैदी लिएर मकहाँ आएर मलाई भन्‍यो, ‘यस मानिसलाई रक्षा गरिराख्‌। कथम्‌कदाचित्‌ यो मानिस भाग्‍यो भने, कि त तेरो ज्‍यान जानेछ कि एक तोड़ा चाँदी तैंले तिर्नुपर्नेछ’।</verse>
				<verse number="40">जब म कुनै काममा यताउता व्‍यस्‍त थिएँ, तब हजूर, त्‍यो मानिस त अल्‍पियो।” इस्राएलका राजाले तिनलाई भने, “तैंले त आफ्‍नो इन्‍साफ आफै गरिस्‌। त्‍यही नै तेरो इन्‍साफ हो।”</verse>
				<verse number="41">तब ती अगमवक्ताले झट्टै आफ्‍ना आँखाबाट त्‍यो फेटा फुकाले, र इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूका एक जना रहेछन्‌ भनी चिनिहाले।</verse>
				<verse number="42">तिनले राजालाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले मार्न निश्‍चय गरेको मानिसलाई तैंले छोड़िदिइस्‌। यसकारण त्‍यसको प्राणको साटो तेरो प्राण र त्‍यसको प्रजाको साटो तेरो प्रजा हुनेछ।”</verse>
				<verse number="43">इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्‍नो राजमहलमा गए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">केही समयपछि यिजरेली नाबोतको एउटा दाखबारीका सम्‍बन्‍धको एउटा घटना घट्यो। त्‍यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलनेर थियो।</verse>
				<verse number="2">आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी मेरो सागबारी बनाउन देऊ, किनभने त्‍यो मेरो राजमहलको छेउमा नै छ। त्‍यसको बदलीमा म तिमीलाई एउटा अर्को त्‍योभन्‍दा राम्रो दाखबारी दिनेछु, अथवा तिम्रो इच्‍छा भए त्‍यसको जति दाम लाग्‍छ म दिनेछु।”</verse>
				<verse number="3">तर नाबोतले जवाफ दिए, “परमप्रभुले यस्‍तो हुन नदेऊन् कि मेरो पैतृक सम्‍पत्ति तपाईंलाई दिऊँ।”</verse>
				<verse number="4">यसैले आहाब ठुस्‍स परी रिसाएर घर गए, किनभने यिजरेली नाबोतले भनेका थिए, “तपाईंलाई म आफ्‍नो पैतृक-सम्‍पत्ति दिनेछैनँ।” तिनी आफ्‍नो ओछ्यानमा ठुस्‍स परेर सुतिरहे र खान इन्‍कार गरे।</verse>
				<verse number="5">तिनकी पत्‍नी ईजेबेल तिनीकहाँ आएर तिनलाई सोधिन्, “तपाईं किन यसरी ठुस्‍किनु भएको? तपाईं किन केही खानुहुन्‍न?”</verse>
				<verse number="6">तिनले ईजेबेललाई भने, “मैले यिजरेली नाबोतलाई भने, ‘तिम्रो दाखबारी मलाई बेच, अथवा तिमीलाई मन लागे त्‍यसको सट्टामा अर्को दाखबारी म तिमीलाई दिनेछु’। तर त्‍यसले भन्‍यो, ‘म तपाईंलाई मेरो दाखबारी दिनेछैनँ’।”</verse>
				<verse number="7">तिनकी पत्‍नी ईजेबेलले भनिन्, “इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्‍छ? उठेर खानपान गर्नुहोस्‌। खुशी हुनुहोस्‌। यिजरेली नाबोतको दाखबारी म तपाईंलाई दिनेछु।”</verse>
				<verse number="8">तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्‍यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्‍ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्‌।</verse>
				<verse number="9">यी चिट्ठीहरूमा तिनले यसो भनेर लेखिन्‌: “उपवासको एक दिन घोषणा गर, र नाबोतलाई मानिसहरूका बीचमा इज्‍जतको स्‍थानमा बसाओ।</verse>
				<verse number="10">तर दुई जना नीच मानिसलाई त्‍यसको विपरीत बसाएर त्‍यसले परमेश्‍वर र राजालाई सरापेको छ भनी प्रमाण गर्न लाओ। त्‍यसपछि त्‍यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार।”</verse>
				<verse number="11">तब ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा आदेश दिएबमोजिम नाबोतको सहरमा बस्‍ने धर्म-गुरुहरू र भारदारहरूले गरे।</verse>
				<verse number="12">तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूका बीचमा इज्‍जतको स्‍थानमा बसाले।</verse>
				<verse number="13">तब ती दुई नीच मानिस आएर तिनको विपरीत बसे, र परमेश्‍वर र राजालाई तिनले सरापेका छन्‌ भनी मानिसहरूका सामुन्‍ने तिनलाई खुल्‍लमखुल्‍ला अभियोग लाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।</verse>
				<verse number="14">तब तिनीहरूले ईजेबेललाई यो खबर पठाइदिए, “नाबोत ढुङ्गाले हानेर मारियो।”</verse>
				<verse number="15">नाबोत ढुङ्गाले हानेर मारिए भन्‍ने कुरा ईजेबेलले सुन्‍ने बित्तिकै तिनले आहाबलाई भनिन्, “उठेर यिजरेली नाबोतले तपाईंलाई बेच्‍न इन्‍कार गरेको दाखबारी दखल गर्नुहोस्‌। त्‍यो अब जीवित छैन, तर मर्‍यो।”</verse>
				<verse number="16">नाबोत मर्‍यो भनी जब आहाबले सुने तब तिनी उठेर नाबोतको दाखबारी दखल गर्न गए।</verse>
				<verse number="17">तब परमप्रभुको यो वचन तिश्‍बी एलियाकहाँ आयो:</verse>
				<verse number="18">“सामरियामा शासन गर्ने इस्राएलको राजा आहाबलाई भेट गर्न तल जा। नाबोतको दाखबारीमा अधिकार गर्न त्‍यो त्‍यहाँ गएको छ।</verse>
				<verse number="19">त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: के तैंले एक जना मानिसको हत्‍या गरेर त्‍यसको सम्‍पत्ति कब्‍जा गरेको छैनस्‌ र?’ तब त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्‌नेछन्‌— हो, तेरै रगत’!”</verse>
				<verse number="20">आहाबले एलियालाई भने, “ए मेरो शत्रु, तैंले मलाई फेला पारिस्‌ त?” तिनले जवाफ दिए, “हो, मैले तँलाई फेला पारें, किनभने तैंले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यो गर्न आफैलाई बेचिस्‌।</verse>
				<verse number="21">‘अब म तँमाथि सर्वनाश ल्‍याइरहेछु। म तेरो साख-सन्‍तानलाई भस्‍म पार्नेछु र इस्राएलमा आहाबका घरानाको हरेक पुरुषलाई नाश गर्नेछु— कमारा होस्, कि फुक्‍का होस्‌।</verse>
				<verse number="22">तैंले मलाई रीस उठाएको र इस्राएललाई पाप गर्न लगाएको कारण म तेरो घरानालाई नबातको छोरा यारोबाम र अहियाहको छोरो बाशालाई गरेझैँ गर्नेछु।</verse>
				<verse number="23">“ईजेबेलको विषयमा चाहिँ परमप्रभु भन्‍नुहुन्‍छ: “यिजरेलको पर्खालनेर ईजेबेललाई कुकुरहरूले खानेछन्‌।’</verse>
				<verse number="24">“आहाबको घरानाका सहरमा मर्नेहरूलाई चाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्‌।”</verse>
				<verse number="25">आफ्‍नी पत्‍नी ईजेबेलले उक्‍साएकीले गर्दा परमप्रभुको दृष्‍टिमा खराब काम गर्नलाई आफूलाई बेच्‍ने आहाबझैँ कुनै मानिस कहिल्‍यै भएन।</verse>
				<verse number="26">झूटा देवताहरूलाई पछ्याएर इस्राएलको सामु परमप्रभुले धपाउनुभएका एमोरीहरूले जस्‍तै तिनले सबैभन्‍दा घृणित व्‍यवहार गरे।</verse>
				<verse number="27">जब आहाबले यी कुरा सुने, तब तिनले आफ्‍ना लुगा च्‍याते, भाङ्‌ग्रा ओढ़े, र उपवास बसे। तिनी भाङ्‌ग्रा लाएरै सुते, र विनम्र भएर हिँड़े।</verse>
				<verse number="28">तब परमप्रभुको यो वचन तिश्‍बी एलियाकहाँ आयो:</verse>
				<verse number="29">“आहाबले मेरो सामुन्‍ने आफूलाई दीन तुल्‍याएको के तैंले ध्‍यान दिइस्‌? त्‍यसले आफूलाई दीन तुल्‍याएकोले गर्दा म त्‍यसको समयमा यो सर्वनाश ल्‍याउनेछैनँ, तर त्‍यसको छोराको पालोमा त्‍यसको घरानामाथि त्‍यो ल्‍याउनेछु।”</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">तीन वर्षसम्‍म अराम र इस्राएलका बीचमा युद्ध भएन।</verse>
				<verse number="2">तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजासित भेट गर्नलाई तल झरे।</verse>
				<verse number="3">इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूलाई भनेका थिए, “रामोत-गिलाद हाम्रो हो भनी तिमीहरूलाई थाहा छैन, र पनि अरामका राजाबाट त्‍यो फिर्ता लिन हामी केही गर्दैनौं?”</verse>
				<verse number="4">यसैले तिनले यहोशापातलाई सोधे, “रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न के तपाईं मसँग जानुहुन्‍छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्‍तै, मेरा घोड़ाहरू तपाईंकै घोड़ाहरूजस्‍तै हुन्‌।”</verse>
				<verse number="5">तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।”</verse>
				<verse number="6">यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमप्रभुले राजाको हातमा त्‍यो दिनुहुनेछ।”</verse>
				<verse number="7">तर यहोशापातले सोधे, “के परमप्रभुका अगमवक्ता यहाँ छैनन्, जसलाई हामी सोध्‍न सक्‍छौं?”</verse>
				<verse number="8">इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सोध्‍नलाई एक जना त छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्‍ति असल अगमवचन कहँदैनन्, तर सधैँ खराबी मात्र। तिनी यिम्‍लाका छोरा मीकाया हुन्‌।” यहोशापातले जवाफ दिए, “राजाले यस्‍तो भन्‍नुहुन्‍न।”</verse>
				<verse number="9">तब इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै ल्‍याऊ।”</verse>
				<verse number="10">इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खला नजिक आ-आफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए।</verse>
				<verse number="11">केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।”</verse>
				<verse number="12">अरू सबै अगमवक्ताहरूले त्‍यस्‍तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्‌। किनकि परमप्रभुले त्‍यो राजाको हातमा सुम्‍पिदिनुहुनेछ।”</verse>
				<verse number="13">मीकायालाई बोलाएर ल्‍याउनलाई गएको समाचारवाहकले तिनलाई भन्‍यो, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्‌। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, राम्रो कुरा भन्‍नुहोस्‌।”</verse>
				<verse number="14">तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्‍दछु, परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”</verse>
				<verse number="15">जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔँ, कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्‌। किनकि परमप्रभुले त्‍यो राजाको हातमा सुम्‍पिदिनुहुनेछ।”</verse>
				<verse number="16">राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट शपथ खान लगाऊँ?”</verse>
				<verse number="17">तब मीकायाले जवाफ दिए, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्‌। हरेक शान्‍तिसित घर जाओस्‌’।”</verse>
				<verse number="18">इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्‍ति खराबबाहेक असल अगमवाणी कहँदैनन्‌ भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”</verse>
				<verse number="19">मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्‍नुहोस्‌: मैले परमप्रभुलाई स्‍वर्गका आफ्‍ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्‍नो सिंहासनमा विराजमान हुनुभएको देखें।</verse>
				<verse number="20">अनि परमप्रभुले भन्‍नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्‍यहाँ त्‍यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ “एउटाले यस्‍तो र अर्काले अर्को सल्‍लाह दियो।</verse>
				<verse number="21">आखिरमा एउटा आत्‍मा अगि आएर परमप्रभुको सामुन्‍ने उभिएर भन्‍यो, ‘म त्‍यसलाई बहकाउनेछु’।</verse>
				<verse number="22">“परमप्रभुले सोध्‍नुभयो, ‘कसरी?’ “त्‍यसले भन्‍यो, ‘म गएर त्‍यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने एउटा आत्‍मा हुनेछु’। “परमप्रभुले भन्‍नुभयो, ‘त्‍यसलाई बहकाउन तँ सफल हुनेछस्‌। जा, गएर त्‍यसै गर्‌।’</verse>
				<verse number="23">“यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ। परमप्रभुले तपाईंका सर्वनाशको उर्दी दिइसक्‍नुभएको छ।”</verse>
				<verse number="24">तब केनानाका छोरा सिदकियाह माथि आएर मीकायाको मुखमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”</verse>
				<verse number="25">मीकायाले जवाफ दिए, “त्‍यो त तिमी आफै भित्री कोठामा लुक्‍न गएको दिन पो तिमीले थाहा पाउनेछौ।”</verse>
				<verse number="26">तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्‍मामा सुम्‍पिदेओ, र भन,</verse>
				<verse number="27">‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई कैदखानामा राख र म कुशलसित नआउञ्‍जेल त्‍यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।”</verse>
				<verse number="28">मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”</verse>
				<verse number="29">तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्‍लेर गए।</verse>
				<verse number="30">इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्‍त भेषमा लड़ाइँमा पस्‍नेछु, तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस्‌।” अनि इस्राएलका राजा गुप्‍त भेषमा लड़ाइँमा गए।</verse>
				<verse number="31">अरामका राजाले चाहिँ आफ्‍ना रथहरूका बत्तीस जना सेनापतिहरूलाई यस्‍तो हुकुम दिएका थिए, “राजाबाहेक अरू साना-ठूला कुनैसित लड़ाइँ नगर्नू।”</verse>
				<verse number="32">जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले ठाने, “निश्‍चय नै इस्राएलका राजा यिनी नै हुन्‌।” उनीहरू तिनलाई आक्रमण गर्न फनक्‍क फर्के, तर जब यहोशापात चर्को सोरले कराए,</verse>
				<verse number="33">तब ती रथहरूका सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भनी देखे, र उनीहरूले तिनलाई खेद्‌न छोड़िदिए।</verse>
				<verse number="34">तर कसैले आफ्‍नो धनु तानेर जथाभाबी काँड़ हाने, र त्‍यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्‍यो। राजाले आफ्‍नो सारथिलाई भने, “रथ घुमाएर मलाई लड़ाइँबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”</verse>
				<verse number="35">लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्‍नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहे। तिनको चोटबाट निस्‍केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो, र त्‍यही साँझमा तिनी मरे।</verse>
				<verse number="36">सूर्यास्‍त हुँदा सेनामा यस्‍तो आवाज फिँजियो, “हरेक मानिस आ-आफ्‍नो नगर र हरेक आ-आफ्‍नो बस्‍तीमा जाऊ।”</verse>
				<verse number="37">यसरी राजा मरे, र तिनलाई सामरियामा ल्‍याएर तिनीहरूले तिनलाई त्‍यहीँ गाड़े।</verse>
				<verse number="38">तिनीहरूले त्‍यो रथ सामरियाको एउटा तलाउमा धोए, जहाँ वेश्‍याहरूले नुहाइधुवाइ गर्थे, र परमप्रभुको वचनले घोषणा गरेबमोजिम कुकुरहरूले तिनको रगत चाटे।</verse>
				<verse number="39">आहाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, र तिनले बनाएको हस्‍ती-हाड़ले मोहोरेको राजमहल, र तिनले किल्‍लाले घेर्न लगाएका सहरहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="40">आहाब आफ्‍ना पित्रहरूसित सुते, र तिनका छोरा अहज्‍याह तिनीपछि राजा भए।</verse>
				<verse number="41">इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापात यहूदाका राजा भए।</verse>
				<verse number="42">जब उनी राजा भए यहोशापात पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌।</verse>
				<verse number="43">सबै कुरामा तिनी आफ्‍ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्‌। परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही तिनले गरे। तापनि डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले त्‍यहाँ अझै बलिदान चढ़ाउँदै र धूप बाल्‍दैरहे।</verse>
				<verse number="44">यहोशापात इस्राएलका राजासित पनि शान्‍तिमा रहे।</verse>
				<verse number="45">यहोशापातको राजकालका अरू घटनाहरू र तिनले गरेका उपलब्‍धिहरू र तिनका सैनिक सफलताहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="46">तिनका पिता आसाको राजकालपछि त्‍यहाँ अझै रहेका पुरुष वेश्‍याहरूबाट देशलाई तिनले मुक्त गरे।</verse>
				<verse number="47">त्‍यस बेला एदोममा कुनै राजा थिएनन्‌। अधिकार पाएका कुनै एक जना सहायकले शासन गर्थे।</verse>
				<verse number="48">ओपीरबाट सुन ल्‍याउनलाई यहोशापातले व्‍यापारी जहाजहरूको एउटा बेड़ा निर्माण गरे। तर एस्‍योन-गेबेरमा ती जहाजहरू भत्‍केको कारण ती समुद्रमै जान पाएनन्‌।</verse>
				<verse number="49">त्‍यस बेला आहाबका छोरा अहज्‍याहले यहोशापातलाई भने, “तपाईंका मानिसहरूसँग मेरा मानिसहरूलाई जहाजमा जान दिनुहोस्‌।” तर यहोशापातले इन्‍कार गरे।</verse>
				<verse number="50">त्‍यसपछि यहोशापात आफ्‍ना पित्रहरूसित सुते, र तिनका पिता दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए।</verse>
				<verse number="51">यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्‍याह सामरियामा इस्राएलका राजा भए, र तिनले इस्राएलमाथि दुई वर्ष राज्‍य गरे।</verse>
				<verse number="52">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, किनभने आफ्‍ना पिता र माताका अनि नबातका छोरा इस्राएललाई पाप गर्न लाउने यारोबामका चालमा तिनी हिँड़े।</verse>
				<verse number="53">तिनले बाल देवताको सेवा गरे र त्‍यसलाई पुजे, र तिनका पिताले गरेझैँ परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाए।</verse>
			</chapter>
		</book>
		<book number="12">
			<chapter number="1">
				<verse number="1">आहाबको मृत्‍युपछि मोआब इस्राएलको विरुद्धमा बागी भए।</verse>
				<verse number="2">अब अहज्‍याह सामरियामा माथिल्‍लो कोठाको आँखीझ्‍यालबाट तल खसेका थिए, र तिनलाई चोट लाग्‍यो। यसैले तिनले समाचारवाहकहरूलाई यसो भनी पठाए, “गएर एक्रोनको देवता बाल-जिबबसित सल्‍लाह लेओ, कि म यस चोटबाट निको हुन्‍छु कि हुन्‍नँ।”</verse>
				<verse number="3">तर परमप्रभुका स्‍वर्गदूतले तिश्‍बी एलियालाई भने, “गएर सामरियाका राजाका समाचारवाहकसँग भेट गर र तिनीहरूलाई सोध, ‘के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तिमीहरू एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिन जाँदैछौ?’</verse>
				<verse number="4">यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘बिरामी परेको ओछ्यानबाट तँ उठ्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।” तब एलिया गइहाले।</verse>
				<verse number="5">जब ती समाचारवाहकहरू राजाकहाँ फर्किआए, तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”</verse>
				<verse number="6">तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।”</verse>
				<verse number="7">राजाले तिनीहरूलाई सोधे, “तिमीहरूसँग भेट गरेर यसो भन्‍ने मानिस कस्‍ता किसिमका थिए?”</verse>
				<verse number="8">तिनीहरूले जवाफ दिए, “तिनी भुत्‍लाका लुगा लगाएका र कम्‍मरमा छालाको पेटी बाँधेका मानिस थिए। राजाले भने, “तिनी त तिश्‍बी एलिया हुन्‌।”</verse>
				<verse number="9">तब तिनले एक जना कप्‍तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तान उक्‍लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्‍वरका जन, राजाले तपाईंलाई भन्‍नुहुन्‍छ, ‘ओर्लेर आउनुहोस्‌’।”</verse>
				<verse number="10">एलियाले ती कप्‍तानलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्‍म पारोस्‌!” तब स्‍वर्गबाट आगो झरेर ती कप्‍तान र तिनका मानिसलाई भस्‍म पार्‍यो।</verse>
				<verse number="11">त्‍यसपछि राजाले अर्का एक जना कप्‍तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजा यसो भन्‍नुहुन्‍छ, ‘झट्टै तल आऊ’!”</verse>
				<verse number="12">एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्‍म पारोस्‌।” तब परमेश्‍वरको आगो स्‍वर्गबाट झर्‍यो र तिनी र तिनका मानिसहरूलाई भस्‍म पार्‍यो।</verse>
				<verse number="13">तब राजाले एक जना तेस्रा कप्‍तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्‍तान एलियाकहाँ उक्‍लेर गए र तिनको सामुन्‍ने घुँड़ा टेकेर तिनलाई बिन्‍ती गरे, “हे परमेश्‍वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्‍नुहोस्‌!</verse>
				<verse number="14">हेर्नुहोस्, स्‍वर्गबाट आगो बर्सेर ती अघिका दुई कप्‍तान र तिनीहरूका मानिसहरूलाई भस्‍म पार्‍यो। तर अब मेरो प्राणमाथि तपाईंको निगाह रहोस्‌।”</verse>
				<verse number="15">परमप्रभुका स्‍वर्गदूतले एलियालाई भने, “त्‍यससँग तल जाऊ। त्‍यससँग नडराऊ।” यसैले एलिया उठे र तिनीसँग राजाकहाँ तल गए।</verse>
				<verse number="16">एलियाले राजालाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के सल्‍लाह लिनलाई इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तैंले एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिन समाचारवाहकहरूलाई पठाएका छस्‌? यसो गरेको कारण तँ पस्रिरहेको ओछ्यान तैंले कहिल्‍यै छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌।”</verse>
				<verse number="17">तब एलियाले भनेको परमप्रभुको वचनअनुसार तिनी मरे। तिनका छोरा नभएको कारण यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए।</verse>
				<verse number="18">अहज्‍याहको राजकालका अरू सबै घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">जब परमप्रभुले आँधीबेहरीद्वारा एलियालाई स्‍वर्गमा उठाइलानै आँट्‌नुभएको थियो, तब एलिया र एलीशा गिलगाल छोड़ेर बाटोमा गइरहेका थिए।</verse>
				<verse number="2">तब एलियाले एलीशालाई भने, “तिमी यहीँ बस, परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ।” तर एलीशाले भने, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” अनि तिनीहरू बेथेलमा झरे।</verse>
				<verse number="3">बेथेलमा अगमवक्ताहरूको दलले एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले भने, “हो, मलाई थाहा छ। तर त्‍यस विषयमा केही नभन।”</verse>
				<verse number="4">तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस। परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ।” अनि तिनले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” अनि तिनीहरू यरीहोमा गए।</verse>
				<verse number="5">यरीहोमा अगमवक्ताहरूको दल एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भन्‍ने तपाईंलाई थाहा छ?” तिनले भने, “हो, मलाई थाहा छ। तर त्‍यस विषयमा केही नभन।”</verse>
				<verse number="6">तब एलियाले तिनलाई भने, “यहीँ बस। परमप्रभुले मलाई यर्दन नदीमा पठाउनुभएको छ।” अनि एलीशाले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” यसैले ती दुवै अगि हिँड़े।</verse>
				<verse number="7">पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा अड़िएको ठाउँतिर हेर्दै निकै टाढ़ामा उभिए।</verse>
				<verse number="8">एलियाले आफ्‍नो खास्‍टो उतारे, र त्‍यो बेहेरेर यर्दन नदीको पानीलाई त्‍यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्‍खा जमिनमा हिँड़ेर पारि गए।</verse>
				<verse number="9">नदी पार गरिसकेपछि एलियाले एलीशालाई भने, “तिमीबाट उठाएर लान अघि म तिम्रो निम्‍ति के गरूँ?” “तपाईंको आत्‍माको दोबर भाग पाउने हक मलाई दिनुहोस्,” एलीशाले जवाफ दिए।</verse>
				<verse number="10">एलियाले भने, “तिमीले त गाह्रो कुरा पो माग्‍यौ। तापनि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्‍यौ भने त्‍यो तिम्रो हुनेछ— होइन भने, पाउनेछैनौ।”</verse>
				<verse number="11">जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्‍कासि एउटा अग्‍निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्‍वर्गतिर लगिए।</verse>
				<verse number="12">एलीशाले यो देखे र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोड़चढ़ीहरू!” अनि एलीशाले एलियालाई फेरि देखेनन्‌। त्‍यसपछि तिनले आफ्‍नो लुगा समातेर दुई भागमा च्‍याते।</verse>
				<verse number="13">एलीशाले एलियाको खसेको खास्‍टो उठाए र फर्केर यर्दन नदीको किनारमा उभिए।</verse>
				<verse number="14">तब त्‍यहाँ तिनले एलियाको खसेको खास्‍टोले पानीलाई हिर्काए। तिनले सोधे, “परमप्रभु एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्‍छ त?” जब तिनले पानीलाई हिर्काए, तब त्‍यो दाहिने र देब्रेतिर दुई भाग भयो, र तिनी पारि गए।</verse>
				<verse number="15">त्‍यो दृश्‍य हेरिरहने यरीहोबाट आएका अगमवक्ताहरूको दलले भन्‍यो, “एलियाको आत्‍मा एलीशामाथि परेछ।” तब उनीहरू तिनलाई भेट्‌न आए, र तिनको अगि भूँइसम्‍मै घोप्‍टो परे।</verse>
				<verse number="16">उनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दासहरूसँग पचास जना सुयोग्‍य मानिसहरू छन्‌। तिनीहरू गएर तपाईंका मालिकलाई खोज्‍ने अनुमति दिनुहोस्‌। शायद परमप्रभुका आत्‍माले तिनलाई उठाएर कुनै पहाड़ अथवा कुनै बेँसीमा राखिदिनुभएको छ।” तिनले भने, “अँहँ, तिनीहरूलाई नपठाओ।”</verse>
				<verse number="17">तर उनीहरूले तिनलाई लज्‍जित पारुञ्‍जेल जिद्दी गरी नै रहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि उनीहरूले पचास जना मानिसहरूलाई पठाए। तिनीहरूले तीन दिनसम्‍म खोजे, तापनि एलियालाई फेला पार्न सकेनन्‌।</verse>
				<verse number="18">जब तिनी यरीहोमा नै छँदा तिनीहरू एलीशाकहाँ फर्केर आए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनी भनेको थिइनँ र?”</verse>
				<verse number="19">त्‍यस सहरका मानिसहरूले एलीशालाई भने, “हे प्रभु, हेर्नुहोस्, कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ, र केही उम्रदैन।”</verse>
				<verse number="20">तिनले भने, “एउटा नयाँ बटुको मकहाँ ल्‍याओ, र त्‍यसमा नून हाल।” यसैले तिनीहरूले त्‍यो ल्‍याए।</verse>
				<verse number="21">तब तिनी पानीको मूलमा गएर त्‍यहाँ त्‍यो नून छर्केर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मैले यस पानीलाई विशुद्ध तुल्‍याएको छु। त्‍यसले अब कहिल्‍यै मृत्‍यु ल्‍याउनेछैन, न केही नउम्रने गराउनेछ।”</verse>
				<verse number="22">एलीशाले भनेको वचनअनुसार आजको दिनसम्‍मै त्‍यो पानी स्‍वस्‍थकर रहेको छ।</verse>
				<verse number="23">त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”</verse>
				<verse number="24">तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्‍केर तिनीहरूमध्‍येका बयालीस जना ठिटाहरूलाई फहराए।</verse>
				<verse number="25">अनि त्‍यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्‍लेर गए, र त्‍यसपछि तिनी सामरियामा फर्के।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए, र तिनले बाह्र वर्षसम्‍म राज्‍य गरे।</verse>
				<verse number="2">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, तर तिनका पिता र माताले गरेझैँ त होइन। आफ्‍ना पिताले बनाएको बालको चोखा ढुङ्गालाई तिनले हटाए।</verse>
				<verse number="3">तापनि नबातका छोरा यारोबामले इस्राएललाई गर्न लाएका पापहरूमा तिनी लागिरहे, र तिनी तीबाट फर्केनन्‌।</verse>
				<verse number="4">मोआबका राजा मेशाले भेड़ाहरू पाल्‍थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेड़ाका पाठाहरू र एक लाख भेड़ाहरूको ऊन दिनुपर्थ्‍यो।</verse>
				<verse number="5">तर आहाब मरेपछि मोआबका राजा इस्राएलका राजाको विरुद्धमा बागी भए।</verse>
				<verse number="6">यसकारण त्‍यस बेला राजा योरामले सामरियाबाट आएर सबै इस्राएललाई भेला गराए।</verse>
				<verse number="7">तिनले यहूदाका राजा यहोशापातलाई पनि यो समाचार पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन्‌। मोआबको विरुद्धमा लड़ाइँ गर्न के तपाईं मसित जानुहुन्‍छ?” तिनले जवाफ दिए, “म तपाईंसँग जानेछु। म तपाईंजस्‍तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै र मेरा घोड़ाहरू तपाईंका घोड़ाहरूजस्‍तै हुन्‌।”</verse>
				<verse number="8">तब तिनले सोधे, “हामी कुन दिशाबाट आक्रमण गरौं?” योरामले जवाफ दिए, “एदोमको मरुभूमिबाट।”</verse>
				<verse number="9">यसैले इस्राएलका राजा यहूदाका राजासँग र एदोमका राजासँग गए। तिनीहरू सात दिनसम्‍म घुम्‍दै हिँड़ेपछि, सेनाको आफ्‍नै लागि र भारी बोक्‍ने पशुहरूका निम्‍ति पानी खतम भयो।</verse>
				<verse number="10">तब इस्राएलका राजाले भने, “के परमप्रभुले हामी तीनै राजाहरूलाई मोआबको हातमा सुम्‍पिदिनलाई ल्‍याउनुभएको हो र?”</verse>
				<verse number="11">तर यहोशापातले सोधे, “के यहाँ परमप्रभुका कुनै एक जना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपूछ गर्न सक्‍छौं?” इस्राएलका राजाका अधिकृतहरूमध्‍येका एक जनाले भने, “शाफातका छोरा एलीशा यहाँ छन्‌। तिनले एलियाका हातमा पानी हालिदिन्‍थे।”</verse>
				<verse number="12">यहोशापातले भने, “परमप्रभुको वचन तिनीसँग छ।” यसैकारण इस्राएलका राजा र यहोशापात र एदोमका राजा तिनीकहाँ गए।</verse>
				<verse number="13">एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो एक-अर्कासँग के सरोकार? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्‌।” इस्राएलका राजाले तिनलाई जवाफ दिए, “होइन, परमप्रभुले हामी तीनै राजालाई एकैसाथ मोआबीहरूका हातमा सुम्‍पिदिनलाई बोलाउनुभएको हो।”</verse>
				<verse number="14">एलीशाले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्‍यालै पनि गर्नेथिइनँ।</verse>
				<verse number="15">तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्‍ति ल्‍याऊ।” जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्‍यो,</verse>
				<verse number="16">र तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यो बेँसीमा खाल्‍डै-खाल्‍डा बनाओ।</verse>
				<verse number="17">किनकि परमप्रभुले यसो भन्‍नुहुन्‍छ: तिमीहरूले न बतास न त पानीको झरी देख्‍नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्‌।</verse>
				<verse number="18">परमप्रभुको दृष्‍टिमा यो त एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई तपाईंहरूका हातमा सुम्‍पिदिनुहुनेछ।</verse>
				<verse number="19">तपाईंहरूले किल्‍ला भएको हरेक सहर र हरेक ठूलो नगरलाई परास्‍त गर्नुहुनेछ। तपाईंहरूले हरेक असल रूखलाई काटेर ढाल्‍नुहुनेछ, र सबै पानीका मूलहरू बन्‍द गरिदिनुहुनेछ, र हरेक असल खेतलाई ढुङ्गाहरूले नष्‍ट पारिदिनुहुनेछ।”</verse>
				<verse number="20">भोलिपल्‍ट प्राय: बिहानको बलिदानको समयमा अचानक एदोमको दिशाबाट पानी बग्‍न थाल्‍यो! अनि जमिन पानीले भरियो।</verse>
				<verse number="21">यसै बीचमा राजाहरू उनीहरूका विरुद्धमा लड़ाइँ गर्न आएका छन्‌ भनी सबै मोआबीहरूले सुने। यसैले हतियार चलाउन सक्‍ने हरेक जवान र वृद्ध मानिसलाई आह्वान भयो, र तिनीहरू युद्धको निम्‍ति सिमानामा तैनाथ गरिए।</verse>
				<verse number="22">जब उनीहरू भोलिपल्‍ट बिहान सबेरै उठे, तब पानीमा घाम लागिरहेको थियो। मोआबीहरूले उनीहरूका सामुको त्‍यो पानी रगतजस्‍तै रातो भएको देखे।</verse>
				<verse number="23">उनीहरूले भने, “यो त रगत हो। ती राजाहरूले झगड़ा गरेर एक-अर्कालाई मारे होलान्‌। अब हे मोआबी हो, लुट्‌नलाई जाओ!”</verse>
				<verse number="24">तर जब मोआबीहरू इस्राएलीहरूको छाउनीमा आए, तब इस्राएलीहरू उठेर मोआबीहरू नभागुञ्‍जेल उनीहरूसित लड़ाइँ गरे। अनि इस्राएलीहरूले उनीहरूको देशलाई आक्रमण गरेर परास्‍त गरे।</verse>
				<verse number="25">तिनीहरूले सहरहरूलाई सर्वनाश गरे, र सबै मानिसले हरेक असल खेतमा एउटा-एउटा ढुङ्गा फ्‍याँकेर जमिन जताततै ढुङ्गैढुङ्गाले भरिदिए। तिनीहरूले पानीका सबै मूललाई थुनिदिए, र हरेक असल रूख काटेर ढालिदिए। तिनीहरूले कीर-हरेशेतलाई मात्र त्‍यसका ढुङ्गाहरूसमेत त्‍यसकै ठाउँमा छोड़िदिए, तर घुयेँत्राले सुसज्‍जित भएका मानिसहरूले त्‍यसलाई पनि घेरा हालेर आक्रमण गरे।</verse>
				<verse number="26">जब मोआबका राजाले अब लड़ाइँ हार्ने रहेछु भनी देखे, तब हतियारले सुसज्‍जित भएका सात सय मानिसहरूलाई एदोमका राजाकहाँ छिरिजानलाई लगे, तर उनीहरू सफल भएनन्‌।</verse>
				<verse number="27">तब उनले आफ्‍नो जेठो छोरो, उनीपछि राजा हुनेलाई सहरको पर्खालमा लगेर बलिदान स्‍वरूप चढ़ाए। इस्राएलमाथि साह्रै क्रोध पर्‍यो, र तिनीहरू फर्केर आफ्‍नै देशमा गए।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">अगमवक्ताहरूमध्‍ये एक जनाकी पत्‍नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्‍थ्‍यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्‍याउन उहाँका साहूकार आइरहेछन्‌।”</verse>
				<verse number="2">एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।” तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्‍कोमा तेलबाहेक अरू केही पनि छैन।”</verse>
				<verse number="3">एलीशाले भने, “गएर आफ्‍ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्‍काहरू मागेर ल्‍याऊ। थोरै मात्र नमाग।</verse>
				<verse number="4">त्‍यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्‍कोको तेल ती सबै भाँड़ाहरूमा खन्‍याऊ, र भरिएका भाँड़ाहरू अलग्‍गै राख।”</verse>
				<verse number="5">तिनी एलीशाबाट बिदा भइन्, र आफ्‍ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्‌। उनीहरूले भुँडुल्‍काहरू ल्‍याए र तिनले ती भर्दैगइन्‌।</verse>
				<verse number="6">जब ती सबै भरिसके, तिनले आफ्‍नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्‍को ले।” तर त्‍यसले जवाफ दियो, “अब एउटै भुँडुल्‍को पनि छैन।” तब तेल आउन पनि बन्‍द भयो।</verse>
				<verse number="7">ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्‍यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्‍नेछौ।”</verse>
				<verse number="8">एक दिन एलीशा शूनेममा गए। त्‍यहाँ एउटी धनाढ्य स्‍त्री थिइन्, जसले तिनलाई खानपान गर्न जिद्दी गरिन्‌। यसैले जब एलीशा त्‍यहाँबाट भएर जान्‍थे, तब खानपान गर्नलाई केही समय बस्‍थे।</verse>
				<verse number="9">ती स्‍त्रीले आफ्‍ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्‍वरका एक पवित्र जन हुनुहुन्‍छ।</verse>
				<verse number="10">कौसीमा तिनको निम्‍ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्‍यहाँ तिनको निम्‍ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्‍यहीँ नै बस्‍न सक्‍छन्‌।”</verse>
				<verse number="11">एक दिन एलीशा आएर कौसीको आफ्‍नो कोठामा गएर विश्राम गर्नलाई पल्‍टे।</verse>
				<verse number="12">तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌।</verse>
				<verse number="13">एलीशाले आफ्‍नो चाकरलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्‍ति यी सबै दु:ख गरेका छौ। अब तिम्रो निम्‍ति के गर्न सकिन्‍छ। के हामी तिम्रो पक्षमा राजासित अथवा सेनापतिसित तिम्रो केही कुरा गरिदिन सक्‍छौं’?” तिनले जवाफ दिइन्, “मेरा आफ्‍नै मानिसहरूका बीचमा मेरो घर छँदैछ।”</verse>
				<verse number="14">एलीशाले गेहजीलाई भने, “तिनको निम्‍ति म के गर्न सक्‍छु?” गेहजीले भन्‍यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्‌।”</verse>
				<verse number="15">तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्‍यायो, र तिनी ढोकानेर खड़ा भइन्‌।</verse>
				<verse number="16">तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्‍वरका जन, आफ्‍नी दासीलाई नछकाउनुहोस्‌।”</verse>
				<verse number="17">तर तिनी गर्भवती भइन्‌ र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्‍माइन्‌।</verse>
				<verse number="18">त्‍यो बालक बढ़्यो, र एक दिन त्‍यो आफ्‍ना बुबाकहाँ गयो, जो कटनी गर्नेहरूसँग थिए।</verse>
				<verse number="19">त्‍यसले आफ्‍ना बुबालाई कराएर भन्‍यो, “मेरो कपाल दुख्‍यो! मेरो कपाल दुख्‍यो!” त्‍यसका बुबाले एक जना नोकरलाई भने, “त्‍यसलाई त्‍यसकी आमाकहाँ लैजा।”</verse>
				<verse number="20">त्‍यस नोकरले ठिटालाई उठाएर आमाकहाँ पुर्‍याएपछि त्‍यो ठिटो आफ्‍नो आमाको काखमा मध्‍यदिनसम्‍म बसिरह्यो, र त्‍यसपछि त्‍यो मर्‍यो।</verse>
				<verse number="21">ती स्‍त्रीले गएर ठिटालाई माथि परमेश्‍वरका जनको ओछ्यानमा राखिदिएर ढोका लगाई बाहिर निस्‍केर गइन्‌।</verse>
				<verse number="22">तब तिनले आफ्‍ना पतिलाई बोलाएर भनिन्, “कृपा गरी मलाई एउटा नोकर र एउटा गधा पठाइदिनुहोस्, र म जत्ति सक्‍दो चाँड़ो परमेश्‍वरका जनकहाँ गएर फर्कनेछु।”</verse>
				<verse number="23">उनले सोधे, “आज किन जानुपर्‍यो? आज न त औंसी हो न शबाथ हो।” तिनले भनिन्, “ठीकै छ।”</verse>
				<verse number="24">तिनले गधामा जीनकाठी कसिन्, र आफ्‍नो नोकरलाई भनिन्, “मैले नभनुञ्‍जेल धपाउँदै जा र ढिलो नगर्‌।”</verse>
				<verse number="25">यसरी तिनी गइन्‌ र कर्मेल डाँड़ामा परमेश्‍वरका जनकहाँ आइन्‌। तिनलाई टाढ़ैबाट आइरहेकी देखेर परमेश्‍वरका जनले आफ्‍नो चाकर गेहजीलाई भने, “हेर त, त्‍यो आउने त शूनम्‍मी स्‍त्री हो।</verse>
				<verse number="26">दगुरेर गई त्‍यसलाई भेटेर सोध्‌, ‘के तपाईंलाई कुशलै छ? के तिम्रा पतिलाई कुशलै छ? के तिम्रो बालकलाई सन्‍चै छ’?” तिनले भनिन्, “सबै ठीकै छन्‌।”</verse>
				<verse number="27">जब तिनी डाँड़ामा परमेश्‍वरका जनकहाँ पुगिन्, तब तिनले एलीशाका खुट्टा समातिन्‌। तिनलाई हटाउनलाई गेहजी अगि सरेर आयो, तर परमेश्‍वरका जनले भने, “तिनलाई छोड़िदे! तिनलाई साह्रै ठूलो कष्‍ट परेको छ, तर परमप्रभुले त्‍यो कुरा मबाट लुकाएर मलाई केही भन्‍नुभएको छैन।”</verse>
				<verse number="28">तिनले भनिन्, “हे मेरा प्रभु, के मैले छोरो मागेको थिएँ र? ‘आशा दिएर मलाई निराश नपार्नुहोस्‌’ भनी बिन्‍ती गरेको थिइनँ र?”</verse>
				<verse number="29">तब एलीशाले गेहजीलाई भने, “तेरो खास्‍टोले कम्‍मर कस्‌। यो मेरो लहुरो लिएर कुदी जा। यदि बाटोमा कसैलाई भेटिस्‌ भने त्‍यसलाई अभिवादन नगर्, र त्‍यसले अभिवादन गर्‍यो भने त्‍यसलाई जवाफ नदे। यो मेरो लहुरो त्‍यस ठिटाको मुखमा राखिदे।”</verse>
				<verse number="30">तर ठिटाकी आमाले भनिन्, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” यसैले तिनी उठेर ती स्‍त्रीको पछि लागे।</verse>
				<verse number="31">गेहजीले चाहिँ तिनीहरूका अगि गएर त्‍यो लहुरो त्‍यस ठिटाको मुखमा राखिदियो, तर कुनै प्रतिक्रिया आएन। यसैकारण एलीशालाई भेट गर्न गेहजी फर्किगयो, र तिनलाई भन्‍यो, “त्‍यो केटो त जागेन।”</verse>
				<verse number="32">जब एलीशा घरमा पुगे, तब तिनले आफ्‍नो ओछ्यानमा राखिएको त्‍यस ठिटालाई मरिसकेको भेट्टाए।</verse>
				<verse number="33">तिनी कोठाभित्र पसे र ती दुई मात्र भित्र गएर तिनले कोठाको ढोका थुने र परमप्रभुलाई प्रार्थना गरे।</verse>
				<verse number="34">त्‍यसपछि ओछ्यानमाथि चढ़ेर आफ्‍ना मुख त्‍यसका मुखमा, आफ्‍नो आँखा त्‍यसको आँखामा र आफ्‍ना हात त्‍यसका हातमा राखेर तिनी त्‍यस बालकमाथि लमतन्‍न पस्रिए। जब तिनी त्‍यसमाथि लमतन्‍न परे, तब त्‍यस बालकको शरीर तातो हुँदैगयो।</verse>
				<verse number="35">एलीशा उठे, र कोठाभित्र यताउता हिँड़े, र फेरि एक पल्‍ट ओछ्यानमा चढ़ेर तिनी त्‍यसमाथि लमतन्‍न परे। तब त्‍यस ठिटाले सात खेप छिउँ काढ़्यो र आँखा खोल्‍यो।</verse>
				<verse number="36">तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्‍मी स्‍त्रीलाई बोला।” त्‍यसले तिनलाई बोलायो। ती स्‍त्री आएपछि एलीशाले भने, “तिम्रो छोरालाई लैजाऊ।”</verse>
				<verse number="37">तिनी भित्र आइन्‌ र भूइँसम्‍मै निहुरेर एलीशाका खुट्टामा घोप्‍टो परिन्‌। त्‍यसपछि आफ्‍नो छोरालाई लगेर तिनी बाहिर निस्‍किन्‌।</verse>
				<verse number="38">एलीशा फर्केर गिलगालमा गए, र त्‍यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्‍नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्‍ति केही जाउलो बना।”</verse>
				<verse number="39">उनीहरूमध्‍ये एक जनाचाहिँ झारपात खोज्‍न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्‍यसका केही लौका पोल्‍टोभरि टिपेर ल्‍याए। ती के हुन्‌ भनी कसैले नजानी उनले ती फलहरू काटेर त्‍यस जाउलोको भाँड़ोमा हाले।</verse>
				<verse number="40">मानिसहरूले खाऊन्‌ भनी त्‍यो खन्‍याइयो, तर जब उनीहरूले त्‍यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्‍वरका जन, यस भाँड़ामा त मृत्‍यु पो रहेछ!” अनि उनीहरूले त्‍यो खान सकेनन्‌।</verse>
				<verse number="41">एलीशाले भने, “केही पीठो ल्‍याऊ।” तिनले त्‍यो भाँड़ामा हालेर भने, “अब यिनीहरूलाई त्‍यो खान देऊ।” यस पल्‍ट त्‍यस भाँड़ाको खानेकुरामा हानि गर्ने केही थिएन।</verse>
				<verse number="42">बाल-शलीशाको कुनै एक जना मानिसले परमेश्‍वरका जनको निम्‍ति अगौटे अन्‍नका जौका बीस वटा रोटी र केही नयाँ अन्‍नका बालाहरू लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई त्‍यो खान देऊ।” तिनको चाकरले सोध्‍यो, “एक सय मानिसलाई यति मात्र म कसरी खान दिन सक्‍छु र?”</verse>
				<verse number="43">तर एलीशाले जवाफ दिए, “मानिसहरूलाई त्‍यो खान देऊ। किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिनीहरूले खाएर केही उब्रिएको पनि हुनेछ’।”</verse>
				<verse number="44">तब त्‍यसले त्‍यो तिनीहरूको अगि राखिदियो, र परमप्रभुले भन्‍नुभएझैँ तिनीहरूले खाएर केही उब्‍य्रो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्‍ना मालिकको दृष्‍टिमा एक ठूला मानिस थिए, र अति इज्‍जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्‍याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्‍ठरोगी पनि थिए।</verse>
				<verse number="2">अब अरामबाट दलहरू गएर इस्राएलबाट एउटी जवान ठिटीलाई कैद गरेर ल्‍याएका थिए, र त्‍यसले नामानकी पत्‍नीको चाकरी गर्थी।</verse>
				<verse number="3">त्‍यसले आफ्‍नी मालिक्‍नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!”</verse>
				<verse number="4">नामान आफ्‍ना मालिककहाँ गएर इस्राएलबाट ल्‍याएकी त्‍यस ठिटीले भनेको कुरा बताइदिए।</verse>
				<verse number="5">अरामका राजाले जवाफ दिए, “हुन्‍छ, तिमी जाऊ। म इस्राएलका राजालाई एउटा पत्र पठाउनेछु।” यसैले नामान आफ्‍नो साथमा सत्तरी किलोग्राम सुन र तीन सय चालीस किलोग्राम चाँदी र दश जोर लुगा लिएर गए।</verse>
				<verse number="6">उनले इस्राएलका राजाकहाँ लगेको पत्र यस्‍तो थियो: “यो पत्रसाथै म तपाईंकहाँ मेरो दास नामानलाई पठाइरहेछु। तपाईंले त्‍यसको कुष्‍ठरोग निको पारिदिनुहोला।”</verse>
				<verse number="7">इस्राएलका राजाले त्‍यो चिट्ठी पढ्‌ने बित्तिकै आफ्‍ना लुगा च्‍यातेर भने, “के म परमेश्‍वर हुँ र? मार्न र जिउँदो पार्न सक्‍छु र? यस मानिसले किन त्‍यसको कुष्‍ठरोगबाट निको पार्न कसैलाई मकहाँ पठाउँछ? हेर त, त्‍यसले मसित झगड़ाको निहुँ खोज्‍दैछ!”</verse>
				<verse number="8">इस्राएलका राजाले आफ्‍ना लुगा च्‍यातेको कुरा जब परमेश्‍वरका जन एलीशाले सुने, तब तिनले राजालाई यो समाचार पठाए, “तपाईंले किन आफ्‍ना लुगा च्‍यात्‍नुभयो? मानिस यहाँ मकहाँ आओस्, र त्‍यसले इस्राएलमा एक जना अगमवक्ता रहेछन्‌ भनी जान्‍नेछ।”</verse>
				<verse number="9">यसैले नामान आफ्‍ना घोड़ाहरू र रथहरूका साथमा गए, र एलीशाका घरको ढोकामा अड़िए।</verse>
				<verse number="10">एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”</verse>
				<verse number="11">तर नामान रिसाएर यसो भन्‍दै गइहाले, “मैले सोचेको थिएँ, तिनी बाहिर निस्‍किआएर परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्‍लाएर मेरो कुष्‍ठरोग निको पारिदिनेछन्‌ होला।</verse>
				<verse number="12">के दमस्‍कसका अबाना र फारपर नदीहरू इस्राएलको कुनै पानीभन्‍दा असल छैनन्‌ र? के म तिनमा नै धोएर शुद्ध हुन सक्‍दिनँ र?” यसैले उनी फर्केर रीसको झोँकमा गइहाले।</verse>
				<verse number="13">तर नामानका नोकरहरूले उनीकहाँ आएर उनलाई भने, “हे पिताज्‍यू, यदि अगमवक्ताले तपाईंलाई केही ठूलो कुरा गर्नुहोस्‌ भनी भन्‍नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईंलाई धोएर शुद्ध हुनुहोस्‌ भन्‍नुभएकोमा तपाईंले झन्‌ किन नगर्ने?”</verse>
				<verse number="14">यसैले उनी तल ओर्ले र परमेश्‍वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्‍ट स्‍वयम्‌ डुबुल्‍की मारे, र उनको मासु ज्‍यूँका त्‍यूँ भयो, जवान केटाको जस्‍तै भयो।</verse>
				<verse number="15">तब नामान र उनका नोकरहरू परमेश्‍वरका जनकहाँ फर्केर आए। उनी तिनको सामु खड़ा भएर भने, “अब मलाई थाहा भयो, कि इस्राएलमा बाहेक सारा संसारमा कुनै परमेश्‍वर हुनुहुन्‍न। कृपा गरी अब आफ्‍नो दासबाट केही उपहार लिनुहोस्‌।”</verse>
				<verse number="16">ती अगमवक्ताले जवाफ दिए, “जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँको नाउँमा शपथ खाएर म भन्‍दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” त्‍यो लिनलाई नामानले तिनलाई कर लगाए, तापनि तिनले इन्‍कार गरे।</verse>
				<verse number="17">नामानले भने, “यदि तपाईं लिनुहुन्‍न भने, आफ्‍नो दासलाई दुई खच्‍चरको भारी माटो लान दिनुहोस्‌। किनकि अब फेरि कहिल्‍यै हजूरको दासले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई होमबलि र बलिदानहरू चढ़ाउनेछैनँ।</verse>
				<verse number="18">तर यो एउटा कुरामा मात्र परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्‌: जब मेरा मालिक रिम्‍मोनको मन्‍दिरमा पूजा गर्नलाई मेरो हातमा भर परेर पस्‍नुहुन्‍छ र उहाँले त्‍यहाँ पूजा गर्दा म पनि निहुरन्‍छु, तब यसको निम्‍ति परमप्रभुले हजूरको दासलाई क्षमा गरून्‌।”</verse>
				<verse number="19">एलीशाले भने, “शान्‍तिसित जाऊ।” नामान आफ्‍नो यात्रामा अलिक परसम्‍म मात्र पुगेका थिए,</verse>
				<verse number="20">तब परमेश्‍वरका जन एलीशाको चाकर गेहजीले आफ्‍नो मनमा भन्‍यो, “मेरा मालिकले त यी अरामी नामानलाई उनले ल्‍याएका चीज नलिएर सजिलैसित पठाए। परमप्रभुका जीवनको शपथ खाएर म भन्‍छु, म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।”</verse>
				<verse number="21">यसैले गेहजी नामानको पछिपछि हतार-हतार गरी कुदेर गयो। जब नामानले त्‍यसलाई आफूतिर कुदेर आइरहेको देखे, तब त्‍यससित भेट गर्न उनी आफ्‍नो रथबाट ओर्लेर उनले सोधे, “के सबै ठीक छ?”</verse>
				<verse number="22">गेहजीले जवाफ दियो, “सबै ठीक छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाड़ी देशबाट अगमवक्ताको दलबाट दुई जना जवान मानिसहरू भर्खरै आएका छन्‌। कृपा गरी तिनीहरूलाई एक तोड़ा चाँदी र दुई जोर लुगा दिनुहोस्‌’।”</verse>
				<verse number="23">नामानले भने, “निश्‍चय, दुई तोड़ा लैजाऊ न।” उनले गेहजीलाई ती लान ढिपी गरे, अनि उनले ती दुई तोड़ा चाँदी र दुई जोर लुगा दुई वटा थैलामा बाँधिदिए। उनले आफ्‍ना दुई जना नोकरलाई ती दिए, र ती बोकेर उनीहरू गेहजीको अगिअगि हिँड़े।</verse>
				<verse number="24">जब गेहजी डाँड़ामा आइपुग्‍यो, तब त्‍यसले ती चीज ती दुई नोकरबाट लिएर घरमा राख्‍यो। त्‍यसले उनीहरूलाई बिदा गर्‍यो, र उनीहरू गइहाले।</verse>
				<verse number="25">तब त्‍यो भित्र गएर आफ्‍ना मालिक एलीशाको सामुन्‍ने खड़ा भयो। एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्‌?” गेहजीले जवाफ दियो, “हजूरको चाकर कतै पनि गएको थिएन।”</verse>
				<verse number="26">तर एलीशाले त्‍यसलाई भने, “जब ती मानिस आफ्‍नो रथबाट ओर्लेर तँलाई भेट्‌न फर्कंदा के मेरो आत्‍मा तँसित थिएन र? रुपियाँपैसा वा लुगा लिने, वा भद्राक्षका बोटहरू, दाखबारीहरू, भेड़ा-बाख्राहरू, गाई-गोरुहरू र कमारा-कमारीहरू ग्रहण गर्ने यो समय हो र?</verse>
				<verse number="27">नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्‍नेबाट गइहाल्‍यो, र त्‍यो हिउँजस्‍तै सेतो कुष्‍ठरोगी भयो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, तपाईंसित भेट गर्न हामी बसेको यो ठाउँ हाम्रा निम्‍ति साह्रै साँघुरो छ।</verse>
				<verse number="2">यर्दन नदीमा हामी जाऔं, जहाँ हरेकले काठ पाउन सक्‍छ, र हामी त्‍यहाँ आफ्‍ना निम्‍ति बस्‍ने घर बनाऔं।” तिनले भने, “जाओ।”</verse>
				<verse number="3">तब तीमध्‍ये एक जनाले भने, “हजूर, आफ्‍ना दासहरूसँग आउनुहुन्‍न र।” एलीशाले जवाफ दिए, “म आउँछु।”</verse>
				<verse number="4">अनि तिनी उनीहरूसँग गए। उनीहरूले यर्दन नदीमा पुगेपछि रूखहरू ढाल्‍न सुरु गरे।</verse>
				<verse number="5">एउटा रूख काट्‌दाकाट्‌दै एक जनाको बन्‍चरो बीँड़बाट खुस्‍केर पानीभित्र खस्‍यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्‍याएको बन्‍चरो पो थियो।”</verse>
				<verse number="6">ती परमेश्‍वरका जनले सोधे, “त्‍यो कहाँ खस्‍यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्‍यहाँ हालिदिए, र त्‍यो बन्‍चरो माथि उत्रँदै निस्‍क्‍यो।</verse>
				<verse number="7">तब तिनले भने, “उठाएर लैजाऊ।” तब ती मानिसले आफ्‍नो हात पसारेर त्‍यो उठाएर लगे।</verse>
				<verse number="8">अब अरामका राजा इस्राएलसित लड़ाइँ गरिरहेका थिए। उनले आफ्‍ना अधिकृतहरूसँग सल्‍लाह गरे, र भने, “म फलानो ठाउँमा मेरो छाउनी बनाउनेछु।”</verse>
				<verse number="9">परमेश्‍वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्‍यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्‌। किनभने अरामीहरू त्‍यहाँ गइरहेका छन्‌।”</verse>
				<verse number="10">यसैले जुन ठाउँको विषयमा परमेश्‍वरका जनले तिनलाई सङ्केत दिएका थिए, त्‍यहाँ इस्राएलका राजाले हेर-विचार गरे। एलीशाले राजालाई घरीघरी चेताउनी दिन्‍थे, त्‍यसैले त्‍यस्‍ता ठाउँहरूमा तिनी सतर्क बसे।</verse>
				<verse number="11">यसले गर्दा अरामका राजा क्रोधित भए। उनले आफ्‍ना अधिकृतहरूलाई बोलाएर कड़ा गरी सोधे, “के तिमीहरू मलाई भन्‍दैनौ, हामीहरूमध्‍येको कुनचाहिँ इस्राएलका राजाको पक्षमा छ?”</verse>
				<verse number="12">उनका अधिकृतहरूमध्‍येका एक जनाले भने, “हे मेरा प्रभु महाराजा, हामीमध्‍ये कोही छैन, तर इस्राएलका अगमवक्ता एलीशाले इस्राएलका राजालाई तपाईंले आफ्‍नो सुत्‍ने कोठामा बोल्‍नुभएका सबै कुरा बताइदिन्‍छन्‌।”</verse>
				<verse number="13">राजाले हुकुम गरे, “गएर तिनी कहाँ छन्‌ पत्ता लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” “तिनी त दोतानमा छन्‌” भन्‍ने खबर तिनलाई बताइयो।</verse>
				<verse number="14">तब राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्‍यहाँ पठाए। उनीहरू राती गएर त्‍यस सहरलाई घेरे।</verse>
				<verse number="15">जब परमेश्‍वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्‍यस चाकरले आएर आफ्‍ना मालिकलाई सोध्‍यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”</verse>
				<verse number="16">ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।”</verse>
				<verse number="17">तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो।</verse>
				<verse number="18">जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्‍धा पारिदिनुहोस्‌।” एलीशाले बिन्‍ती गरेझैँ उहाँले उनीहरूलाई अन्‍धा पारिदिनुभयो।</verse>
				<verse number="19">तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याए।</verse>
				<verse number="20">उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्‍न सकून्‌।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे।</verse>
				<verse number="21">जब इस्राएलका राजाले उनीहरूलाई देखे, तब तिनले एलीशालाई सोधे, “हे मेरा पिता, के म यिनीहरूलाई मारौं? के म यिनीहरूलाई मारौं?”</verse>
				<verse number="22">तिनले जवाफ दिए, “उनीहरूलाई नमार्नुहोस्‌। के तपाईंले आफ्‍नै तरवार र धनुले कैद गरेका मानिसहरूलाई मार्नुहुन्‍थ्‍यो र? तपाईंले यिनीहरूका अगि खानेकुरा र पानी राखिदिनुहोस्, ताकि यिनीहरू खानपान गरेर आफ्‍ना मालिककहाँ जाऊन्‌।”</verse>
				<verse number="23">तब तिनले उनीहरूका निम्‍ति एउटा ठूलो भोज दिए, र उनीहरूले खानपान गरिसकेपछि तिनले उनीहरूलाई पठाइदिए, र उनीहरू आफ्‍ना मालिककहाँ फर्के। यसरी अरामीहरूका दलहरूले लूटपीट गर्न इस्राएलीहरूमाथिको आक्रमणलाई रोकिदिए।</verse>
				<verse number="24">त्‍यसको केही समयपछि अरामका राजा बेन-हददले आफ्‍नो सारा सेना जम्‍मा गरेर सामरियातर्फ अगि बढ़ेर त्‍यसलाई घेरा हाले।</verse>
				<verse number="25">सहरमा घोर अनिकाल पर्‍यो। घेरा यति लामो भयो, कि गधाको एउटा टाउको एक किलोग्राम चाँदी, र एक मुट्ठी सिमी पचपन्‍न ग्राम चाँदीको दाम भयो।</verse>
				<verse number="26">जब इस्राएलका राजा सहरको पर्खालमा हिँड़िरहेका थिए, तब एउटी स्‍त्रीले हपारेर तिनलाई भनी, “हे मेरा प्रभु महाराजा, मलाई सहायता गर्नुहोस्‌!”</verse>
				<verse number="27">राजाले जवाफ दिए, “यदि परमप्रभुले नै तँलाई केही सहायता गर्नुभएन भने मैले तेरो निम्‍ति कहाँबाट सहायता पाउने? खलाबाट कि दाख-कुण्‍डबाट?”</verse>
				<verse number="28">तब तिनले सोधे, “तिमीलाई के भयो त?” त्‍यसले जवाफ दिई, “यस स्‍त्रीले मलाई भनी, ‘आज खानलाई तिम्रो छोरो देऊ। भोलिचाहिँ हामी मेरो छोरो खाऔंला’।</verse>
				<verse number="29">तब हामीले मेरो छोरो पकाएर खायौं। भोलिपल्‍ट मैले त्‍यसलाई भनें, ‘आज खानलाई तिम्रो छोरो ल्‍याऊ,’ तर त्‍यसले त्‍यसलाई लुकाई।”</verse>
				<verse number="30">राजाले त्‍यस स्‍त्रीको कुरा सुनेपछि, तिनले आफ्‍ना लुगा च्‍याते। जब तिनी पर्खालमा हिँड़िरहेका थिए तब मानिसहरूले तिनलाई देखे र राजाको जीउमा भित्रपट्टि भाङ्‌ग्रा लाएका देखे।</verse>
				<verse number="31">तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर त्‍यसका काँधमा नै रह्यो भनेदेखि परमप्रभुले यो व्‍यवहार मात्र होइन, तर त्‍यसभन्‍दा पनि बढ़ी व्‍यवहार मसँग गरून्‌।”</verse>
				<verse number="32">अब एलीशा र धर्म-गुरुहरू पनि तिनीसँगै आफ्‍नो घरमा बसिरहेका थिए। राजाले एक जना समाचारवाहकलाई अगि पठाए, तर त्‍यो समाचारवाहक आइपुग्‍न अघि एलीशाले धर्म-गुरुहरूलाई भने, “त्‍यस हत्‍याराले मेरो शिर काट्‌नलाई कसैलाई पठाएको तपाईंहरू देख्‍नुहुन्‍न? हेर, त्‍यो समाचारवाहक आइपुग्‍दा ढोका थुनिदेओ, र खूब जोडसित ठेलिराख। के त्‍यसका मालिकका पाइलाको आवाज त्‍यसको पछिपछि आएको होइन?”</verse>
				<verse number="33">तिनी यसरी तिनीहरूसँग बोल्‍दाबोल्‍दै त्‍यो समाचारवाहक आइपुगिहाल्‍यो। अनि राजाले भने, “यो सर्वनाश परमप्रभुबाट भएको हो! अब परमप्रभुको प्रतीक्षा मैले किन गरिरहने?”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस्‌। परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘भोलि यही बेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बिक्री हुनेछ।”</verse>
				<verse number="2">जुन अधिकृतका हातको भर लिएर राजा हिँड्‌थे, तिनले परमेश्‍वरका जनलाई भने, “हेर, परमप्रभुले स्‍वर्गका झ्‍यालहरू खोलिदिनुभयो भने पनि के यस्‍तो हुन सक्‍थ्‍यो र?” एलीशाले जवाफ दिए, “तिमीले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछौ, तर तिमीले त्‍यसबाट केही खान पाउनेछैनौ।”</verse>
				<verse number="3">अब त्‍यस सहरको मूल ढोकानेर बस्‍ने चार जना कुष्‍ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्‍जेल किन बस्‍ने?</verse>
				<verse number="4">यदि ‘हामी सहरभित्र जाऔं’ भनी भन्‍यौं भने, त्‍यहाँ अनिकाल छ र हामी मर्नेछौं। अनि यहाँ बस्‍यौं भने पनि हामी मर्नेछौं। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोड़िदिए भने हामी बाँच्‍नेछौं। यदि मारे भने पनि हामी मर्नेछौं।”</verse>
				<verse number="5">तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्‍यहाँ एउटै मानिस पनि देखेनन्‌।</verse>
				<verse number="6">किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्‍न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्‍याएका छन्‌।”</verse>
				<verse number="7">यसैकारण उनीहरू साँझमा आफ्‍ना पालहरू, घोड़ाहरू र गधाहरू छोड़ेर ज्‍यान बचाएर भागेका थिए। छाउनी पनि त्‍यसै लथालिङ्गै थिए।</verse>
				<verse number="8">ती कुष्‍ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्‍ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्‍यत्र लगेर लुकाइराखे। त्‍यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे।</verse>
				<verse number="9">तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले गरेको यो काम असल होइन। आज त शुभ समाचारको दिन रहेछ, र हामी भने चूपै लागेर बसेका छौं। भोलि बिहानसम्‍म पर्खिरह्यौं भने हामीलाई सजाय हुनेछ। अब हामी झट्टै गएर राजमहलमा यो खबर दिऔं।”</verse>
				<verse number="10">तब तिनीहरू गएर सहरका ढोकाका पालेहरूलाई बोलाएर भने, “हामीहरू अरामी छाउनीमा गयौं र एउटै पनि मानिस देखेनौं। कसैको केही आवाज छैन— घोड़ाहरू र गधाहरू त्‍यत्तिकै बाँधिएका छन्, र पालहरू पनि त्‍यसै छोड़िएका छन्‌।”</verse>
				<verse number="11">तब पालेहरूले कराएर यो खबर दिए, र त्‍यो राजमहलभित्र पठाइयो।</verse>
				<verse number="12">राजा राती नै उठेर आफ्‍ना अधिकृतहरूलाई भने, “अरामीहरूले के गरेका हुन्‌ म तिमीहरूलाई भन्‍छु। हामी भोकले मर्दैछौं भनी उनीहरूलाई थाहा छ। यसैले यसो सम्‍झेर उनीहरू छाउनी छोड़ेर छेउछाउको बस्‍तीमा लुक्‍नलाई गएका छन्, ‘तिनीहरू निश्‍चय नै बाहिर निस्‍कनेछन्, र हामी तिनीहरूलाई जिउँदै पक्रनेछौं, र हामी सहरभित्र पस्‍नेछौं’।”</verse>
				<verse number="13">अधिकृतहरूका एक जनाले जवाफ दिए, “हाम्रो सहरमा रहेका पाँच वटा घोड़ाहरू लिएर केही मानिसहरू पठाउनुहोस्‌। तिनीहरूको दशा यहाँ छोड़िएका सबै इस्राएलीहरूको जस्‍तै हुनेछ— हो साँच्‍चै, तिनीहरू यहाँ मर्ने सबै इस्राएलीहरूजस्‍तै हुनेछन्‌। के भएछ गएर पत्ता लगाउन हामी तिनीहरूलाई पठाऔं।”</verse>
				<verse number="14">तब तिनीहरूले दुई वटा रथहरू र तिनका घोड़ाहरू छाने, र अरामी सेनालाई के भएछ भनी निधो गर्न राजाले तिनीहरूलाई पठाए। तिनले सारथिहरूलाई यस्‍तो हुकुम दिए, “गएर के भएछ सो पत्तो लगाओ।”</verse>
				<verse number="15">तिनीहरू यर्दन नदीसम्‍मै खोजी गर्दैगए, र बाटोभरि अरामीहरूले हतार-हतार भाग्‍दा फ्‍याँकिराखेका लुगाफाटा र हातहतियार भेट्टाए। तब समाचारवाहकहरू आएर राजालाई यो खबर दिए।</verse>
				<verse number="16">तब मानिसहरू बाहिर निस्‍केर अरामीहरूको छाउनीलाई लुटे। यसैले परमप्रभुले भन्‍नुभएअनुसार एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बेचियो।</verse>
				<verse number="17">अब जसको हातमा भर परेर राजा हिँड्‌थे त्‍यस अधिकृतलाई तिनले मूल ढोका हेर्ने जिम्‍मामा खटाइदिएका थिए। अनि राजा तिनको घरमा भेट गर्न जाँदा परमेश्‍वरका जनले अगमवाणी गरेझैँ मानिसहरूले उनलाई मूल ढोकामा कुल्‍चेर मारे।</verse>
				<verse number="18">परमेश्‍वरका जनले राजालाई यसो भनेका थिए, “भोलि यसै बेला एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ सामरियाको मूल ढोकामा बिक्री हुनेछ।”</verse>
				<verse number="19">ती अधिकृतले परमप्रभुका जनलाई यस्‍तो भनेका थिए, “हेर, परमप्रभुले स्‍वर्गका झ्‍यालहरू खोलिदिनुभयो भने पनि के यस्‍तो हुन सक्‍थ्‍यो र?” परमेश्‍वरका जनले जवाफ दिएका थिए, “तिमीले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछौ, तर तिमीले त्‍यसबाट केही खान पाउनेछैनौ।”</verse>
				<verse number="20">अनि उनलाई ठीक त्‍यस्‍तै नै भयो, किनकि मानिसहरूले उनलाई मूल ढोकामा कुल्‍चे, र उनी मरे।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">अब जुन स्‍त्रीको छोरालाई एलीशाले पुनर्जीवित पारेका थिए, त्‍यस स्‍त्रीलाई तिनले भनेका थिए, “तिम्रो परिवारसमेत यहाँबाट गइहाल, र केही समयको लागि जहाँ हुन्‍छ त्‍यहीँ प्रवास गर, किनभने परमप्रभुले सात वर्षसम्‍म अनिकालको उर्दी घोषणा गर्नुभएको छ।”</verse>
				<verse number="2">परमेश्‍वरका जनले भनेझैँ ती स्‍त्रीले गरिन्‌। तिनी आफ्‍नो परिवारसमेत गइहालिन्, र पलिश्‍तीहरूको देशमा सात वर्ष बसिन्‌।</verse>
				<verse number="3">सात वर्षको आखिरमा तिनी पलिश्‍तीहरूको देशबाट फर्केर आइन्, र आफ्‍नो घर र जग्‍गाजमिन फिर्ता पाउनलाई बिन्‍ती गर्न राजाकहाँ गइन्‌।</verse>
				<verse number="4">त्‍यस बेला राजाचाहिँ परमेश्‍वरका जनको चाकर गेहजीसँग यसो भनेर कुरा गर्दैथिए, “एलीशाले गरेका सबै महान्‌ कार्यहरूका विषयमा मलाई भन्‌।”</verse>
				<verse number="5">जब गेहजीले एलीशाले मरेकालाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्‍यही स्‍त्री, जसको छोरालाई एलीशाले मरेकाहरूबाट जीवित पारेका थिए, आफ्‍नो घर र जग्‍गाजमिनको निम्‍ति राजालाई बिन्‍ती गर्नलाई आइन्‌। गेहजीले भन्‍यो, “हे मेरा प्रभु महाराजा, यिनै स्‍त्री हुन्, र एलीशाले पुनर्जीवित पारेको तिनको छोरो यही हो।”</verse>
				<verse number="6">राजाले ती स्‍त्रीलाई त्‍यस विषयमा सोधे, र तिनले पनि बताइदिइन्‌। तब राजाले तिनको मुद्दा एउटा अधिकारीको जिम्‍मामा लगाइदिए, र तिनलाई भने, “तिनका सबै जग्‍गाजमिन र तिनले देश छोड़ेर गएको समयदेखि अहिलेसम्‍मका जग्‍गाजमिनबाट आएको आम्दानीसमेत तिनलाई फिर्ता गरिदिनू।”</verse>
				<verse number="7">एलीशा दमस्‍कसमा गए, र त्‍यस बेला अरामका राजा बेन-हदद बिरामी परेका थिए। जब राजालाई “परमेश्‍वरका जन यहाँ आएका छन्‌” भनी सुनाइयो,</verse>
				<verse number="8">तब उनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्‍वरका जनलाई भेट गर्न जाऊ। तिनीद्वारा परमप्रभुसित सल्‍लाह लेऊ, र सोध, “के यस रोगबाट म निको हुन्‍छु कि’?”</verse>
				<verse number="9">हजाएल आफूसित दमस्‍कसमा सबै किसिमका असल-असल थोकहरू उपहार स्‍वरूप चालीस वटा ऊँटमाथि बोकाएर गए। उनी भित्र गए, र अगमवक्ताको सामुन्‍ने उभिए, र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई यो कुरा सोध्‍नलाई तपाईंकहाँ पठाउनुभएको छ।” “के म यस रोगबाट निको हुन्‍छु’?”</verse>
				<verse number="10">एलीशाले जवाफ दिए, “गएर उनलाई भन, ‘तिमी निश्‍चय नै निको हुनेछौ।” तर परमप्रभुले मलाई यो कुरा प्रकट गर्नुभएको छ, कि वास्‍तवमा उनी मर्नेछन्‌।”</verse>
				<verse number="11">तिनले एक टक लाएर एकोहोरो हजाएललाई हेरिरहे, र उनलाई शर्म लाग्‍यो। तब परमेश्‍वरका जन रुन लागे।</verse>
				<verse number="12">हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्‍छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्‍दछु। तिमीले तिनीहरूका किल्‍लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्‍त्रीहरूका पेट चिर्नेछौ।”</verse>
				<verse number="13">हजाएलले भने, “म त जाबो एउटा कुकुरले यस्‍तो ठूलो काम कसरी गर्न सकुँला र?” एलीशाले जवाफ दिए, “तिमी अरामका राजा हुनेछौ भनी परमप्रभुले मलाई देखाउनुभएको छ।”</verse>
				<verse number="14">यसपछि हजाएल एलीशाबाट बिदा भए, र आफ्‍ना मालिककहाँ फर्केर आए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने” भनी सोधे, उनले उत्तर दिए, “‘तपाईं निश्‍चय नै निको हुनुहुनेछ” भनी तिनले मलाई भने।”</verse>
				<verse number="15">तर भोलिपल्‍ट उनले एउटा बाक्‍लो कम्‍बल लिई पानीमा चोपेर राजाको मुख छोपिदिए, र यसरी उनी मरे। त्‍यसपछि हजाएल राजा भए।</verse>
				<verse number="16">इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्‍य सुरु गरे।</verse>
				<verse number="17">जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे।</verse>
				<verse number="18">आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही तिनले गरे।</verse>
				<verse number="19">तरै पनि आफ्‍ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्‍छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्‍तानहरूलाई सदासर्वदाको निम्‍ति बलिरहने एउटा दियो कायम राख्‍ने प्रतिज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="20">यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्‍नै राजा खड़ा गर्‍यो।</verse>
				<verse number="21">यसैले यहोराम आफ्‍ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के।</verse>
				<verse number="22">एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्‍ना पनि त्‍यसै बेला बागी भयो।</verse>
				<verse number="23">यहोरामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="24">तब यहोराम आफ्‍ना पित्रहरूसँग सुते, र तिनीहरूसित दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा अहज्‍याह राजा भए।</verse>
				<verse number="25">इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्‍याहले राज्‍य गर्न लागे।</verse>
				<verse number="26">जब तिनी राजा भए तब अहज्‍याह बाईस वर्षका थिए, र तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी इस्राएलका राजा ओम्रीकी एउटी नातिनी थिइन्‌।</verse>
				<verse number="27">अहज्‍याह आहाबको घरानाका चालहरूमा हिँड़े, अनि आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही तिनले गरे, किनकि विवाहले गर्दा तिनको सम्‍बन्‍ध आहाबको घरानासित थियो।</verse>
				<verse number="28">अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादमा लड़ाइँ गर्नलाई अहज्‍याह आहाबका छोरा योरामसित गए। तर अरामीहरूले योरामलाई घाइते बनाए।</verse>
				<verse number="29">यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">एलीशा अगमवक्ताले अगमवक्ताहरूको दलका एक जनालाई बोलाएर तिनलाई भने, “पटुकाले आफ्‍नो कम्‍मर कस, र तिमीसित यो तेलको भुँडुल्‍को लिएर रामोत-गिलादमा जाऊ।</verse>
				<verse number="2">जब तिमी त्‍यहाँ पुग्‍छौ तब तिमीले निम्‍शीका नाति, यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, तिनलाई आफ्‍ना साथीहरूबाट अलग्‍गै बोलाएर भित्री कोठामा लैजाऊ।</verse>
				<verse number="3">तब यो भुँडुल्‍कोको तेल तिनको शिरमा खन्‍याएर यस्‍तो घोषणा गर, ‘परमप्रभु, यसो भन्‍नुहुन्‍छ: म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु’। तब ढोका खोलेर भाग। ढिलो नगर।”</verse>
				<verse number="4">यसैले ती जवान अगमवक्ता रामोत-गिलादमा गए।</verse>
				<verse number="5">जब तिनी त्‍यहाँ आइपुगे तब तिनले सेनाका अधिकृतहरूलाई एकसाथ भेला भएका र बसिरहेका भेट्टाए। तिनले भने, “सेनापति हो, तपाईंलाई एउटा कुरो छ।” येहूले सोधे, “हामीहरूमध्‍येका कसलाई?” तिनले भने, “तपाईंलाई।”</verse>
				<verse number="6">येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले तिनको शिरमा तेल खन्‍याएर यसो भनेर घोषणा गरे, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म तँलाई परमप्रभुको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु।</verse>
				<verse number="7">तैंले आफ्‍ना मालिक आहाबको घरानालाई सर्वनाश गर्नुपर्छ, र ईजेबेलले बगाएको मेरा दासहरू, अर्थात्‌ अगमवक्ताहरूको रगत र प्रभुका सबै दासहरूका रगतको साटो म लिनेछु।</verse>
				<verse number="8">आहाबका सबै घराना नष्‍ट हुनेछन्‌। इस्राएलमा त्‍यसका घरानाको हरेक पुरुषलाई, फुक्‍का वा बँधुवा होस्, म नाश गर्नेछु।</verse>
				<verse number="9">म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्‍तै तुल्‍याउनेछु।</verse>
				<verse number="10">ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्‍यसलाई गाड्‌नेछैन’।” त्‍यसपछि ढोका खोलेर तिनी कुदेर गए।</verse>
				<verse number="11">जब येहू फेरि सङ्गी-अधिकृतहरूकहाँ बाहिर आए, तब तिनीहरूमध्‍येका एक जनाले तिनलाई सोधे, “के सबै ठीकै छ? त्‍यो बौलाहा मान्‍छे किन तिमीकहाँ आएछ?” येहूले जवाफ दिए, “तिमीहरू ती मानिसलाई चिन्‍दछौ, र त्‍यसले के भन्‍छ सो त तिमीहरूलाई थाहै छ।”</verse>
				<verse number="12">तिनीहरूले भने, “त्‍यो कुरा सत्‍य होइन, हामीलाई ठीक कुरा बताऊ।” येहूले भने, “तिनले मलाई के भने, त्‍यो त्‍यही हो: ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु’।”</verse>
				<verse number="13">तब तिनीहरूले झट्टै आ-आफ्‍ना बाहिरी पोशाक उतारेर सिँढ़ीका ढुङ्गामा तिनी हिँड्‌नलाई ओछ्याइदिए। तब तिनीहरूले तुरही फुके र कराएर भने, “येहू राजा हुनुहुन्‍छ!”</verse>
				<verse number="14">यसैले निम्‍शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्‌यन्‍त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,</verse>
				<verse number="15">तर राजा योरामचाहिँ अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्दा अरामीहरूले तिनलाई लाएको चोटबाट निको हुनलाई यिजरेलमा गएका थिए। येहूले भने, “यदि तिमीहरूको यस्‍तै इच्‍छा छ भने, यिजरेलमा यो समाचार लैजानलाई सहरबाट कोही पनि उम्‍कन नपाओस्‌ है।”</verse>
				<verse number="16">तब तिनी आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए, किनभने योराम त्‍यहाँ आराम लिइरहेका थिए, र यहूदाका राजा अहज्‍याह तिनलाई हेर्न भनी त्‍यहीँ झरेका थिए।</verse>
				<verse number="17">जब यिजरेलको धरहरामा उभिरहेको पहरादारले येहूका फौजलाई आइरहेका देखे, तब उनले कराएर भने, “म केही फौजहरू आइरहेका देख्‍दैछु।” योरामले हुकुम दिए, “एउटा घोड़चढ़ी तिनीहरूलाई भेट गर्न पठाएर सोध्‍न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो?”</verse>
				<verse number="18">त्‍यो घोड़चढ़ी येहूलाई भेट्‌न गयो, र भन्‍यो, “राजा यसो भन्‍नुहुन्‍छ: “के तपाईं मित्रभावले आउनुभएको हो’?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्‍ता? तँ मेरो पछि लाग्‌।” त्‍यस पहरादारले बताइदियो, “त्‍यो खबर लैजानेले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो फर्केर आएन।”</verse>
				<verse number="19">तब राजाले अर्को घोड़चढ़ी पठाए। जब त्‍यो तिनीहरूकहाँ आयो, तब त्‍यसले भन्‍यो, राजा यसो भन्‍नुहुन्‍छ, “के तपाईं मित्रभावले आउनुभएको हो?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्‍ता? तँ मेरो पछि लाग्‌।”</verse>
				<verse number="20">तब पहरादारले बताइदियो, “त्‍यसले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो पनि फर्केर आएन। त्‍यो रथ हाँकेको त निम्‍शीका छोरा येहूले हाँकेजस्‍तै छ। तिनले बौलाहाजस्‍तै हाँक्‍छन्‌।”</verse>
				<verse number="21">योरामले भने, “मेरो रथ तयार गर।” जब उनीहरूले त्‍यो तयार गरे, तब इस्राएलका राजा योराम र यहूदाका राजा अहज्‍याह आ-आफ्‍नो रथमा सवार भएर येहूलाई भेट्‌न गए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमै भेटे।</verse>
				<verse number="22">जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्‍त्रतन्‍त्र रहँदा केको मित्रभाव?”</verse>
				<verse number="23">योरामले आफ्‍नो रथ फर्काएर अहज्‍याहलाई यसो भन्‍दै भागे, “अहज्‍याह, धोकाबाजी भएछ!”</verse>
				<verse number="24">तब येहूले आफ्‍नो धनु पूरा तानेर योरामको काँधहरूका बीचैमा हाने। त्‍यस काँड़ले तिनको मुटु नै छेड़्यो र तिनी आफ्‍नो रथैमा लोटे।</verse>
				<verse number="25">तब येहूले रथका अधिकृत बिदकारलाई भने, “तिनलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्‍याँकिदेऊ। तिमीलाई याद छ होला, कि कसरी तिमी र म तिनका पिता आहाबको पछि सँगसँगै रथहरूमा जाँदा तिनको विषयमा परमप्रभुले यो अगमवाणी गर्नुभएको थियो,</verse>
				<verse number="26">‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले हिजो नाबोत र त्‍यसका छोराहरूको रगत देखें, र म निश्‍चय नै तँलाई यही जमिनमा साटो लिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ’। यसैले परमप्रभुको वचनअनुसार तिनलाई त्‍यही जग्‍गामा उठाएर फालिदेऊ।”</verse>
				<verse number="27">जब यहूदाका राजा अहज्‍याहले यो देखे, तब तिनी बेथ-हागान जाने बाटो भएर भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिद्दोमा गए, र त्‍यहीँ नै मरे।</verse>
				<verse number="28">तिनका सेवकहरूले तिनको लाश रथमा यरूशलेममा लगेर दाऊदको सहरमा तिनका पित्रहरूसित तिनकै चिहानमा गाड़े।</verse>
				<verse number="29">(आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्‍याह यहूदाका राजा भएका थिए।)</verse>
				<verse number="30">तब येहू यिजरेलमा गए। जे भएको थियो सो ईजेबेलले जब सुनिन्, तब तिनले आफ्‍ना आँखामा गाजल लाइन्, र कपाल बाटेर एउटा झ्‍यालबाट बाहिर हेरिन्‌।</verse>
				<verse number="31">जब येहू मूल ढोकाभित्र पसे, तब ईजेबेलले सोधिन्, “ए आफ्‍ना मालिकका हत्‍यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”</verse>
				<verse number="32">तिनले माथि झ्‍यालतिर हेरेर कराएर भने, “मतर्फ को छ? को छ?” तब दुई-तीन जना नपुंसकहरूले बाहिर तिनीतर्फ हेरे।</verse>
				<verse number="33">तिनले भने, “त्‍यसलाई तल फ्‍याँकिदेओ।” यसैले तिनीहरूले तिनलाई तल फ्‍याँकिदिए, र तिनको केही रगत उछिट्टिएर भित्तामा र तिनलाई कुल्‍चीमिल्‍ची गर्ने घोड़ाहरूमा पर्‍यो।</verse>
				<verse number="34">त्‍यसपछि भित्र पसेर येहूले खानपान गरे। तिनले भने, “यस श्रापित स्‍त्रीलाई राम्ररी लगेर गाड़िदेओ। किनकि त्‍यो राजाकी छोरी थिई।”</verse>
				<verse number="35">तर जब तिनीहरूले तिनलाई गाड्‌नलाई तल गए, तब तिनका खप्‍पर, खुट्टाहरू र हातहरूबाहेक केही पनि भेट्टाएनन्‌।</verse>
				<verse number="36">तिनीहरू फर्किआएर येहूलाई बताइदिए। तिनले भने, “आफ्‍ना दास तिश्‍बी एलियाद्वारा भनेको परमप्रभुको वचन यही थियो: ‘यिजरेलको त्‍यस ठाउँमा ईजेबेलको मासु कुकुरहरूले खानेछन्‌।</verse>
				<verse number="37">ईजेबेलको लाश यिजरेलको त्‍यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्‍न नसकोस्, ‘यो ईजेबेल हो’।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">अब आहाबको घरानाका सत्तरी जना छोराहरू सामरियामा थिए। यसकारण येहूले यस्‍ता पत्रहरू लेखेर सामरियामा यिजरेलका अधिकृतहरू, धर्म-गुरुहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले भने,</verse>
				<verse number="2">“यो पत्र पाउने बित्तिकै तिमीहरूका मालिकका छोराहरू भएकाले तिमीहरूसँग, र तिमीहरूका रथहरू र घोड़ाहरू र किल्‍ला भएका सहर र हतियारहरू पनि भएकाले,</verse>
				<verse number="3">तिमीहरूका मालिकका छोराहरूमध्‍येका सबैभन्‍दा असल र सबैभन्‍दा योग्‍यलाई चुनेर तिनलाई तिनका पिताको सिंहासनमा बसाल। त्‍यसपछि तिमीहरूका मालिकका घरानाको निम्‍ति लड़ाइँ गर।”</verse>
				<verse number="4">तर तिनीहरू भयभीत भएर भने, “दुई जना राजाहरूले त तिनको सामना गर्न सकेनन्‌ भने, हामी कसरी गर्न सक्‍छौं र?”</verse>
				<verse number="5">यसकारण राजमहलका अधिकारी, सहरका बड़ाहाकिम, धर्म-गुरुहरू र अभिभावकहरूले मिलेर येहूकहाँ यो समाचार पठाए: “हामी तपाईंका दास हौं। तपाईं हामीलाई जे भन्‍नुहुन्‍छ सो हामी गर्नेछौं। हामी कसैलाई राजा तुल्‍याउनेछैनौं। तपाईंलाई जे ठीक लाग्‍छ त्‍यही गर्नुहोस्‌।”</verse>
				<verse number="6">तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र पठाए, “यदि तिमीहरू मतर्फ छौ भने र मेरो हुकुम मान्‍छौ भने, तिमीहरूका मालिकका छोराहरूका शिर लिएर भोलि यही बेला यिजरेलमा आओ।” त्‍यस बेला सबै सत्तरी जना राजकुमारहरूचाहिँ तिनीहरूलाई हुर्काउने सहरका अग्रगण्‍यहरूसँग थिए।</verse>
				<verse number="7">जब त्‍यो पत्र तिनीहरूकहाँ आइपुग्‍यो, तब तिनीहरूले ती सत्तरी जना राजकुमारहरूलाई लगेर मारे। तिनीहरूले यिनीहरूका टाउकाहरू टोकरीहरूमा हालेर यिजरेलमा येहूकहाँ पठाइदिए।</verse>
				<verse number="8">जब समाचारवाहक तिनीकहाँ आयो त्‍यसले येहूलाई भन्‍यो, “तिनीहरूले राजकुमारहरूका शिरहरू ल्‍याएका छन्‌।” येहूले हुकुम दिए, “तब तिनलाई दुई थुप्रा लगाएर बिहानसम्‍म सहरको मूल ढोकाको सामु राखिदेओ।”</verse>
				<verse number="9">भोलिपल्‍ट बिहान येहू बाहिर गए। त्‍यहाँ सबै मानिसहरूका अगि खड़ा भएर तिनले भने, “तिमीहरू निर्दोष छौ। आफ्‍ना मालिकको विरुद्धमा षड्‌यन्‍त्र गरेर मार्ने त म नै हुँ। तर यिनीहरू सबैलाई चाहिँ कसले मारे त?</verse>
				<verse number="10">यसैले यो जानिराख, कि आहाबका घरानाको विरुद्धमा परमप्रभुले भन्‍नुभएको एउटै वचन पनि खेर जानेछैन। परमप्रभुले आफ्‍ना दास एलियाद्वारा भन्‍नुभएको वचन पूरा गर्नुभएको हो।”</verse>
				<verse number="11">तब यिजरेलमा भएको आहाबको घरानाको बाँकी रहेको हरेकलाई, अनि तिनका मुख्‍य-मुख्‍य मानिसहरू, तिनका परममित्रहरू र तिनका पूजाहारीहरूलाई एउटै पनि बाँकी नराखेर येहूले सबैलाई मारे।</verse>
				<verse number="12">त्‍यसपछि येहू गएर सामरियातिर लागे। गोठालाहरूको बेथ-एकेदमा</verse>
				<verse number="13">यहूदाका राजा अहज्‍याहका कोही कुटुम्‍बहरूसित तिनको भेट भयो, र तिनले सोधे, “तिमीहरू को हौ?” उनीहरूले भने, “हामी अहज्‍याहका नजिकका आफन्‍तहरू हौं, अनि हामी राजाका परिवार र मुमा-बड़ामहारानीका परिवारलाई अभिवादन गर्न आएका हौं।”</verse>
				<verse number="14">येहूले हुकुम दिए, “उनीहरूलाई जिउँदै पक्र!” तब तिनीहरूले उनीहरूलाई जिउँदै पक्रेर बेथ-एकेदमा मारे— बयालीस जना पुरुषहरूलाई। तिनले एउटैलाई पनि जीवित छोड़ेनन्‌।</verse>
				<verse number="15">तिनले त्‍यो ठाउँ छोड़ेपछि, रेकाबका छोरा यहोनादाब तिनलाई भेट गर्नलाई आइरहेका तिनले भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “म तिमीतर्फ भएझैँ के तिमी मतर्फ छौ?” यहोनादाबले भने, “म छु।” येहूले भने, “त्‍यसो भए, मलाई आफ्‍नो हात देऊ।” उनले त्‍यसै गरे, र येहूले उनलाई समातेर आफ्‍नो रथमा राखे।</verse>
				<verse number="16">येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्‍ति मेरो जोश हेर।” तब तिनले उनलाई आफूसित आफ्‍नो रथमा लगे।</verse>
				<verse number="17">जब येहू सामरिया आइपुगे, तब एलियालाई परमप्रभुले भन्‍नुभएको वचनअनुसार आहाबको परिवारका बाँकी रहेका सबैलाई तिनले सर्वनाश गरे।</verse>
				<verse number="18">तब येहूले सबै मानिसहरूलाई भेला गरे, र तिनीहरूलाई भने, “आहाबले त थोरै मात्र बालको सेवा गरे। तर येहूले झन्‌ बढ़ी त्‍यसको सेवा गर्नेछ।</verse>
				<verse number="19">अब बालका सबै अगमवक्ताहरू, त्‍यसका सबै सेवकहरू र सबै पूजाहारीहरूलाई बोलाओ। एउटै पनि नछुटोस्, किनभने म बालको निम्‍ति एउटा ठूलो बलिदान चढ़ाउनेछु। कोही छुटिएको छ भने त्‍यो बाँच्‍नेछैन।” तर बालका सेवकहरूलाई नाश गर्नलाई येहूले छलको काम गरिरहेका थिए।</verse>
				<verse number="20">येहूले भने, “बालको सम्‍मानमा एउटा सभा बोलाओ।”</verse>
				<verse number="21">यसैले तिनीहरूले त्‍यसको घोषणा गरे। तब तिनले इस्राएलभरि समाचार पठाए, र बालका सबै सेवकहरू आए। एउटै पनि छोड़िएन। उनीहरू बालको मन्‍दिरभित्र भीड़ लागे, जबसम्‍म त्‍यो एक कुनादेखि अर्को कुनासम्‍म भरिएन।</verse>
				<verse number="22">तब येहूले वस्‍त्र-भण्‍डारको अधिकारीलाई भने, “बालका सबै सेवकहरूका निम्‍ति वस्‍त्रहरू ल्‍याऊ।” तब त्‍यसले उनीहरूका निम्‍ति वस्‍त्रहरू निकाल्‍यो।</verse>
				<verse number="23">तब येहू र रेकाबका छोरा यहोनादाब बालको मन्‍दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यो निश्‍चय गर कि तिमीहरूसँग यहाँ परमप्रभुका कुनै पनि दासहरू नहोऊन्‌— बालका सेवकहरू मात्रै।”</verse>
				<verse number="24">तब उनीहरू बलिदान र होमबलि चढ़ाउनलाई भित्र गए। अब येहूले असी जना मानिसहरूलाई यस्‍तो चेताउनी दिएर खटाएका थिए, “यदि मैले तिमीहरूको जिम्‍मामा दिएका यी मानिसहरूमध्‍ये कुनै एक जनालाई पनि कसैले उम्‍कन दियो भने, उसको प्राणको साटो त्‍यसको ज्‍यान हुनेछ।”</verse>
				<verse number="25">येहूले होमबलि चढ़ाइसक्‍ने बित्तिकै तिनले पहरादारहरू र अधिकृतहरूलाई यसो भनेर हुकुम दिए, “गएर उनीहरू सबैलाई मार, एउटैलाई पनि उम्‍कन नदेओ।” यसैले पहरादारहरू र अधिकृतहरूले उनीहरूलाई तरवारले काटेर मारे, र ती लाशहरू बाहिर फालिदिए, र मन्‍दिरको भित्री थानमा पसे।</verse>
				<verse number="26">तिनीहरूले बालको मन्‍दिरबाट चोखा ढुङ्गा बाहिर लगेर त्‍यो जलाइदिए।</verse>
				<verse number="27">तिनीहरूले बालको चोखा ढुङ्गा भत्‍काइदिए र मन्‍दिर छिन्‍नभिन्‍न बनाइदिए। अनि आजको दिनसम्‍म मानिसहरूले चर्पीको लागि त्‍यो प्रयोग गर्छन्‌।</verse>
				<verse number="28">यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए।</verse>
				<verse number="29">तापनि तिनले इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूलाई त्‍यागेनन्‌— बेथेल र दानका सुनका बाछाहरूको पूजालाई।</verse>
				<verse number="30">परमप्रभुले येहूलाई भन्‍नुभयो, “मेरो दृष्‍टिमा जे कुरो असल थियो त्‍यो तैंले पूरा गरिस्, र मेरो मनमा भएका सबै कुरा आहाबको घरानालाई गरिस्‌। त्‍यसैकारण तेरा सन्‍तान चौथो पुस्‍तासम्‍म इस्राएलको राजगद्दीमा बस्‍नेछन्‌।”</verse>
				<verse number="31">तरै पनि आफ्‍नो पूरा मनले परमप्रभु इस्राएलका परमेश्‍वरको व्‍यवस्‍था पालन गर्न येहू होशियार भएनन्‌। इस्राएललाई गर्न लाएका यारोबामका पापहरूबाट तिनी फर्केनन्‌।</verse>
				<verse number="32">त्‍यस बेला परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन लाग्‍नुभयो।</verse>
				<verse number="33">यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्‍शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्‍मै हजाएलले इस्राएलीहरूलाई परास्‍त गरे।</verse>
				<verse number="34">येहूको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्य र तिनका उपलब्‍धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="35">येहू आफ्‍ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोआहाज राजा भए।</verse>
				<verse number="36">येहूले सामरियामा इस्राएलमाथि राज्‍य गरेको समय अट्ठाईस वर्ष थियो।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">जब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्‍ट पार्न तिनी कारबाही गर्न लागिन्‌।</verse>
				<verse number="2">तर यहोराम राजाकी छोरी, अहज्‍याहकी बहिनी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्‍क भगाएर लगिन्‌। तिनले त्‍यसलाई र त्‍यसकी धाईलाई अतल्‍याहबाट लुकाउनलाई एउटा सुत्‍ने कोठामा लुकाइराखिन्, र यसरी त्‍योचाहिँ मारिएन।</verse>
				<verse number="3">अतल्‍याहले देशमा शासन गर्दा यसरी त्‍यो आफ्‍नो धाईसित परमप्रभुको मन्‍दिरमा छ वर्षसम्‍म लुकेर बस्‍यो।</verse>
				<verse number="4">सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्‍तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्‍दिरमा ल्‍याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए।</verse>
				<verse number="5">तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्‍छौ— तिमीहरूमध्‍ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने,</verse>
				<verse number="6">एक-तिहाइ सूर ढोकामा बस्‍ने, र मन्‍दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्‍ने—</verse>
				<verse number="7">अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्‍ति मन्‍दिरको रक्षा गर्नू।</verse>
				<verse number="8">तिमीहरू हरेक मानिस आ-आफ्‍नो हतियार हातमा लिएर राजाको वरिपरि तैनाथ गर्नू। तिमीहरूका नजिक आउने जोसुकैलाई पनि मारिहाल्‍नू। राजा जहाँ गए तापनि तिमीहरू तिनको नजिकै रहनुपर्छ।”</verse>
				<verse number="9">यहोयादा पूजाहारीले हुकुम गरेबमोजिम नै एक-एक सयको दलका कप्‍तानहरूले गरे। हरेकले आ-आफ्‍ना मानिसहरू लिए— शबाथको काममा खटाइएकाहरू र काम सकेर फुर्सत पाएकाहरू दुवै— यहोयादा पूजाहारीकहाँ आए।</verse>
				<verse number="10">तब तिनले कप्‍तानहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊदका भालाहरू र ढालहरू दिए।</verse>
				<verse number="11">ती अङ्गरक्षकहरू हरेक आ-आफ्‍नो हतियार हातमा लिई वेदी र मन्‍दिर नजिकै मन्‍दिरको दक्षिणपट्टिबाट उत्तरपट्टिसम्‍मै राजालाई घेरेर बसे।</verse>
				<verse number="12">तब यहोयादाले राजाका छोरालाई बाहिर ल्‍याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्‌।”</verse>
				<verse number="13">जब अतल्‍याहले अङ्गरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा भएका मानिसहरूकहाँ गइन्‌।</verse>
				<verse number="14">तिनले हेरिन्, र दस्‍तूरअनुसार राजालाई स्‍तम्‍भको छेउमा उभिएका देखिन्‌। अधिकृतहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए, र देशका जम्‍मै मानिसहरू तुरही फुक्‍दै आनन्‍द मनाइरहेका थिए। तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्, र कराएर भनिन्, “राजविद्रोह! राजविद्रोह!”</verse>
				<verse number="15">यहोयादा पूजाहारीले एक-एक सयको दलका कप्‍तानहरूलाई यसो भनेर हुकुम दिए, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ, र तिनको पछि लाग्‍नेहरू सबैलाई तरवारले मार।” किनकि “तिनी परमप्रभुको मन्‍दिरमा नमारिऊन्‌” भनी पूजाहारीले भनेका थिए।</verse>
				<verse number="16">यसैले तिनी राजमहलका घोड़ाहरू पस्‍ने ठाउँमा पुग्‍दा तिनीहरूले तिनलाई समाते, र त्‍यहीँ नै तिनलाई मारे।</verse>
				<verse number="17">त्‍यसपछि यहोयादाले तिनीहरू परमप्रभुको प्रजा होऊन्‌ भनी परमप्रभु, राजा र प्रजाका बीचमा करार बाँधे। तिनले राजा र प्रजाका बीचमा पनि एउटा करार बाँधे।</verse>
				<verse number="18">देशका सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्‍यो भत्‍काइदिए। तिनीहरूले त्‍यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे। तब यहोयादा पूजाहारीले परमप्रभुको मन्‍दिरमा पहरादारहरू नियुक्त गरे।</verse>
				<verse number="19">तिनले आफूसित सय-सयका दलका कप्‍तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्‍दिरबाट राजमहलभित्र ल्‍याए। तब राजा राजगद्दीमा बसे,</verse>
				<verse number="20">र देशका सारा मानिसहरू आनन्‍दित भए। अनि सहरमा शान्‍ति भयो, किनभने अतल्‍याह राजमहलमा तरवारले मारिएकी थिइन्‌।</verse>
				<verse number="21">जब योआश राजा भए तब तिनी सात वर्षका थिए।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">येहूको सातौँ वर्षमा योआश राजा भए, र तिनले यरूशलेममा चालीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सिब्‍या थियो। तिनी बेर्शेबाकी थिइन्‌।</verse>
				<verse number="2">यहोयादा पूजाहारीले तिनलाई सिकाएका सबै वर्षहरूभरि नै तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो त्‍यही गरे।</verse>
				<verse number="3">तापनि अल्‍गा-अल्‍गा ठाउँहरू तिनले हटाएनन्‌। मानिसहरूले त्‍यहाँ बलिदान चढ़ाउने र धूप बाल्‍ने गरे।</verse>
				<verse number="4">योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्‍दिरमा पवित्र भेटीको रूपमा जनगणनामा जम्‍मा गरेको रकम, व्‍यक्तिगत भाकल गरेको रकम र राजीखुशीसँग मन्‍दिरमा ल्‍याएको रकम जम्‍मा गर।</verse>
				<verse number="5">हरेक पूजाहारीले कुनै एक कोषाध्‍यक्षबाट रकम लिऊन्, र मन्‍दिरमा भएको कुनै पनि नोक्‍सानी मरम्‍मत गर्नलाई त्‍यो प्रयोग गरिओस्‌।”</verse>
				<verse number="6">तर योआश राजाको तेईसौँ वर्षसम्‍म पनि पूजाहारीहरूले मन्‍दिरको मरम्‍मत गरेका थिएनन्‌।</verse>
				<verse number="7">यसकारण योआश राजाले यहोयादा पूजाहारी र अरू पूजाहारीहरूलाई बोलाएर भने, “तिमीहरूले किन मन्‍दिरका भत्‍केका ठाउँहरू मरम्‍मत गरेका छैनौ? अब उप्रान्‍त तिमीहरूले आफ्‍ना कोषाध्‍यक्षहरूबाट रकम नलिनू, तर मन्‍दिरका मरम्‍मतको निम्‍ति त्‍यो हस्‍तान्‍तरण गर्नू।”</verse>
				<verse number="8">यसकारण मानिसहरूबाट रुपियाँ अब नलिने र मन्‍दिरका मरम्‍मतको निम्‍ति तिनीहरू आफैले जिम्‍मा नलिने भनी पूजाहारीहरू सहमत भए।</verse>
				<verse number="9">यहोयादा पूजाहारीले एउटा सन्‍दूक लिएर त्‍यसको बिर्कोमा प्‍वाल पारे। परमप्रभुको मन्‍दिरमा पस्‍ने ठाउँको दाहिनेतिर वेदीको छेउमा तिनले त्‍यो राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पूजाहारीहरूले परमप्रभुको मन्‍दिरमा ल्‍याएका सबै रकम त्‍यसैमा हालिदिन्‍थे।</verse>
				<verse number="10">जब-जब तिनीहरूले त्‍यो सन्‍दूक धेरै रकमले भरिएको देख्‍थे, तब राजाका सचिव र प्रधान पूजाहारी आएर परमप्रभुको मन्‍दिरमा यसरी ल्‍याएका रुपियाँको हिसाब गरेर थैलाहरूमा हाल्‍थे।</verse>
				<verse number="11">तिनीहरूले रुपियाँपैसाको हिसाब लगाएपछि परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूमाथि नियुक्त भएका मानिसहरूलाई त्‍यो रुपियाँपैसा दिन्‍थे। त्‍यसैबाट तिनीहरूले मन्‍दिरका निर्माणको काम गर्नेहरूलाई दिन्‍थे,</verse>
				<verse number="12">अर्थात्‌ सिकर्मीहरू, डकर्मीहरू र ढुङ्गा काट्‌नेहरूलाई। परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति तिनीहरूले काठपात र काटेर मिलाएका ढुङ्गाहरू किने, र मन्‍दिरका पुनर्निर्माणको लागि अरू सबै खर्च गरे।</verse>
				<verse number="13">तिनीहरूले चाँदीका कचौराहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई परमप्रभुको मन्‍दिरमा ल्‍याएका रकमबाट खर्च गरेनन्‌।</verse>
				<verse number="14">त्‍योचाहिँ मन्‍दिर मरम्‍मत गर्न काम गर्ने मानिसहरूलाई दिइयो।</verse>
				<verse number="15">काम गर्नेहरूका निम्‍ति मुख्‍य कामदारहरूलाई दिएका रुपियाँपैसाको हरहिसाब तिनीहरूले लिएनन्, किनभने तिनीहरूले पूरै ईमानदारीसाथ काम गर्थे।</verse>
				<verse number="16">दोषबलि र पापबलिका भेटीको रकमचाहिँ परमप्रभुको मन्‍दिरमा ल्‍याइँदैनथ्‍यो। त्‍योचाहिँ पूजाहारीहरूकै हुन्‍थ्‍यो।</verse>
				<verse number="17">प्राय: त्‍यसै बेला अरामका राजा हजाएलले उक्‍लेर गई गातमाथि आक्रमण गरी त्‍यो दखल गरे। त्‍यसपछि उनी यरूशलेमलाई आक्रमण गर्न अगि फर्के।</verse>
				<verse number="18">तर यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात्‌ यहूदाका राजाहरू यहोशापात, योराम र अहज्‍याहले समर्पण गरेका सबै पवित्र थोकहरू र आफैले समर्पण गरेका उपहारहरू र परमप्रभुको मन्‍दिरका र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सबै सुन लिएर अरामका राजा हजाएलकहाँ पठाइदिए। त्‍यसपछि उनी यरूशलेमबाट फर्के।</verse>
				<verse number="19">योआशको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="20">तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र गरे, र तिनलाई सिल्‍लाको ओरालो बाटोमा भएको बेथ-मिल्‍लोमा मारे।</verse>
				<verse number="21">तिनलाई मार्ने अधिकृतहरू शिम्‍मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अमस्‍याह राजा भए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">यहूदाका राजा अहज्‍याहका छोरा योआशको तेईस वर्षमा येहूका छोरा यहोआहाज सामरियामा इस्राएलका राजा भए, र तिनले सत्र वर्ष राज्‍य गरे।</verse>
				<verse number="2">इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही गरे, र तीबाट तिनी फर्केनन्‌।</verse>
				<verse number="3">यसैले परमप्रभुको रीस इस्राएलमाथि दन्‍क्‍यो, र उहाँले तिनीहरूलाई धेरै समयसम्‍म अरामका राजा हजाएल र उनका छोरा बेन-हददको अधीनमा राखिदिनुभयो।</verse>
				<verse number="4">तब यहोआहाजले परमप्रभुको निगाह प्राप्‍त गर्न खोजे, र परमप्रभुले तिनको बिन्‍ती सुन्‍नुभयो, किनकि अरामका राजाले इस्राएललाई कति साह्रो अत्‍याचार गरिरहेका उहाँले देख्‍नुभयो।</verse>
				<verse number="5">परमप्रभुले इस्राएलको निम्‍ति एउटा उद्धारक नियुक्त गर्नुभयो, र तिनीहरू अरामको शक्तिबाट मुक्त भए। अनि इस्राएलीहरू फेरि आफ्‍नै घरहरूमा अघि बसेजस्‍तै बसोबास गर्न लागे।</verse>
				<verse number="6">तर तिनीहरूले इस्राएललाई गर्न लाएका यारोबामको घरानाका पापहरूलाई त्‍यागेनन्, तर तिनीहरू तिनमा नै लागिरहे। अशेरा देवीको खम्‍बा पनि सामरियामा रहिरह्यो।</verse>
				<verse number="7">यहोआहाजको निम्‍ति पचास वटा घोड़चढ़ी, दश वटा रथ र दश हजार पैदल सिपाहीहरूबाहेक अरू केही सेना बाँकी रहेनन्, किनकि अरामका राजाले अरू सबैलाई सर्वनाश गरेर खलाको धूलोजस्‍तै पारेका थिए।</verse>
				<verse number="8">यहोआहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र तिनका उपलब्‍धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="9">तब यहोआहाज आफ्‍ना पित्रहरूसित सुते र तिनी सामरियामा गाड़िए, अनि तिनीपछि तिनका छोरा येहोआश राजा भए।</verse>
				<verse number="10">यहूदाका राजा योआशको सैँतीसौँ वर्षमा यहोआहाजका छोरा येहोआश सामरियामा इस्राएलका राजा भए, र तिनले सोह्र वर्ष राज्‍य गरे।</verse>
				<verse number="11">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, र इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका कुनै पनि पापहरू तिनले त्‍यागेनन्‌। तिनी तिनमा नै लागिरहे।</verse>
				<verse number="12">येहोआशको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै कार्यहरू र तिनका उपलब्‍धिहरू, यहूदाका राजा अमस्‍याहसँगको लड़ाइँसमेत के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="13">येहोआश आफ्‍ना पित्रहरूसित सुते, र यारोबाम तिनीपछि सिंहासनमा बसे। येहोआश इस्राएलका राजाहरूसित सामरियामा गाड़िए।</verse>
				<verse number="14">अब एलीशा एक बिमारद्वारा पीडित थिए जुनबाट तिनी पछि मरे। इस्राएलका राजा येहोआश तिनलाई भेट गर्न गए, र तिनको सामुन्‍ने रोएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोड़चढ़ीहरू!”</verse>
				<verse number="15">एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्‌।” अनि तिनले त्‍यसै गरे।</verse>
				<verse number="16">तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्‌।” तिनले त्‍यसै गरेपछि एलीशाले आफ्‍ना हात राजाका हातमाथि राखे।</verse>
				<verse number="17">तिनले भने, “पूर्वपट्टिको झ्‍याल खोल्‍नुहोस्‌।” राजाले त्‍यो खोले। एलीशाले “हान्‍नुहोस्‌” भने, र तिनले हाने। “परमप्रभुको विजयको काँड़, अराममाथि विजयको काँड़!” एलीशाले भने। “तपाईंले अपेकमा अरामीहरूलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेछ।”</verse>
				<verse number="18">त्‍यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्‌।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्‍नुहोस्‌।” तिनले तीन पल्‍ट हानेर थामे।</verse>
				<verse number="19">परमेश्‍वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्‍ट हान्‍नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्‍नुहुनेथियो र त्‍यसलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्‍ट मात्र परास्‍त गर्नुहुनेछ।”</verse>
				<verse number="20">त्‍यसपछि एलीशाको मृत्‍यु भयो, र तिनी गाड़िए। वर्षैपिच्‍छे मोआबी लूटपीट गर्नेहरू बसन्‍त ऋतुमा देशभित्र पस्‍थे।</verse>
				<verse number="21">एक पल्‍ट कति जना इस्राएलीहरूले एउटा लाश गाड्‌दैगर्दा एक्‍कासि तिनीहरूले एक दल लूटपीट गर्नेहरूलाई देखे। यसैले तिनीहरूले त्‍यस लाशलाई एलीशाको चिहानमा त्‍यसै फ्‍याँकिराखेर भागे। जब त्‍यस लाशले एलीशाका हड्डीहरू छोयो, तब त्‍यो मानिस जीवित भएर आफ्‍नो खुट्टामा उभियो।</verse>
				<verse number="22">यहोआहाजको राजकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई थिचोमिचो गरे।</verse>
				<verse number="23">तर अब्राहाम, इसहाक र याकूबसितको आफ्‍नो करारको कारण परमप्रभुले तिनीहरूमाथि अनुग्रह गर्नुभयो र तिनीहरूलाई टिठ्याउनुभयो। उहाँले तिनीहरूको वास्‍ता गर्नुभयो। आजको दिनसम्‍मै उहाँले तिनीहरूलाई नाश गर्न अथवा तिनीहरूलाई उहाँको उपस्‍थितिदेखि निकाल्‍न इच्‍छा गर्नुभएको छैन।</verse>
				<verse number="24">अरामका राजा हजाएल मरे, र तिनीपछि तिनका छोरा बेन-हदद राजा भए।</verse>
				<verse number="25">तब यहोआहाजका छोरा येहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले लड़ाइँ गरी लिएका सहरहरू फेरि फिर्ता लिए। येहोआशले तीन पल्‍ट उनलाई जिते, र यसरी इस्राएलका सहरहरू तिनले फिर्ता लिए।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्‍याहले राज्‍य गर्न लागे।</verse>
				<verse number="2">जब तिनी राजा भए तब तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्‌।</verse>
				<verse number="3">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही गरे, तर तिनका पुर्खा दाऊदले गरेजस्‍तै त होइन। सबै कुरामा तिनले आफ्‍ना पिता योआशले गरेझैँ गरे।</verse>
				<verse number="4">तापनि डाँड़ाका अल्‍गा-अल्‍गा थानहरू तिनले हटाएनन्‌। मानिसहरूले त्‍यहाँ बलिदान चढ़ाउने र धूप बाल्‍ने गरे।</verse>
				<verse number="5">तिनको हातमा राज्‍य सुदृढ़ भएपछि तिनले आफ्‍ना ती अधिकारीहरूलाई मारे जसले तिनका पिता राजाको हत्‍या गरेका थिए।</verse>
				<verse number="6">तापनि मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएअनुसार यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनले हत्‍याराका छोराहरूलाई मारेनन्‌: “बुबाहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्‍ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधहरूका निम्‍ति मरोस्‌।”</verse>
				<verse number="7">नूनको उपत्‍यकामा दश हजार एदोमीहरूलाई हराउने र लड़ाइँमा सेलालाई लिएर त्‍यसको नाउँ योक्‍तेल राख्‍ने तिनी नै थिए। त्‍यसको नाउँ आजको दिनसम्‍म त्‍यही हो।</verse>
				<verse number="8">त्‍यसपछि अमस्‍याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको चुनौती दिए, “आऊ, मसँग आमनेसामने लड़।”</verse>
				<verse number="9">तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहलाई यस्‍तो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर समाचार पठायो, ‘तिम्री छोरी मेरो छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्‍यसबाट भएर आयो, र त्‍यस सिउँड़ीलाई कुल्‍चिदियो।</verse>
				<verse number="10">तिमीले साँच्‍चै एदोमलाई जित्‍यौ, र अहिले तिम्रो शेखी बढ़ेको छ। तिम्रो विजयमा गर्व गर, तर आफ्‍नै घरमा बस! आफ्‍नै र यहूदाको पनि पतनको निम्‍ति किन समस्‍या निम्‍त्‍याउछौं?”</verse>
				<verse number="11">तरै पनि अमस्‍याहले यस कुरामा ध्‍यानै दिएनन्‌। यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे, र तिनी र यहूदाका राजा अमस्‍याहले यहूदाको बेथ-शेमेशमा एक-अर्काको सामना गरे।</verse>
				<verse number="12">यहूदा इस्राएलद्वारा पराजित भए, र हरेक मानिस आ-आफ्‍नो घरमा भाग्‍यो।</verse>
				<verse number="13">इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ-शेमेशमा पक्रे। त्‍यसपछि येहोआश यरूशलेममा गए, र एफ्राइमको ढोकादेखि कुने ढोकासम्‍म प्राय: दुई सय मिटर लामो सहरका पर्खालको एक भाग भत्‍काइदिए।</verse>
				<verse number="14">तिनले परमप्रभुको मन्‍दिरमा र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सबै सुन र चाँदी र सबै चीजहरू लगे। तिनले धितो राखेका मानिसहरू पनि लगेर सामरियामा फर्के।</verse>
				<verse number="15">यहोआहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू र तिनका उपलब्‍धिहरू, र यहूदाका राजा अमस्‍याहको विरुद्ध गरेको युद्ध के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="16">येहोआश आफ्‍ना पित्रहरूसित सुते, र इस्राएलका राजाहरूसित सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यारोबाम राजा भए।</verse>
				<verse number="17">इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्‍युपछि यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्ष बाँचे।</verse>
				<verse number="18">अमस्‍याहको राजकालका अरू घटनाहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="19">तिनको विरुद्धमा यरूशलेममा एउटा षड्‌यन्‍त्र भयो, र तिनी लाकीशमा भागे। तर तिनीहरूले तिनको पछि लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्‍यहीँ मारे।</verse>
				<verse number="20">तिनको लाश घोड़ामाथि बोकाएर ल्‍याइयो, र तिनी आफ्‍ना पित्रहरूसित दाऊदको सहर यरूशलेममा गाड़िए।</verse>
				<verse number="21">तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका अजर्याहलाई लिएर तिनका पिता अमस्‍याहको सट्टामा राजा तुल्‍याए।</verse>
				<verse number="22">अमस्‍याह आफ्‍ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।</verse>
				<verse number="23">यहूदाका राजा योआशका छोरा अमस्‍याहको पन्‍ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए, र तिनले एकचालीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="24">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, र इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट फर्केनन्‌।</verse>
				<verse number="25">परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना दास गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा भन्‍नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्‍म इस्राएलका सिमाना फेरि स्‍थिर गर्ने तिनी नै थिए।</verse>
				<verse number="26">कुनै फुक्‍का कि बँधुवा होस्, इस्राएलले साह्रै कष्‍ट भोगेको परमप्रभुले देख्‍नुभएको थियो। तिनीहरूलाई सहायता गर्ने कोही थिएन।</verse>
				<verse number="27">पृथ्‍वीबाट इस्राएलको नाउँनिशानै मेटिदिन्‍छु भनी परमप्रभुले नभन्‍नुभएको हुनाले, उहाँले येहोआशका छोरा यारोबामको हातद्वारा तिनीहरूलाई बचाउनुभयो।</verse>
				<verse number="28">यारोबामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र सैनिक उपलब्‍धिहरू, अनि दमस्‍कस र हमात, जो यहूदाका थिए, इस्राएलको निम्‍ति फेरि प्राप्‍त गरेको कुरा के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="29">यारोबाम आफ्‍ना पित्र इस्राएलका राजाहरूसित सुते, र तिनीपछि तिनका छोरा जकरिया राजा भए।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">इस्राएलका राजा यारोबामको सत्ताईसौँ वर्षमा यहूदाका राजा अमस्‍याहका छोरा अजर्याहले राज्‍य गर्न लागे।</verse>
				<verse number="2">जब तिनी राजा भए तब तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यकोल्‍याह थियो। तिनी यरूशलेमकी थिइन्‌।</verse>
				<verse number="3">तिनले आफ्‍ना पिता अमस्‍याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे असल थियो त्‍यही गरे।</verse>
				<verse number="4">तापनि अल्‍गा-अल्‍गा ठाउँहरू तिनले हटाएनन्‌। मानिसहरूले अझै पनि त्‍यहाँ बलिदान चढ़ाउने र धूप बाल्‍ने गरे।</verse>
				<verse number="5">परमप्रभुले राजालाई मरणान्‍त कुष्‍ठरोगले प्रहार गर्नुभयो, र तिनी भिन्‍दै घरमा बस्‍थे। राजाका छोरा योतामले नै राजमहलको जिम्‍मा लिएका थिए र देशका प्रजामाथि राज्‍य गर्थे।</verse>
				<verse number="6">अजर्याहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="7">अजर्याह आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूका नजिक दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योताम राजा भए।</verse>
				<verse number="8">यहूदाका राजा अजर्याहको अठतीसौँ वर्षमा यारोबामका छोरा जकरिया सामरियामा इस्राएलका राजा भए, र तिनले छ महिना राज्‍य गरे।</verse>
				<verse number="9">आफ्‍ना पुर्खाहरूले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्‌।</verse>
				<verse number="10">याबेशका छोरा शल्‍लूमले जकरियाको विरुद्धमा षड्‌यन्‍त्र रचे। शल्‍लूमले तिनलाई मानिसहरूकै सामुन्‍ने आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।</verse>
				<verse number="11">जकरियाको राजकालका अरू घटनाहरू इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="12">यसरी परमप्रभुले येहूलाई भन्‍नुभएको कुरा पूरा भयो: “तेरा सन्‍तान चौथो पुस्‍तासम्‍म इस्राएलको राजगद्दीमा बस्‍नेछन्‌।”</verse>
				<verse number="13">यहूदाका राजा उज्‍जियाहको उनन्‍चालीस वर्षमा याबेशका छोरा शल्‍लूम राजा भए, र तिनले एक महिना सामरियामा राज्‍य गरे।</verse>
				<verse number="14">त्‍यसपछि गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्‍ले। तिनले सामरियामा याबेशका छोरा शल्‍लूमलाई आक्रमण गरे, र तिनलाई मारेर तिनी राजा भए।</verse>
				<verse number="15">शल्‍लूमको राजकालका अरू घटनाहरू र तिनले रचेका षड्‌यन्‍त्र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="16">त्‍यसै बेला मनहेम तिर्साबाट सुरु गरेर तिफसा र त्‍यसका छेउछाउको हरेकलाई आक्रमण गरे, किनभने उनीहरूले तिनको निम्‍ति त्‍यसका ढोकाहरू खोल्‍न इन्‍कार गरे। तिनले तिफसालाई ध्‍वंस गरे, र सबै गर्भवती स्‍त्रीहरूका पेट चिरिदिए।</verse>
				<verse number="17">यहूदाका राजा अजर्याहको उनन्‍चालीस वर्षमा गदीका छोरा मनहेम इस्राएलका राजा भए, र तिनले सामरियामा दश वर्ष राज्‍य गरे।</verse>
				<verse number="18">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट आफ्‍ना सम्‍पूर्ण राजकालभरि नै तिनी फर्केनन्‌।</verse>
				<verse number="19">तब अश्‍शूरका राजा पूलले देशलाई आक्रमण गरे, र राज्‍यमा आफ्‍नो राजकीय अधिकार बलियो पार्नलाई मनहेमले पूललाई एक हजार तोड़ा चाँदी दिए।</verse>
				<verse number="20">मनहेमले इस्राएलबाट यो रुपियाँपैसा जबरदस्‍तसाथ लिए। हरेक धनी मानिसले अश्‍शूरका राजालाई पचास शेकेल चाँदी दिनुपर्थ्‍यो। त्‍यसकारण अश्‍शूरका राजा फर्केर त्‍यस देशमा बसेनन्‌।</verse>
				<verse number="21">मनहेमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="22">मनहेम आफ्‍ना पित्रहरूसित सुते, र तिनका छोरा पकहीया तिनीपछि राजा भए।</verse>
				<verse number="23">यहूदाका राजा अजर्याहको पचासौँ वर्षमा मनहेमका छोरा पकहीया सामरियामा इस्राएलका राजा भए, र तिनले दुई वर्ष राज्‍य गरे।</verse>
				<verse number="24">पकहीयाले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्‌।</verse>
				<verse number="25">तिनका मुख्‍य अधिकृतहरूमध्‍येका एक जना, रमल्‍याहका छोरा पेकहले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे। गिलादका पचास जना मानिसहरू आफ्‍नो साथमा लिएर सामरियामा भएको राजमहलको गढ़ीभित्र पसीकन पेकहले पकहीयालाई अनि अर्गोब र अरिहलाई पनि मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।</verse>
				<verse number="26">पकहीयाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="27">यहूदाका राजा अजर्याहको बाउन्‍नौँ वर्षमा रमल्‍याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए, र तिनले बीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="28">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्‌।</verse>
				<verse number="29">इस्राएलका राजा पेकहको समयमा अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले आएर इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोर लिए। उनले गिलाद र गालील, नप्‍तालीका सबै जग्‍गासमेत लिए, र मानिसहरूलाई अश्‍शूर देशमा कैद गरेर लगे।</verse>
				<verse number="30">तब एलाहका छोरा होशियाले रमल्‍याहका छोरा पेकहको विरुद्धमा षड्‌यन्‍त्र रचे। होशियाले आक्रमण गरेर तिनको हत्‍या गरे, र उज्‍जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।</verse>
				<verse number="31">पेकहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती सबै इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="32">इस्राएलका राजा रमल्‍याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्‍जियाहका छोरा योतामले राज्‍य गर्न लागे।</verse>
				<verse number="33">जब तिनी राजा भए तब तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो।</verse>
				<verse number="34">आफ्‍ना पिता उज्‍जियाहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही तिनले गरे।</verse>
				<verse number="35">तापनि डाँड़ाका अल्‍गा-अल्‍गा ठाउँहरू हटाइएनन्‌। मानिसहरूले त्‍यहाँ बलिदान चढ़ाउने र धूप बाल्‍ने गरे। योतामले नै परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको पुनर्निर्माण गरे।</verse>
				<verse number="36">योतामको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="37">(त्‍यस बेला परमप्रभुले अरामका राजा रसीन र रमल्‍याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन लाग्‍नुभयो।)</verse>
				<verse number="38">योताम आफ्‍ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाज राजा भए।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">रमल्‍याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य गर्न लागे।</verse>
				<verse number="2">जब आहाज राजा भए तब तिनी बीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरेनन्‌।</verse>
				<verse number="3">इस्राएलका राजाहरूका चालमा तिनी हिँड़े। इस्राएलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्‍नुभएको थियो, तिनीहरूकै घिनलाग्‍दा चालमा हिँड़ेर तिनले आफ्‍नो छोरालाई पनि आगोमा होम गरे।</verse>
				<verse number="4">तिनले अल्‍गा-अल्‍गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्‍याम्‍म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।</verse>
				<verse number="5">तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्‍याहका छोरा पेकहले यरूशलेमको विरुद्धमा लड़ाइँ गरेर आहाजलाई घेरा हाले, तर तिनीहरूले जित्‍न सकेनन्‌।</verse>
				<verse number="6">त्‍यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर एलातलाई अरामको निम्‍ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे, र आजको दिनसम्‍म त्‍यसमा बसोबास गरेका छन्‌।</verse>
				<verse number="7">आहाजले अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरकहाँ यसो भनेर समाचारवाहकहरू पठाए, “म तपाईंको दास र तपाईंकै मातहत सेवक हुँ। मलाई आक्रमण गर्ने अरामका राजा र इस्राएलका राजाबाट आएर मलाई बचाउनुहोस्‌।”</verse>
				<verse number="8">अनि आहाजले परमप्रभुको मन्‍दिरमा र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सुन र चाँदी लिएर कोसेलीको रूपमा अश्‍शूरका राजाकहाँ पठाए।</verse>
				<verse number="9">अश्‍शूरका राजाले तिनका कुरा सुने, र दमस्‍कसलाई आक्रमण गरेर उनले त्‍यो कब्‍जा गरे। उनले त्‍यहाँका बासिन्‍दाहरूलाई निर्वासन गरेर कीरमा लगे, र रसीनलाई मारे।</verse>
				<verse number="10">तब राजा आहाज अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरसित भेट गर्न दमस्‍कसमा गए। तिनले दमस्‍कसमा एउटा वेदी देखे, र त्‍यसका बनावटको सम्‍पूर्ण ढाँचा पूजाहारी उरियाहकहाँ पठाइदिए।</verse>
				<verse number="11">यसैले राजा आहाजले दमस्‍कसबाट पठाएको सम्‍पूर्ण ढाँचाबमोजिम पूजाहारी उरियाहले एउटा वेदी निर्माण गरे र राजा फर्कन अघि नै त्‍यो सिद्ध्याए।</verse>
				<verse number="12">जब राजा दमस्‍कसबाट फर्केर आए, तब तिनले त्‍यो वेदी हेरे, र त्‍यसको छेउमा गएर त्‍यसमा भेटी चढ़ाए।</verse>
				<verse number="13">तिनले आफ्‍नो होमबलि र अन्‍नबलि चढ़ाए, र अर्घ-बलि खन्‍याए र आफ्‍नो मेलबलिको रगत वेदीमाथि छर्के।</verse>
				<verse number="14">परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदी तिनले परमप्रभुका मन्‍दिरको अगिबाट, अर्थात्‌ नयाँ वेदी र परमप्रभुका मन्‍दिरको बीचबाट हटाएर त्‍यस नयाँ वेदीको उत्तरतिर राखिदिए।</verse>
				<verse number="15">त्‍यसपछि राजा आहाजले पूजाहारी उरियाहलाई यस्‍तो हुकुम गरे: “यस ठूलो नयाँ वेदीमा बिहानको होमबलि र बेलुकाको अन्‍नबलि, राजाको होमबलि र तिनको अन्‍नबलि, र देशका सबै मानिसहरूका होमबलि र तिनीहरूको अन्‍नबलि र अर्घ-बलि चढ़ाउने गर। वेदीमा होमबलि र बलिदानहरूको सबै रगत छर्कनू। तर काँसाको वेदीचाहिँ म आफ्‍नो पथप्रदर्शनको लागि प्रयोग गर्नेछु।”</verse>
				<verse number="16">राजा आहाजले हुकुम गरेझैँ पूजाहारी उरियाहले गरे।</verse>
				<verse number="17">राजा आहाजले ठेला-गाड़ीहरूबाट तिनका वरिपरि भएका पाटाहरू र तिनका बाटाहरू हटाए। तिनले विशाल खड्‌कुँलो त्‍यसलाई थामिराख्‍ने काँसाका साँढ़ेहरूबाट निकालेर ढुङ्गाको आधारमा राखे।</verse>
				<verse number="18">तिनले शबाथमा प्रयोग गरिने चँदुवा, जुनचाहिँ परमप्रभुको मन्‍दिरमा निर्माण गरिएका थिए, त्‍यो लगे, अनि परमप्रभुको मन्‍दिरबाहिर भएको राजकीय प्रवेशद्वार तिनले अश्‍शूरका राजालाई सन्‍तुष्‍ट गराउन हटाइदिए।</verse>
				<verse number="19">आहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="20">आहाज आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा तिनीहरूसित गाड़िए। अनि तिनीपछि तिनका छोरा हिजकिया राजा भए।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">यहूदाका राजा आहाजको बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलका राजा भए, र तिनले नौ वर्ष राज्‍य गरे।</verse>
				<verse number="2">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, तर तिनका अघिका इस्राएलका राजाहरूले गरेजस्‍तै त होइन।</verse>
				<verse number="3">अश्‍शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गर्न आए। होशियाले उनका अधीनमा भएर उनलाई कर तिरेका थिए।</verse>
				<verse number="4">तर अश्‍शूरका राजाले होशियाले विश्‍वासघात गरेका देखे, किनकि तिनले मिश्रदेशका राजा सोकहाँ राजदूतहरू पठाएका थिए र बर्सेनि पठाउने कर रोकेका थिए। यसैकारण शलमनेशेरले तिनलाई कैद गरेर झ्‍यालखानमा हाले।</verse>
				<verse number="5">अश्‍शूरका राजाले सारा देशलाई आक्रमण गरे, र सामरियाको विरुद्धमा हमला गरेर त्‍यसलाई तीन वर्षसम्‍म घेरा हाले।</verse>
				<verse number="6">अश्‍शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्‍जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्‍शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले।</verse>
				<verse number="7">यी सबै भएको कारणचाहिँ यही थियो, कि मिश्रदेशका राजा फारोको शक्तिबाट मिश्रदेशदेखि निकालेर ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा इस्राएलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे,</verse>
				<verse number="8">र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्‍नुभएका अरू जातिहरूले र इस्राएलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँड़े।</verse>
				<verse number="9">परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे ठीक थिएन त्‍यो गुप्‍त रूपमा इस्राएलीहरूले गरे। पहरादार बस्‍ने धरहरादेखि लिएर किल्‍ला भएको सहरसम्‍मै तिनीहरूले आफ्‍ना सबै नगरहरूमा अल्‍गा-अल्‍गा ठाउँहरू बनाए।</verse>
				<verse number="10">हरेक अल्‍गो डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि तिनीहरूले चोखा ढुङ्गा र अशेरा देवीका खम्‍बाहरू खड़ा गरे।</verse>
				<verse number="11">तिनीहरूका सामुन्‍नेबाट निकालिएका जातिहरूले गरेझैँ हरेक अल्‍गा ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे, जसले गर्दा परमप्रभुलाई रीस उठ्यो।</verse>
				<verse number="12">परमप्रभुले तिनीहरूलाई “तिमीहरूले यस्‍तो गर्नुहुँदैन” भन्‍नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे।</verse>
				<verse number="13">परमप्रभुले आफ्‍ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इस्राएल र यहूदालाई गम्‍भीर चेताउनी दिनुभयो: “तिमीहरूले आफ्‍ना खराब चाल छोड़। मेरा आज्ञाहरू र उर्दीहरू सम्‍पूर्ण व्‍यवस्‍थाअनुसार पालन गर, जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्‍नू भनी आज्ञा गरेको थिएँ, र मेरा दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ।”</verse>
				<verse number="14">तर तिनीहरूले सुन्‍न मानेनन्, र परमप्रभु तिनीहरूका परमेश्‍वरमाथि भरोसा गर्नलाई इन्‍कार गरेका तिनीहरूका पिता-पुर्खाहरूझैँ तिनीहरू हठी भए।</verse>
				<verse number="15">तिनीहरूले उहाँका उर्दीहरू र उहाँले तिनीहरूका पिता-पुर्खाहरूसँग बाँध्‍नुभएको करार र तिनीहरूलाई दिनुभएका चेताउनीहरू इन्‍कार गरे। तिनीहरू बेकामका मूर्तिहरूपछि लागे, र तिनीहरू आफै पनि बेकामका भए। तिनीहरूले आफ्‍ना वरिपरि भएका जातिहरूको नकल गरे, यद्यपि परमप्रभुले तिनीहरूलाई यसो भनेर हुकुम गर्नुभएको थियो, “उनीहरूले गरेझैँ तिमीहरू नगर।” र परमप्रभुले तिनीहरूलाई मनाही गर्नुभएका कुरा तिनीहरूले गरे।</verse>
				<verse number="16">तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै आज्ञाहरू त्‍यागे, र आफ्‍ना निम्‍ति बाछाको आकारमा ढालेर बनाइएका दुई वटा मूर्तिहरू र एउटा अशेरा देवीको खम्‍बा बनाए। तिनीहरू आकाशका सबै तारामण्‍डलको सामुन्‍ने घोप्‍टो परे, र बालको पूजा गरे।</verse>
				<verse number="17">तिनीहरूले आफ्‍ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। तिनीहरूले जोखना हेरे, र टुनामुना गरे, र परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यो गर्न तिनीहरूले आफैलाई बेचेर उहाँलाई रीस उठाए।</verse>
				<verse number="18">यसैले परमप्रभु इस्राएलसित साह्रै रिसाउनुभयो, र तिनीहरूलाई आफ्‍नो उपस्‍थितिबाट निकालिदिनुभयो। केवल यहूदाको कुल मात्र छोड़ियो,</verse>
				<verse number="19">र यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्‌। इस्राएलले चलाएका चालमा तिनीहरू हिँड़े।</verse>
				<verse number="20">यसकारण परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई त्‍याग्‍नुभयो। उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र लूटपीट गर्नेहरूका हातमा सुम्‍पिदिनुभयो, जबसम्‍म तिनीहरूलाई आफ्‍नो उपस्‍थितिदेखि फालिदिनुभएन।</verse>
				<verse number="21">जब उहाँले इस्राएललाई दाऊदको घरानाबाट अलग गर्नुभयो, तब तिनीहरूले नबातका छोरा यारोबामलाई राजा तुल्‍याए। यारोबामले इस्राएललाई परमप्रभुको पछि लाग्‍नुबाट फकाएर एउटा ठूलो पाप गर्न लाए।</verse>
				<verse number="22">इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, र ती त्‍यागेनन्,</verse>
				<verse number="23">जबसम्‍म परमप्रभुले आफ्‍ना सबै दास अगमवक्ताहरूद्वारा चेताउनी दिनुभएझैँ तिनीहरूलाई आफ्‍नो उपस्‍थितिबाट निकाल्‍नुभएन। यसैले इस्राएलका मानिसहरू आफ्‍नो मातृ-भूमिबाट अश्‍शूर देशमा निर्वासित गरिएर लगिए, र तिनीहरू अझै पनि त्‍यहीँ छन्‌।</verse>
				<verse number="24">अश्‍शूरका राजाले बेबिलोन, कूता, अव्‍वा, हमात र सपर्बेमबाट मानिसहरू ल्‍याएर उनीहरूलाई इस्राएलीहरूका सट्टामा सामरियाका नगरहरूमा बसाले। उनीहरूले सामरिया कब्‍जा गरे, र उनीहरू त्‍यसका नगरहरूमा बसे।</verse>
				<verse number="25">जब उनीहरू पहिले त्‍यहाँ बसे, उनीहरूले परमप्रभुको उपासना गरेनन्‌। यसैले परमप्रभुले उनीहरूका बीचमा सिंहहरू पठाइदिनुभयो, र तिनीहरूले केही मानिसहरूलाई मारे।</verse>
				<verse number="26">अश्‍शूरका राजालाई यस्‍तो प्रतिवेदन पठाइयो: “हजूरले निर्वासन गरेर पठाउनुभएका र सामरियाका नगरहरूमा बसोबास गरेका मानिसहरूले त त्‍यस देशका देवतालाई चाहिने काम जान्‍दैनन्‌। उनीहरूले यो नजानेका हुनाले ती देवताले उनीहरूका बीचमा सिंहहरू पठाएर तिनीहरूले उनीहरूलाई मार्दैछन्‌।”</verse>
				<verse number="27">तब अश्‍शूरका राजाले यो हुकुम दिए: “सामरियाबाट कैद गरेर ल्‍याएका कुनै एउटा पूजाहारी त्‍यहाँ बस्‍नलाई पठाइऊन्, ताकि तिनले मानिसहरूलाई त्‍यस देशका देवताका रीति सिकाइदेऊन्।”</verse>
				<verse number="28">यसैले सामरियाबाट निर्वासनमा लगिएका एक जना पूजाहारी आएर बेथेलमा बस्‍न लागे, र परमप्रभुलाई कसरी आराधना गर्नुपर्छ भनी तिनले उनीहरूलाई सिकाए।</verse>
				<verse number="29">तैपनि प्रत्‍येक जातिको दलले आफू-आफू बसेका नगरहरूमा आ-आफ्‍नै देवताहरू बनाए, र सामरीहरूले बनाएका अल्‍गा-अल्‍गा ठाउँहरूमा भएका पूजा गर्ने थानहरूमा ती बसाले।</verse>
				<verse number="30">बेबिलोनबाट आएका मानिसहरूले सुक्‍कोत-बनोत, कूताका मानिसहरूले नेर्गल, र हमातका मानिसहरूले अशीमा,</verse>
				<verse number="31">अव्‍वीहरूले नेभज र तर्ताकलाई बनाए, अनि सपर्बेमीहरूले आफ्‍ना देवता अद्रम्‍मलेक र अनम्‍मलेकका निम्‍ति आफ्‍ना छोराछोरीहरूलाई बलिदान स्‍वरूप आगोमा होम गर्थे।</verse>
				<verse number="32">उनीहरूले परमप्रभुको उपासना त गर्थे, तापनि अल्‍गा-अल्‍गा ठाउँमा भएका देवताथानहरूका लागि पूजाहारी काम गर्नलाई आफ्‍नै जातिबाट पनि उनीहरूले मानिसहरू नियुक्त गरे।</verse>
				<verse number="33">उनीहरूले परमप्रभुको उपासना गर्थे, तर जुन जातिहरूबाट उनीहरू ल्‍याइएका थिए, उनीहरूकै रीतिअनुसार चलेर उनीहरूले आफ्‍नै देवताहरूको सेवा पनि गर्थे।</verse>
				<verse number="34">उनीहरूले अघि-अघिका रीतिहरू आजको दिनसम्‍मै चलाइराखेका छन्‌। उनीहरू न त परमप्रभुको उपासना गर्छन्, न उहाँका उर्दीहरू र विधिहरू, र उहाँका विधान र आज्ञाहरू पालन गर्छन्, जुन उहाँले याकूबका सन्‍तानहरूलाई दिनुभयो, जसको नाउँ उहाँले इस्राएल भनी राख्‍नुभएको थियो, सो पालन गर्छन्‌।</verse>
				<verse number="35">जब परमप्रभुले इस्राएलीहरूसँग करार बाँध्‍नुभयो, तब उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूको उपासना नगर्नू, अथवा तिनीहरूका सामु तिमीहरू ननिहुरनू, वा तिनीहरूको सेवा नगर्नू, वा तिनीहरूलाई बलिदान चढ़ाउनू।</verse>
				<verse number="36">तर आफ्‍नो ठूलो शक्ति र पसारिएको पाखुराद्वारा तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने परमप्रभुको मात्र उपासना गर्नू। उहाँकै सामुन्‍ने तिमीहरू निहुरनू, उहाँलाई नै तिमीहरूले बलिदान चढ़ाउनू।</verse>
				<verse number="37">तिमीहरूका निम्‍ति उहाँले लेख्‍नुभएका उर्दीहरू, विधिहरू, विधानहरू र आज्ञाहरू तिमीहरूले होशियारीसित निरन्‍तर पालन गर्नू। तिमीहरूले अरू देवताको उपासना नगर्नू।</verse>
				<verse number="38">मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्‍नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू।</verse>
				<verse number="39">बरु परमप्रभु तिमीहरूका परमेश्‍वरको मात्र उपासना गर्नू। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।”</verse>
				<verse number="40">तापनि तिनीहरूले सुन्‍न मानेनन्, र आफ्‍ना अगाड़िका व्‍यवहारमा हिँड़िरहे।</verse>
				<verse number="41">परमप्रभुको उपासना गर्दागर्दै पनि तिनीहरूले आफ्‍नै मूर्तिहरूको सेवा गरिरहे। आजको दिनसम्‍मै तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरू आफ्‍ना पिता-पुर्खाहरूका चालमा हिँड्‌दैआएका छन्‌।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्न लागे।</verse>
				<verse number="2">जब तिनी राजा भए तब तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाम जकरियाकी छोरी अबिया थियो।</verse>
				<verse number="3">आफ्‍ना पुर्खा दाऊदले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही गरे।</verse>
				<verse number="4">तिनले अल्‍गा-अल्‍गा ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्‍काइदिए, र अशेराका खम्‍बाहरू ढालिदिए। मोशाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा-टुक्रा पारिदिए, किनकि त्‍यस बेलासम्‍म इस्राएलीहरूले त्‍यसको निम्‍ति धूप बालेका थिए। तिनीहरूले त्‍यसलाई नहूश्‍तान भन्‍थे।</verse>
				<verse number="5">हिजकियाले परमप्रभु इस्राएलका परमेश्‍वरमाथि भरोसा राखे। यहूदाका सबै राजाहरूमध्‍ये तिनका अघि हुने अथवा तिनीपछि आउने कुनै पनि तिनीजस्‍ता भएनन्‌।</verse>
				<verse number="6">तिनी परमप्रभुका भक्त भइरहे, र उहाँको पछि लाग्‍न छोड़ेनन्‌। परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे।</verse>
				<verse number="7">अनि परमप्रभु तिनीसँग रहनुहुन्‍थ्‍यो। तिनले गरेका सबै काममा तिनी सफल भए। तिनी अश्‍शूरका राजाको विरुद्धमा बागी भए, र उनको सेवा गरेनन्‌।</verse>
				<verse number="8">पलिश्‍तीहरूको देश गाजा र त्‍यसको इलाकासम्‍म, पहरादार बस्‍ने धरहरादेखि लिएर किल्‍ला भएको सहरसम्‍म तिनले जिते।</verse>
				<verse number="9">हिजकियाका शासनकालको चौथो वर्षमा, जो इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्‍शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरे, र त्‍यसलाई घेरा हाले।</verse>
				<verse number="10">तीन वर्षसम्‍म घेरा हालेपछि अश्‍शूरीहरूले त्‍यो कब्‍जा गरे। यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्‍जा गरियो।</verse>
				<verse number="11">अश्‍शूरका राजाले इस्राएलीहरूलाई अश्‍शूरमा लगे, र हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा उनले तिनीहरूलाई बसाले।</verse>
				<verse number="12">यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात्‌ परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्‍लङ्घन गरेका थिए। तिनीहरूले न त आज्ञाहरूमा ध्‍यानै दिए, न ती पालन गरे।</verse>
				<verse number="13">हिजकियाका राजकालको चौधौँ वर्षमा अश्‍शूरका राजा सनहेरीबले यहूदाका किल्‍ला भएका सबै सहरहरूलाई आक्रमण गरेर ती कब्‍जा गरे।</verse>
				<verse number="14">यसैले यहूदाका राजा हिजकियाले लाकीशमा अश्‍शूरका राजाकहाँ यसो भनेर समाचार पठाए: “भूल मेरो भयो। मेरो देशबाट फर्किजानुहोस्, र मबाट जो तपाईं दाबी गरेर माग्‍नुहुन्‍छ, सो म तिर्नेछु।” अश्‍शूरका राजाले यहूदाका राजा हिजकियामाथि दश टन चाँदी र एक टन सुन दण्‍ड तोकिदिए।</verse>
				<verse number="15">यसैले हिजकियाले परमप्रभुको मन्‍दिरमा र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सबै चाँदी उनलाई दिए।</verse>
				<verse number="16">त्‍यस बेला यहूदाका राजा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू र ढोकाका खामाहरू, जो तिनी आफैले सुनले मोहोरेका थिए, तीबाट सुन निकालेर अश्‍शूरका राजालाई दिए।</verse>
				<verse number="17">अश्‍शूरका राजाले आफ्‍ना सर्वोच्‍च सेनापति, आफ्‍ना मुख्‍य अधिकृत र आफ्‍ना रणभूमिका सेनापतिलाई एउटा ठूलो सेनाको साथमा लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। उनीहरू उक्‍लेर यरूशलेममा आए, र धोबीको खेतमा जाने माथिल्‍लो पोखरीको कुलोनेरको बाटोमा अड़िए।</verse>
				<verse number="18">उनीहरूले राजा बोलाइपठाए, अनि राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआ उनीहरूसँग भेट गर्नलाई गए।</verse>
				<verse number="19">रणभूमिका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन: “‘अश्‍शूरका महाराजा यसो भन्‍नुहुन्‍छ:</verse>
				<verse number="20">तिमीहरू केमा भर परेर भरोसा गर्दैछौ? तिमीसित युद्ध-कला र सैनिक बल छन्‌ भनी तिमी भन्‍छौ— तर तिमी त हावाको कुरा मात्र बोल्‍दछौ। तिमी कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी भयौ।</verse>
				<verse number="21">अब हेर, तिमी मिश्रदेशमाथि भरोसा गर्दैछौ। त्‍यो त एउटा चिराचिरा पारिएको नर्कटजस्‍तै मात्र हो, जसमाथि कोही भर पर्छ भने त्‍यसले मानिसको हात घोच्‍छ र त्‍यसलाई चोट लाग्‍छ। त्‍यसमाथि भरोसा राख्‍ने सबैका निम्‍ति मिश्रदेशका राजा फारो त्‍यस्‍तै त छ।</verse>
				<verse number="22">अनि यदि तिमी “हामी त परमप्रभु हाम्रा परमेश्‍वरमाथि भरोसा गर्दैछौं” भनेर भन्‍छौ भने, के त्‍यो त्‍यही होइन, जसका अल्‍गा-अल्‍गा ठाउँहरू र वेदीहरूलाई हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई यसो भनेका थिए, “तिमीहरूले यरूशलेममा भएको यस वेदीको सामुन्‍ने उपासना गर्नुपर्छ।”</verse>
				<verse number="23">“‘अब मेरा मालिक अश्‍शूरका राजासँग सौदा गर्नुहोस्‌। यदि सवार गर्नेहरू पाउन सक्‍नुहुन्‍छ भने म तपाईंलाई दुई हजार घोड़ाहरू दिनेछु।</verse>
				<verse number="24">मेरा मालिकका अधिकारीहरूमध्‍येका सबैभन्‍दा साना अधिकृतलाई पनि तपाईं कसरी पछि हटाउन सक्‍नुहुन्‍छ र— यद्यपि तपाईं रथहरू र घोड़चढ़ीहरूका निम्‍ति मिश्रदेशमाथि भरोसा गर्नुहुन्‍छ।</verse>
				<verse number="25">अरू कुरा, के परमप्रभुको वचनविना आक्रमण गर्न र यस देशलाई नाश गर्न म आएको हुँ? परमप्रभु आफैले नै मलाई “यस देशलाई आक्रमण गरेर त्‍यसलाई सर्वनाश गर्नू” भनी भन्‍नुभएको छ’।”</verse>
				<verse number="26">तब हिल्‍कियाहका छोरा एल्‍याकीम, शेब्‍ना र योआले ती रणभूमिका सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनभने त्‍यो भाषा हामी बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोल्‍नुहोस्‌।”</verse>
				<verse number="27">तर सेनापतिले जवाफ दिए, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र? तिमीहरूले जस्‍तै तिनीहरूले आफ्‍नै मलमूत्र खानुपर्नेछ।”</verse>
				<verse number="28">तब ती सेनापति खड़ा भएर हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज अश्‍शूरका राजाको वचन सुन।</verse>
				<verse number="29">राजा यसो भन्‍नुहुन्‍छ: हिजकियाले तिमीहरूलाई धोका नदेओस्‌। मेरो हातबाट त्‍यसले तिमीहरूलाई छुटाउन सक्‍दैन।</verse>
				<verse number="30">‘परमप्रभुले निश्‍चय नै हामीहरूलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्‍शूरका राजाको हातमा सुम्‍पिदिइनेछैन’ भनी तिमीहरूलाई परमप्रभुमाथि भरोसा गर्न हिजकियाले खुरन्‍धार नलागोस्‌।</verse>
				<verse number="31">“हिजकियाको कुरा नसुन। अश्‍शूरका राजा यसो भन्‍नुहुन्‍छ: “मसित सन्‍धि गर, र मकहाँ बाहिर निस्‍किआओ। तब तिमीहरू हरेकले आ-आफ्‍नो लहराको फल र नेभाराको फल खानेछौ, र आफ्‍नै कूवाको पानी पिउनेछौ,</verse>
				<verse number="32">जबसम्‍म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्‍नै देशजस्‍तो एउटा देशमा म आएर लानेछैनँ। मृत्‍युको सट्टा जीवन चुन! “हिजकियाको कुरा नसुन। ‘परमप्रभुले हामीहरूलाई बचाउनुहुनेछ’ भनी त्‍यसले त तिमीहरूलाई धोका दिँदैछ।</verse>
				<verse number="33">के कुनै जातिको देवताले आफ्‍नो देशलाई अश्‍शूरका राजाको हातबाट बचाउन सकेको छ र?</verse>
				<verse number="34">हमात र अर्पादका देवताहरू कता गए? सपर्बेम, हेना र इव्‍वाका देवताहरू खोइ त? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त?</verse>
				<verse number="35">के यी देशहरूका सबै देवताहरूमध्‍ये कसैले आफ्‍नो देशलाई मेरो हातबाट बचाउन सकेको छ? परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्‍छ र?”</verse>
				<verse number="36">तर मानिसहरू सबै चूपचाप बसे र जवाफमा केही पनि भनेनन्, किनभने राजाले यस्‍तो हुकुम दिनुभएको थियो, “उनलाई जवाफ नदिनू।”</verse>
				<verse number="37">तब राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आ-आफ्‍ना लुगा च्‍याते, र हिजकिया राजाकहाँ आएर रणभूमिका सेनापतिले भनेका कुरा सुनाइदिए।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">जब हिजकिया राजाले यो सुने, तब तिनले आफ्‍ना लुगा च्‍याते, र भाङ्‌ग्रा लाएर परमप्रभुको मन्‍दिरभित्र पसे।</verse>
				<verse number="2">तिनले राजमहलका सञ्‍चालक एल्‍याकीम, सचिव शेब्‍ना र मुख्‍य-मुख्‍य पूजाहारीहरूलाई सबैले भाङ्‌ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।</verse>
				<verse number="3">तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्‍छ: जसरी बच्‍चा जन्‍मनै लाग्‍दा त्‍यसलाई जन्‍माउन बल हुँदैन, आजको दिन कष्‍ट, निन्‍दा र तिरस्‍कारको दिन भएको छ।</verse>
				<verse number="4">शायद परमप्रभु तपाईंका परमेश्‍वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ होला, जसलाई उनका मालिक अश्‍शूरका राजाले जीवित परमेश्‍वरलाई गिल्‍ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराको कारण उहाँले उनलाई हप्‍काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्‍ति प्रार्थना चढ़ाइदिनुहोस्‌।”</verse>
				<verse number="5">जब हिजकियाले पठाएका अधिकारीहरू यशैयाकहाँ आए,</verse>
				<verse number="6">तब यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले सुनेका कुराले गर्दा तँ नडरा— जुन कुराहरूले अश्‍शूरको राजाका चाकरहरूले मेरो निन्‍दा गरेका छन्‌।</verse>
				<verse number="7">ध्‍यानसित सुन्‌! म त्‍यसमा एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि जब त्‍यसले कुनै एउटा प्रतिवेदन सुन्‍नेछ, तब त्‍यो आफ्‍नै देशमा फर्किजानेछ, र म त्‍यहाँ त्‍यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”</verse>
				<verse number="8">रणभूमिका सेनापतिले यो सुने कि अश्‍शूरका राजाले लाकीश छोड़े, तब उनी फर्के, र राजाले लिब्‍नाको विरुद्धमा लड़ाइँ गरिरहेका उनले भेट्टाए।</verse>
				<verse number="9">अब मिश्रदेशका कूशी राजा तिर्हाकाह आफूसित लड़ाइँ गर्नलाई आइरहेका छन्‌ भनी सनहेरीबले प्रतिवेदन पाए। यसैले उनले फेरि यहूदाका राजा हिजकियाकहाँ यसो भनेर समाचारवाहक पठाए,</verse>
				<verse number="10">“यहूदाका राजा हिजकियालाई भन्‍नू: ‘यरूशलेम अश्‍शूरका राजाको हातमा पर्नेछैन’ भन्‍ने तिमीले भरोसा गरेका देवताले तिमीलाई धोका नदेऊन्।</verse>
				<verse number="11">अश्‍शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन्, र तिनीहरूलाई कसरी सम्‍पूर्ण सर्वनाश गरेका छन्‌ सो तिमीले निश्‍चय नै सुनेकै छौ। अनि के तिमी छुटकारा पाउने आशा गर्दछौ र?</verse>
				<verse number="12">के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्‍सारमा बस्‍ने अदनका मानिसहरूका देवताहरू?</verse>
				<verse number="13">हमातका राजा, अर्पादका राजा वा सपर्बेम सहरका राजा, अथवा हेना वा इव्‍वाका राजाहरू कहाँ छन्‌ त?”</verse>
				<verse number="14">हिजकियाले यो चिट्ठी समाचारवाहकहरूबाट लिए, र पढ़े। तब तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए, र परमप्रभुको सामुन्‍ने त्‍यो खोलेर राखिदिए।</verse>
				<verse number="15">र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्‍छ, पृथ्‍वीका सारा राज्‍यहरूमा तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ। तपाईंले स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुभयो!</verse>
				<verse number="16">हे परमप्रभु, आफ्‍ना कान खोलेर सुन्‍नुहोस्‌! हे परमप्रभु, आफ्‍ना आँखा खोलेर हेर्नुहोस्‌। जीवित परमेश्‍वरलाई ठट्टा गर्न सनहेरीबले पठाएका कुराहरू सुन्‍नुहोस्‌।</verse>
				<verse number="17">“हे परमप्रभु, यो कुरा साँचो हो, कि अश्‍शूरका राजाहरूले यी जाति-जातिहरू र यिनीहरूका देशहरूलाई उजाड़ पारेका छन्‌।</verse>
				<verse number="18">उनीहरूले यिनीहरूका देवताहरूलाई आगोमा हालेर सर्वनाश पारिदिएका छन्, किनकि तिनीहरू त ईश्‍वर थिएनन्, तर मानिसहरूका हातले बनाएका काठ र ढुङ्गा मात्र थिए।</verse>
				<verse number="19">अब हे परमप्रभु हाम्रा परमेश्‍वर, उनको हातबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्‍वीका सबै राज्‍यहरूले यो जानून्‌ कि परमप्रभु, तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="20">तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ एउटा समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘अश्‍शूरका राजा सनहेरीबको विषयमा तैंले मलाई चढ़ाएको प्रार्थना मैले सुनें।</verse>
				<verse number="21">त्‍यसको विरुद्धमा परमप्रभुले भन्‍नुभएको वचन यही हो: “‘सियोनकी कन्‍ये-छोरीले तेरो निन्‍दा गर्छे, र तेरो गिल्‍ला गर्छे। तँ भागेर जाँदा यरूशलेमकी छोरीले आफ्‍नो शिर हल्‍लाउँछे।</verse>
				<verse number="22">तैंले कसको ठट्टा र निन्‍दा गरिस्‌? कसको विरुद्धमा तँ चिच्‍च्‍याइस्, र घमण्‍डले तेरा आँखा उठाइस्‌? इस्राएलका परमपवित्रको विरुद्धमा हो!</verse>
				<verse number="23">आफ्‍ना समाचारवाहकहरूद्वारा तैंले परमप्रभुमाथि अनादर थुपारिस्, र तैंले भनिस्, “मेरा धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़ेको छु, लेबनानका सबैभन्‍दा उच्‍च टाकुराहरूमा। मैले त्‍यसका सबैभन्‍दा अल्‍गा देवदारुका रूखहरू, त्‍यसका सबैभन्‍दा असल सल्‍लाका रूखहरू ढालें। म त्‍यसको पल्‍लो कुनामा, त्‍यसका सबैभन्‍दा सुन्‍दर वनहरूमा पुगें।</verse>
				<verse number="24">मैले विदेशी ठाउँहरूमा कूवा खनेको छु, र त्‍यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले मिश्रदेशका खोलाहरू सुकाइदिएँ।”</verse>
				<verse number="25">“‘के तिमीहरूले सुनेका छैनौ र? उहिले नै मैले त्‍यो ठहराएँ। तादिका दिनमा नै मैले त्‍यो युक्ति रचें। अब मैले यो पूरा गरेको छु, कि तैंले किल्‍ला भएका सहरहरूलाई ढुङ्गाहरूका थुप्रा तुल्‍याएको छस्‌।</verse>
				<verse number="26">तिनीहरूका नगरवासीहरूको बल सुकेर तिनीहरू निराश भएर लज्‍जित भएका छन्‌’।” तिनीहरू मैदानका बोटहरूजस्‍तै, कलिला हरिया मुनाहरूझैँ छन्, उम्रन अघि नै सुकिहाल्‍नेजस्‍तै छन्‌।</verse>
				<verse number="27">“‘तर तँ कहाँ बस्‍छस्‌ म जान्‍दछु। तँ बाहिर गएको र भित्र आएको मलाई थाहा छ। मेरो विरुद्धमा तेरो रीसको झोँक म जान्‍दछु।</verse>
				<verse number="28">तैंले मेरो विरुद्धमा झोँक देखाएकोले, र तेरो अहङ्कार मेरो कानमा पुगेको कारणले, म तेरो नाकमा बल्‍छी र तेरो मुखमा लगाम लगाइदिनेछु, र तँ आएकै बाटो भएर म तँलाई फर्कन लाउनेछु’।”</verse>
				<verse number="29">“ए हिजकिया, तेरो निम्‍ति चिन्‍हचाहिँ यो हुनेछ: यो साल तिमीहरूले आफै उम्रेका अन्‍न खानेछौ। दोस्रो साल त्‍यसैबाट उम्रेका खानेछौ। तर तेस्रो सालचाहिँ तिमीहरू छर र कटनी गर, दाखबारी लगाओ र त्‍यसको फल खाओ।</verse>
				<verse number="30">फेरि यहूदाका घरानाका बाँचेकाहरूले भूइँमुनि जरा हाल्‍नेछन्, र जमिनमाथि फल उमार्नेछन्‌।</verse>
				<verse number="31">किनभने यरूशलेमबाट एउटा बाँकी रहेको भाग, र सियोन डाँड़ाबाट बाँचेकाहरूको एक दल निस्‍केर आउनेछन्‌। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो काम पूरा गर्नेछ।</verse>
				<verse number="32">“यसैकारण अश्‍शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “त्‍यो यस सहरभित्र पस्‍नेछैन, अथवा त्‍यसले एउटा काँड़ पनि यहाँ हान्‍नेछैन। त्‍यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन।</verse>
				<verse number="33">त्‍यो आएकै बाटो भएर फर्किजानेछ। यस सहरभित्र त्‍यो पस्‍नेछैन, परमप्रभु यही घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="34">मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु।”</verse>
				<verse number="35">त्‍यस रात परमप्रभुका स्‍वर्गदूत निस्‍के, र तिनले अश्‍शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब भोलिपल्‍ट बिहानै मानिसहरू उठे, त्‍यहाँ सबै लाशहरू मात्र थिए।</verse>
				<verse number="36">यसैले अश्‍शूरका राजा सनहेरीब आफ्‍नो छाउनी उठाएर फर्किगए। उनी निनवेमा फर्केर गई बस्‍न लागे।</verse>
				<verse number="37">एक दिन जब उनी आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्‍मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।”</verse>
				<verse number="2">तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए,</verse>
				<verse number="3">“हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए।</verse>
				<verse number="4">यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो:</verse>
				<verse number="5">“फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस्‌।</verse>
				<verse number="6">म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु। अनि तँलाई र यस सहरलाई अश्‍शूरको राजाको हातबाट छुटाउनेछु। मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यस सहरको रक्षा गर्नेछु’।”</verse>
				<verse number="7">तब यशैयाले भने, “नेभाराको लेप बनाएर लगाउनू।” तिनीहरूले त्‍यसै गरे, र त्‍यो तिनको पिलोमा लगाइदिए र तिनी निको भए।</verse>
				<verse number="8">हिजकियाले यशैयालाई सोधेका थिए, “म निको हुनेछु र तेस्रो दिनमा परमप्रभुको भवनमा जानेछु भनी परमप्रभुले मलाई के चिन्‍ह दिनुहुनेछ?”</verse>
				<verse number="9">यशैयाले जवाफ दिए, “तपाईंलाई परमप्रभुको चिन्‍ह यही हुनेछ, कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो काम हुनेछ। घामको छाया दश कदम अगि सरोस्, कि दश कदम पछि सरोस्‌?”</verse>
				<verse number="10">हिजकियाले भने, “घामको छाया दश कदम अगि सर्नु त सजिलो छ। त्‍यो दश कदम पछि सरोस्‌।”</verse>
				<verse number="11">तब यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे, र परमप्रभुले आहाजको सिँढ़ीमा छाया दश कदम पछि सारिदिनुभयो।</verse>
				<verse number="12">त्‍यसै बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एक कोसेली पठाए, किनभने हिजकिया बिरामी छन्‌ भन्‍ने उनले सुनेका थिए।</verse>
				<verse number="13">हिजकियाले समाचारवाहकहरूलाई स्‍वागत गरे र उनीहरूलाई आफ्‍ना भण्‍डारहरूमा भएका सबै थोकहरू— सुन, चाँदी, मसला, सुगन्‍धित तेल— आफ्‍ना हतियारहरू राख्‍ने घर र भण्‍डारमा भएका सारा थोक देखाइदिए। आफ्‍नो राजमहल र आफ्‍ना सबै राज्‍यमा हिजकियाले उनीहरूलाई नदेखाएको कुनै पनि थोक रहेन।</verse>
				<verse number="14">तब यशैया अगमवक्ताले हिजकिया राजाकहाँ आएर सोधे, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका रहेछन्‌?” हिजकियाले जवाफ दिए, “उनीहरू टाढ़ा देश बेबिलोनबाट आएका हुन्‌।”</verse>
				<verse number="15">तब अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको राजमहलमा के-के देखे त?” हिजकियाले भने, “उनीहरूले मेरो राजमहलमा सबै कुरा देखे। मेरा भण्‍डारमा भएको मैले उनीहरूलाई नदेखाएको कुनै पनि थोक छैन।”</verse>
				<verse number="16">तब यशैयाले हिजकियालाई भने, “परमप्रभुको वचन सुन्‍नुहोस्‌:</verse>
				<verse number="17">समय निश्‍चय नै आउनेछ, जब तेरो घरमा भएका सबै थोक, र आजको दिनसम्‍म तेरा पिता-पुर्खाहरूले थुपारेका सबै कुरा बेबिलोनमा लगिनेछन्‌। एउटै कुरा पनि छोड़िनेछैन, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">तेरा केही सन्‍तानहरू, तेरै हाड़ र मासु, जो तँबाट जन्‍मनेछन्, तिनीहरू लगिनेछन्‌। अनि बेबिलोनका राजाको राजमहलमा तिनीहरू नपुंसक बनाइनेछन्‌।”</verse>
				<verse number="19">हिजकियाले भने, “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असलै छ।” किनभने तिनले विचार गरे, “के मेरो जीवनभरि त शान्‍ति र सुरक्षा हुनेछैन र?”</verse>
				<verse number="20">हिजकियाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्‍धिहरू, र तिनले कसरी पोखरी र सुरुङ बनाएर सहरमा पानी ल्‍याए के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="21">हिजकिया आफ्‍ना पित्रहरूसित सुते, अनि तिनीपछि तिनका छोरा मनश्‍शे राजा भए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">जब मनश्‍शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हेप्‍सीबा थियो।</verse>
				<verse number="2">इस्राएलीहरूका सामुन्‍नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्‍दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
				<verse number="3">तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्‍गा-अल्‍गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्‍ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्‍बा पनि बनाए। तिनले आकाशका सारा तारामण्‍डललाई घोप्‍टो परेर दण्‍डवत्‌ गरे।</verse>
				<verse number="4">तिनले परमप्रभुको मन्‍दिरमा वेदीहरू बनाए, जुन मन्‍दिरको विषयमा परमप्रभुले भन्‍नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्‍नेछु।”</verse>
				<verse number="5">परमप्रभुको मन्‍दिरका दुवै चोकमा तिनले आकाशका तारामण्‍डलको निम्‍ति वेदीहरू बनाए।</verse>
				<verse number="6">तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।</verse>
				<verse number="7">आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्‍यस मन्‍दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्‍नुभएको थियो, “यस मन्‍दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्‍ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्‍नेछु।</verse>
				<verse number="8">यदि तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा गर्न होशियारी गरे र मेरो दास मोशाले तिनीहरूलाई दिएका सारा व्‍यवस्‍था पालन गरे भने, मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूका खुट्टा फेरि यताउता घुमफिर गर्न म दिनेछैनँ।”</verse>
				<verse number="9">तर मानिसहरूले ध्‍यानै दिएनन्‌। मनश्‍शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्‍ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्‍दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे।</verse>
				<verse number="10">परमप्रभुले आफ्‍ना दास अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो:</verse>
				<verse number="11">“यहूदाका राजा मनश्‍शेले यी घिनलाग्‍दा कामहरू गरेको छ। त्‍यसले आफ्‍ना अघि-अघिका एमोरीहरूले भन्‍दा ज्‍यादा घिनलाग्‍दा कामहरू गरेको छ, र आफ्‍ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ।</verse>
				<verse number="12">यसकारण परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म यरूशलेम र यहूदामाथि यस्‍तो सर्वनाश ल्‍याउनेछु, कि सुन्‍ने हरेकका कानमा त्‍यसको गुञ्‍जन हुनेछ।</verse>
				<verse number="13">सामरियाको विरुद्धमा प्रयोग गरेको टाँगोले र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्‍नेछु। जसरी मानिसले थाल माझेर घोप्‍ट्याइराख्‍छ, त्‍यसरी नै म यरूशलेमलाई माझ्‍नेछु।</verse>
				<verse number="14">मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्‍यागिदिनेछु, र तिनीहरूलाई आफ्‍नै शत्रुहरूका हातमा सुम्‍पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन्‌ र जबरदस्‍तसाथ खोसिनेछन्,</verse>
				<verse number="15">किनभने तिनीहरूले मेरो दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्‍म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्‌।</verse>
				<verse number="16">यसबाहेक मनश्‍शेले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्‍म भरिएको थियो। अनि तिनले यहूदालाई पाप गर्न लाएका थिए, र तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब छ, त्‍यही गरे।</verse>
				<verse number="17">मनश्‍शेको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पापसमेत के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="18">मनश्‍शे आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍नै उज्‍जाको बगैँचामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आमोन राजा भए।</verse>
				<verse number="19">जब आमोन राजा भए तब तिनी बाईस वर्षका थिए, र तिनले यरूशलेममा दुई वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हारूसकी छोरी मशुल्‍लेमेत थियो। तिनी योत्‍बाकी थिइन्‌।</verse>
				<verse number="20">तिनका पिता मनश्‍शेले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
				<verse number="21">तिनी आफ्‍ना पिताका सबै चालहरूमा हिँड़े, र तिनका पिताले पुजेका मूर्तिहरूको सामु घोप्‍टो परेर पूजा गरे।</verse>
				<verse number="22">तिनले परमप्रभु आफ्‍ना पिता-पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्‌।</verse>
				<verse number="23">आमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र राजालाई तिनकै राजमहलमा हत्‍या गरे।</verse>
				<verse number="24">तब देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा तुल्‍याए।</verse>
				<verse number="25">आमोनको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="26">तिनी उज्‍जाको बगैँचामा भएको आफ्‍नै चिहानमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योशियाह राजा भए।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">जब योशियाह राजा भए तब तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अदायाहकी छोरी यदीता थियो। तिनी बोस्‍कतकी थिइन्‌।</verse>
				<verse number="2">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे। तिनी देब्रे-दाहिने नलागी आफ्‍ना पुर्खा दाऊदकै सबै चालहरूमा हिँड़े।</verse>
				<verse number="3">आफ्‍नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्‍लामका नाति, असल्‍याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्‍दिरमा पठाए।</verse>
				<verse number="4">तिनले भने, “प्रधान पूजाहारी हिल्‍कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्‍दिरमा ल्‍याइएको रुपियाँपैसा तयार राख्‍नू भनी तिनलाई भन।</verse>
				<verse number="5">मन्‍दिरका मुख्‍य कर्मचारीहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्‍दिर मरम्‍मत गर्ने मानिसहरूलाई देऊन्।</verse>
				<verse number="6">अर्थात्‌ सिकर्मी, डकर्मी र निर्माण गर्नेहरूलाई। मन्‍दिर मरम्‍मतको निम्‍ति काठपात र काटेका ढुङ्गाहरू तिनीहरूले किनून्‌।</verse>
				<verse number="7">तिनीहरूलाई दिइएको रकमको हरहिसाब तिनीहरूले नलिऊन्, किनभने तिनीहरू विश्‍वाससित काम गरिरहेका छन्‌।”</verse>
				<verse number="8">प्रधान पूजाहारी हिल्‍कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्‍दिरमा व्‍यवस्‍थाको पुस्‍तक भेट्टाएको छु।” तिनले त्‍यो शापानलाई दिए, र तिनले त्‍यो पढ़े।</verse>
				<verse number="9">तब सचिव शापान राजाकहाँ गएर तिनलाई भने, “हजूरका अधिकारीहरूले परमप्रभुको मन्‍दिरमा भएको रकम लिएर मन्‍दिरमा काम गर्नेहरू र कामको हेरचाह गर्नेहरूलाई दिएका छन्‌।”</verse>
				<verse number="10">त्‍यसपछि सचिव शापानले राजालाई यो सूचना दिए, “प्रधान पूजाहारी हिल्‍कियाहले मलाई एउटा पुस्‍तक दिएका छन्‌।” अनि शापानले त्‍यो राजाको सामुन्‍ने पढ़ेर सुनाए।</verse>
				<verse number="11">जब राजाले व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका कुरा सुने, तब तिनले आफ्‍ना लुगा च्‍याते।</verse>
				<verse number="12">तिनले पूजाहारी हिल्‍कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्‍बोर, सचिव शापान र राजाका टहलुवा असायाहलाई यो हुकुम गरे:</verse>
				<verse number="13">“मेरो आफ्‍नै लागि, प्रजाको लागि र सबै यहूदाको लागि यो फेला पारेको पुस्‍तकमा के लेखिएको छ भनी गएर परमप्रभुसित सोधपूछ गर। हाम्रा विरुद्धमा परमप्रभुको भयानक रीस उठेको छ, किनभने हाम्रा पिता-पुर्खाहरूले यस पुस्‍तकका वचनहरू पालन गरेका छैनन्‌। हाम्रा विषयमा त्‍यहाँ लेखिएका सबै कुराअनुसार तिनीहरूले व्‍यवहार गरेका छैनन्‌।”</verse>
				<verse number="14">यसैले पूजाहारी हिल्‍कियाह, अहीकाम, अक्‍बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्‍भाका छोरा शल्‍लूमकी पत्‍नी अगमवादिनी हुल्‍दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्‍थिन्‌।</verse>
				<verse number="15">तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यही भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,</verse>
				<verse number="16">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: यहूदाका राजाले पढ़ेको यस पुस्‍तकमा लेखिएको हरेक कुराबमोजिम म यस स्‍थान र त्‍यसका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु।</verse>
				<verse number="17">तिनीहरूले मलाई त्‍यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र आफ्‍नै हातले बनाएका सबै मूर्तिहरूद्वारा मलाई रीस उठाएका छन्‌। यसैकारण यस स्‍थानको विरुद्धमा मेरो रीस उठेको छ, र त्‍यो शान्‍त हुनेछैन’।</verse>
				<verse number="18">परमप्रभुलाई सोधपूछ गर्न पठाउने यहूदाका राजालाई तिमीहरूले यही कुरा भन, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यही भन्‍नुहुन्‍छ:</verse>
				<verse number="19">तेरो हृदय जवाफ दिनलाई उत्‍सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेको कुरा कि तिनीहरू श्रापित र उजाड़ हुनेछन्‌ भन्‍ने सुनेर परमप्रभुको सामुन्‍ने तँ विनम्र भएकाले, र तैंले आफ्‍नो पोशाक च्‍यातेर मेरो उपस्‍थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="20">यसैकारण म तँलाई तेरा पित्रहरूसित जम्‍मा गर्नेछु, र तँ शान्‍तिसित गाड़िनेछस्‌। यस ठाउँमाथि ल्‍याउने सबै सर्वनाश तेरा आँखाले देख्‍नेछैनन्‌।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्‍याए।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">त्‍यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई बोलाइपठाए।</verse>
				<verse number="2">यहूदाका मानिसहरू, यरूशलेमका बासिन्‍दाहरू, पूजाहारीहरू र अगमवक्ताहरू, साना-ठूला सबै मानिसहरूसँग तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए। परमप्रभुको मन्‍दिरभित्र फेला परेको करारको पुस्‍तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढ़े।</verse>
				<verse number="3">तब खम्‍बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्‍ने करारलाई पुनर्स्‍थापना गरे— परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्‍नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्‍तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे। त्‍यसपछि सबै मानिसहरूले त्‍यस करारअनुसार हिँड्‌न आफूलाई धितो राखे।</verse>
				<verse number="4">राजाले प्रधान पूजाहारी हिल्‍कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्‍दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्‍डलका निम्‍ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे। तिनले यी सबै यरूशलेमको बाहिर किद्रोन खोल्‍साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे।</verse>
				<verse number="5">यहूदाका नगरहरू र यरूशलेमका छेउछाउका अल्‍गा-अल्‍गा ठाउँहरूमा धूप बाल्‍ने पूजाहारीहरू, जुनहरूलाई यहूदाका राजाहरूले नियुक्त गरेका थिए— उनीहरू जसले बाललाई, घामलाई र जूनलाई, अनि नक्षत्रहरू र सम्‍पूर्ण तारामण्‍डललाई धूप चढ़ाउने गर्थे।</verse>
				<verse number="6">तिनले परमप्रभुको मन्‍दिरबाट अशेराको खम्‍बा निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्‍सामा लगेर त्‍यहीँ जलाइदिए, र धूलोपीठो पारे। अनि तिनले त्‍यो साधारण मानिसका चिहानहरूमा छरिदिए।</verse>
				<verse number="7">तिनले पुरुष वेश्‍याहरूका बस्‍ने घरहरू भत्‍काइदिए, जो परमप्रभुका मन्‍दिरभित्र थिए र जहाँ स्‍त्रीहरूले अशेराको निम्‍ति बुन्‍ने गर्थे।</verse>
				<verse number="8">योशियाहले यहूदाका नगरहरूबाट सबै पूजाहारीहरूलाई निकाले, र उनीहरूले धूप बाल्‍ने गरेका गेबादेखि बेर्शेबासम्‍मका अल्‍गा-अल्‍गा ठाउँमा भएका पूजाथानहरूलाई तिनले अपवित्र तुल्‍याइदिए। तिनले ढोकाका देवता-थानहरू भत्‍काइदिए— सहरका राज्‍यपाल यहोशूको ढोकाको सामुन्‍ने, जो सहरको मूल ढोकाको देब्रेपट्टि छ।</verse>
				<verse number="9">यी अल्‍गा-अल्‍गा ठाउँहरूका पूजाहारीहरूले यरूशलेममा परमप्रभुको वेदीमा सेवा गरेनन्, तर उनीहरूले आफ्‍ना सङ्गी-पूजाहारीहरूसित अखमिरी रोटी खाने गर्थे।</verse>
				<verse number="10">मोलोखको निम्‍ति कसैले पनि आफ्‍ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस्‌ भनी बेन-हिन्‍नोमको बेँसीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्‍याइदिए।</verse>
				<verse number="11">परमप्रभुका मन्‍दिरको द्वारमा यहूदाका राजाहरूले सूर्यका सम्‍मानको निम्‍ति बसालेका घोड़ाहरू हटाइदिए। तीचाहिँ नातान-मेलेक नाउँका एक जना अधिकृतका कोठा नजिकको चोकमा थिए। तब सूर्यको निम्‍ति समर्पण गरिएका रथहरू योशियाहले जलाइदिए।</verse>
				<verse number="12">आहाजको माथिल्‍लो कोठा नजिकको कौसीमा यहूदाका राजाहरूले खड़ा गरेका वेदीहरू, र परमप्रभुको मन्‍दिरका दुवै चोकमा मनश्‍शेले निर्माण गरेका वेदीहरू तिनले भत्‍काइदिए। तिनले ती त्‍यहाँबाट हटाएर ढुङ्गा-रोड़ा पारी किद्रोन खोल्‍सामा फालिदिए।</verse>
				<verse number="13">यरूशलेमको पूर्वपट्टि भ्रष्‍ट पारिएको डाँड़ाको दक्षिणपट्टि भएका अल्‍गा-अल्‍गा ठाउँहरू, जुनहरू इस्राएलका राजा सोलोमनले सीदोनीहरूको घिनलाग्‍दो देवी अश्‍तोरेत, मोआबको घिनलाग्‍दो देवता कमोश र अम्‍मोनका मानिसहरूको घृणित देवता मोलोखका निम्‍ति बनाएका थिए, ती पूजा-थानहरू पनि तिनले अपवित्र तुल्‍याइदिए।</verse>
				<verse number="14">योशियाहले चोखा ढुङ्गाहरू चूरचूर पारिदिए, र अशेराका खम्‍बाहरू काटिदिए र ती ठाउँहरूलाई मरेका मानिसहरूका हड्डीहरूले भरिदिए।</verse>
				<verse number="15">इस्राएललाई पाप गर्न लाएका नबातका छोरा यारोबामले बनाएका बेथेलमा भएको अल्‍गो ठाउँ र वेदी पनि तिनले भत्‍काइदिए। तिनले त्‍यो अल्‍गो ठाउँलाई जलाइदिए र त्‍यसलाई धूलोपीठो पारिदिए, र अशेराको खम्‍बा पनि जलाइदिए।</verse>
				<verse number="16">त्‍यसपछि योशियाहले यताउता हेरे, र जब तिनले डाँड़ाको छेउमा भएका चिहानहरू देखे, तब तिनले ती चिहानहरूबाट हड्डी निकाल्‍न लाए, र त्‍यो वेदी अपवित्र तुल्‍याउनलाई ती हड्डीहरू त्‍यहीँ जलाइदिए। यी कुराको अगमवाणी गरेका परमेश्‍वरका जनद्वारा बोलेको परमप्रभुको वचनबमोजिम तिनले यी काम गरे।</verse>
				<verse number="17">राजाले सोधे, “मैले देखेको त्‍यो स्‍मारकचाहिँ केको हो त?” त्‍यस सहरका मानिसहरूले भने, “त्‍यो त ती परमेश्‍वरका जनको चिहानको चिन्‍ह हो, जसले यहूदाबाट आएर बेथेलका वेदीको विरुद्धमा तपाईंले गर्नुभएका सबै कामको अगमवाणी गरेका थिए।”</verse>
				<verse number="18">तिनले भने, “त्‍यसो भए त्‍यसलाई चाहिँ छोड़िदेओ। तिमीहरू कसैले पनि तिनका हड्डीलाई नचलाओ।” यसैले तिनीहरूले तिनका र सामरियाबाट आएका अगमवक्ताका हड्डीहरूलाई त्‍यसै छोड़िदिए।</verse>
				<verse number="19">त्‍यसबाहेक इस्राएलका राजाहरूले सामरियाका नगरहरूमा बनाएका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजा-थानहरू, जसको कारणले परमप्रभुलाई रीस उठाएका हुनाले योशियाहले बेथेलमा गरेझैँ तिनलाई हटाइदिए र दूषित पारे।</verse>
				<verse number="20">त्‍यहाँका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए। त्‍यसपछि तिनी यरूशलेममा फर्के।</verse>
				<verse number="21">राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्‍ना परमेश्‍वरको निस्‍तार-चाड़ करारको यस पुस्‍तकमा लेखेझैँ मनाओ।”</verse>
				<verse number="22">इस्राएलीहरूलाई अगुवाइ गर्ने न्‍यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्‍तो निस्‍तार-चाड़ कहिल्‍यै मनाइएको थिएन।</verse>
				<verse number="23">तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्‍ति यो निस्‍तार-चाड़ मनाइयो।</verse>
				<verse number="24">त्‍यसबाहेक परमप्रभुको मन्‍दिरमा पूजाहारी हिल्‍कियाहले भेट्टाएको व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका कुराहरू पूरा गर्नलाई योशियाहले सबै जोखना हेर्ने, र भूतप्रेत खेलाउने, सबै घर-देवताहरू र मूर्तिहरू, र यहूदामा र यरूशलेममा देखिने सबै घिनलाग्‍दा थोकहरूलाई खतम गरे।</verse>
				<verse number="25">आफ्‍नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्‍यवस्‍था मानेर परमप्रभुतर्फ त्‍यसरी फर्केका कुनै पनि राजा योशियाहजस्‍तै अघि वा पछि कहिल्‍यै भएको छैन।</verse>
				<verse number="26">तापनि परमप्रभु आफ्‍नो भयानक क्रोधको तापबाट फर्कनुभएन, जो मनश्‍शेले उहाँलाई रीस उठाएको कारणले यहूदाको विरुद्धमा दन्‍केको थियो।</verse>
				<verse number="27">यसैले उहाँले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई निकालेको थिएँ, त्‍यसरी नै यहूदालाई पनि म मेरो उपस्‍थितिबाट निकालिदिनेछु। अनि मैले चुनेको यरूशलेम सहर, र जसको विषयमा मैले त्‍यहाँ मेरो नाउँ रहनेछ भनी भनेको थिएँ, त्‍यस मन्‍दिरलाई म इन्‍कार गर्नेछु।”</verse>
				<verse number="28">योशियाहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="29">जब योशियाह राजा नै थिए, तब मिश्रदेशका राजा फारो नेकोले अश्‍शूरका राजालाई सहायता गर्न यूफ्रेटिस नदीतिर उक्‍ले। योशियाह राजा उनीसित लड़ाइँ गर्न अगि बढ़े, तर नेकोले तिनको सामना गरेर तिनलाई मगिद्दोमा मारे।</verse>
				<verse number="30">योशियाहका सेवकहरूले तिनको लाश रथमा हालेर मगिद्दोबाट यरूशलेममा ल्‍याए, र तिनको आफ्‍नै चिहानमा तिनलाई गाड़े। त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको सट्टामा राजा अभिषेक गरे।</verse>
				<verse number="31">जब यहोआहाज राजा भए तब तिनी तेईस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्‍नाकी थिइन्‌।</verse>
				<verse number="32">तिनले आफ्‍ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
				<verse number="33">तिनले यरूशलेममा शासन नगरून्‌ भनी फारो नेकोले तिनलाई साङ्‌लाले बाँधेर हमात देशको रिब्‍लामा राखे, र उनले यहूदालाई एक सय तोड़ा चाँदी र एक तोड़ा सुन कर तिर्न लाए।</verse>
				<verse number="34">फारो नेकोले योशियाहका छोरा एल्‍याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्‍याए, र तिनको नाउँ एल्‍याकीमबाट यहोयाकीम राखिदिए। तर उनले यहोआहाजलाई मिश्रदेशमा लगे र राखे, अनि तिनी त्‍यहीँ नै मरे।</verse>
				<verse number="35">फारोले मागेका सुन र चाँदी तिर्नलाई यहोयाकीमले देशमाथि कर लगाए। तोकिएको करअनुसार देशका मानिसहरूबाट सुन र चाँदी तिनले जबरदस्‍तसाथ लिए।</verse>
				<verse number="36">जब यहोयाकीम राजा भए तब तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ पदायाहकी छोरी जबीदा थियो। तिनी रूमाकी थिइन्‌।</verse>
				<verse number="37">अनि तिनले आफ्‍ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">यहोयाकीमको राजकालमा बेबिलोनका राजा नबूकदनेसरले देशलाई आक्रमण गरे, र तीन वर्षसम्‍म यहोयाकीम उनका अधीनमा रहे। तर तीन वर्षपछि तिनले आफ्‍नो मन बद्‌लेर नबूकदनेसरको विरोधमा विद्रोह गरे।</verse>
				<verse number="2">परमप्रभुले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्‍मोनीहरूका लूटपीट गर्ने दलहरू पठाउनुभयो। परमप्रभुले आफ्‍ना दास अगमवक्ताहरूद्वारा अगमवाणी गरेअनुसार यहूदालाई नाश गर्न उनीहरूलाई पठाउनुभयो।</verse>
				<verse number="3">मनश्‍शेले गरेका पापहरू र तिनले गरेका सबै काम अनि तिनले निर्दोषी रगत बगाएको कारणले तिनीहरूलाई आफ्‍नो सामुबाट निकालिदिने परमप्रभुको अभिप्राय पूरा हुन निश्‍चय नै परमप्रभुको आज्ञाअनुसार यी सबै यहूदामाथि हुन आए।</verse>
				<verse number="4">किनकि मनश्‍शेले निर्दोषी रगतले यरूशलेमलाई भरिदिएका थिए, र परमप्रभुले क्षमा गर्न चाहनुभएन।</verse>
				<verse number="5">यहोयाकीमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="6">यहोयाकीम आफ्‍ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।</verse>
				<verse number="7">मिश्रदेशका राजा उनको आफ्‍नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्‍म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए।</verse>
				<verse number="8">जब यहोयाकीन राजा भए तब तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे। तिनकी आमाको नाउँ एल्‍नातानकी छोरी नहूश्‍ता थियो। तिनी यरूशलेमकी थिइन्‌।</verse>
				<verse number="9">आफ्‍ना पिताले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
				<verse number="10">त्‍यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरू यरूशलेमतिर बढ़ेर त्‍यस सहरलाई घेरा हाले,</verse>
				<verse number="11">अनि आफ्‍ना अधिकृतहरूले त्‍यसलाई घेरा हालिरहेको बेलामा नबूकदनेसर स्‍वयम्‌ सहरमा आइपुगे।</verse>
				<verse number="12">यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू-आफूलाई उनको हातमा सुम्‍पिदिए। बेबिलोनका राजाले आफ्‍नो शासनको आठौँ वर्षमा यहोयाकीनलाई कैद गरे।</verse>
				<verse number="13">परमप्रभुले घोषणा गर्नुभएझैँ परमप्रभुको मन्‍दिरका र राजमहलका भण्‍डारहरूका सबै थोकहरू उनले हटाए, र परमप्रभुका मन्‍दिरको निम्‍ति इस्राएलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे।</verse>
				<verse number="14">उनले जम्‍मै यरूशलेमलाई निर्वासनमा लगे— जम्‍मै अधिकृतहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई— सबै जम्‍मा दश हजार जनालाई कैद गरेर लगे। केवल साह्रै कङ्गालीहरूलाई मात्र उनले छोड़े।</verse>
				<verse number="15">नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूशलेमबाट राजमाता, तिनका पत्‍नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्‍य मानिसहरूलाई यरूशलेमबाट बेबिलोनमा लगे।</verse>
				<verse number="16">बेबिलोनका राजाले सात हजार बलिया र लड़ाइँको निम्‍ति सुयोग्‍य योद्धाहरू र एक हजार कारीगर र कलाकारहरूलाई पनि बेबिलोनमा निर्वासन गरेर लगे।</verse>
				<verse number="17">उनले यहोयाकीनका काका मत्तन्‍याहलाई तिनको सट्टामा राजा तुल्‍याए, र तिनको नाउँ सिदकियाह राखे।</verse>
				<verse number="18">जब सिदकियाह राजा भए तब तिनी एक्‍काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्‍नाकी थिइन्‌।</verse>
				<verse number="19">तिनले यहोयाकीमले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
				<verse number="20">परमप्रभुको क्रोधले गर्दा यी सबै यरूशलेम र यहूदालाई हुन आए। आखिरमा उहाँले तिनीहरूलाई आफ्‍नो दृष्‍टिबाट निकालिदिनुभयो। तब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">यसैले सिदकियाहका शासनको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्‍नो सबै सेनाको साथ यरूशलेमको विरुद्धमा अगि बढ़े, र त्‍यसको वरिपरि घेरा-मचान खड़ा गरे।</verse>
				<verse number="2">सिदकियाह राजाको एघारौँ वर्षसम्‍म सहर घेराभित्र रह्यो।</verse>
				<verse number="3">चौथो महिनाको नवौँ दिनमा सहरमा यति चर्को अनिकाल पर्‍यो, कि मानिसहरूलाई केही खानेकुरा थिएन।</verse>
				<verse number="4">त्‍यही बेला सहरको पर्खाल भत्‍काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकैमा सारा सेना राजाको बगैँचानेरका दुई पर्खालका बीचको ढोकाबाट राती भागे। तिनीहरू अराबातिर भागे,</verse>
				<verse number="5">तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए।</verse>
				<verse number="6">अनि तिनी पक्राउ परे। तिनी रिब्‍लामा बेबिलोनका राजाकहाँ ल्‍याइए, जहाँ तिनलाई सजायको फैसला भयो।</verse>
				<verse number="7">उनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै नजरको सामुन्‍ने मारे। त्‍यसपछि उनीहरूले आँखा फुटाइदिए, र तिनलाई काँसाको साङ्‌लाले बाँधेर बेबिलोनमा लगे।</verse>
				<verse number="8">बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए।</verse>
				<verse number="9">उनले परमप्रभुको मन्‍दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए। सबै मुख्‍य-मुख्‍य भवनहरूलाई उनले जलाइदिए।</verse>
				<verse number="10">राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्‍वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्‍काइदिए।</verse>
				<verse number="11">सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे।</verse>
				<verse number="12">तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्‍ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्‍यहाँ छोड़े।</verse>
				<verse number="13">बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू, र काँसाको विशाल खड्‌कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे।</verse>
				<verse number="14">उनीहरूले भाँड़ाहरू, बेल्‍चाहरू, सलेदाका चिम्‍टाहरू, र कचौराहरू, र मन्‍दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।</verse>
				<verse number="15">राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्‍चन सुन वा चाँदीले बनाइएका जति सबै लगे।</verse>
				<verse number="16">सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति बनाएका दुई वटा स्‍तम्‍भहरू, विशाल खड्‌कुँलो र गुड्‌ने आधारहरूको काँसो जोख्‍न नसक्‍ने थियो।</verse>
				<verse number="17">प्रत्‍येक स्‍तम्‍भ अठाह्र हात अल्‍गो थियो। एउटा स्‍तम्‍भमाथिको स्‍तम्‍भ-शिर तीन हात अल्‍गो थियो, र काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ त्‍यसको जालीसमेत ठीक त्‍यही किसिमको थियो।</verse>
				<verse number="18">अङ्गरक्षकहरूका सेनापतिले मुख्‍य पूजाहारी सरायाह र दोस्रो दर्जाका पूजाहारी सपन्‍याहलाई र तीन जना ढोकेहरूलाई पनि कैद गरेर लगे।</verse>
				<verse number="19">सहरमा अझै रहेकाहरूमध्‍ये उनले योद्धाहरूका प्रमुख अधिकृत र पाँच जना राजकीय सल्‍लाहकारहरूलाई लगे। उनले देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्‍य अधिकृत-सचिव र सहरमा फेला पारेका तिनका साठी जना मानिसहरूलाई पनि लगे।</verse>
				<verse number="20">अङ्गरक्षकका सेनापति नबूजरदानले रिब्‍लामा बेबिलोनका राजाकहाँ तिनीहरू सबैलाई ल्‍याए।</verse>
				<verse number="21">त्‍यहाँ हमातका देशको रिब्‍लामा बेबिलोनका राजाले तिनीहरूलाई मार्न लाए। यसरी यहूदा आफ्‍नो देशबाट कैदमा लगियो।</verse>
				<verse number="22">बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई यहूदामा आफूले छोड़ेका मानिसहरूमाथि नियुक्त गरे।</verse>
				<verse number="23">जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्‍याहलाई राज्‍यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्‍पामा गदल्‍याहकहाँ आए— नतन्‍याहका छोरा इश्‍माएल, कारेहका छोरा योहानान, नतोपाती तन्‍हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्‍याह, र तिनीहरूका मानिसहरू।</verse>
				<verse number="24">गदल्‍याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्‍वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”</verse>
				<verse number="25">तर सातौँ महिनामा एलीशामाका नाति, नतन्‍याहका छोरा इश्‍माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्‍याह र तिनीसँग मिस्‍पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्‍या गरे।</verse>
				<verse number="26">यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्‍म, सेनाका अधिकृतहरूसमेत सबै मिश्रदेशमा भागे।</verse>
				<verse number="27">यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा राजा एबील-मरोदकले यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए।</verse>
				<verse number="28">उनले तिनीसँग दयालु कुरा गरे, र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्‍दा अझ उच्‍च सम्‍माननीय स्‍थानमा तिनलाई राखे।</verse>
				<verse number="29">यसरी यहोयाकीनले आफ्‍ना कैदको लुगा उतारे र आफ्‍नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्‍बार खाने गरे।</verse>
				<verse number="30">राजाले तिनको निम्‍ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए।</verse>
			</chapter>
		</book>
		<book number="13">
			<chapter number="1">
				<verse number="1">आदम, शेत, एनोश,</verse>
				<verse number="2">केनान, महलालेल, येरेद,</verse>
				<verse number="3">हनोक, मतूशेलह, लेमेक, नोआ।</verse>
				<verse number="4">नोआका छोराहरू: शेम, हाम र येपेत।</verse>
				<verse number="5">येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।</verse>
				<verse number="6">गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा।</verse>
				<verse number="7">यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।</verse>
				<verse number="8">हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान।</verse>
				<verse number="9">कूशका छोराहरू: सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका। रामाका छोराहरू: शेबा र ददान।</verse>
				<verse number="10">कूशचाहिँ निम्रोदका पिता थिए, जो पृथ्‍वीमा एक शक्तिशाली योद्धा थिए।</verse>
				<verse number="11">मिश्रइमचाहिँ लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,</verse>
				<verse number="12">पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पिता थिए।</verse>
				<verse number="13">कनानचाहिँ तिनका जेठा छोरा सीदोन, र हित्तीहरू,</verse>
				<verse number="14">यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,</verse>
				<verse number="15">हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,</verse>
				<verse number="16">अर्वादीहरू, समारीहरू र हमातीहरूका पिता थिए।</verse>
				<verse number="17">शेमका छोराहरू: एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक।</verse>
				<verse number="18">अर्पक्षद शेलहका पिता थिए, र शेलह एबेरका पिता थिए।</verse>
				<verse number="19">एबेरका दुई छोराहरू थिए: एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वी विभक्त गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो।</verse>
				<verse number="20">योक्तानचाहिँ अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,</verse>
				<verse number="21">हदोरम, ऊजाल, दिक्‍ला,</verse>
				<verse number="22">ओबाल, अबमाएल, शेबा,</verse>
				<verse number="23">ओपीर, हवीला र योबाबका पिता थिए। यी सबै योक्तानका छोराहरू थिए।</verse>
				<verse number="24">शेम, अर्पक्षद, शेलह,</verse>
				<verse number="25">एबेर, पेलेग, रऊ,</verse>
				<verse number="26">सरूग, नाहोर, तेरह,</verse>
				<verse number="27">र अब्राम (जसलाई अब्राहाम पनि भनिन्‍छ)।</verse>
				<verse number="28">अब्राहामका छोराहरू: इसहाक र इश्‍माएल।</verse>
				<verse number="29">तिनीहरूका सन्‍तान यी नै हुन्‌: जेठा नबायोत, केदार, अदबेल, मिब्‍साम,</verse>
				<verse number="30">मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,</verse>
				<verse number="31">यतूर, नापीश र केदमा। यिनीहरू इश्‍माएलका छोराहरू थिए।</verse>
				<verse number="32">अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान।</verse>
				<verse number="33">मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्‍दा। कतूराका सन्‍तान यी नै थिए।</verse>
				<verse number="34">अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।</verse>
				<verse number="35">एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।</verse>
				<verse number="36">एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्‍नबाट: अमालेक।</verse>
				<verse number="37">रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा।</verse>
				<verse number="38">सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान।</verse>
				<verse number="39">लोतानका छोराहरू: होरी र हेमाम। तीम्‍न नाउँ भएकी लोतानकी बहिनी थिइन्‌।</verse>
				<verse number="40">शोबालका छोराहरू: अल्‍बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्‍या र अना।</verse>
				<verse number="41">अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान।</verse>
				<verse number="42">एसेरका छोराहरू: बिल्‍हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान।</verse>
				<verse number="43">इस्राएलमा राजा हुनुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌: बओरका छोरा बेला, जसको सहर दिन्‍हावा थियो।</verse>
				<verse number="44">बेला मरेपछि बोज्राका जेरहका छोरा योबाब राजा भए।</verse>
				<verse number="45">योबाब मरेपछि तेमानीहरूको देशका हूशाम राजा भए।</verse>
				<verse number="46">हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्‍त गरे। तिनको सहरको नाउँ अवीत थियो।</verse>
				<verse number="47">हदद मरेपछि मास्रेकाका सम्‍ला राजा भए।</verse>
				<verse number="48">सम्‍ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए।</verse>
				<verse number="49">शौल मरेपछि अक्‍बोरका छोरा बाल-हानान राजा भए।</verse>
				<verse number="50">बाल-हानान मरेपछि हदद राजा भए। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌।</verse>
				<verse number="51">हदद पनि मरे। एदोमका मुख्‍य मानिसहरू यी नै थिए: तीम्‍न, अल्‍वा, यतेत,</verse>
				<verse number="52">ओहोलीबामा, एलाह, पीनोन,</verse>
				<verse number="53">कनज, तेमान, मिब्‍सार,</verse>
				<verse number="54">मग्‍दीएल र ईराम। एदोमका मुख्‍य मानिसहरू यी नै हुन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,</verse>
				<verse number="2">दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर।</verse>
				<verse number="3">यहूदाका छोराहरू: एर्, ओनान र शेलह। यी तीन जनाकी आमाचाहिँ कनानी स्‍त्री शूआ थिइन्‌। यहूदाका जेठा छोरा एर्‌ले परमप्रभुलाई अप्रसन्‍न गराएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो।</verse>
				<verse number="4">तब यहूदाकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌। यहूदाका जम्‍मा छोराहरू पाँच जना भए।</verse>
				<verse number="5">फारेसका छोराहरू: हेस्रोन र हामूल।</verse>
				<verse number="6">जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा— सबै जम्‍मा पाँच जना थिए।</verse>
				<verse number="7">कर्मीका छोरा: आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इस्राएलमाथि कष्‍ट ल्‍याए।</verse>
				<verse number="8">एतानका छोरा: अजर्याह।</verse>
				<verse number="9">हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।</verse>
				<verse number="10">रामचाहिँ अम्‍मीनादाबका पिता थिए, र अम्‍मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।</verse>
				<verse number="11">नहशोन सल्‍मोनका पिता थिए, र सल्‍मोन बोअजका पिता थिए।</verse>
				<verse number="12">बोअज ओबेदका पिता थिए, र ओबेद यिशैका पिता थिए।</verse>
				<verse number="13">यिशैचाहिँ जेठा छोरा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ,</verse>
				<verse number="14">काहिँला नतनेल, अन्‍तरे राद्दै,</verse>
				<verse number="15">जन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता थिए।</verse>
				<verse number="16">तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए।</verse>
				<verse number="17">अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्‍माएली येतेर थिए।</verse>
				<verse number="18">हेस्रोनका छोरा कालेबकी आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन।</verse>
				<verse number="19">जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌।</verse>
				<verse number="20">हूरचाहिँ ऊरीका पिता थिए, र ऊरी बजलेलका पिता थिए।</verse>
				<verse number="21">पछि जब हेस्रोन साठी वर्ष पुगेका थिए, तब गिलादका पिता माकीरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो, र तिनले सगूबलाई जन्‍माइन्‌।</verse>
				<verse number="22">सगूब याईरका पिता थिए। याईरले गिलादका तेईस वटा सहर कब्‍जा गरे।</verse>
				<verse number="23">(तर गशूर र अरामले तिनीहरूबाट हब्‍बात-याईर र केनात, त्‍यसका बस्‍तीहरूसमेत जम्‍मा साठी वटा सहर कब्‍जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्‍तान थिए।</verse>
				<verse number="24">हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्‍नी अबियाले तिनको निम्‍ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।</verse>
				<verse number="25">हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, बूना, ओरेन, ओसेम र अहियाह।</verse>
				<verse number="26">यरहमेलकी अर्की एउटी पत्‍नी थिइन्, जसको नाउँ अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्‌।</verse>
				<verse number="27">यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।</verse>
				<verse number="28">ओनामका छोराहरू: शम्‍मै र यादा। शम्‍मैका छोराहरू: नादाब र अबीशूर।</verse>
				<verse number="29">अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌।</verse>
				<verse number="30">नादाबका छोराहरू: सेलेद र अप्‍पेम। सेलेद निस्‍सन्‍तान भएर मरे।</verse>
				<verse number="31">अप्‍पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।</verse>
				<verse number="32">शम्‍मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्‍सन्‍तान भएर मरे।</verse>
				<verse number="33">जोनाथनका छोराहरू: पेलेथ र जाजा। यरहमेलका सन्‍तान यी नै थिए।</verse>
				<verse number="34">शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्‌। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो।</verse>
				<verse number="35">यही दास यरहासित शेशानले आफ्‍नी छोरीलाई विवाह गरिदिए, र तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌।</verse>
				<verse number="36">अत्तै नातानका पिता, नातान जाबादका पिता,</verse>
				<verse number="37">जाबाद एपलालका पिता, एपलाल ओबेदका पिता,</verse>
				<verse number="38">ओबेद येहूका पिता, येहू अजर्याहका पिता,</verse>
				<verse number="39">अजर्याह हेलेसका पिता, हेलेस एलासाका पिता,</verse>
				<verse number="40">एलासा सिस्‍मैका पिता, सिस्‍मै शल्‍लूमका पिता,</verse>
				<verse number="41">शल्‍लूम यकम्‍याहका पिता, यकम्‍याह एलीशामाका पिता थिए।</verse>
				<verse number="42">यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए।</verse>
				<verse number="43">हेब्रोनका छोराहरू: कोरह, तप्‍पूह, रेकेम र शेमा।</verse>
				<verse number="44">शेमाचाहिँ रहमका पिता थिए, र रहम योर्कामका पिता थिए। रेकेम शम्‍मैका पिता थिए।</verse>
				<verse number="45">शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए।</verse>
				<verse number="46">कालेबकी उपपत्‍नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्‌। हारान गाजेजका पिता थिए।</verse>
				<verse number="47">यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।</verse>
				<verse number="48">कालेबकी उपपत्‍नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्‌।</verse>
				<verse number="49">तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌। कालेबकी छोरी अक्‍सा थिइन्‌।</verse>
				<verse number="50">कालेबका सन्‍तान यी नै थिए: एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल,</verse>
				<verse number="51">बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप।</verse>
				<verse number="52">किर्यत-यारीमका पिता शोबालका सन्‍तान: हारोए, मानहतीहरूका आधा, र</verse>
				<verse number="53">किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एश्‍तोलीहरूका सन्‍तान भए।</verse>
				<verse number="54">सल्‍माका सन्‍तान: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, अनि</verse>
				<verse number="55">याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू: तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्‍मतबाट आए।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्, माहिला दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्,</verse>
				<verse number="2">साहिँला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्,</verse>
				<verse number="3">अन्‍तरे शपत्‍याह, जसकी आमा अबीतल थिइन्, अनि कान्‍छा यित्राम, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌।</verse>
				<verse number="4">	यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए। त्‍यहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे। यरूशलेममा दाऊदले तेत्तीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="5">त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।</verse>
				<verse number="6">अरू नौ जनाचाहिँ यिभार, एलीशूअ, एलीपेलेत,</verse>
				<verse number="7">नोगह, नेपेग, यापी,</verse>
				<verse number="8">एलीशामा, एल्‍यादा र एलीपेलेत थिए।</verse>
				<verse number="9">उपपत्‍नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्‌।</verse>
				<verse number="10">सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात,</verse>
				<verse number="11">जसका छोरा यहोराम, जसका छोरा अहज्‍याह, जसका छोरा योआश,</verse>
				<verse number="12">जसका छोरा अमस्‍याह, जसका छोरा अजर्याह, जसका छोरा योताम,</verse>
				<verse number="13">जसका छोरा आहाज, जसका छोरा हिजकिया, जसका छोरा मनश्‍शे,</verse>
				<verse number="14">जसका छोरा अमोन, जसका छोरा योशियाह थिए।</verse>
				<verse number="15">योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए।</verse>
				<verse number="16">यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए।</verse>
				<verse number="17">कैदमा लगिएका यहोयाकीनका छोराहरू: आफ्‍ना छोरा शालतिएल,</verse>
				<verse number="18">मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह।</verse>
				<verse number="19">पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्‍याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्‌।</verse>
				<verse number="20">अरू पाँच जना पनि थिए: हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद।</verse>
				<verse number="21">हनन्‍याहका सन्‍तान: पलत्‍याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्‍याहका छोराहरू।</verse>
				<verse number="22">शकन्‍याहका सन्‍तान: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्‍मा छ जना।</verse>
				<verse number="23">नार्याहका छोराहरू: एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम— जम्‍मा तीन जना।</verse>
				<verse number="24">एल्‍यहोएनैका छोराहरू: होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी— जम्‍मा सात जना।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यहूदाका सन्‍तान: फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।</verse>
				<verse number="2">शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।</verse>
				<verse number="3">एतामका छोराहरू: यिजरेल, यिश्‍मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो।</verse>
				<verse number="4">पनूएलचाहिँ गदोरका पिता, र एसेर हूशका पिता थिए। एप्रातका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्‍तान यी नै हुन्‌।</verse>
				<verse number="5">तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू थिए, हेलह र नारा।</verse>
				<verse number="6">नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌। नाराका सन्‍तान यी नै थिए।</verse>
				<verse number="7">हेलहका छोराहरू: सेरेथ, सोहोर, एतनान र कोस।</verse>
				<verse number="8">कोसचाहिँ आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।</verse>
				<verse number="9">याबेस आफ्‍ना दाजुभाइहरूभन्‍दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्‍यसलाई वेदनामा जन्‍माएँ।”</verse>
				<verse number="10">याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे, “बिन्‍ती छ, मलाई आशिष्‌ दिएर ठूलो इलाका दिनुहोस्‌! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्‍नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” अनि परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो।</verse>
				<verse number="11">शूहहका भाइ कलूब मेहीरका पिता थिए, र मेहीरचाहिँ एश्‍तोनका पिता थिए।</verse>
				<verse number="12">एश्‍तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।</verse>
				<verse number="13">कनजका छोराहरू: ओत्‍निएल र सरायाह। ओत्‍निएलका छोराहरू: हतत र मोनोतै।</verse>
				<verse number="14">मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्‍यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्‍यही नाम राखियो।</verse>
				<verse number="15">यपुन्‍नेका छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम। एलाहका छोरा: कनज।</verse>
				<verse number="16">यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।</verse>
				<verse number="17">एज्रहका छोराहरू: येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌।</verse>
				<verse number="18">मेरेदकी यहूदी पत्‍नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्‌।</verse>
				<verse number="19">होदियाहकी पत्‍नी नहमकी बहिनीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्‍तमो।</verse>
				<verse number="20">शिमोनका छोराहरू: अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।</verse>
				<verse number="21">यहूदाका छोरा शेलहका छोराहरू: लेकाका पिता एर्, मारेशाका पिता लादा, अनि बेथ-अश्‍बेयामा मलमलका कपड़ा बनाउनेहरूका वंशहरू,</verse>
				<verse number="22">योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे। (यो विवरण अति प्राचीन छ।)</verse>
				<verse number="23">यिनीहरू कुमालेहरू थिए, जो नतैम र गदेरामा बस्‍थे र राजाको निम्‍ति काम गर्थे।</verse>
				<verse number="24">शिमियोनका सन्‍तान: नमूएल, यामीन, यारीब, जेरह र शौल।</verse>
				<verse number="25">शौलका छोरा शल्‍लूम थिए, जसका छोरा मिब्‍साम थिए, जसका छोरा मिश्‍मा थिए।</verse>
				<verse number="26">मिश्‍माका सन्‍तान: आफ्‍ना छोरा हम्‍मूएल, तिनका छोरा जक्‍कूर, तिनका छोरा शिमी।</verse>
				<verse number="27">शिमीका सोह्र भाइ छोरा र छ बहिनी छोरी थिए, तर तिनका भाइका थोरै छोराछोरी थिए। यसैले तिनीहरूको वंश यहूदाको वंश जत्तिकै धेरै संख्‍यामा बढ़ेन।</verse>
				<verse number="28">तिनीहरू बेर्शेबा, मोलादा, हसर-शूआल,</verse>
				<verse number="29">बिल्‍हा, एसेम, तोलद,</verse>
				<verse number="30">बतूएल, होर्मा, सिक्‍लग,</verse>
				<verse number="31">बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्‍थे। दाऊदले शासन नगरुञ्‍जेलसम्‍म तिनीहरूका सहरहरू यी नै थिए</verse>
				<verse number="32">तिनीहरूका बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान— जम्‍मा पाँच नगर थिए—</verse>
				<verse number="33">र बालातसम्‍मै यी नगरहरूका वरिपरि तिनीहरूका बस्‍तीहरू थिए। तिनीहरूका बसेका ठाउँहरू यी नै थिए। अनि तिनीहरूले वंशावलीको एउटा सूची पनि राखेका थिए।</verse>
				<verse number="34">मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा,</verse>
				<verse number="35">योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।</verse>
				<verse number="36">एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,</verse>
				<verse number="37">र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।</verse>
				<verse number="38">माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका घराना ज्‍यादै गरी बढ़े।</verse>
				<verse number="39">तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरनेरको ठाउँसम्‍म गए।</verse>
				<verse number="40">तिनीहरूले खुला मैदानको विस्‍तृत ठाउँमा मलिलो र असल खर्क भेट्टाए। त्‍यहाँ सबै कुरा शान्‍त र सूनसान थिए। त्‍यसका अघि त्‍यो ठाउँमा हामका कोही मानिसहरू बसेका थिए।</verse>
				<verse number="41">यहूदाका राजा हिजकियाको राजकालमा माथि लेखिएका व्‍यक्तिहरूले आएर हामका मानिसहरू र त्‍यहाँ भेट्टाएका मोनीहरूलाई नाश गरे। तिनीहरूले उनीहरूलाई यसरी ध्‍वंस-विध्‍वंस पारे कि आजको दिनसम्‍म पनि उनीहरूको नाउँनिशानै पाइँदैन। अनि तिनीहरूका बगालका लागि खर्क भएकोले तिनीहरूले त्‍यो देश ओगटे।</verse>
				<verse number="42">यिशीका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएलका नेतृत्‍वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे।</verse>
				<verse number="43">तिनीहरूले बाँचेका अमालेकीहरू सबैलाई नष्‍ट पारे, र आजको दिनसम्‍म तिनीहरू त्‍यहाँ बसेका छन्‌।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">इस्राएलका छोराहरूमध्‍ये सबैभन्‍दा जेठा रूबेनका छोराहरू (वास्‍तवमा तिनी पहिले जन्‍मेका छोरा थिए, तर तिनले आफ्‍ना पिताको एउटी उपपत्‍नीलाई व्‍यभिचार गरेको कारण ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, र तिनीचाहिँ सूचीमा जेठा छोरा गनिन सकिएनन्‌।</verse>
				<verse number="2">अनि यहूदा आफ्‍ना भाइहरूमध्‍ये सबैभन्‍दा बलिया भए पनि, र तिनीबाट एउटा शासक आए तापनि ज्‍येष्‍ठ अधिकार योसेफको नै भयो)—</verse>
				<verse number="3">इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।</verse>
				<verse number="4">योएलका सन्‍तान: आफ्‍ना छोरा शमायाह, तिनका छोरा गोग, तिनका छोरा शिमी,</verse>
				<verse number="5">तिनका छोरा मीका, तिनका छोरा रायाह, तिनका छोरा बाल,</verse>
				<verse number="6">	र तिनका छोरा बीरह, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे। बीरह रूबेनीहरूका एक प्रधान थिए।</verse>
				<verse number="7">तिनीहरूका कुटुम्‍बहरू, जो वंश-वंश गरी आफ्‍नो वंशावलीको सूचीमा लेखिएका छन्‌: प्रधान यीएल, जकरिया,</verse>
				<verse number="8">अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरमा बस्‍थे, र तिनीहरूको देश नेबो र बाल-मोनसम्‍म फैलियो।</verse>
				<verse number="9">पूर्वपट्टि तिनीहरूले यूफ्रेटिस नदीसम्‍म फैलिएको मरुभूमिको किनारसम्‍म एउटा इलाका ओगटेका थिए, किनभने गिलादमा तिनीहरूका गाईबस्‍तुको संख्‍या बढ़ेको थियो।</verse>
				<verse number="10">शाऊलको राजकालमा तिनीहरूले हग्रीहरूसँग युद्ध गरेर उनीहरूलाई जिते, र गिलादको पूर्वपट्टिका सबै देशमा भएका उनीहरूका छाउनीहरूलाई ओगटे।</verse>
				<verse number="11">गादीहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए:</verse>
				<verse number="12">योएल प्रधान थिए, दर्जामा दोस्रो शापाम, त्यसपछि बाशानमा यानै र शाफात।</verse>
				<verse number="13">तिनीहरूका कुटुम्‍बहरू आ-आफ्‍ना परिवारअनुसार: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना।</verse>
				<verse number="14">यिनीहरू बूजका छोरा यहदोका छोरा यशीशैका छोरा मिखाएलका छोरा गिलादका छोरा यारोहका छोरा हूरीका छोरा अबीहेलका छोराहरू थिए।</verse>
				<verse number="15">गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका परिवारका प्रधान थिए।</verse>
				<verse number="16">गादीहरू गिलादमा, बाशान र त्‍यसका गाउँहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्‍मै बस्‍दथे।</verse>
				<verse number="17">यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा यी सबै नाम वंशावलीका सूचीमा लेखिएका थिए।</verse>
				<verse number="18">रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्‍जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्‍ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्‍ति तयार थिए।</verse>
				<verse number="19">तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबसित युद्ध गरे।</verse>
				<verse number="20">लड़ाइँमा सहायताको निम्‍ति तिनीहरूले आफ्‍ना परमेश्‍वरलाई पुकारेको कारण तिनीहरूलाई उनीहरूका विरुद्धमा सहायता दिइयो। तिनीहरूले उहाँमाथि भरोसा गरेका थिए, यसैकारण उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुभयो। हग्रीहरू र उनीहरूका सबै मित्रराष्‍ट्रहरूले आत्‍मसमर्पण गरे।</verse>
				<verse number="21">तिनीहरूले उनीहरूका गाईबस्‍तुहरू, पचास हजार ऊँट, दुई लाख पचास हजार भेड़ा र दुई हजार गधा लगे, र एक लाख जनालाई कैद गरे।</verse>
				<verse number="22">अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरतर्फबाट भएको थियो। तिनीहरू आफै कैदमा नलगिउञ्‍जेलसम्‍म तिनीहरूले त्‍यो देशमा बसोबास गरे।</verse>
				<verse number="23">मनश्‍शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात्‌ सेनीर (हेर्मोन डाँड़ा) सम्‍म बसोबास गरे, र तिनीहरू संख्‍यामा अनगन्‍ती भए।</verse>
				<verse number="24">तिनीहरूका परिवारका मुख्‍य मानिसहरू यी नै हुन्‌: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।</verse>
				<verse number="25">तर तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा पाप गरे, र परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएका मानिसहरूका देवताहरूलाई पुजेर वेश्‍यासमान गरे।</verse>
				<verse number="26">यसैले इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूल, अर्थात्‌ अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरलाई उक्‍साउनुभयो, र उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैद गरेर लगे। उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, र त्‍यहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।</verse>
				<verse number="2">कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल।</verse>
				<verse number="3">अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार।</verse>
				<verse number="4">एलाजार पीनहासका पिता थिए, पीनहास अबीशूका पिता थिए,</verse>
				<verse number="5">अबीशू बुक्‍कीका पिता थिए, बुक्‍की उज्‍जीका पिता थिए,</verse>
				<verse number="6">उज्‍जी जरयाहका पिता थिए, जरयाह मरायोतका पिता थिए,</verse>
				<verse number="7">मरायोत अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,</verse>
				<verse number="8">अहीतूब सादोकका पिता थिए, सादोक अहीमासका पिता थिए,</verse>
				<verse number="9">अहीमास अजर्याहका पिता थिए, अजर्याह योहानानका पिता थिए,</verse>
				<verse number="10">योहानान अजर्याहका पिता थिए (त्‍यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा पूजाहारीको सेवा गर्थे),</verse>
				<verse number="11">अजर्याह अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,</verse>
				<verse number="12">अहीतूब सादोकका पिता थिए, सादोक शल्‍लूमका पिता थिए,</verse>
				<verse number="13">शल्‍लूम हिल्‍कियाहका पिता थिए, हिल्‍कियाह अजर्याहका पिता थिए,</verse>
				<verse number="14">अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए,</verse>
				<verse number="15">जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए।</verse>
				<verse number="16">	लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।</verse>
				<verse number="17">गेर्शोनका छोराहरूका नाम यी नै हुन्‌: लिब्‍नी र शिमी।</verse>
				<verse number="18">कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल।</verse>
				<verse number="19">मरारीका छोराहरू: महली र मूशी। आ-आफ्‍ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्‌।</verse>
				<verse number="20">गेर्शोनका वंशहरू: आफ्‍ना छोरा लिब्‍नी, तिनका छोरा येहाथ, तिनका छोरा जिम्‍माह,</verse>
				<verse number="21">तिनका छोरा योआ, तिनका छोरा इद्दो, तिनका छोरा जेरह, र तिनका छोरा यातरै।</verse>
				<verse number="22">कहातका सन्‍तान: आफ्‍ना छोरा अम्‍मीनादाब, तिनका छोरा कोरह, तिनका छोरा अस्‍सीर,</verse>
				<verse number="23">तिनका छोरा एल्‍काना, तिनका छोरा एब्‍यासाप, तिनका छोरा अस्‍सीर,</verse>
				<verse number="24">तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्‍जियाह, र तिनका छोरा शौल।</verse>
				<verse number="25">एल्‍कानाका सन्‍तान: अमासै, अहीमोत,</verse>
				<verse number="26">तिनका छोरा एल्‍काना, तिनका छोरा सोफै, तिनका छोरा नहत,</verse>
				<verse number="27">तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना, र तिनका छोरा शमूएल।</verse>
				<verse number="28">शमूएलका छोराहरू: जेठा छोरा योएल र कान्‍छा अबिया।</verse>
				<verse number="29">मरारीका सन्‍तान: आफ्‍ना छोरा महली, तिनका छोरा लिब्‍नी, तिनका छोरा शिमी, तिनका छोरा उज्‍जाह,</verse>
				<verse number="30">तिनका छोरा शिमेअ, तिनका छोरा हग्‍गियाह, र तिनका छोरा असायाह।</verse>
				<verse number="31">सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌।</verse>
				<verse number="32">सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाउञ्‍जेल पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले विधिपूर्वक आफ्‍ना बाजा बजाउने कर्तव्‍य गर्दैरहे।</verse>
				<verse number="33">आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्‌: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा,</verse>
				<verse number="34">जो एल्‍कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोहका छोरा,</verse>
				<verse number="35">जो सूपका छोरा, जो एल्‍कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,</verse>
				<verse number="36">जो एल्‍कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्‍याहका छोरा,</verse>
				<verse number="37">जो तहतका छोरा, जो अस्‍सीरका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा,</verse>
				<verse number="38">जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।</verse>
				<verse number="39">हेमानका सहयोगी आसापचाहिँ तिनको दाहिनेपट्टि सेवा गर्नलाई उभिन्‍थे: तिनी बेरेक्‍याहका छोरा, जो शिमेअका छोरा,</verse>
				<verse number="40">जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्‍कियाहका छोरा,</verse>
				<verse number="41">जो एत्‍नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,</verse>
				<verse number="42">जो एतानका छोरा, जो जिम्‍माहका छोरा, जो शिमीका छोरा,</verse>
				<verse number="43">जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।</verse>
				<verse number="44">तिनीहरूका सहयोगीहरू तिनका देब्रेपट्टि मरारीहरू: एतान, जो कीशीका छोरा, जो अब्‍दीका छोरा, जो मल्‍लूकका छोरा,</verse>
				<verse number="45">जो हशब्‍याहका छोरा, जो अमस्‍याहका छोरा, जो हिल्‍कियाहका छोरा,</verse>
				<verse number="46">जो अम्‍सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,</verse>
				<verse number="47">जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।</verse>
				<verse number="48">तिनीहरूका कुटुम्‍ब लेवीहरू पवित्र वासस्‍थान, परमेश्‍वरको भवनका सबै अरू कामका निम्‍ति समर्पित भएका थिए।</verse>
				<verse number="49">तर हारून र तिनका सन्‍तानहरूले मात्र भेटीहरू चढ़ाउने सबै काम, र इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका सबै आज्ञाअनुसार पूरा गर्नलाई होमबलिको वेदी र धूप वेदीका बलिदान चढ़ाउने काम गर्थे।</verse>
				<verse number="50">हारूनका सन्‍तान यी नै हुन्‌: आफ्‍ना छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,</verse>
				<verse number="51">तिनका छोरा बुक्‍की, तिनका छोरा उज्‍जी, तिनका छोरा जरयाह,</verse>
				<verse number="52">तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,</verse>
				<verse number="53">तिनका छोरा सादोक, र तिनका छोरा अहीमास थिए।</verse>
				<verse number="54">हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका बस्‍तीहरू यी नै हुन्‌ (किनभने कहातीहरूलाई नै पहिलो चिट्ठा परेको थियो):</verse>
				<verse number="55">तिनीहरूलाई यहूदाको हेब्रोन र त्‍यसका वरिपरिका चरनहरू दिइए।</verse>
				<verse number="56">तर यपुन्‍नेका छोरा कालेबलाई त्‍यस सहरका बस्‍ती र खेतहरू दिइए।</verse>
				<verse number="57">यसैले हारूनका सन्‍तानहरूलाई हेब्रोन (एउटा शरण-नगर), लिब्‍ना, यत्तीर, एश्‍तमो,</verse>
				<verse number="58">हीलन, दबीर,</verse>
				<verse number="59">आशान, युत्ता र बेथ-शमेश, तिनका चरनहरूसमेत दिइए।</verse>
				<verse number="60">अनि बेन्‍यामीनको कुलबाट— गेबा, आलेमेत, अनातोत त्‍यसका बस्‍तीसमेत दिइए। कहातीहरूका वंशहरूमा बाँड़िएका यी सहरहरू जम्‍मा तेह्र वटा थिए।</verse>
				<verse number="61">कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू दिइए।</verse>
				<verse number="62">गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइए।</verse>
				<verse number="63">मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए।</verse>
				<verse number="64">यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू, तिनका चरनहरूसमेत दिए।</verse>
				<verse number="65">माथि लेखिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट तिनीहरूलाई दिइएका थिए।</verse>
				<verse number="66">कहातका केही वंशहरूलाई एफ्राइमको कुलबाट तिनीहरूका इलाकाको निम्‍ति सहरहरू दिइएका थिए।</verse>
				<verse number="67">तिनीहरूलाई एफ्राइमको पहाड़ी देशमा शकेम (एउटा शरण-नगर), गेजेर,</verse>
				<verse number="68">योक्‍माम, बेथ-होरोन,</verse>
				<verse number="69">अय्‍यालोन र गात-रिम्‍मोन, तिनका चरनहरूसमेत दिइए।</verse>
				<verse number="70">मनश्‍शेको आधा कुलबाट इस्राएलीहरूले आनेर र बिलाम, तिनका चरनहरूसमेत कहातका बाँकी वंशहरूलाई दिए।</verse>
				<verse number="71">गेर्शोनीहरूलाई दिइएका भागहरू यी नै हुन्‌: मनश्‍शेका आधा कुलबाट— बाशानमा गोलान र अस्‍तारोत, तिनका चरनहरूसमेत।</verse>
				<verse number="72">इस्‍साखारको कुलबाट— केदेश, दाबरत,</verse>
				<verse number="73">रामोत र अनेम, तिनका चरनहरूसमेत।</verse>
				<verse number="74">आशेरको कुलबाट— माशाल, अब्‍दोन,</verse>
				<verse number="75">हूकोक र रहोब, तिनका चरनहरूसमेत।</verse>
				<verse number="76">नप्‍तालीको कुलबाट— गालीलमा केदेश, हम्‍मोन र किर्यातैम, तिनका चरनहरूसमेत।</verse>
				<verse number="77">मरारीहरू, लेवीको बाँकी कुललाई दिइएका भागहरू यी नै हुन्‌: जबूलूनको कुलबाट— योक्‍माम, कर्तह, रिम्‍मोनो र तबोर, हरेक त्‍यसको चरनहरूसमेत।</verse>
				<verse number="78">यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट— मरुभूमिमा भएको बेसेर, यहसाह,</verse>
				<verse number="79">कदेमोत र मेपात, तिनका चरनहरूसमेत,</verse>
				<verse number="80">गादको कुलबाट— गिलादमा भएको रामोत, महनोम,</verse>
				<verse number="81">हेश्‍बोन र याजेर, तिनका चरनहरूसमेत।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">इस्‍साखारका छोराहरू: तोला, पूवा, याशूब र शिम्रोन— जम्‍मा चार जना।</verse>
				<verse number="2">तोलाका छोराहरू: उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल— तिनीहरूका परिवारका मुखियाहरू। दाऊदको समयमा तोलाका सन्‍तानमध्‍येका लड़ाकू मानिसहरूको संख्‍या २२,६०० थियो।</verse>
				<verse number="3">उज्‍जीका छोरा: यिज्‍यहि। यिज्‍यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्‍याह। यी पाँच जना सबै प्रधान थिए।</verse>
				<verse number="4">यसबाहेक तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ३६,००० थिए, किनभने तिनीहरूका धेरै पत्‍नीहरू र छोराछोरीहरू थिए।</verse>
				<verse number="5">इस्‍साखारका सबै वंशका कुटुम्‍बहरूमध्‍ये तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ८७,००० थिए।</verse>
				<verse number="6">बेन्‍यामीनका छोराहरू: बेला, बेकेर र येदीएल।</verse>
				<verse number="7">बेलाका छोराहरू: यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी— जम्‍मा पाँच जना। तिनीहरू परिवार-परिवारका मुख्‍य मानिसहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्‍या २२,०३४ थियो</verse>
				<verse number="8">बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत।</verse>
				<verse number="9">यी सबै बेकेरका छोराहरू थिए। तिनीहरूको वंशावलीको सूचीमा परिवार-परिवारका मुखियाहरू र २०,२०० लड़ाकू मानिसहरू लेखिएका थिए।</verse>
				<verse number="10">येदीएलका छोरा: बिल्‍हान। बिल्‍हानका छोराहरू: येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।</verse>
				<verse number="11">यी सबै येदीएलका छोराहरू आ-आफ्‍ना परिवारका मुख्‍य मानिसहरू थिए। युद्धमा जान तयार भएका लड़ाकू मानिसहरूको संख्‍या १७,२०० थियो।</verse>
				<verse number="12">शुप्‍पी र हुप्‍पीहरू इरका सन्‍तान थिए, र हुशीहरू अहेरका सन्‍तान थिए।</verse>
				<verse number="13">नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम। यी बिल्‍हाका सन्‍तानहरू थिए।</verse>
				<verse number="14">मनश्‍शेका सन्‍तान: अस्रीएल मनश्‍शेकी अरामी उपपत्‍नीबाट जन्‍मेका तिनका सन्‍तान थिए। तिनले गिलादका पिता माकीरलाई जन्‍माइन्‌।</verse>
				<verse number="15">माकीरले हुप्‍पी र शुप्‍पीहरूकी एउटी केटीलाई विवाह गरे। माकीरकी बहिनीको नाउँ माका थियो। तिनका अर्का सन्‍तानको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।</verse>
				<verse number="16">माकीरकी पत्‍नी माकाको एउटा छोरो थियो, जसको नाउँ तिनले पेरेश राखिन्‌। त्‍यसका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए।</verse>
				<verse number="17">ऊलामका छोरा: बदान। माकीरका छोरा, मनश्‍शेका नाति गिलादका छोराहरू यी नै थिए।</verse>
				<verse number="18">तिनकी बहिनी हम्‍मोलेकेतचाहिँ ईशोद, अबीएजेर र महलाकी आमा थिइन्‌।</verse>
				<verse number="19">शमीदाका छोराहरू: अहियन, शकेम, लिखी र अनीआम थिए।</verse>
				<verse number="20">एफ्राइमका छोराहरू— शूतेहल, तिनका छोरा बेरेद, तिनका छोरा तहत, तिनका छोरा एलादा, तिनका छोरा तहत,</verse>
				<verse number="21">तिनका छोरा जाबाद, तिनका छोरा शूतेहल। एफ्राइमका अरू छोराहरू एसेर र एलादलाई चाहिँ गातका मानिसहरूका गाईबस्‍तुहरू लुटेर लान जाँदा गातका निवासीहरूले मारे।</verse>
				<verse number="22">तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्‍ति धेरै दिनसम्‍म विलाप गर्दैरहे, अनि तिनका कुटुम्‍बहरू तिनलाई सान्‍त्‍वना दिनलाई आए।</verse>
				<verse number="23">त्‍यसपछि तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे। तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌। त्‍यसको नाउँ तिनले बरीआ राखे, किनभने तिनको परिवारमा विपत्ति आएको थियो।</verse>
				<verse number="24">तिनकी शेराह नाउँ भएकी एउटी छोरी थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌।</verse>
				<verse number="25">रपाह आफ्‍ना छोरा थिए, तिनका छोरा रेशेप, तिनका छोरा तेलह, तिनका छोरा तहन,</verse>
				<verse number="26">तिनका छोरा लादान, तिनका छोरा अम्‍मीहूद, तिनका छोरा एलीशामा,</verse>
				<verse number="27">तिनका छोरा नून, तिनका छोरा यहोशू थिए।</verse>
				<verse number="28">तिनीहरूका देश र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका बस्‍तीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म पनि थिए।</verse>
				<verse number="29">मनश्‍शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्‍तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तान बस्‍थे।</verse>
				<verse number="30">आशेरका छोराहरू: यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्‌।</verse>
				<verse number="31">बरीआका छोराहरू: हेबेर र मल्‍कीएल, जो बिर्जेतका पिता थिए।</verse>
				<verse number="32">हेबेरचाहिँ यप्‍लेत, शोमेर र होताम, र तिनीहरूकी बहिनी शूअका पिता थिए।</verse>
				<verse number="33">यप्‍लेतका छोराहरू: पासक, बिम्‍हाल र अश्‍वात। यप्‍लेतका छोराहरू यी नै थिए।</verse>
				<verse number="34">शोमेरका छोराहरू: अही, रोहगा, हूब्‍बा र अराम।</verse>
				<verse number="35">तिनका भाइ हेलेमका छोराहरू: सोपह, यिम्‍न, शेलेश र आमाल।</verse>
				<verse number="36">सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,</verse>
				<verse number="37">बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा।</verse>
				<verse number="38">येतेरका छोराहरू: यपुन्‍ने, पिस्‍पा र अरा।</verse>
				<verse number="39">उल्‍लाका छोराहरू: आरा, हन्‍नीएल र रिसिया।</verse>
				<verse number="40">यी सबै आशेरका सन्‍तान, परिवार-परिवारका मुखियाहरू, वीर चुनिएका मानिसहरू, प्रधान अगुवाहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्‍या २६,००० थियो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">बेन्‍यामीनचाहिँ जेठा छोरा बेला, माहिला अश्‍बेल, साहिँला अहरह,</verse>
				<verse number="2">काहिँला नोहा र कान्‍छा रफाका पिता थिए।</verse>
				<verse number="3">बेलाका छोराहरू: अद्दार, गेरा, अबीहूद,</verse>
				<verse number="4">अबीशू, नामान, अहोह,</verse>
				<verse number="5">गेरा, शपूपान र हुराम।</verse>
				<verse number="6">एहूदका सन्‍तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्‍य मानिसहरू थिए:</verse>
				<verse number="7">नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्‍जा र अहीहूदका पिता थिए।</verse>
				<verse number="8">आफ्‍ना पत्‍नीहरू हुशीम र बारालाई त्‍यागेपछि मोआब देशमा सहरेमका छोराहरू जन्‍मे।</verse>
				<verse number="9">आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,</verse>
				<verse number="10">यूस, साकिया र मिर्मा जन्‍मे। सहरेमका ती छोराहरू परिवार-परिवारका मुख्‍य मानिसहरू थिए।</verse>
				<verse number="11">हुशीमबाट अबीतूब र एल्‍पाल जन्‍मिए।</verse>
				<verse number="12">एल्‍पालका छोराहरू: एबेर, मिशाम र शेमेद, जसले चाहिँ ओनो र लोदलाई त्‍यसका बस्‍तीहरूसमेत बनाए,</verse>
				<verse number="13">अनि बरीआ र शेमा पनि, जसले गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका परिवार-परिवारका मुखियाहरू भएका थिए।</verse>
				<verse number="14">अहियो, शाशक, यरेमोत,</verse>
				<verse number="15">जबदियाह, आराद, एदेर,</verse>
				<verse number="16">मिखाएल, यिश्‍पा र योहाचाहिँ बरीआका छोराहरू थिए।</verse>
				<verse number="17">जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,</verse>
				<verse number="18">यिश्‍मरै, यिज्‍लीअ, र योबाबचाहिँ एल्‍पालका छोराहरू थिए।</verse>
				<verse number="19">याकीम, जिक्री, जब्‍दी,</verse>
				<verse number="20">एलीएनै, सिल्‍लतै, एलीएल,</verse>
				<verse number="21">अदायाह, बरायाह र शिम्रातचाहिँ शिमीका छोराहरू थिए।</verse>
				<verse number="22">यिश्‍पान, एबेर, एलीएल,</verse>
				<verse number="23">अब्‍दोन, जिक्री, हानान,</verse>
				<verse number="24">हनन्‍याह, एलाम, अन्‍तोतियाह,</verse>
				<verse number="25">यिपदिया र पनूएलचाहिँ शाशकका छोराहरू थिए।</verse>
				<verse number="26">शम्‍शरै, सहर्याह, अतल्‍याह,</verse>
				<verse number="27">यारेश्‍याह, एलिया र जिक्रीचाहिँ यरोहामका छोराहरू थिए।</verse>
				<verse number="28">यिनीहरू नै आफ्‍नो वंशावलीअनुसार परिवार-परिवारका मुखिया र प्रधानहरू थिए र तिनीहरू यरूशलेममा बस्‍थे।</verse>
				<verse number="29">गिबोनका पिता यीएलचाहिँ गिबोनमा बस्‍थे। तिनकी पत्‍नीको नाउँ माका थियो।</verse>
				<verse number="30">तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,</verse>
				<verse number="31">गदोर, अहियो, जेकेर, र मिक्‍लोत थिए।</verse>
				<verse number="32">मिक्‍लोतचाहिँ शिमाहका पिता थिए। तिनीहरू यरूशलेममा आफ्‍ना कुटुम्‍बहरूका नजिक बस्‍थे।</verse>
				<verse number="33">नेरचाहिँ कीशका पिता थिए, कीशचाहिँ शाऊलका पिता थिए, अनि शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।</verse>
				<verse number="34">जोनाथनका छोरा: मरीब्‍बाल थिए, जो मीकाका पिता थिए।</verse>
				<verse number="35">मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।</verse>
				<verse number="36">आहाजचाहिँ यहोअदाका पिता थिए। यहोअदाचाहिँ आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए।</verse>
				<verse number="37">मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए।</verse>
				<verse number="38">आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्‌: अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।</verse>
				<verse number="39">तिनका भाइ एशेकका छोराहरू: जेठा छोरा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत।</verse>
				<verse number="40">ऊलामका छोराहरू वीर-वीर धनुर्धारीहरू थिए। तिनका धेरै छोराहरू र नातिहरू थिए— जम्‍मा १५० जना। यी सबै बेन्‍यामीनका सन्‍तान थिए।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्‍तकमा दर्ता गरियो। यहूदाचाहिँ आफ्‍नो विश्‍वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो।</verse>
				<verse number="2">आफ्‍ना पिता-पुर्खाहरूको देश, आफ्‍ना सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए।</verse>
				<verse number="3">यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्‍यामीनी, एफ्राइम र मनश्‍शेका मानिसहरू यी नै हुन्‌:</verse>
				<verse number="4">उत्तै जो, अम्‍मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्‍तान थिए।</verse>
				<verse number="5">शीलोनीहरूका: जेठा असायाह र तिनका छोराहरू।</verse>
				<verse number="6">जेरहातीहरूका: यीएल। यहूदाका मानिसहरू ६९० जना थिए।</verse>
				<verse number="7">बेन्‍यामीनीहरूका: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो होदबियाका छोरा, जो हस्‍सेनूअका छोरा थिए।</verse>
				<verse number="8">यरोहामका छोरा यिब्‍नियाह; एलाह, जो उज्‍जीका छोरा, जो मिक्रीका छोरा थिए, अनि मशुल्‍लाम, जो शपत्‍याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए।</verse>
				<verse number="9">बेन्‍यामीनका मानिसहरू आफ्‍नो वंशावलीअनुसार ९५६ जना थिए, र सबै आफ्‍ना परिवार-परिवारका मुख्‍य मानिसहरू थिए।</verse>
				<verse number="10">पूजाहारीहरूका: यदायाह, यहोयारीब, याकीन,</verse>
				<verse number="11">अजर्याह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्‍वरको भवनका जिम्‍मावाल थिए,</verse>
				<verse number="12">अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्‍लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्‍मेरका छोरा थिए।</verse>
				<verse number="13">पूजाहारीहरू, जो आफ्‍ना परिवार-परिवारका मुखियाहरू थिए, ती १,७६० जना थिए। तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए।</verse>
				<verse number="14">लेवीहरूका: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारी थिए,</verse>
				<verse number="15">अनि बक्बक्‍कर, हारेश, गालाल, मत्तन्‍याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा थिए।</verse>
				<verse number="16">अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए, अनि बेरेक्‍याह, जो आसाका छोरा, जो एल्‍कानाका छोरा थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे।</verse>
				<verse number="17">द्वारपालहरू: शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्‍लूमचाहिँ प्रधान थिए।</verse>
				<verse number="18">यस बेलासम्‍म तिनी पूर्वपट्टिका राजाको मूल ढोकामा द्वारपाल थिए। तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए।</verse>
				<verse number="19">	शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका कुटुम्‍बहरू, कोरहवंशीहरूचाहिँ पालका प्रवेशद्वारका रक्षा गर्ने सेवाका जिम्‍मामा थिए, जसरी तिनीहरूका पुर्खाहरूले परमप्रभुको वासस्‍थानको प्रवेशद्वारका रक्षकको काम गरेका थिए।</verse>
				<verse number="20">उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्‍य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="21">मेशेलेम्‍याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।</verse>
				<verse number="22">द्वारपालको काममा चुनिएकाहरूको संख्‍या २१२ थियो। तिनीहरूका आफ्‍ना गाउँ-गाउँ गरी वंशावलीको सूचीमा लेखिएका थिए। दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो विश्‍वासको काममा नियुक्ति गरेका थिए।</verse>
				<verse number="23">तिनीहरू र तिनीहरूका छोराहरूका जिम्‍मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्‍ने काम थियो, जुन भवनलाई पाल भनिन्‍थ्‍यो।</verse>
				<verse number="24">ती द्वारपालहरू पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर बस्‍नुपर्दथ्‍यो।</verse>
				<verse number="25">तिनीहरूका कुटुम्‍बहरूचाहिँ आफ्‍ना गाउँहरूबाट तिनीहरूसँग एक पल्‍टमा सात दिनसम्‍म पालैपालो काममा आउनुपर्थ्‍यो।</verse>
				<verse number="26">तर चार जना मुख्‍य-मुख्‍य द्वारपालहरू, जो लेवीहरू हुन्‍थे, तिनीहरू परमप्रभुको भवनमा भएका कोठाहरू र भण्‍डारहरूका जिम्‍मेवारी हुन्‍थे।</verse>
				<verse number="27">तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्‍थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्‍थ्‍यो। अनि बिहानैपिच्‍छे मूल ढोकाहरू खोल्‍ने साँचोको जिम्‍मा तिनीहरूको थियो।</verse>
				<verse number="28">तिनीहरूमध्‍येका कुनै-कुनैले मन्‍दिरको सेवामा प्रयोग गरिने भाँड़ाहरूको जिम्‍मा लिए। तिनीहरूले ती भित्र ल्‍याउँदा र बाहिर लैजाँदा गनेर राख्‍नुपर्थ्‍यो।</verse>
				<verse number="29">तिनीहरूमध्‍येका अरू कुनै-कुनैचाहिँ सामानहरू र पवित्रस्‍थानका अरू सबै भाँड़ाहरू अनि पीठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्‍मा लिन खटिएका थिए।</verse>
				<verse number="30">कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे।</verse>
				<verse number="31">कोरहवंशी शल्‍लूमका जेठा छोरा लेवी मत्तित्‍याहको जिम्‍मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो।</verse>
				<verse number="32">तिनीहरूका कोही कोरहवंशी कुटुम्‍बहरूको जिम्‍मामा हरेक शबाथ-दिनमा भेटीका रोटीहरू तयार पार्ने काम थियो।</verse>
				<verse number="33">ती सङ्गीतकारहरू, लेवी परिवार-परिवारका मुखियाहरू, तिनीहरूका निम्‍ति अलग राखिएका कोठाहरूमा बस्‍थे, र अरू काम गर्न पर्दैनथ्‍यो, किनभने तिनीहरू दिन र रातमा काममा बोलाइन्‍थे।</verse>
				<verse number="34">ती सबै जना लेवी परिवारका मुखियाहरू थिए, र तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए। तिनीहरू यरूशलेममा बस्‍थे।</verse>
				<verse number="35">गिबोनका पिता यीएल गिबोनमा बस्‍थे। तिनकी पत्‍नीको नाउँ माका थियो।</verse>
				<verse number="36">तिनका छोराहरू जेठा अब्‍दोन, सूर, कीश, बाल, नेर, नादाब,</verse>
				<verse number="37">गदोर, अहियो, जकरिया र मिक्‍लोत।</verse>
				<verse number="38">मिक्‍लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्‍ना कुटुम्‍बका नजिकै बस्‍थे।</verse>
				<verse number="39">नेर कीशका पिता थिए, र कीश शाऊलका पिता थिए। शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।</verse>
				<verse number="40">जोनाथनका छोरा: मरीब्‍बाल, जो मीकाका पिता थिए।</verse>
				<verse number="41">मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।</verse>
				<verse number="42">आहाज यादाहका पिता थिए, र यादाहचाहिँ आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए।</verse>
				<verse number="43">जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए।</verse>
				<verse number="44">आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्‌: अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे, र इस्राएलका मानिसहरू गिल्‍बो डाँड़ामा आफ्‍ना मरेकाहरूलाई छोड़ेर भागे।</verse>
				<verse number="2">पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई खूब खेदे, र तिनका तीनै जना छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।</verse>
				<verse number="3">युद्ध शाऊलको निम्‍ति कठिन भयो, किनभने कुनै-कुनै धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र तिनी उनीद्वारा घाइते भए।</verse>
				<verse number="4">यसैले शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्‌, र यी खतना नभएकाहरूले मलाई पक्रेर मलाई तमाशा नबनाऊन्‌।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँटै गरेन। यसकारण आफ्‍नो तरवार थुतेर शाऊल त्‍यसमाथि उनिएर मरे।</verse>
				<verse number="5">जब त्‍यस हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब त्‍यो पनि आफ्‍नो तरवारमा उनिएर मर्‍यो।</verse>
				<verse number="6">यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनका जम्‍मै परिवार एकै चोटि मरे।</verse>
				<verse number="7">जब बेँसीमा भएका सबै इस्राएलीहरूले आफ्‍ना सेना भागेका र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू पनि त्‍यसै गरी आफ्‍ना सहरहरू छोड़ेर भागे। अनि पलिश्‍तीहरू त्‍यहाँ गएर तिनलाई कब्‍जा गरे।</verse>
				<verse number="8">भोलिपल्‍ट जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँड़ामा मरेका भेट्टाए।</verse>
				<verse number="9">उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको काटे, र तिनका हतियारहरू लगे। त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो सुसमाचार दिन समाचारवाहकहरू पठाए।</verse>
				<verse number="10">उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिँ दागोनको मन्‍दिरमा झुण्‍ड्याए।</verse>
				<verse number="11">जब पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा याबेश-गिलादका मानिसहरूले सुने,</verse>
				<verse number="12">तब शाऊल र तिनका छोराहरूका मृत-शरीर ल्‍याउन तिनीहरूका वीर-वीर मानिसहरू एकसाथ गए। तिनीहरूले ती याबेशमा ल्‍याए, र तिनीहरूका हड्डीहरू त्‍यहाँ झ्‍याउको बोटमुनि गाड़े, र सात दिनसम्‍म तिनीहरू उपवास बसे।</verse>
				<verse number="13">यसरी शाऊलले आफ्‍नो अविश्‍वासले गर्दा ज्‍यान गुमाउनुपर्‍यो। तिनले परमेश्‍वरको वचनलाई उल्‍लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्‍लाह लिएका थिए।</verse>
				<verse number="14">तिनले परमप्रभुको सल्‍लाह लिएनन्‌। यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्‍य यिशैका छोरा दाऊदलाई सुम्‍पनुभयो।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">त्‍यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाड़नाता हौं।</verse>
				<verse number="2">बितेका समयमा जब शाऊल अझै राजा नै थिए, तब तपाईंले नै इस्राएलको सेनालाई युद्धमा अगि बढ़ाउनुभयो। अनि परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, “तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्‌।”</verse>
				<verse number="3">जब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, तब त्‍यहीँ नै तिनले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार बाँधे। परमप्रभुले शमूएलको मुखद्वारा भन्‍नुभएझैँ तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।</verse>
				<verse number="4">दाऊद र सारा इस्राएल यरूशलेम, अर्थात्‌ यबूसमा गए। त्‍यहाँ बस्‍ने यबूसीहरूले</verse>
				<verse number="5">दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउन सक्‍नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्‍ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्‍छ।</verse>
				<verse number="6">दाऊदले भनेका थिए, “यबूसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ।” त्‍यहाँ उक्‍लने पहिलो मानिस सरूयाहका छोरा योआब भए। यसैले तिनी सेनापति भए।</verse>
				<verse number="7">दाऊदले त्‍यस किल्‍लालाई नै आफ्‍नो निवासस्‍थान बनाए। यसैकारण मानिसहरूले त्‍यसलाई दाऊदको सहर भने।</verse>
				<verse number="8">तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि सहर बनाए, र योआबले चाहिँ बाँकी सहरको पुनर्निर्माण गरे।</verse>
				<verse number="9">अनि दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान्‌ परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="10">दाऊदको सरकार गठन गर्नमा पूर्ण सहायता दिने, र जम्‍मै इस्राएलका साथ परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ तिनलाई राजा तुल्‍याउनमा मदत गर्ने दाऊदका वीर-वीर मानिसहरूमा प्रधानहरू यी नै हुन्‌:</verse>
				<verse number="11">हक्‍मोनी याशोबाम अधिकृतहरूमाथि प्रमुख थिए। तिनले एक पल्‍ट तीन सय जनामाथि भाला चलाएर मारेका थिए।</verse>
				<verse number="12">तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्‍ये एक जना थिए।</verse>
				<verse number="13">तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भएका थिए।</verse>
				<verse number="14">मानिसहरू पलिश्‍तीहरूका सामुन्‍नेबाट भागे, तर तिनी र दाऊद मात्र त्‍यस खेतको बीचमा लड्‌दैरहे, र त्‍यस खेतलाई बचाएर तिनीहरूले पलिश्‍तीहरूलाई परास्‍त गरे। यसरी परमप्रभुले एक ठूलो विजय ल्‍याउनुभयो।</verse>
				<verse number="15">ती तीस जना मुख्‍य मानिसहरूमध्‍ये तीन जना अदुल्‍लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्‍नलाई गएका थिए।</verse>
				<verse number="16">त्‍यस बेला पलिश्‍तीहरू रपाईहरूको बेँसीमा छाउनी बनाएर बसेका थिए। दाऊदचाहिँ गढ़ीमा थिए, र पलिश्‍तीको फौज बेथलेहेममा थियो।</verse>
				<verse number="17">दाऊद साह्रै तिर्खाए, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकाको छेउमा भएको कूवाबाट पानी पिउन पाए त हुन्‍थ्‍यो!”</verse>
				<verse number="18">यसैले ती तीन जना वीरहरू पलिश्‍तीहरूका पङ्‌क्तिबाट छिरिगएर बेथलेहेमको मूल ढोकाका छेउको कूवाबाट पानी उघाएर दाऊदकहाँ ल्‍याए। तर दाऊदले त्‍यो पिउन इन्‍कार गरे। बरु तिनले त्‍यो पानी परमप्रभुको अगि खन्‍याएर भने,</verse>
				<verse number="19">“के मैले यी मानिसहरूको रगत पिउने? परमेश्‍वरले मलाई यस्‍तो काम गर्नबाट रोकून्‌! तिनीहरूले त यो पानी आफ्‍नो ज्‍यानको खतरामा ल्‍याएका हुन्‌! यसैले तिनले त्‍यो पिउन चाहेनन्‌। यी तीन जना वीर मानिहरूका वीरताको काम यस्‍तै थिए।</verse>
				<verse number="20">योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्‍ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्‍तै तिनी प्रसिद्ध भए।</verse>
				<verse number="21">ती तीन जनाले भन्‍दा तिनले बढ़ी सम्‍मान प्राप्‍त गरेर तिनीहरूका कप्‍तान भए, तर तिनी ती तीन जनामध्‍ये गनिएनन्‌।</verse>
				<verse number="22">यहोयादाका छोरा कब्‍सेलका बनायाह धेरै वीरताका काम गर्ने एक वीर योद्धा थिए। मोआबका दुई वीर लड़ाकू मानिसहरूलाई मार्ने तिनी नै थिए। हिउँ परेको दिन एउटा खाड़लभित्र पसेर तिनले एउटा सिंहलाई मारेका थिए।</verse>
				<verse number="23">तिनले पाँच हात अल्‍गो एक मिश्री राक्षसलाई मारे, जसको भाला कपड़ा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो। यिनी एउटा लाठो लिएर लड्‌न गए, र त्‍यस मिश्रीको हातबाट त्‍यसकै भाला खोसेर त्‍यही हतियारले तिनले त्‍यसलाई मारेका थिए।</verse>
				<verse number="24">यहोयादाका छोरा बनायाहका वीरताका काम यस्‍तै थिए। ती तीन जनाजस्‍तै तिनी प्रसिद्ध भए।</verse>
				<verse number="25">ती तीन जनाले भन्‍दा तिनले बढ़ी सम्‍मान प्राप्‍त गरे, तर तिनी ती तीन जनामध्‍ये गनिएनन्‌। दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकहरूका मुखिया तुल्‍याए।</verse>
				<verse number="26">तिनका वीर-वीर मानिसहरू यी नै थिए: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,</verse>
				<verse number="27">हारोरी शम्‍मोत, पेलोनी हेलेस,</verse>
				<verse number="28">तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,</verse>
				<verse number="29">हूशाती सिब्‍बकै, अहोही ईलै,</verse>
				<verse number="30">नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,</verse>
				<verse number="31">बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,</verse>
				<verse number="32">गाशका खोल्‍साहरूका हूरै, अर्बाती अबीएल,</verse>
				<verse number="33">बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,</verse>
				<verse number="34">गीजोनी हाशेम, हरारी शागेका छोरा जोनाथन,</verse>
				<verse number="35">हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,</verse>
				<verse number="36">मकेराती हेपेर, पेलोनी अहियाह,</verse>
				<verse number="37">कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,</verse>
				<verse number="38">नातानका भाइ योएल, हग्रीका छोरा मिभार,</verse>
				<verse number="39">अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,</verse>
				<verse number="40">यित्री ईरा, यित्री गारेब,</verse>
				<verse number="41">हित्ती उरियाह, अहलैका छोरा जाबाद,</verse>
				<verse number="42">रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरूका एक जना प्रधान थिए, तिनीसँग भएका तीस जनामाथि थिए,</verse>
				<verse number="43">माकाका छोरा हानान, मित्‍नी योशापात,</verse>
				<verse number="44">अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,</verse>
				<verse number="45">शिम्रीका छोरा येदीएल, तिनका भाइ तिजी योहा,</verse>
				<verse number="46">महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,</verse>
				<verse number="47">एलीएल, ओबेद र मेजोबी यासीएल।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">कीशका छोरा शाऊलको सामुन्‍ने दाऊदलाई आउन मनाही हुँदा सिक्‍लगमा यी निम्‍न लेखिएका मानिसहरू तिनीसँग मिल्‍न आए। यिनीहरू युद्धमा वीर-वीर लड़ाकू मानिसहरूमध्‍ये गनिएका थिए।</verse>
				<verse number="2">यिनीहरू धनुर्धारी थिए, र दाहिने वा देब्रे हातले घुयेँत्रो चलाउन अथवा काँड़ हान्‍न सक्‍थे। यिनीहरू बेन्‍यामीनको कुलका शाऊलका कुटुम्‍बहरू थिए।</verse>
				<verse number="3">तिनीहरूका प्रधान अहीएजेर र योआश, जो गिबियाती शेमाहका छोराहरू थिए, अज्‍मावेतका छोराहरू यजीएल र पलेत, बराकाह, अनातोती येहू,</verse>
				<verse number="4">गिबोनी यिश्‍मायाह, जो ती तीसमध्‍येका एक वीर र तिनीहरूका प्रधान थिए।</verse>
				<verse number="5">यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद, एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,</verse>
				<verse number="6">एल्‍काना, यिश्‍याह, अज्रेल, कोरहवंशी योएजेर र याशोबाम,</verse>
				<verse number="7">गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए।</verse>
				<verse number="8">गादका कुनै-कुनै मानिसहरू पनि उजाड़-स्‍थानमा भएको गढ़ीमा दाऊदसँग मिल्‍न आए। तिनीहरू वीर-वीर मानिसहरू र युद्धको निम्‍ति तयार भएकाहरू थिए, जसले ढाल बोक्‍न र भाला चलाउन सक्‍थे। तिनीहरू सिंहझैँ भयानक र पहाड़हरूमा चाहिँ हरिणझैँ तेजिला थिए।</verse>
				<verse number="9">एसेर तिनीहरूका प्रधान थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,</verse>
				<verse number="10">चौथा मिश्‍मन्‍ना, पाँचौँ यर्मिया,</verse>
				<verse number="11">छैटौँ अत्तै, सातौँ एलीएल,</verse>
				<verse number="12">आठौँ योहानान, नवौँ एल्‍जाबाद,</verse>
				<verse number="13">दशौँ यर्मिया र एघारौँ मकबन्‍ने थिए।</verse>
				<verse number="14">यी गादीहरू सेनाका सेनापतिहरू थिए। तिनीहरूमध्‍येका सबैभन्‍दा साना एक सयको दाँजो गर्न सक्‍ने र सबैभन्‍दा ठूलाचाहिँ एक हजारको दाँजो गर्न सक्‍ने थिए।</verse>
				<verse number="15">यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा जब यर्दन नदी त्‍यसका सबै किनारसम्‍म बढ़ेर भरिएको थियो तब यर्दन तरेर त्‍यसका पूर्व र पश्‍चिमका बेँसीहरूमा बस्‍ने सबै मानिसहरूलाई भगाएर धपाए।</verse>
				<verse number="16">बेन्‍यामीन र यहूदाका कुनै-कुनै मानिसहरू पनि गढ़ीमा दाऊदकहाँ आए।</verse>
				<verse number="17">दाऊद तिनीहरूलाई भेट्‌न बाहिर निस्‍केर भने, “यदि तिमीहरू मलाई सहायता गर्न शान्‍तिमा आएका हौ भने मतर्फ लाग, र म तिमीहरूलाई स्‍वागत गर्नेछु। तर यदि म कुनै हत्‍याको दोषी नहुँदै पनि तिमीहरू धोकाबाजी गरेर मलाई मेरा शत्रुहरूका हातमा दिन आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो हेरेर न्‍याय गरून्‌।”</verse>
				<verse number="18">त्‍यसै बेलामा ती तीस जनामध्‍येका प्रधान अमासैलाई आत्‍माले प्रेरणा दिनुभयो, र तिनले यसो भने, “हे दाऊद, हामी तपाईंतर्फ छौं! हे यिशैका छोरा, हामी तपाईंका साथ छौं! तपाईंलाई सफलता, सफलता, र तपाईंका सहायकहरूलाई सफलता, किनभने तपाईंका परमेश्‍वर नै तपाईंका सहायक हुनुहुन्‍छ।” यसैकारण दाऊदले तिनीहरूलाई स्‍वागत गरे, र आफ्‍ना लूटपीट गर्ने दलहरूका अगुवा तुल्‍याए।</verse>
				<verse number="19">जब दाऊद शाऊलको विरुद्ध पलिश्‍तीहरूसँग लागेर लड्‌नलाई गए, तब मनश्‍शेका कुनै-कुनै मानिसहरू दाऊदतर्फ लागे। यद्यपि वास्‍तवमा तिनी पलिश्‍तीहरूतर्फ लागेर लड़ाइँ त गरेनन्, किनभने पलिश्‍तीहरूका शासकहरूले आपसमा यस्‍तो सल्‍लाह गरेर तिनलाई फर्काइदिए, “तिनले त आफ्‍ना मालिक शाऊलको निम्‍ति हामीलाई त्‍याग्‍नेछन्, र यसले गर्दा हामीहरूले आफ्‍ना प्राण गुमाउनुपर्नेछ।”</verse>
				<verse number="20">दाऊद सिक्‍लगमा हुँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू यी नै थिए: अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। यिनीहरू मनश्‍शेका हरेक एक-एक हजारका सेनानीहरू थिए।</verse>
				<verse number="21">यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनभने तिनीहरू सबै असल योद्धा थिए, र तिनीहरू दाऊदको फौजमा सेनापति थिए।</verse>
				<verse number="22">दाऊदले एउटा ठूलो सेना तयार नगरुञ्‍जेल मानिसहरू दिनदिनै तिनलाई सहायता गर्न आए।</verse>
				<verse number="23">परमप्रभुले भन्‍नुभएबमोजिम शाऊलको राज्‍याधिकार दाऊदलाई दिन हेब्रोनमा हतियारले सुसज्‍जित भएर दाऊदसँग मिल्‍न आएका दलहरूका संख्‍या यही हुन्‌:</verse>
				<verse number="24">यहूदाका— ढाल बोकेर भाला चलाउने ६,८०० लड़ाकू मानिसहरू।</verse>
				<verse number="25">शिमियोनका— लड़ाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू।</verse>
				<verse number="26">लेवीका— ४,६००।</verse>
				<verse number="27">तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए,</verse>
				<verse number="28">अनि एक वीर योद्धा सादोकको साथमा आफ्‍नै परिवारका बाईस अधिकृतहरू थिए।</verse>
				<verse number="29">शाऊलका कुटुम्‍ब बेन्‍यामीनका— ३,०००। तिनीहरूमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलको घरानाका भक्त भई बसेका थिए।</verse>
				<verse number="30">एफ्राइमका— २०,८०० लड़ाकू मानिसहरू, जो आफ्‍ना गोत्रमा प्रसिद्ध थिए।</verse>
				<verse number="31">मनश्‍शेका आधा कुलका— १८,०००। दाऊदलाई राजा बनाउन यिनीहरू नै चुनिएका थिए।</verse>
				<verse number="32">इस्‍साखारका— जुन कुलका मानिसहरू इस्राएलले कुनचाहिँ बाटो लिनुपर्ने हो सो थाहा पाउने र समयको चिन्‍ह बुझ्‍ने निपुण २०० जना प्रधानहरू, र तिनीहरूका अधीनमुनि भएका तिनीहरूका कुटुम्‍बहरू।</verse>
				<verse number="33">जबूलूनका— लड़ाइँको निम्‍ति तयार भएका सब किसिमका हतियार प्रयोग गर्न सक्‍ने अनुभवी, साहसी र एकोहोरा ५०,००० योद्धाहरू।</verse>
				<verse number="34">नप्‍तालीका— १,००० अधिकृतहरू, अनि ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू।</verse>
				<verse number="35">दानका— लड़ाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू।</verse>
				<verse number="36">आशेरका— लड़ाइँको निम्‍ति तयार भएका अनुभवी ४०,००० योद्धाहरू।</verse>
				<verse number="37">रूबेन, गाद र यर्दनको पूर्वपट्टिका मनश्‍शेको आधा कुलका— सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू।</verse>
				<verse number="38">यी सबै योद्धाहरू, लड़ाइँको निम्‍ति सुसज्‍जित मानिसहरू सारा इस्राएलमाथि दाऊदलाई राजा तुल्‍याउन दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए। बाँकी इस्राएलीहरूको पनि तिनलाई राजा तुल्‍याउने एउटै विचार थियो।</verse>
				<verse number="39">तिनीहरू त्‍यहाँ खाँदै र पिउँदै तीन दिनसम्‍म दाऊदसँग बिताए, किनभने तिनीहरूका कुटुम्‍बहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेका थिए।</verse>
				<verse number="40">तिनीहरूका चारैतिरका छिमेकीहरूले इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍म टाढ़ाबाट गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा ल्‍याए। पीठो, नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेड़ाहरू धेरै संख्‍यामा थिए, किनभने इस्राएल आनन्‍दले भरिएको थियो।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">दाऊदले आफ्‍ना हरेक अधिकृत, हजारका सेनानीहरू र सयका कप्‍तानहरूसँग सल्‍लाह लिन्‍थे।</verse>
				<verse number="2">तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने, “यदि तपाईंहरू सम्‍मति दिनुहुन्‍छ, र यदि परमप्रभु हाम्रा परमेश्‍वरले बाटो खोलिदिनुभयो भने, हामी इस्राएलका सबै इलाकाहरूमा बाँकी रहेका हाम्रा कुटुम्‍बहरू र तिनीहरूका सहर र चरनहरूमा बस्‍ने पूजाहारी र लेवीहरूलाई हामीसँग मिल्‍न आऊन्‌ भनी समाचार पठाऔं।</verse>
				<verse number="3">हाम्रा परमेश्‍वरको सन्‍दूक हामी ल्‍याऔं, किनकि शाऊल बाँचुञ्‍जेल हामीले कहिल्‍यै त्‍यसको वास्‍ता गरेनौं।”</verse>
				<verse number="4">तब सबै समुदायले त्‍यसो गर्ने निश्‍चय गरे, किनभने समस्‍त मानिसहरूले यसो गर्ने सम्‍मति दिए।</verse>
				<verse number="5">यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउन मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका जम्‍मै इस्राएलीहरूलाई दाऊदले भेला गराए।</verse>
				<verse number="6">तब दाऊद र सबै इस्राएलीहरू यहूदामा पर्ने बाला, अर्थात्‌ किर्यत-यारीममा करूबहरूका बीचमा विराजमान हुनुहुने परमेश्‍वर परमप्रभुको उहाँकै नाउँले कहलाएको सन्‍दूक लिनलाई उक्‍लेर गए।</verse>
				<verse number="7">तिनीहरूले अबीनादाबको घरबाट परमेश्‍वरको सन्‍दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्‍जाह र अहियोले चाहिँ त्‍यो गाड़ा हाँक्‍दै लगे।</verse>
				<verse number="8">दाऊद र सबै इस्राएलीहरू परमेश्‍वरको सामु गीत, वीणा, सारङ्गी, खैँजड़ी, झ्‍याली र तुरहीसित खूब जोशले रमाए।</verse>
				<verse number="9">तिनीहरू कीदोनको खलामा आइपुग्‍दा ती गोरुहरूले ठक्‍कर खाए, र उज्‍जाहले सन्‍दूक समात्‍न आफ्‍नो हात बढ़ाए।</verse>
				<verse number="10">तर परमप्रभु उज्‍जाहसँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो। किनभने तिनले आफ्‍नो हात बढ़ाएर सन्‍दूक छोएका थिए। यसैले तिनी परमेश्‍वरको सामुन्‍ने त्‍यहीँ नै मरे।</verse>
				<verse number="11">परमप्रभुको क्रोध उज्‍जाहमाथि परेकोले दाऊद अप्रसन्‍न भए, र तिनले त्‍यस ठाउँको नाउँ फारेस-उज्‍जाह राखे। त्‍यो नाउँ अझसम्‍मै छ।</verse>
				<verse number="12">त्‍यस दिन दाऊद परमेश्‍वरसँग डराए, र तिनले सोधे, “त्‍यसो भएपछि मैले परमेश्‍वरको सन्‍दूकलाई मेरो जिम्‍मामा कसरी राख्‍न सक्‍छु?”</verse>
				<verse number="13">यसैले तिनले सन्‍दूक आफूसित दाऊदको सहरमा लगेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा लगे।</verse>
				<verse number="14">यसरी सन्‍दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्‍म रह्यो, अनि परमेश्‍वरले ओबेद-एदोमको घराना र तिनका घरमा भएका सबैलाई आशिष् दिनुभयो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्‍ति एउटा महल बनाउन पठाए।</verse>
				<verse number="2">अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको प्रजा इस्राएलको खातिर आफ्‍नो राजकीय शक्तिलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो।</verse>
				<verse number="3">दाऊदले यरूशलेममा अझ धेरै विवाह गरे, र तिनका अरू धेरै छोराछोरीहरू भए।</verse>
				<verse number="4">यरूशलेममा जन्‍मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,</verse>
				<verse number="5">यिभार, एलीशूअ, एल्‍पेलेत,</verse>
				<verse number="6">नोगह, नेपेग, यापी,</verse>
				<verse number="7">एलीशामा, बेलीयादा र एलीपेलेत।</verse>
				<verse number="8">दाऊद सारा इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू समस्‍त फौज लिएर तिनलाई खोज्‍न निस्‍के। यो सुनेर दाऊद उनीहरूको सामना गर्न गए।</verse>
				<verse number="9">अब पलिश्‍तीहरूले आएर रपाईहरूको बेँसी लुटेका थिए।</verse>
				<verse number="10">यसैकारण दाऊदले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईं उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुन्छ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म उनीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="11">यसैले दाऊद र तिनका मानिसहरू उक्‍लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्‍यसको किनार भत्‍काएझैँ परमेश्‍वरले मद्वारा मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम राखियो।</verse>
				<verse number="12">पलिश्‍तीहरूले त्‍यहाँ आफ्‍ना देवताहरू छोड़ेका थिए, र दाऊदले ती जलाइदिन भनी हुकुम दिए।</verse>
				<verse number="13">पलिश्‍तीहरूले अर्को एक पल्‍ट बेँसीमा लूटपीट गरे।</verse>
				<verse number="14">फेरि दाऊदले परमेश्‍वरसँग सोधे, र परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “यस पल्‍ट तँ उनीहरूको पछिल्‍तिर जानुपर्छ। उनीहरूलाई आक्रमण नगरिकन घुमेर लहरे-पीपलका रूखहरूका सामुन्‍नेबाट उनीहरूमाथि जाइलाग्‌।</verse>
				<verse number="15">त्‍यसपछि रूखहरूका टुप्‍पा-टुप्‍पामा हुरुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लड़ाइँ गर्, किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्‍तीको सेनालाई प्रहार गर्न जानुहुनेछ।”</verse>
				<verse number="16">परमेश्‍वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे, र तिनीहरूले पलिश्‍ती सेनालाई गिबोनदेखि गेजेरसम्‍मै प्रहार गरे।</verse>
				<verse number="17">यसैले दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जाति-जातिहरूमाथि तिनको डर हालिदिनुभयो।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरेर त्‍यसको लागि एउटा पाल टाँगे।</verse>
				<verse number="2">त्‍यसपछि लेवीहरूले मात्र परमेश्‍वरको सन्‍दूक बोक्‍नुपर्छ भनी तिनले उर्दी दिए। किनभने तिनीहरू नै त्‍यो बोक्‍न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए।</verse>
				<verse number="3">तब त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा परमप्रभुको सन्‍दूक ल्‍याउन दाऊदले सबै इस्राएलीहरूलाई यरूशलेममा भेला गराए।</verse>
				<verse number="4">तिनले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए:</verse>
				<verse number="5">कहातका सन्‍तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १२० जना।</verse>
				<verse number="6">मरारीका सन्‍तानबाट: असायाहचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू २२० जना।</verse>
				<verse number="7">गेर्शोनका सन्‍तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १३० जना।</verse>
				<verse number="8">एलीजापानका सन्‍तानबाट: शमायाहचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू २०० जना।</verse>
				<verse number="9">हेब्रोनका सन्‍तानबाट: एलीएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू ८० जना।</verse>
				<verse number="10">उज्‍जीएलका सन्‍तानबाट: अम्‍मीनादाबचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू ११२ जना।</verse>
				<verse number="11">अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाब,</verse>
				<verse number="12">र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्‍बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्‍यसको निम्‍ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक ल्‍याओ।</verse>
				<verse number="13">तिमीहरू पहिलो पल्‍ट त्‍यहाँ उपस्‍थित नभएकाले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो। किनकि हामीले त्‍यो कसरी ल्‍याउनुपर्ने हो भनी उहाँको अगुवाइ हामीले खोजेनौं।”</verse>
				<verse number="14">यसैकारण परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक ल्‍याउन पूजाहारीहरू र लेवीहरूले आफू-आफूलाई पवित्र गरे।</verse>
				<verse number="15">र परमप्रभुको आज्ञाअनुसार मोशाले तोकेझैँ आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर परमेश्‍वरको सन्‍दूक उठाएर ल्‍याए।</verse>
				<verse number="16">त्‍यसपछि दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्‍बहरूलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीले हर्षको सङ्गीत बजाउनमा नियुक्त गर्नू भनी हुकुम गरे।</verse>
				<verse number="17">यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्‍बहरूबाट बेरेक्‍याहका छोरा आसाप, र तिनीहरूका कुटुम्‍ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई,</verse>
				<verse number="18">अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्‍बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।</verse>
				<verse number="19">सङ्गीतकार हेमान, आसाप र एतान काँसका झ्‍यालीहरू बजाउन नियुक्त भए।</verse>
				<verse number="20">जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्‍ने राग बजाउन नियुक्त भए।</verse>
				<verse number="21">अनि मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याह वीणामा शिमिनिथ भन्‍ने रागअनुसार बजाउनलाई नियुक्त भए।</verse>
				<verse number="22">लेवीहरूका प्रधान कनन्‍याहलाई आफ्‍नो निपुणताको कारण सङ्गीतको जिम्‍मा दिइएको थियो।</verse>
				<verse number="23">बेरेक्‍याह र एल्‍काना सन्‍दूकको निम्‍ति द्वारपाल थिए,</verse>
				<verse number="24">अनि शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्‍दूकको निम्‍ति द्वारपाल थिए।</verse>
				<verse number="25">तब दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका सेनानीहरू ओबेद-एदोमको घरबाट ठूलो आनन्‍दसाथ परमप्रभुका करारको सन्‍दूक ल्‍याउन गए।</verse>
				<verse number="26">परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढ़े र सात वटा भेड़ा बलिदान चढ़ाए।</verse>
				<verse number="27">दाऊद र सन्‍दूक बोक्‍ने सबै लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले मलमलका लुगा लाएका थिए। दाऊदले मलमलको एपोद पनि लाएका थिए।</verse>
				<verse number="28">यसरी सबै इस्राएली जय-ध्‍वनिको साथ भेड़ाका सीङ र तुरही फुक्‍दै र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक लिएर आए।</verse>
				<verse number="29">जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्‍दैगरेका र आनन्‍दित भएका देखिन्, र तिनले आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्‌।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याएर त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र राखे, र तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढ़ाए।</verse>
				<verse number="2">जब दाऊदले यी बलिदानहरू चढ़ाइसके, तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए,</verse>
				<verse number="3">र हरेक इस्राएली, पुरुष र स्‍त्रीलाई एउटा-एउटा रोटी, एक डल्‍लो खजूर र एक झुप्‍पा किशमिश खान दिए।</verse>
				<verse number="4">परमप्रभुका सन्‍दूकको सामुन्‍ने सेवा गर्न, उहाँलाई अन्‍तर्बिन्‍ती र धन्‍यवाद चढ़ाउन र परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा र स्‍तुति गर्न दाऊदले कुनै-कुनै लेवीलाई नियुक्त गरे।</verse>
				<verse number="5">तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्‍यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्‍याली बजाउँथे।</verse>
				<verse number="6">अनि परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।</verse>
				<verse number="7">त्‍यस दिन आसाप र तिनका कुटुम्‍बहरूलाई परमप्रभुको निम्‍ति धन्‍यवाद चढ़ाउन दाऊदले पहिलो पल्‍ट नियुक्त गरे:</verse>
				<verse number="8">परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।</verse>
				<verse number="9">उहाँको निम्‍ति गाओ, उहाँको प्रशंसाको स्‍तुति गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर।</verse>
				<verse number="10">उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूको हृदय आनन्‍दित होस्‌।</verse>
				<verse number="11">परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज।</verse>
				<verse number="12">उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,</verse>
				<verse number="13">हे उहाँका दास इस्राएलको वंश, हे याकूबका सन्‍तान, उहाँका चुनिएकाहरू हो।</verse>
				<verse number="14">उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌।</verse>
				<verse number="15">उहाँ आफ्‍नो करार सदा स्‍मरण गर्नुहुन्‍छ, ती आज्ञाहरू, जो उहाँले हजार पुस्‍ताहरूलाई दिनुभएको थियो,</verse>
				<verse number="16">	त्‍यही करार, जो उहाँले अब्राहामसित बाँध्‍नुभयो, त्‍यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,</verse>
				<verse number="17">	जो उहाँले आदेशको रूपमा याकूबसित पुष्‍टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्‍त करारको रूपमा बाँध्‍नुभयो:</verse>
				<verse number="18">“तँलाई म कनान देश दिनेछु, त्‍यो उत्तराधिकार तेरो अंशमा पर्नेछ।”</verse>
				<verse number="19">जब तिनीहरू गन्‍तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्‍यसमा पनि विदेशी थिए,</verse>
				<verse number="20">तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भई हिँड्‌थे।</verse>
				<verse number="21">उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्‍काउनुभयो,</verse>
				<verse number="22">“मेरो अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।”</verse>
				<verse number="23">हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।</verse>
				<verse number="24">जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर।</verse>
				<verse number="25">किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवताहरूभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ।</verse>
				<verse number="26">किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो।</verse>
				<verse number="27">प्रताप र गौरव उहाँको सम्‍मुख छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌।</verse>
				<verse number="28">जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।</verse>
				<verse number="29">परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर,</verse>
				<verse number="30">हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन।</verse>
				<verse number="31">स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ।”</verse>
				<verse number="32">समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌। खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌।</verse>
				<verse number="33">तब जङ्गलमा भएका वृक्षहरू गाउनेछन्, तिनीहरू परमप्रभुको सम्‍मुख आनन्‍दले गाउनेछन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ।</verse>
				<verse number="34">	परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्‍छ।</verse>
				<verse number="35">यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्‍यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।”</verse>
				<verse number="36">परमप्रभु इस्राएलका परमेश्‍वरको सदासर्वदै प्रशंसा होस्‌। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्‍तुति होस्‌।”</verse>
				<verse number="37">दाऊदले प्रतिदिनको कामअनुसार निरन्‍तरको सेवा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका कुटुम्‍बहरूलाई नियुक्त गरेर राखे।</verse>
				<verse number="38">तिनले द्वारपालको काम गर्ने यदूतूनका छोरा ओबेद-एदोम र होसालाई र ओबेद-एदोमका अठसट्ठी कुटुम्‍बहरू आसापसँग सेवा गर्न खटाए।</verse>
				<verse number="39">इस्राएलीहरूलाई परमप्रभुको सेवा गर्न व्‍यवस्‍थामा लेखिएबमोजिम बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि वेदीमा चढ़ाउन</verse>
				<verse number="40">दाऊदले सादोक पूजाहारी र तिनका सङ्गीपूजाहारीहरूलाई गिबोनमा भएको पूजा गर्ने डाँड़ाको थानमा परमप्रभुको पवित्र वासस्‍थानको सामु रहनलाई खटाए।</verse>
				<verse number="41">तिनीहरूसँगै हेमान र यदूतून र नाउँ-नाउँ गरी चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढ़ाउन खटाइए, “किनभने उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।”</verse>
				<verse number="42">पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउने जिम्‍मा हेमान र यदूतूनलाई दिइएको थियो। यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे।</verse>
				<verse number="43">तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिँ आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">आफ्‍नो महलमा बसेपछि दाऊदले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुका करारको सन्‍दूकचाहिँ पालमा राखिएको छ।”</verse>
				<verse number="2">नातानले दाऊदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ।”</verse>
				<verse number="3">त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ आयो:</verse>
				<verse number="4">“गएर मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि घर बनाउनेछैनस्‌।</verse>
				<verse number="5">इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यसो आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पालसम्‍म सर्दैबस्‍दैआएँ।</verse>
				<verse number="6">जहाँ-जहाँ म इस्राएलसँग यात्रा गरें, के मैले मेरो निम्‍ति देवदारुको घर किन नबनाएको भनी तिनीहरूका अगुवासँग सोधें र?’</verse>
				<verse number="7">“यसैकारण मेरो दास दाऊदलाई भन्, “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले तँलाई खर्कहरूबाट र भेड़ाबाख्रा चराउनदेखि मेरो प्रजा इस्राएलको राजा हुनलाई चुनें।</verse>
				<verse number="8">तँ जहाँ-जहाँ गइस्‌ म तेरो साथमा भएँ, र तेरो बाटोदेखि तेरा शत्रुहरूलाई नष्‍ट पारें। अब म तँलाई पृथ्‍वीका महान्‌ व्‍यक्तिहरूझैँ प्रसिद्ध तुल्‍याउनेछु।</verse>
				<verse number="9">म मेरो प्रजा इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु। त्‍यहीँ म तिनीहरूलाई बसाल्‍नेछु र तिनीहरू आफ्‍नै देशमा बस्‍नेछन्‌। तिनीहरूलाई अब उप्रान्‍त दु:ख दिइनेछैन।</verse>
				<verse number="10">मैले पहिले-पहिले मेरो प्रजा इस्राएलमाथि न्‍यायकर्ताहरूलाई नियुक्त गरेको समयदेखि यसो उनीहरूले अघि सताएझैँ दुष्‍ट मानिसहरूले तिनीहरूलाई फेरि कहिल्‍यै सताउनेछैनन्‌। म तेरा सबै शत्रुहरूलाई तेरो वशमा तुल्‍याइदिनेछु। “‘म तँलाई भन्‍दछु, कि परमप्रभुले तेरो राजकीय घराना खड़ा गर्नुहुनेछ।</verse>
				<verse number="11">जब तेरो जीवन खतम हुनेछ, र तँ तेरा पित्रहरूसित मिल्‍न जानेछस्, तब तेरै घरानाको एक जनालाई तेरो पछि राज्‍य गर्न म नियुक्त गर्नेछु, र म त्‍यसको राज्‍य स्‍थिर गर्नेछु।</verse>
				<verse number="12">त्‍यसैले मेरो लागि एउटा भवन बनाउनेछ, र त्‍यसको सिंहासन सदाको निम्‍ति स्‍थिर गर्नेछु।</verse>
				<verse number="13">म त्‍यसका पिता हुनेछु र त्‍यो मेरो छोरो हुनेछ। मैले तेरो अघिको शासन गर्नेदेखि मेरो प्रेम फिर्ता लिएझैँ म त्‍यसदेखि चाहिँ मेरो प्रेम कहिल्‍यै फिर्ता लिनेछैनँ।</verse>
				<verse number="14">म त्‍यसलाई मेरो भवन र मेरो राज्‍यमाथि सधैँको निम्‍ति राख्‍नेछु, र त्‍यसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थिर रहनेछ’।”</verse>
				<verse number="15">तिनलाई भनेका र प्रकट गरिएका सबै कुरा नातानले दाऊदलाई वर्णन गरिदिए।</verse>
				<verse number="16">तब दाऊद राजा परमप्रभुको उपस्‍थितिमा गए र तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो घराना के हो र, कि तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ?</verse>
				<verse number="17">तापनि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त अझ यथेष्‍ट छैन। तपाईंले आफ्‍नो प्रतिज्ञा आफ्‍नो दासको घरानामाथि दूर भविष्‍यसम्‍मलाई बढ़ाउनुभएको छ।</verse>
				<verse number="18">“आफ्‍नो दासलाई दिएको मानको विषयमा दाऊदले तपाईंलाई अरू के भन्‍न सक्‍छ र? तपाईंले त आफ्‍नो दासलाई राम्ररी जान्‍नुभएकै छ।</verse>
				<verse number="19">हे परमप्रभु, आफ्‍नो दासको खातिर र तपाईंको इच्‍छाअनुसार तपाईंले यी सबै महान्‌ कार्यहरू गर्नुभएको छ, र यी महान्‌ प्रतिज्ञाहरू थाहा दिनुभएको छ।</verse>
				<verse number="20">“तपाईंजस्‍तै कोही छैन, हे परमप्रभु, तपाईंबाहेक अरू कोही ईश्‍वर छैन।</verse>
				<verse number="21">र तपाईंको प्रजा इस्राएललाई चाहिँ कोसँग तुलना गर्न सकिन्‍छ र? दासत्‍वबाट मुक्त गरेर आफ्‍नो प्रजा बनाउनलाई परमेश्‍वर स्‍वयम्‌ आउनुभएको पृथ्‍वीमा अरू कुनै जाति छ र? तपाईंले महान्‌ र भयानक कार्यहरूद्वारा मिश्रदेशबाट मुक्त गर्नुभएको आफ्‍नो प्रजाको अगि जाति-जातिहरूलाई धपाएर आफ्‍नो निम्‍ति ख्‍याति राख्‍नुभएको छ।</verse>
				<verse number="22">तपाईंले आफ्‍नो प्रजा इस्राएललाई सदासर्वदाको निम्‍ति आफ्‍नो बनाउनुभएको छ। तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ।</verse>
				<verse number="23">“अब हे परमप्रभु, आफ्‍नो दास र त्‍यसको घरानाको निम्‍ति तपाईंले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो सब समयको लागि स्‍थिर रहोस्‌। तपाईंले जे भन्‍नुभएको छ, त्‍यो पूरा गर्नुहोस्,</verse>
				<verse number="24">ताकि तपाईंको ख्‍याति सदासर्वदाको निम्‍ति महान्‌ हुनलाई त्‍यो स्‍थिर रहोस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान्‌ परमप्रभु इस्राएलमाथिका परमेश्‍वर इस्राएलकै परमेश्‍वर हुनुहुन्‍छ!’ अनि तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थिर हुनेछ।</verse>
				<verse number="25">“तपाईं मेरा परमेश्‍वरले आफ्‍नो दासको घर बनाउनलाई आफ्‍नो अभिप्राय मलाई प्रकट गर्नुभएको छ। यसैकारण तपाईंको दासले तपाईंको सामु प्रार्थना चढ़ाउन आँटेको छ।</verse>
				<verse number="26">हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ। तपाईंले आफ्‍नो दाससित यी उच्‍च प्रतिज्ञाहरू गर्नुभएको छ।</verse>
				<verse number="27">त्‍यो सधैँ तपाईंको सामु रहिरहोस्‌ भनी आफ्‍नो दासको घरानालाई आशिष्‌ दिनु तपाईंलाई इच्‍छा भयो। किनकि तपाईंले नै त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदासर्वदै आशिषित हुनेछ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">केही बेरपछि दाऊदले पलिश्‍तीहरूलाई जितेर परास्‍त गरे, र उनीहरूबाट गात र त्‍यसका वरिपरिका गाउँहरू लिए।</verse>
				<verse number="2">तिनले मोआबीहरूलाई पनि जिते, र उनीहरू तिनको अधीनमा भएर तिनलाई कर तिर्ने गरे।</verse>
				<verse number="3">यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधिकार कायम राख्‍न जाँदा दाऊदले सोबाका राजा हददेजेरसँग हमातसम्‍म लड़ाइँ गरे।</verse>
				<verse number="4">उनीबाट दाऊदले एक हजार रथ, सात हजार सारथिहरू र बीस हजार पैदल सिपाहीहरू कैद गरे। तिनले एक सय घोड़ाबाहेक अरू सबै रथका घोड़ाहरूका खुट्टाका नशा काटिदिए।</verse>
				<verse number="5">जब सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई दमस्‍कसका अरामीहरू आए, तब दाऊदले उनीहरूका बाईस हजार जनालाई नाश गरे,</verse>
				<verse number="6">र ती अरामीहरूको राज्‍य दमस्‍कसमा छाउनी बसाले। उनीहरू तिनका अधीनमा भएर तिनलाई कर तिर्ने गरे। यसरी दाऊद जहाँ गए तापनि परमप्रभुले तिनलाई विजयी तुल्‍याउनुभयो।</verse>
				<verse number="7">हददेजेरका अधिकृतहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसेर यरूशलेममा ल्‍याए।</verse>
				<verse number="8">तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए। यसैबाट सोलोमनले काँसाको एउटा विशाल खड्‌कुँलो, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँड़ाहरू बनाए।</verse>
				<verse number="9">जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,</verse>
				<verse number="10">तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्‍ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्‍याए।</verse>
				<verse number="11">दाऊद राजाले यी भाँड़ाहरू परमप्रभुमा समर्पण गरे। तिनले अरू सबै जातिहरू— एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍तीहरू र अमालेक— तीबाट लिएका सुन र चाँदी पनि समर्पण गरे।</verse>
				<verse number="12">एदोमचाहिँ सरूयाहका छोरा अबीशैले परास्‍त गरे। तिनले नूनको उपत्‍यकामा उनीहरूका अठाह्र हजारलाई नाश गरे।</verse>
				<verse number="13">उनीहरूको देशमा छाउनी बसाले, सबै एदोमीहरू अब दाऊदका अधीनमा भए। जहाँ-जहाँ तिनी गए परमप्रभुले दाऊदलाई विजयी तुल्‍याउनुभयो।</verse>
				<verse number="14">दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै प्रजामाथि ऐन र न्‍याय कायम गरे।</verse>
				<verse number="15">सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।</verse>
				<verse number="16">अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। शब्‍शा सचिव थिए।</verse>
				<verse number="17">यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका जिम्‍मावाल थिए। दाऊदका छोराहरूचाहिँ राजाका मुख्‍य अधिकारीहरू थिए।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा उनका छोरा राजा भए।</verse>
				<verse number="2">दाऊदले भने, “नाहाशका छोरा हानूनसित मैले त्‍यही साँचो मित्रता राख्‍नुपर्छ जस्‍तो उनका पिताले मलाई देखाएका थिए।” यसैले उनका पिताको मृत्‍युमा सहानुभूति प्रकट गर्न तिनले दूतहरू पठाए। जब दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे,</verse>
				<verse number="3">तब अम्‍मोनी भारदारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ? तपाईंको देश कसरी नाश गर्न भनी जान्‍न पठाएका दाऊदका यी मानिसहरू त तिनका जासूसहरू होइनन्‌ र?”</verse>
				<verse number="4">यसकारण हानूनले दाऊदका मानिसहरूलाई समातेर तिनीहरूका कपाल खौरिदिए, र तलदेखि जाँघसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए।</verse>
				<verse number="5">जब तिनीहरूमाथि गरिएको त्‍यो व्‍यवहारको विषय दाऊदले सुने, तब तिनले तिनीहरूसित भेट गर्न समाचारवाहकहरू पठाए, किनकि तिनीहरूको साह्रै बेइज्‍जत गरिएको थियो। तिनीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस्‍न भनी तिनले हुकुम गरे।</verse>
				<verse number="6">जब अम्‍मोनीहरूले आफूहरूलाई दाऊदको दृष्‍टिमा घृणित तुल्‍याएछौं भनी थाहा पाए, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोड़ा चाँदी पठाए।</verse>
				<verse number="7">उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए। अम्‍मोनीहरूचाहिँ आ-आफ्‍ना सहरहरूबाट आएर लड़ाइँको निम्‍ति भेला भए।</verse>
				<verse number="8">दाऊदले यो कुरा सुनेर योआब र जम्‍मै लड़ाकू मानिसहरूलाई पठाए।</verse>
				<verse number="9">अम्‍मोनीहरू आएर सहरमा जाने मूल ढोकामा लड़ाइँ गर्न तयार भए, र उनका मित्र-राजाहरूले खुला मैदानमा आ-आफ्‍नो स्‍थान लिए।</verse>
				<verse number="10">जब योआबले आफूलाई अगि र पछि दुवैतिर लड़ाइँले घेरेको थाहा पाए, तब तिनले कुनै-कुनै चुनिएका असल इस्राएली फौजलाई अरामीहरूको सामना गर्न पठाए।</verse>
				<verse number="11">तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको अधीनमा दिए, र तिनले अम्‍मोनीहरूको सामना गर्नलाई स्‍थान लिए।</verse>
				<verse number="12">योआबले भने, “यदि अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए तिमी मेरो सहायता गर्न आउनू। यदि अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए म तिमीलाई सहायता गर्न आउनेछु। साहसिलो होऊ!</verse>
				<verse number="13">हामी आफ्‍ना जाति र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहससित लड़ाइँ गरौं। अनि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ।”</verse>
				<verse number="14">तब योआब र तिनका मानिसहरू अरामीहरूका नजिकै गएर उनीहरूलाई खेदे।</verse>
				<verse number="15">अनि अम्‍मोनीहरूले अरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब यरूशलेममा फर्के।</verse>
				<verse number="16">अरामीहरूले “हामी त इस्राएलीहरूद्वारा परास्‍त भएका छौं” भनी देखेर यूफ्रेटिस नदीको पारिबाट हददेजेरका सेनापति शोपकको अधीनमा भएका अरू अरामीहरूलाई बोलाइपठाए।</verse>
				<verse number="17">उनीहरूको यो कुरा दाऊदलाई सुनाइयो। तब तिनले झट्टै इस्राएलका सबै फौजलाई भेला गरेर यर्दन नदी पार गरी उनीहरूसँग लड़ाइँ गर्न मोर्चा बाँधे। अरामीहरूले पनि त्‍यस्‍तै गरी दाऊदको सामना गर्न मोर्चा बाँधेर तिनीसँग लड़ाइँ गरे।</verse>
				<verse number="18">तर इस्राएलीहरूले उनीहरूलाई खेदे। दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू र सेनापति शोपकलाई पनि मारे।</verse>
				<verse number="19">हददेजेरका मानिसहरूले आफूलाई इस्राएलीहरूले परास्‍त गरेका देखेर सन्‍धिको निम्‍ति बिन्‍ती चढ़ाए, र दाऊदकहाँ आत्‍मसमर्पण गरे। यसकारण अरामीहरू फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">बसन्‍त ऋतु लाग्‍दा जब राजाहरू लड़ाइँ गर्न जान्‍थे, तब योआबले सेना लिएर अम्‍मोनीहरूको देशलाई उजाड़ पारे, र रब्‍बा सहरमा गएर त्‍यसलाई घेरा हाले। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। योआबले त्‍यस सहरलाई ध्‍वंस गरेर धूलोपीठो पारे।</verse>
				<verse number="2">दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे। त्‍यसको तौल सुनको एक तोड़ा थियो, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू पनि जड़ेका थिए। त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो। तिनले त्‍यस सहरबाट धेरै परिणाममा लूटका मालहरू ल्‍याए।</verse>
				<verse number="3">तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्‍चराहरूले काम गर्न लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्‍यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के।</verse>
				<verse number="4">यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लड़ाइँ भयो। त्‍यसै बेला हूशाती सिब्‍बकैले रपाईहरूका एक सन्‍तान सिप्‍पैलाई मारे, र पलिश्‍तीहरू परास्‍त भए।</verse>
				<verse number="5">पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड़ कपड़ा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो।</verse>
				<verse number="6">गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्‍मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्‍यो। त्‍यो पनि रफाको सन्‍तान थियो।</verse>
				<verse number="7">जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे।</verse>
				<verse number="8">यी राक्षसहरू गातमा रफाका सन्‍तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्‍नो प्रजा गन्‍नलाई सुर्‍यायो।</verse>
				<verse number="2">यसैले तिनले योआब र आफ्‍ना फौजका अधिकृतहरूलाई बेर्शेबादेखि दानसम्‍मका इस्राएलीहरूको जनसंख्‍या लिएर तिनलाई बताउनू भनी आदेश दिए।</verse>
				<verse number="3">योआबले जवाफ दिए, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढ़ाइदेऊन्! के हजूर अझै तिनीहरूका राजा र सबै मानिसहरू हजूरका दास हुनेछैनन्‌ र? हजूरले किन त्‍यसो गर्नुपर्छ र? तपाईंले इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”</verse>
				<verse number="4">तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। तिनी हिँड़िगए, र इस्राएलभरि घुमे।</verse>
				<verse number="5">तब तिनी यरूशलेममा आएर दाऊदलाई आफूले लिएको जनसंख्‍या यसरी बताइदिए: “हतियार चलाउन सक्‍नेहरू इस्राएलमा एघार लाख र यहूदामा चार लाख सत्तरी हजार रहेछन्‌।”</verse>
				<verse number="6">तर योआबले लेवी र बेन्‍यामीनको गन्‍ती लिएनन्, किनभने राजाको हुकुमले तिनी साह्रै अप्रसन्‍न भएका थिए।</verse>
				<verse number="7">यो हुकुमबाट परमेश्‍वर पनि अप्रसन्‍न हुनुभयो, र इस्राएलीहरूलाई उहाँले दण्‍ड दिनुभयो।</verse>
				<verse number="8">तब दाऊदले परमेश्‍वरलाई भने, “मैले साह्रै दुष्‍ट काम गरें। बिन्‍ती छ, आफ्‍नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु।”</verse>
				<verse number="9">परमप्रभुले दाऊदका दर्शी गादलाई भन्‍नुभयो,</verse>
				<verse number="10">“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो सामु तीन वटा प्रस्‍ताव राख्‍दैछु। तीमध्‍ये एउटा छान्, र म त्‍यो तँमाथि ल्‍याउनेछु’।”</verse>
				<verse number="11">यसैले गाद दाऊदकहाँ गएर यसो भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ:</verse>
				<verse number="12">‘एउटा चुन्‌— तीन वर्षको अनिकाल, तीन महिनासम्‍म तेरा शत्रुहरूद्वारा सताइनु, र उनीहरूका तरवारले तँ खेदिइनु, अथवा सारा देशमा विपत्ति ल्‍याउने परमप्रभुको आफ्‍नो तरवार— परमप्रभुका दूतद्वारा इस्राएलका सबै इलाकाहरू विनाश ल्‍याउने काम’। अब विचार गर्नुहोस्, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो।”</verse>
				<verse number="13">तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्‍टमा परेको छु। मलाई परमप्रभुको हातमा नै पर्न देऊ। किनभने उहाँको करुणा अति महान्‌ छ। तर मलाई मानिसको हातमा पर्नु नपरोस्‌।”</verse>
				<verse number="14">यसकारण परमप्रभुले इस्राएलभरि नै एउटा विपत्ति पठाउनुभयो, र इस्राएलका सत्तरी हजार मानिसहरू मरे।</verse>
				<verse number="15">र परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो। तर तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बद्‌लेर ती नाश गर्ने स्‍वर्गदूतलाई भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम!” त्‍यसै बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।</verse>
				<verse number="16">मास्‍तिर हेर्दा दाऊदले परमप्रभुका स्‍वर्गदूतलाई स्‍वर्ग र पृथ्‍वीका बीचमा आफ्‍नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब दाऊद र धर्म-गुरुहरू भाङ्‌ग्रा लाएर भूइँमा घोप्‍टो परे।</verse>
				<verse number="17">अनि दाऊदले परमेश्‍वरलाई भने, “लड़ाकू मानिसहरूको गन्‍ती लिनलाई मैले पो हुकुम दिएको थिएँ। मैले पो पाप गरेको थिएँ। मैले पो दोष गरेको थिएँ। तर ती बिचरा भेड़ाहरूले के गरेका थिए र? हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंको हातको प्रकोप म र मेरो घरानामाथि परोस्, तर यो विपत्ति तपाईंको प्रजामाथि नपरोस्‌।”</verse>
				<verse number="18">दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनू भनी हुकुम गर भनेर परमप्रभुका स्‍वर्गदूतले गादलाई भने।</verse>
				<verse number="19">परमप्रभुको नाउँमा गादले हुकुम गरेझैँ दाऊद त्‍यहाँ उक्‍लेर गए।</verse>
				<verse number="20">अरौना आफ्‍नो गहूँ दाइँ गरिरहेका थिए। तिनी यसो फर्के, र ती स्‍वर्गदूतलाई देखे। अरौनासँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।</verse>
				<verse number="21">दाऊद तिनको छेउमा आइपुग्‍दा अरौनाले माथितिर हेरे, र राजालाई देखेर खलाबाट आई तिनको सामु घोप्‍टो परे।</verse>
				<verse number="22">दाऊदले अरौनालाई भने, “मलाई यस खलाको जग्‍गा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन देऊ, ताकि प्रजामाथि परेको यो विपत्ति थामिओस्‌। त्‍यसको पूरै दाममा मलाई बेच।”</verse>
				<verse number="23">अरौनाले दाऊदलाई जवाफ दिए, “त्‍यो लिनुहोस्, र महाराजालाई जस्‍तो इच्‍छा लाग्‍छ, गर्नुहोस्‌। होमबलिको निम्‍ति यहाँ गोरुहरू छन्, दाइँका काठहरू दाउराको निम्‍ति र गहूँ अन्‍नबलिको निम्‍ति छन्‌। म सबै थोक तपाईंलाई दिँदैछु।”</verse>
				<verse number="24">तर दाऊद राजाले ओनानलाई भने, “होइन, म पूरै दाम दिनेछु। तिम्रो सम्‍पत्ति लिएर सित्तैँमा पाएका थोकको होमबलि म परमप्रभुलाई चढ़ाउनेछैनँ।”</verse>
				<verse number="25">यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का दिए, र तिनले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।</verse>
				<verse number="26">त्‍यसैमा तिनले होमबलि र मेलबलि चढ़ाए, र परमप्रभुका नाउँको पुकारा गरे। अनि परमप्रभुले स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो।</verse>
				<verse number="27">तब परमप्रभुको आज्ञाअनुसार ती स्‍वर्गदूतले आफ्‍नो तरवार म्‍यानमा हाले।</verse>
				<verse number="28">त्‍यसै बेला परमप्रभुले यबूसी अरौनाको खलामा जवाफ दिनुभयो भनी देखेर दाऊदले त्‍यहाँ बलिदानहरू चढ़ाए।</verse>
				<verse number="29">मोशाले उजाड़-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी त्‍यस बेलासम्‍म गिबोनमा पूजा गर्ने स्‍थानमा नै थिए।</verse>
				<verse number="30">तर परमप्रभुको अगुवाइ माग्‍न दाऊद जान सकेका थिएनन्, किनभने ती स्‍वर्गदूतको तरवारले तिनी साह्रै भयभीत भएका थिए।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">तब दाऊदले भने, “परमप्रभु परमेश्‍वरका भवनको स्‍थान यही हुनेछ, र यही नै इस्राएलको निम्‍ति होमबलिको वेदी पनि हुनेछ।”</verse>
				<verse number="2">तब दाऊदले इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला हुने हुकुम गरे, र तिनीहरूलाई ढुङ्गा काटेर तयार गर्न परमप्रभुको भवन बनाउने काममा खटाए।</verse>
				<verse number="3">तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै फलाम दिए, र काँसा जोखी नसक्‍ने गरी पनि दिए।</verse>
				<verse number="4">अनि देवदारुका काठ बेहिसाब थुपारे, किनभने सीदोनी र टुरोसका मानिसहरूले दाऊदको निम्‍ति प्रशस्‍त मात्रामा देवदारु ल्‍याइदिए।</verse>
				<verse number="5">दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै छ। परमप्रभुको निम्‍ति निर्माण गरिने भवन अत्‍यन्‍तै शोभायमान र सबै देशमा प्रसिद्ध र नाउँ चलेको हुनुपर्छ। यसकारण त्‍यो निर्माण गर्नलाई मैले नै सबै तयारी गर्नेछु।” यसैले आफ्‍नो मृत्‍युअघि नै दाऊदले प्रचुर सामान तयार गर्न लागे।</verse>
				<verse number="6">तिनले आफ्‍ना छोरा सोलोमनलाई बोलाइपठाए, र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा भवन निर्माण गर्ने आज्ञा दिए।</verse>
				<verse number="7">तिनले सोलोमनलाई भने, “हे मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा भवन निर्माण गर्ने मेरो अभिप्राय थियो।</verse>
				<verse number="8">तर परमप्रभुले मलाई मनाही गरेर भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात र ठूला-ठूला युद्ध गरेको छस्‌। मेरो नाउँको निम्‍ति तैंले यो भवन निर्माण गर्नेछैनस्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रक्तपात गरेको छस्‌।</verse>
				<verse number="9">तर तेरो एउटा छोरो हुनेछ, जो शान्‍तिको मानिस हुनेछ। म चारैतिर त्‍यसका सबै शत्रुहरूबाट त्‍यसलाई शान्‍ति दिनेछु। त्‍यसको नाउँ सोलोमन हुनेछ। त्‍यसको राजकालमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु।</verse>
				<verse number="10">त्‍यसैले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ। त्‍यो मेरो छोरो हुनेछ, र म त्‍यसका पिता हुनेछु। अनि म इस्राएलमा सदासर्वदाको लागि त्‍यसको राज्‍यको सिंहासन स्‍थिर गर्नेछु’।</verse>
				<verse number="11">“अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्‌। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्‍नुभएअनुसार तेरो उन्‍नति होस्, र तैंले परमप्रभु तेरा परमेश्‍वरको घर बना।</verse>
				<verse number="12">परमप्रभुले तँलाई बुद्धि र ज्ञान देऊन्, कि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्‌।</verse>
				<verse number="13">इस्राएलको निम्‍ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस्‌ भने तेरो उन्‍नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्‍साहित नहो।</verse>
				<verse number="14">“ज्‍यादै दु:ख उठाएर मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोड़ा सुन, दश लाख तोड़ा चाँदी, जोख्‍नै नसकिने काँसा र फलाम जोहो गरिराखेको छु। काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु। तैंले त्‍यसमा अरू थप्‍न सक्‍छस्‌।</verse>
				<verse number="15">त्‍यसबाहेक तँसित धेरै कारीगर, डकर्मी, ढुङ्गा काट्‌ने, सिकर्मीहरू,</verse>
				<verse number="16">अनि सुन, चाँदी, काँसा र फलामका सबै किसिमका काम गर्ने अनगन्‍ती निपुण मानिसहरू पनि छन्‌। यसैकारण अब काम सुरु गर्, र परमप्रभु तँसित होऊन्‌।”</verse>
				<verse number="17">दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर हुकुम गरे,</verse>
				<verse number="18">“के परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍न? के उहाँले तिमीहरूलाई चारैतिर शान्‍ति दिनुभएको छैन? किनकि उहाँले यस देशका बासिन्‍दाहरूलाई मेरो अधीनमा राख्‍नुभएको छ। उनीहरू परमप्रभु र उहाँका प्रजाको अधीनमा छन्‌।</verse>
				<verse number="19">अब परमप्रभु तिमीहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न आफ्‍नो तनमन लगाओ। उहाँको पवित्रस्‍थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र भाँड़ाकुँड़ाहरू उहाँको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए।</verse>
				<verse number="2">तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए।</verse>
				<verse number="3">लेवीहरूमध्‍ये तीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्‍मा अठतीस हजार थिए।</verse>
				<verse number="4">तिनीहरूमध्‍येका चौबीस हजारचाहिँ परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्‍यायकर्ताहरू,</verse>
				<verse number="5">चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्न तिनले खटाइदिए।</verse>
				<verse number="6">दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।</verse>
				<verse number="7">गेर्शोनीहरूका सन्‍तान: लादान र शिमी।</verse>
				<verse number="8">लादानका छोराहरू: जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।</verse>
				<verse number="9">शिमीका छोराहरू: शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए।</verse>
				<verse number="10">अनि शिमीका छोराहरू: यहत, जीजा, येऊश र बरीआ— चार जना।</verse>
				<verse number="11">यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्‍ति एकै परिवारमा गनिए।</verse>
				<verse number="12">कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल चार जना।</verse>
				<verse number="13">अम्रामका छोराहरू: हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्‍तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए।</verse>
				<verse number="14">परमप्रभुका जन मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए।</verse>
				<verse number="15">मोशाका छोराहरू: गेर्शोम र एलीएजर।</verse>
				<verse number="16">गेर्शोमका सन्‍तान: शूबाएलचाहिँ जेठा थिए।</verse>
				<verse number="17">एलीएजरका सन्‍तान: रहब्‍याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्‍याहका छोराहरू औधी धेरै थिए।</verse>
				<verse number="18">यिसहारका छोराहरू: शलोमीतचाहिँ जेठा थिए।</verse>
				<verse number="19">हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।</verse>
				<verse number="20">उज्‍जीएलका छोराहरूमा: मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।</verse>
				<verse number="21">मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र कीश।</verse>
				<verse number="22">एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌। यसैले तिनका दाजुभाइहरू, अर्थात्‌ कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे।</verse>
				<verse number="23">मूशीका छोराहरू: महली, एदेर र यरीमोत— तीन जना।</verse>
				<verse number="24">सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्‍तान, आ-आफ्‍ना परिवारका मुखियाहरू, बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्‍दिरमा सेवा गर्थे, तिनीहरू यस्‍तै थिए।</verse>
				<verse number="25">किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शान्‍ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ।</verse>
				<verse number="26">यसैकारण लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्‍नुपर्नेछैन।”</verse>
				<verse number="27">दाऊदका यी नै पछिल्‍ला वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका लेवीहरू गनिए।</verse>
				<verse number="28">लेवीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्‍वरका भवनको सेवाको अरू काम गर्नु,</verse>
				<verse number="29">अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्‍नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्‍मा तिनीहरूको थियो।</verse>
				<verse number="30">परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्‍ति होमबलि चढ़ाउने बेलामा</verse>
				<verse number="31">तिनीहरू धन्‍यवाद दिने र स्‍तुति गर्ने काममा विधिपूर्वक र निरन्‍तर लागिरहनुपर्थ्‍यो।</verse>
				<verse number="32">यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्‍थानको जिम्‍मा, अनि तिनीहरूका कुटुम्‍ब हारूनका सन्‍तानहरूको अधिकारमुनि परमप्रभुका मन्‍दिरको सेवाको जिम्‍मा लिनुपर्थ्‍यो।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">हारूनका छोराहरूका विभाजन: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।</verse>
				<verse number="2">तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताको मृत्‍युअघि नै कोही छोराहरू नजन्‍मीकनै मरे। यसैकारण एलाजार र ईतामारले पूजाहारीहरूको काम गर्थे।</verse>
				<verse number="3">दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्‍नो जिम्‍मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए।</verse>
				<verse number="4">तिनीहरूका घरानाका मुख्‍य पुरुषहरू ईतामारको भन्‍दा एलाजारको ज्‍यादा भेट्टाइए। त्‍यसकारण एलाजारका सन्‍तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्‍तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्‍नो दलमा बाँधिए।</verse>
				<verse number="5">तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍ये पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए।</verse>
				<verse number="6">नतनेलका छोरा शमायाह, जो एक लेवी र शास्‍त्री पनि थिए, तिनले राजा र अधिकारीहरूका सामुन्‍ने पूजाहारीहरूका नाउँ लेखे: सादोक पूजाहारी र अबियाथारका छोरा अहीमेलेक र पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू, अर्थात्‌ एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालोपालो एकएक परिवारको नाउँ तिनले लेखे।</verse>
				<verse number="7">पहिलो चिट्ठा यहोयारीबको नाउँमा, दोस्रो यदायाहको,</verse>
				<verse number="8">तेस्रो हारीमको, चौथो सोरीमको,</verse>
				<verse number="9">पाँचौँ मल्‍कियाहको, छैटौँ मियामीनको,</verse>
				<verse number="10">सातौँ हक्‍कोसको, आठौँ अबियाको,</verse>
				<verse number="11">नवौँ येशूअको, दशौँ शकन्‍याहको,</verse>
				<verse number="12">एघारौँ एल्‍यासीबको, बाह्रौँ याकीमको,</verse>
				<verse number="13">तेह्रौँ हुप्‍पाको, चौधौँ येशेबाबको,</verse>
				<verse number="14">पन्‍ध्रौँ बिल्‍गाको, सोह्रौँ इम्‍मेरको,</verse>
				<verse number="15">सत्रौँ हेजीरको, अठारौँ हप्‍पिसेसको,</verse>
				<verse number="16">उन्‍नाईसौँ पतहियाहको, बीसौँ यहेजकेलको,</verse>
				<verse number="17">एक्‍काईसौँ याकीनको, बाईसौँ गमूएलको,</verse>
				<verse number="18">तेईसौँ दलायाहको र चौबीसौँ माज्‍याहको नाउँमा निस्‍क्‍यो।</verse>
				<verse number="19">तिनीहरूका पुर्खा हारूनले यो आदेश परमप्रभु इस्राएलका परमेश्‍वरबाट पाएका थिए। तिनले तोकेको यो विधिअनुसार जब तिनीहरू परमप्रभुको मन्‍दिरमा आफ्‍नो सेवाको काम गर्न जान्‍थे, तब तिनीहरूको सिलसिला यही थियो।</verse>
				<verse number="20">बाँकी लेवीहरूबाट: अम्रामका छोराहरूबाट: शूबाएल। शूबाएलका छोराहरूबाट: येहदयाह।</verse>
				<verse number="21">रहब्‍याहका छोराहरूबाट: यिशियाह, जो रहब्‍याहका छोराहरूमध्‍ये जेठा थिए।</verse>
				<verse number="22">यिसहारको वंशका शलोमोत। शलोमोतका छोराहरूबाट: यहत।</verse>
				<verse number="23">हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।</verse>
				<verse number="24">उज्‍जीएलका छोराहरू: मीका। मीकाका छोराहरूबाट: शामीर। मीकाका भाइ यिश्‍याह।</verse>
				<verse number="25">यिश्‍याहका छोराहरूबाट: जकरिया।</verse>
				<verse number="26">मरारीका छोराहरू: महली र मूशी। यजियाहका छोरा बनो।</verse>
				<verse number="27">मरारीका छोराहरू: यजियाहबाट: बनो, शोहम, जक्‍कूर र इब्री।</verse>
				<verse number="28">महलीबाट: एलाजार, जसका कोही छोराहरू थिएनन्‌।</verse>
				<verse number="29">कीशबाट: कीशका छोरा यरहमेल।</verse>
				<verse number="30">अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। लेवीहरू आ-आफ्‍ना परिवारअनुसार यी नै थिए।</verse>
				<verse number="31">राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा आफ्‍ना कुटुम्‍ब हारूनका सन्‍तानहरूले गरेझैँ यिनीहरूले पनि चिट्ठा हाले।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">दाऊद र तिनका सेनापतिहरूले आसापका छोराहरू, हेमानका छोराहरू र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी कहने काममा खटाइदिए। यिनीहरूको सूची यस प्रकार थियो:</verse>
				<verse number="2">आसापका छोराहरूबाट: जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्‍ने आसापको अधीनमा यिनीहरू थिए।</verse>
				<verse number="3">यदूतूनका छोराहरूबाट: गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह। यी छ जना आफ्‍ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्दै अगमवाणी बोल्‍थे।</verse>
				<verse number="4">हेमानका छोराहरूबाट: बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत।</verse>
				<verse number="5">यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्‍च पार्नका निम्‍ति परमेश्‍वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्‍वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो।</verse>
				<verse number="6">तिनीहरू सबै परमप्रभुको मन्‍दिरमा आफ्‍ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्‍याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्‍थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए।</verse>
				<verse number="7">तिनीहरूका कुटुम्‍बहरूका साथमा सङ्गीतकारहरूको संख्‍या २८८ थियो।</verse>
				<verse number="8">जवान र बूढ़ा, गाउनमा निपुण र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे।</verse>
				<verse number="9">पहिलो चिट्ठा, जो आसापको निम्‍ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्‍यो— १२ जना। दोस्रो चिट्ठा गदल्‍याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।</verse>
				<verse number="10">तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="11">	चौथो यिस्री र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="12">पाँचौँ नतन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="13">छैटौँ बुक्‍कियाहको र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="14">	सातौँ यसरेला र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="15">आठौँ यशयाह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="16">नवौँ मत्तन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="17">दशौँ शिमी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="18">	एघारौँ अज्रेल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="19">बाह्रौँ हशब्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="20">तेह्रौँ शूबाएल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="21">चौधौँ मत्तित्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="22">पन्‍ध्रौँ यरीमोत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="23">सोह्रौँ हनन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="24">सत्रौँ योश्‍बाकाशा र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="25">अठारौँ हनानी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="26">उन्‍नाईसौँ मल्‍लोती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="27">बीसौँ एलीआता र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="28">एक्‍काईसौँ होतीर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="29">बाईसौँ गिद्दलती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="30">तेईसौँ महजीओत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
				<verse number="31">चौबीसौँ रोममती-एजेर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">द्वारपालहरूका दलहरू: कोरहीहरूबाट: कोरेका छोरा मेशेलेम्‍याह (कोरेचाहिँ आसापका छोराहरूमा एक थिए)।</verse>
				<verse number="2">मेशेलेम्‍याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्‍नीएल,</verse>
				<verse number="3">अन्‍तरे एलाम, जन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै।</verse>
				<verse number="4">	ओबेद-एदोमका छोराहरू: जेठा शमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, अन्‍तरे नतनेल,</verse>
				<verse number="5">जन्‍तरे अम्‍मीएल, खन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै। (किनभने परमेश्‍वरले ओबेदएदोमलाई आशिष्‌ दिनुभएको थियो।)</verse>
				<verse number="6">तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्‍ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्‍यता भएका मानिसहरू थिए।</verse>
				<verse number="7">शमायाहका छोराहरू: ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद। तिनका कुटुम्‍ब एलीहू र समक्‍याह पनि योग्‍यता भएका मानिसहरू थिए।</verse>
				<verse number="8">यी सबै ओबेदएदोमका सन्‍तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्‍यता भएका मानिसहरू थिए, अनि काम गर्नका निम्‍ति तिनीहरूको शक्ति पर्याप्‍त थियो। तिनीहरू जम्‍मा ६२ जना थिए।</verse>
				<verse number="9">मेशेलेम्‍याहका छोराहरू र दाजुभाइहरू सबै योग्‍यता भएका मानिसहरू थिए— १८ जना।</verse>
				<verse number="10">मरारी होसाका छोराहरू: जेठाचाहिँ शिम्री (तिनी जेठा थिएनन्, तर तिनका पिताले तिनलाई जेठा तुल्‍याएका थिए),</verse>
				<verse number="11">माहिला हिल्‍कियाह, साहिँला तबलियाह र कान्‍छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्‍मा १३ जना थिए।</verse>
				<verse number="12">द्वारपालका दलहरूका यी प्रधान-प्रधान पुरुषहरू आफ्‍ना कुटुम्‍बहरूझैँ परमप्रभुको मन्‍दिरको सेवाको निम्‍ति छुट्ट्याइएका थिए।</verse>
				<verse number="13">जवान र बूढ़ा दुवैले आफ्‍ना घराना-घरानाअनुसार हरेक मूल ढोकाको निम्‍ति चिट्ठा हाले।</verse>
				<verse number="14">पूर्व ढोकाको लागि शेलेम्‍याहको नाउँमा पर्‍यो। त्‍यसपछि तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको नाउँमा उत्तर ढोका पर्‍यो।</verse>
				<verse number="15">ओबेद-एदोमलाई चाहिँ दक्षिण ढोका पर्‍यो, र तिनका छोराहरूलाई ढुकुटी पर्‍यो।</verse>
				<verse number="16">शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र उकालो लाग्‍ने बाटोको शल्‍केत ढोका पर्‍यो। एउटा पाले अर्को पालेको नजिकै थियो।</verse>
				<verse number="17">छ जना लेवीहरू दिनहुँ पूर्वतिर, चार जना उत्तरतिर, चार जना दक्षिणतिर र दुई-दुई जना ढुकुटीको पहरा बस्‍थे।</verse>
				<verse number="18">अनि पश्‍चिमको चोकमा जाने बाटोमा चार जना र चोकमा नै दुई जना थिए।</verse>
				<verse number="19">कोरही र मरारीका सन्‍तानमध्‍येका द्वारपालका दलहरू यी नै थिए।</verse>
				<verse number="20">तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्‍डारहरू र अर्पण गरिएका थोकहरूका भण्‍डारको जिम्‍मा दिइएको थियो।</verse>
				<verse number="21">लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका प्रधानहरू थिए:</verse>
				<verse number="22">यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए।</verse>
				<verse number="23">अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्‍जीएलीहरूबाट:</verse>
				<verse number="24">मोशाका छोरा गेर्शोमका सन्‍तान शूबाएल भण्‍डारहरूका अधिकृत थिए।</verse>
				<verse number="25">एलीएजरबाट तिनका कुटुम्‍बहरू: तिनका छोरा रहब्‍याह, तिनका छोरा यशयाह, तिनका छोरा योराम, तिनका छोरा जिक्री, तिनका छोरा शलोमीत थिए।</verse>
				<verse number="26">दाऊद राजा, परिवार-परिवारका मुखियाहरू, जो हजार र सयका फौजका अधिकृतहरू थिए, र सेनाका अरू अधिकृतहरूले समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका कुटुम्‍बहरूलाई दिइएको थियो।</verse>
				<verse number="27">तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति तिनीहरूले समर्पण गरेका थिए।</verse>
				<verse number="28">दर्शी शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले समर्पण गरेका सबै थोक, अनि अर्पण गरिएका अरू सबै थोकहरू शलोमीत र तिनका कुटुम्‍बहरूको जिम्‍मामा थिए।</verse>
				<verse number="29">यिसहारीहरूबाट: कनन्‍याह र तिनका छोराहरू मन्‍दिरसम्‍बन्‍धी नभएको अरू काममा, अर्थात्‌ इस्राएलका अधिकारी र न्‍यायकर्ताको काममा खटाइएका थिए।</verse>
				<verse number="30">हेब्रोनीहरूबाट: हशब्‍याह र तिनका कुटुम्‍बहरू, सत्र सय योग्‍य मानिसहरूचाहिँ यर्दन नदीका पश्‍चिमतिरको इस्राएलमा परमप्रभुको काम र राजाको सेवाका कामको हेर-विचार गर्नेहरू थिए।</verse>
				<verse number="31">हेब्रोनका परिवारहरूको वंशावलीअनुसार यरियाहचाहिँ प्रधान थिए। दाऊदका शासनको चालीसौँ वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए।</verse>
				<verse number="32">यरियाहका दुई हजार सात सय योग्‍य कुटुम्‍बहरू थिए, जो परिवार-परिवारका मुखियाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू तुल्‍याए।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">इस्राएलीहरूको सूची— अर्थात्‌ परिवार-परिवारका मुखियाहरू र हजार र सयका सेनापतिहरू, आफ्‍ना अधिकृतहरूसमेत, जसले सेनाका भागहरूका सम्‍बन्‍धमा वर्षभरि महिना-महिनामा राजाको सेवा गर्थे— प्रत्‍येक विभागमा २४,००० जना थिए।</verse>
				<verse number="2">जब्‍दीएलका छोरा याशोबाम पहिलो महिनाको लागि पहिलो भागका जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="3">तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकृतहरूमध्‍ये तिनी प्रमुख थिए।</verse>
				<verse number="4">अहोही दोदै दोस्रो महिनाको लागि त्‍यस भागका जिम्‍मावाल थिए। तिनको भागका नायक मिक्‍लोत थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="5">पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा सेनापति थिए। तिनी प्रमुख थिए, र तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="6">यिनी ती नै बनायाह थिए, जो तीस जना वीरहरूमध्‍येका थिए। तिनका छोरा अम्‍मीजाबाद तिनको भागका जिम्‍मावाल थिए।</verse>
				<verse number="7">चौथो, चौथो महिनाको लागि योआबका भाइ असाहेल, जिम्‍मावाल थिए। तिनीपछि तिनका छोरा जबदियाह भए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="8">पाँचौँ, पाँचौँ महिनाको लागि यिज्‍याही शम्‍हूत सेनापति थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="9">छैटौँ, छैटौँ महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="10">सातौँ, सातौँ महिनाको लागि एफ्राइमका पेलोनी हेलेस जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="11">आठौँ, आठौँ महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="12">नवौँ, नवौँ महिनाको लागि बेन्‍यामीनका अनातोती अबीएजेर जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="13">दशौँ, दशौँ महिनाको लागि जेरहको घरानाका नतोपाती महरै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="14">एघारौँ, एघारौँ महिनाको लागि एफ्राइमका पिरातोनी बनायाह जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="15">बाह्रौँ, बाह्रौँ महिनाको लागि ओत्‍निएलको घरानाका नतोपाती हेल्‍दै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।</verse>
				<verse number="16">इस्राएलका कुलहरूका मुख्‍य अधिकृतहरू यी नै थिए: रूबेनको कुलका: जिक्रीका छोरा एलीएजर मुख्‍य अधिकृत थिए। शिमियोनका: माकाका छोरा शपत्‍याह।</verse>
				<verse number="17">लेवीका: कमूएलका छोरा हशब्‍याह। हारूनका: सादोक।</verse>
				<verse number="18">यहूदाका: दाऊदका दाजु एलीहू। इस्‍साखारका: मिखाएलका छोरा ओम्री।</verse>
				<verse number="19">जबूलूनका: ओबदियाका छोरा यिश्‍मायाह। नप्‍तालीका: अज्रीएलका छोरा यरीमोत।</verse>
				<verse number="20">एफ्राइमका: अजज्‍याहका छोरा होशिया। मनश्‍शेको आधा कुलका: पदायाहका छोरा योएल।</verse>
				<verse number="21">गिलादमा भएका मनश्‍शेको आधाकुलका: जकरियाका छोरा इद्दो। बेन्‍यामीनका: अबनेरका छोरा यासीएल।</verse>
				<verse number="22">दानका: अबनेरका छोरा अज्रेल। कुलहरूका मुख्‍य अधिकृतहरू यी नै थिए।</verse>
				<verse number="23">दाऊदले बीस वर्षदेखि उँधोकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएललाई आकाशका ताराहरूझैँ संख्‍यामा बढ़ाउनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="24">सरूयाहका छोरा योआबले जनसंख्‍या लिन थालेका थिए, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌। यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो, र यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन।</verse>
				<verse number="25">राजाका भण्‍डारहरू अदीएलका छोरा अज्‍मावेतको जिम्‍मामा थिए। देशका, सहरहरूका, गाउँहरूका र किल्‍लाहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा थिए।</verse>
				<verse number="26">देशमा खेतीकिसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए।</verse>
				<verse number="27">दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए। दाखमद्य राख्‍ने भण्‍डारको निम्‍ति दाखबारीको उब्‍जनी शेपेमी जब्‍दीको जिम्‍मामा थियो।</verse>
				<verse number="28">पश्‍चिमतिरको तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए। तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो।</verse>
				<verse number="29">शारोनमा चर्ने गाई-गोरुहरू शारोनी शित्रैको जिम्‍मामा थिए। बेँसीमा गाई-गोरुहरू अदलैका छोरा शाफातको जिम्‍मामा थिए।</verse>
				<verse number="30">ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए। गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए।</verse>
				<verse number="31">भेड़ाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए। दाऊद राजाका आफ्‍नै निज सम्‍पत्ति यी नै अधिकारीहरूको जिम्‍मामा थिए।</verse>
				<verse number="32">दाऊदका काका जोनाथन एक सल्‍लाहकार, बुद्धिमानी र शास्‍त्री थिए। हक्‍मोनीका छोरा यहीएल राजाका छोराहरूको हेरचाह गर्ने थिए।</verse>
				<verse number="33">अहीतोपेल राजाका सल्‍लाहकार थिए। अरकी हूशै राजाका मित्र थिए।</verse>
				<verse number="34">अहीतोपेलपछि बनायाहका छोरा यहोयादा र अबियाथार सल्‍लाहकार भए। अनि योआबचाहिँ सेनापति थिए।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">दाऊदले यरूशलेममा इस्राएलका सबै अधिकारहरू— कुल-कुलमाथिका अधिकृतहरू, राजाको सेवामा लाग्‍ने दल-दलमाथिका सेनापतिहरू, हजार र सयका सेनापतिहरू, अनि राजा र तिनका छोराहरूका सबै सम्‍पत्ति र गाई-गोरुको जिम्‍मा लिने अधिकारीहरू, महलका अधिकृतहरू, योग्‍य-योग्‍य पुरुषहरू र सबै वीर-वीर योद्धाहरूलाई भेला गरे।</verse>
				<verse number="2">तब खड़ा भएर दाऊद राजाले भने, “हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन। परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा विश्रामस्‍थान, हाम्रा परमेश्‍वरका पाउदानको निम्‍ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्‍यो निर्माण गर्नलाई तयार पनि गरें।</verse>
				<verse number="3">तर परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, ‘मेरो नाउँको सम्‍मानको निम्‍ति तैंले भवन बनाउनेछैनस्, किनभने तँ लड़ाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌।’</verse>
				<verse number="4">“तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो। उहाँले नेतृत्‍व गर्न यहूदालाई चुन्‍नुभयो, र यहूदाका घरानाबाट मेरा पिताको परिवारलाई चुन्‍नुभयो। मेरा पिताका छोराहरूमध्‍ये उहाँले सारा इस्राएलमाथि मलाई नै राजा तुल्‍याउन उहाँलाई असल लाग्‍यो।</verse>
				<verse number="5">मेरा सबै छोराहरूमध्‍ये— किनभने परमप्रभुले मलाई धेरै छोराहरू दिनुभएको छ— इस्राएलमाथि परमप्रभुका राज्‍यको सिंहासनमा बस्‍न उहाँले सोलोमनलाई चुन्‍नुभएको छ।</verse>
				<verse number="6">उहाँले मलाई यसो भन्‍नुभयो, “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले त्‍यसलाई मेरो छोरा हुन चुनेको छु र म त्‍यसका पिता हुनेछु।</verse>
				<verse number="7">यदि अहिले पालन गरेझैँ त्‍यसले मेरा आज्ञा र विधानहरू दृढ़तापूर्वक पालन गर्‍यो भने, म त्‍यसको राज्‍य सदासर्वदाको निम्‍ति स्‍थिर राख्‍नेछु।’</verse>
				<verse number="8">“यसकारण तिमीहरू त्‍यस सुन्‍दर देशका अधिकारी हुन सक, र त्‍यो तिमीहरूको पैतृक-सम्‍पत्तिझैँ तिमीहरूपछि तिमीहरूका सन्‍तान-दरसन्‍तानलाई दिन सक भनेर सारा इस्राएल र परमप्रभुका समुदायको सामुन्‍ने र हाम्रा परमेश्‍वरले सुन्‍ने गरी होशियारीसँग परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्न भनी म तिमीहरू सबैलाई हुकुम गर्दछु।</verse>
				<verse number="9">“अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्‍वरलाई आफ्‍नै ईश्‍वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्‍नुहुन्‍छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्‍छ। यदि उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने उहाँले तिमीलाई सधैँको निम्‍ति इन्‍कार गर्नुहुनेछ।</verse>
				<verse number="10">यसैले याद राख, परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानको निम्‍ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्‍नुभएको छ। दृढ़ होऊ, र त्‍यो काम पूरा गर।”</verse>
				<verse number="11">तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान र त्‍यसका घर, भण्‍डार, कौसी, भित्री कोठाहरू र प्रायश्‍चित गर्ने ठाउँका नक्‍शा दिए।</verse>
				<verse number="12">आत्‍माले तिनको मनमा राख्‍नुभएका सबै कुराअनुसार तिनले परमप्रभुको मन्‍दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र अर्पण गरिएका भेटी राख्‍ने भण्‍डारहरूका निम्‍ति नक्‍शाहरू दिए।</verse>
				<verse number="13">लेवी र पूजाहारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँड़ाहरूका निम्‍ति निर्देशनहरू तिनलाई दिए।</verse>
				<verse number="14">विभिन्‍न सेवामा प्रयोग गरिने सबै सुनका भाँड़ाहरूका निम्‍ति सुनका तौल, र सबै चाँदीका भाँड़ाहरूका निम्‍ति चाँदीका तौल तिनले तोकिदिए।</verse>
				<verse number="15">तिनले सुनका सामदान र तिनका दियाहरूका निम्‍ति र चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति चाहिँदो तौल तोकिदिए।</verse>
				<verse number="16">भेटीका रोटीको हरेक टेबिलको निम्‍ति सुनको तौल, र चाँदीका टेबिलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए।</verse>
				<verse number="17">तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्‍ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्‍ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।</verse>
				<verse number="18">धूप-वेदीको निम्‍ति पनि निखुर सुनको तौल तिनले तोकिदिए। रथको निम्‍ति, अर्थात्‌ आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले नक्‍शा दिए।</verse>
				<verse number="19">दाऊदले भने, “यी सबै परमप्रभुकै हातले बनाएको नक्‍शा हो, र यसका सम्‍पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनुभएको छ।”</verse>
				<verse number="20">दाऊदले आफ्‍ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई निराश तुल्‍याउनुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ।</verse>
				<verse number="21">परमप्रभुको मन्‍दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल-दलहरू तयार छन्‌। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्‍नेछ। अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">त्‍यसपछि राजा दाऊदले सारा समुदायलाई भने, “मेरा छोरा सोलोमन, कलिलै उमेरका सोलोमनलाई नै परमेश्‍वरले चुन्‍नुभएको छ। यो काम महान्‌ छ, किनकि यो भवन मानिसको निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो।</verse>
				<verse number="2">मेरा सबै बलले भ्‍याएसम्‍म मैले मेरा परमेश्‍वरका मन्‍दिरको लागि सुनका कामको निम्‍ति सुन, चाँदीका कामको निम्‍ति चाँदी, काँसाको निम्‍ति काँसा, फलामको निम्‍ति फलाम, काठको निम्‍ति काठ, र मणिघरको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्‍त गरी तयार पारिराखेको छु।</verse>
				<verse number="3">त्‍यसबाहेक मेरा परमेश्‍वरको मन्‍दिरप्रति मलाई ज्‍यादा भक्ति भएको हुनाले मेरा परमेश्‍वरका मन्‍दिरको निम्‍ति म मेरो आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्‍दिरको निम्‍ति मैले जम्‍मा गरेका सबै थोकबाहेक हो—</verse>
				<verse number="4">अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्‍दिरका भित्ताहरू मोहोर्नलाई,</verse>
				<verse number="5">सुनका कामको निम्‍ति र चाँदीको कामको निम्‍ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्‍ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ?”</verse>
				<verse number="6">तब घराना-घरानाका नायकहरू, इस्राएलका कुलहरूका अधिकृतहरू, हजार र सयका सेनापतिहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले,</verse>
				<verse number="7">राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए।</verse>
				<verse number="8">त्‍यसबाहेक जस-जसकहाँ दामी-दामी रत्‍नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए।</verse>
				<verse number="9">मानिसहरूले आफ्‍ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्‍द मनाए, किनकि तिनीहरूले आफ्‍ना हृदयको भक्तिसाथ परमप्रभुको निम्‍ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्‍दित भए।</verse>
				<verse number="10">दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌।</verse>
				<verse number="11">	हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ।</verse>
				<verse number="12">धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।</verse>
				<verse number="13">अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।</verse>
				<verse number="14">“तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।</verse>
				<verse number="15">हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन।</verse>
				<verse number="16">हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मानको निम्‍ति भवन बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्‌।</verse>
				<verse number="17">हे मेरा परमेश्‍वर, म जान्‍दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्‍छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्‍छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्‍थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्‍दा अब मलाई आनन्‍द लागेको छ।</verse>
				<verse number="18">हे हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका प्रजाको यो अभिप्राय सधैँको निम्‍ति कायम राख्‍नुहोस्, र तिनीहरूका हृदयलाई तपाईंतिर खिँच्‍नुहोस्‌।</verse>
				<verse number="19">मेरा छोरा सोलोमनले तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक-नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन गर्न अनुग्रह गर्नुहोस्, र तिनले ती सबै पूरा गर्न सकून्, र तिनले त्‍यो भवन निर्माण गर्न सकून्, जसको निम्‍ति मैले सबै कुरा तयार पारिराखेको छु।”</verse>
				<verse number="20">तब सारा समुदायतिर फर्केर दाऊदले भने, “अब परमप्रभु तिमीहरूका परमेश्‍वरको प्रशंसा गर।” यसैले सारा समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे। तिनीहरूले परमप्रभु र राजाको सामु घोप्‍टो परी साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।</verse>
				<verse number="21">भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए, र उहाँलाई होमबलि गरी एक हजार साँढ़े, एक हजार भेड़ा, एक हजार थुमा, र तिनका साथसाथै तोकिएको अर्घ-बलिसित इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढ़ाए।</verse>
				<verse number="22">त्‍यसरी ठूलो आनन्‍दसित परमप्रभुको सामु तिनीहरूले त्‍यस दिन खानपान गरे। त्‍यसपछि तिनीहरूले दोस्रो खेप दाऊदका छोरा सोलोमन राजालाई स्‍वीकार गरे, र परमप्रभुको सामु तिनलाई राजा र सादोकलाई चाहिँ पूजाहारी अभिषेक गरे।</verse>
				<verse number="23">यसरी सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर विराजमान गरे। तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे।</verse>
				<verse number="24">सबै अधिकृतहरू र योद्धाहरू र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाउने प्रतिज्ञा गरे।</verse>
				<verse number="25">सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई अति उच्‍च तुल्‍याउनुभयो, र उहाँले तिनलाई यस्‍तो राजकीय ऐश्‍वर्य दिनुभयो, कि त्‍यस्‍तो ऐश्‍वर्य तिनीअघि इस्राएलमा कुनै राजालाई दिनुभएको थिएन।</verse>
				<verse number="26">यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरेका थिए, र तिनले इस्राएलमाथि चालीस वर्ष राज्‍य गरे</verse>
				<verse number="27">हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष तिनले राज्‍य गरे।</verse>
				<verse number="28">तिनी धन-सम्‍पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्धावस्‍थामा मरे। तिनीपछि तिनका छोरा सोलोमन राजा भए।</verse>
				<verse number="29">[29-30] दाऊद राजाको राज्‍यका घटनाहरू सुरुदेखि आखिरीसम्‍म, तिनको राज्‍यका पूरा-पूरा वर्णन, र तिनका वीरताका कामहरू, र तिनी र इस्राएल र संसारका अरू सबै देशमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्‍तकहरूमा लेखिएका छन्‌।</verse>
			</chapter>
		</book>
		<book number="14">
			<chapter number="1">
				<verse number="1">दाऊदका छोरा राजा सोलोमनले आफ्‍नो राज्‍यमा अधिकार स्‍थिर गरे, किनभने परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई महान्‌ तुल्‍याउनुभयो।</verse>
				<verse number="2">तब सोलोमनले सबै इस्राएलसित, अर्थात्‌ सहस्रपति र शतपति, न्‍यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे।</verse>
				<verse number="3">अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि परमेश्‍वरका दास मोशाले उजाड़-स्‍थानमा बनाएको परमेश्‍वरको भेट हुने पाल त्‍यहीँ थियो।</verse>
				<verse number="4">दाऊदले चाहिँ परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्‍याएका थिए, किनभने तिनले यरूशलेममा नै त्‍यसको निम्‍ति पाल टाँगेका थिए।</verse>
				<verse number="5">तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्‍यहीँ गए।</verse>
				<verse number="6">त्‍यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीसम्‍म तिनी गएर त्‍यसमा एक हजार होमबलि चढ़ाए।</verse>
				<verse number="7">त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।”</verse>
				<verse number="8">सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ।</verse>
				<verse number="9">अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ।</verse>
				<verse number="10">अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?”</verse>
				<verse number="11">परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले,</verse>
				<verse number="12">बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।”</verse>
				<verse number="13">तब सोलोमन गिबोनको अल्‍गो स्‍थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे।</verse>
				<verse number="14">सोलोमनले धेरै रथ र घोड़ाहरू जम्‍मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्‍ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे।</verse>
				<verse number="15">राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्‍जीरसरह प्रशस्‍त तुल्‍याए।</verse>
				<verse number="16">सोलोमनका घोड़ाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। राजाका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे।</verse>
				<verse number="17">प्रत्‍येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्‍थे। त्‍यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्‍यापारीहरूले प्राप्‍त गर्थे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">सोलोमनले परमप्रभुका नाउँको सम्‍झनाको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा महल निर्माण गर्ने अठोट गरे।</verse>
				<verse number="2">तिनले सत्तरी हजार भारी बोक्‍नेहरू, असी हजार ढुङ्गा काट्‌नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे।</verse>
				<verse number="3">सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए: “तपाईंले दया गरी मेरा पिता दाऊदलाई तिनको राजकीय निवासस्‍थान निर्माण गर्न देवदारुका काठहरू पठाइदिनुभएको थियो।</verse>
				<verse number="4">अब मैले पनि परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न र उहाँको सामुन्‍ने सुगन्‍धित धूप बाल्‍न, र अर्पण गरिएको रोटी नित्‍य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्‍यो मन्‍दिर उहाँको निम्‍ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्‍ति यो एउटा अनन्‍तको विधि हो।</verse>
				<verse number="5">“मैले निर्माण गर्न लागेको मन्‍दिर एउटा अत्‍यन्‍तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्‍वर सबै देवताहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="6">तर स्‍वर्ग, अर्थात्‌ सर्वोच्‍च स्‍वर्ग नै उहाँको निम्‍ति सानो छ भने कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?</verse>
				<verse number="7">“यसकारण मेरो निम्‍ति एक निपुण कारीगर पठाइदिनुहोस्‌— एउटा यस्‍तो मानिस जसले सुन, चाँदी, काँसो र फलाम, अनि बैजनी, रातो र नीलो धागोको काम गर्न सक्‍छ, र तिनी निपुण कुँद्‌ने मानिस पनि होऊन्‌। तिनले मेरा पिता दाऊदले जुटाइदिनुभएका निपुण कारीगरहरूसँग यहूदा र यरूशलेममा काम गर्नेछन्‌।</verse>
				<verse number="8">“मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्‌न निपुण छन्‌।</verse>
				<verse number="9">मेरा मानिसहरू तपाईंका मानिसहरूसँग धेरै काठ तयार गर्न काम गर्नेछन्, किनभने जुन मन्‍दिर म निर्माण गर्नेछु, त्‍यो भव्‍य आश्‍चर्यको हुनेछ।</verse>
				<verse number="10">म तपाईंका कर्मीहरू, अर्थात्‌ रूख ढाल्‍नेहरूका निम्‍ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”</verse>
				<verse number="11">टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई यो समाचार पठाए: “परमप्रभुको प्रेम आफ्‍नो प्रजामाथि रहेको कारण उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो।”</verse>
				<verse number="12">पत्रमा हीरामले यस्‍तो पनि लेखे: “स्‍वर्ग र पृथ्‍वीका सृष्‍टिकर्ता परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्‌। उहाँले दाऊद राजालाई तीव्र बुद्धि र समझशक्तिले पूर्ण भएका एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा महल बनाउनुहुनेछ।</verse>
				<verse number="13">“अब म तपाईंको निम्‍ति एक जना निपुण र खूबै अनुभवी कारीगर, हुराम-अब्‍बीलाई पठाउँदैछु।</verse>
				<verse number="14">तिनी दानवंशी स्‍त्रीका छोरा हुन्‌। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्‌। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्‌। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्‍छन्‌। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्‍वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्‌।</verse>
				<verse number="15">“यसकारण अब मेरा स्‍वामीले आफ्‍ना चाकरहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌।</verse>
				<verse number="16">तपाईंलाई चाहिएका सबै काठ हामी लेबनानमा ढाल्‍नेछौ, र मूढ़ाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिँ त्‍यहाँबाट यरूशलेमसम्‍म लाने बन्‍दोबस्‍त मिलाउनुहोला।”</verse>
				<verse number="17">आफ्‍ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्‍ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए।</verse>
				<verse number="18">तिनले यिनीहरूमध्‍येका सत्तरी हजारलाई भारी बोक्‍ने र असी हजारलाई ढुङ्गा काट्‌ने र यिनीहरूलाई काममा लगाउन छत्तीस सयलाई चाहिँ हेर-विचार गर्ने काममा नियुक्त गरे।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">तब सोलोमनले तिनका पिता दाऊदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्‍थान तयार पारेका यरूशलेमको मोरीयाह डाँड़ामा परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे।</verse>
				<verse number="2">तिनले आफ्‍नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्‍यो निर्माण गर्न सुरु गरे।</verse>
				<verse number="3">परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जग यस्‍तो थियो: हातको पुरानो नापअनुसार लमाइ साठी हात र चौड़ाइ बीस हात थियो।</verse>
				<verse number="4">मन्‍दिरको अगाड़ि त्‍यसको चौड़ाइ जत्तिकै बीस हात लामो र बीस हात अल्‍गो एउटा दलान थियो। भित्रपट्टि चाहिँ तिनले त्‍यसलाई निखुर सुनले मोहोरे।</verse>
				<verse number="5">तिनले मुख्‍य सभाकक्षका भित्तामा सल्‍लाका फलेकहरू लगाए, र तिनलाई निखुर सुनले मोहोरे, अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए।</verse>
				<verse number="6">त्‍यसको शोभाको लागि तिनले त्‍यस मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले जड़े। त्‍यसमा तिनले पर्वेमबाट ल्‍याएका सुन प्रयोग गरे।</verse>
				<verse number="7">तिनले त्‍यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।</verse>
				<verse number="8">तिनले मन्‍दिरको चौड़ाइबमोजिम नै महा-पवित्रस्‍थान बीस हात लमाइ र बीस हात चौड़ाइको बनाए। तिनले भित्रपट्टि त्‍यसलाई बीस टन निखुर सुनले मोहोरे।</verse>
				<verse number="9">सुनका कीलाहरूको ओजन आधा किलोग्राम थियो। तिनले माथिल्‍ला भागहरू पनि सुनले मोहोरे।</verse>
				<verse number="10">तिनले महा-पवित्रस्‍थानमा दुई करूबका प्रतिरूप कुँदेर सुनले मोहोरे।</verse>
				<verse number="11">यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्‍म बीस हातसम्‍म फिँजिएका थिए। एउटा करूबको एउटा पखेटा पाँच हातको थियो, र मन्‍दिरको भित्तामा छोयो। त्‍यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो।</verse>
				<verse number="12">त्‍यस्‍तै गरी दोस्रो करूबको एउटा पखेटा मन्‍दिरको भित्ता छुने गरी पाँच हातको थियो, अनि त्‍यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो,</verse>
				<verse number="13">करूबका पखेटा बीस हातसम्‍म फिँजिएका थिए। तिनीहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य खण्‍डतिर फर्केका थिए।</verse>
				<verse number="14">तिनले नीलो, बैजनी र रातो रङ्गको धागो र मलमलको कपड़ाको पर्दा बनाए, र त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए।</verse>
				<verse number="15">मन्‍दिरको अगाड़िपट्टि तिनले अठार-अठार हात अल्‍गा दुई वटा स्‍तम्‍भ बनाए। प्रत्‍येकको टुप्‍पामा पाँच हात अल्‍गो स्‍तम्‍भ-शिर थियो।</verse>
				<verse number="16">तिनले जाली स्‍वरूप झुण्‍डिएका सिक्रीहरू बनाएर स्‍तम्‍भका टुप्‍पा-टुप्‍पामा राखे। तिनले सय वटा दारिम बनाएर ती सिक्रीहरूमा लगाए।</verse>
				<verse number="17">तिनले मन्‍दिरको अगाड़ि ती दुई वटा स्‍तम्‍भ खड़ा गरे— एउटा दक्षिणपट्टि र अर्को उत्तरपट्टि। दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र उत्तरपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">तिनले बीस हात लामो, बीस हात चौड़ा र दश हात अल्‍गो काँसाको एउटा वेदी बनाए।</verse>
				<verse number="2">तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो पनि बनाए। त्‍यसको बिट एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो, र त्‍यो पाँच हात अल्‍गो थियो। त्‍यसको वरिपरि फेरो नाप्‍नलाई तीस हातको नाप्‍ने फित्ता चाहिन्‍थ्‍यो।</verse>
				<verse number="3">खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्‌कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए।</verse>
				<verse number="4">त्‍यो खड्‌कुँलो बाह्र वटा साँढ़ेहरूमाथि बसालिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनीहरूका पछाड़िका भागचाहिँ भित्रपट्टि फर्केका थिए। त्‍यो खड्‌कुँलोचाहिँ तिनैमाथि बसालिएको थियो।</verse>
				<verse number="5">त्‍यसको मोटाई चार अङ्‌गुल थियो। त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो। त्‍यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो।</verse>
				<verse number="6">तिनले दश वटा स्‍नान-भाँड़ाहरू पनि बनाए। ती तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू धुन्‍थे। खड्‌कुँलोचाहिँ पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे।</verse>
				<verse number="7">तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्‍दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि।</verse>
				<verse number="8">तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्‍दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए।</verse>
				<verse number="9">तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्‍यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे।</verse>
				<verse number="10">त्‍यो विशाल खड्‌कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात्‌ मन्‍दिरको दक्षिण-पूर्व कुनामा राखे।</verse>
				<verse number="11">तिनले भाँड़ा, बेल्‍चा र छर्कने बाटाहरू पनि बनाए। यसरी हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति आफूले जिम्‍मा लिएको काम सिद्ध्याए:</verse>
				<verse number="12">दुई स्‍तम्‍भहरू, स्‍तम्‍भका टुप्‍पामा कचौराको आकारका दुई स्‍तम्‍भ-शिरा, स्‍तम्‍भमाथि स्‍तम्‍भ-शिराहरू सजाउने दुई बुट्टादार र जालीहरू,</verse>
				<verse number="13">दुई जालीहरूका निम्‍ति चार सय दारिमहरू (दुई स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरालाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति दुई लहर दारिमहरू),</verse>
				<verse number="14">ठेला-गाड़ीहरू, तिनका बाटाहरूसमेत,</verse>
				<verse number="15">एउटा विशाल खड्‌कुँलो र त्‍यसको मुन्‍तिर बाह्र वटा साँढ़ेहरू,</verse>
				<verse number="16">भाँड़ाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू। हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए।</verse>
				<verse number="17">राजाले ती यर्दन नदीको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।</verse>
				<verse number="18">यी सबै थोक सोलोमनले यति धेरै संख्‍यामा बनाएका थिए, कि त्‍यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।</verse>
				<verse number="19">सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए: सुनको वेदी, उपस्‍थितिको रोटी राखिने टेबिलहरू,</verse>
				<verse number="20">कञ्‍चन सुनका सामदानहरू, जसका बत्तीहरू विधिपूर्वक भित्री पवित्रस्‍थानमा बालिन्‍थे,</verse>
				<verse number="21">फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र असल सुनका चिम्‍टाहरू,</verse>
				<verse number="22">कञ्‍चन सुनका सलेदाका चिम्‍टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मुख्‍य खण्‍डका ढोकाहरू।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति गरेका सबै कामहरू सिद्ध्याएपछि आफ्‍ना पिता दाऊदले पवित्र कामको लागि अलग राखेका चीजहरू, अर्थात्‌ सुन, चाँदी, र सबै सरसामानहरू ल्‍याए र ती परमप्रभुको मन्‍दिरका भण्‍डारहरूमा राखे।</verse>
				<verse number="2">त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्‍य-मुख्‍य व्‍यक्तिहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला हुन भनी बोलाए।</verse>
				<verse number="3">अनि इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाड़को समयमा राजाको सामुन्‍ने भेला भए।</verse>
				<verse number="4">इस्राएलका सबै धर्म-गुरुहरू आइसकेपछि,</verse>
				<verse number="5">लेवीहरूले सन्‍दूक उठाए, अनि सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै पवित्र सामानहरू उठाएरमाथि लगे। पूजाहारीले, जो लेवीहरू थिए, ती बोकेर माथि लगे।</verse>
				<verse number="6">सोलोमन राजा र इस्राएलका सारा समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगन्‍ती भेड़ा र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्‍दूकको सामुन्‍ने थिए।</verse>
				<verse number="7">त्‍यसपछि पूजाहारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे।</verse>
				<verse number="8">करूबहरूका पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलिएका थिए, अनि तिनले सन्‍दूक र त्‍यसका डन्‍डाहरू ढाकेका थिए।</verse>
				<verse number="9">डन्‍डाहरूचाहिँ यति लामा गरी निस्‍केका थिए, कि तिनका टुप्‍पाहरू भित्री पवित्रस्‍थानबाट देखिन सकिन्‍थे, तर पवित्रस्‍थानको बाहिरबाट देखिन सकिँदैनथे। ती आजको दिनसम्‍म त्‍यहीँ नै छन्‌।</verse>
				<verse number="10">त्‍यस सन्‍दूकभित्र अरू केही थिएन, केवल दुई वटा पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्‍दूकमा राखेका थिए, जहाँ इस्राएलीहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको थियो।</verse>
				<verse number="11">पूजाहारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए। त्‍यहाँ हाजिर भएका सबै पूजाहारीहरूले आ-आफ्‍नो दलअनुसार नगरीकनै आफैलाई पवित्र गरेका थिए।</verse>
				<verse number="12">सबै लेवी गायकहरू, अर्थात्‌ आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र कुटुम्‍बहरूसमेत मलमलका कपड़ा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि उभिए। अनि तिनीहरूका साथमा एक सय बीस जना पूजाहारीहरू पनि थिए। तिनीहरूले चाहिँ तुरही बजाए।</verse>
				<verse number="13">तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्‍याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले: “उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” तब परमप्रभुको मन्‍दिर बादलले भरियो,</verse>
				<verse number="14">अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्‍वरको मन्‍दिर परमप्रभुको महिमाले भरिएको थियो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">तब सोलोमनले भने, “बाक्‍लो अँध्‍यारोमा म वास गर्नेछु, भनी परमप्रभुले भन्‍नुभएको छ।</verse>
				<verse number="2">यहाँ मैले तपाईंको निम्‍ति एउटा उच्‍च मन्‍दिर निर्माण गरेको छु— तपाईं सदासर्वदै वास गर्नलाई तपाईंको निम्‍ति एक वासस्‍थान।”</verse>
				<verse number="3">इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए:</verse>
				<verse number="4">“परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्‍नै मुखले बोल्‍नुभएको प्रतिज्ञा आफ्‍ना हातले पूरा गर्नुभएको छ, किनभने उहाँले यसो भन्‍नुभयो,</verse>
				<verse number="5">‘मेरो प्रजालाई मिश्रदेशबाट निकालेर ल्‍याएको दिनदेखि यसो एउटा घरमा इस्राएलका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले रोजेको छैनँ, र मेरो प्रजा इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनेको छैनँ।</verse>
				<verse number="6">तर त्‍यहाँ मेरो नाउँ कायम राख्‍न अब यरूशलेमलाई नै मैले छानेको छु, र दाऊदलाई नै मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु’।</verse>
				<verse number="7">“परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा पिता दाऊदको हृदयमा थियो।</verse>
				<verse number="8">तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ।</verse>
				<verse number="9">तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस्, तर तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो निर्माण गर्नेछ’।</verse>
				<verse number="10">“परमप्रभुले अब त्‍यो प्रतिज्ञा पूरा गर्नुभएको छ। परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम म मेरा पिता दाऊदको सट्टामा राजा भएको छु, र इस्राएलको सिंहासनमा म विराजमान भएको छु। अनि परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर निर्माण गरेको छु।</verse>
				<verse number="11">उहाँले इस्राएलसित गर्नुभएको परमप्रभुको करारका सन्‍दूक मैले त्‍यहाँ स्‍थापना गरेको छु।”</verse>
				<verse number="12">तब परमप्रभुका वेदीको सामुन्‍ने इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खड़ा भएर सोलोमनले आफ्‍ना हात फैलाए।</verse>
				<verse number="13">तिनले पाँच हात लामो, पाँच हात चौड़ा र तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएर चोकको बीचमा राखेका थिए। तिनी त्‍यसमाथि उक्‍लेर इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँड़ा टेके, र आफ्‍ना हात स्‍वर्गतिर उठाएर</verse>
				<verse number="14">तिनले भने: “हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्‍ना दासहरूसँग आफ्‍नो प्रेमको करार बाँध्‍नुहुने तपाईंजस्‍तै अरू कुनै ईश्‍वर स्‍वर्ग र पृथ्‍वीमा छैन।</verse>
				<verse number="15">तपाईंले आफ्‍ना दास मेरा पिता दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ।</verse>
				<verse number="16">“यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा पिता दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘यदि तँ हिँड़ेझैँ तेरा छोराहरूले आफ्‍ना चालहरूमा होशियारीसित मेरो सामुन्‍ने हिँड़ेर मेरो व्‍यवस्‍था पालन गरे भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिले पनि मानिसको अभाव हुनेछैन।’</verse>
				<verse number="17">अनि अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्‌।</verse>
				<verse number="18">“तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? स्‍वर्गहरू, स्‍वर्गभन्‍दा पनि उच्‍च स्‍वर्गमा तपाईं अटाउनुहुन्‍न भने, मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कसरी अटाउनुहुन्‍छ?</verse>
				<verse number="19">तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र दयाको निम्‍ति उसको पुकारमा ध्‍यान दिनुहोस्‌। आफ्‍नो दासले तपाईंको उपस्‍थितिमा गरेको पुकारा र प्रार्थना सुन्‍नुहोस्‌।</verse>
				<verse number="20">तपाईंको नजर यस मन्‍दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘यसमा मेरो नाउँ रहिरहनेछ’। यसैले तपाईंको दासले यस ठाउँतिर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌।</verse>
				<verse number="21">तपाईंको दास र तपाईंको प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्‍नुहोस्‌। आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्, र जब तपाईंले सुन्‍नुहुन्‍छ, तब क्षमा गर्नुहोस्‌।</verse>
				<verse number="22">“यदि कुनै मानिसले आफ्‍नो छिमेकीको खराबी गरेर शपथ खान लाइयो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खायो भने,</verse>
				<verse number="23">तपाईंले स्‍वर्गबाट सुनेर कार्य गर्नुहोस्‌। आफ्‍ना दासहरूका बीचमा न्‍याय गर्नुहोस्‌। दोषी मानिसलाई दोषी ठहराउनुहोस्, र त्‍यसका कामहरूको प्रतिफल त्‍यसलाई दिनुहोस्‌। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्‍यसको निर्दोषतालाई स्‍थिर गराउनुहोस्‌।</verse>
				<verse number="24">“जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारण तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुनेछन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन्,</verse>
				<verse number="25">तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काइ ल्‍याउनुहोस्‌।</verse>
				<verse number="26">“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागी यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,</verse>
				<verse number="27">तब स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्‌। तिनीहरू हिँड्‌नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्‍ना प्रजालाई तिनीहरूको उत्तराधिकारको निम्‍ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्‌।</verse>
				<verse number="28">“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्‍पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन्, अथवा तिनीहरूका कुनै सहरमा शत्रुले घेरा हाल्‍छ— जुन आपत्‌ वा रोग आए पनि—</verse>
				<verse number="29">अनि जब आफ्‍नै दु:ख वा कष्‍ट सम्‍झेर यस मन्‍दिरतिर आफ्‍ना हात उचालेर तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्, तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्‌ र क्षमा गर्नुहोस्‌।</verse>
				<verse number="30">तपाईंले हरेक मानिसको हृदयलाई जान्‍नुहुन्‍छ। यसकारण तपाईंले त्‍यसलाई त्‍यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्‌। (किनभने तपाईंले मात्र मानिसको हृदयलाई जान्‍नुहुन्‍छ),</verse>
				<verse number="31">ताकि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून्‌ र तपाईंका मार्गमा हिँडून्‌।</verse>
				<verse number="32">“तपाईंका प्रजा इस्राएलको नहुने कुनै विदेशीले तपाईंको महान्‌ नाउँ र तपाईंको बाहुबलका शक्तिको विषयमा सुनेर टाढ़ाबाट आई यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्‍यो भने,</verse>
				<verse number="33">आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुनेर त्‍यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्‍वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून्, र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंकै नाउँ राखिएको छ भनी जानून्‌।</verse>
				<verse number="34">“तपाईंले जहाँ पठाउनुहुन्‍छ, त्‍यहाँ तपाईंका प्रजा आफ्‍ना कुनै शत्रुहरूसँग लड़ाइँ गर्न जाँदा तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्,</verse>
				<verse number="35">तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूको न्‍याय गरिदिनुहोस्‌।</verse>
				<verse number="36">“जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने मानिस कोही पनि छैन— अनि तपाईंले आफ्‍नो क्रोधमा तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पनुहुन्‍छ र त्‍यसले तिनीहरूलाई टाढ़ा वा नजिकको कुनै देशमा कैद गरेर लान्‍छ,</verse>
				<verse number="37">अनि यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकाले गर्दा मन बद्‌लेर पश्‍चात्ताप गरी ‘हामीले पाप गर्‍यौं, र हठी भएर हामीले दुष्‍ट काम गर्‍यौं’ भनी त्‍यो देशमा तपाईंलाई यस्‍तो अर्ज-बिन्‍ती चढ़ाए भने,</verse>
				<verse number="38">र यदि तिनीहरूलाई कैद गरेर लगिएको देशमा तिनीहरू फेरि आफ्‍ना सारा हृदय र प्राणले तपाईंतिर फर्केर तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देश र तपाईंले चुन्‍नुभएको यो सहर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गरे भने,</verse>
				<verse number="39">तब आफ्‍नो वासस्‍थान स्‍वर्गबाट तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूको न्‍याय गरिदिनुहोस्‌। अनि तपाईंको विरुद्धमा पाप गरेका तपाईंका प्रजालाई क्षमा गरिदिनुहोस्‌।</verse>
				<verse number="40">“अब हे मेरा परमेश्‍वर, आफ्‍ना आँखा खोल्‍नुहोस्, र यस ठाउँमा चढ़ाएका प्रार्थनाहरू सुनिदिनुहोस्‌।</verse>
				<verse number="41">“हे परमप्रभु परमेश्‍वर, अब उठ्‌नुहोस्, आफ्‍नो विश्रामको ठाउँमा आउनुहोस्, तपाईं र तपाईंका शक्तिको सन्‍दूक। हे परमप्रभु परमेश्‍वर, तपाईंका पूजाहारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका पवित्र जनहरूले तपाईंको भलाइमा आनन्‍द गरून्‌।</verse>
				<verse number="42">हे परमप्रभु परमेश्‍वर, तपाईंले अभिषिक्त जनलाई इन्‍कार नगर्नुहोस्‌। आफ्‍ना दास दाऊदलाई प्रतिज्ञा गरिएको अचूक प्रेम तपाईंले सम्‍झनुहोस्‌।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">जब सोलोमनले यो प्रार्थना गरिसके तब स्‍वर्गबाट आगो झर्‍यो, र आगोले होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो।</verse>
				<verse number="2">परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएकोले गर्दा पूजाहारीहरू त्‍यसभित्र पस्‍न सकेनन्‌।</verse>
				<verse number="3">आगो झरिरहेको र परमप्रभुको महिमा मन्‍दिरमा बसिरहेको जब सबै इस्राएलीहरूले देखे, तब ढुङ्गाको पेटीमा तिनीहरू भूइँसम्‍मै घोप्‍टो परेर दण्‍डवत्‌ गर्दै यसो भनेर परमप्रभुलाई धन्‍यवाद दिए, “परमप्रभु भला हुनुहुन्‍छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।”</verse>
				<verse number="4">तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्‍ने बलिदान चढ़ाए।</verse>
				<verse number="5">राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्‍वरको मन्‍दिरलाई समर्पण गरे।</verse>
				<verse number="6">पूजाहारीहरू र लेवीहरू पनि आफ्‍नो तोकिएको स्‍थानमा खड़ा भए, र दाऊद राजाले परमप्रभुलाई स्‍तुति गर्न र धन्‍यवाद दिनका निम्‍ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे, “उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” लेवीहरूका सामुन्‍ने पूजाहारीहरूले आ-आफ्‍नो तुरही बजाए। त्‍यस बेला सबै इस्राएलीहरू त्‍यहाँ खड़ा भइरहेका थिए।</verse>
				<verse number="7">त्‍यसपछि सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई पवित्र गरे। त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूको बोसोको भाग चढ़ाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌।</verse>
				<verse number="8">यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको एक ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड़ मान्‍दैरहे।</verse>
				<verse number="9">आठौँ दिनमा तिनीहरूले सभा राखे, किनभने तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड़चाहिँ अझ सात दिनसम्‍म मानेका थिए।</verse>
				<verse number="10">सातौँ महिनाको तेईसौँ दिनमा सोलोमनले मानिसहरूलाई आ-आफ्‍नो घरमा जान बिदा गरे, र परमप्रभुले दाऊद र सोलोमन अनि आफ्‍नो प्रजा इस्राएललाई दिनुभएका सबै सुदिनको कारण तिनीहरू मनमा खुशी र आनन्‍द मनाउँदै गए।</verse>
				<verse number="11">जब सोलोमनले परमप्रभुको मन्‍दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहलको निम्‍ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए,</verse>
				<verse number="12">तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें।</verse>
				<verse number="13">“जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु,</verse>
				<verse number="14">यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।</verse>
				<verse number="15">अब यस ठाउँमा गरिएका प्रार्थना ध्‍यानसित सुन्‍न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्‌।</verse>
				<verse number="16">मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।</verse>
				<verse number="17">“यदि तँचाहिँ मैले तँलाई दिएका सबै आज्ञाहरू पालन गर्दै र मेरा विधिविधानहरू मान्‍दै तेरा पिता दाऊद मेरो दृष्‍टिमा हिँड़ेझैँ हिँड़िस्‌ भने,</verse>
				<verse number="18">म तेरो राजकीय सिंहासन स्‍थिर गर्नेछु, जसरी मैले तेरा पिता दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तँलाई एउटै मानिसको पनि अभाव हुनेछैन’।</verse>
				<verse number="19">“तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्‍याग्‍यौ र गएर अरू देवताहरूको सेवा गर्‍यौ र तिनीहरूलाई पुज्‍यौ भने, तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म इस्राएललाई जरैसमेत उखेलिदिनेछु,</verse>
				<verse number="20">अनि मैले मेरो नाउँको लागि पवित्र गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु। सबै जातिहरूका बीचमा त्‍यसलाई एउटा निन्‍दा र गिल्‍लाको पात्र बनाउनेछु।</verse>
				<verse number="21">यसरी यो मन्‍दिर ज्‍यादै प्रभावशाली छ, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर यसो भनेर सोध्‍नेछ, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो काम गर्नुभयो?’</verse>
				<verse number="22">मानिसहरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनीहरूले त्‍यागेका छन्, र अरू देवताहरूलाई मानेर तिनको सेवा गर्दै र यिनीहरूलाई पुज्‍दै आलिङ्गन गरेका छन्‌। यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो’।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्‍यो।</verse>
				<verse number="2">हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले।</verse>
				<verse number="3">तब सोलोमन हमात-सोबामा गएर त्‍यो कब्‍जा गरे।</verse>
				<verse number="4">अनि उजाड़-स्‍थानको तदमोर र हमातमा तिनले बनाएका भण्‍डार राख्‍ने सबै सहरहरूलाई पुनर्निर्माण गरे।</verse>
				<verse number="5">तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्‍ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे।</verse>
				<verse number="6">तिनले बालात र तिनका भण्‍डार राख्‍ने सबै सहरहरू, र आफ्‍ना रथहरू र घोड़ाहरू राख्‍ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्‍ना सारा राज्‍यभरि आफैले इच्‍छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।</verse>
				<verse number="7">हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू (यी मानिसहरू इस्राएलका थिएनन्‌),</verse>
				<verse number="8">अर्थात्‌ देशमा भएका उनीहरूका सन्‍तान-दरसन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्‌— उनीहरूलाई सोलोमनले बेगारी काममा लाए, र उनीहरू आजको दिनसम्‍मै त्‍यस्‍तै छन्‌।</verse>
				<verse number="9">तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्‍नो सरकारी कामको निम्‍ति बेगारी काममा लगाएनन्‌। तिनीहरूचाहिँ तिनका कप्‍तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए।</verse>
				<verse number="10">अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्‍य अधिकारीहरू भए— दुई सय पचास जना।</verse>
				<verse number="11">सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए। तिनले भने, “इस्राएलका राजा दाऊदको महलमा मेरी पत्‍नी बस्‍नेछैन, किनभने परमप्रभुको सन्‍दूक भित्र्याइएका ठाउँहरू पवित्र छन्‌।”</verse>
				<verse number="12">सोलोमनले दलानको अगाड़िपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्‍ति होमबलि चढ़ाउने गरे।</verse>
				<verse number="13">मोशाको आज्ञाबमोजिम शबाथ, औंसी र वर्षेनी तीन पल्‍ट चढ़ाउने चाड़हरू, अर्थात्‌ अखमिरी रोटीको चाड़, साताहरूको चाड़ र छाप्रो-वासको चाड़ हरेक दिन चढ़ाउनुपर्नेअनुसार तिनले चढ़ाउने गरे।</verse>
				<verse number="14">आफ्‍ना पिता दाऊदको विधिअनुसार चलेर प्रतिदिन चाहिँदो कामबमोजिम पूजाहारीका दलहरूलाई आफ्‍नो सेवा गर्न र लेवीहरूलाई चाहिँ स्‍तुतिगानको अगुवाइ गर्न र पूजाहारीहरूको काममा सहायता दिन तिनले नियुक्त गरे। द्वारपालहरूलाई आफ्‍ना दल-दलअनुसार प्रत्‍येक मूल ढोकामा रहन तिनले नियुक्त गरे, किनभने परमेश्‍वरका जन दाऊदले दिएको आज्ञा यस्‍तै थियो।</verse>
				<verse number="15">पूजाहारीहरू र लेवीहरूलाई अनि राजकोषसम्‍बन्‍धी विषयमा दाऊदले दिएका आज्ञा तिनीहरूले भुलेनन्‌।</verse>
				<verse number="16">परमप्रभुका मन्‍दिरको जगदेखि लिएर त्‍यो नसिद्ध्याउञ्‍जेलसम्‍म सोलोमनका सबै काम भइरहेका थिए। यसरी परमप्रभुको मन्‍दिर निर्माण गरिएको थियो।</verse>
				<verse number="17">त्‍यसपछि सोलोमन एदोमको किनारमा भएको एस्‍योन-गेबेर र एलातमा गए।</verse>
				<verse number="18">अनि हीरामले आफ्‍ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">शेबाकी रानीले सोलोमनको कीर्ति सुनिन्, र गाह्रो-गाह्रो प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌। तिनी एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ मसला, प्रशस्‍त सुन र बहुमूल्‍य रत्‍नहरू ऊँटहरूमा लदाएर आइन्‌। तिनी सोलोमनकहाँ आएपछि आफ्‍नो मनमा भएका सबै कुरा तिनले सोलोमनलाई बताइन्‌।</verse>
				<verse number="2">सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। कुनै प्रश्‍नको उत्तर दिन तिनको निम्‍ति गाह्रो थिएन।</verse>
				<verse number="3">जब शेबाकी रानीले सोलोमनको बुद्धि, तिनले बनाएको राजमहल,</verse>
				<verse number="4">तिनको टेबिलको भोजन, वरिपरि बस्‍ने तिनका अधिकारीहरू, उर्दीपोशाक लाएर तिनका सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनका मद्य पियाउनेहरू र परमप्रभुको मन्‍दिरमा तिनले चढ़ाएका होमबलिहरू देखिन्, तब तिनी अवाक्‌ भइन्‌।</verse>
				<verse number="5">तिनले राजालाई भनिन्, “तपाईंका उपलब्‍धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ।</verse>
				<verse number="6">तर आएर आफ्‍नै आँखाले नदेखुञ्‍जेल तिनीहरूले भनेका कुरा मैले पत्‍याएकी थिइनँ। साँच्‍चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्‍दा त तपाईं ज्‍यादै बढ़ी हुनुहुँदोरहेछ।</verse>
				<verse number="7">तपाईंका मानिसहरू कति सुखी होलान्‌! तपाईंको सामुन्‍ने प्रतिदिन तपाईंको सेवामा हाजिर हुने र तपाईंको बुद्धि सुन्‍न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी!</verse>
				<verse number="8">तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वरलाई प्रशंसा होस्‌। तपाईंका परमेश्‍वरले आफ्‍नो प्रेमको कारणले र सदासर्वदै रहन इस्राएललाई स्‍थिर गराउने इच्‍छा भएकोले तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍न उहाँले तपाईंलाई इस्राएलका राजा तुल्‍याउनुभएको छ।”</verse>
				<verse number="9">त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। सोलोमन राजालाई शेबाकी रानीले दिएको बराबर कुनै मसलाहरू कहिल्‍यै भएका थिएनन्‌।</verse>
				<verse number="10">यी सबैबाहेक हीराम र सोलोमनका सेवकहरूले ओपीरबाट सुन ल्‍याए। तिनीहरूले चन्‍दनको काठ र बहुमूल्‍य रत्‍नहरू पनि ल्‍याए।</verse>
				<verse number="11">राजाले यी काठहरूबाट परमप्रभुको मन्‍दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए। त्‍यस्‍ता थोक यहूदा देशमा अघि कहिल्‍यै देखिएका थिएनन्‌।</verse>
				<verse number="12">शेबाकी रानीले ल्‍याएर दिएका सौगातहरूभन्‍दा बढ्‌ता गरेर रानीले इच्‍छा गरेर मागेका सबै कुरा सोलोमन राजाले तिनलाई दिए। तब तिनी बिदा भएर लावालश्‍करसाथ आफ्‍नो देशमा फर्किन्‌।</verse>
				<verse number="13">सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।</verse>
				<verse number="14">त्‍यसबाहेक मालहरू निकासी गर्ने व्‍यापारी र पैकारीहरूका महसूलबाट पनि राजस्‍व आउँथ्‍यो। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्‍यपालहरूले पनि राजाको निम्‍ति सुन र चाँदी ल्‍याउँथे।</verse>
				<verse number="15">पिटेका सुनका दुई सय ठूला-ठूला ढालहरू सोलोमन राजाले बनाए। प्रत्‍येक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।</verse>
				<verse number="16">पिटेको सुनका तीन सय साना-साना ढालहरू पनि तिनले बनाए। प्रत्‍येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।</verse>
				<verse number="17">तब राजाले हस्‍ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्‍यसलाई निखुर सुनले मोहोरे।</verse>
				<verse number="18">सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोड़िएको थियो। आसनका दुवैतिर हात अड़्याउने बाहु थिए। प्रत्‍येकको छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।</verse>
				<verse number="19">छ वटै खुट्‌किलाका दुवैपट्टि एक-एक वटा गरी जम्‍मा बाह्र वटा सिंह थिए। कुनै पनि राज्‍यको निम्‍ति यस्‍तो किसिमको सिंहासन कहिल्‍यै बनाइएको थिएन।</verse>
				<verse number="20">सोलोमनका पिउने सबै कचौराहरू निखुर सुनका थिए। अनि लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू निखुर सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्‍य थोरै थियो।</verse>
				<verse number="21">हीरामका नाविकहरूसँग तर्शीशमा जाने राजाका जहाजको एक बेड़ा थियो। तीन-तीन वर्षमा एक पल्‍ट यो व्‍यापारी-बेड़ाले सुन, चाँदी, हस्‍ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथ्‍यो।</verse>
				<verse number="22">सोलोमन राजा धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजाहरूभन्‍दा श्रेष्‍ठ थिए।</verse>
				<verse number="23">अनि परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाहरूले तिनको दर्शन खोज्‍थे।</verse>
				<verse number="24">आउने हरेकले आफ्‍नो सौगात— चाँदी र सुनका भाँड़ाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोड़ा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे।</verse>
				<verse number="25">आफ्‍ना घोड़ा र रथहरूका निम्‍ति सोलोमनका चार हजार तबेला थिए, अनि तिनका बाह्र हजार घोड़ाहरू थिए। तीमध्‍ये कतिलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे।</verse>
				<verse number="26">तिनले यूफ्रेटिस नदीदेखि लिएर पलिश्‍तीहरूको देश र मिश्रदेशको सिमानासम्‍मै राज्‍य गर्थे।</verse>
				<verse number="27">तिनले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुको काठचाहिँ पहाड़का जङ्गली अञ्‍जीरका बोटहरूसरह धेरै तुल्‍याए।</verse>
				<verse number="28">सोलोमनका घोड़ाहरूचाहिँ मिश्रदेश र अरू सबै देशहरूबाट पैठारी गरिएका हुन्‍थे।</verse>
				<verse number="29">सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्‍तकमा वर्णन गरिएका छैनन्‌ र?</verse>
				<verse number="30">सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="31">त्‍यसपछि तिनी आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍ना पिता दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">रहबाम शेकेममा गए, किनभने सारा इस्राएल तिनलाई राजा तुल्‍याउन त्‍यहाँ गएका थिए।</verse>
				<verse number="2">जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।</verse>
				<verse number="3">यसकारण मानिसहरूले यारोबामलाई बोलाइपठाए, र तिनी र जम्‍मै इस्राएल रहबामकहाँ गएर भने,</verse>
				<verse number="4">“तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवा तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।”</verse>
				<verse number="5">रहबामले भने, “मलाई तीन दिनको समय देओ र फेरि आओ।” यसैले ती मानिसहरू गइहाले।</verse>
				<verse number="6">तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिने तपाईंहरू के सल्‍लाह दिनुहुन्‍छ?”</verse>
				<verse number="7">तिनीहरूले जवाफ दिए, “यदि तपाईंले यी मानिसहरूलाई अहिले राम्रो व्‍यवहार देखाउनुभयो, र तिनीहरूसित दयाको वचन बोलेर तिनीहरूलाई सन्‍तुष्‍ट बनाउनुभयो भने, पछि सधैँको निम्‍ति तिनीहरू तपाईंका सेवकहरू हुनेछन्‌।”</verse>
				<verse number="8">तर ती धर्म-गुरुहरूले दिएको सल्‍लाह तिनले इन्‍कार गरे, र तिनले आफूसित बढ़ेका र तिनले सेवा गर्ने जवान मानिसहरूको सल्‍लाह लिएर तिनीहरूलाई सोधे,</verse>
				<verse number="9">“मेरा पिताले तिनीहरूमाथि बोकाएको जुवा हलुङ्गो गरिदिन यी मानिसहरूले बिन्‍ती गरेकामा जवाफ दिन तिमीहरू मलाई के सल्‍लाह दिन्‍छौ?”</verse>
				<verse number="10">तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “हजूरका पिताले हामीहरूलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, त्‍यो हलुङ्गो गरिदिनुहोस्‌ भनी हजूरलाई भन्‍ने यी मानिसहरूलाई यो जवाफ दिनुहोस्‌। तिनीहरूलाई भन्‍नुहोस्, ‘मेरो कान्‍छी औँला मेरा पिताको कम्‍मरभन्‍दा मोटो छ।’</verse>
				<verse number="11">मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर म त्‍यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लाउनेछु’।”</verse>
				<verse number="12">यारोबाम र ती सबै मानिसहरू राजाले हुकुम गरेझैँ तेस्रो दिन रहबामकहाँ फर्केर आए।</verse>
				<verse number="13">अनि राजाले तिनीहरूलाई कड़ा जवाफ दिए। ती धर्म-गुरुहरूले तिनलाई दिएको सल्‍लाह तिनले इन्‍कार गरे। ती जवान मानिसहरूले दिएको सल्‍लाहअनुसार तिनले ती मानिसहरूलाई भने,</verse>
				<verse number="14">“मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ बनाइदिनुभएको थियो, तर म त्‍यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लाउनेछु।”</verse>
				<verse number="15">यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनभने शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुन उहाँले यस्‍तो परिस्‍थिति ल्‍याउनुभएको थियो।</verse>
				<verse number="16">जब राजाले तिनीहरूको कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएल हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिम्रो आफ्‍नै घर सँभाल।”</verse>
				<verse number="17">यसैकारण सबै इस्राएलीहरू आ-आफ्‍ना घर लागे, तर रहबामले चाहिँ यहूदाका सहरहरूमा बस्‍ने इस्राएलीहरूमाथि अझै शासन गरे।</verse>
				<verse number="18">तब राजा रहबामले बेगार काममा लाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई तिनीहरूकहाँ पठाए। तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए।</verse>
				<verse number="19">अनि त्‍यस दिनदेखि आजसम्‍मै इस्राएल दाऊदका घरानाको विरुद्धमा बागी भएको छ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले आफ्‍नो निम्‍ति राज्‍य फिर्ता लिन इस्राएलको विरुद्धमा लड़ाइँ गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे।</verse>
				<verse number="2">तर परमप्रभुको यो वचन परमेश्‍वरका जन शमायाहकहाँ आयो:</verse>
				<verse number="3">“सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनमा भएका सबै इस्राएलीहरूलाई भन्,</verse>
				<verse number="4">‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना दाजुभाइहरूको विरुद्धमा युद्ध गर्न उक्‍लेर नजाओ। तिमीहरू हरेक आ-आफ्‍नो घरमा फर्केर जाओ, किनभने यो काम मैले गरेको हो’।” यसैकारण तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आफ्‍नो धावा त्‍यागिदिए।</verse>
				<verse number="5">रहबाम यरूशलेममा वास गरे, र तिनले यहूदाका कुनै-कुनै सहरका गढ़ीहरू सुरक्षित बनाए।</verse>
				<verse number="6">तिनले सुरक्षित बनाएका यहूदा र बेन्‍यामीनमा भएका सहरहरू यी नै थिए:</verse>
				<verse number="7">बेथलेहेम, एताम, तको,</verse>
				<verse number="8">बेथ-सर, सोखो, अदुल्‍लाम, गात, मारेशा, जीप,</verse>
				<verse number="9">अदोरेम, लाकीश, आजेका,</verse>
				<verse number="10">सोरा, अय्‍यालोन र हेब्रोन।</verse>
				<verse number="11">तिनले ती सहरका गढ़ीहरू सुदृढ़ पारे, र तिनमा राज्‍यपालहरूलाई नियुक्त गरे, अनि खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए।</verse>
				<verse number="12">तिनले प्रत्‍येक सहरमा ढाल र भालाहरू जम्‍मा गरेर राखे, र तिनका गढ़ीहरू सुदृढ़ पारे। यसरी तिनले यहूदा र बेन्‍यामीनमाथि आफ्‍नो अधिकार कायम राखे।</verse>
				<verse number="13">जम्‍मै इस्राएलका चारैतिरबाट पूजाहारीहरू र लेवीहरू आ-आफ्‍ना इलाकाहरूबाट रहबामकहाँ आए।</verse>
				<verse number="14">लेवीहरू आफ्‍ना सबै खर्क र पैतृक-जग्‍गाजमिनहरू छोड़ेर यहूदा र यरूशलेममा बस्‍न आए, किनकि यारोबाम र तिनका सन्‍तानहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारीगिरीबाट वञ्‍चित गरेका थिए।</verse>
				<verse number="15">डाँड़ाका अल्‍गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पूजाहारीहरू नियुक्त गरे।</verse>
				<verse number="16">परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न अठोट गर्ने इस्राएलका सबै कुलबाट आएकाहरूचाहिँ परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढ़ाउन यरूशलेममा जाने लेवीहरूका पछि लागे।</verse>
				<verse number="17">तिनीहरूले यहूदाको राज्‍य स्‍थिर गरेर तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार हिँड़े।</verse>
				<verse number="18">रहबामले महलतलाई विवाह गरे। तिनका पिता दाऊदका छोरा यरीमोत र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्‌।</verse>
				<verse number="19">तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम।</verse>
				<verse number="20">त्‍यसपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्‍तान भए: अबिया, अत्तै, जीजा र शलोमीत।</verse>
				<verse number="21">आफ्‍ना सबै पत्‍नी र उपपत्‍नीहरूमध्‍ये रहबामले माकालाई ज्‍यादै प्रेम गर्थे। तिनका जम्‍मा अठाह्र पत्‍नी र साठी उपपत्‍नीहरू थिए। तिनी अट्ठाईस जना छोरा र साठी छोरीहरूका पिता भए।</verse>
				<verse number="22">रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्‍न योजना बनाई उनलाई आफ्‍ना सबै दाजुभाइहरूमध्‍ये सबैभन्‍दा मुख्‍य नियुक्त गरे।</verse>
				<verse number="23">यहूदा र बेन्‍यामीनका जम्‍मै इलाकाहरू र सबै सुरक्षित सहरहरूको जिम्‍मा आफ्‍ना कोही छोराहरूलाई दिएर तिनले आफ्‍नो बुद्धिमानी देखाए। तिनले तिनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा सञ्‍चय गरे, र तिनीहरूका निम्‍ति पत्‍नी पनि लिए।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">रहबामको राज्‍य स्‍थिर भएर तिनी शक्तिशाली भएपछि तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— तिनी र तिनीसँग जम्‍मै इस्राएलले</verse>
				<verse number="2">रहबामको शासनकालको पाँचौँ वर्षमा परमप्रभुको विरुद्धमा तिनीहरू विश्‍वासघाती भएकाले गर्दा</verse>
				<verse number="3">मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्‍य लिबियाली, सुक्‍किया र कूशीहरू पछि लागेका थिए।</verse>
				<verse number="4">यहूदाका सुरक्षित सहरहरू जित्‍दै तिनी यरूशलेममा आइपुगे।</verse>
				<verse number="5">तब रहबामलाई र शीशकको आक्रमणदेखि बाँच्‍नलाई यरूशलेममा भेला भएका यहूदाका कुलनायकहरूलाई शमायाह अगमवक्ताले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैकारण अब म तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="6">तब इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, “परमप्रभु न्‍यायी हुनुहुन्‍छ।”</verse>
				<verse number="7">परमप्रभुले तिनीहरूलाई विनम्र भएका देखेर उहाँबाट शमायाहकहाँ यो वचन आयो: “तिनीहरूले आफैलाई विनम्र तुल्‍याएका हुनाले म तिनीहरूलाई विनाश गर्नेछैनँ, तर म तिनीहरूलाई उम्‍कन दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममा म खन्‍याउनेछैनँ।</verse>
				<verse number="8">तापनि तिनीहरू त्‍यसका दास हुनेछन्‌। तब तिनीहरूले मेरो सेवा गर्न र अरू देशका शासकहरूको सेवा गर्नमा के भिन्‍नता रहेछ सो थाहा पाउनेछन्‌।”</verse>
				<verse number="9">मिश्रदेशका राजा शीशकले यरूशलेममाथि चढ़ाइ गरेपछि तिनले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सबै थोकहरू लुटे, अनि सोलोमनले बनाएका सुनका सबै ढालहरू पनि तिनले जफत गरे।</verse>
				<verse number="10">यसकारण रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको प्रवेशद्वार रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूको जिम्‍मामा राखे।</verse>
				<verse number="11">जहिले पनि राजा परमप्रभुको मन्‍दिरमा गए, तहिले रक्षकहरू ती ढालहरू बोकेर तिनीसँग जान्‍थे। त्‍यसपछि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती राख्‍थे।</verse>
				<verse number="12">रहबामले आफूलाई विनम्र तुल्‍याएकाले गर्दा परमप्रभुको क्रोध तिनीबाट हट्यो, र तिनी पूरै नष्‍ट भएनन्‌। अनि यहूदाको उन्‍नति पनि भइरह्यो।</verse>
				<verse number="13">यरूशलेममा राजा रहबामको शक्ति बढ्‌दैगयो। तिनी सिंहासन आरोहण गर्दा एकचालीस वर्षका थिए, अनि परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अम्‍मोनी नामा थियो।</verse>
				<verse number="14">तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले परमप्रभुको अगुवाइ खोज्‍न कोशिश गरेनन्‌।</verse>
				<verse number="15">रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा लेखिएका छैनन्‌ र? रहबाम र यारोबामका बीचमा निरन्‍तर लड़ाइँ भइरह्यो।</verse>
				<verse number="16">रहबाम आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अबिया राजा भए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">राजा यारोबामको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए।</verse>
				<verse number="2">तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌। अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो।</verse>
				<verse number="3">अबियाले युद्धको निम्‍ति चार लाख वीर योद्धाहरू जम्‍मा गरे, अनि यारोबामले चाहिँ तिनको विरुद्धमा आठ लाख योद्धाहरूको फौज तयार गरे।</verse>
				<verse number="4">अबिया एफ्राइमको पहाड़ी देशमा भएको समारैम डाँड़ामा उभिएर यसो भनी कराए, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!</verse>
				<verse number="5">के तिमीहरूलाई थाहा छैन, कि परमप्रभु इस्राएलका परमेश्‍वरले नूनको सोझो हुने करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न राज्‍य दिनुभएको हो?</verse>
				<verse number="6">तापनि दाऊदका छोरा सोलोमनका अधिकारी नबातका छोरा यारोबाम आफ्‍ना मालिकको विरुद्धमा बागी भयो।</verse>
				<verse number="7">केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा लागे, र तिनीहरू सोलोमनका छोरा रहबाम कलिलै र अनुभव नभएका देखेर जिद्दी गरेर तिनको विरुद्धमा उठे। त्‍यस बेला रहबाम तिनीहरूलाई विरोध गर्न सक्‍ने थिएनन्‌।</verse>
				<verse number="8">“अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खड़ा हुनलाई विचार गर्दछौ। तिमीहरू साँच्‍चै एउटा ठूलो सेना छौ, र तिमीहरूका देवता हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग छन्‌।</verse>
				<verse number="9">तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पूजाहारीहरू र लेवीहरूलाई निकालेर अरू देशको दस्‍तूरझैँ आफ्‍नै पूजाहारीहरूलाई नियुक्त गरेका छैनौ र? यदि कुनै मानिस आफैलाई अर्पण गर्नलाई एउटा बाछो र सात वटा भेड़ा लिएर आयो भने, तिमीहरू त्‍यसलाई त्‍यस ईश्‍वरको पूजाहारी भनी ग्रहण गर्छौ जो ईश्‍वर होइन।</verse>
				<verse number="10">“तर हाम्रा निम्‍ति चाहिँ परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, अनि हामीले उहाँलाई त्‍यागेका छैनौं। परमप्रभुको सेवा गर्ने पूजाहारीहरूचाहिँ हारूनका छोराहरू हुन्, अनि लेवीहरूले तिनीहरूलाई सहायता दिन्‍छन्‌।</verse>
				<verse number="11">तिनीहरू बिहान र बेलुका होमबलि र सुगन्‍धित धूप परमप्रभुको निम्‍ति चढ़ाउँछन्‌। तिनीहरूले भेटीको रोटी विधिअनुसार पवित्र गरिएको टेबिलमा लहर-लहर गरी राख्‍तछन्‌। तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌। यसरी परमप्रभु हाम्रा परमेश्‍वरले आज्ञा दिनुभएका कुरा हामी साँच्‍ची नै पालन गर्छौं। तर तिमीहरूले त उहाँलाई त्‍यागेका छौ।</verse>
				<verse number="12">परमेश्‍वर हाम्रा शिर भएर हामीलाई साथ दिनुहुन्‍छ। उहाँका पूजाहारीहरू तिमीहरूका विरुद्धमा युद्ध-ध्‍वनिको सङ्केत दिनलाई तुरही लिएर खड़ा हुनेछन्‌। हे इस्राएलीहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर। तिमीहरू सफल हुनेछैनौ।”</verse>
				<verse number="13">यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको मुख्‍य सेनाले चाहिँ यहूदाको सामना गर्‍यो।</verse>
				<verse number="14">जब यहूदाका मानिसहरूले फर्केर हेरे, तब तिनीहरूले लड़ाइँ आफ्‍नो अघि र पछि दुवैतिर रहेछन्‌ भनी देखे। तब तिनीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे। पूजाहारीहरूले आफ्‍ना तुरही फुके, र यहूदाका मानिसहरूले चिच्‍च्‍याएर कराए।</verse>
				<verse number="15">तिनीहरूले त्‍यसो गर्दा परमेश्‍वरले यारोबाम र सबै इस्राएलीहरूलाई अबिया र यहूदाको सामुन्‍ने परास्‍त गर्नुभयो।</verse>
				<verse number="16">इस्राएलीहरू यहूदाका मानिसहरूका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले इस्राएलीहरूलाई तिनीहरूका हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="17">यसरी अबिया र तिनका मानिसहरूले इस्राएलीहरूलाई धेरै खतिको साथमा जिते, र इस्राएलका पाँच लाख वीर योद्धाहरू लड़ाइँमा मारिए।</verse>
				<verse number="18">त्‍यस बेला इस्राएलीहरू पराजित भए, र यहूदाका मानिसहरू विजयी भए, किनभने तिनीहरूले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरेका थिए।</verse>
				<verse number="19">अबियाले यारोबामलाई खेदे, र तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनका बस्‍तीसमेत अबियाले कब्‍जा गरे।</verse>
				<verse number="20">अबियाको पालोमा यारोबामले आफ्‍नो शक्ति फेरि प्राप्‍त गर्न सकेनन्‌। आखिरमा परमप्रभुले तिनलाई प्रहार गर्नुभयो, र तिनी मरे।</verse>
				<verse number="21">तर अबियाले आफ्‍नो स्‍थान स्‍थिर गरे। तिनले चौध जना पत्‍नी ल्‍याए, र तिनी बाईस छोरा र सोह्र छोरीहरूका पिता भए।</verse>
				<verse number="22">अबियाको राजकालका अरू घटनाहरू, तिनले गरेका कार्यहरू र तिनले भनेका वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">अबिया आफ्‍ना पित्रहरूसित सुते र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आसा सिंहासनमा चढ़े। तिनको पालोमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो।</verse>
				<verse number="2">आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठीक थियो त्‍यही गरे।</verse>
				<verse number="3">तिनले विदेशी वेदीहरू र डाँड़ाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्‍काइदिए, र अशेरा देवीका मूर्तिहरूलाई ढालिदिए।</verse>
				<verse number="4">तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे।</verse>
				<verse number="5">तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्‍ति पायो।</verse>
				<verse number="6">देशमा शान्‍ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू पनि सुरक्षित पारे। त्‍यस समय तिनलाई कुनै युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो।</verse>
				<verse number="7">तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरूलाई निर्माण गरौं। तिनका चारैतिर पर्खाल लाएर धरहरा, ढोका र आग्‍लाहरू बनाएर तिनलाई सुरक्षित पारौं। देश अझ हाम्रो छ, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको अगुवाइ खोजेका छौं। हामीले उहाँलाई खोज्‍यौं, र उहाँले हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्‍नुभएको छ।” यसैले तिनीहरूले ती सहरहरू निर्माण गरे, र तिनीहरूको उन्‍नति भयो।</verse>
				<verse number="8">यहूदाबाट ढाल र भालाहरूले सुसज्‍जित भएका तीन लाख मानिसहरू र बेन्‍यामीनबाट दुई लाख असी हजार ढाल बोक्‍ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए।</verse>
				<verse number="9">कूशी जेरह तिनीहरूका विरुद्धमा लाखौँ मानिसहरूको एक ठूलो सेना र तीन सय रथहरू लिएर आए।</verse>
				<verse number="10">उनी मारेशामा आइपुग्‍दा आसा उनको सामना गर्न निस्‍केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्काको सामना गरे।</verse>
				<verse number="11">तब आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको पुकारा गरेर भने, “हे परमप्रभु, बलियाको सामना गर्न कमजोर जस्‍तोसुकै मानिसहरूलाई सहायता दिने त तपाईंजस्‍तै अरू कोही छैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, यसर्थ कोही मानिस तपाईंको विरुद्धमा खड़ा नहोस्‌।”</verse>
				<verse number="12">परमप्रभुले आसा र यहूदालाई कूशीहरूमाथि विजयी तुल्‍याउनुभयो, र कूशीहरू भागे।</verse>
				<verse number="13">आसा र तिनका मानिसहरूले उनीहरूलाई गरारसम्‍म खेदे। कूशीहरू परमप्रभु र उहाँका सेनाको सामुन्‍ने परास्‍त भए, र उनीहरूका धेरै मानिसहरू मरे। अनि यहूदाले धेरै लूटका मालहरू लगे।</verse>
				<verse number="14">तिनीहरूले गरारका चारैतिरका सबै सहरहरू नाश गरे, किनभने परमप्रभुले त्‍यहाँका मानिसहरूलाई त्रासमा पारिदिनुभएको थियो। तिनीहरूले ती सहरहरू लुटे, र ती सबैबाट दामी-दामी लूटका माल फेला पारे।</verse>
				<verse number="15">तिनीहरूले धेरै गोठालाहरूलाई पनि हमला गरे, र उनीहरूका धेरै भेड़ा, बाख्रा र ऊँटहरू पक्रेर लगे। त्‍यसपछि तिनीहरू यरूशलेममा फर्के।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो।</verse>
				<verse number="2">तिनी आसालाई भेट गर्न निस्‍केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्‍यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्‍छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्‍यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्‍याग्‍यौ भने उहाँले पनि तिमीहरूलाई त्‍याग्‍नुहुनेछ।</verse>
				<verse number="3">धेरै समयसम्‍म त इस्राएल साँचो परमेश्‍वर, सिकाइदिने पूजाहारी र व्‍यवस्‍थाविना थियो।</verse>
				<verse number="4">तर जब आफ्‍नो कष्‍टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन्‌ भनी उहाँ स्‍वयम्‌ प्रकट हुनुभयो।</verse>
				<verse number="5">मानिसहरू आ-आफ्‍ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्‌। सारा देशका बासिन्‍दाहरूले हुनसम्‍मको कष्‍ट भोग्‍नुपर्‍यो।</verse>
				<verse number="6">एउटा राष्ट्रले अर्कोलाई अत्‍याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो।</verse>
				<verse number="7">तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्‌। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”</verse>
				<verse number="8">जब आसाले यी कुरा र ओदेद अगमवक्ताका छोरा अजर्याहको अगमवाणी सुने, तब तिनको साहस बढ़्यो। तिनले सारा यहूदा र बेन्‍यामीन र तिनले कब्‍जा गरेका एफ्राइमका पहाड़ी देशका सहरहरूबाट घिनलाग्‍दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्‍दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्‍मत गरे।</verse>
				<verse number="9">त्‍यसपछि तिनले सारा यहूदा र बेन्‍यामीन र एफ्राइम, मनश्‍शे र शिमियोनबाट तिनीहरूसँग बस्‍न आएकाहरूलाई भेला गरे। किनभने परमप्रभु तिनका परमेश्‍वर तिनीसँग हुनुभएको देखेर इस्राएलबाट धेरै संख्‍यामा मानिसहरू तिनीतर्फ आएका थिए।</verse>
				<verse number="10">आसाका राजकालको पन्‍ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए,</verse>
				<verse number="11">अनि त्‍यस बेला तिनीहरूले ल्‍याएको लूटका मालबाट सात सय साँढ़े र सात हजार भेड़ाबाख्रा बलिदान चढ़ाए।</verse>
				<verse number="12">तिनीहरूले आफ्‍ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्‍न करार बाँधे।</verse>
				<verse number="13">अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने सबै ठूला र साना, स्‍त्री र पुरुषलाई मार्ने तिनीहरूले निश्‍चय गरे।</verse>
				<verse number="14">ठूलो सोरले चिच्‍च्‍याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्‍वयम्‌ परमप्रभुको शपथ खाएर बाचा बाँधे।</verse>
				<verse number="15">सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्‍दित भए, किनभने तिनीहरूले आफ्‍ना पूरा मनले परमेश्‍वरलाई यत्‍नपूर्वक खोजेका थिए। अनि उहाँ पनि तिनीहरूले पाऊन्‌ भनी स्‍वयम्‌ प्रकट हुनुभयो। यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो।</verse>
				<verse number="16">आसा राजाले आफ्‍नी बज्‍यै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने अशेरा देवीको घिनलाग्‍दो मूर्ति तिनले राखेकी थिइन्‌। आसाले त्‍यो काटेर ढालिदिए, र त्‍यसलाई धूलोपीठो पारेर किद्रोन खोल्‍सामा जलाइदिए।</verse>
				<verse number="17">डाँड़ाहरूमा भएका अल्‍गा थानहरू इस्राएलमा रहन दिए तापनि आसा आफ्‍नो जीवनकालभरि नै परमप्रभुका विश्‍वासी भइरहे।</verse>
				<verse number="18">तिनले आफ्‍ना पिता र तिनी आफैले अर्पण गरेका सुन, चाँदी र पवित्र भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्‍दिरमा ल्‍याए।</verse>
				<verse number="19">आसाको राजकालको पैँतीसौँ वर्षसम्‍म कुनै युद्ध भएन।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि चढ़ाइ गरे। यहूदाका राजा आसाको देशमा सबै प्रवेश गर्ने ठाउँहरू रोक्‍न भनी बाशाले रामालाई मजबूत बनाए।</verse>
				<verse number="2">आसाले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सुन र चाँदीहरू निकालेर दमस्‍कसमा राज्‍य गर्ने अरामका राजा बेन-हददकहाँ यसो भनेर बिन्‍ती गरिपठाए,</verse>
				<verse number="3">“हाम्रा पुर्खाहरूका बीचमा भएझैँ हाम्रा बीचमा एउटा सन्‍धि होस्‌। अब म यो सुन र चाँदीको सौगात पठाउँदैछु। यसैकारण इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोड़िदिनुहोस्, र मेरो विरुद्धमा गरेको यो धावा तिनले छोड़िदेऊन्।”</verse>
				<verse number="4">बेन-हददले आसा राजाको कुरा स्‍वीकार गरे। तिनले आफ्‍ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरहरूलाई कब्‍जा गरे।</verse>
				<verse number="5">जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोड़िदिए, र त्‍यसमा गरिराखेका सबै काम बन्‍द गरिदिए।</verse>
				<verse number="6">त्‍यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्‍पालाई मजबूत पार्न ती प्रयोग गरे।</verse>
				<verse number="7">त्‍यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आएर भने, “तपाईंले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ।</verse>
				<verse number="8">के कूशीहरू र लिबियालीहरू असंख्‍य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्‌? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्‍नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="9">किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्‍वीभरि नै परमप्रभुको दृष्‍टि रहिरहन्‍छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्‍त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”</verse>
				<verse number="10">यी कुराले आसा ती दर्शीसँग रिसाए, यतिसम्‍म कि आसाले तिनलाई थुनामा राखे। त्‍यस बेला तिनले कोही-कोही मानिसहरूमाथि साह्रै अत्‍याचार गरे।</verse>
				<verse number="11">आसाको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="12">आफ्‍नो शासनकालको उनन्‍चालीसौँ वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्‍यो। त्‍यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए।</verse>
				<verse number="13">तब आफ्‍नो राजकालको एकचालीसौँ वर्षमा तिनी आफ्‍ना पित्रहरूसित सुते।</verse>
				<verse number="14">तिनी त्‍यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति बनाएका थिए। त्‍यसमा निपुणतासाथ मिसाएर बनाएका सबै किसिमका मसला मिलाइएका थिए। अनि मानिसहरूले तिनको सम्‍झनामा एउटा ठूलो आगो बाले।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्‍ने अठोट गरे।</verse>
				<verse number="2">तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे।</verse>
				<verse number="3">तिनी आफ्‍ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्,</verse>
				<verse number="4">तर तिनले आफ्‍ना पिताका परमेश्‍वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्‌।</verse>
				<verse number="5">परमप्रभुले तिनको शासनमुनि तिनको राज्‍य स्‍थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्‍पत्ति र ख्‍याति साह्रै बढ़्यो।</verse>
				<verse number="6">परमप्रभुका मार्गमा हिँड्‌न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।</verse>
				<verse number="7">आफ्‍नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।</verse>
				<verse number="8">तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात्‌ शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।</verse>
				<verse number="9">परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।</verse>
				<verse number="10">यहूदाको वरिपरि भएका देशका राज्‍यहरूमाथि परमप्रभुको भय पर्‍यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌।</verse>
				<verse number="11">कुनै-कुनै पलिश्‍तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्‍याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्‍याए।</verse>
				<verse number="12">यहोशापात झन्‌ शक्तिशाली भए। तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए।</verse>
				<verse number="13">यहूदाका सहरहरूमा तिनले प्रशस्‍त खानेकुरा सञ्‍चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए।</verse>
				<verse number="14">तिनीहरू आ-आफ्‍नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज।</verse>
				<verse number="15">तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज।</verse>
				<verse number="16">तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्‍ति स्‍वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।</verse>
				<verse number="17">बेन्‍यामीनबाट: एक जना वीर योद्धा एल्‍यादा र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज।</verse>
				<verse number="18">तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्‍जित भएका एक लाख असी हजारको फौज।</verse>
				<verse number="19">यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">यहोशापात साह्रै धनी र प्रसिद्ध भए, अनि तिनले आहाबसित वैवाहिक सम्‍बन्‍ध जोड़े।</verse>
				<verse number="2">केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्‍करको निम्‍ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्‍साए।</verse>
				<verse number="3">इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “रामोत-गिलादमाथि आक्रमण गर्न तपाईं मलाई साथ दिनुहुन्‍छ?” तिनले जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्‍तै हुन्‌। यस लड़ाइँमा म तपाईंलाई साथ दिनेछु।”</verse>
				<verse number="4">तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।”</verse>
				<verse number="5">तब इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादमाथि आक्रमण गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा सुम्‍पिदिनुहुनेछ।”</verse>
				<verse number="6">तर यहोशापातले सोधे, “सल्‍लाह लिन यहाँ परमप्रभुका अगमवक्ता कोही छैन?”</verse>
				<verse number="7">इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सल्‍लाह लिनलाई अझै एक जना त छन्, तर म ती मानिसलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्‍ति असल अगमवाणी कहँदैनन्‌। तिनी खराबी मात्र भन्‍दछन्‌। तिनी यिम्‍लाका छोरा मीकाया हुन्‌।” यहोशापातले जवाफ दिए, “राजाले यस्‍तो भन्‍नुहुन्‍न।”</verse>
				<verse number="8">तब इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै ल्‍याऊ।”</verse>
				<verse number="9">इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आ-आफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए।</verse>
				<verse number="10">केनानका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यही भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।”</verse>
				<verse number="11">अरू सबै अगमवक्ताहरूले त्‍यस्‍तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्‌। किनकि परमप्रभुले त्‍यो राजाको हातमा सुम्‍पिदिनुहुनेछ।”</verse>
				<verse number="12">मीकायालाई बोलाएर ल्‍याउने समाचारवाहकले तिनलाई भन्‍यो, “हेर्नुहोस्‌ अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्‌। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, प्रसन्‍न कुरा भन्‍नुहोस्‌।”</verse>
				<verse number="13">तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्‍दछु, मेरा परमेश्‍वरले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”</verse>
				<verse number="14">जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔं, कि नजाऔं?” तिनले भने, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्, किनकि त्‍यो तपाईंको हातमा पर्नेछ।”</verse>
				<verse number="15">राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट शपथ खान लगाऊँ?”</verse>
				<verse number="16">तब मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्‍नुभयो, “यी मानिसहरूका मालिक छैनन्‌। हरेक शान्‍तिसित घर जाओस्‌’।”</verse>
				<verse number="17">इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्‍ति खराबबाहेक असल अगमवाणी कहँदैनन्‌ भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”</verse>
				<verse number="18">मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्‍नुहोस्‌: मैले परमप्रभुलाई स्‍वर्गका आफ्‍ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्‍नो सिंहासनमा विराजमान हुनुभएको देखें।</verse>
				<verse number="19">अनि परमप्रभुले भन्‍नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्‍यहाँ त्‍यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’</verse>
				<verse number="20">“एउटाले यस्‍तो र अर्काले अर्को सल्‍लाह दियो। आखिरमा एउटा आत्‍मा अगि आएर परमप्रभुको सामुन्‍ने उभिएर भन्‍यो, ‘म त्‍यसलाई बहकाउनेछु’।</verse>
				<verse number="21">“परमप्रभुले सोध्‍नुभयो, ‘कसरी?’ “त्‍यसले भन्‍यो, ‘म गएर त्‍यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने एउटा आत्‍मा हुनेछु’। “परमप्रभुले भन्‍नुभयो, ‘त्‍यसलाई बहकाउन तँ सफल हुनेछस्‌। जा, गएर त्‍यसै गर्‌।’</verse>
				<verse number="22">“त्‍यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ। परमेश्‍वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्‍नुभएको छ।”</verse>
				<verse number="23">तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”</verse>
				<verse number="24">मीकायाले जवाफ दिए, “त्‍यो त तिमी आफै भित्री कोठामा लुक्‍न गएको दिन पो तिमीले थाहा पाउनेछौ।”</verse>
				<verse number="25">तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्‍मामा सुम्‍पिदेओ, र भन,</verse>
				<verse number="26">‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई कैदखानामा राख, र म कुशलसित नआउञ्‍जेल त्‍यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।”</verse>
				<verse number="27">मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”</verse>
				<verse number="28">तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्‍लेर गए।</verse>
				<verse number="29">इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्‍त भेषमा लड़ाइँमा जानेछु, तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस्‌।” अनि इस्राएलका राजा गुप्‍त भेषमा लड़ाइँमा गए।</verse>
				<verse number="30">अरामका राजाले आफ्‍ना रथहरूका सेनापतिहरूलाई इस्राएलका राजाबाहेक अरू साना-ठूलासित लड़ाइँ नगर्नू भन्‍ने हुकुम दिएका थिए।</verse>
				<verse number="31">जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले तिनलाई नै इस्राएलका राजा भनिठानेर तिनलाई आक्रमण गर्न फर्के। तर यहोशापातले चर्को सोरले कराए। अनि परमप्रभु तिनको सहायताको निम्‍ति आउनुभयो, र परमेश्‍वरले ती रथका सेनापतिहरूलाई तिनीतर्फबाट अर्कोतिर लानुभयो।</verse>
				<verse number="32">किनकि सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भनी जानेपछि उनीहरूले तिनलाई आक्रमण गर्न छोड़िदिए।</verse>
				<verse number="33">तर कसैले आफ्‍नो धनु तानेर जथाभाबी काँड़ हानिपठायो, र त्‍यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्‍यो। राजाले आफ्‍नो सारथिलाई भने, “रथ घुमाएर मलाई रणभूमिको बाहिर लैजा। मलाई चोट लाग्‍यो।”</verse>
				<verse number="34">लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्‍नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्‍म त्‍यही अवस्‍थामा रहे, र सूर्यास्‍त हुँदा तिनी मरे।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">यहूदाका राजा यहोशापात यरूशलेममा आफ्‍नो महलमा कुशलसाथ फर्केपछि,</verse>
				<verse number="2">हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए। येहूले यहोशापातलाई भने, “के दुष्‍टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्‍छ? यसैकारण परमप्रभुको क्रोध तपाईंमाथि आइपर्नेछ। तपाईंले दु:ख पाउनुहुनेछ।</verse>
				<verse number="3">तापनि तपाईंमा केही असल कुरो छ, किनभने तपाईंले अशेरा देवीका मूर्तिहरूलाई देशबाट हटाइदिनुभएको छ, र परमप्रभुलाई खोज्‍न तपाईंले मन लाउनुभएको छ।”</verse>
				<verse number="4">यहोशापातको निवासस्‍थान यरूशलेममा थियो। तिनी फेरि बेर्शेबाका मानिसहरूकहाँ एफ्राइमको पहाड़ी देशमा गएर तिनीहरूलाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए।</verse>
				<verse number="5">तिनले देशभरि नै यहूदाको हरेक सुरक्षित सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे।</verse>
				<verse number="6">तिनले तिनीहरूलाई भने, “तिमीहरू जे गर्छौ, त्‍यसमा सतर्क होओ। किनभने मानिसहरूका निम्‍ति होइन तर तिमीहरूले न्‍यायको फैसला सुनाउँदा तिमीहरूसित हुनुहुने परमप्रभुको निम्‍ति तिमीहरू न्‍याय गर्दछौ।</verse>
				<verse number="7">अब परमप्रभुको भय तिमीहरूमा रहोस्‌। तिमीहरू होशियारीसाथ न्‍याय गर, किनभने परमप्रभु हाम्रा परमेश्‍वर अन्‍याय, पक्षपात र घूस लिएको सहनुहुन्‍न।”</verse>
				<verse number="8">यहोशापातले यरूशलेममा पनि कति लेवी, पूजाहारी र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई परमप्रभुको व्‍यवस्‍था कायम राख्‍न र मानिसहरूका बीचमा न्‍याय गर्न नियुक्त गरे।</verse>
				<verse number="9">तिनले तिनीहरूलाई यी आदेश दिए: “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित तनमनले काम गर्नुपर्छ।</verse>
				<verse number="10">सबै मुद्दा जो सहरमा बस्‍ने तिमीहरूका कुटुम्‍बहरूबाट तिमीहरूका सामु आउँछन्‌— मुद्दाहरू हत्‍यासम्‍बन्‍धी होऊन्, अथवा व्‍यवस्‍था वा आज्ञा धर्म-विधि अथवा नियमहरूका विरुद्धमा होऊन्‌— तिमीहरूले तिनीहरूलाई परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू। नत्रता तिमीहरू र तिमीहरूका कुटुम्‍बमा पनि त्‍यसको निम्‍ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।</verse>
				<verse number="11">“परमप्रभुसम्‍बन्‍धी विषयमा मुख्‍य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्‌। राज्‍यसम्‍बन्‍धी विषयमा यहूदाका कुलनायक इश्‍माएलका छोरा जबदियाह अधिकारी छन्‌। लेवीहरूचाहिँ तिमीहरूका सामुन्‍ने अधिकृतहरूझैँ सेवा गर्नेछन्‌। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्‌।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">यसको केही समयपछि मोआबी, अम्‍मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए।</verse>
				<verse number="2">तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्‍य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा पुगिसकेको छ।</verse>
				<verse number="3">यस्‍तो विपद्‌को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्‍न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्‍नलाई घोषणा गरे।</verse>
				<verse number="4">यहूदाका मानिसहरू परमेश्‍वरको सल्‍लाह माग्‍नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्‍लाह माग्‍न आए।</verse>
				<verse number="5">यहूदा र यरूशलेमका सभाको सामुन्‍ने परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने:</verse>
				<verse number="6">“हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं नै स्‍वर्गमा विराजमान हुनुहुने परमेश्‍वर हुनुहुन्‍न? तपाईं जाति-जातिका सबै राज्‍यहरूमा शासन गर्नुहुन्‍छ। तपाईंकै हातमा शक्ति र बल छन्‌। तपाईंको सामना गर्ने कोही छैन।</verse>
				<verse number="7">हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई सदासर्वदाको निम्‍ति त्‍यो दिनुभएको होइन?</verse>
				<verse number="8">तिनीहरू त्‍यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्‍ति यसो भनेर एउटा वासस्‍थान बनाएका छन्,</verse>
				<verse number="9">‘यदि विपत्ति हामीमाथि आइलाग्‍यो भने, अर्थात्‌ न्‍यायको तरवार वा रूढ़ी वा अनिकाल पर्‍यो भने, हामी यस मन्‍दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्‍ने खड़ा हुनेछौं। अनि हामी आफ्‍नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्‍ती सुनेर हामीलाई बचाउनुहुनेछ’।</verse>
				<verse number="10">“मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्‍मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्‍न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्‌। इस्राएलीहरूले उनीहरूलाई त्‍यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्‌।</verse>
				<verse number="11">तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्‍तो बदला दिइरहेछन्‌। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्‍गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्‌।</verse>
				<verse number="12">हे हाम्रा परमेश्‍वर, उनीहरूको न्‍याय तपाईं गर्नुहुन्‍न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्‍य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हामी आफ्‍ना आँखा तपाईंतिर उठाउँछौं।”</verse>
				<verse number="13">यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्‍नीहरू र तिनीहरूका बालकहरूसमेत त्‍यहाँ परमप्रभुको सामुन्‍ने खड़ा भए।</verse>
				<verse number="14">तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।</verse>
				<verse number="15">तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात सुन्‍नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ: ‘नडराओ, यस ठूलो सैन्‍यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन।</verse>
				<verse number="16">भोलि उनीहरूसँग युद्ध गर्न निस्‍क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्‌। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्‍थानमा भएको खोलाको पल्‍लो छेउमा भेट्‌नेछौ।</verse>
				<verse number="17">यो लड़ाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्‍नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्‍किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”</verse>
				<verse number="18">यहोशापात भूइँमा घोप्‍टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरू परमप्रभुको सामुन्‍ने दण्‍डवत्‌ गर्न घोप्‍टो परे।</verse>
				<verse number="19">तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।</verse>
				<verse number="20">तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्‍थानमा गए। तिनीहरू निस्‍केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्‍वरको विश्‍वासमा तिमीहरू स्‍थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्‍नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, र तिमीहरूको फलिफाप हुनेछ।”</verse>
				<verse number="21">मानिसहरूसित सल्‍लाह गरेपछि तिनले कति जनालाई परमप्रभुको स्‍तुतिगान र उहाँका पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए, “परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।”</verse>
				<verse number="22">तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्‍याइदिनुभयो, र उनीहरू परास्‍त भए।</verse>
				<verse number="23">अम्‍मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्‍धाधुन्‍ध आक्रमण गर्न लागे।</verse>
				<verse number="24">जब यहूदाका मानिसहरू उजाड़-स्‍थानमा भएको अल्‍गो ठाउँमा आइपुगे र शत्रुको सैन्‍य-दललाई हेरे, तब त्‍यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्‍ये एउटै पनि उम्‍केको थिएन।</verse>
				<verse number="25">जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्‍मा गर्न आए, तब तिनीहरूले असंख्‍य सामानहरू, लुगाफाटाहरू र बहुमूल्‍य थोकहरू लानै नसक्‍ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्‍म लूटका माल जम्‍मा गरे, किनभने ती त्‍यति धेरै थिए।</verse>
				<verse number="26">चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्‍मै त्‍यसको नाउँ त्‍यही छ।</verse>
				<verse number="27">त्‍यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्‍याउनुभएको थियो।</verse>
				<verse number="28">तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्‍दिरभित्र गए।</verse>
				<verse number="29">परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो।</verse>
				<verse number="30">यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनभने परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।</verse>
				<verse number="31">यसरी यहोशापातले यहूदामाथि राज्‍य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌।</verse>
				<verse number="32">तिनी आफ्‍ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्‌। परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही तिनले गरे।</verse>
				<verse number="33">तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो मन लाएनन्‌।</verse>
				<verse number="34">यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌। ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा गाभिएका छन्‌।</verse>
				<verse number="35">पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता बाँधे, जो दुष्‍टताको दोषी थिए।</verse>
				<verse number="36">व्‍यापार गर्नलाई जहाजहरू बनाउनका निम्‍ति तिनले अहज्‍याहसित सम्‍बन्‍ध राखे। यी जहाजहरू एस्‍योन-गेबेरमा बनाइसकेपछि,</verse>
				<verse number="37">मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा यो अगमवाणी कहे, “तपाईंले अहज्‍याहसँग मित्रता बाँध्‍नुभएको हुनाले परमप्रभुले तपाईंको काम निष्‍फल तुल्‍याउनुहुनेछ।” अनि ती जहाजहरू नष्‍ट भएर व्‍यापार गर्नलाई यात्रा गर्न पाएनन्‌।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">त्‍यसपछि यहोशापात आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूसँग दाऊदको सहरमा गाड़िए।</verse>
				<verse number="2">अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्‍याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।</verse>
				<verse number="3">तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्‍य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्‍यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।</verse>
				<verse number="4">जब यहोराम आफ्‍ना पिताको सिंहासनमा सुदृढ़ भए, तब तिनले आफ्‍ना सबै भाइहरू र इस्राएलका कति जना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे।</verse>
				<verse number="5">तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे।</verse>
				<verse number="6">आहाबको घरानाझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही तिनले गरे।</verse>
				<verse number="7">तर दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन, किनभने दाऊद र तिनका छोराहरूलाई सधैँ प्रकाश दिइरहने एउटा बत्ती दिन्‍छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="8">यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्‍नै राजा खड़ा गरे।</verse>
				<verse number="9">यसैले यहोराम आफ्‍ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे।</verse>
				<verse number="10">एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। त्‍यसै बेला लिब्‍नाले पनि विद्रोह गरे, किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए।</verse>
				<verse number="11">तिनले यहूदाका पहाड़ी देशमा अल्‍गा-अल्‍गा थानहरू बनाए, र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई मूर्तिपूजा (वेश्‍यावृत्ति) गर्न लगाई वेश्‍यासमानमा पारे र यहूदालाई कुपथतिर ढल्‍काए।</verse>
				<verse number="12">यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए। त्‍यसमा त्‍यो कुरो लेखिएको थियो: “तपाईंका पुर्खा दाऊदका परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तेरा पिता यहोशापात र यहूदाका राजा आसाका चालमा तँ हिँड़िनस्‌।</verse>
				<verse number="13">तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा हिँड़ेर तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई मूर्तिपूजा (वेश्‍यावृत्ति) गर्न लगाई वेश्‍यासमानमा पारिस्‌। अनि तेरा पिताका परिवारका छोराहरू, अर्थात्‌ आफ्‍नै भाइहरूलाई तैंले मारिस्‌। तिनीहरू तँभन्‍दा असल मानिसहरू थिए।</verse>
				<verse number="14">ती सबै गरेकोले गर्दा परमप्रभुले तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमाथि प्रहार गर्न लाग्‍नुभएको छ।</verse>
				<verse number="15">तँ आफैचाहिँ निको नहुने आन्‍द्रा-भुँड़ीको रोगले ग्रस्‍त हुनेछस्, र त्‍यस रोगले गर्दा तेरा आन्‍द्रा-भुँड़ी बाहिर निस्‍केर आउनेछन्‌’।”</verse>
				<verse number="16">परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्‍ने पलिश्‍ती र अरबीहरूलाई उक्‍साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्‍यसको भित्रसम्‍मै छिरिगए।</verse>
				<verse number="17">सबै धन-सम्‍पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्‍नीहरूलाई समेत लगे। कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।</verse>
				<verse number="18">यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्‍द्रा-भुँड़ीको रोगले ग्रस्‍त पार्नुभयो।</verse>
				<verse number="19">त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो। अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा-भुँड़ी निस्‍केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्‍ति गरेझैँ तिनको सम्‍मानमा आगो जलाएनन्‌।</verse>
				<verse number="20">तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे। तिनको मृत्‍युमा कसैले शोक प्रकट गरेन। र तिनी दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा होइन।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">यरूशलेमका बासिन्‍दाहरूले तिनको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा तुल्‍याए, किनभने आक्रमणमा अरबीहरूसित मिलेका लूटपीट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अहज्‍याह यहूदाका राजा भए।</verse>
				<verse number="2">राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी ओम्रीकी नातिनी अतल्‍याह थिइन्‌।</verse>
				<verse number="3">तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्‍ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्‍लाह दिन्‍थिन्‌।</verse>
				<verse number="4">आहाबको घरानाले गरेझैँ तिनले पनि परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, किनकि तिनका पिताको मृत्‍युपछि तिनीहरू तिनको पतन गराउने सल्‍लाहकारहरू थिए।</verse>
				<verse number="5">रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्न तिनले इस्राएलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्‍न तिनीहरूको सल्‍लाह लिए। तर अरामीहरूद्वारा योरामले चोट पाए,</verse>
				<verse number="6">र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए। तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।</verse>
				<verse number="7">परमप्रभुको इच्‍छाअनुसार योराम र अहज्‍याहको भेटको अवसर नै योरामको पतनको कारण भयो। यही भेटको समयमा अहज्‍याह योरामसँग निम्‍शीका छोरा येहूलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले येहूलाई नै नियुक्त गर्नुभएको थियो।</verse>
				<verse number="8">येहूले आहाबको घरानामाथि न्‍यायको दण्‍ड लगाउँदा, अहज्‍याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्‍बका छोराहरूलाई भेट्टाएर येहूले मारे।</verse>
				<verse number="9">त्‍यसपछि तिनले अहज्‍याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई सामरियामा फेला पारे। तिनीहरूले अहज्‍याहलाई येहूकहाँ ल्‍याएर मारे। “आफ्‍नो पूरा हृदयले परमप्रभुको अगुवाइ खोज्‍ने तिनै यहोशापातका छोरा यिनी हुन्‌” भनेर तिनीहरूले तिनलाई गाड़िदिए। त्‍यसपछि अहज्‍याहका घरानाको कोही पनि राज्‍य गर्न शक्तिशाली भएन।</verse>
				<verse number="10">जब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तब यहूदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्‍किन्‌।</verse>
				<verse number="11">तर यहोराम राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्‍क भगाएर लगिन्, र त्‍यसकी धाई र त्‍यसलाई एउटा सुत्‍ने कोठाभित्र लुकाइराखिन्‌। यहोराम राजाकी छोरी र पूजाहारी यहोयादाकी पत्‍नी यहोशेबा अहज्‍याहकी दिदी भएकी हुनाले तिनले योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, र अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌।</verse>
				<verse number="12">अतल्‍याहले देशमा राज्‍य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्‍दिरमा छ वर्षसम्‍म लुकेर बसे।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्‍तानहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।</verse>
				<verse number="2">अनि यहूदाका सहरहरूबाट लेवीहरू र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई यरूशलेममा भेला गर्न सबै यहूदाभरि तिनीहरू गएर यरूशलेममा आए।</verse>
				<verse number="3">त्‍यहाँ भेला भएका सबै जनाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले राज्‍य गरून्‌।</verse>
				<verse number="4">अब तिमीहरूले यसो गर्नुपर्छ: शबाथमा आफ्‍नो काममा आउने तिमी पूजाहारीहरू र लेवीहरूको एक तिहाइचाहिँ मूल ढोकाहरूमा,</verse>
				<verse number="5">अर्को एक तिहाइचाहिँ राजमहलमा, र अर्को एक तिहाइचाहिँ जगको ढोकामा पाले बस्‍नू। अरू सबै मानिसहरूचाहिँ परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनेछन्‌।</verse>
				<verse number="6">सेवा गर्ने पूजाहारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू। तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू पवित्र गरिएका छन्‌। तर अरू सबै मानिसहरूचाहिँ परमप्रभुले दिनुभएको आज्ञामा लागिरहून्‌।</verse>
				<verse number="7">लेवीहरूले आ-आफ्‍नो हतियार तयार राखेर राजाका चारैतिर पहरा देऊन्। कोही मन्‍दिरभित्र पस्‍यो भने त्‍यसलाई मारिहाल्‍नू। राजा जहाँ गए तापनि तिनीहरूचाहिँ राजासँगै रहनुपर्छ।”</verse>
				<verse number="8">यहोयादा पूजाहारीले गरेको एक-एक कुरो लेवीहरू र सबै यहूदाले पालन गरे। हरेक जनाले आफ्‍ना मानिसहरू, अर्थात्‌ शबाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सत पाएकाहरूलाई लिए, किनभने यहोयादा पूजाहारीले केही दललाई छोड़िदिएका थिएनन्‌।</verse>
				<verse number="9">तब तिनले सय-सयका दलका कप्‍तानहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए।</verse>
				<verse number="10">त्‍यसपछि तिनले सबै मानिसहरूलाई आफ्‍नो हातमा हतियार लिई राजालाई घेर्न वेदी र मन्‍दिरनेर आ-आफ्‍नो स्‍थानमा मन्‍दिरका उत्तर र दक्षिणपट्टि एक कुनादेखि अर्को कुनासम्‍म राखे।</verse>
				<verse number="11">त्‍यसपछि यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई बाहिर ल्‍याए, अनि तिनको शिरमा शिरपेच लगाइदिए। तिनीहरूले करार-पत्र दिए, र तिनलाई राजा घोषणा गरे। अनि तिनीहरूले तिनलाई अभिषेक गरेर यसो भनी चर्को सोरले कराए, “राजा अमर रहुन्‌!”</verse>
				<verse number="12">जब अतल्‍याहले मानिसहरूलाई राजाको जयजयकार गर्दै यताउता गरिरहेको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌।</verse>
				<verse number="13">अनि राजालाई स्‍तम्‍भको छेउमा प्रवेशद्वारनेर उभिरहेका तिनले देखिन्‌। अधिकृतहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए, र देशका सबै मानिसहरूले तिनको सम्‍मानमा आनन्‍द-उत्‍सव मनाउँदै र तुरही बजाउँदैगरेका थिए। सबै मानिसहरूचाहिँ रमाहट गर्दैथिए। अनि गायकहरू बाजाका साथमा उत्‍सवको अगुवाइ गरिरहेका थिए। तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजविद्रोही! राजविद्रोही!”</verse>
				<verse number="14">यहोयादा पूजाहारीले सय-सयका दलका कप्‍तानहरूलाई यसो भनेर हुकुम गरे, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ, र तिनको पछि लाग्‍ने हरेकलाई समेत तरवारले मार। तिनलाई परमप्रभुको मन्‍दिरमा नमार।” किनभने पूजाहारीले भनेका थिए।</verse>
				<verse number="15">तब तिनीहरूले तिनलाई समाते, र राजमहलको अगि लगेर त्‍यहीँ नै अश्‍व ढोकाको छेड़ोमा मारे।</verse>
				<verse number="16">त्‍यसपछि यहोयादाले आफै र जम्‍मै मानिसहरू र राजा परमप्रभुको प्रजा हुनुपर्छ भनी करार बाँधे।</verse>
				<verse number="17">अनि सबै मानिसहरू बालको मन्‍दिरभित्र गएर त्‍यो भत्‍काए। तिनीहरूले त्‍यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे।</verse>
				<verse number="18">तब यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्ने जिम्‍मा पूजाहारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम परमप्रभुको निम्‍ति होमबलि चढ़ाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए।</verse>
				<verse number="19">कुनै किसिमले अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई तिनले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा द्वारपालहरू राखिदिए।</verse>
				<verse number="20">तब तिनले शतपतिहरू, भारदारहरू, मानिसका शासकहरू र देशका सारा मानिसहरूलाई लिएर राजालाई परमप्रभुको मन्‍दिरबाट ल्‍याए। तिनीहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले।</verse>
				<verse number="21">सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो, किनभने अतल्‍याह तरवारले मारिएकी थिइन्‌।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">योआश राजगद्दी आरोहण गर्दा सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्‍य गरे। तिनकी आमा बेर्शेबाकी सिब्‍या थिइन्‌।</verse>
				<verse number="2">यहोयादा पूजाहारी बाँचुञ्‍जेल तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही गरे।</verse>
				<verse number="3">यहोयादाले तिनको निम्‍ति दुई वटा पत्‍नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए।</verse>
				<verse number="4">यसको केही समयपछि योआशले परमप्रभुको मन्‍दिरको मरम्‍मत गर्ने विचार गरे।</verse>
				<verse number="5">तिनले पूजाहारी र लेवीहरूलाई भेला गरेर भने, “यहूदाका सहरहरूमा गएर सबै इस्राएलीहरूबाट परमप्रभुको मन्‍दिरका पुनर्निर्माणको निम्‍ति वर्षेनी दिने रकम जम्‍मा गर। अनि यो काम झट्टै गरिहाल।” तर लेवीहरूले त्‍यो काम झट्टै गरेनन्‌।</verse>
				<verse number="6">यसकारण राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाएर भने, “किन गवाही-पाटीको पालको निम्‍ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको तिरो यहूदा र यरूशलेमबाट ल्‍याउन भनी लेवीहरूसँग तपाईंले माग्‍नुभएको छैन?”</verse>
				<verse number="7">अब ती दुष्‍ट अतल्‍याहका छोराहरूले परमप्रभुको मन्‍दिरभित्र पसेर त्‍यहाँका सबै पवित्र थोकहरू बाल देवताहरूको पूजामा उपयोग गरेका थिए।</verse>
				<verse number="8">राजाले तिनीहरूलाई एउटा सन्‍दूक बनाएर परमप्रभुका मन्‍दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे।</verse>
				<verse number="9">अनि तिनले यहूदा र यरूशलेमभरि नै यस्‍तो घोषणा गरे, कि परमेश्‍वरका दास मोशाले उजाड़-स्‍थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्‍याउनुपर्छ।</verse>
				<verse number="10">अनि सबै अधिकारीहरू र मानिसहरूले खुशीसित आ-आफ्‍नो रकम ल्‍याएर सन्‍दूक नभरुञ्‍जेल त्‍यसमा हाले।</verse>
				<verse number="11">लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्‍यो सन्‍दूक ल्‍याउँदा तिनीहरूले त्‍यो राम्ररी भरिएको हेर्थे। तब राजाका सचिव र प्रधान पूजाहारीका अधिकृत त्‍यो खाली गर्न आउँथे, र त्‍यो सन्‍दूक फेरि त्‍यसकै स्‍थानमा राखिदिन्‍थे। तिनीहरूले दिनहुँ त्‍यसै गर्थे। यसरी तिनीहरूले धेरै रुपियाँपैसा सञ्‍चय गरे।</verse>
				<verse number="12">राजा र यहोयादाले त्‍यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्न लाउने मानिसहरूको जिम्‍मामा दिन्‍थे। तिनीहरूले चाहिँ मन्‍दिरको पुनर्निर्माण गर्न ज्‍यालामा लगाएका डकर्मी र सिकर्मीहरूलाई, र मन्‍दिरको मरम्‍मत गर्न फलाम र काँसाको काम गर्ने कारीगरहरूलाई दिन्‍थे।</verse>
				<verse number="13">यसरी कामदारहरूले आफ्‍ना काम गर्न लागे, र तिनीहरूकै हातमा यस मरम्‍मतका कामको उन्‍नति भयो। तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्‍दिरको पुनर्निर्माण गरेर त्‍यसलाई पक्‍का बनाए।</verse>
				<verse number="14">तिनीहरूले यो काम सिद्ध्याएपछि उब्रेको पैसाचाहिँ राजा र यहोयादाकहाँ ल्‍याएर दिए। ती पैसाबाट परमप्रभुका मन्‍दिरको निम्‍ति भाँड़ाहरू बनाइए— सेवाको काम र होमबलिको काम दुवैका निम्‍ति भाँड़ाहरू, र अरू सुन र चाँदीका भाँड़ाहरू। यहोयादा बाँचुञ्‍जेल तिनीहरू परमप्रभुको मन्‍दिरमा होमबलि निरन्‍तर चढ़ाउने गर्थे।</verse>
				<verse number="15">यहोयादा वृद्ध र दीर्घायु भएर एक सय तीस वर्षका उमेरमा मरे।</verse>
				<verse number="16">तिनी दाऊदको सहरमा राजाहरूकै चिहानमा गाड़िए, किनभने तिनले इस्राएलमा परमेश्‍वर र उहाँका मन्‍दिरको निम्‍ति असल काम गरेका थिए।</verse>
				<verse number="17">यहोयादाको मृत्‍युपछि यहूदाका अधिकारीहरू राजालाई दण्‍डवत्‌ गर्न आए, अनि राजाले तिनीहरूका कुरा सुने।</verse>
				<verse number="18">तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको मन्‍दिर त्‍यागेर अशेरा देवीका खम्‍बाहरू र अरू मूर्तिहरूलाई पुजे। यस दोषले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो।</verse>
				<verse number="19">तर तिनीहरूलाई आफैकहाँ फर्काएर ल्‍याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो। ती अगमवक्ताहरूले तिनीहरूको दोष देखाइदिए, तर तिनीहरूले अगमवक्ताहरूका कुरा सुनेनन्‌।</verse>
				<verse number="20">तब परमेश्‍वरका आत्‍मा पूजाहारी यहोयादाका छोरा जकरियामाथि उत्रनुभयो। तिनी मानिसहरूका अगि खड़ा भएर भने, “परमप्रभु यो भन्‍नुहुन्‍छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्‍लङ्घन गर्छौ? तिमीहरूको उन्‍नति हुनेछैन। तिमीहरूले परमप्रभुलाई त्‍यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्‍याग्‍नुभएको छ’।”</verse>
				<verse number="21">तर तिनीहरूले जकरियाको विरुद्धमा षड्‌यन्‍त्र रचे, र राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्‍दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे।</verse>
				<verse number="22">राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्‍झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्‍यहीअनुसारको दण्‍ड देऊन्।”</verse>
				<verse number="23">त्‍यही वर्षको अन्‍त्‍यमा अरामी सेना योआशको विरुद्धमा आयो। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरेर मानिसहरूका सबै नायकहरूलाई मारे। तिनीहरूले आफ्‍ना सबै लूटका माल दमस्‍कसका राजाकहाँ पठाइदिए।</verse>
				<verse number="24">अरामीहरूको एक सानो फौजले मात्र आक्रमण गरे, तापनि परमप्रभुले इस्राएलको एक ठूलो सेनालाई उनीहरूका हातमा सुम्‍पिदिनुभयो। यहूदाका मानिसहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका हुनाले, योआशमाथि उचित दण्‍ड आइपर्‍यो।</verse>
				<verse number="25">राजालाई साह्रै घाइते बनाएर अरामीहरू गएपछि पूजाहारी यहोयादाका छोराको मृत्‍युको साटो लिन राजाका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, अनि तिनीहरूले राजालाई तिनको ओछ्यानमा नै मारे। यसरी तिनी मरे, र दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा चाहिँ होइन।</verse>
				<verse number="26">ती षड्‌यन्‍त्रकारीहरूचाहिँ अम्‍मोनी स्‍त्री शिम्‍मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए।</verse>
				<verse number="27">योआशका सन्‍तानको विवरण, तिनको विषयमा धेरै ईश्‍वरवाणी, र परमेश्‍वरको मन्‍दिर तिनले पुनर्निर्माण गरेका विषय राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌। तिनीपछि तिनका छोरा अमस्‍याह राजा भए।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">अमस्‍याह राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्‌।</verse>
				<verse number="2">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर पूरा मनले त होइन।</verse>
				<verse number="3">तिनको हातमा राजकीय अधिकार स्‍थिर भएपछि आफ्‍ना पिता राजाको हत्‍या गर्ने अधिकारीहरूलाई तिनले मारे।</verse>
				<verse number="4">तर तिनले मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराहरूलाई चाहिँ मारेनन्‌: “बुबाहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्‍ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधहरूका निम्‍ति मरोस्‌।”</verse>
				<verse number="5">अमस्‍याहले यहूदाका मानिसहरूलाई भेला गराएर तिनीहरूका परिवार-परिवारअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका सेनापतिहरूको अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरूलाई जम्‍मा गरे। तिनीहरूको संख्‍या तीन लाख थियो। ती सबै लड़ाइँ गर्न अनि भाला र ढाल चलाउन सक्‍नेहरू थिए।</verse>
				<verse number="6">तिनले एक सय चाँदीका तोड़ा तिरेर इस्राएलबाट एक लाख वीर योद्धाहरू लिए।</verse>
				<verse number="7">तर परमेश्‍वरका एक जना तिनीकहाँ आएर भने, “हे मेरा राजा, इस्राएली सेनालाई तपाईंसँग नलैजानुहोस्‌। परमप्रभु इस्राएलसँग हुनुहुन्‍न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न।</verse>
				<verse number="8">तपाईंले साहससित लड़ाइँमा लड्‌नुभए तापनि परमेश्‍वरले तपाईंलाई आफ्‍ना शत्रुहरूका सामु परास्‍त गर्नुहुनेछ, किनभने सहायता गर्ने, अथवा परास्‍त गर्ने उहाँको शक्ति छ।”</verse>
				<verse number="9">अमस्‍याहले परमेश्‍वरका जनलाई भने, “इस्राएली सेनाको निम्‍ति खर्च गरेको त्‍यो एक सय तोड़ाको विषयमा चाहिँ म के गरूँ त?” परमेश्‍वरका जनले जवाफ दिए, “परमेश्‍वरले तपाईंलाई त्‍यसभन्‍दा बढ़ी दिन सक्‍नुहुन्‍छ।”</verse>
				<verse number="10">यसैले अमस्‍याहले एफ्राइमबाट तिनीकहाँ आएको फौजलाई अलग गरेर घर पठाइदिए। यसले गर्दा तिनीहरू यहूदासित क्रोधित भए, र रीसले चूर भएर तिनीहरू घर फर्के।</verse>
				<verse number="11">त्‍यसपछि अमस्‍याहले हौसला लिएर आफ्‍ना फौजहरूलाई नूनको उपत्‍यकामा लगे, र त्‍यहाँ सेइरका दश हजार मानिसहरूलाई मारे।</verse>
				<verse number="12">यहूदाका फौजहरूले अरू दश हजार मानिसहरूलाई जीवित पक्रे, र उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगेर तल खसालिदिए। त्‍यहाँ तिनीहरू सबै छिन्‍नभिन्‍न भए।</verse>
				<verse number="13">यसै बीचमा अमस्‍याहले लड़ाइँमा भाग नलिई घरमा पठाइदिएको त्‍यस फौजले यहूदाका सहरहरू सामरियादेखि लिएर बेथ-होरोनसम्‍म लुटे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै लूटका मालहरू लगे।</verse>
				<verse number="14">एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याएर आफ्‍नै देवता बनाए। तिनले ती देवताहरूलाई पुजे, र तिनका निम्‍ति होमबलि चढ़ाए।</verse>
				<verse number="15">यसैले गर्दा परमप्रभु अमस्‍याहसँग रिसाउनुभयो। उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनलाई भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको पछि तपाईं किन लाग्‍नुभयो?”</verse>
				<verse number="16">जब तिनी बोलिरहेका थिए तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार नियुक्त गरेका हौं र? चूप लाग। किन आफ्‍नो जीवन खतरामा पार्छौ?” ती अगमवक्ता चूप लाग्‍न अघि यसो भने, “मलाई थाहा छ कि तपाईंले यस्‍तो गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको कारण परमेश्‍वरले तपाईंलाई नाश गर्ने निश्‍चय गर्नुभएको छ।”</verse>
				<verse number="17">त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह गरेपछि इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको निम्‍ति हाँक दिए, “आऊ, हामी एक-अर्काको सामना गरौं।”</verse>
				<verse number="18">तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहलाई यो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनी पठायो, ‘तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्‍यताबाट भएर जाँदा त्‍यस सिउँड़ीलाई कुल्‍चिदियो।</verse>
				<verse number="19">‘एदोमलाई जितें’ भनी तिमी भन्‍छौ, र तिम्रो शेखी बढ़्यो। आफ्‍नो घरमा नै बसिरहनू। आफ्‍नै र यहूदाको पनि पतन ल्‍याउन तिमी किन खतरामा पर्छौ?”</verse>
				<verse number="20">तर अमस्‍याहले यस कुरामा ध्‍यानै दिएनन्‌। यो त तिनीहरूलाई येहोआशको हातमा सुम्‍पिदिन परमेश्‍वरले युक्ति गर्नुभएको थियो, किनभने तिनीहरू एदोमका देवताहरूका पछि लागेका थिए।</verse>
				<verse number="21">यसैले इस्राएलका राजा येहोआश अगि बढ़े, अनि तिनी र यहूदाका राजा अमस्‍याह यहूदाका बेथ-शेमेशमा भिड़िए।</verse>
				<verse number="22">यहूदाका मानिसहरू इस्राएलद्वारा पराजित भए, र तिनीहरू सबै आ-आफ्‍नो घरमा भागे।</verse>
				<verse number="23">इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ-शेमेशमा पक्रेर यरूशलेममा ल्‍याए। तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्‍म चार सय हात लामो सहरको पर्खाल भत्‍काइदिए।</verse>
				<verse number="24">तिनले ओबेद-एदोमको जिम्‍मामा राखिदिएका, परमप्रभुको मन्‍दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्‍य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के।</verse>
				<verse number="25">इस्राएलका राजा यहोआहाजका छोरा येहोआशभन्‍दा यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्ष ज्‍यादा बाँचे।</verse>
				<verse number="26">अमस्‍याहको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="27">अमस्‍याह परमप्रभुबाट तर्केर गएको दिनदेखि नै यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र भइरहेको थियो, र तिनी लाकीशमा भागेर गए। तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाएर तिनलाई त्‍यहीँ मारे।</verse>
				<verse number="28">त्‍यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्‍याए। तिनी त्‍यहाँ आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्‍जियाहलाई लिएर तिनका पिता अमस्‍याहको सट्टामा राजा तुल्‍याए।</verse>
				<verse number="2">अमस्‍याह आफ्‍ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।</verse>
				<verse number="3">उज्‍जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यकोल्‍याह थियो। तिनी यरूशलेमकी थिइन्‌।</verse>
				<verse number="4">तिनले आफ्‍ना पिता अमस्‍याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे।</verse>
				<verse number="5">तिनलाई परमेश्‍वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा तनमन लगाए। परमप्रभुलाई खोज्‍दैरहुञ्‍जेलसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो।</verse>
				<verse number="6">तिनी पलिश्‍तीहरूसँग युद्ध गर्न रणभूमिमा गए, र गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू तिनले भत्‍काइदिए। तिनले अश्‍दोदको नजिक र पलिश्‍तीहरूका बीचमा सहरहरू बनाए।</verse>
				<verse number="7">परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।</verse>
				<verse number="8">अम्‍मोनीहरूले उज्‍जियाहकहाँ सौगातहरू ल्‍याए, अनि तिनको ख्‍याति मिश्रदेशको सिमानासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए।</verse>
				<verse number="9">तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे।</verse>
				<verse number="10">तिनले उजाड़-स्‍थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्‍यान दिन्‍थे।</verse>
				<verse number="11">यसबाहेक उज्‍जियाहको तालीम पाएका र युद्धको निम्‍ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्‍याहको अधीनमा यिनीहरूलाई राखेका थिए।</verse>
				<verse number="12">वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्‍मा संख्‍या २,६०० थियो।</verse>
				<verse number="13">तिनीहरूको अधीनमा राजालाई शत्रुहरूका विरुद्धमा सहायता गर्न ३,०७,५०० योद्धाहरू भएको एक लड़ाकू सेना पनि थियो।</verse>
				<verse number="14">जम्‍मै सेनाको निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे।</verse>
				<verse number="15">धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्‍ने यन्‍त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्‍तो आश्‍चर्यको सामान मिलेको कारण तिनको ख्‍याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्‍यादै शक्तिशाली भए।</verse>
				<verse number="16">तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्‍नलाई परमप्रभुको मन्‍दिरमा पसेर परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा तिनले विश्‍वासघात गरे।</verse>
				<verse number="17">तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्‍जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने,</verse>
				<verse number="18">“हे उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन। यस कामको निम्‍ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्‌। पवित्रस्‍थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्‍वासघात गर्नुभएको छ। परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।”</verse>
				<verse number="19">हातमा धुपौरो लिएर धूप बाल्‍न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो।</verse>
				<verse number="20">प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्‍दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।</verse>
				<verse number="21">राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कोरी भए। तिनी अलग्‍गै घरमा कोरी भएर बस्‍न लागे। परमप्रभुको मन्‍दिरभित्र तिनी पस्‍न पाएनन्‌। राज्‍यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्‍य चलाउन लागे।</verse>
				<verse number="22">उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌।</verse>
				<verse number="23">उज्‍जियाह आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्‍थे, “तिनी एक कोरी हुन्‌।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">योताम राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो।</verse>
				<verse number="2">तिनका पिता उज्‍जियाहले झैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर आफ्‍ना पिताझैँ तिनी परमप्रभुको मन्‍दिरमा पसेनन्‌। तापनि मानिसहरूचाहिँ आफ्‍ना दुष्‍ट चालमा लागिरहे।</verse>
				<verse number="3">तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको पुनर्निर्माण गरे, र आफैले डाँड़ाको पर्खाल खूब मरम्‍मत गरिदिए।</verse>
				<verse number="4">तिनले यहूदाको पहाड़ी देशमा सहरहरू बनाए, र वनका डाँड़ाहरूमा किल्‍ला र धरहराहरू बनाए।</verse>
				<verse number="5">योतामले अम्‍मोनीहरूका राजासँग युद्ध गरेर उनलाई परास्‍त गरे। अनि त्‍यस वर्ष अम्‍मोनीहरूले तिनलाई साढ़े तीन टन चाँदी, पच्‍चीस हजार मुरी गहूँ र पच्‍चीस हजार मुरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्‍यहीबमोजिम कर तिरे।</verse>
				<verse number="6">परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने आफ्‍नो चाल ठीक राखेकाले गर्दा योताम अत्‍यन्‍त शक्तिशाली भए।</verse>
				<verse number="7">योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="8">तिनी राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे।</verse>
				<verse number="9">तिनी आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">आहाज राजगद्दी आरोहण गर्दा बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैँ जे कुरो परमप्रभुको दृष्‍टिमा असल थियो त्‍यही गरेनन्‌।</verse>
				<verse number="2">तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, र बाल देवताहरूका निम्‍ति ढलौटे मूर्तिहरू बनाए।</verse>
				<verse number="3">तिनले बेन-हिन्‍नोमको बेँसीमा बलिदानहरू पनि चढ़ाए। इस्राएलको सामुन्‍नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्‍नुभएको थियो, उनीहरूकै घिनलाग्‍दा चालमा हिँड़ेर तिनले आफ्‍ना छोराहरूलाई आगोमा होम गरे।</verse>
				<verse number="4">तिनले अल्‍गा-अल्‍गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्‍याम्‍म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।</verse>
				<verse number="5">यसकारण परमप्रभु तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातबाट हार खुवाउनुभयो। अरामीहरूले तिनलाई परास्‍त गरेर तिनका मानिसहरूमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे। तिनी इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई सम्‍पूर्ण परास्‍त गरे।</verse>
				<verse number="6">रमल्‍याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए।</verse>
				<verse number="7">एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्‍य मन्‍त्री एल्‍कानालाई मारे।</verse>
				<verse number="8">इस्राएलीहरूले आफ्‍ना कुटुम्‍बका दुई लाख स्‍त्रीहरू र केटाकेटीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै लूटका मालहरू पनि लगेर सामरियामा ल्‍याए।</verse>
				<verse number="9">तर त्‍यहाँ ओदेद नाउँ भएका परमप्रभुका एक अगमवक्ता थिए, र सेना सामरियामा फर्किरहेको बेला तिनी त्‍यस सेनालाई भेट्‌न निस्‍के। तिनले त्‍यस सेनाका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्‍पिदिनुभएको हो। तर तिमीहरूले चाहिँ अत्‍यन्‍त रीसको झोँकमा तिनीहरूको संहार गर्‍यौ।</verse>
				<verse number="10">अब तिमीहरू यहूदा र यरूशलेमका मानिसहरू पुरुष र स्‍त्री दुवैलाई दास-दासी बनाउने इच्‍छा गर्दछौ। त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु दोषी हुँदैनौ?</verse>
				<verse number="11">अब मेरा कुरा सुन। आफ्‍ना कुटुम्‍बहरूबाट कैद गरेर ल्‍याएकाहरूलाई फर्काइदेओ, किनभने परमप्रभुको क्रोध तिमीहरूमाथि खनिएको छ।”</verse>
				<verse number="12">तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने,</verse>
				<verse number="13">“यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्‍याउनुहुन्‍न। तिमीहरूले जे विचार गरिरहेका छौ त्‍यसले गर्दा हामीहरू परमप्रभुको दृष्‍टिमा दोषी हुनेछौं। के तिमीहरू हाम्रा पाप र दोष थप्‍न चाहन्‍छौ? किनकि हामी त दोषी भइसकिहालेका छौं, र इस्राएलको विरुद्धमा उहाँको भयानक क्रोध आइपरेको छ।”</verse>
				<verse number="14">यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालसामानहरूचाहिँ अधिकारीहरू र सबै समुदायका उपस्‍थितिमा छोड़िदिए।</verse>
				<verse number="15">तिनीहरूले कैदीहरूलाई त्‍यही कामको निम्‍ति खटिएका मानिसहरूको जिम्‍मामा छोड़िदिए, अनि तिनीहरूले लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए। तिनीहरूले कैदीहरूलाई लुगा र जुत्ता लगाइदिए, अनि खानपान दिएर तेल पनि लगाइदिए। अनि साह्रै थाकेका र हिँड्‌न नसक्‍नेहरूलाई तिनीहरूले गधामा चढ़ाएर आफ्‍ना कुटुम्‍बहरूकहाँ खजूरका रूखहरूको सहर, अर्थात्‌ यरीहोसम्‍म ल्‍याइदिए। त्‍यसपछि तिनीहरू आफै चाहिँ सामरियामा फर्के।</verse>
				<verse number="16">त्‍यस बेला राजा आहाजले अश्‍शूरका राजाकहाँ सहायता मागिपठाए।</verse>
				<verse number="17">किनभने एदोमीहरूले फेरि आक्रमण गरी यहूदालाई जितेर कैदी बनाई लगेका थिए।</verse>
				<verse number="18">पलिश्‍तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्‍यालोन र गदेरोत, अनि सोखो, तिम्‍ना र गिम्‍जो, तिनका बस्‍तीहरूसमेत कब्‍जा गरेर अधिकार गरेका थिए।</verse>
				<verse number="19">इस्राएलका राजा आहाजको कारणले नै परमप्रभुले यहूदालाई विनम्र तुल्‍याउनुभएको थियो, किनभने यहूदामा तिनले दुष्‍टता बढ़ाएर तिनी परमप्रभुतर्फ साह्रै नै विश्‍वासघाती भएका थिए।</verse>
				<verse number="20">तब अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर तिनलाई सहायता दिन आए, तर तिनलाई सहायता दिनुको सट्टा झन्‌ तिनलाई कष्‍ट दिए।</verse>
				<verse number="21">आहाजले परमप्रभुको मन्‍दिर, राजाको महल र आफ्‍ना भारदारहरूबाट केही कुरा लिएर अश्‍शूरका राजालाई दिए, तर यी सबै व्‍यर्थ भयो।</verse>
				<verse number="22">यी नै राजा आहाज आफ्‍नो कष्‍टको समयमा झन्‌-झन्‌ परमप्रभुप्रति विश्‍वासघाती भए।</verse>
				<verse number="23">तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढ़ाए, किनकि तिनले यो विचार गरे, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरे। यसकारण तिनीहरूले मलाई सहायता गरून्‌ भनी म पनि तिनीहरूलाई बलिदान चढ़ाउनेछु।” तर वास्‍तवमा तिनीहरूले नै तिनको र सारा इस्राएलको पतन ल्‍याए।</verse>
				<verse number="24">आहाजले परमप्रभुको मन्‍दिरका भाँड़ाकुँड़ाहरू जम्‍मा गरेर लगे, अनि परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए। तिनले यरूशलेमका सड़क-सड़कमा वेदीहरू बनाए।</verse>
				<verse number="25">अनि यहूदाका सहरैपिच्‍छे अरू देवताहरूलाई बलिदान चढ़ाउनका निम्‍ति डाँड़ाहरूका थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्‍याए।</verse>
				<verse number="26">तिनको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="27">आहाज आफ्‍ना पित्रहरूसित सुते, र यरूशलेम सहरमा गाड़िए, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाड़ेनन्‌। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">हिजकिया राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ जकरियाकी छोरी अबिया थियो।</verse>
				<verse number="2">आफ्‍ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही तिनले गरे।</verse>
				<verse number="3">आफ्‍नो राजकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोलेर तिनलाई मरम्‍मत गरे।</verse>
				<verse number="4">तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्‍याएर पूर्वपट्टिको चोकमा भेला गराए,</verse>
				<verse number="5">र तिनीहरूलाई भने, “हे लेवी हो, मेरा कुरा सुन। तिमीहरू अहिले आफू-आफूलाई पवित्र गर। परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ।</verse>
				<verse number="6">हाम्रा पुर्खाहरू त विश्‍वासघाती भएर परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्‍यागे र उहाँका बासस्‍थानको केही वास्‍तै गरेनन्‌। तिनीहरूले त उहाँतिर आफ्‍ना पीठ फर्काए।</verse>
				<verse number="7">तिनीहरूले दलानका ढोकाहरू बन्‍द गरिदिए, र बत्ती बाल्‍न पनि छोड़िदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढ़ाउन छोड़िदिए।</verse>
				<verse number="8">यसैकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको छ, र उहाँले तिनीहरूलाई घृणा, आतङ्क र हाँसोका पात्र तुल्‍याउनुभएको छ। ती तिमीहरू आफै देख्‍दैछौ।</verse>
				<verse number="9">त्‍यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए, र हाम्रा छोराछोरीहरू र पत्‍नीहरू कैदमा छन्‌।</verse>
				<verse number="10">अब मेरो इच्‍छा यही छ, कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इस्राएलका परमेश्‍वरसँग एउटा करार बाँध्‍नुपर्छ।</verse>
				<verse number="11">हे मेरा छोरा हो, अब बेवास्‍ता नगर! किनभने परमप्रभुले उहाँको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको सामु काम गर्न र धूप बाल्‍न तिमीहरूलाई चुन्‍नुभएको छ।”</verse>
				<verse number="12">तब यी लेवीहरूले काम गर्न सुरु गरे: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल। मरारीहरूबाट: अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह। गेर्शोनीहरूबाट: जिम्‍माहका छोरा योआ र योआका छोरा अदन।</verse>
				<verse number="13">एलीजापानका सन्‍तानबाट: शिम्री र यहीएल। आसापका सन्‍तानबाट: जकरिया र मत्तन्‍याह।</verse>
				<verse number="14">हेमानका सन्‍तानबाट: यहीएल र शिमी। यदूतूनका सन्‍तानबाट: शमायाह र उज्‍जीएल।</verse>
				<verse number="15">तिनीहरूले आ-आफ्‍ना कुटुम्‍बहरूलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे। अनि परमप्रभुको आज्ञाअनुसार र राजाले तिनीहरूलाई हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे।</verse>
				<verse number="16">परमप्रभुको मन्‍दिर शुद्ध गर्न पूजाहारीहरू भित्र पसे। तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू परमप्रभुका मन्‍दिरको चोकमा लगेर राखे। लेवीहरूले ती कुराहरू लिएर बाहिर किद्रोन खोल्‍सामा लगेर फालिदिए।</verse>
				<verse number="17">पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्‍म पुगेका थिए। अनि अझै आठ दिनसम्‍म तिनीहरूले परमप्रभुको मन्‍दिर नै पवित्र गरे। पहिलो महिनाको सोह्रै दिनमा तिनीहरूले त्‍यो काम सिद्ध्याए।</verse>
				<verse number="18">त्‍यसपछि तिनीहरूले राजमहलमा गएर हिजकिया राजालाई भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँड़ाकुँड़ाहरूसमेत, अनि अर्पण गरिएको रोटी लहर-लहर गरी मिलाएर राख्‍ने टेबिल, त्‍यसका सबै सामानसमेत।</verse>
				<verse number="19">र राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर पन्‍साइराखेका जम्‍मै सरसामानहरू पनि हामीले नियत स्‍थानमा पवित्र गरेर राखिदियौं। अब ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌।”</verse>
				<verse number="20">राजा हिजकिया बिहान सबेरै उठी सहरका अधिकारीहरूलाई भेला गराएर परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए।</verse>
				<verse number="21">तिनीहरूले सात वटा साँढ़े, सात वटा भेड़ा र सात वटा थुमा ल्‍याए, अनि राज्‍य, पवित्रस्‍थान र यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए। राजाले हारूनको वंशका पूजाहारीहरूलाई यी सबै परमप्रभुको वेदीमा चढ़ाउने हुकुम गरे।</verse>
				<verse number="22">यसैले तिनीहरूले साँढ़ेहरू मारे, र पूजाहारीहरूले तिनका रगत लिएर वेदीमा छर्के। तब तिनीहरूले भेड़ाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के। तब थुमाहरू मारिए, र तिनका रगत लिएर वेदीमा खन्‍याए।</verse>
				<verse number="23">त्‍यसपछि पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको सामुन्‍ने ल्‍याइए, र तिनीहरूले तीमाथि आ-आफ्‍ना हात राखे।</verse>
				<verse number="24">अनि पूजाहारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढ़ाए। किनभने होमबलि र पापबलिचाहिँ सारा इस्राएलको निम्‍ति चढ़ाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए।</verse>
				<verse number="25">राजाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आ-आफ्‍नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्‍ना अगमवक्ताहरूद्वारा दिइएको थियो।</verse>
				<verse number="26">लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए।</verse>
				<verse number="27">होमबलि वेदीमा चढ़ाउनू भनी हिजकियाले हुकुम गरे। होमबलि चढ़ाउने काम सुरु हुँदा तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूबाट परमप्रभुको स्‍तुतिगान पनि सुरु भयो।</verse>
				<verse number="28">गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्‍डवत्‌ गरे। होमबलि खतम नहोउञ्‍जेल सबै काम यसरी नै निरन्‍तर भइरह्यो।</verse>
				<verse number="29">बलिदान समाप्‍त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्‍डवत्‌ गरे।</verse>
				<verse number="30">राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्‍डवत्‌ गरे।</verse>
				<verse number="31">तब हिजकियाले भने, “तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ। तिमीहरूका बलिदान र धन्‍यवादका बलिहरू लिएर तिमीहरू परमप्रभुको मन्‍दिरमा आओ।” यसैले समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हुनेहरू हरेकले आ-आफ्‍नो होमबलि ल्‍यायो।</verse>
				<verse number="32">समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढ़ेहरू, एक सय भेड़ाहरू, र दुई सय थुमाहरू थियो। यी सबै मिलाएर परमप्रभुको निम्‍ति होमबलि भयो।</verse>
				<verse number="33">अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए।</verse>
				<verse number="34">तर पूजाहारीहरू साह्रै कम भएका हुनाले सबै होमबलिका छाला काढ्‌न सकेनन्‌। यसैकारण तिनीहरूका लेवी कुटुम्‍बहरूले त्‍यो काम खतम नहोउञ्‍जेल र अरू पूजाहारीहरूले आफैलाई पवित्र नगरुञ्‍जेल तिनीहरूलाई सघाए। किनभने आफू-आफूलाई पवित्र गर्नमा लेवीहरू पूजाहारीहरूभन्‍दा बढ़ी होशियारी भएका थिए।</verse>
				<verse number="35">हरेक होमबलिसँग चढ़ाइएको मेलबलिको बोसो र अर्घ-बलिको साथ होमबलिहरू प्रशस्‍त मात्रामा थिए। यसरी परमप्रभुका मन्‍दिरको सेवा पहिलेको जस्‍तै गरिन थालियो।</verse>
				<verse number="36">परमेश्‍वरले आफ्‍नो प्रजाको निम्‍ति गर्नुभएको काम र त्‍यो यति चाँड़ै पूरा भएकोले हिजकिया र सबै मानिसहरू खुशी भए।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड़ परमप्रभुको मन्‍दिरमा मान्‍न आऊन्‌ भनी निम्‍तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्‍शेलाई पनि चिट्ठीहरू पठाए।</verse>
				<verse number="2">राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्‍तार-चाड़ मनाउन सहमत भएका थिए।</verse>
				<verse number="3">तिनीहरूले विधिअनुसार ठीक समयमा मनाउन सकेका थिएनन्, किनभने पर्याप्‍त पूजाहारीहरूले आफू-आफूलाई शुद्ध गरेका थिएनन्, र मानिसहरू पनि यरूशलेममा भेला भएका थिएनन्‌।</verse>
				<verse number="4">यो प्रस्‍ताव राजा र सारा समुदायलाई असल लाग्‍यो।</verse>
				<verse number="5">तब तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै सारा इस्राएलभरि यस्‍तो घोषणा गर्ने निश्‍चय गरे, कि परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड़ मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ। यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड़ मानेका थिएनन्‌।</verse>
				<verse number="6">हिजकियाको हुकुमअनुसार राजा र तिनका अधिकारीहरूबाट यस्‍तो घोषणा-पत्र लिएर समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि गए: “हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, र अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कून्‌।</verse>
				<verse number="7">तिमीहरू आफ्‍ना पुर्खाहरू र तिमीहरूका कुटुम्‍बहरूजस्‍तै नहोओ। तिनीहरू त परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघाती भए, र परमप्रभुले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो। त्‍यो तिमीहरू आफैले देख्‍यौ।</verse>
				<verse number="8">तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्‌।</verse>
				<verse number="9">तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने तिमीहरूका कुटुम्‍बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्‌। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ। तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”</verse>
				<verse number="10">तब ती समाचारवाहकहरू एफ्राइम र मनश्‍शेका देशभरि नै सहर-सहरमा भएर जबूलूनसम्‍मै गए। तर मानिसहरूले तिनीहरूको गिल्‍ला र हाँसो गरे।</verse>
				<verse number="11">तापनि आशेर, मनश्‍शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्‍याएर यरूशलेममा गए।</verse>
				<verse number="12">यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हातले यहूदाका मानिसहरूलाई उक्‍साए।</verse>
				<verse number="13">धेरै मानिसहरू, अर्थात्‌ एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड़ मान्‍न यरूशलेममा भेला भए।</verse>
				<verse number="14">तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए।</verse>
				<verse number="15">तिनीहरूले दोस्रो महिनाको चौथो दिनमा निस्‍तार-चाड़को थुमा मारे। पूजाहारीहरू र लेवीहरू साह्रै लज्‍जित भए। तिनीहरूले आफू-आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्‍दिरमा होमबलि ल्‍याए।</verse>
				<verse number="16">तब परमेश्‍वरका जन मोशाले दिएको व्‍यवस्‍थाअनुसार तिनीहरू आ-आफ्‍नो नियत स्‍थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के।</verse>
				<verse number="17">तर समुदायका धेरै जनाले आफू-आफूलाई शुद्ध गरेका थिएनन्‌। यसैकारण परमप्रभुको सामुन्‍ने आ-आफ्‍नो थुमा पवित्र गर्न नसक्‍ने यी अशुद्ध भएका सबैका निम्‍ति लेवीहरूले निस्‍तार-चाड़का थुमाहरू मार्नुपर्‍यो।</verse>
				<verse number="18">एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकाहरूमध्‍ये धेरै जना विधिपूर्वक शुद्ध भएका थिएनन्‌। तापनि तिनीहरूले अनियमित रीतिले निस्‍तार-चाड़ माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरे,</verse>
				<verse number="19">“पवित्रस्‍थानका शुद्धीकरणको नियम त्‍यसले पालन गरेको छैन भने पनि परमप्रभु त्‍यसका पुर्खाहरूका परमेश्‍वरलाई खोज्‍न सङ्कल्‍प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्‌।”</verse>
				<verse number="20">अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।</verse>
				<verse number="21">यरूशलेममा उपस्‍थित भएका इस्राएलीहरूले सात दिनसम्‍म ठूलो रमाहटको साथ अखमिरी रोटीको चाड़ मनाए। अनि लेवीहरू र पूजाहारीहरूले नथामीकनै परमप्रभुका बाजाहरूका साथ दिनहुँ खूब जोशसँग परमप्रभुको प्रशंसा गरे।</verse>
				<verse number="22">परमप्रभुका सेवाको विषयमा साँचो ज्ञान भएका लेवीहरूलाई हिजकियाले उत्‍साहको वचनले बोले। यसरी तिनीहरूले चाड़का सात दिन मेलबलिहरू चढ़ाउँदै, परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गर्दै र आ-आफ्‍नो तोकिएको भाग खाँदै बिताए।</verse>
				<verse number="23">सारा समुदाय अरू सात दिनसम्‍म चाड़ मान्‍न सहमत भए। यसकारण तिनीहरूले रमाहटसित अरू सात दिन चाड़ मनाए।</verse>
				<verse number="24">यहूदाका राजा हिजकियाले समुदायको निम्‍ति एक हजार साँढ़े र सात हजार भेड़ाबाख्रा, अनि अधिकारीहरूले समुदायको निम्‍ति एक हजार साँढ़े र दश हजार भेड़ाबाख्रा अलग राखिदिएका थिए। पूजाहारीहरूले धेरै संख्‍यामा आफू-आफूलाई शुद्ध पारे।</verse>
				<verse number="25">यहूदाका सारा समुदाय, पूजाहारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे।</verse>
				<verse number="26">यरूशलेममा ठूलो रमाहट भयो, किनभने त्‍यस्‍तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यसो त्‍यहाँ भएको थिएन।</verse>
				<verse number="27">पूजाहारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिन खड़ा भए, अनि परमेश्‍वरले पुकारा सुन्‍नुभयो, किनकि तिनीहरूको प्रार्थना स्‍वर्गमा परमेश्‍वरको पवित्र वासस्‍थानसम्‍मै पुग्‍यो।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">जब यो उत्‍सव भइसकियो तब उपस्‍थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्‍जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए। सारा यहूदा र बेन्‍यामीन, र एफ्राइम र मनश्‍शेका अल्‍गा-अल्‍गा थानहरू र वेदीहरू भत्‍काइदिए। त्‍यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्‍नो सहर र पैतृक भूमिमा फर्के।</verse>
				<verse number="2">त्‍यसपछि हिजकियाले पूजाहारीहरू र लेवीहरूलाई दल-दल गरी होमबलि र मेलबलि चढ़ाउन, सेवा गर्न, धन्‍यवाद दिन र परमप्रभुको मन्‍दिरका ढोकाहरूमा प्रशंसा गर्न आ-आफ्‍ना विशेष कामहरू हरेकलाई खटाइदिए।</verse>
				<verse number="3">राजाले आफ्‍नै भण्‍डारबाट बिहान र बेलुकाका होमबलिका निम्‍ति, अनि शबाथ, औंसी र तोकिएका चाड़हरूका निम्‍ति परमप्रभुको व्‍यवस्‍थामा लेखिएबमोजिम जुटाइदिए।</verse>
				<verse number="4">पूजाहारीहरू र लेवीहरू परमप्रभुको व्‍यवस्‍थामा नै लागिरहून्‌ भनेर राजाले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग जुटाइदेऊन् भनी हुकुम गरे।</verse>
				<verse number="5">राजाको हुकुम इस्राएलीहरूलाई दिने बित्तिकै तिनीहरूले आफ्‍ना अन्‍न, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्‍जनीका अगौटे फल दिए। तिनीहरूले प्रशस्‍त मात्रामा— थोकको पूरा दशांश ल्‍याए।</verse>
				<verse number="6">यहूदाका सहरमा बस्‍ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्‍तुको दशांश, अनि परमप्रभु तिनीहरूका परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्‍याएर थुपारे।</verse>
				<verse number="7">तिनीहरूले तेस्रो महिनामा थुपार्न सुरु गरे, र सातौँ महिनामा सिद्ध्याए।</verse>
				<verse number="8">हिजकिया र तिनका अधिकारीहरू आएर ती थुपारिएका कुरा देख्‍दा, तिनीहरूले परमप्रभु र उहाँको प्रजा इस्राएललाई धन्‍यवाद दिए।</verse>
				<verse number="9">यी थुपारिएका कुराहरूको विषयमा हिजकियाले पूजाहारीहरू र लेवीहरूसित सोधपूछ गरे।</verse>
				<verse number="10">सादोकको वंशका प्रधान पूजाहारी अजर्याहले जवाफ दिए, “मानिसहरूले परमप्रभुको मन्‍दिरमा आ-आफ्‍नो भेटी ल्‍याएको समयदेखि यसो हामीहरूलाई खानका निम्‍ति प्रशस्‍त भयो अनि उब्रेका पनि छन्, किनभने परमप्रभुले उहाँको प्रजालाई यति धेरै आशिष्‌ दिनुभएको छ, कि यी धेरै कुरा उब्रेका पनि छन्‌।”</verse>
				<verse number="11">तब हिजकियाले परमप्रभुको मन्‍दिरमा भण्‍डारहरू तयार गर्न हुकुम गरे, र ती तयार गरिए।</verse>
				<verse number="12">अनि मानिसहरूले ईमानदारीसाथ आ-आफ्‍ना भेटीहरू, दशांश र तिनीहरूले अर्पण गरेका दानहरू ल्‍याए। तिनको जिम्‍मा लिने अधिकृत लेवी कोनन्‍याह थिए, अनि तिनका भाइ शिमीचाहिँ उपअधिकृत थिए।</verse>
				<verse number="13">राजा हिजकिया र परमेश्‍वरको मन्‍दिरका अधिकारी अजर्याहले कोनन्‍याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्‍मक्‍याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।</verse>
				<verse number="14">परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्‌न परमेश्‍वरको निम्‍ति ल्‍याएका राजीखुशीका भेटीहरू लेवी यिम्‍नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्‍मामा थिए।</verse>
				<verse number="15">दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्‍सा बाँड्‌न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्‍यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्‍याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे।</verse>
				<verse number="16">वंशावलीमा नाउँ लेखिएका परमप्रभुको मन्‍दिरमा नित्‍य खटिएका काम गर्ने तीन वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका पुरुषहरू सबैलाई आ-आफ्‍ना दल र जिम्‍माअनुसार तिनीहरूले भाग बाँड़िदिए।</verse>
				<verse number="17">त्‍यसबाहेक वंशावलीमा आफ्‍ना परिवार-परिवारअनुसार नाउँ लेखिएका पूजाहारीहरू अनि बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका लेवीहरू सबैलाई आ-आफ्‍ना दल र जिम्‍माअनुसार तिनीहरूले भाग बाँड़िदिए।</verse>
				<verse number="18">यी वंशावलीका पुस्‍तकहरूमा नाउँ लेखिएका सारा समुदाय, तिनीहरूका पत्‍नी र छोराछोरीहरूसमेत, सबैलाई भाग बाँड़िएको थियो। किनभने तिनीहरूले आफू-आफूलाई विधिपूर्वक शुद्ध गर्दथे।</verse>
				<verse number="19">अनि सहरहरूका छेउछाउका बस्‍तीहरूमा र अरू कुनै गाउँमा बस्‍ने हारूनका वंशका पूजाहारीहरूमध्‍ये हरेक पुरुषलाई अनि लेवीहरूका वंशावलीमा नाउँ लेखिएका पूजाहारीहरू सबैलाई पनि आ-आफ्‍नो भाग दिन विशेष मानिसहरू खटाइए।</verse>
				<verse number="20">हिजकियाले यहूदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्‍ना परमेश्‍वरका दृष्‍टिमा जे असल, ठीक र विश्‍वासयोग्‍य थिए, ती नै तिनले गरे।</verse>
				<verse number="21">परमप्रभुका मन्‍दिरको सेवामा र आफ्‍ना परमेश्‍वरको अगुवाइ खोज्‍न उहाँका व्‍यवस्‍था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्‍ना परमेश्‍वरलाई खोजे र आफ्‍ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">हिजकियाले यी सब भक्तिका कामहरू गरेपछि अश्‍शूरका राजा सनहेरीबले यहूदामाथि आक्रमण गरे। तिनले यहूदाका किल्‍ला भएका सहरहरूलाई आफ्‍नै अधीन गराउने हेतुले ती सहरहरूको बाहिर आफ्‍नो छाउनी बनाए।</verse>
				<verse number="2">सनहेरीब आएका छन्‌ र यरूशलेमलाई आक्रमण गर्न अठोट गरेका छन्‌ भनी हिजकियालाई थाहा हुने बित्तिकै,</verse>
				<verse number="3">सहरबाहिरका मूलहरूका पानी बन्‍द गरिदिन तिनले आफ्‍ना अधिकारीहरू र फौजी अधिकृतहरूसित सल्‍लाह लिए। तिनीहरूले तिनलाई यस विषयमा सहायता दिए।</verse>
				<verse number="4">तिनीहरूले धेरै संख्‍यामा मानिसहरूलाई जम्‍मा गरेर देशबाट भएर बग्‍ने खोला र सबै मूलहरू थुनिदिए। तिनीहरूले यसो भने, “अश्‍शूरका राजाहरू यहाँ आएर किन प्रशस्‍त पानी पाऊन्‌?”</verse>
				<verse number="5">तब राजाले मेहनतसाथ सहरको पर्खालका भत्‍किएका सबै ठाउँहरू राम्ररी मरम्‍मत गरे र त्‍यसमा धरहराहरू बनाए। पर्खालको बाहिरपट्टि तिनले अर्को पर्खाल बनाए र दाऊदको सहरका टेवा दिने गाराहरू सुदृढ़ पारे। तिनले धेरै हातहतियार र ढालहरू पनि बनाए।</verse>
				<verse number="6">तिनले मानिसहरूमाथि फौजी अधिकृतहरू नियुक्त गरे, र मानिसहरूलाई सहरको मूल ढोकाको चोकमा भेला गराएर यसो भनी तिनीहरूलाई प्रोत्‍साहन दिए, “आँटिला र साहसिला होओ।</verse>
				<verse number="7">अश्‍शूरका राजा र उनले ल्‍याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्‍याऊन्, किनकि हामीसित उनीहरूभन्‍दा अझ बढ़ी एक सामर्थी हुनुहुन्‍छ।</verse>
				<verse number="8">उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्‍वर हामीलाई सहायता गर्न र हाम्रा निम्‍ति युद्ध गर्न हामीसित हुनुहुन्‍छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो।</verse>
				<verse number="9">त्‍यसपछि उनी र उनका सेनाले लाकीशको वरिपरि घेरा हालिरहेको बेलामा अश्‍शूरका राजा सनहेरीबले यहूदाका राजा हिजकिया र यरूशलेमका सबै यहूदीहरूलाई यो समाचार दिन भनी यरूशलेममा अधिकृतहरू पठाए:</verse>
				<verse number="10">“अश्‍शूरका राजा सनहेरीब यो भन्‍दछन्‌: घेरा हालिएको यरूशलेममा बस्‍न तिमीहरूलाई कहाँबाट यस्‍तो साहस आयो?</verse>
				<verse number="11">जब ‘परमप्रभु तिमीहरूका परमेश्‍वरले अश्‍शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्‍छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल अथवा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई धोखामा पार्दैछन्‌।</verse>
				<verse number="12">के हिजकिया आफैले यी नै ईश्‍वरका अल्‍गा-अल्‍गा ठाउँहरू र वेदीहरू भत्‍काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्‍यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन्‌ र?</verse>
				<verse number="13">“म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्‍यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र?</verse>
				<verse number="14">मेरा पुर्खाहरूले सत्‍यनाश गरेका जातिहरूका देवताहरूमध्‍ये कसले मेरो हातबाट आफ्‍ना मानिसहरूलाई बचाउन सक्‍यो? तब कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई बचाउन सक्‍छन्‌?</verse>
				<verse number="15">तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदेओ। तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै देवताले आफ्‍ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने, तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्‍छन्‌ र?”</verse>
				<verse number="16">सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्‍यादा भने।</verse>
				<verse number="17">राजा आफैले यसो भनेर परमप्रभु इस्राएलका परमेश्‍वरलाई तुच्‍छ ठानेर पत्रहरू लेखे: “जसरी अरू देशका देवताहरूले आफ्‍ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्, त्‍यसरी नै हिजकियाका ईश्‍वरले पनि आफ्‍ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍नेछैनन्‌।”</verse>
				<verse number="18">तब उनीहरूले सहर कब्‍जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए।</verse>
				<verse number="19">मानिसका हातले बनाएका पृथ्‍वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्‍वरलाई निन्‍दा गरे।</verse>
				<verse number="20">यस अवस्‍थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्‍वर्गतिर कराएर प्रार्थना गरे।</verse>
				<verse number="21">तब अश्‍शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के। जब उनी आफ्‍नो देवताको मन्‍दिरमा पसे तब उनका छोरामध्‍येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।</verse>
				<verse number="22">यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्‍दाहरूलाई अश्‍शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्‍ति दिनुभयो।</verse>
				<verse number="23">धेरै मानिसहरूले यरूशलेममा परमप्रभुको निम्‍ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्‍ति दामी-दामी उपहारहरू ल्‍याए। त्‍यसपछि तिनले सबै जातिहरूद्वारा ठूलो सम्‍मान पाए।</verse>
				<verse number="24">त्‍यसपछि हिजकिया सिकिस्‍त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्‍ह दिनुभयो।</verse>
				<verse number="25">तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्‌। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्‍यो।</verse>
				<verse number="26">आफ्‍नो अभिमानीको निम्‍ति हिजकिया र यरूशलेमका मानिसहरूले पश्‍चात्ताप गरे। त्‍यसले गर्दा हिजकियाको समयभरि नै परमप्रभुको क्रोध फेरि तिनीहरूमाथि परेन।</verse>
				<verse number="27">हिजकियाले धेरै धन-सम्‍पत्ति र मानमर्यादा पाएका थिए। तिनले आफ्‍ना सुन र चाँदी, बहुमूल्‍य पत्‍थर र मसलाहरू, ढालहरू र अरू दामी-दामी चीजहरूका निम्‍ति भण्‍डारहरू बनाए।</verse>
				<verse number="28">अन्‍न, नयाँ दाखमद्य र तेलका लागि ढुकुटीहरू, अनि विभिन्‍न किसिमका जन्‍तुका लागि तबेला र भेड़ाबाख्राहरूका लागि गोठहरू पनि तिनले बनाए।</verse>
				<verse number="29">तिनले गाईबस्‍तुका धेरै बथान र भेड़ाबाख्राका धेरै बगालहरू पनि जम्‍मा गरे, किनभने परमेश्‍वरले साँच्‍ची नै तिनलाई धेरै धन-सम्‍पत्ति दिनुभएको थियो।</verse>
				<verse number="30">यी नै हिजकियाले गीहोन नदीको माथिल्‍लो मूललाई थुनेर तलतिर दाऊदको सहरको पश्‍चिमपट्टितिर बगाउन लाएका थिए। वास्‍तवमा आफूले गरेको हरेक परियोजना सफल भयो।</verse>
				<verse number="31">तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएको आश्‍चर्यका चिन्‍हको विषयमा सोध्‍न आए, तब परमेश्‍वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्‌नुभयो।</verse>
				<verse number="32">हिजकियाको राजकालका अरू घटना र तिनका भक्तिका कामहरू यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्‍तकमा भएको आमोजका छोरा यशैया अगमवक्ताको दर्शनमा लेखिएका छन्‌।</verse>
				<verse number="33">हिजकिया आफ्‍ना पित्रहरूसित सुते, र दाऊदका सन्‍तानहरूका चिहानहरू भएको डाँड़ामा तिनी गाड़िए। तिनको मृत्‍युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धाञ्‍जलि चढ़ाए, अनि तिनीपछि तिनका छोरा मनश्‍शे राजा भए।</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">मनश्‍शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्‍न वर्ष यरूशलेममा राज्‍य गरे।</verse>
				<verse number="2">परमप्रभुले इस्राएलीहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्‍दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही गरे।</verse>
				<verse number="3">तिनका पिता हिजकियाले नाश गरेका डाँड़ाका थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताहरूका निम्‍ति वेदीहरू खड़ा गरे, अनि अशेरा देवीका मूर्तिहरू बनाए। तिनले आकाशका सारा तारामण्‍डलको सामु निहुरेर तिनलाई पुजे।</verse>
				<verse number="4">तिनले परमप्रभुको मन्‍दिरमा वेदीहरू बनाए, जुन त्‍यस मन्‍दिरको विषयमा परमप्रभुले यसो भन्‍नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।”</verse>
				<verse number="5">तिनले आकाशका सारा तारामण्‍डलको निम्‍ति परमप्रभुको मन्‍दिरका दुवै चोकमा वेदीहरू बनाए।</verse>
				<verse number="6">तिनले आफ्‍ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्‍त्रतन्‍त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।</verse>
				<verse number="7">तिनले बनाउन लाएको मूर्ति परमेश्‍वरको मन्‍दिरभित्र राखे, जुन मन्‍दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलहरूमध्‍ये चुनेको यो मन्‍दिर र यरूशलेममा म सदासर्वदाको निम्‍ति मेरो नाउँ राख्‍नेछु।</verse>
				<verse number="8">यदि तिनीहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशाले तिनीहरूलाई दिएका सबै विधिविधान र नियमहरू होशियारसित पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूलाई म फेरि पर हटाउनेछैनँ।”</verse>
				<verse number="9">तर परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गरेका जातिहरूले भन्‍दा पनि धेरै खराबी गरेर मनश्‍शेले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई कुपथमा चलाए।</verse>
				<verse number="10">मनश्‍शे र तिनका मानिसहरूसित परमप्रभु बोल्‍नुभयो, तर तिनीहरूले वास्‍ता गरेनन्‌।</verse>
				<verse number="11">यसैकारण परमप्रभुले तिनीहरूका विरुद्धमा अश्‍शूरका राजाका सेनापतिहरू ल्‍याउनुभयो। उनीहरूले मनश्‍शेलाई पक्रे, तिनको नाकमा बल्‍छी लगाए, र तिनलाई काँसाका साङ्‌लाले बाँधेर बेबिलोनमा ल्‍याए।</verse>
				<verse number="12">आफ्‍नो कष्‍टमा तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको निगाह खोजे, अनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ विनम्र भएर झुके।</verse>
				<verse number="13">जब तिनले प्रार्थना गरे, तब परमेश्‍वरले तिनको अर्ज-बिन्‍ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्‍याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्‍नुभयो। तब मनश्‍शेलाई परमप्रभु नै परमेश्‍वर हुनुहुँदोरहेछ भन्‍ने थाहा भयो।</verse>
				<verse number="14">त्‍यसपछि तिनले गीहोन नदीको पश्‍चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्‍म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्‍यो पर्खाल धेरै अल्‍गो बनाए। तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।</verse>
				<verse number="15">तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्‍दिरबाट हटाए, र मन्‍दिरको डाँड़ा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदीहरू पनि हटाइदिए अनि तिनले ती सबैलाई सहरबाट बाहिर फ्‍याँकिदिए।</verse>
				<verse number="16">त्‍यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्‍यसमा मेलबलि र धन्‍यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए।</verse>
				<verse number="17">तापनि मानिसहरूले डाँड़ाका थानहरूमा बलिदानहरू चढ़ाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्‍ति मात्रै चढ़ाए।</verse>
				<verse number="18">मनश्‍शेको राजकालका अरू घटनाहरू, र तिनका परमेश्‍वरलाई चढ़ाएको तिनको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="19">आफैलाई विनम्र तुल्‍याउन अघि तिनको प्रार्थना र परमेश्‍वरले कसरी तिनको अर्ज-बिन्‍ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्‍बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="20">मनश्‍शे आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍नो महलमा गाड़िए। तिनीपछि तिनका छोरा अमोन राजा भए।</verse>
				<verse number="21">राजगद्दी आरोहण गर्दा अमोन बाईस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्‍य गरे।</verse>
				<verse number="22">तिनका पिता मनश्‍शेले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। तिनले आफ्‍ना पिता मनश्‍शेले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढ़ाए र तिनको पूजा गरे।</verse>
				<verse number="23">तर आफ्‍ना पिता मनश्‍शेले झैँ तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन्‌। तिनको अपराध झन्‌ बढ़ी भयो।</verse>
				<verse number="24">अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनलाई तिनको आफ्‍नै महलमा मारे।</verse>
				<verse number="25">तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्‌यन्‍त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">राजगद्दी आरोहण गर्दा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे।</verse>
				<verse number="2">तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्‍ना पुर्खा दाऊदका सबै चालमा हिँड़े।</verse>
				<verse number="3">तिनका राजकालको आठौँ वर्षमा तिनी जवान छँदा तिनले आफ्‍ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्‍न सुरु गरे। अनि बाह्रौँ वर्षमा यहूदा र यरूशलेममा भएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्‍बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे।</verse>
				<verse number="4">बाल देवताहरूका वेदीहरू तिनले भत्‍काउन लाए, र तिनीहरूका माथि भएका धूप-वेदीहरू टुक्रै-टुक्रा पारे। तिनले अशेरा देवीका खम्‍बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै-टुक्रा पारेर धूलोपीठो बनाए, र तिनलाई बलिदान चढ़ाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए।</verse>
				<verse number="5">तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे।</verse>
				<verse number="6">तिनले मनश्‍शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्‍मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्‍बाहरू भत्‍काइदिए।</verse>
				<verse number="7">अनि ढालेर बनाएका मूर्तिहरूलाई तिनले धूलोपीठो पारिदिए। इस्राएलको देशभरि नै भएका धूप-वेदीहरूलाई तिनले नाश गरे। त्‍यसपछि तिनी यरूशलेममा फर्के।</verse>
				<verse number="8">योशियाहका राजकालको अठारौँ वर्षमा देश र मन्‍दिरलाई शुद्ध पार्नलाई तिनले असल्‍याहका छोरा शापान, सहरका शासक मासेयाह र राज्‍यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्‍दिर मरम्‍मत गर्न पठाए।</verse>
				<verse number="9">तिनीहरू प्रधान पूजाहारी हिल्‍कियाहकहाँ गएर तिनलाई परमप्रभुको मन्‍दिरमा ल्‍याएका रुपियाँपैसा दिए, अर्थात्‌ ती पैसा जो द्वारपालको काम गर्ने लेवीहरूले मनश्‍शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू अनि यहूदा, बेन्‍यामीन र यरूशलेमका सबै बासिन्‍दाहरूबाट पनि जम्‍मा गरेका थिए।</verse>
				<verse number="10">तिनले त्‍यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका मुख्‍य कर्मचारीहरूका हातमा दिए, र मन्‍दिरमा काम गर्ने मानिसहरूले त्‍यो पैसा मन्‍दिरको मरम्‍मत र त्‍यसलाई सुदृढ़ पार्न प्रयोग गरे।</verse>
				<verse number="11">तिनीहरूले त्‍यस पैसाबाट यहूदाका राजाहरूले नष्‍ट हुन छोड़िदिएका भवनहरू मरम्‍मत गर्न काटेका ढुङ्गा अनि दलिन र सत्तरीका काठहरू किन्‍न पनि सिकर्मी र डकर्मीहरूलाई दिए।</verse>
				<verse number="12">यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्‍लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।</verse>
				<verse number="13">अनि सबै किसिमका काम गर्ने मानिसहरूको हेर-विचार पनि यिनीहरूले नै गर्थे। सबै लेवीहरूचाहिँ सङ्गीतमा निपुण थिए। तिनीहरूमध्‍ये कोही सचिव, कोही शास्‍त्री र कोही द्वारपालहरू थिए।</verse>
				<verse number="14">तिनीहरूले परमप्रभुको मन्‍दिरमा ल्‍याएका रुपियाँपैसा निकाल्‍दा पूजाहारी हिल्‍कियाहले मोशाद्वारा दिएको परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक भेट्टाए।</verse>
				<verse number="15">तब सचिव शापानलाई हिल्‍कियाहले यसो भने, “मैले परमप्रभुको मन्‍दिरमा व्‍यवस्‍थाको पुस्‍तक भेट्टाएको छु।” हिल्‍कियाहले त्‍यो पुस्‍तक शापानलाई दिए।</verse>
				<verse number="16">शापानले त्‍यो राजाकहाँ ल्‍याएर भने, “हजूरले दिनुभएका सबै काम हजूरका अधिकारीहरूले गरिरहेका छन्‌।</verse>
				<verse number="17">तिनीहरूले परमप्रभुको मन्‍दिरमा भएको रुपियाँपैसा लिएर मुख्‍य कर्मचारी र कामदारहरूलाई दिएका छन्‌।”</verse>
				<verse number="18">पूजाहारी हिल्‍कियाहले तिनलाई एउटा पुस्‍तक दिएका कुरा पनि सचिव शापानले राजालाई बताइदिए। तिनले त्‍यो पुस्‍तक राजाको सामुन्‍ने पढ़ेर सुनाए।</verse>
				<verse number="19">राजाले व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका कुरा सुनेपछि आफ्‍ना लुगा च्‍याते।</verse>
				<verse number="20">तिनले हिल्‍कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्‍दोन, सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्‍नै निम्‍ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्‍ति त्‍यस पुस्‍तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।</verse>
				<verse number="21">तिनले भने, “हाम्रा पुर्खाहरूले परमप्रभुको वचन पालन नगरेका र यस पुस्‍तकमा लेखिएका सबै कुरा नमानेका हुनाले हामीमाथि परमप्रभुको ठूलो क्रोध खनिएको छ।”</verse>
				<verse number="22">हिल्‍कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्‍लूमकी पत्‍नी अगमवादिनी हुल्‍दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्‍थिन्‌।</verse>
				<verse number="23">तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यही भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,</verse>
				<verse number="24">‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: यहूदाका राजाको सामुन्‍ने पढ़ेको पुस्‍तकमा लेखिएका सबै सरापहरू पूरा गर्न म यस स्‍थान र त्‍यसका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु।</verse>
				<verse number="25">तिनीहरूले मलाई त्‍यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका आफ्‍नै हातले बनाएका कुराहरूद्वारा मलाई रीस उठाएका छन्‌। यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्‍याइनेछ, र त्‍यो शान्‍त हुनेछैन’।</verse>
				<verse number="26">परमप्रभुलाई सोधपूछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यही भन्‍नुहुन्‍छ:</verse>
				<verse number="27">तेरो हृदय जवाफ दिनलाई उत्‍सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेका कुरा सुनेर परमेश्‍वरको सामुन्‍ने तँ विनम्र भएकोले, र मेरो सामु तँ विनम्र भई तैंले आफ्‍नो पोशाक च्‍यातेर मेरो उपस्‍थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="28">यसैकारण म तँलाई तेरा पित्रहरूसँगै जम्‍मा गर्नेछु, र तँ शान्‍तिसित गाड़िनेछस्‌। यस ठाउँ र यसका बासिन्‍दाहरूमाथि मैले ल्‍याउने सबै सर्वनाश तेरा आँखाले देख्‍नेछैनन्‌’।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्‍याए।</verse>
				<verse number="29">त्‍यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए।</verse>
				<verse number="30">तिनले आफूसँग यहूदाका मानिसहरू, यरूशलेमका बासिन्‍दाहरू, पूजाहारी र लेवीहरू, साना-ठूला जम्‍मै मानिसहरूसँग तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए। परमप्रभुको मन्‍दिरमा फेला परेको करारको पुस्‍तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढ़े।</verse>
				<verse number="31">तब खम्‍बाको छेउमा उभिएर परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, विधि र उर्दीहरू आफ्‍नो सारा हृदय र प्राणले पालन गर्न, र यस पुस्‍तकमा लेखिएका करारका वचनहरू पूरा गर्न परमप्रभुको सामुन्‍ने राजाले करारलाई पुनर्स्‍थापना गरे।</verse>
				<verse number="32">त्‍यसपछि यरूशलेम र बेन्‍यामीनमा उपस्‍थित भएका सबैलाई त्‍यो करार पूरा गर्न तिनले शपथ खान लाए। यरूशलेमका बासिन्‍दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार यो गरे।</verse>
				<verse number="33">योशियाहले इस्राएलीहरूका सारा इलाकाहरूबाट सबै घृणित मूर्तिहरू हटाइदिए, र इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गर्न लगाए। तिनी बाँचुञ्‍जेल परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको भक्ति गर्नदेखि तिनीहरू तर्केनन्‌।</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">योशियाहले परमप्रभुको निम्‍ति यरूशलेममा निस्‍तार-चाड़ मनाए। पहिलो महिनाको चौधौँ दिनमा निस्‍तार-चाड़को थुमा मारियो।</verse>
				<verse number="2">तिनले पूजाहारीहरूलाई आ-आफ्‍नो काममा नियुक्त गरिदिए, अनि परमप्रभुका मन्‍दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्‍साहन दिए।</verse>
				<verse number="3">तिनले परमप्रभुमा समर्पित भएका सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्‍दिरमा पवित्र सन्‍दूक राख। त्‍यो तिमीहरूले बोकिहिँड्‌नुहुँदैन।</verse>
				<verse number="4">अब त परमप्रभु तिमीहरूका परमेश्‍वर र उहाँको प्रजा इस्राएलको सेवा गर। इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै तिमीहरूका दल-दलअनुसार परिवार-परिवार गरी तयार होओ।</verse>
				<verse number="5">“लेवीहरूको एक भाग तिमीहरूका दाजुभाइहरू, अर्थात्‌ साधारण मानिसका परिवारहरूका दल-दलका प्रतिनिधि भई पवित्र स्‍थानमा खड़ा होओ।</verse>
				<verse number="6">निस्‍तार-चाड़को थुमा मार। तिमीहरू आफू-आफूलाई शुद्ध गर, र मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइहरूका निम्‍ति थुमाहरू तयार पार।</verse>
				<verse number="7">योशियाहले निस्‍तार-चाड़को निम्‍ति त्‍यहाँ उपस्‍थित भएका सर्वसाधारणका लागि तीन हजार साँढ़े र तीस हजार भेड़ाबाख्रा दान दिए। यी सबै राजाले आफ्‍नै आमदानीबाट दिए।</verse>
				<verse number="8">तिनका अधिकारीहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्‍ति राजीखुशी दान दिए। परमप्रभुको मन्‍दिरका प्रशासन गर्ने, हिल्‍कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई निस्‍तार-चाड़को निम्‍ति दुई हजार छ सय ससाना पशुहरू र तीन सय साँढ़े दिए।</verse>
				<verse number="9">अनि लेवीहरूलाई चाहिँ कोनन्‍याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्‍याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशुहरू र पाँच सय साँढ़ेहरू दिए।</verse>
				<verse number="10">सेवाको बन्‍दोबस्‍त भइसकिएपछि पूजाहारीहरू आ-आफ्‍नो स्‍थानमा अनि लेवीहरूचाहिँ आ-आफ्‍नो दलअनुसार राजाको हुकुमबमोजिम खड़ा भए।</verse>
				<verse number="11">तब तिनीहरूले निस्‍तार-चाड़का थुमाहरू मारे, अनि पूजाहारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले चाहिँ ती पशुहरूका छाला काढ़े।</verse>
				<verse number="12">तिनीहरूले मोशाको पुस्‍तकमा लेखिएबमोजिम मानिसका परिवारहरूका दल-दललाई परमप्रभुमा चढ़ाउन होमबलिहरूचाहिँ अलग गरेर दिए, अनि साँढ़ेहरूलाई पनि त्‍यसै गरे।</verse>
				<verse number="13">तिनीहरूले विधिअनुसार निस्‍तारका पशुको मासु आगोमा पोले, र पवित्र भेटीचाहिँ खड्‌कुँला, तसला र कराहीमा उसिने, अनि ती सबै मानिसहरूलाई चाँड़ो-चाँड़ो गरी बाँड़े।</verse>
				<verse number="14">त्‍यसपछि हारूनका वंशका पूजाहारीहरू साँझसम्‍मै होमबलि र बोसो चढ़ाउनमा व्‍यस्‍त हुनाले तिनीहरूले आफ्‍ना निम्‍ति र पूजाहारीहरूका निम्‍ति यथोचित तयारी गरे। यसरी लेवीहरूले आफ्‍ना लागि र हारूनको वंशका पूजाहारीहरूका निम्‍ति यथोचित तयारी गरे।</verse>
				<verse number="15">आसापका सन्‍तानहरू, अर्थात्‌ गवैयाहरूचाहिँ दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकेको नियमबमोजिम आ-आफ्‍नो स्‍थान लिए। आफ्‍ना कुटुम्‍ब लेवीहरूले तिनीहरूका निम्‍ति तयारी गरेका हुनाले हरेक मूल ढोकाका द्वारपालहरूले आ-आफ्‍नो काम छोड्‌नुपरेन।</verse>
				<verse number="16">यस किसिमले योशियाह राजाको हुकुमअनुसार निस्‍तार-चाड़ मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढ़ाउनका निम्‍ति परमप्रभुको पूरा सेवा त्‍यस बेला गरियो।</verse>
				<verse number="17">उपस्‍थित भएका इस्राएलीहरूले त्‍यस बेला निस्‍तार-चाड़ मनाए, र सात दिनसम्‍म अखमिरी रोटीको चाड़ मनाए।</verse>
				<verse number="18">शमूएल अगमवक्ताको समयदेखि यसो यस प्रकारले निस्‍तार-चाड़ इस्राएलमा कहिल्‍यै मनाइएको थिएन। पूजाहारीहरू, लेवीहरू र यरूशलेमका बासिन्‍दाहरूसँग उपस्‍थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैँ इस्राएलका अरू कुनै राजाहरूले कहिल्‍यै यस्‍तो किसिमले निस्‍तार-चाड़ मानेका थिएनन्‌।</verse>
				<verse number="19">योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्‍तार-चाड़ मनाइएको थियो।</verse>
				<verse number="20">योशियाहले यसरी मन्‍दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमाथि आक्रमण गर्न निस्‍के, र योशियाह उनको सामना गर्न गए।</verse>
				<verse number="21">तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “हे यहूदाका राजा, तपाईं र मेरो बीचमा के झगड़ा छ? आज मेरो तपाईंसित केही झगड़ा छैन, तर तिनीहरूसित मात्र छ जोसँग म युद्ध गरिरहेछु। मलाई चाँड़ो जानू भनी परमेश्‍वरको आज्ञा छ। यसकारण परमेश्‍वरको विरुद्धमा खड़ा नहुनुहोस्, जो मतर्फ हुनुहुन्‍छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”</verse>
				<verse number="22">तापनि योशियाह आफ्‍नो अभिप्रायबाट हट्‌न मानेनन्, तर नेकोसँग लड़ाइँ गर्न तिनले भेष धारण गरे। परमेश्‍वरको आज्ञाद्वारा नेकोको वचन सुन्‍न तिनले इन्‍कार गरे, र मगिद्दोको बेँसीमा लड़ाइँ गर्न तिनी झट्टै गए।</verse>
				<verse number="23">तब धनुर्धारीहरूले योशियाह राजालाई हाने, अनि तिनले आफ्‍ना अङ्गरक्षकहरूलाई भने, “मलाई रणभूमिबाट बाहिर लग, किनकि मलाई साह्रै चोट लाग्‍यो।”</verse>
				<verse number="24">यसैले तिनीहरूले तिनलाई आफ्‍नो रथबाट उठाएर तिनको दोस्रो रथमा चढ़ाएर यरूशलेममा ल्‍याए। अनि तिनी त्‍यहीँ नै मरे, र तिनका पित्रहरूका चिहानहरूमा तिनी गाड़िए। अनि सारा यहूदा र यरूशलेमले तिनको निम्‍ति शोक मनाए।</verse>
				<verse number="25">यर्मियाले पनि योशियाहको निम्‍ति विलापका गीतहरू रचे। गवैयाहरू, पुरुष र स्‍त्री दुवैले आजको दिनसम्‍म यी विलापका गीतहरूमा योशियाहको स्‍मरण गर्दछन्‌। यी विलापका गीतहरू इस्राएलमा एउटा परम्‍परा भएका छन्, अनि विलापको पुस्‍तकमा यी पाइन्‍छन्‌।</verse>
				<verse number="26">योशियाहको राजकालका अरू घटनाहरू, अनि परमप्रभुको व्‍यवस्‍थामा लेखिएअनुसार</verse>
				<verse number="27">तिनले गरेका भक्तिका कामहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्‍याए।</verse>
				<verse number="2">राजगद्दी आरोहण गर्दा तिनी तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्‍य गरे।</verse>
				<verse number="3">तब मिश्रदेशका राजाले यरूशलेममा तिनलाई पदच्‍युत गरे, र यहूदामाथि एक सय तोड़ा चाँदी र एक तोड़ा सुनको कर लगाए।</verse>
				<verse number="4">मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्‍याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए। उनले तिनको नाउँ यहोयाकीममा बदली गरे। तर नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे।</verse>
				<verse number="5">राजगद्दी आरोहण गर्दा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे।</verse>
				<verse number="6">तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। बेबिलोनका राजा नबूकदनेसरले तिनको देश आक्रमण गरेर तिनलाई काँसाका साङ्‌लाले बाँधेर बेबिलोनमा लगे।</verse>
				<verse number="7">नबूकदनेसरले परमप्रभुको मन्‍दिरका कुनै-कुनै भाँड़ाहरू लगेर बेबिलोनमा तिनको आफ्‍नै मन्‍दिरमा राखे।</verse>
				<verse number="8">यहोयाकीमको राजकालका अरू घटनाहरू, अनि तिनले गरेका घिनलाग्‍दा र दोषी ठहरिने तिनका सबै कामहरू इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।</verse>
				<verse number="9">राजगद्दी आरोहण गर्दा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन राज्‍य गरे। तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।</verse>
				<verse number="10">बसन्‍त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्‍दिरका असल-असल भाँड़ाहरूसमेत तिनलाई बेबिलोनमा ल्‍याए, र तिनका पिताका भाइ सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए।</verse>
				<verse number="11">राजगद्दी आरोहण गर्दा सिदकियाह एक्‍काईस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे।</verse>
				<verse number="12">तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। परमेश्‍वरको वचन बोल्‍ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्‌।</verse>
				<verse number="13">परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा तिनी बागी भए। तिनी अटेरी र हठी भएर परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउन तिनले इन्‍कार गरे।</verse>
				<verse number="14">यसबाहेक अरू जातिहरूका सबै घिनलाग्‍दा कामहरू गरेर र परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्‍दिरलाई अपवित्र पारेर पूजाहारी र मानिसहरूका सबै नायकहरू झन्‌-झन्‌ विश्‍वासघाती भए।</verse>
				<verse number="15">आफ्‍नो प्रजा र आफ्‍नो वासस्‍थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना दूतहरूद्वारा घरीघरी चेताउनी दिनुभयो।</verse>
				<verse number="16">तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्‍जेल तिनीहरूले उहाँका दूतहरूलाई हँस्‍सी-ठट्टा गर्न, उहाँका वचनहरूको निन्‍दा गर्न र उहाँका अगमवक्ताहरूको गिल्‍ला गर्न छोड़ेनन्‌। अनि त्‍यो शान्‍त हुनै सकेन।</verse>
				<verse number="17">उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनीहरूका राजालाई ल्‍याउनुभयो, जसले वासस्‍थान भित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिस, युवती, वृद्ध, कमजोर कसैलाई पनि तिनले छोड़ेनन्‌। परमेश्‍वरले ती सबैलाई नबूकदनेसरको हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="18">उनले परमेश्‍वरको मन्‍दिरका सानाठूला सबै भाँड़ाहरू र परमप्रभुको मन्‍दिर र राजा र तिनका अधिकारीहरूका दामी-दामी थोकहरू सबै लगे।</verse>
				<verse number="19">उनीहरूले परमप्रभुको मन्‍दिर जलाइदिए, र यरूशलेम सहरको पर्खाल भत्‍काइदिए। उनीहरूले सहरका सबै महलहरू जलाइदिए, अनि त्‍यहाँका सबै दामी-दामी सामानहरू सर्वनाश गरे।</verse>
				<verse number="20">तरवारबाट उम्‍केकाहरूलाई उनले कैद गरेर बेबिलोनमा लगे, र फारसको राजसत्ता नहोउञ्‍जेल तिनीहरू उनका र उनका छोराहरूका दास-दासी भए।</verse>
				<verse number="21">यर्मिया अगमवक्ताद्वारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्‍जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्‍जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो।</verse>
				<verse number="22">फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो। अनि उनले आफ्‍नो साम्राज्‍यभरि नै मुखैले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले:</verse>
				<verse number="23">“फारसका राजा कोरेस यसो भन्‍छन्‌: परमप्रभु स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्‍यसलाई भन्‍दछु, ‘परमप्रभु त्‍यसका परमेश्‍वर त्‍यससँग रहून्, अनि त्‍यो मानिस उक्‍लेर यरूशलेममा जाओस्‌’।”</verse>
			</chapter>
		</book>
		<book number="15">
			<chapter number="1">
				<verse number="1">फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो। फलस्‍वरूप उनले आफ्‍ना राज्‍यभरि मौखिक अनि लिखित रूपमा यस्‍तो घोषणा गरे:</verse>
				<verse number="2">“फारसका राजा कोरेस यसो भन्‍छन्, ‘परमप्रभु, स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ।</verse>
				<verse number="3">तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्‍येक मानिससँग परमेश्‍वर रहून्‌। सो यहूदाको यरूशलेममा उक्‍लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्‍वर, इस्राएलका परमेश्‍वर, परमप्रभुको मन्‍दिर त्‍यसले पुनर्निर्माण गरोस्‌।</verse>
				<verse number="4">बाँचेको प्रत्‍येक यहूदी जहाँ-जहाँ छ त्‍यस ठाउँका बासिन्‍दाहरूले यरूशलेम स्‍थित परमेश्‍वरका मन्‍दिरको निम्‍ति त्‍यसलाई सुन, चाँदी, धन-सम्‍पत्ति र गाईबस्‍तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।”</verse>
				<verse number="5">त्‍यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्‍यामीनका परिवारका मुख्‍य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।</verse>
				<verse number="6">तिनीहरूका छिमेकीहरू सबैले राजीखुशीले दिएका भेटीका साथ सुन र चाँदीका वस्‍तुहरू, धन-सम्‍पत्ति, गाईबस्‍तु र बहुमूल्‍य पदार्थहरू दिएर तिनीहरूलाई सहायता गरे।</verse>
				<verse number="7">त्‍यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्‍याएर आफ्‍नो देवताको मन्‍दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले।</verse>
				<verse number="8">अनि फारसका राजा कोरेसले ती भण्‍डारका जिम्‍मावाल मित्रेताको जिम्‍मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्‍सरको निम्‍ति ती चीजहरूको एउटा तालिका बनाइदिए।</verse>
				<verse number="9">तालिका यही थियो: सुनका भाँड़ा ३० चाँदीका भाँड़ा १,००० चाँदीका बाटा २९</verse>
				<verse number="10">सुनका कचौरा ३० चाँदीका विभिन्‍न किसिमका कचौरा ४१० अन्‍य भाँड़ाहरू १,०००</verse>
				<verse number="11">सुन र चाँदीका भाँड़ाहरू सबैको जम्‍मा संख्‍या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्‍सरले ती सबै यरूशलेममा ल्‍याए।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">कैदबाट छुटकारा पाएर आएका प्रान्‍तका मानिसहरू यिनै हुन्, जसलाई बेबिलोनका राजा नबूकदनेसरले बेबिलोनमा कैद गरेर लगेका थिए। तिनीहरू यरूशलेम र यहूदाका हरेक आ-आफ्‍नो सहरमा फर्के।</verse>
				<verse number="2">तिनीहरू यरुबाबेल, येशूअ, नहेम्‍याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्‍शान, मिस्‍पार, बिग्‍वै, रेहूम र बानाहाका साथ आएका थिए। इस्राएलको प्रजाका पुरुषहरूको नामावली:</verse>
				<verse number="3">परोशका परिवारका २,१७२</verse>
				<verse number="4">शपत्‍याहका परिवारका ३७२</verse>
				<verse number="5">आराका परिवारका ७७५</verse>
				<verse number="6">येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१२</verse>
				<verse number="7">एलामका परिवारका १,२५४</verse>
				<verse number="8">जत्तूका परिवारका ९४५</verse>
				<verse number="9">जक्‍कैका परिवारका ७६०</verse>
				<verse number="10">बानीका परिवारका ६४२</verse>
				<verse number="11">बेबैका परिवारका ६२३</verse>
				<verse number="12">अज्‍गादका परिवारका १,२२२</verse>
				<verse number="13">अदोनीकामका परिवारका ६६६</verse>
				<verse number="14">बिग्‍वैका परिवारका २,०५६</verse>
				<verse number="15">आदीनका परिवारका ४५४</verse>
				<verse number="16">हिजकियाबाट आतेरका परिवारका ९८</verse>
				<verse number="17">बेजैका परिवारका ३२३</verse>
				<verse number="18">योराका परिवारका ११२</verse>
				<verse number="19">हाशूमका परिवारका २२३</verse>
				<verse number="20">गिबारका परिवारका ९५</verse>
				<verse number="21">बेथलेहेमका मानिसहरू १२३</verse>
				<verse number="22">नतोपाका मानिसहरू ५६</verse>
				<verse number="23">अनातोतका मानिसहरू १२८</verse>
				<verse number="24">अज्‍मावेतका मानिसहरू ४२</verse>
				<verse number="25">किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३</verse>
				<verse number="26">रामा र गेबाका मानिसहरू ६२१</verse>
				<verse number="27">मिकमाशका मानिसहरू १२२</verse>
				<verse number="28">बेथेल र ऐका मानिसहरू २२३</verse>
				<verse number="29">नेबोका मानिसहरू ५२</verse>
				<verse number="30">मग्‍बीसका मानिसहरू १५६</verse>
				<verse number="31">अर्को एलामका मानिसहरू १,२५४</verse>
				<verse number="32">हारीमका मानिसहरू ३२०</verse>
				<verse number="33">लोद, हादीद र ओनोका मानिसहरू ७२५</verse>
				<verse number="34">यरीहोका मानिसहरू ३४५</verse>
				<verse number="35">सेनाहका मानिसहरू ३,६३०</verse>
				<verse number="36">पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३</verse>
				<verse number="37">इम्‍मेरका परिवारका १,०५२</verse>
				<verse number="38">पशहूरका परिवारका १,२४७</verse>
				<verse number="39">हारीमका परिवारका १,०१७</verse>
				<verse number="40">लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४</verse>
				<verse number="41">गवैयाहरू: आसापका परिवारका १२८</verse>
				<verse number="42">मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९</verse>
				<verse number="43">मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत</verse>
				<verse number="44">केरोस, सीआ, पादोन,</verse>
				<verse number="45">लेबाना, हगाबा, अक्‍कूब,</verse>
				<verse number="46">हागाबा, शल्‍मै, हानान,</verse>
				<verse number="47">गिद्देल, गहरका, रायाह,</verse>
				<verse number="48">रसीन, नकोदा, गज्‍जाम,</verse>
				<verse number="49">उज्‍जा, पसेह, बेजै,</verse>
				<verse number="50">अस्‍ना, मोनिम, नेपुसीम,</verse>
				<verse number="51">बक्‍बूक, हकूपा, हर्हुर,</verse>
				<verse number="52">बस्‍लूत, महीदा, हर्शा,</verse>
				<verse number="53">बर्कोस, सीसरा, तेमह,</verse>
				<verse number="54">नसीह, र हतीपाका परिवारहरू</verse>
				<verse number="55">सोलोमनका सेवकका सन्‍तान: सोतै, हस्‍सोपेरेत, पारूद,</verse>
				<verse number="56">याला, दर्कोन, गिद्देल,</verse>
				<verse number="57">शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू।</verse>
				<verse number="58">मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको संख्‍या जम्‍मा ३९२</verse>
				<verse number="59">तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌। यी हुन्‌:</verse>
				<verse number="60">दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२</verse>
				<verse number="61">र पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार र गिलादी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्‍ने बर्जिल्‍लैका परिवार।</verse>
				<verse number="62">यिनीहरूको वंशावलीका सूचीमा दर्ता गरिएका नाउँहरूमा आ-आफ्‍नो नाउँ खोजे तर ती पाइएनन्‌। यसैले तिनीहरू पूजाहारीगिरीको निम्‍ति अशुद्ध ठहरिएका हुनाले अयोग्‍य ठहरिए।</verse>
				<verse number="63">अनि राज्‍यपालले “ऊरीम” र “तुम्‍मीम” ले सेवा गर्ने कुनै एउटा पूजाहारी नहोउञ्‍जेल तिनीहरूलाई महापवित्र थोक खान मनाही गरे।</verse>
				<verse number="64">भेला भएका जम्‍मै मानिसहरूको संख्‍या ४२,३६० थियो।</verse>
				<verse number="65">तिनीहरूका दास-दासीहरू ७,३३७ जना थिए। तीबाहेक तिनीहरूका २०० पुरुष र स्‍त्री गवैयाहरू थिए।</verse>
				<verse number="66">तिनीहरूका घोड़ाहरूको संख्‍या ७३६, खच्‍चर २४५,</verse>
				<verse number="67">ऊँट ४३५ र गधा ६,७२० थिए।</verse>
				<verse number="68">तिनीहरू यरूशलेममा परमप्रभुको भवनमा आएपछि कुनै-कुनै परिवारका मुख्‍य मानिसहरूलेचाहिँ परमेश्‍वरको भवन त्‍यसको पहिलेकै ठाउँमा पुनर्निर्माण गर्न स्‍वेच्‍छा भेटीहरू दिए।</verse>
				<verse number="69">तिनीहरूले आफ्‍नो औकातअनुसार मन्‍दिर पुनर्निर्माण गर्ने भण्‍डारमा जम्‍मा ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का, र पूजाहारीहरूले लाउने १०० पोशाकहरू दिए।</verse>
				<verse number="70">पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू र मन्‍दिरका सेवकहरू अरू कोही मानिसहरूका साथ आ-आफ्‍ना सहरहरूमा बसोबास गरे, र बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">सातौँ महिना लागेपछि इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसिसकेका थिए। त्‍यस बेला मानिसहरू एउटै मानिसजस्‍तो भएर यरूशलेममा भेला भए।</verse>
				<verse number="2">तब परमेश्‍वरका जन मोशाको व्‍यवस्‍थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्ने काममा लागे।</verse>
				<verse number="3">आफ्‍ना वरिपरिका जनताको डर तिनीहरूमा भए तापनि तिनीहरूले वेदी त्‍यसको जगमाथि निर्माण गरे र त्‍यसै वेदीमा तिनीहरूले परमप्रभुको निम्‍ति बिहान र बेलुकीका दुवै समयका बलिदानमा होमबलि चढ़ाए।</verse>
				<verse number="4">त्‍यसपछि प्रतिदिनको निम्‍ति तोकिएको संख्‍याअनुसार होमबलिका साथ तिनीहरूले तोकिएबमोजिम छाप्रोवासको चाड़ मनाए।</verse>
				<verse number="5">यीबाहेक नित्‍य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्‍ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्‍ति ल्‍याएका सबै स्‍वेच्‍छा भेटी चढ़ाए।</verse>
				<verse number="6">परमप्रभुका भवनको जग हालसम्‍म बसालिएको नभए तापनि सातौँ महिनाको पहिलो दिनमा तिनीहरूले होमबलि चढ़ाउन सुरु गरे।</verse>
				<verse number="7">तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्‍ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्‍पासम्‍म देवदारुका काठहरू ल्‍याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।</verse>
				<verse number="8">यरूशलेममा भएको परमेश्‍वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात्‌ पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्‍यसभन्‍दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।</verse>
				<verse number="9">परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्‍तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।</verse>
				<verse number="10">जब बनाउनेहरूले परमप्रभुका मन्‍दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्‍ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात्‌ आसापका छोराहरू) झ्‍यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्‍ना स्‍थान लिए।</verse>
				<verse number="11">तिनीहरूले स्‍तुति गर्दै र परमप्रभुलाई धन्‍यवाद दिँदै यसो भनेर गाए, उहाँ असल हुनुहुन्‍छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्‍छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्‍तुति गरे।</verse>
				<verse number="12">तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्‍दले जयजयकार गरे।</verse>
				<verse number="13">आनन्‍दले कराएको सोर र रोएको सोर कसैले ठम्‍याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्‍यो आवाज टाढ़ा-टाढ़ासम्‍म पनि सुनिन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">कैदबाट फर्केर आएकाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको मन्‍दिर बनाउँदैछन्‌ भन्‍ने कुरा जब यहूदा र बेन्‍यामीनका शत्रुहरूले सुने,</verse>
				<verse number="2">उनीहरू यरुबाबेल, येशूअ, र परिवारका मुख्‍य मानिसहरूकहाँ आएर यसो भने, “हामीलाई पनि तपाईंसँग भवन निर्माण गर्न दिनुहोस्, किनभने हामी पनि तपाईंहरूझैँ तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौं, र हामीलाई यहाँ ल्‍याउने अश्‍शूरका राजा एसरहदोनको पालोदेखि नै हामी उहाँलाई नै बलिदान चढ़ाउँदैआएका छौं।”</verse>
				<verse number="3">तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्‍वरको निम्‍ति निर्माण गरिरहेका छौं, त्‍यसमा तिमीहरूको केही सम्‍बन्‍ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”</verse>
				<verse number="4">तब त्‍यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराउन र त्‍यो भवन निर्माण गर्ने काम बिथोल्‍न त्रास हाल्‍ने काम सुरु गरे।</verse>
				<verse number="5">तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्‍लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म यस्‍तो काम चली नै रह्यो।</verse>
				<verse number="6">अहासूरसका राजत्‍वकालको सुरुमा त्‍यस देशका मानिसहरूले यहूदा र यरूशलेमका बासिन्‍दाहरूका विरुद्धमा एउटा अभियोग-पत्र लेखेर पठाए।</verse>
				<verse number="7">फारसका राजा अर्तासास्‍तको पालोमा विश्‍लाम, मित्रेता, ताबेल, र तिनका सबै सहयोगीहरूले उनलाई एउटा चिट्ठी लेखे। त्‍यो चिट्ठी आरमेइक अक्षर र आरमेइक भाषामा लेखिएको थियो।</verse>
				<verse number="8">सेनापति रेहूम र सचिव शिम्‍शैले यरूशलेमको विरुद्धमा तलका विवरण दिएर अर्तासास्‍तलाई एउटा चिट्ठी लेखे:</verse>
				<verse number="9">“सेनापति रेहूम, सचिव शिम्‍शै र उनीहरूसँग काम गर्ने सबै सहयोगीहरू, अर्थात्‌ त्रीपोलीस, फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्‍यायाधीशहरू र हाकिमहरू, तथा शूशनका एलामीहरू,</verse>
				<verse number="10">एवम्‌ अरू मानिसहरू, जसलाई महान्‌ र प्रसिद्ध अशूरवनिपलले देशनिकाला गरेर सामरियाको सहर र यूफ्रेटिस नदीको पारिको प्रान्‍तमा बसालेका थिए।”</verse>
				<verse number="11">(उनीहरूले पठाएको चिट्ठीको नकल यही थियो।) अर्तासास्‍त महाराजाकहाँ हजूरका दास, यूफ्रेटिस पारिका मानिसहरूबाट:</verse>
				<verse number="12">“महाराजालाई यो कुरो जाहेर होस्‌ कि हजूरलाई छोड़ेर यस ठाउँमा आएका यहूदीहरू यरूशलेममा आइपुगेर त्‍यस दुष्‍ट र बागी सहरको पुनर्निर्माण गरिरहेका छन्‌। तिनीहरूले त्‍यसको जग मरम्‍मत गरी त्‍यसको पर्खाल सिद्ध्याउनै लागेका छन्‌।</verse>
				<verse number="13">“महाराजालाई यो कुरो पनि थाहा होस्‌ कि तिनीहरूका सहरको पुनर्निर्माण भयो र त्‍यसको पर्खाल सिद्ध्याइयो भने तिनीहरूले राजकर, आयकर, अथवा महसूल तिर्नेछैनन्, अनि आखिरमा राजसत्तामा हानि ल्‍याइनेछ।</verse>
				<verse number="14">हामीले राजाको निमक खाएका हुनाले र राजाको अपमान भएको हेर्न हामीलाई उचित नलागेकोले, महाराजालाई यो कुरो जनाउनलाई हामी यो सन्‍देश पठाइरहेका छौं, कि हजूरका पूर्वजहरूका अभिलेखहरूको तलाश गरिबक्‍सिओस्‌।</verse>
				<verse number="15">अभिलेखहरूमा खोजे हजूरलाई यो कुरो थाहा लाग्‍नेछ, कि यो सहर एउटा बागी सहर हो, र राजसत्ता र प्रान्‍तहरूमाथि हानि पुर्‍याउने यो सहर प्राचीन कालदेखि नै राजद्रोही भएको हो। त्‍यसैकारण यो उजाड़ पारिएको थियो।</verse>
				<verse number="16">महाराजाकहाँ हामी यही जाहेर गर्न चाहन्‍छौं कि यदि यस सहरको पुनर्निर्माण भयो र यसको पर्खाल सिद्ध्याइयो भने त्‍यसको परिणाम यही हुनेछ, कि यूफ्रेटिस पारिको प्रान्‍तमा हजूरको केही अधिकार रहनेछैन।”</verse>
				<verse number="17">राजाले यस्‍तो जवाफ पठाए: “सेनापति रेहूम, सचिव शिम्‍शै र सामरिया र यूफ्रेटिस पारिको प्रान्‍तमा बस्‍ने तिनीहरूका सबै बाँकी सहयोगीहरूलाई अभिवादन।</verse>
				<verse number="18">“तिमीहरूले मलाई पठाएको पत्र मेरो सामु पढ़ियो र अनुवाद गरियो।</verse>
				<verse number="19">मैले हुकुम गरें, र खोजतलाश गरियो। अनि यो पाइयो कि त्‍यस सहरले राजसत्ताको विरुद्धमा गरेको राजद्रोहको एउटा लामो इतिहास रहेछ र विद्रोह र राजद्रोह त्‍यहाँ चली नै आएको रहेछ।</verse>
				<verse number="20">यूफ्रेटिस पारिको सारा प्रान्‍तमाथि आफ्‍नो अधिकार जमाएर शक्तिशाली राजाहरूले यरूशलेममाथि शासन गरेका छन्, अनि मानिसहरूले राजकर, आयकर र महसूल तिनीहरूलाई तिर्ने गरेका रहेछन्‌।</verse>
				<verse number="21">यसकारण यी मानिसलाई काम रोक्‍नैपर्छ भनी आदेश जारी गर। त्‍यस विषयमा मबाट उर्दी नआउञ्‍जेल त्‍यस सहरको पुनर्निर्माण नहोस्‌।</verse>
				<verse number="22">यस विषयमा तिमीहरूले आफ्‍नो कर्तव्‍यको अवहेलना नगर। यो खतरालाई राजकीय हितको विरुद्ध किन बढ्‌न दिने।”</verse>
				<verse number="23">राजा अर्तासास्‍तको पत्रको विषयमा सेनापति रेहूम, सचिव शिम्‍शै र उनीहरूका सहयोगीहरूका सामुन्‍ने पढ़िसक्‍ने बित्तिकै उनीहरू यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्‍तसाथ काम रोक्‍न लगाए।</verse>
				<verse number="24">यसरी यरूशलेममा परमप्रभुका भवनको काम रोकियो। फारसका राजा दाराको राजत्‍वकालको दोस्रो वर्षसम्‍मै त्‍यो काम रोकियो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">हाग्‍गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्‍व गर्नुहुने इस्राएलका परमेश्‍वरको नाउँमा अगमवाणी बोले।</verse>
				<verse number="2">तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्‍वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए।</verse>
				<verse number="3">यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र उनीहरूका सहयोगीहरूले तुरुन्‍तै तिनीहरूकहाँ आएर सोधे, “यस मन्‍दिरको पुनर्निर्माण र पुनर्स्‍थापना गर्न तिमीहरूलाई कसले अधिकार दियो?”</verse>
				<verse number="4">उनीहरूले तिनीहरूसँग त्‍यस निर्माणको लागि काममा लाग्‍ने मानिसहरूका नाउँ पनि मागे।</verse>
				<verse number="5">तर यहूदी धर्म-गुरुहरूमाथि परमेश्‍वरको निगाह भएकोले दारा राजाकहाँ खबर पुगेर त्‍यसको जवाफमा राजकीय-पत्र नपाउञ्‍जेल काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्‍न सकेन।</verse>
				<verse number="6">दारा राजालाई यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र उनीहरूका सहयोगीहरू, अर्थात्‌ यूफ्रेटिस पारिका अधिकारीहरूले पठाएको चिट्ठी यही हो।</verse>
				<verse number="7">उनीहरूले पठाएका चिट्ठीको लिखित विवरण यस प्रकार छ: दारा राजालाई हार्दिक अभिवादन।</verse>
				<verse number="8">महाराजाकहाँ यो कुरा जाहेर होस्‌ कि हामी यहूदाको प्रान्‍त, महान्‌ परमेश्‍वरको मन्‍दिर भएको स्‍थानमा गएका थियौं। त्‍यहाँ मानिसहरूले ठूला-ठूला ढुङ्गाहरूले त्‍यो निर्माण गरिरहेका र पर्खालमा काठहरू राख्‍ने काम गरिरहेका रहेछन्‌। सो काम तिनीहरूले प्रयत्‍नशील भई जारी राखेका र धर्म-गुरुहरूको निर्देशनमा निकै प्रगति भइरहेको हामीले देख्‍यौं।</verse>
				<verse number="9">“‘यस भवनको पुनर्निर्माण र पुनर्स्‍थापन गर्न तिमीहरूलाई कसले अधिकार दियो? भनी हामीले तिनीहरूलाई सोध्‍यौं।</verse>
				<verse number="10">अनि हजूरलाई सूचना दिन तिनीहरूका अगुवाहरूका नाउँको सूची तयार गर्न हामीले तिनीहरूका नाउँ पनि माग्‍यौं।</verse>
				<verse number="11">तिनीहरूले यस्‍तो जवाफ दिए: हामी त स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वरका सेवक हौं। धेरै वर्षअघि बनाएको मन्‍दिरको हामीले पुनर्निर्माण गरिरहेका छौं। इस्राएलका एउटा महान्‌ राजाले यो बनाएर सिद्ध्याएका थिए।</verse>
				<verse number="12">तर हाम्रा पुर्खाहरूले स्‍वर्गका परमेश्‍वरलाई रीस उठाएका हुनाले उहाँले तिनीहरूलाई बेबिलोनका कल्‍दी राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनुभयो। उनले यस मन्‍दिरलाई भत्‍काएर मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे।</verse>
				<verse number="13">“‘तर बेबिलोनका राजा कोरेसले आफ्‍नो शासनको पहिलो वर्षमा परमेश्‍वरको यस भवनको पुनर्निर्माण गरिओस्‌ भन्‍ने एउटा आज्ञा-पत्र जाहेर गरे।</verse>
				<verse number="14">त्‍यसबाहेक परमेश्‍वरको भवनमा सुन र चाँदीका भाँड़ाहरू थिए। तीचाहिँ नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट लगेर बेबिलोनको मन्‍दिरमा राखेका थिए। “‘ती यिनै कोरेस राजाले बेबिलोनको मन्‍दिरबाट निकालेर राज्‍यपाल नियुक्त गरिएका शेशबस्‍सर नाउँका एक जना मानिसलाई दिएर भने,</verse>
				<verse number="15">“यी भाँड़ाहरू लगेर यरूशलेमको मन्‍दिरमा फेरि राख। अनि परमेश्‍वरको भवन त्‍यसको उहिलेकै स्‍थानमा पुनर्निर्माण गरिओस्‌।”</verse>
				<verse number="16">तब यिनै शेशबस्‍सरले आएर यरूशलेममा परमेश्‍वरका भवनको जग बसाले। त्‍यस बेलादेखि अहिलेसम्‍म त्‍यसको पुनर्निर्माण भइरहेछ, तर त्‍यो काम अझसम्‍म सिद्धिएको छैन’।</verse>
				<verse number="17">“यसकारण, अब हजूर महाराजाको इच्‍छा भए बेबिलोनको राजकीय अभिलेखालयमा खोजतलाश गर्ने हुकुम दिइबक्‍सिओस्, यो खोज्‍नलाई कि यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माणको निम्‍ति राजा कोरेसले आज्ञा-पत्र निकाल्‍नुभएको रहेछ कि रहेनछ। तब यस विषयमा महाराजाले हामीलाई आफ्‍नो इच्‍छा जनाइबक्‍सिओस्‌।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">तब राजा दाराले यो हुकुम गरे, र बेबिलोनको ढुकुटीमा राखिएको अभिलेखालयमा खोजतलाश गरियो।</verse>
				<verse number="2">मादी प्रान्‍तको एक्‍बातनाको किल्‍लामा एउटा मुट्ठो भेट्टाइयो, र त्‍यसमा यो स्‍मृति-पत्र लेखिएको थियो:</verse>
				<verse number="3">“कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्‍वरको मन्‍दिरबारे यो उर्दी निकाल्‍नुभयो: ‘त्‍यो मन्‍दिर बलिदान चढ़ाउनका निम्‍ति पुनर्निर्माण गरिओस्‌ र त्‍यसका जगहरू बसालिऊन्‌। त्‍यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको,</verse>
				<verse number="4">र ठूला-ठूला ढुङ्गाका तीन लहर र काठको एक लहर होस्‌। त्‍यसको खर्चचाहिँ राजकीय कोषबाट दिइनुपर्छ।</verse>
				<verse number="5">नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट निकालेर बेबिलोनमा ल्‍याएका परमेश्‍वरको भवनका सुन र चाँदीका भाँड़ाहरू पनि फेरि यरूशलेमको मन्‍दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्‍वरको भवनमा आ-आफ्‍ना स्‍थानमा राखिदिनुपर्दछ’।</verse>
				<verse number="6">“यसैले अब यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र तिमीहरू, त्‍यस प्रान्‍तका उनीहरूका सङ्गी-अधिकारीहरू त्‍यहाँबाट अलग्‍गै बस्‍नू।</verse>
				<verse number="7">तिमीहरूले परमेश्‍वरका मन्‍दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्‍यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्‍वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्‍यो त्‍यसको पहिलेकै स्‍थानमा बनाऊन्‌।</verse>
				<verse number="8">“परमेश्‍वरको त्‍यो भवन पुनर्निर्माण गरिओस्‌ भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्‍ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्‍यो काम नरोकिओस्‌ भनेर यूफ्रेटिस पारिको प्रान्‍तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू।</verse>
				<verse number="9">अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात्‌ स्‍वर्गका परमेश्‍वरलाई चढ़ाउने होमबलिका निम्‍ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्‍तो यरूशलेमका पूजाहारीहरूले माग्‍छन्‌ ती दिनू,</verse>
				<verse number="10">कि तिनीहरूले स्‍वर्गका परमेश्‍वरलाई मन पर्ने बलिदान चढ़ाऊन्‌ र राजा र तिनका छोराहरूको दीर्घायुको निम्‍ति तिनीहरूले प्रार्थना गरिदेऊन्।</verse>
				<verse number="11">“त्‍यसबाहेक, म यस्‍तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्‍यसको घरबाट एउटा खम्‍बा उखेलेर त्‍यसलाई त्‍यही खम्‍बामा उनिनेछ। यस अपराधको कारण त्‍यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्‌।</verse>
				<verse number="12">आफ्‍नो नाउँको निम्‍ति त्‍यस स्‍थानलाई आफ्‍नो वासस्‍थान बनाउनुहुने परमेश्‍वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्‍वरको त्‍यस भवनलाई नष्‍ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्‍वंस गरून्‌। म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्‍यो अक्षरश: पूरा गरिओस्‌।”</verse>
				<verse number="13">तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे।</verse>
				<verse number="14">फलस्‍वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्‍गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्‍नति बढ्‌दैगयो। इस्राएलका परमेश्‍वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्‍तका उर्दीअनुसार तिनीहरूले मन्‍दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए</verse>
				<verse number="15">दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्‍दिरको काम सम्‍पन्‍न भयो।</verse>
				<verse number="16">त्‍यसपछि इस्राएलका जनता, अर्थात्‌ पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्‍वरका भवनको समर्पण-सेवा मनाए।</verse>
				<verse number="17">परमेश्‍वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्‍ति इस्राएलको प्रत्‍येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए।</verse>
				<verse number="18">तिनीहरूले मोशाको पुस्‍तकमा लेखिएबमोजिम पूजाहारीहरूलाई तिनीहरूका शाखाअनुसार र लेवीहरूलाई तिनीहरूका समूहअनुसार यरूशलेममा परमेश्‍वरको सेवा गर्न पुनर्स्‍थापन गरे।</verse>
				<verse number="19">पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्केर आएकाहरूले निस्‍तार-चाड़ मनाए।</verse>
				<verse number="20">पूजाहारीहरू र लेवीहरू सबैले आफू-आफूलाई पवित्र गरेका थिए। तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेवीहरूले निर्वासनबाट आएका सबैका निम्‍ति र आ-आफ्‍ना पूजाहारी-भाइहरूका निम्‍ति र आफ्‍नै निम्‍ति निस्‍तार-चाड़को थुमा मारे।</verse>
				<verse number="21">निर्वासनबाट फर्केर आएका इस्राएलीहरू र अन्‍यजातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍नेहरू सबैले त्‍यो सँगै मिलेर खाए।</verse>
				<verse number="22">तिनीहरूले रमाहटसाथ सात दिनसम्‍म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्‍शूरका राजाको मन बद्‌ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो। फलस्‍वरूप इस्राएलका परमेश्‍वरका भवनको काममा तिनीहरूलाई अश्‍शूरका राजाले सहयोग गरेका थिए।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यी घटनापछि फारसका राजा अर्तासास्‍तको राजत्‍वकालमा एज्रा बेबिलोनबाट उक्‍लेर आए। तिनी सरायाहका छोरा, जो अजर्याहका छोरा, जो हिल्‍कियाहका छोरा,</verse>
				<verse number="2">जो शल्‍लूमका छोरा, जो सादोकका छोरा, जो अहीतूबका छोरा,</verse>
				<verse number="3">जो अमर्याहका छोरा, जो अजर्याहका छोरा, जो मरायोतका छोरा,</verse>
				<verse number="4">जो जरयाहको छोरा, जो उज्‍जीका छोरा, जो बुक्‍कीका छोरा,</verse>
				<verse number="5">जो अबीशूका छोरा, जो पीनहासका छोरा, जो एलाजारका छोरा, जो प्रधान पूजाहारी हारूनका छोरा थिए।</verse>
				<verse number="6">परमप्रभु इस्राएलका परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍थामा एज्राचाहिँ एक निपुण अध्‍यापक थिए। तिनले मागेका सबै कुरा राजाले मन्‍जूर गरिदिए, किनभने परमप्रभु तिनका परमेश्‍वरको हात तिनीमाथि थियो।</verse>
				<verse number="7">अर्तासास्‍त राजाको सातौँ वर्षमा केही इस्राएलीहरू, केही पूजाहारीहरू र लेवीहरू, गवैयाहरू र द्वारपालहरू र मन्‍दिरका सेवकहरू तिनको साथमा यरूशलेममा आए।</verse>
				<verse number="8">ती नै राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा पुगे।</verse>
				<verse number="9">पहिलो महिनाको पहिलो दिनमा तिनले बेबिलोनबाट यात्रा सुरु गरेका थिए, र पाँचौँ महिनाको पहिलो दिनमा तिनी यरूशलेममा आइपुगे, किनभने परमप्रभुको कृपालु हात तिनीमाथि थियो।</verse>
				<verse number="10">किनकि एज्राले परमप्रभुको व्‍यवस्‍था अध्‍ययन गर्न र पालन गर्न, र इस्राएलमा धर्म-विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए।</verse>
				<verse number="11">इस्राएललाई दिनुभएका परमप्रभुका आज्ञा र धर्म-विधिको विषय र धार्मिक प्रश्‍नमा निपुण पूजाहारी-शास्‍त्री एज्रालाई अर्तासास्‍त राजाले दिएको राजकीय पत्रको नकल यही हो:</verse>
				<verse number="12">“राजाहरूका महाराजा अर्तासास्‍तबाट स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्रालाई अभिवादन:</verse>
				<verse number="13">“म यो उर्दी दिँदैछु कि मेरो देशमा भएका कुनै इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरूसमेत, जो राजी-खुशीसित यरूशलेममा जान चाहन्‍छन्, तिनीहरू तिमीसँग जान सक्‍छन्‌।</verse>
				<verse number="14">तिम्रो जिम्‍मामा भएको तिम्रा परमेश्‍वरको व्‍यवस्‍थाको सम्‍बन्‍धमा यहूदा र यरूशलेममा के भइरहेछ सो हेर-विचार गर्न राजा र तिनका सात जना सल्‍लाहकारहरूले तिमीलाई पठाएका हुन्‌।</verse>
				<verse number="15">राजा र तिनका सल्‍लाहकारहरूले यरूशलेममा वासस्‍थान गर्नुहुने इस्राएलका परमेश्‍वरलाई सित्तैँमा दिएका सुन र चाँदी पनि तिमीले लानू।</verse>
				<verse number="16">साथै बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति सुन र चाँदी र साथै यरूशलेममा तिनीहरूका परमेश्‍वरका भवनको निम्‍ति मानिसहरू र पूजाहारीहरूले राजीखुशीसित जो भेटीहरू दिन्‍छन्‌ ती पनि तिमीले लैजान सक्‍छौ।</verse>
				<verse number="17">यस रकमबाट साँढ़ेहरू, भेड़ाहरू, थुमाहरू र तिनका साथ अन्‍नबलि र अर्घ-बलिका सामानहरू तिमीले निश्‍चय किन्‍नू, र तिनलाई यरूशलेममा तिम्रा परमेश्‍वरका मन्‍दिरको वेदीमा बलि चढ़ाउनू।</verse>
				<verse number="18">“त्‍यसबाहेक कुनै सुन वा चाँदी उब्य्रो भने तिम्रा परमेश्‍वरको इच्‍छाबमोजिम तिमी र तिम्रा दाजुभाइहरूले जस्‍तो ठीक लाग्‍छ त्‍यसरी नै त्‍यो चलाउन सक्‍छौ।</verse>
				<verse number="19">तिम्रा परमेश्‍वरको मन्‍दिरमा आराधनाको निम्‍ति तिम्रो जिम्‍मामा दिएका भाँड़ाहरूचाहिँ तिमीले यरूशलेमका परमेश्‍वरलाई सुम्‍पिदिनू।</verse>
				<verse number="20">र तिम्रा परमेश्‍वरका भवनको निम्‍ति चाहिएका कुनै पनि अरू चीजबीज तिमीले राजकोषबाट जुटाउन सक्‍छौ।</verse>
				<verse number="21">“अब म, राजा अर्तासास्‍त, यूफ्रेटिस पारिको प्रान्‍तका सबै कोषाध्‍यक्षहरूलाई यो हुकुम दिँदैछु: स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्‍चय जुटाइदिनू,</verse>
				<verse number="22">अर्थात्‌ एक सय तोड़ा, चाँदी, एक सय कोर गहूँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल, र नूनचाहिँ जत्ति चाहिन्‍छ दिइहाल्‍नू।</verse>
				<verse number="23">स्‍वर्गका परमेश्‍वरले जे आज्ञा गर्नुभएको छ त्‍यो स्‍वर्गका परमेश्‍वरका मन्‍दिरको निम्‍ति निश्‍चय पूरा गरिओस्, नत्रता राजा र तिनका छोराहरूको राज्‍यमाथि क्रोध आइपर्ला।</verse>
				<verse number="24">हामी यो पनि तिमीहरूलाई जनाउँदछौं कि कुनै पनि पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू, मन्‍दिरका सेवकहरू अथवा परमेश्‍वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसूल लाउने तिमीहरूलाई अधिकार छैन।</verse>
				<verse number="25">“तिमी, एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्‍वरको बुद्धिअनुसार यूफ्रेटिस पारिको प्रान्‍तका तिम्रा परमेश्‍वरका विधिविधानलाई जान्‍ने सबै मानिसमाथि न्‍याय गर्न हाकिमहरू र न्‍यायकर्ताहरू नियुक्त गर्नू। ती नजान्‍नेहरूलाई चाहिँ तिमीले सिकाउनू।</verse>
				<verse number="26">तिम्रा परमेश्‍वरको व्‍यवस्‍था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्‍ड दिइनैपर्छ— मृत्‍युदण्‍ड, वा देश निष्‍कासन, वा सम्‍पत्ति जफत वा कैद।”</verse>
				<verse number="27">परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वरको प्रशंसा होस्, जसले यसरी यरूशलेममा भएको परमेश्‍वरका भवनको महिमा बढ़ाउन राजाको मनमा यो विचार हालिदिनुभयो,</verse>
				<verse number="28">अनि राजा, उनका सल्‍लाहकारहरू र उनका सबै उच्‍च पदाधिकारीहरूका सामुन्‍ने मप्रति आफ्‍नो कृपा-दृष्‍टि प्रकट गर्नुभयो। यसैले परमप्रभु मेरा परमेश्‍वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें, र मसँग जान इस्राएलका मुख्‍य-मुख्‍य मानिसहरूलाई मैले भेला गरें।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">अर्तासास्‍त राजाको राजत्‍वकालमा बेबिलोनबाट मसँग आएका परिवारका मुखियाहरू र तिनीसँग दर्ता भएकाहरू यिनै हुन्‌:</verse>
				<verse number="2">पीनहासका परिवारका— गेर्शोम। ईतामारका परिवारका— दानिएल। दाऊदका परिवारका— शकन्‍याहका छोरा हत्तूश।</verse>
				<verse number="3">परोशका परिवारका— जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष।</verse>
				<verse number="4">पहत-मोआबका परिवारका— जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष।</verse>
				<verse number="5">जत्तूका परिवारका— यहासेलका छोरा शकन्‍याह र तिनीसँग ३०० पुरुष।</verse>
				<verse number="6">आदीनका परिवारका— जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष।</verse>
				<verse number="7">एलामका परिवारका— अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष।</verse>
				<verse number="8">शपत्‍याहका परिवारका— मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष।</verse>
				<verse number="9">योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष।</verse>
				<verse number="10">बानीका परिवारका— योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष।</verse>
				<verse number="11">बेबैका परिवारका— बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष।</verse>
				<verse number="12">अज्‍गादका परिवारका— हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष।</verse>
				<verse number="13">अदोनीकामका परिवारका— पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुषहरू।</verse>
				<verse number="14">बिग्‍वैको परिवारका— उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष।</verse>
				<verse number="15">मैले तिनीहरूलाई अहावातिर बग्‍ने नदीको किनारमा भेला गरें, र हामी त्‍यहाँ तीन दिनसम्‍म शिविर खड़ा गरेर बस्‍यौं। जब मैले मानिसहरू र पूजाहारीहरूको निरीक्षण गरे तब मैले कुनै पनि लेवीलाई त्‍यहाँ देखिनँ।</verse>
				<verse number="16">यसैले मैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब, एल्‍नातान, नातान, जकरिया, र मशुल्‍लाम यी मुख्‍य-मुख्‍य मानिसहरू, र योयारीब र एल्‍नातान यी बुद्धिमान्‌ मानिसहरूलाई बोलाएँ,</verse>
				<verse number="17">र कासिपिया इलाकाका मुखिया इद्दोकहाँ जान आदेश दिएर पठाएँ। मैले तिनीहरूका हातमा कासिपियाका इद्दो तथा तिनका कुटुम्‍ब, त्‍यहाँको मन्‍दिरका सेवकहरूलाई हाम्रा परमेश्‍वरका भवनको लागि हामीकहाँ सेवकहरू पठाइदेऊन् भनी समाचार पठाएँ।</verse>
				<verse number="18">हाम्रा परमेश्‍वरको अनुग्रहमय हात हामीमाथि रहेकोले तिनीहरूले हामीकहाँ इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका एक बुद्धिमान्‌ मानिस शरेबियाहलाई, तिनका छोराहरू र दाजुभाइहरूका साथमा जम्‍मा अठाह्र जना पुरुषहरूलाई ल्‍याए।</verse>
				<verse number="19">तिनीहरूले हशब्‍याहलाई र मरारीका परिवारका यशयाहका साथमा तिनका दाजुभाइ र भतिजाहरू जम्‍मा बीस जना पुरुषलाई पनि ल्‍याए।</verse>
				<verse number="20">यीबाहेक तिनीहरूले दुई सय बीस जना मन्‍दिरका सेवकहरू ल्‍याए। लेवीहरूलाई सघाउन यस्‍ता सेवक नियुक्त गर्ने प्रथा दाऊद र तिनका अधिकारीहरूले स्‍थापित गरेका थिए। यिनीहरू सबै नाउँ-नाउँ गरी दर्ता भएका थिए।</verse>
				<verse number="21">तब हाम्रा परमेश्‍वरको सामु हामी आफूलाई दीन तुल्‍याउन, र हाम्रा आफ्‍नै निम्‍ति, हाम्रा बालबच्‍चाहरूका निम्‍ति र हाम्रा सबै सम्‍पत्तिका निम्‍ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्‍यहाँ अहावा नदीको किनारमा उपवास बस्‍ने घोषणा गरें।</verse>
				<verse number="22">बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्‍न मलाई शर्म लाग्‍यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्‍ने सबैमाथि हाम्रा परमेश्‍वरको निगाह रहन्‍छ, तर उहाँलाई त्‍याग्‍नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।”</verse>
				<verse number="23">यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्‍वरलाई बिन्‍ती चढ़ायौं, र उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो।</verse>
				<verse number="24">तब मैले शरेबियाह र हशब्‍याह र तिनीहरूका दाजुभाइका दश जनाका साथमा पूजाहारीहरूमध्‍येका बाह्र जना मुख्‍य-मुख्‍यहरूलाई अलग गरें,</verse>
				<verse number="25">र राजा र उनका सल्‍लाहकारहरू, उनका अधिकारीहरू र उपस्‍थित भएका सबै इस्राएलीहरूले परमप्रभुका भवनको निम्‍ति भेटीस्‍वरूप अलग गरेका सुन, चाँदी र अरू भाँड़ाहरू तिनीहरूका हातमा मैले तौलेर दिएँ।</verse>
				<verse number="26">मैले तिनीहरूका हातमा बाईस हजार किलोग्राम चाँदी, चौतीस सय किलोग्राम चाँदीका भाँड़ाहरू, चौतीस सय किलोग्राम सुन,</verse>
				<verse number="27">आठ किलोग्राम सुनका बाटा, र सुनजस्‍तै बहुमूल्‍य असल काँसाका दुई वटा भाँड़ाहरू पनि दिएँ।</verse>
				<verse number="28">मैले ती मानिसहरूलाई भनें, “तिमीहरूका साथै यी भाँड़ाहरू पनि परमप्रभुमा समर्पण गरिएका छन्‌। यी सुन र चाँदीहरू परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरलाई चढ़ाइएका राजीखुशीका भेटी हुन्‌।</verse>
				<verse number="29">मुख्‍य पूजाहारीहरू, लेवीहरू र इस्राएलका परिवारका मुखियाहरूका सामुन्‍ने यरूशलेममा परमप्रभुको भवनका कोठाहरूमा यी नदिउञ्‍जेलसम्‍म तिमीहरूले यिनको होशियारपूर्वक सुरक्षा गर्नू।”</verse>
				<verse number="30">तब ती पूजाहारीहरू र लेवीहरूले यरूशलेममा परमेश्‍वरको भवनमा लैजान सुन, तौलिएका चाँदी र पवित्र भाँड़ाहरूको जिम्‍मा लिए।</verse>
				<verse number="31">पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जान हामी अहावा नदीबाट हिँड्‌यौं। परमेश्‍वरको हात हामीमाथि भएकोले हामीलाई उहाँले बाटोमा शत्रुहरू र ढुकेर बस्‍ने लुटेराहरूदेखि बचाउनुभयो।</verse>
				<verse number="32">यरूशलेममा पुगेपछि हामीले तीन दिनसम्‍म विश्राम गर्‍यौं।</verse>
				<verse number="33">अनि चौथो दिनमा ती सुन, चाँदी र पवित्र भाँड़ाहरू हाम्रा परमेश्‍वरको घरमा उरियाह पूजाहारीका छोरा मरेमोतको जिम्‍मामा दियौं। तिनीसँग पीनहासका छोरा एलाजार थिए, र लेवीहरू येशूअका छोरा योजाबाद र बिन्‍नूईका छोरा नोअदिया पनि त्‍यहाँ थिए।</verse>
				<verse number="34">सबै थोक गन्‍ती र तौलको हिसाबले जाँच गरियो, र त्‍यस बेला सम्‍पूर्ण ओजनको सूची बनाइयो।</verse>
				<verse number="35">त्‍यसपछि निर्वासनबाट फर्केकाहरूले इस्राएलका परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाए: सम्‍पूर्ण इस्राएलका निम्‍ति बाह्र वटा साँढ़े, छयानब्‍बे वटा भेड़ा, सतहत्तर थुमा, र पापबलिस्‍वरूप बाह्र वटा बोका तिनीहरूले चढ़ाए। यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए।</verse>
				<verse number="36">तिनीहरूले यूफ्रेटिस पारिको प्रान्‍तका राजकीय बड़ाहाकिमहरू र राज्‍यपालहरूलाई राजाको आदेश-पत्र पनि दिए, अनि उनीहरूले मानिसहरूलाई र परमेश्‍वरको भवनको निम्‍ति सहायता दिए।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">जब यी सबै गरिसिद्ध्याए तब अगुवाहरूले मकहाँ आएर भने, “इस्राएलका मानिस, पूजाहारीहरू र लेवीहरूसमेतले छिमेकका मानिसहरू, अर्थात्‌ कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्‍मोनी, मोआबी, मिश्री र एमोरीहरूका घिनलाग्‍दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्‌।</verse>
				<verse number="2">तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्‍ना छोराहरूका निम्‍ति पत्‍नीहरू राखेका छन्, र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन्‌। र यसमा अगुवाहरू र अधिकारीहरू नै खास दोषी छन्‌।”</verse>
				<verse number="3">जब मैले यो कुरा सुनें तब आफ्‍नो पोशाक र खास्‍टो च्‍यातें, र आफ्‍नो कपाल र दाह्री उखेलें र अवाक्‌ भइरहें।</verse>
				<verse number="4">अनि निर्वासनमा गएकाहरूको यस दोषको कारण इस्राएलका परमेश्‍वरका वचनदेखि डराउनेहरू सबै मेरो चारैतिर भएर जम्‍मा भए। म त्‍यहाँ बेलुकीका बलिदानको समयसम्‍मै अवाक्‌ भइरहें।</verse>
				<verse number="5">तब बेलुकीका बलिदानको समयमा म फाटेको पोशाक र खास्‍टोमा नै आफूलाई स्‍वयम्‌ होच्‍याएको अवस्‍थाबाट उठें। मैले घुँड़ा टेकेर परमप्रभु मेरा परमेश्‍वरतिर हात पसारी यसो भनेर प्रार्थना गरें:</verse>
				<verse number="6">“हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंतिर उठाउन म साह्रै लज्‍जित र अपमानित भएको छु। किनभने हे मेरा परमेश्‍वर, हाम्रा पाप हाम्रो शिरभन्‍दा अल्‍गा भएका छन्‌ र हाम्रो दोष आकाशसम्‍मै पुगेको छ।</verse>
				<verse number="7">हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्‍मै हाम्रो दोष अत्‍यन्‍तै ठूलो भएको छ। हाम्रो अधर्मले गर्दा हामीहरू र हाम्रा राजा र हाम्रा पूजाहारीहरूलाई विदेशी राजाहरूका हातमा मृत्‍यु, कैद, लूटपीट र ठूलो बेइज्‍जतको शिकार हुनु परेको छ, र हाम्रो वर्तमान दशा पनि यस्‍तै छ।</verse>
				<verse number="8">“तर अब परमप्रभु हाम्रा परमेश्‍वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर र हामीलाई आफ्‍नो पवित्रस्‍थानमा सुरक्षित स्‍थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ। र यसरी हाम्रा परमेश्‍वरले हाम्रा आँखामा ज्‍योति दिनुभएको छ र हाम्रो दासत्‍वमा केही आराम दिनुभएको छ।</verse>
				<verse number="9">हामी दासहरू भए तापनि हाम्रो दासत्‍वको बन्‍धनमा हाम्रा परमेश्‍वरले हामीलाई त्‍याग्‍नुभएको छैन। उहाँले फारसका राजाहरूका सामु हामीमाथि आफ्‍नो कृपा देखाउनुभएको छ। हामीले हाम्रा परमेश्‍वरको भवन पुन: मरम्‍मत गर्न र त्‍यसका भत्‍केका भागलाई पुनर्निर्माण गर्न उहाँले हामीलाई जीवन प्रदान गर्नुभएको छ, र यहूदा र यरूशलेममा रक्षाको निम्‍ति उहाँले एउटा पर्खाल दिनुभएको छ।</verse>
				<verse number="10">“अब हे हाम्रा परमेश्‍वर, यति भएपछि हामी के भनौं?</verse>
				<verse number="11">तपाईंले आफ्‍ना दास अगमवक्ताहरूद्वारा दिनुभएका आज्ञाहरूको अवहेलना हामीले गरेका छौं, जब तपाईंले यसो भन्‍नुभएको थियो: तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देश त्‍यसका मानिसहरूको दुष्‍टताले दूषित भएको छ। आफ्‍ना घिनलाग्‍दा चलनद्वारा ती अन्‍यजातिहरूले त्‍यस देशको कुना-कुनासम्‍मै आफ्‍नो अशुद्धताले भरेका छन्‌।</verse>
				<verse number="12">यसकारण तिमीहरूले आफ्‍ना छोरीहरूलाई उनीहरूका छोराहरूसित र तिमीहरूका छोराहरूलाई उनीहरूका छोरीहरूसित विवाह नगरिदिनू। तिमीहरूले उनीहरूसित मित्रताको सम्‍झौता राख्‍न नखोज्‍नू। यसरी तिमीहरू शक्तिशाली भएर त्‍यस देशका असल-असल कुराहरूको भोग गर्नेछौ र तिमीहरूका सन्‍तानलाई त्‍यो चिरस्‍थायी अधिकार हुनलाई छोड़िराख्‍नेछौ।</verse>
				<verse number="13">“अब हाम्रा दुष्‍ट कामहरू र हाम्रो ठूलो दोषको कारण हामीले दु:ख पाएका भए तापनि तपाईं, हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा पापअनुसार पाउनुपर्नेभन्‍दा कम दण्‍ड दिनुभएको छ, र हामीलाई यस्‍तो बाँकी हिस्‍सा दिनुभएको छ।</verse>
				<verse number="14">के हामी फेरि तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरेर यस्‍ता घिनलाग्‍दा चालमा चल्‍ने मानिसहरूसँग वैवाहिक सम्‍बन्‍ध जोड़ौं? के तपाईं हाम्रा निम्‍ति कुनै अवशेष नराखी नाश गर्नसम्‍म रिसाउनुहुनेथिएन र?</verse>
				<verse number="15">हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्‍छ। आज हामी अवशेषको रूपमा छोड़िएका छौं। हामी आफ्‍नो दोषमा तपाईंको सामु उपस्‍थित छौं, यद्यपि हाम्रो दोषको कारण हामीमध्‍येको कोही पनि तपाईंको सामु टिक्‍न सक्‍दैनौं।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">जब एज्रा परमप्रभुका भवनको अगि लम्‍पसार पर्दै, प्रार्थना गर्दै, पश्‍चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्‍त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए।</verse>
				<verse number="2">तब एलामका परिवारका एक जना यहीएलका छोरा शकन्‍याहले एज्रालाई भने, “हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्‍नीहरू ल्‍याएर हामीले आफ्‍ना परमेश्‍वरको विरुद्धमा अपराध गरेका छौं। तर यसो भए तापनि इस्राएलको निम्‍ति अझै केही आशा छ।</verse>
				<verse number="3">यसकारण मेरा प्रभुको र हाम्रा परमेश्‍वरका आज्ञादेखि डराउनेहरूको सल्‍लाहअनुसार अब यी सबै स्‍त्रीहरू र तिनीहरूका छोराछोरी सबैलाई त्‍यागिदिने हामी आफै हाम्रा परमेश्‍वरसित बाचा बाँधौं। र व्‍यवस्‍थाले दिएबमोजिम काम गरौं।</verse>
				<verse number="4">अब उठ्‌नुहोस्, यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौं। साहस गरेर काम गर्नुहोस्‌।”</verse>
				<verse number="5">तब एज्रा खड़ा भएर मुख्‍य पूजाहारीहरू र लेवीहरू र सबै इस्राएलीहरूलाई सुझाव गरिएका कुरा पूरा गर्न शपथ खान लाए। अनि तिनीहरूले शपथ खाए।</verse>
				<verse number="6">त्‍यसपछि एज्रा परमेश्‍वरका भवनको अगिबाट एल्‍यासीबका छोरा येहोहानानको कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्, किनभने कैदबाट फर्केर आएकाहरूका अपराधका निम्‍ति तिनी विलाप गर्दैथिए।</verse>
				<verse number="7">त्‍यसपछि निर्वासनबाट फर्केकाहरू सबै यरूशलेममा भेला होऊन्‌ भनेर यहूदा र यरूशलेमभरि एउटा घोषणा गरियो।</verse>
				<verse number="8">यदि तीन दिनभित्रमा कोही नआएको खण्‍डमा अधिकारीहरू र धर्म-गुरुहरूको फैसलाअनुसार त्‍यसको सबै धन-सम्‍पत्ति जफत गरिनेछ, र कैदबाट आएकाहरूको समुदायबाट त्‍यो अलग गरिनेछ।</verse>
				<verse number="9">यहूदा र बेन्‍यामीनका सबै मानिसहरू तीन दिनभित्रै यरूशलेममा भेला भए। र नवौँ महिनाको बीसौँ दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दु:खित भई परमप्रभुका भवनको सामुन्‍ने चोकमा बसे।</verse>
				<verse number="10">तब खड़ा भएर पूजाहारी एज्राले भने, “तिमीहरूले विदेशी स्‍त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढ़ाएका छौ।</verse>
				<verse number="11">अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको सामुन्‍ने आफ्‍ना पाप स्‍वीकार गर, र उहाँको इच्‍छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्‍नीहरूबाट अलग होओ।”</verse>
				<verse number="12">तब भेला भएका सम्‍पूर्ण समुदायले कराएर जवाफ दिए, “हो, तपाईंले भन्‍नुभएबमोजिम हामीले गर्नैपर्छ।</verse>
				<verse number="13">तर हामी एउटा ठूलो भीड़ छौं, र यो वर्षा ऋतुको समय छ। हामी यहाँ खुला ठाउँमा उभिरहन सक्‍दैनौं। यसबाहेक यो काम एक-दुई दिनमा खतम हुनेछैन, किनभने यस विषयमा हामीले घोर अपराध गरेका छौं।</verse>
				<verse number="14">हाम्रा मुख्‍य पदाधिकारीहरूले हामी जम्‍मै समुदायको निम्‍ति काम गरिदेऊन्। यस विषयमा परमप्रभुको भयङ्कर क्रोध शान्‍त नहोउञ्‍जेल हाम्रा सहरमा हुने विदेशी स्‍त्रीसित विवाह गरेकाहरू सबै तोकिएको समयमा हाजिर होऊन्, अर्थात्‌ हरेक मानिस आफ्‍नो सहरका धर्म-गुरु र न्‍यायकर्ताहरूका साथमा हाजिर होऊन्‌।”</verse>
				<verse number="15">केवल असाहेलका छोरा जोनाथन र तिक्‍भाका छोरा याजयाहले मशुल्‍लाम र लेवी सब्‍बतैको समर्थन पाएर यस कुराको विरोध गरे।</verse>
				<verse number="16">यसकारण निर्वासनबाट फर्केर आएकाहरूले सुझाव गरेअनुसार काम गरे। पूजाहारी एज्राले आ-आफ्‍नो परिवारका घराना-घरानालाई प्रतिनिधित्‍व गर्न नाउँ तोकेकाहरूलाई छाने। तिनीहरूले दशौँ महिनाको पहिलो दिन यस विषयमा जाँच सुरु गरे,</verse>
				<verse number="17">र पहिलो महिनाको पहिलो दिन विदेशी स्‍त्रीहरूसित विवाह गरेका सबैको खोजतलाश गरिसिद्ध्याए।</verse>
				<verse number="18">विदेशी स्‍त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए।</verse>
				<verse number="19">(तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने बाचा गरे, र तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेड़ा पनि ल्‍याए।)</verse>
				<verse number="20">इम्‍मेरका परिवारका: हनानी र जबदियाह।</verse>
				<verse number="21">हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह।</verse>
				<verse number="22">पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा।</verse>
				<verse number="23">लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात्‌ कलीता, पतहियाह, यहूदा र एलीएजर।</verse>
				<verse number="24">गवैयाहरूमा: एल्‍यासीब। द्वारपालहरूमा: शल्‍लूम, तेलेम र ऊरी।</verse>
				<verse number="25">अनि अरू इस्राएलीहरूमा: परोशका परिवारका: रम्‍याह, यिज्‍याह, मल्‍कियाह, मियामीन, एलाजार, मल्‍कियाह र बनायाह।</verse>
				<verse number="26">एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया।</verse>
				<verse number="27">जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा।</verse>
				<verse number="28">बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै।</verse>
				<verse number="29">बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत।</verse>
				<verse number="30">पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे।</verse>
				<verse number="31">हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,</verse>
				<verse number="32">बेन्‍यामीन, मल्‍लूक र शमरयाह।</verse>
				<verse number="33">हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी।</verse>
				<verse number="34">बानीका परिवारका: मादै, अम्राम, ऊएल,</verse>
				<verse number="35">बनायाह, बेदयाह, कलूही,</verse>
				<verse number="36">भन्‍याह, मरेमोत, एल्‍यासीब,</verse>
				<verse number="37">मत्तन्‍याह, मत्तनै र यासू।</verse>
				<verse number="38">बिन्‍नूईका परिवारका:</verse>
				<verse number="39">शिमी, शेलेम्‍याह, नातान, अदायाह,</verse>
				<verse number="40">मक्‍नादबै, शाशै, शारै,</verse>
				<verse number="41">अज्रेल, शेलेम्‍याह, शमरयाह,</verse>
				<verse number="42">शल्‍लूम, अमर्याह र योसेफ।</verse>
				<verse number="43">नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह।</verse>
				<verse number="44">यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए। अनि तिनीहरूले उनीहरूलाई तिनीहरूका छोराछोरीहरूसमेत त्‍यागिदिए।</verse>
			</chapter>
		</book>
		<book number="16">
			<chapter number="1">
				<verse number="1">हकल्‍याहका छोरा नहेम्‍याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ,</verse>
				<verse number="2">तब मेरा दाजुहरूमध्‍येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें।</verse>
				<verse number="3">तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्‍दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्‍काइएको छ र त्‍यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएका छन्‌।”</verse>
				<verse number="4">यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें।</verse>
				<verse number="5">तब मैले भनें: “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ।</verse>
				<verse number="6">इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्‍वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्‍यसमा दोषी छौं।</verse>
				<verse number="7">तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।</verse>
				<verse number="8">“आफ्‍ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्,</verse>
				<verse number="9">‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने पृथ्‍वीको पल्‍लो छेउसम्‍म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्‍थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु’।</verse>
				<verse number="10">“तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌।</verse>
				<verse number="11">हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">एक दिन अर्तासास्‍त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्‍यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्‍यै उदास भएको थिइनँ।</verse>
				<verse number="2">त्‍यसैले उहाँले मलाई सोध्‍नुभयो, “बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्‍छ? यो हृदयको शोकबाहेक अरू केही होइन।”</verse>
				<verse number="3">म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्‌। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्‍यसका मूल ढोकाहरू आगोले जलेका छन्‌ भने मेरो अनुहार किन उदास नदेखिने?”</verse>
				<verse number="4">राजाले भन्‍नुभयो, “मबाट तिमी के चाहन्‍छौ?”</verse>
				<verse number="5">मैले स्‍वर्गका परमेश्‍वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह-पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्‍सिओस्‌।”</verse>
				<verse number="6">आफ्‍नी पत्‍नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्‍नुभयो, “यात्रालाई कति समय लाग्‍ला, र तिमी कहिले फर्कन सक्‍छौ?” मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरें।</verse>
				<verse number="7">तब मैले राजालाई यो पनि भनें, “हजूरलाई असल लागे यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरिओस्‌ भनी आज्ञा-पत्र दिइबक्‍सिओस्‌।</verse>
				<verse number="8">मन्‍दिरसित गाँसिएको गढ़ीका मूल ढोकाहरू, र सहरको पर्खाल र म बस्‍ने घरको निम्‍ति सत्तरीहरू बनाउन मलाई काठपात जुटाइदेऊन् भनी हजूरको राजकीय वनको रेखदेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिइबक्‍सिओस्‌।” राजाले मेरो बिन्‍ती मन्‍जूर गर्नुभयो, किनभने मेरा परमेश्‍वरको कृपालु हात ममाथि रहेको थियो।</verse>
				<verse number="9">समयमा यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूकहाँ म आइपुगें। उनीहरूलाई मैले राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा जानलाई घोड़चढ़ीहरू र सेनाका अधिकृतहरू दिनुभएको थियो।</verse>
				<verse number="10">तर इस्राएलको भलो चाहने कुनै एक जना मानिस आएको छ भन्‍ने कुरा जब होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबियाले सुने तब उनीहरू साह्रै अप्रसन्‍न भए।</verse>
				<verse number="11">म यरूशलेममा पुगें र त्‍यहाँ मैले तीन दिनसम्‍म पर्खेपछि</verse>
				<verse number="12">आफूसँग केही मानिसहरू लिएर राती निस्‍कें। तर यरूशलेमको निम्‍ति मेरो मनमा मेरा परमेश्‍वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिनँ। म सवार भएको पशुबाहेक अरू पशु मसित थिएन।</verse>
				<verse number="13">म राती बेँसी ढोकाबाट बाहिर निस्‍कें, र यरूशलेमका पर्खालहरू भत्‍केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्‍यालको पोखरीतिर गएँ।</verse>
				<verse number="14">तब म फुहारा ढोका र राजाको पोखरीतिर गएँ, तर म सवार भएको पशुको निम्‍ति भित्र पस्‍नलाई ठाउँ पुगेन।</verse>
				<verse number="15">यसैले म राती बेँसीबाट उक्‍लेर गएँ, र सहरका पर्खालको निरीक्षण गरें। त्‍यसपछि म फेरि बेँसी ढोका भएर सहरमा पसें।</verse>
				<verse number="16">म कहाँ गएँ र के गरें, सो अधिकारीहरूले थाहा नपाई म फर्केर आएँ। अझसम्‍म यहूदीहरू, पूजाहारीहरू, भारदारहरू, अधिकारीहरूलाई वा यस कामको जिम्‍मा लिनेहरू कसैलाई पनि मैले केही भनेको थिइनँ।</verse>
				<verse number="17">त्‍यसपछि मैले तिनीहरूलाई भनें, “तिमीहरू हाम्रो दुर्दशा जान्‍दछौ। यरूशलेम उजाड़ भएको छ। त्‍यसका मूल ढोकाहरू आगोले भस्‍म भएका छन्‌। आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्‍दा हटाऔं।”</verse>
				<verse number="18">परमेश्‍वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्‍नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौं।” यसैले तिनीहरूले उत्‍साहपूर्वक यो असल काम सुरु गरे।</verse>
				<verse number="19">तर होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्‍ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”</verse>
				<verse number="20">तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्‍वर्गका परमेश्‍वरले हामीलाई सफल तुल्‍याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्‍पराको अधिकार छैन।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">प्रधान पूजाहारी एल्‍यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्‍यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्‍मै सके र त्‍यसलाई अर्पण गरे।</verse>
				<verse number="2">यरीहोका मानिसहरूले त्‍यसैसँग जोड़िएको भाग बनाए, र इम्रीका छोरा जक्‍कूरले अर्को भाग बनाए।</verse>
				<verse number="3">माछा ढोकाचाहिँ हस्‍सेनाका छोराहरूले पुनर्निर्माण गरे। तिनीहरूले त्‍यसका सत्तरीहरू बसाले, र त्‍यसका छेस्‍किनी र आग्‍लाहरू लगाएर ढोकाहरू खड़ा गरे।</verse>
				<verse number="4">उरियाहका छोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग मरम्‍मत गरे। बेरेक्‍याहका छोरा, मशेजेबेलका नाति मशुल्‍लामले अर्को भाग मरम्‍मत गरे, र त्‍यसका छेउको भाग बानाका छोरा सादोकले मरम्‍मत गरे।</verse>
				<verse number="5">तकोका मानिसहरूले अर्को भाग मरम्‍मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्‍ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्‍याउन मानेनन्‌।</verse>
				<verse number="6">येशना ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्‍लामले मरम्‍मत गरे। तिनीहरूले त्‍यसका सत्तरीहरू बसालेर छेस्‍किनी र आग्‍लाहरू लगाएर ढोकाहरू खड़ा गरे।</verse>
				<verse number="7">तिनीहरूका छेउमा गिबोनी मलत्‍याह र मेरोनोती यादान, गिबोन र मिस्‍पाका मानिसहरूले मरम्‍मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालको अधिकारमुनि थिए।</verse>
				<verse number="8">सुनार हरयाहका छोरा उज्‍जीएलले अर्को भाग मरम्‍मत गरे। त्‍यसका छेउको भाग अत्तर बनाउने हनन्‍याहले मरम्‍मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्‍मै यरूशलेमको पुनर्निर्माण गरे।</verse>
				<verse number="9">यरूशलेमको आधा जिल्‍लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्‍मत गरे।</verse>
				<verse number="10">त्‍यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्‍नो घरको सामुन्‍नेको अर्को भाग मरम्‍मत गरे। हशबन्‍याहको छोरा हत्तूशले अर्को भाग मरम्‍मत गरे।</verse>
				<verse number="11">अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्‍कियाह र पहत-मोआबका छोरा हश्‍शूबले मरम्‍मत गरे।</verse>
				<verse number="12">यरूशलेमको आधा जिल्‍लाका शासक हल्‍लोहेशका छोरा शल्‍लूमले आफ्‍ना छोरीहरूको सहायताले अर्को भाग मरम्‍मत गरे।</verse>
				<verse number="13">बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्‍दाहरूले मरम्‍मत गरे। तिनीहरूले त्‍यो पुनर्निर्माण गरे, र छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्‍मै चार सय पचास मिटर लामो पर्खाल मरम्‍मत गरे।</verse>
				<verse number="14">फोहोर ढोकाचाहिँ बेथ-हक्‍केरेम जिल्‍लाका शासक रेकाबका छोरा मल्‍कियाहले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरी छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले।</verse>
				<verse number="15">फुहारा ढोकाचाहिँ मिस्‍पा जिल्‍लाका शासक कोल-होजेका छोरा शल्‍लूनले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरेर त्‍यसका छाना लगाए, र त्‍यसका छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्‍मै मरम्‍मत गरे।</verse>
				<verse number="16">तिनको छेउमा बेथ-सरको आधा जिल्‍लाका शासक अज्‍बूकका छोरा नहेम्‍याहले दाऊदका चिहानको सामुको एउटा जग्‍गा, बनावटी पोखरी र वीरहरूको घरसम्‍म मरम्‍मत गरे।</verse>
				<verse number="17">तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्‍मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्‍लाका शासक हशब्‍याहले आफ्‍नो जिल्‍लाको निम्‍ति मरम्‍मत गरे।</verse>
				<verse number="18">तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्‍लाका शासक हेनादादका छोरा बिन्‍नूईको अधीनमा मरम्‍मत गरे।</verse>
				<verse number="19">तिनको छेउमा मिस्‍पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्‍नेदेखि मरम्‍मत गरे।</verse>
				<verse number="20">तिनको छेउमा जब्‍बैका छोरा बारूकले जोशिला भई अर्को एउटा भाग कुनादेखि प्रधान पूजाहारी एल्‍यासीबका घरको ढोकासम्‍म मरम्‍मत गरे।</verse>
				<verse number="21">तिनको छेउमा उरियाहका छोरा, हक्‍कोसका नाति मरेमोतले अर्को एउटा भाग एल्‍यासीबका घरको ढोकादेखि तिनका घरको छेउसम्‍मै मरम्‍मत गरे।</verse>
				<verse number="22">तिनको छेउमा यरूशलेमका छेउछाउका क्षेत्रमा बस्‍ने पूजाहारीहरूले मरम्‍मत गरे।</verse>
				<verse number="23">तिनका छेउमा बेन्‍यामीन र हश्‍शूबले आफ्‍नो घरको सामुन्‍ने मरम्‍मत गरे। तिनका छेउमा मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्‍नो घरको छेउमा मरम्‍मत गरे।</verse>
				<verse number="24">तिनको छेउमा हेनादादका छोरा बिन्‍नूईले अर्को एउटा भाग अजर्याहको घरदेखि कुनाको कोणसम्‍म मरम्‍मत गरे।</verse>
				<verse number="25">उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्‍लो महलदेखि बाहिर निस्‍केको बुर्जाको सामुन्‍ने मरम्‍मत गरे।</verse>
				<verse number="26">तिनको छेउमा परोशका छोरा पदायाह र ओफेल डाँड़ामा बस्‍ने मन्‍दिरका सेवकहरूले पूर्वपट्टिको पानी ढोका र बाहिर निस्‍केको बुर्जाको सामुन्‍ने एउटा ठाउँसम्‍म मरम्‍मत गरे।</verse>
				<verse number="27">तिनका छेउमा तकोका मानिसहरूले बाहिर निस्‍केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्‍म अर्को एउटा भाग मरम्‍मत गरे।</verse>
				<verse number="28">अश्‍व ढोकाको मास्‍तिर पूजाहारीहरूले आ-आफ्‍नो घरको सामु मरम्‍मत गरे।</verse>
				<verse number="29">तिनीहरूका छेउमा इम्‍मेरका छोरा सादोकले आफ्‍नो घरको सामु मरम्‍मत गरे। तिनको छेउमा पूर्व ढोकाका द्वारपाल शकन्‍याहका छोरा शमायाहले मरम्‍मत गरे।</verse>
				<verse number="30">तिनको छेउमा शेलेम्‍याहका छोरा हनन्‍याह र सालापका जन्‍तरे छोरा हानूनले अर्को एउटा भाग मरम्‍मत गरे। तिनका छेउमा बेरेक्‍याहका छोरा मशुल्‍लामले आफ्‍नो डेराको सामु मरम्‍मत गरे।</verse>
				<verse number="31">तिनको छेउमा सुनार मल्‍कियाहले निरीक्षण ढोकाका सामुन्‍नेको, मन्‍दिरका सेवकहरू र व्‍यापारीहरूको घरसम्‍म र कुनाका मास्‍तिरको कोठासम्‍म मरम्‍मत गरे।</verse>
				<verse number="32">कुनाका मास्‍तिरको कोठा र भेड़ा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्‍यापारीहरूले मरम्‍मत गरे।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">जब हामीले पर्खालको पुनर्निर्माण गरिरहेका कुरा सन्‍बलतले सुने तब उनी साह्रै क्रोधित भए। रीसको झोँकमा उनले यहूदीहरूलाई खिसी गरेर</verse>
				<verse number="2">आफ्‍ना सहयोगीहरू र सामरियाका फौजको सामुन्‍ने यसो भने, “यी निर्बल यहूदीहरू के गर्दैछन्‌? के तिनीहरूले आफ्‍नो पर्खालको पुनर्निर्माण गर्नेछन्‌? के तिनीहरूले बलिदान चढ़ाउनेछन्‌? के तिनीहरू यो काम एकै दिनमा सिद्ध्याउँछन्‌? कसिङ्गरका थुप्राबाट ती जलिसकेका ढुङ्गाहरू के तिनीहरूले पुनर्जीवित पार्न सक्‍छन्‌ र?”</verse>
				<verse number="3">उनको छेउमा उभिरहने अम्‍मोनी तोबियाले भने, “तिनीहरूले जेसुकै बनाइरहे तापनि एउटा स्‍याल ढुङ्गाको त्‍यस पर्खालमा चढ़्यो भने, त्‍यो भत्‍किनेछ।”</verse>
				<verse number="4">हे हाम्रा परमेश्‍वर, हाम्रो प्रार्थना सुन्‍नुहोस्‌। किनभने उनीहरूले त हाम्रो अपमान गरिरहेका छन्‌। उनीहरूको गिल्‍ला उनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र कैदको देशमा उनीहरूलाई लूटको रूपमा दिनुहोस्‌।</verse>
				<verse number="5">उनीहरूको अपराध ढाक्‍नुहोस्, अथवा आफ्‍नो दृष्‍टिबाट उनीहरूका पाप नहटाउनुहोस्, किनभने निर्माण गर्नेहरूलाई उनीहरूले खुल्‍लम-खुल्‍ला निन्‍दा गरेका छन्‌।</verse>
				<verse number="6">यसरी हामीले त्‍यसको आधा उचाइसम्‍म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।</verse>
				<verse number="7">तर जब सन्‍बलत, तोबिया, अरबीहरू, अम्‍मोनीहरू र अश्‍दोदीहरूले यरूशलेमका पर्खालको नयाँ कामको खूब प्रगति भएको छ र प्‍वालहरू पनि पुरिँदैछन्‌ भनी सुने तब उनीहरू साह्रै रिसाए।</verse>
				<verse number="8">अनि उनीहरू सबै आएर यरूशलेमलाई आक्रमण गरी खलबल पार्न भेला हुने मतो गरे।</verse>
				<verse number="9">तर हामीले हाम्रा परमेश्‍वरको प्रार्थना गर्‍यौं, र रातदिन उनीहरूका विरुद्धमा पहरा राख्‍यौं।</verse>
				<verse number="10">यसै बीचमा यहूदाका मानिसहरूले भने, “मजदूरहरूको बल घट्‌दैजाँदैछ, र कसिङ्गरहरू थुप्रै छन्‌। हामी आफैले कहिल्‍यै यस पर्खालको पुनर्निर्माण गर्न सक्‍नेछैनौं।”</verse>
				<verse number="11">हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्‍न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।”</verse>
				<verse number="12">तब उनीहरूका बीचमा बस्‍ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्‍ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्‌।”</verse>
				<verse number="13">त्‍यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्‍दा तल्‍ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्‍ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍ने आदेश दिएँ।</verse>
				<verse number="14">तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान्‌ र भययोग्‍य परमप्रभुको सम्‍झना गर, र आफ्‍ना दाजुभाइ, छोराछोरी, पत्‍नी र घरहरूका निम्‍ति युद्ध गर।”</verse>
				<verse number="15">हामीलाई सबै कुरा थाहा भएछ, र परमेश्‍वरले उनीहरूको योजना विफल पार्नुभएछ भनी हाम्रा शत्रुहरूले सुने। तब हामी सबै फेरि पर्खालका निर्माणको काममा लाग्‍यौं।</verse>
				<verse number="16">त्‍यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरूचाहिँ निर्माण गर्ने काममा लागे र अर्को आधाचाहिँ आफ्‍ना भाला, ढाल, धनु र झिलम लाएर तयार भइरहे। र अधिकृतहरूचाहिँ पर्खालको काममा लागेका यहूदाका सबै मानिसहरूका पछाड़ि तैनाथ थिए।</verse>
				<verse number="17">भारी बोक्‍ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्‍नो हतियारमा हुन्‍थ्‍यो।</verse>
				<verse number="18">र निर्माण गर्नेहरू आफ्‍नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्‍नेचाहिँ मेरो छेउमा थियो।</verse>
				<verse number="19">तब मैले भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “काम ठूलो र फैलिएको छ, र हामीहरू पर्खालको छेउमा एक-अर्कादेखि निकै टाढ़ा छौं।</verse>
				<verse number="20">जहाँ तुरही बज्‍छ त्‍यहाँ हामीसित भेला होओ, र हाम्रा परमेश्‍वरले हाम्रा निम्‍ति युद्ध गर्नुहुनेछ।”</verse>
				<verse number="21">यसरी हामीले हाम्रो काम जारी राख्‍यौं। सूर्योदयदेखि सूर्यास्‍तसम्‍म आधा मानिसहरू भाला लिएर बसे।</verse>
				<verse number="22">त्‍यस बेला मैले मानिसहरूलाई यसो पनि भनें, “हाम्रा निम्‍ति राती रक्षा गर्न र दिनमा निर्माण काम गर्नलाई हरेक मानिस र त्‍यसको सहायकले यरूशलेममा नै रात बिताओस्‌”</verse>
				<verse number="23">म, मेरा भाइहरू, मेरा मानिसहरू र मसँग भएका अङ्गरक्षकहरू कसैले पनि आफ्‍ना लुगा फुकालेनौं। पानी खान जाँदा पनि हरेकको हातमा आफ्‍नो हतियार हुन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">अब पुरुषहरू र तिनका पत्‍नीहरूले आफ्‍ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए।</verse>
				<verse number="2">कतिले भने, “हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं, र हामीहरू बाँच्‍नका निम्‍ति हामीलाई अन्‍नको खाँचो छ।”</verse>
				<verse number="3">अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्‍न पाउन हामी आफ्‍ना खेतहरू, दाखबारीहरू र घरहरू बन्‍धक राख्‍दैछौं।”</verse>
				<verse number="4">अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्‍ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ।</verse>
				<verse number="5">हाम्रो शरीर आफ्‍ना देशका अरू मानिसहरूको शरीरजस्‍तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्‍तै छन्, तापनि हामीलाई आफ्‍ना छोराछोरीहरू कमारा-कमारी तुल्‍याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्‍याइएका छन्, तर हामी केही पनि गर्न सक्‍दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्‌।”</verse>
				<verse number="6">तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रीस उठ्यो।</verse>
				<verse number="7">ती सबलाई आफ्‍नो मनमा मैले चिन्‍तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्‍ना यहूदी दाजुभाइहरूबाट धेरै ब्‍याज लिँदैछौ।”</verse>
				<verse number="8">मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्‍धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्‍ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्‍ने कुरा केही थिएन।</verse>
				<verse number="9">मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्‍यजाति शत्रुहरूको नजरमा निन्‍दित नहुनलाई हाम्रा परमेश्‍वरको डर राखेर तिमीहरूलाई बस्‍नुपर्नेथिएन?</verse>
				<verse number="10">म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्‍न सापट दिँदैछौं। तर ऋणको लागि ब्‍याज उठाउने काम बन्‍द होस्‌।</verse>
				<verse number="11">तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्‍तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्‍याज, अर्थात्‌ रुपियाँपैसा, अन्‍न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।”</verse>
				<verse number="12">“हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्‍नुहुन्‍छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ।</verse>
				<verse number="13">त्‍यसपछि मैले मेरो खास्‍टोको छेउ टकटक्‍याएर भनें, “आफ्‍नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्‍पत्ति परमेश्‍वरले यसरी नै टकटक्‍याइदेऊन्। त्‍यसलाई यसरी नै टकटक्‍याएर रित्तो बनाइओस्‌।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्‍नो प्रतिज्ञाअनुसार गरे।</verse>
				<verse number="14">त्‍यसबाहेक यहूदा देशका राज्‍यपाल म नियुक्त भएको समयदेखि, अर्थात्‌ अर्तासास्‍त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्‍म, जम्‍मा बाह्र वर्षसम्‍म मैले र मेरा भाइहरूले राज्‍यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं।</verse>
				<verse number="15">तर मभन्‍दा अघिका राज्‍यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्‍का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्‍याचार गरेका थिए। तर परमेश्‍वरको भय राखेर मैले त्‍यस्‍तो व्‍यवहार गरिनँ।</verse>
				<verse number="16">त्‍यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्‍ति त्‍यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्‍गाजमिन लिएनौं।</verse>
				<verse number="17">यसबाहेक मसँग मेरो टेबिलमा बसेर खानेहरू एक सय पचास जना यहूदीहरू र अधिकृतहरूलगायत छेउछाउका जातिहरूबाट हामीकहाँ आउने अतिथिहरू पनि थिए।</verse>
				<verse number="18">प्रतिदिन खानलाई मेरो निम्‍ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्‍थ्‍यो। दश-दश दिनपछि विभिन्‍न प्रकारका दाखमद्य प्रशस्‍त मात्रामा जुटाइन्‍थ्‍यो। यति भए तापनि मैले राज्‍यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो।</verse>
				<verse number="19">हे मेरा परमेश्‍वर, मैले गरेका सबै कामको निम्‍ति मेरो हितमा सम्‍झना गर्नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्‍यसमा एउटै पनि प्‍वाल नरहेको खबर सन्‍बलत, तोबिया, र अरबी गेशेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्‍यो। केवल मैले मूल ढोकाहरूका खापाहरूचाहिँ उभ्‍याइसकेको थिइनँ।</verse>
				<verse number="2">सन्‍बलत र गेशेमले मलाई ओनोका बेँसीको एउटा गाउँमा आएर उनीहरूसित बातचीत गर्नलाई खबर पठाए। तर मलाई हानि गर्न यो उनीहरूको षड्‌यन्‍त्र मात्र थियो।</verse>
				<verse number="3">यसैकारण मैले यस्‍तो जवाफ दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा ठूलो योजना छ। म त्‍यहाँ आउन सक्‍दिनँ। काम छोड़ी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?”</verse>
				<verse number="4">उनीहरूले मलाई चार पल्‍ट यस्‍तै खबर पठाए, र प्रत्येक पल्‍ट मैले उनीहरूलाई त्‍यस्‍तै जवाफ दिएँ।</verse>
				<verse number="5">पाँचौँ पल्‍ट सन्‍बलतले आफ्‍नो सहायकसित त्‍यस्‍तै किसिमको खबर पठाए। त्‍यो समाचारवाहक खुला पत्र लिएर मकहाँ आयो।</verse>
				<verse number="6">त्‍यसमा यस्‍तो लेखिएको थियो: “जातिहरूका बीचमा यस्‍तो कुरा फैलिएको छ, र यस कुरालाई गेशेमले पनि पुष्‍टि गर्दछन्, कि तिमी र यहूदीहरूले विद्रोहको षड्‌यन्‍त्र रच्‍दैछौ, यसैकारण त तिमीहरूले पर्खाल पुनर्निर्माण गरिरहेका छौ। अनि यस्‍तो पनि सुनिँदैछ, कि तिमी आफैचाहिँ राजा हुन लागेका छौ।</verse>
				<verse number="7">र तिमीले आफ्‍नो विषयमा यरूशलेममा यही घोषणा गर्न अगमवक्ताहरू नियुक्त गरेका छौ: ‘यहूदामा राजा छन्‌।’ महाराजाले निश्‍चय नै यो कुरा सुन्‍नुहुनेछ। यसैले झट्टै यस विषयमा कुरा गर्न आऊ, र हामी कुरा गरौं।”</verse>
				<verse number="8">तर मैले यस्‍तो जवाफ पठाएँ, “तिमीले दोष लगाएको कुनै पनि कुरो साँचो छैन। यी सबै मन गड़न्‍ते कुरा हुन्‌।”</verse>
				<verse number="9">हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन्‌ र हाम्रो काम कहिल्‍यै नसिद्धिओस्‌ भन्‍ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्‍टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्‍वर, मेरा हात बलिया पार्नुहोस्‌।”</verse>
				<verse number="10">एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्‍नो घरभित्रै बन्‍द गरिएका थिए। तिनले भने, “हामी परमेश्‍वरको भवनभित्र, उहाँको मन्‍दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्‌— उनीहरू तपाईंलाई मार्न राती आउनेछन्‌।”</verse>
				<verse number="11">तर मैले भनें, “के मजस्‍तो मानिस भाग्‍नु र? के मजस्‍तो मानिस बाँच्‍नलाई मन्‍दिरमा जानु र? म जान्‍नँ।”</verse>
				<verse number="12">मलाई यस्‍तो प्रकाश भयो, कि परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्‌। सन्‍बलत र तोबियाले तिनलाई यो कुरा भन्‍न भाड़ामा लिएका थिए।</verse>
				<verse number="13">मेरो बदनाम गरेर अपमान गर्न मलाई धम्‍की दिएर उनीहरूको कुरामा सहमत भई पाप गर्न लाउनलाई तिनले रकम लिएका थिए।</verse>
				<verse number="14">हे मेरा परमेश्‍वर, तोबिया र सन्‍बलतले जे गरेका छन्‌ सो सम्‍झना राख्‍नुहोस्‌। साथै मलाई डर देखाउने चेष्‍टा गरिरहने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्‍झना राख्‍नुहोस्‌।</verse>
				<verse number="15">एलूल महिनाको पच्‍चीसौँ दिनमा पर्खालको काम सिद्धियो। त्‍यो बनाउन बाउन्‍न दिन लाग्‍यो।</verse>
				<verse number="16">जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्‍साहित भए, किनकि यो काम परमेश्‍वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए।</verse>
				<verse number="17">त्‍यस बेला यहूदाका भारदारहरूले तोबियालाई धेरै पत्र पठाउँदैथिए। तिनीहरूले उनीबाट जवाफ पनि पाउँदैथिए।</verse>
				<verse number="18">किनभने यहूदाका धेरै जनाले उनीसित गठ बाँधेका थिए, किनकि उनी आराका छोरा शकन्‍याहका जुवाइँ थिए। उनका छोरा येहोहानानले चाहिँ बेरेक्‍याहका छोरा मशुल्‍लामकी एउटी छोरीलाई विवाह गरेका थिए।</verse>
				<verse number="19">तिनीहरू सधैँ मेरो सामु तोबियाको प्रशंसा गर्थे, र मैले भनेको कुरा गएर उनलाई सुनाउँथे। अनि तोबियाले मलाई धम्‍की दिएर पत्रहरू पठाउँथे।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">पर्खालको निर्माण भइसकेपछि, र मैले ढोकाहरू तिनको ठाउँ-ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवैयाहरू र लेवीहरू नियुक्त गरिए।</verse>
				<verse number="2">मैले मेरा भाइ हनानीलाई, किल्‍लाका सेनापति हनन्‍याहको साथमा यरूशलेमको जिम्‍मा दिएँ। किनभने अरू मानिसहरूभन्‍दा हनानीचाहिँ ज्‍यादै विश्‍वासी र परमेश्‍वरसँग डराउने मानिस थिए।</verse>
				<verse number="3">मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्‍नू। द्वारपालहरू पहरामा बस्‍दा मूल ढोकाहरू बन्‍द गरेर आग्‍लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्‍न र कसैलाई चाहिँ आफ्‍नै घरको सामुन्‍ने रक्षा गर्न यरूशलेमकै बासिन्‍दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”</verse>
				<verse number="4">सहर ठूलो र विस्‍तृत थियो, तर त्‍यसमा मानिसहरू थोरै थिए, र अझसम्‍म कुनै घरको पुनर्निर्माण भएको थिएन।</verse>
				<verse number="5">यसैले भारदारहरू, अधिकृतहरू र मानिसहरूलाई परिवार-परिवार गरी नाउँ लेखाउन भनी भेला गराउन परमेश्‍वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्‍दा पहिले फर्कनेहरूको वंशावलीको पुस्‍तक भेट्टाएँ। त्‍यसमा लेखिएको कुरो मैले यही पाएँ:</verse>
				<verse number="6">बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्‍येका यरूशलेम र यहूदामा हरेक आ-आफ्‍नो सहरमा फर्केर आएका प्रदेशका मानिसहरू यिनै हुन्‌।</verse>
				<verse number="7">तिनीहरू यरुबाबेल, येशूअ, नहेम्‍याह, अजर्याह, राम्‍याह, नहमानी, मोर्दकै, बिल्‍शान, मिसपेरेत, बिग्‍वै, नेहूम र बानाहका साथमा आएका थिए।</verse>
				<verse number="8">इस्राएलका मानिसहरूको नामावली यही हो: परोशका परिवारका २,१७२</verse>
				<verse number="9">शपत्‍याहका परिवारका ३७२</verse>
				<verse number="10">आराका परिवारका ६५२</verse>
				<verse number="11">येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८</verse>
				<verse number="12">एलामका परिवारका १,२५४</verse>
				<verse number="13">जत्तूका परिवारका ८४५</verse>
				<verse number="14">जक्‍कैका परिवारका ७६०</verse>
				<verse number="15">बिन्‍नूईका परिवारका ६४८</verse>
				<verse number="16">बेबैका परिवारका ६२८</verse>
				<verse number="17">अज्‍गादका परिवारका २,३२२</verse>
				<verse number="18">अदोनीकामका परिवारका ६६७</verse>
				<verse number="19">बिग्‍वैका परिवारका २,०६७</verse>
				<verse number="20">आदीनका परिवारका ६५५</verse>
				<verse number="21">हिजकियाबाट आतेरका परिवारका ९८</verse>
				<verse number="22">हाशूमका परिवारका ३२८</verse>
				<verse number="23">बेजैका परिवारका ३२४</verse>
				<verse number="24">हारीपका परिवारका ११२</verse>
				<verse number="25">गिबोनका परिवारका ९५</verse>
				<verse number="26">बेथलेहेम र नतोपाका मानिसहरू १८८</verse>
				<verse number="27">अनातोतका मानिसहरू १२८</verse>
				<verse number="28">बेथ-अज्‍मावेतका मानिसहरू ४२</verse>
				<verse number="29">किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३</verse>
				<verse number="30">रामा र गेबाका मानिसहरू ६२१</verse>
				<verse number="31">मिकमाशका मानिसहरू १२२</verse>
				<verse number="32">बेथेल र ऐका मानिसहरू १२३</verse>
				<verse number="33">अर्को नेबोका मानिसहरू ५२</verse>
				<verse number="34">अर्को एलामका मानिसहरू १,२५४</verse>
				<verse number="35">हारीमका मानिसहरू ३२०</verse>
				<verse number="36">यरीहोका मानिसहरू ३४५</verse>
				<verse number="37">लोद, हादीद र ओनोका मानिसहरू ७२१</verse>
				<verse number="38">सेनाहका मानिसहरू ३,९३०</verse>
				<verse number="39">पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३</verse>
				<verse number="40">इम्‍मेरका परिवारका १,०५२</verse>
				<verse number="41">पशहूरका परिवारका १,२४७</verse>
				<verse number="42">हारीमका परिवारका १,०१७</verse>
				<verse number="43">लेवीहरू: होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४</verse>
				<verse number="44">गवैयाहरू: आसापका परिवारका १४८</verse>
				<verse number="45">द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८</verse>
				<verse number="46">मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,</verse>
				<verse number="47">कोरेस, सीआ, पादोन,</verse>
				<verse number="48">लेबाना, हगाबा, शल्‍मै,</verse>
				<verse number="49">हानान, गिद्देल, गहर,</verse>
				<verse number="50">रायाह, रसीन, नकोदा,</verse>
				<verse number="51">गज्‍जाम, उज्‍जा, पसेह,</verse>
				<verse number="52">बेजै, मोनिम, नेपुसीम,</verse>
				<verse number="53">बक्‍बूक, हकूपा, हर्हुर,</verse>
				<verse number="54">बस्‍लूत, महीदा, हर्शा,</verse>
				<verse number="55">बर्कोस, सीसरा, तेमह,</verse>
				<verse number="56">नसीह, र हतीपाका परिवारहरू</verse>
				<verse number="57">सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद,</verse>
				<verse number="58">याला, दर्कोन, गिद्देल,</verse>
				<verse number="59">शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू।</verse>
				<verse number="60">मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको संख्‍या जम्‍मा ३९२</verse>
				<verse number="61">तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌। यी हुन्‌:</verse>
				<verse number="62">दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२</verse>
				<verse number="63">पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र गिलादी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्‍ने बर्जिल्‍लैका परिवार।</verse>
				<verse number="64">वंशावलीहरूमा लेखिएका नाउँहरूमा यिनीहरूका नाउँ पनि खोजिए तर पाइएनन्‌। यसैले तिनीहरू पूजाहारीगिरीको निम्‍ति अशुद्ध झैँ अयोग्‍य ठहराइए।</verse>
				<verse number="65">“ऊरीम” र “तुम्‍मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्‍जेल राज्‍यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे।</verse>
				<verse number="66">सम्‍पूर्ण जनसमुदायको संख्‍या ४२,३६० थियो।</verse>
				<verse number="67">यीबाहेक तिनीहरूका कमारा-कमारीहरू ७,३३७ जना थिए, र तिनीहरूका २४५ जना पुरुष र स्‍त्री गवैयाहरू थिए।</verse>
				<verse number="68">तिनीहरूका घोड़ाहरूको संख्‍या ७३६, खच्‍चर २४५,</verse>
				<verse number="69">ऊँट ४३५ र गधा ६,७२० थिए।</verse>
				<verse number="70">परिवारका कोही मुखियाहरूले कामको निम्‍ति दान दिए। राज्‍यपालले भण्‍डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए।</verse>
				<verse number="71">परिवारका कुनै-कुनै मुखियाहरूले कामको निम्‍ति भण्‍डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए।</verse>
				<verse number="72">बाँकी मानिसहरूले चाहिँ जम्‍मा २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पूजाहारीहरूले लाउने ६७ पोशाकहरू दिए।</verse>
				<verse number="73">पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">सातौँ महिना लाग्‍दा जब इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा स्‍थापित भएका थिए, तब सबै मानिसहरू पानी ढोकाका सामुको चोकमा एउटै मानिसजस्‍तै गरी भेला भए। परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको मोशाका व्‍यवस्‍थाको पुस्‍तक ल्‍याउन तिनीहरूले शास्‍त्री एज्रालाई भने।</verse>
				<verse number="2">यसर्थ सातौँ महिनाको पहिलो दिनमा पूजाहारी एज्राले समुदायको सामुन्‍ने, अर्थात्‌ सुनेका कुरा बुझ्‍न सक्‍ने सबै पुरुष र स्‍त्रीहरूका सामुन्‍ने व्‍यवस्‍थाको पुस्‍तक ल्‍याए।</verse>
				<verse number="3">तिनले त्‍यसबाट पानी ढोकाका सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्‍यदिनसम्‍म पुरुष, स्‍त्री र बुझ्‍नेहरूको उपस्‍थितिमा पढ़े; र सबै मानिसहरूले व्‍यवस्‍थाको पुस्‍तकबाट पढ़िएको कुरा ध्‍यानसँग सुने।</verse>
				<verse number="4">शास्‍त्री एज्रा त्‍यस्‍तै कामको लागि बनाइएको एउटा काठको मञ्‍चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्‍याह, शेमा, अनायाह, उरियाह, हिल्‍कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्‍कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्‍लाम उभिएका थिए।</verse>
				<verse number="5">एज्राले पुस्‍तक खोले। सबै मानिसहरूले तिनलाई देख्‍न सके, किनकि तिनीहरूभन्‍दा तिनी उच्‍चमा खड़ा भएका थिए। जसै तिनले पुस्‍तक खोले, सबै मानिसहरू खड़ा भए।</verse>
				<verse number="6">एज्राले परमप्रभु महान्‌ परमेश्‍वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्‍ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्‍यसपछि तिनीहरूले आ-आफ्‍नो शिर निहुराएर परमप्रभुको सामुन्‍ने नम्रतापूर्वक दण्‍डवत्‌ गरे।</verse>
				<verse number="7">लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्‍नो ठाउँमा उभिएकै बेला व्‍यवस्‍था बुझाइदिए।</verse>
				<verse number="8">तिनीहरूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक राम्ररी पढ़ेर त्‍यसको अर्थ मानिसहरूले बुझ्‍न सक्‍ने गरी बुझाइदिए।</verse>
				<verse number="9">तब राज्‍यपाल नहेम्‍याह, पूजाहारीशास्‍त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्‍यवस्‍थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए।</verse>
				<verse number="10">तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।”</verse>
				<verse number="11">लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।”</verse>
				<verse number="12">तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्‍सव मनाउन गए, किनभने तिनीहरूलाई सम्‍झाएको कुरा अब तिनीहरूले बुझे।</verse>
				<verse number="13">महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्‍य-मुख्‍य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्‍यवस्‍था अध्‍ययन गर्न शास्‍त्री एज्राको सामुन्‍ने भेला भए।</verse>
				<verse number="14">व्‍यवस्‍थामा सातौँ महिनाका चाड़को बेला छाप्रोमा बस्‍नुपर्छ भन्‍ने मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा,</verse>
				<verse number="15">र आफ्‍ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्‍ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्‍याओ”— जस्‍तै लेखिएको छ।</verse>
				<verse number="16">यसैले मानिसहरू गएर हाँगाहरू ल्‍याए, र हरेकले आ-आफ्‍नो घरको छाना र आँगनमा, र परमेश्‍वरको भवनका चोकहरूमा, र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आ-आफ्‍नो निम्‍ति छाप्रो बनाए।</verse>
				<verse number="17">निर्वासबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नूनका छोरा यहोशूको पालोदेखि त्‍यस दिनसम्‍म यो उत्‍सव इस्राएलीहरूले यसरी मनाएका थिएनन्‌। अनि तिनीहरूको आनन्‍द असाध्‍य ठूलो भयो।</verse>
				<verse number="18">पहिलो दिनदेखि पछिल्‍लो दिनसम्‍म दिनहुँ एज्राले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। तिनीहरूले सात दिनसम्‍म यो चाड़ मनाए। र आठौँ दिनमा विधिअनुसार पवित्र सभा थियो।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्‌ग्रा लगाई आ-आफ्‍नो शिरमा धूलो हालेर उपवासको निम्‍ति भेला भए।</verse>
				<verse number="2">इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्‍ना पाप र आफ्‍ना पुर्खाहरूको अधर्म स्‍वीकार गरे।</verse>
				<verse number="3">तिनीहरू आ-आफ्‍नो स्‍थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्‍ना पापको स्‍वीकार गर्दै परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्दैरहे।</verse>
				<verse number="4">खुट्‌किलामा लेवीहरू— येशूअ, बानी, कादमीएल, शबन्‍याह, बुन्‍नी, शरेबियाह, बानी र कनानीले खड़ा भएर ठूलो सोरले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई पुकारे।</verse>
				<verse number="5">अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्‍तदेखि अनन्‍तसम्‍म हुनुहुन्‍छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्‍यको र सारा धन्‍य र प्रशंसामा सर्वोच्‍च होस्‌।</verse>
				<verse number="6">तपाईं मात्र परमप्रभु हुनुहुन्‍छ। तपाईंले नै स्‍वर्ग, सर्वोच्‍च आकाश, र त्‍यसका सबै तारामण्‍डल, पृथ्‍वी र त्‍यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्‍छ, र स्‍वर्गका सारा समुदायले तपाईंलाई पुज्‍दछन्‌।</verse>
				<verse number="7">“तपाईं ती नै परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, जसले अब्रामलाई कल्‍दीहरूको ऊरबाट चुनेर निकालिल्‍याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्‍नुभयो।</verse>
				<verse number="8">तिनी तपाईंप्रति विश्‍वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्‍तानलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्‍नुभयो। तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्‍छ।</verse>
				<verse number="9">“तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूले पाएको दु:ख देख्‍नुभयो, र लाल सुमद्रमा सहायताको निम्‍ति कराएको तिनीहरूको पुकारा तपाईंले नै सुन्‍नुभयो।</verse>
				<verse number="10">फारो र उनका अधिकृतहरू र उनको देशका सबै मानिसहरूका विरुद्धमा चिन्‍ह र आश्‍चर्य कामहरू तपाईंले गर्नुभयो, किनकि उनीहरूले तिनीहरूप्रति अहङ्कारपूर्वक व्‍यवहार गरेका तपाईंले देख्‍नुभयो। तपाईंले आफ्‍नो निम्‍ति एउटा नाउँ राख्‍नुभयो, जो आजको दिनसम्‍म छँदैछ।</verse>
				<verse number="11">तिनीहरू सुक्‍खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्‍ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्‌नेहरूलाई तपाईंले फालिदिनुभयो।</verse>
				<verse number="12">तिनीहरूले यात्रा गरेको बाटोमा प्रकाश दिन दिउँसो बादलको खामो र राती आगोको खामोद्वारा डोर्‍याएर तपाईंले तिनीहरूलाई लानुभयो।</verse>
				<verse number="13">“तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो र स्‍वर्गबाट तिनीहरूसित कुरा गर्नुभयो। तपाईंले तिनीहरूलाई उचित र साँचो नियम तथा कानून र असल धर्म-विधिहरू तथा आज्ञाहरू दिनुभयो।</verse>
				<verse number="14">आफ्‍ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्‍नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो।</verse>
				<verse number="15">तिनीहरूको भोक मार्नलाई तपाईंले तिनीहरूलाई स्‍वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेटाउन तिनीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो। तिनीहरूलाई दिन्‍छु भनी तपाईंले हात उठाएर करार गर्नुभएको देश अधिकार गर्नलाई पस्‍न भनी तपाईंले हुकुम गर्नुभयो।</verse>
				<verse number="16">“तर हाम्रा पुर्खाहरू हठी र अटेरी भएर तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरे।</verse>
				<verse number="17">आज्ञापालन गर्न तिनीहरूले इन्‍कार गरे, र तिनीहरूका बीचमा तपाईंले गर्नुभएका आश्‍चर्यकर्महरूलाई तिनीहरूले यादै गरेनन्‌। तिनीहरू अटेरी भए, र आफ्‍नो दासत्‍वमा फेरि लैजान तिनीहरूले एक जना अगुवालाई नियुक्त गरे। तर तपाईं क्षमा गर्नुहुने परमेश्‍वर, अनुग्रही र कृपालु, रिसानीमा ढिला र प्रेमले पूर्ण हुनुहुन्‍छ। यसैले तिनीहरूलाई तपाईंले त्‍याग्‍नुभएन,</verse>
				<verse number="18">यद्यपि तिनीहरूले ढलौटे बाछा बनाएर यसो पनि भने, ‘तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउने तिमीहरूका ईश्‍वर यही हो,’ अथवा जब तिनीहरूले भयानक ईश्‍वर-निन्‍दा गरे।</verse>
				<verse number="19">तापनि तपाईंले तिनीहरूलाई ठूलो करुणा देखाएर उजाड़-स्‍थानमा त्‍याग्‍नुभएन। तिनीहरूको यात्रामा दिउँसो बादलको खामोले बाटो देखाउन र राती तिनीहरूका यात्राको बाटोमा प्रकाश दिने आगोको खामोले तिनीहरूलाई छोड़ेनन्‌।</verse>
				<verse number="20">तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्‍ना असल आत्‍मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्‍न दिन तपाईंले छोड्‌नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो।</verse>
				<verse number="21">चालीस वर्षसम्‍म उजाड़-स्‍थानमा तपाईंले तिनीहरूलाई सम्हाल्‍नुभयो। तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगाहरू फाटेनन्‌ र तिनीहरूका खुट्टाहरू सुनिएनन्‌।</verse>
				<verse number="22">“तपाईंले तिनीहरूलाई राज्‍यहरू र जातिहरू र टाढ़ाका सीमान्‍त-प्रदेशहरू पनि दिनुभयो। तिनीहरूले हेश्‍बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश जिते।</verse>
				<verse number="23">तपाईंले तिनीहरूका सन्‍तानलाई आकाशका तारासरह अनगिन्‍ती बनाउनुभयो, र यिनीहरूका पुर्खाहरूलाई आफ्‍नो अधिकारमा लिन तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा यिनीहरूलाई ल्‍याउनुभयो।</verse>
				<verse number="24">तिनीहरूका सन्‍तान त्‍यहाँ पसेर त्‍यो देश अधिकार गरे। त्‍यहाँका बासिन्‍दा कनानीहरूलाई तपाईंले तिनीहरूकै अधीन तुल्‍याउनुभयो, र ती कनानीहरूलाई, उनका राजा र प्रजाहरूलाई समेत आफूलाई इच्‍छा लागेझैँ व्‍यवहार गर्न तिनीहरूका हातमा दिनुभयो।</verse>
				<verse number="25">पर्खाल लाएका सहरहरू र मलिलो भूमि तिनीहरूले कब्‍जा गरे। असल-असल थोक भएका घरहरू, खनेका कूवा, दाखबारी, भद्राक्षका रूख र अरू फलका रूखहरू प्रशस्‍त मात्रामा तिनीहरूले कब्‍जा गरे। यसरी खाएर तिनीहरू तृप्‍त भए, र पुष्‍ट भए र तपाईंको महान्‌ उदारतामा आनन्‍दित भए।</verse>
				<verse number="26">“तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरुद्धमा बागी भए। तिनीहरूले तपाईंका व्‍यवस्‍थाको वास्‍ता गरेनन्‌। तिनीहरूलाई तपाईंतर्फ फर्काउनलाई गम्‍भीर चेताउनी दिने तपाईंका अगमवक्ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले ठूलो ईश्‍वर-निन्‍दाको अपराध गरे।</verse>
				<verse number="27">यसैकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिनुभयो, जसले तिनीहरूमाथि अत्‍याचार गरे। तर तिनीहरू अत्‍याचारमा पर्दा तिनीहरूले सहायताको लागि तपाईंलाई पुकारे। तपाईंले स्‍वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुभयो, र आफ्‍नो ठूलो करुणा देखाएर तिनीहरूलाई आफ्‍ना शत्रुहरूबाट बचाउन उद्धारकहरू पठाउनुभयो।</verse>
				<verse number="28">“तर वरिपरिबाट शान्‍ति पाएपछि तपाईंको दृष्‍टिमा जे दुष्‍ट छ सो तिनीहरूले फेरि गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा त्‍याग्‍नुभयो, र उनीहरूले तिनीहरूमाथि शासन गरे। अनि फेरि तिनीहरूले सहायताको निम्‍ति तपाईंको पुकारा गरे, र तपाईंले स्‍वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुभयो, र आफ्‍नो करुणा देखाएर पटक-पटक तिनीहरूलाई उद्धार गर्नुभयो।</verse>
				<verse number="29">“तपाईंले तिनीहरूलाई आफ्‍नो व्‍यवस्‍थातिर फर्कनलाई चेताउनी दिनुभयो, तर तिनीहरू हठी भएर तपाईंका आज्ञाहरूको उल्‍लङ्घन गरे। तिनीहरूले तपाईंका धार्मिक-विधिका विरुद्धमा पाप गरे, जसलाई पालन गरेमा जीवन छ। हठी र आफ्‍नो जिद्दीमा अटेरी भएर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्‌।</verse>
				<verse number="30">धेरै वर्षसम्‍म तपाईंले तिनीहरूसित धैर्य धर्नुभयो। तपाईंले आफ्‍ना अगमवक्ताहरूद्वारा तपाईंका आत्‍माले तिनीहरूलाई चेताउनी दिनुभयो। तर तिनीहरूले सुनेनन्‌। यसैकारण तपाईंले तिनीहरूलाई छिमेकका मानिसहरूका हातमा सुम्‍पिदिनुभयो।</verse>
				<verse number="31">तर आफ्‍नो अपार करुणा देखाएर तपाईंले तिनीहरूलाई खतम पार्नुभएन र तिनीहरूलाई त्‍याग्‍नु पनि भएन, किनभने तपाईं अनुग्रह गर्ने करुणामय परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="32">“यसकारण हे हाम्रा परमेश्‍वर, तपाईं महान्, पराक्रमी र भययोग्‍य परमेश्‍वर, जसले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ। हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजामाथि परिआएका कष्‍ट— अश्‍शूरका राजाहरूको समयदेखि आजको दिनसम्‍म पाएका कष्‍टलाई हलुका नसम्‍झनुहोस्‌।</verse>
				<verse number="33">हामीमाथि सबै जे-जति परिआएका छन्, तिनमा तपाईंले न्‍यायसित काम गर्नुभएको छ। तपाईंले विश्‍वाससित काम गर्नुभएको छ, तर हामीले चाहिँ भूल गर्‍यौं।</verse>
				<verse number="34">हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू र पुर्खाहरूले तपाईंको व्‍यवस्‍था पालन गरेनन्, र तपाईंले दिनुभएका आज्ञाहरू र चेताउनीहरूको वास्‍ता गरेनन्‌।</verse>
				<verse number="35">तिनीहरू आफ्‍नो राज्‍यमा हुँदा, तपाईंले तिनीहरूलाई दिनुभएको विस्‍तृत र मलिलो देशमा तपाईंको महान्‌ उदारता तिनीहरूले उपभोग गर्दागर्दै पनि, तिनीहरूले तपाईंको सेवा गरेनन्‌ र आफ्‍ना दुष्‍ट चाल त्‍यागेनन्‌।</verse>
				<verse number="36">“हेर्नुहोस्, आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्‍यसका फलहरू खान र त्‍यसका असल उब्‍जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं।</verse>
				<verse number="37">हाम्रा पापहरूले गर्दा त्‍यसका प्रशस्‍त उब्‍जनीहरू हामीमाथि प्रभुत्‍व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्‍छन्‌। हाम्रा शरीर र हाम्रा पशुहरूमाथि उनीहरू आफूखुशी शासन गर्दछन्‌। हामी ठूलो सङ्कष्‍टमा परेका छौं।</verse>
				<verse number="38">“यी सबैको कारण हामी लिखित रूपमा यो वाचा बाँध्‍दैछौं, र हाम्रा अगुवाहरू, लेवीहरू र पूजाहारीहरूले सहीछाप लगाउँदैछन्‌।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">सहीछाप लाउनेहरूमध्‍ये यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह,</verse>
				<verse number="2">सरायाह, अजर्याह, यर्मिया,</verse>
				<verse number="3">पशहूर, अमर्याह, मल्‍कियाह,</verse>
				<verse number="4">हत्तूश, शबन्‍याह, मल्‍लूक,</verse>
				<verse number="5">हारीम, मरेमोत, ओबदिया,</verse>
				<verse number="6">दानिएल, गिन्‍नतोन, बारूक,</verse>
				<verse number="7">मशुल्‍लाम, अबिया, मियामीन,</verse>
				<verse number="8">माज्‍याह, बिल्‍गै, र शमायाह। यिनीहरूचाहिँ पूजाहारी थिए।</verse>
				<verse number="9">लेवीहरू: अजन्‍याहका छोरा येशूअ, हेनादादका छोरा बिन्‍नूई, कादमीएल,</verse>
				<verse number="10">र तिनीहरूका दाजुभाइहरू शबन्‍याह, होदियाह, कलीता, पलयाह, हानान,</verse>
				<verse number="11">मीयका, रहोब, हशब्‍याह,</verse>
				<verse number="12">जक्‍कूर, शरेबियाह, शबन्‍याह,</verse>
				<verse number="13">होदियाह, बानी, र बनीनू।</verse>
				<verse number="14">मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी</verse>
				<verse number="15">बुन्‍नी, अज्‍गाद, बेबै,</verse>
				<verse number="16">अदोनियाह, बिग्‍वै, आदीन,</verse>
				<verse number="17">आतेर, हिजकिया, अज्‍जूर,</verse>
				<verse number="18">होदियाह, हाशूम, बेजै,</verse>
				<verse number="19">हारीप, अनातोत, नेबै,</verse>
				<verse number="20">मग्‍पीआस, मशुल्‍लाम, हेजीर,</verse>
				<verse number="21">मशेजेबेल, सादोक, यदूअ,</verse>
				<verse number="22">पलत्‍याह, हानान, अनायाह,</verse>
				<verse number="23">होशिया, हनन्‍याह, हश्‍शूब,</verse>
				<verse number="24">हल्‍लोहेश, पिल्‍हा, शोबक,</verse>
				<verse number="25">रेहूम, हशब्‍ना, मासेयाह,</verse>
				<verse number="26">अहिया, हानान, आनान,</verse>
				<verse number="27">मल्‍लूक, हारीम र बानाह।</verse>
				<verse number="28">“बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, र परमेश्‍वरका व्‍यवस्‍थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्‍ना पत्‍नीहरू र छोराछोरीहरूसाथ जो बुझ्‍न सक्‍तछन्‌—</verse>
				<verse number="29">तिनीहरू सबैले आफ्‍ना भारदार दाजुभाइहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्‍यवस्‍था मान्‍न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, नियम र धर्म-विधिहरू पालन गर्न आफूमाथि सरापको बन्‍धन राखी शपथ खाए।</verse>
				<verse number="30">“हामी आफ्‍ना छोरीहरू वरिपरिका मानिसहरूसित विवाह गरिदिनेछैनौं, अथवा हाम्रा छोराहरूका निम्‍ति उनीहरूका छोरीहरू ल्‍याउनेछैनौं।</verse>
				<verse number="31">“यदि शबाथमा यी मानिसहरूले व्‍यापारका माल वा अन्‍न बेच्‍न ल्‍याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्‍नेछैनौं। प्रत्‍येक सातौँ वर्ष हामी खेतबारीमा उब्‍जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं।</verse>
				<verse number="32">“हाम्रा परमेश्‍वरको भवनका सेवाको निम्‍ति, अर्थात्‌ टेबिलमा राखिने रोटीको निम्‍ति, नियमित अन्‍नबलि र होमबलिका निम्‍ति, तथा शबाथ, औंसीको चाड़ र अरू ठहराइएका चाड़हरूका भेटीका निम्‍ति, पवित्र-दानहरू तथा इस्राएलका प्रायश्‍चितको लागि पापबलि र परमप्रभुका भवनको लागि गरिने अरू सबै कामका निम्‍ति</verse>
				<verse number="33">हामी वर्षैपिच्‍छे शेकेलको एक तिहाइ दिन आफ्‍नो दायित्‍व स्‍वीकार गर्छौं।</verse>
				<verse number="34">“हामी पूजाहारीहरू, लेवीहरू र मानिसहरूले व्‍यवस्‍थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमा जलाउन वर्षैपिच्‍छे ठहराइएको समयमा पालैपालो परिवार-परिवार गरी हाम्रा परमेश्‍वरको भवनमा दाउरा ल्‍याउनका निम्‍ति चिट्ठा हालेका छौं।</verse>
				<verse number="35">“परमप्रभु परमेश्‍वरको भवनमा वर्षैपिच्‍छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्‍याउने जिम्‍मेवारी हामीले लिएका छौं।</verse>
				<verse number="36">“हाम्रा परमेश्‍वरको भवनमा, त्‍यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्‍यवस्‍थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्‍याउन हामी प्रतिज्ञा गर्छौं।</verse>
				<verse number="37">“तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्‍नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्‍डारमा ल्‍याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्‍याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्‍तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्‌।</verse>
				<verse number="38">दशौँ अंश उठाउँदा हारूनको वंशका एक जना पूजाहारी लेवीहरूका साथमा हुनेछन्‌। अनि लेवीहरूले दशांशको दशौँ भाग परमेश्‍वरका भवनको भण्‍डारका कोठाहरूमा ल्‍याउनेछन्‌।</verse>
				<verse number="39">इस्राएलीहरूले, लेवीहरूले समेत अन्‍न, नयाँ दाखमद्य र तेलका दान पवित्रस्‍थानका भाँड़ाहरू राख्‍ने कोठाहरूमा र त्‍यहाँ सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गवैयाहरू बस्‍ने ठाउँमा ल्‍याउनेछन्‌। हामी परमेश्‍वरका भवनको अवहेलना गर्नेछैनौं।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">प्रजाका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्‍ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, र बाँकी नौ जनालाई चाहिँ आफ्‍नै सहरमा बस्‍नुपर्नेथियो।</verse>
				<verse number="2">मानिसहरूले यरूशलेममा बस्‍न राजी हुनेहरूलाई आशीर्वाद दिए।</verse>
				<verse number="3">यरूशलेममा बस्‍ने प्रदेशका अगुवाहरू यिनै थिए। कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूचाहिँ यहूदाका सहरहरूमा भएका आफ्‍नै निजी जग्‍गाजमिनमा बसे।</verse>
				<verse number="4">यहूदा र बेन्‍यामीनका कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसे। यहूदाका सन्‍तानहरू: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए।</verse>
				<verse number="5">शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए।</verse>
				<verse number="6">फारेसको परिवारका यरूशलेमा बस्‍ने जम्‍मा सबै ४६८ जना वीर-वीर मानिसहरू थिए।</verse>
				<verse number="7">बेन्‍यामीनका सन्‍तानहरू: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,</verse>
				<verse number="8">र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै— सबै जम्‍मा ९२८ जना थिए।</verse>
				<verse number="9">जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्‍सेनूअका छोरा यहूदाचाहिँ दोस्रो जिल्‍लाको हेर-विचार गर्ने अधिकृत थिए।</verse>
				<verse number="10">पूजाहारीहरू: यदायाह, योयारीबका छोरा, याकीन,</verse>
				<verse number="11">सरायाह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्‍वरका भवनको रेखदेख गर्ने अहीतूबका छोरा थिए,</verse>
				<verse number="12">र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ मानिसहरू थिए। अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए,</verse>
				<verse number="13">र तिनका सहयोगीहरू जो परिवारका मुखियाहरू थिए— सबै जम्‍मा २४२ जना थिए। अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,</verse>
				<verse number="14">र तिनका सहयोगीहरू जो योग्‍य मानिसहरू थिए— सबै जम्‍मा १२८ जना थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए।</verse>
				<verse number="15">लेवीहरू: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो बुन्‍नीका छोरा थिए।</verse>
				<verse number="16">लेवीहरूका दुई जना मुखियाहरू सब्‍बतै र योजाबाद थिए। तिनीहरू परमप्रभुका भवनको बाहिरका कामका जिम्‍मावाल थिए।</verse>
				<verse number="17">मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए। तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए। तिनका सहयोगीहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए। अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए।</verse>
				<verse number="18">पवित्र सहरमा लेवीहरूको संख्‍या जम्‍मा २८४ थियो।</verse>
				<verse number="19">द्वारपालहरू: अक्‍कूब, तल्‍मोन र तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए। तिनीहरू मूल ढोकामा पहरा बस्‍थे।</verse>
				<verse number="20">बाँकी इस्राएलीहरूचाहिँ, पूजाहारीहरू र लेवीहरूका साथ, हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा यहूदाका सबै सहरहरूमा थिए।</verse>
				<verse number="21">ओफेल डाँड़ामा मन्‍दिरका सेवकहरू बसे। सीहा र गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए।</verse>
				<verse number="22">यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए। उज्‍जीचाहिँ आसापका सन्‍तान थिए। ती आसापका सन्‍तानहरू परमेश्‍वरको भवनका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए।</verse>
				<verse number="23">ती गवैयाहरू राजाका हुकुममुनि थिए, जसले तिनीहरूको दैनिक कार्यको निर्देशन गर्दथ्‍यो।</verse>
				<verse number="24">मानिसहरूका कारोबारको सम्‍बन्‍धमा राजाका सेवक पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए।</verse>
				<verse number="25">खेतबारी भएका गाउँहरूमा यहूदाका कोही मानिसहरू किर्यत-अर्बा र त्‍यसका बस्‍तीहरू, दीबोन र त्‍यसका बस्‍तीहरू, यकब्‍सेल र त्‍यसका गाउँहरू,</verse>
				<verse number="26">येशूअ, मोलादा, बेथ-पालेत,</verse>
				<verse number="27">हसरशूआल, बेर्शेबा र त्‍यसका बस्‍तीहरू,</verse>
				<verse number="28">सिक्‍लग, मकोना र त्‍यसका बस्‍तीहरू,</verse>
				<verse number="29">एन-रिम्‍मोन, सोरा, यर्मूत,</verse>
				<verse number="30">जानोह, अदुल्‍लाम र त्‍यसका बस्‍तीहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका बस्‍तीहरूमा बस्‍थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍मको देश ओगटे।</verse>
				<verse number="31">बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका बस्‍तीहरू,</verse>
				<verse number="32">अनातोत, नोब र हननिया,</verse>
				<verse number="33">हासोर, रामा, गित्तैम,</verse>
				<verse number="34">हादीद, सबोयीम, नबलत,</verse>
				<verse number="35">लोद, ओनो र कारीगरहरूको बेँसीमा बसे।</verse>
				<verse number="36">यहूदामा भएका लेवीहरूका कुनै-कुनै भागचाहिँ बेन्‍यामीनमा बसोबास गरे।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्‌:</verse>
				<verse number="2">सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्‍लूक, हत्तूश,</verse>
				<verse number="3">शकन्‍याह, रेहूम, मरेमोत,</verse>
				<verse number="4">इद्दो, गिन्‍नतोन, अबिया,</verse>
				<verse number="5">मियामीन, मदाहा, बिल्‍गा,</verse>
				<verse number="6">शमायाह, योयारीब, यदायाह,</verse>
				<verse number="7">सल्‍लू, अमोक, हिल्‍कियाह र यदायाह। येशूअको पालोमा पूजाहारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए।</verse>
				<verse number="8">लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह। मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवादका भजनहरूका जिम्‍मावाल थिए।</verse>
				<verse number="9">तिनका सहयोगीहरू बक्‍बुक्‍याह र उन्‍नीचाहिँ सेवाहरूमा तिनीहरूका सामुन्‍ने बस्‍थे।</verse>
				<verse number="10">येशूअ योयाकीमका पिता थिए। योयाकीम एल्‍यासीबका पिता थिए। एल्‍यासीब योयादाका पिता थिए।</verse>
				<verse number="11">योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए।</verse>
				<verse number="12">योयाकीमको पालोमा यी पूजाहारीहरू आ-आफ्‍ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्‍याह,</verse>
				<verse number="13">एज्राका मशुल्‍लाम, अमर्याहका येहोहानान,</verse>
				<verse number="14">मल्‍लूकका जोनाथन, शकन्‍याहका योसेफ,</verse>
				<verse number="15">हारीमका अदना, मरेमोतका हल्‍कै।</verse>
				<verse number="16">इद्दोका जकरिया, गिन्‍नतोनका मशुल्‍लाम,</verse>
				<verse number="17">अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै,</verse>
				<verse number="18">बिल्‍गाका शम्‍मूअ, शमायाहका यहोनातान,</verse>
				<verse number="19">योयारीबका मत्तनै, यदायाहका उज्‍जी,</verse>
				<verse number="20">सल्‍लूका कल्‍लै, अमोकका एबेर,</verse>
				<verse number="21">हिल्‍कियाहका हशब्‍याह, यदायाहका नतनेल।</verse>
				<verse number="22">एल्‍यासीब, योयादा, योहानान र यद्दूअका पालाका लेवीहरूका परिवारहरूका तथा पूजाहारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए।</verse>
				<verse number="23">लेवी परिवारहरूका मुखियाहरूका नाउँचाहिँ एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै इतिहासको पुस्‍तकमा लेखिएका थिए।</verse>
				<verse number="24">लेवीहरूका अगुवाहरू हशब्‍याह, शरेबियाह, कादमीएलका छोरा येशूअ, र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खड़ा हुन्‍थे र आ-आफ्‍नो पालोमा परमेश्‍वरका मानिस दाऊदले तोकेअनुसार पालैपालो स्‍तुति गर्ने र धन्‍यवाद चढ़ाउने गर्थे।</verse>
				<verse number="25">मत्तन्‍याह, बक्‍बुक्‍याह, ओबदिया, मशुल्‍लाम, तल्‍मोन र अक्‍कूबचाहिँ मूल ढोकाका भण्‍डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए।</verse>
				<verse number="26">येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्‍यपाल नहेम्‍याह र पूजाहारी-शास्‍त्री एज्राका पालामा तिनीहरूले सेवा गरेका थिए।</verse>
				<verse number="27">यरूशलेमका पर्खालको समर्पण गर्दा यरूशलेममा रमाहट गरेर धन्‍यवादका भजन गाउँदै, झ्‍याली, सारङ्गी र वीणाका साथमा समर्पणको उत्‍सव मनाउन तिनीहरूले लेवीहरूलाई आफू बसेका सबै निवास-स्‍थानहरूबाट खोजेर ल्‍याए।</verse>
				<verse number="28">गवैयाहरू यरूशलेमको चारैतिरका ठाउँहरूबाट, अर्थात्‌ नतोपातीहरूका गाउँहरूबाट,</verse>
				<verse number="29">बेथ-गिलगालबाट, अनि गेबा र अज्‍मावेतका इलाकाहरूबाट ल्‍याइएका थिए, किनभने ती गवैयाहरूले यरूशलेमका चारैतिर आफ्‍ना निम्‍ति गाउँहरू बनाएका थिए।</verse>
				<verse number="30">पूजाहारीहरू र लेवीहरूले विधिअनुसार आफू-आफूलाई पवित्र गरे। त्‍यसपछि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे।</verse>
				<verse number="31">तब मैले यहूदाका अगुवाहरूलाई सहरको पर्खालमाथि जान लाएँ। साथै धन्‍यवाद दिन दुई वटा ठूला स्‍तुति गाउनेहरूका दल नियुक्त गरें। एक दल दाहिनेतिर पर्खालमा फोहोर ढोकासम्‍म जानुपर्थ्‍यो।</verse>
				<verse number="32">त्‍यस दलको पछिपछि होशयाह र यहूदाका आधा अगुवाहरूका साथमा</verse>
				<verse number="33">अजर्याह, एज्रा, मशुल्‍लाम,</verse>
				<verse number="34">यहूदा, बेन्‍यामीन, शमायाह र यर्मिया लागे।</verse>
				<verse number="35">तुरहीको साथमा कति जना पूजाहारीहरू, र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीकायाका छोरा, जो जक्‍कूरका छोरा,</verse>
				<verse number="36">जो आसापका छोरा थिए, र तिनका सहयोगीहरू— शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी— परमेश्‍वरका जन दाऊदले तोकेका बाजाहरूका साथमा थिए। शास्‍त्री एज्राचाहिँ जुलूसका अगुवा थिए।</verse>
				<verse number="37">तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढ़ीहरूबाट सोझै पर्खालमा उकालो चढ्‌ने बाटो भएर दाऊदको घर नाघेर पूर्वतिर भएको पानी ढोकासम्‍म गए।</verse>
				<verse number="38">भजन गाउँदै हिँड्‌ने दोस्रो दलचाहिँ देब्रेतिर लाग्‍यो। तिनीहरूका पछिपछि मानिसको आधा भागसँग म हिँडें। यो दल पर्खाल माथिमाथि भट्टीको बुर्जा भएर,</verse>
				<verse number="39">चौड़ा पर्खालसम्‍म र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेड़ा ढोकासम्‍म गएपछि तिनीहरू गारदको ढोकामा अड़िए।</verse>
				<verse number="40">ती दुई भजन गाउने दल परमप्रभुको भवनमा आ-आफ्‍नै स्‍थानमा बसे। म पनि अधिकृतहरूको आधा दलसँग बसें।</verse>
				<verse number="41">यसै गरी पूजाहारीहरू एल्‍याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्‍योएनै, जकरिया र हनन्‍याह तुरहीका साथमा थिए।</verse>
				<verse number="42">र मासेयाह, शमायाह, एलाजार, उज्‍जी, येहोहानान, मल्‍कियाह, एलाम र एसेर पनि थिए। यिज्रहियाहको निर्देशनमा गवैयाहरूले गाए।</verse>
				<verse number="43">र त्‍यस दिन तिनीहरूले आनन्‍द गरेर ठूला बलिदानहरू चढ़ाए, किनकि परमप्रभु परमेश्‍वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएको थियो। स्‍त्रीहरू र बाल-बालिकाहरूले पनि आनन्‍द मनाए। यरूशलेमको आनन्‍दउत्‍सव टाढ़ा-टाढ़ासम्‍म पनि सुनियो।</verse>
				<verse number="44">त्‍यस बेला भेटीहरू अगौटे फलहरू र दशांशका निम्‍ति भण्‍डारको जिम्‍मा लिन, र सहरहरूका वरिपरि बस्‍तीहरूबाट पूजाहारीहरू र लेवीहरूका निम्‍ति व्‍यवस्‍थाले तोकेबमोजिम हिस्‍सा बटुल्‍न मानिसहरू नियुक्त गरिए। किनभने पूजाहारीहरू र लेवीहरूको सेवाबाट सबै यहूदा साह्रै प्रसन्‍न थिए।</verse>
				<verse number="45">दाऊद र तिनका छोरा सोलोमनले दिएका नियमअनुसार आफ्‍ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा तिनीहरूले गरे, र यसै गरी गवैयाहरू र द्वारपालहरूले पनि सेवा गरे।</verse>
				<verse number="46">किनकि उहिले नै दाऊद र आसापको पालोमा गवैयाहरू परमेश्‍वरको प्रशंसा र धन्‍यवादका भजनका निम्‍ति निर्देशकहरू भएका थिए।</verse>
				<verse number="47">यसैले यरुबाबेल र नहेम्‍याहका पालामा गवैयाहरू र द्वारपालहरूलाई सबै इस्राएलले प्रतिदिनको चाहिएको भाग दिन्‍थे। तिनीहरूले अरू लेवीहरूका भाग पनि छुट्ट्याएर राख्‍थे। अनि लेवीहरूले चाहिँ हारूनका सन्‍तानको भाग छुट्ट्याएर राख्‍थे।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">त्‍यस दिन जनताको सामुन्‍ने मोशाको पुस्‍तक पढ़ेको बेलामा यस्‍तो कुरा लेखिएको भेट्टाइयो, कि कुनै पनि अम्‍मोनी अथवा मोआबी परमेश्‍वरको सभामा कहिल्‍यै पस्‍न पाउनेछैन।</verse>
				<verse number="2">किनभने उनीहरू रोटी र पानी लिएर इस्राएलीहरूसित भेट गर्न आएनन्, तर तिनीहरूलाई सराप दिन बालामलाई ज्‍यालामा बोलाएका थिए। तापनि हाम्रा परमेश्‍वरले त्‍यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभएको थियो।</verse>
				<verse number="3">मानिसहरूले त्‍यो व्‍यवस्‍था सुनेर सबै पराई वंशका सन्‍तानलाई इस्राएलबाट अलग गराए।</verse>
				<verse number="4">यो हुनुभन्‍दा पहिले नै पूजाहारी एल्‍यासीब हाम्रा परमेश्‍वरका भवनको भण्‍डारका अधिकारी नियुक्त भएका थिए। तिनको तोबियासँग घनिष्‍ठ सम्‍बन्‍ध थियो।</verse>
				<verse number="5">तिनले उनलाई पहिले अन्‍नबलि, धूपहरू, मन्‍दिरका भाँड़ाहरू अनि लेवीहरू, गवैयाहरू र द्वारपालहरूका निम्‍ति तोकिएका अन्‍नको दशौँ अंश, नयाँ दाखमद्य र तेल तथा पूजाहारीहरूका निम्‍ति दान राख्‍ने एउटा ठूलो कोठा दिएका थिए।</verse>
				<verse number="6">तर यी सबै भइरहेको बेला मचाहिँ यरूशलेममा थिइनँ, किनभने बेबिलोनका राजा अर्तासास्‍तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्केको थिएँ। केही समयपछि यरूशलेममा फर्किजानलाई मैले उहाँको अनुमति मागें,</verse>
				<verse number="7">र यरूशलेममा फर्कें। त्‍यसपछि तोबियाको निम्‍ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर एल्‍यासीबले गरेको खराब कुरो मैले थाहा पाएँ।</verse>
				<verse number="8">म साह्रै अप्रसन्‍न भएँ। मैले त्‍यस कोठाबाट तोबियाका सबै सामानहरू फालिदिएँ।</verse>
				<verse number="9">ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्‍नबलि र धूपहरूसमेत तिनमा फेरि राख्‍न मैले आदेश दिएँ।</verse>
				<verse number="10">लेवीहरूले आफ्‍ना भागहरू पाएका रहेनछन्‌ भन्‍ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्‍दिरका सेवाको जिम्‍मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्‍ना गाउँहरूमा फर्केछन्‌ भन्‍ने पनि मैले सुनें।</verse>
				<verse number="11">यसैकारण मैले अधिकारीहरूलाई हप्‍काएर प्रश्‍न गरें, “परमेश्‍वरका भवनको किन अवहेलना भएको छ?” अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूकै स्‍थानमा नियुक्त गरें।</verse>
				<verse number="12">त्‍यसपछि सबै यहूदाले अन्‍नका आफ्‍ना दशौँ अंश, नयाँ दाखमद्य र तेल भण्‍डारमा ल्‍याए।</verse>
				<verse number="13">मैले पूजाहारी शेलेम्‍याह, शास्‍त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्‍डारका जिम्‍मावाल नियुक्त गरें, र जक्‍कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्‍वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्‍ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।</verse>
				<verse number="14">हे परमेश्‍वर, यसको निम्‍ति मेरो सम्‍झना राख्‍नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्‍वरका भवनको र त्‍यसको सेवाको निम्‍ति गरेको काम नमेटाइदिनुहोस्‌।</verse>
				<verse number="15">त्‍यस बेला यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, र खेतको अन्‍न जम्‍मा गरेर दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारी गधामा राख्‍दैगरेका मैले देखें। उनीहरूले यी सबै थोक शबाथमा यरूशलेममा ल्‍याउने गर्थे। त्‍यसैले त्‍यस दिनमा खाने कुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेताउनी दिएँ।</verse>
				<verse number="16">यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्‍यापारका मालहरू ल्‍याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्‍दारहेछन्‌।</verse>
				<verse number="17">यहूदाका भारदारहरूलाई हप्‍काएर मैले भनें, “यस्‍तो दुष्‍ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो?</verse>
				<verse number="18">के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्‍तै काम गरेका हुनाले हाम्रा परमेश्‍वरले हामी र यस सहरमाथि यो विपत्ति ल्‍याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन्‌ परमप्रभुको क्रोध जगाउँदैछौ।”</verse>
				<verse number="19">शबाथका तयारीको निम्‍ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्‍नू र शबाथ नसिद्धिञ्‍जेल नखोल्‍नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस्‌ भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्‍मामा नियुक्त गरें।</verse>
				<verse number="20">एक-दुई पल्‍ट व्‍यापारीहरू र सबै किसिमका सामान ल्‍याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए।</verse>
				<verse number="21">तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्‍ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्‍यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्‍यसपछि तिनीहरू फेरि कहिल्‍यै शबाथमा आएनन्‌।</verse>
				<verse number="22">अनि शबाथ-दिन पवित्र राख्‍न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्‍ने आज्ञा गरें। हे मेरा परमेश्‍वर, यो पनि मेरो निम्‍ति सम्‍झना रहोस्, र तपाईंको महान्‌ प्रेममा आफ्‍नो कृपा ममाथि रहोस्‌।</verse>
				<verse number="23">त्‍यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ।</verse>
				<verse number="24">तिनीहरूका बालकहरूमध्‍ये आधा अश्‍दोदी भाषा बोल्‍थे अथवा अरू मानिसहरूको भाषा बोल्‍थे, र तिनीहरू यहूदाको भाषा बोल्‍न जान्‍दैनथे।</verse>
				<verse number="25">मैले तिनीहरूलाई हप्‍काएँ र सराप दिएँ। मैले कुनै-कुनै मानिसहरूलाई पिटें र जगल्‍ट्याएँ। मैले यसो भनेर परमेश्‍वरको नाउँमा तिनीहरूलाई शपथ खान लाएँ, “तिमीहरू आफ्‍ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछैनौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्नेछैनौ।</verse>
				<verse number="26">के यस्‍तै स्‍त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्‌? समस्‍त जातिहरूमा तिनीजस्‍तै अरू कुनै राजा थिएनन्‌। तिनलाई आफ्‍ना परमेश्‍वरले प्रेम गर्नुभएको थियो, र परमेश्‍वरले तिनलाई सम्‍पूर्ण इस्राएलमाथि राजा तुल्‍याउनुभएको थियो। तापनि विदेशी स्‍त्रीहरूले नै तिनलाई पाप गर्न लाए।</verse>
				<verse number="27">अहिले पनि हामीहरूले यो सुन्‍नुपर्छ कि तिमीहरूले पनि विदेशी स्‍त्रीहरूलाई विवाह गरी यो घोर अपराध गरेर हाम्रा परमेश्‍वरसितको विश्‍वास तिमीहरू तोड्‌दैछौ?”</verse>
				<verse number="28">प्रधान पूजाहारी एल्‍यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्‍बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्‍यसलाई मेरो सामुबाट निकालिदिएँ।</verse>
				<verse number="29">हे परमेश्‍वर, तिनीहरूले पूजाहारी पदलाई र पूजाहारीगिरी र लेवीहरूको करारलाई अपवित्र गरेकामा तिनीहरूको सम्‍झना रहोस्‌।</verse>
				<verse number="30">यसरी मैले पूजाहारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराबाट शुद्ध गरें, र तिनीहरूलाई आ-आफ्‍नो काममा नियुक्त गरें।</verse>
				<verse number="31">ठहरिएको समयमा दाउराको दान ल्‍याउने र अगौटे फलको निम्‍ति पनि मैले व्‍यवस्‍था मिलाइदिएँ। हे परमेश्‍वर, तपाईंको निगाहमा मेरो सम्‍झना रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="17">
			<chapter number="1">
				<verse number="1">यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्‍यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्‍म एक सय सत्ताईस प्रान्‍तहरूमाथि राज्‍य गर्थे।</verse>
				<verse number="2">त्‍यस बेला उनी आफ्‍नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे।</verse>
				<verse number="3">उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्‍ठित नायकहरू, र प्रान्‍त-प्रान्‍तका मुख्‍य मानिसहरू उनको सामुन्‍ने उपस्‍थित भए।</verse>
				<verse number="4">उनले एक सय असी दिनसम्‍म आफ्‍ना राज्‍यका धन-सम्‍पत्ति र आफ्‍नो रवाफ र ऐश्‍वर्य प्रदर्शन गरे।</verse>
				<verse number="5">ती दिन खतम भएपछि राजाले आफ्‍नो राजधानी शूशनका ठूला र साना सबै मानिसहरूलाई ठूलो भोज दिए। त्‍यो भोज राजाका राजदरबारको बगैँचामा सात दिनसम्‍म भइरह्यो।</verse>
				<verse number="6">त्‍यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्‍डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्‍बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्‍यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्‍यवान्‌ पत्‍थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्‍ने आसनहरू थिए।</verse>
				<verse number="7">राजाले एक-अर्काबाट भिन्‍नाभिन्‍नै भएका सुनका कचौराहरूमा दाखमद्य दिए। राजाले दिएको दाखमद्य राजसी उदारताको प्रशस्‍ततामा थियो।</verse>
				<verse number="8">त्‍यहाँ कसैलाई जबरजस्‍तसँग पियाउने नियम थिएन। हरेक मानिसका इच्‍छाको ख्‍याल राख्‍नू भनी राजाले आफ्‍ना भण्‍डारका मद्य टक्र्याउने सबै सेवकहरूलाई हुकुम गरेका थिए।</verse>
				<verse number="9">यसबाहेक रानी वश्‍तीले पनि राजा अहासूरसकै राजमहलमा स्‍त्रीहरूलाई एउटा ठूलो भोज दिइन्‌।</verse>
				<verse number="10">सातौँ दिनमा जब राजा दाखमद्य पिएर मस्‍त भएका थिए, तब तिनले आफ्‍नो घरको व्‍यवस्‍था मिलाउने सात जना नपुंसक सेवकहरू, अर्थात्‌ महूमान, बिज्‍था, हर्बोना, बिग्‍ता, अबगथा, जेथेर र कर्कासलाई,</verse>
				<verse number="11">मानिसहरू र भारदारहरूका सामु रानी वश्‍तीको सौन्‍दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्‍याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्‍य सुन्‍दरी थिइन्‌।</verse>
				<verse number="12">तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्‍तीले इन्‍कार गरिन्‌। यसले गर्दा राजा अत्‍यन्‍त क्रोधित भए। उनी रीसले आगो भए।</verse>
				<verse number="13">राजाले यस्‍तो दुराचरणसम्‍बन्‍धी राजसी चलनअनुसार कानून र न्‍यायमा पोख्‍त र ज्ञानी सल्‍लाहकारहरूसँग सल्‍लाह लिए।</verse>
				<verse number="14">तीमध्‍ये हालको परिस्‍थिति बुझ्‍ने फारस र मादीका सात जना भारदार, कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान थिए। उनीहरू राजाको नजिकका थिए। उनीहरूलाई राजाको उपस्‍थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो। उनीहरूले राज्‍यमा विशेष स्‍थान पाएका थिए।</verse>
				<verse number="15">राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्‍कार गरेकोमा रानी वश्‍तीलाई कस्‍तो व्‍यवहार गर्नुपर्छ? कानूनले के भन्‍छ?”</verse>
				<verse number="16">तब ममूकानले राजा र भारदारहरूका सामुन्‍ने यो जवाफ दिए: “रानी वश्‍तीले केवल राजाको मात्र होइन तर राजा अहासूरसका सारा प्रान्‍तका सबै भारदारहरू र मानिसहरूको अनादर गर्नुभयो।</verse>
				<verse number="17">रानीले गर्नुभएको काम सबै स्‍त्रीले थाहा पाउनेछन्, र त्‍यसले गर्दा तिनीहरूले आफ्‍ना पतिहरूलाई तुच्‍छ ठान्‍नेछन्‌। तिनीहरूले यसो भन्‍नेछन्, ‘राजा अहासूरसले रानी वश्‍तीलाई आफ्‍नो सामु ल्‍याउन हुकुम गर्नुभएको थियो, तर उहाँ आउनुभएन’।</verse>
				<verse number="18">रानीका व्‍यवहारको विषयमा सुन्‍ने फारस र मादीका ठूला घरानाका स्‍त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्‍टताको सीमा रहनेछैन।</verse>
				<verse number="19">“यदि हजूरको इच्‍छा भए ‘वश्‍तीले फेरि कहिल्‍यै राजा अहासूरसको सामुन्‍ने देखा पर्न नपाऊन्‌’ भन्‍ने हजूरबाट एउटा राजकीय उर्दी निकालिबक्‍सिओस्‌ र त्‍यो फरिसी र मादीहरूको ऐनमा कहिल्‍यै रद्द नहुने गरी लेखिओस्‌। अनि राजाले उहाँको सट्टामा उहाँभन्‍दा अझै योग्‍यकी स्‍त्रीलाई रानीको स्‍थान दिइबक्‍सिओस्‌।</verse>
				<verse number="20">यसरी जब यो राजकीय उर्दी राज्‍यको चारैतिर सुनिन्‍छ, तब ठूला र साना दर्जाका सबै स्‍त्रीहरूले आफ्‍ना पतिहरूको आदर गर्नेछन्‌।”</verse>
				<verse number="21">ममूकानको सल्‍लाहलाई भारदारहरू सबैले असल ठाने, र तिनको प्रस्‍ताव राजाले स्‍वीकार गरे।</verse>
				<verse number="22">तब हरेक मानिस आफ्‍नो घरको मालिक भएर आफ्‍नो सबै परिवारमाथि अधिकार चलाओस्‌ भनेर राज्‍यको चारैतिर हरेक प्रदेशमा आ-आफ्‍नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्‍नो भाषामा पत्रहरू पठाइए।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">पछि जब राजा अहासूरसको रीस मर्‍यो तब उनलाई रानी वश्‍ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्‍झना भयो।</verse>
				<verse number="2">यसैले राजाका निज सेवकहरूले भने, “हजूरको निम्‍ति सुन्‍दरी-सुन्‍दरी कन्‍ये-केटीहरू खोजीबक्‍सिओस्‌।</verse>
				<verse number="3">हजूरले आफ्‍नो राज्‍यका सबै प्रान्‍तहरूबाट यी सबै सुन्‍दरी युवती कन्‍ये-केटीहरूलाई राजधानी शूशनको महिला-गृहमा ल्‍याउनलाई उच्‍च कर्मचारीहरू खटाइबक्‍सिओस्‌। तिनीहरूलाई महाराजाका स्‍त्रीहरूका जिम्‍मावाल नपुंसक हेगेको जिम्‍मामा दिइबक्‍सिओस्‌। सिङ्गारपटारका वस्‍तुहरू तिनीहरूलाई दिइऊन्‌।</verse>
				<verse number="4">जुन युवती महाराजाको दृष्‍टिमा ग्रहणयोग्‍य हुनेछ, तिनैलाई वश्‍तीको सट्टामा रानी तुल्‍याइबक्‍सिओस्‌।” यो सल्‍लाह राजालाई मन पर्‍यो। उनले त्‍यहीबमोजिम गरे।</verse>
				<verse number="5">राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्‍यामीनको कुलका थिए, जुन कीशचाहिँ</verse>
				<verse number="6">बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्‍ये एक थिए।</verse>
				<verse number="7">मोर्दकैले आफ्‍ना काकाकी छोरी हदस्‍सा, अर्थात्‌ एस्‍तरलाई धर्मपुत्री बनाएका थिए। एस्‍तरका माता-पिता थिएनन्‌। तिनी राम्री र सुन्‍दरी थिइन्‌। तिनका माता-पिताको मृत्‍युपछि मोर्दकैले तिनलाई आफ्‍नै छोरीजस्‍तै गरी पालेका थिए।</verse>
				<verse number="8">जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्‍मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्‍याइए, तब एस्‍तर पनि स्‍त्रीहरूका जिम्‍मावाल हेगेको जिम्‍मामा दिन राजमहलमा लगिइन्‌।</verse>
				<verse number="9">तिनलाई देखेर त्‍यो नपुंसक खुशी भयो, र एस्‍तरले त्‍यसबाट विशेष निगाह पाइन्‌। त्‍यसले तिनलाई तुरुन्‍तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्‍यसले खटाइदियो। स्‍त्रीहरू बस्‍ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो।</verse>
				<verse number="10">एस्‍तरले आफ्‍नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्‍यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए।</verse>
				<verse number="11">एस्‍तरलाई के कसो हुँदैछ सो जान्‍न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।</verse>
				<verse number="12">छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्‍तुहरूले सिँगारिदिएर स्‍त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्‍यो।</verse>
				<verse number="13">कुनै युवती घरबाट राजाको महलमा जाँदा त्‍यसले मागेको जेसुकै थोक त्‍यसलाई लान दिइन्‍थ्‍यो।</verse>
				<verse number="14">बेलुका त्‍यो महलभित्र जान्‍थी र बिहान उपपत्‍नीहरूको जिम्‍मावाल राजाको नपुंसक शाश्‍गजको अधीनमा रहन महिला-गृहको अर्को भागमा फर्केर जान्‍थी। राजाले आफ्‍नो इच्‍छा प्रकट गरेर त्‍यसको नाउँ काढ़ीकन नबोलाउञ्‍जेल त्‍यो फेरि राजाकहाँ जान पाउँदिनथी।</verse>
				<verse number="15">जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्‍तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्‍त्रीहरूको जिम्‍मावाल राजाको नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही लगिनन्‌। तिनलाई देख्‍ने सबैलाई एस्‍तरले मोहित गराइन्‌।</verse>
				<verse number="16">अहासूरसका राज्‍यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात्‌ तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्‌।</verse>
				<verse number="17">राजालाई अरू सबै स्‍त्रीहरूभन्‍दा एस्‍तरलाई नै मन पर्‍यो। अनि राजाले अरू कन्‍ये-केटीहरूभन्‍दा तिनलाई निगाह र स्‍वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्‍तीको सट्टामा तिनलाई आफ्‍नी रानी तुल्‍याए।</verse>
				<verse number="18">त्‍यसपछि राजाले आफ्‍ना सबै भारदार र अधिकारीहरूलाई एस्‍तरको सम्‍मानमा एउटा ठूलो भोज दिए। तिनले प्रान्‍त-प्रान्‍तहरूमा बिदाको घोषणा गरेर राजाले दिनुपर्ने योग्‍यका उपहारहरू दिए।</verse>
				<verse number="19">दोस्रो पल्‍ट कन्‍ये-केटीहरू भेला गर्दा मोर्दकै राजाका दरबारको मूल ढोकामा उपस्‍थित थिए।</verse>
				<verse number="20">मोर्दकैको आदेशअनुसार एस्‍तरले आफ्‍नो घराना र वंशको कुरा गुप्‍तमा राखेकी थिइन्‌। मोर्दकैको अधीनमा हुँदा उनले तिनलाई आदेश दिएझैँ तिनले गरिन्‌।</verse>
				<verse number="21">एक दिन मोर्दकै राजदरबारको मूल ढोकामा भएको बेला राजाको ढोकामा पालो बस्‍ने दुई अधिकृतहरू, बिग्‍थाना र तेरेशले असन्‍तुष्‍ट भएर राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र रचे।</verse>
				<verse number="22">यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्‍तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्‌।</verse>
				<verse number="23">यस कुराको जाँचबुझ भएपछि पक्‍का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्‍ड्याइदिए। यी सबै कुरा राजाको सामुन्‍ने इतिहासमा लेखिए।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">त्‍यसपछि राजा अहासूरसले अगागी हम्‍मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्‍दा तिनलाई श्रेष्‍ठ स्‍थान दिई उच्‍च पदमा राखे।</verse>
				<verse number="2">यसैले राजदरबारको ढोकामा हुने अधिकारीहरू सबैले राजाको आज्ञाअनुसार हामानलाई घुँड़ा टेकेर दण्‍डवत्‌ गर्थे। तर मोर्दकैले चाहिँ तिनलाई यसरी घुँड़ा टेकेर दण्‍डवत्‌ गर्दैनथे।</verse>
				<verse number="3">एक पल्‍ट राजदरबारका अधिकारीहरूले मोर्दकैलाई भने, “तपाईं किन राजाको आज्ञा उल्‍लङ्घन गर्नुहुन्‍छ?”</verse>
				<verse number="4">उनीहरूले उनलाई दिनदिनै त्‍यही कुरा भन्‍थे। तर उनले उनीहरूको कुरा सुन्‍दैनथे। मोर्दकैले इन्‍कार गरेको कुरा हामानले सहन्‍छ कि सहँदैन भनी बुझ्‍नलाई उनीहरूले हामानलाई यो कुरा जनाइदिए। किनभने “म एक यहूदी हुँ” भनी मोर्दकैले उनीहरूलाई भनिदिएका थिए।</verse>
				<verse number="5">मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्‍डवत्‌ नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए।</verse>
				<verse number="6">हामानले मोर्दकैका जात-भाइ को रहेछन्‌ भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्‍न मन गरेनन्, र अहासूरसको समस्‍त राज्‍यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्‍न लागे।</verse>
				<verse number="7">अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात्‌ नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्‍नका निम्‍ति उनीहरूले चिट्ठा हाले। त्‍यस चिट्ठालाई “पूर” भन्‍थे। चिट्ठा बाह्रौँ महिना, अर्थात्‌ अदार महिनामा पर्‍यो।</verse>
				<verse number="8">तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्‍यका समस्‍त प्रान्‍तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्‍गै बस्‍छन्‌। तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्‍दा बेग्‍लै छन्‌। तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन्‌। हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन।</verse>
				<verse number="9">यदि महाराजाको इच्‍छा भए तिनीहरूका विनाशको निम्‍ति एउटा लिखित आज्ञा निकालिबक्‍सिओस्‌। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्‍मा गर्न तीन लाख किलो चाँदी दिनेछु।”</verse>
				<verse number="10">तब राजाले आफ्‍नो छाप-औँठी आफ्‍नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्‍मदाताका छोरा हामानलाई दिए।</verse>
				<verse number="11">उनले हामानलाई भने, “त्‍यो चाँदी आफूसँग राख। ती मानिसहरूप्रति तिमीलाई जे इच्‍छा लाग्‍छ त्‍यही गर।”</verse>
				<verse number="12">तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्‍तका बड़ाहाकिमहरू, विभिन्‍न प्रान्‍तका राज्‍यपालहरू र विभिन्‍न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्‍तमा त्‍यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्‍नै भाषामा त्‍यो पठाइयो। राजा अहासूरसको नाउँमा त्‍यो निकालियो, र राजाकै छाप त्‍यसमा लगाइएको थियो।</verse>
				<verse number="13">यसरी अदार भन्‍ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्‍त यहूदीहरूलाई, जवान, बूढ़ा, स्‍त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्‍पत्ति लुट्‌ने हुकुम राज्‍यका सारा प्रान्‍तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो।</verse>
				<verse number="14">त्‍यस दिनको निम्‍ति तयार हुनू भनी त्‍यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्‍तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो।</verse>
				<verse number="15">राजाको आज्ञामा ती राजकीय दूतहरू चाँड़ोभन्‍दा चाँड़ो जान पठाइए। त्‍यो उर्दी राजधानी शूशनमा पनि प्रसार गरियो। त्‍यसपछि राजा र हामान पिउन बसे। तर शूशन सहरमा चाहिँ हलचल मच्‍चियो।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यी सबै कुरा सुनेर मोर्दकैले आफ्‍नो लुगा च्‍याते, अनि भाङ्‌ग्रा र खरानी लाएर चर्को सोरले विलाप गर्दै सहरका चारैतिर गए।</verse>
				<verse number="2">उनी राजमहलका मूल ढोकासम्‍म मात्र गए, किनभने भाङ्‌ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्‍यो।</verse>
				<verse number="3">राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्‍तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्‍ये धेरै जना भाङ्‌ग्रा लाएर खरानीको ओछ्यानमा बसे।</verse>
				<verse number="4">जब एस्‍तर रानीका चाकर्नी र नपुंसकहरूले आएर तिनलाई यो कुरा बताइदिए, तब तिनी व्‍याकुल भइन्‌। भाङ्‌ग्रा फुकालेर लुगा लगाउन भनी तिनले मोर्दकैको निम्‍ति लुगा पठाइदिइन्‌। तर उनले ती ग्रहण गर्न मानेनन्‌।</verse>
				<verse number="5">तब एस्‍तरले आफ्‍नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्‍यो र किन त्‍यसो गरेको भनी मोर्दकैसित सोध्‍न हुकुम गरी पठाइन्‌।</verse>
				<verse number="6">हताक राजमहलको अगाड़ि भएको सहरको खुला चोकमा मोर्दकैकहाँ गए।</verse>
				<verse number="7">मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्‍ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए।</verse>
				<verse number="8">र मोर्दकैले त्‍यस विषयमा एस्‍तरलाई भनिदिन र राजाकहाँ गएर निगाह प्राप्‍त गरेर आफ्‍नो जातिको निम्‍ति बिन्‍ती चढ़ाउन भनी अनुरोध गरी शूशनमा तिनीहरूको सत्‍यनाशको लागि निकालिएको राजाज्ञाको एउटा नकल पनि एस्‍तरलाई देखाउन भनी पठाइदिए।</verse>
				<verse number="9">हताकले एस्‍तरकहाँ गएर मोर्दकैले भनेका कुरा बताइदियो।</verse>
				<verse number="10">अनि तिनले हताकद्वारा फेरि यो समाचार दिएर पठाइन्,</verse>
				<verse number="11">“राजाका सबै अधिकारीहरू र प्रान्‍तका सारा मानिसहरूलाई यो कुरा विदितै छ, कि यदि कुनै पुरुष वा स्‍त्री राजाको हुकुमविना राजाको उपस्‍थितिमा भित्री दरबारमा पस्‍छ भने त्‍यसको निम्‍ति एउटै मात्र कानून यही छ, कि राजाले आफ्‍नो सुनको राजदण्‍ड पसार्नुभएन भने त्‍यो मारिनेछ। अनि सुनको राजदण्‍ड पसार्नुभयो भने मात्र त्‍यो बाँच्‍नेछ। म आफैलाई पनि राजाकहाँ जाने हुकुम नभएको तीस दिन भइसक्‍यो।”</verse>
				<verse number="12">तर जब एस्‍तरले भनेको कुरा मोर्दकैलाई सुनाइयो,</verse>
				<verse number="13">तब उनले एस्‍तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्‍ये तिमी मात्रै बाँच्‍नेछौ।</verse>
				<verse number="14">यस्‍तो बेलामा तिमी चूपै लागी बस्‍यौ भने यहूदीहरूका निम्‍ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्‍ट हुनेछन्‌। शायद यस्‍तै समयको निम्‍ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”</verse>
				<verse number="15">तब एस्‍तरले मोर्दकैकहाँ यस्‍तो जवाफ पठाइन्‌:</verse>
				<verse number="16">“गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।”</verse>
				<verse number="17">तब मोर्दकै गइहाले, र एस्‍तरले हुकुम गरेअनुसार नै गरे।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">तेस्रो दिन एस्‍तरले आफ्‍नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्‌। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए।</verse>
				<verse number="2">जब राजाले एस्‍तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्‍नो साथमा लिइराखेको सुनको राजदण्‍ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्‍तरले राजदण्‍डको टुप्‍पालाई छोइन्‌।</verse>
				<verse number="3">राजाले तिनलाई भने, “रानी एस्‍तर, तिमी के चाहन्‍छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्‍यसम्‍म पनि म तिमीलाई दिनेछु।”</verse>
				<verse number="4">एस्‍तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्‍ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्‌।”</verse>
				<verse number="5">एस्‍तरको इच्‍छा पूरा गर्न राजाले हामानलाई तुरुन्‍तै बोलाएर ल्‍याउने हुकुम गरे। तब एस्‍तरले तयार गरेको भोजमा राजा र हामान गए।</verse>
				<verse number="6">दाखमद्य पिउँदै राजाले एस्‍तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्‍यसम्‍म पनि म तिमीलाई दिनेछु।”</verse>
				<verse number="7">जवाफमा एस्‍तरले भनिन्, “मेरो बिन्‍ती र अनुरोध यही छ:</verse>
				<verse number="8">यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्‍ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्‍ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्‍सिओस्‌। भोलि म महाराजालाई आफ्‍नो कुरा भन्‍नेछु।”</verse>
				<verse number="9">त्‍यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए।</verse>
				<verse number="10">तर आफैलाई सह्मालेर तिनी घर गए। त्‍यसपछि तिनले आफ्‍ना मित्रहरू र आफ्‍नी पत्‍नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्‍ना धन-सम्‍पत्ति र धेरै छोराहरू भएको रवाफ,</verse>
				<verse number="11">र राजाले तिनलाई उच्‍च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए।</verse>
				<verse number="12">हामानले भने, “त्‍यति मात्र होइन, तर रानी एस्‍तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्‍तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्‍तो दिनुभएको छ।</verse>
				<verse number="13">तापनि त्‍यस यहूदी मोर्दकैलाई राजदरबारको मूल ढोकामा बसिरहेको देख्‍दा यी सबैले सन्‍तोषै लाग्‍दैन।”</verse>
				<verse number="14">तब तिनकी पत्‍नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने, “पच्‍चीस मिटर अल्‍गो एउटा फाँसीको काठ खड़ा गर्नुहोस्, र बिहान मोर्दकैलाई त्‍यसमा झुण्‍ड्याउन राजासित बिन्‍ती गर्नुहोस्‌। त्‍यसपछि खुशीसित राजाकहाँ भोजमा जानुहोस्‌।” हामानलाई यो कुरो साह्रै असल लाग्‍यो, र तिनले त्‍यो फाँसीको काठ खड़ा गर्न लगाए।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">त्‍यस रात राजालाई निद्रै लागेन। उनले आफ्‍नो राज्‍यकालका विवरण भएको इतिहासको पुस्‍तक ल्‍याएर पढ़िसुनाउने हुकुम गरे, र त्‍यो राजालाई पढ़ेर सुनाइयो।</verse>
				<verse number="2">त्‍यसमा दुई जना ढोके, बिग्‍थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र गरेका र मोर्दकैले त्‍यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।</verse>
				<verse number="3">तब राजाले भने, “यसको निम्‍ति मोर्दकैले कुन सम्‍मान अथवा पद पाए त?” त्‍यहाँ उपस्‍थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्‍ति त केही गरिएको छैन।”</verse>
				<verse number="4">राजाले सोधे, “त्‍यहाँ चोकमा को छ?” त्‍यस बेला हामान भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्‍ड्याउन भनी राजासित बिन्‍ती गर्न महलको बाहिर चोकमा आइपुगेका थिए।</verse>
				<verse number="5">राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्‌।” राजाले तिनलाई भित्र ल्‍याउने हुकुम गरे।</verse>
				<verse number="6">जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजा आफैले सम्‍मान दिन इच्‍छा गरेको मानिसलाई के गर्नुपर्छ?” हामानले मनमनै सोचे, “मबाहेक राजाले अरू कसलाई सम्‍मान दिन इच्‍छा गर्नुभएको होला र?”</verse>
				<verse number="7">यसकारण तिनले राजालाई भने, “जुन मानिसलाई राजाले सम्‍मान दिने इच्‍छा गरिबक्‍सिन्‍छ,</verse>
				<verse number="8">त्‍यसको निम्‍ति राजा आफैले लाउने पोशाक र राजाले सवार गर्ने घोड़ा ल्‍याईओस्, जसको शिरमा राजसी चिन्‍ह लगाइएको छ।</verse>
				<verse number="9">त्‍यो पोशाक र घोड़ा राजाका सबैभन्‍दा माननीय पदाधिकारीहरूमा एक जनाको हातमा सुम्‍पिओस्, अनि राजाले सम्‍मान गर्न इच्‍छा गर्नुभएको त्‍यस मानिसलाई तिनीहरूले पहिराइदेऊन्, र त्‍यही घोड़ामा सवार गराएर सहरका सड़कहरूमा तिनीहरू जाँदा यसो भन्‍दै कराऊन्, ‘राजाले सम्‍मान गर्न इच्‍छा गर्नुभएको मानिसको निम्‍ति के गरिएको छ, सो हेर’।”</verse>
				<verse number="10">तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्‍याऊ, र यहूदी मोर्दकैको निम्‍ति त्‍यसै गर। उनी दरबारको मूल ढोकामा रहन्‍छन्‌। तिमीले भनेबमोजिम सबै कुरामध्‍ये केही नछुटोस्‌।”</verse>
				<verse number="11">यसकारण हामानले त्‍यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्‍दै तिनी कराए, “राजाले सम्‍मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्‍छ, हेर।”</verse>
				<verse number="12">त्‍यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्‍नो घर गए।</verse>
				<verse number="13">तिनले आफ्‍नी पत्‍नी जेरेश र आफ्‍ना सबै मित्रहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्‍लाहकारहरू र तिनकी पत्‍नीले यो भने, “यदि मोर्दकै, जसको सामुन्‍ने तपाईंको पतन सुरु भएको छ, ती यहूदी जातिका हुन्‌ भने तपाईं उनको विरुद्धमा केही पनि गर्न सक्‍नुहुन्‍न। तपाईंको निश्‍चय नै पतन हुनेछ।”</verse>
				<verse number="14">हामानसित तिनीहरू कुरा गरिरहँदा राजाका नपुंसकहरू आइपुगे, र तिनलाई एस्‍तरले तयार गरेको भोजमा लगिहाले।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तब राजा र हामान रानी एस्‍तरसित भोजन गर्न गए।</verse>
				<verse number="2">त्‍यस दिन पनि दाखमद्य पिउँदै राजाले फेरि भने, “रानी एस्‍तर, तिम्रो बिन्‍ती के हो? मलाई भन। मेरो आधा राज्‍यसम्‍म मागे तापनि त्‍यो पूरा गरिदिनेछु।”</verse>
				<verse number="3">तब रानी एस्‍तरले जवाफ दिइन्, “यदि मैले महाराजाको निगाह प्राप्‍त गरेकी छु, र हे राजा, यदि महाराजाको मर्जी भए बिन्‍ती यही छ कि मेरो आफ्‍नो ज्‍यान र मेरो जातिको ज्‍यान जोगाइबक्‍सिओस्‌।</verse>
				<verse number="4">किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँनिशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्‍त्री सबैलाई दासत्‍वमा बेच्‍ने कुरो मात्र भएको भए त म चूपै लागिरहनेथिएँ। किनभने त्‍यति मात्र कुराले त महाराजालाई झिजो गर्नु न्‍यायसङ्गत हुनेथिएन।”</verse>
				<verse number="5">राजा अहासूरसले एस्‍तर रानीलाई भने, “यस्‍तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्‍यो को हो?”</verse>
				<verse number="6">एस्‍तरले भनिन्, “त्‍यो विरोधी र शत्रु यही दुष्‍ट हामान हो।” तब राजा र रानीको सामुन्‍ने हामान डरले अवाक्‌ भए।</verse>
				<verse number="7">तब राजा रीसले चूर भएर उठे, र मद्य पिउन छोड़ेर महलको बगैँचामा गए। तर हामानचाहिँ राजाले मनमनै तिनलाई सत्‍यानाश गर्न निश्‍चय गरिसकेका छन्‌ भनी तिनले बुझे। रानी एस्‍तरसँग प्राणदानको लागि बिन्‍ती चढ़ाउन भनी आफू बसेकै ठाउँमा बसिरहे।</verse>
				<verse number="8">राजा बगैँचाबाट भोज गर्ने कोठामा फर्केर आएकै बेला हामानचाहिँ एस्‍तर ढल्‍किरहेको पलङ्गको छेउमा पसारो परिरहेका थिए। तब राजाले आश्‍चर्यचकित भएर कराए, “के रानी यहाँ मसँग हुँदा पनि यसले बलात्‍कार गर्न चाहन्‍छ?” राजाको मुखबाट यो कुरो निस्‍कने बित्तिकै तिनीहरूले हामानको मुख छोपे।</verse>
				<verse number="9">तब राजाको सामु हाजिर रहने नपुंसकहरूमध्‍येको एक जना हर्बोनाले भन्‍यो, “महाराजाको प्राण जोगाइदिने मोर्दकैलाई झुण्‍ड्याउन भनी हामानले आफ्‍नै घरमा पच्‍चीस मिटर अल्‍गो फाँसीको काठ बनाएको छ।” राजाले भने, “त्‍यसैमा हामानलाई झुण्‍ड्या!”</verse>
				<verse number="10">तब मोर्दकैको निम्‍ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्‍ड्याए। त्‍यसपछि राजाको रीस शान्‍त भयो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">त्‍यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्‍गाजमिन एस्‍तरलाई दिए। अनि एस्‍तरले मोर्दकै तिनको आफ्‍नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्‍थितिमा हाजिर भए।</verse>
				<verse number="2">तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्‍वरूप दिए। एस्‍तरले मोर्दकैलाई हामानको घर र जग्‍गा जमिनको जिम्‍मा दिइन्‌।</verse>
				<verse number="3">फेरि एस्‍तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्‍ट योजना टारिदिन भनी बिन्‍ती चढ़ाइन्‌।</verse>
				<verse number="4">राजाले एस्‍तरतिर सुनको राजदण्‍ड पसारे। तिनी उठिन्‌ र राजाको सामु खड़ा भएर उभिन्‌।</verse>
				<verse number="5">एस्‍तरले भनिन्, “महाराजाको इच्‍छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्‍ताव महाराजाले उचित सम्‍झिबक्‍सिए र मैले हजूरको स्‍वीकृति पाउन सके अगागी हम्‍मदाताको छोरा हामानले राजाका सबै प्रान्‍तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्‍सिओस्‌।</verse>
				<verse number="6">किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?”</verse>
				<verse number="7">राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “त्‍यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्‍न गरेको हुनाले मैले हामानको सम्‍पत्ति एस्‍तरलाई दिएको छु, र त्‍योचाहिँ फाँसीको काठमा झुण्‍ड्याइयो।</verse>
				<verse number="8">अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्‍ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्‍यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”</verse>
				<verse number="9">त्‍यसपछि तेस्रो महिना, अर्थात्‌ सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरू बोलाइए। मोर्दकैले यहूदीहरूलाई दिएको हुकुमबमोजिम भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताईस प्रान्‍तका बड़ाहाकिमहरू, राज्‍यपालहरू र भारदारहरूका निम्‍ति हरेक प्रान्‍तलाई आ-आफ्‍नो लिपिअनुसार र हरेक जातिलाई आफ्‍नै भाषामा, र यहूदीहरूलाई पनि आफ्‍नै लिपि र भाषामा एउटा लिखित राजाज्ञा निकालियो।</verse>
				<verse number="10">मोर्दकैले त्‍यो उर्दी राजा अहासूरसको नाउँमा लेखेर त्‍यसमा राजकीय मोहोर लगाए। त्‍यो उर्दी राजकीय अस्‍तबलका घोड़ाहरूमा सवार भएर समाचारवाहकहरूद्वारा पठाइयो।</verse>
				<verse number="11">यस राजउर्दीमा राजाले हरेक सहरमा यहूदीहरूलाई सङ्गठित भएर आफ्‍नो रक्षा गर्न, र तिनीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्‍तका सशस्‍त्र सेनाहरू जसले तिनीहरूका स्‍त्रीहरू र बालकहरूसमेत आक्रमण गर्छन्,</verse>
				<verse number="12">उनीहरूलाई एकै दिनमा, अर्थात्‌ बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्‍तभरि नै उनीहरूका अधिकारको जग्‍गाजमिन लुट्‌न भनी मन्‍जूरी भयो।</verse>
				<verse number="13">यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्‍तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्‍यस दिनमा आफ्‍ना शत्रुहरूमाथि साटो लिनका निम्‍ति तयार रहून्‌ भन्‍ने यो आज्ञापत्र निकालिएको थियो।</verse>
				<verse number="14">यसैले ती समाचारवाहकहरू राजकीय घोड़ाहरूमा सवार भएर राजाको जरूरी उर्दी चाँड़ै लैजान पठाइए। यो उर्दी राजधानी शूशनमा पनि निकालियो।</verse>
				<verse number="15">तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्‍त्र लगाएर राजाको उपस्‍थितिबाट निस्‍के। अनि समस्‍त शूशन सहरले खुशी र आनन्‍द मनायो।</verse>
				<verse number="16">यहूदीहरूका निम्‍ति चाहिँ त्‍यो दिन आनन्‍द र खुशी, प्रसन्‍नता र इज्‍जतको दिन भयो।</verse>
				<verse number="17">उर्दी पुगेको, राजाको हरेक प्रान्‍त र हरेक सहरमा यहूदीहरूका निम्‍ति आनन्‍द र हर्ष, भोज र उत्‍सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">बाह्रौँ महिना, अर्थात्‌ अदार महिनाको तेह्रौँ दिनमा राजाको उर्दी पूरा गरिने दिन आइपुग्‍यो। त्‍यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्‍नो अधीनमा पार्ने आशा गरेका थिए। तर त्‍यसको विपरीत तिनीहरूलाई घृणा गर्नेहरूलाई यहूदीहरूले अधीन गर्ने दिन भयो।</verse>
				<verse number="2">त्‍यस दिन तिनीहरूको सत्‍यनाश गर्न खोज्‍नेहरूमाथि आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्‍तका सहरहरूमा यहूदीहरू सङ्गठित भएका थिए। तिनीहरूलाई कसैले विरोध गर्न सकेन, किनभने अरू सबै जातिका मानिसहरूमाथि तिनीहरूको डर परेको थियो।</verse>
				<verse number="3">र मोर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्‍त-प्रान्‍तका सबै भारदारहरू, बड़ाहाकिमहरू, राज्‍यपालहरू र राजकीय अध्‍यक्षहरूले यहूदीहरूलाई सघाए।</verse>
				<verse number="4">राजदरबारमा मोर्दकै एक प्रमुख व्‍यक्ति भए, र उनी झन्‌-झन्‌ शक्तिशाली भए र उनको ख्‍याति सबै प्रान्‍तहरूमा फिँजियो।</verse>
				<verse number="5">यसरी यहूदीहरूले आफ्‍ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे। आफूलाई घृणा गर्नेहरूमाथि तिनीहरूले आफूखुशी गरे।</verse>
				<verse number="6">राजधानी शूशनमा यहूदीहरूले पाँच सय पुरुषहरूलाई मारेर नाश गरे।</verse>
				<verse number="7">तिनीहरूले पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता,</verse>
				<verse number="8">पोराता, अदलिया, अरीदाता,</verse>
				<verse number="9">पर्मशता, अरीशै, अरीदै र बैजाता,</verse>
				<verse number="10">हम्‍मदाताको छोरा यहूदीहरूको शत्रु हामानका यी दशै जना छोराहरूलाई पनि मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्‌।</verse>
				<verse number="11">त्‍यसै दिन राजधानी शूशनमा मारिएकाहरूको संख्‍या राजालाई सुनाइयो।</verse>
				<verse number="12">राजाले रानी एस्‍तरलाई भने, “राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई र हामानका दशै जना छोराहरूलाई मारेर नाश पारेका छन्‌। राजाका अरू प्रान्‍तहरूमा तिनीहरूले के-के गरे होलान्‌? अझ भन, तिम्रो अरू बिन्‍ती के छ? त्‍यो तिमीलाई दिनेछु। तिमी के चाहन्‍छ्यौ, त्‍यो स्‍वीकार गरिनेछ।”</verse>
				<verse number="13">एस्‍तरले उनलाई जवाफ दिइन्, “महाराजाको इच्‍छा भए आजको उर्दीअनुसार भोलि पनि यसै गरी शूशनमा यहूदीहरूले गर्न पाऊन्‌ भन्‍ने मन्‍जूरी दिइबक्‍सिओस्‌। र हामानका ती दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्‍ड्याइऊन्‌।”</verse>
				<verse number="14">तब त्‍यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्‍ड्याइए।</verse>
				<verse number="15">अदार महिनाको चौधौँ दिनमा यहूदीहरू फेरि सङ्गठित भएर शूशनमा तीन सय जना मानिसहरूलाई मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्‌।</verse>
				<verse number="16">यसै बीचमा राजाका प्रान्‍तहरूका बाँकी यहूदीहरू आफूलाई रक्षा गर्न र आफ्‍ना शत्रुहरूबाट बचून्‌ भनी सङ्गठित भएका थिए। तिनीहरूले पचहत्तर हजार जनालाई मारे, तर तिनीहरूले लूटपीटमा हात लगाएनन्‌।</verse>
				<verse number="17">योचाहिँ अदार महिनाको तेह्रौँ दिनमा गरियो। अनि चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। त्‍यो दिन एक चाड़ र हर्षको दिन मनाइयो।</verse>
				<verse number="18">शूशनका यहूदीहरूले चाहिँ त्‍यस महिनाको तेह्रौँ र चौधौँ दिनमा सङ्गठित भए र पन्‍ध्रौँ दिनमा विश्राम लिए, र त्‍यस दिनलाई चाड़ र हर्षको दिन ठहराए।</verse>
				<verse number="19">यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्‍यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्‌।</verse>
				<verse number="20">मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्‍त प्रान्‍तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्‍तो लेखेर पत्रहरू पठाए, कि</verse>
				<verse number="21">वर्षेनी अदार महिनामा चौधौँ र पन्‍ध्रौँ दिन</verse>
				<verse number="22">आफ्‍ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्‍ति शोकबाट हर्ष र विलापबाट उत्‍सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्‍थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे।</verse>
				<verse number="23">यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्‍नलाई यहूदीहरू सहमत भए।</verse>
				<verse number="24">यो तिनीहरूले यसकारण गरे, किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्‍मदाताको छोरा हामानले यहूदीहरूलाई नष्‍ट पार्ने हेतुले षड्‌यन्‍त्र रचेर कुनै एउटा दिनको लागि चिट्ठा हालेको थियो। त्‍यसलाई “पूर” (अर्थात्‌ चिट्ठा) भनिन्‍थ्‍यो।</verse>
				<verse number="25">तर जब यो षड्‌यन्‍त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्‍यो खराब योजनालाई त्‍यसकै शिरमा राख्‍न र त्‍यो र त्‍यसका छोराहरूलाई फाँसीको काठमा झुण्‍ड्याउन राजाले लिखित हुकुम निकाले।</verse>
				<verse number="26">(त्‍यसैकारण यी दिनहरूलाई “पूर” शब्‍दअनुसार “पूरीम” भनिन्‍थ्‍यो।) त्‍यस पत्रमा लेखेअनुसार र त्‍यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा,</verse>
				<verse number="27">यहूदीहरूले आफ्‍नै, आफ्‍ना सन्‍तानहरूका र तिनीहरूसँग मिल्‍नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्‍ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ,</verse>
				<verse number="28">र पुस्‍तौँसम्‍म हरेक घरानाले हरेक प्रान्‍त र सहरमा यहूदीहरूका बीचमा पूरीमका दिनहरू मान्‍नैपर्छ र तिनको सम्‍झना तिनीहरूका सन्‍तान-दरसन्‍तानहरूमा कहिल्‍यै नरोकिओस्‌ भनी तिनीहरूले ठहराए।</verse>
				<verse number="29">तब अबीहेलकी छोरी रानी एस्‍तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे।</verse>
				<verse number="30">यहूदी मोर्दकै र रानी एस्‍तरले यहूदीहरूका निम्‍ति उर्दी दिएझैँ पूरीमका यी दिन तिनका ठहराएको समयमा मान्‍न बाध्‍य तुल्‍याउँदै राजा अहासूरसका एक सय सत्ताईस प्रान्‍तहरूमा शान्‍ति र सुरक्षाको शुभकामना प्रकट गर्दै सबै यहूदीहरूलाई पत्रहरू पठाए।</verse>
				<verse number="31">त्‍यसै गरी यहूदीहरूले आफ्‍नै निम्‍ति र आफ्‍ना सन्‍तानहरूका निम्‍ति उपवास र विलापका नियमहरू तोकिदिए।</verse>
				<verse number="32">पूरीमको निम्‍ति यी नियमहरू एस्‍तरको उर्दीले पक्‍का गराइए, र ती विवरण लिखित रूपमा पुस्‍तकमा लेखेर राखिए।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभरि समुद्रको किनारका देशहरूसम्‍म कर तिर्न लगाए।</verse>
				<verse number="2">राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्‍सेका सम्‍मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्‌।</verse>
				<verse number="3">यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्‍ना स्‍वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्‍ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्‍ति बोले।</verse>
			</chapter>
		</book>
		<book number="18">
			<chapter number="1">
				<verse number="1">ऊज देशमा अय्‍यूब नाउँ भएका एक जना मानिस बस्‍दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्‍वरसँग डराउँथे र दुष्‍टताबाट अलग बस्‍थे।</verse>
				<verse number="2">तिनका सात छोरा र तीन छोरी थिए।</verse>
				<verse number="3">तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्‍ये अय्‍यूब सबैभन्‍दा महान्‌ थिए।</verse>
				<verse number="4">तिनका छोराहरूले पालैसित आफ्‍नो घरमा भोज लाउँथे र आफ्‍ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्‍त्‍याउँथे।</verse>
				<verse number="5">भोज दिने क्रम सिद्धिएपछि अय्‍यूबले आफ्‍ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्‍येकको निम्‍ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान्‌ र परमेश्‍वरलाई आफ्‍ना हृदयमा सरापे होलान्‌।” अय्‍यूबले सधैँ यसै गर्थे।</verse>
				<verse number="6">एक दिन स्‍वर्गीय दूतहरू परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान पनि तिनीहरूसँग आयो।</verse>
				<verse number="7">परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।”</verse>
				<verse number="8">तब परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “के तैंले मेरो दास अय्‍यूबलाई याद गरिस्‌? परमेश्‍वरको डर राख्‍ने र दुष्‍ट कामबाट अलग रहने त्‍यो जस्‍तो निर्दोष र सोझो मानिस पृथ्‍वीमा अरू कोही छैन।”</verse>
				<verse number="9">शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्‍यूबले त्‍यसै परमेश्‍वरको डर राखेका हुन्‌ त?”</verse>
				<verse number="10">के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्‍पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष्‌ दिनुभएको छ, अनि तिनका गाईबस्‍तुहरू देशभरि अनगन्‍ती बढ़ेका छन्‌।</verse>
				<verse number="11">तर आफ्‍नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामुन्‍ने सराप्‍नेछन्‌।</verse>
				<verse number="12">तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “लौ त, त्‍यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्‍यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्‍थितिबाट निस्‍केर गयो।</verse>
				<verse number="13">एक दिन अय्‍यूबका छोराछोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खानपिन गर्दैथिए।</verse>
				<verse number="14">एउटा समाचारवाहक कुदेर अय्‍यूबकहाँ आएर भन्‍यो,</verse>
				<verse number="15">“गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला शबीहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। अनि तपाईंलाई समाचार दिन म मात्र उम्‍कें।”</verse>
				<verse number="16">त्‍यो बोल्‍दाबोल्‍दै अर्को समाचारवाहक आइपुग्‍यो। त्‍यसले भन्‍यो, “परमेश्‍वरको अग्‍नि स्‍वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्‍म पार्‍यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्‍कें।”</verse>
				<verse number="17">त्‍यो बोल्‍दाबोल्‍दै अर्को एक जना आएर भन्‍यो, “कल्‍दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्‍कें।”</verse>
				<verse number="18">त्‍यो मानिस बोल्‍दाबोल्‍दै एक जना आइपुग्‍यो र भन्‍यो, “तपाईंका छोराछोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खानपान गर्दैथिए।</verse>
				<verse number="19">त्‍यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्‍यो र त्‍यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्‍यो। अनि समाचार दिन म मात्र उम्‍कें।”</verse>
				<verse number="20">यो सुनेर अय्‍यूब उठे, र तिनले आफ्‍नो लुगा च्‍याते। तिनले आफ्‍नो कपाल खौरे,</verse>
				<verse number="21">र भूइँमा घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म आफ्‍नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्‍यको होस्‌।”</verse>
				<verse number="22">यी सबै कुरामा अय्‍यूबले परमेश्‍वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">अर्को एक दिन स्‍वर्गदूतहरू परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाड़ि उपस्‍थित गराउन तिनीहरूसँगै गयो।</verse>
				<verse number="2">अनि परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दैआएको हुँ।”</verse>
				<verse number="3">तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्‍यूबलाई याद गरिस्‌? परमेश्‍वरसँग डर राख्‍ने र दुष्‍ट कामबाट अलग रहने त्‍योजस्‍तो निर्दोष र सोझो मानिस पृथ्‍वीमा अरू कोही छैन। विनाकारण त्‍यसलाई नाश गर्नलाई तैंले मलाई उस्‍काइस्‌। तर त्‍यसको निष्‍ठा अझसम्‍म ढलपल भएको छैन।”</verse>
				<verse number="4">शैतानले परमप्रभुलाई जवाफ दियो, “चामको साटो चाम। आफ्‍नो ज्‍यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र?</verse>
				<verse number="5">आफ्‍नो हात पसारेर तिनको शरीरमा चोट पुर्‍याउनुहोस्‌ अनि तिनले तपाईंको मुखकै सामुन्‍ने तपाईंलाई सराप्‍नेछन्‌।”</verse>
				<verse number="6">तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “लौ त, त्‍यसो भए त्‍यो तेरो हातमा छ। तर त्‍यसको ज्‍यानचाहिँ छोड़िदे।”</verse>
				<verse number="7">तब शैतान परमप्रभुको सामुन्‍नेबाट निस्‍क्‍यो। त्‍यसले अय्‍यूबको पैतालादेखि टाउकोसम्‍म कष्‍टप्रद खटिरा उब्‍जाइदियो।</verse>
				<verse number="8">खरानीमा बसेर कन्‍याउनलाई तिनले एउटा फुटेको माटोका भाँड़ाको टुक्रा लिए।</verse>
				<verse number="9">तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं आफ्‍नो निष्‍ठामा अझै अड़ी नै रहनुहुन्‍छ? परमेश्‍वरलाई सराप्‍नुहोस्‌ र मर्नुहोस्‌।”</verse>
				<verse number="10">अय्‍यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्‍तै कुरा गर्दछ्यौ। परमेश्‍वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्‍यूबले पाप गरेनन्‌।</verse>
				<verse number="11">अय्‍यूबका तीन जना मित्र, एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले तिनीमाथि आइपरेका यी विपत्तिका कुरा सुनेपछि सहानुभूति प्रकट गर्न र तिनलाई ढाड़स दिन आ-आफ्‍ना घरबाट सँगै मिलेर आए।</verse>
				<verse number="12">तिनीहरूले तिनलाई टाढ़ैबाट देखे, तर चिन्‍न सकेनन्‌। तिनीहरू चिच्‍च्‍याएर रोए, अनि आफ्‍ना लुगा च्‍यातेर आफ्‍ना शिरमा धूलो छरे।</verse>
				<verse number="13">तब तिनीहरू सात दिन सात रात भूइँमा तिनको छेउमा बसे। अनि तिनीहरूमध्‍ये कसैको मुखबाट एक शब्‍द पनि निस्‍केन, किनभने तिनीहरूले देखे उनको कष्‍ट कति ठूलो थियो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">तब अय्‍यूबले आफ्‍नो मुख खोलेर, आफ्‍नो जन्‍मेको दिनलाई धिक्‍कार्न लागे।</verse>
				<verse number="2">अनि तिनले भने:</verse>
				<verse number="3">“धिक्‍कार होस्, म जन्‍मेको दिनलाई, ‘एउटा बालकको जन्‍म भयो’ भनिएको रात।</verse>
				<verse number="4">त्‍यो दिन अन्‍धकारमा परिवर्तन होस्‌। स्‍वर्गबाट परमेश्‍वरले त्‍यसको वास्‍ता नगरून्, ज्‍योति त्‍यसमाथि नचम्‍कोस्‌।</verse>
				<verse number="5">अन्‍धकार र मृत्‍युको छायाले त्‍यो रातलाई छोपोस्‌। बादलले त्‍यस दिनलाई ढाकोस्‌। त्‍यसको उज्‍यालोलाई अन्‍धकारले निभाइदेओस्‌।</verse>
				<verse number="6">निस्‍पट्ट अँध्‍यारोले त्‍यस रातलाई निलोस्, वर्षका दिनहरूमा त्‍यस रातको गन्‍ती नहोस्‌। महिनाको गन्‍तीमा त्‍यो आउन नपाओस्‌।</verse>
				<verse number="7">त्‍यो रात सदासर्वदाको निम्‍ति बाँझो रहोस्, त्‍यसमा कुनै रमाहटको सोर नसुनिओस्‌।</verse>
				<verse number="8">जसले दिनहरूलाई सराप्‍छ त्यस दिनलाई सरापोस्‌ जो लिव्‍यातन्‌लाई उठाउन तयार छ।</verse>
				<verse number="9">त्‍यसको बिहानीको कुनै ताराले प्रकाश नदेओस्‌। बिहानको उज्‍यालो त्‍यसले व्‍यर्थमा प्रतीक्षा गरिरहनुपरोस्‌। त्‍यस दिनले उषाको प्रथम किरणलाई देख्‍नै नपाओस्‌।</verse>
				<verse number="10">किनभने कष्‍ट मेरो आँखाबाट छल्‍नलाई मलाई जन्‍माउने गर्भको ढोका त्‍यसले थुनेन,</verse>
				<verse number="11">“म जन्‍मने बित्तिकै किन खतम भइनँ? गर्भबाट निस्‍कनासाथ म किन मरिनँ?</verse>
				<verse number="12">मलाई ग्रहण गर्नलाई काख र मेरो स्‍याहार गर्न स्‍तनहरू किन थिए?”</verse>
				<verse number="13">त्‍यसो हुँदो हो ता म शान्‍तिसित शून्‍य चिहानमा पड़िरहनेथिएँ, म मृत्‍युको निद्रामा सुतिरहनेथिएँ, र विश्राममा हुनेथिएँ,</verse>
				<verse number="14">संसारका राजा र सल्‍लाहकारहरूका साथमा, जसले आफ्‍नो लागि स्‍थानहरू बनाए जुनहरू आज ध्‍वंस बनिसकेका छन्,</verse>
				<verse number="15">शासकहरूसित जोसँग सुन थियो, जसले आफ्‍ना घरहरू चाँदीले भरे।</verse>
				<verse number="16">समय नपुगी तुहेको बालकझैँ मलाई किन जमिनभित्र लुकाइएन, दिनको उज्‍यालो कहिल्‍यै नदेखेको बालकझैँ?</verse>
				<verse number="17">त्‍यहाँ दुष्‍टहरू खल्‍याङ मल्‍याङबाट आराम पाउँछन्, त्‍यहाँ थकितहरू विश्राममा हुन्‍छन्‌।</verse>
				<verse number="18">बँधुवाहरू सुखमा रमाउँछन्, र अबोप्रान्‍त कमारा खटाउनेको सोर त्‍यहाँ सुनिँदैन।</verse>
				<verse number="19">ठूला र साना त्‍यहाँ छन्, त्‍यहाँ कमारा आफ्‍ना मालिकबाट मुक्त भएको हुन्‍छ।</verse>
				<verse number="20">“दु:खमा हुनेहरूलाई उज्‍यालो देख्‍न किन दिइन्‍छ? मनमा दिक्‍क हुनेहरूलाई जीवन किन दिइन्‍छ?</verse>
				<verse number="21">तिनीहरूलाई जसले मृत्‍युको प्रतीक्षा गर्दछन्, तर मृत्‍यु आउँदैन, गाड़धन खोजेको भन्‍दा पनि धेरै जोशसँग तिनीहरू मृत्‍यु खोज्‍छन्‌।</verse>
				<verse number="22">जुनहरू चिहानमा पुग्‍दा आनन्‍दले मग्‍न हुन्‍छन्‌ र रमाउँछन्‌?</verse>
				<verse number="23">परमेश्‍वरले चारैतिर घेरा लगाउनुभएको बाटोमा, जसको बाटो लुकाइएको हुन्‍छ तिनीहरूलाई किन जीवन दिइन्‍छ?</verse>
				<verse number="24">मेरो भोजनको सट्टा सुस्‍केरा आउँछ, मेरा आर्तनादहरू पानी झैँ मबाट निस्‍कन्‍छन्‌।</verse>
				<verse number="25">मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्, जे-जेदेखि म डराउँछु, ती ममाथि आइपरेका छन्‌।</verse>
				<verse number="26">मेरो मनमा न त शान्‍ति छ, न मेरो निम्‍ति विश्राम नै छ, तर खलबल मात्र छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">तब एलीपज तेमानीले जवाफ दिए:</verse>
				<verse number="2">“यदि कसैले तपाईंसित कुरा गर्ने आँट गर्‍यो भने, के तपाईं अधीर बन्‍नुहुन्‍छ? तर को नबोली बस्‍न सक्‍ला?</verse>
				<verse number="3">सम्‍झनुहोस्, तपाईंले कसरी धेरैलाई शिक्षा दिनुभयो, निर्बल हातलाई तपाईंले कसरी बलिया पार्नुभएको छ।</verse>
				<verse number="4">ठक्‍कर खानेहरू तपाईंका वचनले सम्हालिए, र तपाईंले निर्बल घुँड़ाहरूलाई बल दिनुभयो।</verse>
				<verse number="5">तर अब सङ्कष्‍ट तपाईंमाथि आइलाग्‍यो र तपाईं निरुत्‍साहित हुनुहुन्‍छ। यसले प्रहार गर्दा तपाईं हरेस खानुहुन्‍छ।</verse>
				<verse number="6">के तपाईंको धर्म नै तपाईंको निम्‍ति भरोसा र तपाईंको निर्दोष जीवन तपाईंको निम्‍ति आशा हुनुपर्दैन र?”</verse>
				<verse number="7">“किनभने सोच्‍नुहोस्‌: कुनै निर्दोष मानिस कहिल्‍यै नाश भएको छ? सोझो मानिसले कहाँ कष्‍ट पाएको तपाईंले देख्‍नुभएको छ?</verse>
				<verse number="8">मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्‌।</verse>
				<verse number="9">परमेश्‍वरको सासले तिनीहरू ध्‍वंस हुन्‍छन्, र उहाँको क्रोधको रापले तिनीहरू नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="10">सिंहहरू गर्जून्‌ र घुरून्‌ तापनि ठूला सिंहहरूका दाँत भाँचिन्‍छन्‌</verse>
				<verse number="11">शिकारको अभावले सिंह मासिन्‍छ, अनि सिंहनीका डमरुहरू छरपष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="12">“एउटा कुरा सुस्‍त-सुस्‍त मेरो कानमा आयो, र त्‍यसको कानेखुसी मेरो कानले सुन्‍यो।</verse>
				<verse number="13">	रातका बेचैन सपनाहरूमा, जब मानिसहरू घोर निद्रामा परेका हुन्‍छन्,</verse>
				<verse number="14">त्रास र थरहरीले मलाई पक्रे, र मेरा हाड़हरूलाई कमायो।</verse>
				<verse number="15">एउटा आत्‍मा मेरो छेउ भएर गयो, र मेरो शरीरको रौँ खड़ा भयो।</verse>
				<verse number="16">त्‍यो रोयो, तर त्‍यो के हो मैले ठम्‍याउन सकिनँ, एउटा आकार मेरो आँखाकोअघि खड़ा भयो। यसो भन्‍ने एउटा मधुर सोर मैले सुने—</verse>
				<verse number="17">‘के मरणशील मानिस परमेश्‍वरभन्‍दा बढ़ी धर्मी ठहर्न सक्‍छ? के कुनै प्राणी आफ्‍ना सृष्‍टिकर्ताभन्‍दा पवित्र हुन सक्‍छ?</verse>
				<verse number="18">यदि परमेश्‍वरले आफ्‍नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, र आफ्‍नै दूतहरूलाई भूल गरेको दोष लगाउनुभयो भनेता,</verse>
				<verse number="19">माटोका घरमा बस्‍नेमाथि झन्‌ बढ़ी दोष किन भेट्टाउनुहुन्‍न? जसको आधार ता धूलो नै हो, जो सानो पुतलीझैँ कुल्‍चीमिल्‍ची पारिन सक्छ।</verse>
				<verse number="20">तिनीहरू बिहानदेखि बेलुकासम्‍म चकनाचूर पारिन्‍छन्, कसैले थाहा नपाई तिनीहरू नाश हुन्‍छन्‌।</verse>
				<verse number="21">के तिनीहरूका पालका डोरीहरू माथि तानिएका छैनन्‌ र? यसरी तिनीहरू ज्ञानविना नै मर्छन्‌?’</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">“चाहनुहुन्‍छ भने बोलाएर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ दिन्‍छ? कुन पवित्र जनहरूतिर तपाईं फर्कनुहुनेछ?</verse>
				<verse number="2">रीसले मूर्खलाई मार्छ, अनि ईर्ष्‍याले सोझाहरूलाई।</verse>
				<verse number="3">मूर्खले जरा गाड़ेको मैले देखेको छु, तर त्‍यसको घर एक्‍कासि श्रापित भयो।</verse>
				<verse number="4">त्‍यसका बालकहरू सुरक्षित नभएका, अदालतमा प्रतिवाद गरिदिने कोही नभई पेलिएका मैले देखेको छु।</verse>
				<verse number="5">त्‍यसले कटनी गरेको फसल भोकाहरूले खान्‍छन्, काँढ़ाहरूका बीचबाट उम्रेका पनि बटुलेर लान्‍छन्, तिर्खाएकाहरूले त्‍यसका धन-सम्‍पत्तिको तृष्‍णा गर्छन्‌।</verse>
				<verse number="6">किनकि माटोबाट कष्‍ट उब्‍जँदैन, न त जमिनबाट दु:ख उत्‍पन्‍न हुन्‍छ।</verse>
				<verse number="7">आगोको फिलिङ्गो माथि उड़ेझैँ, मानिस पनि दु:खकै लागि जन्‍मन्‍छ।</verse>
				<verse number="8">“तर यदि म भएको भए, म मेरो अर्जी परमेश्‍वरमा नै चढ़ाउने थिएँ, र मेरो मामिला उहाँकै सामुन्‍ने राख्‍नेथिएँ।</verse>
				<verse number="9">उहाँले महान्‌ र बुझ्‍न नसकिने कार्यहरू, अनगन्‍ती आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ।</verse>
				<verse number="10">उहाँले पृथ्‍वीमा पानी वर्षाउनुहुन्‍छ, र खेतहरूमा पानी पठाउनुहुन्‍छ।</verse>
				<verse number="11">उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्‍छ, र शोक गर्नेहरूलाई सुरक्षामा उचाल्‍नुहुनेछ,</verse>
				<verse number="12">धूर्तहरूका युक्तिलाई उहाँले विफल गराउनुहुन्‍छ, अनि तिनीहरूले सफलता पाउँदैनन्‌।</verse>
				<verse number="13">उहाँले ज्ञानीहरूलाई तिनीहरूका चलाकीमा पक्रनुहुन्‍छ, र धूर्तहरूका योजना खलबल पारिदिनुहुन्‍छ।</verse>
				<verse number="14">तिनीहरूमाथि दिउँसै अन्‍धकार आइलाग्‍छन्, र मध्‍यदिनमा तिनीहरू रातमा झैँ छामेर हिँड्‌छन्‌।</verse>
				<verse number="15">उहाँले दरिद्रहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र कङ्गालीहरूलाई बलियाहरूका पन्‍जादेखि जोगाउनुहुन्‍छ।</verse>
				<verse number="16">यसैले गरीबहरूको आशा हुन्‍छ, र अन्‍यायले आफ्‍नो मुख बन्‍द गर्नेछ।</verse>
				<verse number="17">“त्‍यो मानिस धन्‍यको हो, जसलाई परमेश्‍वरले चेताउनुहुन्‍छ। यसकारण सर्वशक्तिमान्‌को अनुशासनलाई इन्‍कार नगर।</verse>
				<verse number="18">	किनभने उहाँले चोट पार्नुहुन्‍छ, तर उहाँले पट्टी बाँध्‍नुहुन्‍छ, उहाँले चोट पार्नुहुन्‍छ, तर उहाँको हातले निको पनि पार्नुहुन्‍छ।</verse>
				<verse number="19">छ पल्‍ट तिमीमाथि आपत्‌ आइपरे तापनि उहाँले तिमीलाई बचाउनुहुनेछ, सात पल्‍टको हानिले पनि तिमीलाई छुनेछैन।</verse>
				<verse number="20">अनिकालको बेलामा उहाँले तिमीलाई मृत्‍युबाट बचाउनुहुनेछ, उहाँले तिमीलाई युद्धमा तरवारबाट जोगाउनुहुनेछ।</verse>
				<verse number="21">उहाँले तिमीलाई निन्‍दाको कोर्राबाट सुरक्षित राख्‍नुहुनेछ, विनाश आउँदा तिमी डराउनुपर्नेछैन।</verse>
				<verse number="22">विनाश र अनिकालमाथि तिमी हाँस्‍ने छौ, अनि जङ्गली जनावरहरूदेखि तिमी डराउनुपर्नेछैन।</verse>
				<verse number="23">खेतका ढुङ्गाहरूसित तिमी वाचा बाँध्‍नेछौ र वन-पशुहरूले तिमीसँग मेलमिलाप राख्‍नेछन्‌।</verse>
				<verse number="24">तिम्रो पाल सुरक्षित छ भनी तिमीलाई थाहा हुनेछ, र तिमीले आफ्‍ना बगालको सम्‍पत्तिको लेखा राख्‍दा केही अभाव पाउनेछैनौ।</verse>
				<verse number="25">तिम्रा सन्‍तान-दरसन्‍तानहरू धेरै भएका र तिम्रा छोराछोरीहरू जमिनका घाँसहरूझैँ भएका तिमीलाई थाहा हुनेछ।</verse>
				<verse number="26">आफ्‍नो ठीक ऋतुमा खलामा बाली आएझैँ पूरा वृद्धावस्‍थामा तिमी आफ्‍नो मृत्‍युमा पुग्‍नेछौ।</verse>
				<verse number="27">“हामीले यी सबै जाँचेका छौं, र यो सत्‍य हो। यसैले यो सुन्‍नुहोस्, अनि आफूमा त्‍यो लागू गर्नुहोस्‌।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">“हाय, मेरो मनको दु:ख जोख्‍न मात्र सकिए त, अनि मेरा सबै विपत्ति तीसँगै तराजूमा राखिएको भए त!</verse>
				<verse number="3">समुद्रका बालुवाभन्‍दा पनि ती गह्रौँ हुनेथिए— मेरा वचन उग्र भएकोमा कुनै आश्‍चर्य छैन।</verse>
				<verse number="4">सर्वशक्तिमान्‌का काँड़ ममा गाड़िएका छन्, अनि तिनका विष मेरो आत्‍माले पिउँदछ, परमेश्‍वरका त्रास मेरो विरुद्धमा खड़ा छन्‌।</verse>
				<verse number="5">के वन-गधा घाँस पाउँदा कराउँछ? अथवा आफ्‍नो कुँड़ो पाउँदा गोरु डुक्रन्‍छ?</verse>
				<verse number="6">के खल्‍लो खानेकुरा नूनविना खान सकिन्‍छ? के अण्‍डाको सेतो भागमा केही स्‍वाद हुन्‍छ?</verse>
				<verse number="7">मलाई भोक लाग्‍दा पनि ती छुन मन लाग्‍दैन, यस्‍तो भोजनले मलाई बिरामी बनाउँछ,</verse>
				<verse number="8">हाय! मैले बिन्‍ती गरेको कुरा पाए त हुनेथियो! मैले आशा गरेको थोक परमेश्‍वरले मन्‍जूर गर्नु भए त हुनेथियो!</verse>
				<verse number="9">मलाई धूलोपीठो पार्न परमेश्‍वर इच्‍छुक भए ता हुनेथियो! उहाँको हात स्‍वतन्‍त्र भएर मलाई खतम पारे त हुनेथियो!</verse>
				<verse number="10">त्‍यसले बरु मलाई शान्‍ति हुनेथियो! र कष्‍टमा पनि म आनन्‍दले उफ्रनेथिएँ! किनभने पवित्र जनका वचन मैले इन्‍कार गरेको छैनँ।</verse>
				<verse number="11">ममा के शक्ति छ र म अझ पनि आशा गरौं, मेरो अन्‍त के हुन्‍छ र म धैर्य धारण गरूँ?</verse>
				<verse number="12">के मेरो शक्ति ढुङ्गाको जस्‍तै छ र? अथवा के मेरो मासु काँसाको हो र?</verse>
				<verse number="13">के ममा आफूलाई सहायता गर्न केही बल रहेको छ? किनकि अब सफलता मबाट हटाइएको छ।</verse>
				<verse number="14">“सर्वशक्तिमान्‌तर्फको विश्‍वास त्‍यागेको भए तापनि निराश भएको मानिसलाई मित्रहरूको आस्‍था त हुनुपर्ने थियो!</verse>
				<verse number="15">तर मेरा दाजुभाइहरू ता पहाड़का सुक्‍ने र भल आउने खोलाझैँ, भरोसा गर्न नसकिने भए, भल आउने खोला झैँ।</verse>
				<verse number="16">जब पग्‍लेका बरफले, अथवा हिउँ पग्‍लेर भल आउँछ।</verse>
				<verse number="17">तर सुक्‍खा ऋतुमा बग्‍न छोड्‌छन्, र तापले ती नालाबाट हराइहाल्‍छन्‌।</verse>
				<verse number="18">तब यात्री-दल आफ्‍ना बाटोबाट तर्केर जान्‍छन्, तिनीहरू विनाशतिर उक्‍लन्‍छन्‌ र नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="19">तेमाका यात्री-दल आफ्‍ना निम्‍ति ती खोलाका पानी खोज्‍छन्, शेबाका व्‍यापारी दल तिनको आशासहित हेर्छन्‌।</verse>
				<verse number="20">आफूले भरोसा गरेका सबै कुरामा तिनीहरू निराश हुन्‍छन्, तिनीहरू निराश हुनलाई मात्र त्‍यहाँ पुग्‍छन्‌।</verse>
				<verse number="21">अब तपाईंहरू पनि सहायताविहीन हुनुहुन्‍छ भनी साबित भयो, तपाईंहरूले केही डरलाग्‍दो कुरा देख्‍नुभयो र भयभीत हुनुभयो।</verse>
				<verse number="22">‘मेरो पक्षमा केही दिनुहोस्, मेरो निम्‍ति तपाईंहरूको धन-सम्‍पत्तिबाट, मेरो छुटकाराको धरौटी तिरिदिनुहोस्‌ भनी मैले भने र?</verse>
				<verse number="23">मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्, निष्‍ठुर मानिसहरूका हातबाट दाम तिरेर मलाई मुक्त गर्नुहोस्, भनी मैले कहिल्‍यै भने?</verse>
				<verse number="24">“मलाई सिकाउनुहोस्, र म चूपचाप बसेर सुन्‍नेछु, मैले कहाँ गल्‍ती गरें, मलाई देखाइदिनुहोस्‌।</verse>
				<verse number="25">ईमानदार वचनहरू कति कष्‍टप्रद छन्‌। तर तपाईंहरूको तर्कले के प्रमाणित गर्दछ?</verse>
				<verse number="26">मैले भनेका कुराहरू तपाईंहरू सच्‍याउन चाहनुहुन्‍छ, र निराश मानिसको वचनलाई बतासझैँ ठान्‍नुहुन्‍छ?</verse>
				<verse number="27">तपाईंहरू टुहुराहरूलाई चिट्ठा हाल्‍नुहुन्‍छ? र आफ्‍नै साथीहरूलाई साट्‌नुहुन्‍छ।</verse>
				<verse number="28">“यसैले, अब म बिन्‍ती गर्दछु, फर्केर मलाई हेर्नुहोस्, के म तपाईंहरूको मुखकै सामुन्‍ने असत्‍य बोल्‍नेजस्‍तै छु र?</verse>
				<verse number="29">कमलो हुनुहोस्, ममाथि अरू अन्‍याय नगर्नुहोस्, फेरि सम्‍झनुहोस्, किनभने यहाँ मेरो ईमानदारीको सवाल छ।</verse>
				<verse number="30">के मेरा ओठहरूमा कुनै दुष्‍टता छ? के मेरो मुखले असल र खराबको बीचमा छुट्ट्याउन सक्‍दैन र?</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">के पृथ्‍वीमा मानिसले कठिन कार्य गर्नुपर्दैन? अनि के त्‍यसका दिनहरू ज्‍यालामा काम गर्नेहरूका जस्‍तै छैनन्‌ र?</verse>
				<verse number="2">बेलुकीको शीतल छाया खोज्‍ने दासले झैँ अथवा आफ्‍नो ज्‍यालाको निम्‍ति उत्‍सुकतापूर्वक पर्खिरहने नोकरझैँ,</verse>
				<verse number="3">यस्‍तै व्‍यर्थका महिना मेरा भाग भएका छन्, दु:खका रातहरू मेरो निम्‍ति ठहराइएका छन्‌।</verse>
				<verse number="4">जब म ढल्‍कन्‍छु, तब म विचार गर्दछु, कहिले उज्‍यालो हुन्‍छ, र म उठूँ? रात लामो हुन्‍छ र मिरमिरे उज्‍यालो नहोउञ्‍जेल, म यताउता छटपटाइरहन्‍छु।</verse>
				<verse number="5">मेरो शरीर कीरै-कीराले र पाप्राले भरिएको छ, र मेरो छालामा चिराचिरा परेर पीप निस्‍कन्‍छ।</verse>
				<verse number="6">जुलाहाको थुरीभन्‍दा चाँड़ो मेरा दिन बित्‍छन्, मेरा दिनहरू आशाविना अन्‍त हुन्‍छन्‌।</verse>
				<verse number="7">हे परमेश्‍वर, मेरो जीवन ता हावाको एक झोँक्‍का मात्र हो भनी सम्‍झनुहोस्‌। मैले फेरि सुदिन देख्‍न पाउनेछैनँ।</verse>
				<verse number="8">अहिले मलाई देख्‍ने आँखाले फेरि कहिल्‍यै देख्‍नेछैन, तपाईंले मलाई खोज्‍नुहुनेछ, तर म लोप भइहाल्‍नेछु।</verse>
				<verse number="9">जसरी बादल फाटेर छताछुल्‍ल र लोप हुन्‍छ, त्‍यसरी नै चिहानमा जाने फेरि कहिल्‍यै फर्कनेछैन।</verse>
				<verse number="10">त्‍यो फेरि कहिल्‍यै घरमा फर्केर आउँदैन, अनि त्‍यसलाई चिन्‍नेहरूले त्‍यसलाई बिर्सनेछन्‌।</verse>
				<verse number="11">“यसकारण म चूप लागि बस्‍नेछैनँ, मेरो मनको पीरमा म बोल्‍नेछु, मेरो प्राणको व्‍याकुलतामा म उजूर गर्नेछु,</verse>
				<verse number="12">के म समुद्र हुँ? अथवा समुद्रको भयानक जन्‍तु हुँ? र तपाईं मलाई पहराको निगरानीमा राख्‍नुहुन्‍छ?</verse>
				<verse number="13">मेरो ओछ्यानमा म सान्‍त्‍वना पाउँछु, र निद्राले मलाई मेरो कष्‍टबाट छुटकारा दिन्‍छ भनी जब म सम्‍झन्‍छु,</verse>
				<verse number="14">तब तपाईंले मलाई सपनाले तर्साउनुहुन्‍छ, र दर्शनहरूद्वारा तपाईं मलाई डर देखाउनुहुन्‍छ।</verse>
				<verse number="15">यसरी म यो मेरो शरीरभन्‍दा निमोठ्याई र मृत्‍युलाई रुचाउँछु।</verse>
				<verse number="16">म मेरो जीवनलाई घृणा गर्दछु, बाँचिरहने मेरो इच्‍छा छैन। मलाई छोड़िदिनुहोस्, किनभने मेरो जीवनको अर्थ छैन।</verse>
				<verse number="17">	“मानिस के हो र तपाईं त्‍यसको यति धेरै ख्‍याल गर्नुहुन्‍छ? अनि तपाईं त्‍यसको यति धेरै फिक्री गर्नुहुन्‍छ?</verse>
				<verse number="18">बिहानैपिच्‍छे त्‍यसलाई तपाईं परीक्षा गर्नुहुन्‍छ? अथवा प्रतिक्षण त्‍यसको जाँच गर्नुहुन्‍छ?</verse>
				<verse number="19">के एक क्षण पनि तपाईं मबाट अन्‍त कतै हेर्नुहुन्‍न? अथवा मलाई एकलै छोड्‌नुहुन्‍न।</verse>
				<verse number="20">हे मानिसहरूका हृदय जाँच्‍नुहुने, यदि मैले पाप गरेको भए, मैले कसरी तपाईंको हानि गरें त? तपाईंले किन मलाई आफ्‍नो निशाना बनाउनुभयो? के म तपाईंको निम्‍ति बोझ भएको छु?</verse>
				<verse number="21">तपाईं किन मेरो अपराध माफ गर्नुहुन्‍न र मेरा पाप क्षमा गर्नुहुन्‍न? किनकि चाँड़ै म चिहानमा सुतिजानेछु, तपाईंले मलाई खोज्‍नुहुँदा पनि मलाई पाउनुहुनेछैन।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">तब बिल्‍दद शुहीले यसो भन्‍न सुरु गरे:</verse>
				<verse number="2">तपाईंले कहिलेसम्‍म यस्‍तो कुरा गरिरहनुहुन्‍छ? तपाईंका वचनहरू गर्जने हावा मात्र हुन्‌।</verse>
				<verse number="3">के परमेश्‍वरले न्‍यायलाई भ्रष्‍ट पार्नुहुन्‍छ? के सर्वशक्तिमान्‌ले इन्‍साफलाई भ्रष्‍ट गर्नुहुन्‍छ?</verse>
				<verse number="4">जब तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरे, उहाँले तिनीहरूलाई तिनीहरूकै पापका शिकार बनाउनुभयो।</verse>
				<verse number="5">अब यदि तपाईंले परमेश्‍वरलाई यत्‍नपूर्वक खोज्‍नुभयो भने, र सर्वशक्तिमान्‌को निगाहको निम्‍ति बिन्‍ती गर्नुभयो भने,</verse>
				<verse number="6">यदि तपाईं निर्दोष र सोझो हुनुहुन्‍छ भने, निश्‍चय नै तपाईंको पक्षमा उहाँ उठ्‌नुहुनेछ, र उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ।</verse>
				<verse number="7">तपाईंको सुरुको अवस्‍थाहरू निम्‍न देखिनेछन्, त्‍यसरी तपाईंको अन्‍त अति महान्‌ हुनेछ।</verse>
				<verse number="8">“अघिका पुस्‍तालाई सोध्‍नुहोस्, अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्‌।</verse>
				<verse number="9">किनभने हामी त हिजो मात्र जन्‍मेका हौं, अनि हामी केही पनि जान्‍दैनौं। र पृथ्‍वीमा हाम्रो दिन त छायाजस्‍तो मात्र छ।</verse>
				<verse number="10">के ती तपाईंलाई सिकाउँदैनन्, र तिनले तपाईंलाई भन्‍दैनन्‌? र तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन्‌?</verse>
				<verse number="11">के सिमसार नभएको ठाउँमा काँस-नर्कट अल्‍गा हुन्‍छन्‌? के निगालाहरू पानीविना लहलह बढ्‌न सक्‍छन्‌?</verse>
				<verse number="12">तिनीहरू बढ्‌दै गरेको अवस्‍थामा र काट्‌न तयार नभएकै समयमा घाँसभन्‍दा चाँड़ै नै ओइलाइहाल्‍छन्‌।</verse>
				<verse number="13">परमेश्‍वरलाई बिर्सनेको दशा पनि त्‍यस्‍तै हुन्‍छ, ईश्‍वरहीन मानिसहरूको आशा यसरी नष्‍ट हुन्‍छ।</verse>
				<verse number="14">त्‍यसको भरोसा पातलो धागोजस्‍तै हुन्‍छ, त्‍यसको आशाको जग माकुरोको जालजस्‍तै हुन्‍छ।</verse>
				<verse number="15">त्‍यो आफ्‍नो जालमा अड़ेस लाग्‍छ, तर त्‍यसले उसलाई थाम्‍न सक्‍दैन। उसले त्‍यसलाई अँठ्याएर समाते तापनि त्‍यो स्‍थिर रहँदैन।</verse>
				<verse number="16">घाम पाएर पानीले रसिलो भई बढ़ेको बिरुवाजस्‍तो त्‍यो हुन्‍छ, र त्‍यसका पालुवाहरू बारीमा झाँगिएर जान्‍छन्,</verse>
				<verse number="17">त्‍यसका जराले ढुङ्गाका थुप्रोलाई बेहर्छ र ढुङ्गाका बीचमा स्‍थान खोज्‍छ।</verse>
				<verse number="18">तर जब कसैले त्‍यसलाई त्‍यसको ठाउँबाट जरैसमेत उखेल्‍छ, र त्‍यस ठाउँले त्‍यसलाई इन्‍कार गरेर यसो भन्‍छ, ‘मैले तँलाई कहिल्‍यै चिनेको थिइनँ।’</verse>
				<verse number="19">त्‍यसरी नै त्‍यसको जीवन ओइलाएर जान्‍छ, र अरू बोटहरू जमिनबाट उम्रेर निस्‍कन्‍छन्‌।</verse>
				<verse number="20">“यो निश्‍चय जान्‍नुहोस्, निर्दोष मानिसलाई परमेश्‍वर इन्‍कार गर्नुहुन्‍न, न त उहाँले दुष्‍ट काम गर्नेहरूको हातलाई बलियो पार्नुहुन्‍छ।</verse>
				<verse number="21">तापनि उहाँले तपाईंको मुखमा हाँसो र रमाहटको ठूलो सोरले तपाईंको ओठ भरिदिनुहुनेछ।</verse>
				<verse number="22">तपाईंका शत्रुहरू शर्ममा पर्नेछन्, र दुष्‍टहरूका पाल लोप हुनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">	निश्‍चय नै यो सत्‍य हो भनी म जान्‍दछु, तर परमेश्‍वरको अघि कुनै मानिसले आफूलाई कसरी धर्मी ठहराउन सक्‍छ?</verse>
				<verse number="3">यदि कुनै मानिसले परमेश्‍वरसित बहस गर्न इच्‍छा गर्‍यो भने, त्‍यसले हजारमा एउटा प्रश्‍नको जवाफ दिन सक्‍दैन।</verse>
				<verse number="4">उहाँ ज्ञानी हुनुहुन्‍छ, उहाँ शक्तिशाली हुनुहुन्‍छ। उहाँको प्रतिरोध गरी जिद्दी गरेर कुन मानिस बाँच्‍न सकेको होला?</verse>
				<verse number="5">उहाँले पर्वतहरूलाई तिनीहरूले थाहै नपाई सार्नुहुन्‍छ, र क्रोधमा तिनीहरूलाई पल्‍टाउनुहुन्‍छ।</verse>
				<verse number="6">उहाँले पृथ्‍वीलाई त्‍यसका ठाउँबाट हल्‍लाउनुहुन्‍छ, र त्‍यसका सबै जगहरू काम्‍छन्‌।</verse>
				<verse number="7">उहाँले सूर्यलाई उदय नहुने आज्ञा गर्नुहुन्‍छ र ताराहरूका प्रकाशलाई बन्‍द गर्नुहुन्‍छ।</verse>
				<verse number="8">उहाँले नै हो आकाश फिँजाउनुभएको, र उहाँ नै समुद्रका छालहरूमाथि हिँड्‌नुहुन्‍छ।</verse>
				<verse number="9">	उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।</verse>
				<verse number="10">महान्‌ र अथाह कार्यहरू, अनगन्‍ती आश्‍चर्यका कामहरू उहाँ गर्नुहुन्‍छ।</verse>
				<verse number="11">उहाँ मेरो छेउबाट भएर जानुहुन्‍छ, म उहाँलाई देख्‍न सक्‍दिनँ, उहाँ आफ्‍नो बाटो लाग्‍नुहुँदा मलाई थाहै हुँदैन।</verse>
				<verse number="12">उहाँले खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्‍छ? तपाईं के गर्दैहुनुहुन्‍छ भनी कसले उहाँलाई सोध्‍न सक्‍छ?</verse>
				<verse number="13">परमेश्‍वरले आफ्‍नो क्रोध शान्‍त गर्नुहुन्‍न, राहाबका सहयोगीहरू उहाँका खुट्टामा निहुरन्‍छन्‌।</verse>
				<verse number="14">यसो हो भने, म कसरी उहाँसित झगड़ा गर्न सक्‍छु, अथवा उहाँसित विवाद गर्न म कसरी शब्‍दहरू पाउन सक्‍छु?</verse>
				<verse number="15">म निर्दोष भए तापनि उत्तरै दिन सक्‍दिनँ, मलाई दोषी ठहराउनुहुनेसँग म कृपाको निम्‍ति बिन्‍ती मात्र गर्न सक्‍छु।</verse>
				<verse number="16">उहाँलाई मैले बोलाउँदा उहाँ आउनुभए तापनि उहाँले मेरो उजूर सुन्‍नुहुन्‍छ भनी म विश्‍वासै गर्न सक्‍दिनँ।</verse>
				<verse number="17">उहाँले मलाई आँधीद्वारा पिस्‍नुहुन्‍छ। विनाकारण मेरा चोटहरू बढ़ाउनुहुन्‍छ।</verse>
				<verse number="18">उहाँले पुन: सास फेर्न पनि दिनुहुन्‍न, तर आपद्‌-विपद्‌ले मेरो मन व्‍याकुल पार्नुहुन्‍छ।</verse>
				<verse number="19">यदि यो सामर्थ्‍यको कुरा हो भने, उहाँ महान्‌ हुनुहुन्‍छ, र यदि यो इन्‍साफको कुरा हो भने, उहाँलाई कसले बोलाउन सक्‍छ?</verse>
				<verse number="20">म निर्दोष भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ। म निरपराधी भए तापनि यसले मलाई दोषी घोषणा गर्नेछ।</verse>
				<verse number="21">“यद्यपि म निर्दोष छु, तापनि म आफ्‍नो निम्‍ति केही वास्‍ता गर्दिनँ, म आफूलाई घृणा गर्दछु।</verse>
				<verse number="22">तर कुरो त एउटै छ, यसैकारण म भन्‍दछु, ‘उहाँले निर्दोष र दुष्‍ट दुवैलाई नष्‍ट गर्नुहुन्‍छ।’</verse>
				<verse number="23">जब विपत्तिले एक्‍कासि मृत्‍यु ल्‍याउँछ, उहाँले निर्दोषको दशामाथि ठट्टा गर्नुहुन्‍छ।</verse>
				<verse number="24">जब जमिन दुष्‍टहरूको हातमा पर्छ, उहाँले सबै न्‍यायकर्ताहरूका आँखा बन्‍द गरिदिनुहुन्‍छ। अथवा त्‍यो गर्नुहुने उहाँ हुनुहुन्‍न भने त को हो?</verse>
				<verse number="25">मेरो आयु धावकभन्‍दा पनि वेगसित दौड़न्‍छ, कुनै हर्षको झल्‍कोविना नै त्‍यो बित्‍दै जाँदैछ।</verse>
				<verse number="26">निगालाको डुङ्गाजस्‍तै ती चाँड़ो बगेर जान्‍छन्, चीलहरू आफ्‍नो शिकारमाथि वेगले झम्‍टेझैँ।</verse>
				<verse number="27">म आफ्‍ना दु:ख बिर्सनेछु, म खुशीको अनुहार देखाएर हाँस्‍नेछु, भनी मैले भने तापनि,</verse>
				<verse number="28">मैले भोग्‍नुपर्ने सबै दु:खदेखि म डराउँछु, म जान्‍दछु कि तपाईंले मलाई निर्दोष ठहराउनुहुन्‍न।</verse>
				<verse number="29">म दोषी ठहरिसकेको छु भने, म किन व्‍यर्थमा परिश्रम गरौं?</verse>
				<verse number="30">मैले आफूलाई साबूनले नुहाएँ तापनि, अथवा सोडाले आफ्‍नो हात सफा गरी धोएँ भने,</verse>
				<verse number="31">तापनि तपाईं मलाई हिलैमा फाल्‍नुहुन्‍छ, र मेरा लुगाले पनि मलाई घृणा गर्नेछन्‌।</verse>
				<verse number="32">“उहाँ मजस्‍तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकौं, अथवा अदालतमा हामी एउटा अर्काको सामना गर्न सक्‍छौं।</verse>
				<verse number="33">हाम्रा बीचमा कोही मध्‍यस्‍थ भए, हामी दुईमाथि हात राख्‍ने कोही भएता,</verse>
				<verse number="34">परमेश्‍वरको लाठो मेरो पीठबाट हटाउनुहुने कोही भएता यसरी उहाँको त्रास अबदेखि ममाथि आउनेथिएन।</verse>
				<verse number="35">तब म उहाँसँग नडराई बोल्‍ने थिएँ, तर अहिलेको यो अवस्‍थामा म सक्‍दिनँ।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">“मेरो जीवनलाई नै म घृणा गर्दछु। यसर्थ मेरो दु:ख नरोकी म पोखाउनेछु, र म मेरो मनको पीरमा बोल्‍नेछु,</verse>
				<verse number="2">म परमेश्‍वरलाई भन्‍नेछु: मलाई दोषी नठहराउनुहोस्, तर मेरो विरुद्धमा भएका तपाईंका अभियोग मलाई बताइदिनुहोस्,</verse>
				<verse number="3">के तपाईं आफ्‍नो सारा हातका कामलाई तुच्‍छ ठानी ममाथि अत्‍याचार गर्न खुशी हुनुहुन्‍छ, जब कि दुष्‍टहरूको योजनामा हाँस्‍नुहुन्‍छ।</verse>
				<verse number="4">के तपाईंका मानिसका जस्‍ता आँखा छन्‌? के तपाईं मरणशील मानिसझैँ देख्‍नुहुन्‍छ?</verse>
				<verse number="5">के तपाईंका दिन मरणशील मानिसका जस्‍तै छन्‌? अथवा तपाईंको आयु मानिसको जस्‍तै छ?</verse>
				<verse number="6">र तपाईं ममा दोष खोज्‍नुहुन्‍छ, र मेरा पापको खोजपत्ता गर्नुहुन्‍छ?</verse>
				<verse number="7">यद्यपि म निर्दोष छु अनि तपाईंको हातबाट कसैले मलाई बचाउन सक्‍दैन भनी तपाईं जान्‍नुहुन्‍छ।</verse>
				<verse number="8">“तपाईंकै हातले मेरो आकार बनाए अनि मलाई सृष्‍टि गरे, के अब फर्केर तपाईं मलाई नाश गर्नुहुन्‍छ?</verse>
				<verse number="9">यो कुरा सम्‍झनुहोस्‌ कि तपाईंले नै मलाई माटोलाई झैँ आकार दिनुभयो, के अब मलाई धूलैमा परिणत गर्नुहुन्‍छ?</verse>
				<verse number="10">के तपाईंले मलाई दूधझैँ खन्‍याउनुभएको होइन? र दहीझैँ मलाई जमाउन लगाउनुभएको होइन?</verse>
				<verse number="11">के तपाईंले मलाई मासु र छालाले पहिर्‍याउनुएको होइन? र हड्डी र नसाहरूले मलाई गाँस्‍नुभएको होइन?</verse>
				<verse number="12">तपाईंले मलाई जीवन प्रदान गर्नुभयो, र आफ्‍नै निगाहमा मलाई राख्‍नुभयो, अनि मेरो आत्‍मालाई तपाईंकै ईश्‍वरीय अनुग्रहले रेखदेख गर्‍यो।</verse>
				<verse number="13">“तर यसलाई तपाईंले हृदयमा गुप्‍त राख्‍नुभयो, अनि म जान्‍दछु कि यो तपाईंको मनमा थियो,</verse>
				<verse number="14">यदि मैले पाप गरेको भए तपाईंले मलाई हेरिरहनुहुन्‍थ्‍यो, र मेरो दोषबाट मलाई तपाईंले छोड्‌नुहुनेथिएन।</verse>
				<verse number="15">म साँच्‍ची नै दुष्‍ट छु भने, मलाई धिक्‍कार होस्‌। म निर्दोष छु भने पनि मेरो शिर म खड़ा गर्न सक्‍दिनँ, किनभने लाजले भरिएर म मेरो कष्‍टमा झुकेको छु।</verse>
				<verse number="16">यदि म अभिमानी भए, सिंहझैँ तपाईं मलाई खोज्‍नुहुन्‍छ, र फेरि भयानक शक्तिले तपाईं मेरो सामना गर्नुहुन्‍छ।</verse>
				<verse number="17">तपाईं मेरो विरुद्धमा नयाँ साक्षी ल्‍याउनुहुन्‍छ, र मप्रति रीस बढ़ाउनुहुनेछ। मेरो विरुद्धमा तपाईंका लहर-लहर फौज आउनेछन्‌।</verse>
				<verse number="18">“तपाईंले किन मलाई गर्भबाट निकाल्‍नुभयो? म त्‍यहीँ नै खतम भएको र कुनै आँखाले पनि मलाई नदेखेको भए त हुनेथियो!</verse>
				<verse number="19">म हुँदै नभएको भए वा गर्भैबाट चिहानमा पुर्‍याएको भए हुनेथियो!</verse>
				<verse number="20">के मेरो छोटो जीवन बितिजाने समय भएन र?</verse>
				<verse number="21">अन्‍धकारको देशमा जान अघि, घनघोर अन्‍धकारको देशबाट कहिल्‍यै नफर्कनु अघि,</verse>
				<verse number="22">छायाहरू जम्‍मा हुने देश, अँध्‍यारो व्‍याप्‍त हुने देश, उज्‍यालोको किरणले प्रकाश नदिएको देश, निस्‍पट्ट अँध्‍यारोमा जान अघि, मबाट फर्कनुहोस्‌ र केही क्षणको निम्‍ति म सुखी हुन सकूँ।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">सोपर नमातीले उत्तर दिए:</verse>
				<verse number="2">“के यो कुराको जवाफ नदिने? के यो बकबकेलाई समर्थन गर्ने?</verse>
				<verse number="3">के तपाईंको नटुँङ्गिने कुराले मानिसलाई मौन बनाउँछ? के तपाईंले ठट्टा गर्दा कसैले तपाईंलाई नहप्‍काउने?</verse>
				<verse number="4">‘मेरा विचार ठीकै छन्‌ र तपाईंको दृष्‍टिमा म चोखो छु’ भनी तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">परमेश्‍वर बोलून्, उहाँले आफ्‍नो मुख तपाईंको विरुद्धमा खोलून्‌ भन्‍ने मेरो कस्‍तो चाहना छ।</verse>
				<verse number="6">अनि तपाईंका बुद्धिका रहस्‍यहरू खोलिदेऊन्। किनकि सत्‍य बुद्धिका दुई पक्ष छन्‌। यो जान्‍नुहोस्‌ परमेश्‍वरले तपाईंका कति वटा पाप भुलिसक्‍नुभएको छ।</verse>
				<verse number="7">“के तपाईं परमेश्‍वरको रहस्‍यको गहिराइलाई बुझ्‍न सक्‍नुहुन्‍छ? के तपाईं सर्वशक्तिमान्‌को सीमालाई जाँच्‍न सक्‍नुहुन्‍छ?</verse>
				<verse number="8">त्‍यो त स्‍वर्गभन्‍दा अल्‍गो छ, तपाईं के गर्न सक्‍नुहुन्‍छ? त्‍यो ता चिहानभन्‍दा गहिरो छ, तपाईं के जान्‍न सक्‍नुहुन्‍छ?</verse>
				<verse number="9">त्‍यसको नाप पृथ्‍वीभन्‍दा लामो छ, र समुद्रभन्‍दा चौड़ा छ।</verse>
				<verse number="10">“उहाँ आउनुभई तपाईंलाई बन्‍दीगृहमा राख्‍नुभयो, र अदालत बोलाउनु भयो भने, कसले उहाँको विरोध गर्न सक्‍छ?</verse>
				<verse number="11">कुन-कुन मानिस झूटा छन्‌ उहाँले निश्‍चय जान्‍नुहुन्‍छ, अनि उहाँले अधर्म देख्‍नुभयो भने, के उहाँले त्‍यसको लेखा राख्‍नुहुन्‍न?</verse>
				<verse number="12">तर मूर्ख मानिस बुद्धिमान्‌ हुन सक्‍दैन, जसरी वन-गधाको बछेड़ा मान्‍छे भएर जन्‍मन सक्‍दैन।</verse>
				<verse number="13">“तर पनि तपाईंले आफ्‍नो हृदय ठीक बाटोमा लगाउनुभो, र आफ्‍ना हात उहाँतिर पसार्नुभो,</verse>
				<verse number="14">तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने, र कुनै अधर्मलाई तपाईंको घरमा बस्‍न दिनुभएन भने,</verse>
				<verse number="15">तब कुनै शर्मविना तपाईंले आफ्‍नो शिर खड़ा गर्नुहुनेछ, तपाईं डरविना स्‍थिर मानिस हुनुहुनेछ।</verse>
				<verse number="16">तब तपाईंले आफ्‍नो दु:ख बिर्सनुहुनेछ। बगेर गएको पानीझैँ त्‍यो तपाईंले सम्‍झनुहुनेछ।</verse>
				<verse number="17">जीवन मध्‍यदिनभन्‍दा उज्‍यालो हुनेछ, र अन्‍धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।</verse>
				<verse number="18">आशा भएको हुनाले तपाईं सुरक्षित हुनुहुनेछ। तपाईंले चारैतिर हेर्नुहुनेछ, र निर्धक्‍क सुत्‍नुहुनेछ।</verse>
				<verse number="19">तपाईं कसैको डर नमानी पल्‍टनुहुनेछ, र धेरै मानिसहरूले तपाईंको निगाह प्राप्‍त गर्न खोज्‍नेछन्‌।</verse>
				<verse number="20">तर दुष्‍टहरूका आँखा बन्‍द हुनेछन्, भाग्‍ने बाटोहरू तिनीहरूका निम्‍ति बन्‍द हुनेछन्, र तिनीहरूको आशा अन्‍तिम सुस्‍केरा हुनेछ।”</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">“निस्‍सन्‍देह तपाईंहरू मानिस हुनुहुन्‍छ, र सम्‍पूर्ण बुद्धि तपाईंहरूसितै मर्नेछ!</verse>
				<verse number="3">तर तपाईंहरूको जस्‍तो मेरो पनि मन छ, केही कुरामा पनि म तपाईंहरूभन्‍दा कम छैनँ। यस्‍ता कुरा कसले जान्‍दैन र?</verse>
				<verse number="4">“तापनि म मेरा मित्रहरूको निम्‍ति एउटा हाँसोको पात्र भएको छु, यद्यपि मैले परमेश्‍वरलाई पुकारें, र उहाँले उत्तर दिनुभयो— निर्दोष र निरपराध भए पनि हाँसोको पात्र।</verse>
				<verse number="5">सुखमा बस्‍ने मानिसहरू दुर्भाग्‍यलाई घृणा गर्दछन्‌। चिप्‍लन लागेका पाउजस्‍तै तिनीहरू हुन्‍छन्‌।</verse>
				<verse number="6">लूटपीट गर्नेहरूका पालमा खलबल हुँदैन, र परमेश्‍वरलाई रीस उठाउनेहरूचाहिँ सुरक्षित रहन्‍छन्‌— तिनीहरू जसले आफ्‍ना देवहरूलाई आफ्‍ना हातमा बोक्‍छन्‌।</verse>
				<verse number="7">“तर गएर पशुलाई सोध्‍नुहोस्‌ र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्,</verse>
				<verse number="8">अथवा पृथ्‍वीसित बोल्‍नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्‌।</verse>
				<verse number="9">परमेश्‍वरको आफ्‍नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्‍येबाट कसले जान्‍दैन र?</verse>
				<verse number="10">जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।</verse>
				<verse number="11">के जिब्रोले खानेकुराको स्‍वाद लिएझैँ बोलेका वचन कानले जाँच गर्दैन र?</verse>
				<verse number="12">के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के लामो आयुले समझ ल्‍याउँदैन?</verse>
				<verse number="13">“बुद्धि र पराक्रम परमेश्‍वर कै हुन्, उहाँसँगै सल्‍लाह र समझ छन्‌।</verse>
				<verse number="14">उहाँले भत्‍काउनुभयो भने त्‍यो पुनर्निर्माण हुँदैन, उहाँले कैद गर्नुभएको मानिसको छुटकारा हुँदैन।</verse>
				<verse number="15">उहाँले पानी रोक्‍नुभयो भने खड़ेरी पर्छ, उहाँले त्‍यो छोड़िदिनुभयो भने त्‍यसले भूमिलाई सर्वनाश पार्छ।</verse>
				<verse number="16">सामर्थ्‍य र विजय उहाँ कै हुन्, धोका दिने र धोका खाने दुवै उहाँकै हुन्‌।</verse>
				<verse number="17">उहाँले सल्‍लाहकारहरूलाई निर्बुद्धि तुल्‍याउनुहुन्‍छ, र न्‍यायाधीशहरूलाई मूर्ख बनाइदिनुहुन्‍छ।</verse>
				<verse number="18">राजाहरूले लगाइदिएका बन्‍धनलाई उहाँले फुकाल्‍नुहुन्‍छ, अनि तिनीहरूका कम्‍मरमा अधिकारको पटुका लगाइदिनुहुन्‍छ।</verse>
				<verse number="19">उहाँले पूजाहारीहरूलाई नाङ्गो पारी डोर्‍याउनुहुन्‍छ, र चिरकालदेखि काम गर्ने मानिसहरूलाई उहाँले खारिज गरिदिनुहुन्‍छ।</verse>
				<verse number="20">भर पर्न सक्‍ने सल्‍लाहकारलाई उहाँले चूप तुल्‍याउनुहुन्‍छ, वृद्ध मानिसको बुद्धि उहाँले रद्द गर्नुहुन्‍छ।</verse>
				<verse number="21">उहाँले शासकहरूमाथि निन्‍दा खन्‍याउनुहुन्‍छ, र शक्तिशालीलाई नि:शस्‍त्र पार्नुहुन्‍छ।</verse>
				<verse number="22">उहाँले अन्‍धकारका गहिरा रहस्‍यहरू प्रकट गर्नुहुन्‍छ, र निस्‍पट्ट अँध्‍यारोमा उहाँले प्रकाश ल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="23">उहाँले जाति-जातिहरूलाई महान्‌ बनाउनुहुन्‍छ र तिनीहरूलाई नाश गर्नुहुन्‍छ उहाँले जातिहरूलाई विस्‍तार गर्नुहुन्‍छ र तिनीहरूलाई तितरबितर पार्नुहुन्‍छ।</verse>
				<verse number="24">उहाँले पृथ्‍वीका शासकहरूका बुद्धि खोस्‍नुहुन्‍छ, र बाटो नभएको उजाड़-स्‍थानमा यताउता बरालिन तिनीहरूलाई छोड़िदिनुहुन्‍छ।</verse>
				<verse number="25">उज्‍यालोविना तिनीहरू अन्‍धकारमा छामछाम-छुमछुम गरिहिँड्‌छन्, र मताहा मानिसझैँ धरमरिँदै हिँड्‌नलाई उहाँले तिनीहरूलाई त्‍यागिदिनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">“यी सबै ता मैले आफ्‍नै आँखाले देखेको छु, मेरा आफ्‍नै कानले ती सुनेको छु, र मैले ती बुझेको छु।</verse>
				<verse number="2">तपाईंहरू जे जान्‍नुहुन्‍छ, त्‍यो म पनि जान्‍दछु। कुनै कुरामा म तपाईंहरूभन्‍दा कम छैनँ।</verse>
				<verse number="3">तर मचाहिँ त सर्वशक्तिमान्‌सँग कुरा गर्न, र परमेश्‍वरसँग बहस गर्न चाहन्‍छु।</verse>
				<verse number="4">तपाईंहरूचाहिँ आफ्‍ना झूटा कुराले सत्‍यलाई कलङ्कित पार्नुहुन्‍छ, तपाईंहरू सबै बेकम्‍मा वैद्यहरू हुनुहुन्‍छ, तपाईंहरू सबै!</verse>
				<verse number="5">तपाईंहरू चूप लागी बसे ता हुनेथियो! चूप लागेकोले नै तपाईंहरू बुद्धिमान्‌ ठहरिनुहुनेथियो!</verse>
				<verse number="6">अब मेरो बहस सुन्‍नुहोस्, अनि मैले मेरो मामिला पेश गर्दा ध्‍यानसित सुन्‍नुहोस्‌।</verse>
				<verse number="7">के तपाईंहरू परमेश्‍वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्‍नुहुन्‍छ? अथवा उहाँको पक्षमा भएर तपाईंहरू झूटो कुरा साबित गर्नुहुन्‍छ?</verse>
				<verse number="8">के तपाईंहरूले परमेश्‍वरको पक्ष लिनैपर्छ? अथवा उहाँको निम्‍ति मामिला पेश गर्नुहुन्‍छ?</verse>
				<verse number="9">उहाँले तपाईंहरूको जाँच गर्नुहुँदा के सबै ठीकै पाइएला? के मानिसहरूलाई छक्‍क्‍याएझैँ तपाईंहरू उहाँलाई पनि छक्‍क्‍याउनुहुन्‍छ?</verse>
				<verse number="10">मलाई झूटा दोष लाएर तपाईंहरूले उहाँको पक्ष लिनुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्‍काउनुहुन्‍छ।</verse>
				<verse number="11">के परमेश्‍वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र? के उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन?</verse>
				<verse number="12">तपाईंहरूको सिद्धान्‍त त धूलो र खरानी मात्र हो, तपाईंहरूका सुरक्षा माटोजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="13">“तपाईंहरू चूप लागी बस्‍नुहोस्, मलाई मेरो मनको कुरा बोल्‍न दिनुहोस्, अनि ममाथि जे हुन आउँछ, सो आउन दिनुहोस्‌।</verse>
				<verse number="14">म किन आफूलाई खतरामा हाल्‍छु, र मेरो प्राण आफ्‍नै हातमा लिन्‍छु?</verse>
				<verse number="15">उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्‍नो आशा राख्‍नेछु। म अझै मेरो मामिला उहाँको सामुन्‍ने पेश गर्ने नै छु।</verse>
				<verse number="16">अवश्‍य यो मेरो छुटकाराको निम्‍ति हुनेछ। किनकि कुनै पनि ईश्‍वरहीन मानिस उहाँको सामुन्‍ने आउने आँट गर्दैन।</verse>
				<verse number="17">सुन्‍नुहोस्, मेरो कुरा सुन्‍नुहोस्, र मेरो व्‍याख्‍यामा कान थाप्‍नुहोस्‌।</verse>
				<verse number="18">अब मैले मेरो मामिला तयार गरेको छु, मलाई यो थाहा छ म निर्दोष ठहरिनेछु।</verse>
				<verse number="19">के कसैले मेरो विरुद्धमा दोष लाउन सक्‍छ? यदि हो भने, म मौन रहनेछु र मर्नेछु।</verse>
				<verse number="20">“मलाई यी दुई कुराहरू मात्र मन्‍जूर होस्, हे परमेश्‍वर! तब म तपाईंको दृष्‍टिमा लुक्‍नेछैनँ।</verse>
				<verse number="21">तपाईंको गह्रौँ हात मबाट टाढ़ा लैजानुहोस्, र तपाईंको डरले मलाई भयभीत नपारोस्‌।</verse>
				<verse number="22">तब मलाई डाक्‍नुहोस्, र म जवाफ दिनेछु, अथवा म बोल्‍नेछु, र तपाईंले मलाई जवाफ दिनुहोस्‌।</verse>
				<verse number="23">मैले कति धेरै अधर्म र पाप गरेको छु? मलाई मेरा कसूर र मेरो पाप जनाइदिनुहोस्‌!</verse>
				<verse number="24">तपाईं आफ्‍नो मुख किन लुकाउनुहुन्‍छ? र मलाई आफ्‍नो शत्रुझैँ व्‍यवहार गर्नुहुन्‍छ?</verse>
				<verse number="25">के तपाईं उड़ाएको पातलाई पनि खेद्‌नुहुन्‍छ? के तपाईं सुकेको भुसको पछि लाग्‍नुहुन्‍छ?</verse>
				<verse number="26">मेरो निम्‍ति तपाईंले दण्‍ड तोकिदिनुभयो, मेरो युवावस्‍थाका दोष भोग्‍न लाउनुभयो।</verse>
				<verse number="27">ठिँगुरामा मेरो खुट्टा ठोकिदिनुभयो, मेरा सबै मार्गहरूलाई जाँच्‍नुभयो। मेरो पैतालामा कमाराको निशान लगाउनुभयो।</verse>
				<verse number="28">“यसकारण मानिस सड़ेको वस्‍तु र नाश हुने र कीराले खाएको वस्‍त्रजस्‍तै नष्‍ट हुँदैछन्‌।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">“स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,</verse>
				<verse number="2">त्‍यो फूलझैँ फक्रन्‍छ र ओइलाइहाल्‍छ। त्‍यो क्षणिक छायाजस्‍तै हराइहाल्‍छ, रहँदैन।</verse>
				<verse number="3">के तपाईं यस्‍तो प्राणीमाथि दृष्‍टि राख्‍नुहुन्‍छ? के त्‍यसलाई तपाईं आफ्‍नो सामुन्‍ने न्‍यायको लागि ल्‍याउनुहुन्‍छ?</verse>
				<verse number="4">अशुद्धबाट कसले शुद्ध निकाल्‍न सक्‍छ? कसैले सक्‍दैन!</verse>
				<verse number="5">मानिसको जीवनका दिनहरू तोकिएका छन्, अनि त्‍यसका महिनाको संख्‍या तपाईंले निर्धारण गर्नुभएको छ। र तपाईंले त्‍यसको सीमा ठहराउनुभएको छ, त्‍यसले त्‍यो नाघ्न सक्‍दैन।</verse>
				<verse number="6">यसकारण त्‍यसबाट तपाईं आफ्‍नो मुख फर्काउनुहोस्, र ज्‍यालादार मजदूरले जस्‍तै आफ्‍नो समय पूरा नगरेसम्‍म त्‍यसलाई एकलै छोड़िदिनुहोस्‌।</verse>
				<verse number="7">रूखको लागि आशा हुन्‍छ: काटियो भने त्‍यो फेरि पलाउने हुन्‍छ, र त्‍यसमा नयाँ पालुवा आउन थामिँदैन।</verse>
				<verse number="8">त्‍यसका जराहरू भूइँमा छिपिसके र त्‍यसको ठुटा जमिनभित्र मरे तापनि</verse>
				<verse number="9">पानीको गन्‍ध पाएपछि, त्‍यो फेरि पलाउन थाल्‍छ, र कलिलो बोटझैँ त्‍यो पलाएर आउँछ।</verse>
				<verse number="10">तर मान्‍छे त मरिहाल्‍छ, र लोप हुन्‍छ। मानिस आफ्‍नो आखिरी अवस्‍थामा आइपुग्‍छ, र त्‍यो रहँदैन।</verse>
				<verse number="11">जसरी समुद्रको पानी बिस्‍तार-बिस्‍तार घट्‌दैजान्‍छ, अथवा जसरी नदी घटेर सुकिहाल्‍छ,</verse>
				<verse number="12">त्‍यसरी नै मरणशील मानिस ढल्‍छ, र कहिल्‍यै उठ्‌दैन, जबसम्‍म आकाशहरू मेटिदैँनन्, मानिसहरू ब्‍यूँझनेछैनन्‌ अथवा आफ्‍ना निद्राबाट तिनीहरू फेरि कहिल्‍यै उठ्‌नेछैनन्‌।</verse>
				<verse number="13">	“तपाईंले मलाई चिहानमा लुकाउनुभए, अनि तपाईंको रीस नहटेसम्‍म मलाई गुप्‍तमा राख्‍नुभए त, तपाईंले मेरो समयको सीमा तोकिदिएर, मलाई सम्‍झनु भए त हुनेथियो!</verse>
				<verse number="14">के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्‍ति म प्रतीक्षा गर्नेछु।</verse>
				<verse number="15">तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्‍छा गर्नुहुनेछ।</verse>
				<verse number="16">निश्‍चय तपाईंले मेरा सबै चाल हेर्नुहुनेछ तर तपाईं मेरो पापको लेखा राख्‍नुहुन्‍न।</verse>
				<verse number="17">मेरो हरेक कसूर तपाईंको थैलोमा सञ्‍चय गरिएको हुनेछ। तपाईंले मेरो अधर्म छोपेर राख्‍नुहुनेछ।</verse>
				<verse number="18">“तर पहाड़ खिइएर चूर्ण भएझैँ र चट्टान त्‍यसको ठाउँबाट हटाइएझैँ,</verse>
				<verse number="19">पानीले ढुङ्गाहरूलाई खियाएझैँ, तथा वर्षाको पानीले भूइँको माटोलाई खाएझैँ, तपाईंले मानिसको आशा टुटाइदिनुभएको छ।</verse>
				<verse number="20">आखिरमा तपाईंले त्‍यसलाई जित्‍नुहुन्‍छ, र त्‍यो रहँदैरहँदैन, त्‍यसको अनुहारको रूप तपाईंले बदल्‍नुहुन्‍छ। र त्‍यो तपाईंको दृष्‍टिबाट बहिष्‍कृत हुन्‍छ।</verse>
				<verse number="21">त्‍यसका छोराहरू मान पाएर आदरणीय बने तापनि, त्‍यसले चाहिँ त्‍यो थाहा पाउनेछैन, तिनीहरू होच्‍याइए भने पनि त्‍यसलाई त्‍यो थाहा हुनेछैन।</verse>
				<verse number="22">त्‍यसले केवल आफ्‍नै शरीरको कष्‍ट मात्र थाहा गर्छ, र त्‍यसले आफ्‍नै निम्‍ति मात्र विलाप गर्छ।”</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">तब एलीपज तेमानीले जवाफ दिए:</verse>
				<verse number="2">“के बुद्धि भएको मानिसले यस्‍ता खोक्रो विचारयुक्त उत्तर दिन्‍छ? अथवा आफ्‍नो पेटमा पूर्वी बतास रहन्‍छ?</verse>
				<verse number="3">के उहाँले यस्‍ता बेकामका कुराहरू, मूल्‍य नभएका शब्‍दहरूद्वारा बहस गर्नुहुन्‍छ?</verse>
				<verse number="4">तर तपाईं ता मानिसहरूलाई परमेश्‍वरको भय मान्‍नलाई बाधा दिनुहुन्‍छ, र परमेश्‍वरप्रतिको भक्तिमा क्षति पुर्‍याउनुहुन्‍छ।</verse>
				<verse number="5">तपाईं जे भन्‍नुहुन्‍छ त्‍यो त तपाईंको अधर्मले नै भन्‍न लाउँछ अनि छलको भाषा तपाईं रुचाउनुहुन्‍छ।</verse>
				<verse number="6">तपाईं आफ्‍नै कुराबाट दोषी ठहरिनुभएको छ, मबाट त होइन। तपाईंको आफ्‍नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्‍छ।</verse>
				<verse number="7">के तपाईं मानिस जातिमा सबैभन्‍दा पहिले जन्‍मनुभएको हो? के तपाईंको उत्‍पत्ति डाँड़ाहरूभन्‍दा पहिले भएको हो?</verse>
				<verse number="8">के तपाईं परमेश्‍वरको गुप्‍त सभामा बसेर सुन्‍नुहुन्‍छ? अथवा सबै बुद्धिका कुरा तपाईं आफ्‍नै मात्र बनाउनुहुन्‍छ?</verse>
				<verse number="9">हामीले नजानेका कुन कुरा तपाईं जान्‍नुहुन्‍छ? हामीमा नभएको अन्‍तर्ज्ञान तपाईंमा के छ?</verse>
				<verse number="10">हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्, तपाईंका पिताभन्‍दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्‌।</verse>
				<verse number="11">तपाईंको कानमा बिस्‍तारै परेको मधुरो शब्‍द, परमेश्‍वरको सान्‍त्‍वना के तपाईंको निम्‍ति यथेष्‍ट छैन?</verse>
				<verse number="12">केले तपाईंको हृदयमा यस्‍तो आँट दिन्‍छ? अनि तपाईं किन आफ्‍नो आँखा फुकाएर हेर्नुहुन्‍छ?</verse>
				<verse number="13">र तपाईं आफ्‍नो रीस परमेश्‍वरलाई पोखाउनुहुन्‍छ, अनि आफ्‍ना मुखबाट यस्‍ता शब्‍दको भल निकाल्‍नुहुन्‍छ?</verse>
				<verse number="14">	“निर्बल मानिस के हो र त्‍यो निर्दोष हुन सक्‍छ? अथवा स्‍त्रीबाट जन्‍मेको कुनै बालक, के त्‍यो धर्मी ठहरिन सक्‍छ?</verse>
				<verse number="15">परमेश्‍वरले आफ्‍नै पवित्र जनमाथि भरोसा राख्‍नुहुन्‍न र स्‍वर्ग नै उहाँको दृष्‍टिमा निर्दोष छैन भने,</verse>
				<verse number="16">मानिस त झन्‌ कति कम होला, जो घिनलाग्‍दो र सड़ेको हुन्‍छ, र जसले अधर्मलाई पानीझैँ पिउँदछ!</verse>
				<verse number="17">सुन्‍नुहोस्‌ र तपाईंलाई म बताउनेछु, र मैले देखेको कुरा म बयान गर्नेछु।</verse>
				<verse number="18">जुन कुरा ज्ञानीहरूले आफ्‍ना पुर्खाहरूबाट पाएको केही नलुकाईकन घोषणा गरेका छन्‌।</verse>
				<verse number="19">(उनीहरूलाई मात्र देश अधिकार गर्न दिइएको थियो, उनीहरूसँग कुनै विदेशी बसेका थिएनन्‌।)</verse>
				<verse number="20">दुष्‍ट आफ्‍नो जीवनकालभरि नै दु:खले सताइएको हुन्‍छ, निष्‍ठुर मानिसका वर्षहरू गनेर तोकिएका हुन्‍छन्‌।</verse>
				<verse number="21">त्रासको शब्‍द त्‍यसको कानमा गुञ्‍जिरहन्‍छ, शान्‍तिको समयमा पनि नाश गर्ने त्‍यसमाथि आइलाग्‍नेछ।</verse>
				<verse number="22">अन्‍धकारको मुखबाट त्‍यसले उम्‍कने आशा गर्न सक्‍दैन, तरवारले मारिन त्‍यो छानिएको छ।</verse>
				<verse number="23">गिद्धको लागि आहारा फ्याँकिएझैँ त्‍यो फ्याँकिन्‍छ, आफ्‍नो विनाश निश्‍चय नै आउँछ भनी त्‍यस्‍तो मानिसले जान्‍दछ।</verse>
				<verse number="24">दु:ख र सुर्ताले त्‍यसलाई त्रसित बनाउँछ, युद्ध गर्न तयार भएका राजाझैँ तिनीहरूले त्‍यसलाई व्‍याकुल पार्छन्‌।</verse>
				<verse number="25">किनभने त्‍यसले परमेश्‍वरको विरुद्धमा आफ्‍नो हात उठाएको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा जोरी खोजेको छ।</verse>
				<verse number="26">आफ्‍नो बाक्‍लो र विशाल ढाल लिएर परमेश्‍वरको विरुद्धमा आक्रमण गर्न त्‍यो जाइलाग्‍छ।</verse>
				<verse number="27">“त्‍यसको गाला चिल्‍लोले भरिएको र त्‍यसको कम्‍मर बोसोले भरिएको भए तापनि</verse>
				<verse number="28">त्‍यो नाश भएको सहर र घरमा बस्‍नेछ, जहाँ कोही बस्‍दैनन्, ती घरहरू जो भत्‍केर ढुङ्गाको थुप्रो हुनेछन्‌।</verse>
				<verse number="29">त्‍यो अब उप्रान्‍त धनी हुनेछैन, र उसको सम्‍पत्ति रहनेछैन। न त उसको सम्‍पत्ति जमिनमा फैलिनेछ।</verse>
				<verse number="30">अन्‍धकारबाट ऊ उम्‍कन सक्‍नेछैन, ज्‍वालाले त्‍यसका टुसाहरू चाउरिनेछन्, अनि परमेश्‍वरको सासले त्‍यसलाई उड़ाएर लैजानेछ।</verse>
				<verse number="31">बेकामका कुराहरूमाथि भरोसा गरेर त्‍यसले आफैलाई धोका नदेओस्, किनभने त्‍यसले सट्टामा केही पाउनेछैन।</verse>
				<verse number="32">उसको समयभन्‍दा पहिले नै उसलाई पूर्ण रूपले चुक्‍ता गरिनेछ, अनि उसका हाँगाहरू सप्रने छैनन्‌।</verse>
				<verse number="33">काँचैमा फल टिपिएका अंगूरका बोटजस्‍तै त्‍यो हुनेछ, फूलहरू झरेको भद्राक्षको बोटझैँ त्‍यो हुनेछ।</verse>
				<verse number="34">किनभने ईश्‍वरहीनहरूको समूह सबै बाँझो हुनेछ, घूस मन पराउनेहरूका पालहरू आगोले नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="35">तिनीहरू कष्‍ट गर्भ धारण गर्दछन्, र खराबी जन्‍माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्‍दछन्‌।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">मैले यस्‍ता कुरा धेरै सुनेको छु, तपाईंहरू त सबै व्‍यर्थका सान्‍त्‍वना दिनेहरू मात्र हुनुहुन्‍छ,</verse>
				<verse number="3">के तपाईंहरूका वाहियात कुराको अन्‍त हुनेछैन? केले तपाईंलाई झिँझ्‍याउछ र तपाईं निरन्‍तर वहस गरिरहनुहुन्‍छ?</verse>
				<verse number="4">यदि तपाईंहरू र मैले आफ्‍नो स्‍थान साटासाट गरेको भए त म तपाईंहरूजस्‍तै बोल्‍न सक्‍नेथिएँ, तपाईंहरूका विरुद्धमा राम्रा-राम्रा भाषण दिन सक्‍थें, म मेरो औँला तपाईंहरूलाई ठड्याउनेथिएँ!</verse>
				<verse number="5">तर तपाईंहरूलाई उत्‍साह दिन म साहसको वचन बोल्‍नेथिएँ तब मेरो सहानुभूतिले तपाईंलाई शान्‍ति मिल्‍नेथियो।</verse>
				<verse number="6">“तर पनि म बोलें भने मेरो पीड़ा कम हुँदैन, म चूप लागें भने पनि मेरो कष्‍टले मलाई छोड्‌नेछैन।</verse>
				<verse number="7">हे परमेश्‍वर, तपाईंले मलाई व्‍याकुल पार्नुभएको छ, तपाईंले मेरो परिवारलाई सखाप पार्नुभएको छ।</verse>
				<verse number="8">तपाईंले मलाई बाँध्‍नुभएको छ, र यो कुरा साक्षी भएको छ। म हड्डी र छाला भएको छु, यसैले मेरो विरुद्धमा साक्षी दिन्‍छ।</verse>
				<verse number="9">क्रोधमा परमेश्‍वरले मलाई छिन्‍नभिन्‍न पार्नुहुन्‍छ, र मेरो विरुद्ध दारा किट्‌नुहुन्‍छ। मेरा शत्रुले मलाई तर्केर हेर्नुहुन्‍छ।</verse>
				<verse number="10">मानिसहरू मेरो गिल्‍ला गर्छन्, तिनीहरू मलाई थप्‍पड़ लाउँछन्, तिनीहरू मेरा चारैतिर मेरो विरुद्धमा एक हुन्‍छन्‌।</verse>
				<verse number="11">परमेश्‍वरले मलाई कुकर्मीहरूका हातमा छोड़िदिनुभएको छ, र दुष्‍ट मानिसहरूका हातमा फालिदिनुभएको छ।</verse>
				<verse number="12">म ता आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुछ्‌नुभयो। उहाँले मलाई घिच्रोमा अँठ्याएर धुजा पार्नुभयो, उहाँले मलाई आफ्‍नो तारो बनाउनुभएको छ।</verse>
				<verse number="13">उहाँका धनुर्धारीहरू मेरा चारैतिर छन्, निर्दयतापूर्वक उहाँले मेरो मिर्गौला छेड्‌नुभयो। उहाँले मेरो पित्त भूइँमा पोखाउनुभयो।</verse>
				<verse number="14">बारम्‍बार उहाँ ममाथि आइलाग्‍नुहुन्‍छ एक लड़ाकू मानिसझैँ उहाँ ममाथि आइलाग्‍नुभयो।</verse>
				<verse number="15">“मेरो शरीर ढाक्‍नलाई मैले भाङ्‌ग्रा सिएँ, मैले आफ्‍नो निधार धूलोमा गाड़ेँ।</verse>
				<verse number="16">रुँदा-रुँदा मेरा गालाहरू राता भएका छन्, मेरा आँखाका चारैतिर कालो भएको छ।</verse>
				<verse number="17">तापनि मेरा हात उपद्रवमा लागेका छैनन्, अनि मेरो प्रार्थना साँचो छ।</verse>
				<verse number="18">“हे पृथ्‍वी, मेरो रगतलाई नढाक्‌, अनि मेरो पुकारा कहिल्‍यै नथामिओस्‌!</verse>
				<verse number="19">	किनभने अहिले, मेरा गवाही ता स्‍वर्गमा हुनुहुन्‍छ, मेरो निम्‍ति जवाफ दिनलाई उच्‍चमा एउटा वकील तयारी हुनुहुन्‍छ।</verse>
				<verse number="20">मेरा मध्‍यस्‍थ मेरा साथी हुनुहुन्‍छ, जसै मेरा आँखाले परमेश्‍वरको अघि आँसु बगाउँछ,</verse>
				<verse number="21">मानिसको निम्‍ति परमेश्‍वरसित तिनी बिन्‍ती गर्छन्, जसरी मानिसले आफ्‍नो साथीको निम्‍ति बिन्‍ती गर्दछ</verse>
				<verse number="22">“म फेरि नफर्कने यात्रामा लाग्‍नभन्‍दा अघि रहेका वर्षहरू थोरै मात्र छन्‌।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">मेरो आत्‍मा व्‍याकुल भएको छ, मेरो दिनको अन्‍त आइपुगेको छ, चिहान मेरो निम्‍ति तयार छ।</verse>
				<verse number="2">म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्, मेरा आँखाले तिनीहरूको विरोधलाई मात्र हेर्नुपर्छ,</verse>
				<verse number="3">“हे परमेश्‍वर तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्, किनभने अरू को मेरो निम्‍ति जमानी बसिदिन्‍छ र?</verse>
				<verse number="4">तपाईंले ती मानिसहरूलाई विजयी तुल्‍याउनुहुनेछैन, जसका मनको सम्‍झने शक्ति तपाईंले बन्‍द गरिदिनुभएको छ।</verse>
				<verse number="5">यदि पुरस्‍कारको निम्‍ति मानिसले आफ्‍ना मित्रहरूको बदनामी गर्छ भने, त्‍यसका छोराहरूका आँखा कमजोर हुनेछन्‌।</verse>
				<verse number="6">“म ता सबै देशमा एउटा उखानको पात्र बनेको छु, एक जना मानिस जसको अनुहारमा सबैले थुक्‍छन्‌।</verse>
				<verse number="7">मेरा आँखा अफसोसले धमिला भएका छन्, मेरा सम्‍पूर्ण शरीर नै छायाजस्‍तै सुकिगएका छन्‌।</verse>
				<verse number="8">यसले गर्दा ईमानदार मानिसहरू अलमल्‍ल परेका छन्, अनि निर्दोष मानिसहरू डराएर थरथर भएका छन्‌।</verse>
				<verse number="9">यी सबै भए तापनि धर्मी मानिस आफ्‍नै बाटोमा हिँड़िरहन्‍छन्, अनि जसका हात निर्दोष छन्, तिनीहरू बलिया हुनेछन्‌।</verse>
				<verse number="10">“तर आऊ, सबै फेरि कोशिश गर! तिमीहरूका बीचमा त म एउटै बुद्धिमानी मानिस पाउनेछैनँ।</verse>
				<verse number="11">मेरा दिन बितिसके, मेरा युक्तिहरू विफल भए, र मेरो हृदयको इच्‍छा खतम भयो।</verse>
				<verse number="12">यी मानिसहरू दिनचाहिँ रातमा परिवर्तन गर्छन्, अन्‍धकार हुन लाग्‍दा यिनीहरू भन्‍छन्, ‘उज्‍यालो नजिक छ’।</verse>
				<verse number="13">यदि मैले आशा गरेको घर चिहान हो भने, यदि मैले मेरो ओछ्यान अन्‍धकारमा बनाएँ भने,</verse>
				<verse number="14">यदि मैले भ्रष्‍टतालाई ‘तपाईं मेरा बुबा’, र कीरालाई ‘तपाईं मेरी आमा’ अथवा ‘मेरा दिदी-बहिनीहरू’ भनी पुकारें भने</verse>
				<verse number="15">मेरो आशा कहाँ गयो त? र कसले मेरो निम्‍ति केही आशा देख्‍न सक्‍ला?</verse>
				<verse number="16">के यो मृत्‍युको ढोकामा जान्‍छ? के हामी सँगै धूलोमा मर्नेछौं?”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">तब बिल्‍दद शुहीले यसो भनेर जवाफ दिए:</verse>
				<verse number="2">“यी भाषणहरूलाई तपाईंले कहिले बन्‍द गर्नु हुन्‍छ? समझदार हुनुहोस्, र हामी कुरा गर्न सक्‍नेछौं।</verse>
				<verse number="3">हामीलाई किन पशुझैँ व्‍यवहार गरिन्‍छ? र तपाईंको विचारमा हामी मूर्खहरू ठहराइन्‍छौं?</verse>
				<verse number="4">तपाईं जसले रीसमा आफूलाई छिया-छिया पार्नुहुन्‍छ के तपाईंको खातिर पृथ्‍वीलाई त्‍यागिदिने? अथवा पहराहरू तिनीहरूका ठाउँबाट हटाउनु?</verse>
				<verse number="5">	“दुष्‍टको बत्ती निभाइन्‍छ, त्‍यसको आगोबाट फेरि कुनै ज्‍वाला निस्‍कँदैन।</verse>
				<verse number="6">त्‍यसको पालमा ज्‍योति अँध्‍यारो हुन्‍छ, त्‍यसको बत्ती निभ्‍छ।</verse>
				<verse number="7">त्‍यसको पाइलाको शक्ति कमजोर हुन्‍छ। त्‍यसको आफ्‍नै युक्तिले त्‍यसलाई लड़ाउँछ।</verse>
				<verse number="8">त्‍यसका खुट्टाले त्‍यसलाई पासोमा धकेल्‍छ, र त्‍यो जालमा भौँतारिन्‍छ।</verse>
				<verse number="9">त्‍यसका खुट्टा पासोमा जेलिन्‍छ, पासोमा डोरीले त्‍यसलाई कसेर बाँध्‍छ।</verse>
				<verse number="10">त्‍यसको लागि गलपासो भूइँमा लुकाइएको छ। र जाल त्‍यसको बाटोमा तेर्सिएको हुन्‍छ।</verse>
				<verse number="11">डरले त्‍यसलाई चारैतिर घेर्छ, र कदम-कदममा त्‍यसलाई खेद्‌छ।</verse>
				<verse number="12">विपत्ति त्‍यसको निम्‍ति भोकाएको हुन्‍छ, त्‍यो लड्‌दा दुर्घटनाले त्‍यसलाई पर्खिरहेको हुन्‍छ।</verse>
				<verse number="13">त्‍यसले त्‍यसको छालाको अंशहरू खाइहाल्‍छ, मृत्‍युको पहिलो सन्‍तानले त्‍यसको हात-खुट्टा खान्‍छ।</verse>
				<verse number="14">त्‍यसको घरको सुरक्षाबाट पनि त्‍यसलाई तानेर निकाल्‍छ, र त्‍यसलाई त्रासको राजाकहाँ लैजान्‍छ।</verse>
				<verse number="15">त्‍यसको पालमा आगोले वास गर्छ, त्‍यसको घरमा जलिरहेको गन्‍धक छर्किएको छ।</verse>
				<verse number="16">त्‍यसका तलतिरका जराहरू सुक्‍छन्, त्‍यसका माथिका हाँगाहरू ओइलाउँछन्‌।</verse>
				<verse number="17">पृथ्‍वीबाट त्‍यसको सम्‍झना लोप हुन्‍छ, संसारमा त्‍यसको नाउँनिशानै रहनेछैन।</verse>
				<verse number="18">त्‍यो उज्‍यालोबाट अँध्‍यारोमा धपाइन्‍छ, र संसारबाट निकालिन्‍छ।</verse>
				<verse number="19">आफ्‍ना मानिसहरूका बीचमा त्‍यसको आफ्‍नो कुनै सन्‍तान छैन। आफू एक पल्‍ट बसेको ठाउँमा कोही बाँचेका हुनेछैनन्‌।</verse>
				<verse number="20">पश्‍चिमका मानिसहरू त्‍यसको दशा सुनेर छक्‍क पर्नेछन्, पूर्वका मानिसहरू डरले काम्‍नेछन्‌।</verse>
				<verse number="21">दुष्‍ट काम गर्नेहरूको घर यस्‍तै हुनेछ, परमेश्‍वरको वास्‍ता नगर्नेहरूको घर यस्‍तै हुनेछ।”</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">कहिलेसम्‍म तपाईंहरू मलाई दु:ख दिनुहुन्‍छ, र वचनहरूले मलाई आघात गर्नुहुन्‍छ?</verse>
				<verse number="3">दश पल्‍ट तपाईंहरूले मलाई अपमान गर्नुभयो, र निर्लज्‍ज भएर मलाई आक्रमण गर्नुभयो।</verse>
				<verse number="4">वास्‍तवमा यदि मैले भूल गरेको भए तापनि भूल ता मेरै नै हो।</verse>
				<verse number="5">तर यदि साँच्‍चै तपाईंहरू मभन्‍दा माथि आफूलाई उचाल्‍नुहुन्‍छ र मेरो नम्रतालाई मेरो विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,</verse>
				<verse number="6">म यो तपाईंहरूलाई भन्‍दछु, कि परमेश्‍वरले नै मलाई अपराधी तुल्‍याउनुभएको हो, र उहाँले मेरो चारैतिर जाल फिँजाउनुभएको हो।</verse>
				<verse number="7">“अन्‍याय भयो भनी यदि म कराएँ भने, कसैले जवाफ दिँदैन, सहायताको निम्‍ति बिन्‍ती गरें भने पनि, म न्‍याय पाउँदिनँ।</verse>
				<verse number="8">उहाँले मेरो बाटोमा पर्खाल लाउनुभयो, र म निस्‍कन सक्‍दिनँ, मेरो बाटोलाई उहाँले अन्‍धकारद्वारा छोप्‍नुभएको छ।</verse>
				<verse number="9">उहाँले मेरो जम्‍मै मान खोस्‍नुभएको छ, उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।</verse>
				<verse number="10">उहाँले चारैतिरबाट म खतम नहोउञ्‍जेल मलाई हिर्काउनुहुन्‍छ, रूख उखेलिएझैँ उहाँले मेरो आशा टुटाइदिनुहुन्‍छ।</verse>
				<verse number="11">उहाँको रीस ममाथि साह्रै परेको छ, उहाँले मलाई आफ्‍नो शत्रु ठान्‍नुहुन्‍छ।</verse>
				<verse number="12">मलाई आक्रमण गर्नलाई उहाँले फौज पठाउनुहुन्‍छ, र तिनीहरू मेरो पालको चारैतिर छाउनी हाल्‍छन्‌।</verse>
				<verse number="13">“उहाँले मेरा दाजुभाइहरूलाई मबाट पराई बनाउनुभएको छ, मेरा मित्रहरू मबाट बिलकुलै अलग रहन्‍छन्‌।</verse>
				<verse number="14">मेरा कुटुम्‍बहरू र चिनाजानाहरू पछि हट्‌छन्, मेरा साथीहरूले मलाई बिर्सेका छन्‌।</verse>
				<verse number="15">मेरा पाहुना र दासीहरूले मलाई बिरानाझैँ व्‍यवहार गर्छन्, तिनीहरूका दृष्‍टिमा म ता एक विदेशी भएको छु।</verse>
				<verse number="16">मेरा दासलाई म बोलाउँछु, तर त्‍यसले उत्तर दिँदैन। यद्यपि म आफ्‍नै मुखले बिन्‍ती गर्दछु।</verse>
				<verse number="17">मेरो सास मेरी पत्‍नीलाई दुर्गन्‍धमय लाग्‍छ, मेरा आफ्‍नै दाजुभाइहरूका अगाड़ि म गन्हाउने भएको छु।</verse>
				<verse number="18">ससाना केटाहरूले समेत मलाई घृणा गर्छन्, र म देखा पर्दा तिनीहरू गिल्‍ला गर्छन्‌।</verse>
				<verse number="19">मेरा सबै घनिष्‍ठ साथीहरू मलाई घृणा गर्छन्, अनि मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा उठेका छन्‌।</verse>
				<verse number="20">म त हाड़ र छाला भएको छु, म त मरिसकेरै बाँचेको छु।</verse>
				<verse number="21">“दया गर्नुहोस्, हे मेरा मित्र हो! दया गर्नुहोस्, किनभने परमेश्‍वरको हात ममाथि परेको छ।</verse>
				<verse number="22">परमेश्‍वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरू किन खेदो गर्नुहुन्‍छ? के तपाईंहरूले मलाई सताउनुभएको पुगेन र?</verse>
				<verse number="23">“मेरा वचनहरू शिलामा लेखिएका भए ती चर्मपत्रमा लेखिएका भए,</verse>
				<verse number="24">फलामको हतियारले खोपेर सीसाले भरिदिए, अथवा चट्टानमा सधैँको निम्‍ति साक्षी हुनलाई खोपिएको भए हुनेथियो!</verse>
				<verse number="25">तर म जान्‍दछु, मेरा उद्धारक जीवित हुनुहुन्‍छ, सबैभन्‍दा अन्‍तिम समयमा उहाँ पृथ्‍वीमा खड़ा हुनुहुनेछ।</verse>
				<verse number="26">अनि मेरा छाला नाश गरिसकेपछि, मेरो शरीरमै म परमेश्‍वरलाई देख्‍नेछु।</verse>
				<verse number="27">म आफ्‍नै आँखाले उहाँलाई देख्‍नेछु, आफैले नै देख्‍नेछु अरू कसैले होइन। मेरो हृदय मभित्रै कति लालयत बन्‍छ!</verse>
				<verse number="28">“यदि तपाईंहरूले मलाई यसो भन्‍नुभयो भने, हामीले उसलाई कसरी लखेट्‌ने? किनकि दु:खका जड़ तिनी आफै हुन्,</verse>
				<verse number="29">तपाईंहरू तरवारदेखि होशियार रहनुहोस्, किनकि क्रोधले तरवारद्वारा दण्‍ड ल्‍याउनेछ, र त्‍यहाँ न्‍याय छ भनी तपाईंहरूले जान्‍नुहुनेछ।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">तब सोपर नमातीले जवाफ दिए:</verse>
				<verse number="2">“मेरो मनको पीरले जवाफ दिन मलाई उक्‍साएको छ, किनकि मलाई साह्रै अशान्‍ति भएको छ।</verse>
				<verse number="3">मलाई निन्‍दित तुल्‍याउने गाली मैले सुनेको छु, मेरो समझशक्तिले मलाई जवाफ दिन प्रेरित गरेको छ।</verse>
				<verse number="4">“तपाईंलाई निश्‍चय यो कुरा थाहा छ कि यस्‍तो ता समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्‍वीमा राखेका समयदेखि नै।</verse>
				<verse number="5">दुष्‍टहरूको विजय थोरै दिनको निम्‍ति मात्र हो, ईश्‍वरहीन मानिसको आनन्‍द क्षणभरको निम्‍ति मात्र रहन्‍छ।</verse>
				<verse number="6">त्‍यसको घमण्‍ड आकाशजत्तिकै अल्‍गो भएर उठे तापनि, र त्‍यसको शिरले बादललाई छोए तापनि,</verse>
				<verse number="7">त्‍यो आफ्‍नै मलजस्‍तै बिलकुल खतम भएर नष्‍ट हुन्‍छ, र त्‍यसलाई देख्‍ने सबैले भन्‍नेछन्, त्‍यो कहाँ गयो खोइ?”</verse>
				<verse number="8">सपनाझैँ कहिल्‍यै नभेट्टाइने गरी त्‍यो हराइहाल्‍छ, रातको दर्शनझैँ त्‍यो लोप भइहाल्‍छ।</verse>
				<verse number="9">त्‍यसलाई देख्‍ने आँखाले फेरि त्‍यसलाई कहिल्‍यै देख्‍नेछैन, त्‍यसको ठाउँले त्‍यसलाई कहिल्‍यै हेर्नेछैन?</verse>
				<verse number="10">त्‍यसका छोराहरूले कङ्गालीहरूसित सम्‍बन्‍ध सच्‍याउनेछन्, र त्‍यसका आफ्‍नै हातले आफ्‍ना धन-सम्‍पत्तिहरू फर्काउनेछ।</verse>
				<verse number="11">युवावस्‍था र बल त्‍यसका हड्डी-हड्डीमा भए तापनि, ती त्‍यससँगै धूलोमा पड़िरहनेछन्‌।</verse>
				<verse number="12">“खराब कुरो त्‍यसको मुखमा मीठो लागे तापनि, जिब्रोले त्‍यसलाई लटपटाएर मीठो बनाए तापनि,</verse>
				<verse number="13">त्‍यसलाई छोड्‌न नसके तापनि, र मुखमा राखिछोड़े तापनि,</verse>
				<verse number="14">त्‍यसको खानेकुरा त्‍यसको पेटमा अमिलो हुनेछ, र साँपको विषझैँ त्‍यो त्‍यसभित्र परिवर्तन हुनेछ।</verse>
				<verse number="15">त्‍यसले निलेको धन-सम्‍पत्ति त्‍यसले फेरि बमन गरेर निकाल्‍छ, परमेश्‍वरले त्‍यसलाई त्‍यो उकेल्‍न लाउनुहुन्‍छ।</verse>
				<verse number="16">त्‍यसले साँबे-सर्पको विष चुस्‍छ, विषालु साँपको दाँतले त्‍यसलाई मार्छ।</verse>
				<verse number="17">त्‍यसले मह र तरको खोला तथा नदीहरूमा रमाइलो गर्नेछैन।</verse>
				<verse number="18">आफूले परिश्रम गरेका कुराहरू नखाईकनै फिर्ता दिनुपर्छ, आफ्‍नो व्‍यापारका नाफाहरूमा त्‍यसले आनन्‍द मनाउन पाउनेछैन।</verse>
				<verse number="19">किनभने त्‍यसले गरीबमाथि थिचोमिचो गरेर त्‍यसलाई सताएको छ, आफूले नबनाएका घरहरू त्‍यसले बलपूर्वक कब्‍जा गरेको छ।</verse>
				<verse number="20">“किनभने त्‍यसको भोक शान्‍त हुनेछैन, त्‍यसले आफ्‍नो सम्‍पत्तिले आफूलाई बचाउन सक्‍दैन।</verse>
				<verse number="21">खानलाई त्‍यसको निम्‍ति केही पनि रहेन, त्‍यसको सुदिन धेरै दिनसम्‍म रहँदैन।</verse>
				<verse number="22">त्‍यसको प्रशस्‍ततामा पनि त्‍यसको दु:खले त्‍यसलाई उछिन्‍नेछ, पूरा कष्‍ट त्‍यसमाथि आइलाग्‍नेछ।</verse>
				<verse number="23">त्‍यसले आफ्‍नो पेट भरेपछि परमेश्‍वरले आफ्‍नो क्रोध त्‍यसमाथि पोखाउनुहुनेछ, र त्‍यसमाथि कड़ा मुक्‍का वर्षाउनुहुनेछ।</verse>
				<verse number="24">फलामका हतियारहरूको चोटबाट भागे तापनि, काँसाको टुप्‍पा भएको काँड़ले त्‍यसलाई छेड्‌नेछ।</verse>
				<verse number="25">त्‍यसले आफ्‍नो ढाड़बाट त्‍यसलाई निकाल्‍नेछ, त्‍यसको चम्‍कने टुप्‍पो त्‍यसको कलेजोबाट निस्‍कनेछ। त्रास त्‍यसमाथि आइपर्नेछ।</verse>
				<verse number="26">पूर्ण अन्‍धकारले त्‍यसको सम्‍पत्तिलाई पर्खिरहनेछ, प्रचण्‍ड आगोले त्‍यसलाई भस्‍म पार्नेछ, र त्‍यसका पालमा बाँकी भएका कुराहरूलाई नाश गर्नेछ।</verse>
				<verse number="27">स्‍वर्गले त्‍यसको दोष खुलस्‍त देखाउनेछ, पृथ्‍वी त्‍यसको विरुद्ध खड़ा हुनेछ।</verse>
				<verse number="28">त्‍यसको घरलाई भलले, परमेश्‍वरको क्रोधको दिनमा उर्लंदो बाढ़ले बगाएर लैजानेछ।</verse>
				<verse number="29">दुष्‍ट मानिसको निम्‍ति परमेश्‍वरको इनाम र परमेश्‍वरले ठहराउनुभएको फल यस्‍तै हुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">“सुन्‍नुहोस्, कृपा गरी सुन्‍नुहोस्, यो नै तपाईंहरूले मलाई दिनुहुने सान्‍त्‍वना होस्‌।</verse>
				<verse number="3">मैले कुरा गर्दा तपाईंहरूले सुनिदिनुहोस्, मैले बोलिसकेपछि तपाईंहरूको गिल्‍ला जारी रहोस्‌।</verse>
				<verse number="4">के मेरो झगड़ा मानिसहरूसितको हो र? म अधैर्य किन नहुने?</verse>
				<verse number="5">मलाई हेर्नुहोस्, र अवाक्‌ हुनुहोस्, र हातले मुख छोप्‍नुहोस्‌।</verse>
				<verse number="6">जब म यो सम्‍बन्‍धमा सोच्‍दछु, म त्रासले भरिन्‍छु, र मेरो सारा शरीर नै थरथर काम्‍छ।</verse>
				<verse number="7">दुष्‍टहरू किन चिरञ्‍जीवी हुन्‍छन्‌? वृद्धावस्‍था र शक्तिमा किन बढ्‌दैरहन्‍छन्‌?</verse>
				<verse number="8">आफ्‍ना छोराछोरीहरूलाई आफ्‍ना वरिपरि राम्ररी स्‍थापित भएका, र तिनीहरूका सन्‍तानलाई फलिफाप भएका तिनीहरू देख्‍न पाउँछन्‌।</verse>
				<verse number="9">तिनीहरूका परिवारहरू सुरक्षित र डरबाट स्‍वतन्‍त्र हुन्‍छन्‌। परमेश्‍वरको न्‍यायको दण्‍ड तिनीहरूमाथि पर्दैन।</verse>
				<verse number="10">तिनीहरूका बहर मिसिन्‍छन्‌ र खेर जाँदैनन्, तिनीहरूका गाईहरू बियाउँछन्‌ तर तुहिँदैनन्‌।</verse>
				<verse number="11">तिनीहरूका छोराछोरीहरू थुमाहरूझैँ खेल्‍न कुद्‌छन्, र तिनीहरूका ससाना नानीहरू नाच्‍दै उफ्रन्‍छन्‌।</verse>
				<verse number="12">खैँजड़ी र वीणासित तिनीहरू आनन्‍द मनाउँछन्, र बाँसुरीको सोरमा तिनीहरू रमाउँछन्‌।</verse>
				<verse number="13">सम्‍पन्‍नतामा नै तिनीहरूको जीवन बित्‍छ, र शान्‍तिसित तिनीहरू चिहानमा जान्‍छन्‌।</verse>
				<verse number="14">तापनि तिनीहरू परमेश्‍वरलाई भन्‍छन्, ‘हामीलाई छोड़िदिनुहोस्‌!’ हामी तपाईंका मार्गहरू जान्‍न चाहन्‍नौं।</verse>
				<verse number="15">सर्वशक्तिमान्‌ को हो र हामी उहाँको आराधना गरौं? उहाँसँग प्रार्थना गरेर हामीले के पाउँछौं र?</verse>
				<verse number="16">तर दुष्‍टहरूको उन्‍नति तिनीहरूको आफ्‍नै हातमा हुँदैन, त्‍यसकारण दुष्‍टहरूको सल्‍लाहदेखि म अलग रहन्‍छु।</verse>
				<verse number="17">“तापनि दुष्‍टको बत्ती कति पल्‍ट निभाइन्‍छ र? कति पल्‍ट तिनीहरूको नाश तिनीहरूमाथि नै आइपर्छ र? परमेश्‍वरले आफ्‍नो क्रोधमा दुष्‍टलाई कहिले दण्‍ड दिनुहुन्‍छ र?</verse>
				<verse number="18">दुष्‍ट मानिस कति पल्‍ट बतासमा परालको टुक्राझैँ, र हुरीले उड़ाएको भुसझैँ हुन्‍छ र?</verse>
				<verse number="19">यो भनिएको छ, ‘मानिसको दण्‍ड परमेश्‍वरले तिनका छोराछोरीहरूका निम्‍ति साँचिराख्‍नुहुन्‍छ’। तर परमेश्‍वरले त्‍यसलाई नै दण्‍ड देऊन्, यसरी त्‍यस मानिसले थाहा पाउनेछ!</verse>
				<verse number="20">त्‍यसकै आँखाले त्‍यसमाथि आउने नाश देखोस्, अनि सर्वशक्तिमान्‌को क्रोध त्‍यसले पिओस्‌।</verse>
				<verse number="21">जब मानिसको आफ्‍नै जीवन समाप्‍त भएको छ भने, के त्‍यसले आफ्‍ना छोराछोरीहरूको सुखको वास्‍ता गर्छ र?</verse>
				<verse number="22">के मानिसले परमेश्‍वरलाई ज्ञान सिकाउन सक्‍छ र? परमेश्‍वरलाई, जसले स्‍वर्गमा हुनेहरूलाई पनि न्‍याय गर्नुहुन्‍छ?</verse>
				<verse number="23">कोही मानिस त मृत्‍युको दिनसम्‍मै पूरा स्‍वस्‍थ रहेको हुन्‍छ, सुख र चैनमा त्‍यो मर्छ।</verse>
				<verse number="24">त्‍यसको शरीर हृष्‍टपुष्‍ट हुन्‍छ, त्‍यसको हड्डीमा मासीले रसिलो भएकै हुँदा त्‍यो मर्छ।</verse>
				<verse number="25">अर्को मानिस मनको तीतोपन मै मर्छ, सुखको स्‍वाद त्‍यसले चाखेकै हुँदैन।</verse>
				<verse number="26">ती सबै माटोमा सँगसँगै गाड़िन्‍छन्, अनि कीराहरू नै तिनीहरूका कात्रो भएका हुन्‍छन्‌।</verse>
				<verse number="27">“तपाईंहरू के सम्‍झँदैहुनुहुन्‍छ मलाई राम्ररी थाहा छ, र मेरो विरुद्धमा रचिरहेका तपाईंहरूको योजनाहरू मलाई थाहा छ।</verse>
				<verse number="28">‘अब त्‍यो ठूलो मानिसको घर कहाँ छ, खोइ? त्‍यो दुष्‍टको घर के भयो?’ भनी तपाईंहरू मलाई सोध्‍नुहुनेछ।</verse>
				<verse number="29">के तपाईंले कहिल्‍यै यात्रीहरूलाई प्रश्‍न गर्नुभएको छैन? तिनीहरूका वर्णनहरूबाट के तपाईंहरू सिक्‍न सक्‍नुहुन्‍न—</verse>
				<verse number="30">आपत्‌ परिआउँदा दुष्‍ट जोगिन्‍छ, र क्रोधको दिनको अघि नै त्‍यो सुरक्षित स्‍थानमा सारिन्‍छ?</verse>
				<verse number="31">कसैले त्‍यसलाई त्‍यसको मुखेन्‍जी दोषी ठहराउँदैन, त्‍यसले गरेको कामको निम्‍ति कसैले साटो लिँदैन?</verse>
				<verse number="32">जब त्‍यो चिहानमा लगिन्‍छ, त्‍यसको चिहानमा पहरा राखिन्‍छ,</verse>
				<verse number="33">भूइँको माटो त्‍यसलाई मीठो लाग्‍छ, सबै मानिस त्‍यसको पछि लाग्‍छन्‌ र अनगिन्‍ती घुँइचो त्‍यसको अघि जान्‍छन्‌।</verse>
				<verse number="34">“यसैकारण तपाईंहरूका निरर्थक कुराहरूले कसरी मलाई सान्‍त्‍वना दिन्‍छन्‌! तपाईंहरूका जवाफमा झूटबाहेक अरू केही रहँदैन।”</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">तब एलीपज तेमानीले जवाफ दिए:</verse>
				<verse number="2">	के मानिस परमेश्‍वरको लागि केही लाभको हुन्‍छ र? के कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्‍ति लाभको हुन सक्‍छ र?</verse>
				<verse number="3">यदि तपाईं धर्मी हुनुभए पनि सर्वशक्तिमान्‌लाई यसले के आनन्‍द दिन्‍छ र? तपाईंका मार्गहरू निर्दोष भए तापनि त्‍यसले उहाँलाई के लाभ हुन्‍छ र?</verse>
				<verse number="4">“के तपाईंको धार्मिकताको लागि उहाँ तपाईंलाई हप्‍काउनुहुन्‍छ र तपाईंको विरुद्ध दोष लाउनुहुन्‍छ?</verse>
				<verse number="5">के तपाईंको दुष्‍टता ठूलो छैन? र के तपाईंको दुष्‍टताको सीमा नाघिसकेको छैन र?</verse>
				<verse number="6">केही कारणविना नै तपाईं आफ्‍ना भाइहरूबाट सुरक्षा माग्‍नुहुन्‍छ? तपाईं मानिसहरूका लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुहुन्‍छ।</verse>
				<verse number="7">थाकेको मानिसलाई तपाईंले पानी दिनुभएन, र भोकाएको मानिसलाई तपाईं भोजन दिनलाई इन्‍कार गर्नुहुन्‍छ।</verse>
				<verse number="8">तपाईं जमिन भएका शक्तिशाली मानिस, त्‍यहाँ बस्‍ने इज्‍जतदार मानिस भए तापनि</verse>
				<verse number="9">तपाईंले ता विधवाहरूलाई रित्तो हात फर्काउनुभयो, र टुहुरा-टुहुरीहरूको बल तोड्‌नुभयो।</verse>
				<verse number="10">यसैले तपाईंका मार्गका चारैतिर पासोहरू छन्, अनि तपाईं एक्‍कासि डरले भरिनुहुन्‍छ।</verse>
				<verse number="11">यसैले धेरै निस्‍पट्ट अँध्‍यारो भएको छ र तपाईं देख्‍न सक्‍नुहुन्‍न, र भलको पानीले तपाईंलाई डुबाएको छ।</verse>
				<verse number="12">“निश्‍चय नै परमेश्‍वर त आकाशको शिरबिन्‍दुमा हुनुहुन्‍छ, र सबै सर्वोच्‍च ताराहरू कति महान्‌ छन्‌ भनी देख्‍नुहुन्‍छ।</verse>
				<verse number="13">तर तपाईं भन्‍नुहुन्‍छ, परमेश्‍वर के जान्‍नुहुन्‍छ र? ‘उहाँले यस्‍तो अँध्‍यारोबाट न्‍याय गर्नुहुन्‍छ?</verse>
				<verse number="14">आकाशमण्‍डलमा उहाँ यताउता हिँड्‌नुहुँदा, उहाँको आँखाले बादलहरूको पर्दालाई छिचल्‍न सक्‍दैन।</verse>
				<verse number="15">दुष्‍ट मानिसको पुरानो चालमा के तपाईं हिँड्‌नुहुन्‍छ?</verse>
				<verse number="16">तिनीहरू आफ्‍नो समय अघि नै हटाइए, भलले तिनीहरूका जग नै बगाएर लग्‍यो।</verse>
				<verse number="17">ती मानिसहरूले परमेश्‍वरलाई भने, ‘हामीलाई छोड़िदिनुहोस्, सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्‍छ र?’</verse>
				<verse number="18">तापनि उहाँले तिनीहरूका घरहरू असल-असल थोकहरूले भरिदिनुभएको थियो। यसर्थ म दुष्‍टको सल्‍लाहदेखि अलग बस्‍छु।</verse>
				<verse number="19">तिनीहरूका दुर्दिन देखेर धर्मीहरू आनन्‍दले मग्‍न हुनेछन्, निर्दोषहरू तिनीहरूको ठट्टा गरेर यसो भन्‍दै हाँस्‍छन्,</verse>
				<verse number="20">निश्‍चय हाम्रा शत्रुहरू नाश पारिए, र तिनीहरूका धन-दौलत आगोले भस्‍म हुन्‍छ।</verse>
				<verse number="21">“अब परमेश्‍वरका अधीनमा हुनुहोस्‌ र उहाँसित मिलाप गर्नुहोस्‌। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ।</verse>
				<verse number="22">उहाँको मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्‍नो हृदयमा उहाँका वचनहरू सञ्‍चय गर्नुहोस्‌।</verse>
				<verse number="23">नम्रसित तपाईं सर्वशक्तिमान्‌तिर फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्‍थापना गरिनेछ, तपाईंले आफ्‍नो घरबाट खराबी त्‍यागिदिनुभयो भने,</verse>
				<verse number="24">तपाईंले आफ्‍ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्‍साको ढुङ्गासरह मान्‍नुभयो भने,</verse>
				<verse number="25">सर्वशक्तिमान्‌ नै तपाईंको निम्‍ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्‍ति सबैभन्‍दा असल चाँदी हुनुहुनेछ।</verse>
				<verse number="26">तब सर्वशक्तिमान्‌मा नै तपाईंले आनन्‍द पाउनुहुनेछ। र तपाईंले आफ्‍ना नजर परमेश्‍वरतिर उठाउनुहुनेछ।</verse>
				<verse number="27">तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ, र उहाँले सुन्‍नुहुनेछ, र तपाईंले आफ्‍नो भाकल पूरा गर्नुहुनेछ।</verse>
				<verse number="28">तपाईंले जे निर्णय गर्नुहुनेछ, त्‍यो पूरा हुनेछ, तपाईंको बाटोमा ज्‍योति चम्‍कनेछ।</verse>
				<verse number="29">जब मानिसहरू होच्‍याइन्‍छन्‌ र तपाईंले भन्‍नुहुनेछ, ‘यिनीहरूलाई उचाल्‍नुहोस्,’ र उहाँले होच्‍याइएकालाई बचाउनुहुनेछ।</verse>
				<verse number="30">उहाँले निर्दोष नभएकालाई पनि छुटाउनुहुनेछ। तपाईंको हात निर्दोष भएकोले गर्दा उहाँले उनीहरूलाई छुटकारा दिनुहुनेछ।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">आज पनि मेरो गुनासो तीतो भएको छ, किनभने मेरो आर्तनादमा पनि परमेश्‍वरको गह्रौँ बाहु ममाथि परेको छ।</verse>
				<verse number="3">उहाँलाई भेट्टाउन मात्र सके त, उहाँको वासस्‍थानमा पस्‍न मात्र पाए त,</verse>
				<verse number="4">म मेरो मामिला उहाँको सामुन्‍ने र मेरो सम्‍पूर्ण बहस उहाँकै अगि राख्‍नेथिएँ!</verse>
				<verse number="5">उहाँले कस्‍तो जवाफ दिनुहुनेथियो म जान्‍नेथिएँ, र उहाँले के भन्‍नुहुनेथियो म थाहा पाउनेथिएँ।</verse>
				<verse number="6">के उहाँले आफ्‍नो सारा महाशक्तिले मेरो विरुद्ध गर्नुहुन्‍छ र? अँहँ, परमेश्‍वर आफैले त मेरो विरुद्धमा कहिल्‍यै दोष लाउनुहुनेछैन।</verse>
				<verse number="7">त्‍यहाँ सोझा मानिसहरूले उहाँको सामुन्‍ने आफ्‍नो मुद्दा पेश गर्न सक्‍नेछन्, र मेरा न्‍यायकर्ताबाट म सधैँको निम्‍ति छुटकारा पाउनेछु।</verse>
				<verse number="8">“यदि म पूर्वतिर गएँ भने उहाँ त्‍यहाँ हुनुहुन्‍न, पश्‍चिमतिर गएँ भने म उहाँलाई त्‍यहाँ पाउँदिनँ।</verse>
				<verse number="9">उहाँले उत्तरतिर काम गर्नुहुँदा उहाँलाई भेट्टाउँदिनँ, उहाँ दक्षिणतिर फर्कनुहुँदा पनि म उहाँलाई देख्‍न सक्‍दिनँ।</verse>
				<verse number="10">तर मैले लिएको बाटो उहाँ जान्‍नुहुन्‍छ। उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु।</verse>
				<verse number="11">मैले उहाँको पाइला पछ्याएको छु, म उहाँको मार्गमा चलेको छु, अनि त्‍यसबाट म यताउता लागेको छैनँ।</verse>
				<verse number="12">उहाँको मुखबाट निस्‍केको आज्ञालाई म इन्‍कार गर्दिनँ, मेरो दैनिक भोजनभन्‍दा उहाँले भन्‍नुभएको कुरा मैले हृदयमा धेरै सञ्‍चय गरिराखेको छु।</verse>
				<verse number="13">“तर उहाँ एकलो हुनुहुन्‍छ, अनि कसले उहाँलाई विरोध गर्न सक्‍छ? उहाँले आफ्‍नो मनको इच्‍छाबमोजिम गर्नुहुन्‍छ।</verse>
				<verse number="14">उहाँले आफ्‍नो आदेश मेरो विरुद्धमा पूरा गर्नुहुन्‍छ। यस्‍ता योजनाहरूले उहाँको हृदय भरिपूर्ण छ।</verse>
				<verse number="15">यसैकारण उहाँसँग भेट गर्न मलाई डर लाग्‍छ, यी सबै कुराहरूका विषयमा विचार गर्दा मलाई डर लाग्‍छ।</verse>
				<verse number="16">परमेश्‍वरले नै मलाई निरुत्‍साहित तुल्‍याउनुहुन्‍छ, सर्वशक्तिमान्‌ले नै मलाई भयले भरिदिनुभएको छ।</verse>
				<verse number="17">तापनि अन्‍धकारले मलाई चूप लाउन सक्‍दैन, न त मेरो अनुहारलाई ढाकिदिने रहस्‍यले मलाई चूप लाउन सक्‍छ।”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">“सर्वशक्तिमान्‌ले दण्‍डको दिन किन ठहराउनुहुन्‍न? उहाँलाई चिन्‍नेहरूले किन त्‍यस्‍ता दिनहरूलाई व्‍यर्थमा खोजी गर्नुपर्छ?</verse>
				<verse number="2">मानिसहरू साँधसिमानाको ढुङ्गा हटाउँछन्, तिनीहरूले चोरेको भेड़ाका बगाल तिनीहरू चराउँछन्‌।</verse>
				<verse number="3">तिनीहरू टुहुरा-टुहुरीहरूको गधा धपाएर लान्‍छन्, र विधवाको गोरु बन्‍धकमा लान्‍छन्‌।</verse>
				<verse number="4">तिनीहरू गरीबहरूलाई आफ्‍नो बाटोदेखि धक्‍का दिँदै हिँड्‌छन्, तिनीहरू कङ्गालीहरूलाई जबरदस्‍ती लुक्‍ने ठाउँमा पठाउँछन्‌।</verse>
				<verse number="5">आहारको लागि वन-गधा वनमा घुमफिर गरेझैँ गरीबहरू खाना खोज्‍न जान्‍छन्, उजाड़-स्‍थानले तिनीहरूका छोराछोरीहरूको लागि भोजन जुटाउँछ।</verse>
				<verse number="6">गरीबहरू खेतमा सुक्‍खा अन्‍न टिप्‍छन्, दुष्‍ट मानिसको दाखबारीबाट तिनीहरू अङ्‌गूर बटुल्‍छन्‌।</verse>
				<verse number="7">लुगा नभएको हुनाले तिनीहरू नाङ्गो भएर रात बिताउँछन्, जाड़ोमा ढाक्‍नलाई तिनीहरूको केही हुँदैन।</verse>
				<verse number="8">पहाड़बाट आएको वृष्‍टिले तिनीहरू निथ्रुक्‍क भिज्‍छन्, शरणस्‍थान नभएको हुनाले चट्टाननेर तिनीहरू थुप्रन्‍छन्‌।</verse>
				<verse number="9">बुबा नभएका नानीहरूलाई दुष्‍टहरूले आमाको काखबाट खोसेर लान्‍छन्, र गरीब मानिसको बालकलाई तिनीहरू ऋणको सट्टा लैजान्‍छन्‌।</verse>
				<verse number="10">लुगा नभएका हुनाले तिनीहरू नाङ्गै जान्‍छन्‌। तिनीहरू आफ्‍ना अन्‍नका बिटा बोक्‍छन्‌ तर पनि भोकै हुन्‍छन्‌।</verse>
				<verse number="11">तिनीहरू कौसीमा जैतून पेल्‍छन्, तिनीहरू कोल ता पेल्‍छन्‌ तापनि तिर्खाउँछन्‌।</verse>
				<verse number="12">सहरबाट मर्न लागेको मानिसको आर्तनाद निस्‍कन्‍छ, र चोट लागेको मानिस सहायताको लागि कराउँछ, तर पनि परमेश्‍वर भूल गरेको दोष लाउनुहुन्‍न।</verse>
				<verse number="13">“कोही मानिसहरू ज्‍योतिको विरुद्धमा विद्रोह गर्छन्, तिनीहरू त्‍यसको विषयमा केही जान्‍दैनन्‌ र त्‍यसको ज्‍योतिमा हिँड्‌दैनन्‌।</verse>
				<verse number="14">हत्‍याराचाहिँ साँझ परेपछि उठेर गरीब र आवश्‍यकतामा परेकाहरूलाई मार्छ र रातीचाहिँ त्‍यसले चोरले झैँ लूटपीट गर्छ।</verse>
				<verse number="15">व्‍यभिचारीले उत्‍सुकतासित साँझको प्रतीक्षा गर्छ, त्‍यसलाई कसैले नदेखोस्‌ भनेर आफ्‍नो भेष त्‍यसले बद्‌लन्‍छ।</verse>
				<verse number="16">राती चोर घर फोरेर पस्‍छन्, तर दिनमा तिनीहरू लुक्‍छन्‌ र उज्‍यालोदेखि अलग बस्‍छन्‌।</verse>
				<verse number="17">तिनीहरू सबैका निम्‍ति निस्‍पट्ट अँध्‍यारोचाहिँ तिनीहरूको बिहानी हो, तिनीहरूले अन्‍धकारको त्रासलाई मन पराउँछन्‌।</verse>
				<verse number="18">“त्‍यस्‍ता मानिसहरू पानीको सतहमा फिँज जस्‍तै हुन्, तिनीहरूका खेतले देशभरि नै श्राप पाएको हुन्‍छ। यसरी कोही पनि दाखबारीमा जाँदैन।</verse>
				<verse number="19">	जसरी पग्‍लेको हिउँलाई खड़ेरी र तापले सुकाउँछ, त्‍यसरी नै चिहानले पापीलाई विनाश पार्छ।</verse>
				<verse number="20">कोखले त्‍यसलाई बिसर्नेछ, कीराले त्‍यसलाई खाइहाल्‍छ, दुष्‍ट मानिसहरूको सम्‍झना गरिनेछैन, र तिनीहरू रूखझैँ भाँचिनेछन्‌।</verse>
				<verse number="21">तिनीहरूले बाँझी र बालक नभएकी स्‍त्रीलाई अत्‍याचार गर्छन्‌ र विधवालाई कुनै दया देखाउँदैनन्‌।</verse>
				<verse number="22">परमेश्‍वरले आफ्‍नो सामर्थ्‍यमा शक्तिशालीलाई पनि नाश गर्नुहुन्‍छ, तिनीहरू उठे तापनि तिनीहरूको जीवनको आशा हुँदैन।</verse>
				<verse number="23">परमेश्‍वरले तिनीहरूलाई सुरक्षाको अभासमा रहन दिनुभए तापनि, उहाँले हरसमय तिनीहरूको चालमाथि आफ्‍नो नजर राख्‍नुहुन्‍छ।</verse>
				<verse number="24">केही क्षणको निम्‍ति दुष्‍ट मानिस उचालिन्‍छ, त्‍यसपछि त्‍यो नाश हुन्‍छ, अरूहरूलाई झैँ त्‍यसलाई तल झारिन्‍छ र जम्‍मा गरिन्‍छ र काटेर राखेको अन्‍नको बालाझैँ त्‍यो ओइलाइहाल्‍छ।</verse>
				<verse number="25">“यदि यो होइन भने, कसले मलाई झूटा ठहराउन सक्‍छ र? मेरा वचन निरर्थक भनी कसैले प्रमाण गर्न सक्‍छ र?”</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">तब बिल्‍दद शुहीले जवाफ दिए:</verse>
				<verse number="2">“अधिकार र भय परमेश्‍वरसँग छन्, उहाँले आफ्‍नो उच्‍च राज्‍यमा शान्‍ति कायम गर्नुभएको छ।</verse>
				<verse number="3">के उहाँका फौज गन्‍न सकिन्‍छ? कसमाथि उहाँको ज्‍योति उदाउँदैन र?</verse>
				<verse number="4">परमेश्‍वरको दृष्‍टिमा मानिस कसरी धर्मी हुन सक्‍छ र? अथवा स्‍त्रीबाट जन्‍मेको मानिस कसरी निर्दोष हुन सक्‍छ र?</verse>
				<verse number="5">उहाँको दृष्‍टिमा जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन्‌ भने,</verse>
				<verse number="6">झन्‌ मानिस, जो कीरा मात्र हो, त्‍यो परमेश्‍वरको दृष्‍टिमा के मोलको छ र?”</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">तब अय्‍यूबले जवाफ दिए:</verse>
				<verse number="2">“शक्तिहीन मानिसलाई तपाईंले के सहायता गर्नुभयो, निर्बल हातलाई तपाईंले कसरी बचाउनुभयो?</verse>
				<verse number="3">बुद्धि नभएका मानिसलाई तपाईंले के सल्‍लाह दिनुभयो, अनि तपाईंले कुन ठूलो अन्‍तर्ज्ञान प्रदर्शन गर्नुभयो?</verse>
				<verse number="4">यस्‍ता कुरा गर्न तपाईंलाई कसले उक्‍सायो? अनि तपाईंको मुखबाट कसको आत्‍माले बोल्‍यो?</verse>
				<verse number="5">“मरेकाहरूका आत्‍मा गहिरो वेदनामा छन्, पानी मुनि भएकाहरू र त्‍यहाँका बासिन्‍दाहरू सबैलाई त्रासले छाएको छ।</verse>
				<verse number="6">मृत्‍यु परमेश्‍वरको अघि नाङ्गो छ र विनाश उदाङ्गै भएको छ।</verse>
				<verse number="7">उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्‍छ, र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुहुन्‍छ।</verse>
				<verse number="8">उहाँले पानीलाई बादलको थुप्रोमा बन्‍द गरी राख्‍नुहुन्‍छ, तापनि तिनको भारले मेघहरू फुटेर निस्‍कँदैनन्‌।</verse>
				<verse number="9">आफ्‍ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्‍द्रमालाई ढाक्‍नुहुन्‍छ।</verse>
				<verse number="10">उज्‍यालो र अँध्‍यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्‍थिर राख्‍नुभएको छ।</verse>
				<verse number="11">उहाँको हप्‍काइमा आकाशका खम्‍बाहरू काम्‍छन्, र डरले विस्‍मित हुन्‍छन्‌।</verse>
				<verse number="12">आफ्‍नो बलियो बाहुले उहाँले समुद्रलाई साम्‍य गराउनुभयो, र आफ्‍नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।</verse>
				<verse number="13">उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्‌नुभयो।</verse>
				<verse number="14">यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्‍ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?”</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">तब अय्‍यूबले आफ्‍नो बहस फेरि सुरु गरे:</verse>
				<verse number="2">“परमेश्‍वर जीवित हुनुभए झैँ जसले मेरो इन्‍साफ गर्नलाई इन्‍कार गर्नुभयो, सर्वशक्तिमान्‌को नाउँमा, जसले मेरो मन तीतो बनाइदिनुभयो।</verse>
				<verse number="3">मेरो शरीरमा प्राण रहुञ्‍जेल, र परमेश्‍वरको सास मेरो नाकमा रहुञ्‍जेल,</verse>
				<verse number="4">कुनै पनि असत्‍य वचन मेरो मुखबाट निस्‍कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्‍नेछैन।</verse>
				<verse number="5">तपाईंहरू ठीक हुनुहुन्‍छ भनी म कहिल्‍यै स्‍वीकार गर्ने छैनँ, म नमरुञ्‍जेल म आफ्‍नो ईमान्‍दारीलाई अस्‍वीकार गर्ने छैनँ।</verse>
				<verse number="6">म ठीकै छु भन्‍ने मेरो दाबीलाई म कायम राख्‍नेछु, म बाँचुञ्‍जेल मेरो विवेकले मलाई दोष लगाउनेछैन।</verse>
				<verse number="7">“मेरा शत्रुहरू दुष्‍टझैँ होऊन्, मेरा विरोधीहरू अन्‍यायीजस्‍तै।</verse>
				<verse number="8">किनकि ईश्‍वरहीन मानिस नाश हुँदा त्‍यसको के आशा हुन्‍छ र जब परमेश्‍वरले त्‍यसको प्राण लिइहाल्‍नुहुन्‍छ?</verse>
				<verse number="9">जब दु:ख त्‍यसमाथि आइलाग्‍छ, के परमेश्‍वरले त्‍यसको पुकारा सुन्‍नुहुन्‍छ?</verse>
				<verse number="10">के त्‍यसले सर्वशक्तिमान्‌बाट आनन्‍द पाउँछ? र हर समय उहाँको नाउँको पुकारा गर्छ र?</verse>
				<verse number="11">परमेश्‍वरको शक्तिको बारेमा म तपाईंहरूलाई सिकाउनेछु, सर्वशक्तिमान्‌को बाटोलाई म लुकाउनेछैनँ।</verse>
				<verse number="12">तपाईंहरू सबैले यी कुरा देख्‍नुभएको छ, तपाईंहरू यस्‍ता व्‍यर्थका कुरा किन गर्नुहुन्‍छ?</verse>
				<verse number="13">दुष्‍टको निम्‍ति परमेश्‍वरले ठहराउनुभएको भाग यही हो, निष्‍ठुर मानिसको इनाम सर्वशक्तिमान्‌बाट यही हो।</verse>
				<verse number="14">त्‍यसका धेरै छोराछोरीहरू भए तापनि तिनीहरू तरवारले मारिनेछन्‌ र त्‍यसका सन्‍तानहरू भोकै रहनेछन्‌।</verse>
				<verse number="15">बाँचेकाहरू रूढ़ीले मरेर चिहानमा लगिनेछन्‌ अनि तिनीहरूका विधवा तिनीहरूका निम्‍ति रुनेछैन।</verse>
				<verse number="16">त्‍यसले कसिङ्गरसरह अनगन्‍ती धन-सम्‍पत्ति थुपारे तापनि र थाक-थाक लुगाहरू जम्‍मा गरे तापनि,</verse>
				<verse number="17">ती त्‍यसले जम्‍मा त गर्ला, तर धर्मीहरूले ती लगाउनेछन्‌ र त्‍यसका धन-सम्‍पत्ति निर्दोष मानिसले बाँड्‌नेछन्‌।</verse>
				<verse number="18">त्‍यसले बनाएको घर पुतलीको गुँड़जस्‍तै कमजोर हुन्‍छ अथवा पहरेदारको टौवाजस्‍तै हुन्‍छ।</verse>
				<verse number="19">त्‍यो धनी भएर सुत्‍ला तर अब उसो त्‍यस्‍तो हुनेछैन त्‍यसले आँखा खोल्‍दा ती सबै गइहालेको हुन्‍छ।</verse>
				<verse number="20">विनाश भलझैँ त्‍यसमाथि आइलाग्‍नेछ र आँधीबेहरीले त्‍यसलाई राती उड़ाएर लैजानेछ।</verse>
				<verse number="21">पूर्वको बतासले त्‍यसलाई उड़ाएर लैजानेछ र त्‍यसको नाउँ निशानै रहनेछैन बतासले त्‍यसलाई त्‍यसको घरबाट टाढ़ा उड़ाई लैजानेछ।</verse>
				<verse number="22">निर्दयतासाथ त्‍यो त्‍यसमाथि आइलाग्‍नेछ, जसै त्‍यो त्‍यसको शक्तिबाट भाग्‍नेछ।</verse>
				<verse number="23">त्‍यसको पतनमा ताली बजाएको आवाज र त्‍यसको चारैतिर खिसीको सोर हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">“चाँदीका खानीहरू हुन्‍छन्‌ र सुन विशुद्ध गर्ने ठाउँहरू छन्‌।</verse>
				<verse number="2">जमिनबाट फलाम निकाल्‍ने स्‍थानहरू छन्‌ र काँचो धातु गलाएर तामा निकालिन्‍छ।</verse>
				<verse number="3">मानिसले अन्‍धकारलाई शेष गरिदिन्‍छ, ऊ पृथ्‍वीको गहिरोभित्र अँध्‍यारोमा खनिजको खोजी गर्छ।</verse>
				<verse number="4">मानिसहरू बसेका ठाउँभन्‍दा धेरै टाढ़ामा, अथवा मानिसहरूका खुट्टाले नटेकेको ठाउँमा उसले खानीमा तल जाने प्‍वालहरू खन्‍छ, त्‍यहीँ ऊ एकान्‍तमा, डोरीमा झुण्‍डिएर सुरुङमा काम गर्छ।</verse>
				<verse number="5">अन्‍न उम्रने माटोलाई आगोमा परिवर्तन गरिन्‍छ।</verse>
				<verse number="6">त्‍यसका चट्टानहरूबाट नीर निस्‍कन्‍छ र त्‍यसको धूलोमा सुनका कण हुन्‍छन्‌।</verse>
				<verse number="7">कुनै शिकारी-पक्षीले त्‍यहाँ जाने बाटो चिन्‍दैन अनि बाजको तीखो आँखाले पनि त्‍यो देखेको हुँदैन।</verse>
				<verse number="8">रवाफिला पशुले त्‍यसमाथि टेक्‍दैनन्, कुनै सिंह पनि त्‍यहाँ पस्‍दैन।</verse>
				<verse number="9">मानिसले आफ्‍नो हातले कड़ा ढुङ्गा काट्‌दछ, र पहाड़हरूका फेदलाई उदाङ्ग बनाउँछ।</verse>
				<verse number="10">त्‍यसले चट्टानमा सुरुङ खन्‍दछ, त्‍यसले बहुमूल्‍य पत्‍थरहरू देख्‍तछ,</verse>
				<verse number="11">त्‍यसले खोलाका मूलहरू खोज्‍दछ, र जमिनभित्र भएका गाड़धनहरू निकाल्‍दछ।</verse>
				<verse number="12">“तर बुद्धिचाहिँ कहाँ पाइन्‍छ? समझशक्तिको मूल कहाँ छ?</verse>
				<verse number="13">मानिसले त्‍यसको मूल्‍य थाहा पाउँदैन, जीवित मानिसहरूको देशमा त्‍यो पाइँदैन।</verse>
				<verse number="14">महासागरको गहिराइले भन्‍दछ, ‘त्‍यो मसँग छैन’। अनि समुद्र भन्‍दछ, ‘त्‍यो मसित छैन’।</verse>
				<verse number="15">निखुर सुनले त्‍यो किन्‍न सकिँदैन, न त चाँदीसँग त्‍यसको मोल गर्न सकिन्‍छ।</verse>
				<verse number="16">ओपीरको सुनले त्‍यो किन्‍न सकिँदैन अथवा बहुमूल्‍य आनिक्‍स वा नीरसित त्‍यो किन्‍न सकिँदैन।</verse>
				<verse number="17">सुन र स्‍फटिकसँग त्‍यसको तुलना गर्न सकिँदैन, न त निखुर सुनको गहनासित त्‍यो साट्‌न सकिन्‍छ।</verse>
				<verse number="18">मूगा र बिल्‍लौरको ता कुरै गर्नुपर्दैन, बुद्धिको मूल्‍य मानिकभन्‍दा धेरै हुन्‍छ।</verse>
				<verse number="19">कूश देशको पुष्‍पराज त्‍यसको बराबर हुन सक्‍दैन। निखुर सुनले त्‍यो किन्‍न सकिँदैन।</verse>
				<verse number="20">“तब बुद्धि कहाँबाट आउँछ? र समझशक्तिको मूल कहाँ छ?</verse>
				<verse number="21">संसारको कुनै जीवित प्राणीले त्‍यो देख्‍न सक्‍दैन, आकाशको पक्षीबाट पनि त्‍यो लुकाइएको हुन्‍छ।</verse>
				<verse number="22">विनाश र मृत्‍युले भन्‍दछन्, ‘हामीले ता सुनेका मात्र हौं’।</verse>
				<verse number="23">परमेश्‍वरले त्‍यसको चाल बुझ्‍नुहुन्‍छ, उहाँले मात्र त्‍यो कहाँ बस्‍छ जान्‍नुहुन्‍छ।</verse>
				<verse number="24">किनभने उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍म देख्‍नुहुन्‍छ, र उहाँले आकाशमुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्‍छ।</verse>
				<verse number="25">जब परमेश्‍वरले बतासलाई शक्ति दिनुभयो, र समुद्रको सिमाना बाँधिदिनुभयो,</verse>
				<verse number="26">जब उहाँले वृष्‍टिको हद तोकिदिनुभयो, र बिजुली बज्रको मार्ग तोकिदिनुभयो।</verse>
				<verse number="27">त्‍यस बेला उहाँले बुद्धिलाई देखेर त्‍यसलाई जाँच्‍नुभयो। उहाँले त्‍यसलाई विचार गर्नुभयो, र त्‍यसको भेद बुझ्‍नुभयो।</verse>
				<verse number="28">	अनि उहाँले मानिसलाई भन्‍नुभयो, परमेश्‍वरको डर नै बुद्धि हो र दुष्‍टताबाट अलग रहनु समझशक्ति हो।”</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">तब अय्‍यूबले आफ्‍नो बहस गर्दैरहे:</verse>
				<verse number="2">“बितेका महिनाहरूको म कत्ति चाहना गर्दछु, जुन समयमा परमेश्‍वर मेरो हेरचाह गर्नुहुन्‍थ्‍यो!</verse>
				<verse number="3">जब उहाँको दियो मेरो शिरमाथि चम्‍कन्‍थ्‍यो, र त्‍यसको उज्‍यालोद्वारा म अँध्‍यारोमा हिँड्‌डुल गर्थें!</verse>
				<verse number="4">मेरो उत्तम समयका दिनहरू, जब परमेश्‍वरको नजिकको सम्‍बन्‍धले मेरो घरलाई आशिष्‌ दिन्‍थ्‍यो।</verse>
				<verse number="5">जब सर्वशक्तिमान्‌ अझै मेरो साथमा हुनुहुन्‍थ्‍यो, अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खड़ा भइरहन्‍थे।</verse>
				<verse number="6">जब मेरो बाटोमा दूध बग्थ्यो, र चट्टानहरूबाट जैतूनको तेल बग्‍थ्‍यो।</verse>
				<verse number="7">चोकमा बस्‍नलाई जब म सहरको मूल ढोकाबाट भएर जान्‍थें</verse>
				<verse number="8">जवान मानिसहरू मलाई देखेर बाटो छोड़िदिन्‍थे, र वृद्ध मानिसहरू खड़ा हुन्‍थे।</verse>
				<verse number="9">अधिकारी वर्गको मुखै बन्‍द हुन्‍थ्‍यो, र आफ्‍नो मुख हातले छोप्‍थे।</verse>
				<verse number="10">भारदारहरूको बोली नै बन्‍द हुन्‍थ्‍यो, तिनीहरूको जिब्रो तालुमा टाँसिन्‍थ्‍यो।</verse>
				<verse number="11">मैले बोलेको सुन्‍नेहरूले मेरो गुणगान गर्थे, र मलाई देख्‍नेहरू मेरै योग्‍यताको साक्षी दिन्‍थे।</verse>
				<verse number="12">किनभने सहायताको लागि पुकारा गर्दा गरीब मानिसहरूलाई, र रक्षाहीन पितृहीनहरूलाई मैले बचाएँ।</verse>
				<verse number="13">मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्‍थ्‍यो, र मैले विधवाको मन आनन्‍दले गाउने पारिदिन्‍थें।</verse>
				<verse number="14">धार्मिकतालाई मैले आफ्‍नो लुगाजस्‍तै लगाएँ, इन्‍साफलाई मैले मेरो पोशाक र फेटाझैँ लगाएँ।</verse>
				<verse number="15">अन्‍धाको लागि म आँखा भएँ, र लङ्गड़ाको निम्‍ति खुट्टा भएँ।</verse>
				<verse number="16">दरिद्रको लागि म बुबाझैँ थिएँ, र विदेशीको पक्षमा म मुद्दामा खड़ा हुन्‍थें।</verse>
				<verse number="17">अधर्मीको शक्तिलाई मैले नाश गरें र त्‍यसको मुखबाट मैले शिकार खोसें।</verse>
				<verse number="18">“म दीर्घायु भएर मर्नेछु र घरमा सुखसित मर्नेछु भनी आशा गरेथें।</verse>
				<verse number="19">‘मेरा जराहरू पानीतिर फैलिएर जानेछन्‌ र रातभरि मेरा हाँगाहरूमा शीत बस्‍नेछन्‌।</verse>
				<verse number="20">मेरो महिमा मसित सधैँ ताजा हुनेछ र मेरो हातमा धनु सधैँ नयाँ हुनेछ’।</verse>
				<verse number="21">“मानिसहरू ठूलो आशा लिएर मेरो कुरा सुन्‍थे र मेरो सल्‍लाहको निम्‍ति चूपचाप पर्खिरहन्‍थे।</verse>
				<verse number="22">म बोलिसक्‍दा तिनीहरूले थप्‍ने कुरो केही हुँदैनथ्‍यो। मेरा वचन तिनीहरूका हृदयमा बिस्‍तारै भिज्‍दैजान्‍थे।</verse>
				<verse number="23">वर्षाको प्रतीक्षा गरेझैँ तिनीहरू तिनका लागि पर्खिरहन्‍थे र बसन्‍तको झरीझैँ तिनीहरूले ती वचन पिउँथे।</verse>
				<verse number="24">म मुसुक्‍क हाँसिदिँदा तिनीहरूले साहस पाउँथे, मेरो उज्‍यालो अनुहार तिनीहरूका निम्‍ति बहुमूल्‍य हुन्‍थ्‍यो।</verse>
				<verse number="25">तिनीहरूले लाग्‍नुपर्ने बाटो मैले छानिदिन्‍थें र फैसला गरिदिन्‍थें, राजाले आफ्‍नो फौजलाई युद्धमा लगेझैँ म तिनीहरूलाई लान्‍थें र शोक गर्नेहरूलाई सान्‍त्‍वना दिनेझैँ म थिएँ।”</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">“तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्‍छन्, ती मानिसहरू, जसका बुबाहरूलाई मेरा भेड़ा रुँग्‍ने कुकुरहरूसँग राख्‍न पनि म अयोग्‍य ठान्‍थें।</verse>
				<verse number="2">तिनीहरूका बलिया पाखुरा मेरो निम्‍ति के कामको थियो? किनभने तिनीहरूको शक्तिशाली पुरुषार्थ खतम भइसकेको थियो।</verse>
				<verse number="3">तिनीहरू यति धेरै गरीब र भोकाएका हुन्‍थे, कि राती उजाड़ ठाउँहरूका सुक्‍खा ठाउँमा तिनीहरू घुम्‍थे।</verse>
				<verse number="4">खानका निम्‍ति तिनीहरू नुनिलो झार र ऐरेलु र झ्‍याउका जराहरू उखेल्‍थे।</verse>
				<verse number="5">तिनीहरू मानिसहरूको समाजबाट लखेटिएर, हल्‍लाखल्‍लासाथ चोरहरूझैँ खेदिएका भएर</verse>
				<verse number="6">तिनीहरू सुक्‍खा खोलाका सतहमा, जमिनका प्‍वालहरू र चट्टानका चिराहरूमा बस्‍थे।</verse>
				<verse number="7">पशुहरूजस्‍तै तिनीहरू झाड़ीहरूमा कराउँथे, र पोथ्राहरूमुनि गुटमुटिएर बस्‍थे।</verse>
				<verse number="8">नीच घरानामा जन्‍मेका बेनामी मानिसको दल जो देशबाट खेदिए।</verse>
				<verse number="9">अब मलाई तिनीहरूका छोराहरूले गिल्‍ला गर्दछन्, तिनीहरूका बीचमा म ठट्टाको पात्र बनेको छु।</verse>
				<verse number="10">तिनीहरू मलाई घीन गर्दछन्, तिनीहरू मबाट टाढ़ा रहन्‍छन्, तिनीहरू मेरो मुखमा थुक्‍न हिचकिचाउँदैनन्‌।</verse>
				<verse number="11">परमेश्‍वरले मेरो धनु फुकालिदिनुभएको र मलाई पीड़ा दिनुभएको हुनाले, तिनीहरू मेरो विरुद्धमा आफ्‍ना सारा रीस पोखाउँछन्‌।</verse>
				<verse number="12">तिनीहरू मेरो दाहिनेतिर मलाई आक्रमण गर्छन्, तिनीहरू मेरो खुट्टाको लागि पासो थाप्‍छन्, तिनीहरू आफ्‍ना घेरा-मचान मेरो विरुद्धमा खड़ा गर्छन्‌।</verse>
				<verse number="13">तिनीहरू मेरो बाटो भत्‍काइदिन्‍छन्, कसैको सहायताविना नै तिनीहरू मलाई नाश गर्न सफल हुन्‍छन्‌।</verse>
				<verse number="14">भ्‍वाङ्ग परेका प्‍वालहरूबाट तिनीहरू अटाई-नअटाई पस्‍छन्, भत्‍केका पर्खालबाट तिनीहरू ठेलमठेल गर्दै आउँछन्‌।</verse>
				<verse number="15">त्रासमाथि त्रासले मलाई घेर्छ, त्‍यसले मेरो गौरवलाई बतासले झैँ उड़ाएर लैजान्‍छ, मेरो सुरक्षाचाहिँ बादलझैँ हराइहाल्‍छ।</verse>
				<verse number="16">अनि अब मेरो प्राण मभित्रै शेष हुँदै जाँदैछ र कष्‍टका दिनहरूले मलाई आफ्‍नो पन्‍जामा पक्रेका छन्‌।</verse>
				<verse number="17">राती पीडाले मेरो हड्डी-हड्डीमा घोच्‍छ र मेरा पीडाहरूले कहिल्‍यै आराम लिँदैनन्‌।</verse>
				<verse number="18">परमेश्‍वर आफ्‍नो शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ, कमीजको कठालाले झैँ उहाँले मलाई घाँटीमा अँठ्याउनुहुन्‍छ।</verse>
				<verse number="19">परमेश्‍वर आफैले मलाई हिलोमा जाकिदिनुभएको छ, र म धूलो र खरानीसरह भएको छु।</verse>
				<verse number="20">हे परमेश्‍वर, सहायताको लागि मैले तपाईंलाई पुकारें तर तपाईंले मलाई जवाफ दिनुभएन, मेरो मामिला पेश गर्नलाई म खड़ा हुन्‍छु, तर तपाईं वास्‍ता गर्नुहुन्‍न।</verse>
				<verse number="21">तपाईं मलाई निष्‍ठुरताको व्‍यवहार गर्नुहुन्‍छ र आफ्‍नो सारा शक्तिले मलाई सताउनुहुन्‍छ।</verse>
				<verse number="22">मलाई झट्‌कारेर आँधीको अघि फालिदिनुहुन्‍छ, र प्रचण्‍ड आँधीमा मलाई फ्‍याँकिदिनुहुन्‍छ।</verse>
				<verse number="23">मलाई थाहा छ कि तपाईंले मलाई मृत्‍युको हातमा सुम्‍पनुहुन्‍छ, त्‍यस ठाउँमा, जो सबै जीवितहरूका निम्‍ति तपाईंले ठहराउनुभएको छ।</verse>
				<verse number="24">“आफ्‍नो दु:खमा सहायताको लागि पुकार्दा तोड़िएको मानिसमाथि कसैले हात उठाउँदैन।</verse>
				<verse number="25">आफ्‍नो जीवन कष्‍टमा बिताउनेको निम्‍ति के म रोइनँ र? के गरीबको निम्‍ति मेरो मन दुखेन र?</verse>
				<verse number="26">तापनि जब मैले भलाइको आशा गरें, दुष्‍टता पो आइलाग्‍यो, उज्‍यालोको प्रतीक्षा गरेको थिएँ, तर अँध्‍यारो पो आयो।</verse>
				<verse number="27">मभित्रको हलचल कहिल्‍यै थामिँदैन, कष्‍टका दिनहरू मैले भोग्‍नुपर्छ।</verse>
				<verse number="28">म कालो भई हिँड्‌छु तर सूर्यले ता होइन; सहायताको निम्‍ति बिन्‍ती गर्नलाई, म सभामा खड़ा हुन्‍छु।</verse>
				<verse number="29">स्‍यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्‌।</verse>
				<verse number="30">कालो भएको मेरो छाला पत्रै-पत्र भएर झर्छ र जरोले मेरो शरीर जलेको छ।</verse>
				<verse number="31">वीणाको लय त मृत्‍युको गीत भएको छ, मेरो बाँसुरीचाहिँ रुनेहरूको सोरझैँ भएको छ।”</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">कुनै स्‍त्रीलाई कुदृष्‍टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।</verse>
				<verse number="2">मानिसको निम्‍ति परमेश्‍वरले स्‍वर्गबाट ठहराउनुभएको भाग कुनचाहिँ हो? उँभोबाट सर्वशक्तिमान्‌ले दिनुभएको सम्‍पत्ति?</verse>
				<verse number="3">के दुराचारीको लागि नाश, खराबी गर्नेहरूको लागि विपत्ति होइन र?</verse>
				<verse number="4">के परमेश्‍वर आफैले मेरा चाल देख्‍नुहुन्‍न र? र मेरो हरेक पाइला गन्‍नुहुन्‍न र?</verse>
				<verse number="5">यदि म झूटा कुरामा हिँड़ेको छु अथवा मेरा पाउ छलको पछि हिँड़ेका भए,</verse>
				<verse number="6">न्‍यायको तराजूमा परमेश्‍वरले मलाई तौलून्‌ र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष छु।</verse>
				<verse number="7">यदि मेरो पाइला सोझो बाटोदेखि तर्किएको छ भने, यदि मेरो मनले आँखाको इच्‍छाअनुसार गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,</verse>
				<verse number="8">मैले रोपेको अन्‍न अर्काले खाओस्‌ र मेरा बाली जरैसमेत उखेलिऊन्‌!</verse>
				<verse number="9">यदि मेरो हृदय कुनै स्‍त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,</verse>
				<verse number="10">मेरी पत्‍नी अर्को मानिसको कमारी भइजाओस्‌ र अरू मानिसहरूले त्‍यससित सम्‍भोग गरून्‌।</verse>
				<verse number="11">किनभने त्‍यो त दुष्‍ट कर्म हो, न्‍याय गरिने एउटा अपराध हो।</verse>
				<verse number="12">त्‍यो ता भस्‍म गर्ने र नाश गर्ने आगो हुनेछ, चारैतिर मेरो बालीलाई खाने भयङ्कर आगो।</verse>
				<verse number="13">“यदि मैले मेरो दास वा दासीलाई इन्‍साफ इन्‍कार गरेको भए, तिनीहरूले मकहाँ आफ्‍नो उजूर ल्‍याउँदा मैले त्‍यो इन्‍कार गरेको छु भने,</verse>
				<verse number="14">परमेश्‍वरले मेरो सामना गर्नुहुँदा म के गरुँला? उहाँले लेखा लिनुहुँदा मैले के जवाफ दिने?</verse>
				<verse number="15">गर्भमा मलाई रच्‍नुहुनेले तिनीहरूलाई पनि रच्‍नुभएको होइन र? के एउटै परमेश्‍वरले हामीलाई गर्भमा सृष्‍टि गर्नुभएको होइन र?</verse>
				<verse number="16">यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्‍कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्‍याइदिएको छु भने,</verse>
				<verse number="17">यदि मैले मेरो गाँस एकलै खाएको छु भने र टुहुरा-टुहुरीसित त्‍यो बाँड़ेको छैन भने—</verse>
				<verse number="18">तर मैले त टुहुरो केटालाई त्‍यसको बुबालेजस्‍तै पालनपोषण गरें। र मैले आफू जन्‍मेको दिनदेखि नै विधवालाई डोर्‍याएँ।</verse>
				<verse number="19">यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्‍ट भएको अथवा कुनै गरीब मानिसलाई ओढ्‌ने नभएको देखेको छु भने,</verse>
				<verse number="20">र मेरो भेड़ाको ऊनले त्‍यसलाई न्‍यानो पार्न नदिएको कारण त्‍यसले मलाई हृदयसमेतले प्रशंसा गरेको छैन भने,</verse>
				<verse number="21">मानिसहरूले अदालतमा मेरो प्रभाव छ भनी जानेर पनि यदि मैले मेरो हात टुहुरा-टुहुरीहरूमाथि उठाएको छु भने,</verse>
				<verse number="22">मेरो पाता काँधबाट खुस्‍कोस्, मेरो पाखुरा जोर्नीबाट खुस्‍कोस्‌!</verse>
				<verse number="23">तर परमेश्‍वरको त्रास ममाथि साह्रै नै परेको थियो, अनि उहाँको महामहिमाको डरले गर्दा मैले यी सबै कुरा गर्न सकिनँ।</verse>
				<verse number="24">“यदि मैले सुनमा मेरो भरोसा राखेको भए, वा ‘तँ मेरो सुरक्षा होस्‌’ भनी निखुर सुनलाई यो भनेको छु भने,</verse>
				<verse number="25">यदि मैले मेरो धन-सम्‍पत्तिमा र सम्‍पत्तिको बढ्‌तीमा रमाहट गरेको भए,</verse>
				<verse number="26">यदि मैले सूर्यको प्रतापलाई अथवा चन्‍द्रमाको सम्‍पूर्ण सौन्‍दर्यलाई हेरेर,</verse>
				<verse number="27">मेरो हृदयलाई गुप्‍तमा बहकाएको भए र तिनलाई पूज्‍न मेरा हात उठाएको भए,</verse>
				<verse number="28">ती ता इन्‍साफ गरिने योग्‍यका पाप हुनेथिए, किनभने स्‍वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा म अविश्‍वासी हुनेथिएँ।</verse>
				<verse number="29">मेरा विरोधीहरूका विनाशलाई देखेर म रमाएको छु भने, अथवा दु:खले त्‍यसलाई घेर्दा म खुशी भएको छु भने,</verse>
				<verse number="30">‘त्‍यो मरिजाओस्‌’ भनी सराप दिएर मैले कहिल्‍यै पाप गरिनँ।</verse>
				<verse number="31">मेरो निम्‍ति काम गर्ने सबै मानिसहरूले यो कहिल्‍यै नभनेको भए, “अय्‍यूबको भोजबाट को तृप्‍त भएको छैन र?”</verse>
				<verse number="32">तर परदेशीहरूलाई राती सड़कहरूमा सुत्‍न परेको छैन, किनकि यात्रुको लागि मेरो घर सधैँ खुल्‍ला थियो।</verse>
				<verse number="33">अरू मानिसहरूले आफ्‍ना पाप लुकाउन चेष्‍टा गरेझैँ, मैले मेरो हृदयमा मेरा पाप लुकाएको छु भने,</verse>
				<verse number="34">किनकि भीड़ले के भन्‍लान्‌ भनी म डराएँ, र कुटुम्‍बहरूका गिल्‍लाको डरले, म चूप लागि बसें, घरभित्रै बसिरहेँ।</verse>
				<verse number="35">(म जे भनिरहेछु कसैले सुनिदिने भए ता, म शपथ खाएर भन्‍दछु, कि एक-एक कुरा सत्‍य छ, सर्वशक्तिमान्‌ परमेश्‍वरले जवाफ देऊन्‌! मेरा विरोधीहरूले मेरो विरुद्धमा ल्‍याएका दोषहरू लेखिदेऊन्।</verse>
				<verse number="36">म ती मेरो गलामा पहिरिनेथिएँ, मुकुट झैँ पहिरने थिएँ।</verse>
				<verse number="37">मैले गरेका सबै काम म उनलाई बताउनेथिएँ, म उनको सामुन्‍ने राजकुमारझैँ जानेथिएँ।)—</verse>
				<verse number="38">“यदि मेरो खेत मेरो विरुद्ध कराएको भए, र त्‍यसका ड्याङहरूमा आँसुले भिजेको भए,</verse>
				<verse number="39">उमार्नेहरूलाई भोकै राखेर मैले खाएको भए, किसानहरूका आत्‍मा रुवाएको भए,</verse>
				<verse number="40">जौको सट्टामा झार र गहूँको सट्टामा लुहुढ़े-काँढ़ा उम्रून्‌।” अय्यूबको वक्तव्यको समाप्‍त भयो।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">तब ती तीन जना मानिसहरूले अय्‍यूबलाई जवाफ दिन छोड़े, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्‍झे।</verse>
				<verse number="2">तर रामको सन्‍तानको बुजी बारकेलका छोरा एलीहूलाई रीस उठ्यो। किनभने अय्‍यूबले आफूलाई परमेश्‍वरभन्‍दा पनि धेरै धर्मी तुल्‍याए।</verse>
				<verse number="3">ती तीन जना मित्रहरूसँग पनि तिनी रिसाए। किनभने अय्‍यूबलाई जवाफ दिन तिनीहरूसित केही जवाफै रहेन। यद्यपि तिनीहरूले तिनलाई दोषी ठहराए।</verse>
				<verse number="4">उनीहरू अय्‍यूबसँग कुरा गरुञ्‍जेल एलीहूचाहिँ चूप लागी बसेका थिए, किनकि उनीहरूभन्दा तिनी उमेरमा सानो थिए।</verse>
				<verse number="5">तर ती तीन जनासँग अय्‍यूबलाई फर्काउन जवाफ केही नभएको देखेर तिनले आफ्‍नो रीस थाम्‍न सकेनन्‌।</verse>
				<verse number="6">तब बुजी बारकेलका छोरा एलीहूले भन्‍न सुरु गरे: “म त उमेरमा सानै छु, अनि तपाईंहरू पाको हुनुहुन्‍छ। यसैकारण तपाईंको सामुन्‍ने मेरो ज्ञान देखाउन चाहिनँ र चूप लागी बसेको थिएँ।</verse>
				<verse number="7">मैले यस्‍तो विचार गरें, ‘उमेरले बोल्‍नुपर्छ, र उमेर ढल्‍केकाहरूले आफ्‍ना बुद्धि प्रकट गर्नुपर्छ’।</verse>
				<verse number="8">तर मानिसमा त परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ, र सर्वशक्तिमान्‌को सास, जसले त्‍यसलाई समझशक्ति दिन्‍छ।</verse>
				<verse number="9">बूढ़ाहरू मात्रै ता बुद्धिमानी हुँदैनन्, अथवा जे ठीक छ सो बुझ्‍ने पाकाहरू मात्र हुँदैनन्‌।</verse>
				<verse number="10">“यसैकारण म भन्‍दछु: मेरो कुरा सुन्‍नुहोस्‌। मैले जे जानेको छु सो भन्‍नेछु</verse>
				<verse number="11">हेर्नुहोस्, म त तपाईंहरूका कुरा सुन्‍दैथिएँ, तपाईंहरूले शब्‍दहरू खोज्‍नुहुँदा तपाईंहरूका विचारको अन्‍त के हुन्‍छ भनी, म त ध्‍यानसित सुनिरहेको थिएँ।</verse>
				<verse number="12">तपाईंहरूको विचारको अन्‍त के हुन्‍छ भनी मैले पूर्ण ध्‍यान दिएको थिएँ। तर तपाईंहरूमध्‍ये कसैले पनि अय्‍यूबलाई खण्‍डन गर्नुभएन, न त तिनको बहसको जवाफै दिनुभयो।</verse>
				<verse number="13">यसो नभन्‍नुहोस्, ‘हामीले बुद्धि पाएका छौं, मानिसले होइन परमेश्‍वरले नै तिनको खण्‍डन गरून्‌।’</verse>
				<verse number="14">तर अय्‍यूबले मेरो विरुद्धमा बोलेका छैनन्, तपाईंहरूजस्‍तै म तिनलाई जवाफ दिनेछैनँ।</verse>
				<verse number="15">“तिनीहरू हैरान भएका छन्, र भन्‍नलाई केही बाँकी छैन।</verse>
				<verse number="16">के तिनीहरू बोल्‍दैनन्‌ भनेर मैले पर्खिबस्‍ने र? किनभने तिनीहरू त्‍यहाँ उभिबस्‍छन्, र फेरि जवाफै दिँदैनन्‌।</verse>
				<verse number="17">होइन, अब म मेरै जवाफ दिनेछु, र म जे जान्‍दछु, म तपाईंहरूलाई भन्‍नेछु।</verse>
				<verse number="18">किनभने मेरो मुखभरि जवाफ आएको छ, मेरो मनमा कुरा भरिएको छ।</verse>
				<verse number="19">मद्यले जस्‍तै मेरो पेट फुलेको छ, दाखरसको नयाँ थैलीझैँ पूरा फुलेको छ।</verse>
				<verse number="20">शान्‍ति पाउनलाई मैले बोल्‍नैपर्छ, मैले मेरो मुख खोलेर जवाफ दिनैपर्छ।</verse>
				<verse number="21">म कसैको पक्ष लिनेछैनँ, म कुनै मानिसलाई सर्काउनेछैनँ।</verse>
				<verse number="22">किनकि म चाप्‍लुसी गर्न जान्‍ने भए, मेरा सृष्‍टिकर्ताले मलाई चाँड़ै उठाइलैजानुहुने थियो।”</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">“अब अय्‍यूब, मेरा वचन सुन्‍नुहोस्, र मैले भनेको हरेक कुरालाई ध्‍यान दिएर सुन्‍नुहोस्‌।</verse>
				<verse number="2">हेर्नुहोस्, म जवाफ दिनलाई तयार छु, शब्‍दहरू मेरो मुखभरि आएका छन्‌।</verse>
				<verse number="3">म सोझो हृदयसित बोल्‍दैछु, म जे जान्‍दछु मेरो मुखले ईमानदारसित बोल्‍दछ।</verse>
				<verse number="4">किनभने परमेश्‍वरका आत्‍माले मलाई सृजनुभयो, र सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्‍छ।</verse>
				<verse number="5">तपाईं सक्‍नुहुन्‍छ भने मलाई जवाफ दिनुहोस्, आफ्‍ना तर्कहरू थुपारेर मेरो सामना गर्नुहोस्‌।</verse>
				<verse number="6">परमेश्‍वरको दृष्‍टिमा म तपाईंजस्‍तै छु, म पनि माटोबाट बनाइएको हुँ।</verse>
				<verse number="7">मेरो डरले तपाईंलाई त्रस्‍त नपारोस्, न त मेरा हात तपाईंमाथि गह्रौं होस्‌।</verse>
				<verse number="8">“तपाईंले आफ्‍नो भन्‍ने कुरा भन्‍नुभयो, र मैले तपाईंको कुरा ध्‍यानसित सुनें,</verse>
				<verse number="9">तपाईंले भन्‍नुभयो, ‘म निर्दोष र बेकसूर, निरपराध र दोषरहित छु।</verse>
				<verse number="10">तापनि मेरो दोष परमेश्‍वरले भेट्टाउनुभएको छ, उहाँले मलाई आफ्‍नो शत्रु ठान्‍नुहुन्‍छ।</verse>
				<verse number="11">	उहाँले मेरो खुट्टामा ठिँगुरा ठोकिदिनुभएको छ, अनि मैले गरेका सबै काम उहाँले नियालेर हेर्नुहुन्‍छ’।</verse>
				<verse number="12">तर हेर्नुहोस्, तपाईं गलत हुनुहुन्‍छ, मानिसभन्‍दा परमेश्‍वर महान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="13">परमेश्‍वरले मानिसको उजूरको जवाफ दिनुहुन्‍न भनेर, तपाईं किन परमेश्‍वरलाई दोष लाउनुहुन्‍छ?</verse>
				<verse number="14">निश्‍चय, परमेश्‍वर धेरै प्रकारले बोल्‍नुहुन्‍छ, यद्यपि मानिसले त्‍यो सुन्‍न सक्‍दैन।</verse>
				<verse number="15">	सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्‍त निद्रामा परेका हुन्‍छन्, जब तिनीहरू आफ्‍ना ओछ्यानमा सुतेका हुन्‍छन्,</verse>
				<verse number="16">तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ।</verse>
				<verse number="17">मानिसलाई त्‍यसको लापरवाही चालबाट सुधार्नलाई त्‍यसको अहङ्कार रोक्‍नलाई</verse>
				<verse number="18">मृत-लोकबाट त्‍यसको प्राण बचाउनलाई र तरवारबाट त्‍यसको जीवन नाश हुनलाई रोक्‍नुहुन्‍छ।</verse>
				<verse number="19">अथवा फेरि, त्‍यसका हड्डी-हड्डीमा निरन्‍तर पीडा पाएर, कष्‍टको शय्‍यामा मानिसले शिक्षा पाउँछ।</verse>
				<verse number="20">यसरी आफ्‍नो खानेकुरादेखि त्‍यसले अति घृणाले आफ्‍नो मुख फर्काउँछ, र मीठोभन्‍दा पनि मीठो भोजन त्‍यसलाई अरुचि लाग्‍छ।</verse>
				<verse number="21">त्‍यसको शरीरको मासु लत्रक्‍क झर्छ, पहिले लुकिएका त्‍यसका हड्डीहरू बाहिर देखिन्‍छन्‌।</verse>
				<verse number="22">त्‍यसको प्राण मृत-लोकको नजिकै पुग्‍छ, त्‍यसको जीवन मृत्‍युका दूतहरूकहाँ पुग्‍छ।</verse>
				<verse number="23">“तर पनि यदि हजारौँमा एक स्‍वर्गदूत, परमेश्‍वर र मानिसको बीच एक मध्‍यस्‍थ, मानिसलाई त्‍यसको कर्तव्‍य सम्‍झाउनलाई त्‍यसको छेउमा खड़ा भयो भने,</verse>
				<verse number="24">यदि मानिसको पक्षमा बोलेर त्‍यसले यसो भन्‍यो भने, ‘त्‍यसलाई छोड़िदेऊ, त्‍यसलाई मृत-लोकमा जान नदेऊ, त्‍यसलाई छुटाउने दाम मसित छ’।</verse>
				<verse number="25">तब त्‍यो मानिसको मासु बालकको जस्‍तै नयाँ हुनेछ, त्‍यो मस्‍त जवानीको बेलाको जस्‍तै पुनर्निर्मित हुनेछ।</verse>
				<verse number="26">त्‍यसले प्रार्थना गर्दा परमेश्‍वरले त्‍यसलाई जवाफ दिनुहुनेछ, त्‍यसले परमेश्‍वरको मुहार देख्‍नेछ र आनन्‍दले कराउने छ, परमेश्‍वरले त्‍यसको धार्मिक अवस्‍था पुन: स्‍थापन गर्नुहुनेछ।</verse>
				<verse number="27">अनि त्‍यो मानिसहरूकहाँ आई भन्‍नेछ, ‘मैले पाप गरेको छु, मैले ठीक कुरालाई बिगारेको छु, मैले पाउनु पर्ने पाईनँ।</verse>
				<verse number="28">उहाँले मेरो आत्‍मालाई मृत्‍युमा पर्नदेखि जोगाउनुभयो, र ज्‍योति उपभोग गर्न म अझै जीवित रहनेछु,’</verse>
				<verse number="29">“परमेश्‍वर यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्‍छ— दुई पल्‍ट, तीन पल्‍ट पनि—</verse>
				<verse number="30">मृत-लोकबाट त्‍यसको प्राण फर्काउन यसरी जीवनको ज्‍योति त्‍यसमाथि चम्‍कोस्‌।</verse>
				<verse number="31">“सुन्‍नुहोस्‌ अय्‍यूब, मेरो कुरा ध्‍यानसित सुन्‍नुहोस्, चूप लागी बस्‍नुहोस्, र म बोल्‍नेछु।</verse>
				<verse number="32">यदि तपाईंको बहस गर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस्, बोल्‍नुहोस्, र म तपाईंको सफाइ चाहन्‍छु।</verse>
				<verse number="33">तर बहस गर्न तपाईंको कुरा छैन भने मेरो कुरा सुन्‍नुहोस्, चूप लागी बस्‍नुहोस्, र तपाईंलाई बुद्धिको कुरा सिकाउनेछु।”</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">तब एलीहूले भने:</verse>
				<verse number="2">“हे बुद्धिमान्‌ मानिस हो, मेरो कुरा ध्‍यानसित सुन्‍नुहोस्, हे धेरै ज्ञान पाएका मानिस हो, मेरो कुरामा कान थाप्‍नुहोस्‌।</verse>
				<verse number="3">	किनकि जस्‍तो जिब्रोले भोजनको स्‍वाद लिन्‍छ, त्‍यसरी नै शब्‍दहरूलाई कानले जाँच गर्छ।</verse>
				<verse number="4">यसैले जे कुरो ठीक छ, सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं।</verse>
				<verse number="5">“अय्‍यूब भन्‍नुहुन्‍छ, ‘म निर्दोष छु, तर परमेश्‍वरले मेरो न्‍याय नै गरिदिनुभएको छैन।</verse>
				<verse number="6">म सत्‍य भएता पनि मलाई झूटा साबित गर्नुभयो, म निर्दोष छु तापनि उहाँको काँड़ले निको नहुने चोट पुर्‍याएको छ’।</verse>
				<verse number="7">गिल्‍लालाई पानी झैँ पिउने अय्‍यूबजस्‍तै के कुनै मानिस छ र?</verse>
				<verse number="8">जो खराब सङ्गत छान्‍छ, उसले दुष्‍ट मानिसहरूलाई आफ्‍ना साथी बनाउँछ।</verse>
				<verse number="9">किनभने तिनी भन्‍छन्, ‘परमेश्‍वरको निगाह प्राप्‍त गर्नमा, मानिसलाई केही फाइदा छैन,’</verse>
				<verse number="10">यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्‍नुहोस्, परमेश्‍वरले कहिल्‍यै खराबी गर्नुहुन्‍न, र सर्वशक्तिमान्‌ले कहिल्‍यै छल गर्नुहुन्‍न।</verse>
				<verse number="11">	किनभने उहाँले ता मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल दिनुहुन्‍छ, त्‍यसको चरित्रअनुसारको फल त्‍यसलाई दिनुहुन्‍छ।</verse>
				<verse number="12">साँचो कुरो ता यो हो कि परमेश्‍वरले कहिल्‍यै खराबी गर्नुहुन्‍न, सर्वशक्तिमान्‌ले न्‍याय बिगार्नुहुन्‍न।</verse>
				<verse number="13">कसले पृथ्‍वी उहाँको जिम्‍मामा दियो, कसले उहाँलाई सारा संसारमाथि अधिकार दियो?</verse>
				<verse number="14">यदि यी उहाँका विचार थिए र जीवन दिने उहाँको आत्‍मा र सास फर्काइलानुभयो भने,</verse>
				<verse number="15">क्षणभरमा नै सबै जीवित प्राणीहरू नष्‍ट हुनेछन्, र मानिस फेरि माटामा नै फर्किजानेछ।</verse>
				<verse number="16">“यसैले अय्‍यूब, यदि तपाईंको बुद्धि छ भने, यस कुरालाई विचार गर्नुहोस्, मैले बोलेका कुरालाई ध्‍यानसित सुन्‍नुहोस्‌।</verse>
				<verse number="17">न्‍यायलाई घृणा गर्नेले शासन थाम्‍न सक्‍छ र? के अति असल शासन चलाउनुहुने यस्‍ता सर्वाधिकारीलाई तपाईं तुच्‍छ ठान्‍नुहुन्‍छ?</verse>
				<verse number="18">के उहाँ नै हुनुहुन्‍न र? जसले राजालाई ‘निकम्‍मा’ भन्‍नुहुनेछ, र तिनका भारदारहरूलाई तिनीहरूका मुखकै सामुन्‍ने ‘तिमीहरू दुष्‍ट’ भन्‍नुहुन्‍छ?</verse>
				<verse number="19">जसले राजकुमारहरूको पक्ष लिनुहुन्‍न, जसले धनी र गरीब दुवैलाई समान दृष्‍टिले हेर्नुहुन्‍छ। तिनीहरू सबै परमेश्‍वरले सृष्‍टि गर्नुभएका प्राणी हुन्,</verse>
				<verse number="20">तिनीहरू क्षणभरमा नै, मध्‍यरातमा मरिजान सक्‍छन्‌। उहाँले छुनुभएपछि मानिसहरू फेरि जीवित रहँदैनन्‌। कसैको हात नपरे तापनि शक्तिशालीहरू लोप भइहाल्‍छन्‌।</verse>
				<verse number="21">“उहाँको दृष्‍टि मानिसहरूको चालमाथि रहेको हुन्‍छ, र तिनीहरू हिँड़ेको हरेक कदमलाई उहाँले देख्‍नुहुन्‍छ।</verse>
				<verse number="22">कुनै यस्‍तो अँध्‍यारो, घोर अँध्‍यारो स्‍थान छैन, जहाँ दुष्‍टहरू उहाँदेखि लुक्‍न सक्‍छन्‌।</verse>
				<verse number="23">परमेश्‍वरको सामुन्‍ने न्‍यायको लागि आउनलाई, मानिसलाई जाँचिरहनुपर्ने आवश्‍यकता छैन।</verse>
				<verse number="24">उहाँले सोधपूछविना नै शक्तिशालीहरूलाई नाश गर्नुहुन्‍छ, र तिनीहरूका सट्टामा अरूहरूलाई बसाल्‍नुहुन्‍छ।</verse>
				<verse number="25">किनकि तिनीहरूले गरेका सबै काम उहाँ जान्‍नुहुन्‍छ, उहाँले तिनीहरूलाई राती पल्‍टाइदिनुहुन्‍छ, र तिनीहरू धूलोपीठो हुन्‍छन्‌।</verse>
				<verse number="26">तिनीहरूका अपराधहरूका कारण उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुन्‍छ, जहाँ सबैले तिनीहरूलाई देख्‍न सक्‍छन्‌।</verse>
				<verse number="27">किनभने तिनीहरूले उहाँको आज्ञा पालन गर्न छोड़े, र उहाँका मार्गहरूको वास्‍ता गरेनन्‌।</verse>
				<verse number="28">गरीबहरूको रोदन उहाँको कानमा पुग्‍ने तिनीहरूले तुल्‍याए, यसरी आवश्‍यकतामा भएकाहरूको दुहाई उहाँले सुन्‍नुभयो।</verse>
				<verse number="29">तर यदि उहाँ चूप लाग्‍नुभयो भने कसले उहाँलाई दोष दिन सक्‍छ? यदि उहाँले आफ्‍नो अनुहार लुकाउनुभयो भने कसले उहाँलाई देख्‍न सक्‍छ? तापनि उहाँ मानिस र राष्ट्र दुवैमाथि हुनुहुन्‍छ,</verse>
				<verse number="30">ईश्‍वरहीन मानिसलाई शासक बन्‍नबाट र मानिस जातिको लागि पासो थाप्‍नबाट रोक्‍नलाई।</verse>
				<verse number="31">“सम्‍झनुहोस्‌ कुनै मानिसले परमेश्‍वरलाई यसो भन्‍यो भने, ‘म दोषी छु, म अझै दुष्‍ट काम गर्नेछैनँ।</verse>
				<verse number="32">मैले देख्‍न नसकेका कुरा मलाई सिकाउनुहोस्, मैले जतिसुकै अपराध गरे तापनि अब म फेरि अपराध गर्नेछैनँ’।</verse>
				<verse number="33">के परमेश्‍वरले तपाईंका शर्तअनुसार तपाईंलाई पुरस्‍कार दिनुपर्छ र, जब कि तपाईं पश्‍चात्ताप गर्न इन्‍कार गर्नुहुन्‍छ? यो त तपाईंले निर्णय गर्नुपर्छ मैले होइन, यसकारण तपाईं के जान्‍नुहुन्‍छ मलाई भन्‍नुहोस्‌।</verse>
				<verse number="34">“असल बुद्धि भएकाहरूले घोषणा गर्छन्, कुनै पनि बुद्धिमान्‌ श्रोताले यसो भनेर मलाई बताउँछन्,</verse>
				<verse number="35">‘अय्‍यूब त बुद्धिविनाको कुरा गर्छन्, र तिनले भनेका कुराको केही मतलब हुँदैन’।</verse>
				<verse number="36">दुष्‍टले झैँ दिएका जवाफहरूका निम्‍ति यदि अय्‍यूबलाई सकेसम्‍म जाँच गर्न सकिए त!</verse>
				<verse number="37">तिनी आफ्‍ना पापका विद्रोह थप्‍छन्, तिनले ता हामी सबैको बीचमा हेलासाथ ताली बजाउँछन्, र परमेश्‍वरको विरोधका कुरा गर्छन्‌।”</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">एलीहूले भने:</verse>
				<verse number="2">“अय्‍यूब के यो न्‍यायसंगत छ? ‘परमेश्‍वरले मलाई सफाइ दिनुहुन्‍छ?’— भनी तपाईं भन्‍नुहुन्‍छ!</verse>
				<verse number="3">तापनि तपाईं उहाँलाई सोध्‍नुहुन्‍छ, यसबाट मलाई के लाभ, र पाप नगरेर मलाई के फाइदा हुन्‍छ?</verse>
				<verse number="4">“तपाईं र तपाईंका तीन जना मित्रहरूका विरुद्धमा म आफै बहस गर्नेछु।</verse>
				<verse number="5">माथि आकाशमा हेर्नुहोस्‌ र विचार गर्नुहोस्, तपाईंको मास्‍तिरको बादललाई नियालेर हेर्नुहोस्‌।</verse>
				<verse number="6">	तपाईंले पाप गर्नुभएको भए त्‍यसले उहाँलाई कसरी असर पार्छ? तपाईंका अधर्म जतिसुकै भए तापनि त्‍यसले उहाँलाई के हुने हो त?</verse>
				<verse number="7">तपाईं धर्मी हुनुभयो भने तपाईंले उहाँलाई के दिनुहुन्‍छ? अथवा तपाईंबाट उहाँलाई के लाभ हुन्‍छ र?</verse>
				<verse number="8">तपाईंका दुष्‍टताले ता तपाईंजस्‍तै मानिसलाई मात्र छुन्‍छ। तपाईंको धार्मिकताले ता मानिसका सन्‍तानलाई मात्र प्रभाव पार्छ।</verse>
				<verse number="9">“अत्‍याचारको भारमा परेर मानिसहरू कराउनेछन्, र ठूलाहरूको शक्तिको विरुद्धमा सहायताको निम्‍ति पुकारा गर्नेछन्‌।</verse>
				<verse number="10">तर तिनीहरूमध्‍येका कसैले पनि यसो भनेर सोध्‍दैनन्, ‘मलाई बनाउनु हुने मेरा सृष्‍टिकर्ता कहाँ हुनुहुन्‍छ?— जसले राती गीतहरू दिनुहुन्‍छ,</verse>
				<verse number="11">जसले हामीलाई पृथ्‍वीका पशुहरूलाई भन्‍दा बढ़ी सिकाउनुहुन्‍छ, र आकाशका चराहरूलाई भन्‍दा हामीलाई अझ बुद्धिमान्‌ तुल्‍याउनुहुन्‍छ?’</verse>
				<verse number="12">मानिसहरूले पुकारा गर्दा उहाँ जवाफ दिनुहुन्‍न, किनभने तिनीहरू अहङ्कारी छन्‌।</verse>
				<verse number="13">साँच्‍चै नै परमेश्‍वरले ती खोक्रा बिन्‍तीलाई सुन्‍नुहुन्‍न, सर्वशक्तिमान्‌ले त्‍यसमाथि ध्‍यानै दिनुहुन्‍न।</verse>
				<verse number="14">“जब तपाईं भन्‍नुहुन्‍छ, म उहाँलाई देख्‍दिनँ, उहाँले तपाईंको बिन्‍ती कति कम सुन्‍नुहोला, जब तपाईंको मुद्दा उहाँको अघि छ र तपाईंले उहाँको बाटो हेर्नुपर्छ।</verse>
				<verse number="15">परमेश्‍वरको रीसले दण्‍ड दिँदैन, र दुष्‍टतामाथि उहाँले कुनै ध्‍यान दिनुहुन्‍न।</verse>
				<verse number="16">यसरी अय्‍यूबले फोस्रा कुरा गर्नुहुन्‍छ, र ज्ञानविनाका शब्‍दहरू मात्र थुपार्नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">एलीहूले फेरि भन्‍न लागे:</verse>
				<verse number="2">“एक छिन धैर्य धारण गर्नुहोस्, र परमेश्‍वरको तर्फमा मैले अझै भन्‍नुपरेको छ भनी म देखाउनेछु।</verse>
				<verse number="3">म मेरो ज्ञान टाढ़ाबाट प्राप्‍त गर्छु, न्‍यायको लागि म मेरा सृष्‍टिकर्तालाई आदर दिन्‍छु।</verse>
				<verse number="4">निश्‍चित हुनुहोस्, मैले गरेको विचारमा केही असत्‍य छैन। ज्ञानमा सिद्ध एक जना तपाईंसित हुनुहुन्‍छ।</verse>
				<verse number="5">“परमेश्‍वर शक्तिमान्‌ हुनुहुन्‍छ, तर उहाँले कसैलाई घृणा गर्नुहुन्‍न, उहाँ आफ्‍नो सङ्कल्‍पमा शक्तिशाली र दृढ़ हुनुहुन्‍छ।</verse>
				<verse number="6">उहाँ दुष्‍टहरूलाई जीवित राख्‍नुहुन्‍न, र गरीबहरूको उचित न्‍याय गर्नुहुन्‍छ।</verse>
				<verse number="7">उहाँले धार्मिकहरूबाट आफ्‍नो दृष्‍टि हटाउनुहुन्‍न, उहाँले तिनीहरूलाई राजासित बसाल्‍नुहुन्‍छ, र सधैँको लागि तिनीहरूलाई उचाल्‍नुहुन्‍छ</verse>
				<verse number="8">तर तिनीहरूलाई साङ्गलाले बाँधिएका, दु:ख-कष्‍टका साङ्गलाले बाँधिए भने,</verse>
				<verse number="9">उहाँ तिनीहरूलाई तिनीहरूले के गरे अर्थात्‌ तिनीहरूले हठपूर्ण पाप गरे भनी भन्‍नुहुन्‍छ,</verse>
				<verse number="10">उहाँको चेताउनी तिनीहरूका कानमा गुञ्‍जिरहन्‍छ, र तिनीहरूका दुष्‍ट चालहरूबाट फर्कनलाई तिनीहरूलाई आज्ञा गर्नुहुन्‍छ।</verse>
				<verse number="11">यदि तिनीहरूले उहाँको कुरा सुने भने, तिनीहरूले आफ्‍ना बाँकी दिन उन्‍नतिमा र आफ्‍ना वर्ष सुख-शान्‍तिमा बिताउनेछन्‌।</verse>
				<verse number="12">तर तिनीहरूले उहाँका कुरा सुनेनन्‌ भने, केही थाहै नपाई तिनीहरू तरवारद्वारा मर्छन्‌।</verse>
				<verse number="13">ईश्‍वरहीन मानिसहरू रिसाई नै रहन्‍छन्, परमेश्‍वरबाट दण्‍ड पाउँदा पनि, तिनीहरू सहायताको लागि उहाँको पुकारा गर्दैनन्‌।</verse>
				<verse number="14">मन्‍दिरका पुरुष वेश्‍याका बीचमा तिनीहरू आफ्‍ना जवानीपन मै मर्छन्‌।</verse>
				<verse number="15">तर दु:ख पाउनेहरूलाई उहाँले दु:खबाट छुटाउनुहुन्‍छ, तिनीहरूका दु:खमा उहाँ तिनीहरूसित बोल्‍नुहुन्‍छ।</verse>
				<verse number="16">“परमेश्‍वरले तपाईंलाई कष्‍टबाट निकालेर सुरक्षित स्‍थानमा, असल खानेकुरा प्रशस्‍त भएको स्‍थानमा राख्‍नलाई फकाउनुहुन्‍छ।</verse>
				<verse number="17">तर अब ता तपाईं दुष्‍टताको कारण आफूले पाउनुपर्ने दण्‍ड भोग्‍दैहुनुहुन्‍छ। इन्‍साफ र न्‍यायले तपाईंलाई समातेका छन्‌।</verse>
				<verse number="18">होशियार हुनुहोस्, कसैले तपाईंलाई धनले नलोभ्‍याओस्, घूसले तपाईंलाई नभर्माओस्,</verse>
				<verse number="19">के तपाईंको सम्‍पत्ति अथवा तपाईंका सबै शक्तिशाली कोशिशले पनि, तपाईंलाई संकष्‍टबाट बचाइरहन सक्‍छ?</verse>
				<verse number="20">मानिसहरूलाई तिनीहरूका घरबाट घिस्‍स्‍याउनलाई रात परोस्‌ भनी तपाईं इच्‍छा नगर्नुहोस्‌।</verse>
				<verse number="21">दुष्‍ट कामतिर नफर्कनुहोस्, जसलाई तपाईं दु:खको सट्टामा रुचाउनुहुन्‍छ।</verse>
				<verse number="22">“परमेश्‍वर त हामीभन्‍दा अति उच्‍च महिमामा रहनुहुन्‍छ, उहाँजस्‍तो शिक्षक को छ र?</verse>
				<verse number="23">कसले उहाँलाई उहाँको मार्ग तोकिदिएको छ, अथवा तपाईंले त गल्‍ती पो गर्नुभएको छ, भनी कसले उहाँलाई भनेको छ?</verse>
				<verse number="24">मानिसहरूले भजनद्वारा उहाँको कार्यको प्रशंसा गरेझैँ, तपाईंले पनि उहाँको कामको प्रशंसा गाउन नभुल्‍नुहोस्‌।</verse>
				<verse number="25">सबै मानिस-जातिले, यसलाई देखेका छन्, मानिसहरूले टाढ़ैबाट यसलाई हेर्छन्‌।</verse>
				<verse number="26">परमेश्‍वर कत्ति महान्‌ हुनुहुन्‍छ त्‍यो हाम्रो समझभन्‍दा टाढ़ो छ, अथवा उहाँका वर्षहरू हाम्रो खोजीभन्‍दा पर छ।</verse>
				<verse number="27">“उहाँले समुद्रबाट पानीको थोपा खिँच्‍नुहुन्‍छ, र आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहन्‍छ।</verse>
				<verse number="28">वृष्‍टिको मेघले मुसलधारा पानी बर्साउँछ, मानिस-जातिमाथि ती झरी भएर झर्छन्‌।</verse>
				<verse number="29">आकाशमा फैलिएको उड़िरहने बादल र आफ्‍नो वासस्‍थानबाट गर्जन पठाउनुहुने रहस्‍य कुन मानिसले जान्‍दछ र?</verse>
				<verse number="30">उहाँले कसरी आकाशका चारैतिर बिजुली पठाउनुहुन्‍छ, र समुद्रका गहिराइहरूचाहिँ अँध्‍यारो नै रहन्‍छन्‌।</verse>
				<verse number="31">यसरी उहाँले जाति-जातिहरूको पोषण गर्नुहुन्‍छ, र तिनीहरूलाई प्रशस्‍त गरी खानेकुरा दिनुहुन्‍छ।</verse>
				<verse number="32">उहाँले बिजुली-वाणलाई आफ्‍नो हातमा लिनुहुन्‍छ, र सीधै निशानामा प्रहार गर्न अह्राउनुहुन्‍छ।</verse>
				<verse number="33">उहाँको गर्जनले आउँदो आँधीबेहरीको सूचना दिन्‍छ, गाईबस्‍तुले पनि त्‍यसको आगमनको ज्ञान दिन्‍छ।”</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">“आँधीबेहरीले गर्दा पनि मेरो मुटु साह्रै ढुकढुक गर्दछ, त्‍यसले आफ्‍नो ठाउँ नै छोड्‌दछ।</verse>
				<verse number="2">सुन्‍नुहोस्, परमेश्‍वरको आवाजलाई सुन्‍नुहोस्, र उहाँको मुखबाट निस्‍कने गर्जनलाई सुन्‍नुहोस्‌।</verse>
				<verse number="3">उहाँले आकाशको वारपार र पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म बिजुली पठाउनुहुन्‍छ।</verse>
				<verse number="4">त्‍यसपछि उहाँको गर्जनको आवाज सुनिन्‍छ, उहाँ आफ्‍नो महामहिमाको सोरले गर्जनुहुन्‍छ, जब उहाँ गर्जनुहुन्‍छ, उहाँले केही कुरा रोक्‍नुहुन्‍न।</verse>
				<verse number="5">परमेश्‍वरको आवाज अचम्‍म तरिकाले गुञ्‍जन्‍छ, हाम्रा बुद्धिले नभियाउने महाकार्यहरू उहाँ गर्नुहुन्‍छ।</verse>
				<verse number="6">उहाँले हिउँलाई भन्‍नुहुन्‍छ, ‘पृथ्‍वीमा झर्,’ र वर्षालाई भन्‍नुहुन्‍छ, ‘मुसलधारे वृष्‍टि होऊ’। यसरी उहाँले सृष्‍टि गर्नुभएका उहाँका कार्यहरू मानिसहरूले जानून्‌।</verse>
				<verse number="7">उहाँले मानिसको सबै परिश्रमलाई रोक्‍नुहुन्‍छ, यसरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभएको हो भनी सबै मानिसहरूले जान्‍न सक्‍छन्‌।</verse>
				<verse number="8">“वन-पशुहरू आफ्‍ना ओड़ारतिर जान्‍छन्, र आफ्‍ना गुफाहरूमा शरण लिन्‍छन्‌।</verse>
				<verse number="9">प्रचण्‍ड आँधी आफ्‍नो कोठाबाट फुटेर निस्‍कन्‍छ, र कड़ा बतासबाट जाड़ो आउँछ।</verse>
				<verse number="10">परमेश्‍वरको सासले बरफ बनिन्‍छ, र बिस्‍तृत पानी जम्‍छ।</verse>
				<verse number="11">उहाँले बादललाई बाफको भारी बोकाउनुहुन्‍छ, र उहाँले आफ्‍नो बिजुली तीद्वारा छरपष्‍ट पार्नुहुन्‍छ।</verse>
				<verse number="12">“तिनीहरू सम्‍पूर्ण पृथ्‍वीमाथि उहाँको निर्देशनमा घुम्‍दै रहन्‍छ, उहाँले अह्राएका सबै काम गर्नलाई।</verse>
				<verse number="13">परमेश्‍वरले पृथ्‍वीलाई भिजाउनलाई वृष्‍टि पठाउनुहुन्‍छ, मानिसहरूलाई दण्‍ड दिन अथवा आफ्‍नो निगाह देखाउन पनि, उहाँले त्‍यो पठाउनुहुन्‍छ।</verse>
				<verse number="14">“अय्‍यूब यो कुरा सुन्‍नुहोस्‌। चूपचाप भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्‌।</verse>
				<verse number="15">परमेश्‍वरले बादलहरूका काम कसरी खटाइदिनुहुन्‍छ, र आफ्‍ना मेघहरूबाट कसरी बिजुली चम्‍काउनुहुन्‍छ, सो तपाईं जान्‍नुहुन्‍छ र?</verse>
				<verse number="16">“बादलहरू कसरी माथि आकाशमण्‍डलमा झुण्‍डी रहन्‍छन्‌? यो त उहाँको अचम्‍मको काम हो, जो ज्ञानमा सिद्ध हुनुहुन्‍छ भनी के तपाईंलाई थाहा छ?</verse>
				<verse number="17">दक्षिणको-बतासले भूमिलाई ग्रस्‍त पारेको समयमा, तपाईं केवल गर्मीले व्‍याकुल हुनुहुन्‍छ।</verse>
				<verse number="18">के तपाईं आकाशमण्‍डललाई उहाँले झैँ पगालेर बनाएको धातुको ऐनाजस्‍तै कड़ा बनाउन सक्‍नुहुन्‍छ र?</verse>
				<verse number="19">“उहाँलाई के भन्‍नुपर्ने हो तपाईं हामीलाई सिकाउनुहोस्, किनभने हाम्रो अन्‍धकारको कारण हामी सोच्‍नै सक्‍दैनौं।</verse>
				<verse number="20">म के बोल्‍छु भनी उहाँलाई भन्‍नुपर्छ र? कुनै मानिसले आफू निलिएको चाहन्‍छ र?</verse>
				<verse number="21">हावाले उड़ाएर सफा बनाएको, आकाशमा चम्‍कने सूर्यलाई कसैले हेर्न सक्‍दैन।</verse>
				<verse number="22">उत्तर दिशाबाट उहाँ सुनौलो चमकमा आउनुहुन्‍छ, परमेश्‍वर प्रभावशाली महिमामा आउनुहुन्‍छ।</verse>
				<verse number="23">तर सर्वशक्तिमान्‌लाई हामी भेट्टाउन सक्‍दैनौं। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको महान्‌ धार्मिकता र न्‍यायमा उहाँले अत्‍याचार गर्नुहुन्‍न।</verse>
				<verse number="24">यसैकारण मानिसहरू उहाँलाई आदर गर्छन्, के हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई उहाँ आदर गर्नुहुन्‍न र?”</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">तब परमप्रभुले अय्‍यूबलाई आँधीबेहरीबाट यसरी जवाफ दिनुभयो:</verse>
				<verse number="2">“यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो सल्‍लाहलाई धमिल्‍याउन खोज्‍छ?</verse>
				<verse number="3">तेरो कम्‍मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे।</verse>
				<verse number="4">पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌? तैंले बुझ्‍छस्‌ भने मलाई बता।</verse>
				<verse number="5">त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने! कसले त्‍यसमा नापको डोरी टाँग्‍यो?</verse>
				<verse number="6">त्‍यसलाई थाम्‍ने खम्‍बाहरू कहाँ अड़्याइएका छन्‌? त्‍यसको जगको ढुङ्गा कसले बसाल्‍यो?</verse>
				<verse number="7">जब त्‍यस दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले एकसाथ गाए, र स्‍वर्गदूतहरू रमाहटले कराए।</verse>
				<verse number="8">	समुद्र पृथ्‍वीको गर्भबाट फुटेर निस्‍कँदा त्‍यसलाई रोक्‍न कसले ढोकाहरू बन्‍द गर्‍यो?</verse>
				<verse number="9">जब मैले त्‍यसलाई बादलको कम्‍बलले ढाकें, र बाक्‍लो कुइरोले त्‍यसलाई लपेटें।</verse>
				<verse number="10">त्‍यसका ढोकाहरू र आग्‍लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्‍यसका सिमाना ठहराएँ,</verse>
				<verse number="11">र मैले भने, ‘यतिसम्‍म मात्र तँ आउन सक्‍छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।</verse>
				<verse number="12">तेरो जीवनकालमा के तैंले कहिल्‍यै बिहानीलाई आज्ञा गरेको छस्‌? अथवा प्रभातलाई त्‍यसको ठाउँ देखाएको छस्‌?</verse>
				<verse number="13">र यसले पृथ्‍वीको छेउ समातेर दुष्‍टहरूलाई त्‍यहाँबाट हटाउन त्‍यसलाई हल्‍लाओस्‌?</verse>
				<verse number="14">माटोले टाँचाको मुन्‍तिर आकार लिएजस्‍तै पृथ्‍वीले आकार धारण गर्छ, त्‍यहाँका आकृति लुगाको जस्‍तै प्रष्‍ट देखिन्‍छन्‌।</verse>
				<verse number="15">दुष्‍टहरूलाई प्रकाश दिइँदैन र तिनीहरूका उठाइएका हात भाँचिन्‍छन्‌।</verse>
				<verse number="16">के तँ समुद्रको मूलहरूसम्‍म झरेको छस्‌? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्‌?</verse>
				<verse number="17">के मृत्‍युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्‌? के तैंले अँध्‍यारो ठाउँका ढोकाहरूलाई कहिल्‍यै देखेको छस्‌?</verse>
				<verse number="18">के तैंले पृथ्‍वीको विस्‍तृत फैलावटलाई बुझेको छस्‌? यी सबै तैंले जानेको भए मलाई बता।</verse>
				<verse number="19">ज्‍योतिको मुहान कता छ? र अन्‍धकार कहाँ वास बस्‍छ?</verse>
				<verse number="20">के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌? र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?</verse>
				<verse number="21">नि:सन्‍देह तैंले यी सबै कुरा जान्‍दछस्‌ होला, किनकि तँ जन्‍मिसकेको थिइस्‌! तँ कति धेरै वर्ष बाँचिसकिस्‌!</verse>
				<verse number="22">“के तँ हिउँको भण्‍डारमा पुगेको छस्‌? अथवा असिना थुपारेको स्‍थान तैंले देखेको छस्‌?</verse>
				<verse number="23">जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्‍ति जोगाएर राखेको छु।</verse>
				<verse number="24">कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्‍छ, अथवा पूर्वीय बतास पृथ्‍वीमा चारैतिर उड़ाइन्‍छ?</verse>
				<verse number="25">महावृष्‍टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्‍ति बाटो कसले तयार गरेको छ?</verse>
				<verse number="26">निर्जन ठाउँमा उजाड़-स्‍थानलाई भिजाउनका निम्‍ति</verse>
				<verse number="27">उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई र सुक्‍खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्‍यो?</verse>
				<verse number="28">के वृष्‍टिको कुनै बुबा छ? शीतको थोपालाई जन्‍माउने बुबा को हो?</verse>
				<verse number="29">कसको गर्भले हिउँलाई जन्‍मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?</verse>
				<verse number="30">कहिले पानी ढुङ्गाजस्‍तै कड़ा बन्‍दछ, कहिले गहिरो महासागरको सतह जम्‍छ?</verse>
				<verse number="31">	“के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌? अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?</verse>
				<verse number="32">के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्‍न सक्‍छस्‌? अथवा सप्‍तर्षि-तारा र तिनका दललाई डोर्‍याउन सक्‍छस्‌?</verse>
				<verse number="33">आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्‌? पृथ्‍वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्‍छस्‌?</verse>
				<verse number="34">र आफूलाई पानीको भलले ढाक्‍न सक्‍छस्‌?</verse>
				<verse number="35">के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्‌? के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्‍छन्‌ र?</verse>
				<verse number="36">कसले हृदयलाई बुद्धि दियो? अथवा मनलाई समझदारी दियो?</verse>
				<verse number="37">को यस्‍तो बुद्धिमानी छ जसले मेघलाई गन्‍न सक्‍छ? र आकाशमा भएको पानीको भण्‍डारलाई रित्त्याउँछ?</verse>
				<verse number="38">कहिले धूलो माटो कड़ा हुन्‍छ, र माटोको डल्‍ला एकसाथ टाँसेर बस्‍छ?</verse>
				<verse number="39">“के सिंहनीको निम्‍ति तैंले शिकार खोजिदिन्‍छस्‌? र सिंहको भोकलाई तैंले तृप्‍त पार्न सक्‍छस्‌?</verse>
				<verse number="40">जब तिनीहरू आफ्‍नो ओड़ारमा ढुकिबस्‍छन्, अथवा आफू लुकेको ठाउँमा पर्खिरहेका हुन्‍छन्‌?</verse>
				<verse number="41">कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्‍वरको पुकारा गर्दा, कसले कागलाई त्‍यसको आहार जुटाइदिन्‍छ?”</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">“घोरल कहिले बियाउँछ, के तैंले जान्‍दछस्‌? हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्‌?</verse>
				<verse number="2">तिनीहरूले पेटमा पाठा बोक्‍दा के तैंले तिनीहरूका महिना गन्‍दछस्‌ र? अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्‍दछस्‌?</verse>
				<verse number="3">जब तिनीहरू बियाउँनलाई निहुरिन्‍छन्, र तिनीहरूले आफ्‍ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्‍छ।</verse>
				<verse number="4">तिनीहरूको पाठो बढ्‌छ र खुला जङ्गलमा हुर्किन्‍छ, बाहिर निस्‍कन्‍छ र कहिल्‍यै फेरि आउँदैन।</verse>
				<verse number="5">“कसले वन-गधालाई छोड़िदियो? कसले उसको डोरी फुकाइदियो?</verse>
				<verse number="6">जसको वासस्‍थान मैले निर्जन स्‍थानमा बनाइदिएको छु, खारको जग्‍गामा त्‍यसको वासस्‍थान बनाइदिएको छु।</verse>
				<verse number="7">सहरको होहल्‍लामाथि त्‍यो हाँस्‍छ, र हप्‍काउनेको आवाजको वास्‍ता गर्दैन।</verse>
				<verse number="8">त्‍यसले डाँड़ाहरूमा आफ्‍नो चरन बनाउँछ, र सबै हरिया घाँसहरू खोज्‍दछ।</verse>
				<verse number="9">“के जङ्गली साँढ़ेले तेरो सेवा गर्न मान्‍छ? के त्‍यसले तेरो गोठमा रात बिताउँछ र?</verse>
				<verse number="10">के तैंले त्‍यसलाई जुवामा नारेर खेतमा जोत्‍न सक्‍छस्‌? के त्‍यसले तेरा पछिल्‍तिरका उपत्‍यकालाई जोत्‍छ?</verse>
				<verse number="11">के त्‍यसको महान्‌ बलमाथि तैंले भरोसा गर्न सक्‍छस्‌? के तेरा ठूला कामहरू त्‍यसको भरमा छोड्‌न सक्‍छस्‌?</verse>
				<verse number="12">खलाबाट तेरो अन्‍न ढुकुटीमा ल्‍याउनलाई त्‍यो फर्किआउँछ भनी के तैंले त्‍यसमाथि भरोसा गर्न सक्‍छस्‌?</verse>
				<verse number="13">“शुतुरमुर्गका पखेटा हर्षोल्‍लासाथ चल्‍छ, तर सारसको प्‍वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन।</verse>
				<verse number="14">त्‍यसले आफ्‍ना फूलहरू बालुवाले तातो पारिदेओस्‌ भनी भूइँमा नै छोड़िराख्‍छ।</verse>
				<verse number="15">खुट्टाले ती कुल्‍चिदिन्‍छ, अथवा वन-पशुले कुल्‍चन्‍छ भनी, त्‍यसले केही वास्‍तै गर्दैन।</verse>
				<verse number="16">आफ्‍नो परिश्रम खेर गएको वास्‍ता नगरी बच्‍चाहरूलाई आफ्‍नो होइनजस्‍तै गरी त्‍यसले निर्दयी व्‍यवहार गर्छ।</verse>
				<verse number="17">किनभने परमेश्‍वरले त्‍यसलाई बुद्धिहीन तुल्‍याउनुभएको छ, र त्‍यसलाई अज्ञान अवस्‍थामा नै छोड़िदिनुभएको छ,</verse>
				<verse number="18">तर पनि जब त्‍यो कुद्‌नका लागि पखेटा फिँजाउँछ। तब त्‍यसले घोड़ा र त्‍यसको सवारलाई हाँसोमा उड़ाइदिन्‍छ।</verse>
				<verse number="19">“के तैंले घोड़ालाई त्‍यसको बल दिन्‍छस्‌? अथवा त्‍यसको घिच्रोलाई जगरले पहिर्‍याउँछस्‌?</verse>
				<verse number="20">के तैंले त्‍यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्‍यसको चर्को हिनहिनाइले डर फैलाउँछ?</verse>
				<verse number="21">त्‍यसले आफ्‍नो टाप बजाउँदै र नाच्‍दै आफ्‍नो जोश देखाउँछ, त्‍यो आफ्‍नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्‍छ।</verse>
				<verse number="22">त्‍यसले डरलाई तुच्‍छ ठान्‍छ, र भय के हो जान्‍दैन, र तरवारको सामु त्‍यो झुक्‍दैन।</verse>
				<verse number="23">काँड़को ठोकर त्‍यसको छेउमा धर्ररर बज्‍छ र त्‍यहाँ भाला र तरवार चम्‍कन्‍छन्‌।</verse>
				<verse number="24">उन्‍मत जोशसित त्‍यो कुदेर अगि बढ्‌छ, तुरही फुकेको आवाज बज्‍दा त्‍यो स्‍थिर बस्‍नसक्‍दैन।</verse>
				<verse number="25">तुरही बजेको सुनेर त्‍यसले भन्‍छ, ‘आहा!’ र टाढ़ैबाट त्‍यसले सेनापतिको आवाज र लड़ाइँको ध्‍वनि थाहा पाउँछ?</verse>
				<verse number="26">“के बाजलाई त्‍यसको पखेटा चलाउन र दक्षिण दिशातिर त्‍यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?</verse>
				<verse number="27">के गिद्धलाई माथि-माथि उड्‌न र आफ्‍नो गुँड़ अल्‍गो ठाउँमा बनाउन तैंले सिकाउँछस्‌?</verse>
				<verse number="28">त्‍यो पहरामा वास गर्छ, र राती त्‍यही नै रहन्‍छ। त्‍यसको किल्‍ला भिरालो पहरा हो।</verse>
				<verse number="29">टाढ़ा-टाढ़ा राम्ररी नियाली त्‍यहीँबाट त्‍यसले आफ्‍ना आहार खोज्‍दछ।</verse>
				<verse number="30">	त्‍यसका बचेराहरू रगत पिउँछन्, जहाँ लाश हुन्‍छ त्‍यहाँ त्‍यो अवश्‍य हुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">फेरि परमप्रभुले अय्‍यूबलाई भन्‍नुभयो:</verse>
				<verse number="2">“सर्वशक्तिमान्‌सँग वाद-विवाद गर्नेले उहाँलाई सच्‍याउन सक्‍छ र? परमेश्‍वरलाई दोष दिनेले उहाँलाई उत्तर देओस्‌।”</verse>
				<verse number="3">तब अय्‍यूबले परमप्रभुलाई यसो भनेर जवाफ दिए:</verse>
				<verse number="4">“म जाबोले तपाईंलाई के जवाफ दिन सक्‍छु र? म मेरो हात मेरो मुखमा राख्‍दछु।</verse>
				<verse number="5">मैले एक पल्‍ट बोलिहालें, तर मसँग जवाफ छैनँ, मैले दुई पल्‍ट बोलें, तर अब अरू बोल्‍ने छैन।”</verse>
				<verse number="6">तब परमप्रभुले आँधीबेहरीबाट अय्‍यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो:</verse>
				<verse number="7">“कम्‍मर कस्, र मर्दझैँ खड़ा हो, म तँलाई प्रश्‍नहरू सोध्‍नेछु, र तैंले तिनको जवाफ दे।</verse>
				<verse number="8">“म धर्मी छु भन्‍ने कुरालाई के तँ अस्‍वीकार गर्न साहस गर्दछस्‌? र तँ आफू ठीक हुनलाई मलाई गलत सम्‍झन्‍छस्‌?</verse>
				<verse number="9">के तेरो पाखुरा परमेश्‍वरको पाखुराजस्‍तै छ? के उहाँको सोरजस्‍तै तँ गर्जन सक्‍छस्‌?</verse>
				<verse number="10">यदि सक्‍छस्‌ भने, महिमा र मर्यादाले तैंले आफूलाई आभूषित गर्, रवाफ र गौरवले आफैलाई सिङ्गार।</verse>
				<verse number="11">तेरो रीसको झोँक पोखा, अहङ्कारी मानिसलाई हेरेर त्‍यसलाई विनम्र तुल्‍या।</verse>
				<verse number="12">हरेक अहङ्कारी मानिसलाई हेरेर त्‍यसलाई होच्‍या, तिनीहरू खड़ा भएकै ठाउँमा दुष्‍ट मानिसहरूलाई कुल्‍चिदे।</verse>
				<verse number="13">तिनीहरूलाई एकै साथ धूलोमा लुका, र तिनीहरूलाई चिहानमा कात्रोसहित गाड़िदे।</verse>
				<verse number="14">तब तेरो दाहिने हातले तँलाई बचाउन सक्‍दोरहेछ भनी, म पनि स्‍वीकार गर्नेछु।</verse>
				<verse number="15">	“मैले तँसँगै बनाएको बहेमोथलाई विचार गर्, जसले गाईबस्‍तुहरूले झैँ घाँस निल्‍छ।</verse>
				<verse number="16">त्‍यसको कम्‍मर कस्‍तो बलियो हुन्‍छ! त्‍यसको पेटको मांसपेशीमा कस्‍तो शक्ति हुन्‍छ!</verse>
				<verse number="17">त्‍यसको पुच्‍छर देवदारुको रूखझैँ कड़ा हुन्‍छ, त्‍यसका तिघ्राका नसाहरू खूब कसिएका हुन्‍छन्‌।</verse>
				<verse number="18">त्‍यसका हड्डीहरू काँसाका नलीहरूजस्‍तै हुन्‍छन्, र त्‍यसका हात-खुट्टाहरू फलामका आग्‍लाजस्‍तै हुन्‍छन्‌।</verse>
				<verse number="19">परमेश्‍वरको कार्यहरूमा त्‍यो सबैभन्‍दा मुख्‍य छ, यद्यपि त्‍यसका सृष्‍टिकर्ता आफ्‍नो तरवार लिएर त्‍यसको नजिक जान सक्‍छन्‌।</verse>
				<verse number="20">डाँड़ाहरूले आफ्‍ना उत्‍पादन त्‍यसकहाँ ल्‍याउँछन्‌ र सबै जङ्गली जनावरहरू त्‍यसका वरिपरि खेल्‍छन्‌।</verse>
				<verse number="21">त्‍यो कमलको बोटमुनि बस्‍छ, काँसघारी र सिमसारहरूमा त्‍यो लुकिरहन्‍छ।</verse>
				<verse number="22">कमलले त्‍यसलाई आफ्‍ना छायामुनि लुकाइराख्‍छ, खोलाका लहरे-पीपलहरूले त्‍यसलाई घेरिराख्‍छन्‌।</verse>
				<verse number="23">नदी उर्लेर आयो भने पनि त्‍यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्‍यो लमतन्‍न पस्रिरहन्‍छ।</verse>
				<verse number="24">के कुनै मानिसले त्‍यसका आँखाद्वारा त्‍यसलाई पक्रन सक्‍छ? अथवा पासो थापेर त्‍यसको नाक छेड्‌न सक्‍छ?”</verse>
			</chapter>
			<chapter number="41">
				<verse number="1">	के तैंले बल्‍छीले लिव्‍यातन्‌लाई तान्‍न सक्‍छस्‌? अथवा त्‍यसको जिब्रोमा पासोको डोरी लगाउन सक्‍छस्‌?</verse>
				<verse number="2">के तैंले त्‍यसको नाक छेड़ेर डोरी लगाउन सक्‍छस्‌? अथवा त्‍यसको च्‍यापु बल्‍छीले छेड्‌न सक्‍छ?</verse>
				<verse number="3">के दयाको लागि त्‍यसले तँसित बिन्‍ती गर्छ? अथवा आफ्‍नो निम्‍ति त्‍यसले तँसित नम्र सोरमा भिक्षा माग्‍छ?</verse>
				<verse number="4">तेरो जीवनभरि नै तेरो कमारा हुनलाई के त्‍यसले तँसित बाचा बाँध्छ र?</verse>
				<verse number="5">चरालाई पालेकोझैँ के तँ त्‍यसलाई पाल्‍न सक्‍छस्‌? अथवा तेरा कमारीहरूका निम्‍ति त्‍यसलाई डोरीले बाँधेर राख्‍न सक्‍छस्‌?</verse>
				<verse number="6">के व्‍यापारीहरूले त्‍यसको निम्‍ति भाउ कसाकस गर्छन्‌ र? अथवा व्‍यापारीहरूले त्‍यसलाई भाग-भाग गर्छन्‌ र?</verse>
				<verse number="7">के तैंले त्‍यसको छालामा भालाले अथवा त्‍यसको टाउकोलाई माछा मार्ने भालाले रोप्‍न सक्‍छस्‌?</verse>
				<verse number="8">यदि तैंले आफ्‍नो हात त्‍यसको विरुद्धमा उठाइस्‌ भने, त्‍यससित लड़ाइँ गर्दा भोग्‍नुपर्ने कठिनाइहरू तैंले सम्‍झिनेछस्‌ र फेरि कहिल्‍यै त्‍यसो गर्ने छैनस्‌?</verse>
				<verse number="9">त्‍यसलाई अधीनमा ल्‍याउने आशा झूट हो, त्‍यसको हेराइले मात्र पनि हताश पार्छ,</verse>
				<verse number="10">त्‍यसलाई जगाउन सक्‍ने कोही पनि त्‍यो भन्‍दा भयानक छैन, उसो भए मेरो सामु उभिन सक्‍ने को छ त?</verse>
				<verse number="11">मैले तिर्नु पर्छ भन्‍ने मेरो विरुद्धमा कसको दाबी छ? स्‍वर्गमुनिका सबै थोक मेरा नै हुन्‌।</verse>
				<verse number="12">“त्‍यसका अङ्गहरू, त्‍यसको बल, र त्‍यसको आकारको सौन्‍दर्यको विषयमा भन्‍न म चुक्‍नेछैन।</verse>
				<verse number="13">त्‍यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्‍छ? अथवा लगाम लिएर को नजिक जान सक्‍ला?</verse>
				<verse number="14">कसले त्‍यसको मुखका ढोकाहरू उघार्न साहस गर्ला? किनभने त्‍यसका दाँतका लहरहरू डरलाग्‍दा हुन्‍छन्‌।</verse>
				<verse number="15">दर्शन-ढुङ्गाको पर्खालले घेरिएको जस्‍तै ढालका लहर टम्‍म जोड़ेर राखेको जस्‍तै त्‍यसको ढाड़ हुन्‍छ।</verse>
				<verse number="16">त्‍यो एउटामाथि अर्को खापाखाप भएर रहेको हुन्‍छ र हावा पनि त्‍यसको बीचबाट छिर्न सक्‍दैन।</verse>
				<verse number="17">ती एक-अर्कासँग यस्‍तो प्रकारले टाँसिएर बसेका हुन्‍छन्‌ कि तिनीहरू कसै गरेर पनि छुट्टिन सक्‍दैनन्‌।</verse>
				<verse number="18">त्‍यसले छिउँ काढ्‌दा ज्‍वाला निकाल्‍छ, र त्‍यसका आँखा सूर्योदयजस्‍तै चम्‍कन्‍छन्‌।</verse>
				<verse number="19">त्‍यसको मुखबाट राँको र झिल्‍काहरू धाराजस्‍तै निस्‍कन्‍छन्‌।</verse>
				<verse number="20">पूरा दाउराको आगोमाथि उम्‍लदै गरेको कराही राखेझैँ त्‍यसका नाकका प्‍वालबाट धूवाँ निस्‍कन्‍छ।</verse>
				<verse number="21">त्‍यसको सासले झन्‌ कोइलालाई बालिदिन्‍छ, र त्‍यसको मुखबाट आगोको ज्‍वाला चम्‍कन्‍छ।</verse>
				<verse number="22">त्‍यसको घिच्रोमा बल भरिएको हुन्‍छ, आपद्‌ त्‍यसको अघि-अघि जान्‍छ</verse>
				<verse number="23">त्‍यसको मासु बटारिएको हुन्‍छ, केही कुराले थिचिए तापनि त्‍यो दबिदैन।</verse>
				<verse number="24">त्‍यसको छाती ढुङ्गाजस्‍तै कड़ा हुन्‍छ, जाँतोको तल्‍लो पाटाझैँ त्‍यो दृढ़ हुन्‍छ।</verse>
				<verse number="25">त्‍यो खड़ा हुँदा वीर मानिसहरू पनि डराउँछन्, त्‍यसको हमलामा तिनीहरू पछि हट्‌छन्‌।</verse>
				<verse number="26">तरवार अथवा भाला, चुपी वा बर्छाले त्‍यसलाई घोच्‍यो भने पनि त्‍यसको केही असर हुँदैन।</verse>
				<verse number="27">फलामलाई त त्‍यसले परालजस्‍तै ठान्‍छ, वा काँसा त्‍यसको निम्‍ति कुहेको काठझैँ हुन्‍छ।</verse>
				<verse number="28">कुनै पनि काँड़ले त्‍यसलाई भगाउन सक्‍दैन, घुयेँत्रोको ढुङ्गा त्‍यसको लागि भुसजस्‍तै हुन्‍छ।</verse>
				<verse number="29">मुङ्‌ग्रो त्‍यसको निम्‍ति निगालोजस्‍तो मात्र हुन्‍छ, बर्छा चलाउँदा ता त्‍यो हाँसिदिन्‍छ।</verse>
				<verse number="30">त्‍यसका नङ्‌ग्रा तिखा-तिखा खपटाजस्‍तै छन्, त्‍यो हिँड्‌दा हिलोलाई दाउने दाँदेझैँ यताउता घोल्‍छ!</verse>
				<verse number="31">त्‍यसले गहिरो पानीलाई कराहीको पानीजस्‍तै उमाल्‍छ, र भाँड़ामा मलहम घोलेझैँ त्‍यसले समुद्रलाई घोल्‍छ।</verse>
				<verse number="32">त्‍यो हिँड्‌दा त्‍यसले आफूपछि झल्‍किने दाग छोड़िराख्‍छ, महानदीको सेतो केश भएजस्‍तै लाग्‍छ?</verse>
				<verse number="33">पृथ्‍वीमा त्‍यसको बराबरी कोही छैन, किनभने त्‍यो ता डरविनाको प्राणी हो।</verse>
				<verse number="34">त्‍यसले सबै हठीहरूलाई तुच्‍छ दृष्‍टिले हेर्छ, त्‍यो त सबै घमण्‍डीहरूको राजा हो।”</verse>
			</chapter>
			<chapter number="42">
				<verse number="1">तब अय्‍यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए:</verse>
				<verse number="2">“तपाईं सबै कुरा गर्न सक्‍नुहुन्‍छ भनी म जान्‍दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।</verse>
				<verse number="3">	तपाईंले सोध्‍नुभयो, ‘ज्ञानैविना मेरा सल्‍लाहलाई कसले धमिलो बनाउँछ?’ निश्‍चय मैले त आफैले नजानेका महान्‌ कामहरूका विषयमा कुरा गरेको छु, मैले जान्‍न नसक्‍ने साह्रै अचम्‍मका कुराहरू।</verse>
				<verse number="4">	“तपाईंले भन्‍नुभयो, ‘अब ध्‍यानसित सुन्, र म तँसँग बोल्‍नेछु, म तँलाई प्रश्‍न गर्छु, र तैंले मलाई उत्तर दिनेछस्‌।’</verse>
				<verse number="5">मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्‍नै आँखाले देख्‍दछु।</verse>
				<verse number="6">यसैकारण म आफूलाई तुच्‍छ ठान्‍छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु।”</verse>
				<verse number="7">जब परमप्रभु अय्‍यूबसित बोलिसक्‍नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्‍यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्‍नुपर्ने ठीक कुरा भनेनौ।</verse>
				<verse number="8">यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्‍यूबकहाँ जाऊ, र तिमीहरू आफ्‍ना निम्‍ति होमबलि चढ़ाऊ, र त्‍यसले तिमीहरूका निम्‍ति अन्‍तर्बिन्‍ती चढ़ाउनेछ। म त्‍यसको प्रार्थना सुन्‍नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्‍यवहार गर्नेछैन, किनभने अय्‍यूबले झैँ मेरो विषयमा भन्‍नुपर्ने कुरा तिमीहरूले बोलेनौं।”</verse>
				<verse number="9">तब एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्‍ना मित्रहरूका निम्‍ति अय्‍यूबले अन्‍तर्बिन्‍ती गरिदिँदा परमप्रभुले अय्‍यूबको प्रार्थना ग्रहण गर्नुभयो।</verse>
				<verse number="10">यसरी अय्‍यूबले आफ्‍ना मित्रहरूका निम्‍ति प्रार्थना गरेपछि परमप्रभुले अय्‍यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्‍पत्ति पहिलेको भन्‍दा दुई गुणा बढ़ाइदिनुभयो।</verse>
				<verse number="11">त्‍यसपछि अय्‍यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्‍याउनुभएका सबै दुर्दशाहरूका निम्‍ति तिनीहरूले तिनलाई समवेदना र सान्‍त्‍वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए।</verse>
				<verse number="12">त्‍यसबाहेक परमप्रभुले अय्‍यूबको जीवनको पछिल्‍लो समयलाई अघिल्‍लो समयभन्‍दा बढ़ी आशिष्‌ दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए।</verse>
				<verse number="13">तिनका सात छोरा र तीन छोरी भए।</verse>
				<verse number="14">तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्‍छीको नाउँ केरेन-हप्‍पूक राखे।</verse>
				<verse number="15">सारा देशमा अय्‍यूबका छोरीहरू जत्तिकै सुन्‍दरी अरू कोही थिएनन्‌ अनि तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइसरह पैतृक-अधिकारको हिस्‍सा दिए।</verse>
				<verse number="16">त्‍यसपछि अय्‍यूब अरू एक सय चालीस वर्षसम्‍म बाँचे। तिनले आफ्‍ना छोराहरू, र चार पुस्‍ता र खनातिसम्‍म देखे।</verse>
				<verse number="17">आखिरमा तिनी पूरा बुढ़ेसकालमा दीर्घायु भएर मरे।</verse>
			</chapter>
		</book>
		<book number="19">
			<chapter number="1">
				<verse number="1">धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।</verse>
				<verse number="2">तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।</verse>
				<verse number="3">	त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।</verse>
				<verse number="4">दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।</verse>
				<verse number="5">यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।</verse>
				<verse number="6">किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">	जाति-जातिहरू किन षड्‌यन्‍त्र रच्‍छन्‌, र मानिसहरू किन व्‍यर्थका जाल रच्‍छन्‌?</verse>
				<verse number="2">परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा हुन्‍छन्‌, र शासकहरू आपसमा सल्‍लाह गर्छन्‌।</verse>
				<verse number="3">तिनीहरू भन्‍छन्‌, “हामी उनीहरूका साङ्‌लाहरू छिनालौं,” “र उनीहरूका बन्‍धनहरू फुकाऔं।”</verse>
				<verse number="4">स्‍वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्‍छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्‍छ।</verse>
				<verse number="5">तब आफ्‍नो क्रोधमा उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ, र आफ्‍नो बल्‍दो कोपमा तिनीहरूलाई यसो भन्‍दै त्रस्‍त पार्नुहुनेछ:</verse>
				<verse number="6">“मैले आफ्‍नो पवित्र पर्वत सियोनमा मेरो आफ्‍नो राजालाई नियुक्त गरेको छु।”</verse>
				<verse number="7">	परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।’</verse>
				<verse number="8">मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्‍याइदिनेछु, र समस्‍त पृथ्‍वी तिम्रो निजी सम्‍पत्ति तुल्‍याइदिनेछु।</verse>
				<verse number="9">	फलामको राजदण्‍डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ।</verse>
				<verse number="10">यसकारण हे राजा हो, बुद्धिमान्‌ होओ, पृथ्‍वीका शासक हो, सावधान!</verse>
				<verse number="11">भय मानेर परमप्रभुको सेवा गर, र कम्‍पनसाथ आनन्‍द मनाओ।</verse>
				<verse number="12">पुत्रलाई चुम्‍बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्‍ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्‍कन्‍छ। ती सबै धन्‍य हुन्‌, जो उहाँको शरण पर्दछन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">	आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन [1] हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌! मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌।</verse>
				<verse number="2">	मेरो विषयमा धेरैले भनिरहेछन्‌, “परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछैन।” सेला</verse>
				<verse number="3">तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ।</verse>
				<verse number="4">म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ।</verse>
				<verse number="5">म पल्‍टन्‍छु, र निदाइहाल्‍छु, म फेरि बिउँझन्‍छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्‍नुहुन्‍छ।</verse>
				<verse number="6">मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्‍ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।</verse>
				<verse number="7">हे परमप्रभु, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌! मेरा सबै शत्रुहरूका गालामा चड्‌काउनुहोस्‌। दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्‌।</verse>
				<verse number="8">	छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्‌! सेला</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको भजन [1] हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌! सङ्कष्‍टमा पर्दा मलाई आश्रय दिनुहोस्‌। ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌।</verse>
				<verse number="2">	हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ? सेला</verse>
				<verse number="3">तिमीहरूलाई थाहा होस्‌, परमप्रभुले भक्तजनहरूलाई आफ्‍नो निम्‍ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">	रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो। सेला</verse>
				<verse number="5">उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख।</verse>
				<verse number="6">धेरैले सोध्‍दैछन्‌, “हामीलाई कसले केही असल कुरा देखाउन सक्‍छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्‍योति हामीमाथि प्रकाशित गर्नुहोस्‌!</verse>
				<verse number="7">तिनीहरूका अन्‍न र नयाँ दाखमद्यको प्रशस्‍ततामा हुने आनन्‍दभन्‍दा बढ़ी आनन्‍दले तपाईंले मेरो हृदय भर्नुभएको छ।</verse>
				<verse number="8">शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति बाँसुरीको साथमा गाउने दाऊदको भजन [1] हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्‍नुहोस्‌! मेरो सुस्‍केरामा ध्‍यान दिनुहोस्‌!</verse>
				<verse number="2">हे मेरा राजा, हे मेरा परमेश्‍वर, मेरो दुहाई सुनिदिनुहोस्‌, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।</verse>
				<verse number="3">हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्‍छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्‍छु।</verse>
				<verse number="4">तपाईं दुष्‍टतामा प्रसन्‍न हुने परमेश्‍वर हुनुहुन्‍न। खराबी तपाईंमा वास गर्न सक्‍दैन।</verse>
				<verse number="5">घमण्‍डी मानिस तपाईंको सामु टिक्‍नै सक्‍दैन। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="6">झूट बोल्‍नेहरूलाई तपाईं नाश गर्नुहुन्‍छ। परमप्रभुले हत्‍याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="7">तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्‍नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्‍दिरतिर फर्की दण्‍डवत्‌ गर्नेछु।</verse>
				<verse number="8">हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्‌। तपाईंको मार्ग मेरो सामुन्‍ने सोझो पारिदिनुहोस्‌।</verse>
				<verse number="9">	तिनीहरूको मुखमा सत्‍यता छैन, अनि तिनीहरूको हृदय दुष्‍टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्‍नो जिब्रोले तिनीहरू छलका कुरा बोल्‍छन्‌।</verse>
				<verse number="10">हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्‌। आफ्‍नै जाल तिनीहरूका पतनको कारण होस्‌। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्‍यागिदिनुहोस्‌। किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्‌।</verse>
				<verse number="11">तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्‌, र तिनीहरू सधैँ हर्षले गाऊन्‌। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्‌, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्‍दित होऊन्‌।</verse>
				<verse number="12">किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌ दिनुहुन्‍छ, ढालले रक्षा गरेझैँ आफ्‍नो कृपा-दृष्‍टिले तिनीहरूलाई घेरिराख्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा शिमिनिथअनुसार दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्‌।</verse>
				<verse number="2">ममाथि दया गर्नुहोस्‌, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्‌, किनकि मेरा हाड़हरूमा पीडा छ।</verse>
				<verse number="3">मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्‍म, हे परमप्रभु, कहिलेसम्‍म पर्खनु?</verse>
				<verse number="4">मतिर फर्कनुहोस्‌, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्‌। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्‌।</verse>
				<verse number="5">मृत्‍युमा तपाईंको सम्‍झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्‍छ र?</verse>
				<verse number="6">आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।</verse>
				<verse number="7">शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्‌।</verse>
				<verse number="8">	हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ।</verse>
				<verse number="9">परमप्रभुले कृपाको निम्‍ति मेरो पुकार सुन्‍नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्‍छ।</verse>
				<verse number="10">मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्‌, र ज्‍यादै घबराउनेछन्‌, र पलभरमा लज्‍जित भएर पछि हट्‌नेछन्‌।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">बेन्‍यामीनी कूशको विषयमा दाऊदले परमप्रभुको सामुन्‍ने गाएको शिग्‍गायोन नामक भजन [1] हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस्‌ र छुटाउनुहोस्‌,</verse>
				<verse number="2">नत्रता सिंहले झैँ तिनीहरूले मलाई फहराउनेछन्‌, र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्‌।</verse>
				<verse number="3">हे परमप्रभु मेरा परमेश्‍वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने—</verse>
				<verse number="4">यदि आफ्‍नो मित्रलाई मैले खराबी गरेको छु भने, र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए,</verse>
				<verse number="5">मेरो शत्रुले मलाई खेदेर भेट्टाओस्‌, र त्‍यसले मेरो शरीर भूइँमा कुल्‍चीमिल्‍ची पारोस्‌, र मेरो प्राण धूलोमा मिलाइदेओस्‌।</verse>
				<verse number="6">हे परमप्रभु, आफ्‍नो कोपमा उठ्‌नुहोस्‌, र मेरा शत्रुहरूका प्रकोपको विरुद्ध तपाईं आफै खड़ा हुनुहोस्‌। हे मेरा परमेश्‍वर, जाग्‍नुहोस्‌, र न्‍यायको आदेश दिनुहोस्‌।</verse>
				<verse number="7">जाति-जातिहरू तपाईंको वरिपरि एकत्र होऊन्‌, र तिनीहरूमाथि उच्‍च स्‍थानबाट राज गर्नुहोस्‌।</verse>
				<verse number="8">परमप्रभुले सबै जातिहरूको न्‍याय गरून्‌। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो निर्दोषताअनुसार मेरो न्‍याय गर्नुहोस्‌, हे सर्वोच्‍च परमेश्‍वर।</verse>
				<verse number="9">	हे धार्मिक परमेश्‍वर, जसले मन र हृदयको जाँच गर्नुहुन्‍छ, दुष्‍टहरूको उपद्रव समाप्‍त गर्नुहोस्‌, तर धर्मीहरूलाई स्‍थिर गराउनुहोस्‌।</verse>
				<verse number="10">मेरो ढाल सर्वोच्‍च परमेश्‍वर हुनुहुन्‍छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्‍छ।</verse>
				<verse number="11">परमेश्‍वर निष्‍पक्ष न्‍यायाधीश हुनुहुन्‍छ, जुन परमेश्‍वरले प्रतिदिन आफ्‍नो क्रोध व्‍यक्त गर्नुहुन्‍छ।</verse>
				<verse number="12">यदि मानिसले पश्‍चात्ताप गरेन भनेता, उहाँले आफ्‍नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुहुनेछ।</verse>
				<verse number="13">उहाँले आफ्‍ना घातक शस्‍त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्‍ना काँड़हरूलाई अग्‍निबाण तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="14">जसको कल्‍पना दुष्‍टताले पूर्ण छ, र उपद्र्याइँ सोच्‍दछ, त्‍यसले भ्रमलाई जन्‍म दिन्‍छ।</verse>
				<verse number="15">जसले खनेर एउटा खाल्‍डो बनाउँछ, त्‍यसले खनेको खाल्‍डोभित्र त्‍यो आफै जाकिन्‍छ।</verse>
				<verse number="16">त्‍यसको उपद्र्याइँ त्‍यसको आफ्‍नै टाउकोमा खनिन्‍छ, त्‍यसको अत्‍याचार त्‍यसकै थाप्‍लोमाथि ओइरिन्‍छ।</verse>
				<verse number="17">परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्‍यवाद चढ़ाउनेछु, र सर्वोच्‍च परमप्रभुको स्‍तुति म गाउनेछु।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार दाऊदको भजन [1] हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ।</verse>
				<verse number="2">	शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।</verse>
				<verse number="3">जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,</verse>
				<verse number="4">	मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?</verse>
				<verse number="5">तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।</verse>
				<verse number="6">	आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ—</verse>
				<verse number="7">सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू,</verse>
				<verse number="8">आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू।</verse>
				<verse number="9">हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति गौरवमय छ!</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “पुत्रको मृत्‍यु” को रागअनुसार दाऊदको भजन [1] हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।</verse>
				<verse number="2">म तपाईंमा रमाउनेछु र उल्‍लसित हुनेछु। हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु।</verse>
				<verse number="3">मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्‍छन्‌, तिनीहरू तपाईंको सामुन्‍ने ठक्‍कर खाएर नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="4">किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्‍पक्ष न्‍याय गर्नुभएको छ।</verse>
				<verse number="5">जाति-जातिहरूलाई तपाईंले हप्‍काउनुभएको छ र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्‍ति मेटिदिनुभएको छ।</verse>
				<verse number="6">शत्रुहरूमाथि अनन्‍त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्‍नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ।</verse>
				<verse number="7">परमप्रभुले सदाकालको निम्‍ति राज्‍य गर्नुहुन्‍छ। उहाँले न्‍यायको निम्‍ति आफ्‍नो सिंहासन तयार पार्नुभएको छ।</verse>
				<verse number="8">र उहाँले धार्मिकतासित संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले निष्‍पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्‍छ।</verse>
				<verse number="9">थिचोमिचोमा परेकाहरूका निम्‍ति परमप्रभु किल्‍ला हुनुहुन्‍छ, कष्‍टको समयमा एउटा शरणस्‍थान।</verse>
				<verse number="10">तपाईंको नाउँ जान्‍नेहरू जतिले आफ्‍नो भरोसा तपाईंमा राख्‍छन्‌, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्‍याग्‍नुभएको छैन।</verse>
				<verse number="11">सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्‍तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।</verse>
				<verse number="12">किनकि रगतको बदला लिनुहुनेले सम्‍झना गर्नुहुन्‍छ। सङ्कष्‍टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्‍ता गर्नुहुन्‍न।</verse>
				<verse number="13">हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। हेर्नुहोस्‌, मलाई घृणा गर्नेहरूबाट मैले कस्‍तो कष्‍ट भोग्‍नुपरेको छ। तपाईंले नै मलाई मृत्‍युको मुखबाट छुटाउनुहोस्‌,</verse>
				<verse number="14">र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ, र त्‍यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ।</verse>
				<verse number="15">जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्‌। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्‌।</verse>
				<verse number="16">	परमप्रभु त उहाँकै न्‍यायद्वारा चिनिनुहुन्‍छ। दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको जालमा फसेका छन्‌। (हिग्‍गायोन) सेला</verse>
				<verse number="17">दुष्‍टहरूचाहिँ पातालमै फर्केर जानेछन्‌, सबै जातिहरू, जसले परमेश्‍वरलाई बिर्सन्‍छन्‌।</verse>
				<verse number="18">तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्‍यै चकनाचूर हुनेछैन।</verse>
				<verse number="19">हे परमप्रभु, उठ्‌नुहोस्‌, मानिस विजयी हुन नपाओस्‌। जाति-जातिहरूको न्‍याय तपाईंको सामुन्‍ने होस्‌।</verse>
				<verse number="20">	हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्‍याउनुहोस्‌। तिनीहरू त मानिस मात्र हुन्‌ भनी जातिहरूले थाहा पाऊन्‌। सेला</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्‍छ? कष्‍टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्‍छ?</verse>
				<verse number="2">दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌।</verse>
				<verse number="3">दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ, त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ।</verse>
				<verse number="4">आफ्‍नो अहङ्कारमा दुष्‍टले उहाँलाई खोज्‍दैन, त्‍यसका सबै विचारमा परमेश्‍वरलाई स्‍थान हुँदैन।</verse>
				<verse number="5">त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ।</verse>
				<verse number="6">त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”</verse>
				<verse number="7">	त्‍यसको मुख सराप, झूट र धम्‍कीले भरिएको हुन्‍छ। त्‍यसको जिब्रोमा उपद्रव र दुष्‍टता छन्‌।</verse>
				<verse number="8">गाउँ-गाउँकै नजिक त्‍यो ढुकिबस्‍छ। ढुकेर बसेका ठाउँहरूमा त्‍यसले निर्दोषहरूको हत्‍या गर्छ। त्‍यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्‍छ।</verse>
				<verse number="9">झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्‍यो गुप्‍त ठाउँमा ढुकेर बस्‍छ। असहायहरूलाई पक्रन त्‍यो ढुकेर बस्‍छ। त्‍यसले आफ्‍नो जालमा असहायहरूलाई घिसारेर लैजान्‍छ।</verse>
				<verse number="10">दु:खीहरू पेलिन्‍छन्‌ र लाचार भई लड्‌छन्‌, र तिनीहरू त्‍यसको शक्तिले ढल्‍दछन्‌।</verse>
				<verse number="11">त्‍यसले आफ्‍नो मनमा सोच्‍दछ, “परमेश्‍वरले बिर्सनुभएको छ। उहाँले आफ्‍नो मुहार लुकाउनुभएको छ, र कहिल्‍यै देख्‍नुहुन्‍न।”</verse>
				<verse number="12">हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌।</verse>
				<verse number="13">दुष्‍टले किन परमेश्‍वरको निन्‍दा गर्छ? त्‍यसले किन आफ्‍नो मनमा भन्‍छ, “उहाँले मेरो लेखा राख्‍नुहुन्‍न।”</verse>
				<verse number="14">तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ।</verse>
				<verse number="15">दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌।</verse>
				<verse number="16">परमप्रभु सदासर्वदाको निम्‍ति राजा हुनुहुन्‍छ, जाति-जातिहरू उहाँको देशबाट नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="17">हे परमप्रभु, पीडितहरूको इच्‍छा तपाईं सुन्‍नुहुन्‍छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्‍छ। तिनीहरूको पुकारा तपाईं सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] म परमप्रभुमा शरण लिन्‍छु, यसर्थ तिमीहरू कसरी मलाई भन्‍न सक्‍छौ, “चरोझैँ आफ्‍नो डाँड़ामा उड़िजा,</verse>
				<verse number="2">किनभने हेर, दुष्‍टहरूले धनुमा ताँदो चढ़ाउँछन्‌, सोझो हृदय भएकाहरूलाई अँध्‍यारोबाट हान्‍नलाई तिनीहरूले आफ्‍नो काँड़ ताँदोमा चढ़ाएका छन्‌।</verse>
				<verse number="3">यदि जग नै नष्‍ट हुन्‍छन्‌ भने, धर्मी जनले के गर्न सक्‍छन्‌ र?”</verse>
				<verse number="4">परमप्रभु आफ्‍नै पवित्र मन्‍दिरमा हुनुहुन्‍छ, परमप्रभु आफ्‍नो स्‍वर्गीय सिंहासनमा विराजमान हुनुहुन्‍छ। मानिसका सन्‍तानलाई उहाँले नियालेर हेर्नुहुन्‍छ, उहाँले आफ्‍ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्‍छ।</verse>
				<verse number="5">परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्‍छ, तर दुष्‍ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्‍छ,</verse>
				<verse number="6">दुष्‍टहरूमाथि उहाँले आगो र गन्‍धक बर्साउनुहुनेछ। पिल्‍स्‍याउने तातो हावा तिनीहरूको भाग हुनेछ।</verse>
				<verse number="7">किनभने परमप्रभु धर्मी हुनुहुन्‍छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्‍छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति शिमिनिथअनुसार दाऊदको भजन [1] गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्‌। मानिसका बीचबाट विश्‍वासीहरू लोप भइसकेका छन्‌।</verse>
				<verse number="2">हरेकले आफ्‍नो छिमेकीसँग झूटा बोल्‍छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्‌।</verse>
				<verse number="3">सबै चापलूसी गर्ने ओठलाई र घमण्‍डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्‌,</verse>
				<verse number="4">तिनीहरू जसले भन्‍छन्‌, “हाम्रा जिब्राले नै हामी जित्‍नेछौं, हाम्रा ओठ हाम्रै हुन्‌, हामीमाथि को मालिक छ र?”</verse>
				<verse number="5">परमप्रभु भन्‍नुहुन्‍छ, “अब म उठ्‌नेछु, किनकि कमजोरहरू लुटिएका छन्‌, र दरिद्रहरू सुस्‍केरा हाल्‍छन्‌, र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।”</verse>
				<verse number="6">अनि परमप्रभुका वचनहरू खोटरहित छन्‌, ती शुद्ध चाँदीजस्‍ता छन्‌, जो सात पल्‍ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।</verse>
				<verse number="7">हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्‍ता मानिसहरूदेखि बचाइराख्‍नुहुनेछ।</verse>
				<verse number="8">दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्‌छन्‌, जब मानिसहरूका बीचमा नीचताको सम्‍मान हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] कहिलेसम्‍म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्‍छ? तपाईंले आफ्‍नो मुहार मसँग कहिलेसम्‍म लुकाउनुहुन्‍छ?</verse>
				<verse number="2">मेरो आत्‍मामा कहिलेसम्‍म मैले चिन्‍ता बोक्‍ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्‍ने? कहिलेसम्‍म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?</verse>
				<verse number="3">ममाथि निगाह गर्नुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌, हे परमप्रभु मेरा परमेश्‍वर। मेरा आँखालाई ज्‍योति दिनुहोस्‌, नत्रता म मृत्‍युको निद्रामा पर्नेछु।</verse>
				<verse number="4">नत्रता मेरो शत्रुले भन्‍नेछ, “त्‍यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्‍दा मेरा शत्रुहरू रमाउनेछन्‌।</verse>
				<verse number="5">तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।</verse>
				<verse number="6">म परमप्रभुको स्‍तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] मूर्खले आफ्‍नो मनमा भन्‍छ, “ईश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट भएका छन्‌, तिनीहरू नीच काम गर्दछन्‌। यस्‍तो कोही पनि छैन जसले असल गर्दछ।</verse>
				<verse number="2">परमप्रभुले स्‍वर्गबाट मानिसका सन्‍तानलाई हेर्नुहुन्‍छ, यो जान्‍नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्‍ने कोही छ?</verse>
				<verse number="3">तिनीहरू सबै कुबाटोतिर लागेका छन्‌। तिनीहरू सबै एकसाथ भ्रष्‍ट भएका छन्‌। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।</verse>
				<verse number="4">के दुष्‍ट काम गर्नेहरूले कहिल्‍यै सिक्‍नेछैनन्‌? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्‌, अनि परमप्रभुलाई पुकार्दैनन्‌।</verse>
				<verse number="5">त्‍यहाँ तिनीहरू त्रासले व्‍याकुल भएका छन्‌। किनभने धर्मीहरूको समुदायसँग परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="6">तिमी दुष्‍टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्‍थान त परमप्रभु नै हुनुहुन्‍छ।</verse>
				<verse number="7">इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्‍ना मानिसहरूको सुख-शान्‍ति फर्काइदिनुहुन्‍छ, याकूब रमाऊन्‌, र इस्राएल खुशी होऊन्‌!</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?</verse>
				<verse number="2">त्‍यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्‍य बोल्‍छ,</verse>
				<verse number="3">जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन, र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,</verse>
				<verse number="4">जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,</verse>
				<verse number="5">जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">दाऊदको मिक्‍ताम [1] मलाई रक्षा गर्नुहोस्‌, हे परमेश्‍वर, किनकि मैले तपाईंमा शरण लिएको छु।</verse>
				<verse number="2">मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्‍छ। तपाईंबाहेक मेरो निम्‍ति अरू कुनै राम्रो कुरा छैन।”</verse>
				<verse number="3">देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्‍वी छन्‌, तिनीहरूमा नै मेरो सम्‍पूर्ण आनन्‍द छ।</verse>
				<verse number="4">अरू देवताको अनुसरण गर्नेहरूले आफ्‍ना दु:ख बढ़ाउँछन्‌। ती देवताहरूलाई रक्त-बलि म चढ़ाउनेछैनँ, अनि तिनीहरूका नाउँ मेरो ओठले उच्‍चारण गर्नेछैन।</verse>
				<verse number="5">परमप्रभु, तपाईंले मेरो हिस्‍सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ।</verse>
				<verse number="6">सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌। साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु।</verse>
				<verse number="7">मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ।</verse>
				<verse number="8">	मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ।</verse>
				<verse number="9">यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ।</verse>
				<verse number="10">	किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।</verse>
				<verse number="11">तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">दाऊदको प्रार्थना [1] हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्‌, निष्‍कपट मुखबाट निस्‍केको मेरो प्रार्थनामा कान लगाउनुहोस्‌।</verse>
				<verse number="2">मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्‌, तपाईंको आँखाले सच्‍चाइ देखोस्‌।</verse>
				<verse number="3">यदि तपाईंले मेरो हृदय जाँच्‍नुभयो भने, र राती पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि, तपाईंले मभित्र केही पनि भेट्टाउनुहुनेछैन। मेरो मुखको बोलीले कुनै अपराध गर्नेछैनँ भनी मैले निश्‍चय गरेको छु।</verse>
				<verse number="4">मानिसहरूका कामको विषयमा भन्‍ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।</verse>
				<verse number="5">मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्‌, मेरा खुट्टा चिप्‍लेका छैनन्‌।</verse>
				<verse number="6">म तपाईंमा पुकार गर्दछु, हे परमेश्‍वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्‍नुहोस्‌, र मेरो बिन्‍ती सुन्‍नुहोस्‌।</verse>
				<verse number="7">आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण खोज्‍नेहरूलाई आफ्‍नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्‍नो महान्‌ प्रेमको आश्‍चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्‌।</verse>
				<verse number="8">तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌—</verse>
				<verse number="9">ती दुष्‍टहरूबाट, जसले मलाई लुट्‌दछन्‌, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्‌।</verse>
				<verse number="10">तिनीहरू आफ्‍ना निर्दयी हृदय बन्‍द गर्दछन्‌, र तिनीहरू आफ्‍ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्‌।</verse>
				<verse number="11">तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्‌, र अब मलाई घेरा लगाउँछन्‌। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्‌।</verse>
				<verse number="12">तिनीहरू शिकारको निम्‍ति भोकाएको सिंहजस्‍तै भएका छन्‌, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्‍छन्‌।</verse>
				<verse number="13">हे परमप्रभु, उठ्‌नुहोस्‌, तिनीहरूको सामना गर्नुहोस्‌, तिनीहरूलाई पराजित गरिदिनुहोस्‌। आफ्‍नो तरवारद्वारा मेरो प्राणलाई दुष्‍टहरूबाट छुटाउनुहोस्‌।</verse>
				<verse number="14">हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्‍ता मानिसहरूबाट मलाई बचाउनुहोस्‌, यी संसारका मानिसहरूबाट जसको पुरस्‍कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्‍त गर्नुहुन्‍छ। तिनीहरूका छोराहरूका लागि प्रशस्‍त छन्‌, आफ्‍ना बालबच्‍चाका लागि तिनीहरूले धन-सम्‍पत्ति थुपारेर राख्‍छन्‌।</verse>
				<verse number="15">अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्‍तुष्‍ट हुनेछु।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति शत्रुहरू र शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन [1] हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु।</verse>
				<verse number="2">	परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।</verse>
				<verse number="3">म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।</verse>
				<verse number="4">मृत्‍युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।</verse>
				<verse number="5">पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।</verse>
				<verse number="6">मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो।</verse>
				<verse number="7">पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, पहाड़हरूका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।</verse>
				<verse number="8">उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो।</verse>
				<verse number="9">स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोडामुनि थियो।</verse>
				<verse number="10">उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।</verse>
				<verse number="11">अन्‍धकारलाई उहाँले आफ्‍नो ओढ्‌ने तुल्‍याउनुभयो, पानीले काला भइसकेका बाक्‍ला बादललाई उहाँले आफ्‍नो मण्‍डप तुल्‍याउनुभयो।</verse>
				<verse number="12">उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े।</verse>
				<verse number="13">परमप्रभु स्‍वर्गबाट गर्जनुभयो, र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो।</verse>
				<verse number="14">उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो, अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए।</verse>
				<verse number="15">हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए।</verse>
				<verse number="16">उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो।</verse>
				<verse number="17">उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए।</verse>
				<verse number="18">मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।</verse>
				<verse number="19">उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो।</verse>
				<verse number="20">मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।</verse>
				<verse number="21">किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।</verse>
				<verse number="22">उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्‌, र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ।</verse>
				<verse number="23">उहाँको दृष्‍टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्‍ग राखें।</verse>
				<verse number="24">परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ।</verse>
				<verse number="25">वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ।</verse>
				<verse number="26">शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ।</verse>
				<verse number="27">दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ।</verse>
				<verse number="28">हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ।</verse>
				<verse number="29">तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु।</verse>
				<verse number="30">परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ।</verse>
				<verse number="31">किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?</verse>
				<verse number="32">उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="33">	उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ।</verse>
				<verse number="34">उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।</verse>
				<verse number="35">तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ।</verse>
				<verse number="36">मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोडा चिप्‍लनेछैनन्‌।</verse>
				<verse number="37">मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।</verse>
				<verse number="38">तिनीहरू उठ्‌न नसक्‍ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे।</verse>
				<verse number="39">तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।</verse>
				<verse number="40">तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो, र मेरा शत्रुहरूलाई मैले संहार पारें।</verse>
				<verse number="41">मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।</verse>
				<verse number="42">बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें।</verse>
				<verse number="43">मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।</verse>
				<verse number="44">मेरो आदेश सुन्‍ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्‌, विदेशीहरू मेरो अगि निहुरिन्‍छन्‌।</verse>
				<verse number="45">विदेशीहरू डरले शिथिल हुन्‍छन्‌, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌।</verse>
				<verse number="46">परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌।</verse>
				<verse number="47">उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्‍छ,</verse>
				<verse number="48">उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्‍छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्‍च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।</verse>
				<verse number="49">	यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।</verse>
				<verse number="50">उहाँले आफ्‍ना राजालाई महान्‌ विजय दिनुहुन्‍छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ।</verse>
				<verse number="2">हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्‌।</verse>
				<verse number="3">कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।</verse>
				<verse number="4">	तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ।</verse>
				<verse number="5">ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ।</verse>
				<verse number="6">आकाशको एक छेउमा उसको उदय हुन्‍छ, र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन।</verse>
				<verse number="7">परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।</verse>
				<verse number="8">परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने।</verse>
				<verse number="9">परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌।</verse>
				<verse number="10">सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया।</verse>
				<verse number="11">तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्‍नेछ।</verse>
				<verse number="12">आफ्‍ना भूलहरू कसले थाहा पाउन सक्‍छ? मेरा गुप्‍त दोषहरू क्षमा गर्नुहोस्‌।</verse>
				<verse number="13">आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌, तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। तब म निर्दोष हुनेछु, र घोर अपराधहरूबाट म निर्दोष हुनेछु।</verse>
				<verse number="14">हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] सङ्कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्‌, याकूबका परमेश्‍वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्‌।</verse>
				<verse number="2">उहाँले पवित्रस्‍थानबाट तपाईंलाई सहायता पठाऊन्‌, र सियोनबाट तपाईंलाई सहारा देऊन्‌।</verse>
				<verse number="3">उहाँले तपाईंका सबै बलिदानहरूको सम्‍झना राखून्‌, र तपाईंका होमबलि ग्रहण गरून्‌। सेला</verse>
				<verse number="4">उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌।</verse>
				<verse number="5">तपाईंको विजयमा हामी आनन्‍दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्‍वरको नाउँमा हामी आफ्‍ना झन्‍डा उच्‍च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्‍ती पूरा गरिदेऊन्‌।</verse>
				<verse number="6">अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्‍ना अभिषिक्तलाई सहायता गर्नुहुन्‍छ। उहाँले आफ्‍नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्‍नो पवित्र स्‍वर्गबाट उनलाई उत्तर दिनुहुनेछ।</verse>
				<verse number="7">कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्‌, तर हामी त परमप्रभु, हाम्रा परमेश्‍वरकै नाउँमा भरोसा गर्छौं।</verse>
				<verse number="8">तिनीहरू रन्‍थनिएर जमिनमा लोट्‌नेछन्‌, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं।</verse>
				<verse number="9">हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्‌। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्‌।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंकै सामर्थ्‍यमा राजा आनन्‍दित छन्‌, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्‍लसित छन्‌।</verse>
				<verse number="2">तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ, र उनका मुखको बिन्‍ती तपाईंले इन्‍कार गर्नुभएको छैन। सेला</verse>
				<verse number="3">तपाईंले उत्तम आशिष्‌ लिएर उनलाई स्‍वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो।</verse>
				<verse number="4">उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।</verse>
				<verse number="5">तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान्‌ छ। तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गर्नुभएको छ।</verse>
				<verse number="6">साँच्‍चै तपाईंले उनलाई अनन्‍तको आशिष्‌ दिनुहुन्‍छ, अनि आफ्‍नो उपस्‍थितिको आनन्‍दले उनलाई हर्षित बनाउनुहुन्‍छ।</verse>
				<verse number="7">किनभने राजाले परमप्रभुमा भरोसा राख्‍छन्‌, र सर्वोच्‍च परमेश्‍वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्‍नेछैनन्‌।</verse>
				<verse number="8">तपाईंकै बाहुलीले आफ्‍ना सारा शत्रुहरूलाई खोजिनिकाल्‍नेछ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ।</verse>
				<verse number="9">तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्‍कने भट्टीझैँ तुल्‍याउनुहुनेछ। आफ्‍नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्‍नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्‍म पार्नेछ।</verse>
				<verse number="10">तपाईंले तिनीहरूका सन्‍तानलाई पृथ्‍वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट।</verse>
				<verse number="11">तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्‍ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्‌।</verse>
				<verse number="12">किनभने तपाईंले तिनीहरूलाई भाग्‍न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्‍नुहुनेछ।</verse>
				<verse number="13">हे परमप्रभु, आफ्‍नो सामर्थ्‍यमा तपाईं उच्‍च हुनुहोस्‌। हामी तपाईंका पराक्रमको भजन र स्‍तुति गाउनेछौं।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “प्रभातको हरिणी” को रागअनुसार दाऊदको भजन [1] हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?</verse>
				<verse number="2">हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्‍न। राती पनि म शान्‍त बन्‍दिनँ।</verse>
				<verse number="3">तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्‍छ।</verse>
				<verse number="4">हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो।</verse>
				<verse number="5">तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्‌।</verse>
				<verse number="6">तर म त एउटा कीरा मात्र हुँ, मानिस होइनँ, मानिसहरूद्वारा उपेक्षित, र लोकद्वारा तुच्‍छ गनिएको।</verse>
				<verse number="7">	मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌। तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,</verse>
				<verse number="8">	“त्‍यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्‍यसलाई उहाँले नै छुटाऊन्‌। उहाँले नै त्‍यसको उद्धार गरून्‌, किनकि त्‍यससँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”</verse>
				<verse number="9">तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्‍याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्‍ने बनाउनुभयो।</verse>
				<verse number="10">मेरो जन्‍मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्‍म दिएदेखि तपाईं मेरा परमेश्‍वर हुनुभएको छ।</verse>
				<verse number="11">मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ, र मलाई गोहार गर्ने कोही छैन।</verse>
				<verse number="12">धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।</verse>
				<verse number="13">आफ्‍नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्‍ना मुख बाउँछन्‌।</verse>
				<verse number="14">म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌। मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ।</verse>
				<verse number="15">माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ।</verse>
				<verse number="16">कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌।</verse>
				<verse number="17">मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌।</verse>
				<verse number="18">	तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌, र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌।</verse>
				<verse number="19">तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्‌! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्‌!</verse>
				<verse number="20">मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्‍य ज्‍यानलाई कुकुरहरूका पन्‍जाबाट उद्धार गर्नुहोस्‌।</verse>
				<verse number="21">सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्‌, र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्‌।</verse>
				<verse number="22">	म मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।</verse>
				<verse number="23">परमप्रभुको भय मान्‍नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्‍तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्‍तान हो, उहाँको भक्ति गर।</verse>
				<verse number="24">किनकि उहाँले पीडितको दु:खलाई तुच्‍छ ठान्‍नुभएको छैन, न घृणाको दृष्‍टिले हेर्नुभएको छ। उहाँले आफ्‍नो मुहार त्‍यसबाट लुकाउनुभएको छैन, तर त्‍यसले सहायताको निम्‍ति पुकारा गर्दा उहाँले सुन्‍नुभएको छ।</verse>
				<verse number="25">ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्‍छ, तपाईंको डर राख्‍नेहरूका सामुन्‍ने म आफ्‍नो भाकल पूरा गर्नेछु।</verse>
				<verse number="26">गरीबहरू खाएर तृप्‍त हुनेछन्‌, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्‌। तिमीहरूका हृदय सदा जीवित रहून्‌!</verse>
				<verse number="27">समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌, र परमप्रभुतिर फर्कनेछन्‌। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।</verse>
				<verse number="28">किनभने राज्‍य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्‍छ।</verse>
				<verse number="29">पृथ्‍वीका सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌, जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलिजानेछन्‌, ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।</verse>
				<verse number="30">भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परमप्रभुको बारेमा बताइनेछ।</verse>
				<verse number="31">अहिलेसम्‍म जन्‍म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌— किनकि उहाँले यो गर्नुभएको छ।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।</verse>
				<verse number="2">	उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।</verse>
				<verse number="3">उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।</verse>
				<verse number="4">मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।</verse>
				<verse number="5">मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।</verse>
				<verse number="6">निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">दाऊदको भजन [1] पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।</verse>
				<verse number="2">किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ, र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ।</verse>
				<verse number="3">परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला? र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ?</verse>
				<verse number="4">त्‍यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन।</verse>
				<verse number="5">त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।</verse>
				<verse number="6">	उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला</verse>
				<verse number="7">हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌।</verse>
				<verse number="8">महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ।</verse>
				<verse number="9">हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌!</verse>
				<verse number="10">	महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ। सेला</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्‍छु।</verse>
				<verse number="2">हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌।</verse>
				<verse number="3">तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌।</verse>
				<verse number="4">हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।</verse>
				<verse number="5">तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।</verse>
				<verse number="6">हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌।</verse>
				<verse number="7">मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।</verse>
				<verse number="8">परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ।</verse>
				<verse number="9">उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ।</verse>
				<verse number="10">उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍वासयोग्‍य हुन्‍छन्‌।</verse>
				<verse number="11">हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ।</verse>
				<verse number="12">परमप्रभुको डर मान्‍ने मानिस को छ? त्‍यो हिँड्‌नुपर्ने बाटो, परमप्रभुले त्‍यसलाई सिकाउनुहुनेछ।</verse>
				<verse number="13">त्‍यसले सुख-चैनमा आफ्‍नो दिन बिताउनेछ, र त्‍यसका सन्‍तानले देशमा अधिकार जमाउनेछन्‌।</verse>
				<verse number="14">परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ।</verse>
				<verse number="15">मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्‌, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ।</verse>
				<verse number="16">मतिर फर्कनुहोस्‌, र ममाथि कृपालु बन्‍नुहोस्‌, किनकि म एकलो र कष्‍टित छु।</verse>
				<verse number="17">मेरो हृदयका दु:खहरू बढ़ेका छन्‌, मलाई मेरा कष्‍टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्‌।</verse>
				<verse number="18">मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्‌, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्‌।</verse>
				<verse number="19">हेर्नुहोस्‌, मेरा शत्रुहरू कति धेरै छन्‌, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्‌।</verse>
				<verse number="20">मेरो प्राणको रक्षा गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, मैले शर्माउनु नपरोस्‌, किनकि म तपाईंको शरणमा परेको छु।</verse>
				<verse number="21">ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्‌, किनकि म तपाईंमा आशा राख्‍तछु।</verse>
				<verse number="22">इस्राएललाई त्‍यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्‌, हे परमेश्‍वर।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्‌। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।</verse>
				<verse number="2">मलाई जाँच्‍नुहोस्‌, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्‍नुहोस्‌।</verse>
				<verse number="3">किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ, र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु।</verse>
				<verse number="4">म छली मानिसहरूसँग बस्‍दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ।</verse>
				<verse number="5">कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।</verse>
				<verse number="6">निर्दोषतामा म हात धुन्‍छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु।</verse>
				<verse number="7">उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु।</verse>
				<verse number="8">हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु।</verse>
				<verse number="9">मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,</verse>
				<verse number="10">जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌।</verse>
				<verse number="11">तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌।</verse>
				<verse number="12">मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">दाऊदको भजन [1] परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?</verse>
				<verse number="2">	जब दुष्‍ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌।</verse>
				<verse number="3">सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु।</verse>
				<verse number="4">एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।</verse>
				<verse number="5">किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।</verse>
				<verse number="6">तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।</verse>
				<verse number="7">हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌।</verse>
				<verse number="8">मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।</verse>
				<verse number="9">तपाईंको मुहार मबाट नलुकाउनुहोस्‌, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्‌। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्‍कार नगर्नुहोस्‌, मलाई नत्‍याग्‍नुहोस्‌, हे मेरा उद्धारकर्ता परमेश्‍वर!</verse>
				<verse number="10">मेरा बुबा र मेरी आमाले मलाई त्‍यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।</verse>
				<verse number="11">हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्‌, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्‍याउनुहोस्‌।</verse>
				<verse number="12">मेरा शत्रुहरूको इच्‍छामा मलाई नछोडिदिनुहोस्‌, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्‌, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्‌छन्‌।</verse>
				<verse number="13">मलाई अझ पनि विश्‍वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्‍नेछु।</verse>
				<verse number="14">परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्‍तो नगर्नुहोस्‌, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्‍तो हुनेछु।</verse>
				<verse number="2">जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्‍थानतिर म आफ्‍ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्‌।</verse>
				<verse number="3">मलाई दुष्‍टहरूसित र दुष्‍ट काम गर्नेहरूसित नलैजानुहोस्‌, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्‌, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्‍छ।</verse>
				<verse number="4">	तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌, तिनीहरूका हातका कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌, र तिनीहरूले पाउनुपर्ने दण्‍ड तिनीहरूलाई दिनुहोस्‌।</verse>
				<verse number="5">तिनीहरूले परमप्रभुका काम र उहाँका बाहुलीका कर्मको वास्‍ता नराखेकाले, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि बनाउनुहुनेछैन।</verse>
				<verse number="6">परमप्रभुको स्‍तुति होस्‌, किनकि उहाँले कृपाको निम्‍ति मेरो प्रार्थना सुन्‍नुभएको छ।</verse>
				<verse number="7">परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्‍छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्‍लसित छ, र म भजनद्वारा उहाँलाई धन्‍यवाद चढ़ाउनेछु।</verse>
				<verse number="8">परमप्रभु आफ्‍ना जनहरूको शक्ति हुनुहुन्‍छ, र आफ्‍ना अभिषिक्त जनको निम्‍ति उद्धारको किल्‍ला हुनुहुन्‍छ।</verse>
				<verse number="9">तपाईंको प्रजालाई बचाउनुहोस्‌, र तपाईंको आफ्‍नो वंशलाई आशिष्‌ दिनुहोस्‌। तिनीहरूका गोठाला बन्‍नुहोस्‌, र तिनीहरूलाई सदाकाल सम्हाल्‍नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">दाऊदको भजन [1] हे परमेश्‍वरका बलिष्‍ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देओ।</verse>
				<verse number="2">परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।</verse>
				<verse number="3">परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्‍छ।</verse>
				<verse number="4">परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ।</verse>
				<verse number="5">परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ।</verse>
				<verse number="6">उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्‍तै, र सिरिओन पर्वतलाई जङ्गली साँढ़ेजस्‍तै उफार्नुहुन्‍छ।</verse>
				<verse number="7">परमप्रभुको वाणीले बिजुलीका चमकसहित प्रहार गर्छ।</verse>
				<verse number="8">परमप्रभुको वाणीले मरुभूमिलाई हल्‍लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्‍पित पार्दछ।</verse>
				<verse number="9">परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्‍छ, र जङ्गल लाछलुछ पारेर उजाड तुल्‍याउँदछ। अनि उहाँको मन्‍दिरमा सबै “महिमा!” भन्‍दै कराउँछन्‌।</verse>
				<verse number="10">परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्‍छ। परमप्रभु सदासर्वदा राजाजस्‍तै सिंहासनमा विराजमान हुनुहुन्‍छ।</verse>
				<verse number="11">परमप्रभुले आफ्‍ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्‍छ, परमप्रभु आफ्‍ना मानिसहरूलाई शान्‍तिको वरदान दिनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">मन्‍दिर समर्पणको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, म तपाईंका महानताको स्‍तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्‍नुभएको छ, र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन।</verse>
				<verse number="2">हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।</verse>
				<verse number="3">	हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्‍नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो।</verse>
				<verse number="4">हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्‍ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्‍तुति गर।</verse>
				<verse number="5">किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्‍छ, तर उहाँको निगाह आजन्‍म रहन्‍छ, आँसु रातभरि मात्र बग्‍छ, तर बिहान आनन्‍द आउँदछ।</verse>
				<verse number="6">सुरक्षित भएको समयमा, “म कहिल्‍यै डग्‍नेछैनँ” मैले भनें।</verse>
				<verse number="7">हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्‍नो मुहार लुकाउनुभयो, म दु:खित भएँ।</verse>
				<verse number="8">हे परमप्रभु, मैले तपाईंलाई पुकारें, परमप्रभुमा नै दयाको निम्‍ति पुकारें।</verse>
				<verse number="9">“म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्‍छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्‍यसले तपाईंको विश्‍वसनीयताको वर्णन गर्छ र?</verse>
				<verse number="10">हे परमप्रभु, मेरो बिन्‍ती सुन्‍नुहोस्‌, र ममाथि अनुग्रह गर्नुहोस्‌। हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्‌।”</verse>
				<verse number="11">तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्‌ग्राको वस्‍त्र फुकालिदिएर आनन्‍द पहिराइदिनुभयो,</verse>
				<verse number="12">यस हेतुले कि मेरो मनले तपाईंको स्‍तुतिगान गरोस्‌, र चूप नलागोस्‌। हे परमप्रभु मेरा परमेश्‍वर, म सदासर्वदै, तपाईंमा धन्‍यवाद चढ़ाउनेछु।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्‍यै पनि शर्माउनु नपरोस्‌, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्‌।</verse>
				<verse number="2">मेरो पुकारा सुनिदिनुहोस्‌, मलाई झट्टै छुटाउनुहोस्‌। तपाईं मेरो निम्‍ति शरणको चट्टान हुनुहोस्‌, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्‌।</verse>
				<verse number="3">मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्‍छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्‍याउनुहोस्‌।</verse>
				<verse number="4">मेरो निम्‍ति गुप्‍तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्‌, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्‍छ।</verse>
				<verse number="5">	तपाईंकै हातमा म मेरो आत्‍मा सुम्‍पन्‍छु। हे परमप्रभु, हे सत्‍यका परमेश्‍वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्‌।</verse>
				<verse number="6">व्‍यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु।</verse>
				<verse number="7">तपाईंको कृपामा म आनन्‍द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्‍नुभयो, र मेरो प्राणको वेदना तपाईंले जान्‍नुभयो।</verse>
				<verse number="8">तपाईंले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन, तर तपाईंले मलाई फराकिलो ठाउँमा राख्‍नुभएको छ।</verse>
				<verse number="9">ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्‍टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्‌</verse>
				<verse number="10">मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्‍केरामा बितेका छन्‌। मेरो क्‍लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्‌।</verse>
				<verse number="11">मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्‍ति तुच्‍छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्‍नेहरू मदेखि भाग्‍छन्‌।</verse>
				<verse number="12">मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्‌, म त फुटेको भाँड़ाजस्‍तै भएको छु।</verse>
				<verse number="13">किनकि धेरैले मेरो विरुद्धमा निन्‍दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्‌, र मेरो प्राण लिनलाई तिनीहरू षड्‌यन्‍त्र रच्‍छन्‌।</verse>
				<verse number="14">तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="15">मेरा समय तपाईंकै हातमा छन्‌, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌।</verse>
				<verse number="16">तपाईंको मुहार आफ्‍नो दासमाथि प्रज्‍वलित होस्‌, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्‌।</verse>
				<verse number="17">मैले शर्माउनु नपरोस्‌, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्‍टहरू शर्ममा परून्‌, र पातालमा जाऊन्‌ र त्‍यहीँ चूपचाप रहून्‌।</verse>
				<verse number="18">तिनीहरूका झूटा ओठहरू बन्‍द भइजाऊन्‌, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्‍कार र अहङ्कारसाथ बोल्‍छन्‌।</verse>
				<verse number="19">तपाईंको भलाइ कति महान्‌ छ, जो तपाईंको भय मान्‍नेहरूका निम्‍ति तपाईंले राख्‍नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्‍ने दिनुभएको छ।</verse>
				<verse number="20">तपाईंका उपस्‍थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्‌यन्‍त्रबाट तपाईंले लुकाउनुहुन्‍छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्‍नो वासस्‍थानमा सुरक्षित राख्‍नुहुन्‍छ।</verse>
				<verse number="21">परमप्रभुको स्‍तुति होस्‌, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्‍नो उदेकको कृपा ममाथि देखाउनुभयो।</verse>
				<verse number="22">आत्तिएको बेलामा मैले भनें, “तपाईंको दृष्‍टिबाट म टाढ़ा भएको छु।” तर तपाईंलाई गुहारको निम्‍ति पुकारा गर्दा, तपाईंले कृपाको निम्‍ति मेरो पुकारा सुनिदिनुभयो।</verse>
				<verse number="23">हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्‍ड दिनुहुन्‍छ।</verse>
				<verse number="24">हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">दाऊदको मस्‍किल भन्‍ने भजन [1] धन्‍य त्‍यो व्‍यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्‌।</verse>
				<verse number="2">त्‍यो मानिस धन्‍य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जसको मनमा छलकपट छैन।</verse>
				<verse number="3">जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्‍दनले मेरा हाड़हरू खिइएर गए।</verse>
				<verse number="4">	किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्‍मको तापले भएझैँ सुकिसकेको थियो। सेला</verse>
				<verse number="5">तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला</verse>
				<verse number="6">यसकारण हरेक भक्तजनले, जबसम्‍म तपाईंलाई प्राप्‍त गर्न सकिन्‍छ, तपाईंमा प्रार्थना गरोस्‌। अनि दु:ख-कष्‍ट र उर्लेको भेलले त्‍यसलाई छुनेछैन।</verse>
				<verse number="7">	तपाईं मेरो आश्रय हुनुहुन्‍छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्‍छ। सेला</verse>
				<verse number="8">म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु।</verse>
				<verse number="9">समझै नभएको घोडा अथवा खच्‍चरजस्‍ता तिमी नहोऊ, जसलाई रोक्‍न लगाम र डोकरि चाहिन्‍छन्‌, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्‌।</verse>
				<verse number="10">दुष्‍टहरूले धेरै कष्‍ट भोग्‍नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्‍नेहरूलाई भने अचूक कृपाले घेर्नेछ।</verse>
				<verse number="11">हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ।</verse>
				<verse number="2">वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्‍तुति गाओ।</verse>
				<verse number="3">उहाँको निम्‍ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ।</verse>
				<verse number="4">किनकि परमप्रभुको वचन ठीक र सत्‍य छ, र उहाँका सबै काम विश्‍वस्‍ततामा हुन्‍छन्‌।</verse>
				<verse number="5">परमप्रभुले धार्मिकता र न्‍यायलाई मन पराउनुहुन्‍छ। उहाँको अचूक कृपाले पृथ्‍वी भरिपूर्ण भएको छ।</verse>
				<verse number="6">परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्‍यहाँका ग्रह-नक्षत्रहरू।</verse>
				<verse number="7">उहाँले समुद्रको पानीलाई जम्‍मा गरेर एक थुप्रो पार्नुहुन्‍छ। उहाँले गहिरा सागरहरूलाई आफ्‍ना ढुकुटीमा राख्‍नुहुन्‍छ।</verse>
				<verse number="8">सारा पृथ्‍वीले परमप्रभुको भय मानोस्‌ संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्‌।</verse>
				<verse number="9">किनकि उहाँका मुखको वचनले सारा सृष्‍टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्‍यो स्‍थिर रह्यो।</verse>
				<verse number="10">परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्‍याउनुहुन्‍छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="11">तर परमप्रभुका योजनाहरू सदा स्‍थिर रहन्‍छन्‌, उहाँको हृदयका विचार पुस्‍तौँसम्‍म रहिरहन्‍छन्‌।</verse>
				<verse number="12">त्‍यो जाति धन्‍यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू, जसलाई आफ्‍नो उत्तराधिकारको निम्‍ति उहाँले चुन्‍नुभयो।</verse>
				<verse number="13">परमप्रभुले स्‍वर्गबाट हेर्नुहुन्‍छ, र उहाँ सबै मानिसका सन्‍तानलाई देख्‍नुहुन्‍छ।</verse>
				<verse number="14">आफ्‍नो वासस्‍थानबाट उहाँ पृथ्‍वीका सारा बासिन्‍दाहरूमाथि नजर राख्‍नुहुन्‍छ—</verse>
				<verse number="15">उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्‍छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्‍छ।</verse>
				<verse number="16">कुनै राजा आफ्‍नो ठूलो सेनाद्वारा बाँच्‍न सक्‍दैन, कुनै योद्धा आफ्‍नो ठूलो सामर्थ्‍यद्वारा बाँच्‍न सक्‍दैन।</verse>
				<verse number="17">घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन।</verse>
				<verse number="18">तर परमप्रभुको दृष्‍टि उहाँको भय मान्‍नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ,</verse>
				<verse number="19">तिनीहरूका प्राणलाई मृत्‍युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍न।</verse>
				<verse number="20">हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्‍छ।</verse>
				<verse number="21">उहाँमा नै हामी हर्षित हुन्‍छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्‍छौं।</verse>
				<verse number="22">हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस्‌।</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">दाऊदको भजन [1] हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ।</verse>
				<verse number="2">मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्‍टमा परेकाहरू यो सुनेर खुशी होऊन्‌।</verse>
				<verse number="3">मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं!</verse>
				<verse number="4">मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।</verse>
				<verse number="5">उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌, र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌।</verse>
				<verse number="6">यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो, र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो।</verse>
				<verse number="7">परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।</verse>
				<verse number="8">	परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।</verse>
				<verse number="9">हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।</verse>
				<verse number="10">जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।</verse>
				<verse number="11">आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु।</verse>
				<verse number="12">	तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने—</verse>
				<verse number="13">आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।</verse>
				<verse number="14">खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।</verse>
				<verse number="15">परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="16">परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।</verse>
				<verse number="17">जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।</verse>
				<verse number="18">चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।</verse>
				<verse number="19">धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।</verse>
				<verse number="20">	परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।</verse>
				<verse number="21">खराबीले दुष्‍टलाई नष्‍ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्‌।</verse>
				<verse number="22">परमप्रभुले आफ्‍ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्‍छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्‌, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्‌।</verse>
				<verse number="2">कवच पहिरनुहोस्‌ र ढाल लिनुहोस्‌, र मेरो सहायतामा खड़ा हुनुहोस्‌।</verse>
				<verse number="3">मलाई खेद्‌नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्‌, मेरो प्राणलाई भन्‍नुहोस्‌, “म तेरो उद्धार हुँ।”</verse>
				<verse number="4">मेरो ज्‍यानको खेदो गर्नेहरू शर्ममा परून्‌, र तिनीहरू अपमानित होऊन्‌। मेरो विरुद्धमा उपाय रच्‍नेहरू लखेटिऊन्‌ र अलमल्‍ल परून्‌।</verse>
				<verse number="5">तिनीहरू बतासले उड़ाएको भुसजस्‍ता होऊन्‌, र परमप्रभुका स्‍वर्गदूतले तिनीहरूलाई लखेटून्‌।</verse>
				<verse number="6">तिनीहरूको बाटो अँध्‍यारो र चिप्‍लो होस्‌, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्‌।</verse>
				<verse number="7">किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने।</verse>
				<verse number="8">अकस्‍मात्‌ तिनीहरूमाथि सर्वनाश आइपरोस्‌, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्‌, तिनीहरू आफै त्‍यस खाड़लमा परेर नष्‍ट होऊन्‌।</verse>
				<verse number="9">तब मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ, र उहाँबाटै भएको उद्धारमा उल्‍लसित हुनेछ।</verse>
				<verse number="10">मेरा समस्‍त जीवनले भन्‍नेछ, “हे परमप्रभु, तपाईंजस्‍तो को छ र? निर्बललाई आफूभन्‍दा शक्तिशाली मानिसबाट तपाईं बचाउनुहुन्‍छ, अनि निर्बल र दरिद्रलाई अत्‍याचारीबाट उद्धार गर्नुहुन्‍छ।”</verse>
				<verse number="11">निर्दयी साक्षीहरू अगि आउँछन्‌। मैले जान्‍दै नजानेका कुरा तिनीहरू मलाई सोध्‍छन्‌।</verse>
				<verse number="12">तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्‌, र मेरो प्राणलाई अत्‍यन्‍त निराश छोड्‌छन्‌।</verse>
				<verse number="13">तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्‌ग्राको वस्‍त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए,</verse>
				<verse number="14">मेरा मित्र र मेरो भाइको निम्‍ति शोक गरेझैँ म शोक गर्दै हिँडें। आफ्‍नी आमाको निम्‍ति विलाप गरेझैँ शिर झुकाएर मैले शोक मनाएँ।</verse>
				<verse number="15">तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्‍मा भए। तिनीहरूले लगातार मेरो निन्‍दा गरे।</verse>
				<verse number="16">अधर्मीझैँ तिनीहरूले वैमनस्‍यपूर्वक निन्‍दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे।</verse>
				<verse number="17">हे परमप्रभु, कहिलेसम्‍म तपाईं हेरिरहनुहुन्‍छ? तिनीहरूले ममाथि ल्‍याएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्‍यानलाई छुटाउनुहोस्‌।</verse>
				<verse number="18">ठूलो समुदायमा म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु।</verse>
				<verse number="19">	अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्‌, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्‍यपूर्वक खिसी गर्न नपाऊन्‌।</verse>
				<verse number="20">तिनीहरू त शान्‍तिको कुरै गर्दैनन्‌, तर देशमा शान्‍तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्‍छन्‌।</verse>
				<verse number="21">ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्‍छन्‌, “आहा! आहा! हामीले आफ्‍नै आँखाले यो देख्‍न पायौं।”</verse>
				<verse number="22">हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, मौन नबस्‍नुहोस्‌। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्‌।</verse>
				<verse number="23">उठ्‌नुहोस्‌, र मेरो रक्षाको निम्‍ति जाग्‍नुहोस्‌। हे परमप्रभु, मेरा परमेश्‍वर, मेरो निम्‍ति लड़िदिनुहोस्‌।</verse>
				<verse number="24">हे मेरा परमप्रभु परमेश्‍वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्‌। ममाथि तिनीहरू रमाउन नपाऊन्‌।</verse>
				<verse number="25">तिनीहरूले आफ्‍ना मनमा, “आहा! हामीले चिताएका पुग्‍यो” भन्‍न नपाऊन्‌, अथवा “हामीले त्‍यसलाई निलिदियौं” भन्‍न नपाऊन्‌।</verse>
				<verse number="26">मेरो आपत्‌को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून्‌ र अस्‍तव्‍यस्‍त होऊन्‌। मभन्‍दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून्‌ र अपमानित होऊन्‌।</verse>
				<verse number="27">म दोष-मुक्त भएको कामना राख्‍नेहरू आनन्‍दले जयजयकार गरून्‌ र हर्षित होऊन्‌। तिनीहरूले निरन्‍तर यसो भनिरहून्‌, “परमप्रभुको नाम उच्‍च होस्‌, जो आफ्‍नो दासको कल्‍याणमा प्रसन्‍न हुनुहुन्‍छ।”</verse>
				<verse number="28">मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] दुष्‍टका पापको सम्‍बन्‍धमा मेरो हृदयमा एउटा ईश्‍वरवाणी छ, त्‍यसका आँखाअगि परमेश्‍वरको डर हुँदैन।</verse>
				<verse number="2">किनकि त्‍यसले आफ्‍नो यति प्रशंसा गर्छ कि आफ्‍नो पाप त्‍यसले फेला पार्दैन र घृणा गर्दैन।</verse>
				<verse number="3">त्‍यसको मुखका कुराहरू दुष्‍ट र छली छन्‌। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्‍यसले छोडिसकेको छ।</verse>
				<verse number="4">त्‍यसले आफ्‍नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्‍यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्‍यसले खराबीलाई अस्‍वीकार गर्दैन।</verse>
				<verse number="5">हे परमप्रभु, तपाईंको कृपा स्‍वर्गैसम्‍म फैलिएको छ, तपाईंको विश्‍वसनीयता आकाशसम्‍मै।</verse>
				<verse number="6">तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्‍तै छ, तपाईंको न्‍याय अगाध समुद्रजस्‍तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्‍नुहुन्‍छ।</verse>
				<verse number="7">तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्‍तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्‌।</verse>
				<verse number="8">तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्‌, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्‍छ।</verse>
				<verse number="9">किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्‍योतिमा हामी प्रकाश देख्‍छौं।</verse>
				<verse number="10">तपाईंलाई चिन्‍नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्‌। र सत्‍यनिष्‍ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्‌।</verse>
				<verse number="11">अहङ्कारीको खुट्टा मलाई कुल्‍चन नआओस्‌, न त दुष्‍टको हातले मलाई गलहत्त्याउन पाओस्‌।</verse>
				<verse number="12">कुकर्मीहरू कसरी ढलेर लम्‍पसार परेका छन्‌, तिनीहरू उठ्‌नै नसक्‍ने गरी पछारिएका छन्‌।</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">दाऊदको भजन [1] दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ,</verse>
				<verse number="2">किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌।</verse>
				<verse number="3">परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।</verse>
				<verse number="4">परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।</verse>
				<verse number="5">आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ:</verse>
				<verse number="6">उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।</verse>
				<verse number="7">परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान।</verse>
				<verse number="8">रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ।</verse>
				<verse number="9">किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।</verse>
				<verse number="10">अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌।</verse>
				<verse number="11">	तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌।</verse>
				<verse number="12">दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र उनीहरूमाथि दाह्रा किट्‌दछन्‌,</verse>
				<verse number="13">तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्‍छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्‍नुहुन्‍छ।</verse>
				<verse number="14">दु:खी र कङ्गालीहरूलाई ढाल्‍न, र सत्‍यको बाटोमा हिँड्‌नेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्‍छन्‌, र धनुमा ताँदो चढ़ाउँछन्‌।</verse>
				<verse number="15">तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्‌नेछन्‌, र तिनीहरूका धनु भाँचिनेछन्‌।</verse>
				<verse number="16">धेरै दुष्‍टहरूका सम्‍पत्तिको प्रचुरताभन्‍दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।</verse>
				<verse number="17">किनकि दुष्‍टहरूका पाखुरा भाँचिनेछन्‌, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्‍नुहुन्‍छ।</verse>
				<verse number="18">परमप्रभुले निर्दोष मानिसहरूको वास्‍ता गर्नुहुन्‍छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।</verse>
				<verse number="19">आपत्‌का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्‌, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्‍त हुनेछ।</verse>
				<verse number="20">तर दुष्‍टहरू त नष्‍ट हुनेछन्‌, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्‍तै छन्‌, तिनीहरू लोप भइजानेछन्‌, धूवाँजस्‍तै तिनीहरू लोप हुनेछन्‌।</verse>
				<verse number="21">दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌।</verse>
				<verse number="22">परमप्रभुबाट आशिष्‌ पाउनेहरूले देशमाथि अधिकार गर्छन्‌, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्‍साइनेछन्‌।</verse>
				<verse number="23">यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ।</verse>
				<verse number="24">त्‍यसलाई ठेस लाग्‍यो भने पनि त्‍यो लोट्‌दैन, किनकि परमप्रभुले आफ्‍नो हातले समातेर त्‍यसलाई थाम्‍नुहुन्‍छ।</verse>
				<verse number="25">म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्‍यागिएका वा तिनका सन्‍तानले मागेर खानुपरेको मैले कहिल्‍यै देखेको छैनँ।</verse>
				<verse number="26">तिनको मुट्ठी सधैँ उदार रहन्‍छ, र तिनले खुला रूपले पैँचो दिन्‍छन्‌, र तिनका सन्‍तानले आशिष्‌ पाउनेछन्‌।</verse>
				<verse number="27">खराबीदेखि फर्केर अलग्‍ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्‍नेछौ।</verse>
				<verse number="28">किनकि परमप्रभु न्‍यायीलाई प्रेम गर्नुहुन्‍छ, र आफ्‍नो विश्‍वाशयोग्यहरूलाई उहाँले त्‍याग्‍नुहुन्‍न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्‌, तर दुष्‍टका सन्‍तान भने बहिष्‍कृत हुनेछन्‌।</verse>
				<verse number="29">धर्मीहरूले देश अधिकार गर्नेछन्‌, र त्‍यहाँ सधैँभरि वास गर्नेछन्‌।</verse>
				<verse number="30">धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्‍यसको जिब्रोले न्‍यायको कुरा बोल्‍छ।</verse>
				<verse number="31">त्‍यसको हृदयमा त्‍यसका परमेश्‍वरको व्‍यवस्‍था हुन्‍छ, त्‍यसका खुट्टा चिप्‍लँदैनन्‌।</verse>
				<verse number="32">धर्मी जनको हत्‍या गर्नलाई दुष्‍टहरू ढुकिबस्‍छन्‌।</verse>
				<verse number="33">तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्‌नुहुनेछैन, न त त्‍यसको न्‍याय हुँदाखेरि त्‍यसलाई दोषी ठहराउन दिनुहुन्‍छ।</verse>
				<verse number="34">परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्‍नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्‍नेछ।</verse>
				<verse number="35">मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्‍तो थियो।</verse>
				<verse number="36">तर त्‍यो चाँड़ै मर्‍यो र रहेन। मैले खोजें, तर त्‍यो पाउन सकिएन।</verse>
				<verse number="37">निर्दोष मानिसलाई विचार गर, र सत्‍यनिष्‍ठ जनलाई हेर, किनभने शान्‍तिप्रिय मानिसको सन्‍तान हुन्‍छ।</verse>
				<verse number="38">तर अपराधीहरूचाहिँ सखापै हुनेछन्‌, दुष्‍टका सन्‍तानचाहिँ बहिष्‍कृत हुनेछन्‌।</verse>
				<verse number="39">धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्‍छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्‍थान हुनुहुन्‍छ।</verse>
				<verse number="40">परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्‍छ र तिनीहरूको उद्धार गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्‍छ, किनभने तिनीहरूले उहाँको शरण लिन्‍छन्‌।</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">सम्‍झनाको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्‌।</verse>
				<verse number="2">किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्‌, र तपाईंको हात ममाथि परेको छ।</verse>
				<verse number="3">तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्‍वस्‍थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्‌।</verse>
				<verse number="4">मेरा अधर्महरूमा म शिरसम्‍म डुबिसकेको छु, मैले बोक्‍न नसक्‍ने गरी ती बढ़ी गह्रौँ भएका छन्‌।</verse>
				<verse number="5">मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्‍धित भएका छन्‌ र सड़िसकेका छन्‌।</verse>
				<verse number="6">म झुकेर धूलैमा लोटिसकेको छु, दिनभरि म विलाप गर्दै हिँड्‌छु।</verse>
				<verse number="7">मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्‍दुरुस्‍ती छैन।</verse>
				<verse number="8">म बिलकुल दुर्बल भएको छु, र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्‌छु।</verse>
				<verse number="9">हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्‌, र मेरो सुस्‍केरा तपाईंबाट लुकेको छैन।</verse>
				<verse number="10">मेरो मुटु धड़कन्‍छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्‍योति पनि मबाट गइसकेको छ।</verse>
				<verse number="11">मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्‍छन्‌, र मेरा कुटुम्‍बहरू टाढ़ै उभिन्‍छन्‌।</verse>
				<verse number="12">मेरो प्राण लिन खोज्‍नेहरूले मलाई पासो थाप्‍छन्‌, मेरो हानि खोज्‍नेहरूले मेरो विनाशका कुरा गर्छन्‌, र दिनभरि विश्‍वासघाती कल्‍पना रच्‍छन्‌।</verse>
				<verse number="13">म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्‍दैन। र मुखै उघार्न नसक्‍ने मानिसजस्‍तै म गूँगो भएको छु।</verse>
				<verse number="14">सुन्‍दै नसुन्‍ने मानिसजस्‍तै म भएको छु, जसको मुखले जवाफै दिन सक्‍दैन।</verse>
				<verse number="15">हे परमप्रभु, म तपाईंको प्रतीक्षा गर्छु, हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ।</verse>
				<verse number="16">किनकि मैले भनें, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्‌, मेरो गोडा चिप्‍लँदा तिनीहरूले घमण्‍ड गर्न नपाऊन्‌।”</verse>
				<verse number="17">किनकि म त ढल्‍नै लागेको छु, र मेरो पीडा सधैँ मसँगै छ।</verse>
				<verse number="18">म मेरो अधर्म स्‍वीकार गर्दछु, मेरो पापको निम्‍ति म दु:खित छु।</verse>
				<verse number="19">धेरै मेरा शत्रुहरू छन्‌ जो शक्तिशाली छन्‌, विनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्‌।</verse>
				<verse number="20">भलाइको साटो मलाई खराबी गर्नेहरूले, मचाहिँ भलाइको पछि लाग्‍दा मेरो निन्‍दा गर्छन्‌।</verse>
				<verse number="21">हे परमप्रभु, मलाई नत्‍याग्‍नुहोस्‌। हे मेरा परमेश्‍वर, मबाट टाढ़ा नहुनुहोस्‌।</verse>
				<verse number="22">हे परमप्रभु मेरा उद्धारक, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्‌।</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति यदूतूनको लागि दाऊदको भजन [1] मैले भनें, “म आफ्‍नो चालचलनमा सावधान रहनेछु, र आफ्‍नो जिब्रोलाई पापबाट रोक्‍नेछु। दुष्‍टहरू मेरो सामुन्‍ने रहुञ्‍जेल म आफ्‍नो मुखमा महला लाएर बस्‍नेछु।”</verse>
				<verse number="2">तर जब म मौन र शान्‍त बसें, अनि असल कुरा पनि बोलिनँ, मेरो पीडा झन्‌ बढ़ेर आयो।</verse>
				<verse number="3">मभित्र मेरो हृदय सन्‍तापित भयो, जति सोचे त्‍यति नै मभित्र आगो दन्‍कियो। तब मैले मुख खोलेर भनें:</verse>
				<verse number="4">हे परमप्रभु, मेरो जीवनको अन्‍त देखाउनुहोस्‌। मेरो जीवनका अब कति दिन बाँकी छन्‌, र मेरो जीवन कति क्षणभङ्‌गुर छ भनी मलाई जान्‍न दिनुहोस्‌।</verse>
				<verse number="5">तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्‍टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला</verse>
				<verse number="6">मानिस छायाजस्‍तै मात्र हिँड्‌डुल गर्छ, त्‍यसले व्‍यर्थमा हलचल गर्दछ, त्‍यसले धन-सम्‍पत्ति थुपार्छ, तर त्‍यो बटुल्‍ने को हुन्‍छ, त्‍यसले जान्‍दैन।</verse>
				<verse number="7">अब हे परमप्रभु, म केको निम्‍ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ।</verse>
				<verse number="8">मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्‌, मूर्खहरूका तिरस्‍कारको पात्र मलाई नबनाउनुहोस्‌।</verse>
				<verse number="9">म मौन थिएँ, मैले आफ्‍नो मुख खोलिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्‍छ।</verse>
				<verse number="10">तपाईंको प्रहार मबाट हटाउनुहोस्‌, तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।</verse>
				<verse number="11">	तपाईंले मानिसलाई त्‍यसका पापको निम्‍ति हप्‍काउनुहुन्‍छ र ताड़ना दिनुहुन्‍छ, कीराले खाएझैँ त्‍यसको सम्‍पत्तिलाई सखाप पारिदिनुहुन्‍छ। प्रत्‍येक मानिस एक मुट्ठी सास मात्र हो। सेला</verse>
				<verse number="12">“हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, मदतको लागि मैले गरेको क्रन्‍दन सुनिदिनुहोस्‌, मेरो आँसु त्‍यसै नटारिदिनुहोस्‌, किनकि मेरा सबै पुर्खाहरूजस्‍तै म एक प्रवासी हुँ, एउटा विदेशीझैँ म तपाईंसित वास गर्दछु।</verse>
				<verse number="13">म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्‌, र म फेरि हर्षित हुन सकूँ।”</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">सङ्गीत-निर्देशकका निम्‍ति दाऊदको भजन [1] मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्‍टि गर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो।</verse>
				<verse number="2">उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्‍नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्‍नुभयो, र मलाई उभिन दृढ़ स्‍थान दिनुभयो।</verse>
				<verse number="3">उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्‍नेछन्‌ र डराउनेछन्‌, र परमप्रभुमा भरोसा राख्‍नेछन्‌।</verse>
				<verse number="4">त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा आफ्‍नो भरोसा राख्‍तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्‍छन्‌।</verse>
				<verse number="5">हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन्‌। तपाईंले हाम्रा निम्‍ति गर्नुभएका योजनाहरू तपाईंको अगि कसैले वर्णन गर्न सक्‍दैन। मैले तिनका बारेमा वर्णन गर्न चाहें भने पनि ती घोषणा गर्न सक्‍नेभन्‍दा धेरै हुन्‍छन्‌।</verse>
				<verse number="6">	बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन।</verse>
				<verse number="7">तब मैले भनें, “म यहीँ छु, म आएको छु— धर्मशास्‍त्रमा मेरो विषयमा यस्‍तै लेखिएको छ।</verse>
				<verse number="8">हे मेरा परमेश्‍वर, तपाईंको इच्‍छाबमोजिम गर्न म चाहन्‍छु, तपाईंको व्‍यवस्‍था मेरो हृदयभित्र छ।”</verse>
				<verse number="9">म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्‍द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ।</verse>
				<verse number="10">तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ।</verse>
				<verse number="11">हे परमप्रभु, आफ्‍नो कृपा मदेखि नरोक्‍नुहोस्‌। तपाईंको प्रेम र तपाईंको सत्‍यताले मलाई निरन्‍तर रक्षा गरोस्‌।</verse>
				<verse number="12">किनकि अनगन्‍ती कष्‍टहरूले मलाई घेरेका छन्‌, मेरा अपराधहरूले मलाई यतिसम्‍म दबाएका छन्‌, कि म देख्‍न पनि सक्‍दिनँ। ती मेरा शिरका केशभन्‍दा बढ़ी छन्‌, अनि मेरो हृदय हताश भएको छ।</verse>
				<verse number="13">	हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्‌। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌</verse>
				<verse number="14">मेरो प्राण लिन खोज्‍नेहरू सबै लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌।</verse>
				<verse number="15">मेरो ठट्ठा उड़ाउनेहरू आफ्‍नै लाजले गर्दा व्‍याकुल होऊन्‌।</verse>
				<verse number="16">तर जस-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमप्रभुको नाउँ उच्‍च होस्‌।”</verse>
				<verse number="17">तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्‌। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ, हे मेरा परमेश्‍वर, विलम्‍ब नगर्नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="41">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ।</verse>
				<verse number="2">परमप्रभुले त्‍यसको रक्षा गर्नुहुनेछ, र त्‍यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्‍यसलाई पृथ्‍वीमा आशिष्‌ दिनुहुनेछ, अनि त्‍यसलाई त्‍यसका शत्रुहरूको इच्‍छामा छोड्‌नुहुनेछैन।</verse>
				<verse number="3">परमप्रभुले त्‍यसलाई त्‍यसको बिरामीको ओछ्यानमा सम्‍हाल्‍नुहुनेछ, अनि त्‍यसलाई फेरि स्‍वास्‍थ्‍य प्रदान गर्नुहुनेछ।</verse>
				<verse number="4">मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”</verse>
				<verse number="5">मेरा शत्रुहरू द्वेषसाथ यसो भन्‍छन्‌, “त्‍यो कहिले मर्ला, र त्‍यसको नाउँनिशानै मेटिएला?”</verse>
				<verse number="6">जब मलाई हेर्न कोही आउँछ, त्‍यसले झूटो कुरा बोल्‍छ, र त्‍यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्‍यसले मेरो निन्‍दाका कुरा फैलाउँछ।</verse>
				<verse number="7">मलाई घृणा गर्नेहरू सबै जम्‍मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्‌, मेरो विरुद्धमा तिनीहरू यसो भन्‍दै मेरो अनिष्‍ट चिताउँछन्‌:</verse>
				<verse number="8">“त्‍यसलाई घातक रोगले पक्रेको छ, त्‍यो जहाँ पस्रेको छ त्‍यहाँबाट उठ्‌नेछैन।”</verse>
				<verse number="9">	मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ।</verse>
				<verse number="10">तर हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्‌, मलाई खड़ा गर्नुहोस्‌, र म तिनीहरूसँग बदला चुकाउन सकूँ।</verse>
				<verse number="11">म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन।</verse>
				<verse number="12">मेरो सत्‍यनिष्‍ठामा तपाईंले मलाई सम्हाल्‍नुहुन्‍छ, र सदासर्वदा तपाईंको उपस्‍थितिमा मलाई राख्‍नुहुन्‍छ।</verse>
				<verse number="13">	इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌, आमेन अनि आमेन।</verse>
			</chapter>
			<chapter number="42">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीहरूको मस्‍किल [1] जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।</verse>
				<verse number="2">मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?</verse>
				<verse number="3">मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”</verse>
				<verse number="4">मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ: म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष र धन्‍यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें।</verse>
				<verse number="5">हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="6">अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु।</verse>
				<verse number="7">तपाईंका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईंका सम्‍पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्‌।</verse>
				<verse number="8">परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्‍छ, र राती उहाँको भजन मसित हुन्‍छ, जो मेरो जीवनका परमेश्‍वरलाई प्रार्थना हो।</verse>
				<verse number="9">मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?”</verse>
				<verse number="10">मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”</verse>
				<verse number="11">	हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="43">
				<verse number="1">हे मेरा परमेश्‍वर, मेरो निर्दोषता साबित गरिदिनुहोस्‌, र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्‌। मलाई छल गर्ने र दुष्‍ट मानिसहरूबाट छुटाउनुहोस्‌।</verse>
				<verse number="2">तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो किल्‍ला। मलाई किन तपाईंले त्‍याग्‍नुभएको छ? मलाई किन शत्रुहरूको अत्‍याचारमा परी विलाप गर्दै हिँड्‌नुपर्छ?</verse>
				<verse number="3">तपाईंको ज्‍योति र तपाईंको सत्‍यता पठाइदिनुहोस्‌, तिनैले मलाई डोर्‍याऊन्‌, तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा, त्‍यो वासस्‍थानमा पुर्‍याऊन्‌, जहाँ तपाईं वास गर्नुहुन्‍छ।</verse>
				<verse number="4">तब म परमेश्‍वरको वेदीमा जानेछु, मेरा परमेश्‍वरकहाँ, जो मेरो अति आनन्‍द र हर्ष हुनुहुन्‍छ। म वीणा बजाउँदै तपाईंको स्‍तुति गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर।</verse>
				<verse number="5">हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="44">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको मस्‍किल [1] हे परमेश्‍वर, हामीले आफ्‍नै कानले सुनेका छौं, हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌, तपाईंले प्राचीनकालमा उनीहरूका समयमा कस्‍ता-कस्‍ता काम गर्नुभयो।</verse>
				<verse number="2">तपाईंले आफ्‍नै बाहुलीले जातिहरूलाई धपाएर उनीहरूलाई बसाल्‍नुभयो। तपाईंले मानिसहरूलाई दमन गर्नुभयो, र हाम्रा पिता-पुर्खाहरूलाई वृद्धि गर्नुभयो।</verse>
				<verse number="3">उनीहरूले तरवारको बलले देश जितेका होइनन्‌, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्‌। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो।</verse>
				<verse number="4">तपाईं मेरा राजा र परमेश्‍वर हुनुहुन्‍छ, जसले याकूबलाई विजय प्रदान गर्नुहुन्‍छ।</verse>
				<verse number="5">तपाईंद्वारै हामी आफ्‍ना विरोधीहरूलाई पछाडि धपाउँछौं। हाम्रा विरुद्धमा उठ्‌नेहरूलाई हामी तपाईंकै नाउँले कुल्‍चदँछौं।</verse>
				<verse number="6">आफ्‍नो धनुमा म भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय दिँदैन।</verse>
				<verse number="7">तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, र हाम्रा विरोधीहरूलाई शर्ममा पार्नुहुन्‍छ।</verse>
				<verse number="8">परमेश्‍वरमा नै हामी निरन्‍तर गर्व गर्छौं र सदा तपाईंकै नाउँको प्रशंसा गर्नेछौं। सेला</verse>
				<verse number="9">तर अब तपाईंले हामीलाई त्‍यागेर हामीलाई दीन तुल्‍याउनुभएको छ, र तपाईं हाम्रा सेनाहरूलाई साथ दिनुहुन्‍न।</verse>
				<verse number="10">तपाईंले हामीलाई शत्रुहरूबाट पछि हट्‌ने तुल्‍याउनुभएको छ, र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्‌।</verse>
				<verse number="11">तपाईंले अरूको आहार हुन भेड़ाहरूजस्‍तै हामीलाई त्‍यागिदिनुभएको छ, र जाति-जातिहरूका बीचमा हामीलाई तितरबितर पार्नुभएको छ।</verse>
				<verse number="12">तपाईंले आफ्‍नो प्रजालाई नाम मात्रको मूल्‍यमा बेच्‍नुभएको छ, र तिनीहरूको बिक्रीबाट तपाईंलाई कुनै लाभ भएको छैन।</verse>
				<verse number="13">हाम्रा छिमेकीहरूका सामुन्‍ने तपाईंले हामीलाई निन्‍दाको पात्र बनाउनुभयो, हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्‍कार र उपहासको पात्र बनाउनुभएको छ।</verse>
				<verse number="14">जातिहरूका बीचमा तपाईंले हामीलाई हाँसोको नमूना हुन दिनुभएको छ, मानिसहरूले हामीलाई देखेर मुन्‍टो हल्‍लाउँछन्‌।</verse>
				<verse number="15">मेरो अपमान दिनभरि मेरो सामुन्‍ने रहन्‍छ, र मेरो मोहड़ा शर्मले ढाकिएको छ।</verse>
				<verse number="16">गिल्‍ला गर्ने र खिसी गर्नेहरूका वचनहरूले र प्रतिशोध गर्ने शत्रुहरूका कारणले मलाई यस्‍तो भएको छ।</verse>
				<verse number="17">हामीले तपाईंलाई नबिर्से पनि, र तपाईंको करारप्रति झूटा नभए तापनि यी सबै हामीमाथि परिआएका छन्‌।</verse>
				<verse number="18">हाम्रा हृदय तपाईंबाट विमुख भएका छैनन्‌, तपाईंको मार्गबाट हाम्रा पाइलाहरू चुकेका छैनन्‌।</verse>
				<verse number="19">तर तपाईंले हामीलाई चूर पारेर स्‍याल बस्‍ने पाखातुल्‍य बनाउनुभयो, र हामीलाई घोर अन्‍धकारले ढाक्‍नुभयो।</verse>
				<verse number="20">यदि हामीले हाम्रा परमेश्‍वरको नाउँ बिर्सेका भएदेखि वा अन्‍य देवदेवतातिर हाम्रा हात पसारेका भएदेखि,</verse>
				<verse number="21">के परमेश्‍वरले यो थाहा पाउनुहुनेथिएन र? किनकि उहाँले हृदयका गुप्‍त कुरा जान्‍नुहुन्‍छ।</verse>
				<verse number="22">	तापनि तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।</verse>
				<verse number="23">उठ्‌नुहोस्‌ परमप्रभु, तपाईं किन सुत्‍नुहुन्‍छ? जाग्‍नुहोस्‌, हामीलाई सदाको निम्‍ति नत्‍याग्‍नुहोस्‌।</verse>
				<verse number="24">तपाईं किन आफ्‍नो मुहार लुकाउनुहुन्‍छ, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्‍छ?</verse>
				<verse number="25">हामी त धूलोमै मिलिसकेका छौं, हाम्रा शरीर माटोमै टाँसिसकेका छन्‌।</verse>
				<verse number="26">उठ्‌नुहोस्‌, हामीलाई गुहार गर्नुहोस्‌, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्‌।</verse>
			</chapter>
			<chapter number="45">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको मस्‍किल, “लिली फूल” को रागअनुसार विवाह-गीत [1] उत्तम विषयले मेरो हृदय उत्तेजित भएको छ, जसै म राजाको निम्‍ति गीत गाउँदछु। मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ।</verse>
				<verse number="2">तपाईं पुरुषहरूमध्‍ये सर्वश्रेष्‍ठ हुनुहुन्‍छ, तपाईंका ओठ अनुग्रहले अभिषेक भएका छन्‌, किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्‍ति आशिष्‌ दिनुभएको छ।</verse>
				<verse number="3">हे परमशक्तिशाली, आफ्‍नो कमरमा आफ्‍नो तरवार भिर्नुहोस्‌, अनि प्रताप र गौरव धारण गर्नुहोस्‌।</verse>
				<verse number="4">आफ्‍नो गौरवमा विजयसाथ, सत्‍यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्‌। तपाईंको दाहिने बाहुलीले चमत्‍कारका कार्य प्रदर्शन गरोस्‌।</verse>
				<verse number="5">तपाईंका तीक्ष्ण बाणहरूले राजाका शत्रुहरूका मुटु छेडून्‌। जाति-जातिहरू तपाईंका चरणमा झुकून्‌।</verse>
				<verse number="6">	हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हुनेछ।</verse>
				<verse number="7">तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्‍छ, र अधर्मलाई घृणा गर्नुहुन्‍छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ।</verse>
				<verse number="8">तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्‍नाले सुगन्‍धित छन्‌। हस्‍ती हाड़ले सुसज्‍जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्‍न तुल्‍याउँछ।</verse>
				<verse number="9">राजकन्‍याहरू तपाईंका आदरणीय महिलाहरूमध्‍येका हुन्‌, तपाईंको दाहिनेपट्टि ओपीरको सुनका गहना पहिरेकी राजसी दुलही छिन्‌।</verse>
				<verse number="10">ध्‍यान देऊ, हे राजकन्‍या, र कान थापेर सुन, तिम्रा आफन्‍तहरू र तिम्रा पिताको घरलाई बिर्स।</verse>
				<verse number="11">तिम्रो सौन्‍दर्यमा राजा मोहित हुनुभएको छ। उहाँलाई सम्‍मान देऊ, किनकि उहाँ तिम्रा स्‍वामी हुनुहुन्‍छ।</verse>
				<verse number="12">टुरोसकी राजकन्‍या उपहार लिएर आउनेछिन्‌, धनाढ्य मानिसहरूले तिम्रो निगाह खोज्‍नेछन्‌।</verse>
				<verse number="13">आफ्‍नो खोपीमा राजकुमारी ऐश्‍वर्यमयी छिन्‌। तिनको वस्‍त्रमा सुन जड़िएको छ।</verse>
				<verse number="14">बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्‍याइन्‍छिन्‌। तिनका कुमारी सहेलीहरू तिनलाई पछ्याउँछन्‌, र तपाईंकहाँ ल्‍याइन्‍छिन्‌।</verse>
				<verse number="15">खुशी र आनन्‍दसित तिनीहरू भित्र लगिन्‍छन्‌। तिनीहरू राजाको महलभित्र प्रवेश गर्छन्‌।</verse>
				<verse number="16">तपाईंका पिताको स्‍थान तपाईंका पुत्रहरूले लिनेछन्‌। तपाईंले तिनीहरूलाई सारा देशमा राजकुमारहरू बनाउनुहुनेछ।</verse>
				<verse number="17">तपाईंको स्‍मृति पुस्‍ता-पुस्‍तासम्‍म म कायम राखिदिनेछु, यसकारण जाति-जातिहरूले सदासर्वदा तपाईंको प्रशंसा गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="46">
				<verse number="1">	सङ्गीत-निर्देशकको निम्‍ति अलामोत नामक कोरहवंशीको भजन [1] परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।</verse>
				<verse number="2">यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌,</verse>
				<verse number="3">चाहे समुद्र गर्जोस्‌ र फीँज काढ़ोस्‌, र चाहे त्‍यो उर्लेर आउँदा पर्वतहरू थर्कून्‌। सेला</verse>
				<verse number="4">एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ।</verse>
				<verse number="5">परमेश्‍वर त्‍यसभित्र हुनुहुन्‍छ, त्‍यो खस्‍नेछैन। झिसमिसेमै परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ।</verse>
				<verse number="6">जाति-जातिहरूमा कोलाहल छ, राज्‍यहरू पतन हुन्‍छन्‌, उहाँले आफ्‍नो सोर उचाल्‍नुहुन्‍छ, पृथ्‍वी पग्‍लन्‍छ।</verse>
				<verse number="7">	सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला</verse>
				<verse number="8">आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्‍वीमा ल्‍याउनुभएको उजाड अवस्‍था।</verse>
				<verse number="9">उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍मै युद्धहरू रोक्‍नुहुन्‍छ। उहाँले धनु भाँच्‍नुहुन्‍छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ, उहाँले ढालहरूलाई आगोले भस्‍म पार्नुहुन्‍छ।</verse>
				<verse number="10">“शान्‍त होओ, र म परमेश्‍वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्‍वीमा म उचालिनेछु।”</verse>
				<verse number="11">	सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला</verse>
			</chapter>
			<chapter number="47">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] हे सबै जाति हो, ताली बजाओ, उच्‍च स्‍वरले परमेश्‍वरको जय-जयकार गर।</verse>
				<verse number="2">सर्वोच्‍च परमप्रभु कस्‍तो भययोग्‍य हुनुहुन्‍छ, सारा पृथ्‍वीका महान्‌ राजा!</verse>
				<verse number="3">उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्‍याउनुभयो, र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो।</verse>
				<verse number="4">	उहाँले हाम्रा निम्‍ति उत्तराधिकार छान्‍नुभयो, याकूबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्‍थ्‍यो। सेला</verse>
				<verse number="5">परमेश्‍वर आनन्‍दको ध्‍वनिसाथ माथि उक्‍लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ।</verse>
				<verse number="6">परमेश्‍वरको प्रशंसा गाओ, स्‍तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्‍तुति गाओ।</verse>
				<verse number="7">किनकि सारा पृथ्‍वीका राजा परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँको निम्‍ति प्रशंसाको एउटा भजन गाओ।</verse>
				<verse number="8">परमेश्‍वर जाति-जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ, परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्‍छ।</verse>
				<verse number="9">अब्राहामका परमेश्‍वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्‌, किनकि पृथ्‍वीका राजाहरू परमेश्‍वरकै हातमा छन्‌। उहाँ अति उच्‍च हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="48">
				<verse number="1">एउटा गीत— कोरहवंशीको भजन [1] परमप्रभु महान्‌ र प्रशंसाको अति योग्‍य हुनुहुन्‍छ, हाम्रा परमेश्‍वरको नगरमा, उहाँको पवित्र पर्वतमा।</verse>
				<verse number="2">	उहाँको पवित्र पर्वत आफ्‍नो उचाइमा मनोहर छ, सारा पृथ्‍वीको लागि त्‍यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान्‌ राजाको नगर।</verse>
				<verse number="3">परमेश्‍वर त्‍यसका किल्‍लाहरूमा हुनुहुन्‍छ, अनि उहाँ त्‍यसको सुरक्षा हुनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ।</verse>
				<verse number="4">जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े,</verse>
				<verse number="5">तब तिनीहरूले त्‍यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे।</verse>
				<verse number="6">त्‍यहीँ नै तिनीहरू थरथरी काँप्‍न लागे, प्रसवपीडामा परेकी स्‍त्रीजस्‍तै तिनीहरू भए।</verse>
				<verse number="7">तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्‍ट गर्नुहुन्‍छ।</verse>
				<verse number="8">	सर्वशक्तिमान्‌ परमप्रभुको नगरमा, हाम्रा परमेश्‍वरको सहरमा, हामीले जस्‍तो सुनेका छौं, त्‍यस्‍तै देखेका छौं, परमेश्‍वरले त्‍यसलाई सदाको निम्‍ति सुरक्षित राख्‍नुहुन्‍छ। सेला</verse>
				<verse number="9">हे परमेश्‍वर, तपाईंको मन्‍दिरभित्र, हामी तपाईंको अचूक कृपामाथि ध्‍यान गर्छौं।</verse>
				<verse number="10">हे परमेश्‍वर, तपाईंको नाउँ जस्‍तो छ, त्‍यस्‍तै पृथ्‍वीको पल्‍लो छेउसम्‍मै तपाईंको प्रशंसा पुग्‍दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।</verse>
				<verse number="11">सियोन पर्वत हर्षित हुन्‍छ, यहूदाका गाउँहरू तपाईंका न्‍यायको कारण रमाउँदछन्‌।</verse>
				<verse number="12">सियोनको चारैतिर हिँड़, र त्‍यसको परिक्रमा गर, त्‍यहाँका धरहराहरू गन,</verse>
				<verse number="13">त्‍यसका पर्खालहरूलाई ध्‍यानसाथ हेर, त्‍यसका किल्‍लाहरू राम्ररी हेर, र तिमीले पछि आउने पुस्‍तालाई बताउन सक।</verse>
				<verse number="14">किनकि यी नै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्‍छ, उहाँ नै अनन्‍तकालसम्‍म हाम्रा अगुवा हुनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="49">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] हे सबै मानिसहरू हो, सुन, संसारका सबै निवासीहरू हो, सुन,</verse>
				<verse number="2">उच्‍च र नीच, धनी र गरीब सबै ध्‍यान देओ:</verse>
				<verse number="3">मेरो मुखले बुद्धिका कुरा बोल्‍नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ।</verse>
				<verse number="4">म एउटा हितोपदेशमा ध्‍यान दिनेछु, वीणा बजाएर म आफ्‍नो अड्‌को फुकाउनेछु।</verse>
				<verse number="5">दु:खका दिन आउँदा, अनि खेदो गर्नेहरूको दुष्‍टताले मलाई घेर्दा म किन डराउने?</verse>
				<verse number="6">तिनीहरू आफ्‍नो सम्‍पत्तिमाथि भरोसा राख्‍छन्‌, र आफ्‍नो ठूलो धनराशिको अहङ्कार गर्छन्‌,</verse>
				<verse number="7">कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्‍दैन, वा परमेश्‍वरलाई उसको जीवनको मोल त्‍यसले दिन सक्‍दैन।</verse>
				<verse number="8">जीवनको मोल बहुमूल्‍य हुन्‍छ, कुनै भुक्तानी कहिल्‍यै यथेष्‍ट हुँदैन।</verse>
				<verse number="9">यस्‍तो कोही छैन जो सधैँ बाँचिरहन्‍छ, र कहिल्‍यै कुहुनुपर्दैन।</verse>
				<verse number="10">किनकि सबैले देख्‍न सक्‍छन्‌ कि बुद्धिमान्‌ मानिस पनि मर्दारहेछन्‌, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्‍ट हुन्‍छन्‌, र तिनीहरूले आफ्‍ना धन-सम्‍पत्ति अरूहरूका लागि छोड्‌छन्‌।</verse>
				<verse number="11">तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्‍छन्‌, पुस्‍तौँसम्‍म ती तिनीहरूका वासस्‍थान हुनेछन्‌, यद्यपि तिनीहरूले आफ्‍नै नाउँमा जमिनको नाउँ राखेका थिए।</verse>
				<verse number="12">तर मानिस आफूसँग धन-सम्‍पत्ति भए पनि टिकिरहन सक्‍दैन, त्‍यो त नष्‍ट हुने पशुतुल्‍य छ।</verse>
				<verse number="13">आफूमाथि भर पर्नेहरूको गति यस्‍तै हुन्‍छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्‍नेहरूको गति पनि यस्‍तै हुन्‍छ। सेला</verse>
				<verse number="14">तिनीहरूको अन्‍त्‍य भेड़ाको जस्‍तै चिहानमा हुन्‍छ, मृत्‍युले तिनीहरूलाई निल्‍नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्‌, तिनीहरूका राजकीय महलदेखि टाढ़ामा तिनीहरूका देह चिहानमा कुहेर जानेछन्‌।</verse>
				<verse number="15">	तर परमेश्‍वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्‍चय नै ग्रहण गर्नुहुनेछ। सेला</verse>
				<verse number="16">कोही धनी भयो र त्‍यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ।</verse>
				<verse number="17">किनकि त्‍यो मर्दा त्‍यसले आफूसँग केही पनि लैजानेछैन, त्‍यसको गौरव त्‍यसको पछिपछि जानेछैन।</verse>
				<verse number="18">त्‍यो बाँचुञ्‍जेल आफूलाई त्‍यसले धन्‍यको ठान्‍यो— कारण मानिसहरूले कोही मानिसको उन्‍नति हुँदा त्‍यसको प्रशंसा गर्छन्‌—</verse>
				<verse number="19">तापनि त्‍यो आफ्‍नो पिता-पुर्खाको पुस्‍तामा मिल्‍न जानेछ, जसले फेरि कहिल्‍यै जीवनको ज्‍योति देख्‍नेछैनन्‌।</verse>
				<verse number="20">समझशक्ति नभएको धनी मानिस नष्‍ट हुने पशुतुल्‍य हो।</verse>
			</chapter>
			<chapter number="50">
				<verse number="1">आसापको भजन [1] सर्वशक्तिमान्‌ परमेश्‍वर, परमप्रभु बोल्‍नुहुन्‍छ, र सूर्योदयदेखि सूर्यास्‍तसम्‍म पृथ्‍वीलाई बोलाउनुहुन्‍छ।</verse>
				<verse number="2">सौन्‍दर्यमा सिद्ध सियोनबाट परमेश्‍वर प्रकाशमान्‌ हुनुभएको छ।</verse>
				<verse number="3">हाम्रा परमेश्‍वर आउनुहुन्‍छ, र मौन बस्‍नुहुनेछैन। उहाँको अगि एक भस्‍म गर्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्‍ड आँधीबेहरी छ।</verse>
				<verse number="4">	आफ्‍नो प्रजाको इन्‍साफ गर्न उहाँले माथिको आकाश र पृथ्‍वीलाई बोलाउनुहुन्‍छ:</verse>
				<verse number="5">“ममा समर्पित हुने, अनि बलि चढ़ाएर मसँग करार बाँध्‍ने मेरा भक्तजनहरूलाई मकहाँ भेला गर।”</verse>
				<verse number="6">	अनि स्‍वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्‍वर स्‍वयम्‌ न्‍यायाधीश हुनुहुन्‍छ। सेला</verse>
				<verse number="7">“हे मेरो प्रजा, सुन्‌, र म तँसँग बोल्‍नेछु, हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु। म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर।</verse>
				<verse number="8">तेरा बलिदानहरूका लागि म तँलाई दोष दिन्‍नँ, वा तेरा होमबलिहरूका लागि, जो निरन्‍तर मेरो सामुन्‍ने छन्‌।</verse>
				<verse number="9">तेरो गोठको साँढ़े, अथवा तेरा गोठहरूबाट बोकाको मलाई आवश्‍यकता छैन।</verse>
				<verse number="10">किनकि जङ्गलको हरेक बस्‍तु र हजारौँ डाँड़ाहरूका गाईबस्‍तु मेरै हुन्‌।</verse>
				<verse number="11">पर्वतहरूको प्रत्‍येक पक्षीलाई म चिन्‍छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्‌।</verse>
				<verse number="12">म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ, किनकि पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोक मेरै हुन्‌।</verse>
				<verse number="13">के म साँढ़ेहरूको मासु खान्‍छु अथवा बाख्राहरूको रगत पिउँछु?</verse>
				<verse number="14">परमेश्‍वरलाई धन्‍यवाद बलि चढ़ा, र सर्वोच्‍चलाई दिएको भाकल पूरा गर्‌।</verse>
				<verse number="15">र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”</verse>
				<verse number="16">तर दुष्‍टलाई परमेश्‍वरले भन्‍नुहुन्‍छ, “मेरो व्‍यवस्‍था पाठ गर्ने तेरो के हक छ? वा तेरा ओठले मेरो करारको कुरा गर्ने तेरो के अधिकार छ?</verse>
				<verse number="17">तँ मेरा शिक्षालाई घृणा गर्दछस्‌, र मेरा वचनलाई लत्त्याउँछस्‌।</verse>
				<verse number="18">चोरलाई भेट्‌दा तँ चोरकै साथी हुन्‍छस्‌, अनि तँ व्‍यभिचारीहरूको सङ्गत गर्छस्‌।</verse>
				<verse number="19">खराबी बोल्‍नलाई तँ आफ्‍नो मुख चलाउँछस्‌, र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्‌।</verse>
				<verse number="20">तँ निरन्‍तर आफ्‍नै भाइको विरुद्धमा बोल्‍छस्‌, र तेरो साक्‍खै भाइको निन्‍दा गर्छस्‌।</verse>
				<verse number="21">तैंले यी सब काम गरेको छस्‌, र म चूप लागें, तैंले सोचिस्‌ म सर्वथा तँजस्‍तै छु। तर म तँलाई हप्‍काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।</verse>
				<verse number="22">“हे परमेश्‍वरलाई बिर्सने हो, यो राम्ररी विचार गर्‌, नत्रता म तँलाई टुक्रा-टुक्रा पार्नेछु, अनि तँलाई छुटाउने कोही पनि हुँदैन।</verse>
				<verse number="23">धन्‍यवाद बलि चढ़ाउनेले नै मेरो महिमा गर्दछ, र त्‍यसले मार्ग सुधार्छ, यसरी म त्‍यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”</verse>
			</chapter>
			<chapter number="51">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति नातान अगमवक्ता तिनीकहाँ आएपछि दाऊदको भजन [1] हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌।</verse>
				<verse number="2">मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌।</verse>
				<verse number="3">किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ।</verse>
				<verse number="4">	तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा जे खराबी छ, त्‍यही गरेको छु। यसैकारण बोल्‍नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्‍छ, र न्‍याय गर्दा तपाईं न्‍यायी ठहरिनुहुन्‍छ।</verse>
				<verse number="5">साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।</verse>
				<verse number="6">निश्‍चय नै हृदयको सत्‍यता तपाईं चाहना गर्नुहुन्‍छ, अन्‍तस्‍करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्‍छ।</verse>
				<verse number="7">हिसपले मलाई शुद्ध पार्नुहोस्‌, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्‌, र म हिउँभन्‍दा सेतो हुनेछु।</verse>
				<verse number="8">मलाई हर्ष र उल्‍लास सुन्‍न दिनुहोस्‌, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्‍दित होऊन्‌।</verse>
				<verse number="9">मेरा पापहरूदेखि आफ्‍नो मुख लुकाउनुहोस्‌, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्‌।</verse>
				<verse number="10">हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌, र मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्‌।</verse>
				<verse number="11">मलाई तपाईंको उपस्‍थितिबाट नहटाउनुहोस्‌, न त मबाट तपाईंका पवित्र आत्‍मा लैजानुहोस्‌।</verse>
				<verse number="12">तपाईंको मुक्तिको आनन्‍द मलाई फेरि दिनुहोस्‌, र मलाई सम्हाल्‍ने इच्‍छुक आत्‍मा दिनुहोस्‌।</verse>
				<verse number="13">तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्‌।</verse>
				<verse number="14">हे परमेश्‍वर, हे मेरा उद्धारकर्ता परमेश्‍वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्‌, र मेरो मुखले तपाईंका धार्मिकताको स्‍तुति गाउनेछ।</verse>
				<verse number="15">हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्‌, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।</verse>
				<verse number="16">किनकि तपाईं बलिमा प्रसन्‍न हुनुहुन्‍न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्‍न।</verse>
				<verse number="17">तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो। हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न।</verse>
				<verse number="18">तपाईंको इच्‍छाअनुसार सियोनको भलाइ गर्नुहोस्‌। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्‌।</verse>
				<verse number="19">तब तपाईंलाई प्रसन्‍न पार्न धार्मिकताका बलिहरू चढ़ाइनेछन्‌, सम्‍पूर्ण होमबलि र साँढ़ेहरू तपाईंको वेदीमा चढ़ाइनेछन्‌।</verse>
			</chapter>
			<chapter number="52">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मस्‍किल [1] हे शक्तिशाली मानिस, तिमी किन खराबीमा अहङ्कार गर्दछौ? सारा दिन तिमी किन अहङ्कार गर्दछौ, तिमी, जो परमेश्‍वरको दृष्‍टिमा अपमानित छौ।</verse>
				<verse number="2">ए छली काम गर्ने, तिम्रो जिब्रो धारिलो छुराजस्‍तो छ, त्‍यसले विनाशको युक्ति निकाल्‍दछ।</verse>
				<verse number="3">असलभन्‍दा खराब तिमी रुचाउँछौ, र साँचो कुरा बोल्‍नुभन्‍दा बरु ढाँट्‌नु तिमीलाई मन पर्छ। सेला</verse>
				<verse number="4">तँ छली जिब्रो, सबै विनाशकारी कुराहरू तँ मन पराउँछस्‌।</verse>
				<verse number="5">परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुनेछ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट निकाल्‍नुहुनेछ, र जिउँदाको भूमिबाट तँलाई जरैसमेत उखेल्‍नुहुनेछ।</verse>
				<verse number="6">	धर्मीहरू यो देखेर भयभीत हुनेछन्‌। सेला तिनीहरूले यसो भनी त्‍यसको हाँसो उड़ाउनेछन्‌,</verse>
				<verse number="7">“हेर यो मानिस, जसले परमेश्‍वरलाई आफ्‍नो आश्रय बनाएन, तर आफ्‍ना धन-सम्‍पत्तिको प्रशस्‍ततामा भरोसा राख्‍यो, र अरूलाई विनाश गरी बलियो भयो।”</verse>
				<verse number="8">तर मचाहिँ परमेश्‍वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु। म परमेश्‍वरको कहिल्यै नटुङ्गिने प्रेममा सदासर्वदा भरोसा राख्‍तछु।</verse>
				<verse number="9">तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्‍ति म सदासर्वदा तपाईंको स्‍तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्‍थितिमा म तपाईंको प्रशंसा गर्नेछु।</verse>
			</chapter>
			<chapter number="53">
				<verse number="1">	सङ्गीत-निर्देशकको निम्‍ति महलत नामक दाऊदको मस्‍किल [1] मूर्खले आफ्‍नो मनमा भन्‍छ, “ईश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट भएका छन्‌, र तिनीहरूका चाल घृणास्‍पद छन्‌। यस्‍तो कोही पनि छैन जसले असल गर्दछ।</verse>
				<verse number="2">परमेश्‍वर स्‍वर्गबाट मानिसका सन्‍तानलाई हेर्नुहुन्‍छ, यो जान्‍नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्‍ने कोही छ?</verse>
				<verse number="3">सब मानिसहरू भड्‌किगएका छन्‌, तिनीहरू सबै एकसाथ भ्रष्‍ट भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।</verse>
				<verse number="4">के दुष्‍ट काम गर्नेहरूले कहिल्‍यै सिक्‍नेछैनन्‌? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्‌, र परमेश्‍वरको पुकारा गर्दैनन्‌।</verse>
				<verse number="5">जहाँ डरको केही कारण थिएन त्‍यहीँ नै तिनीहरू भयले व्‍याकुल भए। परमेश्‍वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू तितरबितर पार्नुभयो, तिनीहरूलाई तिमीले शर्ममा पार्‍यौ, किनभने परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुभएको थियो।</verse>
				<verse number="6">इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमेश्‍वरले आफ्‍ना मानिसहरूको सुख-शान्‍ति फर्काइदिनुहुन्‍छ, याकूब रमाऊन्‌, र इस्राएल खुशी होऊन्‌!</verse>
			</chapter>
			<chapter number="54">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको मस्‍किल [1] हे परमेश्‍वर, तपाईंको नाउँले मलाई बचाउनुहोस्‌, र तपाईंको पराक्रमले मलाई निर्दोष साबित गरिदिनुहोस्‌।</verse>
				<verse number="2">हे परमेश्‍वर, मेरो प्रार्थना सुनिदिनुहोस्‌, मेरो मुखका शब्‍दहरूमा ध्‍यान दिनुहोस्‌।</verse>
				<verse number="3">	विदेशीहरूले मलाई आक्रमण गर्छन्‌, निर्दयीहरू मलाई मार्न खोज्‍दछन्‌, त्‍यस्‍ता मानिसहरू जसले परमेश्‍वरको श्रद्धा गर्दैनन्‌। सेला</verse>
				<verse number="4">निश्‍चय नै परमेश्‍वर मेरा सहायक हुनुहुन्‍छ, परमप्रभु, जसले मलाई थाम्‍नुहुन्‍छ।</verse>
				<verse number="5">ज-जसले मेरो बदनाम गर्छन्‌, तिनीहरूमाथि खराबी परोस्‌, तपाईंको विश्‍वसनीयताले तिनीहरूलाई सर्वनाश गर्नुहोस्‌।</verse>
				<verse number="6">म तपाईंलाई स्‍वेच्‍छाको बलि चढ़ाउनेछु, हे परमप्रभु, म तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनकि त्‍यो असल छ।</verse>
				<verse number="7">किनकि उहाँले मलाई सबै कष्‍टहरूबाट छुटाउनुभएको छ। मैले मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेरेको छु।</verse>
			</chapter>
			<chapter number="55">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको मस्‍किल [1] मेरो प्रार्थना सुनिदिनुहोस्‌, हे परमेश्‍वर, र मेरो विनयबाट मुख नमोड्‌नुहोस्‌।</verse>
				<verse number="2">मतिर ध्‍यान दिनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। मेरो मनका विचारले म दु:खित छु, म व्‍याकुल छु,</verse>
				<verse number="3">मेरा शत्रुको आवाजदेखि, दुष्‍टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन्‌ र क्रोधमा तिनीहरू भर्त्‍सना गर्छन्‌।</verse>
				<verse number="4">मेरो हृदय मभित्र ज्‍यादै वेदनामा छ, र मृत्‍युको त्रासले मलाई छोपेको छ।</verse>
				<verse number="5">डर र कम्‍पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ।</verse>
				<verse number="6">मैले भनें, “ढुकुरका जस्‍तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ।</verse>
				<verse number="7">उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्‍नेथिएँ। सेला</verse>
				<verse number="8">आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्‍थानतिर आतुरी गरेर जानेथिएँ।”</verse>
				<verse number="9">हे परमप्रभु, दुष्‍टहरूका योजनाहरू नष्‍ट गरिदिनुहोस्‌। तिनीहरूको भाषा खलबल्‍याइदिनुहोस्‌, किनकि म सहरमा हिंसा र झगड़ा देख्‍तछु।</verse>
				<verse number="10">दिनरात तिनीहरू त्‍यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्‍छन्‌, अधर्म र उपद्रव त्‍यसभित्र छन्‌।</verse>
				<verse number="11">विध्‍वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्‌, धम्‍की र झूटले त्‍यसका सड़कहरू कहिल्‍यै छोड़ेर जाँदैनन्‌।</verse>
				<verse number="12">यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्‍यो म सहन सक्‍नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्‍योदेखि म लुक्‍न सक्‍नेथिएँ।</verse>
				<verse number="13">तर त्‍यो त तिमी नै हौ, मजस्‍तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र।</verse>
				<verse number="14">तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्‍थ्‍यो, जसै हामी मानिसको समूहसित परमेश्‍वरको भवनमा हिँड्‌थ्‍यौं।</verse>
				<verse number="15">मृत्‍युले मेरा शत्रुहरूलाई अचानक निलोस्‌। तिनीहरू जिउँदै चिहानमा जाऊन्‌, किनकि दुष्‍टता तिनीहरूकै बीचमा वास गर्दछ।</verse>
				<verse number="16">तर म त परमेश्‍वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्‍छ।</verse>
				<verse number="17">बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्‍छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्‌।</verse>
				<verse number="19">	सनातनदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वरले सुन्‍नुहुनेछ र तिनीहरूलाई वेदना दिनुहुनेछ। सेला किनभने तिनीहरू आफ्‍नो बाटो कहिल्‍यै सुधार्दैनन्‌, र परमेश्‍वरको भय मान्‍दैनन्‌।</verse>
				<verse number="20">मेरा साथीले तिनका आफ्‍ना मित्रहरूमाथि आक्रमण गर्छन्‌, तिनले आफ्‍नो करार भङ्ग गरेका छन्‌।</verse>
				<verse number="21">तिनको बोली घिउजस्‍तै चिप्‍लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्‍दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्‌।</verse>
				<verse number="22">तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।</verse>
				<verse number="23">तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्‍यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्‍म पनि जिउनेछैनन्‌। तर म त तपाईंमा भरोसा राख्‍तछु।</verse>
			</chapter>
			<chapter number="56">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मिक्‍ताम [1] हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मानिसहरूले मेरो अति खेदो गर्छन्‌। दिनभरि तिनीहरूले ममाथि आक्रमण गर्छन्‌।</verse>
				<verse number="2">मेरा निन्‍दकहरू दिनभरि नै मलाई खेदो गर्छन्‌, धेरै जना अहङ्कारसाथ ममाथि आक्रमण गर्दछन्‌।</verse>
				<verse number="3">जुन बेला मलाई डर लाग्‍छ, म तपाईंमा भरोसा राख्‍नेछु।</verse>
				<verse number="4">परमेश्‍वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्‍वरमा भरोसा राख्‍छु, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्‍छ र?</verse>
				<verse number="5">दिनभरि तिनीहरूले मेरा कुराहरूको उल्‍टो अर्थ लाउँछन्‌। तिनीहरूले सधैँ मेरो हानिको लागि षड्‌यन्‍त्र रच्‍छन्‌।</verse>
				<verse number="6">तिनीहरू मेरो प्राण लिनलाई मेरो विरुद्ध षड्‌यन्‍त्र रच्‍छन्‌, र मलाई मार्न भनी ढुकिबस्‍छन्‌।</verse>
				<verse number="7">हे परमेश्‍वर, तिनीहरूका अपराधको दण्‍ड तिनीहरूलाई दिनुहोस्‌, तपाईंको क्रोधमा जाति-जातिहरूलाई ढालिदिनुहोस्‌।</verse>
				<verse number="8">मेरो विलापको लेखा राख्‍नुहोस्‌। मेरो आँसु तपाईंको फिरिस्‍तमा राखिदिनुहोस्‌। के ती तपाईंको पुस्‍तकमा लेखिएका छैनन्‌ र?</verse>
				<verse number="9">जब सहायताको निम्‍ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्‍नेछन्‌। यसबाट यो म जान्‍नेछु कि परमेश्‍वर मेरो पक्षमा हुनुहुन्‍छ।</verse>
				<verse number="10">परमेश्‍वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमप्रभुमा, जसका वचनको म प्रशंसा गर्दछु,</verse>
				<verse number="11">परमेश्‍वरमा, भरोसा गर्दछु, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ र?</verse>
				<verse number="12">हे परमेश्‍वर, तपाईंसित मेरा भाकल छन्‌, म तपाईंमा मेरो धन्‍यवाद बलि चढ़ाउनेछु।</verse>
				<verse number="13">किनकि तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटाउनुभएको छ, र मेरा गोडालाई ठेस लाग्‍नुदेखि बचाइदिनुभएको छ, कि म परमेश्‍वरको सम्‍मुख जीवनको ज्‍योतिमा हिँडूँ।</verse>
			</chapter>
			<chapter number="57">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम [1] ममाथि कृपा गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्‍छ। यो आपत्‌ नहटुञ्‍जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।</verse>
				<verse number="2">सर्वोच्‍च परमेश्‍वरमा म पुकारा गर्छु, परमेश्‍वरमा, जसले मेरो निम्‍ति आफ्‍नो अभिप्राय पूर्ण गर्नुहुन्‍छ।</verse>
				<verse number="3">स्‍वर्गबाट उहाँले पठाउनुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ, र मलाई क्रूरतासँग पिछा गर्नेहरूलाई हप्‍काउनुहुन्‍छ। परमेश्‍वर आफ्‍नो करुणा र विश्‍वसनीयता प्रकट गर्नुहुन्‍छ। सेला</verse>
				<verse number="4">म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्‌, जसका जिब्रा धारिला तरवारझैँ छन्‌।</verse>
				<verse number="5">हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌।</verse>
				<verse number="6">	तिनीहरूले मेरा गोडाका निम्‍ति जाल बिछाएका छन्‌, म सङ्कष्‍टले तल नुहेको छु। तिनीहरूले मेरो सामुन्‍ने एउटा खाड़ल खनेका छन्‌, तर तिनीहरू आफै त्‍यसमा परेका छन्‌। सेला</verse>
				<verse number="7">	मेरो हृदय स्‍थिर छ, हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, म राग बजाउनेछु।</verse>
				<verse number="8">हे मेरो प्राण, जाग्‌, हे वीणा र सारङ्गी, जाग, म प्रभातलाई जगाउनेछु।</verse>
				<verse number="9">हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु। मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।</verse>
				<verse number="10">किनकि तपाईंको करुणा स्‍वर्गसम्‍म महान्‌ छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।</verse>
				<verse number="11">हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌!</verse>
			</chapter>
			<chapter number="58">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम [1] हे शासक हो, के तिमीहरू न्‍यायपूर्वक बोल्‍दछौ? के तिमीहरू मानिसहरूका बीचमा ठीक-ठीक न्‍याय गर्दछौ?</verse>
				<verse number="2">होइन, तिमीहरू त हृदयभित्र खराब युक्ति रच्‍तछौ, र तिमीहरूका हातले पृथ्‍वीमा हिंसाका काम गर्दछन्‌।</verse>
				<verse number="3">दुष्‍टहरू त जन्‍मदेखि नै भड्‌केर जान्‍छन्‌। गर्भदेखि नै तिनीहरू दुष्‍ट हुन्‍छन्‌ र झूट बोल्‍छन्‌।</verse>
				<verse number="4">तिनीहरूको विष सर्पको विषजस्‍तै छ, गोमनको विषजस्‍तो, जसले आफ्‍नो कान बन्‍द गरेको छ,</verse>
				<verse number="5">जसले सपेराको आवाज र जत्तिसुकै निपुण जादूगर भए पनि, तिनको सोर सुन्‍दैन।</verse>
				<verse number="6">हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा भाँचिदिनुहोस्‌। हे परमप्रभु, सिंहहरूका बङ्गारा थुतिदिनुहोस्‌।</verse>
				<verse number="7">तिनीहरू बग्‍ने पानीजस्‍तै विलीन भइजाऊन्‌, तिनीहरूले धनुमा ताँदो चढ़ाउँदा तिनका काँड़हरू बोधा भइजाऊन्‌।</verse>
				<verse number="8">तिनीहरू हिँड्‌दाहिँड्‌दै पग्‍लेर जाने चिप्‍लेकीराझैँ होइजाऊन्‌, तुहेको बालकजस्‍तै तिनीहरूले सूर्यको किरण कहिल्‍यै नदेखून्‌।</verse>
				<verse number="9">तिम्रा भाँड़ाहरू काँढ़ाको आगोमा तातिन अघि, ती हरिया हुन्‌ कि सुकेका, दुष्‍टहरू बगाएर लगिनेछन्‌।</verse>
				<verse number="10">प्रतिशोध खनिएको देखेर धर्मी जन खुशी हुनेछन्‌, जब तिनीहरूले आफ्‍ना खुट्टा दुष्‍टहरूको रगतमा धुनेछन्‌।</verse>
				<verse number="11">तब मानिसहरूले भन्‍नेछन्‌, “निश्‍चय नै धर्मीहरू अझै पुरस्‍कृत हुन्‍छन्‌। निश्‍चय नै पृथ्‍वीको न्‍याय गर्ने एक परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="59">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम [1] मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्‌, हे मेरा परमेश्‍वर, मेरो विरुद्धमा खड़ा हुनेहरूबाट मलाई रक्षा गर्नुहोस्‌।</verse>
				<verse number="2">कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्‌, र रक्त-प्‍यासी मानिसहरूबाट मलाई बचाउनुहोस्‌।</verse>
				<verse number="3">	हेर्नुहोस्‌, तिनीहरू कसरी मेरो प्राण लिनलाई ढुकेर बसेका छन्‌। हे परमप्रभु, मेरो कसूरैविना अथवा पापैविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्‌यन्‍त्र गर्दछन्‌।</verse>
				<verse number="4">मेरो कसूरैविना तिनीहरू मलाई आक्रमण गर्न तयार छन्‌। मलाई सहायता गर्न उठ्‌नुहोस्‌, मेरो दशामाथि दृष्‍टि गर्नुहोस्‌।</verse>
				<verse number="5">	हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, इस्राएलका परमेश्‍वर, सबै जातिहरूलाई दण्‍ड दिन जाग्‍नुहोस्‌, दुष्‍ट विश्‍वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्‌। सेला</verse>
				<verse number="6">साँझैपिच्‍छे तिनीहरू कुकुरहरूझैँ ङ्‌वार्र-ङ्‌वार्र गर्दै, सहरको चारैतिर घुम्‍छन्‌।</verse>
				<verse number="7">हेर्नुहोस्‌, तिनीहरू मुखबाट के निकाल्‍छन्‌, तिनीहरू ओठबाट तरवार निकाल्‍छन्‌, अनि तिनीहरू भन्‍छन्‌, “सुन्‍ने को छ?”</verse>
				<verse number="8">तर तपाईं, हे परमप्रभु, तिनीहरूमाथि हाँस्‍नुहुन्‍छ। सबै जातिहरूको तपाईं उपहास गर्नुहुन्‍छ।</verse>
				<verse number="9">हे मेरा शक्ति, म तपाईंलाई हेर्छु, हे परमेश्‍वर, तपाईं मेरो किल्‍ला,</verse>
				<verse number="10">मेरा प्रेमी परमेश्‍वर हुनुहुन्‍छ। परमेश्‍वर मेरो अगि जानुहुन्‍छ, र मलाई निन्‍दा गर्नेहरूमाथि विजयमा हेर्न दिनुहुन्‍छ।</verse>
				<verse number="11">तर हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई नमार्नुहोस्‌, नत्रता मेरा प्रजाले बिर्सनेछन्‌। तपाईंको आफ्‍नो सामर्थ्‍यले तिनीहरूलाई छिन्‍नभिन्‍न पारेर तिनीहरूलाई होच्‍याउनुहोस्‌।</verse>
				<verse number="12">तिनीहरूका मुखका पाप र ओठका शब्‍दहरूको कारण तिनीहरू आफ्‍नो अहङ्कारमा फसून्‌। तिनीहरूले सरापेका र झूट बोलेका कारण,</verse>
				<verse number="13">	तिनीहरूलाई क्रोधले भस्‍म पार्नुहोस्‌, तिनीहरू निमिट्यान्‍न नभएसम्‍म नाश गर्नुहोस्‌। तब पृथ्‍वीको अन्‍त्‍यसम्‍मै मानिसहरूले जान्‍नेछन्‌, कि परमेश्‍वरले याकूबमाथि राज्‍य गर्नुहुन्‍छ। सेला</verse>
				<verse number="14">हरेक साँझ तिनीहरू कुकुरहरूझैँ ङ्‌वार्र-ङ्‌वार्र गर्दै, सहरको चारैतिर घुम्‍छन्‌।</verse>
				<verse number="15">आहारको खोजीमा तिनीहरू डुलिहिँड्‌छन्‌, अनि तृप्‍त नहुँदा तिनीहरू कराउँछन्‌।</verse>
				<verse number="16">तर मचाहिँ तपाईंका शक्तिको स्‍तुति गाउनेछु, बिहानै तपाईंका प्रेमको प्रशंसा गाउनेछु, किनकि तपाईं मेरो किल्‍ला, र मेरो दु:खको दिनमा शरणस्‍थान हुनुहुन्‍छ।</verse>
				<verse number="17">हे मेरा शक्ति, म तपाईंको स्‍तुति गाउनेछु, हे परमेश्‍वर, तपाईं मेरो किल्‍ला, मेरा प्रेमी परमेश्‍वर हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="60">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मिक्‍ताम [1] हे परमेश्‍वर, तपाईंले हामीलाई त्‍याग्‍नुभएको छ, अनि तपाईं हामीमाथि पड्‍‌किनु भएको छ। तपाईं हामीमाथि क्रुद्ध हुनुभएको छ— अब हामीलाई पुनर्स्‍थापित गर्नुहोस्‌।</verse>
				<verse number="2">तपाईंले धरतीलाई थर्काउनुभएको छ, र त्‍यसलाई फारिदिनुभएको छ। त्‍यसका धाँदाहरू पुरिदिनुहोस्‌, किनकि त्‍यो हल्‍लिँदैछ।</verse>
				<verse number="3">तपाईंले आफ्‍नो प्रजालाई कठिन कुराहरू भोग्‍न लाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य दिनुभएको छ।</verse>
				<verse number="4">	तर धनुको विरुद्ध फहराउनलाई तपाईंको भय मान्‍नेहरूका लागि तपाईंले एउटा झन्‍डा खड़ा गर्नुभएको छ। सेला</verse>
				<verse number="5">	तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस्‌ र मदत गर्नुहोस्‌, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्‌।</verse>
				<verse number="6">परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसी नापेर छुट्ट्याउनेछु।</verse>
				<verse number="7">गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो। एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो।</verse>
				<verse number="8">मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु, पलिश्‍तमाथि म विजयसाथ कराउँछु।”</verse>
				<verse number="9">कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला?</verse>
				<verse number="10">हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न?</verse>
				<verse number="11">शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ।</verse>
				<verse number="12">परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="61">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति— तार वाद्यमा दाऊदको भजन [1] मेरो क्रन्‍दन सुन्‍नुहोस्‌, हे परमेश्‍वर, मेरो प्रार्थनामा ध्‍यान दिनुहोस्‌।</verse>
				<verse number="2">जब मेरो हृदय व्‍याकुल हुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउबाट म तपाईंको पुकारा गर्छु, मलाई त्‍यो चट्टानमा लैजानुहोस्‌ जो मभन्‍दा अग्‍लो छ।</verse>
				<verse number="3">किनकि तपाईं मेरो शरणस्‍थान, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा हुनुहुन्‍छ।</verse>
				<verse number="4">	तपाईंको वासस्‍थानमा सधैँ बस्‍ने, तपाईंका पखेटाको आड़मा शरण लिने मेरो चाहना छ। सेला</verse>
				<verse number="5">किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंका नाउँको भय मान्‍नेहरूको उत्तराधिकार तपाईंले मलाई दिनुभएको छ।</verse>
				<verse number="6">राजालाई दीर्घायु दिनुहोस्‌, धेरै पुस्‍तासम्‍म उनको आयु बढ़ाउनुहोस्‌।</verse>
				<verse number="7">उनी परमेश्‍वरको सामुन्‍ने सदासर्वदा सिंहासनमा विराजमान होऊन्‌, तपाईंको प्रेम र विश्‍वसनीयतालाई उनको सुरक्षाका निम्‍ति खटाइदिनुहोस्‌।</verse>
				<verse number="8">तब म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गाउनेछु, र दिनहुँ मेरा भाकलहरू पूरा गर्नेछु।</verse>
			</chapter>
			<chapter number="62">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति यदूतूनको लागि दाऊदको भजन [1] मेरो प्राणले परमेश्‍वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।</verse>
				<verse number="2">उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्‍छ, उहाँ मेरो किल्‍ला हुनुहुन्‍छ, म कहिल्‍यै डग्‍नेछैनँ।</verse>
				<verse number="3">एक जना मानिसमाथि कहिलेसम्‍म तिमीहरू आक्रमण गरिबस्‍छौ? ढल्‍न लागेको पर्खाल र कमजोर बारजस्‍तै भएको त्‍यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्‍छौ?</verse>
				<verse number="4">	त्‍यसको उच्‍च स्‍थानबाट त्‍यसलाई खसाल्‍नलाई तिनीहरूले दृढ़ विचार गरेका छन्‌। तिनीहरू असत्‍यतामा प्रसन्‍न रहन्‍छन्‌। तिनीहरू मुखले त आशीर्वाद दिन्‍छन्‌, तर मनमा तिनीहरू सराप्‍छन्‌। सेला</verse>
				<verse number="5">हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ।</verse>
				<verse number="6">उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्‍ला हुनुहुन्‍छ। म डग्‍नेछैनँ।</verse>
				<verse number="7">मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ।</verse>
				<verse number="8">	हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला</verse>
				<verse number="9">निम्‍न स्‍तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्‌, उच्‍च स्‍तरका चाहिँ भ्रम मात्र हुन्‌। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्‍छन्‌, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्‌।</verse>
				<verse number="10">धुत्‍ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्‍पत्ति बढ़्यो भने त्‍यसमा आफ्‍नो हृदय नलगाओ।</verse>
				<verse number="11">परमेश्‍वरले एउटा कुरो बोल्‍नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्‍वर, तपाईं बलिया हुनुहुन्‍छ,</verse>
				<verse number="12">	र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्‍छ। निश्‍चय नै हरेक मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="63">
				<verse number="1">तिनी यहूदाको मरुभूमिमा हुँदा दाऊदको भजन [1] हे परमेश्‍वर, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंलाई दिलोज्‍यानले खोज्‍छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्‍ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्‍ति मरिमेट्‌दछ।</verse>
				<verse number="2">मैले तपाईंलाई पवित्रस्‍थानमा देखेको छु, र तपाईंको शक्ति र महिमा देखें।</verse>
				<verse number="3">तपाईंको प्रेम जीवनभन्‍दा श्रेष्‍ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्‌।</verse>
				<verse number="4">म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्‍ना हात उचाल्‍नेछु।</verse>
				<verse number="5">असल भोजनले झैँ मेरो प्राण तृप्‍त हुनेछ, मेरो मुखले सङ्गीतमय ओठसित तपाईंको प्रशंसा गर्नेछ।</verse>
				<verse number="6">मेरो ओछ्यानमा म तपाईंको सम्‍झना गर्छु, र रातभरि तपाईंको ध्‍यान गर्छु।</verse>
				<verse number="7">तपाईं मेरो सहायता हुनुहुन्‍छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्‍दले गाउँछु।</verse>
				<verse number="8">मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्‍दछ।</verse>
				<verse number="9">मेरो प्राण लिन खोज्‍नेहरूचाहिँ पृथ्‍वीको तल्‍लो भागमा पुगेर नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="10">तिनीहरू तरवारले मारिनेछन्‌, र स्‍यालहरूको आहार हुनेछन्‌।</verse>
				<verse number="11">तर राजाचाहिँ परमेश्‍वरमा आनन्‍दित हुनेछन्‌, परमेश्‍वरको नाउँमा शपथ लिनेहरूले उहाँको प्रशंसा गर्नेछन्‌, तर झूटा बोल्‍नेहरूका मुख थुनिनेछन्‌।</verse>
			</chapter>
			<chapter number="64">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] मैले उजूर गर्दा मेरो पुकारा सुन्‍नुहोस्‌, हे परमेश्‍वर, शत्रुको डरबाट मेरो ज्‍यानलाई जोगाइदिनुहोस्‌।</verse>
				<verse number="2">दुष्‍टहरूको गुप्‍त योजनाबाट र कुकर्मीहरूका समूहको षड्‌यन्‍त्रबाट मलाई लुकाउनुहोस्‌।</verse>
				<verse number="3">तिनीहरू आफ्‍ना जिब्रालाई तरवारझैँ धार लगाउँछन्‌, र तिनीहरूका वचन घातक काँड़झैँ ताक्‍छन्‌।</verse>
				<verse number="4">निर्दोषलाई तिनीहरू ढुकेर हान्‍छन्‌, डरैविना अचानक त्‍यसलाई हान्‍छन्‌।</verse>
				<verse number="5">तिनीहरू आफ्‍ना दुष्‍ट षड्‌यन्‍त्रमा एक-अर्कालाई प्रोत्‍साहन दिन्‍छन्‌, पासो गुप्‍तमा थाप्‍ने मतो तिनीहरू गर्छन्‌। तिनीहरू भन्‍छन्‌, “कसले हामीलाई देख्‍छ र?”</verse>
				<verse number="6">तिनीहरू अन्‍यायको षड्‌यन्‍त्र रच्‍तछन्‌ र भन्‍छन्‌, “हामीले सिद्ध योजना बनाएका छौं।” साँच्‍चै, मानिसका मन र हृदय धूर्त हुन्‍छन्‌।</verse>
				<verse number="7">तर परमेश्‍वरले काँड़हरूले तिनीहरूमाथि हान्‍नुहुनेछ, तिनीहरू अचानक घायल हुनेछन्‌।</verse>
				<verse number="8">तिनीहरूका जिब्रो तिनीहरूकै विरुद्ध उहाँले फर्काइदिनुहुनेछ, र तिनीहरूलाई नाश गर्नुहुनेछ। तिनीहरूलाई देख्‍ने सबैले गिल्‍ला गर्दै मुन्‍टो हल्‍लाउनेछन्‌।</verse>
				<verse number="9">सबै मनुष्‍य-जाति भयभीत हुनेछन्‌, तिनीहरूले परमेश्‍वरका कामको घोषणा गर्नेछन्‌, र उहाँले गर्नुभएको काममाथि ध्‍यान दिनेछन्‌।</verse>
				<verse number="10">धर्मीहरू परमप्रभुमा आनन्‍दित होऊन्‌, र उहाँमा शरण लिऊन्‌। सोझो हृदय भएकाहरू सबैले उहाँको प्रशंसा गरून्‌।</verse>
			</chapter>
			<chapter number="65">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, सियोनमा तपाईंलाई प्रशंसाले पर्खिरहेछ, र तपाईंको लागि हाम्रा सबै भाकल पूरा हुनेछन्‌।</verse>
				<verse number="2">हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्‌।</verse>
				<verse number="3">जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, हाम्रा अपराधहरू तपाईंले क्षमा गरिदिनुभयो।</verse>
				<verse number="4">धन्‍य हुन्‌ तिनीहरू, जसलाई तपाईं छान्‍नुहुन्‍छ, र तपाईंको मन्‍दिरमा रहनलाई नजिक ल्‍याउनुहुन्‍छ। तपाईंको घर, तपाईंको पवित्र मन्‍दिरका उत्तम-उत्तम पदार्थले हामी तृप्‍त भएका छौं।</verse>
				<verse number="5">धार्मिकताका महान्‌ कामहरूबाट तपाईंले हामीलाई जवाफ दिनुहुन्‍छ, हे परमेश्‍वर हाम्रा उद्धारक। पृथ्‍वीका समस्‍त सीमान्‍त र टाढ़ा-टाढ़ाका समुद्रहरूको आशा तपाईं नै हुनुहुन्‍छ,</verse>
				<verse number="6">जसले आफ्‍नो शक्तिद्वारा पहाड़हरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्‍जित पार्नुभएको छ,</verse>
				<verse number="7">जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन र जातिहरूको होहल्‍ला शान्‍त गर्नुभएको छ।</verse>
				<verse number="8">पृथ्‍वीको पल्‍लो सिमानामा बस्‍नेहरू तपाईंका चिन्‍हहरू देखेर भयभीत हुन्‍छन्‌। जहाँ प्रभात आउँछ र सन्‍ध्‍या बिलाउँछ, तपाईं हर्षका गीतलाई निम्‍त्‍याउनुहुन्‍छ।</verse>
				<verse number="9">तपाईं धरतीको वास्‍ता गर्नुहुन्‍छ र त्‍यसलाई सिँच्‍नुहुन्‍छ, तपाईं त्‍यसलाई ज्‍यादै उब्‍जनी दिने तुल्‍याउनुहुन्‍छ। मानिसहरूलाई अन्‍न जुटाइदिन परमेश्‍वरका नदीहरू पानीले भरिएका हुन्‍छन्‌, किनकि तपाईंले त्‍यस्‍तै निर्दिष्‍ट गर्नुभएको छ।</verse>
				<verse number="10">तपाईं त्‍यसका हलरेखा प्रशस्‍तसँग पानीले भिजाउनुहुन्‍छ, त्‍यसका डीलहरू सम्‍म पार्नुहुन्‍छ, झरीले त्‍यसलाई नरम तुल्‍याउनुहुन्‍छ, र तपाईंले त्‍यसका उब्‍जनीलाई आशिष्‌ दिनुहुन्‍छ।</verse>
				<verse number="11">आफ्‍नो प्रशस्‍तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्‍छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्‍छन्‌।</verse>
				<verse number="12">उजाड-स्‍थानका खर्कहरू लहलह छन्‌, र पहाड़हरू हर्षले सुसज्‍जित छन्‌।</verse>
				<verse number="13">खर्कहरू भेड़ाबाख्राले भरिएका छन्‌, बेँसीहरू अन्‍नले ढाकिएका छन्‌, तिनीहरू आनन्‍दले एकसाथ मिलेर भजन गाउँछन्‌।</verse>
			</chapter>
			<chapter number="66">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति एउटा भजन [1] हे सारा पृथ्‍वी, आनन्‍दसाथ परमेश्‍वरको जयजय गर।</verse>
				<verse number="2">उहाँका नाउँको महिमाको स्‍तुति गाओ, उहाँको प्रशंसालाई महिमित तुल्‍याओ।</verse>
				<verse number="3">परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कस्‍ता भयानक छन्‌! तपाईंका शक्तिको महत्त्व यति महान्‌ छ कि तपाईंका शत्रुहरू तपाईंको सामुन्‍ने खुम्‍चिन्‍छन्‌।</verse>
				<verse number="4">	सारा पृथ्‍वी तपाईंको अगि झुक्‍तछ, तिनीहरूले तपाईंको प्रशंसाका भजन गाउँछन्‌, तिनीहरूले तपाईंका नाउँको भजन गाउँछन्‌।” सेला</verse>
				<verse number="5">आओ, परमेश्‍वरका कार्य हेर, मानिसका पक्षमा उहाँका कामहरू कति भयानक छन्‌!</verse>
				<verse number="6">	उहाँले समुद्रलाई सुक्‍खा जमिन तुल्‍याउनुभयो, तिनीहरूले पैदलै नदी तरे— आओ, हामी उहाँमा आनन्‍दित होऔं।</verse>
				<verse number="7">	उहाँले आफ्‍नो शक्तिद्वारा सदा शासन गर्नुहुन्‍छ, उहाँका आँखाले जाति-जातिलाई हेर्नुहुन्‍छ— उहाँको विरुद्ध विद्रोहीहरू नउठून्‌। सेला</verse>
				<verse number="8">हे मानिसहरू हो, हाम्रा परमेश्‍वरको स्‍तुति गर। उहाँका स्‍तुतिको आवाज सुनिओस्‌।</verse>
				<verse number="9">उहाँले हाम्रा जीवनलाई सुरक्षित राख्‍नुभएको छ, र हाम्रा खुट्टालाई चिप्‍लन दिनुभएको छैन।</verse>
				<verse number="10">किनकि हे परमेश्‍वर, तपाईंले हाम्रो जाँच गर्नुभएको छ, तपाईंले हामीलाई चाँदीलाई झैँ परिष्‍कृत गर्नुभएको छ।</verse>
				<verse number="11">तपाईंले हामीलाई कैदमा ल्‍याउनुभयो, र हाम्रा ढाड़मा बोझ लाद्‌नुभयो।</verse>
				<verse number="12">तपाईंले मानिसहरूलाई हाम्रा शिरमा चढ्‌न दिनुभयो, हामी आगो र पानीबाट भएर गयौं, तर तपाईंले हामीलाई प्रशस्‍तताको ठाउँमा ल्‍याउनुभयो।</verse>
				<verse number="13">म तपाईंको मन्‍दिरमा होमबलिसहित आउनेछु, र तपाईंसित गरेका भाकल पूरा गर्नेछु—</verse>
				<verse number="14">म कष्‍टमा भएको समयमा, मेरा ओठले प्रतिज्ञा गरेका तथा मेरो मुखले उच्‍चारण गरेका भाकल।</verse>
				<verse number="15">म तपाईंलाई मोटा पशुहरू बलिदान चढ़ाउनेछु, र भेड़ाहरूको बलि। म साँढ़े र बोकाहरू चढ़ाउनेछु। सेला</verse>
				<verse number="16">परमेश्‍वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्‍ति के गर्नुभयो मलाई भन्‍न देओ।</verse>
				<verse number="17">मैले मेरो मुखले उहाँलाई पुकारें, र मेरो जिब्रोबाट उहाँको स्‍तुति भयो।</verse>
				<verse number="18">यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्‍वरले सुन्‍नुहुनेथिएन।</verse>
				<verse number="19">तर साँच्‍ची नै परमेश्‍वरले सुन्‍नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्‍दहरूमाथि ध्‍यान दिनुभएको छ।</verse>
				<verse number="20">परमेश्‍वरलाई महिमा होस्‌, जसले मेरो प्रार्थना अस्‍वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।</verse>
			</chapter>
			<chapter number="67">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा एउटा भजन [1] परमेश्‍वरले हामीप्रति अनुग्रह गरून्‌ र हामीलाई आशीर्वाद देऊन्‌ र आफ्‍नो मुहार हामीमाथि प्रकाशित गरिदेऊन्‌। सेला</verse>
				<verse number="2">र तपाईंको मार्ग पृथ्‍वीमा प्रकट होस्‌, र तपाईंको उद्धार सबै जातिहरूलाई थाहा होस्‌।</verse>
				<verse number="3">हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌, सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌।</verse>
				<verse number="4">	जाति-जातिहरू प्रसन्‍न होऊन्‌ र आनन्‍दले गीत गाऊन्‌, किनकि तपाईंले मानिसहरूमाथि न्‍यायपूर्वक शासन गर्नुहुन्‍छ, अनि पृथ्‍वीका जातिहरूलाई मार्गदर्शन गर्नुहुन्‍छ। सेला</verse>
				<verse number="5">हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌। सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌।</verse>
				<verse number="6">तब पृथ्‍वीले आफ्‍नो उब्‍जनी बढ़ाउनेछ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।</verse>
				<verse number="7">परमेश्‍वरले हामीलाई आशीर्वाद निरन्‍तर दिनुहुनेछ, अनि पृथ्‍वीका सबै सीमान्‍तले उहाँको डर मान्‍नेछन्‌।</verse>
			</chapter>
			<chapter number="68">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू छरपष्‍ट भइजाऊन्‌। उहाँका शत्रुहरू उहाँको सामुबाट भागून्‌।</verse>
				<verse number="2">जसरी हावाले धूवाँलाई उड़ाएर लैजान्‍छ, त्‍यसरी नै तिनीहरूलाई उड़ाउनुहोस्‌। आगोको सामु मैन बिलाएझैँ, दुष्‍टहरू परमेश्‍वरको सामु नष्‍ट भइजाऊन्‌।</verse>
				<verse number="3">तर धर्मीहरूचाहिँ खुशी होऊन्‌, तिनीहरू परमेश्‍वरको अगि उल्‍लसित होऊन्‌, तिनीहरू हर्षले प्रफुल्‍लित होऊन्‌।</verse>
				<verse number="4">परमेश्‍वरको निम्‍ति भजन गाओ, उहाँका नाउँको स्‍तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्‍ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्‍लसित होओ।</verse>
				<verse number="5">परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ।</verse>
				<verse number="6">एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌।</verse>
				<verse number="7">	हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला</verse>
				<verse number="8">	पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर।</verse>
				<verse number="9">हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो।</verse>
				<verse number="10">तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो।</verse>
				<verse number="11">परमप्रभुले वचन बोल्‍नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो:</verse>
				<verse number="12">“राजा र सेना आतुरीसाथ भाग्‍छन्‌, छाउनीमा मानिसहरू लूटका माल बाँड्‌छन्‌,</verse>
				<verse number="13">तिमीहरू आगोका धुनीका बीचमा सुत्‍दा पनि मेरो ढुकुरका पखेटाचाहिँ चाँदीले मोहोरिएका छन्‌, र त्‍यसका प्‍वाँखहरू चम्‍किलो सुनले मोहोरिएका छन्‌।”</verse>
				<verse number="14">जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्‍यो सल्‍मोन डाँड़ामा हिमपात भएकोजस्‍तो थियो।</verse>
				<verse number="15">बाशानका पहाड़हरू गौरवशाली छन्‌, बाशानका पहाड चट्टानै-चट्टानले पूर्ण छन्‌।</verse>
				<verse number="16">हे रूखा पर्वतहरू, ईर्ष्‍याले त्‍यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्‍वरले शासन गर्न खोज्‍नुभएको छ, जहाँ स्‍वयम्‌ परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ?</verse>
				<verse number="17">परमेश्‍वरका रथहरू लाखौँ छन्‌, र हजारमाथि हजार। परमेश्‍वर सीनै पर्वतबाट आफ्‍नो पवित्रस्‍थानमा आउनुभएको छ।</verse>
				<verse number="18">	जब तपाईं उच्‍चमा चढ़िजानुभयो, तपाईंले कैदीहरूलाई बन्‍दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्‍वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि— कि तपाईं, हे परमप्रभु परमेश्‍वर, त्‍यहाँ वास गरून्‌।</verse>
				<verse number="19">	परमप्रभुको प्रशंसा होस्‌, हाम्रा उद्धारक परमेश्‍वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्‍छ। सेला</verse>
				<verse number="20">हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ, र परमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ।</verse>
				<verse number="21">निश्‍चय नै परमेश्‍वरले आफ्‍ना शत्रुहरूका टाउको कुच्‍च्‍याउनुहुनेछ, ती मानिसहरूको केशले भरिएका टाउको जो आफ्‍ना पापमा लागिरहन्‍छन्‌।</verse>
				<verse number="22">परमप्रभु भन्‍नुहुन्‍छ, “म तिनीहरूलाई बाशानबाट ल्‍याउनेछु, म तिनीहरूलाई समुद्रको गहिराइबाट ल्‍याउनेछु।</verse>
				<verse number="23">यसरी तिमीहरूले आफ्‍ना खुट्टा शत्रुहरूको रगतमा चोबल्‍नेछौ, र तिमीहरूका कुकुरका जिब्राले पनि त्‍यसमा भाग पाउनेछन्‌।”</verse>
				<verse number="24">हे परमेश्‍वर, तपाईंको शोभा-यात्रा देखिएको छ, मेरा परमेश्‍वर र महाराजाको शोभा-यात्रा पवित्रस्‍थानतिर प्रस्‍थान भइरहेको छ।</verse>
				<verse number="25">अगिअगि गायकहरू छन्‌, तिनीहरूका पछिपछि वादकहरू, र तिनीहरूसित खैँजड़ी बजाउने कन्‍याहरू।</verse>
				<verse number="26">ठूलो सभामा परमेश्‍वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="27">सबैभन्‍दा कनिष्‍ठ बेन्‍यामीनको कुलले तिनीहरूको अगुवाइ गर्दैछ, यहूदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्‌, जबूलूनका र नप्‍तालीका शासकहरू पनि छन्‌।</verse>
				<verse number="28">हे परमेश्‍वर, आफ्‍नो शक्ति बोलाउनुहोस्‌, अघि गर्नुभएजस्‍तै, हे परमेश्‍वर, आफ्‍नो शक्ति हामीलाई देखाउनुहोस्‌।</verse>
				<verse number="29">यरूशलेममा तपाईंका मन्‍दिरको खातिर राजाहरूले तपाईंको निम्‍ति भेटी ल्‍याउनेछन्‌।</verse>
				<verse number="30">नर्कटहरूका बीचमा रहने पशुलाई हप्‍काउनुहोस्‌, जाति-जातिका बाछाहरूका बीचमा साँढ़ेको झुण्‍डलाई डाँट्‌नुहोस्‌। पराजित भएपछि, यिनले चाँदीका टुक्राहरू ल्‍याऊन्‌। लड़ाइँमा खुशी हुने जातिलाई छरपष्‍ट पारिदिनुहोस्‌।</verse>
				<verse number="31">मिश्रदेशबाट राजदूतहरू आउनेछन्‌, कूशले आफैलाई परमेश्‍वरमा समर्पण गर्नेछ।</verse>
				<verse number="32">	हे पृथ्‍वीका राज्‍य हो, परमेश्‍वरको स्‍तुतिगान गर, परमप्रभुका प्रशंसाको स्‍तुति गाओ— सेला</verse>
				<verse number="33">उहाँ, जो प्राचीन स्‍वर्गमा सवार हुनुहुन्‍छ, जो आफ्‍नो शक्तिशाली आवाजसित गर्जनुहुन्‍छ।</verse>
				<verse number="34">परमेश्‍वरको सामर्थ्‍यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ।</verse>
				<verse number="35">हे परमेश्‍वर, आफ्‍नो पवित्रस्‍थानमा तपाईं भययोग्‍य हुनुहुन्‍छ। इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा होस्‌।</verse>
			</chapter>
			<chapter number="69">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “लिली फूल” को रागअनुसार दाऊदको भजन [1] हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌, किनकि पानी मेरो गर्दनसम्‍म आइसकेको छ।</verse>
				<verse number="2">उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्‍दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्‌।</verse>
				<verse number="3">मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्‍वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्‌।</verse>
				<verse number="4">	विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्‍दा धेरै छन्‌। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्‌, जसले मलाई मार्न खोज्‍छन्‌। मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्‍य भएको छ।</verse>
				<verse number="5">हे परमेश्‍वर, तपाईं मेरो मूर्खता जान्‍नुहुन्‍छ, र मेरा दोष तपाईंबाट लुकेको छैन।</verse>
				<verse number="6">तपाईंमा आशा राख्‍नेहरू मेरो कारणले अनादरमा नपरून्‌, हे परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु। हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्‍नेहरू मेरो कारणले शर्ममा नपरून्‌।</verse>
				<verse number="7">किनभने तपाईंकै खातिर मैले तिरस्‍कार सहेको छु, र लाजले मेरो अनुहारलाई ढाकेको छ।</verse>
				<verse number="8">मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु।</verse>
				<verse number="9">	किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ, तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि आइपरेको छ,</verse>
				<verse number="10">म रुँदा र उपवास बस्‍दा, मैले उपहास सहनुपर्दछ,</verse>
				<verse number="11">जब म भाङ्‌ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्‌।</verse>
				<verse number="12">मूल ढोकामा बस्‍नेहरू मलाई खिज्‍याउँछन्‌, र म त मतवालाहरूको गीत भएको छु।</verse>
				<verse number="13">तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान्‌ प्रेममा, हे परमेश्‍वर, तपाईंको निश्‍चित उद्धारले मलाई उत्तर दिनुहोस्‌।</verse>
				<verse number="14">दलदलमा डुब्‍नुदेखि मलाई बचाउनुहोस्‌, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्‌।</verse>
				<verse number="15">पानीको बाढ़ले मलाई नछोपोस्‌, अथवा जलले मलाई ननिलोस्‌, वा चिहानले आफ्‍नो मुख ममाथि बन्‍द नगरोस्‌।</verse>
				<verse number="16">तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्‌, आफ्‍नो महान्‌ कृपामा मतर्फ फर्कनुहोस्‌।</verse>
				<verse number="17">तपाईंको मुहार आफ्‍नो दासदेखि नफर्काउनुहोस्‌। मलाई झट्टै उत्तर दिनुहोस्‌, किनकि म दु:खमा परेको छु।</verse>
				<verse number="18">मेरो नजिक आउनुहोस्‌ र मेरो उद्धार गरिदिनुहोस्‌, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्‌।</verse>
				<verse number="19">मेरो तिरस्‍कार, मेरो शर्म र मेरो बेइज्‍जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्‌।</verse>
				<verse number="20">तिरस्‍कारले मेरो मन भाँचेको छ, र म निस्‍सहाय भएको छु। मलाई टिठ्याउने कोही छन्‌ कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्‍त्‍वना दिनेहरू पनि, तर कोही थिएन।</verse>
				<verse number="21">	तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए।</verse>
				<verse number="22">	तिनीहरूका निम्‍ति राखिएको भोजन तिनीहरूका निम्‍ति पासो बनोस्‌, यो नै प्रतिफल र धराप बनोस्‌।</verse>
				<verse number="23">तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌, र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌।</verse>
				<verse number="24">तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌, र तपाईंको दन्‍किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्‌।</verse>
				<verse number="25">	तिनीहरूको छाउनी उजाड भइजाओस्‌। तिनीहरूका पालहरूमा कोही वास नगरून्‌।</verse>
				<verse number="26">किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्‍यसलाई नै तिनीहरू सताउँछन्‌, र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्‍यसलाई तिनीहरू अझ बढ़ी कष्‍ट दिन्‍छन्‌।</verse>
				<verse number="27">तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्‌, र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्‌।</verse>
				<verse number="28">	जीवनको पुस्‍तकबाट तिनीहरूका नाउँ मेटिऊन्‌, र धर्मीहरूका साथमा नलेखिऊन्‌।</verse>
				<verse number="29">म त दु:ख र पीडामा छु, हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्‌।</verse>
				<verse number="30">स्‍तुति गाएर म परमेश्‍वरका नाउँको प्रशंसा गर्नेछु, र धन्‍यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।</verse>
				<verse number="31">बलिको साँढ़ेभन्‍दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्‍न पार्नेछन्‌, सीङ र खुर भएको गोरुभन्‍दा पनि बढ़ी प्रसन्‍न पार्नेछन्‌।</verse>
				<verse number="32">यो देखेर थिचोमिचोमा परेकाहरू रमाउनेछन्‌— हे परमेश्‍वरलाई खोज्‍ने हो, तिमीहरूको हृदय जीवित होस्‌।</verse>
				<verse number="33">परमप्रभुले दरिद्रहरूको पुकारा सुन्‍नुहुन्‍छ, र बन्‍धनमा परेका आफ्‍ना जनलाई तुच्‍छ ठान्‍नुहुन्‍न।</verse>
				<verse number="34">स्‍वर्ग र पृथ्‍वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्‌।</verse>
				<verse number="35">किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्‍यहाँ बस्‍नेछन्‌ अनि त्‍यसलाई कब्‍जा गर्नेछन्‌।</verse>
				<verse number="36">उहाँका दासहरूका सन्‍तान त्‍यसको उत्तराधिकारी हुनेछन्‌, र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्‍यहाँ वास गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="70">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति सम्‍झनाको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, मेरो उद्धार गर्न छिटो गर्नुहोस्‌, हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌।</verse>
				<verse number="2">मेरो प्राण लिन खोज्‍नेहरू लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌।</verse>
				<verse number="3">मेरो ठट्टा उड़ाउनेहरू आफ्‍नै लाजले गर्दा व्‍याकुल होऊन्‌।</verse>
				<verse number="4">तर ज-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमेश्‍वरको नाउँ उच्‍च होस्‌!”</verse>
				<verse number="5">तर म त गरीब र दरिद्र छु, मकहाँ चाँड़ै आउनुहोस्‌, हे परमेश्‍वर। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ। हे परमप्रभु, विलम्‍ब नगर्नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="71">
				<verse number="1">हे परमप्रभु, तपाईंमा मैले शरण लिएको छु, मैले कहिल्‍यै शर्माउनु नपरोस्‌।</verse>
				<verse number="2">तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस्‌ र मलाई छुटाउनुहोस्‌, आफ्‍नो कान मतिर थाप्‍नुहोस्‌, र मलाई बचाउनुहोस्‌।</verse>
				<verse number="3">मेरो निम्‍ति आश्रयको चट्टान बन्‍नुहोस्‌, जहाँ म सधैँ जान सक्‍छु। मलाई बचाउन आज्ञा दिनुहोस्‌, किनकि तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुहुन्‍छ।</verse>
				<verse number="4">हे मेरा परमेश्‍वर, मलाई दुष्‍टको हातबाट र अन्‍यायी तथा निर्दयी मानिसको पन्‍जाबाट छुटाउनुहोस्‌।</verse>
				<verse number="5">किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आशा हुनुभएको छ, मेरो युवाकालदेखि नै मेरो भरोसा।</verse>
				<verse number="6">जन्‍मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्‍ने तपाईं हुनुहुन्‍छ, निरन्‍तर म तपाईंकै प्रशंसा गरिरहनेछु।</verse>
				<verse number="7">धेरैका निम्‍ति म एउटा अपशकून भएको छु, तर तपाईं मेरो बलियो शरणस्‍थान हुनुहुन्‍छ।</verse>
				<verse number="8">मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ, सारा दिन तपाईंको प्रतापको घोषणा गर्दछु।</verse>
				<verse number="9">बुढ़ेसकालमा मलाई नत्‍याग्‍नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोड्‌नुहोस्‌।</verse>
				<verse number="10">किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्‌, मेरो प्राणलाई घात गर्न खोज्‍नेहरू आपसमा यसो भनेर सल्‍लाह गर्छन्‌,</verse>
				<verse number="11">“परमेश्‍वरले त्‍यसलाई त्‍याग्‍नुभएको छ। त्‍यसलाई खेदेर समात, किनकि त्‍यसको उद्धार गर्ने कोही छैन।”</verse>
				<verse number="12">हे परमेश्‍वर, मबाट टाढ़ा नहुनुहोस्‌, हे मेरा परमेश्‍वर, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्‌।</verse>
				<verse number="13">मलाई दोष लाउनेहरू शर्ममा परेर भस्‍म होऊन्‌, मलाई आघात पुर्‍याउन खोज्‍नेहरू गिल्‍ला र बेइज्‍जतले भरिऊन्‌।</verse>
				<verse number="14">तर मचाहिँ निरन्‍तर आशा गरिरहनेछु, अझ धेरै तपाईंको प्रशंसा गर्नेछु।</verse>
				<verse number="15">मेरो मुखले तपाईंको धार्मिकता, र तपाईंबाट हुने उद्धारको विषयमा सारा दिन बोल्‍नेछ, यद्यपि तिनको परिमाण मलाई थाहा छैन।</verse>
				<verse number="16">हे परमप्रभु परमेश्‍वर, तपाईंका शक्तिशाली कार्यको म घोषणा गर्नेछु, तपाईंका धार्मिकताको मात्र म घोषणा गर्नेछु।</verse>
				<verse number="17">हे परमेश्‍वर, युवावस्‍थादेखि तपाईंले मलाई शिक्षा दिनुभएको छ, र आजको दिनसम्‍म तपाईंका उदेकका कार्यहरूको घोषणा गर्दछु,</verse>
				<verse number="18">हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्‍दा पनि मलाई नत्‍याग्‍नुहोस्‌, अर्को पुस्‍तालाई र पछि आउने सबैलाई मैले तपाईंका सामर्थ्‍यको घोषणा नगरेसम्‍म मलाई नत्‍याग्‍नुहोस्‌।</verse>
				<verse number="19">हे परमेश्‍वर, तपाईंको धार्मिकता उच्‍च स्‍वर्गसम्‍म पुग्‍दछ, जसले महान्‌ कार्यहरू गर्नुभएको छ, हे परमेश्‍वर, तपाईंजस्‍तो को छ र?</verse>
				<verse number="20">तपाईंले मलाई धेरै तीता कष्‍टहरू देखाउनुभयो, तर तपाईंले मलाई पुनर्जीवित पार्नुहुनेछ, पृथ्‍वीको गहिराइबाट फेरि मलाई माथि ल्‍याउनुहुनेछ।</verse>
				<verse number="21">तपाईंले मेरो सम्‍मान बढ़ाउनुहुनेछ, र मलाई फेरि सान्‍त्‍वना दिनुहुनेछ।</verse>
				<verse number="22">हे मेरा परमेश्‍वर, तपाईंको विश्‍वसनीयताको निम्‍ति म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु। सारङ्गी बजाएर म तपाईंको प्रशंसा गर्नेछु, हे इस्राएलका पवित्र परमेश्‍वर।</verse>
				<verse number="23">जब म तपाईंको प्रशंसा गाउँदछु, मेरा ओठहरू हर्षले कराउनेछन्‌— म, जसलाई तपाईंले उद्धार गर्नुभएको छ।</verse>
				<verse number="24">मेरो जिब्रोले तपाईंको धार्मिकताका कार्यहरूका विषयमा दिनभरि वर्णन गर्नेछ, किनकि मेरो हानि गर्न खोज्‍नेहरू शर्ममा र अन्‍योलमा परेका छन्‌।</verse>
			</chapter>
			<chapter number="72">
				<verse number="1">सोलोमनको भजन [1] हे परमेश्‍वर, राजालाई तपाईंको न्‍यायले युक्त पार्नुहोस्‌, र राजपुत्रलाई तपाईंको धार्मिकताले।</verse>
				<verse number="2">उनले तपाईंको प्रजालाई धार्मिकतासाथ न्‍याय गर्नेछन्‌, तपाईंका पीडित जनहरूलाई न्‍यायसाथ इन्‍साफ गर्नेछन्‌।</verse>
				<verse number="3">डाँड़ाहरूले मानिसहरूका निम्‍ति समृद्धि ल्‍याउनेछन्‌, र पहाड़हरूले धार्मिकताको फल ल्‍याउनेछन्‌।</verse>
				<verse number="4">उनले मानिसहरूमध्‍येका पीडितलाई रक्षा गर्नेछन्‌, र दरिद्रका छोराछोरीहरूलाई बचाउनेछन्‌, उनले अत्‍याचारीलाई दमन गर्नेछन्‌।</verse>
				<verse number="5">घाम र जून रहुञ्‍जेल सारा पुस्‍ताभरि उनी बाँचिरहनेछन्‌।</verse>
				<verse number="6">उनी काटिएको चउरमा परेको वर्षाझैँ हुनेछन्‌, पृथ्‍वीलाई सिँचाइ गर्ने झरीझैँ।</verse>
				<verse number="7">उनको राज्‍यकालमा धर्मीहरूको फलिफाप हुनेछ, र जून रहुञ्‍जेल उन्‍नति प्रशस्‍त हुनेछ।</verse>
				<verse number="8">	उनले एउटा समुद्रदेखि अर्को समुद्रसम्‍म, र यूफ्रेटिस नदीदेखि पृथ्‍वीको सीमान्‍तसम्‍मै राज्‍य गर्नेछन्‌।</verse>
				<verse number="9">मरुभूमिका जातिहरू उनको सामने झुक्‍नेछन्‌, र उनका शत्रुहरूले धूलो चाट्‌नेछन्‌।</verse>
				<verse number="10">तर्शीश र टाढ़ाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्‍याउनेछन्‌, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढ़ाउनेछन्‌।</verse>
				<verse number="11">सबै राजाहरू उनको अगाडि घोप्‍टो पर्नेछन्‌, र सबै जातिहरूले उनको सेवा गर्नेछन्‌।</verse>
				<verse number="12">किनकि दरिद्रहरूलाई, जसले पुकारा गर्छन्‌, र सहायता नपाएका गरीबहरूलाई उनले उद्धार गर्नेछन्‌।</verse>
				<verse number="13">कमजोर र दरिद्रलाई उनले टिठ्याउनेछन्‌, र दरिद्रहरूको प्राण बचाउनेछन्‌।</verse>
				<verse number="14">अत्‍याचार र हिंसाबाट उनले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछन्‌, किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्‍य छ।</verse>
				<verse number="15">उनी दीर्घायु होऊन्‌, शेबाको सुन उनलाई भेटीस्‍वरूप दिइओस्‌। उनको निम्‍ति मानिसहरू निरन्‍तर प्रार्थना गरून्‌, दिनभरि तिनीहरूले उनलाई धन्‍यका भनून्‌।</verse>
				<verse number="16">देशभरि अन्‍न भरिपूर्ण होस्‌, डाँड़ाका टाकुराहरूमा त्‍यो लहलह होस्‌। त्‍यसको फल लेबनानझैँ फस्‍टाओस्‌, त्‍यो जमिनको घाँसझैँ मौलाओस्‌।</verse>
				<verse number="17">उनको नाउँ सदा रहिरहोस्‌, उनको कीर्ति सूर्यझैँ निरन्‍तर रहोस्‌। सबै जाति-जातिहरूले उनीद्वारा आशिष्‌ पाउनेछन्‌, र तिनीहरूले उनलाई धन्‍यका भन्‍नेछन्‌।</verse>
				<verse number="18">परमप्रभु परमेश्‍वर, इस्राएलका परमेश्‍वरको प्रशंसा होस्‌, उहाँले मात्र उदेकका काम गर्नुहुन्‍छ।</verse>
				<verse number="19">उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्‌, सारा पृथ्‍वी उहाँको महिमाले भरपूर होस्‌। आमेन अनि आमेन।</verse>
				<verse number="20">यिशैका छोरा दाऊदका प्रार्थनाहरू यहाँ समाप्‍त हुन्‍छन्‌।</verse>
			</chapter>
			<chapter number="73">
				<verse number="1">आसापको भजन [1] साँच्‍चै नै इस्राएलको निम्‍ति परमेश्‍वर भला हुनुहुन्‍छ, तिनीहरूका निम्‍ति जसको हृदय शुद्ध छ।</verse>
				<verse number="2">तर मेरा खुट्टा प्राय: चिप्‍लन लागेका थिए। मैले मेरो टेक्‍ने आधार हराउन लागेको थिएँ।</verse>
				<verse number="3">किनकि दुष्‍टहरूको उन्‍नति देखेर ती अहङ्कारीहरूको म डाह गर्दथें।</verse>
				<verse number="4">तिनीहरूलाई कठिनाइ छैन, तिनीहरूका शरीर स्‍वस्‍थ र बलिया छन्‌।</verse>
				<verse number="5">अरू मानिसहरूझैँ तिनीहरू कष्‍टमा हुँदैनन्‌, तिनीहरूमाथि मानव खराबी आइलाग्‍दैनन्‌।</verse>
				<verse number="6">यसकारण अहङ्कार तिनीहरूको सिक्री हुन्‍छ, र तिनीहरू हिंसाको वस्‍त्र लाउँछन्‌।</verse>
				<verse number="7">तिनीहरूका निष्‍ठुर हृदयबाट दुष्‍टता निस्‍कन्‍छ, तिनीहरूका मनको दुष्‍ट अहङ्कारको सीमा छैन।</verse>
				<verse number="8">तिनीहरू ठट्टा गर्छन्‌, अनि डाहका कुरा गर्छन्‌, र आफ्‍नो अहङ्कारमा अत्‍याचार गर्ने धम्‍की दिन्‍छन्‌।</verse>
				<verse number="9">तिनीहरूका मुखले स्‍वर्गकै दाबी गर्छन्‌, र तिनीहरूका जिब्राले पृथ्‍वीलाई अधिकार गर्छन्‌।</verse>
				<verse number="10">यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्‍छन्‌, र प्रशस्‍त पानी पिउँछन्‌।</verse>
				<verse number="11">तिनीहरू भन्‍छन्‌, “परमेश्‍वरले कसरी जान्‍नुहुन्‍छ र? के सर्वोच्‍चमा ज्ञान छ र?”</verse>
				<verse number="12">हेर, दुष्‍टहरू यस्‍ता छन्‌। सधैँ निश्‍चिन्‍त, तिनीहरू धन बढ़ाउँछन्‌।</verse>
				<verse number="13">निश्‍चय मैले व्‍यर्थमा आफ्‍नो हृदय शुद्ध राखेको छु, र निर्दोषतामा आफ्‍नो हात धोएको छु।</verse>
				<verse number="14">दिनभरि मैले आपत्ति भोगेको छु, र प्रत्येक बिहान मैले दण्‍ड भोग्‍नुपरेको छ।</verse>
				<verse number="15">यदि “म यसै भन्‍नेछु” भनी मैले भनेको भए त, मैले तपाईंका सन्‍तानलाई विश्‍वासघात गर्नेथिएँ।</verse>
				<verse number="16">जब मैले यी सबै बुझ्‍ने कोसिस गरें, यो मेरो निम्‍ति अति गह्रौँ भयो,</verse>
				<verse number="17">जबसम्‍म म परमेश्‍वरको पवित्रस्‍थानमा पसिनँ। तब मात्र मैले तिनीहरूको अन्‍तिम अवस्‍था बुझें।</verse>
				<verse number="18">निश्‍चय तपाईंले तिनीहरूलाई चिप्‍ला ठाउँहरूमा राख्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्‍छ।</verse>
				<verse number="19">तिनीहरू कति अचानक नष्‍ट हुन्‍छन्‌, त्रासले तिनीहरू पूर्णत: बगाइए!</verse>
				<verse number="20">तिनीहरू बिहान बिउँझँदा सपनाजस्‍तै टलिजान्‍छन्‌। हे परमप्रभु, तपाईं बिउँझँदा तिनीहरूलाई कल्‍पनाझैँ तुच्‍छ ठान्‍नुहुन्‍छ।</verse>
				<verse number="21">जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो,</verse>
				<verse number="22">म यस्‍तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्‍य थिएँ।</verse>
				<verse number="23">तैपनि म निरन्‍तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्‍नुभएको छ।</verse>
				<verse number="24">आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ, र पछि मलाई महिमामा लानुहुनेछ।</verse>
				<verse number="25">स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्‍वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन।</verse>
				<verse number="26">मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ।</verse>
				<verse number="27">तपाईंबाट टाढ़ा रहनेहरू नष्‍ट हुनेछन्‌, तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्‍छ।</verse>
				<verse number="28">तर मेरो लागि भने परमेश्‍वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्‍थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।</verse>
			</chapter>
			<chapter number="74">
				<verse number="1">आसापको मस्‍किल [1] हे परमेश्‍वर, तपाईंले हामीलाई किन सधैँको लागि त्‍याग्‍नुभएको छ? तपाईंको रीस तपाईंको खर्कका भेड़ाहरूका विरुद्धमा किन दन्‍कन्‍छ?</verse>
				<verse number="2">आफ्‍ना मानिसहरूलाई सम्‍झना गर्नुहोस्‌, जुनहरूलाई प्राचीनकालमा तपाईंले किन्‍नुभएको थियो, जुनहरूलाई तपाईंका उत्तराधिकारको कुल हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं वास गर्नुहुन्‍छ।</verse>
				<verse number="3">आफ्‍ना कदम यी अनन्‍त भग्‍नावशेषतिर बढ़ाउनुहोस्‌, शत्रुहरूले पवित्रस्‍थानमा भएका यी सबै थोक नष्‍ट पारेका छन्‌।</verse>
				<verse number="4">तपाईंले हामीलाई भेट्‌नुभएको स्‍थानमा तपाईंका शत्रुहरू गर्जेका छन्‌, तिनीहरूले आफ्‍ना झन्‍डाहरू चिन्‍हको रूपमा गाड़ेका छन्‌।</verse>
				<verse number="5">रूखहरूको घारी बन्‍चराले नष्‍ट पार्ने मानिसले झैँ तिनीहरूले व्‍यवहार गरे।</verse>
				<verse number="6">तिनीहरूले आफ्‍ना बन्‍चरो र घनले बुट्टा काटेका सबै खापाहरूलाई चकनाचूर पारे।</verse>
				<verse number="7">तिनीहरूले तपाईंको पवित्रस्‍थानमा आगो लगाए, तपाईंका नाउँको वासस्‍थान तिनीहरूले अपवित्र तुल्‍याए।</verse>
				<verse number="8">तिनीहरूले आफ्‍ना हृदयभित्र भने, “हामी तिनीहरूलाई पूर्ण रूपले मिच्‍नेछौं।” देशमा भएको परमेश्‍वरको आराधना गरिने प्रत्‍येक स्‍थान तिनीहरूले जलाए।</verse>
				<verse number="9">हामी कुनै पनि आश्‍चर्य चिन्‍हहरू देख्‍दैनौं, अब कुनै अगमवक्ता बाँकी छैनन्‌, र यो कतिञ्‍जेल रहन्‍छ हामीमध्‍ये कसैलाई थाहा छैन।</verse>
				<verse number="10">हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्‍म तपाईंको ठट्टा गर्नेछन्‌? के शत्रुले तपाईंका नाउँको निन्‍दा सधैँभरि गरिरहन्‍छन्‌?</verse>
				<verse number="11">तपाईं किन आफ्‍नो बाहुली, आफ्‍नो दाहिने बाहुली पछि थामेर राख्‍नुहुन्‍छ? लुगाबाट हात निकाल्‍नुहोस्‌ र तिनीहरूलाई नाश गर्नुहोस्‌।</verse>
				<verse number="12">तर हे परमेश्‍वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्‍छ, तपाईंले पृथ्‍वीमा उद्धार ल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="13">	तपाईं नै हुनुहुन्‍छ जसले आफ्‍नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो।</verse>
				<verse number="14">	तपाईंले लिव्‍यातन्‌ जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्‍यसलाई वनपशुहरूका आहारको निम्‍ति दिनुभयो।</verse>
				<verse number="15">तपाईं नै हुनुहुन्‍छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्‍नुभयो। तपाईंले निरन्‍तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो।</verse>
				<verse number="16">दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्‍द्र तपाईंले नै स्‍थापित गर्नुभयो।</verse>
				<verse number="17">पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।</verse>
				<verse number="18">हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌।</verse>
				<verse number="19">तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌,</verse>
				<verse number="20">तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌।</verse>
				<verse number="21">थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌।</verse>
				<verse number="22">हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌।</verse>
				<verse number="23">तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="75">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार आसापको भजन [1] हामी तपाईंमा धन्‍यवाद चढ़ाउँछौं, हे परमेश्‍वर, हामी धन्‍यवाद चढ़ाउँछौं, किनकि तपाईंको नाउँ नजिकै छ। मानिसहरू तपाईंका आश्‍चर्यकर्मको बखान गर्छन्‌।</verse>
				<verse number="2">तपाईं भन्‍नुहुन्‍छ, “उचित समय म ठहराउँछु, निष्‍पक्षतासाथ न्‍याय गर्ने म नै हुँ।</verse>
				<verse number="3">	जब पृथ्‍वी र त्‍यहाँका सबै बासिन्‍दाहरू काम्‍छन्‌, त्‍यसका खम्‍बाहरूलाई थामिराख्‍ने म नै हुँ। सेला</verse>
				<verse number="4">अहङ्कारीहरूलाई म भन्‍दछु, ‘अहङ्कार नगर।’ र दुष्‍टहरूलाई भन्‍दछु, तिमीहरूको हाँक नदेखाओ।</verse>
				<verse number="5">तिमीहरू स्‍वर्गको विरुद्धमा आफ्‍नो हाँक नदेखाओ, अनि मुन्‍टो बटारेर वचन नबोल।”</verse>
				<verse number="6">पूर्वदेखि होस्‌ वा पश्‍चिमदेखि, अथवा मरुभूमिबाट होस्‌, कसैले पनि मानिसलाई उचाल्‍न सक्‍दैन।</verse>
				<verse number="7">तर परमेश्‍वरले नै न्‍याय गर्नुहुन्‍छ, उहाँले एउटालाई होच्‍याउनुहुन्‍छ, र अर्कालाई उच्‍च पार्नुहुन्‍छ।</verse>
				<verse number="8">परमेश्‍वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ। उहाँले त्‍यो खन्‍याउनुहुन्‍छ, अनि पृथ्‍वीका दुष्‍टहरू सबैले त्‍यसको थिग्रासम्‍मै पिउँछन्‌,</verse>
				<verse number="9">तर मचाहिँ सदासर्वदै यो घोषणा गर्नेछु, म याकूबका परमेश्‍वरको स्‍तुति गाउनेछु।</verse>
				<verse number="10">	म सबै दुष्‍टहरूका सीङ काटिदिनेछु, तर धर्मीहरूका सीङ उच्‍च पारिनेछन्‌।</verse>
			</chapter>
			<chapter number="76">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा आसापको भजन [1] यहूदामा परमेश्‍वर चिनिनुभएको छ, इस्राएलमा उहाँको नाउँ महान्‌ छ।</verse>
				<verse number="2">शालेममा उहाँको वासस्‍थान, उहाँको बस्‍ने ठाउँ सियोनमा छ।</verse>
				<verse number="3">	उहाँले त्‍यहाँ जल्‍दा बाणहरू, ढाल र तरवार तथा लड़ाइँका अस्‍त्र-शस्‍त्रहरू भाँच्‍नुभयो। सेला</verse>
				<verse number="4">तपाईं ज्‍योतिले अति उज्‍ज्‍वल हुनुहुन्‍छ, र शिकारले धनी पर्वतहरूभन्‍दा पनि ऐश्‍वर्यवान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="5">निडर मन भएकाहरू लुटिएका छन्‌, तिनीहरू गहिरो निद्रामा परेका छन्‌, र शूरवीरहरूमा एउटैले पनि हात उचाल्‍न सक्‍दैन।</verse>
				<verse number="6">हे याकूबका परमेश्‍वर, तपाईंको हप्‍कीमा घोड़चढ़ी र घोडा दुवै निष्‍प्राण भएका छन्‌।</verse>
				<verse number="7">तपाईं मात्र भय मान्‍ने योग्‍यका हुनुहुन्‍छ, तपाईं क्रोधित हुँदा, तपाईंको सामु को खड़ा हुन सक्‍छ र?</verse>
				<verse number="8">तपाईंले स्‍वर्गबाट आफ्‍नो न्‍याय-निर्णय सुनाउनुभयो, र पृथ्‍वी डरले चूपचाप रह्यो—</verse>
				<verse number="9">	जब तपाईं, हे परमेश्‍वर, देशमा अत्‍याचार परेका सबैलाई बचाउन तपाईं न्‍याय गर्न उठ्‌नुभयो, सेला</verse>
				<verse number="10">निश्‍चय मानिसप्रति तपाईंको क्रोधले तपाईंको प्रशंसा ल्‍याउनेछ, अनि जो तपाईंको क्रोधबाट बाँचेका छन्‌, तिनीहरू रोकिएका छन्‌।</verse>
				<verse number="11">परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति भाकल गर र त्‍यो पूरा गर, उहाँको चारैपट्टि रहनेहरू सबैले उहाँलाई भेटी चढ़ाओ, जो भय मान्‍ने योग्‍यका हुनुहुन्‍छ।</verse>
				<verse number="12">उहाँले शासकहरूको घमण्‍ड चूर पार्नुहुन्‍छ। पृथ्‍वीका राजाहरू उहाँदेखि डराउँछन्‌।</verse>
			</chapter>
			<chapter number="77">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति यदूतूनको लागि आसापको भजन [1] मैले सहायताको निम्‍ति परमेश्‍वरमा पुकारा गरें। उहाँले मलाई सुनून्‌ भनेर मैले परमेश्‍वरलाई पुकारें।</verse>
				<verse number="2">मेरो दु:खको घड़ीमा मैले परमप्रभुलाई खोजें, राती नथाकी मेरो हात पसारें, अनि मेरो प्राणले सान्‍त्‍वना ग्रहण गर्न चाहेन।</verse>
				<verse number="3">	हे परमेश्‍वर, मैले तपाईंलाई सम्‍झें, र अफसोस गरें, मैले चिन्‍ता गरें, र मेरो आत्‍मा शिथिल भयो। सेला</verse>
				<verse number="4">तपाईंले मेरा आँखा लाग्‍न दिनुभएन, म यति दु:खित भएँ, कि बोल्‍न पनि सकिनँ।</verse>
				<verse number="5">बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्‍झना गरें।</verse>
				<verse number="6">राती मैले आफ्‍ना गीतहरू सम्‍झें, म ध्‍यानमा बसें, र मेरो आत्‍माले यो सोध्‍यो:</verse>
				<verse number="7">के परमेश्‍वरले सदाको निम्‍ति इन्‍कार गर्नुहुन्‍छ, र उहाँले फेरि कहिल्‍यै निगाह राख्‍नुहुन्‍न?</verse>
				<verse number="8">के उहाँको अचूक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्‍ति समाप्‍त भएका छन्‌?</verse>
				<verse number="9">के परमेश्‍वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्‍नो कृपा-दृष्‍टि बन्‍द गर्नुभएको छ?</verse>
				<verse number="10">अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्‍चको दाहिने बाहुलीका वर्षहरू।”</verse>
				<verse number="11">परमप्रभुका कार्यहरूको म स्‍मरण गर्नेछु, निश्‍चय नै तादिका तपाईंका आश्‍चर्यकर्महरू म सम्‍झनेछु।</verse>
				<verse number="12">म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्‍तन गर्नेछु।</verse>
				<verse number="13">हे परमेश्‍वर, तपाईंका मार्ग पवित्र छन्‌, हाम्रा परमेश्‍वरझैँ महान्‌ देव अरू को छ?</verse>
				<verse number="14">तपाईं आश्‍चर्य कामहरू गर्ने परमेश्‍वर हुनुहुन्‍छ, तपाईं आफ्‍नो सामर्थ्‍य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्‍छ।</verse>
				<verse number="15">	तपाईंले आफ्‍नो बाहुलीको शक्तिले आफ्‍ना मानिसहरूलाई उद्धार गर्नुभयो, याकूब र योसेफका सन्‍तानहरूलाई। सेला</verse>
				<verse number="16">हे परमेश्‍वर, समुद्रको पानीले तपाईंलाई देख्‍यो, जब पानीले तपाईंलाई देख्‍यो, त्‍यो मड़ारियो। अथाह सागर कम्‍पायमान भयो।</verse>
				<verse number="17">बादलहरूले पानी खन्‍याए, आकाशमा भयङ्कर रूपले गर्जन लाग्‍यो, तपाईंका बाणहरू चारैतिर चम्‍कन लागे।</verse>
				<verse number="18">तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्‍वी कम्‍पित भएर हल्‍लियो।</verse>
				<verse number="19">तपाईंको बाटो समुद्र भएर गयो, र तपाईंको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईंका पाइलाहरू देखिएनन्‌।</verse>
				<verse number="20">मोशा र हारूनका हातद्वारा तपाईंले आफ्‍नो प्रजालाई भेड़ाको एउटा बगाललाई जस्‍तै डोर्‍याउनुभयो।</verse>
			</chapter>
			<chapter number="78">
				<verse number="1">आसापको मस्‍किल [1] हे मेरा प्रजा, मेरा शिक्षातिर कान लगाओ, मेरो मुखका वचनमाथि ध्‍यान देओ।</verse>
				<verse number="2">	म मेरो मुख दृष्‍टान्‍तमा खोल्‍नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु,</verse>
				<verse number="3">ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌।</verse>
				<verse number="4">हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्‍नेछैनौं, तर आउने पुस्‍तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्‍य अनि उहाँले गर्नुभएका आश्‍चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं।</verse>
				<verse number="5">उहाँले याकूबको निम्‍ति कानूनहरू कायम राख्‍नुभयो, र इस्राएलमा एउटा व्‍यवस्‍था स्‍थापना गर्नुभयो। आफ्‍ना सन्‍तानहरूलाई यी कुरा सिकाऊन्‌ भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो,</verse>
				<verse number="6">कि आउँदो पुस्‍ताले यी कुरा जानून्‌, र अझ नजन्‍मेका शिशुहरूले पनि यी कुरा जानून्‌, र तिनीहरूले आफ्‍ना सन्‍तानलाई पनि यी कुरा भनून्‌।</verse>
				<verse number="7">यसरी तिनीहरूले परमेश्‍वरमा भरोसा राख्‍नेथिए, र उहाँका कार्यहरू बिर्सनेथिएनन्‌, तर उहाँका आज्ञाहरू पालन गर्नेथिए।</verse>
				<verse number="8">तिनीहरू आफ्‍ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्‍ता नहोऊन्‌, जसका हृदयहरू परमेश्‍वरतर्फ बफादार थिएनन्‌, र जसका आत्‍मा परमेश्‍वरतर्फ विश्‍वस्‍त थिएनन्‌।</verse>
				<verse number="9">एफ्राइमका मानिसहरू धनुले सुसज्‍जित थिए, तर लड़ाइँको दिनमा तिनीहरूले पिठिउँ फर्काए।</verse>
				<verse number="10">तिनीहरूले परमेश्‍वरको करार पालन गरेनन्‌, र उहाँको व्‍यवस्‍थामा चल्‍न इन्‍कार गरे।</verse>
				<verse number="11">तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्‍चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो।</verse>
				<verse number="12">	तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्‍ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्‍म-अचम्‍मका कामहरू गर्नुभयो।</verse>
				<verse number="13">	उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्‍याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो,</verse>
				<verse number="14">	दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्‍निको प्रकाशले अगुवाइ गर्नुभयो।</verse>
				<verse number="15">	उहाँले उजाड-स्‍थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्‍त पानी पिउन दिनुभयो।</verse>
				<verse number="16">उहाँले चट्टानबाट पानीको धारा निकाल्‍नुभयो, र पानी नदीझैँ बगाउनुभयो।</verse>
				<verse number="17">तर मरुभूमिमा तिनीहरू सर्वोच्‍च प्रभुको विरुद्धमा विद्रोही भई उहाँको विरुद्धमा पाप गरी नै रहे।</verse>
				<verse number="18">	आफ्‍नै इच्‍छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्‍वरको परीक्षा गरे।</verse>
				<verse number="19">तिनीहरूले परमेश्‍वरको विरुद्धमा यस्‍तो वचन बोले, “के परमेश्‍वरले उजाड-भूमिमा खानेकुरा दिन सक्‍नुहुन्‍छ र?</verse>
				<verse number="20">जब उहाँले चट्टानलाई हिर्काउनुभयो, तब पानी फुटिनिस्‍क्‍यो, र खोलाहरू प्रशस्‍त भई बगे। तर के उहाँले हामीलाई भोजन पनि दिन सक्‍नुहुन्‍छ र? के उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति मासु जुटाउन सक्‍नुहुन्‍छ र?”</verse>
				<verse number="21">जब परमप्रभुले तिनीहरूका कुरा सुन्‍नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्‍क्‍यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्‍क्‍यो,</verse>
				<verse number="22">किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन्‌, र उहाँको उद्धारमा भरोसा राखेनन्‌।</verse>
				<verse number="23">तापनि उहाँले माथि आकाशलाई हुकुम दिनुभयो, र स्‍वर्गका ढोकाहरू खोलिदिनुभयो।</verse>
				<verse number="24">	उहाँले मानिसहरूका निम्‍ति खानलाई मन्‍न बर्साउनुभयो, तिनीहरूलाई स्‍वर्गको अन्‍न दिनुभयो।</verse>
				<verse number="25">मानिसहरूले स्‍वर्गदूतहरूको रोटी खाए। परमेश्‍वरले तिनीहरूलाई मनग्‍गे खानेकुरा दिनुभयो।</verse>
				<verse number="26">उहाँले आकाशमा पूर्वीय बतास छोड्‌नुभयो, र उहाँले आफ्‍नै शक्तिले दक्षिणी बतास चलाउनुभयो।</verse>
				<verse number="27">उहाँले धूलाको कणसरह मासु बर्षाउनुभयो, उड्‌ने पक्षीहरू समुद्री तटको बालुवाझैँ बर्षाउनुभयो।</verse>
				<verse number="28">उहाँले तिनीहरूको छाउनीभित्र ती पक्षीहरू तिनीहरूका पालको चारैतिर आउन लगाउनुभयो।</verse>
				<verse number="29">तिनीहरूले खाए, र तिनीहरू तृप्‍त भए, किनकि उहाँले तिनीहरूलाई तिनीहरूको इच्‍छाबमोजिम दिनुभएको थियो।</verse>
				<verse number="30">तर तिनीहरूको तृष्‍णा मेटिन अघि, तिनीहरूले खाएका मासु तिनीहरूका मुखैमा हुँदा,</verse>
				<verse number="31">तिनीहरूमाथि परमेश्‍वरको क्रोध दन्‍किउठ्यो। र तिनीहरूमध्‍येका बलवान्‌हरूलाई उहाँले मार्नुभयो, इस्राएलका युवकहरूलाई निमिट्यान्‍न बनाइदिनुभयो।</verse>
				<verse number="32">यति हुँदा पनि तिनीहरूले पाप गरी नै रहे, उहाँका आश्‍चर्यकर्म हुँदाहुँदै पनि तिनीहरूले विश्‍वास गरेनन्‌।</verse>
				<verse number="33">यसकारण उहाँले तिनीहरूका दिन व्‍यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो।</verse>
				<verse number="34">जब परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो, तिनीहरूले उहाँको खोजी गरे, तिनीहरू फेरि यत्‍नसाथ उहाँतिर फर्के।</verse>
				<verse number="35">तिनीहरूलाई याद भयो कि परमेश्‍वर तिनीहरूको चट्टान, र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदोरहेछ।</verse>
				<verse number="36">तर त्‍यसपछि तिनीहरूले ओठले मात्र उहाँको खुशामद गरे, र आफ्‍ना जिब्राले तिनीहरूले उहाँसित झूट बोले।</verse>
				<verse number="37">तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्‌, उहाँको करारप्रति तिनीहरू विश्‍वस्‍त रहेनन्‌।</verse>
				<verse number="38">तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। बारम्बार उहाँले आफ्‍नो क्रोध रोक्‍नुभयो, र उहाँले आफ्‍नो सम्‍पूर्ण क्रोध उत्तेजित पार्नुभएन।</verse>
				<verse number="39">उहाँले यही सम्‍झनुभयो, कि तिनीहरू त शरीर मात्र हुन्‌, जो सासजस्‍तो निस्‍कन्‍छ र फर्किआउँदैन।</verse>
				<verse number="40">कति पल्‍ट तिनीहरू मरुभूमिमा उहाँको विरुद्ध विद्रोही भए, र उजाड-स्‍थानमा उहाँलाई दु:खित तुल्‍याए।</verse>
				<verse number="41">तिनीहरूले घरीघरी उहाँको परीक्षा गरे, र इस्राएलका परमपवित्रलाई क्रुद्ध तुल्‍याए</verse>
				<verse number="42">तिनीहरूले उहाँको शक्तिलाई स्‍मरण गरेनन्‌, त्‍यस दिनको पनि सम्‍झना गरेनन्‌, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्‍याचारीहरूबाट छुटकारा दिनुभयो,</verse>
				<verse number="43">जुन दिन उहाँले मिश्रदेशमा आफ्‍ना चिन्‍ह देखाउनुभयो, र सोअनको मैदानमा आश्‍चर्यकर्महरू गर्नुभयो।</verse>
				<verse number="44">	उहाँले तिनीहरूका नदीहरू रगतमा परिणत गरिदिनुभयो, र तिनीहरूले नदीको पानी पिउन सकेनन्‌।</verse>
				<verse number="45">	उहाँले तिनीहरूका बीचमा झीँगाहरू पठाउनुभयो, जसले तिनीहरूलाई टोके, र भ्‍यागुताहरू, जसले तिनीहरूलाई उजाड पारे।</verse>
				<verse number="46">	उहाँले तिनीहरूका फसल फटेंग्राहरूलाई दिनुभयो, र तिनीहरूका परिश्रमको फल सलहलाई।</verse>
				<verse number="47">	उहाँले तिनीहरूका अंगूरका बोटहरू असिनाले, र तिनीहरूका अञ्‍जीरका बोटहरू तुसारोले नष्‍ट गरिदिनुभयो।</verse>
				<verse number="48">उहाँले तिनीहरूका गाईबस्‍तुको बथानलाई असिनाले, र तिनीहरूका भेड़ाबाख्राको बगाललाई बिजुलीले प्रहार गर्नुभयो।</verse>
				<verse number="49">उहाँले तिनीहरूलाई आफ्‍नो प्रचण्‍ड, क्रोध, कोप, रीस र शत्रुता— अर्थात्‌ विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।</verse>
				<verse number="50">उहाँले आफ्‍नो क्रोधको एउटा मार्ग तयार गर्नुभयो, र तिनीहरूलाई मृत्‍युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्‍पनुभयो।</verse>
				<verse number="51">	उहाँले मिश्रदेशका सबै ज्‍येष्‍ठ सन्‍तानलाई, हामका पालमा जवानीको पहिलो फललाई मार्नुभयो।</verse>
				<verse number="52">	तर उहाँले आफ्‍ना मानिसहरूलाई भेड़ाहरूलाई झैँ बाहिर निकालिल्‍याउनुभयो, र उहाँले तिनीहरूलाई भेड़ाको बगाललाई झैँ उजाड-स्‍थानको बीचबाट अगुवाइ गर्नुभयो।</verse>
				<verse number="53">	उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्‍याउनुभयो, यसैले तिनीहरू डराएनन्‌। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्‍यो।</verse>
				<verse number="54">	यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो पवित्र भूमिको साँधमा ल्‍याउनुभयो, त्‍यही पहाडी देशमा, जो उहाँले आफ्‍नो दाहिने बाहुलीले जित्‍नुभएको थियो।</verse>
				<verse number="55">	उहाँले जातिहरूलाई तिनीहरूका सामु लखेटिदिनुभयो, अनि उनीहरूका जमिन भाग-भाग गरी पैतृक-सम्‍पत्तिझैँ इस्राएलीहरूलाई दिनुभयो, र कुल-कुललाई उनीहरूका पालमा बसाल्‍नुभयो।</verse>
				<verse number="56">	तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे, र सर्वोच्‍चको विरुद्धमा बागी भए, र उहाँका कानूनहरू पालन गरेनन्‌।</verse>
				<verse number="57">तिनीहरू आफ्‍ना पुर्खाहरूझैँ बेवफादार र विश्‍वासघाती बने, र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए।</verse>
				<verse number="58">तिनीहरूले डाँड़ाका थानहरूमा वेदी स्‍थापित गरी उहाँलाई क्रोधित तुल्‍याए, र तिनीहरूले आफ्‍ना मूर्तिहरूले उहाँलाई ईर्ष्‍यालु बनाए।</verse>
				<verse number="59">जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ अत्‍यन्‍त क्रोधित हुनुभयो, र इस्राएलीहरूलाई पूर्ण रूपले इन्‍कार गर्नुभयो।</verse>
				<verse number="60">	उहाँले शीलोमा भएको पवित्र वासस्‍थान त्‍याग्‍नुभयो, त्‍यो पाल जो उहाँले मानिसहरूका बीचमा राख्‍नुभएको थियो।</verse>
				<verse number="61">	उहाँले आफ्‍नो शक्तिको सन्‍दूक शत्रुहरूका हातमा पठाइदिनुभयो, आफ्‍नो गौरव शत्रुहरूका हातमा जान दिनुभयो।</verse>
				<verse number="62">उहाँले आफ्‍नो प्रजा तरवारलाई सुम्‍पनुभयो, र आफ्‍नो उत्तराधिकारका मानिसहरूसँग औधी रिसाउनुभयो।</verse>
				<verse number="63">आगोले तिनीहरूका जवानहरू भस्‍म पारिए, र तिनीहरूका कन्‍याहरूका निम्‍ति विवाहको गीत भएन।</verse>
				<verse number="64">तिनीहरूका पूजाहारीहरू तरवारले काटिए, र तिनीहरूका विधवाहरूले शोक मनाउन सकेनन्‌।</verse>
				<verse number="65">तब परमप्रभु निद्राबाट बिउँझेझैँ बिउँझनुभयो, मद्यको उन्‍मादबाट बिउँझेको मानिसझैँ।</verse>
				<verse number="66">उहाँले आफ्‍ना विरोधीहरूलाई तितरबितर पार्नुभयो, उहाँले उनीहरूलाई सदाको निम्‍ति शर्ममा पार्नुभयो।</verse>
				<verse number="67">तब उहाँले योसेफका सन्‍तानलाई त्‍याग्‍नुभयो, उहाँले एफ्राइमको कुललाई छान्‍नुभएन।</verse>
				<verse number="68">तर उहाँले यहूदाको कुललाई चुन्‍नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो।</verse>
				<verse number="69">उहाँले आफ्‍नो पवित्रस्‍थान उच्‍च स्‍वर्गझैँ बनाउनुभयो, र पृथ्‍वीजस्‍तै, जो उहाँले सदाको लागि स्‍थापित गर्नुभएको छ।</verse>
				<verse number="70">	उहाँले आफ्‍ना दास दाऊदलाई चुन्‍नुभयो, र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो।</verse>
				<verse number="71">भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्‍तान, र आफ्‍नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्‍याउनुभयो।</verse>
				<verse number="72">दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्‍व गरे।</verse>
			</chapter>
			<chapter number="79">
				<verse number="1">आसापको भजन [1] हे परमेश्‍वर, जाति-जातिहरूले तपाईंको उत्तराधिकारलाई आक्रमण गरेका छन्‌। तपाईंको पवित्र मन्‍दिरलाई तिनीहरूले बिटुलो पारेका छन्‌। तिनीहरूले यरूशलेमलाई संहार पारिदिएका छन्‌।</verse>
				<verse number="2">तपाईंका दासहरूका शव तिनीहरूले आकाशका पक्षीहरूलाई आहारको निम्‍ति दिएका छन्‌, तपाईंका पवित्र जनहरूका मासु जङ्गली जनावरहरूलाई दिएका छन्‌।</verse>
				<verse number="3">तिनीहरूले उनीहरूको रगत पानीजस्‍तै यरूशलेमको चारैतिर बगाएका छन्‌, र उनीहरूलाई गाड्‌ने कोही छैनन्‌।</verse>
				<verse number="4">हाम्रा छिमेकीहरूका निम्‍ति हामी निन्‍दाका पात्र हौं। अनि हाम्रा वरिपरि बस्‍नेहरूका हामी उपहासका र गिल्‍लाका पात्र हौं।</verse>
				<verse number="5">कहिलेसम्‍म, हे परमेश्‍वर? के तपाईं हामीहरूसँग सधैँभरि क्रोधित भइरहनुहुन्‍छ? तपाईंको डाह आगोझैँ कतिसम्‍म दन्‍की नै रहनेछ?</verse>
				<verse number="6">ती जातिहरू जसले तपाईंलाई स्‍वीकार गर्दैनन्‌, ती राज्‍यहरू जसले तपाईंलाई पुकार्दैनन्‌, तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌।</verse>
				<verse number="7">किनभने तिनीहरूले याकूबलाई निलेका छन्‌, अनि तिनको वासस्‍थान उजाड पारेका छन्‌।</verse>
				<verse number="8">हाम्रा पुर्खाहरूका पापको लेखा हामीहरूसँग नलिनुहोस्‌, तपाईंको कृपा हामीलाई चाँड़ै उपलब्‍ध होस्‌, किनकि हामी साह्रै खाँचोमा छौं।</verse>
				<verse number="9">हामीलाई उद्धार गर्ने हे परमेश्‍वर, तपाईंका नाउँको महिमाको निम्‍ति हामीलाई सहायता दिनुहोस्‌। आफ्‍ना नाउँको खातिर हामीलाई छुटाउनुहोस्‌, र हाम्रा पाप क्षमा गर्नुहोस्‌।</verse>
				<verse number="10">“तिनीहरूका परमेश्‍वर कहाँ छन्‌?” भनी जातिहरूले किन भनून्‌? हाम्रै आँखाको अगि तपाईंका दासहरूको बगाएका रगतको बदला तपाईं लिनुहुन्‍छ भन्‍ने जाति-जातिहरूलाई थाहा होस्‌।</verse>
				<verse number="11">कैदीहरूको करुण-क्रन्‍दन तपाईंको सामु पुगोस्‌, तपाईंको बाहुलीको शक्तिद्वारा मृत्‍युदण्‍ड परेकाहरूको रक्षा गर्नुहोस्‌।</verse>
				<verse number="12">हे परमप्रभु, जुन गिल्‍लाले तिनीहरूले तपाईंलाई अपमान गरेका छन्‌, त्‍यसका सात गुणा साटो हाम्रा छिमेकीहरूलाई फर्काइदिनुहोस्‌।</verse>
				<verse number="13">तब हामी, जो तपाईंको प्रजा र तपाईंको खर्कका भेड़ाहरू हौं, तपाईंको सदासर्वदा प्रशंसा गर्नेछौं, हामी पुस्‍तौँ-पुस्‍तौँसम्‍म तपाईंका प्रशंसाको वर्णन गर्नेछौं।</verse>
			</chapter>
			<chapter number="80">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति “करारका लिली फूल” को रागअनुसार आसापको भजन [1] हे इस्राएलका गोठाला, कान थाप्‍नुहोस्‌, तपाईं, जसले योसेफलाई भेड़ाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्‍छ। तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, प्रकाशमान्‌ हुनुहोस्‌।</verse>
				<verse number="2">एफ्राइम, बेन्‍यामीन र मनश्‍शेको सामुन्‍ने आफ्‍नो सामर्थ्‍य जगाउनुहोस्‌, र हामीलाई बचाउन आउनुहोस्‌।</verse>
				<verse number="3">हे परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।</verse>
				<verse number="4">हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर, आफ्‍नो प्रजाका प्रार्थनाको विरुद्ध तपाईंको क्रोध कहिलेसम्‍म दन्‍किरहन्‍छ?</verse>
				<verse number="5">तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ, र पिउनलाई आँसु प्रशस्‍त मात्रामा दिनुभएको छ।</verse>
				<verse number="6">तपाईंले हामीलाई छिमेकीहरूका लागि झगड़ाको स्रोत तुल्‍याउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्‍ला गर्छन्‌।</verse>
				<verse number="7">सर्वशक्तिमान्‌ परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।</verse>
				<verse number="8">तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्‍याउनुभयो, तपाईंले अरू जातिहरूलाई धपाएर त्‍यो बोट रोप्‍नुभयो।</verse>
				<verse number="9">तपाईंले त्‍यसको निम्‍ति भूमि तयार पार्नुभयो, र त्‍यसको जरो गड़्यो र त्‍यो देशभरि फैलियो।</verse>
				<verse number="10">पहाड़हरू त्‍यसको छायाले ढाकिए, र त्‍यसका हाँगाबिँगाले शक्तिशाली देवदारुका रूखहरू छोपिए।</verse>
				<verse number="11">त्‍यसका हाँगाहरू समुद्रसम्‍म गए, अनि त्‍यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्‍मै फैलिए।</verse>
				<verse number="12">त्‍यसका पर्खालहरू तपाईंले किन भत्‍काइदिनुभएको छ, र त्‍यहाँबाट जाने सबैले त्‍यसको फल टिपून्‌?</verse>
				<verse number="13">जङ्गलको बनेलले त्‍यसलाई नष्‍ट पार्छ, र जङ्गली जनावरहरू त्‍यसमा चर्छन्‌।</verse>
				<verse number="14">सर्वशक्तिमान्‌ परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्‌। स्‍वर्गबाट तल दृष्‍टि गर्नुहोस्‌, यस दाखका बोटको हेरचाह गर्नुहोस्‌—</verse>
				<verse number="15">तपाईंको आफ्‍नो दाहिने बाहुलीले रोप्‍नुभएको त्‍यस बिरुवाको त्‍यस छोराको, जसलाई तपाईंले आफ्‍नो लागि हुर्काउनुभएको छ।</verse>
				<verse number="16">तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढ़ाइएको छ। तपाईंको हप्‍कीमा तपाईंका जनहरू नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="17">तपाईंको दाहिने पट्टिको मानिसमाथि तपाईंको हात रहोस्‌, त्‍यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्‍नो निम्‍ति खड़ा गर्नुभएको छ।</verse>
				<verse number="18">तब हामी तपाईंबाट कहिल्‍यै पिठिउँ फर्काउनेछैनौं, हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्‌, र हामी तपाईंका नाउँको पुकारा गर्नेछौं।</verse>
				<verse number="19">हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।</verse>
			</chapter>
			<chapter number="81">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार आसापको भजन [1] परमेश्‍वरको निम्‍ति आनन्‍दले गाओ, उहाँ हाम्रो शक्ति हुनुहुन्‍छ, उच्‍च सोरले याकूबका परमेश्‍वरको जयजयकार गर।</verse>
				<verse number="2">भजन गाओ, र खैँजड़ी बजाओ, सारङ्गीको साथ मीठो बज्‍ने वीणा पनि बजाओ।</verse>
				<verse number="3">	औंसीको दिन र पूर्णिमा अनि हाम्रो ठूलो चाड़को दिनमा तुरही बजाओ।</verse>
				<verse number="4">इस्राएलको निम्‍ति यो एउटा विधि हो, याकूबका परमेश्‍वरको यो एउटा आदेश हो।</verse>
				<verse number="5">जब उहाँ मिश्रदेशको विरुद्ध उठ्‌नुभयो, जहाँ हामीले नबुझ्‍ने भाषा सुन्‍यौं, उहाँले योसेफको निम्‍ति यो एउटा कानूनझैँ जारी गर्नुभयो।</verse>
				<verse number="6">उहाँ भन्‍नुहुन्‍छ, “मैले तिनीहरूका काँधबाट भारी उतारिदिएँ,” डालोको बोझबाट तिनीहरूका हात मुक्त भए।</verse>
				<verse number="7">	दु:खमा पर्दा तिमीहरूले पुकार्‍यौ, र मैले तिमीहरूलाई छुटाएँ, बज्र पार्ने मेघबाट मैले तिमीहरूलाई उत्तर दिएँ, मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरें। सेला</verse>
				<verse number="8">“हे मेरा प्रजा, सुन र म तिमीहरूलाई चेताउनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेका भए त।</verse>
				<verse number="9">	तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन, तिमीहरू कुनै पराई देवताको अगि झुक्‍नुहुँदैन।</verse>
				<verse number="10">म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। तिमीहरूको मुख पूरा खोल, र म त्‍यो भरिदिनेछु।</verse>
				<verse number="11">तर मेरो प्रजाले मैले भनेको सुनेन। इस्राएलले मेरो अधीनमा रहन मानेन।</verse>
				<verse number="12">यसकारण तिनीहरू आफ्‍नै युक्तिमा हिँडून्‌ भनेर मैले तिनीहरूलाई तिनीहरूकै मनको जिद्दीमा छोडिदिएँ।</verse>
				<verse number="13">“मेरा प्रजाले मेरो सोर सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँड़ेको भए त,</verse>
				<verse number="14">म चाँड़ै तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका शत्रुहरूका विरुद्धमा म आफ्‍नो हात उठाउनेथिएँ!</verse>
				<verse number="15">परमप्रभुलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्‍चिँदै लत्रक्‍क पर्नेथिए, तर उनीहरूको दण्‍ड सदाकाल रहनेथियो।</verse>
				<verse number="16">तर म तिमीहरूलाई सबैभन्‍दा सर्वोत्तम गहूँ खुवाउनेथिएँ, र चट्टानको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”</verse>
			</chapter>
			<chapter number="82">
				<verse number="1">आसापको भजन [1] परमेश्‍वर ठूलो समुदायमा विराजमान हुनुहुन्‍छ, “देवहरूका” बीचमा उहाँले न्‍याय गर्नुहुन्‍छ।</verse>
				<verse number="2">तिमीहरू कहिलेसम्‍म अन्‍यायीहरूको पक्ष लिइबस्‍छौ, र दुष्‍टहरूको ओड़ थाप्‍छौ? सेला</verse>
				<verse number="3">दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर।</verse>
				<verse number="4">दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।</verse>
				<verse number="5">“तिनीहरूको न ज्ञान छ, न समझ, तिनीहरू अन्‍धकारमा यताउता डुल्‍छन्‌। पृथ्‍वीका सारा जग नै हल्‍लिएका छन्‌।</verse>
				<verse number="6">	“मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्‍चका छोराहरू हौ।’</verse>
				<verse number="7">तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”</verse>
				<verse number="8">हे परमेश्‍वर, उठ्‌नुहोस्‌, पृथ्‍वीको न्‍याय गर्नुहोस्‌, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्‌।</verse>
			</chapter>
			<chapter number="83">
				<verse number="1">आसापको भजन [1] हे परमेश्‍वर! तपाईं मौन नरहनुहोस्‌, चूप नबस्‍नुहोस्‌, निष्‍क्रिय नहुनुहोस्‌, हे परमेश्‍वर!</verse>
				<verse number="2">हेर्नुहोस्‌, तपाईंका शत्रुहरूमा निकै हलचल छ, तपाईंका शत्रुहरूले आफ्‍ना शिर कति ठाडा पारेका छन्‌।</verse>
				<verse number="3">तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र तिनीहरू तपाईंले कदर गरेकाहरूका विरुद्धमा मतो गर्छन्‌।</verse>
				<verse number="4">तिनीहरू भन्‍छन्‌, “आओ, हामी उनीहरूको जातिलाई नाश गरौं, ताकि इस्राएल भन्‍ने नाउँको सम्‍झना नै नरहोस्‌।”</verse>
				<verse number="5">तिनीहरू एक मत भएर षड्‌यन्‍त्र रच्‍छन्‌, तपाईंको विरुद्धमा तिनीहरू परस्‍पर सन्‍धि गर्छन्‌—</verse>
				<verse number="6">एदोम र इश्‍माएलका निवासीहरू, मोआबीहरू र हग्री,</verse>
				<verse number="7">गबाली, अम्‍मोनी, अमालेकी, पलिश्‍ती र टुरोसका निवासीहरू।</verse>
				<verse number="8">	र लोतका सन्‍तानहरूलाई सहायता दिनलाई अश्‍शूर पनि तिनीहरूसँग मिलेको छ। सेला</verse>
				<verse number="9">	मिद्यानीहरूलाई गर्नुभएझैँ व्‍यवहार तिनीहरूसँग गर्नुहोस्‌, सीसरा र याबीनलाई कीशोन खोलामा गर्नुभएझैँ,</verse>
				<verse number="10">जो एन्‍दोरमा नष्‍ट भए, र जमिनका फोहोरसरि भए।</verse>
				<verse number="11">	तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैँ तुल्‍याउनुहोस्‌। तिनीहरूका सबै राजकुमारहरूलाई जेबह र सल्‍मुन्‍नाजस्‍तै बनाउनुहोस्‌,</verse>
				<verse number="12">जसले भने, “परमेश्‍वरका खर्कमा हामी आफ्‍नो अधिकार जमाऔं।”</verse>
				<verse number="13">हे मेरा परमेश्‍वर, तिनीहरूलाई यताउति पल्‍टाइने झार र बतासले उड़ाएको भुसझैँ तुल्‍याउनुहोस्‌।</verse>
				<verse number="14">जसरी आगोले जङ्गल भस्‍म पार्छ, र ज्‍वालाले पहाड जलाइदिन्‍छ,</verse>
				<verse number="15">त्‍यसरी आफ्‍नो प्रचण्‍ड आँधीले तिनीहरूलाई खेद्‌नुहोस्‌, र तपाईंको आँधीबेहरीले तिनीहरू भयभीत पार्नुहोस्‌।</verse>
				<verse number="16">तिनीहरूका अनुहार लाजले छोपिदिनुहोस्‌, र हे परमप्रभु, मानिसहरूले तपाईंका नाउँको खोजी गरून्‌।</verse>
				<verse number="17">तिनीहरू सधैँ शर्ममा परून्‌, र अतासले भरिऊन्‌। तिनीहरू अपमानमा नष्‍ट भइजाऊन्‌।</verse>
				<verse number="18">तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु हो, तपाईं मात्र सारा पृथ्‍वीमा सर्वोच्‍च हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="84">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार कोरहवंशीको भजन [1] हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंको वासस्‍थान कति मनोहर छ।</verse>
				<verse number="2">परमप्रभुका मन्‍दिरको निम्‍ति मेरो प्राण इच्‍छुक छ, र मूर्च्‍छै पनि पर्छ। मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकारा गर्दछ।</verse>
				<verse number="3">हे सर्वशक्तिमान्‌ परमप्रभु, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्‍ना बचेरोहरूलाई राख्‍छे।</verse>
				<verse number="4">	तपाईंको वासस्‍थानमा बस्‍ने धन्‍यका हुन्‌, तिनीहरू सदैव तपाईंको प्रशंसा गर्छन्‌। सेला</verse>
				<verse number="5">तिनीहरू धन्‍यका हुन्‌, जसको बल तपाईंमा छ, जसले आफ्‍ना हृदयमा सियोन जाने निधो गरेका छन्‌।</verse>
				<verse number="6">तिनीहरू बाकाको बेँसी भएर जाँदा, तिनीहरूले त्‍यसलाई जलस्रोत बनाउँछन्‌, शरद्‌ ऋतुको वर्षाले त्‍यहाँ तलाउहरू बन्‍दछन्‌।</verse>
				<verse number="7">तिनीहरूले बलमाथि बल प्राप्‍त गर्छन्‌, जबसम्‍म प्रत्‍येक सियोनमा परमेश्‍वरको सामुन्‍ने उपस्‍थित हुनेछैन।</verse>
				<verse number="8">	हे परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्‌। हे याकूबका परमेश्‍वर, मेरो कुरा सुन्‍नुहोस्‌। सेला</verse>
				<verse number="9">हे परमेश्‍वर, हाम्रो ढाल हेर्नुहोस्‌, र आफ्‍ना अभिषिक्तमाथि निगाह राख्‍नुहोस्‌।</verse>
				<verse number="10">तपाईंको मन्‍दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्‍दा उत्तम छ। दुष्‍टहरूका पालमा बस्‍नुभन्‍दा बरु मेरा परमेश्‍वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।</verse>
				<verse number="11">किनकि परमप्रभु परमेश्‍वर सूर्य र ढाल हुनुहुन्‍छ, परमप्रभुले निगाह र इज्‍जत प्रदान गर्नुहुन्‍छ। सत्‍य मार्गमा हिँड्‌नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्‍चित राख्‍नुहुन्‍न।</verse>
				<verse number="12">हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंमा भरोसा राख्‍ने मानिस धन्‍यको हो।</verse>
			</chapter>
			<chapter number="85">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] आफ्‍नो देशमाथि तपाईंले कृपा देखाउनुभयो, हे परमप्रभु, तपाईंले याकूबको सुख-शान्‍ति फर्काइदिनुभयो।</verse>
				<verse number="2">	आफ्‍ना जनहरूको अधर्म तपाईंले क्षमा गर्नुभयो, तपाईंले तिनीहरूका सबै पाप ढाक्‍नुभयो। सेला</verse>
				<verse number="3">तपाईंले आफ्‍नो सबै रोष पन्‍छाउनुभयो, अनि आफ्‍नो दन्‍कँदो क्रोधबाट तपाईं फर्कनुभयो।</verse>
				<verse number="4">हे हाम्रा उद्धार गर्ने परमेश्‍वर, हामीलाई पुनर्स्‍थापित गर्नुहोस्‌, र हामीप्रतिका तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्‌।</verse>
				<verse number="5">के तपाईं हामीसित सधैँ क्रोधित रहनुहुन्‍छ? के तपाईं पुस्‍ता-पुस्‍तासम्‍म हामीसँग क्रोध गरी नै रहनुहुन्‍छ?</verse>
				<verse number="6">के तपाईंका प्रजा तपाईंमा रमाऊन्‌ भनेर हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न?</verse>
				<verse number="7">हे परमप्रभु, हामीलाई आफ्‍नो कहिल्‍यै नटुङ्गिने प्रेम देखाउनुहोस्‌, र हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्‌।</verse>
				<verse number="8">परमप्रभु परमेश्‍वरले के भन्‍नुहुन्‍छ, सो म सुन्‍नेछु। उहाँले आफ्‍नो प्रजासँग, आफ्‍ना पवित्र जनहरूसँग शान्‍तिको प्रतिज्ञा गर्नुहुन्‍छ, तर तिनीहरू फेरि मूर्खतातिर नलागून्‌।</verse>
				<verse number="9">निश्‍चय नै उहाँसँग भय मान्‍नेहरूका नजिकै उहाँको उद्धार छ, र उहाँको महिमा हाम्रो देशमा वास गरोस्‌।</verse>
				<verse number="10">प्रेम र विश्‍वस्‍तता आपसमा मिल्‍छन्‌, धार्मिकता र शान्‍तिले एक-अर्कोलाई चुम्‍बन गर्छन्‌।</verse>
				<verse number="11">धरतीबाट विश्‍वस्‍तताको अङ्‌कुर निस्‍कन्‍छ, र धार्मिकताले चाहिँ स्‍वर्गबाट तल हेर्दछ।</verse>
				<verse number="12">जे असल छ, परमप्रभुले त्‍यही दिनुहुनेछ, र हाम्रो जमिनले फसल उमार्नेछ।</verse>
				<verse number="13">धार्मिकताचाहिँ उहाँको अगिअगि जान्‍छ, र उहाँको निम्‍ति एउटा मार्ग तयार गर्छ।</verse>
			</chapter>
			<chapter number="86">
				<verse number="1">दाऊदको प्रार्थना [1] हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌ र उत्तर दिनुहोस्‌, किनभने म दरिद्र र अभावग्रस्‍त छु।</verse>
				<verse number="2">मेरो रक्षा गरिदिनुहोस्‌, किनकि म तपाईंको भक्त हुँ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, तपाईंको सेवकलाई बचाउनुहोस्‌, जसले तपाईंमाथि भरोसा गर्दछ।</verse>
				<verse number="3">हे परमप्रभु, ममाथि दया गर्नुहोस्‌, किनकि म दिनभरि तपाईंको पुकारा गरिरहन्‍छु।</verse>
				<verse number="4">आफ्‍नो दासलाई हर्षित पार्नुहोस्‌, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंतिर उचाल्‍दछु।</verse>
				<verse number="5">हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्‍छ, र तपाईंलाई पुकारा गर्नेहरू सबैलाई तपाईंको प्रेम प्रशस्‍त रहन्‍छ।</verse>
				<verse number="6">हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्‌, र दयाको निम्‍ति मेरो विनयको आवाजलाई सुन्‍नुहोस्‌।</verse>
				<verse number="7">मेरो सङ्कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्छु, किनकि तपाईंले उत्तर दिनुहुन्‍छ।</verse>
				<verse number="8">हे परमप्रभु, देवहरूमा तपाईं समान अरू कोही छैनन्‌, तपाईंका कार्यहरूजस्‍ता अरू कसैको छैनन्‌।</verse>
				<verse number="9">	हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जातिहरू तपाईंको अगि झुक्‍नेछन्‌, र तिनीहरूले तपाईंका नाउँको आराधना गर्नेछन्‌।</verse>
				<verse number="10">किनकि तपाईं महान्‌ हुनुहुन्‍छ र आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। तपाईं एकमात्र परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="11">हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्‌, र म तपाईंको सत्‍यतामा हिँड्‌नेछु। मलाई एकाग्र हृदय दिनुहोस्‌, र म तपाईंका नाउँको भय मानूँ।</verse>
				<verse number="12">हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सम्‍पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु।</verse>
				<verse number="13">किनकि मप्रति तपाईंको प्रेम महान्‌ छ, तपाईंले मेरो प्राणलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।</verse>
				<verse number="14">हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेछन्‌, र निष्‍ठुर मानिसहरूको दल मेरो ज्‍यानको पछि लागेको छ, ती मानिसहरू जसले तपाईंलाई सम्‍झना गर्दैनन्‌।</verse>
				<verse number="15">तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्‍वर हुनुहुन्‍छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ।</verse>
				<verse number="16">मतिर फर्कनुहोस्‌, र ममाथि दया गर्नुहोस्‌, आफ्‍नो दासलाई तपाईंको शक्ति दिनुहोस्‌, र आफ्‍नी दासीको छोरालाई बचाउनुहोस्‌।</verse>
				<verse number="17">तपाईंका उदारताको एउटा चिन्‍ह मलाई दिनुहोस्‌, र मलाई घृणा गर्नेहरू त्‍यो देखेर शर्ममा परून्‌, किनकि हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्‍त्‍वना दिनुभएको छ।</verse>
			</chapter>
			<chapter number="87">
				<verse number="1">कोरहवंशीको भजन [1] परमेश्‍वरले आफ्‍नो जग पवित्र पर्वतमा स्‍थापना गर्नुभएको छ।</verse>
				<verse number="2">याकूबका सबै वासस्‍थानहरूभन्‍दा परमप्रभु सियोनका ढोकाहरूलाई बढ़ी प्रेम गर्नुहुन्‍छ।</verse>
				<verse number="3">	हे परमेश्‍वरको सहर, तिम्रो विषयमा महिमामय कुराहरू भनिएका छन्‌: सेला</verse>
				<verse number="4">“मलाई स्‍वीकार गर्नेहरूमध्‍ये म राहाब र बेबिलोनलाई दर्ता गर्नेछु, पलिश्‍त, टुरोस र कूशलाई समेत, र भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्‍मेको थियो’।”</verse>
				<verse number="5">सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्‍यो त्‍यहीँ जन्‍मेका थिए, अनि सर्वोच्‍च प्रभुले नै त्‍यसलाई स्‍थापित गर्नुहुनेछ।”</verse>
				<verse number="6">	परमप्रभुले मानिसहरूका नाउँ दर्ता-बहीमा लेख्‍नुहुनेछ, “योचाहिँ सियोनमा जन्‍मेको थियो।” सेला</verse>
				<verse number="7">सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्‌, “मेरा सबै पानीका मूलहरू तँमा नै छन्‌।”</verse>
			</chapter>
			<chapter number="88">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति महलत-लिन्‍नोतअनुसार एज्री हेमानको मस्‍किल [1] हे परमप्रभु मेरा परमेश्‍वर, जसले मेरो उद्धार गर्नुहुन्‍छ। दिनरात तपाईंलाई म दुहाई गर्छु।</verse>
				<verse number="2">मेरो प्रार्थना तपाईंको सामुन्‍ने पुगोस्‌, मेरो क्रन्‍दनतिर कान फर्काउनुहोस्‌।</verse>
				<verse number="3">किनकि मेरो प्राण दु:खले भरिएको छ, अनि मेरो जीवन चिहानको छेवैमा पुगेको छ।</verse>
				<verse number="4">मृत-लोकमा जानेहरूसँगसँगै मेरो गन्‍ती भएको छ, ताकतै नभएको मानिसजस्‍तै म भएको छु।</verse>
				<verse number="5">म मुर्दाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्‍तै जो चिहानमा सुत्‍छन्‌, जसलाई तपाईं कहिल्‍यै सम्‍झनुहुन्‍न, जुनहरू तपाईंको हेरचाहबाट त्‍यागिएका छन्‌।</verse>
				<verse number="6">तपाईंले मलाई मृत-लोकको तल्‍लो भागमा, अति अन्‍धकारमय गहिराइमा राख्‍नुभएको छ।</verse>
				<verse number="7">तपाईंको क्रोधले मलाई दबाएर राखेको छ, र तपाईंले आफ्‍ना सबै छालहरूले मलाई व्‍याकुल तुल्‍याउनुभएको छ। सेला</verse>
				<verse number="8">मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ। तपाईंले मलाई तिनीहरूको लेखामा घृणित तुल्‍याउनुभएको छ। म थुनिएको छु, र म उम्‍कन सक्‍दिनँ।</verse>
				<verse number="9">शोकले मेरा आँखा धमिला हुन्‍छन्‌। हे परमप्रभु, म दिनहुँ तपाईंलाई पुकारा गर्दछु, म मेरा हात तपाईंतिर पसार्छु।</verse>
				<verse number="10">	के तपाईं मुर्दाहरूलाई आफ्‍ना आश्‍चर्यकर्म देखाउनुहुन्‍छ? के ती मरेकाहरू जीवित भएर तपाईंको स्‍तुति गर्छन्‌ र? सेला</verse>
				<verse number="11">के चिहानमा तपाईंको प्रेम, अथवा विनाशमा तपाईंका विश्‍वस्‍तताको घोषणा गरिन्‍छ?</verse>
				<verse number="12">के तपाईंका आश्‍चर्य कामहरू अन्‍धकारको स्‍थानमा, र तपाईंको धार्मिकताका कार्यहरू विस्‍मृतिको देशमा प्रकट गरिन्‍छन्‌ र?</verse>
				<verse number="13">तर हे परमप्रभु, म त तपाईंमा नै पुकारा गर्दछु, र बिहानै मेरो प्रार्थना तपाईंको सामुन्‍ने आउँछ।</verse>
				<verse number="14">हे परमप्रभु, तपाईं मलाई किन इन्‍कार गर्नुहुन्‍छ? आफ्‍नो मुहार मबाट किन लुकाउनुहुन्‍छ?</verse>
				<verse number="15">युवावस्‍थादेखि नै म दु:खमा परेको छु, र मर्न लागेको छु तपाईंका त्रासबाट म पीडित छु, र म निराश भएको छु।</verse>
				<verse number="16">तपाईंको क्रोध ममाथि खनिएको छ, तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्‌।</verse>
				<verse number="17">तिनीहरूले बाढ़ले झैँ सारा दिन मलाई घेरिराखेका छन्‌, चारैपट्टिबाट तिनीहरूले मलाई छोपिसके।</verse>
				<verse number="18">तपाईंले मेरा साथीहरू र मेरा प्रेमीहरूलाई मबाट लैजानुभयो। अन्‍धकार मेरो घनिष्‍ठ मित्र भएको छ।</verse>
			</chapter>
			<chapter number="89">
				<verse number="1">एज्री एतानको मस्‍किल [1] म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।</verse>
				<verse number="2">तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।</verse>
				<verse number="3">तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:</verse>
				<verse number="4">	‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु, र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।” सेला</verse>
				<verse number="5">हे परमप्रभु, पवित्र जनहरूको सभामा स्‍वर्गले तपाईंका आश्‍चर्यकर्मको र तपाईंका विश्‍वस्‍तताको समेत प्रशंसा गर्दछ।</verse>
				<verse number="6">किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ।</verse>
				<verse number="7">पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ।</verse>
				<verse number="8">हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, तपाईंजस्‍तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्‍छ, हे परमप्रभु, र तपाईंको विश्‍वस्‍तता तपाईंको चारैतिर छ।</verse>
				<verse number="9">उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।</verse>
				<verse number="10">तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो, तपाईंले आफ्‍ना शत्रुहरूलाई आफ्‍नो बाहुबलले तितरबितर पार्नुभयो।</verse>
				<verse number="11">स्‍वर्ग तपाईंको हो, र पृथ्‍वी पनि तपाईंकै हो, संसार र त्‍यसको सारा पूर्णता तपाईंले नै बसाल्‍नुभएको हो।</verse>
				<verse number="12">उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।</verse>
				<verse number="13">तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ।</verse>
				<verse number="14">धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌।</verse>
				<verse number="15">ती मानिसहरू धन्‍य हुन्‌, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्‌, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्‍थितिमा हिँड्‌छन्‌।</verse>
				<verse number="16">तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्‌, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्‍दले मग्‍न हुन्‍छन्‌।</verse>
				<verse number="17">किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्‍छ, र तपाईंकै निगाहले हाम्रो सीङ ठाडो पारिदिनुभएको छ।</verse>
				<verse number="18">साँच्‍चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्‌।</verse>
				<verse number="19">एक पल्‍ट तपाईंले आफ्‍ना पवित्र जनहरूसित दर्शनमा बोल्‍नुभयो, र भन्‍नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्‍च पारेको छु।</verse>
				<verse number="20">	मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्‍यसलाई अभिषेक गरेको छु।</verse>
				<verse number="21">मेरो हातले त्‍यसलाई थाम्‍नेछ, मेरो पाखुराले त्‍यसलाई अवश्‍य बलियो बनाउनेछ।</verse>
				<verse number="22">कुनै शत्रुले त्‍यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्‍ट मानिसले त्‍यसलाई दु:ख दिनेछ।</verse>
				<verse number="23">त्‍यसका विरोधीहरूलाई त्‍यसकै सामनेमा म चूर्ण पार्नेछु, त्‍यसका विरोधीहरूलाई प्रहार गर्नेछु।</verse>
				<verse number="24">मेरो विश्‍वस्‍त प्रेम त्‍यससँग हुनेछ, र मेरो नाउँद्वारा त्‍यसको सीङ ठाडो हुनेछ।</verse>
				<verse number="25">म त्‍यसको शासन समुद्रसम्‍म बढ़ाउनेछु, र त्‍यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्‍याउनेछु।</verse>
				<verse number="26">त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’</verse>
				<verse number="27">	म त्‍यसलाई मेरो जेठो पनि तुल्‍याउनेछु, पृथ्‍वीका राजाहरूमा सबैभन्‍दा उच्‍च।</verse>
				<verse number="28">म मेरो करुणा त्‍यसको निम्‍ति सदासर्वदा राख्‍नेछु, र त्‍यससँगको मेरो करार कहिल्‍यै विफल हुनेछैन।</verse>
				<verse number="29">त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।</verse>
				<verse number="30">“यदि त्‍यसका सन्‍तानले मेरो व्‍यवस्‍था त्‍यागे भने, र मेरा कानूनहरूमा चलेनन्‌ भने,</verse>
				<verse number="31">यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन्‌ भने,</verse>
				<verse number="32">म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।</verse>
				<verse number="33">तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्‍वस्‍तताको कहिल्‍यै धोकाबाजी गर्नेछु।</verse>
				<verse number="34">म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्‍केको वचन बद्‌लनेछैनँ।</verse>
				<verse number="35">मैले सदाकालको निम्‍ति आफ्‍नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्‌नेछैनँ—</verse>
				<verse number="36">कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।</verse>
				<verse number="37">	आकाशमा रहेको विश्‍वसनीय साक्षी चन्‍द्रमाझैँ, सदाकालको लागि त्‍यो स्‍थापित रहनेछ।” सेला</verse>
				<verse number="38">तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।</verse>
				<verse number="39">तपाईंले आफ्‍नो दाससँगको करार तोड्‌नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्‍याउनुभएको छ।</verse>
				<verse number="40">तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ।</verse>
				<verse number="41">त्‍यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्‌, तिनी आफ्‍ना छिमेकीहरूका निम्‍ति हेलाको पात्र भएका छन्‌।</verse>
				<verse number="42">तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्‍च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्‍लसित तुल्‍याउनुभएको छ।</verse>
				<verse number="43">तपाईंले उनका तरवारको धार बोधो तुल्‍याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।</verse>
				<verse number="44">तपाईंले तिनको गौरव समाप्‍त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।</verse>
				<verse number="45">	उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्‌नेले ढाकिदिनुभएको छ। सेला</verse>
				<verse number="46">कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ?</verse>
				<verse number="47">स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ!</verse>
				<verse number="48">यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ? सेला</verse>
				<verse number="49">हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो</verse>
				<verse number="50">स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु,</verse>
				<verse number="51">हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्‍कार गरेका छन्‌, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्‌।</verse>
				<verse number="52">परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।</verse>
			</chapter>
			<chapter number="90">
				<verse number="1">प्रभुभक्त मोशाको प्रार्थना [1] हे परमप्रभु, पुस्‍तादेखि पुस्‍तासम्‍म तपाईं हाम्रो वासस्‍थान हुनुभएको छ।</verse>
				<verse number="2">पहाड़हरू उत्‍पन्‍न हुनुभन्‍दा अघि, अथवा तपाईंले पृथ्‍वी र संसार सृजनुभन्‍दा अघि, अनादिदेखि अनन्‍तसम्‍म तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="3">तपाईं मानिसलाई धूलोमा फर्काउनुहुन्‍छ, र भन्‍नुहुन्‍छ, “ए मानिसका सन्‍तान हो, धूलोमा फर्किजाओ।”</verse>
				<verse number="4">	किनकि तपाईंको दृष्‍टिमा एक हजार वर्ष हिजो बिताएको एक दिनजस्‍ता मात्र छन्‌, अथवा रातको एक पहरजस्‍तै।</verse>
				<verse number="5">तपाईंले मानिसहरूलाई मृत्‍युको निद्रामा बगाइलानुहुन्‍छ। तिनीहरू बिहान पलाउने घाँसजस्‍तै छन्‌।</verse>
				<verse number="6">यद्यपि त्‍यो बिहान मौलाउँछ, बेलुकी त्‍यो सुक्‍छ र ओइलिन्‍छ।</verse>
				<verse number="7">हामी तपाईंको क्रोधमा भस्‍म भएका छौं, र तपाईंको आक्रोशमा हामी आतङ्कित हुन्‍छौं।</verse>
				<verse number="8">तपाईंले हाम्रा अधर्म आफ्‍नै सामुन्‍ने राख्‍नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्‍थितिको प्रकाशमा छन्‌।</verse>
				<verse number="9">हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्‍दछन्‌, सुस्‍केरामा हामी आफ्‍ना वर्षहरू बिताउँदछौं।</verse>
				<verse number="10">हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्‍यायो भने, असी पुग्‍ला। तापनि तिनीहरूको अवधि कष्‍ट र शोकमा बित्‍छ, किनकि आयुचाहिँ चाँड़ै बित्‍छ, र हामी उड़िजान्‍छौं।</verse>
				<verse number="11">तपाईंका क्रोधको शक्ति कसले जान्‍दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।</verse>
				<verse number="12">हाम्रो आयु ठीकसँग गन्‍न हामीलाई सिकाउनुहोस्‌, र हामी बुद्धिको हृदय प्राप्‍त गर्न सकौं।</verse>
				<verse number="13">हे परमप्रभु, नम्र हुनुहोस्‌, अझै कति बेर लाग्‍ने हो? आफ्‍ना दासहरूमाथि दया गर्नुहोस्‌।</verse>
				<verse number="14">बिहान आफ्‍नो नटल्‍ने करुणाले हामीलाई तृप्‍त पार्नुहोस्‌, र हामी आफ्‍ना जीवनभरि रमाएर गाउन सकौं।</verse>
				<verse number="15">जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दु:ख भोग्‍यौं, त्‍यत्ति दिन हामीलाई आनन्‍दित तुल्‍याउनुहोस्‌।</verse>
				<verse number="16">तपाईंका कार्य तपाईंका सेवकहरूलाई प्रदर्शन गरिऊन्‌, र तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्‌।</verse>
				<verse number="17">हाम्रा परमप्रभु परमेश्‍वरको निगाह हामीमाथि रहोस्‌, र हाम्रा हातका कामहरू हाम्रा निम्‍ति दृढ़ पारिऊन्‌। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्‌।</verse>
			</chapter>
			<chapter number="91">
				<verse number="1">जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।</verse>
				<verse number="2">परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”</verse>
				<verse number="3">निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।</verse>
				<verse number="4">उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।</verse>
				<verse number="5">तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,</verse>
				<verse number="6">न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।</verse>
				<verse number="7">एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।</verse>
				<verse number="8">तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।</verse>
				<verse number="9">यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—</verse>
				<verse number="10">तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।</verse>
				<verse number="11">	किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।</verse>
				<verse number="12">	तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।</verse>
				<verse number="13">	तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।</verse>
				<verse number="14">परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।</verse>
				<verse number="15">त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।</verse>
				<verse number="16">लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”</verse>
			</chapter>
			<chapter number="92">
				<verse number="1">शबाथको निम्‍ति एक भजन [1] परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्‍च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो।</verse>
				<verse number="2">बिहान तपाईंका करुणाको, र राती तपाईंको विश्‍वसनीयताको घोषणा गर्नु,</verse>
				<verse number="3">तथा दश तारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्‍तुति गर्नु असल कुरा हो।</verse>
				<verse number="4">किनकि हे परमप्रभु, तपाईंले आफ्‍ना कामद्वारा मलाई आनन्‍दित तुल्‍याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।</verse>
				<verse number="5">हे परमप्रभु, तपाईंका कार्यहरू कति महान्‌ छन्‌, तपाईंका विचारहरू कति गम्‍भीर छन्‌!</verse>
				<verse number="6">विवेकहीन मानिसले यो जान्‍न सक्‍दैन, र मूर्खले यो बुझ्‍न सक्‍दैन:</verse>
				<verse number="7">यद्यपि दुष्‍टहरू घाँसजस्‍तै मौलाउँछन्‌, र सबै दुष्‍टहरूको फलिफाप हुन्‍छ, तर तिनीहरू सधैँको निम्‍ति नष्‍ट पारिनेछन्‌।</verse>
				<verse number="8">तर तपाईं हे परमप्रभु, सदाको निम्‍ति उच्‍चमा विराजमान हुनुहुन्‍छ।</verse>
				<verse number="9">किनकि हे परमप्रभु, तपाईंका शत्रुहरू अवश्‍य नष्‍ट हुनेछन्‌, तपाईंका शत्रुहरू निश्‍चयनै नष्‍ट हुनेछन्‌, सबै दुष्‍टाचारीहरू तितरबितर हुनेछन्‌।</verse>
				<verse number="10">तपाईंले मलाई जङ्गली साँढ़ेको जत्तिकै शक्ति दिनुभएको छ, उत्तम तेलले मेरो अभिषेक भएको छ।</verse>
				<verse number="11">मेरा आँखाले मेरा शत्रुहरूको हार भएको देखेका छन्‌, मेरा कानले मेरा दुष्‍ट शत्रुहरू लखेटिएका कुरा सुनेका छन्‌।</verse>
				<verse number="12">धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्‍छ, तिनीहरू लेबनानको देवदारुजस्‍तै बढ्‌छन्‌,</verse>
				<verse number="13">तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।</verse>
				<verse number="14">बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्‍छन्‌, र तिनीहरू ताजा र हरिया रहन्‍छन्‌,</verse>
				<verse number="15">र घोषणा गर्छन्‌, परमप्रभु भला हुनुहुन्‍छ। उहाँ मेरो चट्टान हुनुहुन्‍छ, र उहाँमा केही दुष्‍टता छैन।</verse>
			</chapter>
			<chapter number="93">
				<verse number="1">परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, उहाँ महिमाले विभूषित हुनुहुन्‍छ, अनि शक्तिले सुसज्‍जित हुनुहुन्‍छ। पृथ्‍वीको जग सुदृढ़ छ, त्‍यो कहिल्‍यै डग्‍नेछैन।</verse>
				<verse number="2">तपाईंको सिंहासन अनादिकालदेखि स्‍थापना भएको छ। तपाईं अनन्‍तदेखि हुनुहुन्‍छ।</verse>
				<verse number="3">हे परमप्रभु, समुद्रहरू उर्लिआएका छन्‌, समुद्रका छालहरूको गर्जन उच्‍च भएको छ, तिनका भयानक लहरहरू उर्लिआएका छन्‌।</verse>
				<verse number="4">महासमुद्रको गर्जनभन्‍दा, समुद्रका शक्तिशाली तरङ्गहरूभन्‍दा पनि, उच्‍चमा विराजमान हुनुहुने परमप्रभु शक्तिशाली हुनुहुन्‍छ।</verse>
				<verse number="5">तपाईंका कानूनहरू दृढ़ छन्‌, हे परमप्रभु, अनन्‍तकालको निम्‍ति तपाईंको भवन पवित्रताले सुसज्‍जित छ।</verse>
			</chapter>
			<chapter number="94">
				<verse number="1">हे परमप्रभु, प्रतिशोध लिनुहुने परमेश्‍वर, बदला लिनुहुने हे परमेश्‍वर, आफ्‍नो ज्‍योति प्रदर्शित गर्नुहोस्‌।</verse>
				<verse number="2">हे पृथ्‍वीका न्‍यायाधीश, उठ्‌नुहोस्‌, अहङ्कारीहरूलाई तिनीहरूका कर्मको प्रतिफल दिनुहोस्‌।</verse>
				<verse number="3">हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्‍म रमाउने, कहिलेसम्‍म दुष्‍टहरू उल्‍लसित हुने?</verse>
				<verse number="4">तिनीहरू हठी कुरा गर्छन्‌, सबै कुकर्मीहरू अहङ्कारले भरिएका छन्‌।</verse>
				<verse number="5">हे परमप्रभु, तिनीहरूले तपाईंका प्रजालाई मिच्‍दछन्‌, र तपाईंको उत्तराधिकारका मानिसहरूलाई सताउँछन्‌।</verse>
				<verse number="6">तिनीहरूले विधवा र विदेशीहरूको हत्‍या गर्दछन्‌, र अनाथहरूलाई मार्दछन्‌।</verse>
				<verse number="7">तिनीहरू भन्‍छन्‌, “परमप्रभुले देख्‍नुहुन्‍न, याकूबका परमेश्‍वरले वास्‍ता गर्नुहुन्‍न।”</verse>
				<verse number="8">मानिसहरूका माझमा ए विवेकहीन हो, विचार गर, ए मूर्ख हो, तिमीहरू कहिले बुद्धिमान्‌ हुने?</verse>
				<verse number="9">जसले कान दिनुभयो, के उहाँ सुन्‍नुहुन्‍न र? जसले आँखा सृजनुभयो, उहाँले देख्‍नुहुन्‍न र?</verse>
				<verse number="10">जसले जाति-जातिलाई ताड़ना दिनुहुन्‍छ, के उहाँले दण्‍ड दिनुहुन्‍न र? मानिसलाई शिक्षा दिनुहुनेलाई बुद्धिको अभाव हुन्‍छ र?</verse>
				<verse number="11">	परमप्रभुले मानिसका विचारहरू जान्‍नुहुन्‍छ, तिनीहरू त निरर्थक हुन्‌ भनी उहाँ जान्‍नुहुन्‍छ।</verse>
				<verse number="12">हे परमप्रभु, त्‍यो मानिस धन्‍यको हो, जसलाई तपाईंले ताड़ना दिनुहुन्‍छ, र आफ्‍नो व्‍यवस्‍थाबाट सिकाउनुहुन्‍छ।</verse>
				<verse number="13">त्‍यसलाई दु:खको दिनमा तबसम्‍म चैन दिनुहुन्‍छ, जबसम्‍म दुष्‍टहरूका निम्‍ति खाड़ल खनिँदैन।</verse>
				<verse number="14">किनकि परमप्रभुले आफ्‍नो प्रजालाई फ्‍याँक्‍नुहुन्‍न, उहाँले आफ्‍नो निज उत्तराधिकारका मानिसहरूलाई त्‍याग्‍नुहुनेछैन।</verse>
				<verse number="15">इन्‍साफ फेरि धार्मिकताको आधारमा गरिनेछ, र सबै सोझो मन भएकाहरू त्‍यसको पछि लाग्‍नेछन्‌।</verse>
				<verse number="16">दुष्‍टहरूका विरुद्धमा मसँग को खड़ा हुनेछ? अधर्म गर्नेहरूका विरुद्धमा मेरो पक्षमा को उठ्‌नेछ?</verse>
				<verse number="17">परमप्रभु मेरा सहायक नहुनुहुँदो हो त, मेरो प्राण अघि नै मृत्‍युको शून्‍यतामा वास गरिसक्‍नेथियो।</verse>
				<verse number="18">“मेरो खुट्टा चिप्‍लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्‍यो, हे परमप्रभु।</verse>
				<verse number="19">जब मेरो मनमा ज्‍यादा फिक्री भयो, तपाईंको सान्‍त्‍वनाले मेरो प्राणलाई आनन्‍दित तुल्‍यायो।</verse>
				<verse number="20">के दुष्‍ट शासकहरू तपाईंसँग मिल्‍न सक्‍छन्‌, जसले आफ्‍ना ऐनद्वारा विपद्‌ ल्‍याउँछन्‌?</verse>
				<verse number="21">तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्‍धन गर्छन्‌, र निर्दोषलाई मृत्‍युदण्‍ड दिन्‍छन्‌।</verse>
				<verse number="22">तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्‍वर मेरो शरणस्‍थानको चट्टान हुनुभएको छ।</verse>
				<verse number="23">उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्‍याइदिनुहुनेछ, र तिनीहरूका दुष्‍टताको निम्‍ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="95">
				<verse number="1">आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं।</verse>
				<verse number="2">धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।</verse>
				<verse number="3">किनकि परमप्रभु महान्‌ परमेश्‍वर हुनुहुन्‍छ, सारा देवहरूमाथिका महाराजा।</verse>
				<verse number="4">उहाँको बाहुलीमा पृथ्‍वीका गहिरा-गहिरा स्‍थानहरू छन्‌, र पहाड़का शिखरहरू उहाँकै हुन्‌।</verse>
				<verse number="5">समुद्र उहाँको हो, उहाँले नै त्‍यसलाई बनाउनुभएको हो, र सुक्‍खा भूमि उहाँले नै रच्‍नुभएको हो।</verse>
				<verse number="6">आओ, दण्‍डवत्‌ गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍वरकै सामु घुँड़ा टेकौं,</verse>
				<verse number="7">	किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने,</verse>
				<verse number="8">	 तिमीहरूले मेरीबामा गरेजस्‍तै आफ्‍ना हृदय कठोर नपार, जस्‍तो तिमीहरूले त्‍यस दिन मरुभूमिमा भएको मस्‍साहमा गरेका थियौ,</verse>
				<verse number="9">जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे।</verse>
				<verse number="10">चालीस वर्षसम्‍म त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्‍यस्‍ता मानिस हुन्‌, जसका हृदय बरालिएर जान्‍छन्‌, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।”</verse>
				<verse number="11">	यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”</verse>
			</chapter>
			<chapter number="96">
				<verse number="1">परमेश्‍वरको निम्‍ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ।</verse>
				<verse number="2">	परमप्रभुको निम्‍ति भजन गाओ, उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।</verse>
				<verse number="3">जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सबै मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर।</verse>
				<verse number="4">किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवहरूकोभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ।</verse>
				<verse number="5">किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्‌, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो।</verse>
				<verse number="6">प्रताप र गौरव उहाँको सम्‍मुख छन्‌, उहाँको पवित्रस्‍थानमा शक्ति र महिमा छन्‌।</verse>
				<verse number="7">	जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।</verse>
				<verse number="8">परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको मन्‍दिरमा प्रवेश गर।</verse>
				<verse number="9">उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ।</verse>
				<verse number="10">जातिहरूका बीचमा भन, “परमप्रभु राज्‍य गर्नुहुन्‍छ।” संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। उहाँले मानिसहरूको न्‍याय निष्‍पक्षसाथ गर्नुहुनेछ।</verse>
				<verse number="11">स्‍वर्ग आनन्‍दित होस्‌, र पृथ्‍वी रमाओस्‌, समुद्र र त्‍यसमा भएका सबै थोकले हर्षनाद गरून्‌।</verse>
				<verse number="12">खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌। तब जङ्गलमा भएका वृक्षहरू आनन्‍दले गाउनेछन्‌,</verse>
				<verse number="13">तिनीहरू परमप्रभुको सम्‍मुख गाउनेछन्‌, किनकि उहाँ आउनुहुन्‍छ, उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले संसारको न्‍याय धार्मिकतामा, र मानिसहरूको न्‍याय आफ्‍नो सत्‍यतामा गर्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="97">
				<verse number="1">परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, पृथ्‍वी हर्षित होस्‌, टाढ़ाका किनार-किनारहरू पनि आनन्‍दित होऊन्‌।</verse>
				<verse number="2">उहाँको वरिपरि बादल र घोर अन्‍धकार छन्‌, धार्मिकता र न्‍याय उहाँको सिंहासनका जग हुन्‌।</verse>
				<verse number="3">उहाँको अगिअगि आगो जान्‍छ, र उहाँको चारैपट्टिका विरोधीहरूलाई भस्‍म पार्छ।</verse>
				<verse number="4">उहाँको बिजुलीले संसारलाई प्रकाशित पार्छ, पृथ्‍वीले देख्‍छ र थरथरी काम्‍छ।</verse>
				<verse number="5">परमप्रभुको सामुन्‍ने पर्वतहरू मैनझैँ पग्‍लन्‍छन्‌, सारा पृथ्‍वीका स्‍वामीको सामुन्‍ने।</verse>
				<verse number="6">स्‍वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, सबै मानिसहरूले उहाँका महिमाको दर्शन गर्छन्‌।</verse>
				<verse number="7">मूर्तिपूजा गर्नेहरू सबै लाजमा पारिनेछन्‌, मूर्तिहरूमा गर्व गर्नेहरू सबै शर्ममा पर्नेछन्‌। सबै देवगण हो, उहाँको आराधना गर।</verse>
				<verse number="8">तपाईंका न्‍यायको कारण हे परमप्रभु, सियोनले सुन्‍छ र आनन्‍दित हुन्‍छ, र यहूदाका गाउँहरू हर्षित हुन्‍छन्‌।</verse>
				<verse number="9">किनकि हे परमप्रभु, सारा पृथ्‍वीभन्‍दा तपाईं नै अति उच्‍च हुनुहुन्‍छ, तपाईं सबै देवहरूमाथि अत्‍यन्‍त उच्‍च हुनुहुन्‍छ।</verse>
				<verse number="10">परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गरून्‌। किनकि उहाँले आफ्‍ना भक्तजनहरूको प्राण रक्षा गर्नुहुन्‍छ, र दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुन्‍छ।</verse>
				<verse number="11">धर्मीहरूमाथि ज्‍योति प्रकाशमान हुन्‍छ, अनि हृदयमा सोझा भएकाहरूका निम्‍ति आनन्‍द।</verse>
				<verse number="12">हे धर्मी हो, परमप्रभुमा आनन्‍द मनाओ, र उहाँको पवित्र नाउँको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="98">
				<verse number="1">परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्‍मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्‍ति उद्धारको काम गरेका छन्‌।</verse>
				<verse number="2">परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्‍नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।</verse>
				<verse number="3">इस्राएलका घरानामाथि गर्नुभएको आफ्‍नो करुणा र आफ्‍नो विश्‍वसनीयता परमप्रभुले सम्‍झनुभएको छ। हाम्रा परमेश्‍वरको उद्धार पृथ्‍वीको हरेक कुनाले देखेको छ।</verse>
				<verse number="4">हे सारा पृथ्‍वी, आनन्‍दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।</verse>
				<verse number="5">परमप्रभुको निम्‍ति वीणाको लय निकाल, वीणा र मधुर सुरले,</verse>
				<verse number="6">तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्‍ने आनन्‍दको उद्‌घोषण गर।</verse>
				<verse number="7">समुद्र र त्‍यसमा भएका सबै प्राणीले गुञ्‍जायमान गरून्‌, र संसार र त्‍यहाँ वास गर्ने सबैले पनि।</verse>
				<verse number="8">नदीका तरङ्गहरूले ताली बजाऊन्‌, पहाड र पर्वत आनन्‍दले एकसाथ गाऊन्‌,</verse>
				<verse number="9">तिनीहरूले परमप्रभुको सम्‍मुख गाऊन्‌। किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले धार्मिकता र निष्‍पक्षतासाथ संसारका मानिसहरूको न्‍याय गर्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="99">
				<verse number="1">	परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, जाति-जातिहरू कम्‍पायमान होऊन्‌। उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, पृथ्‍वी हल्‍लिउठोस्‌।</verse>
				<verse number="2">परमप्रभु सियोनमा महान्‌ हुनुहुन्‍छ, र उहाँ सबै जातिहरूमाथि सर्वोच्‍च हुनुहुन्‍छ।</verse>
				<verse number="3">तिनीहरूले तपाईंको महान्‌ र भय मान्‍नुपर्ने नाउँको प्रशंसा गरून्‌— उहाँ पवित्र हुनुहुन्‍छ।</verse>
				<verse number="4">राजा सर्वशक्तिमान्‌ हुनुहुन्‍छ, उहाँ न्‍याय मन पराउनुहुन्‍छ— तपाईंले निष्‍पक्षता स्‍थापित गर्नुभएको छ, तपाईंले याकूबमा न्‍याय र धार्मिकता सम्‍पन्‍न गर्नुभएको छ।</verse>
				<verse number="5">परमप्रभु हाम्रा परमेश्‍वरको नाउँ उच्‍च पार, र उहाँको पाउदानमा आराधना गर, उहाँ पवित्र हुनुहुन्‍छ।</verse>
				<verse number="6">मोशा र हारून उहाँका पूजाहारीहरूमध्‍येका थिए, र परमप्रभुको पुकारा गर्नेहरूमध्‍येका शमूएल थिए। तिनीहरूले परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।</verse>
				<verse number="7">	उहाँले बादलको खामोबाट तिनीहरूसित बोल्‍नुभयो। उहाँले तिनीहरूलाई दिनुभएको कानून र विधिहरू तिनीहरूले पालन गरे।</verse>
				<verse number="8">हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो, तपाईं इस्राएलीहरूका निम्‍ति क्षमाशील परमेश्‍वर हुनुहुन्‍थ्‍यो, यद्यपि तपाईंले तिनीहरूका दुष्‍ट कामहरूको बदला पनि दिनुभयो।</verse>
				<verse number="9">परमप्रभु हाम्रा परमेश्‍वरको नाउँ उच्‍च पार, र उहाँको पवित्र पर्वतमा उपासना गर, किनकि परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="100">
				<verse number="1">हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।</verse>
				<verse number="2">आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।</verse>
				<verse number="3">परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।</verse>
				<verse number="4">उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।</verse>
				<verse number="5">	किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।</verse>
			</chapter>
			<chapter number="101">
				<verse number="1">दाऊदको भजन [1] म तपाईंको प्रेम र न्‍यायको गीत गाउनेछु, हे परमप्रभु, म तपाईंको प्रशंसा गाउनेछु।</verse>
				<verse number="2">म निर्दोष जीवन बिताउनलाई होशियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुने? म आफ्‍नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु।</verse>
				<verse number="3">मेरो आँखाको सामुन्‍ने कुनै नीच कुरा म राख्‍नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिनेछैनन्‌।</verse>
				<verse number="4">कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्‍बन्‍ध राख्‍नेछैनँ।</verse>
				<verse number="5">जसले आफ्‍नो छिमेकीको निन्‍दा गुप्‍तमा गर्दछ, त्‍यसलाई म नाश गर्नेछु, अभिमानी दृष्‍टि भएको र घमण्‍डी हृदय भएकालाई म सहनेछैनँ।</verse>
				<verse number="6">मेरो कृपादृष्‍टि देशका विश्‍वासयोग्‍य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्‌। त्‍यो जो निर्दोष मार्गमा हिँड्‌दछ, त्‍यसले मेरो सेवा गर्नेछ।</verse>
				<verse number="7">छलकपट गर्ने मानिस मेरो घरमा बस्‍न पाउनेछैन, झूट बोल्‍ने मानिस मेरो नजरको सामुन्‍ने रहन पाउनेछैन।</verse>
				<verse number="8">देशका सबै दुष्‍ट जनहरूलाई हरेक बिहान म नष्‍ट पार्नेछु, परमप्रभुको सहरबाट दुष्‍ट काम गर्नेहरू सबैलाई म नष्‍ट पार्नेछु।</verse>
			</chapter>
			<chapter number="102">
				<verse number="1">हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्‌।</verse>
				<verse number="2">मेरो सङ्कष्‍टको दिनमा आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌। तपाईंको कान मतिर फर्काउनुहोस्‌, मैले पुकारा गरेको दिन मलाई तुरुन्‍तै जवाफ दिनुहोस्‌।</verse>
				<verse number="3">किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्‍छन्‌, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्‍ता जल्‍छन्‌।</verse>
				<verse number="4">मेरो हृदय घाँसझैँ ओइलिएर सुकेको छ, म आफ्‍नो भोजन खान पनि बिर्सिन्‍छु।</verse>
				<verse number="5">मेरो गहिरो आर्तनादले गर्दा म हाड र छाला भइसकें।</verse>
				<verse number="6">मरुभूमिको लाटोकोसेरोजस्‍तै भइसकें, भग्‍नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ।</verse>
				<verse number="7">अनिद्राले म जागा बस्‍छु, धुरीमाथिको एकलो चरोजस्‍तो भएको छु।</verse>
				<verse number="8">मेरा शत्रुहरूले दिनभरि मेरो ठट्टा उड़ाउँछन्‌, मलाई दिल्‍लगीमा उड़ाउनेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्‌।</verse>
				<verse number="9">किनकि म खरानी भोजनझैँ खान्‍छु, र आँसु मिसिएको पानी पिउँछु।</verse>
				<verse number="10">किनकि तपाईंको क्रोधले गर्दा तपाईंले मलाई माथि उचालेर एकापट्टि फालिदिनुभएको छ,</verse>
				<verse number="11">मेरा दिनहरू बेलुकीको छायासमान छन्‌, म घाँसजस्‍तै ओइलिसकेको छु।</verse>
				<verse number="12">तर तपाईं हे परमप्रभु, सदाको निम्‍ति सिंहासनमा विराजमान हुनुहुन्‍छ। तपाईंको कीर्ति पुस्‍ता-पुस्‍तासम्‍म रहन्‍छ।</verse>
				<verse number="13">तपाईं उठ्‌नुहुनेछ र सियोनमाथि दया-दृष्‍टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ।</verse>
				<verse number="14">किनभने तपाईंका दासहरूले त्‍यहाँका ढुङ्गाहरूलाई माया गर्छन्‌, र त्‍यसका धूलाहरूलाई पनि तिनीहरू टिठ्याउँछन्‌।</verse>
				<verse number="15">जातिहरू परमप्रभुको नाउँले भयभीत हुनेछन्‌, पृथ्‍वीका सबै राजाहरूले तपाईंका महिमाको आदर गर्नेछन्‌।</verse>
				<verse number="16">किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्‍नो महिमामा उहाँ प्रकट हुनुहुनेछ।</verse>
				<verse number="17">उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्‍यान दिनुहुन्‍छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न।</verse>
				<verse number="18">अहिलेसम्‍म सृष्‍टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून्‌ भनेर यो कुरा भावी पुस्‍ताको निम्‍ति लेखिओस्‌:</verse>
				<verse number="19">“परमप्रभुले उच्‍च स्‍थानमा रहेको आफ्‍नो पवित्रस्‍थानबाट, स्‍वर्गबाट तल पृथ्‍वीमाथि दृष्‍टिपात गर्नुभयो,</verse>
				<verse number="20">यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्‍न सकून्‌, र मृत्‍युदण्‍ड पाएकाहरूलाई मुक्त गर्न सकून्‌।”</verse>
				<verse number="21">यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ,</verse>
				<verse number="22">जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्‍यहरू एकत्रित हुनेछन्‌।</verse>
				<verse number="23">उहाँले मेरो जीवन-यात्रामै मेरो ताकत तोडिदिनुभयो, र मेरो आयु घटाइदिनुभयो।</verse>
				<verse number="24">यसैले मैले भनें, “हे मेरा परमेश्‍वर, मलाई अल्‍प आयुमा नै नलैजानुहोस्‌। तपाईंका वर्षहरू त पुस्‍तौँसम्‍म रहन्‍छन्‌।</verse>
				<verse number="25">	आदिकालमा तपाईंले पृथ्‍वीको जग बसाल्‍नुभयो, र स्‍वर्ग तपाईंकै बाहुलीको कृति हो।</verse>
				<verse number="26">तिनीहरू नष्‍ट हुनेछन्‌, तर तपाईं रहिरहनुहुन्‍छ, तिनीहरू सबै वस्‍त्रझैँ थोत्रा भइजानेछन्‌। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्‌!</verse>
				<verse number="27">तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन।</verse>
				<verse number="28">तपाईंका सेवकहरूका सन्‍तान तपाईंको सम्‍मुख वास गर्नेछन्‌, र तिनका सन्‍तान तपाईंको सामुन्‍ने स्‍थिर रहनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="103">
				<verse number="1">दाऊदको भजन [1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।</verse>
				<verse number="2">हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी—</verse>
				<verse number="3">जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,</verse>
				<verse number="4">जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,</verse>
				<verse number="5">जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।</verse>
				<verse number="6">थिचोमिचोमा परेकाहरू सबैका निम्‍ति परमप्रभुले धार्मिकता र न्‍यायको काम गर्नुहुन्‍छ।</verse>
				<verse number="7">उहाँले मोशालाई आफ्‍ना मार्ग, र इस्राएलीहरूलाई आफ्‍ना काम प्रकट गर्नुभयो।</verse>
				<verse number="8">	परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ।</verse>
				<verse number="9">उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्‍नुहुन्‍न।</verse>
				<verse number="10">उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न।</verse>
				<verse number="11">किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ।</verse>
				<verse number="12">पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्‍यत्तिकै टाढ़ा हटाइदिनुभएको छ।</verse>
				<verse number="13">जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ।</verse>
				<verse number="14">किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ।</verse>
				<verse number="15">मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ,</verse>
				<verse number="16">अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ, र त्‍यो विलीन हुन्‍छ, र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन।</verse>
				<verse number="17">तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ—</verse>
				<verse number="18">तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌, र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌।</verse>
				<verse number="19">परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।</verse>
				<verse number="20">हे उहाँका स्‍वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="21">हे स्‍वर्गका सबै सेना हो, उहाँको इच्‍छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="22">हे उहाँका सारा सृष्‍टि हो, उहाँका समस्‍त राज्‍यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!</verse>
			</chapter>
			<chapter number="104">
				<verse number="1">ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌। हे परमप्रभु मेरा परमेश्‍वर, तपाईं अति महान्‌ हुनुहुन्‍छ। तपाईं वैभव र ऐश्‍वर्यमा विभूषित हुनुहुन्‍छ।</verse>
				<verse number="2">उहाँले प्रकाशलाई पोशाकझैँ पहिरनुभएको छ, उहाँले आकाशलाई पालजस्‍तै टाँग्‍नुभएको छ।</verse>
				<verse number="3">उहाँले आफ्‍ना कोठाहरूका दलिनहरू पानीमाथि स्‍थिर गर्नुहुन्‍छ। उहाँले बादललाई आफ्‍नो रथ तुल्‍याउनुहुन्‍छ, र बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्‍छ।</verse>
				<verse number="4">	उहाँले बतासलाई आफ्‍नो दूत, र आगोका ज्‍वालालाई आफ्‍ना सेवक तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="5">पृथ्‍वी कहिल्‍यै नडग्‍मगाओस्‌ भनेर त्‍यसलाई उहाँले जगमाथि स्‍थिर पार्नुभयो।</verse>
				<verse number="6">तपाईंले त्‍यसलाई वस्‍त्रझैँ गहिरो समुद्रले ढाक्‍नुभयो, अनि पहाड़हरू माथि-माथिसम्‍म जल पुग्‍यो।</verse>
				<verse number="7">तर तपाईंको खप्‍कीमा पानी भागिहाल्‍यो, तपाईंका गर्जनको आवाजमा त्‍यो तुरुन्‍तै हटिगयो।</verse>
				<verse number="8">तपाईंले खटाउनुभएको स्‍थानमा जलराशि, पहाड़हरूमाथि उर्लंदै घाटी र बेँसीतिर झर्‍यो।</verse>
				<verse number="9">पानीले फेरि पृथ्‍वीलाई नडुबाओस्‌ भनेर त्‍यसले नाघ्‍‌न नसक्‍ने सिमाना तपाईंले राखिदिनुभयो।</verse>
				<verse number="10">उहाँले पानीका मूलहरूलाई खोल्‍सामा पानी खन्‍याउन लगाउनुहुन्‍छ, त्‍यो पानी पहाड़का बीचबाट बग्छ।</verse>
				<verse number="11">तिनीहरूले मैदानका सबै जीवजन्‍तुलाई पानी दिन्‍छन्‌। जङ्गली गधाहरूले पनि आफ्‍नो तिर्खा मार्दछन्‌।</verse>
				<verse number="12">तिनीहरूकै छेउछाउमा आकाशका चराहरूले आफ्‍नो गुँड़ बनाउँछन्‌, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्‌।</verse>
				<verse number="13">उहाँले आफ्‍नो उच्‍च स्‍थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्‍छ, उहाँका कार्यहरूका फलबाट पृथ्‍वी तृप्‍त हुन्‍छ।</verse>
				<verse number="14">उहाँले गाईबस्‍तुका निम्‍ति घाँस, अनि मानिसहरूका निम्‍ति रूखपात उमार्नुहुन्‍छ, र जमिनबाट आहार ल्‍याउनुहुन्‍छ:</verse>
				<verse number="15">मानिसको मन आनन्‍दित गराउनलाई दाखमद्य, र त्‍यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्‍यसको हृदय बलियो तुल्‍याउनलाई रोटी उहाँले दिनुहुन्‍छ।</verse>
				<verse number="16">परमप्रभुले लाउनुभएका वृक्षहरू र लेबनानका देवदारुहरूले मनग्‍य पानी पाएका छन्‌।</verse>
				<verse number="17">त्‍यहाँ चराहरूले आफ्‍नो गुँड़ बनाउँछन्‌, सारसले चाहिँ सल्‍लाका रूखहरूमा आफ्‍नो घर बनाउँछ।</verse>
				<verse number="18">अल्‍गा-अल्‍गा पहाड़हरू जङ्गली बाख्राहरूका निम्‍ति छन्‌, पहराहरू जङ्गली शापनहरूका निम्‍ति शरणस्‍थान हुन्‍छन्‌।</verse>
				<verse number="19">चन्‍द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्‍नो अस्‍ताउने बेला थाहा हुन्‍छ।</verse>
				<verse number="20">तपाईंले अन्‍धकार ल्‍याउनुहुन्‍छ, र रात पर्छ, अनि वनका सबै पशुहरू निस्‍किआउँछन्‌।</verse>
				<verse number="21">सिंहहरू आफ्‍नो शिकारको निम्‍ति गर्जन्‍छन्‌, तिनीहरूले परमेश्‍वरबाट आफ्‍नो आहार खोज्‍छन्‌।</verse>
				<verse number="22">सूर्य उदाउँदा ती गइहाल्‍छन्‌, र आफ्‍नो ओड़ारमा गएर लेट्‌छन्‌।</verse>
				<verse number="23">तब मानिस आफ्‍नो कामतिर जान्‍छ, र साँझसम्‍म परिश्रम गर्छ।</verse>
				<verse number="24">हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्‌, आफ्‍नो बुद्धिमा तपाईंले ती सबै रच्‍नुभयो। तपाईंले सृष्‍टि गर्नुभएका यावत्‌ थोकले पृथ्‍वी परिपूर्ण छ।</verse>
				<verse number="25">त्‍यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्‍ती जलचरहरू छन्‌, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्‍यहाँ छन्‌।</verse>
				<verse number="26">	त्‍यहाँ जहाजहरू यताउता जान्‍छन्‌। त्‍यहाँ लिव्‍यातन्‌ जन्‍तु पनि छ, जसलाई तपाईंले त्‍यहाँ खेल्‍नलाई रच्‍नुभयो।</verse>
				<verse number="27">तपाईंबाट आफ्‍ना आहारा ठीक-ठीक समयमा पाउनका निम्‍ति ती सबैले तपाईंतिरै हेरेर आशा राख्‍छन्‌।</verse>
				<verse number="28">तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्‍छन्‌। तपाईंले आफ्‍नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्‍त हुन्‍छन्‌।</verse>
				<verse number="29">तपाईंले आफ्‍नो मुहार छोप्‍नुहुँदा तिनीहरू भयभीत हुन्‍छन्‌। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्‍छन्‌, र फेरि धूलोमा नै फर्कन्‍छन्‌।</verse>
				<verse number="30">तपाईंले आफ्‍ना आत्‍मा पठाउनुहुँदा, तिनीहरूको सृष्‍टि हुन्‍छ, र तपाईंले पृथ्‍वीको रूपलाई नयाँ तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="31">परमप्रभुको महिमा सदा भइरहोस्‌, परमप्रभु आफ्‍ना कार्यहरूमा प्रसन्‍न होऊन्‌।</verse>
				<verse number="32">तपाईंको दृष्‍टि पर्दा पृथ्‍वी कम्‍पायमान हुन्‍छ, तपाईंको स्‍पर्शमा मात्र पहाड़हरूबाट धूवाँ निस्‍कन्‍छ।</verse>
				<verse number="33">मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्‍जेल मेरा परमेश्‍वरमा प्रशंसाको स्‍तुति गाउनेछु।</verse>
				<verse number="34">मेरो चिन्‍तनमनन उहाँलाई मन परोस्‌, किनकि म परमप्रभुमा आनन्‍दित हुन्‍छु।</verse>
				<verse number="35">तर पापीहरू पृथ्‍वीबाट विलोप भइजाऊन्‌, र दुष्‍टहरू फेरि कहिल्‍यै नरहून्‌। हे मेरो प्राण, परमप्रभुको स्‍तुति गर्‌। परमप्रभुको प्रशंसा गर्‌।</verse>
			</chapter>
			<chapter number="105">
				<verse number="1">	परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।</verse>
				<verse number="2">उहाँको निम्‍ति गाओ, उहाँको निम्‍ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर।</verse>
				<verse number="3">उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूका हृदय आनन्‍दित होऊन्‌।</verse>
				<verse number="4">परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज।</verse>
				<verse number="5">उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,</verse>
				<verse number="6">हे उहाँका दास अब्राहामको वंश, हे याकूबका सन्‍तान, उहाँका चुनिएका हो।</verse>
				<verse number="7">उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌।</verse>
				<verse number="8">उहाँ आफ्‍नो करार सदा स्‍मरण गर्नुहुन्‍छ, त्‍यो वचन जो उहाँले हजारौं पुस्‍ताहरूलाई दिनुभएको थियो,</verse>
				<verse number="9">	त्‍यही करार, जो उहाँले अब्राहामसँग बाँध्‍नुभयो, त्‍यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,</verse>
				<verse number="10">	जो उहाँले आदेशको रूपमा याकूबसित पुष्‍टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्‍त करारको रूपमा बाँध्‍नुभयो:</verse>
				<verse number="11">“तँलाई म कनान देश दिनेछु, त्‍यो उत्तराधिकार तेरो अंश हुनेछ।”</verse>
				<verse number="12">जब तिनीहरू गन्‍तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्‍यसमा पनि विदेशी थिए,</verse>
				<verse number="13">तिनीहरू एक राष्‍ट्रबाट अर्को राष्‍ट्रमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भई हिँड्‌थे।</verse>
				<verse number="14">	उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्‍काउनुभयो,</verse>
				<verse number="15">“मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।”</verse>
				<verse number="16">	उहाँले त्‍यस देशमा अनिकाल पठाउनुभयो, र अन्‍नका सारा आपूर्ति नै नष्‍ट गरिदिनुभयो।</verse>
				<verse number="17">	उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए।</verse>
				<verse number="18">	तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्‍जीर लगाइदिए,</verse>
				<verse number="19">जबसम्‍म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्‍चा प्रमाणित गरेन।</verse>
				<verse number="20">	राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्‍धनबाट मुक्त गरे।</verse>
				<verse number="21">	राजाले तिनलाई आफ्‍नो राजभवनका प्रधान बनाए, र आफ्‍ना सबै सम्‍पत्तिका शासक तुल्‍याए,</verse>
				<verse number="22">उनका राजकुमारहरूलाई तिनले चाहेजस्‍तो सिकाउनलाई, र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई।</verse>
				<verse number="23">	तब इस्राएल मिश्रदेशमा प्रवेश गरे, र याकूब हामको देशमा प्रवासीको रूपमा बसे।</verse>
				<verse number="24">	परमेश्‍वरले आफ्‍ना प्रजालाई ज्‍यादै फलवन्‍त बनाउनुभयो, तिनीहरूको शत्रुभन्‍दा तिनीहरूको सङ्‌ख्‍या अझ बढ़ी बनाउनुभयो।</verse>
				<verse number="25">परमेश्‍वरले मिश्रीहरूका हृदयलाई उहाँका दासहरूलाई घृणा गर्न परिवर्तन गर्नुभयो, आफ्‍ना सेवकहरूका विरुद्ध षड्‌यन्‍त्र गर्ने मन उनीहरूलाई दिनुभयो।</verse>
				<verse number="26">	उहाँले आफ्‍ना दास मोशा र आफूले चुन्‍नुभएका हारूनलाई पठाउनुभयो।</verse>
				<verse number="27">तिनीहरूले उनीहरूका बीचमा उहाँका आश्‍चर्यका चिन्‍हहरू, र हामको देशमा आश्‍चर्यका कामहरू देखाए।</verse>
				<verse number="28">	उहाँले अन्‍धकार पठाउनुभयो, र समस्‍त देशमा अँध्‍यारो छायो, किनकि उनीहरूले उहाँका वचनको विरोध गरेका थिए।</verse>
				<verse number="29">	उहाँले उनीहरूका पानीहरूलाई रगत बनाउनुभयो, र उनीहरूका माछाहरू मरे।</verse>
				<verse number="30">	भ्‍यागुताका बथान उनीहरूको देशमा आएर शासकहरूका शयनकक्षसम्‍म पनि पुगे।</verse>
				<verse number="31">	उहाँले आज्ञा गर्नुभयो, र सारा देश झीँगा र भुसुनाले भरियो।</verse>
				<verse number="32">	उहाँले वृष्‍टिलाई असिनामा परिवर्तन गर्नुभयो, र उनीहरूको देशभरि बिजुली चम्‍काउनुभयो।</verse>
				<verse number="33">उहाँले उनीहरूका दाख र अञ्‍जीरका बोटहरू ध्‍वंस पारिदिनुभयो, र उनीहरूको देशका रूखहरू ढाल्‍नुभयो।</verse>
				<verse number="34">	उहाँले आज्ञा गर्नुभयो, र सलहहरू र अनगिन्‍ती फटेंग्राहरू आए।</verse>
				<verse number="35">तिनीहरूले उनीहरूको देशका सबै वनस्‍पति, र उनीहरूको भूमिका फल खाइदिए।</verse>
				<verse number="36">	अनि उहाँले उनीहरूको देशका सबै ज्‍येष्‍ठ सन्‍तान, उनीहरूको पौरखका पहिला फलहरूलाई नाश गर्नुभयो।</verse>
				<verse number="37">	उहाँले सुन र चाँदीसहित इस्राएलीहरूलाई बाहिर निकाल्‍नुभयो, र तिनीहरूका कुलमध्‍येको कसैले पनि ठोकर खाएन।</verse>
				<verse number="38">तिनीहरू निस्‍किगएकामा मिश्रदेश खुशी भयो, किनभने इस्राएलको भय उनीहरूमाथि परेको थियो।</verse>
				<verse number="39">	उहाँले आवरणको निम्‍ति बादल फिँजाउनुभयो, र राती उज्‍यालो दिनलाई आगो दिनुभयो।</verse>
				<verse number="40">	तिनीहरूले मागे, र उहाँले तिनीहरूलाई बट्टाई चराहरू दिनुभयो, र स्‍वर्गको रोटी तिनीहरूलाई प्रशस्‍त मात्रामा दिनुभयो।</verse>
				<verse number="41">	उहाँले चट्टान फोर्नुभयो, र पानी फुटिनिस्‍क्‍यो, र मरुभूमिमा नदीझैँ बग्‍यो।</verse>
				<verse number="42">किनभने उहाँले आफ्‍ना सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्‍मरण गर्नुभयो।</verse>
				<verse number="43">उहाँले आफ्‍ना मानिसहरूलाई आनन्‍दसाथ आफ्‍ना चुनिएकाहरूलाई जयजयकारको ध्‍वनिसाथ ल्‍याउनुभयो।</verse>
				<verse number="44">	उहाँले तिनीहरूलाई जाति-जातिहरूका देश दिनुभयो, र अरू मानिसहरूका परिश्रमको फल तिनीहरूले आफ्‍नो अधिकारमा पारे।</verse>
				<verse number="45">तिनीहरूले उहाँका आदेशहरू पालन गरून्‌, र उहाँका नियमहरूलाई मानून्‌ भनेर नै यी सब भए। परमप्रभुको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="106">
				<verse number="1">	परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सधैँभरि रहन्‍छ।</verse>
				<verse number="2">परमप्रभुको पराक्रमी कामहरूको बयान कसले गर्न सक्‍छ? उहाँको प्रशंसा सम्‍पूर्ण रूपले कसले घोषणा गर्न सक्‍छ?</verse>
				<verse number="3">तिनीहरू धन्‍यका हुन्‌, जो न्‍यायमा चल्‍दछन्‌, जो सधैँ सदाचरण गर्दछन्‌।</verse>
				<verse number="4">हे परमप्रभु, आफ्‍नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्‍झनुहोस्‌, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्‌,</verse>
				<verse number="5">र तपाईंका चुनिएकाहरूको सुख-शान्‍ति देख्‍न पाऊँ, र तपाईंका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईंको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईंको प्रशंसा गर्न सकूँ।</verse>
				<verse number="6">हाम्रा पुर्खाहरूले जस्‍तै हामीले पनि पाप गरेका छौं। हामीले अपराध गरेका छौं, हामीले दुष्‍ट्याइँ गरेका छौं।</verse>
				<verse number="7">	हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्‍चर्यकर्महरूको ख्‍यालै गरेनन्‌, तपाईंको प्रशस्‍त करुणा तिनीहरूले सम्‍झेनन्‌, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्‍च परमेश्‍वरको विद्रोह गरे।</verse>
				<verse number="8">तापनि आफ्‍नो महापराक्रम प्रकट होस्‌ भनेर, उहाँले आफ्‍नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो।</verse>
				<verse number="9">	उहाँले लाल समुद्रलाई हप्‍काउनुभयो, र त्‍यो सुकिहाल्‍यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटोजस्‍तै गरी गहिरो ठाउँबाट डोर्‍याएर लैजानुभयो।</verse>
				<verse number="10">उहाँले तिनीहरूलाई शत्रुको हातबाट बचाउनुभयो, शत्रुको हातबाट तिनीहरूलाई छुटाउनुभयो।</verse>
				<verse number="11">तिनीहरूका विरोधीहरूलाई पानीले छोप्‍यो, उनीहरूमध्‍ये एक जना पनि बाँचेन।</verse>
				<verse number="12">	तब तिनीहरूले उहाँका वचनमाथि विश्‍वास गरे, र उहाँको प्रशंसा गरे।</verse>
				<verse number="13">तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌।</verse>
				<verse number="14">	उजाड-स्‍थानमा तिनीहरूले आफूलाई आफ्‍नो तृष्‍णाको वशमा सुम्‍पिए, र तिनीहरूले मरुभूमिमा परमेश्‍वरको परीक्षा गरे।</verse>
				<verse number="15">यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो।</verse>
				<verse number="16">	छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे।</verse>
				<verse number="17">धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो।</verse>
				<verse number="18">तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो।</verse>
				<verse number="19">	होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे।</verse>
				<verse number="20">यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे।</verse>
				<verse number="21">तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो,</verse>
				<verse number="22">जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो।</verse>
				<verse number="23">यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्‍ने खड़ा भए।</verse>
				<verse number="24">	तब तिनीहरूले सुन्दर देशलाई तुच्‍छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्‌।</verse>
				<verse number="25">तिनीहरू आफ्‍ना पालहरूमा गनगनाए, र परमप्रभुको आज्ञापालन गरेनन्‌,</verse>
				<verse number="26">यसकारण तिनीहरूलाई उजाड-स्‍थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो,</verse>
				<verse number="27">	अनि तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपष्‍ट पार्छु, र तिनीहरूलाई देश-विदेशमा तितरबितर पार्छु भन्‍नुभयो।</verse>
				<verse number="28">	तिनीहरूले पोरको बाल देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढ़ाएका बलिका थोकहरू खाए।</verse>
				<verse number="29">तिनीहरूले आफ्‍ना दुष्‍ट कामले परमप्रभुलाई क्रोधित पारे, र तिनीहरूमा रूढ़ी फैलियो।</verse>
				<verse number="30">तर पीनहास उठेर मध्‍यस्‍थता गरे, र यसैले रूढ़ी थामियो।</verse>
				<verse number="31">अनि यो तिनको निम्‍ति पुस्‍तौँसम्‍म सदाको लागि धार्मिकता गनियो।</verse>
				<verse number="32">	तिनीहरूले मेरीबाका पानीको नजिक पनि परमप्रभुलाई क्रोधित तुल्‍याए, र तिनीहरूले गर्दा मोशाको खराबी हुन गयो।</verse>
				<verse number="33">किनभने तिनीहरू परमेश्‍वरका आत्‍माको विरुद्धमा बागी भएका थिए, र मोशाको मुखबाट अनर्थ कुरा निस्‍के।</verse>
				<verse number="34">	परमप्रभुको आज्ञाअनुसार तिनीहरूले अन्‍यजातिहरूलाई नाश गरेनन्‌।</verse>
				<verse number="35">तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए।</verse>
				<verse number="36">तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्‍ति पासो बने।</verse>
				<verse number="37">	तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई भूतात्‍माहरूलाई बलि चढ़ाए।</verse>
				<verse number="38">	तिनीहरूले निर्दोषको रगत, अर्थात्‌ आफ्‍नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्‍ति बलि चढ़ाए। र तिनीहरूको रगतले धरती अपवित्र भयो।</verse>
				<verse number="39">यसरी तिनीहरू आफ्‍नै कामले अशुद्ध भए, र आफ्‍ना कामले गर्दा तिनीहरू व्‍यभिचारी बने।</verse>
				<verse number="40">	त्‍यसकारण आफ्‍नो प्रजामाथि परमप्रभुको क्रोध दन्‍क्‍यो, र उहाँले आफ्‍नो उत्तराधिकारका मानिसहरूलाई घृणा गर्नुभयो।</verse>
				<verse number="41">अनि उहाँले तिनीहरूलाई अन्‍यजातिहरूका हातमा दिनुभयो, र तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे।</verse>
				<verse number="42">तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई अत्‍याचार गरे, र तिनीहरूलाई आफ्‍नो शक्तिको वशमा पारे।</verse>
				<verse number="43">धेरै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरू आफ्‍नै विद्रोहपूर्ण युक्तिमा चल्‍दैगए, र तिनीहरू आफ्‍नै अधर्मले पतन हुँदैगए।</verse>
				<verse number="44">तर उहाँले तिनीहरूको दुहाई सुनेर तिनीहरूको सङ्कष्‍टमा नजर फिराउनुभयो।</verse>
				<verse number="45">तिनीहरूका खातिर आफ्‍नो करार उहाँले स्‍मरण गर्नुभयो, र आफ्‍नो प्रशस्‍त करुणाअनुसार दयालु हुनुभयो।</verse>
				<verse number="46">तिनीहरूलाई कैद गर्नेहरू सबैका नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनुभयो।</verse>
				<verse number="47">	हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। तपाईंको पवित्र नाउँमा धन्‍यवाद चढ़ाऊन्‌, र तपाईंको प्रशंसामा गौरव गरून्‌ भनेर, हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्‌।</verse>
				<verse number="48">परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा अनादिदेखि अनन्‍तसम्‍मै भइरहोस्‌। र सबै मानिसहरूले भनून्‌, “आमेन।” परमप्रभुको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="107">
				<verse number="1">सबै सङ्कष्‍टमा परमेश्‍वर शरणस्‍थान [1] परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।</verse>
				<verse number="2">परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो,</verse>
				<verse number="3">तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो।</verse>
				<verse number="4">कोही मरुस्‍थलका उजाड-स्‍थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्‌।</verse>
				<verse number="5">भोक र प्‍यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो।</verse>
				<verse number="6">तब तिनीहरूले आफ्‍नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्‌बाट छुटाउनुभयो।</verse>
				<verse number="7">उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके।</verse>
				<verse number="8">तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌।</verse>
				<verse number="9">किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ।</verse>
				<verse number="10">कोही-कोही घोर अन्‍धकारमा बसे, कैदीहरू जो फलामका साङ्‌लाले बाँधिएर पीडामा थिए,</verse>
				<verse number="11">किनभने तिनीहरूले परमेश्‍वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्‍चका सल्‍लाहको अवहेलना गरेका थिए।</verse>
				<verse number="12">यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन।</verse>
				<verse number="13">तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो।</verse>
				<verse number="14">उहाँले तिनीहरूलाई घोर अन्‍धकारबाट बाहिर ल्‍याउनुभयो, र उहाँले तिनीहरूका बन्‍धन टुक्रा-टुक्रा पारिदिनुभयो।</verse>
				<verse number="15">तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌!</verse>
				<verse number="16">किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्‍छ, र फलामे आग्‍लाहरू छिनालिदिनुहुन्‍छ।</verse>
				<verse number="17">कोही-कोही आफ्‍नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्‍नै अपराधको कारण विपत्तिमा परे।</verse>
				<verse number="18">सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्‍युको मुखसम्‍म पुगे।</verse>
				<verse number="19">तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो।</verse>
				<verse number="20">उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो।</verse>
				<verse number="21">तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌।</verse>
				<verse number="22">तिनीहरूले धन्‍यवाद बलि चढ़ाऊन्‌, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्‌।</verse>
				<verse number="23">कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्‍यापारी थिए।</verse>
				<verse number="24">तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्‍चर्य कार्यहरू देखे।</verse>
				<verse number="25">किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्‍ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए।</verse>
				<verse number="26">तिनीहरू आकाशसम्‍मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्‍लेशमा तिनीहरूको साहस गलेर गयो।</verse>
				<verse number="27">तिनीहरू मतवालाजस्‍तै रन्‍थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्‍कल गुम भयो।</verse>
				<verse number="28">तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो।</verse>
				<verse number="29">उहाँले आँधीलाई शान्‍त गराउनुभयो, र सागरका छालहरू स्‍थिर भए।</verse>
				<verse number="30">आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो।</verse>
				<verse number="31">तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्यका कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌।</verse>
				<verse number="32">तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्‌, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्‌।</verse>
				<verse number="33">उहाँले नदीहरूलाई मरुभूमिमा बग्‍ने खोलालाई सुक्‍खा भूमिमा,</verse>
				<verse number="34">र मलिलो भूमिलाई नूनको मरुस्‍थलमा परिवर्तन गरिदिनुभयो— त्‍यहाँ बस्‍ने मानिसहरूका दुष्‍टताको कारणले यसो भएको थियो।</verse>
				<verse number="35">उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्‍खा जमिनलाई बग्‍ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो।</verse>
				<verse number="36">परमप्रभुले भोकाएकाहरूलाई त्‍यहाँ बस्‍न ल्‍याउनुभयो, अनि तिनीहरूले आफू बस्‍नलाई एउटा सहर निर्माण गरे।</verse>
				<verse number="37">तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्‍पादन गर्‍यो।</verse>
				<verse number="38">उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो, अनि तिनीहरूको सङ्‌ख्‍यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्‍तुहरूलाई उहाँले घट्‌न दिनुभएन।</verse>
				<verse number="39">अत्‍याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्‍या घट्यो र तिनीहरू होच्‍याइए।</verse>
				<verse number="40">उहाँ जसले शासकहरूमाथि अपमान खन्‍याउनुहुन्‍छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्‌किहिँड्‌न दिनुभयो।</verse>
				<verse number="41">तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्‌बाट उकास्‍नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो।</verse>
				<verse number="42">सोझाहरू यो देख्‍तछन्‌, र आनन्‍दित हुन्‍छन्‌, तर सबै दुष्‍टहरू आफ्‍ना मुख बन्‍द राख्‍छन्‌।</verse>
				<verse number="43">जो बुद्धिमान्‌ छ, त्‍यसले यी कुराहरूमा ध्‍यान देओस्‌, र परमप्रभुको महान्‌ करुणामाथि विचार गरोस्‌।</verse>
			</chapter>
			<chapter number="108">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, र मेरो सम्‍पूर्ण प्राणले म राग बजाउनेछु।</verse>
				<verse number="2">हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु।</verse>
				<verse number="3">हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।</verse>
				<verse number="4">किनकि तपाईंको करुणा महान्‌ छ, स्‍वर्गभन्‍दा पनि उच्‍च छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।</verse>
				<verse number="5">हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌।</verse>
				<verse number="6">	तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस्‌ र मदत गर्नुहोस्‌, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्‌।</verse>
				<verse number="7">परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतका बेँसी नापेर छुट्ट्याउनेछु।</verse>
				<verse number="8">गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो।</verse>
				<verse number="9">मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु। पलिश्‍तमाथि म विजयसाथ कराउँछु।”</verse>
				<verse number="10">कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला?</verse>
				<verse number="11">हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न?</verse>
				<verse number="12">शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ।</verse>
				<verse number="13">परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="109">
				<verse number="1">सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, जसको म प्रशंसा गर्छु, मौन नबस्‍नुहोस्‌।</verse>
				<verse number="2">किनकि दुष्‍ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्‍ना मुख खोलेका छन्‌, तिनीहरूले मेरो विषयमा झूटो बोल्‍ने जिब्राले बोलेका छन्‌।</verse>
				<verse number="3">घृणास्‍पद शब्‍दले तिनीहरूले मलाई घेरेका छन्‌, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्‌।</verse>
				<verse number="4">मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्‍छन्‌, तर म त प्रार्थना गर्ने मानिस हुँ।</verse>
				<verse number="5">तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्‌, र मेरो मित्रताको साटो घृणा।</verse>
				<verse number="6">कुनै दुष्‍ट मानिसलाई त्‍यसको विरोध गर्न नियुक्त गर्नुहोस्‌, र त्‍यसलाई दोष लाउने मानिस त्‍यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्‌।</verse>
				<verse number="7">त्‍यसको इन्‍साफ हुँदा त्‍यो दोषी ठहरिओस्‌, र त्‍यसका प्रार्थनाले नै त्‍यसलाई दण्‍ड मिलोस्‌।</verse>
				<verse number="8">	त्‍यसको आयु अल्‍प होस्‌, र त्‍यसको पद अर्कोले खोसोस्‌।</verse>
				<verse number="9">त्‍यसका छोरा-छोरीहरू पितृहीन होऊन्‌, र त्‍यसकी पत्‍नी विधवा होस्‌।</verse>
				<verse number="10">त्‍यसका छोरा-छोरीहरू भीख माग्‍ने होऊन्‌, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्‌।</verse>
				<verse number="11">त्‍यससँग भएका सबै सम्‍पत्ति साहूले जफत गरोस्‌, र त्‍यसको परिश्रमका फलहरू पराईहरूले लुटून्‌।</verse>
				<verse number="12">त्‍यसमाथि दया गर्ने कोही पनि नहोस्‌, न त त्‍यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्‌।</verse>
				<verse number="13">त्‍यसका सन्‍तान-दरसन्‍तान बहिष्‍कृत होऊन्‌, अनि आउने पुस्‍तामा तिनीहरूका नाउँ पनि मेटिऊन्‌।</verse>
				<verse number="14">त्‍यसका पिता-पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्‍झना होस्‌, र त्‍यसकी आमाको पाप कहिल्‍यै नमेटिओस्‌।</verse>
				<verse number="15">तिनीहरूका पाप निरन्‍तर परमप्रभुको सामु रहून्‌, र उहाँले तिनीहरूको स्‍मृति पृथ्‍वीबाट मेटिदेऊन्‌।</verse>
				<verse number="16">किनभने त्‍यसले कहिले पनि कृपा देखाउन विचार गरेन, तर दु:खी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्‍युसम्‍मै त्‍यसले खेदो गरेको थियो।</verse>
				<verse number="17">त्‍यसले सराप दिन मन पराउँथ्‍यो— त्‍यो सराप त्‍यहीमाथि आइपरोस्‌। त्‍यसले आशिष्‌ दिन रुचाएन— त्‍यसबाट पनि आशिष्‌ टाढ़ै रहोस्‌।</verse>
				<verse number="18">त्‍यसले वस्‍त्र धारण गरेजस्‍तै सराप धारण गर्‍यो। सराप त्‍यसको पेटमा पानीजस्‍तै भरियो, र तेलजस्‍तै त्‍यसका हड्डीहरूमा प्रवेश गर्‍यो।</verse>
				<verse number="19">सराप त्‍यसको लागि वस्‍त्रजस्‍तै होस्‌, र यो त्‍यसको कमरमा निरन्‍तर बाँधिने पटुकाजस्‍तै होस्‌।</verse>
				<verse number="20">मलाई दोष लाउनेहरू र मेरा विरुद्धमा दुष्‍ट कुरा बोल्‍नेहरूलाई परमप्रभुले यस्‍तै पुरस्‍कार देऊन्‌।</verse>
				<verse number="21">तर हे परमप्रभु परमेश्‍वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्‍यवहार गर्नुहोस्‌, र मलाई छुटाउनुहोस्‌।</verse>
				<verse number="22">किनभने म दरिद्र र दु:खी छु, र मेरो हृदय मभित्र घायल छ।</verse>
				<verse number="23">म बेलुकीको छायाजस्‍तै विलोप हुन्‍छु, सलह झैं म टकटक्‍याइएर फालिएको छु।</verse>
				<verse number="24">उपवास बस्‍दा-बस्‍दा मेरा घुँड़ाहरू निर्बल भएका छन्‌, र मेरो शरीर दुब्‍लो र सुकेको छ।</verse>
				<verse number="25">	मलाई अभियोग लाउनेहरूको दृष्‍टिमा म तिरस्‍कारको पात्र भएको छु, तिनीहरूले मलाई देख्‍दा मुन्‍टो हल्‍लाउँछन्‌।</verse>
				<verse number="26">हे परमप्रभु मेरा परमेश्‍वर, मलाई सहायता गर्नुहोस्‌, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्‌।</verse>
				<verse number="27">यो तपाईंको हात हो भनी तिनीहरूले जानून्‌, र हे परमप्रभु, तपाईंले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझून्‌।</verse>
				<verse number="28">तिनीहरूले सराप्‍न सक्‍छन्‌, तर तपाईंले आशिष्‌ दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन्‌, तर तपाईंको दास हर्षित हुनेछ।</verse>
				<verse number="29">मलाई दोष लाउनेहरूले अपमानको वस्‍त्र लाएका हुनेछन्‌, र आफ्‍नो शर्मको खास्‍टोले ढाकेका हुनेछन्‌।</verse>
				<verse number="30">म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढ़ाउनेछु, धेरै भीड़का बीचमा म उहाँको स्‍तुति गर्नेछु।</verse>
				<verse number="31">किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्‍छ, र त्‍यसलाई दण्‍ड दिन चाहनेको हातबाट उहाँले त्‍यसलाई बचाउनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="110">
				<verse number="1">दाऊदको भजन [1] परमप्रभुले मेरा प्रभुलाई भन्‍नुहुन्‍छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।”</verse>
				<verse number="2">परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्‍डको विस्‍तार गर्नुहुनेछ, तपाईंका शत्रुहरूमाथि तपाईंले शासन गर्नुहुनेछ।</verse>
				<verse number="3">तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्‍वेच्‍छासाथ आफू-आफूलाई दिइहाल्‍नेछन्‌। तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्‍त गर्नुहुनेछ।</verse>
				<verse number="4">	परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”</verse>
				<verse number="5">परमप्रभु तपाईंको दाहिने हाततर्फ हुनुहुन्‍छ, उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ।</verse>
				<verse number="6">उहाँले लाशको थुप्रो लगाएर जाति-जातिहरूको न्‍याय गर्नुहुनेछ, अनि सारा पृथ्‍वीका शासकहरूलाई चकनाचूर पार्नुहुनेछ।</verse>
				<verse number="7">उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्‍यसकारण उहाँले आफ्‍नो शिर उच्‍च पार्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="111">
				<verse number="1">परमप्रभुको प्रशंसा गर। मेरो सम्‍पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्‍च पार्नेछु।</verse>
				<verse number="2">परमप्रभुका कामहरू महान्‌ छन्‌, तिनमा प्रसन्‍न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्‌।</verse>
				<verse number="3">उहाँका काम महिमामय र वैभवशाली छन्‌, र उहाँको धार्मिकता सदाकाल रहिरहन्‍छ।</verse>
				<verse number="4">उहाँले आफ्‍ना आश्‍चर्यकर्म स्‍मरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ।</verse>
				<verse number="5">उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्‍छ, अनि आफ्‍नो करारको सधैँ सम्‍झना राख्‍नुहुन्‍छ।</verse>
				<verse number="6">उहाँले आफ्‍नो प्रजालाई अरू जातिहरूको उत्तराधिकार दिएर, आफ्‍ना कार्यको शक्ति आफ्‍ना जनलाई देखाउनुभएको छ।</verse>
				<verse number="7">उहाँका हातका कामहरू विश्‍वासयोग्‍य र न्‍यायपूर्ण छन्‌, उहाँका सबै आदेश विश्‍वसनीय हुन्‍छन्‌।</verse>
				<verse number="8">ती सदाकालको लागि अटल छन्‌, विश्‍वासयोग्‍यता र सत्‍यतामा गरिएका छन्‌।</verse>
				<verse number="9">उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति उद्धार उपलब्‍ध गराउनुभयो, उहाँले आफ्‍नो करार सदा स्‍थिर रहोस्‌ भनी आज्ञा गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्‍य छ।</verse>
				<verse number="10">	परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्‍छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्‍छ।</verse>
			</chapter>
			<chapter number="112">
				<verse number="1">परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ।</verse>
				<verse number="2">त्‍यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्‍ताले आशिष्‌ पाउनेछ।</verse>
				<verse number="3">त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ, र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ।</verse>
				<verse number="4">सोझा मानिसहरूका निम्‍ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्‍ति अन्‍धकारमा पनि ज्‍योति उदय हुन्‍छ।</verse>
				<verse number="5">उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्‍नो कारोबार चलाउने मान्‍छेको भलो हुन्‍छ।</verse>
				<verse number="6">धर्मी जन कहिले पनि डगमगाउँदैन, त्‍यसको सम्‍झना सदासर्वदा रहनेछ।</verse>
				<verse number="7">अशुभ समाचारले त्‍यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्‍यसको हृदय स्‍थिर रहन्‍छ।</verse>
				<verse number="8">त्‍यसको हृदय सुरक्षित रहन्‍छ, र त्‍यो डराउनेछैन। अन्‍त्‍यमा त्‍यसले आफ्‍ना शत्रुहरूलाई विजयमा हेर्नेछ।</verse>
				<verse number="9">	त्‍यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्‍यसको धार्मिकता सधैँभरि दिगो रहन्‍छ, सम्‍मानपूर्वक त्‍यसको शिर उच्‍च राखिनेछ।</verse>
				<verse number="10">दुष्‍ट मानिस यो देखेर कुँड़िन्‍छ, त्‍यसले दाह्रा किट्‌नेछ, अनि नष्‍ट हुनेछ। दुष्‍ट मानिसको अभिलाषा निष्‍फल हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="113">
				<verse number="1">परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवक हो, प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर।</verse>
				<verse number="2">परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्‍मै प्रशंसा भइरहोस्‌!</verse>
				<verse number="3">सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।</verse>
				<verse number="4">परमप्रभु सबै जाति-जातिहरूमा उच्‍च हुनुहुन्‍छ, र उहाँको महिमा स्‍वर्गभन्‍दा उच्‍च छ।</verse>
				<verse number="5">परमप्रभु हाम्रा परमेश्‍वरको समान को छ र? उहाँ, जो उच्‍च स्‍थानमा विराजमान हुनुहुन्‍छ,</verse>
				<verse number="6">जो आकाश र पृथ्‍वीमाथि दृष्‍टि गर्न निहुरनुहुन्‍छ।</verse>
				<verse number="7">कङ्गालीहरूलाई खरानीको थुप्रोबाट उहाँले उठाउनुहुन्‍छ, र दरिद्रहरूलाई घुरानबाट उचाल्‍नुहुन्‍छ।</verse>
				<verse number="8">उहाँले तिनीहरूलाई राजकुमारहरूसँग, र आफ्‍नै प्रजाका राजकुमारहरूका साथमा बसाल्‍नुहुन्‍छ।</verse>
				<verse number="9">बाँझी स्‍त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्‍थिर गरिदिनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="114">
				<verse number="1">	जब इस्राएल मिश्रदेशबाट आए, जब याकूबको घराना पराई भाषा बोल्‍ने मानिसहरूका बीचबाट निस्‍केर आए,</verse>
				<verse number="2">तब यहूदा परमप्रभुको पवित्रस्‍थान, र इस्राएल उहाँको राज्‍य भयो।</verse>
				<verse number="3">	यो देखेर समुद्र भाग्‍यो, यर्दन नदी उल्‍टो बग्‍न लाग्‍यो।</verse>
				<verse number="4">पहाड़हरू भेड़ाहरूझैँ उफ्रन लागे, डाँड़ाहरू भेड़ाका पाठाहरूझैँ कुद्‌न लागे।</verse>
				<verse number="5">हे समुद्र, तँलाई के भयो, र तँ भागिस्‌? र हे यर्दन, तँ किन फर्केर गइस्‌?</verse>
				<verse number="6">हे पहाड हो, तिमीहरू भेड़ाहरूझैँ, हे डाँड़ा हो, तिमीहरू भेड़ाका पाठाहरूझैँ किन कुद्‍यौ?</verse>
				<verse number="7">हे पृथ्‍वी, परमप्रभुको सामुन्‍ने, याकूबका परमेश्‍वरको सामुन्‍ने थरहरी होऊ,</verse>
				<verse number="8">	जसले चट्टानलाई पानीको तालमा, र ढुङ्गेनी पहाड़लाई पानीको स्रोतमा परिवर्तन गर्नुभयो।</verse>
			</chapter>
			<chapter number="115">
				<verse number="1">हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्‍वसनीयताको खातिर तपाईंको आफ्‍नै नाउँको महिमा होस्‌।</verse>
				<verse number="2">जातिहरूले किन यसो भन्‍छन्‌, “तिनीहरूका परमेश्‍वर कहाँ छन्‌?”</verse>
				<verse number="3">हाम्रा परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ, उहाँले जे चाहनुहुन्‍छ त्‍यही गर्नुहुन्‍छ।</verse>
				<verse number="4">	तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्‌।</verse>
				<verse number="5">तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌। आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌।</verse>
				<verse number="6">कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। नाक छन्‌, तर सुँघ्‍‌न सक्‍दैनन्‌।</verse>
				<verse number="7">हात छन्‌, तर छाम्‍न सक्‍दैनन्‌। खुट्टा छन्‌, तर हिँड्‌न सक्‍दैनन्‌। तिनीहरू आफ्‍ना गलाबाट कुनै आवाजै निकाल्‍न सक्‍दैनन्‌।</verse>
				<verse number="8">तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌। र तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।</verse>
				<verse number="9">हे इस्राएलको घराना, तिमीले परमप्रभुमा भरोसा राख— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।</verse>
				<verse number="10">हे हारूनको वंश, परमेश्‍वरमा भरोसा राख्‌— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।</verse>
				<verse number="11">तिमीहरू, जो परमप्रभुको भय मान्‍छौ, उहाँमा भरोसा राख: तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।</verse>
				<verse number="12">परमप्रभुले हामीलाई सम्‍झनुहुन्‍छ, र हामीलाई आशीर्वाद दिनुहुनेछ। उहाँले इस्राएलको घरानालाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनको वंशलाई आशीर्वाद दिनुहुनेछ।</verse>
				<verse number="13">	ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ।</verse>
				<verse number="14">परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्‌, तिमीहरू र तिमीहरूका सन्‍तानलाई।</verse>
				<verse number="15">स्‍वर्ग र पृथ्‍वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष्‌ मिलोस्‌।</verse>
				<verse number="16">सर्वोच्‍च स्‍वर्ग त परमप्रभुकै हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।</verse>
				<verse number="17">मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्‌, मृत-लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।</verse>
				<verse number="18">तर हामी त अहिले र सदासर्वदा परमप्रभुको स्‍तुति गर्दछौं। परमप्रभुको प्रशंसा गर!</verse>
			</chapter>
			<chapter number="116">
				<verse number="1">परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो।</verse>
				<verse number="2">उहाँले आफ्‍नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्‍जेल उहाँको पुकार गर्नेछु।</verse>
				<verse number="3">मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो। दु:ख र शोकले मलाई छोप्‍यो।</verse>
				<verse number="4">तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्‌।”</verse>
				<verse number="5">परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्‍छ, हाम्रा परमेश्‍वर करुणाले पूर्ण हुनुहुन्‍छ।</verse>
				<verse number="6">परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्‍छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।</verse>
				<verse number="7">फेरि एक पल्‍ट हे मेरो प्राण, तँ फेरि शान्‍त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।</verse>
				<verse number="8">किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ,</verse>
				<verse number="9">कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्‍ने हिँड्‌डुल गर्न सकूँ।</verse>
				<verse number="10">	मैले विश्‍वास गरें, त्‍यसकारण मैले भनें, “म साह्रै कष्‍टित भएको छु।”</verse>
				<verse number="11">अनि मैले आफ्‍नो व्‍याकुलतामा भनें, “सबै मानिस झूटा हुन्‌।”</verse>
				<verse number="12">परमप्रभुले मेरो निम्‍ति जति उपकार गर्नुभयो, त्‍यसको साटो म उहाँलाई के चढ़ाऊँ?</verse>
				<verse number="13">उद्धारको कचौरा उच्‍च उठाएर परमप्रभुका नाउँको म पुकार गर्नेछु।</verse>
				<verse number="14">परमप्रभुका सारा प्रजाहरूका सम्‍मुख उहाँप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु।</verse>
				<verse number="15">परमप्रभुका पवित्रजनहरूको मृत्‍यु उहाँको दृष्‍टिमा अनमोल छ।</verse>
				<verse number="16">हे परमप्रभु, साँच्‍चै म तपाईंको दास हुँ। म तपाईंकी कमारीको छोरो, तपाईंको दास हुँ। तपाईंले मेरो बन्‍धनबाट मलाई मुक्त गरिदिनुभएको छ।</verse>
				<verse number="17">म तपाईंको निम्‍ति धन्‍यवाद बलि चढ़ाउनेछु, र परमप्रभुका नाउँको पुकार गर्नेछु।</verse>
				<verse number="18">परमप्रभुका सारा प्रजाहरूका सम्‍मुख प्रभुप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु,</verse>
				<verse number="19">परमप्रभुको मन्‍दिरका आँगनहरूमा— हे यरूशलेम, तेरो बीचमा यी पूरा गर्नेछु। परमप्रभुको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="117">
				<verse number="1">	हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्‍तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।</verse>
				<verse number="2">किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्‍वसनीयता सदाको निम्‍ति रहन्‍छ। परमप्रभुको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="118">
				<verse number="1">	परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।</verse>
				<verse number="2">इस्राएलले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”</verse>
				<verse number="3">हारूनको वंशले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”</verse>
				<verse number="4">परमप्रभुको भय मान्‍नेहरूले भनून्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”</verse>
				<verse number="5">मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो।</verse>
				<verse number="6">	परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्‍छ र?</verse>
				<verse number="7">परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, उहाँ मेरा सहायक हुनुहुन्‍छ। म मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेर्नेछु।</verse>
				<verse number="8">परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।</verse>
				<verse number="9">परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।</verse>
				<verse number="10">सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।</verse>
				<verse number="11">तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।</verse>
				<verse number="12">तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।</verse>
				<verse number="13">म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।</verse>
				<verse number="14">	परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्‍छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।</verse>
				<verse number="15">धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्‍जन हुन्‍छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!</verse>
				<verse number="16">परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”</verse>
				<verse number="17">म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।</verse>
				<verse number="18">परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्‍युको वशमा सुम्‍पनुभएको छैन।</verse>
				<verse number="19">मेरो निम्‍ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्‌, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्‍यवाद चढ़ाउनेछु।</verse>
				<verse number="20">परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्‌।</verse>
				<verse number="21">तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्‍ति म तपाईंलाई धन्‍यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ।</verse>
				<verse number="22">	जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो,</verse>
				<verse number="23">यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ।</verse>
				<verse number="24">आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्‍दित होऔं र रमाऔं।</verse>
				<verse number="25">	हे परमप्रभु, हामीलाई बचाउनुहोस्‌, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्‌।</verse>
				<verse number="26">	परमप्रभुको नाउँमा आउने धन्‍यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्‍छौं।</verse>
				<verse number="27">परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँले हामीमाथि आफ्‍नो प्रकाश चम्‍कन दिनुभएको छ। हातमा स्‍याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्‍म हर्षसाथ जाओ।</verse>
				<verse number="28">तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंलाई उच्‍च पार्नेछु।</verse>
				<verse number="29">परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ। उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।</verse>
			</chapter>
			<chapter number="119">
				<verse number="1">धन्‍यका हुन्‌ तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्‍यवस्‍थामा चल्‍दछन्‌।</verse>
				<verse number="2">धन्‍यका हुन्‌ तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्‌, र उहाँलाई सम्‍पूर्ण हृदयले खोज्‍दछन्‌।</verse>
				<verse number="3">तिनीहरूले कुनै अधर्म गर्दैनन्‌, उहाँका मार्गमा तिनीहरू हिँड्‌दछन्‌।</verse>
				<verse number="4">तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं।</verse>
				<verse number="5">तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो!</verse>
				<verse number="6">तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ।</verse>
				<verse number="7">जब म तपाईंका धार्मिक नियमहरू सिक्‍तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु।</verse>
				<verse number="8">म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्‍याग्‍नुहोस्‌।</verse>
				<verse number="9">जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।</verse>
				<verse number="10">म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌।</verse>
				<verse number="11">तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।</verse>
				<verse number="12">हे परमप्रभु, तपाईंको प्रशंसा होस्‌, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।</verse>
				<verse number="13">मैले मेरा ओठले तपाईंको मुखबाट निस्‍केका सबै नियमहरूको वर्णन गरेको छु।</verse>
				<verse number="14">धेरै धन-सम्‍पत्तिमा आनन्‍दित हुने मानिसजस्‍तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्‍छु।</verse>
				<verse number="15">तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्‍यान दिनेछु।</verse>
				<verse number="16">म तपाईंका विधिहरूमा आनन्‍द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।</verse>
				<verse number="17">आफ्‍नो दासको उपकार गर्नुहोस्‌, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु।</verse>
				<verse number="18">मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ।</verse>
				<verse number="19">म त पृथ्‍वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌।</verse>
				<verse number="20">तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ।</verse>
				<verse number="21">तपाईं अहङ्कारीहरूलाई हप्‍काउनुहुन्‍छ, जो श्रापित छन्‌, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्‌छन्‌।</verse>
				<verse number="22">गिल्‍ला र लाञ्‍छना मबाट हटाइदिनुहोस्‌, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु।</verse>
				<verse number="23">शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्‌, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ।</verse>
				<verse number="24">तपाईंका कानूनहरू मेरो आनन्‍द हुन्‌, ती मेरा सल्‍लाहकार हुन्‌।</verse>
				<verse number="25">मेरो प्राण धूलोमा मिलेको छ, आफ्‍नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्‌।</verse>
				<verse number="26">मैले आफ्‍नो आचरण तपाईंलाई खुलस्‍त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।</verse>
				<verse number="27">तपाईंका आदेशहरूका शिक्षा म बुझ्‍न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु।</verse>
				<verse number="28">शोकले गर्दा मेरो प्राण पग्‍लन्‍छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्‍याउनुहोस्‌।</verse>
				<verse number="29">छलपूर्ण मार्गबाट मलाई अलग्‍ग राखिदिनुहोस्‌, तपाईंको व्‍यवस्‍थाद्वारा ममाथि अनुग्रही हुनुहोस्‌।</verse>
				<verse number="30">मैले त सत्‍यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्‍ने राखेको छु।</verse>
				<verse number="31">तपाईंका कानूनहरूमा म स्‍थिर रहन्‍छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्‌।</verse>
				<verse number="32">म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्‍छु, किनकि तपाईंले मेरो हृदयलाई स्‍वतन्‍त्र पारिदिनुभएको छ।</verse>
				<verse number="33">हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्‌, र अन्‍त्‍यसम्‍म म ती पालन गर्नेछु।</verse>
				<verse number="34">मलाई समझशक्ति दिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाअनुसार चल्‍नेछु, अनि सम्‍पूर्ण हृदयले त्‍यो पालन गर्नेछु।</verse>
				<verse number="35">तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्‌, किनकि त्‍यसैमा म हर्षित हुन्‍छु।</verse>
				<verse number="36">मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्‌, स्‍वार्थपूर्ण लाभतिर होइन।</verse>
				<verse number="37">व्‍यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्‌, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।</verse>
				<verse number="38">तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌, र तपाईंको भय मानिओस्‌।</verse>
				<verse number="39">जुन अपमानबाट म डराउँछु, त्‍यो मबाट हटाइदिनुहोस्‌, किनकि तपाईंका नियमहरू उत्तम छन्‌।</verse>
				<verse number="40">हेर्नुहोस्‌, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।</verse>
				<verse number="41">हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्‌, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्‌।</verse>
				<verse number="42">तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्‍नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्‍तछु।</verse>
				<verse number="43">सत्‍यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्‌, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु।</verse>
				<verse number="44">म तपाईंको व्‍यवस्‍था सदासर्वदा पालन गर्नेछु।</verse>
				<verse number="45">म स्‍वतन्‍त्र भएर हिँड्‌नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।</verse>
				<verse number="46">म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्‍नेछु, अनि म लाजमा पर्नेछैनँ।</verse>
				<verse number="47">म तपाईंका आज्ञाहरूमा आनन्‍दमग्‍न हुन्‍छु, किनकि म तिनलाई प्रेम गर्दछु।</verse>
				<verse number="48">मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु।</verse>
				<verse number="49">आफ्‍नो दासलाई दिनुभएको वचन सम्‍झना राख्‍नुहोस्‌, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ।</verse>
				<verse number="50">मेरो सङ्कष्‍टमा मेरो सान्‍त्‍वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्‍तछ।</verse>
				<verse number="51">अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्‌, तर तपाईंको व्‍यवस्‍थाबाट म हटेको छैनँ।</verse>
				<verse number="52">तपाईंका पुराना नियमहरू म स्‍मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्‍त्‍वना पाउँछु।</verse>
				<verse number="53">तपाईंको व्‍यवस्‍था त्‍याग्‍ने दुष्‍टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ।</verse>
				<verse number="54">म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्‍तु भएका छन्‌।</verse>
				<verse number="55">हे परमप्रभु, म राती तपाईंका नाउँको स्‍मरण गर्दछु, अनि तपाईंको व्‍यवस्‍था म पालन गर्नेछु।</verse>
				<verse number="56">यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु।</verse>
				<verse number="57">तपाईं मेरो भाग हुनुहुन्‍छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु।</verse>
				<verse number="58">मैले सम्‍पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌।</verse>
				<verse number="59">मैले आफ्‍नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्‍ना कदम चालेको छु।</verse>
				<verse number="60">म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु।</verse>
				<verse number="61">दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सनेछैनँ।</verse>
				<verse number="62">तपाईंका धार्मिक नियमहरूका खातिर मध्‍यरातमा तपाईंमा धन्‍यवाद चढ़ाउन उठ्छु।</verse>
				<verse number="63">तपाईंको भय मान्‍नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ।</verse>
				<verse number="64">हे परमप्रभु, तपाईंको प्रेमले पृथ्‍वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।</verse>
				<verse number="65">हे परमप्रभु, तपाईंले आफ्‍नो वचनअनुसार आफ्‍नो दासको उपकार गर्नुहोस्‌।</verse>
				<verse number="66">मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌, किनकि म तपाईंका आज्ञामाथि विश्‍वास राख्‍तछु।</verse>
				<verse number="67">म कष्‍टित हुनुभन्‍दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु।</verse>
				<verse number="68">तपाईं भलो हुनुहुन्‍छ अनि भलाइ गर्नुहुन्‍छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।</verse>
				<verse number="69">अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्‍पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु।</verse>
				<verse number="70">तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्‌, तर म तपाईंको व्‍यवस्‍थामा हर्षित हुन्‍छु।</verse>
				<verse number="71">ममाथि क्‍लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्‍न सकूँ।</verse>
				<verse number="72">तपाईंको मुखबाट निस्‍केको व्‍यवस्‍था मेरो निम्‍ति सुन र चाँदीका हजारौँ टुक्राभन्‍दा मूल्‍यवान्‌ छ।</verse>
				<verse number="73">तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्‍ने समझशक्ति मलाई दिनुहोस्‌।</verse>
				<verse number="74">तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्‌, किनभने म तपाईंको वचनमा भर पर्दछु।</verse>
				<verse number="75">हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्‌, अनि आफ्‍नो विश्‍वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्‍दछु।</verse>
				<verse number="76">तपाईंको अचूक कृपा मेरो निम्‍ति सान्‍त्‍वना होस्‌, यो आफ्‍नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्‌।</verse>
				<verse number="77">तपाईंको करुणा ममाथि रहोस्‌, र म जीवित रहूँ, किनकि तपाईंको व्‍यवस्‍था मेरो आनन्‍द हो।</verse>
				<verse number="78">अहङ्कारीहरू शर्ममा परून्‌, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्‍याउँछन्‌। तर म तपाईंको आदेशहरूमाथि ध्‍यान गर्नेछु।</verse>
				<verse number="79">तपाईंको भय मान्‍नेहरू र तपाईंका कानून बुझ्‍नेहरू मतर्फ फर्कून्‌।</verse>
				<verse number="80">तपाईंका आज्ञाहरूप्रति म निष्‍खोट रहन सकूँ, र मलाई लज्‍जित हुन नपरोस्‌।</verse>
				<verse number="81">मेरो प्राण तपाईंको उद्धार प्राप्‍त गर्नलाई व्‍याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु।</verse>
				<verse number="82">तपाईंका प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखा धमिला भइसकेका छन्‌। म भन्‍दछु, “तपाईंले मलाई कहिले सान्‍त्‍वना दिनुहुन्‍छ?”</verse>
				<verse number="83">धूवाँमा राख्‍दाराख्‍दा खुम्‍चिएको दाखमद्यको मशकजस्‍तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ।</verse>
				<verse number="84">तपाईंको दासले अझ कति पर्खनुपर्छ? मलाई सताउनेहरूलाई कहिले दण्‍ड दिनुहुन्‍छ?</verse>
				<verse number="85">तपाईंका व्‍यवस्‍थाको विपरीत अहङ्कारीहरूले मेरो निम्‍ति खाड़ल खनेका छन्‌।</verse>
				<verse number="86">तपाईंका आज्ञाहरू सबै भरपर्दा छन्‌। मेरो मदत गर्नुहोस्‌, मानिसहरूले अकारण मलाई सताउँछन्‌।</verse>
				<verse number="87">तिनीहरूले मलाई धरतीबाट प्राय: नाश गरे, तर मैले तपाईंका आदेशहरू त्‍यागेको छैनँ।</verse>
				<verse number="88">तपाईंको करुणाअनुसार मेरो प्राणको रक्षा गर्नुहोस्‌, र म तपाईंका मुखबाट निस्‍केका कानूनहरू पालन गर्नेछु।</verse>
				<verse number="89">हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्‍त छ, आकाशमा त्‍यो स्‍थिर रहन्‍छ।</verse>
				<verse number="90">तपाईंको विश्‍वसनीयता सबै पुस्‍तासम्‍म रहन्‍छ। तपाईंले पृथ्‍वी स्‍थापित गर्नुभयो, अनि त्‍यो स्‍थिर छ।</verse>
				<verse number="91">तपाईंका विधानहरू आजको दिनसम्‍म स्‍थिर छन्‌, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्‌।</verse>
				<verse number="92">तपाईंको व्‍यवस्‍था मेरो निम्‍ति आनन्‍द नहुँदो हो त, म आफ्‍नो कष्‍टमा नष्‍ट भइसक्‍नेथिएँ।</verse>
				<verse number="93">तपाईंका आदेशहरू म कहिल्‍यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्‍नुभएको छ।</verse>
				<verse number="94">मलाई बचाउनुहोस्‌, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।</verse>
				<verse number="95">दुष्‍टहरू मलाई नाश गर्न ढुकिबसेका छन्‌। तर म त तपाईंका कानूनहरूमा ध्‍यान दिनेछु।</verse>
				<verse number="96">सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू असीमित छन्‌।</verse>
				<verse number="97">आहा! तपाईंको व्‍यवस्‍थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु।</verse>
				<verse number="98">तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्‌, र तिनले मेरा शत्रुहरूभन्‍दा मलाई बुद्धिमान्‌ तुल्‍याउँछन्‌।</verse>
				<verse number="99">मेरा सबै शिक्षकहरूभन्‍दा मेरो अन्‍तर्ज्ञान ज्‍यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु।</verse>
				<verse number="100">धर्म-गुरुहरूको भन्‍दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु।</verse>
				<verse number="101">तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्‍ना गोडालाई हरेक खराब मार्गबाट अलग्‍ग राखेको छु।</verse>
				<verse number="102">तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ।</verse>
				<verse number="103">तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्‍वादिष्‍ठ छन्‌, महभन्‍दा पनि मेरो मुखमा ती बढ़ी मीठा छन्‌।</verse>
				<verse number="104">तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्‍त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु।</verse>
				<verse number="105">तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।</verse>
				<verse number="106">मैले यो शपथ खाएर दृढ़ सङ्कल्‍प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु।</verse>
				<verse number="107">म ज्‍यादै पीडित भएको छु, हे परमप्रभु, आफ्‍नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्‌।</verse>
				<verse number="108">हे परमप्रभु, मेरो मुखबाट स्‍वेच्‍छाले निस्‍केको स्‍तुति-प्रशंसा ग्रहण गर्नुहोस्‌, र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्‌।</verse>
				<verse number="109">मेरो प्राण निरन्‍तर जोखिममा रहन्‍छ, तापनि म तपाईंको व्‍यवस्‍था बिर्सन्‍नँ।</verse>
				<verse number="110">दुष्‍टहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ।</verse>
				<verse number="111">तपाईंका कानूनहरू सदाकालको निम्‍ति मेरा मूल्‍यवान्‌ सम्‍पत्ति भएका छन्‌। तिनले मेरो हृदयलाई हर्षित तुल्‍याउँछन्‌।</verse>
				<verse number="112">तपाईंका विधिहरू एकदमै अन्‍त्‍यसम्‍म पालन गर्न मैले अठोट गरेको छु।</verse>
				<verse number="113">दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईंको व्‍यवस्‍थासँग म प्रेम राख्‍तछु।</verse>
				<verse number="114">तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु।</verse>
				<verse number="115">हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्‍वरका आज्ञाहरू म पालन गर्न सकूँ।</verse>
				<verse number="116">तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्‍नुहोस्‌, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्‌।</verse>
				<verse number="117">मलाई थाम्‍नुहोस्‌ र म बाँच्‍नेछु। तपाईंका विधिहरूलाई म निरन्‍तर आदर गर्नेछु।</verse>
				<verse number="118">तपाईंका विधिहरूबाट बरालिनेहरूलाई तपाईंले इन्‍कार गर्नुहुन्‍छ, किनकि तिनीहरूको छल व्‍यर्थको ठहर्छ।</verse>
				<verse number="119">पृथ्‍वीका सबै दुष्‍टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्‍छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु।</verse>
				<verse number="120">तपाईंको भयमा मेरो शरीर काम्‍दछ, तपाईंका नियमहरूले म भयभीत हुन्‍छु।</verse>
				<verse number="121">मैले धार्मिक र न्‍यायपूर्ण आचरण पालन गरेको छु, मेरा अत्‍याचारीहरूका हातमा मलाई नछोड्‌नुहोस्‌।</verse>
				<verse number="122">आफ्‍नो दासका भलाइको जिम्‍मा तपाईंले लिनुहोस्‌, अहङ्कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌।</verse>
				<verse number="123">तपाईंको उद्धार र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दा, मेरा आँखा धमिला भइसकेका छन्‌।</verse>
				<verse number="124">तपाईंको कृपाअनुसार आफ्‍नो दाससँग व्‍यवहार गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।</verse>
				<verse number="125">म तपाईंको दास हुँ, मलाई विवेक दिनुहोस्‌, र तपाईंका कानूनहरू म बुझ्‍न सकूँ।</verse>
				<verse number="126">हे परमप्रभु, तपाईंले अब कार्य गर्ने बेला भएको छ, तपाईंको व्‍यवस्‍था भङ्ग हुँदैछ।</verse>
				<verse number="127">मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्‍दा पनि बढ़ी प्रेम गरेको,</verse>
				<verse number="128">अनि तपाईंका सबै आदेशहरूलाई सत्‍य ठानेको कारणले, हरेक झूटो शिक्षालाई म घृणा गर्दछु।</verse>
				<verse number="129">तपाईंका कानूनहरू आश्‍चर्यपूर्ण छन्‌, यसकारण म सारा हृदयले ती पालन गर्दछु।</verse>
				<verse number="130">तपाईंका वचनको व्‍याख्‍याले ज्‍योति प्रदान गर्छ, त्‍यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्‍छ।</verse>
				<verse number="131">म आफ्‍नो मुख खोल्‍छु, र तृष्‍णा गर्दछु, किनकि म तपाईंका आज्ञाहरूको प्‍यासी छु।</verse>
				<verse number="132">मतिर फर्कनुहोस्‌ र ममाथि दया गर्नुहोस्‌, जसरी तपाईंको नाउँसँग प्रेम गर्नेहरूलाई तपाईं दया गर्नुहुन्‍छ।</verse>
				<verse number="133">तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्‍थिर गरिदिनुहोस्‌, र कुनै पापले ममाथि राज्‍य गर्न नपाओस्‌।</verse>
				<verse number="134">मानिसहरूको थिचोमिचोबाट मलाई मोल तिरेर छुटकारा दिनुहोस्‌, र म तपाईंका आदेशहरू पालन गर्न सकूँ।</verse>
				<verse number="135">तपाईंको दासमाथि आफ्‍नो मुहार प्रकाशित गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।</verse>
				<verse number="136">मेरा आँखाबाट आँसुका धारा बग्‍छन्‌, किनभने तपाईंको व्‍यवस्‍था पालन गरिँदैन।</verse>
				<verse number="137">हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, र तपाईंका नियमहरू सत्‍य छन्‌।</verse>
				<verse number="138">तपाईंले राखिदिनुभएका कानूनहरू धार्मिक छन्‌, तिनीहरू पूर्ण रूपले भरपर्दा छन्‌।</verse>
				<verse number="139">मेरो जोशले मलाई खाइसकेको छ, किनभने मेरा शत्रुहरूले तपाईंका वचनहरूको बेवास्‍ता गर्छन्‌।</verse>
				<verse number="140">तपाईंका प्रतिज्ञाहरू पूर्ण रूपले जाँचिएका छन्‌, र तपाईंको दासले तिनलाई प्रेम गर्छ।</verse>
				<verse number="141">म क्षुद्र र तुच्‍छ छु, तापनि म तपाईंका आदेशहरू बिर्सन्‍नँ।</verse>
				<verse number="142">तपाईंको धार्मिकता चिरस्‍थायी छ, अनि तपाईंको व्‍यवस्‍था सत्‍य छ।</verse>
				<verse number="143">दु:ख र सङ्कष्‍ट ममाथि परिआएको छ, तर तपाईंका आज्ञाहरू मेरो निम्‍ति हर्षका कुरा छन्‌।</verse>
				<verse number="144">तपाईंका कानूनहरू सदाकालको निम्‍ति सत्‍य छन्‌, मलाई समझशक्ति दिनुहोस्‌, र म जीवित रहन सकूँ।</verse>
				<verse number="145">आफ्‍नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, र तपाईंका विधिहरू म पालन गर्नेछु।</verse>
				<verse number="146">म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्‌, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु।</verse>
				<verse number="147">म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु।</verse>
				<verse number="148">तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्‍छन्‌।</verse>
				<verse number="149">तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्‌, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।</verse>
				<verse number="150">कुचेष्‍टा रच्‍ने दुष्‍टहरू नजिक आइसकेका छन्‌, तर तिनीहरू तपाईंको व्‍यवस्‍थाबाट टाढ़ा छन्‌।</verse>
				<verse number="151">तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्‍छ, र तपाईंका सबै आज्ञाहरू सत्‍य छन्‌।</verse>
				<verse number="152">अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून्‌ भनी स्‍थापना गर्नुभयो।</verse>
				<verse number="153">मेरो दु:खलाई विचार गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, किनकि तपाईंको व्‍यवस्‍था मैले बिर्सेको छैनँ।</verse>
				<verse number="154">मेरो पक्षमा निर्णय दिनुहोस्‌, र मलाई छुटाउनुहोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्‌।</verse>
				<verse number="155">दुष्‍टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्‌।</verse>
				<verse number="156">हे परमप्रभु, तपाईंको दया-दृष्‍टि अति महान्‌ छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।</verse>
				<verse number="157">मलाई सताउने शत्रुहरू अनेक छन्‌, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ।</verse>
				<verse number="158">विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्‌।</verse>
				<verse number="159">हेर्नुहोस्‌, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।</verse>
				<verse number="160">तपाईंका सम्‍पूर्ण वचनहरू सत्‍य छन्‌, र तपाईंका सबै धार्मिक नियमहरू अनन्‍तका छन्‌।</verse>
				<verse number="161">शासकहरूले अकारण मलाई सताउँछन्‌, तर मेरो हृदयले तपाईंका वचनको भय मान्‍दछ।</verse>
				<verse number="162">जसरी लूटको ठूलो धन पाउने व्‍यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्‍छु।</verse>
				<verse number="163">झूटलाई म घृणा गर्छु, र तुच्‍छ ठान्‍छु, तर तपाईंको व्‍यवस्‍थालाई म प्रेम गर्दछु।</verse>
				<verse number="164">तपाईंका धार्मिक नियमहरूका निम्‍ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु।</verse>
				<verse number="165">तपाईंको व्‍यवस्‍थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्‍ति हुन्‍छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन।</verse>
				<verse number="166">हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु।</verse>
				<verse number="167">तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्‍यन्‍तै प्रेम गर्दछु।</verse>
				<verse number="168">म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्‍ट छन्‌।</verse>
				<verse number="169">हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्‌, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्‌।</verse>
				<verse number="170">मेरो नम्र-निवेदन तपाईंको सामुन्‍ने पुगोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्‌।</verse>
				<verse number="171">मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्‌, किनकि तपाईंले आफ्‍ना विधिहरू मलाई सिकाउनुहुन्‍छ।</verse>
				<verse number="172">मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्‌, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्‌।</verse>
				<verse number="173">तपाईंको बाहुली मलाई मदत गर्न तत्‍पर रहोस्‌, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु।</verse>
				<verse number="174">हे परमप्रभु, म तपाईंका उद्धारको तृष्‍णा राख्‍छु, र तपाईंको व्‍यवस्‍था मेरो खुशीयाली हो।</verse>
				<verse number="175">म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्‌।</verse>
				<verse number="176">हराएको भेड़ाजस्‍तो म बरालिएको छु, आफ्‍नो दासलाई खोज्‍नुहोस्‌, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।</verse>
			</chapter>
			<chapter number="120">
				<verse number="1">यात्राको गीत [1] मेरो सङ्कष्‍टमा म परमप्रभुलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्‍छ।</verse>
				<verse number="2">हे परमप्रभु, झूट बोल्‍ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्‌।</verse>
				<verse number="3">ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढ़ी के गर्नुहोला?</verse>
				<verse number="4">उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ, र झाडीको आगोले झैँ दण्‍ड दिनुहुनेछ।</verse>
				<verse number="5">धिक्‍कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु!</verse>
				<verse number="6">शान्‍तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो।</verse>
				<verse number="7">म त शान्‍तिप्रिय व्‍यक्ति हुँ, तर जब म बोल्‍छु, तिनीहरू लड़ाइँ गर्न तत्‍पर हुन्‍छन्‌।</verse>
			</chapter>
			<chapter number="121">
				<verse number="1">यात्राको गीत [1] पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ?</verse>
				<verse number="2">स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।</verse>
				<verse number="3">उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।</verse>
				<verse number="4">साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ।</verse>
				<verse number="5">परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ।</verse>
				<verse number="6">दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।</verse>
				<verse number="7">परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।</verse>
				<verse number="8">तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।</verse>
			</chapter>
			<chapter number="122">
				<verse number="1">यात्राको निम्‍ति दाऊदको गीत [1] जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्‍दित भएँ।</verse>
				<verse number="2">ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्‌।</verse>
				<verse number="3">यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्‍तै छ।</verse>
				<verse number="4">इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्‍यहाँ जान्‍छन्‌।</verse>
				<verse number="5">त्‍यहाँ न्‍यायका सिंहासनहरू छन्‌, दाऊदको वंशका सिंहासनहरू त्‍यहाँ छन्‌।</verse>
				<verse number="6">यरूशलेमका शान्‍तिको निम्‍ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्‌,</verse>
				<verse number="7">तेरा पर्खालभित्र शान्‍ति होस्‌, र तेरा किल्‍लाहरूभित्र सुरक्षा।”</verse>
				<verse number="8">मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्‍ति म भन्‍नेछु, “तिमीहरूमा शान्‍ति होस्‌।”</verse>
				<verse number="9">परमप्रभु हाम्रा परमेश्‍वरका भवनको खातिर म तेरो भलाइ नै खोज्‍नेछु।</verse>
			</chapter>
			<chapter number="123">
				<verse number="1">यात्राको गीत [1] हे स्‍वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्‍छु।</verse>
				<verse number="2">जसरी दासहरूका आँखा आफ्‍ना स्‍वामीको हाततिर हुन्‍छन्‌, जसरी दासीहरूका आँखा आफ्‍नी स्‍वामिनीको हाततिर रहन्‍छन्‌, त्‍यसरी नै जबसम्‍म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न, तबसम्‍म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्‍वरतिर रहन्‍छन्‌।</verse>
				<verse number="3">हामीमाथि कृपा गर्नुहोस्‌, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्‌, किनकि हामीले ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।</verse>
				<verse number="4">अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।</verse>
			</chapter>
			<chapter number="124">
				<verse number="1">यात्राको निम्‍ति दाऊदको गीत [1] यदि परमप्रभु हामीहरूसँग नहुनुभएको भए— इस्राएलले भनोस्‌—</verse>
				<verse number="2">मानिसहरूले हामीलाई आक्रमण गर्दा, परमप्रभु हामीतर्फ नहुनुभएको भए,</verse>
				<verse number="3">तिनीहरूको क्रोध हाम्रा विरुद्ध दन्‍किउठ्‌दा, तिनीहरूले हामीहरूलाई जिउँदै निल्‍नेथिए।</verse>
				<verse number="4">उर्लिआएको बाढ़ले हामीलाई एक गाँस पार्नेथियो, अनि भल हामीमाथि बग्‍नेथियो,</verse>
				<verse number="5">जलको प्रबल प्रवाहले हामीलाई त्‍यसै बगाइलानेथियो।</verse>
				<verse number="6">परमप्रभुको प्रशंसा होस्‌, जसले हामीहरूलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।</verse>
				<verse number="7">शिकारीको पासोबाट चरा उम्‍केझैँ, हामी फुत्‍किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्‍क्‍यौं।</verse>
				<verse number="8">हाम्रो गुहार स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ।</verse>
			</chapter>
			<chapter number="125">
				<verse number="1">यात्राको गीत [1] परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।</verse>
				<verse number="2">पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्‍ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।</verse>
				<verse number="3">दुष्‍टहरूको राजदण्‍ड धर्मीहरूका निम्‍ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्‍ना हात अधर्मतिर लगाउनेछन्‌।</verse>
				<verse number="4">हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्‌, तिनीहरूलाई जसका हृदय सोझा छन्‌।</verse>
				<verse number="5">तर कुमार्गतिर लाग्‍नेहरूलाई परमप्रभुले दुष्‍ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्‍ति होस्‌।</verse>
			</chapter>
			<chapter number="126">
				<verse number="1">यात्राको गीत [1] जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्‍याउनुभयो, तब हामी सपना देख्‍नेहरूजस्‍ता थियौं।</verse>
				<verse number="2">तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्‍दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्‍ति महान्‌ काम गर्नुभएको छ।”</verse>
				<verse number="3">परमप्रभुले हाम्रा निम्‍ति महान्‌ काम गर्नुभएको छ, र हामी आनन्‍दले भरिएका छौं।</verse>
				<verse number="4">हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्‍ति फर्काइदिनुहोस्‌।</verse>
				<verse number="5">आँसुको साथमा छर्नेहरूले आनन्‍दका गीत गाउँदै कटनी गर्नेछन्‌।</verse>
				<verse number="6">जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्‍छ, त्‍यो फसलका बिटाहरू बोकेर आनन्‍दले गीत गाउँदै फर्कनेछ।</verse>
			</chapter>
			<chapter number="127">
				<verse number="1">यात्राको निम्‍ति सोलोमनको गीत [1] परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्‍यर्थ हुन्‍छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्‍यर्थ हुन्‍छ।</verse>
				<verse number="2">भोजनको निम्‍ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्‌नु, र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ, किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ।</verse>
				<verse number="3">छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।</verse>
				<verse number="4">योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,</verse>
				<verse number="5">त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।</verse>
			</chapter>
			<chapter number="128">
				<verse number="1">यात्राको गीत [1] परमप्रभुको भय मान्‍नेहरू सबै धन्‍यका हुन्‌, जो उहाँका इच्‍छाअनुसारका चालहरूमा चल्‍छन्‌।</verse>
				<verse number="2">तिमीले आफ्‍नो परिश्रमको फल खानेछौ, आशिष्‌ र सब किसिमका फलिफाप तिमीले पाउनेछौ।</verse>
				<verse number="3">तिम्री पत्‍नी तिम्रो घरभित्र फलवन्‍त दाखको लताजस्‍तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="4">यसरी परमेश्‍वरको भय मान्‍ने मानिस आशिषित हुनेछ।</verse>
				<verse number="5">परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्‌। तिमीले यरूशलेमको समृद्धि देख्‍न पाओस्‌,</verse>
				<verse number="6">र तिमीले तिम्रा नाति-पनातिलाई देख्‍न पाऊ। इस्राएलमा शान्‍ति आओस्‌।</verse>
			</chapter>
			<chapter number="129">
				<verse number="1">यात्राको गीत [1] तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्‍यै कष्‍ट दिएका छन्‌: इस्राएलले भनोस्‌:</verse>
				<verse number="2">तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्‍य कष्‍ट दिएका छन्‌, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्‌।</verse>
				<verse number="3">हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे।</verse>
				<verse number="4">तर परमप्रभु धर्ममय हुनुहुन्‍छ, र उहाँले दुष्‍टहरूका बन्‍धन छिनालिदिनुभएको छ।</verse>
				<verse number="5">सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्‌, र हटेर जाऊन्‌।</verse>
				<verse number="6">तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ,</verse>
				<verse number="7">र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन, र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन।</verse>
				<verse number="8">त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”</verse>
			</chapter>
			<chapter number="130">
				<verse number="1">यात्राको गीत [1] हे परमप्रभु, म तपाईंलाई गम्‍भीर सङ्कष्‍टको स्‍थितिमा पुकार गर्दछु।</verse>
				<verse number="2">हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्‌! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्‍यान देऊन्‌।</verse>
				<verse number="3">हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्‍छ र?</verse>
				<verse number="4">तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्‍छ।</verse>
				<verse number="5">म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्‍तछु,</verse>
				<verse number="6">पालेले बिहानको प्रतीक्षा गरेको भन्‍दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ।</verse>
				<verse number="7">हे इस्राएल, परमप्रभुमा आफ्‍नो आशा राख्‌ किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्‍पूर्ण उद्धार छ।</verse>
				<verse number="8">	उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="131">
				<verse number="1">यात्राको निम्‍ति दाऊदको गीत [1] हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्‍डी छैनन्‌। आफूले नभ्‍याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्‍झाउँदिनँ।</verse>
				<verse number="2">तर मैले मेरो प्राणलाई स्‍थिर र शान्‍त तुल्‍याएको छु, आमासँग बसेर शान्‍त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्‍त छ।</verse>
				<verse number="3">हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्‌।</verse>
			</chapter>
			<chapter number="132">
				<verse number="1">यात्राको गीत [1] हे परमप्रभु, दाऊदलाई स्‍मरण गर्नुहोस्‌, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्‍झनुहोस्‌।</verse>
				<verse number="2">तिनले परमप्रभुको नाउँमा शपथ खाए, र याकूबका सर्वशक्तिमान्‌को नाउँमा भाकल गरे,</verse>
				<verse number="3">“म तबसम्‍म आफ्‍नो घरभित्र प्रवेश गर्नेछैनँ, न ओछ्यानमा लेट्‍न जानेछु!</verse>
				<verse number="4">मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्‍ना पलकहरूलाई झिमिक्‍क पनि हुन दिनेछैनँ,</verse>
				<verse number="5">जबसम्‍म परमप्रभुको निम्‍ति एउटा स्‍थान, याकूबका सर्वशक्तिमान्‌को निम्‍ति एउटा निवासस्‍थान म भेट्टाउँदिनँ।”</verse>
				<verse number="6">	एप्रातामा हामीले त्‍यसको विषयमा सुन्‍यौं, हामीले याआरको मैदानमा त्‍यो भेट्टायौं:</verse>
				<verse number="7">“हामी उहाँको वासस्‍थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं।</verse>
				<verse number="8">हे परमप्रभु, उठ्‌नुहोस्‌, तपाईं र तपाईंका शक्तिको सन्‍दूकसहित, र तपाईंको विश्रामस्‍थानमा आउनुहोस्‌।</verse>
				<verse number="9">तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्‍त्र धारण गरून्‌, र तपाईंका पवित्र जनहरू आनन्‍दले जयजयकार गरून्‌।”</verse>
				<verse number="10">तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्‍कार नगर्नुहोस्‌।</verse>
				<verse number="11">	परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु।</verse>
				<verse number="12">यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति तेरो सिंहासनमा बस्‍नेछन्‌।”</verse>
				<verse number="13">किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ।</verse>
				<verse number="14">“यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍नेछु, किनकि मैले यही चाहेको छु।</verse>
				<verse number="15">म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु।</verse>
				<verse number="16">यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌।</verse>
				<verse number="17">	 “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु।</verse>
				<verse number="18">म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउनेछु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”</verse>
			</chapter>
			<chapter number="133">
				<verse number="1">यात्राको निम्‍ति दाऊदको गीत [1] दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ।</verse>
				<verse number="2">यो त शिरमा लगाइएको मूल्‍यवान्‌ तेलजस्‍तो हुन्‍छ, जो हारूनको दाह्रीसम्‍म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्‍मै बगेर जान्‍छ।</verse>
				<verse number="3">त्‍यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्‍तै हुन्‍छ। किनकि त्‍यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष्‌ खन्‍याउनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="134">
				<verse number="1">यात्राको गीत [1] परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ।</verse>
				<verse number="2">पवित्रस्‍थानमा आफ्‍ना हात उचाली, परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="3">स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्‌।</verse>
			</chapter>
			<chapter number="135">
				<verse number="1">परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर।</verse>
				<verse number="2">तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्‍वरको भवनमा सेवा गर्दछौ।</verse>
				<verse number="3">परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्‍छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ।</verse>
				<verse number="4">किनकि परमप्रभुले याकूबलाई आफ्‍नो बनाउन, र इस्राएललाई आफ्‍नै निज सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।</verse>
				<verse number="5">मलाई थाहा छ, कि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र हाम्रा प्रभु सबै देवहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="6">स्‍वर्गमा, पृथ्‍वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्‍नो इच्‍छाबमोजिम गर्नुहुन्‍छ।</verse>
				<verse number="7">उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ, र उहाँले आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।</verse>
				<verse number="8">उहाँले मिश्रदेशमा मानिस र पशुहरू दुवैका जेठा-जेठालाई मार्नुभयो।</verse>
				<verse number="9">हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्‍ने चिन्‍ह र आश्‍चर्य कामहरू पठाउनुभयो।</verse>
				<verse number="10">उहाँले धेरै जातिहरूलाई प्रहार गर्नुभयो, र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो:</verse>
				<verse number="11">एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई।</verse>
				<verse number="12">अनि तिनीहरूका भूमि आफ्‍नो प्रजा इस्राएललाई पैतृक-सम्‍पत्तिको रूपमा दिनुभयो।</verse>
				<verse number="13">हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्‍छ। हे परमप्रभु, तपाईंको यश पुस्‍तौँसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="14">किनभने परमप्रभुले आफ्‍नो प्रजालाई न्‍याय दिलाउनुहुनेछ, र आफ्‍ना सेवकहरूमाथि अनुकम्‍पा राख्‍नुहुनेछ।</verse>
				<verse number="15">जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्‌, ती सब मानिसहरूका हातले बनिएका हुन्‍छन्‌।</verse>
				<verse number="16">तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌, आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌।</verse>
				<verse number="17">तिनीहरूका कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। तिनीहरूले सास फेर्न सक्‍दैनन्‌।</verse>
				<verse number="18">तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌, अनि तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।</verse>
				<verse number="19">हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारूनको वंश, परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="20">हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्‍नेहरू, परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="21">सियोनबाट परमप्रभुको प्रशंसा होस्‌, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्‌। परमप्रभुको प्रशंसा गर।</verse>
			</chapter>
			<chapter number="136">
				<verse number="1">	परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="2">देवताहरूका परमेश्‍वरलाई धन्‍यवाद देओ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="3">प्रभुहरूका परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="4">उहाँले मात्र आश्‍चर्य कामहरू गर्नुहुन्‍छ: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="5">	उहाँले आफ्‍नो समझशक्तिले स्‍वर्ग सृष्‍टि गर्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="6">	उहाँले पानीमाथि पृथ्‍वी फैलाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="7">	उहाँले ठूला-ठूला ज्‍योतिहरू बनाउनुभयो: उहाँको प्रेम सदाकाल रहिरहन्‍छ।</verse>
				<verse number="8">उहाँले दिनमा प्रभुत्‍व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="9">उहाँले रातमा प्रभुत्‍व गर्नलाई चन्‍द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="10">	उहाँले मिश्रदेशका ज्‍येष्‍ठहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="11">	उहाँले उनीहरूका बीचबाट इस्राएललाई निकाली ल्‍याउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="12">उहाँले शक्तिशाली हात र पसार्नुभएको पाखुराले तिनीहरूलाई निकाली ल्‍याउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="13">	उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="14">उहाँले इस्राएललाई त्‍यसको बीचबाट पार गराउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="15">उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="16">उहाँले आफ्‍ना मानिसहरूलाई उजाड-स्‍थानको बीचबाट डोर्‍याउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="17">उहाँले ठूला-ठूला राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="18">उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="19">	उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="20">	उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="21">उहाँले उनको देश पैतृक-सम्‍पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="22">उहाँले त्‍यो देश आफ्‍नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="23">उहाँले हामीलाई हाम्रो दुर्दशामा स्‍मरण गर्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="24">उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="25">उहाँले प्रत्‍येक प्राणीलाई आहार दिनुहुन्‍छ: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="26">स्‍वर्गका परमेश्‍वरलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।</verse>
			</chapter>
			<chapter number="137">
				<verse number="1">बेबिलोनका नदीहरूका किनारमा बसेर, सियोनको स्‍मरण गर्दा हामी रोयौं।</verse>
				<verse number="2">त्‍यहाँका बैँसका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुण्‍ड्यायौं।</verse>
				<verse number="3">किनकि हामीलाई कैद गरेर लानेहरूले त्‍यहाँ हामीलाई गीत गाउन लाए, र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्‍दका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्‍ति सियोनका गीतमध्‍ये एउटा गीत गाओ।”</verse>
				<verse number="4">बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्‍छौं?</verse>
				<verse number="5">हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्‍नो सीप भुलोस्‌।</verse>
				<verse number="6">मैले तँलाई नसम्‍झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्‍ठ आनन्‍द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्‌।</verse>
				<verse number="7">यरूशलेमको पतन भएको दिन, हे परमप्रभु, एदोमीहरूले के काम गरे, स्‍मरण गर्नुहोस्‌। तिनीहरूले चीत्‍कार गरे, “यसलाई भत्‍काओ, जगैदेखि त्‍यसको विध्‍वंस गर।”</verse>
				<verse number="8">	विनाश निश्‍चित भएकी हे बेबिलोनकी छोरी, तैंले हामीमाथि जे गरिस्‌, त्‍यसको लागि तँमाथि प्रतिशोध लिने धन्‍यको हो,</verse>
				<verse number="9">त्‍यो जसले तेरा ससाना बच्‍चाहरूलाई समातेर, चट्टानमा पछार्दछ।</verse>
			</chapter>
			<chapter number="138">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, म आफ्‍नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्‍ने म त तपाईंको प्रशंसा गर्नेछु।</verse>
				<verse number="2">म तपाईंको पवित्र मन्‍दिरतिर फर्केर दण्‍डवत्‌ गर्नेछु, र तपाईंको करुणा र विश्‍वसनीयताको निम्‍ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्‍नो नाउँ र आफ्‍नो वचन सबै कुरामाथि उच्‍च पार्नुभएको छ।</verse>
				<verse number="3">जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो।</verse>
				<verse number="4">तपाईंको मुखका वचन सुन्‍दा, हे परमप्रभु, पृथ्‍वीका समस्‍त राजाहरूले तपाईंको प्रशंसा गरून्‌।</verse>
				<verse number="5">तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्‌, किनकि परमप्रभुको महिमा महान्‌ छ।</verse>
				<verse number="6">परमप्रभु अति उच्‍चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्‍टि गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्‍छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्‍छ, आफ्‍नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्‍छ।</verse>
				<verse number="8">परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="139">
				<verse number="1">सङ्गीत निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्‍छ।</verse>
				<verse number="2">तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्‍छ, टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्‍छ।</verse>
				<verse number="3">तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्‍पष्‍टसँग जान्‍नुहुन्‍छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्‍छ।</verse>
				<verse number="4">मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्‍यो सम्‍पूर्ण रूपले जान्‍नुहुन्‍छ।</verse>
				<verse number="5">तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्‍नो बाहुली ममाथि राख्‍नुभएको छ।</verse>
				<verse number="6">यस्‍तो ज्ञान मेरो निम्‍ति साह्रै आश्‍चर्यपूर्ण छ, यो प्राप्‍त गर्न मेरो निम्‍ति अति गाह्रो छ।</verse>
				<verse number="7">तपाईंका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा तपाईंको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु?</verse>
				<verse number="8">म आकाशमा गएँ भने, तपाईं त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि तपाईं हुनुहुन्‍छ।</verse>
				<verse number="9">प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि,</verse>
				<verse number="10">त्‍यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्‍नेछ।</verse>
				<verse number="11">यदि म भनूँ, “अँध्‍यारोले मलाई छोप्‍नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्‍धकार हुनेछ,”</verse>
				<verse number="12">तापनि अन्‍धकार तपाईंको निम्‍ति अँध्‍यारो हुनेछैन, रात त दिनको उज्‍यालोजस्‍तै चम्‍कनेछ, किनभने अन्‍धकार तपाईंको निम्‍ति ज्‍योतिजस्‍तै हो।</verse>
				<verse number="13">किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।</verse>
				<verse number="14">म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।</verse>
				<verse number="15">जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,</verse>
				<verse number="16">तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।</verse>
				<verse number="17">हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ!</verse>
				<verse number="18">तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु।</verse>
				<verse number="19">हे परमेश्‍वर, दुष्‍टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ!</verse>
				<verse number="20">तिनीहरू तपाईंको विरुद्धमा दुष्‍ट नियतले बोल्‍छन्‌, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्‌।</verse>
				<verse number="21">हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ? र तपाईंको विरुद्धमा उठ्‌नेहरूलाई, के म हेलाको दृष्‍टिले हेर्दिनँ?</verse>
				<verse number="22">तिनीहरूका निम्‍ति मेरो हृदयमा घृणाबाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्‍दछु।</verse>
				<verse number="23">हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई जाँच्‍नुहोस्‌, र मेरा चिन्‍ताहरूलाई जान्‍नुहोस्‌।</verse>
				<verse number="24">हेर्नुहोस्‌, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्‍तको मार्गमा डोर्‍याइदिनुहोस्‌।</verse>
			</chapter>
			<chapter number="140">
				<verse number="1">सङ्गीत निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, दुष्‍ट मानिसबाट मलाई छुटाउनुहोस्‌। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्‌।</verse>
				<verse number="2">तिनीहरू आफ्‍ना हृदयमा दुष्‍ट युक्ति रच्‍छन्‌, अनि प्रतिदिन युद्ध मच्‍चाउँछन्‌।</verse>
				<verse number="3">	तिनीहरूले आफ्‍नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्‌, तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्‍छ।</verse>
				<verse number="4">हे परमप्रभु, दुष्‍टहरूका हातबाट मलाई बचाउनुहोस्‌, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्‌, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्‍छन्‌।</verse>
				<verse number="5">	घमण्‍डी मानिसहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तिनीहरूले आफ्‍नो जालका डोरी फैलाएका छन्‌, अनि मेरो मार्गमा तिनीहरूले धराप थापेका छन्‌। सेला</verse>
				<verse number="6">हे परमप्रभु, म तपाईंलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ,” हे परमेश्‍वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्‌।</verse>
				<verse number="7">हे परमप्रभु परमेश्‍वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्‍छ।</verse>
				<verse number="8">	हे परमप्रभु, दुष्‍टहरूका इच्‍छा पूरा हुन नदिनुहोस्‌, तिनीहरूका युक्ति सफल हुन नदिनुहोस्‌, नत्रता तिनीहरू घमण्‍डी हुनेछन्‌। सेला</verse>
				<verse number="9">मलाई चारैतिर घेर्नेहरूका शिर, तिनीहरूका ओठले गरेका उपद्रवले ढाकिऊन्‌।</verse>
				<verse number="10">जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्‌, बल्‍दो आगोमा तिनीहरू फालिऊन्‌, र उठ्‌नै नसक्‍ने गरी तिनीहरू दलदले खाल्‍डामा परून्‌।</verse>
				<verse number="11">निन्‍दा गर्नेहरू पृथ्‍वीमा स्‍थापित नहोऊन्‌, हिंसक मानिस चाँड़ै विनाशको शिकार बनोस्‌।</verse>
				<verse number="12">म जान्‍दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्‍छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्‍छ।</verse>
				<verse number="13">निश्‍चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्‌, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="141">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्‌। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्‌।</verse>
				<verse number="2">	मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌, र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌।</verse>
				<verse number="3">हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌।</verse>
				<verse number="4">दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌, र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌।</verse>
				<verse number="5">धर्मी मानिसले मलाई हिर्काऊन्‌, त्‍यो त मेरो निम्‍ति दया हुनेछ। तिनले मलाई हप्‍काऊन्‌, त्‍यो मेरो शिरको निम्‍ति तेल हुनेछ। मेरो शिरले त्‍यो इन्‍कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्‍छ।</verse>
				<verse number="6">तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्‌, र दुष्‍टहरूले मैले बोलेको वचन सत्‍य हो भन्‍ने बुझ्‍नेछन्‌।</verse>
				<verse number="7">तिनीहरूले भन्‍नेछन्‌, “जसरी हलो जोत्‍नेले भूमि जोतेर फुटाउँदछ, त्‍यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्‌।”</verse>
				<verse number="8">हे परमप्रभु परमेश्‍वर, मेरा आँखा तपाईंतिरै रहन्‍छन्‌, तपाईंमा म शरण लिन्‍छु, मलाई मृत्‍युको मुखमा नफालिदिनुहोस्‌।</verse>
				<verse number="9">तिनीहरूले मेरो निम्‍ति थापेका धरापबाट, दुष्‍ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्‌।</verse>
				<verse number="10">दुष्‍टहरू तिनीहरूका आफ्‍ना जालमा फसून्‌, जब मचाहिँ सुरक्षित निस्‍किआउँछु।</verse>
			</chapter>
			<chapter number="142">
				<verse number="1">गुफामा हुँदा दाऊदको मस्‍किल [1] उच्‍च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्‍ति परमप्रभुमा म आफ्‍नो आवाज उचाल्‍छु।</verse>
				<verse number="2">उहाँको समक्ष म आफ्‍नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्‍नो दु:ख पोखाउँछु।</verse>
				<verse number="3">जब मेरो आत्‍मा मभित्र शिथिल हुन्‍छ, तपाईं नै हुनुहुन्‍छ जसले मेरो बाटो जान्‍नुहुन्‍छ। म हिँड्‌ने बाटोमा मानिसहरूले मेरो निम्‍ति पासो थापेका छन्‌।</verse>
				<verse number="4">मेरो दाहिनेतिर दृष्‍टिपात गर्नुहोस्‌, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्‍थान कहीँ छैन। कसैले मेरो वास्‍ता गर्दैन।</verse>
				<verse number="5">हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। म भन्‍छु, “तपाईं मेरो शरणस्‍थान, र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्‍छ।”</verse>
				<verse number="6">मेरो पुकारा सुनिदिनुहोस्‌, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्‌नेहरूबाट बचाउनुहोस्‌, किनकि तिनीहरू मेरो निम्‍ति साह्रै बलिया छन्‌।</verse>
				<verse number="7">मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्‌, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="143">
				<verse number="1">दाऊदको भजन [1] हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्‌, दयाको लागि मैले गरेको पुकारा सुनिदिनुहोस्‌। तपाईंको विश्‍वसनीयता र धार्मिकतामा मलाई सहायता दिनुहोस्‌।</verse>
				<verse number="2">	आफ्‍नो दासलाई इन्‍साफमा नल्‍याउनुहोस्‌, किनकि तपाईंको सामुन्‍ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन।</verse>
				<verse number="3">शत्रुले मेरो खेदो गर्दछ, त्‍यसले मलाई जमिनमा लड़ाएर कुल्‍चन्‍छ। धेरै अघि मारिसकेकाहरूजस्‍तै गरी त्‍यसले मलाई अन्‍धकारमा बस्‍न बाध्‍य पार्दछ।</verse>
				<verse number="4">यसकारण मेरो आत्‍मा मभित्र शिथिल हुन्‍छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ।</verse>
				<verse number="5">म अतीतका दिनहरू स्‍मरण गर्दछु, र तपाईंका सबै कार्यहरूमा मनन गर्दछु, अनि तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।</verse>
				<verse number="6">	म मेरा हात तपाईंतिर पसार्दछु, बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्‍ति तिर्खाउँछ। सेला</verse>
				<verse number="7">हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्‌, मेरो आत्‍मा शिथिल हुन्‍छ। आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌ नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु।</verse>
				<verse number="8">प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्‍याओस्‌, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्‌नुपर्ने हो त्‍यो मलाई सिकाउनुहोस्‌, किनकि मेरो आत्‍मा म तपाईंतिर उचाल्‍दछु।</verse>
				<verse number="9">हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु।</verse>
				<verse number="10">तपाईंको इच्‍छा पूर्ण गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका भलो आत्‍माले मलाई सोझो बाटोमा डोर्‍याऊन्‌।</verse>
				<verse number="11">हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्‌। तपाईंको धार्मिकतामा मलाई विपद्‌बाट मुक्त गरिदिनुहोस्‌।</verse>
				<verse number="12">तपाईंको अचूक कृपामा मेरा शत्रुहरूलाई सर्वनाश पार्नुहोस्‌, र मेरा सबै शत्रुहरूलाई नाश गरिदिनुहोस्‌, किनकि म तपाईंको दास हुँ।</verse>
			</chapter>
			<chapter number="144">
				<verse number="1">दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।</verse>
				<verse number="2">उहाँ मेरा करुणामय परमेश्‍वर र मेरो किल्‍ला हुनुहुन्‍छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्‍छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्‍छ।</verse>
				<verse number="3">	हे परमप्रभु, मानिस के हो, र तपाईंले त्‍यसको वास्‍ता गर्नुहुन्‍छ? मानिसको छोरा को हो, र तपाईं त्‍यसको विचार गर्नुहुन्‍छ?</verse>
				<verse number="4">मानिस त एक मुट्ठी सासजस्‍तो मात्र छ, त्‍यसको आयु ढलिजाने छायाजस्‍तो मात्र छ।</verse>
				<verse number="5">हे परमप्रभु, आफ्‍नो स्‍वर्गलाई खोल्‍नुहोस्‌ र तल ओर्लनुहोस्‌, पहाड़हरूलाई छुनुहोस्‌, र तीबाट धूवाँ निक्‍लिआओस्‌।</verse>
				<verse number="6">बिजुली चम्‍काउनुहोस्‌ र मेरा शत्रुहरूलाई छिन्‍नभिन्‍न पार्नुहोस्‌। आफ्‍ना बाण छोड्‌नुहोस्‌ र तिनीहरूलाई लखेटिदिनुहोस्‌।</verse>
				<verse number="7">उच्‍च स्‍थानबाट आफ्‍नो हात पसार्नुहोस्‌, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस्‌ र छुटाउनुहोस्‌,</verse>
				<verse number="8">जसका मुख झूटा कुराहरूले भरिएका छन्‌, र जसका दाहिने हात कपटपूर्ण छन्‌।</verse>
				<verse number="9">हे परमेश्‍वर, म तपाईंको निम्‍ति एउटा नयाँ गीत गाउनेछु, दश-तारे सारङ्गी बजाएर म तपाईंको स्‍तुति गाउनेछु,</verse>
				<verse number="10">तपाईं जसले राजाहरूलाई विजय प्रदान गर्नुहुन्‍छ, जसले आफ्‍नो दास दाऊदलाई घातक तरवारबाट बचाउनुहुन्‍छ।</verse>
				<verse number="11">मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्‌ र छुटकारा दिनुहोस्‌। जसका मुख झूटा कुराहरूले भरिएका छन्‌, र जसका दाहिने हात कपटपूर्ण छन्‌।</verse>
				<verse number="12">तब हाम्रा छोराहरू तिनीहरूका युवावस्‍थामा मौलाउँदा रूखहरूजस्‍तै हुनेछन्‌, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्‍तम्‍भहरूजस्‍ता हुनेछन्‌।</verse>
				<verse number="13">हाम्रा धनसारहरू हरकिसिमका अन्‍नहरूले भरिनेछन्‌, हाम्रा भेड़ाहरू हजारौँ गुणा बढ्‌नेछन्‌, हाम्रा खेतमा ती लाखौँ हुनेछन्‌।</verse>
				<verse number="14">हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्‍नेछन्‌। हाम्रा पर्खालहरू फोरिनेछैनन्‌, न हामी बन्‍दीगृहमा जानुपर्नेछ, न त हाम्रा सड़कहरूमा रुवाइको आवाज उठ्‌नेछ।</verse>
				<verse number="15">ती मानिसहरू धन्‍यका हुन्‌, जसका जीवनमा यी आशिष्‌हरू छन्‌। यस्‍ता मानिसहरू धन्‍यका हुन्‌, जसका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="145">
				<verse number="1">दाऊदको भजन [1] हे परमेश्‍वर मेरा राजा, म तपाईंको नाउँ उच्‍च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु।</verse>
				<verse number="2">प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्‍तुति गर्नेछु,</verse>
				<verse number="3">परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ।</verse>
				<verse number="4">एक पुस्‍ताले अर्को पुस्‍तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्‌।</verse>
				<verse number="5">तिनीहरूले तपाईंको ऐश्‍वर्य र तेजस्‍वी वैभवको वर्णन गर्नेछन्‌, र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमाथि चिन्‍तन गर्नेछु।</verse>
				<verse number="6">मानिसहरूले तपाईंको महान्‌ कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्‌, र म तपाईंका महान्‌ कार्यहरूको घोषणा गर्नेछु।</verse>
				<verse number="7">तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्‍द मनाउनेछन्‌, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्‌।</verse>
				<verse number="8">परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्‍छ।</verse>
				<verse number="9">परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।</verse>
				<verse number="10">तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्‌, र तपाईंका पवित्रजनहरूले तपाईंको स्‍तुति गर्नेछन्‌।</verse>
				<verse number="11">तिनीहरूले तपाईंको राज्‍यका महिमाको चर्चा गर्नेछन्‌ र तपाईंका शक्तिको बखान गर्नेछन्‌,</verse>
				<verse number="12">कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्‌, अनि तपाईंका राज्‍यको महिमापूर्ण वैभव देखून्‌।</verse>
				<verse number="13">तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ।</verse>
				<verse number="14">लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ।</verse>
				<verse number="15">सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्‌, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्‍छ।</verse>
				<verse number="16">तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ।</verse>
				<verse number="17">परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्‍छ।</verse>
				<verse number="18">परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्‍छ, सबैका नजिक ज-जसले उहाँलाई सत्‍यतामा पुकार्दछन्‌।</verse>
				<verse number="19">उहाँको भय मान्‍नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ, र तिनीहरूलाई बचाउनुहुन्‍छ।</verse>
				<verse number="20">उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर सबै दुष्‍टहरूलाई उहाँले नाश गर्नुहुनेछ।</verse>
				<verse number="21">मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्‍नेछ। प्रत्‍येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्‌।</verse>
			</chapter>
			<chapter number="146">
				<verse number="1">	हल्‍लेलूयाह! ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!</verse>
				<verse number="2">म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्‍जेल मेरा परमेश्‍वरको स्‍तुति गाई नै बस्‍नेछु।</verse>
				<verse number="3">आफ्‍नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्‍दैनन्‌।</verse>
				<verse number="4">जब तिनीहरूको आत्‍मा निस्‍कन्‍छ, तिनीहरू माटोमा मिलिहाल्‍छन्‌। त्‍यही दिन तिनीहरूका योजनाहरू पनि नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="5">त्‍यो मानिस धन्‍यको हो, जसको सहायता याकूबका परमेश्‍वरमा छ, जसको आशा परमप्रभु त्‍यसका परमेश्‍वरमा हुन्‍छ।</verse>
				<verse number="6">	उहाँ स्‍वर्ग र पृथ्‍वी, समुद्र र त्‍यसमा भएका यावत्‌ थोकका सृष्‍टिकर्ता हुनुहुन्‍छ। परमप्रभु सदाकालको निम्‍ति विश्‍वासयोग्‍य रहनुहुन्‍छ।</verse>
				<verse number="7">उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्‍याय दिनुहुन्‍छ, र भोकाहरूलाई भोजन दिनुहुन्‍छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्‍छ।</verse>
				<verse number="8">परमप्रभुले अन्‍धाहरूका आँखा खोलिदिनुहुन्‍छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्‍छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्‍छ।</verse>
				<verse number="9">विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।</verse>
				<verse number="10">परमप्रभुले सदासर्वदा राज्‍य गर्नुहुनेछ, ए सियोन, तिम्रा परमेश्‍वरले पुस्‍तौँ-पुस्‍तौँसम्‍म राज्‍य गर्नुहुनेछ। हल्‍लेलूयाह!</verse>
			</chapter>
			<chapter number="147">
				<verse number="1">हल्‍लेलूयाह! हाम्रा परमेश्‍वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ!</verse>
				<verse number="2">परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्‍छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्‍छ।</verse>
				<verse number="3">उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ।</verse>
				<verse number="4">उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ।</verse>
				<verse number="5">हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ।</verse>
				<verse number="6">परमप्रभुले दीन-दु:खीलाई सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्‍छ।</verse>
				<verse number="7">धन्‍यवादका साथ परमप्रभुको स्‍तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्‍वरको स्‍तुति गर।</verse>
				<verse number="8">उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्‍छ, र पृथ्‍वीलाई वर्षा दिनुहुन्‍छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्‍छ।</verse>
				<verse number="9">उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्‍छ।</verse>
				<verse number="10">उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्‍न हुनुहुन्‍न।</verse>
				<verse number="11">तर परमप्रभु उहाँको भय मान्‍नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्‍नेहरूसँग प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="12">हे यरूशलेम, परमप्रभुको स्‍तुति गा! हे सियोन, आफ्‍ना परमेश्‍वरको प्रशंसा गर्‌!</verse>
				<verse number="13">किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्‍छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष्‌ दिनुहुन्‍छ।</verse>
				<verse number="14">उहाँले तेरा साँध-सिमानामा शान्‍ति स्‍थापित गरिदिनुहुन्‍छ, उहाँले तँलाई असल गहूँले तृप्‍त पार्नुहुन्‍छ।</verse>
				<verse number="15">उहाँले पृथ्‍वीमा आदेश पठाउनुहुन्‍छ, उहाँको वचन अति तेज गतिले दौड़न्‍छ।</verse>
				<verse number="16">उहाँले ऊनजस्‍तै गरी हिमपात गराउनुहुन्‍छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्‍छ।</verse>
				<verse number="17">उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्‍छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्‍न सक्‍छ?</verse>
				<verse number="18">उहाँले आफ्‍नो वचन पठाउनुहुन्‍छ र ती पगाल्‍नुहुन्‍छ, उहाँले आफ्‍नो बतास चलाउनुहुन्‍छ र पानी बग्‍न थाल्‍छ।</verse>
				<verse number="19">उहाँले आफ्‍नो वचन याकूबलाई, र आफ्‍ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ।</verse>
				<verse number="20">अरू कुनै जातिको निम्‍ति उहाँले यस्‍तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्‍दैनन्‌। हल्‍लेलूयाह!</verse>
			</chapter>
			<chapter number="148">
				<verse number="1">हल्‍लेलूयाह! स्‍वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्‍च स्‍थानहरूमा उहाँको प्रशंसा गर।</verse>
				<verse number="2">हे उहाँका स्‍वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्‍वर्गीय सेना, उहाँका प्रशंसा गर।</verse>
				<verse number="3">हे सूर्य र चन्‍द्र, उहाँको प्रशंसा गर। हे चम्‍किला तारा हो, उहाँको प्रशंसा गर।</verse>
				<verse number="4">हे सर्वोच्‍च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर।</verse>
				<verse number="5">तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्‌, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो।</verse>
				<verse number="6">उहाँले तिनलाई सदासर्वदाको निम्‍ति स्‍थापित गर्नुभयो, अनि कहिले नटल्‍ने विधि उहाँले दिनुभयो।</verse>
				<verse number="7">पृथ्‍वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्‍तु हो, र सबै गहिरा सागर हो,</verse>
				<verse number="8">बिजुली र असिना, हिउँ र बादल, उहाँको वचन मान्‍ने आँधीबेहरी हो,</verse>
				<verse number="9">पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो,</verse>
				<verse number="10">जङ्गली जनावर र सबै गाईबस्‍तुहरू हो, ससाना जन्‍तु र उड्‌ने पक्षीहरू हो,</verse>
				<verse number="11">पृथ्‍वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू,</verse>
				<verse number="12">युवकहरू र कन्‍याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर।</verse>
				<verse number="13">यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्‌, किनकि उहाँको नाउँ मात्र महान्‌ छ, उहाँको महिमा पृथ्‍वी र आकाशभन्‍दा पनि उच्‍च छ।</verse>
				<verse number="14">	उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति एउटा सीङ खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्‌। हल्‍लेलूयाह!</verse>
			</chapter>
			<chapter number="149">
				<verse number="1">हल्‍लेलूयाह! परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।</verse>
				<verse number="2">आफ्‍ना सृष्‍टिकर्तामा इस्राएल रमाओस्‌, सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन्‌।</verse>
				<verse number="3">नाच्‍दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्‌, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्‌।</verse>
				<verse number="4">किनकि परमप्रभु आफ्‍ना प्रजासँग प्रसन्‍न हुनुहुन्‍छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्‍छ।</verse>
				<verse number="5">पवित्रजनहरू यस्‍तो सम्‍मानमा उल्‍लसित होऊन्‌, अनि आफ्‍ना ओछ्यानमा पनि तिनीहरू आनन्‍दले गाऊन्‌।</verse>
				<verse number="6">तिनीहरूका मुखमा परमेश्‍वरको स्‍तुति रहोस्‌, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्‌,</verse>
				<verse number="7">ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्‍ड दिन सकून्‌,</verse>
				<verse number="8">तिनीहरूका राजालाई साङ्‌लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्‍न सकून्‌,</verse>
				<verse number="9">अनि उनीहरूका विरुद्धमा लेखिएको न्‍याय-दण्‍ड दिन सकून्‌। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्‍लेलूयाह!</verse>
			</chapter>
			<chapter number="150">
				<verse number="1">	हल्‍लेलूयाह! परमप्रभुलाई उहाँको पवित्रस्‍थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!</verse>
				<verse number="2">उहाँका शक्तिशाली कार्यहरूका निम्‍ति उहाँको प्रशंसा गर! उहाँको उत्‍कृष्‍ट महानताको निम्‍ति उहाँको प्रशंसा गर!</verse>
				<verse number="3">तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!</verse>
				<verse number="4">खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!</verse>
				<verse number="5">झ्‍यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्‍जायमान पार्ने झ्‍यालीहरू बजाएर उहाँको प्रशंसा गर!</verse>
				<verse number="6">सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!</verse>
			</chapter>
		</book>
		<book number="20">
			<chapter number="1">
				<verse number="1">दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:</verse>
				<verse number="2">जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,</verse>
				<verse number="3">एक अनुशासित र विवेकी जीवन जिउनेछन्,</verse>
				<verse number="4">सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।</verse>
				<verse number="5">बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,</verse>
				<verse number="6">जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।</verse>
				<verse number="7">	परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।</verse>
				<verse number="8">हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।</verse>
				<verse number="9">ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।</verse>
				<verse number="10">हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।</verse>
				<verse number="11">तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,</verse>
				<verse number="12">	चिहानले निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।</verse>
				<verse number="13">हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,</verse>
				<verse number="14">तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”</verse>
				<verse number="15">हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,</verse>
				<verse number="16">किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।</verse>
				<verse number="17">सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!</verse>
				<verse number="18">यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌!</verse>
				<verse number="19">बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।</verse>
				<verse number="20">	बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,</verse>
				<verse number="21">होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ:</verse>
				<verse number="22">	“हे निर्बुद्धि हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?</verse>
				<verse number="23">यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।</verse>
				<verse number="24">तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले,</verse>
				<verse number="25">मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले,</verse>
				<verse number="26">तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—</verse>
				<verse number="27">जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌।</verse>
				<verse number="28">“तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌।</verse>
				<verse number="29">तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले,</verse>
				<verse number="30">तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले,</verse>
				<verse number="31">तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌।</verse>
				<verse number="32">आफ्‍नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्‍नै निश्‍चिन्‍तताले तिनीहरूमाथि नाश आइपर्नेछ।</verse>
				<verse number="33">तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने,</verse>
				<verse number="2">बुद्धिका कुराहरू ध्यान दिइस्‌ र तेरो हृदयलाई समझशक्तितिर लगाइस्‌ भने,</verse>
				<verse number="3">अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने,</verse>
				<verse number="4">यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने,</verse>
				<verse number="5">तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌।</verse>
				<verse number="6">किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌।</verse>
				<verse number="7">उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ,</verse>
				<verse number="8">किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ।</verse>
				<verse number="9">तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌।</verse>
				<verse number="10">किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ।</verse>
				<verse number="11">विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।</verse>
				<verse number="12">बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।</verse>
				<verse number="13">त्‍यस्‍ताहरू ईमानदारीको चाल त्‍यागेर अन्‍धकारमा हिँड्‌डुल गर्छन्,</verse>
				<verse number="14">तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्,</verse>
				<verse number="15">जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्‍नै चालहरू कुटिल छन्‌।</verse>
				<verse number="16">बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ,</verse>
				<verse number="17">जसले आफ्‍नो यौवनको पतिलाई त्‍यागेकी छे, र परमेश्‍वरको सामु आफूले बाँधेको करारको बेवास्‍ता गरेकी छे।</verse>
				<verse number="18">त्‍यसको घरभित्र पस्‍नेलाई मृत्‍युले ओह्रालो लैजान्‍छ, र त्‍यसको बाटोमा लाग्‍नेहरू मृतकहरूको देशमा पुग्‍छन्‌।</verse>
				<verse number="19">त्‍यस स्‍त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्‍यस्‍ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्‌।</verse>
				<verse number="20">यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌।</verse>
				<verse number="21">किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्‍यहाँ रहनेछन्‌।</verse>
				<verse number="22">तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।</verse>
				<verse number="2">किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।</verse>
				<verse number="3">भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।</verse>
				<verse number="4">	तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।</verse>
				<verse number="5">आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌</verse>
				<verse number="6">आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।</verse>
				<verse number="7">	आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।</verse>
				<verse number="8">यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ।</verse>
				<verse number="9">आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,</verse>
				<verse number="10">तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।</verse>
				<verse number="11">	हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्,</verse>
				<verse number="12">	किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌।</verse>
				<verse number="13">धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ,</verse>
				<verse number="14">किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ, र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ।</verse>
				<verse number="15">त्‍यो मानिकभन्‍दा पनि बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।</verse>
				<verse number="16">बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।</verse>
				<verse number="17">त्‍यसका मार्गहरू आनन्‍ददायक हुन्‍छन्, र त्‍यसका सबै बाटोहरू शान्‍तिका हुन्‍छन्‌।</verse>
				<verse number="18">बुद्धिलाई अँगाल्‍नेहरूका निम्‍ति त्‍यो एक जीवनको रूख हो, त्‍यसलाई पक्रनेहरूले आशिष्‌ पाउनेछन्‌।</verse>
				<verse number="19">बुद्धिले नै परमप्रभुले पृथ्‍वीको जगहरू बसाल्‍नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्‍यसको ठाउँमा राख्‍नुभयो।</verse>
				<verse number="20">उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्‍के, र बादलले तलतिर शीत झारे।</verse>
				<verse number="21">हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे,</verse>
				<verse number="22">ती तेरो निम्‍ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्‌।</verse>
				<verse number="23">तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन।</verse>
				<verse number="24">जब तँ ढल्‍किनेछस्‌ तँ भयभीत हुनेछैनस्, जब तँ ढल्‍किनेछस्‌ तँलाई मीठो निद्रा लाग्‍नेछ।</verse>
				<verse number="25">दुष्‍टहरूमाथि एक्‍कासि आइलाग्‍ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,</verse>
				<verse number="26">किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ, र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।</verse>
				<verse number="27">ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्‍जेल त्‍यो नरोक्‌,</verse>
				<verse number="28">जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌।</verse>
				<verse number="29">आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ।</verse>
				<verse number="30">विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।</verse>
				<verse number="31">हिंसात्‍मक मानिसको ईर्ष्‍या नगर्, र त्‍यसको कुनै पनि मार्गलाई नछान्‌।</verse>
				<verse number="32">किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ।</verse>
				<verse number="33">दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ।</verse>
				<verse number="34">	अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ।</verse>
				<verse number="35">बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">हे मेरा छोराहरू हो, आफ्‍नो बुबाको अर्ती सुन, यसमा ध्‍यान देओ र समझशक्ति प्राप्‍त गर।</verse>
				<verse number="2">किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग।</verse>
				<verse number="3">जब म आफ्‍ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरा,</verse>
				<verse number="4">उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर्‌ र तँ जिउनेछस्‌।</verse>
				<verse number="5">बुद्धि प्राप्‍त गर्, समझशक्ति प्राप्‍त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।</verse>
				<verse number="6">बुद्धिलाई नत्‍याग्, र त्‍यसले तँलाई सुरक्षित राख्‍नेछ। त्‍यसलाई प्रेम गर्, र त्‍यसले तँमाथि हेरचाह गर्नेछ।</verse>
				<verse number="7">बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌।</verse>
				<verse number="8">त्‍यसलाई कदर गर्, र त्‍यसले तँलाई उच्‍च पार्नेछ। त्‍यसलाई अँगाल्, र त्‍यसले तँलाई आदर दिनेछ।</verse>
				<verse number="9">त्‍यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।”</verse>
				<verse number="10">सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ।</verse>
				<verse number="11">म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्‍याउँछु।</verse>
				<verse number="12">तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्‌।</verse>
				<verse number="13">अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो।</verse>
				<verse number="14">दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌।</verse>
				<verse number="15">त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।</verse>
				<verse number="16">किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन।</verse>
				<verse number="17">दुष्‍टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।</verse>
				<verse number="18">धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ।</verse>
				<verse number="19">तर दुष्‍टको चालचाहिँ घोर अन्‍धकारजस्‍तो हो, केले आफ्‍नो पतन हुँदैछ सो तिनीहरू जान्‍दैनन्‌।</verse>
				<verse number="20">हे मेरो छोरा, मेरो कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌।</verse>
				<verse number="21">ती तेरो नजरबाट उम्‍केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्‌।</verse>
				<verse number="22">किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो, र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।</verse>
				<verse number="23">सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।</verse>
				<verse number="24">कुवाक्‍य तेरो मुखबाट परै रहोस्, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌।</verse>
				<verse number="25">तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌।</verse>
				<verse number="26">	तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌। र ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌।</verse>
				<verse number="27">दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">हे मेरो छोरा, मेरो बुद्धिमा ध्‍यान दे, र मेरा अन्‍तर्दृष्‍टिका वचनहरू ध्‍यानसित सुन्‌।</verse>
				<verse number="2">यसरी तैंले विवेकलाई कायम राख्‍नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।</verse>
				<verse number="3">किनभने व्‍यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको बोलीचाहिँ तेलभन्‍दा चिप्‍लो हुन्‍छ।</verse>
				<verse number="4">तापनि अन्‍तमा त त्‍यो स्‍त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्‍ने हुन्‍छे।</verse>
				<verse number="5">त्‍यसको खुट्टा मृत्‍युको बाटोतिर ओह्रालो लाग्‍छ, त्‍यसको पाइला सोझै पातालतिर लागेको हुन्‍छ।</verse>
				<verse number="6">त्‍यसले जीवनको मार्गतिर ध्‍यानै दिँदिन, त्‍यसको चाल कुटिल छ, तापनि यो कुरा त्‍यसले थाहा गर्दिन।</verse>
				<verse number="7">अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग।</verse>
				<verse number="8">त्‍यस्‍ती स्‍त्रीदेखि टाढ़ा बस, त्‍यसको घरको ढोका नजिक नजाओ।</verse>
				<verse number="9">नत्रता तिमीहरूले आफ्‍नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ,</verse>
				<verse number="10">विदेशीहरूले तिमीहरूको सम्‍पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ।</verse>
				<verse number="11">जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्‌।</verse>
				<verse number="12">तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्‍कीलाई मेरो हृदयबाटै लत्‍याएँ।</verse>
				<verse number="13">मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्‍यानै दिइनँ।</verse>
				<verse number="14">म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु, र सारा समुदायको सामु निन्‍दित भएको छु।”</verse>
				<verse number="15">आफ्‍नै कुण्‍डको पानी, र आफ्‍नै कूवाबाट बगेको पानी पी।</verse>
				<verse number="16">के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्‍न दिने?</verse>
				<verse number="17">त्‍यो तेरै निम्‍ति मात्र होस्‌। पराई त्‍यसको हिस्‍सेदार पटक्‍कै हुन नपाओस्‌</verse>
				<verse number="18">तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्‍थाकी पत्‍नीसित तँ आनन्‍दित हो।</verse>
				<verse number="19">मयालु मृगी र राम्री हरिणीझैँ, त्‍यसकै स्‍तनमा तँ सन्‍तुष्‍ट बन्, तँ सधैँ त्‍यसकै प्रेममा मोहित भइरहेस्‌।</verse>
				<verse number="20">हे मेरो छोरो, तँ किन वेश्‍याको मोहमा फस्‍छस्‌? तँ किन अर्काकी पत्‍नीलाई आलिङ्गन गर्छस्‌?</verse>
				<verse number="21">किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ।</verse>
				<verse number="22">दुष्‍ट मानिसको खराब कामले त्‍यसलाई पासोमा पार्छ, र आफ्‍नै पापको बन्‍धनमा त्‍यो जेलिन्‍छ।</verse>
				<verse number="23">अनुशासनको अभावले त्‍यो मर्नेछ, आफ्‍नै असीम मूर्खताले त्‍यसलाई भर्माउनेछ।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">हे मेरो छोरा, यदि तँ आफ्‍नो छिमेकीको जमानी बसेको छस्‌ वा कसैसँग करार बाँधेको छस्‌ भने,</verse>
				<verse number="2">यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने,</verse>
				<verse number="3">तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌!</verse>
				<verse number="4">आँखामा निद्रा पर्न नदे, र पटल बन्‍द हुन नदे।</verse>
				<verse number="5">शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌।</verse>
				<verse number="6">ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!</verse>
				<verse number="7">त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,</verse>
				<verse number="8">तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।</verse>
				<verse number="9">ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌?</verse>
				<verse number="10">क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले</verse>
				<verse number="11">दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।</verse>
				<verse number="12">बदमाश र दुष्‍ट मानिस त्‍यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्‌छ,</verse>
				<verse number="13">जसले आँखा झिम्‍क्‍याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ।</verse>
				<verse number="14">आफ्‍नो छली हृदयमा त्‍यसले दुष्‍ट कुरा रच्‍दछ। त्‍यसले सधैँ विवाद उत्‍पन्‍न गराउँछ।</verse>
				<verse number="15">त्‍यसैले त्‍यसमाथि अचानक विपत्ति आइलाग्‍नेछ, उपायविना नै त्‍यो एक्‍कासि नष्‍ट हुनेछ।</verse>
				<verse number="16">छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:</verse>
				<verse number="17">अहङ्कारी आँखा, झूट बोल्‍ने जिब्रो, निर्दोषको रगत बगाउने हात,</verse>
				<verse number="18">दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,</verse>
				<verse number="19">असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।</verse>
				<verse number="20">हे मेरो छोरो, आफ्‍ना पिताका आज्ञाहरू पालन गर्, र आफ्‍नी आमाको अर्तीलाई नत्‍याग्‌।</verse>
				<verse number="21">ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्‌।</verse>
				<verse number="22">तँ हिँड्‌दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्‌।</verse>
				<verse number="23">किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्‍योति हुन्, र अनुशासनको लागि गरिने हप्‍काइहरू जीवनका मार्ग हुन्,</verse>
				<verse number="24">जसले तँलाई अनैतिक स्‍त्री, र लोभ्‍याउने कुरा गर्ने स्‍वेच्‍छाचारी पत्‍नीबाट जोगाउनेछन्‌।</verse>
				<verse number="25">तेरो मनमा त्‍यसको सुन्‍दरताको कारण कुइच्‍छा नगर्, अथवा त्‍यसको आँखाले तँलाई नफसाओस्‌।</verse>
				<verse number="26">किनकि वेश्‍याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्‍यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्‍याउनेछे।</verse>
				<verse number="27">आफ्‍नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्‍नो काखमा आगो राख्‍न सक्‍छ?</verse>
				<verse number="28">जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र?</verse>
				<verse number="29">अर्काकी पत्‍नीसित सुत्‍ने त्‍यस्‍तै नै हुन्‍छ, तिनलाई छुने कुनै पनि मानिस दण्‍ड नपाई उम्‍कनेछैन।</verse>
				<verse number="30">साह्रै भोक लागेको मानिसले आफ्‍नो भोक मार्न चोरी गर्‍यो भने, मानिसहरूले त्‍यसलाई घृणा गर्दैनन्‌।</verse>
				<verse number="31">तापनि त्‍यो पक्राउ पर्‍यो भने त्‍यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्‍छ, शायद त्‍यसले आफ्‍नो घरको सारा सम्‍पत्तिसम्‍म दिनुपर्नेछ।</verse>
				<verse number="32">तर व्‍यभिचार गर्ने मानिस विनासमझको हुन्‍छ, यस्‍तो काम गर्नेले आफूमाथि बरबादी ल्‍याउँछ।</verse>
				<verse number="33">त्‍यसले मुक्‍का र बेइज्‍जत पाउनेछ, र त्‍यसको अपमान कहिल्‍यै मेटिनेछैन,</verse>
				<verse number="34">किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्‍यसले बदला लिन्‍छ।</verse>
				<verse number="35">त्‍यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्‍यसलाई मनाउन सकिँदैन।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्‌।</verse>
				<verse number="2">मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्‍तै जोगाइराख्‌।</verse>
				<verse number="3">तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्‌। हृदयको पाटीमा ती लेखिराख्‌।</verse>
				<verse number="4">बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्‍नो परममित्र भन्,</verse>
				<verse number="5">तब तिनले तँलाई वेश्‍याबाट, र स्‍वेच्‍छाचारी पत्‍नीको मोहित गराउने कुरादेखि जोगाइराख्‍नेछन्‌।</verse>
				<verse number="6">म आफ्‍नो घरको झ्‍यालमा बसेर त्‍यसको आँखी-झ्‍यालबाट बाहिर हेर्दा, मैले के देखें भने,</verse>
				<verse number="7">सीधासादाहरूका माझमा, ठिटाहरूमध्‍ये एक जनालाई देखें जो समझहीन रहेछ।</verse>
				<verse number="8">त्‍यो स्‍त्री बस्‍ने गल्‍लीमा ऊ हिँड़िरहेको, र त्‍यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखें—</verse>
				<verse number="9">साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्‍यारो हुँदैजान्‍छ।</verse>
				<verse number="10">तब एउटी स्‍त्री उसलाई भेट्‌न निस्‍केर आई, वेश्‍याझैँ पहिरेकी र धूर्त नियत भएकी।</verse>
				<verse number="11">चञ्‍चली र जिद्दीवाल स्‍त्री, जो कहिल्‍यै घरमा बस्‍दिन,</verse>
				<verse number="12">कहिले गल्‍लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्‍चा हुँदो त्‍यो लुकेर बस्‍छे।</verse>
				<verse number="13">त्‍यसैले नै उसलाई समाती र चुम्‍बन गरी, र निर्लज्‍ज चेहराले भनी:</verse>
				<verse number="14">“मैले घरमा मेलबलि चढ़ाउनु परेको छ, आज मैले आफ्‍नो भाकल पूरा गरेकी छु।</verse>
				<verse number="15">त्‍यसैले म तपाईंलाई भेट्‌न बाहिर आएकी हुँ। मैले तपाईंलाई खोजें, अहिले भेट्टाएकी छु!</verse>
				<verse number="16">मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्‍ना बिछ्याएकी छु।</verse>
				<verse number="17">मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्‍धित तुल्‍याएकी छु।</verse>
				<verse number="18">आउनुहोस्, बिहानसम्‍मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्‍त होऔं!</verse>
				<verse number="19">मेरो पति घर हुनुहुन्‍न, उहाँ त टाढ़ा यात्रामा जानुभएको छ।</verse>
				<verse number="20">उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो, र पूर्णिमासम्‍म उहाँ घर फर्कनुहुन्‍न।”</verse>
				<verse number="21">फकाई-फुस्‍लाईकन त्‍यसले उसलाई रनभुल्‍ल पारी, मोहित कुराहरू गरेर त्‍यसले उसलाई फसाई।</verse>
				<verse number="22">तुरुन्‍तै ऊ त्‍यसको पछि लाग्‍यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ।</verse>
				<verse number="23">तब बाणले त्‍यसको कलेजो नै छेड़िदिन्‍छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्‍नो ज्‍यानै गुमाउँछु भन्‍ने उसलाई ज्ञानै छैन।</verse>
				<verse number="24">अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्‍यान देओ।</verse>
				<verse number="25">तिमीहरूको हृदय त्‍यसको चालतिर फस्‍न नदेओ, त्‍यसको बाटोतिर बरालिएर नजाओ।</verse>
				<verse number="26">त्‍यसले धेरै जनालाई नष्‍ट पारेकी छे, त्‍यसको शिकार बन्‍नेहरू असंख्‍य छन्‌।</verse>
				<verse number="27">त्‍यसको घर पाताल जाने बाटो हो, जसले मृत्‍युका कोठाहरूतिर पुर्‍याउँछ।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">	के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र?</verse>
				<verse number="2">बाटोका उच्‍च ठाउँहरूमा, चौबाटोमा त्‍यो खड़ा हुन्‍छ,</verse>
				<verse number="3">सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्‍यो चर्को स्‍वरले यसरी कराउँछ:</verse>
				<verse number="4">“हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु।</verse>
				<verse number="5">हे निर्बुद्धि हो, बुद्धि प्राप्‍त गर। हे मूर्ख हो, समझशक्ति प्राप्‍त गर।</verse>
				<verse number="6">सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्‍न म मेरो मुख खोल्‍छु।</verse>
				<verse number="7">मेरो मुखले साँचो कुरा बोल्‍दछ, किनभने मेरा ओठले दुष्‍टता घृणा गर्छन्‌।</verse>
				<verse number="8">मेरो मुखका सबै वचनहरू न्‍यायपूर्ण छन्, तिनीहरूमध्‍ये कुनै पनि बाङ्गोटिङ्गो छैन।</verse>
				<verse number="9">विवेकशील व्‍यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्‍ति ती खोटरहित छन्‌।</verse>
				<verse number="10">चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्‍दा त बरु ज्ञान नै खोज,</verse>
				<verse number="11">किनभने बुद्धि मानिकभन्‍दा बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।</verse>
				<verse number="12">म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌।</verse>
				<verse number="13">परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।</verse>
				<verse number="14">सरसल्‍लाह र उचित फैसला मबाटै हुन्‍छन्, मसँग समझशक्ति र सामर्थ्‍य छन्‌।</verse>
				<verse number="15">मद्वारा नै राजाहरू राज्‍य गर्छन्, र शासकहरू उचित कानून बनाउँछन्,</verse>
				<verse number="16">मद्वारा नै राजकुमारहरू राज्‍यव्‍यवस्‍था चलाउँछन्, र सबै उच्‍च अख्‍तियारवालहरू पृथ्‍वीभरि शासन गर्दछन्‌।</verse>
				<verse number="17">मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्‍नेहरूले मलाई भेट्टाउँछन्‌।</verse>
				<verse number="18">मसँग वैभव र आदर, टिक्‍ने धन-सम्पत्ति र समृद्धि छन्‌।</verse>
				<verse number="19">मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ।</verse>
				<verse number="20">म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्‌छु।</verse>
				<verse number="21">मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछु।</verse>
				<verse number="22">	“परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै।</verse>
				<verse number="23">अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै।</verse>
				<verse number="24">महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै।</verse>
				<verse number="25">पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो।</verse>
				<verse number="26">उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ।</verse>
				<verse number="27">उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।</verse>
				<verse number="28">उहाँले बादललाई आकाशमा स्‍थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्‍थानमा दृढ़सँग बसाल्‍नुहुँदा,</verse>
				<verse number="29">उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्‍दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्‍वीका जगहरू बसाल्‍नुहुँदा,</verse>
				<verse number="30">म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्‍थें, उहाँको उपस्‍थितिमा निरन्‍तर आनन्‍दित भइरहन्‍थें।</verse>
				<verse number="31">उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्‍दित हुँदै म मानव जातिमा प्रसन्‍न रहन्‍थें।</verse>
				<verse number="32">अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्‍य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्‌।</verse>
				<verse number="33">मेरो अर्ती सुन र बुद्धिमान्‌ होओ, त्‍यसको अवहेलना नगर।</verse>
				<verse number="34">त्‍यही मानिस सुखी हो, जसले मेरो वचन सुन्‍छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्‍छ।</verse>
				<verse number="35">किनभने जसले मलाई भेट्टाउँछ, त्‍यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्‍त गर्छ।</verse>
				<verse number="36">तर जसले मलाई भेट्टाउन चुक्‍छ, त्‍यसले आफैलाई नोक्‍सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्‍युसित प्रेम राख्‍छ।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">बुद्धिले आफ्‍नो घर बनाएको छ, त्‍यसले आफ्‍ना सात खामा गाड़ेको छ।</verse>
				<verse number="2">त्‍यसले आफ्‍नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्‍यसले आफ्‍नो टेबिल पनि तयार पारेको छ।</verse>
				<verse number="3">त्‍यसले आफ्‍ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ।</verse>
				<verse number="4">“ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्‍दै ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छ।</verse>
				<verse number="5">“आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।”</verse>
				<verse number="6">आफ्‍ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्‍नेछौ। समझशक्तिको मार्गमा हिँड़।</verse>
				<verse number="7">जसले गिल्‍ला गर्ने व्‍यक्तिलाई सुधार्छ, त्‍यसले अपमान निम्‍त्‍याउँछ, जसले दुष्‍ट मानिसलाई हप्‍काउँछ, त्‍यसले दुर्व्‍यवहार बेहोर्नुपर्छ।</verse>
				<verse number="8">गिल्‍ला गर्नेलाई नहप्‍का, नत्र त्‍यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान्‌ मानिसलाई हप्‍का, र त्‍यसले तँलाई प्रेम गर्नेछ।</verse>
				<verse number="9">बुद्धिमान्‌लाई अर्ती दे, र त्‍यो झन्‌ बढी बुद्धिमान्‌ हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्‍यसले आफ्‍नो ज्ञान अझ बढ़ाउनेछ।</verse>
				<verse number="10">	“परमप्रभुको भय मान्‍नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।</verse>
				<verse number="11">किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्‌।</verse>
				<verse number="12">तँ बुद्धिमान्‌ भइस्‌ भने तेरो बुद्धिले नै तँलाई इनाम ल्‍याउनेछ, तँ गिल्‍ला गर्ने व्‍यक्ति भइस्‌ भने तैंले मात्र नोक्‍सान बेहोर्नुपर्नेछ।</verse>
				<verse number="13">“मूर्खता” भनिने स्‍त्री चर्की हुन्‍छे, त्‍यो अनुशासनहीन र अज्ञानी हुन्‍छे।</verse>
				<verse number="14">त्‍यो आफ्‍नो घरको ढोकामा सहरको सबैभन्‍दा अग्‍ला ठाउँहरूमा भएको आसनमा बस्‍छे।</verse>
				<verse number="15">त्‍यसको नजिकैबाट सरासर आफ्‍नो बाटो हिँड़िरहेकाहरूलाई त्‍यसले बोलाउँछे।</verse>
				<verse number="16">ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छे, “सबै अज्ञानी जति यता आऊन्‌।</verse>
				<verse number="17">चोरीको पानी मीठो हुन्‍छ, गुप्‍तमा खाएको रोटी स्‍वादिष्‍ठ हुन्‍छ।”</verse>
				<verse number="18">तर मृतकहरूको वास त्‍यहाँ हुन्‍छ, र त्‍यस स्‍त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन्‌ भन्‍ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">बुद्धिमान्‌ छोराले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर मूर्ख छोराले आफ्‍नी आमालाई पिरोल्‍छ।</verse>
				<verse number="2">अन्‍यायसँग कमाएको धनको केही मूल्‍य हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।</verse>
				<verse number="3">परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्‍छ।</verse>
				<verse number="4">अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌।</verse>
				<verse number="5">ग्रीष्‍म ऋतुमा अन्‍न जोहो गर्ने छोरा बुद्धिमान्‌ हो, तर जो फसलको बेला सुत्‍छ त्‍यो बेइज्‍जत ल्‍याउने छोरो हो।</verse>
				<verse number="6">धर्मात्‍माको शिरमाथि आशिष्‌को मुकुट रहन्‍छ, तर दुष्‍टको मुखमा हिंसा छिपेको हुन्‍छ।</verse>
				<verse number="7">धर्मीको सम्‍झना गर्नु आशिष्‌मय हुनेछ, तर दुष्‍टको नाउँचाहिँ सड़ेर जानेछ।</verse>
				<verse number="8">हृदयमा बुद्धिमान्‌ हुनेले आज्ञाहरू स्‍वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्‍छ।</verse>
				<verse number="9">ईमानदार मानिस निर्धक्‍क हिँड्‌छ। तर टेढ़ो चाल चल्‍ने पक्राउ पर्नेछ।</verse>
				<verse number="10">द्वेषपूर्ण आँखा झिम्‍क्‍याउनेले शोक ल्‍याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्‍छ।</verse>
				<verse number="11">धर्मात्‍माको मुख जीवनको फुहारा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्‍छ।</verse>
				<verse number="12">	घृणाले कलह उत्‍पन्‍न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्‍छ</verse>
				<verse number="13">विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्‍छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो।</verse>
				<verse number="14">बुद्धिमान्‌ मानिसले ज्ञान सञ्‍चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्‍त्‍याउँछ।</verse>
				<verse number="15">धनीको धन नै तिनीहरूका निम्‍ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्‍छ।</verse>
				<verse number="16">धर्मीको ज्‍यालाले तिनीहरूमा जीवन ल्‍याउँछ, तर दुष्‍टको आम्‍दानीले दण्‍ड ल्‍याउँछ।</verse>
				<verse number="17">जसले अनुशासन पालन गर्छ, त्‍यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्‍ता गर्नेले अरूलाई पनि बहकाउँछ।</verse>
				<verse number="18">जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ, र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो।</verse>
				<verse number="19">जब कुरा बढ्‌ता गरिन्‍छ, पापको अभाव हुँदैन, तर जसले आफ्‍नो जिब्रोलाई वशमा राख्‍छ, त्‍यो बुद्धिमान्‌ हो।</verse>
				<verse number="20">धर्मात्‍माको जिब्रो निखुर चाँदी हो, तर दुष्‍टको हृदय भने बेकामको हुन्‍छ।</verse>
				<verse number="21">धर्मीका ओठले धेरैलाई तृप्‍त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्‌।</verse>
				<verse number="22">परमप्रभुको आशिष्‌ले धन-सम्‍पत्ति ल्‍याउँछ, अनि उहाँले त्‍यसमाथि दु:ख थप्‍नुहुन्‍न।</verse>
				<verse number="23">मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्‍छ।</verse>
				<verse number="24">आतङ्कित बनेको कुरा नै दुष्‍टमाथि आइपर्नेछ। धर्मीले इच्‍छा गरेको कुरा मन्‍जूर गरिनेछ।</verse>
				<verse number="25">जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्‍टहरू रहँदैनन्, तर धर्मात्‍माचाहिँ अनन्‍तसम्‍मै स्‍थिर रहन्‍छन्‌।</verse>
				<verse number="26">सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्‍छी गर्ने मानिस आफूलाई पठाउनेको निम्‍ति त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="27">परमप्रभुको डरले जीवनको आयु थपिन्‍छ, तर दुष्‍टको आयु घटाइन्‍छ।</verse>
				<verse number="28">धर्मीको आशाले हर्षित तुल्‍याउँछ, तर दुष्‍टका आशाहरू फासफुस हुन्‍छन्।</verse>
				<verse number="29">परमप्रभुको मार्ग धर्मीहरूका निम्‍ति एक शरणस्‍थान हो, तर दुष्‍ट काम गर्नेहरूका निम्‍ति विध्‍वंस हो।</verse>
				<verse number="30">धर्मात्‍मा कहिल्‍यै उखेलिनेछैन, तर दुष्‍ट मानिस पृथ्‍वीमा रहनेछैन।</verse>
				<verse number="31">धर्मीको मुखबाट बुद्धिको कुरा निस्‍किन्‍छ, तर भड्‌काउने जिब्रो काटिनेछ।</verse>
				<verse number="32">धर्मात्‍माका ओठले ग्रहणयोग्‍य कुरा जान्‍दछन्, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="2">जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्‍छ, तर नम्रताले बुद्धि ल्‍याउँछ।</verse>
				<verse number="3">ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्‍वासघातीहरू आफ्‍नै कपटले नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="4">क्रोधको दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।</verse>
				<verse number="5">निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्‍छ, तर दुष्‍टहरूको आफ्‍नै दुष्‍टताले गर्दा तिनीहरू होच्‍याइन्‍छन्‌।</verse>
				<verse number="6">सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌।</verse>
				<verse number="7">जब दुष्‍ट मानिस मर्छ, त्‍यसको आशा पनि नष्‍ट हुन्‍छ, आफ्‍नो सामर्थ्‍यमा त्‍यसले इच्‍छा गरेका सबै कुराहरू निरर्थक हुन्‍छन्‌।</verse>
				<verse number="8">धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ, अनि त्‍यसको साटो दुष्‍टमाथि नै त्‍यो आइपर्छ।</verse>
				<verse number="9">ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।</verse>
				<verse number="10">जब धर्मीको उन्‍नति हुन्‍छ, तब सहरै आनन्‍दित हुन्‍छ। जब दुष्‍टको नाश हुन्‍छ, तब रमाहट हुन्‍छ।</verse>
				<verse number="11">धर्मात्‍माको आशीर्वादले सहरको उन्‍नति हुन्‍छ, तर दुष्‍टहरूको मुखले त्‍यसको भताभुङ्ग हुन्‍छ।</verse>
				<verse number="12">समझ नभएको मानिसले आफ्‍नो छिमेकीको खिल्‍ली उड़ाउँछ, तर समझदार मानिसले आफ्‍नो जिब्रोमा लगाम लगाउँछ।</verse>
				<verse number="13">कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, तर विश्‍वसनीय मानिसले कुरा गुप्‍तमै राख्‍छ।</verse>
				<verse number="14">पथप्रदर्शनको अभावले देशको पतन हुन्‍छ, तर धेरै सल्‍लाहकारहरूको कारण विजय निश्‍चित हुन्‍छ।</verse>
				<verse number="15">अरूहरूको जमानी बस्‍नेले निश्‍चय नै नोक्‍सानी भोग्‍नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्‍न इन्‍कार गर्ने व्‍यक्ति सुरक्षित रहनेछ।</verse>
				<verse number="16">दयालु स्‍त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्‍पत्ति कमाउँछ।</verse>
				<verse number="17">दयालु हुनाले मानिसको आफ्‍नै हित हुन्‍छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्‍ट ल्‍याउँछ।</verse>
				<verse number="18">दुष्‍ट मानिसले ठगाइको ज्‍याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्‍चित इनाम कटनी गर्छ।</verse>
				<verse number="19">साँच्‍चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्‍टताको पछि लाग्‍ने मानिस मृत्‍युमा पर्छ।</verse>
				<verse number="20">कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर तिनीहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, जसका चालहरू निर्दोष छन्‌।</verse>
				<verse number="21">यो कुरा निश्‍चित छ: दुष्‍टहरू दण्‍डविना उम्‍कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्‌।</verse>
				<verse number="22">सुँगुरको नाकमा सुनको नत्‍थ भएझैँ एक विवेकहीन सुन्‍दरी स्‍त्री पनि हो।</verse>
				<verse number="23">धर्मात्‍माका इच्‍छाको अन्‍त्‍य केवल असलै हुन्‍छ, तर दुष्‍टका आशाको अन्‍त केवल क्रोधमा हुन्‍छ।</verse>
				<verse number="24">कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।</verse>
				<verse number="25">उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।</verse>
				<verse number="26">अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुनेछ।</verse>
				<verse number="27">जसले भलाइको खोजी गर्छ, उसले सद्‌भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्‍छ।</verse>
				<verse number="28">जसले आफ्‍नो सम्‍पत्तिमा भरोसा राख्‍छ, त्‍यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।</verse>
				<verse number="29">आफ्‍नो सन्‍तानमाथि सङ्कष्‍ट ल्‍याउनेको भाग बतास मात्रै हुनेछ, र मूर्खचाहिँ बुद्धिमान्‌को सेवक हुनेछ।</verse>
				<verse number="30">धर्मात्‍माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्‍याउँछ, त्‍यो बुद्धिमान्‌ हो।</verse>
				<verse number="31">	यदि धर्मीहरूले पृथ्‍वीमा आफ्‍नो प्रतिफल पाउँछन्‌ भने, ईश्‍वरहीन र पापीहरूले झन्‌ कति बढ़ी पाउलान्‌?</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्‍यक्ति अबूझ हो।</verse>
				<verse number="2">असल मानिसले परमप्रभुको निगाह प्राप्‍त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ।</verse>
				<verse number="3">दुष्‍टताले मानिस स्‍थापित हुन सक्‍दैन, तर धर्मीको जरा भने उखेल्‍न सकिनेछैन।</verse>
				<verse number="4">चरित्रवान्‌ पत्‍नी आफ्‍ना पतिको मुकुट हो, तर अपमान ल्‍याउने पत्‍नीचाहिँ तिनका हड्डी सड़ेको जस्‍तै हो।</verse>
				<verse number="5">धर्मीका योजनाहरू न्‍यायसङ्गत हुन्‍छन्, तर दुष्‍टका सल्‍लाहहरू छलपूर्ण हुन्‍छन्‌।</verse>
				<verse number="6">दुष्‍टको वचनले कसैको रगत बगाउन ढुकिरहन्‍छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्‍छ।</verse>
				<verse number="7">दुष्‍ट मानिसहरू फालिन्‍छन्‌ र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्‍छ।</verse>
				<verse number="8">मानिसलाई त्‍यसको बुद्धिअनुसार प्रशंसा गरिन्‍छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्‍छ ठहरिन्‍छ।</verse>
				<verse number="9">आफू प्रतिष्‍ठित व्‍यक्ति भइटोपलेर आहार नै नहुनुभन्‍दा, आफू केही नभएर पनि आफ्‍नो एक जना दास हुनु बेस हो।</verse>
				<verse number="10">धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ।</verse>
				<verse number="11">आफ्‍नो खेतबारी खनजोत गर्नेको प्रशस्‍त खानेकुरा हुन्‍छ, तर कल्‍पनाका पछि लाग्‍ने विनासमझको हुन्‍छ।</verse>
				<verse number="12">दुष्‍टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्‍छ।</verse>
				<verse number="13">खराब मानिस आफ्‍नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्‍टबाट उम्‍कन्‍छ।</verse>
				<verse number="14">मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्‍छ, आफ्‍नो हातका कामको इनाम त्‍यसले निश्‍चय नै पाउनेछ।</verse>
				<verse number="15">मूर्खको बाटो आफ्‍नो नजरमा ठीकै देखिन्‍छ, तर समझदार मानिसले अरूको सल्‍लाह सुन्‍छ।</verse>
				<verse number="16">मूर्खले आफ्‍नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्‍लिदिन्‍छ।</verse>
				<verse number="17">एक सत्‍यवादी साक्षीले ईमानदार गवाही दिन्‍छ, तर झूटो साक्षीले झूटो कुरा बोल्‍छ।</verse>
				<verse number="18">असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ।</verse>
				<verse number="19">सत्‍य बोल्‍ने ओठ सधैँ स्‍थिर रहन्‍छन्, तर झूट बोल्‍ने जिब्रो केही क्षण मात्रै टिक्‍छ।</verse>
				<verse number="20">खराब युक्ति रच्‍नेहरूको हृदय छली हुन्‍छ, तर शान्‍तिको बढ़ौती गर्नेलाई रमाहट हुन्‍छ।</verse>
				<verse number="21">धर्मीमाथि हानि आइपर्दैन, तर दुष्‍टहरू दु:ख-कष्‍टले भरिएका हुन्‍छन्‌।</verse>
				<verse number="22">परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्‍छ, तर उहाँ सत्‍यवादी मानिससँग प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="23">एक समझदार मानिसले आफ्‍नो ज्ञान आफूसँगै राख्‍छ, तर मूर्खको हृदयले आफ्‍नो मूर्खता झ्‍वाट्टै प्रकट गर्छ।</verse>
				<verse number="24">लगनशील हातले शासन गर्नेछ, तर आलस्‍यको अन्‍त्‍यचाहिँ कमारोपन हो।</verse>
				<verse number="25">चिन्‍तित हृदयले मानिसलाई कमजोर तुल्‍याउँछ, तर दयालु वचनले त्‍यसलाई हर्षित तुल्‍याउँछ।</verse>
				<verse number="26">धर्मी मानिस आफ्‍नो मित्रतामा सचेत रहन्‍छ, तर दुष्‍टको बाटोले तिनीहरूलाई बरालिदिन्‍छ।</verse>
				<verse number="27">अल्‍छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्‍पत्ति पाउँछ।</verse>
				<verse number="28">धार्मिकताको मार्गमा जीवन हुन्‍छ, त्‍यस मार्गको सँगसँगै अमरत्‍व छ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">बुद्धिमान्‌ छोराले आफ्‍ना बुबाको अर्तीमा ध्‍यान दिन्‍छ, तर खिल्‍ली उड़ाउनेले हप्‍की सुन्‍दैन।</verse>
				<verse number="2">मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ।</verse>
				<verse number="3">आफ्‍ना ओठको रखवाली गर्नेले आफ्‍नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्‍याउनेछ।</verse>
				<verse number="4">अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।</verse>
				<verse number="5">धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्‍टले लाज र बेइज्‍जत ल्‍याउँछ।</verse>
				<verse number="6">ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्‍टताले पापीको संहार गर्छ।</verse>
				<verse number="7">कोही मानिस धनी भइटोपल्‍छ, तापनि त्‍यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्‍छ, तापनि त्‍यससँग प्रशस्‍तै सम्‍पत्ति हुन्‍छ।</verse>
				<verse number="8">सम्‍पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्‍ला, तर गरीब मानिसले धम्‍की सुन्‍नुपर्दैन।</verse>
				<verse number="9">धर्मी मानिसको बत्ती चहकिलो भएर बल्‍छ, तर दुष्‍टको बत्ती निभाइन्‍छ।</verse>
				<verse number="10">घमण्‍डले केवल झगड़ा पोस्‍दछ, तर सरसल्‍लाह लिनेहरूमा बुद्धि पाइन्‍छ।</verse>
				<verse number="11">बेईमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्‍मा गरेको धन बढ्‌दैजान्‍छ।</verse>
				<verse number="12">आशा विलम्‍ब हुँदा मन मर्छ, तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।</verse>
				<verse number="13">अर्तीलाई तिरस्‍कार गर्नेले त्‍यसको मूल्‍य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ।</verse>
				<verse number="14">बुद्धिमान्‌को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्‍युको पासोबाट उम्‍कन्‍छ।</verse>
				<verse number="15">असल समझदारीले निगाह प्राप्‍त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्‍छ।</verse>
				<verse number="16">प्रत्‍येक समझदार मानिस आफ्‍नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्‍नो मूर्खताको तमाशा देखाउँछ।</verse>
				<verse number="17">दुष्‍ट सन्‍देशवाहक दु:खमा पर्छ, तर विश्‍वसनीय दूतले चङ्गाइ लिएर आउँछ।</verse>
				<verse number="18">अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्‍यान दिने व्‍यक्ति सम्‍मानित हुन्‍छ।</verse>
				<verse number="19">आफ्‍नो चाहना पूरा हुँदा प्राणलाई तृप्‍ति मिल्‍दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्‌।</verse>
				<verse number="20">बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ।</verse>
				<verse number="21">पापीहरूलाई दुर्भाग्‍यले लखेट्‌छ, तर धर्मीको इनाम नै समुन्‍नति हो।</verse>
				<verse number="22">असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।</verse>
				<verse number="23">गरीब मानिसको खेतबारीले प्रशस्‍तै अन्‍न उब्‍जाउला, तर अन्‍यायले त्‍यो खोसेर लैजान्‍छ।</verse>
				<verse number="24">छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।</verse>
				<verse number="25">धर्मीले पेटभरि मस्‍तीसँग खान्‍छ, तर दुष्‍टको पेट भोकभोकै हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">बुद्धिमान्‌ स्‍त्रीले आफ्‍नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्‍त्रीले आफ्‍नै हातले आफ्‍नो घर भत्‍काउँछे।</verse>
				<verse number="2">ईमानसँग हिँड्‌नेले परमप्रभुको भय मान्‍छ, तर कुटिल मार्गमा हिँड्‌नेले उहाँलाई तुच्‍छ ठान्‍छ।</verse>
				<verse number="3">मूर्खको बोलीले आफ्‍नै पीठमाथि लाठो ल्‍याउँछ, तर बुद्धिमान्‌का ओठले त्‍यसको सुरक्षा गर्छन्‌।</verse>
				<verse number="4">जहाँ गोरुहरू छैनन्, त्‍यहाँ भकारी खाली रहन्‍छ, तर गोरुको बलले प्रशस्‍त फसल कटनी हुन्‍छ।</verse>
				<verse number="5">साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।</verse>
				<verse number="6">खिल्‍ली उड़ाउने व्‍यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्‍यक्तिलाई ज्ञान सजिलैसित आउँछ।</verse>
				<verse number="7">मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्‍यसका ओठमा ज्ञानको कुरो पाइँदैन।</verse>
				<verse number="8">समझदार मानिसको बुद्धिले त्‍यसलाई सही बाटो दिन्‍छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।</verse>
				<verse number="9">पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्‍ली उड़ाउँछ, तर ईमानसँग चल्‍नेहरूका माझमा सद्‌भाव पाइन्‍छ।</verse>
				<verse number="10">मनको तीतोपन मनले नै जान्‍दछ, र त्‍यसको आनन्‍द अरू कसैले भोग गर्न सक्‍दैन।</verse>
				<verse number="11">दुष्‍टको घर भत्‍काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ।</verse>
				<verse number="12">	कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।</verse>
				<verse number="13">मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्‍छ, र हर्षको अन्‍तचाहिँ शोकमा हुन सक्‍छ।</verse>
				<verse number="14">बेईमानहरूले आफ्‍नो चालको फल पूरै भोग्‍नुपर्छ, र भला मानिसलाई आफ्‍नो कामको प्रतिफल दिइनेछ।</verse>
				<verse number="15">बेवकूफ मानिसले जुनसुकै कुरा पत्‍याउँछ, तर समझदार मानिसले आफ्‍ना पाइलाहरू सतर्कसाथ चाल्‍छ।</verse>
				<verse number="16">बुद्धिमान्‌ मानिसले परमप्रभुको भय राख्‍छ र खराबीदेखि टाढ़ै रहन्‍छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्‍छ।</verse>
				<verse number="17">रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्‍छ।</verse>
				<verse number="18">अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्‌।</verse>
				<verse number="19">खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍टहरू धर्मीहरूको ढोका अघि झुक्‍नुपर्छ।</verse>
				<verse number="20">आफ्‍नै छिमेकीहरूबाट समेत गरीबहरू त्‍यागिन्‍छन्, तर धनीका त धेरै मित्रहरू हुन्‍छन्‌।</verse>
				<verse number="21">आफ्‍नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्‍यो मानिस धन्‍य हो, जसले दरिद्रलाई दया गर्छ।</verse>
				<verse number="22">के खराब योजना रच्‍नेहरू बरालिँदैनन्‌ र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्‍त गर्छन्‌।</verse>
				<verse number="23">सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ।</verse>
				<verse number="24">बुद्धिमान्‌को सम्‍पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्‍पन्‍न गराउँछ।</verse>
				<verse number="25">साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्‍छ।</verse>
				<verse number="26">जसले परमप्रभुको भय मान्‍छ, त्‍यसको सुरक्षित किल्‍ला हुन्‍छ, र त्‍यसका छोराछोरीका निम्‍ति यो एक शरणस्‍थान हुनेछ।</verse>
				<verse number="27">परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ।</verse>
				<verse number="28">प्रजाको ठूलो सङ्‌ख्‍याले राजा गौरवान्‍वित हुन्‍छ, तर प्रजाविनाको शासक नष्‍ट हुन्‍छ।</verse>
				<verse number="29">धैर्यवान्‌ मानिसको समझशक्ति अपार हुन्‍छ, तर गरम मिजासको मानिसले आफ्‍नो मूर्खता प्रदर्शन गर्छ।</verse>
				<verse number="30">शान्‍त हृदयले शरीरलाई जीवन दिन्‍छ, तर डाहले हड्डी मकाउँछ।</verse>
				<verse number="31">गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्‍टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्‍वरको आदर गरेको हुन्‍छ।</verse>
				<verse number="32">आपत्ति आइपर्दा दुष्‍टहरूको पतन हुन्‍छ, तर धर्मीले चाहिँ मृत्‍युमा समेत आश्रय पाउँछ।</verse>
				<verse number="33">विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।</verse>
				<verse number="34">धार्मिकताले देशलाई उचाल्‍छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्‍जती हो।</verse>
				<verse number="35">राजा बुद्धिमान्‌ दाससँग प्रसन्‍न रहन्‍छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।</verse>
				<verse number="2">बुद्धिमान्‌को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ।</verse>
				<verse number="3">परमप्रभुको नजर सर्वत्र रहन्‍छ, दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ।</verse>
				<verse number="4">निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ।</verse>
				<verse number="5">मूर्खले आफ्‍नो बुबाको अनुशासनलाई लत्‍याउँछ, तर सुधारलाई ध्‍यान दिनेले बुद्धिमानी देखाउँछ।</verse>
				<verse number="6">धर्मी मानिसको घरमा प्रशस्‍त धन हुन्‍छ, तर दुष्‍ट मानिसको कमाइले दु:ख ल्‍याउँछ।</verse>
				<verse number="7">बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्‍यस्‍तो हुँदैन।</verse>
				<verse number="8">दुष्‍ट मानिसको बलिदान परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर ईमानसँग चल्‍नेको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="9">दुष्‍ट मानिसको मार्ग परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर धार्मिकताको पछि लाग्‍नेहरूलाई उहाँ प्रेम गर्नुहुन्‍छ।</verse>
				<verse number="10">आफ्‍नो मार्ग त्‍याग्‍नेले कठोर ताड़ना भोग्‍नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्‍यो मर्नेछ।</verse>
				<verse number="11">मृत्‍यु र विनाश परमप्रभुको सामुन्‍ने खुलस्‍त छन्‌ भने, मानिसको हृदय झन्‌ कत्ति खुलस्‍त होला।</verse>
				<verse number="12">खिल्‍ली उड़ाउनेले सुधारलाई निको मान्‍दैन, त्‍यसले बुद्धिमान्‌को सल्‍लाह लिँदैन।</verse>
				<verse number="13">आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।</verse>
				<verse number="14">विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।</verse>
				<verse number="15">थिचोमिचोमा परेकाहरूका अवहेलित जीवन दिनहुँ दु:खको हुन्‍छ, तर आनन्‍दित हृदय सधैँ सुखी हुन्‍छ।</verse>
				<verse number="16">होहल्‍लाको साथ प्रशस्‍तै धन हुनुभन्‍दा थोरै धनसित परमप्रभुको भय राख्‍नु उत्तम हो।</verse>
				<verse number="17">द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्‍दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।</verse>
				<verse number="18">गरम मिजासको मानिसले कलह मच्‍चाउँछ, तर धैर्यवान्‌ मानिसले झैँझगड़ा शान्‍त गराउँछ।</verse>
				<verse number="19">अल्‍छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्‍छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।</verse>
				<verse number="20">बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्‍याउँछ, तर मूर्ख मानिसले आफ्‍नी आमालाई तुच्‍छ ठान्‍छ।</verse>
				<verse number="21">समझ नभएको मानिस मूर्खतामा प्रसन्‍न रहन्‍छ, तर समझशक्ति भएको मानिस सीधै आफ्‍नो लक्ष्यतिर बढ्‌छ।</verse>
				<verse number="22">परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌।</verse>
				<verse number="23">उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्‍छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्‍छ।</verse>
				<verse number="24">जीवनको मार्गले बुद्धिमान्‌लाई उँभोतिर डोर्‍याउँछ, त्‍यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।</verse>
				<verse number="25">परमप्रभुले अहङ्कारी मानिसको घर भत्‍काइदिनुहुन्‍छ, तर विधवाको साँधसिमाना उहाँले अखण्‍ड राख्‍नुहुन्‍छ।</verse>
				<verse number="26">परमप्रभुले दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्‍छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="27">लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्‍ट ल्‍याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ।</verse>
				<verse number="28">धर्मीको हृदयले जवाफ दिन अघि त्‍यसलाई जोख्‍दछ, तर दुष्‍टको मुखले खराबी बकवाद गर्दछ।</verse>
				<verse number="29">परमप्रभु दुष्‍टदेखि टाढ़ै रहनुहुन्‍छ, तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="30">हँसिलो चेहराले हृदयलाई हर्षित तुल्‍याउँछ, र शुभ-समाचारले हड्डीलाई स्‍वस्‍थ पार्छ।</verse>
				<verse number="31">जसले जीवन दिने हप्‍की सुन्‍छ, त्‍यसले बुद्धिमान्‌हरूका माझमा सङ्गत पाउँछ।</verse>
				<verse number="32">अनुशासनलाई बेवास्‍ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्‍यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।</verse>
				<verse number="33">परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।</verse>
				<verse number="2">मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्‍ला, तर त्‍यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्‍छन्‌।</verse>
				<verse number="3">तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।</verse>
				<verse number="4">परमप्रभुले सबै कुरा उहाँको आफ्‍नै उद्देश्‍यका लागि बनाउनुहुन्‍छ, दुष्‍टलाई समेत विनाशको दिनको लागि उहाँले राख्‍नुभएको छ।</verse>
				<verse number="5">परमप्रभु हृदयमा घमण्‍ड भएका सबैलाई घिनाउनुहुन्‍छ, यो निश्‍चय छ, तिनीहरू दण्‍डरहित रहनेछैनन्‌।</verse>
				<verse number="6">प्रेम र विश्‍वासयोग्‍यताद्वारा पापको प्रायश्‍चित हुन्‍छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्‍छ।</verse>
				<verse number="7">जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्‍छन्, उहाँले त्‍यसका शत्रुहरूलाई समेत त्‍यससँग मिलापमा राख्‍नुहुन्‍छ।</verse>
				<verse number="8">धार्मिकतासित थोरै हुनु अन्‍यायसँग धेरै लाभ भएको भन्‍दा उत्तम हो।</verse>
				<verse number="9">मानिसले आफ्‍नो हृदयमा आफ्‍नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्‍यसका कदमहरूको निर्धारण गर्नुहुन्‍छ।</verse>
				<verse number="10">राजाका ओठले दिव्‍यवाणी बोल्‍दछ, र तिनको मुखले न्‍यायलाई आघात पुर्‍याउनुहुँदैन।</verse>
				<verse number="11">ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।</verse>
				<verse number="12">राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्‍थापित हुन्‍छ।</verse>
				<verse number="13">राजाहरू ईमानदार ओठसँग प्रसन्‍न हुन्‍छन्, सत्‍य बोल्‍ने मानिसलाई तिनीहरू कदर गर्छन्‌।</verse>
				<verse number="14">राजाको क्रोध मृत्‍युको दूत हो, तर बुद्धिमान्‌ मानिसले त्‍यो शान्‍त गराउँछ।</verse>
				<verse number="15">जब राजाको मुहार उज्‍यालो हुन्‍छ, यसको अर्थ जीवन हुन्‍छ। तिनको निगाह वसन्‍त ऋतुका झरीको बादलजस्‍तै हो।</verse>
				<verse number="16">सुनभन्‍दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्‍दा त बरु समझदारी चुन्‍नु कत्ति उत्तम हुन्‍छ।</verse>
				<verse number="17">ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्‍छ। जसले आफ्‍नो बाटोको रखवाली गर्छ, त्‍यसले आफ्‍नो जीवनको रखवाली गर्छ।</verse>
				<verse number="18">सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ।</verse>
				<verse number="19">आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो।</verse>
				<verse number="20">उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ।</verse>
				<verse number="21">हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्‌।</verse>
				<verse number="22">समझदारी हुनेको निम्‍ति त्‍यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्‍ड ल्‍याउँछ।</verse>
				<verse number="23">बुद्धिमान्‌को हृदयले आफ्‍नो मुख सम्‍हाल्‍छ, र त्‍यसका ओठले शिक्षा बढ़ाउँछन्‌।</verse>
				<verse number="24">मीठा वचनहरू महका चाकाहरूजस्‍तै हुन्, जसले प्राणलाई मिठास दिन्‍छ, र हड्डीहरू निको पार्छ।</verse>
				<verse number="25">	कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।</verse>
				<verse number="26">परिश्रमीको पेटले नै त्‍यसलाई काम गर्न लाउँछ, त्‍यसको भोकले त्‍यसलाई कजाउँछ।</verse>
				<verse number="27">बदमाशले खराबी रच्‍दछ, अनि त्‍यसको बोलीवचन प्रखर आगोझैँ हुन्‍छ।</verse>
				<verse number="28">कुटिल मतिको मानिसले विवाद उत्‍पन्‍न गराउँछ, र कुरौटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।</verse>
				<verse number="29">उपद्रवी मानिसले आफ्‍नो छिमेकीलाई फसाउँछ, र त्‍यसले उसलाई खराब बाटोतिर लैजान्‍छ।</verse>
				<verse number="30">आफ्‍नो आँखा झिम्‍क्‍याउनेले षड्‌यन्‍त्र रचेको हुन्‍छ, आफ्‍ना ओठ लेब्‍र्याउनेको स्‍वभाव खराब हुन्‍छ।</verse>
				<verse number="31">फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्‍त हुन्‍छ।</verse>
				<verse number="32">मानिस धैर्यवान्‌ हुनु लड़ाका योद्धा हुनुभन्‍दा उत्तम हो, आफ्‍नो क्रोध वशमा राख्‍नु सहरै कब्‍जा गर्नुभन्‍दा बेस हो।</verse>
				<verse number="33">सप्कोमा चिट्ठा त हालिन्‍छ, तर त्‍यसको प्रत्‍येक निर्णय परमप्रभुबाट नै हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">शान्‍ति र मौनसाथ निस्‍तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्‍दा बेस हो।</verse>
				<verse number="2">बुद्धिमान्‌ नोकरले अयोग्‍य छोरामाथि हुकुम चलाउनेछ, र दाजुभाइहरूसरह पैतृक-सम्‍पत्तिको अंश पाउनेछ।</verse>
				<verse number="3">चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्‍छ।</verse>
				<verse number="4">दुष्‍ट मानिस खराबी कुरा सुन्‍छ, फटाहाले डाही जिब्रोको कुरातिर ध्‍यान दिन्‍छ।</verse>
				<verse number="5">गरीबको ठट्टा उड़ाउनेले तिनीहरूलाई बनाउनुहुनेलाई खिसी गर्छ, अर्काको विपत्तिमा रमाउने जोसुकै पनि दण्‍डबाट उम्‍कनेछैन।</verse>
				<verse number="6">नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्, र आमा-बुबाहरू आफ्‍ना छोराछोरीहरूका गर्व हुन्‌।</verse>
				<verse number="7">अभिमानी कुरा मूर्खको मुखमा नसुहाउँदो हुन्‍छ भने, शासकको मुखमा झूटो कुरा झन्‌ कत्ति असुहाउँदो हुन्‍छ!</verse>
				<verse number="8">जसले घूस दिन्‍छ त्‍यसको लागि त्‍यो टुनाजस्‍तै हो, जहाँ गए पनि त्‍यो सफल हुन्‍छ।</verse>
				<verse number="9">चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।</verse>
				<verse number="10">मूर्खलाई सय कोर्रा लगाएकोभन्‍दा त विवेकी मानिसलाई एकै हप्‍कीले बढ़ी प्रभाव पार्छ।</verse>
				<verse number="11">खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्‍छ, त्‍यसको विरुद्ध एक निष्‍ठुर अधिकृत पठाइनेछ।</verse>
				<verse number="12">मूर्खलाई त्‍यसको मूर्खतामा भेट्‌नुभन्‍दा त बरु बच्‍चा खोसिएको भालू भेट्‌नु बेस।</verse>
				<verse number="13">यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, खराबीले त्‍यसको घर कहिल्‍यै छोड्‌नेछैन।</verse>
				<verse number="14">कलह सुरु हुनु बाँध भत्‍किनुजस्‍तो हो, त्‍यसैले वाद-विवाद चर्किनुभन्‍दा अघि नै त्‍यसलाई बन्‍द गर।</verse>
				<verse number="15">दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="16">मूर्खको हातमा पैसा के कामको होला र, किनकि बुद्धि प्राप्‍त गर्ने त्‍यसमा इच्‍छा नै हुँदैन?</verse>
				<verse number="17">एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्‍मेको हुन्‍छ।</verse>
				<verse number="18">समझ नभएको मानिस वाचाबन्‍धन गर्छ, र आफ्‍नो छिमेकीको जमानी बस्‍छ।</verse>
				<verse number="19">कलह रुचाउनेले पाप रुचाउँछ। अग्‍लो द्वार बनाउनेले सत्‍यनाश निम्‍त्‍याउँछ।</verse>
				<verse number="20">कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्‍यो सङ्कष्‍टमा जाकिन्‍छ।</verse>
				<verse number="21">छोरा मूर्ख भइदिनाले अफसोस ल्‍याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन।</verse>
				<verse number="22">प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।</verse>
				<verse number="23">दुष्‍ट मानिसले न्‍याय बिगार्न गुप्‍तमा घूस स्‍वीकार गर्छ।</verse>
				<verse number="24">विवेकी मानिसले आफ्‍नो दृष्‍टिमा बुद्धि राख्‍छ, तर मूर्खको आँखा पृथ्‍वीको अन्‍त्‍यसम्‍म यताउता डुलिरहन्‍छ।</verse>
				<verse number="25">मूर्ख छोराले आफ्‍ना बुबामाथि अफसोस, र त्‍यसलाई जन्‍माउनेमाथि तीतोपन ल्‍याउँछ।</verse>
				<verse number="26">निर्दोष मानिसलाई दण्‍ड दिनु असल होइन, वा आफ्‍नो ईमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठीक होइन।</verse>
				<verse number="27">ज्ञानी मानिसले संयमसित शब्‍दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्‍डा मिजासको हुन्‍छ।</verse>
				<verse number="28">चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ, र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">अमिल्‍दो मानिस स्‍वार्थको पछि लाग्‍छ, त्‍यसले सबै उचित ठहरको खुला विरोध गर्छ।</verse>
				<verse number="2">मूर्खले समझदारीमा सन्‍तुष्‍टि पाउँदैन, तर आफ्‍नै विचारहरू पोख्‍न पाए त्‍यो प्रसन्‍न हुन्‍छ।</verse>
				<verse number="3">जब दुष्‍टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ।</verse>
				<verse number="4">मानिसको मुखका वचनहरू गहिरा पानीजस्‍तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्‍बुले खोला हो।</verse>
				<verse number="5">दुष्‍टको पक्ष लिनु, अथवा निर्दोषलाई न्‍यायबाट वञ्‍चित गराउनु राम्रो होइन।</verse>
				<verse number="6">मूर्खका ओठले आफैमाथि कलह ल्‍याउँछन्, र त्‍यसको मुखले पिटाइ निम्‍त्‍याउँछ।</verse>
				<verse number="7">मूर्खको मुख नै त्‍यसको सर्वनाश हो, अनि त्‍यसका ओठचाहिँ आफ्‍नै प्राणको पासो हुन्‍छन्‌।</verse>
				<verse number="8">कुरौटेका वचनहरू स्‍वादिष्‍ठ गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌।</verse>
				<verse number="9">आफ्‍नो काम गर्नमा ढिलो गरिरहने व्‍यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।</verse>
				<verse number="10">परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्‍यहाँ दगुर्दै जान्‍छन्‌ र सुरक्षित हुन्‍छन्‌।</verse>
				<verse number="11">धनीको सम्‍पत्ति नै तिनीहरूको लागि किल्‍लाबन्‍दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्‌नै नसकिने पर्खाल ठान्‍छन्‌।</verse>
				<verse number="12">आफ्‍नो पतनको अघि मानिसको हृदय घमण्‍डी हुन्‍छ, तर आदर आउन अघि नम्रता आउँछ।</verse>
				<verse number="13">जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।</verse>
				<verse number="14">मानिसको आत्‍माले त्‍यसलाई बिरामी अवस्‍थामा सहारा दिन्‍छ, तर चूर्ण भएको आत्‍माको पीडा कसले सहन सक्‍ला?</verse>
				<verse number="15">विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्‍यो खोजी निकाल्‍छ।</verse>
				<verse number="16">उपहारले दाताको निम्‍ति बाटो खोलिदिन्‍छ, र त्‍यसलाई महान्‌ व्‍यक्तिको उपस्‍थितिमा पुर्‍याउँछ।</verse>
				<verse number="17">दोस्रो व्‍यक्ति अघि सरेर प्रश्‍नहरू नगरुञ्‍जेल, मुद्दा हाल्‍ने पहिलो व्‍यक्ति नै ठीक देखा पर्छ।</verse>
				<verse number="18">गोला हाल्‍नाले कलह थामिन्‍छ, र बलिया प्रतिद्वन्‍द्वीहरू अलग हुन्‍छन्‌।</verse>
				<verse number="19">किल्‍लाबन्‍दी गरिएको सहरलाई वशमा ल्‍याउनुभन्‍दा चित्त दुखाएको भाइलाई मनाउनु झन्‌ गाह्रो हो, र कलहहरूचाहिँ आग्‍लो लाएको किल्‍लाका ढोकाहरूजस्‍तै हुन्‌।</verse>
				<verse number="20">आफ्‍नो मुखको फलले मानिसको पेट भरिएको हुन्‍छ, त्‍यसका ओठद्वारा हुने फसलले त्‍यो सन्‍तुष्‍ट हुन्‍छ।</verse>
				<verse number="21">जीवन र मृत्‍युको शक्ति जिब्रोमा हुन्‍छ, त्‍यसलाई प्रेम गर्नेहरूले त्‍यसका फल खानुपर्छ।</verse>
				<verse number="22">पत्‍नी पाउनेले असल कुरा पाउँछ, र त्‍यसले परमप्रभुबाट निगाह प्राप्‍त गर्छ।</verse>
				<verse number="23">गरीबले दयाको लागि बिन्‍तीभाउ गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्‍छ।</verse>
				<verse number="24">धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्‍छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्‍दा नजिक टाँसिन्‍छ।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">गरीब भए तापनि कलङ्करहित भई हिँड्‌नु कुटिल मतिका ओठ भएको मूर्ख हुनुभन्‍दा उत्तम हो।</verse>
				<verse number="2">विनाज्ञानको उत्‍साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ।</verse>
				<verse number="3">मानिसको आफ्‍नै मूर्खताले त्‍यसको जीवन नष्‍ट हुन्‍छ, तरै पनि त्‍यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ।</verse>
				<verse number="4">धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्‍याग्‍छ।</verse>
				<verse number="5">झूटो गवाही दिने दण्‍डविना उम्‍कनेछैन, र झूटको ओइरो लाउने स्‍वतन्‍त्र भएर जान पाउनेछैन।</verse>
				<verse number="6">धेरैले शासकको निगाह खोज्‍छन्, र प्रत्‍येक जना उपहार दिने व्‍यक्तिको मित्र हुन्‍छ।</verse>
				<verse number="7">गरीब मानिस आफ्‍ना सबै आफन्‍तहरूबाट त्‍यागिन्‍छ, त्‍यसका मित्रहरूले त झन्‌ कत्ति बेसरी त्‍यसलाई त्‍याग्‍लान्‌! त्‍यसले बिन्‍तीभाउ गर्दै तिनीहरूका पछि लागे पनि, तिनीहरू कहीँ फेला पर्दैनन्‌।</verse>
				<verse number="8">बुद्धि प्राप्‍त गर्नेले आफ्‍नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्‍यक्तिको फलिफाप हुन्‍छ।</verse>
				<verse number="9">झूटो गवाही दिने दण्‍डविना उम्‍कनेछैन, र झूटको ओइरो लाउने मानिस नष्‍ट हुन्‍छ।</verse>
				<verse number="10">मूर्खलाई ऐशआरामसँग जिउनु सुहाउँदैन— कमाराले राजकुमारमाथि हुकुम चलाउनु झन्‌ कत्ति नराम्रो हो!</verse>
				<verse number="11">मानिसको बुद्धिले त्‍यसलाई धैर्य दिन्‍छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्‍लनु त्‍यसको लागि महिमा हो।</verse>
				<verse number="12">राजाको क्रोध सिंहको गर्जनजस्‍तै हुन्‍छ, तर तिनको निगाहचाहिँ घाँसमाथिको शीतजस्‍तै हो।</verse>
				<verse number="13">मूर्ख छोरा त्‍यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्‍नी नित्‍य परिरहने तपतपे झरीजस्‍तै हो।</verse>
				<verse number="14">घरहरू र सम्‍पत्ति आमा-बुबाबाट आएका हुन्‍छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाटै आएकी हो।</verse>
				<verse number="15">अल्‍छीपनले घोर निद्रा ल्‍याउँछ, अल्‍छी मानिस भोकै रहन्‍छ।</verse>
				<verse number="16">अर्ती-उपदेश पालन गर्नेले आफ्‍नो जीवन रक्षा गर्छ, तर आफ्‍नो चालको बेवास्‍ता गर्ने मर्नेछ।</verse>
				<verse number="17">गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ।</verse>
				<verse number="18">आफ्‍नो छोरालाई ताड़ना दे, किनकि त्‍यसमा आशा हुन्‍छ, त्‍यसको मृत्‍युमा राजीखुशीले सहभागी नहोऊ।</verse>
				<verse number="19">गरम मिजास भएको मानिसले सजाय भोग्‍नैपर्छ, त्‍यसलाई उम्‍कन दिइस्‌ भने त्‍यो फेरि तैंले गर्नुपर्ने हुनेछ।</verse>
				<verse number="20">सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्‍त्‍यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌।</verse>
				<verse number="21">मानिसको हृदयमा धेरै योजनाहरू हुन्‍छन्, तर परमप्रभुकै उद्देश्‍य विजयी रहन्‍छ।</verse>
				<verse number="22">मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्‍नुभन्‍दा त गरीब हुनु नै बेस हो।</verse>
				<verse number="23">परमप्रभुको भयले जीवनतिर डोर्‍याउँछ, तब मानिस ढुक्‍कसँग बस्‍नेछ, र दु:खले त्‍यसलाई छुँदैन।</verse>
				<verse number="24">अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र त्‍यसले आफ्‍नो हात उठाएर मुखमा समेत ल्‍याउँदैन!</verse>
				<verse number="25">खिल्‍ली उड़ाउनेलाई कोर्रा लगाउनू, अनि निर्बुद्धि मानिसले बुद्धि सिक्‍नेछ। विवेकशील मानिसलाई हप्‍काउनू, अनि त्‍यसले आफ्‍नो ज्ञान बढ़ाउनेछ।</verse>
				<verse number="26">आफ्‍ना बुबालाई लुट्‌ने र आफ्‍नी आमालाई बाहिर निकाल्‍ने छोराले शर्म र बेइज्‍जत ल्‍याउँदछ।</verse>
				<verse number="27">ए मेरो छोरा, अर्ती सुन्‍न छोडिस्‌ भने, तँ ज्ञानका वचनहरूदेखि बहकिनेछस्‌।</verse>
				<verse number="28">भ्रष्‍ट साक्षीले न्‍यायको खिल्‍ली उडाउँछ, र दुष्‍टको मुखले खराबी स्‍वात्तै निलिहाल्छ।</verse>
				<verse number="29">सजायहरू खिल्‍ली उठाउनेहरूकै लागि तयार पारिएका हुन्‍छन्, र चुटाइ मूर्खहरूको पिठिउँको लागि हो।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।</verse>
				<verse number="2">राजाको क्रोध सिंहको गर्जनजस्‍तै हुन्‍छ, तिनलाई रीस उठाउनेले आफ्‍नो जीवन गुमाउँछ।</verse>
				<verse number="3">कलह नचाहनु मानिसको निम्‍ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्‍चाउनमा छिटो हुन्‍छ।</verse>
				<verse number="4">अल्‍छेले बेलामा जोत्‍दैन, त्‍यसकारण फसलको बेला त्‍यसले खोज्‍छ तर केही फेला पार्दैन।</verse>
				<verse number="5">मानिसको हृदयमा भएका उद्देश्‍यहरू गहिरा पानीजस्‍तै हुन्, तर समझदार मानिसले त्‍यो तानेर निकाल्‍छ।</verse>
				<verse number="6">धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दाबी गर्छन्, तर विश्‍वास योग्य मानिस कहाँ पाउन सकिएला?</verse>
				<verse number="7">धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्‍यसको पछि आउने छोरा-छोरीहरू धन्‍यका हुन्‌।</verse>
				<verse number="8">जब राजा आफ्‍नो सिंहासनमा न्‍याय गर्न बस्‍छन्, तिनले आफ्‍नो आँखाले सबै खराबी केलाउँछन्‌।</verse>
				<verse number="9">कसले भन्‍न सक्‍छ, “मैले आफ्‍नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु”?</verse>
				<verse number="10">भिन्‍नै नमिल्‍ने ढकहरू र नापहरू परमप्रभु घृणा गर्नुहुन्‍छ।</verse>
				<verse number="11">एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्‍छ।</verse>
				<verse number="12">सुन्‍ने कान र देख्‍ने आँखा, ती दुवै परमप्रभुले नै बनाउनुभएको हो।</verse>
				<verse number="13">निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्‌-झन्‌ दरिद्र तुल्‍याउँछ। जागा रहेस्‌ र तँसँग जगेरा अन्‍न रहनेछ।</verse>
				<verse number="14">ग्राहकले भन्‍छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्‍नो खरीद गराइमा त्‍यसले धाक लाउँछ।</verse>
				<verse number="15">सुन छ, मानिकहरू प्रशस्‍त छन्, तर ज्ञानको वचन बोल्‍ने ओठहरू दुर्लभ रत्‍न हुन्‌।</verse>
				<verse number="16">अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्‍नू। यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‍नू।</verse>
				<verse number="17">छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्‍छ, तर त्‍यसको अन्‍त्‍यचाहिँ मुखभरि रोडा हालेसरह हुन्‍छ।</verse>
				<verse number="18">सल्‍लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्‌नु छ भने सल्‍लाह प्राप्‍त गर्‌।</verse>
				<verse number="19">कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।</verse>
				<verse number="20">यदि कसैले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ भने, त्‍यसको बत्ती घोर अन्‍धकारको बेला निभाइनेछ।</verse>
				<verse number="21">सुरुमा झटपट गरेर हात पारेको सम्‍पत्ति अन्‍त्‍यमा आशिष्‌पूर्ण हुनेछैन।</verse>
				<verse number="22">यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।</verse>
				<verse number="23">परमप्रभु घट्‍बढ्‌ नाप-तौल घृणा गर्नुहुन्‍छ, र छली तराजूले उहाँलाई प्रसन्‍न तुल्‍याउँदैन।</verse>
				<verse number="24">मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्‍छन्‌। मानिसले आफ्‍नो बाटो कसरी बुझ्‍न सक्‍ला?</verse>
				<verse number="25">असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्‍नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।</verse>
				<verse number="26">बुद्धिमान्‌ राजाले दुष्‍टहरूलाई पन्‍साउँछन्, तिनले उनीहरूमाथि अन्‍न चुट्‌ने चक्‍का दल्‍छन्‌।</verse>
				<verse number="27">परमप्रभुको दियो मानिसको आत्‍मालाई खोजी गर्छ, त्‍यसले उसको भित्री मनुष्‍यत्‍वलाई खोजी निकाल्‍छ।</verse>
				<verse number="28">प्रेम र विश्‍वासयोग्‍यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्‍छ।</verse>
				<verse number="29">जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।</verse>
				<verse number="30">मुक्‍का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्‍यत्‍व खारिन्‍छ।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">राजाको हृदय परमप्रभुको हातमा हुन्‍छ, खोलाको पानीझैँ जता मन लाग्‍यो उतै उहाँले फर्काउनुहुन्‍छ।</verse>
				<verse number="2">मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्‍ला, तर हृदय जाँच्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ।</verse>
				<verse number="3">जे ठीक र न्‍यायसङ्गत छ त्‍यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्‍दा बढ़ी ग्रहणयोग्‍य हुन्‍छ।</verse>
				<verse number="4">घमण्‍डी आँखा र अहङ्कारी हृदय, दुष्‍टका दियो यिनै हुन्‌ जो पाप हो!</verse>
				<verse number="5">लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्‍मुख गराउँछ, त्‍यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्‍छ।</verse>
				<verse number="6">झूटो जिब्रोले आफ्‍नो भाग्‍य सुधार्नचाहिँ उड़िजाने कुइरो र घातक पासो हो।</verse>
				<verse number="7">दुष्‍टको उपद्रवले नै तिनीहरूलाई घिच्‍च्‍याएर लैजान्‍छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्‍वीकार गर्छन्‌।</verse>
				<verse number="8">दोषीको बाटो कुटिल हुन्‍छ, तर निर्दोषको चालचलन ईमानदार हुन्‍छ।</verse>
				<verse number="9">कचकचे पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।</verse>
				<verse number="10">दुष्‍ट मानिसले खराबीको लालसा गर्छ, त्‍यसको छिमेकीले त्‍यसबाट दया पाउँदैन।</verse>
				<verse number="11">जब खिल्‍ली उड़ाउनेलाई दण्‍ड दिइन्‍छ, निर्बुद्धिले बुद्धि प्राप्‍त गर्छ, बुद्धिमान्‌लाई जब शिक्षा दिइन्‍छ, त्‍यसले ज्ञान पाउँछ।</verse>
				<verse number="12">परमधार्मिकले दुष्‍टको घरलाई याद गरिरहनुहुन्‍छ, र उहाँले दुष्‍टहरूमाथि सर्वनाश ल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="13">गरीबले पुकारा गर्दा यदि मानिसले आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन।</verse>
				<verse number="14">गुप्‍तमा दिइएको उपहारले रीस मारिदिन्‍छ, र खास्‍टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्‍त गराउँछ।</verse>
				<verse number="15">जब न्‍याय हुन्‍छ, धर्मीहरू हर्षित हुन्‍छन्, तर कुकर्मीहरू भने त्रासित हुन्‍छन्‌।</verse>
				<verse number="16">समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्‍न पुग्‍छ।</verse>
				<verse number="17">सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्‍यै धनी हुनेछैन।</verse>
				<verse number="18">धर्मीका छुटकाराको साधन दुष्‍टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्‍नेको साधन हुनेछन्‌।</verse>
				<verse number="19">झगड़ालु र रिसाहा पत्‍नीसँग बस्‍नुभन्‍दा बरु मरुभूमिमा बस्‍नु बेस।</verse>
				<verse number="20">बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।</verse>
				<verse number="21">धार्मिकता र प्रेमको पछि लाग्‍नेले जीवन, समुन्‍नति र आदर पाउँछ।</verse>
				<verse number="22">बुद्धिमान्‌ मानिसले बलिष्‍ठको सहरमाथि आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्‍छ।</verse>
				<verse number="23">आफ्‍नो मुख र जिब्रो सम्‍हाल्‍नेले आफूलाई आपद्‌-विपद्‌बाट जोगाउँछ।</verse>
				<verse number="24">अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्‍ली उड़ाउने” हो, त्‍यसले अभिमानीसाथ व्‍यवहार गर्दछ।</verse>
				<verse number="25">अल्‍छेको लालसाले नै त्‍यसलाई मार्नेछ, किनभने त्‍यसका हातहरू काम गर्न अस्‍वीकार गर्छन्‌।</verse>
				<verse number="26">दिनभरि नै त्‍यसले झन्‌ बढ्‌ता लालसा गरिरहन्‍छ, तर धर्मीले मुट्ठी खोलेर दिन्‍छ।</verse>
				<verse number="27">दुष्‍टको बलिदान घिनलाग्‍दो हुन्‍छ— खराब अभिप्रायले चढ़ाएको झन्‌ कत्ति बढ़ी घृणित होला!</verse>
				<verse number="28">झूटो साक्षी नष्‍ट हुनेछ, त्‍यसको कुरा सुन्‍ने जोसुकै सधैँको निम्‍ति नष्‍ट हुनेछ</verse>
				<verse number="29">दुष्‍ट मानिस साहसीजस्‍तै हिँड्‌छ, तर ईमानदारीसँग चल्‍ने मानिसले आफ्‍ना चालहरू विचार गर्छ।</verse>
				<verse number="30">कुनै पनि यस्‍तो बुद्धि, अन्‍तर्दृष्‍टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्‍छ।</verse>
				<verse number="31">युद्धका दिनको लागि घोडा तयार पारिन्‍छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">धेरै धन-सम्‍पत्तिभन्‍दा असल नाउँ रोज्‍नु वाञ्‍छनीय हुन्‍छ, सम्‍मानित हुनु चाँदी वा सुनभन्‍दा उत्तम हो।</verse>
				<verse number="2">धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्‍छ।</verse>
				<verse number="3">बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यसैतिर जान्‍छ र दु:ख भोग्‍छ।</verse>
				<verse number="4">नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ।</verse>
				<verse number="5">दुष्‍टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्‍छन्, तर जसले आफ्‍नो प्राणको रक्षा गर्छ, त्‍यो त्‍यस्‍ता कुराहरूदेखि टाढ़ै रहन्‍छ।</verse>
				<verse number="6">बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन।</verse>
				<verse number="7">धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।</verse>
				<verse number="8">दुष्‍टता रोप्‍नेले सङ्कष्‍टको कटनी गर्छ, र त्‍यसको झोँकको लट्ठी नष्‍ट हुनेछ।</verse>
				<verse number="9">उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ, किनभने त्‍यसले आफ्‍नो भोजन गरीबलाई बाँड्‌छ।</verse>
				<verse number="10">गिल्‍ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्‍छ, कलह र अपमान टुङ्गिन्‍छन्‌।</verse>
				<verse number="11">जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्‍यसको लागि राजा पनि मित्र हुनेछ।</verse>
				<verse number="12">परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्‍वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्‍छ।</verse>
				<verse number="13">अल्‍छेले भन्‍छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्‍लीहरूमा गएँ भने मेरो हत्‍या हुनेछ।”</verse>
				<verse number="14">व्‍यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्‍यसभित्र जाकिनेछन्‌।</verse>
				<verse number="15">बालकको हृदय मूर्खताको बन्‍धनले जेलिएको हुन्‍छ, तर ताड़नाको बेतले उसबाट त्‍यो टाढ़ा भाग्‍नेछ।</verse>
				<verse number="16">आफ्‍नो सम्‍पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्‍यक्ति दरिद्र बन्‍छन्‌।</verse>
				<verse number="17">बुद्धिमान्‌का उखानहरूमा ध्‍यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा,</verse>
				<verse number="18">किनभने ती कुराहरू तेरो हृदयमा राखिस्‌ भने, अनि ती सबै तेरा ओठमा तयार रहन्‍छन्‌ भने त्‍यो मनोहर हुन्‍छ।</verse>
				<verse number="19">तेरो भरोसा परमप्रभुमा होस्‌ भनेर यो कुरा आज म तँलाई सिकाउँछु, अँ, तँलाई नै सिकाउँछु।</verse>
				<verse number="20">के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्‍लाह र ज्ञानका वचनहरू?</verse>
				<verse number="21">आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक्‌ भनेर मैले तँलाई सत्‍य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र?</verse>
				<verse number="22">तिनीहरू असहाय छन्‌ भन्‍दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्‍ने काम नगर्,</verse>
				<verse number="23">किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्‍नो हातमा लिनुहुनेछ, र तिनीहरूलाई लुट्‌नेहरूलाई उहाँले लुट्‌नुहुनेछ।</verse>
				<verse number="24">गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,</verse>
				<verse number="25">नत्रता त्‍यसको चाल तैंले सिक्‍लास्, र आफै पासोमा पर्लास्‌।</verse>
				<verse number="26">बन्‍धकमा आफ्‍नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्‌।</verse>
				<verse number="27">यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।</verse>
				<verse number="28">प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्‌।</verse>
				<verse number="29">आफ्‍नो काममा सिपालु कुनै मानिसलाई तँ देख्‍छस्‌? त्‍यसले राजाहरूका सामु सेवा गर्नेछ। त्‍यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">जब तँ शासकसँग भोजन गर्न बस्‍छस्, तेरो सामुन्‍ने जे राखिएको छ त्‍यो राम्ररी याद गर्,</verse>
				<verse number="2">यदि तेरो खन्‍चुवा बानी छ भने, तेरो घाँटीमा चक्‍कू राख्‌।</verse>
				<verse number="3">तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्‍यो भोजन छकाउने हुन्‍छ।</verse>
				<verse number="4">धनी बन्‍न आफूलाई बेसरी नघोट्‌, बुद्धिमानी बनी संयम गर्‌।</verse>
				<verse number="5">धनको एक झलक पाइन्‍छ, र त्‍यो गइहाल्‍छ, किनभने त्‍यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्‍यो उड़ेर जानेछ।</verse>
				<verse number="6">कन्‍जुस मानिसको भोजन नखा, त्‍यसको मीठो भोजनको लोभ नगर्,</verse>
				<verse number="7">किनभने त्‍यो त्‍यस्‍तो किसिमको मानिस हो, जसले त्‍यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्‍छ। त्‍यसले तँलाई “खानुहोस्, पिउनुहोस्‌” भन्‍छ, तर त्‍यसको मन तँसित हुँदैन।</verse>
				<verse number="8">तैंले त्‍यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्‍यसलाई तैंले गरेको अभिवादन त्‍यसै खेर जानेछ।</verse>
				<verse number="9">मूर्खसँग कुरा नगर्, किनभने त्‍यसले तेरा वचनहरूका बुद्धिको तिरस्‍कार गर्नेछ।</verse>
				<verse number="10">प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्‌,</verse>
				<verse number="11">किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्‍छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ।</verse>
				<verse number="12">तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।</verse>
				<verse number="13">बालकलाई ताड़ना दिन नरोक्‌। तैंले त्‍यसलाई बेत लगाएर सजाय दिइस्‌ भने त्‍यो मरिजानेछैन।</verse>
				<verse number="14">बेत लगाएर त्‍यसलाई सजाय दे, र त्‍यसको प्राण मृत्‍युदेखि बचा।</verse>
				<verse number="15">हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान्‌ छ भने, मेरो हृदय खुशी हुनेछ।</verse>
				<verse number="16">मेरो अन्‍तस्‍करण त्‍यस बेला रमाउनेछ, जब तेरो ओठले उचित कुरा बोल्‍दछ।</verse>
				<verse number="17">तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्‍ति उत्‍सुक भइरह।</verse>
				<verse number="18">निश्‍चय नै भविष्‍यमा तेरो निम्‍ति आशा छ, र तेरो आशा व्‍यर्थ जानेछैन।</verse>
				<verse number="19">हे मेरो छोरा, सुन्‌ र बुद्धिमान्‌ बन्, र तेरो हृदय ठीक मार्गमा राख्‌।</verse>
				<verse number="20">बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्‍म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,</verse>
				<verse number="21">किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।</verse>
				<verse number="22">तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्‍नी आमा वृद्ध हुँदा उनको हेला नगर्‌।</verse>
				<verse number="23">सत्‍य किन्‌ र त्‍यो बिक्री नगर्‌। बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर्‌।</verse>
				<verse number="24">धर्मी मानिसको बुबा असाध्‍यै आनन्‍दित हुन्‍छ, बुद्धिमान्‌ छोरा आफ्‍ना बुबामा प्रसन्‍न रहन्‍छ।</verse>
				<verse number="25">तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्‍म दिने आमाले रमाहट गरून्‌।</verse>
				<verse number="26">हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्,</verse>
				<verse number="27">किनभने वेश्‍या एक गहिरो खाड़ल हो, र व्‍यभिचारिणी स्‍त्री एक साँघुरो इनार हो।</verse>
				<verse number="28">त्‍यो डाँकूझैँ ढुकिबस्‍छे, र मानिसहरूका माझमा अविश्‍वासीहरूको सख्‍ंया बढ़ाउँछे,</verse>
				<verse number="29">कष्‍ट कसलाई हुन्‍छ? शोक कसलाई हुन्‍छ? कलह कसलाई हुन्‍छ? गुनासो कसलाई हुन्‍छ? कसलाई अनावश्‍यक चोटपटक लाग्‍छ? कसका आँखाहरू रगतजस्‍ता राता हुन्‍छन्‌?</verse>
				<verse number="30">तिनीहरूकै जो मद्यमै भुलिरहन्‍छन्, जुनहरू मिश्रित मद्यको प्‍याला चाख्‍न जान्‍छन्‌।</verse>
				<verse number="31">रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ!</verse>
				<verse number="32">अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ, र गोमनले झैँ विष हालिदिन्‍छ।</verse>
				<verse number="33">तेरा आँखाले अनौठा दृश्‍यहरू देख्‍नेछन्, र तेरो मनले अलमल्‍याउने कुराहरू विचार गर्नेछ।</verse>
				<verse number="34">महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्‍तूलका डोरीको मास्‍तिर झुण्‍डिरहेझैँ तँ हुनेछस्‌।</verse>
				<verse number="35">तैंले भन्‍नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्‍दैन! तिनीहरू मलाई पिट्‌छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्‍यूझुँला, र म अझ पिउन सक्‍नेछु?”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">दुष्‍ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्‍छा नगर्,</verse>
				<verse number="2">किनभने तिनीहरूको हृदयले उपद्रव रच्‍दछ, र तिनीहरूका ओठले झमेला ल्‍याउने कुरा गर्दछ।</verse>
				<verse number="3">बुद्धिले घर बनाइन्‍छ, र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ,</verse>
				<verse number="4">ज्ञानद्वारा यसका कोठाहरू अति उत्‍कृष्‍ट र सुन्‍दर थोकहरूले भरिभराउ हुन्‍छन्‌।</verse>
				<verse number="5">बुद्धिमान्‌ मानिसको शक्ति महान्‌ हुन्‍छ, र ज्ञानी मानिसको सामर्थ्‍य बढ्‌छ।</verse>
				<verse number="6">युद्ध गर्नका निम्‍ति तँलाई अगुवाइ चाहिन्‍छ, विजय पाउनलाई धेरै सल्‍लाहकार चाहिन्‍छ।</verse>
				<verse number="7">मूर्खको निम्‍ति बुद्धि साह्रै उच्‍च हुन्‍छ, ढोकामा जम्‍मा भएको समुदायको अगि बताउने कुरा त्‍यससँग हुँदैन।</verse>
				<verse number="8">खराबी जसले रच्‍दछ, त्‍यो षड्‌यन्‍त्रकारीको नाउँले चिनिनेछ।</verse>
				<verse number="9">मूर्खताका षड्‌यन्‍त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्‍ली उड़ाउनेलाई घिनाउँछन्‌।</verse>
				<verse number="10">सङ्कष्‍टको दिनमा लरखराइस्‌ भने, तेरो बल कति कम रहेछ!</verse>
				<verse number="11">मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्‌।</verse>
				<verse number="12">यदि तँ भन्‍छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्‍याल राख्‍नुहुन्‍न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्‍यक्तिलाई त्‍यसको कामअनुसार बदला दिनुहुन्‍न र?</verse>
				<verse number="13">हे मेरो छोरा, मह खा, किनभने त्‍यो असल हुन्‍छ, चाकाबाटको महको स्‍वाद तँलाई गुलियो हुन्‍छ।</verse>
				<verse number="14">यो पनि याद राख्‌ कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्‍त गरिस्‌ भने, तेरो भविष्‍यको लागि आशा छ, र तेरो आशा व्‍यर्थै जानेछैन।</verse>
				<verse number="15">धर्मी मानिसका घरको विरुद्ध दुष्‍टले ढुकेझैँ ढुकी नबस्, त्‍यसको वासस्‍थानमाथि छापा नमार्,</verse>
				<verse number="16">किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्‌छ, तर दुष्‍टहरूलाई विपत्तिले नाश गरिदिन्छन्।</verse>
				<verse number="17">तेरो शत्रुको पतन हुँदा नरमा, त्‍यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,</verse>
				<verse number="18">नत्रभने परमप्रभुले देख्‍नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्‍यसदेखि आफ्‍नो क्रोध हटाउनुहुनेछ।</verse>
				<verse number="19">दुष्‍ट मानिसहरूको कारण पीर नमान्, वा दुष्‍टप्रति डाही नबन्,</verse>
				<verse number="20">किनभने दुष्‍ट मानिसका भविष्‍यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ।</verse>
				<verse number="21">हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्, र विद्रोहीहरूसँग नमिल्,</verse>
				<verse number="22">किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्‍कासि सर्वनाश पठाउनुहुनेछ। र कस्‍ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्‍छ र?</verse>
				<verse number="23">यी पनि बुद्धिमान्‌का उखानहरू हुन्‌: न्‍याय गर्दा पक्षपात गर्नु राम्रो होइन।</verse>
				<verse number="24">दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्‍छ, मानिसहरूले त्‍यसलाई सराप्‍नेछन्‌ र जातिहरूले त्‍यसको निन्‍दा गर्नेछन्‌।</verse>
				<verse number="25">तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्‍यस व्‍यक्तिमाथि प्रशस्‍त आशिष्‌ बर्षनेछ।</verse>
				<verse number="26">ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्‍बनजस्‍तै हो।</verse>
				<verse number="27">बाहिरको काम पूरा गर्, र आफ्‍नो खेतबारी तयार पार्, अनि त्‍यसपछि आफ्‍नो घर बना।</verse>
				<verse number="28">आफ्‍नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्‍ना ओठलाई छली कामको लागि प्रयोग नगर्‌।</verse>
				<verse number="29">यसो नभन्, “त्‍यसले मलाई गरेझैँ म पनि त्‍यसलाई गर्नेछु, त्‍यस मानिसले मलाई गरेको साटो म लिनेछु।”</verse>
				<verse number="30">म एउटा अल्‍छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,</verse>
				<verse number="31">चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।</verse>
				<verse number="32">मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।</verse>
				<verse number="33">	क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले,</verse>
				<verse number="34">दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्‍त्र मानिसझैँ आइलाग्‍नेछ।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाका मानिसहरूले उतारेका हुन्‌:</verse>
				<verse number="2">कुनै कुरा गोप्‍य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्‍छ, कुनै कुराको खोजी निकाल्‍नुमा राजाहरूको महिमा हुन्‍छ।</verse>
				<verse number="3">जसरी स्‍वर्गहरू उच्‍च छन्‌ र पृथ्‍वी गहिरो छ, त्‍यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्‍छ।</verse>
				<verse number="4">चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ।</verse>
				<verse number="5">राजाको उपस्‍थितिबाट दुष्‍टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्‍थापित हुनेछ।</verse>
				<verse number="6">	राजाको उपस्‍थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्‍ने हक नखोज्‌।</verse>
				<verse number="7">ठूलाबड़ाका अगि तँलाई तिनले होच्‍याउनुभन्‍दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।”</verse>
				<verse number="8">तेरो आँखाले जे देखेको छ, त्‍यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्‍त्‍यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्‍यो भने?</verse>
				<verse number="9">छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्,</verse>
				<verse number="10">नत्रता त्‍यो सुन्‍नेले तँलाई लाजमा पार्ला, र तेरो खराब नाम कहिल्‍यै मेटिनेछैन।</verse>
				<verse number="11">ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्‍याउहरूजस्‍तै हुन्‍छन्‌।</verse>
				<verse number="12">सुनको कुण्‍डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान्‌ मानिसको हप्‍की सुन्‍ने कानको लागि हुन्‍छ।</verse>
				<verse number="13">कटनीको बेला हिउँको शीतलताझैँ विश्‍वास योग्य‍ दूत त्‍यसलाई पठाउनेहरूका निम्‍ति हुन्‍छ। आफ्‍ना मालिकको आत्‍मालाई त्‍यसले ताजा गराउँछ।</verse>
				<verse number="14">झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्‍छ।</verse>
				<verse number="15">धैर्य गर्नाले शासकलाई मनाउन सकिन्‍छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्‍छ।</verse>
				<verse number="16">मह भेट्टाइस्‌ भने चाहिँदो मात्र खा, यो धेरै खाइस्‌ भने तैंले बान्‍ता गर्नेछस्‌।</verse>
				<verse number="17">आफ्‍नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस्‌ भने त्‍यसले तँलाई घृणा गर्नेछ।</verse>
				<verse number="18">लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।</verse>
				<verse number="19">दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्‍टको बेला अविश्‍वसयोग्य व्‍यक्तिमा भर पर्नु हो।</verse>
				<verse number="20">जाडो दिनमा ओढ्‌ने खोसेर लगेझैँ वा सोडामा सिर्का खन्‍याएझैँ, दु:खित हृदय भएकोलाई गीत गाइदिने मानिस हुन्छ।</verse>
				<verse number="21">	यदि तेरो शत्रु भोकाएको छ भने, त्‍यसलाई खान भोजन दे, यदि त्‍यो तिर्खाएको छ भने, त्‍यसलाई पिउन पानी दे।</verse>
				<verse number="22">यसो गर्नाले तैंले त्‍यसको टाउकोमा जलिरहेको भुङ्‌ग्रो खन्‍याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।</verse>
				<verse number="23">उत्तरीय बतासले वृष्‍टि ल्‍याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्‍याउँछ।</verse>
				<verse number="24">झगड़िया पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।</verse>
				<verse number="25">थकित प्राणको लागि चिसो पानीझैँ टाढ़ा ठाउँबाट आएको शुभ समाचार हो।</verse>
				<verse number="26">दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।</verse>
				<verse number="27">धेरै मह खानु राम्रो हुँदैन, न त आफ्‍नै मान खोज्‍नु कसैलाई आदरणीय हुन्‍छ।</verse>
				<verse number="28">पर्खालहरू भत्‍किएको नगरझैँ आत्‍मसंयम नभएको मानिस हो।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">ग्रीष्‍म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्‍मान दिनु सुहाउँदैन।</verse>
				<verse number="2">भुर्र उड्‌ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्‍दैन।</verse>
				<verse number="3">घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी!</verse>
				<verse number="4">मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्‍योजस्‍तै हुनेछस्‌।</verse>
				<verse number="5">मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्‍यो आफ्‍नै नजरमा बुद्धिमान्‌ हुनेछ।</verse>
				<verse number="6">आफ्‍नै खुट्टामा बन्‍चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो।</verse>
				<verse number="7">लङ्गड़ो मानिसका झुण्‍डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्‍छ।</verse>
				<verse number="8">मूर्खलाई सम्‍मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्‍नुझैँ हो।</verse>
				<verse number="9">मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो।</verse>
				<verse number="10">मूर्ख वा कुनै बटुवालाई ज्‍यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो।</verse>
				<verse number="11">जसरी कुकुर आफ्‍नै बान्‍ता खान फर्किन्‍छ, त्‍यसरी नै मूर्खले आफ्‍नो मूर्खता दोहोर्‍याउँछ।</verse>
				<verse number="12">आफ्‍नै नजरमा आफूलाई बुद्धिमान्‌ ठान्‍ने मानिस देखेको छस्‌? त्‍यसको भन्‍दा त बरु मूर्खको लागि धेरै आशा हुन्‍छ।</verse>
				<verse number="13">अल्‍छेले भन्‍छ, “सड़कमा सिंह छ, डरलाग्‍दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ!”</verse>
				<verse number="14">ढोका आफ्‍नो कब्‍जामा यताउता फर्केझैँ अल्‍छे आफ्‍नो खाटमा पल्‍टन्‍छ।</verse>
				<verse number="15">अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र आफ्‍नो मुखसम्‍म पुर्‍याउन पनि त्‍यसलाई अल्‍छी लाग्‍छ।</verse>
				<verse number="16">ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्‍दा पनि अल्‍छे आफ्‍नै नजरमा बुद्धिमान्‌ बन्‍छ।</verse>
				<verse number="17">आफूसँग असम्‍बन्‍धित झगड़ामा हस्‍तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्‍यक्ति एउटै हो।</verse>
				<verse number="18">त्‍यो अगुल्‍टा वा घातक काँड़ हान्‍ने बौलाहाजस्‍तो हो,</verse>
				<verse number="19">जसले आफ्‍नो छिमेकीलाई छल गरिसकेपछि भन्‍छ, “मैले त ख्‍यालख्‍याल मात्रै गरेको थिएँ!”</verse>
				<verse number="20">दाउराविना आगो निभ्‍छ, कुरौटेविना खिचोला शान्‍त हुन्‍छ।</verse>
				<verse number="21">भुङ्‌ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्‍काउनका निम्‍ति झगड़िया मानिस हुन्‍छ।</verse>
				<verse number="22">कुरौटेका शब्‍दहरू मीठो गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌।</verse>
				<verse number="23">माटोको भाँड़ोमा चाँदीको जलप लाएझैँ दुष्‍ट हृदयका जोशिला ओठ हुन्‍छन्‌।</verse>
				<verse number="24">द्वेषपूर्ण मानिसले आफूलाई त्‍यसको कुराले ढाकछोप गर्छ, तर आफ्‍नो हृदयमा भने त्‍यसले छलछामलाई आश्रय दिन्‍छ।</verse>
				<verse number="25">त्‍यसको बोली मनोहर भए पनि त्‍यसमाथि विश्‍वास नगर्, किनभने त्‍यसको हृदय सात वटा द्वेषले भरिएको हुन्‍छ।</verse>
				<verse number="26">त्‍यसले आफ्‍नो द्वेष छलसित लुकाएको हुन सक्‍छ, तर त्‍यसको दुष्‍टता समुदायमा खुल्‍ला हुनेछ।</verse>
				<verse number="27">मानिसले खाड़ल खन्‍यो भने त्‍यसभित्र त्‍यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्‍यो गुड़ेर आफैतिर फर्कनेछ।</verse>
				<verse number="28">झूटो जिब्रोले त्‍यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलूसी घस्‍ने मुखले सर्वनाश गराउँछ।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">	भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्‍ने तँलाई थाहा हुँदैन।</verse>
				<verse number="2">तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्‌।</verse>
				<verse number="3">ढुङ्गा गह्रौँ हुन्‍छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्‍दा अझ गह्रौँ हुन्‍छ।</verse>
				<verse number="4">क्रोध निर्दयी हुन्‍छ, र झोँकचाहिँ अत्‍यधिक, तर डाहको सामु को खड़ा हुनसक्‍छ?</verse>
				<verse number="5">खुल्‍ला हप्‍की गोप्‍य प्रेमभन्‍दा असल हो।</verse>
				<verse number="6">मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌।</verse>
				<verse number="7">टन्‍न अघाएको व्‍यक्तिलाई मह अमन हुन्‍छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्‍छ।</verse>
				<verse number="8">आफ्‍नो गुँड़बाट भट्‌किएर निस्‍केको चराझैँ आफ्‍नो घरबाट भट्‌किएर निस्‍केको मानिस हुन्‍छ।</verse>
				<verse number="9">अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्‍लाह हो।</verse>
				<verse number="10">आफ्‍नै मित्र र आफ्‍ना बुबाको मित्रलाई नत्‍याग्, र तँलाई विपत्ति आइपर्दा आफ्‍नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्‍दा बेस हो।</verse>
				<verse number="11">हे मेरो छोरा, बुद्धिमान्‌ बन्, र मेरो हृदयलाई आनन्‍दित तुल्‍या, तब मलाई हेलचेक्‍्रयाइँको व्‍यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्‍नेछु।</verse>
				<verse number="12">बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यतैतिर जान्‍छ र दु:ख भोग्‍छ।</verse>
				<verse number="13">अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्, यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‌।</verse>
				<verse number="14">कसैले आफ्‍नो छिमेकीलाई एकाबिहानै चर्को स्‍वरले आशिष्‌ दिन्‍छ भने, त्‍यो ता श्राप पो बन्‍छ।</verse>
				<verse number="15">झगड़िया पत्‍नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्‍तै हो।</verse>
				<verse number="16">त्‍यसलाई वशमा राख्‍नु बतासलाई वशमा राख्‍नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्‍तै हो।</verse>
				<verse number="17">फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।</verse>
				<verse number="18">अञ्‍जीरको रूख रेखदेख गर्नेले त्‍यसको फल खानेछ, र आफ्‍ना मालिकको हेरचाह गर्ने व्‍यक्ति सम्‍मानित हुनेछ।</verse>
				<verse number="19">पानीमा अनुहार प्रतिबिम्‍बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्‍बित हुन्‍छ।</verse>
				<verse number="20">मृत्‍यु र विनाश कहिल्‍यै तृप्‍त हुँदैन, न त मानिसका आँखा नै सन्‍तुष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="21">चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ।</verse>
				<verse number="22">मूर्खलाई खलमा हालेर पिँधे पनि, त्‍यसलाई जाँतोमा अन्‍न राखेर पिँधेझैँ गरे पनि, तैंले त्‍यसको मूर्खता त्‍यसबाट हटाउनेछैनस्‌।</verse>
				<verse number="23">तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे,</verse>
				<verse number="24">किनभने धन-सम्‍पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्‍ताका लागि सुरक्षित रहँदैन।</verse>
				<verse number="25">जब पराल हटाइन्‍छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्‍छ,</verse>
				<verse number="26">तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्‍छन्, र खेत किन्‍ने रकम बाख्राहरूबाट आउँछ।</verse>
				<verse number="27">बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्‍नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">कसैले नलखेटे पनि दुष्‍ट मानिस भाग्‍छ, तर धर्मीचाहिँ सिंहजस्‍तै आँटिला हुन्‍छन्‌।</verse>
				<verse number="2">जब देश बागी बन्‍छ, त्‍यहाँ धेरै शासकहरू खड़ा हुन्‍छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्‍छ।</verse>
				<verse number="3">गरीबमाथि थिचोमिचो गर्ने शासक अन्‍न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्‍तै हो।</verse>
				<verse number="4">व्‍यवस्‍था त्‍याग्‍नेहरूले दुष्‍टहरूको प्रशंसा गर्छन्, तर व्‍यवस्‍था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्‌।</verse>
				<verse number="5">दुष्‍ट मानिसहरू न्‍यायलाई बुझ्‍दैनन्, तर परमप्रभुलाई खोज्‍नेहरूले यसलाई पूर्ण रूपले बुझ्‍दछन्‌।</verse>
				<verse number="6">गरीब भए तापनि कलङ्करहित भई हिँड्‌नु कुटिल मतिको बाटोमा लागेको धनीभन्‍दा असल हो।</verse>
				<verse number="7">व्‍यवस्‍था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्‍चुवाको सङ्गत गर्नेले आफ्‍ना बुबामाथि बेइज्‍जत ल्‍याउँछ।</verse>
				<verse number="8">अति नै ब्‍याज लगाएर जसले आफ्‍नो सम्‍पत्ति बढ़ाउँछ, त्‍यसले कुम्‍ल्‍याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्‍नेछ।</verse>
				<verse number="9">यदि कसैले व्‍यवस्‍थाप्रति आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसका प्रार्थनाहरूसमेत घृणित हुन्‍छन्‌।</verse>
				<verse number="10">ईमानसँग चल्‍नेलाई जसले खराब बाटोतिर लैजान्‍छ, त्‍यसको आफ्‍नै पासोमा त्‍यो फस्‍नेछ। तर निर्दोषले पर्याप्‍त अंश पाउनेछ।</verse>
				<verse number="11">धनी मानिस आफ्‍नै नजरमा बुद्धिमान्‌ हुन सक्‍छ, तर विवेक भएको गरीब मानिसले त्‍यसलाई छर्लङ्गै देख्‍छ।</verse>
				<verse number="12">धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्‍छ, तर दुष्‍ट सत्तामा पुग्‍दा मानिसहरू लुक्‍न थाल्‍छन्‌।</verse>
				<verse number="13">आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्‍याग्‍छ, त्‍यसले कृपा पाउँछ।</verse>
				<verse number="14">परमप्रभुसँग सधैँ डराउने मानिस धन्‍यको हो, तर आफ्‍नो हृदय कठोर पार्ने मानिस सङ्कष्‍टमा पर्छ।</verse>
				<verse number="15">गर्जने सिंह वा झम्‍टने भालूजस्‍तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट मानिस हो।</verse>
				<verse number="16">निर्दयी शासकमा बुद्धिको अभाव हुन्‍छ, तर भ्रष्‍टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ।</verse>
				<verse number="17">हत्‍याको दोषले व्‍याकुल भएको मान्‍छे मृत्‍युसम्‍मै फरार रहनेछ। कसैले पनि त्‍यसको समर्थन नगरोस्‌।</verse>
				<verse number="18">जसको हिँड़ाइ निर्दोष छ, त्‍यो सुरक्षित रहन्‍छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्‌।</verse>
				<verse number="19">आफ्‍नो जमिन खनजोत गर्नेको प्रशस्‍त भोजन हुनेछ, तर कल्‍पनाको पछि दौड्‌नेहरू दरिद्रताले भरिन्‍छन्‌।</verse>
				<verse number="20">विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन।</verse>
				<verse number="21">पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।</verse>
				<verse number="22">कन्‍जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्‍यसलाई प्रतीक्षा गरिराखेको छ भन्‍ने त्‍यसलाई थाहै हुँदैन।</verse>
				<verse number="23">फुर्क्‍याउने जिब्रो भएकोले भन्‍दा हप्‍काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्‍त गर्नेछ।</verse>
				<verse number="24">आफ्‍नो बुबा वा आमालाई लुटेर “यो गल्‍ती होइन” भन्‍ने छोरा बरबाद पार्नेको साझेदार हो।</verse>
				<verse number="25">लोभी मानिसले कलह मच्‍चाउँछ, तर परमप्रभुमा भरोसा राख्‍ने मानिसको फलिफाप हुन्‍छ।</verse>
				<verse number="26">आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।</verse>
				<verse number="27">जसले गरीबलाई दिन्‍छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्‍लन्‍छ, त्‍यसले धेरै श्राप पाउनेछ।</verse>
				<verse number="28">दुष्‍ट सत्तामा पुग्‍दा मानिसहरू लुक्‍न थाल्‍छन्, तर जब दुष्‍टको नाश हुन्‍छ, धर्मी मौलाउँछन्‌।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">घरीघरी हप्‍की पाएर पनि कोही हठी नै भइरहन्‍छ भने, त्‍यो एक्‍कासि नाश हुनेछ, तरकीबै नरहने गरी।</verse>
				<verse number="2">धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्‍टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्‌।</verse>
				<verse number="3">बुद्धि प्रेम गर्ने मानिसले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर वेश्‍याहरूको सङ्गत गर्नेले आफ्‍नो सम्‍पत्ति बेकाममा उड़ाउँछ।</verse>
				<verse number="4">न्‍याय कायम गरेर राजाले देशलाई स्‍थायित्‍व दिन्‍छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ।</verse>
				<verse number="5">आफ्‍नो छिमेकीलाई फुर्क्‍याउनेले त्‍यसका खुट्टा फस्‍ने जाल फिँजाएको हुन्‍छ।</verse>
				<verse number="6">खराब मानिस त्‍यसको आफ्‍नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्‍न हुन सक्‍दछ।</verse>
				<verse number="7">धर्मात्‍माले गरीबको न्‍यायबारे हेर-विचार गर्छ, तर दुष्‍टले चाहिँ त्‍यसबारे सरोकार नै राख्‍दैन।</verse>
				<verse number="8">खिल्‍ली उड़ाउनेले सहरभरि हल्‍ला मच्‍चाउँछ, तर बुद्धिमान्‌ मानिसले क्रोधलाई पर पन्‍साउँछ।</verse>
				<verse number="9">बुद्धिमान्‌ मानिस मूर्खसँगै अदालतमा गयो भने, मूर्ख झोकिन्‍छ र गिल्‍ला गर्छ, त्‍यसैले त्‍यहाँ मिलाप हुँदैन।</verse>
				<verse number="10">रक्तपात गर्ने मानिसहरू ईमानदार व्‍यक्तिलाई घृणा गर्छन्, र ईमानदारीसँग चल्‍नेलाई मार्न खोज्‍छन्‌।</verse>
				<verse number="11">मूर्खले आफ्‍नो रीस पूरै पोखिन दिन्‍छ, तर बुद्धिमान्‌ मानिसले आफूलाई अधीनमा राख्‍छ।</verse>
				<verse number="12">शासकले झूटा कुराहरू सुन्‍छ भने, तिनका सम्‍पूर्ण अधिकारीहरू दुष्‍ट बन्‍छन्‌।</verse>
				<verse number="13">गरीब मानिस र अत्‍याचारीमा यो कुरो समान छ: परमप्रभुले तिनीहरू दुवैका आँखालाई दृष्‍टि दिनुहुन्‍छ।</verse>
				<verse number="14">यदि राजाले ठीकसँग गरीबको न्‍याय गर्छ भने, तिनको सिंहासन सदैव सुरक्षित रहनेछ।</verse>
				<verse number="15">सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्‍नी आमाको बेइज्‍जत गर्छ।</verse>
				<verse number="16">जब दुष्‍ट फस्‍टाउन थाल्‍छ, पाप पनि फस्‍टिँदैजान्‍छ। तर धर्मीले तिनीहरूको पतन देख्‍नेछ।</verse>
				<verse number="17">आफ्‍नो छोरालाई ताड़ना दे, र त्‍यसले तँलाई शान्‍ति दिन्‍छ। त्‍यसले तेरो प्राणमा अति आनन्‍द ल्‍याउनेछ।</verse>
				<verse number="18">जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌। तर त्‍यो मानिस धन्‍य हो, जसले व्‍यवस्‍था पालन गर्छ।</verse>
				<verse number="19">कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्‍यसले बुझे तापनि जवाफ दिँदैन।</verse>
				<verse number="20">हतारिएर बोल्‍ने मानिस तँ देख्‍छस्‌? त्‍यसको भन्‍दा त एउटा मूर्खको निम्‍ति धेरै आशा हुन्‍छ।</verse>
				<verse number="21">मानिसले आफ्‍नो नोकरलाई बाल्‍यकालदेखि नै पुलपुल्‍यायो भने, आखिरमा त्‍यसले दिक्‍दारी पार्नेछ।</verse>
				<verse number="22">दुष्‍ट मानिसले कलह मच्‍चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ।</verse>
				<verse number="23">मानिसको घमण्‍डले त्‍यसलाई नीचो पार्छ, तर नम्र आत्‍मा भएको मानिसले सम्‍मान पाउँछ।</verse>
				<verse number="24">चोरको मतियार हुने त्‍यसको परमशत्रु हुन्‍छ, त्‍यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्‍यसको आँट हुँदैन।</verse>
				<verse number="25">मान्‍छेको डर एउटा पासोजस्‍तै हो, तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।</verse>
				<verse number="26">धेरैले शासकसँग भेटघाट गर्न खोज्‍दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्‍याय मिल्‍छ।</verse>
				<verse number="27">धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्‍टले ईमानदारलाई घृणा गर्छ।</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">याकेका छोरा आगूरका नीतिवचन— एक ईश्‍वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्‌:</verse>
				<verse number="2">मानिसहरूमध्‍ये म सबभन्‍दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन।</verse>
				<verse number="3">मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ।</verse>
				<verse number="4">स्‍वर्गसम्‍म को उक्‍लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्‍नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्‍नो खास्‍टोमा लपेटेको छ? पृथ्‍वीका चारैतिरको अन्‍तसम्‍म कसले स्‍थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्‌!</verse>
				<verse number="5">“परमेश्‍वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्‍ति उहाँ ढाल हुनुहुन्‍छ।</verse>
				<verse number="6">उहाँका वचनहरूमा नथप्‌, नत्रता उहाँले तँलाई हप्‍काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ।</verse>
				<verse number="7">“म तपाईंसँग दुई वटा कुरा माग्‍दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्‍कार नगर्नुहोस्‌।</verse>
				<verse number="8">असत्‍यता र झूटा कुरा मबाट टाढ़ै राख्‍नुहोस्, न त मलाई दरिद्रता न धन-सम्‍पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्‌।</verse>
				<verse number="9">अन्‍यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्‍कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्‍वरको नाउँ अपमानित पारुँला।</verse>
				<verse number="10">“मालिकको सामु त्‍यसका नोकरको निन्‍दा नगर्, नत्रता त्‍यसले तँलाई सराप्‍नेछ, र तैंले यसको मूल्‍य चुकाउनुपर्नेछ।</verse>
				<verse number="11">“यस्‍ताहरू पनि हुन्‍छन्‌ जुनहरू आफ्‍ना बुबालाई सराप्‍छन्, र आफ्‍ना आमाहरूलाई धन्‍यका ठान्‍दैनन्,</verse>
				<verse number="12">तिनीहरू जो आफ्‍नै दृष्‍टिमा शुद्ध हुन्‍छन्‌ तर आफ्‍नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्,</verse>
				<verse number="13">तिनीहरू जसका आँखाहरू अति घमण्‍डी हुन्‍छन्, जसको हेराइ अति घृणायुक्त हुन्‍छ,</verse>
				<verse number="14">तिनीहरू जसका दाँत तरवारहरू हुन्‌ र जसका बङ्गारा छुरा समान हुन्‍छन्‌।</verse>
				<verse number="15">“जूकाका दुई छोरीहरू छन्‌। ‘देऊ! देऊ!’ भन्‍दै तिनीहरू चिच्‍च्‍याउँछन्‌। “तीन कुरा छन्‌ जो कहिल्‍यै सन्‍तुष्‍ट हुँदैनन्, चार वटा जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैनन्‌:</verse>
				<verse number="16">	चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्‍यै अघाउँदैन, र आगो, जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैन।</verse>
				<verse number="17">“त्‍यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्‍यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्‍नेछन्, र गिद्धहरूले खानेछन्‌।</verse>
				<verse number="18">“तीन वटा कुराहरू छन्, जो मेरो निम्‍ति साह्रै अचम्‍मका छन्, चार वटा जो म बुझ्‍नै सक्‍दिनँ:</verse>
				<verse number="19">आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल, र तरुणीसँग पुरुषको चाल।</verse>
				<verse number="20">“व्‍यभिचारिणीको चाल यस्‍तो हुन्‍छ: त्‍यसले खान्‍छे र आफ्‍नो मुख पुछ्‌छे, र त्‍यसपछि भन्‍छे, ‘मैले केही गल्‍ती गरेकै छैनँ।’</verse>
				<verse number="21">“तीन वटा कुराबाट पृथ्‍वी काम्‍छ, चार वटा कुरा जुन त्‍यसले खप्‍नै सक्‍दैन:</verse>
				<verse number="22">चाकर राजा भएको, मूर्ख टन्‍न अघाएको,</verse>
				<verse number="23">माया नपाएकी स्‍त्रीले विवाह गरेकी, चाकर्नी जो आफ्‍नी मालिक्‍नीलाई पन्‍छाएर तिनको ठाउँमा बस्‍छे।</verse>
				<verse number="24">“पृथ्‍वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्‍यन्‍तै बुद्धिमान्‌ हुन्‍छन्‌:</verse>
				<verse number="25">कमिला थोरै बल भएका प्राणी हुन्‌ तापनि ग्रीष्‍म ऋतुमा नै तिनीहरू आफ्‍नो भोजन सञ्‍चय गर्छन्,</verse>
				<verse number="26">शापन थोरै शक्ति भएका प्राणी हुन्‌ तापनि पहरामा तिनीहरू आफ्‍नो घर बनाउँछन्,</verse>
				<verse number="27">सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्‌छन्,</verse>
				<verse number="28">छेपारालाई हातले पक्रन सकिन्‍छ तापनि राजाको महलमा यो पाइन्‍छ।</verse>
				<verse number="29">“तीन वटा कुरा छन्‌ जो आफ्‍नो हिँड़ाइमा रवाफिला हुन्‍छन्, चार जुन शानसँग यताउता हिँड्‌छन्‌:</verse>
				<verse number="30">सिंह पशुहरूमध्‍ये बलिष्‍ठ हुन्‍छ, जो कुनै कुराअगि हच्‍कँदैन,</verse>
				<verse number="31">शानदार हिँड्‌ने कुखुराको भाले, र बोका, अनि सेना आफ्‍नो वरिपरि राखेर हिँड्‌ने राजा।</verse>
				<verse number="32">“यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस्‌ भने, वा तैंले खराबीको योजना गरेको छस्‌ भने, तेरो मुखमा हात राखिहाल्‌!</verse>
				<verse number="33">किनभने दूध मथेर घिउ निस्‍कन्‍छ, र नाक माड्‍यो भने जसरी रगत निस्‍कन्‍छ, त्‍यसरी नै रीस उठाउनाले झगड़ा उत्‍पन्‍न हुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्‍वरवाणी:</verse>
				<verse number="2">हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरो भाकलको छोरा,</verse>
				<verse number="3">तेरो बल स्‍त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्‍यस्‍तालाई नदे जसले राजाहरूको पतन गराउँछन्‌।</verse>
				<verse number="4">“यो राजाहरूका निम्‍ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्‍न, शासकहरूले मदिराको लालसा गर्नु हुन्‍न,</verse>
				<verse number="5">नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्, र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्‍चित गराउँछन्‌।</verse>
				<verse number="6">तिनीहरूलाई मदिरा देऊ जो नष्‍ट भइरहेका छन्, दाखमद्य त्‍यस्‍ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।</verse>
				<verse number="7">तिनीहरूले पिऊन्‌ र आफ्‍नो दरिद्रता भुलून्, र आफ्‍नो वेदना फेरि नसम्‍झून्‌।</verse>
				<verse number="8">“त्‍यस्‍ताहरूको पक्षमा बोल्, जो आफ्‍नो पक्षमा बोल्‍न सक्‍दैनन्, यस्‍ताहरूका अधिकारको निम्‍ति जो कङ्गाल छन्‌।</verse>
				<verse number="9">आवाज उठा र न्‍यायसँग फैसला गर्‌। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्‌।”</verse>
				<verse number="10">उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌।</verse>
				<verse number="11">तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।</verse>
				<verse number="12">तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।</verse>
				<verse number="13">तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌।</verse>
				<verse number="14">व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।</verse>
				<verse number="15">तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।</verse>
				<verse number="16">खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्, र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌।</verse>
				<verse number="17">तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌।</verse>
				<verse number="18">तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्, र तिनको बत्ती राती निभ्‍दैन।</verse>
				<verse number="19">तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्, र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌।</verse>
				<verse number="20">तिनले गरीबहरूलाई आफ्‍नो मुट्ठी खोल्‍छिन्, र आफ्‍नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्‌।</verse>
				<verse number="21">हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌।</verse>
				<verse number="22">तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।</verse>
				<verse number="23">तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌।</verse>
				<verse number="24">तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्, र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌।</verse>
				<verse number="25">तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।</verse>
				<verse number="26">तिनी बुद्धिसँग बोल्‍छिन्, र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ।</verse>
				<verse number="27">तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌।</verse>
				<verse number="28">तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:</verse>
				<verse number="29">“धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”</verse>
				<verse number="30">सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।</verse>
				<verse number="31">तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।</verse>
			</chapter>
		</book>
		<book number="21">
			<chapter number="1">
				<verse number="1">दाऊदका छोरा, यरूशलेमका राजा, उपदेशकका वचन:</verse>
				<verse number="2">उपदेशक भन्‍दछन्, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ, सबै व्‍यर्थ हुन्‌।”</verse>
				<verse number="3">मानिसले आफ्‍ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्‍यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?</verse>
				<verse number="4">पुस्‍ताहरू आउँछन्, पुस्‍ताहरू जान्‍छन्, तर पृथ्‍वीचाहिँ सदासर्वदै रहिरहन्‍छ।</verse>
				<verse number="5">सूर्य उदाउँछ र अस्‍ताउँछ। त्‍यो आफू उदाएको ठाउँमा चाँड़ो जान्‍छ।</verse>
				<verse number="6">बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ।</verse>
				<verse number="7">सबै खोलाहरू समुद्रमा नै बगेर जान्‍छन्, तापनि समुद्र कहिल्‍यै भरिँदैन। जुन स्‍थानबाट खोलाहरू आउँछन्, ती फेरि त्‍यहीँ नै फर्केर जान्‍छन्‌।</verse>
				<verse number="8">सबै कुराहरू विरक्त छन्, यतिसम्‍म कि कसैले पनि त्‍यसको वर्णन गर्न सक्‍दैन। देखेर आँखा कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन, न त सुनेर कान तृप्‍त हुन्‍छ।</verse>
				<verse number="9">जे भएको छ त्‍यो फेरि हुनेछ, र जे गरिएको छ त्‍यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन।</verse>
				<verse number="10">के कुनै कुरो छ, जसको बारेमा कसैले भन्‍न सक्‍छ, “हेर त, यो त नयाँ कुरो हो”? त्‍यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्‍दा उहिले नै।</verse>
				<verse number="11">प्राचीन कालका मानिसहरूको केही सम्‍झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्‍दा पछि आउनेहरूले उनीहरूको सम्‍झना गर्नेछैनन्‌।</verse>
				<verse number="12">म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।</verse>
				<verse number="13">आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ!</verse>
				<verse number="14">सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र।</verse>
				<verse number="15">जे बाङ्गो छ, त्‍यसलाई सोझ्‍याउन सकिँदैन। जे छँदैछैन, त्‍यसको गन्‍ती हुँदैन।</verse>
				<verse number="16">मैले आफ्‍नो मनमा विचार गरें, “हेर त, मभन्‍दा अघि यरूशलेममा राज्‍य गर्ने कुनै व्‍यक्तिभन्‍दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”</verse>
				<verse number="17">तब बुद्धि बुझ्‍न र पागलपन र मूर्खता जान्‍नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्‍तो मात्र रहेछ भन्‍ने मैले थाहा पाएँ।</verse>
				<verse number="18">किनकि धेरै बुद्धिले धेरै दु:ख ल्‍याउँछ, धेरै ज्ञानले धेरै पीर।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">मैले आफ्‍नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्‍यो पनि व्‍यर्थै रहेछ भनी प्रमाणित भयो।</verse>
				<verse number="2">मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?”</verse>
				<verse number="3">दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्‍ल तुल्‍याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्‍ति असल काम के हो सो जान्‍न भनी मैले इच्‍छा गरें।</verse>
				<verse number="4">मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें।</verse>
				<verse number="5">मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें।</verse>
				<verse number="6">लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ।</verse>
				<verse number="7">मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌।</verse>
				<verse number="8">मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें।</verse>
				<verse number="9">यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो।</verse>
				<verse number="10">मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।</verse>
				<verse number="11">तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन।</verse>
				<verse number="12">तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन्‌ भनी सोच्‍नलाई मैले मेरा विचार त्‍यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्‍दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्‍छ र?</verse>
				<verse number="13">मैले के देखें भने जसरी अँध्‍यारोभन्‍दा उज्‍यालो असल हुन्‍छ, त्‍यसरी नै मूर्खताभन्‍दा बुद्धि असल हुन्‍छ।</verse>
				<verse number="14">बुद्धिमान्‌ मानिसका आँखा त्‍यसको शिरमा हुन्‍छन्, तर मूर्खचाहिँ अन्‍धकारमा हिँड्‌छ। तर मैले थाहा पाएँ कि यी दुवैमाथि एउटै दशा आइपर्नेछ।</verse>
				<verse number="15">तब मैले आफ्‍नो मनमा विचार गरें, “मूर्खको दशा ममाथि पनि आइलाग्‍नेछ। म बुद्धिमान्‌ भएको के लाभ भयो त?” मैले मेरो मनमा भने, “यो पनि व्‍यर्थै रहेछ।”</verse>
				<verse number="16">किनकि बुद्धिमान्‌ मानिसको पनि मूर्खको झैँ धेरै सम्‍झना रहँदैन। आउने दिनहरूमा दुवै जना बिर्सिइनेछन्‌। मूर्खजस्‍तै बुद्धिमान्‌ मानिस पनि मर्नैपर्छ।</verse>
				<verse number="17">यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्‍ति दु:खदायी रहेछ। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र।</verse>
				<verse number="18">सूर्यमुनि सबै कुरा, जसका निम्‍ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्‍ति छोड्‌नैपर्छ।</verse>
				<verse number="19">अनि कसले जान्‍दछ, त्‍यो बुद्धिमान्‌ हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्‍यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्‍यर्थ हो।</verse>
				<verse number="20">तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ।</verse>
				<verse number="21">किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्‍यसले प्राप्‍त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्‍यसको निम्‍ति काम गरेकै छैन। यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो।</verse>
				<verse number="22">सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र?</verse>
				<verse number="23">त्‍यसका सबै दिनका काम पीर र दु:ख हुन्‌। राती पनि त्‍यसको मनले विश्राम पाउँदैन। त्‍यो पनि व्‍यर्थै हो।</verse>
				<verse number="24">मानिसले खानु, पिउनु र आफ्‍नो काममा सन्‍तुष्‍ट रहनुभन्‍दा अरू अझ बढ़ी केही गर्न सक्‍दैन। यो पनि परमेश्‍वरको हातबाट आएको म देख्‍छु।</verse>
				<verse number="25">किनभने उहाँविना कसले खान वा सुख प्राप्‍त गर्न सक्‍छ र?</verse>
				<verse number="26">जुन मानिसले परमेश्‍वरलाई खुशी तुल्‍याउँछ त्‍यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्‍द दिनुहुन्‍छ। तर पापीलाई चाहिँ उहाँले परमेश्‍वरलाई खुशी तुल्‍याउने व्‍यक्तिको निम्‍ति धन-सम्‍पत्ति जम्‍मा गर्ने र थुपार्ने काम दिनुहुन्‍छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:</verse>
				<verse number="2">जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।</verse>
				<verse number="3">मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय।</verse>
				<verse number="4">रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।</verse>
				<verse number="5">ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ, र अलग रहने एउटा समय।</verse>
				<verse number="6">खोज्‍ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्‍ने एउटा समय छ, र फाल्‍ने एउटा समय।</verse>
				<verse number="7">च्‍यात्‍ने एउटा समय छ, र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ, र बोल्‍ने एउटा समय।</verse>
				<verse number="8">प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।</verse>
				<verse number="9">काम गर्नेले आफ्‍नो परिश्रमबाट के लाभ पाउँछ र?</verse>
				<verse number="10">परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु।</verse>
				<verse number="11">उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌।</verse>
				<verse number="12">म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन।</verse>
				<verse number="13">परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌।</verse>
				<verse number="14">मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ।</verse>
				<verse number="15">जे छ त्‍यो अघिदेखि नै थियो, जे हुनेछ त्‍यो पहिलेदेखि थियो। परमेश्‍वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्‍छ।</verse>
				<verse number="16">अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्‍यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।</verse>
				<verse number="17">मैले आफ्‍नो मनमा विचार गरें, “परमेश्‍वरले धर्मी र दुष्‍ट दुवैलाई न्‍यायमा ल्‍याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”</verse>
				<verse number="18">मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन्‌ भन्‍ने जानून्‌ भनी परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्‍छ।</verse>
				<verse number="19">मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो।</verse>
				<verse number="20">सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌।</verse>
				<verse number="21">मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?</verse>
				<verse number="22">यसैले मैले देखें कि मानिसको निम्‍ति त आफ्‍नै काममा आनन्‍द लिनुभन्‍दा अरू असल कुरो केही हुँदैन, किनभने त्‍यही नै त्‍यसको भाग हो। किनकि कसले त्‍यसलाई त्‍योभन्‍दा पछि हुने कुराहरू देखाउन सक्‍छ र?</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्‍याचार देखें। अत्‍याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्‍त्‍वना दिने कोही छैन। अत्‍याचारीहरूका पक्षमा शक्ति थियो, र अत्‍याचारमा परेकाहरूलाई सान्‍त्‍वना दिने कोही थिएन।</verse>
				<verse number="2">यसैले मैले प्रष्‍टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्‍दा खुशी छन्‌।</verse>
				<verse number="3">तर ती दुवैभन्‍दा पनि अझ सुखीचाहिँ त्‍यो व्‍यक्ति हो, जो अहिलेसम्‍म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्‍ट काम देखेकै छैन।</verse>
				<verse number="4">अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्‍धिहरूचाहिँ मानिसले आफ्‍नै छिमेकीलाई ईर्ष्‍या गरेको कारणबाट मात्र हुँदारहेछन्‌। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।</verse>
				<verse number="5">मूर्ख आफ्‍ना हात बाँधेर बस्‍छ र आफ्‍नो विनाश आफै ल्‍याउँछ।</verse>
				<verse number="6">परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्‍दा शान्‍तिसित एक मुट्ठी भएको अझ असल हो।</verse>
				<verse number="7">फेरि मैले सूर्यमुनि केही व्‍यर्थ देखें।</verse>
				<verse number="8">एउटा एकलो मानिस थियो, त्‍यसका न त छोरा न दाजुभाइ थिए। त्‍यसको परिश्रमको अन्‍त्‍यै थिएन, तापनि त्‍यो आफ्‍नो धन-सम्‍पत्तिमा सन्‍तुष्‍ट हुँदैनथ्‍यो। त्‍यसले सोध्‍यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्‍याग्‍दैछु?” यो पनि व्‍यर्थ हो, एउटा दु:खदायी कुरा।</verse>
				<verse number="9">एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌।</verse>
				<verse number="10">यदि एउटा लोट्‌यो भने त्‍यसको मित्रले त्‍यसलाई उठाउन सहायता गर्छ। तर लोट्‌दा पनि उठाउने कोही साथी नहुने बिचरा!</verse>
				<verse number="11">त्‍यस्‍तै यदि दुई जना सँगै सुते भने ती न्‍याना हुन्‍छन्, तर एकलै त कसरी न्‍यानो हुने?</verse>
				<verse number="12">एक जनालाई कसैले जित्‍ला, तर दुई जनाले त आफ्‍ना सुरक्षा गर्न सक्‍छन्‌। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।</verse>
				<verse number="13">चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्‍दा निर्धन तर बुद्धिमान्‌ युवक अझ उत्तम हो।</verse>
				<verse number="14">त्‍यो युवक झ्‍यालखानबाट निस्‍केर राजा हुन पुगेको होला, वा त त्‍यो आफ्‍नो राज्‍यमा निर्धन जन्‍मेको होला।</verse>
				<verse number="15">मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्‌डूल गर्ने सबै राजाको उत्तराधिकारी त्‍यही युवकको पछि लागे।</verse>
				<verse number="16">तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्‍त्‍य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्‍यस उत्तराधिकारीसँग प्रसन्‍न भएनन्‌। यो पनि व्‍यर्थ हो, र बतासलाई खेदेको जस्‍तो मात्र हो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">परमेश्‍वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्‍दा परमेश्‍वरको वचन सुन्‍नलाई जाओ, किनकि भूल गर्दैछन्‌ भन्‍ने तिनीहरू जान्‍दैनन्‌।</verse>
				<verse number="2">बोल्‍नमा हतार नगर, परमेश्‍वरको अगि केही कुरा बोल्‍न तिम्रो मनमा आतुरी नगर। परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्‌।</verse>
				<verse number="3">जसरी धेरै चिन्‍ताले सपना हुन्‍छ, त्‍यसरी नै धेरै शब्‍दहरूमा मूर्खका बोली हुन्‍छन्‌।</verse>
				<verse number="4">जब तिमी परमेश्‍वरसित भाकल गर्दछौ, त्‍यो पूरा गर्नमा विलम्‍ब नगर। मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। तिम्रो भाकल पूरा गर।</verse>
				<verse number="5">भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो।</verse>
				<verse number="6">तिम्रो आफ्‍नो बोलीले तिमीलाई पाप गर्न नलाओस्‌। अनि मन्‍दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्‍वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन?</verse>
				<verse number="7">धेरै कल्‍पना र धेरै शब्‍दहरू व्‍यर्थ हुन्‌। यसकारण परमेश्‍वरको भय मान।</verse>
				<verse number="8">यदि तिमीले एउटा जिल्‍लामा गरीबहरूको अत्‍याचार भएको र तिनीहरूका न्‍याय र हक इन्‍कार भएको देख्‍यौ भने अचम्‍म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्‍छ, र तीभन्‍दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्‌।</verse>
				<verse number="9">जमिनबाट उब्‍जेका सबैले लिन्‍छन्, राजा स्‍वयम्‌ले खेतबाटै लाभ उठाउँछन्‌।</verse>
				<verse number="10">जसले रुपियाँपैसाको माया गर्छ, त्‍यसलाई रुपियाँपैसाले कहिल्‍यै पुग्‍दैन। जसले धन-सम्‍पत्तिको माया गर्छ, त्‍यो आफ्‍नो आमदानीसँग कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन। यो पनि व्‍यर्थ हो।</verse>
				<verse number="11">जब धन-सम्‍पत्ति बढ्‌छ, तब खाने मुख पनि धेरै बढ्‌छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्‍पत्तिको अरू के लाभ हुन्‍छ र?</verse>
				<verse number="12">परिश्रम गर्नेको निद्रा मीठो हुन्‍छ, चाहे त्‍यसले थोरै खाओस्‌ अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्‍यसलाई निद्रै लाग्‍दैन।</verse>
				<verse number="13">मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्‍नै नोक्‍सानीको निम्‍ति धन-सम्‍पत्ति थुपारेको,</verse>
				<verse number="14">अथवा कुनै दुर्भाग्‍यले त्‍यसले आफ्‍नो धन-सम्‍पत्ति गुमाएको थियो, र जब त्‍यसको छोरा भयो उसको निम्‍ति केही रहेन।</verse>
				<verse number="15">मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्‍यसरी नै त्‍यो फर्किजान्‍छ। त्‍यसले आफ्‍नो परिश्रमबाट आफ्‍नो हातमा लान सक्‍ने केही लैजाँदैन।</verse>
				<verse number="16">यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्‍यसरी नै फर्किजान्‍छ। त्‍यसलाई के लाभ हुन्‍छ र? किनभने त्‍यसको परिश्रम हावामै खेर जान्‍छ।</verse>
				<verse number="17">त्‍यसले आफ्‍नो सारा जीवनकाल ठूलो नैराश्‍य, कष्‍ट, रीसराग र अन्‍धकारमा बिताउँछ।</verse>
				<verse number="18">तब मैले यो थाहा गरें कि परमेश्‍वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्‍नो घोर परिश्रममा सन्‍तुष्‍टि खोज्‍नु नै मानिसको निम्‍ति असल र ठीक रहेछ, किनकि यो नै त्‍यसको भाग हो।</verse>
				<verse number="19">यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति र जग्‍गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्‍छ, र त्‍यसलाई आफ्‍नो भाग ग्रहण गर्न र आफ्‍नो काममा खुशी रहन दिनुहुन्‍छ— यो परमेश्‍वरको वरदान हो।</verse>
				<verse number="20">त्‍यसले आफ्‍नो जीवनका दिनहरूको थोरै स्‍मरण गर्नेछ, किनभने परमेश्‍वरले त्‍यसलाई आफ्‍नो हृदयको आनन्‍दमा व्‍यस्‍त राख्‍नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">सूर्यमुनि मैले यस्‍तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ।</verse>
				<verse number="2">परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति, जग्‍गाजमिन र मान दिनुहुन्‍छ, जसले गर्दा त्‍यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्‍वरले त्‍यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्‍छ। यो व्‍यर्थ र दु:खदायी खराबी हो।</verse>
				<verse number="3">कुनै मानिस आफ्‍ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्‍म बाँच्‍यो, तर त्‍यो धेरै दिनसम्‍म बाँचेर पनि आफ्‍नो उन्‍नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्‍कार पनि पाएन भने, म भन्‍दछु कि त्‍योभन्‍दा त तुहेको बालकको दशा अझ असल हुन्‍छ।</verse>
				<verse number="4">यो तुहेको नानी व्‍यर्थमा जन्‍मन्‍छ, र अन्‍धकारमा लोप हुन्‍छ र अन्‍धकारले नै त्‍यसको नाम ढाक्‍दछ।</verse>
				<verse number="5">यसले कहिल्‍यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्‍यस मानिसको भन्‍दा यसको विश्राम असल हुन्‍छ।</verse>
				<verse number="6">यदि त्‍यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्‍नो उन्‍नतिको सुख-भोग गर्न असफल हुन्‍छ भने, त्‍यसलाई के विश्राम हुन्‍छ र? आखिरमा सबै एउटै ठाउँमा जाँदैनन्‌ र?</verse>
				<verse number="7">मानिसको सारा परिश्रम पेट भर्नलाई मात्र हो, तापनि त्‍यसको भोक कहिल्‍यै मर्दैन।</verse>
				<verse number="8">बुद्धिमान्‌ मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्‍तो व्‍यवहार गर्नुपर्छ भन्‍ने जानेर गरीब मानिसलाई के लाभ हुन्‍छ र?</verse>
				<verse number="9">आफूसँग जे छ त्‍यसमा सन्‍तुष्‍ट हुनु अरू कुराको लोभ गरिरहनुभन्‍दा असल छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।</verse>
				<verse number="10">जे छँदैछ त्‍यसलाई नाउँ दिइसकेकै छ, र मानिस के हो त्‍यो जानिएकै छ। आफूभन्‍दा बलियोसँग कोही मानिस विरोध गर्न सक्‍दैन।</verse>
				<verse number="11">जति धेरै कुरा त्‍यति नै कम अर्थ हुन्‍छ। त्‍यसले कसैलाई के लाभ हुन्‍छ र?</verse>
				<verse number="12">किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्‍तै बिताउँछ, त्‍यसलाई के कुरो असल छ भनी कसले जान्‍दछ र? त्‍यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्‍यसलाई कसले भन्‍न सक्‍छ र?</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">असल नाउँ अति सुगन्‍धित अत्तरभन्‍दा अझ असल हो, र मृत्‍युको दिन जन्‍मको दिनभन्‍दा अझ उत्तम हो।</verse>
				<verse number="2">भोजको घरमा जानुभन्‍दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्‍नुपर्छ कि मृत्‍यु सबै मानिसको अन्‍तिम दशा हो।</verse>
				<verse number="3">हँस्‍सीभन्‍दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ।</verse>
				<verse number="4">बुद्धिमान्‌को मन शोकको घरमा हुन्‍छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्‍छ।</verse>
				<verse number="5">बुद्धिमान्‌ मानिसको हप्‍काइलाई ध्‍यान दिनु मूर्खहरूको सङ्गीत सुन्‍नुभन्‍दा अझ असल हो।</verse>
				<verse number="6">भाँड़ामुनि पड्‌कने काँढ़ाको आगोजस्‍तै मूर्खहरूको हाँसो हुन्‍छ। यो पनि व्‍यर्थै हो।</verse>
				<verse number="7">करकापले बुद्धिमान्‌ मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्‍ट पार्छ।</verse>
				<verse number="8">कुनै कामको सुरुभन्‍दा त्‍यसको अन्‍त अझ असल हुन्‍छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्‍दा असल हुन्‍छ।</verse>
				<verse number="9">मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्‍छ।</verse>
				<verse number="10">“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्‍दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्‍तो प्रश्‍न सोध्‍नु बुद्धिको कुरो होइन।</verse>
				<verse number="11">बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्‍यालो देख्‍नेलाई यसले फाइदा गर्दछ।</verse>
				<verse number="12">जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ।</verse>
				<verse number="13">परमेश्‍वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्‍छ र?</verse>
				<verse number="14">समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्‍वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्‍नो भविष्‍यको विषयमा केही पत्ता लाउन सक्‍दैन।</verse>
				<verse number="15">धर्मी मानिस आफ्‍नो धार्मिकतामा नष्‍ट भएको र दुष्‍ट मानिसचाहिँ आफ्‍नो दुष्‍टतामा धेरै वर्षसम्‍म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु।</verse>
				<verse number="16">धेरै धर्मात्‍मा नहोऊ, र धेरै बुद्धिमान्‌ पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने?</verse>
				<verse number="17">ज्‍यादै दुष्‍ट र ज्‍यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने।</verse>
				<verse number="18">एउटालाई समातिराख्‍नु र अर्कोलाई नछोड्‌नु दुवै असल हुन्‌। जसले परमेश्‍वरको भय राख्‍छ त्‍यो मानिस सबैदेखि अलग्‍गै बस्‍छ।</verse>
				<verse number="19">बुद्धिले बुद्धिमान्‌ मानिसलाई सहरका दश जना शासकभन्‍दा शक्तिशाली तुल्‍याउँछ।</verse>
				<verse number="20">संसारमा यस्‍तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्‍यै पाप गर्दैन।</verse>
				<verse number="21">मानिसले भनेका सबै कुराहरूमाथि ध्‍यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्‍नेछौ।</verse>
				<verse number="22">किनभने तिमीले कति चोटि अरूहरूलाई सरापेका छौ त्‍यो तिमीलाई मनमनै थाहा होला।</verse>
				<verse number="23">यी सबै कुरा मैले बुद्धिद्वारा जाँच गरें, र भनें, “बुद्धिमान्‌ हुनलाई मैले निश्‍चय गरेको छु।” तर यो मबाट टाढ़ै रह्यो।</verse>
				<verse number="24">बुद्धि जे नै भए तापनि यो महान्‌ र प्रगाढ़ छ। कसले त्‍यसको आविष्‍कार गर्न सक्‍छ र?</verse>
				<verse number="25">यसैकारण मैले बुद्धि र घटनापछिका कारणहरू खोजतलाश गर्न मेरो मन लगाएँ, र दुष्‍टताको मूर्खता र मूर्खको पागलपना बुझ्‍न इच्‍छा गरें।</verse>
				<verse number="26">त्‍यही स्‍त्री जो एउटा पासो छे, त्‍यसलाई मृत्‍युभन्‍दा तीतो मैले भेट्टाएँ। त्‍यसको हृदय धराप र त्‍यसका हातहरूचाहिँ साङ्‌लाका बन्‍धन हुन्‌। जुन मानिसले परमेश्‍वरलाई खुशी पार्छ, त्‍यो त्‍यसबाट बाँच्‍नेछ, तर पापीलाई त्‍यसले पासोमा पार्छे।</verse>
				<verse number="27">उपदेशकले भन्‍छन्, “मैले जे पत्ता लगाएको छु, सो सुन। एउटा कुरामाथि अर्को थप्‍दै प्रत्‍येक घटनापछिका कारण पत्ता लाउन खोजिरहँदा—</verse>
				<verse number="28">तर नभेट्टाउँदा— मैले एक हजारमा एउटा सोझो मानिस भेट्टाएँ, तर एक हजारमा एउटै सोझी स्‍त्री भेट्टाइनँ।</verse>
				<verse number="29">यो मात्र मैले भेट्टाएको छु: परमेश्‍वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्‍पनाको खोजीमा लागेको छ।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">बुद्धिमान्‌ मानिसजस्‍तै को छ र? यी कुराहरूको व्‍याख्‍या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्‍यालो बनाउँछ, र त्‍यसको कठोर अनुहार बद्‌लिदिन्‍छ।</verse>
				<verse number="2">म भन्‍दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्‍वरको अगि शपथ खाएका छौ।</verse>
				<verse number="3">राजाको उपस्‍थितिबाट बिदा हुन हतार नगर। कुनै दुष्‍ट कुराको पक्षमा अड़ान नलेऊ, किनभने राजालाई जे इच्‍छा लाग्‍छ, तिनले त्‍यही गर्दछन्‌।</verse>
				<verse number="4">किनकि राजाको वचन सर्वमान्‍य हुन्‍छ। कसले तिनलाई भन्‍न सक्‍छ, “हजूर के गरिबक्‍सन्‍छ?”</verse>
				<verse number="5">जसले राजाको आज्ञापालन गर्दछ, त्‍यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान्‌ हृदयले उचित समय र तरीका जान्‍नेछ।</verse>
				<verse number="6">यद्यपि मानिसमाथि साह्रै दु:ख-कष्‍ट आए तापनि हरेक कुराको निम्‍ति उचित समय र तरीका हुन्‍छ।</verse>
				<verse number="7">भविष्‍यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्‍छ भनी भन्‍न सक्‍छ?</verse>
				<verse number="8">बतासलाई थामिराख्‍नु कसैको शक्ति छैन, र त्‍यसै गरी आफ्‍नो मृत्‍युको दिनमाथि कसैको अधिकार छैन। जसरी युद्धको समयमा कसैलाई पनि बिदा हुँदैन, त्‍यसरी नै खराबी गर्नेलाई त्‍यसले कहिल्‍यै छोड्‌नेछैन।</verse>
				<verse number="9">सूर्यमुनि गरिएका सबै कुराहरूलाई मैले मन लगाएर हेर्दा यी सबै कुरा देखें। अरूमाथि प्रभुत्‍व गरेर आफैलाई हानि हुने एउटा समय छ।</verse>
				<verse number="10">तब मैले दुष्‍ट गाड़िएका पनि देखें— तिनीहरू पवित्रस्‍थानमा आउने-जाने गर्थे र यसको निम्‍ति सहरमा सम्‍मान लिने गर्थे। यो पनि व्‍यर्थ हो।</verse>
				<verse number="11">कुनै अपराधको दण्‍ड तुरुन्‍तै भएन भने मानिसहरूका हृदयले दुष्‍ट काम गर्नलाई योजनाहरू बनाउँछन्‌।</verse>
				<verse number="12">यद्यपि दुष्‍ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्‍म बाँचिरहन्‍छ, तापनि परमेश्‍वरको भय मान्‍नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्‍ने मलाई थाहा छ।</verse>
				<verse number="13">तर दुष्‍टहरूले परमेश्‍वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन र तिनीहरूका दिनहरू छायाजस्‍तै लामा हुनेछैनन्‌।</verse>
				<verse number="14">संसारमा केही अर्को एउटा व्‍यर्थको कुरा हुँदैछ: दुष्‍टले पाउनुपर्ने दण्‍ड धर्मीले पाउँछ, र धर्मीले पाउनुपर्ने इनाम दुष्‍टले पाउँछ। म भन्‍दछु, यो पनि व्‍यर्थ हो।</verse>
				<verse number="15">यसैले सुख-चैन गरे हुन्‍छ भनी म सल्‍लाह दिन्‍छु, किनभने सूर्यमुनि मानिसलाई खानु, पिउनु, र रमाइलो गर्नुभन्‍दा अरू असल केही रहेनछ। तब सूर्यमुनि परमेश्‍वरले दिनुभएको जीवनको अवधिभर त्‍यसको आफ्‍नो काममा आनन्‍दले साथ दिनेछ।</verse>
				<verse number="16">संसारमा मानिसले आँखा चिम्‍म नगरी रातदिन नसुती गरेको परिश्रम हेर्न र बुद्धि के हो भनी जान्‍न तब मैले आफ्‍नो मन लगाएँ,</verse>
				<verse number="17">तब परमेश्‍वरले गर्नुभएका सबै कुराहरू मैले देखें। सूर्यमुनि के हुँदछ, सो कसैले पनि बुझ्‍न सक्‍दैन। मानिसले यसलाई खोज्‍ने सारा प्रयत्‍न गरे तापनि यी कुराको अर्थ पहिल्‍याउन सक्‍दैन। यदि कुनै बुद्धिमान्‌ मानिसले म जान्‍दछु भनी दाबी गर्छ भने पनि यथार्थमा त्‍यसले जानेको हुँदैन।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">यी सबै कुरामा मैले विचार गरें र यही निष्‍कर्षमा पुगें कि धर्मात्‍मा र बुद्धिमान्‌हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्‍वरकै हातमा हुँदारहेछन्‌। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्‍दैन।</verse>
				<verse number="2">किनभने धर्मात्‍मा र दुष्‍ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्‍य अन्‍त्‍यका साझेदार हुन्‍छन्‌। असल मानिसलाई झैँ पापीलाई पनि हुन्‍छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्‍छ।</verse>
				<verse number="3">सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌।</verse>
				<verse number="4">बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो।</verse>
				<verse number="5">किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ।</verse>
				<verse number="6">तिनीहरूका प्रेम, घृणा, ईर्ष्‍या सबै लोप भएका हुन्‍छन्‌। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्‍यै भाग हुँदैन।</verse>
				<verse number="7">आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ।</verse>
				<verse number="8">सधैँ सेतो वस्‍त्र पहिराऊ, र कपालमा तेल लगाऊ।</verse>
				<verse number="9">परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ।</verse>
				<verse number="10">तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।</verse>
				<verse number="11">सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमान्‌लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्‌।</verse>
				<verse number="12">त्‍यसबाहेक आफ्‍नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्‍दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्‍दै दुर्दशामा फेला पर्छन्‌।</verse>
				<verse number="13">मैले सूर्यमुनि बुद्धिको पनि एउटा नमूना देखें, जसले मलाई साह्रै प्रभावित पार्‍यो।</verse>
				<verse number="14">एक पल्‍ट थोरै बासिन्‍दा भएको एउटा सानो सहर थियो। त्‍यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्‍यसलाई घेरेर त्‍यसको चारैतिर घेरा-मचान बनाए।</verse>
				<verse number="15">त्‍यस सहरमा एउटा गरीब तर बुद्धिमान्‌ मानिस थियो, र त्‍यसले आफ्‍नो बुद्धिले त्‍यो सहर बचायो। तर त्‍यस गरीब मानिसलाई कसैले सम्‍झेन।</verse>
				<verse number="16">तब मैले भनें, “बलभन्‍दा बुद्धि श्रेष्‍ठ हो।” तर त्‍यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्‍यसको वचनको केही वास्‍ता छैन।</verse>
				<verse number="17">कराएर भन्‍ने मूर्खहरूको शासकको वचनभन्‍दा बुद्धिमान्‌को नम्र वचनको वास्‍ता गर्नु असल हो।</verse>
				<verse number="18">युद्धका हातहतियारभन्‍दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">जसरी मरेका झीँगाहरूले सुगिन्‍धत अत्तरलाई दुर्गन्‍धित तुल्‍याइदिन्‍छन्, त्‍यसरी नै थोरै मूर्खताले बुद्धि र सम्‍मानलाई बेकामको बनाइदिन्‍छ।</verse>
				<verse number="2">बुद्धिमान्‌ मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्‍छ।</verse>
				<verse number="3">बाटोमा हिँड्‌दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्‍यसले आफ्‍नो मूर्खता जनाउँछ।</verse>
				<verse number="4">हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्‍नो काम नछोड। चूपचाप बस्‍नाले ठूला-ठूला भूल शान्‍त हुन्‍छन्‌।</verse>
				<verse number="5">सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्‍तो किसिमको खराबी जो हाकिमबाट हुन्‍छ:</verse>
				<verse number="6">मूर्खहरू धेरै उच्‍च पदमा राखिन्‍छन्, तर धनीहरू निम्‍न स्‍थानमा बस्‍छन्‌।</verse>
				<verse number="7">मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु।</verse>
				<verse number="8">खाड़ल खन्‍ने मानिस आफै त्‍यसमा जाकिन सक्‍छ, र पर्खाल भत्‍काउने मानिसलाई साँपले डस्‍न सक्‍छ।</verse>
				<verse number="9">ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्‍न सक्‍छ, अनि दाउरा काट्‌ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्‍छ।</verse>
				<verse number="10">बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ।</verse>
				<verse number="11">लट्ठ्याउन अघि नै साँपले डस्‍यो भने सपेरालाई केही फाइदा हुँदैन।</verse>
				<verse number="12">बुद्धिमान्‌ मानिसको मुखका वचन शिष्‍टाचार भएका हुन्‍छन्, तर मूर्खचाहिँ आफ्‍नै बोलीले नष्‍ट हुन्‍छ।</verse>
				<verse number="13">सुरुमा त्‍यसले अर्थहीन कुरा गर्छ। अन्‍त्‍यमा त्‍यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्‍छ।</verse>
				<verse number="14">मूर्खले कुरा गरेको गरेकै हुन्‍छ। के हुने हो कसैले जान्‍दैन— त्‍यसको पछि के हुने त्‍यसलाई कसले बताउन सक्‍छ र?</verse>
				<verse number="15">मूर्ख आफ्‍नो कामले आफै थाक्‍छ, त्‍यसले सहर जाने बाटै चिन्‍दैन।</verse>
				<verse number="16">जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एकाबिहानै भोज खान्‍छन्, त्‍यस देशलाई धिक्‍कार छ।</verse>
				<verse number="17">त्‍यो देश सुखी छ, जसका राजा कुलीन परिवारमा जन्‍मेका छन्, र जसका राजकुमारहरूले मतवालापनको निम्‍ति होइन तर बलको निम्‍ति ठीक समयमा भोजन गर्छन्‌।</verse>
				<verse number="18">यदि कुनै मानिस अल्‍छे छ भने, घरको धुरी भत्‍कन्‍छ। यदि त्‍यो हात बाँधेर बस्‍छ भने, त्‍यसको घर चुहिन्‍छ।</verse>
				<verse number="19">खुशीयालीको लागि भोज तयार गरिन्‍छ, र दाखमद्यले जीवनलाई आनन्‍दित तुल्‍याउँछ। तर, पैसाले नै हर कुरा सुल्‍झाउँछ।</verse>
				<verse number="20">आफ्‍नो सोचाइमा पनि राजाको निन्‍दा नगर, अथवा धनीलाई आफ्‍नो कोठामा नसराप। किनकि आकाशको पक्षीले तिम्रो कुरा लैजाला, र उड़िरहेको चराले तिमीले भनेको कुरा बताइदेला।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">आफ्‍नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्‍यो फेरि पाउनेछौ।</verse>
				<verse number="2">तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्‍दैनौ कस्‍तो विपत्ति देशमा आइपर्नेछ।</verse>
				<verse number="3">बादल पानीले पूर्ण भयो भने त्‍यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्‍यो भने पनि अथवा उत्तरमा ढल्‍यो भने पनि त्‍यो जहाँ ढलेको छ त्‍यहीँ नै पड़िरहन्‍छ।</verse>
				<verse number="4">बतासको विचार गर्नेले कहिल्‍यै छर्दैन, बादलमा नजर राख्‍नेले कहिल्‍यै कटनी गर्दैन।</verse>
				<verse number="5">जसरी तिमीले हावाको चाल कतातिर पुग्‍छ र आमाको गर्भमा शरीर कसरी बनिन्‍छ भनेर जान्‍दैनौ, त्‍यसरी नै सब थोक बनाउनुहुने परमेश्‍वरका हातको कामलाई तिमी बुझ्‍न सक्‍दैनौ।</verse>
				<verse number="6">बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्‍छ, अथवा दुवै नै राम्रा होलान्‌ भनी तिमी जान्‍दैनौ।</verse>
				<verse number="7">उज्‍यालो असल हुन्‍छ। आँखाले घामलाई हेर्न मन पराउँछ।</verse>
				<verse number="8">मानिस जति धेरै वर्ष बाँचे तापनि त्‍यो ती सबैमा आनन्‍दित होस्‌। तर त्‍यसले अन्‍धकारका दिनहरूको पनि स्‍मरण गरोस्, किनभने ती धेरै हुन्‍छन्‌। हुन आउने सबै कुराहरू व्‍यर्थ हुन्‌।</verse>
				<verse number="9">ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ।</verse>
				<verse number="10">यसैकारण चिन्‍तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्‍था र बल व्‍यर्थ हुन्‌।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर—</verse>
				<verse number="2">सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै,</verse>
				<verse number="3">जब घरको हेरचाह गर्नेहरू काम्‍दछन्‌ र बलिया मानिसहरू झुक्‍छन्, जब जाँतो पिँध्‍ने स्‍त्रीहरू कम भएकाले आफ्‍नो काम बन्‍द गर्छन्‌ र झ्‍यालबाट हेर्नेहरूका आँखा धमिला हुन्‍छन्,</verse>
				<verse number="4">जब गल्‍लीतिर जाने ढोकाहरू बन्‍द हुन्‍छन्‌ र जाँतोको आवाज कम हुँदैजान्‍छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्‌छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्‍छन्,</verse>
				<verse number="5">जब मानिसहरू अग्‍लो ठाउँदेखि र गल्‍लीका खतरादेखि डरले भरिएका हुन्‍छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्‍छ, र फटेङ्‌ग्रो पेटले घस्रँदैहिँड्‌छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्‍दा अघि नै उहाँको सम्‍झना गर। तब मानिस आफ्‍नो अनन्‍तको घरमा जानेछ, र मलामीहरू गल्‍लीमा यताउता लाग्‍नेछन्‌।</verse>
				<verse number="6">चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्‌ग्रो भचाइन अघि,</verse>
				<verse number="7">जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्‍मा दिनुहुने परमेश्‍वरकहाँ आत्‍मा जान अघि उहाँको नै सम्‍झना गर।</verse>
				<verse number="8">“व्‍यर्थ! व्‍यर्थ! सबै व्‍यर्थ!” उपदेशकले भन्‍दछन्‌।</verse>
				<verse number="9">उपदेशक बुद्धिमान्‌ मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्‍नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे।</verse>
				<verse number="10">उपदेशकले ठीक-ठीक शब्‍दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्‍य थिए।</verse>
				<verse number="11">बुद्धिमान्‌का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्‍लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्‌।</verse>
				<verse number="12">ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस। धेरै पुस्‍तकहरू बनाउने कामको अन्‍त्‍य हुँदैन। अनि धेरै अध्‍ययनले शरीरलाई थकाउँछ।</verse>
				<verse number="13">अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।</verse>
				<verse number="14">किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।</verse>
			</chapter>
		</book>
		<book number="22">
			<chapter number="1">
				<verse number="1">सोलोमनको आफ्‍नो श्रेष्‍ठगीत</verse>
				<verse number="2">उहाँले मलाई आफ्‍नो मुखको चुम्‍बनले चुम्‍बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्‍दा पनि उत्तम छ।</verse>
				<verse number="3">तपाईंका अत्तरको बास्‍ना आनन्‍दप्रद छ, तपाईंको नाउँ खन्‍याइएको अत्तरझैँ छ। त्‍यसैकारण कन्‍येहरूले तपाईंलाई प्रेम गर्नु अचम्‍मको कुरो होइन!</verse>
				<verse number="4">मलाई तपाईंसित लैजानुहोस्‌— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्‍नो कोठामा ल्‍याउनुहोस्‌। हामी तपाईंमा खुशी हुनेछौं र रमाउँछौं। हामी दाखमद्यभन्‍दा पनि तपाईंको प्रेमको प्रशंसा गर्छौं। उनीहरू तपाईंलाई सुहाउँदो माया गर्छन्‌।</verse>
				<verse number="5">म श्‍यामवर्णकी तर सुन्‍दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्‍तै कालो, र सोलोमनको पालका पर्दाजस्‍तै।</verse>
				<verse number="6">म काली छु भनी छक्‍क परेर मलाई नहेर, किनकि चर्को घामले मलाई काली बनाएको हो। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई दाखबारीको हेरचाह गर्ने बनाए, तर मेरै आफ्‍नो दाखबारीको चाहिँ मैले बेवास्‍ता गरेकी छु।</verse>
				<verse number="7">हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्‍नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्‍छ? अनि दिउँसो ती कहाँ बिसाउँछन्‌ तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्‍टो हालेकी महिलाझैँ हुनु?</verse>
				<verse number="8">हे स्‍त्रीहरूमा असाध्‍यै सुन्‍दरी, तिमी आफै यो कुरा जान्‍दिनौ भने, बगालका पाइलाहरू पछ्याउँदै आफ्‍ना ससाना बाख्राहरूलाई गोठालाका छाप्रानेर चराऊ।</verse>
				<verse number="9">हे मेरी प्‍यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।</verse>
				<verse number="10">कानमा लगाउने लुर्कनले तिम्रा गाला र सुनको सिक्रीले सजिएको तिम्रो घाँटी कति राम्रा छन्‌।</verse>
				<verse number="11">हामीले तिम्रो लागि चाँदीको जलप लाएका सुनका लुर्कन बनाउनेछौं।</verse>
				<verse number="12">महाराजा आफ्‍नो टेबिलमा बस्‍नुहुँदा, मेरो अत्तरले आफ्‍नो बास्‍ना फिँजायो।</verse>
				<verse number="13">मेरा प्रेमी मेरो छातीमा झुण्‍डिने मूर्रले भरिएको थैलीजस्‍तै मलाई लाग्‍छ।</verse>
				<verse number="14">मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका फुलेको मेहदीको झुप्‍पाझैँ लाग्‍छ।</verse>
				<verse number="15">हे मेरी प्‍यारी, तिमी कत्ति सुन्‍दरी छ्यौ! हो, कत्ति सुन्‍दरी! तिम्रा आँखाहरू ढुकुरजस्‍ता छन्‌।</verse>
				<verse number="16">हे मेरा प्रेमी, तपाईं असाध्‍यै सुन्‍दर हुनुहुन्‍छ! हो, कत्ति सुन्‍दर! र हाम्रो ओछ्यान हरियाली छ।</verse>
				<verse number="17">हाम्रो घरका दलिनहरू देवदारुका छन्, र छाना सल्‍लाका हुन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">म त शारोनको गुलाफ र बेँसीमा उम्रने लिली फूल हुँ,</verse>
				<verse number="2">काँढ़ाहरूका माझमा फुलेको लिली फूलझैँ मेरी प्‍यारी अन्‍य कन्‍येहरूका बीचमा छिन्‌।</verse>
				<verse number="3">वनमा भएका रूखहरूमध्‍ये स्‍याउको रूखजस्‍तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्‍छ। त्‍यस छहारीमा म बड़ो आनन्‍दले बस्‍छु अनि उहाँको फलको स्‍वाद मलाई साह्रै मीठो लाग्‍छ।</verse>
				<verse number="4">उहाँले मलाई भोजको गृहमा लानुभएको छ, र ममाथि भएको उहाँको झन्‍डा प्रेम हो।</verse>
				<verse number="5">मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्‍याउले मलाई ताजा बनाउनुहोस्‌ किनभने म प्रेमले शिथिल भएकी छु।</verse>
				<verse number="6">उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।</verse>
				<verse number="7">यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।</verse>
				<verse number="8">सुन! मेरा प्रेमीको सोर! हेर त! उहाँ आउँदैहुनुहुन्‍छ, पहाड़हरूमा हामफाल्‍दै डाँड़ाहरू हुँदो दर्गुदै आउनुहुन्‍छ।</verse>
				<verse number="9">मेरा प्रेमी त एउटा हरिण वा जवान मृगजस्‍तै हुनुहुन्‍छ। हेर त! उहाँ हाम्रो पर्खालको पछाड़ि उभिनुभएको छ, उहाँले झ्‍यालहरूभित्र हेर्दैहुनुहुन्‍छ, आँखी-झ्‍यालभित्र चियाउँदैहुनुहुन्‍छ।</verse>
				<verse number="10">मेरा प्रेमी बोल्‍नुभयो र मलाई भन्‍नुभयो, “उठ, हे मेरी प्‍यारी, मेरी सुन्‍दरी, र मसित आऊ।</verse>
				<verse number="11">हेर, अब हिउँद बित्‍यो, वर्षा पनि सिद्धियो।</verse>
				<verse number="12">पृथ्‍वीमा फूलहरू देखा पर्न थाले, गीत गाउने समय आयो, र ढुकुर कुर्लेको सोर हाम्रो देशमा सुनिन्‍छ।</verse>
				<verse number="13">अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागेका छन्, र दाखबारीमा दाखको फूलले मीठो बास्‍ना फिँजाउँछ। उठ, मेरी प्‍यारी, मेरी सुन्‍दरी, र मसित आऊ।”</verse>
				<verse number="14">पहरामा गोप्‍य प्‍वालहरू हुँदो, भिरालो चट्टानमा बस्‍ने मेरी ढुकुर, मलाई तिम्रो अनुहार देखाऊ, तिम्रो सोर सुन्‍न पाऊँ, किनभने तिम्रो सोर मीठो छ, र तिम्रो मुहार सुन्‍दर छ।</verse>
				<verse number="15">हाम्रा निम्‍ति फ्‍याउराहरू समातिदेऊ, यी ससाना फ्‍याउराहरू, जसले दाखबारी बिगार्छन्, भरखरै पलाएको हाम्रो दाखबारी।</verse>
				<verse number="16">मेरा प्रेमी मेरै हुनुहुन्‍छ, र म उहाँकी हुँ, लिली फूलहरूका बीचमा उहाँ घुमेर हिँड्‌नुहुन्‍छ।</verse>
				<verse number="17">झिसमिसे बिहान नआएसम्‍म र छाया हराउँदै नगएसम्‍म, फर्कनुहोस्, मेरा प्रेमी, भिराला पर्वतहरूतिर हुने हरिण अथवा जवान मृगझैँ हुनुहोस्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ।</verse>
				<verse number="2">म अब उठेर सहरतिर लाग्‍नेछु, गल्‍ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्‍नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ।</verse>
				<verse number="3">सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्‍नुभयो?”</verse>
				<verse number="4">तिनीहरूलाई छोड़ेर अलिक परसम्‍म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्‍म दिनुहुनेको कोठामा नल्‍याउञ्‍जेलसम्‍म नछोड़ीकन समातेर राखें।</verse>
				<verse number="5">यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।</verse>
				<verse number="6">व्‍यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्‍धित भएर, उजाड़-स्‍थानबाट धूवाँको मुस्‍लाजस्‍तै, माथि आउँदै गरेका यिनी को हुन्‌?</verse>
				<verse number="7">हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्‍य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्,</verse>
				<verse number="8">सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न।</verse>
				<verse number="9">राजा सोलोमनले आफ्‍नै निम्‍ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो।</verse>
				<verse number="10">उहाँले यसका डन्‍डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्‍ने आसन बैजनी वस्‍त्रले ढाकियो, र यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।</verse>
				<verse number="11">सियोनका छोरीहरू हो, बाहिर निस्‍केर आओ, राजा सोलोमनले मुकुट लगाउनुभएको हेर, त्‍यो मुकुट जुन उहाँकी आमाले विवाहको दिन, उहाँको हृदय रमाएको दिनमा पहिराइदिएकी थिइन्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ! असाध्‍यै सुन्‍दरी! घुम्‍टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्‍ता छन्, तिम्रा केश गिलाद डाँड़ाको भिरालोबाट झरिरहेका बाख्राको बगालजस्‍तै छ।</verse>
				<verse number="2">तिम्रा दाँत भरखरै कत्रेका, नुहाएर आएका भेड़ाहरूका बथानजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन।</verse>
				<verse number="3">तिम्रा ओठ राता रिबनजस्‍ता छन्, तिम्रो मुख अति सुन्‍दर छ। घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेको दारिमजस्‍तै छन्‌।</verse>
				<verse number="4">तिम्रो घाँटी दाऊदको भव्‍य धरहराजस्‍तै छ। त्‍यहाँ एक हजार ढाल झुण्‍डाइएका छन्, ती सबै योद्धाहरूका ढाल हुन्‌।</verse>
				<verse number="5">तिम्रा दुई स्‍तन दुई पाठाजस्‍तै छन्, लिली फूलका बीचमा चर्ने हरिणका जुम्‍ल्‍याहा पाठाजस्‍तै छन्‌।</verse>
				<verse number="6">झिसमिसे बिहान नआएसम्‍म र छाया हराउँदै नगएसम्‍म, म मूर्रको पर्वतमा र धूपको डाँड़ामा जानेछु।</verse>
				<verse number="7">मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ, तिमीमा कुनै दाग छैन।</verse>
				<verse number="8">हे मेरी दुलही, लेबनानबाट मकहाँ आऊ, लेबनानबाट मकहाँ आऊ। अमानाको चुचुरोबाट ओह्रालो झरेर आऊ, सेनीरको टुप्‍पा, हेर्मोनको टाकुराबाट आऊ, सिंहहरूका ओड़ार र चितुवाहरूका पहाड़ी अखड़ाबाट।</verse>
				<verse number="9">तिमीले मेरो हृदय चोरेकी छ्यौ, मेरी बहिनी, मेरी दुलही तिम्रो एउटै नजरले, तिम्रो हारको एउटा रत्‍नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।</verse>
				<verse number="10">तिम्रो प्रेम कति आनन्‍ददायी छ, मेरी बहिनी, मेरी दुलही। कुनै दाखमद्यभन्‍दा पनि तिम्रो प्रेम साह्रै असल, र तिम्रो अत्तरको बास्‍ना कुनै पनि मसलाको भन्‍दा अति सुगन्‍धित छ!</verse>
				<verse number="11">तिम्रा ओठले महका चाकाबाट जस्‍तै मिठास चुहाउँछ, हे मेरी दुलही। दूध र मह तिम्रो जिब्रोमुनि छन्‌। तिम्रा लुगाको बास्‍ना लेबनानको जस्‍तै छ।</verse>
				<verse number="12">मेरी बहिनी, मेरी दुलही, तिमी बन्‍द राखिएको बगैँचाजस्‍तो, छोपिएको मुहानजस्‍तो, एउटा छाप लगाएकी फुहाराजस्‍तै छ्यौ।</verse>
				<verse number="13">तिम्रा बोटहरू अनारको बगैँचाजस्‍तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी,</verse>
				<verse number="14">जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्‍धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्‍धित मसलाहरू।</verse>
				<verse number="15">तिमी त बगैँचाको फुहारा, लेबनानबाट बग्‍दैआएकी पानीको मूल हौ।</verse>
				<verse number="16">हे उत्तरको बतास, जाग्‌। हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट हुँदै बही, यसको बास्‍ना टाढ़ासम्‍म पुगोस्‌। मेरा प्रेमी आफ्‍नो बगैँचामा आऊन्, र यसका उत्तम फलहरू चाखून्‌।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएँ, मैले मेरो सुगन्‍धित मसलासमेत मेरो मूर्र बटुलें। मैले मेरो महको चाका र मेरो मह खाएँ। मैले मेरो दाखमद्य र मेरो दूध पिएँ। खाओ, हे मित्रहरू हो, र पिओ, अघाउञ्‍जेल पिओ, प्रेमीहरू हो।</verse>
				<verse number="2">म त सुतें, तर हृदयचाहिँ जागै थियो। सुन त, मेरा प्रेमीले ढोका ढकढक्‍याइरहनुभएको छ। “हे मेरी बहिनी, मेरी प्‍यारी, ढोका खोल, मेरी निर्दोष ढुकुर। मेरो शिर शीतले भिजेको छ, मेरो कपाल रातीको चिसोले भिजेको छ।”</verse>
				<verse number="3">मैले मेरो लुगा फुकालिसकेकी छु, के मैले त्‍यो फेरि लाउनू? मैले मेरा खुट्टा धोइसकेकी छु के मैले ती फेरि मैला गर्नू?</verse>
				<verse number="4">मेरा प्रेमीले छेस्‍किनी खोल्‍न हात हाल्‍दा मेरो हृदय उहाँको लागि धड्‌कन लाग्‍यो।</verse>
				<verse number="5">मेरा प्रेमीको निम्‍ति ढोका खोल्‍न उठें, र मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्‍चामा मूर्र चुह्यो।</verse>
				<verse number="6">मेरा प्रेमीको निम्‍ति ढोका खोलें तर उहाँ त हिँड़िसक्‍नु भएछ, त्‍यहाँ हुनुहुन्‍नथियो। उहाँको प्रस्‍थानले मेरो हृदयलाई शोकित बनायो, मैले उहाँलाई खोजें तर भेटिनँ, मैले उहाँलाई पुकारें तर उहाँले जवाफ दिनुभएन।</verse>
				<verse number="7">सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेटे, तिनीहरूले मलाई पिटे र चोटै-चोट पारे, पर्खालका ती पहरेदारहरूले मेरो खास्‍टो पनि खोसेर लगे।</verse>
				<verse number="8">हे यरूशलेमका छोरी हो, म तिमीहरूलाई आज्ञा गर्छु, मेरा प्रेमीलाई भेट्यौ भने, तिमीहरूले के भनौला? म प्रेमले शिथिल भएकी छु भनिदिनू।</verse>
				<verse number="9">हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, अरूहरूभन्‍दा तिम्रा प्रेमी कसरी उत्तम छन्‌? अरूहरूभन्‍दा तिम्रा प्रेमी कसरी उत्तम छन्, ताकि तिमीले हामीलाई यस्‍तो आज्ञा गर्छ्यौ?</verse>
				<verse number="10">दश हजारमध्‍ये पनि मेरा प्रेमी श्रेष्‍ठ, उज्‍ज्‍वल र रातो-पिरो हुनुहुन्‍छ।</verse>
				<verse number="11">उहाँको शिर निखुर सुनको छ, उहाँको केश घुम्रिएको र कागजस्‍तो कालो छ।</verse>
				<verse number="12">उहाँका आँखाहरू पानीका खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्‍ता, दूधले पखालिएको, बहुमूल्‍य पत्‍थर जड़िएका जस्‍ता छन्‌।</verse>
				<verse number="13">उहाँका गालाहरू बास्‍ना फिँजाउने सुगन्‍धित मसलाका ड्याङजस्‍तै छन्‌। उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्‍ता छन्‌।</verse>
				<verse number="14">उहाँका हात पीतमणि जड़िएका सुनका लहुरोजस्‍तै छन्‌। उहाँका पेट नीरहरू जड़ेर सजाइएको, टल्‍काइएको हस्‍ती-हाड़जस्‍तो छ।</verse>
				<verse number="15">उहाँका गोड़ा शुद्ध सुनका जगमा बसालिएका सिङ्गमरमरका खामाहरूजस्‍तै छन्‌। उहाँको आकार लेबनानजस्‍तै, त्‍यसका देवदारुजस्‍तै उत्तम छ।</verse>
				<verse number="16">उहाँको मुख मिठासले नै भरिएको छ, उहाँ पूर्ण रूपले सुन्‍दर हुनुहुन्‍छ। उहाँ नै मेरा प्रेमी, मेरा मित्र हुनुहुन्‍छ, हे यरूशलेमका छोरीहरू हो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं?</verse>
				<verse number="2">मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ।</verse>
				<verse number="3">म मेरा प्रेमीको आफ्‍नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्‍छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्‍छ।</verse>
				<verse number="4">हे मेरी प्‍यारी, तिमी तिर्साजस्‍तै सुन्‍दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्‍डा फहराउँदै गरेका सेनाजस्‍तै प्रतापी छ्यौ।</verse>
				<verse number="5">तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्‍याकुल पार्छन्‌। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्‍तै छन्‌।</verse>
				<verse number="6">तिम्रा दाँत भरखरै नुहाएर आएका भेड़ाहरूको बगालजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन।</verse>
				<verse number="7">घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेका दारिमजस्‍तै छन्‌।</verse>
				<verse number="8">चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्‍ती कन्‍ये-केटीहरू होऊन्,</verse>
				<verse number="9">तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्‍याहरूले तिनलाई देखे र भाग्‍यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे।</verse>
				<verse number="10">प्रभातझैँ उदय भएकी, चन्‍द्रमाझैँ सुन्‍दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्‌?</verse>
				<verse number="11">बदामका रूख भएका बगैँचातिर म त्‍यहाँका उब्‍जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन्‌ कि, अथवा अनारमा फूल फुलेका छन्‌ भनी म हेर्न गएँ।</verse>
				<verse number="12">मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।</verse>
				<verse number="13">हे शूलम्‍मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ र हामी तिमीलाई एक टक लाएर हेर्न सकौं। महानोमको नाचमा झैँ शूलम्‍मीलाई तिमीहरू किन एक टक लाएर हेर्न चाहन्‍छौ?</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्‌। एउटा निपुण कारीगरले रचेका जस्‍तै तिम्रा हिसी परेका खुट्टा रत्‍नझैँ छन्‌।</verse>
				<verse number="2">तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्‍यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्‍तै छ।</verse>
				<verse number="3">तिम्रा स्‍तनहरू दुई पाठाहरूजस्‍तै छन्, हरिणका दुई जुम्‍ल्‍याहा पाठाहरूझैँ।</verse>
				<verse number="4">तिम्रो घाँटी हस्‍ती-हाड़को धरहराजस्‍तै छ, तिम्रा आँखा बाथ-रब्‍बीमका ढोकाको छेउमा रहेका हेश्‍बोनका पोखरीहरूजस्‍ता छन्‌। तिम्रो नाक दमस्‍कसतिर फर्केको लेबनानको धरहराजस्‍तै छ।</verse>
				<verse number="5">तिम्रो शिरले कर्मेल डाँड़ाजस्‍तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्‌।</verse>
				<verse number="6">तिमी कति सुन्‍दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्‍दमा!</verse>
				<verse number="7">तिम्रो शरीरको कद खजूरको रूखजस्‍तै, र तिम्रा स्‍तनहरू फलका झुप्‍पाझैँ छन्‌।</verse>
				<verse number="8">मैले भनें, “म खजूरको रूखमा चढ्‌नेछु, र यसका फल समात्‍नेछु।” तिम्रा स्‍तनहरू दाखका झुप्‍पाहरूजस्‍तै, तिम्रो सासको बास्‍ना स्‍याउको सुगन्‍धझैँ,</verse>
				<verse number="9">र तिम्रो मुख उत्तम दाखमद्यजस्‍तै होऊन्‌। ओठ र दाँतबाट भएर बिस्‍तारै बग्‍दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्‌।</verse>
				<verse number="10">म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्‍णा मेरै निम्‍ति छ।</verse>
				<verse number="11">आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्‍न जाऔं, र राती गाउँतिर वास बसौं।</verse>
				<verse number="12">हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन्‌ कि, र दारिमहरूका फूल लागेछन्‌ कि हेरौं— त्‍यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।</verse>
				<verse number="13">दूधे-फूलहरूले आफ्‍नो बास्‍ना फैलाइरहेका छन्, सबै किसिमका स्‍वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्‍ति साँचिराखेकी छु, हे मेरा प्रेमी।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">यदि तपाईं मेरी आमाको स्‍तन चुसेर हुर्केका मेरो निम्‍ति दाजुजस्‍तै हुनुभए त, मैले तपाईंलाई बाहिर भेट्टाएमा म तपाईंलाई चुम्‍बन गर्नेथिएँ, र कसैले मलाई निन्‍दा गर्नेथिएन।</verse>
				<verse number="2">म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्‌। म तपाईंलाई मसलायुक्त दाखमद्य, र मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ।</verse>
				<verse number="3">उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।</verse>
				<verse number="4">यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।</verse>
				<verse number="5">आफ्‍ना प्रेमीसित अड़ेस लाग्‍दै उजाड़-स्‍थानतिरबाट आउने को छ? स्‍याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्‍यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्‍यहीँ तपाईंलाई जन्‍म दिन तिनलाई सुत्‍केरी बेथा लागेको थियो।</verse>
				<verse number="6">मलाई तपाईंको हृदयमा एउटा छापजस्‍तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्‍तै, किनभने प्रेमचाहिँ मृत्‍युजस्‍तै प्रबल हुन्‍छ, यसको तृष्‍णा चिहानजस्‍तै हठी। त्‍यो कुनै पनि ज्‍वालाभन्‍दा पनि कड़ा दन्‍केको आगोझैँ दन्‍किन्‍छ।</verse>
				<verse number="7">थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्‌न सक्‍दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्‍दैनन्‌। कुनै मानिसले प्रेमको सट्टामा आफ्‍नो घरको सारा सम्‍पत्ति नै दिए तापनि त्‍यो त बिल्‍कुलै तिरस्‍कार गरिनेथियो।</verse>
				<verse number="8">हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्‍तन सानै छन्‌। तिनलाई विवाह गर्न कोही माग्‍न आए त्‍यस दिन हामी के गरौं?</verse>
				<verse number="9">यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्‍याकले बारेर बन्‍द गर्ने थियौं।</verse>
				<verse number="10">म एक पर्खाल हुँ, र मेरा स्‍तन धरहराजस्‍तै छन्‌। त्‍यसैले म उहाँको नजरमा सन्‍तुष्‍टि दिने भएकी छु।</verse>
				<verse number="11">बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्‍नो बारी अधियाँ लाउनुभयो, र अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्‍का बुझाउनुपर्थ्‍यो।</verse>
				<verse number="12">तर मेरो आफ्‍नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्‍का तपाईंकै निम्‍ति हुन्, र दुई सय ती फलफूल हुर्काउनेहरूका निम्‍ति हुन्‌।</verse>
				<verse number="13">आफ्‍ना मित्रहरूको उपस्‍थितिमा तिमी बगैँचाहरूमा बस्‍ने, तिम्रो सोर म सुन्‍न पाऊँ!</verse>
				<verse number="14">बाहिर निस्‍केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्‍धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्‍तै हुनुहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="23">
			<chapter number="1">
				<verse number="1">यहूदाका राजाहरू, उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।</verse>
				<verse number="2">हे आकाश, सुन्‌! हे पृथ्‍वी, कान थाप्‌! किनकि परमप्रभुले भन्‍नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्‌।</verse>
				<verse number="3">गोरुले आफ्‍नो मालिक चिन्‍छ, र गधाले आफ्‍नो स्‍वामीको डूँड़ चिन्‍छ, तर इस्राएलले चिन्‍दैन, मेरा मानिसहरूले बुझ्‍दैनन्‌।”</verse>
				<verse number="4">हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्‍ट काम गर्नेहरूका बच्‍चा, भ्रष्‍टाचार गर्नेहरूका सन्‍तान। तिनीहरूले परमप्रभुलाई त्‍यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्‍नो पिठिउँ फर्काएका छन्‌।</verse>
				<verse number="5">तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्‍छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ।</verse>
				<verse number="6">पैतालादेखि टुपीसम्‍मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्‍ला घाउहरू मात्र छन्‌। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्‌।</verse>
				<verse number="7">तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्‌। तिमीहरूको जमिन तिमीहरूकै सामुन्‍ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्‍यो उजाड़ पारिएको छ।</verse>
				<verse number="8">सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्‍तै, खरबूजाको मचानजस्‍तै र घेरिएको सहरजस्‍तै भएकी छ।</verse>
				<verse number="9">यदि सर्वशक्तिमान्‌ परमप्रभुले हाम्रा निम्‍ति केही बाँचेकाहरू नछोड्‌नुभएको भए त हामी सदोमजस्‍तै हुनेथियौं, हामी गमोराजस्‍तै हुनेथियौं।</verse>
				<verse number="10">हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्‍वरको कानून ध्‍यान दिएर सुन!</verse>
				<verse number="11">परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ।</verse>
				<verse number="12">जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र?</verse>
				<verse number="13">व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ।</verse>
				<verse number="14">तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु।</verse>
				<verse number="15">तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।</verse>
				<verse number="16">आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़।</verse>
				<verse number="17">भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।</verse>
				<verse number="18">परमप्रभु भन्‍नुहुन्‍छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="19">यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ।</verse>
				<verse number="20">तर तिमीहरू इन्‍कार गर्छौ र अटेरी हुन्‍छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्‍नुभएको हो।</verse>
				<verse number="21">हेर त, विश्‍वासयोग्‍य सहर कसरी एउटी वेश्‍या भई त! उहिले त्‍यो न्‍यायले पूर्ण थियो। त्‍यसमा धार्मिकताले वास गर्थ्‍यो, तर अब त त्‍यो हत्‍याराहरूले भरिएको छ!</verse>
				<verse number="22">तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ।</verse>
				<verse number="23">तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्‌। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्‍छन्‌। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्‌। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्‍दैन।</verse>
				<verse number="24">यसैकारण प्रभु, सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्‍नुहुन्‍छ, “मेरा दुश्‍मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु।</verse>
				<verse number="25">मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्‍मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु।</verse>
				<verse number="26">म तेरा न्‍यायकर्ताहरूलाई पहिलेको जस्‍तै, र तेरा सल्‍लाहकारहरूलाई सुरुमा जस्‍तै फेरि नियुक्त गर्नेछु। त्‍यसपछि तँ धार्मिकताको सहर र विश्‍वासयोग्‍य सहर कहलाइनेछस्‌।”</verse>
				<verse number="27">न्‍यायसित सियोनको छुटकारा हुनेछ, र पश्‍चात्ताप गर्ने त्‍यहाँका बासिन्‍दाहरूको छुटकारा धार्मिकतासित हुनेछ।</verse>
				<verse number="28">तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्‍याग्‍नेहरूचाहिँ नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="29">“तिमीहरूले अति प्रसन्‍न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्‍जित हुनेछौ।</verse>
				<verse number="30">पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्‍तै तिमीहरू हुनेछौ।</verse>
				<verse number="31">शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्‍नुजस्‍तै, र त्‍यसको काम आगोको झिल्‍काजस्‍तै हुनेछ। ती दुवै एकैसाथ जल्‍नेछन्, र कसैले त्‍यस आगोलाई निभाउनेछैन।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:</verse>
				<verse number="2">पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।</verse>
				<verse number="3">धेरै मानिसहरूले आएर भन्‍नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।</verse>
				<verse number="4">उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।</verse>
				<verse number="5">हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्‍योतिमा हिँड़ौं।</verse>
				<verse number="6">तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।</verse>
				<verse number="7">तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्‍तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्‍ती नै छैन।</verse>
				<verse number="8">तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्‍नै हातका कामलाई तिनीहरू पुज्‍दछन्, तिनीहरूका आफ्‍नै औँलाले बनाएका कुरालाई।</verse>
				<verse number="9">यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्‍याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्‌।</verse>
				<verse number="10">परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!</verse>
				<verse number="11">मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ।</verse>
				<verse number="12">सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्‍नेहरूमाथि सर्वशक्तिमान्‌ परमप्रभुको यस्‍तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्‍याइनेछन्‌),</verse>
				<verse number="13">लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,</verse>
				<verse number="14">सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि,</verse>
				<verse number="15">हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,</verse>
				<verse number="16">तर्शीशका सबै व्‍यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।</verse>
				<verse number="17">मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ,</verse>
				<verse number="18">र मूर्तिहरू बिलकुलै लोप हुनेछन्‌।</verse>
				<verse number="19">जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌।</verse>
				<verse number="20">त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌।</verse>
				<verse number="21">जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।</verse>
				<verse number="22">नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अब हेर, प्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले यरूशलेम र यहूदाबाट आपूर्ति र समर्थन, भोजन र पानीका सबै आपूर्ति,</verse>
				<verse number="2">वीर र योद्धा, न्‍यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र धर्म-गुरु,</verse>
				<verse number="3">पचासका कप्‍तान र उच्‍च मानिस, सल्‍लाहकार, निपुण कारीगर र चलाख जादूगरलाई लैजानै लाग्‍नुभएको छ।</verse>
				<verse number="4">तिनीहरूमाथि ठिटाहरूलाई म शासक तुल्‍याइदिनेछु, र ससाना बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्‌।</verse>
				<verse number="5">एउटा मानिसले अर्कालाई दमन गर्नेछ। एउटा मानिस अर्को मानिसको विरुद्ध, छिमेकी छिमेकीको विरुद्ध, बुढापाकाको विरुद्ध ठिटा र आदरणीयको विरुद्धमा तुच्‍छ उठ्‌नेछ।</verse>
				<verse number="6">भाइहरूमध्‍येका एउटालाई आफ्‍नै मानिसले आफ्‍नै बुबाकै घरमा पक्रेर भन्‍नेछ, “तिम्रो त पोशाक छ, तिमी हाम्रा नेता होऊ, र यो अवशेषका थुप्रोको जिम्‍मा तिमीले लेऊ!”</verse>
				<verse number="7">तर त्‍यस दिन त्‍यसले चर्को सोरमा भन्‍नेछ, “भत्‍केकोलाई बनाउने मेरो त उपाय नै छैन। मेरो घरमा भोजन र लुगाफाटा नै छैन। मलाई मानिसहरूका नेता नबनाऊ।”</verse>
				<verse number="8">यरूशलेम धरमरिँदैछ, यहूदाको पतन हुँदैछ, तिनीहरूका वचन र काम परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमापूर्ण उपस्‍थितिलाई तिनीहरू खुल्‍लमखुल्‍ला विरोध गर्छन्‌।</verse>
				<verse number="9">तिनीहरूका अनुहारले नै तिनीहरूका विरुद्धमा गवाही दिन्‍छन्‌। सदोमझैँ तिनीहरू आफ्‍नो पापको प्रदर्शन गर्दछन्‌। तिनीहरू यसलाई लुकाउँदैनन्‌। तिनीहरूलाई धिक्‍कार! तिनीहरूले आफैमाथि सर्वनाश ल्‍याएका छन्‌।</verse>
				<verse number="10">धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ, किनकि तिनीहरूले आफ्‍नो सुकर्मको फल भोग्‍नेछन्‌।</verse>
				<verse number="11">दुष्‍ट मानिसहरूलाई धिक्‍कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्‌।</verse>
				<verse number="12">मेरो प्रजालाई युवाहरूले अत्‍याचार गर्दछन्, र स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्‌। हे मेरा प्रजा, तिमीहरूलाई डोर्‍याउनेहरूले तिमीहरूलाई बरालेर लगेका छन्, र तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्‌।</verse>
				<verse number="13">परमप्रभु न्‍यायालयमा आफ्‍नो स्‍थान लिनुहुन्‍छ, आफ्‍नो प्रजाको इन्‍साफ गर्नलाई उहाँ उठ्‌नुहुन्‍छ।</verse>
				<verse number="14">आफ्‍ना प्रजाका धर्म-गुरुहरू र शासकहरूका विरुद्धमा परमप्रभुले न्‍याय गर्नुहुन्‍छ। “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ। गरीबहरूलाई लुटेका माल तिमीहरूकै घरमा छन्‌।</verse>
				<verse number="15">तिमीहरूले मेरा प्रजालाई दबाएको र गरीबहरूका अनुहारलाई पिँधेको मतलब के हो?” प्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="16">परमप्रभु भन्‍नुहुन्‍छ, “सियोनका स्‍त्रीहरू अहङ्कारी छन्, र मुण्‍टो ठाड़ो गर्दै, चञ्‍चले आँखा गर्दै, कल्‍ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्‌छन्‌।</verse>
				<verse number="17">यसकारण परमप्रभुले सियोनका स्‍त्रीहरूका टाउकोमा घावै-घाउ भरिदिनुहुन्‍छ। परमप्रभुले तालु खुइले बनाइदिनुहुन्‍छ।”</verse>
				<verse number="18">त्‍यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात्‌ चुरा र शिरबन्‍दी, चन्‍द्रहार,</verse>
				<verse number="19">कुण्‍डल, बाला, झुम्‍का,</verse>
				<verse number="20">मुकुट-घुम्‍टा, कल्‍ली, पटुका, अत्तरदानी र जन्‍तर,</verse>
				<verse number="21">छाप-औँठी र नत्‍थ,</verse>
				<verse number="22">सुन्‍दर पोशाक, अलखा, कोट र थैली,</verse>
				<verse number="23">हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्‍लाहरू हटाउनुहुनेछ।</verse>
				<verse number="24">सुगन्‍धित मसलाको सट्टामा सड़ेको दुर्गन्‍ध हुनेछ, र पटुकाको सट्टामा डोरी, राम्ररी बाटेको कपालको सट्टामा मुडुली हुनेछ, सुन्‍दर वस्‍त्रको सट्टामा भाङ्‌ग्राको लुगा र सुन्‍दरताको सट्टामा डामै-डाम हुनेछ।</verse>
				<verse number="25">तेरा मानिसहरू तरवारले मारिनेछन्, तेरा वीरहरू लड़ाइँमा नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="26">सियोनका मूल ढोकाहरूले विलाप गर्नेछन्‌ र रुनेछन्‌। भूइँमा नाङ्गै बसेकी स्‍त्रीजस्‍तै त्‍यो सहर उजाड़ हुनेछ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">त्‍यस दिन सात जना स्‍त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्‍नेछन्, “हामी आफ्‍नै भोजन खानेछौं र आफ्‍नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्‌। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्‌।”</verse>
				<verse number="2">त्‍यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्‍ति जमिनको फल गर्व र गौरवको हुनेछ।</verse>
				<verse number="3">सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात्‌ यरूशलेममा बस्‍नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्‌।</verse>
				<verse number="4">परमप्रभुले सियोनका स्‍त्रीहरूको मैला धुनुहुनेछ, र उहाँले इन्‍साफको आत्‍मा र आगोको आत्‍माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ।</verse>
				<verse number="5">अनि परमप्रभुले सियोन पर्वतमाथि र त्‍यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्‍वलित आगोको चमक सृष्‍टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ।</verse>
				<verse number="6">दिनको गर्मीबाट जोगाउने शरण र छाया तथा आँधीबेहरी र वर्षाबाट जोगाउने एउटा आश्रय र लुक्‍ने ठाउँ त्‍यो हुनेछ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्‍यन्‍त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो।</verse>
				<verse number="2">तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे। त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो।</verse>
				<verse number="3">“अब हे यरूशलेमका बासिन्‍दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्‍साफ गरिदेओ।</verse>
				<verse number="4">मेरो दाखबारीको निम्‍ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‌ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्‍छ कि भनेर आशा गरेको त किन त्‍यसले खराब दाख मात्र फलायो?</verse>
				<verse number="5">अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्‍नेछु: म त्‍यसको बार उखेलिदिनेछु, र त्‍यो नष्‍ट हुनेछ। म त्‍यसको पर्खाल भत्‍काइदिनेछु, र त्‍यो कुल्‍चीमिल्‍ची गरिनेछ।</verse>
				<verse number="6">त्‍यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्‍यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्‍यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्‌। त्‍यसमा पानी नपरोस्‌ भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”</verse>
				<verse number="7">सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो। उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो।</verse>
				<verse number="8">धिक्‍कार तिमीहरूलाई, जसले केही जग्‍गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्‌छौ र तिमीहरू देशको बीचमा एकलै बस्‍छौ।</verse>
				<verse number="9">सर्वशक्तिमान्‌ परमप्रभुले मैले सुन्‍ने गरी भन्‍नुभएको छ, “निश्‍चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्‍दर भवनहरू निर्जन हुनेछन्‌।</verse>
				<verse number="10">पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ!”</verse>
				<verse number="11">धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌!</verse>
				<verse number="12">तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्‍छन्, तर तिनीहरू परमप्रभुका कामको वास्‍ता गर्दैनन्‌। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्‌।</verse>
				<verse number="13">यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्‍च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्‍यासले पीडित हुनेछन्‌।</verse>
				<verse number="14">यसैकारण चिहानले आफ्‍नो भोक बढ़ाएको छ र आफ्‍नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्‍ला गर्नेहरू त्‍यहीँ भित्र पर्नेछन्‌।</verse>
				<verse number="15">यसरी मानिस निहुराइनेछ, र मानिस-जाति विनम्र तुल्‍याइनेछ, र अभिमानीका आँखा झुकाइनेछन्‌।</verse>
				<verse number="16">तर सर्वशक्तिमान्‌ परमप्रभुको नाउँ इन्‍साफद्वारा उच्‍च हुनेछ, र पवित्र परमेश्‍वरले आफ्‍नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ।</verse>
				<verse number="17">तब भेड़ाहरू आफ्‍नै खर्कमा झैँ चर्नेछन्, र थुमाहरूलेचाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्‌।</verse>
				<verse number="18">धिक्‍कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्‍ट्याइँलाई गाड़ा तान्‍ने डोरीहरूले झैँ तानेर ल्‍याउँछन्,</verse>
				<verse number="19">तिनीहरूलाई जसले भन्‍छन्, “परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्‍नो काम चाँड़ो गरून्‌ र हामी हेरौं। त्‍यो नजिक आओस्, इस्राएलका परमपवित्रको योजना पूरा होस्, र हामी थाहा पाउन सकौं।”</verse>
				<verse number="20">धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌।</verse>
				<verse number="21">धिक्‍कार तिनीहरूलाई, जो आफ्‍नै दृष्‍टिमा बुद्धिमान्, र आफ्‍नै नजरमा चलाक छन्‌।</verse>
				<verse number="22">धिक्‍कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्,</verse>
				<verse number="23">जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्‍छन्, र निर्दोषहरूको ठीक न्‍याय गर्दैनन्‌।</verse>
				<verse number="24">यसैकारण जसरी आगोको ज्‍वालाले पराललाई भस्‍म गर्दछ, र सुकेको घाँस ज्‍वालामा भस्‍म हुन्‍छ, त्‍यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्‌। किनभने तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुको व्‍यवस्‍थालाई इन्‍कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्‌।</verse>
				<verse number="25">यसकारण परमप्रभुको रीस आफ्‍ना प्रजामाथि उठेको छ। उहाँले आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्‍छ। डाँड़ाहरू हल्‍लिन्‍छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।</verse>
				<verse number="26">उहाँले टाढ़ाका जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुन्‍छ, उहाँले पृथ्‍वीका कुना-कुनामा बस्‍नेहरूलाई सुसेलीले बोलाउनुहुन्‍छ। तिनीहरू चाँड़ो र फूर्तिसित आउँछन्‌!</verse>
				<verse number="27">तिनीहरूमध्‍ये कोही थाक्‍ने कि ठक्‍कर खानेछैनन्, कोही झुल्‍ने वा निदाउनेछैनन्‌। तिनीहरूका कम्‍मरको पटुका खुकुलो हुनेछैन, तिनीहरूका जुत्ताको फित्ता चुँड़िनेछैन।</verse>
				<verse number="28">तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्‌। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्‍तै, र तिनीहरूका रथका चक्‍काहरू आँधीबेहरीजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="29">तिनीहरूको गर्जन सिंहको जस्‍तै छ, तिनीहरू जवान सिंहजस्‍तै गर्जन्‍छन्‌। तिनीहरूले शिकार समात्‍दा ङ्‌वारङ्‌वार गर्छन्‌। त्‍यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुनेछैन।</verse>
				<verse number="30">त्‍यस दिन तिनीहरू समुद्र गर्जेझैँ त्‍यसमाथि गर्जनेछन्‌। यदि देशलाई कसैले हेर्‍यो भने, त्‍यहाँ अन्‍धकार र सङ्कष्‍ट मात्र त्‍यसले देख्‍नेछ, र उज्‍यालो पनि बादलले अँध्‍यारो पार्नेछ।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">उज्‍जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्‍लो र उच्‍च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्‍त्रको छेउले मन्‍दिरै ढाकेको थियो।</verse>
				<verse number="2">उहाँको मास्‍तिर सराफहरू खड़ा थिए— प्रत्‍येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्‍नो मुख ढाकेका थिए, दुई वटाले आफ्‍ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्‌दैथिए।</verse>
				<verse number="3">अनि एउटाले अर्कालाई यसो भन्‍दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ, सारा पृथ्‍वी उहाँको महिमाले भरिपूर्ण छ।”</verse>
				<verse number="4">तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए, र मन्‍दिर धूवाँले भरियो।</verse>
				<verse number="5">मैले भनें, “धिक्‍कार! म नष्‍ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्‍तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान्‌ परमप्रभु महाराजाधिराजलाई देखेको छु।”</verse>
				<verse number="6">तब चिम्‍टाले वेदीबाट आगोको भुङ्‌ग्रो हातमा लिएर सराफहरूमध्‍ये एक जना मकहाँ उड़ेर आए।</verse>
				<verse number="7">तिनले मेरो मुख त्‍यस भुङ्‌ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्‍चित भयो।”</verse>
				<verse number="8">तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!”</verse>
				<verse number="9">उहाँले मलाई भन्‍नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, “‘तिमीहरू सुन्‍न त सुन्‍छौ, तर बुझ्‍दैनौ, तिमीहरू देख्‍न त देख्‍छौ, तर थाहा पाउँदैनौ’।</verse>
				<verse number="10">यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्‍ने पार, र तिनीहरूका आँखा बन्‍द गरिदेऊ, नत्रता तिनीहरूले आफ्‍ना आँखाले देख्‍लान्, र आफ्‍ना कानले सुन्‍लान्, र तिनीहरूका हृदयले बुझ्‍लान्, र फेरि फर्केर तिनीहरू निको होलान्‌।”</verse>
				<verse number="11">तब मैले भनें “हे परमप्रभु कहिलेसम्‍म?” र उहाँले भन्‍नुभयो, “जबसम्‍म सहरहरू विनाश भएर बासिन्‍दाविनाका हुँदैनन्, र घरहरू निर्जन हुँदैनन्, र खेतहरूचाहिँ ध्‍वंस र नष्‍ट हुँदैनन्,</verse>
				<verse number="12">जबसम्‍म परमप्रभुले हरेक मानिसलाई टाढ़ा पठाउनुहुन्‍न, र पूर्ण रूपमा देश परित्‍याग गरिँदैन।</verse>
				<verse number="13">अनि यदि त्‍यस देशमा दशौँ भाग रह्यो भने त्‍यो फेरि पनि उजाड़ पारिनेछ। तर जसरी तारपीन र फलाँटका रूखहरू काटेर ढाले तापनि ठुटोचाहिँ रहिरहन्‍छन्, त्‍यसरी नै त्‍यस देशमा पवित्र बीउचाहिँ ठुटो हुनेछ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">जब उज्‍जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्‍याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्‌।</verse>
				<verse number="2">अनि “एफ्राइमले अरामसित सन्‍धि गर्‍यो” भन्‍ने समाचार दाऊदको घरानाकहाँ पुग्‍यो। वनका रूखहरू बतासले हल्‍लाएझैँ गरी आहाज र तिनका प्रजाका मन कामे।</verse>
				<verse number="3">तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “अब तँ आफ्‍नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्‍लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्,</verse>
				<verse number="4">र त्‍यसलाई भन्, ‘होशियार होऊ, शान्‍त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्‌ने अगुल्‍टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्‍याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्‌।</verse>
				<verse number="5">अराम, एफ्राइम र रमल्‍याहको छोराले मिलेर यसो भन्‍दै तिम्रो सर्वनाश गर्न षड्‌यन्‍त्र रचेका छन्,</verse>
				<verse number="6">“हामीहरू यहूदामाथि आक्रमण गरौं। त्‍यसलाई टुक्रा-टुक्रा पारेर बाँड़ौं, र ताबेलका छोरालाई त्‍यसका राजा बनाऔं।”</verse>
				<verse number="7">तापनि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “‘यो हुन नै सक्‍दैन, यो हुँदैन नै।</verse>
				<verse number="8">किनकि अरामको शिर दमस्‍कस हो, र दमस्‍कसको शिर रसीन मात्रै हो। पैँसट्ठी वर्षभित्रैमा आफ्‍नो नाउँनिशानै मेटिने गरी एफ्राइम टुक्रा-टुक्रा पारिनेछ।</verse>
				<verse number="9">एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्‍याहको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्‍नो विश्‍वासमा स्‍थिर भएनौ भने तिमीहरू खड़ा रहनै सक्‍नेछैनौ’।”</verse>
				<verse number="10">फेरि परमप्रभुले आहाजलाई भन्‍नुभयो,</verse>
				<verse number="11">“तल गहिरोभन्‍दा गहिरोबाट होस्‌ वा माथिभन्‍दा माथिबाट होस्, परमप्रभु आफ्‍ना परमेश्‍वरसित कुनै एउटा चिन्‍ह माग्‌।”</verse>
				<verse number="12">तर आहाजले भने, “म माग्‍नेछैनँ। म परमप्रभुको परीक्षा गर्नेछैनँ।”</verse>
				<verse number="13">तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्‍न यथेष्‍ट भएन? के तिमीहरू मेरा परमेश्‍वरको धैर्यलाई जाँच्‍छौ?</verse>
				<verse number="14">यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ। हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ।</verse>
				<verse number="15">खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न जानेपछि उहाँले दही र मह खानुहुनेछ।</verse>
				<verse number="16">तर बालकले खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न अघि त्‍यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ।</verse>
				<verse number="17">परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्‍तो दिन ल्‍याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्‍यै आइलागेको थिएन, अर्थात्‌ उहाँले अश्‍शूरका राजालाई यस देशमा ल्‍याउनुहुनेछ।”</verse>
				<verse number="18">त्‍यो दिन परमप्रभुले मिश्रदेशका टाढ़ाका खोलाहरूबाट झीँगाहरू र अश्‍शूर देशका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ।</verse>
				<verse number="19">तिनीहरू आएर जम्‍मै साँघुरा भीरहरू, चट्टानका धाँदाहरू, सबै काँढ़ाघारी र सबै पानीको भ्‍वाङ्ग हुँदो बस्‍नेछन्‌।</verse>
				<verse number="20">त्‍यो दिन परमप्रभुले यूफ्रेटिस नदी पारिबाट लिएको छुरा, अर्थात्‌ अश्‍शूरका राजाद्वारा तिनीहरूका शिर र खुट्टाका रौँ खौरिदिनुहुनेछ, र दाह्री पनि खौरिदिनुहुनेछ।</verse>
				<verse number="21">त्‍यो दिन एउटा मानिसले एउटा कोरली र दुई वटा बाख्रा पाल्‍नेछ,</verse>
				<verse number="22">अनि तिनीहरूले दिएको प्रशस्‍त दूधको कारण खानलाई दही पनि हुनेछ। देशमा छोड़िएका सबैले दही र मह खानेछन्‌।</verse>
				<verse number="23">त्‍यो दिन हजार शेकेल चाँदी दाम पर्ने हजार दाखका बोटहरू भएको बारीमा सिउँड़ी र काँढ़ा मात्र हुनेछन्‌।</verse>
				<verse number="24">सिउँड़ी र काँढ़ा भएकोले गर्दा त्‍यहाँ मानिसहरू काँड़-धनु लिएर जानेछन्‌।</verse>
				<verse number="25">कोदालोले खन्‍ने सबै डाँड़ाहरूमा चाहिँ सिउँड़ी र काँढ़ाको डरले तिमीहरू त्‍यहाँ फेरि जानेछैनौ, तर ती ठाउँहरू गाई-गोरु चर्ने ठाउँ र भेड़ाहरू कुदिहिँड्‌ने ठाउँ हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">परमप्रभुले मलाई भन्‍नुभयो, “आफ्‍नो निम्‍ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्‍यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ भनेर लेख्‌।</verse>
				<verse number="2">अनि म यसलाई पक्‍का गर्नलाई मेरा दुई विश्‍वासयोग्‍य गवाहहरू, अर्थात्‌ उरियाह पूजाहारी र येबेरक्‍याहको छोरो जकरियालाई बोलाउनेछु।”</verse>
				<verse number="3">तब मेरी पत्‍नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्‍माइन्‌। अनि परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाउँ महेर-शालल-हाज-बज राख्‌।</verse>
				<verse number="4">बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूट अश्‍शूरका राजाले लैजानेछ।”</verse>
				<verse number="5">परमप्रभुले मलाई फेरि यसो भन्‍नुभयो,</verse>
				<verse number="6">“यस प्रजाले शान्‍तिसित बग्‍ने शीलोको पानीलाई तिरस्‍कार गरी रसीन र रमल्‍याहको छोरामा आनन्‍द मनाएको कारणले,</verse>
				<verse number="7">अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात्‌ अश्‍शूरको राजा र त्‍यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्‍याउन लाग्‍नुभएको छ। त्‍यसका सबै नहरमाथि त्‍यो उर्लेर आउनेछ र त्‍यसका सबै किनारमाथि बग्‍नेछ।</verse>
				<verse number="8">त्‍यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्‍मै बग्‍नेछ। त्‍यो त्‍यसको घिच्रैसम्‍म पुग्‍नेछ। त्‍यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्‍नेछ, हे इम्‍मानुएल!”</verse>
				<verse number="9">हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ!</verse>
				<verse number="10">युद्धको युक्ति रचना गर, तर त्‍यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्‍ताव गर, तर त्‍यो ठहर्नेछैन, किनकि परमेश्‍वर हामीसित हुनुहुन्‍छ।</verse>
				<verse number="11">यस प्रजाको मार्गमा नहिँड्‌नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्‍नो बलियो हात ममाथि राखेर मलाई यसो भन्‍नुभयो,</verse>
				<verse number="12">“जुन कुरालाई यी मानिसहरू षड्‌यन्‍त्र भन्‍छन्, त्‍यसलाई तैंले षड्‌यन्‍त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन्‌ त्‍यसदेखि तँ नडरा, त्‍यसदेखि भयभीत नहो।</verse>
				<verse number="13">सर्वशक्तिमान्‌ परमप्रभुलाई नै तैंले पवित्र ठान्‍नू, र उहाँकै भय तैंले मान्‍नू, उहाँसँग नै तँ डराउनू।</verse>
				<verse number="14">र उहाँ नै तेरो वासस्‍थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्‍ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्‍ति धराप र पासो हुनुहुनेछ।</verse>
				<verse number="15">धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्‌नेछन्‌ र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।”</verse>
				<verse number="16">यो गवाही-पत्र बाँधिदेऊ र यो व्‍यवस्‍था मेरा चेलाहरूका बीचमा बन्‍द गरेर त्‍यसमा मोहोर लगाइदेऊ।</verse>
				<verse number="17">याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु।</verse>
				<verse number="18">म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान्‌ परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्‍ह र लक्षण हौं।</verse>
				<verse number="19">जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने?</verse>
				<verse number="20">व्‍यवस्‍था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन्‌ भने तिनीहरूसित बिहानको मिरमिरे उज्‍यालो पनि छैन।</verse>
				<verse number="21">तिनीहरू कष्‍टित र भोका भएर देशमा घुमिहिँड्‌नेछन्‌। जब तिनीहरू अत्‍यन्‍तै भोका हुन्‍छन्, तब तिनीहरू रिसाउनेछन्, र मास्‍तिर हेरी आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन्‌।</verse>
				<verse number="22">तब तिनीहरूले पृथ्‍वीतिर हेर्नेछन्, तर त्‍यहाँ दु:ख, अन्‍धकार र डरलाग्‍दो नैराश्‍य मात्र देख्‍नेछन्‌। अनि तिनीहरू घोर अन्‍धकारमा जाकिनेछन्‌।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">तापनि सङ्कष्‍ट परेकाहरूका निम्‍ति नैराश्‍य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्‍तालीको देशलाई नम्र तुल्‍याउनुभयो, तर भविष्‍यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्‍यजातिहरूको गालीललाई सम्‍मानित तुल्‍याउनुहुनेछ।</verse>
				<verse number="2">अन्‍धकारमा हिँड्‌ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युको छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।</verse>
				<verse number="3">तपाईंले त्‍यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्‍द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्‍ने रमाउनेछन्, र लूटका माल बाँड्‌दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्‍छन्‌।</verse>
				<verse number="4">किनकि तपाईंले त्‍यसको बोझाको जुवा र त्‍यसको काँधको नोल, र त्‍यसलाई अत्‍याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।</verse>
				<verse number="5">लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्‍ति इन्‍धन हुनेछ।</verse>
				<verse number="6">किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।</verse>
				<verse number="7">उहाँको शासन र शान्‍तिका वृद्धिको अन्‍त कहिल्‍यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्‍यमाथि त्‍यसलाई न्‍याय र धार्मिकताको साथ स्‍थापित गरी स्‍थिर गराउन, त्‍यस बेलादेखि सदाको निम्‍ति उहाँले राज्‍य गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो पूरा गर्नेछ।</verse>
				<verse number="8">परमप्रभुले याकूबको विरुद्धमा यो सन्‍देश पठाउनुभएको छ, र त्‍यो इस्राएलमाथि पर्नेछ।</verse>
				<verse number="9">सारा मानिसहरू, अर्थात्‌ एफ्राइम र सामरियाका मानिसहरूले त्‍यो जान्‍नेछन्, जसले अहङ्कार र हृदयको घमण्‍डसित भन्‍दछन्,</verse>
				<verse number="10">“इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्‍जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।”</verse>
				<verse number="11">तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्‍याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ।</verse>
				<verse number="12">अरामीहरूले पूर्वतिर र पलिश्‍तीहरूले पश्‍चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।</verse>
				<verse number="13">तर मानिसहरू तिनीहरूलाई हिर्काउने व्‍यक्तितर्फ फर्केका छैनन्, न त तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुलाई खोजेका छन्‌।</verse>
				<verse number="14">यसैकारण परमप्रभुले इस्राएलबाट शिर र पुच्‍छर, खजूरका हाँगा र नर्कट एकै दिनमा काट्‌नुहुनेछ।</verse>
				<verse number="15">वृद्ध र आदरणीय मानिसहरू शिर हुन्, तथा झूटा कुरा सिकाउने अगमवक्ताहरूचाहिँ पुच्‍छर हुन्‌।</verse>
				<verse number="16">यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्‌। तिनीहरूबाट डोर्‍याइएकाहरूचाहिँ बरालिएका छन्‌।</verse>
				<verse number="17">यसकारण तिनीहरूका जवान मानिसहरूदेखि परमप्रभु प्रसन्‍न हुनुहुन्‍न, न त उहाँले तिनीहरूका टुहुरा-टुहुरी र विधवालाई टिठ्याउनुहुनेछ। किनकि हरेक व्‍यक्ति ईश्‍वरहीन र दुष्‍ट छ। हरेकको मुखबाट खराब कुरा निस्‍कन्‍छ। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।</verse>
				<verse number="18">निश्‍चय नै आगोझैँ खराबी बल्‍छ, त्‍यसले सिउँड़ी र काँढ़ाहरू भस्‍म पार्छ। त्‍यसले वनका झाड़ीहरूलाई जलाउँछ, र ती धूवाँको बाक्‍लो मुस्‍लो भएर माथितिर बटारिँदैजान्‍छन्‌।</verse>
				<verse number="19">सर्वशक्तिमान्‌ परमप्रभुको क्रोधले देश भस्‍म हुनेछ। मानिसहरू पनि आगोको निम्‍ति इन्‍धन हुनेछन्‌। कुनै मानिसले आफ्‍नो भाइलाई पनि छोड्‌नेछैन।</verse>
				<verse number="20">दाहिनेपट्टि तिनीहरूले निल्‍नेछन्‌ र पनि भोकै हुनेछन्‌। तिनीहरूले देब्रेपट्टि खानेछन्, तरै पनि सन्‍तुष्‍ट हुनेछैनन्‌। हरेकले आफ्‍नै सन्‍तानको मासु खानेछ,</verse>
				<verse number="21">मनश्‍शेले एफ्राइमलाई र एफ्राइमले मनश्‍शेलाई खानेछ, र तिनीहरू दुवै यहूदाको विरुद्धमा हुनेछन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">धिक्‍कार तिनीहरूलाई, जसले अन्‍यायी व्‍यवस्‍था बनाउँछन्, तिनीहरूलाई जसले अत्‍याचारी विधि निकाल्‍छन्‌।</verse>
				<verse number="2">गरीबहरूका हक खोस्‍न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्‍याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा-टुहुरीहरूका धन लुट्‌नलाई तिनीहरूले यसो गर्छन्‌।</verse>
				<verse number="3">लेखा दिनुपर्ने दिन र टाढ़ाबाट आउने आपत्ति आउँदा तिमीहरू के गर्नेछौ? तिमीहरू सहायताको निम्‍ति कसकहाँ जानेछौ? तिमीहरू आफ्‍ना धनहरू कहाँ छोड्‌नेछौ?</verse>
				<verse number="4">कैदीहरूका साथसाथै खुम्‍चिनु र मारिएकाहरूका माझमा लोट्‌नुबाहेक अरू केही रहनेछैन। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।</verse>
				<verse number="5">“धिक्‍कार अश्‍शूरीलाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लहुरो छ!</verse>
				<verse number="6">लूटको माल खोस्‍न र लूटपीट गरी ध्‍वस्‍त गर्न र सड़कहरूको हिलोझैँ कुल्‍चीमिल्‍ची गर्नलाई ईश्‍वर नमान्‍ने जाति तथा मलाई रीस उठाउने मानिसहरूको विरुद्धमा मैले त्‍यसलाई हतपतसाथ पठाएको छु।</verse>
				<verse number="7">तर त्‍यसको यस्‍तो इच्‍छा छैन। त्‍यसको मनमा यस्‍तो विचार छैन। तर त्‍यसको अभिप्राय त सर्वनाश गर्ने, र धेरै जातिहरूलाई खतम गरिदिने विचार छ।</verse>
				<verse number="8">त्‍यसले भन्‍छ, ‘के मेरा सेनापतिहरू सबै राजा होइनन्‌ र?</verse>
				<verse number="9">के कल्‍नोले कर्कमीशजस्‍तै भोगेन र? के हमात अर्पादजस्‍तै र सामरिया दमस्‍कसजस्‍तै छैन र?</verse>
				<verse number="10">जसरी मेरो हातले मूर्तिहरूका राज्‍यहरूलाई कब्‍जा गर्‍यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्‍दा धेरै थिए,</verse>
				<verse number="11">त के मैले सामरिया र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार गरेझैँ यरूशलेम र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार नगर्ने’?”</verse>
				<verse number="12">जब परमप्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्‍ना सारा काम गरिसक्‍नुहुन्‍छ, तब उहाँले भन्‍नुहुनेछ, “म अश्‍शूरका राजाको हृदयको स्‍वेच्‍छाचारी अभिमान र घमण्‍डी आँखाको कारण त्‍यसलाई दण्‍ड दिनेछु।</verse>
				<verse number="13">किनकि त्‍यसले भन्‍छ, ‘मेरै हातको बल र मेरै बुद्धिमानीले मैले यो गरेको हुँ, किनकि मेरो समझशक्ति छ। मैले जाति-जातिको सिमाना हटाएँ, र तिनीहरूका भण्‍डारहरू लुटेको छु। एउटा पराक्रमी व्‍यक्तिझैँ मैले तिनीहरूका राजाहरूलाई दमन गरेको छु।</verse>
				<verse number="14">कसैले चराको गुँड़मा हात लम्‍काएझैँ मेरो हात जाति-जातिहरूका धन-सम्‍पत्तिसम्‍म पुगेको छ। छोड़िराखेका अण्‍डालाई कसैले बटुलेझैँ मैले सबै देशहरूलाई बटुलें। तर त्‍यहाँ कसैले एउटै पखेटा चलाएन अथवा चूँ-चूँ चीँ-चीँ कसैले गरेन’।”</verse>
				<verse number="15">के बन्‍चरोले त्‍यसलाई चलाउनेको विरुद्धमा आफूलाई उच्‍च पार्छ? अथवा के आराले त्‍यसलाई चलाउनेको विरुद्धमा आफ्‍नो बड़प्‍पन देखाउँछ? यो त लहुरो आफैले पो त्‍यसलाई उठाउनेलाई मच्‍चाएझैँ, अथवा लहुरो आफैले त्‍यसलाई उठाउने मानिस, जो काठ होइन, उसलाई मच्‍चाएझैँ हुन्‍छ!</verse>
				<verse number="16">यसैकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले त्‍यसका बलिया योद्धाहरूका बीचमा सोतर पार्ने रोग पठाउनुहुनेछ, र त्‍यसको गौरवमुनि दन्‍केको आगो सल्‍कनेछ।</verse>
				<verse number="17">इस्राएलका ज्‍योति आगो र त्‍यसका परमपवित्र ज्‍वाला हुनुहुनेछ, र त्‍यसले त्‍यसका काँढ़ा र सिउँड़ीहरू एकै दिनमा जलाएर भस्‍म पार्नेछ।</verse>
				<verse number="18">त्‍यसका वन र मलिला खेतको शोभा सम्‍पूर्ण रीतिले भस्‍म हुनेछ। त्‍यो रोगले सुक्‍दैगएको मानिसझैँ हुनेछ।</verse>
				<verse number="19">त्‍यसका वनका बचेका रूखहरूचाहिँ यति थोरै हुनेछन्‌ कि एउटा बालकले पनि ती गनेर लेख्‍न सक्‍छ।</verse>
				<verse number="20">त्‍यो दिन इस्राएलका बचेको भाग, याकूबका घरानाका बाँचेकाहरूले फेरि आफूलाई प्रहार गर्नेमाथि भर पर्नेछैनन्, तर इस्राएलका परमपवित्र अर्थात्‌ परमप्रभुमाथि नै साँच्‍चै भर पर्नेछन्‌।</verse>
				<verse number="21">बचेका भाग, अर्थात्‌ याकूबको बचेको भाग शक्तिशाली परमेश्‍वरतर्फ फर्कनेछ।</verse>
				<verse number="22">हे इस्राएल, तिमीहरूका मानिसहरू समुद्रका बालुवाझैँ भए तापनि केवल एउटै बचेको भाग मात्र फर्कनेछ। सर्वनाश त प्रचुरता र धार्मिकतासित ठहराइएको छ।</verse>
				<verse number="23">परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देशमाथि ठहराएअनुसारको सर्वनाश ल्‍याउनुहुनेछ।</verse>
				<verse number="24">यसैकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हे सियोनमा बस्‍ने मेरा प्रजा हो, अश्‍शूरीहरूसित नडराओ, जसले तिमीहरूलाई एउटा लाठोले हिर्काए र मिश्रले गरेझैँ एउटा लहुरो तिमीहरूका विरुद्धमा चलाए।</verse>
				<verse number="25">तिमीहरूको विरुद्धमा उठेको मेरो रीस चाँड़ै शान्‍त हुनेछ, र तिनीहरूका सर्वनाशको निम्‍ति मेरो क्रोध तिनीहरूतिर फर्कनेछ।”</verse>
				<verse number="26">सर्वशक्तिमान्‌ परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई हिर्काएर लड़ाएजस्‍तै तिनीहरूलाई एउटा कोर्राले पिट्‌नुहुनेछ। उहाँले मिश्रदेशमा उठाएझैँ आफ्‍नो लहुरो पानीमाथि उठाउनुहुनेछ।</verse>
				<verse number="27">त्‍यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ।</verse>
				<verse number="28">तिनीहरू अय्‍यातभित्र पस्‍छन्‌। तिनीहरू मिग्रोनबाट भएर जान्‍छन्‌। मिकमाशमा तिनीहरूले आफ्‍नो सामान सञ्‍चय गर्छन्‌।</verse>
				<verse number="29">तिनीहरू घाटीबाट भएर जान्‍छन्‌ र भन्‍छन्, “हामी गेबामा वास बस्‍नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्‍छ।</verse>
				<verse number="30">हे गल्‍लीमकी छोरी, आफ्‍नो उच्‍च सोरले करा! ए लैशा, ध्‍यान दिएर सुन्‌! बिचरा अनातोत!</verse>
				<verse number="31">मदमेना भगुवा भएको छ, गेबीमका मानिसहरू लुक्‍छन्‌।</verse>
				<verse number="32">आज नै नोबमा तिनीहरू अड़िनेछन्‌। सियोनकी छोरीको पर्वत, यरूशलेमको डाँड़ामा तिनीहरूले मुक्‍का देखाउनेछन्‌।</verse>
				<verse number="33">हेर, परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले ठूलो शक्तिले ससाना हाँगाहरू लाछ्‌नुहुनेछ। त्‍यसका अल्‍गा-अल्‍गा रूखहरू ढालिनेछन्, र अल्‍गाहरू होच्‍याइनेछन्‌।</verse>
				<verse number="34">उहाँले वनका झाड़ीहरूलाई बन्‍चरोले काट्‌नुहुनेछ, र पराक्रमी जनको सामुन्‍ने लेबनान ढल्‍नेछ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">यिशैको ठुटाबाट एउटा टुसा निस्‍कनेछ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउनेछ।</verse>
				<verse number="2">परमप्रभुका आत्‍मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्‍मा, सल्‍लाह र शक्तिका आत्‍मा, ज्ञान र परमप्रभुको भयको आत्‍मा</verse>
				<verse number="3">अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्‍न हुनुहुनेछ। आँखाले देखेर उहाँले इन्‍साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन।</verse>
				<verse number="4">तर खाँचोमा परेकाहरूको न्‍याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्‍वीका गरीबहरूका लागि उहाँले न्‍यायसित फैसला गरिदिनुहुनेछ। आफ्‍नो मुखको लाठोले उहाँले पृथ्‍वीलाई हिर्काउनुहुनेछ, र आफ्‍नो ओठको सासले दुष्‍टलाई नाश गर्नुहुनेछ।</verse>
				<verse number="5">उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्‍मरको पटुका सत्‍यता हुनेछ।</verse>
				<verse number="6">ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।</verse>
				<verse number="7">गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्‍केर बस्‍नेछन्‌। र सिंहले गोरुले झैँ पराल खानेछ।</verse>
				<verse number="8">दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्‍नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्‍नो हात हाल्‍नेछ।</verse>
				<verse number="9">तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्‍सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।</verse>
				<verse number="10">त्‍यस दिन मानिसहरूका निम्‍ति यिशैको वंशबाट एउटा झन्‍डाजस्‍तै खड़ा हुनेछ। जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्‍थान महिमामय हुनेछ।</verse>
				<verse number="11">त्‍यस दिन परमप्रभुले अश्‍शूर, तल्‍लो र माथिल्‍लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्‍ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्‍नो हात फेरि दोस्रो पल्‍ट पसार्नुहुनेछ।</verse>
				<verse number="12">उहाँले जाति-जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्‍ट भएकाहरूलाई पृथ्‍वीको चारै दिशाबाट भेला गराउनुहुनेछ।</verse>
				<verse number="13">एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्‍ट हुनेछन्‌। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ।</verse>
				<verse number="14">तिनीहरू पश्‍चिमतिर पलिश्‍त देशको भिरालोमा वेग हानेर जानेछन्‌। तिनीहरूले मिलेर पूर्वका मानिसहरूलाई लुट्‌नेछन्‌। तिनीहरूले एदोम र मोआबमाथि हात हाल्‍नेछन्, र अम्‍मोनीहरू तिनीहरूका अधीनमा हुनेछन्‌।</verse>
				<verse number="15">परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्‍नो हात चलाउनुहुनेछ, र त्‍यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्‍यसमा मानिसहरू जुत्ता लाएर सुक्‍खै तरेर जानेछन्‌।</verse>
				<verse number="16">आफ्‍ना प्रजाका बाँचेको भागको निम्‍ति अश्‍शूरबाट आउनलाई एउटा यस्‍तो मूलबाटो हुनेछ, जस्‍तो मिश्रदेशबाट आउँदा इस्राएलको निम्‍ति भएको थियो।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">त्‍यस दिन तिमीहरू भन्‍नेछौ, “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्‍यो, र तपाईंले अब मलाई सान्‍त्‍वना दिनुभएको छ।</verse>
				<verse number="2">	निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्‍छ। म विश्‍वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्‍छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”</verse>
				<verse number="3">आनन्‍दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।</verse>
				<verse number="4">त्‍यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्‍यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्‍च पारिएको छ भनी घोषणा गर।</verse>
				<verse number="5">परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्‍वीले यो कुरा जानून्‌।</verse>
				<verse number="6">हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ, र आनन्‍दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान्‌ हुनुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">बेबिलोनको विषयमा आमोजका छोरा यशैयाले दर्शनमा पाएको ईश्‍वरवाणी:</verse>
				<verse number="2">नाङ्गो डाँड़ामा एउटा झन्‍डा खड़ा गर। तिनीहरूलाई उच्‍च सोरले कराऊ र भारदारहरूका मूल ढोकामा पस्‍न इशारा गर।</verse>
				<verse number="3">मेरा पवित्र जनहरूलाई मैले आज्ञा गरेको छु। मेरो रीस पोखाउन मेरा योद्धाहरूलाई मैले हुकुम दिएको छु। तिनीहरू मेरो विजयमा आनन्‍दित हुन्‍छन्‌।</verse>
				<verse number="4">सुन, पर्वतहरूमा भएको हल्‍ला, भीड़को हल्‍लाजस्‍तै ठूलो। सुन, राज्‍यहरूका माझमा भएको कोलाहल, जाति-जातिहरू एकसाथ जम्‍मा हुँदा भएको होहल्‍लाझैँ। सर्वशक्तिमान्‌ परमप्रभुले लड़ाइँको निम्‍ति सेना जम्‍मा गर्दैहुनुहुन्‍छ।</verse>
				<verse number="5">परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्‍लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्‌।</verse>
				<verse number="6">डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्‌को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्‍यो आउनेछ।</verse>
				<verse number="7">यसकारणले गर्दा सबै हातहरू कमजोर हुनेछन्, सबै मानिसहरूको मुटुले ठाउँ छोड्‌नेछ।</verse>
				<verse number="8">तिनीहरू डराउनेछन्‌। पीडा र वेदनाले तिनीहरूलाई छोप्‍नेछ, सुत्‍केरी स्‍त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्‍याकुल हुनेछन्‌। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्‌। तिनीहरूको अनुहार आगोको ज्‍वालाझैँ हुनेछ।</verse>
				<verse number="9">हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्‍यहाँ भित्र भएका पापीहरूलाई त्‍यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्‍ठुर दिन आइरहेछ।</verse>
				<verse number="10">आकाशका ताराहरू र तिनका तारापुञ्‍जले आफ्‍नो चमक दिनेछैनन्‌। सूर्य पनि उदय हुँदाहुँदै अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले ज्‍योति दिनेछैन।</verse>
				<verse number="11">म संसारलाई त्‍यसको दुष्‍ट्याइँको निम्‍ति र दुष्‍टलाई तिनीहरूका अधर्मको निम्‍ति दण्‍ड दिनेछु। म अहङ्कारीको घमण्‍डको अन्‍त गर्नेछु, र निष्‍ठुरहरूको शेखी झार्नेछु।</verse>
				<verse number="12">म मान्‍छेलाई निखुर सुनभन्‍दा दुर्लभ र ओपीरको सुनभन्‍दा पनि अझ अप्राप्‍य बनाउनेछु।</verse>
				<verse number="13">यसैकारण उहाँको ज्‍वलन्‍त रीसको दिनमा म आकाशलाई थरथर काम्‍ने तुल्‍याउनेछु, र सर्वशक्तिमान्‌ परमप्रभुको क्रोधमा पृथ्‍वी त्‍यसको ठाउँमा हल्‍लिनेछ।</verse>
				<verse number="14">तिनीहरू खेदिएको हरिणझैँ, र गोठालोविनाका भेड़ाहरूझैँ, हरेक मानिस आफ्‍नै मानिसकहाँ फर्केर जानेछ, र हरेक मानिस आफ्‍नै स्‍वदेशमा भागी जानेछ।</verse>
				<verse number="15">भेटिएको हरेक मानिस रोपिनेछ, र पक्रिएका सबै तरवारले ढालिनेछन्‌।</verse>
				<verse number="16">तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्‍ने पछारिएर चिल्‍लिबिल्‍ली पारिनेछन्‌। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्‍नीहरू भ्रष्‍ट पारिनेछन्‌।</verse>
				<verse number="17">हेर, म मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु, जुनहरू चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन्‌।</verse>
				<verse number="18">उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्‍नेछन्‌। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्‍टिले हेर्नेछन्‌।</verse>
				<verse number="19">राज्‍यहरूको रत्‍न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्‍तै परमेश्‍वरले उल्‍टाइदिनुहुनेछ।</verse>
				<verse number="20">त्‍यहाँ कहिल्‍यै कोही बस्‍नेछैन, पुस्‍तौँसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन। कुनै अरबीले त्‍यहाँ आफ्‍नो पाल टाँग्‍नेछैन। कुनै गोठालाले आफ्‍नो बगाल त्‍यहाँ विश्राम गर्न दिनेछैन।</verse>
				<verse number="21">तर जङ्गली जनावरहरूले त्‍यहाँ विश्राम गर्नेछन्‌। तिनका घरहरू स्‍यालहरूले भरिनेछन्‌। लाटोकोसेराहरू त्‍यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्‍यहाँ उफ्रँदै खेल्‍नेछन्‌।</verse>
				<verse number="22">हुँड़ारहरू तिनका किल्‍लाहरूमा र स्‍यालहरू तिनका सुन्‍दर-सुन्‍दर महलहरूमा कराउनेछन्‌। त्‍यसको समय नजिकै आएको छ, र त्‍यसको दिन अब धेरै छैन।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्‍नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्‍नै ठाउँमा बसाल्‍नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्‍नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्‍नेछन्‌।</verse>
				<verse number="2">जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्‍याउनेछन्‌। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्‌। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्‌। तिनीहरूलाई अत्‍याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्‌।</verse>
				<verse number="3">जब परमप्रभुले तिमीहरूको दु:ख, कष्‍ट र कठोर बन्‍धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ,</verse>
				<verse number="4">तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्‍याचारीको कसरी पतन भयो! त्‍यसको रीसको अन्‍त कसरी भयो!</verse>
				<verse number="5">परमप्रभुले दुष्‍टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्‍ड,</verse>
				<verse number="6">जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्‍थ्‍यो र रोक्‍न नसक्‍ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्‍यो।</verse>
				<verse number="7">सबै देशहरूले विश्राम र शान्‍ति पाएका छन्‌। तिनीहरू गाउन लागेका छन्‌।</verse>
				<verse number="8">सल्‍लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्‌न कोही रूख काट्‌ने आएको छैन।”</verse>
				<verse number="9">तेरो आगमनमा तँलाई भेट्‌न चिहान पनि तेरो निम्‍ति चलमलाएको छ। त्‍यसले मरेर बिदा भइसकेका आत्‍माहरूलाई पनि तँलाई स्‍वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्‍यसले उनीहरूलाई आफ्‍ना सिंहासनबाट उठ्‌न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए।</verse>
				<verse number="10">उनीहरू सबैले तँलाई जवाफ दिएर भन्‍नेछन्, “तँ पनि हामीजस्‍तै निर्बल भएको छस्‌। तँ हामीजस्‍तै भएको छस्‌।”</verse>
				<verse number="11">तेरा सबै रवाफ त तेरा वीणाको गुञ्‍जनसँगै चिहानमा झारिएका छन्‌। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्‌ने भएका छन्‌।</verse>
				<verse number="12">ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।</verse>
				<verse number="13">तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु।</verse>
				<verse number="14">म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”</verse>
				<verse number="15">तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।</verse>
				<verse number="16">तँलाई देख्‍नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्‍यमाथि ध्‍यानसित गुनेर भन्‍नेछन्, “पृथ्‍वीलाई हल्‍लाउने तथा राज्‍यहरूलाई थरहरी पार्ने</verse>
				<verse number="17">त्‍यो त्‍यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्‍यसका सहरहरूलाई पराजय गर्‍यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्‍यही मानिस हो?”</verse>
				<verse number="18">जाति-जातिका सबै राजाहरू, प्रत्‍येक आ-आफ्‍नै चिहानमा गौरवमा पस्रिरहेका छन्‌।</verse>
				<verse number="19">तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्‍तै फ्‍याँकिइस्‌। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्‌। तँ खुट्टाले कुल्‍चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्‌।</verse>
				<verse number="20">दफनको समयमा तँ उनीहरूसित मिल्‍नेछैनस्, किनकि तैंले आफ्‍नो देशको संहार गरेको छस्, तैंले आफ्‍ना मानिसहरूलाई मारेको छस्‌। दुष्‍टका सन्‍तानको नाउँ कहिल्‍यै लिइनेछैन।</verse>
				<verse number="21">उनीहरूका पुर्खाका पापको निम्‍ति त्‍यसका छोराहरूलाई मार्न ठाउँ तयार गर। देशका उत्तराधिकारी हुन उनीहरू नउठून्, र पृथ्‍वी उनीहरूका सहरहरूले नभरोस्‌।</verse>
				<verse number="22">“सर्वशक्तिमान्‌ परमप्रभु यो घोषणा गर्नुहुन्‍छ, ‘म उनीहरूका विरुद्धमा खड़ा हुनेछु, र बेबिलोनबाट बाँचेकाहरू, त्‍यसका बालबच्‍चाहरू, र त्‍यसको नाउँ मेटिदिनेछु।</verse>
				<verse number="23">म त्‍यसलाई लाटोकोसेरो बस्‍ने ठाउँ र धाप बनाउनेछु। म त्‍यसलाई सर्वनाशको कुच्‍चोले बढ़ार्नेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="24">सर्वशक्तिमान्‌ परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्‍यो निश्‍चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्‍यो स्‍थिर रहनेछ।</verse>
				<verse number="25">म अश्‍शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरा पर्वतहरूमा त्‍यसलाई पैतालाले कुल्‍चनेछु। त्‍यसको जुवा मेरा प्रजाबाट उतारिनेछ र त्‍यसको भारी तिनीहरूका काँधबाट हटाइनेछ।”</verse>
				<verse number="26">यही योजना सारा पृथ्‍वीको निम्‍ति सङ्कल्‍प गरिएको छ, र यही हात सारा जाति-जातिहरूमाथि पसारिएको छ।</verse>
				<verse number="27">किनभने सर्वशक्तिमान्‌ परमप्रभुले अभिप्राय राख्‍नुभएको छ, र कसले त्‍यसको खण्‍डन गर्न सक्‍छ? उहाँको हात पसारिएको छ, र कसले त्‍यो फर्काउन सक्‍छ र?</verse>
				<verse number="28">आहाज राजा मरेको वर्षमा यो ईश्‍वरवाणी आयो:</verse>
				<verse number="29">“हे सारा पलिश्‍तीहरू, तिमीहरूलाई हिर्काउने लहुरो भाँचियो भनेर रमाहट नगर, किनकि त्‍यही साँपको वंशबाट विषालु सर्प निस्‍कनेछ। त्‍यसको फल अति विषालु सर्प हुनेछ।</verse>
				<verse number="30">गरीबभन्‍दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्‍कसित ढल्‍कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्‍यसले मार्नेछ।</verse>
				<verse number="31">ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्‍कार गर! ए पलिश्‍तीहरू, तिमीहरू सबै पग्‍लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्‍यसको सेनाको पङ्‌क्तिमा एउटै पनि धरमराउने हुँदैन।</verse>
				<verse number="32">तब त्‍यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्‍थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्‍यसमा शरण पाउनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">मोआबको विषयमा ईश्‍वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्‍ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्‍ट भयो।</verse>
				<verse number="2">दीबोन रुनलाई अल्‍गा ठाउँहरूमा त्‍यसको मन्‍दिरमा उक्‍लियो। नेबो र मेदबाका निम्‍ति मोआब डाँको छोड़ी-छोड़ी रुन्‍छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ।</verse>
				<verse number="3">तिनीहरू सड़कमा भाङ्‌ग्रा लाएर बस्‍छन्‌। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्‍पसार पर्छन्‌।</verse>
				<verse number="4">हेश्‍बोन र एला चिच्‍च्‍याएर रुन्‍छन्‌। उनीहरूको सोर यहसासम्‍मै सुनिन्‍छ। यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चर्को सोरले रुन्‍छन्‌ र उनीहरूका हृदय व्‍याकुल भएका छन्‌।</verse>
				<verse number="5">मेरो मन मोआबको निम्‍ति रुन्‍छ। त्‍यसका शरणार्थीहरू सोअरसम्‍म र एग्‍लत-शलीशियाहसम्‍मै भागेर जान्‍छन्‌। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको बाटोमा उनीहरू आफ्‍नो विनाशको विलाप गर्छन्‌।</verse>
				<verse number="6">निम्रीमको पानी सुक्‍यो, र घाँस ओइलायो। वनस्‍पति स्‍वाहा भयो। हरियो भन्‍ने केही छैन।</verse>
				<verse number="7">यसैकारण उनीहरूले प्राप्‍त गरेका धन-सम्‍पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्‍छन्‌।</verse>
				<verse number="8">उनीहरूका रुवाइको प्रतिध्‍वनि मोआबको सिमानातिर पुगेको छ, उनीहरूका विलापको सोर एग्‍लैमसम्‍म र उनीहरूको शोक बेअर-एलीमसम्‍मै पुगेको छ।</verse>
				<verse number="9">दीबोनको पानी रगतले भरिएको छ, तर म दीबोनमाथि अझ बढ़ी ल्‍याउनेछु। मोआबका शरणार्थीहरू र देशका बचेकाहरूमाथि म एउटा सिंह ल्‍याउनेछु।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">सेलाबाट मरुभूमिको पारि सियोनकी छोरीको पर्वतमा देशका शासकको निम्‍ति सौगातको रूपमा थुमाहरू पठाओ।</verse>
				<verse number="2">गुँड़बाट धकेलिएर यताउता उड़िरहेका चराहरूझैँ अर्नोनका जँघारहरू हुँदो मोआबका स्‍त्रीहरू भएका छन्‌।</verse>
				<verse number="3">“हामीलाई सल्‍लाह दिनुहोस्, केही निर्णय दिनुहोस्‌। मध्‍यदिनमा तपाईंको छायालाई रातजस्‍तै बनाउनुहोस्‌। शरणार्थीहरूलाई लुकाउनुहोस्, शरणार्थीहरूलाई धोका नदिनुहोस्‌।</verse>
				<verse number="4">मोआबबाट निकालिएकाहरू तपाईंसँग बसून्‌। ध्‍वंसकारीहरूबाट तिनीहरूका निम्‍ति एउटा शरणस्‍थान बन्‍नुहोस्‌।” अत्‍याचारीहरूको अब अन्‍त हुनेछ, र विनाश रोकिनेछ। अत्‍याचारीहरू देशबाट हराउनेछन्‌।</verse>
				<verse number="5">प्रेममा एउटा सिंहासन स्‍थापित गरिनेछ, त्‍यसमा दाऊदको घरानाबाट विश्‍वासयोग्‍यसाथ एक मानिस विराजमान हुनुहुनेछ, र उहाँले इन्‍साफ गर्दा न्‍यायको खोजी गर्नुहुनेछ, र धार्मिकताका पक्षको गति तीव्र पार्नुहुनेछ।</verse>
				<verse number="6">मोआबका घमण्‍डको कुरा हामीले सुनेका छौं, त्‍यसको अति घमण्‍ड र अहङ्कार, त्‍यसको घमण्‍ड र तुजुक, तर त्‍यसका गर्व व्‍यर्थ छन्‌।</verse>
				<verse number="7">यसकारण मोआबीहरू विलाप गर्छन्‌। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्‌। कीर-हरेशेतका मानिसहरूका निम्‍ति तिमीहरू रोओ र विलाप गर।</verse>
				<verse number="8">हेश्‍बोनका खेतहरू र सिब्‍माका दाखका बोटहरू पनि ओइलाउँछन्‌। जाति-जातिका शासकहरूले त्‍यसका असल-असल बोटहरू खुट्टाले कुल्‍चीमिल्‍ची गरे, जुनहरू पहिले याजेरसम्‍मै पुगेका थिए र मरुभूमिसम्‍मै फैलिएका थिए। त्‍यसका मुना चारैतिर फैलिएर समुद्र पारिसम्‍मै पुगे।</verse>
				<verse number="9">यसैकारण म सिब्‍माको दाखका बोटहरूका निम्‍ति याजेर रोएझैँ रुन्‍छु। ए हेश्‍बोन, ए एलाले, मेरो आँसुले म तँलाई भिजाउँछु! तेरा पाकेका फलहरू र फसलका आनन्‍दको होहल्‍ला चकमन्‍न भएको छ।</verse>
				<verse number="10">फलका बगैँचाका आनन्‍द र रमाहट लगिन्‍छन्, र दाखको बारीमा कसैले पनि गाउँदैन न त कराउँछ, न दाख-कुण्‍डमा कसैले दाख पेल्‍ने नै छ। किनकि मैले उनीहरूका हर्षको आवाज बन्‍द गरिदिएको छु।</verse>
				<verse number="11">मेरो हृदय मोआबको निम्‍ति र मेरो अन्‍तस्‍करण कीर-हरेशेतको निम्‍ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ।</verse>
				<verse number="12">जब मोआब आफ्‍नो अल्‍गो स्‍थानमा भक्ति गर्न आउँछ, त्‍यो थाकेर हैरान मात्र हुन्‍छ। प्रार्थना गर्न पूजा-स्‍थानमा आउँदा त्‍यसलाई केही लाभ हुँदैन।</verse>
				<verse number="13">मोआबको विषयमा परमप्रभुले पहिले नै भन्‍नुभएको वचन यही हो।</verse>
				<verse number="14">तर अब परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ठेक्‍कामा लिएको नोकरले गनेझैँ, तीन वर्ष भित्रमा मोआबको गौरव र त्‍यसका सबै मानिसहरू तुच्‍छ ठहराइनेछन्‌। त्‍यसका बाँचेकाहरूचाहिँ साह्रै थोरै र कमजोर हुनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">दमस्‍कसको विषयमा ईश्‍वरवाणी: “हेर, दमस्‍कस अब सहरजस्‍तो रहनेछैन। त्‍यो भग्‍नावशेषको थुप्रो हुनेछ।</verse>
				<verse number="2">अरोएरका सहरहरू त्‍यागिनेछन्, र ती भेड़ाका बगालका निम्‍ति हुनेछन्, जुनहरू लेट्‌नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन।</verse>
				<verse number="3">एफ्राइमको किल्‍लाले घेरिएको सहर र दमस्‍कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">“त्‍यो दिन याकूबको गौरव लोप हुनेछ, र त्‍यसको शरीरको बोसो घटेर जानेछ।</verse>
				<verse number="5">यो कटनी गर्नेले पाकेको अन्‍न बटुलेझैँ, र आफ्‍नो पाखुराले फसलको अन्‍न काटेझैँ, रपाईहरूको बेँसीमा एउटा मानिसले शिला-बाला टिपेझैँ हुनेछ।</verse>
				<verse number="6">तापनि जैतून झारेपछि अलि-अलि फलहरू रहेझैँ, त्‍यसमा केही शिला रहनेछ— माथिल्‍लो हाँगाको टुप्‍पामा दुई-तीन वटा फलहरू र फलदायक हाँगाहरूमा चार-पाँच वटा जैतूनका फल रहेझैँ,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">त्‍यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्‌।</verse>
				<verse number="8">तिनीहरूले आफ्‍ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्‍ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्‍बाहरूलाई आदर गर्नेछन्‌।</verse>
				<verse number="9">त्‍यस दिन इस्राएलीहरूको कारणले तिनीहरूले त्‍यागेका शक्तिशाली सहरहरू झाड़ीहरू र बूटाबूटीझैँ हुनेछन्‌। सबै उजाड़ हुनेछन्‌।</verse>
				<verse number="10">तैंले तेरो उद्धार गर्ने परमेश्‍वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात्‌ तेरो किल्‍लालाई तैंले सम्‍झिनस्‌। यसैकारण, यद्यपि तैंले अति सुन्‍दर बोटहरू रोपिस्‌ र विदेशबाट ल्‍याएका दाखका बोटहरू लगाइस्,</verse>
				<verse number="11">र ती रोपेको दिन तैंले ती बढ्‌न पनि लगाउँछस्, र बिहानसम्‍म तेरा बिरुवालाई कोपिला लाग्‍ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्‍य हुनेछ।</verse>
				<verse number="12">अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्‍छन्‌। अहो! जाति-जातिहरूको हल्‍ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्‍छन्‌।</verse>
				<verse number="13">यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्‍छन्, जब उहाँले तिनीहरूलाई हप्‍काउनुहुन्‍छ, तिनीहरू टाढ़ा भागेर जान्‍छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्‌।</verse>
				<verse number="14">साँझमा, एक्‍कासि त्रास! बिहान हुनुभन्‍दा अघि ती रहँदैनन्‌। हामीहरूलाई लुट्‌नेहरूको भाग यस्‍तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">सलहहरूले भरिएको देशलाई धिक्‍कार, जुनचाहिँ कूश देशका नदीहरूको छेउमा छ,</verse>
				<verse number="2">जसले समुद्रबाट कूशले बनाएका डुङ्गाहरूमा जलपथद्वारा राजदूतहरू पठाउँछ। हे फूर्तिला समाचारवाहक हो, अल्‍गा र चिल्‍ला छाला भएको जातिकहाँ जाओ, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्‍ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ।</verse>
				<verse number="3">हे सारा संसारका मानिस हो, तिमीहरू जो पृथ्‍वीमा वास गर्छौ, जब एउटा झन्‍डा डाँड़ामा खड़ा गरिन्‍छ, तिमीहरूले त्‍यसलाई देख्‍नेछौ, र जब तुरही बजाइन्‍छ, तिमीहरूले त्‍यो सुन्‍नेछौ।</verse>
				<verse number="4">परमप्रभुले मलाई यसो भन्‍नुहुन्‍छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्‍नेछु, र मेरो बस्‍ने ठाउँदेखि हेर्नेछु।”</verse>
				<verse number="5">किनभने कटनीको अघि जब फूल फुलेर झरिसकेको हुन्‍छ, र फूल पाकेको अङ्‌गूर हुन्‍छ, तब उहाँले हाँगाहरू हँसियाले छाँट्‌नुहुनेछ, र फैलिएका हाँगाहरू काट्‌नुहुनेछ।</verse>
				<verse number="6">तिनीहरू सबै पहाड़का शिकारी पक्षी र वन-पशुहरूका निम्‍ति छोड़िनेछन्‌। तब पक्षीहरूले ग्रीष्‍मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खान्‍छन्‌।</verse>
				<verse number="7">त्‍यस समय सर्वशक्तिमान्‌ परमप्रभुको अगि उपहार ल्‍याइनेछ। त्‍यो अल्‍गा र चिल्‍ला छाला भएको जातिले, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्‍ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ, सर्वशक्तिमान्‌ परमप्रभुको नाउँ भएको ठाउँमा, सियोन पर्वतमा नै परमप्रभुकहाँ उपहार ल्‍याइनेछ।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">मिश्रदेशको विषयमा ईश्‍वरवाणी: हेर, परमप्रभु तेजिलो बादलमा सवारी भएर मिश्रदेशमा आउँदैहुनुहुन्‍छ। मिश्रदेशका मूर्तिहरू उहाँको उपस्‍थितिमा थरथर काँप्‍दछन्, र मिश्रीहरूका हृदय भित्रभित्रै गलिजान्‍छन्‌।</verse>
				<verse number="2">“म मिश्रीहरूलाई मिश्रीहरूकै विरुद्धमा सुर्‍याउनेछु। दाजुभाइको विरुद्धमा दाजुभाइ लड्‌नेछन्, छिमेकीको विरुद्धमा छिमेकी, सहरको विरुद्धमा सहर, र राज्‍यको विरुद्धमा राज्‍य।</verse>
				<verse number="3">मिश्रीहरू हताश हुनेछन्, तिनीहरूका योजना म बेकार बनाउनेछु। तिनीहरूले देवताहरू, प्रेतहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू र झाँक्रीहरूकहाँ गएर सोध्‍नेछन्‌।</verse>
				<verse number="4">अनि म मिश्रीहरूलाई एउटा निष्‍ठुर मालिकको हातमा सुम्‍पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि राज्‍य गर्नेछ,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">नदीका पानी सुकिजानेछन्, र त्‍यो नदीको सतह खंग्रङ्ग सुक्‍खा हुनेछ।</verse>
				<verse number="6">नहरहरू गन्‍हाउनेछन्‌। मिश्रदेशका खोलाहरू घटेर सुकिजानेछन्‌। निगालो र काँसहरू ओइलाउनेछन्‌।</verse>
				<verse number="7">साथै नील नदीको किनारतिर र नील नदीको मुखैमा भएका बाली ओइलाउनेछन्‌। तिनलाई बतासले उड़ाएर लैजानेछ, र ती रहनेछैनन्‌।</verse>
				<verse number="8">जालहारीहरूले सुस्‍केरा हाल्‍नेछन्‌ र विलाप गर्नेछन्‌। नील नदीमा बल्‍छी हान्‍ने र पानीमा जाल हान्‍नेहरू सबै खिन्‍न हुनेछन्‌।</verse>
				<verse number="9">बाटेका सनपाटको काम गर्नेहरू निराश हुनेछन्, र मलमलको कपड़ा बुन्‍नेहरू निराश हुनेछन्‌।</verse>
				<verse number="10">लुगाका काम गर्नेहरू निरुत्‍साह हुनेछन्, र ज्‍यालामा काम गर्नेहरू सबैको हृदय अफसोसमा पर्नेछ।</verse>
				<verse number="11">सोअनका अधिकृतहरू असाध्‍य मूर्ख छन्‌! फारोका बुद्धिमान्‌ सल्‍लाहकारले विवेकहीन सल्‍लाह दिन्‍छन्‌। तिमीहरू कसरी फारोलाई भन्‍न सक्‍छौ, “म बुद्धिमान्‌ मानिसहरूमध्‍ये एक हुँ, प्राचीन समयका राजाहरूको शिष्‍य”?</verse>
				<verse number="12">तेरा बुद्धिमान्‌ मानिसहरू अब कता गए? मिश्रदेशको विरुद्धमा सर्वशक्तिमान्‌ परमप्रभुको अभिप्राय के छ भनी तिनीहरूले तँलाई देखाऊन्‌ र बुझाऊन्‌।</verse>
				<verse number="13">सोअनका अधिकृतहरू मूर्ख भएका छन्‌। नोपका नेताहरू धोकामा परेका छन्‌। तिनीहरू, जो त्‍यसका मानिसहरूका कुने-ढुङ्गाहरू हुन्, मिश्रदेशलाई बहकाएका छन्‌।</verse>
				<verse number="14">परमप्रभुले तिनीहरूमा रिँगटा लाग्‍ने आत्‍मा हालिदिनुभएको छ, र मतवाला मानिस आफ्‍नै बान्‍तामा धरमरिँदै हिँड़ेझैँ तिनीहरूले मिश्रदेशलाई आफूले गरेका सबै काममा ढलमल गर्ने पारिदिएका छन्‌।</verse>
				<verse number="15">मिश्रदेशले केही काम गर्न सक्‍नेछैन, चाहे टाउको कि पुच्‍छर, खजूरको हाँगा अथवा नर्कट।</verse>
				<verse number="16">त्‍यस दिन मिश्रीहरू स्‍त्रीहरूजस्‍तै हुनेछन्‌। सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूका विरुद्धमा उठाउनुभएको हातबाट तिनीहरू डरले थरथर काम्‍नेछन्‌।</verse>
				<verse number="17">अनि यहूदा देशले मिश्रीहरूमा त्रास ल्‍याउनेछ। यहूदाको नाउँ सुन्‍ने प्रत्‍येक डराउनेछ, किनभने सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूको विरुद्ध योजना गर्दैहुनुहुन्‍छ।</verse>
				<verse number="18">त्‍यस दिन मिश्रदेशका पाँच सहरले कनान देशको भाषा बोल्‍नेछन्, र सर्वशक्तिमान्‌ परमप्रभुप्रति भक्तिको शपथ खानेछन्‌। तीमध्‍ये एउटाको नाउँचाहिँ विनाशको सहर भनिनेछ।</verse>
				<verse number="19">त्‍यस दिन मिश्रदेशको बीचमा परमप्रभुको निम्‍ति एउटा वेदी हुनेछ र त्‍यसको सिमानामा परमप्रभुको निम्‍ति एउटा स्‍मारक खड़ा गरिनेछ।</verse>
				<verse number="20">मिश्रदेशमा सर्वशक्तिमान्‌ परमप्रभुको निम्‍ति त्‍यो एउटा चिन्‍ह र साक्षी हुनेछ। अत्‍याचारीहरूको कारण तिनीहरूले परमप्रभुलाई पुकारा गर्दा, उहाँले तिनीहरूका निम्‍ति एक जना मुक्तिदाता र एक जना रक्षक पठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।</verse>
				<verse number="21">यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्‍यस दिन तिनीहरूले परमप्रभुलाई स्‍वीकार गर्नेछन्‌। तिनीहरूले बलिदानहरू र अन्‍नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्‍ति भाकल गरेर त्‍यो पूरा गर्नेछन्‌।</verse>
				<verse number="22">परमप्रभुले मिश्रदेशलाई महामारीद्वारा प्रहार गर्नुहुनेछ। उहाँले तिनीहरूलाई हिर्काउनुहुनेछ, र तिनीहरूलाई निको पनि पार्नुहुनेछ। तिनीहरू परमप्रभुतर्फ फर्कनेछन्‌। उहाँले तिनीहरूको बिन्‍ती सुन्‍नुहुनेछ, र उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।</verse>
				<verse number="23">त्‍यस दिन मिश्रदेशदेखि अश्‍शूर देशसम्‍म एउटा मूलबाटो हुनेछ। अश्‍शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्‍शूर देशमा आवतजावत गर्नेछन्‌। मिश्रीहरू र अश्‍शूरीहरूले एकैसाथ आराधना गर्नेछन्‌।</verse>
				<verse number="24">त्‍यस दिन मिश्र र अश्‍शूरका साथ पृथ्‍वीमा आशिष्‌को निम्‍ति इस्राएलचाहिँ तेस्रो देश हुनेछ।</verse>
				<verse number="25">सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुहुनेछ, “मिश्र मेरो प्रजा, अश्‍शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्‍यका होऊन्‌।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">जुन साल अश्‍शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्‍च सेनापतिले अश्‍दोदमा आएर आक्रमण गरी त्‍यो कब्‍जा गरे,</verse>
				<verse number="2">त्‍यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्‍नुभयो। उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा, तेरो शरीरबाट भाङ्‌ग्रा उतार्‌ र तेरा खुट्टाबाट जुत्ता फुकाल्‌।” अनि तिनले त्‍यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्‌न लागे।</verse>
				<verse number="3">तब परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्‍ति चिन्‍ह र शकून होस्‌ भनेर तीन वर्षसम्‍म नाङ्गो र खालि खुट्टा हिँड़्यो,</verse>
				<verse number="4">त्‍यसरी नै अश्‍शूरका राजाले मिश्रदेशलाई शर्ममा पार्न मिश्रदेशका कैदीहरू र कूश देशबाट निकालिएका जवान र बूढ़ा दुवैलाई नाङ्गो र खालि खुट्टा तथा नाङ्गो चाक भई कैदी बनाएर लानेछन्‌।</verse>
				<verse number="5">कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्‍ड गर्नेहरू डराउनेछन्‌ र लज्‍जित हुनेछन्‌।</verse>
				<verse number="6">त्‍यस दिन समुद्रको यस किनारका बासिन्‍दाहरूले भन्‍नेछन्, ‘हेर, अश्‍शूरका राजाबाट बाँच्‍न जस-जसमाथि हामी भर परेका थियौं र जसकहाँ सहायताको निम्‍ति हामी भागेका थियौं, तिनीहरूकै हालत यस्‍तो भएको छ। तब हामी कसरी भाग्‍न सकौंला’?”</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">समुद्र-किनारको मरुभूमिको विषयमा ईश्‍वरवाणी: दक्षिण देशमा भुमरी जोडसित चलेझैँ, मरुभूमिबाट, त्रासको देशबाट एउटा आक्रमणकारी आउँछ।</verse>
				<verse number="2">एउटा डरलाग्‍दो दर्शन मलाई देखाइयो: धोखाबाजी गर्नेले धोखाबाजी गर्छ, र लुट्‌नेले लुट्‌छ। ए एलाम, आक्रमण गर्, ए मादी, घेरा लगा। त्‍यसले गराएको सबै सुस्‍केरा म बन्‍द गरिदिनेछु।</verse>
				<verse number="3">यसैले मेरो शरीर पीडाले भरिएको छ। प्रसववेदनामा परेकी स्‍त्रीझैँ तीक्ष्ण वेदनाले मलाई पक्रेको छ। म जे सुन्‍छु त्‍यसले म धरमराउँछु। म जे देख्‍छु त्‍यसले मलाई व्‍याकुल पार्छ।</verse>
				<verse number="4">मेरो मुटु हतोत्‍साहित भएको छ। डरले म काँप्‍छु। मैले चाहना गरेको सन्‍ध्‍याको रिमझिम मेरो निम्‍ति त्रास भएको छ।</verse>
				<verse number="5">तिनीहरूले टेबिल तयार गर्छन्, गलैँचा बिछ्याउँछन्, खान्‍छन्‌ र पिउँछन्‌। हे अधिकृतहरू हो, उठ, ढालमा तेल लगाओ।</verse>
				<verse number="6">परमप्रभु मलाई यसो भन्‍नुहुन्‍छ, “जा, पहरादार राख्‌। त्‍यसले के देख्‍छ त्‍यो बताओस्‌।</verse>
				<verse number="7">जब त्‍यसले घोड़ाको टोली भएका रथहरू, र गधा र ऊँटका सवारहरू देख्‍छ, तब त्‍यो चनाखो, पूर्ण चनाखो होस्‌।’</verse>
				<verse number="8">त्‍यो पहरादार यसो भनेर करायो, “हे प्रभु, म दिनहुँ पहरा बस्‍ने धरहरामा उभिरहन्‍छु, र प्रत्‍येक रातमा म पहरा चौकीमा बस्‍छु।</verse>
				<verse number="9">हेर्नुहोस्, घोड़ाको टोली भएको रथमा एक जना मानिस आउँदैछ। अनि त्‍यसले जवाफ दिएर भन्‍छ, ‘बेबिलोनको पतन भयो, पतन भयो, र त्‍यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू चकनाचूर पारिएर जमिनमा पड़िरहेका छन्‌’।”</verse>
				<verse number="10">ए मेरो प्रजा, दाइँ गर्ने खलामा पेलिएकाहरू! सर्वशक्तिमान्‌ परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनें, त्‍यो म तिमीहरूलाई भन्‍छु।</verse>
				<verse number="11">दुमाको विषयमा ईश्‍वरवाणी: “ए पहरादार, रात कति बाँकी छ? ए पहरादार, रात कति रहेको छ?” भनेर कसैले मलाई सेइरबाट भन्‍दैछ।</verse>
				<verse number="12">पहरादारले जवाफ दिन्‍छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्‍नु छ भने सोध, र फेरि फर्केर आऊ।”</verse>
				<verse number="13">अरब देशको विषयमा ईश्‍वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्‍छौ,</verse>
				<verse number="14">तिर्खाएकाहरूका निम्‍ति पानी ल्‍याओ। तेमामा बस्‍नेहरूले शरणार्थीहरूका निम्‍ति खानेकुरा ल्‍याओ।</verse>
				<verse number="15">तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लड़ाइँबाट भाग्‍छन्‌।</verse>
				<verse number="16">परमप्रभु मलाई यसो भन्‍नुहुन्‍छ, “एक वर्षभरिलाई ज्‍यालामा काम गर्ने नोकरले वर्ष गनेअनुसार, एकै वर्षमा केदारको सबै शान अन्‍त हुनेछ।</verse>
				<verse number="17">धनुर्धारीहरू, केदारका योद्धाहरूमध्‍ये बाँचेकाहरू थोरै मात्र हुनेछन्‌।” परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसै भन्‍नुभएको छ।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">दर्शनको बेँसीको विषयमा ईश्‍वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्‍मै घरका कौसीमा उक्‍लेर गयौ?</verse>
				<verse number="2">ए होहल्‍ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्‌।</verse>
				<verse number="3">तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्‍यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ।</verse>
				<verse number="4">यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्‍त्‍वना दिन कोशिश नगर।”</verse>
				<verse number="5">दर्शनको बेँसीमा परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुबाट भएको यो कोलाहलको र कुल्‍चीमिल्‍ची गर्ने तथा त्रासको दिन हो— पर्खाल भत्‍काउने, र पर्वतलाई पुकार्ने दिन हो।</verse>
				<verse number="6">एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्‍ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्‍छ।</verse>
				<verse number="7">तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्‍छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्‌।</verse>
				<verse number="8">यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्‍याइएका छन्‌। त्‍यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्‍यौ।</verse>
				<verse number="9">तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्‍वालहरू रहेछन्‌ भनी देख्‍यौ। तिमीहरूले तल्‍लो पोखरीमा पानी जम्‍मा गर्‍यौ।</verse>
				<verse number="10">तिमीहरूले यरूशलेमका पक्‍का घरहरू गन्‍यौ, र पर्खाल बलियो पार्न घरहरू भत्‍कायौ।</verse>
				<verse number="11">तिमीहरूले दुई पर्खालका बीचमा पुरानो पोखरीका पानीको निम्‍ति पानी राख्‍ने एउटा ठूलो जलाशय बनायौ। तर तिमीहरूले यो बनाउने जनलाई हेरेनौ, अथवा यो अघिदेखि नै योजना गर्नेलाई तिमीहरूले आदर गरेनौ।</verse>
				<verse number="12">त्‍यस दिन परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले तिमीहरूलाई रुन र विलाप गर्न, कपाल लुछ्‌न र भाङ्‌ग्रा लाउनलाई बोलाउनुभयो।</verse>
				<verse number="13">तर हेर, आनन्‍द र मोजमज्‍जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्‍छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।”</verse>
				<verse number="14">सर्वशक्तिमान्‌ परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्‍म पनि प्रायश्‍चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यो भण्‍डारे शेब्‍नाकहाँ जा, जो राजदरबारको जिम्‍मेवार हो, र त्‍यसलाई भन्,</verse>
				<verse number="16">तँ यहाँ के गर्दैछस्‌? र तैंले आफ्‍नो निम्‍ति यहाँ चिहान खोप्‍न कसले तँलाई अनुमति दियो? तँ यहाँ अल्‍गो ठाउँमा आफ्‍नो निम्‍ति चिहान बनाउन र चट्टानमा आफ्‍नो विश्रामस्‍थान बनाउन खोपिरहेछस्‌।</verse>
				<verse number="17">ए पराक्रमी पुरुष, होशियार बस्, परमप्रभुले तँलाई खूब कसेर समात्‍नुहुनेछ र खूब जोडसित फ्‍याँक्‍नुहुनेछ।</verse>
				<verse number="18">उहाँले तँलाई भकुन्‍डोजस्‍तै गोलो लपेटेर एउटा ठूलो देशमा फालिदिनुहुनेछ। त्‍यहीँ तँ मर्नेछस्‌ र तेरा भव्‍य रथहरू पड़िरहनेछन्‌— तँ आफ्‍ना मालिकको घरलाई लज्‍जित पार्नेछस्‌।</verse>
				<verse number="19">म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्‍नो स्‍थानबाट तँ खसालिनेछस्‌।</verse>
				<verse number="20">“त्‍यो दिन हिल्‍कियाहको छोरो एल्‍याकीम मेरो दासलाई म बोलाउनेछु।</verse>
				<verse number="21">म त्‍यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र तेरो पटुका त्‍यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्‍यसको हातमा सुम्‍पिदिनेछु। त्‍यो यरूशलेममा बस्‍नेहरू र यहूदाका घरानाको बुबा हुनेछ।</verse>
				<verse number="22">दाऊदका घरानाको साँचो म त्‍यसको काँधमा राख्‍नेछु। त्‍यसले जे खोल्‍छ, त्‍यो कसैले बन्‍द गर्नेछैन, र त्‍यसले जे बन्‍द गर्छ, कसैले त्‍यो खोल्‍न सक्‍दैन।</verse>
				<verse number="23">म त्‍यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्‌नेछु। त्‍यो आफ्‍नो बुबाको घरको निम्‍ति एउटा सम्‍मानको आसन हुनेछ।</verse>
				<verse number="24">आफ्‍नो परिवारको सम्‍पूर्ण महिमा— त्‍यसका सन्‍तान र शाखाहरू, त्‍यसका हरेक ससाना पात्रहरू— कचौरादेखि गाग्रोसम्‍मको महिमा त्‍यसमै निर्भर गर्नेछ।”</verse>
				<verse number="25">सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन त्‍यो बलियो ठाउँमा गाड़िएको कीला हट्‌नेछ। त्‍यो काटिनेछ र ढलेर जानेछ, र त्‍यसमा झुण्‍डिरहेको भार काटिनेछ।” परमप्रभुले भन्‍नुभएको छ।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">टुरोसको विषयमा ईश्‍वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्‍वस्‍त पारिएको छ, र त्‍यहाँ कुनै घर अथवा कुनै बन्‍दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।</verse>
				<verse number="2">हे टापूका मानिस हो, र हे सीदोनका व्‍यापारी हो! जसलाई सामुद्रिक व्‍यापारीहरूले धनी बनाएका छन्, तिमीहरू चूप लाग।</verse>
				<verse number="3">ठूलो पानीमा शिहोरको अन्‍न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्‍यो देश जाति-जातिहरूको बजार भयो।</verse>
				<verse number="4">हे सीदोन र समुद्रनेरको किल्‍ला, लज्‍जित होओ, किनकि समुद्रले यसो भनेको छ, “म न त सुत्‍केरी वेदनामा परेकी छु, न मैले बालक जन्‍माएकी छु। मैले न त छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई बढ़ाएकी छु।”</verse>
				<verse number="5">जब समाचार मिश्रदेशमा पुग्‍छ, तब टुरोस सहरको समाचार सुनेर तिनीहरू साह्रै वेदनामा पर्नेछन्‌।</verse>
				<verse number="6">तर्शीशमा तरेर जाओ, हे समुद्र किनारका मानिस हो, विलाप गर।</verse>
				<verse number="7">के यो तिमीहरूको आमोदप्रमोदको सहर हो, त्‍यो अत्‍यन्‍तै पुरानो सहर, जसका खुट्टाले त्‍यसलाई प्रवास गर्न टाढ़ाका देशहरूमा पुर्‍याए?</verse>
				<verse number="8">मुकुटहरू प्रदान गर्ने टुरोस सहर, जसका व्‍यापारीहरू राजकुमारहरू हुन्, जसका पैकारीहरू पृथ्‍वीमा प्रख्‍यात छन्‌। त्‍यसको विरुद्धमा कसले यस्‍तो युक्ति रच्‍यो?</verse>
				<verse number="9">घमण्‍ड गर्ने त्‍यस सहरको सबै गौरवलाई तुच्‍छ पार्न, पृथ्‍वीका सारा प्रख्‍यातहरूलाई विनम्र तुल्‍याउन सर्वशक्तिमान्‌ परमप्रभुले यो युक्ति रच्‍नुभएको हो।</verse>
				<verse number="10">हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्‍तै जमिन जोत्‌ किनकि अब तेरो कुनै बन्‍दरगाह रहेन।</verse>
				<verse number="11">परमप्रभुले आफ्‍नो हात समुद्रमाथि फैलाउनुभएको छ र त्‍यसका राज्‍यहरूलाई काम्‍न लाउनुभएको छ। उहाँले फोनिकेका किल्‍लाहरू नष्‍ट पार्नलाई आज्ञा दिनुभएको छ।</verse>
				<verse number="12">उहाँले भन्‍नुभयो, “हे चूर्ण पारिएका सीदोनकी कन्‍येछोरी, तेरो आमोदप्रमोद अब हुँदैन। उठ्, साइप्रस टापूतिर जा। तैंले त्‍यहाँ पनि केही विश्राम पाउनेछैनस्‌।”</verse>
				<verse number="13">बेबिलोनीहरूको देशलाई हेर्‌। त्‍यस जातिको अब कुनै महत्त्व छैन। अश्‍शूरीहरूले त्‍यसलाई मरुभूमिका पशुहरूका निम्‍ति बनाएका छन्‌। तिनीहरूले आफ्‍ना घेरा-मचान खड़ा गरे, तिनीहरूले त्‍यसका किल्‍लाहरू उजाड़ पारी त्‍यसलाई भत्‍काइदिए र भग्‍नावशेष तुल्‍याइदिए।</verse>
				<verse number="14">हे तर्शीशका जहाज हो, विलाप गर, तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ।</verse>
				<verse number="15">त्‍यस समय टुरोस सत्तरी वर्षसम्‍म, अर्थात्‌ एउटा राजाको जीवन अवधिसम्‍म बिर्सिनेछ। तर सत्तरी वर्ष बितेपछि टुरोसको दशा एउटी वेश्‍याको गीतजस्‍तै हुनेछ।</verse>
				<verse number="16">“हे बिर्सिएकी वेश्‍या, वीणा लिएर सहरको बीचबाट जा। वीणाको सङ्गीत बजा, धेरै गीत गा, र फेरि तेरो सम्‍झना गरिनेछ।”</verse>
				<verse number="17">सत्तरी वर्षको अन्‍तमा परमप्रभुले सोरमाथि निगाह गर्नुहुनेछ, र त्‍यो फेरि आफ्‍नो वेश्‍यावृत्तिको पेशातिर फर्कनेछ, र पृथ्‍वीभरिका सारा राज्‍यहरूसित त्‍यसले व्‍यापार गर्नेछ।</verse>
				<verse number="18">तापनि त्‍यसको नाफा र त्‍यसको कमाइ परमप्रभुको निम्‍ति अलग्‍गै छुट्ट्याइनेछ। भण्‍डारमा ती सञ्‍चय गरिनेछैन। त्‍यसका व्‍यापारका नाफाहरू परमप्रभुका मानिसहरूका निम्‍ति प्रशस्‍त खानेकुरा र सुन्‍दर लुगाका निमित्त हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">हेर, परमप्रभुले पृथ्‍वी उजाड़ गर्नुहुनेछ। उहाँले त्‍यसलाई विनाश पारेर त्‍यहाँका बासिन्‍दाहरूलाई छरपष्‍ट पार्नुहुनेछ।</verse>
				<verse number="2">जस्‍तो मानिसहरूको दशा हुन्‍छ, त्‍यस्‍तै पूजाहारीको पनि हुन्‍छ, जस्‍तो दासको त्‍यस्‍तै मालिकको, जस्‍तो दासीको त्‍यस्‍तै मालिक्‍नीको, जस्‍तो किन्‍नेको त्‍यस्‍तै बेच्‍नेको, जस्‍तो उधारो लिनेको त्‍यस्‍तै उधारो दिनेको दशा हुनेछ। जस्‍तो ऋण लिनेको त्‍यस्‍तै ऋण दिनेको हुन्‍छ।</verse>
				<verse number="3">पूरै पृथ्‍वी उजाड़ हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ, किनकि परमप्रभुले नै यो कुरा भन्‍नुभएको छ।</verse>
				<verse number="4">पृथ्‍वी सुक्‍खा हुनेछ, र त्‍यो ओइलाउँछ। संसार दुर्बल हुन्‍छ, र त्‍यो ओइलाउँछ। पृथ्‍वीका उच्‍च दर्जाका मानिसहरू दुर्बल हुन्‍छन्‌।</verse>
				<verse number="5">पृथ्‍वी त्‍यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्‍लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन्‌ र सदासर्वदाको करार तोड़ेका छन्‌।</verse>
				<verse number="6">यसकारण एउटा सरापले पृथ्‍वीलाई भस्‍म गर्छ, र त्‍यसका मानिसहरूले दोषको दण्‍ड भोग्‍नैपर्छ। यसैकारण पृथ्‍वीका बासिन्‍दाहरू जलाइए, र थोरै मानिसहरू मात्र बाँकी रहेका छन्‌।</verse>
				<verse number="7">नयाँ दाखमद्य सुक्‍छ, र दाखको बोट ओइलाउँछ। हर्ष मनाउनेहरू सबैले सुस्‍केरा हाल्‍छन्‌।</verse>
				<verse number="8">खैँजड़ीको खुशीयाली बन्‍द भएको छ। रमाहट गर्नेहरूको सोर बन्‍द छ। वीणाको आनन्‍द बन्‍द छ।</verse>
				<verse number="9">तिनीहरूले दाखमद्य पिउँदै गीत गाउँदैनन्‌। कड़ा मद्य पिउनेलाई त्‍यो तीतो लाग्‍छ।</verse>
				<verse number="10">ध्‍वंस भएको सहर उजाड़ भएको छ। हरेक घरका ढोका थुनिएको छ।</verse>
				<verse number="11">मद्यको निम्‍ति सड़कहरूमा तिनीहरू कराउँछन्‌। सबै रमाहट नैराश्‍यमा परिणत भएको छ। पृथ्‍वीबाट खुशीयाली नै धपाइएको छ।</verse>
				<verse number="12">सहरमा विनाश मात्र रहेको छ, र मूल ढोका भत्‍काएर टुक्रै-टुक्रा पारिएको छ।</verse>
				<verse number="13">जैतून रूख हल्‍लाएर फलहरू झारिएपछि अथवा अङ्‌गूर टिपिसकेपछि शिला छोड़िएझैँ त्‍यो पृथ्‍वीमा र जाति-जातिहरूमा हुनेछ।</verse>
				<verse number="14">तिनीहरू आफ्‍ना सोर उचाल्‍छन्‌। तिनीहरू रमाहटले कराउँछन्‌। परमप्रभुको महान्‌ महिमाको तिनीहरूले पश्‍चिमबाट जयजयकार गर्छन्‌।</verse>
				<verse number="15">यसकारण पूर्वमा परमप्रभुको महिमा गर। समुद्रका टापूहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँ उच्‍च पार।</verse>
				<verse number="16">पृथ्‍वीको पल्‍लो कुनादेखि हामी “धर्मी जनको महिमा” भनी गाइरहेको सुन्‍छौं। तर मैले भनें, “म सुक्‍दैजाँदैछु, म सुक्‍दैजाँदैछु मलाई धिक्‍कार छ! धोखाबाजी गर्नेहरू धोखाबाजी गर्छन्‌! धोखाबाजी गरेर नै धोखाबाजी गर्नेहरू विश्‍वासघात गर्छन्‌!”</verse>
				<verse number="17">हे पृथ्‍वीका मानिसहरू हो, त्रास, खाड़ल र पासोले तिमीहरूलाई पर्खिरहेछन्‌।</verse>
				<verse number="18">त्रासको सोर सुनेर भाग्‍ने खाड़लमा पर्नेछ, र खाड़लबाट माथि निस्‍केर आउनेचाहिँ पासोमा पर्नेछ। स्‍वर्गका झ्‍यालहरू खोलिएका छन्, र पृथ्‍वीका जगहरू हल्‍लन्‍छन्‌।</verse>
				<verse number="19">पृथ्‍वी फाट्यो। पृथ्‍वी दुई भाग भएको छ। पृथ्‍वी जोडसित हल्‍लियो।</verse>
				<verse number="20">पृथ्‍वी मतवाला मानिसझैँ धरमराउँछ। झुप्रोलाई बतासले हल्‍लाएझैँ त्‍यो यताउता हल्‍लिन्‍छ। आफ्‍नो बागीपनको दोष त्‍यसमाथि यति गह्रौँ भएको छ कि कहिल्‍यै नउठ्‌ने गरी त्‍यो ढल्‍छ।</verse>
				<verse number="21">त्‍यस दिन परमप्रभुले माथि स्‍वर्गको शक्तिलाई र तल पृथ्‍वीका राजाहरूलाई दण्‍ड दिनुहुनेछ।</verse>
				<verse number="22">कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्‍मा गरिनेछन्‌। तिनीहरू झ्‍यालखानमा बन्‍द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ।</verse>
				<verse number="23">तब चन्‍द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ। किनकि सर्वशक्तिमान्‌ परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा र त्‍यसका धर्म-गुरुहरूका सामुन्‍ने महिमासित राज्‍य गर्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">हे परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंको नाउँलाई उच्‍च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्‍पूर्ण विश्‍वासमा तपाईंले आश्‍चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए।</verse>
				<verse number="2">तपाईंले सहरलाई ढुङ्गाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित नगरलाई ध्‍वंस गर्नुभयो। विदेशीहरूको किल्‍लाहरूले भरिएको सहर अब सहर रहेन। त्‍यो फेरि कहिल्‍यै निर्माण गरिनेछैन।</verse>
				<verse number="3">यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्‍मान दिनेछन्‌।</verse>
				<verse number="4">तपाईं गरीबहरूका निम्‍ति र दु:खमा परेका दरिद्रहरूका निम्‍ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्‍ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो,</verse>
				<verse number="5">र मरुभूमिमा ताप परेझैँ हो। तपाईंले विदेशीहरूको हल्‍लालाई साम्‍य पार्नुहुन्‍छ। बादलले घामलाई छाया पारेझैँ निष्‍ठुरहरूको गीत तपाईंले बन्‍द गरिदिनुहुन्‍छ।</verse>
				<verse number="6">सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ।</verse>
				<verse number="7">उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्‍ने वस्‍त्र र सारा जातिलाई छोप्‍ने तन्‍ना हटाइदिनुहुनेछ।</verse>
				<verse number="8">उहाँले मृत्‍युलाई सदाको निम्‍ति निल्‍नुहुनेछ। परमप्रभु परमेश्‍वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्‍वीबाट आफ्‍नो प्रजाको निन्‍दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्‍नुभएको छ।</verse>
				<verse number="9">त्‍यस दिन तिनीहरूले यसो भन्‍नेछन्, “निश्‍चय उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामीले उहाँमाथि भरोसा गर्‍यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्‍छ, उहाँमाथि हामीले भरोसा गर्‍यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”</verse>
				<verse number="10">यस पर्वतमा परमप्रभुको हात रहनेछ, तर मोआब उहाँमुनि कुल्‍चीमिल्‍ची हुनेछ, जस्‍तो पराल मलमा कुल्‍चीमिल्‍ची हुन्‍छ।</verse>
				<verse number="11">जसरी पौडनेले पौडँदा आफ्‍ना हात फैलाउँछ, त्‍यसरी नै तिनीहरूले त्‍यसमा आफ्‍ना हात फैलाउँछन्‌। तिनीहरूले आफ्‍ना हातको चलाकी देखाए तापनि परमेश्‍वरले तिनीहरूको घमण्‍ड तल झार्नुहुनेछ।</verse>
				<verse number="12">तेरा अल्‍गा-अल्‍गा किल्‍ला भएका पर्खालहरू उहाँले भत्‍काइदिनुहुनेछ, र तिनीहरूलाई जमिनमा सोतर पारिदिनुहुनेछ, अर्थात्‌ धूलोमा मिलाइदिनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">त्‍यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्‍वरले त्‍यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्‍छ।</verse>
				<verse number="2">मूल ढोकाहरू खोल र धार्मिक जाति, अर्थात्‌ विश्‍वास कायम राख्‍ने जाति पस्‍न सकून्‌।</verse>
				<verse number="3">जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ।</verse>
				<verse number="4">सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्‍छ।</verse>
				<verse number="5">उच्‍चमा बस्‍नेहरूलाई उहाँले विनम्र तुल्‍याउनुहुन्‍छ। उच्‍च सहरलाई उहाँले होच्‍याउनुहुन्‍छ। उहाँले त्‍यसलाई जमिनको सतहसम्‍म झारिदिनुहुन्‍छ। उहाँले त्‍यसलाई धूलोमा फालिदिनुहुन्‍छ।</verse>
				<verse number="6">खुट्टाले त्‍यसलाई कुल्‍चिन्‍छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्‍चिनेछ।</verse>
				<verse number="7">धर्मीको बाटो सोझो हुन्‍छ। हे धर्मी जन हो, तपाईंले नै धर्मीको बाटो सोझ्‍याउनुहुन्‍छ।</verse>
				<verse number="8">हे परमप्रभु, तपाईंका इन्‍साफको मार्गमा, हामी तपाईंलाई पर्खन्‍छौं। हाम्रा हृदयको इच्‍छा तपाईंकै नाउँ र तपाईंकै सम्‍झनामा छ।</verse>
				<verse number="9">राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्‍माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्‍याय पृथ्‍वीमा प्रकट हुन्‍छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्‍छन्‌।</verse>
				<verse number="10">दुष्‍टमाथि अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्‍नेछैनन्‌। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍ट्याइँ गरी नै रहन्‍छन्, र परमप्रभुको महिमालाई ख्‍याल गर्दैनन्‌।</verse>
				<verse number="11">	हे परमप्रभु, तपाईंले आफ्‍नो हात माथि उठाउनुभएको छ, तर तिनीहरूले त्‍यो देख्‍दैनन्‌। आफ्‍नो प्रजाको निम्‍ति तपाईंको जोश तिनीहरूले देखून्‌ र लज्‍जित होऊन्‌। तपाईंका विरोधीहरूका लागि अलग्‍गै राखेको आगोले तिनीहरूलाई भस्‍म पारोस्‌।</verse>
				<verse number="12">हे परमप्रभु, तपाईंले हाम्रा निम्‍ति शान्‍ति स्‍थापित गर्नुहुन्‍छ। जो हामीले सफलतापूर्वक प्राप्‍त गर्‍यौं, ती सबै तपाईंले नै हाम्रा निम्‍ति गर्नुभएको हो।</verse>
				<verse number="13">हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू मालिकहरूले हामीमाथि शासन गरे, तर तपाईंका नाउँको मात्र हामी सम्‍मान गर्छौं।</verse>
				<verse number="14">तिनीहरू मरे, अब उप्रान्‍त तिनीहरू जिउनेछैनन्‌। बिदा भइसकेका ती आत्‍माहरू बिउँतनेछैनन्‌। तपाईंले तिनीहरूलाई सजाय दिनुभयो र नाश गर्नुभयो, र तिनीहरूका सबै सम्‍झना मेटिदिनुभयो।</verse>
				<verse number="15">तपाईंले जातिको वृद्धि गर्नुभएको छ, हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ। तपाईंले स्‍वयम्‌ महिमा प्राप्‍त गर्नुभएको छ। तपाईंले देशका सारा सिमाना बढ़ाउनुभएको छ।</verse>
				<verse number="16">हे परमप्रभु, दु:खमा तिनीहरू तपाईंकहाँ आए। जब तपाईंले तिनीहरूलाई ताड़ना दिनुभयो, तिनीहरूले मुश्‍किलले प्रार्थना गुनगुनाउन सके।</verse>
				<verse number="17">जन्‍म दिने बेला नजिक आउँदा जसरी एउटी गर्भवती स्‍त्री पीडामा पर्दछे, र आफ्‍नो वेदनामा कराइउठ्‌छे, त्‍यसरी नै, हे परमप्रभु, हामी पनि तपाईंको सामुन्‍ने भएका थियौं।</verse>
				<verse number="18">हामीले पनि गर्भधारण गर्‍यौं, हामी पनि पीडामा पर्‍यौं, तर हामीले त वायु मात्र जन्‍मायौं। हामीले पृथ्‍वीमा उद्धार ल्‍याउन सकेनौं। संसारका मानिसहरूलाई हामीले जन्‍म दिएका होइनौं।</verse>
				<verse number="19">	तर तपाईंका मरिगएका जनहरू जिउनेछन्‌। तिनीहरूका शरीरको पुनरुत्‍थान हुनेछ। हे माटोमा बस्‍ने हो, उठ र आनन्‍दले कराओ। तपाईंको शीत बिहानको शीतजस्‍तै छ, पृथ्‍वीले आफ्‍ना मरेकाहरूलाई जन्‍माउनेछ।</verse>
				<verse number="20">हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्‍ना कोठाहरूमा पसेर ढोकाहरू थुन। उहाँको क्रोध शान्‍त नहोउञ्‍जेल, केही क्षणको निम्‍ति लुकिबस।</verse>
				<verse number="21">हेर, पृथ्‍वीका मानिसहरूलाई तिनीहरूका पापका निम्‍ति सजाय दिन परमप्रभु आफ्‍नो वासस्‍थानबाट निस्‍की आउँदैहुनुहुन्‍छ। पृथ्‍वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्‍त पृथ्‍वीले छिपाउनेछैन।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">त्‍यस दिन परमप्रभुले आफ्‍नो डरलाग्‍दो, शक्तिशाली र ठूलो तरवारले त्‍यो सुल्‍कने सर्प, लिव्‍यातन्, त्‍यो गुँडुली बस्‍ने सर्पलाई दण्‍ड दिनुहुनेछ। उहाँले समुद्रको विशाल अजिङ्गरलाई मार्नुहुनेछ।</verse>
				<verse number="2">त्‍यस दिन, “फल दिने एउटा सुन्‍दर दाखबारीको विषयमा गीत गाओ।</verse>
				<verse number="3">म, परमप्रभु, त्‍यसको हेरचाह गर्छु। म त्‍यसमा निरन्‍तर पानी हाल्‍छु। म रातदिन त्‍यसको रेखदेख गर्छु, नत्रता कसैले त्‍यसलाई नोक्‍सानी गर्ला।</verse>
				<verse number="4">म रिसाएको छैनँ। सिउँड़ी र काँढ़ाहरूले मलाई रोक्‍न उम्रेका भए त म तिनीहरूका विरुद्धमा लड़ाइँ गर्न जाइलाग्‍नेथिएँ। म तिनीहरूलाई जलाउनेथिएँ।</verse>
				<verse number="5">तिनीहरू शरण लिन मकहाँ आऊन्‌। तिनीहरू मसित मिलाप गरून्‌। हो, तिनीहरू मसित मिलाप गरून्‌।”</verse>
				<verse number="6">आउने दिनहरूमा याकूबले जरा गाड्‌नेछ, इस्राएल फुल्‍ने र फल्‍नेछ, र समस्‍त पृथ्‍वीलाई फलले भर्नेछ।</verse>
				<verse number="7">के त्‍यसलाई हिर्काउनेहरूलाई हिर्काउनुभएझैँ उहाँले त्‍यसलाई हिर्काउनुभयो? त्‍यसलाई मार्नेहरू मारिएझैँ के त्‍यो पनि मारियो?</verse>
				<verse number="8">तपाईंले त्‍यससित झगड़ा तथा त्‍यसलाई देश निर्वासन गरेर त्‍यससित युद्ध गर्नुहुन्‍छ। पूर्वीय बतास चलेको दिनमा जस्‍तै उहाँले त्‍यसलाई भयङ्कर वायुको झोक्‍काले उड़ाइदिनुहुन्‍छ।</verse>
				<verse number="9">यसैद्वारा याकूबको अधर्मको प्रायश्‍चित गरिनेछ, र त्‍यसको पाप दूर गरिएको सारा फल यही हुनेछ। जब त्‍यसले वेदीका सबै ढुङ्गाहरू खरी-ढुँगाझैँ चकनाचूर पार्छ, तब अशेरा देवीका खम्‍बा र धूप बाल्‍ने वेदीहरू फेरि खड़ा हुनेछैनन्‌।</verse>
				<verse number="10">सुरक्षित सहर निर्जन भयो, निर्जन र त्‍यागिएका वासस्‍थान उजाड़ भूमिझैँ भयो। त्‍यहाँ बाछाहरू चर्छन्, त्‍यहाँ तिनीहरूले विश्राम गर्छन्, र तिनीहरूले त्‍यसका हाँगाहरू लुछेर नाङ्गै बनाउँछन्‌।</verse>
				<verse number="11">जब त्‍यसका ससाना हाँगाहरू सुक्‍छन्, तब ती भाँचिन्‍छन्‌ र स्‍त्रीहरू आएर ती आगोमा जलाउँछन्‌। किनकि समझै नभएको यो एक जाति हो। यसैकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूमाथि टिठ्याउनुहुन्‍न र तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह गर्नुहुन्‍न।</verse>
				<verse number="12">त्‍यस दिन परमप्रभुले बगिरहने यूफ्रेटिस नदीदेखि मिश्रको खोलासम्‍मै आफ्‍नो अन्‍न छाँट्‌नुहुनेछ, र हे इस्राएली, तिमीहरूचाहिँ एक-एक गरी जम्‍मा गरिनेछौ।</verse>
				<verse number="13">त्‍यस दिन एउटा ठूलो तुरही बज्‍नेछ। अश्‍शूरमा नष्‍ट हुनेहरू र मिश्रदेशमा निर्वासित भएकाहरू आएर यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्‍यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, जो मलिलो उपत्‍यकाको सिरानमा राखिएको छ। त्‍यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्‍याइएको छ।</verse>
				<verse number="2">हेर, परमप्रभुको एक जना शक्तिशाली र बलियो जन छ। असिना र नाश गर्ने आँधीझैँ, भयङ्कर बाढ़ीको मुसलधार वर्षा र तूफानझैँ उहाँले जोडदार रूपमा त्‍यसलाई भूइँमा फालिदिनुहुनेछ।</verse>
				<verse number="3">एफ्राइमका मतवालाहरूको अङ्ककारका शिरको माला खुट्टामुनि कुल्‍चीमिल्‍ची हुनेछ।</verse>
				<verse number="4">त्‍यसको महिमित शोभाको ओइलाउने फूल, जो प्रशस्‍त उब्‍जनी हुने बेँसीको सिरानमा राखिएको छ, त्‍यो कटनीभन्‍दा पहिले पाकेको अञ्‍जीरजस्‍तो हुनेछ, जो कसैले देख्‍ने बित्तिकै हातमा लिएर निलिहाल्‍छ।</verse>
				<verse number="5">त्‍यस दिन आफ्‍नो प्रजाका बाँचेकाहरूका निम्‍ति सर्वशक्तिमान्‌ परमप्रभु आफै महिमाको मुकुट र सुन्‍दरताको माला हुनुहुनेछ।</verse>
				<verse number="6">उहाँ इन्‍साफ गर्नलाई बस्‍नेको निम्‍ति न्‍यायको आत्‍मा र सहरको मूल ढोकामा युद्ध गर्नेहरूका निम्‍ति शक्तिको स्रोत हुनुहुनेछ।</verse>
				<verse number="7">यिनीहरू पनि दाखमद्यले गर्दा धरमरिन्‍छन्, जाँड़ले गर्दा तिनीहरू लरबरिन्‍छन्‌: पूजाहारी र अगमवक्ता जाँड़ले धरमरिन्‍छन्‌। दाखमद्यले तिनीहरू लट्ठिएका छन्‌। तिनीहरू जाँड़ले गर्दा धरमरिएका छन्‌। दर्शन देख्‍दा तिनीहरू धरमरिन्‍छन्, निर्णय दिँदा तिनीहरू लरबराउँछन्‌।</verse>
				<verse number="8">सबै टेबिलहरू बान्‍ताले भरिएका छन्‌। फोहोर नभएको ठाउँ एउटै पनि छैन।</verse>
				<verse number="9">“त्‍यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्‍यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई?</verse>
				<verse number="10">किनकि यस्‍तो छ— गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्‍यहाँ अलिकति।”</verse>
				<verse number="11">त्‍यसो हो भने, अन्‍य भाषा र अरू नै बोलीद्वारा परमप्रभु यस प्रजासित बोल्‍नुहुनेछ,</verse>
				<verse number="12">जसलाई उहाँले भन्‍नुभयो, “विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्‌। अनि आरामको ठाउँ यही हो।” तापनि तिनीहरूले सुन्‍ने मन गरेनन्‌।</verse>
				<verse number="13">यसकारण परमप्रभुको वचन तिनीहरूलाई यस्‍तो हुनेछ: गरिबस्, गरिबस्, शासन गर्, शासन गर्, अलिकति यहाँ, अलिकति त्‍यहाँ। यसरी तिनीहरू अगि बढून्, लोटून्, घाइते होऊन्‌ र पासोमा परून्‌।</verse>
				<verse number="14">यसैकारण हे निन्‍दा गर्ने मानिस हो, जसले यरूशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन।</verse>
				<verse number="15">तिमीहरूले यो भनेर घमण्‍ड गर्दछौ, “हामीले मृत्‍युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्‍झौता गरेका छौं। अत्‍यन्‍तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्‍यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्‍यतालाई हाम्रो लुक्‍ने ठाउँ बनाएका छौं।”</verse>
				<verse number="16">यसकारण सर्वोच्‍च परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्‍ति एउटा बहुमूल्‍य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्‍यै हरेस खानेछैन।</verse>
				<verse number="17">म इन्‍साफलाई नाप्‍ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्‍थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्‍ने ठाउँ डुबाइदिनेछ।”</verse>
				<verse number="18">मृत्‍युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्‍झौता स्‍थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्‍यसले डुबाउनेछ।</verse>
				<verse number="19">जहिले-जहिले त्‍यो उर्लेर आउँछ, त्‍यसले तिमीहरूलाई बगाएर लैजानेछ। बिहानैपिच्‍छे, दिनमा र रातमा त्‍यो उर्लेर आउनेछ।” यो सन्‍देशको बुझाइले घोर त्रास मात्र ल्‍याउनेछ।</verse>
				<verse number="20">लम्‍पसार पर्नलाई ओछ्यान साह्रै छोटो हुन्‍छ, आफूलाई ढाक्‍न कम्‍बल साह्रै सानो हुन्‍छ।</verse>
				<verse number="21">पराजीम पर्वतमा उठ्‌नुभएझैँ परमप्रभु उठ्‌नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्‍नुभएझैँ जाग्‍नुहुनेछ— आफ्‍नो काम, आफ्‍नो अनौठो काम गर्न र आफ्‍नो कार्य, अर्थात्‌ आफ्‍नो अर्कै कार्य पूरा गर्न।</verse>
				<verse number="22">अब आफ्‍नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्‌ला अझ गह्रौँ हुनेछन्‌। परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देश नै नष्‍ट हुने कुरा मलाई भन्‍नुभएको छ।</verse>
				<verse number="23">सुन र मेरो सोर सुन, ध्‍यान देऊ, र मैले भनेको कुरा सुन।</verse>
				<verse number="24">जब कुनै किसानले केही रोप्‍नलाई जमिन जोत्‍छ, त के उसले जोतिरहन्‍छ? के त्‍यसले निरन्‍तर माटो खनेर डल्‍ला फोर्दै रहन्‍छ?</verse>
				<verse number="25">जब उसले जमिन खनेर सम्‍म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्‍यसकै स्‍थानमा रोप्‍दैन? र जौ त्‍यसको नियत स्‍थानमा रोप्‍दैन? र कठिया खेतमा रोप्‍दैन?</verse>
				<verse number="26">उसका परमेश्‍वरले उसलाई ठीक शिक्षा दिनुहुन्‍छ र ठीक-ठीक तरीका सिकाउनुहुन्‍छ।</verse>
				<verse number="27">कुनै घनले सूँप छाँटिँदैन, न त गाड़ाको पाङ्‌ग्राले जीरामाथि दाइँ गरिन्‍छ। तर सूँप लहुरोले र जीराचाहिँ एउटा लहुरोले चुटिन्‍छ।</verse>
				<verse number="28">रोटी बनाउने अन्‍न पिँधिनैपर्छ, कसैले त्‍यसलाई चुटिरहँदैन। अनि त्‍यसले गाड़ाको पाङ्‌ग्रा त्‍यसमाथि गुड़ाए तापनि घोड़ाले त्‍यो पिँध्‍दैन।</verse>
				<verse number="29">यी सबै पनि सर्वशक्तिमान्‌ परमप्रभुबाटै हुन आउँछ, जो सल्‍लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">तँलाई धिक्‍कार! अरीएल, अरीएल, सहर जहाँ दाऊदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्‍दै जाओ र चाड़हरू फेरो मार्दैआऊन्‌।</verse>
				<verse number="2">तापनि म अरीएललाई घेरा हाल्‍नेछु र त्‍यो रुनेछ र त्‍यसले विलाप गर्नेछ, त्‍यो मेरो निम्‍ति वेदीको अगेनो हुनेछ।</verse>
				<verse number="3">म तेरो चारैतिर छाउनी बनाउनेछु र धरहरा बनाएर तँलाई घेर्नेछु, र म तेरो विरुद्धमा घेरा हाल्‍ने काम गर्नेछु।</verse>
				<verse number="4">तँ तल खसालिनेछस्‌ र भूइँबाट बोल्‍नेछस्, तेरो अस्‍पष्‍ट शब्‍द धूलोभित्रबाट निस्‍कनेछ, तेरो सोर प्रेतको जस्‍तो पृथ्‍वीबाट निस्‍कनेछ, र तेरो बोलीले धूलोभित्रबाट कानेखुसी गर्नेछ।</verse>
				<verse number="5">तर तेरा धेरै शत्रुहरूचाहिँ धूलोका मसिना कणजस्‍ता हुनेछन्, र निर्दयीहरूको भीड़चाहिँ उड़ाइएको भुसजस्‍तै हुनेछ। झट्टै पलभरिमा नै</verse>
				<verse number="6">सर्वशक्तिमान्‌ परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्‍म गर्ने आगोको ज्‍वालासित आउनुहुनेछ।</verse>
				<verse number="7">अरीएलको विरुद्धमा लड़ाइँ गर्न सारा जाति-जातिहरूका भीड़हरू, जसले त्‍यसको किल्‍लालाई आक्रमण गर्छन्, र त्‍यसलाई घेरा लगाउँछन्, ती सपनाझैँ, अर्थात्‌ रातको दर्शनझैँ हुनेछन्‌।</verse>
				<verse number="8">जसरी भोकाएको मानिसले सपनामा खाएको देख्‍छ, तर ब्‍यूझँदा त्‍यो भोकै हुन्‍छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्‍छ, तर ब्‍यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्‍छ। सियोन पर्वतको विरुद्धमा लड्‌ने सबै जाति-जातिका भीड़हरूको दशा पनि त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="9">आश्‍चर्यचकित, र छक्‍क पर, अन्‍धा भएर दृष्‍टिविहीन होओ। मतवाला त होओ तर दाखमद्यले होइन, धरमरिओ, तर जाँड़ले त होइन।</verse>
				<verse number="10">परमप्रभुले तिमीहरूमा गहिरो निद्रा ल्‍याइदिनुभएको छ, र तिम्रा आँखा (अर्थात्‌ अगमवक्ताहरू) बन्‍द गरिदिनुभएको छ, र तिम्रा शिर (अर्थात्‌ दर्शन देख्‍नेहरू) ढाकिदिनुभएको छ।</verse>
				<verse number="11">तिमीहरूका निम्‍ति यो सारा दर्शन छाप लगाएर बन्‍द गरिएको पुस्‍तकका मुट्ठाका शब्‍दहरू मात्र हुन्‌। अनि यदि तिमीहरूले पुस्‍तकको मुट्ठा कुनै पढ्‌न सक्‍ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ्‌नुहोस्,” त्‍यसले जवाफ दिएर भन्‍नेछ, “अँहँ, म पढ्‌न सक्‍दिनँ, त्‍यो छाप लगाएको बन्‍द पुस्‍तक हो।”</verse>
				<verse number="12">अथवा यदि त्‍यो पुस्‍तकको मुट्ठा कुनै पढ्‌न नसक्‍ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ़िदिनुहोस्,” त्‍यसले भन्‍नेछ, “मलाई त पढ्‌नै आउँदैन।”</verse>
				<verse number="13">परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन्‌ र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्‌।</verse>
				<verse number="14">यसकारण म एक पल्‍ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्‍क पार्नेछु, र तिनीहरूका बुद्धिमान्‌ मानिसहरूको बुद्धि नष्‍ट हुनेछ, र तिनीहरूका सबैभन्‍दा चतुर मानिसहरूको चतुर्‍याइँ लोप हुनेछ।”</verse>
				<verse number="15">धिक्‍कार तिनीहरूलाई, जसले आफ्‍नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्‍न गर्दछन्, जसले आफ्‍ना काम अँध्‍यारोमा गर्दछन्, र सोच्‍छन्, “कसले हामीलाई देख्‍छ र? कसले जान्‍दछ?”</verse>
				<verse number="16">कुमाले माटोजस्‍तै छ भनी सोचेजस्‍तै तिमीहरू कुरा उल्‍टापुल्‍टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्‍छ, “त्‍यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्‍न सक्‍छ, “त्‍यसले केही पनि जान्‍दैन”?</verse>
				<verse number="17">छिट्टै नै के लेबनान एउटा मलिलो खेतमा परिवर्तन हुँदैन र? अनि मलिलो खेतचाहिँ वनजस्‍तो देखिँदैन र?</verse>
				<verse number="18">त्‍यो दिन बहिराले पुस्‍तकको मुट्ठामा लेखिएका वचन सुन्‍नेछ, र घोर अँध्‍यारोबाट अन्‍धाको आँखाले देख्‍नेछ।</verse>
				<verse number="19">नम्रहरूले फेरि परमप्रभुमा आनन्‍द मनाउनेछन्, र आवश्‍यकतामा परेकाहरूले इस्राएलका परमपवित्रमा रमाहट गर्नेछन्‌।</verse>
				<verse number="20">निर्दयी मानिसहरूको केही नाउँनिशानै रहनेछैन। निन्‍दा गर्नेहरू लोप हुनेछन्, र दुष्‍ट काममा नजर लाउनेहरू संहार गरिनेछन्,</verse>
				<verse number="21">जसले मानिसलाई कुरामा फसाएर दोषी ठहराउँछन्, र न्‍यायालयमा प्रतिवादीलाई पासोमा पार्छन्, र निर्दोषीलाई इन्‍साफ गर्दा झूटा गवाही दिएर न्‍यायबाट वञ्‍चित गर्दछन्‌।</verse>
				<verse number="22">यसकारण अब्राहामलाई उद्धार गर्नुहुने परमप्रभुले याकूबको घरानालाई यसो भन्‍नुहुन्‍छ, “याकूब अब लज्‍जित हुनेछैन, न त तिनीहरूको अनुहार पहेँलो हुनेछ।</verse>
				<verse number="23">जब तिनीहरूले आफ्‍ना बीचमा आफ्‍नै छोराछोरीहरू, मेरा हातको कामलाई देख्‍छन्, तिनीहरूले मेरो नाउँ पवित्र तुल्‍याउनेछन्‌। तिनीहरूले याकूबका परमपवित्रलाई पवित्र भनी स्‍वीकार गर्नेछन्‌ र इस्राएलका परमेश्‍वरको भय मान्‍नेछन्‌।</verse>
				<verse number="24">आत्‍मामा भ्रममा परेकाहरूले पनि समझ प्राप्‍त गर्नेछन्, र गनगनाउनेहरूले शिक्षा ग्रहण गर्नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “धिक्‍कार! ती अटेरी छोराछोरीहरूलाई, जसले योजनालाई सञ्‍चालन गर्छन्‌ तर ती मेरा होइनन्, मित्रता गाँस्‍छन्, तर मेरो आत्‍माले होइन, र पापमाथि पाप बढ़ाएका छन्‌।</verse>
				<verse number="2">तिनीहरू मेरो सल्‍लाह नलिई मिश्रमा जान्‍छन्, फारोका रक्षाको निम्‍ति सहायता लिन जान्‍छन्‌। मिश्रदेशको छत्रछायामा शरण लिन जान्‍छन्‌।</verse>
				<verse number="3">तर फारोको रक्षाले तिमीहरूलाई लाजमा पार्नेछ, र मिश्रदेशको छत्रछायाले तिमीहरूमाथि शर्म ल्‍याउनेछ।</verse>
				<verse number="4">यद्यपि तिनीहरूका अधिकृतहरू सोअनमा छन्, र तिनका राजदूतहरूचाहिँ हानेसमा आएका छन्,</verse>
				<verse number="5">यस्‍तो जातिको कारण तिनीहरू सबै लाजमा पर्नेछन्, जो तिनीहरूका निम्‍ति निकम्‍मा छन्, जसले न त केही सहायता न केही लाभ ल्‍याउन सक्‍छन्, तर शर्म र गिल्‍ला मात्र ल्‍याउँछन्‌।”</verse>
				<verse number="6">नेगेव देशका पशुहरूका विषयमा ईश्‍वरवाणी: सिंह र सिंहनी, नाग र अति विषालु उड्‌ने सर्प निस्‍कने, दु:ख र वेदना भएको देशबाट भएर राजदूतहरूले आफ्‍ना धन-सम्‍पत्ति गधाहरूका पिठिउँमा र आ-आफ्‍ना बहुमूल्‍य भण्‍डारहरू ऊँटहरूका जुरामा लदाएर त्‍यस जातिको निम्‍ति लैजान्‍छ, जसबाट तिनीहरूलाई केही लाभ हुँदैन,</verse>
				<verse number="7">मिश्रदेशमा जसको सहायता एकदमै व्‍यर्थको छ। यसकारण मैले त्‍यसलाई केही नगर्ने राहाब भनेको छु।</verse>
				<verse number="8">अब जा, आउँदो समयको निम्‍ति अनन्‍त साक्षी होस्‌ भनेर तिनीहरूका निम्‍ति एउटा पाटीमा, एउटा पुस्‍तकको मुट्ठामा त्‍यो लेख।</verse>
				<verse number="9">यो एउटा बागी प्रजा, धोका दिने छोराछोरीहरू हुन्, अर्थात्‌ परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन्‌।</verse>
				<verse number="10">दर्शन देख्‍नेहरूलाई तिनीहरू भन्‍दछन्, “अब उसो दर्शन नदेख!” तिनीहरू अगमवक्ताहरूलाई भन्‍दछन्, “हामीलाई ठीक कुराहरूको दर्शन नदेओ! हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्‍मक अगमवाणी कह।</verse>
				<verse number="11">यो बाटो छोड़, यो मार्गबाट हट, र इस्राएलका परमपवित्रसित हाम्रो सामना गर्न बन्‍द गर।”</verse>
				<verse number="12">यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्‍छ, “तिमीहरूले यस समाचारलाई इन्‍कार गरेका छौ, र अत्‍याचारमाथि र छलका कुरामा भर परेका छौ।</verse>
				<verse number="13">यसकारण यो पाप तिमीहरूका निम्‍ति पुट्ट निस्‍केर तुरुन्‍तै खस्‍न लागेको एउटा अल्‍गो पर्खालजस्‍तै हुनेछ, जो क्षणभरमा एक्‍कासि ढल्‍नेछ।</verse>
				<verse number="14">कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्‍यो टुक्रा-टुक्रा भएर फुट्‌नेछ, कि त्‍यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्‍ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्‍म पनि रहनेछैन।”</verse>
				<verse number="15">परमप्रभु परमेश्‍वर, इस्राएलका परमपवित्र यही भन्‍नुहुन्‍छ, “पश्‍चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ। मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्‍छ। तर तिमीहरू यी कुनै पनि कुरा चाहन्‍नौ।</verse>
				<verse number="16">तिमीहरूले भन्‍यौ, ‘होइन, हामी त घोड़ामा चढ़ेर भाग्‍नेछौं’। यसैकारण तिमीहरूलाई भाग्‍नैपर्छ! तिमीहरूले भन्‍यौ, ‘हामी चाँड़ो दगुर्ने घोड़ाहरू चढ़ेर जानेछौं’। यसैकारण तिमीहरूलाई खेद्‌नेहरू चाँड़ो हुनेछन्‌।</verse>
				<verse number="17">एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन्, पाँच जनाको धम्‍कीले तिमीहरू सबै यसरी भाग्‍नेछौ, कि तिमीहरू पर्वतको टाकुरामा खड़ा रहेको एउटा झन्‍डाको खामो र डाँड़ाको एउटा झन्‍डाझैँ हुनेछौ।”</verse>
				<verse number="18">तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्‍छा गर्नुहुन्‍छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्‌नुहुन्‍छ, किनकि परमप्रभु न्‍याय गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्‍यका हुन्‌!</verse>
				<verse number="19">हे यरूशलेममा बस्‍ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्‍ती सुन्‍ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ।</verse>
				<verse number="20">परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्‍लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्‌। तिमीहरूका आफ्‍नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्‍नेछौ।</verse>
				<verse number="21">तिमीहरू दाहिने अथवा देब्रे लाग्‍दा तिमीहरूका कानले तिमीहरूका पछिल्‍तिर यसो भन्‍ने आवाज सुन्‍नेछौ, “बाटो यही हो, यसैमा हिँड़।”</verse>
				<verse number="22">तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्‍याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्‍नेछौ, “पर जाओ!”</verse>
				<verse number="23">तिमीहरूले जमिनमा छर्ने बीउका निम्‍ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्‍जने अन्‍न सप्रिएका र प्रशस्‍त हुनेछन्‌। त्‍यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्‌।</verse>
				<verse number="24">तिमीहरूका खेतमा हलो जोत्‍ने गोरु र गधाहरूले काँटा र बेल्‍चाले फैलाइराखेको नुनिलो दाना र भुस खानेछन्‌।</verse>
				<verse number="25">त्‍यो ठूलो हत्‍याको दिन जब धरहराहरू भत्‍कन्‍छन्, तब सबै अल्‍गा-अल्‍गा पर्वतहरू र सबै उच्‍च डाँड़ाहरूमा पानीका खोलाहरू बग्‍नेछन्‌।</verse>
				<verse number="26">त्‍यसबाहेक जब परमप्रभुले आफ्‍नो प्रजाका घाउहरू बाँध्‍नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्‍यस दिन जून घामजस्‍तै लाग्‍नेछ र सूर्यको प्रकाश सात दिनको ज्‍योतिझैँ सात गुणा बढ़ी चहकिलो हुनेछ।</verse>
				<verse number="27">हेर, दन्‍केको क्रोध र उठिरहेको बाक्‍लो धूवाँमा टाढ़ाबाट परमप्रभु आउँदैहुनुहुन्‍छ। उहाँका ओठ क्रोधले पूर्ण र उहाँको जिब्रो भस्‍म गर्ने आगोजस्‍तै छन्‌।</verse>
				<verse number="28">उहाँको सास घिच्रोसम्‍मै डुबाउने उर्लंदो नदीझैँ छ। उहाँले जाति-जातिहरूलाई नाश गर्ने नाङ्‌लोले निफन्‍नुहुन्‍छ र उहाँले मानिसहरूलाई कुबाटोतिर लैजाने लगाम तिनीहरूका मुखमा लगाइदिनुहुन्‍छ।</verse>
				<verse number="29">अनि पवित्र चाड़ मनाएझैँ राती तिमीहरूले भजन गाउनेछौ। परमप्रभुको पर्वत, अर्थात्‌ इस्राएलको चट्टानतिर उहाँसित भेट गर्नलाई बाँसुरी बजाउनेहरू रमाउँदै हिँड़ेझैँ तिमीहरूको मनमा पनि रमाहट हुनेछ।</verse>
				<verse number="30">रीसको झोँक, भस्‍म गर्ने आगोको ज्‍वाला, र गड्याङगुडुङ र आँधीबेहरी र असिनासहित परमप्रभुले मानिसहरूलाई आफ्‍नो प्रतापको वाणी सुन्‍न र आफ्‍नो बाहुबलको चमक देख्‍न लगाउनुहुनेछ।</verse>
				<verse number="31">अश्‍शूर परमप्रभुको सोरले थर्कमान हुनेछ। उहाँले आफ्‍नो राजदण्‍डले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।</verse>
				<verse number="32">दण्‍डको लहुरोको प्रत्‍येक प्रहार, जो परमप्रभुले तिनीहरूमाथि हान्‍नुहुनेछ, त्‍यो हातको खैँजड़ी र वीणाको सोरको साथ हुनेछ, र आफ्‍नो पाखुराको मुक्‍काले उहाँ तिनीहरूसित युद्धमा लड़ाइँ गर्नुहुनेछ।</verse>
				<verse number="33">किनभने तोपेतलाई अघिदेखि एउटा राजाको निम्‍ति तयार पारिएको हो। प्रशस्‍त आगो र दाउरासहित आगो सल्‍काउने खाल्‍डो गहिरो र ठूलो बनाइएको छ। जलिरहेको गन्‍धकको खोलाले झैँ परमप्रभुको सासले त्‍यसलाई जलाउनेछ।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">धिक्‍कार तिनीहरूलाई, जो मिश्रदेशमा सहायताको निम्‍ति जान्‍छन्, र घोड़ाहरूमा भर पर्दछन्, र तिनीहरूका असंख्‍य रथहरू र घोड़चढ़ीहरूको ठूलो शक्तिमा भरोसा गर्दछन्, तर तिनीहरूले इस्राएलका परमपवित्रतिर हेर्दैनन्‌ र परमप्रभुको सहायतालाई खोज्‍दैनन्‌।</verse>
				<verse number="2">तापनि उहाँ पनि बुद्धिमान्‌ हुनुहुन्‍छ र उहाँले नाश ल्‍याउन सक्‍नुहुन्‍छ, र आफ्‍नो वचन फिर्ता लिनुहुन्‍न। कुकर्म गर्नेहरूको घराना र अधर्म काम गर्नेलाई सहायता दिनेहरूका विरुद्धमा उहाँ उठ्‌नुहुनेछ।</verse>
				<verse number="3">तर मिश्रीहरू त मानिसहरू हुन्‌ र परमेश्‍वर होइनन्‌। तिनीहरूका घोड़ाहरू शरीर हुन्, आत्‍मा होइनन्‌। जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुनेछ, तब सहायता गर्नेले ठोकर खानेछ, र सहायता पाउने लोट्‌नेछ, र ती दुवै एकैसाथ नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="4">परमप्रभुले मलाई यसो भन्‍नुहुन्‍छ, “जसरी सिंह अथवा ठूलो सिंह आफ्‍नो शिकारमाथि घुर्रघुर्र गर्छ— र त्‍यसको विरुद्धमा गोठालाहरूको सम्‍पूर्ण दल उठे तापनि तिनीहरूको कराइले त्‍यो डराउँदैन, न त तिनीहरूको हल्‍लाले त्‍यो विचलित हुन्‍छ— त्‍यसै गरी सर्वशक्तिमान्‌ परमप्रभु सियोन पर्वत र त्‍यसका डाँड़ाहरूमा लड़ाइँ गर्नलाई ओर्लनुहुनेछ।</verse>
				<verse number="5">चराहरूले आफ्‍ना गुँडलाई रक्षा गरेझैँ सर्वशक्तिमान्‌ परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्‍यसलाई रक्षा गर्नुहुनेछ, र त्‍यसलाई छुटाउनुहुनेछ। उहाँ त्‍यसबाट भएर जानुहुनेछ र त्‍यसलाई छुटाउनुहुनेछ।”</verse>
				<verse number="6">हे इस्राएली हो, जसको विरुद्धमा तिमीहरूले ठूलो विद्रोह गरेका छौ, उहाँतर्फ फर्क।</verse>
				<verse number="7">किनभने त्‍यस दिन तिमीहरू हरेकले आफ्‍ना सुनका र चाँदीका मूर्तिहरू, जो तिमीहरूले आफ्‍नै पापी हातले बनाएका छौ, तिनलाई इन्‍कार गर्नेछौ।</verse>
				<verse number="8">“अश्‍शूरीहरू तरवारले ढालिनेछन्, जुन तरवार मानिसबाटको होइन। त्‍यसै तरवारले तिनीहरू नष्‍ट हुनेछन्, जो मरणशील मानिसको होइन। त्‍यस तरवारको अगाड़ि तिनीहरू भाग्‍नेछन्, र तिनीहरूका जवान मानिसहरूचाहिँ बेगारी काममा लगाइनेछन्‌।</verse>
				<verse number="9">तिनीहरूको किल्‍ला त्रासले गर्दा ढल्‍नेछ र तिनीहरूका सेनापतिहरू लड़ाइँको झन्‍डा देखेर डरले आत्तिनेछन्‌। परमप्रभु, जसको अग्‍नि सियोनमा र भट्टी यरूशलेममा छ, उहाँले भन्‍नुभएको छ।</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">हेर, एक जना राजाले धार्मिकतामा राज्‍य गर्नुहुनेछ, र शासकहरूले न्‍यायसित शासन गर्नेछन्‌।</verse>
				<verse number="2">प्रत्‍येक मानिस बतासबाट शरणस्‍थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्‍खा भूमिमा ठूलो चट्टानको छायाजस्‍तै हुनेछ।</verse>
				<verse number="3">त्‍यतिखेर हेर्नेहरूका आँखा फेरि बन्‍द हुनेछैनन्, र सुन्‍नेहरूका कानले सुन्‍नेछन्‌।</verse>
				<verse number="4">अधीरहरूका मनले जान्‍नेछन्, र भकभके जिब्रो बुझिनेछ र सफासित बोल्‍नेछ।</verse>
				<verse number="5">मूर्ख मानिस फेरि कहिल्‍यै भला मानिस भनिनेछैन, न त बदमाशलाई ठूलो आदर नै दिइनेछ।</verse>
				<verse number="6">किनकि मूर्ख मानिसले मूर्खताकै कुरा गर्छ, र त्‍यसको मन दुष्‍ट काममा व्‍यस्‍त रहन्‍छ, त्‍यसले अधार्मिक काम गर्छ र परमप्रभुको विषयमा गलत कुरो फैलाउँछ। त्‍यसले भोकाएकाहरूलाई रित्तै पठाउँछ, र तिर्खाउनेहरूका निम्‍ति पानी नै दिँदैन।</verse>
				<verse number="7">बदमाशहरूको चाल दुष्‍टै हुन्‍छ, दरिद्रहरूका माग न्‍यायसङ्गत भए तापनि गरीबहरूलाई झूटो कुराले नाश गर्नलाई त्‍यसले दुष्‍ट उपायहरू रच्‍दछ।</verse>
				<verse number="8">तर भला मानिसले भला कामहरूको उपाय रच्‍दछ, र भला कार्यमा नै त्‍यो अड़िरहन्‍छ।</verse>
				<verse number="9">हे आरामसित बस्‍ने स्‍त्री हो, उठ, र मेरो कुरा ध्‍यानसित सुन। हे निर्धक्‍क बस्‍ने छोरी हो, म जे भन्‍दछु सो सुन!</verse>
				<verse number="10">अबको एक वर्षभन्‍दा केही बढ़ी समयमा तिमी निर्धक्‍क बस्‍नेहरू काँप्‍नेछौ। दाखको फसलै हुनेछैन, र फलहरूको फसल पनि हुनेछैन।</verse>
				<verse number="11">हे निर्धक्‍क बस्‍ने महिला हो, काम। हे निश्‍चिन्‍त छोरीहरू हो, थरथराओ। आफ्‍ना वस्‍त्र उतारेर नाङ्गो होओ, र आ-आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लगाओ।</verse>
				<verse number="12">रहरलाग्‍दा खेतहरू र फल दिने दाखका बोटहरूका निम्‍ति,</verse>
				<verse number="13">र काँढ़ा र सिउँड़ी उम्रेका मेरा मानिसहरूका जमिनको निम्‍ति छाती पिट्‌दै रोओ। हो, रमाहटका सबै घरहरूका निम्‍ति र आमोदप्रमोदको यस सहरको निम्‍ति विलाप गर।</verse>
				<verse number="14">किल्‍ला त्‍यागिनेछ, गोलमाल भएको सहर सूनसान हुनेछ। किल्‍ला र बुर्जा सदाको निम्‍ति रूखो जमिन हुनेछ, वन-गधाको निम्‍ति हर्ष र गाईबस्‍तुको निम्‍ति चरन,</verse>
				<verse number="15">माथिबाट हामीमाथि आत्‍मा नखन्‍याइञ्‍जेलसम्‍म र मरुभूमि मलिलो खेतबारी र मलिलो खेतबारी वनजस्‍तो नबनुञ्‍जेलसम्‍म।</verse>
				<verse number="16">त्‍यस मरुभूमिमा न्‍यायले वास गर्नेछ, र मलिलो खेतबारीमा धार्मिकताले वास गर्नेछ।</verse>
				<verse number="17">धार्मिकताको फल शान्‍ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्‍ति शान्‍ति र भरोसा हुनेछ।</verse>
				<verse number="18">मेरो प्रजाचाहिँ शान्‍तिको वासस्‍थान, सुरक्षित घरहरू, र हल्‍ला नहुने विश्रामका ठाउँहरूमा बस्‍नेछन्‌।</verse>
				<verse number="19">असिनाले वन सोतर पारे तापनि तथा सम्‍पूर्ण सहर समतल बनाइए तापनि,</verse>
				<verse number="20">सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्‍यका हुनेछौ।</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">धिक्‍कार, तँ नाश गर्नेलाई, जो आफैचाहिँ नष्‍ट पारिएको छैनस्‌! तँ विश्‍वासघातीलाई, धिक्‍कार, जसलाई चाहिँ कसैले विश्‍वासघात गरेको छैन! जब तैंले नाश गर्न बन्‍द गर्छस्, तब तँ पनि नष्‍ट पारिनेछस्‌। जब तैंले विश्‍वासघात गर्न बन्‍द गर्छस्, तब तँलाई विश्‍वासघात गरिनेछ।</verse>
				<verse number="2">हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्‌। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्‍छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्‌।</verse>
				<verse number="3">तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्‍छन्‌। तपाईं उठ्‌नुहुँदा जाति-जातिहरू छरपष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="4">हे जाति-जातिका मानिस हो, तिमीहरूका लूटको कटनी ससाना सलहहरूले खाएझैँ हुनेछ। सलहहरूझैँ मानिसहरू त्‍यसमा झम्‍टिनेछन्‌।</verse>
				<verse number="5">परमप्रभु उच्‍च हुनुभएको छ, किनकि उहाँ उच्‍चमा विराजमान हुनुहुन्‍छ। उहाँले सियोनलाई न्‍याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ।</verse>
				<verse number="6">तिमीहरूका समयको लागि उहाँ पक्‍का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्‍य भण्‍डार हुनुहुनेछ। परमप्रभुको भय मान्‍नु नै यस भण्‍डारको साँचो हो।</verse>
				<verse number="7">हेर त, तिनीहरूका वीर मानिसहरू सड़कमा जोडसित रुँदैछन्‌। मिलाप ल्‍याउने राजदूतहरू धुरुधुरु रुँदैछन्‌।</verse>
				<verse number="8">मूल सड़कहरू निर्जन भएका छन्, बाटोमा यात्रीहरू छैनन्‌। सन्‍धि भङ्ग भएको छ, गवाहीहरू अवहेलित भएका छन्‌। कोही पनि मानिसको आदर छैन।</verse>
				<verse number="9">देशले विलाप गर्छ र उजाड़ हुन्‍छ। लेबनान शर्ममा पर्छ र ओइलिन्‍छ। शारोन अराबाझैँ हुन्‍छ। बाशान र कर्मेलले आफ्‍ना पातहरू झार्छन्‌।</verse>
				<verse number="10">परमप्रभु भन्‍नुहुन्‍छ, “अब म उठ्‌नेछु। अब म उच्‍च पारिनेछु। अब म माथि उठाइनेछु।</verse>
				<verse number="11">तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराले ठोसाहरू जन्‍माउँछौ। तिमीहरूको सास तिमीहरूलाई नै भस्‍म गर्ने अग्‍नि हो।</verse>
				<verse number="12">मानिसहरू चून जलेझैँ जल्‍नेछन्‌। काटेका काँढ़ाघारी आगोमा जलाएझैँ तिनीहरू जलाइनेछन्‌।”</verse>
				<verse number="13">हे टाढ़ाका मानिस हो, मैले के गरेको छु सुन। हे नजिकका हो, मेरो शक्तिलाई स्‍वीकार गर!</verse>
				<verse number="14">सियोनमा भएका पापीहरू डराएका छन्‌। ईश्‍वरहीनहरूलाई कम्‍पनले समातेको छ। “भस्‍म गर्ने आगोसँग हामीहरूमध्‍ये को बस्‍न सक्‍छ र? अनन्‍त जलनमा हामीहरूमध्‍ये को रहन सक्‍छ र?”</verse>
				<verse number="15">त्‍यही, जो धार्मिकतासाथ हिँड्‌दछ, र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्‍कार गर्छ, जसले घूस लिन आफ्‍नो हात बढ़ाउँदैन, जसले हत्‍याका षड्‌यन्‍त्रप्रति आफ्‍नो कान थुन्‍छ, दुष्‍ट्याइँको चिन्‍तन गर्नुभन्‍दा आफ्‍नो आँखा चिम्‍लन्‍छ।</verse>
				<verse number="16">त्‍यही मानिस उच्‍चमा बस्‍नेछ, जसको शरणस्‍थान पहाड़को किल्‍ला हुनेछ। त्‍यसको भोजन त्‍यसलाई दिइनेछ र त्‍यसलाई पानीले धोका दिनेछैन।</verse>
				<verse number="17">तिनीहरूका आँखाले राजालाई उहाँको सुन्‍दरतामा देख्‍नेछन्, र टाढ़ासम्‍म फैलिएको देशलाई देख्‍नेछन्‌।</verse>
				<verse number="18">तिमीहरूका विचारमा तिमीहरूले पहिलेको त्रासलाई सम्‍झनेछौ। “ती मुख्‍य अधिकृत खोइ? कर लिने कता गए? धरहराहरूको जिम्‍मा लिने अधिकृत कता छन्‌?”</verse>
				<verse number="19">तिमीहरूले ती हठी मानिसहरूलाई फेरि देख्‍नेछैनौ, अनौठो भाषा बोल्‍ने ती मानिसहरूलाई, जसको बोली बुझिँदैन।</verse>
				<verse number="20">हाम्रा ठहराइएका चाड़हरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरूशलेमलाई देख्‍नेछन्, एउटा शान्‍तिमय वासस्‍थान, एउटा पाल, जो कहिल्‍यै हटाइनेछैन, जसका कीलाहरू कहिल्‍यै उखेलिनेछैनन्, न त त्‍यसका डोरीहरू चुँड़ाइनेछन्‌।</verse>
				<verse number="21">त्‍यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ। त्‍यो ठूला-ठूला नदीहरू र खोलाहरूको ठाउँ हुनेछ। पतवारले चलाइने डुङ्गाहरू त्‍यहाँ चल्‍नेछैनन्‌। ठूलो जहाज पनि त्‍यहाँ जानेछैन।</verse>
				<verse number="22">किनभने परमप्रभु हाम्रा न्‍यायाधीश हुनुहुन्‍छ। परमप्रभु हामीलाई व्‍यवस्‍था दिने हुनुहुन्‍छ। परमप्रभु हाम्रा राजा हुनुहुन्‍छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ।</verse>
				<verse number="23">तिमीहरूका जहाजका डोरीहरू खुकुला भएका छन्‌। मानिसहरूले त्‍यसको मस्‍तूलको जग बलियो पार्न सकेनन्‌। तिनीहरूले तिनका पाल टाँग्‍न सकेनन्‌। तब एउटा प्रशस्‍त लूटको माल बाँड़िनेछ। लङ्गड़ाहरूसमेतले लूटका मालका भाग लिनेछन्‌।</verse>
				<verse number="24">सियोनमा बस्‍ने कसैले पनि “म बिरामी छु” भन्‍नेछैनन्‌ अनि त्‍यहाँ बस्‍ने मानिसहरूका पाप क्षमा गरिनेछन्‌।</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">हे जाति-जातिका मानिस हो, नजिक आओ र ध्‍यानसित सुन। हे मानिस हो, ध्‍यान लगाएर सुन! पृथ्‍वी र त्‍यसमा भएका जम्‍मैले सुनून्, संसार र त्‍यसबाट उत्‍पन्‍न भएका सारा थोकले सुनून्‌!</verse>
				<verse number="2">परमप्रभुको रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ। उहाँले तिनीहरूलाई बिलकुलै नाश गर्नुहुनेछ, हत्‍या गर्नेको हातमा उहाँले तिनीहरूलाई सुम्‍पनुहुनेछ।</verse>
				<verse number="3">तिनीहरूका मारिएकाहरू बाहिर फालिनेछन्, र तिनीहरूका लाशबाट दुर्गन्‍ध निस्‍कनेछ, र पर्वतहरू तिनीहरूका रगतले भिज्‍नेछ।</verse>
				<verse number="4">आकाशका सबै ताराहरू विलीन हुनेछन्‌। र आकाशचाहिँ चर्मपत्रको मुट्ठोझैँ बेह्रिनेछ, दाखको बोटबाट ओइलिएका पातहरू र अञ्‍जीरको बोटबाट चाउरी परेका फलहरू झरेझैँ आकाशका तारानक्षत्रहरू झर्नेछन्‌।</verse>
				<verse number="5">मेरो तरवारले स्‍वर्गमा अघाउञ्‍जेल पिएको छ। हेर, इन्‍साफको लागि एदोममाथि त्‍यसको प्रहार पर्नेछ, त्‍यस जातिमाथि जसलाई मैले सर्वनाश गरेको छु।</verse>
				<verse number="6">परमप्रभुको तरवार रगतमा चोपिएको छ। त्‍यो बोसोले भरिएको छ— भेड़ा-बाख्राहरूको रगतले, भेड़ाबाख्राका मिर्गौलाको बोसोले त्‍यो लतपत भएको छ। किनभने बोज्रामा परमप्रभुको एउटा बलि छ, र एदोममा एक ठूलो संहार।</verse>
				<verse number="7">अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्‍छन्‌। तिनीहरूका देश रगतले निथ्रुक्‍क हुनेछन्‌ र तिनीहरूको बोसोले सम्‍पूर्ण माटो भरिनेछ।</verse>
				<verse number="8">किनभने सियोनको पक्षमा परमप्रभुको बदला लिने एक दिन छ, साटो लिने एक वर्ष छ।</verse>
				<verse number="9">एदोमका खोलाहरू अलकत्रामा, त्‍यसको धूलो जलिरहेको गन्‍धकमा, र त्‍यसको देशचाहिँ बल्‍दो अलकत्रामा परिवर्तन हुनेछ।</verse>
				<verse number="10">त्‍यो रातदिन निभ्‍नेछैन। त्‍यसको धूवाँ निरन्‍तर उठिरहनेछ। पुस्‍तादेखि पुस्‍तासम्‍म त्‍यो उजाड़ भएर रहनेछ, त्‍यसबाट भएर कोही पनि फेरि कहिल्‍यै जानेछैन।</verse>
				<verse number="11">तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्‍यो वासस्‍थान हुनेछ, भुल्‍का र कागहरूले त्‍यसमा गुँड़ बनाउनेछन्‌। परमेश्‍वरले एदोममाथि खैलाबैलाको नाप्‍ने डोरी र शून्‍यताको साहुल तान्‍नुहुनेछ।</verse>
				<verse number="12">त्‍यसका भारदारहरूसित त्‍यसलाई राज्‍य भनिने केही पनि रहनेछैन, र त्‍यसका राजकुमारहरू लोप हुनेछन्‌।</verse>
				<verse number="13">त्‍यसका किल्‍लाका बुर्जाहरूमा काँढ़ा, र त्‍यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँड़ीहरू उम्रनेछन्‌। त्‍यो स्‍यालहरूको बस्‍ने अखड़ा र लाटोकोसेराहरूको घर हुनेछ।</verse>
				<verse number="14">मरुभूमिका जनावरहरू हुँड़ारहरूसित मिलेर त्‍यहाँ बस्नेछन्, जङ्गली बाख्राहरूले आफ्‍नो साथीलाई डाक्‍नेछन्, रातका जन्‍तुहरूले पनि विश्राम गर्ने ठाउँ पाएर त्‍यहाँ विश्राम गर्नेछन्‌।</verse>
				<verse number="15">त्‍यहाँ लाटोकोसेराले आफ्‍नो गुँड़ बनाएर फुल पार्नेछ, र ओथ्रनेछ, र आफ्‍नो पखेटाको छायामुनि बचेराहरूलाई हेरचाह गर्नेछ। त्‍यहाँ भालेपोथी बाजहरू आ-आफ्‍ना जोड़ीसित जम्‍मा हुनेछन्‌।</verse>
				<verse number="16">परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ़। यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्‍नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्‍माले तिनीहरूलाई एकसाथ जम्‍मा गर्नुहुनेछ।</verse>
				<verse number="17">उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुन्‍छ। उहाँकै हातले नापेर तिनीहरूलाई बाँड़िदिनुभएको छ। तिनीहरूले सदासर्वदा त्‍यो अधिकार गर्नेछन्, र पुस्‍तादेखि पुस्‍तासम्‍म तिनीहरू त्‍यहाँ वास गर्नेछन्‌।</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्‌। उजाड़-स्‍थान रमाउनेछ र फुल्‍नेछ केशरझैँ</verse>
				<verse number="2">त्‍यो फुलेर फक्रनेछ। यो अत्‍यन्‍त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्‍यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको ऐश्‍वर्य देख्‍नेछन्‌।</verse>
				<verse number="3">कमजोर हातहरू बलिया बनाओ, र दुर्बल घुँड़ाहरू दह्रा पार।</verse>
				<verse number="4">डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्‍वर बदला दिनलाई आउनुहुनेछ, ईश्‍वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।”</verse>
				<verse number="5">तब अन्‍धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्‌।</verse>
				<verse number="6">तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्‍तुति गर्नेछ। उजाड़-स्‍थानमा पानी फुटेर निस्‍कनेछ र मरुभूमिमा खोलाहरू बग्‍नेछन्‌।</verse>
				<verse number="7">गर्मीले डढ़ेको बालुवा दह हुनेछ, र सुक्‍खा भूमिमा पानीका मूल फुट्‌नेछन्‌। स्‍यालहरू बस्‍ने ठाउँमा घाँस, काँस र कुश उम्रनेछन्‌।</verse>
				<verse number="8">त्‍यहाँ एउटा मूलबाटो हुनेछ, त्‍योचाहिँ पवित्रताको बाटो भनिनेछ। कोही अशुद्ध जन त्‍यसबाट भएर जानेछैन। तर त्‍यस मार्गमा हिँड्‌नेहरूका निम्‍ति मात्र त्‍यो हुनेछ। दुष्‍ट मूर्खहरू त्‍यसबाट जान पाउनेछैनन्‌।</verse>
				<verse number="9">त्‍यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्‍यहाँबाट भएर जानेछ। ती त्‍यहाँ पाइनेछैनन्‌। तर उद्धार पाएकाहरू मात्र त्‍यहाँ हिँड्‌नेछन्,</verse>
				<verse number="10">अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्‌। सदासर्वदाको आनन्‍द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्‍द प्राप्‍त गर्नेछन्, र शोक र सुस्‍केरा दूर हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">हिजकिया राजाको चौधौँ वर्षमा अश्‍शूरका राजा सनहेरीबले यहूदाको सारा पर्खाल लगाएका सहरहरूलाई आक्रमण गरेर तिनलाई कब्‍जा गरे।</verse>
				<verse number="2">अनि अश्‍शूरका राजाले युद्धका एक जना सेनापतिलाई ठूलो सेनासमेत लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। जब उनी धोबीको खेतको मूल बाटोमा भएको माथिल्‍लो पोखरीको कुलोनेर उभिए,</verse>
				<verse number="3">तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना, र आसापका छोरा लेखापाल योआ बाहिर निस्‍केर उनीकहाँ आए।</verse>
				<verse number="4">युद्धका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन, ‘महाराजाधिराज, अश्‍शूरका राजा यसो भन्‍नुहुन्‍छ, तिमी के आशामा भरोसा गरिरहेछौ?</verse>
				<verse number="5">तिमीसित लड़ाइँको योजना र सैनिक बल छ भनी तिमी भन्‍छौ, तर तिमी त केवल फोस्रा कुरा गर्दछौ। तिमी कसमाथि भरोसा गरिरहेका छौ र मेरो विरुद्धमा बागी भएका छौ?</verse>
				<verse number="6">हेर, तिमी अब भाँचिएको निगालोको लहुरोमा भरोसा राख्‍छौ, अर्थात्‌ मिश्रदेशमा, जसमा कोही मानिस भर पर्‍यो भने, त्‍यसले त्‍यसको हातमा चोट पार्नेछ। मिश्रदेशका राजा फारोमाथि भर पर्ने सबैका निम्‍ति उनी यस्‍तै छन्‌।</verse>
				<verse number="7">अनि “हामी आफ्‍ना परमप्रभु परमेश्‍वरमाथि भर पर्दछौं” भनी यदि तिमी मलाई भन्‍छौ भने, के उहाँ उही हुनुहुन्‍न, जसका अल्‍गा-अल्‍गा ठाउँहरू र जसका वेदीहरू हिजकियाले यहूदा र यरूशलेमलाई यसो भन्‍दै हटाए, “तिमीहरूले यस वेदीको सामुन्‍ने आराधना गर्नुपर्छ?”</verse>
				<verse number="8">“‘यसकारण आओ, मेरा मालिक अश्‍शूरका राजासित सौदा गर। म तिमीलाई दुई हजार घोड़ा दिनेछु। हेरौं, तीमाथि तिमी सवार चढ़ाउन सक्‍छौ कि सक्‍दैनौ?</verse>
				<verse number="9">रथहरू र घोड़ाहरूका निम्‍ति मिश्रदेशमाथि भर परे तापनि कसरी तिमी मेरा मालिकका अधिकृतहरूमध्‍येका एक जना साना अधिकृतलाई पनि धपाउन सक्‍छौ?</verse>
				<verse number="10">यसबाहेक के म यस देशलाई आक्रमण गरी नष्‍ट पार्न परमप्रभुविना आएको छु? परमप्रभुले नै मलाई “त्‍यस देशमा गएर त्‍यसलाई नष्‍ट गर्‌” भनी भन्‍नुभएको छ’।”</verse>
				<verse number="11">तब एल्‍याकीम, शेब्‍ना र योआले युद्धका सेनापतिलाई भने, “बिन्‍ती छ, तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनकि हामी त्‍यो भाषा बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा हामीसित नबोल्‍नुहोस्‌।”</verse>
				<verse number="12">तर युद्धका सेनापतिले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिककहाँ मात्र यी कुरा भन्‍न मलाई पठाउनुभएको हो र? के उहाँले मलाई पर्खालमा बस्‍ने मानिसहरूकहाँ पनि पठाउनुभएको होइन र— जसले तिमीहरूले जस्‍तै आफ्‍नै दिसा खानुपर्छ र आफ्‍नै पिसाब पिउनुपर्नेछ?”</verse>
				<verse number="13">तब युद्धका सेनापति खड़ा भए, र ठूलो सोरमा हिब्रू भाषामा यसो भने, “महाराजाधिराज अश्‍शूरका राजाका कुरा सुन!</verse>
				<verse number="14">महाराजा यसो भन्‍नुहुन्‍छ, हिजकियाले तिमीहरूलाई धोका नदेओस्, किनकि त्‍यसले तिमीहरूलाई छुटाउन सक्‍नेछैन!</verse>
				<verse number="15">हिजकियाले तिमीहरूलाई यसो भनेर परमप्रभुमाथि भरोसा गर्न पनि नलाओस्, ‘परमप्रभुले निश्‍चय नै हामीलाई छुटकारा दिनुहुनेछ। उहाँले यो सहर अश्‍शूरका राजाको हातमा सुम्‍पिदिनुहुनेछैन’।</verse>
				<verse number="16">“हिजकियाको कुरा नसुन। अश्‍शूरका महाराजा यसो भन्‍नुहुन्‍छ: तिमीहरू मसित मिलाप गर, र निस्‍केर मकहाँ आओ। तब तिमीहरू हरेकले आ-आफ्‍नो दाखको फलबाट र नेभाराको फलबाट खाऔला, र आ-आफ्‍नो पानीको कुण्‍डबाट पानी पिऔला,</verse>
				<verse number="17">जबसम्‍म म आएर तिमीहरूकै जस्‍तो अन्‍न र नयाँ दाखमद्य अनि रोटी र दाखबारीले भरिएको देशमा तिमीहरूलाई लैजाँदिनँ।</verse>
				<verse number="18">“हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा नपारोस्, ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’। के जाति-जातिका कुनै देवताले आफ्‍नो देशलाई अश्‍शूरका राजाको हातबाट कहिल्‍यै बचाउन सकेको छ र?</verse>
				<verse number="19">हमात र अर्पादका देवताहरू कहाँ छन्‌? सपर्बेम देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाएका छन्‌?</verse>
				<verse number="20">यी देशहरूका देवताहरूमध्‍ये कसले आफ्‍नो देशलाई मेरो हातबाट बचाउन सकेको छ र? तब परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्‍नुहोला त?”</verse>
				<verse number="21">तर मानिसहरू चूप लागिबसे, र उनलाई जवाफमा एउटै कुरा पनि भनेनन्‌। किनकि उनलाई केही जवाफ नदिनू भन्‍ने राजाको हुकुम थियो।</verse>
				<verse number="22">तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आफ्‍ना लुगा च्‍याते, र हिजकियाकहाँ आएर युद्धका सेनापतिका कुरा तिनलाई सुनाए।</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्‍नो लुगा च्‍याते, र भाङ्‌ग्रा लगाएर परमप्रभुको मन्‍दिरमा पसे।</verse>
				<verse number="2">तिनले राजदरबारका प्रशासक एल्‍याकीम, सचिव शेब्‍ना र पूजाहारीमध्‍येका प्रमुखहरूलाई भाङ्‌ग्रा लगाएर आमोजका छोरा यशैयाकहाँ पठाए।</verse>
				<verse number="3">तिनीहरूले तिनलाई भने, “हिजकिया राजा यसो भन्‍नुहुन्‍छ: आजको दिन दु:ख, गाली खाने र अपमानको दिन छ, बालकहरू जन्‍मन लाग्‍दा जन्‍माउने ताकत नभएजस्‍तो भएको छ।</verse>
				<verse number="4">शायद परमप्रभु तपाईंका परमेश्‍वरले युद्धका सेनापतिको कुरा सुन्‍नुहुनेछ, जसलाई त्‍यसका मालिक अश्‍शूरका राजाले जीवित परमेश्‍वरको निन्‍दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको त्‍यस वचनको कारण उहाँले उनलाई हप्‍काउनुहुनेछ। यसकारण बाँचेकाहरूका निम्‍ति तपाईंले प्रार्थना गरिदिनुहोस्‌।”</verse>
				<verse number="5">जब हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए,</verse>
				<verse number="6">यशैयाले तिनीहरूलाई भने, “तिमीहरूले आफ्‍ना मालिकलाई यसो भन, ‘परमप्रभु भन्‍नुहुन्‍छ: अश्‍शूरका राजाका सेवकहरूले मलाई निन्‍दा गरेका तैंले सुनेको कुरादेखि तँ नडरा।</verse>
				<verse number="7">सुन्, म त्‍यसभित्र एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि कुनै हल्‍ला सुनेर त्‍यो आफ्‍नो देशमा फर्केर जानेछ र म त्‍यहाँ त्‍यसलाई तरवारले मार्न लाउनेछु’।”</verse>
				<verse number="8">जब युद्धका सेनापतिले अश्‍शूरका राजाले लाकीश छोड़े भनी सुने, उनी पछि हटे र उनले राजालाई लिब्‍नासित युद्ध गरिरहेका भेट्टाए।</verse>
				<verse number="9">अब मिश्रदेशका राजा कूशी तिर्हाकाह उनीसित लड्‌न आइरहेका छन्‌ भन्‍ने कुरा सनहेरीबले सुने। जब उनले यो कुरा सुने, तब उनले हिजकियाकहाँ यसो भनेर दूतहरू पठाए:</verse>
				<verse number="10">“यहूदाका राजा हिजकियालाई भन: जुन ईश्‍वरमाथि तिमी भर परेका छौ, तिनले ‘यरूशलेमलाई अश्‍शूरका राजाको हातमा दिनेछैनन्‌’ भनी तिमीलाई धोका नदेऊन्‌।</verse>
				<verse number="11">सारा देशलाई बिलकुलै नाश गरेर अश्‍शूरका राजाले के गरेका छन्‌ सो त तिमीले सुनेकै छौ। अनि के तिमीले चाहिँ छुटकारा पाउँछौ र?</verse>
				<verse number="12">के मेरा पुर्खाहरूले नाश गरेका जातिहरूलाई तिनीहरूका ईश्‍वरहरूले छुटाउन सके— अर्थात्‌ गोजान, हारान, रेसेप र तेल-अस्‍सारमा भएका अदन वंशीहरूका देवताहरूले तिनीहरूलाई बचाए?</verse>
				<verse number="13">हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरका राजा, हेना अथवा इव्‍वाका राजाहरू कहाँ गए?”</verse>
				<verse number="14">हिजकियाले दूतहरूका हातबाट पत्र पाएर पढ़े। तब परमप्रभुको मन्‍दिरमा गएर हिजकियाले परमप्रभुको सामुन्‍ने त्‍यो पत्र खोलेर राखिदिए।</verse>
				<verse number="15">अनि हिजकियाले परमप्रभुलाई प्रार्थना गरे,</verse>
				<verse number="16">“हे सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा विराजमान हुनुहुने, पृथ्‍वीका सारा राज्‍यहरूका तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ। स्‍वर्ग र पृथ्‍वी तपाईंले नै सृष्‍टि गर्नुभएको हो।</verse>
				<verse number="17">हे परमप्रभु, आफ्‍नो कान थापेर सुन्‍नुहोस्‌। हे परमप्रभु, आफ्‍ना आँखा खोलेर हेर्नुहोस्‌। सनहेरीबले जीवित परमेश्‍वरको निन्‍दा गर्नलाई पठाएका सबै कुरा ध्‍यानसित सुन्‍नुहोस्‌।</verse>
				<verse number="18">“हे परमप्रभु, यो साँचो हो, अश्‍शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशहरूलाई समेत उजाड़ परेका छन्,</verse>
				<verse number="19">उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा फालेका छन्‌ र सर्वनाश गरेका छन्, किनकि तिनीहरू ईश्‍वर नै होइनन्, तर मानिसका हातले बनाएका काम, काठ र ढुङ्गा मात्र हुन्‌।</verse>
				<verse number="20">अब हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई उनका हातबाट छुटाउनुहोस्, र पृथ्‍वीका सारा राज्‍यहरूले थाहा पाऊन्‌ कि तपाईं मात्र परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="21">तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनी समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले अश्‍शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्,</verse>
				<verse number="22">यसकारण त्‍यसको विरुद्धमा परमप्रभुले भन्‍नुभएको वचन यही हो, “सियोनकी कन्‍येछोरीले तँलाई ठट्टा र खिसी गरेकी छ। यरूशलेमकी छोरीले तेरो पछि शिर हल्‍लाउनेछे।</verse>
				<verse number="23">तैंले कसको ठट्टा र निन्‍दा गरेको छस्‌? कसको विरुद्धमा तँ ठूलो सोरले कराएको छस्, र तैंले घमण्‍डले हेरेको छस्‌? के इस्राएलका परमपवित्रको विरुद्धमा होइन?</verse>
				<verse number="24">तेरा समाचारवाहकद्वारा तैंले परमप्रभुको थुप्रै निन्‍दा गरेको छस्‌। र तैंले भनेको छस्, ‘मेरा धेरै रथहरूको दलसमेत म पहाड़हरूका टाकुरामा चढें, लेबनानका टाकुरासम्‍मै। त्‍यसका अल्‍गा-अल्‍गा देवदारुहरू र त्‍यसका असल-असल सल्‍लाका रूखहरू ढालेको छु। म त्‍यसका सबैभन्‍दा टाढ़ाका टाकुरामा र सुन्‍दर वनसम्‍मै पुगेको छु।</verse>
				<verse number="25">मैले विदेशहरूमा इनार खनेको छु र त्‍यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मिश्रदेशका सबै नदीहरू सुकाएको छु’।</verse>
				<verse number="26">“के तैंले सुनेको छैनस्‌? मैले त्‍यो उहिले नै निश्‍चय गरेको थिएँ। प्राचीन समयमा नै मैले योजना बनाएको थिएँ। त्‍यो कुरो मैले अब पूरा गरें कि तैंले किल्‍ला भएका सहरहरूलाई ढुङ्गाको थुप्रो बनाइस्‌।</verse>
				<verse number="27">तिनका बासिन्‍दाहरूको शक्ति घटेर गएकोले तिनीहरू आत्तिए र लज्‍जित भए, तिनीहरू मैदानका घाँसझैँ, कमला र हरिया बिरुवाझैँ, छतमा उम्रिरहेका र बढ्‌न अघि नै सुकिहालेको घाँसझैँ भए।</verse>
				<verse number="28">“तर तँ कहाँ बस्‍छस्‌ अनि तँ कहिले आउँछस्‌ र जान्‍छस्‌ अनि मेरो विरुद्धमा तँ रिसाएको छस्‌ भनी म जान्‍दछु।</verse>
				<verse number="29">तँ मेरो विरुद्धमा रिसाएको हुनाले, र तेरो शेखी मेरो कानमा परेको हुनाले, म मेरो बल्‍छी तेरो नाकमा र मेरो लगाम तेरो मुखमा लगाएर तँलाई तँ आएकै बाटोतिर फर्काउनेछु।”</verse>
				<verse number="30">“हे हिजकिया, तेरो निम्‍ति चिन्‍ह यही हुनेछ: “यो वर्षचाहिँ आफै उम्रेको कुरो तिमीहरूले खानेछौ, र दोस्रो वर्षचाहिँ त्‍यहीँबाट उम्रेको, तर तेस्रो वर्षचाहिँ तिमीहरू छर, कटनी गर, दाखबारी लगाओ र तिनका फल फलाओ।</verse>
				<verse number="31">“यहूदाका घरानाबाट बाँचेकाहरूले फेरि तलतिर जरा हाल्‍नेछन्, र माथितिर फल फलाउनेछन्‌।</verse>
				<verse number="32">किनभने यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट जीवितहरूको एक दल निस्‍कनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो गर्नेछ।</verse>
				<verse number="33">“यसकारण अश्‍शूरका राजाको विषयमा परमप्रभु यो भन्‍नुहुन्‍छ: त्‍यो यस सहरमा आउनेछैन अथवा त्‍यसले एउटै काँड़ हान्‍नेछैन। त्‍यो यसको सामुन्‍ने ढाल लिएर आउनेछैन, न त यसको विरुद्धमा कुनै घेरा-मचान बनाउनेछ।</verse>
				<verse number="34">जुन बाटो भएर त्‍यो आयो, त्‍यही बाटो भएर त्‍यो फर्कनेछ, र त्‍यो यस सहरमा पस्‍नेछैन,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="35">“मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यो सहर रक्षा गर्नेछु र बचाउनेछु!”</verse>
				<verse number="36">तब परमप्रभुका दूत गएर अश्‍शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। मानिसहरू बिहान उठ्‌दा उनीहरूले ती सबै लाशहरू देखे।</verse>
				<verse number="37">यसैले अश्‍शूरीहरूका राजा सनहेरीब निनवेमा फर्केर गए, र त्‍यहीँ बस्‍न लागे।</verse>
				<verse number="38">एक दिन जब उनी आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पूजा गर्दैथिए तब उनका छोराहरू अद्रम्‍मलेक र शरेसेरले उनलाई तरवारले मारे, अनि उनीहरू भागेर आरारात देशमा गए। त्‍यसपछि उनको सट्टामा उनका छोरा एसरहदोनले राजा भएर शासन गर्न लागे।</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">त्‍यस बेला हिजकिया राजा बिरामी परेर मर्नै लागेका थिए। तब आमोजका छोरा यशैया अगमवक्ताले तिनीकहाँ आएर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: तेरो घर ठीकठाक गर्, किनकि तँ मर्नेछस्, तँ निको हुनेछैनस्‌।”</verse>
				<verse number="2">तब हिजकियाले आफ्‍नो मुख भित्तातिर फर्काएर परमप्रभुसित यसो भनेर प्रार्थना गरे,</verse>
				<verse number="3">“हे परमप्रभु, तपाईंको सामुन्‍ने म कस्‍तो विश्‍वासयोग्‍य भई सारा हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यही गरेको छु, त्‍यसको सम्‍झना होस्‌।” अनि हिजकिया धुरुधुरु रोए।</verse>
				<verse number="4">तब परमप्रभुको वचन यशैयाकहाँ यसो भनेर आयो,</verse>
				<verse number="5">“गएर हिजकियालाई भन्, ‘तेरा पिता दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र मैले तेरो आँसु देखें। म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु।</verse>
				<verse number="6">म तँलाई र यस सहरलाई अश्‍शूरका राजाको हातबाट छुटकारा दिनेछु। म यस सहरको रक्षा गर्नेछु।</verse>
				<verse number="7">“‘परमप्रभु आफैले प्रतिज्ञा गर्नुभएको कुरो गर्नुहुनेछ भन्‍ने परमप्रभुको चिन्‍ह तँलाई यो हुनेछ:</verse>
				<verse number="8">आहाजको सिँढ़ीमा घामको छाया, जो तल गइसकेको छ, म दश खुट्‌किला पछि सार्नेछु’।” यसैले घामको छाया तलतिर गएको भए तापनि दश खुट्‌किला पछि सर्‍यो।</verse>
				<verse number="9">बिरामी परेर निको भएपछि यहूदाका राजा हिजकियाले लेखेका कुरा:</verse>
				<verse number="10">मैले भनें, “के मेरो आयुको मस्‍त जवानीमा नै मृत्‍युको ढोकाभित्र जानुपर्ने र मेरो आयुको शेष भाग हरण हुने?”</verse>
				<verse number="11">मैले भनें, “म परमप्रभुलाई फेरि देख्‍नेछैनँ, जीवितहरूको देशमा परमप्रभुलाई म देख्‍नेछैनँ। मानव-जातिलाई म अब देख्‍नेछैनँ, न त संसारमा अहिले बस्‍नेहरूसँग म हुनेछु।</verse>
				<verse number="12">गोठालाको पालझैँ मेरो घर भत्‍काएर मबाट खोसी लगियो। जुलाहाले लुगा बेहेरेझैँ मैले मेरो जीवन बेहेरेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ। दिन र रातभरिमा नै तपाईंले मेरो अन्‍त गराइदिनुभयो।</verse>
				<verse number="13">बिहानसम्‍म म धैर्यसाथ पर्खिबसें। तर सिंहले झैँ उहाँले मेरा सबै हड्डी भाँच्‍नुभयो। दिन र रातभरिमा नै तपाईंले मेरो अन्‍त गराइदिनुभयो।</verse>
				<verse number="14">गौँथलीझैँ वा सारिका चराझैँ म चिरबिर गर्थें। ढुकुरझैँ विलाप गर्थें, माथितिर हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दु:खमा परेको छु। तपाईं मलाई सहायता गर्नुहोस्‌।”</verse>
				<verse number="15">तर म अब के भन्‍न सक्‍छु र? उहाँ मसित बोल्‍नुभयो, र उहाँले नै यो गर्नुभयो। मेरो प्राणको यो सुर्ताको कारण म मेरो सारा जीवनभरि नै नम्र भएर हिँड्‌नेछु।</verse>
				<verse number="16">हे परमप्रभु, यी नै कुराद्वारा मानिसहरू जिउँछन्, र मेरो आत्‍माले पनि तिनमा नै जीवन पाउँछ। तपाईंले मलाई स्‍वस्‍थ पार्नुभयो, र मलाई बाँच्‍न दिनुभयो।</verse>
				<verse number="17">निश्‍चय नै मेरो भलाइको निम्‍ति मैले यस्‍तो वेदना सहनुपर्‍यो। तपाईंले मलाई प्रेम गरेर विनाशको खाड़लबाट जोगाउनुभयो। तपाईंले मेरा सबै पाप आफ्‍नै पछिल्‍तिर राख्‍नुभयो।</verse>
				<verse number="18">पातालले तपाईंको प्रशंसा गर्न सक्‍दैन। मृत्‍युले तपाईंको प्रशंसा गर्न सक्‍दैन। खाड़लमा जानेहरूले तपाईंका विश्‍वस्‍तताको आशा गर्न सक्‍दैनन्‌।</verse>
				<verse number="19">जीवित, जीवितले मात्र तपाईंको प्रशंसा गर्छ, जसरी आज म गरिरहेछु। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई तपाईंको विश्‍वस्‍तताको विषयमा वर्णन गर्छन्‌।</verse>
				<verse number="20">परमप्रभुले मलाई उद्धार गर्नुहुनेछ, र हामी आफ्‍ना जीवनभरि परमप्रभुको मन्‍दिरमा तार-बाजाहरूसित भजन गाउनेछौं।</verse>
				<verse number="21">यशैयाले यसो भनेका थिए, “नेभाराको लेप बनाएर हिजकियाको पिलोमा लगाइदेओ, र तिनी निको हुनेछन्‌।”</verse>
				<verse number="22">हिजकियाले यसो भनेर सोधेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानेछु भन्‍ने चिन्‍ह के हुनेछ?”</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">त्‍यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियाकहाँ चिट्ठी र सौगातका साथमा राजदूतहरू पठाए। उनले तिनी बिरामी भएर फेरि निको भएका छन्‌ भन्‍ने सुनेका थिए।</verse>
				<verse number="2">हिजकियाले ती राजदूतहरूलाई सहर्ष स्‍वागत गरे, र उनीहरूलाई आफ्‍नो भण्‍डारका सुन, चाँदी, मसलाहरू, सुगन्‍धित तेलहरू, आफ्‍ना सारा हतियार-गृह र आफ्‍नो कोषमा भएका सबै सामानहरू देखाइदिए। आफ्‍नो महल र आफ्‍नो राज्‍यमा तिनले उनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन।</verse>
				<verse number="3">तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आएर भने, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “उनीहरू टाढ़ा देश बेबिलोनबाट मकहाँ आएका थिए।”</verse>
				<verse number="4">अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको दरबारमा के-के देखे?” हिजकियाले भने, “उनीहरूले मेरो दरबारमा भएका सारा चीजहरू देखे। मेरो भण्‍डारमा मैले उनीहरूलाई नदेखाएको कुरा केही छैन।”</verse>
				<verse number="5">तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान्‌ परमप्रभुको वचन सुन्‍नुहोस्‌:</verse>
				<verse number="6">त्‍यो समय निश्‍चय नै आउनेछ, जब तेरो दरबारमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्‍म सञ्‍चय गरेका सबै थोक बेबिलोनमा लगिनेछन्, केही पनि छोड़िनेछैन, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">तेरा कतिपय सन्‍तान, जन्‍मिएका तेरा रगत र मासु त्‍यहाँ कैदमा लगिनेछन्, र तिनीहरू बेबिलोनका राजाको महलमा नपुंसक बन्‍नेछन्‌।”</verse>
				<verse number="8">हिजकियाले जवाफ दिए, “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असलै छ।” किनकि तिनले विचार गरे, “मेरो जीवनकालभरि त शान्‍ति र सुरक्षा हुनेछ।”</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरो प्रजालाई सान्‍त्‍वना, सान्‍त्‍वना।</verse>
				<verse number="2">विनम्र भएर यरूशलेमलाई भन। त्‍यसका दासत्‍वको सेवा पूरा भएको छ, त्‍यसका पापहरू क्षमा गरिएको छ अनि त्‍यसले परमप्रभुको हातबाट आफ्‍ना सबै पापका निम्‍ति दोबर पाएको छ भनी त्‍यसलाई घोषणा गर।</verse>
				<verse number="3">कसैले बोलाइरहेको एउटा आवाज सुनिन्‍छ: “मरुभूमिमा परमप्रभुको निम्‍ति बाटो तयार गर। उजाड़-स्‍थानमा हाम्रा परमेश्‍वरको निम्‍ति मूलबाटो समतल बनाऊ।</verse>
				<verse number="4">हरेक उपत्‍यका अल्‍गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्‍याइनेछ। बाङ्गो-टेढ़ो जग्‍गा सीधा बनाइनेछ, र खाल्‍टाखुल्‍टी समतल बनाइनेछ।</verse>
				<verse number="5">अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्‍यो एकैसाथ देख्‍नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”</verse>
				<verse number="6">	एउटा आवाजले भन्‍छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्‍तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्‍ता।</verse>
				<verse number="7">घाँस ओइलाउँछ, फूल झरिहाल्‍छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्‍छ। निश्‍चय नै मानिसहरू घाँस नै हुन्‌।</verse>
				<verse number="8">घाँस ओइलाउँछ, फूलहरू झरिहाल्‍छ, तर हाम्रा परमेश्‍वरको वचन सधैँभरि अटल रहनेछ।”</verse>
				<verse number="9">सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्‍लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्‍वर यहीँ हुनुहुन्‍छ!”</verse>
				<verse number="10">हेर, परमप्रभु परमेश्‍वर पराक्रमसाथ आउँदैहुनुहुन्‍छ, र उहाँको हातले शासन गर्नुहुन्‍छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ।</verse>
				<verse number="11">उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।</verse>
				<verse number="12">कसले पानीलाई आफ्‍नो अँजुलीमा अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्‍वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?</verse>
				<verse number="13">कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?</verse>
				<verse number="14">बुद्धिको प्रकाशको निम्‍ति परमप्रभुले कससित सल्‍लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?</verse>
				<verse number="15">जाति-जाति त बाल्‍टीको एक थोपो पानीजस्‍तै छन्‌। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्‍तै छन्‌। उहाँले त टापूहरूलाई मसिनो धूलोजस्‍तै जोख्‍नुहुन्‍छ।</verse>
				<verse number="16">वेदीका दाउराको निम्‍ति लेबनान प्रशस्‍त हुँदैन, न त त्‍यसमा भएका पशुहरू होमबलिको निम्‍ति प्रशस्‍त हुन्‍छन्‌।</verse>
				<verse number="17">सारा जातिहरू उहाँको सामुन्‍ने केही पनि होइनन्‌। उहाँले तिनीहरूलाई बेकामका र केही न केहीका ठान्‍नुहुन्‍छ।</verse>
				<verse number="18">तब तिमीहरू परमेश्‍वरलाई कससित तुलना गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको तुलना गर्नेछौ?</verse>
				<verse number="19">मूर्ति त कारीगरले ढालेर बनाउँछ। सुनारले त्‍यसमा सुनको जलप लगाउँछ र त्‍यसको निम्‍ति चाँदीका सिक्रीहरू बनाउँछ।</verse>
				<verse number="20">यस्‍तो भेटी चढ़ाउन नसक्‍ने साह्रै गरीबले चाहिँ नकुहुने काठ छान्‍छ। उसले आफ्‍नो निम्‍ति खोपेको मूर्ति नहल्‍लिने गरी बसाल्‍नलाई कुनै एक निपुण कारीगरलाई खोज्‍छ।</verse>
				<verse number="21">के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के यो कुरो तिमीहरूलाई सुरुदेखि नै भनिएको छैन? के पृथ्‍वीको जग बसालेको बेलादेखि नै तिमीहरूले बुझेका छैनौ?</verse>
				<verse number="22">उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ्‌ग्राजस्‍तै छन्‌। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ।</verse>
				<verse number="23">उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्‍छ, र पृथ्‍वीका शासकहरूलाई रद्द तुल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="24">तिनीहरू रोपिनासाथै, छरिनासाथै, तिनीहरूले जमिनमा जरा हाल्‍नासाथै, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्‍छ र तिनीहरू ओइलाइहाल्‍छन्, र आँधीले तिनीहरूलाई भुसजस्‍तै उड़ाएर लैजान्‍छ।</verse>
				<verse number="25">“तिमीहरू मलाई कोसित तुलना गर्नेछौ? अथवा को मसमान छ?” परमपवित्र भन्‍नुहुन्‍छ।</verse>
				<verse number="26">तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्‌? उहाँले नै होइन र, जसले पुञ्‍जलाई एक-एक गरी ल्‍याउनुहुन्‍छ र प्रत्‍येकलाई नाउँ काढ़ी बोलाउनुहुन्‍छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्‍यको कारण तिनीहरूमध्‍ये एउटै पनि हराउँदैन।</verse>
				<verse number="27">हे याकूब, तँ किन भन्‍छस्‌? हे इस्राएल, तँ किन यस्‍तो गुनासो पोखाउँछस्‌? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्‍वरले मेरो वास्‍ता गर्नुभएको छैन।”</verse>
				<verse number="28">के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?</verse>
				<verse number="29">उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।</verse>
				<verse number="30">युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।</verse>
				<verse number="31">तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।</verse>
			</chapter>
			<chapter number="41">
				<verse number="1">“हे टापू हो, मेरो सामुन्‍ने चूपचाप बस। जाति-जातिले नयाँ बल प्राप्‍त गरून्‌! तिनीहरू नजिक आऊन्‌ र बोलून्‌। हामी एकसाथ न्‍यायालयमा जम्‍मा होऔं।</verse>
				<verse number="2">उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ? उहाँले जाति-जातिहरूलाई तिनको अधीनमा पारिदिनुहुन्‍छ, र राजाहरूलाई तिनको सामुन्‍ने आफ्‍नो अधिकारमा ल्‍याउनुहुन्‍छ। तिनले उनीहरूलाई आफ्‍नो तरवारले धूलोजस्‍तै र आफ्‍नो धनुले उड़ाएको भुसजस्‍तै पारिदिन्‍छन्‌।</verse>
				<verse number="3">तिनले उनीहरूलाई खेद्‌छन्, अघि कहिल्‍यै यात्रा नगरेका बाटाहरू भएर तिनी विनाक्षति बढ्‌दैजान्‍छन्‌।</verse>
				<verse number="4">प्रारम्‍भदेखि पुस्‍ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्‍लोसित रहने म उही नै हुँ।”</verse>
				<verse number="5">टापूहरूले यो देखे र डराए। पृथ्‍वीका पल्‍लो छेउसम्‍मका देशहरू कामे। तिनीहरू नजिक गई अगाड़ि आउँछन्‌।</verse>
				<verse number="6">एउटाले अर्कोलाई सहायता गर्छ, र आफ्‍नो भाइलाई भन्‍छ, “ढाड़स गर।”</verse>
				<verse number="7">निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।</verse>
				<verse number="8">“तर तँ, ए इस्राएल मेरो दास, याकूब, जसलाई मैले छानेको छु। मेरो मित्र अब्राहामको वंश,</verse>
				<verse number="9">तँलाई मैले पृथ्‍वीको अन्‍तदेखि समातेर ल्‍याएँ, र पृथ्‍वीको पल्‍लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्‌।’ मैले तँलाई छानेको छु, र तँलाई इन्‍कार गरेको छैनँ।</verse>
				<verse number="10">यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।</verse>
				<verse number="11">“तँदेखि रिसाउनेहरू सबै निश्‍चय नै लज्‍जित हुनेछन्, र शर्ममा पर्नेछन्‌। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन्‌ र नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="12">तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्‌। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="13">किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।</verse>
				<verse number="14">ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="15">“हेर्, म तँलाई नयाँ र तीखा दाँत भएको अन्‍न कुट्‌ने हतियार बनाउनेछु। तैंले पर्वतहरूलाई छाँट्‌नेछस्, र कुटी-कुटी धूलोपीठो बनाउनेछस्, र डाँड़ाहरूलाई भुस पार्नेछस्‌।</verse>
				<verse number="16">तैंले तिनीहरूलाई निफन्‍नेछस्, र बतासले तिनलाई उठाएर लैजानेछ, र आँधीले तिनीहरूलाई उड़ाएर लैजानेछ। तर तँचाहिँ परमप्रभुमा रमाहट गर्नेछस्‌। तैंले इस्राएलका परमपवित्रको महिमा गर्नेछस्‌।</verse>
				<verse number="17">“गरीब र दरिद्रहरूले पानी खोज्‍छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्‍यासले सुक्‍नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैनँ।</verse>
				<verse number="18">नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्‍नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्‍खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु।</verse>
				<verse number="19">मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्‍लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु,</verse>
				<verse number="20">ताकि मानिसहरूले देखेर जानून्‌ र विचार गरून्‌ र पूरा रीतिले बुझून्‌ कि यो परमप्रभुका हातको काम हो, अर्थात्‌ इस्राएलका परमपवित्रले गर्नुभएको हो।</verse>
				<verse number="21">“आफ्‍नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्‍नुहुन्‍छ। “आफ्‍नो तर्क ल्‍याओ,” याकूबका महाराजाधिराज भन्‍नुहुन्‍छ।</verse>
				<verse number="22">“जे हुन आउनेछ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्‍याओ। यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्‍छ भनी हामी जान्‍न सकौं। अथवा हुन आउने कुरा हामीलाई बताइदेओ।</verse>
				<verse number="23">अब आउने कुराहरू हामीलाई प्रकट गर, र तिमीहरू ईश्‍वर हौ भनी हामी जान्‍न सकौंला। असल वा खराब केही गर, कि हामी हरेस खाऔं अनि डरमा परौं।</verse>
				<verse number="24">तर तिमीहरू त कामै नलाग्‍ने हौ, र तिमीहरूका काम बिलकुलै व्‍यर्थका छन्‌। जसले तिमीहरूलाई चुन्‍छ त्‍यो घृणित हुन्‍छ।</verse>
				<verse number="25">“मैले कसैलाई उत्तर दिशादेखि उक्‍साएको छु, र तिनी आउँछन्‌। सूर्य उदय हुने दिशाबाट आएर तिनले मेरो नाउँ लिन्‍छन्‌। तिनले हिलोलाई कुल्‍चेझैँ शासकहरूलाई कुल्‍चनेछन्, कुमालेले माटो कुल्‍चेझैँ।</verse>
				<verse number="26">सुरुदेखि कसले यो प्रकट गरेको छ र हामीले जान्‍न सक्‍थ्‍यौं? अथवा अघिदेखि कसले यो प्रकट गर्‍यो र उहाँ ठीकै हुनुहुन्‍थ्‍यो भनी हामी भन्‍न सक्‍थ्‍यौं? यो कुरा कसैले हामीलाई बताएन, पहिले कसैले एक वचन पनि भनेन। तिमीहरूका वचन सुन्‍ने कोही थिएन।</verse>
				<verse number="27">सियोनलाई ‘हेर, तिनीहरू त यहाँ छन्‌’ भन्‍ने सबैभन्‍दा पहिले म नै थिएँ। यरूशलेमलाई शुभ समाचार दिन एक जना समाचारवाहक पठाउने म नै थिएँ।</verse>
				<verse number="28">म खोज्‍छु, तर त्‍यहाँ कोही पनि छैन। सल्‍लाह दिनका लागि तिनीहरूका बीचमा कोही पनि छैन। तिनीहरूलाई सोध्‍दा कसैले जवाफ दिँदैन।</verse>
				<verse number="29">हेर, ती सबै झूटा हुन्‌! तिनीहरूका काम केही मोलका छैनन्‌। तिनीहरूका मूर्तिहरू हावा र अलमल मात्र हुन्‌।</verse>
			</chapter>
			<chapter number="42">
				<verse number="1">	“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्‍न हुन्‍छु। तिनमा म मेरो आत्‍मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्‍याय ल्‍याउनेछन्‌।</verse>
				<verse number="2">तिनी चिच्‍च्‍याउनेछैनन्, वा कराउनेछैनन्‌ अथवा तिनले आफ्‍नो सोर सड़कमा सुनाउनेछैनन्‌।</verse>
				<verse number="3">फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्‌। तिनले विश्‍वस्‍ततामा न्‍याय गर्नेछन्‌।</verse>
				<verse number="4">जबसम्‍म तिनले पृथ्‍वीमा इन्‍साफ स्‍थापित गरिसक्‍दैनन्‌ तबसम्‍म न त तिनी दुर्बल हुनेछन्, न निरुत्‍साहित हुनेछन्‌। तिनको व्‍यवस्‍थामा टापूहरूले आफ्‍नो आशा राख्‍नेछन्‌।”</verse>
				<verse number="5">परमेश्‍वर परमप्रभु यसो भन्‍नुहुन्‍छ— आकाश सृष्‍टि गरेर त्‍यो फैलाउनुहुने, अनि पृथ्‍वी र त्‍यसबाट उत्‍पन्‍न हुने सबैलाई फैलाउनुहुने, र त्‍यसमा भएका मानिसहरूलाई सास अनि त्‍यसमा हिँड्‌डुल गर्नेहरूलाई आत्‍मा दिनुहुने:</verse>
				<verse number="6">“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्‍नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्‍ति करार र अन्‍यजातिहरूका निम्‍ति ज्‍योति बनाउनेछु,</verse>
				<verse number="7">अन्‍धाहरूका आँखा खोल्‍नलाई, कैदीहरूलाई कारागारबाट र अन्‍धकारमा बस्‍नेहरूलाई कैदी राख्‍ने तहखानाबाट निकाल्‍नलाई।</verse>
				<verse number="8">“म परमप्रभु हुँ, मेरो नाउँ त्‍यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।</verse>
				<verse number="9">हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्‍दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।</verse>
				<verse number="10">परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्‍वीको पल्‍लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्‍यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्‍दा हो!</verse>
				<verse number="11">मरुभूमि र त्‍यसमा भएका नगरहरूले आ-आफ्‍ना सोर उचालून्‌। केदार बसेका बस्‍तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्‍दले गाऊन्‌। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्‌।</verse>
				<verse number="12">तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्‌।</verse>
				<verse number="13">परमप्रभु शक्तिशाली पुरुषझैँ निस्‍कनुहुनेछ। एक जना योद्धालेझैँ उहाँले आफ्‍नो जोश देखाउनुहुनेछ। उहाँ कराउनुहुनेछ, र ठूलो सोरले युद्ध-ध्‍वनि उठाउनुहुनेछ। उहाँ आफ्‍ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ।</verse>
				<verse number="14">“धेरै समयसम्‍म म चूपचाप बसें। म शान्‍त बसें, र आफैलाई रोकिराखें। तर बच्‍चा पाउन लागेकी स्‍त्रीझैँ अब म कराउँछु, मलाई स्‍वाँ-स्‍वाँ हुन्‍छ र सास फेर्छु।</verse>
				<verse number="15">म पहाड़ र डाँड़ाहरूलाई उजाड़ पार्नेछु, र तिनका सारा वनस्‍पतिलाई सुकाइदिनेछु। नदीहरूलाई म टापूमा परिवर्तन गरिदिनेछु, र दहहरूलाई सुकाइदिनेछु।</verse>
				<verse number="16">म अन्‍धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्‍याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्‍यारोलाई उज्‍यालो र खाल्‍टाखुल्‍टी ठाउँलाई सम्‍म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्‍याग्‍नेछैनँ।</verse>
				<verse number="17">तर देवताहरूमा भरोसा राख्‍नेहरू, र मूर्तिहरूलाई ‘तपाईंहरू नै हाम्रा ईश्‍वर हुनुहुन्‍छ’ भन्‍नेहरू ठूलो लाजमा पर्नेछन्‌।</verse>
				<verse number="18">“हे बहिरा हो, सुन! हे अन्‍धा हो, हेर र देख!</verse>
				<verse number="19">मेरो दासबाहेक अन्‍धो अरू को छ? अथवा मैले पठाउने समाचारवाहकजस्‍तो अरू को बहिरा छ? ममा समर्पित हुनेझैँ अन्‍धा को छ? परमप्रभुको दासजस्‍तो अन्‍धा को छ?</verse>
				<verse number="20">तैंले धेरै कुराहरू देखेको छस्, तर ध्‍यान दिएको छैनस्‌। तेरा कान त खुल्‍लै छन्, तर तैंले केही सुन्‍दैनस्‌।</verse>
				<verse number="21">आफ्‍नो धार्मिकताको खातिर आफ्‍नो व्‍यवस्‍थालाई महान्‌ र महिमित पार्न परमप्रभुलाई खुशी लाग्‍यो।</verse>
				<verse number="22">तर यो एउटा यस्‍तो जाति हो, जो ठगिएका र लुटिएका छन्‌। तिनीहरू सबै खाल्‍डामा जाकिएका छन्‌ अथवा तिनीहरू झ्‍यालखानमा लुकाइएका छन्‌। तिनीहरू लुटिएका छन्, तिनीहरूलाई छुटाउने कोही छैन। तिनीहरू लूट बनाइएका छन्, र तिनीहरूलाई फर्काई पठाइदेओ भन्‍ने कोही छैन।</verse>
				<verse number="23">तिमीहरूमध्‍ये को छ, जसले यस कुरालाई सुन्‍छ। वा आउने समयमा ध्‍यान दिन्‍छ?</verse>
				<verse number="24">याकूबलाई लूट बन्‍न, र इस्राएललाई डाँकूहरूका वशमा पर्न कसले सुम्‍पिदियो? के परमप्रभुले होइन र, जसको विरुद्धमा हामीले पाप गरेका छौं? किनकि तिनीहरू उहाँको बाटोमा हिँड़ेनन्, तिनीहरूले उहाँको व्‍यवस्‍था पालन गरेनन्‌।</verse>
				<verse number="25">यसैकारण उहाँले तिनीहरूमाथि आफ्‍नो बलिरहेको रीस र लड़ाइँको हिंसा पोखाउनुभयो। त्‍यसैले तिनीहरूका चारैतिर आगो सल्‍कियो, तापनि तिनीहरूले बुझेनन्‌। त्‍यसले तिनीहरूलाई भस्‍म पार्‍यो, तापनि तिनीहरूले त्‍यो कुरा मनमा राखेनन्‌।</verse>
			</chapter>
			<chapter number="43">
				<verse number="1">तर अब हे याकूब, तिमीलाई रच्‍नुहुने, हे इस्राएल, तिमीलाई सृष्‍टि गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌।</verse>
				<verse number="2">तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्‌। तँ आगोबाट हिँड़ेर जाँदा डढ्‌नेछैनस्‌। त्‍यसको ज्‍वालाले तँलाई भस्‍म पार्नेछैन।</verse>
				<verse number="3">किनभने म परमप्रभु, तेरा परमेश्‍वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक। तँलाई छुटाउनका निम्‍ति मिश्रदेश, र तेरो सट्टामा कूश र सेबा म दिन्‍छु।</verse>
				<verse number="4">तँ मेरो दृष्‍टिमा बहुमूल्‍य र आदरणीय भएकाले, र मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा, र जाति-जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।</verse>
				<verse number="5">नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्‍याउनेछु, र पश्‍चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।</verse>
				<verse number="6">म उत्तर दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई दिइहाल्‌।’ र दक्षिण दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई नथुन्‌।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्‍वीको पल्‍लो छेउदेखि ल्‍याओ,</verse>
				<verse number="7">हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्‍ति सृष्‍टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”</verse>
				<verse number="8">आँखा भएर पनि अन्‍धा र कान भएर पनि बहिरा हुनेहरूलाई बाहिर डोर्‍याओ।</verse>
				<verse number="9">सबै जाति-जातिहरू एकैसाथ जम्‍मा होऊन्‌ र मानिसहरू भेला होऊन्‌। तिनीहरूमध्‍ये कसले हामीलाई यो कुरा बतायो, र पहिलेका कुराहरू घोषणा गर्‍यो? तिनीहरू सच्‍चा ठहरिनलाई आ-आफ्‍ना साक्षी ल्‍याऊन्, र अरूहरूले सुनेर भनून्, “यो सत्‍य हो।”</verse>
				<verse number="10">परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्‍न र विश्‍वास गर्न सक, अनि म उही हुँ भनी बुझ्‍न सक। मभन्‍दा अघि कोही ईश्‍वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ।</verse>
				<verse number="11">म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन।</verse>
				<verse number="12">मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्‍य ईश्‍वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्‍वर हुँ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“हो, प्राचीन समयदेखि नै म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्‍दैन। जब म काम गर्छु, त्‍यसलाई कसले उल्‍टाउन सक्‍छ?”</verse>
				<verse number="14">परमप्रभु तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्‍याउनेछु।</verse>
				<verse number="15">म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।”</verse>
				<verse number="16">परमप्रभु यही भन्‍नुहुन्‍छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,</verse>
				<verse number="17">रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्‍नुहुने, तिनीहरू जो फेरि उठ्‌न नसक्‍ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए:</verse>
				<verse number="18">“बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।</verse>
				<verse number="19">हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।</verse>
				<verse number="20">जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु,</verse>
				<verse number="21">त्‍यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून्‌ भनेर मेरो निम्‍ति मैले बनाएँ।</verse>
				<verse number="22">“तापनि हे याकूब, तैंले मलाई पुकारा गरेको छैनस्‌। हे इस्राएल, तँ मेरो निम्‍ति थकित भएको छैनस्‌।</verse>
				<verse number="23">तैंले होमबलिको लागि भेड़ा ल्‍याएको छैनस्, न त आफ्‍ना बलिदानले तैंले मलाई मेरो इज्‍जत गरेको छस्‌। अन्‍नबलि चढ़ाएर मेरो सेवा गर्नलाई मैले तँलाई भार लगाएको छैनँ, न त धूप मागेर तँलाई थकाएको छु।</verse>
				<verse number="24">तैंले मेरो निम्‍ति बास्‍ना आउने बोझो किनेर ल्‍याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्‍त पारेको छैनस्‌। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्‌। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्‌।</verse>
				<verse number="25">“म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्‍नै खातिर मेटिदिन्‍छ, र तेरा पापहरूलाई सम्‍झँदैन।</verse>
				<verse number="26">मेरो निम्‍ति बितेको कुराको पुनर्विलोकन गर। हामी आपसमा यी कुरा छलफल गरौं। तँ निर्दोष ठहरिनलाई आफ्‍नो कुरा पेश गर्‌।</verse>
				<verse number="27">पहिलेको तेरो पिताले पाप गर्‍यो, र तेरा प्रवक्ताहरू मेरो विरुद्धमा बागी भए।</verse>
				<verse number="28">यसैले तेरो मन्‍दिरका उच्‍च पदाधिकारीहरूलाई म शर्ममा पार्नेछु, र याकूबलाई नष्‍ट र इस्राएललाई निन्‍दित हुनलाई म सुम्‍पिदिनेछु।</verse>
			</chapter>
			<chapter number="44">
				<verse number="1">“तर अब हे मेरो दास याकूब, मैले चुनेको इस्राएल, ध्‍यान लाएर सुन्,</verse>
				<verse number="2">तँलाई बनाउने, तँलाई गर्भमा रच्‍ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा।</verse>
				<verse number="3">किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु।</verse>
				<verse number="4">तिनीहरू चौरमा उम्रेका घाँसजस्‍ता, बग्‍ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता हुनेछन्‌।</verse>
				<verse number="5">कसैले भन्‍नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्‍नो नाउँ याकूब राख्‍नेछ, अझै अर्काले आफ्‍नो हातमा ‘परमप्रभुको’ भनी लेख्‍नेछ, र आफ्‍नो नाउँ इस्राएल राख्‍नेछ।</verse>
				<verse number="6">“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: पहिलो र पछिल्‍लो म नै हुँ। मबाहेक अरू परमेश्‍वर छैन।</verse>
				<verse number="7">मजस्‍तै को छ र? त्‍यसले त्‍यो घोषणा गरोस्‌। त्‍यसले बताओस्‌ र मेरो अगि राखोस्, मेरा प्राचीन प्रजालाई स्‍थापित गरेकोदेखि यसो के भएको छ? अझ जे हुन आउँछ त्‍यसले हामीलाई अघिबाटै बताओस्‌।</verse>
				<verse number="8">तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्‍तो कसैलाई चिन्‍दिनँ।”</verse>
				<verse number="9">मूर्तिहरू बनाउने सबै व्‍यर्थ हुन्, र तिनीहरूले मूल्‍यवान्‌ सम्‍झेका वस्‍तुहरू मूल्‍यहीन छन्‌। तिनीहरूको पक्षमा बोल्‍नेहरू अन्‍धा छन्, तथा तिनीहरू अबोध भएर आफू शर्ममा परेका छन्‌।</verse>
				<verse number="10">कसले देवता बनाउँछ, अथवा खोपेको मूर्तिलाई ढालेर बनाउँछ, जसबाट त्‍यसलाई केही लाभ हुँदैन।</verse>
				<verse number="11">त्‍यो र त्‍योजस्‍ता सबै लाजमा पर्नेछन्‌। कारीगरहरू केवल मानिसहरू मात्र हुन्‌। तिनीहरू एकसाथ भेला भएर खड़ा होऊन्‌। तिनीहरू तर्सिनेछन्‌ र लज्‍जित हुनेछन्‌।</verse>
				<verse number="12">लोहारले एउटा औजार लिन्‍छ र भुङ्‌ग्रामा काम गर्छ, त्‍यसले घनले हिर्काएर मूर्तिको आकार निकाल्‍दछ। त्‍यसले आफ्‍नो बलियो पाखुराले त्‍यो काम गर्दछ। त्‍यो भोकाउँछ, र त्‍यसको बल घट्‌छ। त्‍यसले पानी पिउँदैन र त्‍यसलाई भाउन्‍न छुट्‌छ।</verse>
				<verse number="13">सिकर्मीले सूत तानेर सीसाकलमले चिन्‍ह लाउँछ। त्‍यसले रामोले चिल्‍लो पारेर त्‍यसको आकार निकाल्‍छ, र परकालले त्‍यसमा चिन्‍ह लगाएर पूजा कोठामा राख्‍नलाई मानिसको सबै सुन्‍दरताको रूपमा त्‍यसको आकार निकाल्‍छ।</verse>
				<verse number="14">त्‍यसले देवदारु काठ अथवा धूपी वा फलाँटको रूख चुन्‍यो, र वनका अरू रूखहरूसँग त्‍यसलाई बढ्‌न दियो। अथवा त्‍यसले सल्‍लाको रूख लगायो र वर्षाको पानीले त्‍यसलाई बढ़ायो।</verse>
				<verse number="15">तब त्‍यो मानिसलाई जलाउनका निम्‍ति दाउरा हुन्‍छ, र त्‍यसले त्‍यसबाट केही लिएर आफै त्‍यसको आगो ताप्‍छ। त्‍यसले त्‍यो जलाएर रोटी पकाउँछ। तर त्‍यसले एउटा देवता पनि बनाएर त्‍यसलाई पुज्‍छ। त्‍यसले त्‍यसबाट मूर्ति बनाउँछ, र त्‍यसको अगाड़ि घोप्‍टो पर्छ।</verse>
				<verse number="16">त्‍यस काठको आधा भाग त्‍यसले आगोमा जलाउँछ, त्‍यसमाथि त्‍यसले आफ्‍नो खानेकुरा पकाउँछ, त्‍यसैबाट त्‍यसले मासु भुट्‌छ र खान्‍छ। त्‍यसले आगो पनि तापेर भन्‍छ, “अहा! म तातिएँ, मैले आगो देख्‍न पाएँ।”</verse>
				<verse number="17">त्‍यसको बाँकी भागबाट त्‍यसले एउटा ईश्‍वर बनाउँछ, त्‍यसको मूर्ति। त्‍यसको सामुन्‍ने त्‍यो घोप्‍टो परेर त्‍यसलाई पुज्‍छ, र त्‍यसलाई प्रार्थना गर्छ र भन्‍छ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरा ईश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="18">तिनीहरू केही जान्‍दैनन्, तिनीहरूले केही बुझ्‍दैनन्‌। तिनीहरूका आँखामा लेप लाइएको छ, यसैले तिनीहरूले देख्‍न सक्‍दैनन्, तिनीहरूका मन बन्‍द गरिएका छन्, र तिनीहरूले बुझ्‍न सक्‍दैनन्‌।</verse>
				<verse number="19">कसैले बसेर विचार गर्दैनन्, यसो भन्‍नलाई कसैसित ज्ञान अथवा समझ छैन, “मैले त्‍यसको आधा भाग दाउराको रूपमा प्रयोग गरें। त्‍यसैको आगोमा मैले रोटी पनि पोलें। मैले मासु भुटेर खाएँ। के त्‍यसको बचेको भागबाट मैले घिनलाग्‍दा थोक बनाउने? के मैले नै रूखको ठुटाको सामुन्‍ने घोप्‍टो पर्ने?”</verse>
				<verse number="20">त्‍यसले खरानी बुकाउँछ, धोकेबाज हृदयले त्‍यसलाई भ्रममा पार्छ। त्‍यसले आफ्‍नो प्राणलाई बचाउन सक्‍दैन, न त भन्‍न सक्‍छ, “के मेरो दाहिने हातमा भएको चीज झूटा होइन र?”</verse>
				<verse number="21">“हे याकूब, यी कुरालाई याद राख्, किनकि हे इस्राएल, तँ मेरो दास होस्‌। मैले तँलाई बनाएको हुँ। तँ मेरो दास होस्‌। हे इस्राएल, तँलाई म बिर्सनेछैनँ।</verse>
				<verse number="22">मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”</verse>
				<verse number="23">हे आकाश, आनन्‍दले गा, किनकि परमप्रभुले त्‍यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्‍यहाँका सबै रूख हो, उच्‍च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्‍नो महिमा देखाउनुहुन्‍छ।</verse>
				<verse number="24">“परमप्रभु यसो भन्‍नुहुन्‍छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्‍वीलाई फिँजाउनुभयो,</verse>
				<verse number="25">जसले झूटा अगमवक्ताहरूका चिन्‍ह निष्‍फल तुल्‍याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्‍याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्‍ट पार्नुहुन्छ, र त्‍यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ,</verse>
				<verse number="26">जसले आफ्‍ना दासहरूका वचनलाई पक्‍का गराउँनुहुन्छ, र आफ्‍ना समाचारवाहकहरूका भविष्‍यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्‍नुहुन्छ, ‘त्‍यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्‍नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्‍यसका भत्‍काइएका ठाउँहरूका बारेमा भन्‍नुहुन्छ, ‘म पुनर्स्‍थापित गर्नेछु,’</verse>
				<verse number="27">जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा, म तेरा खोलाहरूलाई सुकाउनेछु,’</verse>
				<verse number="28">जसले कोरेसका बारेमा भन्‍नुहुन्छ, ‘त्‍यो मेरो गोठाला हो, र मेरो सबै इच्‍छा त्‍यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्‍यसले यसो भन्‍नेछ, “त्‍यो फेरि बनाइओस्,” र मन्‍दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्‌’।”</verse>
			</chapter>
			<chapter number="45">
				<verse number="1">“परमप्रभुले आफ्‍नो अभिषिक्त कोरेसलाई यही भन्‍नुहुन्‍छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्‍याउन, त्‍यसको सामुन्‍ने ढोकाहरू खोल्‍न, र मूल ढोकाहरू बन्‍द हुन नदिन म त्‍यसको दाहिने हात समात्‍छु:</verse>
				<verse number="2">म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्‌नेछु।</verse>
				<verse number="3">म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्‍यारो ठाउँमा भएको भण्‍डार र गुप्‍त स्‍थानमा जम्‍मा गरेको धन दिनेछु।</verse>
				<verse number="4">मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि मैले तँलाई सम्‍मानको पद दिएको छु।</verse>
				<verse number="5">म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्‍वर छैन। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,</verse>
				<verse number="6">ताकि सूर्योदयदेखि लिएर सूर्यास्‍तसम्‍म मानिसहरूले जानून्‌ कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन।</verse>
				<verse number="7">मैले उज्‍यालो बनाएँ, र अँध्‍यारोलाई सृष्‍टि गरें। म उन्‍नति ल्‍याउँछु, र संहार सृष्‍टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।</verse>
				<verse number="8">“हे माथिको आकाश, धार्मिकताको वृष्‍टि खन्‍या। बादलले त्‍यो बर्साओस्‌। पृथ्‍वी विस्‍तृत रूपमा खोलिओस्, मुक्ति उत्‍पन्‍न होस्, धार्मिकता साथसाथै बढ्‌न पाओस्‌। म, परमप्रभुले नै यो सृष्‍टि गरेको हुँ।</verse>
				<verse number="9">“धिक्‍कार त्‍यसलाई, जसले आफ्‍ना सृष्‍टिकर्तासित झगड़ा गर्छ, त्‍यो जो जमिनमा भएका खपटाहरूमध्‍ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्‌?’ भनी सोध्‍छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्‍छ?</verse>
				<verse number="10">धिक्‍कार त्‍यसलाई, जसले बुबालाई भन्‍छ, ‘तपाईंले केलाई जन्‍माउनुभयो? अथवा आमालाई भन्‍छ, ‘तपाईंले के जन्‍माउनुभयो?”</verse>
				<verse number="11">“इस्राएलका परमपवित्र र यसका सृष्‍टिकर्ता परमप्रभु भन्‍नुहुन्‍छ: आउने कुराहरूका विषयमा, के तिमीहरू मेरा छोराछोरीहरूका बारेमा प्रश्‍न सोध्‍छौ, अथवा मेरा हातका कामका बारेमा तिमीहरू मलाई हुकुम दिन्‍छौ?</verse>
				<verse number="12">पृथ्‍वी मैले नै बनाएको हुँ, र त्‍यसमा मानिसहरूलाई मैले सृष्‍टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्‍यसका सारा तारामण्‍डललाई मैले नै ठीक गरी मिलाएको छु।</verse>
				<verse number="13">कोरेसलाई मेरो धार्मिकतामा खड़ा गर्नेछु। म त्‍यसका सबै बाटो सीधा पार्नेछु। त्‍यसले मेरो सहर पुनर्निर्माण गर्नेछ, र बन्‍धनमा परेका मेरा सबैलाई मुक्त गर्नेछ, तर दाम लिएर होइन, न त इनाम लिएर, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="14">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मिश्रदेशको उब्‍जनी र कूश देशको व्‍यापार र ती ठूला कदका शेबाका मानिस जातिहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्‌। तिनीहरू तेरो पछिपछि आउनेछन्‌। साङ्‌लाले बाँधिएका भएर तिनीहरू तँपट्टि आउनेछन्‌। तिनीहरू तेरो सामुन्‍ने झुक्‍नेछन्, र यसो भनेर तिनीहरूले तँलाई बिन्‍ती गर्नेछन्, ‘निश्‍चय नै परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ। अरू कोही छैन, उहाँबाहेक अरू कोही ईश्‍वर छैन’।”</verse>
				<verse number="15">साँच्‍चै तपाईं परमेश्‍वर हुनुहुन्‍छ, जसले आफूलाई लुकाउनुहुन्‍छ, हे परमेश्‍वर, इस्राएलका उद्धारक।</verse>
				<verse number="16">मूर्ति बनाउनेहरू सबै शर्ममा पर्नेछन्‌ र तिनीहरूको बेइज्‍जत हुनेछ। तिनीहरू सबैको एकसाथ बेइज्‍जत हुनेछ।</verse>
				<verse number="17">तर इस्राएलचाहिँ परमप्रभुद्वारा उहाँको सदासर्वदाको उद्धारद्वारा नै बचाइनेछ। अनन्‍त कालसम्‍म तिमीहरू कहिल्‍यै लज्‍जित हुनेछैनौ, अथवा तिमीहरूको बेइज्‍जत हुनेछैन।</verse>
				<verse number="18">किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ— उहाँ, जसले आकाश सृष्‍टि गर्नुभयो, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ, जसले पृथ्‍वीको रूप रच्‍नुभयो र बनाउनुभयो, र त्‍यो बसाल्‍नुभयो, उहाँले त्‍यो खाली हुनलाई सृष्‍टि गर्नुभएन तर उहाँले त्‍यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्‍नुहुन्‍छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।</verse>
				<verse number="19">अन्‍धकारको देशमा कहीँबाट मैले गुप्‍तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्‍यर्थमा खोज’ भनी मैले याकूबका सन्‍तानलाई भनिनँ। म, परमप्रभु सत्‍य बोल्‍दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु।</verse>
				<verse number="20">“तिमीहरू जम्‍मा भएर आओ, एकसाथ नजिक आओ, तिमीहरू जाति-जातिका शरणार्थी हो! काठका मूर्तिहरू बोकिहिँड्‌नेहरू, र बचाउन नसक्‍ने देवताहरूलाई प्रार्थना गर्नेहरू अबोध छन्‌।</verse>
				<verse number="21">हुन लागेका कुरा बताओ, त्‍यसलाई प्रस्‍तुत गर। तिनीहरूले आपसमा सल्‍लाह गरून्‌। यो कुरा कसले धेरै वर्षअघि बतायो? उहिलेदेखि यो कसले बतायो? के म, परमप्रभुले होइन र? मबाहेक अरू कोही परमेश्‍वर छैन। धर्मी परमेश्‍वर र उद्धारक, मबाहेक अरू कोही छैन।</verse>
				<verse number="22">“मतिर फर्क, र उद्धार पाओ, हे पृथ्‍वीका सबै पल्‍लो छेउका हो, किनकि म परमेश्‍वर हुँ र अरू कोही छैन।</verse>
				<verse number="23">मैले आफ्‍नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्‍चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।</verse>
				<verse number="24">मेरो विषयमा तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभुमा मात्र धार्मिकता र शक्ति छ’।” उहाँको विरुद्धमा रीस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र लज्‍जित हुनेछन्‌।</verse>
				<verse number="25">तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्‍दले मग्‍न हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="46">
				<verse number="1">बेल देवता झुक्‍छ, नेबो देवता निहुरिन्‍छ। भारी बोक्‍ने पशुहरूले तिनीहरूका मूर्तिहरू बोक्‍छन्‌। तिनीहरूले लिएर हिँड़ेका मूर्तिहरू थाकेकाहरूका लागि गह्रौँ बोझजस्‍तै छन्‌।</verse>
				<verse number="2">ती निहुरिन्‍छन्, र सँगसँगै झुक्‍छन्‌। तिनीहरूले भारी छुटाउन नसक्‍दा तिनीहरू आफै कैदमा पर्छन्‌।</verse>
				<verse number="3">“हे याकूबका घराना, ध्‍यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्‍मैदेखि बोकेको छु।</verse>
				<verse number="4">तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।</verse>
				<verse number="5">“तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्‍नेछौ? मलाई कोसित दाँज्‍छौ र हामी तुलना गरिनेछौं।</verse>
				<verse number="6">कसै-कसैले थैलाबाट सुन खन्‍याउँछन्‌ र चाँदी तराजूमा जोख्‍छन्‌ र एउटा सुनारलाई ज्‍यालामा लगाएर त्‍यसबाट तिनीहरू देवता बनाउँछन्‌ र तिनीहरू त्‍यसको सामुन्‍ने घोप्‍टो पर्छन्‌ र त्‍यसलाई पुज्‍छन्‌।</verse>
				<verse number="7">तिनीहरू त्‍यसलाई काँधमा हाली बोकेर लैजान्‍छन्, र त्‍यसलाई त्‍यसको स्‍थानमा राख्‍छन्, र त्‍यो त्‍यहाँ खड़ा रहन्‍छ। त्‍यस ठाउँबाट त्‍यो आफै सर्न सक्‍दैन। कसैले त्‍यसको सामुन्‍ने पुकारा गरे तापनि त्‍यसले जवाफ दिँदैन, त्‍यसले त्‍यसको दु:खदेखि बचाउन सक्‍दैन।</verse>
				<verse number="8">“हे बागी हो, यस कुरालाई सम्‍झ, र मनमा दृढ़ पार र हृदयमा राख।</verse>
				<verse number="9">अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन।</verse>
				<verse number="10">आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु।</verse>
				<verse number="11">पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्‍यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्‍यो गर्ने नै छु।</verse>
				<verse number="12">हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्‍यानसित सुन।</verse>
				<verse number="13">म आफ्‍नो धार्मिकता नजिक ल्‍याइरहेछु, त्‍यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्‍वर्य इस्राएललाई प्रदान गर्नेछु।</verse>
			</chapter>
			<chapter number="47">
				<verse number="1">“हे बेबिलोनकी कन्‍ये-छोरी, तल जा, धूलोमा बस्‌। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्‌। अब उप्रान्‍त तँ कोमल र सुकुमारी भनिनेछैनस्‌।</verse>
				<verse number="2">जाँतो लिएर पीठो पिँध्‌। घुम्‍टो हटा, फरिया माथि सार्, नाङ्गो जाँघ देखाएर नदी तर्‌।</verse>
				<verse number="3">तेरो नग्‍नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु, म कसैलाई छोड्‌नेछैनँ।”</verse>
				<verse number="4">हाम्रा उद्धारक सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्‍छ।</verse>
				<verse number="5">“हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्‍यारोमा जा, अब उप्रान्‍त तँ राज्‍य-राज्‍यकी रानी भनिनेछैनस्‌।</verse>
				<verse number="6">म मेरो प्रजादेखि रिसाएको थिएँ र मैले मेरो निज भागलाई अपवित्र गरें। मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैंले तिनीहरूलाई दया देखाइनस्‌। बुढापाकाहरूलाई पनि तैंले आफ्‍नो साह्रै गह्रौँ जुवा बोकाइस्‌।</verse>
				<verse number="7">तैंले भनिस्, ‘म सदासर्वदाको निम्‍ति अनन्‍तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्, अथवा पछि के हुन्‍छ, त्‍यसको आखिरी नतीजा सम्‍झिनस्‌।</verse>
				<verse number="8">“यसकारण ‘हे विलासी, आफ्‍नो सुरक्षामा वेपरवाहसित बस्‍ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्‍यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्‍नेछैनँ’ भन्‍ने अब यो कुरा ध्‍यानसित सुन्‌।</verse>
				<verse number="9">‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्‌: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्‍यादै टुनामुना र तेरो शक्तिशाली तन्‍त्रमन्‍त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्‌।</verse>
				<verse number="10">तैंले आफ्‍नो खराबीमाथि भरोसा राखेकी छस्, र ‘कसैले मलाई देख्‍दैन’ भनेकी छस्‌। तेरो ज्ञान र तेरो बुद्धिले तँलाई भ्रममा पारेको छ, जब तैंले आफ्‍नो मनमा भन्‍छेस्, ‘म नै हुँ, मबाहेक अरू कोही छैन’।</verse>
				<verse number="11">विपत्ति तँमाथि आइपर्नेछ, त्‍यो तैंले कुन जादूले हटाउने। हानि-नोक्‍सानी तँमाथि आइलाग्‍नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्‍दिँनस्‌। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ।</verse>
				<verse number="12">“यसर्थ अब तैंले आफ्‍नो बालककालदेखि नै परिश्रमसाथ गरिल्‍याएको तेरो मन्‍त्रतन्‍त्र र थुप्रै टुनामुनामा लागिबस्‌। शायद तँ सफल हुनेछेस्, सायद तैंले डर उत्‍पन्‍न गर्नेछस्‌।</verse>
				<verse number="13">तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।</verse>
				<verse number="14">निश्‍चय नै तिनीहरू ठुटाजस्‍तै छन्‌। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्‍वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्‍दैनन्‌। यहाँ कसैलाई आगो ताप्‍ने भुङ्‌ग्रो हुँदैन, न यहाँ बसेर ताप्‍नलाई आगो हुनेछ।</verse>
				<verse number="15">तिनीहरूले तेरो निम्‍ति त्‍यति मात्र गर्न सक्‍नेछन्‌— यी जोसँग तैंले परिश्रम गरेकी थिइस्, र बालककालदेखि व्‍यापार गर्दैआएकी थिइस्‌। तिनीहरू हरेक आफ्‍नै भूलतिर लाग्‍छन्‌। तँलाई कसैले बचाउन सक्‍दैन।”</verse>
			</chapter>
			<chapter number="48">
				<verse number="1">“हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्‍छौ र इस्राएलका परमेश्‍वरको नाउँमा पुकारा गर्छौ, तर सत्‍यता र धार्मिकतामा होइन—</verse>
				<verse number="2">तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्‍छौ र इस्राएलका परमेश्‍वरमा भर पर्छौ— सर्वशक्तिमान्‌ परमप्रभु नै उहाँको नाउँ हो:</verse>
				<verse number="3">मैले पहिलेका कुराहरू धेरै अघि नै बताइदिएँ। ती मेरा मुखबाट निस्‍के, र मैले ती देखाइदिएँ। मैले झट्टै ती गरें, र ती हुन आए।</verse>
				<verse number="4">किनभने म जान्‍दथें, कि तिमीहरू कस्‍ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्‍तै थिए, तिमीहरूको निधार काँसाको जस्‍तो थियो।</verse>
				<verse number="5">यसैकारण मैले यी कुरा तँलाई उहिले नै बताइदिएँ। यी हुन आउन अघि नै मैले यी तँलाई भनिदिएँ, ताकि तैंले यसो भन्‍न नपाओस्, ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, मेरो काठको प्रतिमा र धातुको देवताले यी निर्दिष्‍ट गरेका हुन्‌।’</verse>
				<verse number="6">तैंले यी कुरा सुनेका छस्, यी कुरा सबैलाई हेर्‌। के तँ यी स्‍वीकार गर्दैनस्‌? “अब उसो म तँलाई नयाँ कुराहरू बताउनेछु, तैंले नजानेका गुप्‍त कुराहरू।</verse>
				<verse number="7">ती अहिले सृष्‍टि गरिएका हुन्, आजभन्‍दा अघि तैंले तिनका विषयमा सुनेको थिइनस्‌। यसैले तैंले भन्‍न सक्दैनस्, ‘हो, मैले ती जानेको थिएँ’।</verse>
				<verse number="8">तैंले न त सुनेको थिइस्, न जानेको थिइस्‌। प्राचीन समयदेखि तेरो कान खुलेको थिएन। म जान्‍दछु, कि तँ कस्‍तो धोकेबाज छस्‌। जन्‍मिएको दिनदेखि नै तँ बागी भनिएको थिइस्‌।</verse>
				<verse number="9">मेरो आफ्‍नै नाउँको खातिर मैले मेरो क्रोधलाई पोखाउन ढिलो गरें, र मेरो महिमाको खातिर तँलाई बहिष्‍कार नगर्न मैले नै त्‍यो रोकिराखें।</verse>
				<verse number="10">हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्‍तो त होइन। मैले तँलाई कष्‍टको भट्टीमा जाँचेको छु।</verse>
				<verse number="11">मेरो आफ्‍नै खातिर, मेरो आफ्‍नै खातिर म त्‍यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्‍छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।</verse>
				<verse number="12">“हे याकूब, हे मैले बोलाएको इस्राएल, मेरो कुरा सुन्‌: म त्‍यही हुँ। म आदि हुँ, र म अन्‍त हुँ।</verse>
				<verse number="13">मेरो आफ्‍नै हातले पृथ्‍वीका जगहरू बसालेको हो, र मेरो दाहिने हातले आकाश फिँजाएको हो। जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खड़ा हुन्‍छन्‌।</verse>
				<verse number="14">“तिमीहरू सबै जम्‍मा भएर सुन। देवताहरूमध्‍ये कसले यी कुरा अघिबाटै बतायो? परमप्रभुको चुनेको मित्रले बेबिलोनको विरुद्धमा उहाँको अभिप्राय पूरा गर्नेछ, र उहाँको बाहुबल बेबिलोनीहरूका विरुद्धमा हुनेछ।</verse>
				<verse number="15">मैले, मैले नै यो भनेको छु। हो, मैले त्‍यसलाई बोलाएको छु। म त्‍यसलाई ल्‍याउनेछु, र त्‍यो आफ्‍नो लक्षित कार्यमा सफल हुनेछ।</verse>
				<verse number="16">“मेरो नजिक आओ, र तिमीहरू यो सुन: पहिलो घोषणा गरेदेखि नै मैले गुप्‍तमा भनेको छैनँ। त्‍यो घट्‌ने समयमा म त्‍यहाँ छु।” अनि अब परमप्रभु परमेश्‍वरले मलाई उहाँका आत्‍मासित पठाउनुभएको छ।</verse>
				<verse number="17">परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्‍नुहुन्‍छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो भलाइको निम्‍ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोर्‍याउँछ।</verse>
				<verse number="18">यदि तैंले मेरा आज्ञाहरू ध्‍यानसित पालन गरेको भए तेरो शान्‍ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।</verse>
				<verse number="19">तेरो वंश बालुवासरह हुनेथियो, र तेरा छोराछोरीहरू त्‍यसका कणसरह हुनेथिए। तिनीहरूका नाउँ मबाट कहिल्‍यै काटिनेथिएनन्, र ती मेरो सामुन्‍ने नाश हुनेथिएनन्‌।”</verse>
				<verse number="20">बेबिलोनबाट निस्‍केर जाओ। बेबिलोनीहरूबाट भाग। आनन्‍दको सोरले कराउँदै यस कुराको घोषणा गर। पृथ्‍वीको पल्‍लो छेउसम्‍म यो कुरा सुनाओ। तिमीहरू भन, “परमप्रभुले आफ्‍नो दास याकूबलाई मोल तिरेर छुटकारा गर्नुभएको छ!”</verse>
				<verse number="21">उहाँले तिनीहरूलाई मरुभूमिबाट भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्‌। उहाँले तिनीहरूका निम्‍ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टानलाई दुई भाग पार्नुभयो, र पानी बगेर निस्‍क्‍यो।</verse>
				<verse number="22">“दुष्‍टहरूलाई शान्‍ति हुँदैन,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="49">
				<verse number="1">हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्‍मनुभन्‍दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्‍मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ।</verse>
				<verse number="2">उहाँले मेरो मुख लाग्‍ने तरवारजस्‍तै बनाउनुभयो। उहाँले मलाई आफ्‍नो हातको छहारीमुनि लुकाउनुभयो। उहाँले मलाई चिल्‍लो र टल्‍कने काँड़ बनाउनुभयो, र मलाई आफ्‍नो ठोक्रोमा लुकाइराख्‍नुभयो।</verse>
				<verse number="3">उहाँले मलाई भन्‍नुभयो, “तँ मेरो दास इस्राएल होस्‌। तँमा नै मेरो ऐश्‍वर्य म प्रकट गर्नेछु।”</verse>
				<verse number="4">तर मैले भनें, “मैले केही अभिप्राय नराखी परिश्रम गरें। मैले व्‍यर्थमा र शून्‍यताको लागि मेरो बल खर्च गरें। तापनि जे मैले पाउनुपर्छ, त्‍यो परमेश्‍वरको हातमा छ, र मेरो प्रतिफल मेरा परमेश्‍वरसित छ।”</verse>
				<verse number="5">अब परमप्रभु भन्‍नुहुन्‍छ— जसले मलाई उहाँको दास हुन, याकूबलाई फेरि उहाँकहाँ ल्‍याउन, र इस्राएललाई उहाँकहाँ जम्‍मा गर्न गर्भदेखि नै रच्‍नुभयो, किनकि परमप्रभुको दृष्‍टिमा म मानको गनिएको छु, र मेरा परमेश्‍वर मेरो बल हुनुभएको छ—</verse>
				<verse number="6">उहाँ भन्‍नुहुन्‍छ: “याकूबका कुलहरूलाई फेरि पुनर्स्‍थापन गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्‍याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ। पृथ्‍वीको पल्‍लो छेउसम्‍म तैंले मेरो उद्धार पुर्‍याओस्‌ भनी अन्‍यजातिहरूकहाँ एउटा ज्‍योति पनि म तँलाई बनाउनेछु।”</verse>
				<verse number="7">शासकहरूका दास, जसलाई जाति-जातिहरूले तुच्‍छ ठाने र घृणा गरे, त्‍यसलाई परमप्रभु, उद्धारक र इस्राएलका परमपवित्र भन्‍नुहुन्‍छ: “राजाहरूले तँलाई देख्‍नेछन्‌ र खड़ा हुनेछन्‌। राजकुमारहरूले देख्‍नेछन्‌ र तेरो अघि घोप्‍टो पर्नेछन्‌। किनभने विश्‍वासयोग्‍य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको छ।”</verse>
				<verse number="8">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिनमा तँलाई म सहायता दिनेछु। देश पुनर्स्‍थापित गर्न र त्‍यसको नष्‍ट भएका जायजातहरू फेरि अधिकारको निम्‍ति दिन म तँलाई जोगाइराख्‍छु र मानिसहरूका निम्‍ति तँलाई करार बनाउँछु,</verse>
				<verse number="9">कैदीहरूलाई ‘निस्‍केर आओ,’ र अन्‍धकारमा हुनेहरूलाई ‘मुक्त होओ’ भन्‍न। तिनीहरूले बाटोको छेउमा खानेछन्, र सबै रूखा डाँड़ाहरूमा तिनीहरूले खर्क पाउनेछन्‌।</verse>
				<verse number="10">तिनीहरू न त भोकाउनेछन्‌ न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्‍नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्‍याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।</verse>
				<verse number="11">म मेरा सबै पर्वतहरू बाटो बनाइदिनेछु, र मेरा मूलबाटाहरू उच्‍च पारिनेछन्‌।</verse>
				<verse number="12">हेर, तिनीहरू टाढ़ादेखि आउनेछन्‌— कोही उत्तरदेखि, कोही पश्‍चिमदेखि र कोही आश्‍वानको देशदेखि आउनेछन्‌।”</verse>
				<verse number="13">हे आकाश, आनन्‍दले चिच्‍च्‍याएर गा। हे पृथ्‍वी, आनन्‍दित हो। हे पर्वतहरू हो, गला खोलेर गाओ! किनकि परमप्रभुले आफ्‍नो प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, र कष्‍ट पाएको उहाँको प्रजामाथि उहाँले टिठ्याउनुहुनेछ।</verse>
				<verse number="14">तर सियोनले भन्‍यो, “परमप्रभुले मलाई त्‍याग्‍नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।”</verse>
				<verse number="15">“के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे र? आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ र? त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ।</verse>
				<verse number="16">हेर्, मैले तँलाई मेरो हत्‍केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्‍तर मेरै सामुन्‍ने छन्‌।</verse>
				<verse number="17">तेरा छोराहरू हतार-हतार गरी फर्किआउँछन्, र तँलाई उजाड़ पार्नेहरू तेरो सामुन्‍नेबाट निस्‍केर जान्‍छन्‌।</verse>
				<verse number="18">तेरा आँखा उचालेर चारैतिर हेर्‌। तेरा छोराहरू सबै जम्‍मा भएर तँकहाँ आउँछन्‌। परमप्रभु घोषणा गर्नुहुन्‍छ, “जस्‍तो म जीवित छु, तँ गहनाले सिँगारिएझैँ यी सबले सिँगारिनेछस्, र दुलहीले झैँ तैंले यी सबै लगाउनेछस्‌।</verse>
				<verse number="19">“यद्यपि तँ पतित र नष्‍ट भइस्‌ र तेरो देश रूखो पारियो, तापनि अब तेरा मानिसहरूका लागि तँ साह्रै सानो हुनेछस्, र तँलाई निल्‍नेहरूचाहिँ धेरै टाढ़ा हुनेछन्‌।</verse>
				<verse number="20">बिछोड़को समयमा जन्‍मेका तेरा छोराछोरीहरूले तैंले सुन्‍ने गरी यसो भन्‍नेछन्, ‘यो जग्‍गा हाम्रा निम्‍ति साह्रै सानो भयो। हामीलाई बस्‍न अझै अरू ठाउँ दिनुहोस्‌।’</verse>
				<verse number="21">तब तैंले तेरो मनमा भन्‍नेछस्, ‘यिनीहरूलाई मेरो लागि कसले जन्‍माए? म बिछोड़मा परेकी, बाँझी, निर्वासित भएकी र त्‍यागिएकी थिएँ। यिनीहरूलाई मेरो निम्‍ति कसले पालनपोषण गर्‍यो? म त एकलै छोड़िएकी थिएँ। तर यिनीहरूचाहिँ कताबाट आए’?”</verse>
				<verse number="22">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “हेर, म अन्‍यजातिहरूलाई हातको इशाराले बोलाउनेछु र मेरो झन्‍डा जाति-जातिहरूका सामुन्‍ने खड़ा गर्नेछु। तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा बोकेर ल्‍याइदिनेछन्, र तेरा छोरीहरूचाहिँ तिनीहरूका काँधमा बोकेर ल्‍याउनेछन्‌।</verse>
				<verse number="23">राजाहरू तेरा धर्म-बुबा र तिनीहरूका रानीहरू तेरा स्‍याहार गर्ने आमा हुनेछन्‌। तिनीहरूले भूइँमा घोप्‍टो परेर तँलाई दण्‍डवत्‌ गर्नेछन्, र तेरा खुट्टाको सामुको धूलो चाट्‌नेछन्‌। तब तैंले जान्‍नेछस्‌ कि म परमप्रभु हुँ, मेरो आशा गर्नेहरू निराश हुनेछैनन्‌।”</verse>
				<verse number="24">के योद्धाहरूबाट लूटको माल खोस्‍न सकिन्‍छ? अथवा निष्‍ठुरहरूका हातबाट कैदीहरूलाई छुटाउन सकिन्‍छ?</verse>
				<verse number="25">तर परमप्रभु यो भन्‍नुहुन्‍छ: “हो, योद्धाहरूबाट कैदीहरू र निष्‍ठुरहरूबाट लूटको माल खोस्‍न सकिन्‍छ। तँसित झगड़ा गर्नेसँग म झगड़ा गर्नेछु, र तेरा छोराछोरीहरूलाई म बचाउनेछु।</verse>
				<verse number="26">तँलाई अत्‍याचार गर्नेहरूलाई म तिनीहरूको आफ्‍नै मासु खान लगाउनेछु। दाखमद्यले मातेझैँ तिनीहरू आफ्‍नै रगतले मात्‍नेछन्‌। तब सारा मानिस-जातिले यो कुरा थाहा पाउनेछन्, कि म, परमप्रभु तेरा उद्धारक, मोल तिरेर तँलाई छुटाउने याकूबको शक्तिशाली जन हुँ।”</verse>
			</chapter>
			<chapter number="50">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “मैले त्‍यसलाई त्‍यागेपछि दिएको तेरी आमाको त्‍यागपत्र कहाँ छ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्‍यागिएकी हो।</verse>
				<verse number="2">म त्‍यहाँ आउँदा किन कोही मानिस थिएन? मैले बोलाउँदा मलाई जवाफ दिने किन त्‍यहाँ कोही थिएन? के मेरो हात तिमीहरूलाई छुटाउन नसक्‍ने गरी छोटो भएको थियो? के तिमीहरूको उद्धार गर्नलाई मसित शक्तिको अभाव छ? मेरो मामूली हप्‍काइले समुद्रलाई म सुकाउँछु। नदीहरूलाई मरुभूमि पारिदिन्‍छु। पानीको कमीले गर्दा त्‍यहाँका माछाहरू सड्‌छन्‌ र तिर्खाले मर्छन्‌।</verse>
				<verse number="3">म आकाशलाई अन्‍धकारले ढाक्‍छु, र त्‍यसलाई भाङ्‌ग्रा ओढ़ाइदिन्‍छु।”</verse>
				<verse number="4">थाकेकोलाई सम्‍हाल्‍ने वचन जान्‍न सकून्‌ भनेर परमप्रभु परमेश्‍वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्‍छे जगाउनुहुन्‍छ। सिक्‍नेलाई झैँ ध्‍यानसित सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्‍छ।</verse>
				<verse number="5">परमप्रभु परमेश्‍वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ।</verse>
				<verse number="6">मैले मेरो पीठ मलाई पिट्‌नेहरूलाई, र दाह्री लुछ्‌नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।</verse>
				<verse number="7">म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्‍तै स्‍थिर पारेको छु, र म जान्‍दछु, कि म लाजमा पर्नेछैनँ।</verse>
				<verse number="8">मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्‍छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्‍यसले मेरो सामना गरोस्‌!</verse>
				<verse number="9">परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। त्‍यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्‌। कीराले तिनीहरूलाई खाइहाल्‍नेछन्‌।</verse>
				<verse number="10">तिमीहरूमध्‍ये कसले परमप्रभुको डर मान्‍छ र उहाँको दासका कुरा पालन गर्छ? ज्‍योतिविना अन्‍धकारमा हिँड्‌नेले परमप्रभुको नाउँमा भरोसा गरोस्‌ र आफ्‍ना परमेश्‍वरमा भर परोस्‌।</verse>
				<verse number="11">तर अब तिमीहरू सबै जसले आगो बाल्‍छौ र जलिरहेको राँको लिन्‍छौ, तिमीहरू जाओ, तिमीहरूका आगोको र तिमीहरूले सल्‍काएका राँकाको प्रकाशमा हिँड़। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ: तिमीहरू यातना भोग्‍नेछौ।</verse>
			</chapter>
			<chapter number="51">
				<verse number="1">“हे धार्मिकताको पछि लाग्‍ने र परमप्रभुलाई खोज्‍ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्‍यसलाई हेर।</verse>
				<verse number="2">तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्‍यसलाई आशिष्‌ दिएँ र त्‍यसलाई धेरै बनाएँ।</verse>
				<verse number="3">परमप्रभुले निश्‍चय नै सियोनलाई सान्‍त्‍वना दिनुहुनेछ, र उहाँले त्‍यसका सब भग्‍नावशेषहरूलाई दयाको दृष्‍टिले हेर्नुहुनेछ। अनि त्‍यसको मरुभूमिलाई अदनझैँ, र त्‍यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्‍द, धन्‍यवाद र गीतको सोर त्‍यसमा पाइनेछ।</verse>
				<verse number="4">“हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्‍यवस्‍था निस्‍कनेछ, र मेरो न्‍याय जाति-जातिहरूका निम्‍ति ज्‍योति हुनेछ।</verse>
				<verse number="5">मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्‍याय ल्‍याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्‍नेछन्‌।</verse>
				<verse number="6">तिमीहरू आफ्‍ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्‍वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्‍वी लुगाझैँ झुत्रो हुनेछ, र त्‍यसमा बस्‍नेहरू झीँगाजस्‍तै मर्नेछन्‌। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्‍यै खतम हुनेछैन।</verse>
				<verse number="7">“जे असल छ त्‍यो जान्‍नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्‍यवस्‍था छ, मेरो कुरा सुन। मानिसहरूको निन्‍दादेखि नडराओ, न त तिनीहरूको गिल्‍लादेखि भयभीत होओ।</verse>
				<verse number="8">किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। तर मेरो धार्मिकता सदाको निम्‍ति रहनेछ, मेरो उद्धार पुस्‍तादेखि पुस्‍तासम्‍मै।”</verse>
				<verse number="9">जाग्, जाग्‌! हे परमप्रभुको बाहु, शक्ति धारण गर्, र प्राचीनकालमा झैँ, उहिलेका पुस्‍ताहरूको समयमा झैँ जाग्‌। के तपाईं त्‍यही हुनुहुन्‍न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्‍यस अजिङ्गरलाई वारपार छेड्‌नुभयो?</verse>
				<verse number="10">के तपाईं त्‍यही हुनुहुन्‍न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्‍ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो?</verse>
				<verse number="11">परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गीत गाउँदै पस्‍नेछन्, र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्‍द हुनेछ। तिनीहरूले आनन्‍द र हर्ष प्राप्‍त गर्नेछन्‌। अनि शोक र सुस्‍केरा दूर हुनेछ।</verse>
				<verse number="12">“तिमीहरूलाई सान्‍त्‍वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्‍तै ओइलाउने मानिसका सन्‍तानदेखि डराउने तँ को होस्‌?</verse>
				<verse number="13">आकाशलाई फैलाउनुहुने र पृथ्‍वीको जग बसाल्‍नुहुने आफ्‍ना सृष्‍टिकर्तालाई भुलेर अत्‍याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्‍छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस्‌?</verse>
				<verse number="14">झुकेर लत्रक्‍क परेका कैदीहरू चाँड़ै मुक्त हुनेछन्‌। तिनीहरू झ्‍यालखानको खोरभित्र मर्नेछैनन्, न त तिनीहरूलाई खानेकुराको कमी हुनेछ।</verse>
				<verse number="15">किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍छ, र छालहरू गर्जन्‍छन्‌। उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो।</verse>
				<verse number="16">मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छु— मैले आकाशलाई त्‍यसको ठाउँमा राखेको छु, र पृथ्‍वीको जग बसालेको छु, र सियोनलाई ‘तँ मेरो प्रजा होस्‌’ भनेको छु।”</verse>
				<verse number="17">ए यरूशलेम, तँ जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस्, र धरमराइदिने कचौराबाट पिएर त्‍यो रित्त्याएको छस्, तँ जाग्, तँ जाग्‌।</verse>
				<verse number="18">त्‍यसले जन्‍माएका सबै छोराहरूमध्‍ये त्‍यसलाई डोर्‍याउने कोही पनि थिएन। त्‍यसले हुर्काएका छोराहरूमध्‍ये त्‍यसलाई हातमा समातेर लैजाने कोही थिएन।</verse>
				<verse number="19">यी दुई विपत्ति तँमाथि आइलागेका छन्‌— तँलाई कसले सान्‍त्‍वना दिन सक्‍छ? उजाड़ र नाश, अनिकाल र तरवार— कसले तँलाई सान्‍त्‍वना दिन सक्‍छ?</verse>
				<verse number="20">तेरा छोराहरूले त मूर्च्‍छा खाएका छन्‌। जालमा परेको चित्तलझैँ तिनीहरू सड़कका कुइन्‍याटोमा पड़िरहेका छन्‌। तिनीहरू परमप्रभुको क्रोध र तेरा परमेश्‍वरको हप्‍काइले पूरा भरिएका छन्‌।</verse>
				<verse number="21">यसैकारण यो कुरा सुन्, तँ दु:खित र मात्तिएकी, तर दाखमद्यले त होइन।</verse>
				<verse number="22">तेरा परमप्रभु, तेरा परमेश्‍वर, जसले आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्‍छ, उहाँ यो भन्‍नुहुन्‍छ: “हेर्, मैले तेरो हातबाट त्‍यो धरमराइदिने कचौरा लिएको छु, त्‍यो मेरो क्रोधको कचौरा! तैंले त्‍यो फेरि कहिल्‍यै पिउनेछैनस्‌।</verse>
				<verse number="23">म त्‍यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, ‘घोप्‍टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं’। अनि तैंले चाहिँ आफ्‍नो पीठ भूइँ र हिँड्‌ने सड़कजस्‍तै तुल्‍याइदिइस्‌।”</verse>
			</chapter>
			<chapter number="52">
				<verse number="1">जाग्, जाग्, ए सियोन, तेरो शक्ति धारण गर्‌। ए पवित्र सहर, यरूशलेम, आफ्‍नो महिमित पोशाक लगा। अब उप्रान्‍त खतना नभएका र बिटुलिएकाहरू फेरि तँभित्र आउनेछैनन्‌।</verse>
				<verse number="2">तेरो धूलो टकटक्‍या। ए यरूशलेम, उठ्‌ र सिंहासनमा बस्‌। हे कैदमा परेकी सियोनकी छोरी, तेरो घिच्रोको बन्‍धन फुकालिदे।</verse>
				<verse number="3">किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरू सित्तैँमा बेचियौ, र तिमीहरू रुपियाँविनै छुटाइनेछौ।”</verse>
				<verse number="4">किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “पहिले मेरा प्रजा मिश्रदेशमा बसोबास गर्न गए, र हालैमा अश्‍शूरहरूले तिनीहरूलाई अत्‍याचार गरे।</verse>
				<verse number="5">अनि अब मेरो यहाँ के छ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मेरो प्रजा सित्तैँमा लगियो, र तिनीहरूलाई शासन गर्नेहरू तिनीहरूको ठट्टा गर्छन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “दिनभरि नै मेरो नाउँ निरन्‍तर निन्‍दित भइरहन्‍छ।</verse>
				<verse number="6">यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्‍नेछ। तिनीहरूले त्‍यो दिन जान्‍नेछन्‌ कि अघि देखि भन्‍ने मै हुँ। हो, त्‍यो म नै हुँ।”</verse>
				<verse number="7">सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्‍दर छन्, जसले शान्‍तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्‍दछन्, “तेरा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ।”</verse>
				<verse number="8">ध्‍यानसित सुन्‌। तेरा पहरादारहरू आफ्‍नो सोर उचालेर एकसाथ आनन्‍दले कराउँछन्‌। जब परमप्रभु सियोनमा आउनुहुन्‍छ, तब तिनीहरूले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछन्‌।</verse>
				<verse number="9">हे यरूशलेमका भग्‍नावशेषहरू हो, आनन्‍दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ।</verse>
				<verse number="10">सारा जातिहरूको दृष्‍टिमा परमप्रभुले आफ्‍नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्‍वीको पल्‍लो छेउकाहरूले पनि हाम्रा परमेश्‍वरको उद्धारलाई देख्‍नेछन्‌।</verse>
				<verse number="11">जाओ, जाओ, त्‍यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्‍ने हो, त्‍यसबाट निस्‍केर आओ, र आफैलाई शुद्ध पार।</verse>
				<verse number="12">तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्‍तिर रक्षक हुनुहुनेछ।</verse>
				<verse number="13">हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्‍गाइनेछ र ऊ अति उच्‍च पारिनेछ।</verse>
				<verse number="14">जसरी उसदेखि धेरै जना व्‍याकुल थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको चेहरा मानिसको भन्‍दा पनि कुरूप बनाइएको थियो—</verse>
				<verse number="15">त्‍यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्‌। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्‍नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्‌।</verse>
			</chapter>
			<chapter number="53">
				<verse number="1">हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?</verse>
				<verse number="2">ऊ उहाँको सामु कलिलो बोटजस्‍तो र सुक्‍खा जमिनबाट निस्‍केको जरोजस्‍तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्‍दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन।</verse>
				<verse number="3">ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।</verse>
				<verse number="4">निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।</verse>
				<verse number="5">तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।</verse>
				<verse number="6">हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।</verse>
				<verse number="7">ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।</verse>
				<verse number="8">अत्‍याचार र इन्‍साफद्वारा ऊ लगियो। उसका सन्‍तानका बारेमा कसले विचार गर्न सक्‍छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्‍ति उसमाथि कुटाइ पर्‍यो।</verse>
				<verse number="9">उसको चिहान दुष्‍टहरूसित बनाइयो, र मृत्‍युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।</verse>
				<verse number="10">तापनि उसलाई चकनाचूर र कष्‍टमा पार्न परमप्रभुको इच्‍छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्‍ना छोराछोरीलाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्‍छा उसकै हातमा उन्‍नत हुनेछ।</verse>
				<verse number="11">उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ।</verse>
				<verse number="12">यसैकारण महान्‌हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्‌नेछ। किनभने उसले आफ्‍नो जीवन मृत्‍युमा खन्‍यायो, र ऊ अपराधीहरूको गन्‍तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्‍ति मध्‍यस्‍थता गर्‍यो।</verse>
			</chapter>
			<chapter number="54">
				<verse number="1">“हे बाँझी स्‍त्री, गीत गा! हे सुत्‍केरी पीडामा कहिल्‍यै नपरेकी स्‍त्री, तँ जसले कहिल्‍यै बालक जन्‍माएकी छैनस्, आनन्‍दले करा। किनकि बाँझी स्‍त्रीका सन्‍तान विवाहित स्‍त्रीका भन्‍दा ज्‍यादा हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="2">“तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌।</verse>
				<verse number="3">किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्‍तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्‍नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्‌।</verse>
				<verse number="4">“नडरा, तँ शर्ममा पर्नेछैनस्‌। अनादरको भय नमान्, तँ होच्‍याइनेछैनस्‌। तैंले आफ्‍नो जवानीपनको लाजलाई भुल्‍नेछस्‌ र तेरो विधवापनको निन्‍दा तैंले फेरि कहिल्‍यै सम्‍झनेछैनस्‌।</verse>
				<verse number="5">किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ।</verse>
				<verse number="6">त्‍यागिएकी र आत्‍मामा दु:खित भएकी, तरुणावस्‍थामा विवाह भएर पछि त्‍यागिएकी पत्‍नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">“केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्‍याउनेछु।</verse>
				<verse number="8">रीसको झोँकमा क्षणभरको निम्‍ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्‍त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“यो त मेरो निम्‍ति नोआको पालोका दिनहरूजस्‍तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्‍वीलाई फेरि डुबाउनेछैनँ, त्‍यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्‍यै हप्‍काउनेछैनँ भनी मैले शपथ खाएको छु।</verse>
				<verse number="10">पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्‍त्‍वना नपाएकी सहर, हेर्, म फिरोजा पत्‍थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्‍नेछु।</verse>
				<verse number="12">मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु।</verse>
				<verse number="13">तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्‍ति मिल्‍नेछ।</verse>
				<verse number="14">धार्मिकतामा तँ स्‍थापित हुनेछस्‌। अत्‍याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्‍यो तेरो नजिक आउनेछैन।</verse>
				<verse number="15">कसैले तँलाई आक्रमण गरे तापनि त्‍यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्‍यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ।</verse>
				<verse number="16">“हेर, आगोको भुङ्‌ग्रो फुक्‍ने, र आफ्‍नो कामको निम्‍ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरें। र उत्‍पात गरेर नष्‍ट गर्नेलाई पनि मैले नै सृष्‍टि गरेको हुँ।</verse>
				<verse number="17">तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="55">
				<verse number="1">“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।</verse>
				<verse number="2">जे रोटी नै होइन, त्‍यसको निम्‍ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्‍तोष नै दिँदैन, त्‍यसको निम्‍ति किन परिश्रम गर्छौ? ध्‍यान देओ, ध्‍यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्‍यही खाओ, र स्‍वादिष्‍ट थोकहरू खाएर तिमीहरूको प्राण सन्‍तुष्‍ट हुनेछ।</verse>
				<verse number="3">कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्‌। म तिमीहरूसित अनन्‍त करार बाँध्‍नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासको प्रेम।</verse>
				<verse number="4">हेर, मैले त्‍यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्‍याएको छु।</verse>
				<verse number="5">परमप्रभु, तिमीहरूका परमेश्‍वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्‍ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्‌। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”</verse>
				<verse number="6">जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।</verse>
				<verse number="7">दुष्‍टले आफ्‍नो बाटो र अधर्मीले आफ्‍नो विचार त्‍यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्‍यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्‍यो फर्कोस्, र उहाँले त्‍यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।</verse>
				<verse number="8">“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌।</verse>
				<verse number="10">जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ,</verse>
				<verse number="11">त्‍यसरी नै मेरो मुखबाट निस्‍कने मेरो वचन पनि हुनेछ। त्‍यो मकहाँ व्‍यर्थै फर्कनेछैन, तर मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गर्नेछ, र जुन कामको निम्‍ति म त्‍यसलाई पठाउँछु, त्‍यसमा त्‍यो सफल हुनेछ।</verse>
				<verse number="12">तिमीहरू आनन्‍दसाथ जानेछौ, र शान्‍तिमा डोर्‍याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्‍ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्‌।</verse>
				<verse number="13">तब काँढ़ाको सट्टा सल्‍लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्‍यो परमप्रभुका ख्‍यातिको निम्‍ति हुनेछ। त्‍यो कहिल्‍यै नष्‍ट नहुने सदासर्वदाको चिन्‍हको निम्‍ति हुनेछ।”</verse>
			</chapter>
			<chapter number="56">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “न्‍याय कायम राख। जे ठीक छ, त्‍यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ।</verse>
				<verse number="2">त्‍यो मानिस धन्‍यको हो जसले यो गर्दछ, त्‍यो मानिस, जो यस कुरामा स्‍थिर रहन्‍छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्‍छ, र आफ्‍नो हात कुनै पनि खराब गर्नबाट अलग राख्‍छ।”</verse>
				<verse number="3">परमप्रभुसँग आफूलाई बन्‍धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्‍तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”</verse>
				<verse number="4">किनकि परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्‍छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्‍ने नपुंसकहरूलाई</verse>
				<verse number="5">म मेरो मन्‍दिर र त्‍यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्‍दा पनि अझ असल स्‍मारक तुल्‍याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्‍यै नकाटिने अनन्‍तको नाउँ दिनेछु।</verse>
				<verse number="6">“परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्‍न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई</verse>
				<verse number="7">म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।”</verse>
				<verse number="8">इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्‍वर यो घोषणा गर्नुहुन्‍छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।”</verse>
				<verse number="9">हे मैदानका सबै पशु हो, आओ। हे वनका सबै पशु हो, आएर खाओ!</verse>
				<verse number="10">इस्राएलका पहरादारहरू अन्‍धा छन्‌। तिनीहरू सबै ज्ञानविहीन छन्‌। तिनीहरू भुक्‍न नसक्‍ने गूँगो कुकुरजस्‍तै छन्‌। पल्‍टिरहने र सपना देख्‍ने, सुत्‍न मात्र तिनीहरू मन गर्छन्‌।</verse>
				<verse number="11">तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्‌। तिनीहरू कहिल्‍यै अघाउँदैनन्‌। ती अबुझ गोठालाहरू हुन्‌। तिनीहरू जम्‍मै आफ्‍नै बाटोतिर लागेका छन्‌। प्रत्‍येकले आफ्‍नै लाभ मात्र खोज्‍छन्‌।</verse>
				<verse number="12">तिनीहरू हरेक भन्‍छन्, “आओ, मलाई दाखमद्य ल्‍याउन देओ! हामी कडा मद्य खूब पिऔं! भोलि पनि आजको दिनझैँ हुनेछ अथवा आजभन्‍दा अझ राम्रो।”</verse>
			</chapter>
			<chapter number="57">
				<verse number="1">धर्मी मानिसहरू नष्‍ट हुन्‍छन्, र त्‍यस कुराको कसैले आफ्‍नो मनमा वास्‍ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्‍छन्, तर कसैले बुझ्‍दैन कि दुष्‍टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्‍छन्‌।</verse>
				<verse number="2">धर्मको बाटोमा हिँड्‌नेहरू शान्‍तिमा प्रवेश गर्छन्‌। तिनीहरू मृत्‍युमा सुतिरहँदा विश्राम पाउँछन्‌।</verse>
				<verse number="3">“तर हे झँक्रेनीका छोराहरू, र व्‍यभिचारी र वेश्‍याका सन्‍तान हो, यहाँ आओ!</verse>
				<verse number="4">तिमीहरू कसलाई ठट्टा गर्दैछौ? तिमीहरू कसका विरुद्धमा मुख बाउँदै जिब्रो निकाल्‍दैछौ? के तिमीहरू बागीहरूका सन्‍तान होइनौ र, झूटाका छोराछोरीहरू?</verse>
				<verse number="5">तिमीहरू फलाँटका रूखहरूका बीचमा र हरेक झ्‍याम्‍म परेका रूखमुनि कामवासनाले उत्तेजित हुन्‍छौ। तिमीहरू आफ्‍ना छोराछोरीहरूलाई खोल्‍सा र चट्टानका धाँदाहरूमा बलि गर्छौ।</verse>
				<verse number="6">खोल्‍साका चिल्‍ला ढुङ्गामध्‍येका मूर्तिहरू तिमीहरूका भाग हुन्‌। तिनीहरू नै तिमीहरूका भाग भए। हो, तिनीहरूकै निम्‍ति तिमीहरूले अर्घ-बलि र अन्‍नबलि चढ़ाएका छौ। यस्‍ता कुराहरू जान्‍दाजान्‍दै पनि के मैले आफ्‍नो मन नरम गर्ने?</verse>
				<verse number="7">अल्‍गो र उच्‍च डाँड़ामा तिमीहरूले आफ्‍नो ओछ्यान बनाएका छौ। त्‍यहाँ तिमीहरू आफ्‍ना बलिदान चढ़ाउन गयौ।</verse>
				<verse number="8">तिमीहरूका ढोका र चौकोसको पछाड़ि तिमीहरूले अन्‍यजातिहरूका चिन्‍हहरू राख्‍यौ। मलाई त्‍यागेर तिमीहरूले आफ्‍नो ओछ्यान उघार्‍यौ! तिमीहरू त्‍यसमा चढ़्यौ र उदाङ्गै पार्‍यौ। तिमीहरूले तिनीहरूसित बाचा बाँध्‍यौ, जसको ओछ्यान तिमीहरू मन पराउँछौ, र तिमीहरूले तिनीहरूको नग्‍नता हेर्‍यौ।</verse>
				<verse number="9">तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्‍धित तेल लगाएर गयौ। तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्‍मै पुर्‍यायौ।</verse>
				<verse number="10">तिमीहरूका सबै चालको कारण तिमीहरू थाक्‍यौ, तापनि तिमीहरूले यसो भनेनौ, ‘आशा छैन’। तिमीहरूले नयाँ बल पायौ, यसैले तिमीहरूले मूर्च्‍छा खाएनौ।</verse>
				<verse number="11">“तिमीहरूले कसको डर र भय मानेकाले मप्रति झूटा भयौ र न त मेरो सम्‍झना गर्‍यौ, न तिमीहरूको मनमा मेरो विचार गर्‍यौ? के धेरै समयसम्‍म म मौन बसेकोले तिमीहरू मेरो डर मान्‍दैनौ?</verse>
				<verse number="12">तिमीहरूको धार्मिकता र तिमीहरूका काम म खुलस्‍त गर्नेछु, र तीबाट तिमीहरूलाई केही लाभ हुनेछैन।</verse>
				<verse number="13">तिमीहरूले सहायताको निम्‍ति पुकारा गर्दा तिमीहरूले बटुलेका मूर्तिहरूले तिमीहरूलाई बचाऊन्‌! बतासले तिनीहरूलाई उड़ाएर लैजानेछ। एकै सासले तिनीहरू जम्‍मैलाई उड़ाएर लैजानेछ। तर जुन मानिसले मलाई आफ्‍नो शरणस्‍थान बनाउँछ, त्‍योचाहिँ देशको हकवाला हुनेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ।”</verse>
				<verse number="14">अनि यसो भनिनेछ: बनाओ, बनाओ, मूलबाटो तयार गर! मेरो प्रजाको बाटोदेखि बाधा हटाओ।</verse>
				<verse number="15">किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्‍नुहुन्‍छ, “म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ।”</verse>
				<verse number="16">म सधैँ दोषी ठहराउनेछैनँ, र म सधैँ क्रोधित हुनेछैनँ, नत्रता मेरो सामुन्‍ने मानिसको आत्‍मा शिथिल हुनेथियो— मैले सृष्‍टि गरेको मानिसको सास।</verse>
				<verse number="17">त्‍यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ। मैले त्‍यसलाई दण्‍ड दिएँ, र मेरो मुख लुकाएँ। तर पनि त्‍यो आफ्‍नै चालमा अटेरी गरेर चल्‍दैरह्यो।</verse>
				<verse number="18">मैले त्‍यसका चालहरू देखें, तर त्‍यसलाई म निको पार्नेछु। म त्‍यसलाई डोर्‍याउनेछु, र फेरि सान्‍त्‍वना दिनेछु,</verse>
				<verse number="19">इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्‍पन्‍न गराउनलाई। टाढ़ा र नजिक बस्‍ने दुवैलाई शान्‍ति होस्, शान्‍ति,” परमप्रभु भन्‍नुहुन्‍छ। “म तिनीहरूलाई निको पार्नेछु।”</verse>
				<verse number="20">तर दुष्‍टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्‍त हुन सक्‍दैन, जसको पानीले मैला र हिलो बाहिर फ्‍याँक्‍छ।</verse>
				<verse number="21">“दुष्‍टलाई शान्‍ति हुँदैन” भनी मेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="58">
				<verse number="1">“चर्को गरी करा, नथाम्‌। तुरहीको आवाज जस्‍तै उच्‍च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।</verse>
				<verse number="2">किनकि तिनीहरूले मलाई दिनहुँ खोज्‍छन्‌। जे ठीक छ त्‍यही गर्ने र आफ्‍ना परमेश्‍वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्‍न इच्‍छा गर्ने जातिजस्‍तै तिनीहरू देखिन्‍छन्‌। तिनीहरू मसँग उचित निर्णयहरू माग्‍छन्, र परमेश्‍वर तिनीहरूका नजिकै आऊन्‌ भनी उत्‍सुक भएका देखिन्‍छन्‌।</verse>
				<verse number="3">तिनीहरू भन्‍छन्, ‘हामीहरू उपवास बस्‍यौं, र किन तपाईं देख्‍नुहुन्‍न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्‍यान दिनुहुन्‍न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्‍नै इच्‍छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।</verse>
				<verse number="4">तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्‍त्‍य हुन्‍छ र एउटाले अर्कालाई दुष्‍ट मुक्‍काले हिर्काउँछौ। तिमीहरू आजको जस्‍तो उपवास बसेर तिमीहरूको सोर स्‍वर्गमा सुनिने आशा गर्न सक्‍दैनौ।</verse>
				<verse number="5">के मैले चुनेको उपवास यस्‍तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्‍ने? के निगालोझैँ आफ्‍नो शिर झुकाउने र भाङ्‌ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्‍ति ग्रहणयोग्‍यको दिन भन्‍छौ?</verse>
				<verse number="6">“अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?</verse>
				<verse number="7">आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र?</verse>
				<verse number="8">तब तिमीहरूको ज्‍योति बिहानझैँ फुटेर निस्‍कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्‍तिरको रक्षक हुनेछ।</verse>
				<verse number="9">तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्‍ति बिन्‍ती गर्नेछौ, र उहाँले भन्‍नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्‍ना बीचबाट अत्‍याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्‍यापूर्ण कुरा बोल्‍न त्‍याग्‍यौ,</verse>
				<verse number="10">अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ।</verse>
				<verse number="11">परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।</verse>
				<verse number="12">तिमीहरूका मानिसहरूले पुराना भग्‍नावशेष फेरि बनाउनेछन्‌। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्‌। तिमीहरू ‘भत्‍केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्‍ने घरहरूका निम्‍ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।</verse>
				<verse number="13">“तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्‍यौ, र आफ्‍नो इच्‍छाअनुसार नगरी यस दिनलाई मान्‍यता दियौ र यसमा आफ्‍नो खुशी नगरी व्‍यर्थका कुरा गरेनौ भने,</verse>
				<verse number="14">तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्‍च स्‍थानहरूमा सवार गर्ने तुल्‍याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्‍याउनेछु।” परमप्रभुको मुखैले यसो भन्‍नुभएको छ।</verse>
			</chapter>
			<chapter number="59">
				<verse number="1">निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ।</verse>
				<verse number="2">तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन।</verse>
				<verse number="3">किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औँला दोषले पोतिएका छन्, र तिमीहरूका ओठले झूटा कुराहरू बोलेका छन्, र तिमीहरूको जिब्रोले दुष्‍ट कुराहरू बक्‍तछ।</verse>
				<verse number="4">कसैले न्‍याय माग्‍दैन। कसैले ईमानदारीसाथ वकालत गर्दैन। तिनीहरू खोक्रो तर्कमा भर पर्छन्‌ र झूट बोल्‍छन्‌। तिनीहरू उपद्रव रच्‍दछन्, र अधर्म जन्‍माउँछन्‌।</verse>
				<verse number="5">तिनीहरू साँभे सर्पका फुल ओथ्रन्‍छन्, र माकुराको जाल बुन्‍छन्‌। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्‍यसलाई फुटायो भने साँपको बच्‍चा निस्‍कन्‍छ।</verse>
				<verse number="6">तिनीहरूका जालले वस्‍त्र बनिँदैन, तिनीहरूले बनाएका थोकले तिनीहरू आफैलाई ढाक्‍न सक्‍दैनन्‌। तिनीहरूका काम अधर्मका काम हुन्, र उपद्रवका काम नै तिनीहरूका हातमा हुन्‍छन्‌।</verse>
				<verse number="7">तिनीहरूका खुट्टा पापको कामतिर दौड़न्‍छन्, र तिनीहरू निर्दोषको रगत बगाउन हतार गर्छन्‌। तिनीहरूका विचार अधर्मका विचार हुन्‌। उजाड़ र नाशले तिनीहरूको बाटो चिनाउँछन्‌।</verse>
				<verse number="8">तिनीहरू शान्‍तिको बाटो चिन्‍दैनन्, र तिनीहरूका मार्गमा न्‍याय छैन। तिनीहरूले आफ्‍ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्‌। त्‍यसबाट हिँड्‌ने कसैले शान्‍तिलाई जान्‍नेछैन।</verse>
				<verse number="9">यसैले न्‍याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्‍दैन। हामीहरू उज्‍यालोको बाटो हेर्छौं, तर सबै अन्‍धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्‍यारोमा हिँड्‌दछौं!</verse>
				<verse number="10">अन्‍धा मानिसझैँ हामी भित्ता छाम्‍दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्‍नो बाटो छाम्‍दछौं। हामी मध्‍यदिनमा पनि साँझमा झैँ ठेस खान्‍छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं।</verse>
				<verse number="11">हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्‍याय माग्‍छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्‍छौं, तर त्‍यो हामीबाट टाढ़ा छ।</verse>
				<verse number="12">किनकि हाम्रा अपराध तपाईंको दृष्‍टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्‍छन्‌। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्‍वीकार गर्दछौं।</verse>
				<verse number="13">परमप्रभुको विरुद्धमा बागीपन र विश्‍वासघात, हाम्रा परमेश्‍वरलाई पिठिउँ देखाई अत्‍याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्‍पन्‍न गरेका झूटा कुराहरू हामीले बोलेका छौं।</verse>
				<verse number="14">यसैले न्‍याय पछिल्‍तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्‍यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्‍दैन।</verse>
				<verse number="15">सत्‍यता कहीँ पनि पाइँदैन, र दुष्‍टदेखि अलग बस्‍ने जोसुकै पनि शिकार बन्‍छ। परमप्रभुले हेर्नुभयो, र न्‍याय रहेन भनेर उहाँ रिसाउनुभयो।</verse>
				<verse number="16">कोही रहेनछ भनी उहाँले देख्‍नुभयो, र कोही मध्‍यस्‍थ पनि नभएकोले अचम्‍म मान्‍नुभयो। यसर्थ उहाँकै आफ्‍नै बाहुलीले त्‍यसको निम्‍ति उद्धार ल्‍याउनुभयो, र उहाँकै धार्मिकताले त्‍यसलाई थाम्‍नुभयो।</verse>
				<verse number="17">उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्‍त्र लाउनुभयो र जोशलाई पोशाकजस्‍तै पहिरिनुभयो।</verse>
				<verse number="18">तिनीहरूले गरेअनुसार उहाँले तिनीहरूलाई साटो लिनुहुनेछ, उहाँका विरोधीहरूमाथि क्रोध, र उहाँका वैरीहरूमाथि बदला! टापूका देशहरूलाई तिनीहरूले गरेजस्‍तै उहाँले बदला दिनुहुनेछ।</verse>
				<verse number="19">पश्‍चिमका देशहरूदेखि मानिसहरूले परमप्रभुका नाउँको भय मान्‍नेछन्, र सूर्योदयदेखि तिनीहरूले उहाँका महिमाको सम्‍मान गर्नेछन्‌। किनकि उहाँ उर्लंदो बाढ़जस्‍तै आउनुहुन्‍छ, जसलाई परमप्रभुको सासले हाँकेर ल्‍याउँछ।</verse>
				<verse number="20">“आफ्‍ना पापको पश्‍चात्ताप गर्ने याकूबका सन्‍तानहरूका निम्‍ति मुक्तिदाता सियोनमा आउनुहुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="21">परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो करार तिनीहरूसित चाहिँ यही हुनेछ। मेरो आत्‍मा जो तँमाथि छ, र मेरो वचन जो मैले तेरो मुखमा हालिदिएको छु, त्‍यो तेरो मुखबाट, तेरो छोराछोरीका मुखबाट, र तिनीहरूका सन्‍तानका मुखबाट अबदेखि उसो सधैँभरिका निम्‍ति हट्‌नेछैन,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="60">
				<verse number="1">“उठ्, प्रकाशमान्‌ हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।</verse>
				<verse number="2">हेर्, अँध्‍यारोले पृथ्‍वीलाई, र घोर अँध्‍यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्‍कनुहुन्‍छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्‍छ।</verse>
				<verse number="3">जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्‍योतिमा आउनेछन्‌।</verse>
				<verse number="4">“तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्‍मा भएर तँकहाँ आउँछन्‌। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्‍याइन्‍छन्‌।</verse>
				<verse number="5">तब यो देखेर तँ उज्‍ज्‍वल हुनेछस्, र तेरो हृदय आनन्‍दले गद्‌गद्‌ हुनेछ। समुद्रका धन तँतर्फ ल्‍याइनेछन्, जाति-जातिको सम्‍पत्ति तँकहाँ आउनेछ।</verse>
				<verse number="6">ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्‌।</verse>
				<verse number="7">केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्‍मा हुनेछन्‌। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्‌। तिनीहरू बलि स्‍वरूप मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, र मेरो महिमाको मन्‍दिरलाई म सिँगार्नेछु।</verse>
				<verse number="8">“बादलझैँ उड्‌ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्‌ने यी को हुन्‌?</verse>
				<verse number="9">निश्‍चय नै टापूहरूले मलाई हेर्छन्‌। अगिअगिचाहिँ तर्शीशका व्‍यापारी जहाजहरू छन्‌। परमप्रभु तेरा परमेश्‍वरको निम्‍ति, अर्थात्‌ इस्राएलका परमपवित्रका सम्‍मानको निम्‍ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्‍याउँछन्‌। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।</verse>
				<verse number="10">“विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्‌। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु।</verse>
				<verse number="11">तेरा सहरका मूल ढोकाहरू निरन्‍तर खुला रहनेछन्‌। मानिसहरूले तँकहाँ जाति-जातिका धन-सम्‍पत्ति ल्‍याउन र तिनका राजाहरू अगिअगि विजयीजुलूससाथ पस्‍न ती ढोकाहरू दिनरात कहिल्‍यै बन्‍द हुनेछैनन्‌।</verse>
				<verse number="12">किनकि तेरो सेवा नगर्ने जाति वा राज्‍य नष्‍ट हुनेछ। त्‍यो बिलकुलै नष्‍ट हुनेछ।</verse>
				<verse number="13">“लेबनानको गौरव तँकहाँ आउनेछ— सल्‍लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्‍थान सुन्‍दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्‍थानलाई गौरवमय बनाउनेछु।</verse>
				<verse number="14">तँलाई सताउनेहरूका छोराहरू तँकहाँ शिर निहुराउँदै आउनेछन्‌। तँलाई घृणा गर्नेहरू सबै तेरा खुट्टामा निहुरनेछन्‌। तिनीहरूले तँलाई परमप्रभुको सहर, इस्राएलका परमपवित्रको सियोन भन्‍नेछन्‌।</verse>
				<verse number="15">“तँ त्‍यागिएकी र घृणित भएकी, तँबाट भएर कोही नगए तापनि म तँलाई सदाको गौरव र सबै पुस्‍ताको आनन्‍द तुल्‍याउनेछु।</verse>
				<verse number="16">तैंले जाति-जातिहरूको दूध पिउनेछस्‌ र राजकीय थुन चुस्‍नेछस्‌। त्‍यस बेला तैंले यो जान्‍नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ।</verse>
				<verse number="17">काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्‍याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्‍याउनेछु। शान्‍तिलाई तेरा राज्‍यपाल र धार्मिकतालाई तेरा शासक तुल्‍याउनेछु।</verse>
				<verse number="18">तेरो देशमा फेरि कहिल्‍यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्‍नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।</verse>
				<verse number="19">दिनमा सूर्यले फेरि कहिल्‍यै तँलाई ज्‍योति दिनेछैन, न त चन्‍द्रमाको उज्‍यालो तँमाथि चम्‍कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्‍योति, र तेरा परमेश्‍वरचाहिँ तेरो महिमा हुनुहुनेछ।</verse>
				<verse number="20">तेरो सूर्य फेरि कहिल्‍यै अस्‍ताउनेछैन, र तेरो चन्‍द्रमा पनि घट्‌नेछैन। परमप्रभु तेरो सदाको ज्‍योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्‍त्‍य हुनेछ।</verse>
				<verse number="21">तब तेरा सबै प्रजा धर्मात्‍मा हुनेछन्, र तिनीहरूले सदाको निम्‍ति देशको अधिकार गर्नेछन्‌। मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा, मेरो हातका काम हुन्‌।</verse>
				<verse number="22">तिमीहरूमध्‍ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्‍दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्‍यसको समयमा त्‍यो चाँड़ै पूरा गर्नेछु।”</verse>
			</chapter>
			<chapter number="61">
				<verse number="1">परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।</verse>
				<verse number="2">	परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन,</verse>
				<verse number="3">र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌।</verse>
				<verse number="4">तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌।</verse>
				<verse number="5">परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌।</verse>
				<verse number="6">अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।</verse>
				<verse number="7">तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ।</verse>
				<verse number="8">“किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।</verse>
				<verse number="9">तिनीहरूका सन्‍तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्‌। तिनीहरूलाई देख्‍ने सबैले ‘ती परमप्रभुबाट आशिष्‌ पाएका सन्‍तान हुन्‌’ भनी स्‍वीकार गर्नेछन्‌।”</verse>
				<verse number="10">म परमप्रभुमा साह्रै आनन्‍दित हुन्‍छु। मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ— जसरी दुलहाले आफ्‍नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्‍नहरूले आभूषित गर्छिन्‌।</verse>
				<verse number="11">किनकि जसरी भूमिले आफ्‍नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्‍यसरी नै परमप्रभु परमेश्‍वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्‍ने उत्‍पत्ति गर्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="62">
				<verse number="1">सियोनको खातिर म चूप लाग्‍नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्‍नेछैनँ, जबसम्‍म त्‍यसको धार्मिकता उषाको उज्‍यालोजस्‍तै र त्‍यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन।</verse>
				<verse number="2">जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्‍नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्‍नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्‌।</verse>
				<verse number="3">तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्‍वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्‌।</verse>
				<verse number="4">तँ फेरि कहिल्‍यै ‘त्‍यागिएकी’ भनिनेछैनस्‌। तेरो देश फेरि कहिल्‍यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्‍सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्‍युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ।</verse>
				<verse number="5">जसरी एक जना जवान केटाले कन्‍ये-केटीलाई विवाह गर्छ, त्‍यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्‌। जसरी दुलहा आफ्‍नी दुलहीको निम्‍ति रमाहट गर्छ, त्‍यसरी नै तेरा परमेश्‍वरले तेरो निम्‍ति रमाहट गर्नुहुनेछ।</verse>
				<verse number="6">मैले तेरा पर्खालहरूमा पहरा बस्‍नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्‍नेछन्‌। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,</verse>
				<verse number="7">र जबसम्‍म उहाँले यरूशलेमलाई स्‍थापित गरेर त्‍यसको महिमा पृथ्‍वीभरि फिँजाउनुहुन्‍न, तबसम्‍म उहाँलाई विश्राम गर्न नदेओ।</verse>
				<verse number="8">परमप्रभुले आफ्‍नो दाहिने हात र आफ्‍नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्‍यै तेरो अन्‍न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्‍ति तैंले परिश्रम गरेको थिइस्, त्‍यो विदेशीले कहिल्‍यै खान पाउनेछैनन्‌।</verse>
				<verse number="9">तर जसले अन्‍न कटनी गर्छन्, तिनीहरूले त्‍यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्‌। र जसले दाख जम्‍मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्‍थानको चोकमा त्‍यो पिउनेछन्‌।”</verse>
				<verse number="10">जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्‍ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्‍यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्‍ति झन्‍डा खड़ा गर।</verse>
				<verse number="11">परमप्रभुले पृथ्‍वीको पल्‍लो छेउसम्‍म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्‍छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”</verse>
				<verse number="12">तिनीहरू पवित्र जाति कहलाइनेछन्‌— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्‍यागिएको सहर” कहलाइनेछस्‌।</verse>
			</chapter>
			<chapter number="63">
				<verse number="1">एदोमबाट, बोज्राबाट गाढ़ा रातो रङ्गले रँगाएका वस्‍त्रसित आउनुहुने को हो? रवाफिलो वस्‍त्र र आफ्‍नो शक्तिको बढ्‌पनमा आउँदैगर्नुहुने को हो? “धार्मिकतामा बोल्‍ने र बचाउनमा सामर्थी म हुँ!”</verse>
				<verse number="2">किन तपाईंको पोशाक दाख-कुण्‍डमा पेल्‍नेहरूको जस्‍तै रातो छ?</verse>
				<verse number="3">“मैले एकलै दाख-कुण्‍ड पेलें, जातिहरूमध्‍ये कोही पनि मसित थिएन। मैले रीसमा तिनीहरूलाई पेलें, र मेरो क्रोधमा तिनीहरूलाई कुल्‍चें। तिनीहरूको जीवन-रक्त मेरो पोशाकमा छ्यापियो, र मेरो सबै वस्‍त्र रगतै-रगत भयो।</verse>
				<verse number="4">किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ।</verse>
				<verse number="5">मैले हेरें, तर सहायता गर्ने कोही पनि थिएन। सहारा दिने कोही पनि नदेखेर म छक्‍क परें, यसैले मेरो आफ्‍नै बाहुबलले मेरो उद्धार गर्‍यो, र मेरो क्रोधले मलाई सम्‍हाल्‍यो।</verse>
				<verse number="6">मेरो रीसमा मैले जाति-जातिहरूलाई कुल्‍चें। मेरो क्रोधमा तिनीहरूलाई मत्ताएँ, र मैले तिनीहरूको जीवन-रक्त भूइँमा खन्‍याइदिएँ।”</verse>
				<verse number="7">परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्‍ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्‍ति धेरै असल कार्य गर्नुभयो।</verse>
				<verse number="8">उहाँले भन्‍नुभयो, “निश्‍चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्‌।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।</verse>
				<verse number="9">तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्‍थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्‍नुभयो।</verse>
				<verse number="10">तरै पनि तिनीहरू बागी भए, र उहाँका पवित्र आत्‍मालाई दु:खित तुल्‍याए। यसैकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैले तिनीहरूका विरुद्धमा लड्‌नुभयो।</verse>
				<verse number="11">तब उहाँका प्रजाले प्राचीनका दिनलाई, अर्थात्‌ मोशा र तिनका प्रजाका दिनलाई सम्‍झे। समुद्रबाट उहाँको बगालका गोठालासमेत तिनीहरूलाई ल्‍याउने कहाँ हुनुहुन्‍छ? आफ्‍ना पवित्र आत्‍मा तिनीहरूका बीचमा राख्‍ने कहाँ हुनुहुन्‍छ—</verse>
				<verse number="12">जसले आफ्‍नो प्रतापी बाहु मोशाको दाहिने हाततिर पठाउनलाई बढ़ाउनुभयो, जसले आफ्‍नो नाउँ अनन्‍तको निम्‍ति प्रसिद्ध राख्‍नलाई तिनीहरूकै सामुन्‍ने पानीलाई दुई भाग गर्नुभयो,</verse>
				<verse number="13">जसले तिनीहरूलाई ठेस नलागोस्‌ भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्‍याउनुभयो।</verse>
				<verse number="14">जसरी गाईबस्‍तुहरू बेँसीमा चर्छन्, त्‍यसरी नै परमप्रभुको आत्‍माले तिनीहरूलाई विश्राम दिनुभयो। यसरी नै तपाईंले आफ्‍नो नाउँ महिमित पार्न आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो।</verse>
				<verse number="15">स्‍वर्गबाट हेर्नुहोस्, र आफ्‍नो उच्‍च र पवित्र र महिमित सिंहासनबाट तल दृष्‍टि गर्नुहोस्‌। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्‌।</verse>
				<verse number="16">तर तपाईं त हाम्रा पिता हुनुहुन्‍छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्‍वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्‍छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो।</verse>
				<verse number="17">हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्‍याउनुहुन्‍छ, र तपाईंलाई सम्‍मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्‍छ? तपाईंको निज उत्तराधिकार भएका कुलहरूका खातिर, तपाईंका दासहरूका खातिर फर्कनुहोस्‌।</verse>
				<verse number="18">तपाईंका प्रजा थोरै समयको निम्‍ति मात्र तपाईंको पवित्र ठाउँको अधिकारी भए, तर अब हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्‍थानलाई कुल्‍चीमिल्‍ची गरे।</verse>
				<verse number="19">प्राचीनकालदेखि नै हामी त तपाईंका हौं, तर तपाईंले उनीहरूमाथि शासन गर्नुभएको छैन, उनीहरू तपाईंको नाउँद्वारा कहलाइएका छैनन्‌।</verse>
			</chapter>
			<chapter number="64">
				<verse number="1">आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्‍ने पर्वतहरू कामेका भए त हुनेथियो!</verse>
				<verse number="2">आगोले झिँजामिजा डढ़ाएर र पानी उमालेझैँ, तपाईंका शत्रुहरूलाई आफ्‍नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्‍थितिमा कामून्‌ भनेर तपाईं तल आउनुहोस्‌!</verse>
				<verse number="3">जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्‍थितिमा कामे।</verse>
				<verse number="4">उहाँको बाटो हेर्नेहरूका निम्‍ति काम गर्नुहुने तपाईंबाहेक अरू कोही परमेश्‍वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्‍यै सुनेको छैन, न त कानले सुनेको छ, न आँखाले देखेको छ।</verse>
				<verse number="5">जसले खुशीसित ठीक काम गर्छ, र जसले तपाईंको बाटो स्‍मरण गर्छ, तिनीहरूको सहायता गर्न तपाईं आउनुहुन्‍छ। तर जब हामीले तिनीहरूका विरुद्धमा पाप गर्दैरह्यौं तब तपाईं रिसाउनुभयो। कसरी हामीहरू बचाइन सक्‍छौं र?</verse>
				<verse number="6">हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्‌। हामी सबै पातझैँ ओइलाइहाल्‍छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्‍छन्‌।</verse>
				<verse number="7">तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्‍न कसैले प्रयत्‍न गर्दैन, किनकि तपाईंले आफ्‍नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्‍मा पार्नुभएको छ।</verse>
				<verse number="8">तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।</verse>
				<verse number="9">हे परमप्रभु, ज्‍यादै क्रोधित नहुनुहोस्, हाम्रा पापहरू सधैँभरि सम्‍झी नरहनुहोस्‌। बिन्‍ती छ, हामीमाथि निगाह रहोस्, किनकि हामी सबै तपाईंकै प्रजा हौं।</verse>
				<verse number="10">तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्, सियोनसमेत मरुभूमि भयो, यरूशलेम ध्‍वंस भयो।</verse>
				<verse number="11">हाम्रो पवित्र र गौरवमय मन्‍दिर जहाँ हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्थे, त्‍यो आगोले डढ़ाइएको छ, र हामीले मूल्‍यवान्‌ ठानेका वस्‍तुहरू भग्‍नावशेष भएका छन्‌।</verse>
				<verse number="12">यी सबै कुरा भएपछि हे परमप्रभु, के तपाईं पछिपछि हट्‌नुहुन्‍छ? के तपाईं चूपचाप बसेर हामीलाई नापभन्‍दा ज्‍यादै सजाय दिनुहुन्‍छ?</verse>
			</chapter>
			<chapter number="65">
				<verse number="1">“मलाई नसोध्‍नेहरूलाई मैले स्‍वयम्‌ प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’।</verse>
				<verse number="2">मैले मेरो हात दिनभरि नै एउटा अटेरी प्रजाको अगि फैलाएँ, जो आफ्‍नै कल्‍पनामा यस्‍तो बाटोमा हिँड्‌छन्‌ जो असल छैन—</verse>
				<verse number="3">एउटा यस्‍ता प्रजा, जसले निरन्‍तर मेरै सामुन्‍ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्‍छन्,</verse>
				<verse number="4">जो चिहानहरूमा बस्‍छन्, र गुप्‍त ठाउँहरूमा कुरेर रात बिताउँछन्, जसले सुँगुरको मासु खान्‍छन्, र जसका भाँड़ामा घिनलाग्‍दा कुराहरूको झोल हुन्‍छ,</verse>
				<verse number="5">जसले भन्‍छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्‍ति अति पवित्र छु’। यस्‍ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्‌।</verse>
				<verse number="6">“हेर, मेरो सामुन्‍ने यस्‍तो लेखिएको छ, म चूप रहनेछैनँ, तर पूरै साटो लिनेछु। निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—</verse>
				<verse number="7">तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।”</verse>
				<verse number="8">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “जसरी दाखको झुप्‍पामा रस पाएर, मानिसहरूले भन्‍छन्, ‘त्‍यसलाई नबिगार्, किनकि त्‍यसमा अझै राम्रो रस होला,’ त्‍यसरी नै म मेरा सेवकहरूको पक्षमा गर्नेछु, म तिनीहरू सबैलाई नष्‍ट गर्नेछैनँ।</verse>
				<verse number="9">म याकूबबाट सन्‍तान-दरसन्‍तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्‍पन्‍न गर्नेछु। मेरा चुनिएकाहरूले त्‍यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्‍यहाँ बस्‍नेछन्‌।</verse>
				<verse number="10">मलाई खोज्‍ने मेरा प्रजाहरूका निम्‍ति, शारोनचाहिँ भेड़ाबाख्राहरूको चरन, र आकोरको बेँसीचाहिँ गाईबस्‍तुहरूका विश्रामको ठाउँ हुनेछ।</verse>
				<verse number="11">“तर तिमीहरू, जसले परमप्रभुलाई त्‍याग्‍छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्‍छौ, जसले भाग्‍य-देवको निम्‍ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्‍ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ,</verse>
				<verse number="12">म तिमीहरूलाई तरवारको निम्‍ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्‍यानसित सुनेनौ। मेरो दृष्‍टिमा जे खराब थियो, तिमीहरूले त्‍यही काम गर्‍यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्‍यौ।”</verse>
				<verse number="13">यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकै बस्‍नेछौ। मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरूचाहिँ लाजमा पर्नेछौ।</verse>
				<verse number="14">मेरा दासहरू हृदयको आनन्‍दले गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयमा चिन्‍ता भएकोले रुनेछौ, र आत्‍मामा खिन्‍न भएकोले चिच्‍च्‍याई-चिच्‍च्‍याई रुनेछौ।</verse>
				<verse number="15">तिमीहरूले आफ्‍नो नाउँ मेरा छानिएकाहरूका निम्‍ति सरापको रूपमा छोड्‌नेछौ, र परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मार्नुहुनेछ। तर उहाँले आफ्‍ना दासहरूलाई अर्को नाउँ दिनुहुनेछ।</verse>
				<verse number="16">जसले यस देशमा आशिष्‌को आह्वान गर्नेछ, त्‍यसले साँचो परमेश्‍वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्‍वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्‌।</verse>
				<verse number="17">“हेर, म नयाँ आकाश र नयाँ पृथ्‍वी सृष्‍टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्‍झना हुनेछैन, न त ती मनमा आउनेछन्‌।</verse>
				<verse number="18">तर मैले सृष्‍टि गर्ने कुरामा सदासर्वदा आनन्‍द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्‍यसका मानिसहरूलाई आनन्‍ददायक तुल्‍याउनेछु।</verse>
				<verse number="19">म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु, र त्‍यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्‍यै सुनिनेछैन।</verse>
				<verse number="20">“थोरै दिनसम्‍म बाँच्‍ने बालक वा आफ्‍नो पूरा उमेरसम्‍म नबाँच्‍ने वृद्ध मानिस त्‍यहाँ कहिल्‍यै हुनेछैन। सय वर्षसम्‍म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्‍म नबाँच्‍नेचाहिँ श्रापित मानिनेछ।</verse>
				<verse number="21">तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।</verse>
				<verse number="22">तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्‍ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्‍यै हुनेछैन। किनकि रूखको आयु जस्‍तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्‍ना हातले गरेका काम धेरै दिनसम्‍मै भोग गर्नेछन्‌।</verse>
				<verse number="23">तिनीहरूले व्‍यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्‍ति बालकहरू जन्‍माउनेछैनन्‌। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष्‌ पाएका प्रजा हुनेछन्‌।</verse>
				<verse number="24">तिनीहरूले बिन्‍ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्‍दाबोल्‍दै तिनीहरूका कुरा म सुन्‍नेछु।</verse>
				<verse number="25">ब्‍वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्‍सानी गर्नेछन्, न नष्‍ट गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="66">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “स्‍वर्ग मेरो सिंहासन हो, र पृथ्‍वीचाहिँ मेरो पाउदान हो। मेरो निम्‍ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?</verse>
				<verse number="2">के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्‍नुहुन्‍छ। “जो आत्‍मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्‍दछ, त्‍यसलाई म आदर गर्दछु।</verse>
				<verse number="3">तर गोरुको बलि गर्नेचाहिँ मान्‍छे मार्नेजस्‍तै हो। थुमा बलिदान चढ़ाउनेचाहिँ कुकुरको घिच्रो भाँच्‍नेजस्‍तै हो। जसले अन्‍नबलि चढ़ाउँछ, त्‍यो सुँगुरको रगत चढ़ाउनेजस्‍तै हो। जसले सम्‍झना स्‍वरूप धूप बाल्‍छ, त्‍यो मूर्तिलाई पूजा गरेजस्‍तै हो। तिनीहरूले आफ्‍नै बाटो चुनेका छन्‌ र तिनीहरूका प्राण आफ्‍नै घिनलाग्‍दा कामहरूमा खुशी हुन्‍छन्‌।</verse>
				<verse number="4">यसैले म पनि तिनीहरूसित कड़ा व्‍यवहार गर्नेछु, र तिनीहरूले डरले मानेका कुरा तिनीहरूमाथि ल्‍याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन। जब म बोलें, कसैले ध्‍यानै दिएन। जे मेरो दृष्‍टिमा खराब थियो, तिनीहरूले त्‍यही गरे, र जुन कुरा मलाई मन पर्दैन, त्‍यही तिनीहरूले चुने।”</verse>
				<verse number="5">तिमीहरू, जो परमप्रभुको वचनमा काम्‍दछौ, उहाँको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्‍कार गर्छन्, तिनीहरूले यसो भनेका छन्, ‘परमप्रभुको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्‍द हेरौं!’ तापनि तिनीहरू लज्‍जित हुनेछन्‌।</verse>
				<verse number="6">सहरबाट निस्‍केको त्‍यो ठूलो हल्‍ला सुन! मन्‍दिरबाट निस्‍केको आवाज सुन। यो आफ्‍ना शत्रुहरूलाई उचित बदला दिनुहुने परमप्रभुको सोर हो!</verse>
				<verse number="7">“प्रसववेदनामा पर्नुभन्‍दा पहिले नै त्‍यसले जन्‍माउँछे। सुत्‍केरी व्‍यथा लाग्‍नुभन्‍दा पहिले नै त्‍यसले एउटा छोरा जन्‍माउँछे।</verse>
				<verse number="8">यस्‍तो कुरा कसले सुनेको छ? यस्‍तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्‍पन्‍न हुन्‍छ र? अथवा के एकै क्षणमा एउटा जाति निकाल्‍न सकिन्‍छ र? तापनि सियोनले त प्रसववेदना लाग्‍ने बित्तिकै बालकहरू जन्‍माउँछे।</verse>
				<verse number="9">के जन्‍माउने समयसम्‍म ल्‍याएर जन्‍माउनेचाहिँ नतुल्‍याऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के म, जसले जन्‍माउन लाउँछु, म गर्भ थुन्‍छु र?” तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्‍यससित आनन्‍द गर, र त्‍यसको निम्‍ति प्रसन्‍न होओ। हे त्‍यसको निम्‍ति शोक गर्ने हो, आनन्‍दले प्रफुल्‍लित होओ।</verse>
				<verse number="11">किनकि त्‍यसका सान्‍त्‍वना दिने स्‍तन चुसेर तिमीहरू सन्‍तुष्‍ट हुनेछौ, र दूध पूरै चुसेर त्‍यसको प्रशस्‍तपनमा आनन्‍दित हुनेछौ।”</verse>
				<verse number="12">किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, “म शान्‍तिलाई नदीझैँ र जाति-जातिहरूको सम्‍पत्ति उर्लंदो खोलाझैँ त्‍यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्‍नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ।</verse>
				<verse number="13">आमाले आफ्‍ना बालकलाई सान्‍त्‍वना दिएझैँ म तिमीहरूलाई सान्‍त्‍वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्‍त्‍वना पाउनेछौ।</verse>
				<verse number="14">जब तिमीहरूले यो देख्‍नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्‍ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।</verse>
				<verse number="15">हेर, परमप्रभु अग्‍निसाथ आउँदैहुनुहुन्‍छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन्‌। आफ्‍नो रीस झोँकसित र आफ्‍नो हप्‍काइ आगोको ज्‍वालासित उहाँले ल्‍याउनुहुनेछ।</verse>
				<verse number="16">किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्‍याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्‌।</verse>
				<verse number="17">“ती, जसले आफूलाई पवित्र र शुद्ध पारेर बगैँचामा सुँगुर र मूसा तथा अन्‍य घिनलाग्‍दा कुरा खानेमध्‍ये कसैलाई पछ्याउँछन्, तिनीहरू सबैको एकैसाथ अन्‍त हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">“तिनीहरूका काम र तिनीहरूका कल्‍पनाको कारण म सारा जातिहरू र विभिन्‍न भाषा बोल्‍नेहरूलाई जम्‍मा गर्न आउनेछु, र तिनीहरू आएर मेरो महिमा देख्‍नेछन्‌।</verse>
				<verse number="19">“म तिनीहरूका बीचमा एउटा चिन्‍ह राख्‍नेछु, र तिनीहरूमध्‍ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात्‌ तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन्‌ र मेरो महिमा देखेका छैनन्‌। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्‌।</verse>
				<verse number="20">अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्‍चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्‍ति बलिजस्‍तै ल्‍याउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “इस्राएलका सन्‍तानले आफ्‍नो अन्‍नबलि चोखो भाँड़ामा परमप्रभुको मन्‍दिरमा ल्‍याएझैँ तिनीहरूले यिनीहरूलाई ल्‍याउनेछन्,</verse>
				<verse number="21">अनि तिनीहरूमध्‍येका कति जनालाई पनि पूजाहारी र लेवीहरू हुन म चुन्‍नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="22">“जसरी नयाँ आकाश र नयाँ पृथ्‍वी, जो म बनाउनेछु, ती मेरै सामुन्‍ने रहिरहनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्‍तान रहिरहनेछन्‌।</verse>
				<verse number="23">एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्‍म, सबै मानिस-जाति आएर मेरो सामुन्‍ने निहुरनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="24">“अनि तिनीहरूले निस्‍केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्‌। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्‍नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्‍ति घृणित हुनेछन्‌।”</verse>
			</chapter>
		</book>
		<book number="24">
			<chapter number="1">
				<verse number="1">बेन्‍यामीनको इलाकाको अनातोतमा बस्‍ने पूजाहारीहरूमध्‍ये एक जना, हिल्‍कियाहका छोरा यर्मियाका वचन यी हुन्‌।</verse>
				<verse number="2">यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो,</verse>
				<verse number="3">अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्‍म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्‍जेलसम्‍मै आइरह्यो।</verse>
				<verse number="4">परमप्रभुको यो वचन मकहाँ आयो,</verse>
				<verse number="5">“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”</verse>
				<verse number="6">मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”</verse>
				<verse number="7">तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ।</verse>
				<verse number="8">तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु।</verse>
				<verse number="10">हेर्, उखेल्‍न र भत्‍काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्‍न म आज तँलाई जाति-जातिहरू र राज्‍य-राज्‍यहरूमाथि नियुक्त गर्दछु।”</verse>
				<verse number="11">परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्‍छस्‌?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्‍दैछु।”</verse>
				<verse number="12">तब परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस्‌ भनेर म नियालेर हेरिरहेको छु।”</verse>
				<verse number="13">परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्‍दैछस्‌?” मैले भनें, “एउटा उम्‍लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्‍टिरहेको म देख्‍दैछु।”</verse>
				<verse number="14">तब परमप्रभुले मलाई भन्‍नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्‍याइनेछ।</verse>
				<verse number="15">म उत्तरका राज्‍यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्‍नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्‍ने ठाउँमा स्‍थापना गर्नेछ। उनीहरू त्‍यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्‌।</verse>
				<verse number="16">मलाई त्‍यागेर तिनीहरूले गरेका सबै दुष्‍टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्‍यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्‍ति धूप बाले, र आफ्‍नै हातले बनाएका कुराहरूलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="17">“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्‍छु ती तिनीहरूलाई भन्‌। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्‍ने भयभीत पार्नेछु।</verse>
				<verse number="18">आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्‍ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु।</verse>
				<verse number="19">तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“जा, र यरूशलेमले सुन्‍ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्‍थाको भक्ति, दुलहीको जस्‍तो तेरो प्रेमलाई म सम्‍झन्‍छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्‍यस बीउ नछरेको भूमिमा।</verse>
				<verse number="3">इस्राएल आफ्‍ना परमप्रभुको निम्‍ति पवित्र थियो, त्‍यो उहाँको फसलको अगौटे फल थियो। त्‍यसलाई निल्‍नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन।</verse>
				<verse number="5">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्‍यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्‍याए।</verse>
				<verse number="6">तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्‍छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्‍याउनुभयो, र हामीहरूलाई उजाड़-स्‍थानमा डोर्‍याएर ल्‍याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्‍गा, पानी नभएको र घोर अन्‍धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्‍दैन, जहाँ कोही बस्‍दैन?’</verse>
				<verse number="7">मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्‍यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्‍याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्‍यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्‍यायौ।</verse>
				<verse number="8">‘परमप्रभु कहाँ हुनुहुन्‍छ?’ पूजाहारीहरूले भनेनन्‌। व्‍यवस्‍था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्‍यर्थैका मूर्तिहरूका पछि लागे।</verse>
				<verse number="9">“यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्‍तो काम त्‍यहाँ कहिल्‍यै भएको रहेछ त?</verse>
				<verse number="11">के कुनै जातिले आफ्‍ना देवताहरू बद्‌लिगरेका छन्‌ र? (यद्यपि कुनै प्रकारले ती ईश्‍वर होइनन्‌।) तर मेरो प्रजाले त आफ्‍नो गौरव व्‍यर्थका मूर्तिहरूसित साट्यो।</verse>
				<verse number="12">हे आकाशमण्‍डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।</verse>
				<verse number="14">“के इस्राएल एउटा नोकर, जन्‍मैको एक कमारो हो र? तब किन त्‍यो लुटियो त?</verse>
				<verse number="15">सिंहहरू गर्जेका छन्, तिनीहरू त्‍योतिर फर्केर गर्जंदैछन्‌। तिनीहरूले त्‍यसको देश उजाड़ पारिदिएका छन्‌। त्‍यसका नगरहरू जलाइएका र त्‍यागिएका छन्‌।</verse>
				<verse number="16">नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्‌।</verse>
				<verse number="17">जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बाटोमा डोर्‍याएर ल्‍याउनुभयो, तब उहाँलाई त्‍यागेर तिमीहरूले यो आफैमाथि ल्‍याएका होइनौ र?</verse>
				<verse number="18">शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्‍छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्‍शूरमा किन जान्‍छौ?</verse>
				<verse number="19">तिमीहरूको दुष्‍टताले तिमीहरूलाई दण्‍ड दिनेछ, तिमीहरूको धर्म-त्‍यागले तिमीहरूलाई हप्‍काउनेछ। यसकारण तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका र उहाँको भय नमानेका हुनाले तिमीहरूको कति खराबी हुनेछ, र तिमीहरूलाई कति तीतो लाग्‍नेछ भनी जान,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="20">“धेरै अघि नै तैंले आफ्‍नो जुवा भाँचिदिइस्, र बन्‍धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्‍चै, हरेक डाँड़ामाथि, र हरेक झ्‍याम्‍म परेको रूखमुनि तँ वेश्‍याझैँ ढल्‍किस्‌।</verse>
				<verse number="21">मैले त तँलाई भरिलो र भरपर्दोजस्‍तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्‍ट जङ्गली दाखको बोट भइस्‌?</verse>
				<verse number="22">तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्‍ने नै छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="23">“‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्‍न सक्‍छस्‌? हेर, बेँसीमा तैंले कस्‍तो व्‍यवहार गरिस्‌? त्‍यहाँ तैंले के गरिस्‌ सो विचार गर्‌। वेगले यताउता कुदिहिँड्‌ने तँ चञ्‍चली जवान ऊँट!</verse>
				<verse number="24">उजाड़-स्‍थानमा बस्‍ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्‍यसको कामवासनालाई कसले रोक्‍न सक्‍छ र? त्‍यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्‍यसलाई भेट्टाउनेछन्‌।</verse>
				<verse number="25">तेरो खुट्टा नाङ्गो नहोउञ्‍जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्‍जेल नकुद्‌। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्‍नेछु’।</verse>
				<verse number="26">“जसरी चोर पक्राउ पर्दा लज्‍जित हुन्‍छ, त्‍यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्‍जित छन्‌।</verse>
				<verse number="27">तिनीहरू काठलाई भन्‍छन्, ‘तिमी मेरा पिता हौ,’ र ढुङ्गालाई, ‘तिमीले मलाई जन्‍म दिएकी हौ’। तिनीहरूले आफ्‍ना पीठ मतिर फर्काएका छन्, तर मुख होइन। तापनि दु:खका दिनमा तिनीहरू भन्‍छन्, ‘आएर हामीलाई बचाउनुहोस्‌!’</verse>
				<verse number="28">तब तिमीहरूले आफ्‍ना निम्‍ति बनाएका देवताहरू कता गए? तिमीहरूले दु:ख पाउँदा तिनीहरूले तिमीहरूलाई बचाउन सक्‍ने भए, तिनीहरू आऊन्‌। किनकि हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, तिमीहरूका देवताहरू पनि त्‍यति नै छन्‌।</verse>
				<verse number="29">“तिमीहरू किन मेरो विरुद्धमा दोष ल्‍याउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="30">“तिमीहरूका मानिसहरूलाई मैले व्‍यर्थमा दण्‍ड दिएँ। सुधार्ने मेरो शिक्षा तिनीहरूले ग्रहण गरेनन्‌। निलिहाल्‍ने सिंहले झैँ तिमीहरूका अगमवक्ताहरूलाई तिमीहरूले तरवारले नाश गरेका छौ।</verse>
				<verse number="31">“हे यस पुस्‍ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्‍ति एक मरुभूमि अथवा बाक्‍लो अन्‍धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्‍छ, ‘हामी घुम्‍नलाई स्‍वतन्‍त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्‍यै आउनेछैनौं’?</verse>
				<verse number="32">के कुमारीले आफ्‍ना रत्‍नहरू, दुलहीले आफ्‍ना विवाहका गरगहनाहरू बिर्सन सक्‍छे र? तर मेरो प्रजाले त मलाई गन्‍नै नसकिने दिनदेखि बिर्सिसक्‍यो।</verse>
				<verse number="33">प्रेम खोजिहिँड्‌न तँ कति निपुण छेस्‌? यहाँसम्‍म कि खराबभन्‍दा खराब स्‍त्रीहरूले पनि तेरा चालबाट सिक्‍न सक्‍छन्‌।</verse>
				<verse number="34">तेरो वस्‍त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्‌। ती सबै हुँदाहुँदै पनि</verse>
				<verse number="35">तँ भन्‍छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्‍न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्‍याय गर्नेछु।</verse>
				<verse number="36">आफ्‍ना चाल बद्‌लिँदै तँ किन यसरी यताउता हिँड़िबस्‍छेस्‌? जसरी अश्‍शूरले तँलाई निराश पार्‍यो, त्‍यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ।</verse>
				<verse number="37">शिरमा हात राखेर तैंले त्‍यो ठाउँ पनि छोड्‌नुपर्नेछ। तैंले भरोसा गरेकाहरूलाई परमप्रभुले इन्‍कार गर्नुभएको छ। तैंले उनीहरूबाट केही सहायता पाउनेछैनस्‌।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">“यदि कुनै मानिसले आफ्‍नी पत्‍नीलाई त्‍याग्‍छ र त्‍यो स्‍त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्‍नी भई भने, के त्‍यो मानिसले फेरि त्‍यसकहाँ फर्केर जानुपर्ने? के त्‍यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्‍याझैँ धेरैकहाँ गएकी छस्‌— र के तँ मकहाँ फर्केर आउँछेस्‌?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="2">“आफ्‍ना आँखा उठाएर नाङ्गा डाँड़ाहरूमा हेर्‌। तिनीहरूमध्‍ये कुनचाहिँमा तैंले कुकर्म गरेकी छैनस्‌ र? एउटा अरबी मरुभूमिमा बसेझैँ तँ आफ्‍ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्‌। तैंले देशलाई आफ्‍नो व्‍यभिचार र दुष्‍ट कर्मले बिटुलो पारेकी छस्‌।</verse>
				<verse number="3">यसैकारण झरी थामिएको छ, र बसन्‍तको वर्षा परेको छैन। तापनि तेरो रूप निर्लज्‍ज वेश्‍याजस्‍तै छ। तँ लाजले रातो हुन इन्‍कार गर्छेस्‌।</verse>
				<verse number="4">के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्‍थादेखि मेरा मित्र,</verse>
				<verse number="5">के तपाईं सधैँ रिसाइरहनुहुन्‍छ र? के तपाईंको क्रोध सधैँसम्‍म रहिरहन्‍छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्‍म खराबी गर्छेस्‌।”</verse>
				<verse number="6">योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएलले के गर्‍यो, के तैंले देखेको छस्‌? त्‍यो गएर हरेक डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि त्‍यसले व्‍यभिचार गरेकी छ।</verse>
				<verse number="7">त्‍यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्‍छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्‍यो फर्किन, र त्‍यसकी विश्‍वासघाती बहिनीले त्‍यो देखी।</verse>
				<verse number="8">त्‍यस अविश्‍वासी इस्राएलका सबै व्‍यभिचारको कारण मैले त्‍यसलाई त्‍यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा डराइन, तर गएर त्‍यसले पनि वेश्‍यावृत्ति गरी।</verse>
				<verse number="9">वेश्‍यावृत्ति इस्राएलको निम्‍ति यति सजिलो कुरा भयो, कि त्‍यसले ढुङ्गा र रूखसित व्‍यभिचार गरेर देशलाई बिटुलो पारी।</verse>
				<verse number="10">यी सबै भए तापनि त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल विश्‍वासघाती यहूदाभन्‍दा अझ धर्मी ठहरी।</verse>
				<verse number="12">जा, उत्तरमा गएर यो सन्‍देश प्रचार गर्‌: “‘हे अविश्‍वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।</verse>
				<verse number="13">केवल, तँ, परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा बागी भइस्, र हरेक झ्‍याम्‍म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस्‌ भनी आफ्‍नो दोष स्‍वीकार गर्‌’,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">“फर्क, अविश्‍वासी प्रजा हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्‍नेछु र तिमीहरूलाई सियोनमा ल्‍याउनेछु।</verse>
				<verse number="15">अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्‍याउनेछन्‌।</verse>
				<verse number="16">ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्‍यै ‘परमप्रभुका करारको सन्‍दूक’ भनी भन्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्‍यसको सम्‍झना नै हुनेछैन, त्‍यसको अनुपस्‍थितिको केही ख्‍याल रहनेछैन। त्‍योजस्‍तै अर्को फेरि कहिल्‍यै बनाइनेछैन।</verse>
				<verse number="17">त्‍यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्‌। हठी भएर आफ्‍ना मनका दुष्‍ट कुराहरूमा तिनीहरू फेरि कहिल्‍यै लाग्‍नेछैनन्‌।</verse>
				<verse number="18">ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्‍नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्‍वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्‌।</verse>
				<verse number="19">“म आफैले भनें, ‘कति खुशीसित आफ्‍ना छोराहरूजस्‍तै तिमीहरूसँग व्‍यवहार गर्नेथिएँ र एउटा सुन्‍दर देश, जातिहरूमा सबैभन्‍दा मनपर्दो पैतृक-सम्‍पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ।</verse>
				<verse number="20">तर जसरी एक विश्‍वासघाती पत्‍नीले आफ्‍नो पतिलाई त्‍याग्‍छे, त्‍यसरी नै तिमीहरू पनि मप्रति विश्‍वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="21">नाङ्गा डाँड़ाहरूमा एउटा चिच्‍च्‍याई सुनिन्‍छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन्‌।</verse>
				<verse number="22">“हे अविश्‍वासी मानिस हो, फर्क, तिमीहरूको विश्‍वासघातबाट म तिमीहरूलाई निको पार्नेछु।” “हवस्, हामी तपाईंकहाँ फर्केर आउनेछौं, किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="23">निश्‍चय नै देवता-देवी पुज्‍नेहरू, डाँड़ा र पहाड़हरूमा होहल्‍ला मच्‍चाउनेहरू छली छन्‌। निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वरमा इस्राएलको उद्धार छ।</verse>
				<verse number="24">हाम्रा युवावस्‍थादेखि नै ती लाजलाग्‍दा देवताहरूले हाम्रा पिता-पुर्खादेखि परिश्रम गरेर ल्‍याएका फलहरूलाई— अर्थात्‌ तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीहरूलाई स्‍वाहा गरेका छन्‌।</verse>
				<verse number="25">अब हामी आफ्‍ना लाजमा डुबौं र हाम्रो अपमानले हामीलाई ढाकोस्‌। हामी र हाम्रा पिता-पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गर्दैआएका छौं। हामीले आफ्‍नो युवावस्‍थादेखि आजको दिनसम्‍म परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौं।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">“हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्‍नुहुन्‍छ। “यदि तिमीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू मेरो दृष्‍टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने,</verse>
				<verse number="2">र तिमीहरूले सत्‍य, न्‍याय र धर्मसित ‘जीवित परमेश्‍वरको नाउँमा’ भन्‍ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन्‌ र उनीहरूले उहाँमा महिमा गर्नेछन्‌।”</verse>
				<verse number="3">यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बाँझो भूमिमा डल्‍ला फोर, र काँढ़ाहरूका बीचमा नछर।</verse>
				<verse number="4">परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्‍टताले गर्दा मेरो क्रोध आगोझैँ दन्‍केर निस्‍कनेछ, र कसैले ननिभाउने गरी त्‍यो जल्‍नेछ।</verse>
				<verse number="5">“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्‍दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्‍ला भएका सहरहरूमा भागेर जाऔं!’</verse>
				<verse number="6">सियोनतिर जान झन्‍डा उठाओ, ढीला नगरी सुरक्षाको निम्‍ति भागेर जाओ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्‍याइरहेछु।”</verse>
				<verse number="7">आफ्‍नो ओड़ारदेखि एउटा सिंह निस्‍किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्‍केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्‍यो आफ्‍नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्‍दारहित भई नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="8">यसैकारण भाङ्‌ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्‍दो रीस हामीबाट हटेको छैन।”</verse>
				<verse number="9">परमप्रभु भन्‍नुहुन्‍छ “त्‍यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्‍नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्‌।”</verse>
				<verse number="10">तब मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, हाम्रा घिच्रैमा तरवार आइलाग्‍दा पनि ‘तिमीहरूलाई शान्‍ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।”</verse>
				<verse number="11">त्‍यस बेला यो प्रजा र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका नाङ्गा डाँड़ाहरूबाट एउटा पोल्‍ने बतास मेरो प्रजातिर बहन्‍छ, तर त्‍यो न त निफन्‍न न छान्‍नलाई हुन्‍छ।</verse>
				<verse number="12">त्‍यसभन्‍दा एउटा प्रचण्‍ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्‍डाज्ञा दिनेछु।”</verse>
				<verse number="13">हेर, बादलझैँ उहाँ अगि बढ्‌नुहुन्‍छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्‍दा चाँड़ा छन्‌। हाय, हामीहरू, हामी नष्‍ट भयौं!</verse>
				<verse number="14">हे यरूशलेम, दुष्‍ट कुराहरू तेरो हृदयदेखि पखाली फ्‍याँक्‌, र तँ बाँच्‍नेछस्‌। कहिलेसम्‍म खराब विचारहरू तँमा रहिरहनेछन्‌?</verse>
				<verse number="15">दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ।</verse>
				<verse number="16">“जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्‍ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्‍वनि उठाइरहेछ।</verse>
				<verse number="17">बारी रुँग्‍नेहरूजस्‍तै तिनीहरू त्‍यसका चारैतिर घेरेर बस्‍छन्, किनभने त्‍यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">“तेरा आफ्‍नै चाल र कामहरूले गर्दा यो तँमाथि आइपरेको छ। तेरो दण्‍ड यही हो, त्‍यो कस्‍तो तीतो छ! त्‍यसले कस्‍तो किसिमले मुटु छेड्‌छ!”</verse>
				<verse number="19">हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्‍छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्‍लिन्‍छ। म चूप लागी रहन सक्‍दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्‍वनि मैले सुनेको छु।</verse>
				<verse number="20">नाशमाथि नाश आउँछ, सारा देश नै उजाड़ पारिन्‍छ। मेरा पालहरू तुरुन्‍तै ध्‍वस्‍त हुन्‍छन्, मेरा शरणस्‍थान एक क्षणमा नै नष्‍ट हुन्‍छ।</verse>
				<verse number="21">कहिलेसम्‍म मैले युद्धको झन्‍डालाई हेरिबस्‍ने, र तुरहीको आवाजलाई सुनिरहने?</verse>
				<verse number="22">“मेरा प्रजा मूर्ख छन्, तिनीहरू मलाई चिन्‍दैनन्‌। तिनीहरू बुद्धिहीन बालकहरू हुन्, तिनीहरूको समझशक्ति नै छैन। दुष्‍ट्याइँ गर्नलाई तिनीहरू सिपालु छन्, तर भलाइ गर्न तिनीहरू जान्‍दैनन्‌।”</verse>
				<verse number="23">मैले पृथ्‍वीलाई हेरें, र त्‍यो त आकारहीन र शून्‍य थियो। अनि आकाशलाई मैले हेरें, र त्‍यहाँ ज्‍योति नै थिएन।</verse>
				<verse number="24">मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्‍लिरहेका थिए।</verse>
				<verse number="25">मैले हेरें, र त्‍यहाँ कोही मानिसहरू नै थिएनन्‌। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए।</verse>
				<verse number="26">मैले हेरें, र परमप्रभुको सामुन्‍ने, उहाँको भयानक रीसको सामुन्‍ने फलदायक जमिन मरुभूमि भएथ्‍यो, र त्‍यसका सबै नगरहरू ध्‍वस्‍त भएथे।</verse>
				<verse number="27">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “सारा देश ध्‍वस्‍त हुनेछ, तापनि म त्‍यो पूरै नाश गर्नेछैनँ।</verse>
				<verse number="28">यसकारण पृथ्‍वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्‍यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्‍केको फैसला हो, र त्‍यो गर्नदेखि मेरो मन बद्‌लिनेछैन। यो मैले निश्‍चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।”</verse>
				<verse number="29">घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्‍दाहरू भागेर जान्‍छन्, र तिनीहरूमध्‍ये कोही झाड़ीहरूमा पस्‍छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्‍लेर जान्‍छन्‌। सबै सहरहरू निर्जन भएका छन्, त्‍यहाँ कोही पनि बस्‍दैन।</verse>
				<verse number="30">हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्‌? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्‌? व्‍यर्थमा तँ आफूलाई सुन्‍दर बनाउँछेस्‌। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्‍यान लिन खोज्‍छन्‌।</verse>
				<verse number="31">प्रसववेदनामा परेकी स्‍त्रीको सोरजस्‍तो एउटा आवाज म सुन्‍छु, पहिलो बालक जन्‍माउने स्‍त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्‍ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्‍दछु, “हाय, म मूर्च्‍छा खाइरहेकी छु! हत्‍याराहरूलाई मेरो ज्‍यान दिइएको छ!”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">“यरूशलेमका सड़कहरूमा माथि र तल जा, चारैतिर हेर्, र विचार गर्‌। त्‍यसका चोकहरूमा खोजेर हेर्, ईमानदार काम गर्ने र सत्‍यको खोजी गर्ने कतै एकैजना मानिसलाई त्‍यहाँ तैंले भेट्टाइस्‌ भने, म त्‍यस सहरलाई क्षमा गर्नेछु।</verse>
				<verse number="2">‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्‍छन्, तापनि तिनीहरू झूटा शपथ खान्‍छन्‌।”</verse>
				<verse number="3">हे परमप्रभु, के तपाईंको दृष्‍टिले सत्‍यलाई खोज्‍दैन र? तपाईंले तिनीहरूलाई हिर्काउनुभयो, तर तिनीहरूलाई दुखेन। तपाईंले तिनीहरूलाई थिचोमिचो गर्नुभयो, तर आफ्‍नो व्‍यवहार ठीक गर्न तिनीहरूले इन्‍कार गरे। तिनीहरूले आफ्‍ना अनुहार ढुङ्गाभन्‍दा पनि कड़ा बनाए, र पश्‍चात्ताप गर्न इन्‍कार गरे।</verse>
				<verse number="4">मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्‍ना परमेश्‍वरका मार्गहरूलाई जान्‍दैनन्‌।</verse>
				<verse number="5">यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्‍चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्‍ना परमेश्‍वरका मार्गहरूलाई जान्‍दछन्‌।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्‍धन छिनालिदिएका थिए।</verse>
				<verse number="6">यसैकारण वनबाट निस्‍केको एउटा सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट निस्‍केको एउटा ब्‍वाँसाले तिनीहरूलाई स्‍वाहा पार्नेछ। एउटा चितुवा तिनीहरूका नगरहरूनजिकै ढुकिबस्‍नेछ, र त्‍यहाँबाट निस्‍कनलाई आँट गर्ने कोही पनि छिल्‍लीबिल्‍ली पारिनेछ, किनकि तिनीहरू अति बागी भए, र तिनीहरूका धर्म-त्‍याग धेरै भए।</verse>
				<verse number="7">“मैले तिमीहरूलाई किन क्षमा गर्ने? तिमीहरूका छोराछोरीहरूले मलाई त्‍यागेका छन्, र तिनीहरू ती ईश्‍वरहरूका शपथ खान्‍छन्, जो ईश्‍वर नै होइनन्‌। मैले तिनीहरूका सबै खाँचो पूरा गरिदिएँ, तापनि तिनीहरूले व्‍यभिचार गरे, र वेश्‍याहरूका घरहुँदो भीड़ लागे।</verse>
				<verse number="8">तिनीहरू खूब पोसिएका र कामवासनाले मस्‍त भएका घोड़ाहरूजस्‍तै छन्, जो प्रत्‍येक आफ्‍नै छिमेकीकी पत्‍नीको निम्‍ति हिनहिनाउँछ।</verse>
				<verse number="9">के म यी कुराका निम्‍ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्‍तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">“गएर त्‍यसका दाखबारीहरूलाई नोक्‍सान गरिदे, तर पूरै त नाश नगर्‌। त्‍यसका हाँगाहरू लाछिदे, किनकि यी मानिसहरू परमप्रभुका होइनन्‌।</verse>
				<verse number="11">इस्राएलका घराना र यहूदाका घराना मप्रति सम्‍पूर्ण रूपले विश्‍वासघाती भए,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">तिनीहरूले परमप्रभुको विषयमा झूटा कुराहरू भनेका छन्‌। “उहाँले केही गर्नुहुन्‍न” भनी तिनीहरूले भने। “हामीमाथि कुनै नोक्‍सानी आइपर्नेछैन। हामी कहिल्‍यै तरवार वा अनिकाल देख्‍नेछैनौं।</verse>
				<verse number="13">अगमवक्ताहरू त हावा मात्रै हुन्, र तिनीहरूमा वचन छैन। यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै गरिऊन्‌।”</verse>
				<verse number="14">यसकारण सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “ती मानिसहरूले यस्‍ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्‍म हुने दाउरा तुल्‍याउनेछु।”</verse>
				<verse number="15">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “हे इस्राएलका घराना हो, म टाढ़ाको एउटा जातिलाई तिमीहरूका विरुद्धमा ल्‍याइरहेछु— एउटा प्राचीन र दिगो जाति। त्‍यो एउटा यस्‍तो जाति हो, जसको भाषा तिमीहरू जान्‍दैनौ र जसको बोली तिमीहरू बुझ्‍दैनौ।</verse>
				<verse number="16">तिनीहरूका काँड़का ठोक्राहरू खुला चिहानजस्‍तै छन्‌। तिनीहरू सबै महान्‌ योद्धाहरू हुन्‌।</verse>
				<verse number="17">तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निलिहाल्‍नेछन्, र तिमीहरूका छोराछोरीहरूलाई पनि निलिहाल्‍नेछन्‌। तिनीहरूले तिमीहरूका भेड़ाबाख्रा र गाई-गोरुहरू निलिहाल्‍नेछन्‌। तिनीहरूले तिमीहरूका दाख र अञ्‍जीरहरू खाइहाल्‍नेछन्‌। तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्‍ला भएका सहरहरू तिनीहरूले तरवारले नष्‍ट पार्नेछन्‌।</verse>
				<verse number="18">“तापनि ती दिनमा पनि म तिमीहरूको पूरै अन्‍त्‍य त गर्नेछैनँ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="19">“जब मानिसहरू सोध्‍छन्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले हामीमाथि किन यस्‍तो गर्नुभयो?’ तब तैंले तिनीहरूलाई भन्‍नेछस्, ‘जसरी तिमीहरूले मलाई त्‍यागेर आफ्‍नै देशमा अन्‍य देवताहरूको सेवा गर्‍यौ, त्‍यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ’।</verse>
				<verse number="20">“याकूबको घरानामा यो प्रचार गर्, यहूदामा यो घोषणा गर्‌:</verse>
				<verse number="21">हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्‍दैनौ, कान त छन्, तर सुन्‍दैनौ।</verse>
				<verse number="22">के तिमीहरूले मेरो भय मान्‍नुपर्दैन?” परमप्रभु भन्‍नुहुन्‍छ। “के तिमीहरू मेरो उपस्‍थितिमा काम्‍नुपर्दैन? मैले बालुवालाई समुद्रले नाघ्न नसक्‍ने निरन्‍तर रहने अवरोधको सिमाना ठहराइदिएँ। छालहरू उठे तापनि तिनीहरू त्‍यसमाथि विजयी हुन सक्‍दैनन्‌। ती गर्जे तापनि त्‍यसलाई नाघ्न सक्‍दैनन्‌।</verse>
				<verse number="23">तर यी मानिसहरूका त हठी र बागी हृदय छन्‌। तिनीहरू बरालिएर गइहाले।</verse>
				<verse number="24">तिनीहरू आफ्‍ना हृदयमा भन्‍दैनन्, ‘हामी परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मानौं, जसले हामीलाई शरद्‌ र बसन्‍त ऋतुको झरी, र कटनीको निम्‍ति ठहराइएका हप्‍ताहरू हामीलाई दिनुहुन्‍छ’।</verse>
				<verse number="25">तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्‌। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्‌।</verse>
				<verse number="26">“मेरा प्रजाका बीचमा दुष्‍ट मानिसहरू छन्‌। पक्षीका शिकारीहरूजस्‍तै तिनीहरू ढुकिबस्‍छन्‌। मानिसहरूलाई पक्रन तिनीहरू पासो थाप्‍छन्‌।</verse>
				<verse number="27">चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्‌। तिनीहरू धनी र शक्तिशाली भएका छन्‌।</verse>
				<verse number="28">तिनीहरू मोटाएर चिल्‍ला-चिल्‍ला भएका छन्‌। तिनीहरूका दुष्‍ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस्‌ भनी तिनीहरू तिनको न्‍याय गरिदिँदैनन्‌। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्‌।</verse>
				<verse number="29">के यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ? अनि के यस्‍तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="30">“यस देशमा डरलाग्‍दो र बीभत्‍स काम भएको छ।</verse>
				<verse number="31">अगमवक्ताहरू झूट अगमवाणी कहन्‍छन्‌। पूजाहारीहरू आफ्‍नै अधिकारले शासन गर्छन्‌। अनि मेरा प्रजाचाहिँ यस्‍तै हुन रुचाउँछन्‌। तर आखिरमा तिमीहरू के गर्नेछौ?”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">“हे बेन्‍यामीनका मानिसहरू हो, सुरक्षाको निम्‍ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ।</verse>
				<verse number="2">सुन्‍दरी र कोमल सियोनकी छोरीलाई म नाश गर्नेछु।</verse>
				<verse number="3">गोठालाहरू आ-आफ्‍ना बगालसाथ त्‍यसको विरुद्धमा आइलाग्‍नेछन्‌। उनीहरू आफ्‍ना पाल त्‍यसका चारैतिर लगाउनेछन्‌। हरेकले आफ्‍नै भाग चराउनेछ।”</verse>
				<verse number="4">“त्‍यसको विरुद्धमा लड़ाइँको तयारी गर। उठ, हामी मध्‍यदिनमा त्‍यसमाथि आक्रमण गरौं। तर, हाय, दिन ढल्‍कँदैजाँदैछ। बेलुकीको छाया लमिँदैछ।</verse>
				<verse number="5">यसकारण उठ, हामी राती त्‍यसमाथि आक्रमण गरौं, र त्‍यसका किल्‍लाहरू नाश गरौं!”</verse>
				<verse number="6">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “रूखहरू काटेर ढाल, र यरूशलेमको विरुद्धमा मचानहरू बनाओ। यस सहरलाई दण्‍ड दिनैपर्छ। यो सहर अत्‍याचारले भरिएको छ।</verse>
				<verse number="7">जसरी इनारले आफ्‍नो पानी खन्‍याउँछ, त्‍यसरी नै त्‍यसले आफ्‍नो दुष्‍टता खन्‍याउँछ। त्‍यसभित्र उपद्रव र विनाशको आवाज सुनिन्‍छ। त्‍यसका रोग र चोटहरू सधैँ मेरो नजरको सामुन्‍ने छन्‌।</verse>
				<verse number="8">हे यरूशलेम, यो चेताउनी सुनिराख्, नत्रता म तँदेखि अलग्‍गै बस्‍नेछु, म तेरो देश उजाड़ पार्नेछु, र त्‍यसमा कोही वास गर्नेछैन।”</verse>
				<verse number="9">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दाखको बोटमा छोड़िएका फल टिपेझैँ इस्राएलका बचेकाहरूलाई एउटै नछोड़ीकन तिनीहरूले टिपून्‌। दाख टिप्‍नेले झैँ त्‍यसका हाँगाहरूमा फेरि आफ्‍नो हात बढ़ा।”</verse>
				<verse number="10">म कसलाई भनूँ र चेताउनी दिऊँ? कसले मेरो कुरा सुन्‍ला? तिनीहरूका कान बन्‍द भएका छन्‌। तिनीहरू सुन्‍न सक्‍दैनन्‌। परमप्रभुको वचन तिनीहरूका निम्‍ति मन नपर्ने भएको छ। तिनीहरू त्‍यसमा केही रुचि लिँदैनन्‌।</verse>
				<verse number="11">तर परमप्रभुको क्रोधले म भरिपूर्ण भएको छु। म अब त्‍यो थाम्‍न सक्‍दिनँ। “सड़कहरूमा केटाकेटीहरूमाथि र भेला भएका जवानहरूमाथि पनि त्‍यो खन्‍याइदे। पति र पत्‍नी दुवै र बुढापाकाहरू र उमेरले दबेकाहरू सबै त्‍यसभित्र समातिनेछन्‌।</verse>
				<verse number="12">देशका बासिन्‍दाहरूका विरुद्धमा जब म मेरो हात बढ़ाउनेछु, तब तिनीहरूका घर, खेतबारी र पत्‍नीहरूसमेत अर्कालाई दिइनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धन-सम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।</verse>
				<verse number="14">मेरो प्रजाको चोटलाई साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नै नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।</verse>
				<verse number="15">के तिनीहरू आफ्‍ना घिनलाग्‍दा चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँगै तिनीहरूको पनि पतन हुनेछ। तिनीहरूलाई मैले दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="16">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्‍यो सोध, र त्‍यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्‍ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्‍यौ, ‘हामी त्‍यसमा हिँड्‌नेछैनौं’।</verse>
				<verse number="17">मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्‍यानसित सुन!’ तर तिमीहरूले भन्‍यौ, ‘हामी सुन्‍नेछैनौं’।</verse>
				<verse number="18">यसकारण तिनीहरूलाई के हुनेछ? हे जाति-जातिका मानिस हो, सुन। हे गवाही दिने हो, सो हेरिराख।</verse>
				<verse number="19">हे पृथ्‍वी, सुन्‌। म यस प्रजामाथि सर्वनाश ल्‍याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्‍यान दिएनन्, र मेरो व्‍यवस्‍थालाई चाहिँ तिनीहरूले इन्‍कार गरे।</verse>
				<verse number="20">शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”</verse>
				<verse number="21">यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म यस प्रजाको अगाड़ि ठेस लाग्‍ने बाधाहरू राखिदिनेछु। बुबा र छोराहरू तिनमा ठेस खानेछन्, र छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्‌।”</verse>
				<verse number="22">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्‍वीको पल्‍लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्‍याइँदैछ।</verse>
				<verse number="23">उनीहरू धनु र भाला लिएर सुसज्‍जित भएका छन्, उनीहरू निष्‍ठुर र निर्दयी छन्‌। उनीहरूको हल्‍ला समुद्रको गर्जनजस्‍तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्‌क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्‌।”</verse>
				<verse number="24">हामीले उनीहरूका विषयमा प्रतिवेदन सुन्‍यौं र हाम्रा हात-खुट्टा लल्‍याकलुलुक भए। सङ्कष्‍टले हामीलाई समातिहाल्‍यो, प्रसववेदनामा परेकी स्‍त्रीझैँ हामी भयौं।</verse>
				<verse number="25">खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्‍छ।</verse>
				<verse number="26">हे मेरा प्रजा, भाङ्‌ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्‍कासि हामीमाथि आइलाग्‍नेछ।</verse>
				<verse number="27">“तैंले तिनीहरूका चाल जाँच्‍न र हेर्न भनी मैले तँलाई धातु जाँच गर्ने र तिनीहरूलाई चाहिँ नपगालेको कच्‍चा धातुझैँ बनाएँ।</verse>
				<verse number="28">तिनीहरू सबै अपवाद गर्दै यताउता हिँड्‌ने कठोर बागीहरू हुन्‌। तिनीहरू काँसा र फलाम भइगएका छन्‌। तिनीहरू सबै भ्रष्‍ट चालको काम गर्दछन्‌।</verse>
				<verse number="29">आगोले भस्‍म हुने पदार्थलाई भस्‍म पार्न खलाँती खूब जोडसित फुकिन्‍छ। तर सफा गर्ने काम व्‍यर्थमा भइरहन्‍छ। दुष्‍टहरूको छनोट भएको छैन।</verse>
				<verse number="30">तिनीहरूलाई खोट लागेका चाँदी भनिन्‍छ, किनभने परमप्रभुले तिनीहरूलाई इन्‍कार गर्नुभएको छ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="2">“परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्‍देश घोषणा गर्‌: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्‍ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन।</verse>
				<verse number="3">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला।</verse>
				<verse number="4">छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो!”</verse>
				<verse number="5">यदि तिमीहरूले आफ्‍ना चाल र कामहरू साँच्‍ची नै सुधार्‍यौ, र तिमीहरू एउटाले अर्कासित न्‍यायसङ्गत व्‍यवहार गर्‍यौ भने,</verse>
				<verse number="6">यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्‍याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्‍नै हानिको निम्‍ति अरू देवताहरूका पछि लागेनौ भने,</verse>
				<verse number="7">म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्‍म रहनलाई दिएको थिएँ।</verse>
				<verse number="8">तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्‍तछौ, जो व्‍यर्थैका छन्‌।</verse>
				<verse number="9">“‘के तिमीहरू चोरी गर्छौ, हत्‍या गर्छौ, व्‍यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्‍छौ, बाल देवतालाई धूप बाल्‍छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्‍छौ,</verse>
				<verse number="10">अनि त्‍यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्‍ने खड़ा भएर भन्‍छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्‍क बस्‍छौ?</verse>
				<verse number="11">के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्‍ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्‍थान बनाएको थिएँ, र मैले आफ्‍नो प्रजा इस्राएलको दुष्‍ट्याइँको कारण त्‍यस ठाउँलाई के गरें त्‍यहाँ गएर हेर।</verse>
				<verse number="13">परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरूले यी सबै काम गरिरहँदा, म तिमीहरूसित बारम्‍बार बोलें, तर तिमीहरूले ध्‍यानै दिएनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।</verse>
				<verse number="14">यसकारण मेरो नाउँ राखिएको मन्‍दिर, जसमा तिमीहरूले भरोसा राखेका छौ, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई दिएको थिएँ, यो स्‍थानलाई अब म शीलोलाई गरेझैँ गर्नेछु।</verse>
				<verse number="15">मैले एफ्राइमका सबै मानिसहरू, अर्थात्‌ तिमीहरूका दाजुभाइहरूलाई निकालेझैँ तिमीहरूलाई मेरो उपस्‍थितिदेखि म बाहिर निकालिदिनेछु’।</verse>
				<verse number="16">“यसैले तैंले यस प्रजाको निम्‍ति प्रार्थना नगर्, न त यिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती चढ़ा। मसित यिनीहरूका निम्‍ति अन्‍तर्बिन्‍ती नगर्, किनकि म तेरो प्रार्थना सुन्‍नेछैनँ।</verse>
				<verse number="17">यहूदाका सहरहरूमा र यरूशलेमका गल्‍लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्‍दैनस्‌?</verse>
				<verse number="18">छोराछोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरू आगो सल्‍काउँछन्, र स्‍वर्गकी रानीको निम्‍ति फुरौला बनाउन स्‍त्रीहरू पीठो मुछ्‌छन्‌। अरू देवताहरूका निम्‍ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्‌।</verse>
				<verse number="19">तर के तिनीहरूले मलाई नै रीस उठाउनलाई यसो गरेका हुन्‌ त? परमप्रभु भन्‍नुहुन्‍छ। के तिनीहरू आफैलाई लज्‍जित तुल्‍याउनलाई आफ्‍नै हानि गरिरहेका छैनन्‌ र?</verse>
				<verse number="20">“‘यसकारण परमप्रभु भन्‍नुहुन्‍छ: यस ठाउँमा मेरो रीस, मेरो क्रोध खन्‍याइनेछ— मानिस र पशु, मैदानका रूखहरू र जमिनका उब्‍जनीहरू सबैमाथि त्‍यो जलिरहनेछ, र कहिल्‍यै निभ्‍नेछैन।</verse>
				<verse number="21">“‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: तिमीहरूका अरू बलिदानहरूमा तिमीहरूका होमबलि पनि मिसाओ र मासुचाहिँ तिमीहरू आफै खाओ।</verse>
				<verse number="22">किनकि तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएको दिन जब मैले तिनीहरूसँग बोलें, तब मैले तिनीहरूलाई केवल होमबलि र बलिदानका बारेमा आज्ञा मात्र दिइनँ,</verse>
				<verse number="23">तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्‌।</verse>
				<verse number="24">तर तिनीहरूले आज्ञापालन गरेनन्‌ न त तिनीहरूले ध्‍यान नै दिए। त्‍यसको सट्टा तिनीहरू आफ्‍नै दुष्‍ट हृदयको अटेरीपनामा हिँड्‌दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्‌।</verse>
				<verse number="25">तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्‍केको समयदेखि यसो अहिलेसम्‍म मैले बारम्‍बार दिनैपिच्‍छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।</verse>
				<verse number="26">तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि अझ खराबी गरे’।</verse>
				<verse number="27">“जब तैंले तिनीहरूलाई यी सबै कुरा भन्‍छस्, तब तिनीहरूले तेरा कुरामा ध्‍यान दिनेछैनन्‌। तैंले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले जवाफ दिनेछैनन्‌।</verse>
				<verse number="28">यसैकारण तैंले तिनीहरूलाई भन्, ‘यो त्‍यही जाति हो, जसले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गरेन, र उहाँको अनुशासन ग्रहण गरेन। सत्‍यचाहिँ नष्‍ट भयो, त्‍यो तिनीहरूको मुखबाट लोप भयो।</verse>
				<verse number="29">आफ्‍नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्‍तालाई परमप्रभुले इन्‍कार गर्नु र त्‍याग्‍नुभएको छ।</verse>
				<verse number="30">“‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, परमप्रभु भन्‍नुहुन्‍छ। तिनीहरूले मेरो नाउँले कहलाइएको भवन बिटुलो पारी घिनलाग्‍दा देवताहरू त्‍यसमा खड़ा गरेका छन्‌।</verse>
				<verse number="31">आफ्‍ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्‍नोमको बेँसीमा तोपेतका अल्‍गा ठाउँहरू तिनीहरूले बनाएका छन्‌। यस्‍तो आज्ञा मैले दिएको थिइनँ, न त त्‍यो कुरा मेरो मनमा उब्‍जेको थियो।</verse>
				<verse number="32">यसकारण होशियार होओ, यस्‍ता दिनहरू आउँदैछन्, परमप्रभु भन्‍नुहुन्‍छ, जब मानिसहरूले त्‍यसलाई तोपेत वा बेन-हिन्‍नोमको बेँसी कहिल्‍यै भन्‍नेछैनन्, तर त्‍यो हत्‍याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्‍ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्‍जेलसम्‍म गाड्‌नेछन्‌।</verse>
				<verse number="33">तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूलाई आहार हुनेछन्‌। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन।</verse>
				<verse number="34">म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूबाट हर्ष र आनन्‍दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">“‘परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्‍दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्‌।</verse>
				<verse number="2">तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्‍त्रणा गरेका र पूजा गरेका सूर्य, चन्‍द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्‍ने ती हाड़हरू खुला राखिनेछन्‌। ती जम्‍मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्‍तै पड़िरहनेछन्‌।</verse>
				<verse number="3">यस दुष्‍ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्‍दा मृत्‍यु नै रुचाउनेछन्, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="4">“तिनीहरूलाई भन्, ‘परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जब मानिसहरू लोट्‌दछन्, के तिनीहरू फेरि उठ्‌दैनन्‌ र? जब कोही तर्किजान्‍छ, के त्‍यो फर्केर आउँदैन र?</verse>
				<verse number="5">त्‍यसो भए यी मानिसहरू किन तर्केर गएका छन्‌ त? तिनीहरू छलमै टाँसिरहन्‍छन्, फर्किआउन तिनीहरू इन्‍कार गर्दछन्‌।</verse>
				<verse number="6">मैले ध्‍यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्‍दैनन्‌। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्‍नो दुष्‍टतादेखि पश्‍चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्‍नै बाटोतिर लाग्‍दछ।</verse>
				<verse number="7">आकाशका सारस पनि आफ्‍नो ऋतु जान्‍दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्‍नो फर्कने समय जान्‍दछ। तर मेरो प्रजाले त आफ्‍ना परमप्रभुका मागहरूलाई जान्‍दैनन्‌।</verse>
				<verse number="8">“‘तिमीहरू कसरी भन्‍न सक्‍छौ, “हामी बुद्धिमान्‌ छौं, किनकि परमप्रभुको व्‍यवस्‍था हामीसितै छ।” साँच्‍चै भनौं भने, शास्‍त्रीहरूको झूटो कलमले त्‍यसलाई झूट बनाइदिएको छ।</verse>
				<verse number="9">बुद्धिमान्‌ मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्‌। तिनीहरूले परमप्रभुको वचनलाई इन्‍कार गरेका हुनाले तिनीहरूमा कस्‍तो बुद्धि छ?</verse>
				<verse number="10">यसकारण म तिनीहरूका पत्‍नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धनसम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।</verse>
				<verse number="11">मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।</verse>
				<verse number="12">के तिनीहरू आफ्‍ना घिनलाग्‍दो चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्‍नुहुन्‍छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्‍जीरको बोटमा अञ्‍जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्‍नेछन्‌। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।”</verse>
				<verse number="14">“हामी किन एकसाथ भेटेर यहाँ बसिरहौं? आओ, हामी किल्‍ला भएका सहरहरूभित्र जाऔं र त्‍यहीँ नै नष्‍ट होऔं। किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई नष्‍टै हुन भनी ठहराउनुभएको छ, र उहाँले हामीलाई विषालु पानी पिउन दिनुभएको छ, किनभने हामीले उहाँको विरुद्धमा पाप गरेका छौं।</verse>
				<verse number="15">हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर केवल त्रास मात्र आइलाग्‍यो।</verse>
				<verse number="16">शत्रुहरूका घोड़ाहरूका स्‍वाँ-स्‍वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्‍दा सारा देश नै काम्‍दछ। उनीहरूले देश र त्‍यसमा भएका सबै थोकलाई, सहर र त्‍यसमा बस्‍ने सबैलाई निलिहाल्‍न आएका छन्‌।”</verse>
				<verse number="17">“हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्‍त्रतन्‍त्र लाग्‍दैन, र तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">हे मेरा शोकमा सान्‍त्‍वना दिनुहुने, मेरो हृदय व्‍याकुल भएको छ।</verse>
				<verse number="19">टाढ़ाको देशबाट आएको मेरो प्रजाको रुवाइ सुन्‍नुहोस्‌: “के परमप्रभु सियोनमा हुनुहुन्‍न? के त्‍यसका महाराजा त्‍यहाँ हुनुहुन्‍न?” “तिनीहरूले किन आफ्‍ना मूर्तिहरूले र तिनीहरूका बेकामका विदेशी देवताहरूले मलाई रीस उठाएका छन्‌?”</verse>
				<verse number="20">“कटनीको समय त बितिहाल्‍यो, ग्रीष्‍म ऋतु समाप्‍त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।”</verse>
				<verse number="21">मेरो प्रजा पिँधिएको कारण म पनि पिँधिएँ। म विलाप गर्दछु, र त्रासले मलाई खाएको छ।</verse>
				<verse number="22">के गिलादमा कुनै लेप छैन? के त्‍यहाँ कुनै वैद्य छैन? त्‍यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्‍ति म रातदिन रुनेथिएँ।</verse>
				<verse number="2">मरुभूमिमा यात्रीहरू बस्‍नका निम्‍ति मेरो एउटा बस्‍ने ठाउँ भए त, म आफ्‍नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्‍यभिचारी हुन्, विश्‍वासघातीको एक जमात।</verse>
				<verse number="3">“तिनीहरू झूट बोलिहाल्‍नलाई आफ्‍नो जिब्रो धनुझैँ तयार गर्छन्‌। देशमा तिनीहरू सत्‍यद्वारा विजयी हुँदैनन्‌। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्‍कन्‍छन्, अनि मलाई चिन्‍दैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">“आफ्‍ना मित्रहरूदेखि होशियार बस। आफ्‍ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्‌छ।</verse>
				<verse number="5">मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्‍य कुरा बोल्‍दैन। तिनीहरूले आफ्‍नो जिब्रोलाई झूट बोल्‍न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्‌।</verse>
				<verse number="6">तँ छलहरूका बीचमा बस्‍छस्‌। आफ्‍नो छलमा तिनीहरू मलाई चिन्‍न इन्‍कार गर्छन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्‍नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्‍छु र?</verse>
				<verse number="8">तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्‍यसले छलको कुरा बोल्‍दछ। हरेकले आफ्‍नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्‍यसको विरुद्ध ढुकेर पासो थाप्‍दछ।</verse>
				<verse number="9">के यसैको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के यस्‍तो जातिलाई म दण्‍ड नदिऊँ?”</verse>
				<verse number="10">पहाड़हरूका निम्‍ति म रुन्‍छु र विलाप गर्छु, मरुभूमिमा भएका खर्कहरूका निम्‍ति म विलाप गर्छु। ती उजाड़ पारिएका छन्, त्‍यसबाट भएर कोही पनि यात्रा गर्दैन, र गाई-गोरुहरूको सोर त्‍यहाँ सुनिँदैन। आकाशका पक्षीहरू भागेका छन्, र पशुहरू गइगएका छन्‌।</verse>
				<verse number="11">“म यरूशलेमलाई भत्‍केको थुप्रो, स्‍यालहरूको ओड़ार तुल्‍याइदिनेछु। म यहूदाका नगरहरूलाई उजाड़-स्‍थान तुल्‍याइदिनेछु, र त्‍यहाँ कोही पनि बस्‍न सक्‍नेछैन।”</verse>
				<verse number="12">यो बुझ्‍ने कुन यस्‍तो बुद्धिमान्‌ मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्‍यसले यो बुझाउन सक्‍छ? कोही त्‍यसमा भएर जान नसक्‍ने गरी किन देश मरुभूमिजस्‍तै नाश र उजाड़ भयो?</verse>
				<verse number="13">परमप्रभुले भन्‍नुभयो, “किनभने मैले तिनीहरूका सामुन्‍ने राखेका मेरो व्‍यवस्‍थालाई तिनीहरूले त्‍यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्‍यवस्‍थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्‌।</verse>
				<verse number="14">त्‍यसको सट्टा तिनीहरू आफ्‍ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्‌।”</verse>
				<verse number="15">यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु।</verse>
				<verse number="16">न त तिनीहरूले न तिनीहरूका पिता-पुर्खाहरूले जानेका जातिहरूका बीचमा म तिनीहरूलाई छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई नष्‍ट नपारुञ्‍जेल तरवार लिएर म तिनीहरूलाई खेद्‌नेछु।”</verse>
				<verse number="17">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अब विचार गर! विलाप गर्ने स्‍त्रीहरूलाई बोलाओ, तिनीहरूमध्‍येका सबैभन्‍दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ।</verse>
				<verse number="18">तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्‍ति विलाप गरिदेऊन्, जबसम्‍म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्‌दैन।</verse>
				<verse number="19">सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्‍तो किसिमले नष्‍ट भयौं! हामीहरू लाजले भुतुक्‍क भयौं! हामीले हाम्रो देश छोड्‌नैपर्छ, किनभने हाम्रा घरहरू नष्‍ट भए’।”</verse>
				<verse number="20">अब हे स्‍त्री हो, परमप्रभुको वचन सुन, उहाँको मुखको वचन सुन्‍न तिमीहरूका कान खोल। तिमीहरूका छोरीहरूलाई शोक गर्न र एक-अर्कालाई विलाप गर्न सिकाइदेओ।</verse>
				<verse number="21">हाम्रा बालकहरूलाई गल्‍लीदेखि, र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्‍युले नाश गरेको छ। त्‍यो हाम्रा झ्‍यालहरूसम्‍मै चढ़ेर आएको छ र हाम्रा किल्‍लाहरूभित्र पसेको छ।</verse>
				<verse number="22">तैंले भन्, “परमप्रभु यो घोषणा गर्नुहुन्‍छ: ‘मानिसहरूका लाश बारीका मलझैँ, बाली काट्‌नेहरूका पछाड़ि छोड़िएका दानाझैँ पड़िरहनेछन्, र कसैले तिनलाई बटुल्‍नेछैन’।”</verse>
				<verse number="23">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्,</verse>
				<verse number="24">तर जसले घमण्‍ड गर्छ त्‍यसले यस विषयमा घमण्‍ड गरोस्‌: ‘म परमप्रभुलाई जान्‍दछु र चिन्‍दछु, र उहाँ त्‍यही परमप्रभु हुनुहुन्‍छ, जसले पृथ्‍वीमा दया, न्‍याय र धार्मिकताको व्‍यवहार गर्नुहुन्‍छ। किनभने यिनैमा म प्रसन्‍न हुन्‍छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="25">परमप्रभु घोषणा गर्नुहुन्‍छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्‍ड दिनेछु—</verse>
				<verse number="26">अर्थात्‌ मिश्रदेश, यहूदा, एदोम, अम्‍मोन, मोआब र मरुभूमि र टाढ़ा-टाढ़ाका ठाउँहरूमा बस्‍ने सबैलाई। किनकि यी सबै जातिहरू साँच्‍चै नै बेखतनाका हुन्, र इस्राएलका सारा घरानासित पनि हृदयमा बेखतना भएकाहरू हुन्‌।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई के भन्‍नुहुन्‍छ सो सुन।</verse>
				<verse number="2">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।</verse>
				<verse number="3">किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।</verse>
				<verse number="4">उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।</verse>
				<verse number="5">खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्‍तै उनीहरूका मूर्तिहरू बोल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बोक्‍नु पर्छ, किनकि तिनीहरू हिँड्‌न सक्‍दैनन्‌। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्‍दैनन्, न त तिनीहरूले केही असल गर्न सक्‍छन्‌।”</verse>
				<verse number="6">हे परमप्रभु, तपाईंजस्‍तो कोही पनि छैन। तपाईं महान्‌ हुनुहुन्‍छ। पराक्रममा तपाईंको नाउँ महान्‌ छ।</verse>
				<verse number="7">हे जाति-जातिका महाराजा, कसले तपाईंलाई सम्‍मान गर्नुपर्दैन र? तपाईं यसका योग्‍य हुनुहुन्‍छ। जाति-जातिका बुद्धिमान्‌ मानिसहरूमध्‍ये र उनीहरूका जम्‍मै राज्‍यहरूमा तपाईंजस्‍तै कोही पनि छैन।</verse>
				<verse number="8">उनीहरू त बुद्धिहीन र मूर्ख छन्‌। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्‍छन्‌।</verse>
				<verse number="9">तर्शीशबाट पिटिएको चाँदी ल्‍याइन्‍छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्‍यसलाई लगाइन्‍छन्‌— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्‍छन्‌।</verse>
				<verse number="10">तर परमप्रभु त साँचो परमेश्‍वर हुनुहुन्‍छ, उहाँ जीवित परमेश्‍वर, अनन्‍तका महाराजा हुनुहुन्‍छ। जब उहाँ क्रुद्ध हुनुहुन्‍छ, तब पृथ्‍वी काम्‍दछ। जाति-जातिहरूले उहाँको क्रोध सहन सक्‍दैनन्‌।</verse>
				<verse number="11">“तिनीहरूलाई यसो भन्‌: ‘यी देवताहरू, जसले आकाश र पृथ्‍वीलाई बनाएनन्, तिनीहरू पृथ्‍वीबाट र आकाशमुनिबाट नष्‍ट हुनेछन्‌’।”</verse>
				<verse number="12">तर परमेश्‍वरले नै पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले बनाउनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।</verse>
				<verse number="13">जब उहाँ गर्जनुहुन्‍छ, तब आकाशमा पानीको गर्जन हुन्‍छ। उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादल उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिसँग बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारबाट बतास चलाउनुहुन्‍छ।</verse>
				<verse number="14">हरेक मानिस मूर्ख र बुद्धिहीन छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका मूर्तिहरू झूटा हुन्, तिनमा सास हुँदैन।</verse>
				<verse number="15">ती व्‍यर्थका हुन्, गिल्‍लाको थोक मात्र। तिनीहरूका न्‍याय हुँदा ती नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="16">उहाँ, जो याकूबका भाग हुनुहुन्‍छ, यीजस्‍ता हुनुहुन्‍न, किनकि उहाँ नै सारा थोकहरूलाई बनाउनुहुने हुनुहुन्‍छ, इस्राएललाई पनि, जो उहाँको निज उत्तराधिकारको कुल हो— सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो।</verse>
				<verse number="17">हे घेराभित्र परेका हो, देश छोड्‌नका लागि आ-आफ्‍नो पोकोपन्‍तरो जम्‍मा गर।</verse>
				<verse number="18">किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस बेला म यस देशका बासिन्‍दाहरूलाई फ्‍याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, ताकि तिनीहरू पक्राउ परून्‌।”</verse>
				<verse number="19">मेरो चोटको कारण मलाई धिक्‍कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।”</verse>
				<verse number="20">मेरो पाल नष्‍ट भएको छ। त्‍यसका सबै डोरीहरू चुँड़िएका छन्‌। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्‌। मेरो पाल टाँगिदिने र मेरो वासस्‍थान बनाइदिने अब कोही छैन।</verse>
				<verse number="21">गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्‌। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्‌।</verse>
				<verse number="22">सुन! एउटा खबर आइरहेछ— उत्तरको देशबाट एउटा ठूलो खैलाबैला! त्‍यसले यहूदाका सहरहरूलाई उजाड़ पर्छ र स्‍यालहरूको अखड़ा तुल्‍याउँछ।</verse>
				<verse number="23">हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्‍नै होइन। मानिसले आफ्‍नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन।</verse>
				<verse number="24">हे परमप्रभु, मलाई सुधार्नुहोस्, तर ठीक न्‍यायसित मात्र, तपाईंको रीसमा त होइन, नत्रता तपाईंले मलाई भस्‍म पार्नुहुनेछ।</verse>
				<verse number="25">तपाईंलाई स्‍वीकार नगर्ने जाति-जातिहरूमाथि र तपाईंको नाउँ नलिने मानिसहरूमाथि आफ्‍नो क्रोध खन्‍याउनुहोस्‌। किनकि उनीहरूले याकूबलाई स्‍वाहा पारेका छन्‌। उनीहरूले तिनलाई पूर्ण रूपले निलेका छन्, र तिनको जन्‍मभूमिलाई उजाड़ पारिदिएका छन्‌।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="2">“यस करारका शर्तहरू ध्‍यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई भन्‌।</verse>
				<verse number="3">तैंले तिनीहरूलाई भन्, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यस करारका शर्तहरूलाई पालन नगर्ने मानिस श्रापित होस्‌—</verse>
				<verse number="4">करारका ती शर्तहरू जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मैले फलामको भट्टी, अर्थात्‌ मिश्रदेशबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ’। ‘मेरो आज्ञापालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा मान, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।</verse>
				<verse number="5">तब दूध र मह बग्ने एउटा देश दिनेछु भनी मैले तिमीहरूका पिता-पुर्खाहरूसित खाएको शपथ म पूरा गर्नेछु’— अनि त्‍यो देश जो आज तिमीहरूको अधिकारमा छ।” तब मैले जवाफ दिएँ, “हे परमप्रभु, आमेन।”</verse>
				<verse number="6">परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सबै सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीहरू हुँदो यसो भन्‍दै यी सबै कुरा घोषणा गर्‌: ‘यस करारका शर्तहरू ध्‍यानसित सुन र पालन गर।</verse>
				<verse number="7">जुन बेला मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुटाएर ल्‍याएँ, त्‍यस बेलादेखि आजको दिनसम्‍म तिनीहरूलाई दृढ़तापूर्वक बारम्‍बार “मेरो आज्ञापालन गर” भनेर चेताउनी दिँदैआएको छु।</verse>
				<verse number="8">तर तिनीहरूले ध्‍यानसित सुनेनन्, अथवा मेरा कुरामा कान थापेनन्‌। त्‍यसको सट्टा तिनीहरू आफ्‍ना-आफ्‍नै दुष्‍ट हृदयको हठीपनामा लागिरहे। करारका सबै भागहरू पालन गर्नू भनी मैले आज्ञा गरेको थिएँ, तर तिनीहरूले सो पालन गर्न इन्‍कार गरे। त्‍यसैले करारका सबै श्रापहरू मैले तिनीहरूमाथि ल्‍याएँ’।”</verse>
				<verse number="9">तब परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूले षड्‌यन्‍त्र रचेका छन्‌।</verse>
				<verse number="10">तिनीहरू आफ्‍ना पिता-पुर्खाहरू, जसले मेरा वचन सुन्‍न इन्‍कार गरे, तिनका पापतिरै फर्किगएका छन्‌। तिनीहरू अरू देवताहरूको सेवा गर्न तिनीहरूका पछि लागेका छन्‌। मैले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई इस्राएलका घराना र यहूदाका घराना दुवैले भङ्ग गरेका छन्‌।</verse>
				<verse number="11">यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु, जसबाट तिनीहरू उम्‍कन सक्‍दैनन्‌। तिनीहरूले मेरो पुकारा गरे तापनि म सुन्‍नेछैनँ।</verse>
				<verse number="12">तब यहूदाका सहरहरू र यरूशलेमका मानिसहरूले गएर ती देवताहरूको पुकारा गर्नेछन्, जसका निम्‍ति तिनीहरूले धूप बालेका थिए, तर तिनीहरूको आपत्‌को बेलामा ती देवताहरूले तिनीहरूलाई कसै गरेर पनि सहायता गर्नेछैनन्‌।</verse>
				<verse number="13">हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, त्‍यति नै तिमीहरूका देवताहरू भएका छन्‌। यरूशलेमका जति गल्‍लीहरू छन्, शर्मलाग्‍दो बाल देवतालाई धूप चढ़ाउने वेदीहरू पनि त्‍यति नै भएका छन्‌।’</verse>
				<verse number="14">“यस जातिको निम्‍ति प्रार्थना नगर्, अथवा तिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती नचढ़ा, किनभने तिनीहरूका दु:खको समयमा तिनीहरूले गरेको पुकारा म सुन्‍नेछैनँ।</verse>
				<verse number="15">“मेरो मन्‍दिरमा मेरी प्रिया के गर्दैछे, जब कि त्‍यसले आफ्‍नो दुष्‍ट योजना धेरैसित बनाइसकेकी छ? के अर्पण गरिएका मासुहरूले तिमीहरूको दण्‍ड परसम्‍म सार्न सक्‍छन्‌ र? जब तिमीहरू दुष्‍ट काममा लाग्‍छौ, तब तिमीहरू हर्षित हुन्‍छौ।”</verse>
				<verse number="16">परमप्रभुले तिमीहरूलाई असल फल भएको सुन्‍दर हरियो जैतूनको रूख भनी नाउँ दिनुभएको थियो, तर भयङ्कर आँधीबेहरीको गर्जनसित उहाँले त्‍यसलाई आगो लगाइदिनुहुनेछ, र त्‍यसका हाँगाहरू भाँचिनेछन्‌।</verse>
				<verse number="17">सर्वशक्तिमान्‌ परमप्रभु, जसले तिमीहरूलाई रोप्‍नुभयो, उहाँले तिमीहरूमाथि विपत्ति ल्‍याउनलाई फैसला गर्नुभएको छ। किनभने इस्राएलका घराना र यहूदाका घरानाले दुष्‍ट काम गरेका छन्, र बाल देवताको निम्‍ति धूप चढ़ाएर मलाई रीस उठाएका छन्‌।</verse>
				<verse number="18">परमप्रभुले तिनीहरूको षड्‌यन्‍त्र मलाई देखाइदिनुभएकोले, मैले थाहा पाएँ, किनभने तिनीहरूले के गरिरहेका थिए, त्‍यस बेला उहाँले मलाई सो देखाइदिनुभयो।</verse>
				<verse number="19">म त मार्नलाई लैजान लागेको एउटा सुधो थुमाजस्‍तो थिएँ। तिनीहरूले यसो भन्‍दै मेरो विरुद्ध षड्‌यन्‍त्र रचेका मलाई थाहा थिएन: “यस रूखलाई यसको फलैसमेत नाश गरौं, यसलाई जीवितहरूको देशबाट काटेर फालिदिऔं, र यसको नाउँको कहिल्‍यै सम्‍झना नगरिओस्‌।”</verse>
				<verse number="20">तर हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईं जसले धर्मसित न्‍याय गर्नुहुन्‍छ, र हृदय र मनको जाँच गर्नुहुन्‍छ, तपाईंले तिनीहरूमाथि बदला लिनुभएको म देख्‍न पाऊँ, किनभने तपाईंलाई नै मैले मेरो मुद्दा सुम्‍पिदिएको छु।</verse>
				<verse number="21">“यसकारण तेरो प्राण लिन खोज्‍ने अनातोतका मानिसहरूका सम्‍बन्‍धमा परमप्रभु यसो भन्‍नुहुन्‍छ— ती मानिसहरू जो तँलाई भन्‍छन्, ‘परमप्रभुको नाउँमा अगमवाणी नभन्, नत्रता तँ हाम्रा हातबाट मर्नेछस्‌’—</verse>
				<verse number="22">यसकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म तिनीहरूलाई दण्‍ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले मारिनेछन्, र तिनीहरूका छोराछोरीहरूचाहिँ अनिकालले मर्नेछन्‌।</verse>
				<verse number="23">तिनीहरूमा कोही पनि बाँच्‍नेछैन, किनभने तिनीहरूका दण्‍डको वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु’।”</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">हे परमप्रभु, तपाईं सधैँ धर्मी हुनुहुन्‍छ, जब म तपाईंको अगि मुद्दा पेश गर्छु। तापनि तपाईंका न्‍यायको विषयमा म तपाईंसित कुरा गर्न चाहन्‍छु। दुष्‍टहरूको चाल किन सफल हुन्‍छ? अविश्‍वासीहरू किन आरामसित बस्‍छन्‌?</verse>
				<verse number="2">तपाईंले तिनीहरूलाई रोप्‍नुभएको छ, र तिनीहरूले जरा हालेका छन्‌। तिनीहरू बढ्‌छन्, र फल फलाउँछन्‌। तिनीहरूका मुखमा तपाईंको नाउँ त छ, तर तिनीहरूका हृदयबाट चाहिँ तपाईं टाढ़ा हुनुहुन्‍छ।</verse>
				<verse number="3">तापनि हे परमप्रभु, तपाईं मलाई जान्‍नुहुन्‍छ, तपाईं मलाई देख्‍नुहुन्‍छ, र तपाईंसम्‍बन्‍धी मेरा विचारहरूलाई जाँच्‍नुहुन्‍छ। मार्नलाई लैजाने भेड़ाहरूलाई झैँ तिनीहरूलाई तान्‍दै लानुहोस्, र मारिने दिनको लागि ती अलग राख्‍नुहोस्‌!</verse>
				<verse number="4">देशमा कहिलेसम्‍म खड़ेरी परिरहने? र मैदानका घाँस कहिलेसम्‍म ओइलाइरहने? त्‍यहाँ बस्‍नेहरू दुष्‍ट भएका हुनाले, त्‍यहाँका पशुपक्षीहरू सबै नष्‍ट भएका छन्‌। त्‍यसबाहेक “हामीमाथि के हुँदैछ उहाँले देख्‍नुहुन्‍न” भनी मानिसहरू भनिरहेछन्‌।</verse>
				<verse number="5">“यदि तँ मानिसहरूसित दगुरिस्‌ र तिनीहरूले तँलाई थकाए भने, घोड़ाहरूसित तँ कसरी दगुर्न सक्‍छस्‌ र? यदि सुरक्षित स्‍थानमा नै तँ लोटिस्‌ भने, यर्दननेरका झाड़ीहरूमा तँ के गर्छस्‌?</verse>
				<verse number="6">तेरा दाजुभाइहरू, तेरा आफ्‍नै परिवारले नै तँसित विश्‍वासघात गरेका छन्‌। तिनीहरू तेरो विरुद्धमा जोडसित कराउँदैआएका छन्‌। तिनीहरूले तँसित मीठा कुरा गरे तापनि तैंले तिनीहरूमाथि भरोसा नगर्‌।</verse>
				<verse number="7">“म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्‍याँकिदिनेछु। मैले मन पराएकालाई म त्‍यसका शत्रुहरूका हातमा दिनेछु।</verse>
				<verse number="8">मेरो उत्तराधिकार मेरो लेखि वनको सिंहजस्‍तै भएको छ। त्‍यो मतिरै फर्केर गर्जन्‍छ। यसैकारण म त्‍यसलाई घृणा गर्दछु।</verse>
				<verse number="9">के मेरो उत्तराधिकार मेरो निम्‍ति एउटा छिरबिरे शिकारी पक्षी जस्‍तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्‌? जा, गएर सबै वन-पशुहरूलाई जम्‍मा गर्‌। त्‍यसलाई खान तिनीहरूलाई ले।</verse>
				<verse number="10">धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पार्नेछन्‌। तिनीहरूले मेरो बारीलाई कुल्‍चीमिल्‍ची गर्नेछन्‌। तिनीहरूले मेरो सुन्‍दर बारीलाई उजाड़-भूमिझैँ उजाड़ बनाइदिनेछन्‌।</verse>
				<verse number="11">त्‍यो उजाड़ तुल्‍याइनेछ, मेरो सामुन्‍ने सुक्‍खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्‍यसको वास्‍ता गर्दैन।</verse>
				<verse number="12">मरुभूमिका सबै रूखा डाँड़ाहरूमा नाश गर्नेहरूको धुइरो लाग्‍नेछ, किनकि परमप्रभुको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्‍म नाश गर्नेछ। कोही पनि सुरक्षित रहनेछैन।</verse>
				<verse number="13">तिनीहरूले गहूँ छर्नेछन्, तर काँढ़ा पो कटनी गर्नेछन्‌। तिनीहरूले कष्‍ट गरेर काम गर्नेछन्, तर केही लाभ हुनेछैन। यसैले आफ्‍ना कटनीको लाज तिमीहरू सह, कारण परमप्रभुको भयानक रीस तिमीहरूमाथि परेको छ।”</verse>
				<verse number="14">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मेरा सबै दुष्‍ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्‍पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्‍नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्‍नेछु।</verse>
				<verse number="15">तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु, र उनीहरू हरेकलाई आ-आफ्‍नै पैतृकसम्‍पत्ति र आ-आफ्‍नै देशमा फेरि ल्‍याउनेछु।</verse>
				<verse number="16">अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्‍न सिकाएझैँ, यदि उनीहरूले ‘जीवित परमप्रभुको नाउँमा’ भन्‍दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने, उनीहरू मेरा प्रजाको बीचमा स्‍थापित हुनेछन्‌।</verse>
				<verse number="17">तर यदि कुनै पनि जातिले सुनेन भनेता म त्‍यसलाई बिलकुलै उखेलेर नाश गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">परमप्रभुले मलाई यसो भन्‍नुभयो, “गएर एउटा सूती पटुका किन्, र त्‍यो तेरो कम्‍मरमा बाँध्‌, तर त्‍यसलाई पानीमा भिज्‍न नदे।”</verse>
				<verse number="2">यसैले परमप्रभुले आदेश दिनुभएअनुसार मैले एउटा सूती पटुका किनेर आफ्‍नो कम्‍मरमा बेह्रें।</verse>
				<verse number="3">फेरि दोस्रो पल्‍ट परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="4">“उठ्, तैंले किनेको तेरो कम्‍मरमा बाँधेको पटुका लिएर अब परातमा जा, र पहरामा भएको धाँदोभित्र त्‍यो लुकाइराख्‌।”</verse>
				<verse number="5">यसैले परमप्रभुले मलाई भन्‍नुभएअनुसार गएर परातमा मैले त्‍यो लुकाइराखें।</verse>
				<verse number="6">धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, परातमा जा, र त्‍यहाँबाट त्‍यो पटुका ले, जो मैले तँलाई त्‍यहाँ लुकाइराख्‍नलाई भनेको थिएँ।”</verse>
				<verse number="7">तब म परातमा गएँ, र मैले लुकाएको ठाउँबाट त्‍यो पटुका खनेर निकालें। तर अब त्‍यो पटुका त पूरै मकिएछ। त्‍यो पूर्ण रूपले बेकामको भएछ।</verse>
				<verse number="8">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="9">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यसरी नै यहूदाको अहङ्कार र यरूशलेमको ठूलो शेखी म झारिदिनेछु।</verse>
				<verse number="10">यी दुष्‍ट मानिसहरू, जसले मेरो वचन सुन्‍न इन्‍कार गर्छन्, जसले आ-आफ्‍नो हृदयमा अटेरी गरेर अन्‍य देवताहरूको सेवा र पूजा गर्न जान्‍छन्, तिनीहरू यही पटुकाजस्‍तै हुनेछन्, जो पूरै बेकामको भएको छ!</verse>
				<verse number="11">किनभने जसरी एउटा पटुका मानिसको कम्‍मरमा कसिएको हुन्‍छ, त्‍यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो ख्‍याति र प्रशंसा सम्‍मानको निम्‍ति मेरा प्रजा होऊन्‌ भनेर मैले बाँधे। तर तिनीहरूले मेरा कुरामा ध्‍यानै दिएका छैनन्,’ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हरेक मशक दाखमद्यले भरिनुपर्छ’। ‘के हरेक मशक दाखमद्यले भरिनुपर्छ भनी हामीलाई थाहा छैन र?’ भनी यदि तिनीहरूले तँलाई भने भने,</verse>
				<verse number="13">तब तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यस देशमा बस्‍ने सबैलाई, दाऊदको राजगद्दीमा बस्‍ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्‍ने सबैलाई मत्त्याइदिनेछु।</verse>
				<verse number="14">तिनीहरू एउटालाई अर्कामा, बुबाहरू र छोराहरूलाई आपसमा म थिचोमिचो गरिदिनेछु। म दया देखाएर वा टिठ्याएर तिनीहरूलाई सर्वनाश गर्नदेखि थामिनेछैनँ,’ परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="15">सुन, ध्‍यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्‍नुभएको छ।</verse>
				<verse number="16">उहाँले अन्‍धकार ल्‍याउन अघि नै, साँझको अँध्‍यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्‍न अघि नै परमप्रभु आफ्‍ना परमेश्‍वरलाई महिमा देओ। तिमीहरूले उज्‍यालोको आशा गर्छौ, तर उहाँले त्‍यसलाई अँध्‍यारोमा परिणत गरेर घोर अन्‍धकार बनाउनुहुनेछ।</verse>
				<verse number="17">तर तिमीहरूले ध्‍यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्‍डको कारण म गुप्‍तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्‍नेछ।</verse>
				<verse number="18">राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्‌।”</verse>
				<verse number="19">नेगेवका सहरहरू थुनिनेछन्, र तिनीहरूलाई उघार्ने कोही पनि हुनेछैन। जम्‍मै यहूदा कैदमा लगिनेछ, पूर्ण रूपमा कैदमा लगिनेछ।</verse>
				<verse number="20">आफ्‍ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्‌। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्‍ड गरेको बगाल कहाँ छ?</verse>
				<verse number="21">आफ्‍ना विशेष मित्र बनाउनलाई तैंले फकाएकाहरूलाई जब तँमाथि शासक हुन परमेश्‍वरले खटाउनुहुन्‍छ, तब तैंले के भन्‍नेछस्‌? के प्रसववेदनामा परेकी स्‍त्रीझैँ तँलाई पीडा हुनेछैन?</verse>
				<verse number="22">अनि “यस्‍ता कुरा किन ममाथि आइलाग्‍यो” भनेर तैंले मनमा भन्‍छस्‌— तैंले धेरै पाप गरेको कारणले तेरो फरिया च्‍यातियो, र तेरो शरीरमाथि कुव्‍यवहार गरियो।</verse>
				<verse number="23">के कूशीले आफ्‍नो छालाको रङ्ग बद्‌लन सक्‍छ र? अथवा के चितुवाले आफ्‍नो छालाका थोप्‍ला बद्‌लन सक्‍छ र? न त तँ दुष्‍ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्‍नेछ।</verse>
				<verse number="24">“मरुभूमिबाट आएको बतासले उड़ाएको भुसझैँ म तँलाई तितरबितर पार्नेछु।</verse>
				<verse number="25">तेरो हिस्‍सा, मैले ठहराएको तेरो भाग यही हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने तैंले मलाई बिर्सेको छस्, र झूटा देवताहरूमा भरोसा राखेको छस्‌।</verse>
				<verse number="26">म तेरो फरिया तेरो मुखसम्‍मै उचालिदिनेछु, र यसरी तेरो लाज देखिनेछ।</verse>
				<verse number="27">तैंले डाँड़ाहरू र मैदानहरूमा गरेका तेरा घिनलाग्‍दा कामहरू— तेरो व्‍यभिचार, तेरो कामोद्दीपनको हिनहिनाइ, तेरो लाजमर्दो वेश्‍यावृत्ति मैले देखेको छु। हे यरूशलेम, तँलाई धिक्‍कार! तँ कहिलेसम्‍म यसरी अशुद्ध बस्‍ने?”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">खड़ेरीको विषयमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="2">“यहूदा विलाप गर्छ, र त्‍यसका सहरहरू दुर्बल भएका छन्‌। तिनीहरू देशको निम्‍ति शोक गर्छन्, र यरूशलेमको रुवाइ आकाशसम्‍म पुगेको छ।</verse>
				<verse number="3">त्‍यसका भारदारहरू आफ्‍ना नोकरहरूलाई पानी लिन पठाउँछन्‌। तिनीहरू कूवामा जान्‍छन्, तर पानी पाउँदैनन्‌। तिनीहरू आफ्‍ना भाँड़ाहरू रित्तै लिएर फर्कन्‍छन्‌। तिनीहरू हरेस खाएर र आत्तिएर आफ्‍ना टाउका ढाक्‍छन्‌।</verse>
				<verse number="4">देशमा पानी नपरेकोले गर्दा जमिन चिराचिरा परेको छ। किसानहरू हरेस खाएर आफ्‍ना टाउका ढाक्‍छन्‌।</verse>
				<verse number="5">घाँस नभएकोले वनका मुडुली मृगले पनि आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई छोड़ेर जान्‍छ।</verse>
				<verse number="6">वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्‍यालझैँ पानीको निम्‍ति हाँफ्‍छन्‌। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्‌।”</verse>
				<verse number="7">हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्‌। किनकि हाम्रो धर्म-त्‍याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।</verse>
				<verse number="8">हे इस्राएलको आशा, दु:खको बेलामा त्‍यसलाई उद्धार गर्नुहुने, यस देशमा तपाईं किन एक परदेशीजस्‍तै हुनुहुन्‍छ? एक रातको निम्‍ति मात्र अड़िने यात्रीजस्‍तै किन हुनुहुन्‍छ?</verse>
				<verse number="9">आश्‍चर्यमा परेको मानिसझैँ तपाईं किन हुनुहुन्‍छ? बचाउन नसक्‍ने वीर पुरुषझैँ किन हुनुहुन्‍छ? हे परमप्रभु, तपाईं हाम्रा माझमा हुनुहुन्‍छ। हामी तपाईंकै नाउँले कहलाइएका हौं। हामीलाई नत्‍याग्‍नुहोस्‌!</verse>
				<verse number="10">यस प्रजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिनीहरू त बरालिएर हिँड्‌न साह्रै मन पराउँछन्‌। तिनीहरूले आफ्‍ना खुट्टालाई वशमा राख्‍दैनन्‌। यसैले परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्‍न। अब उहाँले तिनीहरूका अधर्मको सम्‍झना गर्नुहुनेछ, र तिनीहरूका पापको दण्‍ड तिनीहरूलाई दिनुहुनेछ।”</verse>
				<verse number="11">तब परमप्रभुले मलाई भन्‍नुभयो, “यस जातिका भलाइको निम्‍ति प्रार्थना नगर्‌।</verse>
				<verse number="12">तिनीहरू उपवास बसे तापनि म तिनीहरूको दुहाई सुन्‍नेछैनँ। तिनीहरूले होमबलि र अन्‍नबलि चढ़ाए तापनि म यी ग्रहण गर्नेछैनँ। त्‍यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढ़ीले नाश गर्नेछु।”</verse>
				<verse number="13">तर मैले भनें, “परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले त तिनीहरूलाई भनिरहेछन्, ‘तिमीहरूले तरवार देख्‍नेछैनौ, अथवा तिमीहरूमा अनिकाल नै पर्नेछैन, र म तिमीहरूलाई यस ठाउँमा धेरै समयसम्‍म रहने शान्‍ति दिनेछु’।”</verse>
				<verse number="14">तब परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले त मेरो नाउँमा झूटा अगमवाणी कहिरहेछन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ, मैले तिनीहरूलाई नियुक्त गरेको होइनँ, अथवा म तिनीहरूसित बोलेको होइनँ। तिनीहरूले त तँलाई झूटा दर्शनहरू, मन्‍त्रतन्‍त्रहरू, मूर्तिपूजाहरू र आफ्‍नै मनका छकाउने कुराहरूका अगमवाणी कहन्‍छन्‌।</verse>
				<verse number="15">यसकारण ती अगमवक्ताहरूका विषयमा, जो मेरो नाउँमा अगमवाणी कहन्‍छन्, तिनीहरूका विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तापनि ‘तरवार र अनिकालले यस देशलाई छुनेछैन’ भनी तिनीहरू भन्‍दैछन्‌। तरवार र अनिकालद्वारा नै ती अगमवक्ताहरू नाश गरिनेछन्‌।</verse>
				<verse number="16">अनि तिनीहरूले अगमवाणी गरेका ती मानिसहरूचाहिँ तरवार र अनिकालको कारण यरूशलेमका गल्‍लीहरूमा फ्‍याँकिनेछन्‌। तिनीहरू, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई गाड्‌ने कोही हुनेछैन। तिनीहरूले पाउनुपर्ने सङ्कष्‍ट म तिनीहरूमाथि नै खन्‍याउनेछु।</verse>
				<verse number="17">“तैंले तिनीहरूलाई यो कुरा भन्‌: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्‌। त्‍यो बग्‍न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्‍ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्‍यसले पाएकी छ।</verse>
				<verse number="18">यदि म देशमा गएँ भने त्‍यहाँ तरवारले मारिएकाहरू देख्‍छु। यदि म सहरमा पसें भने त्‍यहाँ अनिकालले पीडित भएकाहरू देख्‍छु। अगमवक्ता र पूजाहारी दुवै तिनीहरूले नजानेको देशमा गएका छन्‌’।”</verse>
				<verse number="19">के तपाईंले यहूदालाई बिलकुलै त्‍याग्‍नुभएको छ? के तपाईंले सियोनलाई घृणा गर्नुहुन्‍छ? तपाईंले हामीलाई निको नहुने गरी किन दु:ख दिनुभयो? हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर त्रास पो आइलाग्‍छ!</verse>
				<verse number="20">हे परमप्रभु, हामी आफ्‍नो दुष्‍ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्‍वीकार गर्दछौं। साँच्‍ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।</verse>
				<verse number="21">तपाईंका नाउँको खातिर हामीलाई तुच्‍छ नठान्‍नुहोस्‌। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्‌। हामीसित गर्नुभएको आफ्‍नो करारको सम्‍झना गर्नुहोस्, र त्‍यो भङ्ग नगर्नुहोस्‌।</verse>
				<verse number="22">जाति-जातिहरूका व्‍यर्थका देवताहरूमध्‍ये कसैले वर्षा ल्‍याउन सक्‍छ र? अथवा के आकाश आफैले झरी बर्साउन सक्‍छ? हे परमप्रभु हाम्रा परमेश्‍वर, त्‍यो गर्ने त तपाईं नै हुनुहुन्‍छ। यसैकारण हामी हाम्रो आशा तपाईंमा राख्‍दछौं, किनकि तपाईंले मात्र यी सबै गर्नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">तब परमप्रभुले मलाई भन्‍नुभयो: “मोशा र शमूएल मेरो सामुन्‍ने खड़ा भए तापनि यस जातितिर मेरो मन फर्कनेछैन। तिनीहरूलाई मेरो सामुन्‍नेबाट निकालिदे। तिनीहरूलाई जान दे!</verse>
				<verse number="2">अनि ‘हामी कहाँ जाऔं?’ भनेर यदि तिनीहरूले तँलाई सोधे भने, तैंले तिनीहरूलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मृत्‍युको लागि लेखिएका भए मृत्‍युमा नै, तरवारले मारिनेहरू तरवारतिरै जाऊन्, भोकले मर्नेहरू भोकले नै मरून्, कैदमा लगिनेहरू कैदमा नै जाऊन्‌।’</verse>
				<verse number="3">“म तिनीहरूका विरुद्धमा चार किसिमका सर्वनाश गर्नेहरू पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “मार्नलाई तरवार, तानेर लैजानलाई कुकुर, आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूचाहिँ निल्‍न र नाश गर्नलाई।</verse>
				<verse number="4">यहूदाको राजा हिजकियाको छोरो मनश्‍शेले यरूशलेममा जे गरेको थियो त्‍यसैको कारण म तिनीहरूलाई पृथ्‍वीका सारा राज्‍यहरूमा एक घिनलाग्‍दा कुरा तुल्‍याउनेछु।</verse>
				<verse number="5">“हे यरूशलेम, कसले तँलाई टिठ्याउने? तेरो निम्‍ति कसले शोक गर्नेछ? तिमीहरू कस्‍ता छौ भनी सोध्‍नलाई को अड्‌नेछ र?</verse>
				<verse number="6">तैंले मलाई त्‍यागेको छस्,” परमप्रभु भन्‍नुहुन्‍छ। “तँ पछि नै हट्‌दैरहन्‍छस्‌। यसैले मैले मेरो हात उठाएर तँलाई सर्वनाश गर्नेछु। म तँमाथि अझ टिठ्याउन सक्‍दिनँ।</verse>
				<verse number="7">म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्‌लोले निफनेझैँ निफन्‍नेछु। म मेरो प्रजामाथि शोक र सर्वनाश ल्‍याउनेछु, किनकि तिनीहरूले आफ्‍ना चाल बदली गरेनन्‌।</verse>
				<verse number="8">म तिनीहरूका विधवाहरूको संख्‍या समुद्रका बालुवाको संख्‍याभन्‍दा धेरै बनाउनेछु। मध्‍यदिनमा तिनीहरूका जवान मानिसहरूका आमाहरूका विरुद्धमा एउटा सर्वनाश गर्नेलाई ल्‍याउनेछु। शोक र त्रास एक्‍कासि म तिनीहरूमाथि ल्‍याउनेछु।</verse>
				<verse number="9">सात जनाकी आमा बेहोश भई मर्नेछे। दिन छँदै त्‍यसको सूर्य अस्‍ताइहाल्‍नेछ। त्‍यो अपमानित भई लाजमा पारिनेछे। तिनीहरूमा बचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूका सामु तरवारले काट्‌न लाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्‍म दिनुभयो, मजस्‍तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्‍छन्‌।</verse>
				<verse number="11">परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई एउटा राम्रो अभिप्रायले छुटाउनेछु। निश्‍चय नै म दु:ख र सङ्कष्‍टको समयमा तेरा शत्रुहरूलाई तँसँग बिन्‍ती गर्न लाउनेछु।</verse>
				<verse number="12">“के एक जना मानिसले फलाम भाँच्‍न सक्‍छ र— उत्तरको फलाम वा काँसालाई?</verse>
				<verse number="13">तिमीहरूको देशभरि आफ्‍ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्‍पत्ति र तिमीहरूका भण्‍डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु।</verse>
				<verse number="14">म तिमीहरूलाई आफैले नचिनेको देशमा आफ्‍ना शत्रुहरूका कमारा तुल्‍याउनेछु। किनभने मेरो रीसले एउटा आगो सल्‍काउनेछ, जो तिमीहरूका विरुद्धमा निरन्‍तर जलिरहनेछ।”</verse>
				<verse number="15">हे परमप्रभु, तपाईं बुझ्‍नुहुन्‍छ, मलाई सम्‍झनुहोस्, र मेरो वास्‍ता गर्नुहोस्‌। मेरो निम्‍ति मलाई सताउनेहरूसित बदला लिनुहोस्‌। तपाईं धैर्यवान्‌ हुनुहुन्‍छ, मलाई नलैजानुहोस्‌। तपाईंको खातिर मैले कति गाली सहें, सो सम्‍झनुहोस्‌।</verse>
				<verse number="16">जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्‍द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्‍छु, हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर।</verse>
				<verse number="17">मोजमज्‍जा गर्नेहरूको झुण्‍डमा म कहिल्‍यै बसिनँ, न त तिनीहरूसँग मैले हर्ष मनाएँ। म त एकलै बसें, किनभने तपाईंको हात ममाथि थियो र तपाईंले मलाई क्रोधले भरिदिनुभएको थियो।</verse>
				<verse number="18">मेरो दु:ख किन थामिँदैन? र मेरो चोट किन कष्‍टकर र निको नहुने भएको छ? के तपाईं मेरो लागि धोका दिने खोलाझैँ, पानी नआउने मुहानझैँ हुनुहुनेछ?</verse>
				<verse number="19">यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यदि तैंले पश्‍चात्ताप गरिस्‌ भने, म तँलाई फेरि स्‍थापित गर्नेछु, कि तैंले मेरो सेवा गर्न सकोस्‌। यदि तैंले चाहिँदो कुरा बोलिस्‌ र व्‍यर्थका कुरा गरिनस्‌ भने, तँ मेरो वक्ता हुनेछस्‌। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नजानू।</verse>
				<verse number="20">म तँलाई यस प्रजाको निम्‍ति काँसाको बलियो किल्‍ला भएको पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लड़ाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउन र उद्धार गर्नलाई म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="21">“दुष्‍टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्‍ठुरहरूका पन्‍जादेखि म तँलाई छुटाउनेछु।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“यस ठाउँमा तैंले विवाह गर्नु र छोराछोरी जन्‍माउनुहुँदैन।”</verse>
				<verse number="3">किनकि यस देशमा जन्‍मेका छोराछोरीहरू र तिनीहरूलाई जन्‍माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ:</verse>
				<verse number="4">“तिनीहरू घातक रोगहरूले मर्नेछन्‌। तिनीहरूका लागि कसैले शोक गर्नेछैन, अथवा कसैले तिनीहरूलाई गाड्‌नेछैन। तिनीहरू भूइँमा कसिङ्गरझैँ लड़िरहनेछन्‌। तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्, र तिनीहरूका लाश आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूका लागि आहार हुनेछन्‌।”</verse>
				<verse number="5">किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मृत्‍यु भएको घरमा मृत्‍यु-भोज खान नपस्, अथवा शोक गर्न वा सहानुभूति प्रकट गर्न त्‍यहाँ नजा, किनभने मैले यस जातिदेखि मेरो आशिष्‌, प्रेम र दया उठाइलगेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="6">“ठूला-साना दुवै यस देशमा मर्नेछन्‌। तिनीहरू गाड़िनेछैनन्‌। कसैले तिनीहरूका निम्‍ति विलाप गर्नेछैन, आफ्‍नो शरीर काट्‌नेछैन, कपाल खौरनेछैन।</verse>
				<verse number="7">मर्नेको लागि विलाप गर्नेलाई— आमा-बुबाको लागि विलाप गर्नेलाई पनि— सान्‍त्‍वना दिन भनी कसैले उसको निम्‍ति खानेकुरो दिनेछैन, न सान्‍त्‍वनाको पानी दिइनेछ।</verse>
				<verse number="8">“भोज-भतेर भइरहेको घरमा तँ नपस्‌ र तिनीहरूसित खान-पिउनलाई तँ नबस्‌।</verse>
				<verse number="9">किनकि सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तेरै आँखाको सामुन्‍ने तेरै समयमा यस ठाउँमा खुशीको सोर, रमाहटको आवाज, दुलहा र दुलहीको सोर म अन्‍त्‍य गरिदिनेछु।</verse>
				<verse number="10">“जब तैंले यस जातिलाई यी सबै कुरा भन्‍छस्, र तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्‍तो ठूलो विपत्ति आओस्‌ भनी खटाउनुभएको छ? हामीले के भूल गरेका छौं? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र?’</verse>
				<verse number="11">तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्‍यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्‍नुहुन्‍छ। “तिनीहरूले मलाई त्‍यागे र मेरो व्‍यवस्‍था पालन गरेनन्‌।</verse>
				<verse number="12">तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि बढ्‌ता दुष्‍ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्‍नो दुष्‍ट हृदयको हठीपनामा हिँड़िरहेका छौ।</verse>
				<verse number="13">यसैले न त तिमीहरूले न तिमीहरूका पिता-पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फालिदिनेछु। त्‍यहाँ तिमीहरूले रातदिन अरू देवताहरूको सेवा गर्नेछौ, किनकि म तिमीहरूमाथि मेरो निगाह राख्‍नेछैनँ’।</verse>
				<verse number="14">“तापनि,” परमप्रभु भन्‍नुहुन्‍छ, “दिन आउँदैछ, जब मानिसहरूले कहिल्‍यै यसो भन्‍नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’।</verse>
				<verse number="15">तर तिनीहरूले भन्‍नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्‍याउनेछु।</verse>
				<verse number="16">“तर अब म धेरै जालहारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई पक्रनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसपछि म धेरै शिकारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँड़ा र पहराको धाँदोबाट खोजी-खोजी निकाल्‍नेछन्‌।</verse>
				<verse number="17">तिनीहरूका सबै चालमा मेरो दृष्‍टि पुगेको छ। ती मदेखि लुकेका छैनन्, न त तिनीहरूको पाप मेरो दृष्‍टिबाट लुकेको छ।</verse>
				<verse number="18">तिनीहरूको अधर्म र पापको निम्‍ति म तिनीहरूलाई दोबर दण्‍ड दिनेछु, किनकि तिनीहरूले मेरो देशलाई आफ्‍ना घृणित प्रतिमाहरूका निर्जीव आकारहरूले बिटुलो पारेका छन्, र मेरो उत्तराधिकारलाई तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरूले भरेका छन्‌।”</verse>
				<verse number="19">हे परमप्रभु, मेरो बल र मेरो किल्‍ला, दु:खको दिनमा मेरो शरणस्‍थान, पृथ्‍वीका कुना-कुनाबाट जाति-जातिहरूले तपाईंकहाँ आएर भन्‍नेछन्, “हाम्रा पिता-पुर्खाहरूले त झूटा देवताहरू, लाभ नहुने व्‍यर्थका मूर्तिहरूबाहेक केही पनि अधिकार गरेनन्‌।</verse>
				<verse number="20">के मानिसहरूले आफ्‍नै देवदेवताहरू बनाउँछन्‌? हो, तर तिनीहरू त ईश्‍वरहरू होइनन्‌।”</verse>
				<verse number="21">“यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्‍ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">“यहूदाको पाप फलामको औजारले कुँदिएको छ। त्‍यो तिनीहरूका हृदयको पाटीमा र तिनीहरूका वेदीका सीङहरूमा चकमक पत्‍थरको टुप्‍पाले खोपिएको छ।</verse>
				<verse number="2">झ्‍याम्‍म परेका रूखहरूनेर र अल्‍गा डाँड़ाहरूमा भएका आफ्‍ना वेदीहरू र अशेराका खम्‍बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्‍मरण गर्छन्‌।</verse>
				<verse number="3">देशमा भएको मेरो पर्वत र तिमीहरूका सबै धन-सम्‍पत्ति तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूसहित तिमीहरूको देशभरिका पापको कारण ती लुटिनलाई म दिनेछु।</verse>
				<verse number="4">मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले आफ्‍नै दोषले गर्दा तिमीहरूले गुमाउनेछौ, र तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको सेवा गर्न लाउनेछु, किनकि तिमीहरूले मेरो रीसको आगो सल्‍काएका छौ, र त्‍यो सधैँ जलिरहनेछ।”</verse>
				<verse number="5">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ।</verse>
				<verse number="6">त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन।</verse>
				<verse number="7">“तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ।</verse>
				<verse number="8">त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैँ हरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, र त्‍यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन।”</verse>
				<verse number="9">मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?</verse>
				<verse number="10">“हरेक मानिसलाई त्‍यसको चालअनुसार र त्‍यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्‍यसका मनको म जाँच गर्छु।”</verse>
				<verse number="11">आफूले नपारेका अण्‍डा ओथ्रने तित्रोजस्‍तै त्‍यो मानिस हो, जसले अन्‍यायसित धन कमाउँछ। त्‍यसको जीवनकालको आधा समयमा नै त्‍यस धनले त्‍यसलाई छोड्‌नेछ, र जीवनको शेषकालमा त्‍यो मूर्ख ठहर्नेछ।</verse>
				<verse number="12">सुरुदेखि नै गौरवमा स्‍थापित भएको महिमित सिंहासन हाम्रो शरणस्‍थान हो।</verse>
				<verse number="13">हे परमप्रभु, इस्राएलको आशा, तपाईंलाई त्‍याग्‍नेहरू सबै लाजमा पारिनेछन्‌। तपाईंदेखि तर्किजानेहरू सबै धूलोमा लेखिएका नाउँहरूजस्‍ता मात्रै हुनेछन्, किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्‍यागेका छन्‌।</verse>
				<verse number="14">हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस्‌ र म बाँच्‍नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्‍छ।</verse>
				<verse number="15">तिनीहरू मलाई भनिरहन्‍छन्, “परमप्रभुको वचन कहाँ छ? त्‍यो अब पूरा गरिओस्‌!”</verse>
				<verse number="16">तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्‍नुहुन्‍छ कि निराशाको दिनको इच्‍छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्‍कन्‍छ, त्‍यो तपाईंको सामुन्‍ने खुला छ।</verse>
				<verse number="17">तपाईं मेरो त्रासको कारण नबन्‍नुहोस्, मेरा विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्‍थान हुनुहुन्‍छ।</verse>
				<verse number="18">मलाई सताउनेहरू नै लाजमा परून्, तर मलाई चाहिँ लाजमा पर्नदेखि जोगाउनुहोस्‌। तिनीहरू नै त्रासमा परून्, तर मलाई चाहिँ त्रासमा पर्नदेखि जोगाउनुहोस्‌। तिनीहरूमाथि सर्वनाशको दिन ल्‍याउनुहोस्, दोबर विनाशले तिनीहरूलाई सर्वनाश गर्नुहोस्‌।</verse>
				<verse number="19">परमप्रभुले मलाई यसो भन्‍नुभयो: “यहूदाका राजाहरू भित्र-बाहिर जाने मेरो प्रजाको मूल ढोका र यरूशलेमका अरू सबै मूल ढोकाहरूमा गएर उभी।</verse>
				<verse number="20">तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्‍ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्‍ने हरेक हो, परमप्रभुको वचन सुन।</verse>
				<verse number="21">परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरूको शबाथ-दिनमा कुनै भारी नबोक्‍न, अथवा यरूशलेमका मूल ढोकाहरूबाट त्‍यो भित्र नल्‍याउनलाई होशियार होओ।</verse>
				<verse number="22">शबाथमा तिमीहरूका घरबाट भारी बोकेर बाहिर नलैजाओ, अथवा त्‍यो दिन कुनै किसिमको काम नगर, तर मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आज्ञा दिएअनुसार शबाथ-दिनलाई पवित्र राख।</verse>
				<verse number="23">तापनि तिनीहरूले सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌। तिनीहरू अटेरी भए र सुन्‍न चाहेनन्, अथवा अनुशासनमा बसेनन्‌।</verse>
				<verse number="24">परमप्रभु भन्‍नुहुन्‍छ, तर यदि तिमीहरूले मेरो कुरा सुन्‍यौ र शबाथमा सहरका मूल ढोकाहरूबाट कुनै पनि भारी भित्र ल्‍याएनौ र शबाथ पवित्र मानेर कुनै पनि काम गरेनौ भने,</verse>
				<verse number="25">दाऊदको सिंहासनमा विराजमान हुने राजाहरू, आफ्‍ना अधिकारीहरूसित यस सहरका मूल ढोकाहरूबाट रथ र घोड़ाहरूमा सवार भएर पस्‍नेछन्‌— तिनीहरू, यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू आउनेछन्, र यस सहरमा सदासर्वदा मानिसहरू बसोबास गर्नेछन्‌।</verse>
				<verse number="26">यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्‍यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्‍नबलि र धूप र धन्‍यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्‌।</verse>
				<verse number="27">तर शबाथ पवित्र राख्‍नलाई र शबाथ-दिनमा भारी बोकेर यरूशलेमका मूल ढोकाहरूबाट भित्र पस्‍न छोड्‌नलाई मेरो कुरा मानेनौ भनेदेखि त म यरूशलेमका मूल ढोकाहरूमा ननिभ्‍ने आगो लगाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू स्‍वाहा पार्नेछ’।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="2">“तल कुमालेको घरमा जा, र त्‍यहाँ म तँलाई मेरो सन्‍देश दिनेछु।”</verse>
				<verse number="3">यसैले म तल कुमालेको घरमा गएँ। त्‍यहाँ त्‍यसले आफ्‍नो चक्‍कामा केही बनाइरहेको मैले देखें।</verse>
				<verse number="4">तर त्‍यसले बनाइरहेको माटोको भाँड़ो त्‍यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँड़ो बनायो।</verse>
				<verse number="5">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="6">“हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्‌।</verse>
				<verse number="7">यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्‍यको विषयमा त्‍यसलाई उखेलिदिन्‍छु, तोड़िदिन्‍छु र सर्वनाश गरिदिन्‍छु भनी मैले भनेको छु भने,</verse>
				<verse number="8">र यदि मैले चेताउनी दिएको जातिले आफ्‍नो खराबीदेखि पछितो गर्‍यो भने, मैले सोचेको विपत्ति त्‍यसमाथि ल्‍याउनदेखि म मेरो मन बद्‌लनेछु।</verse>
				<verse number="9">अनि यदि कुनै जाति अथवा कुनै राज्‍यको विषयमा म त्‍यसलाई बनाउनेछु र खड़ा गर्नेछु भनी कुनै समयमा मैले घोषणा गरेको छु भने,</verse>
				<verse number="10">र त्‍यसले मेरो कुरा नसुनेर मेरो दृष्‍टिमा खराबी गर्‍यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्‍यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु।</verse>
				<verse number="11">“यसैकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूलाई भन्, ‘परमप्रभु यही भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूका विरुद्धमा सर्वनाश तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा एउटा युक्ति रचिरहेछु। यसैले तिमीहरू हरेक आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र तिमीहरूका चाल र कामहरू सुधार’।</verse>
				<verse number="12">तर तिनीहरूले त यस्‍तो जवाफ दिनेछन्, ‘त्‍यसो गर्नु व्‍यर्थ छ। हामी त आफ्‍नै युक्तिअनुसार हिँड्‌नेछौं, हामी हरेक आफ्‍नै दुष्‍ट हृदयको हठअनुसार चल्‍नेछौं’।”</verse>
				<verse number="13">यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूकहाँ गएर सोध, यस्‍तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ।</verse>
				<verse number="14">के लेबनानको हिउँ कहिले त्‍यसको पहराको भीरबाट हराउँछ र? के त्‍यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्‍छ र?</verse>
				<verse number="15">तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्‍छन्, जसले तिनीहरूलाई आफ्‍ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्‍की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्‌।</verse>
				<verse number="16">तिनीहरूको देश उजाड़ पारिनेछ, र सदासर्वदा गिल्‍लाको पात्र हुनेछ। त्‍यसबाट हिँड्‌ने सबै तर्सनेछन्, र टाउको हल्‍लाउनेछन्‌।</verse>
				<verse number="17">पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्‍ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।”</verse>
				<verse number="18">तिनीहरूले भने, “आऔं, हामीहरू यर्मियाको विरुद्धमा षड्‌यन्‍त्र रचौं, किनकि न त पूजाहारीले सिकाएको व्‍यवस्‍था नष्‍ट हुनेछ, न बुद्धिमान्‌ पुरुषको सल्‍लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। यसैले आऔं, हामीहरू कुराद्वारा त्‍यसलाई आक्रमण गरौं, र त्‍यसको कुनै पनि कुरामा ध्‍यान नदिऔं।”</verse>
				<verse number="19">हे परमप्रभु, मेरा कुरा ध्‍यानसित सुन्‍नुहोस्, मलाई दोष लाउनेहरूले के भनिरहेका छन्‌ सुन्‍नुहोस्‌!</verse>
				<verse number="20">के भलाइको सट्टामा खराबी गरिन्‍छ? तर मेरा विरोधीहरूले मेरो प्राणको लागि एउटा खाड़ल खनेका छन्‌। तपाईंको क्रोध तिनीहरूदेखि पर हटाउनलाई तिनीहरूका पक्षमा कुरा गर्न म तपाईंको सामुन्‍ने खड़ा भएँ, सो सम्‍झनुहोस्‌।</verse>
				<verse number="21">यसैले तिनीहरूका छोराछोरीहरूलाई अनिकालको गाँसमा हालिदिनुहोस्, तिनीहरूलाई तरवारको धारमा सुम्‍पिदिनुहोस्‌। तिनीहरूका पत्‍नीहरू निर्वंश र विधवा होऊन्, तिनीहरूका मानिसहरू मृत्‍युमा परून्, तिनीहरूका जवानहरू लड़ाइँमा तरवारले मारिऊन्‌।</verse>
				<verse number="22">तपाईंले तिनीहरूमाथि एक्‍कासि आक्रमण गर्नेहरू ल्‍याउनुहुँदा तिनीहरूका घरहरूदेखि रुवाबासीको सोर सुनिओस्‌। किनकि तिनीहरूले मलाई पक्रनका लागि खाड़ल खनेका छन्, र मेरा खुट्टाका लागि पासो लुकाएर थापेका छन्‌।</verse>
				<verse number="23">तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्‌यन्‍त्र तपाईंलाई जाहेरै छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तिनीहरूका पाप तपाईंको दृष्‍टिदेखि नहटाउनुहोस्‌। तपाईंको सामुन्‍ने तिनीहरू पराजित होऊन्, तपाईंको क्रोधको समयमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “गएर एक जना कुमालेबाट माटोको भाँड़ो किन्‌। प्रजाका केही धर्म-गुरुहरू र केही पूजाहारीहरूलाई लिएर</verse>
				<verse number="2">बेनहिन्‍नोमको बेँसीमा भएको खपटाका ढोकाको नजिक गएर जुन कुरा म तँलाई भन्‍छु त्‍यो त्‍यहाँ सुना।</verse>
				<verse number="3">तैंले घोषणा गर्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: सुन, म यस ठाउँमा यस्‍तो सर्वनाश ल्‍याउनेछु जसले गर्दा त्‍यसको विषयमा सुन्‍नेहरू सबैका कान झनझनाउनेछन्‌।</verse>
				<verse number="4">किनकि तिनीहरूले मलाई त्‍यागेका छन्‌ र यो ठाउँ विदेशी देवताहरूको ठाउँ बनाएका छन्‌। तिनीहरू आफूले, तिनीहरूका पिता-पुर्खाहरूले र यहूदाका राजाहरूले नचिनेका अरू देवताहरूका लागि बलिदानहरू जलाएर तिनीहरूले यस ठाउँलाई निर्दोषहरूको रगतले भरेका छन्‌।</verse>
				<verse number="5">तिनीहरूले आफ्‍ना छोराहरूलाई बाल देवताको लागि आगोमा होमबलि चढ़ाउनलाई बाल देवताका अल्‍गा-अल्‍गा ठाउँहरू बनाएका छन्, जुन गर्नलाई मैले न त भनेको थिएँ न सोचेको थिएँ, न मेरो मनमा कहिल्‍यै यस्‍तो कुरो पसेको थियो।</verse>
				<verse number="6">यसैले होशियार रहो, यस्‍तो दिन आउँदैछ, परमप्रभु भन्‍नुहुन्‍छ, जब यो ठाउँ फेरि कहिल्‍यै मानिसहरूले तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्‍याको बेँसी भन्‍नेछन्‌।</verse>
				<verse number="7">“‘यसै ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरूलाई निष्‍फल तुल्‍याइदिनेछु। तिनीहरूलाई आफ्‍ना शत्रुहरूका सामुन्‍ने तरवारले, र तिनीहरूका ज्‍यान लिन खोज्‍नेहरूका हातद्वारा मार्न लाउनेछु, र म तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूलाई आहाराको निम्‍ति दिनेछु।</verse>
				<verse number="8">म यस सहरलाई भताभुङ्गै गरेर गिल्‍लाको पात्र तुल्‍याउनेछु। त्‍यसका सबै चोटहरू देखेर त्‍यसको छेउबाट भएर जानेहरू सबै तर्सनेछन्‌ र त्‍यसलाई गिल्‍ला गर्नेछन्‌।</verse>
				<verse number="9">तिनीहरूका ज्‍यान लिन खोज्‍ने शत्रुहरूले लगाएको घेराको कष्‍टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्‍ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’।</verse>
				<verse number="10">“तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्‍यो भाँड़ो फुटाइदिनू,</verse>
				<verse number="11">र तैंले तिनीहरूलाई यसो भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसरी कुमालेको यो भाँड़ो कहिल्‍यै नजोड़िने गरी फुटेको छ, त्‍यसरी नै म यस जाति र यस सहरलाई फुटाएर नाश गर्नेछु। लाश गाड्‌ने ठाउँ नसकिउञ्‍जेलसम्‍म मानिसहरूले तोपेतमा लाश गाड्‌नेछन्‌।</verse>
				<verse number="12">परमप्रभु भन्‍नुहुन्‍छ, म यस ठाउँ र यहाँ बस्‍नेहरूलाई त्‍यसै गर्नेछु। यस सहरलाई तोपेतजस्‍तै म तुल्‍याइदिनेछु।</verse>
				<verse number="13">यरूशलेमका घरहरू र यहूदाका राजाका घरहरू यो ठाउँ तोपेतजस्‍तै बिटुला पारिनेछन्‌— ती सबै घरहरू, जसका कौसीहरूमा आकाशका सारा ग्रह-नक्षत्रहरूका निम्‍ति तिनीहरूले धूप बाले र पराई देवताहरूका निम्‍ति अर्घ-बलि चढ़ाए’।”</verse>
				<verse number="14">तब यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई परमप्रभुले अगमवाणी कहनलाई पठाउनुभएको थियो, र परमप्रभुका मन्‍दिरको चोकमा खड़ा भएर सबै मानिसहरूलाई तिनले यसो भने,</verse>
				<verse number="15">“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘ध्‍यानसित सुन। म यस सहरमा र यसका चारैतिरका गाउँहरूका विरुद्धमा मैले भनेका सबै सर्वनाश ल्‍याउनेछु, किनभने तिनीहरू ढीट भएर बसे, र मेरा वचन तिनीहरूले ध्‍यानसित सुनेनन्‌’।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्‍दिरका मुख्‍य अधिकृत इम्‍मेरका छोरा पूजाहारी पशहूरले सुने,</verse>
				<verse number="2">तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्‌न लगाए र परमप्रभुको मन्‍दिरमा बेन्‍यामीनको माथिल्‍लो ढोकामा भएको ठिँगुरोमा हालिदिए।</verse>
				<verse number="3">भोलिपल्‍ट जब पशहूरले यर्मियालाई ठिँगुरोबाट निकाले तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर होइन, तर मागोर-मिस्‍साबीब राख्‍नुभएको छ।</verse>
				<verse number="4">किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तँलाई तेरो आफ्‍नै निम्‍ति र तेरा सबै मित्रहरूका निम्‍ति म एक त्रासको पात्र तुल्‍याउनेछु। तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्‍ने मारिनेछन्‌। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्‍पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ।</verse>
				<verse number="5">म यस सहरका सबै धन-सम्‍पत्ति तिनीहरूका शत्रुहरूका हातमा दिनेछु— त्‍यसका सबै उत्‍पादन, त्‍यसका सबै बहुमूल्‍य वस्‍तुहरू र यहूदाका राजाहरूका सारा धन-दौलत। उनीहरूले ती सबै लूट्‌का माल स्‍वरुप बेबिलोनमा लानेछन्‌।</verse>
				<verse number="6">अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै कैदी भएर बेबिलोनमा निर्वासित हुनेछौ, तँ र तेरा सब मित्रहरू, जसलाई तैंले झूटा अगमवाणी भनेको थिइस्, सबै मर्नेछौ र त्‍यहीँ गाड़िनेछौ’।”</verse>
				<verse number="7">हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्‍नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्‌।</verse>
				<verse number="8">जब-जब म बोल्‍छु, तब-तब चर्को सोरले कराएर “उपद्रव र सर्वनाश भयो” भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्‍दा र खिसी ल्‍याएको छ।</verse>
				<verse number="9">तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्‍यै उहाँको नाउँमा बोल्‍नेछैनँ” भनी यदि म भन्‍छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्‍तो हुन्‍छ। त्‍यसलाई भित्र रोकिराख्‍दा म थकित हुन्‍छु, साँच्‍चै म त्‍यो थाम्‍नै सक्‍दिनँ।</verse>
				<verse number="10">धेरैले कानेखुसी गरेका म सुन्‍दछु, “त्रास चारैतिर छ! त्‍यसको खबर गरौं! त्‍यसको विरुद्धमा खबर गरौं।” मेरा सबै मित्रहरू यसो भन्‍दै मेरो पतन पर्खिरहेछन्, “शायद त्‍यसले धोका खान्‍छ होला, र हामी त्‍यसमाथि विजयी भएर साटो फेर्न सक्‍छौं।”</verse>
				<verse number="11">तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुन्‍छ, यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्‌नेछन्‌। तिनीहरू ममाथि विजयी हुनेछैनन्‌। तिनीहरू सफल हुनेछैनन्, र तिनीहरू साह्रै लाजमा पर्नेछन्‌। तिनीहरूको अनादर कहिल्‍यै बिर्सिइनेछैन।</verse>
				<verse number="12">हे सर्वशक्तिमान्‌ परमप्रभु, जसले धर्मात्‍माहरूको जाँच गर्नुहुन्‍छ, जसले हृदय र मन खोतल्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्‍पिदिएको छु।</verse>
				<verse number="13">परमप्रभुलाई स्‍तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्‍टहरूका हातदेखि छुटाउनुहुन्‍छ।</verse>
				<verse number="14">म जन्‍मेको दिन श्रापित होस्‌! मेरी आमाले मलाई जन्‍म दिएको दिन आशिषित नहोस्‌।</verse>
				<verse number="15">त्‍यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई यो समाचार दियो, “तिम्रो एउटा बालक, अर्थात्‌ छोरो जन्‍म्‍यो,” र तिनलाई खुशी तुल्‍यायो।</verse>
				<verse number="16">त्‍यो मानिस ती नगरहरूजस्‍तो होस्, जसलाई परमप्रभुले दयाविना सर्वनाश गर्नुभयो। त्‍यसले बिहान रुवाबासी, र मध्‍यदिनमा युद्धको ध्‍वनि सुन्‍नुपरोस्,</verse>
				<verse number="17">किनभने त्‍यसले मलाई गर्भैमा मारेन, नत्रता मेरी आमा नै मेरो चिहान हुनेथिइन्, र तिनको गर्भ सधैँभरि विस्‍तृत भइरहनेथियो।</verse>
				<verse number="18">दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्‍केछु?</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्‍कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्‍याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने,</verse>
				<verse number="2">“हाम्रा निम्‍ति अब परमप्रभुसित सोधिदिनुहोस्, किनभने बेबिलोनका राजा नबूकदनेसरले हामीलाई आक्रमण गर्दैछन्‌। शायद बितेको समयमा परमप्रभुले हाम्रा निम्‍ति आश्‍चर्यको काम गर्नुभएझैँ अहिले पनि गर्नुहोला, र यसरी उनी हामीबाट फिर्ता जानेछन्‌।”</verse>
				<verse number="3">तर यर्मियाले तिनीहरूलाई भने,</verse>
				<verse number="4">“तिमीहरूले सिदकियाहलाई भन, ‘परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: लड़ाइँका जुन हतियारहरू तिमीहरूका हातमा छन्, र पर्खालका बाहिर तिमीहरूलाई घेर्ने बेबिलोनीहरू र बेबिलोनको राजाको विरुद्धमा जुन हतियारले तिमीहरू लड़ाइँ गर्छौ, ती म तिमीहरूकै विरुद्धमा चलाउनेछु। ती जम्‍मा गरेर म यस सहरभित्र ल्‍याउनेछु।</verse>
				<verse number="5">पसारिएको हात तथा बलियो पाखुराले क्रोध र भयानक रीसमा म आफै तिमीहरूसित लड़ाइँ गर्नेछु।</verse>
				<verse number="6">यस सहरमा बस्‍नेहरू, मानिसहरू र पशुहरू दुवैलाई म नाश गर्नेछु, र तिनीहरू भयानक रूढ़ीले मर्नेछन्‌।</verse>
				<verse number="7">परमप्रभु भन्‍नुहुन्‍छ, त्‍यसपछि यहूदाको राजा सिदकियाह, त्‍यसका अधिकारीहरू रूढ़ी, तरवार र अनिकालबाट बाँचेका यस सहरमा हुने मानिसहरूलाई बेबिलोनको राजा नबूकदनेसर र तिनीहरूका ज्‍यान लिन खोज्‍ने शत्रुहरूका हातमा म सुम्‍पिदिनेछु। त्‍यसले तिनीहरूलाई तरवारले मार्नेछ, त्‍यसले तिनीहरूलाई न त दया न कृपा देखाउनेछ, न तिनीहरूमाथि टिठ्याउनेछ’।</verse>
				<verse number="8">“यस प्रजालाई चाहिँ तैंले अझै यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूका अगि जीवनको बाटो र मृत्‍युको बाटो राख्‍दैछु।</verse>
				<verse number="9">जो यस सहरमा रहन्‍छ, त्‍यो तरवार, अनिकाल वा रूढ़ीले मर्नेछ। तर जो बाहिर निस्‍केर तिमीहरूलाई घेर्ने बेबिलोनीहरूका हातमा आत्‍मसमर्पण गर्छ, त्‍यो बाँच्‍नेछ। त्‍यो आफ्‍नो प्राणसमेत उम्‍कनेछ।</verse>
				<verse number="10">मैले यस सहरलाई नोक्‍सान गर्न निश्‍चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्‍नुहुन्‍छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्‍यसले यसलाई आगाले भस्‍म गर्नेछ’।</verse>
				<verse number="11">“अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन,</verse>
				<verse number="12">हे दाऊदको घराना, परमप्रभु यसो भन्‍नुहुन्‍छ: “प्रत्‍येक बिहान न्‍याय गर, लुटिएकोलाई अत्‍याचार गर्नेको हातबाट छुटाओ, नत्रता तिमीहरूको कुकर्मको कारणले गर्दा, मेरो क्रोध आगोझैँ दन्‍कनेछ, कसैले निभाउन नसक्‍ने गरी त्‍यो दन्‍कनेछ।</verse>
				<verse number="13">म तेरो विरुद्धमा छु, हे यरूशलेम, यस उपत्‍यकाको मास्‍तिर बस्‍नेहरू हो, मैदानका समस्‍त ठाउँमा बस्‍ने हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरू जसले भन्‍छौ, ‘हाम्रा विरुद्धमा को आउन सक्‍छ र? हाम्रो शरणस्‍थानभित्र को पस्‍नसक्‍छ र?’</verse>
				<verse number="14">म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्‍ड दिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ। म तिमीहरूका वनहरूमा आगो सल्‍काइदिनेछु, र त्‍यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्‍म गर्नेछ।”</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यहूदाका राजाको महलमा गएर त्‍यहाँ यो सन्‍देश दे:</verse>
				<verse number="2">‘दाऊदको सिंहासनमा विराजमान हुने हे यहूदाको राजा, तेरा अधिकारीहरू र यी मूल ढोकाहरूबाट भित्र पस्‍ने तेरा मानिसहरू हो, परमप्रभुको यो वचन सुन।</verse>
				<verse number="3">परमप्रभु यसो भन्‍नुहुन्‍छ: जे उचित र ठीक छ, त्‍यो गर। लुटिएकोलाई अत्‍याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ।</verse>
				<verse number="4">किनकि यदि तिमीहरूले साँच्‍चै यी आज्ञाहरू होशियारीसित पालन गर्‍यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्‍ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्‌।</verse>
				<verse number="5">तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्‍नुहुन्‍छ, म आफ्‍नो नाउँको शपथ खाएर भन्‍दछु कि यो महल नै भग्‍नावशेष पारिनेछ’।”</verse>
				<verse number="6">किनभने यहूदाका राजाको महलको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तँ मेरो निम्‍ति गिलाद र लेबनानको टाकुराजस्‍तै भए तापनि म तँलाई मरुभूमिजस्‍तै तुल्‍याउनेछु— निर्जन नगरझैँ।</verse>
				<verse number="7">म तेरो विरुद्धमा नाश गर्नेहरूलाई पठाउनेछु, प्रत्‍येकलाई उसको आ-आफ्‍नो हतियारसहित। उनीहरूले तेरा असल देवदारुका सत्तरीहरू टुक्राटाक्री पारेर काट्‌नेछन्, र आगोमा फालिदिनेछन्‌।</verse>
				<verse number="8">“धेरै जातिका मानिसहरू यस सहरबाट भएर जानेछन्‌ र एउटाले अर्कालाई सोध्‍नेछन्, ‘किन परमप्रभुले यस महान्‌ सहरमाथि यस्‍तो व्‍यवहार गर्नुभयो?’</verse>
				<verse number="9">अनि उनीहरूका निम्‍ति जवाफ यस्‍तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको करारलाई त्‍यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्‌’।”</verse>
				<verse number="10">मरिगएका राजाको निम्‍ति नरोओ, अथवा तिनको लागि विलाप नगर। बरु कैदमा लगेको मानिसको लागि धुरुधुरु रोओ, किनभने त्‍यो कहिल्‍यै फर्कनेछैन, न त त्‍यसले स्‍वदेश देख्‍नेछ।</verse>
				<verse number="11">किनभने योशियाहका छोरा शल्‍लूम, जो आफ्‍ना बुबाको सट्टामा यहूदाका राजा भए र जो यस ठाउँदेखि गएका छन्, तिनको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “त्‍यो फेरि कहिल्‍यै यहाँ फर्केर आउनेछैन,</verse>
				<verse number="12">तर जुन ठाउँमा तिनीहरूले त्‍यसलाई कैद गरेर लगेका छन्, त्‍यहाँ त्‍यो मर्नेछ, र त्‍यसले फेरि कहिल्‍यै यो देश देख्‍न पाउनेछैन।”</verse>
				<verse number="13">“धिक्‍कार त्‍यसलाई, जसले अधर्मले आफ्‍नो महल बनाउँदछ, जसले आफ्‍ना माथिल्‍ला कोठाहरू अन्‍यायले बनाउँछ, जसले आफ्‍ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्‍ना मेहनतको ज्‍याला दिँदैन।</verse>
				<verse number="14">त्‍यसले भन्‍दछ, ‘म आफ्‍नो निम्‍ति माथिल्‍लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु’। त्‍यसले देवदारुका पल्‍ला भएका झ्‍यालहरू बनाउँछ, र ती सिन्‍दूरे रङ्गले रँगाउँछ।</verse>
				<verse number="15">“के धेरैभन्‍दा धेरै देवदारु भएर तँ राजा हुन्‍छस्‌? के तेरो बुबासित खाने र पिउने थोक थिएनन्‌ र? त्‍यसले उचित र ठीक काम गर्‍यो, र त्‍यसलाई असलै भयो।</verse>
				<verse number="16">त्‍यसले गरीब र दरिद्रहरूको रक्षा गर्‍यो, र त्‍यसलाई असलै भयो। मलाई चिन्‍नुको अर्थ के यो होइन र?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="17">“तर तेरा आँखा र हृदय त बेईमान गरेर नाफा गर्नु, निर्दोषहरूको रगत बगाउनु, अत्‍याचार र जबरदस्‍ती गरी खोस्‍नुमा मात्र छन्‌।”</verse>
				<verse number="18">यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘हाय, मेरो दाजु! हाय, मेरी बहिनी!’ भन्‍दै त्‍यसको लागि तिनीहरू रुनेछैनन्‌। ‘हाय, मेरा मालिक! हाय, उहाँको गौरव!’ भन्‍दै त्‍यसको निम्‍ति तिनीहरू रुनेछैनन्‌।</verse>
				<verse number="19">त्‍यसलाई एउटा गधा गाड़ेझैँ घिसार्दै ल्‍याएर यरूशलेमको मूल ढोकाको बाहिर त्‍यो फ्‍याँकिनेछ।”</verse>
				<verse number="20">“लेबनानमा गएर चर्को गरी करा। तेरो सोर बाशानमा सुनिओस्‌। अबारीमबाट चर्को गरी कराएर रो, किनकि तेरो साथ दिने सबै नष्‍ट भए।</verse>
				<verse number="21">तँ सुरक्षित हुँदा मैले तँलाई चेताउनी दिएँ, तर तैंले भनिस्, ‘म सुन्‍नेछैनँ!’ युवावस्‍थादेखि नै तेरो चाल यस्‍तै भएको छ, तैंले मेरो आज्ञापालन गरेको छैनस्‌।</verse>
				<verse number="22">तेरा सबै गोठालाहरूलाई बतासले उड़ाएर लैजानेछ, र तँलाई साथ दिनेहरू सबै निर्वासित हुनेछन्‌। तब तेरा सबै दुष्‍ट कामको कारणले गर्दा तँ लज्‍जित हुनेछस्, र तेरो अपमान हुनेछ।</verse>
				<verse number="23">देवदारुका घरहरू बनाएर हे ‘लेबनान’ मा बस्‍ने मानिस हो, जब पीडा, प्रसववेदनाको पीडाजस्‍तै तँमाथि आइलाग्‍छ, तब तँ कष्‍टले कराउनेछस्‌!</verse>
				<verse number="24">“जस्‍तो म जीवित छु,” परमप्रभु भन्‍नुहुन्‍छ, “तँ यहूदाको राजा यहोयाकीमको छोरो यहोयाकीन मेरो दाहिने हातको छाप-औँठी भए तापनि म तँलाई निकालेर फ्‍याँकिदिनेथिएँ।</verse>
				<verse number="25">तेरो प्राण लिन खोज्‍नेहरूका हातमा म तँलाई सुम्‍पिदिनेछु, जसदेखि तँ डराउँदछस्‌— बेबिलोनको राजा नबूकदनेसरको हातमा र बेबिलोनीहरूकहाँ म तँलाई सुम्‍पिदिनेछु।</verse>
				<verse number="26">म तँलाई र तँलाई जन्‍म दिने तेरी आमालाई तिमीहरूको जन्‍म नभएको देशमा फ्‍याँकिदिनेछु, र तिमीहरू दुवै त्‍यहीँ नै मर्नेछौ।</verse>
				<verse number="27">तैंले इच्‍छा गरेको देशमा तँ कहिल्‍यै फर्कनेछैनस्‌।”</verse>
				<verse number="28">के यो मानिस यहोयाकीन तुच्‍छ ठानिएको, फुटेको भाँड़ो हो, एउटा भाँड़ो जसको कसैले वास्‍ता गर्दैन? त्‍यो र त्‍यसका छोराछोरीहरू तिनीहरूले नजानेको देशमा किन फ्‍याँकिनेछन्‌?</verse>
				<verse number="29">ए देश, देश! ए देश, परमप्रभुको वचन सुन्‌।</verse>
				<verse number="30">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस मानिसको नाउँ निर्वंशझैँ लेखेर राख्, त्‍यो मानिस जो आफ्‍नो जीवनकालमा सफल हुनेछैन, किनभने त्‍यसको कुनै पनि सन्‍तान सफल हुनेछैन, त्‍यसको कुनै सन्‍तानले दाऊदको सिंहासनमा बस्‍न पाउनेछैन अथवा यहूदामा राज्‍य गर्न पाउनेछैन।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”</verse>
				<verse number="2">यसैकारण आफ्‍नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पार्‍यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्‍ट कामको निम्‍ति म तिमीहरूलाई दण्‍ड दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="3">“मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्‍मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्‍याउनेछु, जहाँ तिनीहरू फलवन्‍त हुनेछन्, र संख्‍यामा तिनीहरूको वृद्धि हुनेछ।</verse>
				<verse number="4">म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्‍ये कुनै हराउनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्नेछन्‌।</verse>
				<verse number="6">तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन्‌ त्‍यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।”</verse>
				<verse number="7">परमप्रभु भन्‍नुहुन्‍छ, “यसैले यस्‍ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्‍यै यस्‍तो भन्‍नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’।</verse>
				<verse number="8">तर तिनीहरूले भन्‍नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्‍यसपछि तिनीहरू आफ्‍नै देशमा बस्‍नेछन्‌।”</verse>
				<verse number="9">अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्‍दछन्‌। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्‍तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्‍तै।</verse>
				<verse number="10">देश व्‍यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्‍खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्‌। अगमवक्ताहरू खराब चालमा चल्‍छन्‌ र आफ्‍नो शक्ति अन्‍यायपूर्वक चलाउँछन्‌।</verse>
				<verse number="11">“अगमवक्ता र पूजाहारी दुवै ईश्‍वरहीन भएका छन्‌। मेरै मन्‍दिरमा पनि तिनीहरूको दुष्‍टता म भेट्टाउँछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“यसैकारण तिनीहरूको बाटो चिप्‍लो हुन्‍छ, अन्‍धकारमा तिनीहरू निर्वासित गराइनेछन्‌ र तिनीहरू त्‍यसैमा लोट्‌नेछन्‌। तिनीहरूले दण्‍ड पाउने वर्षमा तिनीहरूमाथि म सर्वनाश ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“सामरियाका अगमवक्ताहरूमा मैले यो घृणित कुरा देखें। तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी कहे, र मेरो प्रजा इस्राएललाई भर्माए।</verse>
				<verse number="14">यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्‍दो कुरा देखेको छु। तिनीहरू व्‍यभिचार गर्दछन्, र झूटो चालमा चल्‍छन्‌। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्‌। यसैले कोही पनि आफ्‍नो दुष्‍टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्‍ति सदोमझैँ, यरूशलेमका मानिसहरूचाहिँ गमोराझैँ छन्‌।”</verse>
				<verse number="15">यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्‍वरहीनता फैलिएको छ!”</verse>
				<verse number="16">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्‌। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्‍नै मनबाट दर्शनहरू बताउँछन्‌।</verse>
				<verse number="17">मलाई अवहेलना गर्नेहरूलाई तिनीहरू निरन्‍तर भन्‍छन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरूलाई शान्‍ति हुनेछ’। र अटेरी गरी आफ्‍नै मनको हठीपनमा हिँड्‌नेहरूलाई तिनीहरू भन्‍छन्, ‘तिमीहरूमाथि कुनै नोक्‍सानी हुनेछैन’।</verse>
				<verse number="18">तर तिनीहरूमध्‍ये को उहाँको वचन सुन्‍न र बुझ्‍न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्‍यान दिएर सुनेको छ?</verse>
				<verse number="19">हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूका टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ।</verse>
				<verse number="20">आफ्‍नो मनका उद्देश्‍यहरू सिद्ध नहोउञ्‍जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्‍नेछौ।</verse>
				<verse number="21">यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्‍ना सन्‍देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे।</verse>
				<verse number="22">तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्‍ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।”</verse>
				<verse number="23">परमप्रभु भन्‍नुहुन्‍छ, “के म नजिक मात्र रहने परमेश्‍वर हुँ र, टाढ़ाको चाहिँ परमेश्‍वर होइनँ?</verse>
				<verse number="24">के कोही मानिस गुप्‍त ठाउँहरूमा लुक्‍न सक्‍छ र म त्‍यसलाई देख्‍न सक्‍दिनँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के स्‍वर्ग र पृथ्‍वी दुवैलाई म ढाक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="25">“मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्‍दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु।</verse>
				<verse number="26">यी झूटा अगमवक्ताहरू, जसले आफ्‍नै मनका भ्रमको अगमवाणी कहन्‍छन्, तिनीहरूको हृदयमा कहिलेसम्‍म यो कुरा रहला?</verse>
				<verse number="27">तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्‍ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्‌।</verse>
				<verse number="28">कुनै अगमवक्ताले सपना देखेको भए त्‍यसले सपना नै कहोस्‌। तर कसैसित मेरो वचन छ भने त्‍यसले विश्‍वाससित मेरो वचन बोलोस्‌। किनकि परालको गहूँसँग के सम्‍बन्‍ध?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="29">“के मेरो वचन आगोजस्‍तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्‍यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="30">“यसैकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले मबाट आएका वचन भएजस्‍तै गरी एक-अर्कादेखि चोर्दछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="31">“म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्‍नै जिब्रो चलाउँछन्, र भन्‍छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्‍छ’।</verse>
				<verse number="32">साँच्‍चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्‍यद्वारा भ्रममा पार्दछन्‌। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्‍याउँदैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="33">“जब यी मानिसहरूले अथवा कुनै अगमवक्ता वा कुनै पूजाहारीले ‘परमप्रभुको ईश्‍वरवाणी के हो?’ भनी तँलाई सोध्‍यो भने, तैंले तिनीहरूलाई भन्‍नू, ‘कुन ईश्‍वरवाणी? म तिमीहरूलाई त्‍याग्‍नेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="34">यदि कुनै अगमवक्ता वा पूजाहारी वा अरू कसैले ‘यो परमप्रभुको ईश्‍वरवाणी हो’ भनी दाबी गर्छ भने, म त्‍यसलाई र त्‍यसको घरानालाई दण्‍ड दिनेछु।</verse>
				<verse number="35">‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्‍नुभयो?’ भनी तिमीहरू हरेकले आफ्‍नो छिमेकी वा आफ्‍नो दाजुभाइलाई सोधिबस्‍छौ।</verse>
				<verse number="36">तर ‘परमप्रभुको ईश्‍वरवाणी’ भनेर तिमीहरूले फेरि कहिल्‍यै उल्‍लेख गर्नुहुँदैन, किनभने हरेक मानिसको आफ्‍नै वचन उसको ईश्‍वरवाणी हुन जान्‍छ। यसरी तिमीहरूले जीवित परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभु, हाम्रा परमेश्‍वरका वचनलाई बङ्‌ग्‍याउँछौ।</verse>
				<verse number="37">अगमवक्ताहरूलाई तैंले यसो भनी सोध्‍ने गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो?’ अथवा ‘परमप्रभुले के भन्‍नुभएको छ?’</verse>
				<verse number="38">यद्यपि ‘यो परमप्रभुको ईश्‍वरवाणी हो’ भनेर तिमीहरू दाबी गर्छौ, परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यो परमप्रभुको ईश्‍वरवाणी हो’ भन्‍ने शब्‍दहरू तिमीहरूले प्रयोग गर्‍यौ, तर पनि मैले तिमीहरूलाई भनें, ‘यो परमप्रभुको ईश्‍वरवाणी हो’ भनेर दाबी नगर।</verse>
				<verse number="39">यसकारण म निश्‍चय नै तिमीहरूलाई बिर्सनेछु र मेरो उपस्‍थितिबाट उठाएर तिमीहरूलाई, र मैले तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको सहरलाई फ्‍याँकिदिनेछु।</verse>
				<verse number="40">म तिमीहरूमाथि सदासर्वदाको अनादर, सधैँ रहिरहने शर्म ल्‍याउनेछु, जो कहिल्‍यै बिर्सिइनेछैन।”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्‍दिरको सामुन्‍ने अञ्‍जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो।</verse>
				<verse number="2">एउटा डालोमा पहिले पाकेका अगौटे फलजस्‍तै खूब असल अञ्‍जीरहरू थिए, तर अर्को डालोमा नराम्रा अञ्‍जीरहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए।</verse>
				<verse number="3">तब परमप्रभुले मलाई सोध्‍नुभयो, “ए यर्मिया, तँ के देख्‍तछस्‌?” मैले जवाफ दिएँ, “अञ्‍जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्‌।”</verse>
				<verse number="4">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="5">“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यी राम्रा अञ्‍जीरहरूजस्‍तै मैले यस देशबाट, अर्थात्‌ यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्‍यति नै राम्रा सम्‍झन्‍छु।</verse>
				<verse number="6">तिनीहरूका भलाइको निम्‍ति म मेरो दृष्‍टि तिनीहरूमाथि राख्‍नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्‍याउनेछु। म तिनीहरूलाई बनाइराख्‍नेछु, म तिनीहरूलाई भत्‍काउनेछैनँ। म तिनीहरूलाई रोप्‍नेछु र तिनीहरूलाई उखेल्‍नेछैनँ।</verse>
				<verse number="7">म नै परमप्रभु हुँ भनी चिन्‍ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु, किनभने तिनीहरू आफ्‍नो सम्‍पूर्ण हृदयले मकहाँ फर्कनेछन्‌।</verse>
				<verse number="8">“‘तर,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘ती खानै पनि नहुने जस्‍ता एकदमै नराम्रा अञ्‍जीरहरूलाई झैँ यहूदाको राजा सिदकियाह, त्‍यसका अधिकारीहरू र यरूशलेमका बचेकाहरूसँग म व्‍यवहार गर्नेछु, चाहे तिनीहरू यही देशमा वा मिश्रमा बसुन्‌।</verse>
				<verse number="9">पृथ्‍वीका सारा राज्‍यहरूमा जहाँ म तिनीहरूलाई खेद्‌नेछु, त्‍यहाँ म तिनीहरूलाई घृणा र गिल्‍ला, तथा हाँसो र सरापको पात्र तुल्‍याउनेछु।</verse>
				<verse number="10">मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशदेखि तिनीहरू पूरै नष्‍ट नहोउञ्‍जेल म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु’।”</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा, जो बेबिलोनका राजा नबूकदनेसरका राजकालको पहिलो वर्ष थियो, यहूदाका सबै मानिसहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो।</verse>
				<verse number="2">यसैले त्‍यही वचन यर्मिया अगमवक्ताले यहूदाका जम्‍मै मानिसहरू र यरूशलेममा बस्‍नेहरू सबैलाई भने:</verse>
				<verse number="3">यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षदेखि आजको दिनसम्‍म— तेईस वर्षसम्‍म— परमप्रभुको वचन मकहाँ आएको छ, र मैले त्‍यो तिमीहरूलाई घरीघरी सुनाउँदैआएको छु, तर तिमीहरूले ध्‍यान दिएका छैनौ।</verse>
				<verse number="4">परमप्रभुले आफ्‍ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्‍यान दिएनौ।</verse>
				<verse number="5">तिनीहरूले भने, “तिमीहरू हरेक आफ्‍नो खराब चाल र खराब व्‍यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्‍न पाउँछौ।</verse>
				<verse number="6">पराई देवताहरूका सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रीस नउठाओ। तब म तिमीहरूको केही नोक्‍सानी गर्नेछैनँ।”</verse>
				<verse number="7">“तर तिमीहरूले मेरो कुरामा ध्‍यानै दिएनौ, तर तिमीहरूका आफ्‍नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्‍सानी ल्‍याएका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="8">यसकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूले मेरा वचन ध्‍यानसित नसुनेका हुनाले,</verse>
				<verse number="9">म उत्तरका सबै मानिसहरूलाई र मेरो दास, बेबिलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र म उनीहरूलाई यो देश र यसका बासिन्‍दाहरू र चारैतिरका सबै जातिहरूका विरुद्धमा ल्‍याउनेछु। म तिनीहरूलाई पूर्ण रूपले नाश गर्नेछु, र म तिनीहरूलाई भय र घृणा र अनन्‍तको विनाशको पात्र बनाउनेछु।</verse>
				<verse number="10">तिनीहरूबाट आनन्‍द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्‍यालो म उठाइलानेछु।</verse>
				<verse number="11">यो सारा देश निर्जन र उजाड़ हुनेछ, र यी जातिहरूले सत्तरी वर्षसम्‍म बेबिलोनका राजाको सेवा गर्नेछन्‌।</verse>
				<verse number="12">“तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्‍यसका जाति, अर्थात्‌ बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्‍ति उजाड़ पार्ने गरी दण्‍ड दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“मैले त्‍यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात्‌ यस पुस्‍तकमा लेखेका र यर्मियाले सबै जातिहरूका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्‍यस देशमाथि ल्‍याउनेछु।</verse>
				<verse number="14">उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्‍याइनेछन्‌। म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु।”</verse>
				<verse number="15">परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “मेरो हातबाट क्रोधको दाखमद्यले भरिएको यो कचौरा ले, र ती जम्‍मै जातिहरू, जसकहाँ म तँलाई पठाउनेछु, उनीहरूलाई त्‍यो पिउन लगा।</verse>
				<verse number="16">मैले उनीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा यो पिएर उनीहरू धरमराउनेछन्‌ र बौलाहा हुनेछन्‌।”</verse>
				<verse number="17">यसैले मैले परमप्रभुको हातबाट त्‍यो कचौरा लिएँ, र ती जम्‍मै जातिहरू, जसकहाँ उहाँले मलाई पठाउनुभएको थियो उनीहरूलाई त्‍यो पिउन लगाएँ:</verse>
				<verse number="18">अर्थात्‌ आज देखिएझैँ तिनीहरूलाई विनाश र भय, तथा घृणा र सरापका पात्र बनाउनलाई मैले यरूशलेम र यहूदाका नगरहरूलाई र तिनका राजाहरू र अधिकारीहरूलाई त्‍यो पिउन लगाएँ।</verse>
				<verse number="19">त्‍यसबाहेक मिश्रदेशका राजा फारो र त्‍यसका सबै कर्मचारीहरूलाई, त्‍यसका अधिकारीहरू र त्‍यसका सबै प्रजालाई,</verse>
				<verse number="20">र त्‍यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्‍तीहरूका सबै राजाहरूलाई, (अश्‍कलोन, गाजा र एक्रोन, अनि अश्‍दोदका बाँचेकाहरूलाई),</verse>
				<verse number="21">एदोम, मोआब र अम्‍मोनलाई,</verse>
				<verse number="22">टुरोस र सीदोनका सबै राजाहरूलाई, समुद्र पारिका किनारका सबै राजाहरूलाई,</verse>
				<verse number="23">ददान, तेमा र बूज, र टाढ़ा-टाढ़ा ठाउँहरूमा बस्‍ने सबैलाई,</verse>
				<verse number="24">अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्‍ने विदेशीहरूका सबै राजाहरूलाई,</verse>
				<verse number="25">जिम्रीका, एलामका र मादीका सबै राजाहरूलाई,</verse>
				<verse number="26">र उत्तर दिशाका नजिक र टाढ़ा बस्‍ने सबै राजाहरू एकपछि अर्कालाई— पृथ्‍वीमा हुने सबै राज्‍यहरूलाई त्‍यो पिउन लगाएँ। उनीहरू सबैपछि बेबिलोनका राजाले पनि त्‍यो पिउनेछ।</verse>
				<verse number="27">“तब तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: पिओ, मात र बान्‍ता गर, र फेरि कहिल्‍यै नउठ्‌ने गरी लोट। मैले तिमीहरूका बीचमा पठाउने तरवारको कारणले यो हुनेछ’।</verse>
				<verse number="28">तर यदि उनीहरूले तेरो हातबाट त्‍यो कचौरा पिउनलाई इन्‍कार गरे भने, तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरूले त्‍यो पिउनैपर्छ।</verse>
				<verse number="29">हेर, जुन सहर मेरो नाउँमा कहलिएको छ त्‍यसमाथि म विपत्ति ल्‍याउन लागेको छु, र के तिमीहरूचाहिँ दण्‍ड नपाई बाँच्‍नेछौ र? तिमीहरू दण्‍ड नपाई छोडिनेछैनौ, किनभने म पृथ्‍वीका सबै बासिन्‍दाहरूका विरुद्धमा एउटा तरवार खटाउनेछु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="30">“अब तैंले चाहिँ उनीहरूका विरुद्धमा यी सबै कुराको अगमवाणी कहेर उनीहरूलाई भन्, ‘परमप्रभु माथिबाट गर्जनुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानबाट उहाँ गर्जनुहुनेछ, र आफ्‍नो देशको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ! पृथ्‍वीमा बस्‍नेहरू सबैका विरुद्धमा, दाखमद्य कुल्‍चनेहरूजस्‍तै उहाँ चिच्‍च्‍याउनुहुनेछ।</verse>
				<verse number="31">हल्‍लाको प्रतिध्‍वनि पृथ्‍वीको पल्‍लो कुनासम्‍मै सुनिनेछ, किनभने पृथ्‍वीका जातिहरूका विरुद्धमा परमप्रभुले अभियोग लगाउनुहुनेछ, र उहाँले सबै मानिसहरूको न्‍याय गर्नुहुनेछ र दुष्‍टहरूलाई चाहिँ उहाँले तरवारले काट्‌नुहुनेछ’,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="32">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्‍मै फैलिँदैजान्‍छ, पृथ्‍वीका कुना-कुनाबाट एउटा भयानक तूफान चल्‍दैछ।”</verse>
				<verse number="33">त्‍यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा— पृथ्‍वीको एक कुनादेखि अर्को कुनासम्‍म हुनेछन्‌। उनीहरूका निम्‍ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्‍मा गर्नेछैन, न त गाड्‌नेछ। तिनीहरू जमिनमा मलजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="34">विलाप गर, हे गोठाला हो, र रोओ। तिमी बथानका अगुवाहरू, धूलोमा लड़ीबड़ी गर। किनकि तिमीहरू काटेर मारिने समय आएको छ। तिमीहरू लोट्‌नेछौ, र भाँड़ाहरूजस्‍तै चूरचूर पारिनेछौ।</verse>
				<verse number="35">गोठालाहरूका निम्‍ति भाग्‍न कतै ठाउँ हुनेछैन, बगालका अगुवाहरूका निम्‍ति उम्‍कने ठाउँ हुनेछैन।</verse>
				<verse number="36">गोठालाहरूको रुवाइ सुन, बगालका अगुवाहरूको विलाप, किनकि परमप्रभुले तिनीहरूका खर्क नष्‍ट पार्दैहुनुहुन्‍छ।</verse>
				<verse number="37">परमप्रभुको भीषण क्रोधले गर्दा शान्‍तिमय खर्कहरू उजाड़ पारिनेछन्‌।</verse>
				<verse number="38">सिंहलेझैँ उहाँले आफ्‍नो ठाउँ छोड्‌नुहुनेछ, र अत्‍याचारीको तरवार र परमप्रभुका क्रोधको कारण तिनीहरूको देश उजाड़ हुनेछ।</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको सुरुमा यो वचन परमप्रभुबाट आयो:</verse>
				<verse number="2">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: परमप्रभुका घरको चोकमा खड़ा हो, र परमप्रभुको घरमा आराधना गर्न आउने यहूदाका नगरहरूका समस्‍त मानिसहरूलाई मैले तँलाई भन्‍नू भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्, एउटै कुरा पनि नछोड्‌।</verse>
				<verse number="3">शायद त्‍यो सुनेर तिनीहरू हरेक आ-आफ्‍नो दुष्‍ट चालदेखि फर्कलान्‌। तब तिनीहरूका दुष्‍टताको कारण तिनीहरूमाथि सर्वनाश ल्‍याउने मेरो मन म छोड्‌नेछु।</verse>
				<verse number="4">तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: यदि तिमीहरूले मेरा कुरा ध्‍यानसित सुनेनौ र मैले तिमीहरूका सामुन्‍ने राखिदिएको मेरो व्‍यवस्‍था तिमीहरूले पालन गरेनौ,</verse>
				<verse number="5">र मैले तिमीहरूकहाँ बारम्‍बार पठाएका मेरा दास, अगमवक्ताहरूका कुरा ध्‍यानसित सुनेनौ भने (यद्यपि तिमीहरूले ध्‍यानसित सुनेका छैनौ),</verse>
				<verse number="6">तब म यस घरलाई शीलोजस्‍तै बनाइदिनेछु, र यस सहरलाई चाहिँ पृथ्‍वीका सारा जातिहरूका बीचमा एउटा श्रापको पात्र तुल्‍याइदिनेछु’।”</verse>
				<verse number="7">पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने।</verse>
				<verse number="8">परमप्रभुले गर्नुभएका सबै आज्ञा यर्मियाले सबै मानिसहरूलाई भनिसक्‍ने बित्तिकै पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तिमी मर्नैपर्छ।</verse>
				<verse number="9">यो घर शीलोजस्‍तै हुनेछ, र यो सहरचाहिँ उजाड़ र निर्जन हुनेछ भनी किन तिमी परमप्रभुको नाउँमा अगमवाणी गर्दछौ?” अनि सबै मानिसहरू परमप्रभुको घरमा यर्मियाका चारैपट्टि भीड़ लागे।</verse>
				<verse number="10">जब यहूदाका अधिकारीहरूले यी कुरा सुने, तब तिनीहरू राजाको महलदेखि परमप्रभुको घरमा आए, र परमप्रभुका घरको नयाँ मूल ढोकानेर स्‍थान लिए।</verse>
				<verse number="11">तब पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई यसो भने, “यस मानिसलाई प्राणदण्‍ड दिनैपर्छ, किनभने यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले आफ्‍नै कानले सुन्‍नुभएको छ!”</verse>
				<verse number="12">तब यर्मियाले सबै अधिकारीहरू र सारा मानिसहरूलाई भने, “यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुन्‍नुभएका जम्‍मै कुराहरूको अगमवाणी कहनलाई परमप्रभुले मलाई पठाउनुभएकै हो।</verse>
				<verse number="13">अब तपाईंहरू आ-आफ्‍ना चाल र काम सुधार्नुहोस्, र परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गर्नुहोस्‌। तब तपाईंहरूका विरुद्धमा उहाँले भन्‍नुभएको सर्वनाशबाट परमप्रभुले मन बद्‌लनुहुनेछ।</verse>
				<verse number="14">मचाहिँ त तपाईंहरूका हातमा छु। तपाईंहरूलाई जे असल र ठीक लाग्‍छ त्‍यही मसित गर्नुहोस्‌।</verse>
				<verse number="15">केवल योचाहिँ थाहा होस्, कि तपाईंहरूले मेरो हत्‍या गर्नुभयो भनेदेखि तपाईंहरूले आफूमाथि, यस सहरमाथि र यसमा बस्‍नेहरूमाथि एक निर्दोष मानिसको रगत बगाएको दोष ल्‍याउनुहुनेछ, किनकि साँच्‍चै तपाईंहरूलाई यी सबै कुरा सुनाउनलाई परमप्रभुले नै मलाई पठाउनुभएको हो।”</verse>
				<verse number="16">तब अधिकारीहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यी मानिस प्राणदण्‍डको योग्‍य छैनन्‌। यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुरा भनेका हुन्‌।”</verse>
				<verse number="17">त्‍यस देशका केही धर्म-गुरुहरूले अगि आएर त्‍यहाँ जम्‍मा भएका सबै मानिसहरूलाई भने,</verse>
				<verse number="18">“यहूदाका राजा हिजकियाका समयमा मोरेशेतका मीकाले अगमवाणी गरे। यहूदाका सबै मानिसहरूलाई तिनले यसो भने, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको ढेर बन्‍नेछ, मन्‍दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्‍कोझैँ हुनेछ’।</verse>
				<verse number="19">“के यहूदाका राजा हिजकिया वा यहूदाका अरू कसैले तिनलाई मारे र? अनि के परमप्रभुदेखि डराएर हिजकियाले उहाँको निगाहा खोजेनन्‌ र? के तिनीहरूमाथि ल्‍याउने विपत्तिदेखि परमप्रभुले आफ्‍नो मन बद्‌लनुभएन र? हामीले त आफूमाथि ठूलो सर्वनाश ल्‍याउन लागेका छौं।”</verse>
				<verse number="20">(अर्का एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाउँमा अगमवाणी कहे। तिनी किर्यत-यारीममा बस्‍ने शमायाहका छोरा उरियाह थिए। तिनले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले भनेजस्‍तै अगमवाणी कहे।</verse>
				<verse number="21">जब राजा यहोयाकीम र तिनका सबै अधिकृतहरू र अधिकारीहरूले उरियाहका यी वचन सुने, तब राजाले तिनलाई मार्न खोजे। तर यो कुरा सुनेर उरियाह डराए, र भागेर मिश्रदेशमा गए।</verse>
				<verse number="22">तापनि यहोयाकीमले मिश्रदेशमा अक्‍बोरको छोरो एल्‍नातान र त्‍यसका साथमा केही मानिसहरूलाई पठाए।</verse>
				<verse number="23">तिनीहरूले उरियाहलाई मिश्रदेशबाट ल्‍याए, र राजा यहोयाकीमको सामुन्‍ने हाजिर गराए। राजाले तिनलाई मार्न तरवार प्रहार गर्न लाए, र तिनको लाश साधारण मानिसहरू गाड्‌ने ठाउँमा फ्‍याँकिदिन लगाए।)</verse>
				<verse number="24">शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्‍पिएनन्‌।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको सुरुमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="2">परमप्रभुले मलाई यो कुरा भन्‍नुभयो: “छालाका डोरीहरू र काठका बारले एउटा जुवा बना, र तेरो काँधमा राख्‌।</verse>
				<verse number="3">र यहूदाको राजा सिदकियाहकहाँ यरूशलेममा आएका दूतहरूका हातमा एदोम, मोआब, टुरोस र सीदोनका राजाहरूकहाँ समाचार पठा।</verse>
				<verse number="4">उनीहरूका मालिकहरूका निम्‍ति यो सन्‍देश दिएर भन्‌: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तिमीहरूले आ-आफ्‍नो मालिकलाई यसो भन्‍नू:</verse>
				<verse number="5">यो पृथ्‍वी, यस पृथ्‍वीमा बस्‍ने मानिसहरू र पशुहरूलाई मैले नै आफ्‍नो महाशक्ति र बाहुबलले बनाएको छु, र जसलाई इच्‍छा गर्छु त्‍यसलाई म त्‍यो दिन्‍छु।</verse>
				<verse number="6">अब तिमीहरूका सारा देशहरू मेरो दास, बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु। वनका जन्‍तुहरूलाई पनि त्‍यसको अधीनमा बस्‍ने म तुल्‍याउनेछु।</verse>
				<verse number="7">त्‍यसको आफ्‍नै देशको समय नआउञ्‍जेल सबै जातिहरूले त्‍यसको, त्‍यसका छोराको र त्‍यसका नातिको सेवा गर्नेछन्‌। त्‍यसपछि धेरै जातिहरू र ठूला-ठूला राजाहरूले त्‍यसलाई आफ्‍नो वशमा पार्नेछन्‌।</verse>
				<verse number="8">“तर यदि कुनै जाति अथवा राज्‍यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्न र बेबिलोनका राजाको जुवामुनि आफ्‍नो घिच्रो राख्‍न मानेन भने, म त्‍यस जातिलाई तरवार, अनिकाल र रूढ़ीले दण्‍ड दिनेछु, जबसम्‍म म उनीहरूलाई त्‍यसको हातद्वारा नष्‍ट गर्दिनँ, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।</verse>
				<verse number="10">उनीहरूले तिमीहरूलाई कहेका अगमवाणी त झूटा हुन्, जसले गर्दा तिमीहरू आफ्‍ना देशहरूदेखि टाढ़ा हटाइनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्‍ट हुनेछौ।</verse>
				<verse number="11">तर जुन जातिले आफ्‍नो घिच्रो बेबिलोनका राजाको जुवामुनि राख्‍छ र त्‍यसको सेवा गर्छ, त्‍यस जातिलाई म त्‍यसको आफ्‍नै देशमा खनजोत गर्न र रहन दिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="12">यहूदाका राजा सिदकियाहलाई मैले त्‍यही सन्‍देश दिएँ। मैले भनें, “बेबिलोनका राजाको जुवा आफ्‍नो काँधमा लेऊ, र उनी र उनका प्रजाको सेवा गर र तिमी बाँच्‍नेछौ।</verse>
				<verse number="13">बेबिलोनका राजाको सेवा नगर्ने जातिको विषयमा परमप्रभुले चेताउनी दिनुभएझैँ तरवार, अनिकाल र रूढ़ीले तिमी र तिम्रो प्रजा किन मर्छौ?</verse>
				<verse number="14">‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने अगमवक्ताहरूका कुरा नसुन, किनकि उनीहरूले त तिमीहरूलाई झूटा अगमवाणी कहँदैछन्‌।</verse>
				<verse number="15">परमप्रभु भन्‍नुहुन्‍छ, ‘मैले त उनीहरूलाई पठाएको होइनँ, तर मेरो नाउँमा उनीहरू झूटो अगमवाणी कहिरहेका छन्‌। यसकारण म तिमीहरूलाई निर्वासित गर्नेछु, र तिमीहरू नष्‍ट हुनेछौ— तिमीहरू र तिमीहरूलाई अगमवाणी कहने तिमीहरूका अगमवक्ताहरू’।”</verse>
				<verse number="16">तब पूजाहारीहरू र यी सबै मानिसहरूलाई मैले यसो भनें, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना अगमवक्ताहरूका कुरा नसुन, जसले भन्‍छन्, ‘परमप्रभुको भवनका भाँड़ाकुँड़ाहरू अब चाँड़ै बेबिलोनबाट ल्‍याइनेछन्‌।’ उनीहरूले तिमीहरूलाई झूटा अगमवाणी भन्‍दैछन्‌।</verse>
				<verse number="17">उनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू बाँच्‍नेछौ। यो सहर किन भग्‍नावशेष हुने?</verse>
				<verse number="18">यदि उनीहरू अगमवक्ता हुन्‌ र परमप्रभुको वचन उनीहरूसित छ भने, परमप्रभुको भवनमा रहेका, यहूदाका राजाको महलमा रहेका र यरूशलेममा रहेका मालसामानहरू बेबिलोनमा नलगिऊन्‌ भनी सर्वशक्तिमान्‌ परमप्रभुसित उनीहरूले बिन्‍ती गरून्‌।</verse>
				<verse number="19">किनभने स्‍तम्‍भहरू, विशाल खड्‌कुँलो, गुड्‌ने आधारहरू, र यस सहरमा छोड़िएका अरू मालसामानहरू पनि,</verse>
				<verse number="20">जुन बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदा र यरूशलेमका जम्‍मै भारदारहरूलाई यरूशलेमदेखि निर्वासित गरेर लाँदा लगेका थिएनन्‌—</verse>
				<verse number="21">ती मालसामानहरू, जुन परमप्रभुको भवन, यहूदाका राजाको महल र यरूशलेममा छोड़िएका छन्, तिनको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ:</verse>
				<verse number="22">‘ती बेबिलोनमा पुर्‍याइन्‍छन्, र जबसम्‍म म तिनीहरूका निम्‍ति आउँदिनँ, तबसम्‍म ती त्‍यहीँ नै रहिरहनेछन्‌’ परमप्रभु भन्‍नुहुन्‍छ। ‘तब म तिनीहरूलाई फेरि फर्काएर ल्‍याउनेछु, र यस ठाउँमा फेरि राख्‍नेछु’।”</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">त्‍यही वर्ष, यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षको पाँचौँ महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने हनन्‍याह अगमवक्ताले परमप्रभुको भवनमा पूजाहारीहरू र सारा मानिसहरूका सामुन्‍ने मलाई भने:</verse>
				<verse number="2">“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।</verse>
				<verse number="3">बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्‍याउनेछु।</verse>
				<verse number="4">अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्‍याउनेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु’।”</verse>
				<verse number="5">तब परमप्रभुको भवनमा उभिरहेका पूजाहारीहरू र सबै मानिसहरूका सामुन्‍ने यर्मिया अगमवक्ताले हनन्‍याह अगमवक्तालाई जवाफ दिए।</verse>
				<verse number="6">तिनले भने, “आमेन, परमप्रभुले त्‍यसै नै गरून्‌! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्‍याऊन्‌।</verse>
				<verse number="7">तापनि तिमी र यी सबै मानिसहरूले सुन्‍ने गरी मैले भनेको यो वचन तिमी सुन:</verse>
				<verse number="8">म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला-ठूला राज्‍यहरूका विरुद्धमा लड़ाइँ, अनिकाल र रूढ़ीका विषयमा अगमवाणी भनेका छन्‌।</verse>
				<verse number="9">तर जुन अगमवक्ताले शान्‍तिको अगमवाणी कहन्‍छन्, यदि त्‍यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।”</verse>
				<verse number="10">तब हनन्‍याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्‍यो जुवा निकालेर भाँचिदिए।</verse>
				<verse number="11">अनि हनन्‍याहले सबै मानिसहरूका सामुन्‍ने यसो भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्‍नो बाटो लागे।</verse>
				<verse number="12">हनन्‍याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="13">“गएर हनन्‍याहलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्‍यसको सट्टामा फलामको जुवा ल्‍याउनेछु।</verse>
				<verse number="14">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु, र उनीहरूले त्‍यसको सेवा गर्नेछन्‌। वनका पशुहरूलाई पनि म त्‍यसको अधीनमा राख्‍नेछु’।”</verse>
				<verse number="15">अनि यर्मिया अगमवक्ताले हनन्‍याह अगमवक्तालाई भने, “हे हनन्‍याह, सुन, परमेश्‍वरले तिमीलाई पठाउनुभएको होइन। तापनि तिमीले यी मानिसहरूलाई झूटा कुरामा विश्‍वास गर्न लगाएका छौ।</verse>
				<verse number="16">यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मैले तँलाई यस पृथ्‍वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्‌’।”</verse>
				<verse number="17">त्‍यही वर्षको सातौँ महिनामा हनन्‍याह अगमवक्ता मरे।</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">बचेका धर्म-गुरुहरू, अनि पूजाहारी, अगमवक्ता र सबै मानिसहरू, जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको पत्रका कुरा यी नै हुन्‌।</verse>
				<verse number="2">(राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।)</verse>
				<verse number="3">तिनले यो पत्र शापानका छोरा एलासा र हिल्‍कियाहका छोरा गमर्याहलाई जिम्‍मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्‍तो थियो:</verse>
				<verse number="4">यरूशलेमबाट बेबिलोनमा आफूले निर्वासन गरी लगेका सबैलाई सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:</verse>
				<verse number="5">“त्‍यहाँ तिमीहरू घर बनाएर बस, बारीहरू लगाओ र तिनका उब्‍जनीहरू खाओ।</verse>
				<verse number="6">विवाहबारी गरेर छोराछोरीहरू जन्‍माओ, छोराहरूका निम्‍ति बुहारीहरू ल्‍याओ, र छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूले छोराछोरीहरू जन्‍माऊन्‌। त्‍यहाँ आफ्‍नो संख्‍या बढ़ाओ, घटेर नजाओ।</verse>
				<verse number="7">मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्‍यसको निम्‍ति परमप्रभुसित प्रार्थना गर। किनभने त्‍यसको उन्‍नति भएकोमा नै तिमीहरूको उन्‍नति हुनेछ।”</verse>
				<verse number="8">हो, सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्‍छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्‍यान नदेओ।</verse>
				<verse number="9">तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्‍छन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="10">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु।</verse>
				<verse number="11">किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।</verse>
				<verse number="12">तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु।</verse>
				<verse number="13">जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।</verse>
				<verse number="14">तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्‍याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्‍मा गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्‍यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्‍याउनेछु।”</verse>
				<verse number="15">शायद तिमीहरू भन्‍नेछौ, “परमप्रभुले त हाम्रा निम्‍ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।”</verse>
				<verse number="16">तर दाऊदको सिंहासनमा बस्‍ने राजा र यस सहरमा बस्‍ने सबै मानिसहरू, तिमीहरूका आफन्‍तहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यो भन्‍नुहुन्‍छ—</verse>
				<verse number="17">हो, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्‍जीरहरूझैँ तुल्‍याउनेछु, जो यति साह्रो कुहेका हुन्‍छन्‌ कि ती खान पनि सकिँदैनन्‌।</verse>
				<verse number="18">तिनीहरूलाई म तरवार, अनिकाल र रूढ़ीले खेद्‌नेछु। म तिनीहरूलाई पृथ्‍वीका सबै राज्‍यहरूमा घृणाको पात्र तुल्‍याउनेछु। मैले तिनीहरूलाई धपाएका सारा जातिहरूका बीचमा म तिनीहरूलाई सराप, त्रास, गिल्‍ला र निन्‍दाका पात्र बनाउनेछु।</verse>
				<verse number="19">किनकि तिनीहरूले मेरा कुरा ध्‍यानसित सुनेनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “जुन वचन मैले मेरा दास अगमवक्ताहरूद्वारा घरीघरी पठाएको थिएँ। र तिमी निर्वासितहरूले पनि ध्‍यानसित सुनेनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="20">यसकारण हे सबै निर्वासनमा लगिएकाहरू, जसलाई मैले यरूशलेमदेखि बेबिलोनमा पठाएँ, परमप्रभुको वचन सुन।</verse>
				<verse number="21">कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाह, जसले मेरो नाउँमा झूटा अगमवाणी कहँदैछन्, तिनीहरूको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनेछु, र त्‍यसले तिमीहरूकै नजरको सामुन्‍ने तिनीहरूलाई मार्नेछ।</verse>
				<verse number="22">तिनीहरूकै कारणले यहूदाबाट बेबिलोनमा निर्वासन भएकाहरूले यो सराप प्रयोग गर्नेछन्‌: ‘परमप्रभुले तँलाई सिदकियाह र आहाबजस्‍तै बनाऊन्, जसलाई बेबिलोनको राजाले आगोमा डढ़ाएका थिए’।</verse>
				<verse number="23">किनकि तिनीहरूले इस्राएलमा अति घृणित काम गरेका छन्‌। तिनीहरूले आफ्‍नै छिमेकीकी पत्‍नीसित व्‍यभिचार गरेका छन्, र मैले तिनीहरूलाई बोल्‍नू भनी नभनेका झूटा कुरा तिनीहरूले बोलेका छन्‌। यो कुरा म जान्‍दछु, र म यो कुराको साक्षी छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="24">नेहेलामवासी शमायाहलाई यसो भन,</verse>
				<verse number="25">“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले आफ्‍नै नाउँमा यरूशलेमका सबै मानिसहरूलाई र मासेयाह पूजाहारीको छोरो सपन्‍याहलाई र अरू सबै पूजाहारीहरूलाई चिट्ठी लेखिस्‌। तैंले सपन्‍याहलाई यसो भनिस्,</verse>
				<verse number="26">‘परमप्रभुले तिमीलाई यहोयादा पूजाहारीको सट्टामा परमप्रभुका घरको जिम्‍मा लिनलाई पूजाहारी नियुक्त गर्नुभएको हो। तिमीले त्‍यहाँ अगमवाणी गर्ने कुनै पनि बौलाहालाई ठिँगुरोमा हाल्‍नू र घिच्रोमा फलाम झुण्‍ड्याएर राख्‍नू।</verse>
				<verse number="27">यसर्थ तिमीहरूका बीचमा अगमवक्ता हुने अनातोतको यर्मियालाई तिमीले किन हप्‍काएनौ?</verse>
				<verse number="28">बेबिलोनमा हामीलाई त्‍यसले यस्‍तो समाचार पठाएको छ, ‘तिमीहरूको निर्वासन धेरै समय रहनेछ। यसकारण घरहरू बनाएर बस, बारीहरू लगाओ र तिनका उब्‍जनी खाओ’।”</verse>
				<verse number="29">तापनि सपन्‍याह पूजाहारीले यो पत्र पढ़ेर यर्मियालाई सुनाए।</verse>
				<verse number="30">तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="31">“निर्वासन भएकाहरू सबैलाई यो समाचार पठा: ‘नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले त्‍यसलाई नपठाईकन पनि शमायाहले अगमवाणी कहेर तिमीहरूलाई झूटा कुरामाथि विश्‍वास गर्न लगाएको कारणले,</verse>
				<verse number="32">म नेहेलामवासी शमायाह र त्‍यसका वंशलाई दण्‍ड दिनेछु। त्‍यसको कुनै पनि वंश यस प्रजामा जीवित रहनेछैन, र मेरो प्रजालाई जो भलाइ म गर्नेछु त्‍यो त्‍यसले हेर्नेछैन, किनभने त्‍यसले मेरो विरुद्धमा विद्रोही कुरा गरेको छ, परमप्रभु भन्‍नुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो:</verse>
				<verse number="2">“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले तँलाई भनेका सबै कुरा एउटा पुस्‍तकमा लेख्‌।</verse>
				<verse number="3">यस्‍तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्‍याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्‍यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="4">इस्राएल र यहूदाको विषयमा परमप्रभुले भन्‍नुभएका कुरा यी नै हुन्‌:</verse>
				<verse number="5">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘डरको आवाज र त्रासको आवाज सुनिँदैछ। शान्‍तिको होइन।</verse>
				<verse number="6">सोध र हेर: के पुरुषले छोराछोरी जन्‍माउन सक्‍छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्‍नो हातले पेट समातेको म देख्‍तछु? किन हरेकको अनुहार मरेको जस्‍तै पहेँलो भएको छ?</verse>
				<verse number="7">हाय! त्‍यो दिन कस्‍तो डरलाग्‍दो दिन हुनेछ! त्‍यस्‍तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्‍ति यो दु:खको दिन हुनेछ, तर ऊ त्‍यसबाट बचाइनेछ।</verse>
				<verse number="8">“सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन म त्‍यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्‍धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्‍यै तिनीहरूलाई दास बनाउनेछैनन्‌।</verse>
				<verse number="9">त्‍यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वर र मैले तिनीहरूका निम्‍ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन्‌।’</verse>
				<verse number="10">“परमप्रभु भन्‍नुहुन्‍छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्‍तानलाई निर्वासन भएको देशबाट बचाएर ल्‍याउनेछु। याकूबलाई फेरि शान्‍ति र सुरक्षा हुनेछ। कसैले त्‍यसलाई डर देखाउन सक्‍नेछैन’।</verse>
				<verse number="11">परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तेरो उद्धार गर्नेछु, तेरो साथमा रहनेछु। जुन जातिहरूकहाँ तँलाई मैले तितरबितर पारेको थिएँ, ती सबलाई म बिलकुलै खतम पार्नेछु। तापनि म तँलाई त बिलकुलै खतम पार्नेछैनँ। म तँलाई न्‍यायपूर्वक अनुशासन गर्नेछु। तँलाई दण्‍ड नदिई म पूरै छोड्‌नेछैनँ’।</verse>
				<verse number="12">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तेरो घाउ निको नहुने, र तेरो चोट निको पार्न नसकिने छ।</verse>
				<verse number="13">तेरो पक्षमा बिन्‍ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्‍ति चङ्गाइ छैन।</verse>
				<verse number="14">तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्‍ता गर्दैनन्‌। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्‍ठुरले झैँ तँलाई दण्‍ड दिएँ।</verse>
				<verse number="15">तेरो चोटको कारण, तेरो निको नहुने दुखाइको कारण तँ किन रुन्‍छस्‌? तेरो ठूलो दोष र धेरै पापहरूको कारणले यी सबै मैले तँलाई गरेको हो।</verse>
				<verse number="16">“‘तर तँलाई निल्‍नेहरू सबै निलिनेछन्‌। तेरा सबै शत्रुहरू निर्वासनमा लगिनेछन्‌। तँलाई लुट्‌नेहरू लुटिनेछन्‌। तँलाई बिगार्नेहरूलाई म बिगार्नेछु।</verse>
				<verse number="17">तर म तँलाई फेरि स्‍वस्‍थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘किनभने तँलाई त्‍यागिएकी, कसैले वास्‍ता नगर्ने सियोन भनिन्‍छ’।</verse>
				<verse number="18">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म याकूबका पालको सुख-शान्‍ति फेरि फिर्ता दिनेछु, र त्‍यसका बस्‍ने ठाउँहरूलाई टिठ्याउनेछु। त्‍यसकै भग्‍नावशेषमा त्‍यो सहर फेरि बनाइनेछ, र महल अघिको आफ्‍नै स्‍थानमा खड़ा हुनेछ।</verse>
				<verse number="19">तिनीहरूबाट धन्‍यवादको स्‍तुतिगान र आनन्‍दको सोर सुनिनेछ। म तिनीहरूका संख्‍याको वृद्धि गर्नेछु, र तिनीहरू घट्‌नेछैनन्‌। म तिनीहरूमा सम्‍मान ल्‍याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन।</verse>
				<verse number="20">तिनीहरूका छोराछोरीहरू अघिका जस्‍तै हुनेछन्, र मेरो सामुन्‍ने तिनीहरूको समूह स्‍थापित हुनेछ। तिनीहरूमाथि अत्‍याचार गर्नेहरूलाई म दण्‍ड दिनेछु।</verse>
				<verse number="21">तिनीहरूको अगुवा तिनीहरूमध्‍येकै एक जना हुनेछ। तिनीहरूको शासक तिनीहरूकै बीचबाट निस्‍कनेछ। म त्‍यसलाई मेरो नजिक ल्‍याउनेछु, र त्‍यो मेरो नजिक आउनेछ। किनकि मेरो नजिक आउनलाई कसले आफै भक्ति गर्नेछ?’ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="22">‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु’।”</verse>
				<verse number="23">हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूको टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ।</verse>
				<verse number="24">आफ्‍नो मनका उद्देश्‍यहरू सिद्ध नहोउञ्‍जेल, परमप्रभुको भयङ्कर रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो बुझ्‍नेछौ।</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">परमप्रभु भन्‍नुहुन्‍छ: “त्‍यस बेला म इस्राएलका सबै वंशका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌।”</verse>
				<verse number="2">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तरवारबाट बाँचेका मानिसहरूले उजाड़-भूमिमा निगाह प्राप्‍त गर्नेछन्‌। म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।”</verse>
				<verse number="3">परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्‍दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु।</verse>
				<verse number="4">म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्‌। तँ फेरि आफ्‍ना खैँजड़ी लिएर आनन्‍द मनाउनेहरूका साथ नाचमा तँ निस्‍कनेछस्‌।</verse>
				<verse number="5">सामरियाका डाँड़ाहरूमा तैंले फेरि दाखका बोटहरू लगाउनेछस्‌। किसानहरूले ती रोप्‍नेछन्, र तिनका फल खानेछन्‌।</verse>
				<verse number="6">यस्‍तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरकहाँ जाऔं’।”</verse>
				<verse number="7">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “खुशीले याकूबको निम्‍ति गाओ। जातिमध्‍येका अग्रगण्‍यको निम्‍ति उच्‍च सोर निकाल। तिमीहरूको प्रशंसा सुनिओस्, र यसो भन, ‘हे परमप्रभु, आफ्‍नो प्रजा, इस्राएलका बाँचेकाहरूको उद्धार गर्नुहोस्‌।’</verse>
				<verse number="8">हेर, म तिनीहरूलाई उत्तर देशदेखि ल्‍याउनेछु, र पृथ्‍वीका कुना-कुनाबाट म तिनीहरूलाई जम्‍मा गर्नेछु। तिनीहरूका बीचमा अन्‍धा र लङ्गड़ा, गर्भवती आमाहरू र सुत्‍केरी वेदनामा परेका स्‍त्रीहरू हुनेछन्‌। तिनीहरूको एउटा ठूलो भीड़ फर्केर आउनेछ।</verse>
				<verse number="9">तिनीहरू रुँदै आउनेछन्‌। मैले तिनीहरूलाई फर्काएर ल्‍याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्‌। म तिनीहरूलाई पानी भएका खोलाहरूका किनार-किनार डोर्‍याउनेछु, सीधा बाटोमा जहाँ तिनीहरूले ठेस खानेछैनन्‌। किनभने म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिँ मेरो जेठो छोरो हो।</verse>
				<verse number="10">“हे जाति-जाति हो, परमप्रभुको वचन सुन। टाढ़ा-टाढ़ा समुद्र-किनारका देशहरूमा घोषणा गर: ‘इस्राएललाई तितरबितर पार्नेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र गोठालाले आफ्‍नो बगाललाई रक्षा गरेझैँ उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ’।</verse>
				<verse number="11">किनभने परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुहुनेछ, र तिनीहरूभन्‍दा शक्तिशालीको हातदेखि तिनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ।</verse>
				<verse number="12">तिनीहरू आएर सियोनको उच्‍च ठाउँहरूमा आनन्‍दसाथ गाउनेछन्‌। परमप्रभुको प्रशस्‍त वरदानको कारण तिनीहरू रमाहट गर्नेछन्‌— अन्‍न, नयाँ दाखमद्य र तेल, भेड़ाबाख्राका पाठाहरू र गाई-गोरुका बाछाहरूको कारण तिनीहरूले रमाहट गर्नेछन्‌। तिनीहरू प्रशस्‍त पानीले भिजेको बगैँचाजस्‍तै हुनेछ। तिनीहरू फेरि कहिल्‍यै अफसोसी हुनेछैनन्‌।</verse>
				<verse number="13">तब तरुणीहरू आनन्‍दले नाच्‍नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्‌। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्‍त्‍वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।</verse>
				<verse number="14">पूजाहारीहरूलाई म प्रशस्‍तताले सन्‍तुष्‍ट गराउनेछु, र मेरो प्रजा मेरो उदारताले तृप्‍त हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “रामामा एउटा शब्‍द सुनियो, विलाप र चर्को रोदन, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना त्‍यसले इन्‍कार गरी, किनकि त्‍यसका बालकहरू अब रहेनन्‌।”</verse>
				<verse number="16">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “रोदनको सोर रोक्, आँखाबाट आँसु नखसाल्, किनकि तिमीहरूको कामको इनाम पाइनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरू शत्रुको देशदेखि फर्केर आउनेछन्‌।</verse>
				<verse number="17">यसरी तेरो भविष्‍यको आशा छ। तेरा छोराछोरीहरू तिनीहरूको आफ्‍नै देशमा फर्किआउनेछन्‌।</verse>
				<verse number="18">“एफ्राइमको विलाप मैले निश्‍चय नै सुनें: ‘एउटा नसुध्रिएको बाछालाई झैँ तपाईंले मलाई अनुशासन गर्नुभयो, र म अनुशासित भएँ। मलाई पुनर्स्‍थापित गर्नुहोस्, र म फर्कनेछु। किनभने तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="19">म बरालिएर गएपछि मैले पश्‍चात्ताप गरें। मैले बुझेपछि मैले मेरो छाती पिटें। म लज्‍जित भएँ, र म होचिएँ, किनभने युवावस्‍थाको कलङ्क मैले बोकेको थिएँ’।</verse>
				<verse number="20">के एफ्राइम मेरो प्‍यारो छोरो होइन र, जसमाथि म खुशी हुन्‍छु? त्‍यसको विरुद्धमा मैले जति नै बोले तापनि मलाई त्‍यसैको याद अझैँ आउँछ। यसकारण मेरो हृदय त्‍यसको लागि लालसा गर्दछ। त्‍यसप्रति मेरो साह्रै माया छ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="21">“बाटो देखाउने सङ्केत र खम्‍बाहरू खड़ा गर्, जुन बाटोबाट तँ जान्‍छस्, त्‍यो बाटो याद राख्‌। हे कन्‍या इस्राएल, फर्की। तेरा नगरहरूमा फर्केर आइज।</verse>
				<verse number="22">हे विश्‍वासघाती छोरी, तँ कहिलेसम्‍म यताउता गरिबस्‍छेस्‌? परमप्रभुले पृथ्‍वीमा एउटा नयाँ कुरो सृष्‍टि गर्नुहुनेछ— एउटी स्‍त्रीले पुरुषलाई सुरक्षा दिनेछ।”</verse>
				<verse number="23">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्‍याउनेछु, तब मानिसहरूले यहूदाको देश र त्‍यसका नगरहरूमा यी वचन फेरि प्रयोग गर्नेछन्, ‘हे धर्मी वासस्‍थान, हे पवित्र पर्वत, तँलाई परमप्रभुले आशिष्‌ देऊन्’।</verse>
				<verse number="24">यहूदा र त्‍यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्‍नेछन्‌— किसानहरू, र आफ्‍ना बगालसँग घुम्‍ने गोठालाहरू।</verse>
				<verse number="25">थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्‍छा खानेहरूलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु।”</verse>
				<verse number="26">यतिमै म बिउँझें र चारैतिर हेरें। मेरो निद्रा मलाई मीठो लागेको थियो।</verse>
				<verse number="27">परमप्रभु भन्‍नुहुन्‍छ, “दिन आउँदैछन्, जब म मानिस र पशुका बच्‍चाहरूले इस्राएलका घराना र यहूदाका घरानालाई रोप्‍नेछु।</verse>
				<verse number="28">जसरी तिनीहरूलाई उखेल्‍न, लछार्न र फ्‍याँक्‍न, र तिनीहरूमाथि सर्वनाश ल्‍याउनलाई मैले मेरो दृष्‍टि तिनीहरूमाथि राखें, त्‍यसरी नै तिनीहरूलाई निर्माण गर्न र रोप्‍नलाई मेरो दृष्‍टि तिनीहरूमाथि राख्‍नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="29">“ती दिनमा मानिसहरूले फेरि कहिल्‍यै यसो भन्‍नेछैनन्, ‘अमिलो अङ्‌गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’।</verse>
				<verse number="30">त्‍यसको सट्टामा हरेक आफ्‍नै पापको निम्‍ति मर्नेछ। जसले अमिलो अङ्‌गूर खान्‍छ त्‍यसैको दाँत कुँड़िन्‍छ।</verse>
				<verse number="31">	परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।</verse>
				<verse number="32">तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।”</verse>
				<verse number="33">	परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌।</verse>
				<verse number="34">	‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”</verse>
				<verse number="35">परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसले दिन उज्‍यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्‍छ, र राती प्रकाश दिनलाई चन्‍द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्‍छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो।</verse>
				<verse number="36">“यी विधिहरू मेरो दृष्‍टिबाट लुप्‍त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="37">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “आकाशलाई नाप्‍न सकियो भने, र पृथ्‍वीको जगलाई खोजेर निकाल्‍न सकियो भने मात्र तिनीहरूले गरेका सबै अधर्मको कारण म इस्राएलका सन्‍तानलाई फालिदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="38">परमप्रभु भन्‍नुहुन्‍छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्‍मै सहर फेरि मेरो निम्‍ति बनाइनेछ।</verse>
				<verse number="39">नाप्‍ने डोरी त्‍यहाँबाट सीधै गारेब डाँड़ासम्‍म पुग्‍नेछ, र त्‍यहाँबाट घुमेर गोआसम्‍म जानेछ।</verse>
				<verse number="40">लाशहरू र खरानी फालिने सारा उपत्‍यका, र पूर्वतिर किद्रोन खोल्‍सासम्‍मका सबै खेतहरू अश्‍व ढोकाको कुनासम्‍म परमप्रभुको निम्‍ति पवित्र हुनेछ। त्‍यो सहर फेरि कहिल्‍यै उखेलिनेछैन अथवा भत्‍काइनेछैन।”</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो—</verse>
				<verse number="2">त्‍यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए।</verse>
				<verse number="3">यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्‍दै अगमवाणी कहन्‍छस्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्‍यसले यो लिइहाल्‍नेछ।</verse>
				<verse number="4">यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्‍कनेछैन, तर त्‍यो निश्‍चय नै बेबिलोनका राजाको हातमा सुम्‍पिइनेछ, र त्‍यससित आमनेसामने भएर आफ्‍नै आँखाले त्‍यसलाई देख्‍नेछ र कुरा गर्नेछ।</verse>
				<verse number="5">त्‍यसले सिदकियाहलाई बेबिलोनमा पुर्‍याउनेछ, र जबसम्‍म म त्‍यसलाई उचित व्‍यवहार गर्दिनँ, तबसम्‍म त्‍यो त्‍यहीँ रहनेछ, परमप्रभु भन्‍नुहुन्‍छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस्‌ भने तँ सफल हुनेछैनस्‌’।”</verse>
				<verse number="6">यर्मियाले भने, “परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="7">तेरो काका शल्‍लूमको छोरो हनमेल तँकहाँ आएर भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्‍यो किनेर छुटाउने हक र कर्तव्‍य तपाईंकै हो’।</verse>
				<verse number="8">“तब परमप्रभुले भन्‍नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्‍यो, ‘बेन्‍यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्‌। त्‍यसलाई छुटाउने र त्‍यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्‍यो तपाईंले आफ्‍नै निम्‍ति किन्‍नुहोस्‌।’ “यो परमप्रभुको वचन रहेछ भनी मैले जानें।</verse>
				<verse number="9">यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्‍यसलाई जोखेर दिएँ।</verse>
				<verse number="10">मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ।</verse>
				<verse number="11">तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ,</verse>
				<verse number="12">र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्‍ने त्‍यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्‍पिदिएँ।</verse>
				<verse number="13">“मैले बारूकलाई तिनीहरूकै सामुन्‍ने यसो भनेर आदेश दिएँ:</verse>
				<verse number="14">‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्‍म रहून्‌।</verse>
				<verse number="15">किनभने सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्‌।’</verse>
				<verse number="16">“नेरियाहको छोरो बारूकलाई त्‍यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें:</verse>
				<verse number="17">“हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन।</verse>
				<verse number="18">हजारौँ हजारलाई तपाईं आफ्‍नो प्रेम देखाउनुहुन्‍छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्‍छ। हे महान्‌ र शक्तिशाली परमेश्‍वर, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो,</verse>
				<verse number="19">तपाईंका अभिप्राय महान्‌ र तपाईंका कामहरू शक्तिशाली छन्‌। मानिसहरूका सबै चाल तपाईंको दृष्‍टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्‍छ।</verse>
				<verse number="20">मिश्रदेशमा आश्‍चर्यचकित चिन्‍हहरू र आश्‍चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्‍म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्‍याति प्राप्‍त गर्नुभएको छ, जो आजसम्‍म तपाईंकै छ।</verse>
				<verse number="21">तपाईंले नै आफ्‍नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्‍याउनुभयो।</verse>
				<verse number="22">तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो।</verse>
				<verse number="23">तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्‍यवस्‍थाअनुसार तिनीहरू चलेनन्‌। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्‌। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्‍याउनुभयो।</verse>
				<verse number="24">“हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्‍यो सुम्‍पिइनेछ। तपाईंले जे भन्‍नुभएको थियो, त्‍यो पूरा भयो, जुन कुरा तपाईं देख्‍दैहुनुहुन्‍छ।</verse>
				<verse number="25">अनि हे परमप्रभु परमेश्‍वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्‍पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन्‌ र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="26">तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="27">“सबै मानव-जातिका परमेश्‍वर म हुँ। के कुनै कुरो मेरो निम्‍ति कठिन छ र?</verse>
				<verse number="28">यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्‍यसले यसलाई लिनेछ।</verse>
				<verse number="29">यस सहरलाई आक्रमण गर्ने बेबिलोनीहरू आएर यसलाई आगो लगाइदिनेछन्, र ती घरहरूलाई पनि जलाइदिनेछन्, जहाँ-जहाँ मानिसहरूले मलाई क्रोधित तुल्‍याउनलाई बाल देवताको लागि कौसी-कौसीमा धूप बाले, र अरू देवताहरूलाई अर्घ-बलि चढ़ाए।</verse>
				<verse number="30">“इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूले युवावस्‍थादेखि नै मेरो सामुन्‍ने खराबबाहेक अरू केही गरेका छैनन्‌। साँच्‍ची नै इस्राएलका मानिसहरूले आफ्‍ना हातका कामद्वारा मलाई रीस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="31">यो बनाइएको दिनदेखि आजको दिनसम्‍मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्‍याएको छ, यहाँसम्‍म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ।</verse>
				<verse number="32">इस्राएलका र यहूदाका मानिसहरू, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूले दुष्‍ट काम गरेर मलाई क्रोधित तुल्‍याएका छन्‌।</verse>
				<verse number="33">तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्‍यालै तिनीहरूले गरेनन्‌।</verse>
				<verse number="34">मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्‍ना घिनलाग्‍दा देवताहरू खड़ा गरे र त्‍यसलाई बिटुलो पारे।</verse>
				<verse number="35">आफ्‍ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताका अल्‍गा-अल्‍गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्‍ता घिनलाग्‍दा काम तिनीहरूले गरून्‌ भनी मैले तिनीहरूलाई कहिल्‍यै आज्ञा दिइनँ, न यस्‍तो कुरो कहिल्‍यै मेरो मनमा आएको थियो।</verse>
				<verse number="36">“यस सहरको विषयमा तिमीहरू भन्‍दैछौ, ‘यो त तरवार, अनिकाल र रूढ़ीद्वारा बेबिलोनका राजाको हातमा दिइनेछ’। तर परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:</verse>
				<verse number="37">‘म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रीस र अत्‍यन्‍त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्‍याउनेछु र सुरक्षितसाथ बस्‍न दिनेछु।</verse>
				<verse number="38">तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।</verse>
				<verse number="39">म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्‍नै र तिनीहरूका पछि आउने सन्‍तानका भलाइको निम्‍ति सधैँभरि मेरो डर मानून्‌।</verse>
				<verse number="40">तिनीहरूसित सधैँको निम्‍ति म करार बाँध्‍नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्‍यै छोड्‍नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन्‌ भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु।</verse>
				<verse number="41">तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्‍चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्‍नेछु।</verse>
				<verse number="42">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले यस प्रजामाथि यस्‍तो ठूलो विपत्ति ल्‍याएँ, त्‍यसैले मैले प्रतिज्ञा गरेको सबै उन्‍नति म तिनीहरूलाई दिनेछु।</verse>
				<verse number="43">फेरि यस देशमा जग्‍गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्‍दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्‍थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’।</verse>
				<verse number="44">बेन्‍यामीनको इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा, यहूदाका नगरहरूमा, पहाड़ी देशका नगरहरूमा, तराई र नेगेवका नगरहरूमा चाँदी दिएर जग्‍गाजमिन किनिनेछन्, र तमसुकहरूमा साक्षी राखेर छाप लगाइनेछन्, किनभने म तिनीहरूका सुख-शान्‍ति फेरि ल्‍याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्‍ट आयो:</verse>
				<verse number="2">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: पृथ्‍वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्‍यसको आकार बनाएर त्‍यसलाई स्‍थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो:</verse>
				<verse number="3">‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।</verse>
				<verse number="4">किनभने यस सहरका घरहरू र यहूदाका राजाका महलहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जो घेरा-मचान र तरवारको विरुद्धमा प्रयोग गर्नलाई</verse>
				<verse number="5">बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्‍काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्‍यसका सबै दुष्‍ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु।</verse>
				<verse number="6">“‘तापनि म त्‍यसमा स्‍वास्‍थ्‍य र आरोग्‍यता ल्‍याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्‍त शान्‍ति र सुरक्षा भोग गर्न दिनेछु।</verse>
				<verse number="7">म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्‍याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्‍तै निर्माण गर्नेछु।</verse>
				<verse number="8">मेरो विरुद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु, र मेरो विरुद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु।</verse>
				<verse number="9">तब यो सहर पृथ्‍वीका सबै जातिहरूका सामुन्‍ने मेरो निम्‍ति सुनाम, आनन्‍द, प्रशंसा र सम्‍मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्‍नतिका कुराहरू सुन्‍छन्, तब मैले यसलाई दिएको प्रशस्‍त सुख-शान्‍तिको कारण उनीहरू डराएर थरथर काम्‍नेछन्‌।’</verse>
				<verse number="10">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्‍छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्‍थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्,</verse>
				<verse number="11">त्‍यहाँ आनन्‍दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्‍दै धन्‍यवादको बलि ल्‍याउनेहरूको सोर फेरि सुनिनेछ, “सर्वशक्तिमान्‌ परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” किनकि देशको सुख-शान्‍ति म फेरि अघिजस्‍तै तुल्‍याइदिनेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="12">“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मानिस र पशुविनाको यस निर्जन ठाउँमा, र त्‍यसका सबै नगरहरूमा फेरि गोठालाहरूका निम्‍ति बगालहरू विश्राम गर्ने खर्कहरू हुनेछन्‌।</verse>
				<verse number="13">पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेवका नगरहरूमा, बेन्‍यामीनका इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा र यहूदाका नगरहरूमा बगालहरू एकै जनाको हातले गनी-गनीकन चराइनेछन्,’ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">“परमप्रभु भन्‍नुहुन्‍छ, ‘ती दिन आउँदैछन्, जब इस्राएलका घराना र यहूदाका घरानालाई गरेको मेरो अनुग्रहसहितको प्रतिज्ञा म पूरा गर्नेछु।</verse>
				<verse number="15">ती दिन र त्‍यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्‍पन्‍न गराउनेछु, र तिनले देशमा न्‍याय र उचित काम गर्नेछन्‌।</verse>
				<verse number="16">ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनी यही नाउँले कहलाइनेछन्, “परमप्रभु हाम्रा धार्मिकता’।”</verse>
				<verse number="17">किनभने परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘इस्राएलका घरानाको सिंहासनमा विराजमान हुनलाई दाऊदको वंशमा मानिसको कमी कहिल्‍यै हुनेछैन,</verse>
				<verse number="18">न त मेरो निम्‍ति सधैँ नै होमबलि, अन्‍नबलि र बलिदान चढ़ाउनलाई लेवी पूजाहारीहरूमा मानिसको कमी हुनेछ’।”</verse>
				<verse number="19">परमप्रभुको वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="20">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यदि तिमीहरूले दिन र रातसँगको मेरो करार भङ्ग गराउन सक्‍यौ, र दिन र रात ठहराइएको आफ्‍नो समयमा तिनीहरू निस्‍केनन्‌ भने,</verse>
				<verse number="21">मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्‍ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्‍य गर्न अब उप्रान्‍त तिनको सन्‍तान हुनेछैन।</verse>
				<verse number="22">आकाशका तारा गन्‍न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्‍तै म मेरो दास दाऊदका सन्‍तान र मेरो सेवा गर्ने लेवीहरूको संख्‍या बढ़ाउनेछु’।”</verse>
				<verse number="23">परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="24">“यी मानिसहरू के भन्‍दैछन्, के त्‍यसमा तैंले ध्‍यान दिएको छैनस्‌? यिनीहरू भन्‍छन्, ‘परमप्रभु आफैले चुन्‍नुभएका ती दुई राज्‍यहरूलाई उहाँले त्‍याग्‍नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्‍टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्‍छन्‌।</verse>
				<verse number="25">परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यदि दिन र रातसम्‍बन्‍धी मेरो करार मैले स्‍थापित गरेको होइनँ भने, अनि स्‍वर्ग र पृथ्‍वीको विषयका मैले राखेका नियमहरू स्‍थायी होइनन्‌ भने,</verse>
				<verse number="26">तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्‍तानहरूलाई इन्‍कार गर्नेछु, र त्‍यसको सन्‍तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्‍य गर्नलाई म चुन्‍नेछैनँ। किनकि म तिनीहरूको सुखशान्‍ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।”</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">जब बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेना, उनले राज्‍य गरेका पृथ्‍वीका सबै राज्‍यहरू र मानिसहरूले यरूशलेम र त्‍यसका छेउछाउका नगरहरूका विरुद्धमा लड़ाइँ गरिरहेका थिए, तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="2">“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका राजा सिदकियाहकहाँ जा, र त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, म यो सहर बेबिलोनका राजाको हातमा सुम्‍पिदिनै लागेको छु। त्‍यसले यसलाई आगोले जलाइदिनेछ।</verse>
				<verse number="3">त्‍यसको हातबाट तँ उम्‍कन पाउनेछैनस्, तर तँ निश्‍चय नै पक्राउ परेर त्‍यसको हातमा सुम्‍पिइनेछस्‌। तैंले बेबिलोनको राजालाई आफ्‍नै आँखाले देख्‍नेछस्‌ र तँ त्‍यससँग मुखामुख बोल्‍नेछस्, र तँ बेबिलोनमा जानेछस्‌।</verse>
				<verse number="4">“‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्‌। तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ तरवारले मारिनेछैनस्‌।</verse>
				<verse number="5">तँ शान्‍तिसित मर्नेछस्, र जसरी तेरा पुर्खाहरू, अर्थात्‌ तँभन्‍दा अघिका राजाहरूका लागि मानिसहरूले मृत-संस्‍कार गरेका थिए, त्‍यसरी तेरो लागि पनि तिनीहरूले इज्‍जतसित गर्नेछन्, र तेरो लागि यसो भन्‍दै विलाप गर्नेछन्, “हाय, मालिक!” म आफै यो प्रतिज्ञा गर्दछु, परमप्रभु घोषणा गर्नुहुन्‍छ’।”</verse>
				<verse number="6">तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्‍यस बेला भने,</verse>
				<verse number="7">जब बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका अन्‍य सहरहरूसित लड़ाइँ गर्दैथिए— लाकीश र आजेकासित, जुनहरूले युद्ध गर्न छोड़ेका थिएनन्‌। यहूदाका किल्‍ला भएका सहरहरूमध्‍ये यी दुई सहर मात्रै बाँकी रहेका थिए।</verse>
				<verse number="8">परमप्रभुको वचन यर्मियाकहाँ त्‍यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्‍ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए।</verse>
				<verse number="9">हरेकले आ-आफ्‍ना हिब्रू कमारा-कमारीहरूलाई स्‍वतन्‍त्र गरिदिनुपर्थ्‍यो। कसैले पनि आफ्‍नो यहूदी दाजुभाइलाई कमारो तुल्‍याउनुहुँदैनथ्‍यो।</verse>
				<verse number="10">यसैले यस करारमा संलग्‍न भएका अधिकारी र मानिसहरू सबैले आ-आफ्‍ना कमारा-कमारीलाई स्‍वतन्‍त्र गरिदिन र फेरि कमारा नतुल्‍याउन भनी स्‍वीकार गरे। अनि तिनीहरूले सहमत भएर उनीहरूलाई स्‍वतन्‍त्र गरिदिए।</verse>
				<verse number="11">तर पछि तिनीहरूले आफ्‍नो मन बदली गरेर आफूले स्‍वतन्‍त्र गरेका कमारा-कमारीलाई ल्‍याए र फेरि कमारा-कमारी नै तुल्‍याए।</verse>
				<verse number="12">तब परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="13">“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ,</verse>
				<verse number="14">‘प्रत्‍येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्‍वतन्‍त्र गर्नू। छ वर्षसम्‍म तिमीहरूको चाकरी गरिसकेपछि त्‍यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌।</verse>
				<verse number="15">तिमीहरूले चाहिँ भर्खरै पश्‍चात्ताप गर्‍यौ। तिमीहरू हरेकले आफ्‍ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्‍टिमा जे असल छ त्‍यो गर्‍यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्‍ने तिमीहरूले एउटा करार बाँध्‍यौ।</verse>
				<verse number="16">तर अब तिमीहरूले मन बदली गरेर मेरो नाउँ बिटुलो पारेका छौ। तिमीहरू हरेकले जुन कमारा-कमारीलाई तिनीहरूको इच्‍छाअनुसार छोड़िदिएर मुक्त गरिदिएका थियौ, उनीहरूलाई फेरि आफ्‍ना कमारा-कमारी तुल्‍याउनलाई बलजफती गर्‍यौ।</verse>
				<verse number="17">“यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्‍ना स्‍वदेशी दाजुभाइलाई स्‍वतन्‍त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्‍ति ‘स्‍वतन्‍त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्‍वतन्‍त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्‍वीका सबै राज्‍यहरूका निम्‍ति घृणित तुल्‍याउनेछु।</verse>
				<verse number="18">मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्‍यही बाछासँग जस्‍तै व्‍यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्‍याक पारेर तिनका बीचबाट हिँड़े।</verse>
				<verse number="19">यहूदाका र यरूशलेमका अगुवाहरू, महलका अधिकृतहरू, पूजाहारीहरू र देशका सबै मानिसहरू जो बाछाका दुई फ्‍याकका बीचबाट हिँड़ेर गए,</verse>
				<verse number="20">म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्‍ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूका आहार हुनेछन्‌।</verse>
				<verse number="21">“यहूदाका राजा सिदकियाह र त्‍यसका अधिकारीहरूलाई तिनीहरूका प्राण लिन खोज्‍ने शत्रुहरूका हातमा र बेबिलोनको राजाका सेनाको हातमा सुम्‍पिदिनेछु, जुन सेना तिमीहरूदेखि फर्केर गएको छ।</verse>
				<verse number="22">परमप्रभु भन्‍नुहुन्‍छ, म हुकुम दिनेछु, र उनीहरूलाई यस सहरमा फर्काएर ल्‍याउनेछु। उनीहरूले यस सहरको विरुद्धमा लड़ाइँ गरेर त्‍यसलाई लिइहाल्‍नेछन्, र त्‍यसलाई जलाइदिनेछन्‌। अनि म यहूदाका नगरहरूलाई बासिन्‍दा नै नभएको उजाड़-स्‍थान बनाइदिनेछु, ताकि त्‍यहाँ कोही बस्‍न नपाओस्‌।”</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="2">“रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्‍ये एउटामा निम्‍तो दिएर दाखमद्य खुवा।”</verse>
				<verse number="3">यसैले मैले यर्मियाका छोरा, हबसिन्‍याहका नाति याजन्‍याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात्‌ रेकाबीहरूका सबै परिवारलाई ल्‍याउन गएँ,</verse>
				<verse number="4">र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्‍वरको भक्त यिग्‍दल्‍याहका छोरा हानानका छोराहरूको कोठामा ल्‍याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्‍लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्‍तिर थियो।</verse>
				<verse number="5">त्‍यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।”</verse>
				<verse number="6">तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्‍तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्‍तानले कहिल्‍यै दाखमद्य नपिओ।</verse>
				<verse number="7">त्‍यसबाहेक तिमीहरूले कहिल्‍यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्‍ता कामहरू कहिल्‍यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्‍म बाँचिरहून्‌ भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्‍तेझैँ बस्‍नू’।</verse>
				<verse number="8">रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्‍मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात्‌ न त हामी आफै न हाम्रा पत्‍नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं,</verse>
				<verse number="9">अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्‍न उमारेका छौं।</verse>
				<verse number="10">तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं।</verse>
				<verse number="11">तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्‍यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्‍न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं।</verse>
				<verse number="12">तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="13">“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्‍दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">रेकाबको छोरो योनादाबले आफ्‍ना सन्‍तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्‍दैआएका छन्‌। तिनीहरू आजसम्‍म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्‍ना पुर्खाको आज्ञा पालन गरेका छन्‌। तर मैले तिमीहरूलाई घरीघरी भन्‍दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ।</verse>
				<verse number="15">मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र आफ्‍ना क्रियाकलाप सुधार, र अन्‍य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्‍यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।</verse>
				<verse number="16">रेकाबको छोरो योनादाबका सन्‍तानले त आफ्‍ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।</verse>
				<verse number="17">“यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरूमाथि मैले उच्‍चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्‍याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्‍यानसित सुनेनन्‌। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्‌’।”</verse>
				<verse number="18">तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले आफ्‍ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्‍दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्‍दैआएका छौ’।</verse>
				<verse number="19">यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘रेकाबको छोरो योनादाबको सन्‍तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="2">“एउटा पत्रको मुट्ठो लिएर त्‍यसमा इस्राएल र यहूदा र सबै जाति-जातिहरूका विषयमा मैले योशियाहको राजकालदेखि अहिलेसम्‍म तँसँग भनेका जम्‍मै कुराहरू लेख्‌।</verse>
				<verse number="3">शायद मैले तिनीहरूमाथि ल्‍याउने प्रत्‍येक सर्वनाशका योजनाको विषयमा जब यहूदाका मानिसहरूले सुन्‍नेछन्, तब तिनीहरू हरेकले आफ्‍ना दुष्‍ट चाल छोड्‌नेछन्, अनि म तिनीहरूका दुष्‍टता र पाप क्षमा गर्नेछु।”</verse>
				<verse number="4">यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्‍नुभएको थियो, सो लेखे।</verse>
				<verse number="5">तब यर्मियाले बारूकलाई भने, “मलाई मनाही छ, म परमप्रभुको मन्‍दिरमा जान सक्‍दिनँ।</verse>
				<verse number="6">यसैले कुनै उपवासको दिन परमप्रभुको भवनमा गएर तिमीले मबाट सुनेर पत्रको मुट्ठोमा मैले तिमीलाई लेख्‍न लाएका कुरा मानिसहरूले सुन्‍ने गरी पढ़ेर सुनाइदेऊ। यहूदाका नगरहरूबाट आएका सबै मानिसहरूले सुन्‍ने गरी पढ़ेर सुनाइदेऊ।</verse>
				<verse number="7">शायद तिनीहरूले आफ्‍ना बिन्‍ती परमप्रभुको सामुन्‍ने ल्‍याउनेछन्‌ र तिनीहरू हरेकले आ-आफ्‍नो दुष्‍ट चाल छोड्‌नेछन्‌। किनकि यस जातिको विरुद्धमा जुन रीस र क्रोध पोखाउँछु भनी परमप्रभुले घोषणा गरिसक्‍नुभएको छ, ती ठूला छन्‌।”</verse>
				<verse number="8">यर्मिया अगमवक्ताले भनेअनुसार नेरियाहका छोरा बारूकले गरे। तिनले पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका कुरा परमप्रभुको मन्‍दिरमा पढ़ेर सुनाए।</verse>
				<verse number="9">यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौँ वर्षको नवौँ महिनामा यरूशलेममा भएका सबै मानिसहरू र यहूदाका नगरहरूबाट आएकाहरूका निम्‍ति परमप्रभुको सामु उपवास बस्‍ने घोषणा भयो।</verse>
				<verse number="10">तब सचिव शापानका छोरा गमर्याहको कोठाबाट, जो माथिल्‍लो चोकमा परमप्रभुका मन्‍दिरको नयाँ मूल ढोकामा थियो, त्‍यहीँबाट बारूकले पत्रको मुट्ठोबाट यर्मियाका कुरा मन्‍दिरमा भएका सबै मानिसहरूले सुन्‍ने गरी पढ़े।</verse>
				<verse number="11">जब गमर्याहका छोरा, अर्थात्‌ शापानका नाति मीकायाले त्‍यस पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने,</verse>
				<verse number="12">तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्‍यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्‍बोरका छोरा एल्‍नातान, शापानका छोरा गमर्याह र हनन्‍याहका छोरा सिदकियाह बसिरहेका थिए।</verse>
				<verse number="13">तब मानिसहरूले सुन्‍ने गरी पत्रको मुट्ठोबाट बारूकले पढ़ेका सबै कुरा, जो तिनले सुनेका थिए, मीकायाले तिनीहरूलाई बताइदिए।</verse>
				<verse number="14">तब अधिकारीहरू सबै मिलेर नतन्‍याहका छोरा, शेलेम्‍याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्‍यो लिएर तिनीहरूकहाँ आए।</verse>
				<verse number="15">तिनीहरूले तिनलाई भने, “बस, त्‍यो पढ़ेर हामीलाई सुनाऊ।” यसैले बारूकले तिनीहरूलाई त्‍यो पढ़ेर सुनाए।</verse>
				<verse number="16">जब तिनीहरूले ती सबै कुरा सुने तब तिनीहरू डरले एक-अर्कालाई हेर्न लागे, र तिनीहरूले बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ’।</verse>
				<verse number="17">तब तिनीहरूले बारूकलाई सोधे, “हामीहरूलाई बताऊ, तिमीले यी सबै कुरा कसरी लेख्‍यौ? के यर्मियाले लेखाएअनुसार तिमीले लेखेका हौ?</verse>
				<verse number="18">बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।”</verse>
				<verse number="19">तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ भनी कसैले थाहा नपाओस्‌।”</verse>
				<verse number="20">तिनीहरूले सचिव एलीशामाको कोठामा त्‍यो पत्रको मुट्ठो राखेपछि चोकमा गएर राजालाई सबै कुरा बताइदिए।</verse>
				<verse number="21">तब राजाले त्‍यो पत्रको मुट्ठो ल्‍याउन भनी यहूदीलाई पठाए, र तिनले सचिव एलीशामाको कोठाबाट त्‍यो निकालेर ल्‍याए, अनि राजा र राजाका छेउमा उभिरहेका अधिकारीहरूलाई त्‍यो पढ़ेर सुनाए।</verse>
				<verse number="22">नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्‍ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो।</verse>
				<verse number="23">जब यहूदीले तीन-चार खण्‍ड पढ़िसक्‍थे, तब राजाले कागत काट्‌ने चक्‍कूले ती काटेर मकलमा हालिदिन्‍थे। त्‍यो जम्‍मै पत्रको मुट्ठो मकलमा भस्‍म नभएसम्‍म तिनले त्‍यसो गर्दैरहे।</verse>
				<verse number="24">राजा र तिनका टहलुवाहरू यी कुरा सुनेर डराएनन्, न त तिनीहरूले आफ्‍ना लुगा च्‍याते।</verse>
				<verse number="25">एल्‍नातान, दलायाह र गमर्याहले राजालाई त्‍यो पत्रको मुट्ठो नजलाउनुहोस्‌ भनी बिन्‍ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्‍यानै दिएनन्‌।</verse>
				<verse number="26">त्‍यसको सट्टा राजाले आफ्‍ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्‍याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्‍याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो।</verse>
				<verse number="27">यर्मियाले लेखाएअनुसार बारूकले लेखेको पत्रको मुट्ठा राजाले जलाइदिएपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="28">“अर्को एउटा पत्रको मुट्ठामा यहूदाको राजा यहोयाकीमले जलाइदिएको अघिको पत्रको मुट्ठामा भएका सबै कुरा लेख्‌।</verse>
				<verse number="29">अनि यहूदाको राजा यहोयाकीमलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले त्‍यो पत्रको मुट्ठो जलाइस्, र भनिस्, “बेबिलोनका राजा आएर निश्‍चय नै यो देश नष्‍ट पार्छन्, र उनले मानिस र पशु दुवैलाई नामेट गर्छन्‌ भनी किन तैंले त्‍यसमा लेखिस्‌?”</verse>
				<verse number="30">यसैकारण यहूदाको राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको सिंहासनमा बस्‍ने अब त्‍यसको कोही सन्‍तान हुनेछैन। त्‍यसको लाश दिउँसो घाममा र राती शीतमा पड़िरहने गरी फालिनेछ।</verse>
				<verse number="31">म त्‍यसलाई, त्‍यसका सन्‍तानलाई र त्‍यसका टहलुवाहरूलाई तिनीहरूका दुष्‍ट्याइँको निम्‍ति दण्‍ड दिनेछु। म तिनीहरूमाथि र यरूशलेममा बस्‍नेहरू र यहूदाका मानिसहरूमाथि ती सबै सर्वनाश ल्‍याउनेछु, जसको घोषणा मैले तिनीहरूका विरुद्धमा गरिसकेको छु, किनभने यी कुरामा तिनीहरूले ध्‍यानै दिएनन्‌’।”</verse>
				<verse number="32">तब यर्मियाले अर्को एउटा पत्रको मुट्ठो ल्‍याएर नेरियाहका छोरा लेखक बारूकलाई दिए, र तिनले यर्मियाले लेखाएअनुसार यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएको पत्रको मुट्ठोका सबै कुरा त्‍यसमा लेखे। अनि त्‍यस्‍तै अरू धेरै कुरा पनि त्‍यसमा थपिए।</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">योशियाहका छोरा सिदकियाहलाई बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा नियुक्त गरेका थिए, र यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा तिनले राज्‍य गर्न लागे।</verse>
				<verse number="2">तर न त तिनले न तिनका टहलुवाहरूले न देशका मानिसहरूले यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएका वचनमा ध्‍यान दिए।</verse>
				<verse number="3">तापनि सिदकियाह राजाले शेलेम्‍याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्‍याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्‍ति परमप्रभु हाम्रा परमेश्‍वरलाई प्रार्थना गरिदेऊ।”</verse>
				<verse number="4">त्‍यस बेलासम्‍म यर्मिया मानिसहरूका बीचमा हिँड्‌डुल गर्दैथिए, किनभने तिनी झ्‍यालखानमा हालिएका थिएनन्‌।</verse>
				<verse number="5">फारोको सेना मिश्रदेशबाट आएको थियो, र जब यरूशलेमलाई घेरा लाउने बेबिलोनीहरूले यो कुरा सुने तब उनीहरू यरूशलेमबाट पछि हटे।</verse>
				<verse number="6">तब यर्मिया अगमवक्ताकहाँ परमप्रभुको यो वचन आयो:</verse>
				<verse number="7">“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका राजा, जसले तँलाई मकहाँ सोध्‍नलाई पठायो, त्‍यसलाई यसो भन्, ‘तँलाई सहायता गर्नलाई आएको फारोको सेना फेरि आफ्‍नै देश मिश्रमा फर्केर जानेछ।</verse>
				<verse number="8">तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्‌। उनीहरूले यसलाई लिनेछन्‌ र जलाइदिनेछन्‌।’</verse>
				<verse number="9">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘बेबिलोनीहरूले निश्‍चय नै हामीलाई छोड़िदिनेछन्,’ भनी तिमीहरू धोका नखाओ। उनीहरूले यसो गर्नेछैनन्‌।</verse>
				<verse number="10">तिमीहरूका विरुद्धमा लड्‌ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्‍यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।”</verse>
				<verse number="11">फारोका सेनाको कारण जब बेबिलोनीहरूको सेना यरूशलेमबाट हट्यो,</verse>
				<verse number="12">तब मानिसहरूको माझमा आफ्‍नो अंश लिनलाई यर्मिया यरूशलेम सहर छोड़ेर बेन्‍यामीनको इलाकातिर जान लागे।</verse>
				<verse number="13">तर जब तिनी बेन्‍यामीनको ढोकामा आइपुगे तब हनन्‍याहका नाति, शेलेम्‍याहका छोरा गारदका कप्‍तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”</verse>
				<verse number="14">यर्मियाले भने, “यो कुरो सत्‍य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्‍न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्‍याए।</verse>
				<verse number="15">तिनीहरू यर्मियासित रिसाए, र तिनलाई पिटे, र सचिव जोनाथनको घरमा कैद गरेर राखे, किनभने तिनीहरूले त्‍यसलाई झ्‍यालखान बनाएका थिए।</verse>
				<verse number="16">तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्‍म रहे।</verse>
				<verse number="17">तब सिदकियाह राजाले तिनलाई झिकाइपठाए, र तिनलाई महलमा ल्‍याएर गुप्‍तमा तिनलाई यसो भनेर सोधे, “के परमप्रभुबाट केही कुरा छ?” यर्मियाले जवाफ दिए, “हजूर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्‍पिइनुहुनेछ।”</verse>
				<verse number="18">तब यर्मियाले सिदकियाह राजालाई भने, “मैले तपाईंलाई वा तपाईंका अधिकारीहरू वा यस प्रजालाई के गरें र तपाईंले मलाई झ्‍यालखानमा हालिदिनुभयो?</verse>
				<verse number="19">‘तपाईं र यस देशलाई आक्रमण गर्न बेबिलोनका राजा आउनेछैनन्‌’ भनी तपाईंलाई अगमवाणी कहने तपाईंका अगमवक्ताहरू कहाँ छन्‌?</verse>
				<verse number="20">तर अब हे मेरा प्रभु राजा, बिन्‍ती छ, ध्‍यानसित सुन्‍नुहोस्‌। मेरो नम्र-निवेदन तपाईंको अगि राख्‍न दिनुहोस्‌। मलाई सचिव जोनाथनको घरमा नपठाइदिनुहोस्, नत्रता म त्‍यहाँ मर्नेछु।”</verse>
				<verse number="21">तब सिदकियाह राजाको हुकुमअनुसार यर्मिया गारदको चोकमा राखिए, र सहरका जम्‍मै रोटी नसकुञ्‍जेल बजारको पसलबाट दिनहुँ तिनलाई रोटी दिइन्‍थ्‍यो। यसरी यर्मिया गारदको चोकमा रहे।</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्‍दै गरेका सुने,</verse>
				<verse number="2">“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘जो यस सहरमा बस्‍छ त्‍यो तरवार, अनिकाल र रूढ़ीले मर्नेछ, तर जो निस्‍केर बेबिलोनीहरूकहाँ जान्‍छ त्‍यो बाँच्‍नेछ। त्‍यसले आफ्‍नो ज्‍यान जोगाएर उम्‍कनेछ, र त्‍यो बाँच्‍नेछ।</verse>
				<verse number="3">अनि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यो सहर निश्‍चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्‍पिइनेछ, र त्‍यसले यो कब्‍जा गर्नेछ’।”</verse>
				<verse number="4">तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्‍ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्‍साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्‍छ।”</verse>
				<verse number="5">सिदकियाह राजाले जवाफ दिए, “त्‍यो तिमीहरूकै हातमा छ। राजाले त तिमीहरूका विरुद्धमा केही गर्न सक्‍दैनन्‌।”</verse>
				<verse number="6">यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्‍कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्‍यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्‍यस हिलोमा भासिए।</verse>
				<verse number="7">राजा त्‍यस बेला बेन्‍यामीनको ढोकामा बसिरहेका थिए। जब यर्मिया इनारमा हालिएका कुरा राजदरबारका नपुंसक कूशी एबेद-मेलेकले सुने,</verse>
				<verse number="8">तब तिनले राजमहलबाट गएर राजालाई भने,</verse>
				<verse number="9">“हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्‍ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्‍यहाँ भोकै मर्नेछन्‌।</verse>
				<verse number="10">तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्‍यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्‍यस इनारबाट निकाल।”</verse>
				<verse number="11">यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लगेर राजमहलको भण्‍डारमुनिको एउटा कोठामा गए, र त्‍यहाँबाट पुराना थोत्रा फाटेका लुगाहरू झिके, र तिनले इनारमा यर्मियाको लागि डोरीहरूले बाँधेर ती झारिदिए।</verse>
				<verse number="12">तब कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा काखी र डोरीहरूका बीचमा यी थोत्रा लुगाहरू लगाऊ।” यर्मियाले त्‍यसै गरे।</verse>
				<verse number="13">तब तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई इनारबाट बाहिर निकाले। त्‍यसपछि यर्मिया गारदको चोकमा बसे।</verse>
				<verse number="14">तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्‍दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्‍याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्‍नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।”</verse>
				<verse number="15">यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्‍न? मैले तपाईंलाई सल्‍लाह दिएँ भने पनि तपाईंले त्‍यो सुन्‍नुहुन्‍न।”</verse>
				<verse number="16">तर सिदकियाह राजाले गुप्‍तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्‍दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्‍यान लिन खोज्‍ने मानिसहरूका हातमा तिमीलाई सुम्‍पनेछु।”</verse>
				<verse number="17">तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्‍पिदिइस्‌ भने तेरो प्राण बाँच्‍नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्‍नेछस्‌।</verse>
				<verse number="18">तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्‍पिदिइनस्‌ भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्‍कनेछैनस्‌’।”</verse>
				<verse number="19">तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्‍दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्‍पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्‌।”</verse>
				<verse number="20">यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्‍पिनेछैनन्‌। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस्‌ र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्‍नेछ।</verse>
				<verse number="21">तर सुम्‍पिनलाई तपाईंले इन्‍कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो:</verse>
				<verse number="22">यहूदाका राजाको महलमा छोड़िएका सबै स्‍त्रीहरू बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछन्, र ती स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्‌: ‘तपाईंले भरोसा गर्नुभएका तपाईंका मित्रहरूले तपाईंलाई भ्रममा पारे। अब तपाईंका खुट्टा हिलोमा भासिएका छन्‌। तपाईंका मित्रहरूले तपाईंलाई त्‍यागेका छन्‌।’</verse>
				<verse number="23">तपाईंका सबै पत्‍नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्‍याइनेछन्‌। तपाईं आफै पनि उनीहरूका हातबाट उम्‍कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।”</verse>
				<verse number="24">तब सिदकियाहले यर्मियालाई भने, “यो बातचीतको बारेमा कसैले थाहा नपाओस्, नत्रता तिमी मारिऔला।</verse>
				<verse number="25">यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्‍यौ, र राजाले तिमीलाई के भन्‍नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन्‌ भने,</verse>
				<verse number="26">तिमीले तिनीहरूलाई भन्‍नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस्‌ भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।”</verse>
				<verse number="27">सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्‍न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन।</verse>
				<verse number="28">यरूशलेम लिने दिनसम्‍मै यर्मिया गारदको चोकमा नै रहे।</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">यरूशलेम यसरी लिइयो: यहूदाका राजा सिदकियाहको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर र उनका सारा सेना आएर यरूशलेममा चढ़ाइ गरी घेरा हाले।</verse>
				<verse number="2">अनि सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा त्‍यस सहरको पर्खाल भत्‍काइयो।</verse>
				<verse number="3">जब यरूशलेम लिइयो, तब बेबिलोनका राजाका सबै अधिकारीहरू आएर मध्‍य ढोकामा बसे: सम्‍गरका नेर्गलसरेसर, प्रमुख पदाधिकारी नेबो-सर्सेकिम, एक उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू।</verse>
				<verse number="4">जब यहूदाका राजा सिदकियाह र सबै सिपाहीहरूले उनीहरूलाई देखे, तब तिनीहरू दुई पर्खालका बीचमा भएको ढोकाबाट छिरेर राजाको बगैँचाबाट भएर राती नै सहरदेखि बाहिर भागे, र अराबातिर लागे।</verse>
				<verse number="5">तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा फेला पारे। उनीहरूले तिनलाई पक्रेर हमात देशको रिब्‍ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्‍याए। तब उनले सिदकियाहलाई दण्‍डको आज्ञा दिए।</verse>
				<verse number="6">त्‍यहीँ रिब्‍लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्‍ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे।</verse>
				<verse number="7">उनले सिदकियाहका आँखा निकाले, र बेबिलोनमा लैजान तिनलाई साङ्‌लाले बाँधे।</verse>
				<verse number="8">बेबिलोनीहरूले राजकीय महल र मानिसहरूका घरहरू जलाइदिए, र यरूशलेमका पर्खालहरू भत्‍काइदिए।</verse>
				<verse number="9">तब सहरमा छोड़िएका बाँकी मानिसहरू र उनीकहाँ भागेर आउनेहरूलाई र अरू बाँकी मानिसहरूलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले कैद गरेर बेबिलोनमा लगे।</verse>
				<verse number="10">तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए।</verse>
				<verse number="11">बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानद्वारा यर्मियाको विषयमा यस्‍तो आज्ञा दिए,</verse>
				<verse number="12">“यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।”</verse>
				<verse number="13">यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्‍य पदाधिकारी नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले</verse>
				<verse number="14">मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्‍याए। तिनलाई घरमा लैजाने जिम्‍मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्‍याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्‍ना मानिसहरूसँगै रहे।</verse>
				<verse number="15">गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="16">“गएर कूशी एबेद-मेलेकलाई भन्‌: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: उन्‍नति गरेर होइन, तर विपत्ति ल्‍याएर यस सहरको विरुद्धमा मैले भनेका कुरा म पूरा गर्न लागेको छु। ती तेरै आँखाका सामुन्‍ने त्‍यो दिन पूरा हुनेछन्‌।</verse>
				<verse number="17">तर म तँलाई त्‍यस दिन बचाउनेछु, र जुन मानिसहरूदेखि तँ डराउँछस्‌ उनीहरूका हातमा तँ सुम्‍पिइनेछैनस्, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">म तँलाई बचाउनेछु। तँ तरवारले मारिनेछैनस्, तर तैंले तेरो प्राण लिएर उम्‍कनेछस्, किनकि तैंले ममाथि भरोसा गर्छस्, परमप्रभु भन्‍नुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई साङ्‌लाले बाँधेर बेबिलोनमा लगिन लागेका यरूशलेम र यहूदाका अरू कैदीहरूका साथमा फेला पारेका थिए। उनले तिनलाई रामामा छोड़िदिएपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो।</verse>
				<verse number="2">जब अङ्गरक्षका सेनापतिले यर्मियालाई भेटे उनले तिनलाई भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँमा यो सर्वनाश ल्‍याउनलाई भन्‍नुभएको थियो।</verse>
				<verse number="3">अब उहाँले सो सर्वनाश ल्‍याउनुभयो, र आफूले भन्‍नुभएझैँ उहाँले गर्नुभयो। यी सबै भए, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गर्‍यौ, र उहाँको आज्ञापालन गरेनौ।</verse>
				<verse number="4">तर आज तिम्रा हातको साङ्‌लाबाट म तिमीलाई मुक्त गरिदिँदैछु। यदि मसित बेबिलोनमा आउन तिमीलाई असल लाग्‍यो भने आऊ। म तिम्रो हेरचाह गर्नेछु। तर यदि तिमीलाई मसित बेबिलोनमा आउन ठीक लागेन भने नआऊ। हेर, यो सारा देश तिम्रो सामुन्‍ने छ। तिमीलाई जहाँ जान मन लाग्‍छ, त्‍यहीँ जाऊ।”</verse>
				<verse number="5">तापनि यर्मिया जान लाग्‍दा नबूजरदानले फर्केर भने, “शापानका नाति, अहीकामका छोरा गदल्‍याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका नगरहरूमाथि राज्‍यपाल नियुक्त गर्नुभएको छ। त्‍यहाँ तिनीसँगै अरू मानिसहरूसित तिमी बस, अथवा तिमीलाई जता जान मन लाग्‍छ त्‍यतै जाऊ।” तब सेनापतिले तिनलाई खाने भत्ता र उपहार दिए, र तिनलाई छोड़िदिए।</verse>
				<verse number="6">यसैले यर्मिया मिस्‍पामा अहीकामका छोरा गदल्‍याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्‍न लागे।</verse>
				<verse number="7">बेबिलोनका राजाले अहीकामका छोरा गदल्‍याहलाई देशका राज्‍यपाल नियुक्त गरेका छन्‌ र देशका सबैभन्‍दा गरीब पुरुष, स्‍त्री र केटाकेटीहरूलाई, जो निर्वासित गरेर बेबिलोनमा लगिएका थिएनन्, ती जम्‍मैलाई तिनका हातमा सुम्‍पिदिएका छन्‌ भनी जब फौजका सबै अधिकृतहरू र बस्‍ती-बस्‍तीमा भएका तिनीहरूका मानिसहरूले सुने,</verse>
				<verse number="8">तब तिनीहरू मिस्‍पामा गदल्‍याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्‍याहका छोरा इश्‍माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्‍हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्‍याह र यिनीहरू सबैका मानिसहरू।</verse>
				<verse number="9">शापानका नाति, अहीकामका छोरा गदल्‍याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई ढाड़स दिन यो शपथ खाएर भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।</verse>
				<verse number="10">मचाहिँ त हामीहरूकहाँ आउने बेबिलोनीहरूका सामुन्‍ने तिमीहरूको प्रतिनिधि भएर मिस्‍पामा नै बस्‍नेछु। तिमीहरूचाहिँ दाखमद्य, ग्रीष्‍म ऋतुका फलहरू र तेल आफ्‍ना भाँड़ामा जम्‍मा गर्दै राख, र तिमीहरूले छानेका सहरहरूमा बस।”</verse>
				<verse number="11">जब मोआबमा, अम्‍मोनमा र एदोममा र अरू देशहरूमा भएका सारा यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदामा केही मानिसहरूलाई छोड़िराखेका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई राज्‍यपाल नियुक्त गरेका छन्,</verse>
				<verse number="12">तब सबै यहूदीहरू जहाँ-जहाँ तिनीहरू तितरबितर भएका थिए, ती ठाउँहरूबाट फर्केर यहूदा देशको मिस्‍पामा गदल्‍याहकहाँ आए। अनि तिनीहरूले प्रशस्‍त मात्रामा दाखमद्य र ग्रीष्‍म ऋतुका फलहरू जम्‍मा गरे।</verse>
				<verse number="13">तब कारेहका छोरा योहानान र बस्‍ती-बस्‍तीमा भएका फौजका सबै अधिकृतहरू मिस्‍पामा गदल्‍याहकहाँ आए,</verse>
				<verse number="14">र तिनलाई यसो भने, “के तपाईंलाई थाहा छ कि अम्‍मोनीहरूका राजा बालीसले नतन्‍याहका छोरा इश्‍माएललाई तपाईंको ज्‍यान लिन पठाएका छन्‌?” तर अहीकामका छोरा गदल्‍याहले तिनीहरूको कुरा विश्‍वास गरेनन्‌।</verse>
				<verse number="15">तब कारेहका छोरा योहानानले मिस्‍पामा गदल्‍याहलाई एकान्‍तमा भने, “नतन्‍याहको छोरो इश्‍माएललाई मार्न मलाई अनुमति दिनुहोस्‌। यो कुरा कसैले थाहा पाउनेछैन। तपाईंका चारैतिर जम्‍मा भएका यहूदीहरू तितरबितर हुनलाई, र यहूदाका बाँकी रहेकाहरू नष्‍ट हुनलाई त्‍यसले किन तपाईंको ज्‍यान लिने?”</verse>
				<verse number="16">तर अहीकामका छोरा गदल्‍याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्‍तो काम नगर। किनकि तिमीले इश्‍माएलको विषयमा भनेको कुरा असत्‍य हो।”</verse>
			</chapter>
			<chapter number="41">
				<verse number="1">सातौँ महिनामा एलीशामाको नाति, नतन्‍याहको छोरो इश्‍माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्‍येको एक थियो, दश जना मानिसहरू लिएर मिस्‍पामा अहीकामका छोरा गदल्‍याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्‍यहाँ खाइरहेका थिए,</verse>
				<verse number="2">तब नतन्‍याहको छोरो इश्‍माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्‍यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई तरवारले मारे।</verse>
				<verse number="3">इश्‍माएलले मिस्‍पामा गदल्‍याहसँग भएका सबै यहूदीहरू र त्‍यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्‍यो।</verse>
				<verse number="4">गदल्‍याह मारिएको कुरा कसैले थाहा पाउनु अघि भोलिपल्‍ट</verse>
				<verse number="5">शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्‍यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्‍नबलि र धूप चढ़ाउन आए।</verse>
				<verse number="6">नतन्‍याहको छोरो इश्‍माएल मिस्‍पाबाट रुँदै-रुँदै तिनीहरूलाई भेट्‌न निस्‍क्‍यो। तिनीहरूलाई भेटेर त्‍यसले भन्‍यो, “अहीकामको छोरो गदल्‍याहकहाँ आओ।”</verse>
				<verse number="7">जब तिनीहरू सहरभित्र आए तब नतन्‍याहको छोरो इश्‍माएल र त्‍यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए।</verse>
				<verse number="8">तर तिनीहरूमध्‍येका दश जना मानिसले इश्‍माएललाई भने, “हामीलाई नमार्नुहोस्‌! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्‌।” यसैले त्‍यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन।</verse>
				<verse number="9">त्‍यो इनार, जहाँ इश्‍माएलले गदल्‍याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्‍यो त्‍यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्‍ति खनाएका थिए। नतन्‍याहको छोरो इश्‍माएलले आफूले मारेका मानिसहरूले त्‍यो भरिदियो।</verse>
				<verse number="10">त्‍यसपछि इश्‍माएलले मिस्‍पामा बाँकी रहेका जम्‍मै मानिसहरूलाई— राजाका छोरीहरू र अरू मानिसहरू, जुनलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले अहीकामका छोरा गदल्‍याहको हातमा सुम्‍पेका थिए, ती सबैलाई त्‍यसले कैद गर्‍यो। यी कैदीहरूलाई लिएर सिमाना पारि अम्‍मोनीहरूकहाँ जानलाई त्‍यो हिँड़्यो।</verse>
				<verse number="11">जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्‍याहको छोरो इश्‍माएलले गरेका सबै अपराधका विषयमा सुने,</verse>
				<verse number="12">तब तिनीहरू आफ्‍ना सबै मानिसहरूलाई लिएर नतन्‍याहको छोरो इश्‍माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्‍यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए।</verse>
				<verse number="13">जब इश्‍माएलसित भएका ती मानिसहरूले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरूलाई देखे तब तिनीहरू रमाए।</verse>
				<verse number="14">इश्‍माएलले मिस्‍पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए।</verse>
				<verse number="15">तर नतन्‍याहको छोरो इश्‍माएल आफ्‍ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्‍केर अम्‍मोनीहरूकहाँ भागेर गयो।</verse>
				<verse number="16">तब अहीकामका छोरा गदल्‍याहलाई मारेपछि नतन्‍याहको छोरो इश्‍माएलले गिबोनबाट ल्‍याएका बाँचेकाहरूलाई— सिपाहीहरू, स्‍त्रीहरू, केटाकेटीहरू र महलका अधिकृतहरूलाई कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले लगेर गए।</verse>
				<verse number="17">तिनीहरू बेबिलोनीहरूदेखि उम्‍कन मिश्रमा जाने विचार गरेर बेथलेहेमनेरको गेरूथ-किम्‍हाममा वास बसे।</verse>
				<verse number="18">तिनीहरू बेबिलोनीहरूसित डराएका थिए, किनभने बेबिलोनका राजाले देशको लागि नियुक्त गरेका राज्‍यपाल अहीकामका छोरा गदल्‍याहलाई नतन्‍याहको छोरो इश्‍माएलले मारेको थियो।</verse>
			</chapter>
			<chapter number="42">
				<verse number="1">तब फौजका सबै अधिकृतहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा येजन्‍याह, सानाभन्‍दा सानादेखि लिएर ठूलाभन्‍दा ठूला सबै मानिसहरूसमेत गरी</verse>
				<verse number="2">यर्मिया अगमवक्ताकहाँ भेट गर्न आए, र तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्‍ती सुन्‍नुहोस्, र परमप्रभु तपाईंका परमेश्‍वरसित यी बाँचेकाहरूका निम्‍ति बिन्‍ती गरिदिनुहोस्‌। किनकि तपाईं आफ्‍नै आँखाले देख्‍नुहुन्‍छ कि हामी त्‍यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं।</verse>
				<verse number="3">परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्‌।”</verse>
				<verse number="4">यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनें। म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिन्‍ती गरेअनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्‍नुहुन्‍छ, सो सबै तिमीहरूलाई बताइदिनेछु। म केही कुरा पनि तिमीहरूदेखि लुकाउनेछैनँ।”</verse>
				<verse number="5">तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्‍वासयोग्‍य साक्षी होऊन्‌।</verse>
				<verse number="6">चाहे त्‍यो अनुकूल होस्‌ वा नहोस्, परमप्रभु हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौं, उहाँको वचन हामी पालन गर्नेछौं, ताकि परमप्रभु हाम्रा परमेश्‍वरको कुरा हामीले मानेकाले हाम्रो भलो होस्‌।”</verse>
				<verse number="7">दश दिनपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो।</verse>
				<verse number="8">तब तिनले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरू र साना-ठूला सबै मानिसहरूलाई बोलाए।</verse>
				<verse number="9">यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर, जसको सामुन्‍ने तिमीहरूले मलाई आफ्‍नो बिन्‍ती चढ़ाउनलाई पठाएका थियौ, यसो भन्‍नुहुन्‍छ:</verse>
				<verse number="10">‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्‍नेछु तर भत्‍काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्‍नेछु तर उखेल्‍नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु।</verse>
				<verse number="11">बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्‍यससँग नडराओ, किनकि तिमीहरूलाई त्‍यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्‍छु, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">म तिमीहरूमाथि कृपा गर्नेछु, र त्‍यसले तिमीहरूमाथि टिठ्याएर तिमीहरूलाई तिमीहरूकै देशमा फेरि बसाल्‍नेछ’।</verse>
				<verse number="13">“तापनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका हुकुम पालन गरेनौ भने, र ‘हामी यस देशमा बस्‍नेछैनौं,</verse>
				<verse number="14">तर हामी मिश्रदेशमा नै गएर बस्‍नेछौं, किनभने त्‍यहाँ हामी लड़ाइँ देख्‍नेछैनौं, तुरहीको सोर सुन्‍नेछैनौं, न त रोटी नपाई भोकै रहनेछौं,’ भन्‍यौ भनेदेखि त,</verse>
				<verse number="15">हे यहूदाका बाँचेकाहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: यदि तिमीहरूले मिश्रदेशमा गएर त्‍यहाँ बसोबास गर्नलाई पक्‍का नै गरेका छौ भने,</verse>
				<verse number="16">जुन तरवारदेखि तिमीहरू डराउँदछौ, त्‍यसले नै तिमीहरूलाई मिश्रदेशमा खेदेर भेट्टाउनेछ, र जुन अनिकालदेखि तिमीहरू डराउँदछौ, त्‍यो मिश्रदेशमा तिमीहरूका पछिपछि आउनेछ, र तिमीहरू त्‍यहीँ नै मर्नेछौ।</verse>
				<verse number="17">निश्‍चय नै मिश्रदेशमा गएर त्‍यहीँ रहनलाई मन पक्‍का गर्ने जति जम्‍मै तरवार, अनिकाल र रूढ़ीले मर्नेछन्‌। मैले तिमीहरूमाथि ल्‍याउने सर्वनाशबाट एउटै पनि बाँच्‍नेछैन वा उम्‍कनेछैन’।</verse>
				<verse number="18">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘जसरी मेरो रीस र क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएका थिए, त्‍यसरी नै तिमीहरू मिश्रदेशमा गयौ भने मेरो क्रोध तिमीहरूमाथि पनि खनिनेछ। तिमीहरू सराप र त्रास, अपराध र निन्‍दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्‍यै देख्‍न पाउनेछैनौ’।</verse>
				<verse number="19">“हे यहूदाका बाँकी रहेका हो, परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ, ‘मिश्रदेशमा नजाओ’। यो कुरा तिमीहरूले निश्‍चय जानिराख: आजको दिन म तिमीहरूलाई चेताउनी दिन्‍छु,</verse>
				<verse number="20">कि तिमीहरूले एउटा घातक भूल गर्‍यौ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ यसो भनेर पठायौ, ‘परमप्रभु हाम्रा परमेश्‍वर जे भन्‍नुहुन्‍छ त्‍यो सबै हामीलाई बताइदिनुहोस्‌ र हामी त्‍यो गर्नेछौं’।</verse>
				<verse number="21">आज मैले तिमीहरूलाई त्‍यो बताइदिएको छु। तर जे कुरा भन्‍नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, ती सबै कुरामा परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञापालन तिमीहरूले अझै गरेका छैनौ।</verse>
				<verse number="22">यसैले अब यो कुरो निश्‍चय जानिराख, कि तिमीहरू बसोबास गर्न जानलाई इच्‍छा गरेको ठाउँमा नै तिमीहरू तरवार, अनिकाल र रूढ़ीले मर्नेछौ।”</verse>
			</chapter>
			<chapter number="43">
				<verse number="1">जब परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके,</verse>
				<verse number="2">तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्‍नलाई परमप्रभु हामीहरूका परमेश्‍वरले तिमीलाई पठाउनुभएको होइन।</verse>
				<verse number="3">तर बेबिलोनीहरूले हामीहरूलाई मारून्‌ अथवा निर्वासित गरी बेबिलोनमा लैजाऊन्‌ भन्‍ने विचारले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रा विरुद्धमा उक्‍साएको हो।”</verse>
				<verse number="4">यसैले कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरू र अरू सबै मानिसहरूले यहूदा देशमा नै बस्‍नू भन्‍ने परमप्रभुको आज्ञा भङ्ग गरे।</verse>
				<verse number="5">त्‍यसको सट्टा यहूदाका बाँकी रहेका जम्‍मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्‍नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे—</verse>
				<verse number="6">पुरुषहरू, स्‍त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्‍याहको हातमा सुम्‍पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे।</verse>
				<verse number="7">यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे।</verse>
				<verse number="8">तहपनेसमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="9">“तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्‌।</verse>
				<verse number="10">अनि तिनीहरूलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म आफ्‍नो दास बेबिलोनको राजा नबूकदनेसरलाई बोलाउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि त्‍यसको सिंहासन म बसाल्‍नेछु। त्‍यसले तीमाथि आफ्‍नो राजपत्र फैलाउनेछ।</verse>
				<verse number="11">त्‍यसले आएर मिश्रदेशलाई आक्रमण गर्नेछ, र मृत्‍युको लागि लेखिएका भए मृत्‍युमा नै, कैदमा जानुपर्नेहरू कैदमा, तरवारले मारिनुपर्नेहरू तरवारतिरै जाऊन्‌।</verse>
				<verse number="12">त्‍यसले मिश्रदेशका देवताहरूका मन्‍दिरहरूमा आगो लगाइदिनेछ। त्‍यसले उनीहरूका मन्‍दिरहरूलाई जलाइदिनेछ, र देवताहरूलाई कैद गरेर लानेछ। जसरी गोठालाले आफ्‍नो लुगा ओढ्‌छ, त्‍यसरी नै त्‍यसले मिश्रदेशलाई ओढ्‌नेछ र त्‍यो त्‍यहाँबाट केही हानि नभई फर्कनेछ।</verse>
				<verse number="13">त्‍यसले मिश्रदेशमा भएको सूर्यको मन्‍दिरका पवित्र खम्‍बाहरू भत्‍काइदिनेछ, र मिश्रदेशका देवताहरूका मन्‍दिरहरूमा आगो लगाइदिनेछ’।”</verse>
			</chapter>
			<chapter number="44">
				<verse number="1">तल्‍लो मिश्रमा— मिग्‍दोल, तहपनेस र नोपमा— र माथिल्‍लो मिश्रमा बस्‍ने सबै यहूदीहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:</verse>
				<verse number="2">“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यरूशलेम र यहूदाका सबै नगरहरूमा मैले ल्‍याएको ठूलो सर्वनाश त तिमीहरूले देखेकै छौ। आज ती उजाड़ र भग्‍नावशेष भएका छन्‌।</verse>
				<verse number="3">यो तिनीहरूका दुष्‍ट्याइँको कारणले हो। तिनीहरूले मलाई क्रोधित तुल्‍याए। तिनीहरूले धूप बाले र अरू देवताहरूको सेवा गरे, जसलाई न त तिनीहरू आफैले, न तिमीहरूले चिनेका थियौ न त तिमीहरूका पुर्खाले चिनेका थिए।</verse>
				<verse number="4">मैले मेरा दास अगमवक्ताहरूलाई बारम्‍बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्‍ने यस्‍तो घृणित काम नगर’।</verse>
				<verse number="5">तर तिनीहरूले सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌। तिनीहरू आफ्‍ना दुष्‍ट कामहरूदेखि फर्केनन्‌ वा तिनीहरूले अन्‍य देवताहरूलाई धूप बाल्‍न छोड़ेनन्‌।</verse>
				<verse number="6">यसैकारण यहूदाका नगरहरू र यरूशलेमका गल्‍लीहरूमा मेरो क्रोध र मेरो भयानक रीस खनियो र ती उजाड़ र भग्‍नावशेष भएर, जो आज देखिँदैछन्‌।</verse>
				<verse number="7">“अब सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाबाट पुरुष, स्‍त्री, साना नानी र दूध खाने बालकहरू अलग गराएर केही पनि नरहने गरी तिमीहरूले आफूमाथि यस्‍तो ठूलो सर्वनाश किन ल्‍याउँछौ?</verse>
				<verse number="8">तिमीहरू प्रवासी भएर बस्‍नलाई आएको मिश्रदेशमा तिमीहरूका हातले बनाएका थोकद्वारा, अर्थात्‌ अरू देवताहरूलाई धूप बालेर मलाई किन रीस उठाउँछौ? तिमीहरूले आफैलाई नष्‍ट गर्नेछौ, र पृथ्‍वीका सबै जातिहरूका बीचमा तिमीहरू सराप र निन्‍दाका पात्र बन्‍नेछौ।</verse>
				<verse number="9">जुन दुष्‍ट काम तिमीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरू र रानीहरू, अनि तिमीहरू र तिमीहरूका पत्‍नीहरूले यहूदा देश र यरूशलेमका गल्‍ली-गल्‍लीहरूमा गर्‍यौ, के ती तिमीहरूले भुल्‍यौ?</verse>
				<verse number="10">आजको दिनसम्‍म पनि तिनीहरूले आफैलाई नम्र तुल्‍याएका छैनन्, अथवा मलाई आदर गरेका छैनन्, न मेरा व्‍यवस्‍था र विधिहरूमा तिनीहरू चल्‍छन्, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूका सामुन्‍ने राखेको थिएँ।</verse>
				<verse number="11">“यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूमाथि सर्वनाश ल्‍याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले निश्‍चय गरेको छु।</verse>
				<verse number="12">मिश्रदेशमा गएर बस्‍न निश्‍चय गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट गर्नेछु। मिश्रदेशमा नै तिनीहरू सबैको पतन हुनेछ। तरवार वा अनिकालले तिनीहरू नष्‍ट हुनेछन्‌। सानोदेखि लिएर ठूलोसम्‍म सबै मानिसहरू तरवार र अनिकालद्वारा मर्नेछन्‌। तिनीहरू सराप र त्रास, अपराध र निन्‍दाका पात्र बनिनेछन्‌।</verse>
				<verse number="13">जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र रूढ़ीले दण्‍ड दिएथें, त्‍यसरी नै मिश्रदेशमा बस्‍नेहरूलाई म दण्‍ड दिनेछु।</verse>
				<verse number="14">यहूदाका बाँकी रहेकाहरू जो मिश्रदेशमा प्रवासी भएर बस्‍नलाई गएका छन्, तिनीहरूमा एउटै पनि बाँच्‍नेछैन न उम्‍कनेछ, र तिनीहरूले यहूदा देशमा फर्केर बस्‍ने इच्‍छा गरे तापनि केही शरणार्थीहरूबाहेक तिनीहरू एउटै पनि फर्कन पाउनेछैनन्‌।”</verse>
				<verse number="15">तब त्‍यस ठूलो समुदायमा उपस्‍थित भएका सबै मानिसहरूले, जसले जान्‍दथे कि तिनीहरूका पत्‍नीहरूले अन्‍य देवताहरूलाई धूप बाल्‍दैथिए, र त्‍यहाँ उपस्‍थित भएका सबै स्‍त्रीहरूले र तल्‍लो र माथिल्‍लो मिश्रमा बस्‍ने सबै यहूदीहरूले यर्मियालाई भने,</verse>
				<verse number="16">‘जो कुरा तिमीले हामीहरूलाई परमप्रभुको नाउँमा सुनाएका छौ, त्‍यो हामी सुन्‍नेछैनौं।</verse>
				<verse number="17">तर हामीले भनेको हरेक काम हामी अवश्‍य पूरा गर्नेछौं। हामी र हाम्रा पिता-पुर्खाले र हाम्रा राजाहरू र अधिकारीहरूले यहूदाका नगरहरूमा र यरूशलेमका गल्‍लीहरूमा स्‍वर्गकी रानीको निम्‍ति धूप बालेझैँ र अर्घ-बलि चढ़ाएझैँ हामी पनि चढ़ाउनेछौं। त्‍यस बेला हामीले प्रशस्‍त खान पाउँथ्‍यौँ। हाम्रो फलिफाप भएको थियो, र हामीलाई कुनै किसिमको हानि भएको थिएन।</verse>
				<verse number="18">तर स्‍वर्गकी रानीलाई धूप बाल्‍न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।”</verse>
				<verse number="19">अनि स्‍त्रीहरूले अझ थपे, “जब हामीले स्‍वर्गकी रानीको निम्‍ति धूप बाल्‍यौं र अर्घ-बलि चढ़ायौं, तब के हामीले आफ्‍ना पतिहरूको सहमतविना नै स्‍वर्गकी रानीको आकारजस्‍ताका फुरौला पोल्‍यौं र अर्घ-बलि चढ़ायौं र?”</verse>
				<verse number="20">तब यर्मियाले तिनलाई जवाफ दिने पुरुष र स्‍त्री दुवैलाई जवाफ दिँदै भने,</verse>
				<verse number="21">“तिमीहरू, तिमीहरूका पिता-पुर्खाहरू, तिमीहरूका राजाहरू, तिमीहरूका पदाधिकारीहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूमा धूप जलाएका विषयमा के परमप्रभुलाई स्‍मरण थिएन र? के उहाँले विचार गर्नुभएन र?</verse>
				<verse number="22">जब परमप्रभुले तिमीहरूका दुष्‍ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्‍नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्‍दाविना उजाड़ भएको थियो, जस्‍तो आज पनि छ।</verse>
				<verse number="23">तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्‍यवस्‍था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्‍छ, तिमीहरूमाथि आएको हो।”</verse>
				<verse number="24">तब यर्मियाले ती सबै पुरुष र स्‍त्रीहरूलाई भने, “मिश्रदेशमा भएका हे सबै यहूदाका मानिस हो, परमप्रभुको वचन सुन।</verse>
				<verse number="25">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘स्‍वर्गकी रानीलाई धूप बाल्‍न र अर्घ-बलि चढ़ाउन हामीले गरेको भाकल हामी अवश्‍य पूरा गर्नेछौं’ भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरूले आफूले प्रतिज्ञा गरेका कुरा आफ्‍नै कामद्वारा तिमीहरूले पूरा गरेका छौ। यसर्थ तिमीहरूका प्रतिज्ञाहरू पूरा गर। तिमीहरूका भाकलहरू पूरा गर।</verse>
				<verse number="26">तर मिश्रदेशमा बस्‍ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्‍नुहुन्‍छ: ‘मेरो महान्‌ नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि “जीवित परमप्रभुको नाउँमा” भन्‍दै कहिल्‍यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्नेछैन’।</verse>
				<verse number="27">किनकि म तिनीहरूलाई असलको निम्‍ति होइन तर खराबको निम्‍ति हेर्दैछु। मिश्रदेशमा हुने सबै यहूदीहरू नष्‍ट नहोउञ्‍जेल तरवार र अनिकालले मर्नेछन्‌।</verse>
				<verse number="28">तरवारबाट बाँचेकाहरू मिश्रदेशदेखि यहूदा देशमा थोरै मात्र फर्केर जानेछन्‌। तब कसको वचनचाहिँ सत्‍य ठहर्दोरहेछ— मेरो कि तिनीहरूको भनी मिश्रदेशमा बस्‍न आएका यहूदाका बाँकी रहेकाहरू जम्‍मैले जान्‍नेछन्‌।</verse>
				<verse number="29">“परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्‍ड दिनेछु भन्‍ने तिमीहरूलाई यो चिन्‍ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्‍की निश्‍चय नै कायम रहनेछ’।</verse>
				<verse number="30">परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्‍यसको ज्‍यान लिन खोज्‍ने त्‍यसका शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिएँ, त्‍यसरी नै म मिश्रदेशको राजा फारो होप्रालाई पनि त्‍यसको ज्‍यान लिन खोज्‍ने त्‍यसका शत्रुको हातमा सुम्‍पिदिनेछु’।”</verse>
			</chapter>
			<chapter number="45">
				<verse number="1">यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा नेरियाहका छोरा बारूकले यर्मिया अगमवक्ताले लेखाएका वचन एउटा पत्रको मुट्ठोमा लेखिसकेपछि यर्मियाले बारूकलाई भने,</verse>
				<verse number="2">“बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा यही हो:</verse>
				<verse number="3">तैंले भनिस्, ‘धिक्‍कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्‍केरा मार्दा म थाकिसकें, म कतै पनि विश्राम पाउँदिनँ’।”</verse>
				<verse number="4">परमप्रभु भन्‍नुहुन्‍छ, “तैंले त्‍यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले जे बनाएको छु, त्‍यो म भत्‍काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्‍यो म उखेल्‍नेछु।</verse>
				<verse number="5">के तँचाहिँ आफ्‍नै निम्‍ति ठूला कुराहरू खोज्‍छस्‌? ती नखोज्‌। किनकि म सबै मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ, तर तँ जहाँ जान्‍छस्‌ ती सबै ठाउँमा तेरो ज्‍यानसमेत म तँलाई उम्‍कन दिनेछु’।”</verse>
			</chapter>
			<chapter number="46">
				<verse number="1">जाति-जातिहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="2">मिश्रदेशको विषयमा: मिश्रदेशका राजा फारो नेकोका सेनाको विरुद्धमा, जसलाई यूफ्रेटिस नदीको तीरमा भएको कर्कमीशमा यहूदाका राजा यहोयाकीमको चौथो वर्षमा बेबिलोनका राजा नबूकदनेसरले जितेका थिए।</verse>
				<verse number="3">साना र ठूला ढालहरू तयार गर, लड़ाइँको लागि अगि बढ़!</verse>
				<verse number="4">घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्‍नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्‍काओ। तिमीहरूका कवच लगाओ।</verse>
				<verse number="5">म के देख्‍दैछु? तिनीहरू त डराएका छन्‌। तिनीहरू पछि हट्‌दैछन्‌। तिनीहरूका योद्धाहरूले हार खाए। तिनीहरू चाँड़ो-चाँड़ो गरी भाग्‍दैछन्‌। तिनीहरू पछि हेर्दैनन्, चारैतिर त्रासै-त्रास छ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="6">“चाँड़ो भाग्‍ने पनि भाग्‍न सक्‍दैन, न त बलियाहरू उम्‍कन सक्‍छन्‌। उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्‍कर खाएर लोट्‌छन्‌।</verse>
				<verse number="7">“नील नदीझैँ बढ़ेर आउने, नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो?</verse>
				<verse number="8">मिश्रदेश नील नदीझैँ बढ़ेर आउँछ, उर्लेर आउने नदीहरूका पानीझैँ। त्‍यसले भन्‍छे, ‘म बढ़ेर पृथ्‍वीलाई ढाक्‍नेछु। म सहरहरू र तिनका मानिसहरूलाई नाश गर्नेछु’।</verse>
				<verse number="9">हे घोड़ा हो, कुद्‌दै अगि बढ़। हे रथ हाँक्‍ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्‍ने कूश र पूतका मानिसहरू, बाण हान्‍नमा सिपालु लूदका मानिस हो, अगि बढ़।</verse>
				<verse number="10">तर त्‍यो दिन परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुको दिन हो— बदला लिने दिन, आफ्‍ना शत्रुहरूलाई साटो फेर्ने दिन। तृप्‍त नहोउञ्‍जेल तरवारले नाश गर्नेछ, रगत पिएर त्‍यसले तिर्खा मेटाउनेछ। किनभने उत्तर दिशाका देशमा, यूफ्रेटिस नदीको किनारमा, परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले बलिदान चढ़ाउनुहुनेछ।</verse>
				<verse number="11">“हे मिश्रदेशकी कन्‍ये-छोरी, माथि गिलादमा गएर मलहम ले। तर तैंले व्‍यर्थमा धेरै किसिमका औषधीहरू लगाउँछस्‌। तँ निको हुनेछैनस्‌।</verse>
				<verse number="12">जाति-जातिहरूले तेरो लाजको कुरा सुन्‍नेछन्‌। तेरो रोदनले सारा पृथ्‍वी भरिनेछ। योद्धासित योद्धा ठक्‍कर खानेछ, तिनीहरू दुवै एकसाथ लोट्‌नेछन्‌।”</verse>
				<verse number="13">बेबिलोनका राजा नबूकदनेसरले आएर मिश्रदेशलाई आक्रमण गर्ने विषयमा परमप्रभुले यर्मिया अगमवक्तालाई यो सन्‍देश दिनुभएको छ:</verse>
				<verse number="14">“मिश्रदेशमा सूचना देओ। मिग्‍दोलमा घोषणा गर, नोप र तहपनेसमा पनि घोषणा गर: ‘तयार भएर आ-आफ्‍नो स्‍थान लिएर खड़ा होओ, किनकि तरवार तिमीहरूका चारैतिर निल्‍दैछ’।</verse>
				<verse number="15">तेरा योद्धाहरू किन सोतर हुनेछन्‌? तिनीहरू खड़ा हुन सक्‍दैनन्, किनभने परमप्रभुले तिनीहरूलाई तलतिर घचेटिदिनुहुनेछ।</verse>
				<verse number="16">तेरा योद्धाहरू बारम्‍बार ठक्‍कर खाएर एक-अर्कामाथि लोट्‌नेछन्, तिनीहरूले भन्‍नेछन्, ‘उठ, अत्‍याचारको तरवारदेखि भागेर हामीहरू आफ्‍नै मानिसकहाँ र आफ्‍नै जन्‍म-देशमा फर्केर जाऔं’।</verse>
				<verse number="17">त्‍यहाँ तिनीहरू कराउनेछन्, मिश्रको राजा फारो ठूलो हल्‍ला गर्ने आवाज मात्र हो। त्‍यसले आफ्‍नो मौका गुमाएको छ।’</verse>
				<verse number="18">“जस्‍तो म जीवित छु,” राजाले भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, “पहाड़हरूमध्‍ये तबोरजस्‍तै एक जना आउनेछ, समुद्रको किनारको कर्मेलझैँ त्‍यो आउनेछ।</verse>
				<verse number="19">हे मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा जानलाई तिम्रा आफ्‍ना झिटीमिटी पोको पार। किनकि नोप उजाड़ हुनेछ। निर्जन भएर त्‍यो भग्‍नावशेष हुनेछ।</verse>
				<verse number="20">“मिश्र एउटी सुन्‍दरी कोरली हो, तर उत्तर दिशाबाट एउटा डाँस त्‍यसको विरुद्धमा आइरहेछ।</verse>
				<verse number="21">त्‍यसका ज्‍यालादार सिपाहीहरू पोसिएका बाछाहरूझैँ छन्, तिनीहरू एकैसाथ पीठ फर्काएर भाग्‍नेछन्, तिनीहरू अड्‌नेछैनन्, किनकि तिनीहरूमाथि सर्वनाशको दिन, तिनीहरूका सजायको दिन आइरहेछ।</verse>
				<verse number="22">शत्रुहरू जबरदस्‍तसाथ अगि बढ्‌दैआउँदा, भाग्‍ने सर्पको जस्‍तै आवाज मिश्रदेशले निकाल्‍नेछ। उनीहरू त्‍यसको विरुद्धमा बन्‍चरो लिएर रूख काट्‌ने मानिसहरूझैँ आउनेछन्‌।</verse>
				<verse number="23">त्‍यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “संख्‍यामा उनीहरू सलहभन्‍दा पनि धेरै छन्, उनीहरू अनगन्‍ती छन्‌।</verse>
				<verse number="24">मिश्रदेशकी छोरी लाजमा पारिनेछे। उत्तर दिशाबाट आएका मानिसहरूका हातमा त्‍यो सुम्‍पिइनेछे।”</verse>
				<verse number="25">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: “हेर, म नोको अमोन देवता, फारो, मिश्रदेश र त्‍यसका देवताहरू र राजाहरू भनी फारोमाथि भर पर्नेहरूमाथि दण्‍ड ल्‍याउन लागेको छु।</verse>
				<verse number="26">म तिनीहरूलाई तिनीहरूका ज्‍यान लिन खोज्‍नेहरूका हातमा, अर्थात्‌ बेबिलोनको राजा नबूकदनेसर र त्‍यसका अधिकृतहरूका हातमा सुम्‍पिदिनेछु। तर त्‍यसपछि मिश्रदेश अघिझैँ फेरि आबादी हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="27">“मेरो दास याकूब, तँचाहिँ नडरा। हे इस्राएल, तँ हताश नहो। निश्‍चय नै म तँलाई टाढ़ा देशदेखि र तेरा सन्‍तानलाई निर्वासन भएको देशदेखि छुटाउनेछु। याकूब सुख र शान्‍तिमा फेरि बस्‍नेछ, र कसैले त्‍यसलाई डर देखाउनेछैन।</verse>
				<verse number="28">हे मेरो दास याकूब, नडरा, किनकि म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ। जुन जातिहरूका बीचमा मैले तँलाई तितरबितर पारें, उनीहरूलाई म पूरै संहार गर्नेछु, तापनि तँलाई चाहिँ म पूरै संहार गर्नेछैनँ। म तँलाई न्‍यायपूर्वक अनुशासन गर्नेछु, तँलाई दण्‍ड नदिई म त्‍यसै छोड्‌नेछैनँ।”</verse>
			</chapter>
			<chapter number="47">
				<verse number="1">फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्‍तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="2">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्‌। ती बाढ़ीको भलझैँ हुनेछन्‌। त्‍यसले देश र त्‍यसमा भएका जम्‍मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई।</verse>
				<verse number="3">फट्‌केर कुद्‌ने घोड़ाहरूका टापको आवाजमा, शत्रुहरूका रथहरू वेगले कुदेका पाङ्‌ग्राहरूको हल्‍लामा मानिसहरू रुनेछन्‌ र देशमा बस्‍नेहरू सबैले विलाप गर्नेछन्‌। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई सहायता गर्नेछैनन्‌। तिनीहरूका हातहरू लुला भएर झुण्‍डिन्‍छन्‌।</verse>
				<verse number="4">किनभने पलिश्‍तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्‍ये टुरोस र सीदोनलाई सहायता गर्न सक्‍नेहरू सबै नष्‍ट हुनेछन्‌। परमप्रभुले पलिश्‍तीहरूलाई नाश गर्न लाग्‍नुभएको छ, कप्‍तोरका किनारहरूका बाँकी रहेकाहरूलाई।</verse>
				<verse number="5">शोक गर्नलाई गाजाले आफ्‍नो कपाल खौरनेछ। अश्‍कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्‍म तिमीहरू आ-आफ्‍नो शरीर काट्‌नेछौ?</verse>
				<verse number="6">“‘हे परमप्रभुको तरवार, तँ कहिले विश्राम लिन्‍छस्‌?” तिमीहरू कराउँछौ। “आफ्‍ना म्‍यानमा पस्‌। तँ शान्‍तसँग बस्‌।”</verse>
				<verse number="7">तर परमप्रभुले त्‍यसलाई हुकुम गर्नुभएको छ, उहाँले अश्‍कलोन र समुद्र-किनारका देशहरूलाई आक्रमण गर्न त्‍यसलाई हुकुम गर्नुभएको छ।” यसर्थ त्‍यो कसरी शान्‍त भएर बस्‍छ र?”</verse>
			</chapter>
			<chapter number="48">
				<verse number="1">मोआबको विषयमा: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “नेबोलाई धिक्‍कार, किनभने त्‍यो भग्‍नावशेष हुनेछ। किर्यातैम अपमानित हुनेछ, र त्‍यो कब्‍जामा पर्नेछ। किल्‍ला लाजमा पारिनेछ, र त्‍यो भत्‍काइनेछ।</verse>
				<verse number="2">मोआबको प्रशंसा अब गरिनेछैन। मानिसहरूले हेश्‍बोनमा त्‍यसका पतनको षड्‌यन्‍त्र रच्‍नेछन्‌: ‘आओ, हामी त्‍यस जातिलाई खतम गरिदिऔं’। हे मदमेन, तँलाई पनि चूप गराइनेछ, तरवारले तँलाई खेद्‌नेछ।</verse>
				<verse number="3">होरोनैमबाट एउटा क्रन्‍दन सुन, उजाड़ र ठूलो सर्वनाशको रुवाइ।</verse>
				<verse number="4">मोआब चूर पारिनेछ’। त्‍यसका बच्‍चाहरू चिच्‍च्‍याएर रुनेछन्‌।</verse>
				<verse number="5">लूहीतको उकालोमा तिनीहरू रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको ओह्रालोमा सर्वनाशको रुवाइ सुनिन्‍छन्‌।</verse>
				<verse number="6">भाग, आफ्‍नो ज्‍यान जोगाउनलाई कुद, मरुभूमिमा पोथ्राजस्‍तै होओ!</verse>
				<verse number="7">तिमीहरूले आफ्‍ना कामहरू र धनहरूमा भरोसा राखेका हुनाले तिमीहरू पनि कैदमा पर्नेछौ, र कमोश आफ्‍ना पूजाहारी र अधिकारीहरूसँग निर्वासनमा जानेछ।</verse>
				<verse number="8">हरेक नगरको विरुद्धमा सर्वनाश गर्ने आउनेछ, र एउटै नगर उम्‍कनेछैन। बेँसी नष्‍ट पारिनेछ, र टार नाश गरिनेछ, किनभने परमप्रभुले भन्‍नुभएको छ।</verse>
				<verse number="9">मोआबमा नून छरिदेओ, किनकि त्‍यो उजाड़ हुनेछ। त्‍यसका नगरहरू कोही पनि नबस्‍ने गरी उजाड़ भइजानेछन्‌।</verse>
				<verse number="10">“परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप! आफ्‍नो तरवारलाई रक्तपात गर्नदेखि रोक्‍नेलाई सराप!</verse>
				<verse number="11">“मोआब युवावस्‍थादेखि नै आराम गरी बसेको छ। त्‍यो थिग्रो रहेको दाखमद्यजस्‍तै छ, जो एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्‍याइएको छैन— त्‍यो निर्वासनमा गएको छैन। यसैले त्‍यसको स्‍वाद अघिजस्‍तै रहिरहेको छ। त्‍यसको बास्‍ना बद्‌लेको छैन।</verse>
				<verse number="12">तर दिनहरू आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब घैँटाबाट खन्‍याउनेहरूलाई म त्‍यसकहाँ पठाउनेछु, र उनीहरूले त्‍यो खन्‍याउनेछन्‌। त्‍यसका घैँटाहरू रित्त्याउनेछन्, र त्‍यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्‌।</verse>
				<verse number="13">जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएल लाजमा पारियो, त्‍यसरी नै मोआब पनि कमोशदेखि लाजमा पारिनेछ।</verse>
				<verse number="14">“‘हामीहरू वीर र शक्तिशाली युद्ध गर्नेहरू हौं’ भनेर तिमीहरू कसरी भन्‍छौ?</verse>
				<verse number="15">मोआब नष्‍ट पारिनेछ, र त्‍यसका नगरहरू आक्रमण गरिनेछन्‌। त्‍यसका जवानहरूमा सबैभन्‍दा खाइलाग्‍दाहरू मारिनलाई जानेछन्,” महाराजा भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो।</verse>
				<verse number="16">“मोआबको पतन नजिकै आएको छ, त्‍यसको सङ्कष्‍ट एकदमै चाँड़ो आउनेछ।</verse>
				<verse number="17">त्‍यसका चारैतिर बस्‍नेहरू र त्‍यसका ख्‍याति जान्‍ने सबै त्‍यसको निम्‍ति शोक गर, र भन, ‘त्‍यो शक्तिशाली राजदण्‍ड भाँचिएको हो! त्‍यो गौरवको लट्ठी भाँचिएको हो!’</verse>
				<verse number="18">“हे दीबोनकी छोरीका बासिन्‍दा हो, आफ्‍नो गौरवपूर्ण स्‍थानबाट ओर्लेर खहरिएको सुक्‍खा जमिनमा बस्, किनकि मोआबलाई नाश गर्ने तेरो विरुद्धमा आउनेछ। त्‍यसले तेरा किल्‍ला भएका सहरहरूलाई सर्वनाश गर्नेछ।</verse>
				<verse number="19">हे अरोएरमा बस्‍नेहरू, बाटोमा खड़ा भएर हेर। भाग्‍ने पुरुष र उम्‍कने स्‍त्रीलाई सोध, ‘के भयो?’ भनी तिनीहरूलाई सोध।</verse>
				<verse number="20">मोआब अपमानित भएको छ, किनकि त्‍यो चूरचूर पारिएको छ। विलाप गर, रोओ! मोआब नष्‍ट पारियो भनी अर्नोनको किनारमा गएर भन।</verse>
				<verse number="21">टारमाथि न्‍याय आएको छ— अर्थात्‌ होलोन, यहसाह र मेपातमाथि,</verse>
				<verse number="22">दीबोन, नेबो र बेथ-दिब्‍लातैममाथि,</verse>
				<verse number="23">किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,</verse>
				<verse number="24">किर्योत, बोज्रा र मोआबका नजिक र टाढ़ाका जम्‍मै सहरहरूमाथि त्‍यो आएको छ।</verse>
				<verse number="25">मोआबको सीङ काटियो, र त्‍यसको पाखुरा भाँचियो,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="26">“त्‍यसलाई मत्त्याओ, किनकि त्‍यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्‍नै बान्‍तामा लड़ीबड़ी खेलोस्, र त्‍यो ठट्टाको पात्र होस्‌।</verse>
				<verse number="27">के इस्राएल तेरो निम्‍ति ठट्टाको पात्र भएको थिएन? के त्‍यो चोरहरूका बीचमा पक्राउ परेको थियो र जब तैंले त्‍यसको कुरा गर्छस्‌ तब तैंले आफ्‍नो शिर हल्‍लाई-हल्‍लाईकन त्‍यसको ठट्टा गर्छस्‌?</verse>
				<verse number="28">हे मोआबमा बस्‍नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्‍ता होओ।</verse>
				<verse number="29">“मोआबको घमण्‍डको बारेमा हामीले सुनेका छौं— त्‍यसको नचाहिँदो घमण्‍ड र चढ़ेको शेखी, र त्‍यसको घमण्‍डका कुरा अनि त्‍यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं!</verse>
				<verse number="30">त्‍यसको तुजुक म जान्‍दछु, तर त्‍यो व्‍यर्थको हो, र त्‍यसको अहङ्कारले केही गर्न सकेको छैन,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="31">यसैकारण म मोआबको निम्‍ति विलाप गर्दछु, सारा मोआबको निम्‍ति म रुन्‍छु। कीर-हरेशेतका मानिसहरूका निम्‍ति म शोक गर्दछु।</verse>
				<verse number="32">याजेर रोएको जस्‍तै म तेरो लागि रुन्‍छु। ए सिब्‍माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्‍म पुगे, ती याजेरको समुद्रसम्‍मै पुगेका छन्‌। तेरा पाकेका फलहरू र तेरा दाखमा नाश गर्ने आइलागेको छ।</verse>
				<verse number="33">मोआबका बगैँचाहरू र खेतहरूबाट आनन्‍द र रमाहट उठाइलगिए। दाखको कोलबाट मैले दाखको रस बन्‍द गरिदिएको छु। आनन्‍दले कराउँदै कसैले त्‍यो कुल्‍चँदैन। तिनीहरूको कराइ आनन्‍दको कराइ होइन।</verse>
				<verse number="34">“हेश्‍बोनबाट तिनीहरू रोएको सोर एलाले र यहाँसम्‍मै पुगेको छ, सोअरदेखि होरोनैम र एग्‍लत-शलीशियाहसम्‍मै, किनकि निम्रीमको पानी पनि सुकिसकेको छ।</verse>
				<verse number="35">अल्‍गा-अल्‍गा ठाउँहरूमा बलि चढ़ाउने र देवताहरूलाई धूप बाल्‍नेलाई म मोआबदेखि बिलकुलै खतम पार्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="36">“यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्‍ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्‍ति बाँसुरीले झैँ त्‍यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्‍ट भए।</verse>
				<verse number="37">तिनीहरू सबैले कपाल खौरेका छन्, र दाह्री काटेका छन्‌। हरेकको हात काटेर चिरिएको छ। हरेकले भाङ्‌ग्राले कम्‍मर छोपेको छ।</verse>
				<verse number="38">मोआबका घरका सबै कौसी-कौसीमा र चोकहरूमा रुवाइबाहेक अरू केही छैन, किनकि कसैले नचाहने भाँड़ाजस्‍तै मैले मोआबलाई फुटाइदिएको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="39">“त्‍यो कस्‍तो टुक्रा-टुक्रा भएको छ! तिनीहरू कस्‍तो विलाप गर्दछन्‌! मोआबले कसरी लाजले आफ्‍नो पीठ फर्काउँछ! मोआब आफ्‍ना चारैतिर हुनेहरूका निम्‍ति हाँसोको र घृणाको पात्र भएको छ।”</verse>
				<verse number="40">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर त, एउटा गरुड मोआबमाथि आफ्‍नो पखेटा फिँजाएर वेगसित आउँदैछ।</verse>
				<verse number="41">किर्योत कब्‍जा गरिनेछ, र किल्‍लाहरू अधिकार गरिनेछन्‌। त्‍यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्‍त्रीको मुटुजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="42">मोआब राज्‍य नहुने गरी सर्वनाश गरिनेछ, किनभने त्‍यसले परमप्रभुको विरोध गर्‍यो।</verse>
				<verse number="43">त्रास, खाड़ल र पासोले तँलाई पर्खंदैछन्, हे मोआबका मानिसहरू हो,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="44">“त्रासदेखि भाग्‍ने खाड़लमा पर्नेछ। खाड़लदेखि माथि निस्‍कने पासोमा पर्नेछ। किनकि मोआबमाथि म त्‍यसको दण्‍डको वर्ष ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="45">“हेश्‍बोनको छायामा असहाय भएर शरणार्थीहरू अड़िन्‍छन्‌। किनकि हेश्‍बोनबाट एउटा आगो निस्‍किआएको छ— सीहोनको बीचबाट एउटा ज्‍वाला। त्‍यसले मोआबका निधारहरूलाई, र झगड़ा गर्ने अहङ्कारीहरूका थाप्‍लालाई जलाइदिन्‍छ।</verse>
				<verse number="46">हाय तँलाई, ए मोआब! कमोशका मानिसहरू नष्‍ट भए, तेरा छोराहरू निर्वासनमा लगिए तेरा छोरीहरू कैदमा।</verse>
				<verse number="47">“तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्‍ति फेरि फर्काइल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। मोआबको न्‍याय यहाँ समाप्‍त हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="49">
				<verse number="1">अम्‍मोनीहरूका विषयमा: परमप्रभु यसो भन्‍नुहुन्‍छ: “के इस्राएलका छोराहरू छैनन्‌? के त्‍यसको कुनै उत्तराधिकारी छैन? किन त मोलोखले गादलाई कब्‍जा गरेको छ? र उसका आफ्‍ना मानिसहरू किन त्‍यसका नगरहरूमा आएर बस्‍छन्‌?</verse>
				<verse number="2">दिनहरू आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब म अम्‍मोनीहरूका रब्‍बाको विरुद्ध युद्धको ध्‍वनि सुनाउनेछु। त्‍यो एउटा भग्‍नावशेषको ढिस्‍को हुनेछ, र त्‍यसका छेउछाउका गाउँहरू आगोले भस्‍म पारिनेछन्‌। तब आफूलाई खेदेर निकाल्‍नेहरूलाई इस्राएलले धपाउनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="3">“हे हेश्‍बोन, विलाप गर्‌। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्‍बाका बासिन्‍दा हो, चर्को गरी रोओ, भाङ्‌ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्‍ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ।</verse>
				<verse number="4">तँ किन आफ्‍ना फलवान्‌ उपत्‍यकाका निम्‍ति अति घमण्‍ड गर्दछस्‌? हे विश्‍वासघाती छोरी, ‘मलाई कसले आक्रमण गर्छ,’ भन्‍दै आफ्‍नो धनमा तैंले भरोसा गरेर भन्‍छेस्‌।</verse>
				<verse number="5">तेरा चारैतिर भएकाहरूबाट म नै तँमाथि त्रास ल्‍याउनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरू हरेक धपाइनेछौ, र शरणार्थीहरूलाई जम्‍मा गर्ने कोही हुनेछैन।</verse>
				<verse number="6">“तरै पनि म पछि अम्‍मोनीहरूको सुख-शान्‍ति फर्काएर ल्‍याइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">एदोमको विषयमा: सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “के तेमानमा अब केही बुद्धि छैन? के विवेकीहरूको सल्‍लाह नष्‍ट भयो? के तिनीहरूको बुद्धि बिग्रियो?</verse>
				<verse number="8">हे ददानमा बस्‍ने हो, फर्क र भाग। गहिरा गुफाहरूमा लुक, किनभने म एसावलाई दण्‍ड दिने बेलामा त्‍यसमाथि दु:ख ल्‍याउनेछु।</verse>
				<verse number="9">यदि दाख टिप्‍नेहरू तँकहाँ आएका भए, के तिनीहरूले केही शिला-बाला छोड्‌नेथिएनन्‌ र? यदि चोरहरू राती आएका भए, के तिनीहरूले आफूले चाहेका कुरा मात्र लैजानेथिएनन्‌?</verse>
				<verse number="10">तर म त एसावलाई नाङ्गो पार्नेछु। म त्‍यसका लुक्‍ने ठाउँहरू खुला गरिदिनेछु, र त्‍यो लुक्‍न नपाओस्‌। त्‍यसका छोराछोरीहरू, आफन्‍तहरू र छिमेकीहरू नष्‍ट पारिनेछन्, र अब त्‍यसको नाउँनिशानै रहनेछैन।</verse>
				<verse number="11">तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्‍यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्‍न सक्‍छन्‌।”</verse>
				<verse number="12">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यदि कचौरा पिउनु नपर्नेले पनि त्‍यो पिउनैपर्छ भने, के दण्‍ड नपाईकन तँ उम्‍कन पाउँछस्‌ र? दण्‍डबाट तँ उम्‍कन पाउनेछैनस्, तर तैंले कचौरा पिउनैपर्छ।</verse>
				<verse number="13">म आफ्‍नै नाउँमा शपथ खान्‍छु, कि बोज्रा भग्‍नावशेष हुनेछ, र त्‍यो त्रास, निन्‍दा र सरापको पात्र बन्‍नेछ। त्‍यसका सबै नगरहरू सधैँको निम्‍ति भग्‍नावशेष हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">मैले परमप्रभुबाट एउटा सन्‍देश सुनेको छु। जाति-जातिहरूकहाँ यसो भन्‍न एउटा दूत पठाइएको छ: “त्‍यसलाई आक्रमण गर्न भेला होओ, लड़ाइँको लागि उठ!”</verse>
				<verse number="15">“अब म तँलाई जाति-जातिहरूका बीचमा सानो, र मानिसहरूका बीचमा घृणित तुल्‍याउनेछु।</verse>
				<verse number="16">तैंले प्रेरणा दिएको त्रास र तेरो हृदयको घमण्‍डले तँलाई धोका दिएको छ। हे चट्टानका चिराहरूमा बस्‍ने, हे डाँड़ाका टाकुराहरू ओगटेर बस्‍ने, तैंले आफ्‍नो गुँड़ गरुडको झैँ अल्‍गोमा बनाए तापनि म तँलाई त्‍यहाँबाट तल झार्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="17">“एदोम अति त्रासको पात्र हुनेछ। त्‍यसका सबै चोटहरू देखेर त्‍यहाँबाट जाने सबै तर्सनेछन्‌ र त्‍यसको गिल्‍ला गर्नेछन्‌।”</verse>
				<verse number="18">परमप्रभु भन्‍नुहुन्‍छ, “जसरी सदोम र गमोरा, तिनका छेउछाउका नगरहरूसमेत नष्‍ट भए, त्‍यसरी नै कोही पनि त्‍यहाँ रहनेछैन, कोही मानिस पनि बस्‍नेछैन।</verse>
				<verse number="19">“यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म एदोमलाई एकै छिनमा त्‍यसको देशबाट खेद्‌नेछु। यसको निम्‍ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्‍तो छ र? मलाई कसले हाँक दिन सक्‍छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्‍छ?”</verse>
				<verse number="20">यसैकारण एदोमको विरुद्धमा परमप्रभुले रच्‍नुभएको योजना, र तेमानमा बस्‍नेहरूका विरुद्धमा उहाँको अभिप्राय कस्‍तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्‍स्‍याएर लगिनेछन्‌। तिनीहरूको कारण त्‍यसले तिनीहरूको खर्क बिलकुलै सर्वनाश पारिदिनेछ।</verse>
				<verse number="21">तिनीहरू लोटेको आवाजले पृथ्‍वी नै काम्‍नेछ। तिनीहरू कराएको सोर लाल समुद्रसम्‍मै प्रतिध्‍वनित हुनेछ।</verse>
				<verse number="22">हेर, एउटा गरुड वेग हानेर आउनेछ, र बोज्रामाथि त्‍यसले आफ्‍नो पखेटा फिँजाउनेछ। त्‍यस दिन एदोमका योद्धाहरूका हृदय प्रसववेदनामा परेकी स्‍त्रीको झैँ हुनेछन्‌।</verse>
				<verse number="23">दमस्‍कसको विषयमा: “हमात र अर्पाद अलमल्‍ल परेका छन्, किनकि तिनीहरूले खराब समाचार सुनेका छन्‌। तिनीहरू डरले चञ्‍चल भएका छन्, र शान्‍त हुन नसक्‍ने समुद्रझैँ तिनीहरूको हृदय घबराएको छ।</verse>
				<verse number="24">दमस्‍कस निर्बल भएको छ, त्‍यो भाग्‍नलाई पछि फर्केको छ। त्रासले त्‍यसलाई समातेको छ। प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ चिन्‍ता र पीडाले त्‍यसलाई पक्रेका छन्‌।</verse>
				<verse number="25">त्‍यो नाउँ चलेको सहर किन त्‍यागिएको छैन, त्‍यो नगर जससँग म खुशी छु?</verse>
				<verse number="26">निश्‍चय नै त्‍यसका जवान मानिसहरू सड़कहरूमा ढल्‍नेछन्, र त्‍यस दिन त्‍यसका सबै सिपाहीहरू चूपचाप हुनेछन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="27">दमस्‍कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्‍यसले बेन-हददका किल्‍लाहरू भस्‍म पार्नेछ।”</verse>
				<verse number="28">बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्‍यहरूका विषयमा: परमप्रभु यसो भन्‍नुहुन्‍छ: “उठ, र केदारलाई आक्रमण गर। पूर्वका मानिसहरूलाई सर्वनाश पार।</verse>
				<verse number="29">तिनीहरूका पालहरू र बगालहरू र तिनीहरूका ओत लाग्‍ने ठाउँहरू र सबै मालतालहरू लगिनेछन्‌। तिनीहरूका ऊँटहरू पनि तिनीहरूबाट खोसी लगिनेछन्‌। मानिसहरूले कराई-कराईकन तिनीहरूलाई भन्‍नेछन्, ‘चारैतिर त्रास, त्रास!’</verse>
				<verse number="30">“हे हासोरमा बस्‍ने हो, छिटो भाग! गहिरा गुफाहरूमा लुकेर बस,’ परमप्रभु भन्‍नुहुन्‍छ। “बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा षड्‌यन्‍त्र रचेको छ। तिमीहरूका विरुद्धमा त्‍यसले एउटा योजना बनाएको छ।</verse>
				<verse number="31">“आराम र ढुक्‍कसित बस्‍ने जातिलाई आक्रमण गर,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो जाति जसका न त मूल ढोकाहरू न गजबारहरू छन्‌। त्‍यसका मानिसहरू एकलै बस्‍तछन्‌।</verse>
				<verse number="32">तिनीहरूका ऊँटहरू लूटका माल हुनेछन्, तिनीहरूका गाई-गोरुका बथान लुटिनेछन्‌। टाढ़ा-टाढ़ा ठाउँमा बस्‍नेहरूलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूका चारैतिरबाट तिनीहरूमाथि सर्वनाश ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="33">“हासोर स्‍यालहरूको अखड़ा हुनेछ, त्‍यो सदाको निम्‍ति उजाड़-स्‍थान बन्‍नेछ। त्‍यहाँ कोही पनि बस्‍नेछैन, त्‍यसमा कुनै मानिस रहनेछैन।”</verse>
				<verse number="34">यहूदाका राजा सिदकियाहका राजकालको सुरुमा एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:</verse>
				<verse number="35">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, म एलामको धनु भाँचिदिनेछु, जो तिनीहरूका शक्तिको आधार हो।</verse>
				<verse number="36">एलामको विरुद्धमा आकाशका चारै दिशाबाट बतास चलाएर तिनीहरूलाई चारै दिशामा तितरबितर पारिदिनेछु, एलामका निर्वासितहरू नगएको एउटै जाति हुनेछैन।</verse>
				<verse number="37">तिनीहरूका शत्रुहरू र तिनीहरूका प्राण लिन खोज्‍नेहरूका सामुन्‍ने म एलामलाई चूरचूर पार्नेछु। म तिनीहरूमाथि सर्वनाश, अर्थात्‌ मेरो भयानक क्रोध ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले तिनीहरूलाई खतम नपारुञ्‍जेल तिनीहरूका पछिपछि तरवार लिएर खेद्‌नेछु।</verse>
				<verse number="38">म मेरो सिंहासन एलाममा बसाल्‍नेछु, र त्‍यसका राजाहरू र अधिकारीहरूलाई नष्‍ट पार्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="39">“तापनि आउने दिनहरूमा म एलामको सुख-शान्‍ति कायम राखिदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="50">
				<verse number="1">बेबिलोन र बेबिलोनीहरूको देशका विषयमा यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यही हो:</verse>
				<verse number="2">“जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्‌। झन्‍डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्‍यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्‍यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्‌।’</verse>
				<verse number="3">उत्तर दिशाबाट एउटा जातिले त्‍यसलाई आक्रमण गर्नेछ, र त्‍यसको देश उजाड़ पार्नेछ। त्‍यसमा कोही पनि बस्‍नेछैन, मानिसहरू र पशुहरू दुवै भागिजानेछन्‌।</verse>
				<verse number="4">“ती दिनहरूमा, त्‍यस बेला इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू सँगसँगै रुँदै आफ्‍ना परमेश्‍वरलाई खोज्‍न जानेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">“तिनीहरूले सियोनतिर जाने बाटो कुन हो भनी सोध्‍नेछन्‌ र आफ्‍ना मोहड़ा त्‍यतैतिर फर्काउनेछन्‌। तिनीहरू आएर स्‍वयम्‌ परमप्रभुकहाँ कहिल्‍यै नर्बिसने अनन्‍तको करारमा बाँधिनेछन्‌।</verse>
				<verse number="6">“मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्‌। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्‍न लगाएका छन्‌। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्‍न लागे र तिनीहरूले आफ्‍नो गोठलाई भुले।</verse>
				<verse number="7">तिनीहरूलाई भेट्टाउनेहरूले तिनीहरूलाई खाइहाले। तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौं, किनकि तिनीहरूले तिनीहरूको साँचो खर्क, परमप्रभु, तिनीहरूका पिता-पुर्खाहरूको आशा, परमप्रभुको विरुद्धमा पाप गरे’।</verse>
				<verse number="8">“बेबिलोनबाट भाग, बेबिलोनीहरूको देश छोड़, र बगाललाई बाटो देखाउने बोकाहरूझैँ होओ।</verse>
				<verse number="9">किनकि म उत्तरको देशबाट ठूला जातिहरूको एउटा मित्रराष्‍ट्रको दललाई बेबिलोनको विरुद्धमा सुर्‍याउनेछु। उनीहरूले त्‍यसको विरुद्धमा युद्धको लागि तयार गर्नेछन्, र उत्तरबाट त्‍यसलाई लिनेछन्‌। उनीहरूका काँड़ निपुण योद्धाहरूजस्‍तै हुनेछन्, जो रित्तो हात फर्कंदैनन्‌।</verse>
				<verse number="10">यसरी बेबिलोनिया लुटिनेछ। त्‍यसलाई लुट्‌ने सबै तृप्‍त हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्‍त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले,</verse>
				<verse number="12">तिमीहरूकी आमा अति लज्‍जित हुनेछे, तिमीहरूलाई जन्‍म दिने शर्ममा पर्नेछे। जाति-जातिहरूमा त्‍यो सबैभन्‍दा नीच हुनेछे, उजाड़-स्‍थान, सुक्‍खा जमिन र मरुभूमिझैँ त्‍यो हुनेछे।</verse>
				<verse number="13">परमप्रभुका क्रोधको कारण त्‍यसमा कोही वास गर्नेछैन, तर त्‍यो बिलकुलै नष्‍ट हुनेछे। बेबिलोनबाट भएर जाने सबै छक्‍क पर्नेछन्, र त्‍यसका चोटहरू देखेर उनीहरू तर्सनेछन्‌।</verse>
				<verse number="14">“हे सबै धनुर्धारी हो, बेबिलोनका चारैतिर तिमीहरू युद्धको लागि तयार भएर बस। एउटै काँड़ पनि बाँकी नराखेर त्‍यसलाई हान। किनकि त्‍यसले परमप्रभुको विरुद्धमा पाप गरेकी छ।</verse>
				<verse number="15">त्‍यसका चारैतिर बसेर चर्को सोरले कराओ। त्‍यसले आत्‍मसमर्पण गर्छे, त्‍यसका धरहराहरू ढल्‍छन्, त्‍यसका पर्खालहरू भत्‍काइन्‍छन्‌। त्‍यसमाथि बदला लेओ, किनभने परमप्रभुको बदला यही नै हो। त्‍यसले अरूहरूलाई गरेजस्‍तै त्‍यसलाई पनि त्‍यसै गर।</verse>
				<verse number="16">बीउ छर्ने र हँसियाले फसल काट्‌ने दुवैलाई बेबिलोनबाट नष्‍ट गर। अत्‍याचारीको तरवारको कारणले हरेकलाई आफ्‍नै जातिकहाँ फर्केर जान देओ, हरेकलाई आफ्‍नै देशमा भागेर जान देओ।</verse>
				<verse number="17">“इस्राएल त सिंहहरूले खेदेर छरपष्‍ट भएका भेड़ाको बगालझैँ छ। त्‍यसलाई पहिले अश्‍शूरको राजाले निल्‍यो, र सबैभन्‍दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्‍यसका हड्डीहरू चूरचूर पार्‍यो।”</verse>
				<verse number="18">यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “म बेबिलोनको राजा र त्‍यसको देशलाई अश्‍शूरको राजालाई दण्‍ड दिएझैँ दण्‍ड दिनेछु।</verse>
				<verse number="19">तर म इस्राएललाई त्‍यसको आफ्‍नै खर्कमा फर्काएर ल्‍याउनेछु, र त्‍यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्‍यसको भोक तृप्‍त हुनेछ।”</verse>
				<verse number="20">परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनहरूमा, त्‍यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन, किनकि मैले बचाइराखेको बाँकी भागलाई म क्षमा गर्नेछु।</verse>
				<verse number="21">“मरातैम देश र पकोदमा बस्‍नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार, र बिलकुलै नाश गर,” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले तिमीहरूलाई आज्ञा दिएझैँ सबै काम पूरा गर।</verse>
				<verse number="22">देशमा लड़ाइँ र ठूलो नाशको होहल्‍ला छ।</verse>
				<verse number="23">सारा पृथ्‍वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्‍तो उजाड़ भयो!</verse>
				<verse number="24">हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्‍यसमा परिस्‌। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्‌।</verse>
				<verse number="25">परमप्रभुले आफ्‍नो गट्ठाघर खोल्‍नुभएको छ, र उहाँले आफ्‍नो क्रोधका हतियारहरू निकाल्‍नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले गर्नुपर्ने काम छ।</verse>
				<verse number="26">टाढ़ाटाढ़ाबाट त्‍यसको विरुद्धमा आओ। त्‍यसका अन्‍नका ढुकुटीहरू फुटाएर खोल। अन्‍न थुपारेझैँ त्‍यसलाई थुपार। त्‍यसलाई बिलकुलै सर्वनाश गर। त्‍यसको केही पनि बाँकी नरहोस्‌।</verse>
				<verse number="27">त्‍यसका सबै साँढ़ेहरू मार। ती काटिनलाई लैजाऊन्‌। हाय, तिनीहरूलाई! किनभने तिनीहरूको दिन आइपुग्‍यो, तिनीहरूलाई दण्‍ड दिने समय आइपुग्‍यो।</verse>
				<verse number="28">परमप्रभु हाम्रा परमेश्‍वरले उहाँका मन्‍दिरको निम्‍ति कसरी बदला लिनुभएको छ भनी सियोनमा घोषणा गर्ने बेबिलोनबाट आएका भगुवाहरू र शरणार्थीहरूका कुरा सुन।</verse>
				<verse number="29">“बेबिलोनको विरुद्धमा काँड़ हान्‍नेहरूलाई आह्वान गर, धनुर्धारीहरू सबैलाई! त्‍यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ। कोही पनि उम्‍कन नपाओस्‌। त्‍यसका कामअनुसार त्‍यससँग बदला लेओ, त्‍यसले गरेझैँ त्‍यसलाई गर, किनकि त्‍यसले परमप्रभु इस्राएलका परमपवित्रलाई निन्‍दा गर्‍यो।</verse>
				<verse number="30">यसैकारण त्‍यसका जवान मानिसहरू गल्‍लीहरूमा लोट्‌नेछन्, र त्‍यसका सबै सिपाहीहरू त्‍यस दिन चूप लाग्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="31">“हे अहङ्कारी, हेर्, म तेरो विरुद्धमा छु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तेरो दिन आइपुगेको छ, मैले तँलाई दण्‍ड दिने दिन।</verse>
				<verse number="32">अहङ्कारीचाहिँ ठक्‍कर खाएर लोट्‌नेछ। त्‍यसलाई उठाउने कोही हुनेछैन। म त्‍यसका नगरहरूमा आगो लगाइदिनेछु,’ त्‍यसले त्‍यसका चारैतिर हुनेहरू सबैलाई भस्‍म पार्नेछ।”</verse>
				<verse number="33">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलीहरू अत्‍याचारमा परेका छन्, र तिनका साथमा यहूदाका मानिसहरू पनि। तिनीहरूलाई कैद गरेर लाने सबैले तिमीहरूलाई बलियो गरी समातिराखेका छन्‌। उनीहरू तिनीहरूलाई छोड़िदिन इन्‍कार गर्छन्‌।</verse>
				<verse number="34">तापनि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्‍छ। उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो। उहाँले सामर्थ्‍यसाथ तिनीहरूको रक्षा गर्नुहुनेछ, ताकि उहाँले तिनीहरूको देशमा विश्राम ल्‍याउन सकून्‌। तर उहाँले बेबिलोनमा बस्‍नेहरूलाई चाहिँ बेचैनमा पार्नुहुनेछ।”</verse>
				<verse number="35">परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनीहरूका विरुद्धमा एउटा तरवार परेको छ, बेबिलोनमा बस्‍नेहरू, त्‍यसका पदाधिकारीहरू र बुद्धिमान्‌हरूमाथि पनि!</verse>
				<verse number="36">त्‍यसका झूटा अगमवक्ताहरूमाथि पनि एउटा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्‌। त्‍यसका योद्धाहरूमाथि पनि तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्‌।</verse>
				<verse number="37">त्‍यसका घोड़ाहरू र रथहरू र त्‍यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्‍त्रीहरूझैँ हुनेछन्‌। ती लुटिऊन्‌ भनेर तरवार त्‍यसका धनको विरुद्धमा परेको छ!</verse>
				<verse number="38">त्‍यसका पानी सुकिजाओस्‌ भनेर खड़ेरी परेको छ। किनकि त्‍यो मूर्तिहरूको देश हो, र त्‍यसका देवताहरू डरले पागल हुनेछन्‌।</verse>
				<verse number="39">“यसैले त्‍यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्‍यसमा वास गर्नेछन्‌। त्‍यसमा अब फेरि कहिल्‍यै कोही वास गर्नेछैन। पुस्‍ता-पुस्‍तासम्‍म त्‍यसमा कोही वस्‍नेछैन।”</verse>
				<verse number="40">परमप्रभु भन्‍नुहुन्‍छ, “सदोम र गमोरा र तिनका छेउछाउका नगरहरूलाई परमेश्‍वरले पल्‍टाइदिनुभएझैँ बेबिलोनमा कोही मानिस बस्‍नेछैन। कुनै मानिसले त्‍यहाँ प्रवास गर्नेछैन।</verse>
				<verse number="41">“हेर, एउटा सेना उत्तर दिशाबाट आउँदैछ, एउटा ठूलो जाति र धेरै राजाहरू पृथ्‍वीको पल्‍लो छेउबाट सुरिँदैछन्‌!</verse>
				<verse number="42">उनीहरू धनु र भालाले सुसज्‍जित छन्‌। उनीहरू कठोर र निर्दयी छन्‌। उनीहरू घोड़ाहरूमा सवार भएर आउँदा समुद्र गर्जेझैँ गर्जन्‍छन्‌। हे बेबिलोनकी छोरी, तँलाई आक्रमण गर्नलाई लड़ाइँको लागि पङ्‌क्ति बाँधेर आएका मानिसहरूजस्‍तै ती आउँछन्‌।</verse>
				<verse number="43">बेबिलोनको राजाले उनीहरूका विषयमा सुन्‍यो, र त्‍यसको हात फतक्‍क गलिहाल्‍यो। प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ त्‍यसलाई फिक्री र पीडा पर्‍यो।</verse>
				<verse number="44">यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म बेबिलोनलाई एकै छिनमा त्‍यसको देशबाट खेद्‌नेछु। यसको निम्‍ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्‍तो छ र? मलाई कसले हाँक दिन सक्‍छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्‍छ?”</verse>
				<verse number="45">यसैकारण बेबिलोनको विरुद्धमा परमप्रभुले रच्‍नुभएको योजना, र बेबिलोनीहरूका देशको विरुद्धमा उहाँको अभिप्राय कस्‍तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्‍स्‍याएर लगिनेछन्‌। तिनीहरूको कारण त्‍यसले तिनीहरूको खर्क बिलकुलै रूपले सर्वनाश पारिदिनेछ।</verse>
				<verse number="46">बेबिलोन कब्‍जा गरिँदा सुनिएको आवाजले पृथ्‍वी काम्‍नेछ। त्‍यसको रुवाबासी जाति-जातिहरूका बीचमा सुनिनेछ।</verse>
			</chapter>
			<chapter number="51">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, बेबिलोनको विरुद्धमा र लेब-कमाइका मानिसहरूका विरुद्धमा एउटा सर्वनाश गर्ने आत्‍मालाई म सुर्‍याउनेछु।</verse>
				<verse number="2">त्‍यसलाई निफन्‍न र त्‍यसको देश उजाड़ पार्नलाई बेबिलोनमा म विदेशीहरू पठाउनेछु। त्‍यसका सर्वनाशको दिनमा त्‍यसको विरोध गर्ने विदेशीहरू त्‍यसका चारैतिरबाट आउनेछन्‌।</verse>
				<verse number="3">धनुर्धारीले आफ्‍नो धनुमा ताँदो नचढ़ाओस्, र त्‍यो आफ्‍नो कवच लगाएर खड़ा नहोओस्‌। त्‍यसका जवान मानिसहरूलाई नछोड़। त्‍यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर।</verse>
				<verse number="4">तिनीहरू बेबिलोनमा मारिनेछन्‌। त्‍यसका गल्‍लीहरूमा तिनीहरू मरणान्‍त घाइते हुनेछन्‌।</verse>
				<verse number="5">किनभने इस्राएल र यहूदा आफ्‍ना परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुद्वारा त्‍यागिएका छैनन्, यद्यपि इस्राएलका परमपवित्रको सामुन्‍ने तिनीहरूको देश दोषले भरिएको छ।</verse>
				<verse number="6">“बेबिलोनबाट भाग! हरेक आ-आफ्‍नो ज्‍यान जोगाउनलाई भाग। त्‍यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो परमप्रभुको बदला लिने समय हो, उहाँले त्‍यसलाई त्‍यसले पाउनुपर्ने दण्‍ड दिनुहुनेछ।</verse>
				<verse number="7">बेबिलोन परमप्रभुको हातमा एउटा सुनको कचौरा थियो। त्‍यसले सारा संसारलाई मत्त्यायो। जाति-जातिहरूले त्‍यसको दाखमद्य पिए, र त्‍यसैकारण उनीहरू बौलाहा भए।</verse>
				<verse number="8">अब बेबिलोन एक्‍कासि ढल्‍नेछ र टुक्रा-टुक्रा पारिनेछ। त्‍यसको निम्‍ति विलाप गर! त्‍यसको दुखाइको निम्‍ति लेप ल्‍याओ, शायद त्‍यो निको हुन्‍छ कि!</verse>
				<verse number="9">“‘हामीहरूले बेबिलोनलाई निको पार्नेथियौं, तर त्‍यो निको हुन सक्‍दैन। त्‍यसलाई छोड़िदियौं, र हामी आ-आफ्‍नो देशमा गइहालौं। किनकि त्‍यसको इन्‍साफ आकाशसम्‍मै पुगेको छ, यो बादलसम्‍मै अग्‍लो उठेको छ’।</verse>
				<verse number="10">“‘परमप्रभुले हामीलाई निर्दोष ठहराउनुभएको छ। आऔं, हामी परमप्रभु हाम्रा परमेश्‍वरले के गर्नुभएको छ, त्‍यो सियोनमा प्रचार गरौं’।</verse>
				<verse number="11">“काँड़ तिखार! ढालहरू लेओ। परमप्रभुले मादीहरूका राजाहरूलाई सुर्‍याउनुभएको छ, किनभने बेबिलोनलाई नाश गर्नु नै उहाँको अभिप्राय छ। परमप्रभुले बदला लिनुहुनेछ, आफ्‍नो मन्‍दिरको निम्‍ति बदला।</verse>
				<verse number="12">बेबिलोनका पर्खालहरूका विरुद्धमा झन्‍डा उठाओ। गारदलाई बलियो पार। पहरा-चौकी खटाओ। लुकेर हमला गर्ने ठाउँ तयार पार। बेबिलोनका मानिसहरूका विरुद्धमा परमप्रभुले आफ्‍नो उर्दी दिनुभएको छ, उहाँले आफ्‍नो अभिप्राय पूरा गर्नुहुनेछ।</verse>
				<verse number="13">तँ, जो धेरै पानी भएका ठाउँमा बस्‍छस्, र धन-सम्‍पत्तिका भण्‍डारले पूर्ण भएको छस्, तेरो खतम हुने समय आइपुग्‍यो, तेरो अन्‍त्‍य आइपुग्‍यो।</verse>
				<verse number="14">सर्वशक्तिमान्‌ परमप्रभुले आफ्‍नै नाउँमा शपथ खानुभएको छ, सलहसरि तिमीहरूका बीचमा म निश्‍चय नै मानिसहरू भरिदिनेछु, र उनीहरूले तिमीहरूमाथि विजयको नारा लगाउनेछन्‌।</verse>
				<verse number="15">“उहाँले पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले सृजनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।</verse>
				<verse number="16">उहाँ गर्जनुहुँदा आकाशमा पानीहरू गड्याङगुडुङ गर्छन्, उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादलहरू उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिको साथ बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारहरूदेखि बतास चलाउनुहुन्‍छ।</verse>
				<verse number="17">“हरेक मानिस बुद्धिहीन र ज्ञानरहित छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका प्रतिमाहरू झूटा छन्, तिनमा सास हुँदैन।</verse>
				<verse number="18">ती व्‍यर्थका हुन्, ठट्टाका पात्र मात्र। तिनीहरूको न्‍याय हुँदा ती नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="19">उहाँ, जो याकूबका हिस्‍सा हुनुहुन्‍छ, यीजस्‍ता हुनुहुन्‍न, किनकि उहाँ नै आफ्‍नो निज उत्तराधिकारको कुलसमेत सारा थोकहरू बनाउने हुनुहुन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो।</verse>
				<verse number="20">“तँ मेरो युद्धको गदा, लड़ाइँको हतियार होस्‌। तँद्वारा म जातिहरूलाई टुक्रा-टुक्रा पार्छु, तँद्वारै म राज्‍यहरूलाई नाश गर्छु।</verse>
				<verse number="21">तँद्वारा म घोड़ा र त्‍यसको सवारलाई टुक्रा-टुक्रा पार्छु।</verse>
				<verse number="22">तँद्वारा म रथ र सारथिलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म पुरुष र स्‍त्रीलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म बूढ़ा र जवान दुवैलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म युवक र युवतीलाई टुक्रा-टुक्रा पार्छु।</verse>
				<verse number="23">तँद्वारा म गोठाला र त्‍यसको बगाललाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म किसान र त्‍यसको गोरुलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म राज्‍यपाल र पदाधिकारीहरूलाई टुक्रा-टुक्रा पार्छु।</verse>
				<verse number="24">“तिनीहरूले सियोनमा गरेका सबै खराबीको कारण म बेबिलोन र बेबिलोनियामा बस्‍ने सबै मानिसहरूलाई तेरै आँखाको सामुन्‍ने प्रतिफल दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="25">“हे नाश गर्ने पहाड़, जसले सारा पृथ्‍वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “म मेरो हात तेरो विरुद्धमा पसार्नेछु, र तँलाई भीरबाट तल खसालिदिनेछु, र तँलाई डढ़ेलो लागेको पहाड़ तुल्‍याइदिनेछु।</verse>
				<verse number="26">तँबाट एउटै ढुङ्गा पनि घरको कुने-ढुङ्गाको लागि लिइनेछैन, न त जग बसाल्‍नका लागि एउटा ढुङ्गो लिइनेछ। किनकि तँ सदाको निम्‍ति उजाड़ भइरहनेछस्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="27">“देशमा एउटा झन्‍डा खड़ा गर! जाति-जातिहरूका बीचमा तुरही बजाओ! त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार गर। यी राज्‍यहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ— आरारात, मिन्‍नी र अशकनज। त्‍यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर, सलहहरूका झुण्‍डझैँ घोड़ाहरू पठाओ।</verse>
				<verse number="28">त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार पार— मादीहरूका राजा, उनका राज्‍यपाल र उनका सबै पदाधिकारीहरूलाई, र उनीहरूले शासन गरेका सारा देशलाई।</verse>
				<verse number="29">देश थरथर काम्‍छ र मड़ारिन्‍छ, किनकि बेबिलोन देशलाई उजाड़ र कुनै मानिस नभएको बनाउनलाई परमप्रभुको अभिप्राय कायम रहन्‍छ।</verse>
				<verse number="30">बेबिलोनका योद्धाहरूले लड़ाइँ गर्न छोड़ेका छन्, तिनीहरू त आफ्‍ना किल्‍लाभित्रै बस्‍छन्‌। तिनीहरूको बल घटिहाल्‍यो। तिनीहरू स्‍त्रीझैँ भएका छन्‌। त्‍यसका बस्‍ने ठाउँहरू आगो लगाइसकिएका छन्‌। त्‍यसका ढोकामा गजबारहरू भत्‍काइएका छन्‌।</verse>
				<verse number="31">उसको जम्‍मै सहर लिइहाल्‍यो भनी बेबिलोनको राजालाई सुनाउन एउटा हुलाकी अर्कोकहाँ र एउटा समाचारवाहक अर्कोकहाँ दौड़ेर जान्‍छ,</verse>
				<verse number="32">र साथै यो खबर पनि सुनाउँछन्, कि जँघारहरू लिइए, सिमसारहरूमा आगो लगाइए, सिपाहीहरू डरले आत्तिए।”</verse>
				<verse number="33">सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “बेबिलोनकी छोरी कुल्‍चने समयमा दाइँ गर्ने खलाजस्‍तै भएकी छ। त्‍यसको कटनीको समय चाँड़ै आइपुग्‍नेछ।”</verse>
				<verse number="34">“बेबिलोनको राजा नबूकदनेसरले हामीलाई खाइहाल्‍यो। त्‍यसले हामीलाई अलमल्‍ल पार्‍यो। हामीलाई त्‍यसले एउटा रित्तो भाँड़ाजस्‍तै तुल्‍याएको छ। त्‍यसले हामीलाई अजिङ्गरले झैँ निलिहाल्‍यो, र स्‍वादिलो थोकलाई झैँ हामीलाई निलेर आफ्‍नो पेट भर्‍यो, र त्‍यसपछि बान्‍ता गरेर हामीलाई फ्‍याँक्‍यो।</verse>
				<verse number="35">हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि गरेको उपद्रव बेबिलोनमाथि नै परोस्,” सियोनका बासिन्‍दाहरूले भन्‍छन्‌। “हाम्रो रगतको बदला बेबिलोनीहरूमाथि नै परोस्,” यरूशलेमले यसो भन्‍छ।</verse>
				<verse number="36">यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हेर्, म तेरो पक्ष लिनेछु, तेरो निम्‍ति बदला म नै लिनेछु। म त्‍यसको समुद्र सुकाइदिनेछु, त्‍यसको पानीका मूलहरू सुकाइदिनेछु।</verse>
				<verse number="37">बेबिलोनचाहिँ भग्‍नावशेषको ढेर र स्‍यालहरूको अखड़ा, कोही मानिस नबस्‍ने ठाउँ, र त्रास र गिल्‍लाको पात्र हुनेछ।</verse>
				<verse number="38">त्‍यसका सबै मानिसहरू सिंहझैँ गर्जन्‍छन्‌। तिनीहरू जवान सिंहझैँ कराउँछन्‌।</verse>
				<verse number="39">तर जब तिनीहरू बिउँझन्‍छन्, तब म तिनीहरूका निम्‍ति भोज तयार पार्नेछु, र म तिनीहरूलाई मत्त्याउनेछु, र यसरी तिनीहरू हाँस्‍दै कराउनेछन्‌ र सधैँको निम्‍ति सुत्‍नेछन्‌ र जाग्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="40">“म तिनीहरूलाई काटिनलाई लगिने थुमा, भेड़ा र बोकाहरूझैँ ल्‍याउनेछु।</verse>
				<verse number="41">“सारा पृथ्‍वीको अहङ्कार, बेबिलोन कसरी लिइनेछ! जाति-जातिहरूका बीचमा बेबिलोन अति घृणित हुनेछ!</verse>
				<verse number="42">समुद्र नै बेबिलोनमाथि उक्‍लेर आउनेछ, समुद्रका गर्जने छालहरूले त्‍यसलाई छोप्‍नेछन्‌।</verse>
				<verse number="43">त्‍यसका नगरहरू सुक्‍खा ठाउँ, मरुभूमि, कोही पनि नबस्‍ने जग्‍गा हुनेछ। त्‍यताबाट भएर कोही मानिस जानेछैन।</verse>
				<verse number="44">म बेबिलोनमा बेललाई दण्‍ड दिनेछु, र त्‍यसले निलेका कुरा म त्‍यसलाई नै मुखबाट बान्‍ता गर्न लाउनेछु। जातिहरू फेरि कहिल्‍यै त्‍यसकहाँ ओइरिनेछैनन्, र बेबिलोनको पर्खाल ढल्‍नेछ।</verse>
				<verse number="45">“हे मेरा प्रजा, त्‍यसबाट निस्‍केर आओ। हरेक आ-आफ्‍नो ज्‍यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग।</verse>
				<verse number="46">देशमा केही हल्‍ला सुन्‍दा हतोत्‍साहित नहोओ अथवा नडराओ। यस वर्षमा एक किसिमको होहल्‍ला, अनि अर्को वर्षमा अर्को किसिमको होहल्‍ला, देशमा उपद्रव र शासकको विरुद्धमा शासक उठेको होहल्‍ला।</verse>
				<verse number="47">किनकि यस्‍तो बेला निश्‍चय नै आउँछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्‍ड दिनेछु। त्‍यसको सारा देश लाजमा पारिनेछ, र त्‍यसका मारिएका सबै त्‍यसकै बीचमा मारिनेछन्‌।</verse>
				<verse number="48">तब स्‍वर्ग र पृथ्‍वी र तिनमा भएका सबैले बेबिलोनको हारमा आनन्‍दले चिच्‍च्‍याउनेछन्, किनकि सर्वनाश गर्नेहरू उत्तर दिशाबाट त्‍यसको विरुद्धमा आउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="49">“बेबिलोनको कारणले पृथ्‍वीमा मारिएकाहरू ढलेझैँ इस्राएलका मारिएकाहरूको कारण बेबिलोन ढल्‍नैपर्छ।</verse>
				<verse number="50">तिमीहरू, जो तरवारबाट उम्‍केका छौ, जाओ र नअड़िओ। टाढ़ाको देशमा परमप्रभुलाई सम्‍झना गर, यरूशलेमको बारेमा विचार गर।”</verse>
				<verse number="51">“हामीहरू लाजमा पारिएका छौं, किनकि हामीले गाली पाएका छौं। लाजले हाम्रो मुख ढाकेको छ, किनभने परमप्रभुको घरका पवित्र ठाउँहरूमा विदेशीहरू प्रवेश गरेका छन्‌।”</verse>
				<verse number="52">“तर यस्‍ता दिनहरू आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब म त्‍यसका मूर्तिहरूलाई दण्‍ड दिनेछु, र त्‍यसको देशभरि नै घाइतेहरूको क्रन्‍दन सुनिनेछ।</verse>
				<verse number="53">उँभो स्‍वर्गसम्‍म बेबिलोन उक्‍ले तापनि र आफ्‍नो अल्‍गा-अल्‍गा गढ़ीहरू बलिया पारे तापनि, त्‍यसको विरुद्धमा सर्वनाश गर्नेहरू म पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="54">“बेबिलोनबाट विलापको आवाज निस्‍किन्‍छ! बेबिलोनीहरूको देशबाट रुवाइको सोर निस्‍कन्‍छ, ठूलो सर्वनाशको आवाज!</verse>
				<verse number="55">परमप्रभुले बेबिलोनलाई सर्वनाश गर्नुहुनेछ, र त्‍यसको ठूलो हल्‍लालाई उहाँले दमन गर्नुहुनेछ। त्‍यसका शत्रुहरूका छालहरू समुद्रका ठूला-ठूला पानीझैँ गर्जनेछन्‌। उनीहरूका गर्जनको प्रतिध्‍वनि हुनेछ।</verse>
				<verse number="56">सर्वनाश गर्ने बेबिलोनको विरुद्धमा आउनेछ, त्‍यसका योद्धाहरू पक्राउ पर्नेछन्, र तिनीहरूका धनु टुक्रा-टुक्रा पारिनेछन्, किनकि परमप्रभु बदला लिने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले पूरै प्रतिफल दिनुहुनेछ।</verse>
				<verse number="57">म त्‍यसका पदाधिकारीहरू र बुद्धिमान्‌ मानिसहरूलाई, त्‍यसका राज्‍यपाल र अधिकृतहरूलाई र योद्धाहरूलाई पनि मतवाला बनाउनेछु। तिनीहरू सदाको निम्‍ति निदाउनेछन्, र बिउँझनेछैनन्,” महाराजा, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, उहाँ भन्‍नुहुन्‍छ।</verse>
				<verse number="58">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको चौड़ा पर्खाल सम्‍म पारिनेछ, र त्‍यसका अल्‍गा मूल ढोकाहरू आगोले जलाइनेछन्‌। मानिसहरू व्‍यर्थमा आफूलाई थकित तुल्‍याउँछन्‌। जाति-जातिका परिश्रम ज्‍वालाको निम्‍ति इन्‍धन मात्र हुन्‍छन्‌।”</verse>
				<verse number="59">महसेयाहका नाति, नेरियाहका छोरा सरायाह जो राजभवनका मुख्‍य अधिकृत थिए, जो यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षमा राजासँगै बेबिलोनमा गएका थिए, त्‍यस बेला तिनलाई यर्मियाले दिएको सन्‍देश यही हो।</verse>
				<verse number="60">बेबिलोनमा आइपर्ने सबै सर्वनाशको विषयका कुरा यर्मियाले एउटा पत्रको मुट्ठोमा लेखेका थिए— बेबिलोनको बारेमा लेखिएका सबै कुरा।</verse>
				<verse number="61">तिनले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्‍छौ तब यी सबै कुरा तिमीले चर्को गरी पढ्‌नू,</verse>
				<verse number="62">र भन्‍नू, ‘हे परमप्रभु, तपाईंले यस ठाउँलाई सर्वनाश गर्छु भनी भन्‍नुभएको छ, यतिसम्‍म कि मानिस वा पशु कोही पनि यसमा वास गर्नेछैन। यो सदाको निम्‍ति उजाड़ पारिनेछ’।</verse>
				<verse number="63">यो पत्रको मुट्ठो पढ़िसकेपछि यसलाई एउटा ढुङ्गामा बाँधेर यूफ्रेटिस नदीमा फालिदेऊ।</verse>
				<verse number="64">तब यसो भन, ‘मैले त्‍यसमाथि ल्‍याउने सर्वनाशको कारण बेबिलोन यसरी नै फेरि कहिल्‍यै नउठ्‌ने गरी डुब्‍नेछ। र त्‍यसका मानिसहरू लोट्‌नेछन्‌’।” यर्मियाका वचनहरू यहीं सकिन्‍छ।</verse>
			</chapter>
			<chapter number="52">
				<verse number="1">जब सिदकियाह राजा भए तब तिनी एक्‍काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। तिनी यर्मियाकी छोरी थिइन्‌ र तिनी लिब्‍नाबाट आएकी थिइन्‌।</verse>
				<verse number="2">यहोयाकीमले गरेअनुसार परमप्रभुको दृष्‍टिमा जे-जे कुरा खराब थिए, तिनले पनि त्‍यही नै गरे।</verse>
				<verse number="3">यी सबै कुरा परमप्रभुका रीसको कारणले यरूशलेम र यहूदामा हुन आयो, र अन्‍त्‍यमा उहाँले तिनीहरूलाई आफ्‍नो उपस्‍थितिबाट निकालिदिनुभयो। अब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।</verse>
				<verse number="4">यसैले सिदकियाहका राजकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेनाका साथ यरूशलेमको विरुद्धमा आए। उनीहरूले सहरको बाहिर छाउनी हाले र यसको वरिपरि घेरा लगाए।</verse>
				<verse number="5">यसरी सिदकियाह राजाको एघारौँ वर्षसम्‍म सहर घेरामा पर्‍यो।</verse>
				<verse number="6">चौथो महिनाको नवौँ दिनमा सहरमा यस्‍तो घोर अनिकाल परेको थियो कि देशका मानिसहरूका निम्‍ति केही खानेकुरै रहेन।</verse>
				<verse number="7">तब सहरको पर्खाल भत्‍काइयो, र जम्‍मै सेना भागे। बेबिलोनीहरू सहरका वरिपरि थिए तापनि राजाका बगैँचाको नजिकका दुई पर्खालको बीचमा भएको ढोकाबाट भएर राती तिनीहरू भागे। तिनीहरू अराबातिर भागे,</verse>
				<verse number="8">तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई लखेटे र तिनलाई यरीहोको मैदानमा भेट्टाए। तिनका सबै सिपाहीहरू तिनीबाट अलग्‍गै भएर छरपष्‍ट भए,</verse>
				<verse number="9">र तिनलाई समातियो। तब उनीहरूले राजालाई हमात देशको रिब्‍लामा बेबिलोनका राजाको सामुन्‍ने ल्‍याए, र त्‍यहाँ उनले तिनीमाथि दण्‍डको आज्ञा दिए।</verse>
				<verse number="10">त्‍यहाँ रिब्‍लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र यहूदाका सबै पदाधिकारीहरूलाई पनि मारे।</verse>
				<verse number="11">तब उनले सिदकियाहका आँखा निकालिदिए, र तिनलाई काँसका साङ्‌लाले बाँधे। अनि उनले तिनलाई बेबिलोनमा लगेर तिनको मृत्‍यु नहोउञ्‍जेलसम्‍म कैदमा राखे।</verse>
				<verse number="12">बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाईसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदान, जसले बेबिलोनका राजाको चाकरी गर्थे, यरूशलेममा आए।</verse>
				<verse number="13">उनले परमप्रभुको मन्‍दिर, राजकीय महल र यरूशलेमका जम्‍मै घरहरूमा आगो लगाइदिए। उनले सबै मुख्‍य-मुख्‍य घरहरूमा आगो लगाइदिए।</verse>
				<verse number="14">राजकीय अङ्गरक्षकका सेनापतिका मुनिका सारा बेबिलोनी सेनाले यरूशलेमका चारैतिर भएका पर्खाल भत्‍काइदिए।</verse>
				<verse number="15">मानिसहरूमा सबैभन्‍दा गरीबहरू र सहरमा छोड़िएका मानिसहरू र बेबिलोनका राजाकहाँ भागेर गएका मानिसहरू तथा बाँकी रहेका कारीगरहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले निर्वासनमा लगे।</verse>
				<verse number="16">तर नबूजरदानले देशका दाखबारी र खेतमा काम गर्न बाँकी साह्रै गरीब मानिसहरूलाई छोड़िराखे।</verse>
				<verse number="17">बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू र काँसाको विशाल खड्‌कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे।</verse>
				<verse number="18">उनीहरूले भाँड़ाहरू, बेल्‍चाहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्‌ने कैँची, पानीको बाटा कचौराहरू र मन्‍दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे।</verse>
				<verse number="19">राजकीय अङ्गरक्षकका सेनापतिले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे।</verse>
				<verse number="20">ती दुई स्‍तम्‍भ, एउटा काँसाको विशाल खड्‌कुँलो, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढ़ेहरू र गुड्‌ने आधारहरू जो सोलोमन राजाले परमप्रभुका मन्‍दिरको निम्‍ति बनाएका थिए, ती सबै काँसाका थोकहरू जोख्‍नै नसकिने थिए।</verse>
				<verse number="21">हरेक स्‍तम्‍भ अठाह्र हात अग्‍लो थियो। त्‍यसको गोलाइ बाह्र हात र मोटाइ चार अङ्‌गुल चौड़ा थियो, र खोक्रो थियो।</verse>
				<verse number="22">हरेक स्‍तम्‍भमाथि काँसाको स्‍तम्‍भ-शिर थियो। एउटा शिरको उचाइ पाँच हात थियो। एउटा स्‍तम्‍भ-शिर काँसाका जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ पनि त्‍यसका दारिमहरूसहित त्‍यस्‍तै किसिमको थियो।</verse>
				<verse number="23">छेउ-छेउमा छयान्‍नब्‍बे दारिमहरू थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सय थिए।</verse>
				<verse number="24">अङ्गरक्षकका सेनापतिले मुख्‍य पूजाहारी सरायाह, दोस्रो दर्जामा भएका पूजाहारी सपन्‍याह र तीन जना ढोकेहरूलाई कैद गरेर लगे।</verse>
				<verse number="25">सहरमा अझै रहेकाहरूमा सिपाहीहरूमाथि खटिएका एक जना अधिकृत र राजाका सात जना सल्‍लाहकारहरूलाई उनले लगे। देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्‍य अधिकृत-सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना पुरुषलाई पनि उनले लगे।</verse>
				<verse number="26">सेनापति नबूजरदानले यिनीहरू सबैलाई लगेर रिब्‍लामा बेबिलोनका राजाकहाँ ल्‍याए।</verse>
				<verse number="27">यिनीहरूलाई हमात देशको रिब्‍लामा राजाले मार्ने हुकुम दिए। यसरी यहूदा आफ्‍नो देशबाट कैदमा लगियो।</verse>
				<verse number="28">नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्‍या यो हो: उनका राजकालको सातौँ वर्षमा ३,०२३ यहूदीहरू।</verse>
				<verse number="29">उनका राजकालको अठारौँ वर्षमा नबूकदनेसरले यरूशलेमबाट ८३२ जना लगे।</verse>
				<verse number="30">उनको तेईसौँ वर्षमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले ७४५ जना यहूदीहरूलाई निर्वासनमा लगे। सबै मानिसहरू ४,६०० जना थिए।</verse>
				<verse number="31">यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा उनले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए।</verse>
				<verse number="32">उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्‍दा अझ उच्‍च सम्‍माननीय स्‍थानमा तिनलाई राखे।</verse>
				<verse number="33">यसरी यहोयाकीनले आफ्‍नो कैदको लुगा उतारे र आफ्‍नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्‍बार खाने गरे।</verse>
				<verse number="34">बेबिलोनका राजाले यहोयाकीनलाई नियमित रूपमा दिनहुँ तिनी नमरुञ्‍जेल भत्ता दिए।</verse>
			</chapter>
		</book>
		<book number="25">
			<chapter number="1">
				<verse number="1">मानिसहरूले भरिएको सहर अब कस्‍तो सूनसान भयो। त्‍यो त एक विधवाजस्‍तो भएको छ। जो एक पल्‍ट जाति-जातिहरूमा महान्‌ र प्रदेशहरूमा राजकुमारीजस्‍तै थियो, अब त्‍यो दासत्‍वमा परेको सहर भएको छ।</verse>
				<verse number="2">रातभरि त्‍यो धुरुधुरु रुन्‍छ, त्‍यसका गालामा आँसु बगिरहन्‍छ। त्‍यसका सबै प्रियहरूमध्‍ये, त्‍यसलाई सान्‍त्‍वना दिने कोही पनि छैन। त्‍यसका सबै मित्रहरूले त्‍यसलाई धोका दिएका छन्, र तिनीहरू त्‍यसका वैरीहरू बनेका छन्‌।</verse>
				<verse number="3">दु:ख र कठोर दासत्‍वपछि यहूदा प्रवास लगियो। अब त्‍यो अन्‍यजातिहरूका बीचमा रहन्‍छ, त्‍यसले कुनै विश्रामको स्‍थान पाउँदैन, त्‍यसलाई खेदो गर्नेहरू सबैले दु:खको बीचमा त्‍यसलाई पक्रेका छन्‌।</verse>
				<verse number="4">सियोन जाने बाटोहरूले विलाप गरिरहेका छन्, किनभने ठहराइएका चाड़हरूमा कोही पनि आउँदैन। त्‍यसका सबै मूल ढोकाहरू उजाड़ छन्, त्‍यसका पूजाहारीहरू सुस्‍केरा मार्दछन्‌। त्‍यसका कुमारीहरू दु:खित छन्, अनि त्‍यो कठोर वेदनामा छ।</verse>
				<verse number="5">त्‍यसका शत्रुहरू त्‍यसका मालिक भएका छन्, त्‍यसका विरोधीहरू आराममा छन्, त्‍यसका धेरै पापहरूले गर्दा परमप्रभुले त्‍यसलाई दु:ख दिनुभएको हो। त्‍यसका बालकहरू शत्रुहरूका अगि कैदमा लगिएका छन्‌।</verse>
				<verse number="6">सियोनकी छोरीबाट त्‍यसका सबै गौरव गइहालेका छन्‌। त्‍यसका राजकुमारहरू खर्क नपाउने मृगहरूजस्‍तै छन्‌। तिनीहरू दुर्बल भएर खेद्‌नेहरूका अगिअगि भागेका छन्‌।</verse>
				<verse number="7">यरूशलेमले आफ्‍ना दु:ख र सङ्कष्‍टका दिनमा उहिले भएका आफ्‍ना सबै बहुमूल्‍य कुराहरूको सम्‍झना गर्छ। जब त्‍यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्‍यसलाई सहायता गर्ने कोही पनि थिएन, त्‍यसका शत्रुहरूले त्‍यसलाई हेरे, र त्‍यसको विनाशमा ठट्टा गरे।</verse>
				<verse number="8">यरूशलेमले घोर पाप गर्‍यो, यसैले त्‍यो अशुद्ध भएको छ। त्‍यसलाई मान गर्ने सबैले त्‍यसलाई तुच्‍छ ठान्‍दछन्, किनभने तिनीहरूले त्‍यसको नग्‍नता देखेका छन्‌। त्‍यो आफै सुस्‍केरा मार्छ र मुख फर्काउँछ।</verse>
				<verse number="9">त्‍यसको अशुद्धपना त्‍यसको फरियामा टाँसियो, त्‍यसले आफ्‍नो आउने दुर्दिनलाई सम्‍झेन। त्‍यसको पतन भयङ्कर थियो, त्‍यसलाई सान्‍त्‍वना दिने कोही थिएन। “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनभने शत्रु विजयी भएको छ।”</verse>
				<verse number="10">त्‍यसका सबै धन खोस्‍न शत्रुले आफ्‍नो हात हालेको छ। जसलाई तपाईंले आफ्‍नो सभामा पस्‍न मनाही गर्नुभएको थियो, तिनै अन्‍यजातिहरू त्‍यसको पवित्रस्‍थानमा पसेका त्‍यसले देख्‍यो।</verse>
				<verse number="11">त्‍यसका सबै मानिसहरू सुस्‍केरा मार्दै अन्‍नको खोजीमा छन्‌। आफ्‍नो प्राण बचाउनलाई तिनीहरू खानेकुरासित आफ्‍ना धन-सम्‍पत्ति साट्‌दछन्‌। “हे परमप्रभु, हेर्नुहोस्‌ र विचार गर्नुहोस्, किनभने म तुच्‍छ गनिएको छु।”</verse>
				<verse number="12">“यताबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई त्‍यसको केही वास्‍ता छैन? चारैतिर हेर र विचार गर, आफ्‍नो भयानक क्रोधको दिनमा, परमप्रभुले मलाई दिनुभएको कष्‍टजस्‍तै अरू कुनै पीडा छ र?</verse>
				<verse number="13">“उहाँले उच्‍चबाट आगो झारिदिनुभयो, त्‍यो मेरो हड्डीभित्र पठाउनुभयो। उहाँले मेरा खुट्टाको लागि जाल फिँजाउनुभयो, र मलाई फर्काउनुभयो। उहाँले मलाई उजाड़ पारेर दिनभरि नै निर्बल राख्‍नुभयो।</verse>
				<verse number="14">“मेरा पापहरू एक जुवामा बाँधिएका छन्‌। उहाँकै हातद्वारा ती बाँधिए, ती मेरो काँधमा राखिएका छन्, परमप्रभुले मेरो बल घटाउनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा पारिदिनुभयो, जसको म सामना गर्न सक्‍दिनँ।</verse>
				<verse number="15">“परमप्रभुले मेरा सबै योद्धालाई बहिष्‍कार गर्नुभएको छ, मेरा जवान मानिसहरूलाई धूलोपीठो पार्नलाई मेरो विरुद्धमा उहाँले फौज जम्‍मा गर्नुभएको छ। उहाँको कोलमा, दाखझैँ परमप्रभुले यहूदाकी कुमारीलाई पेल्‍नुभएको छ।</verse>
				<verse number="16">“यी सबैको कारणले म रुँदैछु, मेरो आँखाबाट आँसुको धारा बग्छ। मलाई सान्‍त्‍वना दिन मेरो नजिक कोही छैन, मेरो आत्‍मा पुनर्जीवित गराउने कोही छैन। मेरा बालकहरू बेसहारा छन्, किनभने शत्रु प्रबल भएको छ।”</verse>
				<verse number="17">सियोन बिन्‍ती गर्नलाई आफ्‍नो हात पसार्छ, तर त्‍यसलाई सान्‍त्‍वना दिने कोही छैन। परमप्रभुले याकूबको विरुद्धमा त्‍यसका छिमेकीहरू त्‍यसका शत्रु होऊन्‌ भनी हुकुम गर्नुभएको छ। तिनीहरूका बीचमा यरूशलेम एक अशुद्ध थोक भएको छ।</verse>
				<verse number="18">“परमप्रभु धर्मी हुनुहुन्‍छ, तरै पनि म उहाँको विरुद्धमा बागी भएको थिएँ। हे सबै जातिहरू, सुन, र मेरो कष्‍टलाई हेर। मेरा कुमारीहरू र जवान मानिसहरू निष्‍कासित गरिएका छन्‌।</verse>
				<verse number="19">“मैले आफ्‍ना प्रेमीहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। आफ्‍नो बल पुनर्प्राप्‍त गर्नलाई खानेकुरा खोजेर नपाउँदा सहरमा मेरा पूजाहारीहरू र धर्म-गुरुहरू नष्‍ट भए।</verse>
				<verse number="20">“हे परमप्रभु, हेर्नुहोस्, म दु:खमा परेको छु। म साह्रै बागी भएको कारणले मेरो प्राण मभित्र मड़ारिन्‍छ, मेरो हृदय मभित्र छटपटिन्‍छ। बाहिर तरवारले शोकित पार्छ, भित्र मृत्‍यु मात्र छ।</verse>
				<verse number="21">“मानिसहरूले मेरो सुस्‍केरा सुनेका छन्, तर मलाई सान्‍त्‍वना दिने कोही छैन। मेरा सबै शत्रुहरूले मेरो विपत्तिको कुरा सुनेका छन्‌। तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुशी छन्‌। तपाईंले घोषणा गर्नुभएको दिन ल्‍याउनुहोस्, र तिनीहरू पनि मैजस्‍ता होऊन्‌।</verse>
				<verse number="22">“तिनीहरूका सबै दुष्‍ट कामहरू तपाईंको सामु आऊन्, अनि मेरा सबै पापहरूको कारण मलाई गर्नुभएझैँ तिनीहरूमाथि पनि त्‍यस्‍तै व्‍यवहार गर्नुहोस्‌। म धेरै सुस्‍केरा मार्दछु, अनि मेरो मन निर्बल छ।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">परमप्रभुले आफ्‍नो रीसमा सियोनकी छोरीलाई कसरी घोर अन्‍धकारले ढाकिदिनुभएको छ! इस्राएलको गौरवलाई उहाँले आकाशदेखि पृथ्‍वीमा खसालिदिनुभएको छ। उहाँले आफ्‍नो रीसको दिनमा आफ्‍नो पाउदान, सियोनलाई पनि सम्‍झनुभएको छैन।</verse>
				<verse number="2">याकूबका सबै वासस्‍थानहरूलाई परमप्रभुले कत्ति पनि नटिठ्याएर नाश गर्नुभयो। आफ्‍नो क्रोधमा उहाँले यहूदाकी छोरीका किल्‍लाहरू भत्‍काइदिनुभयो। त्‍यो राज्‍य र त्‍यसका राजकुमारहरूलाई उहाँले भूइँमा ढालेर अपमानित तुल्‍याउनुभयो।</verse>
				<verse number="3">	आफ्‍नो भयङ्कर रीसमा उहाँले इस्राएलका सबै शक्तिलाई नाश गर्नुभयो। शत्रुकै सामुन्‍ने उहाँले आफ्‍नो दाहिने हात हटाउनुभयो। उहाँको प्रकोप याकूबमाथि चारैतिर भस्‍म गर्ने आगो जस्‍तै पर्‍यो।</verse>
				<verse number="4">शत्रुले झैँ उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुभएको छ, विरोधीझैँ उहाँ खड़ा हुनुभएको छ। आँखालाई मन पर्ने जति कुरा प्रिय थिए, ती सबैलाई उहाँले शत्रुलाई झैँ घात गर्नुभएको छ। सियोनकी छोरीको पालमा उहाँले आफ्‍नो रीस आगोझैँ पोखाउनुभएको छ।</verse>
				<verse number="5">परमप्रभु शत्रुझैँ हुनुभएको छ, उहाँले इस्राएललाई नष्‍ट गर्नुभयो। उहाँले इस्राएलका सबै महलहरू नाश गर्नुभयो, त्‍यसका सबै किल्‍लाहरू भत्‍काइदिनुभयो। उहाँले यहूदाकी छोरीको शोक र विलाप बढ़ाइदिनुभयो।</verse>
				<verse number="6">उहाँले आफ्‍नो पाल बारीको छाप्रोजस्‍तै भत्‍काइदिनुभयो, उहाँले आफ्‍नो भेट गर्ने ठाउँ नष्‍ट पार्नुभयो। परमप्रभुले सियोनका तोकिएका चाड़ र शबाथहरू दुवैको सम्‍झना मेटाइदिनुभयो। आफ्‍नो भयानक रीसमा उहाँले राजा र पूजाहारी दुवैलाई तिरस्‍कार गर्नुभयो।</verse>
				<verse number="7">परमप्रभुले आफ्‍नो वेदीलाई अस्‍वीकार गर्नुभएको छ, आफ्‍नो पवित्र स्‍थानलाई त्‍यागिदिनुभएको छ। त्‍यसका महलका भित्ताहरू उहाँले शत्रुको हातमा दिनुभएको छ। तिनीहरूले परमप्रभुको भवनमा नै तोकिएको चाड़को दिनमा झैँ विजयको ध्‍वनि लगाएका छन्‌।</verse>
				<verse number="8">परमप्रभुले सियोनकी छोरीको पर्खाललाई नष्‍ट गर्ने निश्‍चय गर्नुभयो। उहाँले फित्ताले त्‍यो नाप्‍नुभयो। त्‍यसलाई नष्‍ट पार्नदेखि उहाँले आफ्‍नो हात रोक्‍नुभएन। उहाँले गढ़ी र पर्खाल दुवैलाई विलाप गर्न लाउनुभयो, ती दुवै एकैसाथ भत्‍के।</verse>
				<verse number="9">त्‍यसका मूल ढोकाहरू भूइँमै भासिए। उहाँले त्‍यसका गजबारहरू भत्‍काएर नष्‍ट पार्नुभयो। त्‍यसका राजा र राजकुमारहरू अन्‍य-जातिहरूका बीचमा निष्‍कासित छन्, र व्‍यवस्‍था रहँदैन। अनि त्‍यसका अगमवक्ताहरूले पनि परमप्रभुबाट केही दर्शन पाउँदैनन्‌।</verse>
				<verse number="10">सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्‍छन्, तिनीहरूले आफ्‍ना टाउकामा धूलो हालेका छन्, र भाङ्‌ग्रा ओढ़ेका छन्‌। यरूशलेमका कुमारीहरूले आफ्‍ना शिर भूइँसम्‍मै निहुराएका छन्‌।</verse>
				<verse number="11">रोदनको आँसुले मेरो आँखा टट्टाइसक्‍यो। मेरो प्राण मभित्र मड़ारिन्‍छ। मेरो प्रजा नष्‍ट भएको कारणले, नानीहरू र दूध-खाने बालकहरू सहरका गल्‍लीहरूमा मूर्च्‍छा खाएको कारणले मेरो हृदय छियाछिया भयो।</verse>
				<verse number="12">जब सहरका गल्‍लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्‍छा पर्छन्, जब आफ्‍ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्‍छन्, तब तिनीहरू आफ्‍ना आमाहरूलाई भन्‍छन्, “अन्‍न र दाखमद्य कहाँ छन्‌?”</verse>
				<verse number="13">हे यरूशलेमकी छोरी, तेरो निम्‍ति म के भनूँ? म केसित तेरो तुलना गरूँ? हे सियोनकी कन्‍ये-छोरी, सान्‍त्‍वनाको निम्‍ति तँलाई केसित तुलना गरूँ? तेरो चोट महासमुद्रजस्‍तै गहिरो छ। कसले तँलाई बिसेक गराउन सक्‍छ र?</verse>
				<verse number="14">तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र मूल्‍यहीन थिए। तेरो प्रवास हुन नदिन तिनीहरूले तेरो अधर्म प्रकट गरेनन्‌। तिनीहरूले तेरो निम्‍ति देखेका दर्शन झूटा र भर्माउने मात्र थिए।</verse>
				<verse number="15">तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्‍चिङ गरेर ताली बजाउँछन्‌। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्‍लाउँछन्‌: “के यो त्‍यही सहर हो, जो ‘परम सुन्‍दरी’ र ‘सारा पृथ्‍वीको आनन्‍द’ भनी कहलाइन्‍थ्‍यो?”</verse>
				<verse number="16">तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्‍ला गर्दछन्‌। तिनीहरूले तँलाई दाह्रा किटेर भन्‍छन्, “हामीले त्‍यसलाई नष्‍ट पार्‍यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।”</verse>
				<verse number="17">परमप्रभुले जे योजना गर्नुभएको थियो, उहिले उहाँले जे घोषणा गर्नुभएको थियो, त्‍यही वचन उहाँले पूरा गर्नुभयो। दयाविना उहाँले तँलाई पल्‍टाइदिनुभयो। उहाँले शत्रुलाई तँमाथि आनन्‍दित तुल्‍याउनुभयो, र तेरा वैरीहरूको शक्ति प्रबल पार्नुभयो।</verse>
				<verse number="18">मानिसहरूका हृदय परमप्रभुलाई पुकार्छन्‌। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीजस्‍तै रातदिन बगा। कत्ति पनि विश्राम नले, तेरो आँखालाई आराम नदे।</verse>
				<verse number="19">हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्‍थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्‍लीका मोड़मा भोकले मूर्च्‍छा खाने आफ्‍ना बालकहरूका प्राणको निम्‍ति आफ्‍नो हात उहाँतिर उठा।</verse>
				<verse number="20">“हेर्नुहोस्, हे परमप्रभु, र विचार गर्नुहोस्‌। कसलाई तपाईंले यस्‍तो दु:ख दिनुभएको छ? के स्‍त्रीहरूले आफ्‍नै गर्भका फल, आफूले जन्‍माएका बालकहरूलाई खाऊन्‌? के पूजाहारीहरू र अगमवक्ताहरू परमप्रभुको पवित्रस्‍थानमा मारिऊन्‌?</verse>
				<verse number="21">“गल्‍ली-गल्‍लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्‌। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्‌। आफ्‍नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ।</verse>
				<verse number="22">“चाड़मा मानिसहरू भेला भएझैँ, तपाईंले मेरा शत्रुहरूलाई मेरा चारैतिरबाट जम्‍मा गर्नुभयो। परमप्रभुको रीसको दिनमा न त कोही उम्‍कन पायो न कोही बाँच्‍यो। मैले हुर्काएर बढ़ाएकाहरूलाई मेरो शत्रुले नाश गरिदिएको छ।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">उहाँका क्रोधको लाठोको दु:ख देख्‍ने मानिस म नै हुँ।</verse>
				<verse number="2">उहाँले मलाई खेद्‌नुभयो, र उज्‍यालोभन्‍दा बरु अँध्‍यारोमा हिँड्‌न लाउनुभएको छ।</verse>
				<verse number="3">वास्‍तवमा उहाँले आफ्‍नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ।</verse>
				<verse number="4">उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ, र मेरा हड्डीहरू भाँचिदिनुभएको छ।</verse>
				<verse number="5">दु:ख र कष्‍टद्वारा उहाँले मलाई घेरेर थुन्‍नुभएको छ।</verse>
				<verse number="6">धेरै दिनदेखि मरेको मुर्दाझैँ उहाँले मलाई अँध्‍यारो ठाउँमा हालिदिनुभएको छ।</verse>
				<verse number="7">उम्‍कन नसकोस्‌ भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्‌लाले बाँध्‍नुभएको छ।</verse>
				<verse number="8">सहायताको लागि म चिच्‍च्‍याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्‍कार गर्नुहुन्‍छ।</verse>
				<verse number="9">ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ।</verse>
				<verse number="10">आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्‍तै,</verse>
				<verse number="11">उहाँले मलाई बाटोदेखि तर्काइलानुभयो, र फहराएर छियाछिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्‍याउनुभयो।</verse>
				<verse number="12">उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुभयो, र मलाई नै काँड़को तारो बनाउनुभयो।</verse>
				<verse number="13">आफ्‍नो ठोक्रोका काँड़हरूले उहाँले मेरो मुटु छेड़िदिनुभयो।</verse>
				<verse number="14">मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु, र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु।</verse>
				<verse number="15">उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो, र पित्त खुवाइदिनुभयो।</verse>
				<verse number="16">उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो, र मलाई धूलोमा कुल्‍चीमिल्‍ची गर्नुभयो।</verse>
				<verse number="17">शान्‍ति मेरो जीवनबाट दूर भएको छ। कल्‍याण के हो, सो मैले बिर्सेको छु।</verse>
				<verse number="18">यसैले म भन्‍छु, “मेरो शान नष्‍ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।”</verse>
				<verse number="19">तीतोपन र पित्त, मेरो दु:ख र फिरन्‍तेपनलाई सम्‍झन्‍छु।</verse>
				<verse number="20">म निरन्‍तर तिनलाई सम्‍झिरहन्‍छु, र मेरो प्राण मभित्र हताश भएको छ।</verse>
				<verse number="21">तर म यो स्‍मरण गर्दछु, यसैले मलाई आशा दिन्‍छ:</verse>
				<verse number="22">परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं, उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन।</verse>
				<verse number="23">हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ।</verse>
				<verse number="24">मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।”</verse>
				<verse number="25">परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्‍नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्‍छ।</verse>
				<verse number="26">चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ।</verse>
				<verse number="27">आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ।</verse>
				<verse number="28">परमप्रभुले यो त्‍यसमाथि राख्‍नुभएकोले त्‍यो एकलै शान्‍त बसोस्‌।</verse>
				<verse number="29">त्‍यसले आफ्‍नो मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्‌।</verse>
				<verse number="30">आफ्‍नो गाला हिर्काउनेपट्टि नै त्‍यसले त्‍यो फर्काइदेओस्, र गिल्‍ला सहँदैरहोस्‌।</verse>
				<verse number="31">किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्‍ति फाल्‍नुहुन्‍न,</verse>
				<verse number="32">उहाँले दु:ख ल्‍याउनुभए तापनि आफ्‍नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्‍यै नथामिने प्रेम अति महान्‌ छ।</verse>
				<verse number="33">किनभने उहाँले मानिसका सन्‍तानलाई स्‍वेच्‍छाले दु:ख दिनुहुन्‍न।</verse>
				<verse number="34">देशका सबै कैदीहरूलाई खुट्टाले दल्‍ने,</verse>
				<verse number="35">सर्वोच्‍च परमेश्‍वरको सामुन्‍ने कुनै मानिसको हक मिच्‍ने,</verse>
				<verse number="36">कुनै मानिसलाई इन्‍साफदेखि वञ्‍चित गर्ने जस्‍ता कुराहरूलाई परमप्रभु हेर्न सक्‍नुहुन्‍न।</verse>
				<verse number="37">परमप्रभुले आज्ञा नगरुञ्‍जेल कसले अह्राएको पूरा भएको छ?</verse>
				<verse number="38">के सर्वोच्‍च परमेश्‍वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्‍कँदैनन्‌?</verse>
				<verse number="39">आफ्‍नो पापका दण्‍डको निम्‍ति मरणशील मानिसले किन गनगनाउने?</verse>
				<verse number="40">हामी आफ्‍ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं।</verse>
				<verse number="41">हामी हाम्रा हात अनि हृदय स्‍वर्गका परमेश्‍वरतिर उठाऔं, अनि भनौं:</verse>
				<verse number="42">हामीले पाप गर्‍यौं, हामी बागी भयौं, र तपाईंले क्षमा गर्नुभएको छैन।”</verse>
				<verse number="43">तपाईं क्रोधले पूर्ण हुनुभयो, र तपाईंले हामीहरूको खेदो गर्नुभयो, र दया नगरी हामीलाई मार्नुभयो।</verse>
				<verse number="44">तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर तपाईंले आफूलाई बादलले छोप्‍नुभएको छ।</verse>
				<verse number="45">तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा फोहोरको थिग्रो र कसिङ्गरसरह तुल्‍याउनुभएको छ।</verse>
				<verse number="46">“हाम्रा सबै शत्रुहरूले हाम्रा विरुद्धमा मुख ठूलो खोलेर गिल्‍ला गरेका छन्‌।</verse>
				<verse number="47">आतङ्क र खतरा, उजाड़ र विनाश हामीमाथि आइपरेका छन्‌।”</verse>
				<verse number="48">मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्‍छ।</verse>
				<verse number="49">मेरा आँखाबाट विनाविश्राम आँसु निरन्‍तर बगिरहनेछ,</verse>
				<verse number="50">जहिलेसम्‍म परमप्रभुले स्‍वर्गदेखि तल हेरेर देख्‍नुहुन्‍न।</verse>
				<verse number="51">मेरो सहरका स्‍त्रीहरूका दुर्दशा देखेर मलाई दु:ख लाग्‍छ।</verse>
				<verse number="52">विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँड़े।</verse>
				<verse number="53">तिनीहरूले मेरो जीवन खाड़लमा अन्‍त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने,</verse>
				<verse number="54">पानी मेरो कपालसम्‍मै आयो, मैले सम्‍झें, “मेरो अन्‍त आइपुग्‍यो।”</verse>
				<verse number="55">हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें।</verse>
				<verse number="56">तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो, “छुटकाराको निम्‍ति मेरो पुकारप्रति आफ्‍नो कान बन्‍द नगर्नुहोस्‌।”</verse>
				<verse number="57">मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा।”</verse>
				<verse number="58">हे परमप्रभु, मेरो पक्षमा लड़ेर तपाईंले मेरो प्राण बचाउनुभयो।</verse>
				<verse number="59">हे परमप्रभु, ममाथि गरिएको अत्‍याचार तपाईंले देख्‍नुभएको छ। मेरो न्‍याय गरिदिनुहोस्‌।</verse>
				<verse number="60">तिनीहरूको बदलाको गहिराइ, मेरो विरुद्धमा गरिएका तिनीहरूका सबै युक्ति तपाईंले देख्‍नुभएको छ।</verse>
				<verse number="61">हे परमप्रभु, तिनीहरूले गरेका निन्‍दा, मेरो विरुद्धमा रचेका तिनीहरूका सबै युक्ति तपाईंले सुन्‍नुभएको छ,</verse>
				<verse number="62">जुन मेरा विरोधीहरूले दिनभरि मेरो विरुद्धमा कानेखुसी गरेका र भनेका छन्‌।</verse>
				<verse number="63">तिनीहरूलाई हेर्नुहोस्, उठ्‌दा र बस्‍दा पनि तिनीहरू आफ्‍ना गीतमा मेरो ठट्टा गर्छन्‌।</verse>
				<verse number="64">हे परमप्रभु, तिनीहरूका हातले गरेका कामअनुसार तिनीहरूलाई उचित दण्‍ड दिनुहोस्‌।</verse>
				<verse number="65">तिनीहरूका हृदय छोपिदिनुहोस्, र तपाईंको श्राप तिनीहरूमाथि परोस्‌।</verse>
				<verse number="66">तपाईंले तिनीहरूलाई आफ्‍नो रीसमा खेद्‌नुहोस्, र परमप्रभुको स्‍वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">सुनले आफ्‍नो चमक पूरा हरायो! निखुर सुन फिक्‍का भयो। पवित्र मणिहरू प्रत्‍येक मूल बाटोको शिरमा छरिएका छन्‌।</verse>
				<verse number="2">कञ्‍चन सुनजस्‍तै सियोनका बहुमूल्‍य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्‍तै गनिएका छन्‌!</verse>
				<verse number="3">स्‍यालका माउहरूले पनि आफ्‍ना थुन निकालेर आफ्‍ना बच्‍चाहरूलाई चुस्‍न दिन्‍छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्‍तै भएका छन्‌।</verse>
				<verse number="4">दूध खाने बालकको जिब्रो तिर्खाले तालुमा टाँसिन्‍छ। केटाकेटीहरू खानेकुरा माग्‍छन्, तर कसैले तिनीहरूलाई केही दिँदैनन्‌।</verse>
				<verse number="5">मीठा-मीठा खानेहरू अब गल्‍ली-गल्‍लीमा कङ्गाल भएका छन्, बैजनी वस्‍त्र लाएर बढ़ेकाहरू घुरानमा बसिरहन्‍छन्‌।</verse>
				<verse number="6">	मेरा प्रजाको दण्‍ड सदोमको भन्‍दा ठूलो छ, जो कसैको सहायताको हातविना क्षणभरमै फ्‍याँकियो।</verse>
				<verse number="7">त्‍यसका युवराजहरू हिउँभन्‍दा सफा र दूधभन्‍दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्‍दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्‍ता थिए।</verse>
				<verse number="8">अब तिनीहरूको रूप मोसोभन्‍दा कालो भयो, तिनीहरू गल्‍लीहरूमा पनि चिनिएका छैनन्‌। तिनीहरूको छाला हड्डीमा टाँसिएको छ। काठझैँ त्‍यो सुक्‍खा भएको छ।</verse>
				<verse number="9">भोकले मर्नेहरूभन्‍दा तरवारले मर्नेहरू सौभाग्‍यशाली हुन्‍छन्‌। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्‍दैजान्‍छन्‌।</verse>
				<verse number="10">	कोमल हृदयका स्‍त्रीहरूले आफ्‍नै हातले आफ्‍ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्‍नो आहार भए।</verse>
				<verse number="11">परमप्रभुले आफ्‍नो क्रोध पूरै देखाउनुभयो, उहाँले आफ्‍नो ज्‍वलन्‍त रीस पोखाउनुभयो। उहाँले सियोनमा आगो सल्‍काउनुभयो। त्‍यसले गर्दा त्‍यसका जगहरू भस्‍म पारिए।</verse>
				<verse number="12">कुनै शत्रु यरूशलेमका मूल ढोकाहरूबाट पस्‍छन्‌ भनी पृथ्‍वीका कुनै राजा वा संसारको कुनै मानिसले पनि चिताएका थिएनन्‌।</verse>
				<verse number="13">योचाहिँ त्‍यसका अगमवक्ताहरूका पाप र त्‍यसका पूजाहारीहरूका अधर्मले भएको हो। तिनीहरूले सहरकै बीचमा धर्मीहरूको रगत बगाए।</verse>
				<verse number="14">अहिले तिनीहरू गल्‍ली-गल्‍लीमा अन्‍धाहरूझैँ छामछुम गर्दै डुलिरहन्‍छन्‌। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्‍म कि तिनीहरूका लुगा कसैले छुनलाई साहस गर्दैनन्‌।</verse>
				<verse number="15">मानिसहरू कराएर तिनीहरूलाई भन्‍छन्, “जाओ, हे अशुद्धहरू! दूर होओ, हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्‍ता भए, जाति-जातिका मानिसहरूले भने, “अब तिनीहरू हामीसित यहाँ बस्‍न सक्‍नेछैनन्‌।”</verse>
				<verse number="16">परमप्रभु आफैले नै तिनीहरूलाई तितरबितर पार्नुभएको छ, उहाँले अब फेरि कहिल्‍यै तिनीहरूको वास्‍ता गर्नुहुनेछैन। पूजाहारीहरूलाई आदर देखाइएको छैन, अनि न धर्म-गुरुहरूमाथि केही निगाह गरिएको छ।</verse>
				<verse number="17">सहायताको लागि व्‍यर्थै बाटो हेर्दा आँखा टट्टाए। आफ्‍नो गढ़बाट हामीले एउटा जातिको बाटो हेरिबस्‍यौं, जसले हामीलाई बचाउन सकेन।</verse>
				<verse number="18">मानिसहरू हाम्रो हरेक पाइलाको पछि लागे, र हामी हाम्रा बाटामा हिँड्‌न सकेनौं। हाम्रो अन्‍त्‍य नजिक थियो, हाम्रा दिनहरू खतम भइसकेका थिए, किनभने हाम्रो अन्‍त्‍य आइसकेको थियो।</verse>
				<verse number="19">हामीलाई खेद्‌नेहरू आकाशका चीलहरूभन्‍दा पनि छिटा थिए। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे, उजाड़-स्‍थानमा तिनीहरूले हामीलाई ढुकिबसे। परमप्रभुका अभिषिक्त, हाम्रा प्राणाधार, तिनीहरूका पासोमा परे।</verse>
				<verse number="20">उहाँकै रक्षामा अन्‍यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं।</verse>
				<verse number="21">हे ऊजमा बस्‍ने एदोमकी छोरी, रमा, तर त्‍यो कचौरा तँलाई पनि दिइनेछ। तँ मात्तिनेछस्, र नाङ्गो पारिनेछस्‌।</verse>
				<verse number="22">हे सियोनकी छोरी, तेरो अधर्मको दण्‍ड समाप्‍त हुनेछ। उहाँले तेरो निकालावासको समय लम्‍ब्‍याउनुहुनेछैन। तर हे एदोमकी छोरी, तेरो अधर्मको दण्‍ड उहाँले तँलाई दिनुहुनेछ, उहाँले तेरा पापहरू प्रकट गर्नुहुनेछ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">हे परमप्रभु, हामीमाथि के भएको हो, स्‍मरण गर्नुहोस्‌। हाम्रो अपमान हेर्नुहोस्‌।</verse>
				<verse number="2">हाम्रा पैतृक-धन पराईहरूका भए, हाम्रा घर विदेशीहरूका भए।</verse>
				<verse number="3">हामी टुहुरा-टुहुरी र पितृहीन भएका छौं, हाम्रा आमाहरू विधवाजस्‍ता भएका छन्‌।</verse>
				<verse number="4">हामीले आफ्‍नै पानी पनि किनेर खानुपर्छ, आफ्‍नै दाउरा पनि किनेर लिनुपर्छ।</verse>
				<verse number="5">हामीलाई खेद्‌नेहरू हाम्रा पाइलामै छन्, हामी थकित छौं, अनि विश्राम छैन।</verse>
				<verse number="6">आवश्‍यक रोटीको निम्‍ति हामीले आफैलाई मिश्र र अश्‍शूरमा सुम्‍पिदियौं।</verse>
				<verse number="7">हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्‍दछौं।</verse>
				<verse number="8">कमाराहरू हामीमाथि शासन गर्छन्, हामीलाई तिनीहरूका हातबाट छुटाउने कोही पनि छैन।</verse>
				<verse number="9">उजाड़-स्‍थानमा भएको तरवारले गर्दा हामीले आफ्‍ना प्राणलाई खतरामा राखेर पनि रोटी ल्‍याउनुपर्छ।</verse>
				<verse number="10">भोकले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ।</verse>
				<verse number="11">सियोनमा स्‍त्रीहरू, र यहूदाका सहरहरूमा कन्‍ये-केटीहरू भ्रष्‍ट पारिएका छन्‌।</verse>
				<verse number="12">शासकहरू आ-आफ्‍ना हातबाट झुण्‍ड्याइएका छन्, धर्म-गुरुहरूलाई केही सम्‍मान देखाइएको छैन।</verse>
				<verse number="13">जवान मानिसहरूले परिश्रमसाथ जाँतो पिँध्‍नुपर्दछ, ठिटाहरू दाउराको भारीले थिचिएर लड़बड़ाउँदै हिँड्‌छन्‌।</verse>
				<verse number="14">बूढ़ाहरू सहरका मूल ढोकामा जम्‍मा हुन छोड़ेका छन्, जवान मानिसहरूले सङ्गीत छोड़िदिएका छन्‌।</verse>
				<verse number="15">हाम्रा मनबाट आनन्‍द हटेको छ, हाम्रो नाच शोकमा परिवर्तन भएको छ।</verse>
				<verse number="16">हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार, किनभने हामीले पाप गरेका छौं।</verse>
				<verse number="17">यसैकारण हाम्रो हृदय निर्बल भएको छ, यिनै कामको कारण हाम्रा आँखा धमिलिएका छन्‌।</verse>
				<verse number="18">सियोन पर्वत उजाड़ भएको छ, स्‍यालहरू त्‍यसमा घुमिहिँड्‌छन्‌।</verse>
				<verse number="19">हे परमप्रभु, तपाईं सदासर्वदै शासन गर्नुहुन्‍छ। तपाईंको सिंहासन पुस्‍तौँसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="20">तपाईंले किन हामीलाई सधैँ भुल्‍नुहुन्‍छ? तपाईंले किन यति धेरै समयसम्‍म हामीलाई त्‍याग्‍नुहुन्‍छ?</verse>
				<verse number="21">हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्किऔं। हाम्रा दिन तादिका दिनझैँ बनाइदिनुहोस्,</verse>
				<verse number="22">यदि तपाईंले हामीलाई बिलकुलै इन्‍कार गर्नुभएको छैन र सम्‍झन नसक्‍ने गरी रिसाउनुभएको छैन भने!</verse>
			</chapter>
		</book>
		<book number="26">
			<chapter number="1">
				<verse number="1">तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्‍वर्ग खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें।</verse>
				<verse number="2">त्‍यस महिनाको पाँचौँ दिनमा— यहोयाकीन राजा कैद भएको यो पाँचौँ वर्ष थियो—</verse>
				<verse number="3">बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो।</verse>
				<verse number="4">मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्‍यालो थियो। त्‍यस आगोको माझ जल्‍दो धातुझैँ देखिन्‍थ्‍यो,</verse>
				<verse number="5">र आगोमा चार जीवित जीवात भएजस्‍तो केही देखा पर्‍यो। तिनीहरूको आकृति हेर्दा एक जना मानिसको जस्‍तै देखिन्‍थ्‍यो,</verse>
				<verse number="6">तर हरेकका चार मोहड़ा र चार पखेटा थिए।</verse>
				<verse number="7">तिनीहरूका गोड़ा सीधा थिए, तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए। ती टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे।</verse>
				<verse number="8">तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्‍ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए,</verse>
				<verse number="9">र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्‍दा हरेक नै सोझै अगाड़ि हिँड्‌थ्‍यो। तिनीहरू यताउता फर्कंदैनथिए।</verse>
				<verse number="10">तिनीहरूको मोहड़ा यस्‍ता देखिन्‍थे: ती चारै जीवातको एउटा मोहड़ा मानिसको झैँ थियो। तिनीहरूको दाहिनेपट्टिको मोहड़ाचाहिँ सिंहको झैँ, देब्रेपट्टिको मोहड़ाचाहिँ गोरुको झैँ, र पछाडिपट्टिको मोहड़ाचाहिँ गरुडको झैँ थियो।</verse>
				<verse number="11">तिनीहरूका मोहड़ा यस्‍तै थिए। तिनीहरूका पखेटाचाहिँ बाहिर र मास्‍तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र अरू दुई पखेटाले आ-आफ्‍नो शरीर ढाकेका थिए।</verse>
				<verse number="12">तिनीहरू हरेक सोझै हिँड्‌थे। आत्‍मा जता-जता गयो त्‍यतै तिनीहरू जान्‍थे। तिनीहरू यताउता नफर्की हिँड्‌थे।</verse>
				<verse number="13">ती जीवित जीवातको आकृति जलिरहेको आगोको भुङ्‌ग्रो वा राँकोजस्‍तो थियो। आगो ती जीवातहरूका बीचमा केही यतादेखि उता र उतादेखि यता गइरहेको देखिन्‍थ्‍यो। आगो चहकिलो थियो, अनि त्‍यसबाट बिजुली निस्‍कन्‍थ्‍यो।</verse>
				<verse number="14">ती जीवातहरू बिजुली चम्‍केजस्‍तै यतादेखि उता र उतादेखि यता वेग हान्‍थे।</verse>
				<verse number="15">जब मैले ती जीवित जीवातहरूलाई हेरिरहेको थिएँ, तब ती चारै मोहड़ा भएका हरेक जीवातको छेउमा मैले जमिनमा पाङ्‌ग्रा देखें।</verse>
				<verse number="16">ती पाङ्‌ग्राहरूको आकार र बनावट यस्‍ता थिए— तिनीहरू पीतमणिजस्‍तै चम्‍कन्‍थे। ती चारै वटाको अनुहार एकै खालको देखिन्‍थ्‍यो। एउटा पाङ्‌ग्रोभित्र अर्को पाङ्‌ग्रो परस्‍पर वारपार गर्ने भएझैँ थियो।</verse>
				<verse number="17">तिनीहरू हलचल गर्दा तिनीहरूका चारैपट्टि कुनै पनि तर्फ हिँड्‌थे। ती जीवातहरू हिँड्‌दा ती पाङ्‌ग्राहरूचाहिँ यताउता घुम्‍दैनथे।</verse>
				<verse number="18">तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, र ती चारै घेरा चारैतिर आँखाहरूले भरिएका थिए।</verse>
				<verse number="19">ती जीवित जीवातहरू चलहल गर्दा ती पाङ्‌ग्राहरू पनि साथसाथै हिँड्‌थे। ती जीवित जीवातहरू जमिनबाट उठ्‌दा ती पाङ्‌ग्राहरू पनि उठ्‌थे।</verse>
				<verse number="20">आत्‍मा जता गए तिनीहरू त्‍यतै जान्‍थे, र ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्‌थे, किनभने ती जीवित जीवातहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए।</verse>
				<verse number="21">ती जीवातहरू चलहल गर्दा यी पनि चलहल गर्थे। ती ठिङ्ग उभिँदा यी पनि ठिङ्ग उभिन्‍थे। ती जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित जीवातहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए।</verse>
				<verse number="22">ती जीवित जीवातका शिरको मास्‍तिर विस्‍तृत क्षेत्रजस्‍तै देखिन्‍थ्‍यो, बरफझैँ चम्‍किरहेको र डरलाग्‍दो,</verse>
				<verse number="23">त्‍यस विस्‍तृत क्षेत्रमुन्‍तिर तिनीहरूका पखेटा, एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सोझै फैलिएका थिए। हरेक जीवित जीवातका दुई-दुई पखेटाले आ-आफ्‍नो शरीर ढाकेका थिए।</verse>
				<verse number="24">तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्‌को सोर, सेनाको खल्‍याङमल्‍याङको आवाज जस्‍तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे।</verse>
				<verse number="25">आफ्‍ना पखेटा तल झारेर तिनीहरू टक्‍क अडिँदा, तिनीहरूको शिरको मास्‍तिर भएको विस्‍तृत क्षेत्रबाट एउटा सोर निस्‍क्‍यो।</verse>
				<verse number="26">तिनीहरूका शिरमाथिको विस्‍तृत क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो। हेर्दा त्‍यो नीरजस्‍तै देखिन्‍थ्‍यो, र सिंहासनमा बस्‍नेको रूप मानिसको जस्‍तो थियो।</verse>
				<verse number="27">तिनको कम्‍मरदेखि मास्‍तिर तिनको अनुहार जल्‍दो धातुजस्‍तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्‍तै। कम्‍मरदेखि मुन्‍तिर पनि तिनको अनुहार आगोजस्‍तै देखियो, र चहकिलो उज्‍यालोले तिनलाई घेरिराखेको थियो।</verse>
				<verse number="28">पानी परेको दिन बादलमा इन्‍द्रेनीको आकार देखिएझैँ तिनका चारैतिरको चमक त्‍यस्‍तै उज्‍ज्‍वल थियो। परमप्रभुका महिमाको प्रतिरूपको अनुहार यस्‍तै थियो। जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र कोही बोलिरहेको सोर मैले सुनें।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, खड़ा हो, र म तँसित कुरा गर्नेछु।”</verse>
				<verse number="2">जब उहाँ मसित बोल्‍नुभयो, तब उहाँका आत्‍मा मकहाँ आएर मलाई उभ्‍याउनुभयो। अनि उहाँले मसित कुरा गर्नुभएको मैले सुनें।</verse>
				<verse number="3">उहाँले भन्‍नुभयो, “हे मानिसको छोरो, म तँलाई इस्राएली जातिकहाँ पठाउँदैछु, एउटा बागी जातिकहाँ, जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरू पनि आजको दिनसम्‍मै मेरो विरुद्धमा बागी भएका छन्‌।</verse>
				<verse number="4">ती मानिसहरू, जसकहाँ म तँलाई पठाउँदैछु, तिनीहरू निर्लज्‍ज र अटेरी भएका छन्‌। तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="5">अनि तिनीहरूले सुनून्‌ अथवा सुन्‍नलाई अस्‍वीकार गरून्‌— किनकि तिनीहरू बागी घरानाका हुन्‌— तिनीहरूले आफ्‍ना बीचमा एक जना अगमवक्ता त रहेछन्‌ भन्‍ने कुरा जान्‍नेछन्‌।</verse>
				<verse number="6">अनि तँचाहिँ हे मानिसको छोरो, तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा चारैतिर सिउँड़ी र काँढ़ा भए, अथवा तँ बिच्‍छीहरूका बीचमा बसे तापनि तँ नडरा। तिनीहरूले जे भने पनि नडरा, अथवा तिनीहरूदेखि भयभीत नहो, यद्यपि तिनीहरू त बागी सन्‍तान हुन्‌।</verse>
				<verse number="7">तैंले तिनीहरूसित मेरो वचन बोल्, चाहे तिनीहरूले सुनून्‌ चाहे नसुनून्‌ किनभने तिनीहरू बागी हुन्‌।</verse>
				<verse number="8">तर तैंलेचाहिँ, हे मानिसको छोरो, म तँलाई जे भन्‍छु, त्‍यो कुरा ध्‍यानसित सुन्‌। त्‍यो बागी घरानाझैँ तँ बागी नहो। तेरो मुख खोल्, र म जे दिन्‍छु, त्‍यो खा।”</verse>
				<verse number="9">तब मैले हेरें, र एउटा हात मतिर पसारेको मैले देखें। त्‍यसमा एउटा मुट्ठो थियो,</verse>
				<verse number="10">जो उहाँले मेरै सामु खोलेर फिँजाइदिनुभयो। त्‍यसका अगाड़ि र पछाड़ि दुवैतिर शोक र विलाप र विपत्तिका कुरा लेखिएका थिए।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, तेरो सामुन्‍ने भएको कुरा खा, यो मुट्ठो खा। तब गएर इस्राएलको घरानालाई भन्‌।”</verse>
				<verse number="2">यसैले मैले मेरो मुख खोलें, र उहाँले यो मुट्ठो मलाई खानलाई दिनुभयो।</verse>
				<verse number="3">त्‍यसपछि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, मैले तँलाई दिएको यो मुट्ठो खा र यसले तेरो पेट भर।” यसैले मैले यो खाएँ, र यो मेरो मुखमा महझैँ गुलियो भयो।</verse>
				<verse number="4">तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्‌।</verse>
				<verse number="5">तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ—</verse>
				<verse number="6">अनौठो बोली र कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ होइन, जसको भाषा तैंले बुझ्‍दैनस्‌। यदि मैले तँलाई त्‍यस्‍ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍नेथिए।</verse>
				<verse number="7">तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍न चाहँदैनन्, किनभने मेरो कुरा सुन्‍न तिनीहरू इच्‍छा गर्दैनन्, किनकि इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌।</verse>
				<verse number="8">तर म तिनीहरूजस्‍तै तँलाई जिद्दीवाल र हठी तुल्‍याउनेछु।</verse>
				<verse number="9">म तेरो निधार चकमकभन्‍दा कड़ा पत्‍थरतुल्‍य पारिदिनेछु। तिनीहरू बागी घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।”</verse>
				<verse number="10">अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा होशियारसित सुन्‌ र मनमा राख्‌।</verse>
				<verse number="11">ती तेरा निर्वासित मानिसहरूकहाँ अब जा, र चाहे तिनीहरूले ध्‍यानसित सुनून्‌ चाहे नसुनून्, तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="12">तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले मेरो पछिल्‍तिर एउटा गुड़गुड़ गरेको आवाज सुनें— परमप्रभुको महिमा आफ्‍नो वासस्‍थानमा प्रशंसा होस्‌—</verse>
				<verse number="13">त्‍यो आवाज ती जीवित जीवातहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको र तिनीहरूका छेउका ती पाङ्‌ग्राहरूको आवाज थियो, एउटा भुइँचालोको गुड़गुड़ आवाज।</verse>
				<verse number="14">तब आत्‍माले मलाई उठाएर लानुभयो, र तीतो मन भएर आफ्‍नो आत्‍माको क्रोधमा म गएँ, र परमप्रभुको बलिष्‍ठ बाहुली ममाथि थियो।</verse>
				<verse number="15">तब म कबार नदीको नजिक बस्‍ने ती देशनिकालाहरूकहाँ तेल-अबीबमा आएँ। अनि सात दिनसम्‍म तिनीहरू बसेको ठाउँमा म अवाक्‌ भएर बसिरहें।</verse>
				<verse number="16">सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन मकहाँ आयो:</verse>
				<verse number="17">“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्‍याएको छु। यसैले मैले भनेको कुरा सुन्‌ अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे।</verse>
				<verse number="18">जब म एक जना दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय नै मर्नेछस्‌’ भनी भन्‍छु, तर त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌ भनेदेखि, त्‍यो मानिस पापको कारण मर्नेछ, र त्‍यसको रगतको लेखा म तँबाटै लिनेछु।</verse>
				<verse number="19">तर यदि तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो खराब चालदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्‍नो प्राण बचाएको हुनेछस्‌।</verse>
				<verse number="20">“फेरि जब कुनै एक जना धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ। तैंले त्‍यसलाई चेताउनी नदिएकोले त्‍यो आफ्‍नै पापको कारण मर्नेछ। त्‍यसले गरेका धर्म कार्यहरूको केही सम्‍झना हुनेछैन। त्‍यसका रगतको लेखा म तँबाट लिनेछु।</verse>
				<verse number="21">तर यदि त्‍यस धर्मी मानिसलाई पाप नगर्‌ भनी तैंले चेताउनी दिइस्‌ र त्‍यसले पाप गरेन भने, त्‍यो निश्‍चय नै बाँच्‍नेछ, किनभने त्‍यसले चेताउनी ग्रहण गर्‍यो, र तैंले आफ्‍नो प्राण बचाएको हुनेछस्‌।”</verse>
				<verse number="22">परमप्रभुको हात त्‍यहाँ ममाथि थियो र उहाँले मलाई भन्‍नुभयो, “उठ्, मैदानमा जा, र त्‍यहाँ म तँसित कुरा गर्नेछु।”</verse>
				<verse number="23">यसैले म उठेर मैदानमा गएँ, र कबार नदीको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि खड़ा थियो, र म भूइँमा घोप्‍टो परें।</verse>
				<verse number="24">तब आत्‍मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्‍याउनुभयो। उहाँले मसित कुरा गर्नुभयो, र भन्‍नुभयो, “जा, आफ्‍नो घरभित्र ढोका थुनेर बस्‌।</verse>
				<verse number="25">अनि हे मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, ताकि तँ मानिसहरूका बीचमा जान नपाएस्‌।</verse>
				<verse number="26">म तेरो जिब्रो तेरो तालुमा टँसाइराख्‍नेछु, र तँ गूँगो हुनेछस्, अनि तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, यद्यपि तिनीहरू बागी घरानाका हुन्‌।</verse>
				<verse number="27">तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’। सुन्‍न चाहनेले ध्‍यानसित सुनोस्, इन्‍कार गर्नेले इन्‍कार गरोस्‌। किनकि तिनीहरू बागी घरानाका हुन्‌।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">“हे मानिसको छोरो, एउटा इँटका पाटा लिएर त्‍यो तेरो सामु राख्, र त्‍यसमा यरूशलेमको फोटो खिच्‌।</verse>
				<verse number="2">तब त्‍यसका चारैतिर घेरा हाल्‌। त्‍यसको विरुद्धमा घेरा-मचान बना, र त्‍यसको सामुन्‍ने छाउनी लगा, र वरिपरि त्‍यसलाई भत्‍काउने मूढ़ाहरू राख्‌।</verse>
				<verse number="3">तब एउटा फलामे भाँड़ो लिएर सहर र तेरो बीचमा एउटा फलामको पर्खालझैँ त्‍यो खड़ा गर्‌ अनि तेरो मोहड़ा सहरतिर फर्का। त्‍यो घेरा लाएको अवस्‍थामा हुनेछ, र तैंले त्‍यसलाई घेरा हालेर ली। इस्राएलका घरानाको निम्‍ति यो एउटा चिन्‍ह हुनेछ।</verse>
				<verse number="4">“त्‍यसपछि तँ देब्रेतिर कोल्‍टे परेर सुत्‌, र इस्राएलका घरानाको पाप आफूमाथि राखिदे। जति समयसम्‍म तँ यसरी कोल्‍टे परिरहन्‍छस्, त्‍यति दिनसम्‍म तैंले तिनीहरूको पाप भोग्‍नेछस्‌।</verse>
				<verse number="5">तिनीहरूको पापका वर्षको संख्‍याकै बराबर तेरो लागि दिनको संख्‍या तोकेको छु, अर्थात्‌ तीन सय नब्‍बे दिन। त्‍यतिञ्‍जेलसम्‍म तैंले इस्राएलका घरानाको पाप भोग्‍नेछस्‌।</verse>
				<verse number="6">“ती दिन पूरा भइसकेपछि फेरि दाहिनेतिर कोल्‍टे पर्‌ र यहूदाका घरानाको पाप भोग्‌। यस पल्‍ट मैले चालीस दिन तेरो निम्‍ति तोकेको छु, प्रत्‍येक वर्षको लागि एक दिन।</verse>
				<verse number="7">तेरो पाखुरा नाङ्गै राखेर तैंले आफ्‍नो मोहड़ा यरूशलेमको घेरातर्फ फर्काएर राख्, र त्‍यस सहरको विरुद्धमा अगमवाणी भन्‌।</verse>
				<verse number="8">म तँलाई डोरीहरूले कसी राख्‍नेछु, यसरी तेरा घेराको दिन समाप्‍त नहोउञ्‍जेल तँ यताउता फर्कन सक्‍नेछैनस्‌।</verse>
				<verse number="9">“त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँड़ामा हालेर तेरो लागि रोटी पका। जति दिनसम्‍म तँ कोल्‍टे परेर रहन्‍छस्, त्‍यति दिनसम्‍म, अर्थात्‌ तीन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानू।</verse>
				<verse number="10">तैंले खाने भोजनचाहिँ तौलअनुसार हुनेछ, दिनमा बीस शेकेल दिनको तोकिएको बेलामा तैंले खानू।</verse>
				<verse number="11">पानी पनि तैंले तौलेर पिउनू। दिनको तोकिएको बेलामा एक माना खानू।</verse>
				<verse number="12">जौका फुरौलाजस्‍तै बनाएर तैंले खानू। मानिसहरूकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनू।”</verse>
				<verse number="13">परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बीचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन्‌।”</verse>
				<verse number="14">तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, त्‍यसो नहोस्‌। मैले त आफूलाई कहिल्‍यै अशुद्ध पारेको छैनँ। युवावस्‍थादेखि अहिलेसम्‍म कहिल्‍यै आफै मरेको थोक अथवा पशुले फहराएको कुरा वा अपवित्र मासु मैले खाएको छैनँ।”</verse>
				<verse number="15">तब उहाँले मलाई भन्‍नुभयो, “हुन्‍छ, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु।</verse>
				<verse number="16">उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु। जोखी-जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्‌।</verse>
				<verse number="17">किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ। एउटाले अर्कालाई देख्‍दा तिनीहरू हताश हुनेछन्, र आफ्‍नो पापले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">“अब हे मानिसको छोरो, एउटा लाग्‍ने तरवार ली, र त्‍यो हजामको छुराजस्‍तै प्रयोग गरेर त्‍यसले आफ्‍नो कपाल र दाह्री खौरी। त्‍यसपछि जोख्‍नलाई तराजू ली, र ती कपाललाई भाग-भाग गर्‌।</verse>
				<verse number="2">जब तेरो घेराका दिन समाप्‍त हुन्‍छन्, रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे। अर्को एक तिहाइलाई चाहिँ सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे, र बाँकी एक तिहाइचाहिँ हावामा उड़ाइदे। किनकि तिनीहरूलाई म तरवारले खेद्‌नेछु।</verse>
				<verse number="3">तर तैंले कपालको केही भाग लिएर आफ्‍नो लुगामा बाँधेर राख्‌।</verse>
				<verse number="4">फेरि तीबाट पनि केही लिएर आगोमा जलाइदे। तीबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ।</verse>
				<verse number="5">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यरूशलेम यही हो, जसलाई मैले जाति-जातिहरूको केन्‍द्रमा बसालेको छु, जसका चारैतिर देशहरू छन्‌।</verse>
				<verse number="6">तापनि आफ्‍नो दुष्‍ट्याइँमा त्‍यसका चारैतिर भएका जाति-जाति र देशहरूभन्‍दा त्‍यो अझ बढ़ी मेरा नियमहरू र विधिहरूका विरुद्धमा बागी भएकी छ। त्‍यसले मेरा नियमहरूलाई इन्‍कार गरेकी छ, र मेरा विधिहरूमा हिँड़ेकी छैन।</verse>
				<verse number="7">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: आफ्‍ना चारैतिरका जाति-जातिहरूभन्‍दा तिमीहरू अझ बढ़ी नियम पालन नगर्ने भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, अथवा मेरा नियमहरू पालन गरेका छैनौ। तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि तिमीहरू चलेका छैनौ।</verse>
				<verse number="8">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे यरूशलेम, म नै तेरो विरुद्धमा भएको छु। म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु।</verse>
				<verse number="9">म तेरा घिनलाग्‍दा देवताहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न फेरि कहिल्‍यै गर्नेछु।</verse>
				<verse number="10">यसकारण तँभित्रै बुबाहरूले छोराछोरीहरूलाई र छोराछोरीहरूले बुबाहरूलाई खानेछन्‌। म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई बतासमा तितरबितर पारिदिनेछु।</verse>
				<verse number="11">जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तेरा सबै घिनलाग्‍दा मूर्तिहरू र तैंले गरेका घृणित व्‍यवहारबाट मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको कारण म तँबाट मेरो निगाह हटाउनेछु। मेरो नजरले तँलाई टिठ्याउनेछैन, न त म तँमाथि दया देखाउनेछु।</verse>
				<verse number="12">तँभित्रै तेरा मानिसहरूको एक तिहाइ रूढ़ीले वा अनिकालले नष्‍ट हुनेछन्, र एक तिहाइचाहिँ तेरा पर्खालहरूको बाहिर तरवारले मर्नेछन्, र एक तिहाइचाहिँ चारैतिर तितरबितर म पार्नेछु। र नाङ्गो तरवारले म तिनीहरूलाई खेद्‌नेछु।</verse>
				<verse number="13">“तब मेरो रीस थामिनेछ र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ। म यसरी मेरो बदला लिनेछु। मेरो क्रोध तिनीहरूमाथि खन्‍याइसकेपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै आफ्‍नो जोशमा यो कुरा भनेको हुँ।</verse>
				<verse number="14">“म तँलाई तेरा चारैतिरका जाति-जातिहरूका बीचमा र तेरो छेउबाट भएर जानेहरू सबैका दृष्‍टिमा भग्‍नावशेष र खिसीको पात्र तुल्‍याउनेछु।</verse>
				<verse number="15">जब म रीस, क्रोध र गालीसित वा खिसीमा तँलाई सजाय दिन्‍छु, तब तँ तेरा चारैतिर हुने जाति-जातिहरूमा तँ गाली, खिसी, चेताउनी र डरलाग्‍दो पात्र हुनेछस्‌। म परमप्रभुले नै यो भनेको हुँ</verse>
				<verse number="16">जब म तँमाथि अनिकालको मेरा घातक र नष्‍टकारी बाणहरू छोड्‌नेछु, तब म तँलाई नाश नगरी छोड्‌नेछैनँ। म तँमाथि झन्‌ बढ़ी अनिकाल ल्‍याउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु।</verse>
				<verse number="17">म तेरो विरुद्धमा अनिकाल र जङ्गली जनावरहरू पठाइदिनेछु, र तिनीहरूले तँलाई निर्वंश तुल्‍याउनेछन्‌। रूढ़ी र रक्तपात तेरो बीचमा भइरहनेछन्, म तँमाथि तरवार चलाउनेछु। म परमप्रभुले नै यो भनेको हुँ।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्काएर तिनीहरूका विरुद्धमा यो अगमवाणी गर्,</verse>
				<verse number="3">र भन्, “हे इस्राएलका पर्वत हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन। पर्वतहरू र डाँड़ाहरू, खोल्‍साहरू र बेँसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूमाथि तरवार चलाउन लागेको छु, र म तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई नाश गर्नेछु।</verse>
				<verse number="4">तिमीहरूका वेदीहरू भत्‍काइनेछन्, र तिमीहरूले धूप चढ़ाउने वेदीहरू चकनाचूर पारिनेछन्‌। अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामुन्‍ने मार्नेछु।</verse>
				<verse number="5">इस्राएल जातिका लाशहरू तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु। म तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीका चारैतिर छरपष्‍ट पारिदिनेछु।</verse>
				<verse number="6">तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड़ पारिनेछन्, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरू भत्‍काइनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड़ र नष्‍ट पारिऊन्, तिमीहरूका मूर्तिहरू भत्‍काइऊन्‌ र भग्‍नावशेष होऊन्, तिमीहरूका धूप चढ़ाउने वेदीहरू टुक्रा-टुक्रा पारिऊन्‌ र तिमीहरूका कामहरू विलोपित होऊन्‌।</verse>
				<verse number="7">तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लोट्‌नेछन्, र तिमीहरूले जान्‍नेछौ कि म नै परमप्रभु हुँ।</verse>
				<verse number="8">“‘तर म तिमीहरूका कतिलाई जीवितै छोड़िदिनेछु। किनकि तिमीहरू जाति-जाति र देश-देशमा तितरबितर भएर जाँदा, तिमीहरूका कोही-कोही उम्‍कनेछौ।</verse>
				<verse number="9">तब जाति-जातिहरूमा, जहाँ तिनीहरू कैदमा गएका छन्, त्‍यहाँबाट उम्‍कनेहरूले मेरो सम्‍झना गर्नेछन्, कि कसरी मबाट तर्किगएको तिमीहरूका व्‍यभिचारी हृदयद्वारा र तिनीहरूका मूर्तिहरू पछि लाग्‍ने तिनीहरूका लोभी नजरहरूद्वारा म दु:खित भएको छु। तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरू आफ्‍नो दृष्‍टिमा घिनलाग्‍दा हुनेछन्‌।</verse>
				<verse number="10">अनि तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ। तिनीहरूमाथि यो शोकमय विपद्‌ ल्‍याउँछु भनी मैले व्‍यर्थमा धम्‍की दिएको होइनँ।</verse>
				<verse number="11">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “ताली बजा, र इस्राएलका घरानाका सबै दुष्‍ट र घिनलाग्‍दा व्‍यवहारहरूको कारण खुट्टा ठटाएर कराई-कराई भन्, “हाय!” किनभने तरवार, अनिकाल र रूढ़ीले तिनीहरू नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="12">टाढ़ामा हुने रूढ़ीले पतन हुनेछन्, नजिकमा हुने तरवारले ढल्‍नेछन्, र छोड़िएर बाँचेकाहरूचाहिँ अनिकालले मर्नेछन्‌। यसरी म मेरो क्रोध तिनीहरूमाथि खन्‍याउनेछु!</verse>
				<verse number="13">अनि तिनीहरूका मूर्तिहरूका बीचमा, तिनीहरूका वेदीका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति सुगन्‍धित धूप चढ़ाउँथे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू पडिरहनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="14">अनि म मेरो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, र मरुभूमिदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू, अर्थात्‌ तिनीहरूको देशलाई उजाड़ र सूनसान तुल्‍याइदिनेछु। तब तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: अन्‍त्‍य! देशका चारै दिशामा अन्‍त्‍य आइपुगेको छ।</verse>
				<verse number="3">अब अन्‍त्‍य तँमाथि आएको छ, र म मेरो रीस तँमाथि खन्‍याउनेछु। तेरो चालचलनअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्‍दा कामहरूका निम्‍ति म तँसँग साटो फेर्नेछु।</verse>
				<verse number="4">म तँलाई दयाको दृष्‍टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्‍यवहार र घिनलाग्‍दा कामहरूका निम्‍ति म तँलाई दण्‍ड दिनेछु। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।</verse>
				<verse number="5">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: विपत्तिमाथि विपत्ति! सर्वनाश तँमाथि आउँदैछ!</verse>
				<verse number="6">अन्‍त्‍य आएको छ! अन्‍त्‍य आएको छ! त्‍यो तिमीहरूका विरुद्धमा उठेको छ। त्‍यो आएको छ!</verse>
				<verse number="7">देशमा बस्‍ने तिमीहरूमाथि सत्‍यनाश आएको छ। बेला आइपुगेको छ, दिन नजिकै छ। पर्वतहरूमा खैलाबैला भएको छ, आनन्‍द त होइन।</verse>
				<verse number="8">अब म मेरो क्रोध तँमाथि पोखाउनेछु, र मेरो रीस तँमाथि खन्‍याउनेछु। तेरो चालचलनअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्‍दा कामहरूका निम्‍ति म तँसँग साटो फेर्नेछु।</verse>
				<verse number="9">म तँलाई दयाको दृष्‍टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्‍यवहार र घिनलाग्‍दा कामहरूका निम्‍ति म तँलाई दण्‍ड दिनेछु। तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्‍नेछस्‌।</verse>
				<verse number="10">“त्‍यो दिन यहीँ छ! त्‍यो आएको छ। तेरो सर्वनाश निस्‍केर आएको छ, लट्ठीको कोपिला लागेको छ, अहङ्कारको फूल फुलेको छ!</verse>
				<verse number="11">उपद्रव बढ़ेर दुष्‍टतालाई दण्‍ड दिने लट्ठीतुल्‍य भएको छ। तिनीहरूमध्‍येको कुनै पनि मानिस छोड़िनेछैन। कुनै धन-सम्‍पत्ति, कुनै बहुमूल्‍य चीज छोड़िनेछैन।</verse>
				<verse number="12">बेला आएको छ, दिन आइपुग्‍यो। किन्‍नेले आनन्‍द नगरोस्, बेच्‍नेले शोक नगरोस्, किनकि क्रोध तिनीहरू जम्‍मै भीड़माथि परेको छ।</verse>
				<verse number="13">ती दुवै बाँचुञ्‍जेल बेच्‍नेले आफूले बेचेको त्‍यो जमिन फेरि प्राप्‍त गर्नेछैन, किनभने समस्‍त भीड़को बारे यो दर्शन बद्‌लिनेछैन। तिनीहरूका पापको कारण एक जनाले पनि आफ्‍नो ज्‍यान जोगाउनेछैन।</verse>
				<verse number="14">तिनीहरूले तुरही फुके र सबै कुरा तयार पारे तापनि कोही लड़ाइँ गर्न जानेछैन, किनकि मेरो क्रोध ती जम्‍मै भीड़माथि परेको छ।</verse>
				<verse number="15">“बाहिर तरवार र भित्रचाहिँ रूढ़ी र अनिकाल छन्‌। बाहिर गाउँतिर हुने तरवारले मारिनेछन्‌ र सहरमा हुनेचाहिँ अनिकाल र रूढ़ीको गाँस हुनेछन्‌।</verse>
				<verse number="16">अनि बाँचेर उम्‍कने सबै पर्वतहरूमा बेँसीका ढुकुरझैँ हरेक आ-आफ्‍ना पापहरूको कारण शोक गर्दैरहनेछ।</verse>
				<verse number="17">हरेक हात शिथिल हुनेछ र हरेक घुँड़ा निर्बल हुनेछ।</verse>
				<verse number="18">तिनीहरूले कम्‍मरमा भाङ्‌ग्रा लाउनेछन्‌ र त्रास पहिरिनेछन्‌। सबैका अनुहार लाजले ढाकिनेछन्‌ र तिनीहरू सबैका कपाल खौरिनेछन्‌।</verse>
				<verse number="19">तिनीहरूले आफ्‍नो चाँदी सड़कहरूमा फालिदिनेछन्, र तिनीहरूको सुन अशुद्ध थोकजस्‍तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌। सुन र चाँदीले तिनीहरूले आफ्‍नो भोक मार्न वा पेट भर्न सक्‍नेछैनन्, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्‍कर यही नै थियो।</verse>
				<verse number="20">आफ्‍ना बहुमूल्‍य गरगहनामा तिनीहरूले घमण्‍ड गरे, र तीबाट तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू र घृणित प्रतिमाहरू बनाए। यसकारण म यी कुरा तिनीहरूका निम्‍ति अशुद्ध थोक तुल्‍याइदिनेछु।</verse>
				<verse number="21">म ती सबै विदेशीहरूलाई लुट्‌न दिनेछु। म पृथ्‍वीका दुष्‍टहरूलाई लूटको मालसरह ती कुरा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन्‌।</verse>
				<verse number="22">मेरो अनुहार म तिनीहरूदेखि फर्काउनेछु, र तिनीहरूले मेरो धन-सम्‍पत्ति संग्रह गरेको ठाउँ बिटुलो पार्नेछन्‌। डाँकूहरू त्‍यहाँ पसेर त्‍यसलाई बिटुलो पार्नेछन्‌।</verse>
				<verse number="23">“साङ्‌लाहरू तयार पार, किनभने देश रक्तपातले भरिएको छ, र सहर उपद्रवले भरिएको छ।</verse>
				<verse number="24">म जाति-जातिहरूका सबैभन्‍दा दुष्‍ट मानिसहरूलाई तिनीहरूका घरहरू अधिकार गर्नलाई ल्‍याउनेछु। बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, र तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌।</verse>
				<verse number="25">जब त्रास आउँछ, तब तिनीहरूले शान्‍तिको खोजी गर्नेछन्‌। तर शान्‍ति कहीँ पनि पाइनेछैन।</verse>
				<verse number="26">विपद्‌माथि विपद्‌ आउनेछ, हल्‍लामाथि हल्‍ला! तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन्‌। पूजाहारीबाट व्‍यवस्‍थाको शिक्षा र धर्म-गुरुहरूबाट परामर्श लोप भइजानेछन्‌।</verse>
				<verse number="27">राजाले शोक गर्नेछ। राजकुमार निराशमा डुब्‍नेछ। देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌। तिनीहरूको व्‍यवहारअनुसार नै म तिनीहरूसित व्‍यवहार गर्नेछु। तिनीहरूले गरेकै न्‍यायअनुसार म तिनीहरूको न्‍याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">छैटौँ वर्षको छैटौँ महिनाको पाँचौँ दिनमा जब म आफ्‍नो घरमा बसिरहेको थिएँ, र यहूदाका धर्म-गुरुहरू मेरो सामुन्‍ने बसिरहेका थिए, तब त्‍यहाँ परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो।</verse>
				<verse number="2">तब मैले हेरें, र मानिसको रूप भएको आकार मैले देखें। तिनको कम्‍मरमुनि तिनी आगोजस्‍तै थिए, र कम्‍मरदेखि माथिचाहिँ तिनको अनुहार टल्‍काएको धातुको झलकजस्‍तै देखिन्‍थ्‍यो।</verse>
				<verse number="3">तिनले हातजस्‍तै आकार पसारेर मेरो कपालको लट्टा समातेर मलाई जुरुक्‍क उठाए। त्‍यसपछि आत्‍माले मलाई पृथ्‍वी र स्‍वर्गको बीचमा उचालेर परमेश्‍वरका दर्शनहरू देखाउँदै यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर लग्‍नुभयो। त्‍यहाँ डाह तुल्‍याउने मूर्तिको आसन थियो।</verse>
				<verse number="4">अनि मैले मैदानमा देखेको दर्शनजस्‍तै त्‍यहाँ मेरो सामुन्‍ने इस्राएलका परमेश्‍वरको महिमा थियो।</verse>
				<verse number="5">तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो! अब तेरो आँखा उठाएर उत्तर दिशातिर हेर्‌।” तब मैले हेरें, र वेदीको उत्तरपट्टिको प्रवेशद्वारमा त्‍यो डाहको मूर्ति मैले देखें।</verse>
				<verse number="6">अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, तिनीहरू के गर्दैछन्, के तँ देख्‍छस्‌? इस्राएलको घरानाले मलाई मेरो पवित्रस्‍थानबाट पर हटाउनलाई घिनलाग्‍दा काम यहाँ गरिरहेका छन्‌। तर तैंले त्‍योभन्‍दा अझ बढ़ी घिनलाग्‍दा कामहरू देख्‍नेछस्‌।”</verse>
				<verse number="7">तब उहाँले मलाई चोकको प्रवेशद्वारमा ल्‍याउनुभयो, र मैले हेरें। त्‍यहाँ भित्तामा मैले एउटा प्‍वाल देखें।</verse>
				<verse number="8">उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, यो भित्तामा खन्‌।” अनि जब मैले त्‍यो भित्ता खनें, तब त्‍यहाँ एउटा ढोका मैले देखें।</verse>
				<verse number="9">अनि उहाँले मलाई भन्‍नुभयो, “भित्र गएर तिनीहरूले यहाँ गरिरहेका अति खराब र घिनलाग्‍दा कामहरू हेर्‌!”</verse>
				<verse number="10">यसैले म भित्र पसें र मैले हेरें। चारैतिर भित्तामा सबै किसिमका घस्रने जन्‍तुहरू, घिनलाग्‍दा पशुहरू र इस्राएलको घरानाका जम्‍मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ बनाइएका मैले देखें।</verse>
				<verse number="11">तिनीहरूका सामुन्‍ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्‍याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्‍नो धुपौरो थियो, र धूपको सुगन्‍धित धूवाँ मास्‍तिर उठिरहेको थियो।</verse>
				<verse number="12">तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाका धर्म-गुरुहरू हरेकले अँध्‍यारोमा आ-आफ्‍नो मूर्तिको पूजाकोठामा के गरिरहेका तैंले देखिस्‌? तिनीहरू भन्‍छन्, ‘परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। परमप्रभुले यस देशलाई त्‍याग्‍नुभएको छ’।”</verse>
				<verse number="13">फेरि उहाँले मलाई भन्‍नुभयो, “तिनीहरूले गरेका यीभन्‍दा पनि अति घिनलाग्‍दा कामहरू तैंले देख्‍नेछस्‌।”</verse>
				<verse number="14">तब उहाँले मलाई परमप्रभुका भवनको उत्तरपट्टिका प्रवेशद्वारको मुखमा ल्‍याउनुभयो र त्‍यहाँ तम्‍मूज देवताको लागि रोइरहेका स्‍त्रीहरूलाई मैले देखें।</verse>
				<verse number="15">उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, के तैंले यो देखिस्‌? तैंले योभन्‍दा पनि झन्‌ घिनलाग्‍दा कुराहरू देख्‍नेछस्‌।”</verse>
				<verse number="16">तब उहाँले मलाई परमप्रभुका भवनको भित्री चोकमा ल्‍याउनुभयो, अनि त्‍यहाँ वेदी र दलानको बीचमा मन्‍दिरको प्रवेशद्वारमा प्राय: पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिँ पूर्वपट्टि फर्काएर पूर्वतिरै सूर्यलाई दण्‍डवत्‌ गरिरहेका थिए।</verse>
				<verse number="17">उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, के तैंले यो देखिस्‌? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? के तिनीहरूले देशलाई पनि उपद्रवले भरेर मलाई निरन्‍तर रीस उठाउँछन्‌? हेर, तिनीहरूले आफ्‍ना नाकमा हाँगा राखेका छन्‌!</verse>
				<verse number="18">यसकारण म मेरो रीसमा तिनीहरूसित व्‍यवहार गर्नेछु। म तिनीहरूलाई टिठ्याएर छोड्‌नेछैनँ। तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">तब उहाँले ठूलो सोरमा कराउनुभएको मैले सुनें, “सहरका गारदहरूलाई हरेकको हातमा आफ्‍नो हतियारसमेत ल्‍याओ।”</verse>
				<verse number="2">तब छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा घातक हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो प्रवेशद्वारबाट आइरहेका मैले देखें। सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको एक जना मानिस तिनीहरूसित थियो। तिनीहरू भित्र आए, र काँसाका वेदीको छेउमा उभिए।</verse>
				<verse number="3">अब इस्राएलका परमेश्‍वरको महिमाचाहिँ करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो,</verse>
				<verse number="4">र त्‍यसलाई भन्‍नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्‍यसमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्‍ह लगा।”</verse>
				<verse number="5">मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्‍नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्‍यसको पछिपछि गएर मार।</verse>
				<verse number="6">बूढ़ा मानिस, तरुण-तरुणी, स्‍त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ। मेरो पवित्रस्‍थानदेखि नै सुरु गर।” यसैले तिनीहरूले मन्‍दिरको सामुन्‍ने भएका धर्म-गुरुहरूदेखि नै यो काम सुरु गरे।</verse>
				<verse number="7">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पारिदेओ, र चोकहरू मारिएकाहरूका लाशहरूले भरिदेओ। जाओ!” यसैले तिनीहरू गएर सहरका चारैतिर मार्न सुरु गरे।</verse>
				<verse number="8">जब तिनीहरूले मार्दैथिए, र मचाहिँ एकलै छोड़िएँ, तब घोप्‍टो परेर रुँदै मैले भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई पनि के तपाईं सर्वनाश गर्नुहुन्‍छ र?”</verse>
				<verse number="9">उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठूलो छ। देश रक्तपातले भरिएको छ, र सहरचाहिँ अन्‍यायले भरिपूर्ण छ। तिनीहरू भन्‍छन्, ‘परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, परमप्रभुले देख्‍नुहुन्‍न’।</verse>
				<verse number="10">यसैले म तिनीहरूलाई टिठ्याएर हेर्नेछैनँ। म तिनीहरूलाई छोड्‌नेछैनँ, तर जे तिनीहरूले गरेका छन्, तिनीहरूको कामको बदला म तिनीहरूकै शिरमा खन्‍याइदिनेछु।”</verse>
				<verse number="11">तब त्‍यो सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको मानिसले यसो भनेर खबर ल्‍यायो, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरें।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">त्‍यसपछि मैले हेरें, र करूबहरूका शिरदेखि मास्‍तिर भएको विस्‍तृत क्षेत्रमा नीरको सिंहासनजस्‍तै केही देखा पर्‍यो।</verse>
				<verse number="2">तब परमप्रभुले त्‍यो सूती कपड़ा लगाएको मानिसलाई भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बीचमा जा। ती करूबहरूका बीचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो हातमा लिएर सहरमाथि छरिदे।” तब मैले हेर्दाहेर्दै त्‍यो भित्र पस्‍यो।</verse>
				<verse number="3">अब त्‍यो मानिस भित्र जाँदा करूबहरूचाहिँ मन्‍दिरको दक्षिणपट्टि उभिरहेका थिए, र एउटा बादलले भित्री चोक भरियो।</verse>
				<verse number="4">तब परमप्रभुको महिमा करूबहरूका मास्‍तिरबाट मन्‍दिरको सँघारतिर लाग्‍यो। अनि भवन बादलले भरियो र चोकचाहिँ परमप्रभुको महिमाको चमकले भरियो।</verse>
				<verse number="5">करूबहरूका पखेटाको आवाजचाहिँ बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो— सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै त्‍यो थियो।</verse>
				<verse number="6">जब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “ती पाङ्‌ग्राका बीचमा, करूबहरूका माझबाट आगो ले।” तब त्‍यो मानिस गएर एउटा पाङ्‌ग्राको छेउमा उभियो।</verse>
				<verse number="7">तब एउटा करूबले आफ्‍नो हात करूबहरूकै बीचमा भएको आगोतिर पसारे, र त्‍यहाँबाट केही आगोको भुङ्‌ग्रो लिएर सूती कपड़ा लाउने मानिसको हातमा त्‍यो राखिदिए। र त्‍यो मानिसचाहिँ आगो लिएर बाहिर निस्‍क्‍यो।</verse>
				<verse number="8">ती करूबहरूका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे।</verse>
				<verse number="9">अनि मैले हेरें, र के देखें भने, करूबहरूका छेउमा चार वटा पाङ्‌ग्राहरू रहेछन्, प्रत्‍येक करूबको छेउमा एउटा-एउटा पाङ्‌ग्रो। ती पाङ्‌ग्राहरू चहकिला पीतमणिजस्‍तै देखिन्‍थे।</verse>
				<verse number="10">हेर्नमा ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए— एउटाभित्र अर्को पाङ्‌ग्रो भएजस्‍तै।</verse>
				<verse number="11">तिनीहरू चलमल गर्दा करूबहरू फर्केका चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे। ती पाङ्‌ग्राहरू पछि फर्कंदैनथे। ती करूबहरू जाँदा तिनीहरूको टाउको जुन दिशातिर फर्केको हुन्‍थ्‍यो, तिनीहरू पनि त्‍यसैतिर नफर्कीकनै जान्‍थे।</verse>
				<verse number="12">तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखै-आँखाले भरिएको थियो।</verse>
				<verse number="13">ती पाङ्‌ग्राहरूलाई “हुरुरुरु घुम्‍ने पाङ्‌ग्रा” भनेको मैले सुनें।</verse>
				<verse number="14">प्रत्‍येक करूबका चार वटा मोहड़ा थिए— पहिलो मोहड़ा करूबको, दोस्रो मोहड़ा मानिसको, तेस्रो सिंहको र चौथो गरुडको जस्‍तै थियो।</verse>
				<verse number="15">तब ती करूबहरू उँभो-उँभो जान लागे। यी ती नै जीवित जीवातहरू थिए, जसलाई मैले कबार नदीको किनारमा देखेको थिएँ।</verse>
				<verse number="16">जब ती करूबहरू चलमल गर्थे, तब तिनीहरूका छेउका पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे। जब ती करूबहरू भूइँबाट उँभो जानलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू करूबहरूका छेउबाट हट्‌दैनथे।</verse>
				<verse number="17">जब ती करूबहरू टक्‍क खड़ा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि खड़ा नै रहन्‍थे। अनि जब ती करूबहरू मास्‍तिर उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे। किनभने ती जीवित जीवातहरूको आत्‍मा पाङ्‌ग्राहरूमा नै थियो।</verse>
				<verse number="18">तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर करूबहरूका मास्‍तिर अड़ियो।</verse>
				<verse number="19">अनि मैले नियालेर हेर्दा ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर भूइँबाट उँभो-उँभो गए। तिनीहरू जाँदा ती पाङ्‌ग्राहरू पनि तिनीहरूका साथसाथै उँभो गए। तब परमप्रभुका भवनको पूर्वतिरका प्रवेशद्वारको मुखैमा तिनीहरू खड़ा भएर थामिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।</verse>
				<verse number="20">कबार नदीको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित जीवात यी नै थिए। तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ।</verse>
				<verse number="21">प्रत्‍येकका चार-चार वटा मोहड़ा र चार-चार वटा पखेटा थिए, र ती पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे।</verse>
				<verse number="22">तिनीहरूका मोहड़ाको रूपचाहिँ कबार नदीको किनारमा मैले देखेका मोहड़ाको जस्‍तै थियो। तिनीहरू हरेक सोझै हिँड्‌दथे।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">तब आत्‍माले मलाई उठाएर परमप्रभुका भवनको पूर्वतिरको प्रवेशद्वारमा ल्‍याउनुभयो। त्‍यहाँ प्रवेशद्वारको मुखैमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्‍ये मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें।</verse>
				<verse number="2">तब परमप्रभुले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, यी ती नै मानिसहरू हुन्, जसले यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्‍दछन्‌ र दुष्‍ट सल्‍लाह दिँदछन्‌।</verse>
				<verse number="3">तिनीहरू भन्‍छन्, ‘घरहरू निर्माण गर्ने समय चाँड़ै आउँदैन र? यो सहर कराही हो, हामीहरूचाहिँ मासु हौं’।</verse>
				<verse number="4">यसैकारण हे मानिसको छोरो, तिनीहरूका विरुद्धमा अगमवाणी भन्, अगमवाणी भन्‌!”</verse>
				<verse number="5">तब परमप्रभुका आत्‍मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका घराना, तिमीहरू त त्‍यस्‍तै छौ भनी भन्‍दैछौ, तर तिमीहरूका मनमा आउने विचारहरू म जान्‍दछु।</verse>
				<verse number="6">तिमीहरूले यस सहरमा धेरै मानिसहरूलाई मारेका छौ, र यसका गल्‍लीहरू मारिएका मानिसहरूका लाशले भरिदिएका छौ।</verse>
				<verse number="7">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूले मारेर त्‍यहाँ फ्‍याँकेका शरीरहरू मासु हुन्, र यो सहरचाहिँ कराही हो। तर तिमीहरूलाई यसका बीचबाट म बाहिर खेदिपठाउनेछु।</verse>
				<verse number="8">तिमीहरू तरवारदेखि डराउँछौ, तर म तिमीहरूका विरुद्धमा तरवार ल्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">म सहरको बीचबाट तिमीहरूलाई खेदेर बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु र तिमीहरूलाई दण्‍ड दिनेछु।</verse>
				<verse number="10">तिमीहरू तरवारले ढल्‍नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्‍याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।</verse>
				<verse number="11">यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्‍यसभित्र मासु हुनेछौ। म तिमीहरूको न्‍याय इस्राएलको सिमानामा गर्नेछु।</verse>
				<verse number="12">अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँड़ेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ।”</verse>
				<verse number="13">जब मैले अगमवाणी भनिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे, तब घोप्‍टो परेर मैले चर्को सोरमा कराएर भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?”</verse>
				<verse number="14">त्‍यसपछि परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="15">“हे मानिसको छोरो, तेरा दाजुभाइहरू— तेरा दाजुभाइहरू जो तेरा रगतका आफन्‍तहरू र इस्राएलका सारा घराना— यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए, ‘यिनीहरू परमप्रभुदेखि टाढ़ा भएका छन्‌। यो देश हामीलाई अधिकार गर्न दिइएको थियो’।</verse>
				<verse number="16">“यसकारण यसो भन्, ‘परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: यद्यपि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा टाढ़ा पठाएँ र तिनीहरूलाई देश-देशमा तितरबितर पारें, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको शरणस्‍थान भएको छु’।</verse>
				<verse number="17">“यसकारण भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जाति-जातिहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जहाँ-जहाँ तिमीहरू तितरबितर भएका छौ, ती देशहरूबाट म तिमीहरूलाई फर्काएर इस्राएलको देश दिनेछु’।</verse>
				<verse number="18">“तिनीहरू त्‍यहाँ फर्किआउनेछन्‌ र तिनीहरूले त्‍यहाँबाट त्‍यसका सबै घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरू हटाउनेछन्‌।</verse>
				<verse number="19">अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्‍मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।</verse>
				<verse number="20">तब तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र मेरा नियमहरू पालन गर्न होशियार हुनेछन्, र तिनीहरू मेरा प्रजा हुनेछन्, अनि म तिनीहरूका परमेश्‍वर हुनेछु।</verse>
				<verse number="21">तर आफ्‍ना घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिँ म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="22">तब छेउमा पाङ्‌ग्राहरू भएका ती करूबहरूले आफ्‍ना पखेटा फैलाए। अनि इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।</verse>
				<verse number="23">सहरको बीचबाट परमप्रभुको महिमा उँभो गयो, र पर्वतमाथि त्‍यो अड़ियो, जो सहरको पूर्वपट्टि थियो।</verse>
				<verse number="24">तब आत्‍माले मलाई माथि उठाउनुभयो, र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा बेबिलोनियामा निर्वासित भएकाहरूकहाँ उहाँले मलाई ल्‍याउनुभयो। तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो।</verse>
				<verse number="25">अनि परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूलाई बताएँ।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्‍दैछस्, जसका हेर्ने आँखा त छन्‌ तर देख्‍दैनन्, जसका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌। किनभने तिनीहरू बागी मानिसहरू हुन्‌।”</verse>
				<verse number="3">“यसकारण हे मानिसको छोरो, निर्वासित भएको व्‍यक्तिझैँ तेरो झिटीमिटी पोको पार्, र दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने तँ बसेको ठाउँबाट अर्को ठाउँमा गइहाल्‌। तिनीहरू बागी घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्‌।</verse>
				<verse number="4">निर्वासनको लागि तेरो झिटीमिटी लिएर दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने तेरो झिटीमिटी बाँध्‌, र तिनीहरूका आँखाकै सामुन्‍ने बेलुकी निर्वासनमा जानेजस्‍तै गरी जा।</verse>
				<verse number="5">तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार्, र तेरो झिटीमिटी त्‍यतैबाट निकाल्‌।</verse>
				<verse number="6">तिनीहरूले हेरिरहँदा तैंले आफ्‍नो सामान काँधमा उठा, र साँझ पर्दा बोकेर लैजा। तैंले आफ्‍नो मुख छोप्‌, र यसरी भूइँ देख्‍न नपाएस्‌। किनभने इस्राएलका घरानाको निम्‍ति मैले तँलाई एउटा चिन्‍ह बनाएको छु।</verse>
				<verse number="7">यसैले मलाई आज्ञा गरेबमोजिम मैले गरें। निर्वासनको लागि मैले मेरो झिटीमिटी दिउँसो बाहिर पोको पारेर निकालें। अनि बेलुका आफ्‍नै हातले पर्खालमा प्‍वाल पारें, र साँझमा तिनीहरूले हेर्दाहेर्दै मैले मेरो झिटीमिटी काँधमा बोकेर गइहालें।</verse>
				<verse number="8">बिहान परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="9">“हे मानिसको छोरो, के इस्राएलको त्‍यो बागी घरानाले यसो भनेर तँलाई सोधेन, ‘तिमी के गर्दैछौ?’</verse>
				<verse number="10">तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ। “यो ईश्‍वरवाणी यरूशलेममा भएका राजकुमार र सारा इस्राएलका घरानाको विषयमा हो’।</verse>
				<verse number="11">तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुँ’। “मैले जसो गरेको छु, त्‍यसरी नै तिनीहरूलाई गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्‍तै निर्वासित हुनेछन्‌।</verse>
				<verse number="12">“तिनीहरूका बीचमा हुने राजकुमारले साँझमा आफ्‍नो काँधमा सामान बोकेर लैजानेछ, र पर्खाल फोरेर बाहिर जानलाई त्‍यसको निम्‍ति एउटा प्‍वाल बनाउनेछ, र आफ्‍नो आँखाले भूइँ देख्‍नु नपरोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ।</verse>
				<verse number="13">म आफ्‍नो जाल त्‍यसमाथि फिँजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ। म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा ल्‍याउनेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन, र त्‍यो त्‍यहीँ मर्नेछ।</verse>
				<verse number="14">त्‍यसका चारैतिर हुने त्‍यसका कर्मचारीहरू र त्‍यसका फौजलाई म हावामा तितरबितर पार्नेछु, र तरवार थुतेर तिनीहरूलाई खेद्‌नेछु।</verse>
				<verse number="15">“जब जाति-जातिहरूका बीचमा म तिनीहरूलाई यत्रतत्र पार्नेछु र देश-देशमा तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।</verse>
				<verse number="16">तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढ़ीबाट छोड़िदिनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जाति-जातिहरूका बीचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरू तिनीहरूले स्‍वीकार गरून्‌। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।”</verse>
				<verse number="17">फेरि परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="18">“हे मानिसको छोरो, तैंले आफ्‍नो भोजन खाँदा काम्‌, र आफ्‍नो पानी पिउँदा डरले थरथरा।</verse>
				<verse number="19">देशका मानिसहरूलाई भन्‌: ‘यरूशलेम र इस्राएलको देशमा बस्‍नेहरूका बारे परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरूले आफ्‍नो भोजन डर मानेर खानेछन्, र नैराश्‍यमा तिनीहरूले आफ्‍नो पानी पिउनेछन्, किनकि त्‍यहाँ बस्‍नेहरूका उपद्रवको कारणले त्‍यसमा भएका सबै कुराहरूसमेत तिनीहरूको देश उजाड़ पारिनेछ।</verse>
				<verse number="20">मानिसहरू बसेका नगरहरू भत्‍काइनेछन्, र देश नष्‍ट हुनेछ। तब म नै परमप्रभु हुँ भन्‍ने तिमीहरूले जान्‍नेछौ’।”</verse>
				<verse number="21">फेरि परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="22">“हे मानिसको छोरो, ‘दिन बित्‍दैजान्‍छ, र पनि दर्शन भने कुनै पूरा हुँदैन’ भन्‍ने तिमीहरूको देश इस्राएलमा चल्‍दैआएको यो उखान के हो?</verse>
				<verse number="23">यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म यस उखानको अन्‍त गरिदिनेछु, र तिनीहरूले इस्राएलमा फेरि कहिल्‍यै यो उखान प्रयोग गर्नेछैनन्‌।’ तिनीहरूलाई भन्, ‘दिनहरू नजिकै छन्, जब हरेक दर्शन पूरा हुनेछ।</verse>
				<verse number="24">किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शन र जोखना हेर्ने हुनेछैनन्‌।</verse>
				<verse number="25">तर मैले भन्‍ने कुरा म, परमप्रभु आफैले नै भन्‍नेछु, र त्‍यो ढिलो नभई पूरा हुनेछ। किनकि हे बागी घराना, तिमीहरूका दिनमा नै मैले भनेको कुरा म पूरा गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="26">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="27">“हे मानिसको छोरो, इस्राएलका घराना यसो भन्‍दैछ, ‘त्‍यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र त्‍यसले धेरै समयपछिका कुराहरूको अगमवचन कहन्‍छ।”</verse>
				<verse number="28">“यसैकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले भनेको एउटै कुरा पनि अब ढिलो हुनेछैन, तर जे कुरा म भन्‍दछु, सो पूरा हुने नै छ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, अहिले अगमवाणी कहिरहने इस्राएलका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी भन्‌। आफ्‍नै कल्‍पनाको अगमवाणी कहनेहरूलाई भन्, ‘परमप्रभुको वचन सुन!</verse>
				<verse number="3">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार, जो केही दर्शन नदेखेर पनि आफ्‍ना आत्‍माको कुराको पछि लाग्‍छन्‌।</verse>
				<verse number="4">हे इस्राएल, तिमीहरूका अगमवक्ताहरू त भग्‍नावशेषहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता छन्‌।</verse>
				<verse number="5">परमप्रभुको दिनमा युद्धमा त्‍यो स्‍थिर रहोस्‌ भनी तिमीहरू इस्राएलका घरानाको निम्‍ति पर्खालका चर्केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएनौ।</verse>
				<verse number="6">तिनीहरूका दर्शन असत्‍य छन्‌ र तिनीहरूका जोखना झूटा हुन्‌। तिनीहरू भन्‍छन्, “परमप्रभु भन्‍नुहुन्‍छ,” तर परमप्रभुले तिनीहरूलाई पठाउनुभएकै होइन। तापनि तिनीहरूको वचन पूरा गरिओस्‌ भनी तिनीहरू आशा गर्दछन्‌।</verse>
				<verse number="7">मैले नभने तापनि जब तिमीहरू “परमप्रभु भन्‍नुहुन्‍छ” भनी भन्‍दछौ, तब के तिमीहरूले असत्‍य दर्शन देखेका र झूटा जोखना हेरेका होइनौ र?</verse>
				<verse number="8">“‘यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूले झूटा कुरा गरेका र असत्‍य दर्शनहरू देखेका हुनाले म तिमीहरूका विरुद्धमा छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू कहन्‍छन्‌। तिनीहरू मेरो प्रजाको सभामा हुनेछैनन्, अथवा तिनीहरूका नाउँ इस्राएलका घरानाको सूचीमा लेखिनेछैनन्, न त तिनीहरू इस्राएलको देशमा पस्‍न पाउनेछन्‌। तब परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ।</verse>
				<verse number="10">“‘शान्‍ति नहुँदा पनि “शान्‍ति” भनी तिनीहरूले मेरो प्रजालाई बरालेका छन्, र जब मानिसहरूले कच्‍चा पर्खाल बनाउँछन्‌ तब यिनीहरूले त्‍यसमा चून लाएर त्‍यो ढाक्‍छन्‌।</verse>
				<verse number="11">यसैकारण ती चून लगाउनेहरूलाई भन्, “घनघोर वृष्‍टि हुनेछ र ठूला-ठूला असिना बर्सनेछन्‌ र आँधीबेहरी म पठाउनेछु।”</verse>
				<verse number="12">जब त्‍यो पर्खाल ढल्‍नेछ, तब के मानिसहरूले तिमीहरूलाई यसो भनेर सोध्‍नेछैनन्, “तिमीहरूले पोतेको चून कहाँ गयो?”</verse>
				<verse number="13">“‘यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो क्रोधमा एउटा डरलाग्‍दो आँधीबेहरी चलाउनेछु, र मेरो रीसमा असिना र नाशकारी पानीको बाढ़ी आउनेछन्, जसले त्‍यो पर्खाल भत्‍काउनेछ।</verse>
				<verse number="14">अनि तिमीहरूले चून पोतेको पर्खाल त्‍यसको जग देख्‍ने गरी भत्‍काएर म त्‍यसलाई भूइँसम्‍मै समतल गरी त्‍यो ढालिदिनेछु। त्‍यो भत्‍काउँदा तिमीहरू पनि त्‍यसको साथमा नष्‍ट हुनेछौ, र परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ।</verse>
				<verse number="15">यसरी म मेरो क्रोध त्‍यस पर्खालको विरुद्धमा र त्‍यो चूनले पोत्‍नेहरूका विरुद्धमा खन्‍याउनेछु। म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन, त्‍यसलाई चूनले पोत्‍नेहरू पनि छैनन्,</verse>
				<verse number="16">इस्राएलका यी अगमवक्ताहरू, जसले यरूशलेमको विषयमा अगमवाणी कहे, र त्‍यहाँ शान्‍ति नहुँदा पनि त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देखे, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="17">“अब हे मानिसको छोरो, इस्राएलका छोरीहरू, जसले आफ्‍नै कल्‍पनाको अगमवाणी कहन्‍छन्, तिनीहरूतिर तेरो मुख फर्का। तिनीहरूका विरुद्धमा अगमवाणी गर,</verse>
				<verse number="18">र भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना नाड़ीहरूमा बूटी बाँधिदिन्‍छन्‌ र मानिसहरूको प्राण पासोमा पार्न तिनीहरूका कदअनुसार शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌। के तिमीहरू मानिसहरूको प्राण पासोमा पार्ने र आफ्‍नो प्राणलाई चाहिँ बचाइराख्‍ने र?</verse>
				<verse number="19">दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो प्रजाको बीचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ। र झूटा कुरा सुन्‍ने मेरो प्रजालाई झूट बोलेर मर्नु नपर्ने मानिसहरूलाई तिमीहरूले मार्‍यौ, र बाँच्‍नु नपर्नेहरूलाई चाहिँ तिमीहरूले बचाइराख्‍यौ।</verse>
				<verse number="20">“‘यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूका जादूका बूटीहरूका विरुद्धमा छु, जसद्वारा तिमीहरू मानिसहरूलाई चरालाई झैँ पासोमा पार्छौ। म तिमीहरूका हातदेखि ती खोस्‍नेछु। तिमीहरूले चरालाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु।</verse>
				<verse number="21">म तिमीहरूका घुम्‍टा पनि निकालिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु। तिनीहरू फेरि कहिल्‍यै तिमीहरूका हातमा शिकार हुनेछैनन्‌। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।</verse>
				<verse number="22">तिमीहरूले झूट बोलेर धर्मीहरूलाई निराश तुल्‍यायौ, जसलाई मैले शोकित तुल्‍याइनँ, र आफ्‍नो चाल त्‍यागी दुष्‍टले आफ्‍नो प्राण बचाउला कि भनेर तिमीहरूले दुष्‍टलाई आफ्‍नो खराब चाल नत्‍याग्‍नलाई उत्‍साह दियौ।</verse>
				<verse number="23">यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै असत्‍य दर्शन देख्‍नेछैनौ अथवा जोखना हेर्नेछैनौ। म मेरो प्रजालाई तिमीहरूका हातदेखि बचाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ’।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">इस्राएलका कति जना धर्म-गुरुहरू मकहाँ आएर मेरो सामुन्‍ने बसे।</verse>
				<verse number="2">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="3">“हे मानिसको छोरो, यी मानिसहरूले मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन्, र आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारको सामु राखेका छन्‌। के तिनीहरूलाई मेरो विषयमा सोध्‍न मैले दिनुपर्छ र?</verse>
				<verse number="4">यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍दछ, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि अगमवक्ताकहाँ जान्‍छ, तब त्‍यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्‍यसलाई जवाफ दिनेछु।</verse>
				<verse number="5">तिनीहरूका मूर्तिहरूको कारण मलाई त्‍याग्‍ने इस्राएलको घरानाका हृदयलाई म फेरि फसाउनलाई यसो गर्नेछु’।</verse>
				<verse number="6">“यसकारण इस्राएलको घरानालाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: पश्‍चात्ताप गर! आफ्‍ना मूर्तिहरूदेखि फर्किआओ, र आफ्‍ना सबै घिनलाग्‍दा व्‍यवहारहरू परित्‍याग गर!</verse>
				<verse number="7">“‘जब इस्राएलका घरानाको कोही पनि अथवा इस्राएलमा प्रवास गर्ने कुनै पनि प्रवासी मबाट अलग्‍गै गएर आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छ र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि मबाट जवाफ सोध्‍नलाई कुनै अगमवक्ताकहाँ जान्‍छ, तब म परमप्रभु आफै त्‍यसलाई जवाफ दिनेछु।</verse>
				<verse number="8">म त्‍यस मानिसदेखि मुख फर्काउनेछु, र म त्‍यसलाई एउटा नमूना र गिल्‍लाको पात्र तुल्‍याउनेछु। त्‍यसलाई मेरो प्रजाको बीचदेखि बहिष्‍कार गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।</verse>
				<verse number="9">“‘अनि यदि अगमवक्ताले केही अगमवाणी उच्‍चारण गर्नलाई फस्‍यो भनेदेखि, म परमप्रभुले त्‍यस अगमवक्तालाई फसाएको हुँ र म मेरो हात त्‍यसको विरुद्धमा पसार्नेछु, र मेरो प्रजा इस्राएलको बीचदेखि त्‍यसलाई नाश गर्नेछु।</verse>
				<verse number="10">तिनीहरू दुवैले आ-आफ्‍नो अपराधको दोष भोग्‍नेछन्‌— अगमवक्ताको दोष र सल्‍लाह लिनेको दोष बराबर हुनेछन्‌।</verse>
				<verse number="11">तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ र तिनीहरूले आफ्‍ना सबै पापहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछैनन्‌। तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="12">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="13">हे मानिसको छोरो, यदि कुनै देशले विश्‍वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ, र त्‍यसको विरुद्धमा आफ्‍नो हात पसारेर त्‍यसको खाद्य भण्‍डार म नाश गरिदिउँला, र त्‍यहाँ अनिकाल ल्‍याइदिउँला र मानिस र पशु दुवैलाई म नाश गरिदिउँला भने,</verse>
				<verse number="14">अनि नोआ, दानिएल र अय्‍यूब, यी तीन जना मानिसहरू त्‍यहाँ भए भने पनि तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍नेथिए, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">“अथवा यदि मैले त्‍यस देशमा जङ्गली जनावरहरू पठाइदिएँ, र तिनीहरूले त्‍यसलाई निर्वंश तुल्‍याइदिए र त्‍यो देश उजाड़ भयो, र ती पशुहरूले गर्दा कुनै पनि मानिस त्‍यताबाट जान सकेन भने,</verse>
				<verse number="16">यदि यी तीन जना मानिस त्‍यहाँ भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई बचाउन सक्‍नेथिएनन्‌। तिनीहरू आफै मात्र बाँच्‍नेथिए, तर देशचाहिँ उजाड़ हुनेथियो।”</verse>
				<verse number="17">“अथवा यदि मैले त्‍यस देशको विरुद्धमा तरवार ल्‍याएँ र ‘देशका चारैतिर तरवार चलोस्‌’ भनी भनें, र मैले त्‍यस देशका मानिसहरू र पशुहरूलाई नाश गरें भने,</verse>
				<verse number="18">अनि यी तीन जना मानिस त्‍यहाँ भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई बचाउन सक्‍नेथिएनन्‌। तिनीहरू आफै मात्र बाँच्‍नेथिए।</verse>
				<verse number="19">“अथवा यदि मैले देशमा रूढ़ी पठाएँ र रगत बगाई त्‍यसका मानिसहरू र पशुहरूलाई मारेर मैले मेरो क्रोध पोखाएँ भने,</verse>
				<verse number="20">यदि नोआ, दानिएल र अय्‍यूब त्‍यहाँ भए भने पनि, जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई बचाउन सक्‍नेथिएनन्‌। तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍नेथिए।</verse>
				<verse number="21">“किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले यरूशलेममा मेरा चार भयानक दण्‍डहरू— तरवार, अनिकाल, जङ्गली जनावरहरू र रूढ़ी त्‍यहाँका मानिसहरू र पशुहरूलाई मार्न पठाएँ भने, झन्‌ कस्‍तो खराब हुन्‍छ होला!</verse>
				<verse number="22">तापनि मानिसहरूमध्‍ये कोही बाँचेका हुनेछन्‌— छोराहरू र छोरीहरू त्‍यहाँबाट बाहिर निस्‍केर आउनेछन्‌। अनि तिनीहरू तिमीहरूकहाँ आउनेछन्, र जब तिमीहरूले तिनीहरूका चालचलन र क्रियाकलाप देख्‍छौ, तब मैले यरूशलेममाथि ल्‍याएका ती सर्वनाशको विषयमा तिमीहरूले सान्‍त्‍वना पाउनेछौ— त्‍यसमाथि मैले ल्‍याएको प्रत्‍येक सर्वनाश।</verse>
				<verse number="23">तिनीहरूका चाल र क्रियाकलाप देखेर तिमीहरूले सान्‍त्‍वना पाउनेछौ, किनकि मैले त्‍यहाँ जे-जे गरें, ती मैले कारणविना गरिनँ भनी तिमीहरूले जान्‍नेछौ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, दाखका बोटको काठ वनका अरू कुनै रूखहरूको हाँगाभन्‍दा असल छ र?</verse>
				<verse number="3">के केही चीज बनाउन त्‍यसबाट काठ कहिल्‍यै निकालिन्‍छ र? के मानिसहरूले कुनै थोक झुण्‍ड्याउनलाई त्‍यसबाट कीला बनाउँछन्‌ र?</verse>
				<verse number="4">अनि त्‍यो त दाउराको लागि आगोमा हालेपछि, र त्‍यसका दुई छेउ आगोले भस्‍म भएर र त्‍यसको बीचको भाग कोइला भएपछि, के त्‍यो कुनै कामको हुन्‍छ र?</verse>
				<verse number="5">यदि त्‍यो सिङ्गै हुँदा पनि केही कामको थिएन भने, आगोले भस्‍म भएर कोइला भएपछि त्‍यो झन्‌ के कामको योग्‍य हुन्‍छ र?</verse>
				<verse number="6">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जसरी वनका रूखहरूमध्‍ये दाखका बोटको काम मैले आगोको लागि दाउरा हुनलाई दिएँ, त्‍यसै गरी म यरूशलेमका मानिसहरूसित पनि व्‍यवहार गर्नेछु।</verse>
				<verse number="7">म मेरो अनुहार तिनीहरूका विरुद्धमा उतातिर फर्काउनेछु। तिनीहरू आगोबाट उम्‍के तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ। जब म मेरो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।</verse>
				<verse number="8">तिनीहरूले विश्‍वासघात गरेका हुनाले म तिनीहरूको देशलाई उजाड़ पार्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, यरूशलेमलाई त्‍यसका घिनलाग्‍दा व्‍यवहारहरू जनाइदे,</verse>
				<verse number="3">र त्‍यसलाई भन्, ‘यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तेरो पुर्ख्‍यौली र तेरो जन्‍म कनानीहरूको देशमा भएको हो। तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिँ हित्तीनी थिई।</verse>
				<verse number="4">जन्‍मँदा कसैले पनि तेरो नाभि काटेन, न त तँलाई सफा गर्नलाई पानीले नुहाइदियो। कसैले तेरो शरीर नूनले दलेन। कसैले तँलाई लुगाले बेह्रेन।</verse>
				<verse number="5">यी सबै काम गर्न कसैले तँमाथि टिठ्याएर दया देखाएन। बरु तँ जन्‍मँदा घृणित वस्‍तुझैँ तँ बाहिर मैदानमा फालिइस्‌।</verse>
				<verse number="6">“‘तब म तेरो छेउबाट भएर जाँदा मैले तँलाई तेरो रगतमा लट्‌पटिरहेको देखें, र रगतमा लट्‌पटिएकै अवस्‍थामा मैले तँलाई भनें, “तँ बाँच्‌।”</verse>
				<verse number="7">“मैदानको बोटजस्‍तै मैले तँलाई बढ्‌न लगाएँ। अनि तँ बढ़ेर ठूलो भइस्, र सबैभन्‍दा सुन्‍दर रत्‍न भएर तँ तरुणी भइस्‌। तेरा स्‍तन पनि बनिए, र तेरो कपाल लामो भयो, तँ, जो अघि नाङ्गै र वस्‍त्रविहीन थिइस्‌।</verse>
				<verse number="8">“‘त्‍यसपछि म तेरो छेउबाट भएर जाँदा मैले तँलाई प्रेम गर्ने अवस्‍थामा पुगेकी देखें। तब मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढ़ाएर तेरो नग्‍नता ढाकिदिएँ। मैले तँसित बाचा बाँधें र करार पनि गरें, र तँ मेरो भइस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“‘मैले तँलाई पानीले नुहाएर तेरो रगत धोइदिएँ, र तँलाई मलहम लगाइदिएँ।</verse>
				<verse number="10">त्‍यसपछि तँलाई बुट्टादार वस्‍त्र पहिराइदिएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाइदिएँ। मैले तँलाई मलमलको कपड़ा पहिराइदिएँ, र दामी-दामी लुगाले तँलाई ढाकें।</verse>
				<verse number="11">मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाइदिएँ, तेरो गलामा सिक्री पहिराइदिएँ।</verse>
				<verse number="12">मैले तेरो नाकमा नत्‍थ लगाइदिएँ र कानमा लुर्का लगाइदिएँ, तेरो शिरमा सुन्‍दर शिरपेच लगाइदिएँ।</verse>
				<verse number="13">यसरी तँ सुन र चाँदीले आभूषित भइस्, अनि तेरा वस्‍त्र मलमलको कपड़ा, र दामी बुट्टादार कपड़ाका भए। तेरो खानेकुरो मसिनो पीठो, मह र भद्राक्षको तेल थिए। तँ अत्‍यन्‍तै सुन्‍दरी भएर बढ़िस्, र रानी हुने योग्‍यकी तँ भइस्‌।</verse>
				<verse number="14">तेरो सौन्‍दर्यले गर्दा तेरो ख्‍याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य कलङ्करहित थियो, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">“‘तर तैंले आफ्‍नो सौन्‍दर्यमा भरोसा राखिस्‌ र तेरो ख्‍याति फिँजाएर तँ एक वेश्‍या भइस्‌। तेरो छेउबाट भएर जाने जोसुकैलाई पनि तैंले आफ्‍नो निगाह राखिस्‌ र तेरो सौन्‍दर्य त्‍यसैको भयो।</verse>
				<verse number="16">आफ्‍नो केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँड़ाका थानहरू बनाइस्, र त्‍यहीँ नै तैंले आफ्‍नो वेश्‍यावृत्ति गर्न लागिस्‌। त्‍यस्‍तो त अघि कहिल्‍यै हुनु नपर्ने न त पछि हुनुपर्नेथियो।</verse>
				<verse number="17">मैले तँलाई दिएको सुनचाँदीको तेरो सुन्‍दर-सुन्‍दर रत्‍नहरूबाट तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाएर तीसित वेश्‍यावृत्ति गरिस्‌।</verse>
				<verse number="18">तैंले आफ्‍ना बुट्टादार कपड़ाहरू तिनीहरूलाई ढाक्‍न लगिस्, र मेरो तेल र धूप तिनीहरूका अगि चढ़ाइस्‌।</verse>
				<verse number="19">मैले तँलाई खानेकुरा पनि जुटाइदिएँ— मसिनो पीठो, मह र भद्राक्षको तेल तँलाई खानलाई दिएँ, तर तैंले ती तिनीहरूका अगि सुगन्‍धित बास्‍ना हुनलाई चढ़ाइस्‌। त्‍यसै नै भयो, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="20">“‘अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीहरूलाई लगेर मूर्तिहरूका लागि खानेकुरा स्‍वरूप बलिदान चढ़ाइस्‌। के तेरो वेश्‍यावृत्ति नै यथेष्‍ट थिएन र?</verse>
				<verse number="21">तैंले मेरा छोराछोरीहरूलाई मारेर ती मूर्तिहरूका निम्‍ति बलि चढ़ाइस्‌।</verse>
				<verse number="22">तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झिनस्‌— तब तँ नाङ्गो, वस्‍त्रहीन र आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌।</verse>
				<verse number="23">“‘धिक्‍कार! धिक्‍कार तँलाई! परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। तेरा यी सबै दुष्‍टतासँगसँगै</verse>
				<verse number="24">तैंले आफ्‍नो निम्‍ति ढिस्‍को बनाइस्‌ र हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌।</verse>
				<verse number="25">हरेक गल्‍लीको मोड़मा तैंले आफ्‍ना देवता-थानहरू निर्माण गरिस्, र त्‍यहाँबाट जाने कसैलाई पनि आफ्‍नो शरीर सुम्‍पँदै तैंले आफ्‍नो वेश्‍यावृत्ति बढ़ाइस्‌ र तेरो सौन्‍दर्यलाई भ्रष्‍ट पारिस्‌।</verse>
				<verse number="26">तेरा कामाशक्‍त मिश्री छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरिस्, र आफ्‍नो वेश्‍यावृत्ति बढ़ाएर मलाई रीस उठाइस्‌।</verse>
				<verse number="27">यसैले मैले मेरो हात तेरो विरुद्धमा पसारें र तेरो इलाका हटाइदिएँ। मैले तँलाई तेरा शत्रुहरू, भ्रष्‍टाचरण भएका पलिश्‍तीहरूका लोभको शिकार हुनलाई सुम्‍पिदिएँ। उनीहरू पनि तेरो भ्रष्‍टाचरण देखेर छक्‍क परे।</verse>
				<verse number="28">तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ अतृप्‍त थिइस्‌। त्‍यसपछि पनि तँ सन्‍तुष्‍ट भइनस्‌।</verse>
				<verse number="29">व्‍यापार गर्ने देश बेबिलोनियामा पनि तैंले तेरो वेश्‍यावृत्ति बढ़ाइस्, तर यसले पनि त सन्‍तुष्‍ट भइनस्‌।</verse>
				<verse number="30">“‘यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: तँ कस्‍तो कमजोर हृदयकी छेस्, जब तँ यी सबै काम— एक निर्लज्‍ज वेश्‍याका कामजस्‍तै गर्छेस्‌।</verse>
				<verse number="31">हरेक गल्‍लीको मोड़मा आफ्‍ना ढिस्‍का र हरेक चोकमा आफ्‍ना देवता-थानहरू तैंले निर्माण गरिस्, तँ वेश्‍याजस्‍तै थिइनस्, किनभने तैंले ज्‍यालालाई घृणा गरिस्‌।</verse>
				<verse number="32">“‘तँ व्‍यभिचारी पत्‍नी, आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई रुचाउँछेस्‌!</verse>
				<verse number="33">मानिसहरूले त सबै वेश्‍याहरूलाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिँ उल्‍टो आफ्‍ना सबै नाठाहरूलाई पो उपहार दिन्‍छेस्‌। तिनीहरू चारैतिरबाट आएर तँसित व्‍यभिचार गर्नलाई घूस पो दिन्‍छेस्‌।</verse>
				<verse number="34">यसैले आफ्‍नो वेश्‍यावृत्तिमा अरू स्‍त्रीहरूभन्‍दा तँचाहिँ भिन्‍दै भइस्‌। तेरो निगाहको लागि कोही तेरो पछि लाग्‍दैन। तँ त एकदमै उल्‍टो पो भइस्, किनकि तँ ज्‍याला दिन्‍छेस्, तर कसैले तँलाई ज्‍याला दिँदैन।</verse>
				<verse number="35">“‘यसकारण हे वेश्‍या, परमप्रभुको वचन सुन्‌।</verse>
				<verse number="36">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले तेरो धन-सम्‍पत्ति खर्च गरेर आफ्‍ना प्रेमीहरूसित लाज र नग्‍नता खुला पारेको कारण, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरूको कारण, र तैंले तिनीहरूलाई तेरा छोराछोरीहरूको रगत चढ़ाएको कारण,</verse>
				<verse number="37">तँलाई मन परेका र मन नपरेका तेरा सबै प्रेमीहरू, जससँग तैंले चैन गरिस्, ती सबैलाई म भेला गर्नेछु। तेरा चारैतिर तेरो विरुद्धमा म तिनीहरूलाई भेला गर्नेछु र म तिनीहरूका अगाड़ि तेरो नग्‍नता उघारिदिनेछु, र तिनीहरूले तेरो नग्‍नता देख्‍नेछन्‌।</verse>
				<verse number="38">ती स्‍त्रीहरू जसले व्‍यभिचार गर्छन्‌ र हत्‍या गर्छन्, तिनीहरूलाई दिने दण्‍ड म तँलाई दिनेछु। मेरो क्रोध र डाहको रीसको बदला तँमाथि खन्‍याउनेछु।</verse>
				<verse number="39">तब म तँलाई तेरा प्रेमीहरूका हातमा सुम्‍पिदिनेछु, र तिनीहरूले तेरा ढिस्‍काहरू भत्‍काउनेछन्‌ र तेरा अल्‍गा देवता-थानहरू सर्वनाश पारिदिनेछन्‌। तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌। तिनीहरूले तेरा सुन्‍दर-सुन्‍दर गरगहनाहरू लैजानेछन्, र तँलाई नाङ्गो पारेर छोड़िदिनेछन्‌।</verse>
				<verse number="40">तिनीहरूले तेरो विरुद्धमा हूलदङ्गा गर्ने भीड़ ल्‍याउनेछन्, र ढुङ्गा हान्‍नेछन्, र तँलाई तरवारले टुक्रै-टुक्रा पार्नेछन्‌।</verse>
				<verse number="41">तिनीहरूले तेरा घरहरू जलाइदिनेछन्, र धेरै स्‍त्रीहरूकै नजरमा तँलाई दण्‍ड दिनेछन्‌। म तँलाई तेरो वेश्‍यावृत्तिदेखि रोक्‍नेछु, र तैंले आफ्‍ना नाठाहरूलाई कहिल्‍यै ज्‍याला दिनेछैनस्‌।</verse>
				<verse number="42">तब तेरो विरुद्धमा भएको मेरो क्रोध कम हुनेछ, र मेरो डाहको रीस पर हट्‌नेछ। म शान्‍त हुनेछु, र अझै रिसाउनेछैनँ।</verse>
				<verse number="43">“‘तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झिनस्, तर यी सबै कामहरूद्वारा मलाई रीस उठाइस्, यसैकारण म तेरा कामहरूको प्रतिफल तेरै शिरमा खन्‍याइदिनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। के तेरा सबै अरू घिनलाग्‍दा व्‍यवहारहरूबाहेक तैंले आफ्‍नो चरित्र भ्रष्‍ट पारेर तेरो काम थपिनस्‌?</verse>
				<verse number="44">“‘उखान कहने हरेकले तेरो विषयमा यो उखान कहनेछ: “जस्‍तो आमा उस्‍तै छोरी।”</verse>
				<verse number="45">तँ आफ्‍नी आमाकी साँचो छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीहरूलाई घृणा गरिस्‌। अनि तँ तेरा दिदीहरूकी बहिनी पनि होस्, जसले आ-आफ्‍ना पतिहरू र छोराछोरीहरूलाई घृणा गरे। तेरी आमा एउटी हित्तीनी थिई, र तेरा बुबा एक जना एमोरी थियो।</verse>
				<verse number="46">तेरी दिदी सामरिया थिई, जो तेरो उत्तर दिशामा आफ्‍ना छोरीहरूसित बस्‍थी। तेरी बहिनीचाहिँ सदोम थिई, जो तेरो दक्षिणमा आफ्‍ना छोरीहरूसित बस्‍थी।</verse>
				<verse number="47">तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू मात्र गरिनस्‌ तर तँचाहिँ त थोरै समयमा नै आफ्‍ना सबै चालमा तिनीहरूभन्‍दा पनि अझ भ्रष्‍ट भइस्‌।</verse>
				<verse number="48">जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तैंले र तेरा छोरीहरूले गरेझैँ त तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले कहिल्‍यै गरेका छैनन्‌।</verse>
				<verse number="49">“‘अब तेरी बहिनी सदोमको पापचाहिँ यही थियो: त्‍यो र त्‍यसका छोरीहरू हठी थिए, पेटभरि खान्‍थे र लापरवाहीमा बस्‍थे। तिनीहरूले दरिद्रहरूलाई सहायता गरेनन्‌।</verse>
				<verse number="50">तिनीहरू अहङ्कारी थिए, र मेरो सामुन्‍ने घिनलाग्‍दा काम गरे। यसकारण मैले तिनीहरूलाई सर्वनाश गरें— त्‍यो तैंले देखेकै छेस्‌।</verse>
				<verse number="51">सामरियाले त तैंले गरेको पापभन्‍दा आधा पनि गरिन। तिनीहरूले भन्‍दा तैंले ज्‍यादै घिनलाग्‍दा काम गरेकी छस्, र तैंले गरेका यी सबै कामहरूद्वारा तैंले तेरा दिदी-बहिनीहरूलाई धर्मी देखिने तुल्‍याएकी छस्‌।</verse>
				<verse number="52">तैंले तेरो आफ्‍नो बेइज्‍जत भोग्, किनभने तैंले तेरा दिदीबहिनीहरूलाई निर्दोष देखिने तुल्‍याइस्‌। तिनीहरूका पापभन्‍दा तेरा पाप झन्‌ दूषित भएकाले तिनीहरू तँभन्‍दा अझ धर्मी देखिन्‍छन्‌। यसैले शरममा परेर आफ्‍नो बेइज्‍जत भोग्, किनकि तैंले तेरा दिदीबहिनीहरूलाई धर्मी देखिने तुल्‍याएकी छस्‌।</verse>
				<verse number="53">“‘तापनि म सदोम र त्‍यसका छोराछोरीहरूको सुख-शान्‍ति फर्काइदिनेछु, र तिनीहरूको साथै तेरो सुख-शान्‍ति पनि फर्काइदिनेछु,</verse>
				<verse number="54">ताकि तिनीहरूलाई सान्‍त्‍वना दिनलाई आफूले गरेका सबै कामका निम्‍ति तैंले आफ्‍नो शर्म भोग्‍नुपरोस्‌।</verse>
				<verse number="55">तेरा दिदी-बहिनीहरू, अर्थात्‌ सदोम आफ्‍ना छोराछोरीहरूसमेत, र सामरिया आफ्‍ना छोराछोरीहरूसमेत आफ्‍नो पहिलेको अवस्‍थामा फर्कनेछन्, र तँ पनि तेरा छोरीहरूसमेत आफ्‍नो पहिलेको अवस्‍थामा फर्कनेछस्‌।</verse>
				<verse number="56">तेरो अहङ्कारको दिनमा तेरो दुष्‍ट्याइँ प्रकट हुन अघि तेरी बहिनी सदोमको नाउँ पनि तैंले उल्‍लेख गर्दिनथिस्‌।</verse>
				<verse number="57">त्‍यसो भए तापनि तँलाई तुच्‍छ ठान्‍ने तेरा चारैतिरका मानिसहरू— ती नै एदोमका छोरीहरू र त्‍यसका सबै छिमेकीहरू र पलिश्‍तीहरूका छोरीहरूले तँलाई गिल्‍ला गर्दैछन्‌।</verse>
				<verse number="58">तैंले व्‍यभिचार र घृणित व्‍यवहारको प्रतिफल पाउनेछस्, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="59">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले व्‍यवहार गरेअनुसार म तँसित व्‍यवहार गर्नेछु, किनभने तैंले करार भङ्ग गरेर मेरो भाकललाई तुच्‍छ ठानेकी छस्‌।</verse>
				<verse number="60">तापनि तेरो जवानीको दिनमा तँसित गरेको मेरो करारलाई सम्‍झेर म तँसित सदासर्वदाको करार बाँध्‍नेछु।</verse>
				<verse number="61">तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र लज्‍जित भएर तेरा दिदी-बहिनीहरू दुवैलाई ग्रहण गर्नेछस्‌। म तेरा छोराछोरीहरूलाई जस्‍तै म तिनीहरू तँलाई दिनेछु, तर तँसित बाँधेको करारको कारणले त होइन।</verse>
				<verse number="62">यसरी म तँसित मेरो करार बाँध्‍नेछु, र तैंले जान्‍नेछस्‌ कि म नै परमप्रभु हुँ।</verse>
				<verse number="63">जब तैंले गरेका सबै कामका निम्‍ति म प्रायश्‍चित गर्छु, तब तैंले सम्‍झनेछस्, र तँ लज्‍जित हुनेछस्, अनि तेरो अपमानित अवस्‍थाको कारणले तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै उघार्नेछैनस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, एउटा उखान भन्, इस्राएलका घरानालाई एउटा दृष्‍टान्‍त दे।</verse>
				<verse number="3">तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: शक्तिशाली पखेटा र लामा-लामा रङ्गबिरङ्गका प्‍वाँखहरू भएको एउटा ठूलो गरुड लेबनानमा आयो, अनि देवदारुको टुप्‍पो त्‍यसले चुँड़ायो।</verse>
				<verse number="4">त्‍यसले त्‍यो टुप्‍पो व्‍यापारीको एउटा देशमा लग्‍यो, र पैकारीहरूको एउटा सहरमा त्‍यो रोप्‍यो।</verse>
				<verse number="5">“‘त्‍यसपछि त्‍यसले तिमीहरूका देशको केही बीउ लगेर मलिलो जमिनमा रोप्‍यो। त्‍यसले बैँसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो,</verse>
				<verse number="6">र त्‍यो उम्रेर होचो फैलिने लहरा भयो, र त्‍यसका हाँगाहरू त्‍यस गरुडतिर फर्किए तर त्‍यसका जराहरूचाहिँ आफूमुनि नै रहे। यसरी त्‍यो एउटा लहरा भयो अनि त्‍यसका हाँगाहरू उम्रन थाले र त्‍यसबाट धेरै पातहरू निस्‍कन लागे।</verse>
				<verse number="7">“‘तर शक्तिशाली पखेटा र पूरै प्‍वाखले भरिएको अर्को एउटा ठूलो गरुड थियो। अब त्‍यस लताले आफ्‍ना जराहरू आफू रोपिएको ठाउँबाट पठाउन र पानी पाउनलाई आफ्‍ना हाँगाहरू पनि त्‍यस गरुडतिर फैलाउन लाग्‍यो।</verse>
				<verse number="8">त्‍यसमा हाँगाहरू लागून्, फलहरू फलून्‌ र एउटा असल लता त्‍यो होस्‌ भनेर त्‍यो प्रशस्‍त पानी भएको एउटा राम्रो जमिनमा लगाइएको थियो’।</verse>
				<verse number="9">“तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिँदैन र त्‍यसका फलहरू टिपिँदैनन्, र त्‍यो ओइलनेछैन र? त्‍यसका सबै नयाँ पालुवाहरू ओइलाइहाल्‍नेछन्‌। त्‍यसलाई जरैसमेत उखेल्‍नलाई खूब बलियो हात अथवा धेरै मानिसहरू चाहिनेछैन्‌।</verse>
				<verse number="10">त्‍यसलाई सार्‍यो भने पनि के त्‍यो सप्रन्‍छ र? पूर्वीय बतासले हानेपछि के त्‍यो जम्‍मै सुकिहाल्‍दैन र— त्‍यो उम्रेकै ठाउँमा सुकिहाल्‍दैन र?</verse>
				<verse number="11">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="12">“यस बागी घरानालाई भन्, ‘के तिमीहरू यी कुराको अर्थ के हो, सो जान्‍दैनौ?’ तिनीहरूलाई भन्‌: बेबिलोनको राजा यरूशलेममा गयो, र त्‍यसका राजा र भारदारहरूलाई आफूसँग बेबिलोनमा ल्‍यायो।</verse>
				<verse number="13">तब त्‍यसले राजाको वंशमध्‍येको एक जनालाई लिएर त्‍यसलाई शपथ खान लगाएर त्‍यससँग सन्‍धि गर्‍यो। अनि देशका प्रमुख मानिसहरूलाई त्‍यसले लग्‍यो,</verse>
				<verse number="14">ताकि त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खड़ा हुन नसकोस्, र त्‍यसको सन्‍धिको वचन पालन गरेर मात्र त्‍यो रहन सकोस्‌।</verse>
				<verse number="15">तर मिश्रदेशले त्‍यसलाई घोड़ाहरू र एउटा ठूलो सेना देओस्‌ भनेर त्‍यसले मिश्रदेशमा राजदूतहरू पठाएर बेबिलोनका राजाको विरुद्धमा त्‍यो राजा बागी भयो। के त्‍यो सफल हुनेछ र? के यस्‍तो काम गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र?</verse>
				<verse number="16">“‘जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, त्‍यो बेबिलोनमा मर्नेछ, त्‍यसलाई सिंहासनमा बसाल्‍ने जुन राजाको शपथ त्‍यसले तुच्‍छ ठान्‍यो र जससँग गरेको सन्‍धि त्‍यसले भङ्ग गर्‍यो, त्‍यही राजाको मुलुकमा अर्थात्‌ बेबिलोनमा मर्नेछ।</verse>
				<verse number="17">फारोको शक्तिशाली सेना र ठूलो दलले लड़ाइँमा त्‍यसलाई सहायता गर्न सक्‍नेछैन, जब धेरै मानिसहरूलाई नाश गर्न भनी ठूला-ठूला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌।</verse>
				<verse number="18">त्‍यसले करार भङ्ग गरेर शपथलाई तुच्‍छ ठान्‍यो। आफ्‍नो हात धितो राखेर पनि त्‍यसले यस्‍ता-यस्‍ता काम गरेको कारणले, त्‍यो उम्‍कनेछैन।</verse>
				<verse number="19">“‘यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, त्‍यसले तुच्‍छ ठानेको मेरो शपथ र त्‍यसले भङ्ग गरेको मेरो करार म त्‍यसकै शिरमा खन्‍याइदिनेछु।</verse>
				<verse number="20">म मेरो जाल त्‍यसमाथि फिँजाउनेछु र त्‍यो मेरो पासोमा पर्नेछ। म त्‍यसलाई बेबिलोनमा ल्‍याउनेछु, र त्‍यो मप्रति अविश्‍वासी भएको कारणले म त्‍यसको न्‍याय गर्नेछु।</verse>
				<verse number="21">त्‍यसका भागेर गएका सबै सेना तरवारले मारिनेछन्, र बाँचेकाहरूचाहिँ चारैतिर तितरबितर हुनेछन्‌। तब तैंले जान्‍नेछस्, कि म परमप्रभुले नै यो कुरा भनेको हुँ।</verse>
				<verse number="22">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: एउटा देवदारुको सबैभन्‍दा टुप्‍पाको एउटा सानो मुना चुँड़ाएर लिनेछु, र एउटा अल्‍गो र उच्‍च पर्वतमा म त्‍यो रोप्‍नेछु।</verse>
				<verse number="23">इस्राएलका पहाड़का टाकुराहरूमा म त्‍यो रोप्‍नेछु। त्‍यसका हाँगाहरू हुनेछन्‌ र त्‍यसले फलहरू फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारुको रूख हुनेछ। सबै किसिमका चराहरूले त्‍यसमा गुँड़ लाउनेछन्, र त्‍यसको छायामा तिनीहरू बस्‍नेछन्‌।</verse>
				<verse number="24">वनका सबै रूखहरूले यो कुरा जान्‍नेछन्, कि अग्‍लो रूखलाई होचो बनाउने, र होचो रूखलाई अल्‍गो बनाउने, हरियो रूखलाई सुकाइदिने र सुकेको रूखलाई हरियोभरियो बनाउने म परमप्रभु नै हुँ। “‘म परमप्रभुले नै भनेको हुँ, र म त्‍यो गर्ने नै छु’।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“इस्राएलका देशको विषयमा भनेको यो उखान दोहोर्‍याएको अर्थ के हो: “‘अमिलो अङ्‌गूर खाने बुबा अनि दाँत कुँड़िनेचाहिँ छोराछोरी’?”</verse>
				<verse number="3">“‘जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिमीहरू इस्राएलमा कहिल्‍यै यो उखान कहनेछैनौ।</verse>
				<verse number="4">किनकि हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै एकैजस्‍तै मेरा हुन्‌। जुन प्राणले पाप गर्छ, त्‍यही मर्छ।</verse>
				<verse number="5">“मानौं, एक जना मानिस धर्मी छ, जो न्‍यायसङ्गत र ठीक काम गर्छ।</verse>
				<verse number="6">त्‍यसले डाँड़ाका देवता-थानमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन। त्‍यसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, अथवा रजस्‍वलाको समयमा कुनै स्‍त्रीसँग सुत्‍दैन।</verse>
				<verse number="7">त्‍यसले कसैलाई थिचोमिचो गर्दैन, तर कर्जाको बन्‍धक फर्काइदिन्‍छ। त्‍यसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराइदिन्‍छ।</verse>
				<verse number="8">त्‍यसले ब्‍याजमा रुपियाँ दिँदैन, कुकर्म गर्नबाट आफ्‍नो हात परै राख्‍छ, मानिस-मानिसको बीचमा सत्‍यसित न्‍याय गर्छ।</verse>
				<verse number="9">	त्‍यसले मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू पालन गर्छ। त्‍यही मानिस धर्मात्‍मा हो। त्‍यो निश्‍चय नै बाँच्‍नेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">“मानौं, त्‍यसको रिसाहा छोरो छ, जसले हत्‍या गर्छ अथवा यी माथि लेखिएका कामहरू गर्छ,</verse>
				<verse number="11">यद्यपि त्‍यसका बुबाले चाहिँ यी कामहरूमा एउटै पनि गरेको छैन: त्‍यसले डाँड़ाका देवता-थानहरूमा खान्‍छ, आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ,</verse>
				<verse number="12">त्‍यसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, त्‍यसले चोरी गर्छ, बन्‍धकमा राखेको चीज फर्काउँदैन, त्‍यसले मूर्तिहरूतिर हेर्छ, र घिनलाग्‍दा कामहरू गर्छ।</verse>
				<verse number="13">त्‍यसले ब्‍याजमा रुपियाँ दिन्‍छ र दिएको भन्‍दा बढ़ी लिन्‍छ। के यस्‍तो मानिस जीवित रहन्‍छ र? त्‍यो जीवित रहनेछैन। त्‍यसले यी सबै घिनलाग्‍दा कामहरू गरेको कारणले त्‍यो मारिनैपर्छ, र त्‍यसको रगत त्‍यसकै शिरमाथि पर्नेछ।</verse>
				<verse number="14">“तर मानौं, त्‍यस मानिसको एक जना यस्‍तो छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, तर त्‍यसले त्‍यस्‍ता काम गर्दैन:</verse>
				<verse number="15">“त्‍यसले डाँड़ाका देवता-थानहरूमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, त्‍यसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन।</verse>
				<verse number="16">त्‍यसले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धकमा ऋण लिँदैन। त्‍यसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराइदिन्‍छ।</verse>
				<verse number="17">त्‍यसले पापदेखि आफ्‍नो हात परै राख्‍छ, र ब्‍याजमा रुपियाँ दिँदैन वा दिएको भन्‍दा बढ़ी लिँदैन। मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरू पालन गर्छ। त्‍यो आफ्‍नो बुबाका पापको कारण मर्नेछैन। त्‍यो निश्‍चय नै बाँच्‍नेछ।</verse>
				<verse number="18">तर त्‍यसको बुबाचाहिँ आफ्‍नो अधर्मको कारण मर्नेछ, किनभने त्‍यसले जबरदस्‍ती लिने गर्‍यो, आफ्‍नो भाइलाई डाँका मार्‍यो र आफ्‍ना मानिसहरूका बीचमा त्‍यसले नराम्रो काम गर्‍यो।</verse>
				<verse number="19">“तापनि तिमीहरू सोध्‍छौ, ‘छोराले बुबाको दोषको फल किन भोग्‍नुपर्दैन?’ छोराले न्‍यायसङ्गत र ठीक काम गरेको छ, र मेरा सबै विधिहरू होशियारीसित पालन गरेको कारणले, त्‍यो निश्‍चय नै बाँच्‍नेछ।</verse>
				<verse number="20">त्‍यो प्राण, जसले पाप गर्छ, त्‍यही मर्छ। छोराले बुबाको दोषको फल भोग्‍नेछैन, न त बुबाले छोराको दोषको फल भोग्‍नेछ। धर्मीले आफ्‍नो धार्मिकताको फल र दुष्‍टले आफ्‍नो दुष्‍ट्याइँको फल पाउनेछ।</verse>
				<verse number="21">“तर यदि कुनै दुष्‍ट मानिसले आफूले गरेका सबै पापहरू त्‍यागेर मेरा विधिहरू पालन गर्‍यो, र न्‍यायसङ्गत र ठीक काम गर्‍यो भने, त्‍यो निश्‍चय नै बाँच्‍नेछ। त्‍यो मर्नेछैन।</verse>
				<verse number="22">त्‍यसले गरेको कुनै पनि अपराध त्‍यसको विरुद्धमा फेरि सम्‍झना हुनेछैन। त्‍यसले गरेको धर्मको कारण त्‍यो बाँच्‍नेछ।</verse>
				<verse number="23">के दुष्‍टको मृत्‍युमा म खुशी हुन्‍छु र? परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। बरु आफ्‍नो चाल छोड़ेर तिनीहरू बाँचेका म हेर्न चाहन्‍नँ र?</verse>
				<verse number="24">“तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? त्‍यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्‍झना हुनेछैन। त्‍यसको अविश्‍वास र त्‍यसले गरेका पापको कारणले त्‍यो मर्नेछ।</verse>
				<verse number="25">“तापनि तिमीहरू भन्‍छौ, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। हे इस्राएलका घराना, सुन: के मेरो चाल न्‍यायसङ्गत छैन? के तिमीहरूको चाल पो अन्‍यायी छैन र?</verse>
				<verse number="26">धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍यागेर पाप गर्‍यो भने, त्‍यसको लागि त्‍यो मर्नेछ। त्‍यसले गरेको पापको कारण नै त्‍यो मर्नेछ।</verse>
				<verse number="27">तर यदि दुष्‍ट मानिसले आफूले गरेको दुष्‍ट्याइँलाई त्‍यागेर ठीक काम गर्छ भने, त्‍यसले आफ्‍नो प्राण बचाउनेछ।</verse>
				<verse number="28">त्‍यसले विचार गर्छ र आफूले गरेका सबै अपराध सम्‍झन्‍छ र तीबाट फर्कन्‍छ। त्‍यसकारण त्‍यो निश्‍चय नै बाँच्‍नेछ, त्‍यो मर्नेछैन।</verse>
				<verse number="29">तापनि इस्राएलको घरानाले भन्‍छ, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। हे इस्राएलको घराना, के मेरो चाल न्‍यायसङ्गत छैन र? के तिमीहरूको चाल अन्‍यायी छैन र?</verse>
				<verse number="30">“यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्‍याय त्‍यसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, आफ्‍ना सबै अपराधहरूदेखि फर्क! तब तिमीहरूको पाप आफ्‍नो पतनको कारण हुनेछैन।</verse>
				<verse number="31">तिमीहरूले गरेका सबै अपराधहरू त्‍याग, र नयाँ हृदय र नयाँ आत्‍मा लेओ। तिमीहरू किन मर्छौ, हे इस्राएलका घराना?</verse>
				<verse number="32">किनभने कसैको मृत्‍युमा म प्रसन्‍न हुन्‍न, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, र बाँच।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">“इस्राएलका राजकुमारहरूका निम्‍ति यो विलाप गर्, र भन्‌:</verse>
				<verse number="2">“‘तेरी आमा सिंहहरूका बीचमा कस्‍ती सिंहिनी थिई! त्‍यो आफ्‍ना डमरुहरूलाई हुर्काउँदै जवान सिंहका बीचमा ढल्‍केर बस्‍थी।</verse>
				<verse number="3">ती डमरुहरूमध्‍ये एउटालाई त्‍यसले हुर्काएर बढ़ाई, र त्‍यो एउटा बलियो सिंह भयो। त्‍यसले शिकारलाई फहराउन सिक्‍यो र मानिसहरूलाई खान लाग्‍यो।</verse>
				<verse number="4">जाति-जातिहरूले त्‍यसको विषयमा सुने, र तिनीहरूले खाड़ल खने, र त्‍यो त्‍यसमा पर्‍यो। तिनीहरूले त्‍यसलाई अङ्‌कुसेले समातेर त्‍यसलाई मिश्रदेशमा लगे।</verse>
				<verse number="5">“‘जब त्‍यसले आफ्‍नो आशा पूरा नभएको, र आफ्‍नो अपेक्षा खतम भएको देखी, तब त्‍यसले आफ्‍ना डमरुहरूमध्‍ये अर्को एउटालाई लिई, र त्‍यसलाई एउटा बलियो सिंह बनाई।</verse>
				<verse number="6">त्‍यो, सिंहहरूमध्‍ये यताउता हिँड्‌डुल गर्न लाग्‍यो, किनकि अब त्‍यो एउटा बलियो जवान सिंह भएको थियो। त्‍यसले शिकारलाई फहराउन सिक्‍यो, र मानिसहरूलाई खान लाग्‍यो।</verse>
				<verse number="7">त्‍यसले तिनीहरूका किल्‍लाहरू भत्‍काइदियो, र तिनीहरूका सहरहरू उजाड़ पार्‍यो। त्‍यो गर्जेको आवाजले देश र त्‍यसमा भएका सबै जना तर्से।</verse>
				<verse number="8">तब जाति-जातिहरू छेउछाउका इलाकाहरूबाट आए, र तिनीहरूले त्‍यसको लागि पासो थापे, र त्‍यसलाई पक्रनलाई तिनीहरूले जाल फिँजाए, र त्‍यो तिनीहरूको खाड़लमा पर्‍यो।</verse>
				<verse number="9">तिनीहरूले अङ्‌कुसेले त्‍यसलाई समातेर एउटा खोरमा हाले, र त्‍यसलाई बेबिलोनको राजाकहाँ ल्‍याए। इस्राएलका डाँड़ाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै नसुनिओस्‌ भनेर तिनीहरूले त्‍यसलाई कैदमा राखे।</verse>
				<verse number="10">“‘पानीको छेउमा रोपिएको दाखबारीमा दाखको बोटजस्‍तै तेरी आमा थिई। प्रशस्‍त पानीको कारणले त्‍यो फलैफल भएकी र हाँगाहरूले झ्‍याम्‍म परेकी थिई।</verse>
				<verse number="11">त्‍यसका हाँगाहरू बलिया थिए, शासकको राजदण्‍डको लागि उचित। बाक्‍ला हाँगाहरूका बीचमा त्‍यो अल्‍गो भएर बढ़्यो। त्‍यसका हाँगाहरू धेरै थिए, र त्‍यो अल्‍गो देखिन्‍थ्‍यो।</verse>
				<verse number="12">तर क्रोधमा त्‍यो उखेलियो, र जमिनमा त्‍यो फ्‍याँकियो। पूर्वीय बतासले त्‍यसलाई सुकाइदियो, र त्‍यसका फलहरू सबै झारिए। त्‍यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्‍म पारियो।</verse>
				<verse number="13">अब त्‍यो मरुभूमिमा रोपियो, सुक्‍खा र पानी नभएको ठाउँमा।</verse>
				<verse number="14">त्‍यसका मुख्‍य हाँगाहरूमध्‍ये एउटाबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो। त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासकको जो राजदण्‍डको निम्‍ति उचित थियो। यो एउटा विलापी गीत हो, र विलापी गीतजस्‍तै यो प्रयोग गरिनुपर्छ।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">सातौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा इस्राएलका कोही धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्नलाई आएर मेरो सामुन्‍ने बसे।</verse>
				<verse number="2">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="3">“हे मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूसँग कुरा गर्‌ र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: के तिमीहरू मसित सोधपूछ गर्नलाई आएका छौ? जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तिमीहरू मलाई सोधपूछ गर्न पाउनेछैनौ’।</verse>
				<verse number="4">“के तँ तिनीहरूको न्‍याय गर्नेछस्, हे मानिसको छोरो? के तँ तिनीहरूको न्‍याय गर्नेछस्‌? त्‍यसो भए, तिनीहरूका पिता-पुर्खाहरूको घिनलाग्‍दो व्‍यवहारको विषयमा तिनीहरूलाई सामना गर्,</verse>
				<verse number="5">र तिनीहरूलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘जुन दिन मैले इस्राएललाई छानें, त्‍यसै दिन याकूबको घरानासित मैले हात उठाएर शपथ खाएँ र मैले आफैलाई तिनीहरूका बीचमा प्रकट गरें। मैले हात उठाएर तिनीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”</verse>
				<verse number="6">त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट निकालेर मैले तिनीहरूका निम्‍ति खोजेको देशमा ल्‍याउनेछु, जुन देशमा दूध र मह बग्‍छ, र जुन देश सबै देशहरूभन्‍दा सुन्‍दर छ।</verse>
				<verse number="7">अनि मैले तिनीहरूलाई भनें, “तिमीहरू हरेकले आफ्‍ना आँखाले देखेका प्‍यारो वस्‍तु, ती घिनलाग्‍दा प्रतिमाहरू हटाओ, र मिश्रदेशका मूर्तिहरूले आफूलाई बिटुलो नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।</verse>
				<verse number="8">“‘तर तिनीहरू मेरो विरुद्धमा बागी भए र तिनीहरूले मेरा कुरा सुनेनन्‌। आफ्‍ना आँखाले देखेका प्‍यारो वस्‍तु, ती घिनलाग्‍दा प्रतिमाहरूलाई तिनीहरूले फालेनन्, न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई त्‍यागे। यसैले मैले भनें, कि मिश्रदेशमा नै म मेरो क्रोध तिनीहरूमाथि खन्‍याउनेछु, मेरो रीस पूरै पोखाउनेछु।</verse>
				<verse number="9">तर जुन जातिहरूका बीचमा तिनीहरू बसेका थिए र जसका नजरकै सामुन्‍ने मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याई इस्राएलीहरूका अगि आफूलाई चिनाएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस्‌ भनेर आफ्‍नो नाउँको खातिर मैले यो काम गरें।</verse>
				<verse number="10">यसैकारण मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर मरुभूमिमा ल्‍याएँ।</verse>
				<verse number="11">मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू देखाएँ, किनभने जुन मानिसले ती पालन गर्छ, तिनैबाट त्‍यो बाँच्‍नेछ।</verse>
				<verse number="12">त्‍यसबाहेक तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भन्‍ने कुरा तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बीचमा चिन्‍हको लागि मैले तिनीहरूलाई शबाथदिनहरू पनि ठहराइदिएँ।</verse>
				<verse number="13">“‘तापनि इस्राएलका मानिसहरू मरुभूमिमा मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरो विधिहरूमा उर्दीहरूमा चलेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे— यद्यपि ती पालन गर्ने मानिस तिनैबाट बाँच्‍नेछ— मेरा शबाथहरूलाई तिनीहरूले एकदमै बिटुलो पारे। यसैले मैले भनें, कि म यही मरुभूमिमा तिनीहरूमाथि मेरो क्रोध पोखाएर तिनीहरूलाई नाश गरिदिनेछु।</verse>
				<verse number="14">तर जुन जातिहरूका नजरकै सामुन्‍ने मैले तिनीहरूलाई निकालेर ल्‍याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले यो काम गरें।</verse>
				<verse number="15">त्‍यसबाहेक मैले आफ्‍नो हात उठाएर मरुभूमिमा तिनीहरूसित यो शपथ खाएँ, कि दूध र मह बग्‍ने देशमा जो सबै देशहरूभन्‍दा सुन्‍दर छ, त्‍यहाँ म तिनीहरूलाई ल्‍याउनेछैनँ—</verse>
				<verse number="16">किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा चलेनन्, र मेरा शबाथहरूलाई बिटुलो पारे। किनकि तिनीहरूका हृदय आफ्‍ना मूर्तिहरूको भक्ति गर्न लागेका थिए।</verse>
				<verse number="17">तापनि मैले दया गरेर तिनीहरूलाई मरुभूमिमा सर्वनाश गरिनँ, अथवा तिमीहरूको पूरै अन्‍त गरिनँ।</verse>
				<verse number="18">मैले मरुभूमिमा तिनीहरूका छोराछोरीहरूलाई भनें, “तिमीहरू आफ्‍ना पिता-पुर्खाहरूका धार्मिक-विधानहरूमा नहिँड़ अथवा तिनीहरूका नियमहरू नमान, वा तिनीहरूका मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो नपार।</verse>
				<verse number="19">म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मेरा विधिहरूमा हिँड़, र मेरा नियमहरू पालन गर्नलाई होशियार होओ।</verse>
				<verse number="20">मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्‍ह होऊन्‌। तब तिमीहरूले म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछौ।”</verse>
				<verse number="21">“‘तर ती छोराछोरीहरू मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरा उर्दीहरूमा हिँडेनन्, र मेरा व्‍यवस्‍थाहरू पालन गर्नलाई होशियार भएनन्‌— यद्यपि ती पालन गर्नाले मानिस तिनैबाट बाँच्‍नेछ— र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे। यसैले मैले भनें, कि मरुभूमिमा म मेरो क्रोध तिनीहरूमाथि पोखाउनेछु, मेरो रीस तिनीहरूका विरुद्धमा खन्‍याउनेछु।</verse>
				<verse number="22">तर मैले मेरो हात रोकें, र जुन जातिहरूका नजरकै सामुन्‍ने मैले तिनीहरूलाई निकालेर ल्‍याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले यो काम गरें।</verse>
				<verse number="23">त्‍यसबाहेक मरुभूमिमा मैले यस्‍तो शपथ खाएँ, कि म तिनीहरूलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पार्नेछु, र देश-देशमा तिमीहरूलाई तितरबितर पार्नेछु,</verse>
				<verse number="24">किनभने तिनीहरूले मेरा नियमहरू मानेनन्, र मेरा विधिहरूलाई इन्‍कार गरे, र मेरा शबाथहरूलाई बिटुलो पारे। तिनीहरूका नजर आफ्‍ना पिता-पुर्खाहरूका मूर्तिहरूमा मोहित भए।</verse>
				<verse number="25">मैले तिनीहरूलाई यस्‍ता धार्मिक-विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्‍ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सक्‍नेथिएनन्‌।</verse>
				<verse number="26">मैले तिनीहरूलाई आफ्‍ना उपहारहरूद्वारा बिटुलो हुन दिएँ, अर्थात्‌ पहिले जन्‍मेको हरेकको बलिदानद्वारा, र तिनीहरू भयभीत होऊन्, ताकि तिनीहरूले म परमप्रभु हुँ भनी जानून्‌।</verse>
				<verse number="27">“यसकारण हे मानिसको छोरो, इस्राएलका मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मलाई त्‍यागेर तिमीहरूका पिता-पुर्खाले मेरो निन्‍दा गरे।</verse>
				<verse number="28">जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा तिनीहरूलाई ल्‍याएँ, तब जहाँ-जहाँ तिनीहरूले कुनै अल्‍गो डाँड़ा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढ़ाए, र मलाई रीस उठ्‌ने तिनीहरूका भेटी चढ़ाए। त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित बास्‍ना आउने धूप बाले र आफ्‍ना अर्घ-बलि चढ़ाए।</verse>
				<verse number="29">तब मैले तिनीहरूलाई सोधें, ‘तिमीहरू जाने गरेको अल्‍गो ठाउँ के हो’?” (आजको दिनसम्‍म पनि त्‍यो ठाउँ बामा भनिन्‍छ।)</verse>
				<verse number="30">“यसैकारण इस्राएलको घरानालाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: के तिमीहरू पनि आफ्‍ना पिता-पुर्खाहरूका चालअनुसार हिँड़ेर आफैलाई बिटुलो पार्छौ र तिनीहरूका घिनलाग्‍दा मूर्तिहरूका कामवासनाले मोहित हुन्‍छौ?</verse>
				<verse number="31">जब तिमीहरू आफ्‍ना उपहारहरू चढ़ाउँछौ अर्थात्‌ आफ्‍ना छोराहरू आगोमा चढ़ाउने बलिदानहरू— तब आजको दिनसम्‍म पनि आफ्‍ना सबै मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो पार्दछौ। हे इस्राएलको घराना, के तिमीहरूलाई मसँग सोधपूछ गर्न दिनु र? परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्न पाउनेछैनौ।</verse>
				<verse number="32">“‘तिमीहरू भन्‍छौ, “हामीहरू अरू जातिहरूजस्‍तै हुन चाहन्‍छौं, संसारका मानिसहरूजस्‍तै, जो काठ र ढुङ्गाहरूलाई पुज्‍छन्‌।” तर तिमीहरूका मनको कुरा पूरा हुनेछैन।</verse>
				<verse number="33">जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्‍याउँदै म तिमीहरूमाथि राज्‍य गर्नेछु।</verse>
				<verse number="34">म तिमीहरूलाई शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्‍याउँदै जाति-जातिहरूका बीचबाट निकालेर ल्‍याउनेछु, र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु।</verse>
				<verse number="35">म तिमीहरूलाई जाति-जातिहरूको मरुभूमिमा ल्‍याउनेछु, र त्‍यहाँ तिनीहरूकै सामुन्‍ने तिमीहरूको न्‍याय गर्नेछु।</verse>
				<verse number="36">जसरी मिश्रदेशको मरुभूमिमा मैले तिमीहरूका पिता-पुर्खाहरूको न्‍याय गरेको थिएँ, त्‍यसरी नै तिमीहरूको न्‍याय म गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="37">म तिमीहरूलाई मेरो टाँगोमुनि छिर्न लाउनेछु, र एक-एक गरी गन्‍तीसित तिमीहरूलाई करारको बन्‍धनमा ल्‍याउनेछु।</verse>
				<verse number="38">तिमीहरूमध्‍येका विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म अलग गर्नेछु। तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई निकालेर ल्‍याउनेछु, तापनि तिनीहरू इस्राएलको देशमा पस्‍न पाउनेछैनन्‌। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।</verse>
				<verse number="39">“‘हे इस्राएलका घराना, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छ: जाओ, तिमीहरू हरेकले आ-आफ्‍नो मूर्तिहरूलाई पुज। तर तिमीहरूले निश्‍चय नै मेरो कुरा पछि सुन्‍नेछौ, र तिमीहरूले मेरो पवित्र नाउँलाई आफ्‍ना उपहारहरू र मूर्तिहरूले फेरि कहिल्‍यै अपवित्र गर्नेछैनौ।</verse>
				<verse number="40">किनकि परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, यस देशमा इस्राएलका जम्‍मै घरानाले मेरो पवित्र पर्वत, इस्राएलको अल्‍गो पर्वतमा मेरो सेवा गर्नेछन्, र त्‍यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्‍यहीँ नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र बलिदानहरूसमेत म चाहनेछु।</verse>
				<verse number="41">जब म तिमीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्‍याउनेछु र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट भेला गराउनेछु, तब तिमीहरूलाई बास्‍ना आउने धूपझैँ ग्रहण गर्नेछु, र जाति-जातिहरूका दृष्‍टिमा तिमीहरूका बीचमा म आफैलाई पवित्र प्रकट गर्नेछु।</verse>
				<verse number="42">जब म तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु, जुन देश दिनलाई मैले मेरो हात उचालेर तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।</verse>
				<verse number="43">तिमीहरूका जुन चालचलन र कृयाकलापद्वारा तिमीहरू बिटुलो भएका थियौ, ती तिमीहरूले त्‍यहाँ सम्‍झना गर्नेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट्याइँहरूका निम्‍ति तिमीहरू आफैले आफैलाई घृणा गर्नेछौ।</verse>
				<verse number="44">हे इस्राएलका घराना, तिमीहरूका दुष्‍ट चाल र तिमीहरूका भ्रष्‍टाचारअनुसार होइन, तर मेरो नाउँको खातिर म जब तिमीहरूसित व्‍यवहार गर्नेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="45">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="46">हे मानिसको छोरो, तेरो मोहड़ा दक्षिण दिशातिर फर्काएर दक्षिणको विरुद्धमा प्रचार गर्, र वनले भरिएको दक्षिण देशको विरुद्धमा अगमवाणी भन्‌।</verse>
				<verse number="47">दक्षिण देशको वनलाई भन्‌: ‘परमप्रभुको वचन सुन्‌। परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तँमा आगो सल्‍काउन लागेको छु, र तेरा हरिया रूख र सुकेका रूखलाई त्‍यसले वशमा पार्नेछ। त्‍यसको दन्‍केको ज्‍वाला निभ्‍नेछैन, र त्‍यसद्वारा दक्षिणदेखि उत्तरसम्‍मै हरेकको मुख डढ्‌नेछ।</verse>
				<verse number="48">म परमप्रभुले नै त्‍यो सल्‍काएको हुँ भनी हरेकले देख्‍नेछ। त्‍यो निभ्‍नेछैन’।”</verse>
				<verse number="49">तब मैले भने, “हे परमप्रभु परमेश्‍वर, तिनीहरूले त मलाई यसो भन्‍नेछन्, ‘त्‍यसले त उखानहरूमात्र भनिरहेको छ होइन र’?”</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, तेरो मोहड़ा यरूशलेमको विरुद्धमा फर्काएर पवित्रस्‍थानको विरुद्धमा प्रचार गर्‌। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्,</verse>
				<verse number="3">र त्‍यसलाई भन्‌: ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो विरुद्धमा छु। म मेरो तरवार म्‍यानबाट थुतेर तेरा धर्मी र दुष्‍ट दुवैलाई तिमीहरूबाट बहिष्‍कार गर्नेछु।</verse>
				<verse number="4">धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नेछु, यसैकारण दक्षिणदेखि उत्तरसम्‍म हरेकको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ।</verse>
				<verse number="5">तब सबैले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु, र त्‍यो फेरि म्‍यानमा हालिनेछैन’।</verse>
				<verse number="6">“यसकारण हे मानिसको छोरो, सुस्‍केरा हाल्‌। टुटेको हृदयमा साह्रै दु:खित हुँदै तिनीहरूका सामुन्‍ने सुस्‍केरा हाल्‌।</verse>
				<verse number="7">यदि तिनीहरूले तँलाई ‘तिमी किन सुस्‍केरा हाल्‍दैछौ?’ भनी सोधे भने, यस्‍तो जवाफ दे, ‘समाचार आइरहेको कारणले, हरेकको हृदय गलिजानेछ र हरेकको हात शिथिल हुनेछ, हरेकको आत्‍मा निरुत्‍साहित हुनेछ र हरेकको घुँड़ा पानीजस्‍तै कमजोर हुनेछ’। त्‍यो आउँदैछ! त्‍यो निश्‍चय नै पूरा हुनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="8">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="9">“हे मानिसको छोरो, अगमवाणी कहेर भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘एउटा तरवार, एउटा तरवार, सान लगाएको र टल्‍काइएको छ,</verse>
				<verse number="10">मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्‍कनलाई टल्‍काइएको छ। “‘के हामी यहूदा मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुने र? तरवारले त त्‍यस्‍तो दण्‍डलाई घृणा गर्छ।</verse>
				<verse number="11">“‘तरवार टल्‍काउनलाई नियुक्त गरिएको छ, र हातले अँठ्याउनलाई। त्‍यसमा सान लगाइएको, त्‍यो टल्‍काइएको छ, मार्नेको हातको लागि त्‍यो तयार पारिएको छ।</verse>
				<verse number="12">हे मानिसको छोरो, करा र विलाप गर्, किनभने त्‍यो मेरो प्रजाको विरुद्धमा चल्‍नेछ, त्‍यो इस्राएलका सबै राजकुमारका विरुद्धमा चल्‍नेछ। मेरो प्रजासितै तिनीहरू पनि तरवारमा सुम्‍पिएका छन्‌। यसकारण तैंले आफ्‍नो छाती पिट्‌।</verse>
				<verse number="13">“‘जाँच निश्‍चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्‍ड, जसलाई तरवारले तिरस्‍कार गर्छ, त्‍यो रहिरहेन भने? सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="14">“यसकारण हे मानिसको छोरो, अगमवाणी भन्, ताली बजा। तरवारले दुई पल्‍ट, तीन पल्‍टसम्‍मै प्रहार गरोस्‌। यो तरवार ध्‍वंस गर्नका निम्‍ति हो— ठूलो ध्‍वंसको निम्‍ति, हरेक दिशाबाट त्‍यसले तिनीहरूलाई घेर्दैछ।</verse>
				<verse number="15">ताकि हृदयहरू गलिजाऊन्, र ढल्‍नेहरू धेरै होऊन्‌। तिनीहरूका सबै मूल ढोकाहरूमा रक्तपातको लागि मैले तरवार नियुक्त गरिदिएको छु। आओ! बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो बनाइएको छ, त्‍यो मार्नलाई समातिन्‍छ!</verse>
				<verse number="16">हे तरवार, तेरो धार जतातिर फर्काइन्‍छ, दाहिने र देब्रेतिर तेजसित काट्‌।</verse>
				<verse number="17">म पनि ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त हुनेछ। म, परमप्रभुले नै भनेको हुँ।”</verse>
				<verse number="18">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="19">“हे मानिसको छोरो, बेबिलोनका राजाको तरवार लिनलाई एउटै देशबाट आएका दोबाटो पहिल्‍या। सहरतिर जाने दोबाटोको मुखमा बाटो देखाउने एउटा मार्ग-दर्शक बना।</verse>
				<verse number="20">अम्‍मोनीहरूको रब्‍बा सहरमा र यहूदा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई त्‍यस तरवारको निम्‍ति एउटा बाटो देखा।</verse>
				<verse number="21">किनभने बेबिलोनका राजा जोखना हेर्नलाई दोबाटोमा, अर्थात्‌ ती दुवै बाटोका मुखमा उभिनेछ, त्‍यसले काँड़हरूको चिट्ठा हाल्‍नेछ। त्‍यसले आफ्‍ना मूर्तिहरूसित सल्‍लाह लिनेछ, र कलेजो जाँच्‍नेछ।</verse>
				<verse number="22">भत्‍काउने मूढ़ा राख्‍नलाई, गला खोलेर ध्‍वंस गर्ने हुकुम दिनलाई, युद्ध-ध्‍वनिको पुकारा दिनलाई, मूल ढोका भत्‍काउने ठूला-ठूला मूढ़ाहरू लाउनलाई, घेरा-मचान खड़ा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ।</verse>
				<verse number="23">युद्धको निम्‍ति राजासित मित्रताको शपथ खानेहरूलाई त्‍यो झूटो जोखना हेरेजस्‍तो देखिनेछ, तर त्‍यसले तिनीहरूको दोषको सम्‍झना गराइदिनेछ, र तिनीहरूलाई कैद गर्नेछ।</verse>
				<verse number="24">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूको खुलस्‍त बागीपनद्वारा तिमीहरूले आफ्‍नो दोष मलाई सम्‍झना गराएकाले, र तिमीहरूका पाप सबै काममा प्रकट गरेका हुनाले— तिमीहरूले यो गरेका हुनाले, तिमीहरू कैदमा पर्नेछौ।</verse>
				<verse number="25">“‘हे अपवित्र र दुष्‍ट जन, इस्राएलको राजकुमार हो, जसको दिन आइपुगेको छ, जसको आखिरी दण्‍डको सजाय आइपुगेको छ,</verse>
				<verse number="26">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: फेटा उतार्‌ र मुकुट उतारिदे, त्‍यो भएजस्‍तो अब हुनेछैन। जो विनम्र छ त्‍यो उच्‍च पारिनेछ, र जो उच्‍च छ त्‍यो तल खसालिनेछ।</verse>
				<verse number="27">भग्‍नावशेष! भग्‍नावशेष!! म त्‍यसलाई भग्‍नावशेष बनाउनेछु। जसको त्‍यसमाथि न्‍यायपूर्ण अधिकार छ, जसलाई म यो सुम्‍पिदिनेछु, ऊ नआउञ्‍जेल त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन’।</verse>
				<verse number="28">“हे मानिसको छोरो, तैंले चाहिँ अगमवाणी कहेर भन्, ‘अम्‍मोनीहरू र उनीहरूले गरेको निन्‍दाको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘एउटा तरवार, एउटा तरवार, मार्नलाई एउटा तरवार थुतिएको छ, बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो टल्‍काइएको छ!</verse>
				<verse number="29">तेरो विषयमा झूटो दर्शन देखे तापनि— तेरो लागि झूटो जोखना हेरे तापनि ती दुष्‍टहरू, जो मारिनैपर्छ जसको दिन आइपुगेको छ, जसको आखिरी दण्‍डको समय आइपुगेको छ, तिनीहरूका घिच्रामा हान्‍नलाई त्‍यो तरवार निकालिनेछ।</verse>
				<verse number="30">त्‍यो तरवार म्‍यानमा हाल्‌। तँ सृजना गरिएकै ठाउँमा, तेरा पिता-पुर्खाहरूकै देशमा म तेरो इन्‍साफ गर्नेछु।</verse>
				<verse number="31">म मेरो क्रोध तँमाथि खन्‍याउनेछु, र तेरो विरुद्धमा दन्‍केको मेरो रीस आगोझैँ तँमाथि फुकिदिनेछु। म तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु।</verse>
				<verse number="32">तँ आगोको लागि दाउरा हुनेछस्‌। तेरो रगत तेरै देशमा बग्‍नेछ। तेरो सम्‍झना फेरि कहिल्‍यै हुनेछैन, किनकि म परमप्रभुले नै यो भनेको हुँ’।”</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, के तँ त्‍यसको न्‍याय गर्छस्‌? के तँ यस खूनी सहरको न्‍याय गर्छस्‌? त्‍यसो भए त्‍यसका सबै घृणित व्‍यवहारहरूसँग त्‍यसको सामना गर्,</verse>
				<verse number="3">र भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘आफ्‍नै अन्‍त्‍यको समय ल्‍याउन, आफ्‍नै बीचमा रगत बगाउने र आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने तँ सहर!</verse>
				<verse number="4">तैंले बगाएको रगतको कारण तँ दोषी भएको छस्‌। तैंले बनाएका मूर्तिहरूद्वारा तँ बिटुलो भएको छस्‌। तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य गरेको छस्‌। यसैकारण मैले तँलाई जाति-जातिहरूका बीचमा गिल्‍ला र सबै देशहरूमा ठट्टाको पात्र बनाउनेछु।</verse>
				<verse number="5">तेरो नजिक र टाढ़ा हुनेहरूले तेरो ठट्टा गर्नेछन्, ए नीच र उपद्रवले भरिएको सहर!</verse>
				<verse number="6">“‘हेर्, तँमा भएका इस्राएलका राजकुमारहरू हरेकले आफ्‍नो शक्तिअनुसार रगत बगाउने व्‍यवहार गर्छ।</verse>
				<verse number="7">तँमा नै तिनीहरूले माता-पितासँग निन्‍दाजनक व्‍यवहार गरेका छन्‌। तँमा नै तिनीहरूले विदेशीहरूमाथि अत्‍याचार गरेका छन्, र टुहुरा-टुहुरी र विधवाहरूलाई दुर्व्‍यवहार गरेका छन्‌।</verse>
				<verse number="8">तैंले मेरा पवित्र चीजहरूलाई तुच्‍छ ठानेको छस्‌ र मेरा शबाथहरू अपवित्र गरेको छस्‌।</verse>
				<verse number="9">रगत बगाउनलाई निन्‍दाजनक बदख्‍वाइँ गर्ने मानिसहरू तँमा तयार रहन्‍छन्‌। अनि यस्‍ता मानिसहरू पनि तँमा छन्, जसले डाँड़ाका थानहरूमा प्रसाद खान्‍छन्‌ र कुकर्म गर्छन्‌।</verse>
				<verse number="10">तँभित्रै मानिसहरूले आफ्‍ना पिताको ओछ्यान भ्रष्‍ट पार्छन्‌। तँभित्रै मानिसहरूले रजस्‍वला भएकी स्‍त्रीसँग अशुद्ध सम्‍भोग गर्छन्‌।</verse>
				<verse number="11">तँभित्रै कसैले आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा अपराध गर्छ, अर्कोले आफ्‍नी बुहारीलाई लज्‍जापूर्वक अशुद्ध पार्छ, अर्कोले आफ्‍नै बुबाकी छोरी, आफ्‍नी बहिनीसित कुकर्म गर्छ।</verse>
				<verse number="12">तँमा नै मानिसहरूले हत्‍या गर्नलाई घूस लिन्‍छन्‌। तैंले ब्‍याजमा बढ़ी ब्‍याज लिन्‍छस्, आफ्‍नो छिमेकीलाई अन्‍याय गरेर जबरदस्‍ती गरी नाफा लिन्‍छस्‌। अनि तैंले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“‘तैंले अन्‍यायसित नाफा गरेको र तेरो बीचमा भएको हत्‍याको कारण म निश्‍चय नै ताली बजाउनेछु।</verse>
				<verse number="14">जुन दिन म तँसित व्‍यवहार गरुँला के त्‍यस बेला तेरो साहस स्‍थिर रहला र? अथवा के तेरो हात दह्रिलो होला त? म परमप्रभुले यो भनेको छु, र यसै गर्नेछु।</verse>
				<verse number="15">म तँलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पार्नेछु, र देश-देशमा तँलाई छरपष्‍ट पार्नेछु, र तँमा भएको अशुद्धता म खतम गर्नेछु।</verse>
				<verse number="16">जब जाति-जातिहरूको दृष्‍टिमा तँ बिटुलो भएको हुनेछस्, तब म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌’।”</verse>
				<verse number="17">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="18">“ए मानिसको छोरो, इस्राएलको घराना त मेरो दृष्टिमा थिग्रो भएको छ। तिनीहरू सबै भट्टीमा भएका तामा, जस्‍ता, फलाम र सीसाका थिग्रा भएका छन्‌।” तिनीहरू चाँदीका थिग्रा मात्र छन्‌।</verse>
				<verse number="19">यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरू सबै थिग्रा भएका हुनाले, म तिमीहरूलाई यरूशलेमभित्रै जम्‍मा गर्नेछु।</verse>
				<verse number="20">आगो हुरुरुरु पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र जस्‍ता भट्टीमा जम्‍मा गर्दछन्, त्‍यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र तिमीहरूलाई त्‍यहाँ सहरभित्रै हालेर गाल्‍नेछु।</verse>
				<verse number="21">म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको अग्‍निज्‍वाला तिमीहरूमाथि फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ।</verse>
				<verse number="22">जसरी भट्टीमा चाँदी गल्‍छ, त्‍यसरी नै त्‍यसैभित्र तिमीहरू गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ’।”</verse>
				<verse number="23">फेरि परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="24">“हे मानिसको छोरो, यस देशलाई भन्, ‘क्रोधको दिनमा वृष्‍टि नभएको र झरी नभेटेको भूमिझैँ तँ भएको होस्‌।’</verse>
				<verse number="25">त्‍यसमा भएका त्‍यसका राजकुमारहरू गजंर्दै शिकार फहराउने सिंहझैँ एउटा षड्‌यन्‍त्र रच्‍दैछन्‌। तिनीहरूले मानिसहरूलाई निल्‍छन्, तिनीहरूले धन-सम्‍पत्ति र बहुमूल्‍य पदार्थहरू लुट्‌छन्, र त्‍यसको बीचमा धेरैलाई विधवा बनाउँछन्‌।</verse>
				<verse number="26">त्‍यसका पूजाहारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र मेरो पवित्र चीजहरू अपवित्र पार्छन्‌। पवित्र र साधारण चीजको तिनीहरूलाई केही विचारै छैन, तिनीहरूले शुद्ध र अशुद्धको बीचमा केही भिन्‍नता छैन भनी सिकाएका छन्‌। तिनीहरूले मेरा शबाथहरू मान्‍नलाई आँखा चिम्‍म गरेका छन्, फलस्‍वरूप तिनीहरूका बीचमा म अपमानित हुन्‍छु।</verse>
				<verse number="27">त्‍यसमा भएका त्‍यसका अधिकारीहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌। तिनीहरूले बेईमानीसित नाफा कमाउनलाई रगत बगाएर मानिसहरूलाई मार्छन्‌।</verse>
				<verse number="28">त्‍यसका अगमवक्ताहरूले असत्‍य दर्शन देखेर र झूटा जोखना हेरेर ती कुकर्महरूलाई चूनले पोतेझैँ छोप्‍छन्‌। परमप्रभुले केही भन्‍नु नहुँदा पनि ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’ भनी तिनीहरू भन्‍छन्‌।</verse>
				<verse number="29">देशका मानिसहरूचाहिँ जबरजस्‍तीसँग लिने र चोरी गर्ने गर्छन्‌। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गर्छन्, र न्‍यायलाई इन्‍कार गरेर विदेशीहरूसँग दुर्व्‍यवहार गर्छन्‌।</verse>
				<verse number="30">“पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।</verse>
				<verse number="31">त्‍यसकारण तिनीहरूले गरेका सबै काम तिनीहरूकै थाप्‍लोमा ल्‍याएर मेरो जल्‍दो रीसले म तिनीहरूलाई भस्‍म पार्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, कुनै समय दुई स्‍त्रीहरू थिए— एउटै आमाका दुई छोरीहरू।</verse>
				<verse number="3">तिनीहरू मिश्रदेशमा वेश्‍या भए। तरुणी अवस्‍थामा हुँदै तिनीहरूले वेश्‍यावृत्ति गर्न लागे। त्‍यस देशमा तिनीहरूका स्‍तनमा हात लगाइए, र तिनीहरूको कुमारी अवस्‍थाको स्‍तन माड़िए।</verse>
				<verse number="4">तिनीहरूमा दिदीचाहिँको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो। तिनीहरू मेरा थिए, र तिनीहरूले छोराछोरीहरू जन्‍माए। ओहोलाचाहिँ सामरिया र ओहोलिबाचाहिँ यरूशलेम हो।</verse>
				<verse number="5">“मेरी हुँदाहुँदै पनि ओहोलाले वेश्‍यावृत्ति गरी, र आफ्‍ना प्रेमी, अश्‍शूरीहरूसित त्‍यो मोहित भई—</verse>
				<verse number="6">नीलो वस्‍त्र लाउने योद्धाहरू, राज्‍यपालहरू र सेनापतिहरू, ती सबै सुन्‍दर-सुन्‍दर जवान मानिसहरू, घोड़ामा सवार हुने घोड़चढ़ीहरू थिए।</verse>
				<verse number="7">अश्‍शूरका चुनिएका सबै असल-असल मानिसहरूसित त्‍यसले व्‍यभिचार गरी, र त्‍यो मोहित भएर उनीहरू हरेकका मूर्तिहरूले त्‍यसले आफैलाई अशुद्ध पारी।</verse>
				<verse number="8">आफू मिश्रदेशमा छँदा, जुन बेला त्‍यसको युवावस्‍थामा मानिसहरू त्‍यससित सुते र त्‍यसको कुमारी अवस्‍थाको स्‍तनमा उनीहरूले हात लगाए र आफ्‍नो कामवासना त्‍यसमाथि पोखाए— त्‍यही बेलादेखि गरेको वेश्‍यावृत्ति त्‍यसले छोड़िन।</verse>
				<verse number="9">“यसैकारण मैले त्‍यसका प्रेमी, अश्‍शूरहरूका हातमा त्‍यसलाई सुम्‍पिदिएँ, जोसँग त्‍यो कामवासनाले मोहित भएकी थिई।</verse>
				<verse number="10">उनीहरूले त्‍यसलाई नाङ्गो पारे। उनीहरूले त्‍यसका छोराहरू र छोरीहरूलाई पक्रे, र त्‍यसलाई चाहिँ उनीहरूले तरवारले मारे। स्‍त्रीहरूमध्‍ये त्‍यो गिल्‍लाको पात्र भई, र त्‍यसलाई दण्‍ड दिइयो।</verse>
				<verse number="11">“त्‍यसकी बहिनी ओहोलिबाले यो देखी, तर पनि आफ्‍नो कामवासना र वेश्‍यावृत्तिमा त्‍यो आफ्‍नी दिदीभन्‍दा पनि झन्‌ भ्रष्‍ट भई।</verse>
				<verse number="12">त्‍यो पनि अश्‍शूरीहरू— तिनका राज्‍यपाल र सेनापतिहरू, पूरा जङ्गी-पोशाक पहिरिएका योद्धाहरू, घोड़ामा सवार हुने घोड़चढ़ीहरू— ती सबै सुन्‍दर-सुन्‍दर जवान मानिसहरूसित कामवासनाले त्‍यो मोहित भई।</verse>
				<verse number="13">त्‍यो पनि अशुद्ध भएकी मैले देखें। ती दुवै एउटै चालमा हिँड़े।</verse>
				<verse number="14">“तर त्‍यसले त आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढ़ाई। भित्तामा मानिसहरूका चित्र कोरिएका त्‍यसले देखी— रातो रङ्गले बनाइएका कल्‍दीहरूका चित्र,</verse>
				<verse number="15">कम्‍मरमा पटुका र शिरमा लट्‌कने फेटा बाँधेका सबै कल्‍दी रथ हाँक्‍ने अधिकृतहरूजस्‍ता— कल्‍दियाका देशवासीहरूजस्‍तै— ती देखिन्‍थे।</verse>
				<verse number="16">त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूसित कामवासनाले त्‍यो मोहित भएर कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले समाचारवाहकहरू पठाई।</verse>
				<verse number="17">तब बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको प्रणयशैयामा सम्‍भोग गर्न आए र आफ्‍नो कामवासनाले त्‍यसलाई अशुद्ध पारे। उनीहरूबाट त्‍यो अशुद्ध भएपछि वाक्‍क भएर त्‍यसको मन उनीहरूदेखि हट्यो।</verse>
				<verse number="18">जब त्‍यसले त्‍यसरी खुल्‍लमखुल्‍ला वेश्‍यावृत्ति गरेर आफ्‍नो नग्‍नता खुलस्‍त पारी, तब त्‍यसकी दिदीप्रति भएझैँ त्‍यसप्रति पनि वाक्‍क भएर मैले त्‍यसलाई घृणा गर्न लागें।</verse>
				<verse number="19">तापनि मिश्रदेशमा आफ्‍नो युवावस्‍थामा बितेको दिनलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌-झन्‌ बढ़ाउन लागी।</verse>
				<verse number="20">त्‍यहाँ त्‍यसका प्रेमीहरूसित त्‍यो मोहित भई, जसका लिङ्ग गधाहरूका जस्‍ता थिए, र वीर्यचाहिँ घोड़ाहरूको झैँ निस्‍कन्‍थ्‍यो।</verse>
				<verse number="21">यसरी मिश्रदेशमा तेरो छातीमा हात लगाएका, तेरा युवावस्‍थाका स्‍तन माड़ेका कुरा सम्‍झेर तैंले आफ्‍नो युवावस्‍थाको कामुकताको कुइच्‍छा गरिस्‌।</verse>
				<verse number="22">“यसैकारण हे ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तेरा प्रेमीहरूलाई, जसबाट तँ वाक्‍क भएकी थिईस्, उनीहरूलाई तेरो विरुद्धमा म उठाउनेछु,</verse>
				<verse number="23">अर्थात्‌ बेबिलोनी सबै कल्‍दीहरू, र पकोद, शोअ र कोअका मानिसहरू, तिनीहरूसित सबै अश्‍शूरहरूलाई, जो सुन्‍दर जवान छन्, — ती सबै राज्‍यपालहरू, सेनापतिहरू, सबै अधिकृतहरू र उच्‍च दर्जाका मानिसहरूलाई, सबै घोड़ामा सवार हुनेहरूलाई चारैतिरबाट तेरो विरुद्धमा म ल्‍याउनेछु।</verse>
				<verse number="24">उनीहरू तेरो विरुद्धमा हतियारहरूसित उत्तरबाट रथहरू र गाड़ाहरू र मानिसहरूको भीड़का साथमा आउनेछन्‌। ठूला र साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌। म तँलाई उनीहरूका हातमा दण्‍डको लागि सुम्‍पिदिनेछु, र उनीहरूले आफ्‍नो चलनअनुसार तँलाई दण्‍ड दिनेछन्‌।</verse>
				<verse number="25">म मेरो डाहको रीस तँतिर फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌। उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌। उनीहरूले तेरा छोराछोरीहरूलाई पक्रेर लानेछन्, र तेरा बाँचेकाहरू आगोले भस्‍म हुनेछन्‌।</verse>
				<verse number="26">उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा राम्रा-राम्रा गहनाहरू लैजानेछन्‌।</verse>
				<verse number="27">यसरी तैंले मिश्रदेशमा सुरु गरेका तेरा वेश्‍यावृत्ति र भ्रष्‍टता म रोकिदिनेछु। तैंले यी कुराहरू तेरो कुइच्‍छाले हेर्नेछैनस्‌ अथवा मिश्रदेशको सम्‍झना गर्नेछैनस्‌।</verse>
				<verse number="28">“किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तँलाई उनीहरूकै हातमा सुम्‍पिदिन लागेको छु, जसलाई तँ घृणा गर्दछस्, उनीहरूकै हातमा जसबाट तँ वाक्‍क भएर फर्केकी थिई।</verse>
				<verse number="29">उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन्, र तैंले काम गरेर पाएको हरेक कुराको फल लानेछन्‌। उनीहरूले तँलाई नाङ्गो भुतुङ्गो पारेर छोड्‌नेछन्, र तेरो वेश्‍यावृत्तिको लाज प्रकट हुनेछ। तेरो वेश्‍यावृत्तिले र भ्रष्‍टताले गर्दा,</verse>
				<verse number="30">तँमाथि यस्‍तो दशा ल्‍याइएको हो, किनभने तैंले जाति-जातिहरूसित कामवासनाले मोहित भएर वेश्‍यावृत्ति गरिस्, र उनीहरूका मूर्तिहरूबाट तैंले आफूलाई अशुद्ध पारिस्‌।</verse>
				<verse number="31">तेरी दिदीकै चालमा तँ हिँड़ेकी छस्‌। यसैकारण म त्‍यसको कचौरा तेरो हातमा दिनेछु।</verse>
				<verse number="32">“शक्तिशाली परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठूलो र गहिरो छ। त्‍यसले गिल्‍ला र हाँसो ल्‍याउनेछ, किनकि त्‍यस कचौरामा धेरै अटाउँछ।</verse>
				<verse number="33">नशा र अफसोसले तँ पूर्ण हुनेछस्‌ तेरी दिदी सामरियाको कचौरा। नाश र उजाड़को कचौरा त्‍यो हो।</verse>
				<verse number="34">रित्तो नभएसम्‍म तैंले त्‍यो पिउनेछस्, र तैंले त्‍यो कचौरा टुक्रा-टुक्रा गरी फोर्नेछस्, र तैंले आफ्‍नो स्‍तन चिथोर्नेछस्‌।” मैले नै यो कुरा बोलेको हुँ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="35">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले मलाई बिर्सिस्‌ र तेरो पिठिउँ पछाड़ि मलाई राखिस्, यसैकारण तैंले आफ्‍नो कामवासना र भ्रष्‍टताको फल भोग्‍नुपर्नेछ।”</verse>
				<verse number="36">परमप्रभुले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, के तँ ओहोला र ओहोलिबाको न्‍याय गरिदिन्‍छस्‌? त्‍यसो भए तिनीहरूले गरेका घृणित व्‍यवहारहरूसँग तिनीहरूको सामना गर्,</verse>
				<verse number="37">किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातमा रगत छ। तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे। मेरो लागि जन्‍माएका तिनीहरूका छोराछोरीहरूलाई तिनीहरूले ती मूर्तिहरूका निम्‍ति खानलाई बलि चढ़ाए।</verse>
				<verse number="38">तिनीहरूले मसित यसो पनि गरेका छन्‌: एकै समयमा तिनीहरूले मेरो पवित्रस्‍थानलाई बिटुलो र मेरा शबाथहरूलाई अपवित्र पारे।</verse>
				<verse number="39">जुन दिन तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई तिनीहरूका मूर्तिहरूका निम्‍ति बलि चढ़ाए, त्‍यही दिन तिनीहरू मेरो पवित्रस्‍थानभित्र पसे र त्‍यसलाई अपवित्र पारे। तिनीहरूले मेरो भवनमा यस्‍तै काम गरे।</verse>
				<verse number="40">“तिनीहरूले टाढ़ा-टाढ़ाका मानिसहरूलाई समाचारवाहकहरू पनि पठाएर बोलाए र उनीहरू आए। तैंले तिनीहरूका निम्‍ति नुहाइधुवाइ गरिस्, आँखामा गाजल लगाइस्‌ र गरगहना लाएर आफैलाई सिँगारिस्‌।</verse>
				<verse number="41">तँ आफै सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाड़ि टेबिल राखेर मेरै धूप र तेल राखिस्‌।</verse>
				<verse number="42">“विलासीहरूका भीड़को हल्‍ला त्‍यसको चारैतिर थियो। यी साधारण श्रेणीका मानिसहरूबाहेक मरुभूमिबाट ल्‍याएका मतवाला मानिसहरू थिए। उनीहरूले त्‍यसकी र त्‍यसकी दिदीको हातमा चुरा र टाउकामा सुन्‍दर-सुन्‍दर मुकुट लगाइदिए।”</verse>
				<verse number="43">तब मानिसहरूले वेश्‍यागमन गर्दा दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, “अब त्‍यसलाई अरू सब वेश्‍यालाई झैँ उनीहरूले प्रयोग गरून्, किनकि त्‍यो त्‍यही मात्र हो’।</verse>
				<verse number="44">अनि उनीहरू त्‍यससित सुते। मानिसहरू एउटी वेश्‍यासित सुतेझैँ उनीहरू ती कामवासनाले मोहित भएका स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते।</verse>
				<verse number="45">तर धार्मिक मानिसहरूले चाहिँ तिनीहरूलाई व्‍यभिचारिणी र हत्‍या गर्ने स्‍त्री भनी न्‍यायको दण्‍ड सुनाउनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणी हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ।</verse>
				<verse number="46">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरूका विरुद्धमा एउटा हूलदङ्गा गर्ने भीड़ उठा, र तिनीहरूलाई त्रास र लूटको शिकार बना।</verse>
				<verse number="47">तब हूलदङ्गा गर्ने भीड़ले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खतम पार्नेछन्, र तिनीहरूका छोराछोरीहरूलाई उनीहरूले मार्नेछन्‌ र तिनीहरूका घरहरू जलाइदिनेछन्‌।</verse>
				<verse number="48">“यसरी म देशमा कामवासना खतम गर्नेछु, र तेरो नकल नगरून्‌ भनी सबै स्‍त्रीहरूको निम्‍ति यो चेताउनी हुनेछ।</verse>
				<verse number="49">तेरा कामवासनाको दण्‍ड तैंले भोग्‍नेछस्, र तैंले गरेको मूर्तिपूजाका पापको नतीजा तैंले भोग्‍नेछस्‌। तब म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछस्‌।”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, आजको दिन, आजकै मिति लेखिराख्, किनभने आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ।</verse>
				<verse number="3">यस बागी घरानालाई यो उखान कहेर तिनीहरूलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘आगोमाथि भाँड़ो राख्, भाँड़ो राख्, र त्‍यसमा पानी हाल्‌।</verse>
				<verse number="4">त्‍यसमा मासुका टुक्राहरू हाल्, सबै असल-असल टुक्राहरू— खुट्टा र कुम, ती असल-असल हड्डीहरूले त्‍यो पूरा भर्‌।</verse>
				<verse number="5">बगालको सबैभन्‍दा असल पशु छानेर ले, हड्डीका निम्‍ति त्‍यसमुनि दाउराको थुप्रो लगा। उमालेर त्‍यसमा हड्डीहरूलाई पका।</verse>
				<verse number="6">“किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘यस खूनी सहरलाई धिक्‍कार! त्‍यो थिग्रो लागेको भाँड़ालाई, जसको थिग्रो त्‍यसबाट गएको छैन! तिनमा चिट्ठा नहाली टुक्रा-टुक्रा गरी त्‍यसलाई रित्तो पार्‌।</verse>
				<verse number="7">“‘किनकि त्‍यसले बगाएको रगत त्‍यसकै बीचमा छ। त्‍यसले त्‍यो रगत नाङ्गो चट्टानमा बगायो, धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाएन।</verse>
				<verse number="8">क्रोध जगाएर साटो लिनलाई त्‍यसले बगाएको रगत नढाकोस्‌ भनेर मैले नाङ्गो चट्टानमा त्‍यो राखें’।</verse>
				<verse number="9">“‘यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘धिक्‍कार, त्‍यस खूनी सहरलाई! म पनि दाउरा थुपार्नेछु।</verse>
				<verse number="10">यसैले दाउरा थुपार्‌ र आगो सल्‍का। मसला हालेर मासु राम्ररी पका, र हड्डीहरू डढून्‌।</verse>
				<verse number="11">त्‍यसपछि भाँड़ो खाली गरेर आगोमाथि राख्, र त्‍यो गरम होस्, र त्‍यसको तामा चम्‍कोस्‌। र त्‍यस भित्रको मैला गलिजाओस्, र त्‍यसको थिग्रो डढ़ेर जाओस्‌।</verse>
				<verse number="12">त्‍यसले गर्दा सबै परिश्रम व्‍यर्थै भयो। त्‍यसको बाक्‍लो थिग्रो आगोले पनि जाँदैजाँदैन।</verse>
				<verse number="13">“‘तेरो थिग्रोचाहिँ कामवासना हो। मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट शुद्ध हुन तैंले मानिनस्‌। यसकारण जबसम्‍म म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्‍म तँ फेरि शुद्ध पारिनेछैनस्‌।</verse>
				<verse number="14">“‘म परमप्रभुले यो कुरा बोलेको हुँ। मैले काम गर्ने समय आएको छ। म पछि हट्‌नेछैनँ। म दया देखाउनेछैनँ। न त म पछितो गर्नेछु। तेरै चालचलन र तेरै कामअनुसार म तेरो न्‍याय गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="16">“हे मानिसको छोरो, एकै प्रहारमा म तँबाट तेरो आँखाको नानीलाई लैजान लागेको छु। तापनि तैंले शोक नगर्‌। नरो, र तेरा आँखाबाट केही आँसु नझार्‌।</verse>
				<verse number="17">चूपचाप बसेर सुस्‍केरा हाल्‌। मृतकको निम्‍ति शोक नगर्‌। टाउकोमा फेटा र खुट्टामा जुत्ता लगा। तेरो मुख नछोप्‌। मलामीहरूको खाने कुरा नखा।”</verse>
				<verse number="18">यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्‍यही बेलुकी मेरी पत्‍नीको मृत्‍यु भयो। भोलि बिहान मैले जे आज्ञा पाएको थिएँ, त्‍यसै गरें।</verse>
				<verse number="19">तब मानिसहरूले मलाई सोधे, “यी कामहरूसँग हाम्रो के सम्‍बन्‍ध? के तपाईं हामीलाई बताउनुहुन्‍न?”</verse>
				<verse number="20">तब मैले तिनीहरूलाई भनें, “परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="21">इस्राएलको घरानालाई भन्‌: “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो पवित्रस्‍थान, त्‍यो किल्‍ला, जसमा तिमीहरू गर्व गर्दछौ, तिमीहरूका आँखाको प्‍यारो, तिमीहरूका प्रेमको पात्रलाई अपवित्र तुल्‍याउन लागेको छु। अनि तिमीहरूले छोड़िराखेका तिमीहरूका छोराछोरीहरू तरवारले मारिनेछन्‌।</verse>
				<verse number="22">अनि मैले गरेझैँ तिमीहरूले पनि गर्नेछौ। तिमीहरूले आफ्‍नो मुख छोप्‍नेछैनौ, अथवा मलामीहरूको खानेकुरा तिमीहरूले खानेछैनौ।</verse>
				<verse number="23">तिमीहरूले आफ्‍नो फेटा टाउकोमा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा लगाउनेछौ। तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, तर तिमीहरू आफ्‍ना पापहरूको कारण सुकेर जानेछौ, र आ-आफ्‍ना बीचमा सुस्‍केरा हाल्‍नेछौ।</verse>
				<verse number="24">यसरी इजकिएल तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछ। उसले गरेजस्‍तै तिमीहरूले पनि गर्नेछौ। जब यो कुरा हुन्‍छ, तब परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ।”</verse>
				<verse number="25">“हे मानिसको छोरो, त्‍यस दिन जब म तिनीहरूबाट तिनीहरूको किल्‍ला, तिनीहरूको आनन्‍द र गौरव, तिनीहरूका आँखाको अति प्रिय कुरा, तिनीहरूका हृदयको इच्‍छा र तिनीहरूका छोराछोरीहरू पनि लानेछु,</verse>
				<verse number="26">त्‍यस दिन तँलाई यो समाचार सुनाउनलाई एउटा भागेर आएको मानिस तँकहाँ आउनेछ।</verse>
				<verse number="27">त्‍यस बेला तेरो मुख खोलिनेछ। तँ त्‍यससँग कुरा गर्नेछस्, र तँ चूपचाप रहनेछैनस्‌। यसरी तँ तिनीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछस्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, अम्‍मोनीहरूतिर मुख फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन्‌।</verse>
				<verse number="3">तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वरको वचन सुन्‌। परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो पवित्रस्‍थान अपवित्र तुल्‍याइँदा, इस्राएलको देश उजाड़ बनाउँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले भन्‍यौ, “अहा!”</verse>
				<verse number="4">यसैकारण म तिमीहरूलाई पूर्वका मानिसहरूका अधीनमा सम्‍पत्तिझैँ सुम्‍पिदिनेछु। उनीहरूले तिमीहरूका बीचमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बीचमा आफ्‍ना पालहरू गाड्‌नेछन्‌। उनीहरूले तिमीहरूका फलहरू खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌।</verse>
				<verse number="5">म रब्‍बा सहरलाई ऊँटहरूको खर्क र अम्‍मोनलाई भेड़ाको गोठ तुल्‍याइदिनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।</verse>
				<verse number="6">किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘इस्राएल देशको विरुद्धमा तिमीहरूले ताली बजाएका र खुट्टा ठटाएका छौ, र तिमीहरूका हृदयभित्रको जम्‍मै ईर्ष्‍या प्रकट गर्दै तिमीहरूले हर्ष मनाएका छौ।</verse>
				<verse number="7">यसैकारण म मेरो हात तिमीहरूका विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूका हातमा लूटको मालझैँ सुम्‍पिदिनेछु। जाति-जातिहरूका बीचदेखि तिमीहरूको नाउँनिशानै मेटाइदिनेछु, र देश-देशदेखि तिमीहरूलाई निर्मूल पार्नेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ’।”</verse>
				<verse number="8">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मोआब र सेइरले यसो भनेका छन्, “हेर, यहूदाको घराना त अरू सबै जाति-जातिहरूजस्‍तै भएको छ।”</verse>
				<verse number="9">यसैकारण मोआब देशको सिमानानेरका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैम, जो त्‍यस देशको गौरव छन्‌— मोआबको एकापट्टिको भागलाई म खुलस्‍त पारिदिनेछु।</verse>
				<verse number="10">म मोआबलाई अम्‍मोनीहरूसँग पूर्व देशका मानिसहरूको सम्‍पत्तिजस्‍तै तुल्‍याइदिनेछु, ताकि जाति-जातिहरूका बीचमा त्‍यसको सम्‍झना कहिल्‍यै नहोस्‌।</verse>
				<verse number="11">म मोआबलाई दण्‍ड दिनेछु। अनि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।”</verse>
				<verse number="12">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘एदोमले यहूदाको घरानासित बदला लियो, र त्‍यसो गर्दा त्‍यो साह्रै दोषी भयो।</verse>
				<verse number="13">यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो हात एदोमको विरुद्धमा उठाउनेछु, र त्‍यसका मानिसहरू र पशुहरूलाई मार्नेछु। म त्‍यसलाई उजाड़ पार्नेछु, र तेमानदेखि ददानसम्‍मै तिनीहरू तरवारले ढल्‍नेछन्‌।</verse>
				<verse number="14">म मेरो प्रजा इस्राएलकै हातद्वारा एदोमलाई बदला लिनेछु, र यिनीहरूले मेरो रीस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌। तब तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="15">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘पलिश्‍तीहरूले बदला लिने काम गरे, आफ्‍ना हृदयमा ईर्ष्‍या राखेर बदला लिए, र पुरानो दुश्‍मनी लिएर यहूदालाई सर्वनाश गर्न खोजे।</verse>
				<verse number="16">यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: म पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात उठाउन लागेको छु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र-किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु।</verse>
				<verse number="17">म तिनीहरूलाई मेरो क्रोधमा दण्‍ड दिँदै ठूलो बदला चुकाउनेछु। जब म तिनीहरूसित मेरो बदला लिनेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।”</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">एघारौँ वर्षको महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, किनभने यरूशलेमको बारेमा टुरोस सहरले यसो भन्‍यो, ‘अहा! जाति-जातिहरूका सामुन्‍ने मूल ढोका भत्‍केको छ। ढोकाहरू मेरो निम्‍ति उघारिएका छन्‌। त्‍यो ध्‍वंस भयो, अब मेरो उन्‍नति हुनेछ’।</verse>
				<verse number="3">यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ए टुरोस सहर, म तेरो विरुद्धमा छु। समुद्रले छालहरू ल्‍याएझैँ म धेरै जातिहरूलाई तेरो विरुद्धमा ल्‍याउनेछु।</verse>
				<verse number="4">उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढालिदिनेछन्‌। म त्‍यसको ढुङ्गाहरू खुर्की-खुर्कीकन त्‍यसलाई नाङ्गो पहराजस्‍तै तुल्‍याइदिनेछु।</verse>
				<verse number="5">त्‍यो समुद्रको बीचमा जालहरू फिँजाउने ठाउँ हुनेछ, किनभने मैले भनेको छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। जाति-जातिहरूका निम्‍ति लूटको माल त्‍यो हुनेछ,</verse>
				<verse number="6">र देशका बस्‍तीहरूमा बस्‍ने मानिसहरू तरवारले मारिनेछन्‌। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="7">“किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म उत्तरबाट राजाहरूको राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोड़ाहरू, रथहरू, घोड़चढ़ी र एउटा ठूलो सेना लिएर टुरोसको विरुद्धमा चढ़ाइ गर्न ल्‍याउनेछु।</verse>
				<verse number="8">त्‍यसले देशका बस्‍ती-बस्‍तीमा बस्‍ने मानिसहरूलाई तरवारले मार्नेछ। त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, तेरा पर्खालहरूमा आड़ लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ।</verse>
				<verse number="9">त्‍यसले पर्खाल भत्‍काउने मूढ़ाहरूद्वारा तेरा पर्खालहरू भत्‍काउनेछ, र त्‍यसका हातहतियारहरूद्वारा तेरा धरहराहरू ढालिदिनेछ।</verse>
				<verse number="10">त्‍यसका घोड़ाहरू यति धेरै हुनेछन्, कि तिनीहरूले उड़ाएको धूलोले तँलाई ढाक्‍नेछ। कुनै एउटा सहरभित्र छिरिजानलाई मानिसहरूले पर्खाल भत्‍काउनेजस्‍तै जब त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ, तब युद्धका घोड़ाहरू, गाढ़ाहरू र रथहरूको आवाजले तेरो सहरका पर्खालहरू हल्‍लिनेछन्‌।</verse>
				<verse number="11">त्‍यसका घोड़ाका टापहरूले तेरा सबै सड़कहरू कुल्‍चीमिल्‍ची पार्नेछन्‌। त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया-बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌।</verse>
				<verse number="12">उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, तेरा व्‍यापारका मालहरू लूटपीट गरी लैजानेछन्‌। उनीहरूले तेरा पर्खालहरू ढालिदिनेछन्‌ र तेरा सुन्‍दर-सुन्‍दर घरहरू भत्‍काइदिनेछन्‌। तेरा ढुङ्गा र काठपात, कलङ्कसमेत उनीहरूले समुद्रमा फ्‍याँकिदिनेछन्‌।</verse>
				<verse number="13">म तेरो गोलमाले गीतको सोर खतम गरिदिनेछु। तेरा वीणाहरूको सङ्गीत फेरि कहिल्‍यै सुनिनेछैन।</verse>
				<verse number="14">म तँलाई नाङ्गो पहरा तुल्‍याइदिनेछु र, तँ जालहरू फिँजाउने ठाउँ हुनेछस्‌। तँ फेरि कहिल्‍यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’।</verse>
				<verse number="15">“परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ: घाइतेहरूले जब कष्‍टको सोर निकाल्‍छन्, जब तेरो बीचमा मारकाट हुनेछ, तब तँ ढलेको सोर सुनेर के समुद्र-किनारका मुलुकहरू काम्‍नेछैनन्‌?</verse>
				<verse number="16">तब समुद्र-किनारका मुलुकका सबै राजकुमारहरू आ-आफ्‍नो सिंहासनबाट ओर्लेर आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌। त्रासले तिनीहरू थरथराउनेछन्‌। तिनीहरू भूइँमा बस्नेछन्, र छिन-छिनमा काम्‍दैरहनेछन्, र तँलाई देखेर भयभीत हुनेछन्‌।</verse>
				<verse number="17">तब तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: “‘समुद्रका मानिसहरूले भरिपूर्ण भएकी, ए प्रसिद्ध सहर, तँ कसरी लोप भइस्‌! तँ र तेरा बासिन्‍दाहरू समुद्रमा शक्तिशाली थिए, त्‍यहाँ बस्‍ने सबैलाई तैंले थर्कमान तुल्‍याएकी थिइस्‌।</verse>
				<verse number="18">अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌। तँ ढलेर गएकी देखेर समुद्रका टापूहरू त्रासमा परेका छन्‌।’</verse>
				<verse number="19">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब म तँलाई मानिसहरू नभएका सहरहरूजस्‍तै एउटा उजाड़िएको सहर तुल्‍याउँछु, र जब म गहिरो सागरलाई तँमाथि उर्लाउँछु, र त्‍यसका ठूला-ठूला छालहरूले तँलाई ढाक्‍छन्,</verse>
				<verse number="20">तब म तँलाई मृत-लोकमा जानेहरूसित ती तादिका मानिसहरूकहाँ तल खसालिदिनेछु। म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु, र तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर रहनेछैनस्‌।</verse>
				<verse number="21">म तेरो अन्‍त्‍य डरलाग्‍दो तुल्‍याउनेछु, र म तँलाई निमिठ्यान्‍न पार्नेछु। तेरो खोजी हुनेछ तर कसैले तँलाई भेट्टाउने छैन, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“ए मानिसको छोरो, टुरोस सहरको विषयमा विलाप गर्‌।</verse>
				<verse number="3">समुद्रको ढोकामा हुने, समुद्र-किनारमा बस्‍ने धेरै मानिसहरूका व्‍यापार गर्ने टुरोस सहरलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘ए टुरोस, तँ भन्‍छस्, “म सर्वाङ्गसुन्‍दरी छु।”</verse>
				<verse number="4">तेरा राज्‍य समुद्रमा नै थियो। तँलाई निर्माण गर्नेहरूले तँलाई सर्वाङ्गसुन्‍दरी बनाए।</verse>
				<verse number="5">तिनीहरूले तेरा सबै काठपातहरू सेनीरका सल्‍लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु लिए।</verse>
				<verse number="6">तेरा पतवारहरू तिनीहरूले बाशानका फलाँटका बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्‍याएका धूपीका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाड़ले मोहोरे।</verse>
				<verse number="7">तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपड़ाको थियो। त्‍यसैले तेरो झन्‍डाको काम दियो। एलीशाहको समुद्र-किनारका नीलो र बैजनी रङ्गका कपड़ाको तेरो चँदुवा थियो।</verse>
				<verse number="8">सीदोन र अर्वादका मानिसहरू तेरा पतवार चलाउनेहरू थिए। हे टुरोस, तेरा निपुण मानिसहरू तेरा नावीहरू थिए।</verse>
				<verse number="9">गबालका अनुभवी कारीगरहरू तँसित जहाजमा थिए। तिनीहरू नै जहाजका छेड़हरू मरम्‍मत गर्ने तेरा मानिसहरू थिए। तेरा मालसामानहरू व्‍यापार गर्नलाई समुद्रका सबै जहाज र तिनका नावीहरू तेरै छेउमा आउँथे।</verse>
				<verse number="10">“‘फारस, लूद र पूतका मानिसहरू तेरो सेनामा सिपाहीका काम गर्थे, तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगेर तेरो गौरव बढ़ाइदिए।</verse>
				<verse number="11">अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि खड़ा भई गस्‍ती लाउँथे। गमादका मानिसहरू तेरा धरहरामा थिए। तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँग्‍थे, र तिनीहरूले तेरो सुन्‍दरतालाई बढ़ाइदिन्‍थे।</verse>
				<verse number="12">“‘तँसँग सरसामानका ठूलो धनसम्‍पत्ति भएको कारण तर्शीशले तँसित व्‍यापार गर्‍यो। तिनीहरूले तेरा व्‍यापारका मालसामानसित चाँदी, फलाम, जस्‍ता र सीसा साटे।</verse>
				<verse number="13">“‘ग्रीस, तूबल र मेशेकले तँसित व्‍यापार गरे। तिनीहरूले आफ्‍ना कमारा-कमारीहरू र काँसाका भाँड़ाहरू तेरा व्‍यापारका मालसामानसित साटे।</verse>
				<verse number="14">“‘तेरा व्‍यापारका सामानहरूसित बेथ-तोगर्माका मानिसहरूले मालसामान बोक्‍ने घोड़ा, युद्धका घोड़ा र खच्‍चरहरू साटे।</verse>
				<verse number="15">“‘रोडसका मानिसहरूले तँसित व्‍यापार गरे, र समुद्र-किनारका धेरै देशहरू तेरा आफ्‍नै ग्राहक भए। तिनीहरूले तँलाई हात्तीका दाँत र अब्‍नुसको काठ दाम स्‍वरूप दिए।</verse>
				<verse number="16">“‘धेरै उत्‍पादनको कारण अरामले तँसित व्‍यापार गर्‍यो। तेरा व्‍यापारका मालसामानको सट्टा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्गले बुनेका लुगा र बुट्टा भरिएका कपड़ा, मलमलका कपड़ा, मूगा-मोती र मानिक दिए।</verse>
				<verse number="17">“‘यहूदा र इस्राएलले तँसित व्‍यापार गरे। तेरा व्‍यापारका मालसामानहरूका सट्टामा तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप दिए।</verse>
				<verse number="18">“‘तेरा हरकिसिमका मालसामान र धेरै धन-सम्‍पत्तिको कारण दमस्‍कसले तँसित व्‍यापार गर्‍यो। तिनीहरूले तेरा मालसामानको सट्टा हेलबोनको दाखमद्य र जाहारको ऊन साटे।</verse>
				<verse number="19">“‘ऊजालका दानवंशी र ग्रीकहरूले तेरा व्‍यापारका सामानहरू ल्‍याउँथे। तिनीहरूले तिनका सट्टामा फलाम, तेजपात र बोझो साट्‌थे।</verse>
				<verse number="20">“‘ददानले तँसित घोड़ाका जीनपोशको व्‍यापार गर्थ्‍यो।</verse>
				<verse number="21">“‘अरब देश र केदारका सबै राजकुमारहरू तेरा ग्राहक थिए। तिनीहरूले थुमा, भेड़ा र बाख्राका व्‍यापार तँसित गर्थे।</verse>
				<verse number="22">“‘शेबा र रामाहका व्‍यापारीहरूले तँसित व्‍यापार गर्थे। तिनीहरूले तेरा मालसामानहरूका सट्टामा सबै किसिमका असल-असल मसला, सबै किसिमका बहुमूल्‍य रत्‍नहरू र सुन साट्‌थे।</verse>
				<verse number="23">“‘हारान, कन्‍नेह र अदन, अनि शेबा, अश्‍शूर र किल्‍मदका व्‍यापारीहरूले तँसित व्‍यापार गर्थे।</verse>
				<verse number="24">तेरा बजारमा सुन्‍दर-सुन्‍दर पोशाकहरू, नीलो धागोले बनाएका लुगा, बुट्टादार कपड़ाहरू, डोरीहरूले बाँधिएका किसिम-किसिमका रङ्गका गलैँचाहरू, यिनै चीजहरूको तिनीहरूले तँसित व्‍यापार गर्थे।</verse>
				<verse number="25">	“‘तर्शीशका जहाजहरू तेरा व्‍यापार गर्ने सेवकहरूजस्‍तै छन्‌। समुद्रका बीचमा गह्रौँ-गह्रौँ व्‍यापारका मालसामानले तँ भरिपूर्ण र खचाखच भएका छस्‌।</verse>
				<verse number="26">तेरा नाविकहरूले तँलाई मध्‍य-समुद्रमा लान्‍छन्, तर पूर्वीय बतासले तँलाई समुद्रकै बीचमा ध्‍वंस पार्नेछ।</verse>
				<verse number="27">तेरा धन-सम्‍पत्ति, तेरा व्‍यापारका मालसामान, तेरा माझीहरू र तेरा नावीहरू, जहाजका छेड़ टालटुल गर्नेहरू, तेरा व्‍यापारीहरू र तेरा योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो जहाजका सर्वनाशको दिनमा मध्‍य-समुद्रमा डुब्‍नेछन्‌।</verse>
				<verse number="28">तेरा नावीहरूका चित्‍कारको आवाजले तेरा किनारहरू काम्‍नेछन्‌।</verse>
				<verse number="29">र खियाउनेहरू सबैले आ-आफ्‍नो जहाजलाई त्‍यागिदिनेछन्‌। माझी र नावीहरू सबै किनारमा खड़ा हुनेछन्‌।</verse>
				<verse number="30">तेरो लागि तिनीहरू उच्‍च सोरले कराएर धुरुधुरु रुनेछन्‌। तिनीहरूले आफ्‍ना टाउकोमा धूलो छर्नेछन्, र खरानीमा लड़ीबड़ी गर्नेछन्‌।</verse>
				<verse number="31">तेरो कारण तिनीहरूले आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्, र तेरो निम्‍ति हृदयमा पीर लिएर साह्रै शोक गरी रुनेछन्‌।</verse>
				<verse number="32">तेरो निम्‍ति विलाप र शोक गरिरहँदा, तिनीहरूले तेरो विषयमा यसो भनेर विलाप गर्नेछन्, “समुद्रले घेरेको टुरोसजस्‍तै को कहिले चूपचाप बनाइएको थियो र?”</verse>
				<verse number="33">जब समुद्रमा तेरा व्‍यापारका मालसामानहरू जान्‍थे, तब तैंले धेरै जातिहरूलाई सन्‍तुष्‍ट गराइस्, तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालहरूले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌।</verse>
				<verse number="34">अब पानीको गहिराइमा समुद्रले नै तँलाई ध्‍वंस गरेको छ। तेरा व्‍यापारका मालहरू र तेरा सबै दल तँसँगसँगै डुबेका छन्‌।</verse>
				<verse number="35">समुद्र-किनारमा बस्‍ने सबै तँलाई देखेर तर्सेका छन्‌। तिनीहरूका राजाहरू साह्रै तर्सेर काँप्‍छन्, तिनीहरूका मोहड़ा त्रासले चाउरिएका छन्‌।</verse>
				<verse number="36">जाति-जातिहरूका व्‍यापारीहरूले तँलाई खिसी गर्छन्‌। तँ फेरि कहिल्‍यै रहनेछैनस्, अब तेरो भयङ्कर अन्‍त्‍य आइपुग्‍यो’।”</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तेरो हृदयको घमण्‍डमा तँ भन्‍छस्, ‘म एउटा देवता हुँ। म समुद्रको बीचमा एउटा देवताको सिंहासनमा बस्‍तछु!’ तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान्‌ सम्‍झन्‍छस्‌।</verse>
				<verse number="3">के तँ दानिएलभन्‍दा पनि बुद्धिमान्‌ छस्‌? के तँबाट कुनै गुप्‍त कुरा लुकिएको छैन र?</verse>
				<verse number="4">तेरो बुद्धि र समझशक्तिले तैंले आफ्‍नो निम्‍ति धेरै धन-सम्‍पत्ति प्राप्‍त गरेको छस्, र तैंले आफ्‍ना भण्‍डारहरूमा सुन र चाँदी थुपारेको छस्‌।</verse>
				<verse number="5">व्‍यापारमा ठूलो निपुणता देखाएर तैंले आफ्‍नो धन-सम्‍पत्ति बढ़ाएको छस्, र तेरो धन-सम्‍पत्तिको कारण तेरो हृदय घमण्‍डले फुलेको छ।</verse>
				<verse number="6">“‘यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘तैंले आफूलाई एउटा देवताजत्तिकै बुद्धिमान्‌ ठान्‍छस्,</verse>
				<verse number="7">यसकारण जाति-जातिहरूमा सबैभन्‍दा क्रूर विदेशीहरूलाई म तँकहाँ ल्‍याउनेछु। तिनीहरूले आफ्‍ना तरवार तेरो सौन्‍दर्य र बुद्धिको विरुद्धमा थुत्‍नेछन्, र तेरो चमत्‍कारपूर्ण गौरवलाई वारपार छेड्‌नेछन्‌।</verse>
				<verse number="8">तिनीहरूले तँलाई मृत-लोकमा पुर्‍याउनेछन्, र हिंसक वेगसित तँ समुद्रमा मर्नेछस्‌।</verse>
				<verse number="9">तब तँलाई मार्नेहरूका सामुन्‍ने के तँ अझै पनि “म देवता हुँ” भन्‍नेछस्‌ र? तँलाई मार्नेहरूका हातमा तँ मानिस मात्र हुनेछस्, एक देवता होइन।</verse>
				<verse number="10">विदेशीहरूका हातमा तँ बेखतनाको मृत्‍युमा मर्नेछस्‌। मैले यो भनेको छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="11">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="12">“हे मानिसको छोरो, टुरोसका राजाको विषयमा विलाप गर्, र त्‍यसलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘तँ त सिद्धताको एक नमूना थिइस्, र बुद्धिले पूर्ण सर्वाङ्गसुन्‍दर।</verse>
				<verse number="13">परमेश्‍वरको बगैँचा अदनमा तँ थिइस्‌। हरेक बहुमूल्‍य पत्‍थरले तँ सिँगारिएको थिइस्‌— मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।</verse>
				<verse number="14">अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्‍यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्‍वरको पवित्र पर्वतमा तँ थिइस्‌। अग्‍निमय पत्‍थरहरूका बीचमा तँ हिँड्‌थिस्‌।</verse>
				<verse number="15">तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्‍म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्‌।</verse>
				<verse number="16">तेरा चारैतिरका व्‍यापारद्वारा तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌। यसैले मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमान गरी खेदिदिएँ, र हे अभिभावक करूब, मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बीचदेखि धपाइदिएँ।</verse>
				<verse number="17">तेरो सुन्‍दरताले गर्दा तेरो हृदय घमण्‍डले फुलियो, तैंले आफ्‍नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्‍ट पारिस्‌। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए।</verse>
				<verse number="18">तेरा धेरै पापहरू र बेईमान व्‍यापारद्वारा तैंले तेरा पवित्रस्‍थानहरूलाई बिटुलो पारेको छस्‌। यसैले गर्दा मैले तँबाटै एउटा आगो निकालिदिएँ, र त्‍यसले नै तँलाई भस्‍म पार्‍यो। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा मैले तँलाई जमिनमा खरानी तुल्‍याइदिएँ।</verse>
				<verse number="19">जाति-जातिहरूमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुन्‍छन्‌। तँ एक डरलाग्‍दो अन्‍त्‍यमा आइपुगेको छस्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌।</verse>
				<verse number="20">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="21">“हे मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्‍यसको विरुद्धमा यो अगमवाणी गर्,</verse>
				<verse number="22">र भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘हे सीदोन, म तेरो विरुद्धमा छु, तँभित्रै म महिमा प्राप्‍त गर्नेछु। जब म त्‍यसलाई दण्‍ड दिनेछु, र मेरो पवित्रता त्‍यसभित्रै प्रकट गर्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="23">म त्‍यसमाथि एउटा रूढ़ी पठाउनेछु, र त्‍यसका गल्‍लीहरूमा म रगत बगाउनेछु। त्‍यसका चारैतिर त्‍यसको विरुद्धमा भएको तरवारले मारिएकाहरू त्‍यसभित्रै ढल्‍नेछन्‌। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।</verse>
				<verse number="24">“‘इस्राएलका मानिसहरूलाई द्वेष गर्ने छिमेकीहरू, जो दु:ख दिने सिउँड़ी र तीखा काँढ़ाहरू हुन्, ती अब कहिल्‍यै हुनेछैनन्‌। तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="25">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरू छरपष्‍ट भएका जाति-जातिहरूबाट जब इस्राएलका मानिसहरूलाई म भेला गर्छु, तब तिनीहरूका बीचमा म जाति-जातिहरूका दृष्‍टिमा आफैलाई पवित्र गर्नेछु। अनि मेरो दास याकूबलाई मैले दिएको तिनीहरूको आफ्‍नै देशमा तिनीहरू बस्‍नेछन्‌।</verse>
				<verse number="26">तिनीहरू त्‍यहाँ सुरक्षित रहनेछन्, र तिनीहरूले घरहरू बनाउनेछन्‌ र दाखबारी लगाउनेछन्‌। तिनीहरूलाई घृणा गर्ने सबैलाई म दण्‍ड दिन्‍छु, तब तिनीहरू त्‍यहाँ सुरक्षित रहनेछन्‌। तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌’।”</verse>
			</chapter>
			<chapter number="29">
				<verse number="1">दशौँ वर्षको दशौँ महिनाको बाह्रौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो तेरो, मुख मिश्रदेशको राजा फारोतिर फर्काएर त्‍यसको र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌।</verse>
				<verse number="3">त्‍योसँग कुरा गर्‌ र त्‍यसलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘हे मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु, आफ्‍ना खोलाहरूका बीचमा पड़िरहने, तँ ठूलो अजिङ्गर, तँ भन्‍छस्, “नील नदी मेरै हो, त्‍यो मैले नै बनाएँ।”</verse>
				<verse number="4">तर म तेरो मुखमा बल्‍छी लगाउनेछु, तेरै कत्‍लाहरूमा तेरा खोलाका माछाहरू, म टाँस्‍न लाउनेछु। तेरा कत्‍लाहरूमा टाँसिएका ती माछाहरूसमेत, म तँलाई तेरा खोलाहरूका बीचबाट तानेर निकाल्‍नेछु।</verse>
				<verse number="5">तँ र तेरा खोलाका सबै माछाहरूलाई म मरुभूमिमा छोड़िदिनेछु। तँ खुला मैदानमा लोट्‌नेछस्‌। तँलाई कसैले जम्‍मा गरेर उठाउनेछैन। म तँलाई पृथ्‍वीका पशुहरू र आकाशका पक्षीहरूको आहारा तुल्‍याइदिनेछु।</verse>
				<verse number="6">तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌। “‘तँ इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएको छस्‌।</verse>
				<verse number="7">जब तिनीहरूले तँलाई समात्‍थे, तब तँ भाँचिन्‍थिस्, र तिनीहरूका काँधमा चोटै-चोट हुन्‍थ्‍यो। तिनीहरू तँमा आड़ लिँदा, तँ भाँचिन्‍थिस्, र तिनीहरूका ढाड़ मर्किन्‍थ्‍यो।</verse>
				<verse number="8">“‘यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: म तेरो विरुद्धमा तरवार चलाउनेछु, तेरा मानिसहरू र पशुहरू दुवैलाई म मार्नेछु।</verse>
				<verse number="9">मिश्रदेश शून्‍य र उजाड़ हुनेछ। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌। “‘तैंले भनिस्, “नील नदी मेरै हो, मैले नै त्‍यो बनाएको हुँ।”</verse>
				<verse number="10">यसैकारण म तेरो विरुद्धमा र तेरा खोलाहरूका विरुद्धमा छु, र मिग्‍दोलदेखि आश्‍वानसम्‍म, मिश्रदेशलाई कूश देशको सिमानासम्‍मै बिलकुल शून्‍य र भग्‍नावशेष तुल्‍याइदिनेछु।</verse>
				<verse number="11">कुनै मानिस वा पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन। चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन।</verse>
				<verse number="12">म मिश्रदेशलाई नष्‍ट भएका देशहरूका बीचमा उजाड़ पारिदिनेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बीचमा चालीस वर्षसम्‍मै उजाड़ रहनेछन्‌। अनि म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट र देश-देशमा तितरबितर पारिदिनेछु।</verse>
				<verse number="13">“‘तापनि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: चालीस वर्षको अन्‍तमा म मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका जाति-जातिहरूका बीचबाट भेला गर्नेछु।</verse>
				<verse number="14">म तिनीहरूलाई कैदबाट फर्काई ल्‍याउनेछु, र तिनीहरूका पिता-पुर्खाहरूको देश, माथिल्‍लो मिश्रमा तिनीहरूलाई ल्‍याउनेछु। तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌।</verse>
				<verse number="15">त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ राज्‍य हुनेछ। अरू जातिहरूमाथि त्‍यो फेरि कहिल्‍यै उच्‍च हुनेछैन। म त्‍यसलाई यति कमजोर तुल्‍याइदिनेछु, कि फेरि कहिल्‍यै अरू जातिहरूमाथि त्‍यसले राज्‍य गर्नेछैन।</verse>
				<verse number="16">इस्राएलका मानिसहरूका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै भरोसाको स्रोत बन्‍नेछैन। तर त्‍यहाँ तिनीहरू सहायता माग्‍न गएर तिनीहरूले गरेको आफ्‍नो पापको सम्‍झना त्‍यसले तिनीहरूलाई गराउनेछ। तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌’।”</verse>
				<verse number="17">सत्ताईसौँ वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="18">“हे मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा आफ्‍नो सेनालाई युद्धको धावा गर्‍यो। हरेकको तालु खुइलियो, र हरेकको काँध दलिँदा-दलिँदा पिल्‍सियो। तापनि टुरोसको विरुद्धमा गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌।</verse>
				<verse number="19">यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनेछु, र त्‍यसले त्‍यसका धन-सम्‍पत्ति लैजानेछ। लूटपीट गरेर त्‍यसले देशलाई सखाप पार्नेछ, र लूटेको त्‍यो धन त्‍यसको सेनाको ज्‍याला हुनेछ।</verse>
				<verse number="20">त्‍यसले गरेको परिश्रमको निम्‍ति मिश्रदेश नै मैले त्‍यसलाई इनाम स्‍वरूप दिएको छु, किनभने त्‍यसले र त्‍यसका सेनाले मेरै निम्‍ति परिश्रम गरे, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।</verse>
				<verse number="21">“त्‍यस दिन म इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बीचमा म तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="30">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, यो अगमवाणी गरेर भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘विलाप गर्, र भन्, “हाय! त्‍यो दिन।”</verse>
				<verse number="3">किनकि त्‍यो दिन नजिकै छ, परमप्रभुको दिन नजिकै छ— बादल लागेको दिन, जाति-जातिहरूका अन्‍त्‍यको दिन त्‍यो हुनेछ।</verse>
				<verse number="4">मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ। जब मिश्रदेशमा मारिएका मानिसहरू जमिनमा ढल्‍नेछन्, तब त्‍यसका धन-सम्‍पत्तिहरू लगिनेछन्, र त्‍यसका जगहरू भत्‍काइनेछन्‌।</verse>
				<verse number="5">कूश, पूत, लूद र सारा अरब देश, लिबिया, र करार गरिएका देशका मानिसहरू, मिश्रदेशसँगसँगै तरवारले ढालिनेछन्‌।</verse>
				<verse number="6">“‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘मिश्रदेशका मित्रराष्‍ट्रहरूचाहिँ पतन हुनेछन्, त्‍यसको घमण्‍डी शक्तिको पतन हुनेछ। मिग्‍दोलदेखि आश्‍वानसम्‍मै त्‍यसभित्र भएका सबै तरवारले ढालिनेछन्, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">उजाड़ भएका देशहरूका माझमा तिनीहरू उजाड़ हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बीचमा पड़िरहनेछन्‌।</verse>
				<verse number="8">जब म मिश्रदेशमा आगो लगाइदिनेछु, र त्‍यसका सबै सहायकहरू चकनाचूर हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="9">“‘त्‍यस दिन सन्‍तुष्‍टसँग बसेका कूशीहरूलाई तर्साउने खबर दिनलाई मकहाँबाट समाचारवाहकहरू जानेछन्‌। मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई त्रास हुनेछ, किनभने त्‍यो निश्‍चय नै आइपर्नेछ।</verse>
				<verse number="10">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका सैन्‍य-दलहरूलाई अन्‍त्‍य गरिदिनेछु।</verse>
				<verse number="11">त्‍यो र त्‍यसको सेना जाति-जातिहरूमा सबैभन्‍दा क्रूर तिनीहरू सर्वनाश गर्नलाई ल्‍याइनेछन्‌। तिनीहरूले आफ्‍ना तरवार मिश्रदेशको विरुद्धमा थुत्‍नेछन्, र तिनीहरूले मृतकहरूले देश भरिदिनेछन्‌।</verse>
				<verse number="12">म नील नदीका पानीहरू सुकाइदिनेछु, र म त्‍यस देशलाई दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु। त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई म विदेशीहरूका हातद्वारा उजाड़ पारिदिनेछु। म परमप्रभुले यो भनेको हुँ।</verse>
				<verse number="13">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘म मूर्तिहरूको सर्वनाश गरिदिनेछु, र नोपमा भएका प्रतिमाहरूको अन्‍त्‍य गरिदिनेछु। मिश्रदेशमा फेरि कहिल्‍यै राजकुमार हुनेछैन, र यसरी म देशमा डर फैलाइदिनेछु।</verse>
				<verse number="14">माथिल्‍लो मिश्रलाई म उजाड़ पारिदिनेछु, सोअनमा आगो लगाइदिनेछु, नो सहरलाई म दण्‍ड दिनेछु।</verse>
				<verse number="15">म मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र नो सहरका सैन्‍य-दलहरूलाई नष्‍ट पार्नेछु।</verse>
				<verse number="16">म मिश्रदेशमा आगो लगाइदिनेछु, र पेलुसियम पीडाले छटपटिनेछ, नो सहरका पर्खालहरूमा धाँदा पारिनेछन्, नोपचाहिँ निरन्‍तर कष्‍टमा परिरहनेछ।</verse>
				<verse number="17">हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र सहरहरू स्‍वयम्‌ कैदमा पर्नेछन्,</verse>
				<verse number="18">तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिन अँध्‍यारो हुनेछ, र त्‍यसको घमण्‍डी शक्तिको अन्‍त्‍य हुनेछ। त्‍यो बादलहरूले ढाकिनेछ, र त्‍यसका गाउँहरू कैदमा पर्नेछन्‌।</verse>
				<verse number="19">यसरी म मिश्रदेशलाई दण्‍ड दिनेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।”</verse>
				<verse number="20">एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="21">“हे मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचिदिएको छु। निको भई बलियो भएर फेरि तरवार चलाउनलाई मलहमपट्टीले त्‍यो बाँधिएको छैन।</verse>
				<verse number="22">यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मिश्रदेशको राजा फारोको विरुद्धमा छु। म त्‍यसका हातहरू भाँचिदिनेछु, राम्रो र भाँचिएको दुवै, अनि म त्‍यसको तरवार त्‍यसको हातबाट खसाइदिनेछु।</verse>
				<verse number="23">म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशमा तितरबितर पारिदिनेछु।</verse>
				<verse number="24">म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु। तर म फारोका हात भाँचिदिनेछु, र त्‍योचाहिँ त्‍यसको अगि मरणान्‍त चोट लागेको मानिसझैँ पीडाले कराउनेछ।</verse>
				<verse number="25">म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, तर फारोका हात निर्बल हुनेछन्‌। जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, र त्‍यसले त्‍यो मिश्रदेशको विरुद्धमा चलाउनेछ, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="26">म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशहरूमा तितरबितर पारिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="31">
				<verse number="1">एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, मिश्रदेशको राजा फारो र त्‍यसका सैन्‍य-दलहरूलाई भन्‌: “‘तेरो वैभवमा तँलाई कोसित तुलना गर्न सकिन्‍छ?</verse>
				<verse number="3">अश्‍शूर देशलाई हेर्, लेबनानमा त्‍यो एउटा देवदारु नै थियो, जसका सुन्‍दर हाँगाहरूले वनलाई ढाकिराखेका थिए। रूखहरूका हाँगाबिँगाका बीचबाट त्‍यसको टुप्‍पो अल्‍गो बढ़ेर त्‍यो निस्‍केको थियो।</verse>
				<verse number="4">पानीको मूलले त्‍यसलाई पोषण गर्‍यो। गहिरा-गहिरा पानीका स्रोतहरूले त्‍यसलाई अल्‍गो पारे। तिनका वरिपरिका खोलाहरूले त्‍यसलाई भिजाइदिए, र तिनको नदीले मैदानका सबै रूखहरूलाई भिजाए।</verse>
				<verse number="5">यसरी मैदानका सबै रूखहरूमा त्‍यो सबैभन्‍दा अल्‍गो भयो। पानी प्रशस्‍त भएको कारण त्‍यसका हाँगाबिँगा धेरै भए, र ती फैलिएर गए।</verse>
				<verse number="6">त्‍यसका हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्‍ना गुँड़ बनाए। त्‍यसका हाँगाहरूमुनि वनका सबै पशुहरूले आफ्‍ना बच्‍चा बियाए। त्‍यसका छायामुनि सबै ठूला-ठूला जातिहरू आएर बसे।</verse>
				<verse number="7">फैलिएका लामा-लामा हाँगाहरू भएको त्‍यो एउटा शोभायमान वृक्ष थियो, किनकि त्‍यसका जराहरू प्रशस्‍त पानीतिर फैलिए।</verse>
				<verse number="8">	परमेश्‍वरका बगैँचाको कुनै देवदारुले पनि त्‍यसको दाँजो गर्न सक्‍दैनथ्‍यो, न त कुनै सल्‍लाको रूख त्‍यसका हाँगाबिँगासित तुलना गर्न सकिन्‍थ्‍यो, न त चिनारका रूखहरू त्‍यसका हाँगाहरूसित मिलान गर्न सकिन्‍थे। परमेश्‍वरका बगैँचाको कुनै पनि रूखले त्‍यसका सुन्‍दरताको दाँजो गर्न सक्‍दैनथ्‍यो।</verse>
				<verse number="9">फैलिएका प्रशस्‍त हाँगाहरूले पूर्ण पारेर मैले नै त्‍यसलाई सुन्‍दर पारें, र परमेश्‍वरको बगैँचामा अदनका सबै रूखहरूले त्‍यसलाई डाहा गर्थे।</verse>
				<verse number="10">“‘यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: त्‍यो त्‍यति अल्‍गो भएको, र त्‍यसको टुप्‍पालाई त्‍यसले हाँगाबिँगाका बीचबाट छिचलेर गएको कारण आफ्‍नो अल्‍गाइमा त्‍यो घमण्‍डले फुल्‍यो।</verse>
				<verse number="11">यसैकारण त्‍यसको दुष्‍ट्याइँअनुसारको उचित व्‍यवहार गरोस्‌ भनेर मैले त्‍यसलाई जातिहरूको शासकका हातमा दिएँ। मैले त्‍यसलाई एकातिर फालिदिएँ।</verse>
				<verse number="12">अनि सबैभन्‍दा क्रूर विदेशी जातिहरूले त्‍यसलाई ढालेर छोड़िदिए। त्‍यसका हाँगाबिँगा पहाड़हरू र सबै बेँसीहरूमा ढले, र त्‍यसका हाँगाहरू देशका सबै खोलाहरूमा भाँचिएर पड़िरहे। पृथ्‍वीका सबै जातिहरू त्‍यसका छायाबाट निस्‍के र त्‍यसलाई छोड़े।</verse>
				<verse number="13">ढलेको त्‍यस रूखमा आकाशका सबै पक्षीहरू बसे, र त्‍यसका हाँगाहरूका माझमा वनका सबै पशुहरू थिए।</verse>
				<verse number="14">यसकारण फेरि कहिल्‍यै पानीको छेउमा उम्रेका कुनै पनि रूखहरू यति अल्‍गा घमण्‍डसाथ बढ्‌नेछैनन्‌। बाक्‍ला हाँगाबिँगाका बीचबाट छिचलेर तिनीहरूका टुप्‍पाहरू बढ़ेर माथि निस्‍कनेछैनन्‌। प्रशस्‍त पानी पाएका अरू कुनै रूखहरू यति अल्‍गो उचाइसम्‍म पुग्‍न पाउनेछैनन्‌? तिनीहरू सबै मृत्‍युकै लागि, तल पृथ्‍वीको लागि नियुक्त गरिएका छन्‌। मरणशील मानिसहरूजस्‍तै, तिनीहरू मृत-लोकमा जानेहरूसित जानेछन्‌।</verse>
				<verse number="15">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जुन दिन त्‍यो चिहानमा लगियो, त्‍यस दिन त्‍यसको लागि शोक गर्नलाई गहिरा स्रोतहरू मैले बन्‍द गरिदिएँ। मैले त्‍यसका खोलाहरू थुनिदिएँ, र त्‍यसका प्रशस्‍त पानीहरू रोकिए। त्‍यसैको कारण मैले लेबनानलाई शोक पहिर्‍याइदिएँ, र वनका सबै रूखहरू ओइलाए।</verse>
				<verse number="16">जब मैले त्‍यसलाई मृत-लोकमा जानेहरूसँग चिहानमा झारिदिएँ, तब मैले जाति-जातिहरूलाई त्‍यो लोटेको आवाजले थर्काएँ। तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्‍दा मन पर्ने र असल रूखहरू प्रशस्‍त पानी पाएका सबै रूखहरूले पृथ्‍वीमुनि सान्‍त्‍वना पाए।</verse>
				<verse number="17">त्‍यसका छायामा बस्‍नेहरू, अर्थात्‌ जाति-जातिहरूमध्‍येका मित्रराष्‍ट्रहरू पनि तरवारले मारिएकाहरूसँगसँगै चिहानमा मिल्‍न गएका थिए।</verse>
				<verse number="18">“ऐश्‍वर्य र वैभवमा अदनका रूखहरूमा अरू कुन रूख तँसित तुलना गर्न सकिन्‍छ? तापनि तँ पनि अदनका रूखहरूसितै पृथ्‍वीको तलतिर झारिनेछस्‌। तँ पनि खतना नभएकाहरूसित, तरवारले मारिएकाहरूसँग पड़िरहनेछस्‌। “‘योचाहिँ फारो र त्‍यसका सबै सैन्‍य-दलहरू हो, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="32">
				<verse number="1">बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, मिश्रदेशको राजा फारोको विषयमा विलाप गर्, र त्‍यसलाई भन्‌: “‘जाति-जातिहरूका बीचमा तँ एक सिंहजस्‍तै छस्‌। समुद्रहरूभित्र तँ एक अजिङ्गरजस्‍तै छस्‌। तेरो हलचलले खोलाहरू यताउता छर्कंदै, र खुट्टाले पानी मन्‍थन गर्दै, र खोलाहरूलाई हिलै-हिलो पार्दैजाने तँ होस्‌।</verse>
				<verse number="3">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “‘मानिसहरूको एउटा ठूलो भीड़सँग, म मेरो जाल तँमाथि नै हान्‍नेछु, र तिनीहरूले मेरो जालमा तँलाई तानेर पाखामा ल्‍याउनेछन्‌।</verse>
				<verse number="4">म तँलाई जमिनमा मिल्‍काइदिनेछु, म तँलाई पाखामा हुत्त्याइदिनेछु। आकाशमा सबै पक्षीहरूलाई म तँमाथि बस्‍न दिनेछु, र पृथ्‍वीका जम्‍मै पशुहरूलाई तेरो मासु लुछ्‌न दिनेछु।</verse>
				<verse number="5">तेरो मासु म पर्वतहरूमा छरिदिनेछु, र तेरो मृत शरीरले म बेँसी भरिदिनेछु।</verse>
				<verse number="6">तँबाट बगेको रगतले म पहाड़हरूसम्‍म जमिन भिजाइदिनेछु, र खोँचहरू तेरो मासुले भरिनेछन्‌।</verse>
				<verse number="7">	मैले तेरो नामनिशाना मेट्‌दा म आकाश ढाकिदिनेछु, र त्‍यसका ताराहरूलाई अँध्‍यारो पारिदिनेछु। म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्‍द्रमाले प्रकाश दिनेछैन।</verse>
				<verse number="8">आकाशका सबै चम्‍कने ज्‍योतिहरूलाई म तँमाथि अँध्‍यारो पारिदिनेछु, र तेरो देशमा म अन्‍धकार ल्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">जब म तँलाई जाति-जातिहरूका बीचमा तैंले नजानेका देशहरूमा तेरो सर्वनाश ल्‍याउनेछु, तब म धेरै मानिसहरूका हृदयलाई व्‍याकुल तुल्‍याउनेछु।</verse>
				<verse number="10">म धेरै मानिसहरूलाई तँसित तर्सने तुल्‍याउनेछु। तिनीहरूका राजाहरूका अगि मैले मेरो तरवार चलाउँदा, ती राजाहरू थरथर काम्‍नेछन्‌। तेरो पतनको दिनमा तिनीहरू हरेक आ-आफ्‍नो जीवनको खातिर प्रत्‍येक क्षण काम्‍दै बस्‍नेछ।</verse>
				<verse number="11">“‘किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘बेबिलोनका राजाको तरवार तेरो विरुद्धमा आउनेछ।</verse>
				<verse number="12">म तेरा सबै सैन्‍य-दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा ढालिदिनेछु— तिनीहरू सारा जातिहरूमा सबैभन्‍दा क्रूर छन्‌। तिनीहरूले मिश्रदेशको घमण्‍डलाई चूर पार्नेछन्, र त्‍यसका सबै सैन्‍य-दलहरू परास्‍त पारिनेछन्‌।</verse>
				<verse number="13">प्रशस्‍त पानीहरूका छेउबाट त्‍यसका सबै गाईबस्‍तुहरूलाई म सर्वनाश गर्नेछु। त्‍यसपछि त्‍यो पानी न त मानिसको खुट्टाले हल्‍लाइनेछ न पशुको खुरले हिल्‍याइनेछ।</verse>
				<verse number="14">तब म त्‍यसको पानी शान्‍त पारिदिनेछु, र त्‍यसका खोलाहरू तेलझैँ सलसल बग्‍न लाउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">जब म मिश्रदेशलाई उजाड़ पारिदिनेछु, र त्‍यस देशमा भएको हरेक थोकलाई खोसिलैजानेछु, जब त्‍यसमा बस्‍ने सबैलाई प्रहार गरेर मार्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।’</verse>
				<verse number="16">“तिनीहरूले त्‍यसको लागि गाउने विलापको गीत यो हो। जाति-जातिका छोरीहरूले यो गाउनेछन्‌। मिश्रदेश र त्‍यसका सारा सैन्‍य-दलहरूका निम्‍ति तिनीहरूले यो गीत गाउनेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="17">बाह्रौँ वर्षमा महिनाको पन्‍ध्रौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="18">“हे मानिसको छोरो, मिश्रदेशका सैन्‍य-दलहरूका निम्‍ति रो, र त्‍यसलाई र शक्तिशाली जातिहरूका छोरीहरूलाई, मृत-लोकमा जानेहरूसित पृथ्‍वीको तलतिर जानलाई नियुक्त गरिदे।</verse>
				<verse number="19">तिनीहरूलाई भन्, ‘के तँ अरूभन्‍दा बढ़ी निगाहको पात्र छस्‌ र? तल जा, र खतना नभएकाहरूका साथमा पड़िरह।</verse>
				<verse number="20">तरवारले मारिएकाहरूसँगै तिनीहरू लोट्‌नेछन्‌। तरवार थुतिएको छ। त्‍यसका सारा सैन्‍य-दलहरूसँगै त्‍यो घिस्‍स्‍याएर लगिओस्‌।</verse>
				<verse number="21">चिहानभित्रबाट शक्तिशाली नेताहरूले मिश्रदेश र त्‍यसका मित्रराष्‍ट्रहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन्, र तरवारले मारिएकाहरूसित र खतना नभएकाहरूसित तिनीहरू पड़िरहेका छन्‌।’</verse>
				<verse number="22">अश्‍शूर देश, त्‍यसका सबै सेनासमेत त्‍यहाँ छ, त्‍यसका मारिएकाहरू, तरवारले लोटेकाहरूका चिहानहरूले त्‍यसलाई चारैतिर घेरिराखेका छन्‌।</verse>
				<verse number="23">तिनीहरूका चिहानहरू मृत-लोकको गहिराइभित्र छन्‌। त्‍यसको सेना त्‍यसकै चिहानका चारैतिर छ। जीवितहरूको देशमा त्रास फैलाउनेहरू सबै मारिएका छन्, तरवारद्वारा तिनीहरू ढालिएका छन्‌।</verse>
				<verse number="24">“एलाम त्‍यहाँ छ, र त्‍यसको चिहानका चारैतिर त्‍यसका सैन्‍य-दलहरू छन्‌! यी सबै तरवारले काटिएर मारिएकाहरू हुन्‌। जीवितहरूको देशमा त्रास फैलाउने सबै पृथ्‍वीको तलतिर खतना नभईकन गए। मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्‍जत भोग्‍दछन्‌।</verse>
				<verse number="25">त्‍यसको चिहानका चारैतिर त्‍यसका सैन्‍य-दलहरूसँगसँगै मारिएकाहरूका बीचमा त्‍यसको निम्‍ति एउटा विश्राम-स्‍थान बनाइएको छ। ती सबै तरवारले मारिएका बेखतनावालहरू हुन्‌। जीवितहरूको देशमा तिनीहरूले त्रास फैलाएका हुनाले तल मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्‍जत भोग्‍दछन्‌। तिनीहरू मारिएकाहरूसँगै गाड़िएका छन्‌।</verse>
				<verse number="26">मेशेक र तूबल पनि त्‍यहाँ छन्, र तिनीहरूका चिहानका चारैतिर तिनीहरूका सबै सैन्‍य-दलहरू छन्‌। तिनीहरू सबै बेखतनावालहरू हुन्, र तिनीहरूले जीवितहरूको देशमा त्रास फैलाएका हुनाले तिनीहरू सबै तरवारले मारिएका थिए।</verse>
				<verse number="27">के तिनीहरू ती अरू बेखतना भएका योद्धाहरूसित पड़िरहँदैनन्, जुन योद्धाहरू लोटेका छन्, र आ-आफ्‍ना लड़ाइँका हतियारका साथ चिहानमा गएका छन्, र जसका तरवारहरू आ-आफ्‍नो टाउको मुनि राखिएका छन्‌? ती योद्धाहरूले जीवितहरूको देशमा त्रास फैलाए तापनि तिनीहरूका पापको दण्‍ड तिनीहरूकै हड्डीमा परेको छ।</verse>
				<verse number="28">“तँ पनि हे फारो, बेखतनावालहरूसित, तरवारले मारिएकाहरूसितै तँ ध्‍वंस भएर लोट्‌नेछस्‌ र पड़िरहनेछस्‌।</verse>
				<verse number="29">“एदोम आफ्‍ना राजाहरू र सबै राजकुमारहरूसँग त्‍यहाँ छ। तिनीहरूको आफ्‍नो शक्ति भए तापनि तरवारले मारिएकाहरूसितै तिनीहरू पड़िरहेका छन्‌। तिनीहरू तल मृत-लोकमा जानेहरूसँग, बेखतनावालहरूसँगै पड़िरहेका छन्‌।</verse>
				<verse number="30">“उत्तरका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्‍यहाँ छन्‌। तिनीहरूले आफ्‍नो शक्तिले त्रास मच्‍चाए तापनि तिनीहरू मारिएकाहरूसितै बेइज्‍जती भई तलतिर गए। तिनीहरू खतना नभईकन तरवारले मारिएकाहरूसितै पड़िरहेका छन्, र मृत-लोकमा जानेहरूसितै तिनीहरूले बेइज्‍जत भोग्‍छन्‌।</verse>
				<verse number="31">“फारो, त्‍यो र त्‍यसका सेनाले तिनीहरूलाई देखेर तरवारले मारिएका आफ्‍ना सबै सैन्‍य-दलहरूका लागि सान्‍त्‍वना पाउनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="32">जीवितहरूको देशमा त्रास फैलाउन मैले त्‍यसलाई लगाएँ, तापनि फारो र आफ्‍ना सबै सैन्‍य-दलहरू बेखतनावालहरूका बीचमा, तरवारले मारिएकाहरूसँगसँगै पड़िरहनेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="33">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरो, आफ्‍ना देशवासीहरूसँग कुरा गर्, र भन्‌: ‘जब एउटा देशको विरुद्धमा म एउटा तरवार चलाउँछु, र त्‍यस देशका मानिसहरूले आफूमध्‍येको कुनै एक जनालाई पहरादार छान्‍छन्,</verse>
				<verse number="3">र त्‍यसले त्‍यस देशको विरुद्धमा तरवार आइरहेको देखेर तुरही बजाउँछ,</verse>
				<verse number="4">तब कसैले त्‍यो चेताउनीलाई सुनेर पनि ध्‍यान दिँदैन र तरवार आएर त्‍यसको ज्‍यान लियो भने त्‍यसका रगतको त्‍यो आफै जिम्‍मेवारी हुनेछ।</verse>
				<verse number="5">त्‍यसले तुरहीको आवाज सुनेर पनि चेताउनीको वास्‍ता नगरेको कारणले, त्‍यसको रगत त्‍यसकै शिरमा पर्नेछ। यदि त्‍यसले त्‍यो चेताउनी मानेको भए त्‍यो बाँच्‍नेथियो।</verse>
				<verse number="6">तर यदि तरवार आइरहेको देखेर पनि त्‍यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्‍यान लियो भने, त्‍यो मानिसचाहिँ आफ्‍नै पापको कारण लगिनेछ, तर म त्‍यस पहरादारलाई नै त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु’।</verse>
				<verse number="7">“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्‍याएको छु। यसैले मैले भनेको कुरा सुन्, र तिनीहरूलाई मबाट चेताउनी दे।</verse>
				<verse number="8">जब म दुष्‍ट मानिसलाई भन्‍छु, ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस्,’ र यदि तैंले त्‍यसलाई आफ्‍नो चाल त्‍यागोस्‌ भनेर चेताउनी दिएनस्‌ भने’ त्‍यो दुष्‍ट मानिस आफ्‍नो पापको कारण मर्नेछ, र म तँलाई त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु।</verse>
				<verse number="9">तर यदि त्‍यसले आफ्‍नो चाल त्‍यागोस्‌ भनेर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यसले आफ्‍नो चाल त्‍यागेन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले आफूलाई बचाउनेछस्‌।</verse>
				<verse number="10">“हे मानिसको छोरो, इस्राएलका घरानालाई भन्, ‘तिमीहरू यसो भनिरहेछौ: “हाम्रा पाप र अपराधले हामी थिचिएका छौं, र तिनको कारण हामी निर्बल हुँदैजादैछौं। हामी कसरी बाँच्‍ने त’?”</verse>
				<verse number="11">यसैले तिनीहरूलाई भन्, ‘जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, दुष्‍टहरूको मृत्‍युमा म खुशी हुन्‍नँ, तर तिनीहरूले आफ्‍नो चाल त्‍यागेर बाँचून्‌ भनी म चाहन्‍छु। आफ्‍नो दुष्‍ट चाल त्‍याग! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’</verse>
				<verse number="12">“यसैकारण हे मानिसको छोरो, आफ्‍ना देशवासीहरूलाई भन्, ‘कुनै धर्मी मानिसले आज्ञापालन गरेन भने, त्‍यसको धार्मिकताले त्‍यसलाई बचाउन सक्‍दैन। कुनै दुष्‍ट मानिस आफ्‍नो दुष्‍ट चालबाट फर्क्‍यो भने, त्‍यसको दुष्‍ट्याइँले त्‍यसको पतन हुनेछैन। कुनै धर्मी मानिसले पाप गर्छ भने, त्‍यसको पहिलेको धार्मिकताको कारणले त्‍यो बाँच्‍न पाउनेछैन’।</verse>
				<verse number="13">यदि मैले त्‍यस धर्मी मानिसलाई ‘तँ निश्‍चय नै बाँच्‍नेछस्‌’ भनी भन्‍दा त्‍यसले आफ्‍नो धार्मिकतामा भर परेर दुष्‍ट्याइँ गर्‍यो भने, त्‍यसको कुनै पनि धार्मिकताका कामको सम्‍झना हुनेछैन। त्‍यसले गरेको दुष्‍ट्याइँको कारण त्‍यो मर्नेछ।</verse>
				<verse number="14">यदि मैले दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय नै मर्नेछस्‌’ भनी भन्‍दा त्‍यसले आफ्‍नो पाप त्‍यागेर न्‍यायसङ्गत र ठीक काम गर्‍यो भने—</verse>
				<verse number="15">यदि त्‍यसले कर्जामा राखेको धितो फर्काइदियो, आफूले चोरेर लगेको माल फर्काइदियो, र जीवन दिने विधिहरू मान्‍यो र दुष्‍ट्याइँ गरेन भने, त्‍यो निश्‍चय नै बाँच्‍नेछ, त्‍यो मर्नेछैन।</verse>
				<verse number="16">त्‍यसले गरेको कुनै पाप त्‍यसको विरुद्धमा सम्‍झना हुनेछैन। त्‍यसले न्‍यायसङ्गत र ठीक काम गरेको छ। त्‍यो निश्‍चय नै बाँच्‍नेछ।</verse>
				<verse number="17">“तापनि तेरा देशवासीहरूले भन्‍छन्, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। तर वास्‍तवमा त तिनीहरूकै चाल पो न्‍यायसङ्गत छैन।</verse>
				<verse number="18">यदि कुनै धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍यागेर दुष्‍ट्याइँ गर्‍यो भने, त्‍यसो गर्नाले त्‍यो मर्नेछ।</verse>
				<verse number="19">यदि कुनै दुष्‍ट मानिसले आफ्‍नो दुष्‍ट्याइँ त्‍यागेर न्‍यायसङ्गत र ठीक काम गर्‍यो भने, त्‍यसो गर्नाले त्‍यो बाँच्‍नेछ।</verse>
				<verse number="20">तापनि हे इस्राएलका घराना, तिमीहरू भन्‍छौ, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। तर म तिमीहरू हरेक मानिसको न्‍याय त्‍यसको चालअनुसार गर्दछु।”</verse>
				<verse number="21">हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा यरूशलेमबाट भागेर आएको एक जना मानिसले मकहाँ आएर भन्‍यो, “सहरको पतन भयो।”</verse>
				<verse number="22">अब त्‍यो मानिस आएको अघिल्‍लो साँझ परमप्रभुको हात ममाथि परेको थियो, र बिहान त्‍यो मानिस आइपुग्‍न अघि उहाँले मेरो मुख खोलिदिनुभयो। यसैले मेरो मुख खोलियो, र म त्‍यस उप्रान्‍त चूप बसिनँ।</verse>
				<verse number="23">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="24">“हे मानिसको छोरा, इस्राएलका देशमा भएका ती भग्‍नावशेषमा बस्‍ने मानिसहरू भन्‍छन्, ‘अब्राहाम त एकै जना मानिस मात्र थिए, तर तिनले यो देश अधिकार गरे। तर हामी त धेरै छौं। अवश्‍य हामीलाई यो देश अधिकार गर्न दिइएको हो’।</verse>
				<verse number="25">यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरू रगतैसित मासु खान्‍छौ, तिमीहरू आफ्‍ना मूर्तिहरूतिर हेर्छौ, तिमीहरू रगत बगाउँछौ, त के तिमीहरू देश अधिकार गर्छौ र?</verse>
				<verse number="26">तिमीहरू आफ्‍ना तरवारमा भरोसा गर्दछौ, तिमीहरू घिनलाग्‍दा काम गर्दछौ, तिमीहरू हरेकले अर्काकी पत्‍नीलाई अशुद्ध पार्दछौ, त के तिमीहरू देश अधिकार गर्छौ र?’</verse>
				<verse number="27">“तिनीहरूलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जस्‍तो म जीवित छु, भग्‍नावशेषमा छोड़िएकाहरू तरवारले ढल्‍नेछन्, र खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूका आहाराको निम्‍ति दिनेछु। किल्‍लाहरू र गुफाहरूमा हुनेहरू रूढ़ीले मर्नेछन्‌।</verse>
				<verse number="28">म देशलाई निर्जन र उजाड़ तुल्‍याउनेछु, र त्‍यसको अहङ्कारी शक्ति खतम हुनेछ। इस्राएलका पहाड़हरू यति उजाड़ हुनेछन्, कि कोही पनि त्‍यहाँबाट वारपार गर्नेछैन।</verse>
				<verse number="29">जब म तिनीहरूले गरेका तिनीहरूका घिनलाग्‍दा कामहरूको कारणले देशलाई निर्जन र उजाड़ तुल्‍याइदिनेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।’</verse>
				<verse number="30">“हे मानिसको छोरा, तेरा देशवासीहरू एकसाथ बसेर तेरो विषयमा पर्खालहरू र ढोकाहरूका कुना-कुनामा उभिएर एउटाले अर्कालाई यसो भन्‍छ, ‘आऔं, परमप्रभुबाट आएको सन्‍देश के रहेछ सुनौं’।</verse>
				<verse number="31">तिनीहरूले सधैँ गरेजस्‍तै मेरा मानिसहरू तँकहाँ आउँछन्‌ र तेरा कुरा ध्‍यानसित सुन्‍नलाई तेरो अगि बस्‍छन्‌। तर तिनीहरू तीबमोजिम चल्‍दैनन्‌। मुखले त तिनीहरू भक्तिको कुरा गर्छन्, तर तिनीहरूका हृदय अधर्मसित कमाउनलाई लोभ गर्छन्‌।</verse>
				<verse number="32">तँ त तिनीहरूका निम्‍ति प्रेमको गीत गाउने सुरिलो सोर भएको गायक होस्, जो राम्रोसित बाजा बजाउँछ। तैंले भनेका कुरा त तिनीहरूले सुन्‍छन्, तर तीबमोजिम गर्दैनन्‌।</verse>
				<verse number="33">“जब त्‍यो सबै पूरा हुन आउँछ— त्‍यो निश्‍चय नै हुन आउनेछ— तब तिनीहरूका बीचमा एक जना अगमवक्ता आएको रहेछ भनी तिनीहरूले जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="34">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘धिक्‍कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्‍नै मात्र वास्‍ता गर्दछन्‌! के गोठालाले भेड़ाहरूको वास्‍ता गर्नुपर्ने होइन र?</verse>
				<verse number="3">तिमीहरू दही खान्‍छौ, ऊनको वस्‍त्र लगाउँछौ, मोटा-मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्‍तै गर्दैनौ।</verse>
				<verse number="4">तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलहमपट्टी लगाइदिएका छैनौ। तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्‍याएका छैनौ, हराएकालाई खोजेका छैनौ। तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौ।</verse>
				<verse number="5">यसैले तिनीहरू छरपष्‍ट भए, किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्‍ट भए, तब तिनीहरू जङ्गली जनावरका शिकार भए।</verse>
				<verse number="6">मेरा भेड़ाहरू बाटो बिराएर पहाड़हरू र हरेक अल्‍गो डाँड़ामा गए। तिनीहरू सारा पृथ्‍वीभरि नै छरपष्‍ट भए, र कसैले तिनीहरूको खोजी अथवा सोधपूछ गरेन।</verse>
				<verse number="7">“‘यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:</verse>
				<verse number="8">परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, गोठाला नभएका कारण मेरो बगाल लुटिएर जङ्गली जनावरहरूको आहारा भएको छ। किनभने मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, र भेड़ाहरूको त होइन, तर आफ्‍नै मात्र वास्‍ता गरे।</verse>
				<verse number="9">यसैकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:</verse>
				<verse number="10">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म गोठालाहरूका विरुद्धमा छु, र तिनीहरूले मेरो बगालको लेखा दिनुपर्नेछ। म ती गोठालाहरूलाई बगालको हेरचाह गर्नदेखि हटाइदिनेछु, ताकि गोठालाहरूले अब आफैलाई पोस्‍याउन नपाऊन्‌। म तिमीहरूका मुखबाट मेरा बगाललाई बचाउनेछु, र मेरा भेड़ाहरू तिनीहरूका निम्‍ति भोजन हुनेछैनन्‌।</verse>
				<verse number="11">“‘किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: अब म आफैले मेरा भेड़ाहरूको खोजी गरेर तिनीहरूको हेरचाह गर्नेछु।</verse>
				<verse number="12">जसरी आफ्‍नो बगाल यताउता छरपष्‍ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्‍न जान्‍छ, त्‍यसरी नै म मेरा भेड़ाहरूलाई खोज्‍नेछु। अँध्‍यारो धुम्‍मिएको दिनमा छरपष्‍ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।</verse>
				<verse number="13">म तिनीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्‍याउनेछु, र देश-देशबाट भेला गर्नेछु। म तिनीहरूलाई तिनीहरूको आफ्‍नै देशमा ल्‍याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाड़हरूमा, त्‍यसका खोल्‍साहरूमा र देशका सबै बस्‍तीहरूमा चराउनेछु।</verse>
				<verse number="14">म तिनीहरूलाई राम्रो चरनमा चराउनेछु, र इस्राएलका अल्‍गा-अल्‍गा पहाड़हरू तिनीहरूका खर्क हुनेछन्‌। त्‍यहाँ तिनीहरू असल खर्कमा पल्‍टिबस्नेछन्, र इस्राएलका पहाड़हरूमा असल चरनमा तिनीहरू चर्न पाउनेछन्‌।</verse>
				<verse number="15">म आफै मेरा भेड़ाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई त्‍यहाँ सुताउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="16">हराएकालाई म खोज्‍नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्‍याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु। तर मोटा, ताजा र बलियाहरूलाई म नष्‍ट पार्नेछु। बगालको हेरचाह न्‍यायसित गर्ने गोठालो म हुनेछु।</verse>
				<verse number="17">“‘हे मेरो बगाल, तिमीहरूलाई चाहिँ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म एउटा भेड़ा र अर्को भेड़ाको बीचमा,</verse>
				<verse number="18">र भेड़ाहरू र बाख्राहरूका बीचमा न्‍याय गर्नेछु! के असल चरनमा चर्न पाएर पनि तिमीहरूलाई पुगेन? किन तिमीहरू बाँकी चरनलाई तिमीहरूका खुट्टाले कुल्‍चन्‍छौ? के स्‍वच्‍छ पानीले तिमीहरूलाई पुगेन? किन तिमीहरू अरू पानीलाई खुट्टाले हिलै-हिलो बनाउँछौ?</verse>
				<verse number="19">के मेरो बगालले तिमीहरूले कुल्‍चेको चरन चर्ने, र तिमीहरूले खुट्टाले हिलै-हिलो बनाएको पानी पिउने?</verse>
				<verse number="20">“‘यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘हेर, म आफै मोटा-मोटा र दुब्‍ला-दुब्‍ला भेड़ाहरूका बीचमा न्‍याय गर्नेछु।</verse>
				<verse number="21">किनभने तिमीहरूले त दुब्‍लाहरूलाई कुमले घचेट्‌दै, सीङले हान्‍दै, तिनीहरूलाई धपाइरहेछौ, र छरपष्‍ट पारिरहेछौ।</verse>
				<verse number="22">म मेरो छरपष्‍ट भएको बगाललाई बचाउनेछु, र तिनीहरू फेरि कहिल्‍यै लुटिनेछैनन्‌। म भेड़ा-भेड़ाको बीचमा न्‍याय गर्नेछु।</verse>
				<verse number="23">म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु। त्‍यसले तिनीहरूको हेरचाह गर्नेछ, त्‍यो तिनीहरूको गोठालो हुनेछ।</verse>
				<verse number="24">म परमप्रभु, तिमीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊदचाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ। म परमप्रभुले यो भनेको हुँ।</verse>
				<verse number="25">“‘म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र देशलाई जङ्गली जनावरहरूबाट छुटाउनेछु, ताकि तिनीहरू निर्धक्‍क भएर मरुभूमिमा बस्‍न र वनमा सुत्‍न पाऊन्‌।</verse>
				<verse number="26">म तिनीहरूलाई र मेरो डाँड़ाको चारैतिरका ठाउँहरूलाई आशिष्‌ दिनेछु। म ठीक ऋतुमा तिनीहरूका निम्‍ति झरी बर्साइदिनेछु। त्‍यहाँ आशिष्‌का झरीहरू हुनेछन्‌।</verse>
				<verse number="27">मैदानमा भएका रूखहरूले फल दिनेछन्, जमिनले आफ्‍नो फसल दिनेछ, र मानिसहरू देशमा सुरक्षित हुनेछन्‌। तिनीहरूका जुवाका काठ भाँचेर तिनीहरूलाई कमारा तुल्‍याउनेहरूबाट मुक्त गर्दा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।</verse>
				<verse number="28">तिनीहरूलाई जाति-जातिहरूले कहिल्‍यै लूटपीट गर्नेछैनन्, न त जङ्गली जनावरहरूले तिनीहरूलाई निल्‍नेछन्‌। तिनीहरू सुरक्षितसाथ बस्नेछन्, र तिनीहरूलाई कसैले डर देखाउनेछैन।</verse>
				<verse number="29">म तिनीहरूलाई एउटा यस्‍तो देश दिनेछु, जो त्‍यसका अन्‍नको निम्‍ति प्रख्‍यात हुनेछ। तिनीहरू त्‍यस देशमा फेरि कहिल्‍यै अनिकालको शिकार हुनेछैनन्, अथवा जाति-जातिहरूको गिल्‍ला तिनीहरूले सहनुपर्नेछैन।</verse>
				<verse number="30">तब म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूका साथमा छु, र इस्राएलको घरानाचाहिँ मेरो प्रजा हो भनी तिनीहरूले जान्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’। सर्वोच्‍च परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="31">तिमीहरू मेरा भेड़ाहरू हौ, मेरो खर्कका भेड़ाहरू, मेरै मानिसहरू हौ, र मचाहिँ तिमीहरूका परमेश्‍वर हुँ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="35">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरा, सेइर पर्वततिर तेरो मुख फर्का, र त्‍यसको विरुद्धमा अगमवाणी कहेर भन्‌:</verse>
				<verse number="3">“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा छु। म मेरो हात तँमाथि उठाउनेछु र तँलाई निर्जन र उजाड़ तुल्‍याइदिनेछु।</verse>
				<verse number="4">म तेरा सहरहरूलाई भग्‍नावशेष पारिदिनेछु, र तँ उजाड़ हुनेछस्‌। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।</verse>
				<verse number="5">“‘तैंले प्राचीनकालको वैरभावलाई मनमा राखिस्, र इस्राएलीहरूलाई तिनीहरूका विपत्तिको समयमा, अर्थात्‌ तिनीहरूको आखिरी दण्‍डको समयमा तिनीहरूलाई तरवारले काटिनलाई तैंले सुम्‍पिदिइस्‌।</verse>
				<verse number="6">यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातले सुम्‍पिदिनेछु, र त्‍यसले तेरो खेदो गर्नेछ। तैंले रक्तपात घृणा नगरेको कारण, रक्तपातले नै तेरो खेदो गर्नेछ।</verse>
				<verse number="7">सेइर पर्वतलाई म निर्जन र उजाड़ पार्नेछु, र आवतजावत गर्ने सबैलाई त्‍यसतिर जानदेखि म रोक्‍नेछु।</verse>
				<verse number="8">म तेरा पहाड़हरू मारिएकाहरूले भर्नेछु। तरवारले मारिएकाहरू तेरा डाँड़ाहरू र तेरा बेँसीहरू र खोल्‍साहरूमा खस्‍नेछन्‌।</verse>
				<verse number="9">म तँलाई सधैँको निम्‍ति उजाड़ तुल्‍याउनेछु। तेरा सहरहरूमा कोही बासिन्‍दा हुनेछैनन्‌। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।</verse>
				<verse number="10">“‘म परमप्रभु त्‍यहाँ भए तापनि तैंले यसो भनेको छस्, “ती दुई जाति र देशहरू हाम्रा हुनेछन्, र हामी तिनीहरूलाई अधिकार गर्नेछौं।”</verse>
				<verse number="11">यसैकारण, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, क्रोध र डाहा देखाई तैंले तिनीहरूलाई घृणा गरेर जे गरेको थिइस्, म पनि तँलाई त्‍यसै नै गर्नेछु। मैले तेरो न्‍याय गर्दा म आफूलाई तिनीहरूकहाँ प्रकट गर्नेछु। तब तैंले जान्‍नेछस्,</verse>
				<verse number="12">कि म परमप्रभुले इस्राएलका पहाड़हरूका विरुद्धमा तैंले भनेका सबै निन्‍दाजनक कुरा सुनेको छु। तैंले भनिस्‌ “इस्राएलका पहाड़हरू उजाड़ भएका छन्, र ती खानलाई हामीलाई दिइएका छन्‌।”</verse>
				<verse number="13">तैंले मेरो विरुद्धमा घमण्‍ड गरिस्, र मेरो विरुद्धमा तैंले बोलिस्‌ र मैले त्‍यो सुनें।</verse>
				<verse number="14">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: सारा पृथ्‍वीले रमाहट गर्दैगर्दा, म तँलाई चाहिँ उजाड़ बनाउनेछु।</verse>
				<verse number="15">इस्राएलका घरानाको उत्तराधिकार उजाड़ हुँदा तैंले रमाहट गरिस्‌। यसैकारण म पनि तँसित त्‍यस्‍तै व्‍यवहार गर्नेछु। हे सेइर पर्वत, तँ, सारा एदोमसमेत उजाड़ हुनेछस्‌। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌’।”</verse>
			</chapter>
			<chapter number="36">
				<verse number="1">“हे मानिसको छोरा, इस्राएलका पहाड़हरूलाई यो अगमवाणी कहेर भन्, ‘हे इस्राएलका पहाड़हरू हो, परमप्रभुको वचन सुन।</verse>
				<verse number="2">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: शत्रुले तिमीहरूका विषयमा भन्‍यो, “अहा! अब ती प्राचीन पहाड़हरूमा हाम्रै अधिकार भयो’।”</verse>
				<verse number="3">यसकारण अगमवाणी कहेर भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरूले तिमीहरूलाई हरेक ठाउँबाट बरबाद गरेर कुकुरहरूले जस्‍तै खेदे, फलस्‍वरूप तिमीहरू अरू बाँकी जातिहरूको अधिकारमा परेर मानिसहरूका ईर्ष्‍या र निन्‍दाका पात्र भयौ।</verse>
				<verse number="4">यसैकारण हे इस्राएलका पहाड़हरू हो, परमप्रभु परमेश्‍वरको वचन सुन। पहाड़हरू र डाँड़ाहरू, खोल्‍साहरू र बेँसीहरू, उजाड़ भएका भग्‍नावशेषहरू र निर्जन सहरहरू, जसलाई तिमीहरूका चारैतिर भएका जातिहरूद्वारा हाँसोमा उड़ाएका थिए—</verse>
				<verse number="5">तिमीहरूलाई नै परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो दन्‍केको जोशमा मैले अरू बाँकी जातिहरू र एदोमका विरुद्धमा बोलेको छु, किनकि आफ्‍नो हृदयमा ईर्ष्‍या राखेर तिनीहरूले मेरो देशलाई आफ्‍नो अधिकार गरे, ताकि तिनीहरूले त्‍यसका खर्क लुट्‌न सकून्‌।’</verse>
				<verse number="6">यसकारण इस्राएल देशको विषयमा अगमवाणी भन्, र त्‍यसका पहाड़हरू र डाँड़ाहरू, खोल्‍साहरू र बेँसीहरूलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूले जातिहरूका गिल्‍ला सहनुपरेको हुनाले मैले डाही गरेर मेरो रीसमा म भन्‍दछु।</verse>
				<verse number="7">यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूका चारैतिरका जाति-जातिहरूले पनि गिल्‍ला सहनुपर्नेछ। मेरो हात उठाएर म यो शपथ खान्‍छु।</verse>
				<verse number="8">“‘तर तिमीहरू हे इस्राएलका पहाड़हरू हो, तिमीहरूले चाहिँ आफ्‍ना हाँगाहरू पलाउनेछौ र मेरो प्रजा इस्राएलको लागि फलहरू फलाउनेछौ, किनकि तिनीहरू चाँड़ै घर फर्कनेछन्‌।</verse>
				<verse number="9">तिमीहरूको मलाई चिन्‍ता लागेको छ। म तिमीहरूलाई निगाहा गर्नेछु। म तिमीहरूलाई खनजोत गरेर बीउ छर्नेछु।</verse>
				<verse number="10">धेरै मानिसहरूको संख्‍याले म तिमीहरूलाई भरिभराउ पार्नेछु, अर्थात्‌ इस्राएलका समस्‍त घरानालाई। सहरहरूमा फेरि मानिसहरू बास गर्नेछन्, र भग्‍नावशेष भएका भवनहरू फेरि निर्माण गरिनेछन्‌।</verse>
				<verse number="11">म तिमीहरूका मानिसहरू र पशुहरूको वृद्धि गरिदिनेछु, र तिनीहरू फलवन्‍त भएर धेरै हुनेछन्‌। अघिजस्‍तै तिमीहरूमा म मानिसहरू बसाल्‍नेछु, र पहिलेको भन्‍दा अझ बढ़ी तिमीहरूको उन्‍नति गराउनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।</verse>
				<verse number="12">म मानिसहरू, मेरा मानिसहरू, अर्थात्‌ इस्राएललाई तिमीहरूकै बाटाहरूमा हिँड्‌न लाउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ। तिमीहरूले कहिल्‍यै तिनीहरूका छोराछोरीहरूलाई खोसेर लानेछैनौ।</verse>
				<verse number="13">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मानिसहरू तिमीहरूलाई भन्‍छन्, “तिमीहरू मानिसहरूलाई खान्‍छौ, र आफ्‍नो जातिलाई निर्वंश तुल्‍याउँछौ।”</verse>
				<verse number="14">यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै मानिसहरूलाई खानेछैनौ, अथवा आफ्‍नो जातिलाई निर्वंश तुल्‍याउनेछैनौ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">म तिमीहरूलाई जाति-जातिहरूका गिल्‍ला फेरि कहिल्‍यै सुन्‍न लाउनेछैनँ, न त तिमीहरूले मानिसहरूको निन्‍दा सहनुपर्नेछ, अथवा आफ्‍नो जातिको पतन हुन लाउनेछौ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="16">फेरि परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="17">“हे मानिसको छोरा, जब इस्राएलीहरू आफ्‍नै देशमा बसेका थिए, तब तिनीहरूले त्‍यस देशलाई आफ्‍नो व्‍यवहार र कामहरूले बिटुलो पारे। तिनीहरूको व्‍यवहार मेरो दृष्‍टिमा एक स्‍त्रीको रजस्‍वलाको अशुद्धताजस्‍तै थियो।</verse>
				<verse number="18">तिनीहरूले देशमा रगत बगाएका र आफ्‍ना मूर्तिहरूद्वारा त्‍यो बिटुलो पारेका हुनाले मैले मेरो क्रोध तिनीहरूमाथि खन्‍याएँ।</verse>
				<verse number="19">मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पारें, र तिनीहरू देश-देशमा छरपष्‍ट भएर छरिए। तिनीहरूका व्‍यवहार र कामहरूअनुसार मैले तिनीहरूको न्‍याय गरें।</verse>
				<verse number="20">अनि जब तिनीहरू ती जातिहरूका बीचमा गए, तब तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे, किनकि तिनीहरूका विषयमा यसो भनिएको थियो, ‘यिनीहरू त परमप्रभुको प्रजा हो, तापनि देशलाई तिनीहरूले छोड्‌नुपर्‍यो’।</verse>
				<verse number="21">मेरो पवित्र नाउँको चिन्‍ता मलाई लागेको थियो, जुन नाउँलाई तिनीहरू गएका जाति-जातिहरूका बीचमा इस्राएलको घरानाले अपवित्र पारे।</verse>
				<verse number="22">“यसैकारण इस्राएलका घरानालाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका घराना हो, तिमीहरूकै खातिर म यी कामहरू गर्नेछैनँ, तर मेरो पवित्र नाउँको खातिर यी गर्नेछु, जुन नाउँलाई तिमीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारेका छौ।</verse>
				<verse number="23">म मेरो महान्‌ नाउँको पवित्रता देखाउनेछु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ, जुन नाउँ तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफैलाई तिमीहरूद्वारा तिनीहरूका अगि पवित्र प्रकट गर्नेछु, तब जाति-जातिहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="24">“‘किनकि म जाति-जातिहरूबाट तिमीहरूलाई निकाल्‍नेछु, र सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, र तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा ल्‍याउनेछु।</verse>
				<verse number="25">म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्‍याउनेछु।</verse>
				<verse number="26">म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।</verse>
				<verse number="27">अनि म मेरा आत्‍मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्‍ने तुल्‍याउनेछु।</verse>
				<verse number="28">मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु।</verse>
				<verse number="29">तिमीहरूलाई अशुद्ध पार्ने सबै कुरादेखि म तिमीहरूलाई जोगाउनेछु। म आज्ञा दिनेछु, र अन्‍न प्रशस्‍त हुनेछ, र म तिमीहरूमाथि फेरि कहिल्‍यै अनिकाल पठाउनेछैनँ।</verse>
				<verse number="30">म रूखहरूका फललाई र खेतको अन्‍नलाई प्रशस्‍त तुल्‍याउनेछु, यतिसम्‍म कि अनिकालले गर्दा जातिहरूका बीचमा तिमीहरू फेरि कहिल्‍यै शर्ममा पर्नेछैनौ।</verse>
				<verse number="31">तब तिमीहरूले आफ्‍ना दुष्‍ट चाल र खराब कामहरूको सम्‍झना गर्नेछौ, र आफ्‍ना पापहरू र घिनलाग्‍दा चालहरूको कारण तिमीहरू आफैलाई घृणा गर्नेछौ।</verse>
				<verse number="32">तिमीहरूकै खातिर मैले यी काम गरिरहेको होइनँ भन्‍ने कुराचाहिँ तिमीहरूले बुझेको म चाहन्‍छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। हे इस्राएलका घराना हो, तिमीहरूका चालचलनको कारण तिमीहरू लज्‍जित र अपमानित होओ।</verse>
				<verse number="33">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले तिमीहरूलाई तिमीहरूका सबै पापहरूदेखि शुद्ध पारेको दिन म तिमीहरूका सहरहरूलाई फेरि आबाद तुल्‍याउनेछु, र भग्‍नावशेष भएका ठाउँहरू पुनर्निर्माण गर्नेछु।</verse>
				<verse number="34">आवतजावत गर्नेहरूको दृष्‍टिमा उजाड़ै रहनुको सट्टा उजाड़ भएको जमिन फेरि अन्‍न उमार्नलाई खनजोत गरिनेछ।</verse>
				<verse number="35">मानिसहरूले भन्‍नेछन्, “यो जमिन जो उजाड़ थियो, अब अदनको बगैँचाजस्‍तै भएछ। ती उजाड़, सर्वनाश, र ध्‍वंस भएका सहरहरू अब किल्‍लाहरू र मानिसहरूले भरिएका छन्‌।”</verse>
				<verse number="36">तब तिमीहरूका चारैतिर बाँकी रहेका जातिहरूले जान्‍नेछन्, कि नष्‍ट पारिएका सहरहरूलाई म परमप्रभुले फेरि बनाइदिएको छु, र उजाड़ भएको जमिनलाई फेरि उर्वरा भूमिमा परिवर्तित गरिदिएको छु। म परमप्रभुले भनेको हुँ, र म यो गर्ने नै छु’।</verse>
				<verse number="37">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: इस्राएलका घरानाको बिन्‍ती म स्‍वीकार गर्नेछु, र तिनीहरूका निम्‍ति यो काम गरिदिनेछु: म तिनीहरूका मानिसहरूलाई भेड़ाहरूजस्‍तै असंख्‍य तुल्‍याइदिनेछु।</verse>
				<verse number="38">म तिनीहरूलाई यरूशलेममा तोकिएका चाड़हरूमा भेटीहरू चढ़ाइने भेड़ाहरूका बगाल जत्तिकै असंख्‍य तुल्‍याउनेछु। यसरी भग्‍नावशेष बनेका सहरहरू मानिसहरूका भीड़ले भरिनेछन्‌। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="37">
				<verse number="1">परमप्रभुको हात ममाथि पर्‍यो, अनि उहाँले मलाई परमप्रभुका आत्‍माद्वारा ल्‍याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्‍नुभयो।</verse>
				<verse number="2">उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्‍यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्‍य सुकेका थिए।</verse>
				<verse number="3">उहाँले मलाई सोध्‍नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्‍छन्‌?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्‍वर, यो त केवल तपाईंले मात्र जान्‍नुहुन्‍छ।”</verse>
				<verse number="4">तब उहाँले मलाई भन्‍नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’</verse>
				<verse number="5">यी हाड़हरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।</verse>
				<verse number="6">म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्‍छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ’।”</verse>
				<verse number="7">यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्‍यहाँ कर्‍याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे।</verse>
				<verse number="8">अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन।</verse>
				<verse number="9">तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्‌। अगमवाणी गर्, र त्‍यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्‌’।”</verse>
				<verse number="10">तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्‍यो। तिनीहरू जीवित भएर आ-आफ्‍ना खुट्टामा उभिए, र त्‍यहाँ एक अत्‍यन्‍तै ठूलो सेना भयो।</verse>
				<verse number="11">तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्‍मै इस्राएलको घराना हो। तिनीहरू भन्‍छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्‍यागियौ’।</verse>
				<verse number="12">यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्‍नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्‍याउनेछु।</verse>
				<verse number="13">तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्‍याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।</verse>
				<verse number="14">म मेरो आत्‍मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्‍नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा बसाल्‍नेछु। तब तिमीहरूले यो जान्‍नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्‍नुहुन्‍छ’।”</verse>
				<verse number="15">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="16">“हे मानिसको छोरो, काठको एउटा लट्ठी लिएर त्‍यसमा यो लेख्, ‘यहूदा र त्‍यसका इस्राएली सहयोगीहरू’। त्‍यसपछि अर्को एउटा लट्ठी लिएर त्‍यसमा यो लेख्, एफ्राइमको लट्ठी, जो योसेफ र त्‍यसका सबै इस्राएली सहयोगीहरूको हो’।</verse>
				<verse number="17">तब ती दुवैलाई एउटै बनाएर जोड़िदे। ती तेरो हातमा एउटै लट्ठी हुनेछ।</verse>
				<verse number="18">“जब तेरा देशवासीहरूले त्‍यसको अर्थ के हो भनी सोध्‍छन्,</verse>
				<verse number="19">तब तैंले तिनीहरूलाई भन्, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म योसेफ र त्‍यसका इस्राएली सहयोगीहरूको लट्ठी लिनेछु, जो एफ्राइमको हातमा छ, र त्‍यो लिएर त्‍यसमा यहूदाको लट्ठी जोड़िदिनेछु। यसरी म तिनीहरूलाई एउटै लट्ठी तुल्‍याइदिनेछु, र ती मेरो हातमा एउटै हुनेछन्‌।’</verse>
				<verse number="20">तिनीहरूकै आँखाको सामु तैंले लेखेका ती लौरा समातिराख्,</verse>
				<verse number="21">र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म इस्राएलीहरूलाई तिनीहरू गएका जातिहरूबाट निकाल्‍नेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गराउनेछु, र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु।</verse>
				<verse number="22">म तिनीहरूलाई आफ्‍नै देशमा, इस्राएलका पहाड़हरूमा एउटै जाति बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ, र तिनीहरू फेरि कहिल्‍यै दुई अलग-अलग जाति अथवा दुई अलग-अलग राज्‍यमा विभक्त हुनेछैनन्‌।</verse>
				<verse number="23">तिनीहरू फेरि कहिल्‍यै तिनीहरूका मूर्तिहरू वा प्रतिमाहरू अथवा अरू कुनै अपराधहरूबाट आफैलाई अशुद्ध पार्नेछैनन्, किनकि म तिनीहरूका पापी चालहरूबाट तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु।</verse>
				<verse number="24">“‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ। तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्‍ता गर्नेछन्‌।</verse>
				<verse number="25">मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए। तिनीहरू र तिनीहरूका सन्‍तान-दरसन्‍तानहरू सदासर्वदा त्‍यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्‍ति तिनीहरूको राजकुमार हुनेछ।</verse>
				<verse number="26">म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र त्‍यो सदासर्वदाको निम्‍ति हुनेछ। म तिनीहरूलाई स्‍थापित गर्नेछु, र म तिनीहरूको संख्‍या बढ़ाउनेछु, तिनीहरूका बीचमा सदासर्वदाको निम्‍ति म र मेरो पवित्रस्‍थान राख्‍नेछु।</verse>
				<verse number="27">मेरो वासस्‍थान तिनीहरूसँगै हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्‌।</verse>
				<verse number="28">तब जाति-जातिहरूले यो जान्‍नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्‍थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="38">
				<verse number="1">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="2">“हे मानिसको छोरा, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर तेरो मुख फर्काएर त्‍यसको विरुद्धमा अगमवाणी गर्,</verse>
				<verse number="3">र त्‍यसलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।</verse>
				<verse number="4">म तँलाई फनक्‍क घुमाउनेछु। तेरो मुखमा म बल्‍छी लगाउनेछु। म तँलाई र तेरा जम्‍मै सेनालाई निकालेर ल्‍याउनेछु— तेरा घोड़ाहरू र घोड़चढ़ीहरू, लड़ाइँका हतियारले सम्‍पूर्ण सुसज्‍जित भएका, ठूलो र सानो ढाल लिएको, तरवार चलाइरहेको एक ठूलो सैन्‍य-दल।</verse>
				<verse number="5">फारस, कूश र पूतका मानिसहरू उनीहरूसित हुनेछन्, र ती सबैले ढाल र जङ्गी टोप लाएका हुनेछन्‌।</verse>
				<verse number="6">गोमेर र त्‍यसका समस्‍त सेना र उत्तरको पल्‍लो छेउदेखिका बेथ-तोगर्मा र त्‍यसका सारा सेना पनि— तँसित भएका ती जाति-जातिहरू— सबै उनीहरूसित हुनेछन्‌।</verse>
				<verse number="7">“‘तयार हो, तँ र तँसित मिल्‍नलाई जम्‍मा भएका सबै सैन्‍य-दलहरूलाई तयार राख्, र उनीहरूका फौजको जिम्‍मा लिएर तयार बस्‌।</verse>
				<verse number="8">धेरै दिनपछि युद्धको लागि तिमीहरूलाई आह्वान हुनेछ। भविष्‍यमा युद्धबाट ध्‍वंस भएर पुनर्निर्मित भएको देशलाई तिमीहरूले आक्रमण गर्नेछौ, जुन देशका मानिसहरू धेरै जाति-जातिहरूबाट यतिञ्‍जेल उजाड़ भएका इस्राएलका पहाड़हरूमा भेला भएका थिए। तिनीहरू जाति-जातिहरूबाट ल्‍याइएका थिए, र अब तिनीहरू सबै सुरक्षित बस्‍दछन्‌।</verse>
				<verse number="9">तँचाहिँ तूफानझैँ वेगसित अगि बढ्‌नेछस्, तँ र तेरा सबै सेना, र तँसँग हुने धेरै जाति-जातिहरू बादलझैँ माथि जानेछौ, र तँचाहिँ देशलाई ढाक्‍ने बादलझैँ हुनेछस्‌।</verse>
				<verse number="10">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: त्‍यस दिन केही विचारहरू तेरो मनमा आउनेछन्, र तैंले एउटा खराब युक्ति रच्‍नेछस्‌।</verse>
				<verse number="11">तैंले भन्‍नेछस्, “पर्खालविनाका गाउँहरू भएको देशलाई म आक्रमण गर्नेछु। पर्खालहरू र मूल ढोकाहरू नभएका र गजबारहरू नभएका शान्‍तिसित बस्‍ने र शङ्का नगर्ने जातिलाई म आक्रमण गर्नेछु।</verse>
				<verse number="12">ती ध्‍वंस भएका ठाउँहरूमा अहिले फेरि जाति-जातिहरूबाट भेला भएका मानिसहरू, जो गाईबस्‍तु र सम्‍पत्ति प्राप्‍त गरेर देशको केन्‍द्रमा बस्‍दैछन्‌— ती आबादीहरू र मानिसहरूलाई लुटेर र सखाप पारेर म ध्‍वंस पार्नेछु।</verse>
				<verse number="13">शेबा र ददान तर्शीशका व्‍यापारीहरू र त्‍यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्‌नलाई आएको होस्‌? के लूटका माल हात पार्न, सुनचाँदी लैजान, गाईबस्‍तु, मालसामान जफत गर्न, दामी-दामी लूटका सामान जम्‍मा गर्न के तैंले आफ्‍ना सैन्‍य-दलहरू भेला गरेको होस्‌’?”</verse>
				<verse number="14">“यसकारण हे मानिसको छोरो, अगमवाणी कहेर गोगलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: त्‍यस दिन, जब मेरो प्रजा सुरक्षासाथ बसिरहेको हुन्‍छ, तब के त्‍यसको ख्‍याल गर्नेछैनस्‌?</verse>
				<verse number="15">घोड़ाहरूमा सवार भएर एक ठूलो सैन्‍य-दल, एक शक्तिशाली सेनाको साथ, तँ र तँसित धेरै जातिहरू टाढ़ा उत्तर देशदेखि आउनेछन्‌।</verse>
				<verse number="16">मेरो प्रजा इस्राएलको विरुद्धमा देशलाई ढाक्‍ने बादलझैँ तँ अगि बढ्‌नेछस्‌। हे गोग, आउने दिनहरूमा म तँलाई मेरो देशको विरुद्धमा ल्‍याउनेछु, ताकि म उनीहरूकै आँखाका अगि तँद्वारा म आफैलाई पवित्र प्रकट गर्दा ती जाति-जातिहरूले मलाई चिनून्‌।</verse>
				<verse number="17">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: अघि-अघिका दिनहरूमा मेरा दास इस्राएलका अगमवक्ताहरूद्वारा मैले बताएको व्‍यक्ति तँ नै होइनस्‌ र? त्‍यस बेला तिनीहरूले वर्षैभरि अगमवाणी भने, कि म तँलाई तिनीहरूका विरुद्धमा ल्‍याउनेछु।</verse>
				<verse number="18">त्‍यस दिन यसो हुनेछ: जब गोगले इस्राएल देशलाई आक्रमण गर्छ, तब मेरो तातो रीस दन्‍कनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="19">मेरो जोश र दन्‍केको क्रोधमा म यो भन्‍दछु, कि इस्राएल देशमा त्‍यस दिन एउटा ठूलो भूकम्‍प हुनेछ।</verse>
				<verse number="20">समुद्रका माछाहरू, आकाशका पक्षीहरू, वनका जनावरहरू, जमिनमा घस्रने सबै जन्‍तुहरू, र पृथ्‍वीका सबै मानिसहरू मेरो सामुन्‍ने काँप्‍नेछन्‌। पहाड़हरू पल्‍टिजानेछन्, भीरहरू भत्‍किनेछन्, र प्रत्‍येक पर्खाल जमिनमा ढल्‍नेछ।</verse>
				<verse number="21">मेरा सबै पहाड़हरूमा म गोगको विरुद्धमा एउटा तरवार पठाउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। हरेक मानिसको तरवार उसकै दाजुभाइको विरुद्धमा उठ्‌नेछ।</verse>
				<verse number="22">रूढ़ी र रक्तपातद्वारा म त्‍यसको इन्‍साफ गर्नेछु। म त्‍यसमाथि, त्‍यसका सेनाहरूमाथि र त्‍यससँग भएका जाति-जातिका भीड़हरूमाथि घनघोर वर्षा, असिना, र जलिरहेको गन्‍धक बर्साउनेछु।</verse>
				<verse number="23">यसरी मेरो महानता र पवित्रता म देखाउनेछु, र धेरै जातिहरूको दृष्‍टिमा म आफैलाई प्रकट गर्नेछु। तब उनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।”</verse>
			</chapter>
			<chapter number="39">
				<verse number="1">“हे मानिसको छोरो, गोगको विरुद्धमा यो अगमवाणी कहेर भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।</verse>
				<verse number="2">म तँलाई फनक्‍क घुमाई तानेर ल्‍याउनेछु। म तँलाई टाढ़ा उत्तरदेखि इस्राएलका पहाड़हरूका विरोधमा पठाउनेछु।</verse>
				<verse number="3">तब म तेरो देब्रे हातमा भएको धनुलाई हिर्काउनेछु र तेरो दाहिने हातमा भएका काँड़हरूलाई खसालिदिनेछु।</verse>
				<verse number="4">तँ, तेरा सबै सेनाहरू र तँसँग भएका जाति-जातिहरूको पतन इस्राएलका पहाड़हरूमै हुनेछ। म तँलाई सब किसिमका शिकारी पक्षीहरू र जङ्गली पशुहरूका आहारा तुल्‍याइदिनेछु।</verse>
				<verse number="5">तँ खुला मैदानमा ढल्‍नेछस्, किनकि मैले नै यो भनेको हुँ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="6">म मागोग र समुद्र-किनारका देशहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाइदिनेछु, र उनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="7">“‘म मेरो पवित्र नाउँ मेरो प्रजा इस्राएलको बीचमा प्रकट गर्नेछु। म मेरो पवित्र नाउँलाई बिटुलो पार्न दिनेछैनँ, र जातिहरूले म परमप्रभु नै इस्राएलमा परम पवित्र छु भनी जान्‍नेछन्‌।</verse>
				<verse number="8">हेर्, त्‍यो हुनेछ! त्‍यो निश्‍चय नै हुनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। मैले बताएको दिन यहि नै हो।</verse>
				<verse number="9">“‘तब इस्राएलका नगरहरूमा बस्‍नेहरू आउनेछन्‌ र हतियारहरू— साना र ठूला ढालहरू, धनुहरू र काँड़हरू, युद्धका लाठाहरू र भालाहरू दाउराको निम्‍ति प्रयोग गर्नेछन्‌। सात वर्षसम्‍म तिनीहरूले ती जलाउनेछन्‌।</verse>
				<verse number="10">तिनीहरूले खेतहरूबाट दाउरा बटुल्‍नुपर्नेछैन, न त वनबाट दाउरा काटेर ल्‍याउनुपर्नेछ, किनभने तिनीहरूले ती हतियारहरूले नै आफ्‍नो आगो सल्‍काउनेछन्‌। तिनीहरूले आफूलाई लुट्‌नेहरूलाई लुट्‌नेछन्, आफूलाई ठग्‍नेहरूलाई ठग्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“‘त्‍यस दिन गोगलाई म इस्राएलको पूर्वतिर खारा समुद्रमा जानेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्‍यसका सारा सैन्‍य-दलहरू बाटो छेकेर त्‍यहाँ गाड़िनेछन्‌। यसैले त्‍यस ठाउँलाई हामोन-गोगको बेँसी भनिनेछ।</verse>
				<verse number="12">इस्राएलीहरूले उनीहरूलाई सात महिनासम्‍मै गाड्‌दैरहनेछन्, र यसरी देशलाई शुद्ध पार्नेछन्‌।</verse>
				<verse number="13">इस्राएलका सबै मानिसहरूले उनीहरूलाई गाड्‌नेछन्, र मैले आफ्‍नो महिमा पाएको दिन तिनीहरूका निम्‍ति एक स्‍मरणीय दिन हुनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">“‘देश शुद्ध बनाउन मानिसहरू नियमित रूपले काममा लगाइनेछन्‌। कोही-कोहीचाहिँ देशभरि नै जानेछन्, र तिनीहरूबाहेक अरूहरूले चाहिँ जमिनमा पड़िरहेकाहरूलाई गाड्‌नेछन्‌। सातौँ महिनाको अन्‍त्‍यमा तिनीहरूले खोज्‍ने काम सुरु गर्नेछन्‌।</verse>
				<verse number="15">तिनीहरू देशमा चारैतिर जाँदा कसैले मानिसको एउटा हाड़ देख्‍यो भने, चिहान खन्‍नेहरूले त्‍यसलाई भेट्टाएर हामोन-गोगको बेँसीमा नगाडुञ्‍जेल त्‍यसमा एउटा चिन्‍ह लगाइराख्‍नेछ।</verse>
				<verse number="16">(त्‍यहाँ हामोनाह भन्‍ने एउटा नगर पनि हुनेछ।) यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्‌।’</verse>
				<verse number="17">“हे मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: सबै किसिमका पक्षीहरू र सबै जङ्गली पशुहरूलाई कराएर भन्‌: ‘चारैतिरबाट भेला होओ, मैले एक ठूलो बलिदान इस्राएलका पहाड़हरूमा तिमीहरूका निम्‍ति तयार गरिरहेछु। त्‍यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।</verse>
				<verse number="18">तिमीहरूले शक्तिशाली मानिसहरूको मासु खानेछौ र पृथ्‍वीका राजकुमारहरूको रगत पिउनेछौ। यी सबै तिमीहरूका लागि बाशानका पोसिएका पशुहरू— भेड़ा र थुमा, बाख्रा र साँढ़ेहरू हुन्‌।</verse>
				<verse number="19">तिमीहरूका निम्‍ति मैले तयार गरिरहेको बलिदानमा तिमीहरूले अघाउञ्‍जेल बोसो खानेछौ, र मातुञ्‍जेल रगत पिउनेछौ।</verse>
				<verse number="20">मेरो टेबिलमा घोड़ाहरू र तिनका सवारहरू, शक्तिशाली मानिसहरू र सिपाहीहरू सबै थरीका मानिसहरू खाएर तिमीहरू तृप्‍त हुनेछौ,’ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="21">“जाति-जातिहरूका बीचमा म मेरो महिमा प्रकट गर्नेछु। सबै जातिहरूले मैले दिएको दण्‍ड र उनीहरूमाथि परेको मेरो गह्रौँ हात देख्‍नेछन्‌।</verse>
				<verse number="22">त्‍यस दिनदेखि उप्रान्‍त इस्राएलका घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌।</verse>
				<verse number="23">अनि जाति-जातिहरूले यो जान्‍नेछन्, कि इस्राएलका मानिसहरू आफ्‍नो पापले गर्दा निर्वासित भएका थिए, किनभने तिनीहरू मप्रति अविश्‍वासी भए। यसैले मैले तिनीहरूदेखि आफ्‍नो मुख लुकाएँ, र तिमीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा सुम्‍पिदिएँ, र तिनीहरू सबै तरवारले ढालिए।</verse>
				<verse number="24">तिनीहरूका अशुद्धता र अपराधहरूअनुसार मैले तिनीहरूसित व्‍यवहार गरें, र मैले मेरो मुख तिनीहरूदेखि लुकाएँ।</verse>
				<verse number="25">“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म याकूबलाई निर्वासनबाट फर्काइल्‍याउनेछु, र इस्राएलका सबै मानिसहरूलाई म टिठ्याउनेछु। मेरो पवित्र नाउँको निम्‍ति म जोशिलो हुनेछु।</verse>
				<verse number="26">तिनीहरूलाई डर देखाउने कोही नभएर आफ्‍नै देशमा सुरक्षित बसेको बेला तिनीहरूले मप्रति गरेका सबै अविश्‍वास र आफ्‍नो शर्म पनि तिनीहरू भुल्‍नेछन्‌।</verse>
				<verse number="27">जब म जाति-जातिहरूका बीचबाट तिनीहरूलाई ल्‍याउनेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका देशहरूबाट भेला गर्नेछु, तब धेरै जातिहरूको दृष्‍टिमा तिनीहरूद्वारै म आफैलाई पवित्र देखाउनेछु।</verse>
				<verse number="28">तब तिनीहरूले जान्‍नेछन्, कि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्‍ये कोही पनि नछुट्‌नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्‍नो देशमा भेला गराउनेछु।</verse>
				<verse number="29">म मेरो मुख तिनीहरूदेखि अब उप्रान्‍त लुकाउनेछैनँ, किनकि म आफ्‍नो आत्‍मा इस्राएलको घरानामाथि खन्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="40">
				<verse number="1">हामी निर्वासित भएको पच्‍चीसौँ वर्षको सुरुमा, महिनाको दशौँ दिनमा, यरूशलेम सहरको पतन भएको चौधौँ वर्षपछि त्‍यही दिन परमप्रभुको हात ममाथि पर्‍यो, र उहाँले मलाई त्‍यहाँ लानुभयो।</verse>
				<verse number="2">परमेश्‍वरको दर्शनमा उहाँले मलाई यरूशलेममा लानुभयो, र एउटा अति अल्‍गो पर्वतमा मलाई राख्‍नुभयो। त्‍यसको दक्षिणपट्टि सहरका केही घरहरूजस्‍तै देखिन्‍थे।</verse>
				<verse number="3">उहाँले मलाई त्‍यहाँ लानुभयो, र एक जना मानिसलाई त्‍यहाँ मैले देखें, जसको अनुहार काँसाजस्‍तै थियो। तिनको हातमा एउटा सूती डोरी र नाप्‍ने टाँगो लिएर तिनी मूल ढोकामा उभिरहेका मैले देखें।</verse>
				<verse number="4">तिनले मलाई भने, “ए मानिसको छोरा, तेरो आँखाले हेर्, र कानले सुन्‌। म जे-जे तँलाई देखाउँछु सो ध्‍यानसित मनमा राख्, किनकि यसैको निम्‍ति तँ यहाँ ल्‍याइएको होस्‌। तैंले जे देख्‍छस्, ती सबै इस्राएलको घरानालाई बता।”</verse>
				<verse number="5">मन्‍दिरका क्षेत्रको पूरै बाहिर चारैतिर घेरेको एउटा पर्खाल मैले देखें। ती मानिसको हातमा भएको नाप्‍ने टाँगोको लमाइ छ हात लामो थियो, अर्थात्‌ प्रत्‍येक हात एक हात र चार अङ्‌गुलको चौड़ाइ थियो। तिनले त्‍यो पर्खाल नापे। त्‍यो एक नाप्‍ने टाँगो मोटो र एक टाँगो अल्‍गो थियो।</verse>
				<verse number="6">तब तिनी पूर्वतिर फर्केको मूल ढोकामा गए। त्‍यसका खुट्‌किलाबाट उक्‍लेर ढोकाको सँघार तिनले नापे। तिनले त्‍यो एक टाँगो गहिरो भेट्टाए।</verse>
				<verse number="7">गारदहरू बस्‍ने कोठाहरू एक टाँगो लामो र एक टाँगो चौड़ा थिए। कोठाहरूका बीचबीचमा गारो पाँच-पाँच हात बाक्‍लो थियो। मन्‍दिरतिर फर्केको दलानको छेउमा भएको ढोकाको सँघार एक टाँगो थियो।</verse>
				<verse number="8">तिनले मूल ढोकाको दलान नापे।</verse>
				<verse number="9">त्‍यो आठ हात गहिरो थियो। त्‍यसका थामहरू दुई-दुई हात बाक्‍ला थिए। ढोकाको दलानचाहिँ मन्‍दिरतिर फर्केको थियो।</verse>
				<verse number="10">पूर्वपट्टिको मूल ढोकाभित्र हरेक भित्तामा तीन-तीन वटा भित्री कोठाहरू थिए। ती तीनै वटा एउटै नापका थिए। तिनका हरेक गाराहरू एकै नापका थिए।</verse>
				<verse number="11">तब तिनले प्रवेशद्वारको चौड़ाइ नापे। त्‍यसको चौड़ाइ दश हात थियो, र त्‍यसको लमाइ तेह्र हात थियो।</verse>
				<verse number="12">हरेक कोठाको अगाड़िपट्टि एक-एक हात अग्‍लो होचो गारो थियो। प्रत्‍येक कोठा छ हात वर्गाकारको थियो।</verse>
				<verse number="13">तब तिनले प्रवेशद्वार हरेक कोठाका पछाड़िको भित्ताको टुप्‍पादेखि त्‍यसैको विपरीत टुप्‍पासम्‍म नापे। कौसीका बारको एक झ्‍यालदेखि त्‍यसको विपरीत झ्‍यालसम्‍म पच्‍चीस हात थियो।</verse>
				<verse number="14">तिनले प्रवेशद्वारको भित्रपट्टिका गाराहरू चारैतिर नापे, र ती साठी हात थिए। यो नापचाहिँ चोकतिर फर्केको दलानसम्‍म थियो।</verse>
				<verse number="15">प्रवेशद्वारदेखि त्‍यसको दलानको पल्‍लो छेउसम्‍म पचास हात थियो।</verse>
				<verse number="16">प्रवेशद्वारभित्रका कोठाहरू र गाराहरूका मास्‍तिर झ्‍यालहरू चारैतिर थिए, र दलानमा पनि त्‍यस्‍ता झ्‍यालहरू थिए। ती गाराहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए।</verse>
				<verse number="17">तब तिनले मलाई बाहिरी चोकमा ल्‍याए। मैले त्‍यहाँ चोकका चारैतिर केही कोठाहरू र ढुङ्गा छापेको एउटा भूइँ देखें। यो छापेको भूइँमा तीस वटा कोठाहरू थिए।</verse>
				<verse number="18">ढुङ्गा ओछ्याएको भूइँ प्रवेशद्वारको छेउसम्‍मै निस्‍केको थियो। भूइँको चौड़ाइ र प्रवेशद्वारको लमाइ बराबर थियो। योचाहिँ तल्‍लो पिँड़ी थियो।</verse>
				<verse number="19">तब तिनले तल्‍लो प्रवेशद्वारको भित्रपट्टिदेखि भित्री चोकको बाहिरसम्‍म नापे। त्‍यो पूर्व र उत्तरपट्टि पनि एक सय हात थियो।</verse>
				<verse number="20">तब बाहिरी चोकमा पुर्‍याउने उत्तरतिर फर्केको मूल ढोकाको लमाइ र चौड़ाइ तिनले नापे।</verse>
				<verse number="21">त्‍यसका हरेक भित्तामा भएका तीन-तीन वटा ससाना कोठाहरू र साथै त्‍यसका गाराहरू र दलानका नापहरूचाहिँ पहिलेको ढोकाका नापहरूजत्रै थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।</verse>
				<verse number="22">त्‍यसका झ्‍यालहरू र त्‍यसको दलान र त्‍यसका खजूरका बोटहरूले सिँगारेका चित्रका नापहरू पनि पूर्वतिर फर्केको ढोकाका नापहरूजत्रै थिए। त्‍यहाँ जानलाई सात वटा खुट्‌किला थिए, र त्‍यसको दलानचाहिँ खुट्‌किलाको विपरीत थियो।</verse>
				<verse number="23">पूर्वमा भएजस्‍तै उत्तरका ढोकाको सामुन्‍ने भित्री चोकमा पुर्‍याउने एउटा ढोका थियो। तिनले एउटा ढोकादेखि अर्को ढोकासम्‍म नापे। त्‍यो एक सय हात थियो।</verse>
				<verse number="24">तब तिनले मलाई दक्षिणतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूल ढोका देखें।</verse>
				<verse number="25">तिनले त्‍यसका थामहरू र त्‍यसको दलान नापे, र ती पनि अरूजस्‍तै एकै नापका थिए। प्रवेशद्वार र त्‍यसको दलानका चारैतिरका झ्‍यालहरू अरूजस्‍तै थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।</verse>
				<verse number="26">त्‍यहाँ जानलाई सात वटा खुट्‌किला थिए। त्‍यसको दलानचाहिँ तिनको विपरीत थियो। गाराहरूमा खजूरका बोटका चित्रहरू हरेक भित्तामा बनाइएका थिए।</verse>
				<verse number="27">भित्री चोकको पनि एउटा दक्षिणतिर फर्केको मूल ढोका थियो। तिनले यस ढोकादेखि दक्षिणतिरको बाहिरी ढोकासम्‍म नापे। त्‍यो एक सय हात थियो।</verse>
				<verse number="28">तब तिनले मलाई दक्षिणको मूल ढोकाबाट भएर भित्री चोकमा ल्‍याए। तिनले दक्षिणको ढोका नापे र त्‍यसको नाप पनि अरूहरूजस्‍तै थियो।</verse>
				<verse number="29">त्‍यसका कोठाहरू, गाराहरू र दलान अरूहरूजस्‍तै एकै नापका थिए। प्रवेशद्वार र त्‍यसको दलानका चारैतिर झ्‍यालहरू थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।</verse>
				<verse number="30">(भित्री चोकका चारैतिरका प्रवेशद्वारहरूका दलानहरूचाहिँ पच्‍चीस हात चौड़ा र पाँच हात गहिरा थिए।)</verse>
				<verse number="31">त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्‍यसका थामहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए। त्‍यहाँ जानलाई आठ वटा खुट्‌किला थिए।</verse>
				<verse number="32">तब तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्‍याए, र त्‍यसको प्रवेशद्वार नापे, र ती अरूजस्‍तै एकै नापको थियो।</verse>
				<verse number="33">त्‍यसका कोठाहरू, गाराहरू र दलान पनि अरूहरूजस्‍तै एकै नापका थिए। प्रवेशद्वार र त्‍यसको दलानका चारैतिर झ्‍यालहरू थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।</verse>
				<verse number="34">त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्‍यसका थामहरूमा खजूरका बोटका चित्रहरू एक-एकतिर बनाइएका थिए। त्‍यहाँ जानलाई आठ वटा खुट्‌किला थिए।</verse>
				<verse number="35">तब तिनले मलाई उत्तरको ढोकामा ल्‍याए, र त्‍यो नापे। त्‍यो पनि अरूजस्‍तै एकै नापको थियो।</verse>
				<verse number="36">त्‍यसका कोठाहरू, गाराहरू र दलान त्‍यस्‍तै थिए। त्‍यसका चारैतिर झ्‍यालहरू थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।</verse>
				<verse number="37">त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्‍यसका थामहरू खजूरका बोटहरूका चित्रहरू एक-एकतिर बनाइएका थिए, र त्‍यहाँ जानलाई आठ वटा खुट्‌किला थिए।</verse>
				<verse number="38">हरेक भित्री प्रवेशद्वारको दलाननेर ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलि धोइन्‍थे।</verse>
				<verse number="39">होमबलि, पापबलि र दोषबलि मार्नलाई प्रवेशद्वारको दलानका दुवैपट्टि दुई-दुई वटा टेबिल थिए।</verse>
				<verse number="40">प्रवेशद्वारका दलानको बाहिरी भित्तानेर, उत्तरको मूल ढोकामा जाने खुट्‌किला नजिकै दुई वटा टेबिल थिए, र खुट्‌किलाको अर्कोतिर पनि दुई वटा टेबिल थिए।</verse>
				<verse number="41">यसरी प्रवेशद्वारको एकातिर चार वटा टेबिल र अर्कोतिर पनि चार वटा— सबै जम्‍मा आठ वटा टेबिल थिए। त्‍यसैमा बलिदानहरू मारिन्‍थे।</verse>
				<verse number="42">होमबलिका निम्‍ति काटेका ढुङ्गाका चार वटा टेबिल थिए। प्रत्‍येक टेबिल डेढ़ हात लामो, डेढ़ हात चौड़ा र एक हात अल्‍गो थियो। तीमाथि नै होमबलि र अरू बलिदानहरूका निम्‍ति चलाइने भाँड़ाकुँड़ा राखिन्‍थे।</verse>
				<verse number="43">अनि दुई चुच्‍चा भएका अङ्‌कुसेहरू— प्रत्‍येक चार अङ्‌गुल चौड़ा— भित्ताका चारैतिर झुण्‍ड्याइएका थिए। टेबिलहरूचाहिँ भेटीको मासु राखिनलाई थिए।</verse>
				<verse number="44">भित्री मूल ढोकाको बाहिरपट्टि, भित्री चोकभित्र दुई वटा कोठा थिए। एउटा कोठा उत्तरको मूल ढोकानेर दक्षिणतिर फर्केको, र अर्कोचाहिँ दक्षिणको मूल ढोकानेर उत्तरतिर फर्केको थियो।</verse>
				<verse number="45">तिनले मलाई भने, “यो दक्षिणतिर फर्केको कोठा ती पूजाहारीहरूका निम्‍ति हो, जसका जिम्‍मामा मन्‍दिर छ।</verse>
				<verse number="46">र उत्तरतिर फर्केको कोठाचाहिँ ती पूजाहारीहरूका निम्‍ति हो, जसका जिम्‍मामा वेदी छ। यी सादोकका छोराहरू हुन्, र लेवीहरूमा ती मात्रै परमप्रभुको सामुन्‍ने सेवा गर्नलाई उहाँको नजिक आउन सक्‍छन्‌।</verse>
				<verse number="47">तब तिनले चोक नापे। त्‍यो वर्गाकार थियो— एक सय हात लामो र एक सय हात चौड़ा। वेदीचाहिँ मन्‍दिरको अगि अवस्‍थित थियो।</verse>
				<verse number="48">तब तिनले मलाई मन्‍दिरको दलानमा ल्‍याए, र दलानका थामहरू तिनले नापे। ती दुवैपट्टि पाँच-पाँच हात चौड़ा थिए। प्रवेशद्वारको चौड़ाइ चौध हात थियो, र त्‍यसका गाराहरू एक-एकतिर तीन-तीन हात चौड़ा थिए।</verse>
				<verse number="49">दलानको चौड़ाइ बीस हात थियो, र त्‍यसको अगाड़िपट्टिदेखि पछाड़िपट्टिसम्‍म बाह्र हात थियो। त्‍यसका उक्‍लिने दश वटा खुट्‌किलाहरू थिए, र थामहरूका दुवैपट्टि खम्‍बाहरू थिए।</verse>
			</chapter>
			<chapter number="41">
				<verse number="1">तब ती मानिसले मलाई बाहिरी पवित्रस्‍थानमा ल्‍याए, र त्‍यसका ढोकाका थामहरू नापे। ती थामहरूको चौड़ाइ एक-एकपट्टि छ-छ हात चौड़ा थियो।</verse>
				<verse number="2">प्रवेशद्वार दश हात चौड़ा थियो, र त्‍यसका दुईपट्टिका गाराहरू पाँच-पाँच हात थिए। तिनले बाहिरी पवित्रस्‍थान नापे। त्‍यो चालीस हात लामो र बीस हात चौड़ा थियो।</verse>
				<verse number="3">तब तिनी पवित्रस्‍थान भित्र पसे, र त्‍यसको प्रवेशद्वारका थामहरू नापे। प्रत्‍येक दुई-दुई हात चौड़ा थियो। प्रवेशद्वार छ हात चौड़ा थियो। प्रवेशद्वारका दुईपट्टिका गाराहरू सात-सात हात चौड़ा थिए।</verse>
				<verse number="4">अनि तिनले भित्री पवित्रस्‍थानको लमाइ नापे। त्‍यो बीस हात थियो, र बाहिरी पवित्रस्‍थानको छेउमा भएको त्‍यसको चौड़ाइचाहिँ बीस हात थियो। तिनले मलाई भने, “योचाहिँ महा-पवित्रस्‍थान हो।”</verse>
				<verse number="5">तब तिनले मन्‍दिरको भित्ता नापे। त्‍यो छ हात बाक्‍लो थियो, र मन्‍दिरका चारैतिर छेउ-छेउ गाँसिएका कोठाहरू चार-चार हात चौड़ा थिए।</verse>
				<verse number="6">ती गाँसिएका कोठाहरू तीन तहमा थिए। प्रत्‍येक तहमा तीस-तीस कोठा थिए। मन्‍दिरका चारैतिरको भित्तामा कोठाहरूका निम्‍ति टेवा स्‍वरूप पालीहरू बनाइएका थिए, ताकि ती टेवाहरू मन्‍दिरको भित्तामा नघुसिऊन्‌</verse>
				<verse number="7">मन्‍दिरका चारैतिरका कोठाहरू जति-जति माथि गएका थिए, त्‍यति-त्‍यति झन्‌ चौड़ा हुँदैगएका थिए। मन्‍दिरलाई घेरेका ती कोठाहरू तहमाथि अर्को तलामा थपिँदैगएका थिए, र यसरी कोठाहरू एउटादेखि अर्कोमाथि जाँदा झन्‌ चौड़ा हुन गए। सबैभन्‍दा तल्‍लो तलादेखि सबैभन्‍दा माथिल्‍लो तलासम्‍म बीचको तला भएर भर्‍याङबाट जाने सिँढ़ी थियो।</verse>
				<verse number="8">त्‍यसपछि मन्‍दिरका चारैपट्टि उठाएको एउटा आधार मैले देखें, जो कोठाहरूको जग बन्‍यो। त्‍यसको लमाइ पूरा एक टाँगो, अर्थात्‌ छ हात लामो थियो।</verse>
				<verse number="9">ती कोठाहरूको बाहिरी भित्ता पाँच हात बाक्‍लो थियो। मन्‍दिरका ती कोठाहरू</verse>
				<verse number="10">र पूजाहारीहरूका कोठाहरूका बीचको खुला क्षेत्र मन्‍दिरका चारैतिर बीस हात थियो।</verse>
				<verse number="11">खुला क्षेत्रबाट ती कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, एउटा उत्तरतिर फर्केको र अर्कोचाहिँ दक्षिणतिर फर्केको थियो। त्‍यस खुला क्षेत्रका छेवैको आधार चारैतिर पाँच-पाँच हात चौड़ा थियो।</verse>
				<verse number="12">मन्‍दिरको चोकतिर फर्केको पश्‍चिमपट्टिको भवन सत्तरी हात चौड़ा थियो। त्‍यस भवनको भित्ता चारैतिर पाँच हात बाक्‍लो थियो, र त्‍यसको लमाइचाहिँ नब्‍बे हात थियो।</verse>
				<verse number="13">तब तिनले मन्‍दिर नापे। त्‍यो एक सय हात लामो थियो। मन्‍दिरको चोक र त्‍यो घर पनि, त्‍यसका भित्ताहरूसमेत एक सय हात लामो थियो।</verse>
				<verse number="14">मन्‍दिरका पूर्वतिरको चोक पनि, मन्‍दिरको अगाड़िको छेउसमेत एक सय हात लामो थियो।</verse>
				<verse number="15">तब तिनले मन्‍दिरका पछाड़िको चोकतिर फर्केको भवन, त्‍यसका हरेक भित्तामा बनाइएका एक-एकपट्टिका बार्दलीसमेत नापे। त्‍यो एक सय हात लामो थियो। बाहिरी र भित्री पवित्रस्‍थान र चोकतिर फर्केको दलान,</verse>
				<verse number="16">र ती तीनै वटाका चारैतिर भएका सँघारहरू, साँघुरा झ्‍यालहरू र बार्दलीहरू— सँघारका भित्र र बाहिरका सबै कुरा— काठले मोहोरिएका थिए। भूइँ, झ्‍यालसम्‍मै भएका भित्ता र झ्‍यालहरू पनि काठले मोहोरिएका थिए।</verse>
				<verse number="17">भित्री पवित्रस्‍थानमा जाने प्रवेशद्वारबाहिर त्‍यसमाथिको खाली ठाउँमा र भित्री र बाहिरी पवित्रस्‍थानका भित्ताहरूका बीच-बीचमा</verse>
				<verse number="18">खोपिएका करूबहरू र तिनका बीचमा खजूरका बोट थिए। हरेक करूबका दुई वटा अनुहार थिए—</verse>
				<verse number="19">एउटाचाहिँ मानिसको अनुहारजस्‍तै एकापट्टिको खजूरतिर फर्केको, र अर्कोचाहिँ सिंहको अनुहारजस्‍तै अर्कोपट्टिको खजूरतिर फर्केको थियो। जम्‍मै मन्‍दिरका चारैतिर ती यस्‍तै खोपिएका थिए।</verse>
				<verse number="20">करूबहरू र खजूरका बोटहरू भूइँदेखि प्रवेशद्वारमाथिको क्षेत्रसम्‍म बाहिरी पवित्रस्‍थानको भित्तामा खोपेर बनाइएका थिए।</verse>
				<verse number="21">बाहिरी पवित्रस्‍थानका द्वारको चौकोस वर्गाकार थियो, र महापवित्रस्‍थानका अगाड़िपट्टिको पनि त्‍यस्‍तै थियो।</verse>
				<verse number="22">तीन हात अल्‍गो र एक-एकतिरको चौड़ाइ दुई हात भएको एउटा काठको वेदी थियो। त्‍यसका कुनाहरू, त्‍यसका आधार र पाटाहरू काठकै थिए। ती मानिसले मलाई भने, “योचाहिँ परमप्रभुको सामुन्‍ने राखिएको टेबिल हो।”</verse>
				<verse number="23">बाहिर पवित्रस्‍थान र महा-पवित्रस्‍थानका ढोकाहरू दुई-दुई पाटाका थिए।</verse>
				<verse number="24">प्रत्‍येक ढोकाको लागि दुई-दुई खापा थिए।</verse>
				<verse number="25">बाहिरी पवित्रस्‍थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका बोटहरू भित्तामा भएजस्‍तै थिए, र दलानको सामुन्‍ने काठको कार्नेस बनाइएको थियो।</verse>
				<verse number="26">दलानका भित्ताहरूमा दुवैतिर खजूरका बोटहरू खोपिएका साँघुरा झ्‍यालहरू थिए। मन्‍दिरका चारैतिरका कोठाहरूका पनि झुण्‍डिएका कार्नेसहरू थिए।</verse>
			</chapter>
			<chapter number="42">
				<verse number="1">तब ती मानिसले मलाई उत्तरतर्फबाट घुमाएर बाहिरी चोकमा लगे, अनि मन्‍दिरको चोक र मन्‍दिरका उत्तरतिरको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा तिनले मलाई ल्‍याए।</verse>
				<verse number="2">उत्तरतिर फर्केको ढोका भएको भवन एक सय हात लामो र पचास हात चौड़ा थियो।</verse>
				<verse number="3">भित्री चोकदेखि बीस हातको भाग र बाहिरी चोकको ढुङ्गा ओछ्याएको पिँड़ीको विपरीत रहेको भाग दुवैमा एक-अर्कोतिर फर्केका बार्दलीहरू तीन तहमा थिए।</verse>
				<verse number="4">कोठाहरूका सामुन्‍ने दश हात चौड़ा र एक सय हात लामो एउटा भित्री बाटो थियो। तिनका ढोकाहरू उत्तरतिर फर्केका थिए।</verse>
				<verse number="5">माथिल्‍ला कोठाहरूचाहिँ बार्दलीहरूले तीबाट बढ्‌ता ठाउँ ओगटेका हुनाले, तल्‍लो र बीचको तलाका कोठाहरूभन्‍दा साँघुरा थिए।</verse>
				<verse number="6">चोकहरूका जस्‍तै तेस्रो तलाका कोठाहरूका खम्‍बाहरू थिएनन्‌। यसैले तल्‍लो र बीचको तलाका कोठाहरूभन्‍दा ती माथिल्‍ला कोठाहरू साना थिए।</verse>
				<verse number="7">कोठाहरू र बाहिरी चोकको समानान्‍तर एउटा बाहिरी पर्खाल थियो, जो कोठाहरूका सामुन्‍ने पचास हात बढ़ेको थियो।</verse>
				<verse number="8">बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास हात लामो थियो, पवित्रस्‍थानका नजिकैको लहरचाहिँ एक सय हात लामो थियो।</verse>
				<verse number="9">तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र पस्‍ने पूर्वतिरका प्रवेशद्वारहरू थिए।</verse>
				<verse number="10">दक्षिणतिर बाहिरी चोकको पर्खालभरि, मन्‍दिरको चोकको छेउमा र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए।</verse>
				<verse number="11">तिनका सामुन्‍ने एउटा जाने बाटो थियो। यी कोठाहरू उत्तरका जस्‍तै थिए— तिनका बाहिर जाने ढोकाहरू सबै किसिमका, र तिनका लमाइ र चौड़ाइ उस्‍तै नापका थिए। उत्तरका ढोकाहरूजस्‍तै,</verse>
				<verse number="12">दक्षिणका कोठाहरूका ढोकाहरू त्‍यस्‍तै थिए। कोठाहरू भित्र पस्‍ने एउटा अर्को प्रवेशद्वार थियो। यो प्रवेशद्वार पूर्वतिर जाने पर्खालको समानान्‍तर गएको बाटोको सुरुमा पर्थ्‍यो।</verse>
				<verse number="13">तब तिनले मलाई भने, “मन्‍दिरको चोकतिर फर्केका उत्तर र दक्षिणका कोठाहरूचाहिँ पूजाहारीका कोठाहरू हुन्, जहाँ मानिसहरूले चढ़ाएका सबैभन्‍दा पवित्र भेटीहरू परमप्रभुको सामुन्‍ने आउने पूजाहारीहरूले खाने गर्नेछन्‌। त्‍यहाँ तिनीहरूले सबैभन्‍दा पवित्र भेटीहरू— अन्‍नबलि, पापबलि र दोषबलि— राख्‍नेछन्, किनकि त्‍यो ठाउँ पवित्र छ।</verse>
				<verse number="14">जब पूजाहारीहरू पवित्रस्‍थानमा पसेका हुन्‍छन्, तब सेवाको काम गर्दा आफूले लाएका वस्‍त्र त्‍यहाँ नफुकाली फेरि बाहिरी चोकमा जानुहुँदैन, किनकि ती पवित्र वस्‍त्र हुन्‌। मानिसहरूलाई बस्‍न तोकिएको ठाउँमा तिनीहरू जानुभन्‍दा पहिले तिनीहरूले अर्कै लुगा लाउनुपर्छ।”</verse>
				<verse number="15">जब तिनले मन्‍दिरभित्रको क्षेत्र नापिसके, तब तिनले मलाई पूर्वको मूल ढोकाबाट बाहिर ल्‍याए। अनि त्‍यहाँका चारैतिरको क्षेत्र नापे।</verse>
				<verse number="16">तिनले त्‍यस नाप्‍ने टाँगोले पूर्व भागलाई नापे। त्‍यो पाँच सय हात थियो।</verse>
				<verse number="17">तिनले उत्तरको भाग नापे। नाप्‍ने टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो।</verse>
				<verse number="18">तिनले दक्षिणको भाग नापे। टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो।</verse>
				<verse number="19">तब तिनले पश्‍चिमतिर फर्केर त्‍यो भाग नापे। टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो।</verse>
				<verse number="20">यसरी तिनले चारै भागको क्षेत्र नापे। पवित्र ठाउँलाई साधारण ठाउँदेखि अलग गर्नलाई चारैतिर एउटा पर्खाल थियो। त्‍यो पाँच सय हात लामो र पाँच सय हात चौड़ा थियो।</verse>
			</chapter>
			<chapter number="43">
				<verse number="1">तब मलाई ती मानिसले पूर्वतर्फ फर्केको मूल ढोकामा ल्‍याए,</verse>
				<verse number="2">अनि मैले इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आइरहेको देखें। उहाँको सोर उर्लेर आएका पानीहरूको गर्जनजस्‍तो थियो, र देश उहाँको महिमाले चम्‍क्‍यो।</verse>
				<verse number="3">मैले देखेको दर्शन त्‍यही दर्शनजस्‍तो थियो, जो उहाँ सहरलाई सर्वनाश गर्न आउनुहुँदा मैले देखेको थिएँ, र जुन दर्शनहरू कबार नदीको किनारमा मैले देखेको थिएँ, र म भूइँमा घोप्‍टो परें।</verse>
				<verse number="4">परमप्रभुको महिमा पूर्वपट्टि फर्केको मूल ढोकाबाट मन्‍दिरभित्र पस्‍यो।</verse>
				<verse number="5">तब आत्‍माले मलाई उचाल्‍नुभयो र मलाई भित्री चोकमा ल्‍याउनुभयो, र परमप्रभुको महिमाले मन्‍दिर भरियो।</verse>
				<verse number="6">ती मानिसचाहिँ मेरो छेउमा उभिरहँदा, मन्‍दिरबाट कोही बोलिरहेको मैले सुनें।</verse>
				<verse number="7">उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, यो त मेरो सिंहासनको ठाउँ हो, र यो ठाउँ मेरा पाउका पैतालाका निम्‍ति पनि हो। यहाँ म इस्राएलीहरूसित सदासर्वदै बस्‍नेछु। इस्राएलका घरानाले र तिनीहरूका राजाहरूले आफ्‍नो वेश्‍यावृत्तिद्वारा र अल्‍गा ठाउँहरूमा भएका आफ्‍ना राजाहरूका निर्जीव मूर्तिहरूद्वारा फेरि कहिल्‍यै मेरो पवित्र नाउँलाई बिटुलो पार्नेछैनन्‌।</verse>
				<verse number="8">जब तिनीहरूले आफ्‍नो सँघार मेरो सँघार नजिक र आफ्‍नो ढोकाका खामाहरू मेरा ढोकाका खामाहरूनजिक बनाए, र मेरो र तिनीहरूको बीच एउटा भित्ता मात्र राखे, तब तिनीहरूका घिनलाग्‍दा व्‍यवहारद्वारा तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई नाश गरें।</verse>
				<verse number="9">अब तिनीहरूले आफ्‍नो वेश्‍यावृत्तिलाई त्‍यागून्‌ र तिनीहरूका राजाहरूका निर्जीव मूर्तिहरूलाई मेरो सामुन्‍नेबाट हटाऊन्, र म तिनीहरूका बीचमा सदासर्वदा रहनेछु।</verse>
				<verse number="10">“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई यस मन्‍दिरको विषयमा भन्, ताकि तिनीहरू आफ्‍ना पापहरूका निम्‍ति लज्‍जित होऊन्‌। तिनीहरूले यस मन्‍दिरको बनोटलाई विचार गरून्,</verse>
				<verse number="11">र यदि तिनीहरूले जे गरेका छन्, ती सबैका निम्‍ति लज्‍जित भए भने तैंले तिनीहरूलाई यस मन्‍दिर र त्‍यसका सबै बन्‍दोबस्‍तहरू, त्‍यसका बाहिर जाने र भित्र पस्‍ने प्रवेशद्वारहरू, त्‍यसका सारा नमूना र त्‍यसका सबै विधिहरू सम्‍पूर्ण तिनीहरूलाई बताइदे। तिनीहरूका सामु यी लेख्, ताकि त्‍यसका ढाँचाप्रति तिनीहरू ईमानदार होऊन्, र त्‍यसका विधिहरू पालन गरून्‌।</verse>
				<verse number="12">“मन्‍दिरको नियम यही हो: पर्वतको टाकुराका चारैतिरको क्षेत्र अति पवित्र हुनेछ। मन्‍दिरको नियम यही नै हो।</verse>
				<verse number="13">“वेदीका नापहरू लामो हातको नापअनुसार यस्‍ता हुन्‌— लामो हातको नाप एक हात र चार अङ्‌गुलको चौड़ाइ हो। त्‍यसको नाल एक हात गहिरो र एक हात चौड़ा छ। त्‍यसलाई घेरेको बिटको नाप एक बित्ता हो। वेदीको उचाइ यस्‍तो छ:</verse>
				<verse number="14">भूइँमा भएको नालदेखि तल्‍लो तहको किनारसम्‍म वेदी दुई हात अल्‍गो र एक हात चौड़ा छ। सानो बिटदेखि ठूलो बिटसम्‍म त्‍यो चार हात अल्‍गो र एक हात चौड़ा छ।</verse>
				<verse number="15">वेदीको अगेनो चार हात अल्‍गो छ, र चार वटा सिंहहरू त्‍यसका चारै कुनामा मास्‍तिर निस्‍केका छन्‌।</verse>
				<verse number="16">अगेनोचाहिँ बाह्र हात लामो र बाह्र हात चौड़ा भएको ठीक वर्गाकार हो।</verse>
				<verse number="17">वेदीको माथिल्‍लो बिट पनि वर्गाकार हो, चौध हात लामो र चौध हात चौड़ा। बिट एक हात बाक्‍लो छ, र त्‍यसका चारैतिर आधा हात गहिरो नाल छ। वेदीका खुट्‌किलाहरू पूर्वतिर फर्केका छन्‌।”</verse>
				<verse number="18">तब तिनले मलाई भने, “हे मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: वेदी बनाइसकेपछि होमबलि चढ़ाउन र वेदीमा रगत छर्कनलाई विधिहरू यी नै हुन्‌:</verse>
				<verse number="19">तिमीहरूले पूजाहारीहरूलाई पापबलिको निम्‍ति एउटा बाछो खटाइदिनुपर्छ, जुन पूजाहारीहरू सादोकको परिवारका लेवी हुन्, जो मेरो सेवा गर्न मेरो नजिक आउँछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="20">त्‍यसको रगतबाट केही लिएर तिनीहरूले वेदीका चारै सीङहरू, माथिल्‍लो बिटका चारै कुना र त्‍यसका चारैतिर लगाओ। यसरी तिमीहरूले वेदी शुद्ध पार्नेछौ, र त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछौ।</verse>
				<verse number="21">त्‍यसपछि पापबलिको बाछो लिएर पवित्रस्‍थानको बाहिरपट्टि तोकिएको ठाउँमा तिमीहरूले त्‍यो आगोमा पोल।</verse>
				<verse number="22">“दोस्रो दिन तिमीहरूले एउटा निष्‍खोट बोको पापबलिको निम्‍ति चढ़ाओ। तिमीहरूले बाछाले वेदी शुद्ध पारेझैँ यसले पनि वेदी शुद्ध होस्‌।</verse>
				<verse number="23">जब तिमीहरूले वेदीलाई पूरै शुद्ध पारेका हुनेछौ, तब बगालबाट एउटा निष्‍खोट बाछा र एउटा निष्‍खोट भेड़ा चढ़ाओ।</verse>
				<verse number="24">तिमीहरूले तिनलाई परमप्रभुको सामुन्‍ने चढ़ाओ। पूजाहारीहरूले तिनमा नून छर्केर परमप्रभुको सामुन्‍ने होमबलिको रूपमा ती चढ़ाउनुपर्छ।</verse>
				<verse number="25">“तिमीहरूले सात दिनसम्‍म पापबलिको निम्‍ति दिनहुँ एउटा बोको जुटाउनुपर्छ। तिमीहरूले बगालबाट एउटा निष्‍खोट बाछा र एउटा निष्‍खोट भेड़ा चढ़ाउने गर।</verse>
				<verse number="26">सात दिनसम्‍म तिनीहरूले वेदीलाई प्रायश्‍चित गरेर त्‍यसलाई शुद्ध पार्नुपर्छ। यसरी तिनीहरूले त्‍यसलाई अर्पण गर्नेछन्‌।</verse>
				<verse number="27">जब ती दिनहरू पूरा हुन्‍छन्, अर्थात्‌ आठौँ दिनमा र त्‍यस उप्रान्‍त पनि पूजाहारीहरूले वेदीमा तिमीहरूका होमबलि र मेलबलि चढ़ाउने गरून्‌। तब म तिमीहरूलाई ग्रहण गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="44">
				<verse number="1">तब ती मानिसले मलाई फेरि पूर्वपट्टि फर्केको पवित्रस्‍थानको बाहिरी मूल ढोकामा ल्‍याए, र त्‍यो बन्‍द थियो।</verse>
				<verse number="2">परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोका बन्‍दै रहनुपर्छ। त्‍यो खोल्‍नुहुँदैन। त्‍यसबाट कोही पनि पस्‍न पाउनेछैन। त्‍यो बन्‍द रहनुपर्छ, किनभने परमप्रभु इस्राएलका परमेश्‍वर त्‍यसबाट प्रवेश गर्नुभएको छ।</verse>
				<verse number="3">राजकुमार आफै मात्र परमप्रभुको उपस्‍थितिमा खानलाई ढोकाभित्र पस्‍न सक्‍छन्‌। तिनी ढोकाको दलानबाट भित्रबाहिर जानुपर्छ।”</verse>
				<verse number="4">तब ती मानिसले मलाई मन्‍दिरको अगाड़िपट्टि उत्तरको मूल ढोकाबाट ल्‍याए। मैले हेरें, र परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिर भरिरहेको देखें, र म घोप्‍टो परें।</verse>
				<verse number="5">तब परमप्रभुले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, होशियारीसाथ हेर्, र परमप्रभुको मन्‍दिरका सारा विधिहरूका विषयमा मैले तँलाई भनेका सबै कुरा ध्‍यान दिएर राम्ररी सुन्‌। मन्‍दिरको प्रवेशद्वार र पवित्रस्‍थानका बाहिर निस्‍कने सबै ढोकाहरूलाई हेर्‌।</verse>
				<verse number="6">बागी इस्राएलका घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलको घराना हो, तिमीहरूका घृणित व्‍यवहार अति भयो!</verse>
				<verse number="7">तिमीहरूका सबै घृणित व्‍यवहारबाहेक तिमीहरूले हृदय र शरीरमा बेखतनाका विदेशीहरूलाई मेरो पवित्रस्‍थानभित्र ल्‍याएर तिमीहरूले भोजन, बोसो र रगत मेरो लागि चढ़ाउँदा त्‍यो बिटुलो पार्‍यौ, र मेरो करार भङ्ग गर्‍यौ।</verse>
				<verse number="8">मेरा पवित्र थोकका विषयमा तिमीहरूले आफ्‍नो कर्तव्‍य पूरा गर्नुको सट्टा मेरो पवित्रस्‍थानको जिम्‍मा अरूहरूलाई दियौ।</verse>
				<verse number="9">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हृदय र शरीरमा बेखतनाको कुनै पनि विदेशी— र ती विद्रोहीहरू पनि जो इस्राएलीहरूका बीचमा छन्, तिनीहरूमध्‍ये कोही पनि मेरो पवित्रस्‍थानमा प्रवेश गर्नुहुँदैन।</verse>
				<verse number="10">“‘लेवीहरूले, जो इस्राएलीहरू आफ्‍नो बाटो बरालिएर गएका बेलामा मदेखि दूर भएका थिए, र जसले मलाई त्‍यागेर आफ्‍ना मूर्तिहरूतिर गएका थिए, तिनीहरूले आफ्‍ना पापको दण्‍ड भोग्‍नैपर्छ।</verse>
				<verse number="11">तिनीहरूले मेरो पवित्रस्‍थानमा सेवा गर्न सक्‍छन्, र मन्‍दिरका ढोकाहरूका जिम्‍मा लिएर त्‍यहाँ सेवा गर्न सक्‍छन्‌। तिनीहरूले मानिसहरूका निम्‍ति होमबलि र बलिदानहरू चढ़ाउन सक्‍छन्‌। तिनीहरू मानिसहरूका अगि खड़ा भएर तिनीहरूको सेवा गर्न सक्‍छन्‌।</verse>
				<verse number="12">तर ती लेवीहरूले आफ्‍नै मूर्तिहरूका सामुन्‍ने मानिसहरूको सेवा गरेका, र इस्राएलको घरानालाई पापमा खसालेका हुनाले, तिनीहरूले आफ्‍ना पापको दण्‍ड भोग्‍नैपर्छ भनी मैले आफ्‍ना हात उठाएर शपथ खाएको छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">तिनीहरू पूजाहारीहरूले जस्‍तै मेरो सेवा गर्न मकहाँ नजिक आउन पाउनेछैनन्‌। तिनीहरू मेरो कुनै पनि पवित्र थोक अथवा महापवित्र भेटीको नजिक आउन पाउनेछैनन्‌। आफूले गरेका घिनलाग्‍दा कामहरूको शर्म तिनीहरूले भोग्‍नैपर्छ।</verse>
				<verse number="14">तापनि मन्‍दिरका कर्तव्‍यहरूको जिम्‍मा र त्‍यहाँ गरिने सबै कामको जिम्‍मा म तिनीहरूलाई नै दिनेछु।</verse>
				<verse number="15">“‘तर सादोकको परिवारका लेवी पूजाहारीहरूचाहिँ त इस्राएलीहरू मबाट बरालिएर गए तापनि मेरो पवित्रस्‍थानका कर्तव्‍यहरू ईमानदारीपूर्वक पूरा गरिरहे। यिनीहरूचाहिँ मेरो सेवा गर्न मेरो नजिक आउन सक्‍नेछन्‌। तिनीहरू नै मेरो सामुन्‍ने बोसो र रगतको बलिदानहरू चढ़ाउन आउन पाउनेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="16">तिनीहरू मात्र मेरो पवित्रस्‍थानमा पस्‍नेछन्, र मेरो अगि सेवा गर्न मेरो टेबिलको नजिक आएर तिनीहरूले मेरो सेवा गर्नेछन्‌।</verse>
				<verse number="17">“‘जब तिनीहरू भित्री चोकका ढोकाहरूमा पस्‍नेछन्, तब तिनीहरूले सूती कपड़ाका लुगा लाउनुपर्छ। तिनीहरूले भित्री चोकका ढोकाहरूमा वा मन्‍दिरभित्र सेवा गर्दा कुनै पनि ऊनको लुगा लाउनुहुँदैन।</verse>
				<verse number="18">तिनीहरूले टाउकोमा सूतीको फेटा र कम्‍मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले पसीना आउने कुनै किसिमको कपड़ा लाउनुहुँदैन।</verse>
				<verse number="19">जब तिनीहरू बाहिरी चोकमा मानिसहरूकहाँ जान्‍छन्, तब सेवा गर्दा लाएका लुगाहरू फुकाउनुपर्छ र ती पवित्र कोठाहरूमा राखेर अर्को लुगा लाउनुपर्छ, ताकि तिनीहरूले आफ्‍ना वस्‍त्रद्वारा मानिसहरूलाई पवित्र नगरून्‌।</verse>
				<verse number="20">“‘तिनीहरूले आफ्‍ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्‌न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्‍नो केश छोटो गरी काट्‌नुपर्छ।</verse>
				<verse number="21">भित्री चोकमा जाँदा कुनै पनि पूजाहारीले दाखमद्य पिउनुहुँदैन।</verse>
				<verse number="22">कुनै पनि पूजाहारीले विधवा वा त्‍यागेकी स्‍त्रीलाई विवाह गर्नुहुँदैन। तिनीहरूले इस्राएलको वंशमा जन्‍मेकी कन्‍ये-केटीलाई अथवा कुनै पूजाहारीहरूकी विधवालाई मात्र विवाह गर्न सक्‍छन्‌।</verse>
				<verse number="23">तिनीहरूले मेरो प्रजालाई पवित्र र साधारण कुराको भिन्‍नता देखाउनुपर्छ, अनि तिनीहरूलाई शुद्ध र अशुद्ध कुरा छुट्ट्याउन सिकाउनुपर्छ।</verse>
				<verse number="24">“‘कुनै झगड़ा हुँदा पूजाहारीहरूले नै न्‍यायाधीशजस्‍तै काम गर्नुपर्छ, र मेरो विधिबमोजिम तिनीहरूले मुद्दा फैसला गर्नुपर्छ। तिनीहरूले मेरा नियमहरू र मेरा तोकिएका सबै चाड़हरूका विधिहरू पालन गर्नुपर्छ। तिनीहरूले मेरा शबाथहरूलाई पवित्र मान्‍नुपर्छ।</verse>
				<verse number="25">“‘मरेको मानिसको नजिक गएर कुनै पूजाहारीले आफूलाई अशुद्ध पार्नुहुँदैन। तापनि आमा-बुबा, छोराछोरी, दाजुभाइ अथवा अविवाहित दिदी-बहिनीका लाशको नजिक गएर त्‍यो अशुद्ध हुन सक्‍छ।</verse>
				<verse number="26">चोखिएपछि सात दिनसम्‍म त्‍यो पर्खनुपर्छ।</verse>
				<verse number="27">पवित्रस्‍थानमा सेवा गर्न पवित्रस्‍थानको भित्री चोकमा पस्‍ने दिन त्‍यसले आफ्‍नो निम्‍ति पापबलि चढ़ाउनुपर्छ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="28">पूजाहारीहरूले कुनै पैतृक सम्‍पत्ति पाउनेछैनन्‌। तिनीहरूको उत्तराधिकार म नै हुँ। तिमीहरूले इस्राएलमा तिनीहरूलाई कुनै निजी अधिकार दिनुहुँदैन, किनभने म नै तिनीहरूका निजी अधिकार हुनेछु।</verse>
				<verse number="29">तिनीहरूले अन्‍नबलि, पापबलि र दोषबलि खानेछन्‌। इस्राएलमा परमप्रभुलाई अर्पण गरिएका सबै थोक तिनीहरूका हुनेछन्‌।</verse>
				<verse number="30">सबै अगौटे फलहरूका सबैभन्‍दा असल फलहरू र तिमीहरूका सबै किसिमका विशेष उपहारहरू जम्‍मै पूजाहारीहरूकै हुनेछन्‌। तिमीहरूको घरानामा आशिष्‌ आउनलाई पिँधेको पीठोको सबैभन्‍दा पहिलो ढिको पनि पूजाहारीहरूलाई नै दिनू।</verse>
				<verse number="31">आफै मरेको अथवा फहराएर मारिएको पक्षी वा पशुको मासु पूजाहारीहरूले खानुहुँदैन’।”</verse>
			</chapter>
			<chapter number="45">
				<verse number="1">“‘जब तिमीहरूले उत्तराधिकारको निम्‍ति देश बाँड़ेर दिन्‍छौ, तब तिमीहरूले त्‍यसबाट परमप्रभुको निम्‍ति २५,००० हात लामो र २०,००० हात चौड़ा भएको एक भाग पवित्र जिल्‍ला हुनलाई अलगै उपहार दिनू। त्‍यो जम्‍मै क्षेत्र पवित्र हुनेछ।</verse>
				<verse number="2">यसबाट लमाइ र चौड़ाइ दुवै ५०० हात भएको एउटा भाग पवित्रस्‍थानको निम्‍ति हुनेछ। त्‍यसका चारैतिर पचास हात चौड़ा एउटा खुला ठाउँ होस्‌।</verse>
				<verse number="3">त्‍यही पवित्र जिल्‍लामा २५,००० हात लामो र १०,००० हात चौड़ा एउटा ठाउँ नाप्‍नू। त्‍यहाँ पवित्रस्‍थान र महा-पवित्रस्‍थान हुनेछन्‌।</verse>
				<verse number="4">यो ठाउँचाहिँ पवित्रस्‍थानमा परमप्रभुको सेवा गर्दा परमप्रभुको नजिक आउने पूजाहारीहरूका निम्‍ति देशको एउटा पवित्र भाग होस्‌। यो तिनीहरूका घरहरूका निम्‍ति जग्‍गा र पवित्रस्‍थानको निम्‍ति पनि एउटा पवित्र ठाउँ हुनेछन्‌।</verse>
				<verse number="5">२५,००० हात लामो र १०,००० हात चौड़ा भएको एउटा क्षेत्र मन्‍दिरको सेवा गर्ने लेवीहरूको हुनेछ। त्‍यो तिनीहरू बस्‍ने नगरहरूका निम्‍ति एउटा निजी अधिकार हुनेछन्‌।</verse>
				<verse number="6">“‘तिमीहरूले ५,००० हात चौड़ा र २५,००० हात लामो भएको, र पवित्र भागको छेउमा भएको एउटा क्षेत्र सहरलाई त्‍यसको जग्‍गाजमिनको रूपमा दिनू। योचाहिँ इस्राएलको सारा घरानाको निम्‍ति हुनेछ।</verse>
				<verse number="7">पवित्र जिल्‍ला र सहरको जग्‍गाजमिनका हरेक किनारको जमिनचाहिँ राजकुमारको हुनेछ। त्‍यो पश्‍चिमपट्टिबाट पश्‍चिमतिरै र पूर्वपट्टिबाट पूर्वतिरै फैलेको हुनेछ। कुल-कुलका भागहरूमध्‍ये एउटाको समानान्‍तर भएर पश्‍चिम सिमानादेखि पूर्व सिमानासम्‍म फैलिएर गएको तिनको भाग हुनेछ।</verse>
				<verse number="8">यो जग्‍गाचाहिँ इस्राएलमा तिनको निजी अधिकार हुनेछ। अनि मेरा राजकुमारहरूले मेरो प्रजालाई फेरि कहिल्‍यै अत्‍याचार गर्नेछैनन्, तर तिनीहरूले इस्राएलका घरानालाई तिनीहरूका कुल-कुलअनुसार जग्‍गाजमिन अधिकार गर्नलाई अनुमति दिनेछन्‌।</verse>
				<verse number="9">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका राजकुमार हो! बस, तिमीहरूले अति नै गर्‍यौ! तिमीहरूका उपद्रव र अत्‍याचार त्‍यागिदेओ, र जो न्‍यायसङ्गत र ठीक छ त्‍यही गर। आफ्‍नो अधिकारको ठाउँबाट मेरो प्रजालाई निष्‍कासन गर्न छोड़िदेओ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">तिमीहरूले ठीक-ठीक तौलका ढक र तराजू प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा र बाथ पनि ठीक-ठीक नापका होऊन्‌।</verse>
				<verse number="11">एपा र बाथका नाप एकसमान होस्, अर्थात्‌ होमेरको दशांश भाग। दुवैको लागि होमेरचाहिँ सैद्धान्‍तिक नाप होस्‌।</verse>
				<verse number="12">तिमीहरूका शेकेलको तौल बीस गेराको होस्‌। दश, पच्‍चीस र पन्‍ध्र शेकेल जोड़ेर तिमीहरूको मीना होस्‌।</verse>
				<verse number="13">“‘तिमीहरूले चढ़ाउनुपर्ने विशेष भेटी यही हो: गहूँ र जौको हरेक होमेरबाट एपाको छैटौँ भाग।</verse>
				<verse number="14">तेलको निम्‍ति तोकिएको हिस्‍साचाहिँ हरेक कोरबाट बाथको दशौँ भाग हो। (एक कोरमा दश बाथ, अर्थात्‌ एक होमेर हुन्‍छ।)</verse>
				<verse number="15">इस्राएलका खर्कहरूमा राम्रो दाना-पानी पाएका हरेक दुई सय बगालबाट एउटा भेड़ो लिइओस्‌। मानिसहरूका लागि प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्‍ति यी प्रयोग गरून्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="16">इस्राएलमा राजकुमारले प्रयोग गरिने विशेष उपहारमा देशका सबै मानिसहरूले भाग लिनेछन्‌।</verse>
				<verse number="17">विभिन्‍न चाड़हरू, औंसीका चाड़हरू, शबाथ-दिनहरू— अर्थात्‌ इस्राएलका घरानाका सबै तोकिएका चाड़हरूमा चढ़ाउनलाई होमबलि, अन्‍नबलि र अर्घ-बलि जुटाइदिने कर्तव्‍य राजकुमारको नै हुनेछ। इस्राएलका घरानाको निम्‍ति प्रायश्‍चित गर्नलाई चाहिने पापबलि, अन्‍नबलि, होमबलि र मेलबलिहरू तिनले नै जुटाउनुपर्नेछ।</verse>
				<verse number="18">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्‍खोट बाछो लिएर पवित्रस्‍थानलाई शुद्ध गर्नुपर्छ।</verse>
				<verse number="19">पूजाहारीले पापबलिको केही रगत लिएर मन्‍दिरका ढोकाका खामाहरू, वेदीको माथिल्‍लो बिटका चारै कुनाहरू र भित्री चोकका ढोकाका खामाहरूमा लगाउनुपर्छ।</verse>
				<verse number="20">कसैले विचार नगरीकन अथवा अजानमा पाप गरेको छ भने, महिनाको सातौँ दिनमा तिमीहरूले त्‍यसै गर्नुपर्छ। यसरी मन्‍दिरको निम्‍ति तिमीहरूले प्रायश्‍चित गर्नुपर्छ।</verse>
				<verse number="21">“‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूले सात दिनसम्‍म मानिने निस्‍तार-चाड़ मान्‍नुपर्छ। त्‍यस बेला तिमीहरूले अखमिरी रोटी खानुपर्छ।</verse>
				<verse number="22">त्‍यस दिन राजकुमारले आफ्‍नो निम्‍ति र देशका सबै मानिसहरूका निम्‍ति पापबलिको लागि एउटा साँढ़े जुटाउनुपर्छ।</verse>
				<verse number="23">चाड़का सातै दिनसम्‍म तिनले दिनहुँ परमप्रभुको निम्‍ति सात वटा निष्‍खोट साँढ़े र सात वटा निष्‍खोट भेड़ा होमबलि गरी र दिनहुँ एउटा-एउटा बोका पापबलि गरी चढ़ाउनुपर्छ।</verse>
				<verse number="24">हरेक साँढ़े र भेड़ाको साथ तिनले एक एपा अन्‍नबलि स्‍वरूप चढ़ाउनुपर्छ, र हरेक एपाको साथ एक हीन तेल चढ़ाउनुपर्छ।</verse>
				<verse number="25">“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनदेखि लिएर सात दिनसम्‍म तिनले पापबलि, होमबलि र अन्‍नबलिका निम्‍ति त्‍यही थोक जुटाउनुपर्छ’।”</verse>
			</chapter>
			<chapter number="46">
				<verse number="1">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: भित्री चोकको पूर्वपट्टिको मूल ढोका हप्‍ताको छ दिनसम्‍मै थुनिराख्‍नुपर्छ। केवल शबाथ र औंसीको दिन त्‍यो खुला रहोस्‌।</verse>
				<verse number="2">राजकुमार बाहिरबाट ढोकाको दलान भएर आउनुपर्छ, र ढोकाका खामाको छेउमा तिनी उभिरहनुपर्छ। पूजाहारीहरूले राजकुमारको होमबलि र मेलबलि चढ़ाऊन्‌। तब तिनले ढोकाको सँघारमा दण्‍डवत्‌ गरेर बाहिर जानुपर्छ, तर ढोकाचाहिँ बेलुकीसम्‍मै नथुनिओस्‌।</verse>
				<verse number="3">शबाथ र औंसीमा देशका मानिसहरूले त्‍यही ढोकाको प्रवेशद्वारमा परमप्रभुको सामुन्‍ने दण्‍डवत्‌ गर्नुपर्छ।</verse>
				<verse number="4">शबाथ-दिनमा राजकुमारले परमप्रभुको निम्‍ति चढ़ाउनुपर्ने होमबलि यस्‍तो हुनुपर्छ: छ वटा निष्‍खोट थुमा र एउटा निष्‍खोट भेड़ा।</verse>
				<verse number="5">भेड़ासित चढ़ाइने अन्‍नबलि एक एपा होस्, र थुमाहरूसित चढ़ाइने अन्‍नबलि जति इच्‍छा लाग्‍छ त्‍यत्ति नै। त्‍यसबाहेक हरेक एपाको साथ एक हीन तेल चढ़ाइओस्‌।</verse>
				<verse number="6">औंसीमा तिनले एउटा बाछो, छ वटा थुमा र एउटा भेड़ा चढ़ाउनुपर्छ। ती जम्‍मै निष्‍खोट हुनुपर्छ।</verse>
				<verse number="7">बाछो र भेड़ासित अन्‍नबलि एक एपा र थुमाहरूसित चढ़ाइने अन्‍नबलि जति इच्‍छा लाग्‍छ त्‍यति नै, साथै हरेक एपासित एक हीन तेल तिनले थपेर चढ़ाऊन्‌।</verse>
				<verse number="8">जब राजकुमार भित्र आउँछन्, तब तिनी मूल ढोकाको दलान भएर भित्र पसून्, र त्‍यही बाटो भएर बाहिर निस्‍कून्‌।</verse>
				<verse number="9">“‘तोकिएका चाड़हरूका दिनमा जब मानिसहरू परमप्रभुको सामुन्‍ने आउँछन्, तब उत्तरको मूल ढोकाबाट दण्‍डवत्‌ गर्नलाई भित्र पस्‍ने मानिस दक्षिणको मूल ढोकाबाट बाहिर निस्‍कोस्‌। दक्षिणको मूल ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ उत्तरको मूल ढोकाबाट बाहिर निस्‍कोस्‌। भित्र आएको ढोकातिर फर्केर कोही पनि त्‍यसैबाट बाहिर नजाओस्, तर सीधै विपरीत ढोकाबाट त्‍यो जाओस्‌।</verse>
				<verse number="10">राजकुमार पनि तिनीहरू भित्र जाँदा र बाहिर आउँदा तिनीहरूसँगै आउने-जाने गरून्‌।</verse>
				<verse number="11">“‘चाड़हरू र चाड़का तोकिएका दिनहरूमा अन्‍नबलिचाहिँ एक एपा एउटा बाछासित, एक एपा एउटा भेड़ासित, र थुमासित जति इच्‍छा लाग्‍छ त्‍यति नै, साथै हरेक एपासित एक हीन तेल चढ़ाइऊन्‌।</verse>
				<verse number="12">जब राजकुमारले परमप्रभुमा आफ्‍नै राजीखुशीको होमबलि वा मेलबलि चढ़ाउँछन्, तब तिनको निम्‍ति पूर्वपट्टि फर्केको मूल ढोका खोलिदिनुपर्छ। तिनले आफ्‍नो होमबलि र मेलबलि शबाथ-दिनमा चढ़ाएझैँ चढ़ाउनुपर्छ। तिनी बाहिर निस्‍केपछि ढोका झट्टै थुन्‍नुपर्छ।</verse>
				<verse number="13">“‘तिमीहरूले परमप्रभुको निम्‍ति एक वर्षे निष्‍खोट थुमा दिनहुँ होमबलि गरी चढ़ाओ। तिमीहरूले त्‍यो बिहान-बिहान जुटाउनुपर्छ।</verse>
				<verse number="14">त्‍यससँग बिहानैपिच्‍छे अन्‍नबलि एपाको छैटौँ भाग र पीठो भिजाउनलाई हीनको एक तिहाइ भाग तेल जुटाउनुपर्छ। परमप्रभुमा यो अन्‍नबलि चढ़ाउनु एउटा अनन्‍तको विधि हो।</verse>
				<verse number="15">यसरी बिहानैपिच्‍छे नियमित होमबलि गरी थुमा, अन्‍नबलि र तेल चढ़ाइनुपर्छ।</verse>
				<verse number="16">“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यदि राजकुमारले आफ्‍नो कुनै एक जना छोरालाई आफ्‍नो उत्तराधिकारबाट दान दिन्‍छन्‌ भने, त्‍यो दान तिनको छोराका सन्‍तानको पनि होस्‌। त्‍यो त्‍यसका उत्तराधिकारको एउटा भाग हुनेछ।</verse>
				<verse number="17">तर यदि तिनले यस्‍तो दान आफ्‍ना दासहरूमध्‍येको कुनै एक जनालाई दिन्‍छन्‌ भने, दासत्‍वबाट मुक्त हुने वर्षसम्‍म मात्रै त्‍यो त्‍यसको होस्‌। त्‍यसपछि त्‍यो फेरि राजकुमारकै हुनेछ। तिनको उत्तराधिकार आफ्‍ना छोराहरूको मात्रै हुन्‍छ, र त्‍यो तिनीहरूकै हुनेछ।</verse>
				<verse number="18">राजकुमारले मानिसहरूलाई आफ्‍ना जग्‍गाजमिनबाट निकालेर तिनीहरूका उत्तराधिकार खोस्‍नुहुँदैन। तिनले आफ्‍नै जग्‍गाजमिनबाट केही भाग आफ्‍ना छोराहरूलाई उत्तराधिकारको रूपमा दिनुपर्छ, ताकि मेरा प्रजामध्‍ये कोही पनि आफ्‍नो जग्‍गाजमिनबाट नछुट्टिओस्‌’।”</verse>
				<verse number="19">तब ती मानिसले मलाई मूल ढोकाको छेउमा भएको प्रवेशद्वारबाट भएर उत्तरतिर फर्केका पवित्र कोठाहरूमा ल्‍याए, जुन कोठा पूजाहारीहरूका निम्‍ति अलग राखिएका थिए, र पश्‍चिमको कुनामा एउटा ठाउँ मलाई देखाए।</verse>
				<verse number="20">तिनले मलाई भने, “यो त्‍यही ठाउँ हो, जहाँ पूजाहारीहरूले दोषबलि र पापबलिका मासु पकाउने गर्नेछन्‌ र अन्‍नबलि पोल्‍ने गर्नेछन्, कि तिनीहरूले ती बलिहरू बाहिरी चोकमा नलगून्‌ र मानिसहरूलाई पवित्र नगरून्‌।”</verse>
				<verse number="21">त्‍यसपछि तिनले मलाई बाहिरी चोकमा र चोकका चारै कुनातिर ल्‍याए, र मैले हरेक कुनामा एउटा अर्को चोक देखें।</verse>
				<verse number="22">बाहिरी चोकका चारै कुनामा यी चारै चोक पर्खालले घेरिएका र एकै नापका थिए। यी चोकहरू चालीस हात लामो र तीस हात चौड़ा थिए।</verse>
				<verse number="23">चारै चोकका चारैपट्टि ढुङ्गाका लहर थिए। ती लहरहरूमुनि चारैतिर चुलाहरू बनाइएका थिए।</verse>
				<verse number="24">तिनले मलाई भने, “यी ती नै भान्‍साघरहरू हुन्, जहाँ मन्‍दिरमा सेवा गर्नेहरूले मानिसहरूका बलिदानहरू पकाउनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="47">
				<verse number="1">तब ती मानिसले मलाई फर्काएर मन्‍दिरको प्रवेशद्वारमा ल्‍याए, र मैले मन्‍दिरको सँघारको मुन्‍तिर पानी आइरहेको र पूर्वतिर बगिरहेको देखें (किनभने मन्‍दिर पूर्वतिर फर्केको थियो)। पानी मन्‍दिरको दक्षिणबाट, वेदीको दक्षिणपट्टिबाट बगिरहेको थियो।</verse>
				<verse number="2">तब तिनले मलाई उत्तरको मूल ढोका भएर बाहिर ल्‍याए, र पूर्वतिर फर्केको बाहिरी ढोकामा घुमाएर ल्‍याए, र पानीचाहिँ दक्षिणतिरबाट बगिरहेको थियो।</verse>
				<verse number="3">जब ती मानिस एउटा नाप्‍ने टाँगो हातमा लिएर पूर्वतिर गए, तब तिनले एक हजार हात नापे, र गोलीगाँठासम्‍म गहिरो पानीबाट मलाई हिँड्‌न लगाए।</verse>
				<verse number="4">तिनले अरू एक हजार हात नापे र मलाई घुँड़ासम्‍मको पानीबाट हिँड्‌न लगाए। तिनले अरू एक हजार हात नापे र मलाई कम्‍मरसम्‍मको पानीबाट हिँड्‌न लगाए।</verse>
				<verse number="5">तब तिनले अरू एक हजार हात नापे, तर अब त्‍यो तर्न नसकिने नदी भयो, किनभने पानी बढ़ेको थियो, र त्‍यो पौड्‌न सक्‍ने गहिरो भएको थियो— वारपार गर्न नसकिने त्‍यो एउटा नदी भएको थियो।</verse>
				<verse number="6">तिनले मलाई सोधे, “ए मानिसको छोरो, के तँ यो देख्‍दैछस्‌?” तब तिनले मलाई फेरि त्‍यस नदीको किनारमा लगे।</verse>
				<verse number="7">जब म त्‍यहाँ आइपुगें, तब मैले नदीका दुवैतिर धेरै रूखहरू देखें।</verse>
				<verse number="8">तिनले मलाई भने, “यो पानी पूर्वको इलाकातिर बग्‍छ, र त्‍यहाँदेखि तल अराबामा जान्‍छ, जहाँ त्‍यो खारा समुद्रमा पस्‍छ। जब त्‍यो खारा समुद्रमा रित्तिन्‍छ, तब त्‍यहाँको पानी ताजा बनिन्‍छ।</verse>
				<verse number="9">त्‍यो नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू बस्‍नेछन्‌। त्‍यहाँ अनगन्‍ती माछा हुनेछन्, किनभने त्‍यो पानी त्‍यहाँ बग्‍छ र नुनिलो पानीलाई ताजा बनाइदिन्‍छ। यसैले जहाँ त्‍यो नदी बग्‍छ, त्‍यहाँ जेसुकै पनि बाँच्‍नेछ।</verse>
				<verse number="10">त्‍यसका किनारै किनार जालहारीहरू उभिनेछन्‌। एन-गदीदेखि एन-एग्‍लैमसम्‍म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्‌। त्‍यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्‌— महासमुद्रका माछाहरूजस्‍तै।</verse>
				<verse number="11">तर त्‍यसका सिमसार र दलदले ठाउँहरूका पानी त ताजा हुनेछैनन्‌ तर ती नुनिला नै रहनेछन्‌।</verse>
				<verse number="12">नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्‌। तिनीहरूका पात ओइलाउनेछैनन्‌। तिनीहरूका फलहरू कहिल्‍यै शेष हुनेछैनन्‌। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्‍थानदेखि तिनीहरूमा पानी बग्‍छ। तिनीहरूका फल खानाको निम्‍ति र तिनीहरूका पातचाहिँ आरोग्‍यको लागि हुनेछन्‌।”</verse>
				<verse number="13">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “इस्राएलका बाह्र कुलका उत्तराधिकारको लागि तिमीहरूले देश विभाजन गर्दा सिमानाचाहिँ यी हुनेछन्‌। योसेफको लागि दुई भाग।</verse>
				<verse number="14">तिमीहरूले त्‍यो तिनीहरूका बीचमा बराबर विभाजन गर्नू। यो तिमीहरूका पिता-पुर्खालाई दिनेछु भनी हात उठाएर मैले शपथ खाएकाले, यो देश तिमीहरूको उत्तराधिकार हुनेछ।</verse>
				<verse number="15">“देशको सिमाना यही हुनेछ: “उत्तरपट्टि महासमुद्रदेखि हेतलोनको बाटो भएर लेबो-हमात भएर सदाद,</verse>
				<verse number="16">बेरोतह र सिब्रैमसम्‍म (जो दमस्‍कस र हमातका सिमानाको बीचमा छ) यो सिमाना पुग्‍नेछ। त्‍यो हौरानका सिमानाको छेउमा भएको हासेरहात्तीकनसम्‍मै पुग्‍नेछ।</verse>
				<verse number="17">त्‍यो सिमाना समुद्रदेखि दमस्‍कसको उत्तरको सिमाना भएर हसर-एनानसम्‍म पुग्‍नेछ। त्‍यसको उत्तरतिर हमातको सिमाना पर्नेछ। योचाहिँ उत्तरको सिमाना हुनेछ।</verse>
				<verse number="18">“पूर्वपट्टिको सिमानाचाहिँ हौरान र दमस्‍कसको बीचमा, गिलाददेखि इस्राएल देशसम्‍मको यर्दन नदीको छेउ-छेउ भएर पूर्वीय समुद्र र तामारसम्‍मै टाढ़ा हुनेछ। योचाहिँ पूर्वको सिमाना हुनेछ।</verse>
				<verse number="19">“दक्षिणपट्टिको सिमानाचाहिँ तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्‍मै, तब मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्‍मै पुग्‍नेछ। योचाहिँ दक्षिणको सिमाना हुनेछ।</verse>
				<verse number="20">“पश्‍चिमपट्टिको सिमानाचाहिँ महासमुद्र हुनेछ, लेबो-हमातका विपरीतको किनारसम्‍म। योचाहिँ पश्‍चिमको सिमाना हुनेछ।</verse>
				<verse number="21">“यो देश तिमीहरूले आ-आफ्‍ना बीचमा इस्राएलका कुल-कुलअनुसार बाँड़िदिनू।</verse>
				<verse number="22">तिमीहरूले यो देश एउटा उत्तराधिकारको रूपमा आफ्‍नै निम्‍ति र तिमीहरूसँग बसोबास गर्ने, छोराछोरी भएका विदेशीहरूका निम्‍ति पनि भाग-भाग गरिदिनू। तिमीहरूले तिनीहरूलाई इस्राएलमै जन्‍मेका स्‍वदेशीहरूझैँ ठान्‍नू, र तिमीहरूसितै इस्राएलका कुलहरूका बीचमा तिनीहरूले उत्तराधिकार पाउनैपर्छ।</verse>
				<verse number="23">विदेशीलाई, जुनसुकै कुलसित त्‍यो बस्‍छ, त्‍यसैसित तिमीहरूले त्‍यसको उत्तराधिकार दिनुपर्छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="48">
				<verse number="1">“नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्‌: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्‍यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्‍कसको उत्तरी सिमानाचाहिँ त्‍यसको सिमानाको पूर्वदेखि पश्‍चिमतिर एक भाग हुनेछ।</verse>
				<verse number="2">“पूर्वदेखि पश्‍चिमतिर दानको सिमानासम्‍मै छोएको आशेरको एक भाग।</verse>
				<verse number="3">“पूर्वदेखि पश्‍चिमतिर आशेरको सिमानासम्‍मै छोएको नप्‍तालीको एक भाग।</verse>
				<verse number="4">“पूर्वदेखि पश्‍चिमतिर नप्‍तालीको सिमानासम्‍मै छोएको मनश्‍शेको एक भाग।</verse>
				<verse number="5">“पूर्वदेखि पश्‍चिमतिर मनश्‍शेको सिमानासम्‍मै छोएको एफ्राइमको एक भाग।</verse>
				<verse number="6">“पूर्वदेखि पश्‍चिमतिर एफ्राइमको सिमानासम्‍मै छोएको रूबेनको एक भाग।</verse>
				<verse number="7">“पूर्वदेखि पश्‍चिमतिर रूबेनको सिमानासम्‍मै छोएको यहूदाको एक भाग।</verse>
				<verse number="8">“पूर्वदेखि पश्‍चिमतिर यहूदाको सिमानासम्‍मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्‍वरूप तिमीहरूले दिनुपर्छ। त्‍यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्‍यसको लमाइ पूर्वदेखि पश्‍चिमसम्‍म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ।</verse>
				<verse number="9">“परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ।</verse>
				<verse number="10">योचाहिँ पूजाहारीहरूका निम्‍ति एउटा पवित्र भाग हुनेछ। यो भाग उत्तरपट्टि २५,००० हात, पश्‍चिमपट्टि १०,००० हात, पूर्वपट्टि १०,००० हात र दक्षिणपट्टि २५,००० हात हुनेछ। परमप्रभुको पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ।</verse>
				<verse number="11">त्‍योचाहिँ अर्पण गरिएका पूजाहारीहरूका निम्‍ति हुनेछ, अर्थात्‌ सादोकीहरू, जसले ईमानदारीपूर्वक मेरो सेवा गरे, इस्राएलीहरू बरालिएर जाँदा जब लेवीहरू पनि बरालिएका थिए, तब ती पूजाहारीहरू तिनीहरूसित बरालिएनन्‌।</verse>
				<verse number="12">देशको पवित्र भागबाट, लेवीहरूको इलाका छोएको अति पवित्र भाग तिनीहरूका निम्‍ति एउटा विशेष उपहार हुनेछ।</verse>
				<verse number="13">“पूजाहारीहरूका सिमानाको छेउमा लेवीहरूको भाग हुनेछ। त्‍यो २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। त्‍यसको जम्‍मा लमाइ २५,००० हात र त्‍यसको चौड़ाइ १०,००० हात हुनेछ।</verse>
				<verse number="14">तिनीहरूले त्‍यो बेच्‍नु अथवा साट्‌नुहुँदैन। देशको यो सबैभन्‍दा असल जग्‍गा हो, र यो कसैलाई दिनुहुँदैन, किनभने यो परमप्रभुको निम्‍ति पवित्र छ।</verse>
				<verse number="15">“जग्‍गाको बाँकी भाग, ५,००० हात चौड़ा र २५,००० हात लामोचाहिँ, सहरका जुनसुकै कामको लागि, घरहरू र चरनहरूका लागि पनि हुनेछ। सहर त्‍यसको बीचमा हुनेछ।</verse>
				<verse number="16">त्‍यो जग्‍गाको लमाइ र चौड़ाइ यस्‍ता हुनेछन्‌: उत्तरपट्टि ४,५०० हात, दक्षिणपट्टि ४,५०० हात पूर्वपट्टि ४,५०० हात र पश्‍चिमपट्टि ४,५०० हात।</verse>
				<verse number="17">सहरको चरनको निम्‍ति उत्तरपट्टि २५० हात, दक्षिणपट्टि २५० हात, पूर्वपट्टि २५० हात र पश्‍चिमपट्टि २५० हात हुनेछ।</verse>
				<verse number="18">पवित्र भागको सिमाना छोएको बाँकी क्षेत्रचाहिँ पूर्वपट्टि १०,००० हात र पश्‍चिमपट्टि १०,००० हात हुनेछ।</verse>
				<verse number="19">त्‍यहाँ खनजोत गर्न सहरबाट आउने ज्‍यामीहरू इस्राएलका सबै कुलबाट आउनेछन्‌।</verse>
				<verse number="20">त्‍यो जम्‍मै भाग चौतर्फनै २५,००० हात भएको वर्गाकार हुनेछ। सहरका जग्‍गाको साथ त्‍यस पवित्र भाग विशेष उपहार ठानेर अलग्‍गै राख्‍नू।</verse>
				<verse number="21">“पवित्र भाग र सहरको जग्‍गाबाट बनिएको क्षेत्रका दुवैपट्टिको बाँकी रहेको भागचाहिँ राजकुमारको हुनेछ। त्‍यो भाग पूर्वपट्टि पवित्र भागको २५,००० हात पूर्वीय सिमानातिर र पश्‍चिमपट्टि २५,००० हात पश्‍चिमी सिमानातिर फैलिनेछ। यी दुवै क्षेत्र लमाइमा कुलहरूका भाग जत्रा हुनेछन्, र ती राजकुमारका हुनेछन्‌। मन्‍दिरको पवित्रस्‍थानसँगै पवित्र भाग तिनका बीचमा हुनेछ।</verse>
				<verse number="22">यसरी राजकुमारका क्षेत्रको बीचमा लेवीहरूको जग्‍गा र सहरको जग्‍गा हुनेछन्‌। राजकुमारको क्षेत्रचाहिँ यहूदा र बेन्‍यामीनका सिमानाका बीचमा हुनेछ।</verse>
				<verse number="23">“बाँकी कुलहरूका निम्‍ति चाहिँ: पूर्वदेखि पश्‍चिमसम्‍म फैलिएको बेन्‍यामीनको एक भाग।</verse>
				<verse number="24">“पूर्वदेखि पश्‍चिमतिर बेन्‍यामीनको सिमानासम्‍मै छोएको शिमियोनको एक भाग।</verse>
				<verse number="25">“पूर्वदेखि पश्‍चिमतिर शिमियोनको सिमानासम्‍मै छोएको इस्‍साखारको एक भाग।</verse>
				<verse number="26">“पूर्वदेखि पश्‍चिमतिर इस्‍साखारको सिमानासम्‍मै छोएको जबूलूनको एक भाग।</verse>
				<verse number="27">“पूर्वदेखि पश्‍चिमतिर जबूलूनको सिमानासम्‍मै छोएको गादको एक भाग।</verse>
				<verse number="28">“गादको दक्षिण सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्‍म र मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्‍मै हुनेछ।</verse>
				<verse number="29">“यही देश हो, जो तिमीहरूले इस्राएलका कुल-कुललाई तिनीहरूका उत्तराधिकारको रूपमा बाँड़िदिनुपर्छ, र यी नै तिनीहरूका भाग हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="30">“सहरबाट बाहिर निस्‍कने ठाउँहरू यी नै हुनेछन्‌: उत्तरपट्टिबाट सुरु गरेर, जुन भाग ४,५०० हात लामो छ,</verse>
				<verse number="31">सहरका मूल ढोकाहरूका नाउँ इस्राएलका कुलहरूका नाउँजस्‍तै हुनेछन्‌। उत्तरपट्टिका तीन वटा मूल ढोकाहरू रूबेनको ढोका, यहूदाको ढोका र लेवीको ढोका हुनेछन्‌।</verse>
				<verse number="32">“पूर्वपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: योसेफको ढोका, बेन्‍यामीनको ढोका र दानको ढोका।</verse>
				<verse number="33">“दक्षिणपट्टि, जो ४,५०० हात नापको छ, तीन वटा मूल ढोका हुनेछन्‌: शिमियोनको ढोका, इस्‍साखारको ढोका र जबूलूनको ढोका।</verse>
				<verse number="34">“पश्‍चिमपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: गादको ढोका, आशेरको ढोका र नप्‍तालीको ढोका।</verse>
				<verse number="35">“चारैतिरको घेरा १८,००० हात हुनेछ। “त्‍यस समयदेखि उसो त्‍यस सहरको नाउँ हुनेछ: परमप्रभु त्‍यहाँ हुनुहुन्‍छ।”</verse>
			</chapter>
		</book>
		<book number="27">
			<chapter number="1">
				<verse number="1">यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्‍यसलाई घेरे।</verse>
				<verse number="2">अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे।</verse>
				<verse number="3">तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे।</verse>
				<verse number="4">ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्‍दर, हरकिसिमका शिक्षा सिक्‍ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्‍न सक्‍ने र राजदरबारमा सेवा गर्नलाई योग्‍य हुनुपर्थ्‍यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्‍य सिकाउनुपर्थ्‍यो।</verse>
				<verse number="5">राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्‍म तालीम दिनुपर्थ्‍यो, र त्‍यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्‍यो।</verse>
				<verse number="6">यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह।</verse>
				<verse number="7">प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो।</verse>
				<verse number="8">तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।</verse>
				<verse number="9">अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो,</verse>
				<verse number="10">तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्‍बन्‍धमा मलाई खटाउनुहुने मेरा स्‍वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्‍दा तिमीहरू उहाँको सामु किन कमसल अवस्‍थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।”</verse>
				<verse number="11">त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने,</verse>
				<verse number="12">“कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌।</verse>
				<verse number="13">त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।”</verse>
				<verse number="14">यसकारण उनले यो कुरा मन्‍जूर गरे र दश दिनसम्‍म तिनीहरूको जाँच गरे।</verse>
				<verse number="15">दश दिनपछि राजकीय खाना खाएका ती अन्‍य जवानहरूभन्‍दा तिनीहरू स्‍वस्‍थ र पुष्‍ट देखिए।</verse>
				<verse number="16">यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए।</verse>
				<verse number="17">यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए।</verse>
				<verse number="18">राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्‍याए।</verse>
				<verse number="19">राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्‌। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए।</verse>
				<verse number="20">राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्‍न सोध्‍थे, अधिराज्‍यभरका जादूगरी र मन्‍त्रतन्‍त्र गर्नेहरूभन्‍दा तिनीहरूलाई दश गुणा असल भेट्टाए।</verse>
				<verse number="21">अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्‍म दानिएल त्‍यहाँ रहे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">आफ्‍नो शासनकालको दोस्रो वर्षमा नबूकदनेसरले सपनाहरू देखे। उनको मनमा छटपटी भयो र उनी सुत्‍न सकेनन्‌।</verse>
				<verse number="2">यसकारण राजाले जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, बिजुवाहरू र ज्‍योतिषीहरूलाई उनले देखेको सपना बताइदेऊन् भनी बोलाउने हुकुम गरे। जब तिनीहरू आए र राजाको सामु खड़ा भए,</verse>
				<verse number="3">उनले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु। त्‍यसले मलाई विचलित बनाएको छ, र यसको अर्थ बुझ्‍न चाहन्‍छु।”</verse>
				<verse number="4">तब ती ज्‍योतिषीहरूले आरमेइक भाषामा राजालाई उत्तर दिए, “महाराजा, अमर रहून्‌! हजूरका दासहरूलाई सपना बताइदिनुहोस्, र हामी त्‍यसको अर्थ बताउनेछौं।”</verse>
				<verse number="5">राजाले ती ज्‍योतिषीहरूलाई जवाफ दिए, “मैले यही निर्णय गरेको छु: यदि तिमीहरूले मैले देखेको सपना र त्‍यसको अर्थ बताएनौ भने, तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ र तिमीहरूका घरहरू उजाड़ पारिनेछन्‌।</verse>
				<verse number="6">तर यदि तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ बतायौ भने, मबाट तिमीहरूले उपहारहरू र इनामहरू तथा ठूलो सम्‍मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्‍यसको अर्थ बताओ।”</verse>
				<verse number="7">फेरि एक चोटि तिनीहरूले जवाफ दिए, ‘महाराजाले आफ्‍ना दासहरूलाई आफ्‍नो सपना बताइदिनुहोस्‌ र हामी त्‍यसको अर्थ खोलिदिनेछौं।”</verse>
				<verse number="8">तब राजाले जवाफ दिए, “म निश्‍चित छु कि तिमीहरूले मबाट समय लिएर टार्ने कोशिश गर्दैछौ, किनभने मैले के निर्णय गरिसकेको छु भनेर तिमीहरूलाई थाहा भएको छ।</verse>
				<verse number="9">यदि तिमीहरूले मलाई सपना बताएनौ भने तिमीहरूका लागि एउटै मात्र सजाय छ। यो परिस्‍थिति बद्‌लिएला भन्‍ने आशाले मलाई भ्रम र दुष्‍ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ। यसकारण मलाई सपना बताओ, अनि मलाई थाहा हुनेछ कि तिमीहरूले यसको अर्थ मलाई बताउन सक्‍नेछौ।</verse>
				<verse number="10">ज्‍योतिषीहरूले राजालाई उत्तर दिए, “महाराजाले भन्‍नुभएको कुरा गर्न सक्‍ने पृथ्‍वीमा कोही छैन। जति महान्‌ र शक्तिशाली भए पनि कुनै राजाले कुनै जादूगर वा मन्‍त्रतन्‍त्र गर्ने वा ज्‍योतिषीहरूसँग यस्‍तो कुरा कहिल्‍यै माग गरेका छैनन्‌।</verse>
				<verse number="11">महाराजाले गर्नुभएको यो प्रश्‍न अति नै गाह्रो छ। महाराजालाई यो कुरा देवताहरूबाहेक अरू कसैले पनि प्रकट गर्न सक्‍दैन। ती देवताहरू मानिसहरूका बीचमा बस्‍दैनन्‌।”</verse>
				<verse number="12">यसले गर्दा राजा रीसले यति चूर भए कि उनले बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मृत्‍युदण्‍ड दिने हुकुम गरे।</verse>
				<verse number="13">यसरी ज्ञानी पुरुषहरूलाई मृत्‍युदण्‍ड दिने घोषणा निस्‍क्‍यो र दानिएल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूलाई झिकाउन मानिसहरू पठाइए।</verse>
				<verse number="14">जब राजाका अङ्गरक्षकका कप्‍तान अर्योक बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न निस्‍के, दानिएलले बुद्धिमानी र बड़ो निपुणतासाथ उनलाई प्रश्‍न गरे,</verse>
				<verse number="15">“राजाले किन यस्‍तो कठोर आदेश निकाल्‍नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।</verse>
				<verse number="16">यो सुनेर दानिएल राजाकहाँ गए र सपनाको अर्थ खोल्‍नलाई समय पाऊँ भनी बिन्‍ती गरे।</verse>
				<verse number="17">तब दानिएल आफ्‍नो घर फर्के र आफ्‍ना साथीहरू हनन्‍याह, मीशाएल र अजर्याहलाई सो कुरा बताइदिए।</verse>
				<verse number="18">बेबिलोनका अरू ज्ञानी पुरुषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिऊन्‌ भन्‍ने खातिर यो रहस्‍य खोल्‍न स्‍वर्गका परमेश्‍वरको कृपा मिलोस्‌ भनी तिनले आफ्‍ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे।</verse>
				<verse number="19">राती दर्शनमा दानिएललाई यसको रहस्‍य प्रकट गरियो। तब दानिएलले स्‍वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,</verse>
				<verse number="20">र भने, परमेश्‍वरको नाउँ सदासर्वदै धन्यको होऊन्। बुद्धि र पराक्रम उहाँकै हुन्‌।</verse>
				<verse number="21">उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्‍छ र उनीहरूलाई अपदस्‍थ गर्नुहुन्‍छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्‍छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्‍छ।</verse>
				<verse number="22">उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्‍छ, उहाँले अन्‍धकारमा के छ भनी जान्‍नुहुन्‍छ, र ज्‍योतिले उहाँमा वास गर्छ।</verse>
				<verse number="23">हे मेरा पिता-पुर्खाका परमेश्‍वर, तपाईंलाई म धन्‍यवाद दिँदछु र तपाईंको प्रशंसा गर्दछु, तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले मागेको कुरा तपाईंले मलाई प्रकट गर्नुभयो, तपाईंले हामीलाई राजाको सपना प्रकट गर्नुभयो।”</verse>
				<verse number="24">तब दानिएल बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न भनी राजाले खटाएका अर्योककहाँ गएर उनलाई भने, “बेबिलोनका ज्ञानी पुरुषहरूलाई नमार्नुहोस्‌। मलाई राजाकहाँ लैजानुहोस्‌ र म उहाँलाई उहाँको सपनाको अर्थ बताइदिनेछु।”</verse>
				<verse number="25">अनि अर्योकले दानिएललाई तुरुन्‍तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्‍ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्‍छ।”</verse>
				<verse number="26">राजाले दानिएललाई (जसको नाउँ बेलतसजर पनि हो) सोधे, “के तिमी मेरो सपना र त्‍यसको अर्थ बताउन सक्‍छौ?”</verse>
				<verse number="27">दानिएलले जवाफ दिए, “महाराजाले सोध्‍नुभएको रहस्‍यको कुरा कुनै पनि ज्ञानी पुरुष, मन्‍त्रतन्‍त्र गर्ने, जादूगर वा जोखना हेर्नेले बताउन सक्‍दैन,</verse>
				<verse number="28">तर स्‍वर्गमा एक परमेश्‍वर हुनुहुन्‍छ, जसले रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्‍किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्‌:</verse>
				<verse number="29">“हे महाराजा, हजूर ओछ्यानमा ढल्‍किरहनुभएको बेला हजूरको मन भविष्‍यमा के हुने होला भन्‍ने तर्फ गयो, र रहस्‍य प्रकट गर्नुहुनेले भविष्‍यमा हुने कुरा देखाउनुभएको छ।</verse>
				<verse number="30">तर जसै मलाई यो रहस्‍य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्‍दा ममा बढ्‌ता बुद्धि भएको कारणले होइन तर यसैकारण कि हजूर महाराजालाई सपनाको अर्थ खोलिओस्‌ र हजूरको आफ्‍नो मनमा भएका कुरा बुझ्‍न सक्‍नुभएको होस्‌ भनेर हो।</verse>
				<verse number="31">“हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्‍नुभयो। यो सालिक विशाल र अत्‍यन्‍तै चहकिलो देखिन्‍थ्‍यो र त्‍यसको रूप भयानक थियो।</verse>
				<verse number="32">त्‍यस सालिकको टाउको निक्‍खर सुनको, त्‍यसका छाती र हातहरू चाँदीका, त्‍यसका पेट र तिघ्राहरू काँसाका,</verse>
				<verse number="33">त्‍यसका गोड़ाहरू फलामका, र त्‍यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए।</verse>
				<verse number="34">हजूरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्‍यस सालिकका फलाम र माटोले बनेका खुट्टालाई हान्‍यो र ती चकनाचूर पारिदियो।</verse>
				<verse number="35">त्‍यसपछि त्‍यो फलाम, काँसो, चाँदी र सुन सबै एकै चोटि धूलोपीठो भए, र ग्रीष्‍म ऋतुमा अन्‍न चुट्‌ने खलाबाट भुसलाई उड़ाएझैँ बतासले त्‍यसलाई नाउँनिशानै नहुने गरी उड़ाएर लग्‍यो। तर त्‍यस सालिकलाई हान्‍ने त्‍यो ढुङ्गा बढ्‌दैगएर ठूलो पहाड़ बन्‍यो र पूरै पृथ्‍वीलाई ढाकिदियो।</verse>
				<verse number="36">“सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं।</verse>
				<verse number="37">हजूर नै राजाहरूका महाराजा हुनुहुन्‍छ। स्‍वर्गका परमेश्‍वरले हजूरलाई राज्‍य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ।</verse>
				<verse number="38">हजूरको हातमा उहाँले सारा पृथ्‍वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्‍छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्‍यो सुनको टाउको हुनुहुन्‍छ।</verse>
				<verse number="39">“हजूरपछि, हजूरको भन्‍दा अलि कमजोर राज्‍य खड़ा हुनेछ। त्‍यसपछि काँसोको तेस्रो राज्‍यले सारा पृथ्‍वीमाथि अधिकार जमाउनेछ।</verse>
				<verse number="40">अन्‍त्‍यमा, फलामजस्‍तै बलियो चौथो राज्‍य आउनेछ, किनभने फलामले सबै थोक चकनाचूर पारिदिएझैँ त्‍यसले अरू सबैलाई तोड़फोड़ गरी तितरबितर पार्नेछ।</verse>
				<verse number="41">हजूरले यसका खुट्टा र औँलाहरू केही माटोले, केही फलामले बनेका देख्‍नुभएझैँ यो विभाजित राज्‍य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजूरले फलाम माटोसित मिसिएको देख्‍नुभयो।</verse>
				<verse number="42">जसरी ती औँलाहरू केही फलाम र केही माटोका थिए, त्‍यसरी नै यो राज्‍य केही बलियो, केही सजिलैसित टुक्रिने हुनेछ।</verse>
				<verse number="43">र हजूरले फलाम माटोमा मिसिएको देख्‍नुभएझैँ मानिसहरू पनि मिश्रित जाति हुनेछन्‌ र एकतामा रहनेछैनन्, जसरी फलाम माटोसित मिल्‍न सक्‍दैन।</verse>
				<verse number="44">“यी राजाहरूको समयमा स्‍वर्गका परमेश्‍वरले एउटा राज्‍य खड़ा गर्नुहुनेछ, जुनचाहिँ कहिल्‍यै नष्‍ट हुनेछैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्‍यहरूलाई चकनाचूर पार्नेछ र अन्‍त्‍य गर्नेछ, तर यो राज्‍यचाहिँ सदासर्वदा रहिरहनेछ।</verse>
				<verse number="45">हजूरले देख्‍नुभएको ढुङ्गाको अर्थ यही हो, जुनचाहिँ मानिसको हातद्वारा नकाटिईकनै पहरोबाट आएको थियो— त्‍यो ढुङ्गा जसले फलाम, काँसो, माटो, चाँदी र सुनलाई धूलोपीठो पारिदियो। “महान्‌ परमेश्‍वरले महाराजालाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। त्‍यो सपना सत्‍य हो, र यसको अर्थ विश्‍वासयोग्‍य छ।”</verse>
				<verse number="46">तब राजा नबूकदनेसरले दानिएलको अगाड़ि घोप्‍टो परी दण्‍डवत्‌ गरे र तिनलाई आदर गरे, र साथै तिनलाई भेटी र धूप चढ़ाउन भनी हुकुम गरे।</verse>
				<verse number="47">राजाले दानिएललाई भने, “साँच्‍ची नै तिमीहरूका परमेश्‍वर देवताहरूका पनि परमेश्‍वर र राजाहरूका प्रभु र रहस्‍य खोलिदिनुहुने हुनुहुन्‍छ, किनभने तिमीले यो रहस्‍य खोल्‍न सक्‍यौ।”</verse>
				<verse number="48">तब राजाले दानिएललाई उच्‍च पदमा राखे र धेरै बहुमूल्‍य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्‍त प्रदेशमाथि शासक बनाए र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूका प्रधान तुल्‍याए।</verse>
				<verse number="49">त्‍यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासक नियुक्त गरे। दानिएल आफैचाहिँ राजदरबारमै रहे।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">राजा नबूकदनेसरले तीस मिटर अग्‍लो र तीन मिटर चौड़ा भएको सुनको एक मूर्ति बनाए र त्‍यसलाई बेबिलोनको प्रदेशमा स्‍थित दूरा नाम गरेको मैदानमा स्‍थापना गरे।</verse>
				<verse number="2">त्‍यसपछि उनले त्‍यस मूर्ति अर्पण गर्नलाई प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरूलाई भेला गरे।</verse>
				<verse number="3">यसकारण प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरू राजा नबूकदनेसरले खड़ा गरेको त्‍यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्‍यसको अगि उभिए।</verse>
				<verse number="4">तब सो कुराको घोषणा गर्नेले चर्को स्‍वरमा कराएर भन्‍यो, “हे मानिसहरू, जातिहरू र विभिन्‍न भाषा बोल्‍नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ:</verse>
				<verse number="5">तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाको स्‍वर सुन्‍ने बित्तिकै राजा नबूकदनेसरले स्‍थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्‍टो परेर तिमीहरू सबैले दण्‍डवत्‌ गर्नुपर्छ।</verse>
				<verse number="6">घोप्‍टो परेर दण्‍डवत्‌ नगर्ने जोसुकै पनि तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”</verse>
				<verse number="7">यसैकारण नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको स्‍वर सुन्‍ने बित्तिकै विभिन्‍न भाषा बोल्‍ने जाति-जातिका मानिसहरू सबैले घोप्‍टो परेर नबूकदनेसर राजाले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="8">यसै बेला केही ज्‍योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए।</verse>
				<verse number="9">तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्‌!</verse>
				<verse number="10">हजूरले हुकुम गर्नुभएको छ, कि हरेक जसले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको स्‍वर सुन्‍छ, त्‍यसले घोप्‍टो परेर सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नुपर्छ।</verse>
				<verse number="11">अनि जसले घोप्‍टो परेर दण्‍डवत्‌ गर्दैन, उसलाई दन्‍किएको आगोको भट्टीमा फालिनेछ।</verse>
				<verse number="12">तर केही यहूदीहरू छन्, जसलाई हजूरले बेबिलोनको प्रान्‍तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ शद्रक, मेशक र अबेद्‌नगो हुन्‌। हे महाराजा, यिनीहरूले हजूरलाई टेर्दैनन्‌। यिनीहरू न त हजूरका देवताहरूलाई पुज्‍छन्, न हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्छन्‌।”</verse>
				<verse number="13">रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्‌नगोलाई ल्‍याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्‍याइए,</verse>
				<verse number="14">र नबूकदनेसरले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्‌नगो, के यो कुरा सत्‍य हो, कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्दैनौ?</verse>
				<verse number="15">अब यदि तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्‍ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्‍डवत्‌ गर्न तयार भयौ भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्‍डवत्‌ गरेनौ भने, तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्‍ला?”</verse>
				<verse number="16">शद्रक, मेशक र अबेद्‌नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्‍बन्‍धमा हजूरको अगि हाम्रो आफ्‍नै पक्षमा भन्‍नुपर्ने आवश्‍यकता केही छैन।</verse>
				<verse number="17">हे महाराजा, यदि हामीहरू दन्‍किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्‍वरले हामीलाई यसबाट बचाउन सक्‍नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ।</verse>
				<verse number="18">तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नेछौं भनी हजूरलाई थाहा होस्‌ भन्‍ने हामी चाहन्‍छौं।”</verse>
				<verse number="19">तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे,</verse>
				<verse number="20">र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे।</verse>
				<verse number="21">तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए।</verse>
				<verse number="22">राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्‍वालाले शद्रक, मेशक र अबेद्‌नगोलाई लैजाने सिपाहीहरूलाई भस्‍म पार्‍यो,</verse>
				<verse number="23">अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे।</verse>
				<verse number="24">त्‍यसपछि राजा नबूकदनेसरले आश्‍चर्यचकित हुँदै उफ्रेर आफ्‍ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन्‌ र?” उनीहरूले जवाफ दिए, “निश्‍चय नै हो, महाराजा।”</verse>
				<verse number="25">उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्‍दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्‍छन्, र त्‍यो चौथोचाहिँ देवताहरूको पुत्रजस्‍तै देखिन्‍छ।”</verse>
				<verse number="26">तब नबूकदनेसरले दन्‍किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्‍च्‍याए, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्‍च परमेश्‍वरका सेवक हो, बाहिर निस्‍केर आओ।” तब शद्रक, मेशक र अबेद्‌नगो आगोबाट बाहिर निस्‍केर आए,</verse>
				<verse number="27">अनि प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू तिनीहरूका वरिपरि भीड़ लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्‍याएको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो, तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्‍धैसमेत थिएन।</verse>
				<verse number="28">त्‍यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्‍ना दूतलाई पठाउनुभएर आफ्‍ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्‍वास गरे, र राजाको हुकुमलाई अस्‍वीकार गरी आफ्‍ना परमेश्‍वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्‍डवत्‌ गर्नुभन्‍दा बरु आफ्‍ना जीवन दिन तयार भए।</verse>
				<verse number="29">यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्‍ने मानिसहरूले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको विरुद्धमा केही भन्‍छन्‌ भने, उनीहरू टुक्रा-टुक्रा पारी काटिनेछन्‌ र उनीहरूका घर उजाड़ पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्‍दैनन्‌।”</verse>
				<verse number="30">त्‍यसपछि राजाले शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोनको प्रान्‍तमा पदोन्‍नति गरिदिए।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">सारा पृथ्‍वीमा रहने विभिन्‍न भाषा बोल्‍ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेसरबाट: तिमीहरूलाई ठूलो संवृद्धि मिलोस्‌!</verse>
				<verse number="2">सर्वोच्‍च परमेश्‍वरले मेरो निम्‍ति गरिदिनुभएका आश्‍चर्यकर्मका चिन्‍हहरू र अचम्‍मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुशी छु।</verse>
				<verse number="3">उहाँका चिन्‍हहरू कति महान्‌ छन्, उहाँका अचम्‍मका कामहरू कति शक्तिशाली छन्‌! उहाँको राज्‍य अनन्‍तको राज्‍य हो, उहाँको प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="4">म नबूकदनेसर, सन्‍तुष्‍टि र संवृद्धिसाथ आफ्‍नो दरबारमा बसिरहेको थिएँ।</verse>
				<verse number="5">मैले एउटा यस्‍तो सपना देखें, जसले मलाई भयभीत तुल्‍यायो। जसै म ओछ्यानमा ढल्‍किरहेको थिएँ, मेरो मनमा आएका कल्‍पनाहरू र दर्शनहरूले गर्दा म तर्सिएँ।</verse>
				<verse number="6">यसकारण त्‍यस सपनाको अर्थ खोल्‍नलाई बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मेरो सामुन्‍ने खड़ा गराउने हुकुम गरें।</verse>
				<verse number="7">जब जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेहरू आए, मैले उनीहरूलाई सपना बताएँ, तर उनीहरूले मलाई त्‍यसको अर्थ बताउन सकेनन्‌।</verse>
				<verse number="8">अन्‍तमा दानिएल मकहाँ आए र मैले तिनलाई सपना बताइदिएँ। (तिनको नाउँ मेरो देवताको नाउँजस्‍तै बेलतसजर हो, र पवित्र देवताहरूको आत्‍मा तिनमा छ।)</verse>
				<verse number="9">मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्‍दछु कि तिमीमा पवित्र देवताहरूको आत्‍मा छ, र तिम्रो लागि कुनै पनि रहस्‍य अप्‍ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ।</verse>
				<verse number="10">ओछ्यानमा पल्‍टिरहँदा मैले देखेका दर्शनहरू यी नै हुन्‌: मैले देखें, मेरो सामुन्‍ने पृथ्‍वीको बीचमा एउटा ठूलो रूख खड़ा भएको रहेछ। त्‍यो अत्‍यन्‍तै अग्‍लो थियो।</verse>
				<verse number="11">त्‍यो रूख ठूलो र बलियो हुँदैगयो र त्‍यसको टुप्‍पोले आकाश छोयो, पृथ्‍वीको छेउसम्‍म पनि त्‍यो देखिन्‍थ्‍यो।</verse>
				<verse number="12">त्‍यसका पातहरू सुन्‍दर र त्‍यसका फलहरू प्रशस्‍त थिए, र त्‍यसमा सबैको लागि खाना थियो। त्‍यसको मुनि वनका पशुहरूले वास पाउँथे, त्‍यसका हाँगाहरूमा चराहरू बस्‍थे, त्‍यसबाट सबै प्राणीहरूले खाना पाउँथे।</verse>
				<verse number="13">“ओछ्यानमा पल्‍टिरहेको बेला मैले दर्शनमा मेरो अगि स्‍वर्गबाट एक समाचारवाहक, एक पवित्र जन तल आइरहेका देखेँ।</verse>
				<verse number="14">उनले चर्को स्‍वरमा कराएर भने, “त्‍यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्‍यसका पातहरू झारिदे र त्‍यसका फलहरू छरपष्‍ट पारिदे। पशुहरू त्‍यसको छहारीबाट र चराहरू त्‍यसका हाँगाबाट भागून्‌।</verse>
				<verse number="15">तर फलाम र काँसाले बाँधिएको त्‍यसका ठुटो र जराहरू जमिनमा, खेतको घाँसमा नै रहोस्‌। “आकाशको शीतले त्‍यसलाई भिजाओस्, र त्‍यो पशुहरूसँग पृथ्‍वीका बोट-बिरुवाहरूका बीचमा रहोस्‌।</verse>
				<verse number="16">त्‍यसको मन मानिसकोबाट बद्‌लिएर त्‍यसलाई पशुको मन दिइओस्, जबसम्‍म त्‍यसको लागि सात काल बित्‍नेछैनन्‌।</verse>
				<verse number="17">“समाचार वाहकहरूद्वारा निर्णय सुनाइएको छ, पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन्, ताकि जीवित प्राणीहरूले जानून्‌ कि मानिसहरूका राज्‍यमाथि सर्वाधिकार सर्वोच्‍चकै छ, र उहाँले इच्‍छा गर्नुभएकाहरूलाई ती राज्‍यहरू दिनुहुन्‍छ र मानिसहरूमा सबभन्‍दा नम्रलाई ती राज्‍यमाथि खड़ा गर्नुहुन्‍छ।”</verse>
				<verse number="18">“म राजा नबूकदनेसरले देखेको सपना यही हो। अब हे बेलतसजर, यसको अर्थ मलाई बताइदेऊ, किनभने मेरो राज्‍यमा भएका ज्ञानी पुरुषहरूमध्‍ये कसैले पनि यसको अर्थ मलाई बताउन सक्‍दैन। तर तिमीले सक्‍छौ, किनभने पवित्र देवताहरूका आत्‍मा तिमीमा छ।”</verse>
				<verse number="19">दानिएल (जसलाई बेलतसजर पनि भनिन्‍छ) केही बेरसम्‍म अत्‍यन्‍तै व्‍याकुल भए, र आफ्‍ना विचारहरूले तिनलाई भयभीत पारे। यसकारण राजाले भने, “हे बेलतसजर, सपना र त्‍यसको अर्थले तिमीलाई व्‍याकुल नपारोस्‌।” बेलतसजरले जवाफ दिए, “मेरा प्रभु, यदि यो सपना हजूरका शत्रुहरूलाई र यसको अर्थ हजूरका विरोधीहरूलाई लागू हुने भए त हुनेथियो।</verse>
				<verse number="20">हजूरले देख्‍नुभएको रूख, जुन बढ़ेर विशाल र बलियो भयो, र सम्‍पूर्ण पृथ्‍वीबाट देखिने गरी त्‍यसको टुप्‍पाले आकाश छोयो,</verse>
				<verse number="21">सुन्‍दर पातहरू र प्रशस्‍त फलहरूसहित जसले सबैलाई खाना दिन्‍थ्‍यो, वनका पशुहरूलाई छहारी दिन्‍थ्‍यो, र जसका हाँगाहरूमा आकाशका चराहरूका लागि गुँड़हरू थिए,</verse>
				<verse number="22">हे महाराजा, हजूर नै त्‍यो रूख हुनुहुन्‍छ। हजूर महान्‌ र शक्तिशाली हुनुभएको छ, हजूरको महानता बढ़ेर आकाशसम्‍मै पुगेको छ, र हजूरको प्रभुत्‍व पृथ्‍वीको पल्‍लो छेउसम्‍मै छ।</verse>
				<verse number="23">“हे महाराजा, हजूरले एक समाचारवाहक, एक पवित्र जनलाई स्‍वर्गबाट तल झर्दै र यसो भन्‍दैगरेको देख्‍नुभयो, ‘त्‍यस रूखलाई काटेर नष्‍ट गरिदे, तर खेतको घाँसमा फलाम र काँसाले बाँधिएको अवस्‍थामा ठुटोचाहिँ छोड़िदे, जब कि त्‍यसका जराहरू जमिनमा नै रहन्‍छन्‌। आकाशको शीतले त्‍यो भिजोस्, त्‍यसको लागि सात काल नबितुञ्‍जेल त्‍यो जङ्गली जनावरहरूजस्‍तै भएर जिओस्‌।”</verse>
				<verse number="24">“हे महाराजा, त्‍यसको अर्थ यही हो, र सर्वोच्‍चले मेरा प्रभु महाराजाको विरुद्धमा दिनुभएको हुकुम यही हो:</verse>
				<verse number="25">हजूर मानिसहरूबाट निकालिनुहुनेछ र जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ, गाईबस्‍तुहरूझैँ हजूरले घाँस खानुहुनेछ र आकाशको शीतले हजूर भिज्‍नुहुनेछ। हजूरको लागि सात काल बित्‍नेछ, जबसम्‍म हजूरले यो जान्‍नुहुन्‍न कि मानिसहरूका राज्‍यमाथि सर्वोच्‍चकै सर्वाधिकार छ र उहाँले इच्‍छा गर्नुभएको कसैलाई पनि ती राज्‍यहरू दिनुहुन्‍छ।</verse>
				<verse number="26">जरासहित ठुटो छोड्‌नू भन्‍ने हुकुमको अर्थ यो हो: स्‍वर्गले शासन गर्दछ भन्‍ने कुरा जब हजूरले स्‍वीकार गर्नुहुनेछ, तब हजूरको राज्‍य हजूरलाई फिर्ता गरिनेछ।</verse>
				<verse number="27">यसकारण हे महाराजा, मेरो सल्‍लाह लिन हजूर मन्‍जूर गर्नुहोस्, सत्य कर्म गरेर आफ्‍ना पापलाई त्‍याग्‍नुहोस्‌ र अत्‍याचारमा परेकाहरूलाई दया देखाएर आफ्‍नो दुष्‍टतालाई छोड्‌नुहोस्‌। हुन सक्‍छ, त्‍यसपछि हजूरको ऐश्‍वर्य कायम रहनेछ।</verse>
				<verse number="28">यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो।</verse>
				<verse number="29">बाह्र महिनापछि जब राजा बेबिलोनको राजदरबारको कौसीमा टहलिँदैथिए,</verse>
				<verse number="30">उनले भने, “के यो महान्‌ बेबिलोन होइन, जुन मैले आफ्‍नो कीर्तिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्‍नो राजकीय निवासस्‍थान बनाएको छु?”</verse>
				<verse number="31">यी शब्‍दहरू उनको ओठबाट नसिद्धिँदै स्‍वर्गबाट एउटा यस्‍तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ।</verse>
				<verse number="32">तँ मानिसहरूबाट धपाइनेछस्‌ र जङ्गली पशुहरूसित बस्‍नेछस्, तैंले गाईबस्‍तुले झैँ घाँस खानेछस्‌। तेरो लागि सात काल बित्‍नेछ, जबसम्‍म तैंले यो स्‍वीकार गर्दैनस्‌ कि मानिसहरूका राज्‍यमाथि सर्वोच्‍चकै सर्वाधिकार छ र उहाँले इच्‍छा गर्नुभएको कसैलाई पनि ती राज्‍यहरू दिनुहुन्‍छ।”</verse>
				<verse number="33">नबूकदनेसरको बारेमा जो कुरो भनिएको थियो, तुरुन्‍तै पूरा भयो। उनी मानिसहरूबाट धपाइए र उनले गाईबस्‍तुले झैँ घाँस खान थाले। उनको रौँ चीलका प्‍वाँखजस्‍तै र उनका नङहरू चराका नङ्‌ग्राहरूजस्‍तै नहोउञ्‍जेल उनको शरीर आकाशको शीतले भिज्‍यो।</verse>
				<verse number="34">त्‍यो समयको अन्‍तमा म, नबूकदनेसरले आफ्‍नो आँखा उठाएर स्‍वर्गतिर हेरे, र मेरो होश फर्क्‍यो। तब मैले सर्वोच्‍चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्‍व अनन्‍तको प्रभुत्‍व हो, उहाँको राज्‍य पुस्‍तादेखि पुस्‍तासम्‍म रहिरहन्‍छ।</verse>
				<verse number="35">पृथ्‍वीका सबै मानिसहरू व्‍यर्थका गनिन्‍छन्‌। स्‍वर्गका शक्तिहरूलाई र पृथ्‍वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्‍छ। कसैले पनि उहाँको हात रोक्‍न सक्‍दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्‍न सक्‍दैन।</verse>
				<verse number="36">मेरो होश फर्केकै समयमा, मेरो राज्‍यका गौरवको लागि मेरो आदर र प्रताप मकहाँ फर्केर आयो। मेरा सल्‍लाहकारहरू र भारदारहरूले मलाई खोज्‍न थाले, र म आफ्‍नो सिंहासनमा फर्कें र पहिलेको भन्‍दा पनि महान्‌ भएँ।</verse>
				<verse number="37">अब म, नबूकदनेसरले स्‍वर्गका महाराजाको प्रशंसा, बढ़िबढ़ाउ र महिमा गर्दछु, किनभने उहाँले जे गर्नुहुन्‍छ ठीक गर्नुहुन्‍छ, र उहाँका सबै मार्गहरू न्‍यायसङ्गत छन्‌। अनि उहाँले घमण्‍डीहरूलाई नम्र बनाउन सक्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">बेलसजर राजाले आफ्‍ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए।</verse>
				<verse number="2">दाखमद्य पिउँदैगर्दा बेलसजर राजाले आफू, आफ्‍ना भारदारहरू, आफ्‍ना श्रीमतीहरू र रखौटीहरूले दाखमद्य पिउनलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट ल्‍याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरू त्‍यहाँ ल्‍याउने हुकुम गरे।</verse>
				<verse number="3">यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्‍याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरबाट ल्‍याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए।</verse>
				<verse number="4">जसै उनीहरूले दाखमद्य पिए, उनीहरूले सुन र चाँदीका, काँसो, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।</verse>
				<verse number="5">अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्‍न लागे। त्‍यो लेख्‍दैगरेको हात राजाले हेरे।</verse>
				<verse number="6">उनको अनुहार पहेँलो भयो, र उनी यति डराए कि उनका घुँड़ाहरू कामेर ठोकिन थाले र गोड़ाहरू लल्‍याकलुलुक भए।</verse>
				<verse number="7">राजाले मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाउन लगाए र बेबिलोनका यी ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेख पढ्‌छ र यसको अर्थ मलाई बताइदिन्‍छ, त्‍यसलाई बैजनी पोशाक पहिराइनेछ र त्‍यसको गलामा सुनको सिक्री लगाइनेछ र त्‍यसलाई राज्‍यको तेस्रो उच्‍च शासक बनाइनेछ।”</verse>
				<verse number="8">तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्‌न वा त्‍यसको अर्थ राजालाई बताउन सकेनन्‌।</verse>
				<verse number="9">यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्‍ल परे।</verse>
				<verse number="10">राजा र उनका भारदारहरूका स्‍वर सुनेर रानी भोजको कोठामा आइन्‌ र तिनले भनिन्, “महाराजा अमर रहून्‌! नआत्तिनुहोस्‌। यस्‍तो पहेँलो अनुहार नबनाउनुहोस्‌।</verse>
				<verse number="11">तपाईंको राज्‍यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्‍मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्‍तै अन्‍तर्दृष्‍टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो।</verse>
				<verse number="12">यी दानिएल नाउँ गरेका मानिस, जसलाई राजाले बेलतसजर भन्‍नुहुन्‍थ्‍यो, तीव्र मन र ज्ञान र समझ भएका भेट्टाइए र साथै उनले सपनाका अर्थ बताउन, अड्‌कोहरू फुकाउन र कठिन समस्‍याहरू हल गर्न पनि सक्‍थे। दानिएललाई बोलाउनुहोस्, र उनले तपाईंलाई यस लेखको अर्थ बताउनेछन्‌।”</verse>
				<verse number="13">यसकारण दानिएललाई राजाको सामुन्‍ने उपस्‍थित गराइयो अनि राजाले तिनलाई भने, “के तिमी दानिएल, देशनिकाला गरिएकामध्‍ये एक हौ, जसलाई राजा, मेरा पिताले यहूदाबाट ल्‍याउनुभएको थियो?</verse>
				<verse number="14">मैले सुने, तिमीमा देवताहरूको आत्‍मा छ, र तिमी अन्‍तर्दृष्‍टि, ज्ञान र बिछट्ट बुद्धि भएका मानिस छौ अरे।</verse>
				<verse number="15">ज्ञानी पुरुषहरू र मन्‍त्रतन्‍त्र गर्नेहरू यो लेख पढ्‌न र मलाई यसको अर्थ बताउन मेरो सामु ल्‍याइए। तर उनीहरूले यो बताउन सकेनन्‌।</verse>
				<verse number="16">अब मैले सुनेको छु कि तिमी अर्थ खोल्‍न र कठिन समस्‍याहरू समाधान गर्न सक्‍छौ। यदि तिमीले यो लेख पढ्‌न र यसको अर्थ बताउन सक्‍छौ भने, तिमीलाई बैजनी पोशाक पहिराइनेछ र गलामा सुनको सिक्री लगाइनेछ र राज्‍यमा तिम्रो स्‍थान तेस्रो हुनेछ।”</verse>
				<verse number="17">तब दानिएलले राजालाई उत्तर दिए, “हजूरका उपहारहरू हजूर आफै राख्‍नुहोस्‌ र हजूरका इनामहरू अरू कसैलाई दिनुहोस्‌। तापनि महाराजाको लागि यो लेखोट पढ़िदिनेछु र यसको अर्थ बताइदिनेछु।</verse>
				<verse number="18">“हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजूरका पिता नबूकदनेसरलाई स्‍वाधीन राज्‍य र महानता र महिमा र गौरव दिनुभयो।</verse>
				<verse number="19">उहाँले उनलाई उच्‍च स्‍थान दिनुभएकोले र प्रत्‍येक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उनको डर र भय मान्‍थे। राजाले जसको प्राण लिन चाहन्‍थे, लिन्‍थे, जसलाई बाँकी राख्‍न चाहन्‍थे, राख्‍थे, जसलाई पदोन्‍नति गर्न चाहन्‍थे, पदोन्‍नति गर्थे, र जसलाई होच्‍याउन चाहन्‍थे, होच्‍याउँथे।</verse>
				<verse number="20">तर जब उनको हृदय घमण्‍डले हठी र कठोर भयो, उनलाई राजगद्दीबाट हटाइयो र उनको महिमा उनीबाट खोसियो।</verse>
				<verse number="21">उनलाई मानिसहरूबाट हटाइएर एउटा पशुको मन दिइयो। उनी वनका गधाहरूसँग बस्‍थे र गाईबस्‍तुले जस्‍तै घाँस खान्‍थे, र उनको शरीर आकाशको शीतले भिज्‍थ्‍यो, जबसम्‍म उनले मानिलिएनन्‌ कि मानिसका राज्‍यहरूमाथि सर्वोच्‍च परमेश्‍वरकै अधिकार छ र उहाँले इच्‍छा गर्नुभएकालाई त्‍यो दिनुहुन्‍छ।</verse>
				<verse number="22">“तर उनका छोरा, हजूर बेलसजरले यी सबै कुरा जान्‍दाजान्‍दै पनि आफूलाई नम्र बनाउनुभएन।</verse>
				<verse number="23">बरु स्‍वर्गका परमप्रभुको विरुद्धमा आफैलाई खड़ा गर्नुभएको छ। हजूरले उहाँको मन्‍दिरबाट भाँड़ाहरू हजूरकहाँ ल्‍याउन लगाउनुभयो, र हजूर र हजूरका भारदारहरू, हजूरका श्रीमतीहरू र रखौटीहरूले तीबाट दाखमद्य पिउनुभयो। हजूरले चाँदी र सुनका, काँसाका, फलामका, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जो न देख्‍छन्‌ न सुन्‍छन्‌ न बुझ्‍छन्‌। तर हजूरले यी परमेश्‍वरको आदर गर्नुभएन, जसको हातमा हजूरको जीवन र हजूरका मार्गहरू छन्‌।</verse>
				<verse number="24">यसैकारण उहाँले यो लेखोट लेख्‍ने हात पठाउनुभयो।</verse>
				<verse number="25">“लेखिएको लेखोट यस्‍तो छ: मेने, मेने, टेकेल, पर्सिन</verse>
				<verse number="26">“यी शब्‍दहरूको अर्थ यही हो: मेने: परमेश्‍वरले हजूरका राज्‍यका दिन गन्‍ती गर्नुभएको छ, र त्‍यसको अन्‍त गर्नुभएको छ।</verse>
				<verse number="27">	टेकेल: हजूर तराजूमा जोखिनुभएको छ, र हल्‍का भेट्टाइनुभएको छ।</verse>
				<verse number="28">	पेरेस: हजूरको राज्‍य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।”</verse>
				<verse number="29">त्‍यसपछि बेलसजरको हुकुममा दानिएललाई बैजनी वस्‍त्र पहिराइयो। तिनको गलामा सुनको सिक्री लगाइयो, र तिनलाई राज्‍यको तेस्रो सर्वोच्‍च शासक भनी घोषणा गरियो।</verse>
				<verse number="30">त्‍यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए,</verse>
				<verse number="31">अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्‍यो राज्‍य लिए।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">सम्‍पूर्ण राज्‍यको शासन गर्नलाई एक सय बीस जना प्रान्‍तका बड़ाहाकिमहरू नियुक्त गर्न दारालाई मन लाग्‍यो।</verse>
				<verse number="2">तीमाथि तीन जना अध्‍यक्ष नियुक्त गरिए, जसमध्‍ये दानिएल एक थिए। राजाको काममा हानि नहोस्‌ भनेर ती प्रान्‍तका बड़ाहाकिमहरू उनीहरूप्रति उत्तरदायी गराइए।</verse>
				<verse number="3">अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूका बीचमा यस्‍तो फरक देखाए कि राजाले तिनलाई सम्‍पूर्ण राज्‍यको शासक नियुक्त गर्ने योजना गरे।</verse>
				<verse number="4">तब अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्‍ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्‍न लागे, तर त्‍यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्‍टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्‍वासयोग्‍य थिए, र तिनी न त भ्रष्‍ट न लापरवाही नै थिए।</verse>
				<verse number="5">अन्‍तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्‍यवस्‍थासम्‍बन्‍धमा बाहेक, कुनै पनि आधार कहिल्‍यै पाउन सक्‍नेछैनौं।”</verse>
				<verse number="6">यसकारण अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्‌!</verse>
				<verse number="7">राजकीय अध्‍यक्षहरू, प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू, सबैले यो मन्‍जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्‍नुपर्छ र त्‍यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्‍म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्‍यस्‍ता व्‍यक्ति सिंहको खोरमा फालिनेछन्‌।</verse>
				<verse number="8">अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्‍नुहोस्, र खारेज हुन नसक्‍ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।”</verse>
				<verse number="9">यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले।</verse>
				<verse number="10">जब दानिएलले त्‍यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्‍नो घरको माथिल्‍लो तलाको कोठामा गए, जहाँ झ्‍यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्‍तै तिनी दिनमा तीन पल्‍ट घुँड़ा टेकी परमेश्‍वरलाई धन्‍यवाद दिँदै प्रार्थना गर्थे।</verse>
				<verse number="11">तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्‍वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए।</verse>
				<verse number="12">यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्‍य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्‍यो सिंहको खोरमा फ्‍याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्‍दैन, त्‍यो आदेश स्‍थायी छ।”</verse>
				<verse number="13">तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।”</verse>
				<verse number="14">जब राजाले यो कुरा सुने, उनी अत्‍यन्‍त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्‍तसम्‍मै हरप्रयास गरे।</verse>
				<verse number="15">त्‍यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस्‌ कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्‌लन सकिँदैन।”</verse>
				<verse number="16">यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई छुटकारा देऊन्!”</verse>
				<verse number="17">खोरको मुखमा एउटा ढुङ्गा ल्‍याएर राखियो, र दानिएलको अवस्‍थामा कुनै परिवर्तन नहोस्‌ भनेर राजाले आफ्‍नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए।</verse>
				<verse number="18">तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन।</verse>
				<verse number="19">बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए।</verse>
				<verse number="20">जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्‍वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?”</verse>
				<verse number="21">दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌!</verse>
				<verse number="22">मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।”</verse>
				<verse number="23">राजा अत्‍यन्‍तै खुशी भएर दानिएललाई खोरबाट निकाल्‍ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्‍ना परमेश्‍वरमाथि भरोसा गरेका थिए।</verse>
				<verse number="24">दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्‍याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्‍याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्‍दै सिंहहरूले उनीहरूमाथि झम्‍टेर उनीहरूका हड्डीहरूसमेत कर्‍याककुरुक पारेर खाए।</verse>
				<verse number="25">तब राजा दाराले साम्राज्‍यभित्रका हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूलाई यस्‍तो लेखे: “तिमीहरूलाई कल्‍याण होस्‌!</verse>
				<verse number="26">म यो आदेश जारी गर्दछु कि मेरो राज्‍यभरका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मान्‍नु र आदर गर्नुपर्छ। “किनभने उहाँ जिउँदो परमेश्‍वर हुनुहुन्‍छ, र उहाँ सधैँभरि रहनुहुन्‍छ। उहाँको राज्‍य नष्‍ट हुनेछैन, उहाँका प्रभुत्‍वको अन्‍त कहिल्‍यै हुनेछैन।</verse>
				<verse number="27">उहाँ छुटकारा दिनुहुन्‍छ र बचाउनुहुन्‍छ; उहाँ स्‍वर्गमा र पृथ्‍वीमा आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।”</verse>
				<verse number="28">यसकारण दाराको राज्‍यकाल र फारसी कोरेसको राज्‍यकालमा दानिएलको उन्‍नति भयो।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्यानमा पल्‍टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्‍यस सपनाको सार लेखे।</verse>
				<verse number="2">दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्‍थन गरिएका थिए।</verse>
				<verse number="3">एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्‍के।</verse>
				<verse number="4">“पहिलोचाहिँ सिंहजस्‍तै थियो, र त्‍यसका पखेटाहरू चीलका जस्‍तै थिए। त्‍यसका पखेटाहरू नचुँड़ाएसम्‍म मैले हेरिरहें, र त्‍यो मानिसजस्‍तै दुई खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्‍यसलाई एक जना मानिसको हृदय दिइयो।</verse>
				<verse number="5">“अनि मेरो अगि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्‍तै देखिन्‍थ्‍यो। त्‍यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्‍यसको मुखको दाँतहरूका बीचमा तीन वटा करङहरू थिए। त्‍यसलाई यस्‍तो आज्ञा दिइयो: ‘उठ्‌ र खानसक्‍ने जत्ति मासु खा!’</verse>
				<verse number="6">“त्‍यसपछि मैले हेरें, र त्‍यहाँ मेरो अगि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्‍तै देखिन्‍थ्‍यो। अनि त्‍यसको पिठिउँमा चराको जस्‍तै चार वटा पखेटाहरू थिए। त्‍यस पशुका चार वटा टाउकाहरू थिए, र त्‍यसलाई शासन गर्ने अधिकार दिइयो।</verse>
				<verse number="7">“त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए।</verse>
				<verse number="8">“जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्‍येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्‍ये तीन वटाचाहिँ त्‍यसको सामु जरैसमेत उखेलिए। मानिसका आँखाजस्‍तै त्‍यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्‍यसको मुख थियो।</verse>
				<verse number="9">जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्‍नो सिंहासनमा बस्‍नुभयो। उहाँका लुगा हिउँजस्‍तै सेता थिए, उहाँको शिरको केश ऊनजस्‍तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्‍वाला थियो, र त्‍यसका चक्‍काहरूमा दन्‍केको आगो थियो।</verse>
				<verse number="10">	उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्‍यायको निम्‍ति अदालतको बैठक बसेको थियो, र पुस्‍तकहरू खोलिए।</verse>
				<verse number="11">“तब यो सीङ बोलिरहेको अहङ्कारपूर्ण शब्‍दहरूको कारणले गर्दा मैले त्‍यसलाई हेर्दैरहें। त्‍यो पशु मारिएर त्‍यसको शरीर नष्‍ट पारी आगोको ज्‍वालामा नफ्‍याँकिएसम्‍म मैले हेर्दैरहें।</verse>
				<verse number="12">अरू पशुहरूको अधिकार खोसिएको थियो, तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो।</verse>
				<verse number="13">“राती मैले मेरो दर्शनमा हेरें, र त्‍यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्‍थित गराइनुभयो।</verse>
				<verse number="14">उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्‍व अनन्‍तसम्‍म रहने प्रभुत्‍व छ, जुनचाहिँ कहिल्‍यै टल्‍नेछैन, र उहाँको राज्‍य त्‍यो हो जुन कहिल्‍यै नष्‍ट हुनेछैन।</verse>
				<verse number="15">“म, दानिएल, आत्‍मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्‍याए।</verse>
				<verse number="16">त्‍यहाँ उभिएकाहरूमध्‍ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्‍य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए:</verse>
				<verse number="17">‘चार ठूला पशुहरूचाहिँ पृथ्‍वीमा खड़ा हुने चार राज्‍यहरू हुन्‌।</verse>
				<verse number="18">तर सर्वोच्‍चका पवित्र जनहरूले यो राज्‍य पाउनेछन्‌ र सदासर्वदाको लागि अधिकार गर्नेछन्‌— हो, सदासर्वदाको लागि’।</verse>
				<verse number="19">“तब मैले त्‍यो चौथो जनावरको साँचो अर्थ जान्‍न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्‌ग्रा भएको अरूभन्‍दा फरक र अत्‍यन्‍तै डरलाग्‍दो थियो— त्‍यो जनावर जसले आफ्‍नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्‍यो।</verse>
				<verse number="20">मैले त्‍यसको टाउकोमा भएका दश सीङका बारेमा र त्‍यहाँबाट निस्‍केको अर्को सीङको बारेमा पनि जान्‍न चाहें, जसको सामु तीमध्‍ये तीन वटा सीङ झरे— त्‍यो सीङ जो अरूभन्‍दा प्रभावशाली देखिन्‍थ्‍यो र जसका आँखा र अभिमानपूर्ण कुरा गर्ने मुख थिए।</verse>
				<verse number="21">जसै मैले हेरें, त्‍यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्‍त गर्दैथियो,</verse>
				<verse number="22">जबसम्‍म ती अति प्राचीन आएर सर्वोच्‍चका पवित्र जनहरूको पक्षमा इन्‍साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्‍य अधिकार गरे।</verse>
				<verse number="23">“तिनले मलाई यसरी बताए: ‘चौथो जनावरचाहिँ पृथ्‍वीमा देखा पर्ने चौथो राज्‍य हो। योचाहिँ अरू राज्‍यहरूभन्‍दा फरक हुनेछ र समस्‍त पृथ्‍वीलाई कुल्‍चीमिल्‍ची पारी निल्‍नेछ।</verse>
				<verse number="24">दश सीङहरू त्‍यस राज्‍यबाट आएका दश राजाहरू हुन्‌। त्‍यसपछि पहिलेको भन्‍दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।</verse>
				<verse number="25">उसले सर्वोच्‍चको विरुद्धमा बोल्‍नेछ र उहाँका पवित्र जनहरूलाई अत्‍याचार गर्नेछ र ठहर्‍याइएका समय र व्‍यवस्‍थाहरू फेर्न प्रयत्‍न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्‍म उसको हातमा सुम्‍पिइनेछन्‌।</verse>
				<verse number="26">“तर अदालत बस्‍नेछ, र त्‍यसको अधिकार खोसिनेछ र सदाको निम्‍ति पूर्ण रूपले नाश गरिनेछ।</verse>
				<verse number="27">तब सम्‍पूर्ण स्‍वर्गमुनिका राज्‍यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्‍चका मानिसहरू, अर्थात्‌ पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्‍य अनन्‍तको राज्‍य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्‌।</verse>
				<verse number="28">“कुराको अन्‍त यही हो। म, दानिएल, मेरा विचारहरूले गर्दा अत्‍यन्‍तै बेचैन भएँ, र मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्‍नो मनैमा राखें।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">अघिल्‍लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्‍यकालको तेस्रो वर्षमा म, दानिएलले एउटा अर्को दर्शन देखें।</verse>
				<verse number="2">मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्‍लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।</verse>
				<verse number="3">मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्‍ये एउटा अर्कोभन्‍दा लामो थियो, तर त्‍यो पछि उम्रेको थियो।</verse>
				<verse number="4">त्‍यो भेड़ाले पश्‍चिम र उत्तर र दक्षिणतिर हानिरहेको मैले हेरें। त्‍यसको विरुद्धमा कोही पनि खड़ा हुन सकेन र कसैले पनि त्‍यसको शक्तिबाट छुटाउन सकेन। त्‍यसले जे इच्‍छा लाग्‍यो, त्‍यही गर्‍यो र महान्‌ बन्‍यो।</verse>
				<verse number="5">जसै मैले यसबारे विचार गर्दैथिएँ, अचानक आँखाहरूका बीचमा एउटा विशेष सीङ भएको एउटा बोका जमिनलाई नछोइकन पूरा पृथ्‍वीलाई पार गर्दै पश्‍चिमबाट आयो।</verse>
				<verse number="6">मैले देखेको नहरको छेउमा खड़ा भएको दुई सीङ्गे भेड़ातिर त्‍यो आयो र ठूलो झोँकले त्‍यसलाई हान्‍यो।</verse>
				<verse number="7">रीसले चूर भई त्‍यसले भेड़ालाई आक्रमण गरी हानेर त्‍यसका दुई वटै सीङ भाँचिदिएको मैले देखें। त्‍यसको विरुद्ध खड़ा हुन त्‍यो भेड़ा शक्तिहीन थियो। त्‍यस बोकाले त्‍यसलाई जमिनमा पछारिदियो र त्‍यसमाथि टेक्‍यो, र त्‍यसको शक्तिबाट भेड़ालाई छुटाउन कसैले पनि सकेन।</verse>
				<verse number="8">त्‍यो बोको अति ठूलो भयो, तर त्‍यसका शक्तिको चरम सीमामा त्‍यसको विशाल सीङ भाँचियो र त्‍यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सीङहरू उम्रे।</verse>
				<verse number="9">तिनीहरूमध्‍येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्‍दर भूमितिर शक्तिशाली हुँदै बढ्‌दैगयो।</verse>
				<verse number="10">स्‍वर्गका सेनाहरूसम्‍म नपुगुञ्‍जेल त्‍यो बढ्‌दैगयो, र त्‍यसले केही ताराका दललाई तल पृथ्‍वीमा खसाल्‍यो र तीमाथि खुट्टाले कुल्‍च्‍यो।</verse>
				<verse number="11">त्‍यसले आफैलाई राजकुमार जत्तिकै महान्‌ तुल्‍यायो। त्‍यसले उहाँबाट दैनिक बलिदान खोस्‍यो, र उहाँको पवित्रस्‍थान तल झारियो।</verse>
				<verse number="12">विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्‍यसलाई सुम्‍पियो। त्‍यसले गरेका सबै काममा त्‍यो सफल भयो, र सत्‍यलाई भूइँमा फ्‍याँकियो।</verse>
				<verse number="13">त्‍यसपछि मैले एउटा पवित्र जनले बोलेको सुनें, र अर्का पवित्र जनले उनलाई भने, “यो दर्शन पूरा हुन कति समय लाग्‍ला— अर्थात्, दैनिक बलिदान, उजाड़ पार्ने विद्रोह, र पवित्रस्‍थान र सेनालाई खुट्टाले कुल्‍चिनेसम्‍बन्‍धी दर्शन पूरा हुन कति समय लाग्‍ला?”</verse>
				<verse number="14">उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्‍नेछ, तब पवित्रस्‍थानको पून:अर्पण हुनेछ।”</verse>
				<verse number="15">जसै म, दानिएल, दर्शन हेर्दैथिएँ र त्‍यो बुझ्‍न कोशिश गर्दैथिएँ, मानिसको रूपमा एक जना मेरो सामु उभिए।</verse>
				<verse number="16">अनि मैले ऊलैबाट यसो भनेर बोलाएको मानिसको स्‍वर सुनें, “हे गब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”</verse>
				<verse number="17">जसै तिनी म उभिएको ठाउँ नजिक आए, म डरले भयभीत भएर लम्‍पसार परें। तिनले मलाई भने, “हे मानिसको पुत्र, यो बुझ कि दर्शनले अन्‍तको समयलाई सङ्केत गर्दछ।”</verse>
				<verse number="18">तिनले मसँग बोल्‍दैगर्दा, मेरो अनुहार भूइँमा थियो र म मस्‍त निद्रामा थिएँ। तब तिनले मलाई छोएर मेरो खुट्टामा उभ्‍याए।</verse>
				<verse number="19">तिनले भने, “क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्‍तको समयलाई बताउँदछ।</verse>
				<verse number="20">तिमीले देखेको त्‍यस दुई सीङे भेड़ाले मादी र फारसका राजाहरूलाई जनाउँछ।</verse>
				<verse number="21">त्‍यो रौँले ढाकेको बोकाचाहिँ ग्रीसको राजा हो, र त्‍यसका आँखाका बीचमा भएको ठूलो सीङ त्‍यसको प्रथम राजा हो।</verse>
				<verse number="22">त्‍यस भाँचिएको सीङको सट्टामा उम्रेका चार सीङहरूचाहिँ त्‍यसैबाट निस्‍केका चार राज्‍यहरू हुन्, तर पहिलो राज्‍यजस्‍तो ती बलिया हुनेछैनन्‌।</verse>
				<verse number="23">तिनीहरूका राज्‍यकालका पछिल्‍ला दिनहरूमा जब विद्रोहीहरूको दुष्‍टता चरम सीमामा पुगेको हुनेछ, तब एक जना हठी, षड्‌यन्‍त्रमा पोख्‍त राजा उठ्‌नेछ।</verse>
				<verse number="24">त्‍यो धेरै बलवान्‌ हुनेछ, तर त्‍यसको आफ्‍नो शक्तिले होइन। त्‍यसले अचम्‍मको विध्‍वंस ल्‍याउनेछ, र जे गर्छ त्‍यसमा सफल हुनेछ। त्‍यसले शक्तिशाली मानिसहरू र पवित्र जनहरूलाई नाश गर्नेछ।</verse>
				<verse number="25">त्‍यसले छललाई सफल पार्नेछ र आफैलाई उच्‍च ठान्‍नेछ। जब तिनीहरूले सुरक्षाको महसूस गर्छन्, त्‍यसले धेरैलाई नष्‍ट गर्नेछ र राजकुमारहरूका राजकुमारको विरुद्धमा त्‍यो खड़ा हुनेछ। तापनि त्‍यो नष्‍ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा होइन।</verse>
				<verse number="26">“तिमीलाई दिइएको साँझहरू र बिहानहरूसम्‍बन्‍धी दर्शन सत्‍य छ, तर त्‍यो दर्शनलाई मोहोर लगाई बन्‍द गर, किनभने यो धेरै पछिको भविष्‍यसँग सम्‍बन्‍धित छ।”</verse>
				<verse number="27">म, दानिएल, अति थकित भएँ र केही दिनसम्‍म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्‍धामा लागें। दर्शनको कारण म व्‍याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्‍यका शासक तुल्‍याइएका थिए—</verse>
				<verse number="2">उनका राज्‍यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्‍त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्‍था सत्तरी वर्षसम्‍म रहनेछ।</verse>
				<verse number="3">यसकारण म उपवाससाथ भाङ्‌ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्‍तर्बिन्‍ती गर्दै परमप्रभु परमेश्‍वरतिर फर्कें।</verse>
				<verse number="4">मैले पाप स्‍वीकार गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान्‌ र भययोग्‍य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्‍छ,</verse>
				<verse number="5">हामीले पाप गरेका छौं र गल्‍ती गरेका छौं। हामी दुष्‍ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं।</verse>
				<verse number="6">हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्‍यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्‍यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।</verse>
				<verse number="7">“परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तर तपाईंप्रति भएको विश्‍वासघातको कारणले सबै देशहरूमा छरपष्‍ट पारिएका नजिक र टाढ़ा बस्‍ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं।</verse>
				<verse number="8">हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं।</verse>
				<verse number="9">हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्‍वर कृपालु र क्षमाशील हुनुहुन्‍छ।</verse>
				<verse number="10">हामीले परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं।</verse>
				<verse number="11">तपाईंको आज्ञापालन गर्न अस्‍वीकार गरी सम्‍पूर्ण इस्राएलले तपाईंको व्‍यवस्‍था भङ्ग गरेका छन्‌ र तपाईंदेखि टाढ़ा भएका छन्‌। “यसकारण परमेश्‍वरका सेवक मोशाको व्‍यवस्‍थामा उल्‍लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्‍याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं।</verse>
				<verse number="12">हामीमाथि ठूलो विपत्ति ल्‍याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्‍नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्‍यै नगरिएको व्‍यवहार गरिएको छ।</verse>
				<verse number="13">मोशाको व्‍यवस्‍थामा लेखिएजस्‍तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्‍ना पापदेखि फर्की तपाईंको सत्‍यतालाई ध्‍यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कृपा खोजेका छैनौं।</verse>
				<verse number="14">हामीमाथि विपत्ति ल्‍याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्‍वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्‍छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं।</verse>
				<verse number="15">“अब हे परमप्रभु हाम्रा परमेश्‍वर, जसले आफ्‍ना जनहरूलाई शक्तिशाली हातले मिश्रदेशबाट ल्‍याउनुभयो र आजको दिनसम्‍म आफ्‍नो नाम स्‍थिर राख्‍नुभएको छ, हामीले पाप गरेका छौं, हामीले गल्‍ती गरेका छौं।</verse>
				<verse number="16">हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्‍नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्‍लाका पात्र बनेका छन्‌।</verse>
				<verse number="17">“अब हे हाम्रा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र अन्‍तर्बिन्‍ती सुन्‍नुहोस्‌। हे परमप्रभु, तपाईंको आफ्‍नै खातिर आफ्‍नो उजाड़ पारिएको पवित्रस्‍थानमाथि कृपा-दृष्‍टि राखिदिनुहोस्‌।</verse>
				<verse number="18">हे परमेश्‍वर, आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌ र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्‍था हेर्नुहोस्‌। हामी धर्मी छौं भनेर यो बिन्‍ती गरेका छैनौं, तर तपाईंको महान्‌ कृपाको कारणले।</verse>
				<verse number="19">हे परमप्रभु, सुन्‍नुहोस्‌! हे परमप्रभु, क्षमा गर्नुहोस्‌! हे परमप्रभु, सुन्‍नुहोस्‌ र कारबाही गर्नुहोस्‌। हे मेरा परमेश्‍वर, आफ्‍नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्‌।”</verse>
				<verse number="20">जसै म बोल्‍दै र प्रार्थना गर्दै, मेरो आफ्‍नै पाप र मेरा इस्राएली जातिको पाप स्‍वीकार गर्दै र उहाँको पवित्र डाँड़ाको लागि परमप्रभु मेरा परमेश्‍वरसँग बिन्‍ती गर्दैथिएँ—</verse>
				<verse number="21">जसै म प्रार्थनामा नै थिएँ, पहिलेको दर्शनमा मैले देखेका मानिस, गब्रिएल, साँझका बलिदानको समयमा वेगसँग उड़ेर मकहाँ आए।</verse>
				<verse number="22">उनले मलाई आदेश दिए र भने, “हे दानिएल, अहिले म तिमीलाई अन्‍तर्ज्ञान र समझ दिन आएको छु।</verse>
				<verse number="23">तिमीले प्रार्थना गर्न थाल्‍ने बित्तिकै प्रार्थनाको उत्तर दिइयो, जुनचाहिँ तिमीलाई बताउन म आएको छु, किनकि तिमी अति सम्‍मानित छौ। त्‍यसकारण सन्‍देशलाई विचार गर र दर्शन बुझ।</verse>
				<verse number="24">“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्‍ति अपराध खतम पार्न, पाप समाप्‍त गर्न, दुष्‍टताको लागि प्रायश्‍चित गर्न, अनन्‍त धार्मिकता ल्‍याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्‍द गर्न र महापवित्रस्‍थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ को आदेश तोकिएको छ।</verse>
				<verse number="25">“यो जान र बुझ, यरूशलेमको पुनर्स्‍थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात्‌ एक शासक नआउञ्‍जेलसम्‍म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्‌। गल्‍ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दु:खको समयमा।</verse>
				<verse number="26">बयसट्ठी ‘सातहरू’ पछि ती अभिषिक्त जन हटाइनेछन्‌ र तिनीसँग केही पनि रहनेछैन। शासकका मानिसहरू आएर त्‍यस सहर र पवित्रस्‍थानलाई विनाश गर्नेछन्‌। अन्‍त बाढ़ीझैँ आउनेछ: लड़ाइँ अन्‍तसम्‍म रहनेछ, र उजाड़ अवस्‍थाहरूको आदेश जारी भएको छ।</verse>
				<verse number="27">धेरै जनासित एक ‘सात’ को लागि तिनले एउटा करारको सदर गर्नेछन्‌। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन्‌। अनि मन्‍दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्‍म तिनीमाथि आदेश गरिएको अन्‍त खन्‍याइनेछैन।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्‍थ्‍यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्‍देश सत्‍य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ तिनलाई दर्शनमा प्राप्‍त भएको थियो।</verse>
				<verse number="2">त्‍यस बेला म, दानिएल, तीन हप्‍तासम्‍म शोक गर्दैरहें।</verse>
				<verse number="3">मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्‍यो, र तीन हप्‍ता नबितेसम्‍म मैले कुनै पनि किसिमको तेल घसिनँ।</verse>
				<verse number="4">पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ,</verse>
				<verse number="5">मैले माथि हेरें र मेरो अगि कम्‍मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें।</verse>
				<verse number="6">तिनको शरीर पीतमणिजस्‍तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्‍कन्‍थ्‍यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्‍काइएको काँसोजस्‍तै र तिनको स्‍वर ठूलो भीड़को स्‍वरझैँ थिए।</verse>
				<verse number="7">म, दानिएलले मात्र त्‍यो दर्शन देखें। मसँग भएका मानिसहरूले त्‍यो देखेनन्, तर तिनीहरूलाई यति डर आयो कि तिनीहरू भागे र आफै लुके।</verse>
				<verse number="8">यसकारण म त्‍यस महान्‌ दर्शन हेर्दैरहेको अवस्‍थामा एकलै छोड़िएँ। ममा कुनै बल बाँकी रहेन, मेरो अनुहार मरेतुल्‍य पहेँलो भयो र म असहाय भएँ।</verse>
				<verse number="9">तब तिनले बोलेका मैले सुनें र जसै मैले तिनको कुरा सुनें, म जमिनमा घोप्‍टो परेर मस्‍त निद्रामा परें।</verse>
				<verse number="10">एउटा हातले मलाई छोयो र म डरले कामेकै अवस्‍थामा मेरा हात र घुँड़ामा उभिन लगायो।</verse>
				<verse number="11">तिनले भने, “दानिएल, तिमी जो अति नै सम्‍मान गरिएका छौ, मैले तिमीलाई भन्‍न लागेका वचनहरूमा राम्रोसँग विचार गर, र खड़ा होऊ, किनभने म तिमीकहाँ पठाइएको छु।” जब तिनले यो मलाई भने, म डरले थरथर काम्‍दै उभिएँ।</verse>
				<verse number="12">तिनले भन्‍दैगए, “नडराऊ दानिएल, तिमीले आफ्‍नो मन समझतिर लगाएको र तिम्रा परमेश्‍वरको सामु आफैलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै तिम्रा शब्‍दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु।</verse>
				<verse number="13">तर फारस राज्‍यका राजकुमारले मलाई एक्‍काईस दिनसम्‍म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्‍ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्‍यहीँ रोकिएँ।</verse>
				<verse number="14">अब म भविष्‍यमा तिम्रा मानिसहरूलाई के हुनेछ भन्‍ने कुरा बुझाउन तिमीकहाँ आएको छु, किनभने दर्शनचाहिँ पछि हुने कुरासँग सम्‍बन्‍धित छ।”</verse>
				<verse number="15">तिनले मलाई यसो भन्‍दैगर्दा मैले आफ्‍नो शिर निहुराएँ र लाटो भएँ।</verse>
				<verse number="16">अनि मानिसजस्‍तै देखिने एक जनाले मेरो ओठ छोए, र मैले आफ्‍नो मुख खोलेर बोल्‍न लागें। मेरो सामु उभिएकालाई मैले भनें, “मेरा प्रभु, दर्शनको कारणले गर्दा म वेदनाग्रस्‍त र असहाय भएको छु।</verse>
				<verse number="17">म, हजूरको सेवक, कसरी हजूरसँग कुरा गर्न सक्‍छु र, मेरा प्रभु? मेरो ताकत गइसकेको छ र सास फेर्न पनि मुश्‍किल परेको छ।”</verse>
				<verse number="18">फेरि ती मानिसजस्‍तो देखिने व्‍यक्तिले मलाई छोएर ताकत दिए।</verse>
				<verse number="19">तिनले भने, “उच्‍च सम्‍मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्‍ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्‍नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।”</verse>
				<verse number="20">यसकारण तिनले भने, “म तिमीकहाँ किन आएको छु, तिमीलाई थाहा छ? फारसका राजकुमारको विरुद्ध लड्‌नलाई म छिटै फर्कनेछु, र जब म जान्‍छु, ग्रीसका राजकुमार आउनेछन्‌।</verse>
				<verse number="21">तर सत्‍यको पुस्‍तकमा के लेखिएको छ, पहिले म तिमीलाई बताउनेछु। तिम्रा राजकुमार मिखाएलले बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्धमा लड्‌न मलाई मदत गर्दैनन्‌।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">“मादी दाराको प्रथम वर्षमा उनलाई मदत गर्न र रक्षा गर्न म खड़ा भएँ।</verse>
				<verse number="2">“अब म तिमीलाई सत्‍य कुरा बताउँछु: फारसका अरू तीन राजाहरू देखा पर्नेछन्‌ र त्‍यसपछि ती सबैभन्‍दा धनी अर्का चौथा पनि निस्‍कनेछन्‌। जब उनले आफ्‍नो सम्‍पत्तिद्वारा शक्ति प्राप्‍त गर्नेछन्, उनले सबैलाई ग्रीस राज्‍यको विरुद्ध उक्‍साउनेछन्‌।</verse>
				<verse number="3">त्‍यसपछि एक जना शक्तिशाली राजा खड़ा हुनेछन्, जसले आफ्‍नो ठूलो शक्तिसाथ शासन गर्नेछन्‌ र जे मन लाग्‍यो त्‍यही गर्नेछन्‌।</verse>
				<verse number="4">उनी खड़ा भएपछि, उनको साम्राज्‍य टुक्रिनेछ र स्‍वर्गका चार बतासतिर बाँड़िनेछ। त्‍यो उनका सन्‍तानहरूले पाउनेछैनन्, न त उनले चलाएको अधिकार त्‍यसको हुनेछ, किनभने उनको साम्राज्‍य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।</verse>
				<verse number="5">“दक्षिणका राजा बलिया हुनेछन्, तर उनका सेनापतिहरूमध्‍ये एक जना उनीभन्‍दा अझ बलिया हुनेछन्‌ र ठूलो शक्तिसाथ तिनले आफ्‍नै राज्‍यको शासन गर्नेछन्‌।</verse>
				<verse number="6">केही वर्षपछि उनीहरू मित्र बन्‍नेछन्‌। एउटा सन्‍धि गर्नका लागि दक्षिणका राजाकी छोरी उत्तरका राजाकहाँ जानेछिन्, तर तिनले आफ्‍नो शक्ति कायम गर्नेछैनन्, र उनी र उनको शक्ति दिगो रहनेछैनन्‌। ती दिनमा तिनका राजकीय रक्षकहरू र तिनका पिता र तिनका समर्थकका साथ तिनी सुम्‍पिइनेछिन्‌।</verse>
				<verse number="7">“तिनको स्‍थान लिनका निम्‍ति एक जना तिनको वंशबाट उठ्‌नेछन्‌। उनले उत्तरका राजाको सैन्‍य शक्तिमाथि आक्रमण गर्नेछन्‌ र उनको किल्‍लाभित्र प्रवेश गर्नेछन्‌। उनले तिनीहरूका विरुद्ध लड़ाइँ गर्नेछन्‌ र विजयी हुनेछन्‌।</verse>
				<verse number="8">उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्‍य भाँड़ाकुँड़ाहरू पनि जफत गर्नेछन्‌ र मिश्रदेशतिर लैजानेछन्‌। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्‌नेछन्‌।</verse>
				<verse number="9">तब उत्तरका राजाले दक्षिणका राजाको राज्‍यमाथि हमला गर्नेछन्‌ तर उनी आफ्‍नै देशमा फर्कनेछन्‌।</verse>
				<verse number="10">उनका छोराहरूले लड़ाइँको लागि तयार गर्नेछन्‌ र विशाल सेना जम्‍मा गर्नेछन्, जसले रोक्‍न नसक्‍ने बाढ़ले झैँ जित्‍दै किल्‍लासम्‍मै लड़ाइँ पुर्‍याउनेछ।</verse>
				<verse number="11">“तब दक्षिणका राजा क्रोधित भएर उत्तरका राजाको विरुद्धमा लड़ाइँ गर्न निस्‍कनेछन्, जसले ठूलो सेना उठाउनेछन्‌ तर त्‍यो सेना हार्नेछ।</verse>
				<verse number="12">जब त्‍यो सेना लगिन्‍छ, दक्षिणका राजाले घमण्‍डले फुलेर हजारौँलाई मार्नेछन्, तैपनि उनी विजयी रहनेछैनन्‌।</verse>
				<verse number="13">किनभने उत्तरका राजाले पहिलोभन्‍दा ठूलो सेना तयार गर्नेछन्‌ र केही वर्षपछि उसले सामानले सुसज्‍जित एउटा ठूलो भयङ्कर सेनासित अगि बढ्‌नेछन्‌।</verse>
				<verse number="14">“ती दिनहरूमा धेरै जना दक्षिणका राजाको विरुद्धमा उठ्‌नेछन्‌। यो दर्शन पूरा गर्न तिम्रो आफ्‍नै जातिका मानिसहरूमध्‍येबाटै हिंसात्‍मक मानिसहरू निस्‍कनेछन्‌ तर सफल हुनेछैनन्‌।</verse>
				<verse number="15">त्‍यसपछि उत्तरका राजा आएर घेरा मचान बनाई पर्खालले घेरिएको सहरलाई कब्‍जा गर्नेछन्‌। दक्षिणको सेना त्‍यसको सामना गर्न शक्तिहीन हुनेछ, तिनीहरूका उत्‍कृष्‍ट टोलीहरू पनि खड़ा हुन सक्‍नेछैनन्‌।</verse>
				<verse number="16">आक्रमणकारीले इच्‍छा लागेअनुसार गर्नेछन्, कोही पनि उनको विरुद्ध खड़ा हुन सक्‍नेछैन। उनले आफैलाई त्‍यो सुन्‍दर देशमा बसाल्‍नेछन्‌ र उनीसित त्‍यसलाई नाश गर्ने शक्ति हुनेछ।</verse>
				<verse number="17">उनले आफ्‍नो सम्‍पूर्ण राज्‍यको शक्तिसाथ आउने निर्णय गर्नेछन्‌ र दक्षिणका राजासँग सन्‍धि गर्नेछन्‌। अनि त्‍यो राज्‍य पराजित गर्नलाई उनले आफ्‍नी छोरी तिनलाई विवाह गर्न दिनेछन्, तर उनको योजना सफल हुनेछैन न त उनलाई मदत नै हुनेछ।</verse>
				<verse number="18">तब उनले आफ्‍नो ध्‍यान समुद्री किनारका देशहरूतिर लगाउनेछन्‌ र तीमध्‍ये धेरैलाई लिनेछन्, तर एक जना सेनापतिले उनको उच्‍चोपनको अन्‍त गर्नेछन्‌ र उनको उच्‍चोपन उनीमाथि नै फर्काउनेछन्‌।</verse>
				<verse number="19">यसपछि उनी आफ्‍नै देशका किल्‍लाहरूतर्फ फर्कनेछन्, तर फेरि कहिल्‍यै नदेखिने गरी उनी ठेस खानेछन्‌ र पतित हुनेछन्‌।</verse>
				<verse number="20">राजकीय वैभवलाई कायम राख्‍न उनका उत्तराधिकारीले एक जना कर उठाउने व्‍यक्तिलाई पठाउनेछन्‌। तर केही वर्षमा नै कुनै रीसभाव वा लड़ाइँमा नपरीकनै यिनी नाश गरिनेछन्‌।</verse>
				<verse number="21">“राजकीय सम्‍मान नपाएको एक तिरस्‍कृत व्‍यक्तिद्वारा उनको स्‍थान लिइनेछ। जब मानिसहरूले सुरक्षाको महसूस गरिरहेका हुनेछन्, त्‍यसले त्‍यस राज्‍यमाथि आक्रमण गर्नेछ र त्‍यसले षड्‌यन्‍त्रद्वारा त्‍यस राज्‍यलाई लिनेछ।</verse>
				<verse number="22">त्‍यसपछि त्‍यसको सामु एक जना शक्तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्‌।</verse>
				<verse number="23">त्‍यससँग सन्‍धि गरिसकेपछि त्‍यसले छलपूर्ण तरीकाले काम गर्नेछ र थोरै मानिसहरूसहित त्‍यसले अधिकार जमाउनेछ।</verse>
				<verse number="24">सबैभन्‍दा धनी प्रान्‍तहरूले सुरक्षाको महसूस गरिराखेको बेला त्‍यसले तिनीहरूमाथि आक्रमण गर्नेछ, र त्‍यसका पिता-पुर्खाहरूले नगरेका काम त्‍यसले गर्नेछ। त्‍यसले लुटेका सामान र सम्‍पत्तिहरू आफ्‍नो पछि लाग्‍नेहरूका बीचमा बाँड्‌नेछ। त्‍यसले किल्‍लाहरूका हारको निम्‍ति षड्‌यन्‍त्र गर्नेछ— तर थोरै समयको लागि मात्र।</verse>
				<verse number="25">“ठूलो सेनाका साथ दक्षिणका राजाको विरुद्ध त्‍यसले आफ्‍नो बल र साहसलाई उत्तेजित पार्नेछ। दक्षिणका राजाले एक विशाल र अत्‍यन्‍तै शक्तिशाली सेना उठाएर लड़ाइँ गर्नेछन्, तर उनको विरुद्धमा रचिएका षड्‌यन्‍त्रको कारण उनी खड़ा हुन सक्‍नेछैनन्‌।</verse>
				<verse number="26">उनकै खाना खानेहरूले उनलाई नष्‍ट पार्न प्रयत्‍न गर्नेछन्‌। उनको सेना परास्‍त गरिनेछ र धेरै जना लड़ाइँमा मर्नेछन्‌।</verse>
				<verse number="27">ती दुई राजाहरू दुष्‍ट हृदय लिएर एउटै टेबिलमा बसेर एक-अर्कासँग झूट बोल्‍नेछन्, तर कुनै लाभ मिल्‍नेछैन, किनभने अन्‍तको दिनचाहिँ तोकिएको समयमा नै आउनेछ।</verse>
				<verse number="28">ठूलो सम्‍पत्तिको साथ उत्तरको राजा आफ्‍नै देशमा फर्कनेछ, तर त्‍यसको हृदय पवित्र करारको विरुद्ध हुनेछ। त्‍यसले यसको विरुद्ध काम गर्नेछ, अनि आफ्‍नै देशमा फर्कनेछ।</verse>
				<verse number="29">“तोकिएको समयमा त्‍यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्‍टको परिणाम पहिलाको भन्‍दा फरक हुनेछ।</verse>
				<verse number="30">पश्‍चिमी किनारका देशहरूबाट त्‍यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्‍यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्‍यसले आफ्‍नो रीस पोख्‍नेछ। त्‍यो फर्कनेछ र त्‍यसले पवित्र करार त्‍याग्‍नेहरूलाई कृपा देखाउनेछ।</verse>
				<verse number="31">“त्‍यसको सशस्‍त्र सेना मन्‍दिरको किल्‍लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्‍नेछ। त्‍यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्‍थापना गर्नेछन्‌।</verse>
				<verse number="32">करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌।</verse>
				<verse number="33">“जो बुद्धिमान्‌ छन्, तिनीहरूले धेरै मानिहरूलाई शिक्षा दिनेछन्, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्‍नेछन्‌ वा आगोले जलाइनेछन्‌ वा कैदमा पर्नेछन्‌ वा लुटिनेछन्‌।</verse>
				<verse number="34">जब तिनीहरू यसमा लड्‌नेछन्, तिनीहरूले थोरै सहायता पाउनेछन्, र जो ईमानदार छैनन्, उनीहरू सामेल हुनेछन्‌।</verse>
				<verse number="35">बुद्धिमान्‌हरूमध्‍ये केहीले ठेस खानेछन्, यसरी तिनीहरू अन्‍तको दिनसम्‍मको लागि खारिऊन्, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्, किनभने त्‍यो दिन तोकिएको समयमा आउनेछ।</verse>
				<verse number="36">“त्‍यस राजाले जे मन लाग्‍यो त्‍यही गर्नेछ। उसले आफैलाई हरेक देवभन्‍दा माथि उचाल्‍नेछ र देवहरूका पनि परमेश्‍वरको विरुद्धमा कहिल्‍यै नसुनिएका कुरा गर्नेछ। क्रोधको समय समाप्‍त नहोउञ्‍जेल त्‍यो सफल हुनेछ, किनभने जे निश्‍चय गरिएको छ, त्‍यो पूरा हुनैपर्छ।</verse>
				<verse number="37">आफ्‍ना पिता-पुर्खाहरूका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवको पनि उसले वास्‍ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्‍ता गर्छ, तर त्‍यसले आफैलाई ती सबैभन्‍दामाथि उचाल्‍नेछ।</verse>
				<verse number="38">तिनीहरूका सट्टा उसले किल्‍लाहरूको एउटा देवतालाई मान गर्नेछ, आफ्‍ना पिता-पुर्खाले नजानेको देवतालाई सुन र चाँदी, बहुमूल्‍य पत्‍थरहरू र दामी उपहारहरू चढ़ाएर मान गर्नेछ।</verse>
				<verse number="39">उसले एक विदेशी देवताको सहायताले सबैभन्‍दा शक्तिशाली किल्‍लाहरूमाथि आक्रमण गर्नेछ र उसलाई मान्‍नेहरूलाई उसले ठूलो सम्‍मान गर्नेछ। उसले उनीहरूलाई धेरै मानिसहरूमाथि शासकहरू तुल्‍याउनेछ र एउटा मूल्‍यमा जमिन वितरण गर्नेछ।</verse>
				<verse number="40">“अन्‍तको समयमा दक्षिणका राजाले ऊसँग लड़ाइँ गर्नेछन्, र उत्तरको राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैँ आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढ़ीझैँ तिनीहरूमाथि बग्‍नेछ।</verse>
				<verse number="41">उसले त्‍यस सुन्‍दर देशलाई पनि हमला गर्नेछ। धेरै देशहरूको पतन हुनेछ, तर एदोम, मोआब र अम्‍मोनका अगुवाहरूचाहिँ उसको हातबाट बचाइनेछन्‌।</verse>
				<verse number="42">उसले धेरै देशहरूमाथि आफ्‍नो शक्ति फैलाउनेछ, मिश्रदेश उम्‍कनेछैन।</verse>
				<verse number="43">उसले लिबियालीहरू र कूशीहरूलाई अधीनमा पारेर मिश्रदेशका सुन र चाँदी र सबै सम्‍पत्तिहरू आफ्‍नो नियन्‍त्रणमा लिनेछ।</verse>
				<verse number="44">तर पूर्व र उत्तरबाट आएका खबरहरूले उसलाई तर्साउनेछन्‌ र ऊ अति क्रोधित भएर धेरैलाई विनाश र नामेट पार्न अगि बढ्‌नेछ।</verse>
				<verse number="45">उसले त्‍यस सुन्‍दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्‍ना राजकीय पालहरू खड़ा गर्नेछ। तापनि उसको अन्‍त हुनेछ र कसैले पनि उसलाई सहायता गर्नेछैन।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">“त्‍यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्‌। यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो कहिल्‍यै भएको छैन। तर त्‍यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्‍तकमा नाम लेखिएका सबै— बचाइनेछन्‌।</verse>
				<verse number="2">पृथ्‍वीको धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्‍त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्‍त तिरस्‍कारको लागि।</verse>
				<verse number="3">बुद्धिमान्‌हरू आकाशको चमकजस्‍तै र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ ताराहरूजस्‍तै सदासर्वदै चम्‍किरहनेछन्‌।</verse>
				<verse number="4">तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्‍तको समयसम्‍म बन्‍द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्‌।”</verse>
				<verse number="5">तब म, दानिएलले हेरें र मेरो सामु अरू दुई जना उभिए, एक जना नदीको यतापट्टि किनारमा र एक जना अर्कोपट्टि किनारमा।</verse>
				<verse number="6">तीमध्‍ये एक जनाले नदीको पानीमाथि हुने मलमलको लुगा लगाउनेलाई भने, “यी अचम्‍मका कुराहरू पूरा हुन अघि कति समय लाग्‍ला?”</verse>
				<verse number="7">त्‍यस नदीका पानीमाथि हुने मलमलको लुगा लगाएका मानिसले आफ्‍नो दायाँ हात र बायाँ हात स्‍वर्गतिर उठाए, र सदासर्वदा रहनुहुनेको नाममा यसो भनेर तिनले शपथ खाएका मैले सुनें, “यो साढ़े तीन वर्षका निम्‍ति हुनेछ। जब पवित्र जनहरूको शक्ति अन्‍तमा: तोड़िनेछ, तब यी सबै कुरा पूरा हुनेछन्‌।”</verse>
				<verse number="8">मैले सुन्‍न त सुनें, तर बुझिनँ। यसकारण मैले सोधें, “मेरा प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?”</verse>
				<verse number="9">तिनले जवाफ दिए, “हे दानिएल, तिम्रो आफ्‍नो बाटो लाग, किनभने यी वचनहरू अन्‍तको समयसम्‍मको लागि बन्‍द गरी मोहोर लगाइएका छन्‌।</verse>
				<verse number="10">धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्‌ र खारिनेछन्, तर दुष्‍टहरूचाहिँ दुष्‍ट काम गर्दैजानेछन्‌। दुष्‍टहरूमध्‍ये कसैले पनि बुझ्‍नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्‍नेछन्‌।</verse>
				<verse number="11">“दैनिक बलिदानको काम हटाएर विनाशकारी घृणित थोकको स्‍थापना गरिएको समयदेखि जम्‍मा एक हजार दुई सय नब्‍बे दिन हुनेछन्‌।</verse>
				<verse number="12">त्‍यो मानिस धन्‍य हो, जो पर्खन्‍छ र एक हजार तीन सय पैँतीस दिनको अन्‍तसम्‍म पुग्‍छ।</verse>
				<verse number="13">“तिमीचाहिँ अन्‍तसम्‍मै आफ्‍नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ, र त्‍यसपछि तोकिएको उत्तराधिकार प्राप्‍त गर्नलाई तिमी दिनहरूको अन्‍तमा खड़ा हुनेछौ।”</verse>
			</chapter>
		</book>
		<book number="28">
			<chapter number="1">
				<verse number="1">यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन:</verse>
				<verse number="2">जब परमप्रभु होशेद्वारा बोल्‍न लाग्‍नुभयो, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी व्‍यभिचारिणीलाई विवाह गर्, र त्‍यसको विश्‍वासघातबाट पैदा भएका सन्‍तानलाई आफ्‍ना बना, किनभने यस देशले परमप्रभुलाई त्‍यागेर अति घोर व्‍यभिचारको दोषी भएको छ।”</verse>
				<verse number="3">यसैले तिनी गएर दिब्‍लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्‍यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्‍माई।</verse>
				<verse number="4">तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्‍ड दिनेछु, र इस्राएलको राज्‍य अन्‍त्‍य गरिदिनेछु।</verse>
				<verse number="5">त्‍यस दिन म इस्राएलको धनु यिजरेलको बेँसीमा भाँचिदिनेछु।”</verse>
				<verse number="6">गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्‍माई। तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई टिठ्याएर म तिनीहरूलाई फेरि-फेरि क्षमा गर्नेछैनँ।</verse>
				<verse number="7">तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्‍वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।”</verse>
				<verse number="8">जब त्‍यसले लो-रूहामाको दूध छोड़ाई, तब फेरि गर्भवती भएर गोमेरले अर्को एक जना छोरा जन्‍माई।</verse>
				<verse number="9">तब परमप्रभुले भन्‍नुभयो, “त्‍यसको नाउँ लो-अम्‍मी राख्, किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ।</verse>
				<verse number="10">“तरै पनि इस्राएलीहरूको संख्‍या समुद्रको किनारका बालुवाझैँ हुनेछ, जसलाई न त नाप्‍न न गन्‍ती गर्न सकिन्‍छ। जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको थियो, त्‍यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका सन्‍तान’ कहलाइनेछन्‌।</verse>
				<verse number="11">तब यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्‍नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्‍कनेछन्, किनभने यिजरेलको दिन महान्‌ हुनेछ।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">“तिमीहरू आफ्‍ना भाइहरूलाई ‘मेरा मानिसहरू’ र बहिनीहरूलाई ‘मेरा प्रिय’ भन।</verse>
				<verse number="2">“आफ्‍नी आमालाई हप्‍काओ, त्‍यसलाई हप्‍काओ, किनकि त्‍यो मेरी पत्‍नी होइन, र म त्‍यसको पति होइनँ। त्‍यसले आफ्‍नो अनुहारबाट व्‍यभिचारीको रूप र आफ्‍नो स्‍तनहरूका बीचबाट विश्‍वासघातलाई हटाओस्,</verse>
				<verse number="3">नत्रता म त्‍यसका लुगाहरू उतारेर त्‍यो जन्‍मेको दिनमा जस्‍तै त्‍यसलाई नाङ्गै पार्नेछु, र खड़ेरी परेको मरुभूमिजस्‍तै बनाइदिनेछु र तिर्खाले मार्नेछु।</verse>
				<verse number="4">त्‍यसका छोराछोरीहरूमाथि पनि म टिठ्याउनेछैनँ, किनकि तिनीहरू व्‍यभिचारका सन्‍तान हुन्‌।</verse>
				<verse number="5">तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छ र तिनीहरूलाई अपमानमा गर्भधारण गरेकी छ। त्‍यसले भनी, ‘मेरा प्रेमीहरूका पछि म लाग्‍नेछु, जसले मलाई मेरो अन्‍नपानी, ऊन, सूती कपड़ा, तेल र दाखमद्य दिन्‍छन्‌।’</verse>
				<verse number="6">यसकारण काँढ़े झाँगले त्‍यसको बाटो म रोकिदिनेछु, र त्‍यसलाई पर्खालभित्र थुनिदिनेछु र त्‍यसले बाटो पाउनेछैन।</verse>
				<verse number="7">त्‍यो आफ्‍ना प्रेमीहरूका पछिपछि कुद्‌नेछ, तर त्‍यसले तिनीहरूलाई भेट्टाउनेछैन। त्‍यसले तिनीहरूलाई खोज्‍नेछ, तर तिनीहरूलाई पाउनेछैन। तब त्‍यसले भन्‍नेछे, ‘म मेरा पहिलेकै पतिकहाँ फर्केर जानेछु, किनकि त्‍यस बेला मेरो अवस्‍था अहिलेको भन्‍दा असल थियो’।</verse>
				<verse number="8">मैले नै त्‍यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिएको थिएँ, र मैले नै त्‍यसमाथि सुन र चाँदी खन्‍याएको थिएँ भन्‍ने कुरा त्‍यसले मानिलिइन— जुन तिनीहरूले बाल देवताको निम्‍ति प्रयोग गरे।</verse>
				<verse number="9">“यसकारण अन्‍न पाक्‍दा मेरो अन्‍न, र नयाँ दाखमद्य तयार हुँदा मेरो दाखमद्य म लगिहाल्‍नेछु। अनि त्‍यसको नग्‍नतालाई ढाक्‍ने मेरो ऊन र सूती कपड़ा खोसेर लैजानेछु।</verse>
				<verse number="10">अब म त्‍यसकै प्रेमीहरूका नजरको सामु त्‍यसको छाड़ापन उघार्नेछु, र कसैले त्‍यसलाई मेरो हातबाट छुटाउनेछैन।</verse>
				<verse number="11">म त्‍यसका सबै उत्‍सवहरू, त्‍यसका औंसीका चाड़हरू, त्‍यसका सबै शबाथ-दिनहरू र त्‍यसका सबै ठहराएका भोजनहरू रोकिदिनेछु।</verse>
				<verse number="12">म त्‍यसका दाखका बोट र त्‍यसका अञ्‍जीरका रूखहरू उजाड़ पारिदिनेछु। तिनका विषयमा त्‍यसले भनेकी छ, ‘यी मेरा प्रेमीहरूले दिएका मेरा ज्‍याला हुन्‌।’ म ती बोटहरूलाई एउटा झाड़ी तुल्‍याइदिनेछु, र वनजन्‍तुहरूले ती खाइहाल्‍नेछन्‌।</verse>
				<verse number="13">बाल देवताहरूका निम्‍ति धूप हालेकी हुनाले म त्‍यसलाई दण्‍ड दिनेछु। त्‍यस बेला त्‍यो गरगहना पहिरेर आफ्‍ना प्रेमीका पछिपछि गई, र मलाई बिर्सेकी थिई,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="14">“यसैकारण अब म त्‍यसलाई फकाएर मरुभूमिमा लानेछु, र त्‍यससित मायालु कुरा गर्नेछु।</verse>
				<verse number="15">त्‍यहाँ म त्‍यसलाई त्‍यसका दाखबारीहरू फिर्ता गर्नेछु, र आकोरको बेँसीलाई चाहिँ आशाको ढोका तुल्‍याइदिनेछु। त्‍यहाँ त्‍यसले आफ्‍नो युवावस्‍थाका दिनमा जस्‍तै र मिश्रदेशबाट आएको दिनमा झैँ गीत गाउनेछ।</verse>
				<verse number="16">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन तैंले मलाई ‘मेरा पति’ भन्‍नेछस्, र ‘मेरा मालिक’ भन्‍नेछैनस्‌।</verse>
				<verse number="17">म बाल देवताहरूका नाउँ त्‍यसको मुखबाट हटाइदिनेछु, र तिनीहरूका नाउँको उच्‍चारण फेरि कहिल्‍यै हुनेछैन।</verse>
				<verse number="18">त्‍यस दिन म तिनीहरूका निम्‍ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमिनमा घस्रने जन्‍तुहरूसित करार बाँध्‍नेछु। म धनु, तरवार र लड़ाइँ देशबाट दूर गरिदिनेछु, कि सबै सुरक्षासाथ लेट्‌न सकून्‌।</verse>
				<verse number="19">म तँलाई सधैँको निम्‍ति मेरी पत्‍नी तुल्‍याउनेछु। म धार्मिकता र न्‍यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्‍नी तुल्‍याउनेछु।</verse>
				<verse number="20">म तँलाई ईमानदारीमा मेरी पत्‍नी तुल्‍याउनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस्‌।”</verse>
				<verse number="21">परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्‍वीलाई जवाफ दिनेछ।</verse>
				<verse number="22">पृथ्‍वीले अन्‍न, दाखमद्य र तेललाई जवाफ दिनेछ, अनि तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्‌।</verse>
				<verse number="23">म मेरो आफ्‍नो निम्‍ति म त्‍यसलाई भूमिमा रोप्‍नेछु। जसलाई मैले “प्रिय नभएकी” भनेको थिएँ, त्‍यसलाई म दया देखाउनेछु। जसलाई मैले “तिमीहरू मेरा प्रजा होइनौ” भनेको थिएँ, तिनीहरूलाई म “मेरा प्रजा” भन्‍नेछु। अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">परमप्रभुले मलाई भन्‍नुभयो, “जा, फेरि गएर तेरी पत्‍नीलाई तेरो माया देखा, हुन त त्‍यसलाई अर्को पुरुषले माया गर्छ र त्‍यो व्‍यभिचारिणी हो। त्‍यसलाई माया गर्, जस्‍तो गरी परमप्रभुले पनि इस्राएलीहरूलाई माया गर्नुहुन्‍छ, यद्यपि तिनीहरू अन्‍य देवताहरूतिर लाग्‍छन्‌ र ती पवित्र दाखका रोटीहरू मन पराउँछन्‌।”</verse>
				<verse number="2">यसैले मैले त्‍यसलाई पन्‍ध्र शेकेल ओजनको चाँदी र २.५ मुरी जौ दिएर किनें।</verse>
				<verse number="3">तब मैले त्‍यसलाई भनें, “तिमी धेरै दिनसम्‍म मसँग बस्‍नुपर्छ। तिमीले वेश्‍या काम नगर्नू र कुनै पुरुषसँग घनिष्‍ठ नबन्‍नू, र म तिमीसँगै बस्‍नेछु।”</verse>
				<verse number="4">किनभने इस्राएलीहरू धेरै दिनसम्‍म राजा र राजकुमारविना, बलिदान र चोखा ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन्‌।</verse>
				<verse number="5">त्‍यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्‍ना परमेश्‍वरलाई र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्‌। पछिल्‍ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्‌तिर आउनेछन्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">इस्राएलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्‍दाहरूमाथि परमप्रभुको आरोप छ: “यस देशमा विश्‍वस्‍तता छैन, प्रेम छैन र परमेश्‍वरको मान्‍यता पनि छैन।</verse>
				<verse number="2">यहाँ सराप दिनु, झूट बोल्‍नु, हत्‍या, चोरी र व्‍यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्‍यामाथि हत्‍या गर्छन्‌।</verse>
				<verse number="3">यसैकारण यस देशले विलाप गर्छ, र यसमा बस्‍ने सबै क्षीण हुन्‍छन्, र वनका जन्‍तु, आकाशका पक्षी र समुद्रका माछाहरूसमेत पनि मरिरहेछन्‌।</verse>
				<verse number="4">“तर कसैले आरोप नल्‍याओस्, कसैले कसैलाई दोष नलगाओस्, किनकि तिमीहरूका मानिसहरू पूजाहारीको विरुद्धमा दोष लगाउनेहरूजस्‍ता छन्‌।</verse>
				<verse number="5">तिमीहरू रातदिन ठेस खान्‍छौ, र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्‍छन्‌। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु—</verse>
				<verse number="6">मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्‍ट भएका छन्‌। “तिमीहरूले ज्ञानलाई इन्‍कार गरेका हुनाले, म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्‍कार गर्नेछु। तिमीहरूले आफ्‍ना परमेश्‍वरको व्‍यवस्‍थालाई बेवास्‍ता गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्‍ता गर्नेछु।</verse>
				<verse number="7">जति-जति पूजाहारीको संख्‍या बढ्‌दैगयो, त्‍यति-त्‍यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दैगए। तिनीहरूले आफ्‍नो गौरवलाई नीच कुरासँग साटे।</verse>
				<verse number="8">तिनीहरू मेरा प्रजाका पापद्वारा पोसिन्‍छन्‌ र तिनका दुष्‍ट्याइँ मन पराउँछन्‌।</verse>
				<verse number="9">जस्‍ता प्रजा त्‍यस्‍तै पूजाहारीहरू हुनेछन्‌। म दुवैलाई तिनीहरूका चालको निम्‍ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।</verse>
				<verse number="10">“तिनीहरूले खान त खानेछन्‌ तर अघाउनेछैनन्‌। तिनीहरूले वेश्‍यावृत्ति गर्नेछन्, तर तिनीहरूको संख्‍या बढ्‌नेछैन, किनभने वेश्‍यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोड़ेका छन्‌।</verse>
				<verse number="11">पुरानो दाखमद्य र नयाँ दाखमद्यतिर तिनीहरू लागेका छन्, जसले मेरा प्रजाको समझलाई नष्‍ट गर्दछन्‌।</verse>
				<verse number="12">तिनीहरूले आफ्‍ना काठका मूर्तिसित सल्‍लाह लिन्‍छन्, र तिनीहरूले काठको लहुरोले जवाफ पाउँछन्‌। वेश्‍यावृत्ति गर्ने आत्‍माले तिनीहरूलाई भ्रममा पार्छ, र तिनीहरू आफ्‍ना परमेश्‍वरप्रति अविश्‍वासी भएका छन्‌।</verse>
				<verse number="13">तिनीहरू पर्वतका टाकुराहरू हुँदो बलि चढ़ाउँदछन्, र असल छायाँ दिने फलाँट, लहरे-पीपल र तारपीनका रूखमुनि डाँड़ाहरूमा धूप बाल्‍छन्‌। यसकारण तिमीहरूका छोरीहरूले वेश्‍यावृत्ति गर्छन्, र तिमीहरूका बुहारीहरूले व्‍यभिचार गर्छन्‌।</verse>
				<verse number="14">“तिमीहरूका छोरीहरू वेश्‍यावृत्तिमा लागे पनि म तिमीहरूका छोरीहरूलाई दण्‍ड दिनेछैनँ, र व्‍यभिचार गर्दा तिमीहरूका बुहारीहरूलाई म दण्‍ड दिनेछैनँ, किनभने पुरुषहरू आफै पनि वेश्‍यातिर लागेका छन्, र देवदासीहरूसित बलिदान चढ़ाउँदछन्‌। समझविनाका मानिसहरूको नाश हुने नै छ।</verse>
				<verse number="15">“ए इस्राएल, तैंले व्‍यभिचार गरे तापनि यहूदा दोषी नहोस्‌। तिमीहरू गिलगालमा नजाओ, न बेथ-आवनमा जाओ, न ‘परमप्रभु जिउँदो भएझैँ’ भनेर शपथ खाओ।</verse>
				<verse number="16">हठी कोरलीझैँ इस्राएलीहरू ढीट छन्‌। तब कसरी परमप्रभुले तिनीहरूलाई चरनमा थुमालाई चराएझैँ चराउनुहुनेछ र?</verse>
				<verse number="17">“एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्‍यसलाई छोड़िदेओ।</verse>
				<verse number="18">तिनीहरूको मद्य शेष भइसक्‍दा पनि तिनीहरू वेश्‍यावृत्तिमा लागि नै रहन्‍छन्‌। तिनीहरूका शासकहरू अपमानका कामहरू रुचाउँछन्‌।</verse>
				<verse number="19">आँधीले तिनीहरूलाई बेहेरेर लैजानेछ, र तिनीहरू आफ्‍ना बलिदानको कारणले गर्दा लज्‍जित हुनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">“हे पूजाहारी हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्‍यान दिएर सुन! हे राजाको घराना हो, ध्‍यानसित सुन! यो न्‍यायको फैसला तिमीहरूको विरुद्धमा छ। तिमीहरू मिस्‍पामा पासो र तबोरमा फिँजाएको जाल भएका छौ।</verse>
				<verse number="2">बागीहरू मारकाटमा निकै फसेका छन्‌। म तिनीहरू सबैलाई अनुशासनमा ल्‍याउनेछु।</verse>
				<verse number="3">म एफ्राइमको विषयमा सबै कुरा जान्‍दछु, र इस्राएल मबाट लुकेको छैन। हे एफ्राइम तँ वेश्‍यावृत्तितिर लागेको छस्‌। इस्राएल भ्रष्‍ट भएको छ।</verse>
				<verse number="4">तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्‍ना परमेश्‍वरतिर फर्कन दिँदैनन्‌। वेश्‍यावृत्तिको मन तिनीहरूका हृदयमा छ, र तिनीहरूले परमप्रभुलाई मान्‍यता दिँदैनन्‌।</verse>
				<verse number="5">“इस्राएलका अहङ्कारले आफ्‍नै विरुद्धमा गवाही दिन्‍छ। इस्राएल र एफ्राइम पनि आ-आफ्‍ना पापमा ठक्‍कर खान्‍छन्‌। यहूदाले पनि तिनीहरूसँगै ठक्‍कर खानेछ।</verse>
				<verse number="6">जब तिनीहरू आफ्‍ना भेड़ाबाख्रा र गाई-गोरुका बगाल लिएर परमप्रभुलाई खोज्‍न जान्‍छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्‌। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ।</verse>
				<verse number="7">तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भएका छन्‌। तिनीहरूले बतासे छोराछोरीहरू जन्‍माएका छन्‌। अब औंसीका चाड़हरूले तिनीहरू र तिनीहरूका खेतहरूसमेत तिनीहरूलाई नाश गर्नेछन्‌।</verse>
				<verse number="8">“गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्‍वनि उठाओ। ए बेन्‍यामीन, अगुवाइ गर।</verse>
				<verse number="9">न्‍यायको दिनमा एफ्राइम उजाड़ पारिनेछ। जे कुरो निश्‍चित हुन्‍छ, त्‍यो इस्राएलका कुलका बीचमा म घोषणा गर्दछु।</verse>
				<verse number="10">यहूदाका अगुवाहरू साँधसिमानाका ढुङ्गा सार्नेहरूजस्‍ता छन्‌। म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझैँ खन्‍याउनेछु।</verse>
				<verse number="11">एफ्राइम थिचोमिचोमा परेको छ, न्‍यायमा त्‍यो कुल्‍चीमिल्‍ची भएको छ, मूर्तिकोपछि हिँड्‌नलाई त्‍यसले अठोट गरेको छ।</verse>
				<verse number="12">यसैले म एफ्राइमको निम्‍ति राती उड्‌ने पुतलीझैँ र यहूदाका घरानाको निम्‍ति क्षयतुल्‍य छु।</verse>
				<verse number="13">“जब एफ्राइमले आफ्‍नो रोग देख्‍यो र यहूदाले आफ्‍ना घाउ, तब एफ्राइमले अश्‍शूरका ठूला राजाकहाँ सहायताको लागि मानिस पठायो। तर त्‍यसले तँलाई निको पार्न सक्‍दैन, त्‍यसले तेरा चोटलाई निको पार्न सक्‍नेछैन।</verse>
				<verse number="14">किनकि म एफ्राइमको निम्‍ति एउटा सिंहझैँ र यहूदाको निम्‍ति एउटा ठूलो सिंहझैँ हुनेछु। तिनीहरूलाई टुक्रा-टुक्रा पारेर म बाटो लाग्‍नेछु, म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।</verse>
				<verse number="15">जबसम्‍म तिनीहरूले आफ्‍ना दोष स्‍वीकार गर्दैनन्, तबसम्‍म म फर्केर आफ्‍नै ठाउँमा रहनेछु। तिनीहरूले मेरो अनुहार खोज्‍नेछन्‌। आफ्‍नो कष्‍टमा तिनीहरूले मलाई यत्‍नपूर्वक खोज्‍नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ।</verse>
				<verse number="2">दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।</verse>
				<verse number="3">आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्‍नका निम्‍ति प्रयत्‍न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्‍चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”</verse>
				<verse number="4">“ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्‍तै र सखारैको बितिजाने शीतजस्‍तै छ।</verse>
				<verse number="5">यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्‍याय तिमीहरूमाथि बिजुलीजस्‍तै चम्‍किएको छ।</verse>
				<verse number="6">किनभने म बलिदान होइन, दया चाहन्‍छु, र होमबलिभन्‍दा परमेश्‍वरको मान्‍यता अझ बढ़ी चाहन्‍छु।</verse>
				<verse number="7">तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्‌। त्‍यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्‍वासघातको व्‍यवहार गरे।</verse>
				<verse number="8">गिलाद दुष्‍ट मानिसहरूको सहर हो। त्‍यो रगतका पाइलाहरूले भरिएको छ।</verse>
				<verse number="9">जसरी लूटपीट गरिहिँड्‌नेहरू मानिसलाई ढुकिबस्‍छन्, त्‍यसरी नै पूजाहारीहरूले गट्ठा बाँधेका छन्‌। तिनीहरूले शकेम जाने बाटोमा हत्‍या गर्दछन्‌। तिनीहरूले निर्लज्‍ज अपराध गर्दछन्‌।</verse>
				<verse number="10">इस्राएलको घरानामा मैले एक घिनलाग्‍दो कुरो देखेको छु। एफ्राइमलाई वेश्‍यावृत्ति दिइएको छ र इस्राएल दूषित पारिएको छ।</verse>
				<verse number="11">ए यहूदा, तेरो निम्‍ति पनि कटनी तोकिएको छ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">“जब म मेरा प्रजाको सुदिन फर्काउँछु, जब मेरा मानिसहरूलाई पुनर्स्‍थापन गर्छु, तब एफ्राइमको भ्रष्‍टाचार र सामरियाका दुष्‍ट कामहरू प्रकट हुन्‍छन्‌। तिनीहरू झूटा व्‍यवहार गर्दछन्‌। चोरहरूले घर फोर्छन्, डाँकूहरूले बाहिर लूटपीट गर्छन्‌।</verse>
				<verse number="2">तर म तिनीहरूका सबै दुष्‍ट कामहरूलाई याद राख्‍तछु भनी तिनीहरू विचार गर्दैनन्‌। तिनीहरूका आफ्‍नै पापले तिनीहरूलाई घेरेर राखेका छन्‌। ती कामहरू सधैँ मेरै सामुन्‍ने छन्‌।</verse>
				<verse number="3">“तिनीहरू आफ्‍ना दुष्‍ट कामले राजालाई र आफ्‍ना झूटले राजकुमारहरूलाई खुशी तुल्‍याउँछन्‌।</verse>
				<verse number="4">तिनीहरू सबै व्‍यभिचारी हुन्‌। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्‍दुरजस्‍तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्‍जेल मिलाउनुपर्दैन।</verse>
				<verse number="5">हाम्रा राजाका उत्‍सवको दिनमा राजकुमारहरू दाखमद्यले मातेर चूर हुन्‍छन्, र तिनले ठट्टा गर्नेहरूसित हात मिलाउँछन्‌।</verse>
				<verse number="6">तिनीहरू छलसित तिनको अगि जान्‍छन्‌। रातभरि तिनीहरूको रीस दन्‍किरहन्‍छ, बिहान त्‍यो बलिरहेको आगोझैँ हुन्‍छ।</verse>
				<verse number="7">तिनीहरू सबै तन्‍दुरझैँ तातिन्‍छन्, तिनीहरूले आफ्‍ना शासकहरूलाई भस्‍म पार्छन्‌। तिनीहरूका सबै राजाहरू मारिन्‍छन्, अनि उनीहरूमध्‍ये कसैले पनि मेरो पुकारा गर्दैन।</verse>
				<verse number="8">“एफ्राइम जाति-जातिहरूसँग मिसिन्‍छ। एफ्राइम एकातिर मात्र पाकेको रोटीजस्‍तै छ।</verse>
				<verse number="9">विदेशीहरूले त्‍यसको बल नाश पार्छन्, तर त्‍यसलाई यो थाहा छैन। त्‍यसका कपालमा फाटफुट फुलेका केश देखिन लागेका छन्, तर त्‍यसलाई त्‍यो ख्‍यालै छैन।</verse>
				<verse number="10">इस्राएलको हठले आफ्‍नै विरुद्धमा गवाही दिन्‍छ, तर तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्कंदैनन्, न उहाँको खोजी गर्छन्‌।</verse>
				<verse number="11">“एफ्राइम बुद्धि नभएको एउटा ढुकुरजस्‍तै छ— सजिलै छकाउन सकिने र विवेकहीन। अहिले मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अलिपछि अश्‍शूरमा तिनीहरू जान्‍छन्‌।</verse>
				<verse number="12">जब तिनीहरू जान्‍छन्, तब म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु। म तिनीहरूलाई आकाशका पक्षीहरूझैँ तल झार्नेछु। जब तिनीहरू बगालमा उड़ेका देख्‍नेछु, तब म तिनीहरूलाई पक्रनेछु।</verse>
				<verse number="13">धिक्‍कार तिनीहरूलाई, किनभने तिनीहरू मबाट तर्केर गएका छन्‌। तिनीहरूको सर्वनाश होस्, किनकि तिनीहरू मेरो विरुद्धमा बागी भएका छन्‌। तिनीहरूलाई मोल तिरेर छुटाउने मेरो चाहना छ, तर तिनीहरूले मेरो विरुद्धमा झूट बोल्‍छन्‌।</verse>
				<verse number="14">तिनीहरू हृदयले मेरो पुकारा गर्दैनन्, तर आफ्‍ना ओछ्यानमा विलाप गर्दछन्‌। अन्‍न र नयाँ दाखमद्यका निम्‍ति तिनीहरू भेला हुन्‍छन्, तर मदेखि भने मुख फर्काउँछन्‌।</verse>
				<verse number="15">मैले तिनीहरूलाई तालीम दिएँ र बलिया बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा षड्‌यन्‍त्र गर्दछन्‌।</verse>
				<verse number="16">तिनीहरू सर्वोच्‍चतिर फर्कंदैनन्। तिनीहरू धोका दिने धनुझैँ छन्‌। तिनीहरूका अगुवाहरू आफ्‍ना अपमानका वचनले गर्दा तरवारले ढालिनेछन्‌। यसैको निम्‍ति मिश्रदेशमा तिनीहरूको ठट्टा हुनेछ।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">“तुरही फुक! एउटा गरुड परमप्रभुको भवनमाथि उड्‌दैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्‍यवस्‍थाको विरुद्धमा बागी भएका छन्‌।</verse>
				<verse number="2">इस्राएलले मलाई पुकारा गर्छ, ‘हे हाम्रा परमेश्‍वर, हामी इस्राएलीहरू तपाईंलाई मान्‍दछौं’।</verse>
				<verse number="3">तर जे भलो छ त्‍यो इस्राएलले इन्‍कार गरेको छ। एउटा वैरीले त्‍यसलाई खेद्‌नेछ।</verse>
				<verse number="4">तिनीहरूले मेरो स्‍वीकृतिविना राजाहरू नियुक्त गर्छन्, तिनीहरूले मेरो स्‍वीकृतिविना भारदारहरू नियुक्त गर्छन्‌। तिनीहरूले आफ्‍नै विनाशको निम्‍ति आफ्‍ना सुन र चाँदीबाट आफ्‍ना लागि मूर्ति बनाउँछन्‌।</verse>
				<verse number="5">ए सामरिया, तेरो बाछाको मूर्ति मिल्‍काइदे। मेरो रीस तिनीहरूका विरुद्धमा दन्‍केको छ। तिनीहरू कहिलेसम्‍म शुद्ध हुनलाई असक्षम रहन्‍छन्‌?</verse>
				<verse number="6">तिनीहरू इस्राएलका हुन्‌। यो बाछो कारीगरले बनाएको हो। त्‍यो त परमेश्‍वर होइन। सामरियाको त्‍यो बाछो टुक्रै-टुक्रा पारिनेछ।</verse>
				<verse number="7">“तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्‌। डाँठमा केही बाला लाग्‍दैन, तिनीहरूको केही फसल रहनेछैन। त्‍यो पसाइहाले तापनि विदेशीहरूले त्‍यो निलिहाल्‍नेछन्‌।</verse>
				<verse number="8">इस्राएल निलिहालियो। त्‍यो जाति-जातिहरूका बीचमा निकम्‍मा वस्‍तुझैँ भएको छ।</verse>
				<verse number="9">वन-गधा एकलै यताउता हिँड़िरहेझैँ तिनीहरू अश्‍शूरमा गए। एफ्राइमले ज्‍यालामा आफ्‍ना प्रेमीहरूसँग आफूलाई बेचेको छ।</verse>
				<verse number="10">तिनीहरूले आफैलाई जाति-जातिमा बेचे पनि म अब तिनीहरूलाई एकसाथ जम्‍मा गर्नेछु। शक्तिशाली राजाको अत्‍याचारमुनि तिनीहरू कमजोर भएर जानेछन्‌।</verse>
				<verse number="11">“एफ्राइमले पापबलिका धेरै वेदीहरूको संख्‍या बढ़ाए पनि ती त्‍यसको निम्‍ति पाप गर्ने वेदीहरू भएका छन्‌।</verse>
				<verse number="12">मैले तिनीहरूका निम्‍ति धेरै विधिहरू मेरो व्‍यवस्‍थामा लेखें, तर तिनीहरूले तिनलाई पराई थोकजस्‍तै ठाने।</verse>
				<verse number="13">मलाई दिइएका बलि तिनीहरू चढ़ाउँछन्‌ अनि मासु तिनीहरू खान्‍छन्, तर परमप्रभु तिनीहरूसँग खुशी हुनुहुन्‍न। अब उहाँले तिनीहरूको अधर्म सम्‍झना गरेर तिनीहरूका पापका निम्‍ति दण्‍ड दिनुहुनेछ। तिनीहरू मिश्रदेशमा फर्केर जानेछन्‌।</verse>
				<verse number="14">इस्राएलले आफ्‍ना सृष्‍टिकर्तालाई बिर्सेर महलहरू बनाएको छ, यहूदाले धेरै सहरमा किल्‍लाहरू निर्माण गरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो लगाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">ए इस्राएल, नरमाओ। अरू जाति-जातिहरूझैँ आनन्‍दले नरमाओ, किनकि तिमी आफ्‍ना परमेश्‍वरप्रति अविश्‍वासी भएका छौ! अन्‍नको प्रत्‍येक खलामा वेश्‍यावृत्तिको ज्‍याला लिन तिमीलाई मन पर्छ।</verse>
				<verse number="2">अन्‍नका खला र दाखबारीका कोलले मानिसहरूलाई खुवाउनेछैनन्, नयाँ दाखमद्य तिनीहरूका निम्‍ति अपुग हुनेछ।</verse>
				<verse number="3">तिनीहरू परमप्रभुको देशमा बस्‍नेछैनन्‌। एफ्राइम मिश्रदेशमा फर्किजानेछ, र अश्‍शूरमा अशुद्ध खानेकुरा खानेछ।</verse>
				<verse number="4">तिनीहरूले परमप्रभुको सामु अर्घको रूपमा दाखमद्य खनाउनेछैनन्, न त तिनीहरूका बलिदानले उहाँ प्रसन्‍न हुनुहुनेछ। यस्‍ता बलिदानहरू तिनीहरूका लागि मरेकाहरूका निम्‍ति शोक गर्नेको रोटीझैँ हुनेछ। ती खाने सबै अशुद्ध हुनेछन्‌। यस्‍ता भोजन तिनीहरूका आफ्‍नै लागि हुनेछ, त्‍यो परमप्रभुको मन्‍दिरमा आउनेछैन।</verse>
				<verse number="5">तिमीहरूका नियुक्त चाड़हरूका दिन, परमप्रभुका उत्‍सवका दिनमा तिमीहरू के गर्नेछौ?</verse>
				<verse number="6">तिनीहरू सर्वनाशदेखि भागे तापनि मिश्रदेशले तिनीहरूलाई बटुल्‍नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्‌नेछन्‌। तिनीहरूका चाँदीको धन-सम्‍पत्ति काँढ़ाघारीले पुर्नेछ। तिनीहरूका पालहरू काँढ़ाका झाँगहरूले भरिनेछन्‌।</verse>
				<verse number="7">दण्‍ड दिने दिनहरू नजिकै छन्, प्रतिशोधका दिनहरू आइरहेछन्‌। इस्राएलले त्‍यो थाहा पाऊन्‌। तिम्रा धेरै पाप र ठूलो वैरभावको कारणले तिम्रो लागि अगमवक्ताचाहिँ मूर्ख र आत्‍माले प्रेरित भएको मानिसचाहिँ बौलाहासरह हुनेछ।</verse>
				<verse number="8">अगमवक्ता मेरा परमेश्‍वरको साथसाथै एफ्राइमको रखवाली गर्ने हो, तापनि त्‍यसका सबै बाटोमा पासोहरू थापिएका छन्, र त्‍यसका परमेश्‍वरको भवनमा त्‍यसप्रति दुश्‍मनी छ।</verse>
				<verse number="9">गिबाका दिनमा झैँ तिनीहरू आफूले आफैलाई साह्रै भ्रष्‍ट पारेका छन्‌। परमेश्‍वरले तिनीहरूका अधर्मको सम्‍झना गर्नुहुनेछ। उहाँले तिनीहरूका पापको दण्‍ड दिनुहुनेछ।</verse>
				<verse number="10">“मैले इस्राएललाई पाउनुचाहिँ उजाड़-स्‍थानमा दाख पाउनु बराबर थियो। मैले तिमीहरूका पिता-पुर्खालाई देख्‍नुचाहिँ नेभाराका अगौटे फल देख्‍नु बराबर थियो। तर जब तिनीहरू बाल-पोरमा गए, तब तिनीहरूले आफैलाई त्‍यस घिनलाग्‍दो मूर्तिमा अर्पण गरे, र तिनीहरूले रुचाएको मूर्तिझैँ तिनीहरू घिनलाग्‍दा भए।</verse>
				<verse number="11">एफ्राइमको गौरव पक्षी झैँ उड़िजानेछ। तिनीहरूमा न त कुनै जन्‍म, न कुनै गर्भवास, न गर्भधारण हुनेछ।</verse>
				<verse number="12">तिनीहरूले छोराछोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरी म तिनीहरूलाई निस्‍सन्‍तान तुल्‍याउनेछु। हाय! तिनीहरूलाई, जब म तिनीहरूबाट फर्केर जानेछु!</verse>
				<verse number="13">मैले एफ्राइमलाई टुरोसजस्‍तै सुन्‍दर स्‍थलमा रोपिएको देखें, तर एफ्राइमले आफ्‍नो छोराछोरीहरूलाई संहारको निम्‍ति डोर्‍याएर ल्‍याउनेछ।”</verse>
				<verse number="14">हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्‌— तपाईं तिनीहरूलाई के दिनुहुन्‍छ? तिनीहरूको गर्भ तुहोस्‌ र स्‍तन सुकिजाने होस्‌।</verse>
				<verse number="15">“गिलगालमा गरेका तिनीहरूका सारा खराबीको कारण मैले तिनीहरूलाई घृणा गरें। तिनीहरूका पापका कामले गर्दा म तिनीहरूलाई मेरो भवनबाट लघारिदिनेछु। म तिनीहरूलाई अब कहिल्‍यै प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू बागीहरू हुन्‌।</verse>
				<verse number="16">एफ्राइममाथि प्रहार परेको छ! तिनीहरूको जरो सुक्‍यो। तिनीहरूमा फल लाग्‍दैनन्‌। तिनीहरूले छोराछोरी जन्‍माए तापनि तिनीहरूका प्रिय बालकहरू म मार्नेछु।</verse>
				<verse number="17">मेरा परमेश्‍वरले तिनीहरूलाई इन्‍कार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँका कुरा पालन गरेका छैनन्‌। जाति-जातिहरूका बीचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">इस्राएल फिँजिरहेको दाखको बोट थियो, त्‍यसले त आफ्‍नै लागि फल फलायो। फलहरूको संख्‍या बढ्‌दैगएअनुसार त्‍यसले आफ्‍ना वेदीहरूको संख्‍या बढ़ायो। आफ्‍नो देशको उन्‍नतिअनुसार त्‍यसले आफ्‍ना चोखा ढुङ्गाहरू सिँगार्‍यो।</verse>
				<verse number="2">तिनीहरूको हृदय छली छ। अब तिनीहरूले आफ्‍नो दोषको दण्‍ड भोग्‍नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्‍छ।</verse>
				<verse number="3">तब तिनीहरूले भन्‍नेछन्, “हाम्रो राजा छैन, किनभने हामीले परमप्रभुको आदर गरेनौं। यदि हाम्रा निम्‍ति राजा भए पनि उनले हाम्रा निम्‍ति के गर्न सक्‍थे र?”</verse>
				<verse number="4">तिनीहरूले धेरै प्रतिज्ञा गर्छन्, झूटा कसम खान्‍छन्‌ र करारहरू बाँध्‍छन्‌। यसैकारण हलो जोतेको भूमिमा विषालु झार उम्रेझैँ न्‍यायका मुद्दाहरू बढ्‌छन्‌।</verse>
				<verse number="5">सामरियामा बस्‍ने मानिसहरू बेथ-आवनका बाछाको मूर्तिको लागि डराउँछन्‌। त्‍यसका प्रजाले त्‍यसको निम्‍ति शोक गर्नेछन्, र त्‍यसका मूर्तिपूजक पूजाहारीहरू जसले त्‍यसको गौरवमा रमाहट गरेथे, तिनीहरूले विलाप गर्नेछन्, किनभने त्‍यो तिनीहरूबाट प्रवासमा लगिएको छ।</verse>
				<verse number="6">ठूला राजाको सौगात स्‍वरूप त्‍यो अश्‍शूरमा लगिनेछ। एफ्राइम लाजमा पारिनेछ, इस्राएलचाहिँ आफ्‍नै काठका मूर्तिदेखि लज्‍जित हुनेछ।</verse>
				<verse number="7">सामरिया र त्‍यसका राजाचाहिँ पानीमाथि बग्‍ने काठको टुक्राझैँ बगिजानेछन्‌।</verse>
				<verse number="8">इस्राएलको पाप, अर्थात्‌ दुष्‍टताका अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्‌। तिनका वेदीहरूमा काँढ़ा र सिउँड़ीहरूले ढाक्‍नेछन्‌। तब तिनीहरूले पहाड़हरूलाई भन्‍नेछन्, “हामीलाई छोप,” अनि डाँड़ाहरूलाई भन्‍नेछन्, “हामीमाथि खस।”</verse>
				<verse number="9">“हे इस्राएल, गिबाको समयदेखि तैंले पाप गर्न सुरु गरिस्, र अझै त्‍यसैमा लागिरहेको छस्‌। दुष्‍ट काम गर्नेहरूका विरुद्धमा लड़ाइँले के गिबामा तिनीहरूलाई भेट्टाएन?</verse>
				<verse number="10">जब मेरो इच्‍छा हुन्‍छ म तिनीहरूलाई दण्‍ड दिनेछु। तिनीहरूको दोबर अधर्मको निम्‍ति जाति-जातिहरूलाई बाँध्‍न तिनीहरू भेला हुनेछन्‌।</verse>
				<verse number="11">एफ्राइमचाहिँ दाइँ गर्दा रमाउने सधाइएकी कोरली हो। यसकारण त्‍यसको सुन्‍दर काँधमा म जुवा हालिदिनेछु। म एफ्राइमलाई हाँक्‍नेछु। यहूदाले हलो जोत्‍नुपर्नेछ, र याकूबले डल्‍लाहरू फोर्नुपर्नेछ।</verse>
				<verse number="12">आफ्‍ना निम्‍ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्‍ने समय अहिले हो, जबसम्‍म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्‍टि खन्‍याउनुहुन्‍छ।</verse>
				<verse number="13">“तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्‍टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्‍नै शक्तिमाथि भर परेका र आफ्‍नै योद्धाहरूमा भर परेका हुनाले,</verse>
				<verse number="14">तिमीहरूका प्रजाको विरुद्धमा युद्धको गर्जन उठ्‌नेछ, र लड़ाइँमा शल्‍मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै गढ़ीहरू नाश गरिनेछन्‌— जुन समयमा आमाहरू आफ्‍ना नानीहरूसँगसँगै टुक्रै-टुक्रा पारिए।</verse>
				<verse number="15">यसरी हे बेथेल हो, तिमीहरूको अत्‍यन्‍त दुष्‍टाताले गर्दा त्‍यो आइपर्नेछ। त्‍यस दिनको उज्‍यालो हुँदा, इस्राएलका राजालाई बिलकुलै सर्वनाश गरिनेछ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">“जब इस्राएल बालक थियो तब मैले त्‍यसलाई प्रेम गरें, र मैले आफ्‍नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ।</verse>
				<verse number="2">तर जति-जति मैले इस्राएललाई बोलाएँ, त्‍यति-त्‍यति तिनीहरू मबाट टाढ़ा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढ़ाए, र खोपिएका मूर्तिहरूलाई धूप बाले।</verse>
				<verse number="3">एफ्राइमलाई हातमा समातेर हिँड्‌न सिकाउने त म नै थिएँ। तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्‌।</verse>
				<verse number="4">मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्‍धनले बाँधेर डोर्‍याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें।</verse>
				<verse number="5">“के तिनीहरू मिश्रदेशमा फर्केर जानेछैनन्, र अश्‍शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? किनभने तिनीहरूले पश्‍चात्ताप गर्न अस्‍वीकार गरे।</verse>
				<verse number="6">तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछन्, र तिनीहरूका ढोकाहरूका बारहरू भत्‍काइदिनेछन्, र तिनीहरूका योजनाको अन्‍त्‍य गर्नेछन्‌।</verse>
				<verse number="7">मेरा प्रजाले मबाट फर्किजाने सङ्कल्‍प गरेका छन्‌। तिनीहरूले सर्वोच्‍चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्‍च पार्नुहुनेछैन।</verse>
				<verse number="8">“ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्‍छु र! ए इस्राएल, म तँलाई कसरी दुश्‍मनका हातमा सुम्‍पिदिन सक्‍छु? म तँलाई कसरी अदमालाई झैँ व्‍यवहार गर्न सक्‍छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्‍छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ।</verse>
				<verse number="9">म मेरो प्रचण्‍ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्‍वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ।</verse>
				<verse number="10">तिनीहरूले परमप्रभुलाई पछ्याउनेछन्‌। उहाँ सिंहझैँ गर्जनुहुन्‍छ। जब उहाँ गर्जनुहुन्‍छ, उहाँका बालकहरू थरथर काम्‍दै पश्‍चिमबाट आउनेछन्‌।</verse>
				<verse number="11">तिनीहरू मिश्रदेशदेखि चराझैँ र अश्‍शूरदेखि ढुकुरझैँ थरथर काम्‍दै आउनेछन्, म तिनीहरूलाई आ-आफ्‍नै घरमा बसाल्‍नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">एफ्राइमले झूट र इस्राएलका घरानाले छलले मलाई घेरेका छन्‌। यहूदा परमेश्‍वरको विरुद्धमा, परमपवित्रको विरुद्धमा खड़ा भएको छ।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">एफ्राइमले बतास खान्‍छ, त्‍यसले सारा दिन पूर्वीय बतासलाई खेद्‌छ। त्‍यसले निरन्‍तर झूट र हिंसाको संख्‍या बढ़ाउँछ। त्‍यसले अश्‍शूरसित सन्‍धि गर्छ, र मिश्रदेशमा जैतूनको तेल पठाउँछ।</verse>
				<verse number="2">यहूदाको विरुद्धमा परमप्रभुको एउटा आरोप छ। अनि याकूबलाई तिनका चालअनुसार उहाँले दण्‍ड दिनुहुनेछ, र तिनका कामअनुसार उहाँले तिनलाई बदला दिनुहुनेछ।</verse>
				<verse number="3">गर्भमा तिनले आफ्‍नो दाजुको कुर्कुच्‍चो पक्रे, र जवान भएपछि तिनले परमेश्‍वरसँग लड़न्‍त गरे।</verse>
				<verse number="4">तिनले स्‍वर्गदूतसित लड़न्‍त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्‍ति बिन्‍ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे—</verse>
				<verse number="5">सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरसँगै। उहाँको नाउँ प्रसिद्ध छ।</verse>
				<verse number="6">तर तिमीहरू आफ्‍ना परमेश्‍वरतिर फर्कनैपर्छ। प्रेम र न्‍याय कायम राख, र निरन्‍तर आफ्‍ना परमेश्‍वरको प्रतीक्षा गर।</verse>
				<verse number="7">व्‍यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्‍यो मन पराउँछ।</verse>
				<verse number="8">एफ्राइमले यस कुराको घमण्‍ड गर्छ, “म असाध्‍य धनी छु, म धनाढ्य भएको छु। मेरा सारा धन-सम्‍पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म पाउनेछैनन्‌।”</verse>
				<verse number="9">“म तेरा परमप्रभु परमेश्‍वर हुँ। मैले तँलाई मिश्रदेशदेखि ल्‍याएको छु। तेरा ठहराइएका चाड़का दिनमा झैँ म तँलाई फेरि पालहरूमा बस्‍न लाउनेछु।</verse>
				<verse number="10">मैले अगमवक्ताहरूसित कुरा गरें, तिनीहरूलाई धेरै दर्शनहरू दिएँ, र तिनीहरूद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ।”</verse>
				<verse number="11">के गिलाद दुष्‍ट छ? त्‍यसका मानिसहरू बेकामका छन्‌! के तिनीहरू गिलगालमा साँढ़ेहरूको बलि गर्छन्‌? तिनीहरूका वेदीहरू हलो जोतेका खेतमा ढुङ्गाका रासजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="12">याकूब भागेर अरामको देशमा गए। इस्राएलले एउटी पत्‍नीको निम्‍ति चाकरी गरे, र त्‍यसको ज्‍यालाको निम्‍ति भेड़ाहरू चराए।</verse>
				<verse number="13">परमप्रभुले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्‍याउन एक जना अगमवक्ता प्रयोग गर्नुभयो, र एक जना अगमवक्ताद्वारा उहाँले तिनको हेरचाह गर्नुभयो।</verse>
				<verse number="14">तर एफ्राइमले उहाँलाई असाध्‍यै रीस उठाएको छ। त्‍यसका परमप्रभुले त्‍यसले बगाएको रगतको दोष त्‍यसमाथि रहन दिनुहुनेछ, र त्‍यसका अवहेलनाको निम्‍ति उहाँले बदला लिनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">एफ्राइम बोल्‍दा मानिसहरू काम्‍थे। इस्राएलमा त्‍यो उच्‍च पारियो, तर बाल देवताको पूजा गरेर त्‍यो दोषी भयो र त्‍यसको मृत्‍यु भयो।</verse>
				<verse number="2">अब तिनीहरू झन्‌ बढ़ी पाप गर्छन्‌। तिनीहरूले आफ्‍ना निम्‍ति आफ्‍नो चाँदीले ढालिएको मूर्ति बनाउँछन्, अर्थात्‌ चतुर्‍याइँसित आकृति निकालेका मूर्तिहरू, ती सबै शिल्‍पकारका कामहरू हुन्‌। यी मानिसहरूका विषयमा यो भनिएको छ, “तिनीहरू मानव-बलि चढ़ाउँछन्, बाछाका मूर्तिलाई चुम्‍बन गर्दछन्‌।”</verse>
				<verse number="3">यसैकारण तिनीहरू बिहानको कुइरो, सबेरै बिलाउने शीत, हुरीले खलाबाट उड़ाइलैजाने भुस, र झ्‍यालबाट निस्‍कने धूवाँझैँ हुनेछन्‌।</verse>
				<verse number="4">“तर म त परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएको छु। मबाहेक तिमीहरूले अर्को कुनै ईश्‍वरलाई, अर्को कुनै उद्धारकलाई स्‍वीकार गर्नेछैनौ।</verse>
				<verse number="5">मरुभूमि, अर्थात्‌ चर्को गर्मी भएको देशमा मैले नै तिमीहरूको हेरचाह गरें।</verse>
				<verse number="6">जब मैले तिनीहरूलाई खुवाएँ, तब तिनीहरू सन्‍तुष्‍ट भए। जब तिनीहरू सन्‍तुष्‍ट भए, तब तिनीहरू घमण्‍डी भए। त्‍यसपछि तिनीहरूले मलाई भुलिहाले।</verse>
				<verse number="7">यसैले म तिनीहरूकहाँ सिंहजस्‍तै आउनेछु। चितुवाझैँ तिनीहरूको बाटोमा म ढुकिबस्‍नेछु।</verse>
				<verse number="8">छाउराहरू खोसिएको माउ भालूझैँ तिनीहरूलाई आक्रमण गरेर म तिनीहरूलाई च्‍यातचुत पार्नेछु। सिंहझैँ म तिनीहरूलाई भक्षण गर्नेछु। जङ्गली जन्‍तुले तिनीहरूलाई फहराउनेछ।</verse>
				<verse number="9">“हे इस्राएल, म तिमीहरूलाई सर्वनाश गर्नेछु, किनकि तिमीहरू मेरो विरुद्धमा, तिमीहरूका सहायकको विरुद्धमा छौ।</verse>
				<verse number="10">तिमीहरूको राजा कहाँ छ, कि त्‍यसले तिमीहरूलाई बचाउन सकोस्‌? तिमीहरूका सबै नगरका शासकहरू कहाँ छन्, जसका विषयमा तिमीहरू भन्‍थ्‍यौ, ‘हामीलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्‌’?</verse>
				<verse number="11">यसैले मेरो रीसमा मैले तिमीहरूलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा मैले त्‍यसलाई उठाइलगें।</verse>
				<verse number="12">एफ्राइमको दोष सञ्‍चित गरिएको छ। त्‍यसका पापहरूको लेखा राखिएको छ।</verse>
				<verse number="13">स्‍त्रीको प्रसववेदनाजस्‍तै त्‍यसमाथि दु:ख आउनेछ। तर त्‍यो अज्ञान बालकझैँ छ, जन्‍मने समय त्‍यो गर्भको मुखमा आउँदैन।</verse>
				<verse number="14">“म तिनीहरूलाई चिहानको शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्‍युदेखि मुक्त गर्नेछु। ए मृत्‍यु, तेरा महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ?</verse>
				<verse number="15">“आफ्‍ना दाजुभाइहरूका बीचमा त्‍यसको फलिफाप भयो भने पनि म त्‍यसप्रति दयालु हुनेछैनँ। परमप्रभुबाट एउटा पूर्वीय बतास मरुभूमितिरबाट बहेर आउनेछ। त्‍यसको मुहान सुक्‍नेछ, र त्‍यसको इनार सुकिजानेछ। त्‍यसका सबै बहुमूल्‍य वस्‍तुको भण्‍डार लुटिनेछ।</verse>
				<verse number="16">सामरियाका मानिसहरूले आफ्‍नो दोष भोग्‍नैपर्छ, किनभने तिनीहरू आफ्‍ना परमेश्‍वरको विरुद्धमा बागी भएका छन्‌। तिनीहरू तरवारले ढल्‍नेछन्‌। तिनीहरूका बालकहरू भूइँमा लड़ाइएर मारिनेछन्, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्‌।</verse>
				<verse number="2">वचनहरू लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र अनुग्रहपूर्वक हामीलाई ग्रहण गर्नुहोस्, र हामी आफ्‍ना ओठको फल चढ़ाउन सकौं।</verse>
				<verse number="3">अश्‍शूरले हामीलाई बचाउन सक्‍दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्‍यै आफ्‍नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्‍नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्‌।”</verse>
				<verse number="4">“तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ।</verse>
				<verse number="5">म इस्राएलको निम्‍ति शीतझैँ हुनेछु। त्‍यो लिली फूलझैँ फुल्‍नेछ। लेबनानको देवदारुझैँ त्‍यसका जरा गड्‌नेछन्‌।</verse>
				<verse number="6">त्‍यसका भर्खरै पलाएका मुनाहरू बढ्‌नेछन्‌। त्‍यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्‍यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।</verse>
				<verse number="7">मानिसहरू फेरि त्‍यसको छहारीमा बस्‍नेछन्‌। मकैझैँ त्‍यो लहलह बढ्‌नेछ र दाखको बोटझैँ त्‍यो फुल्‍नेछ, र त्‍यसको ख्‍याति लेबनानको दाखमद्यजस्‍तै हुनेछ।</verse>
				<verse number="8">हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्‍यसलाई जवाफ दिनेछु र त्‍यसको वास्‍ता गर्नेछु। म एउटा हरियो सल्‍लोको रूखझैँ छु। मबाटै तँ फलवन्‍त हुनेछस्‌।”</verse>
				<verse number="9">को बुद्धिमान्‌ छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्‍यसले यी कुराहरू बुझ्‍नेछ। परमप्रभुका मार्ग ठीक छन्‌। धर्मी जन तिनैमा हिँड्‌छन्, तर बागीहरू तिनमा ठेस खान्‍छन्‌।</verse>
			</chapter>
		</book>
		<book number="29">
			<chapter number="1">
				<verse number="1">पतुएलका छोरा योएलकहाँ आएको परमप्रभुको वचन।</verse>
				<verse number="2">हे अग्रजहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्‍दा हो, ध्‍यानसित सुन। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्‍तो कहिल्‍यै भएको थियो?</verse>
				<verse number="3">तिमीहरूका छोराछोरीहरूलाई यो कुरा बताओ, र तिमीहरूका छोराछोरीहरूले उनीहरूका छोराछोरीहरूलाई बताऊन्, र उनीहरूका छोराछोरीहरूले आगामी पुस्‍तालाई बताऊन्‌।</verse>
				<verse number="4">जे कुरो सलहहरूको बथानले छोड़े, ती ठूला-ठूला सलहले खाए। जे ठूला-ठूला सलहले छोड़ेका थिए, ती जवान सलहले खाइहाले। जे जवान सलहले छोड़ेका थिए, ती अरू सलहहरूले खाइहाले।</verse>
				<verse number="5">हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्‍ति विलाप गर, किनकि त्‍यो तिमीहरूका ओठैबाट खोसिएको छ।</verse>
				<verse number="6">अनगन्‍ती संख्‍या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्‍यसका दाँतहरू सिंहका दाँतहरूजस्‍तै छन्, र त्‍यसका दाह्रा सिंहनीका जस्‍तै छन्‌।</verse>
				<verse number="7">त्‍यसले मेरा दाखका बोटहरू उजाड़ पारिदिएको छ, र मेरा नेभाराका बोटहरू सखापै पारिदिएको छ। त्‍यसले तिनका बोक्राहरू लाछेर नाङ्गो पारेर फालिदिएको छ। तिनका हाँगाहरू सेतै बनाइएको छ।</verse>
				<verse number="8">आफ्‍नो तरुणी अवस्‍थाको पतिको निम्‍ति भाङ्‌ग्रा लगाएर विलाप गर्ने कन्‍ये-केटीले झैँ विलाप गर।</verse>
				<verse number="9">परमप्रभुको भवनमा अन्‍नबलि र अर्घ-बलि चढ़ाउन बन्‍द भएका छन्‌। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू विलाप गर्दछन्‌।</verse>
				<verse number="10">खेतहरू उजाड़ पारिएका छन्‌। जमिन सुक्‍खा भएको छ, अन्‍न नष्‍ट भएको छ, नयाँ दाखमद्य सुकिहाल्‍यो, तेल पनि सुकिहाल्‍यो।</verse>
				<verse number="11">हे किसान हो, निराश होओ। हे दाखबारी लाउनेहरू हो, विलाप गर। गहूँ र जौका निम्‍ति अफसोस गर, किनभने खेतको फसल नष्‍ट भएको छ।</verse>
				<verse number="12">दाखको बोट ओइलायो, नेभाराको बोट सुक्‍यो। अनार, खजूर र स्‍याउको बोट, अर्थात्‌ खेतका सबै रूखहरू ओइलाएका छन्‌। निश्‍चय नै मानिस-जातिका सन्‍तानको आनन्‍द सुकिगएको छ।</verse>
				<verse number="13">हे पूजाहारी हो, भाङ्‌ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्‍वरका सेवक हो, भाङ्‌ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्‍वरको भवनमा अन्‍नबलि र अर्घ-बलि रोकिएका छन्‌।</verse>
				<verse number="14">पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा देशका सारा बासिन्‍दाहरू र धर्म-गुरुहरू भेला गराएर परमप्रभुको पुकारा गर।</verse>
				<verse number="15">हाय! त्‍यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्‍यो त सर्वशक्तिमान्‌को तर्फबाट सर्वनाशजस्‍तै आउनेछ।</verse>
				<verse number="16">खानेकुरा के हाम्रा आँखाकै सामु नष्‍ट भएन र? आनन्‍द र हर्ष परमेश्‍वरको भवनमा बन्‍द गरिएको छैन र?</verse>
				<verse number="17">बीउहरू माटोका डल्‍लामुनि चाउरिए, ढुकुटीहरू उजाड़ पारिए, अन्‍नका भण्‍डारहरू नष्‍ट भए, किनकि अन्‍न सुकिगएको छ।</verse>
				<verse number="18">पशुहरूको बगाल कसरी विलाप गर्छन्‌। गाई-गोरुका बथानहरू विचलित भएका छन्, किनकि तिनीहरूका निम्‍ति खर्क छैन। भेड़ाका बगाल पनि कष्‍टमा परेका छन्‌।</verse>
				<verse number="19">हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु, किनकि खुला खर्कहरू आगोले भस्‍म पारेको छ, र आगोका ज्‍वालाले वनका रूखहरूलाई जलाइदिएको छ।</verse>
				<verse number="20">वनका पशुहरूले पनि तपाईंमा दुहाई दिन्‍छन्, किनभने पानीका खोलाहरू सुकिगए, र आगोले वनका खर्कलाई भस्‍म पारेको छ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्‍वनि बजाओ। देशमा बस्‍नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्‍यो नजिकै छ,</verse>
				<verse number="2">अन्‍धकार र उदासी दिन, बादल र बाक्‍लो अँध्‍यारोले ढाकेको दिन। पर्वतहरूमा प्रभात फैलिएझैँ एक ठूलो र शक्तिशाली सेना आउँछ। त्‍यस्‍तो अघि कहिल्‍यै भएको थिएन, न त फेरि पुस्‍ता-पुस्‍तासम्‍म कहिल्‍यै हुनेछ।</verse>
				<verse number="3">तिनीहरूका अगिअगि आगोले भस्‍म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्‍वाला दन्‍कन्‍छ। तिनीहरूका सामुन्‍ने भूमि अदनको बगैँचाजस्‍तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्‍तो छ। तिनीहरूदेखि केही पनि उम्‍कनेछैन।</verse>
				<verse number="4">तिनीहरूको अनुहार घोड़ाहरूको जस्‍तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्‌छन्‌।</verse>
				<verse number="5">रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्‌छन्, झिँजामिजाहरूलाई भस्‍म गर्ने आगोका ज्‍वालाको आवाजझैँ, लड़ाइँको निम्‍ति पङ्‌क्ति बाँधेको बलियो सेनाझैँ।</verse>
				<verse number="6">तिनीहरूलाई देख्‍दा जाति-जातिहरू शोकित हुन्‍छन्, हरेक अनुहार पहेँलो हुन्‍छ।</verse>
				<verse number="7">तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारीकन प्रत्‍येक एउटै पङ्‌क्तिमा हिँड्‌छन्‌।</verse>
				<verse number="8">तिनीहरू एउटाले अर्कालाई धक्‍का दिँदै हिँड्‌दैनन्, प्रत्‍येक आफ्‍ना-आफ्‍नै पङ्‌क्तिमा सीधा अगि बढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्‍छन्‌।</verse>
				<verse number="9">तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्‌छन्‌। तिनीहरू घरका झ्‍यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्‌।</verse>
				<verse number="10">पृथ्‍वी तिनीहरूका सामुन्‍ने काम्‍छ, आकाश थरथराउँछ। सूर्य र चन्‍द्र अँध्‍यारा हुन्‍छन्‌ र ताराहरूले आफ्‍नो चमक दिँदैनन्‌।</verse>
				<verse number="11">परमप्रभु आफ्‍नो सेनाको अगि गर्जनुहुन्‍छ। उहाँको फौज अनगन्‍ती छ, र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्‌। परमप्रभुको दिन महान्‌ र साह्रै डरलाग्‍दो छ। त्‍यो कसले सहन सक्‍छ र?</verse>
				<verse number="12">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “अहिले पनि तिमीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”</verse>
				<verse number="13">आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्‍वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्‍छ, र विपत्ति ल्‍याउनुहुँदा उहाँ दु:खित हुनुहुन्‍छ।</verse>
				<verse number="14">कसले जान्‍दछ, कतै दु:खित भएर उहाँले आफ्‍नो मन बदली आशिष्‌ दिनुहुन्‍छ— परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरूले चढ़ाउने अन्‍नबलि र अर्घ-बलिहरू।</verse>
				<verse number="15">सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ।</verse>
				<verse number="16">मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्‍मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्‍नो कोठाबाट र दुलही आफ्‍नो भित्री कोठाबाट निस्‍कून्‌।</verse>
				<verse number="17">परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्‍दिरको दलान र वेदीका बीचमा रोऊन्‌। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्‍नो प्रजालाई बाँकी राख्‍नुहोस्‌। आफ्‍नो उत्तराधिकारीलाई गिल्‍लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्‍द हुन नदिनुहोस्‌। ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्‌ त?’ भनी अन्‍यजातिहरूले किन भन्‍न पाऊन्‌?”</verse>
				<verse number="18">तब परमप्रभु आफ्‍नो देशको निम्‍ति डाही हुनुहुनेछ र उहाँले आफ्‍नो प्रजालाई टिठ्याउनुहुनेछ।</verse>
				<verse number="19">परमप्रभुले आफ्‍नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्‍न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्‍पूर्ण तृप्‍त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्‍यै म तिमीहरूलाई गिल्‍लाको पात्र हुन दिनेछैनँ।</verse>
				<verse number="20">“म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्‍यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्‍यसको अगिल्‍लो पङ्‌क्तिलाई पूर्वको समुद्रमा र त्‍यसको पछिल्‍लो पङ्‌क्तिलाई चाहिँ पश्‍चिमको समुद्रमा हटाइदिनेछु, अनि त्‍यसको गन्‍ध, त्‍यसको सड़ेको दुर्गन्‍ध माथि उठ्‌नेछ।” निश्‍चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ।</verse>
				<verse number="21">ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्‌। निश्‍चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ।</verse>
				<verse number="22">ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्‌। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्‍त फलहरू दिन्‍छन्‌।</verse>
				<verse number="23">ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्‍वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्‌को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्‍त झरी ल्‍याइदिनुहुन्‍छ— शरद्‌ र बसन्‍त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्‍छ।</verse>
				<verse number="24">तब खलाहरू अन्‍नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्‌।</verse>
				<verse number="25">“म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात्‌ मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो।</verse>
				<verse number="26">तिमीहरू अघाउञ्‍जेल प्रशस्‍त खान पाउनेछौ, र तिमीहरूका निम्‍ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लज्‍जित हुनेछैन।</verse>
				<verse number="27">तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्‍नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लज्‍जित हुनेछैन।</verse>
				<verse number="28">“त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌।</verse>
				<verse number="29">ती दिनमा मेरा सेवकहरू पुरुष र स्‍त्रीहरू दुवैमाथि म आफ्‍ना आत्‍मा खन्‍याउनेछु।</verse>
				<verse number="30">आकाश र पृथ्‍वीमा म अचम्‍मका कामहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो र धूवाँका मुस्‍लाहरू।</verse>
				<verse number="31">परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।</verse>
				<verse number="32">परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्‍नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">“ती दिनहरूमा र त्‍यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्‍य फर्काउनेछु,</verse>
				<verse number="2">तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्‍याउनेछु। त्‍यहाँ मेरो प्रजा, अर्थात्‌ मेरो निज उत्तराधिकारी इस्राएलको निम्‍ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्‍ड दिनेछु।</verse>
				<verse number="3">उनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले, र वेश्‍यागमनको निम्‍ति केटा बिक्री गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे।</verse>
				<verse number="4">“अब ए टुरोस र सीदोन, र पलिश्‍तीका सबै क्षेत्रका मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के मैले गरेको कुनै कामको निम्‍ति तिमीहरू मलाई साटो लिँदछौ? यदि तिमीहरूले साटो लिइरहेका छौ भने, त्‍यो तिमीहरूकै थाप्‍लोमा म चाँड़ै खन्‍याइदिनेछु।</verse>
				<verse number="5">किनकि मेरा सुन र चाँदी र सबै असल-असल चीजहरू तिमीहरूले आफ्‍ना मन्‍दिरहरूमा लगेका छौ।</verse>
				<verse number="6">तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका घरबारदेखि टाढ़ा पठाउनलाई ग्रीकहरूका हातमा बेच्‍यौ।</verse>
				<verse number="7">“हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँहरूबाट म तिनीहरूलाई निकाल्‍नेछु, र तिमीहरूले दिएको साटो म तिमीहरूकै थाप्‍लोमा खन्‍याइदिनेछु।</verse>
				<verse number="8">म तिमीहरूका छोराछोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु, र तिनीहरूले यिनीहरूलाई टाढ़ाको एक जाति, अर्थात्‌ शबाका मानिसहरूलाई बेचिदिनेछन्‌।” परमप्रभुले भन्‍नुभएको छ।</verse>
				<verse number="9">जाति-जातिहरूका बीचमा यो घोषणा गर: लड़ाइँको निम्‍ति तयार होओ, योद्धाहरूलाई सुनाओ। लड़ाइँ गर्ने सबै मानिसहरू नजिक आएर आक्रमण गरून्‌।</verse>
				<verse number="10">तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्‍ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।”</verse>
				<verse number="11">हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्‍यहाँ एकसाथ भेला होओ। हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्‍याउनुहोस्‌।</verse>
				<verse number="12">जातिहरू सुरिऊन्‌ र यहोशापातको बेँसीमा अगि बढून्, किनकि त्‍यहीँ नै म चारैतिरका जाति-जातिहरूको न्‍याय गर्नलाई बस्‍नेछु।</verse>
				<verse number="13">हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्‍च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्‌। उनीहरूको दुष्‍टता ज्‍यादै भइसक्‍यो।”</verse>
				<verse number="14">“फैसला गरिने बेँसीमा धुइरोको धुइरो छ, किनकि फैसला गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ।</verse>
				<verse number="15">सूर्य र चन्‍द्र अँध्‍यारा हुनेछन्‌ र ताराहरूले आफ्‍नो चमक दिनेछैनन्‌।</verse>
				<verse number="16">परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्‍नो उच्‍च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍नो प्रजाको निम्‍ति शरणस्‍थान, इस्राएलका मानिसहरूका निम्‍ति गढ़ हुनुहुनेछ।</verse>
				<verse number="17">“तब पवित्र पर्वत सियोनमा वास गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ। यरूशलेम पवित्र हुनेछ, र कुनै विदेशीहरूले त्‍यसलाई फेरि कहिल्‍यै आक्रमण गर्नेछैनन्‌।</verse>
				<verse number="18">“त्‍यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्‍न लाग्‍नेछ। यहूदाका सबै खोल्‍साहरूमा पानी बग्‍न थाल्‍नेछ, र परमेश्‍वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्‍यकालाई भिजाउनेछ।</verse>
				<verse number="19">तर यहूदाका मानिसहरूमाथि अत्‍याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ।</verse>
				<verse number="20">यहूदा सदासर्वदाको निम्‍ति र यरूशलेम पुस्‍तौँ-पुस्‍तौँसम्‍म मानिसहरूका वासस्‍थान हुनेछन्‌।</verse>
				<verse number="21">तिनीहरूको रगतको दोष, जो मैले क्षमा गरेको छैनँ, सो म क्षमा गर्नेछु।” परमप्रभु सियोनमा वास गर्नुहुन्‍छ।</verse>
			</chapter>
		</book>
		<book number="30">
			<chapter number="1">
				<verse number="1">तकोमा बस्‍ने गोठालाहरूमध्‍येका एक जना आमोसका वचन— यहूदाका राजा उज्‍जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्‌।</verse>
				<verse number="2">तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्‍छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्‍छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्‍छन्‌।”</verse>
				<verse number="3">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दमस्‍कसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले,</verse>
				<verse number="4">म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्‍यसले बेन-हददका किल्‍लाहरू भस्‍म पार्नेछ।</verse>
				<verse number="5">म दमस्‍कसको मूल ढोका भाँचिदिनेछु। आवनको उपत्‍यकामा भएको राजालाई र बेथ-अदनमा राजदण्‍ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभुले भन्‍नुहुन्‍छ।</verse>
				<verse number="6">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “गाजाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सम्‍पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्‍पिदिनलाई कैद गरेर लग्‍यो।</verse>
				<verse number="7">म गाजाका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ।</verse>
				<verse number="8">म अश्‍दोदको राजालाई र अश्‍कलोनको राजदण्‍ड लिनेलाई सर्वनाश पार्नेछु। म एक्रोनको विरुद्धमा मेरो हात चलाउनेछु, जबसम्‍म पलिश्‍तीहरू आखिरीसम्‍म मर्नेछैनन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “टुरोसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सम्‍पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्‍पिदिएको हुनाले, र दाजुभाइहरूले आपसमा बाँधेको करारको सम्‍झना नगरेकोले,</verse>
				<verse number="10">म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ।”</verse>
				<verse number="11">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “एदोमका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेको हुनाले, र त्‍यसको रीस निरन्‍तर दन्‍किरहेको र आफ्‍नो क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले,</verse>
				<verse number="12">म तेमानमा आगो पठाइदिनेछु, र त्‍यसले बोज्राका किल्‍लाहरू भस्‍म पार्नेछ।”</verse>
				<verse number="13">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अम्‍मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले आफ्‍ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्‍त्रीहरूका पेट तरवारले चिरेको हुनाले,</verse>
				<verse number="14">म रब्‍बाका पर्खालहरूमा आगो लगाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू त्‍यस लड़ाइँको दिनमा होहल्‍लासँग, त्‍यो प्रचण्‍ड आँधीबेहरीको दिनमा भस्‍म पार्नेछ।</verse>
				<verse number="15">त्‍यसको राजा निर्वासनमा जानेछ, त्‍यो र त्‍यसका अधिकारीहरू सबै,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मोआबका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले</verse>
				<verse number="2">म मोआबमा आगो पठाइदिनेछु, र त्‍यसले किर्योतका किल्‍लाहरू भस्‍म पार्नेछ। मोआबचाहिँ खैलाबैला, ठूलो युद्ध-ध्‍वनि र तुरहीको सोरमा नष्‍ट हुनेछ।</verse>
				<verse number="3">म त्‍यसको शासक र त्‍यसका सबै अधिकारीहरूलाई सर्वनाश गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यहूदाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले परमप्रभुको व्‍यवस्‍थालाई अस्‍वीकार गरेका हुनाले, र उहाँका विधिहरू पालन नगरेकाले, र तिनीहरूका पिता-पुर्खाहरूले पछ्याएका झूटा देवताहरूद्वारा तिनीहरू भ्रममा परेका हुनाले,</verse>
				<verse number="5">म यहूदामा आगो पठाइदिनेछु, र त्‍यसले यरूशलेमका किल्‍लाहरू भस्‍म पार्नेछ।”</verse>
				<verse number="6">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले धर्मात्‍माहरूलाई चाँदीमा र दरिद्रहरूलाई एक जोर जुत्तामा बेच्‍छन्‌।</verse>
				<verse number="7">तिनीहरू गरीबहरूका टाउकामाथि भूमिको धूलोमा गरेझैँ कुल्‍चन्‍छन्, र पीडितहरूको न्‍यायलाई नामन्‍जूर गर्दछन्‌। बुबा र छोरो एउटै तरुणीकहाँ गएर मेरो पवित्र नाउँ अपवित्र पार्छन्‌।</verse>
				<verse number="8">तिनीहरू हरेक वेदीको छेउमा बन्‍धकका लुगाहरूमा सुत्‍छन्‌। जरीमाना स्‍वरूप पाएको दाखमद्य आफ्‍नो देवताको मन्‍दिरमा खान्‍छन्‌।</verse>
				<verse number="9">“मैले तिनीहरूका सामुबाट एमोरीलाई सर्वनाश गरिदिएँ, जसको अल्‍गाइ देवदारुको र बलचाहिँ फलाँटका रूखको जस्‍तै थियो। मैले त्‍यसका माथितिरका फल र त्‍यसका तलतिरका जरा नष्‍ट पारिदिएँ।</verse>
				<verse number="10">“एमोरीहरूको देश दिनलाई मैले तिमीहरूलाई मिश्रदेशदेखि निकालेर ल्‍याएँ, र मरुभूमिमा चालीस वर्ष डोर्‍याएँ।</verse>
				<verse number="11">त्‍यसबाहेक मैले तिमीहरूका छोराहरूमध्‍येबाट अगमवक्ताहरू र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू खड़ा गरें। हे इस्राएलका मानिसहरू हो, के यो कुरा सत्‍य होइन?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन लायौ, र अगमवक्ताहरूलाई ‘अगमवाणी नभन’ भनी आज्ञा दियौ।</verse>
				<verse number="13">“हेर त, अब म तिमीहरूलाई अन्‍न भरिएको गाड़ाले किचेझैँ किच्‍नेछु।</verse>
				<verse number="14">वेगसित दगुर्नेले उम्‍कन पाउनेछैन, र बलियाले आफ्‍नो बल प्रयोग गर्न सक्‍नेछैन, न त शक्तिशालीले आफ्‍नो प्राण बचाउन सक्‍नेछ।</verse>
				<verse number="15">धनु चलाउने खड़ा हुनेछैन, र फूर्तिसित दगुर्नेले आफैलाई बचाउन सक्‍नेछैन, न त घोड़ामा सवार हुनेले आफ्‍नो प्राण बचाउन सक्‍छ।</verse>
				<verse number="16">सबैभन्‍दा साहसी योद्धाहरू पनि त्‍यस दिन नाङ्गै भाग्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">हे इस्राएलका मानिस हो, परमप्रभुले तिमीहरूका विरुद्धमा भन्‍नुभएको यो वचन सुन, अर्थात्‌ मिश्रदेशबाट मैले ल्‍याएका सारा परिवारका विरुद्धमा,</verse>
				<verse number="2">“पृथ्‍वीका सबै परिवारहरूमध्‍ये मैले केवल तिमीहरूलाई मात्र चुनेको छु। यसैकारण तिमीहरूका सबै अधर्मका लागि म तिमीहरूलाई दण्‍ड दिनेछु।”</verse>
				<verse number="3">के दुई जना आपसमा सहमत नभएसम्‍म सँगसँगै हिँड्‌छन्‌ र?</verse>
				<verse number="4">के शिकार नभए झाड़ीमा सिंह गर्जन्‍छ र? केही फेला नपारीकन त्‍यो आफ्‍नो ओड़ारमा ङ्यार्रङुर्र गर्छ र?</verse>
				<verse number="5">के भूइँमा पासो नथापीकनै चरो त्‍यसमा पर्छ र? के समात्‍नलाई केही नभएसम्‍म धराप भूइँबाट माथि उछिट्टिन्‍छ र?</verse>
				<verse number="6">कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन्‌ र? परमप्रभुले नपठाउनुभएसम्‍म के कुनै सहरमा विपत्ति आउँछ र?</verse>
				<verse number="7">निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।</verse>
				<verse number="8">सिंह गर्जेको छ, को डराउँदैन? परमेश्‍वर बोल्‍नुभएको छ, कसले अगमवाणी नबोली छोड्‌दैन र?</verse>
				<verse number="9">अश्‍दोदका किल्‍लाहरू र मिश्रदेशका किल्‍लाहरूलाई घोषणा गर: “सामरियाका पहाड़हरूमा तिमीहरू भेला होओ। त्‍यहाँभित्र भएको ठूलो खैलाबैलालाई र त्‍यसका मानिसहरूका बीचमा भएको अत्‍याचारलाई हेर।”</verse>
				<verse number="10">परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरू ठीक काम गर्न जान्‍दैनन्‌। तिनीहरू लूट र डकैतीका माल आफ्‍ना किल्‍लाहरूभित्र सञ्‍चय गर्छन्‌।”</verse>
				<verse number="11">यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “एक जना शत्रुले देशलाई चढ़ाइ गर्नेछ, त्‍यसले तेरा गढ़ीहरूलाई नाश गर्नेछ, र तेरा किल्‍लाहरू लुट्‌नेछ।”</verse>
				<verse number="12">परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जसरी गोठालाले सिंहको मुखबाट खुट्टाका दुई हड्डी अथवा कानको एक टुक्रा मात्र छुटाउँछ, त्‍यसरी नै सामरियामा पलङ्गको किनारमा र आफ्‍ना गद्दीका कुनामा बस्‍ने इस्राएलीहरू छुटाइनेछन्‌।</verse>
				<verse number="13">“यो सुन, र याकूबका घरानाको विरुद्धमा यो गवाही देऊ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="14">“जुन दिनमा इस्राएललाई त्‍यसका पापहरूका लागि दण्‍ड दिनेछु, म बेथेलका वेदीहरूलाई सर्वनाश गर्नेछु, र वेदीका सीङहरू च्‍वाट्टै काटिएर भूइँमा खस्‍नेछन्‌।</verse>
				<verse number="15">म हिउँदमा बस्‍ने निवासस्‍थान र गर्मीमा बस्‍ने निवासस्‍थान दुवै सर्वनाश गर्नेछु, र हस्‍तिहाड़ले सिँगारिएका घरहरू नष्‍ट हुनेछन्, र भवनहरू भत्‍काइनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">हे सामरिया डाँड़ामा बस्‍ने बाशानका गाई हो, तिमी स्‍त्रीहरू, जो गरीबहरूलाई थिचोमिचो गर्दछौ, र दरिद्रहरूलाई पेल्‍दछौ, र आफ्‍ना पतिहरूलाई भन्‍दछौ, “हामीहरूलाई केही पिउनलाई ल्‍याइदिनुहोस्‌।” तिमीहरू यो वचन सुन।</verse>
				<verse number="2">परमप्रभु परमेश्‍वरले आफ्‍नो पवित्रताद्वारा यो शपथ खानुभएको छ, “हेर, समय निश्‍चय नै आउनेछ, जब तिमीहरूलाई अंकुसेले र तिमीहरूका बाँकी रहेकाहरूलाई बल्‍छीले समातेर लगिनेछन्‌।</verse>
				<verse number="3">तिमीहरू हरेक जना पर्खालका धाँदाहरूका बीचबाट भएर सोझै जानेछौ, र तिमीहरू हर्मोनतिर फ्‍याँकिनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">“बेथेलमा गएर पाप गर। गिलगालमा गएर अझ धेरै पाप गर। बिहानैपिच्‍छे तिमीहरूका भेटी ल्‍याओ र प्रत्‍येक तेस्रो वर्षमा आ-आफ्‍नो दशांश ल्‍याओ।</verse>
				<verse number="5">खमिर हालेको रोटी धन्‍यवाद बलि चढ़ाओ, र स्‍वेच्‍छा बलिका लागि धाक लगाउँदै हिँड़, तिनको कारणले घमण्‍ड गर, किनकि तिमी इस्राएली हौ, तिमीहरूलाई त्‍यसै गर्न मन पर्छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="6">“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">“कटनी गर्ने समय अझै अरू तीन महिना बाँकी रहँदै मैले तिमीहरूबाट वर्षा रोकें। मैले एउटा नगरमा वर्षाको पानी पठाइदिएँ, तर अर्कोमा पठाइनँ। एउटा खेतमा पानी पर्‍यो, अर्कोमा केही पनि परेन र त्‍यो सुक्‍यो।</verse>
				<verse number="8">मानिसहरू नगर-नगर हुँदो पानीको लागि धरमरिँदै हिँड़े, तर पिउनलाई यथेष्‍ट पाएनन्, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“मैले धेरै पल्‍ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">“मैले तिमीहरूका बीचमा मिश्रदेशलाई गरेझैँ रूढ़ीहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तिमीहरूले पक्रेर ल्‍याएका घोड़ाहरूसमेत तरवारले मारें, र तिमीहरूका छाउनीको दुर्गन्‍ध तिमीहरूका नाकसम्‍मै भरिदिएँ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“मैले तिमीहरूमध्‍ये कति जनालाई सदोम र गमोरालाई जस्‍तै गरी ध्‍वंस पारिदिएँ। तिमीहरू जलिरहेको आगोबाट झिकेको अगुल्‍टोजस्‍तै थियौ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार होओ।”</verse>
				<verse number="13">जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्‍ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्‍यारो पार्छ र पृथ्‍वीका अल्‍गा-अल्‍गा ठाउँहरूमा हिँड्‌छ— सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर उहाँको नाउँ नै हो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">हे इस्राएलका घराना हो, तिमीहरूका विषयमा मैले गरेको यो विलाप सुन:</verse>
				<verse number="2">“कन्‍ये-केटी इस्राएल फेरि कहिल्‍यै नउठ्‌ने गरी लोटेकी छ, त्‍यो आफ्‍नै देशमा त्‍यागिएकी छ, त्‍यसलाई उठाउने कोही छैन।”</verse>
				<verse number="3">परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “जुन सहरबाट इस्राएलको निम्‍ति हजार जना बाहिर निस्‍कन्‍छन्, त्‍यसमा एक सय मात्र रहन्‍छन्‌। सय जना बाहिर निस्‍कनेका दश जना मात्र बाँच्‍नेछन्‌।”</verse>
				<verse number="4">इस्राएलका घरानालाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मलाई खोज र बाँच।</verse>
				<verse number="5">बेथेललाई नखोज, गिलगालमा नजाओ, बेर्शेबामा यात्रा नगर, किनकि गिलगाल अवश्‍य निर्वासनमा जानेछ, र बेथेलचाहिँ केही न केहीको हुनेछ।”</verse>
				<verse number="6">परमप्रभुको खोजी गर र बाँच, नत्रता उहाँ योसेफको घरानामा आगोजस्‍तै भएर जानुहुनेछ, र त्‍यसले भस्‍म पार्छ, र बेथेलमा त्‍यो निभाउने कोही हुनेछैन।</verse>
				<verse number="7">न्‍यायलाई तीतो बनाउने र धर्मलाई माटोमा मिलाउने तिमीहरू हौ।</verse>
				<verse number="8">(किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।</verse>
				<verse number="9">उहाँले बलियाको विरुद्ध एक्‍कासि सर्वनाश ल्‍याउनुहुन्‍छ, र किल्‍लाबन्‍दी गरिएको सहर नाश गर्नुहुन्‍छ),</verse>
				<verse number="10">न्‍यायालयमा बसेर हप्‍काउनेलाई तिमीहरू घृणा गर्छौ, र सत्‍य बोल्‍नेलाई पनि तिमीहरू घृणा गर्छौ।</verse>
				<verse number="11">तिमीहरू कङ्गालीलाई कुल्‍चन्‍छौ, र अन्‍न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्‍नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ।</verse>
				<verse number="12">किनकि म जान्‍दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्‌। तिमीहरू धर्मात्‍माहरूलाई सताउँदछौ र घूस लिन्‍छौ। न्‍यायालयमा गरीबहरूलाई न्‍यायदेखि वञ्‍चित गर्छौ।</verse>
				<verse number="13">यसैकारण बुद्धिमान्‌ मानिस यस्‍तो समयमा चूप लागिरहन्‍छ, किनकि समय खराब छ।</verse>
				<verse number="14">भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।</verse>
				<verse number="15">खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्‍यायालयमा न्‍याय कायम राख। शायद सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।</verse>
				<verse number="16">यसकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “सबै सड़कहरूमा रुवाबासी हुनेछ, र हरेक चोकमा तिनीहरूले हाय, हाय गर्नेछन्‌। किसानहरू विलाप गर्न र मलामीहरू शोक गर्न बोलाइनेछन्‌।</verse>
				<verse number="17">सबै दाखबारीमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">धिक्‍कार तिमीहरूलाई, जो परमप्रभुका दिनको अति इच्‍छा गर्दछौ! परमप्रभुका दिनको तिमीहरू किन इच्‍छा गर्दछौ? त्‍यो दिन त अन्‍धकार हुनेछ, उज्‍यालो होइन।</verse>
				<verse number="19">सिंहदेखि भागेर कुनै मानिसको भालूसित भेट भएजस्‍तै, अथवा घरभित्र गएर आराम गर्नलाई भित्तामा हात राख्‍दा साँपले त्‍यसलाई डसेजस्‍तै त्‍यो दिन हुनेछ।</verse>
				<verse number="20">के परमप्रभुको दिन उज्‍यालो होइन तर अन्‍धकार हुँदैन र— पटक्‍कै उज्‍यालो नभएको निष्‍पट्ट अन्‍धकार?</verse>
				<verse number="21">“तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्‍दिनँ।</verse>
				<verse number="22">तिमीहरूले मेरो निम्‍ति होमबलि र अन्‍नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्‍दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ।</verse>
				<verse number="23">तिमीहरूका सङ्गीतहरूको हल्‍ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्‍न चाहन्‍नँ।</verse>
				<verse number="24">तर न्‍यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्‍ने खोलाझैँ बगिरहोस्‌!</verse>
				<verse number="25">“इस्राएलका मानिस हो, के तिमीहरूले उजाड़-स्‍थानमा ती चालीस वर्षसम्‍म मलाई पशुबलि र भेटीहरू चढ़ायौ र?</verse>
				<verse number="26">तिमीहरूले आफ्‍नै निम्‍ति बनाएका राजाको तम्‍बू, तिमीहरूका मूर्तिहरूको थान, र तिमीहरूको तारा-देव उठाएका छौ।</verse>
				<verse number="27">यसकारण दमस्‍कसदेखि पनि पारि म तिमीहरूलाई निर्वासनमा पठाइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमेश्‍वर हो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">धिक्‍कार तिमीहरूलाई, जो सियोनमा निर्धक्‍कसित रहन्‍छौ, र तिमीहरूलाई, जो सामरियाको डाँड़ामा आफू सुरक्षित ठान्‍छौ। तिमीहरू प्रथम जातिका ख्‍याति प्राप्‍त भएका मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्‌!</verse>
				<verse number="2">कल्‍नेहमा गएर त्‍यहाँ हेर। त्‍यहाँबाट महान्‌ हमातमा जाओ। त्‍यसपछि पलिश्‍तीहरूको गातमा जाओ। के ती राज्‍यहरूभन्‍दा तिमीहरू असल छौ र? के तिनीहरूको भूमि तिमीहरूको भन्‍दा ठूलो छ र?</verse>
				<verse number="3">तिमीहरू दु:खको दिन पन्‍छाउँछौ, त्रासको राज्‍य नजिक ल्‍याउँछौ।</verse>
				<verse number="4">तिमीहरू हस्‍तिहाड़ले जड़ेका पलङ्गमा सुत्‍छौ, र आ-आफ्‍ना गद्दीहरूमा लम्‍पसार पर्छौ, र तिमीहरू उत्तम भेड़ाहरू र मोटा बाछाहरू खान्‍छौ।</verse>
				<verse number="5">तिमीहरू दाऊदले झैँ वीणा बजाउँछौ, र सङ्गीतका बाजाहरूमा तत्‍कालै धुन रच्‍छौ।</verse>
				<verse number="6">तिमीहरू ठूला-ठूला कचौरामा दाखमद्य पिउँछौ, र सर्वोत्तम तेल लगाउँदछौ, तर योसेफको विनाशमा केही अफसोस गर्दैनौ।</verse>
				<verse number="7">यसकारण निर्वासनमा जानेहरूमध्‍ये तिमीहरू पहिला हुनेछौ, र तिमीहरूका भोज र मोजमज्‍जा समाप्‍त हुनेछन्‌।</verse>
				<verse number="8">परमप्रभु परमेश्‍वरले आफ्‍नै नाउँमा शपथ खानुभएको छ। सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर घोषणा गर्नुहुन्‍छ: “म याकूबको घमण्‍डलाई घृणा गर्छु, र त्‍यसका किल्‍लाहरूलाई तुच्‍छ ठान्‍छु। म यसमा भएका सबै कुरासमेत यस सहरलाई शत्रुको हातमा सुम्‍पिदिनेछु।”</verse>
				<verse number="9">यदि एउटा घरमा दश जना मानिस बाँकी रहेका छन्‌ भने, तिनीहरू पनि मर्नेछन्‌।</verse>
				<verse number="10">जब कसैको कुटुम्‍बले, जसले लाशहरू जलाउनेछ, घरभित्रबाट लाश निकाल्‍न भनी आएर त्‍यहाँ लुकेकालाई “तिमीसित अझ अरू कोही छ?” भनी सोध्‍छ, अनि उसले जवाफ दिन्‍छ, “अँहँ, छैन,” तब त्‍यसले भन्‍नेछ, “चूप लाग, हामीले प्रभुको नाउँ लिनैहुँदैन।”</verse>
				<verse number="11">किनकि परमप्रभुले आज्ञा गर्नुभएको छ, र उहाँले ठूलो घर टुक्रै-टुक्रा र सानो घर धूलोपीठो पार्नुहुनेछ।</verse>
				<verse number="12">के घोड़ाहरू चट्टानहरूका भिरालामा दगुर्छन्‌? के कसैले त्‍यहाँ गोरु जोत्‍छ? तर तिमीहरूले त न्‍यायलाई विष र धार्मिकताका फललाई तीतोपन बनाएका छौ—</verse>
				<verse number="13">तिमीहरू जसले लो-देबारको पराजयमा आनन्‍द मनाउँछौ, र भन्‍छौ, “के हामीले आफ्‍नै बलले कार्नैम लिएनौ?”</verse>
				<verse number="14">“हे इस्राएलका घराना हो,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “म तिमीहरूका विरुद्धमा एउटा यस्‍तो जाति सुर्‍याउनेछु, जसले तिमीहरूलाई लेबो-हमातदेखि लिएर अराबाको उपत्‍यकासम्‍मै अत्‍याचार गर्नेछ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">परमप्रभु परमेश्‍वरले मलाई यो देखाउनुभयो: राजाका हिस्‍साको कटनी भइसकेपछि र दोस्रो बाली आउँदैगर्दा उहाँले सलहको बथान तयार गरिरहनुभएको थियो।</verse>
				<verse number="2">जब तिनीहरूले भूमिको बालीनाली सखाप पारे, तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, क्षमा गर्नुहोस्‌। याकूब कसरी बाँच्‍न सक्‍छन्‌? किनकि तिनी त साह्रै साना छन्‌।”</verse>
				<verse number="3">यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभुले भन्‍नुभयो।</verse>
				<verse number="4">परमप्रभु परमेश्‍वरले मलाई यो देखाउनुभयो: आगोद्वारा न्‍याय गर्न परमप्रभु परमेश्‍वरले ठहराउनुभयो। त्‍यस आगोले महासागरलाई सुकाएर जमिनलाई पनि भस्‍म पार्‍यो।</verse>
				<verse number="5">तब मैले चिच्‍च्‍याएर भनेँ, “हे परमप्रभु परमेश्‍वर, बिन्‍ती छ, थाम्‍नुहोस्‌। याकूब कसरी खड़ा रहन सक्‍छन्‌? किनकि तिनी त साना छन्‌।”</verse>
				<verse number="6">यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभु परमेश्‍वरले भन्‍नुभयो।</verse>
				<verse number="7">उहाँले मलाई यही देखाउनुभयो: साहुल लगाएर ठीक बनाएको भित्तानेर आफ्‍नो हातमा साहुल लिएर परमप्रभु उभिरहनुभएको रहेछ।</verse>
				<verse number="8">परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तँ के देख्‍दैछस्‌?” मैले जवाफ दिएँ, “एउटा साहुल।” तब परमप्रभुले भन्‍नुभयो, “हेर्, म मेरो प्रजा इस्राएलको बीचमा एउटा साहुल लगाइरहेछु। म तिनीहरूलाई अब बाँकी राख्‍नेछैनँ।</verse>
				<verse number="9">इसहाकका अल्‍गा-अल्‍गा ठाउँहरू सर्वनाश गरिनेछन्, र इस्राएलका पवित्रस्‍थानहरू भग्‍नावशेष हुनेछन्‌। म तरवार लिएर यारोबामका घरानाको विरुद्धमा खड़ा हुनेछु।”</verse>
				<verse number="10">तब बेथेलका पूजाहारी अमस्‍याहले इस्राएलका राजा यारोबामकहाँ समाचारवाहकलाई यसो भनेर पठाए, “इस्राएलका घरानाको बीचमा आमोसले तपाईंको विरुद्धमा एउटा षड्‌यन्‍त्र रचिरहेछ। यस देशले त्‍यसका सबै कुरा खप्‍न सक्‍दैन,</verse>
				<verse number="11">किनकि आमोसले यसो भनिरहेछ: ‘यारोबाम तरवारद्वारा मारिनेछन्, र इस्राएल निश्‍चय नै आफ्‍नो देशदेखि टाढ़ा कैदमा जानेछ’।”</verse>
				<verse number="12">तब अमस्‍याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट भागेर यहूदामा जाऊ, र त्‍यहीँ रोटी खाऊ अनि आफ्‍नो अगमवाणी गर।</verse>
				<verse number="13">बेथेलमा फेरि कहिल्‍यै अगमवाणी नगर, किनभने यो त राजाको शरणस्‍थान र राज्‍यको मन्‍दिर हो।”</verse>
				<verse number="14">आमोसले अमस्‍याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्‍जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ।</verse>
				<verse number="15">तर परमप्रभुले मलाई भेड़ाबाख्रा चराउनबाट बोलाउनुभयो, र मलाई भन्‍नुभयो, ‘जा, गएर मेरो प्रजा इस्राएललाई अगमवाणी कह’।</verse>
				<verse number="16">यसैले अब परमप्रभुको वचन सुन। तिमी भन्‍छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नकह, र इसहाकका घरानाको विरुद्धमा प्रचार गर्न छोड़िदेऊ’।</verse>
				<verse number="17">यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिम्री पत्‍नी सहरमा एउटी वेश्‍या हुनेछ, तिम्रा छोराछोरीहरू तरवारले काटिनेछन्, तिम्रो देश नापिनेछ र बाँड़िनेछ। तिमी आफैचाहिँ एउटा मूर्तिपूजक देशमा मर्नेछौ, र इस्राएलचाहिँ निश्‍चय नै आफ्‍नो देशबाट टाढ़ा निर्वासनमा लगिनेछ’।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">परमप्रभु परमेश्‍वरले मलाई यो देखाउनुभयो: पाकेका फलले भरिएको एउटा डालो।</verse>
				<verse number="2">उहाँले मलाई सोध्‍नुभयो, “आमोस, तँ के देख्‍छस्‌?” मैले जवाफ दिएँ, “पाकेको फलले भरिएको एउटा डालो।” तब परमप्रभुले मलाई भन्‍नुभयो, “मेरो प्रजा इस्राएलको लागि समय पूरा भएको छ। म अब तिनीहरूलाई छोड्‌नेछैनँ।”</verse>
				<verse number="3">परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “त्‍यस दिन मन्‍दिरका गीतहरू रुवाबासीमा परिवर्तित हुनेछन्‌। लाशहरू चारैतिर फालिनेछन्‌! चूप लाग्‌!”</verse>
				<verse number="4">हे कङ्गालीहरूलाई खुट्टाले कुल्‍चनेहरू र देशका गरीबहरूलाई हटाउनेहरू हो सुन,</verse>
				<verse number="5">तिमीहरू जसले भन्‍छौ, “औंसी कहिले बित्‍छ र हामी अन्‍न बेच्‍न सकौं? अनि शबाथ कहिले समाप्‍त हुन्‍छ र हामी गहूँ बेच्‍न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्‍न सकौंला।</verse>
				<verse number="6">गरीबलाई रुपियाँमा र दरिद्रलाई एक जोर जुत्तामा किन्‍न सकौंला, कसिङ्गरसहित गहूँ बेच्‍न सकौंला?”</verse>
				<verse number="7">याकूबको गर्वमा परमप्रभुले यसो भनेर शपथ खानुभएको छ: “म तिनीहरूले गरेका कुनै पनि कामलाई कहिल्‍यै बिर्सनेछैनँ।</verse>
				<verse number="8">के यसैको कारण जमिन काम्‍नेछैन र? त्‍यसमा बस्‍ने सबैले विलाप गर्नेछैनन्‌ र? सम्‍पूर्ण देश नील नदीझैँ बढ्‌नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”</verse>
				<verse number="9">परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “त्‍यस दिन म सूर्यलाई मध्‍यदिनमा अस्‍ताइदिनेछु, र उज्‍यालो हुँदै पृथ्‍वीलाई अँध्‍यारो पारिदिनेछु।</verse>
				<verse number="10">म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्‌ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्‍ति विलाप गरेझैँ त्‍यस समयलाई तुल्‍याउनेछु। त्‍यसको अन्‍त्‍य तीतो हुनेछ।”</verse>
				<verse number="11">परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “यस्‍ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्‍याउनेछु— जुनचाहिँ न त अन्‍नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्‍णाको अनिकाल हुनेछ।</verse>
				<verse number="12">मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्‍म, र उत्तरदेखि पूर्वसम्‍म धरमरिँदै हिँड्‌नेछन्‌। तर तिनीहरूले त्‍यो पाउनेछैनन्‌।</verse>
				<verse number="13">“त्‍यस दिन, सुन्‍दरी तरुणीहरू र बलिष्‍ठ जवानहरू तिर्खाले मूर्च्‍छा खानेछन्‌।</verse>
				<verse number="14">सामरियाको शर्मको नाउँमा शपथ खाने अथवा ‘हे दान, तेरो देवता जीवित भएझैँ,” वा “बेर्शेबाको देवता जीवित भएझैँ’ भन्‍नेहरू सबै लोट्‌नेछन्, र फेरि कहिल्‍यै उठ्‌नेछैनन्‌।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">मैले परमप्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें, र उहाँले मलाई भन्‍नुभयो: “खम्‍बाका टुप्‍पा-टुप्‍पा हिर्का र सँघारहरू हल्‍लिऊन्‌। सबै मानिसहरूका शिरहरू काटिदे र बचेकाहरूलाई चाहिँ म तरवारले मार्नेछु। एकैजना पनि भाग्‍न पाउनेछैन, एक जना पनि उम्‍कन पाउनेछैन।</verse>
				<verse number="2">तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्‍यहाँबाट तानेर ल्‍याउनेछ। तिनीहरू माथि स्‍वर्गमा उक्‍ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु।</verse>
				<verse number="3">तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्‍यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु। तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्‍न सर्पलाई आज्ञा दिनेछु।</verse>
				<verse number="4">तिनीहरू आ-आफ्‍ना शत्रुहरूद्वारा निर्वासित गरिए तापनि म तरवारलाई हुकुम गर्नेछु, र त्‍यसले तिनीहरूलाई मार्नेछ। भलाइको निम्‍ति होइन, तर खराबीको निम्‍ति म तिनीहरूमाथि नजर राख्‍नेछु।”</verse>
				<verse number="5">सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर उहाँ नै हुनुहुन्‍छ, जसले पृथ्‍वीलाई छुनुहुँदा त्‍यो पग्‍लन्‍छ, र त्‍यसमा हुने सबैले विलाप गर्छन्, र सारा देश नील नदीझैँ बढ्‌छ, अनि मिश्रको नदीझैँ घट्‌छ।</verse>
				<verse number="6">उहाँ, जसले आकाशमाथि आफ्‍नो वासस्‍थान बनाउनुहुन्‍छ, र पृथ्‍वीमा यसको जग बसाल्‍नुहुन्‍छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनभरि खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।</verse>
				<verse number="7">“के तिमी इस्राएलीहरू होइनौ, जो मेरो निम्‍ति कूशका सन्‍तानजस्‍तै छौ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के मैले इस्राएललाई मिश्रदेशदेखि, पलिश्‍तीहरूलाई कप्‍तोरदेखि, र अरामीहरूलाई कीरदेखि निकालेर ल्‍याएको होइनँ र?</verse>
				<verse number="8">“परमप्रभुको नजर दुष्‍ट राज्‍यमाथि परेको छ। म त्‍यसलाई पृथ्‍वीदेखि नाश गर्नेछु, तापनि याकूबको घरानालाई म बिलकुलै सर्वनाश गर्नेछैनँ,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“म आज्ञा गर्नेछु, र इस्राएलको घरानालाई समस्‍त जातिहरूका बीचमा अन्‍न नाङ्‌लोमा निफनेझैँ म चाल्‍नेछु, र एउटा सानो ढुङ्गाको टुक्रा पनि भूइँमा खस्‍नेछैन।</verse>
				<verse number="10">‘विपत्ति हामीमाथि आइपर्नेछैन, न त हामीलाई त्‍यसले भेट्‌नेछ’ भन्‍ने मेरो प्रजामध्‍येका सबै पापीहरू तरवारले मारिनेछन्‌।</verse>
				<verse number="11">“त्‍यस दिन म दाऊदको ढलेको वासस्‍थानलाई पुनर्स्‍थापन गर्नेछु, र त्‍यसका प्‍वालहरू मरम्‍मत गर्नेछु। अनि भत्‍केको अवस्‍थाबाट त्‍यसलाई म खड़ा गर्नेछु र अघिजस्‍तै गरी म त्‍यसलाई निर्माण गर्नेछु,</verse>
				<verse number="12">ताकि तिनीहरूले एदोमको बाँकी रहेका, र मेरो नाउँ भएका सबै जाति-जातिलाई अधिकार गरून्‌।” यसै नै गर्नुहुने परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="13">“यस्‍ता दिन आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब कटनी गर्नेलाई हलो जोत्‍नेले उछिन्‍नेछ, र बीउ छर्नेलाई दाख पेल्‍नेले उछिन्‍नेछ। पर्वतहरूबाट नयाँ दाखमद्य चुहुनेछ, र सबै डाँड़ाहरूबाट त्‍यो बग्‍नेछ।</verse>
				<verse number="14">म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्‍याउनेछु। ध्‍वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्‌। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्‌।</verse>
				<verse number="15">म इस्राएललाई तिनीहरूकै देशमा कहिल्‍यै नउखेलिने गरी बसाल्‍नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
		</book>
		<book number="31">
			<chapter number="1">
				<verse number="1">परमप्रभु परमेश्‍वर एदोमको बारे यसो भन्‍नुहुन्‍छ— हामीले परमप्रभुबाट यो सन्‍देश सुनेका छौं: एक जना राजदूत जाति-जातिका बीचमा यसो भन्‍न पठाइएको थियो, “उठ्‌ हामी त्‍यसको विरुद्ध लड़ाइँ गर्न जाऔं”—</verse>
				<verse number="2">“हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्‍याउनेछु। तँ अति नै तुच्‍छ हुनेछस्‌।</verse>
				<verse number="3">तेरो हृदयको घमण्‍डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्‍वान्‍द्राहरू र अल्‍गा-अल्‍गा ठाउँमा बस्‍ने, ‘मलाई तल जमिनमा खसाल्‍न कसले सक्‍छ?’ भनी तँ आफ्‍नो मनमा भन्‍छस्‌।</verse>
				<verse number="4">तर गरुडहरूजस्‍तै तँ माथि उड़े पनि र ताराहरूका बीचमा तेरो गुँड़ बनाए तापनि त्‍यहाँबाट म तँलाई तल खसाल्‍नेछु” परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="5">“यदि चोरहरू तँकहाँ आए, यदि डाँकूहरू राती आए भने— तेरो कस्‍तो सर्वनाश हुनेछ— के तिनीहरूले आफूलाई चाहिने जति मात्र लुटेर लैजाँदैनन्‌ र? यदि दाख टिप्‍नेहरू तँकहाँ आए भने, के तिनीहरूले अलि-अलि दाखहरू फाटफुट छोड्‌दैनन्‌?</verse>
				<verse number="6">तर एसावका धन-सम्‍पत्तिहरू कसरी लुटिनेछन्‌! त्‍यसका लुकाइएका धनहरूको कसरी अपहरण गरिनेछ!</verse>
				<verse number="7">तेरा सबै मित्रराष्‍ट्रहरूले तँलाई सिमानासम्‍म धपाइदिनेछन्‌। तेरा मित्रहरूले तँलाई धोका दिएर दमन गर्नेछन्‌। तेरो रोटी खानेहरूले नै तँलाई पासो थाप्‍नेछन्, तर यस कुराको तँलाई केही पत्तै हुनेछैन।</verse>
				<verse number="8">“त्‍यो दिन के म एदोमका बुद्धिमान्‌ मानिसहरूलाई र एसावका डाँड़ामा भएका समझदार मानिसहरूलाई नष्‍ट पार्नेछैनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“हे तेमान, तेरा योद्धाहरू त्रासमा पर्नेछन्, र एसावका डाँड़ामा भएका हरेक मानिस मारकाटमा परेर मारिनेछ।</verse>
				<verse number="10">तेरो भाइ याकूबको विरुद्धमा गरेको उपद्रवको कारण तँलाई शर्मले ढाक्‍नेछ, र तँ सदाको निम्‍ति नष्‍ट हुनेछस्‌।</verse>
				<verse number="11">जुन दिन तँ टाढ़ै उभिइस्, जुन दिन परदेशीहरूले त्‍यसका धन-सम्‍पत्ति खोसेर लगे, र विदेशीहरूले त्‍यसका ढोकाहरूबाट भित्र पसेर यरूशलेमको निम्‍ति चिट्ठा हालेथे, तँ तिनीहरूजस्‍तै थिइस्‌।</verse>
				<verse number="12">तैंले तेरा भाइको दुर्भाग्‍यको दिनमा उसलाई हेला गर्नु हुँदैनथ्‍यो, न त यहूदाका सन्‍तानका सर्वनाशको दिनमा रमाउनु हुन्‍थ्‍यो, न त तिनीहरूका सङ्कष्‍टको दिनमा तैंले घमण्‍ड गर्नु हुन्‍थ्‍यो।</verse>
				<verse number="13">मेरो प्रजाका विपत्तिको दिनमा तँ तिनीहरूका ढोकाहरूबाट भित्र पस्‍नु हुँदैनथ्‍यो, न त तैंले तिनीहरूका विपत्तिको दिनमा हेला गर्नु हुन्‍थ्‍यो, न त तिनीहरूका विपत्तिको दिनमा तिनीहरूको धन-सम्‍पत्ति खोसेर लानु हुन्‍थ्‍यो।</verse>
				<verse number="14">त्‍यसका भागेर गएकाहरूलाई मार्न तँ दोबाटोमा पर्खिरहनु हुँदैनथ्‍यो, न त त्‍यसका दु:खको दिनमा त्‍यसका बाँचेकाहरूलाई तैंले पक्राइदिनु हुन्‍थ्‍यो।</verse>
				<verse number="15">“सबै जाति-जातिहरूका निम्‍ति परमप्रभुको दिन नजिकै आइपुगेको छ। तैंले जस्‍तो गरेको छस्, तँलाई पनि त्‍यस्‍तै गरिनेछ। तेरा कार्यहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्केर आउनेछन्‌।</verse>
				<verse number="16">जसरी तैंले मेरो पवित्र डाँड़ामा पिइस्, त्‍यसरी नै सबै जाति-जातिहरूले पनि सधैँभरि पिउनेछन्‌। तिनीहरूले पिइरहनेछन्, र कहिल्‍यै नभएजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="17">तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, त्‍यो पवित्र रहनेछ। याकूबको घरानाले आफ्‍नै उत्तराधिकारको अधिकार गर्नेछ।</verse>
				<verse number="18">याकूबको घराना आगो हुनेछ र योसेफको घराना एक ज्‍वाला बन्‍नेछ, र एसावको घरानाचाहिँ ठोसा-मोसा हुनेछ। यिनीहरूले त्‍यसलाई आगोमा सल्‍काएर भस्‍म पार्नेछन्‌। एसावको घरानाबाट बाँचेको एउटै पनि हुनेछैन।” परमप्रभुले यसै भन्‍नुभएको छ।</verse>
				<verse number="19">नेगेवका मानिसहरूले एसावका डाँड़ाहरू अधिकार गर्नेछन्, र डाँड़ाका फेदीका मानिसहरूले पलिश्‍तीहरूको देश अधिकार गर्नेछन्‌। तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्‍यामीनले चाहिँ गिलाद अधिकार गर्नेछ।</verse>
				<verse number="20">इस्राएलको यस समूहले, जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्‍मको देश अधिकार गर्नेछ। सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका नगरहरू अधिकार गर्नेछन्‌।</verse>
				<verse number="21">एसावका डाँड़ाहरूको राज्‍य गर्नलाई उद्धार गर्नेहरू सियोन पर्वतमा उक्‍लेर आउनेछन्, र राज्‍यचाहिँ परमप्रभुको हुनेछ।</verse>
			</chapter>
		</book>
		<book number="32">
			<chapter number="1">
				<verse number="1">परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो:</verse>
				<verse number="2">“त्‍यस ठूलो सहर निनवेमा जा, र त्‍यसको विरुद्धमा प्रचार गर्, किनभने त्‍यसको दुष्‍ट्याइँ मेरो सामु आएको छ।”</verse>
				<verse number="3">तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्‍पा सहर गए, र त्‍यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्‍न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।</verse>
				<verse number="4">तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्‍तो प्रचण्‍ड आँधी चल्‍यो कि त्‍यसले जहाजलाई नष्‍ट गर्लाजस्‍तै भयो।</verse>
				<verse number="5">सबै नावीकहरू डराए, र प्रत्‍येकले आफ्‍नो देवताको पुकारा गर्‍यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्‍यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, र त्‍यहाँ तिनी भुसुक्‍क निदाए।</verse>
				<verse number="6">जहाजका कप्‍तान तिनीकहाँ आएर भने, “कसरी सुत्‍न सकेको! उठेर तिम्रा परमेश्‍वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्‍याल राख्‍नुहुनेछ र हामी नष्‍ट हुनेछैनौं।”</verse>
				<verse number="7">तब नावीकहरूले आपसमा भन्‍न लागे, “आओ, यस आपत्तिको जिम्‍मावार को रहेछ, सो जान्‍नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्‍यो।</verse>
				<verse number="8">तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत्‌ ल्‍याउन को जिम्‍मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”</verse>
				<verse number="9">तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्‍वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”</verse>
				<verse number="10">यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्‍नेबाट भागेका रहेछन्‌ भन्‍ने तिनीहरूलाई थाहा थियो।)</verse>
				<verse number="11">समुद्रका छालहरू झन्‌-झन्‌ प्रचण्‍ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्‍ति शान्‍त होला?”</verse>
				<verse number="12">तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्‍त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्‍ड आँधी चलेको हो भन्‍ने म जान्‍दछु।”</verse>
				<verse number="13">तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्‍म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्‌-झन्‌ खराब हुँदैगयो।</verse>
				<verse number="14">यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्‍ती छ, हे परमप्रभु, यस मानिसको ज्‍यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्‍याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्‍तो इच्‍छा लागेको थियो सो गर्नुभएको छ।”</verse>
				<verse number="15">तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्‍त भइहाल्‍यो।</verse>
				<verse number="16">यो देखेर ती मानिसहरूले परमप्रभुको अत्‍यन्‍तै भय माने, र तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे।</verse>
				<verse number="17">तर योनालाई निल्‍न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्‍म योना त्‍यस माछाको पेटभित्र रहे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रार्थना गरे।</verse>
				<verse number="2">तिनले भने, “मैले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्‍ति मैले पुकारें, र तपाईंले मेरो क्रन्‍दन ध्‍यानसित सुन्‍नुभयो।</verse>
				<verse number="3">तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए।</verse>
				<verse number="4">मैले भनें, ‘म त तपाईंको दृष्‍टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्‍दिरतिर हेर्नेछु’।</verse>
				<verse number="5">डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्‍याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।</verse>
				<verse number="6">म त डाँड़ाहरूका फेदीसम्‍मै तल डुबें, पृथ्‍वीले मलाई सदाको निम्‍ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मेरो ज्‍यानलाई खाल्‍डोबाट उठाएर ल्‍याउनुभयो।</verse>
				<verse number="7">“जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्‍झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्‍दिरभित्रै पुग्‍यो।</verse>
				<verse number="8">“जस-जसले व्‍यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्‍चित हुन्‍छन्‌।</verse>
				<verse number="9">तर म त धन्‍यवादको स्‍तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्‍छ।”</verse>
				<verse number="10">तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्‍यसले योनालाई पाखामा उकेलिदियो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">तब परमप्रभुको वचन दोस्रो पल्‍ट योनाकहाँ आयो:</verse>
				<verse number="2">“त्‍यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्‍छु, सो त्‍यहाँ घोषणा गर्‌।”</verse>
				<verse number="3">योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्‍यन्‍तै प्रख्‍यात सहर थियो। त्‍यो हेर्नलाई तीन दिन लाग्‍दथ्‍यो।</verse>
				<verse number="4">पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ”</verse>
				<verse number="5">निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्‌ग्रा लगाए।</verse>
				<verse number="6">जब त्‍यो खबर निनवेका राजाकहाँ पुग्‍यो, तब उनी आफ्‍नो सिंहासनबाट उठे, उनले आफ्‍नो राजपोशाक फुकाले र भाङ्‌ग्रा लगाएर खरानीमा बसे।</verse>
				<verse number="7">तब उनले निनवेमा यसो भन्‍ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्‌।</verse>
				<verse number="8">तर मानिस र पशुले भाङ्‌ग्रा लगाऊन्, र परमेश्‍वरमा पुकारा गरून्‌। तिनीहरू आफ्‍ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्‍याग गरून्‌।</verse>
				<verse number="9">कसले जान्‍दछ? परमेश्‍वरले मन नरम गर्नुहोला र दया गरेर आफ्‍नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्‍ट हुनेछैनौं।”</verse>
				<verse number="10">तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्‍ना कुमार्गबाट फर्केर आए भन्‍ने परमेश्‍वरले देख्‍नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्‍कीअनुसार उहाँले गर्नुभएन।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।</verse>
				<verse number="2">अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्‍नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्‍त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्‍वर हुनुहुन्‍छ भनी मैले जानेको थिएँ।</verse>
				<verse number="3">अब हे परमेश्‍वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्‍ति बाँच्‍नुभन्‍दा त मर्नु नै असल छ।”</verse>
				<verse number="4">तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?”</verse>
				<verse number="5">तब योना सहरबाट निस्‍केर त्‍यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्‍यहाँ एउटा छाप्रो बनाए, र त्‍यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्‍यसैको छायामा बसे।</verse>
				<verse number="6">तब परमप्रभु परमेश्‍वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्‍यो छाया होस्‌ र तिनको दु:खहरण होस्‌ भनेर त्‍यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्‍यन्‍तै खुशी भए।</verse>
				<verse number="7">तर भोलिपल्‍ट बिहान उज्‍यालो हुँदा परमेश्‍वरले एउटा कीरालाई खटाउनुभयो, र त्‍यसले त्‍यस लौकालाई खाइदियो, र त्‍यो ओइलाइहाल्‍यो।</verse>
				<verse number="8">सूर्य उदाएपछि परमेश्‍वरले पूर्वदेखि पोल्‍ने बतास चलाइदिनुभयो, यतिसम्‍म कि घाम टन्‍टलापुरसित योनाको टाउकोमा पर्‍यो र तिनी मूर्च्‍छा परे, र मर्ने इच्‍छा गरेर भने, “मेरो निम्‍ति बाँच्‍नुभन्‍दा त मर्नु नै असल छ।”</verse>
				<verse number="9">तर परमेश्‍वरले योनालाई भन्‍नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?” तिनले भने, “मेरो हक छ। म मरुञ्‍जेलसम्‍मै रिसाउँछु।”</verse>
				<verse number="10">तर परमप्रभुले भन्‍नुभयो, “तैंले नस्‍याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्‍तित भइस्‌। एकै रातमा बढ़्यो, र एकै रातमा नष्‍ट पनि भयो।</verse>
				<verse number="11">तर निनवे सहरमा एक लाख बीस हजारभन्‍दा बढ्‌ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्‍न सक्‍दैनन्, र त्‍यसमा धेरै गाईबस्‍तुहरू पनि छन्‌। के मैले त्‍यस ठूलो सहरको निम्‍ति फिक्री नगरूँ?”</verse>
			</chapter>
		</book>
		<book number="33">
			<chapter number="1">
				<verse number="1">यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्‍ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए।</verse>
				<verse number="2">हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्‍वी र त्‍यसमा भएका सबै, ध्‍यानसित सुन, कि परमप्रभु आफ्‍नो पवित्र मन्‍दिरबाट, परमप्रभु परमेश्‍वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्‌।</verse>
				<verse number="3">हेर, परमप्रभु आफ्‍नो वासस्‍थानदेखि आउँदैहुनुहुन्‍छ। उहाँ तल ओर्लनुहुन्‍छ र पृथ्‍वीका उच्‍च स्‍थानहरूमा टेक्‍नुहुन्‍छ।</verse>
				<verse number="4">आगोमा मैन पग्‍लेजस्‍तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्‍लन्‍छन्, र उपत्‍यकाहरू टुक्रिन्‍छन्‌।</verse>
				<verse number="5">यी सबै याकूबको अपराधको कारण र इस्राएलका घरानाका पापको कारणले गर्दा भएका हुन्‌। याकूबको अपराध के हो त? के त्‍यो सामरिया होइन? यहूदाको अग्‍लो स्‍थान के हो? के त्‍यो यरूशलेम होइन?</verse>
				<verse number="6">“यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्‍यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्‍यसका जगहरू नाङ्गा बनाइदिनेछु।</verse>
				<verse number="7">त्‍यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्‌। त्‍यसका सबै मन्‍दिरका उपहारहरू आगोले जलाइनेछन्‌। त्‍यसका सबै मूर्तिहरू म ध्‍वंस पारिदिनेछु। ती उपहारहरू वेश्‍याको ज्‍यालाबाट त्‍यसले सञ्‍चय गरेकी हुनाले, वेश्‍याकै ज्‍यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्‌।”</verse>
				<verse number="8">यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्‌नेछु। म स्‍यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।</verse>
				<verse number="9">किनकि त्‍यसको घाउ निको हुनेछैन। त्‍यो यहूदासम्‍म आएको छ। त्‍यो मेरो प्रजाको ढोकासम्‍म पुगेको छ, अर्थात्‌ यरूशलेमसम्‍मै पुगेको छ।</verse>
				<verse number="10">गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा धूलोमा लुटपुट गर।</verse>
				<verse number="11">ए शाफीरमा बस्‍नेहरू हो, नाङ्गा र लज्‍जित भएर निस्‍किजाओ। सानानमा बस्‍नेहरू बाहिर आउनेछैनन्‌। बेथ-एजेल शोक गर्दैछ, त्‍यसको रक्षा गर्ने ठाउँ तिमीहरूबाट लगिएको छ।</verse>
				<verse number="12">मारोतमा बस्‍नेहरू दुखाइले छटपटाइरहेछन्, किनभने यरूशलेमको मूल ढोकासम्‍मै परमप्रभुबाट विपत्ति आएको छ।</verse>
				<verse number="13">हे लाकीशमा बस्‍नेहरू हो, घोड़ाको दल रथमा कस। सियोनकी छोरीको निम्‍ति पापको सुरु तिमीहरू नै थियौ, किनकि इस्राएलका अपराधहरू तिमीहरूमा नै भेट्टाइए।</verse>
				<verse number="14">यसकारण मोरेशेत-गातलाई बिदाका उपहारहरू तिमीहरूले दिनेछौ। अक्‍जीबको नगर इस्राएलका राजाहरूलाई धोका दिने प्रमाणित हुनेछ।</verse>
				<verse number="15">हे मारेशामा बस्‍नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्‍याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्‍लाममा आउनेछन्‌।</verse>
				<verse number="16">आफ्‍ना प्‍यारा बालकहरूका निम्‍ति तिमीहरूको केश शोकमा मुण्‍डन गर। सबै कपाल मुड़ाएर गिद्धको झैँ बनाओ, किनकि तिमीहरूका बालकहरू तिमीहरूबाट निर्वासनमा लगिनेछन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">धिक्‍कार तिनीहरूलाई, जसले अधर्मको युक्ति निकाल्‍छन्, जो आफ्‍ना ओछ्यानमा ढल्‍केर खराब षड्‌यन्‍त्र रच्‍दछन्‌। बिहान उज्‍यालो हुने बित्तिकै त्‍यो काम तिनीहरू गरिहाल्‍दछन्, किनभने त्‍यो गर्ने सामर्थ्‍य तिनीहरूसँग छ।</verse>
				<verse number="2">तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्‍छन्, र घरहरूको लोभ गरेर ती कब्‍जा गर्छन्‌। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्‍छन्‌।</verse>
				<verse number="3">यसैकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म यस प्रजाको निम्‍ति यस्‍तो विनाशको योजना रच्‍दैछु। त्‍यसबाट तिमीहरू बाँच्‍न सक्‍दैनौ। तिमीहरू घमण्‍डसाथ हिँड्‌न सक्‍नेछैनौ, किनकि त्‍यो एउटा विपत्तिको समय हुनेछ।</verse>
				<verse number="4">त्‍यस दिन मानिसहरूले तिमीहरूलाई हाँसोमा उड़ाउनेछन्‌। तिनीहरूले यो विलापको गीत गाएर तिमीहरूको खिसी गर्नेछन्, ‘हामी बिलकुलै नष्‍ट भयौं। मेरो प्रजाको सम्‍पत्ति बाँड़िएको छ। उहाँले त्‍यो खोस्‍नुहुन्‍छ। उहाँले हाम्रा जमिनहरू हामीलाई धोका दिनेहरूलाई बाँड़िदिनुहुन्‍छ’।”</verse>
				<verse number="5">यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन।</verse>
				<verse number="6">“अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्‍छन्‌। “यी कुरासम्‍बन्‍धी अगमवाणी नगर।” बेइज्‍जत हामीमाथि आइपर्नेछैन।”</verse>
				<verse number="7">हे याकूबका घराना हो, के यसै भनिओस्‌ त? “के परमप्रभुका आत्‍मा रिसाउनुभएको छ? के उहाँले यस्‍तो काम गर्नुहुन्‍छ र? “के सोझो बाटो हिँड्‌नेहरूलाई मेरो वचनले असल गर्दैन र?</verse>
				<verse number="8">भर्खरै मेरा प्रजा शत्रुहरूझैँ खड़ा भएका छन्‌। केही परवाह नगरी छेउबाटै जानेहरूबाट तिमीहरूले लड़ाइँबाट फर्कने मानिसहरूले जस्‍तै मूल्‍यवान्‌ खास्‍टो खोसेर लैजान्‍छौ।</verse>
				<verse number="9">मेरा प्रजाका स्‍त्रीहरूलाई तिनीहरूका आनन्‍दमय घरहरूबाट तिमीहरू निकालिदिन्‍छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष्‌ सदाको निम्‍ति तिमीहरू खोसिलैजान्‍छौ।</verse>
				<verse number="10">उठ, गइहाल! किनकि यो तिमीहरूको विश्राम गर्ने ठाउँ होइन, किनभने त्‍यो दूषित पारिएको छ, केही उपाय नहुने गरी यो नष्‍ट पारिएको छ।</verse>
				<verse number="11">यदि कुनै झूट बोल्‍ने र छली मानिस ‘म तिम्रो निम्‍ति धेरै दाखमद्य र मद्यको निम्‍ति अगमवाणी गर्नेछु” भनेर भन्‍छ भने, त्‍यो यस प्रजाको निम्‍ति उचित अगमवक्ता हुनेछ!</verse>
				<verse number="12">“हे याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्‍चय नै जम्‍मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्‍मा गर्नेछु। त्‍यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ।</verse>
				<verse number="13">बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्‍काएर बाहिर निस्‍केर जानेछन्‌। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्‌। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अनि मैले भनें, “हे याकूबका अगुवाहरू, हे इस्राएलीका घरानाका शासक हो, ध्‍यानसित सुन। के तिमीहरूले न्‍याय जान्‍नुपर्ने होइन र?</verse>
				<verse number="2">तिमीहरू, जसले भलाइलाई घृणा गर्छौ र खराबी रुचाउँछौ। तिमीहरू, जसले मेरा प्रजाको छाला काढ्‌दछौ र तिनीहरूका हाड़देखि मासु निकाल्‍दछौ।</verse>
				<verse number="3">तिमीहरू, जसले मेरा प्रजाको मासु खान्‍छौ, तिनीहरूका छाला काढ्‌छौ र हाड़हरू टुक्रा-टुक्रा गरी भाँच्‍तछौ, र भाँड़ामा हाल्‍ने र खड्‌कुँलोमा पकाउने मासुलाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्दछौ।”</verse>
				<verse number="4">तब तिनीहरूले परमेश्‍वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्‍ट्याइँ गरेको कारण त्‍यस बेला उहाँले आफ्‍नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ।</verse>
				<verse number="5">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “मेरो प्रजालाई कुमार्गमा हिँड्‌न लाउने अगमवक्ताहरूचाहिँ कसैले तिनीहरूलाई खान दिँदा तिनीहरू शान्‍तिको घोषणा गर्छन्‌। यदि त्‍यसले खान दिएन भने, त्‍यसको विरुद्धमा लड़ाइँ गर्न तिनीहरू तयार गर्छन्‌।</verse>
				<verse number="6">यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्‍धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्‍ति सूर्य अस्‍ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्‍ति अँध्‍यारो हुनेछ।</verse>
				<verse number="7">दर्शन देख्‍नेहरू लज्‍जित हुनेछन्, र जोखना हेर्नेहरू लाजमा पर्नेछन्‌। तिनीहरू सबैले आफ्‍नो मुख छोप्‍नेछन्, किनभने तिनीहरूले परमेश्‍वरबाट जवाफ पाउनेछैनन्‌।”</verse>
				<verse number="8">तर म त याकूबलाई तिनको अपराध र इस्राएललाई तिनको पाप जनाइदिनलाई परमप्रभुका आत्‍माद्वारा शक्ति, न्‍याय र पराक्रमले पूर्ण छु।</verse>
				<verse number="9">हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्‍यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्‌ग्‍याउँछौ,</verse>
				<verse number="10">जसले रगत बगाई सियोनलाई र दुष्‍टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ।</verse>
				<verse number="11">‘त्‍यसका अगुवाहरू घूस खाएर न्‍याय गर्दछन्‌। त्‍यसका पूजाहारीहरू ज्‍याला लिएर सिकाउँदछन्‌। त्‍यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्‌। तापनि तिनीहरू परमेश्‍वरको आड़ लिएर भन्‍छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्‍न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।”</verse>
				<verse number="12">यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको थुप्रो बन्‍नेछ, मन्‍दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्‍कोझैँ हुनेछ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">पछिल्‍ला दिनहरूमा परमप्रभुका मन्‍दिरको पहाड़चाहिँ पहाड़हरूमा प्रमुखझैँ स्‍थापित हुनेछ, र त्‍यो सबै डाँड़ाहरूभन्‍दा माथि उठाइनेछ, र मानिसहरू त्‍यहाँ ओइरिएर जानेछन्‌।</verse>
				<verse number="2">धेरै जाति-जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।</verse>
				<verse number="3">उहाँले धेरै मानिसहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्‍मका बलिया जातिहरूका निम्‍ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्‍यै लड़ाइँ गर्न तालीम लिनेछन्‌।</verse>
				<verse number="4">हरेक मानिस आफ्‍नो दाखको बोट र आफ्‍नो नेभाराको बोटमुनि बस्‍नेछ, र कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनकि सर्वशक्तिमान्‌ परमप्रभुले नै बोल्‍नुभएको छ।</verse>
				<verse number="5">सबै जातिहरू आ-आफ्‍ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा हिँड्‌नेछौं।</verse>
				<verse number="6">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म लङ्गड़ाहरूलाई जम्‍मा गर्नेछु, अनि निर्वासितहरूलाई र जसलाई मैले शोकमा पारेको थिएँ, तिनीहरूलाई म भेला गर्नेछु।</verse>
				<verse number="7">लङ्गड़ाहरूलाई एउटा बाँकी भाग र टाढ़ा खेदिएकाहरूलाई एउटा सामर्थी जाति बनाउनेछु। परमप्रभुले तिनीहरूमाथि सियोन पर्वतमा त्‍यस दिनदेखि उसो सदासर्वदै राज्‍य गर्नुहुनेछ।</verse>
				<verse number="8">तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्‍ला, तँलाई पहिलेको राज्‍य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”</verse>
				<verse number="9">अब तिमी किन चिच्‍याई-चिच्‍याई रुन्‍छौ। के तिम्रा राजा छैनन्‌? के तिम्रो सल्‍लाहकार नष्‍ट भयो र प्रसववेदनामा परेकी स्‍त्रीलाई जस्‍तै तिमीलाई पीडाले पक्रेको छ?</verse>
				<verse number="10">हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्‍त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्‌नैपर्छ र खुल्‍ल्‍ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जानेछौ। त्‍यहाँ तिमी छुटाइनेछौ। त्‍यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।</verse>
				<verse number="11">तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्‌। तिनीहरू भन्‍छन्, “त्‍यो अशुद्ध नै भइरहोस्‌ र हाम्रो अहङ्कारी दृष्‍टिले सियोनलाई हेरोस्‌।”</verse>
				<verse number="12">तर तिनीहरूले परमप्रभुको विचारलाई जान्‍दैनन्‌। तिनीहरूले उहाँको युक्तिलाई बुझ्‍दैनन्, उहाँ, जसले खलामा बिटाहरू जम्‍मा गरेझैँ तिनीहरूलाई जम्‍मा गर्नुहुन्‍छ।</verse>
				<verse number="13">“हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्‌। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्‍पत्ति सारा पृथ्‍वीका परमप्रभुमा अर्पण गर्नेछस्‌।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्‍डाले गालामा हिर्काउनेछन्‌।</verse>
				<verse number="2">“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।”</verse>
				<verse number="3">यसकारण जबसम्‍म प्रसववेदनामा परेकीले जन्‍माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्‍न आउँदैनन्, त्‍यस समयसम्‍म इस्राएल त्‍यागिनेछ।</verse>
				<verse number="4">उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्‍ना परमेश्‍वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्‍ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्‍वीको पल्‍लो छेउसम्‍मै उहाँको महानता पुग्‍नेछ।</verse>
				<verse number="5">अनि उहाँ तिनीहरूका शान्‍ति हुनुहुनेछ। जब अश्‍शूरीहरू हाम्रो देशमा आउँछन्‌ र हाम्रा किल्‍लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं।</verse>
				<verse number="6">तिनीहरूले अश्‍शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्‌। जब अश्‍शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन्‌ र हाम्रो सिमानामा कुल्‍चन्‍छन्, तब उहाँले हामीहरूलाई अश्‍शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ।</verse>
				<verse number="7">याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्‍छ।</verse>
				<verse number="8">याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्‍ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्‌छन्, र कसैले छुटाउन सक्‍दैन।</verse>
				<verse number="9">तिमीहरूको बाहुली आफ्‍ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="10">परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु।</verse>
				<verse number="11">म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्‍काइदिनेछु।</verse>
				<verse number="12">म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ।</verse>
				<verse number="13">म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्‍ट गर्नेछु। तिमीहरू फेरि कहिल्‍यै आफ्‍ना हातले बनाएका कुराहरूका अगि झुक्‍नेछैनौ।</verse>
				<verse number="14">म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्‍याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्‍काइदिनेछु।</verse>
				<verse number="15">मेरा आज्ञा नमान्‍ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">परमप्रभु जे भन्‍नुहुन्‍छ, सो तिमीहरू ध्‍यानसित सुन: “खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्‍छौ डाँड़ाहरूले सुनून्‌।</verse>
				<verse number="2">हे पर्वत हो, हे पृथ्‍वीका अनन्‍त जग हो, परमप्रभुको आरोप ध्‍यानसित सुन। किनकि आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ।</verse>
				<verse number="3">“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ।</verse>
				<verse number="4">मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्‍याएँ र तिमीहरूलाई दासत्‍वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ।</verse>
				<verse number="5">हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।”</verse>
				<verse number="6">के लिएर म परमप्रभुको सामु आऊँ, र उच्‍च भएका परमेश्‍वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ?</verse>
				<verse number="7">के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?</verse>
				<verse number="8">ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।</verse>
				<verse number="9">ध्‍यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्‍छ— तपाईंका नाउँको भय मान्‍नु ज्ञान हो— “लाठो र त्‍यसलाई नियुक्त गर्नेको कुरामा ध्‍यान देओ।</verse>
				<verse number="10">हे दुष्‍ट घराना हो, के तैंले अधर्मसित प्राप्‍त गरेको धन-सम्‍पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू?</verse>
				<verse number="11">के कपटको तराजू र छलका ढकको थैलो राख्‍नेलाई म निर्दोष तुल्‍याऊँ?</verse>
				<verse number="12">त्‍यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्‌। त्‍यसका मानिसहरू झूट बोल्‍छन्‌ र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्‍छन्‌।</verse>
				<verse number="13">यसकारण मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु।</verse>
				<verse number="14">तँ खान त खान्‍छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्‍चय त गर्छस्‌ तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस्‌ त्‍यो म तरवारलाई दिइहाल्‍नेछु।</verse>
				<verse number="15">तैंले रोप्‍न त रोप्‍छस्, तर कटनी गर्नेछैनस्‌। तैंले जैतूनको तेल निकाल्‍न त निकाल्‍छस्, तर आफ्‍नो जीउमा लगाउन पाउनेछैनस्‌। दाख पेल्‍न त पेल्‍छस्, तर दाखमद्य पिउन पाउनेछैनस्‌।</verse>
				<verse number="16">तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्‍पराको पछि लागेको छस्‌। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्‍याउनेछु। तैंले जाति-जातिहरूको गिल्‍ला सहनुपर्नेछ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">मलाई कस्‍तो कष्‍ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्‍ने समयमा ग्रीष्‍मऋतुको फल टिप्‍नेझैँ छु। खानलाई दाखको झुप्‍पा नै छैन, र मैले चाहेको पहिले पाक्‍ने अञ्‍जीर छैनन्‌।</verse>
				<verse number="2">भक्त मानिसहरू पृथ्‍वीदेखि नष्‍ट भएका छन्, कुनै सोझो मानिस बाँकी छैन। सबै मानिसहरू हत्‍या गर्न ढुकिबस्‍छन्‌। जाल थापेर हरेक आफ्‍नै दाजुभाइको शिकार गर्दछ।</verse>
				<verse number="3">खराब काम गर्न दुवै हात निपुण छन्‌। शासकले उपहार माग्‍दछन्‌। न्‍यायकर्ताले घूस लिन्‍छन्‌। शक्तिशालीहरूले जे चाह्यो त्‍यही हुकुम गर्छन्‌। तिनीहरू सबै एकसाथ युक्ति रच्‍तछन्‌।</verse>
				<verse number="4">तिनीहरूमध्‍येको सबैभन्‍दा असलचाहिँ काँढ़ाजस्‍तै छ, सबैभन्‍दा सोझोचाहिँ काँढ़ाको झाँगभन्‍दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात्‌ त्‍यो दिन जब परमेश्‍वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्‍छ। अब तिनीहरूलाई खलबलाउने समय भयो।</verse>
				<verse number="5">एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्‍वास नगर। आफूसँगै अँगालो मारेर सुत्‍ने पत्‍नीसँग पनि होशियार गरेर बोल।</verse>
				<verse number="6">किनकि छोराले आफ्‍नो बुबाको अपमान गर्दछ, छोरी आफ्‍नी आमाको विरुद्धमा उठ्‌दछे, बुहारी आफ्‍नी सासूको विरुद्धमा। मानिसका दुश्‍मनहरू आफ्‍नै घरका मानिसहरू हुन्‍छन्‌।</verse>
				<verse number="7">तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्‍छु। मलाई बचाउनुहुने परमेश्‍वरको प्रतीक्षा गर्छु। मेरा परमेश्‍वरले मेरो बिन्‍ती सुन्‍नुहुनेछ।</verse>
				<verse number="8">हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्‍तुष्‍ट नहो। म लड़े तापनि उठिहाल्‍नेछु। म अँध्‍यारोमा भए तापनि परमप्रभु मेरो ज्‍योति हुनुहुनेछ।</verse>
				<verse number="9">जबसम्‍म उहाँले मेरो वकालत गर्नुहुन्‍न, र मेरो हक पक्‍का गरिदिनुहुन्‍न, तबसम्‍म म परमप्रभुको क्रोध सहनेछु, किनभने मैले उहाँकै विरुद्धमा पाप गरेको छु। उहाँले मलाई निकालेर ज्‍योतिमा ल्‍याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्‍नेछु।</verse>
				<verse number="10">तब मेरी शत्रुले, जसले मलाई भनेकी थिई, ‘तेरो परमेश्‍वर खोइ त?’ त्‍यसले त्‍यो देख्‍नेछे र लाजले भुतुक्‍क हुनेछे। मेरा आँखाले नै त्‍यसको पतन देख्‍नेछन्‌। अहिले पनि त्‍यो गल्‍लीको हिलोझैँ खुट्टामुनि कुल्‍चिनेछे।</verse>
				<verse number="11">तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्‍ना साँधसिमाना टाढ़ासम्‍म बढ़ाउने दिन आउनेछ।</verse>
				<verse number="12">त्‍यस दिन अश्‍शूरबाट र मिश्रका सहरहरूबाट, मिश्रदेखि लिएर यूफ्रेटिससम्‍मका र समुद्रदेखि लिएर समुद्रसम्‍मका र पर्वतदेखि लिएर पर्वतसम्‍मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्‌।</verse>
				<verse number="13">तिनीहरूका कामको फलले गर्दा त्‍यसका बासिन्‍दाहरूको कारण पृथ्‍वी शून्‍य हुनेछ।</verse>
				<verse number="14">तपाईंका प्रजालाई तपाईंको लाठोले चराउनुहोस्, तपाईंका उत्तराधिकारको बगाललाई, जो स्‍वयम्‌ मलिलो चरनमा र जङ्गलमा बस्‍तछन्‌। तिनीहरूलाई उहिलेका दिनमा झैँ बाशान र गिलादमा चरेर खान दिनुहोस्‌।</verse>
				<verse number="15">“तिमीहरू मिश्रदेखि निस्‍केर आएका दिनहरूझैँ म तिनीहरूलाई मेरा अचम्‍मका कामहरू देखाउनेछु।”</verse>
				<verse number="16">जाति-जातिहरूले देख्‍नेछन्, लज्‍जित हुनेछन्‌। तिनीहरूको सारा शक्ति नै खोसिनेछ। तिनीहरूले आफ्‍नो मुख हातले छोप्‍नेछन्, र तिनीहरूका कान बहिरा हुनेछन्‌।</verse>
				<verse number="17">तिनीहरूले साँपले झैँ, जमिनमा घस्रने जन्‍तुलेझैँ धूलो चाट्‌नेछन्‌। आफ्‍ना गुफाहरूबाट थरथर काम्‍दै तिनीहरू डरले आउनेछन्‌। परमप्रभु हाम्रा परमेश्‍वरकहाँ तिनीहरू भयमा आउनेछन्‌ र तिमीहरूसित डराउनेछन्‌।</verse>
				<verse number="18">तपाईंजस्‍तो परमेश्‍वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्‍छ, र आफ्‍नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्‍छ? तपाईं सधैँसम्‍म रीस गर्नुहुन्‍न, तर कृपा गर्नमा खुशी हुनुहुन्‍छ।</verse>
				<verse number="19">हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्‍चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।</verse>
				<verse number="20">तपाईं याकूबप्रति सत्‍य रहनुहुनेछ र अब्राहामलाई कृपा देखाउनुहुनेछ, जसरी धेरै अघि तपाईंले शपथ खाएर हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो।</verse>
			</chapter>
		</book>
		<book number="34">
			<chapter number="1">
				<verse number="1">निनवेको विषयमा ईश्‍वरवाणी। एल्‍कोशी नहूमले देखेका दर्शनको पुस्‍तक।</verse>
				<verse number="2">परमप्रभु डाही र बदला लिने परमेश्‍वर हुनुहुन्‍छ। परमप्रभुले बदला लिनुहुन्‍छ र क्रोधले भरपूर हुनुहुन्‍छ। परमप्रभुले आफ्‍ना दुश्‍मनहरूलाई बदला लिनुहुन्‍छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्‍नुहुन्‍छ।</verse>
				<verse number="3">परमप्रभु रीस गर्नमा धैर्यवान्‌ हुनुहुन्‍छ र उहाँ अति शक्तिशाली हुनुहुन्‍छ। दोषीलाई परमप्रभुले दण्‍ड नदिई छोड्‌नुहुन्‍न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्‌।</verse>
				<verse number="4">उहाँले हप्‍काउनुहुँदा समुद्र सुकिहाल्‍छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्‍छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्‍छन्‌।</verse>
				<verse number="5">उहाँको सामु पहाड़हरू कम्‍पायमान हुन्‍छन्, र पर्वतहरू पग्‍लन्‍छन्‌। उहाँको उपस्‍थितिमा संसार उजाड़ हुन्‍छ, जगत्‌ र त्‍यसमा भएका सबै कुरा थरथर काँप्‍छन्‌।</verse>
				<verse number="6">उहाँका रीसको अगि को उभिन सक्‍छ? उहाँको भयङ्कर रीस कसले सहन सक्‍छ? उहाँको क्रोध आगोझैँ खन्‍याइन्‍छ, र उहाँको सामुन्‍ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्‍छन्‌।</verse>
				<verse number="7">परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ।</verse>
				<verse number="8">तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूलाई अन्‍धकारमा खेदिपठाउनुहुनेछ।</verse>
				<verse number="9">परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन।</verse>
				<verse number="10">उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌।</verse>
				<verse number="11">हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्‍लाह दिने एक जना निस्‍केको छ।</verse>
				<verse number="12">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्‍ती छन्‌ तापनि उनीहरू बहिष्‍कृत हुनेछन्, र बितिजानेछन्‌। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ।</verse>
				<verse number="13">अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्‍धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”</verse>
				<verse number="14">हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्‍त तेरो नाउँ कायम राख्‍ने तेरो कोही सन्‍तान हुनेछैन। तेरा देवताहरूको मन्‍दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्‌।”</verse>
				<verse number="15">हेर, सुसमाचार ल्‍याउने र शान्‍ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्‌। हे यहूदा, तिमीले आफ्‍ना चाड़हरू मनाओ, आफ्‍ना भाकलहरू पूरा गर। दुष्‍टहरूले अब उप्रान्‍त तिमीलाई आक्रमण गर्नेछैनन्‌। उनीहरू सम्‍पूर्ण रूपले सर्वनाश हुनेछन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्‌दैछ। किल्‍लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्‍मर कस्, तेरो पूरा बल लगा।</verse>
				<verse number="2">परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्‍ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्‍वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्‍ट पारेका छन्‌।</verse>
				<verse number="3">त्‍यसका सिपाहीहरूका ढालहरू राता छन्‌। त्‍यसका योद्धाहरूले गाढ़ा लाल पोशाक पहिरेका छन्‌। ती तयारी पारिएको दिनमा रथहरूका धातु चम्‍कन्‍छन्, सल्‍लोका भालाहरू उजाइएका छन्‌।</verse>
				<verse number="4">रथहरू सड़कमा खूब वेगसित हाँकिन्‍छन्, र चोकहरूमा तिनीहरू अगि-पछि गर्दै जोडले कुद्‌छन्‌। तिनीहरू जलिरहेका राँकाहरूजस्‍तै देखिन्‍छन्, तिनीहरू बिजुलीजस्‍तै वेगले कुद्‌छन्‌।</verse>
				<verse number="5">त्‍यसले आफ्‍ना चुनिएका सेनाहरूलाई हाजिर गराउँछ, तापनि उनीहरू आफ्‍नो बाटोमा धरमरिन्‍छन्‌। उनीहरू आतुरीसाथ सहरको पर्खालतिर दगुर्छन्‌। रक्षा गर्ने ढाल त्‍यसकै ठाउँमा राखिन्‍छ।</verse>
				<verse number="6">नदीका बाँधहरू खुला पारिन्‍छन्‌। दरबार ढल्‍छ।</verse>
				<verse number="7">यो अवश्‍यम्‍भावी छ, सहर निर्वासनमा लगिनेछ। त्‍यसका दासीहरू छाती पिट्‌दै ढुकुरहरूझैँ विलाप गर्छन्‌।</verse>
				<verse number="8">निनवेचाहिँ पानीको दहजस्‍तै छ, त्‍यसको पानी सुक्‍दैगइरहेछ। “पख्‌! पख्‌।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन।</verse>
				<verse number="9">चाँदी लुट! सुन लुट! त्‍यसका सबै धन-सम्‍पत्तिको केही टुङ्गै छैन।</verse>
				<verse number="10">त्‍यो लूटपीट गरियो, लुटियो र नाङ्गो पारियो। हृदयहरू गल्‍छन्, घुँड़ाहरू काँप्‍छन्, र सारा शरीरमा पीडा छ, सबै चेहराहरू पहेँला-पहेँला हुन्‍छन्‌।</verse>
				<verse number="11">साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्‌दथे।</verse>
				<verse number="12">आफ्‍ना डमरुहरूलाई प्रशस्‍त हुने गरी सिंहले शिकार मार्थ्‍यो, र त्‍यसकी सिंहनीको निम्‍ति पशुहरूलाई फहराउँथ्‍यो। त्‍यसले आफ्‍ना ओड़ारहरू शिकार गरेर ल्‍याएका पशुहरूले र आफ्‍ना गुफाहरू आफ्‍नो शिकारले भरपूर पार्दथ्‍यो।</verse>
				<verse number="13">सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, “म तेरो विरुद्धमा छु। म तेरा रथहरू धूवैधूवाँ हुने गरी जलाइदिनेछु, र तेरा जवान सिंहहरू तरवारको गाँस हुनेछन्‌। म तेरो लागि शिकार छोड्‌नेछैनँ, र तेरा समाचारवाहकका शब्‍द अब उप्रान्‍त सुनिनेछैनन्‌।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">रगतको सहरलाई धिक्‍कार! त्‍यो झूट र लूटको धनले भरिएको छ, त्‍यहाँ लूटका शिकारको अन्‍त हुँदैन।</verse>
				<verse number="2">कोर्राहरूको आवाज, पाङ्‌ग्राहरूको आवाज, घोड़ाहरूका फड्‌का, रथहरूको ठेलमठेला गर्ने कुदाइ।</verse>
				<verse number="3">घोड़चढ़ीहरूको हमला, झल्‍कने तरवार र चम्‍कने भाला। मारिएकाहरूको रास, मुर्दाहरूको ढेर, अनगिन्‍ती लाशहरू— लाशहरूमा मानिसहरू ठोकर खाँदैहिँड्‌छन्‌।</verse>
				<verse number="4">यी सबै एउटी वेश्‍या, टुनामुना गर्नेकी एउटी मालिक्‍नीको निर्लज्‍ज कामवासनाको कारणले हो, जसले आफ्‍नो वेश्‍यापनद्वारा जाति-जातिहरूलाई, र आफ्‍नो टुनामुनाद्वारा मानिसहरूलाई दास बनाउँथी।</verse>
				<verse number="5">सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, “हेर्, म तेरो विरुद्धमा छु। तेरा मुखसम्‍म तेरा फरियाहरू उचाल्‍नेछु। जाति-जातिहरूलाई म तेरो नाङ्गोपना, र राज्‍यहरूलाई तेरो शर्म देखाउनेछु।</verse>
				<verse number="6">तँमाथि फोहोर फाल्‍नेछु, म तँलाई नीच व्‍यवहार देखाउनेछु, र तँलाई हाँसोको पात्र तुल्‍याउनेछु।</verse>
				<verse number="7">तँलाई देख्‍ने जत्ति सबै तँदेखि भाग्‍नेछन्, र भन्‍नेछन्, ‘निनवे त नष्‍ट भएको छ। त्‍यसको निम्‍ति कसले विलाप गर्ला?’ तँलाई शान्‍ति दिने व्‍यक्ति मैले कहाँ पाउने?”</verse>
				<verse number="8">के तँ नील नदीको किनारमा अवस्‍थित नो सहरभन्‍दा अझ राम्रो छस्‌? जसको सुरक्षा पानी थियो, त्‍यसको किल्‍ला नदी र पर्खालचाहिँ पानी थियो।</verse>
				<verse number="9">कूश र मिश्र त्‍यसको असीम शक्ति थियो, पूत र लिबिया त्‍यसका मित्रराष्‍ट्र थिए।</verse>
				<verse number="10">तैपनि त्‍यो कैदमा लगियो र निर्वासनमा गयो। त्‍यसका ससाना नानीहरू पनि गल्‍लीहरूमा बजारिएर मरे। त्‍यसका भारदारहरूमाथि चिट्ठा हालिए, र त्‍यसका सबै ठूला मानिसहरू साङ्‌लाले बाँधिए।</verse>
				<verse number="11">तँ पनि मतवाला हुनेछस्, तँ लुकेर बस्‍नेछस्, र शत्रुबाट भाग्‍नलाई शरणस्‍थान खोज्‍नेछस्‌।</verse>
				<verse number="12">तेरा सबै किल्‍लाहरू पहिला फसल पाकेका अञ्‍जीरका रूखहरूजस्‍तै छन्‌। ती हल्‍लाउँदा अञ्‍जीरहरू खानेको मुखैमा खस्‍छन्‌।</verse>
				<verse number="13">तेरा फौजहरूलाई हेर्, ती सबै स्‍त्री मात्र छन्‌। तेरो देशका मूल ढोकाहरू तेरा शत्रुहरूका निम्‍ति उदाङ्गै छन्‌। त्‍यसका गजबारहरू आगोले खाएको छ।</verse>
				<verse number="14">घेरामा पर्ने दिनको निम्‍ति पानी भरेर राख्‌। तेरा किल्‍लाहरू बलिया पार्‌। काम गर्, हिलो खुट्टाले कुल्‍ची। इँटको काम मरम्‍मत गर्‌।</verse>
				<verse number="15">त्‍यहीँ तँलाई आगोले भस्‍म पार्नेछ, तँलाई तरवारले टुक्र्याउनेछ र सलहहरूले तँलाई स्‍वाहा पार्नेछन्‌। फटेङ्‌ग्राजस्‍तै अनगन्‍ती हो, सलहहरूझैँ संख्‍यामा बढ्‌।</verse>
				<verse number="16">आकाशका ताराहरूभन्‍दा बढ्‌ता तैंले आफ्‍ना व्‍यापारीहरू बढ़ाएको छस्‌। तर सलहहरूलेझैँ उनीहरूले देशलाई नाङ्गो पारेर उड़िजान्‍छन्‌।</verse>
				<verse number="17">तेरा रक्षकहरू त सलहझैँ छन्, तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो जाड़ोको दिनमा पर्खालहरू हुँदो बस्‍छन्, तर जब घाम लाग्‍छ, ती सबै उड़िहाल्‍छन्‌— कसैले जान्‍दैन, कता जान्‍छन्‌।</verse>
				<verse number="18">हे अश्‍शूरको राजा, तेरा गोठालाहरू निदाएका छन्, तेरा भारदारहरू आराम गरेर पल्‍टिबस्‍छन्, तेरा मानिसहरू डाँड़ाकाँड़ातिर छरपष्‍टै भएका छन्, र उनीहरूलाई भेला गर्ने कोही छैन।</verse>
				<verse number="19">तेरो घाउलाई केही कुरोले निको पार्न सक्‍दैन। तेरो घाउ घातक छ। जति जनाले तेरो विषयमा सुन्‍छ त्‍यसले तेरो पतनमा ताली बजाउँछ, किनकि तेरो अन्‍त्‍यै नहुने निष्‍ठुरता कसले भोगेको छैन र?</verse>
			</chapter>
		</book>
		<book number="35">
			<chapter number="1">
				<verse number="1">हबकूक अगमवक्ताले दर्शनमा पाएको ईश्‍वरवाणी।</verse>
				<verse number="2">हे परमप्रभु, कहिलेसम्‍म सहायताको निम्‍ति मैले पुकार गर्ने, तर तपाईं सुन्‍नुहुन्‍न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्‍म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्‍न?</verse>
				<verse number="3">तपाईं मलाई किन अन्‍याय हेर्न लाउनुहुन्‍छ? तपाईं किन अनुचित कुरा सहनुहुन्‍छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगड़ा र विवाद चारैतिर छन्‌।</verse>
				<verse number="4">यसैकारण व्‍यवस्‍था मन्‍द हुँदैजाँदैछ, र न्‍याय कहिल्‍यै प्रबल हुँदैन। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्‍यायको दुरुपयोग हुन्‍छ।</verse>
				<verse number="5">“जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्‍क पर्, किनभने म तेरा दिनमा यस्‍तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्‍वास गर्नेछैनस्‌।</verse>
				<verse number="6">म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्‍यो निष्‍ठुर र उग्र जाति, जो अर्काको वासस्‍थान खोस्‍न सारा पृथ्‍वीभरि नै बढ़ेर जान्‍छ।</verse>
				<verse number="7">तिनीहरू डरलाग्‍दा र भयानक मानिसहरू छन्‌। तिनीहरू आफैमा आफ्‍नो व्‍यवस्‍था हुन्‌ र आफ्‍नै मान-मर्यादा बढ़ाउँछन्‌।</verse>
				<verse number="8">तिनीहरूका घोड़ाहरू चितुवाभन्‍दा चाँड़ो कुद्‌ने र बेलुकी निस्‍कने ब्‍वाँसाहरूभन्‍दा क्रूर छन्‌। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्‌छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्‌। तिनीहरू शिकार निल्‍नलाई वेग हानेर उड्‌ने गिद्धझैँ अगि बढ्‌छन्‌।</verse>
				<verse number="9">तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्‌। तिनीहरूको सैन्‍य दल मरुभूमिको हुरीझैँ अगि बढ्‌छ र कैदीहरूलाई बालुवाजस्‍तै जम्‍मा गर्छ।</verse>
				<verse number="10">तिनीहरूले राजाहरूलाई हँस्‍सीमा उड़ाउँछन्‌ र शासकहरूको ठट्टा गर्छन्‌। किल्‍ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्‍छन्, र माटोको ढिस्‍कुरो बनाएर तिनीहरूले ती कब्‍जा गर्छन्‌।</verse>
				<verse number="11">तब तिनीहरू बतासझैँ वेगसित आउँछन्‌ र जान्‍छन्‌। ती दोषी मानिसहरू हुन्, जसको सामर्थ्‍य नै तिनीहरूको देवता हो।”</verse>
				<verse number="12">हे परमप्रभु, के तपाईं सनातनदेखि नै हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा परमपवित्र, हामी मर्नेछैनौं। हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्‍यायको निम्‍ति नियुक्त गर्नुभएको छ। हे चट्टान, सजाय दिनलाई तपाईंले तिनीहरूलाई अभिषेक गर्नुभएको छ।</verse>
				<verse number="13">तपाईंको दृष्‍टि यति शुद्ध छ, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न, खराबी देखेर तपाईं सहन सक्‍नुहुन्‍न। त्‍यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईं सहनुहुन्‍छ? आफूभन्‍दा धर्मी मानिसहरूलाई दुष्‍टहरूले निल्‍दा तपाईं किन चूप लाग्‍नुहुन्‍छ?</verse>
				<verse number="14">तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका घस्रने जन्‍तुहरूतुल्‍य बनाउनुभएको छ।</verse>
				<verse number="15">दुष्‍ट शत्रुले ती सबैलाई बल्‍छीले उठाइलान्‍छ, र तिनलाई जालमा पक्रन्‍छ। त्‍यसले तिनीहरूलाई महाजालमा थुपार्छ। यसकारण त्‍यो रमाउँछ र खुशी हुन्‍छ।</verse>
				<verse number="16">यसैकारण त्‍यसले आफ्‍नो जाललाई बलि चढ़ाउँछ, र महाजालको लागि धूप बाल्‍छ, किनकि तीद्वारै त्‍यो सुख-चैनमा बस्‍छ र उत्तम भोजनको मजा लिन्‍छ।</verse>
				<verse number="17">के त्‍यसले आफ्‍नो जाल रित्त्याउँदैजाने, र जाति-जातिहरूलाई निर्दयतापूर्वक सर्वनाश गरिरहने?</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्‍नुहुन्‍छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्‍तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्‍नेछु।</verse>
				<verse number="2">तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌।</verse>
				<verse number="3">किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन।</verse>
				<verse number="4">“हेर्, त्‍यो घमण्‍डले फुलिएको छ, त्‍यसका इच्‍छाहरू सोझा छैनन्‌— तर धर्मीचाहिँ आफ्‍नो विश्‍वासद्वारा जिउनेछ।</verse>
				<verse number="5">निश्‍चय नै दाखमद्यले त्‍यसलाई धोका दिन्‍छ। त्‍यो हठी छ र त्‍यो कहिल्‍यै शान्‍तसित बस्‍दैन, किनभने त्‍यो चिहानझैँ लोभी छ। मृत्‍युझैँ त्‍यो कहिल्‍यै अघाउँदैन। त्‍यसले सारा जाति-जातिहरूलाई आफूकहाँ बटुल्‍छ, र सारा मानिसहरूलाई कैद गर्छ।</verse>
				<verse number="6">“के ती सबैले यसो भनेर त्‍यसको विरुद्धमा हाँसो र ठट्टा गर्दैनन्‌ र? ‘चोरको माल थुपार्ने र जबरजस्‍ती खोसेर ल्‍याएका मालले धनी हुनेलाई धिक्‍कार! त्‍यसले कहिलेसम्‍म त्‍यसो गर्ने?’</verse>
				<verse number="7">के तेरा कर्जादारहरू एक्‍कासि उठ्‌नेछैनन्‌ र? तिनीहरू बिउँझेर तँलाई थर्कमान बनाउँदैनन्‌ र? तब तँ तिनीहरूको शिकार हुनेछस्,</verse>
				<verse number="8">तैंले जाति-जातिहरूलाई लुटेको छस्, यसकारण बाँचेका मानिसहरूले तँलाई लुटनेछन्‌। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्‌।</verse>
				<verse number="9">“धिक्‍कार त्‍यसलाई, जसले अन्‍यायबाट कमाएको लाभबाट आफ्‍नो राज्‍य बनाउँछ, ताकि उसको गुँड़ उच्‍च ठाउँमा बनाई ऊ विध्‍वंशबाट बचोस्‌।</verse>
				<verse number="10">तैंले धेरै मानिसहरूका सर्वनाशको निम्‍ति षड्‌यन्‍त्र रचेको छस्‌। तैंले आफ्‍नै घरलाई लाजमा डुबाएर आफ्‍नो जीवन गुमाइस्‌।</verse>
				<verse number="11">पर्खालका भित्तादेखि ढुङ्गाहरूले दुहाई दिनेछन्, र काठका दलिनहरूले त्‍यसको प्रतिध्‍वनि गर्नेछन्‌।</verse>
				<verse number="12">धिक्‍कार त्‍यसलाई, जसले रक्तपातले सहर निर्माण गर्दछ, र अधर्मद्वारा नगर स्‍थापित गर्दछ।</verse>
				<verse number="13">के सर्वशक्तिमान्‌ परमप्रभुले यो ठहराउनुभएको होइन, कि मानिसहरूको परिश्रम त आगोको निम्‍ति मात्र हुन्‍छ, कि जाति-जातिहरू व्‍यर्थैमा आफै थकित हुँदैछन्‌?</verse>
				<verse number="14">किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्‍वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।</verse>
				<verse number="15">“धिक्‍कार त्‍यसलाई, जसले आफ्‍ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्‍नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्‍ल पार्छन्‌।</verse>
				<verse number="16">गौरवको सट्टा तँ शर्मले भरिनेछस्‌। अब तेरो पालो आयो, तँ पनि पिई र उदाङ्गो हो। परमप्रभुको दाहिने हातको कचौरा तँकहाँ आउँदैछ, र तेरो गौरव लाजले ढाकिनेछ।</verse>
				<verse number="17">लेबनानमाथि तैंले गरेको उपद्रवले तँलाई नै ढाक्‍नेछ, र तैंले त्‍यहाँका पशुहरूलाई गरेको सर्वनाशले तँलाई भयभीत तुल्‍याउनेछ। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्‌।</verse>
				<verse number="18">“मान्‍छेले खोपेर बनाएको मूर्तिको के मूल्‍य छ र? अथवा झूट सिकाउने प्रतिमाको के मूल्‍य छ? किनकि त्‍यो बनाउने कारीगरले आफ्‍नै हातले बनाएको सृष्‍टिमा भरोसा राख्‍तछ। उसले मूर्तिहरू बनाउँछ, जसले बोल्‍न सक्‍दैन।</verse>
				<verse number="19">“धिक्‍कार त्‍यसलाई, जसले काठलाई भन्‍छ, ‘जिउँदो होऊ,’ र बोल्‍न नसक्‍ने ढुङ्गालाई भन्‍छ, ‘जाग’। के त्‍यसले मार्ग दर्शन गर्न सक्‍छ? त्‍यो त सुन र चाँदीले मोहोरिएको छ, त्‍यसमा सास नै छैन।</verse>
				<verse number="20">तर परमप्रभु त आफ्‍नो पवित्र मन्‍दिरमा हुनुहुन्‍छ। सारा पृथ्‍वी उहाँको सामुन्‍ने चूपचाप रहोस्‌।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">शिग्‍गिओनोथ रागमा हबकूक अगमवक्ताको प्रार्थना।</verse>
				<verse number="2">हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्‍कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्‍न दिनुहोस्‌। क्रोधमा कृपा गर्नुहोस्‌।</verse>
				<verse number="3">	परमेश्‍वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्‍वर्ग ढाक्‍यो, र पृथ्‍वी उहाँको प्रशंसाले भरियो।</verse>
				<verse number="4">उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्‍किनिस्‍के, जहाँ उहाँको शक्ति लुकेको थियो।</verse>
				<verse number="5">उहाँको अगि रूढ़ी फैलिँदैगयो, महामारी उहाँका पाइला पछिपछि लाग्‍यो।</verse>
				<verse number="6">खड़ा भएर उहाँले पृथ्‍वीलाई हल्‍लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्‍छा खाएर लड़े। उहाँका चाल अनन्‍त हुन्‍छन्‌।</verse>
				<verse number="7">मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्‍थानहरू शोकमा परेका देखें।</verse>
				<verse number="8">के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्‍ना घोड़ाहरूमाथि र आफ्‍ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो?</verse>
				<verse number="9">	तपाईंले आफ्‍नो धनु निकाल्‍नुभयो, तपाईंले धेरै काँड़हरू ल्‍याउनु भनी भन्‍नुभयो। सेला तपाईंले नदीहरूद्वारा पृथ्‍वीलाई चिर्नुभयो।</verse>
				<verse number="10">पर्वतहरू तपाईंलाई देखेर मड़ारिए। मुसलधारे पानी छेउबाट बगेर गयो। समुद्र गर्ज्‍यो र आफ्‍ना छाल उठायो।</verse>
				<verse number="11">तपाईंका उड़िरहेका काँड़हरूको चमकले, र तपाईंको चम्‍कने भालाको चमकले गर्दा, सूर्य र चन्‍द्र आकाशमा टक्‍क अड़िए।</verse>
				<verse number="12">क्रोधमा तपाईं पृथ्‍वीमा हिँड्‌नुभयो, रीसमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभयो।</verse>
				<verse number="13">	आफ्‍नो प्रजाको उद्धारको लागि, आफ्‍ना अभिषिक्त जनलाई बचाउनका निम्‍ति तपाईं निस्‍कनुभयो। दुष्‍टताका देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्‍यसलाई टाउकोदेखि खुट्टैसम्‍म नाङ्गो पार्नुभयो। सेला</verse>
				<verse number="14">जब लुकिरहेका दु:खितहरूलाई निलौंला भन्‍ने इच्‍छा लिएर त्‍यसका योद्धाहरू आँधीझैँ हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्‍यसकै भालाले त्‍यसको शिर छेड्‌नुभयो।</verse>
				<verse number="15">तपाईंले ठूला पानीहरूलाई मन्‍थन गर्दै समुद्रलाई आफ्‍ना घोड़ाहरूले कुल्‍चनुभयो।</verse>
				<verse number="16">मैले सुनें र मेरो मुटु काम्‍न लाग्‍यो, त्‍यो सोर सुन्‍दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्‍ति म धैर्यसाथ पर्खिरहनेछु।</verse>
				<verse number="17">चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्‍न नउब्‍जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्‍तुहरू रहेनन्‌ भने पनि,</verse>
				<verse number="18">म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।</verse>
				<verse number="19">	परमप्रभु परमेश्‍वर मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्‍छ, उहाँले मलाई अग्‍ला-अग्‍ला स्‍थानहरूमा जाने योग्‍यको तुल्‍याउनुहुन्‍छ। सङ्गीत-निर्देशकको निम्‍ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।</verse>
			</chapter>
		</book>
		<book number="36">
			<chapter number="1">
				<verse number="1">अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति, कूशीका छोरा सपन्‍याहकहाँ परमप्रभुको यो वचन आयो।</verse>
				<verse number="2">“पृथ्‍वीबाट म सबै थोक ध्‍वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="3">“मानिसहरू र पशुहरू दुवैलाई म ध्‍वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्‍वंस पार्नेछु। म पृथ्‍वीबाट मानिस-जातिलाई नष्‍ट पार्नेछु, र दुष्‍टहरूका निम्‍ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।</verse>
				<verse number="4">“म यहूदाको विरुद्धमा र यरूशलेममा बस्‍नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्‍ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु।</verse>
				<verse number="5">घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई,</verse>
				<verse number="6">परमप्रभुको पछि लाग्‍न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्‍ट पार्नेछु।</verse>
				<verse number="7">परमप्रभु परमेश्‍वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्‍त्‍याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ।</verse>
				<verse number="8">परमप्रभुको त्‍यस बलिदानको दिनमा म राजकुमारहरू, राजाका छोराहरू र विदेशी लुगा लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु।</verse>
				<verse number="9">त्‍यस दिन सँघारमा खुट्टाले नटेक्‍ने, र आफ्‍ना देवताहरूको मन्‍दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु।</verse>
				<verse number="10">परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्‍तिर जानेछन्‌।</verse>
				<verse number="11">हे बजार भएको ठाउँमा बस्‍ने हो, चिच्‍च्‍याएर रोओ। तिमीहरूका सबै व्‍यापारीहरू खतम हुनेछन्, चाँदीका व्‍यापार गर्नेहरू सबै नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="12">त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।</verse>
				<verse number="13">तिनीहरूका धन-सम्‍पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्‍काइनेछन्‌। तिनीहरूले घर बनाउनेछन्‌ तर तिनमा बस्‍न पाउनेछैनन्‌। तिनीहरूले दाखबारी लगाउनेछन्‌ तर त्‍यसको दाखमद्य पिउन पाउनेछैनन्‌।</verse>
				<verse number="14">“परमप्रभुको महादिन नजिकै छ, र त्‍यो चाँड़ै आउँदैछ। ध्‍यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्‍यहाँ योद्धाको चिच्‍च्‍याई ठूलो हुनेछ।</verse>
				<verse number="15">त्‍यो दिन क्रोधको दिन हुनेछ, विपत्‌ र वेदनाका दिन, कष्‍ट र सर्वनाशको दिन, अँध्‍यारो र विरक्तको दिन, बादल र घोर अन्‍धकारको दिन,</verse>
				<verse number="16">किल्‍ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लड़ाइँको सोरको दिन।</verse>
				<verse number="17">म मानिसहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, र तिनीहरू अन्‍धा मानिसहरूझैँ हिँड्‌नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्‌। तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्‍द्रा-भुँड़ीहरू फोहोरसरि फ्‍याँकिनेछन्‌।</verse>
				<verse number="18">परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्‍म पारिनेछ, किनकि पृथ्‍वीमा बस्‍नेहरू सबैलाई उहाँले अचानक भस्‍म पार्नुहुनेछ।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">ए शर्मलाग्‍दो जाति हो, तिमीहरू एकसाथ जम्‍मा होओ, एकसाथ जम्‍मा होओ,</verse>
				<verse number="2">नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्‍तै त्‍यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै।</verse>
				<verse number="3">हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ।</verse>
				<verse number="4">गाजा निर्जन हुनेछ, र अश्‍कलोन भग्‍नावशेष भएर छोड़िनेछ। मध्‍यदिनमा अश्‍दोद खाली पारिनेछ, र एक्रोनचाहिँ उखेलिनेछ।</verse>
				<verse number="5">समुद्रको किनारमा रहने करेती जातिलाई धिक्‍कार! परमप्रभुको वचन तिमीहरूका विरुद्धमा छ, हे कनान, पलिश्‍तीहरूको देश। “तँमा कुनै बासिन्‍दा नरहने गरी म तँलाई नाश गर्नेछु।”</verse>
				<verse number="6">समुद्रका किनारको देश, जहाँ करेतीहरू बस्‍छन्, त्‍योचाहिँ गोठालाहरू र भेड़ाहरूका निम्‍ति बस्‍ने ठाउँ हुनेछ।</verse>
				<verse number="7">त्‍यो यहूदाका घरानाको बाँकी रहेकाहरूका निम्‍ति हुनेछ। त्‍यहाँ तिनीहरूले खर्क पाउनेछन्‌। साँझमा तिनीहरू अश्‍कलोनका घरहरूमा सुत्‍नेछन्‌। परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूको वास्‍ता गर्नुहुनेछ। उहाँले तिनीहरूको सौभाग्‍य फर्काउनुहुनेछ।</verse>
				<verse number="8">“मोआबको र अम्‍मोनीहरूको ठट्टा मैले सुनेको छु, जसले मेरो प्रजालाई अपमान गरेका छन्‌ र उनीहरूका देशको विरुद्धमा धम्‍की दिएका छन्‌।</verse>
				<verse number="9">यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, “म जीवित रहेझैँ, निश्‍चय नै मोआब सदोमजस्‍तै र अम्‍मोनीहरू गमोराजस्‍तै झार-जङ्गल र नूनका खाल्‍डा भएको ठाउँ, र सदासर्वदाको निम्‍ति रूखो जमिन हुनेछन्‌। मेरो प्रजाका बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्‌नेछन्, र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्‌।”</verse>
				<verse number="10">तिनीहरूका घमण्‍डको सट्टा तिनीहरूले यही पाउनेछन्, किनभने तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुको प्रजालाई अपमान र ठट्टा गरेका थिए।</verse>
				<verse number="11">जब उहाँले देशका सबै देवताहरूलाई नष्‍ट पार्नुहुनेछ, तब तिनीहरूका निम्‍ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्‍येकले आफ्‍नै भूमिमा।</verse>
				<verse number="12">“हे कूशी हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”</verse>
				<verse number="13">उहाँले उत्तर दिशाको विरुद्धमा आफ्‍नो हात पसारेर अश्‍शूरलाई सर्वनाश गर्नुहुनेछ। उहाँले निनवेलाई पूर्ण रूपमा उजाड़ र मरुभूमिजस्‍तो सुक्‍खा तुल्‍याउनुहुनेछ।</verse>
				<verse number="14">पशुका बथान र बगाल, सबै किसिमका प्राणी त्‍यहाँ सुत्‍नेछन्‌। मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराले त्‍यहाँका स्‍तम्‍भमा गुँड़ लगाउनेछन्‌। तिनीहरूको कराइ झ्‍यालहरूबाट प्रतिध्‍वनित हुनेछ। बाटोहरूमा रोड़ा-ढुङ्गाका टुक्राहरू हुनेछन्, देवदारुका दलिनहरू खुलस्‍त देखिनेछन्‌।</verse>
				<verse number="15">यो त त्‍यही सुरक्षितसाथ निर्धक्‍क बस्‍ने सहर हो, जसले आफ्‍नो हृदयमा भन्‍दथ्‍यो, “म नै हुँ, मबाहेक अरू कोही छैन।” त्‍यो कस्‍तो भग्‍नावशेष भयो, वन-पशुहरूको ओड़ार। त्‍यताबाट भएर जानेहरू सबैले त्‍यसको गिल्‍ला गर्दै मुक्‍का देखाउँछन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">बागी, अशुद्ध र अत्‍याचारी सहरलाई धिक्‍कार!</verse>
				<verse number="2">त्‍यसले कसैको आज्ञा मान्‍दैन, सही कुरालाई ग्रहण गर्दैन। त्‍यसले परमप्रभुमा भरोसा राख्‍दैन, त्‍यो आफ्‍ना परमेश्‍वरको नजिकमा आउँदैन।</verse>
				<verse number="3">त्‍यसका अधिकारीहरू गर्जने सिंहहरू, र त्‍यसका शासकहरूचाहिँ बिहानसम्‍म केही बाँकी नराख्‍ने साँझका ब्‍वाँसाहरू हुन्‌।</verse>
				<verse number="4">त्‍यसका अगमवक्ताहरू हठी छन्‌। तिनीहरू विश्‍वासघाती मानिसहरू हुन्‌। त्‍यसका पूजाहारीहरूले पवित्रस्‍थानलाई अपवित्र पार्छन्, र तिनीहरूले व्‍यवस्‍थालाई उल्‍टापाल्‍टा पार्छन्‌।</verse>
				<verse number="5">त्‍यसको बीचमा रहनुभएको परमप्रभु धर्मात्‍मा हुनुहुन्‍छ। उहाँ कुनै खराबी गर्नुहुन्‍न। उहाँले बिहानैपिच्‍छे न्‍याय गर्नुहुन्‍छ। प्रत्‍येक नयाँ दिन उहाँ चुक्‍नुहुन्‍न, तापनि अधर्मीलाई लाज लाग्‍दैन।</verse>
				<verse number="6">“मैले जाति-जातिहरूलाई नाश गरेको छु। तिनीहरूका गढ़हरू उजाड़ पारिएका छन्‌। मैले तिनीहरूका सड़कहरू निर्जन तुल्‍याइदिएको छु। तिनमा कोही हिँड्‌दैनन्‌। तिनीहरूका सहरहरू नष्‍ट भएका छन्, त्‍यहाँ एउटै पनि छोड़िनेछैन।</verse>
				<verse number="7">मैले सहरलाई भनें, ‘तैंले निश्‍चय नै मेरो त्रास मान्‍नेछस्, मेरो ताड़ना ग्रहण गर्नेछस्‌।’ तब त्‍यसको बस्‍ने ठाउँ त्‍यागिनेथिएन, र मेरा सबै दण्‍डहरू त्‍यसमाथि पर्नेथिएनन्‌। तर भ्रष्‍टतापूर्वक सबै काम गर्नलाई तिनीहरू झन्‌ बढ़ी उत्‍सुक भए।</verse>
				<verse number="8">“यसकारण,” परमप्रभु भन्‍नुहुन्‍छ, “गवाही दिन म खड़ा हुने दिनसम्‍म तिमीहरू मलाई पर्खिरहो। जाति-जातिहरूलाई जम्‍मा गर्न र राज्‍य-राज्‍यलाई भेला गर्न, अनि तिनीहरूमाथि मेरो रीस पोखाउन, सबै रीस पूरा खन्‍याउन मैले निर्णय गरेको छु। सम्‍पूर्ण पृथ्‍वी मेरो डाहको आगोले भस्‍म हुनेछ।</verse>
				<verse number="9">त्‍यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून्‌ र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्‌।</verse>
				<verse number="10">कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, छरपष्‍ट भएका मेरा प्रजाले मेरो निम्‍ति भेटी ल्‍याउनेछन्‌।</verse>
				<verse number="11">त्‍यस दिन मप्रति गरेका तेरा सबै दुष्‍ट्याइँको कारण तँलाई शर्म पर्नेछैन, किनभने आफ्‍नो घमण्‍डमा खुशी हुनेहरूलाई यस सहरको बीचबाट म निकाल्‍नेछु। मेरो पवित्र डाँड़ामा तँ फेरि कहिल्‍यै अहङ्कारी हुनेछैनस्‌।</verse>
				<verse number="12">तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोड़िराख्‍नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्‌।</verse>
				<verse number="13">इस्राएलका बाँकी रहेकाहरूले कुनै गल्‍ती गर्नेछैनन्‌। तिनीहरूले झूट बोल्‍नेछैनन्, न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन्‌ र पल्‍टेर बस्नेछन्, र कसैले तिनीहरूलाई भयभीत तुल्‍याउनेछैन।”</verse>
				<verse number="14">हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्‍पूर्ण हृदयले रमाहट गर्‌!</verse>
				<verse number="15">तेरो दण्‍ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्‍छ। अब उप्रान्‍त तैंले कुनै खराबीको डर मान्‍नुपर्दैन।</verse>
				<verse number="16">त्‍यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्‍नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्‌।</verse>
				<verse number="17">परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।</verse>
				<verse number="18">“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्‍ति भार र लाज हुन्‌।</verse>
				<verse number="19">तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्‍यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्‍ट भएकाहरूलाई म जम्‍मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्‍मान दिनेछु।</verse>
				<verse number="20">त्‍यस बेला म तिमीहरूलाई जम्‍मा गर्नेछु, र त्‍यस बेला म तिमीहरूलाई घरमा ल्‍याउनेछु। जब म तिमीहरूको सौभाग्‍य तिमीहरूकै नजरको सामुन्‍ने फर्काएर ल्‍याउनेछु, तब पृथ्‍वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्‍मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
		</book>
		<book number="37">
			<chapter number="1">
				<verse number="1">दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो।</verse>
				<verse number="2">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू भन्‍छन्, ‘परमप्रभुको मन्‍दिर निर्माण गर्ने समय अझ आएको छैन’।”</verse>
				<verse number="3">तब परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो:</verse>
				<verse number="4">“यो मन्‍दिर भग्‍नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्‍ने समय यो हो र?”</verse>
				<verse number="5">अब सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर।</verse>
				<verse number="6">तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्‍छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्‍याना हुँदैनौ। तिमीहरू काम गरेर ज्‍याला कमाउँछौ, तर प्‍वाल परेको थैलीमा राख्‍छौ।”</verse>
				<verse number="7">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर।</verse>
				<verse number="8">डाँड़ा-डाँड़ा उक्‍लेर काठपात ल्‍याओ र भवन बनाओ, र म त्‍यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“तिमीहरूले धेरै आशा गर्‍यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्‍यायौ, त्‍यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने मेरो भवनचाहिँ भग्‍नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्‍नो घरमा व्‍यस्‍त छौ।</verse>
				<verse number="10">यसकारण आकाशले शीत पर्न र पृथ्‍वीले अन्‍न उब्‍जन रोकिदिएको छ।</verse>
				<verse number="11">मैले खेतहरू र डाँड़ाहरू, अन्‍न र नयाँ दाखमद्य, तेल र जमिनले उब्‍जाउने जति सबैमा, मानिसहरूमा, पाल्‍तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”</verse>
				<verse number="12">तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज र हाग्‍गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने।</verse>
				<verse number="13">तब परमप्रभुका समाचारवाहक हाग्‍गैले प्रजालाई परमप्रभुको यो समाचार सुनाए: “म तिमीहरूसँगै छु” भनी परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्‍मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान्‌ परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा काम गर्न सुरु गरे।</verse>
				<verse number="15">दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">सातौँ महिनाको एक्‍काईसौँ दिनमा परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो:</verse>
				<verse number="2">“शालतिएलको छोरो यहूदाको राज्‍यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्‌।</verse>
				<verse number="3">तिनीहरूलाई सोध्‌, ‘तिमीहरूमध्‍ये अब यहाँ को बाँकी छ, जसले यो भवनको अघिको महिमा देखेको थियो? अहिले तिमीहरूलाई यो कस्‍तो देखिन्‍छ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्‍तो लाग्‍छ?’</verse>
				<verse number="4">परमप्रभु भन्‍नुहुन्‍छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्‌।’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">“तिमीहरू मिश्रदेशबाट निस्‍केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्‍मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।</verse>
				<verse number="6">“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘अब थोरै बेरपछि म फेरि आकाश, पृथ्‍वी, समुद्र र सुक्‍खा जमिनलाई हल्‍लाउनेछु।</verse>
				<verse number="7">म सबै जाति-जातिहरूलाई हल्‍लाउनेछु, र इच्‍छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="8">‘चाँदी मेरै हो, र सुन पनि मेरै हो’ भनी परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">‘यस भवनका पछिको महिमा अघिको भन्‍दा अझ बढ्‌ता हुनेछ’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। ‘अनि यस ठाउँमा म शान्‍ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ।”</verse>
				<verse number="10">दाराका राज्‍यको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताकहाँ आयो:</verse>
				<verse number="11">“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘पूजाहारीहरूलाई व्‍यवस्‍थाले के भन्‍छ सोध्‌।</verse>
				<verse number="12">यदि कुनै मानिसले आफ्‍नो लुगाको पोल्‍टोमा पवित्र पारेको मासु पोको पारेर त्‍यस किनारले केही रोटी, सुरुवा, दाखमद्य, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्‍यो पवित्र हुन्‍छ र’?” पूजाहारीहरूले जवाफ दिएर भने, “हुँदैन।”</verse>
				<verse number="13">तब हाग्‍गैले भने, “मुर्दा छोएको दूषित मानिसले यस्‍तो कुनै एउटा कुरा छोयो भने के त्‍यो दूषित हुन्‍छ?” ती पूजाहारीहरूले जवाफ दिएर भने, “त्‍यो दूषित हुन्‍छ।”</verse>
				<verse number="14">तब हाग्‍गैले भने, “‘मेरो दृष्‍टिमा यो प्रजा र यो जाति त्‍यस्‍तै छ,’ भनी परमप्रभु भन्‍नुहुन्‍छ। ‘यिनीहरू जे गर्छन्‌ र जे चढ़ाउँछन्, त्‍यो दूषित हुन्‍छ।</verse>
				<verse number="15">“‘विचार गर, आज उप्रान्‍त यस कुरामाथि राम्ररी विचार गर। परमप्रभुको मन्‍दिर बनाउँदा ढुङ्गामाथि ढुङ्गा लगाउन अघि स्‍थिति कस्‍तो थियो? विचार गर।</verse>
				<verse number="16">ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्‍यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्‍न आउनेले बीस लिटर मात्र पाउँदथ्‍यो।</verse>
				<verse number="17">मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">‘आजको दिन उसो, जुन दिन परमप्रभुका मन्‍दिरको जग बसालिएको थियो, अर्थात्‌ नवौँ महिनाको चौबीसौँ दिनलाई राम्ररी विचार गर।</verse>
				<verse number="19">के धनसारमा बीउ अझ बाँकी छ? दाखको लहरा, नेभाराको बोट, अनार र जैतून बोटले अहिलेसम्‍म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष्‌ दिनेछु’।”</verse>
				<verse number="20">अनि त्‍यही नवौँ महिनाको चौबीसौँ दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्‍गैकहाँ आयो:</verse>
				<verse number="21">“यहूदाको राज्‍यपाल यरुबाबेललाई भन्, कि म आकाश र पृथ्‍वीलाई हल्‍लाउनेछु।</verse>
				<verse number="22">म राजकीय सिंहासनहरूलाई पल्‍टाउनेछु, र विदेशी राज्‍यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्‍टाइदिनेछु। घोड़ा र घोड़चढ़ीहरू आफ्‍ना-आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्‌।’</verse>
				<verse number="23">“सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्‍तै तुल्‍याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान्‌ परमप्रभु यही घोषणा गर्नुहुन्‍छ।”</verse>
			</chapter>
		</book>
		<book number="38">
			<chapter number="1">
				<verse number="1">दारा राजाको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुको यो वचन इद्दोका नाति बेरेक्‍याहका छोरा जकरिया अगमवक्ताकहाँ आयो:</verse>
				<verse number="2">“तिमीहरूका पिता-पुर्खासँग परमप्रभु साह्रै रिसाउनुभयो।</verse>
				<verse number="3">यसैकारण तैंले मानिसहरूलाई भन्‌: सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘मतिर फर्केर आओ,’ सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘अनि म तिमीहरूतिर फर्कनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">तिमीहरू आफ्‍ना पिता-पुर्खाहरूजस्‍ता नहोओ, जसलाई अघिका अगमवक्ताहरूले यसो भनेर घोषणा गरे: सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तिमीहरू अब आफ्‍ना दुष्‍ट चाल र आफ्‍ना दुष्‍ट व्‍यवहारदेखि फर्क’। तर तिनीहरूले सुनेनन्‌ न त मतिर ध्‍यान नै दिए, परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">तिमीहरूका पिता-पुर्खाहरू अब कहाँ छन्‌? अनि अगमवक्ताहरू, के सधैँ तिनीहरू बाँचिरहन्‍छन्‌ र?</verse>
				<verse number="6">तर के मैले मेरा दासहरू, मेरा अगमवक्ताहरूलाई आज्ञा गरेका वचनहरू र विधिहरूले तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेका थिएनन्‌ र?” “तब तिनीहरूले पश्‍चात्ताप गरे र भने, ‘सर्वशक्तिमान्‌ परमप्रभुले हाम्रा चाल र व्‍यवहारअनुसार हामीसित जे गर्ने निश्‍चय गर्नुभएको थियो सो उहाँले हामीसित गर्नुभएको छ’।”</verse>
				<verse number="7">दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्‍याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।</verse>
				<verse number="8">राती मैले एउटा यस्‍तो दर्शन देखें, एक जना मानिस रातो घोड़ामा चढ़िरहेका थिए। तिनी खोल्‍साका असारे-फूलका रूखहरूका बीचमा उभिरहेका थिए, अनि तिनको पछिल्‍तिर रातो, खैरो र सेतो रङ्गका घोड़ाहरू पनि थिए।</verse>
				<verse number="9">मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?” मसित कुरा गर्ने ती स्‍वर्गदूतले उत्तर दिए, “यी के हुन्‌ म तिमीलाई देखाइदिनेछु।”</verse>
				<verse number="10">तब असारे-फूलका रूखहरूका बीचमा उभिरहने मानिसले बताउँदै भने, “यी तिनै हुन्‌ जसलाई परमप्रभुले पृथ्‍वीका चारैतिर जान पठाउनुभएको हो।”</verse>
				<verse number="11">तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहने स्‍वर्गदूतलाई प्रतिवेदन दिए, “हामीहरू पृथ्‍वीका चारैतिर गयौं, र जम्‍मै संसार आराम र शान्‍तिमा बसेको पायौं।”</verse>
				<verse number="12">तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, यी सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्‍म तिनीहरूमाथि आफ्‍नो दया रोकिराख्‍नुहुन्‍छ?”</verse>
				<verse number="13">यसैले मसित कुरा गर्ने स्‍वर्गदूतलाई परमप्रभुले सान्‍त्‍वनाका वचन भन्‍नुभयो।</verse>
				<verse number="14">तब मसित कुरा गरिरहने ती स्‍वर्गदूतले मलाई भने, “यस कुराको घोषणा गर: सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यरूशलेम र सियोनको निम्‍ति म ज्‍यादै डाही छु,</verse>
				<verse number="15">तर सुरक्षा अनुभव गरी बस्‍ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्‍टलाई झन्‌ बढ़ाइदिए’।</verse>
				<verse number="16">“यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्‍यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्‍ने डोरी तन्‍काइनेछ,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="17">“फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘मेरा नगरहरू फेरि उन्‍नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्‍त्‍वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ’।”</verse>
				<verse number="18">तब मैले माथि हेरें, र हेर, चार वटा सीङ त्‍यहाँ मेरा सामुन्‍ने थिए।</verse>
				<verse number="19">मसित कुरा गरिरहने ती स्‍वर्गदूतलाई मैले सोधें, “यी के हुन्‌?” तिनले मलाई जवाफ दिए, “यी तीनै सीङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारे।”</verse>
				<verse number="20">तब परमप्रभुले मलाई चार कारीगरहरू देखाउनुभयो।</verse>
				<verse number="21">मैले सोधें, “यिनीहरू के गर्नलाई आइरहेका छन्‌?” तिनले जवाफ दिए, “एकैजना मानिसले पनि शिर खड़ा गर्न नसक्‍ने गरी यहूदालाई तितरबितर गर्ने सीङहरू यिनै हुन्, तर कारीगरहरूचाहिँ तिनीहरूलाई त्रासमा पार्न, र यहूदा देशको विरुद्धमा त्‍यसका मानिसहरूलाई तितरबितर पार्ने जातिहरूका सीङहरूलाई फालिदिन आएका हुन्‌।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए।</verse>
				<verse number="2">मैले सोधें, “तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?” तिनले मलाई जवाफ दिए, “यरूशलेम नाप्‍न, त्‍यसको चौड़ाइ र लमाइ कति रहेछ हेर्न जाँदैछु।”</verse>
				<verse number="3">तब मसित कुरा गरिरहने ती स्‍वर्गदूत गइहाले, र अर्का स्‍वर्गदूत तिनलाई भेट्‌नलाई आए,</verse>
				<verse number="4">र तिनलाई भने, “दगुरिगएर त्‍यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्‍यामा ज्‍यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ।</verse>
				<verse number="5">अनि म स्‍वयम्‌ त्‍यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘र त्‍यसभित्रको महिमा म नै हुनेछु’।</verse>
				<verse number="6">“आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">“आओ, हे सियोन! उम्‍किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्‍दछौ।”</verse>
				<verse number="8">किनकि सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्‌ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्‍छ त्‍यसले उहाँका आँखाको नानीलाई छुन्‍छ—</verse>
				<verse number="9">निश्‍चय नै म आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्‌नेछन्‌। तब तिमीहरूले जान्‍नेछौ कि मलाई सर्वशक्तिमान्‌ परमप्रभुले पठाउनुभएको हो।</verse>
				<verse number="10">“हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“त्‍यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्‍न आउनेछन्, र मेरा प्रजा हुनेछन्‌। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्‍नेछौ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ।</verse>
				<verse number="12">परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्‍नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ।</verse>
				<verse number="13">हे सारा मनुष्‍य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्‍नो पवित्र वासस्‍थानबाट निस्‍किजानुभएको छ।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्‍ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो।</verse>
				<verse number="2">परमप्रभुले शैतानलाई भन्‍नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्‌। यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हकारून्‌! के यो मानिस आगोबाट निकालिएको अगुल्‍टो होइन र?”</verse>
				<verse number="3">अब यहोशूचाहिँ स्‍वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए।</verse>
				<verse number="4">तब ती स्‍वर्गदूतले आफ्‍नो सामुन्‍ने उभिरहनेहरूलाई भने, “त्‍यसको फोहोर लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”</verse>
				<verse number="5">तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्‍वर्गदूत नजिक उभिरहेका थिए।</verse>
				<verse number="6">तब परमप्रभुका स्‍वर्गदूतले यहोशूलाई यो कड़ा आज्ञा दिए:</verse>
				<verse number="7">“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस्‌ र तैंले मेरा आज्ञा पालन गरिस्‌ भने, तँ मेरो घरको जिम्‍मेवार र मेरो मन्‍दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्‍थान दिनेछु।</verse>
				<verse number="8">“‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्‍ने बस्‍ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्‍ता छन्‌। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात्‌ हाँगालाई ल्‍याउनेछु।</verse>
				<verse number="9">यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्‌। त्‍यसमा सात वटा आँखा छन्, र म त्‍यसमा लेखोट खोप्‍नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">“‘त्‍यस दिन तिमीहरू हरेकले आफ्‍नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्‍न निम्‍तो दिनेछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">जसरी कोही मानिसलाई निद्राबाट जगाइन्‍छ तब मसित कुरा गर्ने ती स्‍वर्गदूतले आएर मलाई त्‍यसरी जगाए।</verse>
				<verse number="2">तिनले मलाई सोधे, “तिमी के देख्‍छौ?” मैले जवाफ दिएँ, “जम्‍मै सुनको एउटा सामदान म देख्‍तछु। त्‍यसको टुप्‍पामा एउटा बटुको छ। त्‍यसमाथि सात वटा बत्ती छन्, र टुप्‍पामा भएको प्रत्‍येक बत्तीमा सात वटा नली गाँसिएका छन्‌।</verse>
				<verse number="3">त्‍यसको छेउमा दुई वटा जैतूनका रूखहरू, एउटा बटुकाको दाहिनेपट्टि र अर्को त्‍यसको देब्रेपट्टि छन्‌।”</verse>
				<verse number="4">तब मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?”</verse>
				<verse number="5">तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले जवाफ दिएँ, “अँहँ, जान्‍दिनँ मेरा प्रभु।”</verse>
				<verse number="6">यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्‍ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्‍माले,’ सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">“ए शक्तिशाली पर्वत, तँ के होस्‌ र? यरुबाबेलको सामुन्‍ने तँ मैदान हुनेछस्‌। अनि उहाँले शिर-ढुङ्गालाई ‘परमेश्‍वरले यसलाई आशिष्‌ देऊन्!’ भन्‍ने जयजयकारका साथ निकाल्‍नु हुनेछ’।”</verse>
				<verse number="8">तब परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="9">“यस मन्‍दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्‍यसैका हातले त्‍यो सिद्ध‌्‌याउनेछन्‌। तब तैंले जान्‍नेछस्‌ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई पठाउनुभएको हो।</verse>
				<verse number="10">“साना कुराहरूको दिनलाई कसले तुच्‍छ ठान्‍छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍दा मानिसहरू रमाउनेछन्‌। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्‍वीमा यताउता हेरिरहन्‍छन्‌।”)</verse>
				<verse number="11">तब मैले स्‍वर्गदूतलाई सोधें, “यस सामदानको दाहिने र देब्रेपट्टि भएका यी दुई जैतूनका रूखहरूचाहिँ के हुन्‌?”</verse>
				<verse number="12">फेरि मैले तिनलाई सोधें, “यी दुई जैतूनका हाँगा के हुन्, जो ती दुई सुनका नलीहरूका छेउमा छन्‌ र जसद्वारा सुनको तेल खनिन्‍छ?”</verse>
				<verse number="13">तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले भनें, “अँहँ, म जान्‍दिनँ, मेरा प्रभु।”</verse>
				<verse number="14">तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्‍वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्‌।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">मैले फेरि हेरें, र मेरो अगि उड़िरहेको एउटा चर्मपत्रको मुट्ठो थियो।</verse>
				<verse number="2">तिनले मलाई सोधे, “तिमी के देख्‍छौ?” मैले जवाफ दिएँ, “नौ मिटर लामो र साढ़े चार मिटर चौड़ा एउटा उड़िरहेको चर्मपत्रको मुट्ठो म देख्‍तछु।”</verse>
				<verse number="3">अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ।</verse>
				<verse number="4">सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्‍यो पस्‍नेछ, र त्‍यो घरभित्र रहनेछ र त्‍यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”</verse>
				<verse number="5">तब मसित कुरा गर्ने स्‍वर्गदूतले अगि आएर मलाई भने, “त्‍यो के निस्‍केर आइरहेछ, सो हेर।”</verse>
				<verse number="6">तब मैले सोधें, “त्‍यो के हो?” तब तिनले जवाफ दिए, “त्‍यो एउटा नाप्‍ने टोकरी हो।” तिनले भने, “देशभरि भएका मानिसहरूको दुष्‍टता यही हो।”</verse>
				<verse number="7">तब सीसाको ढकना मास्‍तिर उठाइयो, र एउटी स्‍त्री त्‍यस टोकरीभित्र बसिरहेकी देखें।</verse>
				<verse number="8">अनि तिनले भने, “दुष्‍टता यही हो।” तब तिनले त्‍यस स्‍त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्‍यसको मुख छोपिदिए।</verse>
				<verse number="9">तब मैले आफ्‍ना आँखा उचालेर हेरें, र दुई जना स्‍त्रीहरू आइरहेका देखें, र तिनीहरूका पखेटामा बतास रहेछ। तिनीहरूका पखेटा सारसका पखेटाजस्‍तै रहेछन्, र तिनीहरूले त्‍यो टोकरीलाई पृथ्‍वी र आकाशको बीचमा उचालेर लगे।</verse>
				<verse number="10">तब मैले मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई सोधें, “यिनीहरूले यो टोकरी कहाँ लगिरहेछन्‌?”</verse>
				<verse number="11">तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्‍यसको निम्‍ति एउटा घर बनाउनलाई लगिरहेछन्‌। जब त्‍यो तयार हुन्‍छ, तब त्‍यो टोकरी त्‍यहाँ त्‍यसकै स्‍थानमा राखिनेछ।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए।</verse>
				<verse number="2">पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू,</verse>
				<verse number="3">तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्‌ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए।</verse>
				<verse number="4">मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?”</verse>
				<verse number="5">ती स्‍वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्‍वर्गका चार आत्‍माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्‍ने खड़ा भएर निस्‍किआएका हुन्‌।</verse>
				<verse number="6">काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्‍छ, सेता घोड़ाहरू भएको रथ पश्‍चिमतिर जान्‍छ, र पाङ्‌ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्‍छ।”</verse>
				<verse number="7">जब ती बलिया घोड़ाहरू बाहिर निस्‍के, तिनीहरू चारैतिर जानलाई तम्‍सिरहेका थिए। तिनले भने, “पृथ्‍वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्‍वीका चारैतिर गए।</verse>
				<verse number="8">तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्‍नेहरूले मेरो आत्‍मालाई त्‍यहाँ आराम दिएका छन्‌।”</verse>
				<verse number="9">परमप्रभुको यो वचन मकहाँ आयो:</verse>
				<verse number="10">“बेबिलोनको निर्वासनबाट आएका हेल्‍दै, तोबियाह र यदायाहबाट भेटी ली। त्‍यही दिन सपन्‍याहको छोरो योशियाहको घरमा जा।</verse>
				<verse number="11">सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्‍यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे।</verse>
				<verse number="12">त्‍यसलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्‍यो आफ्‍नो ठाउँमा बढ्‌नेछ, र परमप्रभुको मन्‍दिर बनाउनेछ।</verse>
				<verse number="13">त्‍यसले नै परमप्रभुको मन्‍दिर बनाउनेछ, र त्‍यो महामहिमाले पहिर्‍याइनेछ, र आफ्‍नो सिंहासनमा विराजमान भएर राज्‍य गर्नेछ, र त्‍यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।”</verse>
				<verse number="14">हेल्‍दै, तोबियाह, यदायाह र सपन्‍याहको छोरो हेनलाई परमप्रभुको मन्‍दिरमा सम्‍झनाको निम्‍ति त्‍यो मुकुट दिइनेछ।</verse>
				<verse number="15">जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्‍दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञा मान्‍यौ भनेदेखि सो हुनेछ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">दारा राजाको चौथो वर्षमा किसलेव महिना अर्थात्‌ नवौँ महिनाको चौथो दिनमा परमप्रभुको यो वचन जकरियाकहाँ आयो।</verse>
				<verse number="2">बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुकहाँ यसरी बिन्‍ती गर्न पठाएका थिए,</verse>
				<verse number="3">कि सर्वशक्तिमान्‌ परमप्रभुको भवनका पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भनेर सोधून्, “के अघि धेरै वर्षदेखि गर्दैआएझैँ पाँचौँ महिनामा मैले विलाप गर्नु र उपवास बस्‍नुपर्छ?”</verse>
				<verse number="4">अनि सर्वशक्तिमान्‌ परमप्रभुको वचन मकहाँ आयो:</verse>
				<verse number="5">“देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्‌, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्‍म पाँचौँ र सातौँ महिनामा उपवास बस्‍थ्‍यौ र विलाप गर्दथ्‍यौ, तब के त्‍यो उपवास मेरै निम्‍ति गर्दथ्‍यौ र?</verse>
				<verse number="6">अनि जब तिमीहरू खान्‍थ्‍यौ र पिउँथ्‍यौ, तब के तिमीहरू आफ्‍नै निम्‍ति भोजन गर्दैनथ्‍यौ र?</verse>
				<verse number="7">जब यरूशलेम र त्‍यसका चारैतिरका नगरहरूमा स्‍थिरता र फलिफाप थियो र नेगेव तथा पश्‍चिमको तराई स्‍थिर भएका थिए, तब के अघिका अगमवक्ताहरूद्वारा घोषणा भएको परमप्रभुको वचन यही होइन र’?”</verse>
				<verse number="8">अनि जकरियाकहाँ परमप्रभुको यो वचन फेरि आयो:</verse>
				<verse number="9">“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘साँचो न्‍याय गर, एकले अर्कालाई दया देखाओ र टिठ्याओ।</verse>
				<verse number="10">विधवाहरू र टुहुरा-टुहुरी, विदेशी अथवा गरीबहरूमाथि अत्‍याचार नगर। आफ्‍नो हृदयमा एका-अर्काप्रति खराब नसोच’।</verse>
				<verse number="11">“तर तिनीहरूले त ध्‍यान दिएर सुन्‍नलाई इन्‍कार गरे, हठी भएर तिनीहरूले आफ्‍नो पीठ फर्काए र आफ्‍ना कान थुने।</verse>
				<verse number="12">सर्वशक्तिमान्‌ परमप्रभुले आफ्‍ना आत्‍माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिनुभएका व्‍यवस्‍था र वचन तिनीहरूले सुन्‍न मानेनन्, र आफ्‍ना हृदय चकमकको ढुङ्गाझैँ कड़ा बनाए। यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु साह्रै रिसाउनुभयो।</verse>
				<verse number="13">“‘जसरी मैले बोलाउँदा तिनीहरूले सुनेनन्, त्‍यसरी नै तिनीहरूले बोलाउँदा म तिनीहरूको बिन्‍ती सुन्‍दिनँ,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">‘तिनीहरूलाई विदेशी भएर बसेका जाति-जातिहरूका बीचमा आँधीबेहरीले झैँ मैले तितरबितर पारें। तिनीहरूको देश निर्जन भयो, यतिसम्‍म कि त्‍यसमा कोही पनि आउन वा जान सकेन। यसरी तिनीहरूले त्‍यो सुन्‍दर देश उजाड़ पारे’।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">फेरि सर्वशक्तिमान्‌ परमप्रभुको यो वचन मकहाँ आयो।</verse>
				<verse number="2">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “सियोनको निम्‍ति म साह्रै डाही भएको छु। म त्‍यसको निम्‍ति डाहले जलिरहेको छु।”</verse>
				<verse number="3">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “म फर्केर सियोनमा आउनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेम ‘सत्‍यको सहर’ भनिनेछ, र सर्वशक्तिमान्‌ परमप्रभुको पर्वतचाहिँ ‘पवित्र पर्वत’ भनिनेछ।”</verse>
				<verse number="4">परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यरूशलेमका गल्‍लीहरूमा फेरि पूरा उमेर पुगेका पुरुष र स्‍त्रीहरू आफ्‍नो उमेरको कारण हातमा लहुरो टेकेर बस्‍नेछन्‌।</verse>
				<verse number="5">सहरका गल्‍लीहरूचाहिँ खेल्‍ने केटाकेटीहरूले भरिएका हुनेछन्‌।”</verse>
				<verse number="6">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यस बेला यी मानिसहरूमध्‍येबाट बचेकाहरूलाई त्‍यो कुरा अचम्‍मको लाग्‍ला, तर के त्‍यो मेरो नजरमा पनि अचम्‍मको होला त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हेर, म मेरो प्रजालाई पूर्वको देश र पश्‍चिमको देशदेखि बचाउनेछु।</verse>
				<verse number="8">म तिनीहरूलाई यरूशलेममा बस्‍नलाई ल्‍याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर भएर तिनीहरूप्रति विश्‍वासी र धार्मिक हुनेछु।”</verse>
				<verse number="9">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू, जसले अहिले ती अगमवक्ताहरूद्वारा भनेका वचनहरू सुन्‍दछौ, जो सर्वशक्तिमान्‌ परमप्रभुका भवनको जग बसाल्‍दा त्‍यहाँ थिए, तिमीहरूका हातहरू बलिया होऊन्‌ कि मन्‍दिरको निर्माण हुन सकोस्‌।</verse>
				<verse number="10">त्‍यस समयभन्‍दा अघि मानिस र पशुको निम्‍ति ज्‍याला थिएन। शत्रुको कारण कुनै मानिस सुरक्षासहित आफ्‍नो काममा जान सक्‍दैनथे, किनकि मैले सबै मानिसहरूलाई आफ्‍नो छिमेकीको विरुद्धमा खड़ा गरेको थिएँ।</verse>
				<verse number="11">तर अब म यस प्रजाका बाँकी रहेकाहरूमाथि अघिका दिनमा जस्‍तै गर्नेछैनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“बीउ राम्ररी उब्‍जनेछ, दाखको बोटले फल दिनेछ, जमिनले त्‍यसको अन्‍न उब्‍जाउनेछ, र आकाशले शीत झार्नेछ। म यस प्रजाको बाँकी रहेका मानिसहरू यी सबै कुरा उत्तराधिकारको रूपमा दिनेछु।</verse>
				<verse number="13">हे यहूदा र इस्राएल हो, जसरी तिमीहरू जाति-जातिहरूका बीचमा अभिशाप भएका थियौ, यसरी म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्‌को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हात बलिया होऊन्‌।”</verse>
				<verse number="14">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूलाई विपत्ति ल्‍याउने अठोट गरेथें र मैले पछितो गरिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">“त्‍यसरी नै अब यरूशलेमलाई र यहूदालाई फेरि भलाइ गर्न मैले निश्‍चय गरेको छु। तिमीहरू नडराओ।</verse>
				<verse number="16">तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्‌: एक-अर्कासँग साँचो बोल्‍ने गर, र आफ्‍ना न्‍यायालयमा सत्‍य र असल न्‍याय गर।</verse>
				<verse number="17">आफ्‍नो छिमेकीको विरुद्धमा खराब षड्‌यन्‍त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="18">फेरि सर्वशक्तिमान्‌ परमप्रभुको यो वचन मकहाँ आयो।</verse>
				<verse number="19">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा हुने उपवासहरू यहूदाको निम्‍ति रमाहट, खुशीका समय र आनन्‍दका चाड़हरू हुनेछन्‌। यसैकारण तिमीहरू सत्‍य र शान्‍ति रुचाओ।”</verse>
				<verse number="20">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “धेरै सहरका बासिन्‍दाहरू र धेरै मानिसहरू अझै आउनेछन्,</verse>
				<verse number="21">र एउटा सहरका बासिन्‍दाहरू अर्को सहरमा यसो भन्‍दै जानेछन्, ‘परमप्रभुलाई बिन्‍ती चढ़ाउन तुरुन्‍त जाऔं र सर्वशक्तिमान्‌ परमप्रभुलाई खोजौं। म आफै पनि जानेछु’।</verse>
				<verse number="22">धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान्‌ परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्‌।”</verse>
				<verse number="23">सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्‍नेहरूमध्‍येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्‍कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्‌।</verse>
				<verse number="2">सिमानामा भएको हमातमाथि पनि, र टुरोस र सीदोनमाथि पनि, यद्यपि तिनीहरू साह्रै निपुण छन्‌।</verse>
				<verse number="3">टुरोसले आफ्‍नो निम्‍ति एउटा गढ़ी बनाएको छ, त्‍यसले चाँदी धूलोसरह र सुन गल्‍लीहरूको हिलोझैँ थुपारेको छ।</verse>
				<verse number="4">तर परमप्रभुले त्‍यसको धन-सम्‍पत्ति खोस्‍नुहुनेछ, र त्‍यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्‍यो भस्‍म हुनेछ।</verse>
				<verse number="5">अश्‍कलोनले त्‍यो देख्‍नेछ र डराउनेछ। गाजा पीडाले छटपटाउनेछ। एक्रोन पनि पीडामा पर्नेछ, किनकि त्‍यसको आशा सेलाएर जानेछ। गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्‍कलोनमा फेरि कोही वास गर्नेछैन।</verse>
				<verse number="6">अश्‍दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्‍तीहरूको अहङ्कार म नष्‍ट गरिदिनेछु।</verse>
				<verse number="7">म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्‍दो कुरा निकालिदिनेछु। बाँकी रहेकाहरू परमेश्‍वरका हुनेछन्‌ र यहूदामा ती कुलपतिजस्‍तै हुनेछन्, अनि एक्रोनचाहिँ यबूसीजस्‍तै हुनेछ।</verse>
				<verse number="8">आक्रमण गर्नेहरूबाट मेरो भवनको रक्षा गर्नलाई त्‍यसको चारैतिर म छाउनी बनाउनेछु। फेरि कुनै अत्‍याचारीले मेरो प्रजामाथि अतिक्रमण गर्नेछैन, किनभने अब म आफै रखवाली गरिरहनेछु।”</verse>
				<verse number="9">हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्‍छ। उहाँ धर्मात्‍मा र मुक्तिदाता हुनुहुन्‍छ। उहाँ भला हुनुहुन्‍छ, र गधामाथि, अर्थात्‌ गधाको बच्‍चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ।</verse>
				<verse number="10">म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्‍तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्‍य समुद्रदेखि समुद्रसम्‍मै र यूफ्रेटिस नदीदेखि पृथ्‍वीको अन्‍तसम्‍मै हुनेछ।</verse>
				<verse number="11">तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु।</verse>
				<verse number="12">हे आशावादी कैदी हो, आफ्‍नो किल्‍लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु।</verse>
				<verse number="13">म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्‍यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्‍याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्‍याउनेछु।</verse>
				<verse number="14">अनि परमप्रभु तिनीहरूकहाँ देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैँ चम्‍कनेछ। परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ, र उहाँ दक्षिणका आँधीबेहरीमा भएर हिँड्‌दैजानुहुनेछ।</verse>
				<verse number="15">सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। तिनीहरूले शत्रुलाई सर्वनाश पार्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूद्वारा तिनीहरूलाई पराजय गर्नेछन्‌। तिनीहरूले दाखमद्य पिउनेछन्‌ र लागेझैँ गर्जनेछन्‌। तिनीहरू वेदीका कुना-कुनामा छर्कने ठूलो बटुका भरिएझैँ हुनेछन्‌।</verse>
				<verse number="16">त्‍यस दिन परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्‌। मुकुटका रत्‍नझैँ तिनीहरू उहाँको देशमा चम्‍कनेछन्‌।</verse>
				<verse number="17">तिनीहरू कत्ति आकर्षक र सुन्‍दर हुनेछन्‌। अन्‍नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्‍टपुष्‍ट पार्नेछ।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">वसन्‍त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्‍छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्‍छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्‍छ।</verse>
				<verse number="2">मूर्तिहरू छलका कुरा बोल्‍छन्, र मन्‍त्रतन्‍त्र गर्नेहरूले झूटा दर्शनहरू देख्‍छन्‌ र झूटा सपनाहरू बताउँछन्, तिनीहरू व्‍यर्थमा सान्‍त्‍वना दिन्‍छन्‌। यसैकारण गोठालाको कमीले गर्दा अत्‍याचारमा परेका भेड़ाझैँ मानिसहरू बरालिन्‍छन्‌।</verse>
				<verse number="3">“मेरो रीस गोठालाहरूमाथि पर्छ, म अगुवाहरूलाई दण्‍ड दिनेछु, किनकि सर्वशक्तिमान्‌ परमप्रभुले आफ्‍नो बगाल, यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ, र तिनीहरूलाई लड़ाइँको अहङ्कारी घोड़ाझैँ बनाउनुहुनेछ।</verse>
				<verse number="4">यहूदाबाट कुने-ढुङ्गो, त्‍यसबाट पालको कीला, त्‍यसबाट लड़ाइँको धनु र त्‍यसैबाट हरेक शासक निस्‍कनेछन्‌।</verse>
				<verse number="5">तिनीहरू साथसाथै लड़ाइँमा आफ्‍ना शत्रुहरूलाई गल्‍लीको हिलोमा कुल्‍चीमिल्‍ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्‌।</verse>
				<verse number="6">“म यहूदाको घरानालाई बलियो पार्नेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूको पुनर्स्‍थापन गर्नेछु, किनभने म तिनीहरूमाथि टिठ्याउनेछु। मैले तिनीहरूलाई इन्‍कार नगरेझैँ तिनीहरू हुनेछन्, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु।</verse>
				<verse number="7">एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्‌। तिनीहरूका छोराछोरीहरूले त्‍यो देखेर रमाहट गर्नेछन्‌। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्‌।</verse>
				<verse number="8">“म तिनीहरूलाई इशाराले बोलाएर भित्र जम्‍मा गर्नेछु। म निश्‍चय नै मोल तिरेर तिनीहरूलाई छुटाउनेछु, तिनीहरू अघिजस्‍तै संख्‍यामा धेरै हुनेछन्‌।</verse>
				<verse number="9">मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्‍झना गर्नेछन्‌। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्‍नेछन्‌ र फर्कनेछन्‌।</verse>
				<verse number="10">म तिनीहरूलाई मिश्रदेशदेखि फर्काएर ल्‍याउनेछु, र अश्‍शूर देशबाट तिनीहरूलाई भेला गर्नेछु। तिनीहरूलाई गिलाद र लेबनान देशहरूमा ल्‍याउनेछु, र तिनीहरूलाई त्‍यहाँ यथेष्‍ट ठाउँ हुँदैन।</verse>
				<verse number="11">तिनीहरू दु:खको सागरबाट पार हुनेछन्‌। त्‍यसका छालहरू साम्‍य हुनेछन्, र नील नदीका सबै गहिरा-गहिरा ठाउँहरू सुक्‍दैजानेछन्‌। अश्‍शूरको अहङ्कार झारिनेछ, र मिश्रको राजदण्‍ड बितेर जानेछ।</verse>
				<verse number="12">म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्‍याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्‌डुल गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">ए लेबनान, तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्‍म पारोस्‌।</verse>
				<verse number="2">ए सल्‍लोको रूख, विलाप गर्, किनकि देवदारु ढलेको छ, र अल्‍गा र सुन्‍दर रूखहरू नष्‍ट भएका छन्‌। ए बाशानका फलाँटका रूखहरू हो, विलाप गर, किनभने घनघोर जङ्गल फाँड़िएको छ।</verse>
				<verse number="3">गोठालाहरूको विलाप सुन। तिनीहरूको सुन्‍दर खर्क नष्‍ट पारियो। सिंहको गर्जन सुन। यर्दनको हरियो घारी नष्‍ट भएको छ।</verse>
				<verse number="4">परमप्रभु मेरा परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “काटिने भेड़ाबाख्राहरूलाई चरा।</verse>
				<verse number="5">ती किन्‍नेहरूले तिनलाई काटेर मार्छन्, र सजाय नपाई जान्‍छन्‌। तिनलाई बेच्‍नेहरू भन्‍दछन्, ‘परमप्रभुलाई प्रशंसा होस्, किनकि म धनी भएँ’। तिनीहरूका आफ्‍नै गोठालाहरूले तिनलाई छोड्‌दैनन्‌।</verse>
				<verse number="6">किनभने देशका मानिसहरूलाई म टिठ्याउनेछैनँ,” परमप्रभु भन्‍नुहुन्‍छ। “म हरेकलाई त्‍यसकै छिमेकीको हातमा र त्‍यसकै राजाको हातमा सुम्‍पिदिनेछु। उनीहरूले देशलाई अत्‍याचार गर्नेछन्, र उनीहरूका हातदेखि म तिनीहरूलाई छुटाउनेछैनँ।”</verse>
				<verse number="7">यसैले काटिनलाई राखिएका भेड़ाबाख्राहरूको बगाललाई मैले चराएँ, विशेष गरी बगालका थिचोमिचोमा परेकाहरूलाई। अनि मैले आफ्‍नो निम्‍ति दुई वटा लौरा लिएँ— एउटाको नाउँ मैले ‘अनुग्रह’ राखें, र अर्कोको ‘एकता’— र मैले बगाललाई चराएँ।</verse>
				<verse number="8">मैले तीन जना गोठालाहरूलाई एकै महिनामा हटाएँ। त्‍यस बगालले मलाई घृणा गर्‍यो, र म तिनीहरूसँग वाक्‍क भएँ।</verse>
				<verse number="9">मैले भनें, “म तिमीहरूको गोठालो हुनेछैनँ। मर्नेहरू मरिरहून्, नष्‍ट हुनेहरू नष्‍ट भइरहून्, र बाँचिरहनेचाहिँ एउटाले अर्काको मासु खाऊन्‌।”</verse>
				<verse number="10">तब मैले मेरो ‘अनुग्रह’ नामक लहुरो लिएँ, र सबै जाति-जातिहरूसित बाँधेको करार रद्द गरेर त्‍यो भाँचें।</verse>
				<verse number="11">त्‍यो करार त्‍यही दिन रद्द भयो, र यसरी बगालका दु:खीहरूले, जसले मलाई हेरिराखेका थिए, तिनीहरूले त्‍यो त परमप्रभुको वचन रहेछ भनी जाने।</verse>
				<verse number="12">तब मैले तिनीहरूलाई भनें, “तिमीहरूलाई असल लागे मलाई मेरो ज्‍याला देओ। होइन भने राख।” यसैले तिनीहरूले मलाई चाँदीका तीस टुक्रा दिए।</verse>
				<verse number="13">परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यो पैसा कुमालेलाई फ्‍याँकिदे”— यो बहुमूल्‍य दाम जो तिनीहरूले मेरो निम्‍ति लगाए। तब मैले चाँदीका ती तीस टुक्रा लगेर परमप्रभुका भवनको भण्‍डारमा कुमालेको निम्‍ति फालिदिएँ।</verse>
				<verse number="14">तब यहूदा र इस्राएलका बीचका दाजुभाइको नाता टुटाइदिनलाई मैले ‘एकता’ नाउँ भएको अर्को लहुरो भाँचें।</verse>
				<verse number="15">तब परमप्रभुले मलाई भन्‍नुभयो, “मूर्ख गोठालाको हतियार तैंले फेरि ली।</verse>
				<verse number="16">किनकि म यस देशमा यस्‍तो एउटा गोठालो खड़ा गर्नेछु, जसले हराएकाहरूलाई हेरचाह गर्नेछैन, न त छरपष्‍ट भएकाहरूलाई भेला गर्नेछ, न चोट लागेकाहरूलाई निको पार्नेछ, न त निरोगीहरूलाई चराउनेछ, तर त्‍यसले राम्रा भेड़ाका खुर च्‍यातेर तिनीहरूको मासु खानेछ।</verse>
				<verse number="17">“बगाल छोड़ेर जाने बेकामको गोठालालाई धिक्‍कार! त्‍यसको पाखुरा र दाहिने आँखालाई तरवारले हानोस्‌। त्‍यसको पाखुरा जम्‍मै सुकेर जाओस्‌ र त्‍यसको दाहिने आँखा पूरा अन्‍धो होस्‌।”</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्‍वीको जग बसाल्‍नुहुने र मानिसको आत्‍मा त्‍यसभित्र रच्‍नुहुने परमप्रभु घोषणा गर्नुहुन्‍छ:</verse>
				<verse number="2">“हेर, म यरूशलेमलाई त्‍यसका चारैतिरका मानिसहरूका निम्‍ति धरमराइदिने कचौरा तुल्‍याइदिनेछु। यरूशलेमको साथै यहूदा घेरामा पर्नेछ।</verse>
				<verse number="3">त्‍यस दिन जब पृथ्‍वीका सबै जाति त्‍यसको विरुद्धमा जम्‍मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्‍ति एउटा अटल चट्टान तुल्‍याइदिनेछु। त्‍यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्‌।</verse>
				<verse number="4">त्‍यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्‍यसको सवारलाई पागल तुल्‍याइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “यहूदाको घरानामाथि म मेरो दृष्‍टि राख्‍नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्‍धो तुल्‍याइदिनेछु।</verse>
				<verse number="5">तब यहूदाका अगुवाहरूले आ-आफ्‍नो हृदयमा यसो भन्‍नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्, किनकि सर्वशक्तिमान्‌ परमप्रभु तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ’।</verse>
				<verse number="6">“त्‍यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्‍तै र बिटाहरूका बीचमा जल्‍दोबल्‍दो राँकोजस्‍तै तुल्‍याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्‍म पार्नेछन्, तर यरूशलेम आफ्‍नै स्‍थानमा कायम रहनेछ।</verse>
				<verse number="7">“परमप्रभुले यहूदाका वासस्‍थानहरूलाई पहिले बचाउनुहुनेछ, र यसरी दाऊदका घरानाको गौरव र यरूशलेमका बासिन्‍दाहरूको गौरव यहूदाको भन्‍दा बढ्‌ता नहोस्‌।</verse>
				<verse number="8">त्‍यस दिन परमप्रभुले यरूशलेमका बासिन्‍दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्‍ये जो सबैभन्‍दा कमजोर छ त्‍यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्‍वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्‍वर्गदूतझैँ हुनेछ।</verse>
				<verse number="9">त्‍यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ।</verse>
				<verse number="10">“अनि म दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्‍मा खन्‍याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्‍यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्‍मेको पुत्रको निम्‍ति गरेजस्‍तै शोक गर्नेछन्‌।</verse>
				<verse number="11">मगिद्दोको बेँसीमा हदद-रिम्‍मोनको जस्‍तो ठूलो रुवाबासी भएको थियो, त्‍यस्‍तै ठूलो विलाप त्‍यस दिन यरूशलेममा हुनेछ।</verse>
				<verse number="12">देशभरि प्रत्‍येक घरानाले, त्‍यसका पत्‍नीहरूलेसहित अलग-अलग्‍गै शोक गर्नेछन्, दाऊदका घरानाकाहरू र तिनका पत्‍नीहरू, नातानका घरानाकाहरू र तिनका पत्‍नीहरू,</verse>
				<verse number="13">लेवीका घरानाकाहरू र तिनका पत्‍नीहरू, शिमीका वंश र तिनका पत्‍नीहरू,</verse>
				<verse number="14">बाँकी रहेका सबै वंशहरू र तिनका पत्‍नीहरू विलाप गर्नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">“त्‍यस दिन तिनीहरूको पाप र अशुद्धता सफा गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूका निम्‍ति पानीको एउटा मूल फुटेर निस्‍कनेछ।</verse>
				<verse number="2">सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म त्‍यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्‍झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्‍मालाई पनि देशबाट म निकालिदिनेछु।</verse>
				<verse number="3">अनि अझै कसैले अगमवाणी गर्‍यो भने, त्‍यसलाई जन्‍माउने बुबा-आमाले त्‍यसलाई भन्‍नेछन्, ‘तँ मर्नैपर्छ, किनभने तैंले परमप्रभुको नाउँमा झूटा बोलेको छस्‌।’ त्‍यसले अगमवाणी गर्दा त्‍यसलाई जन्‍माउने बुबा-आमाले त्‍यसलाई वारपार घोचिदिनेछन्‌।</verse>
				<verse number="4">“त्‍यस दिन हरेक अगमवक्ता आफ्‍नै अगमवाणीको दर्शनदेखि लजाउनेछ, र धोका दिनलाई अगमवक्ताले लाउने रौँका लुगा त्‍यसले लाउनेछैन।</verse>
				<verse number="5">त्‍यसले भन्‍नेछ, ‘म त अगमवक्ता होइनँ, तर किसान मात्र हुँ, किनकि जवान अवस्‍थादेखि नै जमिनबाट मेरो जीविका चलेको छ’।</verse>
				<verse number="6">कसैले त्‍यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटचाहिँ के हुन्‌?’ भनी सोधे भने, त्‍यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्‌।’</verse>
				<verse number="7">	“ए तरवार, मेरो गोठालाको विरुद्धमा उठ्, नजिकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “गोठालालाई हिर्का, र भेड़ाहरू तितरबितर हुनेछन्, र मेरो हात सानाहरूका विरुद्धमा म उठाउनेछु।”</verse>
				<verse number="8">परमप्रभु भन्‍नुहुन्‍छ, “समस्‍त देशमा दुई-तिहाइ मारिनेछन्, र नष्‍ट हुनेछन्, तापनि एक-तिहाइचाहिँ छोड़िनेछन्‌।</verse>
				<verse number="9">त्‍यस एक-तिहाइलाई म आगोमा ल्‍याउनेछु। चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु, र सुन जाँचेझैँ जाँच्‍नेछु। तिनीहरूले मेरो नाउँको पुकारा गर्नेछन्, र म तिनीहरूलाई जवाफ दिनेछु। ‘यिनीहरू मेरा प्रजा हुन्,’ भनी म भन्‍नेछु, र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">परमप्रभुको एउटा यस्‍तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ।</verse>
				<verse number="2">म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्‍त्रीहरूलाई बलात्‍कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्‌।</verse>
				<verse number="3">तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्‍केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ।</verse>
				<verse number="4">त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ।</verse>
				<verse number="5">तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।</verse>
				<verse number="6">त्‍यस दिन न त उज्‍यालो हुनेछ, न ठन्‍डा हुनेछ न तुसारो पर्नेछ।</verse>
				<verse number="7">त्‍यस दिनमा रात हुनेछैन, त्‍यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्‍नुहुन्‍छ। जब साँझ पर्छ, तब उज्‍यालै रहनेछ।</verse>
				<verse number="8">त्‍यस दिन यरूशलेमबाट जिउँदो पानी निस्‍केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्‍चिमको समुद्रतिर बगिनिस्‍कनेछ, हिउँद र वर्षामा नित्‍य बगिरहनेछ।</verse>
				<verse number="9">परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।</verse>
				<verse number="10">गेबादेखि यरूशलेमको दक्षिण रिम्‍मोनसम्‍म सारा देश अराबाजस्‍तै हुनेछ। तर यरूशलेमचाहिँ अल्‍गो बनाइनेछ, र बेन्‍यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्‍म, कुने ढोकासम्‍म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्‍म आफ्‍नै ठाउँमा रहनेछ।</verse>
				<verse number="11">मानिसहरू त्‍यसमा बस्नेछन्, र त्‍यो फेरि कहिल्‍यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ।</verse>
				<verse number="12">जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्‍तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्‍ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्‍टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्‌।</verse>
				<verse number="13">त्‍यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्‍नेछ। तिनीहरू हरेकले अर्काको हात समात्‍नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ।</verse>
				<verse number="14">यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्‍पत्ति जम्‍मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ।</verse>
				<verse number="15">घोड़ाहरू, खच्‍चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्‍मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ।</verse>
				<verse number="16">तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्‍छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान्‌ परमप्रभुका महाराजालाई दण्‍डवत्‌ गर्न र छाप्रो-वासको चाड़ मान्‍नलाई यरूशलेममा जानेछन्‌।</verse>
				<verse number="17">सर्वशक्तिमान्‌ परमप्रभु महाराजालाई दण्‍डवत्‌ गर्न पृथ्‍वीका सबै परिवारमध्‍येका जो जाँदैनन्, तिनीहरूका निम्‍ति पानी पर्नेछैन।</verse>
				<verse number="18">मिश्रदेशका मानिसहरू त्‍यहाँ गएनन्‌ भने तिनीहरूका निम्‍ति पानी पर्नेछैन। परमप्रभुले तिनीहरूमाथि पनि त्‍यही रूढ़ी ल्‍याउनुहुनेछ, जुन रूढ़ी छाप्रो-वासको चाड़ नमान्‍नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्‍छ।</verse>
				<verse number="19">मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्‍नलाई नजाने सबै जातिहरूमाथि पनि त्‍यही दण्‍ड पर्नेछ।</verse>
				<verse number="20">त्‍यस दिन घोड़ाहरूका घण्‍टीहरूमा पनि ‘परमप्रभुको निम्‍ति पवित्र’ भनी खोपिएको हुनेछ, र परमप्रभुका भवनका भाँड़ाहरू वेदीको सामुन्‍ने भएका पवित्र कचौराहरूजस्‍तै हुनेछन्‌।</verse>
				<verse number="21">यरूशलेममा र यहूदामा भएका हरेक भाँड़ा सर्वशक्तिमान्‌ परमप्रभुको निम्‍ति पवित्र ठहरिनेछ, र बलिदान चढ़ाउने सबै मानिसहरू आएर कुनै-कुनै भाँड़ा लिएर तिनमा नै पकाउनेछन्‌। अनि त्‍यस दिन सर्वशक्तिमान्‌ परमप्रभुको भवनमा फेरि कहिल्‍यै एउटै कनानी पनि हुनेछैन।</verse>
			</chapter>
		</book>
		<book number="39">
			<chapter number="1">
				<verse number="1">एउटा ईश्‍वरवाणी मलाकीद्वारा इस्राएललाई परमप्रभुको वचन:</verse>
				<verse number="2">“मैले तिमीहरूलाई प्रेम गरें,” परमप्रभु भन्‍नुहुन्‍छ। “तर तिमीहरू भन्‍छौ, ‘कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो र?’ “के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु भन्‍नुहुन्‍छ। “तापनि मैले याकूबलाई प्रेम गरें,</verse>
				<verse number="3">तर एसावलाई मैले हेला गरें, र मैले त्‍यसको पहाड़हरूलाई रूखा पारिदिएँ, र त्‍यसको उत्तराधिकार मरुभूमिका स्‍यालहरूका निम्‍ति छोड़िदिएँ।”</verse>
				<verse number="4">“हामीहरू धूलोपीठो पारिएका छौं, तापनि हाम्रा भग्‍नावशेष हामी फेरि निर्माण गर्नेछौं” भनी एदोमीहरूले भन्‍लान्‌। तर सर्वशक्तिमान्‌ परमप्रभु यो भन्‍नुहुन्‍छ, “उनीहरूले निर्माण गरून्, तर म भत्‍काइदिनेछु। उनीहरू दुष्‍ट देश कहलाइनेछन्, जसका मानिसहरूसित परमप्रभु सधैँ क्रोधित हुनुहुन्‍छ।</verse>
				<verse number="5">यो तिमीहरू आफ्‍नै आँखाले देख्‍नेछौ, र भन्‍नेछौ, ‘इस्राएलको सिमाना बाहिर पनि परमप्रभु महान्‌ हुनुहुन्‍छ’।</verse>
				<verse number="6">“छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ। “तर तिमीहरू सोध्‍छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्‍यौं?’</verse>
				<verse number="7">“तिमीहरू मेरो वेदीमा अपवित्र खानेकुरा चढ़ाउँदछौ। “तर तिमीहरू सोध्‍छौ, ‘हामीले तपाईंलाई कसरी अपवित्र पार्‍यौं र?’ “‘परमप्रभुको टेबिल घिनलाग्‍दो छ’ भनेर।</verse>
				<verse number="8">जब तिमीहरूले अन्‍धा पशुहरू बलिदान चढ़ाउन ल्‍याउँछौ, तब के त्‍यो भूल कुरो होइन र? जब तिमीहरूले लङ्गड़ा र बेथा लागेका पशुहरू बलिदान चढ़ाउँदछौ, तब के त्‍यो भूल कुरो होइन र? ती तिमीहरूका राज्‍यपाललाई चढ़ाउन कोशिश गर। के तिनी तिमीहरूदेखि खुशी हुनेछन्‌? के तिनले त्‍यो ग्रहण गर्नेछन्‌?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“‘हामीमाथि कृपालु हुनुहोस्‌’ भनी आग्रहसाथ परमेश्‍वरलाई बिन्‍ती चढ़ाओ। तिमीहरूका हातले यस्‍तै भेटी चढ़ाएर के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ र?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="10">“तिमीहरूले व्‍यर्थमा मेरो वेदीमा आगोहरू नबाल्‍नलाई तिमीहरूमध्‍ये कसैले मन्‍दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“सूर्योदयदेखि सूर्यास्‍तसम्‍म जाति-जातिहरूका बीचमा मेरो नाउँ महान्‌ हुनेछ। हरेक ठाउँमा मेरै नाउँमा धूप र शुद्ध भेटी ल्‍याइनेछन्, किनकि जाति-जातिहरूका बीचमा मेरो नाउँ महान्‌ हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“तर तिमीहरू त ‘परमप्रभुको टेबिल अशुद्ध छ, र त्‍यसमा भएको त्‍यो भोजन बिटुलो छ, यो घृणास्‍पद छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ।</verse>
				<verse number="13">अनि तिमीहरू यसो भन्‍दछौ, ‘यो त कस्‍तो दिक्‍क लाग्‍ने काम हो, अनि त्‍यसप्रति हेलासाथ नाक चेप्‍र्याउँछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “जब तिमीहरूले चोट लागेका, खोरन्‍डा र बेथा लागेका पशुहरूलाई बलिको रूपमा चढ़ाउँछौ त, के तिमीहरूका हातबाट यस्‍ता भेटीहरू मैले ग्रहण गर्ने?” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">“तर यस्‍तो छल गर्ने श्रापित होस्, जसले आफ्‍नो बगालको ग्रहणयोग्‍य नर-पशु अर्पण गर्नलाई भाकल त गर्छ, तर खोट लागेको पशु परमप्रभुलाई चढ़ाउँदछ। किनभने म महाराजा हुँ, र मेरो नाउँ जाति-जातिहरूका बीचमा भययोग्‍य हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">“अब हे पूजाहारी हो, यो चेताउनी तिमीहरूका निम्‍ति हो।”</verse>
				<verse number="2">सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो नाउँलाई सम्‍मान दिन यदि तिमीहरू सुन्‍दैनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने, म तिमीहरूलाई सराप पठाउनेछु, र तिमीहरूका आशिष्‌हरूलाई सराप दिनेछु। मैले अघि नै ती सरापेको छु, किनकि तिमीहरूले मलाई इज्‍जत दिन आफ्‍ना हृदयलाई ठीक पारेका छैनौ।</verse>
				<verse number="3">“तिमीहरूको कारण म तिमीहरूका सन्‍ततिलाई हप्‍काउनेछु। म तिमीहरूका मुखमा तिमीहरूका चाड़हरूमा बलि चढ़ाइएका पशुहरूको मैला फिँजाइदिनेछु, र तिमीहरू पनि त्‍यसैसित लगिनेछौ।</verse>
				<verse number="4">लेवीसित बाँधेको मेरो करार रहिरहोस्‌ भनी मैले यो चेताउनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="5">“मेरो करार त्‍यससँग थियो, जीवन र शान्‍तिको करार, र मेरो सम्‍मान गरोस्‌ भनेर मैले ती त्‍यसलाई दिएँ, र त्‍यसले सम्‍मान गर्‍यो र मेरो नाउँको श्रद्धापूर्वक भय मान्‍यो।</verse>
				<verse number="6">सत्‍यको शिक्षा त्‍यसको मुखमा नै थियो, र त्‍यसका ओठमा कुनै झूटो कुरा पाइएन। शान्‍ति र सोझोपनमा त्‍यो मसँगै हिँड़्यो, र धेरैलाई त्‍यसले पापबाट फर्कायो।</verse>
				<verse number="7">“किनकि पूजाहारीका ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्‍यसको मुखबाट शिक्षा खोज्‍नुपर्दछ, किनभने त्‍यो सर्वशक्तिमान्‌ परमप्रभुको समाचारवाहक हो।</verse>
				<verse number="8">तर तिमीहरू त बाटोदेखि एकातिर लागेका छौ, र तिमीहरूको शिक्षा धेरैलाई ठोकरको कारण भएको छ। लेवीसँग बाँधिएको करार तिमीहरूले भङ्ग गरेका छौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“यसैले मैले तिमीहरूलाई सबै मानिसहरूका सामुन्‍ने तुच्‍छ र विनम्र तुल्‍याएको छु, किनभने तिमीहरू मेरो बाटोमा हिँड़ेका छैनौ, तर व्‍यवस्‍थाका कुरामा तिमीहरूले पक्षपात गरेका छौ।”</verse>
				<verse number="10">“हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई सृष्‍टि गर्नुभएको होइन र? त किन हामी एकले अर्काको विश्‍वास भङ्ग गरेर हाम्रा पिता-पुर्खाको करारलाई अपवित्र पार्छौं?</verse>
				<verse number="11">यहूदाले विश्‍वास भङ्ग गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्‍दो काम गरिएको छ। यहूदाले पराई देवताकी छोरीलाई विवाह गरेर परमप्रभुलाई मन पर्ने पवित्रस्‍थानलाई अपवित्र पारेको छ।</verse>
				<verse number="12">यसो गर्ने जोसुकै मानिस भए तापनि, त्‍यसले सर्वशक्तिमान्‌ परमप्रभुमा भेटी ल्‍याए तापनि परमप्रभुले त्‍यसलाई याकूबका पालहरूबाट बहिष्‍कृत गरिदेऊन्।</verse>
				<verse number="13">फेरि तिमीहरू अर्को कुरा गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसुले भिजाउँदछौ। तिमीहरू रुँदछौ र विलाप गर्दछौ, किनभने उहाँले तिमीहरूका हातको भेटीलाई कहिल्‍यै ध्‍यान दिनुहुन्‍न, न त त्‍यो उहाँलाई ग्रहणयोग्‍य हुन्‍छ।</verse>
				<verse number="14">तिमीहरू सोध्‍छौ, “किन?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनकी पत्‍नीको बीचमा साक्षीको काम गर्दैहुनुहुन्‍छ, किनकि तिमीहरूले त्‍यससँगको विश्‍वास भङ्ग गर्‍यौ, यद्यपि तिनी तिम्री जीवन-साथी र वैवाहिक करारमा बाँधिएकी पत्‍नी हो।</verse>
				<verse number="15">के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्‍मामा तिनीहरू उहाँकै हुन्‌। अनि तिनीहरू किन एउटै हुन्‌? किनभने उहाँले ईश्‍वरीय सन्‍तान खोज्‍दैहुनुहुन्‍थ्‍यो। यसैले तिमीहरू आफ्‍नो आत्‍माको रक्षा गर, र आफ्‍नो जवानीपनकी पत्‍नीसँगको विश्‍वास भङ्ग नगर।</verse>
				<verse number="16">“सम्‍बन्‍धविच्‍छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ। “मानिसले आफैलाई आफ्‍नो वस्‍त्रलेझैँ अत्‍याचारले ढाक्‍ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। यसैले आफूलाई आत्‍मामा स्‍वयम्‌ रक्षा गर, र विश्‍वास भङ्ग नगर।</verse>
				<verse number="17">तिमीहरूले आफ्‍नो कुराले परमप्रभुलाई थकित तुल्‍याएका छौ। तिमीहरू सोध्‍छौ, “हामीले उहाँलाई कसरी थकित तुल्‍यायौं?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असलै छन्, र उहाँ उनीहरूदेखि खुशी नै हुनुहुन्‍छ,” अथवा “न्‍याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्‍छ?”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">“हेर, म आफ्‍ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्‌। तब एक्‍कासि ती प्रभु, जसलाई तिमीहरू खोज्‍दछौ, आफ्‍नो मन्‍दिरमा आउनेछन्, अर्थात्‌ करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="2">तर उहाँको आउने दिनमा को उभिन सक्‍छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्‍छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्‍तै हुनुहुनेछ।</verse>
				<verse number="3">उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्‍याउनेछन्‌।</verse>
				<verse number="4">तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्‍य हुनेछन्‌।</verse>
				<verse number="5">“यसैले म न्‍याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्‍यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्‍याचार गर्नेहरू, विदेशीलाई न्‍याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="6">“म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्‍तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।</verse>
				<verse number="7">तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तर तिमीहरू त सोध्‍छौ, ‘हामी कसरी फर्कौं?’</verse>
				<verse number="8">“के कुनै मानिसले परमेश्‍वरलाई लुट्‌छ र? तापनि तिमीहरू मलाई लुट्‌दछौ। “तर तिमीहरू सोध्‍छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा।</verse>
				<verse number="9">सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्‍पूर्ण जातिले।</verse>
				<verse number="10">सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="11">“म तिमीहरूका अन्‍नबाली स्‍वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="12">“तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्‍य भन्‍नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="13">“तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ। “तरै पनि तिमीहरू सोध्‍छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’</verse>
				<verse number="14">“तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्‍यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान्‌ परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र?</verse>
				<verse number="15">तर अब त हामी हठीहरूलाई नै सुखी भन्‍छौं। निश्‍चय नै दुष्‍ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्‍वरलाई हाँक दिनेहरू उम्‍कन्‍छन्‌।”</verse>
				<verse number="16">तब परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्‍यानसित सुन्‍नुभयो। परमप्रभुको डर मान्‍नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्‍झनाको पत्र मुट्ठामा उहाँकै उपस्‍थितिमा लेखियो।</verse>
				<verse number="17">“जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “जसरी कुनै मानिसले आफ्‍नो सेवा गर्ने छोरालाई बाँकी राख्‍तछ, त्‍यसरी नै म तिनीहरूलाई बाँकी राख्‍नेछु।</verse>
				<verse number="18">अनि धर्मात्‍मा र दुष्‍ट, परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्‍नेछौ।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">“हेर, त्‍यो दिन आउँदैछ। त्‍यो भट्टीझैँ दन्‍कनेछ। सबै हठी र सबै दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्‍यो आउने दिनले उनीहरूलाई आगोमा भस्‍म गर्नेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्‌नेछैन।</verse>
				<verse number="2">तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्‍ना पखेटामा आरोग्‍यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्‍केका बाछाजस्‍तै तिमीहरूचाहिँ बाहिर निस्‍कनेछौ।</verse>
				<verse number="3">तब तिमीहरूले दुष्‍टहरूलाई खुट्टाले कुल्‍चनेछौ। जुन दिन म त्‍यो काम गर्छु, त्‍यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्‍तै हुनेछन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">“मेरो दास मोशाका व्‍यवस्‍थाको सम्‍झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्‍ति होरेब पर्वतमा मैले त्‍यसलाई दिएँ।</verse>
				<verse number="5">“हेर, परमप्रभुको त्‍यो महा र डरलाग्‍दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु।</verse>
				<verse number="6">त्‍यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”</verse>
			</chapter>
		</book>
	</testament>
	<testament name="New">
		<book number="40">
			<chapter number="1">
				<verse number="1">अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्‍टको वंशावली:</verse>
				<verse number="2">अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता,</verse>
				<verse number="3">यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्‌। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,</verse>
				<verse number="4">आराम अम्‍मीनादाबका पिता, अम्‍मीनादाब नहशोनका पिता, नहशोन सल्‍मोनका पिता,</verse>
				<verse number="5">सल्‍मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्‌। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्‌। ओबेद यिशैका पिता,</verse>
				<verse number="6">यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्‌।</verse>
				<verse number="7">सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता,</verse>
				<verse number="8">आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्‍जियाहका पिता,</verse>
				<verse number="9">उज्‍जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता,</verse>
				<verse number="10">हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता,</verse>
				<verse number="11">	योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्‍दी बनाएर लगिने समयअघि जन्‍मेका थिए।</verse>
				<verse number="12">बेबिलोनमा बन्‍दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता,</verse>
				<verse number="13">यरुबाबेल अबिउदका पिता, अबिउद एल्‍याकीमका पिता, एल्‍याकीम आजोरका पिता,</verse>
				<verse number="14">आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिउदका पिता,</verse>
				<verse number="15">एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए।</verse>
				<verse number="16">याकूब तिनै योसेफका पिता थिए, जसकी पत्‍नी मरियम थिइन्‌। यिनै मरियमबाट येशूको जन्‍म भयो, जो ख्रीष्‍ट कहलाइन्‍छन्‌।</verse>
				<verse number="17">यसरी अब्राहामदेखि दाऊदसम्‍म चौध पुस्‍ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्‍म चौध पुस्‍ता, र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रीष्‍टको समयसम्‍म चौध पुस्‍ता भए।</verse>
				<verse number="18">येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।</verse>
				<verse number="19">तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।</verse>
				<verse number="20">तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।</verse>
				<verse number="21">तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”</verse>
				<verse number="22">अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌:</verse>
				<verse number="23">“हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”</verse>
				<verse number="24">योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे।</verse>
				<verse number="25">मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,</verse>
				<verse number="2">“यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”</verse>
				<verse number="3">जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।</verse>
				<verse number="4">अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे।</verse>
				<verse number="5">तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌:</verse>
				<verse number="6">	‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।”</verse>
				<verse number="7">तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।</verse>
				<verse number="8">तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”</verse>
				<verse number="9">तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।</verse>
				<verse number="10">जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।</verse>
				<verse number="11">अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।</verse>
				<verse number="12">अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।</verse>
				<verse number="13">तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”</verse>
				<verse number="14">अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले,</verse>
				<verse number="15">र हेरोदको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्‍ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।”</verse>
				<verse number="16">तब ज्‍योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्‍योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।</verse>
				<verse number="17">तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो,</verse>
				<verse number="18">	“रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।”</verse>
				<verse number="19">तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने,</verse>
				<verse number="20">“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्‍नेहरू मरिसकेका छन्‌।”</verse>
				<verse number="21">तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के।</verse>
				<verse number="22">तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।</verse>
				<verse number="23">तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">त्‍यही समय बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्‍थानमा आए, र यसो भन्‍दै प्रचार गर्न लागे,</verse>
				<verse number="2">“पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आएको छ।”</verse>
				<verse number="3">किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”</verse>
				<verse number="4">यूहन्‍नाले ऊँटका रौँको वस्‍त्र लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे। तिनको खानेकुरा सलह र वन-मह थियो।</verse>
				<verse number="5">यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए,</verse>
				<verse number="6">र आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे।</verse>
				<verse number="7">तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो?</verse>
				<verse number="8">यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ।</verse>
				<verse number="9">अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।</verse>
				<verse number="10">अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।</verse>
				<verse number="11">“मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ।</verse>
				<verse number="12">उहाँको निफन्‍ने नाङ्‌लो उहाँकै हातमा छ, र उहाँले आफ्‍ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्‍नो गहूँ धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”</verse>
				<verse number="13">तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो।</verse>
				<verse number="14">तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्‍न खोजे, “बरु मलाई पो तपाईंबाट बप्‍तिस्‍मा लिनु आवश्‍यक छ, र के तपाईं मकहाँ आउनुहुने?”</verse>
				<verse number="15">तर येशूले तिनलाई भन्‍नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्‍ना राजी भए।</verse>
				<verse number="16">अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो।</verse>
				<verse number="17">तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्‍माद्वारा येशू उजाड-स्‍थानमा लगिनुभयो।</verse>
				<verse number="2">उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।</verse>
				<verse number="3">तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।”</verse>
				<verse number="4">तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”</verse>
				<verse number="5">तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्‍दिरको शिरमा खड़ा गरायो,</verse>
				<verse number="6">र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने, यहाँबाट तल हामफाल्‍नुहोस्, किनभने यस्‍तो लेखिएको छ, ‘उहाँले आफ्‍ना दूतहरूको जिम्‍मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”</verse>
				<verse number="7">येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”</verse>
				<verse number="8">फेरि दियाबलसले उहाँलाई एउटा अल्‍गो पर्वतमा लगेर संसारका सबै राज्‍य र तिनको वैभव उहाँलाई देखायो,</verse>
				<verse number="9">र उहाँलाई भन्‍यो, “तपाईंले घोप्‍टेर मलाई दण्‍डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”</verse>
				<verse number="10">तब येशूले त्‍यसलाई भन्‍नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”</verse>
				<verse number="11">तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।</verse>
				<verse number="12">यूहन्‍ना थुनामा परे भन्‍ने सुनेर येशू गालीलतिर लाग्‍नुभयो,</verse>
				<verse number="13">र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।</verse>
				<verse number="14">यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो:</verse>
				<verse number="15">	“जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील,</verse>
				<verse number="16">अन्‍धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युका छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।”</verse>
				<verse number="17">त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।”</verse>
				<verse number="18">गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए।</verse>
				<verse number="19">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।”</verse>
				<verse number="20">तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।</verse>
				<verse number="21">त्‍यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्‍दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्‍नालाई तिनीहरूका बुबा जब्‍दियासँग डुङ्गामा आफ्‍ना जाल तुनिरहेका देख्‍नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।</verse>
				<verse number="22">तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।</verse>
				<verse number="23">अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।</verse>
				<verse number="24">उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।</verse>
				<verse number="25">अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए।</verse>
				<verse number="2">उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो:</verse>
				<verse number="3">	 “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।</verse>
				<verse number="4">	 धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।</verse>
				<verse number="5">	 धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌।</verse>
				<verse number="6">	 धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।</verse>
				<verse number="7">	 धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌।</verse>
				<verse number="8">	 धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।</verse>
				<verse number="9">	 धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।</verse>
				<verse number="10">	 धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।</verse>
				<verse number="11">“धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌।</verse>
				<verse number="12">तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।</verse>
				<verse number="13">“तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन।</verse>
				<verse number="14">“तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।</verse>
				<verse number="15">मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ।</verse>
				<verse number="16">यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।</verse>
				<verse number="17">“व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।</verse>
				<verse number="18">किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन।</verse>
				<verse number="19">यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।</verse>
				<verse number="20">किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ।</verse>
				<verse number="21">“तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’</verse>
				<verse number="22">तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।</verse>
				<verse number="23">“यसकारण तिमीले वेदीमा आफ्‍नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्‍ने तिमीलाई याद भयो भने,</verse>
				<verse number="24">तिम्रो भेटी त्‍यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्‍नो भाइसँग मिलाप गर, र त्‍यसपछि आएर आफ्‍नो भेटी चढ़ाऊ।</verse>
				<verse number="25">“तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्‍यायाधीशको हातमा सुम्‍पिदेला र न्‍यायाधीशले अधिकृतको हातमा सुम्‍पिदेलान्, र तिमी झ्‍यालखानमा पर्नेछौ।</verse>
				<verse number="26">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्‍जेल तिमी त्‍यहाँबाट उम्‍कनेछैनौ।</verse>
				<verse number="27">“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्‍यभिचार नगर्‌।’</verse>
				<verse number="28">तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।</verse>
				<verse number="29">यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा फालिनुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।</verse>
				<verse number="30">तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा जानुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।</verse>
				<verse number="31">“यसो पनि भनिएको छ, कि ‘जसले आफ्‍नी पत्‍नीलाई त्‍याग गर्छ, त्‍यसले तिनलाई त्‍यागपत्र लेखिदेओस्‌।’</verse>
				<verse number="32">तर म तिमीहरूलाई भन्‍दछु, जसले आफ्‍नी पत्‍नीलाई व्‍यभिचारको कारणबाहेक अरू कारणले त्‍याग गर्ला, त्‍यसले तिनलाई व्‍यभिचारिणी तुल्‍याउँछ, र जसले त्‍याग गरिएकी स्‍त्रीसँग विवाह गर्ला, त्‍यसले व्‍यभिचार गर्नेछ।</verse>
				<verse number="33">“फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’</verse>
				<verse number="34">तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो,</verse>
				<verse number="35">न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो।</verse>
				<verse number="36">आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ।</verse>
				<verse number="37">तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।</verse>
				<verse number="38">“तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’</verse>
				<verse number="39">तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।</verse>
				<verse number="40">यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्‍यसलाई तिम्रो खास्‍टो पनि दिइहाल।</verse>
				<verse number="41">यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्‍य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ।</verse>
				<verse number="42">तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर।</verse>
				<verse number="43">“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’</verse>
				<verse number="44">तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,</verse>
				<verse number="45">र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।</verse>
				<verse number="46">किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र?</verse>
				<verse number="47">तिमीहरूले आफ्‍ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्‍दा बढ़ी के गर्‍यौ र? के अन्‍यजातिहरूले पनि त्‍यसै गर्दैनन्‌ र?</verse>
				<verse number="48">यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।</verse>
				<verse number="2">“यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।</verse>
				<verse number="3">तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।</verse>
				<verse number="4">तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।</verse>
				<verse number="5">“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌।</verse>
				<verse number="6">तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।</verse>
				<verse number="7">र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।</verse>
				<verse number="8">यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।</verse>
				<verse number="9">“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।</verse>
				<verse number="10">	 तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।</verse>
				<verse number="11">	 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।</verse>
				<verse number="12">	 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।</verse>
				<verse number="13">	 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’</verse>
				<verse number="14">किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।</verse>
				<verse number="15">तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।</verse>
				<verse number="16">“जब तिमीहरू उपवास बस्‍तछौ, तब ढोंगीहरूजस्‍ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्‍ना मोहड़ा अँध्‍यारा पार्छन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।</verse>
				<verse number="17">तर तिमीचाहिँ उपवास बस्‍दा आफ्‍नो शिरमा तेल लगाऊ, र आफ्‍नो मुख धोऊ।</verse>
				<verse number="18">र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।</verse>
				<verse number="19">“आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।</verse>
				<verse number="20">तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।</verse>
				<verse number="21">किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।</verse>
				<verse number="22">“आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।</verse>
				<verse number="23">तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!</verse>
				<verse number="24">“कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।</verse>
				<verse number="25">“यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?</verse>
				<verse number="26">आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?</verse>
				<verse number="27">तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?</verse>
				<verse number="28">“अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।</verse>
				<verse number="29">तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।</verse>
				<verse number="30">आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?</verse>
				<verse number="31">यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।</verse>
				<verse number="32">किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।</verse>
				<verse number="33">तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।</verse>
				<verse number="34">यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।</verse>
				<verse number="2">किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ।</verse>
				<verse number="3">“किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?</verse>
				<verse number="4">अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’</verse>
				<verse number="5">ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ।</verse>
				<verse number="6">“जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्‍ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्‍ना खुट्टाले तिनलाई कुल्‍चलान्‌ र फर्की तिमीलाई हमला गर्लान्‌।</verse>
				<verse number="7">“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।</verse>
				<verse number="8">किनकि जसले माग्‍छ, त्‍यसले पाउँछ, जसले खोज्‍छ, त्‍यसले भेट्टाउँछ, जसले ढकढक्‍याउँछ, त्‍यसको निम्‍ति ढोका उघारिनेछ।</verse>
				<verse number="9">“तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला?</verse>
				<verse number="10">कि माछा माग्‍दा त्‍यसलाई साँप देला?</verse>
				<verse number="11">यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।</verse>
				<verse number="12">मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।</verse>
				<verse number="13">“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।</verse>
				<verse number="14">किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।</verse>
				<verse number="15">“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।</verse>
				<verse number="16">तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?</verse>
				<verse number="17">त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।</verse>
				<verse number="18">असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ।</verse>
				<verse number="19">असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।</verse>
				<verse number="20">यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।</verse>
				<verse number="21">“मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।</verse>
				<verse number="22">त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’</verse>
				<verse number="23">अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’</verse>
				<verse number="24">“यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।</verse>
				<verse number="25">अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो।</verse>
				<verse number="26">जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो।</verse>
				<verse number="27">पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।”</verse>
				<verse number="28">येशूले यी कुरा भनिसक्‍नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्‍क पर्‍यो।</verse>
				<verse number="29">किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्‍तो गरी सिकाउनुहुन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्‍यो।</verse>
				<verse number="2">एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।”</verse>
				<verse number="3">उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो।</verse>
				<verse number="4">तब येशूले त्‍यसलाई भन्‍नुभयो, “कसैलाई नभन्‍नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्‌।”</verse>
				<verse number="5">येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने,</verse>
				<verse number="6">“हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”</verse>
				<verse number="7">उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।”</verse>
				<verse number="8">तर कप्‍तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्‍वागत गर्ने योग्‍यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ।</verse>
				<verse number="9">किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एक जनालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्‍छु, अनि त्‍यसले त्‍यो गर्छ।”</verse>
				<verse number="10">तिनको कुरा सुनेर येशूले आश्‍चर्य मान्‍नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा पनि यति ठूलो विश्‍वास मैले भेट्टाएको छैनँ।</verse>
				<verse number="11">म तिमीहरूलाई भन्‍दछु, पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गका राज्‍यको भोजमा बस्‍नेछन्‌।</verse>
				<verse number="12">तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”</verse>
				<verse number="13">तब येशूले कप्‍तानलाई भन्‍नुभयो, “जाऊ, जस्‍तो तिमीले विश्‍वास गरेका छौ, त्‍यस्‍तै तिमीलाई होस्‌।” अनि त्‍यो नोकर त्‍यही घड़ी निको भयो।</verse>
				<verse number="14">पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्‍नुभयो।</verse>
				<verse number="15">उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्‌।</verse>
				<verse number="16">जब साँझ पर्‍यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्‍याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्‍नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।</verse>
				<verse number="17">यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।”</verse>
				<verse number="18">जब येशूले आफ्‍नो वरिपरि ठूला भीड़हरूलाई देख्‍नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो।</verse>
				<verse number="19">एक जना शास्‍त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ-जहाँ जानुहुन्‍छ, म तपाईंलाई पछ्याउनेछु।”</verse>
				<verse number="20">येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्‍छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्‍काउने ठाउँ पनि छैन।”</verse>
				<verse number="21">उहाँका चेलाहरूमध्‍ये अर्को एक जनाले भन्‍यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्‌ने अनुमति दिनुहोस्‌।”</verse>
				<verse number="22">तर येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्‍ना मुर्दा गाडून्‌।”</verse>
				<verse number="23">उहाँ डुङ्गामा चढ्‌नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे।</verse>
				<verse number="24">अकस्‍मात्‌ तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्‍न लाग्‍यो। येशू निदाइरहनुभएको थियो।</verse>
				<verse number="25">चेलाहरू आएर यसो भन्‍दै उहाँलाई बिउँझाए, “बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्‍ट हुन लाग्‍यौं।”</verse>
				<verse number="26">येशूले तिनीहरूलाई भन्‍नुभयो, “अल्‍पविश्‍वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्‍त भयो।</verse>
				<verse number="27">“यिनी त कस्‍ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्‍दारहेछन्” भनी ती मानिसहरू छक्‍क परे।</verse>
				<verse number="28">जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्‍दा थिए, कि कोही पनि त्‍यहाँबाट आउन-जान सक्‍दैनथिए।</verse>
				<verse number="29">तिनीहरूले यसो भन्‍दै चिच्‍च्‍याए, “हे परमेश्‍वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्‍ट दिन तपाईं यहाँ आउनुभएको हो?”</verse>
				<verse number="30">तिनीहरूदेखि केही टाढ़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो।</verse>
				<verse number="31">भूतहरूले उहाँलाई यसो भनेर बिन्‍ती गरे, “यदि तपाईंले हामीलाई निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्‌।”</verse>
				<verse number="32">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ।” तब तिनीहरू निस्‍केर सुँगुरहरूमा पसे, र सुँगुरको जम्‍मै बगाल भिरालोबाट समुद्रतिर हुर्रिंदैगए, र पानीमा डुबेर मरे।</verse>
				<verse number="33">सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए।</verse>
				<verse number="34">तब जम्‍मै सहर नै येशूलाई भेट गर्न उल्‍टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">त्‍यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्‍नो सहरमा आउनुभयो।</verse>
				<verse number="2">मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्‍याए। येशूले तिनीहरूको विश्‍वास देखेर पक्षाघातीलाई भन्‍नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”</verse>
				<verse number="3">शास्‍त्रीहरूमध्‍ये कतिले आपसमा भने, “यिनी परमेश्‍वरको निन्‍दा गर्दैछन्‌।”</verse>
				<verse number="4">येशूले तिनीहरूको विचार बुझेर भन्‍नुभयो, “तिमीहरू किन आफ्‍ना हृदयमा दुष्‍ट विचार गर्दछौ?</verse>
				<verse number="5">किनकि के भन्‍नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्‍नु कि ‘उठ र हिँड़’ भन्‍नु?</verse>
				<verse number="6">तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”</verse>
				<verse number="7">अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो।</verse>
				<verse number="8">जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।</verse>
				<verse number="9">येशू त्‍यहाँबाट जानुहुँदा मत्ती भन्‍ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।</verse>
				<verse number="10">उहाँ खान बस्‍नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे।</verse>
				<verse number="11">जब फरिसीहरूले त्‍यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्‍छन्‌?”</verse>
				<verse number="12">यो सुनेर उहाँले भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्‍यकता हुँदैन, तर रोगीहरूलाई हुन्‍छ।</verse>
				<verse number="13">तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्‍छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”</verse>
				<verse number="14">तब यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्‍तछौं, तर तपाईंका चेलाहरू उपवास बस्‍दैनन्‌?”</verse>
				<verse number="15">येशूले तिनीहरूलाई भन्‍नुभयो, “जबसम्‍म दुलहा जन्‍तीहरूसँग रहन्‍छन्, के तिनीहरू शोक मनाउँछन्‌ र? तर ती दिन आउनेछन्‌ जब दुलहा तिनीहरूबाट लगिनेछन्‌। तब तिनीहरू उपवास बस्‍नेछन्‌।</verse>
				<verse number="16">“कसैले पुरानो वस्‍त्रमा नयाँ कपड़ाको टालो टाल्‍दैन। किनकि नयाँ टालोले वस्‍त्रलाई फटाउँछ, र वस्‍त्र झन्‌ बढ़ी फाट्‌छ।</verse>
				<verse number="17">कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्‍दैन, नत्रता मशक फुट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक नष्‍ट हुन्‍छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्‍छ, र दुवै जोगिन्‍छन्‌।”</verse>
				<verse number="18">जब उहाँले तिनीहरूलाई यी कुरा भन्‍दैहुनुहुन्‍थ्‍यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्‍डवत्‌ गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्‍यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्‍यो जीवित हुनेछे।”</verse>
				<verse number="19">येशू उठ्‌नुभयो र आफ्‍ना चेलाहरूसँग तिनको पछि लाग्‍नुभयो।</verse>
				<verse number="20">त्‍यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्‍त्रीले पछिल्‍तिरबाट आएर उहाँका वस्‍त्रको किनार छोई।</verse>
				<verse number="21">किनकि त्‍यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।”</verse>
				<verse number="22">फनक्‍क फर्की हेर्दा येशूले त्‍यस स्‍त्रीलाई देख्‍नुभयो, र भन्‍नुभयो, “छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यो स्‍त्री त्‍यही घड़ी निको भई।</verse>
				<verse number="23">अनि जब येशू शासकको घरमा आइपुग्‍नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्‍नुभयो।</verse>
				<verse number="24">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे।</verse>
				<verse number="25">भीड़लाई बाहिर निकाल्‍नुभएपछि उहाँ भित्र पस्‍नुभयो, र त्‍यस ठिटीको हात समात्‍नुभयो, अनि त्‍यो ठिटी जुरुक्‍क उठी।</verse>
				<verse number="26">तब यस कुराको कीर्ति त्‍यस मुलुकभरि फिँजियो।</verse>
				<verse number="27">येशू त्‍यहाँबाट जानुहुँदा दुई जना अन्‍धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌” भनी कराउँदै उहाँको पछिपछि लागे।</verse>
				<verse number="28">उहाँ घरमा पस्‍नुभएपछि ती अन्‍धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्‍छु भनी के तिमीहरू विश्‍वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्‍यू, प्रभु।”</verse>
				<verse number="29">तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्‌।”</verse>
				<verse number="30">अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्‌।”</verse>
				<verse number="31">तर तिनीहरू गए, र त्‍यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।</verse>
				<verse number="32">जब उहाँहरू निस्‍केर जाँदैहुनुहुन्‍थ्‍यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्‍याइयो।</verse>
				<verse number="33">भूत निकालिएपछि त्‍यो गूँगो बोल्‍यो। अनि “इस्राएलमा कहिल्‍यै यस्‍तो देखिएन” भन्‍दै भीड छक्‍क पर्‍यो।</verse>
				<verse number="34">तर फरिसीहरू भन्‍न लागे, “भूतहरूका मालिकद्वारा त्‍यसले भूत निकाल्‍दछ।”</verse>
				<verse number="35">येशू समस्‍त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्‌नुभयो।</verse>
				<verse number="36">तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्‍तै हैरान र असहाय भएका थिए।</verse>
				<verse number="37">तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌।</verse>
				<verse number="38">यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।</verse>
				<verse number="2">बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्‍द्रियास, जब्‍दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना,</verse>
				<verse number="3">फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसका छोरा याकूब र थेदियस,</verse>
				<verse number="4">सिमोन कनानी र यहूदा इस्‍करियोत, जसले येशूलाई पक्राइदियो।</verse>
				<verse number="5">येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्‍यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस।</verse>
				<verse number="6">तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ।</verse>
				<verse number="7">‘स्‍वर्गको राज्‍य नजिकै आइपुगेको छ,’ भन्‍दै प्रचार गर।</verse>
				<verse number="8">बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।</verse>
				<verse number="9">तिमीहरू आफ्‍ना पटुकामा सुन, चाँदी र तामाको सिक्‍का नबोक,</verse>
				<verse number="10">यात्राको निम्‍ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ।</verse>
				<verse number="11">“जुन सहर कि गाउँमा तिमीहरू पस्‍छौ, त्‍यहाँ को योग्‍य छ भनी खोज, र त्‍यहाँबाट बिदा नभएसम्‍म त्‍यहीँ बस।</verse>
				<verse number="12">त्‍यस घरभित्र पस्‍दा अभिवादन गर।</verse>
				<verse number="13">त्‍यो घर योग्‍य छ भने, तिमीहरूको शान्‍ति त्‍यस घरमा आओस्‌। तर त्‍यो योग्‍य रहेनछ भने, तिमीहरूको शान्‍ति तिमीहरूमै फर्की आओस्‌।</verse>
				<verse number="14">यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्‍यस घर अथवा सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो टकटक्‍याइदेओ।</verse>
				<verse number="15">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा त्‍यस सहरको दशाभन्‍दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।</verse>
				<verse number="16">“हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।</verse>
				<verse number="17">तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्‌।</verse>
				<verse number="18">तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्‍ने खड़ा गराइनेछौ र तिनीहरू र अन्‍यजातिहरूका निम्‍ति साक्षी हुनेछौ।</verse>
				<verse number="19">तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्‍छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्‍नुपर्ने हो, त्‍यही घड़ी तिमीहरूलाई बताइनेछ।</verse>
				<verse number="20">किनभने बोल्‍ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्‍मा तिमीहरूद्वारा बोल्‍नुहुनेछ।</verse>
				<verse number="21">“भाइले भाइलाई मृत्‍युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लाउनेछन्‌।</verse>
				<verse number="22">मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ।</verse>
				<verse number="23">जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्‌ तब अर्कोमा भाग। किनकि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।</verse>
				<verse number="24">“चेला आफ्‍ना गुरुभन्‍दा र कमारो आफ्‍ना मालिकभन्‍दा श्रेष्‍ठ हुँदैन।</verse>
				<verse number="25">चेला आफ्‍ना गुरुजस्‍तो र कमारो आफ्‍ना मालिकजस्‍तो हुनु यथेष्‍ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन्‌ भने, उनका परिवारकाहरूलाई झन्‌ कति बढ़ी भन्‍लान्‌?</verse>
				<verse number="26">“यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन।</verse>
				<verse number="27">जे म तिमीहरूलाई अन्‍धकारमा भन्‍दछु, त्‍यो तिमीहरूले उज्‍यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्‍छौ, त्‍यो घरका धुरीहरूबाट प्रचार गर।</verse>
				<verse number="28">तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।</verse>
				<verse number="29">के एक पैसामा दुई भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटा पनि तिमीहरूका पिताको इच्‍छाविना भूइँमा खस्‍नेछैन।</verse>
				<verse number="30">तिमीहरूका शिरका केशहरू पनि सबै गन्‍ती भएका छन्‌।</verse>
				<verse number="31">यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ्‌ता मूल्‍यवान्‌ छौ।</verse>
				<verse number="32">“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्‍वीकार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने स्‍वीकार गर्नेछु।</verse>
				<verse number="33">तर हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने इन्‍कार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने इन्‍कार गर्नेछु।</verse>
				<verse number="34">“म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।</verse>
				<verse number="35">किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ।</verse>
				<verse number="36">मानिसका शत्रु उसको आफ्‍नो परिवार भित्रकैहरू हुनेछन्‌।</verse>
				<verse number="37">“जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना बुबा वा आमालाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन।</verse>
				<verse number="38">जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन।</verse>
				<verse number="39">जसले आफ्‍नो प्राण जोगाउँछ, त्‍यसले त्‍यो गुमाउनेछ, र आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउनेले त्‍यो बचाउनेछ।</verse>
				<verse number="40">“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।</verse>
				<verse number="41">अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।</verse>
				<verse number="42">जसले यी सानाहरूमध्‍ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले आफ्‍नो इनाम कदापि गुमाउनेछैन।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">आफ्‍ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्‍नुभएपछि येशू त्‍यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो।</verse>
				<verse number="2">यूहन्‍नाले ख्रीष्‍टका कामहरूको चर्चा झ्‍यालखानमा सुने, र आफ्‍ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्‍न पठाए,</verse>
				<verse number="3">“आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्‍छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?”</verse>
				<verse number="4">येशूले तिनीहरूलाई भन्‍नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्‍नालाई भनिदेओ,</verse>
				<verse number="5">अन्‍धाहरूले दृष्‍टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्‌दछन्‌। कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्‌। बहिराहरू सुन्‍न सक्‍ने भएका छन्‌। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ।</verse>
				<verse number="6">धन्‍य हो त्‍यो, जसले मबाट बाधा पाउँदैन।”</verse>
				<verse number="7">अनि तिनीहरू गएपछि येशूले यूहन्‍नाको विषयमा भीड़लाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू उजाड-स्‍थानमा के हेर्न निस्‍क्‍यौ? के बतासले हल्‍लाइराखेको निगालोलाई?</verse>
				<verse number="8">तब तिमीहरू किन निस्‍क्‍यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्‍छन्‌।</verse>
				<verse number="9">तिमीहरू किन निस्‍क्‍यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्‍दछु, अगमवक्ताभन्‍दा पनि महान्‌ व्‍यक्तिलाई।</verse>
				<verse number="10">यिनी तिनै हुन्‌ जसको विषयमा धर्मशास्‍त्रमा लेखिएको छ, ‘हेर, म आफ्‍नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्‍ने तिम्रो मार्ग तयार गर्नेछ।’</verse>
				<verse number="11">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्‍मा-दिने यूहन्‍नाभन्‍दा महान्‌ अरू कोही भएको छैन। तरै पनि स्‍वर्गको राज्‍यमा जो सबैभन्‍दा सानो छ, त्‍यो यिनीभन्‍दा महान्‌ हो।</verse>
				<verse number="12">बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयदेखि अहिलेसम्‍म स्‍वर्गको राज्‍य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्‍छन्‌।</verse>
				<verse number="13">किनकि यूहन्‍नाको समयसम्‍म सबै अगमवक्ताहरू र व्‍यवस्‍थाले अगमवाणी गरे।</verse>
				<verse number="14">तिमीहरू ग्रहण गर्न राजी हुन्‍छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्‌।</verse>
				<verse number="15">जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।</verse>
				<verse number="16">“अब यस पुस्‍ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्‍ने ससाना केटाकेटीहरूजस्‍तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्‍दछन्,</verse>
				<verse number="17">	 ‘हामीहरूले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्‍यौं, तर तिमीहरूले अफसोस गरेनौ।’</verse>
				<verse number="18">किनभने यूहन्‍ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्‍दछन्‌।</verse>
				<verse number="19">मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्‍दछन्, ‘हेर, घिचुवा, पियक्‍कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्‍ने कुरा त्‍यसका कामहरूबाटै प्रमाणित हुन्‍छ।”</verse>
				<verse number="20">जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्‍कार्न लाग्‍नुभयो, कारण तिनीहरूले पश्‍चात्ताप गरेनन्‌।</verse>
				<verse number="21">“धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्‌ग्रा लाएर र खरानी धसेर पश्‍चात्ताप गरिसक्‍नेथिए।</verse>
				<verse number="22">तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ।</verse>
				<verse number="23">ए कफर्नहुम, के तँ आकाशसम्‍मै उचालिनेछस्‌ र? तँ पातालसम्‍म खसालिनेछस्‌। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्‍यो आजको दिनसम्‍म रहिरहनेथियो।</verse>
				<verse number="24">तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तेरो भन्‍दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।”</verse>
				<verse number="25">त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राख्‍नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।</verse>
				<verse number="26">हो, पिता, किनकि तपाईंलाई यही असल लाग्‍यो।</verse>
				<verse number="27">“मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्‍दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्‍दैन, अनि तिनीहरूले पनि चिन्‍छन्‌ जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्‍छा गर्दछ।</verse>
				<verse number="28">“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।</verse>
				<verse number="29">मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।</verse>
				<verse number="30">किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">त्‍यस समय येशू शबाथमा अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्‍नका बाला टिप्‍दै खान लागे।</verse>
				<verse number="2">तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्‍यही गर्दछन्‌।”</verse>
				<verse number="3">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ?</verse>
				<verse number="4">कसरी उनले परमेश्‍वरको भवनभित्र पसेर चढ़ाइएको रोटी खाएथे? त्‍यो रोटी खान न त उनलाई न उनीसँग हुनेहरूलाई, तर केवल पूजाहारीहरूलाई मात्र उचित थियो।</verse>
				<verse number="5">अथवा के व्‍यवस्‍थामा पढ़ेका छैनौ, कसरी शबाथमा पूजाहारीहरूले मन्‍दिरमा शबाथलाई अपवित्र तुल्‍याउँछन्, र पनि निर्दोषी ठहरिन्‍छन्‌?</verse>
				<verse number="6">तर म तिमीहरूलाई भन्‍दछु, मन्‍दिरभन्‍दा महान्‌ कोही यहाँ छ।</verse>
				<verse number="7">तर ‘म बलिदान होइन, दया चाहन्‍छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ।</verse>
				<verse number="8">किनकि मानिसको पुत्र शबाथको प्रभु हो।”</verse>
				<verse number="9">त्‍यहाँबाट निस्‍केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो।</verse>
				<verse number="10">त्‍यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?”</verse>
				<verse number="11">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्‍यो खाल्‍डोमा पर्‍यो भने, के तिमी त्‍यसलाई समातेर बाहिर निकाल्‍दैनौ र?</verse>
				<verse number="12">भेड़ाभन्‍दा मानिस कति बढ़ी मूल्‍यवान्‌ छ? यसैकारण शबाथमा भलो गर्नु उचित छ।”</verse>
				<verse number="13">तब उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो, र त्‍यो हात अर्को जस्‍तै सद्दे भइगयो।</verse>
				<verse number="14">तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे।</verse>
				<verse number="15">तब त्‍यो कुरा थाहा पाएर येशू त्‍यहाँबाट गइहाल्‍नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो,</verse>
				<verse number="16">र उहाँ को हुनुहुन्‍छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो।</verse>
				<verse number="17">यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो,</verse>
				<verse number="18">	“मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्‍न छु, म मेरो आत्‍मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्‍यायको घोषणा गरिदिनेछन्‌।</verse>
				<verse number="19">तिनी न त झगड़ा गर्नेछन्‌ न साह्रै चिच्‍च्‍याउनेछन्, न त कसैले तिनको सोर गल्‍लीहरूमा सुन्‍नेछ।</verse>
				<verse number="20">फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्‍त्‍यमा न्‍यायलाई विजयसम्‍म पुर्‍याउनेछन्‌।</verse>
				<verse number="21">तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्‍नेछन्‌।”</verse>
				<verse number="22">तब उहाँकहाँ भूत लागेको एक जना अन्‍धो र गूँगो मान्‍छे ल्‍याइयो। येशूले त्‍यसलाई निको पार्नुभयो, यतिसम्‍म कि, त्‍यो गूँगो मानिस बोल्‍ने र देख्‍ने भयो।</verse>
				<verse number="23">अनि सबै भीड़ले अचम्‍म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्‍छन्‌?”</verse>
				<verse number="24">तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।”</verse>
				<verse number="25">तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फूट परेको हरेक राज्‍य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्‍नै बीचमा फाटो पर्‍यो भने टिक्‍नेछैन।</verse>
				<verse number="26">यदि शैतानले शैतानलाई निकाल्‍दछ भने, त्‍यो आफ्‍नै विरुद्ध विभाजित हुन्‍छ, र त्‍यसो भए त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ?</verse>
				<verse number="27">यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्‍दछन्‌? यसकारण तिनीहरू नै तिमीहरूका न्‍यायकर्ता हुनेछन्‌।</verse>
				<verse number="28">तर यदि परमेश्‍वरका आत्‍माद्वारा म भूतहरू धपाउँछु भने परमेश्‍वरको राज्‍य तिमीहरूमा आइसकेको छ।</verse>
				<verse number="29">“पहिले बलियो मानिसलाई नबाँधिकन, त्‍यसको घरभित्र पसेर कसले त्‍यसको धनमाल लिएर जान सक्‍छ? त्‍यस बलियो मानिसलाई बाँधेपछि मात्र त्‍यसको घर लुट्‌न सक्‍छ।</verse>
				<verse number="30">“जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्‍दैन, त्‍यसले छरपष्‍ट पार्छ।</verse>
				<verse number="31">त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन।</verse>
				<verse number="32">कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्‍यो भने त्‍यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्‍माको विरुद्धमा बोल्‍यो भने त्‍यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन।</verse>
				<verse number="33">“कि रूखलाई असल बनाओ, र त्‍यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्‍यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्‍छ।</verse>
				<verse number="34">ए सर्पका बच्‍चा हो! तिमीहरू आफै दुष्‍ट छौ, असल कुरा कसरी बोल्‍न सक्‍छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्‍कन्‍छन्‌।</verse>
				<verse number="35">असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ।</verse>
				<verse number="36">म तिमीहरूलाई भन्‍दछु, हरेक व्‍यर्थको कुरा जो मानिसहरू बोल्‍दछन्, न्‍यायको दिनमा तिनीहरूले त्‍यसको लेखा दिनुपर्नेछ।’</verse>
				<verse number="37">किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”</verse>
				<verse number="38">तब शास्‍त्रीहरू र फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्‍यू, हामी तपाईंबाट एउटा चिन्‍ह हेर्न चाहन्‍छौं।”</verse>
				<verse number="39">उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ। तर यस पुस्‍तालाई योना अगमवक्ताको चिन्‍हबाहेक अरू चिन्‍ह दिइनेछैन।</verse>
				<verse number="40">किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।</verse>
				<verse number="41">निनवेका मानिसहरू न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, तर हेर, योनाभन्‍दा महान्‌ कोही यहाँ छ।</verse>
				<verse number="42">दक्षिणकी महारानी न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्‍नलाई आइन्‌। तर हेर, सोलोमनभन्‍दा महान्‌ कोही यहाँ छ।</verse>
				<verse number="43">“जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, त्‍यो विश्राम खोज्‍दै ओबानो ठाउँतिर डुलिहिँड्‌छ, तर कतै पाउँदैन।</verse>
				<verse number="44">तब त्‍यसले भन्‍छ, ‘जहाँबाट म निस्‍केर आएँ, त्‍यहीँ आफ्‍नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्‍यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ।</verse>
				<verse number="45">तब त्‍यो जान्‍छ र आफूभन्‍दा बढ़ी दुष्‍ट अरू सात वटा भूतात्‍मा आफूसँग ल्‍याउँछ, र भित्र पसेर तिनीहरू त्‍यहाँ वास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा अघिल्‍लोभन्‍दा अझ नराम्रो हुन्‍छ। यस दुष्‍ट पुस्‍तालाई पनि त्‍यस्‍तै हुनेछ।”</verse>
				<verse number="46">येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्‍थे।</verse>
				<verse number="47">तब एक जनाले येशूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्‍छन्‌।”</verse>
				<verse number="48">तर उहाँसँग बोल्‍नेलाई येशूले भन्‍नुभयो, “मेरी आमा को हुन्‌? मेरा भाइहरू को हुन्‌?”</verse>
				<verse number="49">अनि उहाँले आफ्‍नो हातले चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू।</verse>
				<verse number="50">किनभने जसले स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्दछ, त्‍यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्‌।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">त्‍यही दिन येशू घरबाट निस्‍केर समुद्रको किनारमा बस्‍नुभयो।</verse>
				<verse number="2">अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्‍नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।</verse>
				<verse number="3">उहाँले तिनीहरूलाई दृष्‍टान्‍तमा धेरै कुरा भन्‍नुभयो। उहाँले भन्‍नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो।</verse>
				<verse number="4">अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।</verse>
				<verse number="5">केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।</verse>
				<verse number="6">तर जब घाम लाग्‍यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।</verse>
				<verse number="7">अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।</verse>
				<verse number="8">अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।</verse>
				<verse number="9">जसको कान छ, त्‍यसले सुनोस्‌।”</verse>
				<verse number="10">अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्‍नुहुन्‍छ?”</verse>
				<verse number="11">उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्‍वर्ग-राज्‍यका रहस्‍यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन।</verse>
				<verse number="12">किनकि जससँग छ, त्‍यसलाई दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।</verse>
				<verse number="13">यसैकारण म तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्‍दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर सुनेर बुझ्‍दैनन्‌।’</verse>
				<verse number="14">यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।</verse>
				<verse number="15">	 किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्‍नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’</verse>
				<verse number="16">तर तिमीहरूका आँखा धन्‍य हुन्, किनकि तिनले देख्‍तछन्‌। तिमीहरूका कान धन्‍य हुन्, किनकि तिनले सुन्‍छन्‌।</verse>
				<verse number="17">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्‍कट इच्‍छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्‍न उत्‍कट इच्‍छा गरेथे, तर सुनेनन्‌।</verse>
				<verse number="18">“बीउ छर्नेको दृष्‍टान्‍त सुन।</verse>
				<verse number="19">जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।</verse>
				<verse number="20">ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।</verse>
				<verse number="21">तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।</verse>
				<verse number="22">काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।</verse>
				<verse number="23">तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”</verse>
				<verse number="24">येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो।</verse>
				<verse number="25">तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।</verse>
				<verse number="26">जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो।</verse>
				<verse number="27">“घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्‍नो खेतमा असल बीउ छर्नुभएको होइन? त्‍यहाँ सामा कहाँबाट आयो?’</verse>
				<verse number="28">“घरको मालिकले तिनीहरूलाई भन्‍यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’</verse>
				<verse number="29">“तर उसले भन्‍यो, ‘त्‍यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्‍दा गहूँसमेत उखेल्नेछौ।</verse>
				<verse number="30">फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्‍नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”</verse>
				<verse number="31">येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो।</verse>
				<verse number="32">त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ। आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्‌।”</verse>
				<verse number="33">उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।”</verse>
				<verse number="34">येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो। विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन।</verse>
				<verse number="35">अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्‍नो मुख दृष्‍टान्‍तहरूमा खोल्‍नेछु, संसारको उत्‍पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”</verse>
				<verse number="36">तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।”</verse>
				<verse number="37">उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो।</verse>
				<verse number="38">खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।</verse>
				<verse number="39">सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌।</verse>
				<verse number="40">“जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="41">मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्,</verse>
				<verse number="42">र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।</verse>
				<verse number="43">तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।</verse>
				<verse number="44">“स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ।</verse>
				<verse number="45">“फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो।</verse>
				<verse number="46">त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।</verse>
				<verse number="47">“स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌।</verse>
				<verse number="48">अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले।</verse>
				<verse number="49">युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्,</verse>
				<verse number="50">र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”</verse>
				<verse number="51">येशूले सोध्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्‍यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्‍यौं।”</verse>
				<verse number="52">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्‍वर्गका राज्‍यको शिक्षा पाएको हरेक शास्‍त्री एक जना घरको मालिकजस्‍तो हो, जसले आफ्‍नो ढुकुटीबाट नयाँ र पुराना मूल्‍यवान्‌ सामानहरू बाहिर झिक्‍तछ।”</verse>
				<verse number="53">यी दृष्‍टान्‍तहरू बताइसक्‍नुभएपछि येशू त्‍यहाँबाट जानुभयो।</verse>
				<verse number="54">अनि आफ्‍नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्‍तो शिक्षा दिनुभयो, कि छक्‍क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्‍मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्‍त भयो?</verse>
				<verse number="55">के यिनी सिकर्मीका छोरा होइनन्‌? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्‌?</verse>
				<verse number="56">के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन्‌ र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्‍त भयो?”</verse>
				<verse number="57">अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नै निज मुलुक र आफ्‍नै निज घरमा बाहेक अन्‍यत्र सबै ठाउँमा आदर हुन्‍छ।”</verse>
				<verse number="58">अनि तिनीहरूको अविश्‍वासले गर्दा उहाँले त्‍यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">त्‍यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने।</verse>
				<verse number="2">तिनले आफ्‍ना भारदारहरूलाई भने, “उनी बप्‍तिस्‍मा-दिने यूहन्‍ना हुन्‌। उनी मृतकबाट जीवित भएका छन्‌। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्‌।”</verse>
				<verse number="3">किनभने हेरोदले आफ्‍नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।</verse>
				<verse number="4">यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्‍नु उचित हुँदैन।”</verse>
				<verse number="5">यसैकारण हेरोदले उनलाई मार्ने इच्‍छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्‍थे।</verse>
				<verse number="6">तर जब हेरोदको जन्‍मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्‍न तुल्‍याई।</verse>
				<verse number="7">त्‍यसो हुँदा तिनले त्‍यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे।</verse>
				<verse number="8">तर त्‍यसकी आमाले सिकाएकी हुनाले त्‍यसले भनी, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर मलाई यहीँ थालमा दिनुहोस्‌।”</verse>
				<verse number="9">तब राजा शोकित भए तापनि आफ्‍ना शपथ र अतिथिहरूको कारण तिनले त्‍यसै गर्ने हुकुम दिए,</verse>
				<verse number="10">र तिनले कारागारमा यूहन्‍नाको शिर काट्‌न लगाए।</verse>
				<verse number="11">अनि उनको शिर थालमा ल्‍याएर त्‍यस ठिटीलाई दिइयो। त्‍यसले त्‍यो आफ्‍नी आमाकहाँ ल्‍याई।</verse>
				<verse number="12">त्‍यसपछि यूहन्‍नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।</verse>
				<verse number="13">जब येशूले यो सुन्‍नुभयो उहाँ डुङ्गामा चढ़ी त्‍यहाँबाट अलग्‍गै एउटा एकान्‍त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो।</verse>
				<verse number="14">किनार पुगेर त्‍यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।</verse>
				<verse number="15">साँझ परेपछि चेलाहरू यसो भन्‍दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्‍यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्‍ना लागि खानेकुरा किनून्‌।”</verse>
				<verse number="16">तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई जानु आवश्‍यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।”</verse>
				<verse number="17">तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्‌।”</verse>
				<verse number="18">तब उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्‍याओ।”</verse>
				<verse number="19">उहाँले भीड़लाई घाँसमा बस्‍ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्‍वर्गतिर हेरी परमेश्‍वरलाई धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।</verse>
				<verse number="20">ती सबैले खाएर तृप्‍त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए।</verse>
				<verse number="21">स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।</verse>
				<verse number="22">उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्‍दा पहिले पारिपट्टि जान लाउनुभयो।</verse>
				<verse number="23">भीड़लाई बिदा गरिसक्‍नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्‍लनुभयो। साँझ पर्दा उहाँ एकलै त्‍यहाँ हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="24">तर डुङ्गा त्‍यति बेलासम्‍म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्‍टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।</verse>
				<verse number="25">बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो।</verse>
				<verse number="26">जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्‍च्‍याए।</verse>
				<verse number="27">तर येशूले झट्टै तिनीहरूलाई यसो भन्‍नुभयो, “साहस गर, म नै हुँ, नडराओ।”</verse>
				<verse number="28">पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।”</verse>
				<verse number="29">उहाँले भन्‍नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे।</verse>
				<verse number="30">तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।”</verse>
				<verse number="31">तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?”</verse>
				<verse number="32">जब उहाँहरू डुङ्गामा पस्‍नुभयो तब बतास थामियो।</verse>
				<verse number="33">डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”</verse>
				<verse number="34">पारि पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्‍नुभयो।</verse>
				<verse number="35">जब त्‍यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्‍याए।</verse>
				<verse number="36">तिनीहरूले उहाँका वस्‍त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्‍ती गरे, र जतिले छोए तिनीहरू निको भए।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूकहाँ आए, र भने,</verse>
				<verse number="2">“तपाईंका चेलाहरूले पुर्खाहरूको परम्‍परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्‍ना हात धुँदैनन्‌।”</verse>
				<verse number="3">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ?</verse>
				<verse number="4">किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ।</verse>
				<verse number="5">तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन।</verse>
				<verse number="6">यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।</verse>
				<verse number="7">ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,</verse>
				<verse number="8">	 ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।</verse>
				<verse number="9">	 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”</verse>
				<verse number="10">उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ।</verse>
				<verse number="11">जे मुखभित्र पस्‍तछ, त्‍यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्‍कन्‍छ, त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।”</verse>
				<verse number="12">यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्‌?”</verse>
				<verse number="13">तर उहाँले भन्‍नुभयो, “स्‍वर्गमा हुनुहुने मेरा पिताले नरोप्‍नुभएको हरेक बोट उखेलिनेछ।</verse>
				<verse number="14">तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।”</verse>
				<verse number="15">पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्‍टान्‍तको अर्थ बताइदिनुहोस्‌।”</verse>
				<verse number="16">उहाँले भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ?</verse>
				<verse number="17">के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्‍छ त्‍यो पेटमा गइहाल्‍छ, र बाहिर निस्‍किहाल्‍छ?</verse>
				<verse number="18">तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।</verse>
				<verse number="19">किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।</verse>
				<verse number="20">यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”</verse>
				<verse number="21">तब येशू त्‍यहाँबाट निस्‍कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो।</verse>
				<verse number="22">त्‍यस इलाकाबाट एउटी कनानी स्‍त्री आएर कराउँदै भन्‍न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”</verse>
				<verse number="23">येशूले त्‍यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्‍यो कराउँदै हाम्रो पछि लागिरहिछे।”</verse>
				<verse number="24">उहाँले भन्‍नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्‍ति मात्र पठाइएको हुँ।”</verse>
				<verse number="25">तर त्‍यो स्‍त्री आएर उहाँको अघि घोप्‍टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्‌।”</verse>
				<verse number="26">उहाँले भन्‍नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”</verse>
				<verse number="27">त्‍यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्‍ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्‍छन्‌।”</verse>
				<verse number="28">तब येशूले त्‍यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌।” त्‍यसकी छोरी त्‍यही घड़ी निको भइहाली।</verse>
				<verse number="29">येशू त्‍यहाँबाट निस्‍केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्‍लेर त्‍यहाँ बस्‍नुभयो।</verse>
				<verse number="30">तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्‍याएका लङ्गड़ा, लुला, अन्‍धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो,</verse>
				<verse number="31">यहाँसम्‍म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्‍धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्‍क परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।</verse>
				<verse number="32">तब येशूले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्‍नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्‌।”</verse>
				<verse number="33">चेलाहरूले उहाँलाई भने, “यस्‍तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?</verse>
				<verse number="34">येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्‌।”</verse>
				<verse number="35">उहाँले भीड़लाई भूइँमा बस्‍ने आज्ञा दिनुभयो।</verse>
				<verse number="36">उहाँले ती सात रोटी र माछा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।</verse>
				<verse number="37">तिनीहरू सबैले खाए र तृप्‍त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।</verse>
				<verse number="38">स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए।</verse>
				<verse number="39">तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्‌नुभयो, र मगादानको इलाकातिर जानुभयो।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्‍वर्गबाट एउटा चिन्‍ह देखाइदिने उहाँसँग माग राखे।</verse>
				<verse number="2">तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्‍छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’</verse>
				<verse number="3">बिहानचाहिँ भन्‍छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्‍था हेरेर दिन कस्‍तो हुन्‍छ छुट्ट्याउन जान्‍दछौ, तर समयका चिन्‍हको अर्थ खोल्‍न सक्‍दैनौ।</verse>
				<verse number="4">दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक अरू चिन्‍ह त्‍यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो।</verse>
				<verse number="5">चेलाहरू पारिपट्टि आइपुग्‍दा तिनीहरूले रोटी ल्‍याउन बिर्सेछन्‌।</verse>
				<verse number="6">येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”</verse>
				<verse number="7">तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौं, र उहाँले यसो भन्‍नुभएको होला।”</verse>
				<verse number="8">येशूले यो थाहा पाएर भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ?</verse>
				<verse number="9">के तिमीहरू अझै बुझ्‍दैनौ? पाँच हजारका निम्‍ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ?</verse>
				<verse number="10">अनि चार हजारका निम्‍ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ?</verse>
				<verse number="11">मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्‍दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”</verse>
				<verse number="12">तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ।</verse>
				<verse number="13">येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?”</verse>
				<verse number="14">तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।”</verse>
				<verse number="15">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?”</verse>
				<verse number="16">सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।”</verse>
				<verse number="17">येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।</verse>
				<verse number="18">म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।</verse>
				<verse number="19">म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।”</verse>
				<verse number="20">उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।</verse>
				<verse number="21">उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो।</verse>
				<verse number="22">पत्रुसले उहाँलाई एकातिर लगेर हप्‍काउन लागे, “परमेश्‍वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्‍तो कहिल्‍यै हुनेछैन।”</verse>
				<verse number="23">तर फर्केर उहाँले पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मेरो सामुन्‍नेबाट हटिजा, तँ मेरो निम्‍ति बाधा होस्‌। किनभने तँ परमेश्‍वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्‍यान दिन्‍छस्‌।”</verse>
				<verse number="24">तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌।</verse>
				<verse number="25">किनकि जसले आफ्‍नो प्राण बचाउन चाहन्‍छ, उसले त्‍यो गुमाउनेछ, तर जसले आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउँछ, त्‍यसले त्‍यो पाउनेछ।</verse>
				<verse number="26">सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?</verse>
				<verse number="27">किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ।</verse>
				<verse number="28">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ खड़ा हुनेहरूमध्‍ये कतिले मानिसको पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहेको नदेखेसम्‍म मृत्‍यु चाख्‍नेछैनन्‌।”</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई आफूसँग एउटा उच्‍च पहाड़माथि अलग्‍गै लैजानुभयो।</verse>
				<verse number="2">तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्‍क्‍यो,</verse>
				<verse number="3">र उहाँका वस्‍त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे।</verse>
				<verse number="4">पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा वासस्‍थान बनाउनेछु, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।”</verse>
				<verse number="5">तिनी बोल्‍दाबोल्‍दै, चम्‍किलो बादलले तिनीहरूलाई ढाकिहाल्‍यो, र त्‍यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु, यिनको कुरा सुन।”</verse>
				<verse number="6">जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्‍टो परे।</verse>
				<verse number="7">तर येशूले आएर तिनीहरूलाई छोएर भन्‍नुभयो, “उठ, नडराओ।”</verse>
				<verse number="8">जब तिनीहरूले आफ्‍ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्‌।</verse>
				<verse number="9">जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।”</verse>
				<verse number="10">अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्‍त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्‍छन्‌?”</verse>
				<verse number="11">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एलिया साँच्‍ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्‍याउनेछन्‌।</verse>
				<verse number="12">तर म तिमीहरूलाई भन्‍दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्‍यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्‍ट भोग्‍नुपर्नेछ।”</verse>
				<verse number="13">तब उहाँले बप्‍तिस्‍मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको हो भनी चेलाहरूले बुझे।</verse>
				<verse number="14">तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्‍यो,</verse>
				<verse number="15">“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्‍यसलाई छारेरोग लागेको छ, र ठूलो कष्‍ट भोग्‍दैछ। त्‍यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्‍छ।</verse>
				<verse number="16">मैले त्‍यसलाई तपाईंका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त्‍यसलाई निको पार्न सकेनन्‌।”</verse>
				<verse number="17">तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।”</verse>
				<verse number="18">येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो।</verse>
				<verse number="19">तब चेलाहरूले येशूकहाँ गुप्‍तमा आएर भने, “हामीहरूले त्‍यसलाई किन निकाल्‍न सकेनौं?”</verse>
				<verse number="20">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका अल्‍पविश्‍वासको कारणले हो। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्‍वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्‍यौ भने त्‍यो हटिजानेछ। र तिमीहरूका निम्‍ति केही असम्‍भव हुनेछैन।</verse>
				<verse number="21">[ तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्‍लँदैन।” ]</verse>
				<verse number="22">उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिइनेछ।</verse>
				<verse number="23">अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।” अनि तिनीहरू अत्‍यन्‍त दुःखित भए।</verse>
				<verse number="24">जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्‍दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्‌?”</verse>
				<verse number="25">तिनले भने, “हो, तिर्नुहुन्‍छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्‍वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्‌? आफ्‍ना छोराहरूबाट कि अरूहरूबाट?”</verse>
				<verse number="26">“अरूहरूबाट,” पत्रुसले जवाफ दिए। येशूले तिनलाई भन्‍नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्‌।</verse>
				<verse number="27">तर तिनीहरू हामीबाट नचिढ़िऊन्‌ भन्‍ने हेतुले, समुद्रमा गएर बल्‍छी हान, र पहिले परेको माछा ल्‍याऊ। त्‍यसको मुख खोल्‍दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्‍यो लगेर तिम्रो र मेरो निम्‍ति तिनीहरूलाई देऊ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?”</verse>
				<verse number="2">उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो,</verse>
				<verse number="3">र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ।</verse>
				<verse number="4">जसले यो सानो बालकजस्‍तै आफूलाई नम्र तुल्‍याउँछ, त्‍यही स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ हुनेछ।</verse>
				<verse number="5">जसले मेरो नाउँमा एउटा यस्‍तो बालकलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्छ।</verse>
				<verse number="6">“तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ।</verse>
				<verse number="7">“पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!</verse>
				<verse number="8">तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटी मिल्‍काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्‍त आगोमा फालिनुभन्‍दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ।</verse>
				<verse number="9">तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्‍दा त बरु कानो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ।</verse>
				<verse number="10">“होशियार रहो, तिमीहरूले यी सानाहरूमध्‍ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गमा तिनीहरूका दूतहरूले स्‍वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्‍छन्‌।</verse>
				<verse number="11">[ किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। ]</verse>
				<verse number="12">“तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्‌केर गयो भने, उसले उनान्‍सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्‍यस भड्‌केर जाने एउटालाई खोजी गर्न जाँदैन र?</verse>
				<verse number="13">यदि उसले त्‍यसलाई भेट्टायो भने, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, ती भड्‌केर नजाने उनान्‍सयभन्‍दा त्‍यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ।</verse>
				<verse number="14">यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्‍छा छ, कि यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट नहोस्‌।</verse>
				<verse number="15">“तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।</verse>
				<verse number="16">तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।</verse>
				<verse number="17">यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।</verse>
				<verse number="18">“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ।</verse>
				<verse number="19">“फेरि म तिमीहरूलाई भन्‍दछु, पृथ्‍वीमा तिमीहरूमध्‍ये दुई जना कुनै कुरामा सहमत भई केही माग्‍यौ भने, त्‍यो स्‍वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्‍ति हुनेछ,</verse>
				<verse number="20">किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, त्‍यहाँ म तिनीहरूका माझमा हुनेछु।”</verse>
				<verse number="21">तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?”</verse>
				<verse number="22">येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, सात पल्‍ट होइन, तर सत्तरी गुणा सात पल्‍ट।</verse>
				<verse number="23">“यसैकारण स्‍वर्गको राज्‍य एउटा राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍ना नोकरहरूसँग हिसाब लिने इच्‍छा गरे।</verse>
				<verse number="24">जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्‍का ऋण लिने एक जना तिनीकहाँ ल्‍याइयो।</verse>
				<verse number="25">तर त्‍यस मानिसले तिर्न नसक्‍दा त्‍यसका मालिकले त्‍यसलाई र त्‍यसका पत्नी र छोरा-छोरी र त्‍यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए।</verse>
				<verse number="26">“तब त्‍यस नोकरले घुँड़ा टेकी तिनका पाउमा परेर भन्‍न लाग्‍यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु।’</verse>
				<verse number="27">तब त्‍यस नोकरका मालिकले टिठ्याएर त्‍यसलाई छोडिदिए, र त्‍यसको ऋण माफी गरिदिए।</verse>
				<verse number="28">“तर त्‍यस नोकरले निस्‍केर जाँदा आफ्‍नो सङ्गी-नोकरहरूमध्‍ये एक जनालाई भेट्यो, जो त्‍यसको एक सय चाँदीका सिक्‍काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्‍यसले भन्‍यो, ‘तेरो ऋण तिरिहाल्‌।’</verse>
				<verse number="29">“तर त्‍यसको सङ्गी-नोकरले घोप्‍टो परेर त्‍यसलाई बिन्‍ती गर्‍यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु।’</verse>
				<verse number="30">“तर त्‍यो मानेन, र गएर ऋण नतिरुञ्‍जेलसम्‍म उसलाई झ्‍यालखानमा हालिदियो।</verse>
				<verse number="31">त्‍यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्‍ना मालिकलाई बताइदिए।</verse>
				<verse number="32">“तब मालिकले त्‍यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्‍ट नोकर, तैंले मसँग बिन्‍ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ।</verse>
				<verse number="33">मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन?’</verse>
				<verse number="34">तब त्‍यसका मालिकले क्रुद्ध भएर त्‍यसलाई सबै ऋण नतिरुञ्‍जेल दण्‍ड दिनेहरूका हातमा सुम्‍पिदिए।</verse>
				<verse number="35">“तिमीहरूले आफ्‍नो भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुनेछ।”</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">यी कुरा बोल्‍नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो।</verse>
				<verse number="2">ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्‍यहाँ मानिसहरूलाई निको पार्नुभयो।</verse>
				<verse number="3">फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्‍छेद गर्न उचित छ?”</verse>
				<verse number="4">तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,</verse>
				<verse number="5">र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’</verse>
				<verse number="6">ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”</verse>
				<verse number="7">तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्‍छेदको त्‍यागपत्र दिएर पत्‍नीलाई त्‍याग्‍ने आज्ञा दिए?”</verse>
				<verse number="8">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्‍नीलाई त्‍याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्‌। तर सुरुदेखि यस्‍तो थिएन।</verse>
				<verse number="9">म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”</verse>
				<verse number="10">चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्‍तै सम्‍बन्‍ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”</verse>
				<verse number="11">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्‍दैनन्, केवल तिनीहरूले मात्र सक्‍छन्‌ जसलाई यो दिइएको छ।</verse>
				<verse number="12">किनकि कोही जन्‍मँदै नपुंसक हुन्‍छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्‍छन्‌। कतिचाहिँ आफैले आफैलाई स्‍वर्ग-राज्‍यको निम्‍ति नपुंसक बनाउँछन्‌। जसले यो ग्रहण गर्न सक्‍छ, त्‍यसले त्‍यो ग्रहण गरोस्‌।”</verse>
				<verse number="13">येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्‍याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्‍काए।</verse>
				<verse number="14">तर येशूले भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो।”</verse>
				<verse number="15">अनि बालकहरूमाथि हात राख्‍नुभएपछि उहाँ त्‍यहाँबाट जानुभयो।</verse>
				<verse number="16">उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्‍त जीवन प्राप्‍त गर्नलाई के असल काम गर्नुपर्छ?”</verse>
				<verse number="17">उहाँले तिनलाई भन्‍नुभयो, “असल के हो त्‍यस विषयमा तिमी मलाई किन सोध्‍दछौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्‍छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”</verse>
				<verse number="18">तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।</verse>
				<verse number="19">आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”</verse>
				<verse number="20">ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”</verse>
				<verse number="21">येशूले तिनलाई भन्‍नुभयो, “तिमी सिद्ध हुन चाहन्‍छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्नेछौ, अनि आएर मपछि लाग।”</verse>
				<verse number="22">जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्‍पत्ति थियो।</verse>
				<verse number="23">अनि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गको राज्‍यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।</verse>
				<verse number="24">फेरि म तिमीहरूलाई भन्‍दछु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।”</verse>
				<verse number="25">यो सुनेर चेलाहरूले अति आश्‍चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्‍छ?”</verse>
				<verse number="26">येशूले तिनीहरूमाथि दृष्‍टि लगाई भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ, तर परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ।”</verse>
				<verse number="27">तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्‌ हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”</verse>
				<verse number="28">येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्‍टिमा जब मानिसको पुत्र आफ्‍नो महिमाको सिंहासनमा बस्‍नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्‍नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्‍साफ गर्नेछौ।</verse>
				<verse number="29">हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्‍गाजमिन छोड़ेको छ, त्‍यसले सय गुणा पाउनेछ, र अनन्‍त जीवनको अधिकार पाउनेछ।</verse>
				<verse number="30">तर धेरै जो पहिला छन्‌ पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">“स्‍वर्गको राज्‍य जमिनको एक जना मालिकजस्‍तो हो, जो बिहान सबेरै आफ्‍नो दाखबारीमा खेतालाहरूलाई ज्‍यालामा काम लाउन बाहिर निस्‍क्‍यो।</verse>
				<verse number="2">खेतालाहरूसँग एक दिनमा पाउने ज्‍याला तोकेर उसले तिनीहरूलाई आफ्‍नो दाखबारीमा पठायो।</verse>
				<verse number="3">“जब ऊ नौ बजेतिर बाहिर निस्‍क्‍यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्‍यो,</verse>
				<verse number="4">र उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’</verse>
				<verse number="5">अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्‍केर त्‍यसै गर्‍यो।</verse>
				<verse number="6">उसले पाँच बजेतिर बाहिर निस्‍केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’</verse>
				<verse number="7">“तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’</verse>
				<verse number="8">“जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’</verse>
				<verse number="9">“पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्‍याला पाए।</verse>
				<verse number="10">जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए।</verse>
				<verse number="11">ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।</verse>
				<verse number="12">तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’</verse>
				<verse number="13">“तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ?</verse>
				<verse number="14">तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु।</verse>
				<verse number="15">मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?</verse>
				<verse number="16">“यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।”</verse>
				<verse number="17">यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्‍ग लगेर बाटोमा तिनीहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="18">“हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूका हातमा सुम्‍पिइनेछ, र तिनीहरूले उसलाई मृत्‍युदण्‍डको दोषी ठहराउनेछन्‌।</verse>
				<verse number="19">उसलाई गिल्‍ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्‍न भनी तिनीहरूले उसलाई अन्‍यजातिहरूका हातमा सुम्‍पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।”</verse>
				<verse number="20">तब जब्‍दियाका छोराहरूकी आमाले आफ्‍ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्‍ने घुँड़ा टेकी उहाँसँग बिन्‍ती गरिन्‌।</verse>
				<verse number="21">उहाँले तिनलाई सोध्‍नुभयो, “तिमी के चाहन्‍छ्यौ?” तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस्‌ र तपाईंको राज्‍यमा, मेरा यी दुई छोराहरूमध्‍ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्‍न पाऊन्‌।”</verse>
				<verse number="22">तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्‍दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्‍यो तिमीहरू पिउन सक्‍छौ?” तिनीहरूले भने, “सक्‍छौं।”</verse>
				<verse number="23">उहाँले भन्‍नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्‍न दिने कुरो मेरो हातमा छैन। यी स्‍थान तिनीहरूका हुन्, जसका निम्‍ति मेरा पिताले तयार गरिसक्‍नुभएको छ।”</verse>
				<verse number="24">यो सुनेर दशै जना ती दुई भाइसँग रुष्‍ट भए।</verse>
				<verse number="25">तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्‍यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्‌कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्‌।</verse>
				<verse number="26">तिमीहरूका बीचमा यस्‍तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्छ।</verse>
				<verse number="27">जो तिमीहरूमध्‍ये पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको कमारो हुनुपर्छ,</verse>
				<verse number="28">जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”</verse>
				<verse number="29">उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो।</verse>
				<verse number="30">बाटोको छेउमा बसिरहेका दुई जना अन्‍धाहरूले येशू त्‍यो बाटो जाँदैहुनुहुन्‍छ भन्‍ने सुनेर यसो भनी चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”</verse>
				<verse number="31">भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्‍कायो, तर तिनीहरू यसो भन्‍दै झन्‌ साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”</verse>
				<verse number="32">तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति के गरिदिऊँ?”</verse>
				<verse number="33">तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्‌।”</verse>
				<verse number="34">येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्‍टि पाए र तिनीहरू उहाँको पछि लागे।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,</verse>
				<verse number="2">“तिमीहरू सामुन्‍नेको गाउँमा जाओ। त्‍यहाँ पुग्‍ने बित्तिकै तिमीहरूले एउटा गधा र त्‍यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्‍याओ।</verse>
				<verse number="3">कसैले तिमीहरूलाई केही भन्‍यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्‍नू र त्‍यसले तुरुन्‍तै ती पठाइदिनेछ।”</verse>
				<verse number="4">अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस्‌ भनेर यो भएको हो,</verse>
				<verse number="5">	“सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्‍चा, एउटा बछेड़ामाथि।”</verse>
				<verse number="6">तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे।</verse>
				<verse number="7">तिनीहरूले गधा र त्‍यसको बच्‍चा ल्‍याए, र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए, र उहाँ त्‍यसमाथि बस्‍नुभयो।</verse>
				<verse number="8">भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए।</verse>
				<verse number="9">उहाँको अगि र पछि लागेका भीड यसो भन्‍दै कराए, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!’</verse>
				<verse number="10">जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्‍चियो। मानिसहरूले सोध्‍न लागे, “यिनी को हुन्‌?”</verse>
				<verse number="11">भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्‌।”</verse>
				<verse number="12">येशू परमेश्‍वरको मन्‍दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्‍दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो।</verse>
				<verse number="13">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”</verse>
				<verse number="14">अन्‍धा र लङ्गड़ाहरू मन्‍दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।</verse>
				<verse number="15">तर जब मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्‍मका काम देखे, र केटाकेटीहरूले मन्‍दिरमा “दाऊदका पुत्रलाई होसन्‍ना” भन्‍दै चिच्‍च्‍याएका सुने, तब तिनीहरू क्रोधित भए,</verse>
				<verse number="16">र तिनीहरूले उहाँलाई भने, “सुन्‍दैछौ, यिनीहरूले के भनिरहेका छन्‌?” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो, सुन्‍दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ’?”</verse>
				<verse number="17">तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्‍की बेथानियामा गई त्‍यहाँ वास बस्‍नुभयो।</verse>
				<verse number="18">बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो।</verse>
				<verse number="19">बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌” र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो।</verse>
				<verse number="20">यो देखेर चेलाहरूले अचम्‍म मानेर भने, “यो अञ्‍जीरको बोट कसरी तुरुन्‍तै ओइलाइहाल्‍यो?”</verse>
				<verse number="21">येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमा विश्‍वास छ र कहिल्‍यै शङ्का गरेनौ भने, अञ्‍जीरको बोटलाई जे गरियो त्‍यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्‍यौ भने सो हुनेछ।</verse>
				<verse number="22">विश्‍वास गरेर प्रार्थनामा जे माग्‍छौ त्‍यो तिमीहरूले पाउनेछौ।”</verse>
				<verse number="23">उहाँ मन्‍दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?”</verse>
				<verse number="24">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु। मलाई त्‍यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु।</verse>
				<verse number="25">यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट भयो? स्‍वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्‍दै बहस गर्न लागे, “स्‍वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भन्‍नेछन्‌।</verse>
				<verse number="26">तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्‍नालाई अगमवक्ता हुन्‌ भनी मान्‍छन्‌।”</verse>
				<verse number="27">यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”</verse>
				<verse number="28">“तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्‍यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’</verse>
				<verse number="29">त्‍यसले जवाफ दियो, ‘म जान्‍नँ।’ तर पछिबाट पछुताएर गयो।</verse>
				<verse number="30">“दोस्राकहाँ आएर उसले त्‍यसै भन्‍यो। त्‍यसले जवाफ दियो, ‘म जान्‍छु।’ तर गएन।</verse>
				<verse number="31">“अब यी दुईमा कुनचाहिँले बाबुको इच्‍छा पालन गर्‍यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌।</verse>
				<verse number="32">किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले उनीमाथि विश्‍वास गरे। तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेनौ, अनि उनीमाथि विश्‍वास गरेनौ।”</verse>
				<verse number="33">“अर्को दृष्‍टान्‍त सुन। कोही एक जना गृहस्‍थी थिए, जसले एउटा दाखबारी लगाए, र त्‍यसको वरिपरि बार लगाएर त्‍यहाँ दाख पेल्‍ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्‍यसको ठेक्‍का दिई उनी परदेश लागे।</verse>
				<verse number="34">जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्‍नो हिस्‍सा माग्‍न नोकरहरू पठाए।</verse>
				<verse number="35">“तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने।</verse>
				<verse number="36">फेरि उनले अघिको भन्‍दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्‍यस्‍तै व्‍यवहार गरे।</verse>
				<verse number="37">‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्‍ने सोचेर, अन्‍त्‍यमा उनले आफ्‍नो छोरालाई तिनीहरूकहाँ पठाए।</verse>
				<verse number="38">“तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्‍यसलाई मारौं, र त्‍यसको उत्तराधिकार हात पारौं।’</verse>
				<verse number="39">तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे।</verse>
				<verse number="40">“यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्‌?”</verse>
				<verse number="41">तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्‍कामा दिनेछन्, जसले उनलाई फलको हिस्‍सा समयमा बुझाउनेछन्‌।”</verse>
				<verse number="42">येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्‍यै धर्मशास्‍त्रमा पढ़ेनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यमय छ।’</verse>
				<verse number="43">“यसैकारण म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्‍तो जातिलाई दिइनेछ, जसले त्‍यसको फल फलाउँछ।</verse>
				<verse number="44">यस ढुङ्गामाथि खस्‍नेचाहिँ टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्‍यो ढुङ्गा खस्‍छ, यसले त्‍यसलाई किच्‍नेछ।”</verse>
				<verse number="45">जब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्‍टान्‍त सुने, तब तिनीहरूकै विषयमा उहाँले यो भन्‍नुभएको हो भन्‍ने बुझे।</verse>
				<verse number="46">तिनीहरूले उहाँलाई समात्‍न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन्‌ भनी ठान्‍थे।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">येशूले फेरि तिनीहरूलाई दृष्‍टान्‍तहरूमा भन्‍नुभयो,</verse>
				<verse number="2">“स्‍वर्गको राज्‍यलाई एक जना राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍नो छोराको विवाह-भोज तयार गरे,</verse>
				<verse number="3">र भोजमा निमन्‍त्रित व्‍यक्तिहरू बोलाउन भनी आफ्‍ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्‌।</verse>
				<verse number="4">“फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्‍त्रित व्‍यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्‌। विवाह-भोजमा आउनुहोस्‌।’</verse>
				<verse number="5">“तर तिनीहरूले वास्‍तै नगरी एउटा आफ्‍नो खेतबारीतिर, अर्को आफ्‍नो व्‍यापारतिर लागे।</verse>
				<verse number="6">बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्‍यवहार गरे र तिनीहरूलाई मारे।</verse>
				<verse number="7">तब राजा क्रोधित भए, र आफ्‍ना फौजहरू पठाईकन ती हत्‍याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।</verse>
				<verse number="8">“तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्‍त्‍याइएकाहरू योग्‍य भएनन्‌।</verse>
				<verse number="9">यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्‍तो देओ।’</verse>
				<verse number="10">तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्‍ट र असल दुवैलाई, जम्‍मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।</verse>
				<verse number="11">“तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।</verse>
				<verse number="12">तिनले त्‍यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्‍यो निरुत्तर भयो।</verse>
				<verse number="13">“तब राजाले सेवकहरूलाई भने, ‘त्‍यसका हात-खुट्टा बाँधेर त्‍यसलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’</verse>
				<verse number="14">किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्‌।”</verse>
				<verse number="15">तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे।</verse>
				<verse number="16">तिनीहरूले आफ्‍ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं सत्‍य हुनुहुन्‍छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्‍छ, र तपाईं कसैको भय मान्‍नुहुन्‍न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्‍न।</verse>
				<verse number="17">यसकारण हामीलाई भन्‍नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?”</verse>
				<verse number="18">तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्‍नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्‍दछौ?</verse>
				<verse number="19">कर तिर्ने सिक्‍का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्‍का ल्‍याए।</verse>
				<verse number="20">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?”</verse>
				<verse number="21">तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।”</verse>
				<verse number="22">यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।</verse>
				<verse number="23">मृतकहरूको पुनरुत्‍थान हुँदैन भन्‍ने सदुकीहरू त्‍यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्‍न गरे,</verse>
				<verse number="24">“गुरुज्‍यू, मोशाले भनेका छन्, कोही मानिस निस्‍सन्‍तान मर्‍यो भने उसको भाइचाहिँले दाजुकी पत्‍नीलाई विवाह गरेर दाजुको सन्‍तान खड़ा गर्नुपर्छ।</verse>
				<verse number="25">हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्‍यो, र सन्‍तान नभएकोले उसको भाइको निम्‍ति पत्नी छोड़ेर गयो।</verse>
				<verse number="26">उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्‍मले त्‍यसै गरे।</verse>
				<verse number="27">तिनीहरू सबै मरेपछि त्‍यस स्‍त्रीको पनि मृत्‍यु भयो।</verse>
				<verse number="28">यसकारण मृतकहरूको पुनरुत्‍थान हुँदा ती सातै जनामध्‍ये त्‍यो स्‍त्री कसकी पत्‍नी हुनेछ? किनभने त्‍यो सबैकी पत्‍नी भइसकेकी थिई।”</verse>
				<verse number="29">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्‍त्र र परमेश्‍वरको शक्ति जान्‍दैनौ।</verse>
				<verse number="30">किनकि मृतकहरूको पुनरुत्‍थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्‍छन्, तर तिनीहरू स्‍वर्गका स्‍वर्गदूतहरूजस्‍ता हुन्‍छन्‌।</verse>
				<verse number="31">तर मृतकहरूका पुनरुत्‍थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, त्‍यो तिमीहरूले पढ़ेका छैनौ?</verse>
				<verse number="32">‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।’ परमेश्‍वर मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="33">यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्‍क परे।</verse>
				<verse number="34">उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए।</verse>
				<verse number="35">तिनीहरूमध्‍ये एक जना व्‍यवस्‍थाका अध्‍यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,</verse>
				<verse number="36">“गुरुज्‍यू, व्‍यवस्‍थामा महान्‌ आज्ञा कुन हो?”</verse>
				<verse number="37">उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू।</verse>
				<verse number="38">महान्‌ र प्रथम आज्ञा यही हो।</verse>
				<verse number="39">दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।</verse>
				<verse number="40">सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।”</verse>
				<verse number="41">जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्‍न गर्नुभयो,</verse>
				<verse number="42">“ख्रीष्‍टको विषयमा तिमीहरू के ठान्‍छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”</verse>
				<verse number="43">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसो भए दाऊदले आत्‍मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्‍छन्‌? उनी भन्‍छन्,</verse>
				<verse number="44">	 ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ’।”</verse>
				<verse number="45">यदि दाऊदले उसलाई प्रभु भन्‍दछन्‌ भने, ऊ कसरी तिनको पुत्र हुन्‍छ र?”</verse>
				<verse number="46">अनि कसैले पनि जवाफमा एक वचन बोल्‍न सकेन। त्‍यस दिनदेखि कसैलाई उहाँसँग प्रश्‍न सोध्‍ने आँट भएन।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">तब येशूले भीड़हरू र आफ्‍ना चेलाहरूलाई यसो भन्‍नुभयो:</verse>
				<verse number="2">“शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्‍तछन्‌।</verse>
				<verse number="3">यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्‍तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्‍छन्, तर त्‍यसअनुसार गर्दैनन्‌।</verse>
				<verse number="4">तिनीहरूले गह्रौँ र बोक्‍न नसक्‍ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्‍छन्‌। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्‌।</verse>
				<verse number="5">“तर तिनीहरू आफ्‍ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्‌। किनभने तिनीहरू आफ्‍ना निधार र नाडीमा व्‍यवस्‍था-पत्री ठूला बनाउँछन्, र आफ्‍ना वस्‍त्रका झुम्‍काहरू लम्‍म्‍याउँछन्,</verse>
				<verse number="6">भोजहरूमा तिनीहरू सम्‍मानका स्‍थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,</verse>
				<verse number="7">बजारहरूमा अभिवादन खोज्‍छन्‌ र मानिसहरूले गुरु भनेका रुचाउँछन्‌।</verse>
				<verse number="8">“तर तिमीहरूलाई कसैले ‘गुरुज्‍यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्‍छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।</verse>
				<verse number="9">तिमीहरू पृथ्‍वीमा कसैलाई आफ्‍ना पिता नभन, किनकि स्‍वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्‍छ।</verse>
				<verse number="10">तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्‍ट नै हुनुहुन्‍छ।</verse>
				<verse number="11">तिमीहरूमध्‍ये जो सबैभन्‍दा उच्‍च छ, त्‍यो तिमीहरूको सेवक हुनेछ।</verse>
				<verse number="12">जसले आफूलाई उच्‍च पार्छ, त्‍यो होच्‍याइनेछ, र जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।</verse>
				<verse number="13">“धिक्‍कार, तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्‍ने स्‍वर्गका राज्‍यको ढोका बन्‍द गर्दछौ। तिमीहरू न त आफै पस्‍तछौ, न पस्‍न चाहनेहरूलाई पस्‍न दिन्‍छौ। [</verse>
				<verse number="14">“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्‍छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्‍दा तिमीहरूले ज्‍यादा दण्‍ड पाउनेछौ। ]</verse>
				<verse number="15">“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्‍नो मतमा ल्‍याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्‍यो तिमीहरूको मतमा आएपछि त्‍यसलाई आफूभन्‍दा दोबर नरकको छोरो बनाउँछौ।</verse>
				<verse number="16">“धिक्‍कार तिमीहरूलाई, अन्‍धा अगुवा हो, जसले भन्‍दछौ, ‘कसैले मन्‍दिरको शपथ खाँदा केही हुँदैन, तर मन्‍दिरका सुनको शपथ खाँदा त्‍यस शपथले बाँधिनेछ।’</verse>
				<verse number="17">मूर्ख र अन्‍धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्‍दिर?</verse>
				<verse number="18">‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्‍यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’</verse>
				<verse number="19">ए अन्‍धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?</verse>
				<verse number="20">यसकारण वेदीको शपथ खानेले वेदीको र त्‍यसमाथिका सबै थोकको शपथ खान्‍छ।</verse>
				<verse number="21">मन्‍दिरको शपथ खानेले मन्‍दिर र त्‍यसभित्र वास गर्नुहुनेको शपथ खान्‍छ।</verse>
				<verse number="22">स्‍वर्गको शपथ खानेले परमेश्‍वरका सिंहासनको र त्‍यसमाथि विराजमान हुनुहुनेको शपथ खान्‍छ।</verse>
				<verse number="23">“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्‍छौ, तर व्‍यवस्‍थाका गहकिला विषयहरू, अर्थात्‌ न्‍याय, दया र विश्‍वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो।</verse>
				<verse number="24">अन्‍धा अगुवा हो, तिमीहरू भुसुना चाल्‍दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्‍दछौ।</verse>
				<verse number="25">“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्‍दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्‍छन्‌।</verse>
				<verse number="26">अन्‍धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्‌।</verse>
				<verse number="27">“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्‍ता छौ, जो बाहिरपट्टि सुन्‍दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्‍छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्‍छन्‌।</verse>
				<verse number="28">यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्‍टताले भरिएका छौ।</verse>
				<verse number="29">“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्‍मारकलाई सिङ्गार्छौ,</verse>
				<verse number="30">र भन्‍दछौ, ‘हामी आफ्‍ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’</verse>
				<verse number="31">यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्‍या गर्नेका सन्‍तान हौ भन्‍ने प्रमाण तिमीहरू आफै दिन्‍छौ।</verse>
				<verse number="32">तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर।</verse>
				<verse number="33">“सर्पहरू, साँभे सर्पका बच्‍चा हो, तिमीहरू नरकको दण्‍डदेखि कसरी उम्‍कनेछौ?</verse>
				<verse number="34">यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरू पठाउँछु। तिनीहरूमध्‍ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ, र कति जनालाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ।</verse>
				<verse number="35">पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।</verse>
				<verse number="36">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा यसै पुस्‍तामाथि आइपर्नेछन्‌।</verse>
				<verse number="37">“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌।</verse>
				<verse number="38">हेर, तिमीहरूको घर उजाड छोडिएको छ।</verse>
				<verse number="39">किनभने म तिमीहरूलाई भन्‍दछु, ‘परमप्रभुको नाउँमा आउने धन्‍यका हुन्’ नभनेसम्‍म तिमीहरूले मलाई देख्‍नेछैनौ।”</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।</verse>
				<verse number="2">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”</verse>
				<verse number="3">येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”</verse>
				<verse number="4">तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।</verse>
				<verse number="5">किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌।</verse>
				<verse number="6">तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।</verse>
				<verse number="7">किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।</verse>
				<verse number="8">तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।</verse>
				<verse number="9">“तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌।</verse>
				<verse number="10">तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।</verse>
				<verse number="11">धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।</verse>
				<verse number="12">दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।</verse>
				<verse number="13">तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।</verse>
				<verse number="14">अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।</verse>
				<verse number="15">“यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌),</verse>
				<verse number="16">तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।</verse>
				<verse number="17">कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌।</verse>
				<verse number="18">खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌।</verse>
				<verse number="19">हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।</verse>
				<verse number="20">तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर।</verse>
				<verse number="21">किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।</verse>
				<verse number="22">ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।</verse>
				<verse number="23">तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।</verse>
				<verse number="24">किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।</verse>
				<verse number="25">याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।</verse>
				<verse number="26">“यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर।</verse>
				<verse number="27">किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।</verse>
				<verse number="28">जहाँ सिनु हुन्‍छ, त्‍यहाँ गिद्धहरू पनि जम्‍मा हुन्‍छन्‌।</verse>
				<verse number="29">“ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।</verse>
				<verse number="30">तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।</verse>
				<verse number="31">उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।</verse>
				<verse number="32">“तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।</verse>
				<verse number="33">त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।</verse>
				<verse number="34">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।</verse>
				<verse number="35">स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।</verse>
				<verse number="36">“तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।</verse>
				<verse number="37">मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।</verse>
				<verse number="38">किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,</verse>
				<verse number="39">अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="40">त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।</verse>
				<verse number="41">दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ।</verse>
				<verse number="42">“यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।</verse>
				<verse number="43">तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।</verse>
				<verse number="44">यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।</verse>
				<verse number="45">“विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ?</verse>
				<verse number="46">त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ।</verse>
				<verse number="47">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मालिकले त्‍यसलाई आफ्‍नो सारा सम्‍पत्तिमाथि जिम्‍मेवार नियुक्त गर्नेछ।</verse>
				<verse number="48">तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,</verse>
				<verse number="49">आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने,</verse>
				<verse number="50">त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ।</verse>
				<verse number="51">अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">“तब स्‍वर्गको राज्‍य दश कन्‍याहरूसँग तुलना गर्न सकिन्‍छ। तिनीहरूले आ-आफ्‍नो बत्ती लिएर दुलहालाई भेट्‌न निस्‍के।</verse>
				<verse number="2">तीमध्‍ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।</verse>
				<verse number="3">किनकि जब निर्बुद्धिहरूले आफ्‍ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्‌।</verse>
				<verse number="4">तर बुद्धिमतीहरूले चाहिँ आफ्‍ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।</verse>
				<verse number="5">दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।</verse>
				<verse number="6">“तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।</verse>
				<verse number="7">“तब ती सबै कन्‍याहरू ब्‍यूँझे, र आ-आफ्‍नो बत्ती ठीकठाक पारे।</verse>
				<verse number="8">निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्‍न लागे।’</verse>
				<verse number="9">“तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’</verse>
				<verse number="10">“तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो।</verse>
				<verse number="11">“पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’</verse>
				<verse number="12">“तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ।’</verse>
				<verse number="13">“यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।</verse>
				<verse number="14">“किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।</verse>
				<verse number="15">तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।</verse>
				<verse number="16">तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।</verse>
				<verse number="17">त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।</verse>
				<verse number="18">तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।</verse>
				<verse number="19">“धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।</verse>
				<verse number="20">तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’</verse>
				<verse number="21">“मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’</verse>
				<verse number="22">“दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’</verse>
				<verse number="23">“त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’</verse>
				<verse number="24">“एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।</verse>
				<verse number="25">यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’</verse>
				<verse number="26">“त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,</verse>
				<verse number="27">तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।</verse>
				<verse number="28">यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।</verse>
				<verse number="29">किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।</verse>
				<verse number="30">त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’</verse>
				<verse number="31">“जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ।</verse>
				<verse number="32">र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।</verse>
				<verse number="33">उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ।</verse>
				<verse number="34">“तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।</verse>
				<verse number="35">किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।</verse>
				<verse number="36">नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’</verse>
				<verse number="37">“तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?</verse>
				<verse number="38">कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं?</verse>
				<verse number="39">र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’</verse>
				<verse number="40">“तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’</verse>
				<verse number="41">“त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।</verse>
				<verse number="42">किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।</verse>
				<verse number="43">म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्‍त्र लगाइदिएनौ, बिरामी र झ्‍यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’</verse>
				<verse number="44">“तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’</verse>
				<verse number="45">“तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’</verse>
				<verse number="46">“तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">येशूले यी सबै कुरा भनिसक्‍नुभएपछि आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="2">“तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्‍तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।”</verse>
				<verse number="3">तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए।</verse>
				<verse number="4">र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे।</verse>
				<verse number="5">तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।”</verse>
				<verse number="6">येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुँदा,</verse>
				<verse number="7">एउटी स्‍त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्‍य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्‍नुहुँदा तिनले त्‍यो उहाँको शिरमा खन्‍याई।</verse>
				<verse number="8">यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्‍ति यत्रो नोक्‍सानी?</verse>
				<verse number="9">किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्‍यो पैसा गरीबहरूलाई दिन सकिन्‍थ्‍यो।”</verse>
				<verse number="10">तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्‍छौ? तिनले त मेरो निम्‍ति एउटा असल काम गरेकी छिन्‌।</verse>
				<verse number="11">किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्‍छन्‌। तर म तिमीहरूसँग सधैँ हुन्‍नँ।</verse>
				<verse number="12">तिनले यो अत्तर मेरो शरीरमा खन्‍याएर दफनको निम्‍ति मलाई तयार गरेकी हुन्‌।</verse>
				<verse number="13">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस नारीले जे गरिन्‌ त्‍यसको चर्चा तिनको सम्‍झनाको लागि गरिनेछ।”</verse>
				<verse number="14">तब बाह्रमध्‍ये एक जना यहूदा इस्‍करियोत भन्‍नेचाहिँ मुख्‍य पूजाहारीहरूकहाँ गयो,</verse>
				<verse number="15">र भन्‍यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्‍छ?” तिनीहरूले त्‍यसलाई चाँदीका तीस सिक्‍का दिए।</verse>
				<verse number="16">त्‍यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्‍न थाल्‍यो।</verse>
				<verse number="17">अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज खाने प्रबन्‍ध हामी कहाँ गरौं?”</verse>
				<verse number="18">उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरो बेला नजिक आएको छ। म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्‍तार-चाड मान्‍नेछु’।”</verse>
				<verse number="19">तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्‍तार-चाड़को प्रबन्‍ध मिलाए।</verse>
				<verse number="20">साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्‍नुभयो।</verse>
				<verse number="21">उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।”</verse>
				<verse number="22">तब तिनीहरू साह्रै दुःखित भएर प्रत्‍येकले उहाँलाई सोध्‍न लागे, “प्रभु, के त्‍यो म हुँ?”</verse>
				<verse number="23">अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ।</verse>
				<verse number="24">मानिसको पुत्र त उसको विषयमा धर्मशास्‍त्रमा लेखेबमोजिम जानेछ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्‍यो मानिस त नजन्‍मिएकै भए त्‍यसको निम्‍ति असल हुनेथियो।”</verse>
				<verse number="25">तब उहाँलाई पक्राइदिने यहूदाले सोध्‍यो, “गुरुज्‍यू, के त्‍यो म हुँ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले भन्‍यौ।”</verse>
				<verse number="26">तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”</verse>
				<verse number="27">तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।</verse>
				<verse number="28">किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ।</verse>
				<verse number="29">तर म तिमीहरूलाई भन्‍दछु, कि दाखको यस फलबाट म तबसम्‍म पिउनेछैनँ, जबसम्‍म आफ्‍ना पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।”</verse>
				<verse number="30">एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्‍केर जानुभयो।</verse>
				<verse number="31">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्‍ट हुनेछन्‌।’</verse>
				<verse number="32">तर म मृत्‍युबाट जीवित भएपछि तिमीहरूभन्‍दा अगि गालीलमा जानेछु।”</verse>
				<verse number="33">पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्‍यै पछि हट्‌नेछैनँ।”</verse>
				<verse number="34">येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, आजै राती भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।”</verse>
				<verse number="35">पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्‍यसै भने।</verse>
				<verse number="36">तब येशू गेतसमनी भन्‍ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।”</verse>
				<verse number="37">र आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो।</verse>
				<verse number="38">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”</verse>
				<verse number="39">अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।”</verse>
				<verse number="40">तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्‍टा पनि जागा बस्‍न सकेनौ?</verse>
				<verse number="41">जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”</verse>
				<verse number="42">फेरि दोस्रो पल्‍ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्‍छा पूरा होस्‌।”</verse>
				<verse number="43">उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।</verse>
				<verse number="44">यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्‌नुभयो, र गएर फेरि उही शब्‍दहरू दोहोर्‍याई तेस्रो पल्‍ट प्रार्थना गर्नुभयो।</verse>
				<verse number="45">तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ।</verse>
				<verse number="46">उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।”</verse>
				<verse number="47">उहाँ बोल्‍दाबोल्‍दै, बाह्रमध्‍येको एक जना, अर्थात्‌ यहूदा आयो। त्‍यससँग मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो।</verse>
				<verse number="48">उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्‍वाइँ खान्‍छु, तिनी नै हुन्, तिनैलाई समात।”</verse>
				<verse number="49">तुरुन्‍तै येशूकहाँ गएर त्‍यसले भन्‍यो, “हे गुरु, प्रणाम!” र त्‍यसले उहाँलाई म्‍वाइँ खायो।</verse>
				<verse number="50">येशूले त्‍यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्‍यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्‍तारी गरे।</verse>
				<verse number="51">येशूको साथमा हुनेहरूमध्‍ये एउटाले हात बढ़ाएर आफ्‍नो तरवार झिक्‍यो, र मुख्‍य पूजाहारीको दासलाई प्रहार गर्‍यो, र त्‍यसको कान छिनाइदियो।</verse>
				<verse number="52">तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="53">तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?</verse>
				<verse number="54">तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”</verse>
				<verse number="55">त्‍यसै बेला येशूले भीड़लाई भन्‍नुभयो, “डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्‍दिरमा शिक्षा दिँदै बस्‍थें, र तिमीहरूले मलाई पक्रेनौ।</verse>
				<verse number="56">तर अगमवक्ताहरूका धर्मशास्‍त्रहरू पूरा होऊन्‌ भनी यी सबै हुन आएका हुन्‌।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे।</verse>
				<verse number="57">येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्‍यहाँ शास्‍त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए।</verse>
				<verse number="58">तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्‍मै उहाँको पछिपछि लागे, र अन्‍त्‍यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे।</verse>
				<verse number="59">अब मुख्‍य पूजाहारी र जम्‍मै महासभाले येशूलाई मृत्‍युदण्‍ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्‍न लागे।</verse>
				<verse number="60">धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्‌। आखिरमा दुई जना अगि आए,</verse>
				<verse number="61">र भने, “यस मानिसले ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्‍छु’ भन्‍यो।”</verse>
				<verse number="62">तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?”</verse>
				<verse number="63">तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌?”</verse>
				<verse number="64">येशूले तिनलाई भन्‍नुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो। तापनि म तपाईंहरूलाई भन्‍दछु, अब उप्रान्‍त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ।”</verse>
				<verse number="65">तब प्रधान पूजाहारीले आफ्‍ना वस्‍त्र च्‍याते र भने, “यसले त ईश्‍वर-निन्‍दा बोल्‍यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्‍यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्‍वर-निन्‍दा सुनिहाल्‍नुभयो।</verse>
				<verse number="66">तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्‍डको योग्‍य छ।”</verse>
				<verse number="67">तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्‍का लगाए, र कसै-कसैले यसो भन्‍दै थप्‍पड़ लाए,</verse>
				<verse number="68">“हे ख्रीष्‍ट, लौ, अगमवाणी भन्‌! तँलाई हिर्काउने को हो?”</verse>
				<verse number="69">पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?”</verse>
				<verse number="70">तर तिनले उनीहरू सबैका सामुन्‍ने इन्‍कार गरेर भने, “तैंले के भन्‍दैछस्, म जान्‍दिनँ।”</verse>
				<verse number="71">तिनी बाहिर दलानमा निस्‍केपछि अर्कीले तिनलाई देखी, र त्‍यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।”</verse>
				<verse number="72">तिनले फेरि शपथ खाएर इन्‍कार गरे, “म ती मानिसलाई चिन्‍दिनँ।”</verse>
				<verse number="73">अलि बेरपछि त्‍यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्‍चै, तिमी पनि तिनीहरूमध्‍येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।”</verse>
				<verse number="74">तब पत्रुसले आफैलाई सराप्‍दै शपथ खान लागे “म ती मानिसलाई चिन्‍दैचिन्‍दिनँ।” अनि तुरुन्‍तै भाले बास्‍यो।</verse>
				<verse number="75">तब पत्रुसलाई येशूले भन्‍नुभएको यो कुरा याद भयो, “भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">बिहान सबेरै, सबै मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्‍युदण्‍ड दिन भनी उहाँको विरुद्धमा सरसल्‍लाह गरे।</verse>
				<verse number="2">अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।</verse>
				<verse number="3">तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो,</verse>
				<verse number="4">र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।”</verse>
				<verse number="5">तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।</verse>
				<verse number="6">तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।”</verse>
				<verse number="7">तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।</verse>
				<verse number="8">यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ।</verse>
				<verse number="9">तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्‍का लिए, त्‍यस मूल्‍यको रूपमा, जुन मूल्‍य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,</verse>
				<verse number="10">र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।”</verse>
				<verse number="11">येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="12">अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन।</verse>
				<verse number="13">तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?”</verse>
				<verse number="14">तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे।</verse>
				<verse number="15">निस्‍तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।</verse>
				<verse number="16">त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना कुख्‍यात कैदी थियो।</verse>
				<verse number="17">जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?”</verse>
				<verse number="18">किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो।</verse>
				<verse number="19">तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।”</verse>
				<verse number="20">तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए।</verse>
				<verse number="21">हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्‍ति मुक्त गरिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” तिनीहरूले भने, “बारब्‍बालाई।”</verse>
				<verse number="22">पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।”</verse>
				<verse number="23">तिनले भने, “किन? तिनले के अपराध गरेका छन्‌ र?” तर तिनीहरू अझ बढ़ी यसो भन्‍दै चिच्‍च्‍याए, “त्‍यो क्रूसमा टाँगिओस।”</verse>
				<verse number="24">तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”</verse>
				<verse number="25">सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्‍तानमाथि परोस्‌।”</verse>
				<verse number="26">तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।</verse>
				<verse number="27">तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए।</verse>
				<verse number="28">तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए।</verse>
				<verse number="29">तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”</verse>
				<verse number="30">तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए।</verse>
				<verse number="31">उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।</verse>
				<verse number="32">जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्‍यसलाई उहाँको क्रूस बोक्‍न कर लाए।</verse>
				<verse number="33">जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ,</verse>
				<verse number="34">तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्‍यो पिउन चाहनुभएन।</verse>
				<verse number="35">तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े।</verse>
				<verse number="36">तब त्‍यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे।</verse>
				<verse number="37">“येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।</verse>
				<verse number="38">उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।</verse>
				<verse number="39">त्‍यहाँबाट आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे,</verse>
				<verse number="40">र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।”</verse>
				<verse number="41">मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने,</verse>
				<verse number="42">“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं।</verse>
				<verse number="43">यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्‍वरको पुत्र हुँ,’ भनी भन्‍थ्‍यो।”</verse>
				<verse number="44">अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।</verse>
				<verse number="45">अब मध्‍याह्नदेखि तीन बजेसम्‍म सारा देशमा अन्‍धकार भयो।</verse>
				<verse number="46">तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”</verse>
				<verse number="47">त्‍यहाँ उभिएकाहरूमध्‍ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”</verse>
				<verse number="48">तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो।</verse>
				<verse number="49">तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?”</verse>
				<verse number="50">तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो।</verse>
				<verse number="51">त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे।</verse>
				<verse number="52">चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे,</verse>
				<verse number="53">र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।</verse>
				<verse number="54">जब कप्‍तान र तिनीसँग येशूलाई रुँग्‍नेहरूले भूकम्‍प र त्‍यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्‍चै, यिनी परमेश्‍वरका पुत्र रहेछन्‌।”</verse>
				<verse number="55">त्‍यहाँ गालीलबाट आएका धेरै स्‍त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।</verse>
				<verse number="56">तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्‍दियाका छोराहरूकी आमा थिए।</verse>
				<verse number="57">साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्‍वयम्‌ येशूका चेला थिए।</verse>
				<verse number="58">तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे।</verse>
				<verse number="59">योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे,</verse>
				<verse number="60">र तिनले चट्टानमा खोपेर बनाएका आफ्‍नै नयाँ चिहानमा त्‍यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए।</verse>
				<verse number="61">चिहानको सामुन्‍ने मरियम मग्‍दलिनी र अर्की मरियम पनि बसिरहेका थिए।</verse>
				<verse number="62">भोलिपल्‍ट, अर्थात्‌ तयारीको दिनको भोलिपल्‍ट, मुख्‍य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए,</verse>
				<verse number="63">र भने, “हजूर, हामीलाई याद छ, कि त्‍यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्‌नेछु’ भनेको थियो।</verse>
				<verse number="64">यसकारण तेस्रो दिनसम्‍म त्‍यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस्, नत्रता त्‍यसका चेलाहरूले आएर त्‍यो चोरेर लैजालान्, र ‘त्‍यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्‍नेछन्, र त्‍यो पछिल्‍लो धोका पहिलोभन्‍दा अझ नराम्रो हुनेछ।”</verse>
				<verse number="65">पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्‍नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्‍म सुरक्षित राख।”</verse>
				<verse number="66">तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए।</verse>
				<verse number="2">ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।</verse>
				<verse number="3">तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो।</verse>
				<verse number="4">तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए।</verse>
				<verse number="5">तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।</verse>
				<verse number="6">उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।</verse>
				<verse number="7">तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”</verse>
				<verse number="8">अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।</verse>
				<verse number="9">अकस्‍मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्‍नुभयो, “शान्‍ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="10">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।”</verse>
				<verse number="11">जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।</verse>
				<verse number="12">जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,</verse>
				<verse number="13">“तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’</verse>
				<verse number="14">कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”</verse>
				<verse number="15">तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।</verse>
				<verse number="16">ती एघारै जना चेलाहरू गालीलको त्‍यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।</verse>
				<verse number="17">तिनीहरूले उहाँलाई देखेर दण्‍डवत्‌ गरे, तर कतिले चाहिँ शङ्का गरे।</verse>
				<verse number="18">तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।</verse>
				<verse number="19">यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,</verse>
				<verse number="20">मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”</verse>
			</chapter>
		</book>
		<book number="41">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टको सुसमाचारको आरम्‍भ।</verse>
				<verse number="2">यशैया अगमवक्ताको पुस्‍तकमा यसरी लेखिएको छ: “हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ।</verse>
				<verse number="3">	उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”</verse>
				<verse number="4">बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे।</verse>
				<verse number="5">समस्‍त यहूदिया देश र यरूशलेमका सबै बासिन्‍दाहरू तिनीकहाँ निस्‍किआए। र तिनीहरूले आ-आफ्‍ना पाप स्‍वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिए।</verse>
				<verse number="6">यूहन्‍नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे, र सलह र वन-मह खान्‍थे।</verse>
				<verse number="7">तिनले यसो भन्‍दै प्रचार गरे, “जो मपछि आउनुहुन्‍छ उहाँ मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।</verse>
				<verse number="8">मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।”</verse>
				<verse number="9">अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो।</verse>
				<verse number="10">पानीबाट उक्‍लिआउनेबित्तिकै उहाँले स्‍वर्ग उघ्रिएको र पवित्र आत्‍मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्‍नुभयो।</verse>
				<verse number="11">अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”</verse>
				<verse number="12">पवित्र आत्‍माले उहाँलाई तुरुन्‍तै उजाड-स्‍थानमा लैजानुभयो।</verse>
				<verse number="13">शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्‍थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्‍वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।</verse>
				<verse number="14">अब यूहन्‍ना पक्राउमा परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो।</verse>
				<verse number="15">उहाँले भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍वास गर।”</verse>
				<verse number="16">गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्‍द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। किनकि तिनीहरू जालहारी थिए।</verse>
				<verse number="17">येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”</verse>
				<verse number="18">तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोड़े, र उहाँको पछि लागे।</verse>
				<verse number="19">अनि अलि पर गएपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्‍नुभयो।</verse>
				<verse number="20">उहाँले तुरुन्‍त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्‍ना पिता जब्‍दियालाई ज्‍यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।</verse>
				<verse number="21">तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्‍तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्‍नुभयो।</verse>
				<verse number="22">अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्‍तो होइन, तर अधिकारसँग सिकाउनुभयो।</verse>
				<verse number="23">त्‍यही बेला त्‍यस सभाघरमा अशुद्ध आत्‍मा भएको एक जना मान्‍छे थियो।</verse>
				<verse number="24">त्‍यसले यसो भन्‍दै चिच्‍च्‍यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्‍छु, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”</verse>
				<verse number="25">तर येशूले त्‍यसलाई यसो भन्‍दै हकार्नुभयो, “चूप लाग्‌, र त्‍यसबाट निस्‍किजा।”</verse>
				<verse number="26">त्‍यस मान्‍छेलाई लछारपछार पार्दै त्‍यो अशुद्ध आत्‍मा ठूलो स्‍वरले चिच्‍च्‍याएर त्‍यस मान्‍छेबाट निस्‍किगयो।</verse>
				<verse number="27">तब सबै जनाले अचम्‍म माने, र तिनीहरू यसो भन्‍दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्‍माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्‍दारहेछन्‌।”</verse>
				<verse number="28">अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो।</verse>
				<verse number="29">अब उहाँ तुरुन्‍तै सभाघरबाट निस्‍केर याकूब र यूहन्‍नाका साथमा सिमोन र अन्‍द्रियासको घरमा पस्‍नुभयो।</verse>
				<verse number="30">सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने।</verse>
				<verse number="31">उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्‍यो। अनि तिनले उहाँहरूको सेवा गरिन्‌।</verse>
				<verse number="32">त्‍यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्‍मैलाई ल्‍याए।</verse>
				<verse number="33">सारा सहर नै घरको ढोकामा जम्‍मा भएको थियो।</verse>
				<verse number="34">अनेक किसिमका रोगले ग्रस्‍त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्‍नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्‍न दिनुभएन।</verse>
				<verse number="35">बिहान उज्‍यालो हुनभन्‍दा धेरै अघि उठेर उहाँ बाहिर एकान्‍त ठाउँमा जानुभयो, र त्‍यहाँ प्रार्थना गर्नुभयो।</verse>
				<verse number="36">सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्‍दैगए।</verse>
				<verse number="37">उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्‌।”</verse>
				<verse number="38">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्‍यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्‍ति म आएको हुँ।”</verse>
				<verse number="39">अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्‍दै उहाँ हिँड्‌नुभयो।</verse>
				<verse number="40">अनि एक जना कुष्‍ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्‍दै यसो भनेर बिन्‍ती गर्‍यो, “तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।”</verse>
				<verse number="41">तब दयाले भरिएर उहाँले आफ्‍नो हात पसारी त्‍यसलाई छुनुभयो, र त्‍यसलाई भन्‍नुभयो, “म इच्‍छा गर्दछु, तिमी निको भइजाऊ।”</verse>
				<verse number="42">त्‍यति नै बेला त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हट्यो, र त्‍यो निको भइहाल्‍यो।</verse>
				<verse number="43">अनि उहाँले त्‍यसलाई कड़ा आज्ञा दिएर यसो भनी तुरुन्‍तै पठाउनुभयो,</verse>
				<verse number="44">“हेर, तिमीले यो कसैलाई नभन्‍नू, तर गएर तिमी आफैलाई पूजाहारीकहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मोशाको आज्ञाबमोजिम बलि चढ़ाऊ।”</verse>
				<verse number="45">तर त्‍यो निस्‍केर गयो, अनि यस विषयमा खुल्‍लमखुल्‍ला प्रचार गर्न लाग्‍यो, र येशू फेरि सहरमा खुलस्‍त प्रवेश गर्न सक्‍नुभएन, र एकान्‍त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्‍छ भन्‍ने सुने।</verse>
				<verse number="2">अनि यति धेरै मानिसहरू जम्‍मा भए कि तिनीहरू त्‍यहाँ अटाएनन्, यहाँसम्‍म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्दैहुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="3">अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।</verse>
				<verse number="4">भीड़को कारणले येशूको नजिक त्‍यस मानिसलाई पुर्‍याउन नसक्‍दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्‍यो सुतेको खाटसमेत तल ओह्रालिदिए।</verse>
				<verse number="5">येशूले तिनीहरूको विश्‍वास देखेर त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”</verse>
				<verse number="6">तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए,</verse>
				<verse number="7">“यस मानिसले किन यसरी बोल्‍दछ? यो त ईश्‍वर-निन्‍दा हो। केवल एक, अर्थात्‌ परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?”</verse>
				<verse number="8">अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ?</verse>
				<verse number="9">पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ?</verse>
				<verse number="10">तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो,</verse>
				<verse number="11">“म तिमीलाई भन्‍दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”</verse>
				<verse number="12">त्‍यो उठ्यो, र तुरुन्‍तै खाट उठाएर सबैका सामुन्‍नेबाट गइहाल्‍यो। यहाँसम्‍म कि, सबै जना आश्‍चर्य-चकित भए, र “हामीले यस्‍तो त कहिल्‍यै देखेका छैनौं” भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे।</verse>
				<verse number="13">उहाँ फेरि एक पल्‍ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।</verse>
				<verse number="14">त्‍यसपछि जाँदैगर्दा उहाँले अल्‍फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्‍नुभयो र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे।</verse>
				<verse number="15">उहाँ लेवीको घरमा भोजन गर्न बस्‍नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।</verse>
				<verse number="16">उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्‍त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्‍छन्‌?”</verse>
				<verse number="17">यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”</verse>
				<verse number="18">यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बस्‍तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्‍तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्‍दैनन्‌?”</verse>
				<verse number="19">येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा तिनीहरूका साथमा रहुञ्‍जेल जन्‍तीहरू उपवास बस्‍छन्‌ र? जहिलेसम्‍म दुलहा तिनीहरूका साथमा हुन्‍छन्‌ तिनीहरू उपवास बस्‍दैनन्‌।</verse>
				<verse number="20">तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्‍यस दिन उपवास बस्‍नेछन्‌।</verse>
				<verse number="21">“कसैले पुरानो लुगामा नयाँ कपड़ाको टालो हाल्‍दैन, नत्रता टालेको कपड़ा फाटिनिस्‍कन्‍छ, अर्थात्‌ नयाँ पुरानोबाट फाटेर निस्‍कन्‍छ, र फटाइ झन्‌ नराम्रो हुनेछ।</verse>
				<verse number="22">अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता त्‍यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्‍छ, र दाखमद्य र मशक पनि नष्‍ट हुन्‍छन्‌। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्‍छ।”</verse>
				<verse number="23">एक शबाथ-दिन उहाँ अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो। त्‍यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्‌दाहिँड्‌दै अन्‍नका बाला टिप्‍न लागे।</verse>
				<verse number="24">यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्‍यही गर्दछन्‌?”</verse>
				<verse number="25">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्‍यै पढ़ेका छैनौ?</verse>
				<verse number="26">प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्‍वरको भवनमा तिनी पसे, र परमेश्‍वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्‍यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।”</verse>
				<verse number="27">तिनीहरूलाई उहाँले भन्‍नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्‍ति होइन।</verse>
				<verse number="28">यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">पछिबाट फेरि उहाँ सभाघरमा पस्‍नुभयो। त्‍यहाँ सुकेको हात भएको एक जना मानिस थियो।</verse>
				<verse number="2">कतै उहाँले त्‍यसलाई शबाथ-दिनमा निको पार्नुहुन्‍छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए।</verse>
				<verse number="3">तब उहाँले सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यता आऊ।”</verse>
				<verse number="4">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे।</verse>
				<verse number="5">तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो र त्‍यसको हात निको भयो।</verse>
				<verse number="6">तब निस्‍केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्‍तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।</verse>
				<verse number="7">त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्‍यो।</verse>
				<verse number="8">यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्‍मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो।</verse>
				<verse number="9">भीड़ले उहाँलाई नमिचोस्‌ भनी उहाँले आफ्‍ना चेलाहरूलाई आफ्‍नो निम्‍ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो।</verse>
				<verse number="10">उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे।</verse>
				<verse number="11">जब अशुद्ध आत्‍माहरूले उहाँलाई देख्‍दथे, तब उहाँको अगि घोप्‍टो परेर यसो भन्‍दै कराउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”</verse>
				<verse number="12">तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।</verse>
				<verse number="13">त्‍यसपछि येशू डाँड़ामा उक्‍लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए।</verse>
				<verse number="14">आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,</verse>
				<verse number="15">र तिनीहरूलाई भूतहरू निकाल्‍ने अधिकार पनि दिनुभयो।</verse>
				<verse number="16">ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्‍नुभयो,</verse>
				<verse number="17">जब्‍दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात्‌ गर्जनका छोराहरू भन्‍ने नाउँ दिनुभयो।</verse>
				<verse number="18">अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी,</verse>
				<verse number="19">र यहूदा इस्‍करियोत जसले उहाँलाई धोका दियो।</verse>
				<verse number="20">त्‍यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्‍मा भयो, यहाँसम्‍म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन।</verse>
				<verse number="21">जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्‍के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्‍थे।</verse>
				<verse number="22">यरूशलेमबाट आएका व्‍यवस्‍थाका शास्‍त्रीहरूले भने, “त्‍यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्‍यसले भूतहरू निकाल्‍दछ।”</verse>
				<verse number="23">तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्‍टान्‍तहरूमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्‍छ?</verse>
				<verse number="24">कुनै राज्‍यको आपसमा फूट भयो भने त्‍यो राज्‍य टिक्‍न सक्‍दैन।</verse>
				<verse number="25">कुनै घरको पनि आपसमा फूट भयो भने त्‍यो घर टिक्‍न सक्‍नेछैन।</verse>
				<verse number="26">यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्‍याएको छ भने त्‍यो टिक्‍न सक्‍दैन, तर त्‍यसको अन्‍त्‍य आइसकेको हुन्‍छ।</verse>
				<verse number="27">कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्‌न सक्‍दैन जबसम्‍म त्‍यसले त्‍यो बलियो मानिसलाई पहिला बाँध्‍दैन। तब पो त्‍यसले उसको घर लुट्‌न सक्‍छ।</verse>
				<verse number="28">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मानिसहरूका सबै पाप र ईश्‍वर-निन्‍दा क्षमा गरिनेछन्,</verse>
				<verse number="29">तर पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्‍यो अनन्‍त पापकर्मको दोषी ठहर्छ।’</verse>
				<verse number="30">उहाँले यो वचन भन्‍नुभयो, किनकि “उसमा अशुद्ध आत्‍मा छ” भनी तिनीहरूले भनेका थिए।</verse>
				<verse number="31">तब उहाँकी आमा र उहाँका भाइहरू त्‍यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए।</verse>
				<verse number="32">भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्‍दैछन्‌।”</verse>
				<verse number="33">उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्‌?”</verse>
				<verse number="34">अनि आफ्‍नो वरिपरि चारैतिर हेरेर उहाँले भन्‍नुभयो, “हेर, यी नै हुन्‌ मेरी आमा र मेरा भाइहरू।</verse>
				<verse number="35">किनकि जसले परमेश्‍वरको इच्‍छा पालन गर्छ त्‍यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्‌।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्‍नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्‌नुभयो र त्‍यसैमा बस्‍नुभयो। मानिसहरूचाहिँ समुद्रको किनारका पाखामा बसेका थिए।</verse>
				<verse number="2">अनि उहाँले तिनीहरूलाई दृष्‍टान्‍तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्‍नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो:</verse>
				<verse number="3">“सुन! हेर, एक जना बीउ छर्ने मानिस बीउ छर्नलाई निस्‍क्‍यो।</verse>
				<verse number="4">अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले।</verse>
				<verse number="5">केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे।</verse>
				<verse number="6">घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले।</verse>
				<verse number="7">केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्‌।</verse>
				<verse number="8">तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्‌दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।”</verse>
				<verse number="9">अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”</verse>
				<verse number="10">जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्‍टान्‍तको विषयमा सोधे।</verse>
				<verse number="11">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको रहस्‍य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्‍टान्‍तमा भनिन्‍छ,</verse>
				<verse number="12">कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन्, नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए, र तिनीहरूको पाप क्षमा हुनेथियो।”</verse>
				<verse number="13">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस दृष्‍टान्‍तको अर्थ बुझ्‍दैनौ? त्‍यसो भए अरू सब दृष्‍टान्‍तहरूका अर्थ कसरी बुझ्‍नेछौ?</verse>
				<verse number="14">बीउ छर्नेले वचन छर्दछ।</verse>
				<verse number="15">कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्‍तै छन्‌। जब तिनीहरूले वचन सुन्‍छन्, तब तुरुन्‍तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्‍छ।</verse>
				<verse number="16">त्‍यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्‍छन्‌ तब खुसीसाथ तुरुन्‍तै त्‍यो ग्रहण गर्छन्‌।</verse>
				<verse number="17">तर तिनीहरूको आफ्‍नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्‍छन्‌। तर जब वचनको कारण सङ्कष्‍ट वा सतावट आउँछ, तिनीहरू तुरुन्‍तै लड़िहाल्‍छन्‌।</verse>
				<verse number="18">काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्‍छन्,</verse>
				<verse number="19">तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌।</verse>
				<verse number="20">तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।”</verse>
				<verse number="21">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के सामदानमाथि राख्‍न भनेर होइन र?</verse>
				<verse number="22">कुनै थोक लुकाएर राख्‍न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्‍त छैन जो प्रकाशमा ल्‍याइनेछैन।</verse>
				<verse number="23">यदि कुनै मानिसको सुन्‍ने कान छ भने त्‍यसले सुनोस्‌।”</verse>
				<verse number="24">उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरू जे सुन्‍छौ, त्‍यसमा ध्‍यान देओ। किनकि जुन नापले तिमीहरू दिन्‍छौ त्‍यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन्‌ बढ़ी दिइनेछ।</verse>
				<verse number="25">किनभने जससँग छ त्‍यसलाई दिइनेछ, र जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।”</verse>
				<verse number="26">उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य यस्‍तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ,</verse>
				<verse number="27">र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्‍यो बीउचाहिँ टुसाउँछ र बढ्‌छ, तर त्‍यो कसरी बढ्‌छ, सो उसले जान्‍दैन।</verse>
				<verse number="28">जमिन आफैले उमार्छ, पहिले टुसा, त्‍यसपछि बाला, तब बालामा पूरा दाना लाग्‍छ।</verse>
				<verse number="29">तर जब अन्‍न पाक्‍छ, तब तुरुन्‍तै उसले हँसिया लगाउन थाल्‍छ, किनभने फसलको बेला आइपुगेको हुन्‍छ।”</verse>
				<verse number="30">उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको तुलना केसँग गरौं? अथवा कुन दृष्‍टान्‍तमा यसको व्‍याख्‍या गरौं?</verse>
				<verse number="31">यो त रायोको बीउको दाना जस्‍तो छ, जो जमिनमा छरिन्‍छ। पृथ्‍वीभरिमा सबै बीउहरूमा साना भए तापनि</verse>
				<verse number="32">जब त्‍यो छरिन्‍छ, तब त्‍यो बढ्‌छ, र सबै सागपातहरूभन्‍दा त्‍यो ठूलो हुन्‍छ, र त्‍यसले ठूला-ठूला हाँगाहरू हाल्‍छ, र आकाशका पक्षीहरूले त्‍यसका छहारीमा गुँड़ लाउँछन्‌।”</verse>
				<verse number="33">तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो।</verse>
				<verse number="34">दृष्‍टान्‍तविना उहाँ तिनीहरूसँग बोल्‍नुभएन, तर आफ्‍ना निज चेलाहरूलाई उहाँले गुप्‍तमा सबैको अर्थ खोलिदिनुहुन्‍थ्‍यो।</verse>
				<verse number="35">त्‍यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।”</verse>
				<verse number="36">अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए।</verse>
				<verse number="37">अनि त्‍यहाँ ठूलो हुरी-बतास चल्‍यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्‍म कि डुङ्गा पानीले भरिन लाग्‍यो।</verse>
				<verse number="38">उहाँ आफैचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?”</verse>
				<verse number="39">तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्‍काउनुभयो, र समुद्रका छालहरूलाई भन्‍नुभयो, “शान्‍त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्‍नाटा छायो।</verse>
				<verse number="40">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्‍छौ? तिमीहरूमा विश्‍वास छैन?”</verse>
				<verse number="41">तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? बतास र समुद्रले पनि यिनको हुकुम मान्‍छन्‌।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो।</verse>
				<verse number="2">येशू डुङ्गाबाट बाहिर निस्‍कनेबित्तिकै चिहानबाट अशुद्ध आत्‍मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो।</verse>
				<verse number="3">त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो। कसैले पनि त्‍यसलाई साङ्‌लाले समेत बाँध्‍न सक्‍दैनथ्‍यो।</verse>
				<verse number="4">किनकि त्‍यो धेरै पल्‍ट नेल र साङ्‌लाहरूले बाँधिएको थियो, र पनि त्‍यसले साङ्‌लाहरू टुक्रा-टुक्रा पारी छिनाल्‍थ्‍यो। कुनै मानिसले पनि त्‍यसलाई वशमा पार्न सकेको थिएन।</verse>
				<verse number="5">त्‍यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्‌थ्यो।</verse>
				<verse number="6">अनि जब त्‍यसले येशूलाई टाढ़ैबाट देख्‍यो तब दौड़ेर आयो, र उहाँलाई दण्‍डवत्‌ गर्‍यो।</verse>
				<verse number="7">अनि ठूलो सोरले चिच्‍च्‍याएर त्‍यसले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्‍वरमा शपथ खाएर तपाईंलाई बिन्‍ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्‌।”</verse>
				<verse number="8">किनकि उहाँले त्‍यसलाई भन्‍नुभएको थियो, “ए अशुद्ध आत्‍मा, त्‍यस मानिसबाट निस्‍किआइज।”</verse>
				<verse number="9">अनि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।”</verse>
				<verse number="10">ती भूतात्‍माहरूलाई त्‍यस इलाकाबाहिर ननिकालिदिनुहोस्‌ भनी त्‍यसले उहाँलाई आग्रहपूर्वक बिन्‍ती गर्‍यो।</verse>
				<verse number="11">त्‍यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो।</verse>
				<verse number="12">ती भूतात्‍माहरूले यसो भनी उहाँलाई बिन्‍ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्‍छौं।”</verse>
				<verse number="13">तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्‍माहरू बाहिर निस्‍केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे।</verse>
				<verse number="14">ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्‍यहाँ आए।</verse>
				<verse number="15">तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्‍यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए।</verse>
				<verse number="16">अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए।</verse>
				<verse number="17">अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस्‌ भनी मानिसहरूले येशूलाई बिन्‍ती गर्न लागे।</verse>
				<verse number="18">उहाँ डुङ्गामा पस्‍न लाग्‍नुहुँदा त्‍यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्‍ती गर्‍यो।</verse>
				<verse number="19">तर उहाँले त्‍यसलाई अनुमति दिनुभएन, तर त्‍यसलाई भन्‍नुभयो, “तिमी आफ्‍नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्‍ति गर्नुभएको महान्‌ काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”</verse>
				<verse number="20">अनि त्‍यो मानिस हिँड़िहाल्‍यो, र येशूले त्‍यसको निम्‍ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्‍यो, र सबै मानिसहरूले अचम्‍म माने।</verse>
				<verse number="21">जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो, तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँचाहिँ समुद्रको किनारमा हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="22">सभाघरका शासकहरूमध्‍ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्‍टो परे,</verse>
				<verse number="23">र यसो भनेर बिन्‍ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्‍यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्‍यो निको होस्‌ र बाँचोस्‌।”</verse>
				<verse number="24">तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे।</verse>
				<verse number="25">अनि बाह्र वर्ष अघिदेखि रगत बग्‍ने रोग भएकी एउटी स्‍त्री त्‍यहाँ थिई।</verse>
				<verse number="26">त्‍यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्‍ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन्‌ खराब हालतमा पुगेकी थिई।</verse>
				<verse number="27">येशूको विषयमा त्‍यसले सुनेकी थिई, र भीड़को पछिल्‍तिरबाट आएर उहाँको वस्‍त्र त्‍यसले छोई।</verse>
				<verse number="28">किनकि त्‍यसले मनमनै भनी, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको हुनेछु।”</verse>
				<verse number="29">अनि तुरुन्‍त त्‍यसको रगत बग्‍ने बन्‍द भइहाल्‍यो, र आफ्‍नो शरीरको रोग निको भएको त्‍यसले थाहा पाई।</verse>
				<verse number="30">आफूबाट शक्ति बाहिर निस्‍केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्‍तिर फर्केर सोध्‍नुभयो, “कसले मेरो वस्‍त्र छोयो?”</verse>
				<verse number="31">चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्‍नुभएकै छ, र पनि तपाईं भन्‍नुहुन्‍छ “कसले मलाई छोयो?”</verse>
				<verse number="32">उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्‍नुभयो।</verse>
				<verse number="33">तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्‍यो स्‍त्री डरले काम्‍दै आएर येशूको अगि घोप्‍टो परी, र उहाँलाई सबै सत्‍य कुरा भनिदिई।</verse>
				<verse number="34">तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “ए छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्‍तिसाथ जाऊ। तिम्रो रोग निको होस्‌।”</verse>
				<verse number="35">उहाँ बोल्‍दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्‍यूलाई अब अरू कष्‍ट किन दिनुहुन्‍छ?”</verse>
				<verse number="36">तर तिनीहरूले गरेका कुराहरूलाई ध्‍यान नदिई येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”</verse>
				<verse number="37">अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि आफ्‍नो साथ आउन अनुमति दिनुभएन।</verse>
				<verse number="38">उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्‍नुभयो।</verse>
				<verse number="39">भित्र पसेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन खैलाबैला गर्छौ र रुन्‍छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।”</verse>
				<verse number="40">तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्‍नुभयो, र ठिटीका बुबा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो।</verse>
				<verse number="41">अनि ठिटीको हात समातेर उहाँले त्‍यसलाई भन्‍नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्‍दछु, उठ।”</verse>
				<verse number="42">अनि ठिटी तुरुन्‍तै उठी, र हिँड्‌डुल गर्न लागी। त्‍यो बाह्र वर्षकी थिई। अनि त्‍यति नै बेला तिनीहरू आश्‍चर्यचकित भए।</verse>
				<verse number="43">उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस्‌ भन्‍ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्‍नुभयो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">त्‍यहाँबाट निस्‍केर उहाँ आफ्‍नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे।</verse>
				<verse number="2">शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। धेरै जना सुन्‍नेहरूले छक्‍क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्‍तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली?</verse>
				<verse number="3">के यिनी त्‍यही सिकर्मी होइनन्‌ र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन्‌ र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन्‌ र?” अनि तिनीहरू उहाँसँग चिढ़िए।</verse>
				<verse number="4">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नो देश र आफ्‍नो नातादारहरूका बीचमा र आफ्‍नै घरमा बाहेक अन्‍त कहीँ अनादर हुँदैन।”</verse>
				<verse number="5">र उहाँले त्‍यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्‍नुभएन।</verse>
				<verse number="6">तिनीहरूको अविश्‍वास देखेर उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो।</verse>
				<verse number="7">उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्‍माहरूमाथि अधिकार पनि दिनुभयो।</verse>
				<verse number="8">तिनीहरूलाई उहाँले यस्‍तो आज्ञा दिनुभयो: “यात्राको निम्‍ति साथमा केही नबोक्‍नू, न त रोटी, न झोला, न खल्‍तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्‍नू।</verse>
				<verse number="9">जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्‍नू।”</verse>
				<verse number="10">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब कुनै घरमा पसौला, जबसम्‍म त्‍यस गाउँबाट निस्‍कँदैनौ तबसम्‍म त्‍यहीँ नै बस।</verse>
				<verse number="11">यदि कुनै ठाउँमा तिमीहरूको स्‍वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्‍न इन्‍कार गरे भने, त्‍यस ठाउँबाट तिमीहरू निस्‍कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्‍नो पैतालाको धुलो टकटक्‍याइदिनू।”</verse>
				<verse number="12">तब तिनीहरू निस्‍केर गई मानिसहरूले पश्‍चात्ताप गरून्‌ भनी प्रचार गरे।</verse>
				<verse number="13">तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।</verse>
				<verse number="14">हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्‍थे, “बप्‍तिस्‍मा-दिने यूहन्‍ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्‍ता शक्तिका काम भइरहेछन्‌।”</verse>
				<verse number="15">तर अरूहरूले भने, “यिनी एलिया हुन्‌।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्‍तै एक अगमवक्ता हुन्‌।”</verse>
				<verse number="16">तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्‍ना, जसको शिर मैले काट्‌न लगाएँ, त्‍यही बौरिउठेछ।”</verse>
				<verse number="17">किनभने हेरोदले आफ्‍नो भाइ फिलिपकी पत्‍नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्रन लाएर तिनलाई बाँधी झ्‍यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए।</verse>
				<verse number="18">किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्‍नो भाइकी श्रीमती राख्‍नु तपाईंलाई न्‍यायसङ्गत छैन।”</verse>
				<verse number="19">यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्‌।</verse>
				<verse number="20">किनकि यूहन्‍नालाई एक धर्मात्‍मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्‍नाको शिक्षा सुन्‍दा उनी साह्रै विचलित हुन्‍थे, तापनि खुसीसित सुन्‍थे।</verse>
				<verse number="21">तर अनुकूल मौका त्‍यस बेला आयो, जब हेरोदले आफ्‍नो जन्‍मोत्‍सवमा आफ्‍ना उच्‍च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्‍य-मुख्‍य मानिसहरूलाई ठूलो भोज दिए।</verse>
				<verse number="22">किनकि जब हेरोदियासकी आफ्‍नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्‍याई। अनि राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, र म तिमीलाई दिनेछु।”</verse>
				<verse number="23">तिनले शपथ खाएर त्‍यसलाई भने, “तिमी मसँग जे माग्‍छ्यौ म मेरो आधा राज्‍यसम्‍म पनि तिमीलाई दिनेछु।”</verse>
				<verse number="24">अनि त्‍यसले बाहिर निस्‍केर आफ्‍नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर।”</verse>
				<verse number="25">त्‍यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर थालमा दिनुहोस्‌ भन्‍ने म इच्‍छा गर्दछु।”</verse>
				<verse number="26">राजा अत्‍यन्‍तै दुःखित भए, तर उनले आफ्‍नो शपथ र भोजमा बस्‍ने अतिथिहरूका खातिर त्‍यस केटीलाई दिएको वचन तोड्‌न चाहेनन्‌।</verse>
				<verse number="27">राजाले तुरुन्‍तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्‍नाको शिर ल्‍याउने हुकुम दिए। अनि त्‍यसले झ्‍यालखानमा गएर यूहन्‍नाको शिर काट्यो,</verse>
				<verse number="28">र तिनको शिर थालमा ल्‍याएर केटीलाई दियो, र केटीले त्‍यो त्‍यसकी आमालाई दिई।</verse>
				<verse number="29">यूहन्‍नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।</verse>
				<verse number="30">अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे।</verse>
				<verse number="31">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्‍त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्‍यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्‍म पनि फुर्सद थिएन।</verse>
				<verse number="32">अनि उहाँहरू डुङ्गामा सुटुक्‍क एउटा एकान्‍त ठाउँमा जानुभयो।</verse>
				<verse number="33">धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्‍यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।</verse>
				<verse number="34">जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्‍ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्‍नुभयो।</verse>
				<verse number="35">अनि जब दिन धेरै ढल्‍क्‍यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्‍त ठाउँ छ, र अब दिन धेरै ढल्‍किसक्‍यो।</verse>
				<verse number="36">मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्‍ती र गाउँहरूमा गएर आफ्‍ना लागि केही खानेकुरा किनून्‌।”</verse>
				<verse number="37">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?”</verse>
				<verse number="38">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।”</verse>
				<verse number="39">अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्‍ने हुकुम गर्नुभयो।</verse>
				<verse number="40">तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे।</verse>
				<verse number="41">उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्‍नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन्‌ भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो।</verse>
				<verse number="42">अनि सबैले खाए, र तृप्‍त भए।</verse>
				<verse number="43">पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।</verse>
				<verse number="44">रोटी खाने पुरुषहरू पाँच हजार थिए।</verse>
				<verse number="45">अनि उहाँले तुरुन्‍तै आफ्‍ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्‍दा अघि जान अह्राउनुभयो, र त्‍यतिञ्‍जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो।</verse>
				<verse number="46">तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो।</verse>
				<verse number="47">साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="48">चेलाहरूलाई डुङ्गा ख्‍याउन कष्‍ट भइरहेको उहाँले देख्‍नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्‌दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्‍नुहुँदा</verse>
				<verse number="49">तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्‍ठाने, र तिनीहरू चिच्‍च्‍याए।</verse>
				<verse number="50">किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।”</verse>
				<verse number="51">अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्‌नुभयो, र बतास थामिहाल्‍यो। अनि तिनीहरू अत्‍यन्‍त अचम्‍मित भए,</verse>
				<verse number="52">किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो।</verse>
				<verse number="53">समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्‍नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए।</verse>
				<verse number="54">जब उहाँहरू डुङ्गाबाट निस्‍कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले,</verse>
				<verse number="55">र छेउछाउका समस्‍त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्‍छ भनी सुने त्‍यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्‍याउन लागे।</verse>
				<verse number="56">अनि गाउँहरूमा वा सहरहरूमा वा बस्‍तीहरूमा जहाँ-जहाँ उहाँ पस्‍नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्‍त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्‍ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूका चारैतिर भेला भए।</verse>
				<verse number="2">येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात्‌ नधोएको हातले खाएका तिनीहरूले देखे।</verse>
				<verse number="3">फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्‍पराअनुसार हात नधोई भोजन खाँदैनन्‌।</verse>
				<verse number="4">बजारबाट आएपछि स्‍नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्‌। यति मात्र होइन, तिनीहरूले यस्‍ता धेरै अरू परम्‍परा मान्‍दछन्, अर्थात्‌ कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्‍परा।</verse>
				<verse number="5">तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?”</verse>
				<verse number="6">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्‍तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ।</verse>
				<verse number="7">	 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’</verse>
				<verse number="8">तिमीहरू परमेश्‍वरको आज्ञालाई त्‍यागेर मानिसहरूका परम्‍परा मान्‍छौ।”</verse>
				<verse number="9">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ।</verse>
				<verse number="10">किनभने मोशाले भनेका छन्, ‘आफ्‍ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्‍ट कुरा बोल्‍छ त्‍यो मारिनैपर्छ।’</verse>
				<verse number="11">यदि कुनै मानिसले आफ्‍ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्‍नुपर्ने त्‍यो कुर्बान हो,’ (अर्थात्‌ परमेश्‍वरलाई चढ़ाइएको) भन्‍छ भने,</verse>
				<verse number="12">तिमीहरू त्‍यसलाई आफ्‍ना आमा-बुबाको निम्‍ति फेरि केही गर्न दिँदैनौ।</verse>
				<verse number="13">यसरी तिमीहरू आफ्‍नो चलिआएको परम्‍परालाई कायम राखेर परमेश्‍वरको वचनलाई चाहिँ रद्द तुल्‍याउँछौ। अनि यस्‍तै अनेक कामहरू तिमीहरू गर्दछौ।”</verse>
				<verse number="14">उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ।</verse>
				<verse number="15">यस्‍तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्‍यसलाई अशुद्ध पार्न सक्‍छ, तर मानिसबाट बाहिर निस्‍कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।</verse>
				<verse number="16">[ जसको सुन्‍ने कान छ त्‍यसले सुनोस्‌।” ]</verse>
				<verse number="17">मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्‍टान्‍तको विषयमा सोधे।</verse>
				<verse number="18">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्‍छ त्‍यसले उसलाई अशुद्ध पार्न सक्‍दैन भनेर तिमीहरू जान्‍दैनौ?</verse>
				<verse number="19">किनकि त्‍यो उसको हृदयमा होइन, तर पेटभित्र पस्‍तछ, र बाहिर निस्‍किहाल्‍छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)</verse>
				<verse number="20">उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।</verse>
				<verse number="21">किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,</verse>
				<verse number="22">लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।</verse>
				<verse number="23">यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।</verse>
				<verse number="24">त्‍यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्‍नुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍थ्‍यो, तर उहाँ गुप्‍त रहन सक्‍नुभएन।</verse>
				<verse number="25">त्‍यसै बेला एउटी स्‍त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्‍यस स्‍त्रीको छोरीलाई अशुद्ध आत्‍मा लागेको थियो।</verse>
				<verse number="26">त्‍यो सिरियाको फोनिकेमा जन्‍मेकी एउटी ग्रीक स्‍त्री थिई। त्‍यस स्‍त्रीले आफ्‍नी छोरीबाट भूत निकालिदेऊन्‌ भनी उहाँलाई बिन्‍ती गरी।</verse>
				<verse number="27">उहाँले त्‍यसलाई भन्‍नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।”</verse>
				<verse number="28">तर त्‍यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्‍छन्‌।”</verse>
				<verse number="29">उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्‍केर गएको छ।”</verse>
				<verse number="30">त्‍यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्‍यसबाट भूतचाहिँ निस्‍किसकेको थियो।</verse>
				<verse number="31">टुरोसको इलाकाबाट निस्‍केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो।</verse>
				<verse number="32">त्‍यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसमाथि हात राखिदिनोस्‌ भनी उहाँलाई बिन्‍ती गरे।</verse>
				<verse number="33">त्‍यसलाई भीड़बाट अलग्‍गै एकान्‍तमा लगेर येशूले आफ्‍ना औँला त्‍यसका कानमा लगाउनुभयो। त्‍यसपछि थुकेर त्‍यसको जिब्रो छुनुभयो।</verse>
				<verse number="34">अनि स्‍वर्गतिर हेरेर लामो सास लिई त्‍यसलाई भन्‍नुभयो, “इफ्‍फाता,” अर्थात्‌ “खोलिजा।”</verse>
				<verse number="35">त्‍यति नै बेला त्‍यसका कान खोलिए, र त्‍यसको जिब्रोको बन्‍धन फुक्‍यो, र त्‍यो स्‍पष्‍ट बोल्‍न लाग्‍यो।</verse>
				<verse number="36">“यो कसैलाई नभन्‍नू,” भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्‍थ्‍यो, झन्‌ बढ़ी उत्‍साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे।</verse>
				<verse number="37">मानिसहरू आश्‍चर्यले अत्‍यन्‍तै चकित भए, र भन्‍न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्‍ने र गूँगालाई बोल्‍नेसम्‍म पनि तुल्‍याउनुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">ती दिनमा फेरि एउटा ठूलो भीड जम्‍मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,</verse>
				<verse number="2">“यस भीड़लाई म टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, र यिनीहरूसित खानलाई केही छैन।</verse>
				<verse number="3">अनि यदि यिनीहरूलाई भोकै घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्‍छा पर्नेछन्‌। यिनीहरूमध्‍ये कोही-कोही टाढ़ाबाट आएका छन्‌।”</verse>
				<verse number="4">उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्‍थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?”</verse>
				<verse number="5">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा”</verse>
				<verse number="6">उहाँले भीड़लाई भूइँमा बस्‍ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्‍यवाद दिनुभएपछि रोटी भाँच्‍नुभयो, र मानिसहरूका अगि राख्‍न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए।</verse>
				<verse number="7">तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्‍न लाउनुभयो।</verse>
				<verse number="8">अनि मानिसहरूले खाए, र तृप्‍त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।</verse>
				<verse number="9">त्‍यहाँ प्राय: चार हजार मानिसहरू थिए।</verse>
				<verse number="10">उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्‍ना चेलाहरूसँग तुरुन्‍तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो।</verse>
				<verse number="11">फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्‍वर्गबाट एउटा चिन्‍ह मागे।</verse>
				<verse number="12">आफ्‍नो आत्‍मामा लामो सास लिएर उहाँले भन्‍नुभयो, “यस पुस्‍ताले किन चिन्‍ह खोज्‍छ? साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यस पुस्‍तालाई कुनै चिन्‍ह दिइनेछैन।”</verse>
				<verse number="13">अनि तिनीहरूलाई छोडी उहाँ फेरि डुङ्गामा चढ़ेर पारिपट्टि जानुभयो।</verse>
				<verse number="14">चेलाहरूले साथमा रोटी बोक्‍न बिर्सेका थिए, र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो।</verse>
				<verse number="15">येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो, “तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि सतर्क रहो।”</verse>
				<verse number="16">तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्‍नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे।</verse>
				<verse number="17">येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्‍दैनौ वा बुझ्‍दैनौ? के तिमीहरूको मन कठोर भएको छ?</verse>
				<verse number="18">आँखा भए तापनि के तिमीहरू देख्‍दैनौ? कान भए तापनि के तिमीहरू सुन्‍दैनौ? के तिमीहरूलाई याद छैन,</verse>
				<verse number="19">जब मैले पाँच वटा रोटी ती पाँच हजारका बीचमा भाँचेथें, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बाह्र।”</verse>
				<verse number="20">“अनि जब ती सात वटा रोटी चार हजारका बीचमा भाँचेको थिएँ, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई भने, “सात।”</verse>
				<verse number="21">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तब के तिमीहरू अझै बुझ्‍दैनौ?”</verse>
				<verse number="22">त्‍यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्‍धो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसलाई छोइदिनुहोस्‌ भनी उहाँसँग बिन्‍ती गरे।</verse>
				<verse number="23">उहाँले त्‍यस अन्‍धो मानिसको हात समातेर त्‍यसलाई गाउँबाट बाहिर ल्‍याउनुभयो, र त्‍यसका आँखामा थुकेर त्‍यसमाथि आफ्‍ना हात राखी त्‍यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्‍छौ?”</verse>
				<verse number="24">अनि माथितिर हेरेर त्‍यसले भन्‍यो, “म मानिसहरूलाई रूखहरूजस्‍तै हिँड़िरहेका देख्‍छु।”</verse>
				<verse number="25">तब उहाँले फेरि त्‍यसका आँखामा हात राख्‍नुभयो, र त्‍यसले एक टक लाएर हेर्‍यो। त्‍यसले आफ्‍नो दृष्‍टि प्राप्‍त गर्‍यो र सबै थोक छर्लङ्ग देख्‍न लाग्‍यो।</verse>
				<verse number="26">तब उहाँले त्‍यसलाई गाउँतिर नपस्‍ने हुकुम गरी त्‍यसको घरमा पठाउनुभयो।</verse>
				<verse number="27">येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्‍पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई यसो भनेर सोध्‍नुभयो, “मानिसहरूले के भन्‍छन्, म को हुँ?”</verse>
				<verse number="28">तिनीहरूले उहाँलाई भने, “कसैले भन्‍छन्, ‘बप्‍तिस्‍मा-दिने यूहन्‍ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्‍छन्, ‘अगमवक्ताहरूमध्‍ये एक जना’।”</verse>
				<verse number="29">तब उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ।”</verse>
				<verse number="30">उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्‍नू भनी आज्ञा दिनुभयो!</verse>
				<verse number="31">“मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो।</verse>
				<verse number="32">यसरी उहाँले यो कुरा प्रष्‍टै भन्‍नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।</verse>
				<verse number="33">तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ।”</verse>
				<verse number="34">तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌।</verse>
				<verse number="35">किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ।</verse>
				<verse number="36">किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?</verse>
				<verse number="37">अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?</verse>
				<verse number="38">अनि यस व्‍यभिचारी र पापी पुस्‍तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्‍ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्‍यसदेखि शर्माउनेछ।”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिएकाहरूमध्‍ये कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य शक्तिमा आएको नदेखुञ्‍जेल कुनै किसिमले मृत्‍यु चाख्‍नेछैनन्‌।</verse>
				<verse number="2">त्‍यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई उहाँको साथ लिई एउटा उच्‍च पहाड़मा लैजानुभयो। त्‍यहाँ उहाँहरू मात्र हुनुहुन्‍थ्‍यो, अनि तिनीहरूका सामुन्‍ने उहाँको रूप बद्‌लियो।</verse>
				<verse number="3">अनि उहाँका वस्‍त्र उज्‍ज्‍वल र अति सेता भए, यस्‍तो कि पृथ्‍वीमा कसैले पनि धोएर त्‍यतिको सेतो पार्न सक्‍दैन।</verse>
				<verse number="4">त्‍यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए।</verse>
				<verse number="5">पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्‍थान बनाऔं, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।”</verse>
				<verse number="6">तिनीहरू ज्‍यादै डराएको कारणले के भन्‍ने हो सो तिनले जानेनन्‌।</verse>
				<verse number="7">अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्‍यो, र बादलबाट एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।”</verse>
				<verse number="8">अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्‍ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्‌।</verse>
				<verse number="9">उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्‍थान नहोउञ्‍जेल तिनीहरूले जे देखेका थिए त्‍यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो।</verse>
				<verse number="10">तिनीहरूले त्‍यो कुरा आफ्‍नो मनमा राखे, तर मृतकबाट पुनरुत्‍थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे।</verse>
				<verse number="11">अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्‍यवस्‍थाका शास्‍त्रीहरू किन भन्‍छन्‌?”</verse>
				<verse number="12">येशूले भन्‍नुभयो, “निश्‍चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्‍थापना गर्छन्‌। तर मानिसको पुत्रले धेरै कष्‍ट भोगेर अरूबाट तिरस्‍कृत हुनेछ भनी कसरी धर्मशास्‍त्रमा लेखिएको छ त?</verse>
				<verse number="13">तर म तिमीहरूलाई भन्‍दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्‍यो तिनीहरूले त्‍यसै गरे।”</verse>
				<verse number="14">उहाँहरू अरू चेलाहरूकहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्‍त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्‍नुभयो।</verse>
				<verse number="15">जम्‍मै भीड़ले उहाँलाई देख्‍ने बित्तिकै साह्रै आश्‍चर्य माने, र उहाँकहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे।</verse>
				<verse number="16">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू यिनीहरूसँग केको बहस गर्दैछौ?”</verse>
				<verse number="17">भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्‍यू, मेरो छोरालाई गूँगो पार्ने आत्‍मा लागेको छ, र तपाईंकहाँ ल्‍याएको छु।</verse>
				<verse number="18">जब यसले मेरो छोरालाई पक्रन्‍छ, त्‍यसलाई भूइँमा पछार्छ, र त्‍यसले मुखबाट फीँज काढ्‌छ, र त्‍यसले दाह्रा किट्‌न लाग्‍छ, र त्‍यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्‍यो भूतात्‍मा निकालिदेऊन्‌ भनी बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्‌।”</verse>
				<verse number="19">तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला? तिमीहरूलाई कति सहूँ? त्‍यसलाई मकहाँ ल्‍याओ।”</verse>
				<verse number="20">तिनीहरूले त्‍यस केटालाई उहाँकहाँ ल्‍याए। येशूलाई देख्‍ने बित्तिकै त्‍यस आत्‍माले केटालाई लछारपछार पार्‍यो, र त्‍यो भूइँमा पछारिएर फीँज काढ्‌दै लड़ीबड़ी गर्न लाग्‍यो।</verse>
				<verse number="21">उहाँले त्‍यसका बाबुलाई सोध्‍नुभयो, “कहिलेदेखि यसलाई यस्‍तो भएको हो?” तिनले भने, “बाल्‍यकालदेखि नै।</verse>
				<verse number="22">यसलाई नाश गर्न त्‍यस आत्‍माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्‍नुहुन्‍छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्‌।”</verse>
				<verse number="23">येशूले तिनलाई भन्‍नुभयो, “‘तपाईंले सक्‍नुहुन्‍छ!’ भनी के भनेको? विश्‍वास गर्नेको लागि त सबै कुरा सम्‍भव छ।”</verse>
				<verse number="24">तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्‍वास गर्दछु। मेरो अविश्‍वासमा मलाई सहायता गर्नुहोस्‌।”</verse>
				<verse number="25">तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्‍यस अशुद्ध आत्‍मालाई यसो भनेर हप्‍काउनुभयो, “ए गूँगो र बहिरो आत्‍मा, म तँलाई हुकुम गर्दछु, त्‍यसबाट निस्‍केर आइज, र फेरि कहिल्‍यै त्‍यसभित्र नपस्‌।”</verse>
				<verse number="26">अनि चिच्‍च्‍याएर त्‍यस केटालाई साह्रै लछारपछार पारी त्‍यो आत्‍मा निस्‍क्‍यो, र त्‍यो केटो मुर्दासरि भयो, यहाँसम्‍म कि धेरैले त त्‍यो मरेछ भनी ठाने।</verse>
				<verse number="27">तर येशूले त्‍यसको हात समातेर त्‍यसलाई जुरुक्‍क उठाउनुभयो, र त्‍यो उठ्यो।</verse>
				<verse number="28">अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्‍तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्‍यसलाई किन निकाल्‍न सकेनौं?”</verse>
				<verse number="29">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”</verse>
				<verse number="30">अनि त्‍यहाँबाट निस्‍केर उहाँहरू गालील भएर जानुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँको इच्‍छा थियो,</verse>
				<verse number="31">किनकि उहाँले आफ्‍ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिदिइनेछ, र तिनीहरूले उसलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्‌नेछ।”</verse>
				<verse number="32">तर उहाँले भन्‍नुभएको यो कुरा तिनीहरूले बुझेनन्, र उहाँसँग सोध्‍न डराए।</verse>
				<verse number="33">उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?”</verse>
				<verse number="34">तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्‍दा महान्‌ को हो?” भनी आपसमा बहस गरेका थिए।</verse>
				<verse number="35">तब उहाँ बस्‍नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस पहिलो हुने इच्‍छा गर्छ भने, त्‍यो सबैभन्‍दा पछिल्‍लो र सबैको सेवक हुनुपर्छ।”</verse>
				<verse number="36">अनि एक जना सानो बालकलाई लिएर उहाँले त्‍यसलाई तिनीहरूका बीचमा राख्‍नुभयो, र त्‍यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="37">“जसले यस्‍ता साना बालकहरूमध्‍ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्‍यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्‍यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”</verse>
				<verse number="38">यूहन्‍नाले उहाँलाई भने, “गुरुज्‍यू, एक जना मान्‍छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं। हामीले त्‍यसलाई त्‍यसो गर्न मनाही गर्‍यौं, किनकि त्‍यो हामीलाई पछ्याउने मान्‍छे होइन।”</verse>
				<verse number="39">तर येशूले भन्‍नुभयो, “त्‍यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्‍तै मेरो विरुद्धमा खराब बोल्‍नेछैन।</verse>
				<verse number="40">किनकि जो हाम्रो विरुद्धमा छैन, त्‍यो हाम्रो पक्षमा छ।</verse>
				<verse number="41">किनभने जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउनेछैन।</verse>
				<verse number="42">“जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई बाधा देला, त्‍यसको निम्‍ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्‍यसको घिच्रोमा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।</verse>
				<verse number="43">यदि तिम्रो हातले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्‍ने आगोमा जानुभन्‍दा डुँड़ो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [</verse>
				<verse number="44">नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्‍दछ। ]</verse>
				<verse number="45">अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्‍दा त खोरन्‍डो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [</verse>
				<verse number="46">नरकमा न कीराहरू मर्दछन्, न आगो नै निभ्‍दछ। ]</verse>
				<verse number="47">यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्‍दा त एक आँखा भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु तिम्रो निम्‍ति असल हो।</verse>
				<verse number="48">नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्‍दछ।</verse>
				<verse number="49">किनकि प्रत्‍येकलाई आगोले नै नुनिलो पार्छ।</verse>
				<verse number="50">“नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">त्‍यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो।</verse>
				<verse number="2">फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गर्नु न्‍यायसङ्गत छ?</verse>
				<verse number="3">उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्‌?”</verse>
				<verse number="4">तिनीहरूले भने, “एउटा त्‍यागपत्र लेखेर मानिसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गर्न सक्‍छ भनी मोशाले अनुमति दिएका छन्‌।”</verse>
				<verse number="5">तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए।</verse>
				<verse number="6">तर सृष्‍टिको आरम्‍भदेखि परमेश्‍वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।</verse>
				<verse number="7">‘यसैकारण मानिस आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ,</verse>
				<verse number="8">र ती दुई जना एउटै शरीर हुनेछन्‌।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌।</verse>
				<verse number="9">यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्‌।”</verse>
				<verse number="10">घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे।</verse>
				<verse number="11">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गरेर अर्कीसँग विवाह गर्छ, त्‍यसले तिनको विरुद्ध व्‍यभिचार गर्छ।</verse>
				<verse number="12">अनि यदि स्‍त्रीले आफ्‍नो पतिसँग विवाहविच्‍छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्‍यभिचार गर्छे।”</verse>
				<verse number="13">मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन्‌ भन्‍ने उद्देश्‍यले उहाँकहाँ ल्‍याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।</verse>
				<verse number="14">तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्‍य यस्‍तैहरूको हो।</verse>
				<verse number="15">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यलाई एउटा सानो बालकले जस्‍तै ग्रहण गर्दैन, त्‍यो कदापि त्‍यसभित्र पस्‍नेछैन।”</verse>
				<verse number="16">अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्‍नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो।</verse>
				<verse number="17">येशू बाटोमा जाँदैहुनुहुँदा, एक जना मानिस दौड़ेर आई उहाँको अगि घुँड़ा टेक्‍यो, र उहाँलाई सोध्‍यो, “हे असल गुरु, अनन्‍त जीवन प्राप्‍त गर्नलाई मैले के गर्नुपर्छ?”</verse>
				<verse number="18">येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? एकमात्र परमेश्‍वरबाहेक अरू कोही असल छैन।</verse>
				<verse number="19">तिमी आज्ञाहरू त जान्‍दछौ, अर्थात्‌ हत्‍या नगर्नू, व्‍यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्‍नू, आफ्‍ना बुबा र आमालाई आदर गर्नू।”</verse>
				<verse number="20">अनि त्‍यसले उहाँलाई भन्‍यो, “गुरुज्‍यू, यी सबै त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।”</verse>
				<verse number="21">येशूले त्‍यसलाई हेर्नुभयो, र त्‍यसलाई माया गरेर भन्‍नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन्‌ बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्‍वर्गमा सम्‍पत्ति मिल्‍नेछ। अनि आएर मेरो पछि लाग।”</verse>
				<verse number="22">तर यस कुराले त्‍यसको अनुहार उदासिलो भयो, र त्‍यो दुःखित भएर गइहाल्‍यो, किनभने त्‍यससित धेरै धन-सम्‍पत्ति थियो।</verse>
				<verse number="23">अनि वरिपरि हेरेर येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, धनीहरूलाई परमेश्‍वरको राज्‍यमा पस्‍नु कति कठिन छ।”</verse>
				<verse number="24">उहाँले भन्‍नुभएको यस कुरामा चेलाहरूले अचम्‍म माने। तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, धनसम्‍पत्तिमाथि भरोसा राख्‍नेहरूलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नु कति कठिन छ।</verse>
				<verse number="25">धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्‍छ।”</verse>
				<verse number="26">तिनीहरू ज्‍यादै अचम्‍मित भए र उहाँलाई भने, “त्‍यसो भए को बाँच्‍न सक्‍छ?”</verse>
				<verse number="27">येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “मानिसहरूका निम्‍ति त यो असम्‍भव छ, तर परमेश्‍वरको लागि छैन, किनकि परमेश्‍वरको निम्‍ति सबै कुरा सम्‍भव हुन्‍छ।”</verse>
				<verse number="28">पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।”</verse>
				<verse number="29">येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले मेरो निम्‍ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्‍गाजमिन छोड्‌छ,</verse>
				<verse number="30">त्‍यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन।</verse>
				<verse number="31">तर धेरै पहिला हुनेहरू पछिल्‍ला, र पछिल्‍ला हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”</verse>
				<verse number="32">उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो, र येशू तिनीहरूका अगिअगि हिँड़िरहनुभएको थियो। चेलाहरू अचम्‍मित थिए, र अरू पछिपछि आउनेहरू भयभीत थिए। तब उहाँले बाह्रै चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परिआउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो।</verse>
				<verse number="33">उहाँले भन्‍नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं। त्‍यहाँ मानिसको पुत्रलाई मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूकहाँ सुम्‍पिदिइनेछ, र तिनीहरूले उसलाई मृत्‍युदण्‍ड दिनेछन्, र अन्‍यजातिहरूका हातमा सुम्‍पिदिनेछन्‌।</verse>
				<verse number="34">अनि तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्‌ र उसलाई थुक्‍नेछन्, उसलाई कोर्रा लगाउनेछन्‌ र उसलाई मार्नेछन्‌। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्‌नेछ।”</verse>
				<verse number="35">जब्‍दियाका दुई छोराहरू, याकूब र यूहन्‍ना उहाँकहाँ आएर भने, “गुरुज्‍यू, हामी तपाईंसँग जे माग्‍छौं तपाईंले हाम्रा निम्‍ति गरिदिनुहोस्‌ भन्‍ने हाम्रो इच्‍छा छ।”</verse>
				<verse number="36">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूका निम्‍ति म के गरिदिऊँ भन्‍ने तिमीहरूको इच्‍छा छ?”</verse>
				<verse number="37">तिनीहरूले उहाँलाई भने, “तपाईंको महिमामा हामीमध्‍ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्‍न पाउने मन्‍जूरी हामीलाई दिनुहोस्‌।”</verse>
				<verse number="38">तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के माग्‍दछौ सो तिमीहरू जान्‍दैनौ। के जुन कचौरा म पिउँछु, त्‍यो तिमीहरू पिउन सक्‍छौ? अथवा जुन बप्‍तिस्‍मा मैले लिएको छु, त्‍यो बप्‍तिस्‍मा तिमीहरू लिन सक्‍छौ?”</verse>
				<verse number="39">तिनीहरूले उहाँलाई भने, “हामी सक्‍छौं।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “जुन कचौरा म पिउँछु त्‍यो तिमीहरू पिउनेछौ, र जुन बप्‍तिस्‍मा मैले लिएको छु त्‍यो बप्‍तिस्‍मा तिमीहरू लिनेछौ।</verse>
				<verse number="40">तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्‍न दिनुचाहिँ मैले दिने होइन, यो त जस-जसको निम्‍ति तयार भइराखेको छ, तिनीहरूकै निम्‍ति हो।”</verse>
				<verse number="41">यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्‍नासँग रिसाए।</verse>
				<verse number="42">तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्‍दछौ कि अन्‍यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्‍तियार चलाउँछन्‌। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्‌।</verse>
				<verse number="43">तिमीहरूमा चाहिँ त्‍यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्दछ।</verse>
				<verse number="44">अनि तिमीहरूमा जसले पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो सबैको दास हुनैपर्दछ।</verse>
				<verse number="45">किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्‍ति आफ्‍नो प्राण दिन आएको हो।”</verse>
				<verse number="46">त्‍यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्‍ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्‍कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्‍धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो।</verse>
				<verse number="47">जब त्‍यसले उहाँ नासरतका येशू हुनुहुन्‍छ भन्‍ने सुन्‍यो, तब कराएर त्‍यसले भन्‍न लाग्‍यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।”</verse>
				<verse number="48">तब धेरैले त्‍यसलाई चूप लागोस्‌ भनेर हप्‍काए। तर त्‍यो झन्‌ चर्को गरी कराउन लाग्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।”</verse>
				<verse number="49">तब येशू टक्‍क अड़िनुभयो र भन्‍नुभयो, “त्‍यसलाई बोलाओ।” अनि तिनीहरूले त्‍यस अन्‍धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्‍छ।”</verse>
				<verse number="50">अनि आफ्‍नो खास्‍टो फालेर त्‍यो जुरुक्‍क उठ्यो र येशूकहाँ आयो।</verse>
				<verse number="51">येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी के चाहन्‍छौ, म तिम्रो निम्‍ति के गरूँ?” त्‍यस अन्‍धो मानिसले उहाँलाई भन्‍यो, “रब्‍बी, म दृष्‍टि पाऊँ।”</verse>
				<verse number="52">अनि येशूले त्‍यसलाई भन्‍नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्‍तै त्‍यसले दृष्‍टि पायो, र बाटोमा येशूको पछिपछि लाग्‍यो।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्‍ने ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो,</verse>
				<verse number="2">“तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।</verse>
				<verse number="3">कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्‍यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।”</verse>
				<verse number="4">तब तिनीहरू गए, र त्‍यो बछेड़ो खुला गल्‍लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्‍यसलाई फुकाए।</verse>
				<verse number="5">त्‍यहाँ उभिएकाहरूमध्‍ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?”</verse>
				<verse number="6">येशूले तिनीहरूलाई अह्राउनुभएजस्‍तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए।</verse>
				<verse number="7">तिनीहरूले बछेड़ो येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू त्‍यसमाथि राखिदिए, र उहाँ त्‍यसमाथि सवार हुनुभयो।</verse>
				<verse number="8">धेरैले आफ्‍ना वस्‍त्रहरू र अरूहरूले मैदानबाट स्‍याउलाहरू काटेर बाटोमा ओछ्याए।</verse>
				<verse number="9">अनि उहाँको अगि-अगि हिड्‌ने र पछिपछि आउनेहरूले यसो भन्‍दै जय-ध्‍वनि लगाए, “होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ!</verse>
				<verse number="10">धन्‍य होस्, हाम्रा पिता दाऊदको त्‍यो आउने राज्‍य, परमधाममा होसन्‍ना!”</verse>
				<verse number="11">उहाँ यरूशलेममा आएर मन्‍दिरभित्र पस्‍नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।</verse>
				<verse number="12">भोलिपल्‍ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो।</verse>
				<verse number="13">अनि टाढ़ामा पातले भरिएको एउटा अञ्‍जीरको रूख देखेर कतै त्‍यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्‍यहाँ पुग्‍नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्‍यस बेला अञ्‍जीरको फल फल्‍ने समय भएको थिएन।</verse>
				<verse number="14">तब उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्‌।” अनि यो भनेको उहाँका चेलाहरूले सुने।</verse>
				<verse number="15">अनि यरूशलेममा पुग्‍नुभएपछि उहाँ मन्‍दिरभित्र पस्‍नुभयो, अनि मन्‍दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्‍नुभयो र पैसा साट्‌नेका टेबिलहरू र परेवा बेच्‍नेका बस्‍ने ठाउँहरू पल्‍टाइदिनुभयो।</verse>
				<verse number="16">उहाँले कसैलाई कुनै थोक मन्‍दिरबाट लैजान दिनुभएन।</verse>
				<verse number="17">अनि उहाँले शिक्षा दिँदै भन्‍नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्‍ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”</verse>
				<verse number="18">अनि मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्‍न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्‍म मानेका थिए।</verse>
				<verse number="19">साँझ पर्दा उहाँ सहर बाहिर निस्‍केर जानुभयो।</verse>
				<verse number="20">बिहान त्‍यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्‍यस अञ्‍जीरको रूखलाई जरैबाट सुकेको देख्‍नुभयो।</verse>
				<verse number="21">अनि पत्रुसलाई यो सम्‍झना भयो, र तिनले उहाँलाई भने, “रब्‍बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्‍जीरको रूख त सुकेछ।”</verse>
				<verse number="22">येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख।</verse>
				<verse number="23">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="24">यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।</verse>
				<verse number="25">जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।</verse>
				<verse number="26">[ तर क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।” ]</verse>
				<verse number="27">उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्‍दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए।</verse>
				<verse number="28">तिनीहरूले उहाँलाई प्रश्‍न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?”</verse>
				<verse number="29">येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु, र तिमीहरूले त्‍यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍नेछु।</verse>
				<verse number="30">यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।”</verse>
				<verse number="31">तब तिनीहरू यसो भन्‍दै आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ’ भनी तिनले भन्‍नेछन्‌।</verse>
				<verse number="32">‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्‍न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्‍नालाई साँचो अगमवक्ता भनी ठान्‍थे।</verse>
				<verse number="33">तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">उहाँले तिनीहरूलाई दृष्‍टान्‍तहरूमा भन्‍न लाग्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्‍यसको वरिपरि बार लगाए, र कोलको निम्‍ति एउटा खाल्‍डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे।</verse>
				<verse number="2">फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए।</verse>
				<verse number="3">तर तिनीहरूले त्‍यसलाई पक्रेर पिटे र रित्तै हात पठाए।</verse>
				<verse number="4">फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसको टाउकोमा हिर्काए र त्‍यसको बेइज्‍जत गरे।</verse>
				<verse number="5">मालिकले अझै अर्कालाई पठाए, तर त्‍यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे।</verse>
				<verse number="6">“तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्‍दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए।</verse>
				<verse number="7">“तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’</verse>
				<verse number="8">अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्‍याँकिदिए।</verse>
				<verse number="9">“तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।</verse>
				<verse number="10">के तिमीहरूले धर्मशास्‍त्रको यो वचन पढ़ेका छैनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो,</verse>
				<verse number="11">	 यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यमय छ।’</verse>
				<verse number="12">त्‍यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्‍टान्‍त उहाँले तिनीहरूकै विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले।</verse>
				<verse number="13">पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्‍येका कोही व्‍यक्तिहरूलाई उहाँकहाँ पठाए।</verse>
				<verse number="14">तिनीहरू आएर उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं साँचो हुनुहुन्‍छ, र कसैको वास्‍ता गर्नुहुन्‍न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्‍न, तर परमेश्‍वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्‍छ। भन्‍नुहोस्, कैसरलाई कर तिर्नु न्‍यायसङ्गत छ कि छैन?</verse>
				<verse number="15">हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्‍याएर देखाओ।”</verse>
				<verse number="16">तिनीहरूले एउटा सिक्‍का ल्‍याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो तस्‍वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।”</verse>
				<verse number="17">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” तिनीहरूले उहाँसँग अचम्‍म माने।</verse>
				<verse number="18">मृतकबाट पुनरुत्‍थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए, अनि उहाँलाई सोधे,</verse>
				<verse number="19">“गुरुज्‍यू, मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको दाजु मर्‍यो र निस्‍सन्‍तान भएर पत्नीलाई छोडिराख्‍यो भने, उसको भाइले त्‍यस स्‍त्रीलाई लैजानुपर्छ र आफ्‍नो दाजुको निम्‍ति सन्‍तान खड़ा गर्नुपर्छ।”</verse>
				<verse number="20">एउटा परिवारमा सात भाइ थिए। जेठोले एउटी पत्नी ल्‍यायो, अनि त्‍यो मानिस निस्‍सन्‍तान भएर मर्‍यो।</verse>
				<verse number="21">अब माहिला भाइले त्‍यस स्‍त्रीलाई विवाह गर्‍यो, र त्‍यो पनि निस्‍सन्‍तान भएर मर्‍यो। अनि साहिँलाले पनि त्‍यस्‍तै गर्‍यो।</verse>
				<verse number="22">अनि सातै भाइको सन्‍तान भएन। सबैभन्‍दा पछि त्‍यो स्‍त्री पनि मरी।</verse>
				<verse number="23">अब मृतकहरूको पुनरुत्‍थानमा तिनीहरूमध्‍ये त्‍यो कसकी पत्नी हुन्‍छे? किनकि ती सातै जनाले त्‍यसलाई विवाह गरेका थिए।”</verse>
				<verse number="24">येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू भूलमा परेको कारण यही होइन र, कि तिमीहरू न त धर्मशास्‍त्र जान्‍दछौ, न परमेश्‍वरको शक्तिलाई जान्‍दछौ?</verse>
				<verse number="25">किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्‍थान हुन्‍छ, तिनीहरू न त विवाह गर्छन्, न तिनीहरूको विवाह हुन्‍छ, तर तिनीहरू स्‍वर्गमा भएका दूतहरूजस्‍तै हुन्‍छन्‌।</verse>
				<verse number="26">मृतकहरू जीवित भई उठ्‌ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्‍तकमा पढ़ेका छैनौ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्‍डमा परमेश्‍वरले मोशालाई भन्‍नुभयो, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।’</verse>
				<verse number="27">उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जिउँदाहरूका हुनुहुन्‍छ। तिमीहरू एकदमै भूलमा परेका छौ।”</verse>
				<verse number="28">शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो?”</verse>
				<verse number="29">येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।</verse>
				<verse number="30">तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’</verse>
				<verse number="31">दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”</verse>
				<verse number="32">त्‍यस शास्‍त्रीले उहाँलाई भने, “गुरुज्‍यू, तपाईंले ठीक भन्‍नुभयो, परमेश्‍वर एउटै हुनुहुन्‍छ, उहाँबाहेक अर्को कोही छैन।</verse>
				<verse number="33">उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्‍दा उत्तम हो।”</verse>
				<verse number="34">तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्‍यदेखि टाढ़ा छैनौ।” त्‍यस समयदेखि उहाँलाई प्रश्‍न गर्ने कसैको साहस भएन।</verse>
				<verse number="35">अनि मन्‍दिरमा सिकाउनुहुँदा येशूले भन्‍नुभयो, “कसरी ख्रीष्‍ट दाऊदका पुत्र हुन्‌ भनी व्‍यवस्‍थाका शास्‍त्रीहरू भन्‍दछन्‌?</verse>
				<verse number="36">किनकि दाऊद आफैले पवित्र आत्‍माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ।’</verse>
				<verse number="37">जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्‍दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?” अनि त्‍यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्‍यो।</verse>
				<verse number="38">तब शिक्षा दिनुहुँदा येशूले भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्‍त्र लाएर यताउता डुल्‍न र बजारहरूमा अभिवादन पाउन,</verse>
				<verse number="39">तथा सभाघरहरूमा प्रमुख स्‍थान र भोजहरूमा आदरको स्‍थान पाउन रुचाउँछन्‌।</verse>
				<verse number="40">तिनीहरू विधवाहरूका घर लुट्‌छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्‌। यस्‍ता मानिसहरूले अझ बढ़ी दण्‍ड पाउनेछन्‌।”</verse>
				<verse number="41">अनि उहाँ मन्‍दिरको भेटी चढ़ाउने ठाउँको सामुन्‍ने बस्‍नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।</verse>
				<verse number="42">अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्‍का, अर्थात्‌ एक पैसा चढ़ाई।</verse>
				<verse number="43">आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्‍ये यस गरीब विधवाले सबैभन्‍दा बढ़ी चढ़ाई।</verse>
				<verse number="44">किनभने सबैले आफ्‍नो-आफ्‍नो प्रशस्‍तताबाट चढ़ाए, तर यस स्‍त्रीले चाहिँ आफ्‍नो दरिद्रताबाट आफ्‍नो सारा जीविका नै अर्पण गरी।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">जब उहाँ मन्‍दिरबाट निस्‍कँदैहुनुहुन्‍थ्‍यो, तब उहाँका चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्‍यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्‍य भवनहरू।”</verse>
				<verse number="2">येशूले तिनलाई भन्‍नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्‍काइनेछन्‌।”</verse>
				<verse number="3">अनि उहाँ मन्‍दिरको सामुन्‍ने जैतून डाँड़ामा बस्‍नुहुँदा पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियासले उहाँलाई गुप्‍तमा सोधे,</verse>
				<verse number="4">“हामीलाई भन्‍नुहोस्, यी घटनाहरू कहिले हुनेछन्‌? र यी सब कुरा पूरा हुनका निम्‍ति के चिन्‍ह हुनेछ?”</verse>
				<verse number="5">येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।</verse>
				<verse number="6">धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्‍दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्‌।</verse>
				<verse number="7">जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्‍ला सुन्‍नेछौ, तब नडराओ। यस्‍ता घटनाहरू हुनु आवश्‍यक छ। तर अन्‍त्‍यको दिन आउनु अझ बाँकी नै छ।</verse>
				<verse number="8">किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्‍पहरू जानेछन्, अनिकालहरू हुनेछन्‌। योचाहिँ स्‍त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्‍टको आरम्‍भ हो।</verse>
				<verse number="9">“तिमीहरू आफ्‍ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्‍पनेछन्‌। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्‍ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ।</verse>
				<verse number="10">र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ।</verse>
				<verse number="11">जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्‍यसै बेला जे तिमीहरूलाई दिइन्‍छ, त्‍यही बोल, किनकि बोल्‍ने तिमीहरू होइनौ, तर पवित्र आत्‍मा हुनुहुनेछ।</verse>
				<verse number="12">“एउटा भाइले अर्को भाइलाई मृत्‍युको लागि सुम्‍पनेछ, र त्‍यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्‌।</verse>
				<verse number="13">अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ त्‍यसैको उद्धार हुनेछ।</verse>
				<verse number="14">“जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्‍यहीँ उभिएको देख्‍छौ (पढ्‌नेले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।</verse>
				<verse number="15">घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्‍नो घरबाट केही निकाल्‍नलाई भित्र पसोस्‌।</verse>
				<verse number="16">खेतमा हुने आफ्‍नो खास्‍टो लिन पछाडि नफर्कोस्‌।</verse>
				<verse number="17">तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई!</verse>
				<verse number="18">त्‍यो हिउँदमा नहोस्‌ भनी प्रार्थना गर।</verse>
				<verse number="19">किनकि ती दिनहरूमा यस्‍तो महासङ्कष्‍ट आइपर्नेछ कि परमेश्‍वरले गर्नुभएको सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म न त यस्‍तो भएको छ, न कहिल्‍यै हुनेछ।</verse>
				<verse number="20">यदि परमेश्‍वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्‍नेथिएन, तर उहाँले चुन्‍नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ।</verse>
				<verse number="21">त्‍यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌’ वा ‘त्‍यहाँ छन्‌’ भन्‍यो भने, तिमीहरू विश्‍वास नगर।</verse>
				<verse number="22">किनभने झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्‍भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नेछन्‌।</verse>
				<verse number="23">तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु।</verse>
				<verse number="24">“तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,</verse>
				<verse number="25">ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्‌।</verse>
				<verse number="26">अनि त्‍यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्‍नेछन्‌।</verse>
				<verse number="27">तब उसले स्‍वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्‍वीको अन्‍त्‍यदेखि आकाशको अन्‍त्‍यसम्‍म चारै दिशाबाट आफ्‍ना चुनिएकाहरूलाई भेला गर्नेछ।</verse>
				<verse number="28">“अञ्‍जीरको रूखबाट पाठ सिक: त्‍यसको हाँगा कमलो भएर पालुवा हाल्‍ने बित्तिकै ग्रीष्‍म ऋतु नजिक आएछ भन्‍ने तिमीहरू थाहा पाउँछौ।</verse>
				<verse number="29">यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्‍छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्‍ने जान।</verse>
				<verse number="30">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा भई नसकूञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।</verse>
				<verse number="31">स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌।</verse>
				<verse number="32">“तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले।</verse>
				<verse number="33">होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।</verse>
				<verse number="34">यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो।</verse>
				<verse number="35">“यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।</verse>
				<verse number="36">नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।</verse>
				<verse number="37">जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">यसको दुई दिनपछि निस्‍तार र अखमिरी रोटीको चाड थियो। मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्‍ने दाउमा थिए।</verse>
				<verse number="2">किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्‍चिएला।</verse>
				<verse number="3">उहाँ बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा खान बस्‍नुहुँदा एउटी स्‍त्री विशुद्ध जटामसीको बहुमूल्‍य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्‍यो शीशी फुटाएर त्‍यो सुगन्‍धित जटामसीको अत्तर उहाँको शिरमा खन्‍याई।</verse>
				<verse number="4">तर कोही-कोहीले रीस गरेर आपसमा भन्‍न लागे, “यो सुगन्‍धित अत्तर किन यसरी नोक्‍सानी गरेको?</verse>
				<verse number="5">किनकि यो अत्तर तीन सय चाँदीका सिक्‍काभन्‍दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्‍यो पैसा दिन सकिन्‍थ्‍यो।” अनि तिनीहरूले त्‍यस स्‍त्रीलाई झपारे।</verse>
				<verse number="6">तर येशूले भन्‍नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे।</verse>
				<verse number="7">किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन्, र इच्‍छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्‍छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ।</verse>
				<verse number="8">यस स्‍त्रीले जे गर्न सक्‍थी त्‍यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्‍ति अघिबाटै सुगन्‍धित अत्तर घसेर तयार पारेकी छे।</verse>
				<verse number="9">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस स्‍त्रीले जे गरेकी छे यिनको सम्‍झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”</verse>
				<verse number="10">तब बाह्र चेलाहरूमध्‍ये एक जना यहूदा इस्‍करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्‍ति मुख्‍य पूजाहारीहरूकहाँ गयो।</verse>
				<verse number="11">तिनीहरू यो सुनेर खुसी भए, र त्‍यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्‍यसले अनुकूल मौका खोज्‍न लाग्‍यो।</verse>
				<verse number="12">अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्‍तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्‍छा के छ? हामी कहाँ गएर तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज तयार गरौं?”</verse>
				<verse number="13">अनि उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। उसको पछि लाग।</verse>
				<verse number="14">त्‍यो मानिस जहाँ पस्‍ला त्‍यस घरका मालिकलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरा चेलाहरूसँग निस्‍तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’</verse>
				<verse number="15">अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्‍लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तिमीहरूले हाम्रा निम्‍ति भोज तयार गर।”</verse>
				<verse number="16">तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्‍नुभएजस्‍तै भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को भोज तयार गरे।</verse>
				<verse number="17">साँझ हुँदा उहाँ बाह्रै जनासँग आउनुभयो।</verse>
				<verse number="18">उहाँहरू ढल्‍केर खानुहुँदैगर्दा येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये मसँग खाने एक जनाले मलाई धोका दिनेछ।”</verse>
				<verse number="19">तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्‍यो म हुँ?” भनी सोध्‍न लागे।</verse>
				<verse number="20">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाह्रैमध्‍ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ।</verse>
				<verse number="21">किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्‍छ, तर धिक्‍कार त्‍यस व्‍यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्‍छ। त्‍यस मान्‍छेको त जन्‍मै नभएको भए असल हुनेथियो।”</verse>
				<verse number="22">अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्‍नुभयो र तिनीहरूलाई दिँदै भन्‍नुभयो, “लेओ, यो मेरो शरीर हो।”</verse>
				<verse number="23">अनि कचौरा लिएर धन्‍यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्‍यसबाट पिए।</verse>
				<verse number="24">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति बगाइन्‍छ।</verse>
				<verse number="25">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म दाखको रसबाट त्‍यस दिनसम्‍म पिउनेछैनँ, जहिलेसम्‍म परमेश्‍वरको राज्‍यमा त्‍यो नयाँ गरी पिउँदिनँ।”</verse>
				<verse number="26">अनि एउटा भजन गाएर उहाँहरू निस्‍केर जैतून डाँड़ातिर जानुभयो।</verse>
				<verse number="27">येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्‍तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्‌।’</verse>
				<verse number="28">तर म जीवित भई उठेपछि म तिमीहरूभन्‍दा पहिले गालीलमा जानेछु।”</verse>
				<verse number="29">पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्‌नेछैनँ।”</verse>
				<verse number="30">तब येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, आजकै राती भाले दुई पल्‍ट बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।”</verse>
				<verse number="31">तर तिनले झन्‌ जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्‍यसै भने।</verse>
				<verse number="32">त्‍यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गरुञ्‍जेल तिमीहरू यहीँ बस।”</verse>
				<verse number="33">तब उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई साथमा लैजानुभयो, र उहाँ अत्‍यन्‍तै विचलित र ज्‍यादै खिन्‍न हुन लाग्‍नुभयो।</verse>
				<verse number="34">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्‍मा मृत्‍युसम्‍मै शोकले व्‍याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”</verse>
				<verse number="35">अनि अलि पर गएर उहाँ भूइँमा घोप्‍टिनुभयो, र हुन सक्‍छ भने त्‍यो घड़ी उहाँबाट टलोस्‌ भनी प्रार्थना गर्नुभयो।</verse>
				<verse number="36">अनि उहाँले भन्‍नुभयो, “अब्‍बा, पिता, तपाईंको निम्‍ति सबै कुरा सम्‍भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर पनि मैले इच्‍छा गरेजस्‍तो होइन, तपाईंले इच्‍छा गर्नुभएजस्‍तो होस्‌।”</verse>
				<verse number="37">उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्‍टा पनि जागा बस्‍न सकेनौ?</verse>
				<verse number="38">जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”</verse>
				<verse number="39">फेरि गएर उहाँले दोहोर्‍याएर त्‍यही प्रार्थना गर्नुभयो।</verse>
				<verse number="40">फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए, र उहाँलाई के जवाफ दिने हो, सो जानेनन्‌।</verse>
				<verse number="41">उहाँ तेस्रो पल्‍ट आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्‍यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ।</verse>
				<verse number="42">उठ, जाऔं। हेर, मलाई विश्‍वासघात गर्ने नजिकै छ।”</verse>
				<verse number="43">येशू बोल्‍दैहुनुहुँदा बाह्रै चेलाहरूमध्‍येको एक जना यहूदा अचानक त्‍यहाँ देखा पर्‍यो। मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्‍यससँग त्‍यहाँ आयो।</verse>
				<verse number="44">उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यस्‍तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्‍वाइँ खाउँला त्‍यो व्‍यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।”</verse>
				<verse number="45">अनि सोझै येशूकहाँ गएर यहूदाले भन्‍यो, “हे रब्‍बी,” र उहाँलाई म्‍वाइँ खायो।</verse>
				<verse number="46">तब तिनीहरूले येशूलाई समाते र गिरफ्‍तार गरे।</verse>
				<verse number="47">त्‍यहाँ नजिक उभिनेहरूमध्‍ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्‍यो, र त्‍यसको कान च्‍वाट्ट काटिदियो।</verse>
				<verse number="48">येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा डाँकूलाई जस्‍तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ?</verse>
				<verse number="49">दिनदिन मन्‍दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्‍तार गरेनौ। तर धर्मशास्‍त्र पूरा होस्‌।”</verse>
				<verse number="50">अनि सबै चेलाहरू उहाँलाई त्‍यागेर भागे।</verse>
				<verse number="51">आफ्‍नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्‍यो। तिनीहरूले त्‍यस जवानलाई समाते,</verse>
				<verse number="52">तर कपड़ा छोड़ेर त्‍यो नाङ्गै भाग्‍यो।</verse>
				<verse number="53">तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्‍यहाँ सबै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू जम्‍मा भएका थिए।</verse>
				<verse number="54">पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्‍यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्‍न लागे।</verse>
				<verse number="55">अब मुख्‍य पूजाहारी र जम्‍मै महासभाले येशूलाई मार्नको निम्‍ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्‌।</verse>
				<verse number="56">धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन।</verse>
				<verse number="57">कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्‍दै गवाही दिए,</verse>
				<verse number="58">“यसले यसो भनेको हामीले सुन्‍यौं, ‘मानिसको हातले बनाएको यो मन्‍दिर म भत्‍काउनेछु, र हातैविना बनाइएको अर्को मन्‍दिर म तीन दिनमा निर्माण गर्नेछु’।”</verse>
				<verse number="59">तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।</verse>
				<verse number="60">तब प्रधान पूजाहारीले बीचमा खड़ा भएर येशूलाई सोधे, “के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो?”</verse>
				<verse number="61">तर येशू चूप लाग्‍नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्‍यको पुत्र ख्रीष्‍ट होस्‌?”</verse>
				<verse number="62">येशूले भन्‍नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्‍नुहुनेछ।”</verse>
				<verse number="63">तब प्रधान पूजाहारीले आफ्‍नो वस्‍त्र च्‍यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्‍यो र?</verse>
				<verse number="64">तिमीहरूले ईश्‍वर-निन्‍दा त सुनिहाल्‍यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्‍युदण्‍डको योग्‍य ठहराए।</verse>
				<verse number="65">अनि कोही-कोहीले उहाँलाई थुक्‍न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्‍पड़ हानेर भने, “अगमवाणी बोल्‌।” त्‍यसपछि पहरादारले उहाँलाई आफ्‍नो जिम्‍मामा लिए, र उहाँलाई मुक्‍का हाने।</verse>
				<verse number="66">पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्‍ये एक जना त्‍यहाँ आई,</verse>
				<verse number="67">र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।”</verse>
				<verse number="68">तर तिनले यसो भन्‍दै इन्‍कार गरे, “तिमीले के भनेकी त्‍यो न जान्‍दछु न बुझ्‍दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्‍यो।</verse>
				<verse number="69">नोकर्नीले उभिनेहरूसँग फेरि भन्‍न लागी, “यिनी त तिनीहरूमध्‍येका एक हुन्‌।”</verse>
				<verse number="70">तर पत्रुसले फेरि इन्‍कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, “पक्‍कै, तिमी तिनीहरूमध्‍येका एक हौ, किनकि तिमी गालीली हौ।”</verse>
				<verse number="71">तर तिनले आफूलाई धिक्‍कार्दै कसम खाएर भन्‍न लागे, “जसको विषयमा तिमीहरू भन्‍छौ त्‍यस मानिसलाई म चिन्‍दिनँ।”</verse>
				<verse number="72">अनि तुरुन्‍तै दोस्रो पल्‍ट भाले बास्‍यो, र पत्रुसलाई येशूले यसो भन्‍नुभएको कुरा सम्‍झना भयो, “भाले दुई पल्‍ट बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” अनि त्‍यस कुरालाई सम्‍झेर तिनी धुरुधुरु रोए।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">बिहान हुने बित्तिकै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्‍त्रीहरू र जम्‍मै महासभाले आपसमा सल्‍लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्‍पिदिए।</verse>
				<verse number="2">पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="3">मुख्‍य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए।</verse>
				<verse number="4">पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्‌।”</verse>
				<verse number="5">तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्‍म कि पिलातस छक्‍क परे।</verse>
				<verse number="6">निस्‍तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्‍ति पिलातसले छोड्‌ने गर्थे।</verse>
				<verse number="7">विद्रोहको समयमा हत्‍या गर्ने विद्रोहीहरू झ्‍यालखानमा थिए। तीमध्‍ये बारब्‍बा नाउँको एक जना त्‍यहाँ थियो।</verse>
				<verse number="8">भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्‍ति गरिदेऊन्‌ भनी बिन्‍ती गर्न लाग्‍यो।</verse>
				<verse number="9">पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्‍न गरे, “के म तिमीहरूका निम्‍ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?”</verse>
				<verse number="10">किनकि ईर्ष्‍याले गर्दा नै मुख्‍य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्‍पेका हुन्‌ भनी उनलाई थाहा थियो।</verse>
				<verse number="11">तर बरु बारब्‍बालाई तिनीहरूका निम्‍ति उनले छोडिदेऊन्‌ भनेर मुख्‍य पूजाहारीहरूले भीड़लाई सुर्‍याए।</verse>
				<verse number="12">पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्‍यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्‍छौ, उसलाई चाहिँ म के गरूँ त?”</verse>
				<verse number="13">तिनीहरू फेरि चिच्‍च्‍याए, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”</verse>
				<verse number="14">पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन्‌ साह्रो गरी चिच्‍च्‍याएर तिनीहरूले भने, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”</verse>
				<verse number="15">तब पिलातसले भीड़लाई सन्‍तुष्‍ट पार्ने इच्‍छाले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्‍न सुम्‍पिदिए।</verse>
				<verse number="16">सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात्‌ महलभित्र लगे, र जम्‍मै पल्‍टनलाई भेला गराए।</verse>
				<verse number="17">अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्‍त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए,</verse>
				<verse number="18">अनि “यहूदीहरूका राजाको जय” भन्‍दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे।</verse>
				<verse number="19">अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="20">अनि येशूको गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी वस्‍त्र फुकालिदिए, र उहाँका आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नलाई बाहिर लगे।</verse>
				<verse number="21">अनि अलेक्‍जेन्‍डर र रूफसका बुबा, कुरेनी बासिन्‍दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए।</verse>
				<verse number="22">त्‍यसपछि तिनीहरूले येशूलाई गलगथा भन्‍ने ठाउँमा ल्‍याए— गलगथाको अर्थ खोपड़ीको स्‍थान हो।</verse>
				<verse number="23">अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्‍यो ग्रहण गर्नुभएन।</verse>
				<verse number="24">तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्‍चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े।</verse>
				<verse number="25">तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा बिहानको नौ बजेको थियो।</verse>
				<verse number="26">उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्‍ने लेखिएको थियो।</verse>
				<verse number="27">तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि।</verse>
				<verse number="28">[धर्मशास्‍त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”]</verse>
				<verse number="29">त्‍यहाँबाट जाने मानिसहरूले आफ्‍नो मुन्‍टो हल्‍लाउँदै यसो भनेर उहाँलाई गिल्‍ला गरे, “वाह! तँ मन्‍दिर भत्‍काएर तीन दिनमा बनाउने,</verse>
				<verse number="30">क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।”</verse>
				<verse number="31">त्‍यसै गरी मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरूसँग यसो भन्‍दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्‍दैन।</verse>
				<verse number="32">यो इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्‍यो देख्‍नेछौं र विश्‍वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्‍दा गरे।</verse>
				<verse number="33">बाह्र बजेदेखि तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले छोप्‍यो।</verse>
				<verse number="34">तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” — जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”</verse>
				<verse number="35">वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।”</verse>
				<verse number="36">अनि एक जनाले दौड़ेर गई एउटा स्‍पन्‍ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्‍यसलाई झार्न आउँछन्‌ कि।”</verse>
				<verse number="37">तब येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो।</verse>
				<verse number="38">अनि मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍मै दुई भाग भई च्‍यातियो।</verse>
				<verse number="39">येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर उहाँको सामने उभिएका कप्‍तानले भने, “साँच्‍चै नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्‌।”</verse>
				<verse number="40">त्‍यहाँ टाढ़ैबाट हेरिरहने केही स्‍त्रीहरू पनि थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।</verse>
				<verse number="41">उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।</verse>
				<verse number="42">तयारीको दिन, अर्थात्‌ शबाथ-दिनको अघिल्‍लो दिन, साँझ पर्दैथियो।</verse>
				<verse number="43">महासभाका प्रतिष्‍ठित सदस्‍य अरिमाथियाका योसेफ, जसले परमेश्‍वरका राज्‍यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे।</verse>
				<verse number="44">येशू अघि नै मरिसक्‍नुभएको सुन्‍दा पिलातस छक्‍क परे। अनि कप्‍तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्‍यु भएको हो कि होइन भनी सोधपूछ गरे।</verse>
				<verse number="45">उहाँको मृत्‍यु भइसकेको कुरा कप्‍तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए।</verse>
				<verse number="46">अनि योसेफले मलमलका कपड़ा किने, र लाश तल झारेर कपड़ाले बेह्रे, अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्‍यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए।</verse>
				<verse number="47">मरियम मग्‍दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">शबाथ-दिन बितेपछि मरियम मग्‍दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्‍धित द्रव्‍य येशूको शरीरमा घस्‍नलाई किने।</verse>
				<verse number="2">साताको पहिलो दिनमा बिहानै घाम झुल्‍कँदा तिनीहरू चिहानमा गए।</verse>
				<verse number="3">अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्‍ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला?</verse>
				<verse number="4">अनि मास्‍तिर हेर्दा तिनीहरूले चिहानको त्‍यो ढुङ्गा हटाइराखेको देखे। त्‍यो ढुङ्गा खूब ठूलो थियो।</verse>
				<verse number="5">अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्‍त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्‍चर्यचकित भए।</verse>
				<verse number="6">तर उनले तिनीहरूलाई भने, “आश्‍चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्‍दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्‌नुभएको छ। उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर।</verse>
				<verse number="7">जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्‍छ। उहाँले तिमीहरूलाई भन्‍नुभएबमोजिम तिमीहरू उहाँलाई त्‍यहाँ देख्‍नेछौ।”</verse>
				<verse number="8">तिनीहरू निस्‍केर चिहानबाट दौड़े, किनकि डर र आश्‍चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।</verse>
				<verse number="9">[हप्‍ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्‌नुभएपछि उहाँ पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्‍नुभएको थियो।</verse>
				<verse number="10">मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्‌। तिनीहरू विलाप गर्दै रोइरहेका थिए।</verse>
				<verse number="11">तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्‍ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्‍याएनन्‌।</verse>
				<verse number="12">त्‍यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो।</verse>
				<verse number="13">अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्‍वास गरेनन्‌।</verse>
				<verse number="14">पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्‍वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्‍काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेका थिएनन्‌।</verse>
				<verse number="15">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।</verse>
				<verse number="16">विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।</verse>
				<verse number="17">विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्,</verse>
				<verse number="18">तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्‍यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्‍ना हात राख्‍नेछन्‌ र तिनीहरू निको हुनेछन्‌।</verse>
				<verse number="19">तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।</verse>
				<verse number="20">अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्‍हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]</verse>
			</chapter>
		</book>
		<book number="42">
			<chapter number="1">
				<verse number="1">हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्‍नो हातमा लिएका छन्‌।</verse>
				<verse number="2">तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्‍यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्‍पिदिए।</verse>
				<verse number="3">माननीय थियोफिलस, मैले आरम्‍भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्‍ति क्रमैअनुसारको एउटा विवरण लेख्‍न मलाई असल लाग्‍यो,</verse>
				<verse number="4">ताकि तपाईंलाई बताइएका विषयहरूको सत्‍यता तपाईंलाई थाहा होस्‌।</verse>
				<verse number="5">यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो।</verse>
				<verse number="6">ती दुवै परमेश्‍वरको सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्‌थे।</verse>
				<verse number="7">तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो।</verse>
				<verse number="8">जब जकरिया परमेश्‍वरको सामुन्‍ने आफ्‍ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए,</verse>
				<verse number="9">तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्‍दा परमप्रभुको मन्‍दिरभित्र पसेर धूप बाल्‍ने काम जकरियालाई पर्‍यो।</verse>
				<verse number="10">धूप बाल्‍ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो।</verse>
				<verse number="11">परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।</verse>
				<verse number="12">जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए।</verse>
				<verse number="13">तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्‍नी एलीशिबाले तिम्रो निम्‍ति एउटा छोरो जन्‍माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नू।</verse>
				<verse number="14">तिमीलाई रमाहट र आनन्‍द हुनेछ, र धेरै जना तिनको जन्‍ममा रमाउनेछन्‌।</verse>
				<verse number="15">किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्‍यै पिउनेछैनन्, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले भरिपूर्ण हुनेछन्‌।</verse>
				<verse number="16">तिनले इस्राएलका सन्‍तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्‍वरतिर फर्काउनेछन्‌।</verse>
				<verse number="17">बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्‍ति योग्‍य तुल्‍याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्‍मा र शक्तिमा जानेछन्‌।”</verse>
				<verse number="18">तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍ने? म बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।”</verse>
				<verse number="19">स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने उभिरहन्‍छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ।</verse>
				<verse number="20">जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।”</verse>
				<verse number="21">मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्‍दिरमा ढिलो गर्दा चकित भए।</verse>
				<verse number="22">तिनी बाहिर निस्‍केर आउँदा उनीहरूसँग बोल्‍नै सकेनन्‌ र तिनले मन्‍दिरमा दर्शन देखेछन्‌ भन्‍ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे।</verse>
				<verse number="23">तिनको सेवाका दिन समाप्‍त भएपछि तिनी आफ्‍नो घर गए।</verse>
				<verse number="24">यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म लुकेर बसिन्‌ र यसो भनिन्,</verse>
				<verse number="25">“मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”</verse>
				<verse number="26">छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।</verse>
				<verse number="27">तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो।</verse>
				<verse number="28">स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।”</verse>
				<verse number="29">तर तिनी त्‍यस कुराले साह्रै विचलित भइन्, र यो कस्‍तो किसिमको अभिवादन हो भनी मनमा सोच्‍न लागिन्‌।</verse>
				<verse number="30">स्‍वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ।</verse>
				<verse number="31">अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ।</verse>
				<verse number="32">उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।</verse>
				<verse number="33">उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।”</verse>
				<verse number="34">मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।”</verse>
				<verse number="35">स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।</verse>
				<verse number="36">हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌।</verse>
				<verse number="37">किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।”</verse>
				<verse number="38">अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।</verse>
				<verse number="39">ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्,</verse>
				<verse number="40">र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्‌।</verse>
				<verse number="41">जब एलीशिबाले मरियमको अभिवादन सुनिन्‌ तब तिनको गर्भमा बालक उफ्‍र्‍यो, र एलीशिबा पवित्र आत्‍माले भरिपूर्ण भइन्,</verse>
				<verse number="42">र एलीशिबाले चर्को सोरले भनिन्, “स्‍त्रीहरूमा तिमी धन्‍यकी हौ, र तिम्रो गर्भको फल धन्‍यको हो।</verse>
				<verse number="43">ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌।</verse>
				<verse number="44">किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्‍दले उफ्‍र्‍यो।</verse>
				<verse number="45">तिनी धन्‍यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्‍नुभएको कुरा पूरा हुनेछ भनी विश्‍वास गरिन्‌।”</verse>
				<verse number="46">	अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,</verse>
				<verse number="47">र मेरो आत्‍मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ।</verse>
				<verse number="48">	किनकि उहाँले आफ्‍नी दासीको दीनतामा कृपा-दृष्‍टि गर्नुभएको छ, हेर, अब उप्रान्‍त सबै पुस्‍ताले मलाई धन्‍यकी भन्‍नेछन्‌।</verse>
				<verse number="49">किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्‍छ, उहाँले मेरो निम्‍ति महान्‌ काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।</verse>
				<verse number="50">उहाँको भय मान्‍नेहरूमाथि उहाँको कृपा पुस्‍तादेखि पुस्‍तासम्‍म रहनेछ।</verse>
				<verse number="51">उहाँले आफ्‍नो बाहुलीको सामर्थ्‍य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्‍पनामा घमण्‍ड गर्नेहरूलाई छरपष्‍ट पार्नुभएको छ।</verse>
				<verse number="52">	उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्‍नुभएको छ।</verse>
				<verse number="53">भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्‍त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ।</verse>
				<verse number="54">उहाँले आफ्‍नो कृपा स्‍मरण गरेर आफ्‍नो सेवक इस्राएललाई सहायता दिनुभएको छ,</verse>
				<verse number="55">	र हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ, अब्राहाम र उनको भावी सन्‍तानलाई सदाकालको निम्‍ति दया देखाउनुभएको छ।”</verse>
				<verse number="56">मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्‍नो घर फर्किन्‌।</verse>
				<verse number="57">अब एलीशिबाको सुत्‍केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्‍माइन्‌।</verse>
				<verse number="58">परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्‍ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।</verse>
				<verse number="59">आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्‍यसको नाउँ त्‍यसका बाबुको नाउँजस्‍तै जकरिया राख्‍न लागेका थिए,</verse>
				<verse number="60">तर त्‍यसकी आमाले भनिन्, “होइन, त्‍यसको नाउँ यूहन्‍ना राखिनेछ।”</verse>
				<verse number="61">तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्‍तो नाउँ भएको कोही छैन।”</verse>
				<verse number="62">तब तिनीहरूले त्‍यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्‍न चाहन्‍छौ?”</verse>
				<verse number="63">तिनले एउटा लेख्‍ने पाटी मगाएर “त्‍यसको नाउँ यूहन्‍ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्‍क परे।</verse>
				<verse number="64">तुरुन्‍तै तिनको मुख खुल्‍यो र तिनको वाक्‍य फुट्यो र तिनी परमेश्‍वरको प्रशंसा गर्न लागे।</verse>
				<verse number="65">तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्‍मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो।</verse>
				<verse number="66">यी कुरा सुन्‍नेहरू सबैले यो बालक पछि कस्‍तो हुन्‍छ होला भनी आफ्‍ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्‍यसमाथि थियो।</verse>
				<verse number="67">त्‍यसका बुबा जकरिया आत्‍माले भरिएर अगमवाणी बोल्‍न लागे,</verse>
				<verse number="68">“इस्राएलका परमप्रभु, परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्‍ना मानिसहरूलाई उद्धार दिनुभएको छ!</verse>
				<verse number="69">उहाँले हाम्रा निम्‍ति आफ्‍ना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ,</verse>
				<verse number="70">जसरी उहाँले प्राचीन कालदेखि नै आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्‍नुभयो,</verse>
				<verse number="71">कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऔं—</verse>
				<verse number="72">उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्‍नो पवित्र करार स्‍मरण गर्नलाई,</verse>
				<verse number="73">जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,</verse>
				<verse number="74">कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त होऔं, र निर्भयतासाथ</verse>
				<verse number="75">हाम्रा समस्‍त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्‍ने उहाँको सेवा गर्न पाऔं।</verse>
				<verse number="76">	हे बालक, तिमी सर्वोच्‍चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ,</verse>
				<verse number="77">उहाँको जातिलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई,</verse>
				<verse number="78">हाम्रा परमेश्‍वरका कोमल कृपाको कारणले, स्‍वर्गबाट बिहानको ज्‍योति हामीमाथि पर्नेछ,</verse>
				<verse number="79">	र अन्‍धकार र मृत्‍युको छायामा बस्‍नेहरूलाई ज्‍योति मिल्‍नेछ, र हाम्रा पाउ शान्‍तिको बाटोतिर डोर्‍याइनेछन्‌।”</verse>
				<verse number="80">अनि बालक यूहन्‍ना बढ्‌दै र आत्‍मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्‍जेल तिनी उजाड-स्‍थानमा नै बसे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे।</verse>
				<verse number="2">कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो।</verse>
				<verse number="3">सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए।</verse>
				<verse number="4">योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए।</verse>
				<verse number="5">नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌।</verse>
				<verse number="6">तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो।</verse>
				<verse number="7">तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।</verse>
				<verse number="8">त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे।</verse>
				<verse number="9">प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए।</verse>
				<verse number="10">तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ।</verse>
				<verse number="11">आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।</verse>
				<verse number="12">तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”</verse>
				<verse number="13">तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,</verse>
				<verse number="14">“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!”</verse>
				<verse number="15">जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्‍वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।”</verse>
				<verse number="16">तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए।</verse>
				<verse number="17">जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए।</verse>
				<verse number="18">गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए।</verse>
				<verse number="19">तर मरियमले यी सब कुरा गुन्‍दै मनैमा राखिन्‌।</verse>
				<verse number="20">जस्‍तो तिनीहरूलाई भनिएको थियो त्‍यस्‍तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्‍वरको महिमा र स्‍तुति गर्दै गोठालाहरू फर्के।</verse>
				<verse number="21">आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्‍वर्गदूतले दिएका थिए।</verse>
				<verse number="22">मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए,</verse>
				<verse number="23">जस्‍तो परमप्रभुको व्‍यवस्‍थामा लेखिएको छ, “पहिलो जन्‍मने हरेक जेठोचाहिँ परमप्रभुको निम्‍ति पवित्र कहलाइनेछ।”</verse>
				<verse number="24">अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्‍यवस्‍थामा भनेजस्‍तै तिनीहरू बलिदान चढ़ाउन आए।</verse>
				<verse number="25">यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="26">“परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए।</verse>
				<verse number="27">उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए,</verse>
				<verse number="28">तब उनले उहाँलाई आफ्‍नो काखमा लिए, र परमेश्‍वरलाई धन्‍यवाद दिएर भने,</verse>
				<verse number="29">“अब हे परमप्रभु, आफ्‍नो वचनअनुसार तपाईंले आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस्‌।</verse>
				<verse number="30">किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्,</verse>
				<verse number="31">जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ,</verse>
				<verse number="32">	अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।”</verse>
				<verse number="33">अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे।</verse>
				<verse number="34">शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ,</verse>
				<verse number="35">ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।”</verse>
				<verse number="36">आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌।</verse>
				<verse number="37">अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌।</verse>
				<verse number="38">त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌।</verse>
				<verse number="39">जब तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्‍नै सहर नासरतमा फर्के।</verse>
				<verse number="40">बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।</verse>
				<verse number="41">उहाँका आमा-बुबा निस्‍तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे।</verse>
				<verse number="42">जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो।</verse>
				<verse number="43">चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌।</verse>
				<verse number="44">उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे,</verse>
				<verse number="45">तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्‍दै फेरि यरूशलेममा फर्के।</verse>
				<verse number="46">तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए।</verse>
				<verse number="47">सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे।</verse>
				<verse number="48">उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”</verse>
				<verse number="49">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?”</verse>
				<verse number="50">तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌।</verse>
				<verse number="51">तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌</verse>
				<verse number="52">अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए।</verse>
				<verse number="2">हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।</verse>
				<verse number="3">तिनी पाप-क्षमाको निम्‍ति पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए।</verse>
				<verse number="4">यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।</verse>
				<verse number="5">हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्‍ठेरा बाटाहरू सम्‍म हुनेछन्,</verse>
				<verse number="6">र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।”</verse>
				<verse number="7">यसकारण तिनीसँग बप्‍तिस्‍मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्‍चा हो, आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो?</verse>
				<verse number="8">यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्‍नपछि नलाग, किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।</verse>
				<verse number="9">अहिले बन्‍चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।”</verse>
				<verse number="10">मानिसहरूले यूहन्‍नालाई सोधे, “त्‍यसो भए हामीले के गर्ने?”</verse>
				<verse number="11">तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्‍यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्‍यसले पनि त्‍यसै गरोस्‌।”</verse>
				<verse number="12">कर उठाउनेहरू पनि बप्‍तिस्‍मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्‍यू, हामीले के गर्ने?”</verse>
				<verse number="13">तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।”</verse>
				<verse number="14">सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्‍याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्‍ना तनखामा सन्‍तुष्‍ट रहो।”</verse>
				<verse number="15">जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्‍ना मनमा यूहन्‍नाको विषयमा शायद यिनी नै ख्रीष्‍ट हुन्‌ कि भनी विचार गरिरहेका थिए,</verse>
				<verse number="16">तब यूहन्‍नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर एक जना मभन्‍दा शक्तिशाली आउँदैहुनुहुन्‍छ, जसका जुत्ताको फित्ता खोल्‍ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ।</verse>
				<verse number="17">निफन्‍ने नाङ्‌लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्‍नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्‍नो धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”</verse>
				<verse number="18">यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।</verse>
				<verse number="19">तर शासक हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्‍कर्मका निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए।</verse>
				<verse number="20">यूहन्‍नालाई झ्‍यालखानमा थुनेर तिनले ती सबै दुष्‍कर्महरूमाथि अझ एउटा दुष्‍कर्म थपे।</verse>
				<verse number="21">जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो,</verse>
				<verse number="22">र पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”</verse>
				<verse number="23">येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे। योसेफ एलीका छोरा थिए,</verse>
				<verse number="24">एली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्‍कीका छोरा, मल्‍की यान्‍नाका छोरा, यान्‍ना योसेफका छोरा,</verse>
				<verse number="25">योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्‍गैका छोरा,</verse>
				<verse number="26">नग्‍गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,</verse>
				<verse number="27">योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,</verse>
				<verse number="28">नेरी मल्‍कीका छोरा, मल्‍की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्‌का छोरा,</verse>
				<verse number="29">एर्‌ यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा,</verse>
				<verse number="30">लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्‍याकीमका छोरा,</verse>
				<verse number="31">एल्‍याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथाका नातानका छोरा, नातान दाऊदका छोरा,</verse>
				<verse number="32">दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा,</verse>
				<verse number="33">नहशोन अम्‍मीनादाबका छोरा, अम्‍मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,</verse>
				<verse number="34">यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,</verse>
				<verse number="35">नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,</verse>
				<verse number="36">शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा,</verse>
				<verse number="37">लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,</verse>
				<verse number="38">केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्‍वरका छोरा थिए।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">येशू पवित्र आत्‍माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्‍माले उहाँलाई उजाड-स्‍थानमा लैजानुभयो</verse>
				<verse number="2">र चालीस दिनसम्‍म उजाड-स्‍थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्‍त भएपछि उहाँ भोकाउनुभयो।</verse>
				<verse number="3">तब दियाबलसले उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्‍यो रोटी बनोस्‌।”</verse>
				<verse number="4">येशूले त्‍यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।”</verse>
				<verse number="5">त्‍यसले उहाँलाई एउटा उच्‍च स्‍थानमा लगेर एकै क्षणमा जगत्‌का सबै राज्‍यहरू देखायो।</verse>
				<verse number="6">दियाबलसले उहाँलाई भन्‍यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्‍पिएका छन्, र म जसलाई इच्‍छा गर्दछु, त्‍यसलाई दिँदछु।</verse>
				<verse number="7">तपाईंले मलाई दण्‍डवत्‌ गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्‌।”</verse>
				<verse number="8">येशूले त्‍यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”</verse>
				<verse number="9">तब त्‍यसले उहाँलाई यरूशलेममा लगेर मन्‍दिरको टुप्‍पामा राख्‍यो, र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यहाँबाट हामफाल्‍नुहोस्‌।</verse>
				<verse number="10">किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्‍ना स्‍वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’</verse>
				<verse number="11">	र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”</verse>
				<verse number="12">येशूले त्‍यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”</verse>
				<verse number="13">दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्‍म उहाँलाई छोड़ेर गयो।</verse>
				<verse number="14">येशू पवित्र आत्‍माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो।</verse>
				<verse number="15">उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे।</verse>
				<verse number="16">उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्‍नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्‌नलाई खड़ा हुनुभयो।</verse>
				<verse number="17">उहाँलाई यशैया अगमवक्ताको पुस्‍तक दिइयो। उहाँले त्‍यो पुस्‍तक खोल्‍नुभयो, र यो कुरो लेखिएको खण्‍ड निकाल्‍नुभयो:</verse>
				<verse number="18">	 “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति,</verse>
				<verse number="19">	 र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।”</verse>
				<verse number="20">उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो।</verse>
				<verse number="21">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज धर्मशास्‍त्रको यो वचन तिमीहरूले सुन्‍दासुन्‍दै पूरा भएको छ।”</verse>
				<verse number="22">सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्‍केका कृपापूर्ण वचनमा छक्‍क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन्‌ र?”</verse>
				<verse number="23">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “नि:सन्‍देह, तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्‍नो सहरमा पनि गर’।”</verse>
				<verse number="24">अनि उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्‍नो देशमा स्‍वागत हुँदैन।</verse>
				<verse number="25">तर वास्‍तवमा म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए, त्‍यस बेला जब साढ़े तीन वर्ष वृष्‍टि रोकियो, यहाँसम्‍म कि सारा देशमा ठूलो अनिकाल परेको थियो।</verse>
				<verse number="26">तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरू कसैकहाँ पठाइएनन्‌।</verse>
				<verse number="27">एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्‌।”</verse>
				<verse number="28">यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए।</verse>
				<verse number="29">तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्‍यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे।</verse>
				<verse number="30">तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्‍किजानुभयो।</verse>
				<verse number="31">उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="32">तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो।</verse>
				<verse number="33">सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो,</verse>
				<verse number="34">“हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्‍ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”</verse>
				<verse number="35">अनि येशूले त्‍यसलाई हकारेर भन्‍नुभयो, “चूप लाग्, र त्‍यसबाट निस्‍किजा।” त्‍यस मानिसलाई बीचमा पछारेर त्‍यसलाई केही हानि नगरिकन त्‍यो भूतात्‍मा त्‍यसबाट निस्‍केर गयो।</verse>
				<verse number="36">तब तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, “यो कस्‍तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्‍माहरूलाई आज्ञा गर्दछन्, र ती निस्‍किजान्‍छन्‌।”</verse>
				<verse number="37">उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो।</verse>
				<verse number="38">सभाघरबाट निस्‍केर उहाँ सिमोनको घरमा पस्‍नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्‍ति उहाँसँग बिन्‍ती गरे।</verse>
				<verse number="39">तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्‍यो, र तुरुन्‍तै उठेर तिनले उहाँहरूको सेवा गरिन्‌।</verse>
				<verse number="40">अब घाम अस्‍ताउन लाग्‍दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरू हरेकमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो।</verse>
				<verse number="41">धेरै मानिसहरूबाट भूतहरू पनि चिच्‍च्‍याउँदै र यसो भन्‍दै निस्‍के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्‍न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी चिन्‍थे।</verse>
				<verse number="42">बिहान उज्‍यालो भएपछि उहाँ निस्‍केर एकान्‍त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्‍दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्‌” भनी उहाँलाई रोक्‍ने प्रयत्‍न गरे।</verse>
				<verse number="43">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले परमेश्‍वरका राज्‍यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्‍ति पठाइएको हुँ।”</verse>
				<verse number="44">अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्‍नुभयो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">मानिसहरू परमेश्‍वरको वचन सुन्‍न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो।</verse>
				<verse number="2">उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्‍नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्‍ना जालहरू धोइरहेका थिए।</verse>
				<verse number="3">ती दुईमध्‍ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्‍यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्‍नुभयो।</verse>
				<verse number="4">बोलिसक्‍नुभएपछि, उहाँले सिमोनलाई भन्‍नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्‍ना जाल हान।”</verse>
				<verse number="5">तर सिमोनले भने, ‘गुरुज्‍यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्‍नेछु।”</verse>
				<verse number="6">अनि जब त्‍यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्‌न लागे।</verse>
				<verse number="7">तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्‍म कि डुङ्गाहरू डुब्‍न लागे।</verse>
				<verse number="8">तब यो देखेर येशूको पाउमा घोप्‍टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।”</verse>
				<verse number="9">यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्‍म माने।</verse>
				<verse number="10">त्‍यसै गरी जब्‍दियाका छोराहरू याकूब र यूहन्‍ना पनि छक्‍क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अब उप्रान्‍त तिमीले मानिसहरूलाई पक्रनेछौ।”</verse>
				<verse number="11">अनि जब तिनीहरूले आफ्‍ना डुङ्गाहरू पाखामा ल्‍याए, तिनीहरूले सबै थोक त्‍यागे, र उहाँको पछि लागे।</verse>
				<verse number="12">जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो, तब कुष्‍ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्‍टो परी बिन्‍ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।”</verse>
				<verse number="13">उहाँले हात पसारेर “म इच्‍छा गर्दछु, तिमी निको होइजाऊ” भन्‍दै त्‍यसलाई छुनुभयो, र तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हटिहाल्‍यो।</verse>
				<verse number="14">उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढ़ाऊ।”</verse>
				<verse number="15">तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्‍न र आफ्‍ना-आफ्‍ना रोगहरूबाट निको हुन जम्‍मा हुन्‍थे।</verse>
				<verse number="16">तर येशूचाहिँ निर्जन स्‍थानहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।</verse>
				<verse number="17">एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।</verse>
				<verse number="18">मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्‍याए, र तिनीहरूले त्‍यसलाई भित्र ल्‍याउन र उहाँको अगाडि राखिदिन खोजे।</verse>
				<verse number="19">तर भीड़ले गर्दा त्‍यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्‍यसलाई खाटैसमेत येशूको सामुन्‍ने ओरालिदिए।</verse>
				<verse number="20">अनि उहाँले तिनीहरूको विश्‍वास देखेर भन्‍नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”</verse>
				<verse number="21">तब शास्‍त्रीहरू र फरिसीहरूले प्रश्‍न गर्न लागे, “ईश्‍वर-निन्‍दा गर्ने यो को हो? पाप त परमेश्‍वरले मात्र क्षमा गर्न सक्‍नुहुन्‍छ।”</verse>
				<verse number="22">तर येशूले तिनीहरूको प्रश्‍न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्‍ना हृदयमा किन प्रश्‍न गर्दछौ?</verse>
				<verse number="23">‘तिम्रा पाप क्षमा भयो’ भन्‍नु कि ‘उठेर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ?</verse>
				<verse number="24">तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने तिमीहरू जान। त्‍यसपछि उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, उठ र आफ्‍नो खाट उठाएर घर जाऊ।”</verse>
				<verse number="25">अनि त्‍यो तुरुन्‍तै तिनीहरूकै सामुन्‍ने उठ्यो, र जुन खाटमा त्‍यो पड़िरहेको थियो सो उठाएर परमेश्‍वरको महिमा गर्दै त्‍यो आफ्‍नो घरतिर लाग्‍यो।</verse>
				<verse number="26">तब सबै जना आश्‍चर्यमा परे, र तिनीहरूले परमेश्‍वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्‍यौं।”</verse>
				<verse number="27">अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”</verse>
				<verse number="28">तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे।</verse>
				<verse number="29">लेवीले आफ्‍नो घरमा उहाँको निम्‍ति ठूलो भोजको आयोजन गरे। त्‍यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्‍यामा उहाँहरूसँग भोजमा बसेका थिए।</verse>
				<verse number="30">फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?”</verse>
				<verse number="31">तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र।</verse>
				<verse number="32">म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्‍ति बोलाउन आएको हुँ।”</verse>
				<verse number="33">तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू बारम्‍बार उपवास बस्‍तछन्‌ र प्रार्थना गर्दछन्‌। फरिसीहरूका चेलाहरू पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्‍छन्‌ र पिउँछन्‌।”</verse>
				<verse number="34">येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा साथमा छउञ्‍जेल जन्‍तीहरूलाई उपवास बस्‍न लाउन सक्‍छौ?</verse>
				<verse number="35">तर यस्‍ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्‌। तब तिनीहरू ती दिनमा उपवास बस्‍नेछन्‌।”</verse>
				<verse number="36">उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “कुनै मानिसले नयाँ वस्‍त्रको टालो पुरानो वस्‍त्रमा टाल्‍दैन, नत्रता त्‍यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्‍दैन पनि।</verse>
				<verse number="37">कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता नयाँ मद्यले छाला फाट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक पनि नष्‍ट हुन्‍छ।</verse>
				<verse number="38">नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्‍नुपर्दछ।</verse>
				<verse number="39">कुनै मानिसले पुरानो दाखमद्य पिएर नयाँको चाह गर्दैन, किनकि त्‍यसले भन्‍छ, ‘पुरानै असल छ’।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">शबाथ-दिनमा उहाँ अन्‍नको खेतबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्‌दै खान लागे।</verse>
				<verse number="2">तर फरिसीहरूमध्‍ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्‍यो तिमीहरू किन गर्दछौ?”</verse>
				<verse number="3">येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे?</verse>
				<verse number="4">कसरी परमेश्‍वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।”</verse>
				<verse number="5">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।”</verse>
				<verse number="6">अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्‍यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो।</verse>
				<verse number="7">उहाँले शबाथमा निको पार्ने काम गरेको खण्‍डमा उहाँलाई दोष लगाउने नियतले शास्‍त्री र फरिसीहरू उहाँको चेवामा थिए।</verse>
				<verse number="8">तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्‍यो उठ्यो, र खड़ा भयो।</verse>
				<verse number="9">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्‍छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?”</verse>
				<verse number="10">अनि उहाँले सबैलाई चारैतिर हेरेर त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले त्‍यसै गर्‍यो, र त्‍यसको हात सद्दे भइहाल्‍यो।</verse>
				<verse number="11">तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।</verse>
				<verse number="12">ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्‍वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।</verse>
				<verse number="13">बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो:</verse>
				<verse number="14">सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ,</verse>
				<verse number="15">मत्ती र थोमा, अल्‍फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्‍थी भनिन्‍थे,</verse>
				<verse number="16">याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत, जो विश्‍वासघाती भए।</verse>
				<verse number="17">उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्‍गामा खड़ा हुनुभयो। उहाँका शिष्‍यहरूको एउटा ठूलो भीड, र समस्‍त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड</verse>
				<verse number="18">उहाँका वचन सुन्‍नलाई र आ-आफ्‍ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्‍माहरूबाट पीडितहरू पनि निको भए।</verse>
				<verse number="19">सारा भीड़ले उहाँलाई छुन खोज्‍दथियो, किनकि शक्ति उहाँबाट निस्‍किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।</verse>
				<verse number="20">तब उहाँले आफ्‍ना चेलाहरूमाथि नजर उचालेर भन्‍नुभयो: “धन्‍य तिमी, दीन हुनेहरू, किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।</verse>
				<verse number="21">	 धन्‍य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्‍त हुनेछौ। धन्‍य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्‍नेछौ।</verse>
				<verse number="22">	 धन्‍य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्‍कार गर्नेछन्, र गिल्‍ला गर्नेछन्, र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्‌।</verse>
				<verse number="23">“त्‍यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्‍यसै गरेथे।</verse>
				<verse number="24">	 “तर धिक्‍कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्‍नो सुख-चैन पाइसकेका छौ।</verse>
				<verse number="25">	 धिक्‍कार, तिमी अहिले तृप्‍त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्‍कार, तिमी अहिले हाँस्‍नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ।</verse>
				<verse number="26">	 धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे।</verse>
				<verse number="27">“तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,</verse>
				<verse number="28">सराप्‍नेहरूलाई आशीर्वाद देओ, दुर्व्‍यवहार गर्नेहरूका निम्‍ति प्रार्थना गर।</verse>
				<verse number="29">तिमीलाई एक गालामा चड्‌काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्‍टो खोस्‍नेलाई तिम्रो दौरा पनि लान देओ।</verse>
				<verse number="30">तिमीसित माग्‍ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग।</verse>
				<verse number="31">जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।</verse>
				<verse number="32">“तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्‌।</verse>
				<verse number="33">तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्‍यसै गर्दछन्‌।</verse>
				<verse number="34">यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्‍छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्‍छन्‌।</verse>
				<verse number="35">तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ।</verse>
				<verse number="36">तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।</verse>
				<verse number="37">“अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।</verse>
				<verse number="38">देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”</verse>
				<verse number="39">अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र?</verse>
				<verse number="40">चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ।</verse>
				<verse number="41">“आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?</verse>
				<verse number="42">तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ।</verse>
				<verse number="43">“कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ।</verse>
				<verse number="44">हरेक रूख त्‍यसको फलैबाट चिनिन्‍छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्‍जीर बटुल्‍दैन, न त पोथ्राबाट अंगूर बटुल्‍दछ।</verse>
				<verse number="45">असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ।</verse>
				<verse number="46">“मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ?</verse>
				<verse number="47">जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।</verse>
				<verse number="48">त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।</verse>
				<verse number="49">तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">आफ्‍ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो।</verse>
				<verse number="2">कुनै एक जना कप्‍तानको एक जना प्‍यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो।</verse>
				<verse number="3">जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस्‌ भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्‍ती गर्न पठाए।</verse>
				<verse number="4">तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्‍ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्‍यका छन्,</verse>
				<verse number="5">किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्‌।”</verse>
				<verse number="6">येशू तिनीहरूसाथ जानुभयो। कप्‍तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्‍तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ,</verse>
				<verse number="7">मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्‍यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ।</verse>
				<verse number="8">किनकि म पनि अख्‍तियारमुनि बस्‍ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एउटालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यो गर्‌’ भन्‍छु, अनि त्‍यसले गर्छ।”</verse>
				<verse number="9">यो कुरा सुनेर येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, मैले इस्राएलमा पनि यस्‍तो ठूलो विश्‍वास देखेको छैनँ।”</verse>
				<verse number="10">जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्‍यस कमारालाई निको भएको भेट्टाए।</verse>
				<verse number="11">भोलिपल्‍ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।</verse>
				<verse number="12">जब उहाँ सहरको ढोका नजिक पुग्‍नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।</verse>
				<verse number="13">जब प्रभुले तिनलाई देख्‍नुभयो, तब तिनलाई टिठ्याएर भन्‍नुभयो, “नरोऊ।”</verse>
				<verse number="14">अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्‍नेहरू टक्‍क अड़िए। उहाँले भन्‍नुभयो, “ए युवक, म तिमीलाई भन्‍दछु, ‘उठ’।”</verse>
				<verse number="15">तब मृत मानिस उठेर बस्‍यो, र बोल्‍न लाग्‍यो। येशूले त्‍यसलाई आमाको जिम्‍मा लगाउनुभयो।</verse>
				<verse number="16">तब सबै भयभीत भए, र परमेश्‍वरको महिमा गरे, र भने, “एक जना महान्‌ अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्‍वरले आफ्‍नो प्रजामाथि कृपा गर्नुभएको छ।”</verse>
				<verse number="17">उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्‍त जिल्‍लाहरूमा फिँजियो।</verse>
				<verse number="18">यूहन्‍नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए।</verse>
				<verse number="19">आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यूहन्‍नाले प्रभुकहाँ यो सोध्‍न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”</verse>
				<verse number="20">जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई यो सोध्‍न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”</verse>
				<verse number="21">त्‍यसै बेला येशूले धेरैलाई रोग, व्‍यथा र दुष्‍टात्‍माहरूबाट छुटाउनुभयो, र धेरै अन्‍धाहरूलाई दृष्‍टि प्रदान गर्नुभयो।</verse>
				<verse number="22">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, र जे तिमीहरूले देख्‍यौ र सुन्‍यौ, गएर यूहन्‍नालाई भनिदेओ, अर्थात्‌ अन्‍धाहरूले दृष्‍टि पाउँछन्, लङ्गड़ाहरू हिँड्‌छन्, कुष्‍ठरोगीहरू निको हुन्‍छन्, बहिराहरू सुन्‍छन्, मृतकहरू जीवित भई उठ्‌छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्‍छ।</verse>
				<verse number="23">त्‍यो धन्‍य हो, जसले ममा बाधाको कारण पाउँदैन।”</verse>
				<verse number="24">यूहन्‍नाले पठाएका चेलाहरू फर्केपछि, उहाँले यूहन्‍नाको बारेमा भीड़लाई भन्‍न लाग्‍नुभयो: “तिमीहरू उजाड-स्‍थानमा के हेर्न गयौ? के बतासले हल्‍लाइराखेको निगालोलाई?</verse>
				<verse number="25">तब तिमीहरू के हेर्न निस्‍क्‍यौ? के असल वस्‍त्र पहिरिएको मानिसलाई हेर्न? हेर, चमकदार वस्‍त्र पहिरिने र विलासितामा बस्‍नेहरू त राजदरबारहरूमा हुन्‍छन्‌।</verse>
				<verse number="26">तर तिमीहरू के हेर्न निस्‍क्‍यौ? के अगमवक्तालाई? हो, म भन्‍दछु, तिमीहरूले अगमवक्ताभन्‍दा पनि श्रेष्‍ठलाई देख्‍यौ।</verse>
				<verse number="27">यी तिनै हुन्, जसका विषयमा लेखिएको छ, ‘हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो अगि तिम्रो मार्ग तयार गर्नेछ।’</verse>
				<verse number="28">म तिमीहरूलाई भन्‍दछु, ‘स्‍त्रीहरूबाट जन्‍मेकामध्‍ये यूहन्‍नाभन्‍दा महान्‌ कोही छैन, तापनि जो परमेश्‍वरको राज्‍यमा सानोभन्‍दा सानो छ, त्‍यो तिनीभन्‍दा अझ महान्‌ हुन्‍छ’।”</verse>
				<verse number="29">अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्‍वरको सत्‍यतालाई स्‍वीकार गरे, किनकि तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए।</verse>
				<verse number="30">तर फरिसीहरू र व्‍यवस्‍थाका पण्‍डितहरूले चाहिँ यूहन्‍नाबाट बप्‍तिस्‍मा नलिएको कारणले, परमेश्‍वरको अभिप्रायलाई आफ्‍नो निम्‍ति अस्‍वीकार गरे।</verse>
				<verse number="31">येशूले भन्‍नुभयो, “यस पुस्‍ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्‍ता छन्‌?</verse>
				<verse number="32">तिनीहरू त बजारमा बस्‍ने बालकहरूजस्‍ता छन्, जसले एक-अर्कालाई यसो भन्‍दै हपार्दछन्, ‘हामीले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, र तिमीहरू नाचेनौ। हामीले बिलौना गर्‍यौं, र तिमीहरू रोएनौ।’</verse>
				<verse number="33">बप्‍तिस्‍मा-दिने यूहन्‍ना आए, अनि तिनले न त रोटी खान्‍थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्‍दछौ।</verse>
				<verse number="34">मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्‍दछौ, ‘हेर, एउटा घिचुवा र पियक्‍कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’</verse>
				<verse number="35">बुद्धि ठीक हो भन्‍ने कुरा बुद्धिअनुसार हिँड्‌नेहरूले नै प्रमाणित गर्छन्‌।</verse>
				<verse number="36">फरिसीहरूमध्‍ये एक जनाले उहाँलाई भोजन गर्न निम्‍तो दिए, र उहाँ त्‍यस फरिसीको घरमा गएर खान बस्‍नुभयो।</verse>
				<verse number="37">त्‍यस सहरमा एउटी पापी स्‍त्री थिई। फरिसीको घरमा येशू खान बस्‍नुभएको छ भन्‍ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्‍यो त्‍यहाँ आई,</verse>
				<verse number="38">र पछिल्‍तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्‍नो शिरका कपालले पुछ्‌दै उहाँका पाउलाई चुम्‍बन गरी, र त्‍यो अत्तर घस्‍न लागी।</verse>
				<verse number="39">उहाँलाई निम्‍तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्‍न लागे, “यिनी अगमवक्ता हुँदा हुन्‌ ता यिनलाई छुने को र कस्‍ती स्‍त्री हो भनी यिनले जान्‍नेथिए, किनकि यो त पापीनी हो।”</verse>
				<verse number="40">येशूले त्‍यस फरिसीलाई भन्‍नुभयो, “ए सिमोन, तिमीलाई केही भन्‍नु छ।” तिनले भने, “गुरुज्‍यू, भन्‍नुहोस्‌।”</verse>
				<verse number="41">“कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।</verse>
				<verse number="42">तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्‍ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?”</verse>
				<verse number="43">सिमोनले भने, “म ठान्‍छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”</verse>
				<verse number="44">अनि त्‍यस स्‍त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्‍त्रीलाई देख्‍तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्‍ना केशले पुछी।</verse>
				<verse number="45">तिमीले मलाई चुम्‍बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्‍बन गर्न छोड़ेकी छैन।</verse>
				<verse number="46">तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।</verse>
				<verse number="47">यसकारण म तिमीलाई भन्‍दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्‍त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्‍छ, त्‍यसले थोरै प्रेम गर्दछ।”</verse>
				<verse number="48">अनि उहाँले त्‍यस स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रा पाप क्षमा भएका छन्‌।”</verse>
				<verse number="49">खान बस्‍नेहरूले आपसमा भन्‍न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्‌?”</verse>
				<verse number="50">उहाँले त्‍यस स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्‍तिसाथ जाऊ।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">त्‍यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरका राज्‍यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्‍नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।</verse>
				<verse number="2">कतिपय स्‍त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्‍टात्‍मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्‍दलिनी भन्‍ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,</verse>
				<verse number="3">हेरोदका कारिन्‍दा खुजासकी पत्‍नी योअन्‍ना, र सुसन्‍ना। यिनीहरू र अरूहरूले आफ्‍ना धनले उहाँको सेवा गर्दथे।</verse>
				<verse number="4">जब ठूलो भीड जम्‍मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो।</verse>
				<verse number="5">“एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्‍चिए, र आकाशका पक्षीले खाइहाले।</verse>
				<verse number="6">अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्‍यो जमिन ओबानो थियो।</verse>
				<verse number="7">कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्‌न दिएन।</verse>
				<verse number="8">कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्‍च सोरले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”</verse>
				<verse number="9">उहाँका चेलाहरूले यस दृष्‍टान्‍तको अर्थ के हो भनी उहाँलाई सोधे।</verse>
				<verse number="10">उहाँले भन्‍नुभयो, “तिमीहरूलाई त परमेश्‍वरका राज्‍यको भेद जान्‍ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्‍टान्‍तमा बोल्‍दछु, कि ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्‌।’</verse>
				<verse number="11">अब दृष्‍टान्‍त यो हो: बीउचाहिँ परमेश्‍वरको वचन हो।</verse>
				<verse number="12">बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर वचन सुनेर विश्‍वास नगरून्‌ र नबाँचून्‌ भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्‍छ।</verse>
				<verse number="13">ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्‍यो ग्रहण गर्छन्‌। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्‍वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्‍छ।</verse>
				<verse number="14">काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌।</verse>
				<verse number="15">तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।</verse>
				<verse number="16">“कसैले बत्ती बालेर भाँड़ाले छोप्‍दैन, कि खाटमुनि राख्‍दैन, तर भित्र आउनेहरूलाई उज्‍यालो होस्‌ भनी सामदानमा राख्‍तछ।</verse>
				<verse number="17">कुनै कुरा लुकाएर राख्‍न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्‍तमा रहँदैन जो थाहा लाग्‍दैन वा प्रकाशमा आउँदैन।</verse>
				<verse number="18">यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्‍छौ, किनकि जससँग छ, त्‍यसलाई अझ दिइनेछ, र जससँग छैन, त्‍यससँग जे छ भनी त्‍यसले ठान्‍छ, त्‍यो पनि त्‍यसबाट खोसिनेछ।”</verse>
				<verse number="19">उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्‌।</verse>
				<verse number="20">उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्‍छाले बाहिर उभिरहेका छन्‌।”</verse>
				<verse number="21">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्, र त्‍यो पालन गर्छन्‌।”</verse>
				<verse number="22">एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो।</verse>
				<verse number="23">डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्‍न लाग्‍यो। डुङ्गा पानीले भरिन लाग्‍यो, र तिनीहरू आपत्‌मा परे।</verse>
				<verse number="24">अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्‍दै ब्‍यूँझाए, “गुरुज्‍यू, गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं।” उहाँले उठेर बतास र प्रचण्‍ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्‍त भयो।</verse>
				<verse number="25">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्‍चर्यचकित भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्‍छन्, अनि तिनीहरू यिनको आज्ञा मान्‍छन्‌।”</verse>
				<verse number="26">उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्‍नुभयो, जो गालीलको पारिपट्टि छ।</verse>
				<verse number="27">जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्‌नुभयो, जसलाई भूत लागेको थियो। त्‍यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो।</verse>
				<verse number="28">त्‍यसले येशूलाई देख्‍यो, र चिच्‍च्‍याएर उहाँको सामु घोप्‍टो परी उच्‍च सोरले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्‍ती गर्दछु, मलाई नसताउनुहोस्‌।”</verse>
				<verse number="29">किनभने उहाँले अशुद्ध आत्‍मालाई त्‍यस मानिसबाट निस्‍केर जाने आज्ञा दिनुभएको थियो। त्‍यसलाई धेरै पल्‍ट भूतले पक्रेको थियो। त्‍यो पहरामा राखिएको थियो। त्‍यो साङ्‌ला र नेलले बाँधिन्‍थ्‍यो, तर त्‍यसले ती बन्‍धन छिनालिहाल्‍थ्‍यो। अनि भूतले त्‍यसलाई मरुभूमि हुँदो लैजान्‍थ्‍यो।</verse>
				<verse number="30">येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले भन्‍यो, “फौज।” किनभने धेरै भूतहरू त्‍यसमा पसेका थिए।</verse>
				<verse number="31">तिनीहरूलाई अतल-कुण्‍डमा नपठाऊन्‌ भनी तिनीहरूले उहाँलाई बिन्‍ती गरे।</verse>
				<verse number="32">नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्‍न दिनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे, र उहाँले मन्‍जूर गर्नुभयो।</verse>
				<verse number="33">अनि भूतहरू त्‍यस मानिसबाट निस्‍केर ती सुँगुरहरूभित्र पसे, र त्‍यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे।</verse>
				<verse number="34">अब जे भएको थियो त्‍यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए।</verse>
				<verse number="35">अनि जे भएको थियो त्‍यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्‍केका थिए, त्‍यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए।</verse>
				<verse number="36">देख्‍नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए।</verse>
				<verse number="37">गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्‍नुहोस्‌ भनी बिन्‍ती गरे, किनभने तिनीहरू ज्‍यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो।</verse>
				<verse number="38">तर जुन मानिसबाट भूतहरू निस्‍केका थिए, त्‍यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्‍ती गर्न लाग्‍यो। तर येशूले त्‍यसलाई यसो भनेर बिदा दिनुभयो,</verse>
				<verse number="39">“तिमी आफ्‍नो घर फर्क, र परमेश्‍वरले तिम्रो निम्‍ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।” तब त्‍यो गयो, र येशूले त्‍यसको निम्‍ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्‍यो।</verse>
				<verse number="40">येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्‍वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।</verse>
				<verse number="41">याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे,</verse>
				<verse number="42">किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई। येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए।</verse>
				<verse number="43">बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्‍त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,</verse>
				<verse number="44">त्‍यसले पछिल्‍तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्‍तै त्‍यसको रक्तस्राव बन्‍द भयो।</verse>
				<verse number="45">येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्‍कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्‍यू, भीड़ले तपाईंलाई घेरेर ठेल्‍दैछन्‌।”</verse>
				<verse number="46">तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्‍केर गएको मैले थाहा पाएँ।”</verse>
				<verse number="47">अब आफू लुकिरहन नसक्‍ने कुरा थाहा पाएर त्‍यो स्‍त्री काम्‍दै आई र उहाँको सामुन्‍ने घोप्‍टो परी, र किन त्‍यसले उहाँलाई छोई, अनि कसरी तुरुन्‍तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई।</verse>
				<verse number="48">उहाँले त्‍यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, शान्‍तिसँग जाऊ।”</verse>
				<verse number="49">उहाँ बोल्‍दैहुनुहुन्‍थ्‍यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्‍यो, र भन्‍यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्‍ट नदिनुहोस्‌।”</verse>
				<verse number="50">तर येशूले यो सुनेर याइरसलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र त्‍यो निको हुनेछे।”</verse>
				<verse number="51">जब उहाँ घरमा पुग्‍नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्‍ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।</verse>
				<verse number="52">सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे।”</verse>
				<verse number="53">त्‍यो मरिसकेकी छे भन्‍ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे।</verse>
				<verse number="54">तर उहाँले त्‍यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ।”</verse>
				<verse number="55">अनि त्‍यसको प्राण फर्केर आयो, र त्‍यो तुरुन्‍तै उठी, र उहाँले त्‍यसलाई केही खान दिनू भन्‍ने आज्ञा गर्नुभयो।</verse>
				<verse number="56">त्‍यसका आमा-बुबा आश्‍चर्यचकित भए, तर जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भन्‍ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्‍ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।</verse>
				<verse number="2">उहाँले तिनीहरूलाई परमेश्‍वरका राज्‍यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो।</verse>
				<verse number="3">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको यात्रामा आफ्‍नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्‌।</verse>
				<verse number="4">जुन घरमा तिमीहरू पस्‍छौ त्‍यहीँ बस, र त्‍यहीँबाट बिदा होओ।</verse>
				<verse number="5">जहाँ तिमीहरूको स्‍वागत हुँदैन तिमीहरू त्‍यस सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्‍ति टकटक्‍याइदेओ।”</verse>
				<verse number="6">तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए।</verse>
				<verse number="7">यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्‍योलमा परे, किनकि यूहन्‍ना मृतकबाट जीवित भई उठेका छन्‌ भनेर कसै-कसैले भन्‍थे।</verse>
				<verse number="8">र कोही भन्‍थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्‍थे, “उहिलेका अगमवक्ताहरूमध्‍ये एक जना उठेका छन्‌।”</verse>
				<verse number="9">तब हेरोदले भने, “यूहन्‍नाको शिर मैले काट्‌न लगाएँ, तर यिनी को हुन्‌ जसको विषयमा म यस्‍ता कुराहरू सुन्‍दैछु?” अनि तिनले उहाँलाई भेट्‌ने इच्‍छा गरे।</verse>
				<verse number="10">अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्‍ने सहरमा अलग्‍गै जानुभयो।</verse>
				<verse number="11">तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो।</verse>
				<verse number="12">अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।”</verse>
				<verse number="13">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्‍नुपर्ला।</verse>
				<verse number="14">तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्‍तिमा बसाओ।”</verse>
				<verse number="15">तिनीहरूले त्‍यसै गरे, र सबैलाई बसाए।</verse>
				<verse number="16">तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो।</verse>
				<verse number="17">अनि सबैले खाए, तृप्‍त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।</verse>
				<verse number="18">एक पल्‍ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्‌?”</verse>
				<verse number="19">तिनीहरूले भने, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना भन्‍छन्, कसैले एलिया, र अरूहरूले भन्‍छन्, पहिलेका कोही अगमवक्ताहरूमध्‍ये एक जना फेरि उठेका छन्‌।”</verse>
				<verse number="20">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्‍वरका ख्रीष्‍ट!”</verse>
				<verse number="21">तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्‌।</verse>
				<verse number="22">अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट बहिष्‍कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्‌नेछ।”</verse>
				<verse number="23">तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌।</verse>
				<verse number="24">किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ।</verse>
				<verse number="25">किनकि सारा जगत्‌ प्राप्‍त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्‍छ र?</verse>
				<verse number="26">तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्‍नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ।</verse>
				<verse number="27">तर साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य देख्‍न अघि मृत्‍यु चाख्‍नेछैनन्‌।”</verse>
				<verse number="28">यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्‍ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्‍लनुभयो।</verse>
				<verse number="29">उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्‌लियो, र उहाँको वस्‍त्र बिजुली चम्‍केको जस्‍तो उज्‍ज्‍वल भयो।</verse>
				<verse number="30">अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए।</verse>
				<verse number="31">उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्‍युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो।</verse>
				<verse number="32">अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्‍यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे।</verse>
				<verse number="33">तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्‍दा पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामीलाई यहीँ बस्‍नु असल रहेछ। हामी तीन वटा वासस्‍थान बनाऔं— एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” आफूले बोलेका कुराको तिनलाई ख्‍यालै थिएन।</verse>
				<verse number="34">तिनी यी कुरा बोल्‍दाबोल्‍दै एउटा बादल आएर उहाँहरूलाई छोप्‍यो, र उहाँहरू बादलभित्र पस्‍न लाग्‍दा तिनीहरू भयभीत भए।</verse>
				<verse number="35">अनि बादलबाट यसो भन्‍ने एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”</verse>
				<verse number="36">यो शब्‍द भएपछि येशू त्‍यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्‌।</verse>
				<verse number="37">भोलिपल्‍ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्‌न आयो।</verse>
				<verse number="38">भीड़बाट एक जना मानिसले कराएर भन्‍यो, “गुरुज्‍यू, म तपाईंसँग बिन्‍ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्‍टि गर्नुहोस्‌। किनकि त्‍यो मेरो एकमात्र छोरा हो।</verse>
				<verse number="39">हेर्नुहोस्, एउटा दुष्‍टात्‍माले त्‍यसलाई पक्रन्‍छ, र त्‍यो अचानक चिच्‍च्‍याउँछ, र त्‍यसलाई ऐँठाउँछ र त्‍यसले फीँज काढ्‌न लाग्‍छ। त्‍यसलाई लछारपछार पारेर बल्‍लबल्‍ल छोड्‌छ।</verse>
				<verse number="40">त्‍यस दुष्‍टात्‍मालाई निकालिदेऊन्‌ भनेर मैले तपाईंका चेलाहरूसँग बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्‌।”</verse>
				<verse number="41">तब येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र हठी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्‍म सहुँ? तिम्रो छोरालाई यहाँ ल्‍याऊ।”</verse>
				<verse number="42">तर त्‍यो आउँदाआउँदै भूतात्‍माले त्‍यसलाई पछारिहाल्‍यो, र ऐँठ्‌न लाग्‍यो। तर येशूले त्‍यस अशुद्ध आत्‍मालाई हकार्नुभयो, र त्‍यस बालकलाई निको पारेर त्‍यसका बाबुलाई सुम्‍पिदिनुभयो।</verse>
				<verse number="43">परमेश्‍वरको महानता देखेर तिनीहरू सबै छक्‍क परे। येशूले गर्नुभएको प्रत्‍येक काममा सबै जना छक्‍क परेका देखेर, उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="44">“यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।”</verse>
				<verse number="45">तर तिनीहरूले यो कुरा बुझेनन्‌। किनकि यो तिनीहरूले नबुझून्‌ भनेर तिनीहरूबाट गुप्‍त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्‍न डराउँथे।</verse>
				<verse number="46">त्‍यस बेला तिनीहरूमध्‍ये ठूलो को हो भन्‍ने विषयमा आपसमा बहस चल्‍यो।</verse>
				<verse number="47">तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्‍नो छेउमा राख्‍नुभयो,</verse>
				<verse number="48">र तिनीहरूलाई भन्‍नुभयो, “जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्‍यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैमध्‍ये जो सबैभन्‍दा सानो छ, त्‍यही ठूलो हुन्‍छ।”</verse>
				<verse number="49">तब यूहन्‍नाले भने, “गुरुज्‍यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं, र हामीले त्‍यसलाई मनाही गर्‍यौं। किनकि त्‍यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”</verse>
				<verse number="50">तर येशूले तिनलाई भन्‍नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्‍यो तिम्रो पक्षमा हुन्‍छ।”</verse>
				<verse number="51">उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो।</verse>
				<verse number="52">अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्‍ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे।</verse>
				<verse number="53">तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्‍वागत गरेनन्‌।</verse>
				<verse number="54">तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्‍नाले भने, “प्रभुज्‍यू, के तपाईं चाहनुहुन्‍छ कि स्‍वर्गबाट आगो बर्साएर यिनीहरू भस्‍म होऊन्‌ भनी हामी आज्ञा गरौं?”</verse>
				<verse number="55">तर फर्केर उहाँले तिनीहरूलाई हप्‍काउनुभयो।</verse>
				<verse number="56">अनि उहाँहरू अर्को गाउँतिर जानुभयो।</verse>
				<verse number="57">उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्‍यो, “हे प्रभु, तपाईं जता जानुहुन्‍छ म तपाईंको पछि लाग्‍नेछु।”</verse>
				<verse number="58">तब येशूले त्‍यसलाई भन्‍नुभयो, “स्‍यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्‍ने ठाउँ पनि छैन।”</verse>
				<verse number="59">उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्‍यसले भन्‍यो, “पहिले मेरा बाबुलाई गाड्‌न जान दिनुहोस्‌।”</verse>
				<verse number="60">उहाँले त्‍यसलाई भन्‍नुभयो, “मुर्दाहरूलाई आफ्‍नै मुर्दा गाड्‌न देओ, तर तिमी गएर परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गर।”</verse>
				<verse number="61">अर्काले पनि भन्‍यो, “प्रभु, म तपाईंको पछि लाग्‍नेछु, तर पहिले आफ्‍नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्‌।”</verse>
				<verse number="62">तर येशूले त्‍यसलाई भन्‍नुभयो, “आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्‍दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो।</verse>
				<verse number="2">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।</verse>
				<verse number="3">जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु।</verse>
				<verse number="4">न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।</verse>
				<verse number="5">“जुन घरमा पस्‍छौ पहिले भन, ‘यस घरलाई शान्‍ति होस्‌!’</verse>
				<verse number="6">यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ।</verse>
				<verse number="7">तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़।</verse>
				<verse number="8">“जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ,</verse>
				<verse number="9">त्‍यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्‍वरको राज्‍य तिमीहरूका नजिक आइपुगेको छ।’</verse>
				<verse number="10">तर जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, तब निस्‍केर त्‍यस सहरका सड़कहरूमा जाओ, र भन,</verse>
				<verse number="11">‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्‍याउँछौं। तापनि यो जान, कि परमेश्‍वरको राज्‍य नजिकै आइपुगेको छ।’</verse>
				<verse number="12">म तिमीहरूलाई भन्‍दछु, त्‍यस दिन त्‍यस सहरको भन्‍दा सदोमको हालत सहनीय हुनेछ।</verse>
				<verse number="13">“धिक्‍कार तँलाई, खोराजीन! धिक्‍कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्‍यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्‌ग्रा लाएर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए।</verse>
				<verse number="14">तर न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ।</verse>
				<verse number="15">अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्‌।</verse>
				<verse number="16">“जसले तिमीहरूका कुरा सुन्‍छ, त्‍यसले मेरो कुरा सुन्‍छ। जसले तिमीहरूलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई अस्‍वीकार गर्दछ, र जसले मलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई पठाउनुहुनेलाई अस्‍वीकार गर्दछ।”</verse>
				<verse number="17">ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।”</verse>
				<verse number="18">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुलीझैँ खसिरहेको देखें।</verse>
				<verse number="19">मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।</verse>
				<verse number="20">तापनि दुष्‍टात्‍माहरू तिमीहरूको वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्‍वर्गमा लेखिएका छन्‌ भनेर नै रमाओ।”</verse>
				<verse number="21">त्‍यही बेला येशू पवित्र आत्‍मामा उल्‍लसित हुनुभयो, र भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्‍यो।</verse>
				<verse number="22">“मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्‍दैन। पिता को हुनुहुन्‍छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्‍छा गर्दछ, त्‍यसले बाहेक अरू कसैले जान्‍दैन।”</verse>
				<verse number="23">चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्‍तमा भन्‍नुभयो, “धन्‍य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्‍तछन्‌।</verse>
				<verse number="24">किनकि म तिमीहरूलाई भन्‍दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्‍तछौ, ती देख्‍ने इच्‍छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्‍दछौ ती सुन्‍ने इच्‍छा गरेका थिए, तर सुनेनन्‌।”</verse>
				<verse number="25">व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”</verse>
				<verse number="26">उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”</verse>
				<verse number="27">तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”</verse>
				<verse number="28">उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।”</verse>
				<verse number="29">तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”</verse>
				<verse number="30">येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।</verse>
				<verse number="31">संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।</verse>
				<verse number="32">त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।</verse>
				<verse number="33">तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।</verse>
				<verse number="34">र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।</verse>
				<verse number="35">भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”</verse>
				<verse number="36">येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”</verse>
				<verse number="37">तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”</verse>
				<verse number="38">उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ भएकी एउटी स्‍त्रीले उहाँलाई आफ्‍नो घरमा स्‍वागत गरिन्‌।</verse>
				<verse number="39">मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्‌। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्‍दथिन्‌।</verse>
				<verse number="40">तर मार्था सेवा-सत्‍कारको धेरै काममा अल्‍झेकी थिइन्‌। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्‍यू, मेरी बहिनीले सेवा-सत्‍कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्‍ता राख्‍नुहुन्‍न? त्‍यसलाई भनिदिनोस्, र त्‍यसले मलाई सघाओस्‌।”</verse>
				<verse number="41">तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ।</verse>
				<verse number="42">तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्‍नुभएपछि चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्‍नाले आफ्‍ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।”</verse>
				<verse number="2">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्‍य आओस्‌।</verse>
				<verse number="3">	 हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्‌।</verse>
				<verse number="4">	 हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्‌’।”</verse>
				<verse number="5">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिलेओ, तिमीहरूमध्‍ये कसैको एक जना मित्र छ। तिनी मध्‍यरातमा उनीकहाँ गएर भन्‍दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ।</verse>
				<verse number="6">किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’</verse>
				<verse number="7">“उनले भित्रबाट जवाफ दिएर भन्‍छन्, ‘मलाई नझिँज्‍याऊ। ढोका अब बन्‍द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्‌। म उठेर तपाईंलाई केही दिन सक्‍दिनँ।’</verse>
				<verse number="8">म तिमीहरूलाई भन्‍दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्‍धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्‌।</verse>
				<verse number="9">“म तिमीहरूलाई भन्‍दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्‍याओ, त तिमीहरूका निम्‍ति खोलिनेछ।</verse>
				<verse number="10">किनकि हरेक जसले माग्‍छ त्‍यसले पाउँछ, जसले खोज्‍छ त्‍यसले भेट्टाउँछ, र जसले ढकढक्‍याउँछ त्‍यसको निम्‍ति खोलिनेछ।</verse>
				<verse number="11">“तिमीहरूमध्‍ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला, कि माछा माग्‍दा माछाको सट्टा सर्प देला?</verse>
				<verse number="12">अथवा अण्‍डा माग्‍दा त्‍यसलाई बिच्‍छी देला?</verse>
				<verse number="13">तिमीहरू दुष्‍ट भईकन आफ्‍ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्‍दछौ भने, तिमीहरूका स्‍वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्‍मा दिनुहुन्‍छ।”</verse>
				<verse number="14">उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्‍केपछि त्‍यो गूँगो मान्‍छे बोल्‍न थाल्‍यो, र मानिसहरू आश्‍चर्यचकित भए।</verse>
				<verse number="15">तर तिनीहरूमध्‍ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्‍यसले भूतहरू निकाल्‍छ।”</verse>
				<verse number="16">अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्‍वर्गबाट एउटा चिन्‍ह मागे।</verse>
				<verse number="17">तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जुन राज्‍यमा फूट हुन्‍छ, त्‍यो उजाड हुन्‍छ। जुन घरमा फूट हुन्‍छ, त्‍यो नष्‍ट हुन्‍छ।</verse>
				<verse number="18">शैतानको पनि आफैसँग फाटो भयो भने, त्‍यसको राज्‍य कसरी टिक्‍ला? किनभने तिमीहरू भन्‍दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु।</verse>
				<verse number="19">म बालजिबुलद्वारा भूतहरू निकाल्‍दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्‍छन्? तिनीहरूले नै तिमीहरूको न्‍याय गर्नेछन्‌।</verse>
				<verse number="20">तर परमेश्‍वरको औँलाले म भूतहरू निकाल्‍छु भने, परमेश्‍वरको राज्‍य तिमीहरूकहाँ आइसकेको छ।</verse>
				<verse number="21">“हतियारले सुसज्‍जित भई बलवान्‌ मानिसले आफ्‍नो घरको रक्षा गर्छ भने, त्‍यसका मालसामानहरू सुरक्षित रहन्‍छन्‌।</verse>
				<verse number="22">तर त्‍यसभन्‍दा बलवान्‌ मानिस आएर त्‍यसमाथि आक्रमण गरेर त्‍यसलाई जित्‍यो भने, उसले भर परेका त्‍यसका जम्‍मै हतियारहरू खोसेर लैजान्‍छ, र त्‍यसका मालसामानहरू लुटेर बाँड्‌छ।</verse>
				<verse number="23">“जो मेरो पक्षमा छैन, त्‍यो मेरो विरुद्धमा हुन्‍छ, र जसले मसँग बटुल्‍दैन, त्‍यसले छरपष्‍ट पार्छ।</verse>
				<verse number="24">“जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, तब त्‍यो ओबानो ठाउँ हुँदो विश्राम खोज्‍न जान्‍छ, र कतै कुनै स्‍थान नपाउँदा, त्‍यसले भन्‍छ, ‘म निस्‍केर आएको मेरै घरमा फर्केर जान्‍छु।’</verse>
				<verse number="25">जब त्‍यो फर्केर आउँछ, त्‍यसले त्‍यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ।</verse>
				<verse number="26">तब त्‍यो गएर आफूभन्‍दा ज्‍यादै दुष्‍ट अरू सात वटा आत्‍माहरूलाई साथमा ल्‍याउँछ, र तिनीहरू भित्र पस्‍छन्‌ र त्‍यहाँ बास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा पहिलेको भन्‍दा झन्‌ खराब हुन्‍छ।”</verse>
				<verse number="27">उहाँले यी कुरा बोल्‍दाबोल्‍दै भीड़बाट कुनै स्‍त्रीले चिच्‍च्‍याएर भनी, “धन्‍य त्‍यो नारी जसले तपाईंलाई गर्भधारण गरिन्‌ र आफ्‍नो दूध खुवाइन्‌।”</verse>
				<verse number="28">तर उहाँले भन्‍नुभयो, “बरु तिनीहरू धन्‍य हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्‌ र पालन गर्छन्‌।”</verse>
				<verse number="29">भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्‍नुभयो, “यो पुस्‍ता दुष्‍ट पुस्‍ता हो। यसले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक यसलाई अरू कुनै चिन्‍ह दिइनेछैन।</verse>
				<verse number="30">किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्‍ति चिन्‍ह भएथे, त्‍यही रीतिले मानिसको पुत्र पनि यस पुस्‍ताको निम्‍ति चिन्‍ह हुनेछ।</verse>
				<verse number="31">न्‍यायमा यस पुस्‍ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउबाट सोलोमनको बुद्धि सुन्‍नलाई आएकी थिइन्‌। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्‍दा महान्‌ छ।</verse>
				<verse number="32">निनवेका मानिसहरूले न्‍यायमा यस पुस्‍तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्‍दा महान्‌ छ।</verse>
				<verse number="33">“कसैले बत्ती बालेर गुप्‍त स्‍थानमा अथवा भाँड़ामुनि राख्‍दैन, तर भित्र पस्‍नेहरू सबैले उज्‍यालो देखून्‌ भनेर सामदानमा राख्‍तछ।</verse>
				<verse number="34">तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्‍यालो हुन्‍छ, तर त्‍यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्‍यारो हुन्‍छ।</verse>
				<verse number="35">यसकारण होशियार होओ, तिमीमा भएको उज्‍यालो अँध्‍यारो नहोस्‌।</verse>
				<verse number="36">यदि तिमीहरूको सम्‍पूर्ण शरीर उज्‍यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्‍यारो छैन भने, त्‍यो सम्‍पूर्ण उज्‍यालो हुन्‍छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्‍यालो दिन्‍छ।”</verse>
				<verse number="37">येशू बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्‍तो गरे। उहाँ घरभित्र पसेर खान बस्‍नुभयो।</verse>
				<verse number="38">तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे।</verse>
				<verse number="39">तर प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्‍दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्‍टताले भरिएको हुन्‍छ।</verse>
				<verse number="40">मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्‍यसले नै भित्रको पनि बनाएको होइन र?</verse>
				<verse number="41">तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ।</verse>
				<verse number="42">“तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्‍छौ, तर न्‍याय र परमेश्‍वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो।</verse>
				<verse number="43">“तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्‍यमुख्‍य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ।</verse>
				<verse number="44">“तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू ती चिहानहरू जस्‍ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्‌छन्‌।”</verse>
				<verse number="45">व्‍यवस्‍थाका पण्‍डितहरूमध्‍ये एक जनाले उहाँलाई भने, “गुरुज्‍यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्‍जत गर्नुहुन्‍छ।”</verse>
				<verse number="46">उहाँले भन्‍नुभयो, “तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई पनि धिक्‍कार! किनकि बोक्‍न नसक्‍ने भारी मानिसहरूमाथि तिमीहरू लाद्‌दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ।</verse>
				<verse number="47">“तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ।</verse>
				<verse number="48">यसरी तिमीहरू आफ्‍ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्‍छौ, किनकि तिनीहरूले उनीहरूको हत्‍या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ।</verse>
				<verse number="49">यसैले परमेश्‍वरको बुद्धिले पनि भन्‍दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्‍ये कसैलाई तिनीहरूले मार्नेछन्‌ र कसैलाई सताउनेछन्‌।</verse>
				<verse number="50">संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्‍तासँग लिइनेछ।</verse>
				<verse number="51">हो, म तिमीहरूलाई भन्‍दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्‍दिरको पवित्र-स्‍थानको माझमा मारिएका जकरियासम्‍मका रगतको लेखा यस पुस्‍तासँग लिइनेछ।</verse>
				<verse number="52">“तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्‍नेहरूलाई पनि रोक्‍यौ।”</verse>
				<verse number="53">जब उहाँ त्‍यहाँबाट निस्‍कनुभयो, तब शास्‍त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्‍न गर्न थाले,</verse>
				<verse number="54">र उहाँको मुखबाट निस्‍केका कुरामा उहाँलाई पक्रने दाउमा बसे।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">यसै बीच जब हजारौँको भीड जम्‍मा भयो, यहाँसम्‍म कि एउटाले अर्कालाई कुल्‍चन लाग्‍यो, उहाँले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्‍यो खमिर तिनीहरूको कपट आचरण हो।</verse>
				<verse number="2">छोपिएको यस्‍तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्‍नेछैन।</verse>
				<verse number="3">यसकारण जे तिमीहरूले अँध्‍यारोमा भनेका छौ, त्‍यो उज्‍यालोमा सुनिनेछ। गुप्‍त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ।</verse>
				<verse number="4">“मेरा मित्र हो, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्‍यसपछि अरू केही गर्न सक्‍दैनन्‌।</verse>
				<verse number="5">तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्‍दछु, तिनीदेखि नै डराओ।</verse>
				<verse number="6">के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।</verse>
				<verse number="7">तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ।</verse>
				<verse number="8">“म तिमीहरूलाई भन्‍दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने स्‍वीकार गर्दछ, त्‍यसलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछ।</verse>
				<verse number="9">तर जसले मलाई मानिसहरूका सामुन्‍ने अस्‍वीकार गर्दछ, परमेश्‍वरका दूतहरूका सामुन्‍ने त्‍यो पनि अस्‍वीकृत हुनेछ।</verse>
				<verse number="10">हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्‍छ, त्‍यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्दछ, त्‍यसलाई क्षमा हुनेछैन।</verse>
				<verse number="11">“जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्‍याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्‍नुपर्ने, सो फिक्री नगर,</verse>
				<verse number="12">किनभने त्‍यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो पवित्र आत्‍माले तिमीहरूलाई सिकाउनुहुनेछ।”</verse>
				<verse number="13">भीड़बाट एक जनाले उहाँलाई भन्‍यो, “गुरु, मेरा दाज्‍यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्‍डा गरिदेऊन्‌।”</verse>
				<verse number="14">तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “मित्र, कसले मलाई तिमीहरूमाथि न्‍याय गर्ने अथवा तिमीहरूको सम्‍पत्ति बाँड़िदिने तुल्‍यायो?”</verse>
				<verse number="15">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।”</verse>
				<verse number="16">उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो।</verse>
				<verse number="17">त्‍यसले मनमनै गुन्‍न लाग्‍यो, ‘मेरो अन्‍न राख्‍ने ठाउँ मसित छैन, अब म के गरूँ?’</verse>
				<verse number="18">तब त्‍यसले भन्‍यो, ‘म यसो गर्नेछु— आफ्‍ना ढुकुटीहरू भत्‍काएर झन्‌ ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्‍यहीँ राख्‍नेछु।</verse>
				<verse number="19">अनि म आफ्‍नो प्राणलाई भन्‍नेछु, “ए प्राण, धेरै वर्षसम्‍म पुग्‍ने प्रशस्‍त सम्‍पत्ति तेरो निम्‍ति थुप्रिएको छ। सुख-चैनमा बस्‌। खा, पि, र मोज गर्‌’।”</verse>
				<verse number="20">“तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्‍नो निम्‍ति थुपारेको छस्, ती कसको हुने?’</verse>
				<verse number="21">“आफ्‍नो निम्‍ति धन-सम्‍पत्ति थुपार्ने, तर परमेश्‍वरको दृष्‍टिमा धनी नहुने मान्‍छेको अवस्‍था यस्‍तै हुन्‍छ।”</verse>
				<verse number="22">उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो प्राणको निम्‍ति के खाऔं र शरीरको निम्‍ति के पहिरौं भनी चिन्‍तित नहोओ।</verse>
				<verse number="23">किनकि प्राण भोजनभन्‍दा र शरीर वस्‍त्रभन्‍दा ठूलो हो।</verse>
				<verse number="24">कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ!</verse>
				<verse number="25">तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ?</verse>
				<verse number="26">यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ?</verse>
				<verse number="27">“लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन्‌ न कात्छन्, तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍नो सारा गौरवमा यीमध्‍ये एउटा जतिको पनि विभूषित थिएनन्‌।</verse>
				<verse number="28">तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, उहाँले तिमीहरूलाई झन्‌ कति बढ़ी आभूषित गर्नुहुनेछ।</verse>
				<verse number="29">के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्‍तित पनि नहोओ।</verse>
				<verse number="30">किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ।</verse>
				<verse number="31">तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌।</verse>
				<verse number="32">“सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्‍य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="33">तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन।</verse>
				<verse number="34">किनकि जहाँ तिम्रो धन छ, त्‍यहीँ तिम्रो मन पनि हुनेछ।</verse>
				<verse number="35">“तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख।</verse>
				<verse number="36">तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌।</verse>
				<verse number="37">ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌।</verse>
				<verse number="38">यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌।</verse>
				<verse number="39">तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्‍नेथिए, र चोरलाई घर फोरेर पस्‍न दिनेथिएनन्‌।</verse>
				<verse number="40">तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”</verse>
				<verse number="41">तब पत्रुसले भने, “हे प्रभु, के यो दृष्‍टान्‍त हाम्रै निम्‍ति मात्र बताउनुभएको हो, कि अरू सबैका निम्‍ति?”</verse>
				<verse number="42">प्रभुले भन्‍नुभयो, “त्‍यो विश्‍वासी र बुद्धिमानी भण्‍डारे को हो, जसलाई त्‍यसका मालिकले आफ्‍ना परिवारलाई निश्‍चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्‌?</verse>
				<verse number="43">त्‍यो दास धन्‍यको हो, जसलाई त्‍यसका मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछन्‌।</verse>
				<verse number="44">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले त्‍यसलाई आफ्‍ना सारा सम्‍पत्तिमाथि अधिकार दिनेछन्‌।</verse>
				<verse number="45">तर त्‍यस दासले आफ्‍नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्‌न लाग्‍यो, र त्‍यो खान, पिउन र मात्‍न लाग्‍यो भने,</verse>
				<verse number="46">त्‍यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्‍यसका मालिक आउनेछन्, र त्‍यसलाई दण्‍ड दिनेछन्, र त्‍यसको दशा अविश्‍वासीहरूको जस्‍तो हुनेछ।</verse>
				<verse number="47">“आफ्‍नो मालिकको इच्‍छा जानेर तयार नरहने र तिनको इच्‍छाबमोजिम नगर्ने दासले चाहिँ ज्‍यादै पिटाइ खानेछ।</verse>
				<verse number="48">तर मालिकको इच्‍छा नजानेर पिटाइ खाने योग्‍यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्‍येक जसलाई धेरै दिइएको छ, त्‍यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्‍पिएको छ, त्‍यसबाट अझ बढ़ी लिइनेछ।</verse>
				<verse number="49">“म पृथ्‍वीमाथि आगो खन्‍याउन आएको हुँ, त्‍यो त बरु अघिबाटै सल्‍किसकेको भए हुनेथियो!</verse>
				<verse number="50">एउटा बप्‍तिस्‍मा छ, जो मैले लिनुपर्नेछ। त्‍यो पूरा नहोउञ्‍जेल म अति व्‍याकुल छु!</verse>
				<verse number="51">के तिमीहरू सम्‍झन्‍छौ कि म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएँ? होइन, म तिमीहरूलाई भन्‍दछु, बरु म विभाजन ल्‍याउन आएँ।</verse>
				<verse number="52">किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन।</verse>
				<verse number="53">तिनीहरूमा विभाजन हुनेछ— बाबुको विरुद्धमा छोरा, र छोराको विरुद्धमा बुबा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू आफ्‍नी बुहारीको विरुद्धमा, र बुहारी त्‍यसकी सासूको विरुद्धमा।”</verse>
				<verse number="54">उहाँले भीड़लाई पनि भन्‍नुभयो, “तिमीहरू पश्‍चिमतिर बादल उठ्‌दैगरेको देखेर झट्टै भन्‍दछौ, ‘पानी पर्ने रहेछ,’ र त्‍यसै हुन्‍छ।</verse>
				<verse number="55">जब दक्षिणी बतास चल्‍छ तब तिमीहरू भन्‍छौ, ‘गर्मी हुनेछ, र त्‍यसै हुन्‍छ।</verse>
				<verse number="56">ए कपटी हो! तिमीहरू आकाश र पृथ्‍वीका लक्षणहरू बताइदिन सक्‍छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्‍दैनौ?</verse>
				<verse number="57">“कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्दैनौ?</verse>
				<verse number="58">तिमीहरूको उजूरवालासँग हाकिमकहाँ जाँदा, बाटैमा त्‍यससँग मिलाप गर, नत्रता त्‍यसले तिमीलाई न्‍यायाधीशकहाँ तानेर लैजानेछ, र न्‍यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्‍मा दिनेछ, र अफिसरले तिमीलाई झ्‍यालखानमा हालिदिनेछ।</verse>
				<verse number="59">म तिमीलाई भन्‍दछु, तिमीले एक-एक पैसा नतिरुञ्‍जेल त्‍यहाँबाट छुट्‌नेछैनौ।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">त्‍यसै बेला त्‍यहाँ कति जना उपस्‍थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्‍या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए।</verse>
				<verse number="2">तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्‍ट भोगे भन्‍दैमा, के तिमीहरू ठान्‍छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्‍दा बढ़ी पापी थिए?</verse>
				<verse number="3">म तिमीहरूलाई भन्‍दछु, त्‍यसो होइन, तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।</verse>
				<verse number="4">अथवा के तिमीहरू ठान्‍छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्‍ये बढ़ी अपराधी थिए?</verse>
				<verse number="5">त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।”</verse>
				<verse number="6">त्‍यसपछि उहाँले यो दृष्‍टान्‍त भन्‍नुभयो: “कुनै मानिसले आफ्‍नो दाखबारीमा एउटा अञ्‍जीरको बोट रोपेको थियो। त्‍यस बोटमा फल फल्‍यो कि भनेर त्‍यो आयो,</verse>
				<verse number="7">तब त्‍यसले मालीलाई भन्‍यो, ‘तीन वर्ष भयो, म यस अञ्‍जीरको रूखमा फल खोज्‍दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्‌ने?’</verse>
				<verse number="8">“तर मालीले भन्‍यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्‌। म यसको वरिपरि खनेर मल हाल्‍छु,</verse>
				<verse number="9">र त्‍यसपछि फल फल्‍यो भने बेसै भयो, फलेन भने तपाईंले त्‍यसलाई ढालिदिनोस्‌’।”</verse>
				<verse number="10">एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो।</verse>
				<verse number="11">त्‍यहाँ एउटी स्‍त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्‍टात्‍मा लागेको थियो। त्‍यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्‍दिनथिई।</verse>
				<verse number="12">येशूले त्‍यसलाई देख्‍नुभयो, र बोलाएर भन्‍नुभयो “ए नारी, तिमी आफ्‍नो दुर्बलताबाट मुक्त भयौ।”</verse>
				<verse number="13">तब उहाँले त्‍यसमाथि आफ्‍ना हात राख्‍नुभयो, र त्‍यो तुरुन्‍तै सीधा भई र परमेश्‍वरको प्रशंसा गर्न लागी।</verse>
				<verse number="14">सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्‌। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।”</verse>
				<verse number="15">तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्‍ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्‍नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन?</verse>
				<verse number="16">अब्राहामकी यो छोरी जो अठार वर्षसम्‍म शैतानको बन्‍धनमा थिई, शबाथ-दिनमा यस बन्‍धनबाट त्‍यो मुक्त हुनुपर्ने होइन र?”</verse>
				<verse number="17">उहाँले यी कुरा भन्‍नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्‍दित भए।</verse>
				<verse number="18">तब उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य केजस्‍तो छ? त्‍यसको तुलना म केसँग गरूँ?</verse>
				<verse number="19">त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, र त्‍यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्‍यसका हाँगाहरूमा गुँड़ बनाए।”</verse>
				<verse number="20">फेरि उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍यलाई म केसँग तुलना गरूँ?</verse>
				<verse number="21">त्‍यो खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्‍यो।”</verse>
				<verse number="22">अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो।</verse>
				<verse number="23">कुनै एक जनाले उहाँलाई सोध्‍यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्‌?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="24">“साँघुरो ढोकाबाट पस्‍ने प्रयत्‍न गर, किनकि, म तिमीहरूलाई भन्‍दछु, धेरै जना पस्‍न खोज्‍नेछन्, तर सक्‍नेछैनन्‌।</verse>
				<verse number="25">घरका मालिकले उठेर ढोका बन्‍द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्‍दै ढोका ढकढक्‍याउनेछौ, ‘प्रभु, हाम्रा निम्‍ति ढोका खोलिदिनुहोस्‌’, र उनले जवाफ दिएर भन्‍नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्‍दिनँ।’</verse>
				<verse number="26">“तब तिमीहरू भन्‍न लाग्‍नेछौ, ‘हामीले तपाईंकै सामुन्‍नेमा खायौं र पियौं, अनि हाम्रा गल्‍लीहरूमा तपाईंले शिक्षा दिनुहुन्‍थ्‍यो।’</verse>
				<verse number="27">“उनले भन्‍नेछन्, ‘म तिमीहरूलाई भन्‍दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्‍दिनँ। दुष्‍ट काम गर्ने हो, मबाट दूर होओ।’</verse>
				<verse number="28">“जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्‍छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्‌नेछौ।</verse>
				<verse number="29">मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आएर परमेश्‍वरका राज्‍यको भोजमा बस्‍नेछन्‌।</verse>
				<verse number="30">हेर, पछिल्‍लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्‍ला।”</verse>
				<verse number="31">त्‍यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्‍केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्‍छन्‌।”</verse>
				<verse number="32">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ।</verse>
				<verse number="33">तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्‍यु हुनै सक्‍दैन।</verse>
				<verse number="34">“यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्‌! जसरी पोथीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै कति पल्‍ट मैले तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तँ मानिनस्‌।</verse>
				<verse number="35">हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्‍दछु, जबसम्‍म तैंले ‘धन्‍य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्‍दैनस्, तबसम्‍म मलाई देख्‍नेछैनस्‌।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए।</verse>
				<verse number="2">जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्‍ने थियो।</verse>
				<verse number="3">येशूले व्‍यवस्‍थाका पण्‍डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?”</verse>
				<verse number="4">तर तिनीहरू चूप लागिरहे, र उहाँले त्‍यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्‍यसलाई जान दिनुभयो।</verse>
				<verse number="5">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसले आफ्‍नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्‍यो भने त्‍यसलाई झट्टै निकाल्‍दैन?”</verse>
				<verse number="6">अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्‌।</verse>
				<verse number="7">अनि भोजमा आएका अतिथिहरूले आदरको स्‍थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो:</verse>
				<verse number="8">“विवाहको भोजमा तिमीले कसैको निम्‍तो पायौ भने आदरका स्‍थानमा नबस। तिमीभन्‍दा बढ़ी प्रतिष्‍ठित व्‍यक्तिले त्‍यहाँ निम्‍तो पाएका होलान्‌।</verse>
				<verse number="9">तिमीलाई र तिनलाई निम्‍तो दिने मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘यिनलाई बस्‍ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्‍जित भएर सबैभन्‍दा तल्‍लो स्‍थानमा बस्‍नुपर्नेछ।</verse>
				<verse number="10">तर जब तिमीले निम्‍तो पाउँछौ, गएर तल्‍लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि गएर बस्‍नोस्‌।’ त्‍यस बेला तिमीसँग खान बस्‍नेहरूका सामुन्‍ने तिम्रो इज्‍जत हुनेछ।</verse>
				<verse number="11">किनकि हरेक जसले आफूलाई उच्‍च तुल्‍याउँछ, त्‍यो होच्‍याइनेछ, र आफूलाई होच्‍याउनेचाहिँ उच्‍च पारिनेछ।”</verse>
				<verse number="12">अनि उहाँलाई निम्‍तो दिनेलाई पनि उहाँले भन्‍नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्‍ना मित्रहरूलाई, आफ्‍ना दाजुभाइलाई वा तिम्रा कुटुम्‍बहरूलाई वा धनी छिमेकीहरूलाई निम्‍तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्‍तो दिएर तिम्रो गुण फर्काइदिनेछन्‌।</verse>
				<verse number="13">तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ,</verse>
				<verse number="14">र तिमीले आशिष्‌ पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्‍दैनन्‌। तर मृत्‍युबाट धर्मीहरूको पुनरुत्‍थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”</verse>
				<verse number="15">उहाँसँग खान बस्‍नेहरूमध्‍ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्‍यो, “त्‍यो धन्‍य हो, जसले परमेश्‍वरको राज्‍यमा भोज खानेछ!”</verse>
				<verse number="16">तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट्‌ भोज तयार गर्‍यो, र धेरैलाई निम्‍तो दियो।</verse>
				<verse number="17">उसले आफ्‍नो नोकरलाई भोजन खाने बेलामा निम्‍ताराहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’</verse>
				<verse number="18">“तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्‍यसलाई भन्‍यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्‍यो हेर्न जानुपरेको छ। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’</verse>
				<verse number="19">“अनि अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्‍छु। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’</verse>
				<verse number="20">“अर्कोले भन्‍यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्‍दिनँ।’</verse>
				<verse number="21">“तब नोकरले आएर आफ्‍नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्‍नो नोकरलाई भन्‍यो, ‘सहरका सड़कहरू र गल्‍लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्‍धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’</verse>
				<verse number="22">“तब नोकरले भन्‍यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’</verse>
				<verse number="23">“मालिकले नोकरलाई भन्‍यो, ‘मूल सड़कहरू र गल्‍लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्‌।</verse>
				<verse number="24">किनभने म तिमीहरूलाई भन्‍दछु, निम्‍ताराहरूमध्‍ये कसैले पनि मेरो भोजको स्‍वाद चाख्‍न पाउनेछैन’।”</verse>
				<verse number="25">मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="26">“यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।</verse>
				<verse number="27">जुन व्‍यक्ति आफ्‍नो क्रूस बोकेर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।</verse>
				<verse number="28">“तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?</verse>
				<verse number="29">नत्र भने त्‍यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्‍नेहरू सबैले यसो भनेर त्‍यसको गिल्‍ला गर्न लाग्‍नेछन्,</verse>
				<verse number="30">‘यस मानिसले बनाउन त थाल्‍यो तर सिद्ध्याउन सकेन।’</verse>
				<verse number="31">“कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्‍नो साथ भएका दश हजारले त्‍यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्‍छु कि सक्‍दिनँ भनी पहिले बसेर सल्‍लाह गर्दैन?</verse>
				<verse number="32">तिनले नसक्‍ने हो भने, त्‍यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्‍न राजदूत पठाउनेछ।</verse>
				<verse number="33">यसकारण तिमीहरूमध्‍ये जसले आफूसित भएका सबै थोक त्‍याग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।</verse>
				<verse number="34">“नून असल हो, तर नून अलिनो भयो भने केले त्‍यो नुनिलो हुने?</verse>
				<verse number="35">त्‍यो न त जमिनको निम्‍ति न खादको निम्‍ति काम लाग्‍ने हुन्‍छ। मानिसहरूले त्‍यसलाई मिल्‍काइदिन्‍छन्‌। जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्‍नलाई उहाँको नजिक आइरहेका थिए।</verse>
				<verse number="2">“यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे।</verse>
				<verse number="3">तब उहाँले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो:</verse>
				<verse number="4">“तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन?</verse>
				<verse number="5">हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ,</verse>
				<verse number="6">र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’</verse>
				<verse number="7">म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।</verse>
				<verse number="8">“कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन?</verse>
				<verse number="9">हराएको सिक्‍का पाएपछि उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्‍का पाएकी छु।’</verse>
				<verse number="10">म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”</verse>
				<verse number="11">उहाँले भन्‍नुभयो, “कुनै मानिसका दुई छोरा थिए।</verse>
				<verse number="12">कान्‍छोचाहिँले बाबुलाई भन्‍यो, ‘पिताज्‍यू, मेरो भागमा पर्ने धन-सम्‍पत्तिको हिस्‍सा मलाई दिनुहोस्‌।’ तब तिनले आफ्‍नो सम्‍पत्ति तिनीहरूलाई बाँड़िदिए।</verse>
				<verse number="13">“धेरै दिन बित्‍दा नबित्‍दै सबै धन-सम्‍पत्ति बटुलेर कान्‍छो छोरो टाढ़ा देशमा गयो, र त्‍यहाँ भोग-विलासमा आफ्‍नो सम्‍पत्ति उड़ायो।</verse>
				<verse number="14">त्‍यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्‍यसै बेला त्‍यस देशमा ठूलो अनिकाल पर्‍यो, र त्‍यसलाई अभाव हुन थाल्‍यो।</verse>
				<verse number="15">त्‍यो गयो, र त्‍यस देशको एक जना नागरिककहाँ त्‍यसले काम माग्‍यो। उसले त्‍यसलाई आफ्‍नो खेतमा सुँगुरहरू चराउन पठायो।</verse>
				<verse number="16">सुँगुरले खाने चारोले त्‍यसले आफ्‍नो पेट भर्न चाहन्‍थ्‍यो, अनि कसैले त्‍यसलाई केही दिँदैनथियो।</verse>
				<verse number="17">“जब त्‍यसको चेत खुल्‍यो, त्‍यसले भन्‍यो, ‘मेरा बाबुका धेरै ज्‍यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।</verse>
				<verse number="18">म उठेर आफ्‍ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, “बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु।</verse>
				<verse number="19">अब उप्रान्‍त म तपाईंको छोरो भनिने योग्‍यको छैनँ। मलाई तपाईंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटासरह तुल्‍याउनुहोस्‌’।”</verse>
				<verse number="20">तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे।</verse>
				<verse number="21">“छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’</verse>
				<verse number="22">“तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,</verse>
				<verse number="23">र पुस्‍टाइराखेको पशु मार, र हामी खाएर आनन्‍द मनाऔं।</verse>
				<verse number="24">किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।</verse>
				<verse number="25">“त्‍यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्‍यो घरको नजिक आइपुग्‍दा त्‍यसले नाचगानको आवाज सुन्‍यो।</verse>
				<verse number="26">त्‍यसले चाकरहरूमध्‍ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्‍यो।</verse>
				<verse number="27">उसले त्‍यसलाई भन्‍यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्‍वस्‍थ फर्किआएका भेट्टाउनुभयो।’</verse>
				<verse number="28">“तर त्‍यो रिसायो, र भित्र जान मानेन, र त्‍यसको बाबुले बाहिर गएर त्‍यसलाई मनाउन लागे।</verse>
				<verse number="29">तर त्‍यसले बाबुलाई भन्‍यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्‍यै उल्‍लङ्घन गरिनँ, तापनि मैले आफ्‍ना साथीहरूसँग आनन्‍द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्‍यै दिनुभएन।</verse>
				<verse number="30">तर तपाईंको सम्‍पत्ति वेश्‍याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्‍यसको निम्‍ति मार्नुभयो।’</verse>
				<verse number="31">“तब तिनले त्‍यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्‍पत्ति तेरै हो।</verse>
				<verse number="32">तर हामीले आनन्‍द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको एक जना व्‍यवस्‍थापक थियो। त्‍यसले आफ्‍नो मालिकको धन-सम्‍पत्ति उड़ाइरहेको छ भन्‍ने अभियोग त्‍यसको विरुद्धमा लागेको थियो।</verse>
				<verse number="2">तब मालिकले त्‍यसलाई बोलाएर भन्‍यो, ‘तेरो विषयमा म जे सुन्‍दैछु त्‍यो के हो? व्‍यवस्‍थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्‍त तँ व्‍यवस्‍थापक रहनेछैनस्‌।’</verse>
				<verse number="3">“तब व्‍यवस्‍थापकले आफ्‍नो मनमनै भन्‍यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्‍यवस्‍थापकको काम खोस्‍न लागेका छन्‌। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्‍न मलाई लाज लाग्‍छ।</verse>
				<verse number="4">अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्‍यवस्‍थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्‍वागत गर्नेछन्‌ सो निश्‍चय गरेको छु।’</verse>
				<verse number="5">“तब त्‍यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्‍यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’</verse>
				<verse number="6">“उसले भन्‍यो, ‘तीन हजार लिटर तेल।’ “तब व्‍यवस्‍थापकले उसलाई भन्‍यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्‍ध्र सय लिटर लेख।’</verse>
				<verse number="7">“त्‍यसपछि त्‍यसले अर्कालाई भन्‍यो, ‘तिम्रो ऋण कति छ?’ “उसले भन्‍यो, ‘तीन सय पचास क्‍विन्‍टल गहूँ।’ त्‍यसले उसलाई भन्‍यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्‍विन्‍टल लेख।’</verse>
				<verse number="8">“अब त्‍यसको मालिकले त्‍यस अधर्मी व्‍यवस्‍थापकको तारीफ गर्‍यो किनकि त्‍यसले चतुर्‍याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्‍नै पुस्‍ताका अरू मानिसहरूसँग व्‍यवहार गर्दा ज्‍योतिका सन्‍तानभन्‍दा अझ बढ़ी चतुर हुन्‍छन्‌।</verse>
				<verse number="9">म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो निम्‍ति संसारको धनले मित्रहरू बनाओ, र जब त्‍यो धन शेष हुन्‍छ, तब तिनीहरूले तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरून्‌।</verse>
				<verse number="10">“जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।</verse>
				<verse number="11">यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला?</verse>
				<verse number="12">यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्‍नै धन तिमीहरूलाई कसले देला र?</verse>
				<verse number="13">“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन, किनकि त्‍यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्‍यो एउटाको भक्त भएर अर्कालाई तुच्‍छ ठान्‍छ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।”</verse>
				<verse number="14">धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे।</verse>
				<verse number="15">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ, किनकि मानिसहरूका बीचमा जे उच्‍च गनिएको छ, परमेश्‍वरको दृष्‍टिमा त्‍यो तुच्‍छ ठहरिन्‍छ।</verse>
				<verse number="16">“बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयसम्‍म मोशाको व्‍यवस्‍था र अगमवक्ताहरू प्रचार गरिए। त्‍यस बेलादेखि परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्‍यस राज्‍यभित्र बलपूर्वक प्रवेश गर्दछन्‌।</verse>
				<verse number="17">तर व्‍यवस्‍थाबाट एक मात्रा मेटिनभन्‍दा स्‍वर्ग र पृथ्‍वी टलिजान सजिलो छ।</verse>
				<verse number="18">“जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।</verse>
				<verse number="19">“एक जना धनी मानिस थियो, जो बहुमूल्‍य वस्‍त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्‍जामा बस्‍तथ्‍यो।</verse>
				<verse number="20">उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्‍याएर राखिदिन्‍थे। त्‍यो घावैघाउले भरिएको थियो।</verse>
				<verse number="21">त्‍यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्‍नो पेट भर्ने इच्‍छा गर्थ्‍यो। कुकुरहरूले पनि आएर त्‍यसका घाउहरू चाट्‌थे।</verse>
				<verse number="22">“त्‍यो गरीब मानिस मर्‍यो, र स्‍वर्गदूतहरूले त्‍यसलाई लगेर अब्राहामको साथमा राखे। त्‍यो धनी मानिस पनि मर्‍यो र गाडियो।</verse>
				<verse number="23">नरकमा कठोर कष्‍ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्‍यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्‍यो।</verse>
				<verse number="24">अनि उसले कराएर भन्‍यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्‍यसले आफ्‍नो औँलाको टुप्‍पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्‍वालामा भयङ्कर वेदना पाइरहेछु।’</verse>
				<verse number="25">“तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्‍नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्‍यसै गरी लाजरसले दुःखैदुःख भोग्‍यो। त्‍यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्‍टमा छस्‌।</verse>
				<verse number="26">यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्‍नेहरू जान नसकून्‌ र त्‍यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून्‌ भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’</verse>
				<verse number="27">“उसले भन्‍यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्‍ती गर्दछु, तपाईंले त्‍यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,</verse>
				<verse number="28">किनभने मेरा पाँच भाइ छन्, र त्‍यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्‍टको ठाउँमा आउलान्‌।’</verse>
				<verse number="29">“तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्‍तक छन्‌। तिनीहरूले ती सुनून्‌।’</verse>
				<verse number="30">“तर उसले भन्‍यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्‍चात्ताप गर्नेछन्‌।’</verse>
				<verse number="31">“उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्‍दैनन्‌ भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्‍वास गर्नेछैनन्‌’।”</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्‍चय आउँछन्‌। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा ती आउँछन्‌!</verse>
				<verse number="2">जुन मानिसले यी सानाहरूमध्‍ये एउटालाई पाप गर्न लाउँछ त्‍यसको गलामा जाँतोको एउटा पाटा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु त्‍यसको निम्‍ति बेस हुनेछ।</verse>
				<verse number="3">आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।</verse>
				<verse number="4">यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”</verse>
				<verse number="5">प्रेरितहरूले प्रभुलाई भने, “हामीहरूको विश्‍वास बढ़ाइदिनुहोस्‌।”</verse>
				<verse number="6">प्रभुले भन्‍नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्‍वास भएदेखि तिमीहरूले यस किम्‍बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्‍यौ भने, त्‍यसले मान्‍नेछ।</verse>
				<verse number="7">“तिमीहरूमध्‍ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्‍यस नोकरलाई ‘तुरुन्‍त आएर खान बस्’ भन्‍छ र?</verse>
				<verse number="8">के उसले त्‍यसलाई बरु यसो भन्‍नेछैन? ‘मेरो निम्‍ति खाना तयार गर्, र पटुका कस्‌ र मैले खाई-पिई नसकेसम्‍म मेरो सेवा-टहल गर्‌। त्‍यसपछि तैंले खानपान गर्‌।’</verse>
				<verse number="9">आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्‍यस नोकरलाई धन्‍यवाद दिन्‍छ र?</verse>
				<verse number="10">त्‍यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्‍य मात्र पालन गरेका छौं’।”</verse>
				<verse number="11">येशू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो।</verse>
				<verse number="12">उहाँ एउटा गाउँमा पस्‍नुहुँदा दश जना कुष्‍ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले</verse>
				<verse number="13">चर्को सोरले भने, “हे येशू गुरुज्‍यू, हामीमाथि कृपा गर्नुहोस्‌।”</verse>
				<verse number="14">उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।</verse>
				<verse number="15">तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,</verse>
				<verse number="16">र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो। त्‍यो एक सामरी थियो।</verse>
				<verse number="17">येशूले भन्‍नुभयो, “के निको भएका दश जना होइनन्‌ र? अरू नौ जना कहाँ छन्‌?</verse>
				<verse number="18">के यो विदेशीबाहेक फर्किआएर परमेश्‍वरको प्रशंसा गर्ने अरू कोही भएन?”</verse>
				<verse number="19">अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”</verse>
				<verse number="20">परमेश्‍वरको राज्‍य कहिले आउँछ भन्‍ने फरिसीहरूको प्रश्‍नको जवाफमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य देखिने गरी आउँदैन,</verse>
				<verse number="21">न त मानिसहरूले भन्‍नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्‍यहाँ छ!’ किनभने हेर, परमेश्‍वरको राज्‍य तिमीहरूकै बीचमा छ।”</verse>
				<verse number="22">उहाँले चेलाहरूलाई भन्‍नुभयो, “ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्‍छा गर्नेछौ, तर तिमीहरूले देख्‍नेछैनौ।</verse>
				<verse number="23">मानिसहरूले तिमीहरूलाई भन्‍नेछन्, ‘हेर, ऊ त्‍यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ।’ तर नजाओ, र तिनीहरूका पछि नलाग।</verse>
				<verse number="24">किनकि जसरी बिजुली चम्‍कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्‍म उज्‍यालो पार्छ, मानिसको पुत्र पनि आफ्‍नो दिनमा त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="25">तर पहिले उसले धेरै कष्‍ट सहनुपर्छ र यस पुस्‍ताबाट बहिष्‍कृत हुनुपर्छ।</verse>
				<verse number="26">“नोआको दिनमा जस्‍तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="27">नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।</verse>
				<verse number="28">“लोतका दिनमा पनि त्‍यस्‍तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्‍दैथिए, बनाउँदैथिए,</verse>
				<verse number="29">तर जुन दिन लोत सदोमबाट निस्‍के, आकाशबाट आगो र गन्‍धक बर्सेर तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।</verse>
				<verse number="30">“मानिसको पुत्र प्रकट हुने दिनमा यस्‍तै हुनेछ।</verse>
				<verse number="31">त्‍यस दिन जो घरको कौसीमाथि छ, त्‍यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्‍यो तल नझरोस्‌। त्‍यसरी नै खेतमा हुने पनि फर्केर नआओस्‌।</verse>
				<verse number="32">लोतकी पत्नीलाई याद गर!</verse>
				<verse number="33">जसले आफ्‍नो प्राण बचाउन खोज्‍दछ, त्‍यसले सो गुमाउनेछ, र जसले आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो सुरक्षित राख्‍नेछ।</verse>
				<verse number="34">म तिमीहरूलाई भन्‍दछु, त्‍यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्‌। एक जना लगिनेछ र अर्को छोडिनेछ।</verse>
				<verse number="35">दुई जना स्‍त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्‌। एउटी लगिनेछे, अर्की छोडिनेछे।</verse>
				<verse number="36">[ दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।” ]</verse>
				<verse number="37">अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनु छ, गिद्धहरू त्‍यहाँ भेला हुन्‍छन्‌।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">तिनीहरू सधैँ प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भन्‍ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो:</verse>
				<verse number="2">“कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए।</verse>
				<verse number="3">त्‍यसै सहरमा एउटी विधवा थिई। त्‍यो तिनीकहाँ आइरहन्‍थी, र भन्‍थी, ‘मेरो वादीको अगि मेरो न्‍याय गरिदिनुहोस्‌।’</verse>
				<verse number="4">“तिनले केही समयसम्‍म त मानेनन्, तर पछिबाट तिनले आफ्‍नो मनमा भने, ‘म परमेश्‍वरको डर मान्‍दिनँ। मानिसको वास्‍ता पनि गर्दिनँ।</verse>
				<verse number="5">तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्‍यसको न्‍याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्‍क बनाउनेछे’।”</verse>
				<verse number="6">प्रभुले भन्‍नुभयो, “सुन, ती अधर्मी न्‍यायाधीशले के भन्‍दछन्‌।</verse>
				<verse number="7">के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्‍ना चुनिएकाहरूको न्‍याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूका निम्‍ति बियाँलो गर्नुहुन्‍छ र?</verse>
				<verse number="8">म तिमीहरूलाई भन्‍दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्‍याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउनेछ र?”</verse>
				<verse number="9">आफैमाथि भरोसा राख्‍नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्‍छ ठान्‍नेहरू कसै-कसैलाई उहाँले यो दृष्‍टान्‍त सुनाउनुभयो:</verse>
				<verse number="10">“दुई जना मानिस प्रार्थना गर्न मन्‍दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।</verse>
				<verse number="11">फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, म अरू मानिसहरूजस्‍तो धुताहा, अन्‍यायी, व्‍यभिचारी, अथवा यही कर उठाउनेजस्‍तो पनि छैनँ।</verse>
				<verse number="12">म हप्‍तामा दुई पल्‍ट उपवास बस्‍तछु। मैले पाएका सबै थोकको दशांश म दिन्‍छु।’</verse>
				<verse number="13">“तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्‍वर्गतिर आँखा पनि नउठाई यसो भन्‍दै आफ्‍नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’</verse>
				<verse number="14">“म तिमीहरूलाई भन्‍दछु, योचाहिँ मानिस त्‍यस अर्काभन्‍दा धर्मी ठहरिएर आफ्‍नो घरतिर लाग्‍यो। किनभने हरेक जसले आफूलाई उच्‍च पार्दछ, त्‍यो होच्‍याइनेछ, तर जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।”</verse>
				<verse number="15">येशूले छोइदेऊन्‌ भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्‍याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्‍काए।</verse>
				<verse number="16">येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्‍वरको राज्‍य यस्‍तैहरूको हो।</verse>
				<verse number="17">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले एउटा बालकले जस्‍तै परमेश्‍वरको राज्‍यलाई ग्रहण गर्दैन, त्‍यो कुनै रीतिले त्‍यसभित्र प्रवेश गर्नेछैन।”</verse>
				<verse number="18">कोही एक जना शासकले येशूलाई यसो भनेर सोधे, “हे असल गुरु, अनन्‍त जीवन पाउनलाई म के गरूँ?”</verse>
				<verse number="19">येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्‍दछौ? एक परमेश्‍वरबाहेक कोही असल छैन।</verse>
				<verse number="20">तिमी आज्ञाहरू त जान्‍दछौ: ‘व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्‍ना बुबा र आमाको आदर गर्नू’।”</verse>
				<verse number="21">तिनले भने, “यी सब त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।”</verse>
				<verse number="22">यो सुनेपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन्‌ ती सबै बेचेर गरीबहरूलाई बाँड़िदेऊ, र तिमीलाई स्‍वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।”</verse>
				<verse number="23">तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्‍यन्‍त धनी थिए।</verse>
				<verse number="24">अनि येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धन-सम्‍पत्ति हुनेहरूलाई परमेश्‍वरको राज्‍यभित्र प्रवेश गर्नु अति गाह्रो छ,</verse>
				<verse number="25">किनभने धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुभन्‍दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्‍छ।”</verse>
				<verse number="26">अनि सुन्‍नेहरूले भने, “तब कसको उद्धार हुन सक्‍छ त?”</verse>
				<verse number="27">उहाँले भन्‍नुभयो, “मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।”</verse>
				<verse number="28">तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्‍नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।”</verse>
				<verse number="29">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले घर वा पत्‍नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्‍वरका राज्‍यको निम्‍ति त्‍याग्‍छ,</verse>
				<verse number="30">त्‍यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्‍त जीवन प्राप्‍त गर्नेछ।”</verse>
				<verse number="31">येशूले बाह्रैलाई अलग्‍गै लगेर भन्‍नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ।</verse>
				<verse number="32">किनभने ऊ अन्‍यजातिहरूका हातमा सुम्‍पिइनेछ, र तिनीहरूले उसको गिल्‍ला गर्नेछन्, र ऊसँग दुर्व्‍यवहार गर्नेछन्, र उसलाई थुक्‍नेछन्‌।</verse>
				<verse number="33">तिनीहरूले उसलाई कोर्रा लाउनेछन्‌ र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्‍युबाट जीवित भई उठ्‌नेछ।”</verse>
				<verse number="34">तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्‌। तिनीहरूका निम्‍ति यो कुरा गुप्‍तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्‍याएन।</verse>
				<verse number="35">उहाँ यरीहोको नजिक पुग्‍नुभयो। त्‍यहाँ एक जना अन्‍धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो।</verse>
				<verse number="36">एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्‍यसले सोध्‍यो।</verse>
				<verse number="37">मानिसहरूले त्‍यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्‍छ।”</verse>
				<verse number="38">तब त्‍यो यसो भन्‍दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!”</verse>
				<verse number="39">अगिअगि हिँड्‌नेहरूले त्‍यसलाई चूप लाग्‌ भनेर हप्‍काए, तर त्‍यो झन्‌ साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!”</verse>
				<verse number="40">येशू अड़िनुभयो, र त्‍यसलाई आफूकहाँ ल्‍याउने आज्ञा गर्नुभयो। त्‍यो नजिक आएपछि उहाँले त्‍यसलाई सोध्‍नुभयो,</verse>
				<verse number="41">“तिमी के चाहन्‍छौ? म तिम्रो निम्‍ति के गरूँ?” त्‍यसले भन्‍यो, “प्रभु, म देख्‍न सकूँ”।</verse>
				<verse number="42">तब येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी देख्‍ने भइजाऊ। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”</verse>
				<verse number="43">अनि तुरुन्‍तै त्‍यो देख्‍ने भयो, र परमेश्‍वरको प्रशंसा गर्दै त्‍यो उहाँको पछि लाग्‍यो। यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="2">त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए।</verse>
				<verse number="3">येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्‍थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्‍न सकेनन्‌।</verse>
				<verse number="4">तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्‍जीरको रूखमा चढ़े। किनकि येशू त्‍यही बाटो भएर जान लाग्‍नुभएको थियो।</verse>
				<verse number="5">जब येशू त्‍यस ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले मास्‍तिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ।”</verse>
				<verse number="6">तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्‍कार गरे।</verse>
				<verse number="7">जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्‍न गए।”</verse>
				<verse number="8">जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु।”</verse>
				<verse number="9">तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌।</verse>
				<verse number="10">किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।”</verse>
				<verse number="11">तिनीहरूले यी कुरा सुन्‍दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍न लाग्‍नुभयो। उहाँ यरूशलेमको नजिकै हुनुहुन्‍थ्‍यो, अनि मानिसहरूले परमेश्‍वरको राज्‍य तुरुन्‍तै प्रकट हुन लागेको छ भन्‍ने सम्‍झेका थिए।</verse>
				<verse number="12">उहाँले भन्‍नुभयो, “एक जना खानदानी मानिस एउटा राज्‍य प्राप्‍त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए।</verse>
				<verse number="13">तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्‍का दिएर भने, ‘जबसम्‍म म फर्किआउँदिनँ यसबाट व्‍यापार गर।’</verse>
				<verse number="14">“तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’</verse>
				<verse number="15">“तब राज्‍य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्‍यापारबाट तिनीहरूले कति नाफा गरे भन्‍ने तिनले जान्‍न चाहे।</verse>
				<verse number="16">“तब पहिलो आएर यसो भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍काले अझै दश सिक्‍का कमाएको छु।’</verse>
				<verse number="17">“तिनले त्‍यसलाई भने, ‘स्‍याबास असल नोकर, तँ अति थोरैमा विश्‍वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्‌।’</verse>
				<verse number="18">“दोस्रो आएर यसो भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍काले अरू पाँच सिक्‍का कमाएको छु।’</verse>
				<verse number="19">“तिनले त्‍यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्‌।’</verse>
				<verse number="20">“अर्को आएर यसो भन्‍यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ।</verse>
				<verse number="21">म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्‍छ। जे राख्‍नुभएन त्‍यो लिनुहुन्‍छ, र जे छर्नुभएन त्‍यसैको कटनी गर्नुहुन्‍छ।’</verse>
				<verse number="22">“तिनले त्‍यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्‍साफ गर्नेछु, ए दुष्‍ट नोकर! जे राखिनँ त्‍यो लिने, र जे छरिनँ त्‍यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्‌।</verse>
				<verse number="23">तब मेरो सिक्‍का बैङ्कमा किन राखिनस्‌ त? म आएर व्‍याजसहित त्‍यो पाउनेथिएँ।’</verse>
				<verse number="24">“तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्‍यसबाट त्‍यो सिक्‍का लिएर दश सिक्‍का हुनेलाई दिइहाल्‌।’</verse>
				<verse number="25">तिनीहरूले तिनलाई भने, ‘हजूर, त्‍यससँग त दश सिक्‍का छँदैछन्‌।’</verse>
				<verse number="26">“‘म तिमीहरूलाई भन्‍दछु, जससँग छ त्‍यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।</verse>
				<verse number="27">तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्‍याओ, र तिनीहरूलाई मेरै सामुन्‍ने मार’।”</verse>
				<verse number="28">येशूले यी कुरा भन्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्‌नुभयो।</verse>
				<verse number="29">जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्‍नुभयो, उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो,</verse>
				<verse number="30">“सामुन्‍नेको गाउँमा जाओ, र भित्र पस्‍दापस्‍दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्‍म कोही मानिस चढ़ेको छैन। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।</verse>
				<verse number="31">कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्‍यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्‍नू।”</verse>
				<verse number="32">ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्‍तो भन्‍नुभएको थियो त्‍यस्‍तै भेट्टाए।</verse>
				<verse number="33">तिनीहरूले बछेड़ो फुकाउन लाग्‍दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?”</verse>
				<verse number="34">तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।”</verse>
				<verse number="35">चेलाहरूले त्‍यसलाई येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्‍यसमाथि बसाए।</verse>
				<verse number="36">उहाँ जानुहुँदा मानिसहरूले आफ्‍ना वस्‍त्रहरू बाटोमा ओछ्याए।</verse>
				<verse number="37">उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे,</verse>
				<verse number="38">	“परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌। स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।”</verse>
				<verse number="39">अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्‍काउनुहोस्‌।”</verse>
				<verse number="40">तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌।”</verse>
				<verse number="41">जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो,</verse>
				<verse number="42">“शान्‍ति कुन कुराले ल्‍याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्‍टिबाट त्‍यो लुकेको छ।</verse>
				<verse number="43">किनकि तँमाथि यस्‍ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन्‌।</verse>
				<verse number="44">तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्‍तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस्‌।”</verse>
				<verse number="45">तब उहाँ मन्‍दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्‍नुभयो,</verse>
				<verse number="46">र तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”</verse>
				<verse number="47">उहाँले दिनहुँ मन्‍दिरमा शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो। तर मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्‍थे।</verse>
				<verse number="48">तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्‍ध थिए।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">एक दिन मन्‍दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँकहाँ आए,</verse>
				<verse number="2">र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?”</verse>
				<verse number="3">उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्‍छु, मलाई उत्तर देओ।</verse>
				<verse number="4">यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट थियो, कि मानिसबाट?”</verse>
				<verse number="5">तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर तिनले भन्‍नेछन्‌।</verse>
				<verse number="6">‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनकि यूहन्‍ना अगमवक्ता हुन्‌ भन्‍ने तिनीहरूको पक्‍का विश्‍वास छ।”</verse>
				<verse number="7">यसकारण तिनीहरूले जवाफ दिए, “हामी जान्‍दैनौं, कहाँबाट आएको हो।”</verse>
				<verse number="8">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसो भए म कुन अधिकारले यी काम गर्दछु, म पनि तिमीहरूलाई भन्‍दिनँ।”</verse>
				<verse number="9">उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए।</verse>
				<verse number="10">फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्‍नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्‍यसलाई पिटेर रित्तै पठाइदिए।</verse>
				<verse number="11">तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि पिटी बेइज्‍जत गरेर रित्तै पठाइदिए।</verse>
				<verse number="12">तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्‍यसलाई पनि घाइते बनाएर निकालिदिए।</verse>
				<verse number="13">“अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्‍नो प्‍यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्‌।’</verse>
				<verse number="14">“तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्‍पत्तिको हक हाम्रो हुनेछ।’</verse>
				<verse number="15">अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्‌?</verse>
				<verse number="16">तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।” मानिसहरूले यो सुनेर भने, “यस्‍तो कहिले नहोस्‌।”</verse>
				<verse number="17">तर उहाँले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो।’</verse>
				<verse number="18">त्‍यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्‍यो खस्‍छ त्‍यसले त्‍यसलाई धूलोपीठो पार्नेछ।”</verse>
				<verse number="19">तब शास्‍त्रीहरू र मुख्‍य पूजाहारीहरूले त्‍यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्‍टान्‍त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे।</verse>
				<verse number="20">तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्‍ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्‍नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्‍पिदिने दाउमा तिनीहरू थिए।</verse>
				<verse number="21">तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं ठीक बोल्‍नुहुन्‍छ र ठीक सिकाउनुहुन्‍छ, र कसैको पक्षपात गर्नुहुन्‍न, तर सत्‍यतासाथ परमेश्‍वरको मार्ग सिकाउनुहुन्‍छ।</verse>
				<verse number="22">हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?”</verse>
				<verse number="23">तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="24">“मलाई एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?” तिनीहरूले भने, “कैसरको।”</verse>
				<verse number="25">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्‌ कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।”</verse>
				<verse number="26">मानिसहरूका सामुन्‍ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।</verse>
				<verse number="27">त्‍यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्‍थान हुँदैन भन्‍ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे,</verse>
				<verse number="28">“गुरुज्‍यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्‍तान मर्‍यो भने, भाइचाहिँले त्‍यसकी पत्‍नीलाई विवाह गरी दाज्‍यूको सन्‍तान खड़ा गरिदिनुपर्छ।</verse>
				<verse number="29">सात भाइ थिए। जेठोले एउटी पत्‍नी ल्‍याएर निस्सन्‍तान मर्‍यो,</verse>
				<verse number="30">र माहिलोले</verse>
				<verse number="31">र साहिँलोले त्‍यसलाई विवाह गरे र त्‍यसै गरी ती सातै जना निस्सन्‍तान मरे।</verse>
				<verse number="32">पछिबाट त्‍यो स्‍त्री पनि मरी।</verse>
				<verse number="33">यसकारण मृतकबाट पुनरुत्‍थान हुँदा त्‍यो स्‍त्री तिनीहरूमध्‍ये कसकी पत्‍नी हुन्‍छे? किनकि त्‍यो सातै जनाकी पत्‍नी भएकी थिई।”</verse>
				<verse number="34">येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्‍छन्‌।</verse>
				<verse number="35">तर त्‍यस युगसम्‍म पुग्‍न योग्‍य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्‌न योग्‍य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्‍छन्‌।</verse>
				<verse number="36">तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्‍वर्गदूतहरूसमान हुन्, र पुनरुत्‍थानका सन्‍तान भएका हुनाले परमेश्‍वरका सन्‍तान हुन्‌।</verse>
				<verse number="37">तर मृतकहरू जीवित भई उठ्‌नेछन्‌ भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए।</verse>
				<verse number="38">उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ, किनकि सबै उहाँकै निम्‍ति जीवित छन्‌।”</verse>
				<verse number="39">अनि शास्‍त्रीहरूमध्‍ये कुनै-कुनैले भने, “गुरुज्‍यू, तपाईंले असलै भन्‍नुभयो।”</verse>
				<verse number="40">त्‍यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्‍न सोध्‍ने आँट गरेन।</verse>
				<verse number="41">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन्‌ भनी तिनीहरू कसरी भन्‍दछन्‌?</verse>
				<verse number="42">किनकि भजनको पुस्‍तकमा दाऊद आफै भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस,</verse>
				<verse number="43">	 जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ’।”</verse>
				<verse number="44">यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्‍दछन्‌ भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?”</verse>
				<verse number="45">अनि सबै मानिसहरूले सुन्‍दैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो,</verse>
				<verse number="46">“लामो पोशाक पहिरेर यताउति हिँड्‌ने, र बजारमा अभिवादन खोज्‍ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्‍थान रुचाउने शास्‍त्रीहरूदेखि होशियार रहो।</verse>
				<verse number="47">तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्‌। यिनीहरूले नै बढ़ी दण्‍ड पाउनेछन्‌।”</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्‍ना भेटी मन्‍दिरको दानपात्रमा राखेका देख्‍नुभयो।</verse>
				<verse number="2">उहाँले एउटी गरीब विधवालाई त्‍यहाँ दुई पैसा चढ़ाएकी पनि देख्‍नुभयो।</verse>
				<verse number="3">तब उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यस गरीब विधवाले अरू सबैले भन्‍दा बढ़ी चढ़ाएकी छे।</verse>
				<verse number="4">किनकि यिनीहरू सबैले आफ्‍ना प्रशस्‍तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्‍नो दरिद्रताबाट आफ्‍नो सारा जीविका नै दिई।”</verse>
				<verse number="5">अब कोही-कोहीले सुन्‍दर-सुन्‍दर ढुङ्गाहरू र दानमा प्राप्‍त भएका सामग्रीहरूले सुसज्‍जित पारिएका मन्‍दिरको विषयमा कुरा गर्न लागे। येशूले भन्‍नुभयो,</verse>
				<verse number="6">“तिमीहरूले जे देखिरहेका छौ, यस्‍तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, ती जम्‍मै भत्‍किनेछन्‌।”</verse>
				<verse number="7">तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्‍दा के चिन्‍ह हुनेछ?”</verse>
				<verse number="8">उहाँले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्‌। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्‍छन्‌। तिनीहरूका पछि तिमीहरू नलाग।</verse>
				<verse number="9">तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्‍नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्‍त्‍यचाहिँ तुरुन्‍तै हुनेछैन।”</verse>
				<verse number="10">तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ।</verse>
				<verse number="11">भयङ्कर भूकम्‍पहरू हुनेछन्‌। विभिन्‍न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्‍हहरू हुनेछन्‌।</verse>
				<verse number="12">“तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्‍पिदिनेछन्, र झ्‍यालखानमा हालिदिनेछन्‌। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्‍ने पुर्‍याउनेछन्‌।</verse>
				<verse number="13">तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ।</verse>
				<verse number="14">यसकारण आफ्‍नो बचाउको निम्‍ति के भन्‍ने हो सो अघिबाट सोच्‍नेछैनौं भनी आफ्‍ना मनमा पक्‍का गर।</verse>
				<verse number="15">किनभने म तिमीहरूलाई यस्‍तो बोल्‍ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्‍युत्तर दिन सक्‍नेछैनन्, अनि खण्‍डन गर्न पनि सक्‍नेछैनन्‌।</verse>
				<verse number="16">तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्‍ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्‌।</verse>
				<verse number="17">मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्‌।</verse>
				<verse number="18">तर तिमीहरूका शिरको एउटा केश पनि नष्‍ट हुनेछैन।</verse>
				<verse number="19">तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्‍नो प्राण प्राप्‍त गर्नेछौ।</verse>
				<verse number="20">“तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्‍छौ, तब त्‍यसको विनाश नजिकै आइपुगेको छ भन्‍ने जान।</verse>
				<verse number="21">तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून्‌।</verse>
				<verse number="22">किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्‌।</verse>
				<verse number="23">ती दिनमा गर्भवती र दूध खुवाउने स्‍त्रीहरूका निम्‍ति हाय! किनकि पृथ्‍वीमा ठूलो सङ्कष्‍ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ।</verse>
				<verse number="24">तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्‌। अनि अन्‍यजातिहरूको समय पूरा नभएसम्‍म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्‍चेर राख्‍नेछन्‌।</verse>
				<verse number="25">“सूर्य, चन्‍द्र र ताराहरूमा चिन्‍ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्‍वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्‍याकुल हुनेछन्‌।</verse>
				<verse number="26">संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्‍छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्‌।</verse>
				<verse number="27">त्‍यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्‍नेछन्‌।</verse>
				<verse number="28">जब यी कुरा हुन थाल्‍छन्‌ तब खड़ा होओ र आफ्‍नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।”</verse>
				<verse number="29">उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “अञ्‍जीरको रूख र सबै रूखहरूलाई हेर,</verse>
				<verse number="30">तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्‍म ऋतु नजिकै छ।</verse>
				<verse number="31">त्‍यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्‍छौ, तब परमेश्‍वरको राज्‍य नजिकै छ भनी जान।</verse>
				<verse number="32">“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै घटना पूरा नभएसम्‍म यो पुस्‍ता बितिजानेछैन।</verse>
				<verse number="33">आकाश र पृथ्‍वी बितिजानेछन्, तर मेरा वचन बित्‍नेछैनन्‌।</verse>
				<verse number="34">“तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।</verse>
				<verse number="35">किनकि यसरी नै सारा पृथ्‍वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।</verse>
				<verse number="36">तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”</verse>
				<verse number="37">येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो, र रातीचाहिँ निस्‍केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्‍थ्‍यो।</verse>
				<verse number="38">उहाँको वचन सुन्‍नलाई सबै मानिसहरू बिहानै मन्‍दिरमा आउँथे।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्‍तार-चाड भनिन्‍छ।</verse>
				<verse number="2">मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्‍थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे।</verse>
				<verse number="3">तब बाह्रमध्‍येको एक जना इस्‍करियोत भनिने यहूदाभित्र शैतान पस्‍यो।</verse>
				<verse number="4">तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्‍य पूजाहारीहरू र कप्‍तानहरूकहाँ गएर त्‍यसले सल्‍लाह गर्‍यो।</verse>
				<verse number="5">तिनीहरू खुसी भए, र त्‍यसलाई रुपियाँ दिने कबोल गरे।</verse>
				<verse number="6">त्‍यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्‍न लाग्‍यो।</verse>
				<verse number="7">अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्‍तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्‍यो।</verse>
				<verse number="8">उहाँले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्‍ति निस्‍तार-चाड़को भोज तयार गर।”</verse>
				<verse number="9">तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”</verse>
				<verse number="10">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। त्‍यो जुन घरमा पस्‍छ त्‍यहाँसम्‍म त्‍यसको पछि लाग,</verse>
				<verse number="11">र तिमीहरूले त्‍यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्‍नुहुन्‍छ, मैले आफ्‍ना चेलाहरूसँग निस्‍तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’</verse>
				<verse number="12">उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तयार गर।”</verse>
				<verse number="13">तिनीहरू गए, र उहाँले भन्‍नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को तयारी गरे।</verse>
				<verse number="14">अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्‍नुभयो।</verse>
				<verse number="15">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ,</verse>
				<verse number="16">किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।”</verse>
				<verse number="17">तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़।</verse>
				<verse number="18">किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।”</verse>
				<verse number="19">अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।”</verse>
				<verse number="20">यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।</verse>
				<verse number="21">तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ।</verse>
				<verse number="22">किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई, जसले उसलाई धोका दिन्‍छ।”</verse>
				<verse number="23">यस्‍तो काम गर्ने तिनीहरूमध्‍ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।</verse>
				<verse number="24">अब तिनीहरूमध्‍ये सबैभन्‍दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्‍यो।</verse>
				<verse number="25">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अन्‍यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्‍व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्‍छन्‌।</verse>
				<verse number="26">तर तिमीहरूचाहिँ यस्‍तो नहोओ। तिमीहरूमध्‍ये जो ठूलो छ, त्‍यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्‌।</verse>
				<verse number="27">किनभने ठूलो को हो? भोजन खान बस्‍ने कि सेवा गर्ने? के भोजन खान बस्‍ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्‍तै छु।</verse>
				<verse number="28">“तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ।</verse>
				<verse number="29">जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभयो, म पनि तिमीहरूलाई दिन्‍छु,</verse>
				<verse number="30">ताकि मेरो राज्‍यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्‍याय गरेर सिंहासनहरूमा बस्‍नेछौ।</verse>
				<verse number="31">“सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्‍तै निफन्‍ने अनुमति मागेको छ,</verse>
				<verse number="32">तर मैले तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर तिम्रो निम्‍ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्‍थिर गराऊ।”</verse>
				<verse number="33">अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्‍यालखानमा र मृत्‍युसम्‍मै जान तयार छु।”</verse>
				<verse number="34">अनि उहाँले भन्‍नुभयो, “पत्रुस, म तिमीलाई भन्‍दछु, तिमीले मलाई चिन्‍दिनँ भनेर तीन पल्‍ट अस्‍वीकार नगरुञ्‍जेल आज भाले बास्‍नेछैन।”</verse>
				<verse number="35">येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।”</verse>
				<verse number="36">उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌।</verse>
				<verse number="37">म तिमीहरूलाई भन्‍दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।”</verse>
				<verse number="38">तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्‌।” उहाँले भन्‍नुभयो, “त्‍यति भए पुग्‍छ।”</verse>
				<verse number="39">बाहिर निस्‍केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे।</verse>
				<verse number="40">त्‍यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।”</verse>
				<verse number="41">उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो,</verse>
				<verse number="42">“हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।”</verse>
				<verse number="43">तब स्‍वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे।</verse>
				<verse number="44">अत्‍यन्‍त सङ्कष्‍टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्‍नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्‍लाजस्‍तै जमिनमा खसिरहेका थिए।</verse>
				<verse number="45">प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो।</verse>
				<verse number="46">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।”</verse>
				<verse number="47">उहाँ बोल्‍दाबोल्‍दै, एउटा भीड त्‍यहाँ आइपुग्‍यो। बाह्र चेलामध्‍ये एक जना यहूदा भन्‍नेचाहिँ तिनीहरूका अगिअगि आयो। येशूलाई चुम्‍बन गर्नलाई त्‍यो उहाँको नजिकै गयो।</verse>
				<verse number="48">तर येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्‍बनद्वारा विश्‍वासघात गर्न चाहन्‍छौ?”</verse>
				<verse number="49">तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो, सो देखेर उहाँलाई भने, “प्रभु, के हामी तरवार चलाऔं?”</verse>
				<verse number="50">तिनीहरूमध्‍ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्‍यो, र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदियो।</verse>
				<verse number="51">तर येशूले भन्‍नुभयो, “भयो, अब यसो नगर।” अनि त्‍यस मान्‍छेको कान छोएर उहाँले त्‍यसलाई निको पारिदिनुभयो।</verse>
				<verse number="52">अनि उहाँको विरुद्धमा आएका मुख्‍य पूजाहारीहरू, मन्‍दिरका कप्‍तानहरू, र धर्म-गुरुहरूलाई उहाँले भन्‍नुभयो, “के तपाईंहरू डाँकूको विरुद्धमा आएजस्‍तै तरवार र लाठाहरू लिएर आउनुभयो?</verse>
				<verse number="53">म दिनहुँ मन्‍दिरमा तपाईंहरूका साथमा हुँदा तपाईंहरूले मेरो विरुद्धमा हात उठाउनुभएन। तर अब तपाईंहरूको समय हो, र अन्‍धकारको शक्ति यही हो।”</verse>
				<verse number="54">तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्‍याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे।</verse>
				<verse number="55">त्‍यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्‍मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे।</verse>
				<verse number="56">एउटी नोकर्नीले आगोको उज्‍यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”</verse>
				<verse number="57">तर पत्रुसले यसो भनेर इन्‍कार गरे, “ए नारी, म उहाँलाई चिन्‍दिनँ।”</verse>
				<verse number="58">केही बेरपछि अर्कोले तिनलाई देखेर भन्‍यो, “तिमी पनि तिनीहरूमध्‍येकै हौ।” तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”</verse>
				<verse number="59">प्राय: एक घण्‍टा बितेपछि अर्को एक जनाले जोड दिएर यसो भन्‍यो, “निश्‍चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालीली नै रहेछन्‌।”</verse>
				<verse number="60">तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्‍दिनँ।” तिनी बोल्‍दाबोल्‍दै भाले बास्‍यो।</verse>
				<verse number="61">अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ” भनी भन्‍नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो।</verse>
				<verse number="62">र तिनी बाहिर निस्‍केर धुरुधुरु रोए।</verse>
				<verse number="63">तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गरे, र पिटे,</verse>
				<verse number="64">उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्‌।”</verse>
				<verse number="65">तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्‍कारपूर्ण कुरा भने।</verse>
				<verse number="66">उज्‍यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू दुवैले उहाँलाई आफ्‍नो महासभामा लगे,</verse>
				<verse number="67">र भने, “तँ ख्रीष्‍ट होस्‌ भने हामीलाई भन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्‍याउनुहुन्‍न।</verse>
				<verse number="68">मैले प्रश्‍न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्‍न।</verse>
				<verse number="69">तर अब मानिसको पुत्र परमेश्‍वरका शक्तिको दाहिनेपट्टि बस्‍नेछ।”</verse>
				<verse number="70">तब तिनीहरू सबैले भने, “त्‍यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्‌?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्‍नुहुन्‍छ, म उही हुँ।”</verse>
				<verse number="71">तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्‍यकता छ र? किनकि हामीले त्‍यसकै मुखबाट सुनिहाल्‍यौं।”</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">सबै सभासद्‌हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्‍याए।</verse>
				<verse number="2">तिनीहरूले उहाँमाथि यसो भन्‍ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्‍ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्‍छ, आफैलाई चाहिँ ‘म ख्रीष्‍ट, एक राजा हुँ’ भनी भन्‍छ।”</verse>
				<verse number="3">पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="4">तब पिलातसले मुख्‍य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।”</verse>
				<verse number="5">तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्‍म शिक्षा दिएर मानिसहरूलाई भड्‌काउँदैछ।”</verse>
				<verse number="6">तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे।</verse>
				<verse number="7">अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन्‌ भन्‍ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए।</verse>
				<verse number="8">अब येशूलाई देखेर हेरोद अत्‍यन्‍त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्‍छा गरेका थिए, र उहाँले केही आश्‍चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे।</verse>
				<verse number="9">तिनले उहाँलाई धेरै प्रश्‍न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन।</verse>
				<verse number="10">मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे।</verse>
				<verse number="11">हेरोदले आफ्‍ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्‍कारपूर्ण व्‍यवहार गरे, र उहाँको गिल्‍ला गरे। त्‍यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए।</verse>
				<verse number="12">त्‍यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो।</verse>
				<verse number="13">तब पिलातसले मुख्‍य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्‍मा गरे।</verse>
				<verse number="14">उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्‌काउने भनी यिनलाई मेरो सामुन्‍ने ल्‍यायौ। तिमीहरूकै सामुन्‍ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ।</verse>
				<verse number="15">हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्‍युदण्‍ड पाउने योग्‍यको कुनै काम गरेका छैनन्‌।</verse>
				<verse number="16">यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” [</verse>
				<verse number="17">चाड़को उपलक्ष्यमा तिनीहरूका निम्‍ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्‍यो।]</verse>
				<verse number="18">तिनीहरू सबै एकसाथ यसो भनेर कराए, “यसलाई हटाउनुहोस्, र हाम्रा निम्‍ति बारब्‍बालाई छोडिदिनुहोस्‌।”</verse>
				<verse number="19">बारब्‍बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्‍याको अभियोगमा कारागारमा थुनिएको थियो।</verse>
				<verse number="20">येशूलाई छोडिदिने इच्‍छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्‍झाए।</verse>
				<verse number="21">तर तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याइरहे, ‘क्रूसमा टाँग्‍नुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”</verse>
				<verse number="22">अनि तिनले तेस्रो पल्‍ट तिनीहरूलाई भने, “किन? यी मानिसले के खराबी गरेका छन्‌ र? मैले त यिनलाई मृत्‍युदण्‍ड दिने कुनै कारण भेट्टाइनँ, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।”</verse>
				<verse number="23">तर तिनीहरूले ठूलो सोरले कराउँदै उहाँलाई क्रूसमा टाँग्‍नैपर्छ भन्‍ने माग गर्न लागे। तिनीहरूको चित्‍कार सफल भयो।</verse>
				<verse number="24">अनि पिलातसले तिनीहरूको माग पूरा गरिदिने फैसला सुनाए।</verse>
				<verse number="25">तिनले त्‍यस मानिसलाई छोडिदिए, जो विद्रोह र हत्‍याको अभियोगमा कारागारमा परेको थियो। त्‍यसैलाई छोडिदिनुहोस्‌ भनेर तिनीहरूले माग गरेका थिए। तर येशूलाई चाहिँ तिनले तिनीहरूको इच्‍छामा सुम्‍पिदिए।</verse>
				<verse number="26">तिनीहरूले उहाँलाई त्‍यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए।</verse>
				<verse number="27">मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्‍यो। त्‍यसमा स्‍त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए।</verse>
				<verse number="28">तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्‍ति नरोओ, तर तिमीहरू आफ्‍नै निम्‍ति र आफ्‍ना छोराछोरीका निम्‍ति रोओ।</verse>
				<verse number="29">किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्‍नेछन्, ‘धन्‍य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्‍त्रीहरू।’</verse>
				<verse number="30">तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्‌’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्‍न लाग्‍नेछन्‌।</verse>
				<verse number="31">किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन्‌ भने, सुक्‍खा हुँदा के गर्लान्‌?”</verse>
				<verse number="32">अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्‍युदण्‍ड दिनलाई लगे।</verse>
				<verse number="33">जब तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आए, तब त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्‍ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।</verse>
				<verse number="34">अनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌।” अनि तिनीहरूले उहाँको वस्‍त्र भाग गरेर चिट्ठा हाले।</verse>
				<verse number="35">मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्‍वरका ख्रीष्‍ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्‌।”</verse>
				<verse number="36">सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्‍ला गरे,</verse>
				<verse number="37">“तँ यहूदीहरूका राजा होस्‌ भने आफूलाई बचा।”</verse>
				<verse number="38">“यो यहूदीहरूको राजा हो” भन्‍ने दोष-पत्र पनि उहाँको मास्‍तिर थियो।</verse>
				<verse number="39">क्रूसमा टाँगिएका अपराधीहरूमध्‍ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।”</verse>
				<verse number="40">तर त्‍यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्‍यही दण्‍डमा परेको छस्, तापनि परमेश्‍वरको डर मान्‍दैनस्‌?</verse>
				<verse number="41">हाम्रो दण्‍ड त न्‍यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्‌।”</verse>
				<verse number="42">तब त्‍यसले भन्‍यो, “हे येशू, तपाईं आफ्‍नो राज्‍यमा आउनुहुँदा मलाई सम्‍झनुहोस्‌।”</verse>
				<verse number="43">उहाँले त्‍यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ।”</verse>
				<verse number="44">प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले ढाक्‍यो।</verse>
				<verse number="45">सूर्यको तेजै कम भयो, र मन्‍दिरको पर्दा माझमा च्‍यातिएर दुई भाग भयो।</verse>
				<verse number="46">उच्‍च सोरले कराएर येशूले भन्‍नुभयो, “हे पिता, म मेरो आत्‍मा तपाईंको हातमा सुम्‍पन्‍छु।” यति भनेर उहाँले आफ्‍नो प्राण त्‍यागिदिनुभयो।</verse>
				<verse number="47">यो सब घटना देखेर कप्‍तानले यसो भन्‍दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी धार्मिक मानिस थिए।”</verse>
				<verse number="48">यो दृश्‍य हेर्न जम्‍मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्‍ना छाती पिट्‌दै घर फर्के।</verse>
				<verse number="49">तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्‍त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे।</verse>
				<verse number="50">योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्‍य पनि थिए।</verse>
				<verse number="51">उनले तिनीहरूका सल्‍लाह र कार्यमा सम्‍मति दिएका थिएनन्‌। उनी यहूदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्‍वरका राज्‍यको बाटो हेर्दैथिए।</verse>
				<verse number="52">उनले पिलातसकहाँ गएर येशूको लाश मागे,</verse>
				<verse number="53">उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्‍यै कोही राखिएको थिएन।</verse>
				<verse number="54">त्‍यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो।</verse>
				<verse number="55">गालीलबाट उहाँको साथमा आउने स्‍त्रीहरू पछिपछि गए, र त्‍यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे।</verse>
				<verse number="56">तब फर्केर तिनीहरूले सुगन्‍धित द्रव्‍य र अत्तरहरू तयार गरे। अनि व्‍यवस्‍थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">हप्‍ताको पहिलो दिन बिहान सखारै ती स्‍त्रीहरूले तयार गरेका सुगन्‍धित द्रव्‍य लिएर तिनीहरू चिहानमा आए।</verse>
				<verse number="2">तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए।</verse>
				<verse number="3">तर भित्र पस्‍दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्‌।</verse>
				<verse number="4">जब तिनीहरू यस विषयमा अलमल्‍ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए।</verse>
				<verse number="5">तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्‍यक्तिलाई मृतकहरूका बीचमा किन खोज्‍छौ?</verse>
				<verse number="6">उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित भई उठ्‌नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो त्‍यो याद गर,</verse>
				<verse number="7">कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्‍पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्‌नु आवश्‍यक छ’।”</verse>
				<verse number="8">तिनीहरूले उहाँका वचन सम्‍झे।</verse>
				<verse number="9">अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए।</verse>
				<verse number="10">ती स्‍त्रीहरूचाहिँ, मरियम मग्‍दलिनी, योअन्‍ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्‍त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने।</verse>
				<verse number="11">तर तिनीहरूले यी कुरा वाहियात हुन्‌ भन्‍ठाने, र तिनीहरूले विश्‍वास गरेनन्‌।</verse>
				<verse number="12">तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्‍यो घटना देखेर अचम्‍म मानी उनी गइहाले।</verse>
				<verse number="13">त्‍यही दिन उहाँका चेलाहरूमध्‍ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्‍माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए।</verse>
				<verse number="14">घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए।</verse>
				<verse number="15">तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्‍नुभयो,</verse>
				<verse number="16">तर तिनीहरूका आँखा उहाँलाई चिन्‍न नसक्‍ने तुल्‍याइएका थिए।</verse>
				<verse number="17">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू हिँड्‌दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्‍क अड़िए।</verse>
				<verse number="18">ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?”</verse>
				<verse number="19">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="20">तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे।</verse>
				<verse number="21">इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्‍छ भन्‍ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।</verse>
				<verse number="22">यसबाहेक हामी मध्येका कोही-कोही स्‍त्रीहरूले हामीलाई चकित बनाएका छन्‌। तिनीहरू आज बिहान सखारै चिहानमा गए,</verse>
				<verse number="23">र येशूको शरीर भेट्टाएनन्‌। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्‍वर्गदूतहरूलाई देख्‍यौं, जसले येशू जीवित हुनुहुन्‍छ भने।’</verse>
				<verse number="24">हामीहरूमध्‍येका कोही-कोही चिहानमा गए, र ती स्‍त्रीहरूले जे भनेका थिए, त्‍यस्‍तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्‌।”</verse>
				<verse number="25">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्‍त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्‍वास गर्दैनौ!</verse>
				<verse number="26">के ख्रीष्‍टले यी कष्‍टहरू भोग्‍नु र आफ्‍नो महिमामा प्रवेश गर्नु आवश्‍यक थिएन र?”</verse>
				<verse number="27">तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।</verse>
				<verse number="28">तिनीहरू जुन गाउँमा गइरहेका थिए त्‍यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्‍तो गर्नुभयो।</verse>
				<verse number="29">तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्‍यो, र दिन धेरै ढल्‍किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्‍नलाई घरभित्र पस्‍नुभयो।</verse>
				<verse number="30">जब येशू तिनीहरूसँग खान बस्‍नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्‍नुभयो।</verse>
				<verse number="31">तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्‍टिबाट अल्‍पिनुभयो।</verse>
				<verse number="32">तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएन र?”</verse>
				<verse number="33">तिनीहरू त्‍यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्‍मा भएकाहरूलाई भेटे,</verse>
				<verse number="34">र तिनीहरूलाई यसो भने, “प्रभु साँच्‍चै नै जीवित भई उठ्‌नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”</verse>
				<verse number="35">तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्‍दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।</verse>
				<verse number="36">तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्‌।”</verse>
				<verse number="37">तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्‍ने सम्‍झे।</verse>
				<verse number="38">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्‍छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्‍पन्‍न हुन्‍छ?</verse>
				<verse number="39">मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्‍छौ, मेरा त छन्‌।”</verse>
				<verse number="40">यसो भन्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्‍ना हात र पाउ देखाउनुभयो।</verse>
				<verse number="41">तर खुसीले पत्‍यार गर्न नसकी तिनीहरू छक्‍क पर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूसित यहाँ केही खानेकुरो छ?”</verse>
				<verse number="42">तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए।</verse>
				<verse number="43">अनि उहाँले त्‍यो लिएर तिनीहरूकै सामुन्‍ने खानुभयो।</verse>
				<verse number="44">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात्‌ मोशाको व्‍यवस्‍था, अगमवक्ता र भजनका पुस्‍तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”</verse>
				<verse number="45">तब धर्मशास्‍त्र बुझ्‍नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो।</verse>
				<verse number="46">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्‍टले दुःख भोग्‍नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ,</verse>
				<verse number="47">अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।</verse>
				<verse number="48">तिमीहरू यी नै कुराका साक्षी हौ।</verse>
				<verse number="49">हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही सहरमा बसिरहो।”</verse>
				<verse number="50">त्‍यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्‍म लैजानुभयो, र आफ्‍नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो।</verse>
				<verse number="51">उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो।</verse>
				<verse number="52">तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्‍दसाथ यरूशलेम फर्के।</verse>
				<verse number="53">अनि तिनीहरू परमेश्‍वरको प्रशंसा गर्दै मन्‍दिरमा निरन्‍तर रहन लागे।</verse>
			</chapter>
		</book>
		<book number="43">
			<chapter number="1">
				<verse number="1">आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="2">उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="3">सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।</verse>
				<verse number="4">उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो।</verse>
				<verse number="5">त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।</verse>
				<verse number="6">परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो।</verse>
				<verse number="7">उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए।</verse>
				<verse number="8">उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए।</verse>
				<verse number="9">हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="10">उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।</verse>
				<verse number="11">उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।</verse>
				<verse number="12">तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।</verse>
				<verse number="13">तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌।</verse>
				<verse number="14">अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।</verse>
				<verse number="15">यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।”</verse>
				<verse number="16">उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।</verse>
				<verse number="17">किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।</verse>
				<verse number="18">परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।</verse>
				<verse number="19">जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्‍ने कुरा सोध्‍न पठाए, तब यूहन्‍नाको गवाही यो थियो।</verse>
				<verse number="20">उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे।</verse>
				<verse number="21">तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्‍यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।”</verse>
				<verse number="22">तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?”</verse>
				<verse number="23">उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।”</verse>
				<verse number="24">तिनीहरूलाई फरिसीहरूले पठाएका थिए।</verse>
				<verse number="25">अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?”</verse>
				<verse number="26">यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्‍छ, जसलाई तिमीहरू चिन्‍दैनौ।</verse>
				<verse number="27">मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।”</verse>
				<verse number="28">यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए।</verse>
				<verse number="29">भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!</verse>
				<verse number="30">उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’</verse>
				<verse number="31">म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।”</verse>
				<verse number="32">यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें।</verse>
				<verse number="33">मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’</verse>
				<verse number="34">मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ।”</verse>
				<verse number="35">फेरि अर्को दिन यूहन्‍ना उनका चेलाहरूमध्‍ये दुई जनासँग उभिरहेका थिए।</verse>
				<verse number="36">उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्‍वरका थुमा!”</verse>
				<verse number="37">उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।</verse>
				<verse number="38">येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ हो, गुरुज्‍यू), तपाईं कहाँ बस्‍नुहुन्‍छ?”</verse>
				<verse number="39">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र तिमीहरूले देख्‍नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको स्‍थान देखे। तिनीहरू त्‍यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।</verse>
				<verse number="40">यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए।</verse>
				<verse number="41">तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्‍ट) भेट्टाएका छौं।”</verse>
				<verse number="42">तिनले सिमोनलाई येशूकहाँ ल्‍याए। येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”</verse>
				<verse number="43">भोलिपल्‍ट उहाँले गालीलमा जाने निश्‍चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”</verse>
				<verse number="44">अन्‍द्रियास र पत्रुसजस्‍तै फिलिप पनि बेथसेदा सहरका नै थिए।</verse>
				<verse number="45">फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”</verse>
				<verse number="46">नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”</verse>
				<verse number="47">येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।”</verse>
				<verse number="48">नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।”</verse>
				<verse number="49">नथानेलले उहाँलाई भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ, तपाईं इस्राएलका राजा हुनुहुन्‍छ।”</verse>
				<verse number="50">येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो “मैले तिमीलाई अञ्‍जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्‍वास गर्दछौ? तिमीले यीभन्‍दा अझ ठूला कुराहरू देख्‍नेछौ।”</verse>
				<verse number="51">अनि उहाँले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्‍यहाँ थिइन्‌।</verse>
				<verse number="2">येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्‍त्‍याइएका थिए।</verse>
				<verse number="3">दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।”</verse>
				<verse number="4">येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्‍नुहोस्‌। मेरो समय अझसम्‍म आएको छैन।”</verse>
				<verse number="5">उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्‍नुभएबमोजिम तिमीहरूले गर।”</verse>
				<verse number="6">अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्‍ति त्‍यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्‍पाहरू राखिएका थिए।</verse>
				<verse number="7">येशूले तिनीहरूलाई भन्‍नुभयो, “घ्याम्‍पाहरू पानीले भर।” तिनीहरूले घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए।</verse>
				<verse number="8">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे।</verse>
				<verse number="9">भोजका मुखियाले त्‍यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्‍यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने,</verse>
				<verse number="10">“हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्‍छ। तिमीले त असल दाखमद्य अहिलेसम्‍म राखिछोड़ेछौ।”</verse>
				<verse number="11">उहाँका चिन्‍हहरूमध्‍ये यो पहिलो चिन्‍ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्‍नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।</verse>
				<verse number="12">त्‍यसपछि उहाँ आफ्‍ना आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो, र केही दिन त्‍यहाँ बस्‍नुभयो।</verse>
				<verse number="13">यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो।</verse>
				<verse number="14">उहाँले मन्‍दिरमा गोरु, भेड़ा र ढुकुर बेच्‍नेहरू र पैसा साट्‌नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो।</verse>
				<verse number="15">तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्‍दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्‍दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्‌नेहरूको रेचकी घोप्‍ट्याएर तिनीहरूका टेबिल पल्‍टाइदिनुभयो।</verse>
				<verse number="16">ढुकुर बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्‍यापारको घर नतुल्‍याओ।”</verse>
				<verse number="17">उहाँका चेलाहरूलाई धर्मशास्‍त्रमा लेखिएको यो कुरा याद भयो, “तपाईंका भवनको जोशले मलाई जलाउनेछ।”</verse>
				<verse number="18">यहूदीहरूले उहाँलाई भने, “तपाईं यी काम गर्नुहुन्‍छ, त यिनका निम्‍ति हामीलाई के चिन्‍ह देखाउनुहुन्‍छ?”</verse>
				<verse number="19">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्‍दिरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु।”</verse>
				<verse number="20">तब यहूदीहरूले भने, “यस मन्‍दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्‍यो, र के तपाईं यसलाई तीन दिनमा खड़ा गर्न सक्‍नुहुन्‍छ र?”</verse>
				<verse number="21">तर जुन मन्‍दिरको विषयमा उहाँ बोल्‍नुभएको थियो, त्‍यो उहाँको शरीर थियो।</verse>
				<verse number="22">जब उहाँ मृतकबाट उठाइनुभयो, तब येशूले भन्‍नुभएको यो कुरा चेलाहरूलाई स्‍मरण भयो, र तिनीहरूले धर्मशास्‍त्रमाथि र येशूले बोल्‍नुभएको वचनमाथि विश्‍वास गरे।</verse>
				<verse number="23">जब उहाँ निस्‍तार-चाड़का भोजको बेला यरूशलेममा हुनुहुन्‍थ्‍यो, तब उहाँले गर्नुभएका चिन्‍हहरू देखेर धेरैले उहाँको नाउँमा विश्‍वास गरे।</verse>
				<verse number="24">तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्‌नुभएन,</verse>
				<verse number="25">किनकि मानिस के हो भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्‍यक थिएन, किनकि मानिसको हृदयमा के हुन्‍छ, सो उहाँ स्‍वयम्‌ जान्‍नुहुन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए।</verse>
				<verse number="2">यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।”</verse>
				<verse number="3">येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”</verse>
				<verse number="4">निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?”</verse>
				<verse number="5">येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।</verse>
				<verse number="6">शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।</verse>
				<verse number="7">मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।</verse>
				<verse number="8">बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।”</verse>
				<verse number="9">निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?”</verse>
				<verse number="10">येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ?</verse>
				<verse number="11">साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ।</verse>
				<verse number="12">मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ?</verse>
				<verse number="13">स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन।</verse>
				<verse number="14">जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,</verse>
				<verse number="15">र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ।</verse>
				<verse number="16">“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।</verse>
				<verse number="17">किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।</verse>
				<verse number="18">जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।</verse>
				<verse number="19">फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।</verse>
				<verse number="20">किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।</verse>
				<verse number="21">सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”</verse>
				<verse number="22">यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो।</verse>
				<verse number="23">यूहन्‍नाले पनि सालीमको छेउ एनोनमा बप्‍तिस्‍मा दिन्‍थे, किनकि त्‍यहाँ प्रशस्‍त पानी थियो। त्‍यहाँ मानिसहरू आउँथे र बप्‍तिस्‍मा लिन्‍थे।</verse>
				<verse number="24">त्‍यस बेलासम्‍म यूहन्‍ना झ्‍यालखानमा परेका थिएनन्‌।</verse>
				<verse number="25">त्‍यसै बेला यूहन्‍नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो।</verse>
				<verse number="26">यूहन्‍नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्‍यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्‍थ्‍यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्‍तिस्‍मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्‌।”</verse>
				<verse number="27">यूहन्‍नाले जवाफ दिए, “मानिसलाई स्‍वर्गबाट नदिइएसम्‍म त्‍यसले कुनै कुरा पाउन सक्‍दैन।</verse>
				<verse number="28">‘म ख्रीष्‍ट होइनँ, तर म उहाँभन्‍दा अगाडि पठाइएको हुँ’ भन्‍ने मेरो गवाही तिमीहरू आफै दिन्‍छौ।</verse>
				<verse number="29">जससँग दुलही छ, दुलहा त्‍यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्‍छ, उसको सोर सुनेर अत्‍यन्‍त आनन्‍दित हुन्‍छ। यसकारण मेरो यो आनन्‍द अब पूर्ण भएको छ।</verse>
				<verse number="30">उहाँ बढ्‌नु, तर मचाहिँ घट्‌नु आवश्‍यक छ।</verse>
				<verse number="31">“माथिबाट आउनुहुनेचाहिँ सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ। पृथ्‍वीबाट हुने पृथ्‍वीकै हो, र पृथ्‍वीकै कुरा बोल्‍छ। स्‍वर्गबाट आउनुहुने सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ।</verse>
				<verse number="32">उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्‍यसको गवाही उहाँ दिनुहुन्‍छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन।</verse>
				<verse number="33">जसले उहाँको गवाही ग्रहण गरेको छ, त्‍यसले परमेश्‍वर सत्‍य हुनुहुन्‍छ भन्‍ने कुराको प्रमाण दिन्‍छ।</verse>
				<verse number="34">किनभने जसलाई परमेश्‍वरले पठाउनुभयो, त्‍यसले परमेश्‍वरका वाणी बोल्‍दछ, किनकि परमेश्‍वरले विनानाप पवित्र आत्‍मा दिनुहुन्‍छ।</verse>
				<verse number="35">पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र सबै थोक उहाँकै हातमा दिनुभएको छ।</verse>
				<verse number="36">जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने।</verse>
				<verse number="2">(वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।)</verse>
				<verse number="3">जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।</verse>
				<verse number="4">उहाँलाई सामरिया भएर जानुपर्थ्‍यो।</verse>
				<verse number="5">र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्‍नुभयो। यो नगरचाहिँ याकूबले आफ्‍ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्‍यो।</verse>
				<verse number="6">त्‍यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्‍नुभएको हुनाले त्‍यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्‍यान्‍ह भएको थियो।</verse>
				<verse number="7">एउटी सामरी स्‍त्री पानी भर्न त्‍यहाँ आई। येशूले त्‍यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ।”</verse>
				<verse number="8">उहाँका चेलाहरू सहरमा खानेकुरा किन्‍न गएका थिए।</verse>
				<verse number="9">तब सामरी स्‍त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्‍त्रीको हातबाट कसरी पानी पिउनुहुन्‍छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्‍बन्‍ध राख्‍दैनन्‌।)</verse>
				<verse number="10">येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”</verse>
				<verse number="11">त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ?</verse>
				<verse number="12">के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।”</verse>
				<verse number="13">येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ,</verse>
				<verse number="14">तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!”</verse>
				<verse number="15">त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्‍यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।</verse>
				<verse number="16">येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्‍याऊ।”</verse>
				<verse number="17">त्‍यस स्‍त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्‍यौ,</verse>
				<verse number="18">किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्‍यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।”</verse>
				<verse number="19">त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्‍छ भनी म थाहा पाउँछु।</verse>
				<verse number="20">हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्‍नुहुन्‍छ, कि आराधना गर्ने स्‍थान यरूशलेम हो।”</verse>
				<verse number="21">येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ।</verse>
				<verse number="22">तिमीहरू जे आराधना गर्दछौ सो जान्‍दैनौ। हामी जे आराधना गर्दछौं सो जान्‍दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ।</verse>
				<verse number="23">तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ।</verse>
				<verse number="24">परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”</verse>
				<verse number="25">त्‍यस स्‍त्रीले उहाँलाई भनी, “म जान्‍दछु, कि मसीह आउनुहुन्‍छ (जसलाई ख्रीष्‍ट भनिन्‍छ), र जब उहाँ आउनुहुन्‍छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”</verse>
				<verse number="26">येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।”</verse>
				<verse number="27">त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌।</verse>
				<verse number="28">तब त्‍यो स्‍त्री आफ्‍नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी,</verse>
				<verse number="29">“आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?”</verse>
				<verse number="30">तब तिनीहरू नगरबाट निस्‍केर उहाँकहाँ गए।</verse>
				<verse number="31">यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्‍ती गरे, “रब्‍बी, भोजन गर्नुहोस्‌।”</verse>
				<verse number="32">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।”</verse>
				<verse number="33">यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्‍याइदियो कि कसो?”</verse>
				<verse number="34">येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई पठाउनुहुनेको इच्‍छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो।</verse>
				<verse number="35">के तिमीहरू भन्‍दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्‌ने बेला आउँछ?’ म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्‍ति पाकिसकेको छ।</verse>
				<verse number="36">जसले बाली काट्‌छ त्‍यसले ज्‍याला पाउँछ, र अनन्‍त जीवनको लागि फल बटुल्‍छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्‌।</verse>
				<verse number="37">किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्‍ने वचन यसैमा सत्‍य हुन्‍छ।</verse>
				<verse number="38">मैले तिमीहरूलाई त्‍यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।”</verse>
				<verse number="39">“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्‍ने त्‍यस स्‍त्रीको गवाहीले गर्दा त्‍यस नगरका सामरीहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे।</verse>
				<verse number="40">यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न बिन्‍ती गरे, र उहाँ दुई दिन त्‍यहाँ बस्‍नुभयो।</verse>
				<verse number="41">अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्‍वास गरे।</verse>
				<verse number="42">त्‍यस स्‍त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्‍वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्‍चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्‍छ भनी हामीले जानेका छौं।”</verse>
				<verse number="43">दुई दिनपछि त्‍यहाँबाट निस्‍केर उहाँ गालीलमा जानुभयो।</verse>
				<verse number="44">(येशू आफैले गवाही दिनुभयो, कि आफ्‍नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन।)</verse>
				<verse number="45">जब उहाँ गालीलमा आउनुभयो, तब उहाँले यरूशलेममा चाड़को बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालीलीहरूले उहाँलाई स्‍वागत गरे, किनभने तिनीहरू पनि चाड़मा गएका थिए।</verse>
				<verse number="46">त्‍यसपछि उहाँ फेरि गालीलको काना नगरमा आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। कफर्नहुममा एक जना उच्‍च अधिकारी थिए, जसको छोरो बिरामी थियो।</verse>
				<verse number="47">येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्‍ने सुनेर तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्‍ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो।</verse>
				<verse number="48">येशूले तिनलाई भन्‍नुभयो, “तिमीहरू चिन्‍ह र अचम्‍मका कामहरू नदेखेसम्‍म कुनै रीतिले विश्‍वास गर्दैनौ।”</verse>
				<verse number="49">ती उच्‍च अधिकारीले उहाँलाई भने, “हजूर, मेरो छोरो मर्नुभन्‍दा अघि नै आइदिनुहोस्‌।”</verse>
				<verse number="50">येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्‍नेछ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे, र आफ्‍नो बाटो लागे।</verse>
				<verse number="51">अनि तिनी जाँदैगर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्‍यो भनी तिनलाई बताए।</verse>
				<verse number="52">कुन घड़ीदेखि त्‍यसलाई सन्‍चो हुन लाग्‍यो भनी तिनले तिनीहरूलाई सोध्‍दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि जरोले तिनलाई छोड़्यो।”</verse>
				<verse number="53">येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍नेछ” भन्‍नुभएको घड़ीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए। अनि तिनी आफैले र तिनका सारा परिवारले विश्‍वास गरे।</verse>
				<verse number="54">यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्‍ह थियो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">त्‍यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेममा जानुभयो।</verse>
				<verse number="2">यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्‍ड छ, जसलाई हिब्रू भाषामा बेथस्‍दा भनिन्‍छ।</verse>
				<verse number="3">त्‍यहाँ अनेक रोगीहरू, अर्थात्‌— अन्‍धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्‍थे। [तिनीहरू पानी कति बेला छचल्‍किन्‍छ भनेर पर्खिरहन्‍थे।</verse>
				<verse number="4">किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्‍डमा ओर्लेर पानी हल्‍लाइदिन्‍थे, र पानी छचल्‍किएपछि जो पहिला पानी भित्र पस्‍थ्‍यो, जस्‍तै रोगले ग्रस्‍त भए पनि, त्‍यो निको भइहाल्‍थ्‍यो।]</verse>
				<verse number="5">त्‍यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो।</verse>
				<verse number="6">येशूले त्‍यसलाई त्‍यहाँ पस्रिरहेको देख्‍नुभयो अनि लामो समयदेखि त्‍यो यस दशामा रहेछ भनी जानेर येशूले त्‍यसलाई भन्‍नुभयो, “के तिमी निको हुन चाहन्‍छौ?”</verse>
				<verse number="7">रोगीले उहाँलाई भन्‍यो, “हजूर, जुन बेला पानी छचल्‍काइन्‍छ मलाई जलकुण्‍डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्‍दा अगाडि अर्को मान्‍छे पानीमा ओर्लिहाल्‍छ।”</verse>
				<verse number="8">येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।”</verse>
				<verse number="9">तुरुन्‍तै त्‍यो मानिस निको भयो, र आफ्‍नो ओछ्यान बोकी ऊ हिँड़िहाल्‍यो। त्‍यो दिन शबाथ-दिन थियो।</verse>
				<verse number="10">यसकारण निको पारिएको त्‍यस मानिसलाई यहूदीहरूले भने, “यो त शबाथ-दिन हो, तिमीलाई ओछ्यान बोक्‍नु उचित छैन।”</verse>
				<verse number="11">त्‍यसले तिनीहरूलाई जवाफ दियो, “जसले मलाई निको पार्नुभयो उहाँले नै भन्‍नुभयो, ‘आफ्‍नो ओछ्यान बोकेर हिँड़’।”</verse>
				<verse number="12">तिनीहरूले त्‍यसलाई सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड़ भन्‍ने मानिस को हो?”</verse>
				<verse number="13">तर निको भएको त्‍यस मानिसले उहाँ को हुनुहुन्‍थ्‍यो भनी चिनेको थिएन, किनभने त्‍यस ठाउँमा भीड भएको हुनाले येशू त्‍यहाँबाट गइसक्‍नुभएको थियो।</verse>
				<verse number="14">त्‍यसपछि येशूले त्‍यसलाई मन्‍दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्‌।”</verse>
				<verse number="15">उसलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ भनेर त्‍यस मानिसले गएर यहूदीहरूलाई भनिदियो।</verse>
				<verse number="16">त्‍यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो।</verse>
				<verse number="17">तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले अहिलेसम्‍म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।”</verse>
				<verse number="18">यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्‍न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्‍वरको बराबरी तुल्‍याएर उहाँले परमेश्‍वरलाई आफ्‍नै पिता भन्‍नुभएको थियो।</verse>
				<verse number="19">येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पुत्र आफैले केही गर्न सक्‍दैन, तर पिताले जे गर्नुभएको देख्‍छ त्‍यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्‍छ, पुत्रले त्‍यसै गर्छ।</verse>
				<verse number="20">किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्‍छ। यीभन्‍दा महान्‌ काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्‍चर्यचकित हुनेछौ।</verse>
				<verse number="21">किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ।</verse>
				<verse number="22">किनकि पिताले कसैको न्‍याय गर्नुहुन्‍न, तर सबै न्‍याय गर्ने काम पुत्रलाई दिनुभएको छ,</verse>
				<verse number="23">ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्‌। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।</verse>
				<verse number="24">“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ।</verse>
				<verse number="25">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, त्‍यो समय आइरहेछ, र त्‍यो समय अहिले हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन्‌।</verse>
				<verse number="26">किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ।</verse>
				<verse number="27">अनि उसलाई न्‍यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो।</verse>
				<verse number="28">“यसमा अचम्‍म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्,</verse>
				<verse number="29">र बाहिर निस्‍किआउनेछन्‌: सुकर्म गर्नेहरू जीवनको पुनरुत्‍थानको निम्‍ति, र कुकर्म गर्नेहरूचाहिँ दण्‍डाज्ञाको पुनरुत्‍थानको निम्‍ति।</verse>
				<verse number="30">“म आफै केही गर्न सक्‍दिनँ। जस्‍तो म सुन्‍छु, त्‍यस्‍तै न्‍याय म गर्छु, र मेरो न्‍याय ठीक ठहर्छ, किनकि म आफ्‍नो इच्‍छा खोज्‍दिनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा खोज्‍दछु।</verse>
				<verse number="31">“यदि मैले आफ्‍नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन।</verse>
				<verse number="32">मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्‍छ, र म जान्‍दछु, कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्‍छ, त्‍यो गवाही सत्‍य ठहर्छ।</verse>
				<verse number="33">“तिमीहरूले यूहन्‍नाकहाँ सोध्‍न पठायौ, अनि उनले सत्‍यको गवाही दिएका छन्‌।</verse>
				<verse number="34">मैले ग्रहण गर्ने गवाही मानिसको होइन, तर तिमीहरूको उद्धार होस्‌ भनेर म यी कुरा भन्‍दछु।</verse>
				<verse number="35">यूहन्‍ना बल्‍दो र चम्‍किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्‍द मनाउन राजी भयौ।</verse>
				<verse number="36">“तर मसँग जो गवाही छ, त्‍यो यूहन्‍नाको भन्‍दा ठूलो छ। किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाही दिइरहेछन्‌ कि पिताले मलाई पठाउनुभएको हो।</verse>
				<verse number="37">मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।</verse>
				<verse number="38">उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्‍वास गर्दैनौ।</verse>
				<verse number="39">तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍त्र हुन्,</verse>
				<verse number="40">तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।</verse>
				<verse number="41">“म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ,</verse>
				<verse number="42">तर परमेश्‍वरको प्रेम तिमीहरूमा छैन भनी म जान्‍दछु।</verse>
				<verse number="43">म आफ्‍ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्‍नै नाउँमा आयो भने त्‍यसलाई ग्रहण गर्नेछौ।</verse>
				<verse number="44">तिमीहरू कसरी विश्‍वास गर्न सक्‍छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्‍मान खोज्‍दछौ, अनि त्‍यो सम्‍मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्‍वरबाट आउँदछ?</verse>
				<verse number="45">“यो नसम्‍झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्‍ना आशा राखेका छौ।</verse>
				<verse number="46">किनभने तिमीहरूले मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए।</verse>
				<verse number="47">तर तिमीहरू उनले लेखेका कुराहरू विश्‍वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्‍वास गर्छौ?”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">यी कुरापछि येशू गालील, अर्थात्‌ तिबेरियास समुद्रको पारिपट्टि जानुभयो।</verse>
				<verse number="2">अनि एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्‍हहरू तिनीहरूले देखेका थिए।</verse>
				<verse number="3">येशू डाँड़ामाथि जानुभयो, र आफ्‍ना चेलाहरूसँग त्‍यहाँ बस्‍नुभयो।</verse>
				<verse number="4">यहूदीहरूको चाड, अर्थात्‌ निस्‍तार-चाड नजिक थियो।</verse>
				<verse number="5">तब येशूले आफ्‍ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्‍नुभयो, “यिनीहरूलाई खुवाउनका निम्‍ति हामीहरूले कहाँबाट रोटी किन्‍ने?”</verse>
				<verse number="6">उहाँले तिनको जाँच गर्नलाई यो भन्‍नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्‍नुभएको थियो, सो उहाँलाई थाहा थियो।</verse>
				<verse number="7">फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्‍येकले अलि-अलि पाए तापनि दुई सय चाँदीका सिक्‍काको रोटीले तिनीहरूलाई पुग्‍नेछैन।”</verse>
				<verse number="8">उहाँका चेलाहरूमध्‍ये एक जना, सिमोन पत्रुसका भाइ अन्‍द्रियासले भने,</verse>
				<verse number="9">“यहाँ एक जना ठिटो छ, त्‍यससँग जौका पाँच रोटी र दुई माछा छन्‌। तर यति धेरैका निम्‍ति यतिले के पुग्‍ला र?”</verse>
				<verse number="10">येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लाओ।” त्‍यहाँ धेरै घाँस भएको चउर थियो। तब प्राय: पाँच हजार पुरुषहरू त्‍यहाँ बसे।</verse>
				<verse number="11">तब येशूले रोटी लिनुभयो, र परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउनुभएपछि बस्‍नेहरूलाई बाँड़िदिनुभयो, र त्‍यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए।</verse>
				<verse number="12">अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही नष्‍ट नहोस्‌।”</verse>
				<verse number="13">खानेहरूले उबारेका जौका ती पाँच रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे।</verse>
				<verse number="14">यसकारण उहाँले गर्नुभएको यो चिन्‍ह देखेर ती मानिसहरूले भने, “संसारमा आउने अगमवक्ता साँच्‍चै उहाँ नै हुनुहुँदोरहेछ।”</verse>
				<verse number="15">तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि एकलै डाँड़ामा जानुभयो।</verse>
				<verse number="16">साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर गए।</verse>
				<verse number="17">र डुङ्गामा चढ़ेर तिनीहरू समुद्र पारि कफर्नहुमतिर जान लागे। त्‍यस बेला अँध्‍यारो भएको थियो, र येशू अझसम्‍म तिनीहरूकहाँ आउनुभएको थिएन।</verse>
				<verse number="18">अनि ठूलो बतास चलेकोले, समुद्रको छाल उर्लन लाग्‍यो।</verse>
				<verse number="19">पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए।</verse>
				<verse number="20">तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ, नडराओ।”</verse>
				<verse number="21">तिनीहरूले उहाँलाई खुसीसाथ डुङ्गामा राखे, र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्‍तै आइपुग्‍यो।</verse>
				<verse number="22">समुद्र पारि रहेको भीड़ले भोलिपल्‍ट त्‍यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो, कि येशू आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए।</verse>
				<verse number="23">तब तिबेरियासबाट अरू डुङ्गाहरू त्‍यस ठाउँको नजिक आए, जहाँ प्रभुले धन्‍यवाद चढ़ाएपछि तिनीहरूले रोटी खाएका थिए।</verse>
				<verse number="24">येशू र उहाँका चेलाहरू त्‍यहाँ नहुनुभएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्‍दै डुङ्गाहरूमा चढ़ेर कफर्नहुममा गए।</verse>
				<verse number="25">तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्‍बी, तपाईं यहाँ कहिले आउनुभयो?”</verse>
				<verse number="26">येशूले तिनीहरूलाई जवाफ दिई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरू चिन्‍हहरू देखेर होइन, तर अघाउञ्‍जेल रोटी खाएको कारणले मलाई खोज्‍दछौ।</verse>
				<verse number="27">नष्‍ट हुने भोजनको निम्‍ति परिश्रम नगर, तर अनन्‍त जीवनसम्‍म रहने भोजनको निम्‍ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्‍वर पिताले उसमाथि आफ्‍नो छाप लगाउनुभएको छ।”</verse>
				<verse number="28">तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?”</verse>
				<verse number="29">येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्‍वास गर।”</verse>
				<verse number="30">यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्‍ह देखाउनुहुन्‍छ, सो हामी हेरौं, र तपाईंलाई विश्‍वास गरौं? तपाईं के गर्नुहुन्‍छ?</verse>
				<verse number="31">हाम्रा पिता-पुर्खाले उजाड़-स्‍थानमा मन्‍न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्‍वर्गबाट रोटी दिनुभयो’।”</verse>
				<verse number="32">येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूलाई स्‍वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्‍वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्‍छ।</verse>
				<verse number="33">किनभने परमेश्‍वरको रोटी त्‍यही हो, जो स्‍वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्‍छ।”</verse>
				<verse number="34">तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्‌।”</verse>
				<verse number="35">येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।</verse>
				<verse number="36">तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्‍वास गर्दैनौ।</verse>
				<verse number="37">पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ।</verse>
				<verse number="38">आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ।</verse>
				<verse number="39">र मलाई पठाउनुहुनेको इच्‍छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्‍ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ।</verse>
				<verse number="40">किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”</verse>
				<verse number="41">यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्‍नुभयो, “स्‍वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”</verse>
				<verse number="42">तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्‍दैनौं र? अहिले यसले कसरी ‘म स्‍वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍दछ?”</verse>
				<verse number="43">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ।</verse>
				<verse number="44">मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।</verse>
				<verse number="45">‘अनि ती सबै जना परमेश्‍वरद्वारा सिकाइनेछन्‌’ भनी अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ। प्रत्‍येक जसले पिताबाट सुन्‍छ र सिक्‍छ त्‍यो मकहाँ आउँछ।</verse>
				<verse number="46">पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्‍वरबाट आएको हो, उसैले पितालाई देखेको छ।</verse>
				<verse number="47">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले विश्‍वास गर्छ त्‍यससित अनन्‍त जीवन छ।</verse>
				<verse number="48">म जीवनको रोटी हुँ।</verse>
				<verse number="49">तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्‍थानमा मन्‍न खाए तापनि तिनीहरू मरेर गए।</verse>
				<verse number="50">स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।</verse>
				<verse number="51">स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”</verse>
				<verse number="52">तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?”</verse>
				<verse number="53">येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।</verse>
				<verse number="54">मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु।</verse>
				<verse number="55">किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।</verse>
				<verse number="56">मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।</verse>
				<verse number="57">जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।</verse>
				<verse number="58">स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”</verse>
				<verse number="59">उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।</verse>
				<verse number="60">यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?”</verse>
				<verse number="61">तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ?</verse>
				<verse number="62">तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो?</verse>
				<verse number="63">जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।</verse>
				<verse number="64">तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।</verse>
				<verse number="65">अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।”</verse>
				<verse number="66">यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।</verse>
				<verse number="67">येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?”</verse>
				<verse number="68">सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌</verse>
				<verse number="69">र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”</verse>
				<verse number="70">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्‍येको एक जनाचाहिँ दियाबलस हो।”</verse>
				<verse number="71">यो उहाँले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्रमध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">त्‍यसपछि येशू गालीलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहूदियामा जान चाहनुभएन, किनभने यहूदीहरू उहाँलाई मार्ने दाउमा थिए।</verse>
				<verse number="2">अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो।</verse>
				<verse number="3">यसकारण येशूका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छाड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्‌।</verse>
				<verse number="4">जुन मानिसले ख्‍याति प्राप्‍त गर्न चाहन्‍छ, त्‍यसले गुप्‍तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्‍छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्‌।”</verse>
				<verse number="5">किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।</verse>
				<verse number="6">येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्‍ति त सबै समय उपयुक्त छ।</verse>
				<verse number="7">संसारले तिमीहरूलाई घृणा गर्न सक्‍दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्‍यसका कामहरू दुष्‍ट छन्‌ भनी म गवाही दिन्‍छु।</verse>
				<verse number="8">तिमीहरू यस चाड़मा जाओ। म यस चाड़मा जान्‍नँ, किनभने मेरो समय अझ पूरा भएको छैन।”</verse>
				<verse number="9">तिनीहरूलाई यसो भनेर उहाँ गालीलमै रहनुभयो।</verse>
				<verse number="10">तर उहाँका भाइहरू चाड़मा गएपछि उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा जानुभयो।</verse>
				<verse number="11">चाड़मा यहूदीहरूले उहाँलाई खोजिरहेका थिए, र “उनी कहाँ छन्‌?” भनी सोध्‍दैथिए।</verse>
				<verse number="12">भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्‍यो। कोही भन्‍थे, “उनी असल छन्‌।” अरूले भन्‍थे, “होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेछ।”</verse>
				<verse number="13">तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्‍लमखुल्‍ला बोल्‍दैनथिए।</verse>
				<verse number="14">चाड़को बीचमा येशू मन्‍दिरभित्र पस्‍नुभयो, र शिक्षा दिनुभयो।</verse>
				<verse number="15">यहूदीहरूले अचम्‍म मान्‍दै यसो भने, “कुनै अध्‍ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?”</verse>
				<verse number="16">तब येशूले जवाफ दिई तिनीहरूलाई भन्‍नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो।</verse>
				<verse number="17">यदि कुनै मानिसले परमेश्‍वरको इच्‍छा पालन गर्न चाहन्‍छ भने, मेरो शिक्षा परमेश्‍वरतर्फबाट हो, कि मेरो आफ्‍नै तर्फबाट हो सो उसले जान्‍नेछ।</verse>
				<verse number="18">जसले आफ्‍नै तर्फबाट बोल्‍दछ, उसले आफ्‍नै सम्‍मान खोज्‍दछ, तर जसले आफूलाई पठाउनेको सम्‍मान खोज्‍दछ, त्‍यो सत्‍य हो, र उसमा छल हुँदैन।</verse>
				<verse number="19">के मोशाले तिमीहरूलाई व्‍यवस्‍था दिएनन्‌? तर तिमीहरू कसैले त्‍यो व्‍यवस्‍था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्‍दछौ?”</verse>
				<verse number="20">भीड़ले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्‍दैछ?”</verse>
				<verse number="21">येशूले जवाफ दिई तिनीहरूलाई भन्‍नुभयो, “एउटा काम मैले गरें, अनि तिमीहरू सबै यसमा आश्‍चर्य मान्‍दछौ।</verse>
				<verse number="22">मोशाले तिमीहरूलाई खतनाको रीति दिएका छन्‌ (हुन त, त्‍यो मोशाको तर्फबाट त होइन, तर पिता-पुर्खाहरूबाट हो), र पनि शबाथ-दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ।</verse>
				<verse number="23">मोशाको व्‍यवस्‍था भङ्ग नहोस्‌ भनेर यदि कुनै मानिसले शबाथ-दिनमा खतना गर्छ भने, मैले एक जना मानिसलाई शबाथ-दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रीस गर्दछौ?</verse>
				<verse number="24">मुख हेरेर होइन, तर ठीक किसिमले इन्‍साफ गर।”</verse>
				<verse number="25">यरूशलेमका कोही-कोही मानिसहरूले भने, “के यिनी उही होइनन्, जसलाई तिनीहरूले मार्न खोज्‍दछन्‌?</verse>
				<verse number="26">हेर, यिनी त खुल्‍लमखुल्‍ला बोलिरहेछन्, तर तिनीहरू यिनलाई केही भन्‍दैनन्‌! के यिनी नै ख्रीष्‍ट हुन्‌ भन्‍ने धर्म-गुरुहरूले साँच्‍चै थाहा पाए?</verse>
				<verse number="27">तर हामी जान्‍दछौं, यी मानिस कहाँबाट आएका हुन्‌। तर जब ख्रीष्‍ट देखा पर्नुहुन्‍छ, उहाँ कहाँका हुनुहुन्‍छ कसैले थाहा पाउनेछैन।”</verse>
				<verse number="28">तब येशूले मन्‍दिरमा सिकाउनुहुँदा, उहाँले उच्‍च स्‍वरले भन्‍नुभयो, “तिमीहरू मलाई चिन्‍छौ, र म कहाँबाट आएको हुँ, त्‍यो पनि जान्‍दछौ। म आफ्‍नै इच्‍छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्‍य हुनुहुन्‍छ। तिमीहरू उहाँलाई चिन्‍दैनौ,</verse>
				<verse number="29">तर म उहाँलाई चिन्‍दछु, किनभने म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”</verse>
				<verse number="30">यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन।</verse>
				<verse number="31">तर भीड़का धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्‍छ, तब के यिनले गरेका चिन्‍हहरूभन्‍दा बढ़ी चिन्‍ह उहाँले गर्नुहोला र?”</verse>
				<verse number="32">भीड़ले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्‍दिरका पहरेदारहरू पठाए।</verse>
				<verse number="33">येशूले भन्‍नुभयो, “अझ केही समयसम्‍म म तिमीहरूसँग छु, त्‍यसपछि म मलाई पठाउनुहुनेकहाँ जानेछु।</verse>
				<verse number="34">तिमीहरूले मलाई खोज्‍नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्‍छु, तिमीहरू आउन सक्‍दैनौ।”</verse>
				<verse number="35">तब यहूदीहरूले आपसमा भने, “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्‍ट भई बसेका यहूदीहरूकहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्‍छन्?</verse>
				<verse number="36">यिनले भनेको यो वचन के हो? ‘तिमीहरू मलाई खोज्‍नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्‍छु, तिमीहरू आउन सक्‍दैनौ’?”</verse>
				<verse number="37">अब चाड़को पछिल्‍लो दिन, अर्थात्‌ चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो, “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌।</verse>
				<verse number="38">जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।”</verse>
				<verse number="39">तर यो कुरो उहाँले पवित्र आत्‍माको विषयमा भन्‍नुभएको थियो, जुन पवित्र आत्‍मा उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। किनकि पवित्र आत्‍मा अहिलेसम्‍म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्‍म भएको थिएन।</verse>
				<verse number="40">यी कुरा सुन्‍ने कोही-कोही मानिसले भने, “यिनी त साँच्‍चै अगमवक्ता रहेछन्‌।”</verse>
				<verse number="41">अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन्‌।” तर कसै-कसैले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन्‌ र?</verse>
				<verse number="42">के धर्मशास्‍त्रले भनेको छैन, कि ख्रीष्‍ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्‌?”</verse>
				<verse number="43">यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो।</verse>
				<verse number="44">तिनीहरूमध्‍ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेन।</verse>
				<verse number="45">तब मन्‍दिरका पहरेदारहरू मुख्‍य पूजाहारीहरू र फरिसीहरूकहाँ आए। तिनीहरूले यिनीहरूलाई भने “तिमीहरूले त्‍यसलाई किन ल्‍याएनौ?”</verse>
				<verse number="46">पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्‍तो त कुनै मानिसले कहिल्‍यै बोलेन!”</verse>
				<verse number="47">फरिसीहरूले यिनीहरूलाई भने, “तिमीहरू पनि बहकियौ, कि कसो?</verse>
				<verse number="48">के धर्म-गुरु अथवा फरिसीहरूमध्‍ये कसैले उसमाथि विश्‍वास गरेको छ?</verse>
				<verse number="49">तर यो भीड, जसले व्‍यवस्‍था जान्‍दैन, त्‍यो श्रापित छ।”</verse>
				<verse number="50">तिनीहरूमध्‍ये एक जना निकोदेमस, जो पहिले एक पल्‍ट येशूकहाँ आएका थिए, तिनले भने,</verse>
				<verse number="51">“के हाम्रो व्‍यवस्‍थाले पहिले मानिसको सुनुवाइ नभई, र त्‍यसले के गरेको छ सो नजानिकन त्‍यसलाई दोषी ठहराउँछ र?”</verse>
				<verse number="52">तिनीहरूले उनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ? धर्मशास्‍त्र खोजेर हेर, र तिमीले देख्‍नेछौ, कि गालीलबाट अगमवक्ता निस्‍कँदैन।” [</verse>
				<verse number="53">तब हरेक मानिस आ-आफ्‍ना घर गए।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">तर येशू जैतून डाँड़ामा जानुभयो।</verse>
				<verse number="2">उहाँ एकाबिहानै फेरि मन्‍दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो।</verse>
				<verse number="3">शास्‍त्री र फरिसीहरूले व्‍यभिचारमा पक्राउ परेकी एउटी स्‍त्रीलाई ल्‍याए, र त्‍यसलाई माझमा उभ्‍याए।</verse>
				<verse number="4">तिनीहरूले उहाँलाई भने, “गुरुज्‍यू, यो स्‍त्री व्‍यभिचारको कर्ममा पक्राउ परी।</verse>
				<verse number="5">व्‍यवस्‍थामा मोशाले यस्‍ताहरूलाई ढुङ्गाले हान्‍ने हामीलाई आज्ञा दिएका छन्‌। तपाईं यसको बारेमा के भन्‍नुहुन्‍छ?”</verse>
				<verse number="6">तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्‍छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्‍नुभयो।</verse>
				<verse number="7">तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्‍यसैले यस स्‍त्रीलाई पहिले ढुङ्गा हानोस्‌।”</verse>
				<verse number="8">अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्‍नुभयो।</verse>
				<verse number="9">तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्‍म एक-एक गरेर गए, र येशू त्‍यस स्‍त्रीसँग एकलै छोडिनुभयो, अनि त्‍यो स्‍त्रीचाहिँ उहाँको अगि उभिरही।</verse>
				<verse number="10">येशूले त्‍यस स्‍त्रीलाई हेरेर भन्‍नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्‍ड दिएन?”</verse>
				<verse number="11">त्‍यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। जाऊ, अनि फेरि पाप नगर।” ]</verse>
				<verse number="12">येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म संसारको ज्‍योति हुँ। मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ।”</verse>
				<verse number="13">तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्‍नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्‍य ठहर्दैन।”</verse>
				<verse number="14">येशूले जवाफ दिनुभयो, “म आफ्‍नै विषयमा गवाही दिन्‍छु, तापनि मेरो गवाही सत्‍य छ। म जान्‍दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्‍दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु।</verse>
				<verse number="15">तिमीहरू मानव दृष्‍टिले न्‍याय गर्दछौ। म कसैको न्‍याय गर्दिनँ।</verse>
				<verse number="16">मैले न्‍याय गरें भने पनि, मेरो न्‍याय सत्‍य ठहरिन्‍छ। किनभने न्‍याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्‍छ।</verse>
				<verse number="17">तिमीहरूको व्‍यवस्‍थामा पनि दुई मानिसको गवाही सत्‍य ठहरिन्‍छ भनी लेखिएको छ।</verse>
				<verse number="18">आफ्‍नो विषयमा म आफै गवाही दिन्‍छु, र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्‍छ।”</verse>
				<verse number="19">तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्‌?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्‍छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।”</verse>
				<verse number="20">यी कुरा उहाँले मन्‍दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्‍नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।</verse>
				<verse number="21">उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म गइहाल्‍छु, र तिमीहरूले मलाई खोज्‍नेछौ, र तिमीहरू आफ्‍ना पापमा मर्नेछौ। जहाँ म जान्‍छु, तिमीहरू आउन सक्‍दैनौ।”</verse>
				<verse number="22">यहूदीहरूले भने, “यिनले त आत्‍महत्‍या पो गर्ने हुन्‌ कि क्‍या हो? किनभने यिनले ‘जहाँ म जान्‍छु तिमीहरू आउन सक्‍दैनौ’ भनी भन्‍छन्‌।”</verse>
				<verse number="23">अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ।</verse>
				<verse number="24">मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”</verse>
				<verse number="25">तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ त?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ, जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्‍दैछु।</verse>
				<verse number="26">मैले तिमीहरूका विषयमा भन्‍नु र न्‍याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्‍य हुनुहुन्‍छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्‍दछु।”</verse>
				<verse number="27">पिताको विषयमा उहाँले भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्‌।</verse>
				<verse number="28">यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्‍नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्‍नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्‍दछु भनी जान्‍नेछौ।</verse>
				<verse number="29">मलाई पठाउनुहुने मसँग हुनुहुन्‍छ। उहाँले मलाई एकलै छोड्‌नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्‍न तुल्‍याउने काम गर्दछु।”</verse>
				<verse number="30">उहाँले यी कुरा बोल्‍नुहुँदा धेरैले उहाँमाथि विश्‍वास गरे।</verse>
				<verse number="31">येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ।</verse>
				<verse number="32">तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”</verse>
				<verse number="33">तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्‍तान हौं, र अहिलेसम्‍म कसैको दासत्‍वमा परेका छैनौं। ‘तिमीहरू स्‍वतन्‍त्र हुनेछौ’ भनी कसरी भन्‍छौ?”</verse>
				<verse number="34">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पाप गर्ने प्रत्‍येक पापको कमारो हो।</verse>
				<verse number="35">कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्‍छ।</verse>
				<verse number="36">यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ।</verse>
				<verse number="37">म जान्‍दछु, तिमीहरू अब्राहामका सन्‍तान हौ। तर तिमीहरू मलाई मार्न खोज्‍दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्‍थान पाउँदैन।</verse>
				<verse number="38">जे-जे मैले मेरा पिताको उपस्‍थितिमा देखेको छु, त्‍यही म भन्‍दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्‍यही गर्दछौ।”</verse>
				<verse number="39">तिनीहरूले उहाँलाई भने, “हाम्रा पिता त अब्राहाम हुन्‌।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अब्राहामका सन्‍तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्‍यही गर्नेथियौ।</verse>
				<verse number="40">मैले परमेश्‍वरबाट सुनेको सत्‍य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्‍दछौ। अब्राहामले यस्‍तो काम गरेनन्‌।</verse>
				<verse number="41">तिमीहरूका पिताले जे गरे तिमीहरू त्‍यही काम गर्दछौ।” तिनीहरूले उहाँलाई भने, “हामी व्‍यभिचारमा जन्‍मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्‍छ, उहाँ परमेश्‍वर हुनुहुन्‍छ।”</verse>
				<verse number="42">येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्‍वरबाट निस्‍किआएँ। म आफ्‍नै इच्‍छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो।</verse>
				<verse number="43">मैले भनेको तिमीहरू किन बुझ्‍दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्‍न सक्‍दैनौ।</verse>
				<verse number="44">तिमीहरू आफ्‍नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने तिमीहरूको सङ्कल्‍प छ। त्‍यो त सुरुदेखि नै हत्‍यारा थियो, र सत्‍यसँग त्‍यसलाई केही वास्‍ता छैन। किनभने त्‍यसमा केही सत्‍य छैन। जब त्‍यसले झूट बोल्‍दछ, त्‍यो आफ्‍नै स्‍वभावअनुसार बोल्‍दछ, किनभने त्‍यो झूटो हो र झूटको पिता हो।</verse>
				<verse number="45">म सत्‍य बोल्‍दछु, तर तिमीहरू मलाई विश्‍वास गर्दैनौ।</verse>
				<verse number="46">तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लाउन सक्‍छ? यदि म सत्‍य बोल्‍दछु भने, किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?</verse>
				<verse number="47">जो परमेश्‍वरको हो, त्‍यसले परमेश्‍वरका वाणी सुन्‍दछ। तिमीहरू परमेश्‍वरका होइनौ, यसैकारण तिमीहरू सुन्‍दैनौ।”</verse>
				<verse number="48">यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?”</verse>
				<verse number="49">येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्‍ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ।</verse>
				<verse number="50">तर म आफ्‍नै महिमा खोज्‍दिनँ, एक जना हुनुहुन्‍छ जसले महिमा खोज्‍नुहुन्‍छ र फैसला गर्नुहुन्‍छ।</verse>
				<verse number="51">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु देख्‍नेछैन।”</verse>
				<verse number="52">यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्‍यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्‍दछौ, ‘कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु चाख्‍नेछैन।’</verse>
				<verse number="53">के हाम्रा पुर्खा अब्राहामभन्‍दा तिमी महान्‌ हौ? उनको मृत्‍यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?”</verse>
				<verse number="54">येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्‍नै महिमा गरें भने मेरो महिमा व्‍यर्थै हुन्‍छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्‍छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्‍वर’ भन्‍दछौ।</verse>
				<verse number="55">तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्‍छु। म उहाँलाई चिन्‍दिनँ भन्‍छु भने म तिमीहरूसरह झूटा ठहरिनेछु। तर म उहाँलाई चिन्‍दछु, र उहाँको वचन पालन गर्दछु।</verse>
				<verse number="56">तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्‍नलाई प्रफुल्‍लित भएका थिए, र तिनले देखे अनि रमाए।”</verse>
				<verse number="57">यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?”</verse>
				<verse number="58">येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, अब्राहाम हुनुभन्‍दा अघिबाटै म छँदैछु।”</verse>
				<verse number="59">तब तिनीहरूले उहाँलाई हान्‍न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्‍दिरबाट बाहिर निस्‍किजानुभयो।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">त्‍यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्‍मैको अन्‍धालाई देख्‍नुभयो।</verse>
				<verse number="2">उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”</verse>
				<verse number="3">येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌।</verse>
				<verse number="4">मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन।</verse>
				<verse number="5">म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।”</verse>
				<verse number="6">यी कुरा भनेर उहाँले भूइँमा थुक्‍नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो।</verse>
				<verse number="7">अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्‍यसले गएर पखाल्‍यो, र देख्‍ने भएर फर्क्‍यो।</verse>
				<verse number="8">त्‍यसका छिमेकीहरू र त्‍यसलाई भीख मागेको देख्‍नेहरूले भने, “बसेर भीख माग्‍ने मान्‍छे के यही होइन?”</verse>
				<verse number="9">कसै-कसैले भने, “यो त्‍यही हो।” अरूले भने, “होइन, यो त्‍यहीजस्‍तो देखिन्‍छ।” त्‍यसले भन्‍यो, “म त्‍यही हुँ।”</verse>
				<verse number="10">तब तिनीहरूले त्‍यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”</verse>
				<verse number="11">त्‍यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्‍ने भएँ।”</verse>
				<verse number="12">तिनीहरूले त्‍यसलाई भने, “तिनी कहाँ छन्‌ त?” त्‍यसले भन्‍यो, “म जान्‍दिनँ।”</verse>
				<verse number="13">अघि अन्‍धो हुने त्‍यस मान्‍छेलाई तिनीहरूले फरिसीहरूकहाँ ल्‍याए।</verse>
				<verse number="14">जुन दिन येशूले माटोको लेप बनाएर त्‍यसका आँखा खोलिदिनुभएको थियो त्‍यो शबाथ-दिन थियो।</verse>
				<verse number="15">फरिसीहरूले त्‍यसलाई सोधे, “तँ कसरी देख्‍ने भइस्‌?” त्‍यसले तिनीहरूलाई भन्‍यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्‍ने भएँ।”</verse>
				<verse number="16">फरिसीहरूमध्‍ये कुनै-कुनैले भने, “त्‍यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि त्‍यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्‍ता चिन्‍हहरू गर्न सक्‍तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।</verse>
				<verse number="17">तिनीहरूले त्‍यस अन्‍धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्‍छस्‌?” त्‍यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्‍छ।”</verse>
				<verse number="18">दृष्‍टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्‍जेल यहूदीहरूले त्‍यो अन्‍धो थियो र देख्‍ने भयो भनेर विश्‍वास गरेनन्‌।</verse>
				<verse number="19">तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्‍धो जन्‍मेको थियो भनी तिमीहरू भन्‍छौ? त अब कसरी त्‍यो देख्‍न सक्‍ने भयो?”</verse>
				<verse number="20">त्‍यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्‍दछौ यो हाम्रो छोरो हो, र अन्‍धो जन्‍मेको थियो।</verse>
				<verse number="21">तर अब यो कसरी देख्‍ने भयो हामी जान्‍दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्‍यो पनि हामी जान्‍दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्‍नुहोस्‌। आफ्‍नो विषयमा त्‍यो आफै बोल्‍नेछ।”</verse>
				<verse number="22">त्‍यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्‍ट भनी स्‍वीकार गर्‍यो भने, त्‍यसलाई सभाघरबाट निकाल्‍नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।</verse>
				<verse number="23">यसैकारण त्‍यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्‍नुहोस्‌।”</verse>
				<verse number="24">तब तिनीहरूले त्‍यस अन्‍धो मानिसलाई दोस्रो पल्‍ट बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्‍दछौं यो मान्‍छे पापी हो।”</verse>
				<verse number="25">त्‍यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, म जान्‍दिनँ। एउटै कुरा मात्र म जान्‍दछु कि म अन्‍धो थिएँ, तर अब देख्‍दछु।”</verse>
				<verse number="26">तब तिनीहरूले त्‍यसलाई भने, “उसले तँलाई के गर्‍यो? उसले तेरा आँखा कसरी खोलिदियो?”</verse>
				<verse number="27">त्‍यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्‍छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्‍छ कि कसो?”</verse>
				<verse number="28">तिनीहरूले त्‍यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।</verse>
				<verse number="29">हामीलाई थाहा छ मोशासँग परमेश्‍वरले बोल्‍नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”</verse>
				<verse number="30">त्‍यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्‍यो, “कस्‍तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्‍नुहुन्‍न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।</verse>
				<verse number="31">हामी जान्‍दछौ कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर परमेश्‍वरको भय मान्‍ने र उहाँको इच्‍छा पालन गर्ने व्‍यक्तिको कुरा परमेश्‍वरले सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="32">संसार सुरु भएदेखि यसो जन्‍मैको अन्‍धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्‍यै सुनिएन।</verse>
				<verse number="33">यदि यी मानिस परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्‍नुहुनेथिएन।”</verse>
				<verse number="34">तिनीहरूले त्‍यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्‍मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्‍छस्‌?” अनि तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए।</verse>
				<verse number="35">तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”</verse>
				<verse number="36">त्‍यसले जवाफ दिई भन्‍यो, “प्रभु, उहाँ को हुनुहुन्‍छ? म उहाँमाथि विश्‍वास गर्नेछु?”</verse>
				<verse number="37">येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्‍ने उही नै हो।”</verse>
				<verse number="38">तब त्‍यसले भन्‍यो, “प्रभु, म विश्‍वास गर्दछु”, र त्‍यसले उहाँलाई दण्‍डवत्‌ गर्‍यो।</verse>
				<verse number="39">अनि येशूले भन्‍नुभयो, “म न्‍यायको लागि यस संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरूचाहिँ अन्‍धा होऊन्‌।”</verse>
				<verse number="40">यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्‍धा हौं त?”</verse>
				<verse number="41">येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अन्‍धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्‍छौं’ भन्‍दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्‍छ।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जो भेड़ा-गोठको ढोकाबाट भित्र पस्‍दैन, तर अर्कोपट्टिबाट चढ़ेर पस्‍छ, त्‍योचाहिँ चोर र डाँकू हो,</verse>
				<verse number="2">तर ढोकाबाट भित्र पस्‍नेचाहिँ भेड़ाको गोठालो हो।</verse>
				<verse number="3">ढोकेले उसको लागि ढोका खोलिदिन्‍छ, र भेड़ाहरूले उसको सोर सुन्‍छन्, र उसले आफ्‍ना भेड़ाहरूलाई नाउँ काढ़ी-काढ़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्‍छ।</verse>
				<verse number="4">जब उसले आफ्‍ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्‍छ, ऊ तिनीहरूका अगिअगि हिँड्‌छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्‍छन्‌।</verse>
				<verse number="5">तर अपरिचित व्‍यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्‍यसदेखि भाग्‍नेछन्‌। किनभने अपरिचित व्‍यक्तिको सोर तिनीहरूले चिन्‍दैनन्‌।”</verse>
				<verse number="6">येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌।</verse>
				<verse number="7">यसकारण येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, भेड़ाहरूको ढोका मै हुँ।</verse>
				<verse number="8">मभन्‍दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्‌।</verse>
				<verse number="9">ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्‍यो भने त्‍यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।</verse>
				<verse number="10">“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।</verse>
				<verse number="11">म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ।</verse>
				<verse number="12">भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ।</verse>
				<verse number="13">त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन।</verse>
				<verse number="14">“म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌।</verse>
				<verse number="15">जसरी पिताले मलाई चिन्‍नुहुन्‍छ, म पितालाई चिन्‍छु, अनि म भेड़ाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्‍छु।</verse>
				<verse number="16">“मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्‌। तिनीहरूलाई पनि मैले ल्‍याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ।</verse>
				<verse number="17">पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्‍छ, किनकि म आफ्‍नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु।</verse>
				<verse number="18">कसैले मबाट मेरो प्राण लिन सक्‍दैन, तर म आफ्‍नै इच्‍छाले आफ्‍नो प्राण अर्पण गर्दछु। आफ्‍नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”</verse>
				<verse number="19">यी वचनका कारणले यहूदीहरूमा फेरि मतभेद भयो।</verse>
				<verse number="20">तिनीहरूमध्‍ये धेरैले भन्‍दथिए, “यसलाई भूत लागेको छ, र यो बौलाएको छ। तिमीहरू यसको कुरा किन सुन्‍छौ?”</verse>
				<verse number="21">अरूहरूले भन्‍दथिए, “भूत लागेको मानिसको कुरा यस्‍तो हुँदैन। के भूतले अन्‍धाका आँखा खोल्‍न सक्‍तछ र?”</verse>
				<verse number="22">यरूशलेममा मन्‍दिर समर्पणको चाड थियो।</verse>
				<verse number="23">यो हिउँदको समय थियो। येशू मन्‍दिरभित्र सोलोमनको दलानमा टहलिरहनुभएको थियो।</verse>
				<verse number="24">यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्‍म तपाईं हामीलाई दोधारमा राख्‍नुहुन्‍छ? तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ भने हामीलाई स्‍पष्‍ट भनिदिनुहोस्‌।”</verse>
				<verse number="25">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्‍छन्‌।</verse>
				<verse number="26">तर तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्‍येका होइनौ।</verse>
				<verse number="27">“मेरा भेड़ाहरूले मेरो सोर सुन्‍छन्, र तिनीहरूलाई म चिन्‍छु, र तिनीहरू मेरो पछि आउँछन्‌।</verse>
				<verse number="28">तिनीहरूलाई म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।</verse>
				<verse number="29">मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्‍दा महान्‌ हुनुहुन्‍छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌।</verse>
				<verse number="30">पिता र म एक हौं।”</verse>
				<verse number="31">यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए।</verse>
				<verse number="32">येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्‍ये कुन कामको निम्‍ति तिमीहरू मलाई ढुङ्गाले हान्‍न चाहन्‍छौ?”</verse>
				<verse number="33">यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्‍दैनौं, तर ईश्‍वर-निन्‍दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्‍वर तुल्‍याउँछौ।”</verse>
				<verse number="34">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूको व्‍यवस्‍थामा यसो लेखिएको छैन, ‘मैले भनें, तिमीहरू देवहरू हौ’?</verse>
				<verse number="35">यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्‍छन्‌ भने (धर्मशास्‍त्र भङ्ग हुन सक्‍दैन),</verse>
				<verse number="36">पिताले पवित्र तुल्‍याएर संसारमा पठाउनुभएको व्‍यक्तिले ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा कसरी ईश्‍वर-निन्‍दा हुन्‍छ?</verse>
				<verse number="37">यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्‍वास नगर।</verse>
				<verse number="38">तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्‍वास गर्दैनौ भने यी कामहरूमाथि विश्‍वास गर, र तिमीहरूले थाहा पाउन सक्‍नेछौ र बुझ्‍नेछौ, कि पिता ममा हुनुहुन्‍छ, र म पितामा छु।”</verse>
				<verse number="39">तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्‍कनुभयो।</verse>
				<verse number="40">अनि उहाँ फेरि यर्दन पारि त्‍यस ठाउँमा जानुभयो, जहाँ यूहन्‍नाले पहिले बप्‍तिस्‍मा दिने गर्थे, र उहाँ त्‍यहीँ बस्‍नुभयो।</verse>
				<verse number="41">धेरै मानिसहरू उहाँकहाँ आउन लागे, र तिनीहरूले भने, “यूहन्‍नाले कुनै चिन्‍हहरू गरेनन्, तर यूहन्‍नाले यिनको विषयमा जे-जति भनेका थिए त्‍यो सत्‍य रहेछ।”</verse>
				<verse number="42">अनि त्‍यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए।</verse>
				<verse number="2">प्रभुलाई अत्तर लाइदिएर उहाँका पाउ आफ्‍नो कपालले पुछिदिने मरियम यी नै थिइन्‌। यिनकै भाइ लाजरस बिरामी थिए।</verse>
				<verse number="3">यी दुई दिदीहरूले येशूकहाँ यसो भनी समाचार पठाए, “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्‍छ, तिनी बिरामी छन्‌।”</verse>
				<verse number="4">तर यो सुनेर येशूले भन्‍नुभयो, “यस बिरामीले मृत्‍युमा पुर्‍याउँदैन, तर यो परमेश्‍वरको महिमाको निम्‍ति हो, ताकि यसद्वारा परमेश्‍वरका पुत्रको महिमा होस्‌।”</verse>
				<verse number="5">येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्‍थ्‍यो,</verse>
				<verse number="6">तापनि लाजरस बिरामी छन्‌ भन्‍ने सुनेर उहाँ जहाँ हुनुहुन्‍थ्‍यो, अझ दुई दिन त्‍यहीँ बस्‍नुभयो।</verse>
				<verse number="7">त्‍यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “लौ, अब हामी फेरि यहूदिया फर्केर जाऔं।”</verse>
				<verse number="8">चेलाहरूले उहाँलाई भने, “रब्‍बी, भर्खरै मात्र यहूदीहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेथे, र के फेरि तपाईं त्‍यहीँ जानुहुन्‍छ?”</verse>
				<verse number="9">येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्‍टा हुँदैनन्‌ र? दिनमा हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍दैन, किनभने तिनले यस संसारको ज्‍योति देख्‍तछन्,</verse>
				<verse number="10">तर राती हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍छ, किनभने त्‍यस मान्‍छेमा उज्‍यालो हुँदैन।”</verse>
				<verse number="11">त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर तिनलाई निद्राबाट बिउँझाउन म त्‍यहाँ जान्‍छु।”</verse>
				<verse number="12">चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन्‌ भने तिनी निको हुनेछन्‌।”</verse>
				<verse number="13">येशूले तिनको मृत्‍युको विषयमा भन्‍नुभएको थियो, तर तिनीहरूले चाहिँ स्‍वाभाविक निद्राको विषयमा भन्‍नुभएको हो भन्‍ठाने।</verse>
				<verse number="14">येशूले तिनीहरूलाई स्‍पष्‍ट भनिदिनुभयो, “लाजरस मरेका छन्‌।</verse>
				<verse number="15">तिमीहरूले विश्‍वास गर भनेर तिमीहरूका खातिर म त्‍यहाँ नभएकोमा खुसी छु। जे भए तापनि हामी तिनीकहाँ जाऔं।”</verse>
				<verse number="16">तब दिदुमस भनिने थोमाले आफ्‍ना सङ्गी-चेलाहरूलाई भने, “लौ, हामी पनि जाऔं, र उहाँसँगै मरौं।”</verse>
				<verse number="17">जब येशू आइपुग्‍नुभयो, तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थाहा पाउनुभयो।</verse>
				<verse number="18">बेथानिया यरूशलेमदेखि नजिकै प्राय: तीन किलोमिटरको दूरीमा थियो।</verse>
				<verse number="19">धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्‍त्‍वना दिन आएका थिए।</verse>
				<verse number="20">येशू आइरहनुभएको छ भन्‍ने सुनेर मार्था गइन्‌ र उहाँलाई भेटिन्‌। तर मरियम घरैमा बसिरहिन्‌।</verse>
				<verse number="21">तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।</verse>
				<verse number="22">तर अब पनि म जान्‍दछु, तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई दिनुहुनेछ।”</verse>
				<verse number="23">येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”</verse>
				<verse number="24">मार्थाले उहाँलाई भनिन्, “म जान्‍दछु, कि त्‍यो अन्‍त्‍यका दिनको पुनरुत्‍थानमा फेरि जीवित भई उठ्‌नेछ।”</verse>
				<verse number="25">येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ।</verse>
				<verse number="26">अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”</verse>
				<verse number="27">तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्‍ट, परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”</verse>
				<verse number="28">यति भनेर तिनी गइहालिन्, र आफ्‍नी बहिनी मरियमलाई बोलाएर सुटुक्‍क भनिन्, “गुरुज्‍यू आइपुग्‍नुभयो, र तिमीलाई बोलाउँदैहुनुहुन्‍छ।”</verse>
				<verse number="29">यो सुनेर मरियम झट्टै उठेर उहाँकहाँ गइन्‌।</verse>
				<verse number="30">त्‍यस बेलासम्‍म येशू गाउँमा आइपुग्‍नुभएको थिएन, तर उहाँ त्‍यही ठाउँमा हुनुहुन्‍थ्‍यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्‌।</verse>
				<verse number="31">घरमा तिनलाई सान्‍त्‍वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्‍यो चिहानमा रुन गएकी हुन्‌ भन्‍ठानेर, तिनको पछि लागे।</verse>
				<verse number="32">जब मरियम येशू हुनुभएको ठाउँमा आइन्‌ र उहाँलाई देखिन्, तब यसो भन्‍दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।”</verse>
				<verse number="33">जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, तब उहाँ आत्‍मामा ज्‍यादै व्‍याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो।</verse>
				<verse number="34">उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्‌।”</verse>
				<verse number="35">येशू रुनुभयो।</verse>
				<verse number="36">यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्‍थ्‍यो।”</verse>
				<verse number="37">तर कुनै-कुनैले भने, “के अन्‍धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्‍नेथिएनन्‌ र?”</verse>
				<verse number="38">तब येशू फेरि ज्‍यादै व्‍याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्‍यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो।</verse>
				<verse number="39">येशूले भन्‍नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्‍म त त्‍यो गन्‍हाउन लागिसक्‍यो होला, किनकि त्‍यो मरेको चार दिन भइसक्‍यो।”</verse>
				<verse number="40">येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्‍वास गर्‍यौ भने परमेश्‍वरको महिमा देख्‍नेछौ’?”</verse>
				<verse number="41">तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्‍तिर नजर उठाएर भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, किनकि तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो।</verse>
				<verse number="42">मलाई थाहा छ, कि तपाईंले मेरो बिन्‍ती सधैँ सुन्‍नुहुन्‍छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरून्‌।”</verse>
				<verse number="43">अनि यो कुरा भन्‍नुभएपछि उहाँ उच्‍च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्‍की आऊ।”</verse>
				<verse number="44">त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्‍की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसको बन्‍धन खोलिदेओ, र त्‍यसलाई जान देओ।”</verse>
				<verse number="45">मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्‍वास गरे।</verse>
				<verse number="46">तर तिनीहरूमध्‍ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए।</verse>
				<verse number="47">तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्‍यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्‍हहरू गरिरहेछ।</verse>
				<verse number="48">यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरूले आएर हाम्रो पवित्रस्‍थान र हाम्रो जाति दुवैलाई नष्‍ट पार्नेछन्‌।”</verse>
				<verse number="49">तर तिनीहरूमध्‍ये एक जना, कैयाफा, जो त्‍यस वर्षका प्रधान पूजाहारी थिए, उनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्‍दैनौ!</verse>
				<verse number="50">समस्‍त राष्‍ट्र नष्‍ट हुनुभन्‍दा बरु जनताको निम्‍ति एक जना मानिस मर्नुमा नै तिमीहरूको कल्‍याण छ भनी तिमीहरू बुझ्‍दैनौ।”</verse>
				<verse number="51">यो तिनले आफ्‍नै तर्फबाट भनेका थिएनन्, तर त्‍यस वर्षका प्रधान पूजाहारी भएका हुनाले राष्‍ट्रको निम्‍ति येशू मर्नुपर्छ भन्‍ने अगमवाणी बोलेका हुन्‌।</verse>
				<verse number="52">राष्‍ट्रको निम्‍ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्‍तानलाई एकसाथ जम्‍मा गर्नलाई यो भनिएको थियो।</verse>
				<verse number="53">यसैले त्‍यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे।</verse>
				<verse number="54">यसैकारण येशू फेरि यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्‌डुल गर्नुभएन, तर त्‍यहाँबाट उजाड-स्‍थानको नजिकमा रहेको एफ्राइम भन्‍ने सहरमा जानुभयो, र त्‍यहाँ चेलाहरूसँग बस्‍नुभयो।</verse>
				<verse number="55">यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्‍तार-चाड़को आरम्‍भ हुन अघि यरूशलेममा गए।</verse>
				<verse number="56">तब तिनीहरूले येशूलाई खोजे, अनि तिनीहरू मन्‍दिरमा खड़ा हुँदा आपसमा भन्‍न लागे, “तिमीहरूलाई कस्‍तो लाग्‍छ, के उनी चाड़मा आउलान्‌?”</verse>
				<verse number="57">मुख्‍य पूजाहारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्‍छ भनी कसैले थाहा पाए खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">निस्‍तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्‍यहाँ लाजरस बस्‍थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो।</verse>
				<verse number="2">तिनीहरूले उहाँको निम्‍ति त्‍यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्‍नेहरूमध्‍ये एक जना थिए।</verse>
				<verse number="3">तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्‍धित अत्तर ल्‍याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्‍ना केशले पुछिन्, र अत्तरको बास्‍नाले घर भरियो।</verse>
				<verse number="4">तर उहाँका चेलाहरूमध्‍ये एक जना, अर्थात्‌ उहाँलाई पक्राउन खोज्‍ने यहूदा इस्‍करियोतले भन्‍यो,</verse>
				<verse number="5">“यो अत्तर तीन सय चाँदीका सिक्‍कामा बेचेर त्‍यो रकम गरीबहरूलाई दिए हुँदैनथ्‍यो?”</verse>
				<verse number="6">तर त्‍यसले गरीबहरूको ख्‍याल राखेर यो भनेको थिएन, किनकि त्‍यो चोर थियो, र पैसाको थैलो त्‍यसैले राख्‍थ्‍यो, अनि त्‍यहाँबाट चोर्ने गर्थ्‍यो।</verse>
				<verse number="7">येशूले भन्‍नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्‍यो राखिछोड्‌न देऊ।</verse>
				<verse number="8">किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्‍छन्, तर म त सधैँ तिमीहरूसँग हुन्‍नँ।”</verse>
				<verse number="9">यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्‍यहाँ हुनुहुन्‍छ भन्‍ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए।</verse>
				<verse number="10">यसैले मुख्‍य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे।</verse>
				<verse number="11">किनभने तिनैले गर्दा यहूदीहरूमध्‍ये धेरै जना छुटिएर गई येशूमाथि विश्‍वास गर्न लागेका थिए।</verse>
				<verse number="12">भोलिपल्‍ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्‍छ भन्‍ने सुन्‍यो,</verse>
				<verse number="13">र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न कराउँदै निस्‍के, “होसन्‍ना! धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”</verse>
				<verse number="14">अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्‍यसमाथि चढ्‌नुभयो, जस्‍तो लेखिएको छ,</verse>
				<verse number="15">	“सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ।”</verse>
				<verse number="16">यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्‌। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्‍ति तिनीहरूले गरेका हुन्‌ भन्‍ने तिनीहरूले सम्‍झे।</verse>
				<verse number="17">उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।</verse>
				<verse number="18">उहाँले यो चिन्‍ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्‌न गएको थियो।</verse>
				<verse number="19">तब फरिसीहरूले एक-अर्कालाई भन्‍न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्‍तछौ, संसारै त्‍यसको पछि लागिसक्‍यो!”</verse>
				<verse number="20">चाड़मा आराधना गर्न जानेहरूमध्‍ये कोही-कोही ग्रीकहरू पनि थिए।</verse>
				<verse number="21">तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्‍ती गरे, “हजूर, हामी येशूलाई भेट्‌न चाहन्‍छौ।”</verse>
				<verse number="22">फिलिपले गएर अन्‍द्रियासलाई भने, र अन्‍द्रियास र फिलिप गएर येशूलाई भने।</verse>
				<verse number="23">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ।</verse>
				<verse number="24">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्‍यो एउटै रहन्‍छ। तर त्‍यो मर्‍यो भने त्‍यसले धेरै फल फलाउँछ।</verse>
				<verse number="25">आफ्‍नो प्राणको मोह गर्नेले त्‍यो गुमाउँछ, तर आफ्‍नो प्राणलाई यस संसारमा तुच्‍छ ठान्‍नेले चाहिँ अनन्‍त जीवनको लागि त्‍यो सुरक्षित राख्‍छ</verse>
				<verse number="26">कसैले मेरो सेवा गर्छ भने त्‍यसले मलाई पछ्याओस्‌ र म जहाँ छु, मेरो सेवक पनि त्‍यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्‍यसको कदर गर्नुहुनेछ।</verse>
				<verse number="27">“अब मेरो प्राण व्‍याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्‌’? होइन, यसै कारणले नै म यस घड़ीसम्‍म आइपुगेको छु।</verse>
				<verse number="28">हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्‌।” तब स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “मैले त्‍यो महिमा गरेको छु, र फेरि गर्नेछु।”</verse>
				<verse number="29">त्‍यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्‍यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्‍वर्गदूत उनीसँग बोलेका हुन्‌!”</verse>
				<verse number="30">येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्‍ति भएको होइन, तर तिमीहरूका निम्‍ति हो।</verse>
				<verse number="31">अब यस संसारको न्‍याय हुन्‍छ। यस संसारको शासक बाहिर फालिनेछ।</verse>
				<verse number="32">अनि जब म पृथ्‍वीबाट उचालिन्‍छु, म सबै मानिसलाई आफूतिर खिँच्‍नेछु।”</verse>
				<verse number="33">उहाँको मृत्‍यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्‍नुभएको थियो।</verse>
				<verse number="34">भीड़ले उहाँलाई सोध्‍यो, “ख्रीष्‍ट सदासर्वदा रहनुहुन्‍छ भन्‍ने व्‍यवस्‍थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्‍न सक्‍नुहुन्‍छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?”</verse>
				<verse number="35">येशूले तिनीहरूलाई भन्‍नुभयो, “अझ अलि बेरसम्‍म ज्‍योति तिमीहरूसँग छ। ज्‍योति तिमीहरूसँग छउञ्‍जेल हिँड्‌डुल गर, ताकि अन्‍धकारले तिमीहरूलाई नढाकोस्‌। कोही अन्‍धकारमा हिँड्‌डुल गर्छ भने, त्‍यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन।</verse>
				<verse number="36">जबसम्‍म ज्‍योति तिमीहरूसँग छ ज्‍योतिमा विश्‍वास गर, र तिमीहरू ज्‍योतिका सन्‍तान होओ।” यी कुरा भन्‍नुभएपछि, येशू त्‍यहाँबाट जानुभयो, र तिनीहरूबाट लुकेर बस्‍नुभयो।</verse>
				<verse number="37">उहाँले तिनीहरूका सामुन्‍ने यतिका चिन्‍हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्‍वास गरेनन्‌।</verse>
				<verse number="38">यो आवश्‍यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्, “हे परमप्रभु, हाम्रो सन्‍देश कसले विश्‍वास गर्‍यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?”</verse>
				<verse number="39">यसकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्,</verse>
				<verse number="40">	“उहाँले तिनीहरूका आँखा बन्‍द गरिदिनुभएको छ, र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्, नत्रता तिनीहरू फर्कनेछन्‌ र मैले तिनीहरूलाई निको पार्नुपर्छ।”</verse>
				<verse number="41">यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे, र उहाँको विषयमा भने।</verse>
				<verse number="42">तरै पनि शासकहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्‍छन्‌ भन्‍ने डरले त्‍यो स्‍वीकार गरेनन्‌।</verse>
				<verse number="43">किनभने परमेश्‍वरको प्रशंसाभन्‍दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रुचाउँथे।</verse>
				<verse number="44">येशूले उच्‍च स्‍वरले भन्‍नुभयो, “मलाई विश्‍वास गर्नेले मलाई होइन, तर मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्दछ।</verse>
				<verse number="45">जसले मलाई देख्‍तछ, त्‍यसले मलाई पठाउनुहुनेलाई देख्‍तछ।</verse>
				<verse number="46">म संसारमा ज्‍योति भएर आएको छु, ताकि ममाथि विश्‍वास गर्ने अन्‍धकारमा नरहोस्‌।</verse>
				<verse number="47">“कसैले मेरा वाणी सुन्‍छ, र ती पालन गर्दैन भने, म त्‍यसको न्‍याय गर्दिनँ। किनभने म संसारको न्‍याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ।</verse>
				<verse number="48">मलाई इन्‍कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्‍यायाधीश छन्‌। जो वचन मैले बोलें त्‍यसैले अन्‍त्‍यको दिनमा त्‍यसको न्‍याय गर्नेछ।</verse>
				<verse number="49">किनभने मैले आफ्‍नै तर्फबाट बोलिनँ, तर मैले के भन्‍नुपर्ने हो, र के बोल्‍नुपर्ने हो, मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ।</verse>
				<verse number="50">म जान्‍दछु, कि उहाँको आज्ञा अनन्‍त जीवन हो। यसकारण म जे बोल्‍दछु, पिताले मलाई भन्‍नुभएअनुसार बोल्‍दछु।”</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">निस्‍तार-चाड़को अघि यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्‍यो भन्‍ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्‍ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्‍त्‍यसम्‍मै प्रेम गर्नुभयो।</verse>
				<verse number="2">अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्‍करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो।</verse>
				<verse number="3">पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्‍वरको तर्फबाट आउनुभएको हो, र परमेश्‍वरकहाँ नै जाँदैहुनुहुन्‍छ भन्‍ने कुरा येशूले जान्‍नुहुँदथियो।</verse>
				<verse number="4">अनि उहाँ भोजनबाट उठ्‌नुभयो, र बाहिरी वस्‍त्र एकातिर राखी एउटा तौलिया आफ्‍नो कम्‍मरमा बेह्रनुभयो।</verse>
				<verse number="5">तब उहाँले बाटामा पानी खन्‍याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्‍नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्‌न लाग्‍नुभयो।</verse>
				<verse number="6">जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?”</verse>
				<verse number="7">येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्‍दैनौ, तर पछि बुझ्‍नेछौ।”</verse>
				<verse number="8">पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्‍यै धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्‍सा हुनेछैन।”</verse>
				<verse number="9">सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, मेरा गोडा मात्र होइन, तर मेरा हात र शिरसमेत धोइदिनुहोस्‌।”</verse>
				<verse number="10">येशूले तिनलाई भन्‍नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्‍यो सम्‍पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।”</verse>
				<verse number="11">किनभने उहाँलाई विश्‍वासघात गर्नेलाई उहाँले चिन्‍नुभएको थियो। यसैकारण उहाँले भन्‍नुभएको थियो, “तिमीहरू सबै शुद्ध छैनौ।”</verse>
				<verse number="12">तिनीहरूका गोडा धोइसक्‍नुभएपछि आफ्‍नो बाहिरी वस्‍त्र लाएर उहाँ फेरि बस्‍नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू जान्‍दछौ, मैले तिमीहरूका निम्‍ति के गरें?</verse>
				<verse number="13">तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्‍दछौ, त्‍यो तिमीहरू ठीकै भन्‍दछौ, किनभने म उही हुँ।</verse>
				<verse number="14">यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ,</verse>
				<verse number="15">किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्‍ति गरें, तिमीहरूले पनि त्‍यसै गर।</verse>
				<verse number="16">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, नोकर आफ्‍नो मालिकभन्‍दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्‍दा ठूलो हुँदैन।</verse>
				<verse number="17">यदि तिमीहरूले यी कुरा जान्‍यौ र ती गर्‍यौ भने, तिमीहरू धन्‍य हुनेछौ।</verse>
				<verse number="18">“मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्‍छु। तर धर्मशास्‍त्र पूरा होस्‌ भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्‍नो लात उठायो।’</verse>
				<verse number="19">“यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्‍दछु, ताकि जब त्‍यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्‍वास होस्‌।</verse>
				<verse number="20">साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, ‘जसलाई म पठाउँदछु, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ’।”</verse>
				<verse number="21">यी कुरा भनेपछि येशू आत्‍मामा व्‍याकुल हुनुभयो र उहाँले गवाही दिई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।”</verse>
				<verse number="22">उहाँले कसको विषयमा भन्‍नुभएको हो भनी अनिश्‍चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।</verse>
				<verse number="23">उहाँका चेलाहरूमध्‍ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए।</verse>
				<verse number="24">तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्‍नुभएको हो?”</verse>
				<verse number="25">येशूको छातीमा त्‍यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्‍यो को हो?”</verse>
				<verse number="26">येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्‍छु, त्‍यो त्‍यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्‍नुभयो, र निकालेर त्‍यो सिमोनको छोरो यहूदा इस्‍करियोतलाई दिनुभयो।</verse>
				<verse number="27">रोटीको टुक्रा लिएपछि शैतान त्‍यसभित्र पस्‍यो। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीलाई जे गर्नु छ, सो चाँड़ै गरिहाल।”</verse>
				<verse number="28">तर उहाँले किन त्‍यसलाई यसो भन्‍नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्‌।</verse>
				<verse number="29">किनभने कसै-कसैले यो सोचे, कि यहूदासँग पैसाको थैलो छ, यसैले येशूले त्‍यसलाई चाड़को निम्‍ति चाहिएको सामग्री किनोस्, अथवा त्‍यसले गरीबहरूलाई केही देओस्‌ भन्‍नुभएको हो।</verse>
				<verse number="30">तब रोटीको टुक्रा लिएपछि यहूदा इस्‍करियोत तुरुन्‍तै बाहिर निस्‍किहाल्‍यो। त्‍यस बेला रात परेको थियो।</verse>
				<verse number="31">जब त्‍यो बाहिर गयो तब येशूले भन्‍नुभयो, “अब मानिसको पुत्र महिमित भएको छ, र परमेश्‍वर उसमा महिमित हुनुभएको छ।</verse>
				<verse number="32">यदि परमेश्‍वर उसमा महिमित हुनुभएको छ भने परमेश्‍वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ, अनि उसलाई तुरुन्‍तै महिमित तुल्‍याउनुहुनेछ।</verse>
				<verse number="33">“साना बालक हो, केही बेरसम्‍म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्‍नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्‍दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्‍दैनौ।’</verse>
				<verse number="34">“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर।</verse>
				<verse number="35">यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”</verse>
				<verse number="36">सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ गइरहेछु, तिमी अहिले मलाई पछ्याउन सक्‍दैनौ, तर पछि त तिमीले मलाई पछ्याउनेछौ।”</verse>
				<verse number="37">पत्रुसले उहाँलाई भने, “प्रभु, म किन अहिले नै तपाईंलाई पछ्याउन सक्‍दिनँ? तपाईंको निम्‍ति म आफ्‍नो प्राण दिनेछु।”</verse>
				<verse number="38">येशूले जवाफ दिनुभयो, “के तिमी आफ्‍नो प्राण मेरो निम्‍ति दिनेछौ? साँच्‍चै म तिमीलाई भन्‍छु, तिमीले मलाई तीन पल्‍ट इन्‍कार नगरेसम्‍म भाले बास्‍नेछैन।”</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">“तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।</verse>
				<verse number="2">मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु?</verse>
				<verse number="3">अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ।</verse>
				<verse number="4">जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।”</verse>
				<verse number="5">थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?”</verse>
				<verse number="6">येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।</verse>
				<verse number="7">तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो उहाँलाई चिन्‍दछौ, र उहाँलाई देखेका छौ।”</verse>
				<verse number="8">फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।”</verse>
				<verse number="9">येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’</verse>
				<verse number="10">म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ।</verse>
				<verse number="11">मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर।</verse>
				<verse number="12">“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।</verse>
				<verse number="13">तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर म त्‍यो गर्नेछु।</verse>
				<verse number="14">तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्‍यौ भने म गरिदिनेछु।</verse>
				<verse number="15">“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।</verse>
				<verse number="16">र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।</verse>
				<verse number="17">यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।</verse>
				<verse number="18">“म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।</verse>
				<verse number="19">अब केही समयपछि संसारले मलाई कहिल्‍यै देख्‍नेछैन, तर तिमीहरूले मलाई देख्‍नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।</verse>
				<verse number="20">त्‍यस दिन तिमीहरूले जान्‍नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु।</verse>
				<verse number="21">मलाई प्रेम गर्ने त्‍यही हो जससँग मेरा आज्ञा छन्‌ र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्‍छ। म त्‍यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्‍यसकहाँ प्रकट गर्नेछु।”</verse>
				<verse number="22">यहूदाले (इस्‍करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्‍नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्‍छ, र संसारलाई चाहिँ होइन?”</verse>
				<verse number="23">येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “जसले मलाई प्रेम गर्छ, त्‍यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं।</verse>
				<verse number="24">मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्‍छौ, त्‍यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो।</verse>
				<verse number="25">“यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ।</verse>
				<verse number="26">तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।</verse>
				<verse number="27">शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।</verse>
				<verse number="28">“मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्‍यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्‍दा महान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="29">अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक।</verse>
				<verse number="30">म तिमीहरूसँग अब धेरै बोल्‍नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्‍यसको ममाथि केही शक्ति छैन।</verse>
				<verse number="31">तर म पितालाई प्रेम गर्दछु, र जस्‍तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔं।”</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">“साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्‍छ।</verse>
				<verse number="2">ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ।</verse>
				<verse number="3">मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।</verse>
				<verse number="4">ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।</verse>
				<verse number="5">“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।</verse>
				<verse number="6">कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन्, र आगोमा फालिदिन्‍छन्, र ती जलिहाल्‍छन्‌।</verse>
				<verse number="7">तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ।</verse>
				<verse number="8">तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्‍ने प्रमाणित गर्‍यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।</verse>
				<verse number="9">“पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।</verse>
				<verse number="10">यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु।</verse>
				<verse number="11">मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्‍द तिमीहरूमा होस्, र तिमीहरूको आनन्‍द भरिपूर्ण होस्‌।</verse>
				<verse number="12">“मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।</verse>
				<verse number="13">आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन।</verse>
				<verse number="14">म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।</verse>
				<verse number="15">अबदेखि म तिमीहरूलाई नोकर भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गर्दछ नोकरले जान्‍दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।</verse>
				<verse number="16">मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।</verse>
				<verse number="17">म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।</verse>
				<verse number="18">“यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्‍यसले मलाई घृणा गरेको हो।</verse>
				<verse number="19">यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्‍त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।</verse>
				<verse number="20">मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्‍दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्‌। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्‌।</verse>
				<verse number="21">तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्‍दैनन्‌।</verse>
				<verse number="22">म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्‍ना पापको निम्‍ति तिनीहरूसँग केही बहाना छैन।</verse>
				<verse number="23">जसले मलाई घृणा गर्दछ, त्‍यसले मेरा पितालाई पनि घृणा गर्दछ।</verse>
				<verse number="24">यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुनेथिएनन्‌। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन्‌ र घृणा गरेका छन्‌।</verse>
				<verse number="25">तर, व्‍यवस्‍थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’</verse>
				<verse number="26">“जब सल्‍लाहकार आउनुहुन्‍छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात्‌ सत्‍यका आत्‍मा, जो पिताबाट आउनुहुन्‍छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।</verse>
				<verse number="27">तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले, तिमीहरू पनि मेरा साक्षी हौ।”</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">“तिमीहरूले ठोकर नखाओ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ।</verse>
				<verse number="2">तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्‌। वास्‍तवमा यस्‍तो समय आइरहेछ, जब तिमीहरूलाई हत्‍या गर्नेले परमेश्‍वरको सेवा गर्दैछु भनी ठान्‍नेछ।</verse>
				<verse number="3">तिनीहरूले यी काम गर्नेछन्, किनभने तिनीहरूले पितालाई चिनेका छैनन्, र मलाई पनि चिन्‍दैनन्‌।</verse>
				<verse number="4">तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्‍यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्‍मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।</verse>
				<verse number="5">“अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?’ भनी तिमीहरू कसैले मलाई सोध्‍दैनौ।</verse>
				<verse number="6">तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ।</verse>
				<verse number="7">तापनि म तिमीहरूलाई सत्‍य कुरा भन्‍दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।</verse>
				<verse number="8">अनि जब उहाँ आउनुहुन्‍छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्‍यायको विषयमा दोषी ठहराउनुहुनेछ।</verse>
				<verse number="9">पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्‍वास गर्दैनन्,</verse>
				<verse number="10">धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्‍छु, र तिमीहरू मलाई फेरि देख्‍नेछैनौ।</verse>
				<verse number="11">र न्‍यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्‍डाज्ञा भइसकेको छ।</verse>
				<verse number="12">“मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ।</verse>
				<verse number="13">जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।</verse>
				<verse number="14">उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्‍यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ।</verse>
				<verse number="15">जे-जति पितासँग छन्, ती मेरा हुन्‌। यसैकारण मैले भनें, जे मेरो हो त्‍यो मबाट लिएर आत्‍माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।</verse>
				<verse number="16">“अलि बेरपछि तिमीहरूले मलाई फेरि देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई फेरि देख्‍नेछौ।”</verse>
				<verse number="17">तब उहाँका कुनै-कुनै चेलाहरूले एक-अर्कालाई भने, “उहाँले हामीहरूलाई यो भन्‍नुभएको के हो? ‘अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछैनौ, अनि फेरि अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछौ,’ र ‘किनकि म पिताकहाँ गइरहेछु’।”</verse>
				<verse number="18">तिनीहरूले भने, “उहाँले ‘अलि बेर’ भन्‍नुभएको के हो? हामी जान्‍दैनौ, उहाँ के भन्‍दैहुनुहुन्‍छ।”</verse>
				<verse number="19">तिनीहरूले उहाँलाई सोध्‍ने इच्‍छा गर्दैछन्‌ भन्‍ने येशूलाई थाहा भयो, र उहाँले भन्‍नुभयो, “‘अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई देख्‍नेछौ’ भन्‍ने कुराको अर्थ के हो भन्‍ने विषयमा के तिमीहरू आपसमा बहस गरिरहेछौ?</verse>
				<verse number="20">साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्‍दमा परिणत हुनेछ।</verse>
				<verse number="21">बालक जन्‍माउने बेलामा स्‍त्रीलाई पीडा हुन्‍छ किनभने तिनको बेला आएको हुन्‍छ, तर जब तिनले बालक जन्‍माउँछिन्, तब तिनलाई त्‍यस वेदनाको सम्‍झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्‍म भयो भन्‍ने कुरामा तिनी हर्षित हुन्‍छिन्‌।</verse>
				<verse number="22">यसरी नै अहिले तिमीहरूलाई शोक हुन्‍छ, तर म फेरि तिमीहरूलाई देख्‍नेछु, र तिमीहरूका हृदय आनन्‍दित हुनेछन्‌। अनि कसैले तिमीहरूको आनन्‍द तिमीहरूबाट खोस्‍नेछैन।</verse>
				<verse number="23">त्‍यो दिन तिमीहरूले मलाई केही सोध्‍नेछैनौ। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्‍छौ, उहाँले त्‍यो तिमीहरूलाई दिनुहुनेछ।</verse>
				<verse number="24">अहिलेसम्‍म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्‍द पूर्ण होओस्‌।</verse>
				<verse number="25">“यी कुरा मैले तिमीहरूलाई दृष्‍टान्‍तमा भनेको छु। तर समय आइरहेछ, जब म तिमीहरूसँग फेरि दृष्‍टान्‍तमा बोल्‍नेछैनँ, तर पिताको विषयमा तिमीहरूलाई स्‍पष्‍ट बताउनेछु।</verse>
				<verse number="26">त्‍यो दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ। म तिमीहरूका निम्‍ति पितासँग बिन्‍ती गरिदिनेछु भनी तिमीहरूलाई भन्‍दिनँ,</verse>
				<verse number="27">किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्‍छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ, र म परमेश्‍वरको तर्फबाट आएँ भनी विश्‍वास गरेका छौ।</verse>
				<verse number="28">म पिताबाट आएँ, अनि संसारमा आएको छु, र फेरि म संसारलाई छोड़ेर पिताकहाँ जाँदैछु।”</verse>
				<verse number="29">उहाँका चेलाहरूले भने, “अब तपाईं स्‍पष्‍ट बोल्‍दैहुनुहुन्‍छ, दृष्‍टान्‍तमा होइन।</verse>
				<verse number="30">अब हामीहरूले बुझ्‍यौं, तपाईं सबै कुरा जान्‍नुहुन्‍छ, अनि तपाईंलाई कसैले सोध्‍ने आवश्‍यकता छैन। यसैले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो।”</verse>
				<verse number="31">येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्दछौ?</verse>
				<verse number="32">हेर, समय आइरहेछ, वास्‍तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई आफ्‍नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्‌नेछौ। तापनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्‍छ।</verse>
				<verse number="33">मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">यी कुरा भनिसक्‍नुभएपछि येशूले स्‍वर्गतिर आँखा उचाली भन्‍नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्‌।</verse>
				<verse number="2">किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्‍त जीवन देओस्‌।</verse>
				<verse number="3">अब अनन्‍त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्‍य परमेश्‍वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्‌।</verse>
				<verse number="4">जुन काम तपाईंले मलाई दिनुभयो, त्‍यो पूरा गरी तपाईंलाई पृथ्‍वीमा मैले महिमित तुल्‍याएको छु।</verse>
				<verse number="5">अब हे पिता, संसारको सृष्‍टि हुन अघि तपाईंको सम्‍मुख मेरो जुन महिमा थियो, त्‍यसैले आफ्‍नो उपस्‍थितिमा मलाई महिमित पार्नुहोस्‌।</verse>
				<verse number="6">“संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्‌।</verse>
				<verse number="7">तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्‍येक कुरा तपाईंबाट आएको हो।</verse>
				<verse number="8">किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्‌। म तपाईंबाट आएको हुँ भन्‍ने तिनीहरूले साँच्‍चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरेका छन्‌।</verse>
				<verse number="9">म तिनीहरूका निम्‍ति प्रार्थना गर्दछु, संसारको निम्‍ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्‍ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्‌।</verse>
				<verse number="10">मेरा सबै जे छन्‌ तपाईंका हुन्, र तपाईंका जे छन्‌ मेरा हुन्‌। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।</verse>
				<verse number="11">“म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्‍छन्‌। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्‍नुहोस्, र हामी जस्‍तै तिनीहरू पनि एक होऊन्‌।</verse>
				<verse number="12">जबसम्‍म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्‍ये विनाशको छोराबाहेक अरू कोही नष्‍ट भएन, किनकि धर्मशास्‍त्र पूरा हुन आवश्‍यक थियो।</verse>
				<verse number="13">“तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्‍दछु, कि तिनीहरूमा मेरो आनन्‍द पूरा होस्‌।</verse>
				<verse number="14">मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ।</verse>
				<verse number="15">तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌।</verse>
				<verse number="16">तिनीहरू संसारका होइनन्, जस्‍तो म पनि संसारको होइनँ।</verse>
				<verse number="17">तिनीहरूलाई सत्‍यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्‍य हो।</verse>
				<verse number="18">जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।</verse>
				<verse number="19">तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्‍यतामा पवित्र होऊन्‌।</verse>
				<verse number="20">“म यिनीहरूका निम्‍ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्‍देशद्वारा ममाथि विश्‍वास गर्नेहरूका निम्‍ति पनि प्रार्थना गर्छु,</verse>
				<verse number="21">कि तिनीहरू सबै एक होऊन्‌। हे पिता, जसरी तपाईं ममा हुनुहुन्‍छ, र म तपाईंमा, त्‍यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्‌।</verse>
				<verse number="22">जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्‌।</verse>
				<verse number="23">म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्‍तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्‌।</verse>
				<verse number="24">“पिता, म इच्‍छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्‍टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो।</verse>
				<verse number="25">“धार्मिक पिता, संसारले तपाईंलाई चिन्‍दैन, तर म तपाईंलाई चिन्‍दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्‍दछन्‌।</verse>
				<verse number="26">मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्‍यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">यी कुरा भनिसकेर येशू आफ्‍ना चेलाहरूसँग किद्रोन खोल्‍सापारि जानुभयो। त्‍यहाँ एउटा बगैँचा थियो। येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ प्रवेश गर्नुभयो।</verse>
				<verse number="2">उहाँलाई पक्राइदिने यहूदाले पनि त्‍यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ धेरैजसो भेला हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="3">तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्‍य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्‍यहाँ आयो।</verse>
				<verse number="4">तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?”</verse>
				<verse number="5">तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।</verse>
				<verse number="6">जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्‍नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे।</verse>
				<verse number="7">फेरि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।”</verse>
				<verse number="8">येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्‍दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।”</verse>
				<verse number="9">“तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा होस्‌ भनेर यो भयो।</verse>
				<verse number="10">सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्‍य पूजाहारीको कमारालाई प्रहार गरे र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदिए। त्‍यस कमाराको नाउँ माल्‍खस थियो।</verse>
				<verse number="11">येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवार म्‍यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?”</verse>
				<verse number="12">त्‍यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्‍तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।</verse>
				<verse number="13">पहिले तिनीहरूले उहाँलाई हन्‍नासकहाँ लगे, जो त्‍यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।</verse>
				<verse number="14">यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्‍ति एक जना मानिस मर्नमा नै कल्‍याण छ’ भनी यहूदीहरूलाई सल्‍लाह दिएका थिए।</verse>
				<verse number="15">सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।</verse>
				<verse number="16">तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्‍केर ढोकामा बस्‍ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्‍याए।</verse>
				<verse number="17">तब ढोकामा बस्‍ने त्‍यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्‍ये एक जना हौ?” तिनले भने, “म होइनँ।”</verse>
				<verse number="18">त्‍यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्‌ग्रो ताप्‍दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्‍न लागे।</verse>
				<verse number="19">अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।</verse>
				<verse number="20">येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्‍लमखुल्‍ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्‍दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्‍छन्‌। मैले गुप्‍तमा केही भनेको छैनँ।</verse>
				<verse number="21">मलाई किन सोध्‍नुहुन्‍छ? मैले तिनीहरूलाई के भनें सो सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्‌। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”</verse>
				<verse number="22">येशूले यी कुरा भन्‍नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्‍ये एक जनाले यसो भन्‍दै येशूलाई थप्‍पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्‍छस्‌?”</verse>
				<verse number="23">येशूले त्‍यसलाई भन्‍नुभयो, “मैले बेठीक भनेको भए त्‍यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?”</verse>
				<verse number="24">तब हन्‍नासले उहाँलाई बाधिँएकै अवस्‍थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।</verse>
				<verse number="25">सिमोन पत्रुस उभिएर आगो ताप्‍दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्‍ये एक जना तिमी पनि होइनौ?” तिनले इन्‍कार गरेर भने, “म होइनँ।”</verse>
				<verse number="26">प्रधान पूजाहारीका कमाराहरूमध्‍ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्‍यसले सोध्‍यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?”</verse>
				<verse number="27">तब फेरि पत्रुसले इन्‍कार गरे। अनि तुरुन्‍तै भाले बास्‍यो।</verse>
				<verse number="28">तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्‍यति बेला बिहानपख थियो। बिटुलिएर निस्‍तार-चाड़को भोज खान पाउँदैनौं भन्‍ने डरले तिनीहरू महलभित्र पसेनन्‌।</verse>
				<verse number="29">यसकारण तिनीहरूकहाँ बाहिर निस्‍केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”</verse>
				<verse number="30">तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्‍पनेथिएनौं।”</verse>
				<verse number="31">पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाबमोजिम यिनको इन्‍साफ गर।” यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्‍ड दिने अधिकार हामीलाई छैन।”</verse>
				<verse number="32">उहाँको मृत्‍यु कुन रीतिले हुनेछ त्‍यसको सङ्केत दिएर उहाँले भन्‍नुभएको वचन पूर्ण होस्‌ भनेर यसो भएको थियो।</verse>
				<verse number="33">पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”</verse>
				<verse number="34">येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्‍नुहुन्‍छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”</verse>
				<verse number="35">पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्‍य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्‍पिदिए। तिमीले के गर्‍यौ?”</verse>
				<verse number="36">येशूले जवाफ दिनुभयो, “मेरो राज्‍य यस संसारको होइन। मेरो राज्‍य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्‍ति लड्‌नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन।”</verse>
				<verse number="37">पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्‍नुहुन्‍छ। यसैको निम्‍ति म जन्‍मेको हुँ, र यसैको निम्‍ति सत्‍यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्‍येक जो सत्‍यको पक्षमा छ, त्‍यसले मेरो सोर सुन्‍छ।”</verse>
				<verse number="38">पिलातसले उहाँलाई सोधे, “सत्‍य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्‍केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।</verse>
				<verse number="39">निस्‍तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्‍ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्‍छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”</verse>
				<verse number="40">तर तिनीहरू फेरि यसो भन्‍दै कराए, “यसलाई होइन, तर बारब्‍बालाई।” बारब्‍बाचाहिँ डाँकू थियो।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए।</verse>
				<verse number="2">अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्‍त्र पहिराइदिए,</verse>
				<verse number="3">र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्‍पड़ लाए।</verse>
				<verse number="4">फेरि बाहिर निस्‍केर पिलातसले तिनीहरूलाई भने, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्‍याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्‍छु, म यिनमा केही दोष पाउँदिनँ।”</verse>
				<verse number="5">तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्‍त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”</verse>
				<verse number="6">जब मुख्‍य पूजाहारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याउन लागे, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिनँ!”</verse>
				<verse number="7">यहूदीहरूले उनलाई जवाफ दिए, “हाम्रो एउटा व्‍यवस्‍था छ, र त्‍यस व्‍यवस्‍थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्‍वरको पुत्र तुल्‍याएको छ।”</verse>
				<verse number="8">यो कुरो सुनेर पिलातस झन्‌ डराए।</verse>
				<verse number="9">उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले उनलाई केही जवाफ दिनुभएन।</verse>
				<verse number="10">यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्‍दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रूसमा टाँग्‍ने अधिकार पनि मसँग छ भन्‍ने तिमीलाई थाहा छैन?”</verse>
				<verse number="11">येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। यसकारण मलाई तपाईंका हातमा सुम्‍पिदिने अझ बढ़ी पापको दोषी छ।”</verse>
				<verse number="12">त्‍यसपछि पिलातसले उहाँलाई छोडिदिन बढ़ी प्रयत्‍न गरे। तर यहूदीहरू यसो भन्‍दै कराए, “यदि तपाईंले यस मानिसलाई छोडिदिनुभयो भने तपाईं कैसरका मित्र हुनुहुन्‍न। आफैलाई राजा हुँ भनी दाबी गर्ने प्रत्‍येक कैसरको विरुद्धमा खड़ा हुन्‍छ।”</verse>
				<verse number="13">पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्‍याए, र उनी “ढुङ्गाका पाटी” भनिने ठाउँमा (जसलाई हिब्रूमा गब्‍बथा भनिन्‍छ) न्‍याय आसनमा बसे।</verse>
				<verse number="14">त्‍यस समय निस्‍तार-चाड़का तयारीको दिन थियो। दिउँसोको करीब बाह्र बजेको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”</verse>
				<verse number="15">तर तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याए, “लैजानुहोस्, लैजानुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌!” पिलातसले तिनीहरूलाई सोधे, “के म तिमीहरूका राजालाई क्रूसमा टाँगूँ?” मुख्‍य पूजाहारीहरूले जवाफ दिए, “कैसरबाहेक हाम्रो अरू राजा छैन।”</verse>
				<verse number="16">तब उनले उहाँलाई क्रूसमा टाँग्‍न तिनीहरूका हातमा सुम्‍पिदिए। यसकारण सिपाहीहरूले येशूलाई जिम्‍मा लिए।</verse>
				<verse number="17">उहाँ आफ्‍नो क्रूस आफै बोकेर खप्‍परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्‍छ।</verse>
				<verse number="18">त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र उहाँसँग अरू दुई जनालाई टाँगे, एक जनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि, अनि माझमा येशूलाई।</verse>
				<verse number="19">पिलातसले एउटा दोष-पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए। त्‍यसमा यही लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा।”</verse>
				<verse number="20">अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्‍याटिन र ग्रीक भाषामा लेखिएको थियो।</verse>
				<verse number="21">यहूदीहरूका मुख्‍य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भन्‍ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्‍यो’ भनी लेख्‍नुहोस्‌।”</verse>
				<verse number="22">पिलातसले जवाफ दिए, “मैले जे लेखें, लेखें।”</verse>
				<verse number="23">जब सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे, तब तिनीहरूले उहाँका वस्‍त्र लिएर प्रत्‍येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे। उहाँको बाहिरी वस्‍त्र पनि लिए, तर त्‍यो वस्‍त्रचाहिँ सिउनी नभएको माथिदेखि तलसम्‍मै बुनेको सग्‍लो थियो।</verse>
				<verse number="24">यसकारण तिनीहरूले आपसमा भने, “योचाहिँ नच्‍यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।” धर्मशास्‍त्र पूरा होस्‌ भनेर नै यो भएको थियो: “तिनीहरूले मेरो वस्‍त्र आफू-आफूमा बाँड़े, र बाहिरी वस्‍त्रमा चाहिँ चिट्ठा हाले।”</verse>
				<verse number="25">यसकारण सिपाहीहरूले यो काम गरे। अनि येशूको क्रूसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्‍लोपासकी पत्‍नी मरियम र मरियम मग्‍दलिनी उभिरहेका थिए।</verse>
				<verse number="26">जब येशूले आफ्‍नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्‍नुभयो, तब उहाँले आफ्‍नी आमालाई भन्‍नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!”</verse>
				<verse number="27">तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे।</verse>
				<verse number="28">यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्‍त्र पूरो होस्‌ भनी भन्‍नुभयो, “मलाई तिर्खा लाग्‍यो।”</verse>
				<verse number="29">त्‍यहाँ सिर्काले भरिएको एउटा भाँड़ो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्‍पञ्‍ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्‍याइदिए।</verse>
				<verse number="30">जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्‍नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्‍नो आत्‍मा त्‍यागिदिनुभयो।</verse>
				<verse number="31">त्‍यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून्‌ भनी पिलातसलाई बिन्‍ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन्‌ भनी माग गरे।</verse>
				<verse number="32">तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्‍यसपछि अर्कोको।</verse>
				<verse number="33">जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्‍यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्‌।</verse>
				<verse number="34">तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो।</verse>
				<verse number="35">तिमीहरू पनि विश्‍वास गर्न सक भनी यो देख्‍नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्‍दछु भनी ऊ जान्‍दछ।</verse>
				<verse number="36">“उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्‍ने धर्मशास्‍त्रको वचन पूरा होस्‌ भनेर यी कुरा हुन आए।</verse>
				<verse number="37">अनि फेरि अर्को ठाउँमा धर्मशास्‍त्र भन्‍छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्‌।”</verse>
				<verse number="38">त्‍यसपछि अरिमाथियाको योसेफ, जो यहूदीहरूको डरले गर्दा गुप्‍तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊँ भनी बिन्‍ती गरे। पिलातसले अनुमति दिए। तब तिनले आएर उहाँको मृत शरीर लगे।</verse>
				<verse number="39">अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्‍य लिएर त्‍यहाँ आए।</verse>
				<verse number="40">यसरी तिनीहरूले येशूको शरीर यहूदीहरूको दफन-कार्यको रीतिअनुसार सुगन्‍धित द्रव्‍यसँग सूती कपड़ामा बाँधे।</verse>
				<verse number="41">उहाँ क्रूसमा टाँगिनुभएको ठाउँमा एउटा बगैँचा थियो। त्‍यस बगैँचामा कहिल्‍यै कोही नराखिएको एउटा नयाँ चिहान थियो।</verse>
				<verse number="42">किनकि यहूदीहरूका तयारीको दिन थियो, अनि त्‍यो चिहान पनि नजिकै थियो, र तिनीहरूले येशूलाई त्‍यही चिहानमा राखे।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">हप्‍ताको पहिलो दिन बिहान अँध्‍यारो छँदै मरियम मग्‍दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्‌।</verse>
				<verse number="2">तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेलाकहाँ दगुरेर गइन्, र तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्‍दैनौं।”</verse>
				<verse number="3">तब पत्रुस र अर्को चेला बाहिर निस्‍केर चिहानतिर गए।</verse>
				<verse number="4">ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्‍यो।</verse>
				<verse number="5">चिहानभित्र निहुरेर हेर्दा, तिनले अघि बेह्रेका सूती कपड़ाहरू मात्र पड़िरहेका देखे, तर तिनी भित्र पसेनन्‌।</verse>
				<verse number="6">सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपड़ाहरू मात्र त्‍यसै पड़िरहेका देखे।</verse>
				<verse number="7">उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपड़ाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्याएर राखिएको थियो।</verse>
				<verse number="8">तब चिहानमा पहिले आइपुग्‍ने अर्को चेला पनि भित्र पसे, र त्‍यो देखेर तिनले विश्‍वास गरे।</verse>
				<verse number="9">किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्‌नुपर्छ भन्‍ने धर्मशास्‍त्रको वचन अहिलेसम्‍म बुझेका थिएनन्‌।</verse>
				<verse number="10">त्‍यसपछि ती चेलाहरू आफ्‍ना घर फर्के।</verse>
				<verse number="11">तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्‌। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्,</verse>
				<verse number="12">र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्‍यहाँ सेता वस्‍त्र लाएका दुई स्‍वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्‌।</verse>
				<verse number="13">उनीहरूले तिनलाई भने, “नारी, किन रुन्‍छ्यौ?” तिनले उनीहरूलाई भनिन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्‍दिनँ।”</verse>
				<verse number="14">यी कुरा भनेर तिनी पछिल्‍तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्‍छ भनी चिनिनन्‌।</verse>
				<verse number="15">येशूले तिनलाई भन्‍नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्‍छ्यौ?” तिनले उहाँलाई माली भन्‍ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्‍नुभएको छ मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।”</verse>
				<verse number="16">येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्‍बोनी,” अर्थात्‌ “हे गुरुज्‍यू!”</verse>
				<verse number="17">येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्‍म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ गइरहेछु’।”</verse>
				<verse number="18">मरियम मग्‍दलिनी गइन्, र चेलाहरूलाई सुनाइन्, “मैले प्रभुलाई देखें।” अनि उहाँले भन्‍नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिइन्‌।</verse>
				<verse number="19">त्‍यही दिन, अर्थात्‌ हप्‍ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्‍द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!”</verse>
				<verse number="20">यति भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।</verse>
				<verse number="21">तब येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”</verse>
				<verse number="22">अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो, “पवित्र आत्‍मा लेओ।</verse>
				<verse number="23">जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्‍छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।</verse>
				<verse number="24">येशू आउनुहुँदा बाह्र जनामध्‍ये एक जना, दिदुमस भन्‍ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्‌।</verse>
				<verse number="25">यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्‍यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्‍दिनँ, उहाँको कोखामा मेरो हात हाल्‍दिनँ, तबसम्‍म म विश्‍वास गर्नेछैनँ।”</verse>
				<verse number="26">आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!”</verse>
				<verse number="27">तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।”</verse>
				<verse number="28">थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्‍वर!”</verse>
				<verse number="29">येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्‍वास गरेका हौ? धन्‍य हुन्‌ तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्‍वास गर्छन्‌।”</verse>
				<verse number="30">येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌।</verse>
				<verse number="31">तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर, र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्‌।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">त्‍यसपछि चेलाहरूकहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो:</verse>
				<verse number="2">सिमोन पत्रुस, दिदुमस भन्‍ने थोमा, गालीलका काना नगरका नथानेल, जब्‍दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्‍ये अरू दुई जना एकसाथ थिए।</verse>
				<verse number="3">सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्‍यो रात तिनीहरूले केही पक्रेनन्‌।</verse>
				<verse number="4">बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्‍छ भनी चिनेनन्‌।</verse>
				<verse number="5">येशूले तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, तिमीहरूसँग केही माछा छ?” तिनीहरूले उहाँलाई उत्तर दिए, “छैन।”</verse>
				<verse number="6">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।” तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍न सकेनन्‌।</verse>
				<verse number="7">येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्‍ने सुनेर सिमोन पत्रुसले आफ्‍नो बाहिरी वस्‍त्र कम्‍मरमा लपेटे, किनभने तिनले वस्‍त्र खोलेका थिए, र समुद्रमा हामफाले।</verse>
				<verse number="8">अरू चेलाहरू डुङ्गामै बसी जाल तान्‍दै आए। तिनीहरू किनारदेखि टाढ़ा होइन, तर प्राय: सय मिटर जतिमा थिए।</verse>
				<verse number="9">जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा माछा राखिएका र रोटी देखे।</verse>
				<verse number="10">येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्‍याओ।”</verse>
				<verse number="11">तब सिमोन पत्रुसले डुङ्गामा चढ़ेर एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछाले भरिएको जाल पाखामा तानी ल्‍याए, तर यति धेरै भए तापनि जाल फाटेन।</verse>
				<verse number="12">येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूमध्‍ये कसैले पनि “तपाईं को हुनुहुन्‍छ?” भनी सोध्‍ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्‍छ भनी जान्‍दथिए।</verse>
				<verse number="13">येशू आउनुभयो र रोटी लिएर तिनीहरूलाई दिनुभयो, र त्‍यसै गरी माछा पनि दिनुभयो।</verse>
				<verse number="14">मृतकबाट जीवित भइउठ्‌नुभएपछि येशू चेलाहरूकहाँ प्रकट हुनुभएको यो तेस्रो पल्‍ट थियो।</verse>
				<verse number="15">जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्‍दा बढ़ी प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ।”</verse>
				<verse number="16">उहाँले फेरि दोस्रो पल्‍ट तिनलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू, प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूको हेरचाह गर।”</verse>
				<verse number="17">उहाँले तिनलाई तेस्रो पल्‍ट भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस दुःखित भए, किनकि उहाँले तेस्रो पल्‍ट तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भन्‍नुभयो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सब कुरा जान्‍नुहुन्‍छ। म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहा छ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूलाई खुवाऊ।</verse>
				<verse number="18">साँच्‍चै, म तिमीलाई भन्‍दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्‍नो पटुका बाँध्थ्यौ, र जहाँ इच्‍छा लाग्छ जान्‍थ्‍यौ। तर जब तिमी बूढ़ा हुनेछौ, तब तिमीले आफ्‍ना हात पसार्नेछौ, र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहँदैनौ त्‍यहाँ लगिनेछौ।”</verse>
				<verse number="19">कुन किसिमको मृत्‍युद्वारा तिनले परमेश्‍वरको महिमा गर्नेछन्, त्‍यसको सङ्केत गर्दै उहाँले यो भन्‍नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”</verse>
				<verse number="20">पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछिपछि आउँदैगरेका देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्‍केर, “प्रभु, तपाईंलाई पक्राइदिने को हो?” भनी सोधेका थिए।</verse>
				<verse number="21">तिनलाई देखेर पत्रुसले येशूलाई भने, “प्रभु, यिनको चाहिँ के हुने?”</verse>
				<verse number="22">येशूले पत्रुसलाई भन्‍नुभयो, “म नआएसम्‍म तिनी पर्खिरहून्‌ भन्‍ने मेरो इच्‍छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग।”</verse>
				<verse number="23">यसैकारण ती चेला मर्दैनन्‌ भन्‍ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन्‌ भन्‍नुभएको थिएन, तर “म नआएसम्‍म तिनी पर्खिरहून्‌ भन्‍ने मेरो इच्‍छा भए पनि तिमीलाई के?” भन्‍नुभएको थियो।</verse>
				<verse number="24">यी ती नै चेला हुन्, जसले यी कुराका विषयमा गवाही दिँदछन्, र यी कुरा लेखेका छन्, अनि हामी जान्‍दछौं कि तिनको गवाही साँचो छ।</verse>
				<verse number="25">येशूले अरू पनि धेरै काम गर्नुभयो। तीमध्‍ये प्रत्‍येकको बारेमा लेखिने हो भने, मलाई यस्‍तो लाग्‍छ, कि तिनका विषयमा लेखिएका पुस्‍तकहरू संसारैभरि पनि अटाउने थिएनन्‌।</verse>
			</chapter>
		</book>
		<book number="44">
			<chapter number="1">
				<verse number="1">प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्‍नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्‍तकमा मैले लेखेको छु।</verse>
				<verse number="2">आफैले छान्‍नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्‍माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्‍वर्गमा उचाली लगिनुभएको दिनसम्‍मका सबै कुरा त्‍यस पुस्‍तकमा लेखिएका छन्‌।</verse>
				<verse number="3">आफ्‍नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो।</verse>
				<verse number="4">तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्‍तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।”</verse>
				<verse number="5">किनभने यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।”</verse>
				<verse number="6">यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्‍यको पुनर्स्‍थापन गरिदिनुहुनेछ?”</verse>
				<verse number="7">उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले आफ्‍नो अधिकारद्वारा तोक्‍नुभएको बेला वा समय जान्‍ने तिमीहरूको काम होइन।</verse>
				<verse number="8">तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।”</verse>
				<verse number="9">उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो।</verse>
				<verse number="10">जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए।</verse>
				<verse number="11">तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।”</verse>
				<verse number="12">तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।</verse>
				<verse number="13">सहर भित्र पसेपछि तिनीहरू माथिल्‍लो तलाको आफू बस्‍ने कोठामा उक्‍ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्‍फयसको छोरो याकूब र उग्रपन्‍थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।</verse>
				<verse number="14">कति जना स्‍त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्‍तर प्रार्थना गरिरहन्‍थे।</verse>
				<verse number="15">ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्‍या प्राय: एक सय बीस थियो), र भने,</verse>
				<verse number="16">“भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो।</verse>
				<verse number="17">किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।”</verse>
				<verse number="18">त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के।</verse>
				<verse number="19">यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत।</verse>
				<verse number="20">पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’</verse>
				<verse number="21">यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्‍ये यस्‍तो एक जना छान्‍नु आवश्‍यक छ, जुन व्‍यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो,</verse>
				<verse number="22">अर्थात्‌ यस्‍तो व्‍यक्ति जो यूहन्‍नाको बप्‍तिस्‍मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्‍म हामीसँग थियो। त्‍यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्‍थानको साक्षी हुनुपर्छ।”</verse>
				<verse number="23">तिनीहरूले दुई जना, अर्थात्‌ बारसाबास भन्‍ने योसेफ, जसको कुलनाउँ युस्‍तस थियो, र मतियासको नाउँ प्रस्‍ताव गरे।</verse>
				<verse number="24">तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्‍नुहुने प्रभु, यी दुईमध्‍ये तपाईंले कसलाई चुन्‍नुभएको छ सो हामीलाई देखाउनुहोस्,</verse>
				<verse number="25">र त्‍यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्‌केर आफ्‍नो निज ठाउँमा मर्‍यो।”</verse>
				<verse number="26">अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्‍यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।</verse>
				<verse number="2">अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।</verse>
				<verse number="3">आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।</verse>
				<verse number="4">अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे।</verse>
				<verse number="5">स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए।</verse>
				<verse number="6">तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो।</verse>
				<verse number="7">तिनीहरू सबै आश्‍चर्यचकित भए, र अचम्‍म मानेर भन्‍न लागे, “के यी बोल्‍नेहरू सबै गालीलीहरू होइनन्‌ र?</verse>
				<verse number="8">त कसरी तिनीहरू हरेकले हाम्रा आफ्‍ना मातृभाषामा बोलेको हामी सुन्‍छौं?</verse>
				<verse number="9">हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्‍टस र एशियाका बासिन्‍दाहरू छौं।</verse>
				<verse number="10">अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्‍नेहरू दुवै छौं,</verse>
				<verse number="11">क्रेटका बासिन्‍दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्‍ना भाषामा परमेश्‍वरका महान्‌ कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्‍दैछौं।”</verse>
				<verse number="12">तिनीहरू सबै आश्‍चर्यचकित भए र अन्‍योलमा परेर एउटाले अर्कालाई यसो भन्‍न लागे, “यसको अर्थ के हो?”</verse>
				<verse number="13">तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्‌।”</verse>
				<verse number="14">तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्‍च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्‍मै बासिन्‍दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्‍नुहोस्‌।</verse>
				<verse number="15">किनभने तपाईंहरूले ठान्‍नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।</verse>
				<verse number="16">तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,</verse>
				<verse number="17">	‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌।</verse>
				<verse number="18">हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌।</verse>
				<verse number="19">माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो।</verse>
				<verse number="20">परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।</verse>
				<verse number="21">अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ।’</verse>
				<verse number="22">“इस्राएलका मानिस हो, यी कुरा सुन्‍नुहोस्, नासरतका येशू यस्‍ता व्‍यक्ति हुनुहुन्‍थ्‍यो, जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, अचम्‍मका कामहरू र चिन्‍हहरूद्वारा तपाईंहरूका सामुन्‍ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्‍वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो।</verse>
				<verse number="23">परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।</verse>
				<verse number="24">उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो,</verse>
				<verse number="25">किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ।</verse>
				<verse number="26">यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।</verse>
				<verse number="27">किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।</verse>
				<verse number="28">तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’</verse>
				<verse number="29">“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्‍छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्‍म उनको चिहान छँदैछ।</verse>
				<verse number="30">यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ।</verse>
				<verse number="31">अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।</verse>
				<verse number="32">यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।</verse>
				<verse number="33">यसैकारण परमेश्‍वरको दाहिने बाहुलीपट्टि उहाँ उच्‍च पारिनुभयो, र पिताबाट पवित्र आत्‍माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्‍याइदिनुभएको हो, जे तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="34">किनकि दाऊद त स्‍वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस</verse>
				<verse number="35">जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।’</verse>
				<verse number="36">“त्‍यसैकारण इस्राएलको सारा परिवारले यो पक्‍का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट बनाउनुभयो।”</verse>
				<verse number="37">यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”</verse>
				<verse number="38">पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।</verse>
				<verse number="39">किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।”</verse>
				<verse number="40">अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।”</verse>
				<verse number="41">तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए।</verse>
				<verse number="42">तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।</verse>
				<verse number="43">हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए।</verse>
				<verse number="44">विश्‍वास गर्नेहरू जति सबै एकसाथ बस्‍थे, र तिनीहरूका सबै थोक साझा थिए।</verse>
				<verse number="45">तिनीहरूले आफ्‍ना सम्‍पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो सबैलाई ती बाँड़िदिन्‍थे।</verse>
				<verse number="46">तिनीहरू एकै मनका भई मन्‍दिरमा एकसाथ उपस्‍थित हुन्‍थे, र घर-घरमा रोटी भाँच्‍थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्‍थे,</verse>
				<verse number="47">र परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्‍छा पाउँदै बस्‍थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्‍यामा थपिदिनुहुन्‍थ्‍यो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">पत्रुस र यूहन्‍ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्‍दिरमा जाँदैथिए।</verse>
				<verse number="2">मन्‍दिरभित्र पस्‍नेहरूसँग भीख माग्‍न जन्‍मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्‍याउँथे र दिनहुँ मन्‍दिरको सुन्‍दर नामक ढोकामा राखिदिन्‍थे।</verse>
				<verse number="3">पत्रुस र यूहन्‍नालाई मन्‍दिरभित्र पस्‍न लागेका देखेर त्‍यसले भीख माग्‍यो।</verse>
				<verse number="4">यूहन्‍नासँगै पत्रुसले त्‍यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्‌!”</verse>
				<verse number="5">तिनीहरूबाट केही पाउने आशा गरेर त्‍यसले ध्‍यान दिएर तिनीहरूलाई हेर्‍यो।</verse>
				<verse number="6">तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्‍यही म तँलाई दिन्‍छु। नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड्‌!”</verse>
				<verse number="7">तिनले त्‍यसको दाहिने हात समातेर त्‍यसलाई उठाए, र तुरुन्‍तै त्‍यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो।</verse>
				<verse number="8">अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो, र हिँड्‌दै र उफ्रँदै र परमेश्‍वरको स्‍तुति गर्दै तिनीहरूसँग मन्‍दिरमा पस्‍यो।</verse>
				<verse number="9">तब सबै मानिसहरूले त्‍यसलाई हिँड्‌दैगरेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे।</verse>
				<verse number="10">तिनीहरूले त्‍यसलाई मन्‍दिरको सुन्‍दर ढोकामा भीख माग्‍न बसिरहने यही नै हो भनेर चिने, र त्‍यसमाथि भएको कुरामा तिनीहरूले अचम्‍म माने र आश्‍चर्यचकित भए।</verse>
				<verse number="11">त्‍यो मानिस पत्रुस र यूहन्‍नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्‍म मान्‍दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए।</verse>
				<verse number="12">यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्‍म मान्‍नुहुन्‍छ? अथवा हाम्रो आफ्‍नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्‌ने तुल्‍याएजस्‍तै किन वाल्‍ल परेर हामीलाई हेर्नुहुन्‍छ?</verse>
				<verse number="13">अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्‍ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्‍वीकार गर्नुभयो।</verse>
				<verse number="14">तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्‍वीकार गरिकन एक जना ज्‍यानमारालाई छोडिदिने माग गर्नुभयो,</verse>
				<verse number="15">र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्‍वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं।</verse>
				<verse number="16">उहाँको नाउँमाथि गरेको विश्‍वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्‍यायो। येशूबाट पाएको विश्‍वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्‍ने पूरा निको पार्‍यो।</verse>
				<verse number="17">अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्‍यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्‍यसै गरे।</verse>
				<verse number="18">उहाँका ख्रीष्‍टले दुःख भोग्‍नुपर्छ भनी परमेश्‍वरले सबै अगमवक्ताका मुखबाट भन्‍नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो।</verse>
				<verse number="19">यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्,</verse>
				<verse number="20">र उहाँले तपाईंहरूका निम्‍ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्‍ट, अर्थात्‌ येशूलाई पठाइदिनुहुन्‍छ।</verse>
				<verse number="21">परमेश्‍वरले प्राचीन कालदेखि आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्‍नुभएका सबै थोकको पुनर्स्‍थापना हुने समय नआउञ्‍जेल ख्रीष्‍ट स्‍वर्गमा अवश्‍य रहनुपर्छ।</verse>
				<verse number="22">मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्‍नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।</verse>
				<verse number="23">यसो हुनेछ, कि त्‍यस अगमवक्तालाई नसुन्‍ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्‍ट हुनेछ।’</verse>
				<verse number="24">“शमूएलदेखि लिएर त्‍यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्‌।</verse>
				<verse number="25">तपाईंहरू तिनै अगमवक्ताहरूका र त्‍यही करारका सन्‍तान हुनुहुन्‍छ, जुन करार परमेश्‍वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्‍नुभयो, ‘तिम्रा सन्‍तानमा पृथ्‍वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’</verse>
				<verse number="26">तपाईंहरू हरेकलाई आफ्‍नो दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष्‌ दिन भनी परमेश्‍वरले आफ्‍ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोल्‍दै नै थिए, पूजाहारीहरू, मन्‍दिरका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।</verse>
				<verse number="2">उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्‍थान हुन्‍छ भन्‍ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए।</verse>
				<verse number="3">तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्‍टसम्‍म थुनामा राखे, किनभने त्‍यस बेला साँझ परिसकेको थियो।</verse>
				<verse number="4">तर वचन सुन्‍नेहरूमध्‍ये धेरैले नै विश्‍वास गरे, र विश्‍वास गर्ने मानिसहरूको संख्‍या प्राय: पाँच हजार भयो।</verse>
				<verse number="5">भोलिपल्‍ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू यरूशलेममा भेला भएका थिए।</verse>
				<verse number="6">प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।</verse>
				<verse number="7">तिनीहरूले पत्रुस र यूहन्‍नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”</verse>
				<verse number="8">तब पवित्र आत्‍माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो,</verse>
				<verse number="9">आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्‍यो कुन उपायले निको पारियो भनेर प्रश्‍न गर्नुहुन्‍छ भने,</verse>
				<verse number="10">तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएको र परमेश्‍वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्‍ने निको भएर उभिएको छ।</verse>
				<verse number="11">	‘यो त्‍यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्‍कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’</verse>
				<verse number="12">अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”</verse>
				<verse number="13">जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन्‌ भनी थाहा पाए, तब तिनीहरू छक्‍क परे, र यिनीहरू येशूको साथमा रहन्‍थे भन्‍ने तिनीहरूले थाहा पाए।</verse>
				<verse number="14">तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्‍न सकेनन्‌।</verse>
				<verse number="15">यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे,</verse>
				<verse number="16">“यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्‍ची नै यिनीहरूबाट एउटा अचम्‍मको काम भएको छ भन्‍ने यरूशलेमका बासिन्‍दा जम्‍मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्‍कार गर्न सक्‍दैनौं।</verse>
				<verse number="17">तर यो कुरो जनतामा नफैलिओस्‌ भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्‍नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।”</verse>
				<verse number="18">अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।</verse>
				<verse number="19">तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्‍वरको कुरा सुन्‍नुभन्‍दा तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरको दृष्‍टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्‌।</verse>
				<verse number="20">किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।”</verse>
				<verse number="21">तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।</verse>
				<verse number="22">किनकि जुन मानिस आश्‍चर्य कामद्वारा निको पारिएको थियो, त्‍यसको उमेर चालीस वर्षभन्‍दा बढ़ी थियो।</verse>
				<verse number="23">छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए।</verse>
				<verse number="24">जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो,</verse>
				<verse number="25">जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे?</verse>
				<verse number="26">परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’</verse>
				<verse number="27">किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए।</verse>
				<verse number="28">त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।</verse>
				<verse number="29">अब हे प्रभु, तिनीहरूका धम्‍कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्‍न दिनुहोस्,</verse>
				<verse number="30">र निको पार्नलाई तपाईंले आफ्‍नो बाहुली फैलाउनुहुँदा, आफ्‍ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्‍ह र आश्‍चर्य कामहरू होऊन्‌।”</verse>
				<verse number="31">तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्‍प भयो, र तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र तिनीहरूले साहससित परमेश्‍वरको वचन बोले।</verse>
				<verse number="32">विश्‍वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्‍माका भएका थिए, र तिनीहरूमध्‍ये एउटाले पनि आफ्‍नो धन-सम्‍पत्तिको केही थोक यो मेरो आफ्‍नो हो भनी भन्‍दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।</verse>
				<verse number="33">ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्‍थानको गवाही दिन्‍थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।</verse>
				<verse number="34">तिनीहरूमध्‍ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्‍यो, किनकि जति जना जग्‍गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्‍यसको मोल ल्‍याउँथे,</verse>
				<verse number="35">र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।</verse>
				<verse number="36">अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्‍साहको पुत्र हो),</verse>
				<verse number="37">उनले आफ्‍नो जमिन बेचे र त्‍यो रकम ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे,</verse>
				<verse number="2">र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।</verse>
				<verse number="3">तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो?</verse>
				<verse number="4">त्‍यो बिक्री नभइञ्‍जेल के त्‍यो तिम्रो आफ्‍नै थिएन? र त्‍यो बिक्री भएपछि पनि त्‍यो तिम्रै अधिकारमा थिएन र? यस्‍तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ।”</verse>
				<verse number="5">यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्‍यागे। यो सुन्‍नेहरू सबैमाथि ठूलो डर छायो।</verse>
				<verse number="6">तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए।</verse>
				<verse number="7">जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्‍टापछि तिनकी पत्नी पनि भित्र आई।</verse>
				<verse number="8">पत्रुसले त्‍यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्‍यत्तिमै बेचेका हौ?” अनि त्‍यसले भनी, “ज्‍यू, त्‍यत्तिमै।”</verse>
				<verse number="9">तर पत्रुसले त्‍यसलाई भने, “तिमीहरूले प्रभुका आत्‍माको परीक्षा गर्न कसरी मिलेर मतो गर्‍यौ? हेर, तिम्रा पतिलाई गाड्‌नेहरू ढोकामै छन्‌ र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्‌।”</verse>
				<verse number="10">अनि तुरुन्‍तै त्‍यो उनका पाउनेर लड़ी र प्राण त्‍याग गरी। जब जवानहरू भित्र आए, त्‍यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्‍यसको पतिको नजिकमा गाडिदिए।</verse>
				<verse number="11">सारा मण्‍डलीमाथि र यी कुरा सुन्‍ने सबैमाथि ठूलो डर छायो।</verse>
				<verse number="12">अब प्रेरितहरूका हातबाट धेरै चिन्‍हहरू र आश्‍चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्‍मा भएका थिए।</verse>
				<verse number="13">तर अरूहरूमध्‍ये कसैको पनि तिनीहरूसँग मिल्‍न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे।</verse>
				<verse number="14">प्रभुमा विश्‍वास गर्ने पुरुष र स्‍त्रीहरू दुवैको भीड झन्‌ बढ़ी थपिन लागे,</verse>
				<verse number="15">यहाँसम्‍म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्‍याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्‍ये कोही-कोहीमाथि परोस्‌ भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्‍थे।</verse>
				<verse number="16">यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्‍माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्‍थे।</verse>
				<verse number="17">प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्‍थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए,</verse>
				<verse number="18">र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्‍यालखानमा हालिदिए।</verse>
				<verse number="19">तर प्रभुका एउटा दूतले राती झ्‍यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्‍याएर भने,</verse>
				<verse number="20">“जाओ र मन्‍दिरमा खड़ा भएर यस जीवनका सारा सन्‍देश मानिसहरूलाई सुनाओ।”</verse>
				<verse number="21">यो सुनेपछि तिनीहरू एकाबिहानै मन्‍दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात्‌ इस्राएलीहरूको सम्‍पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्‍यालखानबाट ल्‍याउन मानिसहरू पठाए।</verse>
				<verse number="22">तर अधिकृतहरूले तिनीहरूलाई झ्‍यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए,</verse>
				<verse number="23">“हामीले झ्‍यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्‍यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।”</verse>
				<verse number="24">जब मन्‍दिरका कप्‍तान र मुख्‍य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्‍योलमा परे।</verse>
				<verse number="25">तर कोही एक जनाले आएर तिनीहरूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्‍यालखानमा राख्‍नुभएको थियो तिनीहरू मन्‍दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्‌।”</verse>
				<verse number="26">तब अफिसरहरूका साथमा कप्‍तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्‍याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्‍लान्‌ भनी तिनीहरू डराए।</verse>
				<verse number="27">उनीहरूले तिनीहरूलाई ल्‍याएर महासभाको अगाडि खड़ा गराए, र प्रधान पूजाहारीले तिनीहरूलाई सोधे,</verse>
				<verse number="28">“हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्‍ना शिक्षाले सारा यरूशलेम भरिसक्‍यौ, र त्‍यस मानिसका रक्तपातको दोष हामीमाथि ल्‍याउन चाहन्‍छौ।”</verse>
				<verse number="29">तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।</verse>
				<verse number="30">हाम्रा पिता-पुर्खाका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो।</verse>
				<verse number="31">परमेश्‍वरले इस्राएलको पश्‍चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्‍याईकन आफ्‍नो दाहिने बाहुलीले उच्‍च पार्नुभयो।</verse>
				<verse number="32">यी सबै कुराका हामी साक्षी छौं, र त्‍यस्‍तै गरी पवित्र आत्‍मा पनि, जसलाई परमेश्‍वरले आफ्‍ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।”</verse>
				<verse number="33">तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए, र तिनीहरूलाई मार्न खोजे।</verse>
				<verse number="34">तर व्‍यवस्‍थाका पण्‍डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए,</verse>
				<verse number="35">र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्‌नुभएको छ, त्‍यसमा होशियार हुनुहोस्‌।</verse>
				<verse number="36">किनकि आजभन्‍दा अघि पनि थूदासले कोही हुँ भन्‍ने दाबी गर्‍यो र प्राय: चार सय मानिसहरू त्‍यसको पछि लागे। त्‍यो मारियो, र त्‍यसको पछि लाग्‍नेहरू सबै छरपष्‍ट भए र सब व्‍यर्थ भयो।</verse>
				<verse number="37">यस मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्‍ने खड़ा भयो, र कतिपय मानिसहरूलाई आफूतिर खिँच्‍यो। त्‍यो पनि नष्‍ट भयो, र त्‍यसलाई मान्‍नेहरू यताउता छरिएर गए।</verse>
				<verse number="38">अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्‍दछु, कि यी मानिसहरूबाट अलग्‍ग बस्‍नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्‍यो आफै मेटिनेछ।</verse>
				<verse number="39">तर यदि यो परमेश्‍वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्‍न सक्‍नुहुन्‍न। नत्रता तपाईंहरू परमेश्‍वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।”</verse>
				<verse number="40">तब उनीहरूले तिनका सल्‍लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्‍नू” भन्‍ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए।</verse>
				<verse number="41">तब येशूको नाउँमा अपमान सहने योग्‍यका ठहरियौं भन्‍ने कुरामा आनन्‍द मनाउँदै तिनीहरू महासभाको उपस्‍थितिबाट निस्‍केर गए।</verse>
				<verse number="42">अनि हरेक दिन तिनीहरूले मन्‍दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">ती दिनमा जब चेलाहरूको संख्‍या बढ्‌दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए।</verse>
				<verse number="2">तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्‍वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।</verse>
				<verse number="3">यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्‍मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं।</verse>
				<verse number="4">तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्‍पूर्ण समय दिनेछौं।”</verse>
				<verse number="5">यो कुरा समूहका सबैलाई मन पर्‍यो र भेला भएका जम्‍मैलाई असल लाग्‍यो, र तिनीहरूले पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका स्‍तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्‍टिओखियाका यहूदी मत मान्‍ने निकोलाउसलाई छाने।</verse>
				<verse number="6">तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्‍ने ल्‍याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्‍ना हात राखे।</verse>
				<verse number="7">परमेश्‍वरको वचन बढ्‌दैगयो, र चेलाहरूको संख्‍या यरूशलेममा अत्‍यन्‍तै बढ़्यो। पूजाहारीहरूमध्‍ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।</verse>
				<verse number="8">स्‍तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्‍मका काम र चिन्‍हहरू गरे।</verse>
				<verse number="9">तर कोही-कोहीचाहिँ जो स्‍वतन्‍त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्‍जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्‍तिफनससँग वाद-विवाद गर्न लागे।</verse>
				<verse number="10">तिनी जुन बुद्धिले र आत्‍माद्वारा बोल्‍थे, तिनीहरूले त्‍यसको सामना गर्न सकेनन्‌।</verse>
				<verse number="11">तब तिनीहरूले गुप्‍तमा मानिसहरूलाई उक्‍साएर यसो भन्‍न लाए, “मोशा र परमेश्‍वरको विरुद्धमा यसले निन्‍दात्‍मक कुरा बोलेको हामीले सुन्‍यौं।”</verse>
				<verse number="12">तब तिनीहरूले जनता, धर्म-गुरु र शास्‍त्रीहरूलाई भड्‌काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्‍याए।</verse>
				<verse number="13">तिनीहरूले यसो भन्‍ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्‍थान र व्‍यवस्‍थाको विरुद्धमा कुराहरू बोल्‍न छोड्‌दैन।</verse>
				<verse number="14">किनभने यसले यसो भनेको हामीले सुन्‍यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”</verse>
				<verse number="15">महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्‍वर्गदूतको मोहड़ाजस्‍तै देखे।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्‌?”</verse>
				<verse number="2">तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्‍नुहोस्‌। महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्‍न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो,</verse>
				<verse number="3">र तिनलाई भन्‍नुभएको थियो, ‘तिमी आफ्‍नो देश र आफ्‍ना कुटुम्‍बबाट निस्‍केर, जुन देश म तिमीलाई देखाउँछु, त्‍यहाँ जाऊ।’</verse>
				<verse number="4">“तब तिनी कल्‍दीहरूको देशबाट निस्‍केर हारानमा आएर बसे, र तिनका पिताको मृत्‍यु भएपछि परमेश्‍वरले तिनलाई त्‍यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्‍छ।</verse>
				<verse number="5">तिनलाई त्‍यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्‍ने ठाउँसम्‍म पनि दिनुभएन। तर तिनको सन्‍तान नभए तापनि त्‍यो जायजात परमेश्‍वरले तिनका सन्‍तान-दरसन्‍तानलाई निजी सम्‍पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो।</verse>
				<verse number="6">परमेश्‍वरले यसरी भन्‍नुभयो, ‘तेरा सन्‍तान अर्काको मुलुकमा गएर बस्‍नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्‍याएर चार सय वर्षसम्‍म थिचोमिचो गरी राख्‍नेछन्‌।’</verse>
				<verse number="7">परमेश्‍वरले भन्‍नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्‍नेछन्‌ त्‍यस जातिको इन्‍साफ म गर्नेछु। त्‍यसपछि तिनीहरू निस्‍किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्‌।’</verse>
				<verse number="8">उहाँले तिनीसँग खतनाको करार बाँध्‍नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए।</verse>
				<verse number="9">“कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="10">परमेश्‍वरले तिनका सारा कष्‍टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्‍ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्‍याए।</verse>
				<verse number="11">“त्‍यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्‍ट भयो, र हाम्रा पुर्खाहरूले अन्‍न पाएनन्‌।</verse>
				<verse number="12">तर याकूबले मिश्रदेशमा अन्‍न छ भन्‍ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्‍ट त्‍यहाँ पठाए।</verse>
				<verse number="13">दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्‍नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो।</verse>
				<verse number="14">योसेफले आफ्‍ना बुबा याकूबलाई र आफ्‍ना जम्‍मै कुटुम्‍बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए।</verse>
				<verse number="15">याकूब मिश्रदेशमा गए, र त्‍यहीँ उनको देहान्‍त भयो, र हाम्रा पुर्खाहरूको पनि त्‍यहाँ नै देहान्‍त भयो।</verse>
				<verse number="16">त्‍यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।</verse>
				<verse number="17">“तर जब परमेश्‍वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्‌न लागे, र तिनीहरूको संख्‍यामा वृद्धि भयो।</verse>
				<verse number="18">तब मिश्रदेशमा योसेफलाई नचिन्‍ने अर्का राजा खड़ा भए।</verse>
				<verse number="19">उनले हाम्रा जातिसँग धूर्तताको व्‍यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्‍याएर राख्‍न कर लाउँथे, र यसरी भर्खर जन्‍मेका सबै शिशुहरू मर्थे।</verse>
				<verse number="20">“यसै बेला मोशाको जन्‍म भयो। तिनी परमेश्‍वरको दृष्‍टिमा सुन्‍दर थिए। तिनी तीन महिनासम्‍म आफ्‍ना पिताको घरमा पालिए।</verse>
				<verse number="21">तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्‍नै छोरा तुल्‍याएर पालिन्‌।</verse>
				<verse number="22">मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइ‍यो, र मोशा आफ्‍ना वचन र काममा शक्तिशाली भए।</verse>
				<verse number="23">“जब तिनी चालीस वर्षका भए, तब आफ्‍ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्‍छा तिनको हृदयमा उठ्यो।</verse>
				<verse number="24">आफ्‍ना जातभाइमध्‍ये एक जनामाथि अन्‍याय भइरहेको देखेर, तिनले त्‍यसलाई रक्षा गरे, र त्‍यस अन्‍याय गर्ने मिश्रीलाई मारी आफ्‍ना भाइमाथि भएको अत्‍याचारको बदला लिए।</verse>
				<verse number="25">परमेश्‍वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्‍छ भन्‍ने मेरा भाइबन्‍धुले बुझ्‍लान्‌ भन्‍ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्‌।</verse>
				<verse number="26">भोलिपल्‍ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्‍याय गर्छौ?’</verse>
				<verse number="27">“तर आफ्‍नो छिमेकीमाथि अन्‍याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्‍यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्‍यो?</verse>
				<verse number="28">हिजो त्‍यस मिश्रीलाई मारेजस्‍तो तिमी मलाई पनि मार्न चाहन्‍छौ?’</verse>
				<verse number="29">यस्‍तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्‍यहाँ तिनका दुई छोराहरू जन्‍मे।</verse>
				<verse number="30">“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्‍थानमा जलिरहेको पोथ्राको ज्‍वालामा एउटा स्‍वर्गदूत तिनीकहाँ देखा परे।</verse>
				<verse number="31">जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्‍क परे, र त्‍यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्‍तो वाणी भयो,</verse>
				<verse number="32">‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर।’ मोशा काम्‍न लागे, र तिनले त्‍यतातिर हेर्नेसम्‍म आँट गरेनन्‌।</verse>
				<verse number="33">“तब परमप्रभुले तिनलाई भन्‍नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्‍थानमा तिमी खड़ा छौ, त्‍यो पवित्र स्‍थान हो।</verse>
				<verse number="34">मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’</verse>
				<verse number="35">“यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्‍यायकर्ता तुल्‍यायो’ भनेर इन्‍कार गरेका थिए, तिनलाई परमेश्‍वरले पोथ्रामा देखा पर्ने स्‍वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्‍याएर पठाउनुभयो।</verse>
				<verse number="36">यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्‍थानमा उदेकका काम र चिन्‍हहरू गरिकन तिनीहरूलाई बाहिर ल्‍याए।</verse>
				<verse number="37">“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूमध्‍येबाट तिमीहरूका निम्‍ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’</verse>
				<verse number="38">यी तिनै मोशा हुन्, जो उजाड-स्‍थानमा भएको समुदायमा स्‍वर्गदूतसँग थिए, जुन स्‍वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्‍ति जीवित वाणीहरू पाएका थिए।</verse>
				<verse number="39">“हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्‍कार गरे। तिनीहरूले तिनलाई पन्‍छाएर मिश्रदेशमै फर्केर जाने मन गरे।</verse>
				<verse number="40">तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्‍ने कोही देवताहरू हाम्रा निम्‍ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउने यी मोशालाई के कसो भयो हामी जान्‍दैनौं।’</verse>
				<verse number="41">ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्‍यसमा बलि पनि चढ़ाए, र आफ्‍ना हातको काममा खुशी मनाए।</verse>
				<verse number="42">तर परमेश्‍वरले तिनीहरूलाई तिरस्‍कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्‍डलको उपासना गर्न छोडिदिनुभयो, जस्‍तो अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्‍म उजाड-स्‍थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ?</verse>
				<verse number="43">तिमीहरूले मोलोखको तम्‍बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्‍नलाई बनाएका मूर्तिहरू उठाइलग्‍यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’</verse>
				<verse number="44">“उजाड-स्‍थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्‍डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्‍वरको आदेशअनुसार यो बनिएको थियो।</verse>
				<verse number="45">हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्‍यजातिहरूको देश अधिकारमा ल्‍याउँदा यहोशूको साथमा त्‍यो तम्‍बू ल्‍याए। दाऊदको पालोसम्‍मै त्‍यो त्‍यहीँ रह्यो।</verse>
				<verse number="46">तिनले परमेश्‍वरको निगाह पाए, र याकूबका परमेश्‍वरको निम्‍ति एउटा वासस्‍थान बनाउने अनुमति मागे।</verse>
				<verse number="47">तर उहाँको निम्‍ति भवनचाहिँ सोलोमनले बनाए।</verse>
				<verse number="48">“तर हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न, जस्‍तो अगमवक्ताले भनेका छन्,</verse>
				<verse number="49">‘मेरो सिंहासन स्‍वर्ग हो, र पृथ्‍वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्‍ति कस्‍तो भवन बनाउने हो? परमप्रभु भन्‍नुहुन्‍छ, मेरो विश्रामको ठाउँ कुन हो?</verse>
				<verse number="50">के यी सबै थोक मेरै हातले बनाएका होइनन्‌ र?’</verse>
				<verse number="51">“हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्‍माको विरोध गर्नुहुन्‍छ। तपाईंहरूका पुर्खाले जस्‍तो गरे तपाईंहरू पनि त्‍यस्‍तै गर्नुहुन्‍छ।</verse>
				<verse number="52">अगमवक्ताहरूमध्‍ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्‌? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्‍या गरे। उहाँलाई तपाईंहरूले विश्‍वासघात गर्नुभयो, र उहाँको हत्‍या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्‍वासघातक र ज्‍यानमारा हुनुभएको छ।</verse>
				<verse number="53">स्‍वर्गदूतहरूले सुम्‍पेको व्‍यवस्‍था तपाईंहरूले पाउनुभयो, तर त्‍यसको पालन गर्नुभएन।”</verse>
				<verse number="54">जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्‌न लागे।</verse>
				<verse number="55">तर तिनले चाहिँ पवित्र आत्‍माले भरिपूर्ण भईकन स्‍वर्गतिर एकटक लाएर हेरे, र परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको देखे।</verse>
				<verse number="56">तिनले भने, “हेर, स्‍वर्ग उघ्रेको म देख्‍छु, र मानिसको पुत्रलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्‍तछु।”</verse>
				<verse number="57">तर तिनीहरू उच्‍च सोरले कराई उठे, र आ-आफ्‍ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्‍टे।</verse>
				<verse number="58">तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्‍ना वस्‍त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे।</verse>
				<verse number="59">जसै तिनीहरूले स्‍तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्‍मालाई ग्रहण गर्नुहोस्‌।”</verse>
				<verse number="60">तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्‌।” यति भनेर तिनले प्राण त्‍याग गरे।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">तिनको हत्‍यामा शाऊल पनि सहमत थिए। त्‍यसै दिन यरूशलेममा भएका मण्‍डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्‍ट भए।</verse>
				<verse number="2">भक्तजनहरूले स्‍तिफनसलाई लगेर गाड़े, र तिनको निम्‍ति ठूलो विलाप गरे।</verse>
				<verse number="3">तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्‍डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्‍त्रीहरूलाई घिस्‍स्‍याउँदै लगी झ्‍यालखानमा हालिदिन्‍थे।</verse>
				<verse number="4">तब ती छरपष्‍ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे।</verse>
				<verse number="5">फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्‍ट प्रचार गरे।</verse>
				<verse number="6">फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्‍हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्‍यान दिए।</verse>
				<verse number="7">किनकि धेरै जनाबाट अशुद्ध आत्‍माहरू ठूलो सोरले चिच्‍च्‍याउँदै निस्‍कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए।</verse>
				<verse number="8">यसरी त्‍यस सहरमा ज्‍यादै आनन्‍द भयो।</verse>
				<verse number="9">सिमोन नाउँ भएको एक जना मानिस त्‍यहाँ थियो। त्‍यसले अगाडिदेखि नै त्‍यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्‍चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्‍दथियो।</verse>
				<verse number="10">त्‍यस मानिसलाई सानादेखि ठूलासम्‍म सबैले यसो भनेर मान्‍थे, “यो मानिस परमेश्‍वरको त्‍यो शक्ति हो, जसलाई महाशक्ति भनिन्‍छ।”</verse>
				<verse number="11">तिनीहरूले त्‍यसलाई मान्‍थे, किनभने धेरै समयदेखि त्‍यसले आफ्‍नो जादूगरीले मानिसहरूलाई आश्‍चर्यचकित पारिराखेको थियो।</verse>
				<verse number="12">तर जब तिनीहरूले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्‍वास गरे, तब पुरुष र स्‍त्रीहरूले बप्‍तिस्‍मा लिए।</verse>
				<verse number="13">सिमोन आफैले पनि विश्‍वास गर्‍यो। त्‍यसले बप्‍तिस्‍मा लियो, र त्‍यो फिलिपसँग लागिरह्यो, र चिन्‍हहरू र ठूला-ठूला अचम्‍मका काम गरेको देखेर त्‍यसलाई आश्‍चर्य लाग्‍यो।</verse>
				<verse number="14">सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरे भन्‍ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए।</verse>
				<verse number="15">उनीहरू त्‍यहाँ आएर तिनीहरूले पवित्र आत्‍मा पाऊन्‌ भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरे।</verse>
				<verse number="16">किनकि त्‍यतिञ्‍जेलसम्‍म तिनीहरूमध्‍ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्‍तिस्‍मा प्रभु येशूको नाउँमा मात्र भएको थियो।</verse>
				<verse number="17">तब उनीहरूले आफ्‍ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्‍मा पाए।</verse>
				<verse number="18">अब प्रेरितहरूले हात राख्‍दा पवित्र आत्‍मा पाइँदोरहेछ भन्‍ने देखेर सिमोनले यसो भन्‍दै तिनीहरूलाई रुपियाँ दिन ल्‍यायो,</verse>
				<verse number="19">“मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्‍यसले पवित्र आत्‍मा पाओस्‌।”</verse>
				<verse number="20">तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्‍ट होस्, किनकि परमेश्‍वरको वरदान रुपियाँले किन्‍न सकिन्‍छ भनी तैंले विचार गरिस्‌।</verse>
				<verse number="21">यस विषयमा न त तेरो केही भाग छ न हिस्‍सा नै छ, किनकि परमेश्‍वरको सामुन्‍ने तेरो हृदय ठीक रहेनछ।</verse>
				<verse number="22">यसकारण तेरो आफ्‍नो यस दुष्‍टताको निम्‍ति पश्‍चात्ताप गर्‌ अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्‍तो विचार क्षमा होला।</verse>
				<verse number="23">किनकि म देख्‍तछु, तँ तिक्‍तताले भरिएको छस्, अनि अधर्मको बन्‍धनमा छस्‌।”</verse>
				<verse number="24">तब सिमोनले भन्‍यो, “तपाईंहरूले नै मेरो निम्‍ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्‌।”</verse>
				<verse number="25">अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के।</verse>
				<verse number="26">त्‍यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्‍यहाँ मरुभूमिको बाटो छ।”</verse>
				<verse number="27">अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूला पदाधिकारी र समस्‍त सम्‍पत्तिका कोषाध्‍यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए।</verse>
				<verse number="28">उनी फर्किरहेका थिए, र आफ्‍नो रथमा बसी यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेका थिए।</verse>
				<verse number="29">तब पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्‍यस रथको साथ लाग।”</verse>
				<verse number="30">फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्‍नुहुन्‍छ?”</verse>
				<verse number="31">तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्‍न सक्‍छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्‍ने अनुरोध गरे।</verse>
				<verse number="32">अब तिनले पढ़िरहेका धर्मशास्‍त्रको खण्‍ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्‍छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्‍छ, त्‍यसरी नै उसले आफ्‍नो मुख खोलेन।</verse>
				<verse number="33">उसको अपमानित अवस्‍थामा उसलाई न्‍याय मिलेन। उसको पुस्‍ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्‍वीबाट हरण भयो।”</verse>
				<verse number="34">तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्‍नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्‍नै विषयमा कि अरू कसैको विषयमा?”</verse>
				<verse number="35">तब फिलिपले आफ्‍नो मुख खोलेर धर्मशास्‍त्रको यसै खण्‍डबाट तिनलाई येशूको सुसमाचार सुनाए।</verse>
				<verse number="36">अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” [</verse>
				<verse number="37">फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” तिनले जवाफ दिए “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी म विश्‍वास गर्दछु।”]</verse>
				<verse number="38">तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए।</verse>
				<verse number="39">तर जब उनीहरू पानीबाट बाहिर उक्‍लिआए, तब प्रभुका आत्‍माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्‍नो बाटो लागे।</verse>
				<verse number="40">तर फिलिप अश्‍दोदमा देखा परे, र कैसरिया नपुगुञ्‍जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्‍की र हत्‍याको धुनमा प्रधान पूजाहारीकहाँ गए,</verse>
				<verse number="2">र तिनले त्‍यस मार्गका पुरुष होस्‌ वा स्‍त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्‍याउन पाऊँ भनी दमस्‍कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।</verse>
				<verse number="3">जब शाऊल यात्रा गर्दै दमस्‍कसको नजिक पुगे, अचानक स्‍वर्गबाट एउटा ज्‍योति तिनको वरिपरि चम्‍क्‍यो।</verse>
				<verse number="4">तिनी भूइँमा लोटे, र तिनले यसो भन्‍ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”</verse>
				<verse number="5">तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्‍छ?” अनि उहाँले भन्‍नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।</verse>
				<verse number="6">तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।”</verse>
				<verse number="7">तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्‍दा अवाक भई उभिरहे।</verse>
				<verse number="8">तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए।</verse>
				<verse number="9">अनि तीन दिनसम्‍म तिनी नदेख्‍ने भए, र न त खाना खाए न पानी पिए।</verse>
				<verse number="10">दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।”</verse>
				<verse number="11">तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌।</verse>
				<verse number="12">तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन्‌ भनेर आफूमाथि उनका हात राखेका देखेका छन्‌।”</verse>
				<verse number="13">तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्‍तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु।</verse>
				<verse number="14">यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्‍ने अधिकार मुख्‍य पूजाहारीहरूबाट तिनले पाएका छन्‌।”</verse>
				<verse number="15">तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्‍यजातिहरू, राजाहरू र इस्राएलका सन्‍तानका सामुन्‍ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्,</verse>
				<verse number="16">किनकि मेरो नाउँको खातिर तिनले कति कष्‍ट भोग्‍नुपर्छ, सो म तिनलाई देखाउनेछु।”</verse>
				<verse number="17">तब हननिया गएर त्‍यस घरभित्र पसे, र तिनीमाथि आफ्‍ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्‍टि पाऊ र तिमी पवित्र आत्‍माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।”</verse>
				<verse number="18">तुरुन्‍तै तिनका आँखाबाट पाप्राजस्‍ता केही खसे, र तिनले फेरि दृष्‍टि पाए। तब तिनी उठे र बप्‍तिस्‍मा लिए,</verse>
				<verse number="19">अनि भोजन खाएर तिनले बल पाए। शाऊल निकै दिनसम्‍म दमस्‍कसमा भएका चेलाहरूसँग रहे।</verse>
				<verse number="20">अनि तुरुन्‍तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”</verse>
				<verse number="21">तब सुन्‍नेहरू जति सबैले अचम्‍म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्‍य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?”</verse>
				<verse number="22">तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने प्रमाण दिएर दमस्‍कसमा रहने यहूदीहरूलाई अकमक्‍क पारिदिए।</verse>
				<verse number="23">अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्‌यन्‍त्र रचे।</verse>
				<verse number="24">तर तिनीहरूको षड्‌यन्‍त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्‍थे।</verse>
				<verse number="25">तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।</verse>
				<verse number="26">तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्‍ने प्रयत्‍न गरे। तर तिनीहरूलाई उनी चेला हुन्‌ भन्‍ने पत्‍यार नहुँदा सबै तिनीसँग डराए।</verse>
				<verse number="27">तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्‍कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए।</verse>
				<verse number="28">शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्‍लमखुल्‍ला हिँड्‌न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे,</verse>
				<verse number="29">अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्‍थे।</verse>
				<verse number="30">तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।</verse>
				<verse number="31">त्‍यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्‍डलीमा शान्‍ति भयो र मण्‍डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्‌दै र पवित्र आत्‍माको सान्‍त्‍वना पाएर मण्‍डलीमा वृद्धि हुँदैगयो।</verse>
				<verse number="32">पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्‍तहरूकहाँ पनि आइपुगे।</verse>
				<verse number="33">तिनले त्‍यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो।</verse>
				<verse number="34">पत्रुसले त्‍यसलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्‍यो तुरुन्‍तै उठिहाल्‍यो।</verse>
				<verse number="35">लुड्डा र शारोनमा बस्‍ने जति सबै जनाले त्‍यसलाई देखेर प्रभुतिर फर्के।</verse>
				<verse number="36">योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌।</verse>
				<verse number="37">ती दिनमा तिनी बिरामी भइन्‌ र तिनको मृत्‍यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्‍लो तलाको एउटा कोठामा राखे।</verse>
				<verse number="38">लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।”</verse>
				<verse number="39">तब पत्रुस उठेर तिनीहरूसँग गए। त्‍यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्‍लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्‍त्रहरू देखाए।</verse>
				<verse number="40">तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्‍यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्‌।</verse>
				<verse number="41">उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे।</verse>
				<verse number="42">अब यो कुरा सारा योप्‍पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्‍वास गरे।</verse>
				<verse number="43">अनि तिनी निकै दिनसम्‍म एक जना सिमोन भन्‍ने चर्मकारसँग योप्‍पामा बसे।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्‍ने पल्‍टनका एक कप्‍तान थिए।</verse>
				<verse number="2">तिनी ईश्‍वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्‍वरको भय मान्‍थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्‍वरलाई सधैँ प्रार्थना गर्थे।</verse>
				<verse number="3">तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍ट रूपले परमेश्‍वरका एउटा स्‍वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”</verse>
				<verse number="4">भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्‍नुहोस्‌।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्‍झनाको रूपमा परमेश्‍वरको सामने पुगेका छन्‌।</verse>
				<verse number="5">अब मानिसहरूलाई योप्‍पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।</verse>
				<verse number="6">तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।”</verse>
				<verse number="7">जब तिनीसँग बोल्‍ने स्‍वर्गदूत बिदा भए, तब तिनले आफ्‍ना नोकरहरूमध्‍ये दुई जना र निरन्‍तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए,</verse>
				<verse number="8">र तिनीहरूलाई सबै कुरा बताएर योप्‍पामा पठाए।</verse>
				<verse number="9">भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले।</verse>
				<verse number="10">तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए।</verse>
				<verse number="11">तिनले स्‍वर्ग उघ्रेको र त्‍यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्‍तो केही पृथ्‍वीतिर झरिरहेको देखे।</verse>
				<verse number="12">त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए।</verse>
				<verse number="13">तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।”</verse>
				<verse number="14">तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”</verse>
				<verse number="15">त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।”</verse>
				<verse number="16">तीन पल्‍टसम्‍म यस्‍तो भयो, र तुरुन्‍तै त्‍यो तन्‍ना स्‍वर्गतिर लगियो।</verse>
				<verse number="17">जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए,</verse>
				<verse number="18">“पत्रुस भनिने सिमोन यहाँ बसेका छन्‌ कि?” भनी उच्‍च सोरमा सोधे।</verse>
				<verse number="19">जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्‍माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्‍दैछन्‌।</verse>
				<verse number="20">उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।”</verse>
				<verse number="21">तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”</verse>
				<verse number="22">तिनीहरूले भने, “एक जना कप्‍तान कर्नेलियस, जो सोझा र परमेश्‍वरसँग डराउने र सारा यहूदी जातिबाट सम्‍मान पाएका व्‍यक्ति हुनुहुन्‍छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्‍देश सुन्‍नू भनी एउटा पवित्र स्‍वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ।</verse>
				<verse number="23">तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे। भोलिपल्‍ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्‍पाका कतिपय भाइहरू तिनको साथ लागे।</verse>
				<verse number="24">पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।</verse>
				<verse number="25">जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्‍डवत्‌ गरे।</verse>
				<verse number="26">तर पत्रुसले उनलाई यसो भन्‍दै उठाए, “उठ्‌नुहोस्, म आफै पनि त मानिस नै हुँ।”</verse>
				<verse number="27">तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्‍यहाँ तिनले धेरै जना जम्‍मा भएका भेट्टाए।</verse>
				<verse number="28">तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्‍वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्‍नू भनी देखाउनुभएको छ।</verse>
				<verse number="29">यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।”</verse>
				<verse number="30">तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्‍ने खड़ा भए,</verse>
				<verse number="31">र भने, ‘कर्नेलियस, परमेश्‍वरको सामुन्‍ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्‍झना भएको छ।</verse>
				<verse number="32">यसकारण योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्‌।’</verse>
				<verse number="33">तब मैले तुरुन्‍तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्‍थित छौं।”</verse>
				<verse number="34">तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न,</verse>
				<verse number="35">तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ।</verse>
				<verse number="36">परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।)</verse>
				<verse number="37">यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो,</verse>
				<verse number="38">कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="39">“अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे।</verse>
				<verse number="40">उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो,</verse>
				<verse number="41">सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं।</verse>
				<verse number="42">उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ।</verse>
				<verse number="43">सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”</verse>
				<verse number="44">पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो।</verse>
				<verse number="45">अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए।</verse>
				<verse number="46">किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने,</verse>
				<verse number="47">“हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?”</verse>
				<verse number="48">अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">यहूदियामा हुने प्रेरित र भाइहरूले अन्‍यजातिहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन्‌ भन्‍ने सुने।</verse>
				<verse number="2">जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्‍दै तिनको आलोचना गरे,</verse>
				<verse number="3">“खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?”</verse>
				<verse number="4">तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्‍याख्‍या दिन थाले:</verse>
				<verse number="5">“म योप्‍पा सहरमा प्रार्थना गर्दैथिएँ, र ध्‍यान-मग्‍न थिए, तब एउटा ठूलो तन्‍नाजस्‍तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्‍यो मकहाँ आयो।</verse>
				<verse number="6">मैले नियालेर हेर्दा त्‍यहाँ पृथ्‍वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्‍तु र आकाशका चराचुरुङ्गीहरू देखें।</verse>
				<verse number="7">मलाई यसो भनेको एउटा आवाज मैले सुनें, ‘पत्रुस उठ, र मारेर खाऊ।’</verse>
				<verse number="8">“तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्‍यै परेको छैन।’</verse>
				<verse number="9">“तर त्‍यस आवाजले दोस्रो पल्‍ट स्‍वर्गबाट मलाई भन्‍यो, ‘जे परमेश्‍वरले शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नभन।’</verse>
				<verse number="10">तीन पल्‍ट त्‍यस्‍तै भयो, र ती सबै फेरि स्‍वर्गमा लगिए।</verse>
				<verse number="11">“त्‍यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे।</verse>
				<verse number="12">नहिचकिचाई तिनीहरूका साथमा जान मलाई पवित्र आत्‍माले भन्‍नुभयो। यी छ जना भाइहरू पनि मेरो साथ लागेका थिए, र हामी त्‍यस मानिसको घरमा पस्‍यौं।</verse>
				<verse number="13">उनले हामीलाई बताए, कि एउटा स्‍वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।</verse>
				<verse number="14">उनले तिमीलाई वचन सुनाउनेछन्, जसद्वारा तिमीले उद्धार पाउनेछौ— तिमी र तिम्रा सारा परिवारले।’</verse>
				<verse number="15">“जब मैले बोल्‍न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्‍तै पवित्र आत्‍मा तिनीहरूमाथि पनि ओर्लनुभयो।</verse>
				<verse number="16">तब प्रभुले भन्‍नुभएको त्‍यो वचन मलाई याद भयो, ‘यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।’</verse>
				<verse number="17">प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा परमेश्‍वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्‍यही वरदान दिनुभएपछि परमेश्‍वरलाई रोक्‍न सक्‍ने म को हुँ र?”</verse>
				<verse number="18">यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे, “अब त परमेश्‍वरले अन्‍यजातिहरूलाई पनि जीवनको निम्‍ति पश्‍चात्ताप दिनुभएछ।”</verse>
				<verse number="19">स्‍तिफनसको सम्‍बन्‍धमा सुरु भएको सतावटको कारण जताततै छरपष्‍ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्‍टिओखियासम्‍म यात्रा गरे।</verse>
				<verse number="20">तर तिनीहरूमध्‍ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्‍टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे।</verse>
				<verse number="21">प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्‍वास गर्नेहरू धेरै संख्‍यामा प्रभुतिर फर्के।</verse>
				<verse number="22">यो समाचार यरूशलेममा भएको मण्‍डलीको कानमा पुग्‍यो, र तिनीहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाए।</verse>
				<verse number="23">तिनी त्‍यहाँ आएर परमेश्‍वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्‍पूर्ण हृदयले प्रभुप्रति विश्‍वासी रहिरहन प्रोत्‍साहन दिए।</verse>
				<verse number="24">किनभने तिनी असल, पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो।</verse>
				<verse number="25">तब शाऊललाई खोज्‍न बारनाबास टार्ससमा गए।</verse>
				<verse number="26">जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्‍टिओखियामा ल्‍याए। तब पूरा एक वर्षसम्‍मै मण्‍डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्‍टिओखियामा नै ख्रीष्‍टियान भनिए।</verse>
				<verse number="27">त्‍यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्‍टिओखियामा आए।</verse>
				<verse number="28">तिनीहरूमध्‍ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्‍ने पवित्र आत्‍माद्वारा भविष्‍यवाणी बोले। त्‍यो अनिकाल क्‍लौडियसको शासनकालमा पर्‍यो।</verse>
				<verse number="29">तब चेलाहरू हरेकले आ-आफ्‍नो औकातअनुसार यहूदियामा बस्‍ने भाइहरूका सहायताको निम्‍ति भेटी पठाउने निश्‍चय गर्‍यो।</verse>
				<verse number="30">तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्‍डरहरूकहाँ पठाइदिए।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">ती दिनमा हेरोद राजाले मण्‍डलीका कति जनामाथि कठोर अत्‍याचार गर्न थाले।</verse>
				<verse number="2">उनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मारे।</verse>
				<verse number="3">यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो।</verse>
				<verse number="4">हेरोदले पत्रुसलाई गिरफ्‍तार गरेर झ्‍यालखानमा हालिदिए, र निस्‍तारचाड़पछि तिनलाई जनताका सामने ल्‍याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्‍मा लाइदिए।</verse>
				<verse number="5">यसरी पत्रुस झ्‍यालखानमा राखिए, तर तिनको निम्‍ति मण्‍डलीले परमेश्‍वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।</verse>
				<verse number="6">हेरोदले तिनलाई बाहिर निकालिल्‍याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्‌लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्‍तिर उभिएर झ्‍यालखानको पहरा दिइरहेका थिए।</verse>
				<verse number="7">अचानक प्रभुका एउटा स्‍वर्गदूत त्‍यहाँ देखा परे, र कोठरीमा ज्‍योति चम्‍क्‍यो। स्‍वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्‌लाहरू तिनका हातबाट फुस्‍केर खसे।</verse>
				<verse number="8">स्‍वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्‍यसै गरे। उनले तिनलाई भने, “खास्‍टो ओढ़ेर मेरो पछिपछि लाग।”</verse>
				<verse number="9">अनि तिनी निस्‍केर उनको पछिपछि लागे। स्‍वर्गदूतबाट गरिएको कुरो साँच्‍चीकै हो भन्‍ने तिनलाई थाहै भएन। तर दर्शन देख्‍दैछु भनी तिनले ठाने।</verse>
				<verse number="10">जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्‍ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्‍यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्‍केर एउटा गल्‍लीको बाटो भएर गए, र तुरुन्‍तै स्‍वर्गदूत तिनलाई छोड़ेर गए।</verse>
				<verse number="11">जब पत्रुसको होश खुल्‍यो तब तिनले भने, “अब मलाई साँच्‍ची नै थाहा भयो, कि प्रभुले आफ्‍ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्‍थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”</verse>
				<verse number="12">यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्‍नाकी आमा मरियमको घरमा गए। त्‍यहाँ धेरै जना जम्‍मा भएर प्रार्थना गरिरहेका थिए।</verse>
				<verse number="13">तिनले ढोका ढकढक्‍याउँदा रोदा नाउँ भएकी नोकर्नी ढोका खोल्‍न आई।</verse>
				<verse number="14">पत्रुसको सोर चिनेपछि त्‍यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्‌” भनी खबर दिई।</verse>
				<verse number="15">तर तिनीहरूले त्‍यसलाई भने, “तँ बौलाही होस्‌।” तर त्‍यसले भनेकी कुरा साँच्‍चै हो भनी त्‍यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्‍यो उनको स्‍वर्गदूत होला।”</verse>
				<verse number="16">तर पत्रुसले चाहिँ ढकढक्‍याइरहे। ढोका खोल्‍दा तिनलाई देखेर तिनीहरू छक्‍क परे।</verse>
				<verse number="17">तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्‍यालखानबाट बाहिर निकाल्‍नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।</verse>
				<verse number="18">उज्‍यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बीचमा ठूलो हलचल भयो।</verse>
				<verse number="19">हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्‍यानसजायको हुकुम गरे। हेरोदचाहिँ यहूदियाबाट कैसरिया गएर त्‍यहीँ नै बसे।</verse>
				<verse number="20">हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्‍यन्‍तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्‍तससँग खुशामद गरेर मिलापको लागि बिन्‍ती गरे। किनकि तिनीहरूको देश अन्‍नको निम्‍ति राजाको देशमा निर्भर थियो।</verse>
				<verse number="21">तोकिएको दिनमा राजकीय पोशाक पहिरेर हेरोद उनको सिंहासनमा बसे, र तिनीहरूलाई उनले भाषण दिए।</verse>
				<verse number="22">मानिसहरू “यो त ईश्‍वरको बोली हो, मानिसको होइन!” भनेर कराए।</verse>
				<verse number="23">तर परमेश्‍वरलाई महिमा नदिएकोमा त्‍यत्तिखेरै प्रभुका एउटा स्‍वर्गदूतले उनलाई प्रहार गरे, र स्‍याउँ-स्‍याउँ कीरा परेर उनको देहान्‍त भयो।</verse>
				<verse number="24">तर प्रभुको वचन बढ्‌दै र फैलिँदैगयो।</verse>
				<verse number="25">बारनाबास र शाऊल आफ्‍ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्‍ना पनि गए।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">एन्‍टिओखियाको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात्‌ बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्‍तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए।</verse>
				<verse number="2">तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्‍माले भन्‍नुभयो, “मेरो निम्‍ति बारनाबास र शाऊललाई त्‍यस कामको लागि अलग्‍ग गर, जुन कामको निम्‍ति मैले तिनीहरूलाई बोलाएको छु।”</verse>
				<verse number="3">तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्‍ना हात राखेर उनीहरूलाई बिदा दिए।</verse>
				<verse number="4">तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए।</verse>
				<verse number="5">सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्‍ना तिनीहरूसँग थिए।</verse>
				<verse number="6">जब तिनीहरू समस्‍त टापूको यात्रा गर्दै पाफोससम्‍म आइपुगे, तब त्‍यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्‍ने एक जना जादूगरलाई भेट्टाए।</verse>
				<verse number="7">त्‍यो जादूगर एउटा प्रान्‍तका शासक सर्गियस पौलससँग बस्‍तथियो। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा गरे।</verse>
				<verse number="8">तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो।</verse>
				<verse number="9">तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे,</verse>
				<verse number="10">“तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्‍पूर्ण छल र दुष्‍टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्‌ग्‍याउन छोड्‌दैनस्‌?</verse>
				<verse number="11">अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुनेछस्‌।” अनि उत्तिखेरै कुइरो र अन्‍धकारले त्‍यसलाई छोप्‍यो, र कसैले त्‍यसको हात पक्रेर डोर्‍याइदेला कि भनेर त्‍यो यताउता जान लाग्‍यो।</verse>
				<verse number="12">तब प्रान्‍तका ती शासकले यो भएको देखेर विश्‍वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्‍क परेका थिए।</verse>
				<verse number="13">पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के।</verse>
				<verse number="14">तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे।</verse>
				<verse number="15">अब व्‍यवस्‍था र अगमवक्ताका पुस्‍तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्‍ति अर्तीको वचन केही छ भने भन्‍नुहोस्‌।”</verse>
				<verse number="16">तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्,</verse>
				<verse number="17">इस्राएल जातिका परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान्‌ तुल्‍याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्‍यस देशबाट निकाली ल्‍याउनुभयो।</verse>
				<verse number="18">उजाड-स्‍थानमा प्राय: चालीस वर्षसम्‍म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो।</verse>
				<verse number="19">तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो।</verse>
				<verse number="20">“यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो।</verse>
				<verse number="21">त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो।</verse>
				<verse number="22">उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’</verse>
				<verse number="23">“यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो।</verse>
				<verse number="24">उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए।</verse>
				<verse number="25">यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’</verse>
				<verse number="26">“ए, अब्राहामका वंशको सन्‍तान, र तिमीहरूमध्‍ये परमेश्‍वरको डर मान्‍ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्‍देश पठाइएको छ।</verse>
				<verse number="27">किनभने यरूशलेमका बासिन्‍दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्‍डको आज्ञा दिई ती वचन पूरा गरे।</verse>
				<verse number="28">ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे,</verse>
				<verse number="29">र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे।</verse>
				<verse number="30">तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो।</verse>
				<verse number="31">आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्‍म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्‌।</verse>
				<verse number="32">“परमेश्‍वरले पिता-पुर्खालाई गर्नुभएको त्‍यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्‍याउँछौं।</verse>
				<verse number="33">अर्थात्, कसरी परमेश्‍वरले येशूलाई जीवित पारी उठाएर त्‍यो कुरो हामी, तिनीहरूका सन्‍तानका निम्‍ति पूरा गरिदिनुभयो, जस्‍तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्‍माएको छु।’</verse>
				<verse number="34">उहाँले ख्रीष्‍टलाई कहिले नसड्‌ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्‍नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’</verse>
				<verse number="35">किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्‍ना पवित्र जनको शरीर सड्‌न दिनुहुनेछैन।’</verse>
				<verse number="36">“किनकि उनको आफ्‍नै पुस्‍तामा परमेश्‍वरको उद्देश्‍यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो।</verse>
				<verse number="37">तर जसलाई परमेश्‍वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन।</verse>
				<verse number="38">“यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्‍छ भन्‍ने घोषणा तपाईंहरूलाई गरिएको छ।</verse>
				<verse number="39">तपाईं विश्‍वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्‍यवस्‍थाद्वारा तपाईंहरूका निम्‍ति सम्‍भव थिएन।</verse>
				<verse number="40">यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्‍तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्‌:</verse>
				<verse number="41">	‘हे निन्‍दा गर्ने हो, हेर र आश्‍चर्य मान, अनि नष्‍ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्‍तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्‍यै विश्‍वास गर्नेछैनौ’।”</verse>
				<verse number="42">पावल र बारनाबास सभाघरबाट निस्‍केर जान लाग्‍दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्‍ती गरे।</verse>
				<verse number="43">सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।</verse>
				<verse number="44">अर्को शबाथमा झण्‍डै सम्‍पूर्ण सहर परमेश्‍वरको वचन सुन्‍नलाई उल्‍टेर आयो।</verse>
				<verse number="45">भीड़लाई देख्‍दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्‍डन गरे, र तिनको निन्‍दा गरे।</verse>
				<verse number="46">तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्‍वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्‍यक थियो। तपाईंहरूले यसलाई इन्‍कार गरी आफैलाई अनन्‍त जीवनको अयोग्‍य ठहराउनुभएकोले हामी अब अन्‍यजातिहरूकहाँ जानेछौं।</verse>
				<verse number="47">	किनकि प्रभुले हामीलाई यस्‍तो आज्ञा दिनुभएको छ, ‘पृथ्‍वीको पल्‍लो छेउसम्‍म मुक्ति पुर्‍याउन मैले तिमीलाई अन्‍यजातिहरूका निम्‍ति ज्‍योति हुन नियुक्त गरेको छु’।”</verse>
				<verse number="48">जब अन्‍यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्‍वरको वचनको प्रशंसा गरे, र अनन्‍त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्‍वास गरे।</verse>
				<verse number="49">प्रभुको वचन सबै इलाकाभरि फैलियो।</verse>
				<verse number="50">तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्‍ठित स्‍त्रीहरू र सहरका मुख्‍य-मुख्‍य मानिसहरूलाई उक्‍साए, र उनीहरूलाई आफ्‍नो साँधसिमाना बाहिर कटाइदिए।</verse>
				<verse number="51">तर उनीहरूचाहिँ आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्‍याएर, आइकोनियनमा आए।</verse>
				<verse number="52">चेलाहरू आनन्‍द र पवित्र आत्‍माले परिपूर्ण भए।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्‍तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्‍वास गर्‍यो।</verse>
				<verse number="2">तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अन्‍यजातिहरूलाई भड्‌काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए।</verse>
				<verse number="3">प्रभुको भरोसामा साहससँग बोल्‍दै धेरै समयसम्‍म पावल र बारनाबास त्‍यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्‍हहरू र अचम्‍मका कामहरू गराईकन आफ्‍नो अनुग्रहका वचनको गवाही दिनुभयो।</verse>
				<verse number="4">तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे।</verse>
				<verse number="5">अन्‍यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्‍ने प्रयत्‍न गरे।</verse>
				<verse number="6">तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए,</verse>
				<verse number="7">र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे।</verse>
				<verse number="8">अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन।</verse>
				<verse number="9">पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन</verse>
				<verse number="10">ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो।</verse>
				<verse number="11">जब पावलले गरेको यो काम भीड़ले देख्‍यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्‍च सोरले यसो भने, “देवहरू मान्‍छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्‌।”</verse>
				<verse number="12">तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्‍न लागे, किनकि यिनीचाहिँ मुख्‍य वक्ता थिए।</verse>
				<verse number="13">सहरको अगिल्‍तिर भएको जिउसको मन्‍दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्‍याएर त्‍यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्‍छा गरे।</verse>
				<verse number="14">तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्‍नो वस्‍त्र च्‍याती यसो भन्‍दै कराएर मानिसहरूका बीचमा दौड्‌दैगए र भने,</verse>
				<verse number="15">“मानिसहरू हो, तपाईंहरू किन यस्‍तो काम गर्नुहुन्‍छ? हामी पनि त तपाईंहरूजस्‍तै दुःख-सुख भोग्‍ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्‍यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।</verse>
				<verse number="16">उहाँले अघि बितिसकेका पुस्‍तामा सब जातिहरूलाई आ-आफ्‍नै रीतिअनुसार चल्‍न दिनुभयो।</verse>
				<verse number="17">तापनि उहाँले आफूलाई गवाहीविना छोड्‌नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्‍वर्गबाट पानीको झरी र फलवन्‍त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्‍दले सन्‍तुष्‍ट पार्नुभयो।”</verse>
				<verse number="18">यी कुरा भनेर तिनीहरूले मुश्‍किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके।</verse>
				<verse number="19">तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे।</verse>
				<verse number="20">तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्‍ट बारनाबाससँग निस्‍केर डर्बीमा गए।</verse>
				<verse number="21">तिनीहरूले त्‍यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्‍त्रा, आइकोनियन र एन्‍टिओखियामा फर्के,</verse>
				<verse number="22">चेलाहरूका आत्‍मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्‍वासमा रहिरहने अर्ती दिए, र धेरै कष्‍ट सहेर हामी परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।</verse>
				<verse number="23">जब तिनीहरूले उनीहरूको हरेक मण्‍डलीमा एल्‍डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्‍वास गरेका प्रभुको जिम्‍मामा उनीहरूलाई सुम्‍पिदिए।</verse>
				<verse number="24">त्‍यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए।</verse>
				<verse number="25">पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे।</verse>
				<verse number="26">अनि त्‍यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्‍टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्‍ति परमेश्‍वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो।</verse>
				<verse number="27">जब तिनीहरू एन्‍टिओखियामा आइपुगे, तब मण्‍डलीलाई भेला गराए, अनि परमेश्‍वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्‍यजातिहरूका निम्‍ति विश्‍वासको ढोका खोलिदिनुभयो सो सुनाए।</verse>
				<verse number="28">तिनीहरू त्‍यहाँ चेलाहरूसँग निकै दिन बसे।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।”</verse>
				<verse number="2">तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्‍यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्‍नको फैसलाको निम्‍ति प्रेरितहरू र एल्‍डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे।</verse>
				<verse number="3">मण्‍डलीका सदस्‍यहरूले तिनीहरूलाई त्‍यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्‍यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्‍तार सुनाए। यस खबरले त्‍यहाँका भाइहरू अत्‍यन्‍तै आनन्‍दित भए।</verse>
				<verse number="4">जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्‍डली, प्रेरित र एल्‍डरहरूले स्‍वागत गरे। परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्‍यहाँ दिए।</verse>
				<verse number="5">तब फरिसी दलका कतिपय विश्‍वास गर्नेहरूले उभिएर भने, “अन्‍यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्ने आज्ञा दिनु आवश्‍यक छ।”</verse>
				<verse number="6">यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्‍डरहरू भेला भए।</verse>
				<verse number="7">निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो।</verse>
				<verse number="8">हृदयका कुरा जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्‍तै पवित्र आत्‍मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो।</verse>
				<verse number="9">उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्‍नुभएन, तर तिनीहरूका हृदय विश्‍वासद्वारा शुद्ध पार्नुभयो।</verse>
				<verse number="10">यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं।</verse>
				<verse number="11">तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”</verse>
				<verse number="12">तब सभामा सबै चूप बसे, अनि अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले तिनीहरूद्वारा कस्‍ता चिन्‍हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो त्‍यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने।</verse>
				<verse number="13">तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्‍नुहोस्,</verse>
				<verse number="14">परमेश्‍वरले आफ्‍नै नाउँको निम्‍ति अन्‍यजातिहरूबाट एउटा जाति छान्‍ने कृपा गर्नुभयो भन्‍ने कुरो सिमोनले बताएका छन्‌।</verse>
				<verse number="15">यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्‍छन्, जस्‍तो लेखिएको छ,</verse>
				<verse number="16">	‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु, त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खड़ा गर्नेछु,</verse>
				<verse number="17">र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्‍न सकून्, र सबै अन्‍यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्,</verse>
				<verse number="18">यो कुरा परमप्रभु भन्‍नुहुन्‍छ, जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ, जो सृष्‍टिको आरम्‍भदेखि जानिएका छन्‌।’</verse>
				<verse number="19">“यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दुःख नदिऔं,</verse>
				<verse number="20">तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌।</verse>
				<verse number="21">किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”</verse>
				<verse number="22">तब प्रेरितहरू, एल्‍डरहरू र सम्‍पूर्ण मण्‍डलीले मिलेर आफ्‍ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्‍टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्‍ये मुख्‍य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने</verse>
				<verse number="23">र तिनका साथमा उनीहरूले यो पत्र पठाए: “एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने अन्‍यजाति विश्‍वासी भाइहरूलाई, प्रेरितहरू र एल्‍डरहरूको अभिवादन।</verse>
				<verse number="24">हामीले सुनेका छौं, कि हाम्रा बीचका कुनै-कुनैले हाम्रो आदेशविना नै तपाईंहरूका मन अस्‍थिर तुल्‍याएर तपाईंहरूलाई कैयौँ कुराले दुःख दिएका छन्‌।</verse>
				<verse number="25">यसकारण हामी सबैले सर्वसम्‍मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्‍यो।</verse>
				<verse number="26">यी मानिसहरू यस्‍ता हुन्, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको खातिर आफ्‍ना प्राण जोखिममा पारेका छन्‌।</verse>
				<verse number="27">यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुराहरू मुखैले बताउनेछन्‌।</verse>
				<verse number="28">किनभने पवित्र आत्‍मा र हामीहरूलाई यो उचित लाग्‍यो, कि यी आवश्‍यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन।</verse>
				<verse number="29">तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुहोस्‌। यी कुराहरूबाट अलग्‍ग रहनुभयो भने असल हुनेछ। बिदा।”</verse>
				<verse number="30">बिदाबारी भएपछि तिनीहरू एन्‍टिओखियामा आए, र समुदायलाई एकसाथ जम्‍मा गरेर सो पत्र दिए।</verse>
				<verse number="31">पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए।</verse>
				<verse number="32">यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए।</verse>
				<verse number="33">यिनीहरूले केही दिन त्‍यहाँ बिताएपछि, त्‍यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्‍छासहित बिदा दिई पठाए। [</verse>
				<verse number="34">तर सिलासलाई त्‍यहीँ बस्‍न असल लाग्‍यो।]</verse>
				<verse number="35">पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्‍टिओखियामा बसे।</verse>
				<verse number="36">केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्‍ता छन्‌ हेरौं।”</verse>
				<verse number="37">बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई तिनीहरूका साथमा लैजाने इच्‍छा गरे।</verse>
				<verse number="38">तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्‌।</verse>
				<verse number="39">तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए।</verse>
				<verse number="40">तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्‍वरको अनुग्रहमा अर्पण भई बिदा भए।</verse>
				<verse number="41">मण्‍डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">पावल डर्बी र लुस्‍त्रामा पनि आए। त्‍यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए।</verse>
				<verse number="2">लुस्‍त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।</verse>
				<verse number="3">तिनलाई पावलले साथमा लैजान इच्‍छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्‍ने उनीहरू सबैलाई थाहा थियो।</verse>
				<verse number="4">अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्‍डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए।</verse>
				<verse number="5">यसरी मण्‍डलीहरू विश्‍वासमा दह्रिला हुँदै र संख्‍यामा दिनहुँ बढ्‌दैगए।</verse>
				<verse number="6">पवित्र आत्‍माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए।</verse>
				<verse number="7">माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्‍माले तिनीहरूलाई जान दिनुभएन।</verse>
				<verse number="8">तब माइसिया भएर तिनीहरू त्रोआसमा गए।</verse>
				<verse number="9">राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्‍ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्‌।”</verse>
				<verse number="10">जब तिनले यो दर्शन पाए, तुरुन्‍तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्‍चय गर्‍यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाउनुभएको रहेछ।</verse>
				<verse number="11">तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्‍ट नियापोलिसमा आइपुग्‍यौं,</verse>
				<verse number="12">र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं।</verse>
				<verse number="13">अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्‍यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्‍यहाँ हामी बस्‍यौं र जम्‍मा भएका स्‍त्रीहरूसँग बातचीत गर्न लाग्‍यौं।</verse>
				<verse number="14">अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्‍त्रको व्‍यापार गर्ने लिडिया नाउँकी एउटी ईश्‍वरभक्त स्‍त्रीले हाम्रा वचन सुनिन्‌। पावलले बोलेका कुरा ध्‍यानसँग सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।</verse>
				<verse number="15">जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।</verse>
				<verse number="16">जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी।</verse>
				<verse number="17">त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।”</verse>
				<verse number="18">त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो।</verse>
				<verse number="19">तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे।</verse>
				<verse number="20">अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌।</verse>
				<verse number="21">यिनीहरूले यस्‍ता-यस्‍ता प्रथाहरू सिकाउँछन्‌ जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्‍यायसङ्गत छैन।”</verse>
				<verse number="22">तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।</verse>
				<verse number="23">उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए।</verse>
				<verse number="24">यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।</verse>
				<verse number="25">तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।</verse>
				<verse number="26">तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।</verse>
				<verse number="27">झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते।</verse>
				<verse number="28">तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”</verse>
				<verse number="29">तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे।</verse>
				<verse number="30">तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”</verse>
				<verse number="31">अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”</verse>
				<verse number="32">तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।</verse>
				<verse number="33">तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए।</verse>
				<verse number="34">त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए।</verse>
				<verse number="35">तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”</verse>
				<verse number="36">तब झ्‍यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्‍केर शान्‍तिसँग जानुहोस्‌।”</verse>
				<verse number="37">तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्‍ने पिटे, र झ्‍यालखानमा पनि हाले, र अब हामीलाई गुप्‍तमा निकाल्‍न खोज्‍छन्‌? यो हुन सक्‍दैन। उनीहरू आफै आऊन्‌ र हामीलाई निकालेर लैजाऊन्‌।”</verse>
				<verse number="38">ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।</verse>
				<verse number="39">उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे।</verse>
				<verse number="40">तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्‍यहाँ यहूदीहरूको एउटा सभाघर थियो।</verse>
				<verse number="2">पावल आफ्‍नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्‍म धर्मशास्‍त्रबाट तिनीहरूसँग बहस गर्दैरहे।</verse>
				<verse number="3">“ख्रीष्‍टलाई अवश्‍य दुःख भोग्‍नु र मृतकबाट जीवित हुनुपर्थ्‍यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ” भन्‍ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए।</verse>
				<verse number="4">तिनीहरूमध्‍ये कति जना विश्‍वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्‍यामा ईश्‍वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए।</verse>
				<verse number="5">तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्‍मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्‍चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्‍ने ल्‍याउन खोजे।</verse>
				<verse number="6">तिनीहरूलाई फेला पार्न नसक्‍दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्‍स्‍याएर ल्‍याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्‌।</verse>
				<verse number="7">तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्‍ने एक जना अर्कै राजा छन्‌ भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्‌।”</verse>
				<verse number="8">यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए।</verse>
				<verse number="9">उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।</verse>
				<verse number="10">भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए।</verse>
				<verse number="11">यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्‍दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।</verse>
				<verse number="12">यसकारण यिनीहरूमध्‍ये धेरैले, साथै निकै जना उच्‍च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्‍वास गरे।</verse>
				<verse number="13">तर जब परमेश्‍वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्‍ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्‍यहाँ पनि भीड़हरूलाई उचाल्‍न र उक्‍साउन आइपुगे।</verse>
				<verse number="14">तब भाइहरूले तुरुन्‍तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ नै बसे।</verse>
				<verse number="15">पावललाई पुर्‍याउन जानेहरूले तिनलाई एथेन्‍ससम्‍म ल्‍याए। सिलास र तिमोथीचाहिँ जति सक्‍दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्‍ने आज्ञा पाएर तिनीहरू फर्के।</verse>
				<verse number="16">पावलले तिनीहरूलाई एथेन्‍समा पर्खिरहँदा, त्‍यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्‍मा तिनीभित्र व्‍याकुल भयो।</verse>
				<verse number="17">यसैकारण तिनले यहूदीहरू र ईश्‍वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे।</verse>
				<verse number="18">इपिक्‍युरी र स्‍तोइकी दार्शनिकहरूमध्‍ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्‍छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्‍तो देखिन्‍छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे।</verse>
				<verse number="19">तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, “तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्‍न सक्‍छौं?</verse>
				<verse number="20">किनकि तपाईं हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदैहुनुहुन्‍छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्‍न चाहन्‍छौं।”</verse>
				<verse number="21">सबै एथेन्सबासीहरू र त्‍यहाँ बस्‍ने विदेशीहरू नौलो-नौलो कुरा भन्‍न वा सुन्‍नबाहेक आफ्‍नो समय अरू कुनै कुरामा बिताउँदैनथे।</verse>
				<verse number="22">पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्‍सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्‍तछु,</verse>
				<verse number="23">किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्‍ने वस्‍तुहरू मैले देखे। मैले एउटा यस्‍तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्‍ति” भन्‍ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्‍नुहुन्‍छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु।</verse>
				<verse number="24">“परमेश्‍वर, जसले संसार र त्‍यसमा भएका यावत्‌ थोक बनाउनुभयो, उहाँ स्‍वर्ग र पृथ्‍वीका प्रभु भएका हुनाले हातले बनाएको मन्‍दिरमा वास गर्नुहुन्‍न,</verse>
				<verse number="25">उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस्‌। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ।</verse>
				<verse number="26">उहाँले एक जनाबाट समस्‍त पृथ्‍वीमा वास गर्न मानिसको प्रत्‍येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो,</verse>
				<verse number="27">तिनीहरूले परमेश्‍वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान्‌ कि भन्‍ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।</verse>
				<verse number="28">किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’</verse>
				<verse number="29">“तब हामी परमेश्‍वरका सन्‍तान भएका हुनाले, परमेश्‍वर सुन, चाँदी वा पत्‍थरजस्‍तै हो भनी हामीले ठान्‍नुहुँदैन— यिनीहरूचाहिँ मान्‍छेका कला र कल्‍पनाका प्रतिरूप मात्र हुन्‌।</verse>
				<verse number="30">यस्‍तो अज्ञानताका समयलाई परमेश्‍वरले ध्‍यान दिनुभएन, तर अब प्रत्‍येक ठाउँमा सब मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्‍छ।</verse>
				<verse number="31">किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”</verse>
				<verse number="32">जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसै-कसैले गिल्‍ला गरे। तर अरूहरूले चाहिँ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्‍नेछौं” भने।</verse>
				<verse number="33">त्‍यसपछि पावल तिनीहरूका बीचबाट गए।</verse>
				<verse number="34">तर कोही मानिसहरू तिनका साथ लागे, अनि विश्‍वास गरे। तिनीहरूमध्‍ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्‍त्री, र अरूहरू पनि थिए।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">त्‍यसपछि तिनी एथेन्‍सबाट बिदा भएर कोरिन्‍थमा गए।</verse>
				<verse number="2">तिनले पोन्‍टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्‍नी पत्‍नी प्रिस्‍किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट्‌ क्‍लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्‍किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्‌न गए।</verse>
				<verse number="3">एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो।</verse>
				<verse number="4">हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्‍न गर्थे।</verse>
				<verse number="5">जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्‍यस्‍त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनले शिक्षा दिँदैथिए।</verse>
				<verse number="6">तर जब उनीहरूले विरोध गरेर तिनको निन्‍दा गर्न लागे, तब तिनले आफ्‍नो लुगा टकटक्‍याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्‍लोमा परोस्, म निर्दोष छु। अब उप्रान्‍त म अन्‍यजातिहरूकहाँ जानेछु।”</verse>
				<verse number="7">तब तिनी त्‍यहाँबाट परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो।</verse>
				<verse number="8">सभाघरका शासक क्रिस्‍पसले सपरिवार प्रभुमा विश्‍वास गरे, र कोरिन्‍थीहरूमध्‍ये पनि धेरैले पावलका वचन सुनेर विश्‍वास गरे, र बप्‍तिस्‍मा लिए।</verse>
				<verse number="9">एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो,</verse>
				<verse number="10">“नडराऊ, तर बोल्‍दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्‍नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्‌।”</verse>
				<verse number="11">अनि परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्‍म तिनीहरूसँग बसे।</verse>
				<verse number="12">जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए,</verse>
				<verse number="13">र यसो भने, “यस मानिसले व्‍यवस्‍थाको विरुद्ध परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।”</verse>
				<verse number="14">जब पावल बोल्‍नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्‍ची नै यो केही अन्‍याय वा दुष्‍ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्‍न उचित हुनेथियो।</verse>
				<verse number="15">तर शब्‍दहरू, नाउँहरू र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्‍ता कुराहरूको इन्‍साफ गर्न इन्‍कार गर्छु।”</verse>
				<verse number="16">अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए।</verse>
				<verse number="17">तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌।</verse>
				<verse number="18">यसपछि पावल धेरै दिनसम्‍म त्‍यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्‍किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्‍नो कपाल खौरे।</verse>
				<verse number="19">तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्‍यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे।</verse>
				<verse number="20">तब उनीहरूले तिनलाई अझ केही दिन बस्‍ने बिन्‍ती गर्दा तिनले इन्‍कार गरे।</verse>
				<verse number="21">उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्‍वरको इच्‍छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए।</verse>
				<verse number="22">जब तिनी कैसरियामा उत्रे तब माथि उक्‍लेर मण्‍डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्‍टिओखियातिर ओर्ले।</verse>
				<verse number="23">तिनले त्‍यहाँ केही दिन बिताएर त्‍यहाँबाट निस्‍की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्‍न-भिन्‍न स्‍थानमा गए।</verse>
				<verse number="24">अलेक्‍जेन्ड्रिया-निवासी अपोल्‍लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्‍त्रमा पोख्‍त थिए।</verse>
				<verse number="25">तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्‍मामा उत्‍साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्‍ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्‍नाको बप्‍तिस्‍मा मात्र जानेका थिए।</verse>
				<verse number="26">तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए।</verse>
				<verse number="27">तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्‍यहाँ जाने प्रोत्‍साहन दिए, र तिनलाई ग्रहण गरून्‌ भनी त्‍यहाँका चेलाहरूलाई उत्‍साह दिएर पत्र लेखे। तिनले त्‍यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।</verse>
				<verse number="28">किनकि तिनले धर्मशास्‍त्रका वचनद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्‍ने बिलकुल निरुत्तर तुल्‍याए।</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।</verse>
				<verse number="2">तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्‍वास गर्‍यौ के तिमीहरूले पवित्र आत्‍मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्‍मा हुनुहुन्छ भन्‍ने त हामीले सुनेका पनि छैनौं।”</verse>
				<verse number="3">अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।”</verse>
				<verse number="4">तब पावलले भने, “यूहन्‍नाले दिएको बप्‍तिस्‍माचाहिँ पश्‍चात्तापको बप्‍तिस्‍मा थियो। उनीपछि आउनुहुने व्‍यक्ति, अर्थात्‌ येशूमाथि विश्‍वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”</verse>
				<verse number="5">यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा लिए।</verse>
				<verse number="6">जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्‍मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्‍य भाषामा बोले र अगमवाणी गरे।</verse>
				<verse number="7">उनीहरू प्राय: बाह्र जना जति थिए।</verse>
				<verse number="8">पावल सभाघरमा पसिकन तीन महिनासम्‍म परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे।</verse>
				<verse number="9">तर जब कुनै-कुनैले हठी भएर विश्‍वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्‍डको सामुन्‍ने बोल्‍न लागे, तब पावल तिनीहरूबाट अलग्‍ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्‍नसको विद्यालयमा बहस गर्न लागे।</verse>
				<verse number="10">यो काम दुई वर्षसम्‍म चलिरह्यो, र एशियाका सबै बासिन्‍दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।</verse>
				<verse number="11">परमेश्‍वरले पावलको हातबाट असाधारण आश्‍चर्य कामहरू गर्नुभयो,</verse>
				<verse number="12">यहाँसम्‍म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्‍थे, र तिनीहरूका शरीरबाट रोग जान्‍थे र दुष्‍टात्‍मा पनि निस्‍कन्‍थे।</verse>
				<verse number="13">तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्‍मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्‍चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।”</verse>
				<verse number="14">त्‍यहाँ एक जना स्‍केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे।</verse>
				<verse number="15">तब भूतात्‍माले जवाफ दिएर तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, र पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?”</verse>
				<verse number="16">त्‍यो भूतात्‍मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्‍यो र तिनीहरू त्‍यस घरबाट नाङ्गो र घाइते भएर भागे।</verse>
				<verse number="17">यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो।</verse>
				<verse number="18">विश्‍वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्‍ना-आफ्‍ना दुष्‍ट कामहरूको स्‍वीकार गरे र ती प्रकट गरे।</verse>
				<verse number="19">तिनीहरूमध्‍ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्‍ना पुस्‍तकहरू बटुलेर ल्‍याए, र सबैका सामुन्‍ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्‍काको हिसाब लाग्‍यो।</verse>
				<verse number="20">यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो।</verse>
				<verse number="21">यी घटनाहरूपछि, पवित्र आत्‍माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्‍यहाँ पुगेपछि म रोम जानैपर्छ”</verse>
				<verse number="22">तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।</verse>
				<verse number="23">त्‍यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्‍चियो।</verse>
				<verse number="24">किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्‍पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्‍दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्‍यो।</verse>
				<verse number="25">तब यिनीहरूलाई र अरू यस्‍तै पेशा भएकाहरूलाई त्‍यसले जम्‍मा गरेर भन्‍यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्‍यापारबाट हामीलाई राम्रो आम्‍दानी हुन्‍छ।</verse>
				<verse number="26">तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्‍त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्‍लाएर बहकाई लगेको छ।</verse>
				<verse number="27">यसकारण हाम्रो व्‍यापारको प्रतिष्‍ठा नाश हुने मात्र होइन तर महान्‌ देवी आर्तेमिसको मन्‍दिरसमेत बेकम्‍मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्‍नो गौरवबाट पतित हुनेछिन्‌।”</verse>
				<verse number="28">यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌।” भनी चिच्‍च्‍याउन लागे।</verse>
				<verse number="29">सारा सहरमा होहल्‍ला मच्‍चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्‍स्‍याउँदै लगे।</verse>
				<verse number="30">पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्‌।</verse>
				<verse number="31">एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस्‌ भनी बिन्‍ती गरी पठाए।</verse>
				<verse number="32">तब तिनीहरू भिन्‍नाभिन्‍नै कुरा गर्दै चिच्‍च्‍याउन लागे। किनकि त्‍यो भीड़मा होहल्‍ला मच्‍चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्‍मा भएका हुन्‌ सो पनि जानेका थिएनन्‌।</verse>
				<verse number="33">भीड़का कति मानिसहरूले अलेक्‍जेन्‍डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्‍जेन्‍डरले हातले इशारा गरेर मानिसहरूका सामुन्‍ने बचाउको निम्‍ति केही भन्‍ने इच्‍छा व्‍यक्त गरे।</verse>
				<verse number="34">तर तिनीहरूले त्‍यो त यहूदी रहेछ भन्‍ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्‍टा जति “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌” भन्‍दै कराए।</verse>
				<verse number="35">नगरका हाकिमले मानिसहरूलाई शान्‍त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान्‌ आर्तेमिसको मन्‍दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?</verse>
				<verse number="36">तपाईंहरू जान्‍नुहुन्‍छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्‍त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन।</verse>
				<verse number="37">किनभने तपाईंहरूले ल्‍याउनुभएका यी मानिसहरूले मन्‍दिर लुटेका छैनन्‌ र हाम्री देवीको अपमान पनि गरेका छैनन्‌।</verse>
				<verse number="38">यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्‍यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌।</verse>
				<verse number="39">तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्‍छ भनेता त्‍यसको फैसला नियमित सभामा हुनेछ,</verse>
				<verse number="40">किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्‍ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्‍पष्‍टीकरण हामी दिन सक्‍नेछैनौं।”</verse>
				<verse number="41">यति भनेर तिनले सभालाई विसर्जन गरे।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे।</verse>
				<verse number="2">त्‍यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्‍साहन दिएपछि तिनी ग्रीसमा गए।</verse>
				<verse number="3">त्‍यहाँ तिनले तीन महिना बिताए। तिनी सिरियातर्फ जहाजद्वारा यात्रा गर्न लाग्‍दा यहूदीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र गरेका हुनाले पावलले माकेडोनिया भएरै फर्कने निश्‍चय गरे।</verse>
				<verse number="4">तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्‍तार्खस र सिकन्‍दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।</verse>
				<verse number="5">यिनीहरू अगाडि नै पुगेर हामीलाई त्रोआसमा पर्खिरहेका थिए।</verse>
				<verse number="6">तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्‍पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्‍यहाँ सात दिन रह्यौं।</verse>
				<verse number="7">हप्‍ताको पहिलो दिनमा जब हामी रोटी भाँच्‍नलाई जम्‍मा भयौं, तब पावलले चाहिँ भोलिपल्‍ट जाने इच्‍छा गरेका हुनाले, तिनीहरूसँग मध्‍यरातसम्‍म बातचीत गरिरहे।</verse>
				<verse number="8">हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए।</verse>
				<verse number="9">युटिकस नाउँ भएको एक जना युवक झ्‍यालमा बसेको थियो। पावलले धेरै बेरसम्‍म कुरा गरिरहँदा त्‍यो गहिरो निद्रामा पर्‍यो र निद्राको वशमा परी त्‍यो तेस्रो तलाबाट खस्‍यो र त्‍यसलाई तिनीहरूले मृत अवस्‍थामा उठाए।</verse>
				<verse number="10">तब पावल तल ओर्ले, र घोप्‍टो परी त्‍यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्‍यो जीवितै छ।”</verse>
				<verse number="11">तब तिनी माथि उक्‍ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्‍यालो नभइञ्‍जेल धेरै बेर बातचीत गरिबसे। त्‍यसपछि बिदा भए।</verse>
				<verse number="12">अनि तिनीहरूले त्‍यस युवकलाई जीवित अवस्‍थामै लगे र धेरै सान्‍त्‍वना पाए।</verse>
				<verse number="13">हामी अघिबाटै जहाजसम्‍म गयौं र जहाजमा चढ़ी हामी अस्‍सोस गयौं। हामी पावललाई त्‍यहाँ जहाजमा चढ़ाउन चाहन्‍थ्‍यौं। पावलले यस्‍तै बन्‍दोबस्‍त गरेर तिनी अस्‍सोससम्‍म पैदलै गएका थिए।</verse>
				<verse number="14">अनि जब तिनले हामीलाई अस्‍सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं।</verse>
				<verse number="15">त्‍यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्‍ट खियसको छेउमा आइपुग्‍यौं, र पर्सिपल्‍ट सामोसमा आइपुग्‍यौं। त्‍यसको अर्को दिन मिलेटसमा आयौं,</verse>
				<verse number="16">एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्‍चय गरे। किनभने सम्‍भव भए पेन्‍तिकोसको दिन यरूशलेममै पुग्‍ने तिनले आतुरी गरिरहेका थिए।</verse>
				<verse number="17">तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्‍डलीका एल्‍डरहरूलाई बोलाइपठाए।</verse>
				<verse number="18">जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्‍त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्‍नुहुन्‍छ।</verse>
				<verse number="19">पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्‌यन्‍त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें।</verse>
				<verse number="20">तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्‍ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्‍ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ।</verse>
				<verse number="21">यहूदीहरूलाई र ग्रीकहरूलाई पश्‍चात्ताप गरेर परमेश्‍वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास राख्‍नू भन्‍ने कुराको गवाही मैले दिएको छु।</verse>
				<verse number="22">“अब हेर्नुहोस्, म पवित्र आत्‍मामा बाध्‍य भएर यरूशलेमतिर जाँदैछु, त्‍यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्‍दिनँ।</verse>
				<verse number="23">यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ।</verse>
				<verse number="24">तर म आफ्‍नो जीवनलाई कुनै मोलको र आफ्‍नो निम्‍ति प्रिय ठान्‍दिनँ। यति मात्र चाहन्‍छु, कि परमेश्‍वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।</verse>
				<verse number="25">“अब हेर्नुहोस्, म जान्‍दछु कि तपाईंहरूमध्‍ये सबै, जस-जसलाई मैले राज्‍यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्‍यै देख्‍नुहुनेछैन।</verse>
				<verse number="26">यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ।</verse>
				<verse number="27">किनभने परमेश्‍वरको समस्‍त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ।</verse>
				<verse number="28">तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।</verse>
				<verse number="29">किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्‍दा ब्‍वाँसाहरू तपाईंहरूका माझमा पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्‍नेछैनन्‌।</verse>
				<verse number="30">तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्‍ने मानिसहरू उठ्‌नेछन्, जसले चेलाहरूलाई आफ्‍ना पछि लैजानेछन्‌।</verse>
				<verse number="31">यसकारण यो सम्‍झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्‍म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।</verse>
				<verse number="32">“अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँका अनुग्रहको वचनमा सुम्‍पिदिन्‍छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्‍छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्‍छ।</verse>
				<verse number="33">मैले कुनै मानिसको सुन, चाँदी, कि वस्‍त्रको लोभ गरिनँ।</verse>
				<verse number="34">तपाईंहरू आफै जान्‍नुहुन्‍छ कि मेरा यिनै हातले मेरो आफ्‍नै र मेरा साथमा भएकाहरूको आवश्‍यकतालाई पूरा गरेका छन्‌।</verse>
				<verse number="35">मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”</verse>
				<verse number="36">यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे।</verse>
				<verse number="37">उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्‍बन गरे।</verse>
				<verse number="38">उनीहरूले फेरि कहिल्‍यै तिनको मुख देख्‍नेछैनन्‌ भनी पावलले भनेका कुरामा तिनीहरूले ज्‍यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्‍याए।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्‍ट रोडसमा र त्‍यहाँबाट पटारामा आइपुग्‍यौं।</verse>
				<verse number="2">अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्‍यसैमा चढ़ेर गयौं।</verse>
				<verse number="3">जब साइप्रस देखा पर्‍यो, तब हामी त्‍यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्‍यहाँ उतार्नुपरेको थियो।</verse>
				<verse number="4">चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्‍यहाँ बस्‍यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्‍माद्वारा भने।</verse>
				<verse number="5">त्‍यहाँबाट हाम्रो हिँड्‌ने बेला भएपछि हामी बिदा भएर आफ्‍नो यात्रामा निक्‍लियौं। आफ्‍ना जहान र बालबच्‍चाहरूसमेत तिनीहरू जम्‍मै हामीलाई सहर बाहिरसम्‍म पुर्‍याउन आए, र हामीले समुद्र किनारमा घुँड़ा टेकी प्रार्थना गर्‍यौं, र एक-अर्कासँग बिदा भयौं।</verse>
				<verse number="6">तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्‍ना घर फर्के।</verse>
				<verse number="7">टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्‍यौं। त्‍यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्‍यौं।</verse>
				<verse number="8">भोलिपल्‍ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्‍यौं। तिनी ती सात जनामध्‍ये एक थिए, र हामी तिनीसँग बस्‍यौं।</verse>
				<verse number="9">अगमवाणी बोल्‍ने तिनका चार जना अविवाहित छोरीहरू थिए।</verse>
				<verse number="10">हामी त्‍यहाँ केही दिन बस्‍दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए।</verse>
				<verse number="11">उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्‍नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्‍मा यसो भन्‍नुहुन्‍छ, ‘यो पटुका जुन मानिसको हो, त्‍यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्‍नेछन्‌ र अन्‍यजातिहरूका हातमा सुम्‍पिदिनेछन्‌’।”</verse>
				<verse number="12">यो कुरा सुनेर, हामी र त्‍यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस्‌ भनी बिन्‍ती गर्‍यौं।</verse>
				<verse number="13">तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्‍ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।”</verse>
				<verse number="14">तिनलाई मनाउन नसक्‍दा “प्रभुको इच्‍छा पूरा होस्‌” भनेर हामी चूप लाग्‍यौं।</verse>
				<verse number="15">ती दिनपछि हामी तयार भयौं, र यरूशलेमतर्फ लाग्‍यौं।</verse>
				<verse number="16">हाम्रा साथमा कैसरियाका कुनै-कुनै चेलाहरू पनि गए, र तिनीहरूले हामीलाई साइप्रसका एक जना पुराना चेला मनासोन भन्‍नेको घरमा ल्‍याए। तिनीकहाँ हामीलाई बस्‍नुपरेको थियो।</verse>
				<verse number="17">अनि जब हामी यरूशलेममा आइपुग्‍यौं, तब भाइहरूले हामीलाई खुशीसाथ स्‍वागत गरे।</verse>
				<verse number="18">भोलिपल्‍ट पावल हामीसँग याकूबकहाँ गए। त्‍यहाँ सबै एल्‍डरहरू उपस्‍थित थिए।</verse>
				<verse number="19">तिनीहरूलाई अभिवादन गरेपछि, पावलले तिनको सेवकाइद्वारा अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे।</verse>
				<verse number="20">यो सुनेपछि तिनीहरूले परमेश्‍वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस्‌ भाइ, यहूदीहरूका बीचमा विश्‍वास गर्नेहरू हजारौँ छन्, र व्‍यवस्‍थाका कुरामा उनीहरू सबै जोशिला छन्‌।</verse>
				<verse number="21">उनीहरूले तपाईंको बारेमा पनि केही कुरा सुनेका छन्, सो के हो भने, अन्‍यजातिहरूका बीचमा बस्‍ने यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्‍याग गर्नू र तिनीहरूका बालकहरूलाई खतना नगर्नू र रीतिथिति पालन नगर्नू’ भनेर सिकाउनुभएको छ, अरे।</verse>
				<verse number="22">अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्‍चय सुन्‍नेछन्‌।</verse>
				<verse number="23">यसकारण जे हामी भन्‍दछौं, सो गर्नुहोस्‌— भाकल गर्नेहरू चार जना हामीसँग छन्‌।</verse>
				<verse number="24">यिनीहरूलाई लिएर तपाईं पनि यिनीहरूका साथसाथै शुद्ध हुनुहोस्, र यिनीहरूलाई चाहिने खर्च तपाईंले भरिदिनुहोस्, र यिनीहरूले कपाल खौरून्‌। यसरी तपाईंले व्‍यवस्‍था पालन गर्नुभएको देखेर तपाईंको विषयमा सुनेको कुनै कुरो सत्‍य रहेनछ भनी सबैले थाहा पाउनेछन्‌।</verse>
				<verse number="25">तर अन्‍यजातिहरू जसले विश्‍वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुपर्छ भन्‍ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।”</verse>
				<verse number="26">तब पावलले ती मानिसहरूलाई लगे, र भोलिपल्‍ट तिनीहरूका साथसाथै आफूलाई पनि शुद्ध गराए, र शुद्धीकरणका दिनहरू कहिले पूरा हुने हो, तथा हरेकको निम्‍ति दिइने भेटीको सूचना दिन तिनी मन्‍दिरभित्र पसे।</verse>
				<verse number="27">जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्‍दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे।</verse>
				<verse number="28">उनीहरू यसो भन्‍दै कराउन लागे “इस्राएलका मानिस हो, सहायता गर्नुहोस्‌! मानिसहरूलाई जताततै हाम्रो जाति, हाम्रो व्‍यवस्‍था र यस ठाउँको विरुद्धमा शिक्षा दिई हिँड्‌ने मान्‍छे यही हो। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्‍दिरभित्र ल्‍याएर यस पवित्र ठाउँलाई अशुद्ध पारिदिएको छ।”</verse>
				<verse number="29">किनभने यसको अगाडि उनीहरूले एफिससको त्रोफिमस भन्‍ने एक जनालाई तिनीसँग सहरमा देखेका हुनाले त्‍यसैलाई पावलले मन्‍दिरभित्र ल्‍याएका हुन्‌ भनी उनीहरूले ठाने।</verse>
				<verse number="30">तब जम्‍मै सहरमा हलचल भयो, र मानिसहरू एकसाथ दौड्‌दैआए। उनीहरूले पावललाई पक्रेर मन्‍दिरबाट बाहिर घिस्‍स्‍याउँदै ल्‍याए, र तुरुन्‍तै ढोकाहरू बन्‍द गरिए।</verse>
				<verse number="31">जब उनीहरूले तिनलाई मार्ने चेष्‍टा गरिरहेका थिए, तब सारा यरूशलेम खलबलिएको छ भन्‍ने कुराको खबर पल्‍टनका सेनापतिकहाँ आइपुग्‍यो।</verse>
				<verse number="32">उनी तुरुन्‍तै सिपाही र कप्‍तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्‌दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्‌न छोड़े।</verse>
				<verse number="33">तब ती सेनापति नजिक आएर पावललाई समाते र दुई साङ्‌लाले तिनलाई बाँध्‍ने हुकुम दिए। यो को हो र यसले के गर्‍यो भनी उनले सोधे।</verse>
				<verse number="34">तर त्‍यस भीड़मध्‍ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्‍यस होहल्‍लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्‍यारेकमा लैजानू भनी आज्ञा दिए।</verse>
				<verse number="35">जब पावल भर्‍याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे।</verse>
				<verse number="36">किनभने मानिसहरूको भीड ‘त्‍यसलाई सिद्ध्याइदेऊ’ भनेर कराउँदै पछिपछि लागेको थियो।</verse>
				<verse number="37">ब्‍यारेकभित्र पुर्‍याउन लाग्‍दा पावलले सेनापतिलाई भने, “हजूर, अनुमति पाए, म केही भन्‍न चाहन्‍छु।” उनले भने, “के तँलाई ग्रीक भाषा आउँछ?</verse>
				<verse number="38">के तँ त्‍यही मिश्री होइनस्, जसले भर्खरै विद्रोह मच्‍चाई चार हजार विद्रोहीहरूलाई जङ्गलमा लगेको थियो?”</verse>
				<verse number="39">तर पावलले जवाफ दिए, “म त किलिकियाको सहर टार्ससको एक यहूदी मानिस हुँ, सानोतिनो सहरको नागरिक होइनँ। बिन्‍ती छ, यी मानिसहरूलाई केही भन्‍ने मलाई मन्‍जूरी दिनुहोस्‌।”</verse>
				<verse number="40">जब उनले मन्‍जूरी दिए, तब भर्‍याङमा उभिएर पावलले मानिसहरूलाई हातले इशारा गरे। मानिसहरू बिलकुलै शान्‍त भएपछि, तिनले उनीहरूलाई हिब्रू भाषामा यसो भने—</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">“भाइ हो तथा बाबै हो, तपाईंहरूका सामु मैले आफ्‍नो पक्षमा भन्‍नुपर्ने कुरा अब सुन्‍नुहोस्‌।”</verse>
				<verse number="2">तिनी हिब्रू भाषामा बोलेका सुनेर उनीहरू अझ चूप भए।</verse>
				<verse number="3">तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्‍मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्‍वरतर्फ जति उत्‍साही हुनुहुन्‍छ, म पनि त्‍यतिकै उत्‍साही थिएँ।</verse>
				<verse number="4">मैले यस मार्गका मानिसहरूलाई मृत्‍युसम्‍मै सताएँ, अनि पुरुष र स्‍त्री दुवैलाई बाँध्‍दै झ्‍यालखानमा हालिदिएँ।</verse>
				<verse number="5">प्रधान पूजाहारी र जम्‍मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्‍छन्‌। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्‍यहाँ भएका विश्‍वासीहरूलाई बाँधेर यरूशलेममा ल्‍याई सजाय दिलाउन दमस्‍कसमा गएको थिएँ।</verse>
				<verse number="6">“मेरो यात्रामा दमस्‍कसनेर आइपुग्‍दा प्राय: मध्‍यान्‍ह भएको हुँदो हो, अचानक स्‍वर्गबाट एउटा ठूलो ज्‍योति मेरो वरिपरि चम्‍क्‍यो,</verse>
				<verse number="7">र म जमिनमा लोटें, अनि मलाई यसो भनिरहेको एउटा आवाज सुनें, ‘ए शाऊल, ए शाऊल, तिमी किन मलाई सताउँदछौ?’</verse>
				<verse number="8">अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्‍छ?’ अनि उहाँले मलाई भन्‍नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’</verse>
				<verse number="9">तब मसँग जति जना थिए, तिनीहरूले ज्‍योति त देखे, तर मसँग बोल्‍नेको शब्‍द भने सुनेनन्‌।</verse>
				<verse number="10">“मैले भने, ‘हे प्रभु, अब के गरूँ?’ अनि प्रभुले मलाई भन्‍नुभयो, ‘उठ, दमस्‍कसमा जाऊ, र तिमीले गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछन्‌।’</verse>
				<verse number="11">त्‍यस ज्‍योतिको तेजले गर्दा जब मैले केही देख्‍न सकिनँ, तब मसँग हुनेहरूले हातले समाती डोर्‍याएर मलाई दमस्‍कसमा ल्‍याए।</verse>
				<verse number="12">“हननिया भन्‍ने एक जना व्‍यवस्‍थाअनुसार चल्‍ने भक्त मानिस जसले त्‍यहाँ बस्‍ने सबै यहूदीहरूबाट आदर पाएका थिए,</verse>
				<verse number="13">तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्‍टि प्राप्‍त गर्नुहोस्‌।’ र मैले त्‍यही घड़ी दृष्‍टि प्राप्‍त गरें, र तिनलाई देखें।</verse>
				<verse number="14">“अनि तिनले भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्‍वरले उहाँको इच्‍छा तपाईंले जान्‍न, र ती धार्मिक पुरुषलाई देख्‍न, र उहाँको मुखबाट शब्‍द सुन्‍न तपाईंलाई नियुक्त गर्नुभएको छ।</verse>
				<verse number="15">किनकि सबै मानिसहरूका सामु उहाँको निम्‍ति तपाईंले जे देख्‍नु र सुन्‍नुभएको छ, तपाईं त्‍यसको साक्षी हुनुहुनेछ।</verse>
				<verse number="16">त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’</verse>
				<verse number="17">“यरूशलेममा फर्केर आएपछि मन्‍दिरमा प्रार्थना गरिरहँदा म ध्‍यान-मग्‍न भएँ।</verse>
				<verse number="18">उहाँले मलाई यसो भनिरहनुभएको मैले देखें, ‘चाँड़ो गरेर यरूशलेमबाट निस्‍किहाल, किनकि मेरो विषयमा तिमीले दिएको गवाही तिनीहरूले ग्रहण गर्नेछैनन्‌।’</verse>
				<verse number="19">“मैले भनें, ‘हे प्रभु, मैले हरेक सभाघरमा गएर तपाईंमाथि विश्‍वास गर्नेहरूलाई झ्‍यालखानमा हालेको र कुटपिट गरेको यिनीहरू सबैलाई थाहै छ।</verse>
				<verse number="20">तपाईंको साक्षी स्‍तिफनसको रक्तपात हुँदा म आफै पनि नजिकै उभी त्‍यस हत्‍यामा सहमत भई, उसलाई मार्नेहरूका वस्‍त्र कुरेर बसेका थिएँ।</verse>
				<verse number="21">“तब प्रभुले मलाई भन्‍नुभयो, ‘जाऊ, किनकि म तिमीलाई अन्‍यजातिहरूकहाँ टाढ़ा-टाढ़ासम्‍म पठाउनेछु’।”</verse>
				<verse number="22">उनीहरूले पावलका कुरा यहाँसम्‍म मात्र सुने, र यसो भन्‍दै उनीहरू चर्को सोरले चिच्‍च्‍याउन थाले, “यस्‍तो मानिस पृथ्‍वीबाट हटाइओस्‌। किनकि त्‍यो बाँच्‍ने योग्‍यको छैन।”</verse>
				<verse number="23">उनीहरू आफ्‍ना वस्‍त्र च्‍यात्‍दै र धुलो उड़ाउँदै कराउन लागे।</verse>
				<verse number="24">सेनापतिले हुकुम गरे, “त्‍यो ब्‍यारेकभित्र ल्‍याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्‍यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्‌।”</verse>
				<verse number="25">अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्‍तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्‍यायसङ्गत हो?”</verse>
				<verse number="26">कप्‍तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्‌नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।”</verse>
				<verse number="27">तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्‌?” तिनले भने, “हुँ।”</verse>
				<verse number="28">सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्‍मसिद्ध रोमी हुँ।”</verse>
				<verse number="29">तर तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्‍तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन्‌ भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए।</verse>
				<verse number="30">तर भोलिपल्‍ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए सो बुझ्‍ने इच्‍छाले तिनलाई फुकाइदिए, र सबै मुख्‍य पूजाहारीहरू र महासभालाई जम्‍मा हुने आज्ञा गरे, अनि पावललाई तल ल्‍याई तिनीहरूका सामुन्‍ने खड़ा गरे।</verse>
			</chapter>
			<chapter number="23">
				<verse number="1">पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्‍म परमेश्‍वरको दृष्‍टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।”</verse>
				<verse number="2">यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए।</verse>
				<verse number="3">तब पावलले उनलाई भने, “हे चून पोतेको भित्तो! तिमीलाई पनि परमेश्‍वरले प्रहार गर्नुहुनेछ। तिमी व्‍यवस्‍थाबमोजिम मेरो इन्‍साफ गर्न बसेर के व्‍यवस्‍थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्‍छौ?”</verse>
				<verse number="4">अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको अपमान गर्छस्‌?”</verse>
				<verse number="5">तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्‍ना जनताका शासकको खराबी नबोल्‍नू’।”</verse>
				<verse number="6">तर त्‍यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन्‌ भन्‍ने थाहा पाएर पावलले उच्‍च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्‍थानको कारण मेरो मुद्दा चलिरहेछ।”</verse>
				<verse number="7">तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, र भीड़मा फाटो पर्‍यो।</verse>
				<verse number="8">किनकि सदुकीहरू भन्‍दछन्‌ कि पुनरुत्‍थान, स्‍वर्गदूत, आत्‍मा भन्‍ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्‍छन्‌।</verse>
				<verse number="9">त्‍यहाँ ठूलो होहल्‍ला मच्‍चियो, र फरिसी दलका कोही शास्‍त्रीहरू खड़ा भएर यसो भन्‍दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्‍मा वा स्‍वर्गदूतले यिनलाई यसो भनेका हुन्‌ भने के त?”</verse>
				<verse number="10">त्‍यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान्‌ भन्‍ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्‍याएर ब्‍यारेकभित्र लैजानू भनी आज्ञा दिए।</verse>
				<verse number="11">भोलिपल्‍ट राती प्रभुले तिनका नजिक उभिएर भन्‍नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्‍यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।”</verse>
				<verse number="12">बिहान उज्‍यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्‍या नगरेसम्‍म केही नखाने र नपिउने शपथ खाए।</verse>
				<verse number="13">यो षड्‌यन्‍त्र गर्ने मानिसहरू चालीसभन्‍दा पनि बढ़ी थिए।</verse>
				<verse number="14">यिनीहरूले मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूकहाँ गएर भने, “पावलको हत्‍या नगरेसम्‍म हामी केही खानेछैनौं भनी हामीले दृढ़ शपथ खाएका छौं।</verse>
				<verse number="15">यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस्, र त्‍यसको मुद्दाको निर्णय अझ ठीक रूपले गर्नुपर्छ भन्‍ने बहाना बनाई त्‍यसलाई झिकाउनुहोस्‌। अनि त्‍यो यहाँ आउनासाथ हामी त्‍यसको हत्‍या गर्न तयार रहन्‍छौं।”</verse>
				<verse number="16">अब पावलको भानिजले यो षड्‌यन्‍त्र थाहा पाएर ब्‍यारेकभित्र गई पावललाई सुनाइदियो।</verse>
				<verse number="17">तब पावलले कप्‍तानहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यस युवकलाई सेनापतिकहाँ पुर्‍याइदिनुहोस्, किनकि यसको उहाँसँग केही भन्‍ने कुरा छ।”</verse>
				<verse number="18">यसकारण उनले त्‍यसलाई लिएर सेनापतिकहाँ पुर्‍याएर भने, “बन्‍दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईंकहाँ लैजानू भनेको छ, तपाईंलाई भन्‍नुपर्ने केही कुरा छ, अरे।”</verse>
				<verse number="19">सेनापतिले त्‍यसको हात समातेर एकातिर लगी एकान्‍तमा सोधे, “तैंले मलाई भन्‍ने कुरा के हो?”</verse>
				<verse number="20">त्‍यसले भन्‍यो, “यहूदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्‍याइदिनुहोस्‌ भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्‌।</verse>
				<verse number="21">तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनकि तिनीहरूमध्‍ये चालीसभन्‍दा पनि बढ़ी मानिसहरूले तिनको हत्‍या नगरुञ्‍जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन्, र अब तिनीहरू तपाईंका वचनको आशा गरी तयारीमा छन्‌।”</verse>
				<verse number="22">यसकारण सेनापतिले त्‍यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, “तैंले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्‌।”</verse>
				<verse number="23">त्‍यसपछि तिनले कप्‍तानहरूमध्‍ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्‍म जान तयार पारी राख।</verse>
				<verse number="24">अनि पावलको निम्‍ति पनि घोडाको व्‍यवस्‍था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्‍सकहाँ पुर्‍याऊ।”</verse>
				<verse number="25">तिनले यस किसिमको पत्र पनि लेखे:</verse>
				<verse number="26">“माननीय हाकिम फेलिक्‍सलाई, क्‍लौडियस लुसियसको अभिवादन!</verse>
				<verse number="27">यस मानिसलाई यहूदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्‍ने मैले थाहा पाई फौजसँग त्‍यहाँ पुगी यसलाई छुटाएँ।</verse>
				<verse number="28">कुन अभियोगमा तिनीहरूले यसलाई दोष लाएका रहेछन्‌ भनी जान्‍ने इच्‍छाले मैले यसलाई तिनीहरूको महासभामा ल्‍याएँ।</verse>
				<verse number="29">तिनीहरूले व्‍यवस्‍थाका प्रश्‍नबारे यसलाई दोष लाएका रहेछन्‌। तर ज्‍यानसजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेट्टाइनँ।</verse>
				<verse number="30">यस मानिसको विरुद्ध षड्‌यन्‍त्र हुँदैछ भन्‍ने कुराको सूचना मलाई दिइयो, र यसलाई तुरुन्‍तै तपाईंको सामने पठाएको छु, र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश गरेको छु।”</verse>
				<verse number="31">यसैले आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्‍टिपाट्रिसमा पुर्‍याए।</verse>
				<verse number="32">घोड़चढ़ीहरूलाई तिनको साथ जान त्‍यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्‍यारेक फर्के।</verse>
				<verse number="33">कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्‍ने हाजिर गराए।</verse>
				<verse number="34">उनले पत्र पढ़ेपछि तिनी कुन जिल्‍लाका हुन्‌ भनी सोधे। तिनी किलिकियाका हुन्‌ भन्‍ने थाहा पाएपछि उनले भने,</verse>
				<verse number="35">“तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्‍नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्‍नू भनी हुकुम गरे।</verse>
			</chapter>
			<chapter number="24">
				<verse number="1">पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्‍लस नाउँका एक जना वकीलसँग त्‍यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे।</verse>
				<verse number="2">पावल त्‍यहाँ झिकाइएपछि तर्तुल्‍लसले तिनलाई यसो भन्‍दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्‍स, हजूरबाट हामीले ठूलो शान्‍ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्‍ति सुधारहरू सुरु गर्नुभएको छ।</verse>
				<verse number="3">यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्‍वीकार गर्छौं।</verse>
				<verse number="4">तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्‍ती छोटकरीमा दया गरी सुनिदिनुहोस्‌।</verse>
				<verse number="5">“किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्‌ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्‍दोलन मच्‍चाउने, र नासरी पन्‍थका मुख्‍य अगुवाको रूपमा भेट्टाएका छौं।</verse>
				<verse number="6">यसले मन्‍दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्‍यवस्‍थाअनुसार कारवाही गर्ने पनि थियौं,</verse>
				<verse number="7">तर सेनापति लुसियसले हामीकहाँ आएर बड़ो जबरदस्‍तसाथ त्‍यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो।</verse>
				<verse number="8">अब हजूर स्‍वयम्‌ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्‍नुहुन्‍छ।”</verse>
				<verse number="9">ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन्‌ भनी समर्थन गरे।</verse>
				<verse number="10">हाकिमले तिनलाई बोल्‍ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्‍यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्‍नो पक्षमा सहर्ष बोल्‍दछु।</verse>
				<verse number="11">हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन।</verse>
				<verse number="12">यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्‍दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए,</verse>
				<verse number="13">न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्‍छन्‌।</verse>
				<verse number="14">तर यो म हजूरकै सामने स्‍वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्‍थ भन्‍दछन्, त्‍यहीबमोजिम व्‍यवस्‍थामा भएका कुरा र अगमवक्ताका पुस्‍तकमा लेखिएका सबै कुरा विश्‍वास गरी मेरा पुर्खाहरूका परमेश्‍वरको आराधना म गर्दछु।</verse>
				<verse number="15">धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्‍थान हुन्‍छ भन्‍ने यिनीहरू आफैले स्‍वीकार गरेजस्‍तै म परमेश्‍वरमा आशा राख्‍दछु।</verse>
				<verse number="16">यसैले परमेश्‍वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्‍ने प्रयत्‍न गर्दछु।</verse>
				<verse number="17">“अब केही वर्षपछि आफ्‍नो जातिको निम्‍ति दान र भेटी दिन म आएको थिएँ।</verse>
				<verse number="18">यिनीहरूले मलाई मन्‍दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्‍यहाँ कुनै भीड थिएन, होहल्‍ला पनि थिएन। तर त्‍यहाँ एशियाका कुनै यहूदीहरू थिए,</verse>
				<verse number="19">तिनीहरू यहाँ हजूरको सामुन्‍ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्‍ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्‍थे।</verse>
				<verse number="20">अथवा यी मानिसहरूले आफै यहाँ भनून्‌— म महासभाको सामुन्‍नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए?</verse>
				<verse number="21">केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्‍थानको विषयमा आज तपाईंहरूका सामुन्‍ने मेरो मुद्दा चलिरहेको छ’।”</verse>
				<verse number="22">यस मार्गको विषयमा फेलिक्‍सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।”</verse>
				<verse number="23">तब उनले पावललाई पहरामा राख्‍नू र तिनलाई केही स्‍वतन्‍त्रता दिनू, अनि तिनका कुनै पनि मित्रलाई तिनका खाँचोका कुरा पूरा गर्न नरोक्‍नू भनी कप्‍तानलाई आज्ञा दिए।</verse>
				<verse number="24">केही दिनपछि फेलिक्‍स उनकी यहूदी पत्‍नी द्रूसिल्‍लालाई साथमा लिएर आए, र उनले पावललाई बोलाएर ख्रीष्‍ट येशूमाथिको विश्‍वासबारे तिनीबाट सुने।</verse>
				<verse number="25">पावलले धार्मिकता, संयम र भावी इन्‍साफको विषयमा बहस गर्दा फेलिक्‍स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”</verse>
				<verse number="26">पावलबाट कतै रुपियाँ मिलिहाल्‍ला कि भनी उनले आशा पनि गरेका थिए। यसकारणले पनि उनले तिनलाई घरीघरी डाकी कुराकानी गर्ने गर्थे।</verse>
				<verse number="27">तर दुई वर्षपछि जब फेलिक्‍सको बदलीमा पर्किअस फेस्‍तस आए, तब फेलिक्‍सले यहूदीहरूलाई खुशी राख्‍नका निम्‍ति पावललाई झ्‍यालखानमै राखेर गए।</verse>
			</chapter>
			<chapter number="25">
				<verse number="1">फेस्‍तस आफ्‍नो प्रान्‍तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए।</verse>
				<verse number="2">मुख्‍य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए,</verse>
				<verse number="3">र तिनलाई बाटैमा मार्ने षड्‌यन्‍त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस्‌ भन्‍ने बिन्‍ती गरे।</verse>
				<verse number="4">तर फेस्‍तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्‍छा भएको कुरा व्‍यक्त गरे।</verse>
				<verse number="5">उनले भने, “यसकारण तिमीहरूमध्‍येका नेताहरू त्‍यहाँ मेरो साथ जाऊन्, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌।”</verse>
				<verse number="6">तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्‍दा बढ़ी नबसी कैसरिया फर्के, र त्‍यसकै भोलिपल्‍ट न्‍याय-आसनमा बसेर उनले पावललाई ल्‍याउने हुकुम गरे।</verse>
				<verse number="7">तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्‍भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्‌।</verse>
				<verse number="8">पावलले आफ्‍नो पक्षमा बोल्‍दै भने, “मैले यहूदीहरूको व्‍यवस्‍थाको विरुद्धमा, मन्‍दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।”</verse>
				<verse number="9">तर फेस्‍तसले यहूदीहरूलाई खुशी तुल्‍याउनका निम्‍ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्‍यहाँ मेरो सामुन्‍ने यी कुराका विषयमा इन्‍साफ गरिओस्‌ भन्‍ने इच्‍छा गर्छौ?”</verse>
				<verse number="10">तर पावलले भने, “म कैसरको न्‍याय-आसनको सामुन्‍ने खड़ा भइरहेछु, जहाँ मेरो इन्‍साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ।</verse>
				<verse number="11">यदि म अपराधी हुँ, र मैले ज्‍यानसजाय पाउने योग्‍यको काम गरेको छु भने मर्नलाई म इन्‍कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्‍य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्‍पन सक्‍दैन। म कैसरकहाँ अपिल गर्दछु।”</verse>
				<verse number="12">तब फेस्‍तसले सल्‍लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्‍यौ, तिमी कैसरकहाँ नै जानेछौ।”</verse>
				<verse number="13">केही दिन बितेपछि फेस्‍तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे।</verse>
				<verse number="14">तिनीहरू त्‍यहाँ निकै दिन बसेपछि फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ,</verse>
				<verse number="15">जसको बारेमा, म यरूशलेममा छँदा, मुख्‍य पूजाहारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले त्‍यसको विरुद्धमा अभियोग लाएर त्‍यसलाई दण्‍ड दिनुपर्छ भनी अनुरोध गरेका थिए।</verse>
				<verse number="16">“अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्‍नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्‍ने मौका नपाईकन कुनै मानिसलाई त्‍यसै दण्‍डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ।</verse>
				<verse number="17">जब तिनीहरू जम्‍मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्‍टै न्‍याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें।</verse>
				<verse number="18">जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्‍याउन सकेनन्‌।</verse>
				<verse number="19">तर तिनीहरूको मतभेदचाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथियो।</verse>
				<verse number="20">यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्‍यसको इच्‍छा छ कि भनेर त्‍यसलाई मैले सोधें।</verse>
				<verse number="21">तर पावलले सम्राट्‌को फैसला नभएसम्‍म हिरासतमै राख्‍नू भनी अपिल गरेको हुनाले त्‍यसलाई कैसरकहाँ नपठाउञ्‍जेल पहरामा राख्‍ने हुकुम दिएँ।”</verse>
				<verse number="22">तब अग्रिपासले फेस्‍तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्‍न पाए हुन्‍थ्‍यो।” अनि उनले भने, “भोलि तपाईंले सुन्‍नुहोला।”</verse>
				<verse number="23">भोलिपल्‍ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्‍तसको हुकुम पाएर पावल हाजिर गराइए।</verse>
				<verse number="24">फेस्‍तसले भने, “राजा अग्रिपास र हामीसँग यहाँ भएका सबै उपस्‍थित सज्‍जन हो, तपाईंहरूले यस मानिसलाई देख्‍नुहुन्‍छ, जसको विषयमा सारा यहूदीहरूले ‘यो मानिस अब उप्रान्‍त जिउने योग्‍यको छैन’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्‍ती गरेका थिए।</verse>
				<verse number="25">तर ज्‍यानसजाय पाउनुपर्ने यसले केही गरेको मैले नभेट्टाएकोले र यो आफैले पनि सम्राट्‌कहाँ अपिल गरेको हुनाले मैले यसलाई पठाउने निश्‍चय गरें।</verse>
				<verse number="26">यसको विषयमा मैले मेरा सम्राट्‌लाई लेख्‍ने विशेष कुरा केही छैन। यसकारण मैले यसलाई तपाईंहरूका सामुन्‍ने, र खास गरेर, हे राजा अग्रिपास, तपाईंको सामुन्‍ने ल्‍याएको छु, र हामीले यसको जाँच गरेपछि शायद मैले केही लेख्‍ने कुरा पाउनेछु।</verse>
				<verse number="27">किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्‍यसलाई पठाउन मलाई मनासिब लाग्‍दैन।”</verse>
			</chapter>
			<chapter number="26">
				<verse number="1">अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” तब आफ्‍नो हात पसारेर पावलले आफ्‍नो बचाउमा बोल्‍न लागे:</verse>
				<verse number="2">“हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्‍ने मैले आफ्‍नो बचाउमा बोल्‍न पाएकोमा म आफूलाई भाग्‍यशाली ठान्‍छु।</verse>
				<verse number="3">यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस्‌ भनी म बिन्‍ती गर्दछु।</verse>
				<verse number="4">“मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्‍थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ।</verse>
				<verse number="5">लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्‍दा कट्टर पन्‍थी दलअन्‍तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्‍नेछन्‌।</verse>
				<verse number="6">परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु।</verse>
				<verse number="7">हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्‍त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्‍ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्‌।</verse>
				<verse number="8">परमेश्‍वरले मृतकहरूलाई जीवित पार्नुहुन्‍छ भन्‍ने कुरा किन तपाईंहरू कसैलाई पत्‍यार नलागेको?</verse>
				<verse number="9">“नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्‍ने म आफैलाई पनि विश्‍वास थियो।</verse>
				<verse number="10">मैले यरूशलेममा त्‍यसै गरें, र मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार पाएर धेरै सन्‍तहरूलाई मैले झ्‍यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ।</verse>
				<verse number="11">अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्‍बार सजाय दिईकन तिनीहरूलाई विश्‍वास त्‍याग गराउने चेष्‍टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्‍मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।</verse>
				<verse number="12">“यसरी मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार र आज्ञा पत्र पाएर म दमस्‍कसतिर गएँ।</verse>
				<verse number="13">हे राजा, मध्‍यदिनमा मैले स्‍वर्गबाट सूर्यभन्‍दा पनि उज्‍ज्‍वल ज्‍योति देखें, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्‍किरहेको थियो।</verse>
				<verse number="14">जब हामी सबै जमिनमा लोटेका थियौं, तब हिब्रू भाषामा मलाई यसो भनिरहेको आवाज मैले सुनें, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? सुइरोमा लात हान्‍दा तिमीलाई नै दुख्‍छ।”</verse>
				<verse number="15">“अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्‍छ?’ प्रभुले मलाई भन्‍नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ।</verse>
				<verse number="16">तर उठ र आफ्‍ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्‍ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्‍यले म तिमीकहाँ देखा परेको छु।</verse>
				<verse number="17">म तिमीलाई तिम्रा आफ्‍नै जाति र अन्‍यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु,</verse>
				<verse number="18">कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्‍धकारबाट ज्‍योतितर्फ, र शैतानको शक्तिबाट परमेश्‍वरतर्फ फर्कून्‌। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन्‌ र ममाथिको विश्‍वासद्वारा पवित्र भएकाहरूको स्‍थान तिनीहरूले पनि पाउनेछन्‌।’</verse>
				<verse number="19">“यसकारण, हे राजा अग्रिपास, स्‍वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।</verse>
				<verse number="20">तर पहिले दमस्‍कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्‍यजातिहरूलाई पनि पश्‍चात्ताप गरेर परमेश्‍वरतिर फर्क र आफ्‍ना पश्‍चात्ताप योग्‍यका काम गर भनेर मैले प्रचार गरें।</verse>
				<verse number="21">यसैकारण यहूदीहरूले मलाई मन्‍दिरमा पक्रेर मार्ने चेष्‍टा गरे।</verse>
				<verse number="22">आजको दिनसम्‍म परमेश्‍वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुराबाहेक मैले अरू केही भनेको छैनँ—</verse>
				<verse number="23">उनीहरूले भनेका थिए कि ख्रीष्‍टले दुःख भोग्‍नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्‍ना जाति र अन्‍यजातिहरूलाई ज्‍योतिको घोषणा गर्नुहुनेछ।”</verse>
				<verse number="24">तिनले आफ्‍नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्‍तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्‍याएको छ।”</verse>
				<verse number="25">तर पावलले भने, “अति आदरणीय फेस्‍तस, म बौलाहा होइनँ, तर सत्‍य र सुबुद्धिका कुराहरू बोल्‍दछु।</verse>
				<verse number="26">किनकि राजा स्‍वयम्‌ले यी कुराका विषयमा जान्‍नुहुन्‍छ, जसको सामुन्‍ने म निर्धक्‍कसँग बोल्‍दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन।</verse>
				<verse number="27">राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? म जान्‍दछु, हजूरले विश्‍वास गर्नुहुन्‍छ।”</verse>
				<verse number="28">अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्‍टियान बनाउन चाहन्छौ?”</verse>
				<verse number="29">पावलले जवाफ दिए, “थोरै समयमा होस्‌ कि धेरैमा यी साङ्‌लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै मजस्‍तै होऊन्‌ भनी म परमेश्‍वरमा प्रार्थना गर्छु।”</verse>
				<verse number="30">तब राजा, हाकिम, बरनिकी र त्‍यहाँ बस्‍नेहरू जति सबै उठे।</verse>
				<verse number="31">तब तिनीहरू निस्‍केपछि आपसमा यसो भन्‍दै कुरा गरे, “यस मानिसले प्राणदण्‍ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।”</verse>
				<verse number="32">अग्रिपासले फेस्‍तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”</verse>
			</chapter>
			<chapter number="27">
				<verse number="1">समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्‍ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट्‌ अगस्‍टसका फौजको युलियस नामक कप्‍तानको जिम्‍मा लाइदिए।</verse>
				<verse number="2">एड्रामिटेनोसबाट एशियाका विभिन्‍न बन्‍दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्‍यौं। अरिस्‍तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए।</verse>
				<verse number="3">भोलिपल्‍ट हामीले सीदोनमा लङ्गर हाल्‍यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए।</verse>
				<verse number="4">त्‍यहाँबाट जहाज फेरि समुद्रतिर लाग्‍यो, र बतास चलेको हुनाले हामी साइप्रसको आड़ लिएर गयौं।</verse>
				<verse number="5">किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्‍यौं।</verse>
				<verse number="6">त्‍यहाँ इटालिया जाने अलेक्‍जेन्‍ड्रियाको एउटा जहाज भेट्टाएर कप्‍तानले हामीलाई त्‍यसमा चढ़ाइदिए।</verse>
				<verse number="7">धेरै दिनसम्‍म बिस्‍तार-बिस्‍तार गएर कठिनतासाथ क्‍नीडसमा आइपुग्‍यौं र बतासले अझ अगि बढ्‌न नदिएको हुनाले क्रेटको आड़ लिएर हामी सालमोनेको छेउ-छेउ भएर गयौं।</verse>
				<verse number="8">कठिनसँग त्‍यसको किनार-किनार लागेर हामी सुन्‍दर बन्‍दरगाह भनिने ठाउँमा आयौं। त्‍यहाँबाट लासिया सहर नजिकै थियो।</verse>
				<verse number="9">समय धेरै बितिसकेको थियो र समुद्र-यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्‍चित-दिवसका उपवासको समय पनि बितिसकेको हुनाले, पावलले तिनीहरूलाई</verse>
				<verse number="10">यसो भन्‍दै सम्‍झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्‍यानको समेत खतरा र नोक्‍सानी होला भन्‍ने म देख्‍तछु।”</verse>
				<verse number="11">तर कप्‍तानले पावलको कुराभन्‍दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्‍यार गरे।</verse>
				<verse number="12">यो बन्‍दरगाह हिउँद काट्‌नलाई असुबिधा भएकोले कुनै हालतले पनि फोनिक्‍समा नै पुगी जाडो बिताउनुपर्छ भनेर धेरैजसोले त्‍यहाँबाट जहाज चलाइहाल्‍ने नै सल्‍लाह दिए। फोनिक्‍सचाहिँ क्रेटको एउटा बन्‍दरगाह हो, जो दक्षिण-पश्‍चिम र उत्तर-पश्‍चिमपट्टि फर्केको छ।</verse>
				<verse number="13">जब दक्षिणी बतास मन्‍द गतिले चल्‍न थाल्‍यो, तिनीहरूको उद्देश्‍य सिद्ध भयो भन्‍ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे।</verse>
				<verse number="14">तर थोरै समयपछि त्‍यस टापूबाट प्रचण्‍ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्‍यो।</verse>
				<verse number="15">जब जहाज आँधीको चपेटामा पर्‍यो, त्‍यसले तूफानको सामना गर्न सकेन, र हामीले त्‍यसलाई जता जान्‍छ जाओस्‌ भनेर छोडिदियौं।</verse>
				<verse number="16">क्‍लौडा भन्‍ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्‍किलले जहाजको डुङ्गालाई जोगाउन सक्‍यौं।</verse>
				<verse number="17">त्‍यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्‍तिरबाट बाँध्‍दै ल्‍याए, र सिरटिस भन्‍ने बलौटे धापमा फसिन्‍छ भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्‍यो।</verse>
				<verse number="18">अब आँधीले हामीहरूलाई ज्‍यादै उचाल्‍न र पछार्न थाल्‍यो, र भोलिपल्‍ट तिनीहरूले जहाजका मालसामान फ्‍याँक्‍न थाले।</verse>
				<verse number="19">अनि तेस्रो दिन तिनीहरूले आफ्‍नै हातले जहाजका लठारा मिल्‍काइदिए।</verse>
				<verse number="20">धेरै दिनसम्‍म घाम, तारा केही देख्‍न पाइएन। तूफान लगातार चलिरहेकोले अन्‍त्‍यमा बाँच्‍ने आशासमेत हामीले त्‍यागिदियौं।</verse>
				<verse number="21">धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन।</verse>
				<verse number="22">अब म भन्‍दछु, साहस गर्नुहोस्‌। तपाईंहरूमध्‍ये कसैको ज्‍यान जानेछैन, तर जहाजचाहिँ नष्‍ट हुनेछ।</verse>
				<verse number="23">किनभने जुन परमेश्‍वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए।</verse>
				<verse number="24">उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’</verse>
				<verse number="25">यसकारण मित्र हो, साहस गर्नुहोस्‌। म परमेश्‍वरमा विश्‍वास गर्छु, मलाई जस्‍तो बताइएको छ, ठीक त्‍यस्‍तै हुनेछ।</verse>
				<verse number="26">तर हामीचाहिँ कुनै एउटा टापूमा बजारिनुपर्नेछ।”</verse>
				<verse number="27">तर जब चौधौँ रात भएथ्‍यो, र एड्रियास समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधाराततिर नावीहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौं भन्‍ने अनुमान गरे,</verse>
				<verse number="28">र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्‍दा तिनीहरूले छब्‍बीस मिटर पत्ता लगाए।</verse>
				<verse number="29">अनि कुनै चट्टानमाथि ठक्‍कर खान पुग्‍छौं कि भन्‍ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस्‌ भनी प्रार्थना गर्न लागे।</verse>
				<verse number="30">जब नावीहरू जहाजबाट भाग्‍न खोजिरहेका थिए, र अगिल्‍तिर लङ्गर खसाल्‍ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए,</verse>
				<verse number="31">तब पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन्‌ भने तपाईंहरू बाँच्‍न सक्‍नुहुनेछैन।”</verse>
				<verse number="32">तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए, र डुङ्गालाई जान दिए।</verse>
				<verse number="33">मिरमिरे उज्‍यालो हुन लागेको थियो, पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, “आज चौध दिन भइसक्‍यो, तपाईंहरू अलमल्‍लमा परेर भोकभोकै केही नखाई बस्‍नुभएको छ।</verse>
				<verse number="34">यसकारण केही खानुहोस्‌ भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्‍ट हुनेछैन।”</verse>
				<verse number="35">यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्‍ने परमेश्‍वरलाई धन्‍यवाद चढ़ाएर सो भाँचेर खान लागे।</verse>
				<verse number="36">तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए।</verse>
				<verse number="37">(जहाजमा हुने हामी जम्‍मा दुई सय छयहत्तर जना थियौं।)</verse>
				<verse number="38">तिनीहरूले अघाउञ्‍जेल खाएपछि, जहाज हलुङ्गो तुल्‍याउन समुद्रमा गहूँ फालिदिए।</verse>
				<verse number="39">उज्‍यालो भएपछि पनि तिनीहरूले त्‍यो ठाउँ चिन्‍न सकेनन्, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्‍भव भए जहाजलाई त्‍यहीँ किनार लाउने योजना तिनीहरूले गरे।</verse>
				<verse number="40">तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्‍यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्‍तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए।</verse>
				<verse number="41">तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्‍यहीँ भासियो, जहाजको अगिल्‍लो भाग अड्‌कियो र चल्‍नै सकेन, अनि पछिल्‍लो भागचाहिँ छालहरूका झोक्‍काले टुक्रिन थाल्‍यो।</verse>
				<verse number="42">कैदीहरू पौड़ेर भाग्‍लान्‌ कि भन्‍ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे।</verse>
				<verse number="43">तर कप्‍तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्‍यसो गर्नदेखि रोके। पौड्‌न सक्‍ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्‍ने हुकुम तिनले दिए,</verse>
				<verse number="44">र बाँकी रहेकाहरूचाहिँ फल्‍याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।</verse>
			</chapter>
			<chapter number="28">
				<verse number="1">हामी सकुशल किनार लागेपछि त्‍यस टापूको नाउँ माल्‍टा रहेछ भन्‍ने हामीलाई थाहा लाग्‍यो।</verse>
				<verse number="2">त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे।</verse>
				<verse number="3">पावलले एक बिटा दाउरा जम्‍मा गरेका थिए र सो ल्‍याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्‍केर आयो, र तिनको हातमा बेह्रियो।</verse>
				<verse number="4">त्‍यहाँका बासिन्‍दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्‍न लागे, “यो मानिस पक्‍का पनि ज्‍यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्‍क्‍यो तर इन्‍साफबाट यो उम्‍कन सकेन।”</verse>
				<verse number="5">तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन।</verse>
				<verse number="6">तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।”</verse>
				<verse number="7">त्‍यस टापूका पब्‍लियस नाउँ भएका मुखियाको जग्‍गाजमिन त्‍यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्‍वागत गरे, र तीन दिनसम्‍म उनको घरमा हाम्रो अतिथिसेवा गरे।</verse>
				<verse number="8">पब्‍लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्‍नो हात तिनीमाथि राखी तिनलाई निको पारे।</verse>
				<verse number="9">यो घटना भएपछि, त्‍यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए।</verse>
				<verse number="10">तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए।</verse>
				<verse number="11">तीन महिनापछि, हामी अलेक्‍जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्‍लो भागमा जुम्‍ल्‍याहा देवको प्रतिमा कपेको थियो</verse>
				<verse number="12">सुराकुसाईमा पुगेर हामी त्‍यहाँ तीन दिन बस्‍यौं।</verse>
				<verse number="13">त्‍यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्‍यौं। एक दिनपछि दक्षिणी बतास चल्‍यो, र भोलिपल्‍ट हामी पटिओलीमा आइपुग्‍यौं।</verse>
				<verse number="14">त्‍यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्‍म उनीहरूका साथमा रहनलाई बिन्‍ती गरे। यसरी हामी रोममा आइपुग्‍यौं।</verse>
				<verse number="15">त्‍यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्‌न अप्‍पियसको बजार र तीन-पाटी भन्‍ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्‍वरमा धन्‍यवाद चढ़ाए, र साहस पाए।</verse>
				<verse number="16">जब हामी रोममा पस्‍यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्‍ने अनुमति मिल्‍यो।</verse>
				<verse number="17">तीन दिनपछि पावलले यहूदीहरूका स्‍थानीय अगुवाहरूलाई बोलाइपठाए। उनीहरू जम्‍मा भएपछि तिनले उनीहरूलाई भने, “भाइ हो, मैले त आफ्‍नो देशका मानिसहरू, अथवा पिता-पुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ। तापनि बन्‍दी भई यरूशलेमदेखि रोमीहरूका हातमा मलाई सुम्‍पेको छ।</verse>
				<verse number="18">उनीहरूले छानबिन गरेपछि ममा मृत्‍युदण्‍डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए।</verse>
				<verse number="19">तर यहूदीहरूले विरोध गरेका हुनाले कैसरकहाँ अपिल गर्न मलाई करै लाग्‍यो— मेरो जातिको विरुद्धमा कुनै अभियोग ल्‍याउने कुरा थिएन।</verse>
				<verse number="20">यसैकारणले मैले तपाईंहरूसँग भेटेर बातचीत गर्न तपाईंहरूलाई बोलाएको हुँ। किनभने इस्राएलको आशा जो हो त्‍यसको निम्‍ति यस साङ्‌लामा म बाँधिएको छु।”</verse>
				<verse number="21">उनीहरूले तिनलाई भने, “हामीले त तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कोही भाइहरूले आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा पनि सुनाएका वा बोलेका छैनन्‌।</verse>
				<verse number="22">तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्‍न चाहन्‍छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्‍दछन्‌।”</verse>
				<verse number="23">तब उनीहरूले तिनको निम्‍ति एउटा दिन तोकिदिए, र धेरै संख्‍यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्‍मै व्‍याख्‍यान दिए, र मोशाको व्‍यवस्‍था र अगमवक्ताहरूका पुस्‍तकबाट परमेश्‍वरका राज्‍यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्‍वास दिलाउने चेष्‍टा गरे।</verse>
				<verse number="24">तिनले भनेका कुरा कतिले विश्‍वास गरे, कतिले गरेनन्‌।</verse>
				<verse number="25">उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्‍दा पावलले यो अन्‍तिम वक्तव्‍य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्‍माले भन्‍नुभएको वचन ठीकै थियो,</verse>
				<verse number="26">	‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।”</verse>
				<verse number="27">किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्‍नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’</verse>
				<verse number="28">“यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्‍वरको यो मुक्ति अन्‍यजातिहरूका निम्‍ति पठाइएको छ, र तिनीहरूले सुन्‍नेछन्‌।” [</verse>
				<verse number="29">अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।]</verse>
				<verse number="30">पावल पूरा दुई वर्षसम्‍म आफ्‍नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्‍वागत गरे।</verse>
				<verse number="31">तिनले खुल्‍लमखुल्‍ला र विनारोकटोक परमेश्‍वरका राज्‍यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिन्‍थे।</verse>
			</chapter>
		</book>
		<book number="45">
			<chapter number="1">
				<verse number="1">म पावल, येशू ख्रीष्‍टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरको त्‍यस सुसमाचारको निम्‍ति अलग गरिएको हुँ,</verse>
				<verse number="2">जुन सुसमाचार उहाँले अघिबाटै आफ्‍ना अगमवक्ताद्वारा पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको थियो।</verse>
				<verse number="3">यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।</verse>
				<verse number="4">येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो।</verse>
				<verse number="5">उहाँका नाउँको खातिर विश्‍वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्‍याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं।</verse>
				<verse number="6">तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्‍टका हुन बोलाइएका छौ।</verse>
				<verse number="7">रोममा भएका तिमीहरू सबै, परमेश्‍वरका प्रियहरू, जो सन्‍त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।</verse>
				<verse number="8">सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्‍ति धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्‍वासको कुरा सारा संसारमा प्रचार भएको छ।</verse>
				<verse number="9">म सम्‍पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ कि कसरी म निरन्‍तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।</verse>
				<verse number="10">अनि यो माग्‍दछु, कि कुनै किसिमले परमेश्‍वरको इच्‍छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।</verse>
				<verse number="11">किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्‍मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्‍कट इच्‍छा गर्दछु।</verse>
				<verse number="12">यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्‍परिक विश्‍वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्‍साहन पाउन सकौं।</verse>
				<verse number="13">भाइ हो, तिमीहरूलाई थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि म तिमीहरूका र बाँकी अन्‍यजातिहरूका बीचमा पनि केही फल बटुल्‍न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्‍ट इच्‍छा गरें। तर म अहिलेसम्‍म रोकिएको छु।</verse>
				<verse number="14">ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु।</verse>
				<verse number="15">यसैले सकेसम्‍म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्‍सुक छु।</verse>
				<verse number="16">किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।</verse>
				<verse number="17">किनकि सुसमाचारमा परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्‍यो धार्मिकता जोचाहिँ सम्‍पूर्ण रूपले विश्‍वासद्वारा नै आउँछ। यस्‍तो लेखिएको छ, “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”</verse>
				<verse number="18">परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्‍टताको विरुद्ध स्‍वर्गबाट प्रकट भएको छ, जसले सत्‍यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्‌।</verse>
				<verse number="19">परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।</verse>
				<verse number="20">उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।</verse>
				<verse number="21">किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो।</verse>
				<verse number="22">बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,</verse>
				<verse number="23">र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।</verse>
				<verse number="24">यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।</verse>
				<verse number="25">किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।</verse>
				<verse number="26">यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,</verse>
				<verse number="27">र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।</verse>
				<verse number="28">यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो।</verse>
				<verse number="29">तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे,</verse>
				<verse number="30">र बदनाम गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्‍ट कुरा रचिहिँड्‌ने, आमा-बुबाको आज्ञापालन नगर्ने,</verse>
				<verse number="31">मूर्ख, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्‍छन्‌।</verse>
				<verse number="32">यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्‍यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्‍यही काम गर्छौ।</verse>
				<verse number="2">यस्‍ता काम गर्नेहरूमाथि परमेश्‍वरको इन्‍साफ ठीकसँग पर्छ भनेर हामी जान्‍दछौं।</verse>
				<verse number="3">ए मानिस, तिमीले यस्‍ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्‍यही काम गर्छौ भने, के परमेश्‍वरको इन्‍साफबाट उम्‍कन्‍छु भन्‍ने तिमी ठान्‍छौ?</verse>
				<verse number="4">अथवा परमेश्‍वरको कृपाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्‍छ ठान्‍छौ?</verse>
				<verse number="5">तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ।</verse>
				<verse number="6">किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।</verse>
				<verse number="7">धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।</verse>
				<verse number="8">तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।</verse>
				<verse number="9">खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि।</verse>
				<verse number="10">तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ।</verse>
				<verse number="11">किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।</verse>
				<verse number="12">सबै जसले व्‍यवस्‍थाविना पाप गरेका छन्, तिनीहरू व्‍यवस्‍थाविना नै नष्‍ट पनि हुनेछन्, र व्‍यवस्‍थामुनि रहेर पनि पाप गर्नेहरूको इन्‍साफ व्‍यवस्‍थाद्वारा नै हुनेछ।</verse>
				<verse number="13">किनकि व्‍यवस्‍था सुन्‍नेहरू परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्‍यवस्‍था पालन गर्नेहरू धर्मी ठहरिनेछन्‌।</verse>
				<verse number="14">किनकि व्‍यवस्‍था नहुने अन्‍यजातिहरू स्‍वाभावैले व्‍यवस्‍थाअनुसारका काम गर्दछन्‌ भने, तिनीहरूको व्‍यवस्‍था नभए तापनि तिनीहरू आफ्‍ना निम्‍ति आफै व्‍यवस्‍था हुन्‍छन्‌।</verse>
				<verse number="15">व्‍यवस्‍थाले चाहेका कुराहरू आफ्‍ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्‍नै विवेकले पनि गवाही दिन्‍छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्‍याउँछन्, र कहिले समर्थन गर्छन्‌।</verse>
				<verse number="16">यो त्‍यस दिन हुनेछ जब परमेश्‍वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्‍साफ गर्नुहुनेछ।</verse>
				<verse number="17">तर यदि तिमी यहूदी हुँ भनी व्‍यवस्‍थामा भर परेर परमेश्‍वरसँगको सम्‍बन्‍धमा घमण्‍ड गर्दछौ,</verse>
				<verse number="18">र उहाँको इच्‍छा जान्‍दछौ, र व्‍यवस्‍थाबाट सिकाइएका उत्तम कुराहरू मन्‍जूर गर्दछौ,</verse>
				<verse number="19">र यदि तिमीलाई यो निश्‍चय छ कि तिमी अन्‍धाको अगुवा हौ, अन्‍धकारमा हुनेहरूका निम्‍ति ज्‍योति हौ,</verse>
				<verse number="20">मूर्खहरूलाई सुधार्छौ, अपरिपक्‍वहरूलाई शिक्षा दिन्‍छौ, किनभने व्‍यवस्‍थामा नै सम्‍पूर्ण बुद्धि र सत्‍यता प्राप्‍त गरेका छौ—</verse>
				<verse number="21">यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ?</verse>
				<verse number="22">तिमी, जसले व्‍यभिचार नगर भनी भन्‍छौ, के तिमी आफै व्‍यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्‍दिरहरू लुट्‌छौ?</verse>
				<verse number="23">तिमी, जो व्‍यवस्‍थामा घमण्‍ड गर्दछौ, के व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ?</verse>
				<verse number="24">किनभने, लेखिएको छ, “अन्‍यजातिहरूका बीचमा परमेश्‍वरको नाउँ तिमीहरूद्वारा नै निन्‍दित भएको छ।”</verse>
				<verse number="25">व्‍यवस्‍था पालन गर्दछौ भनेता खतनाबाट साँच्‍चै लाभ हुन्‍छ, तर व्‍यवस्‍था उल्‍लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्‍छ।</verse>
				<verse number="26">यदि शरीरमा बेखतना भएकोले व्‍यवस्‍थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्‍यसको बेखतना खतना नै गनिनेछैन र?</verse>
				<verse number="27">तब शरीरमा खतना नभएर पनि व्‍यवस्‍थाचाहिँ पालन गर्नेहरूले, लिखित व्‍यवस्‍था भएका र खतना पनि भएका तिमीहरू व्‍यवस्‍था उल्‍लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्‌।</verse>
				<verse number="28">बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन।</verse>
				<verse number="29">यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल?</verse>
				<verse number="2">हरप्रकारले यसमा ज्‍यादै लाभ छ। सर्वप्रथम त परमेश्‍वरको वाणी यहूदीहरूलाई सुम्‍पिएको हो।</verse>
				<verse number="3">यदि तिनीहरूमध्‍ये कसैकसैले विश्‍वास गरेनन्‌ भने, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्‍यतालाई रद्द तुल्‍याउँछ र?</verse>
				<verse number="4">त्‍यसो नहोस्, परमेश्‍वर सत्‍य र हरेक मानिस झूटो ठहरिओस्‌। जस्‍तो लेखिएको छ, “तपाईं आफ्‍ना वचनमा ठीक ठहरिनुहोस्, र इन्‍साफ हुँदा तपाईं विजयी हुनुहोस्‌।”</verse>
				<verse number="5">तर हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई प्रकाशमा ल्‍याउँछ भने, हामी के भनौं? के परमेश्‍वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्‍याय गर्नुहुन्‍छ? (म मानिसले जस्‍तै तर्क गर्दछु।)</verse>
				<verse number="6">कदाचित्‌ होइन! त्‍यसो भए, परमेश्‍वरले संसारको इन्‍साफ कसरी गर्न सक्‍नुहुन्‍थ्‍यो र?</verse>
				<verse number="7">तर यदि मेरो झूटले गर्दा परमेश्‍वरको सत्‍यता उहाँकै महिमाको निम्‍ति प्रशस्‍त हुन्‍छ भने, किन पापीझैँ इन्‍साफमा परिरहेको छु?</verse>
				<verse number="8">त्‍यसो भए, असल होस्‌ भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्‍यसै भन्‍छौं भनी हामीलाई निन्‍दापूर्ण दोष लाउँछन्‌। तिनीहरूको दोषारोपण न्‍यायसङ्गतै छ।</verse>
				<verse number="9">उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्‍य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्‍यजातिहरू दुवै पापको वशमा छन्‌ भनी मैले दोष लगाइसकेको छु।</verse>
				<verse number="10">जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,</verse>
				<verse number="11">बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन।</verse>
				<verse number="12">ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”</verse>
				<verse number="13">	“तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्‍ना जिब्राले छलका कुरा गर्छन्‌।” “सर्पको विष तिनीहरूका ओठमा छ।”</verse>
				<verse number="14">	“तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्‌।”</verse>
				<verse number="15">	“तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्‌।</verse>
				<verse number="16">विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्,</verse>
				<verse number="17">र शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्‌।”</verse>
				<verse number="18">	“तिनीहरूका आँखाको सामने परमेश्‍वरको भय छैन।”</verse>
				<verse number="19">अब हामी जान्‍दछौं, जे-जति व्‍यवस्‍थाले भन्‍छ, व्‍यवस्‍थामुनि हुनेहरूलाई नै भन्‍छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्‍वरको अगि जवाफदेही होस्‌।</verse>
				<verse number="20">यसैकारण व्‍यवस्‍थाको कर्मले कोही प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन, किनकि व्‍यवस्‍थाद्वारा नै पापको चेतना हुन्‍छ।</verse>
				<verse number="21">तर अब त व्‍यवस्‍थाविनै परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्‍यसैको गवाही व्‍यवस्‍था र अगमवक्ताहरूले दिएका छन्‌।</verse>
				<verse number="22">येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,</verse>
				<verse number="23">किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।</verse>
				<verse number="24">परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।</verse>
				<verse number="25">परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चितको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन।</verse>
				<verse number="26">परमेश्‍वर आफै धर्मी हुनुहुन्‍छ र येशूमा विश्‍वास राख्‍नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्‍छ भन्‍ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।</verse>
				<verse number="27">तब हाम्रो घमण्‍ड कहाँ गयो? त्‍यसको त ठाउँ नै छैन। कुन सिद्धान्‍तमा यसो गर्ने त? यो कर्मको सिद्धान्‍तद्वारा हुने? कदाचित्‌ होइन! यो त विश्‍वासको सिद्धान्‍तबाट मात्र हुन सक्‍छ।</verse>
				<verse number="28">यसकारण व्‍यवस्‍थाका कर्महरूको पालनविना विश्‍वासद्वारा नै मानिस धर्मी ठहरिन्‍छ भनी हामी ठान्‍छौं।</verse>
				<verse number="29">के परमेश्‍वर केवल यहूदीहरूकै मात्र परमेश्‍वर हुनुहुन्‍छ र? के उहाँ अन्‍यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न? उहाँ अन्‍यजातिहरूका पनि परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="30">किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले खतनावाललाई तिनीहरूका विश्‍वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ।</verse>
				<verse number="31">तब के हामी यही विश्‍वासद्वारा व्‍यवस्‍थालाई रद्द गर्ने? कदाचित्‌ होइन! बरु हामीहरू त व्‍यवस्‍थालाई कायम पो राख्‍छौं।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्‍बन्‍धमा हामी के भनौं त?</verse>
				<verse number="2">यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्‍ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्‍वरको अगाडि त होइन।</verse>
				<verse number="3">किनकि पवित्र-शास्‍त्रले के भन्‍छ? “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र त्‍यो उनको निम्‍ति धार्मिकता गनियो।”</verse>
				<verse number="4">अब काम गर्नेले जुन ज्‍याला पाउँछ त्‍यो दान होइन, तर त्‍यो उसको पाउने हक हो।</verse>
				<verse number="5">जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि भरोसा राख्‍तछ, त्‍यस्‍तो मानिसको विश्‍वास धार्मिकता गनिन्‍छ।</verse>
				<verse number="6">परमेश्‍वरले कर्मविना नै धार्मिक गन्‍नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्‍यका भन्‍छन्,</verse>
				<verse number="7">	“तिनीहरू धन्‍यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्‌।</verse>
				<verse number="8">त्‍यो मानिस धन्‍यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्‍न।”</verse>
				<verse number="9">के यो आशीर्वाद खतनावालहरूका निम्‍ति मात्र हो? कि बेखतनावालहरूका निम्‍ति पनि हो? अब्राहामको निम्‍ति त उनको विश्‍वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्‍दछौं।</verse>
				<verse number="10">तब कसरी यो उनको निम्‍ति धार्मिकता गनियो? उनको खतना हुनभन्‍दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि।</verse>
				<verse number="11">खतना नहुँदै विश्‍वासद्वारा पाउने धार्मिकताको चिन्‍ह वा छाप स्‍वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्‍वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन्‌ भन्‍ने उद्देश्‍यले यो भएको हो।</verse>
				<verse number="12">उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्‍वासको त्‍यही नमूनालाई पछ्याउँछन्, जुन विश्‍वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो।</verse>
				<verse number="13">संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्‍यवस्‍थाद्वारा आएको होइन, तर विश्‍वासको धार्मिकताद्वारा आएको हो।</verse>
				<verse number="14">यदि व्‍यवस्‍था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्‍छन्‌ भनेता विश्‍वास रद्द र प्रतिज्ञा व्‍यर्थ हुन्‍छ।</verse>
				<verse number="15">किनभने व्‍यवस्‍थाले क्रोध ल्‍याउँछ, तर जहाँ व्‍यवस्‍था छैन त्‍यहाँ अपराध पनि हुँदैन।</verse>
				<verse number="16">त्‍यसैले यो प्रतिज्ञा विश्‍वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्‍ति पक्‍का होस्‌। यो प्रतिज्ञा व्‍यवस्‍था पालन गर्नेहरूका निम्‍ति मात्र नभएर अब्राहामको जस्‍तो विश्‍वासमा हुनेहरूका निम्‍ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्‌।</verse>
				<verse number="17">जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्‍वरमाथि अब्राहामले विश्‍वास गरे, उहाँको दृष्‍टिमा उनी हामी सबैका पिता हुन्‌। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्‍छ, र अस्‍तित्‍वमा नभएका थोकहरूलाई बोलाई अस्‍तित्‍वमा ल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="18">“तेरा सन्‍तान पनि यस्‍तै असंख्‍य हुनेछन्‌” भनेर परमेश्‍वरले भन्‍नुभएअनुसार, आशा पटक्‍कै नहुँदा पनि अब्राहामले आशा राखी विश्‍वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।</verse>
				<verse number="19">प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्‍य भइसकेको आफ्‍नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्‌।</verse>
				<verse number="20">परमेश्‍वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्‍नो विश्‍वासमा दह्रिलो भएर उनले परमेश्‍वरलाई महिमा दिए।</verse>
				<verse number="21">प्रतिज्ञा गर्नुभएको कुरा परमेश्‍वरले गर्न पनि सक्‍नुहुन्‍छ भन्‍ने अब्राहामलाई पूरा निश्‍चय थियो।</verse>
				<verse number="22">यसैकारण पनि उनको विश्‍वास “उनको निम्‍ति धार्मिकता गनियो।”</verse>
				<verse number="23">धार्मिकता “गनिएको हो” भन्‍ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन,</verse>
				<verse number="24">तर हाम्रा निम्‍ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं, यो हाम्रा निम्‍ति पनि गनिनेछ।</verse>
				<verse number="25">उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।</verse>
				<verse number="2">उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।</verse>
				<verse number="3">यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,</verse>
				<verse number="4">सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।</verse>
				<verse number="5">आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।</verse>
				<verse number="6">किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।</verse>
				<verse number="7">धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला।</verse>
				<verse number="8">तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।</verse>
				<verse number="9">यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।</verse>
				<verse number="10">किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्‍टको जीवनद्वारा हामी बचाइनेछौं।</verse>
				<verse number="11">यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्‍वरसँग मिलाप प्राप्‍त भएको छ।</verse>
				<verse number="12">एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो।</verse>
				<verse number="13">व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।</verse>
				<verse number="14">आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।</verse>
				<verse number="15">सित्तैँको वरदान र त्‍यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन्‌ बढ़ी परमेश्‍वरको अनुग्रह र एक जना मानिसको, अर्थात्‌ येशू ख्रीष्‍टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्‍ति प्रशस्‍त भयो।</verse>
				<verse number="16">सित्तैँको वरदानचाहिँ त्‍यस एक जना मानिसको पापको नतीजाजस्‍तै होइन। किनकि एउटा अपराधको इन्‍साफले दण्‍डको आज्ञा ल्‍यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्‍याउँछ।</verse>
				<verse number="17">यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌।</verse>
				<verse number="18">यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।</verse>
				<verse number="19">किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्‍यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्‌।</verse>
				<verse number="20">व्‍यवस्‍था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन्‌ बढ़ी मात्रामा बढ़्यो,</verse>
				<verse number="21">यस हेतुले कि जसरी पापले मृत्‍युमा राज्‍य गर्‍यो, त्‍यसै गरी येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्‍त जीवनसम्‍म राज्‍य गरोस्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त?</verse>
				<verse number="2">त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु?</verse>
				<verse number="3">के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं?</verse>
				<verse number="4">यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।</verse>
				<verse number="5">यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौं।</verse>
				<verse number="6">हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।</verse>
				<verse number="7">किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ।</verse>
				<verse number="8">तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं।</verse>
				<verse number="9">हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन।</verse>
				<verse number="10">जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ।</verse>
				<verse number="11">यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ।</verse>
				<verse number="12">यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ।</verse>
				<verse number="13">आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर।</verse>
				<verse number="14">किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।</verse>
				<verse number="15">अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।</verse>
				<verse number="16">के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?</verse>
				<verse number="17">तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ।</verse>
				<verse number="18">तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।</verse>
				<verse number="19">तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्‍न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्‍ट आफ्‍ना अङ्गहरूलाई अशुद्धता र झन्‌-झन्‌ बढ़ी अपराधका निम्‍ति समर्पण गर्‍यौ, अब त्‍यसरी नै पवित्रकरणको निम्‍ति आफ्‍ना अङ्गहरूलाई धार्मिकताको निम्‍ति समर्पण गर।</verse>
				<verse number="20">तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ।</verse>
				<verse number="21">अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्‍त्‍यचाहिँ मृत्‍यु हो।</verse>
				<verse number="22">तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।</verse>
				<verse number="23">किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">भाइ हो, के तिमीहरू जान्‍दैनौ— म व्‍यवस्‍था जान्‍नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्‍म मात्र व्‍यवस्‍था लागू रहन्‍छ।</verse>
				<verse number="2">उदाहरणको लागि, एउटी विवाहिता स्‍त्री तिनको पति बाँचुञ्‍जेल आफ्‍नो पतिसँग कानूनले बाँधिएकी हुन्‍छिन्, तर यदि तिनको पति मर्‍यो भने पति सम्‍बन्‍धको कानूनबाट तिनी मुक्त हुन्‍छे।</verse>
				<verse number="3">यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्‍न गई भने तिनी व्‍यभिचारिणी कहलाइन्‍छिन्‌। तर पति मर्‍यो भने तिनी त्‍यस कानूनबाट मुक्त हुन्‍छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्‍यभिचारिणी हुँदिनन्‌।</verse>
				<verse number="4">यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्‍यवस्‍थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस, अर्थात्‌ मृत्‍युबाट जीवित हुनुभएका ख्रीष्‍टसँग एक होओ, र हामी परमेश्‍वरको निम्‍ति फल फलाऔं।</verse>
				<verse number="5">जब हामी पापमय स्‍वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्‍युको फल फलाउनलाई व्‍यवस्‍थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे।</verse>
				<verse number="6">हामीलाई बन्‍धनमा राख्‍ने व्‍यवस्‍थाको लेखि मरेर हामी अब त्‍यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्‍माको नयाँ जीवनमा सेवा गर्दछौं।</verse>
				<verse number="7">हामीले के भन्‍ने त? व्‍यवस्‍था पाप हो? कदापि होइन! यदि व्‍यवस्‍था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्‍यवस्‍थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ।</verse>
				<verse number="8">तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्‍पन्‍न गरायो। व्‍यवस्‍थाविना त पाप मुर्दातुल्‍य हो।</verse>
				<verse number="9">व्‍यवस्‍थाविना रहँदा एक पल्‍ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें।</verse>
				<verse number="10">जीवनको प्रतिज्ञा दिने त्‍यही आज्ञाले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो।</verse>
				<verse number="11">किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्‍यो, र त्‍यसैद्वारा मलाई मार्‍यो।</verse>
				<verse number="12">व्‍यवस्‍था पवित्र छ, र आज्ञा पवित्र, न्‍यायसङ्गत र असल छ।</verse>
				<verse number="13">त के जो असल छ, त्‍यसले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस्‌ भनेर असल कुराद्वारा पापले ममा मृत्‍यु उत्‍पन्‍न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्‍पूर्ण रूपले पापमय बनोस्‌।</verse>
				<verse number="14">किनकि हामी जान्‍दछौं कि व्‍यवस्‍था आत्‍मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु।</verse>
				<verse number="15">म के गर्दछु, त्‍यो बुझ्‍दिनँ। किनकि म जे चाहन्‍छु, त्‍यो गर्दिनँ। तर त्‍यही गर्दछु, जो म घृणा गर्दछु।</verse>
				<verse number="16">गर्न नचाहेको म गर्दछु भने, व्‍यवस्‍था असल छ भनी म सहमत हुन्‍छु।</verse>
				<verse number="17">यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।</verse>
				<verse number="18">किनकि मलाई थाहा छ, कि ममा, अर्थात्‌ मेरो पापमय स्‍वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्‍यो गर्ने इच्‍छा ममा छ, तर म त्‍यो पूरा गर्न सक्‍दिनँ।</verse>
				<verse number="19">किनभने असल काम जो म गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ, त्‍यही म गर्ने गर्छु।</verse>
				<verse number="20">अब म जो इच्‍छा गर्दिनँ, त्‍यही गर्छु भने त्‍यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।</verse>
				<verse number="21">यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्‍छु, तब दुष्‍टतालाई मेरो नजिकै उपस्‍थित पाउँछु।</verse>
				<verse number="22">किनकि म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु,</verse>
				<verse number="23">तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ।</verse>
				<verse number="24">हाय, म कस्‍तो दुःखी मानिस! यस मृत्‍युको शरीरबाट मलाई कसले छुटाउला?</verse>
				<verse number="25">येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा नै— परमेश्‍वरलाई धन्‍यवाद होस्‌। त्‍यसैले म स्‍वयम्‌ आफ्‍नो मनले त परमेश्‍वरका व्‍यवस्‍थाको सेवा गर्दछु, तर मेरो पापमय स्‍वभावद्वारा चाहिँ म पापका व्‍यवस्‍थाको सेवा गर्दछु।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।</verse>
				<verse number="2">पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ।</verse>
				<verse number="3">पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो,</verse>
				<verse number="4">यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।</verse>
				<verse number="5">किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌।</verse>
				<verse number="6">किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।</verse>
				<verse number="7">किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ।</verse>
				<verse number="8">पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।</verse>
				<verse number="9">यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन।</verse>
				<verse number="10">यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌।</verse>
				<verse number="11">तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।</verse>
				<verse number="12">यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं।</verse>
				<verse number="13">किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ।</verse>
				<verse number="14">किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌।</verse>
				<verse number="15">किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,</verse>
				<verse number="16">त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।</verse>
				<verse number="17">र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।</verse>
				<verse number="18">म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।</verse>
				<verse number="19">सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।</verse>
				<verse number="20">सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,</verse>
				<verse number="21">कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।</verse>
				<verse number="22">हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।</verse>
				<verse number="23">सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।</verse>
				<verse number="24">किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?</verse>
				<verse number="25">तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।</verse>
				<verse number="26">त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।</verse>
				<verse number="27">र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।</verse>
				<verse number="28">हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।</verse>
				<verse number="29">जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।</verse>
				<verse number="30">जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।</verse>
				<verse number="31">हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?</verse>
				<verse number="32">जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?</verse>
				<verse number="33">परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ भने,</verse>
				<verse number="34">दण्‍डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू, हुनुहुन्‍छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मध्‍यस्‍थ पनि गर्नुहुन्‍छ।</verse>
				<verse number="35">कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?</verse>
				<verse number="36">यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”</verse>
				<verse number="37">होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।</verse>
				<verse number="38">किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,</verse>
				<verse number="39">उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">म ख्रीष्‍टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्‍मामा मलाई गवाही दिन्‍छ।</verse>
				<verse number="2">मेरो हृदयमा असाध्‍य शोक र मनमा अटूट वेदना छ।</verse>
				<verse number="3">म त यहाँसम्‍म पनि चाहन सक्‍थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्‍बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्‍टबाट परित्‍यक्त होऊँ!</verse>
				<verse number="4">तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्‍यवस्‍थाको प्रदान, मन्‍दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्‍नै हुन्‌।</verse>
				<verse number="5">पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्‍ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्‍छ, सर्वोच्‍च परमेश्‍वर, जसको युगानयुग स्‍तुति होस्‌। आमेन।</verse>
				<verse number="6">तर परमेश्‍वरको वचन विफल भएको होइन। किनकि इस्राएलबाट जन्‍मेका सबै इस्राएल होइनन्,</verse>
				<verse number="7">न त अब्राहामका सन्‍तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्‌। तर धर्मशास्‍त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्‍तान गनिनेछ।”</verse>
				<verse number="8">यसको अर्थ, शरीरबाट जन्‍मेकाहरू परमेश्‍वरका सन्‍तान होइनन्, तर करारबाट उत्‍पन्‍न भएकाहरू नै अब्राहामका सन्‍तान हुन्‌।</verse>
				<verse number="9">त्‍यस प्रतिज्ञाले यसो भन्‍दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।”</verse>
				<verse number="10">त्‍यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्,</verse>
				<verse number="11">र जुम्‍ल्‍याहा बालकहरू जन्‍मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्‍वरका चुनाउको उद्देश्‍य ठहरिओस्‌ भनेर</verse>
				<verse number="12">रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्‍छाको सेवा गर्नेछ।”</verse>
				<verse number="13">जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्‍छ ठानें।”</verse>
				<verse number="14">अब हामी के भनौं? के परमेश्‍वरमा अन्‍याय छ त? कदापि होइन!</verse>
				<verse number="15">उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म कृपा गर्न चाहन्‍छु, त्‍यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसलाई म टिठाउनेछु।”</verse>
				<verse number="16">यसकारण मानिसको इच्‍छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्‍वरको कृपामाथि निर्भर गर्दछ।</verse>
				<verse number="17">कि धर्मशास्‍त्रले फारोलाई भन्‍छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्‍वीमा मेरो नाउँको घोषणा गरिओस्‌ भन्‍ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”</verse>
				<verse number="18">यसकारण उहाँले इच्‍छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्‍छ, र उहाँले इच्‍छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्‍छ।</verse>
				<verse number="19">तब तिमी मलाई भन्‍नेछौ, “परमेश्‍वरले अझै किन दोष लगाउनुहुन्‍छ? किनकि उहाँको इच्‍छालाई कसले विरोध गर्न सक्‍छ?”</verse>
				<verse number="20">तर मानिस भएर परमेश्‍वरलाई जवाफ लाग्‍ने तिमी को हौ? के ढालेर बनाएको वस्‍तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्‍तो बनाएको?” भन्‍छ र?</verse>
				<verse number="21">के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्‍छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?</verse>
				<verse number="22">यदि परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्न र आफ्‍नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्‍यन्‍त धैर्यसाथ सहनुभएको छ भने, के भयो त?</verse>
				<verse number="23">यदि महिमाको निम्‍ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्‍नो महिमाको सम्‍पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो—</verse>
				<verse number="24">अर्थात्‌ हामी, जसलाई यहूदीहरूबाट मात्र होइन, तर अन्‍यजातिहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त?</verse>
				<verse number="25">जस्‍तो होशेको पुस्‍तकमा पनि उहाँ भन्‍नुहुन्‍छ, “जुनहरू मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्‍याउनेछु। र जसलाई मैले प्रेम गरेको थिइनँ, त्‍यसलाई म ‘मेरो प्रिय’ भन्‍नेछु।”</verse>
				<verse number="26">	“अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ।’ भनी तिनीहरूलाई भनिएको थियो, त्‍यहीँ तिनीहरू ‘जीवित परमेश्‍वरका सन्‍तान’ कहलाइनेछन्‌।”</verse>
				<verse number="27">इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, “इस्राएलका सन्‍तानको संख्‍या समुद्रको बालुवा जत्तिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।</verse>
				<verse number="28">किनकि प्रभुले पृथ्‍वीमा उहाँका दण्‍डको आज्ञा दृढ़ता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।”</verse>
				<verse number="29">यशैयाले यो भविष्‍यवाणी गरेका छन्, “सेनाहरूका परमप्रभुले हाम्रा निम्‍ति सन्‍तान नछोड्‌नुभएको भए हामी सदोमजस्‍तै हुनेथियौं, र गमोरासमान बन्‍नेथियौं।”</verse>
				<verse number="30">अब हामी के भनौं? धार्मिकताको पछि नलाग्‍ने अन्‍यजातिहरूले धार्मिकता प्राप्‍त गरेका छन्, अर्थात्‌ विश्‍वासद्वारा पाइने धार्मिकता।</verse>
				<verse number="31">तर व्‍यवस्‍थामाथि आधारित भएको धार्मिकताको पछि लाग्‍ने त्‍यस इस्राएलले त्‍यो व्‍यवस्‍था पूरा गर्न सकेन।</verse>
				<verse number="32">किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्‍ठानेर तिनीहरूले विश्‍वासद्वारा धार्मिकता खोजेनन्‌। तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठक्‍कर खाएर लड़ेका छन्‌।</verse>
				<verse number="33">जस्‍तो लेखिएको छ, “हेर, म सियोनमा एउटा ढुङ्गा राख्‍तछु, जसमा मानिसहरूलाई ठेस लाग्‍छ, एउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ, तर उहाँमा भरोसा राख्‍ने कोही शर्ममा पारिनेछैन।”</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">भाइ हो, मेरो आफ्‍नो हृदयको इच्‍छा र तिनीहरूका निम्‍ति परमेश्‍वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्‌।</verse>
				<verse number="2">म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन।</verse>
				<verse number="3">किनभने परमेश्‍वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्‍नै धार्मिकता स्‍थापित गर्न खोज्‍दा तिनीहरू परमेश्‍वरका धार्मिकताको अधीनमा रहेनन्‌।</verse>
				<verse number="4">किनभने विश्‍वास गर्ने धर्मी ठहरिओस्‌ भनेर ख्रीष्‍ट नै व्‍यवस्‍थाको अन्‍त्‍य हुनुहुन्‍छ।</verse>
				<verse number="5">मोशा लेख्‍छन्, “व्‍यवस्‍थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्‍यसैबाट जिउनेछ।”</verse>
				<verse number="6">तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई),</verse>
				<verse number="7">वा आफ्‍नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात्‌ मरेकाहरूबाट ख्रीष्‍टलाई माथि ल्‍याउनलाई)।</verse>
				<verse number="8">तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं।</verse>
				<verse number="9">किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।</verse>
				<verse number="10">किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ।</verse>
				<verse number="11">धर्मशास्‍त्र भन्‍छ, “उहाँमाथि भरोसा राख्‍ने कोही लाजमा पर्नेछैन।”</verse>
				<verse number="12">किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ।</verse>
				<verse number="13">किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”</verse>
				<verse number="14">तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने?</verse>
				<verse number="15">र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!”</verse>
				<verse number="16">तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्‍छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?”</verse>
				<verse number="17">जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।</verse>
				<verse number="18">तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।”</verse>
				<verse number="19">म फेरि सोध्‍छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्‍छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्‍याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्‍याउनेछु।”</verse>
				<verse number="20">तब यशैयाले साहसपूर्वक भन्‍दछन्, “मलाई नखोज्‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्‌ तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।”</verse>
				<verse number="21">तर इस्राएलको विषयमा तिनी भन्‍छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">यसकारण म सोध्‍दछु, “के परमेश्‍वरले आफ्‍ना मानिसलाई परित्‍याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्‍तान, बेन्‍यामीनका कुलको एक इस्राएली हुँ।</verse>
				<verse number="2">परमेश्‍वरले पहिलेदेखि नै चिन्‍नुभएका आफ्‍ना मानिसलाई बहिष्‍कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्‍त्रले भनेको कुरा तिमीहरू जान्‍दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्‍ती गर्दछन्,</verse>
				<verse number="3">“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्‌ र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्‌।”</verse>
				<verse number="4">तर उनलाई परमेश्‍वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्‍ने सात हजार मानिसहरू मैले आफ्‍नो निम्‍ति राखेको छु।”</verse>
				<verse number="5">यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ।</verse>
				<verse number="6">तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।</verse>
				<verse number="7">तब के? इस्राएलले जे खोजेको थियो त्‍यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्‍यो प्राप्‍त गरे। अरू सबैचाहिँ कठोर बने,</verse>
				<verse number="8">जस्‍तो लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई चेतनाहीन आत्‍मा दिनुभएको छ। यस्‍ता आँखा दिनुभएको छ जसले नदेखून्‌ र यस्‍ता कान जसले नसुनून्, र आजको दिनसम्‍म पनि तिनीहरू यस्‍तै छन्,”</verse>
				<verse number="9">र दाऊद भन्‍छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्‌खालो र तिनीहरूलाई बदला दिने कुरो होस्‌।</verse>
				<verse number="10">तिनीहरूका आँखा नदेख्‍नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्‌।”</verse>
				<verse number="11">यसकारण म सोध्‍दछु, “के लोट्‌नलाई तिनीहरूले ठक्‍कर खाएका हुन्‌?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्‍यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्‍ति डाही बनोस्‌।</verse>
				<verse number="12">अब यदि तिनीहरूको अपराध संसारको निम्‍ति सम्‍पत्ति र तिनीहरूको असफलताचाहिँ अन्‍यजातिहरूका निम्‍ति सम्‍पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन्‌ कति अर्थपूर्ण होला!</verse>
				<verse number="13">अब तिमी अन्‍यजातिहरूलाई भनिरहेछु। अन्‍यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु,</verse>
				<verse number="14">यस आशामा कि मेरो आफ्‍नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्‍ये कसै-कसैलाई बचाउन सकूँ।</verse>
				<verse number="15">किनकि यदि तिनीहरूको बहिष्‍कार हुँदा संसारको निम्‍ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्‍युबाट जीवन पाएको समान होइन र?</verse>
				<verse number="16">यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्‍त ढिका पवित्र हुन्‍छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्‍छन्‌।</verse>
				<verse number="17">तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्‍डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने,</verse>
				<verse number="18">ती हाँगाहरूका सामु घमण्‍ड नगर। यदि घमण्‍ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्‍छ।</verse>
				<verse number="19">तिमी भन्‍नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।”</verse>
				<verse number="20">ठीकै हो, तिनीहरूको अविश्‍वासले गर्दा नै हाँगाहरू काटिएका हुन्‌। तिमीहरूचाहिँ तिम्रो विश्‍वासले मात्र खड़ा छौ। घमण्‍ड नगर, तर श्रद्धापूर्ण भय राख।</verse>
				<verse number="21">किनभने यदि परमेश्‍वरले स्‍वाभाविक हाँगाहरूलाई बाँकी राख्‍नुभएन भनेता तिमीलाई पनि बाँकी राख्‍नुहुनेछैन।</verse>
				<verse number="22">यसकारण परमेश्‍वरको दया र कठोरतालाई ध्‍यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्‍यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्‍वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ।</verse>
				<verse number="23">तिनीहरू पनि अविश्‍वासमा ढीट भएर बसेनन्‌ भनेता कलमी बाँधिनेछन्‌। किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्‍न सक्‍नुहुन्‍छ।</verse>
				<verse number="24">किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्‍नै निज जैतूनकै रूखमा झन्‌ कति बढ़ी कलमी बाँधिएलान्‌।</verse>
				<verse number="25">भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको संख्‍या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ।</verse>
				<verse number="26">यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्‍तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।”</verse>
				<verse number="27">	“अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।”</verse>
				<verse number="28">सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्‍वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्‌।</verse>
				<verse number="29">किनभने परमेश्‍वरका वरदान र बोलावट अटल छन्‌।</verse>
				<verse number="30">किनकि जसरी तिमीहरू पनि एक पल्‍ट परमेश्‍वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ।</verse>
				<verse number="31">तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्‍त गरून्‌ भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्‌।</verse>
				<verse number="32">किनभने परमेश्‍वरको कृपा सबै मानिसहरूमाथि होस्‌ भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्‍पनुभएको छ।</verse>
				<verse number="33">	आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने!</verse>
				<verse number="34">	“किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्‍लाहकार को भएको छ?”</verse>
				<verse number="35">	“अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस्‌?”</verse>
				<verse number="36">	किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन्‌। उहाँलाई नै सदासर्वदा महिमा होस्‌। आमेन।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।</verse>
				<verse number="2">यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।</verse>
				<verse number="3">किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।</verse>
				<verse number="4">किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,</verse>
				<verse number="5">त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।</verse>
				<verse number="6">हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,</verse>
				<verse number="7">सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,</verse>
				<verse number="8">अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।</verse>
				<verse number="9">प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।</verse>
				<verse number="10">भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।</verse>
				<verse number="11">जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।</verse>
				<verse number="12">आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।</verse>
				<verse number="13">सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।</verse>
				<verse number="14">तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।</verse>
				<verse number="15">आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ।</verse>
				<verse number="16">एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।</verse>
				<verse number="17">कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।</verse>
				<verse number="18">हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।</verse>
				<verse number="19">प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।</verse>
				<verse number="20">बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”</verse>
				<verse number="21">खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।</verse>
				<verse number="2">यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।</verse>
				<verse number="3">किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।</verse>
				<verse number="4">किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।</verse>
				<verse number="5">यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।</verse>
				<verse number="6">यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।</verse>
				<verse number="7">तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।</verse>
				<verse number="8">आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।</verse>
				<verse number="9">“तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”</verse>
				<verse number="10">प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।</verse>
				<verse number="11">यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।</verse>
				<verse number="12">रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।</verse>
				<verse number="13">दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।</verse>
				<verse number="14">तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।</verse>
				<verse number="2">कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।</verse>
				<verse number="3">खानेले नखाने मानिसलाई तुच्‍छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्‌। किनभने परमेश्‍वरले त्‍यसलाई ग्रहण गर्नुभएको छ।</verse>
				<verse number="4">अर्काको चाकरलाई इन्‍साफ गर्ने तिमी को हौ? त्‍यो त आफ्‍नै मालिकको सामु खड़ा हुन्‍छ वा पतित हुन्‍छ। त्‍यो खड़ा गराइनेछ, किनभने, त्‍यसका मालिकले त्‍यसलाई खड़ा गराउन सक्‍छ।</verse>
				<verse number="5">कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढ़ी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ। हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ।</verse>
				<verse number="6">जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ। जुन व्‍यक्तिले खान्‍छ, त्‍यसले प्रभुको निम्‍ति खान्‍छ, किनकि त्‍यसले परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ। जुन व्‍यक्तिले खाँदैन, त्‍यसले परमेश्‍वरको आदरको निम्‍ति खाँदैन र परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ।</verse>
				<verse number="7">हामी कोही पनि आफ्‍नै निम्‍ति बाँच्‍दैनौं र कोही पनि आफ्‍नै निम्‍ति मर्दैनौं।</verse>
				<verse number="8">यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं।</verse>
				<verse number="9">चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌।</verse>
				<verse number="10">तिमी किन आफ्‍नो भाइको इन्‍साफ गर्छौ? अथवा तिमी आफ्‍नो भाइलाई किन तुच्‍छ ठान्‍छौ? किनभने हामी सबै परमेश्‍वरका न्‍याय-आसनको सामने खड़ा हुनेछौं।</verse>
				<verse number="11">किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।”</verse>
				<verse number="12">यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।</verse>
				<verse number="13">यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं।</verse>
				<verse number="14">म जान्‍दछु, र प्रभु येशूमा मलाई निश्‍चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्‍यो अशुद्ध ठान्‍छ, त्‍यसको निम्‍ति त्‍यो अशुद्धै हुन्‍छ।</verse>
				<verse number="15">यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌।</verse>
				<verse number="16">यसैकारण तिमीलाई जे असल लाग्‍छ त्‍यसलाई अरूले खराब भन्‍न नदेओ।</verse>
				<verse number="17">किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।</verse>
				<verse number="18">जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।</verse>
				<verse number="19">यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ।</verse>
				<verse number="20">खानेकुराको खातिर परमेश्‍वरको कामलाई नष्‍ट नगर। वास्‍तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।</verse>
				<verse number="21">उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ।</verse>
				<verse number="22">तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।</verse>
				<verse number="23">तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">विश्‍वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।</verse>
				<verse number="2">हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस्‌ भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं।</verse>
				<verse number="3">किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।”</verse>
				<verse number="4">अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।</verse>
				<verse number="5">स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,</verse>
				<verse number="6">कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।</verse>
				<verse number="7">यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।</verse>
				<verse number="8">म तिमीहरूलाई भन्‍दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्‍टि गर्नका निम्‍ति परमेश्‍वरको सत्‍यतालाई प्रकट गर्न ख्रीष्‍ट खतना भएकाहरूको दास बन्‍नुभयो,</verse>
				<verse number="9">यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”</verse>
				<verse number="10">र फेरि यस्‍तो भनिएको छ, “ए अन्‍यजाति हो, उहाँको प्रजासँग आनन्‍द मनाओ।”</verse>
				<verse number="11">र फेरि, “ए सारा अन्‍यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्‌।”</verse>
				<verse number="12">र फेरि यशैया भन्‍दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्‍यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्‍यजातिहरूले आशा राख्‍नेछन्‌।”</verse>
				<verse number="13">आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।</verse>
				<verse number="14">भाइ हो, मलाई निश्‍चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ।</verse>
				<verse number="15">तर परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्‍झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु,</verse>
				<verse number="16">यो अनुग्रह अन्‍यजातिहरूका निम्‍ति परमेश्‍वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्‍य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्‍यजातिहरू पवित्र आत्‍माद्वारा शुद्ध भएर ग्रहणयोग्‍य बलि बन्‍न सकून्‌।</verse>
				<verse number="17">यसकारण परमेश्‍वरको निम्‍ति मेरो सेवामा मलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने कारण छ।</verse>
				<verse number="18">किनभने, वचन र कामले अन्‍यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्‍ने आँट म गर्दिनँ।</verse>
				<verse number="19">यो काम चिन्‍हहरू र आश्‍चर्यकर्महरूको शक्तिले र पवित्र आत्‍माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्‍लुरिकनसम्‍मै चारैतिर ख्रीष्‍टको सुसमाचार सम्‍पूर्ण रूपले प्रचार गरेको छु।</verse>
				<verse number="20">अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्‍टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्‍कट इच्‍छा मैले राखेको छु,</verse>
				<verse number="21">जस्‍तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्‍यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्‍नेछन्, र उहाँको विषयमा जसले कहिल्‍यै सुनेका छैनन्‌ तिनीहरूले बुझ्‍नेछन्‌।”</verse>
				<verse number="22">यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्‍ट रोकिएको छु।</verse>
				<verse number="23">तर अब यी क्षेत्रहरूमा मेरो निम्‍ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्‍णा रहेकोले,</verse>
				<verse number="24">म स्‍पेन जाँदा तिमीहरूलाई भेट्‌ने आशा राख्‍दछु, र तिमीहरूसँग केही समयसम्‍म सङ्गतिको आनन्‍द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्‍ने आशा राख्‍तछु।</verse>
				<verse number="25">तर अब सन्‍तहरूलाई सहायता पुर्‍याउन म यरूशलेमतिर जाँदैछु।</verse>
				<verse number="26">किनकि यरूशलेममा हुने सन्‍तहरूमा जो गरीब छन्, तिनीहरूका निम्‍ति माकेडोनिया र अखैयाका मण्‍डलीहरूले केही भेटी दिएका छन्‌।</verse>
				<verse number="27">यो भेटी यिनीहरूले खुशीसाथ जम्‍मा गरेका थिए, र साँच्‍चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्‌। किनकि यदि अन्‍यजातिहरू तिनीहरूका आत्‍मिक आशिष्‌हरूमा सहभागी भएका छन्‌ भने, यिनीहरूले पनि सांसारिक आशिष्‌हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ।</verse>
				<verse number="28">यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्‍ति उठेको यो चन्‍दा सुम्‍पिसकेपछि म तिमीहरूकहाँ भएर स्‍पेन जानेछु।</verse>
				<verse number="29">र म जान्‍दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्‍टका आशिष्‌को परिपूर्णतामा आउनेछु।</verse>
				<verse number="30">भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र पवित्र आत्‍माको प्रेमद्वारा मेरो निम्‍ति परमेश्‍वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्‍न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु,</verse>
				<verse number="31">कि म यहूदियाका अविश्‍वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्‍ति मेरो सेवा सन्‍तहरूलाई ग्रहणयोग्‍य होस्,</verse>
				<verse number="32">र परमेश्‍वरको इच्‍छाद्वारा आनन्‍दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ।</verse>
				<verse number="33">शान्‍तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून्‌। आमेन।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">किंक्रियामा भएको मण्‍डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।</verse>
				<verse number="2">म तिमीहरूलाई निवेदन गर्दछु कि सन्‍तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्‌।</verse>
				<verse number="3">प्रिस्‍का र अकिलास, ख्रीष्‍ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन।</verse>
				<verse number="4">तिनीहरूले मेरो निम्‍ति आफ्‍ना जीवन सङ्कष्‍टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्‍यजातिका मण्‍डलीहरू जम्‍मैले पनि धन्‍यवाद दिन्‍छन्‌।</verse>
				<verse number="5">तिनीहरूको घरमा भएको मण्‍डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्‍टको निम्‍ति एशियाको पहिलो विश्‍वासी हुन्, अभिवादन देओ।</verse>
				<verse number="6">मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ।</verse>
				<verse number="7">एन्ड्रोनिकस र युनियस, मेरा आफन्‍तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्‍ये प्रख्‍यात छन्, र मभन्‍दा अगाडि ख्रीष्‍टमा भएका थिए।</verse>
				<verse number="8">एम्‍प्‍लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ।</verse>
				<verse number="9">उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्‍ताखुसलाई अभिवादन भनिदेओ।</verse>
				<verse number="10">ख्रीष्‍टको योग्‍य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ। अरिस्‍तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।</verse>
				<verse number="11">मेरा आफन्‍त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।</verse>
				<verse number="12">प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्‍यन्‍तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।</verse>
				<verse number="13">प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।</verse>
				<verse number="14">असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ।</verse>
				<verse number="15">फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्‍पास, र तिनीहरूसँग भएका सबै सन्‍तहरूलाई अभिवादन भनिदेओ।</verse>
				<verse number="16">एउटाले अर्कालाई पवित्र चुम्‍बनले अभिवादन गर। ख्रीष्‍टमा सबै मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="17">भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्‍तको विरुद्धमा फूट र बाधा-विघ्‍‌न सृष्‍टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्‍गै बस।</verse>
				<verse number="18">किनभने यस्‍ताहरूले ख्रीष्‍ट हाम्रा प्रभुको निम्‍ति होइन, तर आफ्‍नै पेटको निम्‍ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्‍छन्‌।</verse>
				<verse number="19">तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्‍द गर्दछु। तर म चाहन्‍छु, कि जे असल छ त्‍यसको निम्‍ति तिमीहरू बुद्धिमान्‌ होओ, र जे खराब छ त्‍यसमा दोषरहित रहो।</verse>
				<verse number="20">शान्‍तिका परमेश्‍वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्‍चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्‌।</verse>
				<verse number="21">तिमोथी मेरा सहकर्मी, र मेरा आफन्‍तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="22">यो चिट्ठी लेख्‍ने, म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु।</verse>
				<verse number="23">मेरा मेजमान र सारा मण्‍डलीलाई सत्‍कार गर्ने गायसले अभिवादन पठाएका छन्‌। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्‍यक्ष इरास्‍तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="24">[हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्‌। आमेन।]</verse>
				<verse number="25">अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्‍नुहुन्‍छ, त्‍यस रहस्‍यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्‍त रहेको थियो,</verse>
				<verse number="26">तर अब अनन्‍तका परमेश्‍वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्‍वास गरून्‌ र आज्ञापालन गरून्‌—</verse>
				<verse number="27">अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस्‌। आमेन।</verse>
			</chapter>
		</book>
		<book number="46">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्‍थेनेसबाट,</verse>
				<verse number="2">कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई जो ख्रीष्‍ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्‍थानमा सन्‍त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्‍टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्‍छ:</verse>
				<verse number="3">परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।</verse>
				<verse number="4">ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएका परमेश्‍वरका अनुग्रहको कारण तिमीहरूका निम्‍ति म परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउँछु।</verse>
				<verse number="5">किनकि हरप्रकारले, अर्थात्‌ सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ—</verse>
				<verse number="6">किनकि ख्रीष्‍टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ—</verse>
				<verse number="7">ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन।</verse>
				<verse number="8">हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा तिमीहरूलाई दोषरहित राख्‍न उहाँले तिमीहरूलाई अन्‍त्‍यसम्‍मै सुदृढ़ राख्‍नुहुनेछ।</verse>
				<verse number="9">परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ।</verse>
				<verse number="10">अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ।</verse>
				<verse number="11">किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने कुरा क्‍लोएका परिवारहरूले मलाई खबर दिएका छन्‌।</verse>
				<verse number="12">मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।</verse>
				<verse number="13">के ख्रीष्‍ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्‍ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्‍तिस्‍मा भयौ र?</verse>
				<verse number="14">म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, कि मैले तिमीहरूमध्‍ये क्रिस्‍पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्‍मा दिएको छैनँ।</verse>
				<verse number="15">यसकारण मेरो नाउँमा बप्‍तिस्‍मा भयौ भनी तिमीहरू कसैले भन्‍न पाउनेछैनौ।</verse>
				<verse number="16">(हो, मैले स्‍तिफनासको परिवारलाई पनि बप्‍तिस्‍मा दिएँ। यस उप्रान्‍त, मैले अरू कसैलाई बप्‍तिस्‍मा दिएँ कि दिइनँ, त्‍यो मलाई थाहा छैन।)</verse>
				<verse number="17">किनभने बप्‍तिस्‍मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्‍टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।</verse>
				<verse number="18">किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो।</verse>
				<verse number="19">किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।”</verse>
				<verse number="20">बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र?</verse>
				<verse number="21">संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो।</verse>
				<verse number="22">किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌।</verse>
				<verse number="23">तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो।</verse>
				<verse number="24">तर ती बोलावट भएकाहरूका निम्‍ति, चाहे यहूदीहरू होऊन्‌ वा ग्रीकहरू होऊन्, ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र बुद्धि हुनुहुन्‍छ।</verse>
				<verse number="25">किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।</verse>
				<verse number="26">किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्‍ता थियौ? सो विचार गर। सांसारिक स्‍तरअनुसार तिमीहरूमध्‍ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ।</verse>
				<verse number="27">तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो।</verse>
				<verse number="28">परमेश्‍वरले संसारका नीच र तुच्‍छ ठहरिएका कुराहरूलाई चुन्‍नुभयो। यहाँसम्‍म कि नगण्‍य कुराहरूलाई पनि चुन्‍नुभयो, यस हेतुले कि जुन कुरा छन्‌ ती व्‍यर्थ ठहरिऊन्,</verse>
				<verse number="29">यसैले कुनै प्राणीले परमेश्‍वरको सामुन्‍ने अहङ्कार नगरोस्‌।</verse>
				<verse number="30">परमेश्‍वर नै ख्रीष्‍ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्‍छ, ख्रीष्‍टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।</verse>
				<verse number="31">यसैले लेखिएको छ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्‌।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ।</verse>
				<verse number="2">किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ।</verse>
				<verse number="3">म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ।</verse>
				<verse number="4">मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो,</verse>
				<verse number="5">ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।</verse>
				<verse number="6">तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ।</verse>
				<verse number="7">तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो।</verse>
				<verse number="8">यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌।</verse>
				<verse number="9">तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।”</verse>
				<verse number="10">परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ।</verse>
				<verse number="11">मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।</verse>
				<verse number="12">अब हामीले संसारको आत्‍मा पाएका छैनौं, तर परमेश्‍वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्‍न सकौं भनेर उहाँबाट पवित्र आत्‍मा पाएका छौं।</verse>
				<verse number="13">जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।</verse>
				<verse number="14">जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ।</verse>
				<verse number="15">आत्‍मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन।</verse>
				<verse number="16">“किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्‍छ?” तर हामीसँग त ख्रीष्‍टको मन छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें।</verse>
				<verse number="2">मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।</verse>
				<verse number="3">तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र?</verse>
				<verse number="4">किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्‍लोसको” भन्‍छ भने, सांसारिक मानिसजस्‍ता भएनौ र?</verse>
				<verse number="5">अपोल्‍लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ।</verse>
				<verse number="6">मैले रोपें, अपोल्‍लोसले पानी हाले, तर परमेश्‍वरले नै बढ़ाउनुभयो।</verse>
				<verse number="7">यसकारण रोप्‍ने केही होइन, न पानी हाल्‍ने केही हो, तर परमेश्‍वर मात्र, जसले वृद्धि दिनुहुन्‍छ।</verse>
				<verse number="8">रोप्‍ने र पानी हाल्‍ने एकै समान हुन्‌। हरेकले आफ्‍ना-आफ्‍नै मेहनतअनुसार आफ्‍नो ज्‍याला पाउनेछ।</verse>
				<verse number="9">किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।</verse>
				<verse number="10">मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌।</verse>
				<verse number="11">किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।</verse>
				<verse number="12">अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,</verse>
				<verse number="13">प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।</verse>
				<verse number="14">यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।</verse>
				<verse number="15">यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।</verse>
				<verse number="16">के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?</verse>
				<verse number="17">यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।</verse>
				<verse number="18">कसैले आफैलाई धोका नदेओस्‌। तिमीहरूमध्‍ये कसैले यस युगमा आफैलाई बुद्धिमान्‌ सम्‍झन्‍छ भने त्‍यो मूर्ख बनोस्, ताकि त्‍यो बुद्धिमान्‌ बन्‍न सकोस्‌।</verse>
				<verse number="19">किनकि संसारको बुद्धि परमेश्‍वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्‍छ।”</verse>
				<verse number="20">र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।”</verse>
				<verse number="21">यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्‌। किनकि सबै थोक तिमीहरूकै हुन्,</verse>
				<verse number="22">चाहे पावल, कि अपोल्‍लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्‍यु, वा वर्तमान, कि भविष्‍य, सबै तिमीहरूकै हुन्,</verse>
				<verse number="23">र तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसरी मानिसले हामीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरका रहस्‍यहरूका भण्‍डारे ठान्‍नुपर्दछ।</verse>
				<verse number="2">त्‍यसबाहेक यो आवश्‍यक छ, कि भण्‍डारेहरू विश्‍वासयोग्‍य ठहरिनुपर्छ।</verse>
				<verse number="3">तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्‍साफ हुनु, यो त मेरो निम्‍ति अति सानो कुरो हो, म आफै पनि आफ्‍नो इन्‍साफ गर्दिनँ।</verse>
				<verse number="4">मेरो आफ्‍नै विरुद्धमा केही छ भन्‍ने मलाई थाहा छैन, तर त्‍यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्‍याय गर्ने त प्रभु नै हुनुहुन्‍छ।</verse>
				<verse number="5">यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ।</verse>
				<verse number="6">भाइ हो, मैले आफ्‍नो र अपोल्‍लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्‍ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्‍त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्‍ये कोही पनि एक अर्काको विरुद्धमा घमण्‍डले नफुल।</verse>
				<verse number="7">किनभने अरूहरूभन्‍दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्‍यो पाएका छौ भने त्‍योचाहिँ वरदान होइनजस्‍तै गरी किन तिमीहरू घमण्‍डले फुल्‍दछौ?</verse>
				<verse number="8">तिमीहरू तृप्‍त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं!</verse>
				<verse number="9">किनभने मलाई यस्तो लाग्दछ परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्‍नुभएकोछ। किनकि संसार, स्‍वर्गदूतहरू र मानिसहरूका निम्‍ति हामी तमाशा भएका छौं।‍</verse>
				<verse number="10">हामी ख्रीष्‍टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्‍टमा बुद्धिमान्‌ छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर।</verse>
				<verse number="11">यस घड़ीसम्‍म हामी भोका र प्‍यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं।</verse>
				<verse number="12">आफ्‍नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्‍छौं। सताइँदा हामी सहन्‍छौं।</verse>
				<verse number="13">हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्‍छौं। अहिलेसम्‍म हामी संसारका फोहोर र पृथ्‍वीका कसिङ्गर बनेका छौं।</verse>
				<verse number="14">तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्‍यारा बालकहरूलाई जस्‍तै अर्ती दिनलाई हो।</verse>
				<verse number="15">किनकि ख्रीष्‍टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्‌। किनकि सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा म तिमीहरूका पिता बनें।</verse>
				<verse number="16">यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु।</verse>
				<verse number="17">यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्‍यारा र विश्‍वासी छोरा हुन्‌। मैले सबै ठाउँमा सारा मण्‍डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्‍तो छ, सो तिनले तिमीहरूलाई सम्‍झना गराउनेछन्‌।</verse>
				<verse number="18">म तिमीहरूकहाँ नआउने भन्‍ठानेर कति जना अहङ्कारी भएका छन्‌।</verse>
				<verse number="19">तर प्रभुको इच्‍छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्‍यसको पत्ता लाउनेछु।</verse>
				<verse number="20">किनकि परमेश्‍वरको राज्‍य कुरामा होइन, तर शक्तिमा हुन्‍छ।</verse>
				<verse number="21">तिमीहरू के इच्‍छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्‍मामा प्रेमसाथ?</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">तिमीहरूका बीचमा व्‍यभिचार छ भन्‍ने कुरा पक्‍का गरी सुनिएको छ, यस्‍तो व्‍यभिचार जो अन्‍यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्‍ये कुनै एक जनाले आफ्‍नै बुबाकी पत्नी राखेको छ भन्‍ने सुनेको छु।</verse>
				<verse number="2">तिमीहरूचाहिँ घमण्‍ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्‍तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ।</verse>
				<verse number="3">म शरीरमा उपस्‍थित नभए पनि आत्‍मामा तिमीहरूसँग छु। म उपस्‍थित भएझैँ गरी यस्‍तो काम गर्नेको न्‍याय मैले गरिसकेको छु।</verse>
				<verse number="4">जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्‍छौ र म आत्‍मामा तिमीहरूसँग उपस्‍थित हुन्‍छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा,</verse>
				<verse number="5">त्‍यस मानिसलाई शैतानकहाँ सुम्‍पिदेओ, ताकि त्‍यसको पापमय स्‍वभाव नाश होस्, अनि प्रभुको दिनमा त्‍यसको आत्‍माचाहिँ बाँचोस्‌।</verse>
				<verse number="6">तिमीहरूको घमण्‍ड ठीक होइन। अलिकता खमिरले जम्‍मै ढिकालाई खमिरा बनाइहाल्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन?</verse>
				<verse number="7">नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।</verse>
				<verse number="8">यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।</verse>
				<verse number="9">मैले मेरो पत्रमा तिमीहरूलाई व्‍यभिचारीहरूको सङ्गत नगर्नू भनेर लेखेको थिएँ।</verse>
				<verse number="10">त्‍यसको अर्थ, यस संसारका व्‍यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्‍किजानुपर्थ्‍यो।</verse>
				<verse number="11">तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।</verse>
				<verse number="12">किनकि बाहिरकाहरूको इन्‍साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्‍डली भित्रकाहरूको न्‍याय गर्नुपर्दैन र?</verse>
				<verse number="13">बाहिरकाहरूको न्‍याय परमेश्‍वरले नै गर्नुहुन्‍छ। “तिमीहरूले आफ्‍नो बीचबाट दुष्‍ट मानिसलाई निकालिदेओ।”</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ?</verse>
				<verse number="2">सन्‍तहरूले संसारको न्‍याय गर्छन्‌ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्‍याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्‍दा साना मुद्दाहरू छिन्‍न के तिमीहरू अयोग्‍य छौ?</verse>
				<verse number="3">के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?</verse>
				<verse number="4">यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌?</verse>
				<verse number="5">तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र?</verse>
				<verse number="6">तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने!</verse>
				<verse number="7">तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु?</verse>
				<verse number="8">तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!</verse>
				<verse number="9">अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,</verse>
				<verse number="10">चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।</verse>
				<verse number="11">तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।</verse>
				<verse number="12">“सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।</verse>
				<verse number="13">“भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।</verse>
				<verse number="14">परमेश्‍वरले आफ्‍नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।</verse>
				<verse number="15">तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!</verse>
				<verse number="16">वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”</verse>
				<verse number="17">तर जो प्रभुसँग एक हुन्‍छ, त्‍यो उहाँसँग आत्‍मामा एउटै हुनेछ।</verse>
				<verse number="18">व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।</verse>
				<verse number="19">तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।</verse>
				<verse number="20">तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।</verse>
				<verse number="2">तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।</verse>
				<verse number="3">पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।</verse>
				<verse number="4">पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।</verse>
				<verse number="5">पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।</verse>
				<verse number="6">यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्‍दछु।</verse>
				<verse number="7">सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।</verse>
				<verse number="8">तर अविवाहित र विधवाहरूलाई म भन्‍दछु, तिनीहरू मजस्‍तै अविवाहित रहे तिनीहरूका निम्‍ति असल हुनेछ।</verse>
				<verse number="9">तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।</verse>
				<verse number="10">अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।</verse>
				<verse number="11">तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।</verse>
				<verse number="12">तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।</verse>
				<verse number="13">यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।</verse>
				<verse number="14">किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।</verse>
				<verse number="15">तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।</verse>
				<verse number="16">हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?</verse>
				<verse number="17">प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।</verse>
				<verse number="18">के कोही मानिसको बोलावट हुँदा त्‍यसको अघिबाटै खतना भइसकेको थियो? त्‍यसो हो भने त्‍यसले बेखतना हुन नखोजोस्‌। के कोही खतना नहुँदै बोलावट भएको छ? त्‍यसो भए त्‍यसले खतना हुन नचाहोस्‌।</verse>
				<verse number="19">खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्‍वरको आज्ञापालन मुख्‍य कुरा हो।</verse>
				<verse number="20">जुन अवस्‍थामा मानिसलाई बोलावट भएको छ, त्‍यसैमा नै हरेक मानिस रहिरहोस्‌।</verse>
				<verse number="21">तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्‍यसको वास्‍ता नगर, तर स्‍वतन्‍त्र हुन सक्‍छौ भने त्‍यसको फाइदा उठाऊ।</verse>
				<verse number="22">किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्‍यो प्रभुको स्‍वतन्‍त्र मानिस भएको छ। त्‍यसै गरी बोलावट भएको समयमा जो मानिस स्‍वतन्‍त्र थियो, त्‍यो ख्रीष्‍टको कमारो भएको छ।</verse>
				<verse number="23">तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।</verse>
				<verse number="24">यसकारण भाइ हो, जसलाई जस्‍तो अवस्‍थामा बोलावट भएको छ, प्रत्‍येक त्‍यही अवस्‍थामा परमेश्‍वरसँग रहिरहोस्‌।</verse>
				<verse number="25">अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु।</verse>
				<verse number="26">वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।</verse>
				<verse number="27">के तिमीले विवाह गरेका छौ? त्‍यसो भए आफ्‍नी पत्‍नीबाट छुट्‌न नखोज। के तिमी अविवाहित छौ? त्‍यसो भए विवाह गर्न नखोज।</verse>
				<verse number="28">तर तिमीले विवाह गर्‍यौ भने पनि त्‍यो पाप होइन। कन्‍याकेटीले विवाह गर्दैमा त्‍यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्‍टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्‍छु।</verse>
				<verse number="29">भाइ हो, मेरो भन्‍ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभएकाहरूजस्‍तै भएर रहून्‌।</verse>
				<verse number="30">शोक गर्नेहरू शोक नगरेकाहरूजस्‍ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्‍ता भएर रहून्‌। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्‍तै रहून्‌।</verse>
				<verse number="31">र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्‍नो केही चासो नभएजस्‍तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।</verse>
				<verse number="32">तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,</verse>
				<verse number="33">तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।</verse>
				<verse number="34">यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।</verse>
				<verse number="35">यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।</verse>
				<verse number="36">यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्‍यासँग अनुचित व्‍यवहार गरेको ठान्‍छ, र यदि त्‍यस कन्‍याको उमेर पनि ढल्‍कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्‍छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।</verse>
				<verse number="37">तर जुन मानिसले आफ्‍नो मन पक्‍का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्‍नो इच्‍छालाई वशमा राख्‍न सक्‍छ, र जसले कन्‍यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्‍तो मानिसले पनि ठीकै गर्दछ।</verse>
				<verse number="38">यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।</verse>
				<verse number="39">पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।</verse>
				<verse number="40">तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">अब मूर्तिहरूलाई चढ़ाएको खानेकुरा बारेमा: हामी जान्‍दछौ, कि हामी सबैसित ज्ञान छ। ज्ञानले घमण्‍ड ल्‍याउँछ, तर प्रेमले उन्‍नति गराउँछ।</verse>
				<verse number="2">यदि कसैले “केही जान्‍दछु” भनी ठान्छ भने, उसले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन।</verse>
				<verse number="3">तर कसैले परमेश्‍वरलाई प्रेम गर्दछ भने त्‍यसलाई परमेश्‍वरले चिन्‍नुहुन्‍छ।</verse>
				<verse number="4">यसकारण मूर्तिहरूलाई चढ़ाएका खानेकुरा खाने विषयमा चाहिँ हामी जान्‍दछौं, कि मूर्तिको कुनै अस्‍तित्‍व नै छैन, र एक परमेश्‍वरबाहेक अरू छैन।</verse>
				<verse number="5">आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवदेवताहरू छन्‌ होला। (साँच्‍चै यस्‍ता धेरै “देवदेवताहरू” र “प्रभुहरू” छन्‌।)</verse>
				<verse number="6">तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।</verse>
				<verse number="7">तापनि सबै मानिसमा त यो ज्ञान हुँदैन। तर कति मानिसहरूलाई मूर्तिपूजाको यति बानी बसेको हुन्‍छ, कि तिनीहरूले यस्‍तो भोजन खाँदा साँच्‍चै मूर्तिलाई चढ़ाएको भनिठान्‍छन्, र तिनीहरूको विवेक दुर्बल भएकोले अशुद्ध बन्‍छ।</verse>
				<verse number="8">तर खानेकुराले हामीलाई परमेश्‍वरको दृष्‍टिमा बढ़ी ग्रहणयोग्‍य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन।</verse>
				<verse number="9">तर होशियार होऔ, तिमीहरूको यो स्‍वतन्‍त्रता दुर्बलहरूका निम्‍ति ठोकरको कारण नबनोस्‌।</verse>
				<verse number="10">किनभने यदि कुनै दुर्बल विवेक भएको मानिसले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्‍दिरमा खान बसेको देख्‍यो भने, मूर्तिलाई चढ़ाएको खानेकुरा खाने त्‍यसले साहस नगर्ला र?</verse>
				<verse number="11">अनि तिम्रो ज्ञानले गर्दा त्‍यो दुर्बल भाइ नष्‍ट हुन्‍छ, जसको निम्‍ति ख्रीष्‍ट मर्नुभयो।</verse>
				<verse number="12">अब यसरी आफ्‍ना भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्‍टको विरुद्धमा पाप गर्दछौ।</verse>
				<verse number="13">यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्‍नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र?</verse>
				<verse number="2">म अरूहरूका निम्‍ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्‍ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।</verse>
				<verse number="3">मेरो विरुद्धमा बोल्‍नेहरूलाई मेरो यही जवाफ छ,</verse>
				<verse number="4">के हामीलाई खाने-पिउने अधिकार छैन?</verse>
				<verse number="5">के अरू प्रेरितहरूजस्‍तै, प्रभुका भाइहरू र केफासलाई जस्‍तै हामीलाई पनि पत्‍नी लिएर हिँड्‌ने अधिकार छैन र?</verse>
				<verse number="6">अथवा के बारनाबास र मलाई मात्र काम नगरिकन नै जीविका चलाउने अधिकार छैन?</verse>
				<verse number="7">आफ्‍नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्‍यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्‍यसको दूध पिउँदैन?</verse>
				<verse number="8">के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? अथवा के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन?</verse>
				<verse number="9">किनभने मोशाको व्‍यवस्‍थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्‍वर चिन्‍तित हुनुहुन्‍छ?</verse>
				<verse number="10">के उहाँले हाम्रो खातिर नै यो भन्‍नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्‍ने र दाइँ गर्नेले अन्‍नको केही हिस्‍सा पाउने आशामा नै जोत्‍छ र दाइँ गर्छ।</verse>
				<verse number="11">यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?</verse>
				<verse number="12">यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन्‌ भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्‍टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्‍छौं।</verse>
				<verse number="13">के तिमीहरूलाई थाहा छैन, कि मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरका थोकहरूबाट खान्‍छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्‍सा लिन्‍छन्‌?</verse>
				<verse number="14">त्‍यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन्‌ भनी प्रभुले आज्ञा दिनुभयो।</verse>
				<verse number="15">तर यी हकहरूमध्‍ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्‍ति यस्‍तै प्रबन्‍ध होस्‌ भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गराउनभन्‍दा बरु म मर्नु असल छ।</verse>
				<verse number="16">किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्‍यसमा मैले घमण्‍ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्‍य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!</verse>
				<verse number="17">किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ।</verse>
				<verse number="18">तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्‌।</verse>
				<verse number="19">किनभने म मानिसहरूबाट स्‍वतन्‍त्र भए तापनि अझ धेरैलाई जित्‍न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्‍याएँ।</verse>
				<verse number="20">यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्‍ति म यहूदीजस्‍तै बनें। व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्‍यवस्‍थाको अधीनमा नभए तापनि व्‍यवस्‍थाको अधीनमा भएकाहरूका निम्‍ति व्‍यवस्‍थाकै अधीनमा रहेजस्‍तै भएँ।</verse>
				<verse number="21">व्‍यवस्‍थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्‍यवस्‍थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें।</verse>
				<verse number="22">दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें।</verse>
				<verse number="23">सुसमाचारका आशिष्‌हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।</verse>
				<verse number="24">के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड।</verse>
				<verse number="25">खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।</verse>
				<verse number="26">यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्‍का हान्‍नेले जस्‍तै म मुक्‍का हान्‍दिनँ।</verse>
				<verse number="27">तर म आफ्‍नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्‍तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्‍य ठहरिनेछु।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्‍छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए।</verse>
				<verse number="2">अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्‍तिस्‍मा पाएका थिए।</verse>
				<verse number="3">सबैले एउटै आत्‍मिक भोजन खाए।</verse>
				<verse number="4">सबैले आत्‍मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्‌ने आत्‍मिक चट्टानको पानी तिनीहरूले पिए र त्‍यो चट्टानचाहिँ ख्रीष्‍ट नै हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="5">तापनि तिनीहरूमध्‍ये धेरैजसोसँग परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्‍ट भए।</verse>
				<verse number="6">उनीहरूले जस्‍तै हामीले खराबीको इच्‍छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्‌।</verse>
				<verse number="7">तिनीहरूमध्‍ये कतिझैँ तिमीहरू मूर्तिपूजक नहोओ। जस्‍तो लेखिएको छ, “मानिसहरू खान र पिउनलाई बसे, अनि नाच्‍नलाई उठे।”</verse>
				<verse number="8">हामी व्‍यभिचारमा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।</verse>
				<verse number="9">हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र सर्पहरूद्वारा नष्‍ट भएका थिए।</verse>
				<verse number="10">हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र विनाशकबाट नष्‍ट भएका थिए।</verse>
				<verse number="11">यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्‍ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्‍त्‍य आइसकेको छ।</verse>
				<verse number="12">यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्‍यो होशियार रहोस्, नत्रता त्‍यो लड्‌नेछ।</verse>
				<verse number="13">मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।</verse>
				<verse number="14">यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।</verse>
				<verse number="15">समझदार मानिसहरूलाई जस्‍तै गरी म भन्‍दैछु, मैले भनेका कुरा तिमीहरू आफै विचार गर।</verse>
				<verse number="16">आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन?</verse>
				<verse number="17">किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्‍छौं।</verse>
				<verse number="18">इस्राएल जातिलाई हेर, बलिदानको बस्‍तु खानेहरू, के वेदीका सहभागी भएनन्‌ र?</verse>
				<verse number="19">म के भन्‍न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र?</verse>
				<verse number="20">त्‍यसो होइन, तर म यही भन्‍न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्‍यो परमेश्‍वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ।</verse>
				<verse number="21">तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्‍दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्‍दैनौ।</verse>
				<verse number="22">के हामीले प्रभुलाई डाही तुल्‍याउने? के हामी उहाँभन्‍दा शक्तिशाली छौं?</verse>
				<verse number="23">“सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्‌।</verse>
				<verse number="24">कसैले पनि आफ्‍नो भलाइ नखोजोस्, तर आफ्‍नो छिमेकीको भलाइ खोजोस्‌।</verse>
				<verse number="25">मासु पसलहरूमा के बेचिन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी त्‍यो खाओ।</verse>
				<verse number="26">किनभने “पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोकहरू सबै परमप्रभुकै हुन्‌।”</verse>
				<verse number="27">कुनै एक अविश्‍वासीले तिमीहरूलाई भोजमा निम्‍तो दिँदा, तिमीलाई जाने इच्‍छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ।</verse>
				<verse number="28">तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्‍यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्‍यो नखाओ।</verse>
				<verse number="29">तिम्रो होइन, तर त्‍यसको विवेकको खातिर। मेरो स्‍वतन्‍त्रताको न्‍याय अर्काको विवेकले किन हुने र?</verse>
				<verse number="30">यदि धन्‍यवाद दिएर म खाँदैछु भने, धन्‍यवाद दिएर खाएको भोजको निम्‍ति किन मेरो निन्‍दा हुने?</verse>
				<verse number="31">यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।</verse>
				<verse number="32">कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌।</verse>
				<verse number="33">जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्‍न राख्‍ने कोसिस गर्दछु, म आफ्‍नै होइन, तर धेरैको हित खोज्‍दछु, ताकि तिनीहरूको उद्धार होस्‌।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।</verse>
				<verse number="2">म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।</verse>
				<verse number="3">तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="4">प्रार्थना गर्दा वा अगमवाणी बोल्‍दा आफ्‍नो शिर ढाक्‍ने मानिसले आफ्‍नो शिरको अपमान गर्दछ।</verse>
				<verse number="5">तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्‍ने स्‍त्रीले आफ्‍नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्‍नो केश खौरेको जस्‍तो हो।</verse>
				<verse number="6">किनकि कुनै स्‍त्रीले शिर ढाक्‍दिन भने बरु तिनले केश काटोस्‌। तर केश काट्‌नु कि खौरनु स्‍त्रीको निम्‍ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्‍टो हालोस्‌।</verse>
				<verse number="7">किनकि पुरुषले आफ्‍नो शिर ढाक्‍नुहुँदैन, किनभने ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो, तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो।</verse>
				<verse number="8">किनकि पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्रीचाहिँ पुरुषबाट बनिएकी हो।</verse>
				<verse number="9">स्‍त्रीको निम्‍ति पुरुष सृष्‍टि भएको होइन, तर स्‍त्री पुरुषको निम्‍ति हो।</verse>
				<verse number="10">यसैकारण र स्‍वर्गदूतहरूका खातिर पनि स्‍त्रीले आफ्‍नो शिर घुम्‍टोले ढाकेको हुनुपर्छ।</verse>
				<verse number="11">तरै पनि प्रभुमा पुरुषबाट स्‍त्री स्‍वतन्‍त्र हुँदिन, न त स्‍त्रीबाट पुरुष नै।</verse>
				<verse number="12">किनकि जसरी पुरुषबाट स्‍त्री बनिई, त्‍यसरी नै पुरुष स्‍त्रीबाट जन्‍मन्‍छ। तर सब थोक परमेश्‍वरबाट नै आउँदछन्‌।</verse>
				<verse number="13">तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्‍वरलाई प्रार्थना गर्न स्‍त्रीलाई सुहाउँछ र?</verse>
				<verse number="14">पुरुषले लामो केश पाल्‍यो भने त्‍यो त्‍यसको निम्‍ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?</verse>
				<verse number="15">तर यदि स्‍त्रीको लामो केश छ भनेता त्‍यो तिनको निम्‍ति गौरव हो। किनकि स्‍त्रीको केश तिनलाई ढाक्‍नलाई दिइएको हो।</verse>
				<verse number="16">तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्‍छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्‍वरका मण्‍डलीहरूको नै छ।</verse>
				<verse number="17">तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्‍यो असलको निम्‍ति हुँदैन, तर त्‍यो अझ खराबीको निम्‍ति हुन्‍छ।</verse>
				<verse number="18">किनकि पहिले त, मण्‍डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्‍छ भन्‍ने म सुन्‍दछु। अनि केही मात्रामा म त्‍यो विश्‍वास पनि गर्दछु।</verse>
				<verse number="19">तिमीहरूमध्‍ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्‍यक नै छ।</verse>
				<verse number="20">जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन।</verse>
				<verse number="21">किनकि खान बस्‍दा हरेकले आफ्‍नो भोजन खान थाल्‍छ, र कोही भोकै रहन्‍छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्‍छ।</verse>
				<verse number="22">के खान र पिउनलाई के तिमीहरूका आ-आफ्‍ना घर छैनन्‌ र? अथवा के तिमीहरू परमेश्‍वरको मण्‍डलीलाई तुच्‍छ ठान्‍छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्‍ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित्‌ तारिफ गर्दिनँ।</verse>
				<verse number="23">किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्‍पी पनि दिएँ, अर्थात्‌ जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो,</verse>
				<verse number="24">र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर।”</verse>
				<verse number="25">त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्‍झनामा यो अक्‍सर गर।”</verse>
				<verse number="26">किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ।</verse>
				<verse number="27">यसकारण जसले अयोग्‍य रीतिले प्रभुको रोटी खान्‍छ, कि प्रभुको कचौराबाट पिउँछ, त्‍यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्‍याएकोमा दोषी ठहरिनेछ।</verse>
				<verse number="28">हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्‍यसले रोटी खाओस्, र कचौराबाट पिओस्‌।</verse>
				<verse number="29">किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ।</verse>
				<verse number="30">यसैकारण तिमीहरूमध्‍ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्‌।</verse>
				<verse number="31">तर हामी साँच्‍चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्‍यायमा पर्नेछैनौं।</verse>
				<verse number="32">तर जब प्रभुले हाम्रो न्‍याय गर्नुहुन्‍छ, तब हामीलाई अनुशासन गर्नुहुन्‍छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं।</verse>
				<verse number="33">यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख।</verse>
				<verse number="34">यदि कोही भोको छ भने त्‍यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्‍डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">भाइ हो, अब आत्‍मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्‍छा छैन।</verse>
				<verse number="2">तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्‍नै नसक्‍ने मूर्तिहरूतिर बहकिएका थियौ।</verse>
				<verse number="3">यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्‍छु, कि परमेश्‍वरका आत्‍माद्वारा बोल्‍ने कसैले “येशू श्रापित होस्‌” भन्‍दैन, अनि पवित्र आत्‍माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्‍छ” भन्‍न सक्‍छ।</verse>
				<verse number="4">वरदानहरू विभिन्‍न किसिमका छन्, तर पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ।</verse>
				<verse number="5">सेवाहरू धेरै थरीका हुन्‍छन्, तर प्रभु एउटै हुनुहुन्‍छ।</verse>
				<verse number="6">कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्‍वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्‍छ।</verse>
				<verse number="7">सबैका हितको लागि नै पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई दिइएको छ।</verse>
				<verse number="8">कसैलाई पवित्र आत्‍माद्वारा बुद्धिका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माअनुसार ज्ञानका कुरा बोल्‍ने,</verse>
				<verse number="9">कसैलाई उनै पवित्र आत्‍माद्वारा विश्‍वास गर्ने, कसैलाई उनै एक पवित्र आत्‍माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्,</verse>
				<verse number="10">कसैलाई आश्‍चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्‍ने, कसैलाई आत्‍माहरू छुट्ट्याउन सक्‍ने, कसैलाई भिन्‍न-भिन्‍न किसिमका भाषाहरू बोल्‍ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।</verse>
				<verse number="11">तर यी सबै उनै एक पवित्र आत्‍माका कामहरू हुन्‌। उहाँले हरेकलाई उहाँको इच्‍छाअनुसार वरदान दिनुहुन्‍छ।</verse>
				<verse number="12">किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ।</verse>
				<verse number="13">किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो।</verse>
				<verse number="14">किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्‍छ।</verse>
				<verse number="15">यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्‍यो भने, के त्‍यो शरीरको अङ्ग हुँदैन र?</verse>
				<verse number="16">र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्‍यो भने, त्‍यो शरीरको अङ्ग हुँदैन र?</verse>
				<verse number="17">यदि जम्‍मै शरीर आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि जम्‍मै शरीर कान हुँदो हो त सुँघ्‍‌ने कहाँबाट?</verse>
				<verse number="18">तर परमेश्‍वरले आफ्‍नो इच्‍छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ।</verse>
				<verse number="19">यदि ती जम्‍मै एउटै अङ्ग हुँदा हुन्‌ त शरीर कहाँ हुने?</verse>
				<verse number="20">तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै।</verse>
				<verse number="21">आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन।</verse>
				<verse number="22">बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्‍छन्‌।</verse>
				<verse number="23">शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्‍छौं, तिनलाई हामी बढ्‌ता आदर दिन्‍छौं। प्रत्‍यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्‍छौं,</verse>
				<verse number="24">प्रत्‍यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्‍यस्‍तो हिफाजत चाहिँदैन। तर परमेश्‍वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ,</verse>
				<verse number="25">ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्‍ति समान वास्‍ता राखून्‌।</verse>
				<verse number="26">यदि एउटा अङ्गलाई कष्‍ट भयो भने सबै अङ्गहरूले सँगै कष्‍ट भोग्‍छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्‍द मनाउँछन्‌।</verse>
				<verse number="27">तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ।</verse>
				<verse number="28">परमेश्‍वरले मण्‍डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्‍चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्‍न भाषा बोल्‍नेहरू नियुक्त गर्नुभएको छ।</verse>
				<verse number="29">के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षक हुन्? के सबै आश्‍चर्यकर्म गर्नेहरू हुन्?</verse>
				<verse number="30">के सबैसँग निको पार्ने वरदानहरू हुन्‍छन्? के सबैले विभिन्‍न भाषा बोल्‍दछन्? के सबैले अर्थ खोल्‍न सक्‍छन्‌ र?</verse>
				<verse number="31">तर अझ उच्‍च वरदानहरूको उत्‍कट इच्‍छा गर। अनि म तिमीहरूलाई झन्‌ उत्तम मार्ग बताउँछु।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।</verse>
				<verse number="2">मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।</verse>
				<verse number="3">यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।</verse>
				<verse number="4">प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।</verse>
				<verse number="5">प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।</verse>
				<verse number="6">प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।</verse>
				<verse number="7">प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।</verse>
				<verse number="8">प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।</verse>
				<verse number="9">हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।</verse>
				<verse number="10">तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।</verse>
				<verse number="11">जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।</verse>
				<verse number="12">अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।</verse>
				<verse number="13">अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्‍नका निम्‍ति।</verse>
				<verse number="2">किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ।</verse>
				<verse number="3">तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।</verse>
				<verse number="4">अन्‍य भाषामा बोल्‍नेले आफ्‍नै आत्‍मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्‍नेले मण्‍डलीको आत्‍मिक वृद्धि गराउँछ।</verse>
				<verse number="5">तिमीहरू सबै अन्‍य भाषा बोल भन्‍ने म चाहन्‍छु, तर त्‍यसभन्‍दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्‍छु। मण्‍डलीको आत्‍मिक वृद्धिको निम्‍ति कसैले अर्थ खोलिदिएन भने, अन्‍य भाषामा बोल्‍नेभन्‍दा अगमवाणी बोल्‍ने श्रेष्‍ठ हो।</verse>
				<verse number="6">भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ?</verse>
				<verse number="7">बाँसुरी वा वीणाजस्‍ता निर्जीव बाजाबाट स्‍पष्‍ट ध्‍वनि निस्‍केन भने, कसले भन्‍न सक्‍छ के बजिरहेछ?</verse>
				<verse number="8">यदि तुरहीले स्‍पष्‍ट ध्‍वनि दिएन भने युद्धको निम्‍ति को तयार हुने?</verse>
				<verse number="9">तिमीहरूसँग पनि यस्‍तै हुन्‍छ। यदि बुझ्‍नै नसकिने शब्‍द तिमीहरू आफ्‍नो जिब्रोले बोल्‍दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्‍ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।</verse>
				<verse number="10">संसारमा शायद धेरै किसिमका भाषाहरू छन्‌। ती कुनै पनि अर्थहीन छैनन्‌।</verse>
				<verse number="11">यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ।</verse>
				<verse number="12">यसरी नै तिमीहरू पनि पवित्र आत्‍माका वरदानहरूका निम्‍ति उत्‍सुक भएका हुनाले मण्‍डलीका निर्माणको काममा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर।</verse>
				<verse number="13">यसकारण अन्‍य भाषामा बोल्‍नेले त्‍यसको अर्थ खोल्‍ने शक्तिको निम्‍ति प्रार्थना गरोस्‌।</verse>
				<verse number="14">किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्‍फल हुन्‍छ।</verse>
				<verse number="15">अब मैले के गर्ने त? म आत्‍माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु।</verse>
				<verse number="16">नत्रता तिमीले आत्‍मामा परमेश्‍वरको प्रशंसा गर्दा बुझ्‍न नसक्‍ने बाहिरको मानिसले तिम्रो धन्‍यवादको प्रार्थनापछि “आमेन” कसरी भन्‍ने? जब कि तिमीले के भनेको सो उसले बुझ्‍दैन।</verse>
				<verse number="17">तिमी त राम्ररी धन्‍यवाद दिन्‍छौ होला, तर त्‍यसले त्‍यो अर्को मानिसको केही आत्‍मिक वृद्धि गर्दैन।</verse>
				<verse number="18">म परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्‍दा बढ़ी म अन्‍य भाषामा बोल्‍दछु।</verse>
				<verse number="19">तापनि मण्‍डलीमा अन्‍य भाषामा दश हजार शब्‍द बोल्‍नुभन्‍दा त बरु आफ्‍नै दिमागले पाँच वटा शब्‍द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्‍न चाहन्‍छु।</verse>
				<verse number="20">भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन।</verse>
				<verse number="21">व्‍यवस्‍थामा लेखिएको छ, “अनौठो भाषा बोल्‍ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्‍नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्‍नेछैनन्, परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
				<verse number="22">यसकारण अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, तर अविश्‍वासीहरूका निम्‍ति चिन्‍ह हो। तर अगमवाणीचाहिँ अविश्‍वासीहरूका निम्‍ति होइन, तर विश्‍वासीहरूका निम्‍ति हो।</verse>
				<verse number="23">यदि जम्‍मै मण्‍डली भेला भएर हरेकले अन्‍य भाषामा बोल्‍यो भने, र विश्‍वास नगर्ने मानिसहरू र नबुझ्‍नेहरू त्‍यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍नेछैनन्‌ र?</verse>
				<verse number="24">तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्‍वासी वा बाहिरको मानिस त्‍यहाँ पस्‍यो भने उसलाई सबैद्वारा आफ्‍नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।</verse>
				<verse number="25">त्‍यसको हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्, र घोप्‍टो परेर त्‍यसले परमेश्‍वरलाई पुज्‍नेछ, र त्‍यसले “परमेश्‍वर तिमीहरूका माझमा हुनुहुन्‍छ” भन्‍ने घोषणा गर्नेछ।</verse>
				<verse number="26">भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्‍य भाषा वा अर्थ खोलाइ हुन्‍छ। यी सबै कुरा आत्‍मिक वृद्धिको निम्‍ति गरिऊन्‌।</verse>
				<verse number="27">कसैले अन्‍य भाषामा बोल्‍छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्‍यसको अर्थ खोलोस्‌।</verse>
				<verse number="28">तर अर्थ खोल्‍ने त्‍यहाँ कोही नभए बोल्‍ने मानिस मण्‍डलीको सभामा चूप रहोस्, र त्‍यो आफैसँग र परमेश्‍वरसँग बोलोस्‌।</verse>
				<verse number="29">अगमवाणी बोल्‍नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्‌।</verse>
				<verse number="30">तर त्‍यहाँ बस्‍ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्‌।</verse>
				<verse number="31">तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्‍न सक्‍छौ, र यसरी नै सबैले सिक्‍न सक्‍छन्‌ अनि सबैले उत्‍साह पाउन सक्‍छन्‌।</verse>
				<verse number="32">अगमवक्ताहरूका आत्‍मा अगमवक्ताहरूकै अधीनमा हुन्‍छन्‌।</verse>
				<verse number="33">किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार,</verse>
				<verse number="34">स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌।</verse>
				<verse number="35">केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो।</verse>
				<verse number="36">के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?</verse>
				<verse number="37">कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌।</verse>
				<verse number="38">तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन।</verse>
				<verse number="39">यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर।</verse>
				<verse number="40">तर सबै काम शिष्‍टतापूर्वक र सुव्‍यवस्‍थित ढङ्गले हुनुपर्छ।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ, र जसमा तिमीहरू स्‍थिर रहन्‍छौ।</verse>
				<verse number="2">यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्‍यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गर्‍यौ।</verse>
				<verse number="3">किनभने मैले जे पाएँ त्‍यसैलाई सबैभन्‍दा मुख्‍य विषयको रूपमा तिमीहरूलाई सुम्‍पिदिएँ, अर्थात्‌ पवित्र धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्‍ति मर्नुभयो।</verse>
				<verse number="4">उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्‍त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।</verse>
				<verse number="5">उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो।</verse>
				<verse number="6">त्‍यसपछि उहाँ एकै समयमा पाँच सयभन्‍दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्‍ये धेरैजसो अहिलेसम्‍म छँदैछन्‌ तर कोही-कोही सुतिसकेका छन्‌।</verse>
				<verse number="7">त्‍यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो।</verse>
				<verse number="8">सबैभन्‍दा अन्‍त्‍यमा असमयमा जन्‍मेको मानिसकहाँ जस्‍तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।</verse>
				<verse number="9">किनकि प्रेरितहरूमध्‍ये म सबैभन्‍दा तुच्‍छ हुँ। म प्रेरित भनिन योग्‍य छैनँ। किनभने मैले परमेश्‍वरको मण्‍डलीलाई खेदो गरें।</verse>
				<verse number="10">तर म जो छु, त्‍यो परमेश्‍वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्‍यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्‍दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्‍वरको अनुग्रहले हो।</verse>
				<verse number="11">यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्‍वास गरेका छौ।</verse>
				<verse number="12">मृतकहरूबाट ख्रीष्‍ट पुनरुत्‍थान हुनुभयो भनी प्रचार गरिन्‍छ भने कसरी तिमीहरूमध्‍ये कसै-कसैले मृतकको पुनरुत्‍थान हुँदैन भनी भन्‍न सक्‍छौ?</verse>
				<verse number="13">तर यदि मृतकहरूको पुनरुत्‍थान हुँदैन भनेता ख्रीष्‍ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।</verse>
				<verse number="14">यदि ख्रीष्‍ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्‍यर्थ हुन्‍छ, र तिमीहरूको विश्‍वास पनि व्‍यर्थ हुन्‍छ।</verse>
				<verse number="15">त्‍यसभन्‍दा बढ़ी हामी परमेश्‍वरको बारे झूटा साक्षीहरू ठहरिन्‍छौं, किनकि उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्‍वरको बारे गवाही दिएका छौं। तर साँच्‍चै मृतकहरूको पुनरुत्‍थान हुँदैन भने उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएन।</verse>
				<verse number="16">किनकि यदि मृतकहरूको पुनरुत्‍थान नहुने भए ता ख्रीष्‍ट पनि मृतकबाट जीवित पारिनुभएन।</verse>
				<verse number="17">ख्रीष्‍ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्‍वास व्‍यर्थ छ, र तिमीहरू अझसम्‍म आफ्‍ना पापमा नै छौ।</verse>
				<verse number="18">तब त ख्रीष्‍टमा सुतिगएकाहरू पनि नष्‍ट भएका छन्‌।</verse>
				<verse number="19">यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्‍दा बढ़ी दयनीय हुन्‍छौं।</verse>
				<verse number="20">वास्‍तवमा ख्रीष्‍ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्‍येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्‍छ।</verse>
				<verse number="21">किनकि जसरी मानिसबाट मृत्‍यु आयो, त्‍यसरी नै मृतकहरूको पुनरुत्‍थान पनि मानिसबाट नै आयो।</verse>
				<verse number="22">किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌।</verse>
				<verse number="23">तर हरेक आ-आफ्‍नै क्रमअनुसार— ख्रीष्‍टचाहिँ अगौटे फल, त्‍यसपछि उहाँको पुनरागमनमा ख्रीष्‍टका आफ्‍नैहरू।</verse>
				<verse number="24">तब अन्‍त्‍य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्‍तियार र शक्ति नष्‍ट पारेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्‍य सुम्‍पिदिनुहुनेछ।</verse>
				<verse number="25">किनकि उहाँले आफ्‍ना सारा शत्रुलाई आफ्‍ना पाउमुनि नपारुञ्‍जेल उहाँले राज्‍य गर्नैपर्छ।</verse>
				<verse number="26">सबैभन्‍दा पछि नष्‍ट पारिने शत्रु मृत्‍यु हो।</verse>
				<verse number="27">“किनभने परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्‍नुभएको छ।” तर यो स्‍पष्‍ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्‍नाले परमेश्‍वर आफै त्‍यस अधीनतामुनि हुनुहुन्‍न, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको हो।</verse>
				<verse number="28">जब सबै कुरा उहाँको अधीनमा ल्‍याइन्‍छन्, तब स्‍वयम्‌ पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्‍नुहुन्‍छ, ताकि परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌।</verse>
				<verse number="29">नत्रता मृतकहरूका निम्‍ति बप्‍तिस्‍मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्‍ति मानिसहरूले किन बप्‍तिस्‍मा लिन्‍छन्?</verse>
				<verse number="30">मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु।</verse>
				<verse number="31">भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्‍न सक्‍तछु, कि प्रतिदिन म मर्दछु।</verse>
				<verse number="32">मान्‍छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्‍छौं!”</verse>
				<verse number="33">भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।</verse>
				<verse number="34">होशमा होओ, अब उप्रान्‍त पाप नगर। किनकि कतिलाई त परमेश्‍वरको ज्ञानै छैन। तिमीहरूलाई लज्‍जित तुल्‍याउनलाई मैले यो भनेको हुँ।</verse>
				<verse number="35">तर कसैले सोध्‍ला “मृतकहरू कसरी पुनर्जीवित हुन्‍छन्, र तिनीहरू कस्‍ता किसिमको शरीर लिएर आउनेछन्‌?”</verse>
				<verse number="36">हे मूर्ख! जे तिमी रोप्‍तछौ त्‍यो नमरिकन सजीव हुँदैन।</verse>
				<verse number="37">जे तिमी रोप्‍तछौ त्‍योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्‍तछौ, चाहे त्‍यो गहूँ, अथवा अरू कुनै किसिमको अन्‍न होस्‌।</verse>
				<verse number="38">तर आफूलाई खुशी लागेबमोजिम परमेश्‍वरले त्‍यसलाई एउटा शरीर दिनुहुन्‍छ, र हरेक किसिमको बीउलाई त्‍यसैको शरीर दिनुहुन्‍छ।</verse>
				<verse number="39">सबै शरीर एकै किसिमका हुँदैनन्‌। मानिसको शरीर एक किसिमको, र जीवजन्‍तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्‍छ।</verse>
				<verse number="40">अनि शरीर पनि स्‍वर्गीय र पार्थिव हुन्‍छन्‌। स्‍वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।</verse>
				<verse number="41">सूर्यको तेज एक किसिमको, चन्‍द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्‍छन्‌। किनभने एउटा तारा अर्को ताराभन्‍दा तेजमा भिन्‍दै हुन्‍छ।</verse>
				<verse number="42">मृतकहरूको पुनरुत्‍थान पनि त्‍यस्‍तै हो। जुन शरीर विनाशमा गाडिन्‍छ, त्‍यो अविनाशमा जीवित हुन्‍छ।</verse>
				<verse number="43">अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ।</verse>
				<verse number="44">प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीर छ भने आत्‍मिक शरीर पनि अवश्‍य हुन्‍छ।</verse>
				<verse number="45">यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो।</verse>
				<verse number="46">पहिलोचाहिँ आत्‍मिक होइन, तर प्राकृतिक हो, र त्‍यसपछि चाहिँ आत्‍मिक हो।</verse>
				<verse number="47">पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो।</verse>
				<verse number="48">माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌।</verse>
				<verse number="49">जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्‍यसरी नै स्‍वर्गका मानिसको रूप धारण गर्नेछौं।</verse>
				<verse number="50">अब भाइ हो, म तिमीहरूलाई यो भन्‍दछु, मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन, न त विनाश अविनाशको हकदार हुन सक्‍छ।</verse>
				<verse number="51">हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,</verse>
				<verse number="52">एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।</verse>
				<verse number="53">किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ।</verse>
				<verse number="54">जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।”</verse>
				<verse number="55">	“ए मृत्‍यु, तेरो विजय कहाँ? ए मृत्‍यु, तेरो खील कहाँ?”</verse>
				<verse number="56">मृत्‍युको खील पाप हो, र पापको शक्ति व्‍यवस्‍था हो।</verse>
				<verse number="57">तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।</verse>
				<verse number="58">यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">अब सन्‍तहरूका निम्‍ति भेटीको विषयमा गलातियाका मण्‍डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू:</verse>
				<verse number="2">प्रत्‍येक हप्‍ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्‍नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्‍मा गर्दै राख्‍नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्‌।</verse>
				<verse number="3">अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचयपत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु।</verse>
				<verse number="4">तर म पनि जान ठीक देखियो भने तिनीहरू मसँग जानेछन्‌।</verse>
				<verse number="5">माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु।</verse>
				<verse number="6">शायद म तिमीहरूकहाँ केही दिन बस्‍नेछु, अथवा हिउँद पनि बिताउनेछु। त्‍यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्‍दोबस्‍त मिलाइदिन सक्‍नेछौ।</verse>
				<verse number="7">यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्‍छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु।</verse>
				<verse number="8">तर पेन्‍तिकोसको चाड़सम्‍म म एफिससमा बस्‍नेछु।</verse>
				<verse number="9">किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्‍ति खोलिएको छ, अनि विरोध गर्नेहरू पनि धेरै छन्‌।</verse>
				<verse number="10">तिमोथी तिमीहरूकहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्‍फिक्री बस्‍न देओ। किनकि तिनले पनि मैले जस्‍तै प्रभुको काम गरिरहेछन्‌।</verse>
				<verse number="11">यसकारण कसैले तिनको अवहेलना नगरोस्‌। तर शान्‍तिसँग तिनलाई आफ्‍नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्‌। किनभने भाइहरूसँग आउँछन्‌ भनी म तिनको प्रतीक्षा गर्दछु।</verse>
				<verse number="12">अब भाइ अपोल्‍लोसको विषयमा मलाई यो भन्‍नु छ, कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निक्‍कै आग्रह गरेथें, तर अहिले आउन तिनलाई बिलकुलै इच्‍छा भएन। तर मौका पाउनासाथ तिनी आउनेछन्‌।</verse>
				<verse number="13">सतर्क रहो, विश्‍वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।</verse>
				<verse number="14">जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌।</verse>
				<verse number="15">भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्‍तिफनासका घराना अखैयामा विश्‍वास गर्नेहरूमा प्रथम हुन्‌। तिनीहरूले सन्‍तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्‌।</verse>
				<verse number="16">यस्‍ताहरू र यस्‍तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु।</verse>
				<verse number="17">स्‍तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्‍दित भएँ, किनकि तिमीहरूको अनुपस्‍थिति तिनीहरूले पूरा गरिदिए।</verse>
				<verse number="18">किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्‍मालाई पनि उत्‍साहित तुल्‍याए। यस्‍ता मानिसहरूको कदर गर।</verse>
				<verse number="19">एशियाका मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। अकिलास र प्रिस्‍काले र तिनीहरूको घरमा भएका मण्‍डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="20">सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। एक-अर्कालाई पवित्र चुम्‍बनले अभिवादन गर।</verse>
				<verse number="21">म पावल, आफ्‍नै हातले यो</verse>
				<verse number="22">अभिवादन लेख्‍दैछु। कसैले प्रभुलाई प्रेम गर्दैन भने त्‍यो श्रापित होस्‌। हे हाम्रा प्रभु, आउनुहोस्‌!</verse>
				<verse number="23">प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग होस्‌।</verse>
				<verse number="24">ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्‌। आमेन।</verse>
			</chapter>
		</book>
		<book number="47">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्‍तहरूलाई:</verse>
				<verse number="2">परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।</verse>
				<verse number="3">हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌।</verse>
				<verse number="4">उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं।</verse>
				<verse number="5">किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं।</verse>
				<verse number="6">हामीले दुःख पायौं भने यो तिमीहरूका सान्‍त्‍वना र उद्धारको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने पनि त्‍यो तिमीहरूका सान्‍त्‍वनाको निम्‍ति हो। हामीले भोगेका त्‍यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्‍यही सान्‍त्‍वना अनुभव गर्छौ।</verse>
				<verse number="7">तिमीहरूका निम्‍ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्‍दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्‍यसरी नै हाम्रो सान्‍त्‍वनामा पनि तिमीहरू सहभागी हुनेछौ।</verse>
				<verse number="8">भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्‍ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं।</verse>
				<verse number="9">हामीलाई त मृत्‍युदण्‍ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्‍वरमाथि हामी भर परौं भनेर यो हुन आयो।</verse>
				<verse number="10">उहाँले हामीलाई यस्‍तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।</verse>
				<verse number="11">तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्‍युत्तरमा हामीलाई प्राप्‍त भएको आशिष्‌को निम्‍ति धेरैले हाम्रा पक्षमा धन्‍यवाद चढ़ाउनेछन्‌।</verse>
				<verse number="12">यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्‍यसको गवाही दिन्‍छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्‍बन्‍धमा हामी पवित्रता र ईश्‍वरीय सत्‍यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहबाट हो।</verse>
				<verse number="13">किनकि तिमीहरूले पढ्‌न र बुझ्‍न नसक्‍ने केही कुरा हामी तिमीहरूलाई लेख्‍दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ,</verse>
				<verse number="14">कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्‍यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्‍पूर्ण प्रकारले बुझ्‍नेछौ, र तिमीहरू हाम्रा निम्‍ति गर्व गर्न सक्‍नेछौ, जसरी हामी तिमीहरूका निम्‍ति गर्व गर्न सक्‍नेछौं।</verse>
				<verse number="15">यो कुराको मलाई निश्‍चय भएको हुनाले, तिमीहरूलाई दोहोरो फाइदा होस्‌ भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्‍छा गरें।</verse>
				<verse number="16">माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्‍यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्‍ने म चाहन्‍थे।</verse>
				<verse number="17">यो गर्न चाहँदा मैले अस्‍थिरता देखाएँ र? के मैले आफ्‍नो योजना बनाउँदा सांसारिक मानिसले जस्‍तो एउटै मुखले “हो” र “होइन” पनि भन्‍ने हुँ र?</verse>
				<verse number="18">परमेश्‍वर विश्‍वासयोग्‍य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन।</verse>
				<verse number="19">किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।</verse>
				<verse number="20">किनकि परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्‍छ। यसैकारण उहाँद्वारा परमेश्‍वरका महिमाको निम्‍ति हामी “आमेन” भन्‍छौं।</verse>
				<verse number="21">तर हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ।</verse>
				<verse number="22">उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।</verse>
				<verse number="23">परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ।</verse>
				<verse number="24">तिमीहरूको विश्‍वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्‍दको निम्‍ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्‍नो विश्‍वासमा तिमीहरू स्‍थिर छौ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तिमीहरूलाई कष्‍ट दिन अर्को पल्‍ट फेरि नआउने नै मैले निश्‍चय गरें।</verse>
				<verse number="2">किनकि मैले तिमीहरूलाई दुःखित तुल्‍याएँ भने मैले दुःखित तुल्‍याएको त्‍यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्‍याउने र?</verse>
				<verse number="3">र मैले जे कुरा लेखें, त्‍यो यस हेतुले लेखें, कि म आउँदा जुन व्‍यक्तिहरूद्वारा मैले आनन्‍द पाउनुपर्नेथियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। किनकि मेरो आनन्‍द तिमीहरू सबैको आनन्‍द हुन्‍छ भन्‍ने मलाई तिमीहरू सबैका बारे भरोसा थियो।</verse>
				<verse number="4">किनभने तिमीहरूलाई दुःखी तुल्‍याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्‍त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें।</verse>
				<verse number="5">तर कसैले दुःखी तुल्‍याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्‍ने हो भने, तिमीहरू सबैलाई केही हदसम्‍म दुःखी तुल्‍याएको छ।</verse>
				<verse number="6">त्‍यस्‍तालाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ।</verse>
				<verse number="7">तर बरु तिमीहरूले त्‍यसलाई क्षमा गर्नु र सान्‍त्‍वना दिनुपर्छ, नत्रता त्‍यो ज्‍यादै शोकमा डुबिजाला।</verse>
				<verse number="8">यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु, कि त्‍यस व्‍यक्तिप्रति आफ्‍नो प्रेम अझ गहिरो पार।</verse>
				<verse number="9">यसैकारणले नै तिमीहरूलाई जाँच्‍न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्‍ने थाहा पाउनका निम्‍ति मैले तिमीहरूलाई लेखेथें।</verse>
				<verse number="10">जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्‍टको उपस्‍थितिमा क्षमा गरेको छु,</verse>
				<verse number="11">ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्‍यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।</verse>
				<verse number="12">ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो,</verse>
				<verse number="13">तर मेरो भाइ तीतसलाई त्‍यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।</verse>
				<verse number="14">तर परमेश्‍वरलाई धन्‍यवाद होस्, उहाँले हामीलाई ख्रीष्‍टमा सधैँ विजयको निम्‍ति डोर्‍याउनुहुन्‍छ, र उहाँको ज्ञानको सुबास्‍ना हामीद्वारा हरेक स्‍थानमा फैलाउनुहुन्‍छ।</verse>
				<verse number="15">किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्‍वरको निम्‍ति ख्रीष्‍टको सुबास्‍ना हौं,</verse>
				<verse number="16">एउटाको निम्‍ति मृत्‍युको दुर्गन्‍ध र अर्काको निम्‍ति जीवनको सुगन्‍ध। यी कुराका निम्‍ति को योग्‍य छ र?</verse>
				<verse number="17">किनकि धेरै मानिसहरूसरह हामी परमेश्‍वरको वचन व्‍यापार गर्ने होइनौं, तर परमेश्‍वरले पठाउनुभएको निष्‍कपट मानिसको रूपमा हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोल्‍दछौं।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">के फेरि हामी आफ्‍नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?</verse>
				<verse number="2">तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्‍न र पढ्‌न सक्‍ने गरी तिमीहरूका हृदयमा लेखिएको छ।</verse>
				<verse number="3">तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्‍टका पत्र हौ, अर्थात्‌ हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्‍माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।</verse>
				<verse number="4">ख्रीष्‍टद्वारा परमेश्‍वरप्रति हाम्रो यस्‍तो भरोसा छ।</verse>
				<verse number="5">कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्‍य छैनौं, तर हाम्रो योग्‍यता परमेश्‍वरबाट आउँछ।</verse>
				<verse number="6">नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्‍यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्‍मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्‍माले जीवन दिनुहुन्‍छ।</verse>
				<verse number="7">तर मृत्‍यु ल्‍याउने व्‍यवस्‍थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्‍यो व्‍यवस्‍था यस्‍तो महिमामय भएर आयो, कि त्‍यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्‍यो तेज हराउँदै जाँदैथियो।</verse>
				<verse number="8">पवित्र आत्‍माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला?</verse>
				<verse number="9">किनभने दोषी ठहराउने व्‍यवस्‍था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्‍यादै बढ़ी महिमामय हुन्‍छ।</verse>
				<verse number="10">किनभने जो एक पल्‍ट महिमामय थियो, अहिले त्‍यसलाई उछिन्‍ने महिमाले गर्दा अब त्‍यो महिमामय रहेन।</verse>
				<verse number="11">किनकि जो बितेर गयो त्‍यो महिमासाथ आएको थियो भने, स्‍थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।</verse>
				<verse number="12">यसकारण हाम्रो यस्‍तो आशा भएकोले हामी अत्‍यन्‍तै साहसी भएका छौं।</verse>
				<verse number="13">हामी मोशाजस्‍तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्‍तिम झलक इस्राएलीहरूले नदेखून्‌ भनेर आफ्‍नो अनुहारमा घुम्‍टो हाल्‍ने गर्थे।</verse>
				<verse number="14">तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्‍मै पुरानो करार पढ्‌दा त्‍यो घुम्‍टो रहिरहन्‍छ, जुन घुम्‍टो ख्रीष्‍टद्वारा मात्र हटाइन्‍छ।</verse>
				<verse number="15">हो, आजसम्‍म पनि मोशाको पुस्‍तक पढ्‌दा तिनीहरूका हृदयमा घुम्‍टो हालिएको हुन्‍छ,</verse>
				<verse number="16">तर जब मानिस प्रभुपट्टि फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ।</verse>
				<verse number="17">अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ।</verse>
				<verse number="18">हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसकारण परमेश्‍वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं।</verse>
				<verse number="2">हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्‍यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्‍वरको वचनलाई हेरफेर गर्न इन्‍कार गर्छौं। तर सत्‍यको वचन खुलस्‍त गरी घोषणा गर्दै परमेश्‍वरको दृष्‍टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्‍य तुल्‍याउँछौं।</verse>
				<verse number="3">हाम्रो सुसमाचार घुम्‍टोले ढाकिएको भए तापनि यो नष्‍ट हुनेहरूका निम्‍ति मात्र घुम्‍टोले ढाकिएको छ।</verse>
				<verse number="4">तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ।</verse>
				<verse number="5">हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनी प्रचार गर्दछौं।</verse>
				<verse number="6">जुन परमेश्‍वरले “अँध्‍यारोबाट ज्‍योति चम्‍कोस्‌” भन्‍नुभयो, उहाँ हाम्रा हृदयमा चम्‍कनुभएको छ, ताकि परमेश्‍वरका महिमाको ज्ञानको ज्‍योति ख्रीष्‍टको मुहारमा चम्‍कोस्‌।</verse>
				<verse number="7">सर्वश्रेष्‍ठ शक्ति हाम्रो होइन तर परमेश्‍वरको हो भनी प्रष्‍ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।</verse>
				<verse number="8">हामी सबैतिरबाट कष्‍टित छौं, तर किचिएका छैनौं। अन्‍योलमा परेका छौं, तर हताश भएका छैनौं।</verse>
				<verse number="9">सताइएका छौं, तापनि त्‍यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्‍ट पारिएका छैनौं।</verse>
				<verse number="10">येशूको जीवन हाम्रा शरीरमा प्रकट होस्‌ भनेर हामी उहाँको मृत्‍यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्‌छौं।</verse>
				<verse number="11">किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्‍युको मुखैमा परिबस्‍छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्‌।</verse>
				<verse number="12">यसरी मृत्‍युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।</verse>
				<verse number="13">“मैले विश्‍वास गरें, यसकारण म बोलें” भन्‍नेकै आत्‍मा हामीमा भएको हुनाले हामी पनि विश्‍वास गर्छौं, र हामी बोल्‍छौं।</verse>
				<verse number="14">हामी जान्‍दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्‍थितिमा ल्‍याउनुहुन्‍छ।</verse>
				<verse number="15">किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्‍दा धेरै मानिसहरूमा फैलिँदैजान्‍छ, त्‍यसरी नै परमेश्‍वरका महिमाको निम्‍ति धन्‍यवाद दिने काम पनि बढ्‌दैजाओस्‌।</verse>
				<verse number="16">यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ।</verse>
				<verse number="17">किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ।</verse>
				<verse number="18">हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।</verse>
				<verse number="2">यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं,</verse>
				<verse number="3">किनभने त्‍यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं।</verse>
				<verse number="4">किनकि यस डेरामा हुँदा चिन्‍ताले हामी सुस्‍केरा हाल्‍छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्‍त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्‍यो जीवनमा समावेश होस्‌।</verse>
				<verse number="5">अब हामीलाई यस कुराको निम्‍ति तयार पारिदिने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।</verse>
				<verse number="6">यसकारण हामीलाई सम्‍पूर्ण भरोसा छ। हामी जान्‍दछौं, कि हामी जबसम्‍म शरीरमा रहन्‍छौं, तबसम्‍म प्रभुबाट अलग हुन्‍छौं।</verse>
				<verse number="7">किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।</verse>
				<verse number="8">हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्‍छौं।</verse>
				<verse number="9">यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ।</verse>
				<verse number="10">किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।</verse>
				<verse number="11">यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्‍वरले जान्‍नुहुन्‍छ, र म आशा गर्दछु, त्‍यो तिमीहरूका विवेकमा पनि प्रष्‍टै होला।</verse>
				<verse number="12">हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌।</verse>
				<verse number="13">यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्‍वरको निम्‍ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्‍ति हो।</verse>
				<verse number="14">ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे।</verse>
				<verse number="15">उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।</verse>
				<verse number="16">यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं।</verse>
				<verse number="17">यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।</verse>
				<verse number="18">यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो,</verse>
				<verse number="19">अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ।</verse>
				<verse number="20">यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ।</verse>
				<verse number="21">किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">परमेश्‍वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्‍ती गर्छौं, कि उहाँको अनुग्रह व्‍यर्थ हुन नदेओ,</verse>
				<verse number="2">किनभने उहाँ भन्‍नुहुन्‍छ, “ग्रहणयोग्‍य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्‍य समय अहिले हो, मुक्तिको दिन अहिले हो।</verse>
				<verse number="3">हाम्रो सेवामा दोष नभेटोस्‌ भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्‍दैनौं,</verse>
				<verse number="4">तर हरतरहले हामी आफैलाई परमेश्‍वरका सेवकहरू हौं भन्‍ने देखाउँछौं— ज्‍यादै सहनशीलतामा, कष्‍टमा, कठिनाइमा, आपद्‌-विपद्‌मा,</verse>
				<verse number="5">कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्‍दा, भोकमा,</verse>
				<verse number="6">शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्‍मामा, साँचो प्रेममा,</verse>
				<verse number="7">सत्‍य बोलीमा र परमेश्‍वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्‍त्र-शस्‍त्र धारण गरेर,</verse>
				<verse number="8">आदरमा र अनादरमा, बदनाम र सुनाममा। हामी ठगाहाझैँ ठानिन्‍छौं, तर हामी साँचा छौं।</verse>
				<verse number="9">अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।</verse>
				<verse number="10">अफसोसी, तापनि सधैँ आनन्‍दित। गरीब, तापनि धेरैलाई धनी तुल्‍याउने। केही नभएजस्‍तो, तापनि सबै थोक भएका।</verse>
				<verse number="11">कोरिन्‍थी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्‍ति खुला छ।</verse>
				<verse number="12">तिमीहरूप्रतिको हाम्रो स्‍नेह कम भएको छैन, बरु तिमीहरूको हामीप्रतिको स्‍नेह पो कम भएको छ।</verse>
				<verse number="13">अब यसको सट्टामा म आफ्‍नै बालकहरूसँग झैँ भन्‍दछु, कि तिमीहरूले पनि आफ्‍ना हृदय खुला राख।</verse>
				<verse number="14">अविश्‍वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्‍छ? अथवा अँध्‍यारोसँग उज्‍यालोको के सहभागिता?</verse>
				<verse number="15">ख्रीष्‍टको बेलिआलसँग के सरोकार? वा विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के समानता?</verse>
				<verse number="16">मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌”</verse>
				<verse number="17">	“यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।</verse>
				<verse number="18">	म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।</verse>
				<verse number="2">हामीलाई तिमीहरूका हृदयमा स्‍थान देओ। हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्‍ट पारेका छैनौं। हामीले कुनै व्‍यक्तिबाट फाइदा उठाएका छैनौं।</verse>
				<verse number="3">तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्‍ति यतिसम्‍म स्‍थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्‍न तयार छौं।</verse>
				<verse number="4">तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्‍त्‍वनाले परिपूर्ण छु। हाम्रा सबै कष्‍टहरूमा म अति आनन्‍दित छु।</verse>
				<verse number="5">किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्‍ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो।</verse>
				<verse number="6">तर उदासीहरूलाई सान्‍त्‍वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्‍त्‍वना दिनुभयो।</verse>
				<verse number="7">तिनको आगमनले मात्र होइन, तर त्‍यस सान्‍त्‍वनाले पनि, जुन सान्‍त्‍वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्‌ने तिमीहरूको ठूलो इच्‍छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्‍ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्‍ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्‍दित भएँ।</verse>
				<verse number="8">मैले आफ्‍नो पत्रबाट तिमीहरूलाई शोकित तुल्‍याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्‍यस पत्रले तिमीहरूलाई थोरै समयको निम्‍ति मात्र भए पनि शोकित तुल्‍यायो।</verse>
				<verse number="9">तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्‍वरीय शोकको अनुभव गर्‍यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्‍सानी सहनुपरेन।</verse>
				<verse number="10">किनभने ईश्‍वरीय शोकले मुक्तिको निम्‍ति पश्‍चात्ताप उत्‍पन्‍न गर्छ, र त्‍यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्‍यु उत्‍पन्‍न गर्छ।</verse>
				<verse number="11">किनकि हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कस्‍तो उत्‍साह उत्‍पन्‍न गराएको छ— आफैलाई निर्दोष तुल्‍याउन तिमीहरूमा कस्‍तो उत्‍सुकता छ, कस्‍तो क्रोध, कस्‍तो भय, कस्‍तो तृष्‍णा, कस्‍तो जोश, न्‍याय होस्‌ भन्‍ने कस्‍तो इच्‍छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।</verse>
				<verse number="12">मैले यो पत्र अन्‍याय गर्ने व्‍यक्तिको कारणले लेखेको होइन, न त अन्‍यायमा पर्ने व्‍यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्‍वरको दृष्‍टिमा हामीप्रति तिमीहरूको उत्‍साह कस्‍तो छ, सो तिमीहरूलाई थाहा होस्‌।</verse>
				<verse number="13">यसैकारण हामीलाई सान्‍त्‍वना मिलेको छ। हामीले पाएको आफ्‍नै सान्‍त्‍वनाबाहेक तीतसको आनन्‍दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्‍ति मिलेको छ।</verse>
				<verse number="14">किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्‍ड गरेको थिएँ भने मलाई त्‍यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्‍य थिए, त्‍यसरी नै तीतसको सामने हामीले गरेका घमण्‍ड पनि सत्‍य ठहरिएको छ।</verse>
				<verse number="15">तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्‍पसाथ तिनलाई गरेको स्‍वागत सम्‍झदा तिनको भित्री स्‍नेह तिमीहरूप्रति झन्‌ बढ़ेर आउँछ।</verse>
				<verse number="16">म रमाउँदछु, किनकि तिमीहरूमाथि मेरो पूरा भरोसा छ।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">भाइ हो, माकेडोनियाका मण्‍डलीहरूमा परमेश्‍वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्‍छौं।</verse>
				<verse number="2">कष्‍टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्‍त आनन्‍द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए।</verse>
				<verse number="3">किनकि म गवाही दिन्‍छु, कि तिनीहरूले आफ्‍नो औकातअनुसार र औकातभन्‍दा बढ़ी पनि आफ्‍नै राजीखुशीले दिए।</verse>
				<verse number="4">तिनीहरूले सन्‍तहरूका सहायताको निम्‍ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्‍ती गरे।</verse>
				<verse number="5">हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्‍वरको इच्‍छाअनुसार हामीलाई दिए।</verse>
				<verse number="6">यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्‍यो असल काम समाप्‍त गरून्‌ भनेर हामीले तिनलाई बिन्‍ती गर्‍यौं।</verse>
				<verse number="7">तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात्‌ विश्‍वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्‍यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्‍त होओ।</verse>
				<verse number="8">मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्‍ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।</verse>
				<verse number="9">किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्‍थ्‍यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।</verse>
				<verse number="10">अब यस विषयमा चाहिँ मेरो सल्‍लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्‍यो गर्ने उत्‍कट इच्‍छा पनि गरेका थियौ, त्‍यसलाई अब पूरा गर्नु तिमीहरूका निम्‍ति असल हुन्‍छ।</verse>
				<verse number="11">इच्‍छा गर्नमा तिमीहरूको जुन तत्‍परता थियो त्‍यसैमुताबिक आफ्‍नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।</verse>
				<verse number="12">किनभने दिने तत्‍परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्‍य हुन्‍छ, नभएअनुसारको होइन।</verse>
				<verse number="13">तिमीहरूलाई भार होस्‌ र अरूलाई हलुका होस्‌ भनेर मैले यो भनेको होइनँ,</verse>
				<verse number="14">तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्‍तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्‍तताले तिमीहरूको अभाव पूरा गरिदेओस्‌। यसरी सबैमा समानता होस्,</verse>
				<verse number="15">जसो लेखिएको छ, “धेरै बटुल्‍नेसित बढ़ी केही रहेन, र कम बटुल्‍नेहरूलाई अभाव भएन।”</verse>
				<verse number="16">तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्‍ति त्‍यही फिक्री राखिदिनुभयो।</verse>
				<verse number="17">किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्‍साही भएर आफ्‍नै इच्‍छाले तिमीहरूकहाँ आउँदैछन्‌।</verse>
				<verse number="18">अनि हामी तिनीसँग त्‍यस भाइलाई पठाउँदैछौं, जो सुसमाचारको प्रचारमा सबै मण्‍डलीका बीचमा प्रख्‍यात छन्‌।</verse>
				<verse number="19">अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्‍ति र हाम्रो सद्‌भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्‍डलीद्वारा तिनी नियुक्त भएका छन्‌।</verse>
				<verse number="20">उदार-चित्तले दिएको यो दान सञ्‍चालन गर्दा त्‍यस विषयमा कसैले हामीलाई दोष नदेओस्‌ भन्‍ने हामी चाहन्‍छौं।</verse>
				<verse number="21">किनकि हामी प्रभुको दृष्‍टिमा मात्र होइन, तर मानिसहरूका दृष्‍टिमा पनि जे आदरणीय छ त्‍यो गर्ने लक्ष्य राख्‍दछौं।</verse>
				<verse number="22">तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्‍ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्‌।</verse>
				<verse number="23">तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्‍डलीहरूका दूतहरू र ख्रीष्‍टका महिमा हुन्‌।</verse>
				<verse number="24">तिमीहरूको प्रेम र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्‍डलीहरूको सामुन्‍ने यी मानिसहरूलाई देओ।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">सन्‍तहरूका निम्‍ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्‍यक छैन।</verse>
				<verse number="2">किनभने म तिमीहरूको तत्‍परता जान्‍दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्‍ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्‍ये धेरैजसोलाई उत्तेजित पारेको छ।</verse>
				<verse number="3">तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्‍यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु।</verse>
				<verse number="4">यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन्‌ भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्‍ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं।</verse>
				<verse number="5">यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्‍ध अघिबाटै मिलाउनका निम्‍ति मभन्‍दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्‍यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्‌।</verse>
				<verse number="6">तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ।</verse>
				<verse number="7">अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।</verse>
				<verse number="8">परमेश्‍वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्‍त मात्रामा दिन सक्‍नुहुन्‍छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्‍त होस्, र हरेक असल कामको निम्‍ति तिमीहरूले प्रशस्‍त मात्रामा दिन सक।</verse>
				<verse number="9">यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्‍छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्‍छ।”</verse>
				<verse number="10">छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्‍यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।</verse>
				<verse number="11">तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ।</verse>
				<verse number="12">यस सेवाको कामले सन्‍तहरूको अभाव पूरा हुन्‍छ। त्‍यति मात्र होइन, परमेश्‍वरप्रति धेरै धन्‍यवादका भावना उर्लेर आउँछन्‌।</verse>
				<verse number="13">सेवाको यस जाँचअन्‍तर्गत तिमीहरूले ख्रीष्‍टको सुसमाचार स्‍वीकार गर्ने आफ्‍नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्‍ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्‍वरको महिमा हुनेछ।</verse>
				<verse number="14">परमेश्‍वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्‍णा गर्छन्, र तिमीहरूका निम्‍ति प्रार्थना गर्छन्‌।</verse>
				<verse number="15">उहाँको वर्णन गर्न नसक्‍ने वरदानको निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद होस्‌।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">म पावल, तिमीहरूका सामने नम्र हुन्‍छु, तर टाढ़ा हुँदा तिमीहरूप्रति साहसी हुन्‍छु! ख्रीष्‍टको नम्रता र कोमलताद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु।</verse>
				<verse number="2">म तिमीहरूलाई बिन्‍ती गर्छु, कि तिमीहरूकहाँ आउँदा मैले देखाउन सोचेको त्‍यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, जुनहरूले हामी सांसारिक तरीकाले काम गर्छौं भन्‍ने शङ्का गर्छन्‌।</verse>
				<verse number="3">किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्‌दैनौं।</verse>
				<verse number="4">किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ।</verse>
				<verse number="5">परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।</verse>
				<verse number="6">तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्‍ड दिन हामी तयार बस्‍नेछौं।</verse>
				<verse number="7">तिमीहरू आँखाकै सामुन्‍ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्‍यो ख्रीष्‍टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्‍तो त्‍यो ख्रीष्‍टको हो, हामी पनि ख्रीष्‍टका नै हौं।</verse>
				<verse number="8">किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्‍यादै नै घमण्‍ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्‍ति होइन, तर तिमीहरूका सुधारको निम्‍ति प्रभुले दिनुभएको छ।</verse>
				<verse number="9">मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्‍ने नठान।</verse>
				<verse number="10">किनकि तिनीहरू भन्‍छन्, “त्‍यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्‍छन्, तर त्‍यो आफै उपस्‍थित हुँदाचाहिँ त्‍यो कमजोर हुन्‍छ र त्‍यसको वचनको केही महत्त्व नै हुँदैन।”</verse>
				<verse number="11">त्‍यस्‍ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्‍नो अनुपस्‍थितिमा पत्रहरूद्वारा जे भन्‍छौं, उपस्‍थित हुँदा पनि सोही काम गर्छौं।</verse>
				<verse number="12">आफ्‍नो तारीफ आफैले गर्ने कुनै-कुनै व्‍यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्‍न, अथवा आफैलाई तिनीहरूसँग दाँज्‍न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्‍दा तिनीहरू बेसमझका हुन्‍छन्‌।</verse>
				<verse number="13">हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्‍मै पुग्‍नका निम्‍ति परमेश्‍वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं।</verse>
				<verse number="14">तिमीहरूकहाँ आउँदै नआएजस्‍तो हामी बढ़ाइचढ़ाइ घमण्‍ड गर्दैनौं, किनभने ख्रीष्‍टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्‍ने हामी नै थियौं।</verse>
				<verse number="15">हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्‍वास बढ्‌दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन्‌ बढ्‌दैजानेछ,</verse>
				<verse number="16">ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्‍ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं।</verse>
				<verse number="17">“घमण्‍ड गर्नेले परमप्रभुमा घमण्‍ड गरोस्‌।”</verse>
				<verse number="18">किनकि आफ्‍नो तारीफ आफै गर्ने मानिस स्‍वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्‍वीकार गरिनेछ।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ!</verse>
				<verse number="2">ईश्‍वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्‍तुत गर्न मैले ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ।</verse>
				<verse number="3">तर जसरी सर्पले आफ्‍नो चलाकीले हव्‍वालाई छल्‍यो, त्‍यसरी नै ख्रीष्‍टप्रतिका तिमीहरूको निष्‍कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन्‌ कि भनेर मलाई डर लागेको छ।</verse>
				<verse number="4">किनकि यदि कुनै व्‍यक्ति आएर हामीले प्रचार गरेका भन्‍दा अर्कै येशूलाई प्रचार गर्‍यो भने, अथवा तिमीहरूले पाएका आत्‍माभन्‍दा अर्कै आत्‍मा तिमीहरूले ग्रहण गर्‍यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्‍दा अर्कै कुनै सुसमाचार ग्रहण गर्‍यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्‍दारहेछौ।</verse>
				<verse number="5">कुनै कुरामा म ती सर्वोच्‍च प्रेरितहरूभन्‍दा कत्ति पनि कम छैन।</verse>
				<verse number="6">म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं।</verse>
				<verse number="7">आफूलाई होच्‍याएर तिमीहरूलाई चाहिँ उच्‍च पारूँ भनी परमेश्‍वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त?</verse>
				<verse number="8">तिमीहरूको सेवा गर्न अरू मण्‍डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्‍डलीहरूलाई लुटें।</verse>
				<verse number="9">तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्‍नेछु।</verse>
				<verse number="10">ख्रीष्‍टको सत्‍यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्‍न सक्‍नेछैन।</verse>
				<verse number="11">किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो र? परमेश्‍वर जान्‍नुहुन्‍छ, कि म तिमीहरूलाई प्रेम गर्छु!</verse>
				<verse number="12">म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्‌न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्‍छन्‌।</verse>
				<verse number="13">किनकि त्‍यस्‍ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्‍टका प्रेरितहरूको भेष लगाएर हिँड्‌नेहरू मात्र हुन्‌।</verse>
				<verse number="14">र यो कुनै अचम्‍मको कुरा होइन, किनकि शैतानले पनि ज्‍योतिर्मय स्‍वर्गदूतहरूको भेष धारण गर्छ।</verse>
				<verse number="15">यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्‍यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्‍नो भेष बद्‌लन्‍छन्‌। तिनीहरूको अन्‍त्‍य तिनीहरूका कामअनुसार हुन्‍छ।</verse>
				<verse number="16">म फेरि भन्‍दछु, कुनै मानिसले मलाई मूर्ख नसम्‍झोस्‌। तर तिमीहरू त्‍यस्‍तो सम्‍झन्‍छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म पनि केही घमण्‍ड गर्न सकूँ।</verse>
				<verse number="17">मेरो यस घमण्‍डको निश्‍चयमा, म प्रभुको अधिकारमा होइन, तर मूर्खझैँ बोलिरहेछु।</verse>
				<verse number="18">धेरैले सांसारिक कुराहरूमा घमण्‍ड गरेका हुनाले म पनि घमण्‍ड गर्दछु।</verse>
				<verse number="19">तिमीहरू आफै यति बुद्धिमान्‌ भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ।</verse>
				<verse number="20">किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्‍याउँछ, वा तिमीहरूलाई आफ्‍नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्‍पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ।</verse>
				<verse number="21">म लज्‍जित भएर स्‍वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्‍ड गर्छ भने, म पनि ती कुरामा घमण्‍ड गर्छु। हो, म मूर्खझैँ बोल्‍दैछु।</verse>
				<verse number="22">के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्‍तान हुन्? म पनि हुँ।</verse>
				<verse number="23">के तिनीहरू ख्रीष्‍टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्‍यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्‍ट परें। अनगिन्‍ती कोर्रा खाएँ। मृत्‍युको मुखमा बारम्‍बार परें।</verse>
				<verse number="24">पाँच पल्‍ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ।</verse>
				<verse number="25">तीन पल्‍ट मलाई लौराले पिटे। एक पल्‍ट ढुङ्गाले हाने। तीन पल्‍ट म चढ़ेको जहाज ध्‍वस्‍त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु।</verse>
				<verse number="26">मेरो बारम्‍बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्‍नै जातिका मानिसहरूका जोखिममा, अन्‍यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्‍थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा।</verse>
				<verse number="27">परिश्रममा र कष्‍टमा, कति-कति अनिदो रातमा, भोक र प्‍यासमा, बारम्‍बार उपवासमा, ठन्‍डी र नग्‍नतामा परें।</verse>
				<verse number="28">अनि अरू कुराहरूबाहेक सबै मण्‍डलीहरूका फिक्रीको बोझ ममाथि छ।</verse>
				<verse number="29">को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्‍याकुल हुँदिनँ?</verse>
				<verse number="30">मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्‍नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।</verse>
				<verse number="31">प्रभु येशूका परमेश्‍वर र पिता, जो सदासर्वदा धन्‍य हुनुहुन्‍छ, उहाँले जान्‍नुहुन्‍छ, कि म ढाँट्‌दिनँ।</verse>
				<verse number="32">दमस्‍कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्‍कस सहरमा पहरा राखेका थिए।</verse>
				<verse number="33">तर पर्खालको एउटा झ्‍यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्‍कें।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">मैले गर्व गर्नैपर्छ। तर यसबाट लाभ केही नभए तापनि, प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूका कुरा म गरिरहेछु।</verse>
				<verse number="2">ख्रीष्‍टमा म एक जना मानिसलाई चिन्‍दछु, जो चौध वर्षअघि तेस्रो स्‍वर्गसम्‍म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्‍दिनँ, परमेश्‍वर जान्‍नुहुन्‍छ।</verse>
				<verse number="3">म यस मानिसलाई चिन्‍दछु, शरीरमा हो कि विनाशरीरमा, त्‍यो मलाई थाहा छैन, तर त्‍यो मानिस स्‍वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्‍वर जान्‍नुहुन्‍छ।</verse>
				<verse number="4">र त्‍यहाँ बताउनु नहुने कुराहरू उसले सुन्‍यो, जुनचाहिँ मानिसले उच्‍चारणसम्‍म पनि गर्नुहुँदैन।</verse>
				<verse number="5">यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्‍नै पक्षमा भने मेरो कमजोरीबाहेक अरू कुरामा म गर्व गर्नेछैनँ।</verse>
				<verse number="6">यदि मैले गर्व गर्ने इच्‍छा नै गरे भने पनि म मूर्ख बन्‍नेछैनँ, किनकि म सत्‍य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्‍दा बढ़ी कसैले मलाई नठानोस्‌ भनेर म गर्व गर्नदेखि थामिन्‍छु।</verse>
				<verse number="7">तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो।</verse>
				<verse number="8">यो मबाट हटोस्‌ भनेर मैले तीन पल्‍ट प्रभुसित बिन्‍ती गरें।</verse>
				<verse number="9">तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।</verse>
				<verse number="10">यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।</verse>
				<verse number="11">म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्‍च प्रेरितहरूभन्‍दा म तुच्‍छ छैनँ।</verse>
				<verse number="12">साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्‍हहरू, चमत्‍कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए।</verse>
				<verse number="13">अरू सबै मण्‍डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्‍ति बोझ बनिनँ।</verse>
				<verse number="14">अब तेस्रो पल्‍ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्‍ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्‍पत्ति होइन तर तिमीहरूलाई नै चाहन्‍छु। किनभने आमा-बुबाको निम्‍ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्‍ति पो आमा-बुबाले सञ्‍चय गर्नुपर्छ।</verse>
				<verse number="15">म तिमीहरूका निम्‍ति ज्‍यादै खुशीसाथ खर्च गर्नेछु, र स्‍वयम्‌ आफै पनि खर्चनेछु। यदि मैले तिमीहरूलाई बढ़ी प्रेम गरें भने, के मैले चाहिँ कम्‍ती प्रेम पाउने?</verse>
				<verse number="16">मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठीकै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्‍छौ।</verse>
				<verse number="17">मैले तिमीहरूकहाँ पठाएकाहरूमध्‍येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथें र?</verse>
				<verse number="18">मैले तीतसलाई जान भनी आग्रह गरें, र त्‍यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्‍माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?</verse>
				<verse number="19">के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्‍जेल तिमीहरूका सामु हामी आफ्‍नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्‍ति हो।</verse>
				<verse number="20">किनभने म आउँदा मैले इच्‍छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्‍छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्‍ने मलाई डर लागेको छ। शायद त्‍यहाँ झगड़ा, डाह, क्रोध, स्‍वार्थ, बदख्‍वाइँ, निन्‍दो-चर्चो, अभिमान र गोलमाल हुन्‍छ होला।</verse>
				<verse number="21">मलाई डर लाग्‍छ, कि म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याइदिनुहुनेछ, र धेरै जनाका निम्‍ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्‍यभिचार र छाडापनबाट पश्‍चात्ताप गरेका छैनन्‌ होला।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">तेस्रो पल्‍ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।</verse>
				<verse number="2">दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्‍तै अब अनुपस्‍थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्‌नेछैनँ—</verse>
				<verse number="3">किनकि ख्रीष्‍ट ममा बोल्‍नुहुन्‍छ भन्‍ने प्रमाण तिमीहरू चाहन्‍छौ। तिमीहरूसँगको व्‍यवहारमा उहाँ दुर्बल हुनुहुन्‍न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्‍छ।</verse>
				<verse number="4">किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्‍वरको शक्तिमा उहाँ जीवित हुनुहुन्‍छ। यसरी हामी उहाँसँग दुर्बल हुन्‍छौं, तर तिमीहरूसँगको हाम्रो व्‍यवहारमा परमेश्‍वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं।</verse>
				<verse number="5">तिमीहरू विश्‍वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भन्‍ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!</verse>
				<verse number="6">म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्‍ने तिमीहरू थाहा पाउनेछौ।</verse>
				<verse number="7">तर हामी परमेश्‍वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्‍तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्‍तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर।</verse>
				<verse number="8">किनकि हामी सत्‍यको विरुद्धमा केही गर्न सक्‍दैनौं, केवल सत्‍यको निम्‍ति मात्र गर्न सक्‍छौं।</verse>
				<verse number="9">किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्‍दित हुन्‍छौं। तिमीहरूका प्रगतिको निम्‍ति नै हामी प्रार्थना गर्छौं।</verse>
				<verse number="10">तिमीहरूबाट अलग हुँदा म यो लेख्‍दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्‌। त्‍यो त उहाँले बनाउनका निम्‍ति दिनुभएको हो, भत्‍काउनका निम्‍ति होइन।</verse>
				<verse number="11">अन्‍त्‍यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्‍त्‍वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्‍तिमा रहो, र प्रिय र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।</verse>
				<verse number="12">एउटाले अर्कोलाई पवित्र चुम्‍बनले अभिवादन गर।</verse>
				<verse number="13">सबै सन्‍तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="14">प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको सङ्गति तिमीहरू सबैसँग रहून्‌।</verse>
			</chapter>
		</book>
		<book number="48">
			<chapter number="1">
				<verse number="1">पावल ख्रीष्‍टको एक प्रेरित, जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिता, जसले उहाँलाई मृत्‍युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ,</verse>
				<verse number="2">म र मसँग हुने सबै भाइहरूबाट, गलातियाका मण्‍डलीहरूलाई:</verse>
				<verse number="3">परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।</verse>
				<verse number="4">हाम्रा परमेश्‍वर र पिताको इच्‍छाअनुसार उहाँले यस वर्तमान दुष्‍ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्‍ति आफैलाई अर्पण गर्नुभयो।</verse>
				<verse number="5">परमेश्‍वरलाई सदासर्वदा महिमा भइरहोस्‌। आमेन।</verse>
				<verse number="6">मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ।</verse>
				<verse number="7">वास्‍तवमा अर्को सुसमाचार छैन, तर यस्‍ता कोहीकोही छन्, जसले ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्‍छन्‌।</verse>
				<verse number="8">हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌।</verse>
				<verse number="9">हामीले अघिदेखि नै भनेजस्‍तै म फेरि अहिले पनि भन्‍दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्‍यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्‍यो श्रापित होस्‌।</verse>
				<verse number="10">के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।</verse>
				<verse number="11">भाइ हो, तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन।</verse>
				<verse number="12">किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ।</verse>
				<verse number="13">यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई भयानक रूपले सताएँ, र त्‍यसलाई नाश गर्न खोजें।</verse>
				<verse number="14">हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्‍परामा म ज्‍यादै जोशिलो थिएँ।</verse>
				<verse number="15">तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई,</verse>
				<verse number="16">जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,</verse>
				<verse number="17">न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ।</verse>
				<verse number="18">तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें।</verse>
				<verse number="19">तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ।</verse>
				<verse number="20">परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्‍छु, कि म जे लेख्‍तछु त्‍यो झूटो होइन।</verse>
				<verse number="21">त्‍यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ।</verse>
				<verse number="22">त्‍यतिञ्‍जेल यहूदियाका ख्रीष्‍टका मण्‍डलीहरूले मेरो मुख देखेका थिएनन्‌।</verse>
				<verse number="23">तिनीहरूले यतिसम्‍म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्‍वास नाश गर्न खोजेको थियो, अहिले त्‍यसले त्‍यही विश्‍वास प्रचार गरिरहेछ।”</verse>
				<verse number="24">तिनीहरूले मेरो कारण परमेश्‍वरलाई महिमा दिए।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">चौध वर्षपछि बारनाबाससँग तीतसलाई साथमा लिई म फेरि यरूशलेम गएँ।</verse>
				<verse number="2">ईश्‍वरीय प्रकाश पाएअनुसार म गएँ, र तिनीहरूका सामुन्‍ने त्‍यही सुसमाचार राखेँ, जो म अन्‍यजातिहरूलाई प्रचार गर्दछु। तर अगुवाझैँ देखा पर्नेहरूका सामुन्‍ने मैले यो एकान्‍तमा प्रस्‍तुत गरें, ताकि मैले जो दौड दौडें वा दौडिरहेको छु, त्‍यो व्‍यर्थ नहोस्‌।</verse>
				<verse number="3">तर मेरो साथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लाएन।</verse>
				<verse number="4">खतनाको यो कुरा उठ्यो, किनकि कति झूटा भाइहरू हाम्रो दलभित्र गुप्‍त रूपले पसिकन ख्रीष्‍टमा भएको हाम्रो स्‍वतन्‍त्रताको चेवा गरी हामीलाई बन्‍धनमा ल्‍याउन चाहन्‍थे।</verse>
				<verse number="5">सुसमाचारको सत्‍यता तिमीहरूका लागि सुरक्षित रहोस्‌ भनेर तिनीहरूका सामुन्‍ने हामी एकै पलका निम्‍ति पनि झुकेनौं।</verse>
				<verse number="6">प्रतिष्‍ठित देखा पर्ने व्‍यक्तिहरू जो थिए— र तिनीहरू जस्‍ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्‍वरले मानिसको पनपक्ष गर्नुहुन्‍न— यिनीहरूले मेरो सन्‍देशमा केही थपिदिएनन्‌।</verse>
				<verse number="7">तर झन्‌ उल्‍टो, तिनीहरूले देखे, कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिइएको थियो।</verse>
				<verse number="8">परमेश्‍वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्‍यजातिहरूका बीचमा काम गर्नुभयो।</verse>
				<verse number="9">याकूब, केफास र यूहन्‍ना, जो मण्‍डलीका खम्‍बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्‍यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्‍ने निश्‍चय गरे।</verse>
				<verse number="10">केवल उनीहरूको यही इच्‍छा थियो, कि गरीबमाथि हाम्रो सम्‍झना रहोस्‌। त्‍यसो गर्न म पनि उत्‍सुक थिएँ।</verse>
				<verse number="11">तर जब केफास एन्‍टिओखियामा आए, तब मैले उनलाई खुल्‍लमखुल्‍ला विरोध गरें। किनकि उनी दोषी थिए।</verse>
				<verse number="12">याकूबले पठाएका मानिसहरू आउनभन्‍दा अघि उनले अन्‍यजातिहरूका साथमा खाने गर्दथे। तर जब तिनीहरू आइपुगे तब उनी अन्‍यजातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए।</verse>
				<verse number="13">अरू बाँकी यहूदीहरूले पनि त्‍यस्‍तै कपटपूर्ण काम गरे। यहाँसम्‍म, कि तिनीहरूको कपटपूर्ण व्‍यवहारले गर्दा बारनाबास पनि भड्‌केर गए।</verse>
				<verse number="14">तर जब सुसमाचारको सत्‍यताबमोजिम तिनीहरू नचलेका मैले देखें, तब तिनीहरू सबैका सामुन्‍ने मैले केफासलाई भनें, “तपाईं यहूदी भईकन यहूदीजस्‍तो नभई अन्‍यजातिहरूजस्‍तै चल्‍नुहुन्‍छ भने, अन्‍यजातिहरूलाई यहूदीजस्‍तै जिउन कसरी कर लाउनुहुन्‍छ?”</verse>
				<verse number="15">हामी जन्‍मैका यहूदी हौं, र अन्‍यजाति जस्‍तै पापी होइनौं,</verse>
				<verse number="16">र पनि हामी जान्‍दछौं, व्‍यवस्‍थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्‍टमाथिको विश्‍वासद्वारा धर्मी ठहरिन्‍छ। यसकारण हामीले पनि हाम्रो विश्‍वास ख्रीष्‍ट येशूमा राख्‍यौं, ताकि हामी व्‍यवस्‍थाका कामद्वारा होइन तर ख्रीष्‍टमा राखिएको विश्‍वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्‍यवस्‍थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन।</verse>
				<verse number="17">तर यदि ख्रीष्‍टमा धर्मी ठहरिने प्रयत्‍न गर्दा हामी पापी भेट्टाइन्‍छौं भने, ख्रीष्‍टले पापलाई प्रोत्‍साहन दिनुहुन्‍छ त? कदापि होइन।</verse>
				<verse number="18">किनकि आफैले भत्‍काएको कुरा मैले फेरि बनाएँ भने, आफैले आफैलाई म अपराधी हुँ भन्‍ने साबित गर्छु।</verse>
				<verse number="19">किनकि परमेश्‍वरको निम्‍ति म जिउन सकूँ भनेर व्‍यवस्‍थाद्वारा व्‍यवस्‍थाको लेखि म मरेको छु।</verse>
				<verse number="20">म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।</verse>
				<verse number="21">परमेश्‍वरको अनुग्रह म पन्‍साउँदिनँ, किनकि व्‍यवस्‍थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्‍ट व्‍यर्थैमा मर्नुभयो।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्‍यो? तिमीहरूका आँखाकै सामुन्‍ने येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको कुरा स्‍पष्‍ट रूपले वर्णन गरिएको थियो।</verse>
				<verse number="2">यति मात्र म तिमीहरूलाई सोध्‍न चाहन्‍छु, तिमीहरूले पवित्र आत्‍मालाई व्‍यवस्‍थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्‍वास गरेर?</verse>
				<verse number="3">के तिमीहरू यति मूर्ख छौ, कि आत्‍मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ?</verse>
				<verse number="4">के यतिका दुःख तिमीहरूले व्‍यर्थमा भोग्‍यौ त?— यदि यो साँच्‍चै व्‍यर्थमा भयो भनेता।</verse>
				<verse number="5">जसले तिमीहरूलाई पवित्र आत्‍मा दिनुहुन्‍छ, र तिमीहरूका माझ आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ, के यो सबै उहाँले व्‍यवस्‍थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्‍वास गरेको कारणले हो?</verse>
				<verse number="6">अब्राहामलाई नै हेर, “उनले परमेश्‍वरमा विश्‍वास गरेथे, र यो उनको निम्‍ति धार्मिकता गनिएको थियो।”</verse>
				<verse number="7">यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्‍वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्‍तान हुन्‌।</verse>
				<verse number="8">परमेश्‍वरले अन्‍यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ भन्‍ने धर्मशास्‍त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष्‌ पाउनेछन्‌” भन्‍ने सुसमाचार अघिबाटै सुनायो।</verse>
				<verse number="9">यसकारण विश्‍वास गर्ने मानिसहरूले विश्‍वासी अब्राहामसँगै आशिष्‌ पाएका छन्‌।</verse>
				<verse number="10">व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।”</verse>
				<verse number="11">परमेश्‍वरको दृष्‍टिमा व्‍यवस्‍थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रत्‍यक्ष छ। किनभने “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”</verse>
				<verse number="12">व्‍यवस्‍थाचाहिँ विश्‍वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्‍यो तिनैद्वारा जिउनेछ।”</verse>
				<verse number="13">हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ।</verse>
				<verse number="14">उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष्‌ ख्रीष्‍ट येशूद्वारा अन्‍यजातिहरूमा आओस्, र हामी विश्‍वासद्वारा प्रतिज्ञाका पवित्र आत्‍मा प्राप्‍त गर्न सकौं।</verse>
				<verse number="15">भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्‍का भइसकेपछि मानिसले बनाएको इच्‍छापत्र कसैले रद्द गर्न सक्‍दैन, न त त्‍यसमा केही थप्‍न सक्‍छ।</verse>
				<verse number="16">प्रतिज्ञाहरू अब्राहाम र उनको सन्‍तानलाई दिइएका थिए। धर्मशास्‍त्रले “सन्‍तानहरूलाई” भन्‍दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्‍छ। तर धर्मशास्‍त्रले “तिम्रो सन्‍तानलाई” भन्‍छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्‍छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ।</verse>
				<verse number="17">मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्‍यवस्‍थाले त्‍यसभन्‍दा अघि परमेश्‍वरले पक्‍का गर्नुभएको करारलाई काट्‌दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो।</verse>
				<verse number="18">किनकि उत्तराधिकार व्‍यवस्‍थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्‍वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो।</verse>
				<verse number="19">तब व्‍यवस्‍थाको आवश्‍यकता किन पर्‍यो त? जुन सन्‍तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्‍जेल अपराधको कारणले व्‍यवस्‍था थपियो। अनि एक जना मध्‍यस्‍थले स्‍वर्गदूतहरूद्वारा व्‍यवस्‍थाको स्‍थापना गर्‍यो।</verse>
				<verse number="20">एउटैको मात्र मध्‍यस्‍थ हुँदैन, तर परमेश्‍वर एउटै हुनुहुन्‍छ।</verse>
				<verse number="21">तब के व्‍यवस्‍था परमेश्‍वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्‍ने व्‍यवस्‍था दिइएको भए, धार्मिकता साँच्‍चै व्‍यवस्‍थाबाट हुनेथियो।</verse>
				<verse number="22">तर धर्मशास्‍त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्‍टमाथि विश्‍वासद्वारा दिइएको थियो, त्‍यो विश्‍वास गर्नेहरूलाई दिइओस्‌।</verse>
				<verse number="23">तर विश्‍वास आउन अघि हामी व्‍यवस्‍थाको वशमा थियौं, र विश्‍वास प्रकट नभएसम्‍म हामी थुनिएका थियौं।</verse>
				<verse number="24">विश्‍वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्‍यवस्‍थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्‍टसम्‍म डोर्‍याउने जिम्‍मा दिइयो।</verse>
				<verse number="25">तर अब विश्‍वास आएको हुनाले अब उप्रान्‍त हामी संरक्षकको अधीनमा छैनौं।</verse>
				<verse number="26">किनकि विश्‍वासद्वारा तिमीहरू सबै ख्रीष्‍ट येशूमा परमेश्‍वरका सन्‍तान हौ।</verse>
				<verse number="27">किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ।</verse>
				<verse number="28">अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।</verse>
				<verse number="29">यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">मेरो भनाइको अर्थ यो हो, उत्तराधिकारी जबसम्‍म बालकै छ, ऊ सबै थोकको मालिक भए तापनि कमाराभन्‍दा फरक हुँदैन,</verse>
				<verse number="2">तर बाबुले ठहराएको समयसम्‍म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्‍छ।</verse>
				<verse number="3">हामी पनि यसरी नै बालक छउञ्‍जेल संसारका दैवी शक्तिहरूको दासत्‍वमुनि थियौं,</verse>
				<verse number="4">तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो।</verse>
				<verse number="5">व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्‍त गर्न सकौं।</verse>
				<verse number="6">तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ।</verse>
				<verse number="7">यसैकारण, परमेश्‍वरद्वारा तिमी अब उप्रान्‍त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।</verse>
				<verse number="8">अघिअघि जब तिमीहरूले परमेश्‍वरलाई चिनेका थिएनौ, तिमीहरू तिनका दास थियौ, जो स्‍वभावले नै देवहरू होइनन्,</verse>
				<verse number="9">तर अब त तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्‍छ सिद्धान्‍तहरूतिर फर्कन्‍छौ र फेरि तिनका दास बन्‍न चाहन्‍छौ?</verse>
				<verse number="10">तिमीहरू तिथिहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्‍दछौ।</verse>
				<verse number="11">मलाई त यस्‍तो लाग्‍छ, कि तिमीहरूका निम्‍ति गरिरहेको मेरो परिश्रम व्‍यर्थ भयो।</verse>
				<verse number="12">भाइ हो, तिमीहरू मजस्‍तै होओ भन्‍ने म बिन्‍ती गर्दछु, किनकि म पनि तिमीहरूजस्‍तै भएको छु। तिमीहरूले मेरो केही खराबी गरेका छैनौ।</verse>
				<verse number="13">तिमीहरूलाई थाहा छ, कि शरीरको अस्‍वस्‍थताले गर्दा नै मैले पहिले तिमीहरूलाई सुसमाचार सुनाएथें।</verse>
				<verse number="14">यद्यपि मेरो बिरामी अवस्‍था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्‍कार गरेनौ, न घृणा नै गर्‍यौ, तर परमेश्‍वरको एउटा दूतलाई, ख्रीष्‍ट येशूलाई झैँ मलाई ग्रहण गर्‍यौ।</verse>
				<verse number="15">तिमीहरूले अनुभव गरेको सन्‍तोष कता गयो? किनभने म गवाही दिन सक्‍छु, कि यदि सम्‍भव भए तिमीहरूले आफ्‍ना आँखासम्‍म पनि निकालेर मलाई दिनेथियौ।</verse>
				<verse number="16">तब तिमीहरूलाई साँचो भनेको कारणले के म तिमीहरूको शत्रु भएको छु र?</verse>
				<verse number="17">तिमीहरूलाई आफूपट्टि तान्‍न तिनीहरू खूबै जोश देखाउँछन्, तर असल अभिप्रायले होइन। तिमीहरूले बढ़ी उत्‍साहसाथ तिनीहरूलाई स्‍वीकार गर भनेर तिनीहरूले हामीबाट तिमीहरूलाई अलग पार्न खोज्‍छन्‌।</verse>
				<verse number="18">असल अभिप्रायको निम्‍ति जोशिलो हुनु असल हो, तर म तिमीहरूका माझमा हुँदा मात्र जोश देखाउनु असल होइन।</verse>
				<verse number="19">मेरा साना बालक हो, ख्रीष्‍ट तिमीहरूमा नबनिनुभएसम्‍म म फेरि प्रसवपीडामा छु।</verse>
				<verse number="20">अहिले म तिमीहरूका साथमा भएर तिमीहरूसँग मेरो बोल्‍ने तरिका बदल्‍न सके कति असल हुनेथियो, किनकि तिमीहरूका विषयमा म अन्‍योलमा परेको छु।</verse>
				<verse number="21">तिमीहरू व्‍यवस्‍थाको अधीनमा रहन चाहनेहरूले मलाई भन, व्‍यवस्‍थाले के भन्‍छ के तिमीहरूलाई थाहा छैन?</verse>
				<verse number="22">किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्कोचाहिँ स्‍वतन्‍त्र स्‍त्रीबाट।</verse>
				<verse number="23">कमारीको छोरोचाहिँ शरीरअनुसार जन्‍मेको थियो, तर स्‍वतन्‍त्र स्‍त्रीबाट जन्‍मेको छोरो प्रतिज्ञाद्वारा।</verse>
				<verse number="24">यो कुरालाई रूपक दृष्‍टान्‍तको रूपमा लिन सकिन्‍छ। ती स्‍त्रीहरू दुई किसिमका करारहरू हुन्‌। एउटीचाहिँ सीनै पर्वतबाट दासत्‍वको लागि सन्‍तान जन्‍माउने हागार हो।</verse>
				<verse number="25">हागार अरब देशको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्‍यसको तुलना गर्न सकिन्‍छ। किनकि त्‍यो आफ्‍ना बालकहरूका साथ दासत्‍वमा छ।</verse>
				<verse number="26">तर माथिको यरूशलेम स्‍वतन्‍त्र छ, जो हाम्री आमा हुन्‌।</verse>
				<verse number="27">किनभने लेखिएको छ, “हे नजन्‍माउने बाँझी, आनन्‍द गर, हे प्रसवपीडा थाहा नपाउने, मन खोलेर कराऊ, किनभने पति भएकी स्‍त्रीभन्‍दा त्‍यागिएकी स्‍त्रीका छोरा-छोरी धेरै छन्‌।”</verse>
				<verse number="28">अब हे भाइ हो, इसहाकजस्‍तै हामी पनि प्रतिज्ञाका सन्‍तान हौं।</verse>
				<verse number="29">तर त्‍यस बेला जसरी शरीरअनुसार जन्‍मेकोले आत्‍माअनुसार जन्‍मेकोलाई सताउँदथ्‍यो, अहिले पनि त्‍यस्‍तै छ।</verse>
				<verse number="30">तर धर्मशास्‍त्रले के भन्‍दछ? “कमारी र त्‍यसको छोरालाई निकालिदेऊ, किनभने दासी-पुत्र स्‍वतन्‍त्र स्‍त्रीको छोरासँग उत्तराधिकारी हुनेछैन।”</verse>
				<verse number="31">यसकारण भाइ हो, हामी कमारीका होइनौं, तर स्‍वतन्‍त्र स्‍त्रीका सन्‍तान हौं।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर।</verse>
				<verse number="2">म पावलले नै तिमीहरूलाई भन्‍दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्‍टबाट तिमीलाई कुनै फाइदा हुनेछैन।</verse>
				<verse number="3">खतना हुने प्रत्‍येकलाई म फेरि चेताउनी दिन्‍छु, कि सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्न त्‍यो बाध्‍य हुन्‍छ।</verse>
				<verse number="4">तिमीहरू जो व्‍यवस्‍थाद्वारा धर्मी ठहरिन चाहन्‍छौ, तिमीहरू ख्रीष्‍टबाट अलग्‍ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।</verse>
				<verse number="5">किनकि हामी पवित्र आत्‍माद्वारा विश्‍वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं।</verse>
				<verse number="6">ख्रीष्‍ट येशूमा न त खतना केही मूल्‍यको न बेखतना केही मूल्‍यको हुन्‍छ। तर एउटै कुराको मात्र मूल्‍य छ, अनि त्‍यो हो— प्रेमद्वारा काम गर्ने विश्‍वास।</verse>
				<verse number="7">तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्‍यता पालन गर्नमा बाधा दियो?</verse>
				<verse number="8">तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्‍लाउने काम भएको होइन।</verse>
				<verse number="9">थोरै खमिरले जम्‍मै ढिकालाई खमिरा बनाउँछ।</verse>
				<verse number="10">म प्रभुमा भरोसा राख्‍दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्‍ने जोसुकै भए पनि त्‍यसले दण्‍ड भोग्‍नेछ।</verse>
				<verse number="11">तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्‍यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ।</verse>
				<verse number="12">तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्‍नो अङ्ग नै काटे पनि हुने।</verse>
				<verse number="13">भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।</verse>
				<verse number="14">किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।”</verse>
				<verse number="15">तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍ने र निल्‍ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्‌।</verse>
				<verse number="16">तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।</verse>
				<verse number="17">किनकि पापमय स्‍वभावका लालसा पवित्र आत्‍माको विरुद्ध हुन्‍छन्, अनि पवित्र आत्‍माको इच्‍छा पापमय स्‍वभावको विरुद्ध। तिमी जे गर्न चाहन्‍छौ त्‍यसबाट तिमीहरूलाई रोक्‍नका निम्‍ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्‍छन्‌।</verse>
				<verse number="18">तर यदि तिमीहरू पवित्र आत्‍माद्वारा डोर्‍याइएका हौ भनेता तिमीहरू व्‍यवस्‍थाको अधीनमा हुँदैनौ।</verse>
				<verse number="19">पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,</verse>
				<verse number="20">मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,</verse>
				<verse number="21">डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।</verse>
				<verse number="22">तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,</verse>
				<verse number="23">नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।</verse>
				<verse number="24">तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।</verse>
				<verse number="25">हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।</verse>
				<verse number="26">हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्‍या नगरौं।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।</verse>
				<verse number="2">एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।</verse>
				<verse number="3">किनकि कुनै मूल्‍य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्‍छ भने त्‍यसले आफैलाई धोका दिन्‍छ।</verse>
				<verse number="4">प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ।</verse>
				<verse number="5">किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ।</verse>
				<verse number="6">वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।</verse>
				<verse number="7">धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।</verse>
				<verse number="8">जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।</verse>
				<verse number="9">भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।</verse>
				<verse number="10">यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।</verse>
				<verse number="11">हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्‍नै हातले तिमीहरूलाई लेखिरहेछु।</verse>
				<verse number="12">ख्रीष्‍टका क्रूसको कारणले सतावटमा नपरून्‌ भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्‌।</verse>
				<verse number="13">किनकि खतना गर्नेहरू आफै पनि व्‍यवस्‍था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्‍ड गर्नको निम्‍ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्‍छन्‌।</verse>
				<verse number="14">हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्‍ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्‍ड्याइएको छ।</verse>
				<verse number="15">न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्‍टि नै सब थोक हो।</verse>
				<verse number="16">अब जो-जति यस नियममा चल्‍दछन्, तिनीहरूमाथि र परमेश्‍वरका इस्राएल जातिमाथि शान्‍ति र कृपा रहोस्‌।</verse>
				<verse number="17">अबदेखि उसो कसैले मलाई कष्‍ट नदेओस्, किनभने म आफ्‍नो शरीरमा येशूका डामहरू धारण गर्दछु।</verse>
				<verse number="18">भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌। आमेन।</verse>
			</chapter>
		</book>
		<book number="49">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई:</verse>
				<verse number="2">हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।</verse>
				<verse number="3">हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।</verse>
				<verse number="4">उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।</verse>
				<verse number="5">उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,</verse>
				<verse number="6">यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌।</verse>
				<verse number="7">उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,</verse>
				<verse number="8">जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो।</verse>
				<verse number="9">किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ,</verse>
				<verse number="10">ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌।</verse>
				<verse number="11">उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार</verse>
				<verse number="12">हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ।</verse>
				<verse number="13">तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो।</verse>
				<verse number="14">परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ।</verse>
				<verse number="15">प्रभु येशूप्रति रहेको तिमीहरूको विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै,</verse>
				<verse number="16">मेरो प्रार्थनामा तिमीहरूलाई सम्‍झना गर्दै तिमीहरूका निम्‍ति धन्‍यवाद दिन म थामिन्‍नँ।</verse>
				<verse number="17">म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌।</verse>
				<verse number="18">म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।</verse>
				<verse number="19">अनि हामी विश्‍वास गर्नेहरूका निम्‍ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक। त्‍यो शक्ति उहाँको महान्‌ सामर्थ्‍यको काम नै हो,</verse>
				<verse number="20">जो उहाँले ख्रीष्‍टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्‍टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा आफ्‍नै दाहिने बाहुलीपट्टि बसाल्‍नुभयो।</verse>
				<verse number="21">सबै शासन, र अधिकार, र शक्ति र राज्‍यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्‍नुभयो,</verse>
				<verse number="22">र परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्‍डलीको निम्‍ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो,</verse>
				<verse number="23">जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।</verse>
				<verse number="2">यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्‍तानमा अहिले काम गर्ने आत्‍माअनुसार तिमीहरू अघि एक पल्‍ट चल्‍दैथियौ।</verse>
				<verse number="3">तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं।</verse>
				<verse number="4">तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,</verse>
				<verse number="5">यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।</verse>
				<verse number="6">र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो।</verse>
				<verse number="7">योचाहिँ ख्रीष्‍ट येशूमा हामीप्रति उहाँको दयामा आफ्‍नो अनुग्रहको असीम सम्‍पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।</verse>
				<verse number="8">किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—</verse>
				<verse number="9">कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।</verse>
				<verse number="10">किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।</verse>
				<verse number="11">यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्‍यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्‍दथे।</verse>
				<verse number="12">याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।</verse>
				<verse number="13">तर तिमीहरू, जो त्‍यस बेला ख्रीष्‍ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्‍टको रगतले नजिक भएका छौ।</verse>
				<verse number="14">किनकि उहाँ नै हाम्रो शान्‍ति हुनुहुन्‍छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्‍याउने शत्रुताको पर्खाल भत्‍काइदिनुभएको छ।</verse>
				<verse number="15">र उहाँले व्‍यवस्‍थालाई त्‍यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्‍नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्‍टि गरून्, र यसरी शान्‍ति स्‍थापना होस्‌।</verse>
				<verse number="16">अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्‍वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।</verse>
				<verse number="17">उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,</verse>
				<verse number="18">किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्‍मामा पिताकहाँ प्रवेश पाएका छौं।</verse>
				<verse number="19">यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ।</verse>
				<verse number="20">त्‍यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्‍ट येशू आफैचाहिँ मुख्‍य कुने-ढुङ्गो हुनुहुन्‍छ।</verse>
				<verse number="21">उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्‍दिर हुनलाई बढ्‌दैजान्‍छ।</verse>
				<verse number="22">अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी—</verse>
				<verse number="2">तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ।</verse>
				<verse number="3">जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।</verse>
				<verse number="4">जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ।</verse>
				<verse number="5">जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्‍माद्वारा अहिले प्रकट भएको छ, त्‍यो अरू पुस्‍ताका मानिसहरूलाई जनाइएको थिएन,</verse>
				<verse number="6">अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌।</verse>
				<verse number="7">उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्‍वरको त्‍यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ।</verse>
				<verse number="8">सबै सन्‍तहरूमा म अत्‍यन्‍त तुच्‍छ भए तापनि ख्रीष्‍टको अगम्‍य सम्‍पत्तिको सुसमाचार अन्‍यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो।</verse>
				<verse number="9">सबै कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि लुप्‍त रहेका रहस्‍यको योजना के हो, सो सबै मानिसलाई खुलस्‍त गराउने अनुग्रह मलाई दिइयो,</verse>
				<verse number="10">ताकि यसरी मण्‍डलीद्वारा परमेश्‍वरका विभिन्‍न किसिमका ज्ञान स्‍वर्गीय स्‍थानहरूमा शासकहरू र अख्‍तियारवालाहरूका माझमा प्रकट गरिओस्‌।</verse>
				<verse number="11">योचाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्‍त उद्देश्‍यअनुसार थियो।</verse>
				<verse number="12">उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं।</verse>
				<verse number="13">यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्‍ति मैले भोगिरहेको कष्‍टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्‌।</verse>
				<verse number="14">यसैकारण म पिताको सामने आफ्‍ना घुँड़ा टेक्‍तछु,</verse>
				<verse number="15">जसद्वारा स्‍वर्ग र पृथ्‍वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ।</verse>
				<verse number="16">म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्,</verse>
				<verse number="17">र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,</verse>
				<verse number="18">सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक,</verse>
				<verse number="19">र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।</verse>
				<verse number="20">उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्‍दा ज्‍यादै प्रशस्‍त मात्रामा गर्न सक्‍नुहुन्‍छ,</verse>
				<verse number="21">उहाँलाई नै पुस्‍ता-पुस्‍तासम्‍म मण्‍डली र ख्रीष्‍ट येशूमा सदासर्वदा महिमा होस्‌। आमेन।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर।</verse>
				<verse number="2">सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,</verse>
				<verse number="3">शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।</verse>
				<verse number="4">शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—</verse>
				<verse number="5">एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,</verse>
				<verse number="6">हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।</verse>
				<verse number="7">तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।</verse>
				<verse number="8">यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”</verse>
				<verse number="9">(अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।</verse>
				<verse number="10">उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)</verse>
				<verse number="11">अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,</verse>
				<verse number="12">कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,</verse>
				<verse number="13">जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।</verse>
				<verse number="14">यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।</verse>
				<verse number="15">बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।</verse>
				<verse number="16">उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।</verse>
				<verse number="17">अब म यो जोड दिएर प्रभुमा भन्‍दछु र प्रभुमा गवाही दिँदछु, कि अन्‍यजातिहरू जसरी तिनीहरूका विचारको व्‍यर्थतामा जिउँदछन्‌ त्‍यसरी तिमीहरू अबदेखि उसो नजिओ।</verse>
				<verse number="18">तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।</verse>
				<verse number="19">तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।</verse>
				<verse number="20">तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।</verse>
				<verse number="21">येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।</verse>
				<verse number="22">छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।</verse>
				<verse number="23">र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,</verse>
				<verse number="24">र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।</verse>
				<verse number="25">यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।</verse>
				<verse number="26">क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,</verse>
				<verse number="27">र दियाबलसलाई मौका नदेओ।</verse>
				<verse number="28">चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।</verse>
				<verse number="29">तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।</verse>
				<verse number="30">अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।</verse>
				<verse number="31">सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।</verse>
				<verse number="32">जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।</verse>
				<verse number="2">तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।</verse>
				<verse number="3">तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन।</verse>
				<verse number="4">कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।</verse>
				<verse number="5">किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन।</verse>
				<verse number="6">कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ।</verse>
				<verse number="7">यसकारण तिनीहरूसँग सहभागी नहोओ,</verse>
				<verse number="8">किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर,</verse>
				<verse number="9">किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ,</verse>
				<verse number="10">र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर।</verse>
				<verse number="11">अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।</verse>
				<verse number="12">किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो।</verse>
				<verse number="13">तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो।</verse>
				<verse number="14">यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”</verse>
				<verse number="15">यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।</verse>
				<verse number="16">समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।</verse>
				<verse number="17">यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।</verse>
				<verse number="18">दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।</verse>
				<verse number="19">एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै</verse>
				<verse number="20">सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।</verse>
				<verse number="21">ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।</verse>
				<verse number="22">पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।</verse>
				<verse number="23">किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।</verse>
				<verse number="24">जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।</verse>
				<verse number="25">पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,</verse>
				<verse number="26">यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,</verse>
				<verse number="27">र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।</verse>
				<verse number="28">त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।</verse>
				<verse number="29">किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ,</verse>
				<verse number="30">किनभने हामी उहाँका शरीरको अङ्ग हौं।</verse>
				<verse number="31">“यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”</verse>
				<verse number="32">यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।</verse>
				<verse number="33">जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।</verse>
				<verse number="2">आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),</verse>
				<verse number="3">कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।</verse>
				<verse number="4">बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।</verse>
				<verse number="5">कमारा हो, डर र कम्‍पसाथ साँचो हृदयले ख्रीष्‍टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।</verse>
				<verse number="6">मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर।</verse>
				<verse number="7">मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,</verse>
				<verse number="8">यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।</verse>
				<verse number="9">मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।</verse>
				<verse number="10">अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।</verse>
				<verse number="11">दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।</verse>
				<verse number="12">किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।</verse>
				<verse number="13">यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।</verse>
				<verse number="14">यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,</verse>
				<verse number="15">र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।</verse>
				<verse number="16">साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।</verse>
				<verse number="17">मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।</verse>
				<verse number="18">सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।</verse>
				<verse number="19">मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,</verse>
				<verse number="20">जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।</verse>
				<verse number="21">म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।</verse>
				<verse number="22">हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।</verse>
				<verse number="23">परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम!</verse>
				<verse number="24">हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="50">
			<chapter number="1">
				<verse number="1">ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा फिलिप्‍पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्‍तहरूलाई:</verse>
				<verse number="2">परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।</verse>
				<verse number="3">तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु।</verse>
				<verse number="4">तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु,</verse>
				<verse number="5">कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु।</verse>
				<verse number="6">मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ।</verse>
				<verse number="7">तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।</verse>
				<verse number="8">किनकि परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु।</verse>
				<verse number="9">मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्,</verse>
				<verse number="10">यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक।</verse>
				<verse number="11">परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।</verse>
				<verse number="12">भाइ हो, तिमीहरूलाई यो थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि ममाथि आइलागेका कुराहरूले वास्‍तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ,</verse>
				<verse number="13">यहाँसम्‍म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्‍टको निम्‍ति भएको हो भन्‍ने जाहेर भएको छ।</verse>
				<verse number="14">धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्‍वरको वचन विनाडर बोल्‍नलाई झन्‌ आँटिला भएका छन्‌।</verse>
				<verse number="15">कसै-कसैले साँच्‍चै डाह र शेखीले, तर अरूहरूले सद्‌भावले ख्रीष्‍टलाई प्रचार गर्दछन्‌।</verse>
				<verse number="16">सुसमाचारको सुरक्षाको निम्‍ति म यहाँ छु भनी जान्‍नेहरूले यो काम प्रेमले गर्दछन्,</verse>
				<verse number="17">तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्‍ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्‍वार्थको भावनाले ख्रीष्‍टको प्रचार गर्दछन्‌।</verse>
				<verse number="18">जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्‍यमा ख्रीष्‍टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।</verse>
				<verse number="19">हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ।</verse>
				<verse number="20">मेरो उत्‍कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित्‌ लज्‍जित हुनेछैनँ, तर ममा प्रशस्‍त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्‍ट सम्‍मानित हुनुहुनेछ, चाहे मृत्‍युद्वारा होस्, अथवा जीवनद्वारा।</verse>
				<verse number="21">किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो।</verse>
				<verse number="22">यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ।</verse>
				<verse number="23">म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ,</verse>
				<verse number="24">तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ।</verse>
				<verse number="25">यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु,</verse>
				<verse number="26">यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌।</verse>
				<verse number="27">केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ,</verse>
				<verse number="28">र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।</verse>
				<verse number="29">किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ,</verse>
				<verse number="30">र त्‍यही सङ्घर्ष जो तिमीहरूले ममा देख्‍यौ र मसँग छ भनी अहिले सुन्‍दछौ, त्‍यसैमा तिमीहरू लागेका छौ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने,</verse>
				<verse number="2">तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर।</verse>
				<verse number="3">स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।</verse>
				<verse number="4">तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।</verse>
				<verse number="5">तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।</verse>
				<verse number="6">परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।</verse>
				<verse number="7">तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।</verse>
				<verse number="8">स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।</verse>
				<verse number="9">त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ,</verse>
				<verse number="10">	कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,</verse>
				<verse number="11">र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।</verse>
				<verse number="12">यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।</verse>
				<verse number="13">किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।</verse>
				<verse number="14">गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,</verse>
				<verse number="15">कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।</verse>
				<verse number="16">जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ।</verse>
				<verse number="17">यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।</verse>
				<verse number="18">त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।</verse>
				<verse number="19">म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्‍न हुन सकूँ।</verse>
				<verse number="20">तिनीजस्‍तो साँचो मनले तिमीहरूका कल्‍याणको चिन्‍ता गर्ने मानिस मसँग अरू कोही छैन।</verse>
				<verse number="21">येशू ख्रीष्‍टका कुराको वास्‍ता नगरी, तिनीहरू सबै आफ्‍नै स्‍वार्थ खोज्‍छन्‌।</verse>
				<verse number="22">तर तिमोथीको योग्‍यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्‍यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।</verse>
				<verse number="23">यसकारण मेरो निम्‍ति के-कसो हुन्‍छ सो बुझ्‍ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।</verse>
				<verse number="24">अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।</verse>
				<verse number="25">इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्‍यक ठानेको छु,</verse>
				<verse number="26">किनकि तिनले तिमीहरू सबैका निम्‍ति अति तृष्‍णा गरिरहेका छन्‌। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्‍याकुल भएका छन्‌।</verse>
				<verse number="27">तिनी साँच्‍चै मरणान्‍त बिरामी थिए, तर परमेश्‍वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस्‌ भनेर ममाथि पनि दया गर्नुभयो।</verse>
				<verse number="28">यसकारण म तिनलाई पठाउन झन्‌ बढ़ी उत्‍सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्‍ता पनि कम हुनेछ।</verse>
				<verse number="29">त्‍यसैले ज्‍यादै आनन्‍दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्‍ता मानिसहरूलाई आदर गर।</verse>
				<verse number="30">किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्‍टका कामको निम्‍ति तिनी मृत्‍युको मुखैमा पुगेका थिए।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अन्‍त्‍यमा भाइ हो, प्रभुमा आनन्‍दित होओ। तिमीहरूलाई त्‍यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्‍दैन, अनि त्‍यो तिमीहरूका सुरक्षाको निम्‍ति हो।</verse>
				<verse number="2">कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस।</verse>
				<verse number="3">किनकि परमेश्‍वरलाई आत्‍मामा पुज्‍ने र ख्रीष्‍ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्‍ने साँचो खतना हामी नै हौं।</verse>
				<verse number="4">यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्‍ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्‍ने कारण छ भन्‍ठान्‍छ भने, मेरो त झन्‌ बढ़ी कारण छ।</verse>
				<verse number="5">आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्‍यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्‍यवस्‍थाको विषयमा हो भने एक फरिसी,</verse>
				<verse number="6">जोशको विषयमा हो भने मण्‍डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्‍यवस्‍थामा भएको धार्मिकताबमोजिम निष्‍खोट ठहरिएको हुँ।</verse>
				<verse number="7">तर जति कुरा मेरो निम्‍ति लाभदायक थिए, ती त मैले ख्रीष्‍टको खातिर हानि नै ठानें।</verse>
				<verse number="8">साँच्‍चै भन्‍ने हो भने ख्रीष्‍ट येशू मेरा प्रभुलाई चिन्‍न पाउने अमूल्‍य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्‍दछु। ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ भनेर उहाँको निम्‍ति मैले सबै कुराको नोक्‍सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्‍य म गन्‍दछु,</verse>
				<verse number="9">र सम्‍पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्‍यवस्‍थामाथि आधारित भएको मेरो आफ्‍नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्‍टमाथि निर्भर हुन्‍छ, जुनचाहिँ विश्‍वासद्वारा परमेश्‍वरबाट आउने धार्मिकता हो।</verse>
				<verse number="10">म उहाँलाई र उहाँको पुनरुत्‍थानको शक्ति जान्‍न सकूँ, र उहाँको मृत्‍युमा उहाँजस्‍तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ।</verse>
				<verse number="11">सम्‍भव भए मरेकाहरूबाट म पुनरुत्‍थान प्राप्‍त गर्न सकूँ।</verse>
				<verse number="12">मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढ़िरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो!</verse>
				<verse number="13">भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै</verse>
				<verse number="14">ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु।</verse>
				<verse number="15">हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ।</verse>
				<verse number="16">केवल हामीले जे प्राप्‍त गरिसकेका छौं, त्‍यसमा दह्रिला भइबसौं।</verse>
				<verse number="17">भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर।</verse>
				<verse number="18">मैले धेरै पल्‍ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्‍दछु कि तिनीहरू ख्रीष्‍टका क्रूसका शत्रुहरूजस्‍तै जीवन बिताउँछन्‌।</verse>
				<verse number="19">विनाश तिनीहरूको अन्‍त्‍य हो, पेट तिनीहरूको ईश्‍वर हो, र तिनीहरू आफ्‍ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्‍छ।</verse>
				<verse number="20">तर हाम्रो नागरिकता स्‍वर्गमा छ। त्‍यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात्‌ प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा हामी गर्दछौं।</verse>
				<verse number="21">उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्‍याउन सक्‍नुहुन्‍छ, हाम्रा हीन शरीरलाई आफ्‍नै महिमाको शरीरजस्‍तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्‍द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्‍थिर रहो।</verse>
				<verse number="2">म इयोदिया र सुन्‍तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्‍ती गर्दछु।</verse>
				<verse number="3">विश्‍वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्‍त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्‍लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्‍तकमा छन्‌।</verse>
				<verse number="4">प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर।</verse>
				<verse number="5">तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ।</verse>
				<verse number="6">कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,</verse>
				<verse number="7">र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।</verse>
				<verse number="8">अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।</verse>
				<verse number="9">तिमीहरूले जुन कुरा मबाट सिक्‍यौ, र ग्रहण गर्‍यौ र सुन्‍यौ र ममा देख्‍यौ, त्‍यही गर, र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।</verse>
				<verse number="10">म प्रभुमा साह्रै आनन्‍दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्‍ता फेरि पलाएको छ। तिमीहरू साँच्‍चै मेरो निम्‍ति चिन्‍तित थियौ, तर तिमीहरूलाई मौका मिलेन।</verse>
				<verse number="11">खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु।</verse>
				<verse number="12">कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु।</verse>
				<verse number="13">जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।</verse>
				<verse number="14">तापनि मेरो कष्‍टमा तिमीहरू सहभागी भयौ, सो असल गर्‍यौ।</verse>
				<verse number="15">तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन,</verse>
				<verse number="16">किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ।</verse>
				<verse number="17">मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌।</verse>
				<verse number="18">मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु।</verse>
				<verse number="19">मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।</verse>
				<verse number="20">अब हामीहरूका परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस्‌। आमेन।</verse>
				<verse number="21">ख्रीष्‍ट येशूमा हरेक सन्‍तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="22">सबै सन्‍तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="23">प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग होस्‌।</verse>
			</chapter>
		</book>
		<book number="51">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,</verse>
				<verse number="2">ख्रीष्‍टमा भएका कलस्‍सेका सन्‍तहरू र विश्‍वासी भाइहरूलाई: परमेश्‍वर हाम्रा पिताबाट अनुग्रह र शान्‍ति।</verse>
				<verse number="3">तिमीहरूका निम्‍ति प्रार्थना गर्दा हामी आफ्‍ना प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउँछौं,</verse>
				<verse number="4">किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं,</verse>
				<verse number="5">जुनचाहिँ तिमीहरूका निम्‍ति स्‍वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्‍यको वचन, अर्थात्‌ सुसमाचारमा सुनेका छौ।</verse>
				<verse number="6">यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्‍चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्‍यतामा परमेश्‍वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्‍यसरी नै काम गरिरहेछ,</verse>
				<verse number="7">जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्‍यौ। तिनी हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासी सेवक हुन्‌।</verse>
				<verse number="8">तिनले पवित्र आत्‍मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्‌।</verse>
				<verse number="9">यसैकारण हामीले त्‍यो सुनेको दिनदेखि उहाँको इच्‍छाको ज्ञानले सारा आत्‍मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्‍ती गर्दै तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेका छैनौं,</verse>
				<verse number="10">र उहाँलाई पूर्ण रूपले प्रसन्‍न पार्ने प्रभुको योग्‍य जीवन बिताउँदै र प्रत्‍येक असल काममा फलवन्‍त हुँदै परमेश्‍वरको ज्ञानमा बढ्‌दैजान सक।</verse>
				<verse number="11">उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।</verse>
				<verse number="12">ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ।</verse>
				<verse number="13">उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ।</verse>
				<verse number="14">उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ।</verse>
				<verse number="15">उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,</verse>
				<verse number="16">किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।</verse>
				<verse number="17">उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।</verse>
				<verse number="18">उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌।</verse>
				<verse number="19">किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो,</verse>
				<verse number="20">र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो।</verse>
				<verse number="21">बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ।</verse>
				<verse number="22">तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्‍याउनुभएको छ—</verse>
				<verse number="23">यदि तिमीहरू आफ्‍ना विश्‍वासमा अचल र स्‍थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्‍यो सुसमाचार हो, जो स्‍वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।</verse>
				<verse number="24">अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्‍द मनाउँदछु, र ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात्‌ उहाँको मण्‍डलीको खातिर म आफ्‍नो देहमा पूरा गर्दछु।</verse>
				<verse number="25">तिमीहरूका खातिर मलाई दिइएको ईश्‍वरीय कार्यअनुसार परमेश्‍वरको वचन सम्‍पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ—</verse>
				<verse number="26">युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ।</verse>
				<verse number="27">यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।</verse>
				<verse number="28">प्रत्‍येक मानिसलाई चेताउनी दिँदै, र प्रत्‍येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्‍येक मानिसलाई ख्रीष्‍टमा परिपक्‍व बनाई प्रस्‍तुत गर्न सकौं।</verse>
				<verse number="29">मेरो अन्‍तस्‍करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्‍ति कठोर परिश्रम गर्दछु।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्‍ने सबैका खातिर म कठोर परिश्रम गर्दछु,</verse>
				<verse number="2">कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, र पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति र परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात्‌ ख्रीष्‍टलाई प्राप्‍त गरून्‌।</verse>
				<verse number="3">उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्‍पत्ति लुकेका छन्‌।</verse>
				<verse number="4">म यो भन्‍दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्‌।</verse>
				<verse number="5">किनकि शरीरमा म अनुपस्‍थित भए तापनि आत्‍मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्‍यवस्‍था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको स्‍थिरतामा म रमाउँदछु।</verse>
				<verse number="6">यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ।</verse>
				<verse number="7">धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।</verse>
				<verse number="8">ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।</verse>
				<verse number="9">किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ,</verse>
				<verse number="10">र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्‍त शासन र अधिकारको शिर हुनुहुन्‍छ।</verse>
				<verse number="11">ख्रीष्‍टको खतनामा पापमय स्‍वभावको देहलाई त्‍यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो।</verse>
				<verse number="12">बप्‍तिस्‍मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्‍वरको कार्यमा विश्‍वास राख्‍नाले यही बप्‍तिस्‍मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।</verse>
				<verse number="13">तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो,</verse>
				<verse number="14">र हाम्रो विरुद्धमा रहेको तमसुक र त्‍यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।</verse>
				<verse number="15">उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।</verse>
				<verse number="16">यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्‌।</verse>
				<verse number="17">यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्‍तविकताचाहिँ ख्रीष्‍टमा हुन्‍छ।</verse>
				<verse number="18">आफ्‍नै शरीरलाई सास्‍ती दिने कुरामा जिद्दी गरेर, स्‍वर्गदूतलाई पुज्‍न लाएर, आफ्‍नो दर्शनमा अड़िएर, आफ्‍नो अभिलाषी मनले कारणविनाको घमण्‍डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्‍याओस्‌।</verse>
				<verse number="19">यस्‍ताहरूले ख्रीष्‍ट, अर्थात्‌ शिरलाई समातिराख्‍दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्‍थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्‌दैजान्‍छ।</verse>
				<verse number="20">यदि संसारका आधारभूत सिद्धान्‍तहरूप्रति ख्रीष्‍टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्‍ता भई किन तिमीहरू बाँचिरहन्‍छौ? नियमहरूका अगि किन झुक्‍छौ?</verse>
				<verse number="21">“नसमात, नचाख, नछोओ”</verse>
				<verse number="22">(यी जम्‍मै कुराहरू व्‍यवहार गर्दागर्दा नष्‍ट भएर जान्‍छन्‌)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्‍तहरूमा आधारित छन्‌।</verse>
				<verse number="23">उपासनालाई कष्‍टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्‍वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्‍याउन यी कुराहरू कुनै मूल्‍यका हुँदैनन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यसकारण यदि तिमीहरू ख्रीष्‍टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ, र परमेश्‍वरको दाहिने बाहुलीपट्टि बस्‍नुभएको छ।</verse>
				<verse number="2">माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।</verse>
				<verse number="3">किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ।</verse>
				<verse number="4">ख्रीष्‍ट, जो हाम्रो जीवन हुनुहुन्‍छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।</verse>
				<verse number="5">यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो।</verse>
				<verse number="6">यिनै कुराहरूका खातिर परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरूमाथि आउँदछ।</verse>
				<verse number="7">तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ।</verse>
				<verse number="8">तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली।</verse>
				<verse number="9">एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ,</verse>
				<verse number="10">र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।</verse>
				<verse number="11">यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्‍य, कमारा र फुक्‍काको भेद रहनेछैन, तर ख्रीष्‍ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्‍छ।</verse>
				<verse number="12">यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।</verse>
				<verse number="13">एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।</verse>
				<verse number="14">यी सबैभन्‍दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्‍पूर्ण एकतामा एकसाथ बाँध्‍छ।</verse>
				<verse number="15">ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्‌। साँच्‍चै, तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ।</verse>
				<verse number="16">ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।</verse>
				<verse number="17">कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।</verse>
				<verse number="18">पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस।</verse>
				<verse number="19">पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।</verse>
				<verse number="20">छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ।</verse>
				<verse number="21">बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌।</verse>
				<verse number="22">कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।</verse>
				<verse number="23">तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,</verse>
				<verse number="24">यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।</verse>
				<verse number="25">किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।</verse>
				<verse number="2">सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो।</verse>
				<verse number="3">हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु,</verse>
				<verse number="4">र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ।</verse>
				<verse number="5">समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर।</verse>
				<verse number="6">नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।</verse>
				<verse number="7">मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्‍वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्‍नेछन्‌।</verse>
				<verse number="8">यस अभिप्रायले नै मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ, कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ, र तिनले तिमीहरूका हृदयलाई प्रोत्‍साहित तुल्‍याऊन्‌।</verse>
				<verse number="9">तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्‍येका एक जना हुन्, र तिनी हाम्रा विश्‍वासी र प्रिय भाइ हुन्‌। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।</verse>
				<verse number="10">मेरा सङ्गी-कैदी, अरिस्‍तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्‍वागत गर।</verse>
				<verse number="11">युस्‍तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। परमेश्‍वरका राज्‍यको निम्‍ति मेरा सहकर्मीहरूमध्‍ये यहूदी विश्‍वासीहरू यिनीहरू मात्र हुन्‌। यिनीहरूद्वारा मलाई सान्‍त्‍वना मिलेको छ।</verse>
				<verse number="12">तिमीहरूमध्‍येका एक जना ख्रीष्‍ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्‌। तिनले आफ्‍ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्‍मरण गर्छन्, ताकि तिमीहरू परिपक्‍व होओ, र परमेश्‍वरका सारा इच्‍छामा सम्‍पूर्ण रूपले निर्धक्‍क भई बस्‍न सक।</verse>
				<verse number="13">किनकि म तिनको निम्‍ति गवाही दिन्‍छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्‍ति तिनले घोर परिश्रम गरेका छन्‌।</verse>
				<verse number="14">प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="15">लाउडिकियाका भाइहरू र नुम्‍फास र तिनका घरमा भएका मण्‍डलीलाई मेरो अभिवादन देओ।</verse>
				<verse number="16">तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्‍डलीमा पनि यो पढ्‌न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़।</verse>
				<verse number="17">“तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्‍पसलाई भनिदेओ।</verse>
				<verse number="18">म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="52">
			<chapter number="1">
				<verse number="1">पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: अनुग्रह र शान्‍ति।</verse>
				<verse number="2">हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्‍तर स्‍मरण गर्दै हामी परमेश्‍वरलाई तिमीहरू सबैका निम्‍ति धन्‍यवाद दिन्‍छौं।</verse>
				<verse number="3">हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्‍तर सम्‍झन्‍छौं।</verse>
				<verse number="4">भाइ हो, परमेश्‍वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्‍नुभएको हामीलाई थाहा छ,</verse>
				<verse number="5">किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ।</verse>
				<verse number="6">तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ।</verse>
				<verse number="7">यहाँसम्‍म कि माकेडोनिया र अखैयामा सबै विश्‍वासीहरूका माझमा तिमीहरू नमूना बन्‍यौ।</verse>
				<verse number="8">किनकि तिमीहरूद्वारा परमेश्‍वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्‍वरमाथिका तिमीहरूको विश्‍वास प्रत्‍येक स्‍थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्‍नु आवश्‍यक छैन।</verse>
				<verse number="9">किनकि जुन किसिमले हाम्रो स्‍वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्‍वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्‍यौ, सो त मानिसहरूले नै बताउँछन्‌।</verse>
				<verse number="10">अनि स्‍वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात्‌ येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्‍यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ।</verse>
				<verse number="2">हामीले अघिबाटै फिलिप्‍पीमा कष्‍ट भोग्‍यौं र अपमानित भयौं भन्‍ने कुरा तिमीहरूलाई थाहा छ, तर घोर विरोध छँदाछँदै पनि परमेश्‍वरको सुसमाचार प्रचार गर्न हामीलाई परमेश्‍वरमा साहस मिलेको थियो।</verse>
				<verse number="3">किनकि हाम्रो अर्ती-उपदेश भूल वा अशुद्धताबाट उब्‍जेको होइन, न त यो छलकपटले भएको हो;</verse>
				<verse number="4">तर जसरी सुसमाचार हाम्रो जिम्‍मामा सुम्‍पनका निम्‍ति परमेश्‍वरले हामीलाई योग्‍य ठान्‍नुभयो, त्‍यसरी नै मानिसलाई प्रसन्‍न पार्न होइन, तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई प्रसन्‍न पार्न हामी बोल्‍दछौं।</verse>
				<verse number="5">तिमीहरूलाई थाहै छ कि हामीले कहिल्‍यै खुशामदीका कुरा गरेनौं, न हामी लालचको बहानामा फस्‍यौं। यसको साक्षी परमेश्‍वर हुनुहुन्‍छ।</verse>
				<verse number="6">ख्रीष्‍टका प्रेरित भएका नाताले हामीले तिमीहरूमाथि अधिकार चलाउन सक्‍थ्‍यौं। तापनि हामीले मानिसहरूबाट आदर खोजेनौं, न त तिमीहरूबाट, न अरू कसैबाट।</verse>
				<verse number="7">आफ्‍ना बालकहरूलाई स्‍याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं।</verse>
				<verse number="8">यसैले स्‍नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्‍वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्‍पर थियौं, किनकि तिमीहरू हाम्रा निम्‍ति अति प्रिय भएका थियौ।</verse>
				<verse number="9">किनभने भाइ हो, हाम्रो कष्‍ट र मेहनतको सम्‍झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्‍यौं।</verse>
				<verse number="10">तिमीहरू साक्षी छौ, र परमेश्‍वर पनि, कि तिमी विश्‍वासीहरूका अगि कसरी हाम्रो व्‍यवहार पवित्र, धार्मिक र निष्‍खोट थियो।</verse>
				<verse number="11">किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्‍ना छोरा-छोरीहरूलाई जस्‍तै गरी हामीले तिमीहरू प्रत्‍येकलाई कसरी अर्ती-उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई आदेश दियौं,</verse>
				<verse number="12">यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्‍य होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍नै राज्‍य र महिमामा बोलाउनुहुन्‍छ।</verse>
				<verse number="13">यसकारण यसको निम्‍ति हामी पनि परमेश्‍वरलाई निरन्‍तर धन्‍यवाद चढ़ाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन, जो वास्‍तवमा परमेश्‍वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्‍तै होइन, तर परमेश्‍वरको वचनजस्‍तै ग्रहण गर्‍यौ, जुन वचनले तिमी विश्‍वासीहरूमा काम गर्दछ।</verse>
				<verse number="14">किनकि भाइ हो, ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूको अनुकरण गर्ने तिमीहरू भयौ, किनकि आफ्‍नै देश-भाइहरूबाट तिमीहरूले जसरी दुःख भोग्‍यौ, त्‍यसरी तिनीहरूले यहूदीहरूबाट दुःख भोगेका थिए।</verse>
				<verse number="15">यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्‍टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्‍वरलाई अप्रसन्‍न तुल्‍याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्‌।</verse>
				<verse number="16">अन्‍यजातिहरूको उद्धार होस्‌ भनेर तिनीहरूसँग बोल्‍नमा हामीलाई बाधा दिए। यसरी सधैँ उनीहरू आफ्‍नो पापको नापो भर्छन्‌। तर अन्‍त्‍यमा परमेश्‍वरको क्रोध तिनीहरूमाथि परेको छ।</verse>
				<verse number="17">किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्‍प समयको निम्‍ति बिछोड भएका हुनाले, उत्‍कट इच्‍छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्‍सुकतासाथ हामीले चेष्‍टा गर्‍यौं।</verse>
				<verse number="18">किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्‍बार आउन चाहें— तर शैतानले हामीलाई रोक्‍यो।</verse>
				<verse number="19">हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र?</verse>
				<verse number="20">निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्‍समा एकलै छोडिन हामी राजी भयौं,</verse>
				<verse number="2">र तिमीहरूलाई विश्‍वासमा स्‍थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्‍वरमा ख्रीष्‍टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं,</verse>
				<verse number="3">ताकि यी कष्‍टहरूले गर्दा कोही नडग्‍मगाओस्‌। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्‍ति हामी खटाइएका हौं।</verse>
				<verse number="4">किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्‍ट भोग्‍नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं। यो साँच्‍चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ।</verse>
				<verse number="5">यसकारण मैले अझै सहन नसक्‍दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्‍यो कि भनी र हाम्रो परिश्रम व्‍यर्थै जाला कि भन्‍ने डरले तिमीहरूको विश्‍वास थाहा पाउनलाई मैले तिनलाई पठाएँ।</verse>
				<verse number="6">तर अहिले तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आएर तिमीहरूको विश्‍वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्‌न ज्‍यादै इच्‍छा गरी सधैँ प्रेमसँग हाम्रो सम्‍झना गर्दछौ भन्‍ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्‌न त्‍यतिकै चाहना गर्दछौं।</verse>
				<verse number="7">त्‍यसैकारण भाइ हो, तिमीहरूका विश्‍वासको कारणले हाम्रा सारा दुःख र क्‍लेशमा तिमीहरूका विषयमा हामीले सान्‍त्‍वना पाएका छौं।</verse>
				<verse number="8">किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्‍छौं।</verse>
				<verse number="9">सबै आनन्‍द जो तिमीहरूका खातिर परमेश्‍वरमा हामी अनुभव गर्छौं त्‍यसको निम्‍ति र तिमीहरूका लागि हामी परमेश्‍वरलाई के धन्‍यवाद दिन सक्‍छौं र?</verse>
				<verse number="10">तिमीहरूलाई आमनेसामने भेटेर तिमीहरूका विश्‍वासको कमी पूरा गर्ने हेतुले हामी दिनरात जोशका साथ प्रार्थना गर्छौं।</verse>
				<verse number="11">अब हाम्रा परमेश्‍वर र पिता स्‍वयम्‌ले र हाम्रा प्रभु येशूले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्‌।</verse>
				<verse number="12">जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्‍यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्‌ने र प्रशस्‍त भइरहने तुल्‍याऊन्,</verse>
				<verse number="13">यस हेतुले कि उहाँका सबै सन्‍तहरूका साथमा हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने तिमीहरूका हृदय पवित्र र निष्‍खोट तुल्‍याई स्‍थिर गराऊन्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">अन्‍त्‍यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्छौं र अर्ती दिन्‍छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउनुपर्छ भन्‍ने तिमीहरूले हामीबाट सिक्‍यौ र त्‍यसो गर्दै पनि छौ, त्‍यसैमा तिमीहरू झन्‌ बढ्‌दैजाओ।</verse>
				<verse number="2">किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं।</verse>
				<verse number="3">किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।</verse>
				<verse number="4">पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,</verse>
				<verse number="5">तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।</verse>
				<verse number="6">यस विषयमा कसैले अपराध गरेर आफ्‍नो भाइलाई खराबी नगरोस्, किनकि यस्‍ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्‍छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्‍भीर चेताउनी दिएका छौं।</verse>
				<verse number="7">किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको निम्‍ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ।</verse>
				<verse number="8">यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्‍यसले मानिसको होइन, तर परमेश्‍वरको अवहेलना गर्छ, जुन परमेश्‍वरले तिमीहरूलाई आफ्‍ना पवित्र आत्‍मा दिनुहुन्‍छ।</verse>
				<verse number="9">तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्‍न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ।</verse>
				<verse number="10">माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्‍चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन्‌ बढ़ी त्‍यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्‍छौं।</verse>
				<verse number="11">हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्‍त रहने, आफ्‍नै धन्‍धाको फिक्री गर्ने र आफ्‍नै हातले काम गर्ने प्रयत्‍न गर,</verse>
				<verse number="12">ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।</verse>
				<verse number="13">तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्‍ता शोक गर्नु नपरोस्‌।</verse>
				<verse number="14">किनकि हामी विश्‍वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्‌नुभयो र त्‍यसरी नै परमेश्‍वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्‍याउनुहुनेछ।</verse>
				<verse number="15">प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौं।</verse>
				<verse number="16">किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।</verse>
				<verse number="17">तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।</verse>
				<verse number="18">यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्‍त्‍वना देओ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्‍ने आवश्‍यकता छैन।</verse>
				<verse number="2">किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।</verse>
				<verse number="3">जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।</verse>
				<verse number="4">तर भाइ हो, तिमीहरू अन्‍धकारमा छैनौ, तसर्थ त्‍यस दिनले तिमीहरूलाई चोरले जस्‍तै चकित पार्नेछैन।</verse>
				<verse number="5">किनकि तिमीहरू सबै ज्‍योतिका सन्‍तान र दिनका सन्‍तान हौ। हामी रातका र अन्‍धकारका सन्‍तान होइनौं।</verse>
				<verse number="6">यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं।</verse>
				<verse number="7">किनकि सुत्‍नेहरू रातमा सुत्‍छन्, र मद्य पिएर मात्‍नेहरू रातैमा मात्‍छन्‌।</verse>
				<verse number="8">तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्‍वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं।</verse>
				<verse number="9">किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्‍ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।</verse>
				<verse number="10">उहाँ हाम्रा निम्‍ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं।</verse>
				<verse number="11">यसकारण एकले-अर्कोलाई प्रोत्‍साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।</verse>
				<verse number="12">तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर,</verse>
				<verse number="13">र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।</verse>
				<verse number="14">भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।</verse>
				<verse number="15">याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर।</verse>
				<verse number="16">सधैँ आनन्‍दित रहो।</verse>
				<verse number="17">निरन्‍तर प्रार्थना गरिरहो।</verse>
				<verse number="18">सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।</verse>
				<verse number="19">पवित्र आत्‍मालाई ननिभाओ।</verse>
				<verse number="20">अगमवाणीलाई तुच्‍छ नठान।</verse>
				<verse number="21">सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो।</verse>
				<verse number="22">सबै किसिमका खराबीबाट अलग बस।</verse>
				<verse number="23">शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌।</verse>
				<verse number="24">तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ।</verse>
				<verse number="25">भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर।</verse>
				<verse number="26">सबै भाइहरूलाई पवित्र चुम्‍बनले अभिवादन गर।</verse>
				<verse number="27">म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ।</verse>
				<verse number="28">हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूमा रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="53">
			<chapter number="1">
				<verse number="1">पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:</verse>
				<verse number="2">परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।</verse>
				<verse number="3">भाइ हो, तिमीहरूका निम्‍ति परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउन हामी बाध्‍य छौं। यो योग्‍य पनि छ, किनकि तिमीहरूको विश्‍वास प्रशस्‍त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ।</verse>
				<verse number="4">यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्‍टहरूका बीचमा तिमीहरूका स्‍थिरता र विश्‍वासको निम्‍ति परमेश्‍वरका मण्‍डलीहरूका माझमा हामी ज्‍यादै गर्व गर्छौं।</verse>
				<verse number="5">परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ।</verse>
				<verse number="6">परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्‍छ,</verse>
				<verse number="7">र तिमी कष्‍ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्‍छ। यो तब हुन्‍छ, जब प्रभु येशू आफ्‍ना शक्तिशाली स्‍वर्गदूतहरूसँग बल्‍दो आगोमा स्‍वर्गबाट प्रकट हुनुहुनेछ।</verse>
				<verse number="8">परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।</verse>
				<verse number="9">तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्,</verse>
				<verse number="10">जब त्‍यस दिन उहाँका सन्‍तहरूमा महिमा पाउन र विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्‍वास गर्‍यौ।</verse>
				<verse number="11">यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्, र हरेक असल उद्देश्‍य र विश्‍वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्,</verse>
				<verse number="12">ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका आगमनको विषयमा र उहाँलाई भेट्‌न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं,</verse>
				<verse number="2">कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने, ती हामीबाट आएका भन्‍ठानेर तिमीहरूको मन चाँड़ै विचलित नहोस्‌ अथवा तिमीहरू नआत्तिओ।</verse>
				<verse number="3">कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्‌। किनकि पहिले विद्रोह नभएसम्‍म पापको मानिस, अर्थात्‌ सर्वनाशको छोरो प्रकट नभएसम्‍म त्‍यो दिन आउनेछैन।</verse>
				<verse number="4">त्‍यसले ईश्‍वर कहलिएका सबै अथवा पूज्‍य वस्‍तुहरूको विरोध गर्छ र तीभन्‍दा आफैलाई उच्‍च तुल्‍याउँछ, यहाँसम्‍म कि आफैलाई परमेश्‍वर नै घोषणा गरेर परमेश्‍वरको मन्‍दिरमा त्‍यो बस्‍छ।</verse>
				<verse number="5">के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ?</verse>
				<verse number="6">त्‍यो आफ्‍नो समयमा प्रकट होस्‌ भन्‍ने हेतुले कुन कुराले त्‍यसलाई अहिलेसम्‍म रोकिराखेको छ, यो तिमीहरू जान्‍दछौ।</verse>
				<verse number="7">किनकि अधर्मको रहस्‍यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्‍म जसले त्‍यसलाई रोकिराख्‍नुभएको छ, उहाँ नहटुञ्‍जेल त्‍यसलाई रोकी नै राख्‍नुहुनेछ।</verse>
				<verse number="8">तब त्‍यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्‍नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्‍यसलाई नाश गर्नुहुनेछ।</verse>
				<verse number="9">शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्‍हहरू र चमत्‍कारसहित,</verse>
				<verse number="10">र नाश हुनेहरूलाई छलमा पार्ने समस्‍त दुष्‍टतासहित आउनेछ, किनकि तिनीहरूले सत्‍यलाई प्रेम गर्न र त्‍यसरी बाँच्‍न इन्‍कार गरे।</verse>
				<verse number="11">यसैकारण तिनीहरूले झूटा कुरामा विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्‍छ,</verse>
				<verse number="12">ताकि सत्‍यमाथि विश्‍वास नगर्ने, तर अधार्मिकतामा आनन्‍द मनाउने सबै जना दोषी ठहरिऊन्‌।</verse>
				<verse number="13">प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्‍ति हामी परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउन बाध्‍य छौं, किनकि सुरुदेखि नै पवित्र आत्‍माको पवित्र तुल्‍याउने कामद्वारा र सत्‍यतामाथिको विश्‍वासद्वारा बाँच्‍नलाई परमेश्‍वरले तिमीहरूलाई चुन्‍नुभयो।</verse>
				<verse number="14">यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।</verse>
				<verse number="15">यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।</verse>
				<verse number="16">अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्‍तको सान्‍त्‍वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,</verse>
				<verse number="17">तिमीहरूका हृदयलाई सान्‍त्‍वना देऊन्‌ र हरेक असल काम र वचनमा तिमीहरूलाई स्‍थिर गराऊन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो,</verse>
				<verse number="2">र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्‍वास हुँदैन।</verse>
				<verse number="3">तर प्रभु त विश्‍वासयोग्‍य हुनुहुन्‍छ। उहाँले तिमीहरूलाई स्‍थिर गराउनुहुनेछ र दुष्‍टबाट सुरक्षित राख्‍नुहुनेछ।</verse>
				<verse number="4">हामी जुन कुराको आज्ञा दिन्‍छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्‍ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं।</verse>
				<verse number="5">प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतिर डोर्‍याऊन्‌।</verse>
				<verse number="6">अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस।</verse>
				<verse number="7">किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्‍दछौ। हामी तिमीहरूसँग छँदा अल्‍छे भई बसेनौं।</verse>
				<verse number="8">हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस्‌ भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्‍यौं।</verse>
				<verse number="9">सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं।</verse>
				<verse number="10">तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”</verse>
				<verse number="11">किनकि हामी सुन्‍दछौं, कि तिमीहरूमध्‍ये कतिले अल्‍छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन्‌ तर अरूको काममा व्‍यर्थै हात हाल्‍छन्‌।</verse>
				<verse number="12">अब यस्‍ता मानिसहरूलाई प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी आज्ञा र अर्ती दिन्‍छौं, कि तिनीहरूले चूपचाप आफ्‍ना काम गरून्‌ र आफ्‍ना जीविका चलाऊन्‌।</verse>
				<verse number="13">तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ।</verse>
				<verse number="14">यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्‍कार गर्छ भने, त्‍यस मानिसलाई चिनिराख र त्‍यससँग केही सम्‍बन्‍ध नराख, र त्‍यो शर्ममा परोस्‌।</verse>
				<verse number="15">तैपनि त्‍यसलाई शत्रुजस्‍तो नठान, तर भाइलाई जस्‍तो गरी त्‍यसलाई चेताउनी देओ।</verse>
				<verse number="16">अब शान्‍तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्‍ति देऊन्‌। प्रभु तिमीहरू सबैसँग रहून्‌।</verse>
				<verse number="17">म पावल, आफ्‍नै हातले यो अभिवादन लेख्‍दैछु। मेरो सबै पत्रको चिनारी यही हो। त्‍यसरी नै म लेख्‍दैछु।</verse>
				<verse number="18">हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="54">
			<chapter number="1">
				<verse number="1">हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञाअनुसार ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,</verse>
				<verse number="2">विश्‍वासमा मेरो साँचो बालक तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति मिलोस्‌।</verse>
				<verse number="3">म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्‍यसो नगर्नू भनी कड़ा आज्ञा देऊ।</verse>
				<verse number="4">र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्‍त्‍य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्‍वासमा रहेको ईश्‍वरीय तालीमतिर लागून्‌।</verse>
				<verse number="5">हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउँछ।</verse>
				<verse number="6">कुनै-कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अलमलिएका छन्‌।</verse>
				<verse number="7">तिनीहरू व्‍यवस्‍थाका शिक्षक हुने इच्‍छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्‍दैनन्‌।</verse>
				<verse number="8">हामी जान्‍दछौं कि यदि कसैले उचित रूपले पालन गर्‍यो भने व्‍यवस्‍था असल छ।</verse>
				<verse number="9">हामी यो पनि जान्‍दछौं कि व्‍यवस्‍था असल मानिसको निम्‍ति होइन, तर व्‍यवस्‍था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्‍ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्‍ति, ज्‍यानमाराहरूका निम्‍ति,</verse>
				<verse number="10">व्‍यभिचारीहरूका निम्‍ति, पुरुषगामीहरूका निम्‍ति, अपहरणकारीहरूका निम्‍ति, झूटा बोल्‍नेहरूका निम्‍ति, झूटा गवाही दिनेहरूका निम्‍ति, र सत्‍य सिद्धान्‍तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्‍ति हो।</verse>
				<verse number="11">यो मलाई सुम्‍पिएका परमधन्‍य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।</verse>
				<verse number="12">मलाई सामर्थ्‍य दिनुहुने ख्रीष्‍ट येशू हाम्रा प्रभुलाई म धन्‍यवाद दिन्‍छु, किनभने आफ्‍नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्‍वासयोग्‍य ठान्‍नुभयो।</verse>
				<verse number="13">अगाडि मैले निन्‍दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्‍वासमा गरेको हुनाले मैले कृपा पाएँ।</verse>
				<verse number="14">ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ मेरो निम्‍ति हाम्रा प्रभुको अनुग्रह प्रशस्‍त मात्रामा उर्लिआयो।</verse>
				<verse number="15">यो वचन हरप्रकारले ग्रहणयोग्‍य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्‍दा मुख्‍य हुँ।</verse>
				<verse number="16">तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्‍दा मुख्‍य भएर पनि मद्वारा येशू ख्रीष्‍टले आफ्‍नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्‍वास गरेर अनन्‍त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्‍न सकूँ।</verse>
				<verse number="17">युग-युगका राजा, अविनाशी र अदृश्‍य एकमात्र परमेश्‍वरलाई आदर र महिमा सदासर्वदा होस्‌। आमेन।</verse>
				<verse number="18">मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्‍बन्‍धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्‍वास र असल विवेक कायम राख्‍दै तिमी असल लड़ाइँ लड्‌न सक।</verse>
				<verse number="19">विश्‍वास र स्‍वच्‍छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्‍कार गरेर आफ्‍नो विश्‍वासको जहाज डुबाएका छन्‌।</verse>
				<verse number="20">तीमध्‍ये हुमेनियस र अलेक्‍जेन्‍डर हुन्, जुनहरूलाई निन्‍दा नगर्नू भन्‍ने कुरा सिकून्‌ भनेर मैले शैतानको हातमा सुम्‍पेको छु।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,</verse>
				<verse number="2">राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।</verse>
				<verse number="3">हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ।</verse>
				<verse number="4">सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।</verse>
				<verse number="5">किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।</verse>
				<verse number="6">उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।</verse>
				<verse number="7">यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्‍वास र सत्‍यतामा अन्‍यजातिहरूका निम्‍ति चाहिँ शिक्षक। म साँचो भन्‍दछु, म ढाँट्‌दिनँ।</verse>
				<verse number="8">यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।</verse>
				<verse number="9">यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,</verse>
				<verse number="10">तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।</verse>
				<verse number="11">स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।</verse>
				<verse number="12">तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।</verse>
				<verse number="13">किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।</verse>
				<verse number="14">आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।</verse>
				<verse number="15">तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यो भनाइ विश्‍वासयोग्‍य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्‍यसले असलै कामको इच्‍छा गर्छ।</verse>
				<verse number="2">यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्‍ने, एउटै पत्‍नीका पति, संयमी, समझदार, सम्‍मानित, अतिथिसत्‍कार गर्ने, सुयोग्‍य शिक्षक होऊन्,</verse>
				<verse number="3">मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने,</verse>
				<verse number="4">आफ्‍नो घर राम्ररी चलाउन सक्‍ने र आफ्‍ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्‌।</verse>
				<verse number="5">यदि कुनै मानिसले आफ्‍ना घरकाहरूलाई तह लगाउन जान्‍दैन भने, तिनले परमेश्‍वरका मण्‍डलीको रेखदेख कसरी गर्न सक्‍छ र?</verse>
				<verse number="6">तिनी नयाँ विश्‍वासी नहोऊन्, नत्रता घमण्‍डले फुलेर तिनी दियाबलसले पाउने दण्‍डमा पर्नेछन्‌।</verse>
				<verse number="7">फेरि, बाहिरकाहरूका दृष्‍टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्‍दा र दियाबलसको पासोमा पर्नेछन्‌।</verse>
				<verse number="8">त्‍यसै गरी डिकनहरू पनि गम्‍भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन,</verse>
				<verse number="9">तर तिनीहरू विश्‍वासको रहस्‍य शुद्ध विवेकमा कायम राख्‍ने हुनुपर्छ।</verse>
				<verse number="10">पहिले तिनीहरूको जाँच पनि होस्‌। त्‍यसपछि तिनीहरूले आफैलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरूले डिकनको सेवा गरून्‌।</verse>
				<verse number="11">स्‍त्रीहरू पनि यहीबमोजिम गम्‍भीर, अर्काको बदख्‍वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्‍वासयोग्‍य हुनुपर्छ।</verse>
				<verse number="12">डिकन एउटै पत्‍नीका पति होऊन्‌। आफ्‍ना छोरा-छोरीहरू र आफ्‍नो घरको प्रबन्‍ध राम्ररी मिलाउन सक्‍ने होऊन्‌।</verse>
				<verse number="13">किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन्‌ तिनीहरूले आ-आफ्‍ना निम्‍ति प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासमा पनि ठूलो भरोसा पाउनेछन्‌।</verse>
				<verse number="14">तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्‍तछु,</verse>
				<verse number="15">ताकि कतै म ढिलाएँ भने पनि परमेश्‍वरको घराना, जो जीवित परमेश्‍वरको मण्‍डली हो र सत्‍यको खामो र आड़ हो, त्‍यहाँ कसरी चल्‍नुपर्छ सो तिमीले जानिराख।</verse>
				<verse number="16">हामी स्‍वीकार गर्दछौं, कि हाम्रो विश्‍वासको रहस्‍य अति महान्‌ छ: उहाँ स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो, पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो, स्‍वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌।</verse>
				<verse number="2">झूट बोल्‍ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्‍तो हुन्‍छ।</verse>
				<verse number="3">तिनीहरू विवाह निषेध गर्छन्‌। विश्‍वास गर्नेहरू र सत्‍य जान्‍नेहरूले धन्‍यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्‍वरले सृजनुभएका भोजनहरूबाट अलग्‍ग बस्‍ने आदेश दिन्‍छन्‌।</verse>
				<verse number="4">परमेश्‍वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्‍यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्‍कार गरिनुपर्दैन।</verse>
				<verse number="5">किनभने त्‍यो परमेश्‍वरको वचन र प्रार्थनाले चोखो तुल्‍याइन्‍छ।</verse>
				<verse number="6">यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्‍त र विश्‍वासको वचनमा पुष्‍ट भएर तिमी ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ।</verse>
				<verse number="7">भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।</verse>
				<verse number="8">किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।</verse>
				<verse number="9">यो भनाइ निश्‍चित र सम्‍पूर्ण रूपले ग्रहणयोग्‍य छ,</verse>
				<verse number="10">किनकि यस उद्देश्‍यले हामी परिश्रम र प्रयत्‍न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्‍छ।</verse>
				<verse number="11">यी नै कुराको आज्ञा देऊ र सिकाऊ।</verse>
				<verse number="12">जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।</verse>
				<verse number="13">म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ।</verse>
				<verse number="14">तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।</verse>
				<verse number="15">यी कर्तव्‍यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌।</verse>
				<verse number="16">आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">वृद्ध मानिसलाई नहप्‍काऊ, तर तिनलाई बाबुलाई जस्‍तै गरी सम्‍झाऊ। आफूभन्‍दा सानाहरूसँग भाइसमान व्‍यवहार गर।</verse>
				<verse number="2">वृद्ध स्‍त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्‍पूर्ण पवित्रतासाथ बहिनीसमान व्‍यवहार गर।</verse>
				<verse number="3">जो साँच्‍चै नै विधवा हुन्, तिनलाई आदर गर।</verse>
				<verse number="4">कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन्‌ भने, तिनीहरूले सर्वप्रथम आफ्‍नै परिवारप्रति आफ्‍नो धार्मिक कर्तव्‍य पालन गर्न सिकून्, र आफ्‍ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य हुन्‍छ।</verse>
				<verse number="5">तर जो साँच्‍चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्‍वरको आशा राख्‍तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्‍छिन्‌।</verse>
				<verse number="6">तर यदि तिनी सुख-विलासमा मस्‍त रहन्‍छिन्‌ भनेता तिनी जीवित भएर पनि मरेकी तुल्‍य हुन्‌।</verse>
				<verse number="7">तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्‌।</verse>
				<verse number="8">यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।</verse>
				<verse number="9">साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।</verse>
				<verse number="10">साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्‍कार गरेकी, सन्‍तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्‍यान दिएकी साबित हुनुपर्छ।</verse>
				<verse number="11">तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्‍टबाट टाढ़ा लान्‍छ, तब तिनीहरूले विवाह गर्ने इच्‍छा गर्छन्‌।</verse>
				<verse number="12">यसरी आफ्‍नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्‍डमा पर्छन्‌।</verse>
				<verse number="13">त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌।</verse>
				<verse number="14">यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु,</verse>
				<verse number="15">किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्‌।</verse>
				<verse number="16">यदि विश्‍वासी स्‍त्रीका कोही आफन्‍तहरू विधवा छन्‌ भने तिनले उनीहरूलाई सघाऊन्, र मण्‍डलीमाथि कुनै बोझ नपरोस्, र मण्‍डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्‌।</verse>
				<verse number="17">मण्‍डलीको असल रेखदेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌।</verse>
				<verse number="18">किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”</verse>
				<verse number="19">दुई वा तीन साक्षीको गवाहीबाहेक एल्‍डरको विरुद्धमा लाएको आरोप कहिल्‍यै स्‍वीकार नगर।</verse>
				<verse number="20">पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।</verse>
				<verse number="21">परमेश्‍वर र ख्रीष्‍ट येशूको सामु र चुनिएका स्‍वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्‍छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।</verse>
				<verse number="22">कसैमाथि हात राख्‍ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।</verse>
				<verse number="23">अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।</verse>
				<verse number="24">कुनै-कुनै मानिसका पापहरू त सोझै इन्‍साफमा पुग्‍ने गरी प्रत्‍यक्ष हुन्‍छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्‌।</verse>
				<verse number="25">त्‍यसै गरी असल कामहरू त प्रत्‍यक्ष हुन्‍छन्, र जो प्रत्‍यक्ष छैनन्, ती पनि गुप्‍तमा रहन सक्‍दैनन्‌।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">दासत्‍वका जुवामुनि हुने सबैले आ-आफ्‍ना मालिकलाई पूरा सम्‍मानको योग्‍य ठानून्, ताकि परमेश्‍वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्‌।</verse>
				<verse number="2">विश्‍वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्‍वासमा दाजुभाइ भन्‍दैमा अनादर नगरून्‌। बरु तिनीहरूले उनीहरूको झन्‌ बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्‍वासी र प्रियहरू नै हुन्‌। यी कर्तव्‍यहरू पालन गर्न सिकाऊ, र आग्रह गर।</verse>
				<verse number="3">यदि कसैले अरू सिद्धान्‍त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,</verse>
				<verse number="4">त्‍यो घमण्‍डले फुलेको हुन्‍छ, र त्‍यसले केही जानेको हुँदैन। त्‍यसले व्‍यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्‍द लिएर झगड़ा गर्न खोजिहिँड्‌छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्‍पन्‍न गराउँछन्,</verse>
				<verse number="5">र बुद्धि भ्रष्‍ट भएका र सत्‍यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्‍छन्‌।</verse>
				<verse number="6">सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो।</verse>
				<verse number="7">किनकि हामीले न त यस संसारमा केही ल्‍यायौं न यहाँबाट केही लैजान नै सक्‍छौं।</verse>
				<verse number="8">तर खान र लाउनसम्‍म छ भने हामी त्‍यसैमा सन्‍तुष्‍ट हुनेछौं।</verse>
				<verse number="9">तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्‍छाहरूमा डुब्‍छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌।</verse>
				<verse number="10">किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।</verse>
				<verse number="11">तर परमेश्‍वरका जन तिमीले यी सबै त्‍याग, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, स्‍थिरता र नम्रताको लक्ष्य राख।</verse>
				<verse number="12">विश्‍वासको उत्तम लड़ाइँ लड़। अनन्‍त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्‍थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ।</verse>
				<verse number="13">सबै थोकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्‍तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्‍ट येशूको सामने,</verse>
				<verse number="14">म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्‍ट देखा नपरुञ्‍जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख।</verse>
				<verse number="15">अनि धन्‍य र सर्वोच्‍च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्‍टको आगमनलाई प्रकट गर्नुहुनेछ।</verse>
				<verse number="16">उहाँमा नै अमरत्‍व छ, र उहाँ त्‍यस ज्‍योतिमा वास गर्नुहुन्‍छ जसको नजिक कोही जान सक्‍दैन। उहाँलाई कुनै मानिसले कहिल्‍यै देखेको छैन न देख्‍न सक्‍छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्‌। आमेन।</verse>
				<verse number="17">यस संसारका धनीहरूलाई घमण्‍डी नहुने आज्ञा देऊ, र अनिश्‍चित सम्‍पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्‍तसँग उपभोग गर्न दिनुहुने परमेश्‍वरमाथि तिनीहरूले आशा राखून्‌।</verse>
				<verse number="18">तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्‌।</verse>
				<verse number="19">यसरी आफ्‍नै लागि भविष्‍यको असल जग बसाल्‍न सकून्, ताकि तिनीहरूले त्‍यो जीवन पक्रिराखून्‌ जो साँच्‍ची नै जीवन हो।</verse>
				<verse number="20">तिमोथी, जे तिमीलाई सुम्‍पिएको छ, त्‍यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्‍डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्‍याग गर।</verse>
				<verse number="21">यी कुराहरूका पछि लागेर कति जना आफ्‍नो विश्‍वासको लक्ष्यबाट चुकेर गएका छन्‌। तिमीसँग अनुग्रह रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="55">
			<chapter number="1">
				<verse number="1">ख्रीष्‍ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,</verse>
				<verse number="2">मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति।</verse>
				<verse number="3">जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु।</verse>
				<verse number="4">तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ।</verse>
				<verse number="5">मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ।</verse>
				<verse number="6">त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख।</verse>
				<verse number="7">किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।</verse>
				<verse number="8">यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्‍वरको शक्तिमा सुसमाचारको निम्‍ति दुःख-भोगमा तिमी सहभागी होऊ।</verse>
				<verse number="9">उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो,</verse>
				<verse number="10">जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो।</verse>
				<verse number="11">यसै सुसमाचारको निम्‍ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ।</verse>
				<verse number="12">यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।</verse>
				<verse number="13">ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर।</verse>
				<verse number="14">तिमीलाई जिम्‍मा लाएको सत्‍यलाई हामीमा वास गर्नुहुने पवित्र आत्‍माद्वारा सुरक्षित राख।</verse>
				<verse number="15">एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्‍ये फुगेलस र हर्मोगेनस हुन्‌।</verse>
				<verse number="16">प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्‍सर हौसला दिन्‍थे, र मेरो साङ्‌लाको शर्म मान्‍दैनथे,</verse>
				<verse number="17">तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए।</verse>
				<verse number="18">प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्‌। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">यसकारण तिमी, मेरो बालक, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।</verse>
				<verse number="2">धेरै जना साक्षीहरूका उपस्‍थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूलाई सुम्‍पिदेऊ।</verse>
				<verse number="3">ख्रीष्‍ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ।</verse>
				<verse number="4">सेनामा भर्ना भएको सिपाही अरू धन्‍धामा अल्‍झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्‍तुष्‍ट पार्नु नै उसको लक्ष्य हुन्‍छ।</verse>
				<verse number="5">प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्‍म कुनै खेलाडीले पनि इनाम पाउन सक्‍दैन।</verse>
				<verse number="6">परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्‍सा पाउनुपर्दछ।</verse>
				<verse number="7">म के भन्‍दछु त्‍यो विचार गर, किनभने प्रत्‍येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।</verse>
				<verse number="8">मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्‍टलाई सम्‍झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो।</verse>
				<verse number="9">त्‍यही सुसमाचार, जसको निम्‍ति म कष्‍ट भोगिरहेछु र अपराधीजस्‍तै साङ्‌लामा बाँधिएको छु। तर परमेश्‍वरको वचन त साङ्‌लामा बाँधिँदैन।</verse>
				<verse number="10">यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्‍छु, ताकि तिनीहरूले पनि अनन्‍त महिमासहित ख्रीष्‍ट येशूमा भएको मुक्ति प्राप्‍त गर्न सकून्‌।</verse>
				<verse number="11">यो भनाइ निश्‍चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं,</verse>
				<verse number="12">	हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्‍य गर्नेछौं, हामीले उहाँलाई इन्‍कार गर्‍यौं भने, उहाँले पनि हामीलाई इन्‍कार गर्नुहुनेछ,</verse>
				<verse number="13">हामी अविश्‍वासी छौं भने, उहाँ विश्‍वासयोग्‍य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्‍कार गर्न सक्‍नुहुन्‍न।</verse>
				<verse number="14">यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।</verse>
				<verse number="15">शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।</verse>
				<verse number="16">भक्तिहीन बकबक त्‍याग, किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ।</verse>
				<verse number="17">तिनीहरूको बातचीत सइनको घाउजस्‍तो गाडिँदैजानेछ। तिनीहरूमध्‍ये हुमेनियस र फिलेतस हुन्‌।</verse>
				<verse number="18">पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।</verse>
				<verse number="19">तर परमेश्‍वरको दृढ़ जग खड़ै रहन्‍छ, र त्‍यसमा यो छाप लागेको छ, “प्रभुले आफ्‍ना जतिलाई चिन्‍नुहुन्‍छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्‌।”</verse>
				<verse number="20">ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्‍छन्, कुनै आदर र कुनै अनादरका निम्‍ति।</verse>
				<verse number="21">जे कुरो अनादरको छ, यदि कसैले त्‍यसबाट आफूलाई शुद्ध पार्‍यो भने त्‍यो आदरका कामको लागि एउटा पात्र बन्‍नेछ, र घरका मालिकको निम्‍ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्‍ति तयार रहनेछ।</verse>
				<verse number="22">यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।</verse>
				<verse number="23">तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्‍कार गर— तिमी जान्‍दछौ यिनीहरूबाट झगड़ा हुन्‍छ।</verse>
				<verse number="24">प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्‍य शिक्षक, सहनशील,</verse>
				<verse number="25">र नम्रतासाथ आफ्‍ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने, सत्‍यतालाई बुझ्‍ने मन दिनुहुनेछ,</verse>
				<verse number="26">र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्‍कनेछन्, जसले तिनीहरूलाई त्‍यसको इच्‍छाअनुसार चल्‍नलाई कैदी बनाएको छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌।</verse>
				<verse number="2">किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,</verse>
				<verse number="3">स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,</verse>
				<verse number="4">विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,</verse>
				<verse number="5">भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।</verse>
				<verse number="6">किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌।</verse>
				<verse number="7">जुन स्‍त्रीहरू सिक्‍न त सधैँ सिक्‍छन्, तर सत्‍यको ज्ञानमा कहिल्‍यै आउन सक्‍दैनन्‌।</verse>
				<verse number="8">यान्‍नेस र याम्‍ब्रेसले मोशाको विरोध गरेजस्‍तै, यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्‌। यी मानिसहरू भ्रष्‍ट दिमागका र नक्कली विश्‍वासका हुन्‍छन्‌।</verse>
				<verse number="9">तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।</verse>
				<verse number="10">अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्‍वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्‍थिरता देखेका छौ,</verse>
				<verse number="11">मेरा सतावटहरू र मेरा कष्‍टहरू एन्‍टिओखियामा, आइकोनियनमा र लुस्‍त्रामा ममाथि के पर्न आयो र कस्‍ता-कस्‍ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।</verse>
				<verse number="12">ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,</verse>
				<verse number="13">तर दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्‍ट हुँदैजानेछन्‌।</verse>
				<verse number="14">तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्‍वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्‍दछौ।</verse>
				<verse number="15">तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ।</verse>
				<verse number="16">सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,</verse>
				<verse number="17">ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">परमेश्‍वरको सामने र जिउँदा र मरेकाहरूको इन्‍साफ गर्न आउनुहुने ख्रीष्‍ट येशूको सामने, अनि उहाँको आगमन र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु,</verse>
				<verse number="2">वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।</verse>
				<verse number="3">किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,</verse>
				<verse number="4">र सत्‍य कुरा सुन्‍नदेखि तर्किजानेछन्, दन्‍त्‍यकथाहरूतिर बरालिनेछन्‌।</verse>
				<verse number="5">तिमीचाहिँ दह्रिला होऊ। कष्‍ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।</verse>
				<verse number="6">किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ।</verse>
				<verse number="7">मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।</verse>
				<verse number="8">अब उप्रान्‍त मेरो निम्‍ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्‍यायाधीश प्रभुले त्‍यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्‍नेहरू सबैलाई दिनुहुनेछ।</verse>
				<verse number="9">मकहाँ चाँड़ै आउनलाई भरमग्‍दूर कोसिस गर।</verse>
				<verse number="10">किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्‍यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्‍स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।</verse>
				<verse number="11">लूका मात्र मसँग छन्‌। मर्कूसलाई खोजेर तिमी साथै ल्‍याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्‌।</verse>
				<verse number="12">तर तुखिकसलाई मैले एफिससमा पठाएको छु।</verse>
				<verse number="13">त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्‍टो र पुस्‍तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ।</verse>
				<verse number="14">तमौटे अलेक्‍जेन्‍डरले मलाई ज्‍यादै खराबी गर्‍यो। प्रभुले त्‍यसलाई त्‍यसका कामअनुसार बदला दिनुहुनेछ।</verse>
				<verse number="15">त्‍यसदेखि तिमी पनि होशियार बस, किनकि त्‍यसले हाम्रो प्रचारको घोर विरोध गर्‍यो।</verse>
				<verse number="16">मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्‍यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्!</verse>
				<verse number="17">तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ।</verse>
				<verse number="18">प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्‍वर्गीय राज्‍यको निम्‍ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्‌। आमेन।</verse>
				<verse number="19">प्रिस्‍किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ।</verse>
				<verse number="20">इरास्‍तस कोरिन्‍थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्‍थामा छोडें।</verse>
				<verse number="21">हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्‍लौडिया र सबै भाइहरूले पनि।</verse>
				<verse number="22">प्रभु तिम्रो आत्‍मासँग रहून्‌। तिमीसित अनुग्रह रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="56">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वरको दास र येशू ख्रीष्‍टको प्रेरित पावलबाट, परमेश्‍वरका चुनिएकाहरूको विश्‍वास र भक्तिसँग मिल्‍दो तिनीहरूका सत्‍यको ज्ञान बढ़ाउनलाई,</verse>
				<verse number="2">जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो।</verse>
				<verse number="3">परमेश्‍वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्‍मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्‍नो वचन प्रकट गर्नुभयो।</verse>
				<verse number="4">एउटै विश्‍वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्‍वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।</verse>
				<verse number="5">यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्‍यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्‍डरहरू नियुक्त गर्नू।</verse>
				<verse number="6">एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌।</verse>
				<verse number="7">किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन,</verse>
				<verse number="8">तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।</verse>
				<verse number="9">तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।</verse>
				<verse number="10">किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्‍ने, बकवादी र छलीहरू हुन्‍छन्, झन्‌ विशेष गरी खतनावालहरू त यस्‍तै हुन्‍छन्‌।</verse>
				<verse number="11">यिनीहरूको मुख बन्‍द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्‍याइराखेका छन्‌। यस्‍तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो।</verse>
				<verse number="12">तिनीहरूमध्‍येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्‍ने, दुष्‍ट पशुहरू र अल्‍छे घिचुवाहरू हुन्‍छन्‌।”</verse>
				<verse number="13">यो गवाही साँचो हो। त्‍यसैकारण तिनीहरूलाई कड़ासित हप्‍काऊ, ताकि तिनीहरू विश्‍वासमा पक्‍का होऊन्,</verse>
				<verse number="14">र सत्‍यतालाई इन्‍कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्‍त्‍यकथामा ध्‍यान नलगाऊन्‌।</verse>
				<verse number="15">शुद्धहरूलाई सबै थोक शुद्धै हुन्‍छन्, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्‍ट भएका हुन्‍छन्‌।</verse>
				<verse number="16">तिनीहरू परमेश्‍वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्‍ना कामद्वारा उहाँलाई इन्‍कार गर्दछन्‌। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्‍छन्, र कुनै पनि असल कामको निम्‍ति योग्‍यका हुँदैनन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">तिमीले चाहिँ जे पक्‍का धार्मिक-सिद्धान्‍त सुहाँउदो छ त्‍यही सिकाऊ।</verse>
				<verse number="2">वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।</verse>
				<verse number="3">यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।</verse>
				<verse number="4">तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,</verse>
				<verse number="5">र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।</verse>
				<verse number="6">त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ।</verse>
				<verse number="7">सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्‍भीरता,</verse>
				<verse number="8">र कसैले निन्‍दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्‍ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌।</verse>
				<verse number="9">कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌।</verse>
				<verse number="10">तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्‍वासयोग्‍य होऊन्‌। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्‍वरका धार्मिक-सिद्धान्‍तको शोभा बढ़ाऊन्‌।</verse>
				<verse number="11">किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ,</verse>
				<verse number="12">जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।</verse>
				<verse number="13">र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।</verse>
				<verse number="14">ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।</verse>
				<verse number="15">यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्‍काऊ। कसैले तिम्रो अवहेलना नगरोस्‌।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।</verse>
				<verse number="2">तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन्‌ र सबै मानिससँग भद्रताको व्‍यवहार गरून्‌।</verse>
				<verse number="3">किनभने हामी पनि एक पल्‍ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं।</verse>
				<verse number="4">तर जब परमेश्‍वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो,</verse>
				<verse number="5">तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,</verse>
				<verse number="6">जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो,</verse>
				<verse number="7">ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं।</verse>
				<verse number="8">यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्‌।</verse>
				<verse number="9">तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्‍यवस्‍थासम्‍बन्‍धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्‍यर्थका हुन्‍छन्‌।</verse>
				<verse number="10">फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,</verse>
				<verse number="11">यो जानेर कि यस्‍तो मानिस भ्रष्‍ट र पापी हो। त्‍यो आफै दोषी ठहरिएको छ।</verse>
				<verse number="12">जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्‍दूर चेष्‍टा गर। किनकि त्‍यहीँ नै हिउँद कटाउने मैले निश्‍चय गरेको छु।</verse>
				<verse number="13">वकील जेनास र अपोल्‍लोसलाई यात्रामा भरमग्‍दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्‌।</verse>
				<verse number="14">हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्, ताकि जरूरी खाँचो परिआएको खण्‍डमा तिनीहरूले मदत दिन सकून्, र तिनीहरू निष्‍फल नहोऊन्‌।</verse>
				<verse number="15">मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्‌। विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन देऊ। तिमीहरू सबै जनासँग अनुग्रह रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="57">
			<chapter number="1">
				<verse number="1">ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट,</verse>
				<verse number="2">हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्‍फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्‍पस, र तिम्रो घरका मण्‍डलीलाई:</verse>
				<verse number="3">तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट शान्‍ति!</verse>
				<verse number="4">मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्‍मरण गर्दछु तब म मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु,</verse>
				<verse number="5">किनकि प्रभु येशूमाथिको तिम्रो विश्‍वासको विषयमा र सन्‍तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्‍दछु।</verse>
				<verse number="6">म प्रार्थना गर्दछु कि तिम्रो विश्‍वासको सहभागिताले ख्रीष्‍टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्‌।</verse>
				<verse number="7">मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्‍द र सान्‍त्‍वना पाएको छु, किनकि तिमीद्वारा सन्‍तहरूका हृदय फेरि ताजा भएका छन्‌।</verse>
				<verse number="8">तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्‍टमा मलाई साहस भए तापनि,</verse>
				<verse number="9">प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्‍छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्‍ट येशूको एक कैदी</verse>
				<verse number="10">मेरा छोरा ओनेसिमसको निम्‍ति म निवेदन गर्दछु, जसको निम्‍ति मेरो कैदी अवस्‍थामा म पिता बनेको छु।</verse>
				<verse number="11">तिनी अगाडि तिम्रो निम्‍ति बेकम्‍मा थिए, तर अहिले तिम्रो निम्‍ति र मेरो निम्‍ति पनि काम लाग्‍ने भएका छन्‌।</verse>
				<verse number="12">म तिनलाई, जो मेरो आफ्‍नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु।</verse>
				<verse number="13">तिनलाई मसँगै राख्‍न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्‍ति मेरो बन्‍दी अवस्‍थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्‍तथिए,</verse>
				<verse number="14">तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्‍नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्‍नै स्‍वइच्‍छाले गरिएको होस्‌।</verse>
				<verse number="15">शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌—</verse>
				<verse number="16">अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति।</verse>
				<verse number="17">यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर।</verse>
				<verse number="18">यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ।</verse>
				<verse number="19">म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ।</verse>
				<verse number="20">प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्‍ने म चाहन्‍छु। ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ।</verse>
				<verse number="21">तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्‍दा झन्‌ बढ़ी गर्नेछौ भन्‍ठानेर म तिमीलाई लेख्‍दैछु।</verse>
				<verse number="22">साथै मेरो निम्‍ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्‍ने आशा गर्दछु।</verse>
				<verse number="23">येशू ख्रीष्‍टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="24">त्‍यसै गरी सहकर्मी मर्कूस, अरिस्‍तार्खस, डेमास र लूकाले पनि।</verse>
				<verse number="25">प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌।</verse>
			</chapter>
		</book>
		<book number="58">
			<chapter number="1">
				<verse number="1">प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्‍न किसिमले परमेश्‍वर बोल्‍नुभयो।</verse>
				<verse number="2">तर यी आखिरी दिनहरूमा उहाँ आफ्‍ना पुत्रद्वारा हामीसँग बोल्‍नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्‍त सृष्‍टि रच्‍नु पनि भयो।</verse>
				<verse number="3">उहाँ नै परमेश्‍वरका महिमाको प्रतिबिम्‍ब र परमेश्‍वरकै स्‍वभावको वास्‍तविक प्रतिरूप हुनुहुन्‍छ, र सम्‍पूर्ण विश्‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्‍छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्‍वरको दाहिने बाहुलीपट्टि उच्‍च स्‍थानमा उहाँ विराजमान हुनुभयो।</verse>
				<verse number="4">जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका भन्‍दा उत्तम छ, त्‍यसरी नै उहाँ तिनीहरूभन्‍दा अझ उच्‍च ठहरिनुभएको छ।</verse>
				<verse number="5">“तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु” भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै भन्‍नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्‌” भनी कुनै स्‍वर्गदूतलाई कहिल्‍यै भन्‍नुभयो?</verse>
				<verse number="6">आफ्‍नो प्रथम जन्‍मेकालाई संसारमा ल्‍याउनुहुँदा उहाँ फेरि भन्‍नुहुन्‍छ, “परमेश्‍वरका सारा स्‍वर्गदूतहरूले उहाँलाई नै पुजून्‌।”</verse>
				<verse number="7">स्‍वर्गदूतका विषयमा उहाँ भन्‍नुहुन्‍छ, “उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई बतास र आफ्‍ना दासहरूलाई आगोको ज्‍वाला तुल्‍याउनुहुन्‍छ।”</verse>
				<verse number="8">	तर पुत्रको विषयमा चाहिँ उहाँ भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हो।</verse>
				<verse number="9">तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।”</verse>
				<verse number="10">उहाँ फेरि भन्‍नुहुन्‍छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्‍वीको जग बसाल्‍नुभयो, र आकाशमण्‍डल तपाईंका बाहुलीको काम हो।</verse>
				<verse number="11">तिनीहरू त नष्‍ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्‍छ। तिनीहरू वस्‍त्रझैँ पुराना भइहाल्‍नेछन्,</verse>
				<verse number="12">खास्‍टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‌नुहुन्‍छ, वस्‍त्रझैँ ती फेरिनेछन्‌। तर तपाईं एकैनास हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।”</verse>
				<verse number="13">तर कुन स्‍वर्गदूतलाई उहाँले कहिले यसो भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ”?</verse>
				<verse number="14">के ती सबै स्‍वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्‍माहरू होइनन्‌?</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">यसकारण जे सुनेका छौं त्‍यसमाथि हामीले अझ बढ़ी ध्‍यान दिनुपर्छ, नत्रता हामी त्‍यसबाट बहकिएर जानेछौं।</verse>
				<verse number="2">यदि स्‍वर्गदूतहरूले घोषणा गरेको सन्‍देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्‍ति उचित दण्‍ड दिइयो भने,</verse>
				<verse number="3">तब हामीले यति महान्‌ मुक्तिको वास्‍ता राखेनौं भने हामी कसरी उम्‍कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्‍नेहरूद्वारा हाम्रा निम्‍ति पक्‍का साबित गरियो।</verse>
				<verse number="4">परमेश्‍वरले पनि चिन्‍हहरू, अचम्‍मका कामहरू, विभिन्‍न आश्‍चर्यकर्महरू र उहाँको आफ्‍नो इच्‍छाबमोजिम बाँड़िएका पवित्र आत्‍माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो।</verse>
				<verse number="5">हामीले कुरा गर्दैआएको त्‍यो आउँदो संसारलाई परमेश्‍वरले स्‍वर्गदूतहरूका अधीनमा राख्‍नुभएन।</verse>
				<verse number="6">धर्मशास्‍त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? अथवा मानिसको छोरो को हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?</verse>
				<verse number="7">तपाईंले तिनलाई अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।</verse>
				<verse number="8">तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्‍नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्‍दैनौं।</verse>
				<verse number="9">तर हामी येशूलाई देख्‍तछौं। उहाँ अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याइनुभयो, मृत्‍युको कष्‍टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्‍वरको अनुग्रहद्वारा हरेक मानिसको निम्‍ति उहाँले मृत्‍युको स्‍वाद चाखून्‌।</verse>
				<verse number="10">यो उचित थियो, कि परमेश्‍वर, जसको निम्‍ति र जसद्वारा सबै थोकको अस्‍तित्‍व छ, उहाँले नै धेरै सन्‍तानलाई महिमामा ल्‍याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्‍याउनुभयो।</verse>
				<verse number="11">किनकि पवित्र तुल्‍याउनुहुने र पवित्र तुल्‍याइएकाहरू पनि सबै एउटै परिवारका हुन्‌। त्‍यसैकारण तिनीहरूलाई भाइ भन्‍नमा येशू शर्माउनुहुन्‍न।</verse>
				<verse number="12">उहाँ भन्‍नुहुन्‍छ, “मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”</verse>
				<verse number="13">र फेरि, “म उहाँमाथि मेरो भरोसा राख्‍नेछु।” र फेरि उहाँ भन्‍नुहुन्‍छ, “हेर, म र परमेश्‍वरले मलाई दिनुभएका यी छोरा-छोरीहरू।”</verse>
				<verse number="14">किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्,</verse>
				<verse number="15">र मृत्‍युको डरले आजीवन बन्‍धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्‌।</verse>
				<verse number="16">किनकि साँच्‍चै नै उहाँले स्‍वर्गदूतहरूको होइन, तर अब्राहामका सन्‍तानको वास्‍ता गर्नुहुन्‍छ।</verse>
				<verse number="17">यसैकारण हरेक कुरामा उहाँ आफ्‍नै भाइहरूजस्‍तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्‍चित गर्नलाई परमेश्‍वरको सेवामा उहाँ कृपालु र विश्‍वस्‍त प्रधान पूजाहारी बन्‍नुभयो।</verse>
				<verse number="18">किनकि उहाँ आफैले कष्‍ट भोग्‍नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">यसकारण स्‍वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्‍वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर।</verse>
				<verse number="2">उहाँलाई नियुक्त गर्नुहुनेप्रति येशू विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो, जसरी मोशा पनि परमेश्‍वरको परिवारमा विश्‍वस्‍त थिए।</verse>
				<verse number="3">मोशाभन्‍दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्‍दा घर बनाउनेको बढ़ी आदर हुन्‍छ।</verse>
				<verse number="4">किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्‍छ, तर सब थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्‍छ।</verse>
				<verse number="5">अब भविष्‍यमा बोलिने कुराका गवाहीको निम्‍ति मोशा परमेश्‍वरका सारा घरानामा दासको रूपमा विश्‍वस्‍त थिए।</verse>
				<verse number="6">तर ख्रीष्‍टचाहिँ परमेश्‍वरका घरानामा पुत्रको रूपमा विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो। यदि हाम्रो आशामा हामीले आफ्‍नो भरोसा र गौरव अन्‍त्‍यसम्‍मै थामिराख्‍यौं भने हामी उहाँका परिवार हौं।</verse>
				<verse number="7">यसकारण पवित्र आत्‍मा भन्‍नुहुन्‍छ, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने,</verse>
				<verse number="8">उजाड-स्‍थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्‍तो आफ्‍ना हृदयलाई कठोर नपार,</verse>
				<verse number="9">जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे, र चालीस वर्षसम्‍म मेरा कामहरू देखे।</verse>
				<verse number="10">यसकारण त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र भनें, ‘तिनीहरूका हृदय सधैँ बरालिन्‍छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।’</verse>
				<verse number="11">यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।”</verse>
				<verse number="12">भाइ हो, होश गर, तिमीहरूमध्‍ये कसैमा भएको दुष्‍ट र अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट टाढ़ा नलैजाओस्‌।</verse>
				<verse number="13">जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ, तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्‌।</verse>
				<verse number="14">यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्‍त्‍यसम्‍मै दृढ़तासाथ थामिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं।</verse>
				<verse number="15">धर्मशास्‍त्रले भन्‍दछ, “आजै तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने विद्रोहका दिनमा जस्‍तै गरी आफ्‍नो हृदय कठोर नपार।”</verse>
				<verse number="16">सुन्‍नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन्‌ र, जो मोशाको नेतृत्‍वमा मिश्रदेशबाट निस्‍किआएका थिए?</verse>
				<verse number="17">कोसँग उहाँ चालीस वर्षसम्‍म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन, जुनहरू उजाड-स्‍थानमा मरेर गएका थिए?</verse>
				<verse number="18">आज्ञा नमान्‍नेहरू नै उहाँको विश्राममा कहिल्‍यै पस्‍न पाउनेछैनन्‌ भनी उहाँले शपथ खानुभएको होइन र?</verse>
				<verse number="19">यसैले हामी देख्‍तछौं, अविश्‍वासको कारणले नै तिनीहरू पस्‍न सकेनन्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसकारण परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्‍ये कोही पनि त्‍यस प्रतिज्ञादेखि वञ्‍चित नहोस्‌।</verse>
				<verse number="2">किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्‍नेहरूले विश्‍वासपूर्वक यिनलाई ग्रहण गरेनन्‌।</verse>
				<verse number="3">किनकि हामी विश्‍वास गर्नेहरूचाहिँ त त्‍यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्‍नुभएको छ, “यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्‍पत्तिदेखि नै पूरा भइसकेका थिए।</verse>
				<verse number="4">किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्‍नुभएको छ, “परमेश्‍वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो।”</verse>
				<verse number="5">र फेरि यसै खण्‍डमा उहाँले भन्‍नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”</verse>
				<verse number="6">कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍ना अनाज्ञाकारिताले गर्दा पस्‍न सकेनन्‌।</verse>
				<verse number="7">फेरि परमेश्‍वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍नुभयो, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने तिमीहरूका हृदय कठोर नपार।”</verse>
				<verse number="8">किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुनेथिएन।</verse>
				<verse number="9">यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ।</verse>
				<verse number="10">किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो।</verse>
				<verse number="11">यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌।</verse>
				<verse number="12">किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।</verse>
				<verse number="13">परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।</verse>
				<verse number="14">आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं।</verse>
				<verse number="15">किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="16">यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">प्रत्‍येक प्रधान पूजाहारी मानिसहरूमध्‍येबाट छानिन्‍छ, र मानिसहरूको पक्षमा पापको निम्‍ति परमेश्‍वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्‍छ।</verse>
				<verse number="2">अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रतासाथ व्‍यवहार गर्न सक्‍तछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरिएको हुन्‍छ।</verse>
				<verse number="3">यसैकारण मानिसहरूका पापको निम्‍ति मात्र होइन, तर आफ्‍नै पापको निम्‍ति पनि बलिदान चढ़ाउन तिनलाई कर लाग्‍छ।</verse>
				<verse number="4">कसैले यो सम्‍मान आफै लिन सक्‍दैन, तर हारूनजस्‍तै तिनलाईं परमेश्‍वरले बोलाउनुहुन्‍छ।</verse>
				<verse number="5">ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्‍च पार्नुभएन, तर उहाँलाई यसो भन्‍नुहुनेबाट नियुक्त हुनुभयो, “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु।”</verse>
				<verse number="6">अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्‍छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”</verse>
				<verse number="7">येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बड़ो क्रन्‍दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।</verse>
				<verse number="8">उहाँ पुत्र हुनुहुन्‍थ्‍यो, तापनि आफूले भोग्‍नुभएको कष्‍टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो,</verse>
				<verse number="9">र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो।</verse>
				<verse number="10">मल्‍कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्‍वरद्वारा उहाँ नियुक्त हुनुभयो।</verse>
				<verse number="11">यस विषयमा हामीलाई भन्‍नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्‍ने शक्ति मन्‍द भएको छ।</verse>
				<verse number="12">किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ।</verse>
				<verse number="13">दूध मात्र खाएर बाँच्‍ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्‍यो बालकै हुन्‍छ।</verse>
				<verse number="14">खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं। मृत्‍युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप र परमेश्‍वरमाथिको विश्‍वासका कुराको जग फेरि नबसालौं।</verse>
				<verse number="2">विभिन्‍न बप्‍तिस्‍माहरूसम्‍बन्‍धी शिक्षा, हात राख्‍ने काम, मरेकाहरूको पुनरुत्‍थान र अनन्‍त दण्‍डजस्‍ता कुराहरूको जग फेरि नबसालौं।</verse>
				<verse number="3">यदि परमेश्‍वरको अनुमति भयो भने हामी यसै गर्नेछौं।</verse>
				<verse number="4">किनकि तिनीहरू, जसले एक चोटि ज्‍योति पाएर स्‍वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्‍माका सहभागी भएका छन्,</verse>
				<verse number="5">र परमेश्‍वरको उत्तम वचनको र आउने युगका शक्तिको स्‍वाद चाखेका छन्,</verse>
				<verse number="6">त्‍यसपछि पनि विश्‍वास त्‍याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्‍चात्ताप गर्ने स्‍थितिमा फेरि ल्‍याउनु असम्‍भव छ। किनभने तिनीहरूले आफ्‍नै खातिर परमेश्‍वरका पुत्रलाई फेरि क्रूसमा टाँग्‍छन्, र खुल्‍लमखुल्‍ला उहाँको अपमान गर्छन्‌।</verse>
				<verse number="7">जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्‍ति खनजोत गरिएको छ, र तिनीहरूका निम्‍ति मन पर्ने अन्‍न-बाली उमार्छ, त्‍यस जमिनले परमेश्‍वरबाट आशिष्‌ पाउँछ।</verse>
				<verse number="8">तर त्‍यसैले काँढ़ा र सिउँड़ीहरू उमार्‍यो भने त्‍यो बेकम्‍मा हुन्‍छ, र परमेश्‍वरको सराप पर्न सक्‍छ। अन्‍त्‍यमा त्‍यो जलाइन्‍छ।</verse>
				<verse number="9">हामीले यस्‍ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्‍बन्‍धीका अझ असल कुराको बारेमा हामी निश्‍चित छौं।</verse>
				<verse number="10">परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न, र तिमीहरूका काम र उहाँको खातिर सन्‍तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्‍नुहुन्‍न। तिमीहरू अझै पनि त्‍यस्‍तै सेवा गरिराखेका छौ।</verse>
				<verse number="11">हामी चाहन्‍छौं, कि तिमीहरू प्रत्‍येकले आफ्‍ना सम्‍पूर्ण आशा प्राप्‍त गर्नका निम्‍ति अन्‍त्‍यसम्‍मै त्‍यही तत्‍परता देखाउनेछौ,</verse>
				<verse number="12">यस उद्देश्‍यले कि तिमीहरू सुस्‍त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्‍छन्‌।</verse>
				<verse number="13">परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा अझ ठूला अरू कुनै नभएकाले आफ्‍नै नाउँमा यसो भनेर शपथ खानुभयो,</verse>
				<verse number="14">“म निश्‍चय तँलाई आशिष्‌ दिनेछु, र तेरो वृद्धि गर्नेछु।”</verse>
				<verse number="15">र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्‍त गरे।</verse>
				<verse number="16">मानिसहरू आफूभन्‍दा ठूलाको नाउँमा शपथ खान्‍छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्‍का गरिन्‍छ।</verse>
				<verse number="17">परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्‍ने उहाँको अभिप्राय पक्‍का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्‍यो निश्‍चय गरिदिनुभयो।</verse>
				<verse number="18">बदली हुन नसक्‍ने यी दुई कुराहरूमा परमेश्‍वर असत्‍य ठहरिनु असम्‍भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्‍त गर्ने ठूलो हौसला पाएका छौं।</verse>
				<verse number="19">हाम्रा आत्‍माको निम्‍ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ,</verse>
				<verse number="20">जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्‍कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यिनै मल्‍कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। राजाहरूलाई परास्‍त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए।</verse>
				<verse number="2">यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्‍यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात्‌ शान्‍तिका राजा।</verse>
				<verse number="3">विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌।</verse>
				<verse number="4">अब विचार गर त, यिनी कस्‍ता महान्‌ पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए?</verse>
				<verse number="5">पूजाहारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्‍नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्‍यवस्‍थाबमोजिम पाएका थिए, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्‍तान थिए।</verse>
				<verse number="6">तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्‌।</verse>
				<verse number="7">यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशीर्वाद पाउँछ।</verse>
				<verse number="8">एकातिर मरणशील मानिसहरूले दशांश लिन्‍छन्, अर्कोतिर सदाकाल जीवित रहन्‍छन्‌ भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्‍छन्‌।</verse>
				<verse number="9">कसैले यो पनि भन्‍न सक्‍छ, कि दशांश पाउने लेवीले पनि अब्राहामद्वारा नै दशांश दिए।</verse>
				<verse number="10">किनभने मल्‍कीसेदेकले अब्राहामलाई भेट्‌दा लेवी आफ्‍ना पिताको शरीरभित्रै थिए।</verse>
				<verse number="11">अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्‍त हुँदो हो त (किनभने यसैको आधारमा मानिसहरूलाई व्‍यवस्‍था मिलेको थियो) हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्‍कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खड़ा हुनलाई के जरूरत पर्थ्‍यो?</verse>
				<verse number="12">किनकि पूजाहारी पद बद्‌लिँदा व्‍यवस्‍था पनि बद्‌लिनैपर्छ।</verse>
				<verse number="13">किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन।</verse>
				<verse number="14">किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌।</verse>
				<verse number="15">यदि मल्‍कीसेदेकजस्‍तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्‍ट हुन्‍छ,</verse>
				<verse number="16">जो पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌।</verse>
				<verse number="17">किनकि उहाँको गवाही यो छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”</verse>
				<verse number="18">किनभने त्‍यो पहिलो आज्ञाचाहिँ कमजोर र बेकामको भएको हुनाले खारेज भएको छ,</verse>
				<verse number="19">(किनकि व्‍यवस्‍थाले केही कुरा सिद्ध तुल्‍याएन) र त्‍यसभन्‍दा अझ उत्तम आशा दिइएको छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍छौं।</verse>
				<verse number="20">अनि योचाहिँ विनाशपथ भएको होइन।</verse>
				<verse number="21">अघि पूजाहारी हुनेहरूले त साँच्‍ची नै विनाशपथ पूजाहारीको पद लिएका थिए, तर उहाँचाहिँ शपथसहित पूजाहारी बन्‍नुभयो, र उहाँको विषयमा परमेश्‍वर भन्‍नुहुन्‍छ, “परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, ‘तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ’।”</verse>
				<verse number="22">यसैले येशूलाई उत्तम करारको जमानत बनाउँदछ।</verse>
				<verse number="23">अघिका पूजाहारीहरू धेरै संख्‍यामा थिए, किनकि मृत्‍युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्‍यो।</verse>
				<verse number="24">तर येशूचाहिँ अनन्‍त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्‍छ।</verse>
				<verse number="25">फलस्‍वरूप उहाँद्वारा परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्‍नुहुन्‍छ। किनभने तिनीहरूका निम्‍ति मध्‍यस्‍थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्‍छ।</verse>
				<verse number="26">किनकि यो उचित थियो कि हाम्रा लागि यस्‍ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्‍कलङ्क, पापीहरूबाट अलग र स्‍वर्गभन्‍दा पनि माथि उचालिएका हुनुहुन्‍छ।</verse>
				<verse number="27">अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो।</verse>
				<verse number="28">किनकि व्‍यवस्‍थाले दुर्बल मानिसहरूलाई प्रधान पूजाहारी नियुक्त गर्छ, तर सदासर्वदाको निम्‍ति सिद्ध तुल्‍याइनुभएको परमेश्‍वरका पुत्रलाई व्‍यवस्‍थाभन्‍दा पछि आएको शपथको वचनले नियुक्त गर्छ।</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।</verse>
				<verse number="2">मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ।</verse>
				<verse number="3">किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ।</verse>
				<verse number="4">उहाँ यस पृथ्‍वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्‍यवस्‍थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्‌।</verse>
				<verse number="5">तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।”</verse>
				<verse number="6">तर यसै पनि ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा त्‍यतिकै बढ़ी श्रेष्‍ठ छ, जत्तिको उहाँले मध्‍यस्‍थता गर्नुभएको करार पुरानोभन्‍दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ।</verse>
				<verse number="7">किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्‍यकता पर्नेथिएन।</verse>
				<verse number="8">किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्‍नुहुन्‍छ, “परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।</verse>
				<verse number="9">तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ। परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरू मेरो करारमा स्‍थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्‍ता गरिनँ।</verse>
				<verse number="10">परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌।</verse>
				<verse number="11">‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌।</verse>
				<verse number="12">किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”</verse>
				<verse number="13">यस करारलाई “नयाँ” भन्‍नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्‍याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ।</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए।</verse>
				<verse number="2">एउटा पवित्र वासस्‍थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्‍थान भनिन्‍थ्‍यो।</verse>
				<verse number="3">दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्‍थान भनिने कोठा थियो,</verse>
				<verse number="4">जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए।</verse>
				<verse number="5">सन्‍दूकमाथि कृपा-आसनमा छाया पारिराख्‍ने ईश्‍वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्‍तारपूर्वक भन्‍न सक्‍दैनौं।</verse>
				<verse number="6">अब यी कुराहरूको प्रबन्‍ध गरिसकेपछि पूजाहारीहरू आफ्‍ना विधि र कर्तव्‍य पालन गर्दै निरन्‍तर बाहिरपट्टिको पवित्रस्‍थानभित्र प्रवेश गर्थे।</verse>
				<verse number="7">तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्‍छन्, सो पनि रगत नलगी होइन। त्‍यो रगत उनले आफ्‍नो निम्‍ति र मानिसहरूका पापको निम्‍ति चढ़ाउँछन्‌।</verse>
				<verse number="8">यसैबाट पवित्र आत्‍मा देखाउनुहुन्‍छ, कि जबसम्‍म बाहिरपट्टिको पवित्रस्‍थान रहिरहन्‍छ, तबसम्‍म महापवित्रस्‍थानभित्र जाने बाटो खुल्‍नेछैन।</verse>
				<verse number="9">यो त अहिले वर्तमान समयको निम्‍ति एक दृष्‍टान्‍त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्‍याउन सक्‍दैनन्‌।</verse>
				<verse number="10">ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए।</verse>
				<verse number="11">जब ख्रीष्‍ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्‍थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्‍टिको अङ्ग होइन।</verse>
				<verse number="12">बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो।</verse>
				<verse number="13">बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्‍छ भने,</verse>
				<verse number="14">ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो।</verse>
				<verse number="15">यसैकारण उहाँ नयाँ करारका मध्‍यस्‍थ हुनुहुन्‍छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्‍त उत्तराधिकार प्राप्‍त गरून्, किनकि एक जनाको मृत्‍युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्‍छ।</verse>
				<verse number="16">किनकि जहाँ इच्‍छापत्रको प्रश्‍न छ त्‍यहाँ इच्‍छापत्र लेख्‍नेको मृत्‍यु भएको प्रमाणित हुनुपर्दछ।</verse>
				<verse number="17">उसको मृत्‍यु भएपछि मात्र इच्‍छापत्र पक्‍का हुन्‍छ, किनकि इच्‍छापत्र दिने बाँचुञ्‍जेल त्‍यो पक्‍का ठहर्दैन।</verse>
				<verse number="18">यसकारण पहिलो करार पनि रगतविना पक्‍का हुन सकेन।</verse>
				<verse number="19">जब मोशाले व्‍यवस्‍थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्‍याउलासहित, व्‍यवस्‍थाको पुस्‍तकमाथि र सबै मानिसहरूमाथि छर्के।</verse>
				<verse number="20">अनि उनले यसो भने, “परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।”</verse>
				<verse number="21">यसै गरी उनले पवित्र वासस्‍थानमाथि र आराधनामा चलाइने सबै भाँड़ाहरूमाथि त्‍यसै किसिमले रगत छर्के।</verse>
				<verse number="22">वास्‍तवमा, व्‍यवस्‍थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्‍दैन।</verse>
				<verse number="23">यदि स्‍वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्‍वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्‍यकता पर्‍यो।</verse>
				<verse number="24">ख्रीष्‍ट हातले बनाएको पवित्रस्‍थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्‍थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍वरको सामु उपस्‍थित हुनुभएको छ।</verse>
				<verse number="25">येशू आफैलाई बारम्‍बार बलि चढ़ाउन स्‍वयम्‌ पस्‍नुभएको होइन, जसरी प्रधान पूजाहारी सालिन्‍दा आफ्‍नै रगत होइन, तर अर्काको रगत लिएर महापवित्र स्‍थानभित्र प्रवेश गर्ने गर्दछन्‌।</verse>
				<verse number="26">नत्रता संसारको उत्‍पत्तिदेखि नै उहाँले बारम्‍बार दुःख भोग्‍नुपर्नेथियो। तर यस युगको अन्‍त्‍यमा आफ्‍नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्‍ति एकै पल्‍ट प्रकट हुनुभएको छ।</verse>
				<verse number="27">जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,</verse>
				<verse number="28">त्‍यसरी ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्‍ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्‍ट देखा पर्नुहुनेछ, पाप बोक्‍नका निम्‍ति होइन, तर उत्‍सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्‍ति।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">किनभने व्‍यवस्‍था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्‍दै नित्‍य चढ़ाइने त्‍यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्‍दैन।</verse>
				<verse number="2">नत्रता बलि चढ़ाउने काम रोकिनेथिएन र? किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्‍यसपछि पापको चेतना हुनेथिएन।</verse>
				<verse number="3">तर ती बलिदानहरूले सालिन्‍दा पापको सम्‍झना गराउँछन्‌।</verse>
				<verse number="4">किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्‍भव छ।</verse>
				<verse number="5">यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ।</verse>
				<verse number="6">होमबलि र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुहुन्‍न।</verse>
				<verse number="7">तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।”</verse>
				<verse number="8">पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।)</verse>
				<verse number="9">अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्‍थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्‍छ।</verse>
				<verse number="10">त्‍यही इच्‍छाबाट येशू ख्रीष्‍टका शरीरको बलिद्वारा सदाको निम्‍ति हामी पवित्र बनाइएका छौं।</verse>
				<verse number="11">हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन।</verse>
				<verse number="12">तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।</verse>
				<verse number="13">र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ।</verse>
				<verse number="14">किनकि एउटै बलिद्वारा जो पवित्र तुल्‍याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्‍ति सिद्ध बनाउनुभएको छ।</verse>
				<verse number="15">पवित्र आत्‍माले पनि हामीलाई गवाही दिनुहुन्‍छ। पहिला उहाँ भन्‍नुहुन्‍छ,</verse>
				<verse number="16">	“ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।”</verse>
				<verse number="17">तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।”</verse>
				<verse number="18">अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन।</verse>
				<verse number="19">यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ।</verse>
				<verse number="20">हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं।</verse>
				<verse number="21">परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले,</verse>
				<verse number="22">हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।</verse>
				<verse number="23">हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ।</verse>
				<verse number="24">हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।</verse>
				<verse number="25">कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।</verse>
				<verse number="26">किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,</verse>
				<verse number="27">तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।</verse>
				<verse number="28">मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।</verse>
				<verse number="29">तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।</verse>
				<verse number="30">किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”</verse>
				<verse number="31">जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो।</verse>
				<verse number="32">ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ।</verse>
				<verse number="33">कहिले त निन्‍दा र कष्‍टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्‍यस्‍तै अवस्‍थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ।</verse>
				<verse number="34">कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ।</verse>
				<verse number="35">त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ।</verse>
				<verse number="36">परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ।</verse>
				<verse number="37">किनकि अब एकै छिनमा, “आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।</verse>
				<verse number="38">तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।”</verse>
				<verse number="39">तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्‍येका होइनौं, तर विश्‍वास गरी बचाइएकाहरूमध्‍येका हौं।</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।</verse>
				<verse number="2">किनकि यसै विश्‍वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभयो।</verse>
				<verse number="3">विश्‍वासद्वारा हामी बुझ्‍दछौं कि सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो।</verse>
				<verse number="4">विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌।</verse>
				<verse number="5">विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्‍वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्‍दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्‍टि भएको थियो।</verse>
				<verse number="6">विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।</verse>
				<verse number="7">विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।</verse>
				<verse number="8">विश्‍वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्‍यो उनलाई थाहा थिएन।</verse>
				<verse number="9">विश्‍वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्‍तै तम्‍बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए।</verse>
				<verse number="10">किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ।</verse>
				<verse number="11">विश्‍वासैद्वारा साराले पनि आफ्‍नो उमेर ढल्‍किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्‍त गरिन्‌। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्‍वासयोग्‍य ठानेकी थिइन्‌।</verse>
				<verse number="12">यसैकारण मरेतुल्‍य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्‍य र समुद्रका किनारका अनगिन्‍ती बालुवाका कण जत्तिकै सन्‍तान उत्‍पन्‍न भए।</verse>
				<verse number="13">प्रतिज्ञा गरिएको कुरा प्राप्‍त नगरी यिनीहरू सबै विश्‍वासैमा मरे, तर टाढ़ैबाट त्‍यसलाई देखेर स्‍वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्‍वीमा परदेशी र प्रवासी थिए।</verse>
				<verse number="14">यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन्‌ भन्‍ने कुरा प्रष्‍ट हुन्‍छ।</verse>
				<verse number="15">जुन देशबाट तिनीहरू निस्‍केर गएका थिए, यदि तिनीहरूले त्‍यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्‍ने थियो।</verse>
				<verse number="16">तर तिनीहरू अझ उत्तम देश, अर्थात्‌ एक स्‍वर्गीय देशको इच्‍छा गर्छन्‌। यसैकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर भनी पुकारिनु शर्माउनुहुन्‍न, किनभने उहाँले तिनीहरूका निम्‍ति एउटा सहर तयार पारिदिनुभएको छ।</verse>
				<verse number="17">विश्‍वासद्वारा आफ्‍नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्‍नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए।</verse>
				<verse number="18">यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्‍तानको नाउँ रहनेछ।”</verse>
				<verse number="19">परमेश्‍वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्‍नुहुन्‍छ भन्‍ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए।</verse>
				<verse number="20">विश्‍वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्‍यको बारेमा आशीर्वाद दिए।</verse>
				<verse number="21">विश्‍वासद्वारा मर्ने बेलामा याकूबले आफ्‍नो लहुरोको टुप्‍पामा घोप्‍टो परेर परमेश्‍वरको आराधना गरे, र योसेफको प्रत्‍येक छोरालाई आशीर्वाद दिए।</verse>
				<verse number="22">विश्‍वासद्वारा योसेफले आफ्‍नो जीवनको अन्‍त्‍यतिर इस्राएलीहरूका प्रस्‍थानको विषयमा उल्‍लेख गरे, र उनका अस्‍थिको विषयमा आदेश दिए।</verse>
				<verse number="23">मोशा जन्‍मँदा तिनका आमा-बुबाले तिनलाई सुन्‍दर देखे, र विश्‍वासद्वारा तीन महिनासम्‍म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्‌।</verse>
				<verse number="24">जवान भएपछि विश्‍वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्‍कार गरे।</verse>
				<verse number="25">पापको क्षणिक सुख भोग्‍नुभन्‍दा बरु परमेश्‍वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे।</verse>
				<verse number="26">मिश्रदेशको धन-सम्पत्तिभन्‍दा ख्रीष्‍टको निम्‍ति निन्‍दित हुन तिनले मूल्‍यवान्‌ सम्‍पत्ति ठाने। किनभने तिनले आफ्‍नो दृष्‍टि इनामतिर लाएका थिए।</verse>
				<verse number="27">राजाको क्रोधसँग नडराएर विश्‍वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्‍य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्‍थिर रहे।</verse>
				<verse number="28">ज्‍येष्‍ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन्‌ भनेर तिनले विश्‍वासद्वारा निस्‍तार-चाड़को विधि पालन गरे र रगत छर्के।</verse>
				<verse number="29">विश्‍वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्‍न गर्दा डुबेर मरे।</verse>
				<verse number="30">सात दिनसम्‍म परिक्रमा गरेपछि विश्‍वासैबाट यरीहोका पर्खालहरू ढले।</verse>
				<verse number="31">जासूसहरूलाई राम्रो स्‍वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्‍या नाश भइनन्‌।</verse>
				<verse number="32">अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन—</verse>
				<verse number="33">जसले विश्‍वासद्वारा राज्‍यहरू कब्‍जा गरे, न्‍याय स्‍थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए,</verse>
				<verse number="34">आगोका ज्‍वालाहरू निभाए, तरवारका धारबाट उम्‍के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।</verse>
				<verse number="35">स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्‍थानद्वारा जीवित पाए। अरूहरूले मृत्‍युपछि अझ उत्तम जीवन प्राप्‍त गर्नलाई छुटकारा इन्‍कार गरेर बरु सास्ती भोगे।</verse>
				<verse number="36">अरूहरूले गिल्‍ला, कोर्राबाजी, बन्‍धन र कैद पनि भोग्‍नुपर्‍यो।</verse>
				<verse number="37">तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्‍लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े।</verse>
				<verse number="38">संसार तिनीहरूका निम्‍ति योग्‍यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्‍वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्‌नुपर्‍यो।</verse>
				<verse number="39">तिनीहरू सबैले आफ्‍ना विश्‍वासको निम्‍ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन्‌।</verse>
				<verse number="40">परमेश्‍वरले हाम्रा लागि अझ असल योजना राख्‍नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्‍याइऊन्‌।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।</verse>
				<verse number="2">हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।</verse>
				<verse number="3">पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।</verse>
				<verse number="4">पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्‍थासम्‍म तिमीहरू पुगेका छैनौ।</verse>
				<verse number="5">के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्‍बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्‍झ, उहाँबाटको दण्‍डमा हरेस नखाऊ,</verse>
				<verse number="6">किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”</verse>
				<verse number="7">ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?</verse>
				<verse number="8">तर यदि सबै जना सहभागी भएको त्‍यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्‍ना बाबुका खास छोराहरू होइनौ, तर व्‍यभिचारमा जन्‍मेका छोराहरू हौ।</verse>
				<verse number="9">यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं। के झन्‌ बढ़ी हाम्रा आत्‍माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्‍त गर्दैनौं र?</verse>
				<verse number="10">किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्‍ति उहाँले ताड़ना दिनुहुन्‍छ।</verse>
				<verse number="11">सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।</verse>
				<verse number="12">यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।</verse>
				<verse number="13">तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्, तर निको होस्‌।</verse>
				<verse number="14">सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।</verse>
				<verse number="15">ध्‍यान देओ, कि कुनै मानिस परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नदेखि वञ्‍चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्‍यसले फूट नल्‍याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्‌।</verse>
				<verse number="16">कोही पनि दुराचारी वा एसावजस्‍तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍मसिद्ध अधिकार बेचिदियो।</verse>
				<verse number="17">तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्‍दा पनि ऊ अस्‍वीकृत भयो। किनकि उसले पश्‍चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्‍यो खोजेको थियो।</verse>
				<verse number="18">तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।</verse>
				<verse number="19">तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे।</verse>
				<verse number="20">किनभने “यदि कुनै जनावरले त्‍यो पर्वत छोए, त्‍यसलाई ढुङ्गाले हानेर मार्नू” भन्‍ने आज्ञा तिनीहरूले सहन सकेनन्‌।</verse>
				<verse number="21">र त्‍यहाँको दृश्‍य यस्‍तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्‍दछु” भनेका थिए।</verse>
				<verse number="22">तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ।</verse>
				<verse number="23">स्‍वर्गमा नाउँ दर्ता भएका पहिला जन्‍मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्‍माका बीचमा,</verse>
				<verse number="24">र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ।</verse>
				<verse number="25">होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं?</verse>
				<verse number="26">उहाँको सोरले त्‍यस बेला पृथ्‍वी काम्‍यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्‍ट, पृथ्‍वी मात्र होइन, तर स्‍वर्गलाई समेत म हल्‍लाउनेछु।”</verse>
				<verse number="27">“अझ एक पल्‍ट” भन्‍ने वचनले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात्‌ सृष्‍टि भएका कुराहरू हटाइनेछन्, तर हल्‍लाउन नसकिने कुराहरू स्‍थिर रहनेछन्‌।</verse>
				<verse number="28">यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं।</verse>
				<verse number="29">किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">भातृ-प्रेम बनिरहोस्‌।</verse>
				<verse number="2">परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।</verse>
				<verse number="3">आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्‍यालखानमा हुनेहरूको ख्‍याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्‍याचारमा परेकाहरूलाई पनि सम्‍झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।</verse>
				<verse number="4">सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।</verse>
				<verse number="5">तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”</verse>
				<verse number="6">यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”</verse>
				<verse number="7">आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर।</verse>
				<verse number="8">येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।</verse>
				<verse number="9">विभिन्‍न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्‍बन्‍धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्‍यस्‍ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।</verse>
				<verse number="10">हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।</verse>
				<verse number="11">प्रधान पूजाहारीले पापबलिको निम्‍ति जनावरको रगत महापवित्र स्‍थानमा ल्‍याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्‍छन्‌।</verse>
				<verse number="12">यसकारण येशूले पनि उहाँको आफ्‍नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्‍ट भोग्‍नुभयो।</verse>
				<verse number="13">यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्‍जत हामी पनि सहौं।</verse>
				<verse number="14">किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।</verse>
				<verse number="15">यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो।</verse>
				<verse number="16">भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।</verse>
				<verse number="17">तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।</verse>
				<verse number="18">हाम्रो निम्‍ति प्रार्थना गर। हामीलाई निश्‍चय छ कि हाम्रो विवेक स्‍वच्‍छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ।</verse>
				<verse number="19">तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्‍ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ।</verse>
				<verse number="20">अब भेड़ाका महान्‌ गोठाला हाम्रा प्रभु येशूलाई अनन्‍त करारको रगतद्वारा मृत्‍युबाट जीवित पार्नुहुने शान्‍तिका परमेश्‍वरले</verse>
				<verse number="21">तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्‍छा पूरा गर्न सक। जे परमेश्‍वरलाई मनपर्दो छ येशू ख्रीष्‍टद्वारा उहाँले तिमीहरूमा गरून्‌। उहाँको महिमा युगानयुग भइरहोस्‌। आमेन।</verse>
				<verse number="22">भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु।</verse>
				<verse number="23">तिमीहरूलाई यो थाहा दिन चाहन्‍छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्‌। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्‌न आउनेछु।</verse>
				<verse number="24">तिमीहरूका सबै अगुवाहरू र सबै सन्‍तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="25">तिमीहरू सबैसँग अनुग्रह रहोस्‌। आमेन।</verse>
			</chapter>
		</book>
		<book number="59">
			<chapter number="1">
				<verse number="1">परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।</verse>
				<verse number="2">मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।</verse>
				<verse number="3">किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।</verse>
				<verse number="4">धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।</verse>
				<verse number="5">तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।</verse>
				<verse number="6">तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।</verse>
				<verse number="7">त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।</verse>
				<verse number="8">किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।</verse>
				<verse number="9">दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्,</verse>
				<verse number="10">र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।</verse>
				<verse number="11">किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।</verse>
				<verse number="12">त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।</verse>
				<verse number="13">परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।</verse>
				<verse number="14">तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।</verse>
				<verse number="15">तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।</verse>
				<verse number="16">मेरा प्‍यारा भाइ हो, धोकामा नपर।</verse>
				<verse number="17">हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।</verse>
				<verse number="18">उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।</verse>
				<verse number="19">मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।</verse>
				<verse number="20">किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।</verse>
				<verse number="21">यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।</verse>
				<verse number="22">तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।</verse>
				<verse number="23">कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,</verse>
				<verse number="24">किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।</verse>
				<verse number="25">तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।</verse>
				<verse number="26">यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।</verse>
				<verse number="27">परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।</verse>
				<verse number="2">यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,</verse>
				<verse number="3">तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने,</verse>
				<verse number="4">के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र?</verse>
				<verse number="5">मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?</verse>
				<verse number="6">तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्‍याचार गर्दैनन्‌ र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन्‌ र?</verse>
				<verse number="7">के तिनीहरूले त्‍यही आदरणीय नाउँको अपवाद गर्दैनन्‌ र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?</verse>
				<verse number="8">यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।</verse>
				<verse number="9">यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्‍यवस्‍थाद्वारा अपराधी ठहरिन्‍छौ।</verse>
				<verse number="10">किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ।</verse>
				<verse number="11">किनकि जसले “व्‍यभिचार नगर्‌” भन्‍नुभयो, उहाँले “हत्‍या नगर्‌” पनि भन्‍नुभयो। तसर्थ यदि तिमीले व्‍यभिचार गर्दैनौ तर हत्‍या गर्दछौ भने, तिमी व्‍यवस्‍थाका अपराधी भएका छौ।</verse>
				<verse number="12">यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌।</verse>
				<verse number="13">किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।</verse>
				<verse number="14">मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र?</verse>
				<verse number="15">यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ,</verse>
				<verse number="16">र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र?</verse>
				<verse number="17">यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो।</verse>
				<verse number="18">तर कसैले भन्‍ला, “तिमीसित विश्‍वास छ, मेराचाहिँ कामहरू छन्‌।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्‍नो विश्‍वास तिमीलाई देखाउनेछु।</verse>
				<verse number="19">तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन्‌ र थरथर काम्‍छन्‌।</verse>
				<verse number="20">मूर्ख हो, कामविनाको विश्‍वास व्‍यर्थ हुन्‍छ भन्‍ने कुराको प्रमाण चाहन्‍छौ?</verse>
				<verse number="21">जब हाम्रा पुर्खा अब्राहामले आफ्‍नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन्‌ र?</verse>
				<verse number="22">तिमी देख्‍तछौ, कि तिनका कामहरू सँगसँगै विश्‍वास क्रियाशील थियो, र कामद्वारा नै विश्‍वास पूर्ण भएको थियो।</verse>
				<verse number="23">पवित्रधर्मशास्‍त्रको यसो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्‍ति धार्मिकता गनियो,” र उनी परमेश्‍वरका मित्र कहलिए।</verse>
				<verse number="24">तिमीहरू देख्‍तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्‍वासद्वारा मात्र होइन।</verse>
				<verse number="25">त्‍यसै गरी राहाब वेश्‍याले पनि, जब तिनले गुप्‍तचरहरूलाई सत्‍कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन्‌ र?</verse>
				<verse number="26">जसरी शरीर आत्‍मादेखि अलग हुँदा मरेको हुन्‍छ, त्‍यसै गरी विश्‍वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ।</verse>
				<verse number="2">किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ।</verse>
				<verse number="3">यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं।</verse>
				<verse number="4">हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ।</verse>
				<verse number="5">त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ।</verse>
				<verse number="6">जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ!</verse>
				<verse number="7">हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ।</verse>
				<verse number="8">तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो।</verse>
				<verse number="9">यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं।</verse>
				<verse number="10">एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।</verse>
				<verse number="11">के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्‍कन्‍छ र?</verse>
				<verse number="12">मेरा भाइ हो, के अञ्‍जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्‍जीर फल्‍न सक्‍छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्‍कन सक्‍दैन।</verse>
				<verse number="13">तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌।</verse>
				<verse number="14">तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्‍या र स्‍वार्थी अभिलाषा छन्‌ भने यी कुरामा अभिमान नगर, र सत्‍यतालाई झूटा नबनाओ।</verse>
				<verse number="15">यो बुद्धि स्‍वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्‍मिक र शैतानिक हो।</verse>
				<verse number="16">किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ।</verse>
				<verse number="17">तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।</verse>
				<verse number="18">शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?</verse>
				<verse number="2">तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।</verse>
				<verse number="3">तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ।</verse>
				<verse number="4">व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।</verse>
				<verse number="5">के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ,</verse>
				<verse number="6">तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”</verse>
				<verse number="7">यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।</verse>
				<verse number="8">परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।</verse>
				<verse number="9">दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌।</verse>
				<verse number="10">प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।</verse>
				<verse number="11">भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।</verse>
				<verse number="12">व्‍यवस्‍था दिने र न्‍यायकर्ता त एउटै हुनुहुन्‍छ, जसले बचाउन र नाश गर्न पनि सक्‍नुहुन्‍छ। तर आफ्‍नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?</verse>
				<verse number="13">“आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्‍यहाँ एक वर्ष बिताऔंला र व्‍यापार गरेर नाफा गरौंला”</verse>
				<verse number="14">भन्‍नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्‍दैनौ। तिम्रो जिन्‍दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्‍ति देखा पर्छ, अनि हराइहाल्‍छ।</verse>
				<verse number="15">यसको सट्टामा त तिमीहरूले यसो भन्‍नुपर्ने, “यदि परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचौंला र यस्‍तो-उस्‍तो गरौंला।”</verse>
				<verse number="16">तर अहिले तिमीहरू आ-आफ्‍ना शेखीमा धाक लाउँछौ। यस्‍तो सबै शेखी खराब हो।</verse>
				<verse number="17">यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्‍टहरूका निम्‍ति रोओ र विलाप गर।</verse>
				<verse number="2">तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्‌।</verse>
				<verse number="3">तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्‍यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्‍तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्‍ति धन साँचेका छौ।</verse>
				<verse number="4">जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्‍याला नै कराउँछ, र ती बाली काट्‌नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्‍मै पुगेको छ।</verse>
				<verse number="5">तिमीहरू यस पृथ्‍वीका सुख-विलास र मोजमज्‍जामा मस्‍त भएर बसेका छौ। बलिका दिनको निम्‍ति तिमीहरूले आफैलाई पुष्‍टाई राखेका छौ।</verse>
				<verse number="6">तिमीहरूको विरोध नगर्ने धर्मात्‍मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ।</verse>
				<verse number="7">यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ।</verse>
				<verse number="8">तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।</verse>
				<verse number="9">भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्‍यायकर्ता ढोकैमा हुनुहुन्‍छ।</verse>
				<verse number="10">भाइ हो, कष्‍ट-भोग र धैर्यको उदाहरण कस्‍तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्‍ने अगमवक्ताहरूलाई हेर।</verse>
				<verse number="11">हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्‍यका भन्‍छौं। तिमीहरूले अय्‍यूबको स्‍थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्‍तो करुणामय र कृपालु हुनुहुन्‍छ।</verse>
				<verse number="12">मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्‌।</verse>
				<verse number="13">के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।</verse>
				<verse number="14">के तिमीहरूमध्‍ये कोही बिरामी छ? त्‍यसले मण्‍डलीका एल्‍डरहरूलाई बोलाओस्‌। तिनीहरूले प्रभुको नाउँमा त्‍यसलाई तेलले अभिषेक गरेर त्‍यसको निम्‍ति प्रार्थना गरून्,</verse>
				<verse number="15">र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ।</verse>
				<verse number="16">यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।</verse>
				<verse number="17">एलिया पनि त हामीहरूको जस्‍तै स्‍वभाव भएका मानिस थिए। तिनले पानी नपरोस्‌ भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्‍म पृथ्‍वीमा पानी परेन।</verse>
				<verse number="18">तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्‍जनी दियो।</verse>
				<verse number="19">मेरा भाइ हो, यदि तिमीहरूमध्‍ये कोही सत्‍यबाट बरालिएर जाँदा कसैले त्‍यसलाई फर्काएर ल्‍यायो भने,</verse>
				<verse number="20">त्‍यसले जानोस्‌ कि जसले एक जना पापीलाई त्‍यसको कुमार्गबाट फर्काएर ल्‍याउँछ, त्‍यसलाई मृत्‍युबाट बचाउनेछ, र असंख्‍य पापलाई ढाक्‍नेछ।</verse>
			</chapter>
		</book>
		<book number="60">
			<chapter number="1">
				<verse number="1">येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियाभरि निर्वासित भई छरपष्‍ट भएकाहरूलाई,</verse>
				<verse number="2">येशू ख्रीष्‍टको आज्ञापालन र उहाँका रगतको छिट्‌काइको निम्‍ति पवित्र आत्‍माद्वारा शुद्ध भई परमेश्‍वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्‍ति प्रशस्‍त हुँदैजाओस्‌।</verse>
				<verse number="3">परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यका हुनुहुन्‍छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा एउटा जीवित आशाको निम्‍ति हामी नयाँ गरी जन्‍मेका छौं।</verse>
				<verse number="4">स्‍वर्गमा तिमीहरूका निम्‍ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्‌।</verse>
				<verse number="5">आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्‍ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्तिबाट सुरक्षित राखिएका छौ।</verse>
				<verse number="6">तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ।</verse>
				<verse number="7">आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌।</verse>
				<verse number="8">तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्‍दैनौ, तापनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्‍दमा रमाउँछौ।</verse>
				<verse number="9">तिमीहरूका विश्‍वासको प्रतिफलस्‍वरूप तिमीहरूले आफ्‍ना आत्‍माको मुक्ति पाउँछौ।</verse>
				<verse number="10">तिमीहरूका निम्‍ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्‍ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए।</verse>
				<verse number="11">तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्‍माले ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको भविष्‍यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्‍थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।</verse>
				<verse number="12">तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्‍वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्‍सुक छन्‌।</verse>
				<verse number="13">यसकारण आफ्‍नो मन बाँध, संयमी होओ र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख।</verse>
				<verse number="14">आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग।</verse>
				<verse number="15">तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,</verse>
				<verse number="16">किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”</verse>
				<verse number="17">पनपक्ष नगरी मानिसको कामअनुसार इन्‍साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्‍पूर्ण समय डरसँग बिताओ।</verse>
				<verse number="18">तिमीहरू जान्‍दछौ, कि आफ्‍ना पिता-पुर्खाबाट आएका व्‍यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्‍ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ,</verse>
				<verse number="19">तर निष्‍खोट र निष्‍कलङ्क थुमाको जस्‍तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।</verse>
				<verse number="20">उहाँ सृष्‍टिभन्‍दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्‍त्‍यमा प्रकट हुनुभयो।</verse>
				<verse number="21">उहाँद्वारा परमेश्‍वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्‍टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमा रहोस्‌।</verse>
				<verse number="22">अब सत्‍यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्‍ना दाजुभाइलाई निष्‍कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।</verse>
				<verse number="23">परमेश्‍वरको जीवित र नित्‍य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्‍मेका छौ।</verse>
				<verse number="24">किनकि, “सबै प्राणी घाँसजस्‍तै हुन्‌ र तिनका सबै गौरव घाँसका फूलजस्‍ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्‍छ,</verse>
				<verse number="25">तर प्रभुको वचन सदासर्वदा रहिरहन्‍छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">यसकारण सबै दुष्‍टता, सबै छल-कपट र ईर्ष्‍या, र सबै निन्‍दाहरूलाई त्‍याग।</verse>
				<verse number="2">नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।</verse>
				<verse number="3">किनकि प्रभु कृपालु हुनुहुन्‍छ भन्‍ने कुराको स्‍वाद तिमीहरूले पाएका छौ।</verse>
				<verse number="4">उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।</verse>
				<verse number="5">तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ।</verse>
				<verse number="6">किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।”</verse>
				<verse number="7">यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।”</verse>
				<verse number="8">र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।</verse>
				<verse number="9">तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।</verse>
				<verse number="10">एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।</verse>
				<verse number="11">प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।</verse>
				<verse number="12">अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।</verse>
				<verse number="13">प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,</verse>
				<verse number="14">अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌।</verse>
				<verse number="15">किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।</verse>
				<verse number="16">स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।</verse>
				<verse number="17">सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।</verse>
				<verse number="18">कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।</verse>
				<verse number="19">परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ।</verse>
				<verse number="20">किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,</verse>
				<verse number="21">किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।</verse>
				<verse number="22">“उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”</verse>
				<verse number="23">तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।</verse>
				<verse number="24">हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।</verse>
				<verse number="25">किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ।</verse>
				<verse number="2">तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ।</verse>
				<verse number="3">केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।</verse>
				<verse number="4">तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।</verse>
				<verse number="5">किनकि यही किसिमले अघिअघि परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्‍ना पतिका अधीनमा बस्‍थे।</verse>
				<verse number="6">साराले जस्‍तै, जसले अब्राहामलाई स्‍वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्‍यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।</verse>
				<verse number="7">पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।</verse>
				<verse number="8">अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।</verse>
				<verse number="9">खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक।</verse>
				<verse number="10">किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ, त्‍यसले आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई छली कुरा बोल्‍नबाट अलग राखोस्‌।</verse>
				<verse number="11">त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌।</verse>
				<verse number="12">किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”</verse>
				<verse number="13">यदि तिमीहरू भलाइको निम्‍ति उत्‍साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्‍छ र?</verse>
				<verse number="14">तर धार्मिकताको खातिर दुःख भोग्‍नैपरे तापनि तिमीहरू धन्‍यका हौ। तिनीहरूका धम्‍कीको डर नमान, र भयभीत नहोओ।</verse>
				<verse number="15">तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।</verse>
				<verse number="16">तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्‍ने र ख्रीष्‍टमा तिमीहरूका चालचलनको निन्‍दा गर्नेहरू लज्‍जित होऊन्‌।</verse>
				<verse number="17">यदि परमेश्‍वरको यस्‍तै इच्‍छा छ भने, खराबी गरेर दुःख भोग्‍नुभन्‍दा भलाइ गरेर दुःख भोग्‍नु नै असल हो।</verse>
				<verse number="18">किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो।</verse>
				<verse number="19">यसै आत्‍मामा उहाँ जानुभयो र कैदमा परेका आत्‍माहरूलाई पनि प्रचार गर्नुभयो।</verse>
				<verse number="20">ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए।</verse>
				<verse number="21">यही पानी बप्‍तिस्‍माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्‍तो होइन, तर शुद्ध विवेकको निम्‍ति परमेश्‍वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा तिमीहरूलाई बचाउँदछ।</verse>
				<verse number="22">उहाँ स्‍वर्गमा जानुभयो र स्‍वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, त्‍यसरी नै तिमीहरूले पनि त्‍यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्‍यसले पाप गर्न छोड़ेको हुन्‍छ।</verse>
				<verse number="2">यसरी त्‍यसले आफ्‍नो जीवनको रहल समय फेरि मानिसको कुइच्‍छामा होइन, तर परमेश्‍वरको इच्‍छामा बिताउँछ।</verse>
				<verse number="3">बितेका दिनमा अन्‍यजातिहरूले गरेझैँ तिमीहरूले व्‍यभिचार, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कड़पन र घृणित मूर्तिपूजामा प्रशस्‍त समय बितायौ।</verse>
				<verse number="4">तिमीहरू तिनीहरूसँग भ्रष्‍टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्‍क पर्छन्, र तिमीहरूको बदख्‍वाइँ गर्छन्‌।</verse>
				<verse number="5">तर जीवित र मृतकहरूका न्‍याय गर्न तत्‍पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।</verse>
				<verse number="6">यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्‍तै शरीरमा इन्‍साफ पाए तापनि आत्‍मामा तिनीहरू परमेश्‍वरजस्‍तै जिऊन्‌।</verse>
				<verse number="7">सबै कुराको अन्‍त्‍य नजिकै आएको छ। यसकारण आफ्‍ना प्रार्थनाको निम्‍ति शुद्ध मनको र सचेत भइरहो।</verse>
				<verse number="8">सबैभन्‍दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌। किनकि प्रेमले नै असंख्‍य पापहरू ढाक्‍तछ।</verse>
				<verse number="9">विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर।</verse>
				<verse number="10">जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।</verse>
				<verse number="11">यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।</verse>
				<verse number="12">प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर।</verse>
				<verse number="13">तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।</verse>
				<verse number="14">यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।</verse>
				<verse number="15">तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग।</verse>
				<verse number="16">तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌।</verse>
				<verse number="17">किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला?</verse>
				<verse number="18">अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने अधर्मी र पापीको गति के हुने?”</verse>
				<verse number="19">यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">ख्रीष्‍टका कष्‍टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्‍डरको हैसियतले तिमीहरूमध्‍येका एल्‍डरहरूलाई म आग्रह गर्दछु।</verse>
				<verse number="2">तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ,</verse>
				<verse number="3">तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर।</verse>
				<verse number="4">र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ।</verse>
				<verse number="5">त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने, “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”</verse>
				<verse number="6">यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।</verse>
				<verse number="7">तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।</verse>
				<verse number="8">सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।</verse>
				<verse number="9">विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।</verse>
				<verse number="10">सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।</verse>
				<verse number="11">उहाँलाई नै पराक्रम र शक्ति सदासर्वदा भइरहोस्‌। आमेन।</verse>
				<verse number="12">विश्‍वासयोग्‍य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्‍वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।</verse>
				<verse number="13">बेबिलोनमा भएकी तिमीहरूजस्‍तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।</verse>
				<verse number="14">एउटाले अर्कोलाई प्रेमको चुम्‍बनले अभिवादन गर। ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्‍ति।</verse>
			</chapter>
		</book>
		<book number="61">
			<chapter number="1">
				<verse number="1">येशू ख्रीष्‍टको दास र प्रेरित सिमोन पत्रुसबाट, र हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकतामा हाम्रो जस्‍तै अनमोल विश्‍वास प्राप्‍त गर्नेहरूलाई:</verse>
				<verse number="2">परमेश्‍वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्‍ति तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।</verse>
				<verse number="3">आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ।</verse>
				<verse number="4">यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ।</verse>
				<verse number="5">यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,</verse>
				<verse number="6">ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति,</verse>
				<verse number="7">भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।</verse>
				<verse number="8">किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌।</verse>
				<verse number="9">किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ।</verse>
				<verse number="10">यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ।</verse>
				<verse number="11">किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ।</verse>
				<verse number="12">यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्‍झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्‍दछौ, र तिमीहरूमा भएको सत्‍यतामा तिमीहरू स्‍थिर छौ।</verse>
				<verse number="13">जबसम्‍म म यस शरीरमा छु, तिमीहरूलाई सम्‍झना गराउँदै सचेत पार्नु म उचित ठान्‍छु।</verse>
				<verse number="14">किनभने म जान्‍दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्‍याग्‍ने बेला चाँड़ै नै आइरहेछ।</verse>
				<verse number="15">मेरो मृत्‍युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्‍झन सक भनी म प्रयत्‍न गर्नेछु।</verse>
				<verse number="16">किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्‍त्‍यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्‍यक्ष देख्‍ने हामी साक्षी हौं।</verse>
				<verse number="17">उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब त्‍यस तेजस्‍वी महिमाबाट एउटा वाणी निस्‍किआयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु।”</verse>
				<verse number="18">त्‍यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्‍वर्गबाट आएको त्‍यो वाणी हामी आफैले सुनेका थियौं।</verse>
				<verse number="19">हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्‍चित भएको छ। झिसमिसे उज्‍यालो नहोउञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्‍जेल अन्‍धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्‍यस वचनलाई ध्‍यान दियौ भने असल गर्नेछौ।</verse>
				<verse number="20">सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन।</verse>
				<verse number="21">किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्‍यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्‌। यिनीहरूले गुप्‍त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्‍याउनेछन्, यहाँसम्‍म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्‍वामीलाई पनि तिनीहरूले इन्‍कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्‍याउनेछन्‌।</verse>
				<verse number="2">र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्‍यका मार्गको बदनामी हुनेछ।</verse>
				<verse number="3">लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्‌। तिनीहरूका दण्‍डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।</verse>
				<verse number="4">स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।</verse>
				<verse number="5">उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्‍नुभयो।</verse>
				<verse number="6">उहाँले सदोम र गमोरा सहरहरूलाई भस्‍म पारेर तिनको अस्‍तित्‍व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो।</verse>
				<verse number="7">उहाँले दुष्‍टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो।</verse>
				<verse number="8">(ती मानिसहरूका माझमा बस्‍दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्‍दा र सुन्‍दा, तिनी आफ्‍नो धार्मिक आत्‍मामा व्‍याकुल हुन्‍थे।)</verse>
				<verse number="9">यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ,</verse>
				<verse number="10">विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्‍छन्, र अधिकारको अवहेलना गर्छन्‌। यिनीहरू हठी र अहङ्कारी हुन्‍छन्, र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्न डर मान्‍दैनन्‌।</verse>
				<verse number="11">तर स्‍वर्गदूतहरू शक्ति र सामर्थ्‍यमा अझ उच्‍च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्‍दापूर्ण दोष दिँदैनन्‌।</verse>
				<verse number="12">तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्‍दा गर्छन्‌। यिनीहरू विवेकहीन जनावरहरूजस्‍ता छन्, र स्‍वाभाविक इच्‍छाहरूका वशमा रहन्‍छन्‌। यिनीहरू पक्रेर मारिनलाई जन्‍मेकाहरूजस्‍तै छन्, र यिनीहरू पशुहरूजस्‍तै नष्‍ट हुनेछन्‌।</verse>
				<verse number="13">आफूले गरेका खराबीहरूका निम्‍ति तिनीहरू आफैले पनि खराबी भोग्‍नेछन्‌। दिउँसै भोग-विलासमा मग्‍न रहनु यिनीहरू खुशीको कुरा ठान्‍छन्‌। तिनीहरू धब्‍बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्‍दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्‍न रहन्‍छन्‌।</verse>
				<verse number="14">तिनीहरूका आँखा व्‍यभिचारले भरिएका हुन्‍छन्, र जत्ति पाप गर्दा पनि नअघाउने हुन्‍छन्‌। तिनीहरूले चञ्‍चल मन भएकाहरूलाई फुस्‍लाउँछन्‌। तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्‍छन्‌। तिनीहरू श्रापित सन्‍तान हुन्‌।</verse>
				<verse number="15">सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्‌। खराब कामको लाभ असल मान्‍ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्‌।</verse>
				<verse number="16">त्‍यसले आफ्‍नै अपराधको निम्‍ति हप्‍की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्‍यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो।</verse>
				<verse number="17">तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्‌। तिनीहरूका निम्‍ति पातालको अन्‍धकार साँचिएको छ।</verse>
				<verse number="18">तिनीहरू मूर्खतापूर्ण ठूला-ठूला अहङ्कारका कुरा हाँक्‍छन्, र कुमार्गबाट भर्खरै उम्‍केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्‌।</verse>
				<verse number="19">तिनीहरूलाई स्‍वतन्‍त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्‍टताका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्‍छ त्‍यही कुराले त्‍यसलाई दास बनाउँछ।</verse>
				<verse number="20">तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्‍किसकेपछि फेरि पापमा फसेर त्‍यसको वशमा परे भने, तिनीहरूको पछिल्‍लो अवस्‍था अगाडिको भन्‍दा अझ खराब हुन्‍छ।</verse>
				<verse number="21">किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्‌नुभन्‍दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्‍यै थाहै नभएको भए असल हुनेथियो।</verse>
				<verse number="22">यी सत्‍य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्‍नै बान्‍तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्‍छ।”</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु,</verse>
				<verse number="2">कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्‍झनुपर्छ।</verse>
				<verse number="3">सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्,</verse>
				<verse number="4">“उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्‍टिको सुरुदेखि चलिआएजस्‍तै आज पनि छँदैछ।”</verse>
				<verse number="5">जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।</verse>
				<verse number="6">त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो।</verse>
				<verse number="7">तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी आगोको निम्‍ति साँचिराखिएका छन्‌।</verse>
				<verse number="8">तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ।</verse>
				<verse number="9">आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="10">तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।</verse>
				<verse number="11">यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ?</verse>
				<verse number="12">तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌।</verse>
				<verse number="13">तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।</verse>
				<verse number="14">यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर।</verse>
				<verse number="15">हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।</verse>
				<verse number="16">उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌।</verse>
				<verse number="17">यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्‍ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्‍नो स्‍थिरता नगुमाओ।</verse>
				<verse number="18">तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।</verse>
			</chapter>
		</book>
		<book number="62">
			<chapter number="1">
				<verse number="1">जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्‍यौं र हाम्रा हातले छोयौं,</verse>
				<verse number="2">त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।</verse>
				<verse number="3">हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।</verse>
				<verse number="4">हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्‍द पूर्ण होस्‌।</verse>
				<verse number="5">जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।</verse>
				<verse number="6">यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं।</verse>
				<verse number="7">तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।</verse>
				<verse number="8">यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।</verse>
				<verse number="9">यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।</verse>
				<verse number="10">यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्‍यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्‍छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्‍ट।</verse>
				<verse number="2">उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।</verse>
				<verse number="3">यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं।</verse>
				<verse number="4">जसले “म उहाँलाई चिन्‍छु” भन्‍छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य छैन।</verse>
				<verse number="5">तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।</verse>
				<verse number="6">उहाँमा रहन्‍छु भन्‍ने व्‍यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ।</verse>
				<verse number="7">प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्‍यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।</verse>
				<verse number="8">तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्‍दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्‍धकार बितिरहेछ, र साँचो ज्‍योति अघिदेखि नै चम्‍किरहेछ।</verse>
				<verse number="9">जसले आफू ज्‍योतिमा छु भनी भन्‍छ तर आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अझै पनि अन्‍धकारमा नै छ।</verse>
				<verse number="10">जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन।</verse>
				<verse number="11">तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।</verse>
				<verse number="12">मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।</verse>
				<verse number="13">पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।</verse>
				<verse number="14">पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ।</verse>
				<verse number="15">संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।</verse>
				<verse number="16">किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।</verse>
				<verse number="17">संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।</verse>
				<verse number="18">ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो।</verse>
				<verse number="19">तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌।</verse>
				<verse number="20">तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ।</verse>
				<verse number="21">तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।</verse>
				<verse number="22">झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।</verse>
				<verse number="23">पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ।</verse>
				<verse number="24">जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।</verse>
				<verse number="25">उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन।</verse>
				<verse number="26">तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु।</verse>
				<verse number="27">तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।</verse>
				<verse number="28">साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌।</verse>
				<verse number="29">उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">हेर, पिताले हामीलाई कस्‍तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्‍दैन, किनभने त्‍यसले उहाँलाई चिनेन।</verse>
				<verse number="2">प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।</verse>
				<verse number="3">अनि जस्‍तो उहाँ पवित्र हुनुहुन्‍छ, उहाँमाथि यो आशा राख्‍ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।</verse>
				<verse number="4">पाप गर्ने हरेकले व्‍यवस्‍था भङ्ग गर्दछ। पाप नै व्‍यवस्‍था भङ्ग हो।</verse>
				<verse number="5">पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्‍ने कुरा तिमीहरू जान्‍दछौ। र उहाँमा कुनै पाप छैन।</verse>
				<verse number="6">उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ।</verse>
				<verse number="7">साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्‍न नपाओस्‌। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्‍तो उहाँ धर्मी हुनुहुन्‍छ।</verse>
				<verse number="8">जसले पाप गर्छ त्‍यो दियाबलसको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्‍ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।</verse>
				<verse number="9">परमेश्‍वरबाट जन्‍मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्‍वभाव त्‍यसमा रहन्‍छ, र त्‍यसले पाप गरिरहन सक्‍दैन, किनभने त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो।</verse>
				<verse number="10">परमेश्‍वरको सन्‍तान को हो र दियाबलसको सन्‍तान को हो, यसैबाट प्रष्‍ट हुन्‍छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्‍वरको सन्‍तान होइन, र त्‍यो व्‍यक्ति पनि होइन, जसले आफ्‍नो दाजुभाइलाई प्रेम गर्दैन।</verse>
				<verse number="11">तिमीहरूले सुरुदेखि नै सुनेको सन्‍देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”</verse>
				<verse number="12">कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।</verse>
				<verse number="13">भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान।</verse>
				<verse number="14">हामी जान्‍दछौं, कि हामी त मृत्‍युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्‍ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्‍यो मृत्‍युमा रहिरहन्‍छ।</verse>
				<verse number="15">आफ्‍नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्‍यारा हो, र कुनै हत्‍यारासँग अनन्‍त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।</verse>
				<verse number="16">प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो र हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ।</verse>
				<verse number="17">कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ?</verse>
				<verse number="18">मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।</verse>
				<verse number="19">यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं।</verse>
				<verse number="20">जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ।</verse>
				<verse number="21">प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ।</verse>
				<verse number="22">अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।</verse>
				<verse number="23">अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।</verse>
				<verse number="24">उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्‍छन्, र उहाँ तिनीहरूमा रहनुहुन्‍छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्‍माद्वारा हामी जान्‍दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।</verse>
				<verse number="2">यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।</verse>
				<verse number="3">येशूलाई स्‍वीकार नगर्ने हरेक आत्‍मा परमेश्‍वरबाट होइन, तर त्‍यो ख्रीष्‍ट विरोधीको आत्‍मा हो, जसको विषयमा “त्‍यो आउँछ” भन्‍ने तिमीहरूले सुनेका छौ। अब त्‍यो यस संसारमा आइसकेको छ।</verse>
				<verse number="4">मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्‍वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्‍छ, उहाँ संसारमा हुनेभन्‍दा महान्‌ हुनुहुन्‍छ।</verse>
				<verse number="5">तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्‍छ।</verse>
				<verse number="6">हामी त परमेश्‍वरका हौं। जसले परमेश्‍वरलाई चिन्‍छ उसले हाम्रो कुरा सुन्‍छ, र जो परमेश्‍वरको होइन, त्‍यसले हाम्रो कुरा सुन्‍दैन। यसैबाट हामी सत्‍यको आत्‍मा र भ्रमको आत्‍मालाई चिन्‍छौं।</verse>
				<verse number="7">प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ।</verse>
				<verse number="8">प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।</verse>
				<verse number="9">परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं।</verse>
				<verse number="10">प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।</verse>
				<verse number="11">प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।</verse>
				<verse number="12">परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।</verse>
				<verse number="13">उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ।</verse>
				<verse number="14">हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ।</verse>
				<verse number="15">जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, उसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र उचाहिँ परमेश्‍वरमा।</verse>
				<verse number="16">यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।</verse>
				<verse number="17">न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।</verse>
				<verse number="18">प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।</verse>
				<verse number="19">हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।</verse>
				<verse number="20">यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।</verse>
				<verse number="21">हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर्ने हरेक परमेश्‍वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ।</verse>
				<verse number="2">जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्‍वरका सन्‍तानलाई प्रेम गर्छौं।</verse>
				<verse number="3">परमेश्‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्‌।</verse>
				<verse number="4">किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, र संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो।</verse>
				<verse number="5">संसारमाथि विजय प्राप्‍त गर्ने को हो? त्‍यही हो, जसले येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी विश्‍वास गर्छ।</verse>
				<verse number="6">उहाँ उही नै हुनुहुन्‍छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात्‌ येशू ख्रीष्‍ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो।</verse>
				<verse number="7">गवाही दिने त पवित्र आत्‍मा नै हुनुहुन्‍छ, किनकि पवित्र आत्‍मा सत्‍य हुनुहुन्‍छ।</verse>
				<verse number="8">किनभने गवाही दिनेहरू तीन छन्, अर्थात्‌ पवित्र आत्‍मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्‍छन्‌।</verse>
				<verse number="9">यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्‍वरको गवाही झन्‌ उच्‍च छ। किनकि यही नै परमेश्‍वरको गवाही हो, जुन गवाही उहाँले आफ्‍ना पुत्रको विषयमा दिनुभएको छ।</verse>
				<verse number="10">जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ, त्‍यसको हृदयमा यस कुराको गवाही हुन्‍छ। परमेश्‍वरमा विश्‍वास नगर्नेले उहाँलाई झूटा तुल्‍याएको हुन्‍छ। किनकि परमेश्‍वरले आफ्‍ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्‍यसले विश्‍वास गरेको हुँदैन।</verse>
				<verse number="11">गवाहीचाहिँ यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।</verse>
				<verse number="12">जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन।</verse>
				<verse number="13">तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु।</verse>
				<verse number="14">परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ।</verse>
				<verse number="15">हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्‍वरले सुन्‍नुहुन्‍छ भनी हामी जान्‍दछौं भने, यो पनि जान्‍दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्‍यो हामीलाई प्राप्‍त भएको छ।</verse>
				<verse number="16">यदि कसैले आफ्‍नो भाइले पाप गरेको देख्‍छ, अनि त्‍यो पापचाहिँ मृत्‍युमा पुर्‍याउने होइन भने, उसले त्‍यस भाइको निम्‍ति परमेश्‍वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्‍युमा पुर्‍याउने किसिमको छैन, त्‍यसलाई परमेश्‍वरले जीवन दिनुहुन्‍छ। तर यस्‍तो पाप पनि हुन्‍छ, जो मृत्‍युमा पुर्‍याउने हुन्‍छ, जसको निम्‍ति कसैले बिन्‍ती गरिदिनुपर्छ भनी म भन्‍दिनँ।</verse>
				<verse number="17">सबै अधर्म पाप हो, तर यस्‍तो पाप पनि हुन्‍छ जो मृत्‍युजनक हुँदैन।</verse>
				<verse number="18">परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन।</verse>
				<verse number="19">हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ।</verse>
				<verse number="20">हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ।</verse>
				<verse number="21">साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।</verse>
			</chapter>
		</book>
		<book number="63">
			<chapter number="1">
				<verse number="1">एल्‍डरबाट, चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्‍यलाई चिन्‍ने सबैले पनि प्रेम गर्छन्‌।</verse>
				<verse number="2">जुन सत्‍य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्‍यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं।</verse>
				<verse number="3">परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ।</verse>
				<verse number="4">तिम्रा छोरा-छोरीहरूमध्‍ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्‍यमा हिंडेका भेट्टाएर म ज्‍यादै आनन्‍दित छु।</verse>
				<verse number="5">अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्‍यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्‍ती गर्दछु।</verse>
				<verse number="6">उहाँका आज्ञाबमोजिम हिंड्‍नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।</verse>
				<verse number="7">किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो।</verse>
				<verse number="8">होशियार रहो, जुन कुराको निम्‍ति तिमीहरू काम गरिरहेका छौ, त्‍यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।</verse>
				<verse number="9">ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।</verse>
				<verse number="10">यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।</verse>
				<verse number="11">किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।</verse>
				<verse number="12">मैले तिमीहरूलाई कुरा लेख्‍नु त धेरै छ, तर कागत र मसीले ती म लेख्‍न चाहन्‍नँ। तर हामीहरूको आनन्‍द पूर्ण होस्‌ भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।</verse>
				<verse number="13">चुनिएकी तिम्री बहिनीका छोरा-छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्‌।</verse>
			</chapter>
		</book>
		<book number="64">
			<chapter number="1">
				<verse number="1">एल्‍डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु।</verse>
				<verse number="2">प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्‍वास्‍थ्‍य ठीक रहोस्‌। तिम्रो आत्‍मिक जीवन ठीक छ भन्‍ने म जान्‍दछु।</verse>
				<verse number="3">कति जना भाइहरू आएर तिम्रो जीवनका सत्‍यताको गवाही दिँदा म साह्रै आनन्‍दित भएँ। तिमी साँच्‍ची नै सत्‍यताको अनुसरण गर्दछौ।</verse>
				<verse number="4">मेरा छोरा-छोरीहरू सत्‍यको अनुसरण गर्छन्‌ भन्‍ने कुरा सुन्‍न पाउनुभन्‍दा अरू बढ़ी आनन्‍दको कुरा मेरो लागि के हुन सक्‍छ र?</verse>
				<verse number="5">प्रिय हो, तिमीले विश्‍वासयोग्‍य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।</verse>
				<verse number="6">तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।</verse>
				<verse number="7">किनभने अविश्‍वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्‍केका हुन्‌।</verse>
				<verse number="8">यसकारण यस्‍ता मानिसहरूलाई सेवा-सत्‍कार गर्नुपर्छ, ताकि हामीहरू सत्‍यतामा सहकर्मी बन्‍न सकौं।</verse>
				<verse number="9">मैले मण्‍डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्‍ने डियोत्रिफसले मेरो अधिकार स्‍वीकार गर्दैन।</verse>
				<verse number="10">यसकारण जब म आउँछु, त्‍यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्‍यसले खराब कुराहरू बकिहिँड्‌छ। त्‍यतिमा सन्‍तुष्‍ट नभएर त्‍यसले भाइहरूलाई स्‍वागत गर्न इन्‍कार गर्छ, र तिनीहरूलाई स्‍वागत गर्न चाहनेहरूलाई पनि रोक्‍छ, र तिनीहरूलाई मण्‍डलीबाट बाहिर निकालिदिन्‍छ।</verse>
				<verse number="11">प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्‍यो परमेश्‍वरको हो, जसले खराबी गर्दछ, त्‍यसले परमेश्‍वरलाई देखेको छैन।</verse>
				<verse number="12">डेमेत्रियसको निम्‍ति त सबै मानिसले गवाही दिएका छन्, र सत्‍यले पनि सो गवाही दिन्‍छ। हामी पनि गवाही दिन्‍छौं, र तिमी जान्‍दछौ कि हाम्रो गवाही सत्‍य छ।</verse>
				<verse number="13">मैले धेरै कुराहरू लेख्‍नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्‍न म चाहन्‍नँ।</verse>
				<verse number="14">तर तिमीलाई चाँड़ै भेट्‌ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।</verse>
				<verse number="15">तिमीलाई शान्‍ति मिलोस्‌। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ।</verse>
			</chapter>
		</book>
		<book number="65">
			<chapter number="1">
				<verse number="1">येशू ख्रीष्‍टको दास, याकूबको भाइ यहूदाबाट— बोलाइएकाहरू, अर्थात्‌ परमेश्‍वर पितामा प्रियहरू र येशूको निम्‍ति ख्रीष्‍टमा सुरक्षित राखिएकाहरूलाई:</verse>
				<verse number="2">कृपा, शान्‍ति र प्रेम तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।</verse>
				<verse number="3">प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने।</verse>
				<verse number="4">किनकि धेरै अघिदेखि नै दण्‍डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्‍त रूपले तिमीहरूका माझमा पसिसकेका छन्‌। यिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्‍वामी र प्रभु, येशू ख्रीष्‍टलाई इन्‍कार गर्छन्‌।</verse>
				<verse number="5">तिमीहरूले यी सब कुरा एक पल्‍ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, कि मिश्रदेशबाट बचाएर ल्‍याइएका मानिसहरूमध्‍ये विश्‍वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्‍ट पार्नुभयो।</verse>
				<verse number="6">आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,</verse>
				<verse number="7">जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्‍यभिचार गरेर अस्‍वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्‍त अग्‍निको दण्‍ड भोगेर उदाहरण बनेका छन्‌।</verse>
				<verse number="8">त्‍यसै गरी सपना देख्‍ने यी मानिसहरूले आफ्‍ना शरीरलाई अशुद्ध तुल्‍याउँछन्, अधिकार इन्‍कार गर्छन्‌ र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्छन्‌।</verse>
				<verse number="9">तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्‍यसलाई निन्‍दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्‍काऊन्” भनेथे।</verse>
				<verse number="10">तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्‍ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्‍छ।</verse>
				<verse number="11">तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्‌छन्, लाभको खातिर बालामको भूलमा फस्‍दछन्‌ र कोरहको विद्रोहमा जस्‍तै नष्‍ट हुन्‍छन्‌।</verse>
				<verse number="12">तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्‌। किनकि यिनीहरू आफ्‍नै मात्र ख्‍याल राखी धन्‍दै नमानी बेसरी खान्‍छन्‌ र पिउँछन्‌। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्‍ता, जो दुई पल्‍ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्‍छन्‌।</verse>
				<verse number="13">तिनीहरू समुद्रका उर्लदा छालहरूजस्‍तै हुन्, जसले तिनीहरूका आफ्‍नै निर्लज्‍जताको फीँज उकेल्‍छन्‌। यी बत्तिएका दिशाहीन ताराहरूजस्‍ता छन्, जसका निम्‍ति पातालको अन्‍धकार अनन्‍तको लागि राखिएको छ।</verse>
				<verse number="14">आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो,</verse>
				<verse number="15">सबैको इन्‍साफ गर्न, सबै मानिसहरूलाई दण्‍ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्‍ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्‌।”</verse>
				<verse number="16">फतफताउनेहरू, असन्‍तोषीहरू, आफ्‍ना कुइच्‍छाअनुसार हिँड्‌नेहरू, घमण्‍डी कुरा बोल्‍नेहरू र लाभको निम्‍ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्‌।</verse>
				<verse number="17">तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ।</verse>
				<verse number="18">तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्‍नै भक्तिहीन वासनाको पछि लागेर गिल्‍ला गर्नेहरू हुनेछन्‌।”</verse>
				<verse number="19">फूट ल्याउ‍नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्‍मा नभएका मानिसहरू यिनै हुन्‌।</verse>
				<verse number="20">तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर।</verse>
				<verse number="21">आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।</verse>
				<verse number="22">दोधारमा हुनेहरूलाई दया देखाओ,</verse>
				<verse number="23">अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्‍वभावद्वारा अपवित्र भएका वस्‍त्रसमेत घृणा गर।</verse>
				<verse number="24">अब, जसले तिमीहरूलाई पापमा फस्‍नदेखि बचाउन सक्‍नुहुन्‍छ, र जसले तिमीहरूलाई आनन्‍दसहित उहाँकै महिमाको सामने निष्‍कलङ्क प्रस्‍तुत गर्न सक्‍नुहुन्‍छ,</verse>
				<verse number="25">उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।</verse>
			</chapter>
		</book>
		<book number="66">
			<chapter number="1">
				<verse number="1">येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले चाँड़ै हुन आउने कुराहरू आफ्‍ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्‍नो दूत पठाउनुभएर यो कुरा आफ्‍नो सेवक यूहन्‍नालाई प्रकट गरिदिनुभयो।</verse>
				<verse number="2">यूहन्‍नाले देखेका सबै कुराहरूको, अर्थात्‌ परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको साक्षीको गवाही दिए।</verse>
				<verse number="3">त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।</verse>
				<verse number="4">यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट,</verse>
				<verse number="5">विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई,</verse>
				<verse number="6">हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।</verse>
				<verse number="7">हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।</verse>
				<verse number="8">“अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ।</verse>
				<verse number="9">म यूहन्‍ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्‍ट, राज्‍य र सहनशीलतामा सहभागी छु। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर म पत्‍मोस भन्‍ने टापूमा थिएँ।</verse>
				<verse number="10">प्रभुको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,</verse>
				<verse number="11">“तिमी जे देख्‍तछौ, सो एउटा पुस्‍तकमा लेख, र सातै वटा मण्‍डलीलाई पठाऊ, अर्थात्‌ एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियालाई।”</verse>
				<verse number="12">मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान</verse>
				<verse number="13">र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।</verse>
				<verse number="14">उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।</verse>
				<verse number="15">उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो।</verse>
				<verse number="16">उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो।</verse>
				<verse number="17">जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य</verse>
				<verse number="18">र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।</verse>
				<verse number="19">यसकारण तिमीले जे देख्‍छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।</verse>
				<verse number="20">मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”</verse>
			</chapter>
			<chapter number="2">
				<verse number="1">एफिससका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा सात वटा तारा आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्‌नेले भन्दछ।</verse>
				<verse number="2">तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्‍दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्‍दछन्, तर वास्‍तवमा होइनन्, त्‍यस्‍तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्‍दछु।</verse>
				<verse number="3">म जान्‍दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्‍ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।</verse>
				<verse number="4">तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ।</verse>
				<verse number="5">यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चात्ताप गरेनौ भने, तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।</verse>
				<verse number="6">तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्‍तै निकोलाइटसहरूका काम घृणा गर्छौ।</verse>
				<verse number="7">जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ त्‍यसलाई परमेश्‍वरको स्‍वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।</verse>
				<verse number="8">अनि स्‍मुर्नाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्‍त्‍यले भन्‍दछ, जो मरेको थियो, र फेरि जीवित भयो।</verse>
				<verse number="9">म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।</verse>
				<verse number="10">तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।</verse>
				<verse number="11">जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई दोस्रो मृत्‍युदेखि केही हानि हुनेछैन।</verse>
				<verse number="12">अनि पर्गाममका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्‍दछ,</verse>
				<verse number="13">मलाई थाहा छ, तिमी कहाँ बस्‍छौ, त्‍यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्‍थिर बस्‍छौ। मेरो विश्‍वासयोग्‍य साक्षी एन्‍टिपासको समयमा पनि ममाथिको आफ्‍नो विश्‍वास तिमीहरूले त्‍यागेनौ। शैतान बस्‍ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए।</verse>
				<verse number="14">तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्‍ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्‍छन्‌। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून्‌ भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्‍यभिचार गर्न बालामले बालाकलाई सिकाए।</verse>
				<verse number="15">यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्‌।</verse>
				<verse number="16">यसकारण पश्‍चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।</verse>
				<verse number="17">जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई म गुप्‍त-मन्‍नको केही भाग दिनेछु, र म त्‍यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्‍थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्‍दैन।</verse>
				<verse number="18">अनि थिआटीराको मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरको पुत्रले भन्‍दछ, जसका आँखा आगोका ज्‍वालाजस्‍ता, जसका पाउ टल्‍काइराखेको काँसाजस्‍ता छन्‌।</verse>
				<verse number="19">तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्‍वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्‍ला काम अघिल्‍लाभन्‍दा बढ़ी छन्‌।</verse>
				<verse number="20">तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ईजेबेल भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।</verse>
				<verse number="21">मैले त्‍यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्‍यसले आफ्‍नो व्‍यभिचारबाट पश्‍चात्ताप गर्न इन्‍कार गरी।</verse>
				<verse number="22">हेर, म त्‍यसलाई रोग-शय्‍यामा फालिदिनेछु, र त्‍यससँग व्‍यभिचार गर्नेहरूले त्‍यसले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन्‌ भने म तिनीहरूलाई महासङ्कष्‍टमा फालिदिनेछु।</verse>
				<verse number="23">म त्‍यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्‍डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।</verse>
				<verse number="24">तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्‍ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्‍ने बाँकी तिमीहरूलाई म भन्‍दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्‍दिनँ।</verse>
				<verse number="25">त्‍यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्‍जेल त्‍यसलाई थामिराख।</verse>
				<verse number="26">जसले जित्‍छ र मेरा कामहरूलाई आखिरसम्‍मै कायम राख्‍छ, त्‍यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु,</verse>
				<verse number="27">र फलामको डन्‍डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्‍यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु।</verse>
				<verse number="28">म त्‍यसलाई बिहानको तारा दिनेछु।</verse>
				<verse number="29">जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="3">
				<verse number="1">अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।</verse>
				<verse number="2">जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।</verse>
				<verse number="3">यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।</verse>
				<verse number="4">तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌।</verse>
				<verse number="5">जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु।</verse>
				<verse number="6">जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।</verse>
				<verse number="7">अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन।</verse>
				<verse number="8">मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ।</verse>
				<verse number="9">हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्‍ने तिनीहरूलाई बुझाइदिनेछु।</verse>
				<verse number="10">तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।</verse>
				<verse number="11">म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।</verse>
				<verse number="12">जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु।</verse>
				<verse number="13">जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।</verse>
				<verse number="14">अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ।</verse>
				<verse number="15">मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।</verse>
				<verse number="16">किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।</verse>
				<verse number="17">“म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ।</verse>
				<verse number="18">यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु।</verse>
				<verse number="19">जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर।</verse>
				<verse number="20">हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ।</verse>
				<verse number="21">जसले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।</verse>
				<verse number="22">जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।</verse>
			</chapter>
			<chapter number="4">
				<verse number="1">यसपछि मैले हेरें, र स्‍वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्‍तो आवाजमा मसँग यसरी बोलिरहेको थियो— “यतामाथि आऊ, र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु।”</verse>
				<verse number="2">म तुरुन्‍तै आत्‍मामा भएँ। हेर, स्‍वर्गमा एउटा सिंहासन थियो, र एक जना त्‍यस सिंहासनमा विराजमान हुनुहुन्‍थ्‍यो।</verse>
				<verse number="3">त्‍यहाँ विराजमान हुनुहुनेको मुहार बिल्‍लौर र लालमणिजस्‍तै देखिन्‍थ्‍यो, र सिंहासनको वरिपरि पन्‍नाजस्‍तो इन्‍द्रेनी थियो।</verse>
				<verse number="4">त्‍यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें।</verse>
				<verse number="5">त्‍यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्‍केर आउँथे, र त्‍यस सिंहासनको सामुन्‍ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्‍वरका सात आत्‍माहरू हुन्‌।</verse>
				<verse number="6">सिंहासनको अगि स्‍फटिकतुल्‍य काँचको समुद्रजस्‍तो थियो। अगाडि र पछाडि जम्‍मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।</verse>
				<verse number="7">पहिलो प्राणी सिंहजस्‍तै थियो, दोस्रो प्राणी बहरजस्‍तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्‍तै र चौथो प्राणी उड़िरहेको गरुडजस्‍तै थियो।</verse>
				<verse number="8">ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्‍दै गाइरहन्‍छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, जो हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ र जो आउनुहुनेछ।”</verse>
				<verse number="9">जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्‍छ, उहाँलाई महिमा, आदर, धन्‍यवाद चढ़ाउँछन्,</verse>
				<verse number="10">तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्‍ने घोप्‍टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्‍डवत्‌ गर्दछन्, र तिनीहरूका आ-आफ्‍ना मुकुट सिंहासनको सामुन्‍ने राखेर यसरी गाउँछन्:</verse>
				<verse number="11">“हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”</verse>
			</chapter>
			<chapter number="5">
				<verse number="1">सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्‍द गरिएको थियो।</verse>
				<verse number="2">अनि एउटा बलवान्‌ स्‍वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्‍न र यसका मोहोरहरू तोड्‌न योग्‍य को छ?”</verse>
				<verse number="3">स्‍वर्गमा अथवा पृथ्‍वीमा वा पृथ्‍वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्‍न वा त्‍यसभित्र हेर्न सक्‍ने कोही थिएन।</verse>
				<verse number="4">कोही पनि त्‍यो चर्मपत्रको मुट्ठो खोल्‍ने अथवा त्‍यसभित्र हेर्ने योग्‍यको नपाइएको हुनाले म खूबै रोएँ।</verse>
				<verse number="5">तब धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्‍न विजयी हुनुभएको छ।”</verse>
				<verse number="6">तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्‍तो देखा पर्नुहुन्‍थ्‍यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्‍थ्‍यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्‍वीमा पठाइएका परमेश्‍वरका सात आत्‍मा हुन्‌।</verse>
				<verse number="7">उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्‍यो मुट्ठो लिनुभयो।</verse>
				<verse number="8">जब उहाँले त्‍यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्‍ने घोप्‍टो परे। प्रत्‍येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्‍तहरूका प्रार्थना हुन्‌।</verse>
				<verse number="9">तिनीहरूले यसो भन्‍दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्‍यसका मोहोरहरू तोड्‌ने योग्‍यका हुनुहुन्‍छ, तपाईं मारिनुभयो र आफ्‍नो रगतद्वारा तपाईंले परमेश्‍वरको निम्‍ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो,</verse>
				<verse number="10">र तिनीहरूलाई राज्‍य र हाम्रा परमेश्‍वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्‍वीमा राज्‍य गर्नेछन्‌।”</verse>
				<verse number="11">तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो।</verse>
				<verse number="12">तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।”</verse>
				<verse number="13">अनि स्‍वर्गमा, पृथ्‍वीमा, पृथ्‍वीमुनि, समुद्र र त्‍यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्वदा होस्‌।”</verse>
				<verse number="14">तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्‍टो परेर दण्‍डवत्‌ गरे।</verse>
			</chapter>
			<chapter number="6">
				<verse number="1">जब थुमाले ती सातमध्‍ये एउटा मोहोर तोड्‌नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्‍ये एक जनाले मेघ गर्जन जस्‍तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!”</verse>
				<verse number="2">अनि मैले एउटा सेतो घोडा देखें, त्‍यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्‍यसलाई एउटा मुकुट दिइयो, अनि त्‍यो विजयी भएर विजय गर्न निस्‍क्‍यो।</verse>
				<verse number="3">जब उहाँले दोस्रो मोहोर तोड्‌नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।</verse>
				<verse number="4">अर्को एउटा उज्‍ज्‍वल रातो घोडा बाहिर निस्‍किआयो। मानिसहरूले एक-अर्काको हत्‍या गरून्‌ भनी यस घोड़सवारलाई पृथ्‍वीबाट शान्‍ति हरण गर्ने अख्‍तियार दिइयो। त्‍यसलाई एउटा ठूलो तरवार दिइयो।</verse>
				<verse number="5">जब उहाँले तेस्रो मोहोर तोड्‌नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो।</verse>
				<verse number="6">ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्‍तो मैले सुनें, “एक दिनको ज्‍यालामा एक किलो गहूँ, र एक दिनको ज्‍यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।”</verse>
				<verse number="7">जब उहाँले चौथो मोहोर तोड्‌नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।</verse>
				<verse number="8">मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्‍यु” थियो, र “पाताल” चाहिँ त्‍यसको पछिपछि लागेको थियो। अनि पृथ्‍वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्‍वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्‍तियार तिनीहरूलाई दिइएको थियो।</verse>
				<verse number="9">जब उहाँले पाँचौँ मोहोर तोड्‌नुभयो, तब वेदीमुन्‍तिर मैले तिनीहरूका आत्‍माहरू देखें, जो परमेश्‍वरका वचनको निम्‍ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए।</verse>
				<verse number="10">अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान्‌ पवित्र र सत्‍य प्रभु, अझै कहिलेसम्‍म तपाईंले पृथ्‍वीमा रहनेहरूको इन्‍साफ गर्नुहुन्‍न र हाम्रो रगतको बदला लिनुहुन्‍न?”</verse>
				<verse number="11">तिनीहरू प्रत्‍येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्‍तै मारिएर संख्‍यामा पूरा नभएसम्‍म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।</verse>
				<verse number="12">जब उहाँले छैटौँ मोहोर तोड्‌नुभयो, तब मैले ठूलो भूकम्‍प गएको देखें। सूर्य भाङ्‌ग्राजस्‍तो कालो भयो, र पूर्णिमाको चन्‍द्रमा रगतजस्‍तै रातो भयो।</verse>
				<verse number="13">अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।</verse>
				<verse number="14">आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्‍ना ठाउँबाट हटेर गए।</verse>
				<verse number="15">तब पृथ्‍वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्‍वतन्‍त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके।</verse>
				<verse number="16">तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ,</verse>
				<verse number="17">किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्‍छ?”</verse>
			</chapter>
			<chapter number="7">
				<verse number="1">यसपछि पृथ्‍वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस्‌ भनी चार स्‍वर्गदूतहरू पृथ्‍वीका चारै बतासलाई रोकेर पृथ्‍वीका चार कुनामा उभिरहेका मैले देखें।</verse>
				<verse number="2">तब जीवित परमेश्‍वरको मोहोर साथमा लिई अर्को एक जना स्‍वर्गदूत पूर्वबाट उक्‍लेका मैले देखें। पृथ्‍वी र समुद्रलाई हानि पुर्‍याउने अख्‍तियार दिइराखेका चार स्‍वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,</verse>
				<verse number="3">“हामीले हाम्रा परमेश्‍वरका दासहरूका निधारमा मोहोर नलाउञ्‍जेल पृथ्‍वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”</verse>
				<verse number="4">तब मैले मोहोर लगाइएकाहरूको संख्‍या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्‍तानको प्रत्‍येक कुलबाट थिए।</verse>
				<verse number="5">यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,</verse>
				<verse number="6">आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई, मनश्‍शेको कुलबाट बाह्र हजारलाई,</verse>
				<verse number="7">शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,</verse>
				<verse number="8">जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्‍यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।</verse>
				<verse number="9">यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें।</verse>
				<verse number="10">तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”</verse>
				<verse number="11">अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।</verse>
				<verse number="12">“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”</verse>
				<verse number="13">धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?”</verse>
				<verse number="14">अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।</verse>
				<verse number="15">यसैकारण, “तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्, र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।</verse>
				<verse number="16">तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,</verse>
				<verse number="17">किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”</verse>
			</chapter>
			<chapter number="8">
				<verse number="1">जब थुमाले सातौँ मोहोर तोड्‌नुभयो, तब प्राय: आधा घण्‍टासम्‍म स्‍वर्गमा सन्‍नाटा छायो।</verse>
				<verse number="2">परमेश्‍वरको सामुन्‍ने उभिने सात स्‍वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।</verse>
				<verse number="3">अनि अर्को एउटा स्‍वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्‍ने रहेका सुनको वेदीमाथि सबै सन्‍तहरूका प्रार्थनासँग चढ़ाउनका निम्‍ति तिनलाई धेरै धूप दिइयो।</verse>
				<verse number="4">धूपको धूवाँ सन्‍तहरूका प्रार्थनाका साथ स्‍वर्गदूतको हातबाट परमेश्‍वरको सामुन्‍ने मास्‍तिर गयो।</verse>
				<verse number="5">तब स्‍वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्‍यसमा भरिदिए, र पृथ्‍वीमा फ्‍याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्‍पन्‍न भए र भूकम्‍प गयो।</verse>
				<verse number="6">ती सात वटा तुरही हुने सातै स्‍वर्गदूत तुरही फुक्‍न तयारी भए।</verse>
				<verse number="7">पहिलो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्‍यो, र ती पृथ्‍वीमा बर्सिन लाग्‍यो। अनि पृथ्‍वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले।</verse>
				<verse number="8">दोस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्‍तो समुद्रमा फालियो,</verse>
				<verse number="9">र समुद्रको एक तिहाइ भाग रगत बन्‍यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्‍ट भए।</verse>
				<verse number="10">तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आकाशबाट बल्‍दो राँकोझैँ एउटा ठूलो तारा खस्‍यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्‍यो खस्‍यो।</verse>
				<verse number="11">त्‍यस ताराको नाउँ “ऐरेलु” हो, र त्‍यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।</verse>
				<verse number="12">चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्‍द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्‍धकारले छोप्‍यो। तब दिनको एक तिहाइ ज्‍योतिविहीन भयो, त्‍यसरी नै रातको एक तिहाइ पनि।</verse>
				<verse number="13">मैले हेरें, र मध्‍य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्‍दै चर्को सोरले कराएको सुनें, “फुक्‍न बाँकी रहेका तीन स्‍वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्‍वीमा वास गर्नेहरूलाई धिक्‍कार! धिक्‍कार! धिक्‍कार!”</verse>
			</chapter>
			<chapter number="9">
				<verse number="1">अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो।</verse>
				<verse number="2">त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।</verse>
				<verse number="3">त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।</verse>
				<verse number="4">तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।</verse>
				<verse number="5">तिनीहरूलाई मारी त नहाल्‍नू, तर पाँच महिनासम्‍म यातना दिनू भन्‍ने तिनीहरूलाई अख्‍तियार दिइयो, र मानिसलाई बिच्‍छीले डस्‍दा जस्‍तो पीडा हुन्‍छ, तिनीहरूले दिएको पीडा पनि त्‍यस्‍तै थियो।</verse>
				<verse number="6">ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।</verse>
				<verse number="7">ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।</verse>
				<verse number="8">तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।</verse>
				<verse number="9">अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।</verse>
				<verse number="10">तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।</verse>
				<verse number="11">अतल कुण्‍डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।</verse>
				<verse number="12">पहिलो विपत्ति गइहाल्‍यो। यसपछि फेरि दुई विपत्ति आउन बाँकी छन्‌।</verse>
				<verse number="13">अनि छैटौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले परमेश्‍वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्‍केको एउटा आवाज सुनें।</verse>
				<verse number="14">तुरही लिने छैटौँ स्‍वर्गदूतलाई यसो भनेको मैले सुनें, “ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ।”</verse>
				<verse number="15">अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्‍यस घड़ी, त्‍यस दिन, त्‍यस महिना र त्‍यस वर्षको निम्‍ति तयार पारिराखिएका थिए।</verse>
				<verse number="16">ती घोड़सवार फौजको संख्‍या बीस करोड थियो।</verse>
				<verse number="17">मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्‍ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्‍धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्‍ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्‍धक निस्‍कन्‍थे।</verse>
				<verse number="18">तिनीहरूका मुखबाट निस्‍केका आगो, धूवाँ र गन्‍धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो।</verse>
				<verse number="19">किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनभने तिनीहरूका पुच्‍छर सर्पजस्‍ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे।</verse>
				<verse number="20">यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्‍ना हातका कामबाट अझ पनि पश्‍चात्ताप गरेनन्‌। तिनीहरूले भूतहरूलाई र देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने र हिँड्‌न नसक्‍ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्‍न छोड़ेनन्‌।</verse>
				<verse number="21">तिनीहरूले आफूले गरेको हत्‍या, जादूगरी, व्‍यभिचार र चोरीको पश्‍चात्ताप गरेनन्‌।</verse>
			</chapter>
			<chapter number="10">
				<verse number="1">मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्‍वर्गदूतलाई स्‍वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्‍द्रेनी थियो, र तिनको मुहार सूर्यजस्‍तो र पाउहरू आगोका खामाजस्‍ता थिए।</verse>
				<verse number="2">तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्‍नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे।</verse>
				<verse number="3">अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो।</verse>
				<verse number="4">जब ती सात मेघ गर्जनहरूले आ-आफ्‍ना आवाज निकाले, म लेख्‍नै लागेको थिएँ, त्‍यसै बेला स्‍वर्गबाट यसो भन्‍ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्‍त राख, र ती नलेख।”</verse>
				<verse number="5">तब समुद्र र जमिनमा उभिएका जुन स्‍वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्‍नो हात स्‍वर्गतिर उचाले।</verse>
				<verse number="6">अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्‍वर्ग र त्‍यसमा भएका कुराहरू, पृथ्‍वी र त्‍यसमा भएका कुराहरू, समुद्र र त्‍यसमा भएका कुराहरूलाई सृष्‍टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने।</verse>
				<verse number="7">तर ती दिनहरूमा जब सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुक्‍नै लाग्‍छन्, उहाँले आफ्‍ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्‍वरको रहस्‍य पूरा हुनेछ।</verse>
				<verse number="8">तब स्‍वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्‍यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।”</verse>
				<verse number="9">अनि म स्‍वर्गदूतकहाँ गएँ र त्‍यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्‍यो महजस्‍तै गुलियो हुनेछ।”</verse>
				<verse number="10">मैले ती स्‍वर्गदूतको हातबाट त्‍यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्‍यो महजस्‍तै गुलियो भयो। तर त्‍यो खाएपछि मेरो पेट अमिलो भयो।</verse>
				<verse number="11">तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्‍नुपर्नेछ।”</verse>
			</chapter>
			<chapter number="11">
				<verse number="1">त्‍यसपछि नाप्‍ने टाँगोजस्‍तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्‍वरको मन्‍दिर र वेदीको नाप लेऊ, र त्‍यहाँ आराधना गर्नेहरूको गन्‍ती लेऊ।</verse>
				<verse number="2">तर मन्‍दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्‍योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्‍म पवित्र सहरलाई तिनीहरूले कुल्‍चीमिल्‍ची गर्नेछन्‌।</verse>
				<verse number="3">मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।”</verse>
				<verse number="4">पृथ्‍वीका प्रभुको सामुन्‍ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्‌।</verse>
				<verse number="5">यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने, तिनीहरूका मुखबाट निस्‍केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने त्‍यो त्‍यही किसिमले मारिनेछ।</verse>
				<verse number="6">तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्‍द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्‍याउने र तिनीहरूलाई इच्‍छा लागेको बेलामा पृथ्‍वीमा हरकिसिमका विपत्ति ल्‍याउने तिनीहरूसित शक्ति छ।</verse>
				<verse number="7">तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्ध्‌याइसकेपछि अतल कुण्‍डबाट निस्‍किआउने त्‍यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।</verse>
				<verse number="8">तिनीहरूका लाशहरू त्‍यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्‍छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।</verse>
				<verse number="9">साढ़े तीन दिनसम्‍म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन्‌ र ती लाशहरू गाड्‌न दिनेछैनन्‌।</verse>
				<verse number="10">पृथ्‍वीमा रहनेहरू तिनीहरूका मृत्‍युमा रमाउनेछन्, आनन्‍द मनाउनेछन्‌ र आपसमा उपहार लिने-दिने गर्नेछन्‌। किनभने ती दुई अगमवक्ताहरूले पृथ्‍वीमा रहनेहरूलाई सास्ती दिएका थिए।</verse>
				<verse number="11">साढ़े तीन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍यो, र तिनीहरू आफ्‍ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्‍नेहरूमाथि ठूलो डर छायो।</verse>
				<verse number="12">अनि तिनीहरूले स्‍वर्गबाट यस्‍तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्‍वर्गतिर गए।</verse>
				<verse number="13">त्‍यही घड़ी ठूलो भूकम्‍प गयो, र सहरको दशौँ भाग ढल्‍यो, र भूकम्‍पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्‍वर्गका परमेश्‍वरलाई महिमा दिए।</verse>
				<verse number="14">दोस्रो विपत्ति बित्‍यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।”</verse>
				<verse number="15">अनि सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र त्‍यसपछि स्‍वर्गमा यसो भन्‍ने ठूला-ठूला आवाज गुञ्‍जिए, “संसारको राज्‍य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ, अनि उहाँले सदासर्वदा राज्‍य गर्नुहुनेछ।”</verse>
				<verse number="16">अनि परमेश्‍वरको सामुन्‍ने आ-आफ्‍ना सिंहासनमा बस्‍ने ती चौबीसै धर्म-गुरुहरूले घोप्‍टो परी परमेश्‍वरलाई दण्‍डवत्‌ गरे,</verse>
				<verse number="17">भन्‍न लागे, “हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, हामी तपाईंलाई धन्‍यवाद चढ़ाउँछौं, जो हुनुहुन्‍छ र जो हुनुहुन्‍थ्‍यो, किनभने तपाईंले आफ्‍नो ठूलो सामर्थ्‍य हातमा लिनुभयो र राज्‍य गर्न थाल्‍नुभयो।</verse>
				<verse number="18">जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्‍साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्‍तहरूलाई र तपाईंका नाउँको डर मान्‍ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्‍वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।”</verse>
				<verse number="19">स्‍वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो, र उहाँको मन्‍दिरभित्र उहाँका करारको सन्‍दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्‍प गए र ठूला-ठूला असिना परे।</verse>
			</chapter>
			<chapter number="12">
				<verse number="1">स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।</verse>
				<verse number="2">त्‍यो गर्भवती थिई, र जन्‍माउने अवस्‍थाको पीडामा प्रसववेदनाले चिच्‍याइरहेकी थिई।</verse>
				<verse number="3">अनि स्‍वर्गमा अर्को एउटा चिन्‍ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो।</verse>
				<verse number="4">त्‍यसको पुच्‍छरले स्‍वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्‍वीमा फालिदियो। बालक जन्‍मनासाथ त्‍यसलाई निलिहालूँ भनी त्‍यो अजिङ्गर बालक जन्‍माउन लागेकी स्‍त्रीको सामुन्‍ने खड़ा थियो।</verse>
				<verse number="5">त्‍यस स्‍त्रीले सारा जातिलाई फलामको डन्‍डाले शासन गर्ने एउटा छोरो जन्‍माई। त्‍यसको बालक परमेश्‍वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।</verse>
				<verse number="6">त्‍यो स्‍त्रीचाहिँ उजाड-स्‍थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म त्‍यसको पालनपोषण होस्‌ भनेर परमेश्‍वरले त्‍यसको लागि ठाउँ तयार राख्‍नुभएको थियो।</verse>
				<verse number="7">अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे,</verse>
				<verse number="8">तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन।</verse>
				<verse number="9">त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।</verse>
				<verse number="10">तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ।</verse>
				<verse number="11">तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।</verse>
				<verse number="12">यसकारण हे स्‍वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार छ! किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”</verse>
				<verse number="13">जब त्‍यस अजिङ्गरले आफू पृथ्‍वीमा फ्‍याँकिएको देख्‍यो, तब त्‍यसले छोरो जन्‍माउने त्‍यस स्‍त्रीलाई खेद्‌यो।</verse>
				<verse number="14">तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो।</verse>
				<verse number="15">त्‍यस स्‍त्रीलाई बाढ़ले बगाओस्‌ भनेर त्‍यस सर्पले स्‍त्रीको पछि आफ्‍नो मुखबाट नदीजस्‍तै पानी निकाल्‍यो।</verse>
				<verse number="16">तर पृथ्‍वीले त्‍यस स्‍त्रीलाई सहायता गर्‍यो, र अजिङ्गरले आफ्‍नो मुखबाट निकालेको नदी पृथ्‍वीले आफ्‍नो मुख उघारेर निलिदियो।</verse>
				<verse number="17">तब त्‍यो अजिङ्गर त्‍यस स्‍त्रीसँग क्रोधित भयो, र त्‍यसका बाँकी सन्‍तानसँग युद्ध गर्न गयो— अर्थात्‌ तिनीहरूसँग, जुनहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्‍छन्‌।</verse>
				<verse number="18">अनि त्‍यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो।</verse>
			</chapter>
			<chapter number="13">
				<verse number="1">समुद्रबाट एउटा पशु निस्‍किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्‍यसका सीङमा दश वटा मुकुट थिए, र त्‍यसका शिरमा ईश्‍वर-निन्‍दाको नाउँ थिए।</verse>
				<verse number="2">मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।</verse>
				<verse number="3">त्‍यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्‍तो देखिन्‍थ्‍यो, तर त्‍यसको चोट निको भयो। अनि सारा पृथ्‍वी छक्‍क परेर त्‍यस पशुको पछिपछि लाग्‍यो।</verse>
				<verse number="4">मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”</verse>
				<verse number="5">त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।</verse>
				<verse number="6">परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो।</verse>
				<verse number="7">अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।</verse>
				<verse number="8">र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।</verse>
				<verse number="9">जसको कान छ त्‍यसले सुनोस्‌—</verse>
				<verse number="10">कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।</verse>
				<verse number="11">अनि पृथ्‍वीबाट निस्‍किरहेको अर्को एउटा पशु मैले देखें। त्‍यसको पनि थुमाका जस्‍तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्‍तै त्‍यो बोल्‍दथ्‍यो।</verse>
				<verse number="12">त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो।</verse>
				<verse number="13">मानिसका आँखाको अगि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो।</verse>
				<verse number="14">पहिलो पशुको उपस्‍थितिमा जुन चमत्‍कार देखाउने शक्ति त्‍यसलाई दिइएको थियो, त्‍यहीद्वारा त्‍यसले पृथ्‍वीका बासिन्‍दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्‍यस पहिलो पशुको सम्‍मानमा एउटा मूर्ति बनाउने हुकुम त्‍यसले तिनीहरूलाई दियो।</verse>
				<verse number="15">त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌।</verse>
				<verse number="16">अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।</verse>
				<verse number="17">त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।</verse>
				<verse number="18">बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।</verse>
			</chapter>
			<chapter number="14">
				<verse number="1">अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।</verse>
				<verse number="2">अनि धेरै पानीहरूको आवाजजस्‍तै, र ठूलो गर्जनको आवाजजस्‍तो स्‍वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्‍यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्‍तो थियो।</verse>
				<verse number="3">सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्‍वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्‍यो गीत सिक्‍न सक्‍दैनथ्‍यो।</verse>
				<verse number="4">तिनीहरू स्‍त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्‍छ उहाँको पछिपछि लाग्‍नेहरू यिनीहरू नै हुन्‌। परमेश्‍वर र थुमाको निम्‍ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।</verse>
				<verse number="5">तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्‍खोट छन्‌।</verse>
				<verse number="6">अनि अर्को स्‍वर्गदूतलाई मध्‍य आकाशमा उड़िरहेका मैले देखें। पृथ्‍वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्‍त सुसमाचार तिनीसँग थियो।</verse>
				<verse number="7">तिनले चर्को सोरमा भने, “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्‍साफको घड़ी आएको छ। स्‍वर्ग, पृथ्‍वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्‍डवत्‌ गर।”</verse>
				<verse number="8">अनि एउटा अर्को स्‍वर्गदूत, अर्थात्‌ दोस्राचाहिँ यसो भन्‍दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्‍नो व्‍यभिचारका क्रोधको मद्य पिउन लाउने महान्‌ बेबिलोनको पतन भयो।”</verse>
				<verse number="9">त्‍यसपछि तेस्रा स्‍वर्गदूत चर्को सोरले यसो भन्‍दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पुज्‍यो र निधार वा हातमा त्‍यसको छाप लियो भने,</verse>
				<verse number="10">त्‍यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्‍वर्गदूतहरू र थुमाको सामुन्‍ने आगो र गन्‍धकमा त्‍यसलाई यातना दिइनेछ।</verse>
				<verse number="11">तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्‍तिर गइरहनेछ। तिनीहरू यी नै हुन्‌ जसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पूजा गर्छन्, र त्‍यसका नाउँको छाप लिन्‍छन्‌। तिनीहरूले दिनरात कहिल्‍यै पनि आराम पाउनेछैनन्‌।”</verse>
				<verse number="12">परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्‍वास राख्‍ने सन्‍तहरूको धैर्य धारण यसैमा छ।</verse>
				<verse number="13">अनि स्‍वर्गबाट आएको यस्‍तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्‍त प्रभुमा मर्नेहरू धन्‍यका हुन्‌।” आत्‍मा भन्‍नुहुन्‍छ, “हो, तिनीहरूले आ-आफ्‍ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्‍नेछन्‌।”</verse>
				<verse number="14">अनि मैले हेरें, र एउटा सेतो बादल र त्‍यसमाथि बस्‍नुभएको मानिसको पुत्रजस्‍तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।</verse>
				<verse number="15">अर्को एउटा स्‍वर्गदूत मन्‍दिरबाट बाहिर आए, र बादलमाथि बस्‍नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्‍वीको बाली पूरै पाकिसकेको छ।”</verse>
				<verse number="16">यसरी बादलमाथि बस्‍नुहुनेले आफ्‍नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, अनि पृथ्‍वीको कटनी भयो।</verse>
				<verse number="17">अनि स्‍वर्गमा भएको मन्‍दिरबाट एउटा अर्को स्‍वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।</verse>
				<verse number="18">तब वेदीबाट अर्को स्‍वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्‍वीका अंगूरका झुप्‍पाहरू जम्‍मा गर, किनकि पृथ्‍वीका अंगूर पूरै पाकिसकेका छन्‌।”</verse>
				<verse number="19">ती स्‍वर्गदूतले आफ्‍नो हँसिया पृथ्‍वीमा चलाए, र पृथ्‍वीका अंगूरको फसल जम्‍मा गरे, र त्‍यसलाई परमेश्‍वरका क्रोधको ठूलो दाख-कुण्‍डमा फालिदिए।</verse>
				<verse number="20">सहर बाहिरको दाख-कुण्‍डमा ती अंगूर कुल्‍चिए, दाख-कुण्‍डबाट रगत निस्‍किबग्‍यो। त्‍यो रगत घोडाको लगामसम्‍म पुग्‍ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्‍म फैलिएको थियो।</verse>
			</chapter>
			<chapter number="15">
				<verse number="1">मैले स्‍वर्गमा ठूलो र अचम्‍मको अर्को एउटा चिन्‍ह देखें: सात स्‍वर्गदूतहरूले सात वटा अन्‍तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्‍वरको क्रोध समाप्‍त भएको छ।</verse>
				<verse number="2">आगोसँग मिसिएका काँचको समुद्रजस्‍तो मैले देखें। त्‍यहाँ पशु र त्‍यसको मूर्तिमाथि र त्‍यसका नाउँको संख्‍यामाथि विजय पाउनेहरू आफ्‍ना हातमा परमेश्‍वरको वीणा लिई त्‍यस काँचका समुद्रको किनारमा खड़ा थिए।</verse>
				<verse number="3">तिनीहरूले यसो भनेर परमेश्‍वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका कार्य महान्‌ र आश्‍चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्‍य छन्‌।</verse>
				<verse number="4">हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”</verse>
				<verse number="5">यी कुरापछि मैले हेरें, र स्‍वर्गमा गवाहीका मण्‍डपको मन्‍दिर उघारियो।</verse>
				<verse number="6">स्‍वच्‍छ र उज्‍ज्‍वल वस्‍त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका सात स्‍वर्गदूतहरू सात विपत्ति लिएर मन्‍दिरबाट बाहिर निस्‍के।</verse>
				<verse number="7">ती चार जीवित प्राणीमध्‍ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्‍वर्गदूतलाई दिए।</verse>
				<verse number="8">अनि परमेश्‍वरको महिमा र उहाँका शक्तिको कारण मन्‍दिर धूवाँले भरियो। ती सात स्‍वर्गदूतका सात विपत्ति नसिद्धिञ्‍जेल कोही पनि मन्‍दिरभित्र पस्‍न सकेन।</verse>
			</chapter>
			<chapter number="16">
				<verse number="1">तब मन्‍दिरबाट आएको एउटा चर्को सोरले सात स्‍वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्‍वरका क्रोधका सात कचौरा पृथ्‍वीमाथि खन्‍याओ।”</verse>
				<verse number="2">तब पहिलो स्‍वर्गदूतले गएर आफ्‍नो कचौरो पृथ्‍वीमाथि खन्‍याए, र त्‍यसले गर्दा त्‍यस पशुको छाप हुने र त्‍यसको मूर्तिलाई पुज्‍ने मानिसहरूलाई घिनलाग्‍दा र दुख्‍ने घाउ-खटिरा निस्‍के।</verse>
				<verse number="3">दोस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो समुद्रमा खन्‍याए, र त्‍यो मरेका मानिसको रगतजस्‍तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।</verse>
				<verse number="4">अनि तेस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्‍याए, र ती रगतै भइहाले।</verse>
				<verse number="5">तब पानीको जिम्‍मा लिने स्‍वर्गदूतले यसो भनिरहेका मैले सुनें, “तपाईं आफ्‍ना इन्‍साफमा न्‍यायी हुनुहुन्‍छ, तपाईं जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, हे पवित्र परमेश्‍वर। किनभने यसरी नै तपाईंले इन्‍साफ गर्नुभएको छ।</verse>
				<verse number="6">किनकि तिनीहरूले सन्‍तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्‍यो तिनीहरूले पाउनैपर्ने हो।”</verse>
				<verse number="7">तब वेदीले यसो भनिरहेको मैले सुनें, “हो, परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌।”</verse>
				<verse number="8">त्‍यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो कचौरो सूर्यमाथि खन्‍याए, र मानिसहरूलाई अग्‍निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो।</verse>
				<verse number="9">मानिसहरू प्रचण्‍ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरका नाउँको निन्‍दा गरे। तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्‍कार गरे।</verse>
				<verse number="10">अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो त्‍यस पशुको सिंहासनमा खन्‍याए, र त्‍यसको राज्‍यमा अन्‍धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्‍नो जिब्रो टोके।</verse>
				<verse number="11">तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्‍वर्गका परमेश्‍वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्‍कार गरे।</verse>
				<verse number="12">तब छैटौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो महानदी यूफ्रेटिसमा खन्‍याए, र नदीको पानी सुकिहाल्‍यो र पूर्वबाट आउने राजाहरूका निम्‍ति मार्ग तयार भयो।</verse>
				<verse number="13">तब मैले अजिङ्गरको मुखबाट, त्‍यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्‍यागुताहरूजस्‍ता तीन वटा घृणित आत्‍माहरू निस्‍किरहेका देखें।</verse>
				<verse number="14">तिनीहरू चमत्‍कार देखाउने दुष्‍टात्‍माहरू हुन्‌। तिनीहरू समस्‍त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरको महान्‌ दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्‌।</verse>
				<verse number="15">“हेर, म चोरजस्‍तै आउनेछु। त्‍यो धन्‍य हो, जो जागा रहन्‍छ र आफ्‍नो वस्‍त्रको रक्षा गर्छ। नत्रता त्‍यो नाङ्गै हिँड्‌नेछ, र त्‍यसको नग्‍नता देखिनेछ।”</verse>
				<verse number="16">तिनीहरूले राजाहरूलाई त्‍यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्‍छ।</verse>
				<verse number="17">अनि सातौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो हावामा खन्‍याए, र मन्‍दिरको सिंहासनबाट यसो भन्‍ने एउटा चर्को आवाज निस्‍क्‍यो, “अब सिद्धियो।”</verse>
				<verse number="18">तब बिजुली चम्‍के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्‍प गयो, यति भयानक भूकम्‍प कि पृथ्‍वीमा मानिसहरूको उत्‍पत्ति भएदेखि यसो कहिल्‍यै गएको थिएन।</verse>
				<verse number="19">त्‍यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्‍वंस-विध्‍वंस भए। परमेश्‍वरलाई महान्‌ बेबिलोनको याद आयो, र उहाँले आफ्‍नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्‍यसलाई पिउन दिनुभयो।</verse>
				<verse number="20">अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए।</verse>
				<verse number="21">चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्‍वरलाई सराप्‍न लागे। किनकि यो विपत्ति अति भयानक थियो।</verse>
			</chapter>
			<chapter number="17">
				<verse number="1">ती सात कचौरा लिने सात स्‍वर्गदूतहरूमध्‍ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्‍यस महा वेश्‍यालाई दिइएको इन्‍साफ देखाउनेछु।</verse>
				<verse number="2">त्‍यससँग पृथ्‍वीका राजाहरूले व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका बासिन्‍दाहरू त्‍यसका व्‍यभिचारको मद्यले मातेका छन्‌।</verse>
				<verse number="3">अनि तिनले मलाई आत्‍मामा बोकेर एउटा उजाड-स्‍थानभित्र लगे। त्‍यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्‍वर-निन्‍दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखें।</verse>
				<verse number="4">त्‍यस स्‍त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्‍यो सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्‍दा कुरा, अर्थात्‌ त्‍यसका व्‍यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्‍याला हातमा लिएकी थिई।</verse>
				<verse number="5">त्‍यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान्‌ बेबिलोन।</verse>
				<verse number="6">अनि मैले त्‍यस स्‍त्रीलाई सन्‍तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्‍यसलाई देखेर म साह्रै अचम्‍मित भएँ।</verse>
				<verse number="7">तब ती स्‍वर्गदूतले मलाई भने, “तिमी किन अचम्‍म मान्‍दछौ? त्‍यो स्‍त्री र त्‍यसलाई बोक्‍ने सात शिर र दश सीङ भएको पशुको रहस्‍य म तिमीलाई बताउनेछु।</verse>
				<verse number="8">तिमीले देखेको त्‍यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्‍डबाट त्‍यो माथि उक्‍लन लागेको छ। अनि पृथ्‍वीका बासिन्‍दाहरू, जसका नाउँ संसारको उत्‍पत्तिदेखि जीवनको पुस्‍तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यस पशुलाई देखेर अचम्‍म मान्‍नेछन्, किनकि त्‍यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।</verse>
				<verse number="9">“बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्‍यो स्‍त्री बसेकी छे।</verse>
				<verse number="10">तिनीहरू सात राजाहरू पनि हुन्‌— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्‍यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।</verse>
				<verse number="11">त्‍यो पशु, जो एक समय थियो, तर अब छैन, त्‍योचाहिँ आठौँ हो। सातमध्‍येको त्‍यो एक हो, तर त्‍यसको सर्वनाश हुनेछ।</verse>
				<verse number="12">“तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्‍म राजकीय शक्ति पाएका छैनन्‌। तर तिनीहरूले त्‍यस पशुसँग छोटो समयको निम्‍ति राजाकै अधिकार पाउनेछन्‌।</verse>
				<verse number="13">तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्‍नो शक्ति र अधिकार त्‍यस पशुलाई सुम्‍पनेछन्‌।</verse>
				<verse number="14">तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्‍वासयोग्‍य हुन्‌।”</verse>
				<verse number="15">ती स्‍वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्‍यो वेश्‍या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्‌।</verse>
				<verse number="16">अनि तिमीले देखेका ती दश सीङ र त्‍यस पशुले त्‍यस वेश्‍यालाई घृणा गर्नेछन्, र त्‍यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्‍यसको मासु खानेछन्, र त्‍यसलाई आगोमा भस्‍म पारिदिनेछन्‌।</verse>
				<verse number="17">किनकि परमेश्‍वरको वचन पूरा नहोउञ्‍जेल एक मनका भई तिनीहरूले आफ्‍नो राजकीय शक्ति त्‍यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्‍वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो!</verse>
				<verse number="18">तिमीले देखेको त्‍यो स्‍त्रीचाहिँ त्‍यो महानगरी हो, जसले पृथ्‍वीका राजाहरूमाथि प्रभुत्‍व गर्छ।</verse>
			</chapter>
			<chapter number="18">
				<verse number="1">यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्‍वर्गदूत स्‍वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्‍वी उज्‍यालो भयो।</verse>
				<verse number="2">तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्‍थान, हरेक अशुद्ध आत्‍मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।</verse>
				<verse number="3">	किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्‌।”</verse>
				<verse number="4">तब मैले स्‍वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्‍यसका विपत्तिहरू तिमीहरू भोग्‍नेछौ,</verse>
				<verse number="5">	किनकि त्‍यसका पापहरू स्‍वर्गसम्‍मै थुप्रो लागेका छन्, र परमेश्‍वरले त्‍यसका अधर्महरू सम्‍झनुभएको छ।</verse>
				<verse number="6">	त्‍यसले जे गरेकी थिई त्‍यही त्‍यसलाई देओ, त्‍यसले गरेका कामको दोबर त्‍यसलाई फर्काइदेओ त्‍यसले प्‍यालामा जे भरेकी थिई, त्‍यसको दोबर कड़ा हुने गरी त्‍यसलाई देओ।</verse>
				<verse number="7">	त्‍यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्‍यत्तिकै त्‍यसलाई यातना र शोक देओ। किनकि त्‍यसले मनमा भन्‍दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्‍यै शोक गर्नुपर्नेछैन।’</verse>
				<verse number="8">‘यसकारण एकै दिनमा त्‍यसमाथि विपत्तिहरू आउनेछन्‌— मृत्‍यु, शोक र अनिकाल। आगोले त्‍यो भस्‍म पारिनेछे, किनकि त्‍यसको इन्‍साफ गर्ने परमप्रभु परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”</verse>
				<verse number="9">त्‍यससँग व्‍यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्‍वीका राजाहरू त्‍यो जलेको धूवाँ देखेर त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्‌।</verse>
				<verse number="10">त्‍यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्‍नेछन्, “हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्‍ड तँमाथि पर्‍यो।”</verse>
				<verse number="11">पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्‍यापारका मालसामान फेरि कहिल्‍यै किन्‍दैनन्,</verse>
				<verse number="12">अर्थात्‌ सुन, चाँदी, रत्‍न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्‍धित काठ, हरेक किसिमका हस्‍ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्‍य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू,</verse>
				<verse number="13">र दालचिनी, मसला, सुगन्‍धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात्‌ मानिसहरूका आत्‍मा।</verse>
				<verse number="14">तिनीहरूले भन्‍नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्‍वादिष्‍ठ भोजनहरू र समस्‍त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्‍यै प्राप्‍त हुनेछैनन्‌।”</verse>
				<verse number="15">यी सामानका व्‍यापारीहरू जसले त्‍यस नगरीमा व्‍यापार गरेर धन कमाएका थिए, त्‍यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्‍दै तिनीहरू ठूलो सोरले रुनेछन्‌ र विलाप गर्नेछन्,</verse>
				<verse number="16">“हाय! हाय! त्‍यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्‍त्र लगाएर सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई।</verse>
				<verse number="17">किनभने एकै घड़ीमा यति धेरै धन नष्‍ट भएको छ।” हरेक जहाजको कप्‍तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्‍यापारीहरू टाढ़ै उभिए,</verse>
				<verse number="18">र त्‍यो महानगरी जलेर निस्‍केको धूवाँ देखेर यसो भनी कराए, “त्‍यो महानगरीजस्‍तो कुन सहर थियो?”</verse>
				<verse number="19">अनि तिनीहरूले आ-आफ्‍ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए, “हाय! हाय! त्‍यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्‍यसको सम्‍पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्‍यो नष्‍ट भएको छ।</verse>
				<verse number="20">	हे स्‍वर्ग, त्‍यसको इन्‍साफमा रमाओ! हे सन्‍तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्‍यायको निम्‍ति परमेश्‍वरले त्‍यसको इन्‍साफ गर्नुभएको छ।”</verse>
				<verse number="21">तब एउटा शक्तिशाली स्‍वर्गदूतले ठूलो जाँतोजस्‍तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्‍यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्‍यो फेरि कहिल्‍यै पाइनेछैन।</verse>
				<verse number="22">वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूका धुन तँमा कहिल्‍यै सुनिनेछैन। र कुनै पनि शिल्‍पको शिल्‍पकार तँमा कहिल्‍यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन।</verse>
				<verse number="23">	बत्तीको उज्‍यालो तँमा कहिल्‍यै चम्‍कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्‍यै सुनिनेछैन। किनकि तेरा व्‍यापारीहरू पृथ्‍वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्‍त्रतन्‍त्रले जाति-जातिहरू ठगिएका थिए।</verse>
				<verse number="24">	त्‍यसमा नै अगमवक्ताहरू, सन्‍तहरू र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”</verse>
			</chapter>
			<chapter number="19">
				<verse number="1">त्‍यसपछि मैले स्‍वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्‍तो सुनें, “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्,</verse>
				<verse number="2">	किनकि उहाँका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌। सारा पृथ्‍वीलाई आफ्‍नो व्‍यभिचारले भ्रष्‍ट पार्ने त्‍यस महा वेश्‍यालाई उहाँले दण्‍ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्‍नुभएको छ।”</verse>
				<verse number="3">तिनीहरूले फेरि एक पल्‍ट उच्‍च सोरले भने, “हल्‍लेलूयाह! त्‍यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्‍तिर गइरहन्‍छ।”</verse>
				<verse number="4">अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्‍टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्‍वरलाई यसो भनेर दण्‍डवत्‌ गरे, “आमेन, हल्‍लेलूयाह!”</verse>
				<verse number="5">तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्‍वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्‍दछौ।”</verse>
				<verse number="6">त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ।</verse>
				<verse number="7">हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌।</verse>
				<verse number="8">चहकिलो र स्‍वच्‍छ मलमलको वस्‍त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्‍त्र सन्‍तहरूका धार्मिक कार्य हुन्‌।</verse>
				<verse number="9">अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।”</verse>
				<verse number="10">अनि तिनलाई दण्‍डवत्‌ गर्न म तिनको पाउमा घोप्‍टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्‍ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर! किनकि येशूको गवाही अगमवाणीको आत्‍मा हो।</verse>
				<verse number="11">मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ।</verse>
				<verse number="12">उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।</verse>
				<verse number="13">उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो।</verse>
				<verse number="14">स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।</verse>
				<verse number="15">जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ।</verse>
				<verse number="16">उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।</verse>
				<verse number="17">तब मैले एउटा स्‍वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्‍य आकाशमा उड्‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्‍वरको ठूलो भोजमा भेला होओ।</verse>
				<verse number="18">तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”</verse>
				<verse number="19">अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्‍यो पशु र पृथ्‍वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।</verse>
				<verse number="20">तब त्‍यो पशु र त्‍यसको उपस्‍थितिमा अचम्‍म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्‍मका कामहरूद्वारा त्‍यस झूटो अगमवक्ताले त्‍यस पशुको छाप लिने र त्‍यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्‍धकको अग्‍नि-कुण्‍डमा जिउँदै फालिए।</verse>
				<verse number="21">बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्‍केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्‍जेल खाए।</verse>
			</chapter>
			<chapter number="20">
				<verse number="1">त्‍यसपछि अतल कुण्‍डको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें।</verse>
				<verse number="2">तिनले त्‍यो अजिङ्गर, त्‍यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्‍यसलाई पक्रे, अनि एक हजार वर्षका निम्‍ति बाँधेर राखे।</verse>
				<verse number="3">तिनले त्‍यसलाई अतल कुण्‍डमा फालिदिए, र त्‍यो कुण्‍ड बन्‍द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्‍त्‍य नभएसम्‍म जाति-जातिहरूलाई त्‍यसले बहकाउन नपाओस्‌। त्‍यसपछि केही समयको निम्‍ति त्‍यसलाई फुक्‍का गरिनुपर्छ।</verse>
				<verse number="4">तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।</verse>
				<verse number="5">अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो।</verse>
				<verse number="6">पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू धन्‍य र पवित्र हुन्‌। यिनीहरूलाई दोस्रो मृत्‍युको शक्तिले केही गर्न सक्‍दैन, तर तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्‍म राज्‍य गर्नेछन्‌।</verse>
				<verse number="7">एक हजार वर्ष बितेपछि शैतान त्‍यसको कैदबाट छोडिनेछ,</verse>
				<verse number="8">र पृथ्‍वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात्‌ गोग र मागोगलाई लड़ाइँको निम्‍ति भेला गर्न निस्‍केर आउनेछ। तिनका संख्‍या समुद्रका बालुवा जत्तिकै हुनेछ।</verse>
				<verse number="9">तिनीहरूले सारा पृथ्‍वीभरि गएर सन्‍तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्‍वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्‍म पार्‍यो।</verse>
				<verse number="10">तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।</verse>
				<verse number="11">तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।</verse>
				<verse number="12">मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्‍साफ भयो।</verse>
				<verse number="13">समुद्रले त्‍यसमा भएका मृतकहरू दिइहाल्‍यो, अनि मृत्‍यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्‍येकको आ-आफ्‍ना कामअनुसार इन्‍साफ भयो।</verse>
				<verse number="14">मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।</verse>
				<verse number="15">जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि-कुण्‍डमा फालियो।</verse>
			</chapter>
			<chapter number="21">
				<verse number="1">तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।</verse>
				<verse number="2">अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें।</verse>
				<verse number="3">सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ।</verse>
				<verse number="4">उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”</verse>
				<verse number="5">सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”</verse>
				<verse number="6">उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।</verse>
				<verse number="7">जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।</verse>
				<verse number="8">तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।</verse>
				<verse number="9">तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”</verse>
				<verse number="10">तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।</verse>
				<verse number="11">त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो।</verse>
				<verse number="12">त्‍यसको वरिपरि ठूलो र अल्‍गो पर्खाल थियो, र त्‍यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्‍वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।</verse>
				<verse number="13">पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्‍चिममा तीन ढोकाहरू थिए।</verse>
				<verse number="14">सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।</verse>
				<verse number="15">सहर र त्‍यसका ढोकाहरू र पर्खाल नाप्‍नलाई मसँग बोल्‍नेसँग एउटा सुनको नाप्‍ने टाँगो थियो।</verse>
				<verse number="16">त्‍यो सहर वर्गाकार थियो। त्‍यसको चौडाइ र लमाइ समान थियो। तिनले त्‍यस टाँगोले नाप्‍दा त्‍यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्‍यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।</verse>
				<verse number="17">स्‍वर्गदूतले त्‍यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्‍यो पैँसट्ठी मिटर थियो।</verse>
				<verse number="18">त्‍यो पर्खाल बिल्‍लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्‍तै त्‍यो चम्‍कन्‍थ्‍यो।</verse>
				<verse number="19">पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,</verse>
				<verse number="20">पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।</verse>
				<verse number="21">ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्‍येक ढोका मोतीको थियो। त्‍यस सहरको सड़क चहकिलो शीशाजस्‍तै निखुर सुनको थियो।</verse>
				<verse number="22">मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ।</verse>
				<verse number="23">त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ।</verse>
				<verse number="24">त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।</verse>
				<verse number="25">दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन।</verse>
				<verse number="26">तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌।</verse>
				<verse number="27">तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।</verse>
			</chapter>
			<chapter number="22">
				<verse number="1">तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की</verse>
				<verse number="2">त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।</verse>
				<verse number="3">अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌।</verse>
				<verse number="4">तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।</verse>
				<verse number="5">त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌।</verse>
				<verse number="6">तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्‍य छन्‌। अब चाँड़ै हुन आउने कुराहरू आफ्‍ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्‍माका परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो।”</verse>
				<verse number="7">“हेर, म चाँड़ै आउँदैछु। यस पुस्‍तकको अगमवाणीका वचन पालन गर्ने धन्‍यको हो।”</verse>
				<verse number="8">यी कुरा सुन्‍ने र देख्‍ने म यूहन्‍ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्‍वर्गदूतको पाउमा दण्‍डवत्‌ गर्न म घोप्‍टो परें।</verse>
				<verse number="9">तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्‍ने तिम्रा भाइहरू र यस पुस्‍तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर।”</verse>
				<verse number="10">तब तिनले मलाई यसो भने, “यस पुस्‍तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ।</verse>
				<verse number="11">दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।”</verse>
				<verse number="12">“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।</verse>
				<verse number="13">म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।</verse>
				<verse number="14">“जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌।</verse>
				<verse number="15">बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।</verse>
				<verse number="16">“म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।”</verse>
				<verse number="17">पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌।</verse>
				<verse number="18">यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु: यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ।</verse>
				<verse number="19">अनि कसैले यस अगमवाणीको पुस्‍तकका वचनबाट केही घटायो भने, यस पुस्‍तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्‍यसले पाउने हिस्‍सा परमेश्‍वरले त्‍यसबाट खोस्‍नुहुनेछ।</verse>
				<verse number="20">यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू।</verse>
				<verse number="21">प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।</verse>
			</chapter>
		</book>
	</testament>
</bible>